Category: माओवादी केन्द्र

  • एमाले हाम्रो दुश्मन हो, माओवादी होइन : पौडेल (भिडिओ)

    एमाले हाम्रो दुश्मन हो, माओवादी होइन : पौडेल (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेसँग कांग्रेसको प्रतिस्पर्धा भएपनि नेकपा माओवादीसँग नरहेको बताएका छन् । भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले एमालेसँग प्रतिस्पर्धा र माओवादी सहकार्य गर्नुपर्ने बताए ।

    ‘साथीहरूले बुझ्नुपर्‍यो एमाले हाम्रो प्रतिद्वन्द्वी हो, माओवादी होइन । माओवादीसँग सहकार्य गर्नु हाम्रो आवश्यकता हो । एमालेसँग हामीले नै प्रतिस्पर्धा गर्नुपर्छ’, पौडेलले भने ।

    निर्वाचनपछि गठबन्धन सरकार नै चलाउनुपर्ने बाध्यता रहेको भन्दै पौडेलले पहिले नै मिल्ने अभ्यास गर्न जरुरी रहेको बताए ।

    ‘भोलि मिलेरै सरकार बनाउनुछ भने आज मिलेरै स्थानीय सरकार किन नबनाउने ? सहकार्यको अभ्यास गर्नु नै आजको आवश्यकता हो’, पौडेलले भने ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमतको बलमा संविधान र लोकतन्त्रमाथि धावा बोलेकोले गठबन्धन निर्माण भएको पौडेलले बताए । चितवनमा स्वतन्त्र उम्मेदवारी दिने कांग्रेस नेताहरुले तर्कले भन्दा भावावेशले निर्णय गरेको पौडेलको भनाइ छ ।

    ‘मैले उहाँहरूसँग आज भेटेर अलि बसेर कुरा गरौ भने तर उहाँहरूले अलिकति धैर्य राख्न सक्नुभएन । उहाँहरू अलि चाडै जान खोज्नुभयो । उहाँहरू तर्कभन्दा भावावेश र उत्तेजनामा अगाडि बढ्नुभएको छ’, पौडेलले भने ।

  • रेनु दाहालको पक्षमा खुले सन्दीप क्षेत्री

    रेनु दाहालको पक्षमा खुले सन्दीप क्षेत्री

    भरतपुर । चर्चित हास्य कलाकार सन्दीप क्षेत्री भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालको पक्षमा खुलेका छन् ।

    गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै क्षेत्रीले आफू कुनै पार्टीको सदस्य नभए पनि भरतपुरमा रेणुको जितको कामना गर्ने बताए ।

    ‘म कुनै झण्डाको मान्छे होइन, कुनै पार्टीको मान्छे होइन । तपाईँको कामबाट प्रभावित भएर आएको हुँ । तपाईँलाई मेरो कुल, मेरो इष्टको आशीर्वाद लागोस्’, क्षेत्रीले भने ।

    उनले भरतपुरको सभामा आउनुअघि आफ्नी आमालाई सोधेको र रेनुको पक्षमा बोल्दा फरक पर्दैन भनेकोले सभामा उपस्थित भएको बताए ।

    रेनुलाई ‘दिदी’ भनेर सम्बोधन गरेका क्षेत्रीले माओवादी अध्यक्ष प्रचण्डलाई छोरीको चिन्ता नगर्न सुझाए ।

    ‘अब तपाई यो पार्टीको अध्यक्षको हैसियतले चिन्तित हुनुहुन्छ भने स्वाभाविक छ तर छोरीका हिसाबले चिन्ता नगर्नुस् । तपाईँले गज्जबको छोरी पाउनुभएको छ’, क्षेत्रीले भने ।

  • शिर झुकाउनुपर्ने छैन, विपक्षीको आँखामा आँखा जुधाउन सक्षम छौं : रेनु दाहाल (भिडिओ)

    शिर झुकाउनुपर्ने छैन, विपक्षीको आँखामा आँखा जुधाउन सक्षम छौं : रेनु दाहाल (भिडिओ)

    भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखको उम्मेदवार रहेकी माओवादी नेतृ रेनु दाहालले बितेको ५ वर्षमा भरतपुरमा शिर झुकाउन नपर्ने गरी काम गरेको दाबी गरेकी छिन् ।

    गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले ५ वर्षमा सुरूआत गरिएका गौरवका आयोजनाहरूलाई सम्पन्न गर्नका लागि आफू पुनः चुनावी मैदानमा आएको बताइन् ।

    ‘शिर झुकाउन पर्दै, विपक्षीको आँखामा आँखा जुधाएर भन्न सक्छौं, ५ वर्षमा भरतपुर महानगरपालिकामा हामीले राम्रो काम गरेका छौं । भरतपुरको विकास कास्टिङमात्रै हो, अबको ५ वर्षमा गौरवका आयोजना पूरा गरेर पूरा फिल्म देखाँउछौं’, दाहालले भनिन् ।

    विगतमा प्रतिबद्धता गरेको भन्दा धेरै काम भरतपुरमा गरेको भन्दै रेनुले भरतपुरलाई देशकै समृद्ध र व्यवस्थित सहर बनाउन गठबन्धनले जित्नुपर्ने बताइन् ।

    आफ्नो मन्तव्यका दौरान आफ्नो कार्यकाल कामहरूको फेहरिस्त सुनाएकी दाहालले पहिलो कार्यकालमा भएका कमजोरी सच्याउन आफू प्रतिबद्ध रहेको बताइन् ।

    १२ बुँदे सम्झौता , शान्ति प्रक्रिया र संविधानका पक्षधर शक्तिबीच जारी गठबन्धनलाई निरन्तर राख्नुपर्ने र एमालेको प्रतिगामी राजनीतिलाई परास्त गर्नुपर्ने दाहालको भनाइ थियो ।

    ‘आन्दोलनको मैदानबाट प्रतिगमनलाई परास्त गर्‍यौं । अब चुनावी मैदानबाट पनि प्रतिगमनलाई परास्त गरौं, हाम्रो जित सुनिश्चित छ’, उनले भनिन् ।

  • भरतपुरमा भाषण थाल्नुअघि रेनुले भनिन्- जय नेपाल !

    भरतपुरमा भाषण थाल्नुअघि रेनुले भनिन्- जय नेपाल !

    काठमाडौं । भरतपुरमा अहिले सत्तारूढ गठबन्धनको चुनावी सभा भइरहेको छ ।

    सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

    यसै चुनावी सभालाई भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार प्रचण्डपुत्री रेनु दाहालेले पनि सम्बोधन गरेकी छन् ।

    सम्बोधनका क्रममा उनले ‘लाल सलाम’ भनेर अभिवादन नगरी ‘जय नेपाल’ भनेर अभिवादन गरेकी छन् ।

    सभामा मन्तव्यको सुरुआतमा दाहालले शीर्ष नेताहरूलाई सम्बोधन गरेर अभिवादन गर्ने बेला भनिन्,‘…….मेयरको उम्मेदवारको हैसियतमा हार्दिक अभिवादन, जय नेपाल व्यक्त गर्न चाहन्छु ।’

    त्यसपछि उनले आफ्नो मन्तव्य राखेकी थिइन् ।

  • जितनारायणले भने- प्रचण्डजी ! रेनु जिताउँछौं तर कांग्रेसलाई धोका नहोस्

    जितनारायणले भने- प्रचण्डजी ! रेनु जिताउँछौं तर कांग्रेसलाई धोका नहोस्

    भरतपुर । नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले भरतपुरमा गठबन्धनको जित निश्चित रहेको बताएका छन् ।

    गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले ५ दलीय गठबन्धन जिताउन कांग्रेस तयार भएपनि भोलीको दिनमा धोका नदिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरे ।

    ‘हाम्रो सभापति सोझो हुनुहुन्छ । जे बोल्यो त्यही गर्नुहुन्छ । प्रचण्डलाई मेरो अनुरोध छ तपाईंले बोली नफेर्नुहोला । गठबन्धनबाट रेनु दाहालजीसहित सबैलाई हामी जिताउँछौं तर जितिसकेपछि कांग्रेसलाई धोका नहोस्’, श्रेष्ठले भने ।

    भरतपुरमात्रै नभएर चितवनका सबै पालिकामा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै श्रेष्ठले विगतमा जस्तो धोका नदिन आग्रह गरे । उनले कांग्रेसको नेतृत्वमा बनेको संविधान एमालेले समाप्त गर्न खोजेका कारण गठबन्धन राजनीतिक आवश्यकता बनेको बताए ।

  • गठबन्धनको जित निश्चित छ, स्वतन्त्रलाई फकाउनुपर्दैन: प्रचण्ड

    गठबन्धनको जित निश्चित छ, स्वतन्त्रलाई फकाउनुपर्दैन: प्रचण्ड

    भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा गठबन्धनको जित निश्चित भइसकेको दाबी गरेका छन् ।

    चुनावी सभाका लागि चितवन पुग्नासाथ भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले स्वतन्त्र उम्मेदवारलाई फकाउने भन्दा गठबन्धन आफ्नै काममा अगाडि बढ्ने बताए ।

    ‘उहाँलाई फकाउने कुरा भन्दापनि गठबन्धन आफ्नो लाइनमा अगाडि बढिसकेको छ । फैसला चितवनका जनताको हातमा छ । उम्मेदवार बन्ने स्वतन्त्रता हरेक नागरिकलाई छ । निर्वाचन जित्न अप्ठ्यारो हुन्छ भन्ने लाग्दैन । धेरै कारणले नतिजा गठबन्धनको पक्षमा हुन्छ’ प्रचण्डले भने ।

    उनले गठबन्धनको जितबारे विस्तृत कुरा चुनावी सभामै गर्ने बताए । आज भरतपुरमा गठबन्धनले आयोजना गर्ने सभालाई कांग्रेस सभापति शेरबहादुर देउवा , नेकपा एसका अध्यक्ष माधव नेपालसहित प्रचण्डले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

  • वाईसीएल सिन्धुपाल्चोक जिल्ला इन्चार्ज रानासहितको टोली एमालेमा प्रवेश

    वाईसीएल सिन्धुपाल्चोक जिल्ला इन्चार्ज रानासहितको टोली एमालेमा प्रवेश

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएल नेपालका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक इन्चार्ज सुरेश राना ‘योगदान’ नेकपा एमाले मा प्रवेश गरेका छन् ।

    बिहीबार बिहान नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले रानासहितका वाईसिएलका कार्यकर्तालाई आफ्नै निवास बालकोटमा पार्टी प्रवेश गराएका हुन् । चौतारा साँगाचोगगढी नगरपालिका-१३ मा वडा अध्यक्ष छनोटमा एकलौटी गरेको भन्दै युवाहरू असन्तुष्ट थिए ।

    उनीहरूले उम्मेदवारी मनोनयनका क्रममा विरोध प्रदर्शन समेत गरेका थिए । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र र समाजवादीबीच गठबन्धन भएको छ भने एमाले र काग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा छ ।

    गठबन्धनबाट माओवादी केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा मेयरका उमेदवार छन, त्यस्तै एमाले बाट इन्द्रबहादुर नेपाल र काग्रेस बाट केशवराज गिरी मेयरका उमेदवार छन् ।

  • ढोरपाटनका मेयर उम्मेदवार अर्यालको प्रतिबद्धता– आफूले जिते किसानलाई दूध र मासुमा अनुदान

    ढोरपाटनका मेयर उम्मेदवार अर्यालको प्रतिबद्धता– आफूले जिते किसानलाई दूध र मासुमा अनुदान

    बागलुङ । ढोरपाटन नगरपालिकामा सत्ता गठबन्धनका मेयर उम्मेदवार चन्द्र अर्यालले किसानलाई दूधमा प्रतिलिटर २० रुपैयाँ अनुदान दिने घोषणा गरेका छन् ।

    यहाँ सत्ता गठबन्धनको लागि नेकपा (माओवादी केन्द्र) का प्रदेश सदस्य अर्याल मेयर उम्मेदवार रहेका छन् । उनले आफू मेयर निर्वाचित भए स्थानीय उत्पादनमा अनुदान दिने घोषणा गरेका हुन् ।

    ‘प्रवृत्ति र पात्र फेर्ने सुनौलो अवसर, सक्षम पारदर्शी र भ्रष्टाचारमुक्त नगर सरकार’ भन्ने मूल नारा लिएर अर्याल चुनावी प्रचारप्रसारमा होमिएका छन् ।

    ढोरपाटन नगरपालिका–२ मा २०३० सालमा जन्मेका अर्यालले व्यवस्थापनमा स्नातक गरेका छन् । उनले २०५६ सालसम्म माध्यमिक विद्यालयमा अध्यापन गराएका थिए । २०५७ सालमा व्यवसाय र पेशा छोडेर अर्याल नेकपा (माओवादी केन्द्र) को राजनीतिमा सक्रिय भएका थिए । सशस्त्र जनयुद्धमा होमिएका उनी युद्धपछि बुटवलमा बसाइ सरे । उनले पार्टीको सम्पर्कमै रहेर बुटवललाई कार्य क्षेत्र बनाए । शान्ति सम्झौतापछि उनी ढोरपाटनमै फर्किएका थिए ।

    लामो समयदेखि पार्टीको मूल प्रवाहमा रहेकाले पार्टीले यसपटक आफूलाई मेयर उम्मेदवार बनाएको अर्यालको दाबी छ । पार्टीको विश्वासलाई सही सावित गर्दै उनले नगरवासीको जीवनस्तर उकास्न काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘२०५७ देखि पार्टीको मूल प्रवाहमा रहेर काम गरिरहेको छु,’ उनले भने, ‘पार्टीले गरेको विश्वासलाई यथार्थमा बदल्न विशेष योजनाका साथ मेयर लडेको छु ।’

    माओवादी केन्द्र ढोरपाटन नगर कमिटीले मेयरको लागि अर्यालको नाम प्रदेश कमिटीमा सिफारिस गरेको थियो । नगरमा सर्वसम्मत भएपछि प्रदेश कमिटी सदस्यसमेत रहेका उनको एकल नाम सिफारिस गरिएको थियो । दुई दर्जनभन्दा बढी सामाजिक संस्थामा विगत १५ वर्षदेखि काम गर्दै आएकाले ढोरपाटनवासीले आफूलाई नै चयन गर्ने अर्यालले विश्वास व्यक्त गरे ।

    उनले अन्य प्रतिस्पर्धीको तुलनामा आफ्नो भिजन उत्कृष्ट भएको बताउँदै भावी योजना र खाकाले ढोरपाटन नगरको मुहार फेरिने दाबी गरेका छन् ।

    प्राकृतिक सुन्दरताले भरिपूर्ण ढोरपाटन नगरपालिकामा पर्यटनको प्रचुर सम्भावना छ । देशकै एकमात्र सिकार आरक्ष भएकाले पनि यहाँ स्थानीय र बाह्य पर्यटकहरू सिकार गर्न आउने गर्छन् । पर्यटनबाट नगरले ठूलो प्रगति गर्न सक्ने सम्भावना भएकाले ढोरपाटनलाई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन आफूले काम गर्ने अर्याल बताउँछन् ।

    मेयर उम्मेदवार अर्यालले नगरभित्र रहेका उच्च पहाडी र हिमाली क्षेत्रका स्थानीयका लागि दातृ निकायसँगको समन्वयमा सोलार हिटर प्लान्ट स्थापना गर्ने आफ्नो योजना रहेको सुनाए । ‘धार्मिक पर्यटन, सिकार आरक्ष र ढोरपाटन उपत्यकाको विकासका लागि म गुरुयोजनाको साथ आएको छु’, उनले भने, ‘उक्त गुरुयोजनाअनुसार नगरभित्र जडिबुटी, आलु र दुग्ध प्रशोधन उद्योग सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेकाे छु ।

    त्यस्तै ढोरपाटन वनभित्रको काठ व्यवस्थापन गर्न चारवटा काष्ठ उद्योग स्थापना गर्न सकिन्छ । त्यसमार्फत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दुई हजार जनाले रोजगारी पाउनेछन् ।’

    आफू मेयर निर्वाचित भए नगरका ९ वटै वडाका १० देखि १२ जना गरी १०० जनालाई रोजगारी उपलब्ध गराउने उनको योजना छ । अघिल्लो सरकारले गर्न नसकेको नगरपालिकाको प्रशासकीय भवन पनि आफूले निर्माण गर्ने उनले बताए ।

    १० जनालाई इञ्जिनियरिङ्ग र ५ जनालाई एमीबीबीएस अध्यापन

    मेयर उम्मेदवार अर्यालले आफ्नो घोषणापत्रमा स्नातक तहसम्मको अध्ययन निःशुल्क गर्ने घोषणासमेत गरेका छन् । नगरभित्रै रहेको निसीभुजी बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्नेलाई निःशुल्क पठनपाठन गराउने योजना आफूले बनाएको उनले बताए ।

    ‘विद्यालय तहमा निःशुल्क अध्ययन भनिए पनि त्यो पूर्ण रुपमा पालना नभएकाले हामी त्यसलाई पूर्ण कार्यान्वयन गर्छाैं’, उनले भने, ‘परीक्षा शुल्क, अतिरिक्त शुल्कको नाममा लिइने शुल्क पूर्णतः हटाउँछाैं । प्राविधिक शिक्षालाई जोड दिन्छाैं । विद्यालयमा आवश्यक दरबन्दी थप गर्नुका साथै सामुदायिक विद्यालयको भौतिक र शैक्षिक सुधारलाई प्राथमिकता दिन्छाैं ।’

    उनले हरेक वर्ष गरिब, विपन्न, जेहेनदार, दलित र असहाय १० विद्यार्थीलाई इञ्जिनियर र ५ विद्यार्थीलाई एमबीबीएस पढाइनेसमेत घोषणा गरेका छन् ।

    नगरमै सुविधा सम्पन्न अस्पताल

    अर्यालले हरेक वडामा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य इकाई स्थापना गर्ने योजनासमेत सार्वजनिक गरेका छन् । भएका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्ने, नगरपालिकाका स्थानीयलाई थप उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्य गर्न नगरमै उच्चस्तरको अस्पताल स्थापना गर्ने आफ्नो योजना रहेको उनले जानकारी दिए ।

    किसानलाई दूधमा प्रतिलिटर २० र मासुमा प्रतिकेजी १० रुपैयाँ अनुदान

    मेयर उम्मेदवार अर्यालले कृषि क्षेत्रमा आफूले नयाँ क्रान्ति गर्ने गरी योजना बनाएको दाबी गरेका छन् । किसानलाई यान्त्रीकरण गर्दै व्यावसायिक कृषिका लागि आधुनिक र उच्चस्तरको प्रविधि भित्र्याएर उत्पादन र लागत बढाउने उनको प्रतिबद्धता छ ।

    नगरभित्रका कुनै किसानले दूध उत्पादन गरेर बेचेमा उनलाई प्रतिलिटर २० रुपैयाँ अनुदान दिने उनले जानकारी दिए । त्यस्तै नगरभित्रै उत्पादन गरे मासु बेच्नेलाई नगरपालिकाको तर्फबाट प्रतिकेजी १० रुपैयाँ अनुदान दिने उनको भनाइ छ । ‘कृषिलाई जीविकोपार्जनबाट व्यावसायिकतर्फ रुपान्तरण गर्न नसकेसम्म नगरवासीको जीवनस्तर माथि उठाउन सकिँदैन’, अर्यालले भने ।

    २०७४ को निर्वाचन र वर्तमान अवस्था

    २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका देवकुमार नेपाली नगर प्रमुखमा विजयी भएका थिए । नेपालीले कुल मतदाताको २२.४५ प्रतिशत मत प्राप्त गरेका थिए । कूल ११ हजार ९९० मतदाता रहेकोमा नेपालीले २ हजार ६९२ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुन शेरचनले १ हजार ९४६ मत पाएका थिए ।

    त्यसैगरी राष्ट्रिय जनमोर्चाले १ हजार ९०० मत ल्याउँदा नेकपा (माओवादी केन्द्र) ले १ हजार ४०० मत ल्याएको थियो । गत स्थानीय तह निर्वाचनको तुलनामा यस वर्ष ५ हजार ६४० नयाँ मतदाता थपिएका छन् ।

    नगरको प्रमुखमा सत्ता गठबन्धनबाट अर्याल र एमालेबाट निवर्तमान मेयर नेपाली चुनावी मैदानमा छन् । अर्याललाई सत्ता गठबन्धनको साथ रहँदा नेपालीलाई राष्ट्रिय जनमोर्चाको विद्रोही समूहले समर्थन गरेको छ ।

  • चिङगाडमा गठबन्धनबाट बाहिरियो माओवादी, कांग्रेसले धोका दिएको आरोप

    चिङगाडमा गठबन्धनबाट बाहिरियो माओवादी, कांग्रेसले धोका दिएको आरोप

    सुर्खेत । नेकपा माओवादी केन्द्र चिङ्गाड गाउँ कमिटीले नेपाली कांग्रेसले धोका दिएको गठबन्धन तोडेको छ । सचिव महेश जिसि र अध्यक्ष समरबहादुर कामीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशमा भएको सहमतिविपरीत कांग्रेस लागेको टिप्पणी गरेको छ ।

    “चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने र माओवादीको तर्फबाट विजयी भएका वडासहित ३ वटा वडा ने.क.पा. (माओवादी केन्द्र) को नेत्तृत्वमा गठबन्धन गरी निर्वाचन लड्ने अन्य ३ वटा वडा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन गरी निर्वाचन लड्ने प्रदेश स्तरमा गरिएको सहमति लाई ने.क.पा. (माओवादी केन्द्र) को तर्फबाट इमान्दारीका साथ पालना भयो । उक्त सहमति कांग्रेसको तर्फबाट गठबन्धनको मर्मविपरीत एकलौटी उल्लंघन गरिएको कुरा अवगत गराउछौं’, विज्ञप्तिमा भनिएको छ ।

    माओवादीले विज्ञप्तिमा कांग्रेसलाई मतदान नगर्न सार्वजनिक आव्हानसमेत गरेको छ ।

    यहाँ नेकपा माओवादीले उपाध्यक्ष पदमा जितबहादुर रानाको उम्मेदवारी दर्ता गरेपनि पालिकाका ६ वडामध्ये ३, ५ र ६ नम्बर वडा माओवादीले उम्मेदवारी दिने र कांग्रेसले फिर्ता लिने सहमति भएको थियो ।

     

  • बैतडी डिलाशैनीका माओवादी उम्मेदवार कुटिए, थप उपचारका लागि धनगढी पठाइयो

    बैतडी डिलाशैनीका माओवादी उम्मेदवार कुटिए, थप उपचारका लागि धनगढी पठाइयो

    कैलाली । बैतडीमा वडा सदस्यका उम्मेदवार कुटिएका छन् ।

    गठबन्धनका तर्फबाट डिलाशैनी गाउँपालिका- ५ का माओवादी केन्द्रका वडा सदस्य उम्मेदवार करिब ६० वर्षका हरिराम साउँदमाथि गएराति साढे १० बजे घर जाँदै गर्दा बाटोमा कुटपिट भएको बैतडी प्रहरीले जनाएको छ ।

    साउँदको टाउको, हात, मुखमा गहिरो चोट लागेको छ ।

    खुकुरी प्रहारबाट घाइते भएका साउँदलाई गोकुलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले नेपाल प्रेसलाई बताए ।

    घटनामा संलग्न भएको आरोपमा स्थानीय अजित साउँदलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • पालिका अध्यक्षदेखि सदस्यसम्म ३५३ जना निर्विरोध: एमाले पहिलो, दोस्रोमा कांग्रेस (सूचीसहित)

    पालिका अध्यक्षदेखि सदस्यसम्म ३५३ जना निर्विरोध: एमाले पहिलो, दोस्रोमा कांग्रेस (सूचीसहित)

    काठमाडौं । गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म देशभर ३५३ जनप्रतिनिधि निर्विरोध निर्वाचित हुँदा दलगत आधारमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् ।

    निर्वाचन आयोगले दिएको विवरणअनुसार गाउँपालिका अध्यक्षमा एमालेबाट एकजना निर्विरोध हुँदा नेकपा एसका दुई जना निर्विरोध भएका छन् । यी तीनवटै गाउँपालिका अध्यक्ष डोल्पाका हुन् ।

    त्यस्तै उपाध्यक्षमा एमालेबाट दुईजना निर्विरोध निर्वाचित भएका छन् । उनीहरु डोल्पा र मनाङका हुन् । नेपाली कांग्रेसबाट एकजना र नेकपा एसबाट एकजना उपाध्यक्ष निर्विरोध भएका छन् ।

    वडाध्यक्षतर्फ एमाले र कांग्रेसका १४-१४ जना उम्मेदवार निर्विरोध हुँदा नेकपा एसका ६ जना र माओवादी केन्द्रका ३ जना उम्मेदवार निर्विरोध भएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार ६ जना निर्विरोध भएका छन् ।

    सदस्यतर्फ एमालेका २६ जना, कांग्रेसका ३१ जना, माओवादीका ५ जना, नेकपा एसका १२ जना र स्वतन्त्र १६ जना निर्वाचित भएका छन् ।

    त्यस्तै महिला सदस्यमा एमालेबाट २३ जना, कांग्रेसका १५ जना, माओवादी र नेकपा एसका ७-७ जना निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार ८ जना निर्विरोध भएका छन् ।

    दलित महिला वडा सदस्यमा एमालेका ५७ जना निर्विरोध भएका छन् । कांग्रेसका ४० र माओवादी केन्द्रका ३९ जना निर्विरोध भएका छन् ।

    त्यस्तै नेकपा एसका ६ जना, नेपाल मजदुर किसान पार्टीका २ जना, लोसपा र जसपाका १-१ जना तथा स्वतन्त्र ४ जना निर्विरोध भएका छन् ।

    एमालेका कूल १२३ जना उम्मेदवार निर्विरोध भएको आयोगले जनाएको छ । त्यस्तै कांग्रेसका १०१ जना, माओवादीका ५४ जना, नेकपा एसका ३४ जना निर्विरोध भएका छन् ।

    जसपा र लोसपाका एक-एकजना निर्विरोध हुँदा नेपाल मजदुर किसान पार्टीका २ जना जनप्रतिनिधि निर्विरोध भएका छन् । स्वतन्त्र उम्मेदवार ३४ जना निर्विरोध भएका छन् । उनीहरुलाई निर्वाचित भएको प्रमाणपत्र भने सोही पालिकाको मतगणना सकिएपछिमात्र दिइने आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

    प्रमुख दल कसका कति निर्विरोध
    नेकपा एमाले
    गाउँपालिका अध्यक्ष –१
    गाउँपालिका उपाध्यक्ष –२
    वडाध्यक्ष –१४
    खुल्ला सदस्य –२६
    महिला सदस्य –२३
    दलित महिला सदस्य –५७
    जम्मा –१२३

    नेपाली कांग्रेस
    गाउँपालिका उपाध्यक्ष –१
    वडाध्यक्ष –१४
    खुला सदस्य –३१
    महिला सदस्य –१५
    दलित महिला सदस्य –४०
    जम्मा –१०१

    नेकपा माओवादी केन्द्र
    वडाध्यक्ष –३
    खुल्ला सदस्य –५
    महिला सदस्य –७
    दलित महिला सदस्य –३९
    जम्मा –५४

    नेकपा एकीकृत समाजवादी
    गाउँपालिका अध्यक्ष –२
    गाउँपालिका उपाध्यक्ष –१
    वडाध्यक्ष –६
    खुल्ला सदस्य –१२
    महिला सदस्य –७
    दलित महिला सदस्य –६
    जम्मा – ३४

  • उदयपुरमा ११ विद्रोही उम्मेदवार र सहयोगीलाई माओवादी केन्द्रले गर्‍याे कारबाही

    उदयपुरमा ११ विद्रोही उम्मेदवार र सहयोगीलाई माओवादी केन्द्रले गर्‍याे कारबाही

    उदयपुर । माओवादी केन्द्रले उदयपुरमा ११ विद्रोही उम्मेदवारलाई कारबाही गरेको छ । आसन्‍न स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै माओवादी प्रदेश कमिटीले त्यस्ता उम्मेदवारसँगै सहयोग गर्ने नेतालाई कारबाही गरेको हो ।

    प्रदेश अध्यक्ष हर्क नेम्बाङ्गले उदयपुरका ११ सहित धनकुटा, ताप्लेजुङ र सुनसरीका नेतालाई कारबाही गरेका छन् ।

    प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाललाई कारबाहीका लागि केन्द्रीय समितिमा सिफारिस गरिएको छ भने बाँकी ८ जना साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल, सन्तोष सुवेदीलाई पार्टीबाट निलम्बन गरिएको छ ।

  • काठमाडौं महानगर: माओवादीका दुई वडाध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश

    काठमाडौं महानगर: माओवादीका दुई वडाध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार बनेका रत्नकाजी महर्जन एमालेमा प्रवेश गरेका छन् । उनले एमाले प्रवेशसँगै आफ्नो समर्थन एमाले उम्मेदवारलाई दिएका छन् । यसअघि १३ नम्बर वडाका वडाध्यक्ष उम्मेदवार रामशरण डंगोलले पनि एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

    माओवादी जिल्ला कमिटी सदस्यसमेत रहेका महर्जनलगायत कार्यकर्तालाई सोमबार बिहान एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र काठमाडौं जिल्लाका र्इञ्चार्ज एवं स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

    पार्टी प्रवेशपछि सम्वोधन गर्दै महर्जनले वाम आन्दोलनको नेतृत्व माओवादीले गर्न नसक्ने ठहर गर्दै एमाले प्रवेश गरेको बताए । आफू २०३६ सालदेखि वाम आन्दोलनमा लागेको भन्दै उनले माओवादीमा आबद्ध भएको २५ वर्षपछि कांग्रेससँग गठबन्धन गरेकोमा चित्त नबुझेर उम्मेदवारी नै छाडेर एमालेमा प्रवेश गरेको बताए ।

    महर्जनले केशव स्थापित पुरानो साथी भएको भन्दै अब थप उत्साहका साथ स्थापितको टीमलाई जिताउन हिँड्ने बताए । एमाले प्रवेश गर्नेहरुमा महर्जनसहित १६ जना वडा कमिटी सदस्य रहेको एमालेका काठमाडौं जिल्ला कमिटीका सचिव राजेश शाक्यले जानकारी दिए ।

    केही दिनअघि मात्रै नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौं महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बनेका रामशरण डंगोल पनि एमालेमा प्रवेश गरेका थिए ।

  • वर्षमानको दाबी- गठबन्धन ओली हराउन हो, त्यसपछि कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुन्छ

    वर्षमानको दाबी- गठबन्धन ओली हराउन हो, त्यसपछि कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिलेको सत्ता गठबन्धन केपी ओली प्रवृत्तिविरुद्ध रहेको भन्दै ओलीलाई चुनावमा हराइसकेपछि कांग्रेस र माओवादीबीचमा प्रतिस्पर्धा हुने दाबी गरेका छन् ।

    मे दिवसका अवसरमा माओवादी निकट मजदुर संगठनको कार्यक्रममा नेता पुनले ओलीलाई परास्त गरेपछि यो गठबन्धन सधैँ नरहने बताए । उनले एमालेभित्र पनि ओली प्रवृत्तिबाहेक अरु भोलिका दिनमा माओवादीसँगै मिल्ने दाबी गरे ।

    पुनले भने, ‘केपी ओली वामपन्थी होइनन्, अहिले लोकतन्त्रको रक्षका लागि भएको गठबन्धन सधै रहने भन्ने होइन । उपलब्धिको रक्षाप्रति हामी प्रतिस्पर्धा गर्छौं । तर, ओली प्रवृतिलाई परास्त गरेपछि मात्र ।’

    नेता पुनले एमाले एक्लै क्वीन्टल हो भन्ने ओली वेट नपुगेर कांग्रेसले कारबाही गरेका गोविन्दराज जोशीदेखि कमल थापासमेतलाई ढक थप्दै हिँडेको आरोप लगाए । पुनले रोल्पामा एमालेले माओवादी हराउन ६ वटा पालिकामा विप्लव समूहसँग गठबन्धन गरेको बताए ।

  • रेनुले मेयरबाट राजीनामा दिनुअघि महानगरको लाखौं रकम व्यक्तिलाई बाँडिन् (माइन्यूटसहित)

    रेनुले मेयरबाट राजीनामा दिनुअघि महानगरको लाखौं रकम व्यक्तिलाई बाँडिन् (माइन्यूटसहित)

    भरतपुर । भरतपुर महानगरपालिकाको मेयर पदबाट रेनु दाहालले राजीनामा दिएर फेरि उम्मेदवार बन्नुअघि महानगरबाट विभिन्न व्यक्तिलाई लाखौं रुपैयाँ वितरण गरिएको पाइएको छ ।

    चैत १८ गते नगर कार्यपालिकाको ६४ औँ अर्थात् अन्तिम बैठकबाट निर्माण सम्पन्न नभएको आयोजना, आफूनिकटका नेता कार्यकर्ता लगायतलाई लाखौं रकम बाँड्ने निर्णय भएको हो ।

    महानगरको नगर कार्यपालिकाको अन्तिम बैठकमा माइन्यूट नै गरेर उपचार खर्चको नाममा विभिन्न व्यक्तिलाई ६ लाख ५५ हजार रुपैयाँ बाँड्ने निर्णय गरिएको छ । उक्त रकम कम्तिमा १० हजारदेखि एक लाख रुपैयाँसम्म रहेको छ ।

    २१ जनालाई वितरण गरिएको रकम विवरणमा ५० हजारमाथि उपचार खर्च दिइएका व्यक्तिहरुको रोगको विवरण तथा रकम दिनुपर्ने अवस्था प्रष्ट नखुलाइ रकम मात्रै दिने उल्लेख गरिएको छ । २१ जनाको विवरणमध्ये भरतपुर १० का खेम दर्जीको रकम पाउनुपर्ने अवस्था नै उल्लेख नगरी एक लाख रुपैयाँ दिने निर्णय गरिएको छ।

    त्यस्तै ठेगाना समेत नखुलाइएका बुधन महतोको नाममा ५० हजार रुपैयाँ दिने उल्लेख गरिएको छ । ३० हजार रुपैयाँ रकम पाएका केदारमान आङ्दम्बेको रोग उल्लेख गरिएको छैन ।

    त्यसैगरी भरतपुर महानगरको वडा नम्बर ८, कार्यालयको २ लाख रुपैयाँबाट ८ जना व्यक्तिलाई ३० र २० हजार रुपैयाँका दरले बाँडिएको छ । जसमा चलिरहेको पसल सञ्चालन खर्च विवरण उल्लेख गरेर ३ जनालाई ३० र २० हजार रुपैयाँका दरले रकम वितरण गरिएको छ ।

    बैठकको निर्णय नम्बर १८ मा उल्लेख गरिएको रकम वितरण विवरणमा वडास्तरीय वार्षिक बजेटबाट विनियोजन भएको विपन्न परिवारलाई सहयोग शीर्षकमा वडाबाट नै सिफारिस भएअनुसार बाँड्ने उल्लेख गरिएको छ ।

     

  • जगन्नाथले उम्मेदवारी फिर्ता नलिने, निराश भएर फर्कँदै गृहमन्त्री खाण

    जगन्नाथले उम्मेदवारी फिर्ता नलिने, निराश भएर फर्कँदै गृहमन्त्री खाण

    चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने भएपछि गृहमन्त्री बालकृष्ण खाण काठमाडौं फर्कँदैछन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवार फकाउन कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाणलाई खटाए पनि बिनापरिणाम उनी काठमाडौं फर्कन लागेका हुन् । राज्यमन्त्री उमेश श्रेष्ठ पनि आजै काठमाडौं फर्किने बताइएको छ ।

    ‘जे कामका लागि जानुभएको हो त्यो हुन सकेन’, खाणनिकट एक नेताले भने । ती नेताका अनुसार ‘सम्मानजनक राजनीतिक संरक्षण’ को प्रस्ताव राखिए पनि पौडेलले अस्वीकार गरेका छन् । प्रधानमन्त्री देउवाको दूत बनेर चितवन गएका गृहमन्त्री खाण ३ दिन भरतपुर बसेका थिए ।

    पौडेलले उम्मेदवारी फिर्ता नलिने संकेत देखिएपछि कांग्रेसले पार्टी निर्णयविपरीत उम्मेदवारी दिनेहरू विधानअनुसार स्वतः पार्टीबाट निष्कासित हुने स्मरण गराएको छ ।

    भरतपुरमा प्रमुखको प्रत्याशी बनेका पौडेलले आफूलाई कांग्रेसका हजारौं कार्यकर्ताको साथ रहेको भन्दै उम्मेदवारी फिर्ता नलिने बताएका छन् । पौडेलको निवासमा आज बिहानैदेखि कांग्रेस कार्यकर्ताको बाक्लो उपस्थित छ । उनीहरूले उम्मेदवारी फिर्ता नलिन पौडेललाई आग्रह गरेका छन् ।

  • गोसाइँकुण्डमा माओवादीका अध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश

    गोसाइँकुण्डमा माओवादीका अध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश

    रसुवा । नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन्।

    वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादीबाट उम्मेदवारी दर्ता गराएका थिए । उनीसँगै गोसाइँकुण्ड गाउँपालिका– ५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गरेका छन्।

    बिहीबार एक कार्यक्रमबीच एमाले नेताहरूले दुवै जनालाई फूलमाला लगाएरर पार्टीमा स्वागत गरेका छन्। एमाले नै सशक्त पार्टी भएको भन्दै माओवादीबाट दिएको उम्मेदवारीसमेत फिर्ता लिने गरी पार्टीमा प्रवेश गरेको तामाङको भनाइ छ।

    एमाले शीर्ष नेताहरूसँगको सल्लाह र परामर्शमा माओवादी छोडेको उनले बताए ।

     

  • बराहक्षेत्रका अध्यक्षसँगै अधिकांश पदाधिकारीले छाडे माओवादी, गठबन्धनप्रति असन्तुष्टि

    बराहक्षेत्रका अध्यक्षसँगै अधिकांश पदाधिकारीले छाडे माओवादी, गठबन्धनप्रति असन्तुष्टि

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाका माओवादी अध्यक्ष कमलबहादुर कटवालले गठबन्धनप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् । उनले पत्रकार सम्मेलनमार्फत माओवादी त्यागेको घोषणा गरेका हुन् ।

    माओवादी त्यागेको घोषणा गर्दै उनले भने– माओवादी दलाल, पुँजिपति र नोकरशाही प्रवृत्तिको घेराबन्दीमा परेको छ । जसकारण अब माओवादीमै रहनसक्ने अवस्था रहेन ।

    स्थानीय चुनावमा माओवादीको शक्तिशाली जनाधार रहेको क्षेत्रसमेत छोड्नु परेको भन्दै उनले असन्तुष्टि पोखेका छन् ।

    बराहक्षेत्रमा यसअघि पनि थुप्रै माओवादी नेता कार्यकर्ताले पार्टी छाडिसकेका छन् ।

    वडा नम्बर १ मा अध्यक्षको टिकट नपाएका रन्जित लोहनी, इन्चार्ज प्रकाश राई, सचिव निमेश किराँती, उपाध्यक्ष गंगामाया नेपाली, सहसचिव भीम लकान्द्री, कोषाध्यक्ष मन्दिरा कार्की, सदस्यहरु खगेन्द्र कार्की र रामबहादुर विस्टले पनि राजीनामा दिएका छन् । लोहनी र विस्टले स्वतन्त्र उमेदवारीसमेत दिएका छन् ।

  • बागी उम्मेदवारीले ललितपुर गठबन्धनमा तनाव, कांग्रेस-माओवादीबीच आरोप-प्रत्यारोप

    बागी उम्मेदवारीले ललितपुर गठबन्धनमा तनाव, कांग्रेस-माओवादीबीच आरोप-प्रत्यारोप

    ललितपुर । स्थानीय निर्वाचनको क्रममा ललितपुरमा विवादैविवाद छ । गठबन्धनबाट अलग बनाएपछि नेकपा समाजवादीले जिल्लाभर आफ्नै उम्मेदवार उठाइसकेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पनि विवाद छ ।

    माओवादी केन्द्रका नेता भगिरथ तिमल्सिनाले महाङ्काल गाउँपालिकामा बागी उम्मेदवारी दिएपछि गठबन्धनभित्र विवाद चर्केको हो । कांग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ सहमतिविपरीत माओवादीबाट उम्मेदवारी परेपछि समस्या परेको र उम्मेदवारी फिर्ता लिनुपर्ने बताउँछन् ।

    गठबन्धनको सहमति अनुसार महाङ्काल गाउँपालिका– १ र २ मा माओवादी केन्द्रलाई दिनुपर्ने दाबी गरिएको छ । तर, सहमति अनुसार नभएपछि आफूले उम्मेदवारी दिएको नेता लिमल्सिना बताउँछन् ।

    श्रेष्ठ भने यो विषयमा सहमति नभएको दाबी गर्छन् । ुवडामा कुनै सहमति भएको थिएन । प्रकृयामा थियो । अध्यक्ष नेपाली कांग्रेसर उपाध्यक्ष माओवादी केन्द्रलाई दिने सहमती भने भएको हो,ु उनले भने ।

    बुधबारको बैठकपछि आआफ्नो पार्टीको विवाद मिलाउने सहमति भएको श्रेष्ठले बताए ।

    महाङ्कालमा विवाद मिलाउने क्रममा जिल्ला नेतृत्वको निर्णयविरुद्ध कांग्रेसका पालिका पदाधिकारीले सामूहिक राजिनामा दिएका छन् । कांग्रेस वरिष्ठ उपाध्यक्ष संजय लामा,वडा सभापति रामहरी दुलाल, कोषाध्यक्ष राजराम परियार र सदस्य बलराम घिमिरेले राजीनामा दिएका हुन् ।

    बागमती गाउँपालिकामा वडाध्यक्ष समेत रहेका विष्णु तिमल्सिना र स्थानीय नेता डोलकेशर दाहालले कांग्रेस निर्णय विपरीत क्रमशस् अध्यक्षरउपाध्यक्षमा बागी उम्मेदवारी दिएका छन् । कांग्रेसले वीरबहादुर लोप्चनलाई टिकट दिएपछि तिमल्सिनाले बागी उम्मेदवारी दिएका हुन् ।

  • ३७ प्रतिशत महिला उम्मेदवार, माओवादीबाट सबैभन्दा कम

    ३७ प्रतिशत महिला उम्मेदवार, माओवादीबाट सबैभन्दा कम

    काठमाडौं । आगामी वैशाख ३० गते ३५ हजार दुई सय २१ पदका लागि हुन लागेको स्थानीय तहको निर्वाचनमा चार गुणाभन्दा बढीको उम्मेदवारी परेको छ । जसमा ६२ प्रतिशत पुरुष छन् भने ३७ प्रतिशत महिला उम्मेदवार छन् । एमाले र कांग्रेसले समग्रमा ४१–४१ प्रतिशत महिला उम्मेदवार उठाएका छन् भने माओवादीले ४० प्रतिशत महिलालाई उम्मेदवार बनाएको छ । प्रमुख पदमा महिला उम्मेदवार उठाउनेमा भने माओवादी अगाडि छ ।

    निर्वाचन आयोगको तथ्यांकअनुसार एक लाख ५२ हजार चार सय ५४ जनाको उम्मेदवारी ९४ हजार सात सय ६० जना पुरुषको उम्मेदवारी परेको छ भने ५७ हजार सात सय पाँच जना महिला उम्मेदवार छन् ।

    प्रमुख पदमा महिला उम्मेदवार झन् कम

    आयोगका अनुसार तीन हजार चार सय ९४ जनाको नगर प्रमुखमा उम्मेदवारी परेको छ । जसमा तीन हजार दुई सय २८ अर्थात ९२ दशमलव ३८ प्रतिशत पुरुष छन् भने दुई सय ६६ अर्थात सात दशमलव ६१ प्रतिशत महिला छन् ।

    त्यस्तै अध्यक्षमा तीन हजार तीन सय ८७ जनाको उम्मेदवारी पर्दा ९४ दशमलव १५ प्रतिशत अर्थात तीन हजार एक सय ८९ पुरुषको उम्मेदवारी परेको छ भने पाँच दशमलव ८४ प्रतिशत अर्थात एक सय ९८ जना मात्रै महिलाको परेको छ ।

    उप्रमुखमा ७१ प्रतिशत र उपाध्यक्षमा ७४ प्रतिशत महिला

    उपप्रमुख पदमा भने दुई हजार एक सय ५६ जनाको उम्मेदवारी परेकोमा ७१ दशमलव ८४ प्रतिशत अर्थात एक हजार पाँच सय ४९ जना महिलाको उम्मेदवारी परेको छ । २८ दशमलव १५ प्रतिशत अर्थात ६ सय ७ जना मात्रै पुरुषको परेको छ । तर उपाध्यक्षमा भने दुई हजार चार सय एक जनाको उम्मेदवारी पर्दा ७४ दशमलव ४६ प्रतिशत अर्थात एक हजार सात सय ८८ जना महिलाको उम्मेदवारी परेको छ । २५ दशमलव ५३ प्रतिशत अर्थात ६ सय १३ जना मात्रै पुरुषको उम्मेदवारी परेको छ ।

    वडा अध्यक्षमा पुरुष नै हाबी

    ३५ हजार दुई सय ६५ जनाको वडा अध्यक्षका लागि उम्मेदवारी पर्दा ९७ प्रतिशत अर्थात ३४ हजार दुई सय १५ जना पुरुषको उम्मेदवारी परेको छ भने करिब तीन प्रतिशत अर्थात एक हजार ५० जना मात्र महिलाको उम्मेदवारी परेको छ ।

    त्यस्तै दुईजना खुला सदस्यमा ५५ हजार चार सय ७१ जनाको उम्मेदवारी परेकोमा ९५ दशमलव ३७ प्रतिशत पुरुषको उम्मेदवारी पर्दा महिलाको भने चार दशमलव ६२ प्रतिशत अर्थात दुई हजार पाँच सय ६३ जनाको मात्रै उम्मेदवारी परेको छ ।

    माओवादीबाट ४० प्रतिशत महिला उम्मेदवार

    आयोगको विवरणअनुसार नेकपा (माओवादी केन्द्र)ले प्रमुखदेखि वडा सदस्यमा गरेर जम्मा २२ हजार एक सय ७३ जनाको उम्मेदवारी दर्ता गराएको छ । जसमा ५९ दशमलव ६७ प्रतिशत अर्थात १३ हजार दुई सय ३२ जना पुरुष छन् भने ४० प्रतिशत अर्थात आठ हजार नौ सय ४१ जना महिलालाई उम्मेदवार बनाएको छ ।

    (माओवादी केन्द्र)ले प्रमुख पदमा भने एक सय ७४ जनाको उम्मेदवारी दर्ता गराउँदा ८९ दशमलव ६५ प्रतिशत अर्थात एक सय ५६ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने १० प्रतिशतभन्दा बढी अर्थात १८ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    त्यस्तै अध्यक्षमा दुई सय ९० जनाको उम्मेदवारी दर्ता गराउँदा ९० प्रतिशत अर्थात दुई सय ६१ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने १० प्रतिशत अर्थात २९ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    उपप्रमुखमा दुई सय १४ जनाको उम्मेदवारी दर्ता गराउँदा ६० दशमलव ७४ प्रतिशत अर्थात एक सय ३० जना महिलाको उम्मेदवारी दर्ता गराएको छ । ३९ दशमलव २५ प्रतिशत अर्थात ८४ जना मात्रै पुरुषको उम्मेदवारी दर्ता गराएको छ ।

    त्यस्तै उपाध्यक्षमा पनि तीन सय १५ जनाको उम्मेदवारी दर्ता गराउँदा ६४ दशमलव ४४ प्रतिशत अर्थात दुई सय तीन जना महिलाको उम्मेदवारी दर्ता गराएको छ भने ३५ दशमलव ५५ प्रतिशत अर्थात एक सय १२ जना मात्रै पुरुषको दर्ता गराएको छ ।

    वडा अध्यक्षमा भने चार हजार चार सय २८ जनाको उम्मेदवारी दर्ता गराउँदा करिब ९८ प्रतिशत अर्थात चार हजार तीन सय ३७ पुरुषको उम्मेदवारी दर्ता गराएको छ । दुई प्रतिशत अर्थात ९१ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    दुई खुला सदस्यमा पनि आठ हजार ६ सय ८१ जनाको उम्मेदवारी दर्ता गराउँदा ९५ दशमलव ४० प्रतिशत अर्थात आठ हजार दुई सय ८२ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने चार दशमलव ६० प्रतिशत अर्थात तीन सय ९९ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    प्रमुख तीन दलबाहेक जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चासहित ७६ वटा राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकोमा पनि महिलाको उम्मेदवारी दर्ता न्यून छ ।

    एमालेबाट समग्रमा ४१ प्रतिशत महिला उम्मेदवार

    सार्वजनिक विवरण अनुसार नेकपा एमालेले प्रमुखदेखि वडा सदस्यमा गरेर जम्मा ३३ हजार तीन सय ६८ जनाको उम्मेदवारी दर्ता गराउँदा ५८ दशमलव १८ प्रतिशत अर्थात १९ हजार चार सय १६ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने ४१ दशमलव ८१ प्रतिशत अर्थात १३ हजार ९ सय ५२ जना महिलाबाट उम्मेदवारी दर्ता गराएको छ ।

    समग्रमा ४१ प्रतिशत महिलाको उम्मेदवारी दर्ता गराएको नेकपा एमालेले प्रमुख पदमा भने दुई सय ९० जनाको उम्मेदवारी दर्ता गराउँदा ९० प्रतिशत भन्दा बढी अर्थात दुई सय ६३ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ । ९ दशमलव ३१ प्रतिशत अर्थात २७ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    यस्तै अध्यक्षमा चार सय ४६ जनाको उम्मेदवारी दर्ता गराउदाँ ९३ दशमलव ७२ प्रतिशत अर्थात चार सय १८ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने ६ दशमलव २७ अर्थात २८ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    नेकपा एमालेले उपप्रमुखमा भने दुई सय ८५ जनाको उम्मेदवारी दर्ता गराउँदा ९० दशमलव ८७ प्रतिशत अर्थात दुई सय ५९ जना महिलाको उम्मेदवारी दर्ता गराएको छ । नौ दशमलव १२ प्रतिशत अर्थात २६ जना मात्रै पुरुषको उम्मेदवारी दर्ता गराएको छ ।

    त्यस्तै उपाध्यक्षमा पनि चार सय ४५ जनाको उम्मेदवारी दर्ता गराउँदा ९२ दशमलव १३ प्रतिशत अर्थात चार सय १० जना महिलाको उम्मेदवारी दर्ता गराएको छ भने सात दशमलव ८६ प्रतिशत अर्थात ३५ जना मात्रै पुरुषको दर्ता गराएको छ ।

    वडा अध्यक्षमा ६ हजार पाँच सय ६ जनाको उम्मेदवारी दर्ता गराउँदा एमालेले ९८ दशमलव १८ प्रतिशत अर्थात ६ हजार तीन सय ८८ पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने करिब दुई प्रतिशत अर्थात एक सय १८ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    दुई खुला सदस्यमा पनि पुरुष नै हाबी भएको छ । जसमा १२ हजार आठ सय २७ जनाको उम्मेदवारी दर्ता गराउँदा ९५ दशमलव ७८ प्रतिशत अर्थात १२ हजार दुई सय ८६ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने चार दशमलव २१ प्रतिशत अर्थात पाँच सय ४१ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    कांग्रेसमा पनि ४१ प्रतिशत नै महिला उम्मेदवार

    आयोगको विवरण अनुसार नेपाली कांग्रेसले प्रमुखदेखि वडा सदस्यमा जम्मा ३१ हजार तीन सय २३ जनाको उम्मेदवारी दर्ता गराउँदा ५९ प्रतिशत अर्थात १८ हजार चार सय ७६ जना पुरुषबाट उम्मेदवारी दर्ता गराएको छ भने ४१ प्रतिशत अर्थात १२ हजार ८ सय ४७ जना महिलाबाट उम्मेदवारी दर्ता गराएको छ ।

    समग्रमा ४१ प्रतिशत नै महिलाको उम्मेदवारी दर्ता गराएको नेपाली कांग्रेसले प्रमुख पदमा भने दुई सय ६५ जनाको उम्मेदवारी दर्ता गराउँदा ९५ दशमलव ४७ प्रतिशत अर्थात दुई सय ५३ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ । चार दशमलव ५२ प्रतिशत अर्थात १२ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    त्यस्तै अध्यक्षमा तीन सय ८२ जनाको उम्मेदवारी दर्ता गराउँदा ९५ प्रतिशत अर्थात तीन सय ६३ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने करिब पाँच प्रतिशत अर्थात १९ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    कांग्रेसले उपप्रमुखमा दुई सय ११ जनाको उम्मेदवारी दर्ता गराउँदा ८५ दशमलव ३० प्रतिशत अर्थात एक सय ८० जना महिलाको उम्मेदवारी दर्ता गराएको छ भने १४ दशमलव ६९ प्रतिशत अर्थात ३१ जना मात्रै पुरुषको उम्मेदवारी दर्ता गराएको छ ।

    त्यस्तै उपाध्यक्षमा पनि तीन सय ५९ जनाको उम्मेदवारी दर्ता गराउँदा ८१ दशमलव ३३ प्रतिशत अर्थात दुई सय ९२ जना महिलाको उम्मेदवारी दर्ता गराएको छ भने १८ दशमलव ६६ प्रतिशत अर्थात ६७ जना मात्रै पुरुषको दर्ता गराएको छ ।

    कांग्रेसले वडा अध्यक्षमा ६ हजार एक सय ३२ जनाको उम्मेदवारी दर्ता गराउँदा ९८ दशमलव ६९ प्रतिशत अर्थात ६ हजार ५२ पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने एक दशमलव ३० प्रतिशत अर्थात ८० जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    दुई खुला सदस्यमा पनि १२ हजार ९२ जनाको उम्मेदवारी दर्ता गराउँदा ९६ दशमलव ८४ प्रतिशत अर्थात ११ हजार सात सय १० जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने तीन दशमलव १५ प्रतिशत अर्थात तीन सय ८२ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

  • भोजपुरमा बागी उठेका तीनजनालाई माओवादीले गर्‍यो निष्कासन

    भोजपुरमा बागी उठेका तीनजनालाई माओवादीले गर्‍यो निष्कासन

    भोजपुर । नेकपा माओवादी केन्द्र भोजपुरले बागी उम्मेदवारलाई कारबाही गरेको छ ।

    गठबन्धन तथा पार्टी निर्णय र निर्देशनविपरीत अनुशासन उल्लंघन गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेको भन्दै माओवादीले तीनजनालाई कारबाही गरेको हो ।

    भोजपुर नगरपालिका-११ मा उम्मेदवारी दिएका मोहनसेन राई, षडानन्द नगरपालिका-९ का शेखर तामाङ र १३ का ओमकुमार श्रेष्ठलाई माओवादीले कारबाही गरेको हो ।

    गठबन्धनमा भएको सहमतिविपरीत मनोनयन दर्ता गराएकोले उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको नेकपा माओवादी केन्द्र भोजपुरका संयोजक नगेन्द्र भुजेल ‘शैलेन्द्र’ ले विज्ञप्ति निकालेर जनाएका छन् ।

  • आर्थिक संकट आउनुमा ओली सरकार र गभर्नर अधिकारी दाेषी : गुरुङ

    आर्थिक संकट आउनुमा ओली सरकार र गभर्नर अधिकारी दाेषी : गुरुङ

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले अहिलेको आर्थिक संकट आउनुमा अघिल्लो सरकार र नेपाल राष्ट्र बैंकको नेतृत्व दोषी रहेको बताएका छन् ।

    उनले एमाले अध्यक्ष ओली नेतृत्वकाे सरकारले लिएका आर्थिक नीति र नियमन गर्ने नेपाल राष्ट्र बैंककै कमजोरीका कारण अर्थतन्त्रमा समस्या देखापरेको बताएका हुन् ।

    मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता गुरुङले गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको कारबाहीको पक्षमा आफ्नो पार्टी रहेको बताए । उनले सरकारको निर्णयप्रति पार्टीको समर्थन रहेकोसमेत बताए । नेता गुरुङले अहिले देखापरेको अर्थतन्त्रको समस्या रातारात नभएर विगतका सरकारका नीतिका कारण भएको बताए ।

    ‘पार्टी सरकारको पक्षमा छ, सरकारले गरेको निर्णयमा पार्टीको समर्थन छ । कारबाही गर्ने समय र परिस्थितिबारे त सरकारले अवश्य पनि सोचेरै गरेको होला, त्यो सरकारले मूल्यांकन गरेको होला’, गुरुङले भने ।

    उनले वित्तीय एकाधिकार दलाल पूँजीवादका कारण अर्थतन्त्रमा समस्या देखापरेको बताए । कृषिलगायतका राष्ट्रिय उद्योग विस्तार हुनुको साटो वित्तीय एकाधिकार पूँजीमा भर पर्नुपर्ने अवस्था देशमा सिर्जना भएको गुरुङले बताए । परनिर्भर न्यूनीकरण गर्दै आत्मनिर्भर बनाउने राज्यको भूमिका हुनुपर्ने तर त्यो विगतमा नभएको उनकाे भनाइ छ ।

    माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतकसमेत रहेका गुरुङले रेमिट्यान्स बैंकिङ प्रणालीभन्दा बाहिरबाट आएकाले राष्ट्र बैंकमा डलर जम्मा नभएको बताए । “विगतकाे सरकारका गलत नीतिको परिणामस्वरुप अहिले अर्थतन्त्रमा संकट देखा परेको हो । यो रातारात पैदा भएको संकट होइन’, गुरुङले भने, ‘राष्ट्र बैंकको नेतृत्वले वित्तीय नीतिलाई ठीकसँग लागू गर्न नसकेको र वित्तीय अर्थतन्त्रलाई सुधार गर्ने दिशातिर लागेन । “गभर्नरको सोच र विचारमा समस्या पक्कै पनि पर्यो । यसले राष्ट्र बैंकको नेतृत्वबारे सरकारले सोच्नुपर्ने त देखिन्छ ।’

    गुरुङले अन्तरिम आदेश दिँदा पनि स्वार्थ जोडिएका न्यायाधीशले मुद्धा हेरिएकोसमेत बताए ।

    गुरुङले एमाले प्रतिगामी र पश्चिगामी शक्ति भएकाले वामपन्थीहरुबीच चुनावी तालमेल हुन नसकेको औंल्याए । जनताको लामाे संघर्षबाट प्राप्त उपलब्धिको रक्षा पश्चगामीभन्दा यथास्थितिवादबाटै हुने देखिएकाले कांग्रेससँग चुनावी तालमेल भएको उनकाे भनाइ छ ।

    पश्चिमा शक्ति केन्द्रहरुले नेपाललाई युक्रेनजस्तो बनाउन खोजेको भन्दै गुरुङले देशको स्वाधीनतालाई ध्यान दिएर पाँच दलबीच गठबन्धन भएको बताए । ‘राज्यका अंगहरुको भताभुङ्ग बनाउने र जबरजस्त संकटग्रस्त पारेर विदेशी सेना ल्याउने चाहना छ, एमालेको नेतृत्वले देशमा अस्थिरता निम्त्याउन चाहन्छ । स्थानीय तहमा यही सोच र प्रवृत्ति जिते फेरि पनि राष्ट्रिय सुरक्षामा संकट पैदा हुन्छ’, गुरुङले भने, ‘नेपालको रक्षाको लागि पनि पाँच दलीय गठबन्धनलाई भोट दिनुपर्छ ।’

    गठबन्धनको निर्णयविपरीत उम्मेदवारी परेका ठाउँ उम्मेदवारी फिर्ता लिने बेलासम्म समस्या हल हुने बताउँदै उनले यदि त्यो पनि नभए गठबन्धनभित्रै मित्रवत प्रतिस्पर्धा हुने सुनाए ।

  • सहमतिविपरीत कर्णालीका सबै पालिकामा कांग्रेस र माओवादीका बागी उम्मेदवार

    सहमतिविपरीत कर्णालीका सबै पालिकामा कांग्रेस र माओवादीका बागी उम्मेदवार

    सुर्खेत । कर्णाली प्रदेशका ७९ ओटै पालिकामा सहमतिविपरीपत गठबन्धनका प्रमुख दलहरूले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेस र माओवादीले सबै स्थानीय तहमा उम्मेदवारी दिएपछि अहिले नेताहरू मिलाउनतर्फ लागेका छन् ।

    हिजोमात्रै १५ वटा छाडेर ६४ वटा स्थानीय तहमा कांग्रेस र माओवादीलाई २५-२५ र नेकपा एसलाई १४ वटामा भागबन्डा गरिएको थियो ।

    ‘हामीले दिएको निर्देशन अनुसार भन्दा पनि हरेक पालिकामा साथीहरूले उम्मेदवारी दर्ता गर्नु भएको छ । सहमतिको आधारमा चुनाव लड्न र उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका छौं । यसलाई मध्यनजर गरेर सहजतापूर्वक सबै साथीहरू अघि बढ्नुहुनेछ भन्नेमा ढुक्क छौं ।’

    यता, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले पनि सबै पालिकामा उम्मेदवारी दिइएको बताइन् ।

    ‘अहिलेसमको विवरण अनुसार सबै पालिकामा साथीहरूले उम्मेदवारी दर्ता गर्नु भएको छ । ती साथीहरूले आफ्नो भागवण्डामा नपरेका पालिकामा उम्मेदवारी छोडनुहुन्छ ’, उनले भनिन् । गठबन्धनलाई थप कसिलो बनाएर लैजाने भन्दै उनले दाबीसमेत गरिन् ।

    यता, प्रदेश निर्वाचन कार्यालयले भने कुन पालिकामा कसले उम्मेदवारी दर्ता गरे भन्ने पूर्ण विवरण आउँन बाँकी रहेको जनाएको छ ।

  • सिन्धुलीमा उम्मेदवारी दर्ता जुलुसमा बालबालिका प्रयोग

    सिन्धुलीमा उम्मेदवारी दर्ता जुलुसमा बालबालिका प्रयोग

    सिन्धुली । उम्मेदवारी दर्ता गर्न जाँदा ठूलो मास देखाउन सिन्धुलीको मरिण गाउँपालिकामा नेकपा माओवादी केन्द्रले बालबालिकाको प्रयोग गरेको छ ।

    माओवादी केन्द्रले मरिण गाउँपालिकामा अध्यक्ष पदमा विमर्श मुक्तान (प्रख्यात) को नेतृत्वमा उम्मेदवारी दर्ता गराउन जान आयोजना गरेको र्‍यालीमा बालबालिका प्रयोग गरिएको हो ।

    राजनीतिक गतिविधिमा बालबालिका प्रयोग गर्न नपाइने भए पनि दर्जनौं बालबालिकालाई पार्टीको झण्डा बोकाएर जुलुसमा सहभागी गराइएको छ ।

    उम्मेदवारी दर्ता गर्न जाँदा संख्या कम देखिए जनतामा नकारात्मक सन्देश जाने डरले माओवादीले बालबालिकाको प्रयोग गरेको एमालेका नेता तथा कार्यकर्ताहरुले दावी गरेका छन् ।

    मरिणमा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको छ । जसअन्तर्गत माओवादीले पालिका अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्ष पाएको छ । वडाहरुमा भने दुवै दलले मित्रवत प्रतिस्पर्धा गर्ने बताइएको छ ।

  • ललितपुर-१८ का वडाध्यक्ष खड्का एमाले छोडेर माओवादीमा, तुरुन्तै पाए टिकट

    ललितपुर-१८ का वडाध्यक्ष खड्का एमाले छोडेर माओवादीमा, तुरुन्तै पाए टिकट

    ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष पुरुषोत्तम खड्का एमाले त्यागेर माओवादीमा प्रवेश गरेका छन् । आज आफ्नै निवासमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टीमा भित्र्याएका हुन् ।

    वडाध्यक्षका रूपमा प्रभावकारी काम गरेका खड्का फेरि दोहोरिन इच्छुक थिए । तर, एमालेले उनलाई टिकट दिएन । सो वडामा दामोदर खड्कालाई उम्मेदवार बनाइएको छ । उनी पुरुषोत्तमका प्रतिस्पर्धी हुन् ।

    एमाले विभाजन हुनुअघि दामोदर माधव नेपाल समूहमा थिए । तर, पार्टी विभाजन हुँदा उनी एमालेमै रहे । त्यसैको पुरस्कारस्वरूप दामोदरलाई एमालेले सोही वडाबाट टिकट दिएको हो । अघिल्लो चुनावमा पनि उनी टिकटका आकांक्षी थिए । त्यसबेला भने पुरुषोत्तमले बाजी मारेका थिए ।

    एमालेबाट दोस्रोपटक वडाध्यक्ष लड्न नपाएपछि पुरुषोत्तमले माओवादी रोजेका छन् । सो वडाबाट कांग्रेसकाे पनि उम्मेदवारी परेकाे छ । यद्यपि, माथिकाे गठवन्धन अनुसार कांग्रेस उम्मेदवारले पछि आफूलाई समर्थन गर्ने खड्काको आशा छ ।

    पुरुषोत्तमले ललितपुर-१८ मा विकास- निर्माणलाई रफ्तार दिइरहेका थिए । त्यसैले मतदाताहरुको सहानुभूति पनि उनीतिर रहेको छ ।

  • डडेल्धुरामा माओवादीले टुंग्यायो उम्मेदवार, कुन पालिकामा को ?

    डडेल्धुरामा माओवादीले टुंग्यायो उम्मेदवार, कुन पालिकामा को ?

    डडेल्धुरा । सत्ता गठबन्धन दलबीच सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र डडेल्धुराले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ ।

    माओवादी केन्द्रले दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटै स्थानीय तह प्रमुख र उपप्रमुखको उम्मेदवार टुंग्याएको हो ।

    कुन पालिकामा को उम्मेदवार ?

    माओवादीले परशुराम नगरपालिकाको मेयरमा शेरसिंह माल ‘डायमण्ड’ र उपमेयरमा विमला महतालाई उम्मेदवार बनाएको छ ।

    माल परशुराम नगरपालिकाका नगर कमिटी अध्यक्ष हुन् । उनी २०७४ सालको स्थानीय तह चुनावमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग पराजित भएका थिए ।

    माओवादीले आलिताल गाउँपालिका अध्यक्ष पदका लागि शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी बोहरा रावललाई उम्मेदवार बनाएको छ ।

    भागेश्वर गाउँपालिका अध्यक्षमा विष्णुप्रसाद पाण्डेय र उपाध्यक्षमा गीता भट्टलाई उम्मेदवार बनाइएको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी उपाध्यक्ष मानसिंह मालले जानकारी दिए ।

    जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाको मेयरमा लक्ष्मण सिंह र उपमेयरमा शशि अवस्थीलाई उम्मेदवार बनाइएको छ ।

    अयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार माओवादीले दोहोर्‍याएको छ । माओवादी केन्द्रले अध्यक्षमा उमेशप्रसाद भट्ट ‘विकास’ र उपाध्यक्षमा कलावती भाडलाई पुनः उम्मेदवार बनाएको हाे ।

    यसैगरी माओवादीले नवदुर्गा गाउँपलिकाको अध्यक्षमा धर्मदेव विक र उपाध्यक्षमा बिष्ना बोहरा तथा गन्यापधुरा गाउँपालिका उपाध्यक्षमा चन्द्रबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । त्यहाँ अध्यक्षको उम्मेदवार भने माओवादीले टुग्याएको छैन ।

  • सिन्धुली, मकवानपुर र काभ्रेमा गठबन्धनले टुंग्यायो भागबन्डा (सूचीसहित)

    सिन्धुली, मकवानपुर र काभ्रेमा गठबन्धनले टुंग्यायो भागबन्डा (सूचीसहित)

    काठमाडौं । वागमती प्रदेशस्तरीय गठबन्धनले सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चोक गरी तीन जिल्लाको भागबन्डा पनि टुंग्याएको छ ।

    सहमतिअनुसार सिन्धुलीमा नेपाली कांग्रेसले पाँच र माओवादीले ४ स्थानीय तहको नेतृत्व बाँडेका छन् ।

    त्यस्तै मकवानपुरमा एकीकृत समाजवादीलाई २, माओवादीलाई ३ र नेपाली कांग्रेसलाई ५ वटा स्थानीय तहको नेतृत्व दिइएको छ ।

    काभ्रेमा १३ स्थानीय तहमध्ये नेकपा एसलाई २, माओवादीलाई ४ र कांग्रेस वटाको नेतृत्व भाग लगाइएको छ ।

    यस्तो छ तीन जिल्लाको गठबन्धनमा भएको भागबन्डा

     

  • रोल्पामा माओवादीका एकल उम्मेदवार तय (सूचीसहित)

    रोल्पामा माओवादीका एकल उम्मेदवार तय (सूचीसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले रोल्पाका सबै स्थानीय तहमा वडाध्यक्षदेखि पालिका प्रमुख र उपप्रमुखसमेत उम्मेदवार टुंगो लगाएको छ । गंगादेव गाउँपालिका उपाध्यक्षबाहेक अन्य पालिकामा उम्मेदवार टुंगो लगाइएको हो ।

    सत्ता गठबन्धन टुंगो नलागेपछि दुई गाउँपालिका उपाध्यक्षबाहेक अरु उम्मेदवार तय गरिएकाे हाे ।

    यी हुन् रोल्पामा माओवादीका उम्मेदवार:

    १. रोल्पा नगरपालिका
    प्रमुख : सुरेन्द्र थापा घर्ती
    उपप्रमुख : गीता आचार्य

    २. सुनिलस्मृति गाउँपालिका
    अध्यक्ष : मनिराम बुढाथोकी
    उपाध्यक्ष : कुमारी थापा

    ३. लुंग्री गाउँपालिका
    अध्यक्ष : भरत थापा
    उपाध्यक्ष :

    ४. लुंग्री गाउँपालिका
    अध्यक्ष : भरत थापा
    उपाध्यक्ष :

    ५. थबाङ गाउँपालिका
    अध्यक्ष : ऋषिकेशव बुढामगर
    उपाध्यक्ष : शर्मिला बुढा

    ६. परिवर्तन गाउँपालिका
    अध्यक्ष : शुकबहादुर बुढामगर
    उपाध्यक्ष : कलादेवी खत्रेनी

    ७. माडी गाउँपालिका
    अध्यक्ष : अमरसिंह घर्तीमगर
    उपाध्यक्ष : जयपुरी घर्ती

    ८. गंगादेव गाउँपालिका
    अध्यक्ष : वीरबहादुर खत्री
    उपाध्यक्ष :

    ९. त्रिवेणी गाउँपालिका
    अध्यक्ष : रेशम पुन
    उपाध्यक्ष : भागीसरा खत्री

    १०. रुन्टीगढी गाउँपालिका
    अध्यक्ष : गोविन्द पुनमर
    उपाध्यक्ष : कौसिला जिसी घर्ती क्षेत्रीनी

  • काठमाडाैंकाे गोकर्णेश्वरमा कांग्रेसविरुद्ध नेकपा एस र माओवादीको तालमेल

    काठमाडाैंकाे गोकर्णेश्वरमा कांग्रेसविरुद्ध नेकपा एस र माओवादीको तालमेल

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् ।  मेयरमा नेकपा एस र उपमेयरमा माओवादी केन्द्र लड्ने गरी तालमेल भएको हो ।

    महानगरपालिकाबाहेक काठमाडौं जिल्लाका अन्य स्थानीय तहहरूमा एक्लै निर्वाचन लड्ने घोषणा गरेको नेकपा एसले गोकर्णेश्वरमा माओवादीबाट नेतृत्व पाएपछि तालमेल गरेको छ । दुबै पार्टीले आज सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् ।

    सहमतिपत्रमा मेयर र उपमेयरका उम्मेदवारका नाम नै उल्लेख छन् । मेयरमा नेकपा एसका तर्फबाट गोपाल बराल र उपमेयरमा माओवादी केन्द्रका तर्फबाट पेमा छिरी शेर्पाको नाम उल्लेख भएकाे हाे ।

    यस्तै वडातर्फ ६ अध्यक्ष माओवादी केन्द्रले लिएको छ । जसमा १, २, ३, ५, ७ र ९ छन । नेकपा एसले ४, ६ र ८ गरी ३ वटा वडा लिएको छ ।
    यसअघि यो नगरपालिकामा नेपाली कांग्रेसले जितेको थियो । यही कारण यहाँ कांग्रेसले छाड्न मानेको थिएन ।

  • धादिङमा कांग्रेस-माओवादी-एसबीच भागबन्डा, कसलाई कहाँ ?

    धादिङमा कांग्रेस-माओवादी-एसबीच भागबन्डा, कसलाई कहाँ ?

    काठमाडौं । १३ स्थानीय तह रहेको धादिङमा सत्तारूढ तीन दलबीच भागबन्डा भएको छ ।

    वागमती प्रदेशस्तरीय गठबन्धनको संयन्त्रले सिट बाँडफाँट गरेको हो । जसअनुसार नेपाली कांग्रेसले ८ स्थानीय तहको नेतृत्व पाएको छ भने, नेकपा माओवादी केन्द्रले ३ स्थानीय तह र नेकपा एकीकृत समाजवादीले दुई स्थानीय तहको नेतृत्व लिएका छन् ।

    कांग्रेसले नीलकण्ठ नगरपालिका, खनियाँबास गाउँपालिका, गंगाजमुना गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका, सिद्धिलेक गाउँपालिका र थाक्रे गाउँपालिकाको नेतृत्व पाएको छ ।

    यस्तै माओवादी केन्द्रले रुवीभ्याली गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका र गजुरी गाउँपालिकाको नेतृत्व पाएको छ भने, धुनीवेँशी नगरपालिका र गल्छी गाउँपालिकाको नेतृत्व एकीकृत समाजवादीलाई दिइएको छ ।

    यस्तै नेपाली कांग्रेसले धुनीवेशीको उपमेयर तथा रुबीभ्याली, गजुरी र गल्छीको उपाध्यक्ष पनि लिएको छ । भने माओवादी केन्द्रले नीलकण्ठ नगरपालिकाको उपमेयर तथा खनियाँबास, नेत्रावती डबजोङ, त्रिपुरासुन्दरी र थाक्रे गाउँपालिकाको उपाध्यक्ष पाउँदा एकीकृत समाजवादीले गंगाजमुना, ज्वालामुखी, सिद्धिलेक र वेनीघाट रोराङको उपाध्यक्ष पाएको छ ।

    यस्तै जिल्ला समन्वय समितिको संयोजक माओवादी केन्द्रले पाएको छ भने सहसंयोजक एकीकृत समाजवादीलाई दिइएको छ ।

  • ओली र प्रचण्डको गृहनगरमा लिङदेनको ‘क्रस कनेक्सन’

    ओली र प्रचण्डको गृहनगरमा लिङदेनको ‘क्रस कनेक्सन’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहनगरमा राप्रपाले ‘क्रस तालमेल’ गर्ने भएको छ । दुवै नेताको गृहनगरमा राप्रपाको शक्ति बलियो मानिन्छ । यही शक्तिलाई उपयोग गरेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले दुवै नेतालाई कमजोर पार्ने रणनीति लिएका छन् ।

    यसअन्तर्गत एमाले अध्यक्ष ओलीको गृहनगर झापाको दमक नगरपालिकामा राप्रपाले पाँचदलीय सत्तागठबन्धनसँग तालमेल गरेको छ । यसअघि झापामा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर १५ वटा पालिकामध्ये १४ मा कांग्रेस र दमकमा माओवादी लड्नेगरी सहमति गरेका थिए ।

    तर, यति गर्दा पनि जित निश्चित नदेखिएपछि सत्ता गठबन्धन दमकमा राप्रपालाई नेतृत्व छोड्न सहमत भइसकेको छ । सहमतिअनुसार अब राप्रपाले नगरप्रमुख पदमा एमालेसँग प्रतिस्पर्धा गर्नेछ भने सत्ता गठबन्धनले उपप्रमुखमा उम्मेदवारी दिनेछ ।

    २०७४ को स्थानीय तह निर्वाचनमा दमक नगरपालिकामा एमाले जितेका थियो । एमालेका रोमनाथ ओलीले १० हजार ८ सय ६ मत ल्याएर विजयी हुँदा दोस्रोमा राप्रपाका रामकुमार थापाले ७ हजार ६ सय ५५ मत ल्याएका थिए । यस्तै माओवादी केन्द्रमा रेवतराज पुरी ६ हजार ८ सय ९८ मतसहित तेस्रो हुँदा कांग्रेसका ढुण्डीराज भण्डारी ५ हजार ५ सय ३९ मतसहित चौथो भएका थिए ।

    यही कारण दमकमा एमाले हराउन सत्ता गठबन्धन पनि दोस्रो शक्ति राप्रपालाई मेयरमा सहयोग गर्न तम्सिएको छ । झापा राप्रपा अध्यक्ष लिङ्देनको पनि गृहजिल्ला हो ।

    राप्रपाबाट अघिल्लोपटक उम्मेदवार भएका थापा नै प्रमुखमा उम्मेदवार भएका छन भने, एमालेले उपमेयर जितेकी गीताकुमारी पौडेललाई उम्मेदवार बनाएको छ ।

    यहाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृहनगर भरतपुर महानगरपालिकामा राप्रपाले एमालेलाई सहयोग गर्नेगरी छलफल अगाडि बढाइरहेको छ । यसबाहेक प्रचण्डकै निर्वाचन क्षेत्र पर्ने माडी नगरपालिकामा पनि एमालेसँग तालमेल गरेर जाने राप्रपाको प्रस्ताव छ । चितवन राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको जिल्ला हो । प्रचण्ड र उनी एउटै क्षेत्रबाट निर्वाचन लड्ने गर्दछन् ।

    यही कारण राप्रपाले दुवै नगरमा तत्काल प्रमुखमा एमाले उम्मेदवारलाई सघाउने र उपमेयर आफू पाउनुपर्ने र संसदीय निर्वाचनमा सो क्षेत्रमा आफूलाई सघाउनुपर्ने प्रस्ताव राखेको छ ।

    भरतपुरमा सत्तारूढ गठबन्धन दलबाट प्रचण्डपुत्री रेनु दाहाल नै उम्मेदवार बन्ने पक्कापक्की छ, भने एमालेले तर्फबाट विजय सुवेदी उम्मेदवार बनाएको छ ।

    यता राप्रपा अध्यक्ष लिङ्देनको गृहपालिका कचनकवल गाउँपालिकामा राप्रपा हराउन एमाले-कांग्रेस गठबन्धन भएको छ । यहाँ एमालेले अध्यक्षमा कांग्रेसलाई सघाउने भएको छ भने, उपाध्यक्षमा एमालेका उम्मेदवारलाई कांग्रेसले सघाउने भएको छ ।

    २०७४ निर्वाचनमा यहाँ राप्रपाले जितेको थियो । राप्रपाका उम्मेदवार अन्जरा आलमले ५ हजार ८ सय १६ मत ल्याएर विजयी हुँदा कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशी ५ हजार ३ सय ५३ मतसहित दोस्रो भएका थिए ।

    एमालेका शेरबहादुर खत्रीले ३ हजार ९ सय ७२ मत ल्याएर तेस्रो हुँदा माओवादी केन्द्रका हंसनारायण राजवंशीले एक हजार २ सय ७० मत पाएका थिए ।

  • कास्कीका बाँकी ४ गाउँपालिकामा भागबन्डा, सबैको अध्यक्ष कांग्रेसलाई

    कास्कीका बाँकी ४ गाउँपालिकामा भागबन्डा, सबैको अध्यक्ष कांग्रेसलाई

    पोखरा । सत्ता गठबन्धनअन्तर्गत कास्कीका चारवटै गाउँपालिका अध्यक्ष कांग्रेसले पाउने भएको छ ।

    आइतबार बसेको सत्ता गठबन्धन बैठकले अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रको भागबन्डा मिलाएको हो । पोखरा महानगरपालिका भने एकीकृत समाजवादीले प्रमुख पाइसकेको छ । उपप्रमुखमा कांग्रेसको उम्मेद्वार हुनेछन् ।

    जिल्ला समन्वय समिति प्रमुखमा माओवादीले पाउने निर्णय भएको गठबन्धनमा सहभागी एक सदस्यले बताए । अब दलहरूले आफ्नो तर्फबाट उम्मेदवारको टुंगो लगाउनेछन् ।

    जनता समाजवादी पार्टी भने कास्कीमा गठबन्धनबाट लगभग बाहिरिएको छ । प्रदेश उपाध्यक्ष हेमबहादुर थापाले मित्रवत् प्रतिस्पर्धा गरेर जान लागेको बताए । वडाहरूको समेत भागबन्डा लगभग टुंगिएको छ । तर सार्वजनिक भने गरिएको छैन ।

  • सप्तरी सुरुङ्गामा तालमेल : जसपालाई मेयर, उपमेयर माओवादीलाई

    सप्तरी सुरुङ्गामा तालमेल : जसपालाई मेयर, उपमेयर माओवादीलाई

    जनकपुरधाम । सप्तरीको सुरुङ्गा नगरपालिकामा जसपा र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति बनेको छ ।

    माओवादीका नगर अध्यक्ष यमबहादुर खपांगी मगर र जसपाका दिनेशकुमार यादवले चुनावी तालमेल गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

    सम्झौताअनुसार मेयर पाएका जसपाले साविर खान र उपमेयर पाएका माओवादीले शिवकुमार राम (देव) लाई उम्मेदवार बनाएका छन् ।

    उपमेयर उम्मेदवार राम जनयुद्धका घाइते हुन् । उनी तत्कालीन माओवादी जनमुक्ति सेनाका कम्पनी कमाण्डर थिए ।

    संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिहरुको चलखेल बढिरहेको बेला त्यसलाई परास्त गर्न पाँच दलीय गठबन्धनको मर्म र भावनाअनुसार तालमेल गरी चुनाव लड्ने सहमति भएको सम्झौता पत्रमा उल्लेख छ ।

  • दैलेखको नौमुलेमा कांग्रेसविरुद्ध माओवादी र एसको मात्रै गठबन्धन

    दैलेखको नौमुलेमा कांग्रेसविरुद्ध माओवादी र एसको मात्रै गठबन्धन

    सुर्खेत । दैलेखकाे नाैमुलेमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेसको हैकम नमान्ने भन्दै दुईदलीय गठबन्धन बनाएका छन् ।

    उनीहरुले दुई दलबीच तालमेल गरेर स्थानीय तह निर्वाचनमा हाेमिने निर्णयसमेत गरेका हुन् ।

    ‘स्थानीय निर्वाचन बैशाख ३० गते हुन गइरहेको सन्दर्भमा सत्ता गठबन्धनको केन्द्रीय संयन्त्र र प्रदेश संयन्त्रको नीति निर्देशनअनुसार स्थानीय तहमा उम्मेदवारको भागबन्डा गर्ने क्रममा दैलेख जिल्ला नौमुले गाउँपालिकामा वर्तमान जनमतको बेवास्ता गरी नेपाली कांग्रेस पार्टीको विगतको हैकमवाद कायम हुने गरी नीति निर्देशन भएकोमा सो सत्ता गठबन्धनभित्रको हामी दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी नौमुले गाउँपालिका पार्टी कमिटी पूर्ण रुपमा असहमत रहेको छ’, शनिबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस नौमुलेसँग स्वस्थ रुपमा मित्रवत ढङ्गले प्रतिस्पर्धा गर्ने गरी दुई दलीय गठबन्धनको तर्फबाट छुट्टै उम्मेदवार दर्ता गर्ने जानकारीसहित यो संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ ।’

    विज्ञप्तिमा माओवादीका तर्फबाट अध्यक्ष छवि सुवेदी र नेकपा एसबाट अध्यक्ष कृष्णबहादुर सलामीले हस्ताक्षर गरेका छन् ।

  • माओवादी केन्द्रीय सदस्य देवकोटा र पूर्व राजदूत शेर्पासहितको टोली एमालेमा प्रवेश

    माओवादी केन्द्रीय सदस्य देवकोटा र पूर्व राजदूत शेर्पासहितको टोली एमालेमा प्रवेश

    काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटा एमालेमा प्रवेश गरेका छन् ।

    कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा माओवादीको सहकारी विभागका प्रमुख समेत रहेका देवकोटा प्रवेश गरेका हुन् ।

    त्यस्तै माओवादीकी पूर्व केन्द्रीय सदस्य तथा अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पा, कास्कीको लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिग्राम पौडेल, माओवादीकी पूर्व केन्द्रीय सदस्य बेली तामाङ, सागर ढकालसहितको टोली एमालेमा प्रवेश गरेको छ ।

    सोही कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका जुम्ला जिल्ला पूर्व अध्यक्ष धनबहादुर थापासहितको टोली पनि एमालेमा प्रवेश गरेको छ ।