Category: माओवादी केन्द्र

  • झापामा मतभारको हिसाब, कांग्रेसअघि माओवादीको हैसियत ३५ प्रतिशत

    झापामा मतभारको हिसाब, कांग्रेसअघि माओवादीको हैसियत ३५ प्रतिशत

    विर्तामोड । स्थानीय तहको निर्वाचनमा देशभर सत्तारुढ पाँच दल मिलेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध चुनावको तयारी गरिरहेका छन् । तर भागबण्डाको विषय अझै मिलिसकेको छ । केन्द्रबाट भागबण्डाको मापदण्ड तय भए पनि स्थानीय स्तरमा दलका नेताबीच कुरा मिलेको छैन । र अहिले २०७४ सालमा आएको मतको आधारमा जोडघटाउ गर्दै उम्मेदवार टुंगो लगाउने प्रयास भइरहेको छ । यस्तै हिसाब भइरहेको छ, झापामा पनि ।

    अघिल्लो स्थानीय चुनावमा झापामा नेपाली कांग्रेसले प्रमुख पदमा कुल एक लाख १४ हजार ८ सय १ मत प्राप्त गरेको थियो । त्यतिबेला नेकपा एमालेभन्दा कांग्रेसले १५ हजार ७ सय ३९ मत कम पाएको थियो भने निकै कममात्रै मत पाएको थियो ।

    एमालेले जिल्लाभर प्रमुख र अध्यक्ष पदमा १ लाख ३० हजार ५ सय ४० मत प्राप्त गरेको थियो भने माओवादीले ४० हजार ६२९ मत पाएको थियो । राप्रपाले जिल्लाभर ३५ हजार २०२ मत प्राप्त गरेको थियो ।

    झापामा एमालेले ७ वटा पालिकामा प्रमुख पद जितेको थियो । यस्तै, नेपाली कांग्रेसले ५ पालिका र राप्रपाले ३ वटा पालिका प्रमुख जितेको थियो । सो निर्वाचनमा माओवादीले कुनै पनि पालिकामा प्रमुख पद जितेन ।

    गएको निर्वाचनलाई आधार मान्ने हो भने नेपाली कांग्रेसको मतभार अनुसार माओवादीले ३५.२२ प्रतिशत र राप्रपाले ३०.६६ मत प्राप्त गरेको देखिन्छ । एमालेको मतभारअनुसार झापामा कांग्रेसले ८७.९४, माओवादीले ३१.१२ र राप्रपाले २६.६९ प्रतिशत मत पाएको छ ।

    सो निर्वाचनमा माओवादीले मेचीनगर नगरपालिका, राप्रपाले झापा गाउँपालिका र बुद्धशान्तिमा उम्मेदवार उठाएका थिएनन् । सो आधारमा गठबन्धनभित्र माओवादीले ५ पालिका प्रमुख र ४६ वटा वडाध्यक्षमा दाबी गर्न सक्छ ।

    अर्जुनधारामा एमालेका हरि रानाले १३८७९ मत प्राप्त गरेका थिए । कांग्रेसका हेमराज खरेलले ४६४१, माओवादीका भुपेन्द्र न्यौपानेले २५०६ र राप्रपाका छविलाल ढकालले ७५४ मत प्राप्त गरेका थिए । कचनकवलमा राप्रपाका अन्जार आलमले ५८१६ मत प्राप्त गर्दै विजयी भएका थिए । त्यहाँ एमालेका शेर बहादुर खत्रीले ३९७२, कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशीले ५३५३ र माओवादीका उम्मेद्वार हंशनारायण राजवंशीले १२५० मत ल्याएका थिए ।

    कनकाईमा एमालेका राजेन्द्र पोखरेलले ८४१६, कांग्रेसका एकराज उप्रेतीले १६९७, माओवादीका गोपाल प्रसाद चुडालले ६३६ र राप्रपाका उम्मेदवार केदार गिरीले ३०७ मत प्राप्त गरेका थिए । कमलमा एमालेबाट मेनका काफ्ले र कांग्रेसबाट हुकुमसिंह राईले बराबरी मत ८२५७ मत प्राप्त गरेका थिए । त्यस्तै माओवादीका विमल संग्रौलाले १९०९ र राप्रपाका विष्णु प्रसाद पौडेलले ३९६ मत प्राप्त गरेका थिए ।

    गौरादहमा एमालेका मदन अधिकारीले ९८५४, कांग्रेसका रोहित कुमार शाहले १०३०८, माओवादीका पुष्पलाल ढकालले ३४२८, र राप्रपाका खेमराज तिम्सिनाले ६१४ मत प्राप्त गरेको तथ्याङकमा छ । यस्तै, गौरीगञ्जमा एमालेका श्याम ढकालले २७५७, कांग्रेसकी फुलवती राजवंशीले ३४५३, माओवादीका विधानन्द सिंह राजवंशीले ३३५३ र राप्रपाका बाबुराजा श्रेष्ठले ३७४० मत प्राप्त गरेका थिए ।

    झापा गाउँपालिकामा एमालेका गजेन्द्र ताम्लीले ३७८९, कांग्रेसका जयनारायण शाहले ४३९३ र माओवादीका रुद्र बजगाईले ३४९९ मत प्राप्त गरेका थिए । दमकमा एमालेका रोमनाथ ओलीले १०८०६, कांग्रेसका ढुण्डीराज भण्डारीले ५५३९, माओवादीका रेवतराज पुरीले ६८९८ र राप्रपाका राम कुमार थापाले ७६५५ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङकमा छ ।

    बाह्रदशीमा एमालेका लक्ष्मण पाठकले ५१११, कांग्रेसका खड्ग प्रसाद राजवंशीले ५५३९, माओवादीका १७९५ र राप्रपाका भिम राईले १४१४ मत प्राप्त गरेको देखिन्छ । यस्तै, बुद्धशान्तिमा एमालेका तिलचन भण्डारीले ७३५३, कांग्रेसका रमेश कुमार भुजेलले ७९९६, माओवादीका खड्ग बहादुर तिम्सिनाले २०६६ मत पाएका थिए । भद्रपुरमा एमालेका जीवन श्रेष्ठले ११०४२, कांग्रेसका गणेश पोखरेलले ७२१५, माओवादीका शिव कुमार राजभण्डारीले ४१३४ र राप्रपाका नवराज पनेरुले २८२२ मत ल्याएका थिए ।

    मेचीनगरमा एमालेका विष्णु प्रसाईले १९१९२, कांग्रेसका विमल आचार्यले २०७७६ र राप्रपाका रमेश दाहालले ८०६ मत ल्याएको देखिन्छ । बिर्तामोडमा एमालेका धु्रवकुमार शिवाकोटीले ९११२, कांग्रेसका जलकुमार गुरुङले ८२१७, माओवादीका सीपी कडरियाले ३७९७ र राप्रपाका भक्ति सिटौलाले ६१७० मत प्राप्त गरेका थिए ।

    यस्तै, शिवसताक्षीमा एमालेका चन्द्रकुमार शेर्माले १३४३९, कांग्रेसका पर्शुराम ढुङ्गानाले ८९८४ , माओवादीका महेन्द्र भट्टराईले ३२४१ र राप्रपाका उमानाथ दाहालले ७६५ मत पाएका थिए । हल्दिवारीमा एमालेकी मञ्जु सिटौलाले ३५४३, कांग्रेसका दिलिप कुमार लिम्बुले २९१५, माओवादीका तुलसी प्रसाद ओलीले २११७ र राप्रपाका रविन्द्र लिङ्देनले ३९४३ मत प्राप्त गरेका थिए ।

    जिल्लाको मत परिणाम अनुसार कांग्रेस–माओवादी गौरीगञ्जमा हाराहारी शक्ति भएको र दमकमा कांग्रेसभन्दा अघि रहेको तथ्याङ्कले देखाएको छ । माओवादीका नेताहरुले पाँच वर्षमा माओवादीको पार्टीगत संरचनामा धेरै नै सुधार आइसकेकोले विगतको परिणाम मात्रै भागबण्डाको मापदण्ड हुन नसक्ने बताइरहेका छन् । माओवादीका विर्तामोड इञ्चार्ज युवराज दाहालले गठबन्धनमा माओवादीले सम्मानजनक स्थान पाउनुपर्ने धारणा राख्दै आएका छन् ।

    यता, नेपाली कांग्रेसले विगतको मतभारलाई नै मापदण्ड बनाइने बताउँदै आएको छ । झापा कांग्रेसका सभापति देउमान थेवेले ०७४ मा जितेका पालिकामा कांग्रेसले नछोड्ने बताइरहेका छन् । जिल्लामा समाजवादी पहिलो पटक निर्वाचन लड्ने तयारी गरिरहेकोले यसको मतभार विश्लेषण गरिएको छैन ।

     

  • माओवादीले हटायो चुनावी पोष्टरबाट कुलमानको फोटो

    माओवादीले हटायो चुनावी पोष्टरबाट कुलमानको फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो प्रचार सामग्रीबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर हटाएको छ ।

    अध्यक्ष प्रचण्डको पेजमा राखिएको पोष्टर कुलमानको असहमतिपछि सम्पादन गरिएको हो ।

    अराजनीतिक व्यक्तिको तस्बिर दुरुपयोग भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । कुलमानले पनि आफ्नो तस्बिर हटाउन माओवादीलाई आग्रह गरेका थिए । त्यसलगत्तै प्रचण्डको पेजमा राखिएको उक्त पोष्टलाई एडिट गरेर नयाँ राखिएको हो । नयाँ पोष्टरमा प्रचण्डको मात्रै तस्बिर छ । पूर्वउर्जामन्त्री जनार्दन शर्माको तस्बिर पनि हटाइएको छ ।

    यद्यपि, थुप्रै माओवादी कार्यकर्ताले फेसबुकमा कुलमानसहितको पोष्टर सेयर गरिसकेका छन् ।

  • प्रचण्ड भन्छन्- सबै मिलेर एमालेलाई ब्याटलमा हराऔं

    प्रचण्ड भन्छन्- सबै मिलेर एमालेलाई ब्याटलमा हराऔं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मिलेर एमालेलाई ब्याटलमा हराउनुपर्ने बताएका छन् । जसपाका सुदूरपश्चिम अध्यक्ष कृष्णकुमार चौधरीलाई स्वागत गर्दै सम्बोधनको क्रममा प्रचण्डले एमालेविरुद्ध जसरी पनि जित हात पार्नु पर्ने बताएका हुन् ।

    ‘एमाले के चिज हो भन्ने कुरा धेरै लामो अनुभव तपाईंहरूले हासिल गर्नुभएको छ । मेरो पनि तीनवर्षको अनुभव त भयो । सँगै बसेर अनुभव गरेँ,’ उनले भने,‘अब हामी सबै अनुभव हासिल गरेकाहरू एकजुट भएर ब्याटल जित्नुपर्छ । हामीले जित्छौँ ।’

    चुनावमा माओवादीले जित्दा राष्ट्रले जित्नुसरह रहेको उनको दाबी थियो ।

    उनले भने,‘हामीले जित्नु राष्ट्रले जित्नु परिवर्तनले जित्नु, संघीयता, लोकतन्त्र, गणतन्त्रले समावेशी समानुपातिकताले जित्नु हो ।’

  • महेश बस्नेतको टिप्पणी- देवी ज्ञवालीले तयार पारेको लालपुर्जा रेनुका बाले बाँडेछन् (भिडिओ)

    महेश बस्नेतको टिप्पणी- देवी ज्ञवालीले तयार पारेको लालपुर्जा रेनुका बाले बाँडेछन् (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले सत्ता गठबन्धनका नेताहरू केपी ओली नेतृत्वको सरकारले गरेका कामको जस लिने होडबाजीमा रहेको आरोप लगाएका छन् ।

    ललितपुरको महालक्ष्मीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले जनकपुर जयनर रेलवेदेखि विभिन्न विकास आयोजनाहरू ओली सरकारले गरेको र अहिले उद्घाटनमा प्रधानमन्त्री देउवा व्यस्त रहेको बताए ।

    बस्नेतले देवी ज्ञवाली नेतृत्वको भूमि आयोगले सुकुम्बासीलाई जग्गा वितरण गर्न लाग्दा आयोग खारेज गरेको भन्दै ज्ञवालीले तयार पारेका लालपुर्जा प्रचण्डले बाँड्न थालेको बताए ।

    बस्नेतले भने, ‘अस्ति भरतपुरतिर प्रचण्डले ३९ जना सुकुम्बासीलाई धनीपुर्जा बाँडेको सुनियो । देवी ज्ञवालीले तयार पारेको लालपुर्जा भरतपुरमा गएर रेनुका बाले बाँडेछन् ।’

    बस्नेतले ओली सरकारले बनाएका आयोजना उद्घाटन गर्दै सत्ताधारीहरूले जस लिन खोजेको भन्दै गठबन्धनका नेताहरू आफन्त नियुक्तिमा व्यस्त रहेको आरोप लगाए ।

  • जसपाका सुदूरपश्चिम अध्यक्ष चौधरी माओवादीमा प्रवेश

    जसपाका सुदूरपश्चिम अध्यक्ष चौधरी माओवादीमा प्रवेश

    काठमाडौं । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । संविधानसभा सदस्यसमेत रहेका चौधरी जसपाको केन्द्रीय सदस्य पनि थिए ।

    पार्टीबाट राजीनामा दिएको लगत्तै चौधरी पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी प्रवेश गरेका हुन् ।

    उनलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । चौधरी २०६४ सालमा कैलालीबाट माओवादीबाटै संविधानसभा सदस्य निर्वाचित भएका थिए । उनी यसबीचमा पार्टी विभाजनपछि जसपामा जोडिएका थिए । उनले अब कैलालीमा २०६४ सालकै अवस्थामा माओवादीलाई फर्काउने बताए । 

  • वर्षमानमाथि जनार्दनको आरोप- गठबन्धन मन नपरेकाले गभर्नर प्रकरणमा छिर्न खोजे

    वर्षमानमाथि जनार्दनको आरोप- गठबन्धन मन नपरेकाले गभर्नर प्रकरणमा छिर्न खोजे

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गभर्नर हटाउने प्रकरणमा आफ्नो विपक्षमा बोलेर माओवादी नेता वर्षमान पुनले राजनीतिक फाइदा लिन खोजेको आरोप लगाएका छन् ।

    प्राइम टाइम टेलिभिजनमा दिएको अन्तर्वार्तामा माओवादी नेतासमेत रहेका शर्माले पार्टीभित्रका आफ्ना प्रतिस्पर्धी वर्षमान पुनलाई अहिलेको गठबन्धन मन नपरेको दाबीसमेत गरेका छन् ।

    शर्माले भनेका छन्, ‘गभर्नर प्रकरण मेरो व्यक्तिगत कुरा होइन, कुरा पार्टीको हो । हाम्रो पार्टी र अध्यक्ष प्रचण्डले लिएको नीति गठबन्धन बलियो बनाएर जाने, सहकार्य गरेर अघि बढ्ने भन्नुभएको छ । पार्टी त्यहि अनुसार अघि बढ्दा उहाँलाई त्यो कुरा मन नपर्दा यतातिर छिरेर (गभर्नर प्रकरण) गठबन्धनको विरोध गर्ने ठाउँ खोजेको मात्र हो ।’

    पार्टीगत र व्यक्तिगत रूपमा आफूलाई पुनले अहिलेसम्म कुनै पनि सल्लाह सुझाव नदिएको भन्दै पत्रपत्रिकालाई भनेर पुनले आफ्नो ड्यूटी पूरा गरेको आरोपसमेत लगाएका छन् ।

    पूर्वअर्थमन्त्री पुनले गभर्नरमाथिको कारबाही गलत भनेका छन् । उनले यो निर्णय गठन्बन्धनले गरेको र पुन गठबन्धनको विपक्षमा रहेको आरोप लगाए ।

  • नारायण दाहालले लिए राष्ट्रियसभा सदस्यको सपथ (भिडिओ)

    नारायण दाहालले लिए राष्ट्रियसभा सदस्यको सपथ (भिडिओ)

    काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहालले सपथ लिएका छन् ।

    सिंहदरबारमा आयोजित एक समारोहबीच अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ गराएका छन् ।

    विहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनीत गरेकी हुन् ।

    उनी माओवादी अध्यक्ष प्रचण्डका भाइ (काकाका छोरा)  हुन् ।

    दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका काकाका छोरा हुन् भने उनी पार्टीको केन्द्रीय सदस्य पनि छन् ।

    यसअघि उनी संविधानसभा सदस्य पनि भइसकेका थिए । नेकपा एकता कालमा उनी पार्टीको वागमती प्रदेश कमिटी अध्यक्ष थिए ।

    रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा उनी मनोनीत भएका हुन् ।

  • नारायण दाहालको गुनासो- प्रचण्डको भाइ भएका कारण मैले योगदान अनुसारको अवसर पाइन (भिडिओ)

    नारायण दाहालको गुनासो- प्रचण्डको भाइ भएका कारण मैले योगदान अनुसारको अवसर पाइन (भिडिओ)

    काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनीत भएका माओवादी नेता नारायणप्रसाद दाहालले अध्यक्ष प्रचण्डको पारिवारिक सदस्य भएकै कारण आफूले योग्यताअनुसारको अवसर धेरैपटक गुमाउनुपरेको गुनासो गरेका छन् ।

    राष्ट्रियसभा सदस्यको सपथग्रहणपछि नेपाल प्रेससँग कुरा गर्दै सांसद दाहालले माओवादी आन्दोलनमा प्रचण्ड र आफू एकैदिन होलटाइमर भएर हिँडेको र सिंगो परिवार जनयुद्धमा सामेल भएको बताए ।

    दाहालले भने, ‘अध्यक्ष कमरेड र म एकैदिन होलटाइमर भएको बरु यस्तै कुराले गर्दा अध्यक्षको कारण मैले धेरै अवसर गुमाउनु परेको छ । हिजो जनयुद्धमा अध्यक्षको परिवार र मेरो छोरा बुहारी श्रीमती सबै जनयुद्धमा लागेका हौं ।’

    भरतपुरको मेयर प्रचण्डको छोरीलाई र सांसद भाइलाई दिएको भनेर आलोचना भइरहेको प्रश्नमा दाहालले भतरपुरमा गएर विकास हेर्न सुझाव दिए । उनले अब रेनु दाहाललाई माओवादीले होइन भरतपुरका जनताले खोजी गरेको बताए ।

  • प्रचण्ड भन्छन्: संविधान जोगाउन पनि गठबन्धनले जित्नै पर्छ

    प्रचण्ड भन्छन्: संविधान जोगाउन पनि गठबन्धनले जित्नै पर्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र र संविधान जोगाउनका आगामी निर्वाचनहरुमा सत्तागठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् ।

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भने– पोहोर जसरी संविधान नै उल्ट्याउने प्रयास भयो, अब पनि त्यहीं शक्तिले जित्यो भने हामीले बलीदानी दिएर ल्याएको संविधानसँगै गणतन्त्र नै जोखिममा पर्न सक्छ ।

    सहरी विकास मन्त्रालयले सहरी विकाससम्बन्धी आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले अब राजनीतिक स्थिरतासँगै विकासको बाटोमा अघि बढ्न अग्रगामी शक्तिले नै चुनाव जित्नुपर्ने दाबी गरे ।

    कार्यक्रममा प्रचण्डले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको प्रशंसा गर्दै भने– उहाँले धेरै राम्रो काम गर्नु भएको छ, अरु मन्त्रालयले पनि यस्तै गरी काम गरोस् ।

    सहरी विकासका लागि दीर्घकालीन रणनीति जरुरी भएको भन्दै उनले आगामी दिनमा गठबन्धनका उम्मेदवारले चुनाव जितेर देश विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

  • माओवादीको सर्कुलर- गठबन्धनबाहिर तालमेल नगर्ने, एक्लै लड्नु परे केन्द्रको स्वीकृति अनिवार्य

    माओवादीको सर्कुलर- गठबन्धनबाहिर तालमेल नगर्ने, एक्लै लड्नु परे केन्द्रको स्वीकृति अनिवार्य

    काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबाहेकका दलसँग चुनावी तालमेल नगर्न मातहत कमिटीहरूलाई सर्कुलर जारी गरेको छ ।

    अध्यक्ष प्रचण्डले सोमबार पठाएको सर्कुलरमा सत्ता गठबन्धनमा तालमेल हुन नसकेको पालिकामा मित्रवत प्रतिस्पर्धा हुने गठबन्धनबाहिर तालमेल नगर्ने भनिएको एक जिल्ला अध्यक्षले बताए ।

    तालमेल नगरी एक्लै चुनाव लड्नु परेमा केन्द्रको स्वीकृति अनिवार्य चाहिनेछ । उदाहरणको लागि माओवादीको गढ मानिने रुकुमको मुसिकोट नगरपालिकामा माओवादी एक्लै चुनाव लड्नु परे पनि केन्द्रको स्वीकृत चाहिनेछ ।

    माओवादीले केन्द्रको स्वीकृति नलिई एक्लै चुनाव लड्न नपाउने आदेश दिएको छ । त्यस्तै उम्मेदवार सिफारिसमा पनि एउटा जिल्लाबाट कम्तीमा एउटा पालिका प्रमुख महिला अघि सार्न र एउटा पालिकाबाट कम्तीमा एउटा वडाको अध्यक्ष महिला हनुपर्ने भनिएको छ ।

  • बाह्रविसेको मेयरमा एमालेबाट शेर्पा र माओवादीबाट बस्नेत सिफारिस, उपमेयरमा पाख्रिन र थामी सर्वसम्मत

    बाह्रविसेको मेयरमा एमालेबाट शेर्पा र माओवादीबाट बस्नेत सिफारिस, उपमेयरमा पाख्रिन र थामी सर्वसम्मत

    सिन्धुपाल्चोक । स्थानीय निर्वाचनमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो उम्मेदवार सर्वसम्मत सिफारिस गरेका छन् । नेकपा एमालेको तर्फबाट प्रमुख, उपप्रमुखमा हालकै मेयर, उपमेयर दोहोरिने भएका छन् ।

    केही दिनदेखि जारी नेकपा एमाले बाह्रविसे नगर कमिटीको बैठकले मेयरमा निमफुञ्जो शेर्पा र उपमेयरमा शुसिला पाख्रिनको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

    मेयरमा अन्यको पनि आकांक्षा भएपनि अहिलेको जटिल अवस्थामा पार्टीभित्र एकमना एकताका साथ हालकै मेयर उपमेयरलाई निरन्तरताका लागि सिफारिस गरिएको एमाले बाह्रविसे नगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र राउतले जानकारी दिए ।

    आफू नदोर्याउने पक्षमा भएपनि बाह्रविसेका पार्टीका कार्यकर्ता र आम नगरवासीको चाहाना र पार्टीमा संकटको अवस्था भएकोले पुनःउमेदवार भएको मेयरका उमेदवार निमफुञ्जो शेर्पाले बताए ।

    बाह्रविसे नगरपालिकामा जसरी पनि जितेर आउनका लागि भन्दै केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा नै बोलाएर शेर्पालाई निर्देशन दिएका थिए । ‘अध्यक्ष ज्यूले समेत बाह्रबिसे नगरपालिकामा जिताउनु भन्ने छ, सबै साथीहरुको चाहना पनि यही छ, त्यही भएर म फेरि उम्मेदवार भएर एमालेलाई जिताउने अभियानमा लागेको छु’, शेर्पाले भने । बाह्रविसेमा अब एमालेको जितलाई कसैले रोक्न नसक्ने दाबी शेर्पाले गरे ।

    सिन्धुपाल्चोकमा गठबन्धनको टुङ्गो नलागे पनि माओवादी केन्द्रले पनि बाह्रविसे नगरपालिकामा मेयर र उमेयरमा आफ्ना उमेदवारहरु सिफारिस गरेको छ । मेयरमा बुद्धराज बस्नेत र उपमेयरमा पातली थामीलाई सिफारिस गरेको छ । बस्नेत अघिल्लो निर्वाचनमा पनि माओवादी केन्द्रबाट उम्मेदवार भएका थिए ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका भाइ बुद्धराज अघिल्लो निर्वाचनमा माओवादीमा प्रवेश गरेर मेयरमा उम्मेदवार भएका थिए । कांग्रेस, माओवादी गठबन्धन गर्ने चर्चा भइरहे पनि बस्नेत भने गठबन्धनको विपक्षमा छन् ।

    उनले केही दिनअघि सामाजिक सञ्जालमा मन मिल्नेहरुसँग मात्रै गठबन्धन हुनुपर्ने धारण सार्वजनिक गरेका थिए । बाह्रविसेमा अहिले आफूहरुको संगठन मजबुत भएकाले योपटक एक्लै लड्दा पनि जित्ने अवस्था भएको मेयरका उम्मेदवार बस्नेतले दाबी गरे ।

    सवारी साधान फिर्ता

    आसन्न स्थानीय निर्वाचनमा पुनः उम्मेदवार हुने भएपनि बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा र उपमेयर सुशिला पाख्रिनले नगरपालिकाबाट लिएको सवारीसाधान नगरपालिकालाई फिर्ता गरेका छन् ।

    निर्वाचन आयोगले घोषणा गरेको आचरसंहितालाई पूर्णरुपमा पालना गर्दै नगरपालिकाबाट लिएको सवारी साधान फिर्ता गरेको उपमेयर पाख्रिनले जानकारी दिइन् । निर्वाचन आयोगले लाभको पदधारण गरेकाहरुले उम्मेदवार हुन नपाउने बताएको थियो ।

  • दाङमा शंकर पोखरेल र कृष्णबहादुर महरामध्ये कसको पल्लाभारी ? यस्तो छ दलहरुको चुनावी तयारी

    दाङमा शंकर पोखरेल र कृष्णबहादुर महरामध्ये कसको पल्लाभारी ? यस्तो छ दलहरुको चुनावी तयारी

    रुपन्देही । नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र तीनै पार्टीले आफू बलियो दाबी गरेको जिल्ला हो दाङ ।

    एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, कांग्रेसका नेता दीपक गिरीलगायतका चर्चित नेताहरूको जिल्ला भएकाले पनि यहाँको चुनाव सधैँ चर्चामा हुन्छ ।

    यसअघिको प्रदेश र संघीय निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर २ मा तालमेल गरी मिलेर उम्मेदवारी दिएका पूर्व सभामुख महरा र लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पोखरेल यतिखेर आमनेसामने रहेका कारण जिल्लाको निर्वाचन रोचक बन्ने पुगेको छ ।

    दश पालिका रहेका दाङमा नेकपा एमालेको विरासत भत्काउन आइतबार घोराहीमा पाँच दलीय गठबन्धनको बैठक बसेर चुनावी प्रतिवेदन तयार पारी केन्द्रमा पठाएको छ ।

    एमाले एक्ले भिड्ने तयारीमा

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा दाङमा एक्लै भिड्ने तयारी गरेको छ । एमाले जिल्ला कमिटी अध्यक्ष हुकुमबहादुर बस्नेतले दाङमा एमालेको कसैसँग तालमेल नहुने र एक्लै मैदानमा उत्रने जानकारी दिए ।

    बस्नेतले घोराहीमा भने अहिलेका मेयर नरुलाल चौधरीलाई नै फेरि दोहोर्‍याउने तयारी भइरहेको बताए । घोराहीमा कृत्रिम जलाशय निर्माण, फोहोर व्यवस्थापन लगायतको क्षेत्रमा चौधरीले राम्रै काम गरेको भन्दै चर्चा भइरहेको छ । तर जिल्ला पार्टी कमिटीले तीन जनाको नाम सिफारिस गर्न आग्रह गरेको अध्यक्ष बस्नेतले बताए ।

    २०७४ सालको निर्वाचनमा एमालेका नरुलालले २२ हजार ३ मत प्राप्त गरी निर्वाचित भएका थिए । नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४८४ र नेकपा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए । घोराहीमा अहिले पनि कांग्रेस र माओवादीबाट डाँगी र गौतमकै नाम मेयरका लागि चर्चामा छ ।

    तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमालेका घनश्याम पाण्डेले आफू अहिले नउठ्ने भनेपछि एमालेले टीकाराम खड्काको नाम अगाडि सारेको छ । तुलसीपुरमा नेपाली कांग्रेसबाट भने एक दर्जन बढी आकांक्षी देखिएका छन् ।

    त्यस्तै, जिल्लाको लमही नगरपालिकाको हकमा भने अझै यकिन भई नसकेको एमाले जिल्ला अध्यक्ष बस्नेतले बताए । २०७४ सालमा लमही नगरपालिकामा पनि गत स्थानीय निर्वाचनमा एमालेका कुलबहादुर केसी निर्वाचित भएका थिए ।

    एमालेलाई क्लिनस्वीप पार्ने गठबन्धनको रणनीति

    दाङमा सत्ता गठबन्धनले एमालेलाई क्लिनस्वीप पारेर जाने रणनीति बनाएको दाबी गरेको छ । यस्तो रणनीति तयार गरी केन्द्रमा पठाएको संयुक्त प्रतिवेदनमा गठबन्धनले संयुक्त उम्मेदवार बनाउन सके जिल्लाका सबै पालिकामा एमालेलाई क्लिनस्वीप पार्ने उल्लेख छ ।

    प्रतिवेदनमा गठबन्धन अनुसार साझा उम्मेदवार छनौट गर्न सके जिल्लाका १० वटै पालिका प्रमुख र उपप्रमुख मात्र नभई सबै वडाहरूमा समेत जित्ने दाबी गरिएको छ ।

    नेपाली काँग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, नेकपा माओवादी केन्द्रका अध्यक्ष सुवास पुन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष सुरामनी बेलबासे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य र जसपाका अध्यक्ष हेमराज शर्माको संयुक्त बैठकले तयार गरी केन्द्रमा पठाएको प्रतिवेदनमा एमाले क्लिनस्वीप पार्ने उल्लेख गरिएको हो ।

    केन्द्रीय संयन्त्रले मागे अनुसार संयुक्त रूपमा छलफल गरी वस्तुस्थितिको विवरण पठाइएको काँग्रेस जिल्ला सभापति डाँगीले बताए ।

    डाँगीले दाङ काँग्रेसको उर्वर भूमि भएको दाबी गर्दै एक्लै उभिए पनि जित्ने ठाउँमा गठबन्धन भए जिल्ला क्लिनस्वीप हुने दाबी गरे । तर उम्मेदवारको हकमा केन्द्रमा पाँच दलीय गठबन्धनको रणनीति बनेपछि मात्रै दाङमा पनि त्यही अनुरूप छलफल हुने डाँगीले बताए ।

  • रामेछापको दोरम्बा सैलुङमा अध्यक्षका लागि माओवादीका १५ जनाको दाबी

    रामेछापको दोरम्बा सैलुङमा अध्यक्षका लागि माओवादीका १५ जनाको दाबी

    रामेछाप । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा रामेछापको दोरम्बा सैलुङमा अध्यक्षका लागि माओवादी केन्द्रबाट १५ जनाले दाबी गरेका छन् ।

    वर्तमान पालिका अध्यक्ष कमानसिंह तामाङसहित १५ जनाले दाबी गरेका हुन् । यस्तै उपाध्यक्षका लागि ३ जनाले दाबी गरेको दोरम्बा सैलुङ गाउँ पार्टी उपाध्यक्ष चन्द्रबहादुर मगर टलकले बताए ।

    अध्यक्षको दाबी गर्नेहरूमा कुमारी गौतम, मैन कुमार मोक्तान (मदन), कमान सिंह तामाङ, यसु चौलागाँई, हिरा बहादुर श्रेष्ठ, तिलक थापा मगर, कृशला घिसिङ, अम्बिका प्रसाद गजुरेल, रेम बहादुर थापा मगर, चन्द्र बहादुर मगर ‘टलक’ नेत्र मोक्तान (सचेत), धनदेवी श्रेष्ठ (सपना), फिरोज श्रेष्ठ, कर्म सिंह तामाङ, चित्तलाल श्रेष्ठ रहेका छन् ।

    त्यस्तै उपाध्यक्ष पदका लागि विर्खा बहादुर रजान मगर (उदय), रिता महते र भीम बहादुर थापा मगरले दाबी गरेका छन् ।

    पार्टी भित्र १८ जना उम्मेदवारबीच सर्वसम्मत हुन नसेको अवस्थामा माथिल्लो कमिटीमा सिफारिस गरिने गाउँपालिकाका पार्टी सचिव सचिव तिलक थापामगरले बताए ।

    २०७४ को स्थानीय चुनावमा माओवादी केन्द्रले नेतृत्व बहुमतसहित विजयी भएको थियो । गाउँपालिकामा कमान सिंह तामाङले ४ हजार २४१ मत ल्याउँदा कृशला फिसिङले ४ हजार ३८९ मत ल्याइ विजयी भएका थिए ।

    सात वटा वडा रहेको गाउँपालिकामा माओवादी केन्द्रले ५ र एमालेले २ वटा वडामा जित हासिल गरेका थिए ।

  • मन्त्रिपरिषदको सिफारिसमा प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्य मनोनीत

    मन्त्रिपरिषदको सिफारिसमा प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्य मनोनीत

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण प्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत भएका छन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनीत गरेकी हुन् ।

    नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।

    दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका काकाका छोरा हुन् भने उनी पार्टीको केन्द्रीय सदस्य पनि छन् ।

    यसअघि उनी संविधानसभा सदस्य पनि भइसकेका थिए । नेकपा एकता कालमा उनी पार्टीको बागमती प्रदेश कमिटी अध्यक्ष थिए ।

    माओवादीभित्र प्रचण्डबाट बढी अवसर पाउने नेतामा उनी पर्छन् ।

    रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा उनी मनोनीत भएका हुन् ।

  • प्रचण्डको दावी- अदालत प्रयोग नगरेको भए सुर्य चिन्ह हाम्रो हुन्थ्यो, केपी गुट सडकमा पुग्थ्यो (भिडिओ)

    प्रचण्डको दावी- अदालत प्रयोग नगरेको भए सुर्य चिन्ह हाम्रो हुन्थ्यो, केपी गुट सडकमा पुग्थ्यो (भिडिओ)

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्व एमालेका नेता कार्यकर्ताले आफूलाई मदन भण्डारीको दर्जा दिन थालेपछि तत्कालीन नेकपामा केपी ओली गुटले आफूमाथि आक्रमण थालेको दावी गरेका छन् ।

    चितवनको खैरहनीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफूले कार्यकारी अध्यक्षका रुपमा बैठक सन्चालन गरेपछि पूर्व एमाले समूहका केन्द्रीय सदस्यहरुले ‘हामीले तपाईंमा मदन भण्डारी देख्यौं,अब छाड्दैनौं’ भनेपछि ओली गुटका पाँच सात जनाले गौशालामा बैठक राखेर आक्रमण थालेको बताए ।

    आफूले १९ बुँदे दस्तावेजमार्फत ओलीमाथि हमला गरेर पार्टीबाट उनलाई निष्कासन गर्न लाग्दा पार्टी प्रचण्डले कब्जा गर्ने भयो भनेर संसद विघटन गरेको प्रचण्डले बताए । उनले यो कुरालाई तलैसम्म लैजान कार्यकर्तालाई निर्देशन दिए ।

    प्रचण्डले भने- प्रचण्डले पार्टी लग्यो भनेपछि ओली गुटले आक्रमण गर्न थाल्यो । यदि अदालत प्रयोग गरेर पार्टीलाई दुईटा नबनाएको भए आज नेकपा पनि हाम्रो हुन्थ्यो, सुर्य चिन्ह पनि हाम्रो हुन्थ्यो । एमाले भन्ने पार्टी रहदैन थियो । केपी ओली गुट पार्टीविहीन भएर सडकमा पुग्ने थियो । तर निर्वाचन आयोगले पनि समयमा निर्णय नदिँदा यो हालत भयो ।

    अध्यक्ष प्रचण्डले माओवादी छाप भएको संविधान उल्टयउन खोजेपछि केपी ओलीको बुर्जुआ हेडक्वार्टरमा बमबार्ड गरिएको बताए ।

  • चितवनबाट प्रचण्डले भने- अब भिड्नोस्, इँटको जवाफ पत्थरले दिने बेला भयो (भिडिओ)

    चितवनबाट प्रचण्डले भने- अब भिड्नोस्, इँटको जवाफ पत्थरले दिने बेला भयो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन लड्नुको विकल्प नभएको बताएका छन् ।

    चितवनमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ‘इँटको जवाफ पत्थर’ ले दिन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

    माओवादी विरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुले षड्यन्त्र गरिरहेको भन्दै प्रचण्डले माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र नै कमजोर हुने दावी गरे ।

    ‘जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन लड्नैपर्छ । देशपनि लडेरै बचाउने हो, संविधानपनि लडेरै बचाउने हो । लड्ने भनेको हतियार उठाउने होइन कसैले गुण्डागर्दी गर्छ भने इँटको जवाफ पत्थरले दिने भनेको हो’, प्रचण्डले भने ।

    चितवनमा माओवादीले गरेको विकास देखेर प्रतिक्रियावादीहरु अत्तालिएको प्रचण्डको आरोप छ । ‘चितवनको विकासका लागि भौतिक पूर्वाधार, शिक्षा स्वास्थ्यदेखि नदी तटबन्ध लगायत तमाा काम माओवादीको नेतृत्वमा भएको छ ।

    माओवादीले जतिधेरै जनताको पक्षमा काम गरेको छ त्यति नै धेरै प्रतिक्रियावादीहरु माओवादीविरुद्ध षड्यन्त्रमा लागेका छन्’, उनले भने ।

    प्रचण्डले जनआन्दोलनदेखि जनयुद्धसम्म चितवनको राजनीतिक योगदान अग्रणी रहेको भन्दै अब राष्ट्रका पक्षमा चितवन जुर्मुराउनुपर्ने बताए ।

    ‘चितवनले जनआन्दोलनदेखि जनयुद्धमा अग्रणी भूमिका खेलेको छ । चितवन जिल्ला राष्ट्रका पक्षमा जुर्मराएर उठ्नुपर्ने छ । अब भिड्नोस्, जनताको अधिकार खोस्न चाहनेविरुद्ध इँटको जवाफ पत्थरले दिनुस्’ प्रचण्डले भने ।

  • भूमिहीनलाई लालपुर्जा बाँड्दै प्रचण्डले भने- भरतपुरमा विकासको लहर, रेणुको बुबा भनेर चिनिन थालेँ (भिडिओ)

    भूमिहीनलाई लालपुर्जा बाँड्दै प्रचण्डले भने- भरतपुरमा विकासको लहर, रेणुको बुबा भनेर चिनिन थालेँ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरपुर महानगरमा विकासको सृष्टि भएको दाबी गरेका छन् ।

    महानगरकी मेयर आफ्नी छोरी रेणु दाहालको उनले खुलेर तारिफ गरे ।

    भरतपुरको आँपटारीमा भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपत्र बाँड्दै प्रचण्डले आफू चितवनमा रेणुको बुवाको रूपमा चिनिन थालेको बताए ।

    उनले भने, ‘युद्ध कालदेखि राजनीतिमा रेणुको आफ्नै त्याग–तपस्या थियो । तर, २०७४ सालको चुनावमा रेणु चितवन आउँदा प्रचण्डको छोरी आइन् भन्ने गर्थे । अहिले त्यो फेरिएको छ । अहिले रेणुको बुवा प्रचण्ड भनेर चिनिन थालेको छु ।’

    महिलाहरूले चाहेमा धेरै गर्न सक्छन् भन्ने पुष्टि भएको प्रचण्डले उल्लेख गरे । माओवादीबाट सरकारमा रहेका महिला मन्त्रीहरूको पनि उनले प्रशंसा गरे ।

    ‘शशीजी (शशी श्रेष्ठ) को इच्छाशक्ति र दृढता देखेर भूमि व्यवस्था मन्त्री बनाएको थिए । अहिले यस्तो राम्रो काम गर्नुभएको छ । उर्जामन्त्री पम्फालाई बनाइयो । उहाँले २० युनिट बिजुली निः शुल्क गरिदिनुभयो । महिलाले अग्रसरता लिएको ठाउँमा सफलता, इमानदारिता र सुशासन बढी देखिएको छ ।’ प्रचण्डले भने ।

    प्रचण्डले आगामी स्थानीय तह निर्वाचनमा महिलालाई धेरै ठाउँमा मेयर र पालिका प्रमुख बनाउने विचार रहेको उल्लेख गरे ।

  • एक्लाएक्लै भिड्दा पनि प्रदेश १ का ५० भन्दा बढी स्थानीय तह जित्ने माओवादी दाबी

    एक्लाएक्लै भिड्दा पनि प्रदेश १ का ५० भन्दा बढी स्थानीय तह जित्ने माओवादी दाबी

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश १ मा ५० भन्दा बढी स्थानीय तह जित्ने दाबी गरेको छ । यस प्रदेशमा १३७ वटा स्थानीय तह छन् ।

    माओवादीको प्रदेश १ कमिटीका सचिव गणेश उप्रेती ‘सुशील’ ले आफ्नो पार्टी बलियो भएको दाबी गर्दै एक्लाएक्लै भिड्दा पनि ती स्थानीय तह जित्ने बताए । ‘हाम्रो संगठित सदस्य बढेका छन् । जित्ने आधार योभन्दा बढी अरु के चाहियो र ?’, उप्रेतीले नेपाल प्रेससँग भने ।

    गठबन्धन गरेर चुनाव लड्दा यो संख्या ७० पुग्ने उनले बताए । २०७४ को स्थानीय चुनावमा मा‌ओवादीले प्रदेश १ का ९ स्थानीय तहको नेतृत्व जितेको थियो ।

    पछिल्लो समय एमालेले माओवादी छाडेर एमाले प्रवेश गरेको भनी हंगामा मच्चाएको भन्दै त्यसले कुनै फरक नपार्ने उनको जिकिर छ ।

    प्रदेश १ मा नेकपा विभाजनसँगै माओवादीका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेका छन् । ओखलढुंगाका प्रभावशाली नेता बालकृष्ण ढुंगेल, ताप्लेजुङ १ ख बाट निर्वाचित प्रदेश सांसद टंक आङ्बुहाङसहितका नेताले एमाले रोजेका छन् । तर, यसले आफ्नो पार्टीलाई असर नपर्ने माओवादीका नेताहरू बताउँछन् ।

  • प्रचण्डलाई भेटेर पित्तबहादुरले भने- परिबन्दमा परेर बालकोट पुगेँ, जनताले सुत्न दिएनन्

    प्रचण्डलाई भेटेर पित्तबहादुरले भने- परिबन्दमा परेर बालकोट पुगेँ, जनताले सुत्न दिएनन्

    काठमाडौं । एमाले प्रवेश गरेको भोलिपल्टै माओवादीमा फर्किएका धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले अध्यक्ष प्रचण्डलाई भेटेर परिबन्दमा परेर बालकोट पुगेको बयान दिएका छन् ।

    अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका डल्लाकोटीले केही मान्छेको परिबन्दमा परेर एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नु आफ्नो गल्ती भएको बताएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जनाएका छन् ।

    उनले कार्यकर्ता र जनताले दुई दिनसम्म सुत्न समेत नदिएपछि दोस्रो दिनमै घर फर्किएको बताएका छन् । भेटमा गल्ती गरेँ भनिसकेपछि अब काममा फर्कन अध्यक्ष प्रचण्डले निर्देशन दिएको मल्लले बताए ।

    दुई दिनअघि एमाले प्रवेश गर्न बालकोट पुगेका डल्लाकोटीलाई अध्यक्ष प्रचण्डले फोन गरेर मलेखुमा माछा सँगै खाने भन्दै एमाले प्रवेश नगर्न आग्रह गर्दा उनले अश्वीकार गरेका थिए ।

    यो पनि पढ्नुस् : एमाले प्रवेश गर्न बालकोट पुगेका गाउँपालिका अध्यक्षलाई प्रचण्डको फोन- त्यसो नगर्नुस्

  • चुनावको मुखमा चितवनमा प्रचण्डको दौडधुप, शिलान्यासदेखि लालपुर्जा वितरणमा व्यस्त

    चुनावको मुखमा चितवनमा प्रचण्डको दौडधुप, शिलान्यासदेखि लालपुर्जा वितरणमा व्यस्त

    चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार गृह जिल्ला चितवन आउँदैछन् । पछिल्लो १३ दिनको अवधिमा प्रचण्ड तेस्रोपटक गृह जिल्ला आउन लागेका हुन् ।

    स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा गृह जिल्लामा उनको आगमन बढेको मात्रै छैन, योजनाहरुको शिलान्यास, उद्घाटन र पार्टीका कार्यक्रममा उनलाई भ्याइनभ्याइ छ । आज पनि उनी भरतपुर महानगरपालिका–२ आँपटारीमा भूमिहीन दलितलाई लालपुर्जा बाँड्न चितवन आउँदैछन् ।

    लालपुर्जा बाँड्ने काम सुकुमबासी आयोगको भए पनि मतदातालाई रिझाउन प्रचण्डले लालपुर्जा बाँड्दै छन् । सुकुमबासी आयोगको जिल्ला अध्यक्ष बद्री तिमिल्सिना माओवादी केन्द्रकै हुन् । भरतपुर–२ निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । यहाँबाट नेकपा (एमाले)का कृष्णभक्त पोखरेल संघीय सांसदमा निर्वाचित भएका हुन् ।

    चुनावमा मुखमा योजनाको धमाधम शिलान्यास, उद्घाटन गर्ने र लालपुर्जा बाँड्ने कार्यलाई मतदातालाई आकर्षित गर्ने रणनीतिका रुपमा लिइएको छ ।

    स्थानीय तहको चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्ने भनिएपनि भरतपुर महानगरमा त्यति सहज देखिँदैन । महानगरको मेयरमा माओवादी केन्द्र र नेपाली कांग्रेसले आ(आफ्नो दाबी गर्दै आएका छन् ।

    नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले चुनावको मुखमा प्रचण्डले चुनावी स्टन्ट देखाउने काम मात्रै गरेको भन्दै यसलाई जनताले राम्रोसँग बुझेको बताए ।

    ‘निर्वाचनलाई प्रभावित पार्नेगरी महानगरपालिकामार्फत जुन ढंगले प्रयत्न भएको छ । जनतालाई भ्रममा पार्ने प्रयत्न भएको छ,ु उनले भने, ‘पाँच वर्षमा महानगरमा के काम भयो ? सबै बजेट आफू मातहत राखेर आफ्ना आसेपासेलाई मात्रै बाँड्ने काम भयो । फोहोर व्यवस्थापनको समस्या ज्युकात्यु छन् । प्रचण्ड आफैँले शिलान्यस गरेको आयोजना अलपत्र परेका छन् ।’

    भरतपुरमा देशकै नमूना काम भएको बताउने प्रचण्ड मतदातालाई प्रभावित पार्न विकास निर्माणका कामलाई नै अस्त्र बनाउने सोँचमा देखिएको प्रतिपक्षी दल एमालेको आरोप छ । माओवादी केन्द्रले मेयरमा पुनः दावी गर्नुको कारण पनि विकास नै रहेको छ । यद्यपि, भरतपुरमा सडक कालोपत्रेबाहेक अन्य पूर्वाधार निर्माणमा ढिलासुस्ती हुँदै आएको छ ।

    निर्वाचन आचारसंहिता लागू भएपछि योजनाको शिलान्यास तथा उद्घाटन गर्न नपाइने भएकाले पनि प्रचण्डले अहिले नै धमाधम शिलान्यास र उद्घाटन गर्दै हिँडेका छन् ।

    सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने घोषणा गरेपछि प्रचण्ड १० चैतमा पहिलो पटक चितवन आए । भरतपुर विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भरतपुर महानगरमा चुनावी तालमेलको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने प्रतिक्रिया दिएका थिए ।

    भरतपुर महानगरको मेयरमा आफ्नी छोरी रेनु दाहाललाई पुनः उठाउने उनको आकांक्षा छ । त्यसकै लागि पनि चितवनका कांग्रेसीले नमान्दा नमान्दै उनले केन्द्रबाटै चुनावी तालमेल गर्ने निर्णय गराए । कांग्रेसले फेरि पनि आफ्नी छोरीलाई मेयरमा जिताउन सहयोग गरोस् भन्ने उनी चाहन्छन् ।

    प्रचण्ड १० चैतमा आफ्नो निर्वाचन क्षेत्रका पाँच कार्यक्रममा सहभागी भए । चितवन आएकै दिन माडी पुगेका उनले माडी– २ मा निर्माण सम्पन्न भएको चिरौली सडकको उद्घाटन गरे । त्यसपछि माडीकै परुई खोलाको पुल र कुसुमखोलाका चेपाङ समुदायलाई निर्माण गरिदिएको चेपाङ नमुना वस्तीको उद्घाटन गरे ।

    माडीका सहिद निलकण्ठ सुवेदीको घरमा उनले खाना खाए । उनले माडीका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रशिक्षण दिए भने केहीलाई पार्टी प्रवेश पनि गराए । त्यसपछि उनले भरतपुर शारदानगरमा आयोजित महिला फुटबल लिगको उद्घाटन गरे ।

    यहाँ उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अब सरकारको दायित्वभित्र आएको भन्दै रंगशालाको काम अघि बढाउन आफुले सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यसदिन प्रचण्ड आफ्नै छोरीको निवासमा बास बसे ।

    भोलिपल्ट ११ चैत मा भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास गरे । ९४ करोड ३२ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको भवनको उद्घाटनका क्रममा उनले महानगरमा धेरै विकास भएको बताए ।

    आफ्नी छोरीको प्रशंसा गर्दै उनले मेयरमा महानगर र महानगरबासी प्रति सँधै सकरात्मक सोच मात्रै भेटेको बताए । विकासका हिसाबले भरतपुर महानगरलाई विदेशीले समेत विशिष्ट महानगरको रुपमा चित्रण गरेको उनले दाबी गरे ।

    सोही दिन माओवादी केन्द्र जिल्ला समन्वय समितिको प्रथम विस्तारित बैठकलाई उनले सम्बोधन गरे । दुई दिन विभिन्न कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्र्किएका प्रचण्ड १६ चैत माा पुनः चितवन आए ।

    उनले स्थानीयको विरोधबीच पूर्वी चितवनको राप्तीमा निर्माण गरिएको विद्युत सबस्टेशनको उद्घाटन गरे । बस्ती क्षेत्रमा सबस्टेशन निर्माण गरिएको भन्दै स्थानीयले भने विरोध गरिरहेका छन् ।

    त्यसपछि उनले संघीय सरकारको बजेटमा बनाउन लागिएको नारायणी तटबन्धको शिलान्यास गरे । झण्डै पाँच अर्ब लागतमा बन्न लागेको २३ किमी तटबन्धको प्रचण्डले भरतपुर–२६ स्थित शिसुवारमा शिलान्यास गरेका हुन् ।

    त्यस्तै, उनले महानगरको रिङरोड अन्तर्गतको पश्चिम खण्डको सडकको शिलान्यास गरे । पटिहानीमा निर्माण गरिएको बहुउद्देश्यिय कबर्ड हलको पनि उनले उद्घाटन गरे । माओवादी केन्द्रले १६ चैतदेखि ‘गाउँ नगर घर–घर जाउँ, माओवादी केन्द्र जिताउँ’ को नारा लिएर ९८ वटै वडामा चुनावी प्रचारप्रसार थालेको छ ।

     

    कांग्रेस चितवन सभापति भन्छन्( चुनावको मुखमा शिलान्यास र उद्घाटन नगर्नु नै ठिक

    नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पनि चुनावको मुखमा शिलान्यास र उद्घाटन नगर्नु नै ठिक हुने प्रतिक्रिया दिएका छन् । ‘गठबन्धनका नेताको के धेरै विरोध गर्नु । उहाँ आफैले बुझ्नुपर्ने कुरा हो, उनी भन्छन्, ‘निर्वाचन आइसकेको छ । त्यस्तो नगर्दा राम्रो हुने थियो ।’

    चितवन आउँदै गर्दा माओवादी केन्द्रको अध्यक्ष मात्र नभएर गठबन्धनका नेताका रुपमा आएको जसरी आफ्ना विचार र अभिव्यक्ति राख्न उनले प्रचण्डलाई आग्रह गरे ।

  • माओवादीको चुनावी अपिल: स्थानीय तह जनयुद्धकालीन जनसत्ताको विकसित व्यवस्था हो (पूर्णपाठ)

    माओवादीको चुनावी अपिल: स्थानीय तह जनयुद्धकालीन जनसत्ताको विकसित व्यवस्था हो (पूर्णपाठ)

    काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले स्थानीय र प्रदेश सरकारहरु जनयुद्धकालमा माओवादीले अभ्यास गरेका स्थानीय जनसत्ता र जनसरकारहरुको विकसित व्यवस्था भएको दावी गरेको छ ।

    स्थानीय चुनावमा माओवादीलाई मत किन दिने ? भनेर पार्टीले जारी गरेको अपिलमा स्थानीय तह माओवादी जनयुद्धकालका जन सरकारहरुको विकसित र परिस्कृत व्यवथा भएकाले माओवादीलाई नै मत दिनुपर्ने जनाएको छ ।

    अपिलमा भनिएको छ- नेपाली जनक्रान्तिको सफलतापश्चात् संविधानमा व्यवस्था गरिएको स्थानीय तह जनयुद्धको क्रममा तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा निर्माण गरिएका स्थानीय जनसत्ता र जनसरकारहरुको विकसित र परिस्कृत व्यवस्था हो । महान् जनयुद्धको क्रममा अभ्यास गरिएको केन्द्रीय जनपरिषद् र जनसरकार, प्रादेशिक स्वायत्त जनसरकारहरु र स्थानीय स्तरमा गठित स्थानीय जनप्रतिनिधि सभा र जनसरकारहरु वर्तमान संघीय व्यवस्थाका भ्रुण र आधारहरु हुन् ।

    माओवादीले परिवर्तनको नेतृत्व गरेको माओवादीले राजयसत्ताको नेतृत्व गर्न नपाउँदा देशले गति लिन नसकेको भन्दै जसको नीति उसकै नेतृत्व हुनुपर्ने विषयलाई जनताबीच अपिल गरेको छ ।

    स्थानीय तह निर्वाचन – २०७९ का सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अपिल !
    आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु,
    संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि त्यसलाई समाजवाद उन्मुख समावेशी लोकतन्त्रका रुपमा संस्थागत गरिएको नयाँ संविधान कार्यान्वयन प्रक्रियामा स्थानीय तहको दोस्रो निर्वाचन आगामी २०७९ बैशाख ३० गते हुँदैछ । नेपालको सन्दर्भमा स्थानीय,व्यवस्थापिका र कार्यपालिकाको भूमिकामा समेत रहेको स्थानीय तह (सरकार) नेपाली मौलिक विशेषतामा आधारित समाजवाद उन्मुख राज्य व्यवस्थाको एक महत्वपूर्ण आधार हो । साथै,आवधिक निर्वाचन जनताको सर्वोच्चतालाई स्थापित गर्ने महत्वपूर्ण माध्यम र अवसर पनि हो । यो महत्वपूर्ण अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सबै वर्ग,जाति,क्षेत्र,लिङ्ग,समुदायका विभिन्न पेशा व्यवसायमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरु र सम्मानित जेष्ठ नागरिकहरुमा हार्दिक अभिवादन व्यक्त गर्दछ । साथै,निर्वाचनको महाअभियानमा सक्रिय रहँदै उत्साहपूर्वक मतदानमा सहभागिताको लागि आम जनसमुदायमा समेत विशेष आग्रह गर्दछ । यस अवसरमा हाम्रो पार्टी महान् जनयुद्ध,ऐतिहासिक संयुक्त जनआन्दोलन, मधेश आन्दोलन,लगायत परिवर्तनकारी आन्दोलनहरुमा जीवन उत्सर्ग गर्ने अमर सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । बेपत्ताहरुप्रति उच्च सम्मान,घाइते योद्धाहरुको योगदानको विशेष कदरस्वरुप हार्दिक अभिनन्दन गर्दछ र स्वास्थ्यलाभको कामना समेत गर्दछ । जनक्रान्तिमा अमूल्य योगदान गर्ने पूर्व जनमुक्ति सेना लगायत हजारौं वीर योद्धाहरु,पूर्णकालीन सबै नेता कार्यकर्ताहरु तत्कालीन स्थानीय सरकारमा रही भूमिका निर्वाह गर्ने सम्पूर्ण पदाधिकारी सदस्यहरुसहित जनक्रान्तिमा प्रत्यक्ष परोक्ष भूमिका निर्वाह गर्ने लाखौंलाख जनसमुदायप्रति उच्च सम्मानभाव प्रकट गर्दछ । त्याग,समर्पण र बलिदानको भव्यतम जगमा खडा भएको व्यवस्थालाई राष्ट्र र जनहितमा सदुपयोग गर्दै नेपाली क्रान्तिलाई पूर्णता दिई महान् सहिदहरुको आदर्शबाट अभिप्रेरित भइरहने प्रतिवद्धता र संकल्प दोहो¥याउँछ ।

    राष्ट्रिय स्वाधीनताको पहरेदार
    भूमण्डलीकृत पूँजीवादको रुपमा विकसित हुँदै गएको वित्तीय एकाधिकार पूँजीवादले वित्तीय संस्था र बहुराष्ट्रिय नियमहरुमार्फत् विश्व बजारमा आफ्नो वर्चश्व स्थापित गर्न नवऔपनिवेशिक प्रणालीलाई थप सुदृढ गर्दै जाने नीति अवलम्बन गर्दै आइरहेको छ । त्यही एकाधिकार पूँजीको छहारीभित्र हुर्कँदै गइरहेको दलाल पूँजीवादका कारण तेस्रो विश्वका मुलुकहरुको राष्ट्रिय स्वाधीनताको प्रश्न गम्भीर र चुनौतिपूर्ण बन्दै गइरहेको छ । नेपाल त्यसको अपवाद होइन ।
    नेपालको सन्दर्भमा विभिन्न असमान सन्धि सम्झौताहरु,आन्तरिक राजनीतिक मामलामा अस्वाभाविक विदेशी चासो,प्राकृतिक श्रोत साधन र आर्थिक सम्पदामाथिको नियन्त्रणका प्रयास,मुलुकभित्र बढ्दो व्यापार घाटा र वैदेशिक ऋण,आयात र उपभोगमुखी बन्दै गइरहेको अर्थतन्त्र,कमिसन र भ्रष्टाचारको सिंढी उक्लँदै फस्टाइरहेको दलाल तथा नोकरशाही पूँजीपति वर्गका कारण एकातिर मुलुक परनिर्भरता र पराधीनताको दुष्चक्रतर्फ धकेलिँदै गइरहेको छ भने अर्कोतर्फ बेरोजगारी, अभाव,गरिबी,असमानता लगायतका समस्याहरु थप विकराल हुँदैछन् । भूमण्डलीकृत वित्तीय एकाधिकार पूँजीवादको दबदबा र भूराजनीतिक अवस्थितिले राष्ट्रिय स्वाधीनताको सवाल थप संवेदनशील बन्दै गइरहेको छ भने आर्थिक विकास र सामाजिक न्यायको स्थापनाको प्रश्न चुनौतिपूर्ण अवस्थामा रहेको छ ।
    राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र र सामाजिक न्यायको स्थापनासहित समाज समाजवादको बाटोमा अघि बढ्ने जनक्रान्तिको तत्कालीन कार्यभार वस्तुतः राष्ट्रिय स्वाधीनताको थप सवलीकरण र समाजवाद उन्मुख समृद्धिको कार्यान्वयन हो । राष्ट्रिय स्वाधीनता र समाजवादउन्मुख समृद्धि समाजवाद उन्मुख राज्य व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्रका दुई अविभाज्य पहलु हुन् ।
    निश्चय नै,लोकतान्त्रिक आन्दोलनमा झैं राष्ट्रिय स्वाधीनताका निम्ति गरिने संघर्षमा पनि एकातिर दलाल र आत्मसमर्पणवादी दृष्टिकोण र अर्कोतर्फ संकीर्ण अन्धराष्ट्रवादी र दुस्साहसवादी प्रवृतिहरु पनि देखिँदै आएका छन् । तर,दलाल र सबैखाले गलत एवं अतिवादी दृष्टिकोणको प्रतिवाद गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रिय स्वाधीनताको पहरेदार र परिवर्तनको संवाहकको रुपमा सशक्त भूमिका खेल्दै आइरहेको छ ।
    विद्यमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,नेपाली समाजको समग्र विकासको अवस्था,भूराजनीतिक स्थिति र अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमलाई समेत ध्यान दिँदै असंलग्नताको सिद्धान्त,स्वतन्त्र परराष्ट्र नीति,सार्वभौमिक समानता,भौगोलिक अखण्डता र अहस्तक्षेपको सिद्धान्त एवं नीतिलाई अवलम्बन गर्दै कुनै पनि सामरिक,सैन्य वा सुरक्षा गठबन्धनमा सहभागी नहुने दृष्टिकोणलाई आत्मसात गरेको छ । यही सिद्धान्त,नीति र मान्यता अनुरुप राष्ट्रिय स्वाधीनता र आत्मसम्मानको निम्ति दृढतापूर्वक संघर्ष गर्दै आइरहेको छ । स्वाधीन र समृद्ध समाजवादी नेपाल हाम्रो अभिष्ट हो । मुलुकको स्वाधीनता र समाजवाद उन्मुख समृद्धि हुँदै अन्ततः वैज्ञानिक समाजवाद स्थापनाको निम्ति अविचलित रुपमा निरन्तर सक्रिय रहने संकल्प र प्रतिवद्धता फेरि एक पटक दोहो-याउँदछ ।
    गाउँ नगर स्थानीय सरकार–जनयुद्ध र जनआन्दोलनको नयाँ उपहार
    संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै स्थानीय तहमार्फत् जनताले घर आँगनमा राज्य र सरकारको महसुस गर्ने अवस्था सिर्जना भएको छ । तत्कालीन सेवा सुविधाको दृष्टिले मात्र नभएर जनतालाई राज्य संचालनमा सहभागी गराउँदै उन्नत लोकतन्त्रको अभ्यास र बलबाट समाजवादको आधार तयार पार्नको निम्ति समेत स्थानीय सरकारहरुको भूमिका विशिष्ट महत्वको हुनेछ ।
    नेपाली जनक्रान्तिको सफलतापश्चात् संविधानमा व्यवस्था गरिएको स्थानीय तह जनयुद्धको क्रममा तत्कालीन ने.क.पा.(माओवादी) को नेतृत्वमा निर्माण गरिएका स्थानीय जनसत्ता र जनसरकारहरुको विकसित र परिस्कृत व्यवस्था हो । महान् जनयुद्धको क्रममा अभ्यास गरिएको केन्द्रीय जनपरिषद् र जनसरकार,प्रादेशिक स्वायत्त जनसरकारहरु र स्थानीय स्तरमा गठित स्थानीय जनप्रतिनिधि सभा र जनसरकारहरु वर्तमान संघीय व्यवस्थाका भ्रुण र आधारहरु हुन् ।

    जनक्रान्तिका उपलब्धिहरुको रक्षा र प्रतिगमन विरोधी आन्दोलन
    गणतन्त्र,संघीयता,समानुपातिक समावेशिकरण,सामाजिक न्यायसहितका नागरिकका मौलिक हकको व्यवस्था र राज्यको समाजवादउन्मुख चरित्र नेपाली जनक्रान्तिका महत्वपूर्ण उपलब्धिहरु हुन्। जनक्रान्तिका उपलब्धिको रक्षा र बाँकी कार्यभारहरु पूरा गर्ने म्यान्डेडसहित जनादेश प्राप्त गरेको सरकारका प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक घोषणाले जनादेशको अपमान मात्र होइन,जनक्रान्तिका उपलब्धिसहित संविधान र लोकतान्त्रिक प्रणालीमाथि गम्भीर प्रहार गर्न पुग्यो। प्रतिनिधि सभाको उक्त विघटन अर्को निर्वाचनबाट जनादेश लिने नभएर मुलुकलाई पुरानै राजनीतिक प्रणालीमा फर्काउने प्रतिगामी उद्देश्यद्वारा प्रेरित थियो। पटक–पटक प्रतिनिधि सभाको विघटन गरी मुलुकलाई पुनः राजनीतिक अस्थिरता र अव्यवस्थातर्फ धकेल्ने प्रतिगामी कदमका विरुद्ध हाम्रो पार्टीले प्रतिगमन विरोधी आन्दोलन सञ्चालन ग¥यो । सडकमा सशक्त ढंगले व्यक्त हुन पुगेको जनभावना,संविधानको प्रावधान,मर्म र भावनाको कदर गर्दै न्यायालयबाट संसद पुनःस्थापनाको निर्णय हुन पुग्यो। र,मुलुक गम्भीर राजनैतिक दुर्घटनाबाट बच्यो । हामी सगर्व भनिरहेका छौं,नेकपा (माओवादी केन्द्र) ले नेपाली जनक्रान्तिको सफलताका लागि निर्णायक र नेतृत्वदायी भूमिका खेलिरहेको छ।

    परिवर्तनको संवाहक शक्ति नेकपा (माओवादी केन्द्र)
    नेपाली जनक्रान्तिको मूल नेतृत्वकर्ता हुनुको नाताले नेकपा (माओवादी केन्द्र) ले राष्ट्रको स्वाधीनता,सार्वभौमिकता,भौगोलिक अखण्डता,संविधान र लोकतन्त्रको रक्षा,सामाजिक न्यायसहितको समृद्धि,पर्यावरणमैत्री वातावरणको निर्माणलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ । हाम्रो पार्टीले जहिले पनि नीति प्रधान नेतृत्वमा जोड दिंदै आयो। जब जनताका अधिकारहरु कुण्ठित हुन खोज्छन्,जब राष्ट्रिय हितमाथि चुनौति थपिन थाल्छन्,नेकपा (माओवादी केन्द्र) पार्टीगत स्वार्थको सीमित दायराभन्दा माथि उठेर मुलुकको संकट मोचन गर्ने कुरामा पहलकदमी लिँदै आएको छ। संविधान जारी गर्न,संविधानको कार्यान्वयन गर्न,आर्थिक सामाजिक रुपान्तरणलाई अघि बढाउन र प्रतिगामी कोणबाट भएको हमलाबाट संविधान र लोकतन्त्रको रक्षा गर्न हामीले कहिले अग्रभागमा त कहिले पृष्ठभागमा रहेर पनि सहकार्यको बाटो रोज्दै आएका छौं। परिवर्तनको संवाहक शक्ति हुनुको नाताले यसो गर्नु हामीले आफ्नो जिम्मेवारीको रुपमा ग्रहण गरिरहेका छौं। तर परिवर्तनको संवाहक शक्ति पृष्ठभागमा रहेर के मुलुकले अग्रगति लिन सम्भव छ?निश्चय नै यो विषय सिंगो राष्ट्र र जनताको समीक्षाको विषय बन्नुपर्ने अवस्था छ।
    नीति र नेतृत्वको अन्तरविरोधः समस्याको मूल कडी
    नेकपा (माओवादी केन्द्र)ले शुरु गरेको क्रान्तिकारी रुपान्तरणको नेतृत्वदायी पहलकदमीसँगै लोकतन्त्र सम्बन्धी बुझाइ सीमित राजनीतिक अधिकारको घेराबाट विस्तार भएर सहभागितामूलक सामावेशी तोकतन्त्रको रुपमा परिभाषित र विस्तारित हुँदै जाने क्रममा राजनीतिक साधन श्रोत सम्पन्न सीमित वर्ग समुदायको हातबाट आमजनसमुदायको सरोकार र पहलकदमीको विषय बन्न पुग्यो । माओवादीले उठाउँदै आएका संविधान सभा,गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समानुपातिक समावेशीकरण र सामाजिक न्यायका एजेण्डाहरु राष्ट्रिय कार्यसूचीमा सूचीकृत हुँदै गए । जनयुद्ध र जनआन्दोलनको समायोजनको कार्यदिशाले २०६२÷०६३ सम्म आइपुग्दा मूर्तरुप पायो । यसरी जनयुद्ध,जनआन्दोलन,शान्ति सम्झौता,संविधान सभा हुँदै समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुग्दा मुलुक नेकपा (माओवादी केन्द्र) ले तयार गरेको मार्गचित्रमा हिडिरहेको छ।

    नयाँ नेपालको रणनीतिक मार्गचित्र
    विस्तृत शान्ति सम्झौता,अन्तरिम संविधान र संविधान सभाको पहिलो निर्वाचनपछि नेकपा माओवादी) लाई इतिहासकै लोकप्रिय जनमत प्राप्त भयो। गणतन्त्र नेपालले पहिलो निर्वाचित प्रधानमन्त्री अध्यक्ष कमरेड प्रचण्डलाई प्राप्त ग¥यो। उहाँको नेतृत्वको सरकारले शुरु गरेको संविधान निर्माण र शान्ति प्रक्रियाका साथै मानव संशाधन विकास र देशको भौतिक पूर्वाधार विकासका क्षेत्रका रणनीतिक योजना कार्यान्वयनको दिशामा आज पनि मुलुक अग्रसर रहेको छ। आजका जति पनि ठूला राष्ट्रिय गौरवका आयोजनाहरु कार्यान्वयन सम्पन्न भएका र कार्यान्वयनको चरणमा छन्,ती सबै माओवादी नेतृत्वको नयाँ नेपाल निर्माणको सपना र योजना हुन्। पूर्व पश्चिम रेलमार्ग,मध्यपहाडी लोकमार्ग,उत्तर–दक्षिण जोड्ने करिडोर सडक,देशका विभिन्न भू–भागलाई जोड्ने सडक सञ्जालको निर्माण,विमानस्थल र हवाई सेवा विस्तार,सञ्चार प्रविधिको विकास,ऊर्जा उत्पादन र विद्युतीकरण,कृषि,पर्यटन र वन तथा प्राकृतिक सम्पदाहरुको विकास,छिमेकीहरुसँगको सन्तुलित सम्बन्ध,शिक्षा र स्वास्थ्य नीतिमा भएका जनपक्षीय परिवर्तन,सामाजिक सेवाको क्षेत्रमा राज्यको दायित्वमा गुणात्मक वृद्धि आदि नीतिहरु आजको नेपालको लागि मार्गनिर्देशक विकास सिद्धान्त बनेका छन्। अध्यक्ष प्रचण्डको दोश्रो कार्यकालमा उज्यालो नेपाल,राष्ट्रिय गौरवका योजनाहरुको कार्यान्वयन र भ्रष्टाचारका विरुद्ध सुशासनको प्रत्याभूतिसहित ७.५ प्रतिशतको आर्थिक वृद्धि लगायतका उपलब्धिहरुले देश निर्माणको लागि माओवादी नेतृत्वको विकल्प नभएको पुष्टि भइसकेको तथ्य हाम्रा सामु छ।
    यतिबेला मुलुक राजतन्त्रबाट गणतन्त्रमा,केन्द्रीकृत र एकात्मक राज्यबाट संघात्मक र समावेशी समानुपातिक प्रतिनिधित्व प्रणालीमा रुपान्तरित भएको छ। नयाँ संविधानमा गास,बास,कपास,शिक्षा, स्वास्थ्य,रोजगारी,खाद्य सम्प्रभुतालगायतका विषय नागरिकको मौलिक अधिकारको रुपमा व्यवस्था गरिएको छ। राजनीतिक परिवर्तनसँगै आर्थिक सामाजिक रुपान्तरण र सामाजिक न्यायको ग्यारेण्टी गर्ने संकल्प पनि मुलुकले लिएको छ। तर,जनताले अपेक्षित परिणाम हासिल गर्न किन सकिरहेका छैनन्?यसको समेत गम्भीर समीक्षा गर्नुपर्ने भएको छ। नेकपा (माओवादी केन्द्र)ले तयार गरेको मार्गचित्रको कार्यान्वयनको नेतृत्वदायी,औपचारिक र गम्भीर जिम्मेवारी परिवर्तनप्रति कम भूमिका रहेका अन्य पार्टीहरुले गरिरहेको अवस्था नै समस्याको मूल जड हो। विकसित राजनीतिक परिस्थिति र पछौटे आर्थिक सामाजिक अवस्था बीचको अन्तरविरोध हल हुन सकेन भने क्रमशः मुलुक पुरानै बाटोमा फर्कने खतरा उत्पन्न हुन सक्दछ। तसर्थ मुलुकलाई निरन्तर अग्रगमनको बाटोमा हिडाउन माओवादीको नेतृत्व आवश्यक मात्र होइन अनिवार्य बन्दै गएको छ। अहिले यस स्थितिका निम्ति हाम्रा के कति कमजोरीहरु जिम्मेवार रहे त्यसका लागि लेखाजोखा गर्दै र सच्चाउँदै अघि बढ्न प्रतिवद्ध छौं।

    सामाजवाद उन्मुख समृद्धिको लागि माओवादीको नेतृत्व
    जनक्रान्तिका उपलब्धिहरुको रक्षा र सामाजिक न्याययसहित आर्थिक सामाजिक रुपान्तरण नै समाजवादउन्मुख समृद्धिको सार हो। सामाजिक न्यायसहितको आर्थिक विकास र राष्ट्रिय स्वाधीनताको थप सुदृढीकरण समाजवादउन्मुख समृद्धिका दुई मुख्य पिलर हुन्। समाजवादको परम्परागत मोडेलप्रति उदासिन र बजारका एकाधिकारबाट पीडित हुँदै निराश र निमुखा बन्दै गएका जनसमुदायको विशाल हिस्सालाई आर्थिक सामाजिक विकासको साझेदार बनाउने र उनीहरुलाई प्रतिफलको हिस्सेदार समेत बनाउने नेकपा (माओवादी केन्द्र) को विकास मोडेलबाट नै समाजवादउन्मुख समृद्धि सम्भव हुँदै जानेछ। स्वाधीन र सार्वभौम राष्ट्रले मात्र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सक्दछ भन्ने कुरामा समेत हामी स्पष्ट हुनै पर्दछ।
    आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान,खाद्य सुरक्षा,आवास,रोजगारी,स्वच्छ वातावरण,जातीय,क्षेत्रीय एवं लैंगिक समानतालगायतका मौलिक हकहरुको कार्यान्वयन पनि समाजवादउन्मुख समृद्धिको अभियानसँगै पूर्णरुपले कार्यान्वयन हुँदै जानेछन्। जनक्रान्तिको रक्षा,राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र सामाजिक न्यायसहितको आर्थिक विकासका लागि नेकपा (माओवादी केन्द्र) को नेतृत्व वर्तमानको अपरिहार्यता हुन गइरहेको छ।

    स्थानीय तहको पहिलो कार्यकाल र महत्वपूर्ण सन्देश
    संविधान सभाबाट संविधानको घोषणा भइसकेपछि करीब २ वर्ष संविधानको सहज कार्यान्वयन र समयमा स्थानीय तहको निर्वाचनको बारेमा थुप्रै आशंका र अनुमानहरु हुने गर्दथे। नेकपा (माओवादी केन्द्र) र अध्यक्ष कमरेड प्रचण्डको कुशल नेतृत्वका कारण स्थानीय तहको निर्वाचन सहज ढंगले सम्पन्न हुने अवस्था तयार भयो र संविधान कार्यान्वयनमा करिब राष्ट्रिय सहमतिको वातावरण बन्न पुग्यो। पहिलो कार्यकाल भए पनि सेवा प्रवाह,पूर्वाधार विकास,जनसहभागिता,आर्थिक विकासका आधार निर्माणलगायतका क्षेत्रमा हासिल भएका महत्वपूर्ण उपलब्धिहरुले संघीय व्यवस्थाको औचित्य एवं महत्वलाई सान्दार ढंगले सावित गरिदिएका छन्। समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतान्त्रिक राज्य व्यस्थाले तयार गरेको नयाँ आधारमा सही नेतृत्व छनौट हुन सके छोटो समयमा नै मुलुकले गुणात्मक उपलब्धि हासिल हुन सक्ने महत्वपूर्ण सन्देश पहिलो ५ वर्षले दिएको छ।
    नेपाली मौलिकता र विशेषतामा आधारित संघीय प्रणालीअन्तर्गत संघीय सरकारको नेतृत्वले प्रदेश र स्थानीय सरकारको काम कारबाहीमा महत्वपूर्ण अर्थ राख्ने गर्दछ। प्रारम्भमा नै संघीय सरकारको नेतृत्व संघीयताप्रति उदार नहुनुको कारण संविधानले निर्दिष्ट गरेको अधिकारहरुको बाँडफाँड सही रुपमा हुन सकेन। त्यसैगरी राज्यको पुनर्संरचनापछि आवश्यक प्रशासनिक पुनर्संरचनालाई केवल कर्मचारी समायोजनमा सीमित गरी झारा टार्ने जस्तो गरियो। बजेटको विनियोजन संघीय अवस्था र समानुपातिक मूल्यमान्यता अनुरुप नभएर आफू अनुकूल हुने गरी वितरण गरेको कारण प्रदेश र स्थानीय सरकारका काम कारबाहीहरुमा गम्भीर प्रभाव प¥यो।
    पहिलो कार्यकाल हुनुको कारण नीति,विधि निर्माण संरचनागत अवस्था र अनुभवबाट सिक्दै जाने अवस्थाले पनि स्थानीय तहका काम कारबाहीमा केही प्रभाव परेको देखिन्छ। आगामी दिनमा यसबारे सुधार हुँदै जाने आशा गर्न गर्न सकिन्छ।
    स्थानीय तह संसदीय प्रणालीअन्तर्गत केवल अधिकारको बाँडफाड मात्र थिएन। राज्यको समाजवादउन्मुख चरित्र,समानुपातिक समावेशी मूल्यमान्यता,नागरिकका मौलिक हकको सुनिश्चितता,राज्यले गर्ने संवैधानिक व्यवस्था,तीन खम्बे आर्थिक नीतिका मूल्यमान्यताहरुसहित स्थानीय सरकारको जिम्मेवारी र कर्तव्यलाई बुझ्ने वा नयाँ राजनीतिक प्रणालीप्रतिको कमजोर प्रतिवद्धताको कारण पनि स्थानीय तहहरु केही अल्मलिएको र पुरानै विकृति र विसंगतिलाई बोकेर हिडेको समेत देखिन्छ।
    तसर्थ आगामी निर्वाचनलाई भौतिक उत्प्रेरणाको प्रभावमा होइन,सही नीति र नेतृत्वको छनौट गर्दै समाजवादउन्मुख समृद्धिको बाटोमा अगाडि बढ्न हाम्रो पार्टी आम मतदाताहरुमा हार्दिक अपिल गर्दछ।

    हाम्रो प्राथमिकता-प्रतिवद्धता
    (क) समाजवाद उन्मुख समृद्धिः आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि
    सार्वजनिक,सामुदायिक (सहकारी) र निजी क्षेत्रको पहलकदमी र सहकार्यमा आधारित आर्थिक विकासको मोडेलबाट हामीले समाजवादउन्मुख समृद्धिको परिकल्पना गरेका छौं। नागरिकका आधारभूत आवश्यकताको परिपूर्ति र गरिबी निवारण,वस्तु तथा सेवाको सहज आपूर्ति,उत्पादनमुखी अर्थव्यवस्थाको निर्माण,रोजगारीका अवसरहरुको सिर्जना,विचौलियाहरुको भूमिकालाई न्यूनीकरण,वातावरणमैत्री विकास पूर्वाधार,आर्थिक सामाजिक तथा वातावरणीय विकासको सन्तुलन आदि हाम्रो विकास नीति र प्राथमिकता हुन्।
    समूह,सहकारी,परिवारमार्फत् आम जनतालाई आर्थिक विकासको साझेदार बनाउनु र प्रतिफलमा यथोचित प्रतिफलको सुनिश्चितता गर्दै समृद्ध र समानतामूलक समाज निर्माण हाम्रो आर्थिक विकासको केन्द्रीय सार हो। विकास–समृद्धि र सामाजिक न्यायको केन्द्रमा बहुसंख्यक जनताको हित र प्रगति अन्तरनिहीत रहने गरेको छ। स्थानीय तहको प्रभावकारितालाई बढाउँदै समाजवादउन्मुख समृद्धिको दिशामा अघि बढ्न हामी प्रतिवद्ध छौं।
    (ख) एक पालिका,एक विशेष उत्पादन,एक वडा एक विशेष पहिचान
    संघ प्रदेशबाट प्राप्त श्रोतको समुचित एवं प्रभावकारी परिचालनसहित स्थानीय अर्थतन्त्र निर्माण गर्दै समाजवादउन्मुख समृद्धिको कार्यक्रम लागू गर्न हामी निम्न विषयहरुलाई प्राथमिकताका साथ अगाडि बढाउने छौं।
    (१) अर्थतन्त्रको प्रमुख आधारः कृषिमा आमूल सुधार
    ∙ कृषिको आधुनिकीकरणसहित रुपान्तरणका लागि भूमिको उचित व्यवस्थापन,सिँचाइको उचित व्यवस्था,कृषिको यान्त्रिकीकरण र व्यावसायीकरण,साना मझौला किसानहरुको सहकारी संगठन र समूहहरुको निर्माण,ठूलो परिमाणको उत्पादनसहित मूल्य अभिवृद्धि श्रृङ्खलामा जोड दिइने छ।
    ∙ कृषि उपजको समर्थन मूल्य तोकिने छ। हरेक पालिकामा शीत भण्डार,संकलन तथा प्रशोधन केन्द्र र कृषि बजारको व्यवस्था गरिने छ।
    ∙ प्रत्येक कृषि पेशाामा संलग्न किसानहरुलाई किसान परिचय–पत्र,कृषक पेन्सनको व्यवस्था गरिने छ र कृषिमा आमूल रुपान्तरणको लागि सहुलियत ऋण र अनुदान,व्यवसायिक तालिम,प्रविधि र प्राविधिक जनशक्ति र बजारीकरणमा आवश्यक सहुलियतको व्यवस्था गरिने छ।
    (२) उद्यमशीलताको विकास–रोजगारीको विस्तार
    कृषि,वन,खनिज पर्यटनलगायतको क्षेत्रसँग सम्बन्धित स्रोत साधनको उचित सदुपयोग गर्दै साना–मझौला उद्यम व्यवसायद्वारा रोजगारीका अवसरहरु सिर्जना गरिने छ। यसका लागि
    ▪ टोल–टोलमा सहकारी–घरघरमा रोजगारीको व्यवस्था गरिने छ।
    ▪ एक टोल एक उद्यम– एक टोल एक उत्पादन,बेरोजगारीको अन्त्य,गरिबीको निवारण कार्यक्रम लागू गरिने छ।
    ▪ हरेक पालिकामा बेरोजगारहरुको सूची तयार गरी बेरोजगार लक्षित उत्पादनका कार्यक्रमहरु सुरु गरिने छ।
    यसको साथै सीपमूलक तालिम,परियोजना वा प्रमाण–पत्र धितो राखी सहुलियत ऋणको व्यवस्थाको लागि स्थानीय तहले सहजीकरण गर्नेछ। उत्पादन वृद्धि र बजारीकरणको निम्ति प्रोत्साहित गरिने छ।
    (३) आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता
    निःशुल्क आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि
    ∙ आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनेछ।
    ∙ सबै नगर/गाउँ पालिकामा आधारभूत अस्पताल र सबै वडाहरुमा स्वास्थ्य केन्द्रहरुलाई पूर्ण क्षमतामा सञ्चालन गरिने छ।
    ∙ आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउन ११० वटा औषधी निःशुल्क वितरण गरिने छ।
    ∙ विशेषज्ञ सेवाको लागि स्थानीय तहको समेत सहभागितामा स्वास्थ्य विमा सेवाको प्रबन्ध गरिने छ।
    ∙ औषधीजन्य जडिबुटीहरुको प्रशोधन गरी औषधी उत्पादनमा जोड दिइने छ।
    (४) निःशुल्क र गुणस्तरीय विद्यालय शिक्षा

    ∙ विद्यालय (१२ कक्षासम्म) निःशुल्क शिक्षाको व्यवस्था गरिने छ।
    ∙ हरेक नगर तथा गाउँ पालिकामा बहुप्राविधिक शिक्षालय सञ्चालन गरिने छ। १० प्रतिशत प्राविधिक जनशक्ति उत्पादन गरिने छ।
    ∙ छोटो अवधिभर मध्यम खालको सीपमूलक तालिमको व्यवस्था गरिने छ।
    ∙ हिमाली भेकका सबै पालिकाहरुमा आवासीय विद्यालयको व्यवस्था (१२ कक्षासम्म) गरिने छ।
    ∙ दरबन्दी अनुसार शिक्षकको व्यवस्था गरिने छ।
    ∙ भौतिक पूर्वाधार र सूचना प्रविधिसँग जोडिने व्यवस्था मिलाइने छ।
    (५) वन तथा जैविक विविधता
    समृद्धिका लागि वन कार्यक्रम
    ▪ काष्ठ,गैरकाष्ठ,जडिबुटीका आधारित उद्यमशीलताको विकासका लागि ‘समृद्धिको लागि वन’ कार्यक्रम सञ्चालन गरिने छ।
    ▪ हरेक पालिकामा न्यूनतम एक वटा काष्ठ,गैरकाष्ठ वा जडीबुटी प्रशोधन उद्योग स्थापना गरिने छ।
    ▪ ‘एक सामुदायिक वन एक उद्यम’ कार्यक्रम सञ्चालन गरिने छ।
    ▪ हरेक पालिकामा जलवायु परिवर्तन अनुकूलित नमूना गाउँ निर्माण गरिने छ।
    ▪ वन रहित स्थानीय तहहरुमा वृक्षारोपणको विशेष कार्यक्रम संचालन गरिने छ।
    ▪ शहरी वन कार्यक्रम लागू गरिने छ।
    ▪ प्रदुषण नियन्त्रण,हरियाली प्रर्वद्धन र फोहोर मैला व्यवस्थापनको लागि स्वच्छ वातावरण अभियान हरेक पालिकामा चलाइने छ।
    ▪ वन सम्पदालगायत प्राकृतिक श्रोत साधनमाथि समुदायको अग्राधिकारलाई सुनिश्चित गरिने छ। सामुदायिक वन उपभोक्त समूहहरुलाई थप सवलीकरण गरिने छ।
    (६) भौतिक पूर्वाधार : वातावरण मैत्री पूर्वाधार, दिगो विकासको आधार !
    ∙ सबै पालिकाको केन्द्रसम्म कालोपत्रे सडक निर्माण गरी राष्ट्रिय सडक सञ्जालमा जोड्ने व्यवस्था मिलाइने छ।
    ∙ सबै वडाका केन्द्रसम्म सबै मौसममा यातायात चल्न सक्ने सडकको निर्माण गरिने छ।
    ∙ सबै वडामा विद्युतीकरणको व्यवस्था मिलाइने छ।
    ∙ सबै वडामा सञ्चार सुविधाको विस्तार गरिने छ।
    ∙ नेपालको पानी जनताको लगानीको नारालाई जनस्तरसम्म कार्यक्रम बनाई लागू गरिने छ।
    ∙ एल.पी. ग्याँसको आयात प्रतिस्थापन गर्न र जनतामा विद्युतको उपभोग बढाउन स्थानीय सरकारद्वारा प्रत्येक घरधुरीलाई विद्युतीय चुलो निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइने छ।
    (७) पर्यटन तथा उद्योग
    पर्यटनको प्रतिफल गाउँ–गाउँमा पुर्‍याउन,नयाँ पर्यटकीय गन्तव्यको पहिचान !
    ▪ पर्यटकीय पदमार्गको विस्तार र पर्यापर्यटनको विकासमा जोड दिइने छ।
    ▪ होमस्टे लगायत पर्यटन मैत्री वस्तु उत्पादन गरी आयआर्जनमा टेवा पु¥याइने छ।
    ▪ पर्यटनबाट हुने आयको न्यूनतम ५० प्रतिशत सम्बन्धित स्थानीय तहमा खर्च गर्ने व्यवस्था गरिने छ।

    धन्यवाद ।

  • एमालेविरुद्ध तालमेल गरेका होइनौंः पुन

    एमालेविरुद्ध तालमेल गरेका होइनौंः पुन

    बारा । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त)ले सत्ता गठबन्धन दलहरुको चुनावी तालमेल कुनै शक्तिविरुद्ध लक्षित नरहेको बताएका छन् ।

    पुनले एमालेविरुद्ध नभई संविधान र व्यवस्थामाथि प्रहार गर्ने केपी ओली प्रवृत्तिविरुद्ध आफूहरु उभिएको बताए । लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गरिएकाले त्यसबाट कोही पनि आतंकित हुनुनपर्ने उनको भनाइ थियो । ‘हामीले कुनै दल वा शक्तिविरुद्ध गठबन्धन गरेका होइनौं’ बाराको कलैयामा चुनाव लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सोमबार पुनले भने, ‘संविधान बचाउन, लोकतन्त्र बचाउन र राजनीतिक क्रान्तिका उपलब्धी रक्षा गर्नुपर्छ भन्ने विचार बोकेका शक्तिबीच सहकार्य गरेका हौं ।’

    उनले गठबन्धनलाई राजनीतिक चरित्रको संज्ञा दिए । उनले एमाले अध्यक्ष केपी ओलीले दक्षिणपन्थी प्रवृत्तिको नेतृत्व गरेको भन्दै गठबन्धन आवद्ध दलहरु लोकतन्त्र पक्षधर भएको दाबी गरे । राप्रपा र राप्रपा नेपालका नेताहरुसँग भेटेर चुनावी सहकार्यको प्रस्ताव राख्नु तथा मधेसमा महन्थ ठाकुरसँग घाँटी जोड्नुले ओली घोर दक्षिणपन्थी भएको प्रमाणित भएको तर्क गरे ।

    विगतमा मधेसी जनताको अधिकारको विरुद्ध खडा भएका ओली अहिले कसरी मधेसका पक्षमा उभिन सक्छन् भनि पुनले प्रश्न गरे । ओली धार्मिक राज्यको एजेण्डा बोकेर मधेस पसेको भन्दै उनले अन्धराष्ट्रवादी शक्तिबाट मुलुकलाई खतरा रहेको टिप्पणी गरे । पुनले मधेसको अधिकारका लागि माओवादी लडेको भन्दै मधेसमा निर्वाचन जित्ने हक माओवादीलाई मात्र भएको दाबी गरे ।

  • एमाले प्रवेश गर्न बालकोट पुगेका गाउँपालिका अध्यक्षलाई प्रचण्डको फोन- त्यसो नगर्नुस्

    एमाले प्रवेश गर्न बालकोट पुगेका गाउँपालिका अध्यक्षलाई प्रचण्डको फोन- त्यसो नगर्नुस्

    काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीबाट निर्वाचित डल्लाकोटीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

    माओवादीका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका डल्लाकोटीको एमाले प्रवेशलाई धादिङमा आश्चर्यजनकरूपमा हेरिएको छ । डल्लाकोटी एमाले प्रवेशका लागि जिल्लाका नेताहरू डा. पुष्प कडेल, भूमि त्रिपाठीसहित बालकोट पुगेका थिए ।

    धादिङका १२ स्थानीय तहमध्ये माओवादीले जितेको एकमात्र पालिका प्रमुख डल्लाकोटी थिए । डल्लाकोटी एमाले प्रवेशका लागि बालकोट पुगेकै बेला उनलाई माओवादी अध्यक्ष प्रचण्डले फोन गरेका थिए ।

    प्रचण्डले उनलाई आफू मलेखु आउन लागेको र सँगै बसेर माछा खाने कुरा गरे । अध्यक्ष डल्लाकोटीले माछा खुवाउने तर अब राजनीतिक रूपमा भने अलग बाटो तय गरेको बताएपछि प्रचण्डले त्यसो नगर्न आग्रह गरेको प्रत्यक्षदर्शीले बताए ।

    प्रचण्डले भने- किन त्यसो गर्नुभएको हो ? अलिकति सल्लाह पनि नगरी यस्तो निर्णय त गर्नु भएन नि । हामी बसेर सल्लाह गरौं ।
    तर, डल्लाकोटीले भने अब एमाले प्रवेश गरेको भन्दै प्रचण्डसँगको संवाद टुंग्याए ।

  • जनयुद्धमा मधेस प्रदेशमा १३ सय जना शहीद भए : प्रचण्ड

    जनयुद्धमा मधेस प्रदेशमा १३ सय जना शहीद भए : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वले मधेसमा ठूलो विद्रोह गरेको स्मरण गरेका छन् । मधेस प्रदेशमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले १० वर्षे जनयुद्धका बेला मधेसमा मात्रै १३ सय शहीद भएकाे बताए ।

    ‘तराई मधेसमा निकै ठूलो विद्रोह जनयुद्धले लिएर आयो । झण्डै १३ सय शहीद मधेसमा मात्रै भएका छन् । १० वर्षको जनयुद्धमा,’ उनले भने, ‘ती १३ सय सहिद र सयौँ बेपत्तालाई सम्मान र तीनका परिवारलाई पनि उच्च सम्मान व्यक्त गर्न चाहन्छु ।’

    त्यहीँ संघर्ष र बलिदानको भरमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भएको अध्यक्ष प्रचण्डले दाबी गरे ।

    उनले भने, ‘हाम्रै संघर्ष र बलिदानले देश संघीय गणतन्त्रमा छ । सिंहदरबारको अधिकार गाउँ गाउँमा आएकै छ ।’ अहिले देशभर निर्माण भइरहेका भौतिक संरचना र विकासहरू त्यही संघर्षको उपज रहेको पनि टिप्पणी गरे ।

    ‘जे संरचना या बन्दैछन्, भौतिक पूर्वाधारका दृष्टिकोणले या शिक्षा, स्वास्थ्य रोजगारीको दृष्टिकोणले या बजेटहरू स्थानीय तहसम्म पुग्ने र त्यो बजेट जनताको सेवामा प्रयोग गर्ने प्रक्रियाको दृष्टिकोणले पनि एउटा ठूलो परिवर्तन संघीय लोकतान्त्रिक गणतन्त्रले ल्याएकै छ,’ उनले भने ।

    माओवादी त्यति बेलाका केही शक्तिहरूको अनुमानविपरित अहिले देशको शक्तिशाली दल बनेको पनि उनले दाबी गरे । अप्रत्यक्ष रूपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर ईंगीत गर्दै उनले भने, ‘एक थरी मान्छेहरू हिजो जुन नेपालमा गणतन्त्र सम्भव नै छैन भन्ने ठान्थे । नेपालमा संविधानसभा सम्भावना नै छैन, भन्ने ठान्थे माओवादी जनयुद्ध ६ महिनामा सिद्धिन्छ, वर्ष दिनमा सिद्धिन्छ यो धुलो पिठो हुन्छ भन्ने गर्थे । दश वर्ष चल्दै गर्दा देशकै एउटा अजेय शक्ति बन्यो जनयुद्ध ।’

  • संघ र प्रदेशमा माओवादीको नेतृत्व नहुँदा समस्या भयो : प्रचण्ड (भिडिओ)

    संघ र प्रदेशमा माओवादीको नेतृत्व नहुँदा समस्या भयो : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले जितेका स्थानीय तहमा राम्रो काम भएको दाबी गरेका छन् ।

    छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा राम्रो काम भएको दाबी गर्दै उनले त्यहाँको उदाहरण दिएर माओवादीले जितेका स्थानीय तहमा राम्रो काम भएको बताएका हुन् ।

    ‘राम्रो गरेका देशभरका ५ वटा पालिकाहरूमध्ये ३ वटा माओवादी केन्द्रले जितेका छन्,’ पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘महानगरपालिकाहरूमा भरतपुर महानगरपालिका सुशासन, विकास तथा समृद्धिका दृष्टिकोणबाट नमूना भएको छ ।’

    संघ र प्रदेशमा माओवादी केन्द्रको नेतृत्व नहुँदा देशले समस्या भोगिरहेको उनले दाबी गरे । उनले भने,‘प्रदेश र संघमा माओवादी केन्द्रको नेतृत्व नहुँदा एउटा अन्तर विरोध, एउटा कन्ट्रोभर्सी जहिले पनि भएको छ ।’

    मुलुकका पछिल्ला परिवर्तनहरू माओवादी केन्द्रकै कारणले भएको दाबी गर्दै उनले परिवर्तनपछि माओवादीको नेतृत्व नहुँदा समस्या भएको पनि उनले बताए ।

    ‘माओवादी केन्द्रले परिवर्तन ल्याउने, परिवर्तनपछि परिवर्तन रोक्नेहरूका हातमा नेतृत्व जाने अवस्थाले समस्या निम्तिरहेको छ,’ उनले भने,‘ त्यसै कारण अस्थिरता कायमै छ । परिवर्तनमाथि खतरा कायम छ ।’

  • देशभर घुम्दा माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको देखेँ : प्रचण्ड

    देशभर घुम्दा माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको देखेँ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीप्रति पछिल्लो समय जनताको आकर्षण बढेको दाबी गरेका छन् । माओवादी केन्द्रले देशका मुख्य राजनीतिक समस्या समाधानमा भूमिका खेलेको तर, त्यो अनुसार सबैले स्वीकार गर्न भने नसकेको उनले गुनासो सुनाए ।

    रिपोर्टर्स क्लबको वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै प्रचण्डले शान्ति सम्झौतादेखि एमसीसीसम्म आइपुग्दा माओवादीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

    उनले भने, ‘देशलाई अप्ठेरोबाट बचाउनेमा माओवादी केन्द्र नै अग्रसर छ । गत साल जेजति राजनीतिक परिघटना भए, त्यसमा माओवादी केन्द्रको भूमिका महत्वपूर्ण रह्यो । यो जनताले पनि बुझेका छन् । त्यसैले माओवादीप्रति आकर्षण बढेको छ । म देशभरि घुम्दा यस्तो पाएको छु । तपाईंहरूले पनि देख्नुभएकै छ ।’

    प्रचण्डले संविधान र लोकतन्त्रको रक्षा गर्ने पार्टी माओवादी केन्द्र नै रहेछ भन्ने बुझाइ जनतामा बढेको आफूले पाएको बताए ।

  • प्रचण्ड भन्छन्- हामी श्रीलंकाको अवस्थामा छैनौं, म अर्थविद्हरूसँग छलफलमा छु (भिडिओ)

    प्रचण्ड भन्छन्- हामी श्रीलंकाको अवस्थामा छैनौं, म अर्थविद्हरूसँग छलफलमा छु (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल श्रीलंकाको जस्तै संकटमा रहेको भनी गरिएका टिप्पणीहरुप्रति असहमति व्यक्त गरेका छन् । नेपालमा आफ्नै खाले समस्या रहेको तर श्रीलंकाको जस्तो डरलाग्दो स्थिति नरहेको उनले बताए ।

    रिपोर्टर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘मेरो अध्ययनमा नेपाल श्रीलंकाको स्थितिमा पुगेको छैन । सम्हाल्न सकिने ठाउँमै छ । म अर्थविद्हरूसँग छलफल गरिराखेको छु ।’

    अहिलेको समस्या समाधानका लागि गम्भीर पहल नभएको खण्डमा भने अप्ठेरो स्थिति आउन सक्ने उनले चेतावनी दिए ।

    प्रचण्डले भने, ‘भोलि अप्ठेरो स्थिति आउँन सक्छ । तर, अहिलेको समस्या समाधानका लागि पहल सुरू भइरहेको छ । गठवन्धनको नेताको हैसियतले भन्नुपर्दा यो स्थितिलाई हामी सम्हाल्नेछौं ।’

  • भरतपुरको मेयरमा माओवादीको दाबी छ, महानगर र उपमहानगरको भागबण्डा केन्द्रबाटै : प्रचण्ड (भिडिओ)

    भरतपुरको मेयरमा माओवादीको दाबी छ, महानगर र उपमहानगरको भागबण्डा केन्द्रबाटै : प्रचण्ड (भिडिओ)

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा माओवादी पार्टीको दावी कायमै रहेको बताएका छन् । चितवनमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यसबारे निर्णय गठबन्धन बैठकबाट हुने जानकारी दिए ।

    अघिल्लो निर्वाचनमा पनि कांग्रेस माओवादी गठबन्धनबाट रेनु दाहाल मेयर निर्वाचित भएकी थिइन् । प्रचण्डले महानगरपालिकामध्ये भरतपुरमा माओवादीको दाबी रहने बताए ।

    उनले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा केन्द्रबाटै हुने जानकारीसमेत दिए ।

  • कुलमानको तारिफ गर्दै प्रचण्डले भने- इमान्दारिताका साथ काम गरे देश बनाउन समय लाग्दो रहेनछ (भिडिओ)

    कुलमानको तारिफ गर्दै प्रचण्डले भने- इमान्दारिताका साथ काम गरे देश बनाउन समय लाग्दो रहेनछ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश तीब्र विद्युतीकरणमा गएको बताएका छन् । लोडसेडिङको चरम मारमा रहेको मुलुक अहिले धेरै विद्युत हुने र विदेशसम्म बेच्न मिल्ने अवस्था आइसकेको उनको भनाइ थियो ।

    ‘लोडसेडिङमुक्त देशमात्रै होइन्, अब त विद्युत सरप्लस ! धेरै विद्युत हुने र विदेशसम्म बेच्न मिल्ने अवस्थासम्म देश आइपुग्यो,’ गृहजिल्ला चितवनमा एक नवनिर्मित सब स्टेसनको उद्घाटन गर्दै प्रचण्डले भने,‘अब हामी यातायात पनि विद्युतबाटै, चुलोचौको पनि विद्युतबाटै, सिँचाइ पनि विद्युतैबाट र सबैचिज विद्युतबाट गर्नेतिर यो देश अगाडि बढ्दैछ ।’

    सो कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ पनि उपस्थित थिए । सोही समारोहमा अध्यक्ष प्रचण्डले ऊर्जामन्त्री भुसाल र महानिर्देशक घिसिङको तारिफमा समय खर्चिए ।

    अध्यक्ष प्रचण्डले इमान्दारिता र दृढताका साथ काम गरे देश बनाउन समय नलाग्ने बताए । ‘साँच्चै इमान्दारिताका साथ दृढताका साथ उपाय खोजेर बनाउन लागे देश बनाउन धेरै समय लाग्दो रहेनछ’, उनले भने, ‘जसरी ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत प्राधिकरणले विद्युत उत्पादनसँगको कामलाई प्रगति गर्‍यो । सबै मन्त्रालयले त्यसरी नै काम गर्ने हो भने यो देश बनाउन धेरै वर्ष लाग्दो रहेनछ ।’

    उनले विद्युत प्राधिकरणमा घिसिङलाई ल्याउन गरेको निर्णयमा पनि गर्व लागेको बताए । ‘हामीले लिएको निर्णयप्रति पनि गर्व गर्दछु । यो क्षेत्रमा योगदान पुर्‍याउने सबैलाई धन्यवाद,’ उनले भने ।

    सोही कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले चितवन जिल्लालाई विकासको मोडलको रूपमा निर्माण गर्न चाहेको बताए ।

  • एनआरएनए पदाधिकारीसँग प्रचण्डले भने- शेष घलेजीले किन त्यसो गर्नुभयो मैले बुझ्न सकिन (भिडिओ)

    एनआरएनए पदाधिकारीसँग प्रचण्डले भने- शेष घलेजीले किन त्यसो गर्नुभयो मैले बुझ्न सकिन (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजन गर्ने शेष घलेको ठिक नरहेको बताएका छन् ।

    एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिने क्रममा अध्यक्ष प्रचण्डले आफूले शेष घलेलाई पनि मिलेर एउटै मूल प्रवाहमा आउन सुझाव दिने बताए ।

    प्रचण्डले भने–शेषजीले किन त्यसो गर्नुभयो ? मैले बुझ्न सकेको छैन, मौका मिले त्यसो नगर्नुस्,विभाजित होइन मिलेर जानुस् भन्ने सुझाव दिनेछु । उहाँले त्यसो गर्नु नहुने हो ।

    एनआरएनएका पूर्व अध्यक्ष घलेले अलग्गै भेला गरी एनआरएन विभाजन गरेका छन् । प्रचण्डले उनको त्यो कदम ठिक नरहेको बताए । अध्यक्ष प्रचण्डले संघ र प्रदेशको चुनावसम्म विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिलाउन आवश्यक पहल गर्ने आश्वासन समेत दिए ।

  • भ्यूटावर उद्घाटन गर्दै प्रचण्डले भने- रोल्पाले पूर्वाधार विकासमा ठूलो प्रगति गर्‍यो

    भ्यूटावर उद्घाटन गर्दै प्रचण्डले भने- रोल्पाले पूर्वाधार विकासमा ठूलो प्रगति गर्‍यो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पा नवनिर्वित भ्यूटावरको उद्घाटन गरेका छन् । उनले क्रान्तिकालमा मात्रै नभएर रोल्पाले शान्तिकालमा पनि विकास-निर्माण र समृद्धिको नेतृत्व गर्न सक्छ भन्ने स्पष्ट भएको बताए ।

    जनयुद्धको पछिल्लो दुई वर्ष आफूले रोल्पाका गाउँबस्तीमा बिताएको प्रचण्डले स्मरण गरेका थिए ।

    उनले सुनाए, ‘लडाइँका बेला अप्ठेरो पर्‍यो भने म रोल्पा आउने गर्थेँ । भेटघाट र अन्तरक्रिया गरेपछि नयाँ ऊर्जा प्राप्त हुन्थ्यो । नयाँ योजना बनाएर क्रान्तिलाई निर्णायक तहमा पुर्‍याउने अठोट लिएर जान्थेँ ।’

    प्रचण्डले अहिले पूर्वाधार विस्तारमा रोल्पाले राम्रो प्रगति गरेको भन्दै खुसी व्यक्त गरे ।

    ‘रक गार्डेन र भ्यूटावरले राम्रो पर्यटकीय गन्तव्यका रूपमा रोल्पालाई विकास गरेको छ । यसलाई स्वर्गद्वारीसँग् जोडे देशभरिबाट नै पर्यटक आउनेछन् ।’

    भ्यूटावरले जनयुद्ध संग्रहालयको पनि भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

    ‘म असाध्यै खुसी र गौरवान्वित भएको छु’ प्रचण्डले भने ।

  • प्रचण्ड-वाङ भेटमा उठ्यो बीआरआई कार्यान्वयनदेखि तातोपानी र रसुवागढी नाका सहज सञ्चालनसम्मका विषय (भिडिओ)

    प्रचण्ड-वाङ भेटमा उठ्यो बीआरआई कार्यान्वयनदेखि तातोपानी र रसुवागढी नाका सहज सञ्चालनसम्मका विषय (भिडिओ)

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ ।

    नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको आर्थिक र सामाजिक विकासका ती आयोजना महत्वपूर्ण मानिएको बताए । उनले आयोजना अगाडि बढ्दा सकारात्मक प्रभाव पर्ने भएकाले पहल गरिदिन चीनसँग आग्रह गरेका छन् ।

    माओवादी नेता शक्ति बस्नेतले कोरोना महामारीका कारण लामो समयदेखि नियमित हुन नसकेको तातोपानी र रसुवागढी नाकालाई सहज रूपमा सञ्चालन हुने वातावरण बनाइदिन आफूहरूले चिनियाँ विदेशमन्त्रीको ध्यानकर्षण गराएको जानकारी दिए ।

    प्रचण्डले दुई देशबीचको मैत्री सम्बन्धका बारेमा चर्चा गर्दै नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

    नेपालको चीनतर्फ बढ्दो व्यापार घाटालाई कम गर्न पनि सहयोग गरिदिन पनि दुईपक्षीय भेटमा कुराकानी भएको छ । कोरोना महामारीमा चीन सरकारबाट प्राप्त सहयोगप्रति माओवादी नेतृत्वले चीन सरकारलाई विशेष धन्यवाद दिएको नेता बस्नेतले बताए ।

    भेटको क्रममा चिनियाँ विदेशमन्त्री वाङले नजिकको छिमेकी र परम्परागत मैत्री सम्बन्ध भएकाले पनि नेपालको चासो र विकासप्रतिको तीब्र इच्छालाई चीन सरकारले सदैव समर्थन गर्दै सहयोग गरेको र त्यो निरन्तर रहने बताए ।

    भेटवार्तामा माओवादीका नेता नारायणकाजी श्रेष्ठ, नेता बस्नेत, अध्यक्ष प्रचण्ड सचिवालयका सदस्यहरू सहभागी थिए ।

    -रासस

  • चितवनका पूर्व कांग्रेस सभापति भन्छन्- एमालेको रिसले माओवादीका बाबुछोरी जिताउन सकिँदैन (भिडिओ)

    चितवनका पूर्व कांग्रेस सभापति भन्छन्- एमालेको रिसले माओवादीका बाबुछोरी जिताउन सकिँदैन (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले नेकपा एमालेको रिसले सबै भोट खन्याएर माओवादीलाई जिताउन नसकिने बताएका छन् ।

    चितवन कांग्रेसका पूर्वसभापतिसमेत रहेका गुरुङले भरतपुर महानगरपालिकामा गठबन्धन गर्दा पनि मेयरमा प्रचण्डपुत्री रेणु दाहालले अहिले नजित्ने दाबी गरे ।

    चितवनमै प्रचण्डका बाबुछोरीलाई स्थापित गर्न खोज्दा समस्या आउनसक्ने उनको भनाइ थियो ।

    ‘प्रचण्डका बाउछोरी चुनाव लड्ने , कांग्रेसले भोट हालिरहने भन्ने हुँदैन । एमाले हराउन सबै माओवादीलाई दिन सकिँदैन । जनताले एमाले जिताउने गठबन्धन बनाउन सक्छन् ।’

    ‘२९ वडामा जम्मा २ वडा हो माओवादीले जितेको, मतपत्र च्यातेर जिताइएको हो,’ गुरुङले थपे,‘अझैपनि पेलेर दिने हो भने तालमेल गठबन्धन जिताउन होइन, एमाले जिताउन परिणत हुनसक्छ ।’

    यसो भनिरहँदा आफू तालमेलको विपक्षमा नभएको उनले बताए । उनले भने, ‘गठबन्धन हुनुपर्छ । तर, सधैँ चितवनका कांग्रेसले अरूलाई मात्र भोट हाल्नुपर्ने भन्ने हुँदैन ।’

    सभापति देउवालाई आफूले चितवनमा कांग्रेस कमजोर नरहेको बताउन चाहिरहेको उनले बताए । पञ्चायतकालदेखि नै चितवनमा कांग्रेस बलियो रहेको बताउँदै उनले तीनपटक आफैं जिल्ला पञ्चायतको सभापति जितेको गुरुङले बताए ।

    ‘७० मा सुशील दाइ (सुशिल कोइराला)लाई लगेर जिताएका हौं । ४ वटै निर्वाचन क्षेत्र जित्यौं,’ उनले भने,‘४८ र ७४ मा हो सबै हारेको । नत्र सधैँ जितेका छौं ।’

    अहिले माओवादी र एमाले जोड्दा पनि कांग्रेस नै बलियो रहेको उनले दाबी गरे ।

  • चिनियाँ विदेशमन्त्रीले भेटे प्रचण्ड

    चिनियाँ विदेशमन्त्रीले भेटे प्रचण्ड

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

    काठमाडौंस्थित मेरियट होटलमा दुईजनाबीच भेट भएको हो । भेटमा भ्रमण टोलीमा रहेका चिनियाँ अधिकारी र माओवादीका शीर्ष नेताहरू सहभागी थिए ।  भेटमा नेपाल-चीन सम्बन्ध र दुई देशबीचको हितलगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

    यसअघि आज बिहान चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । प्रचण्डलाई भेट्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओली र वाङबीच भेटवार्ता भइसकेको छ ।

    वाङ आजै स्वदेश फर्किने कार्यक्रम छ ।

  • छोरीको प्रशंसा गर्दै प्रचण्डले भने- यत्रो काम भएको छ, चुनावले होला टिमकैले प्रशंसा गरेनन्

    छोरीको प्रशंसा गर्दै प्रचण्डले भने- यत्रो काम भएको छ, चुनावले होला टिमकैले प्रशंसा गरेनन्

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि आफ्नी छोरी मेयर रेणु दाहाल र भरतपुर महानगरपालिकाको तारिफ गरेका छन् । उनले विकासको मोडलका रूपमा देशभित्रदेखि विदेशसम्मले भरतपुरलाई हेरिरहेको दाबी गरे ।

    महानगरको नवनिर्मित प्रशासकीय भवन शिलान्यास गर्दै उनले भरतपुरको विकासलाई दुनियाँले मोडलका रूपमा हेरिरहेको बताएका हुन् ।

    ‘साँच्चै भरतपुर महानगरपालिकाको एउटा पहिचान बनेको छ देशभरि, आम नेपाली भरतपुरलाई एक ढंगले हेर्छन्, विकास प्रक्रियाको तीब्रताले,’ उनले भने,‘र दुनियाँभर पनि विकासको मोडल गतिलाई निकै सकारात्मकरूपले हेर्ने गरिएको छ । छिमेकीहरूदेखि धेरै परपरसम्म भरतपुरलाई विशिष्ट महानगर भनेर ।’

    उनले हर समयमा मेयर रेणु दाहाल सकारात्मकरूपमा देखिने गरेको प्रशंसा गरे । उनले भने, ‘मैले यहाँको मेयरलाई जहिल्यै सकारात्मक सोचमा नै भेटेँ । टिमभित्र पनि सहज अन्तरक्रिया र सकारात्मक सोचका साथ काम गरिरहेको पाएँ ।’

    यद्यपि अहिले टीममा रहेकाहरूले भरतपुरको विकासबारे ‘बोल्न कञ्जुस्याइँ’ गरेको गुनासो गरे । ‘उहाँहरूले गरिए जति अहिले भनिदिनुभएन । सायद चुनाव आएर होला । विकासप्रति भन्दा चुनावप्रति चिन्ता देखियो,’ उनले भने ।

    विकास भएको कुरालाई सबैले भन्न कञ्जुस्याइँ गर्न नहुने प्रचण्डको भनाइ छ ।

    ‘साथीहरू यहाँ बोल्न हिच्किचाउनुभयो । रिङ रोड बनिरहेको छ, बनेन भन्नुभयो । ५ अर्बको नारायणी तटबन्ध बन्दैछ, जुन चितवनका जनताको वर्षौं पुरानो सपना हो । टेन्डर भएको छ, प्रक्रिया अगाडि बढेको छ,’ उनले भने,‘विकासलाई त विकास भयो भनिदिनुपर्छ नि ।’

    अघिल्लो स्थानीय तहको जस्तै गठबन्धनको परिवेश अहिले रहेको संयोग निकै राम्रो रहेको पनि उनले बताए ।