Category: माओवादी केन्द्र

  • प्रकाश सपूतको गीतमा मुख खोल्दै प्रचण्डले भने- कोही उत्तेजित हुनु पर्दैन

    प्रकाश सपूतको गीतमा मुख खोल्दै प्रचण्डले भने- कोही उत्तेजित हुनु पर्दैन

    काठमाडौं । माओवादी केन्द्रका नेता कार्यकर्ता र विभिन्न संगठनहरुले प्रकाश सपूतको ‘पिर’ प्रति आक्रोश व्यक्त गरिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्तेजित कोही हुनु आवश्यक नभएको बताएका छन् ।

    धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पूर्वलडाकुहरू देशको निम्ति शान्ति प्रक्रियामा आइयो भनेर गर्व गर्ने र कत्रो सपना देखेको थिएँ माओवादीले बर्बाद पारे भन्ने दुवै रहेको बताए ।

    जनयुद्धकालमा महिलाले वीरता र कीर्तिमान कायम गरेको प्रचण्डको भनाइ छ ।

    ‘महिलाका हिजो जनयुद्धको बेला वीरता र कीर्तिमान कायम गरेका कुरा पनि छन् । त्यतिबेला राज्यका पक्षबाट भएका दमन र अत्याचार पनि छन् । यो विषयमा उत्तेजित कोही हुनुपर्ने छैन । तर्क बितर्क हुन्छन् त्यसलाई सहज स्वाभाविकरूपमा लिनुपर्छ । अहिले मात्र होइन सयौं वर्ष हामी गइसकेपछि पनि हुनेवाला छ ‘, उनले भने ।

    जनयुद्धलाई शान्ति र संविधानमा ल्याउन ठीक थियो कि थिएन ? सधैँभरको प्रश्न हुने प्रचण्डको भनाइ छ । उनले आफू खाडी मुलुक जाँदा दु:खपूर्ण जीवन बिताएका लडाकुहरूलाई भेटेको स्मरण सुनाए ।

    ‘म कतार वा मलेसियामा जाँदा होस् । सयौंका सयौं संख्यामा त्यहाँ दु:खपूर्ण जीवन बिताएका लडाकुहरूलाई भेटेँ’, प्रचण्डले भने, ‘उहाँहरूले मलाई भन्नुहुन्थ्यो- कमरेड तपाईंलाई अप्ठ्यारो पर्‍यो भने भन्नुस् है हामी जस्तोसुकै त्याग गर्न तयार छौं हामी बिग्रेका छैनौं विचलित भएका छैनौं ।’

    प्रचण्डले पूरै गीत भने आफूले नहेरेको बताए ।

  • सुदूरपश्चिम सरकारमा कांग्रेसले भाग खोज्यो, माधव नेपाललाई त्याग गर्न भनेका छौं: प्रचण्ड

    सुदूरपश्चिम सरकारमा कांग्रेसले भाग खोज्यो, माधव नेपाललाई त्याग गर्न भनेका छौं: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले पनि प्रतिनिधित्व खोजेको बताएका छन् ।

    अध्यक्ष प्रचण्डले सोमबार  कैलालीकाे धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सुदुरपश्चिम प्रदेशमा कांग्रेसको भाग मागेपछि कांग्रेसलाई पनि सुदूरपश्चिम सरकारमा सहभागी गराउन लागेको बताएका हुन् ।

    उनले कांग्रेसलाई पनि सहभागी गराउने भन्ने टुंगिसकेको र कसलाई कति मन्त्री दिने भन्ने टुंगिन बाँकी रहेको बताए ।

    उनले भने,‘सुदूरपश्चिम प्रदेशमा मन्त्री हेरफेरको तयारी भइरहेको छ । नेपाली कांग्रेसले निर्वाचन नजिक आउँदै गर्दा सुदुरपश्चिममा पनि हाम्रो हुनपर्यो किनकि सबै प्रदेशमा छ सुदूरपश्चिममा नेपाली कांग्रेसको प्रतिनिधित्व छैन भनेर कुरा उठेको थियो ।’

    प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा सहभागी हुन खोजेपछि संख्या बढाउने ठाउँ नभएकाले समाजवादीबाटै धेरै मन्त्री भएकाले एसका अध्यक्ष माधव नेपाललाई त्याग गर्न आग्रह गरेको उनले बताए ।

    उनले भने,‘अस्तिको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा,माधव नेपाल र म बीचको भएको छलफलमा नेपाली कांग्रेसलाई सहभागी गराउने कुरा उठ्यो । कांग्रेस सरकारमा सहभागी हुन्छु भनेको कुरालाई हामीले राम्रै मान्छौं । तर त्यसो गर्नका लागि हामीले यहाँ संख्या बढाउने ठाउँ नै छैन । भएकै संख्यामा कसै न कसैले त्याग गर्नुपर्ने हुुन्छ । अहिले समाजवादीको मन्त्रीहरु धेरै हुनुहुन्छ । माधव नेपालजीले नै पार्टीभित्र छलफल गरेर कति सकिन्छ अलिकति त्याग गर्ने पालो तपाईको आयो भन्ने कुरा पनि चर्चा भयो ।’

    माधव नेपालले सुदूरपश्चिममा नेकपा एसलाइए नेतृत्व दिनुपर्छ भनेर कुरा राखेको उनले बताए ।

  • जसपाको हुम्ला जिल्ला समिति माओवादी केन्द्रमा समाहित

    जसपाको हुम्ला जिल्ला समिति माओवादी केन्द्रमा समाहित

    हुम्ला । जनता समाजवादी ९जसपा०को हुम्ला जिल्ला समिति नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ ।

    आइतबार सिमिकोटमा पार्टी समायोजना कार्यक्रम गरेर उनीहरुलाई स्वागत गरिएको छ ।

    माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अनुसार विरजङ्ग शाही लगायत जसपाका ४ केन्द्रीय सदस्य, १५ प्रदेश सदस्य र ८३ जना जिल्ला सदस्यसहित करिब १ हजार १ सय नेता÷कार्यकर्ताहरु माओवादीमा समाहित भएका हुन् ।

    उनीहरुलाई शाही र माओवादी केन्द्र कर्णाली प्रदेश समितिका अध्यक्ष विमला केसीले पार्टीमा स्वागत गरेका हुन् ।

  • प्रचण्ड भन्छन्- विदेशी शक्ति माओवादी सिध्याएर दुई दलीय व्यवस्था स्थापित गर्न खोज्दैछन् (अडिओ)

    प्रचण्ड भन्छन्- विदेशी शक्ति माओवादी सिध्याएर दुई दलीय व्यवस्था स्थापित गर्न खोज्दैछन् (अडिओ)

    विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिहरु नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न लागिपरेको बताएका छन् ।

    आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको दावी गरेका प्रचण्डले कुन विदेशी शक्तिले त्यस्तो गरिरहेको भन्नेबारे उनले थप खुलाएनन् ।

    विदेशी षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने उनको भनाइ थियो । ‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीहरुलाई सिध्याउन र दुई दलीय सिष्टम स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ’, उनले भने, ‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन । नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धी हार्छ, समावेशी, समानुपातिक लोकतन्त्र हार्छ ।’

    माओवादीलाई घेराबन्दी गरेर कमजोर पार्ने कोसिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै उनले त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए । ‘निर्वाचनको ब्याटललाई सामान्य रुपमा नलिनुहोला’, उनले भने ।

    प्रचण्डले समावेशी लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफूहरुको निरन्तरको निष्ठा रहेकाले त्यसलाई उल्ट्याउने षड्यन्त्र असफल पार्न परिस्थितिले जे माग गर्छ त्यही गर्न तत्पर रहेको उल्लेख गरे ।

    प्रचण्डले पहिलो संविधानसभा निर्वाचनपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूबाट गल्ती भएको कार्यकर्तामाझ स्वीकार गरे । ‘ठूलो पार्टीका रुपमा स्थापित भएपछि हाम्रो खुट्टा भुइँमा भएन । गिरिजाप्रसाद कोइराला विचरा, त्यो बुढो मान्छे । जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भएको हो । उहाँले राष्ट्रपति बन्न खोज्दा दिइएन’, प्रचण्डले भने, ‘खुरुक्क गिरिजाप्रसादलाई राष्ट्रपति दिन पाएको भए पाँचै वर्ष हाम्रो सरकार हुन्थ्यो । अहिले फर्केर हेर्दा अनौठो लाग्छ ।’

    यस्तै रुक्मांगद कटवाललाई प्रधानसेनापतिबाट हटाउन डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलले अनावश्यक दबाब दिएको प्रचण्डले बताए । तीन महिनामा कार्यकाल सकेर घर जान लागेका कटवाललाई चलाउँदा माओवादीले सरकारको नेतृत्वसहित धेरै विषय गुमाएको स्मरण उनले गरे ।

    ‘दायाँ र बायाँ बस्नेहरु ठोक भन्छन् । म अली उदार मान्छे । दायाँ बाबुराम छन् बायाँ बादल छन्’, उनले भने, ‘बढो क्रान्तिकारी भएर तीन महिनापछि जान लागेको रुक्मांगद कटलाललाई हटाउँदा सरकार, राष्ट्रपति सबै गयो ।’ त्यतिबेला प्रचण्ड प्रधानमन्त्री थिए भने बाबुराम अर्थ तथा बादल रक्षामन्त्री थिए ।

    प्रचण्डले ०७४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा र मधेस केन्द्रित दलका नेता बारम्बार आफ्नो निवास खुमलटार आएर पाँच वर्षका लागि एकलौटी प्रधानमन्त्री बन्न आग्रह गर्दासमेत बामगठबन्धनको भावनाअनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाएको बताए । तर, चार वर्षमै आफूले पटकपटक बुढानिलकण्ठ गएर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गर्नुपर्ने अवस्था आउनुलाई उनले विचित्रताको संज्ञा दिए ।

    देउवालाई प्रधानमन्त्री बन्नका लागि मनाउन आफूलाई हप्तौं लागेको उनले सुनाए ।

     

  • नारायणकाजीलाई साथमा लिएर प्रचण्डको चुनावी दौडाहा (तस्बिरहरु)

    नारायणकाजीलाई साथमा लिएर प्रचण्डको चुनावी दौडाहा (तस्बिरहरु)

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावका लागि दौडधुप बढाएका छन् ।

    एमसीसीको विवाद चुनावसम्मका लागि स्थगन गरेर केन्द्रीय समितिको बैठक सकिए लगत्तै प्रचण्ड चुनाव केन्द्रित प्रशिक्षणका लागि देश दौडाहामा छन् ।

    बागमती र कर्णाली प्रदेशमा प्रशिक्षण सकाएका प्रचण्ड आइतबार प्रदेश १ को प्रशिक्षणका लागि विराटनगरमा छन् । एमसीसीमा असन्तुष्ट नेता नाराणकाजी श्रेष्ठसहित प्रायः प्रशिक्षणमा प्रचण्डसँगै जाने गरेका छन् ।

    वामगतीको प्रशिक्षणमा प्रचण्डसँगै गोदावरी पुगेका श्रेष्ठ शनिबार नुवाकोटमामा पनि सँगै थिए । विराटनगरको प्रशिक्षणमा पनि श्रेष्ठसँगै छन् ।

    कार्यक्रममा अर्थमन्त्री समेत रहेका नेता जर्नादन शर्मा, प्रदेश इन्चार्ज रामकार्की लगायतका नेताहरु पनि सहभागी छन् ।

  • प्रचण्डको प्रष्टोक्ति– एमालेमा अहंकार र निषेधबाहेक केही छैन, तत्काल सहकार्य हुन्न

    प्रचण्डको प्रष्टोक्ति– एमालेमा अहंकार र निषेधबाहेक केही छैन, तत्काल सहकार्य हुन्न

    विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तत्काल आउने चुनावसम्म एमालेसँग सहमति र सहकार्यको सम्भावना नरहेको प्रष्ट पारेका छन् ।

    विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफूहरु राष्ट्रिय स्वाधीनको जटिल र संवेदनशील विषयमा सहमति हुन्छ कि भनेर केपी ओलीलाई भेट्न जाँदा असाध्यै नकारात्मक रुपमा प्रस्तुत भएकाले सहकार्यको सम्भावना नरहेको बताए ।

    अध्यक्ष प्रचण्डले भने,’हामी नारायणकाजीसहित केही साथीहरु लिएर केपीलाई भेट्न म आफैं गएको थिएँ । तर कहिँ कतै एमालेमा सकारात्मक केही देखिएन । नकारात्मक,निषेधात्मक र अहंकारबाहेक केही छैन । त्यसैले अहिले एमालेको केपी गुटसँग तत्काल कुनै सहमति सहकार्य हुने सम्भावना छैन ।’

    प्रचण्डले कांग्रेससँग भने गठबन्धनको प्रयास हुने तर माओवादी एक्लै आफ्नै बुतामा चुनाव लड्ने प्रष्ट पारे । विभिन्न स्थानीय तहका जनप्रतिनिधि र नेताहरु एमाले प्रवेश गरे पनि उनीहरु पहिले नै खुट्टा उचालेर बसकाले केही फरक नपर्ने उनले बताए ।

  • एमसीसीमा मैले गरेको निर्णय पार्टीमा फेल भयो भने राजीनामा दिन्छु- प्रचण्ड

    एमसीसीमा मैले गरेको निर्णय पार्टीमा फेल भयो भने राजीनामा दिन्छु- प्रचण्ड

    काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विवादलाई चुनावपछि फेरि छलफलमा ल्याउने गरी पार्टीमा टुंग्याइएको बताएका छन् । अध्यक्ष प्रचण्डले चुनावपछि हुने छलफलमा आफ्नो निर्णय र प्रस्ताव फेल भएमा आफूले राजीनामा दिने बताए । चुनावसम्म यो विषयलाई अपिलमार्फत साझा भाषा बनाएर जनतामाझ जाने सहमति पार्टीभित्र बनेको उनले दावी गरे ।

    सञ्चारकर्मीसँग एक कार्यक्रममा कुरा गर्दै प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएपछि तत्कालीन समाधान निस्केको बताए ।
    उनले थपे, ‘यदि यो व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा मिनिमाइज गरियो भने यो आन्दोलनको विषय हुन सक्छ ।’

    यसले समस्याको मुलभूत समाधान भए पनि पार्टीमा एकमत भइनसकेको प्रचण्डले स्वीकार गरे । ‘चुनावसम्म यो विषयलाई अपिलमार्फत एउटै भाषा बनाउने र चुनावपछि फोरम चलाएर छलफल गर्ने सहमति भएको छ । माओवादी पार्टी फुट्छ कि भन्ने चितनलाई धैर्यतापूर्वक विवेकसम्मतरुपमा समाधान गरेका छौं ।’

    अध्यक्ष प्रचण्डले चुनावपछि हुने छलफलमा आफ्नो निर्णय र प्रस्ताव फेल भएमा आफूले राजिनामा दिने बताए ।

  • निर्वाचनमा तालमेलका लागि कोसिस गर्छौँ, नभए एक्लै प्रतिस्पर्धा गर्छौँ : प्रचण्ड

    निर्वाचनमा तालमेलका लागि कोसिस गर्छौँ, नभए एक्लै प्रतिस्पर्धा गर्छौँ : प्रचण्ड

    त्रिशुली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आसन्न निर्वाचनमा सकेसम्म गठबन्धनबीच सहकार्य गर्ने अन्यथा एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् ।

    दिवङ्गत नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को नुवाकोटको पिपलटारमा निर्माण गरिएको पूर्णकदको शालिक अनावरण गर्दै अध्यक्ष प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनका पक्षमा देखिएको समस्या समाधानका लागि सत्तारुढ गठबन्धनबीच भएको सहकार्य आसन्न निर्वाचनमा पनि कायमै राख्न कोसिस गरिने बताए ।

    ‘केन्द्रीय कमिटीको हालै सम्पन्न बैठकले निर्वाचन केन्द्रित दुईमहिने अभियानको घोषणा गरेकाले अबको समय चुनावी तयारीको रहेको छ’, उनले भने, ‘अब प्रदेशस्तरीय भेला तथा प्रशिक्षण गर्दै त्यसपछि जनताको घरघरमा पुगेर पार्टीलाई विजयी गराउनका लागि अपिल गर्ने नीति पार्टीले अवलम्बन गरेको छ ।’

    स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनबीच तालमेल प्रयास जारी रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘जनतासँगको सम्बन्ध बलियो बनाएर आफ्नै खुट्टामा उभिएर चुनाव जित्न उच्च प्रथामिकता दिने हो तर सत्तारुढबीचको सम्बन्ध कायम राख्दै तालमेललाई पनि ध्यान दिने र त्यसका लागि पनि नेतृत्वले प्रयास गरिराख्छ ।’

    दिवाकरको सम्झना

    नेपालको कम्युनिष्ट आन्दोलन र माओवादी पार्टीको सङ्गठन निर्माणसहित सुदृढीकरणमा शालिन र शिष्ट नेता दिवाकरको निधनले ठूलो क्षति पुगेको र अहिले पनि अभाव खट्किरहेको अध्यक्ष प्रचण्डले बताए ।

    ‘पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’का संरक्षकसमेत रहनुभएका प्रचण्डले विदुर–५ पिपलटार उद्यानमा बनाइएको शालिक मात्र नभई उनको योगदानको शिक्षा ग्रहण गर्ने थलोका रूपमा विकास गर्न सुझाव दिए ।

    कार्यक्रममा नुवाकोटबाट प्रतिनिधित्व गर्दै केन्द्रीय राजनीतिमा रहनुभएका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महत, नेकां कार्यसम्पादन समितिका सदस्य डा. रामशरण महत, अजुर्ननरसिंह केसी, नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ, केन्द्रीय सदस्य हितबहादुर तामाङ, नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रकाश लाहनीलगायतका वक्ताले दिवाकरलाई सामान्य जीवनशैली, देश र जनताका लागि इमान्दार व्यक्तित्व एवं टुटफुटभन्दा पनि एकताको पक्षमा लगनशील व्यक्तित्वको रूपमा उहाँको योगदानको चर्चा गरे ।

    तत्कालीन पार्टी उपाध्यक्षसमेत रहनुभएका दिवाकरको विसं २०७१ भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो । पूर्वमन्त्रीसमेत रहेका उनको स्मृतिमा नुवाकोटको पिपलटारमा स्थापना गरिएको पूर्णकदको शालिकको अनावरण गरिएसँगै उनको जीवन झल्कने वस्तुस्थिति, लेख रचना, पार्टीका लागि पु¥याएको योगदानलगायतका सामग्री समावेश गरेर पुस्तकालयसमेत स्थापना गर्ने र उहाँको अधुरो सपना पूरा गर्ने अभियानमा लाग्ने प्रतिष्ठान अध्यक्ष हितराज पाण्डेले बताए ।

    दिवाकरको जन्म नुवाकोटको साविक तुप्चे गाविस–२ स्थित भित्रीनिटारमा विसं २०१० मा भएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक चरण विसं २०३६ को पञ्चायत सुधारको आन्दोलन, विसं २०४६ को बहुदल स्थापनाको आन्दोलन, विसं २०५२ देखिको एक दशकसम्म चलेको जनयुद्ध (सशस्त्र) आन्दोलन, विसं २०६२–६३ को दोस्रो जनआन्दोलनमा प्रत्यक्ष नेतृत्व गर्नुभएका दिवाकर पटक–पटक दमन, गिरफ्तार, यातना र चुनौतीमाझ पनि कहिल्यै नझुक्ने निडर क्रान्तिकारी योद्धाका रूपमा लिने गरिएको छ ।

  • आफ्नै ताकतमा चुनाव जित्ने कुरालाई प्राथमिकता, तालेमेल गर्दा गठबन्धनकै बीचमा- प्रचण्ड (भिडिओ)

    आफ्नै ताकतमा चुनाव जित्ने कुरालाई प्राथमिकता, तालेमेल गर्दा गठबन्धनकै बीचमा- प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नै ताकत र खुट्टामा उभिएर चुनाव जित्ने कुरालाई पार्टीले प्राथमिकता दिएको बताएका छन् ।

    नुवाकोटमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तालमेल गर्दा सत्ता गठबन्धनकै बीचमा गर्ने नीति रहेको समेत प्रष्ट पारे ।

    अध्यक्ष प्रचण्डले भने,’अब पार्टी पूरै चुनावमा केन्द्रित भएको छ । हामी आफ्नै खुट्टामा उभिएर,आफ्नै ताकतमा जित्ने कुरालाई उच्च प्राथमिकतामा राखेका छौं । कसैसँग तालमेल गर्ने स्थिति भएमा त्यसमा पनि ध्यान दिने र तालमेल गर्दा गठबन्धनकै बीचमा गर्ने नीति छ ।’

    एमसीसीका कारण कतिपय नेता कार्यकर्ताले पार्टी छाडेकोमा प्रचण्डले त्यस्तो गर्नुपर्ने अवस्था नरहेको बताए । उनले माओवादीका कारण एमसीसी जस्ताको तस्त्ै पारित नभएको र देश पनि दुर्घटनाबाट जोगिएका बताए ।

    प्रचण्डले कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट लगायतले माओवादीले एमसीसी पारित गरेको भनेर एमाले प्रवेश गर्नु आफैंमा उदेकलाग्दो कुरा भएको बताए । जसले एमसीसी जस्ताको तस्तै पारित गर्न चाहेको थियो त्यो पार्टीमा जानु पलायनवादीहरुको चरित्र रहेको बताए ।

     

  • ‘फेक फेसबुक पोष्ट’को प्रतिवाद गर्दै प्रचण्डले भने- एमाले भन्ने गुटका मान्छेले कुप्रचार गरे (भिडिओ)

    ‘फेक फेसबुक पोष्ट’को प्रतिवाद गर्दै प्रचण्डले भने- एमाले भन्ने गुटका मान्छेले कुप्रचार गरे (भिडिओ)

    काठमाडौं । स्थानीय चुनाव केन्द्रित प्रशिक्षणका लागि सुर्खेत पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै कार्यकर्ताले कुटपिट गरेको र चस्मा फुटाइदिएको भन्दै केहीले समाजिक संजालमा प्रचार गरे ।

    हुँदै नभएका घटनाको प्रचार भएपछि सुर्खेत प्रहरीले नै त्यसको खण्डन गर्नुपर्‍यो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले भ्रमपूर्ण र शान्तिसुरक्षाको दृष्टिकोणले गम्भीर प्रकृतिका सूचना सम्प्रेषण गरेको भन्दै कारवाहीको चेतावनी दियो ।

    उक्त प्रचारबारे कार्यकर्ताले नै प्रचण्डलाई जानकारी गराए । त्यसबारे आफूलाई थाहा भएपछि आफूलाई हाँसो उठेको प्रचण्डले बताए । प्रचण्डले यसलाई ‘चुनावमा बढारिने भयले बिच्छिप्त भएकाहरुले गरेको प्रचार’ भनेका छन् ।

    ‘कर्णालीको भव्य र सभ्य कार्यक्रम काठमाडौंमा दुव्यर्वहार भयो भनेर कुप्रचार गरिएर भाइरल बनाइयो रे, मलाई हाँसो उठ्यो,’ प्रचण्डले भनेका छन्, ‘एमाले भन्ने गुटका मान्छेहरु विछिप्त भएका छन् । उनीहरुले यो प्रचार गरेको । झुटो प्रचार गरेर भएपछि बाहिर केही भ्रम दिन सकिन्छ की भनेर गरेको देखियो ।’

  • माओवादीको कर्णाली प्रदेशमा बल्ल पूर्ण पदाधिकारी, यस्तो बन्यो केसी नेतृत्वको टिम

    माओवादीको कर्णाली प्रदेशमा बल्ल पूर्ण पदाधिकारी, यस्तो बन्यो केसी नेतृत्वको टिम

    काठमाडौं । अधिवेशन सकिएको लामो समयपछि माओवादीको कर्णाली प्रदेश समितिले पूर्ण नेतृत्व पाएको छ । शुक्रबार सुर्खेतमा बसेको कर्णाली प्रदेश समितिको दोस्रो बैठकले बाँकी पदाधिकारी चयन गरेको हो ।

    गत मंसिर २५ मा प्रदेश अधिवेशन उद्घाटन भइ अध्यक्षमा विमला केसी चयन भएकी थिइन । तर, बाँकी पदाधिकारी टुंग्याउन विवाद भएपछि लामो समय अध्यक्ष र सदस्य मात्रैको समिति थियो ।

    बैठकले तीन उपाध्यक्ष चयन गरेको छ । जसमा सल्यानका कर्णबहादुर बुढाथोकी, जाजरकोटका ढकवीर राना र सुर्खेतका कृष्ण जिसी रहेका छन् ।

    त्यस्तै सचिवमा कालिकोटका धनजित शाही चयन भएका छन् । तीन सहसचिवमा जुम्लाका बीरबहादुर कुवँर, हुम्लाका लालकेश जैसी र मुगुका विर्खबहादुर थापा चयन भएका छन् । कोषाध्यक्षमा डोल्पाका मालबहादुर रोका चयन भएका छन् ।

    २ सय ११ जनाको प्रदेश समिति रहेको कार्णालीमा कार्यालय टिम पनि बनाइएको छ। कार्यालय टिममा प्रेम कटवाल र रातो कामीसहित ११ जना रहेको बताइएको छ।

  • प्रचण्डको दावी- देश माओवादीकै इसारामा चलिरहेको छ, चुनावमा पनि गठबन्धन कायमै हुन्छ

    प्रचण्डको दावी- देश माओवादीकै इसारामा चलिरहेको छ, चुनावमा पनि गठबन्धन कायमै हुन्छ

    सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश अहिले पनि माओवादीकै एजेण्डा र इसारामा चलिरहेको दावी गरेका छन् ।

    पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका प्रचण्डले पत्रकारसँग कुरा गर्दै राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णयक भूमिकामा आफू नै नरहेको बताए ।

    अध्यक्ष प्रचण्डले अहिलेको सत्ता गठबन्धन चुनावपछिसम्म कायमै राख्ने प्रयास आफूले गरिरहेको भन्दै कम्तिमा स्थानीय चुनावमा गठबन्धन भएरै चुनाव लड्ने सुनिश्चितता रहेको समेत दावी गरे ।

    तीनै तहका चुनावमा गठबन्धन गरेर त्यसपछिका सरकारमा पनि माओवादी नै निर्णायक हुने उनको भनाइ थियो ।

  • माओवादीको बुटवल उपमहानगरमा भाँडभैलोः नेतृत्व छान्ने चार महिनादेखिको प्रयास असफल

    माओवादीको बुटवल उपमहानगरमा भाँडभैलोः नेतृत्व छान्ने चार महिनादेखिको प्रयास असफल

    बुटवल । नेकपा (माओवादी केन्द्र) बुटवल उपमहानगर कमिटीको विवाद पुनः सतहमा आएको छ । मंसिर १८ गते बुटवलको अधिवेशन भएपनि विवादका कारण अहिलेसम्म नेतृत्व छनौट हुन सकेको छैन । यही विवाद मिलाउन मंसिर २२ गते बसेको बैठकमा हात हालाहालमा पुगेको थियो भने चार महिनापछि पुनः बसेको बैठक पनि उस्तै विवादास्पद बनेको छ ।

    पार्टीका जिल्ला संयोजक निर्मल जिसीले बुधबार बसेको भेलामा महेन्द्र भुसालको अध्यक्षतामा पदाधिकारी छान्ने प्रस्ताव गरेपछि असन्तुष्ट समूहले विरोध गरेपछि त्यो निर्णय गुपचुप राखिएको हो । फागुन २५ गते जिसीको संयोजकत्वमा बुटवल जितगढीको साइनो पार्टी प्यालेसमा भेला आयोजना गरिएको थियो, त्यो भेलामा महेन्द्र भुसालको अध्यक्षतामा ७ सदस्य पदाधिकारी पेश भएपछि हंगामा भएको सहभागी एक नेताले बताए ।

    सचिवमा प्रस्तावित मन्जु भुसालले नै ‘कमिटीको मापदण्ड के हो ? कसरी फेरबदल भयो भनेर प्रश्न गरेपछि अन्य सहभागीले दलित खै, जनजाति खै, मुस्लिम खै’ भनेर प्रश्न गरेका थिए। हिजोको निर्णय सुनाउन आज बुटवलको सापकोटा मिस्ठान्न भण्डारमा पत्रकार सम्मेलन गर्ने तयारी भए पनि त्यसलाई स्थगित गरिएको छ ।

    बुटवलको नेतृत्वमा आफू अनुकलका नेता ल्याउन जिल्ला अध्यक्ष निर्मल जिसी र केन्द्रीय सदस्य तथा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री कस्सिएपछि मनोज राना, मणि भट्टराई, विष्णु ढकाललाई अध्यक्ष बनाउन तयार भएको अर्को समूह प्रतिवादमा उत्रिएको हो । यसअघि पुष्प ढकाललाई बनाउन खोजिएपनि विवाद बढ्दै गएपछि उनी प्रदेश कमिटीमा गएका छन् ।

    अधिवेशन मंसिर १८ गते नै ७३ सदस्य नगर कमिटी बनाएर पनि पदाधिकारी छनौटमा विवाद बढ्दै गएपछि नेताहरुलाई पदाधिकारी छनौटको जिम्मेवारी दिइएको थियो । यही विषयमा मंसिर २२ गते बसेको बैठकमा केही नेताहरुले आफूखुसीका व्यक्तिलाई नेतृत्वमा ल्याउन खोजेको भन्दै यहाँका पुराना नेता कार्यकर्ताले विरोध गरेपछि हात हालाहालको अवस्थामा आएको थियो ।

    माओवादीका पुराना नेता कार्यकर्ताले बुटवलमा स्थायी नेतृत्व नचाहेका कारण पार्टीको संगठन ध्वस्त भएको बताउँदै भूगोलमा काम गर्ने स्थानीय नेतालाई अगाडि सार्न दवाव दिएका छन् ।

    ‘१८ गते सकिएको अधिवेशनले अहिलेसम्म नेतृत्व छान्न सकेको छैन, यहाँभन्दा सांगठनिक अराजकता के हुन्छ ? चुनाव गर्न पनि नदिने, आफ्नो मान्छे पार्न सहमतिका लागि बस्न पनि नदिने ?’ एक स्थानीय नेताले भने ।

  • कांग्रेसलाई प्रचण्डको चेतावनी- हामीले सिंहासन दियौं, अपमान गर्ने अभिव्यक्ति सैह्य हुन्न

    कांग्रेसलाई प्रचण्डको चेतावनी- हामीले सिंहासन दियौं, अपमान गर्ने अभिव्यक्ति सैह्य हुन्न

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा गठबन्धन नगर्ने भनेर कांग्रेसका केही नेताले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

    पार्टीको वागमती प्रदेशस्तरीय विस्तारित बैठकलाई गोदावरीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसका नेताहरुले आफूहरुलाई हात्तीको कानमा बसेका चमेरा भन्ने तथा गठबन्धन गरेर चुनाव जिताइदिने जिम्मा नलिने भनी दिएको अपमानजनक अभिव्यक्ति सह्य नहुने बताए ।

    कांग्रेसलाई आफूहरुले सत्ताको सिंहासनमा पुर्याएको भन्दै गठबन्धनविरुद्धका अभिव्यक्ति र नेकपा माओवादी केन्द्र तथा नेकपा एसलाई अपमान गर्ने कुरा सैह्य नहुने प्रचण्डको भनाइ थियो ।

    बैठकमा प्रचण्डले भने- हामीलाई अपमान सैह्य हुन्न । अघिल्लो चुनावकै परिणाम हेर्ने हो भने पनि प्रत्यक्षतर्फ कांग्रेसभन्दा हाम्रो १० सिट बढी छ । त्यस्तो पार्टीलाई उचालेर सिंहासनमा राख्दा अहिले उसले हाम्रो अपमान गर्ने रु यस्तो सैह्य हुन्न ।

    बैठकलाई समबोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसका केही नेताले त्यस्तो अभिव्यक्ति दिए पनि चुनवासम्मै गठबन्धन कायम रहने बताए ।

  • स्थानीय चुनावमा होमियो माओवादी, गोदावरीमा वागमती प्रदेशको प्रशिक्षण (तस्बिरहरू)

    स्थानीय चुनावमा होमियो माओवादी, गोदावरीमा वागमती प्रदेशको प्रशिक्षण (तस्बिरहरू)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समितिको बैठक सकाएसँगै स्थानीय चुनाव केन्द्रित हुन थालेको छ । माओवादीले ठूलो प्रदेश वागमतीबाट प्रशिक्षण थालेको छ ।

    ललितपुरको गोदावरीस्थित सनराज हलमा राजनैतिक-वैचारिक प्रशिक्षण कार्यक्रममा माओवादी वागमती प्रदेश समितिका सदस्य तथा विभिन्न भ्रातृसंगठनका नेताहरू सहभागी छन् ।

    कार्यक्रमको उद्घाटन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गरे । प्रशिक्षण कार्यक्रममा नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेललगायत सहभागी छन् ।

    स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

  • दुई वडाध्यक्षसहित रंगेलीका मेयर र उपमेयर माओवादी छाडेर एमालेमा प्रवेश

    दुई वडाध्यक्षसहित रंगेलीका मेयर र उपमेयर माओवादी छाडेर एमालेमा प्रवेश

    काठमाडौं । मोरङको प्राचीन शहर तथा पूर्वराजधानी रंगेली नगरपालिकाका मेयर र उपमेयर दुवैजना बुधबार नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनाल एमालेमा प्रवेश गरेका हुन् ।

    रंगेलीमा आयोजित विशाल समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेयर, उपमेयर र दुईजना वडाध्यक्षसहित करिब ५ हजारजनालाई पार्टी प्रवेश गराएको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।

    प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष महेशकुमार खनाल र वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मण्डल समेत छन् । उनीहरू पनि माओवादीबाटै निर्वाचित भएका थिए ।

    रंगेलीका ९ मध्ये तीन वडाध्यक्ष र मेयर उपमेयर जितेको माओवादीका अब एक वडाध्यक्षमात्र पार्टीमा रहेका छन् । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले माओवादीको सानो हिस्सामात्र प्रचण्डसँग रहेको भन्दै नेकपा एकताको निरन्तरताका रूपमा एमालेमै मूलधार रहेको बताए ।

  • प्रचण्डको गुनासो- गुटबन्दी र अन्तरविरोधका कारण माओवादीले परिवर्तनको जस लिन सकेन

    प्रचण्डको गुनासो- गुटबन्दी र अन्तरविरोधका कारण माओवादीले परिवर्तनको जस लिन सकेन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधका कारण मुलुकको परिवर्तनको जस माओवादीले लिन नसकेको गुनासो गरेका छन् ।

    बुधबार काठमाडौंमा पार्टीनिकट नेपाल उद्योग व्यवसायी महासंघ (प्रस्तावित) को केन्द्रीय तदर्थ समितिको पूर्णबैठकलाई सम्बोधन गर्दै प्रचण्डले आजको परिवर्तनको प्रमुख बाहक माओवादी नै भएको जिकिर गरे ।

    पार्टी र नेतृत्व निर्माणमा परम्परागत मान्यताबाट बाहिर आउन नसकेको उनको भनाइ छ । पार्टीको केन्द्रीय कमिटीमा समावेशीका साथै बाह्य क्षेत्रको सहभागिता पनि गराउनुपर्ने आफ्नो प्रस्ताव गरेको र त्यसमा समग्र पार्टी गम्भीर रहेको प्रचण्डले बताए ।

    अहिले पनि लगातार संविधानमाथि प्रहार भइरहको भन्दै यसलाई जोगाउन लागिपरेको प्रचण्डको दाबी छ ।

  • ‘हिजो प्रतिगमन भन्ने प्रचण्ड-माधव आज संसद विघटन गरी चुनावमा जाने कुरा गर्न थाले’

    ‘हिजो प्रतिगमन भन्ने प्रचण्ड-माधव आज संसद विघटन गरी चुनावमा जाने कुरा गर्न थाले’

    काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् ।

    नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एमाले अध्यक्ष केपी ओलीको लोकप्रियता देखेर ओलीका समकक्षी नेताहरू पूर्वाग्राही भएर प्रस्तुत भएको आरोप लगाए ।

    पोखरेलले प्रतिनिधिसभा विघटनको औचित्यसमेत पुष्टि हुँदै गएको बताए ।

    ‘अध्यक्ष ओली प्रधानमन्त्री हुँदा सरकारलाई काम गर्न नदिने, लफडा गरिरहने । अनि संसद विघटन गरेर चुनाव जान खोज्दा प्रतिगन भनियो,’ महासचिव पोखरेलले भने, ‘अहिले प्रचण्ड र माधवकुमार नेपाल संसद विघटन गरेर चुनावमा जाने कुरा गर्न थालेका छन् । यसले हिजो एमालेले चालेको कदमको औचित्य पुष्टि हुँदै गएको छ ।’

    एमसीसी पास गर्न गरिएको व्याख्यात्मक घोषणाको कुनै औचित्य नरहेको भन्दै उनले भने, ‘घोषणापत्र प्रचण्ड र माधवकुमारको कार्यकर्तासामु ‘लाज छोप्ने टालो’ मात्र हो ।’

  • दुई प्रदेश कमिटी सदस्य र महोत्तरीका जिल्ला संयोजकसहित पाँच नेताले छाडे माओवादी

    दुई प्रदेश कमिटी सदस्य र महोत्तरीका जिल्ला संयोजकसहित पाँच नेताले छाडे माओवादी

    महोत्तरी । माओवादी केन्द्र महोत्तरीका संयोजकसहित पाँच नेताले पार्टी त्यागको घोषणा गरेका छन्।

    एमसीसी पारितको विपक्षमा उभिएका माओवादी प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य तथा बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजनप्रसाद ढुंगानासहितले पार्टी त्यागेको घोषणा गरेका हुन् ।

    अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नगर कमिटी सदस्य उर्मिला कार्की, मधेस प्रदेश सदस्य रामबहादुर राणा र वडा कमिटी अध्यक्ष नरबहादुर खनालले पनि पार्टी छाडेका छन् ।

    एमसीसीको विपक्षमा रहेको माओवादी केन्द्रले अन्ततः सदनबाट पारित गराउन सहमति जनाएको थियो । व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित भएपछि माओवादीको एउटा खेमा विरोधमा छ ।

  • पार्टीमा बहस- प्रचण्ड आफैं माओवादीमा नेतृत्व विकासको बाधक !

    पार्टीमा बहस- प्रचण्ड आफैं माओवादीमा नेतृत्व विकासको बाधक !

    काठमाडौं । ‘पार्टी जीवनको २४ वर्षपछि सम्पूर्णरूपले जिम्मेवारीविहीन भएको छु। प्रदेश समितिको जिम्मेवारीबाट गत मंसीरदेखि मुक्त छु । केन्द्रीय विभाग महाधिवेशनपछि स्वतः विघटित छन्। विभागहरू पनि नामका लागि बन्छन्, कामकाजी छैनन्। ‘ब्युरोक्र्याटिक मोडेल’को पार्टीमा पद नहुनेहरूलाई डस्ने, ‘ह्युमिलेट’ गर्ने प्रवृत्ति डरलाग्दो नै छ।’

    यो हो माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक भएका मनहरी तिमिल्सेनाले समाजिक संजालमार्फत पोखेको गुनासो । माओवादीको केन्द्रीय स्कुल विभाग सदस्य समेत रहेका उनी महाधिवेशनपछि कुनै विभाग नबनेकाले त्यो भूमिकामा पनि छैनन् ।

    यो माओवादीका धेरै नेता, कार्यकर्ताको साझा गुनासो र भोगाइ पनि हो । पार्टीमा कार्यविभाजन नहुँदा धेरैले काम गर्न चाहेर पनि कुनै भूमिका पाएका छैनन् । तिमिल्सेनाले गुनासोसँगै एउटा सुझाव पनि दिएका छन्- ‘आजको परिस्थितिमा कि प्रत्येक कार्यकर्ताको व्यक्तिगत फाइल खडा गरेर न्यायोचित कार्यसम्पादन मूल्यांकन कि खुल्ला निर्वाचनबाहेक तेस्रो विकल्प छैन।’

    यो पनि माओवादी धेरै नेता-कार्यकर्ताको साझा सुझाव हो । तर, माओवादीले यी कुनै चीज गरिरहेको छैन्। महाधिवेशन सकिएको धेरैपछि बसेको केन्द्रीय समिति बैठकबाट धेरैले आसा गरेका थिए- ‘यसपाली त पदाधिकारी चयन हुने छन्, स्थायी समिति र पोलिटब्युरो गठन हुने छन् । कार्यविभाजनमार्फत प्रत्येकले काम पाउँने छन् ।’

    तर, यी कुनै पनि काम हुन केन्द्रीय समिति बैठकबाट भएनन् । दुई दिन चलेको (फागु २० र २३) बैठकले अरु त अरु केन्द्रीय समितिलाई पूर्णता दिन सकेन् । बैठकमा प्रचण्डले ९७ जनाको नाम प्रस्ताव गरे । तर, ती नामले सहमति भन्दा पनि ‘बबण्डर’ खडा भयो । हचु्वाका भरमा पेस गरिएका नाममा पार्टीकै धेरै नेताहरुले असन्तुष्टि जनाएपछि प्रचण्डले ५० नाम मात्रै अनुमोदन गरेर बैठक सकाए ।

    चुनाव मुखमै आएको भन्दै एमसीसीको विवाद आगामी जेठ २० सम्मलाई स्थगन गरिएको छ । कार्य विभाजनका नाममा सात प्रदेशमा प्रदेश इन्चार्ज तोक्ने बाहेकका कुनै पनि काम बैठकबाट भएनन् । न त कुनै विभाग नै गठन भए । माओवादीले ३२ विभाग हुने विधानमा व्यवस्था गरेको छ । ती विभाग बनाएको भए धेरै नेता, कार्यकर्ताले पार्टीमा काम पाउथे ।

    एकल नेतृत्वको रहर

    प्रचण्डले एकल नेतृत्वमा चुनावमा जाने रहर देखाएका छन् । प्रचण्डले चाहेको भए पदाधिकारीमा पनि कुरा मिलाउन सक्थे तर उनले महासचिवमा दावेदार धेरै भएको बहाना बनाएर त्यो काम पनि गर्न चाहेनन् । स्थायी समिति र पोलिटब्युरो बनाउन कुनै गाह्रो थिएन । स्थायी समितिमा यसअघि रहेकालाई निरन्तरता दिँदै वरिष्ठताका आधार केही थप्दा सकिन्थ्यो । पोलिटब्युरोमा पनि वरिष्ठता हेरेर ल्याउन कुनै गाह्रो थिएन ।

    एक दिन थप बैठक लम्ब्याएर गृहकार्य गरेको भए विभागहरु गठन र कार्यविभाजन गर्न पनि कुनै गाह्रो थिएन । तर, यी सबै चिजमा प्रचण्डले जाँगर देखाएनन् । उनले आगामी जेठ २० को भाका सारेका छन् । यी सब काम नहुनुमा विवाद भन्दा पनि प्रचण्डको अनिच्छा प्रमुख रहेको माओवादीकै नेताहरु बताइरहेका छन् । यसमा एकल र एकछत्र रुपमा पार्टी नेतृत्व गर्ने चाहाना प्रचण्डको देखिन्छ, जुन उनले विगत तीन देशकदेखि गर्दै पनि आएका छन् ।

    माओवादी बैठकमा सहभागी केन्द्रीय सदस्यहरुको गुनासो प्रचण्डले आफूपछिको नेतृत्व पार्टीमा विकास गर्न नै नचाहेको भन्ने छ । अहिले पदाधिकारी पनि बनाएर गएको भए नेतृत्व विकास स्वतः हुन्थ्यो तर उनले नै यसमा रुची नदेखाएपछि त्यो कसरी हुन्छ भन्ने भनाइ बैठकमा सहभागी धेरै केन्द्रीय सदस्यहरु अनौपचारिक कुराकानीका क्रममा व्यक्त गर्थे ।

    केन्द्रीय सदस्य दलजित शेर्पाइली अब पहिलो पुस्ताका नेतृत्वबाट पार्टी नै नबन्ने बताउँछन् । ‘पार्टी निकै दलदलमा फसिसकेको छ,’ उनको भनाइ छ, ‘अब पहिलो पुस्ताबाट पार्टीको उद्धार हुँदै हुँदैन । उहाँहरुले जति गरिसक्नुभयो, गर्नुभयो । उहाँहरुबाट अब थप हुने केही पनि होइन ।’

    न विधि, न विधान

    माओवादी पार्टी अहिले न कुनै विधिमा चलेको छ, न त विधान अनुसार नै । प्रचण्डले नेतृत्व चयन देखि कार्यविभाजनसम्ममा न कुनै विधि अपनाउन सकेका छन्, न त आफ्नो निर्णय लाद्न नै । विधानमा बहुपदाधिकारीको व्यवस्था गरिए पनि महिनौंसम्म त्यो नबनाउँदा कस्तो मनोवैज्ञानिक प्रभाव नेता कार्यकर्तामा पर्छ भन्ने कुराको हेक्का प्रचण्डले राखेको देखिएन । न नेता कार्यकर्ताहरु उत्साहित भएर महाधिवेशनबाट जान सके, न त केन्द्रीय समितिको बैठकपछि नै ।

    नेता हरिबोल गजुरेल पहिले प्राविधिक कारणले ढिला भए पनि अब भने प्रक्रियामा प्रवेश गरिएको बताउँछन् । ‘अब हामी बल्ल प्रक्रियामा गयौं,’ उनको भनाइ छ, ‘पहिले केन्द्रीय समितिलाई पूर्णता दिने, त्यसपछि चुनावपछि पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीलाई पूर्णता दिइन्छ । केन्द्रीय समितिले नै पूर्णता नपाउँदा धेरै केन्द्रीय सदस्यको पदाधिकारीको उम्मेदवार बन्न पाउने हक खोसिन्थ्यो । त्यही कारण पनि हतार-हतारमा अरु काम नगरौं भन्ने भयो।’

    स्वयं गजुरेल पनि अब पार्टीमा एउटा विधि स्थापित गरेर जानुपर्नेमा जोड दिन्छन् । कांग्रेस एमाले जस्तै ठ्याक्कै चुनावी प्रणालीमा पनि जान नसकिने भन्दै उनी चुनावी नतिजा र मुल्यांकनबाट पाएको अंक जोडेर नेतृत्व छान्ने विधिमा जानुपर्ने बताउँछन् उनी।

    ‘खाली चुनावमा मात्रै जाँदा पनि पार्टीभित्र गुट बन्न जान्छ, किनभने अखिल (क्रानित्कारी)मा हामीले देखेका छौं,’ उनको भनाइ छ, ‘कांग्रेस-एमालेको जस्तो चुनाव मात्रै भन्दा पनि नयाँ प्रणालीमा जान खोजेको हो । हामीले बनाउ खोजेको नयाँ प्रणालीमा ५० प्रतिशत मुल्यांकन र ५० प्रतिशत चुनावी परिणामबाट नेतृत्व छान्ने हो । यसो भयो भने चुनावमा हुने पैसा खर्च पनि रोकिन्छ, उपयुक्त नेतृत्व पनि आउँछ । मुल्यांकनमा कम आउने डरले सबै नेता कार्यकर्ता अनुशासित पनि हुन्छन् ।’

    गजुरेलको यो प्रस्ताव महाधिवेशनअघि देखिकै हो । तर, यसलाई माओवादीले अहिलेसम्म कतै पनि आत्मसाथ गर्न सकेको छैन् । माओवादी अहिले एक हिसाबले ‘सांगठनिक अराजकता’ चलिरहेको छ।

    केन्द्रमा मात्रै होइन, प्रदेशमा पनि सम्मेलन भएको लामो समयसम्म पदाधिकारी विहिन छन् । गत मंसिर २५ मा सबै प्रदेशका सम्मेलन उद्घाटन भएको भए पनि मधेश प्रदेशमा अहिलेसम्म अध्यक्षकै टुंगो लागेको छैन् ।

    कर्णाली र लुम्बिनी प्रदेशमा अध्यक्षबाहेक अन्य पदाधिकारी बन्न सकेका छैनन् । पदाधिकारी बनाउन नसक्ने रोग भातृ संगठनमा पनि सल्केको छ । अखिल (क्रान्तिकारी)मा अध्यक्ष मात्रै तोकिएको छ । सम्मेलन नभएको लामो समयसमम अन्य पदाधिकारी बनाउन सकिएको छैन् । प्रेस सेन्टर पनि सम्मेलन भएको लामोसमयसम्म अध्यक्ष बाहेकका पदाधिकारीबाटै चलिरहेको छ । अन्य भ्रातृ संगठनमा पनि त्यस्तै अवस्था छ ।

    पारिवारिक मोह

    सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति पुरा गर्न भन्दै ९७ जनाको नाम पेस गरे, जसमा उनका छोरी र ज्वाइको पनि नाम समावेश थियो। रेणु दाहाल पहिलेदेखि नै केन्द्रीय सदस्य भएकाले उनलाई दोहोर्‍याउँदा विवाद भएको थिएन ।

    तर, हिजो पेस गरेको सूचीमा छोरी गंगा दाहाल र ज्वाइ जीवन आचार्य पनि समावेश भएपछि माओवादीकै नेताहरु आक्रोसित भए । धेरै केन्द्रीय सदस्यले बैठकमा विरोध गरेपछि प्रचण्डका छोरी-ज्वाइसहित ४७ जनाको नाम अनुमोदन गरिएन ।

    प्रचण्डले आफ्ना छोरी-ज्वाइको पनि नाम प्रस्ताव गरेपछि बाहिर पार्टीलाई आफ्नो निजी क्लव बनाउन खोजेको टिप्पणी भए । धेरै केन्द्रीय सदस्यहरु अनौपचारिक कुराकानीमा बाहिर टिप्पणी भए जस्तै शब्द प्रयोग गरेर प्रचण्डको आलोचना गरिरहेका थिए ।

    तर, माओवादी नेता वर्षमान पुन युद्धबाट आएको पार्टीमा धेरै पारिवारिक सदस्य देखिनु स्वभाविक भन्दै अव सुधार गरेर जाने बताउँछन् । ‘हामी युद्धबाट आएको पार्टी हौं,’ पुन भन्छन्, ‘युद्धमा जो-जो भेटियो हिँड्ने, बलिदान गर्ने, संगठन गर्ने काम हुन्थ्यो । स्वभाविकरुपले हिजो त्याग गरेका, बलिदान गरेका र लडेकै साथीहरु छन् । आफन्त भन्दा पनि हिँजो बलिदान गर्ने मान्छेहरु हुन् ।’

    उनी थप्छन्, ‘हामी समावेशिता भनेर नयाँ-नयाँ क्षेत्रमा गएर कार्यकर्ताहरु पनि लिइरहेकाछौं । युद्धमै सहभागी नभएका साथीहरु अहिले केन्द्रीय तहमा आइसकेका छन्। यद्यपि बाहिर उठेका कुरालाई हामीले गम्भीररुपले लिएका छौं। किनभने हामी खुला परिवेशमा छौं । जनतामा जानुपर्छ । जनताले उठाएको कुरालाई हामी गम्भीर रुपमा लिन्छौं ।’

  • माओवादी गाउँपालिका कमिटी उपाध्यक्षसहित बैतडीमा १०५ जना एमाले प्रवेश

    माओवादी गाउँपालिका कमिटी उपाध्यक्षसहित बैतडीमा १०५ जना एमाले प्रवेश

    ‌कैलाली । बैतडीको दोगडाकेदार गाउँपालिका कमिटी उपाध्यक्ष नरेन्द्र कार्कीसहित विभिन्न पार्टीका १०५ जना एमाले प्रवेश गरेका छन् । कार्की माओवादी केन्द्र जिल्ला कमिटी सदस्यसमेत हुन् ।

    नेकपा एमाले दोगडाकेदार गाउँ कमिटीले आज आयोजना गरेको स्थानीय निर्वाचनकेन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उनीहरूलाई प्रवेश गराइयो ।

    गाउँपालिका कमिटी सचिव कमल भुलका अनुसार उपाध्यक्ष कार्कीको नेतृत्वमा ४२ जना, विप्लव नेतृत्वको नेकपा जिल्ला कमिटी सल्लाहकार अकबरको नेतृत्वमा १८ जना, नेविसंघ दोगडाकेदारका अध्यक्ष केशवराज जोशीको नेतृत्वमा २२ जना, युवाउद्यमी सुरेन्द्र भाट, राष्ट्रिय प्रजातन्त्र पार्टीका बहादुर सिंह भाट, समाजसेवी हर्कबहादुर चन्दलगायत छन् ।

    एमाले केन्द्रीय सदस्य तथा बैतडी जिल्ला सह इन्चार्ज लीलाधर भट्ट, प्रदेश अध्यक्ष दामोदर भण्डारी, जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र पाल, जिल्ला उपाध्यक्ष रमिल बमलगायतले स्वागत गरे ।

    यसअघि बैतडीमै ३ वडाध्यक्षसहित १५६ जना एमालेमा प्रवेश गरेका थिए ।

  • अखिल क्रान्तिकारीको सडक बहस : उर्मिला अर्यालदेखि रेखासम्मको भाषण (तस्बिरहरू)

    अखिल क्रान्तिकारीको सडक बहस : उर्मिला अर्यालदेखि रेखासम्मको भाषण (तस्बिरहरू)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले अन्तर्राष्ट्रिय नारी दिवसबारे ‘सडक बहस’ गरेको छ । राजधानीको प्रदर्शनीमार्गस्थित सडकमा ‘महिला : हिजो, आज र भोलि’ विषयमा सडक बहस भएको हो ।

    बहसमा माओवादी केन्द्रकी नेतृ उर्मिला अर्याल, राप्रपा नेतृ एवम् नायिका रेखा थापालगायतले भाग लिएका थिए । उनीहरूले महिलाको अहिलेको अवस्था न्याय, समानता र समावेशिताका विषयमा आफ्नो धारणा व्यक्त गरे ।

  • प्रचण्डले भने- पार्टीलाई एकतावद्ध ग‍र्‍यौं, एउटै कार्यक्रम लिएर चुनावमा जाँदैछौं

    प्रचण्डले भने- पार्टीलाई एकतावद्ध ग‍र्‍यौं, एउटै कार्यक्रम लिएर चुनावमा जाँदैछौं

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतावद्ध भएको बताएका छन् ।

    सोमबार सकिएको केन्द्रीय समिति बैठकपछि संक्षिप्त प्रतिक्रिया जनाउँदै प्रचण्डले एमसीसीमा विभिन्न कुरा आएको भए पनि धैर्यता र विवेकपूर्ण ढंगलले त्यसलाई समाधन गरेको बताए ।

    ‘विभिन्न कुराहरु आएका थिए,’ प्रचण्डले भने, ‘हामीले धैर्यतापूर्वक, बढो विवेकपूर्ण ढंगले त्यसलाई समाधान गर्‍यौं । पार्टीलाई एकतावद्ध गर्‍यौं र एउटै कार्यक्रम लिएर, एउटै भाषा लिएर चुनावमा जाँदैछौं ।’

    महाधिवेशन र संसदीय दलको निर्णय विपरित एमसीसीमा अगाडि बढेको भन्दै माओवादीका प्रचण्डको आलोचना भएको थियो ।

    वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहितका नेताले एमसीसी अुनमोदन गर्ने निर्णयमा फरक मत राखेको थिए ।

    केन्द्रीय समिति बैठकमा पनि श्रेष्ठले प्रचण्डको त्यस विषयमा चर्को आलोचना गरेका थिए ।

    तर, एमसीसी विवादलाई हालका लागि स्थगन गर्ने सहमति जुटेको छ ।

    अहिले एमसीसीलाई लिएर विवाद गर्दा स्थानीय चुनावमा असर गर्ने भन्दै त्यसलाई चुनावपछि बहस गर्ने निर्णय भएको छ।

    आगामी जेठ २० गते बस्ने केन्द्रीय समिति बैठकमा त्यसबारे निर्णय हुने गरि हाललाई त्यो विषय स्थगन गर्ने समझदारी भएको नेता जनार्दन शर्माले जानकारी दिए ।

  • माओवादीले चुनावी कमाण्ड बनाउने, प्रदेश इन्चार्ज पनि तोकिए (सूचीसहित)

    माओवादीले चुनावी कमाण्ड बनाउने, प्रदेश इन्चार्ज पनि तोकिए (सूचीसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनका लागि चुनावी कमाण्ड बनाउने भएको छ ।

    दुई दिन चलेर सोमबार सकिएको केन्द्रीय समिति बैठकले सातै प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरूलाई समेटेर विभिन्न कमाण्ड बनाउने भएको छ ।

    एक केन्द्रीय सदस्यका अनुसार प्रदेश इन्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय सदस्यहरुको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर कमाण्ड बनाउनेछन् ।

    ती कमाण्डले फेरि तल्लो तहसम्म गएर चुनावी गतिविधिलाई सशक्त बनाउने निर्णय मओवादीले गरेको छ। त्यसका लागि केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज समेत तोकेको छ।

    प्रदेश १ को इन्चार्ज राम कार्की तोकिएका छन् भने मधेस प्रदेशको इन्चार्ज गणेश साह बनेका छन् । त्यस्तै बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज तोकिएका छन् ।

    त्यस्तै सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेलले इन्चार्जको भूमिका पाएका छन् ।

  • माओवादीमा एमसीसीको विवाद जेठ २० सम्मलाई स्थगन

    माओवादीमा एमसीसीको विवाद जेठ २० सम्मलाई स्थगन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर विवाद आगामी जेठ २० सम्मलाई स्थगन गर्ने निर्णय गरेको छ ।

    पार्टी निर्णय विपरित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसीसीमा अगाडि बढेको भन्दै वरिष्ठ नेता नारायणकाजी असन्तुष्ट थिए ।

    श्रेष्ठसहितका नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले एमसीसीमा गलत भएको भन्दै शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा फरक मत दर्ता गराएका थिए ।

    चुनावको मुखमा एमसीसीको विवाद लिएर जाँदा पार्टीलाई क्षति पुग्ने भन्दै माओवादीले त्यसलाई चुनावपछि बहस गर्ने निर्णय गरेको हो ।

    बैठकबारे जानकारी गराउँदै नेता जनार्दन शर्माले चुनावपछि आगामी जेठ २० मा बस्ने केन्द्रीय समितिमा उक्त विषयमा छलफल हुने भन्दै हालका लागि एमसीसीको विषय स्थगन गरिएको जानकारी दिए ।

    उनले भने, ‘एमसीसीको एजेन्डामा उठेका केही आशंकामा समझदारी बनाएर त्यसको बहस जेठको २० गते बस्ने बैठकम छलफल गर्ने गरि हाललाई गरि स्थगन गरिएको छ।’

    शर्माले आगामी निर्वाचनका लागि योजना र नीति निर्माण समेत निर्माण गरिएको जानकारी दिए ।

    त्यस्तै बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष समेत तोकेको उनले जानकारी दिए ।

  • माओवादी केन्द्रीय सदस्यमा प्रचण्डका छोरी-ज्वाइको नाम अनुमोदन भएन

    माओवादी केन्द्रीय सदस्यमा प्रचण्डका छोरी-ज्वाइको नाम अनुमोदन भएन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्यका लागि प्रस्तावित ९७ मध्य ५० जनाको मात्रै नाम अनुमोदन भएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना छोरी-ज्वाइ गंगा दाहाल र जीवन आचार्यसहित ९७ जनाको नाम प्रस्ताव गरेका थिए ।

    तर, प्रस्तावित नाममा विवाद भएपछि ५० जनाको मात्रै नाम अनुमोदन भएको हो । कतिपय केन्द्रीय सदस्यले प्रचण्डले आफ्नो छोरी-ज्वाइको नाम प्रस्ताव गरेकोमा असन्तुष्टी जनाएका थिए ।

    प्रस्तावित भएर पनि अनुमोदन हुन नसकेकामध्ये केहीलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने गरि माओवादी केन्द्रको बैठक सकिएको छ ।

    माअ‍ेवादीले जम्मा केन्द्रीय सदस्यको २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य बनाउने समेत निर्णय गरेको छ।

  • माओवादीले २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य बनाउने, चुनावी तालमेलका लागि कार्यदल गठन

    माओवादीले २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य बनाउने, चुनावी तालमेलका लागि कार्यदल गठन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक केही केन्द्रीय सदस्य थप्दै र नेताहरुको कार्यविभाजन गर्दै सकिएको छ ।

    बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा बसेको केन्द्रीय समिति बैठकमा मनोनित गर्न बाँकी ९७ जनाको नाम अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए ।

    तर, ती सबै नाममा सहमति जुट्न नसक्दा प्रस्तावित मध्य ५० जनालाई मात्रै अनुमोदन गर्दै बैठक सकिएको हो ।

    केन्द्रीय सदस्य वर्षमान पुनका अनुसार हाल केन्द्रीय सदस्य संख्या २९७ जना मात्रै हुने र बाँकी पछि थपिने जानकारी दिए ।

    उनका अनुसार अब माओवादीमा २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य समेत हुनेछन् । ३४४ को २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य बनाउँदा त्यो ८६ जना हुन्छ ।

    वैकल्पिक केन्द्रीय सदस्यलाई मतदानको अधिकार भने हुँदैन ।

    बैठकले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो गठन पनि अर्को बैठकबाट गर्ने भएको छ। आगामी जेठ २० मा बस्ने बैठकबाट त्यो टुंगो लगाइने बताइएको छ ।

    त्यस्तै माओवादीले स्थानीय तहमा चुनावी तालमेलका लागि एक कार्यदल बनाउने निर्णय समेत गरेको नेता पुनले जानकारी दिए ।

  • प्रस्तावित केन्द्रीय सदस्यमा सहमति नजुटेपछि माओवादीमा लफडा

    प्रस्तावित केन्द्रीय सदस्यमा सहमति नजुटेपछि माओवादीमा लफडा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको केन्द्रीय सदस्यमा सहमति नजुटेपछि विवाद बढेको छ ।

    बैठकमा रिक्त केन्द्रीय सदस्य र मनोनीत १५ प्रतिशतसहित अध्यक्ष प्रचण्डले ९७ जनाको नाम केन्द्रीय सस्यका लागि प्रस्ताव गरेका थिए ।

    प्रस्तावित नाममध्ये केहीमा नेताहरुले नै असन्तुष्टी जनाएपछि लफडा भएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    नेताहरुले आफ्ना पनि मान्छे समेटिनुपर्ने भन्दै नाम दिएपछि त्यो संख्या २५ सय पुगेको बताइएको छ । प्रस्तावित नामले विवाद बढाएपछि हाललाई प्रस्ताव स्थगन गर्नेबारे पनि बैठकमा छलफल भइरहेको बताइएको छ ।

    अहिलेलाई २९७ जनाको मात्रै समिति बनाउने र बाँकी पछि निर्णय गर्नेगरि बैठक सम्पन्न गर्न लागिएको एक नताले जानकारी दिए ।

  • बार चुनाव : गठबन्धनतर्फ कांग्रेसका घिमिरे अध्यक्ष र माओवादीबाट अन्जिता महासचिवको उम्मेदवार

    बार चुनाव : गठबन्धनतर्फ कांग्रेसका घिमिरे अध्यक्ष र माओवादीबाट अन्जिता महासचिवको उम्मेदवार

    काठमाडौं । नेपाल बार एशोसिएशनको नेतृत्वका लागि सत्तारुढ गठबन्धनबाट गोपालकृष्ण घिमिरे उम्मेदवार बनेका छन् । उनी नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) का पूर्वअध्यक्ष पनि हुन् ।

    कांग्रेसको १४औं महाधिवेशन केन्द्रीय निर्वाचन समितिका संयोजक समेत रहेका घिमिरेलाई गठबन्धनले अध्यक्ष उठाउने भएको हो । त्यस्तै महासचिवमा अन्जिता खनाललाई अघि सारिएको छ । खनाल नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्न लागेकी हुन् ।

    यसअघि महासचिवमा दिनमणि पोखरेललाई प्रस्ताव गरिए पनि गठबन्धनप्रति असन्तुष्टि जनाउँदै पोखरेल पछि हटेका थिए ।

    वागमतीबाट उपाध्यक्षमा नेकपा एसका हर्क रावलले उम्मेदवारी दिँदैछन् ।

    अध्यक्षसहित १५ पद कांग्रेसलाई साथै उपाध्यक्ष, महासचिवसहित पद गठबन्धनका अन्य घटकलाई भागबण्डा गरिएको छ ।

    एमालेनिकटको कानून व्यवसायी पीपीएलएविरुद्ध मिलेर लड्न डीएलए नेतृत्वको गठबन्धनको प्यानल तयार पारिँदैछ ।

    पीपीएलएले भने विष्णुमणि अधिकारीको नेतृत्वमा प्यानल घोषणा गरिसकेको छ ।

  • प्रचण्डको प्रस्ताव- एमसीसीमाथिका फरक मतमा चुनावपछि निर्णय गरौँ

    प्रचण्डको प्रस्ताव- एमसीसीमाथिका फरक मतमा चुनावपछि निर्णय गरौँ

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमाथि पार्टीमा रहेका फरक मतमा निर्वाचनपछि निर्णय गर्ने प्रस्ताव गरेका छन् ।

    राजधानीमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले एमसीसीको विषयमा नेताहरुले राखेका फरक मतमाथि निर्वाचनपछि निर्णय गर्ने प्रस्ताव गरेका हुन् ।

    बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायतले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णयको विपक्षमा आफ्नो धारणा राख्दै आएका छन् ।

    यस्तै माओवादीले ९७ जना केन्द्रीय सदस्य थप गर्ने तयारी गरेको छ । विधान अनुसार १५ प्रतिशत मनोनीत हुनेछन् । माओवादीको ३४४ जना सदस्य रहेको केन्द्रीय समिति रहने व्यवस्था रहेको छ ।

    यस्तै बैठकले निर्वाचनका लागि नेताहरुको कार्यविभाजन गर्ने तयारी पनि गरेको छ ।

  • केन्द्रीय प्रतिनिधि तोकिएकालाई केन्द्रीय सदस्य नियुक्तिको तयारी, बैठकमा बोलाइयो

    केन्द्रीय प्रतिनिधि तोकिएकालाई केन्द्रीय सदस्य नियुक्तिको तयारी, बैठकमा बोलाइयो

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि तोकिएका नेताहरुलाई केन्द्रीय सदस्यमा नियुक्त गर्ने तयारी गरेको छ ।

    राजधानीमा जारी केन्द्रीय समिति बैठकले विद्यार्थी, युवा र मजदुरबाट नयाँ नेताहरुलाई नियुक्तीको तयारी गरिएको हो ।

    रमेश मल्ल, रन्जित तामाङ, उत्तम अधिकारी, विजय गौतम र तिलक भण्डारी लगायत नेताहरु बैठकमा सहभागी भएका छन् । उनीहरुसमेत केही अन्य नेताहरुलाई पनि बैठकमा बोलाइएको बताइएको छ ।

    आफूहरुलाई बोलाएपछि बैठकमा सहभागी भएको नेता उत्तम अधिकारीले बताए ।

    अहिले माओवादी केन्द्रमा २४६ केन्द्रीय सदस्य रहेका छन् । विधान बमोजिम ३०१ सदस्य बनाउने व्यवस्था रहेको छ ।

  • पदाधिकारी चयन नगरी सकिँदै माओवादी बैठक, एमसीसीमाथिको छलफल पनि चुनावपछि

    पदाधिकारी चयन नगरी सकिँदै माओवादी बैठक, एमसीसीमाथिको छलफल पनि चुनावपछि

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक पदाधिकारी चयन नै नगरी टुंगिने भएको छ । बैठकका ६ वटा एजेण्डामध्ये महत्वपूर्ण एजेण्डामा पदाधिकारी चयन थियो ।

    माओवादीले सांगठानिक एजेण्डाअन्तर्गत केन्द्रीय सदस्य थप र पोलिटब्यूरो, स्थायी कमिटी साथै पदाधिकारी चयनको एजेण्डा राखेको थियो । तर, पटकपटक सर्दै आएर शुक्रबारदेखि बसेको यो बैठकको आजको दिनको छलफल पनि सुरू भएको छ । यसपटक पनि पदाधिकारी चयन भने टरेको छ ।

    पार्टी स्थानीय चुनावमा केन्द्रित हुनुपर्ने भएकोले पदाधिकारी चयनलगायतका विषय थाती राख्ने नेता देव गुरुङले जानकारी दिए । ‘अब हामी चुनावी अभियानमा लाग्नुपर्नेछ । चुनावपछि नै बस्नै बैठकले पदाधिकारी टुंग्याउँनेछ’, गुरुङले भने ।

    एमसीसीमाथिको छलफल पनि त्यतिबेलै गराउने पक्षमा अध्यक्ष प्रचण्ड पुगेको बताइएको छ ।

    एमसीसी र पदाधिकारी चयनले पार्टीमा अन्तरसंघर्ष बढाउने आँकलन गर्दै माओवादीले तत्कालका लागि यो विषय टार्न खोजेको हो ।

    पार्टीका एक नेताका अनुसार महासचिव छनौटमा ‘सकस’ पर्ने देखिएपछि पदाधिकारी चयन अहिले नहुने भएको छ । माओवादीमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल र देव गुरुङले महासचिवका लागि दाबी गरिरहेका छन् । तीमध्ये वर्षमान र जनार्दनलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।

    चुनावको मुखमा एमसीसीमा असन्तुष्ट नेताहरू र पदाधिकारीका आकांक्षीको रस्साकस्सीले पार्टी एकता धरापमा पर्न सक्ने बुझेर प्रचण्डले मध्यमार्गी प्रस्ताव ल्याउन खोजेको नेताहरूको बुझाइ छ ।

    तस्बिरहरू : उमेश कार्की । 

  • फागुन २३ को अन्तरकथा: नेकपा खारेजीको पृष्ठभूमि र सर्वोच्च फैसलाका साइट इफेक्ट

    फागुन २३ को अन्तरकथा: नेकपा खारेजीको पृष्ठभूमि र सर्वोच्च फैसलाका साइट इफेक्ट

    काठमाडौं । २०७७ फागुन २३ गते अपरान्ह ३ बजे तत्कालीन विभाजित नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपालसहितका नेताहरु संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई नेकपा संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाइएको सूचना टाँस्न आफूहरुले गरेको निर्णय थमाएर सिंहदरवारको काठघरबाट बाहिरिँदै थिए ।

    त्यसअघि दलको बैठक नबसी र सबै सांसद सहभागी भएर संसदीय दलको नेता चयन प्रक्रिया नपुगेको भन्दै सचिवालयले प्रचण्ड-माधव पक्षले गरेको एकपक्षीय निर्णय स्वीकार गर्न नमानेपछि दुई घण्टाभन्दा बढी महासचिव गौतमको कार्यकक्षमा गलफत्ती चलेको थियो ।

    लामो गलफतीपछि महासचिव गौतम प्रचण्ड-माधव पक्षको निर्णय सचिवालयमा दर्ता गर्न सहमत भएका थिए । त्यसै दिन ओलीलाई प्रतिनिधिसभा सदस्यबाट समेत निष्कासन गरी झापा क्षेत्र नम्बर ५ रिक्त गर्ने अर्को निर्णय पनि प्रचण्ड-माधव पक्षले गरेर सभामुखलाई सूचना टाँस गराउने तयारी थियो ।

    ओलीसहित संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीसहित १० जना नेतालाई प्रचण्ड-माधव पक्षले निष्कासन गरिसकेको थियो । सम्भवतः ओली पक्षमा रहेका अरु केही सांसदहरुलाई समेत निष्कासन गरेको सूचना सभामुखबाट टाँस्ने र संसदीय दलमा कम्फरटेबल बहुमत बनाउने योजना थियो ।

    ओलीलाई हटाइएको सूचना दर्ता गरेर काठघरबाट बाहिर निस्कदा ननिस्कदै नेपाल प्रेसमा ब्रेकिङ न्युज आयो- ऋषि कट्टेलले मुद्दा जिते, ओली-प्रचण्डको नेकपा खारेज । यो समाचारको विश्वसनीयता पुष्टि गर्न केही नेताले फोन गर्दै थिए फेरि अर्को समाचार नेपाल प्रेसमै आयो- सर्वोच्चको फैसला: एमाले र माओवादी केन्द्र ब्युँतिए । अदालतको फैसलाको पूर्णपाठ नै आएपछि नेताहरु तत्कालीन नेकपाको प्रचण्ड पक्षीय संसदीय दलको कार्यालयमा थचक्कै बसे ।

    नेपाली राजनीतिकै बाटो मोडिदिएको र सांसद सदस्य समेत खारेज गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन नै समाप्त हुनबाट जोगाएको सर्वोच्चको त्यो फैसला आएको आज ठिक एक वर्ष पुगेको छ । त्यो फैसला आएको साँझ तत्कालीन नेकपाको केपी ओली पक्षका कार्यकर्ताले दीपावली गरे भने प्रचण्ड-माधवले ओलीलाई सिध्याइयो भनेर खाएको लड्डू अपच भयो । प्रधानमन्त्री बन्न ठिक्क परेका प्रचण्डले भने- ओलीलाई सिध्याइयो भनेर हामी रिल्याक्स गरेर बस्यौं, त्यहीबेला सर्वोच्चले टाउकोमा बजार्यो ।

    नत्र के हुन्थ्यो होला ?

    यदि सर्वोच्च अदालतले फागुन २३ गते त्यो फैसला नगरेको भए के हुन्थ्यो होला ? स्वाभाविक रुपमा केपी ओलीलाई प्रचण्ड-माधव पक्षले पार्टीको साधारण सदस्यबाट निष्कासन गरिसकेका थिए । सांसद सदस्यबाट पनि निष्कासन गरेर सभामुखमार्फत सूचना टाँस्ने र सडकमा फाल्ने काम सबैभन्दा पहिले हुन्थ्यो ।

    त्यतिलेमात्र ओलीको शक्ति कमजोर नहुने र उनीसँग तत्कालीन नेकपाको केन्द्रीय कमिटीको संख्या कम भए पनि साबिक एमालेको ७० प्रतिशतभन्दा ठूलो हिस्सा थियो । त्यसका लागि ओली पक्षमा रहेका प्रमुख नेताहरुलाई पनि निष्कासन गर्ने र अरुलाई तर्साएर आफूतिर तान्ने दोस्रो कदम हुन्थ्यो ।

    त्यसको वातावरण फागुन ११ गते संसद पुन:स्थापनालगत्तै बसेको प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठकले बनाइसकेको थियो । ओलीको पक्षमा माहौल बनाएको भन्दै सुवास नेम्वाङलाई स्थायी कमिटी सदस्य र उपनेताबाट हटाउने निर्णय भइसकेको थियो । महासचिव बिष्णु पौडेललाई त्यसअघि नै निष्कासन गरिसकेका थिए ।

    प्रमुख सचेतक विशाल भट्टराई,सचेतक शान्ता चौधरी,केन्द्रीय सदस्यहरु प्रभु साह, महेश बस्नेत, कर्णवहादुर थापा, सूर्य थापा र निरु पाललाई प्रचण्ड-माधव पक्षको बैठकले निष्कासित गरिसकेको थियो । बुबाको निधन भएर किरियामा बसेका कारण गोकुल बास्कोटाको नाम अन्तिममा काटिएको थियो । अरु केहीलाई निष्कासनको त्रास देखाउँदै ओली पक्ष छाड्न औपचारिक रुपमै आग्रह गरिएको थियो ।

    एक दुईदिनभित्रै निर्वाचन आयोगले पनि प्रचण्ड–माधव समूहलाई नेकपाको आधिकारिकता दिने थियो । किनकी आयोगका पदाधिकारीले राति ११ बजे कोटेश्वर पुगेर माधव नेपालसँग भेटेको कुरा भित्रभित्रै आगोझैं सल्किसकेको थियो । एमालेको बिरासत र सूर्य चिन्ह प्रचण्डको कब्जामा जान्थ्यो भन्ने विष्णु रिमालको विश्लेषणमा असहमत हुने ठाउँ छैन ।

    ओलीलाई ठेगान लगाएपछि प्रचण्ड अझ शक्तिशाली बन्ने निश्चित थियो, किनकी माधव पक्षकै पूर्वएमालेहरुको ठूलै पंक्ति प्रचण्डमा विलीन हुन तयार नै थियो । खुमलटार पुगेर स्थायी कमिटीकै कतिपय सदस्यले माधव नेपाललाई हिजो पनि हामीले छाता मानेको हो,अबको नेता तपाईँ हो भन्दै ओली हटाएपछि प्रचण्ड सर्वेसर्वा हुने सपना देखाइसकेका थिए ।

    संसारमा सायदै यस्तो हुन्छ होला,आफ्नो पार्टी खारेज हुँदा कार्यकर्ता खुसीले दिपावली गर्छन् । फागुन २३ गते नेपाली राजनीतिमा त्यही दृष्य देखियो । तत्कालीन नेकपाको केपी ओली पक्षका नेता कार्यकर्ताले सर्वोच्चको फैसलाको स्वागतमा दिपावली गरे, खुसीले नाचे । ३४ महिनाअघिको नेकपा एमाले, सूर्य चिन्ह र जनताको बहुदलीय जनवाद फिर्ता पाएर ठूलो राजनीतिक संकट पार भएकोमा उनीहरुले खुसी मनाएका थिए । यसका साथै एमालेको विरासत जोगिएको थियो ।

    माधव नेपाल दलका नेता नबन्दा..

    अर्कोतिर प्रधानमन्त्री बन्ने माधव नेपालको सुसुप्त आकांक्षालाई ओलीविरोधी माहौलभित्र गुमसुम पारेर आफू एमाले बिरासतसहितको नेकपाको शक्तिसाली अध्यक्ष र प्रधानमन्त्री बन्ने प्रचण्डको अन्तिम पाइला सर्वोच्चको फागुन २३ को फैसलाले जमिनमै धसाइदिएको थियो । त्यसबेला शक्तिकेन्द्रहरुमा गाइँगुइँ सुनिएअनुसार यदि माधव नेपाललाई संसदीय दलको नेता बनाउन प्रचण्ड तयार भएका थिए भने सायद सर्वोच्चको त्यो फैसला नआउन पनि सक्थ्यो ।

    फागुन ११ को संसद पुन:स्थापनाको फैसलाको वरपर प्रधान न्यायाधीशले माधव नेपाल समक्ष संसदीय दलको नेता बन्ने अवस्था छ कि छैन ? भनेर खबर पठाएका थिए । नेपालले आफू बन्न सक्ने जवाफ पठाए । कहीँ न कहीँ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा नेकपा विभाजित नहोस्, राजनीतिक अस्थिरता नआवस र केपी ओलीको राजनीति पनि जोगियोस् भन्नेमा थिए ।

    उनी माधव नेपालप्रति सधैं उदार थिए । नेकपाको विवाद चरम उत्कर्षमा पुगेका बेला राणाले नै उनलाई तेस्रो अध्यक्ष हुन सुझाएका थिए । तर नेपालले मानेनन् । त्यसपछि संसद पुनस्र्थापनासँगै माधव नेपाल दलको नेता र प्रधानमन्त्री बनून् र केपी ओली नेकपाको प्रथम अध्यक्ष भइरहुन् भन्ने राणाको चाहना प्रचण्ड-माधवले नबुझेका होइनन् ।

    ओलीविरुद्ध २०७७ कात्तिकमा प्रचण्डसहित सचिवालयका ५ जना नेताले लगाएको ३८ पृष्ठको अभियोगमा प्रचण्डले प्रधान न्यायाधीशसँग ओलीले साँठगाँठ गरेको भनेर आरोप लगाएपछि राणा रुष्ट थिए । पछि प्रचण्डको सचिवालयले अभियोगपत्रमा उल्लेखित सो कुराको आशय त्यस्तो नरहेको भन्दै खण्डन समेत गरेको थियो । तर राणा प्रचण्डलाई नेपाली राजनीतिको मैदानबाट प्याराफिट बाहिर पुर्याउन चाहान्थे भन्ने चाहिँ बुझिएकै थियो ।

    तर माधव नेपालले एकातिर शक्ति केन्द्रमा म दलको नेता बन्छु भनेर वचन दिए तर संसद पुनस्र्थापनापछि प्रचण्ड–माधव पक्षीय संसदीय दलको बैठकमा उनको नाम दलको नेतामा कसैले लिएन । बरु झलनाथले प्रचण्डको नाम लिए, माधव दलको नेता बन्न पाएनन् वा म बन्छु भन्न सकेनन् ।

    प्रचण्ड-माधव अर्को नाम लिएर किन गएनन् ?

    २०७७ फागुन २३ गते सर्वोच्च अदालतले विभिन्न आधार र कारण देखाउँदै नेकपा ऋषि कट्टेलकै भएकाले केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपालाई बदर गरे पनि उनीहरुलाई अर्को नाम लिएर निर्वाचन आयोगमा जान रोकेको थिएन ।

    फैसलामै भनिएको थियो– अब यी दुई राजनीतिक दल (एमाले र माओवादी) एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियमविपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम अत्यावश्यक निर्णय गर्नू गराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेशसमेत जारी गरिदिएको छ ।

    अदालतको सो परमादेश बमोजिम आयोगले १५ दिनभित्र अरसँग नजुध्ने गरी अर्को नाम लिएर आउन भनेको थियो । तत्कालीन नेकपाका दुई तिहाई केन्द्रीय सदस्य आफूहरुसँग रहेको दाबी गर्ने प्रचण्ड-माधवले नाम अर्को लिएर हामी नै आधिकारिक हौं भन्दै आयोग जान सक्थे । तर फैसलाको भोलिपल्टै पेरिसडाँडामा अन्तिम स्थायी कमिटी बैठक बसेर प्रचण्ड-माधव छुट्टिए ।

    केपी ओलीले फैसलाको भोलि वा पर्सिपल्ट प्रचण्डलाई टेलिफोन गरेर निर्वाचन आयोगले दिएको समयभित्र अर्को नाम लिएर जाने प्रस्ताव औपचारिकताका लागि भने पनि राखेका थिए । तर प्रचण्डले त्यसलाई बेवास्ता गरे । प्रचण्ड फैसलाविरुद्ध पुनरावलोकनमा गए पनि भित्रभित्रै आ-आफ्नो पार्टी चलाउन दुवै नेता अघि बढिसकेका थिए ।

    एक दिन अगाडिमात्र केपी ओलीलाई सांसदबाट समेत निष्कासन गरेर सडकमा फाल्ने र ओलीनिकट नेता र सांसदहरुलाई समेत छानीछानी निष्कासन गरेर पार्टीविहीन बनाउने अभियानको अगुवाइ गरेका माधव नेपाललाई सर्वोच्चको फैसलाले सबैभन्दा ठूलो चोट दियो । आफैंले दुई महिनाभित्र चारपटक निष्कासन गरेका ओलीलाई नेता मानेर लुरुलुरु फर्किनु अवश्य पनि पीडादायक थियो ।

    पेरिसडाँडाबाट बाहिरिएका गह्रौं  पाइलाहरु एमालेको तत्कालीन पार्टीका कार्यालय धुम्बाराही पुग्नलाई बानेश्वरको अर्याल होटलमा पुगेर केही दिन रोकिए । ओलीले बोलाएपछि वार्ताका लागि धुम्बाराही पुगेका नेता त्यसपछि कहिल्यै फर्किन पाएनन् र अन्ततः पेरिसडाँडामा फर्किदा साथमा रहेका १४ मध्ये तीनजनामात्र स्थायी कमिटी सदस्य बोकेर एमालेबाट बाहिरिए ।

    प्रचण्डले भुइँको टिप्न खोज्दा पोल्टाको गुमाए

    नेकपाकालमा ओलीविरुद्ध प्रचण्डलाई निर्णायक लडाइमा उतार्न माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमको मुख्य हात थियो । हाल एमालेमा रहेका बादल, लेखराज, टोपवहादुरहरुमात्र होइन हाल माओवादीमै रहेका हरिबोल गजुरेल, शक्ति बस्नेतहरु लगायत ठूलो पंक्तिले प्रचण्डलाई पूर्व एमालेभित्र समीकरण बनाउनेभन्दा एकता र संघर्ष जे गर्नुपरे पनि ओलीसँगै गर्न सुझाएका थिए ।

    तर प्रचण्डले तत्कालीन नेकपामा पूर्व एमालेभित्र खेल्दा आफ्नो पक्षमा दुई तिहाई वहमुत केन्द्रीय कमिटीमा पुग्ने र विशाल कम्युनिस्ट पार्टी तथा सरकारको नेतृत्व गर्न पाउने सम्भावना देखे । अन्तिममा नेकपा त रहेन नै, माओवादी केन्द्र पनि सग्लो फिर्ता पाएनन् । तत्कालीन स्थायी कमिटीमा ५ जना र केन्द्रीय कमिटीमा २३ जनासहित वडादेखि केन्द्रसम्मका सयौं नेता केपी ओलीसँगै एमालेमा समाहित भए ।

    भुइँको टिप्न खोज्दा पोल्टाको गुमाए । एमालेको आधा शक्तिसहित सिंगो माओवादी समेतको भीमकाय नेकपाको नेतृत्व गर्न खोज्दा आफ्नै जनयुद्धका कमाण्डरहरु समेत उनीसँग रहेनन् । नेकपाबाट माओवादी केन्द्रमा फर्किँदा प्रचण्डसम्म केन्द्रका होइन वडा तहका समेत एकजना एमाले गएनन्, किनभने ओलीविरोधी एमाले माधव नेपालसँगै फर्किए ।

    संघीय सांसद ५ जना, प्रदेश सांसद ९ जनासहित दुई दर्जनभन्दा बढी मेयर, उपमेयर र करिब दुई सयजना निर्वाचित वडाध्यक्षसहित जनप्रतिनिधिको पनि ठूलो संख्या सर्वोच्चको फैसलापछि माओवादीमा फर्केनन् । केपी ओलीलाई हटाएर नेकपाको शक्तिसाली अध्यक्ष बन्न अग्रसर भएका प्रचण्ड,एमालेसँग एकता गर्दाको भन्दा सानो आकारको माओवादी लिएर फर्कन बाध्य भए ।

    ओलीविरुद्धको लडाइँमा उक्साउने माधव नेपाल,झलनाथहरु सर्वोच्च अदालतको भोलिपल्टै पेरिसँडाडाबाट बिदा भए । उनीहरुले निर्वाचन आयोगमा अर्को नाम लिएर आफूसँग रहेका भनिएका दुईतिहाइ केन्द्रीय सदस्यहरुको परेड खेलाउन किन चाहेनन् ? त्यो लडाईँ अझ केही दिन लम्बिन सक्थ्यो । तर प्रचण्डले आफ्नाहरु मात्र गुमाएनन्, आफूलाई उक्साउनेहरुबाट पनि धोका पाए ।

    ओली र प्रचण्ड-माधव को गलत ? जनमत परीक्षण गर

    माधव नेपालले सर्वोच्चको फैसलापछि आफ्नो समानान्तर शक्ति र शर्तसहित एमालेमा रहन करिब ६ महिना संघर्ष गरे । खासमा उनी सके एमालेमा पनि बहुमत जुटाएर केपी ओलीलाई हटाउने, नत्र विद्रोह गरेर फर्किने समझदारीमै पेरिसडाँडाबाट निस्किएको प्रचण्डले बताएका थिए । तर त्यसबीचमा उनले एमालेमा शक्ति आर्जन गर्न त सकेनन् नै आफूसँग भएको मुख्य लिडरशीपसहितको जनाधार भएको पार्टी पंक्तिसमेत केपी ओलीलाई जिम्मा लगाएर निस्किए ।

    माधव नेपालको यसबीचको उपलब्धी भनेको केपी ओलीलाई सत्ताच्युत गर्नु र एमालेका प्रदेश सरकारहरु ढाल्नु रह्यो । केपी ओलीलाई भने फागुन २३ को फैसलाले राजनीतिक पुनर्जीवनमात्र दिएन, फेरि एकपटक बलियो पार्टीमार्फत देशको नेतृत्व गर्ने मौका जीवितै बनाइदियो । सर्वोच्चले केपी ओलीलाई एमाले र शेरवहादुर देउवालाई सत्ता त दियो तर जनताले के दिन्छन् ? यसका लागि भने अब लगातार हुने चुनाव नै निर्णायक हुन् ।

    तर यति चाहिँ भन्नैपर्छ, फागुन २३ को फैसलाले नेपालको राजनीतिको कोर्ष बदल्यो । यसको तत्कालीन फाइदा र घाटाको कुरा बिर्सदा अब एक चुनाव केपी ओली एकातिर र प्रचण्ड-माधव अर्कोतिर भएर चुनावमा जानु उपयुक्त हुन्छ । जनताले दिएको करीव दुई तिहाई बहुमत नेकपाका यीनै नेताहरुको लडाइँका कारण गुम्यो ।

    नेकपाकालको त्यो विवाद र जनमतको कदर नहुनुमा को दोषी थिए ? जनताले फैसला गर्न पाउनुपर्छ । ओली गलत थिएछन् भने जनताले प्रचण्ड-माधवलाई एमालेभन्दा ठूलो दल बनाइदिनेछन् । प्रचण्ड-माधव गलत थिए भने एमालेलाई जिताउनेछन् । नत्र आफूलाई कामै गर्न नदिएको र षडयन्त्रपूर्वक पार्टी तथा सरकारबाट हटाउन खोजेकाले संसद ताजा जनादेशमा जान खोजेको भन्ने ओलीको दावी र ओलीले पार्टी तथा सरकार चलाउन नसकेको भन्ने प्रचण्ड-माधवको दावी कहाँ परीक्षण हुने ?

    कांग्रेसले पनि कम्युनिस्टहरुलाई जनतामा परीक्षित हुन दिएर एक्लै चुनाव जित्ने अभियानमा जानु नै मुलुकको हितमा हुनेछ ।

    र अन्तमा,

    फागुन २३ को फैसलाको बदला प्रचण्ड-माधवले कांग्रेसलाई समेत मनाएर चोलेन्द्रविरुद्ध महाअभियोग लगाएर लिइसकेका छन् । फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र प्रचण्डको पुनरावलोकन निवेदनलाई निस्सा नदिएका तेजबहादुर केसीसँग प्रचण्ड पक्षीय न्यायाधीशहरु दिपक कार्की र आनन्दमोहन भट्टराईले बेन्च सेयर नगरेर फैसलाप्रतिको प्रतिशोध साँधिसकेका छन् ।

    अब बाँकी नेकपालाई ५ वर्षको लागि प्राप्त म्याण्डेट असफल हुनुमा ओली वा प्रचण्ड माधव को जिम्मेवार थिए ? यसको फैसला सर्वोच्च अदालतबाट भन्दा जनअदालतबाटै हुनुपर्छ ।

  • लुम्बिनीमा विश्वविद्यालय सार्ने विवादः मुख्यमन्त्रीले आफ्नै निर्णय उल्ट्याउन खोजे, माओवादी नै विरोधमा

    लुम्बिनीमा विश्वविद्यालय सार्ने विवादः मुख्यमन्त्रीले आफ्नै निर्णय उल्ट्याउन खोजे, माओवादी नै विरोधमा

    रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी यसअघिको सरकारमा साढे तीन वर्ष आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारीमा थिए । त्यही कार्यकालमा निर्णय गरी बाँकेको खजुरुमा स्थापना गर्ने भनिएको विश्वविद्यालय अहिले उनी आफैले सार्न खोजेपछि सत्तागठबन्धन भित्रै मात्रै होइन माओवादीभित्रै विरोध सुरु भएको छ ।

    मुख्यमन्त्री केसी र योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीको योजनामा प्रादेशिक विश्वविद्यालय सार्न खोजिएको भन्दै विरोध सुरु भएको हो । माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री भएको अहिलेको सरकारले यसअघि सामाजिक विकास मन्त्री रहेका माओवादी नेता सुदर्शन बरालले बाँकेमा स्थापना गर्ने भनिएको लुम्बिनी प्रदेशस्तरीय विश्वविद्यालय नेताको स्वार्थमा अन्यत्र सार्ने तयारी गरिएको भन्दै विरोध गरेका हुन् ।

    माओवादीका प्रस्तावित लुम्बिनी अध्यक्ष रहेका पूर्वमन्त्री बरालले ऐन बनिसकेर जग्गासमेत छुट्टिइसकेको अवस्थामा प्रदेश सरकारले विश्वविद्यालय सार्ने प्रक्रिया अघि बढाएको भन्दै आफ्नै नेतृत्वको सरकारको विरोधमा उत्रिएका हुन् । माओवादी नेता सुदर्शन बरालले सबै हिसाबले उपयुक्त ठानेरै बाँकेको खजुरामा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरिएको भन्दै अहिले सार्न खोजिए त्यो मान्य नहुने बताए ।

    उनले सरकारैपिच्छे निर्णय उल्टाउने परिपाटीले गलत परम्पराको थालनी हुने भएकाले त्यसो गर्न नहुने बताए ।

    उनी सामाजिक विकास मन्त्री रहेको अघिल्लो सरकारले बाँकेको खजुरामा प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गर्ने निर्णय गर्दै बजेटसमेत छुट्टयाएको थियो । तर विश्वविद्यालयसम्बन्धी ऐन र कार्यविधि बन्न ढिलाइ हुँदा तीनवटा आर्थिक वर्षमा छुट्टयाइएको १९ करोड बजेट खर्च हुन सकेको थिएन । अहिले ऐन र कार्यविधि बनिसकेपछि विश्वविद्यालय दाङ वा कपिलवस्तुमा लैजाने गरी जग्गा खोजी भएपछि यसको विवाद सुरु भएको हो । प्रदेश योजना आयोगले विश्वविद्यालय सार्ने गरी जग्गाको खोजी थालेपछि अहिले बाँकेका अन्य राजनीतिक दल पनि सरकारको विरोधमा छन् ।

    प्रदेश सरकारले अघिल्लो सरकारको निर्णय उल्ट्याउने उद्देश्यले विश्वविद्यालय सार्न खोजेको प्रमुख प्रतिपक्षी दल एमालेको आरोप छ । एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले यो सरकार अघिल्लो सरकारका सबै निर्णय उल्टाउनेतर्फ अघि बढेको भन्दै विश्वविद्यालय सार्न खोजिए विरोध गरिने बताए ।

    प्रदेश सरकारले विश्ववद्यालय स्थापनाका लागि आर्थिक वर्ष २०७६–७७ मा दुई करोड, २०७७–७८ मा सात करोड र आर्थिक वर्ष २०७८–७९ मा १० करोड रुपैयाँ विनियोजन गरेको थियो । बाँकेको खजुरा गाउँपालिकाले रनियापुरमा रहेको तीन सय बिघा ऐलानी जग्गामध्ये विश्वविद्यालयका लागि एक सय बिघा जग्गा छुट्टयाएको थियो । विश्वविद्यालय सार्ने तयारी गरिएपछि बाँकेको खजुरामा क्रियाशील राजनीतिक दलले भने विरोध गरेका छन् । उनीहरूले विश्वविद्यालय अन्यत्र लैजान नपाइने भन्दै संघर्ष समिति नै गठन गरेका छन् ।

    प्रदेश योजना आयोगमा गुल्मी हाल रुपन्देही निवासी माओवादी केन्द्रका नेता वामदेव क्षेत्री उपाध्यक्ष छन् । उपाध्यक्ष क्षेत्रीले अघिल्लो सरकारले बाँकेको खजुरामा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेर जग्गा छुट्टयाएको भएपनि अन्य ठाउँहरूको विकल्पमा समेत खोजी भइरहेको जानकारी दिए ।

    दाङको बंगलाचुली, कपिलवस्तुुको बहादुरगन्ज र दाङकै महेन्द्र संस्कृत विश्वविद्यालयको जग्गामा सम्भाव्यता अध्ययन थालिएको उनले बताए ।

    लुम्बिनी प्रदेशसभाबाट समेत अनुमोदन गरी सरकारको नीति कार्यक्रम बनेको प्रदेश विश्वविद्यालय बाँकेको खजुराबाट अन्यत्र सार्ने षडयन्त्र भएको भन्दै बाँकेमा आन्दोलनको तयारी थालिएको छ । पूर्ववर्ती सरकारको नीति तथा कार्यक्रममा परेको प्रदेश विश्वविद्यालय खजुरामा स्थापना गर्ने निर्णयविरुद्ध मुख्यमन्त्री कुल प्रसाद केसी र प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीको योजनामा खजुराबाट अन्यत्र सार्ने योजना सार्वजनिक भएसँगै बाँकेमा आन्दोलनको तयारी गरिएको हो ।

    प्रदेश योजना आयोगका उपाध्यक्षले अघिल्लो साता पत्रकार सम्मेलन नै गरेर प्रदेश विश्वविश्वबिद्यालय खजुरामा राख्न अनुपयुक्त रहेको भन्दै दाङको देवचुली वा कपिलवस्तुको बहादुरगन्जमा जग्गाको खोजी भइरहेको खुलासा गरेपछि यो विषय बाहिरिएको हो । विश्वविद्यालयका लागि १ सय बिगाहा जग्गा सिफारिससहित जग्गा छुट्याउने कामसमेत सम्पन्न गरेको खजुरा गाँउपालिकाले पालिकास्तरीय सर्वदलीय बैठक गर्दै योजना आयोगको तयारीप्रति आपत्ति जनाएको छ भने सत्ता गठबन्धनभित्रका दलहरुले समेत बैठक गरी आन्दोलनको तयारी गरेको जनाएका छन् ।

    खजुरा गाउँपालिका अध्यक्ष तथा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले विश्वविद्यालय खजुराबाट अन्यत्र लैजाने सपना नदेख्न चेतावनी दिदै मुख्यमन्त्री र योजना आयोगको षडयन्त्र कुनै हालतमा पूरा हुन नदिने बताए । विश्वविद्यालय सार्न खोजिए संघर्षका कार्यक्रम ल्याइने उनको दाबी छ ।

    सत्ता गठबन्धनका नेता डम्बर बिक ‘तुफान’ले पालिका स्तरको गठबन्धनका दलहरुको बैठकले प्रदेश योजना आयोगका उपाध्यक्षलाई भनाइ सच्याउन भनिएको बताए । उनले विश्वविद्यालयको विषय बाँके र बर्दियाकै प्रतिष्ठाको विषय भएकाले गल्ती नगर्न प्रदेश सरकारलाई चेतावनी दिए ।

    विश्वविद्यालय अन्यत्र सार्ने योजनाविरुद्ध संघर्ष समिति गठन गर्ने उद्देश्यले आइतबार बाँके जिल्ला समन्वय समितिको अगुवाईमा बाँके र बर्दियाका प्रदेशसभा सदस्यहरुको उपस्थितिमा रहने गरी सर्वदलीय र सर्वपक्षीय भेला बोलाइएको थियो । लुम्बिनी प्रादेशिक विश्वविद्यालय बाँकेको खजुरा गाउँपालिका ८ स्थित रनियापुरमा स्थापना गर्नका लागि खजुरा गाँउपालिका सहित बाँके जिल्ला समन्वय समितिबाट आवश्यक गृहकार्य पुरा गरिसकेको जनाएको छ ।

  • एमसीसीको विवाद ‘व्याख्यात्मक निर्णय’बाट मिलाउने माओवादी तयारी

    एमसीसीको विवाद ‘व्याख्यात्मक निर्णय’बाट मिलाउने माओवादी तयारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अमेरिकी सहायता परियोजना (एमसीसी)बारे केन्द्रीय समिति बैठकबाट व्याख्यात्मक घोषणासहित अनुमोदन गर्नेतिर अघि बढेका छन् । व्याख्यात्मक टिप्पणीसहित संसदबाट एमसीसी पास भएपछि पार्टीभित्र बढेको विवाद मिलाउन उनले ‘व्याख्यात्मक घोषणा’को विकल्प अघि सारेका हुन् ।

    एमसीसी संशोधनबिना पारित गर्न नहुने महाधिवेशन र संसदीय दलको निर्णयका बाबजुत प्रचण्ड अघि बढेपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरु रुष्ट छन् । श्रेष्ठ मात्रै होइन, पूर्व स्थायी समितिका सदस्यहरु कृष्णबहादुर महरा, देव गुरुङ, गरिराजमणि पोखरेल र लिलामणि पोखरेलले समेत फरक मत राखेका थिए ।

    श्रेष्ठ लगायतका असन्तुष्ट नेताहरुले शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पनि एमसीसीबारे लिखित असहमति नै दर्ज गरेका छन् ।

    युद्धबाट आएकै धेरै नेताहरु असन्तुष्ट भएपछि र श्रेष्ठले आवश्यक परे पार्टी विभाजनसम्म पुग्ने गरी छुट्टै छलफल चलाएपछि प्रचण्ड दबाबमा परेका थिए । चुनावको मुखमा पार्टी एकता नै धरापमा पर्ने अवस्था आएपछि प्रचण्ड एमसीसीमा ‘मध्यमार्गी विकल्प’ खोजी गर्न बाध्य भएका छन् ।

    पूर्व स्थायी समिति सदस्य गणेश साहका अनुसार एमसीसीबारे साझारुपमा बोल्ने गरी गृहकार्य भइरहेको छ । प्रचण्डले हिजो बिहान ११ बजे बोलाइएको बैठक नै स्थगन गरी उक्त विकल्लपमा गृहकार्य अघि बढाएका हुन् ।

    श्रेष्ठ लगायतका असन्तुष्ट नेताहरुले शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पनि एमसीसीबारे लिखित असहमति नै दर्ज गरेका छन् ।

    आइतबार बिहान प्रचण्डनिवास खुमलटारमा पूर्व स्थायी समिति सदस्यहरुबीच भएको लामो छलफलमा एमसीसीलाई लिएर विरोध गरिरहेकाहरुको समेत ‘फेससेभिङ’ हुने गरी निर्णय गर्ने एउटा ‘गाइडलाइन’ बनाउने सहमति भएको थियो । ‘एमसीसीबारे साझा रुपमा बोल्नेगरी एउटा ‘गाइडलाइन’ बनाउनेतिर गृहकार्य गर्ने निर्णय भएको छ,’ साहले नेपाल प्रेससँग भने, ‘पार्टी एकता पनि बचाउनुपर्यो भन्ने जोड सबैको छ । त्यसैले एमसीसी अघि बढिसकेको भए पनि त्यसलाई दुवै पक्षको विचार अट्ने गरी व्याख्या गरेर जाने कुरा भएको छ ।’

    एमसीसी पक्षधरले क्रान्तिकारी पनि देख्ने र विरोध गरिरहेकाहरुले राष्ट्रघात पनि भन्न पाउने गरी एक हिसाबले ‘व्याख्यात्मक निर्णय’ गरेर जाने नेताहरु बताउँछन् । यसो हुँदा निकै रुष्ट रहेका श्रेष्ठ र फरक मत लेखेका अन्य नेताहरुलाई पनि मनाउन सहज हुने बताइएको छ ।

    साह भन्छन्, ‘सारमा भन्ने हो भने एकदमै राम्रो निर्णय भएको छ पनि नभन्ने, राष्ट्रघाती पनि नभन्ने, बीचको बाटोमा गएर कार्यान्वयन प्रक्रियालाई हेरौं भन्ने खालको हुनसक्छ ।’

    आफूलाई लामो समय साथ दिएका महरा जस्ता नेताहरु समेत विपक्षमा उभिनु र असन्तुष्ट श्रेष्ठसँग नेक्रविक्रम चन्द ‘विप्लव’ले समेत निकटता बढाएको कुराले प्रचण्ड निकै झस्किएका थिए । त्यहीं कारण आफूलाई निकै आलोचना गरिएको श्रेष्ठको लिखित दस्तावेज पनि प्रचण्डले बैठकमा पेस गर्न दिएका थिए ।

    अर्कातिर एमसीसी अनुमोदन भएको भोलिपल्ट आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले ‘पार्टी छोडेर जाने भए गए हुन्छ’ भन्ने आशयको अभिव्यक्ति दिएकाले आफूहरु निकै दुःखी भए पनि पार्टी एकता नै तोड्ने पक्षमा नभएको भनाइ श्रेष्ठले केन्द्रीय समितिमा राखेका थिए ।

    पदाधिकारी घोषणा नहुने निश्चितप्रायः

    जारी केन्द्रीय समितिको बैठकको एउटा एजेन्डा पदाधिकारी चयन गर्नु पनि हो । गत पुस (११–१८) मा भएको आठौं मधिवेशनमा २३७ जनाको केन्द्रीय समिति मात्रै घाषणा भएको थियो । त्यसपछि बसेको केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई घोषणा गरिएको थियो । त्यसपछि बस्ने बैठकले अन्य पदाधिकारी पनि चयन गर्ने भनि पनि पटक–पटक बैठक स्थगन गरिएको थियो ।

    माओवादी विधानमा बहुपदाधिकारी हुने व्यवस्था भएपनि आकांक्षीहरुबीच सहमति नजुटेको देखाएर प्रचण्ड आफैं पनि बाँकी पदाधिकारी चयनमा इच्छुक देखिएका छैनन् । पूर्व स्थायी समिति सदस्यहरुबीचको छलफलमा पनि पदाधिकारीबारे खासै छलफल नभएको बैठकमा सहभागी एक नेताले बताए । ‘पदाधिकारी अहिले होला जस्तो छैन,’ ती नेताले भने, ‘अध्यक्ष प्रचण्डबाट मैले त्यस्तो संकेत पाइनँ । उहाँले सहमति जुट्न सकेन भन्नुभयो ।’

    माओवादीमा महाचिवका लागि धेरै दाबेदार भए पनि अन्यमा व्यवस्थापन गर्न त्यति गाह्रो थिएन । महासचिवमा वर्षामान पुन र जनार्दन शर्मा बलिया आकांक्षी हुन् । उनीहरुबीच सहमति नजुटेको बहाना बनाएर प्रचण्ड एकलरुपमा पार्टी नेतृत्व गर्ने चाहनामा छन् ।

    एमसीसी पक्षधरले क्रान्तिकारी पनि देख्ने र विरोध गरिरहेकाहरुले राष्ट्रघात पनि भन्न पाउने गरी एक हिसाबले ‘व्याख्यात्मक निर्णय’ गरेर जाने नेताहरु बताउँछन् । यसो हुँदा निकै रुष्ट रहेका श्रेष्ठ र फरक मत लेखेका अन्य नेताहरुलाई पनि मनाउन सहज हुने बताइएको छ ।

    महासचिवमा दाबेदार निटक स्रोतहरुले प्रचण्डले यो विषयमा खासै गम्भीर ढंगले कुरा नगरेको बताएका छन् । प्रचण्डले चाहेमा महाचिवमा पनि मिलाउन सकिने अवस्था भएको तर उनी आफैंले नचाहेको कतिपयको बुझाइ छ ।

    स्थायी समिति र पोलिटब्युरोको गठन तथा नियुक्त हुन बाँकी केन्द्रीय सदस्यको नियुक्ति भने आजको बैठकबाटै गरेर जाने बताइएको छ । स्थायी समिति र पोलिटब्युरोको गठनमा त्यति समस्या नभए पनि नयाँ सदस्य थप र नियुक्तिमा मिलाउन सकस भइरहेको बताइएको छ ।

    विधानअनुसार २९९ सदस्य पुर्याउन थप्नुपर्ने करिब ५३ जना र बाँकी १५ प्रतिशत नियुक्तिमा पर्न धेरैले हानथाप गरिरहेका छन् । विशेषगरी कलस्टरअनुसार नियुक्त गर्न कठिनाइ भइरहेको साहले बताए । ‘केन्द्रीय समितिलाई पूर्णता दिनेबारे पनि बैठकमा छलफल भएको थियो,’ उनले भने, ‘त्यसमा सबैभन्दा बढी समस्या भनेको समावेशी कलस्टर मिलाउन हो ।’

    माओवादीले पार्टीलाई समावेशी बनाउन भन्दै सरकारले तोकेकोभन्दा बढी प्रतिशत विभिन्न ‘कलस्टर छ्ट्याएको थियो । माओवादीले महिला ३५ प्रतिशत, युवा २० प्रतिशत र दलित १५ प्रतिशत केन्द्रीय समितिमा समावेश गराउने विधान बनाएको थियो । तर, त्यसअनुसार मिलाउन सकस परेपछि महाधिवेशनमा अधुरै केन्द्रीय समिति घोषणा गरिएको थियो ।

    विधानअनुसारै आफूहरुको उपस्थिति हुनुपर्ने भन्दै युवाहरुले पनि प्रचण्डमाथि दबाब बढाइरहेका छन् । वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’को नेतृत्वको टोली शनिबार खमुलटार पुगेर सबै समितिमा युवालाई समेट्न आग्रह गरेको थियो । ‘हामीले अध्यक्षलाई भेटेका थियौं,’ दीपशिखाले नेपाल प्रेससँग भने, ‘युवालाई पदाधिकारी, स्थायी समितिमा पनि लैजानुपर्यो, केन्द्रीय समितिमा थप्नुपर्यो भन्ने कुरा राख्यौं ।’

    सकेसम्म अन्य पदाधिकारी पनि यहीं बैठकबाट टुंग्याउन आफूहरुले सुझाव दिएको उनले जानकारी दिए । सबै समितिलाई पूर्णता दिएर उत्साहसहित चुनावमा पार्टीलाई लैजानुपर्नेमा धेरैको जोड छ ।