Category: माओवादी केन्द्र

  • गणतन्त्रको सुदृढीकरणमा एकताबद्ध हुन प्रचण्डको अपिल

    गणतन्त्रको सुदृढीकरणमा एकताबद्ध हुन प्रचण्डको अपिल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्न अपिल गरेका छन् ।

    गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन आग्रह गर्नुभयो । परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्पका रुपमा प्रस्तुत भएको उनको भनाइ छ ।

    नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनीतिक विचार र प्रवृतिहरुबीच सङ्घर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै उनले कठिन मोडमा वाम–लोकतान्त्रिक शक्ति एक हुँदै आएको बताए ।

    गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व गरेका अध्यक्ष दाहालले जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलनलगायत सङ्घर्षका क्रममा प्राणको आहुति दिने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले आन्दोलनका क्रममा बेपत्ता र घाइते भएका योद्धामा उच्च सम्मान व्यक्त गरेको छ।

    आजको दिन नेपाली जनताको सदियौँदेखिको सङ्घर्षको परिणामस्वरुप निरङ्कुश सामन्ती राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको दिन हो भन्दै अध्यक्ष दाहालले नेपाली समाजको अग्रगामी परिवर्तनको यस अभियानकै क्रममा संविधानसभाबाट संविधान निर्माण गरी मुलुक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताए ।

    संविधान कार्यान्वयनका क्रममा देखापरेका अलोकतान्त्रिक, असंवैधानिक र निरङ्कुश प्रवृतिलाई पनि सङ्र्घषकै बलमा पराजित गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा देशव्यापीरुपमा एकैसाथ उत्साहजनकरुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको बताए।

     

  • महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान हो: मन्त्री भुसाल

    महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान हो: मन्त्री भुसाल

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान भएको बताएकी छन्। अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्पोज नेपालले आज यहाँ आयोजना गरेको जनचेतनामूलक साइकल यात्रा समापन गर्दै उनले विगतमा जनचेतना नहुँदा महिलाले विभेद भोग्नुपरेको उल्लेख गरिन्।

    मन्त्री भुसालले महिलाको स्वास्थ्यमा सबै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन् । ‘महिलाको जैविक बनावटको सम्मान गरौँ, महिला स्वाथ्यका विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक छ’, उनले भने, ‘यो गर्वको कुरो हो तर पाप र अपराध होइन, महिलाको मातृत्व क्षमताको पहिचान हो ।’ मन्त्री भुसालले महिनावारीका समयमा महिलालाई सफा र स्वच्छ राख्नुपर्ने भएकाले त्यसका लागि सफा, स्वच्छ, पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।

    उनले समाज विकासका क्रममा महिलाका विषयमा पनि चेतनास्तर बढ्दै गएकाले अबका दिनमा चेतनास्तर प्रवद्ध्र्रन गर्दै जानुपर्ने आवश्यकता औँल्याइन् ।

    आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले नेपाली महिला महिनावारीका समयमा विभेदको सिकार हुने भएकाले महिनावारी हुँदा गरिने विभेद हटाउन सके हिंसा न्यूनीकरण हुने बताए ।

    बिहान वसन्तपुरबाट सुरु भएको साइकल र्‍याली जमल, दरबारमार्ग, पुतलीसडक, अनामनगर, बिजुलीबजार, माइतीघर मण्डला, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मङ्गलबजारस्थित दरबार स्क्वायर पुगेर समापन गरिएको थियो । ¥यालीमा ३०० भन्दाबढी व्यावसायिक साइकलयात्रीको सहभागिता थियो ।

    पुनःप्रयोग गर्न मिल्ने प्याड र वातावरणमैत्री साइकलको सम्बन्ध मानव स्वास्थ्य र स्वच्छ वातावरणका हिसावले महत्वपूर्ण रहेको सन्देश दिन उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

    एक्सपोज नेपालले सन् २००७ देखि नेपालमा महिलामाथि हुने सबैखाले हिंसाविरुद्ध र महिनावारी स्वच्छताका क्षेत्रमा काम गरिरहेको छ । उक्त संस्थाले चार हजार ९०० महिलालाई पुनःप्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम दिइसकेको छ ।

  • ओलीलाई लक्षित गर्दै प्रचण्डले भने– संविधान मिच्‍ने र उल्ट्याउन चाहने तत्वलाई जनताले सन्देश दिए (भिडिओ)

    ओलीलाई लक्षित गर्दै प्रचण्डले भने– संविधान मिच्‍ने र उल्ट्याउन चाहने तत्वलाई जनताले सन्देश दिए (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै संविधान मिच्न र उल्ट्याउन चाहने तत्वलाई स्थानीय निर्वाचनमार्फत जनताले राम्रो सन्देश दिएको बताएका छन् ।

    संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि शनिबार विचार राख्दै प्रचण्डले संविधान मिच्‍न चाहने शक्तिलाई जनतालाई मन नपराएको पनि बताए ।

    ‘संविधानलाई मिच्‍न चाहने, संविधान उल्ट्याउन चाहने प्रवृत्तिलाई निर्वाचनको प्रक्रियाबाट जनताले राम्रो सन्देश दिनु भएको छ’, प्रचण्डले भने, ‘यो निर्वाचन सङ्‍घीय लोकतान्त्रिक गणतन्त्र र गणतन्त्रलाई कार्यान्वयन गर्ने क्रममा कोशेढुङ्‍गा हुनेछ । र, संविधान उल्ट्याउन चाहने तत्वलाई जनताले मन पराएनन् ।’

    प्रचण्डले निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले पनि उत्साहपूर्वक सहभागिता जनाएको भन्दै खुसी प्रकट गरे । उनले राजनीतिक दल, मतदातादेखि निर्वाचन गराउने भूमिकामा रहेका सबै निकायलाई धन्यवाद ज्ञापन गरेका छन् ।

    अब, गठबन्धन सरकार प्रदेश र सङ्‍घीय निर्वाचनतर्फ उन्मुख हुने उनको भनाइ छ ।

     

  • मधेसमा खुम्चियो माओवादी, २०७४ मा जितेका ११ स्थानीय तह खोसिए

    मधेसमा खुम्चियो माओवादी, २०७४ मा जितेका ११ स्थानीय तह खोसिए

    काठमाडौं । स्थानीय निर्वाचन २०७९ मा नेकपा (माओवादी केन्द्र) मधेस प्रदेशमा कमजोर बनेको छ । स्थानीय निर्वाचनको अन्तिम मत परिणाम आउँदा माओवादी यस प्रदेशमा पहिलेभन्दा खुम्चिएको हो ।

    मधेस प्रदेशमा २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले १३ नगरपालिका र ८ गाउँपालिका सहित २१ स्थानीय तहमा जित हासिल गरेको थियो ।

    तर, यो स्थानीय निर्वाचनमा पहिले जितेका ११ स्थानीय तह गुमाउँदै ९वटामा सीमित हुन परेको छ । मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये ९ वटामा माओवादीले आफ्नो साख जोगाउन सफल भएको छ ।

    मधेस प्रदेशमा माओवादीले ७ नगरपालिका र २ नगरपालिकामा जितेको छ । २०७४ मा प्रमुख र उपप्रमुख जितेको स्थानीय तहमध्ये दुई वटा पालिका मात्रै जोगाउन सफल भयो भने महोत्तरी र पर्सामा खातासमेत खोल्न सकेन ।

    अघिल्लो निर्वाचनमा महोत्तरीको गौशाला, बर्दिबास, रामगोपालपुर नगरपालिका सहित साम्सी गाउँपालिका र पर्साको छिपहरमाई तथा ठोरी नगरपालिकाको प्रमुख–उपप्रमुख नै माओवादीले जितेको थियो ।

    अघिल्लो निर्वाचनमा जितेकामध्ये सिरहाको मिर्चैया नगरपालिका र सर्लाहीको बागमती नगरपालिकामा मात्रै माओवादीले पुरानो साख जोगायो । बाँकी अन्य दलले खोसेका छन् ।

    माओवादीबाट सबैभन्दा बढी सिट एमालेले खासेको छ । सिरहाको धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, अर्नमा गाउँपालिका र औरही गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेर माओवादीले आफ्नो पकड बनाएको थियो । तर, यो पटक मिर्चैया नगरपालिकाको प्रमुख–उपप्रमुखले मात्र निरन्तरता पाउन सकेका छन् ।

    अघिल्लो स्थानीय तह निर्वाचनमा सप्तरीको एउटा पनि स्थानीय तहको प्रमुख वा उपप्रमुख जित्न नसकेकोमा यसपालिको चुनावमा खडक नगरपालिकाको प्रमुख र छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्ष माओवादीले जितेको छ ।

    २०७४ मा धनुषाको सहिदनगर नगरपालिका र विदेह नगरपालिकाको प्रमुख–उपप्रमुख जितेको माओवादीले यस वर्ष ती दुवै स्थानीय तह गुमायो । तर सबैला नगरपालिकामा प्रमुख र उपप्रमुख जितेर माओवादीले आफ्नो अस्तित्व जोगाउन सफल भएको छ ।

    गत २०७४ को स्थानीय तह निर्वाचनमा सर्लाहीको बागमती नगरपालिका, बरहथवा नगरपालिका र चक्रघाटा गाउँपालिकामा जितेको माओवादी केन्द्रले बागमती नगरपालिकामा आफ्नो पुरानो साख जोगाउँदा बरहथवा र चक्रघट्टा गाउँपालिका गुमाएको छ । हरिवन नगरपालिका, बलरा गाउँपालिकामा माओवादीले जित हासिल गरेर सर्लाहीमा जितेको स्थानीय तहको संख्या चार पुर्‍याएको छ ।

    अघिल्लो स्थानीय तह निर्वाचनमा रौतहटको मौलापुर, यमुनामाई, कटहरिया माधवनारायणमा जित हासिल गरेको माओवादीले यसपालिको निर्वाचनमा ती सबै पालिका गुमाउँदा दुर्गा भगवती गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष मात्र जित्न सफल भयो ।

    मधेस प्रदेशका तीन उपमहानगरपालिकामध्ये दुई वटा उपमहानगरपालिकासहित १६ स्थानीय तह रहेको बारामा पनि माओवादी कमजोर देखिएको छ ।

    अघिल्लो निर्वाचनमा बाराको एउटा पनि स्थानीय तह जित्न नसकेको माओवादी यसपालिको निर्वाचनमा भने गठबन्धनका कारण फाइदामा गएको छ ।

    पाँचदलीय गठबन्धनका कारण बाराको सिमरा उपमहानगरपालिकाको प्रमुख माओेवादीको भागमा पर्दा उपमहानगरपालिकाको प्रमुख पद माओवादीलाई जित्न जुरेको छ ।

  • सहीदहरूका सपना अझै पूरा नभएको प्रचण्डको स्वीकार (भिडिओ)

    सहीदहरूका सपना अझै पूरा नभएको प्रचण्डको स्वीकार (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदहरूले देखेको सपना अझै पूरा हुन नसकेको बताएका छन् ।

    कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले सहिदको सपना अझै पूरा नभएको भन्दै समाजवाद स्थापनाका निम्ति सामाजिक रुपान्तरणको अभियानको आवश्यकतामा जोड दिए ।

    विभिन्न आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा रहेको र संविधानमा अबको राज्य समाजवादउन्मुख हुने उल्लेख हुनु सानो विषय नभएको उनको भनाइ थियो ।

    ‘अहिले सिष्टमको कमजोरीका कारण समाज रुपान्तरण क्रान्तिकारी ढंगले नभइ दिग्भ्रम र विचलनतिर गइरहेको छ’, प्रचण्डले भने । उनले त्याग र साधनाको संस्कृति अपनाउने कुरामा प्रतिबद्ध भएमात्रै कृष्ण सेनप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

    कार्यक्रममा कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार-२०७८ गोविन्द आचार्यलाई, कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार-२०७९ महेश्वर दाहाललाई प्रदान गरिएको थियो भने शक्ति-तारा स्मृति पत्रकारिता पुरस्कार-२०७८ बलराम थापा र शक्ति-तारा स्मृति पत्रकारिता पुरस्कार-२०७९ लक्ष्मी पुनलाई प्रदान गरिएको थियो ।

    २०५९ जेठ १३ गते प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन ‘इच्छुक’को हत्या भएको थियो ।

  • रेणु दाहालको अवस्था सामान्य, डिस्चार्ज गर्ने तयारी

    रेणु दाहालको अवस्था सामान्य, डिस्चार्ज गर्ने तयारी

    काठमाडौं । दुर्घटनामा घाइते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई डिस्चार्जको तयारी भइरहेको छ ।

    रेणुको टाउकोमा सामान्य चोट लागेको र चिकित्सकका अनुसार सिटी स्क्यान गरेर हेर्दा घाउ बाहिरी छालामा मात्रै भएको र अहिले सामान्य अवस्था भएको बहिनी गंगाले बताएकी छन् ।

    जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि उनलाई उपचारका लागि सुमेरु अस्पताल लगिएको थियो ।

    गंगाका अनुसार डाक्टरको सल्लाहमा डिस्चार्ज गर्न लागिएको छ ।

  • बारामा सर्वोच्चको फैसलाविरुद्ध माओवादीको राँकेजुलुस

    बारामा सर्वोच्चको फैसलाविरुद्ध माओवादीको राँकेजुलुस

    काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो फैसलाविरुद्ध बारामा राँके जुलुश प्रदर्शन भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन दलमध्यको एक माओवादी केन्द्रले राँके जुलुश प्रदर्शन गरेको हो ।

    माओवादी केन्द्र निजगढ नगर कमिटीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको भन्दै बिहीबार राति राँके जुलुससहित विरोध प्रदर्शन गरेको हो ।

    निजगढ विमानस्थल निर्माणले यहाँका जनता, मलुकको भाग्य र भविष्य उज्जवलहुने मात्रै नभइ सोझै अन्य मुलुकसंग नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध रहने महत्त्वाकांक्षी योजनामा सर्वोच्च अदालतले वातावरण संरक्षणको नाममा रोक लगाएको माओवादी केन्द्रका मधेस प्रदेश कमिटी सदस्य रविराज दंगालले आरोप लगाएका छन ।

    दंगालले भारतको इसारामा अदालतले गैरजिम्मेवारी प्रदर्शन गरेर न्यालयको बदनाम गरेको पनि बताए ।

    बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको हो । वातावरणीय कारण देखाएर बिहीबार सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

  • स्थानीय तहका पदाधिकारीलाई माओवादीले अभिमुखीकरण तालिम दिने, केन्द्रीय समिति बैठक आह्वान

    स्थानीय तहका पदाधिकारीलाई माओवादीले अभिमुखीकरण तालिम दिने, केन्द्रीय समिति बैठक आह्वान

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले स्थानीय तहका निर्वाचित पदाधिकारीहरूलाई तालिम दिने भएको छ । अध्यक्ष प्रचण्डको निवासमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले जेठ १८ र १९ गते दुई दिने अभिमुखीकरण तालिम सन्चालन गर्ने निर्णय लिएको हो ।

    सो तालिममा स्थानीय तहका प्रमुख उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखसहित पार्टीका प्रदेश इन्चार्ज र अध्यक्षहरूको सहभागिता रहने अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

    माओवादीले भर्चुअल माध्यमबाट जेठ २० गते केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । स्थानीय तह निर्वाचनमा माओवादीले १२० पालिकाका प्रमुख जितेर तेस्रो शक्ति कायम भएको छ ।

  • भरतपुरबासीलाई निराश हुन दिन्न: रेनु दाहाल

    भरतपुरबासीलाई निराश हुन दिन्न: रेनु दाहाल

    चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनःनिर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताएकी छन् । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उनले महानगरवासीलाई निराश हुन नदिने बताएकी हुन् ।

    स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उनले महानगरका अधुरा काम पूरा गर्ने बताइन् । ‘देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि जनताको भावना बुझेर काम गर्छु’, उनले भनिन्,‘स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतै तर्फ लाग्छु । ’

    पहिलो पटकको कार्यकालमा महानगरमा आफूले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाले सुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उनले बताइन् । पहिलो पटक उनी निर्वाचित भएसँगै पहिलो निर्णय भरतपुर अस्पतालमा महिलाका लागि बहिरङग सेवाको टिकट निःशुल्क गरिएको थियो । पाँच दलीय गठबन्धन शान्ति र प्रगतिको लागि भएकाले यो लामो समयसम्म जाने बताउँदै उनले यो भत्किहाल्ने, टुटिहाल्ने जस्तो केही पनि नहुने बताइन् ।

    निर्वाचन अघि सार्वजनिक गरेको प्रतिबद्धता अनुरुप नै आफू अबको पाँच वर्ष उही गतिमा काम गर्ने उनले दोहो¥याइन्। भनिन्, ‘महानगरभित्र पूरा गर्न बाँकी योजना, आयोजना यो कार्यकालभित्रै सम्पन्न गर्ने तर्फ विशेष ध्यान जान्छ ।’

    भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार केही काम अगाडि बढेपनि पूर्ण नभएकाले त्यसमा बढी ध्यान जाने उनको भनाइ थियो । उनले थपिन्, ‘भरतपुरमा मुख्य गरेर रोजगारीको समस्या विकराल बन्दै गएको छ । त्यसको समाधान तर्फ पनि विशेष ध्यान दिने छु ।’

    गठबन्धनभित्र चुनौती भए पनि गठबन्धनभित्रका दलले इमान्दारिता प्रकट गरेकाले जित भएको उनको भनाइ थियो ।

  • अखिल क्रान्तिकारीद्वारा बलात्कार मुद्दामा हदम्याद खारेज गर्न माग

    अखिल क्रान्तिकारीद्वारा बलात्कार मुद्दामा हदम्याद खारेज गर्न माग

    काठमाडौं । अखिल क्रान्तिकारीले बलात्कारको मुद्दामा हदम्याद खारेज गर्न सरकारसँग माग गरेको छ ।

    हालै एक सुन्दरी प्रतियोगिता आयोजकले एक युवतीलाई लगातार बलात्कार गरेको घटना सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बलात्कार जस्ता मुद्दामा हदम्याद हटाउन माग गर्दै सोमबार कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई ज्ञापन पत्र बुझाएको हो ।

    जबरजस्ती करणी जस्तो संवेदनशील, जघन्य महिलाविरुद्धको अपराधमा संकुचित हदम्यादको कारण पीडितले न्यायबाट बञ्चित हुनुपरेको र पीडकको मनोबल वृद्धि हुने अवस्था देखिंदा तुरुन्त हदम्याद खारेजीको लागि सम्बन्धित कानुन संशोधन गर्न जोडदार माग गरिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष मदनकुमार भुलले नेपालप्रेसलाई जानकारी दिए ।

    उनका अनुसार यस्ता घटनासँग सम्बन्धित पीडित तथा पीडित परिवारमा पर्न सक्ने दबाब र प्रभावलाई समेत मध्यनजर गर्दै पीडितको सुरक्षाको उचित व्यवस्थापन गर्नसमेत माग गरिएको छ ।

    संगठनका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा गएको टोलीमा संगठनका पदाधिकारी तथा सचिवालय सदस्य सहभागी भएका थिए ।

  • गठबन्धन मूलभूतरुपमा सफल भयो, संघीय निर्वाचनमा पनि निरन्तरता दिन्छौं: प्रचण्ड

    गठबन्धन मूलभूतरुपमा सफल भयो, संघीय निर्वाचनमा पनि निरन्तरता दिन्छौं: प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताएका छन् ।

    उनले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै मूलभूतरुपमा गठबन्धन सफल भएको बताएका हुन् ।
    उनले भने, ‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो, मूलभूतरुपमा गठबन्धन सफल भएको हो ।’

    उनले यो गठबन्धनलाई आउने प्रदेश र सङ्घीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने सङ्कल्प गरिएको र त्यसमा गठबन्धनमा रहेको दल दृढ रहेको बताए ।

    मध्यपुरथिमि नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेदवारलाई आज आफ्नै निवास खुमलटारमा बधाई दिँदै उनले गठबन्धनलाई निरन्तर अगाडि बढाउने विश्वास दिलाए।

    उनले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्ने बेला भएको उल्लेख गरे । अध्यक्ष दाहालले भने, ‘निर्वाचन अघि पनि जितेर आउने प्रतिबद्धता व्यक्त गरेर जानुभएको थियो, अहिले जितेर आउनुभएकामा तपाईहरु सबैलाई बधाई र कार्यकालको शुभकामना छ ।’

    उनले मध्यपुरथिमि भक्तपुरको एउटा ऐतिहासिक नगर भएको उल्लेख गर्दै जनताको पक्षमा हुने काम कारबाहीको प्रभाव र असर सिङ्गो भक्तपुरमा पर्ने बताए।

    मध्यपुरथिमिमा निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेलाई पनि भोलिका दिन चुनौति दिन सकिने उनको धारणा थियो । ‘त्यहाँका जनताको विकास निर्माण, शिक्षा स्वास्थ्य रोजगारी, सफाइ सूचनालगायतका तपाईंहरुका काम कारबाहीको प्रभाव सिङ्गै भक्तपुर, उपत्यका र देशैभरि पनि सन्देश दिने स्थानमा तपाईहरु आउनुभएको छ’, अध्यक्ष दाहालले भने । उनले विजयी जनप्रतिनिधिलाई अब राम्रो काम गर्ने चुनौति रहेकातर्फ सचेत पनि गराए ।

    वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मदन सुन्दर श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गर्नुभयो ।

    उपप्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी उत्तरा नेपालले आठ हजार ९८३ मत प्राप्त गर्नुभएको थियो ।

    कूल नौ वडा रहेको सो नगरपालिकामा ४१ हजार ८४२ मतदाता थिए । कूल १७ मतदान केन्द्र रहेको मध्यपुरथिमिमा गठबन्धनका तर्फबाट विजयी उम्मेदवारले जनपक्षीय काम गर्ने प्रतिबद्धतासमेत जनाएक छन् ।

  • पाल्हीनन्दनमा माओवादीलाई हराउन सकेन कांग्रेसले

    पाल्हीनन्दनमा माओवादीलाई हराउन सकेन कांग्रेसले

    रुपन्देही । माओवादी केन्द्रले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा दाेस्राेपटक जित निकालेकाे छ ।

    माओवादीबाट यसअघि अध्यक्ष बनेका बैजुप्रसाद गुप्ता (दीपक) नेपाली कांग्रेसका राजेन्द्रप्रसाद सहानीलाई ८६ मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन्। गुप्ताले ४३८१ मत ल्याउँदा सहानीले ४२९५ मत ल्याए। सहानी यसअघि पनि गुप्ताकै प्रतिस्पर्धी  थिए ।

    उपाध्यक्षमा भने कांग्रेसकी सकिना फतिमा खातुनले माओवादी केन्द्रकी पावित्री कोहाँरलाई ५१३ मतान्तरले पराजित गरेकी छन् । खातुनले ३६९८ ल्याउँदा कोहाँरले ३१८५ मत ल्याइन् ।

    कांग्रेसले यसअघि पनि उपाध्यक्ष जितेको थियो । अहिलेकी पराजित उपाध्यक्ष कोहाँर २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएकी थिइन् । टिकट नपाएपछि कोहाँर माओवादी केन्द्रबाट चुनाव लडेकी हुन् ।

    ६ वटा वडा रहेको पालिकामा माओवादी केन्द्रले ३, नेपाली कांग्रेसले २ र लोसपाले १ वटामा वडा अध्यक्ष जितेको छ ।

  • प्यूठानको झिमरुकमा भत्कियो जनमोर्चाको किल्ला, अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसकाे जित

    प्यूठानको झिमरुकमा भत्कियो जनमोर्चाको किल्ला, अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसकाे जित

    रूपन्देही । अहिलेसम्म राष्ट्रिय जनमोर्चाबाहेक कसैले जित निकाल्न नसकेको प्यूठानको झिमरुक गाउँपालिकामा नेकपा एमालेसँगको गठबन्धनमा माओवादी केन्द्रले जितेको छ ।

    तर गठबन्धनमा उपाध्यक्ष पाएको एमालेका उम्मेदवारलाई साथ नदिएर कांग्रेसलाई साथ दिएको एमालेको आरोप छ । जनमोर्चालाई हराउन पाँच दलको गठबन्धन छोडेर एमालेसँग गठबन्धन गरेको माओवादीले उपाध्यक्षमा साथ नदिएको एमाले कार्यकर्ताको गुनासो छ ।

    झिमरुक गाउँपालिका अध्यक्षमा माओवादीका पितबहादुर एम्सी विजयी भएका छन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चा र कांग्रेसबीचको गठबनधनबाट कांग्रेसका प्रमोद पोखरेल विजयी भएका छन् ।

    बहुदलीय व्यवस्थापछि यहाँ जनमाेर्चालाई कुनै दलले जित्न नसकेको अवस्थामा अहिले माओवादीले जितेको स्थानीय बताउँछन् ।

    जनमोर्चाले भने माओवादीको दोहोरो रणनीतिका कारण पाँच दलको गठबन्धन नभएको आराेप लगाउँदै आएको छ । यहाँको गठबन्धन मिलाउन पाँच दलका शीर्ष नेताहरूकै बैठक बसेकाे थियाे । तर, मिलाउन सहमति जुट्न सकेन ।

    झिमरुक नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको गृहपालिका हो ।

  • कैलालीकाे माेहन्याल गाउँपालिकामा माओवादी विजयी

    कैलालीकाे माेहन्याल गाउँपालिकामा माओवादी विजयी

    कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

    पालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका देवीदत्त उपाध्याय (हिमशिखर) विजयी भएका हुन् । उनले ३,१३४ मत पाएका छन् ।

    उपाध्यायका प्रतिस्पर्धी  नेकपा एमालेका धरमबहादुर  थापाले २७१५ मत ल्याएका छन् ।

    यस्तै उपाध्यक्षमा पनि गठबन्धनकै कांग्रेसका कमलबहादुर साउँदले जित हात पारेका छन् । उनले ३३३९८ मतसहित जित हासिल गरेका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सरस्वतीदेवी रावलले २३०३ मत ल्याएकी छन् ।

  • काभ्रेको खानीखोला गाउँपालिकामा गठबन्धन विजयी

    काभ्रेको खानीखोला गाउँपालिकामा गठबन्धन विजयी

    काठमाडौं । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा गठबन्धन विजयी भएको छ । यहाँ पालिका अध्यक्षमा माओवादी केन्द्र इन्द्रबहादुर थिङ र उपाध्यक्षमा नेपाली कांग्रेसका दोर्जेमान जिम्बा विजयी भएका हुन् ।

    अध्यक्ष विजयी थिङले ४,४८५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेखर लामाले ३,१५५ मत पाएका छन् ।

    उपाध्यक्ष विजयी जिम्बाले ४,३२८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुक्मणी गुरुङले २,९८७ मत पाइन् ।

  • मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी, प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस

    मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी, प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस

    मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

    मतगणनाअनुसार गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका विष्‍णुबहादुर विष्‍ट ९७१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अच्युतमप्रसाद ढकालले ७७७१ मत ल्याए ।

    यसैगरी उपमेयरमा गठबन्धनबाटै नेपाली कांगेसका भरत गोपाली ८६०७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकै कल्‍पना बलामीले ८५२२ मत ल्याइन् ।

  • एमालेबाट फुत्कियो बन्गाड कुपिण्डे, माओवादीका कर्णबहादुर प्रमुख निर्वािचत

    एमालेबाट फुत्कियो बन्गाड कुपिण्डे, माओवादीका कर्णबहादुर प्रमुख निर्वािचत

    सुर्खेत । सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा गठबन्धनबाट नेकपा माओवादीका कर्णबहादुर बुढाथाेकी प्रमुख निर्वाचित भएका छन् ।

    एमालेकाे पकड रहेकाे बनगाड कुपिण्डे नगरपालिकाको मेयरमा माओवादी केन्द्रका बुढाथोकी ७४६६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्दकुमार पुनले ४७२० मात्रै मत ल्याए । प्रमुखमा पराजित पुन निवर्तमान प्रमुखसमेत हुन् । उनी नेकपा एमाले सल्यानका जिल्ला अध्यक्ष पनि हुन् ।

    यस्तै उपमेयरमा नेपाली कांग्रेसका पुरुषोत्तम आचार्यले ५७३५ ल्याएर विजयी भएका छन् । आचार्यले स्वतन्त्र उम्मेदवार दीपेन्द्र विष्टलाई पराजित गरेका हुन् । दीपेन्द्रले ४१८० मत ल्याएको निर्वाचन अधिकृत लक्ष्मीदेवी शर्माले बताइन् ।

  • डोटीको बोगटान फुड्सिलको अध्यक्षमा माओवादीका गड्सिला दोहरिए, उपाध्यक्षमा कांग्रेसकी बम विजयी

    डोटीको बोगटान फुड्सिलको अध्यक्षमा माओवादीका गड्सिला दोहरिए, उपाध्यक्षमा कांग्रेसकी बम विजयी

    कैलाली । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार कमलबहादुर गड्सिला विजयी भएका छन् ।

    नेकपा एमालेका उम्मेदवार हस्तबहादुर बुढालाई ३४ मतान्तरले पछि पार्दै २ हजार ५४ मत ल्याएर गड्सिला दोस्रोपटक विजयी भएका हुन् ।

    गड्सिलाका निकटतम प्रतिद्वन्द्वी बुढाले २ हजार २४ मत ल्याए । तेस्रो भएका नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर बमले १ हजार ९ सय ३४ मत ल्याए ।

    उपाध्यक्षमा भने २ हजार ६३ मत ल्याएर नेपाली कांग्रेसकी उम्मेदवार विस्ना देउवा बम विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेद वर ज्ञानु मल्ल बमले १ हजार ९ सय ९१ मत ल्याइन् ।

  • डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा पुनः शाही

    डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा पुनः शाही

    डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दत्तबहादुर शाही एक हजार ४०३ मतसहित पुनः विजयी भएका छन् । उनी निवर्तमान अध्यक्ष हुन् ।

    उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लंकबहादुर रोकायाले एक हजार ३६७ मत ल्याएका छन् ।

    उपाध्यक्षमा पनि माओवादीकै दुदा रोकाया एक हजार ४५८ मतसहित विजयी भइन भने एमालेकी सविता कुमारी रोकायाले एक हजार २९८ मत ल्याइन् ।

    यहाँ १, २,३,४,५,,७, ८, ९ नम्बर वडा माओवादीले जितेको छ ।

  • पूर्वरुकुमका चारमध्ये तीन तह माओवादीले जित्यो, रोल्पाको मेयरमा घर्ती विजयी

    पूर्वरुकुमका चारमध्ये तीन तह माओवादीले जित्यो, रोल्पाको मेयरमा घर्ती विजयी

    सुर्खेत । पूर्वीरुकुमको चार पालिकामध्ये तीन पालिकामा माओवादीले जित हात पारेको छ ।

    जिल्लाको एकमात्र नगरपालिका रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रका सुरेन्द्र थापा घर्ती ७६०३ मतसहित मेयर विजयी भएका छन् ।

    यहाँ कांग्रेसका शेरबहादुर थापाले ३६५८ र एमालेका घनश्याम आचार्यले ५२४ मत पाए ।

    उपमेयरमा माओवादीकै गीता आचार्य ७७४१ मत ल्याएर विजयी बन्दा कांग्रेसका पुष्पा श्रेष्ठ ३७१९ र एमालेका कृष्णी कुमारी गौतम ४१९ मत ल्याए ।

  • माओवादीका घर्तीले जिते रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष

    माओवादीका घर्तीले जिते रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष

    सुर्खेत । पूर्वीरुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा माओवादीले जितेको छ । यहाँ अध्यक्षमा माओवादीका पुनीराज घर्तीले ३९१३ मत ल्याए भने कांग्रेसका तेजेन्द्र खाम मगरले २११३ र एमालेका वागलाल बुढाले १८५२ मत ल्याए ।

    उपाध्यक्षमा माओवादीका भूपेन्द्रा बुढा ४०५९ मत ल्याएर विजयी भइन् भने कांग्रेसकी कमलाकुमारी मल्ले २०१० र एमालेका धर्म घर्ती बुढाले १८१२ मत ल्याए ।

  • चुनावमा कांग्रेसले धोका दिएको माओवादी नेता गजुरेलको गुनासो

    चुनावमा कांग्रेसले धोका दिएको माओवादी नेता गजुरेलको गुनासो

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणामप्रति असन्तुष्टि जनाएको छ ।

    गठबन्धन दलहरूबीच भएको तालमेलको मर्मअनुसार अधिकांश ठाउँमा कांग्रेसले गठबन्धनमा रहेका अन्य दलका उम्मेदवारहरूलाई मत नदिएको प्रारम्भिक मत परिणामले पुष्टि गरेको माओवादी नेता हरिबोल गजुरेलले बताए ।

    ‘गठबन्धनका अन्य दलका मतदाताले तालमेल हुँदा कांग्रेसबाट जुन पदमा उम्मेदवारी परेको छ, इमान्दारीपूर्वक मत दिएका दिएको देखियो तर कांग्रेसबाट देखिएन । बरु बागी उठेकालाई भोट दिएर जिताएको देखियो’, उनले भने, ‘गठबन्धन दलहरूबीचको तालमेलको मर्मअनुसार मत नदिएर कांग्रेसबाट अराजकता प्रदर्शन भयो ।’

    कांग्रेसबाट बागी उम्मेदवार भएर जनकपुर उपमहानगरपालिकामा मनोजकुमार शाहले अग्रता लिइरहेका छन् । गठबन्धनका उम्मेदवार लालकिशोर साहको निकै कम मत छ ।

    पाँचथरको फालेलुङ गाउँपालिका–१ मा त कांग्रेसकै बागी अनिश गुरागाइँले गठबन्धनको उम्मेदवारलाई पराजित गरे । काभ्रेको धुलिखेलमा पनि कांग्रेसका बागी उम्मेदवार शक्तिशाली देखिएका छन् । अन्य स्थानीय तहमा पनि छ ।

    परिणाम सोचे जस्तो आउने नदेखिएको र नआउने देखिनुमा कांग्रेस जिम्मेवार रहेको नेता गजुरेलले बताए । तर, पनि माओवादीले यस पटक २०७४ सालमा भन्दा बढी स्थानीय भने जित्ने उनको दाबी छ ।

  • गठबन्धन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म जान्छ : प्रचण्ड

    गठबन्धन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म जान्छ : प्रचण्ड

    कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको आयु लामो रहेको बताएका छन् ।

    धनगढीमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन स्थानीय तहमा मात्रै नभई प्रदेश र संघीय निर्वाचनसम्म जाने विश्वास व्यक्त गरेका हुन् ।

    गठबन्धनको पक्षमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दृढ संकल्प गरेको प्रचण्डको भनाइ थियो ।

    ‘गठबन्धनको पक्षमा प्रधानमन्त्री तलसम्म उत्रिनुभएको छ । प्रदेश र संघसम्मै गठबन्धन जान्छ’, उनले भने,  ‘विकास र समृद्धिको यात्रा पनि दशकौंसम्म जान्छ भनेर शेरबहादुरजीले प्रस्तुत गर्नुभएको छ । यो हामी सबैको लागि खुसी र गर्वको कुरा हो ।’

    गठबन्धनले देशलाई दुर्घटनाबाट जोगाएको उनको भनाइ थियो । सुरुबाटै गठबन्धन कमजोर बनाउने काम भइरहेकोसमेत उनले बताए ।

    ‘सुरुबाट एकथरि तत्त्व के गरी भ्रमित पार्न सकिएला भनेर लागिरहेकाे छ’, प्रचण्डले भने, ‘अहिले पनि त्याे तत्त्व कनै न कुनै रूपमा गठबन्धनमा रहेका दलहरूमा वैमन्यस्यता पैदा होस्, शीर्ष नेताहरूबीचमा असमझदारी होस् भनेर लागिरहेको छ ।’

    चितवनको प्रसंगमा एकथरिले फतुर लगाइरहेको प्रचण्डले आरोप लगाए । चितवनको मेयरमा रेनु दाहाललाई नजिताए दुर्घटनामा देश जान्छ भन्दै उनले अनावश्यक रूपमा यसलाई व्याख्या गरिरहेको बताएका हुन् । केही समयअघि आफूले भनेको प्रसंगलाई अपव्याख्या गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

    ‘छोरीलाई नजिताए दुर्घटना हुन्छ भनेर एकथरि मान्छेहरूले फतुरहरू लगाएका छन्’, उनले भने, ‘तर, हामीलाई नेपाली जनताप्रति विश्वास छ । विकास, समृद्धि र जनताको आशाअनुसार नयाँ युगतर्फ लैजाने देखिएको छ ।’

  • बैतडीमा गठबन्धनका उम्मेदवारले कुटे प्राध्यापक, घाइतेलाई थप उपचारका लागि धनगढी ल्याइँदै

    बैतडीमा गठबन्धनका उम्मेदवारले कुटे प्राध्यापक, घाइतेलाई थप उपचारका लागि धनगढी ल्याइँदै

    कैलाली । बैतडीको डिलाशैनीमा गठबन्धनका उम्मेदवार र उनका कार्यकर्ताहरुले क्याम्पस प्राध्यापकमाथि कुटपिट गरेका छन् ।

    गठबन्धनबाट पालिका अध्यक्ष उम्मेदवार लोकेन्द्र राना शीतल र उनका कार्यकर्ताले स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशीको चुनाव प्रचार गरेको भन्दै पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक डिलासैनी ५ बिनाबस्तीका रामदत्त जोशीमाथि निर्घात कुटपिट गरेको जोशीका भाइ दीपकराज जोशीले जानकारी दिए ।

    उनको दुवै खुट्टामा गम्भीर चोट लागेको छ । उनलाई थप उपचारको लागि धनगढी पठाइएको दीपकराजले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रका नेता एवं पालिका अध्यक्ष उम्मेदवार लोकेन्द्र र उनका कार्यकर्ताले खेतमै गएर कुटपिट गरेका हुन् ।

    कुटपिटमा संलग्न पालिका अध्यक्ष उम्मेदवार लाेकेन्द्र र घाइते पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकेन्द्र जोशीले जानकारी दिए ।

    डिलाशैनी गाउँपालिकामा नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन छ ।

  • ललितपुरमा नेकपा एस एक्लियो: कतै कांग्रेस-माओवादी तालमेल, कतै एक्लाएक्लै भिडन्त

    ललितपुरमा नेकपा एस एक्लियो: कतै कांग्रेस-माओवादी तालमेल, कतै एक्लाएक्लै भिडन्त

    काठमाडौं । ६ स्थानीय तह रहेको ललितपुर जिल्लामा महानगरबाहेकका पाँच तहका लागि सुरुमा गठबन्धनका लागि जिल्लास्तरमै छलफल भएको थियो । छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी (एस) सहभागी थिए ।

    छलफल सहमतिनजिक पुगेको थियो । जसअनुसार वडाहरूको भागबन्डा लगभग टुंगिसकेको थियो भने पालिकामा सहमति जुट्न बाँकी थियो ।

    छलफलमा महानगरबाहेक अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको गोदावरी नगरपालिका र बागमती गाउँपालिका कांग्रेसलाई र माओवादी केन्द्रले जितेको कोन्ज्योसोम गाउँपालिका माओवादी केन्द्रलाई दिने लगभग सहमति भएको थियो । तर, एमाले जितेको महालक्ष्मी नगरपालिका र महाँकाल गाउँपालिकामा तिनवटै दलले दाबी गरेपछि सहमति भाँडियो ।

    त्यसपछि जिल्ला तहहरुले त्यसलाई मिलाउने जिम्मा प्रदेश समितिहरूलाई दिए । तीन दलको प्रदेशस्तरीय समितिमा पनि कुरा मिल्न सकेन । अन्तिममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ र माओवादी केन्द्रका प्रदेश अध्यक्ष सरल सहयात्रीले अलग्गै सहमति गरे ।

    सहमतिअनुसार महानगरबाहेक बाँकी रहेका तीन स्थानीय तहमध्ये एकमा कांग्रेस र दुईमा माओवादी केन्द्रले नेतृत्व पाउने भए ।

    यो सहमतिअनुसार जिल्लामा नेकपा एस एक्लिएको छ । त्यसकारण नेकपा एसका नेताहरू चिढिए । ‘जिल्लामा सहमतिनजिक पुगेका हामीलाई उहाँहरू (माओवादी केन्द्र र कांग्रेस)ले बाहिर राखेर प्रदेशबाट कथित सहमति गर्नुभयो’, नेकपा एसका जिल्ला इन्चार्ज अमृतमान तिमिल्सिनाले भने, ‘हामी अझै पनि सहमतिको कुरा गरिरहेका छौं । सबै ठाउँमा हामीले उम्मेदवारी पनि दिएका छैनौं । सहमति हुनसक्ने ठाउँमा दिएका छौं ।’

    सहमति जुटे अझै पनि केही ठाउँमा पुनर्विचार गर्न सकिने उनले बताए । यसरी गठबन्धनभित्रको विवादले एमालेलाई केही राहत भएको छ । तर, माओवादी केन्द्र र कांग्रेसबीच भएको तालमेल पूर्णरूपमा कार्यान्वयन भए जोखिम भने उत्तिकै छ । यहाँका सबै स्थानीय तहमा एमाले एक्लै चुनावमा गएको छ ।

    एक्लै गए पनि जिल्लाका ६ वटै तहमा आफ्नो पार्टीले जित्ने सुनिश्चित रहेको एमाले केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सुशीला नेपालले दाबी गरिन् । ‘हामी ६ वटै तहमा मज्जाले जित्छौं । स्वार्थी गठबन्धनलाई जनताले परास्त गर्छन्’, उनले भनिन्, ‘एमालेले उठाएका जनमुखी काम र राष्ट्रवादी कदमलाई जनताले मूल्यांकन गरेका छन् ।’

    अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसले तीन, एमालेले दुई र माओवादी केन्द्रले एक स्थानीय तह जितेका थिए । यसपटकका कस्तो नतिजा आउला ? मतपरिणामसम्म कुर्नैपर्ने हुन्छ ।

    महानगरमा एसले केन्द्रको सहमति पालना गर्ने

    ललितपुर महानगरपालिकामा अघिल्लोपटक एमाले र राप्रपाका बीचमा चुनावी तालमेल भएको थियो । तालमेलअनुसार एमालेका हरिकृष्ण ब्यञ्जनकार मेयरमा लडेका थिए भने राप्रपाका बाबुकाजी प्रधान उपमेयरमा उठेका थिए ।

    एमाले उम्मेदवार ब्यञ्जनकारका लागि त्यो तालमेल पनि पर्याप्त बन्न सकेन । उनी कांग्रेसका चिरिबाबु महर्जनसँग ३२६ मतले पछि परे । महर्जनले २४ हजार ६४२ मत बटुल्दा व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए । मेयरमै अर्का प्रतिस्पर्धी तत्कालीन रवीन्द्र मिश्रको साझा पार्टी समर्थित स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४५८ मत ल्याउँदा माओवादी केन्द्रका दिनेश महर्जनले १० हजार ६६१ मत ल्याएका थिए ।

    उपमेयरमा भने राप्रपा उम्मेदवार प्रधानलाई एमालेले धेरै मत दिएको देखिएन । उनी १० हजार ५४० मतमात्रै ल्याएर चौथो स्थानमा रहँदा कांग्रेसकी गीता सत्याल १९ हजार ८१९ मतसहित विजयी भएकी थिइन् । दोस्रोमा साझा पार्टी समर्थित स्वतन्त्र उम्मेदवार शोभा शाक्यले १४ हजार २४० मत ल्याएकी थिइन् । तेस्रोमा माओवादी केन्द्रकी हसिना शाक्यले १२ हजार ९७९ मत प्राप्त गरेकी थिइन् ।

    यसपटक पनि मेयरमा यहाँ पुरानै दुई उम्मेदवारहरू कांग्रेसका चिरिबाबु र एमालेका हरिकृष्णबीच प्रतिस्पर्धा दोहोरिएको छ । चिरिबाबु सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन् । अघिल्लो पटक राप्रपाबाट सहयोग पाएका व्यञ्जनकार यसपटक एक्लै छन् । उनीहरूबाहेक राप्रपाका अष्टबहादुर महर्जन र विवेकशील साझाबाट उज्ज्वलकृष्ण श्रेष्ठ मेयर उम्मेदवार छन् ।

    तर निर्णायक प्रतिस्पर्धा पूर्वप्रतिस्पर्धीहरू चिरिबाबु र हरिकृष्णकै बीचमा हुने स्पष्ट देखिएको छ । चिरिबाबुलाई अघिल्लो निर्वाचनमा १० हजार ६ सयभन्दा बढी मत बटुलेको माओवादी केन्द्रसहित एमाले फुटेर बनेको नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाको साथ छ । यसबाहेक उनले आफूले मेयर निर्वाचित भएपछि गरेको कामले पनि मतदाता बढेको दाबी गरिरहेका छन् ।

    यता हरिकृष्णका लागि भने पुरानो मत जोगाउँदै नयाँ मतदाता, अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारले तानेको मत र चिरिबाबुसँग असन्तुष्ट मतको भर पर्नुपर्ने अवस्था छ ।

    अघिल्लो स्थानीय तह निर्वाचनमा यहाँ एकलाख १२ हजार ९२३ मतदाता थिए । जसमध्ये ८७ हजार ४८ मत खसेको थियो । यसपटक नौ हजार ९६७ मत थपिएर एकलाख २२ हजार ८९० पुगेको छ ।

    जिल्लाका अन्य स्थानीय तहमा एक्लिएको नेकपा एसले यहाँ केन्द्रीय सहमति पालना गरेर कांग्रेसका मेयर र माओवादीका उपमेयरलाई सघाउने जनाएको छ । ‘जिल्लामा हामीलाई गठबन्धनको भावनाभन्दा बाहिर राखे पनि महानगरमा केन्द्रको सहमतिभन्दा बाहिर जाँदैनौं’, नेकपा एसका जिल्ला इञ्चार्ज तिमिल्सिनाले भने, ‘वडाध्यक्षमा हामीले पनि उम्मेदवारी दिएका छौं । मेयर÷उपमेयरमा गठबन्धनलाई सघाउँछौं ।’
    यहाँ गठबन्धन दलहरूभित्र एउटा वडामा जनता समाजवादीलाई दिनेबाहेक बाँकीमा सहमति नजुट्दा एक्लाएक्लै चुनावमा गएका छन् ।

    महालक्ष्मीमा कांग्रेस-माओवादी केन्द्र तालमेल

    अघिल्लो निर्वाचनमा महालक्ष्मी नगरपालिकामा एमालेले एकलौटी जीत निकालेको थियो । मेयर र उपमेयरसहित १० वटा वडामध्ये ८ वटामा एमालेले जितेको थियो ।

    मेयरमा एमालेका रामेश्वर श्रेष्ठले ८ हजार ८०५ मतसहित विजयी हुँदा कांग्रेसका महेश खड्काले ७ हजार ७६४ मत पाएका थिए । माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ४ हजार ३०० मत ल्याउँदा राप्रपाका आनन्द अधिकारीले एक हजार ५५७ मत ल्याएका थिए ।  उपमेयरमा एमालेकी निर्मला थापाले ८ हजार ६३६ मतसहित विजयी हुँदा कांग्रेसकी ६ हजार ३०२ मतसहित दोस्रो भएकी थिइन् ।

    यसपटक एमालेलाई चुनौती दिन कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् । मेयरमा माओवादीका शिवप्रसाद कट्टेल र कांग्रेसबाट उपमेयरमा लक्ष्मी महर्जन उम्मेदवार बनेका छन् । नेकपा एसका नकुल थापा मेयरमा एक्लै चुनाव लडेका छन् ।

    एमालेले यसपटक मेयरमा हरिगोविन्द श्रेष्ठ र उपमेयरमा वीणा सुवेदीलाई उम्मेदवार बनाएको छ । राप्रपाबाट मेयरमा प्रवीण खत्री र उपमेयरमा रामदेवी महर्जन उम्मेदवार छन् ।

    यसपटक यहाँ सत्तारूढ दलहरूबीच सबैभन्दा बढी विवाद भएको थियो । नेकपा एसले यहाँको मेयरलाई आफ्नो प्रतिष्ठासँग जोडेको थियो । तर, उसलाई यहाँको नेतृत्व छाड्न माओवादी केन्द्र र कांग्रेस दुवै तयार भएनन् । ‘उहाँहरूले जित्ने आधार पनि त हुनुप¥यो । अघिल्लो पटकको मत परिणामअनुसार यहाँ हाम्रो दाबी रहनुपथ्र्यो’, कांग्रेसका जिल्ला सचिव वशिष्ठ अधिकारी भन्छन्, ‘तर, गठबन्धनअनुसार हामीले यहाँको मेयर माओवादीलाई छाड्यौं । एसभन्दा माओवादीलाई यहाँ जित्न सजिलो पनि छ ।’

    उता नेकपा एसले भने यहाँको मेयर आफूलाई छाडे अझै पनि सहमतिको सम्भावना रहेको बताएको छ । ‘हाम्रो बटमलाइन भनेकै महालक्ष्मीको मेयर हो । त्यसैले मिल्ने गरी हामीले त्यहाँ केन्द्रको सल्लाहअनुसार मेयरमा मात्रै उम्मेदवारी दिएका छौं’, जिल्ला इञ्चार्ज तिमिल्सिनाले भने, ‘यहाँ मेयर हामीलाई दिए जिल्लाभरि हामी गठबन्धनलाई सहयोग गर्न तयार छौं ।’

    यहाँको मेयर एक्लै पनि जित्न सक्ने उनको दाबी छ । उनी भन्छन्, ‘यहाँ माओवादी–कांग्रेस गठबन्धन अहिले पनि तेस्रो हो । पहिलोमा हामी, दोस्रो एमाले र तेस्रो उहाँहरू हो ।’

    गोदावरीमा माओवादीले दुवै पद कांग्रेसलाई छाड्यो

    गोदावरी नगरपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ । माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पद कांग्रेसलाई छाडेको छ । जसमा कांगेसले मेयर/उपमेयरमा अघिल्लो पटक विजयी उम्मेदवारलाई नै दोहोर्‍याएको छ ।

    अघिल्लो निर्वाचनमा मेयरमा कांग्रेसका गजेन्द्र महर्जन १३ हजार ८२० मत ल्याएर विजयी भएका थिए । उपमेयरमा कांग्रेसकै मुना अधिकारी १२ हजार ७७९ मतसहित विजयी भएकी थिइन् ।

    मेयरमा एमालेका श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत पाएका थिए । उनी एमाले छाडेर यसपटक नेकपा एसबाट उपमेयरका उम्मेदवार भएका छन् । जसमा उनलाई उपमेयर छाड्न कांग्रेसलाई नेकपा एसले दबाब दिइरहेको छ ।

    अघिल्लो पटक मेयरमा माओवादीका गोविन्द महर्जनले ५ हजार ६७० मत ल्याउँदा राप्रपाका कृष्णबहादुर देसारले ३ हजार १२७ मत ल्याएका थिए ।

    यसपटक एमालेले गम्भीरबहादुर रानालाई मेयर उम्मेदवार बनाएको छ । उपमेयरमा रमी प्रधानाङ्ग उम्मेदवार छिन् । राप्रपाले मेयरमा राजकुमार महर्जन र रञ्जिता श्रेष्ठलाई उपमेयरमा उठाएको छ ।

    कोन्ज्योसोममा माओवादीको दोहोर्‍याउने रणनीति

    कोन्ज्योसोम गाउँपालिकाको अध्यक्षमा अघिल्लो पटक माओवादी केन्द्रका उम्मेदवार गोपीलाल सिताङ एकहजार ७९८ मतसहित निर्वाचित भएका थिए । कांग्रेसका राजनप्रसाद घिमिरेले एकहजार ७३२ सहित दोस्रो हुँदा एमालेका कृष्णमान लामाले एकहजार ४७८ मतसहित तेस्रो भएका थिए ।

    यसपटक यहाँ माओवादी केन्द्रले सिताङलाई नै दोहोर्याएर उम्मेदवार बनाएको छ । उनलार्ई कांग्रेसले समेत समर्थन गरेको छ । यसकारण उनको दोहोरिने सम्भावना प्रबल बनेको छ ।

    सिताङलाई एमालेका कृष्णमान तामाङले चुनौती दिँदै छन् । राप्रपाले मानबहादुर तामाङलाई अध्यक्षमा उठाएको छ । उपाध्यक्ष सत्तारूढ गठबन्धनबाट कांग्रेसले पाएको छ । जसमा राजनप्रसाद घिमिरे उम्मेदवार बनेका छन् । एमालेले उपाध्यक्षमा रीता लामा उम्मेदवार बनाएको छ ।

    बागमतीमा गठबन्धन हुँदा एमालेलाई थप कठिन

    अघिल्लो निर्वाचनमा बागमती गाउँपालिकामा कांग्रेसका वीरबहादुर लोप्चन ३ हजार ३८८ मतसहित निर्वाचित भएका थिए । उनीसँग एकहजार १३६ मत पछाडि परेका दुर्गाप्रसाद घिमिरेले २ हजार २५२ मत पाएका थिए ।

    एक्लै भारी भएको कांग्रेसमा झन् यसपटक माओवादी केन्द्र मिसिएको छ । अघिल्लो पटक माओवादी केन्द्रका राजु आलेमगरले एकहजार ६४२ मत पाएका थिए ।

    यसपटक यहाँ अध्यक्षमा कांग्रेसका निवर्तमान अध्यक्ष लोप्चन नै उम्मेदवार छन् । उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी मगर उम्मेदवार छन् ।

    एमालेबाट नवराज सञ्जेल अध्यक्ष र नमुना दोङ उपाध्यक्ष उम्मेदवार छन् । राप्रपाले अध्यक्षमा सानु महर्जन र उपाध्यक्षमा अम्बिका न्यौपाने घिमिरेलाई उम्मेदवार बनाएको छ ।

    महाँकालको अध्यक्षमा आ-आफ्नै उम्मेदवार

    अघिल्लो पटक महाँकाल गाउँपालिकामा एमालेले सहज जीत निकालेको थियो । एमालेले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा जितेको थियो ।

    एमालेका रामचन्द्र दाहाल २ हजार ८० मतसहित निर्वाचित भएका थिए । कांग्रेसका भीमसेन घिमिरेले एकहजार ७२२ मत पाउँदा माओवादी केन्द्रका बुद्धबहादुर नेगीले ९२८ मत पाएका थिए ।

    उपाध्यक्षमा एमालेकै कमला लामा तामाङ २ हजार २९३ मतसहित विजयी हुँदा ६ वटा वडामध्ये ४ मा एमाले र एक÷एकमा कांग्रेस र माओवादी जितेका थिए ।

    यसपटक यहाँ अध्यक्षमा एमालेका कमला लामा तामाङ, कांग्रेसका गणेश केसी, माओवादी केन्द्रका भगीरथ तिमिल्सिना, नेकपा एसका राजनप्रसाद बञ्जारा र राप्रपाका सुरेश घिमिरे उम्मेदवार छन् ।

    उपाध्यक्षतर्फ एमालेले पुरुषोत्तम हुमागाईंलाई उम्मेदवार बनाएको छ । कांग्रेसले उम्मेदवारी नदिँदा माओवादी केन्द्रबाट डोल्मामाया गोले, नेकपा एसबाट रुजिना दुलाल र राप्रपाबाट सन्चमाया सिंगार उम्मेदवार छन् ।

    कांग्रेस–माओवादी तालमेलअनुसार यहाँ अध्यक्षमा माओवादीले कांग्रेसलाई छाड्नुपर्ने हो । तर, माओवादी केन्द्रका तिमिल्सिनाले पनि उम्मेदवारी दिएपछि केही विवाद देखिएको छ ।

    यहाँ अन्तिमसम्म आफ्ना उम्मेदवार तिमिल्सिनाले वक्तव्यबाट भए पनि कांग्रेसका केसीलाई समर्थन गर्ने अवस्था आउनसक्ने माओवादी केन्द्रका जिल्ला इञ्चार्ज हरि दाहालले बताए । उनले भने, ‘छलफल भइरहेको छ । अन्तिममा हाम्रो अध्यक्ष उम्मेदवारले कांग्रेस उम्मेदवारलाई समर्थन गर्नुपर्ने अवस्था पनि आउनसक्छ ।’

  • काठमाडौं महानगर : माओवादीका ३ जना वडाध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश

    काठमाडौं महानगर : माओवादीका ३ जना वडाध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश

    काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट काठमाडौँ महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष उम्मेदवार राजेन्द्र श्रेष्ठ आफ्नो उम्मेदवारी हापेर एमालेमा प्रवेश गरेका छन् ।

    श्रेष्ठसहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४ जनालाई एमाले काठमाडौं जिल्लाका सचिव राजेश शाक्यले पार्टीमा स्वागत गरेका छन् ।

    एमाले प्रवेश गरेका श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा आफ्नो सन्तानलाई जिताउनेबाहेक अन्य कार्यकर्ताको संरक्षणमा अलिकति पनि ध्यान नदिएको आरोप लगाए । श्रेष्ठले भने, ‘उम्मेदवार चयनपछि जिताउने अभियानमा पनि नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएकाले सो पार्टीमा बसिरहनुको औचित्य नरहेकाले परित्याग गरेको हुँ । केही दिनअघि मात्रै पनि चितवन पुगेर प्रचण्डले चितवनमा आफ्नो छोरीलाई विजयी नगराए देश दुर्घटनामा जाने भन्नुभयो तर हामी कार्यकर्तालाई कसरी जिताउने भन्ने सोच नै देखिएन ।’

    श्रेष्ठसहित यसबीचमा माओवादीबाट काठमाडौंमा वडाध्यक्ष उम्मेदवार बनेका तीनजना एमालेमा प्रवेश गरेका छन् । यसअघि माओवादी केन्द्रबाट काठमाडौं महानगरपालिका वडा १३ का वडाध्यक्ष उम्मेदवार रामशरण डंगोल र १५ का वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जन उम्मदेवारी हापेर एमालेमा प्रवेश गरिसकेका छन् ।

    पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै एमाले जिल्ला कमिटी सचिव शाक्यले पार्टी प्रवेश गरेका सबैलाई उचित जिम्मेवारी दिने बताए ।

  • कैलारी पुगेर प्रचण्डले मागे गठबन्धनका बागी उम्मेदवारलाई मत, भने- गठबन्धन गर्नुको अर्थ झुक्नु होइन (भिडिओ)

    कैलारी पुगेर प्रचण्डले मागे गठबन्धनका बागी उम्मेदवारलाई मत, भने- गठबन्धन गर्नुको अर्थ झुक्नु होइन (भिडिओ)

    कैलाली । सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलारी गाउँपालिका पुगेर गठबन्धनकै बागी उम्मेदवारलाई मत मागेका छन् ।

    कैलालीमा गठबन्धनका दलहरूबीच भएको सहमतिअनुसार कैलारी गाउँपालिकाको अध्यक्ष माओवादीले र उपाध्यक्ष कांग्रेसले पाएको थियो । माओवादीले पाएको भागमा अघिल्लोपटक अध्यक्ष निर्वाचित लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसले पाएका भागमा भगवती चौधरीले उम्मेदवारी दिएका थिए ।

    उपाध्यक्षमा माओवादीको तर्फबाट अघिल्लोपटक उपाध्यक्षमा निर्वाचित लक्ष्मी चौधरीले पनि उम्मेदवारी दर्ता गरेकी थिइन् । उनी गठबन्धनको उम्मेदवार नभएको भन्दै यसअघि नै कारबाही गरिएको थियो । तर, आज कैलारी गाउँपालिका पुगेर माओवादी अध्यक्ष दाहालले बागी उम्मेदवार चौधरीलाई मत मागेका हुन् ।

    ‘यो परिवर्तनको रक्षाको लागि हाम्रो पार्टीका अध्यक्षका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवालगायतको टोलीलाई अत्यधिक बहुमत विजयी गराउन चाहन्छु’, उनले भने, ‘उहाँहरूको टीमले विगतमा पनि राम्रो काम गरेको थियो, आउने दिनमा पनि राम्रो काम गर्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

    उनले पटक–पटक लाजुराम र लक्ष्मीलाई विजयी गराउन आग्रह गरेका थिए । ‘लाजुराम र लक्ष्मी चौधरीसहित म प्रचण्ड पनि तपार्इंहरूको साथमा रहने विश्वास व्यक्त गर्न चाहन्छु ’, उनले भनेका छन्’, ‘गठबन्धन क्लियर भएको छैन, पार्टीको उम्मेदवार जुनसुकै रूपमा अगाडि आए पनि हाम्रो पार्टीका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउन अपिल गर्छु ।’

    प्रधानमन्त्रीसँगै आएको भन्दै उनले कांग्रेसले दिएको उम्मेदवारी खारेज नभए एक्लै भए पनि चुनाव लड्नुपर्ने बताए । ‘गठबन्धन गर्नुको अर्थ सबै ठाउँमा झुक्नु होइन’, ‘उनले भने, ‘धोका बेइमानी स्वीकार्य हुँदैन, हामी एक्लै उभिएर लड्न तयार हुनुपर्छ ।’

    कैलारी गाउँपालिका एउटा ऐतिहासिक गाउँपालिकामा रहेको भन्दै उनले माओवादीको दृढताका साथका आफ्नो उम्मेदवारलाई जिताउनपर्ने बताए ।
    राजनीतिक कारणले स्वतन्त्र भएर उठ्न बाध्य भएकाहरूलाई पनि जिताउन उनले आग्रह गरेका थिए ।

    आज प्रचण्डले विजयी गराउन आग्रह गरेका उम्मेदवारलाई यसअघि नै गठबन्धनका रहेका दलहरूले आधिकारिक उम्मेदवार नभएको स्पष्ट पारिसकेका छन्

    वैशाख १९ गते माओवादी प्रदेश अध्यक्ष हरिराम चौधरीसहितका गठबन्धनका दलहरूले गठबन्धनको आधिकारिक उम्मेदवार नभएको भन्दै विज्ञप्ति जारी गरेका थिए । विज्ञप्तिमा गठबन्धनका उम्मेदवारहरूलाई सघाउन आग्रह गर्दै त्यसो गरेको नपाइए कारबाही हुनेसमेत चेतावनी दिइएको थियो ।

    गठबन्धनले कारबाही गर्ने भनेको उम्मेदवारलाई प्रचण्डले विजयी गराउन आग्रह गरेपछि अहिले कैलालीमा गठबन्धनकै दलहरूबीच विवाद हुने देखिएको छ ।
    कांग्रेस जिल्ला सभापति नारणदत्त भट्टले यस विषयमा प्रचण्ड र देउवालालसँगै राखेर जवाफ माग्ने बताए ।

  • झडपपछि रुकुम पश्चिममा कांग्रेस-माओवादीको संयुक्त अपिल: झगडा नगरौं, मित्रवत् प्रतिस्पर्धा गरौं

    झडपपछि रुकुम पश्चिममा कांग्रेस-माओवादीको संयुक्त अपिल: झगडा नगरौं, मित्रवत् प्रतिस्पर्धा गरौं

    काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच दिनहुँ झडप हुन थालेपछि दुबै दलले संयुक्त विज्ञप्ति जारी गरेर मैत्रीपूर्ण सम्बन्ध कायम गर्न अपिल गरेका छन् ।

    कांग्रेस रुकुम पश्चिम संयोजक प्रेमप्रकाश ओली र माओवादी संयोजक गोविन्द रोकाले संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र झडप रोकेर जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धाको वातावरण सिजर्ना गर्ने सहमति भएको जनाएका हुन् ।

    माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा भएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र राजनीतिक दलका नेताहरु सहभागी थिए ।

    अवान्छित गतिविधिले सत्ता गठबन्धनका उद्देश्य र मर्ममाथि प्रहार हुने भन्दै संयमता अपनाउन भनिएको छ ।

    शुक्रबार राति झपडमा परी कांग्रेस वडा सभापति यज्ञश विष्टसहित पाँचजना घाइते भएका थिए । त्यसयता पनि चौरजहारीमा कांग्रेस, माओवादीका कार्यकर्ताबीच झडप हुँदै आएको थियो ।

  • रेनुलाई कृष्णभक्तको प्रश्न- ओली सरकारले गरेका कामको जस लिँदै भोट माग्न लाज लाग्दैन ?

    रेनुलाई कृष्णभक्तको प्रश्न- ओली सरकारले गरेका कामको जस लिँदै भोट माग्न लाज लाग्दैन ?

    भरतपुर । नेकपा (एमाले) का नेता एवम् चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले भरतपुर महानगरका निवर्तमान मेयर तथा हालकी उमेदवार रेनु दाहाल आफूले गर्दै नगरेका काम पनि गरेको भन्दै प्रचारमा लागेको बताएका छन् ।

    एमाले भरतपुर महानगरपालिका १२ नम्वर वडा कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता पोखरेलले कतिपय हुदै नभएको र केपी ओली सरकारले पठाएको बजेटबाट हुँदै गरेको कामको जससमेत लिएर प्रचारमा उत्रिएको देख्दा आफू आश्चर्यमा परेको बताए ।

    ‘सिटी हल, गोन्द्राङ-पुल्चोक सडक स्वयम् तत्कालीन प्रधानमन्त्री ओली आफै आएर संघीय सरकारको बजेटमा काम अघि बढिरहेको होइन ? रिङ रोड बनाएँ भनेर प्रचार गरेको सुन्छु यहीँ १२ नम्वर वडामा कहाँ छ रिङ्गरोड ? गर्दै नगरेको हुदै नभएको काम गरे भनेर प्रचार गर्न अफ्ठ्यारो लाग्दैन ?’, पोखरेलले प्रश्न गरे ।

    पछिल्लो पाँच वर्ष भरतपुर महानगरको व्यर्थ बितेको नेता पोखरेलले बताए । एमाले मेयर उमेदवार विजय सुवेदीको जीत सुनिश्चित रहेको बताउँदै उनले अब एमालेको अगुवाइमा भरतपुर महानगरको समृद्धि अभियान अघि बढ्ने उल्लेख गरे ।

    कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य कृष्ण नेपाली, जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज शेषमणि नेपाल, जिल्ला कमिटी सदस्य अन्जु शर्मा दाहाल, वडा कमिटी अध्यक्ष तिलप्रसाद न्यौपाने, १२ नम्बर कार्यवाहक वडा अध्यक्ष विमला भट्टराई, वडाअध्यक्ष उम्मेदवार लेखराज पन्तसहित सदस्यका उमेदवारहरू र स्थानीय नेता कार्यकर्ताको सहभागिता थियो ।

  • पाँच वर्षका उपलब्धिको फेहरिस्त गर्वका साथ प्रस्तुत गर्न सक्छौं : रेनु दाहाल

    पाँच वर्षका उपलब्धिको फेहरिस्त गर्वका साथ प्रस्तुत गर्न सक्छौं : रेनु दाहाल

    काठमाडौं । भरतपुर महानगरमा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो पाँच वर्षको कार्यकाल उपलब्धिपूर्ण बनेको बताएकी छन् । आफूले यो अवधिमा कुनै पनि भेदभावबिना सबै वडाहरूमा समान विकास गरेको उनको दाबी छ ।

    आफ्नो चुनावी अभियानका क्रममा आज आयोजित एक कार्यक्रममा दाहालले महानगरमा आफूले गरेका कामको फेहरिस्त जनतामा गर्वका साथ सुनाउन सक्ने बताइन् ।

    उनले भनिन्, ‘पाँच वर्षमा जे जति काम गरेका छौं, हामीले शिर झुकाउनुपर्ने अवस्था छैन । आँखामा आँखा राखेर, छातीमा हात राखेर गर्वका साथ हामी जनताका बीचमा र प्रतिपक्षका बीचमा समेत हाम्रा उपलब्धिका फेहरिस्त प्रस्तुत गर्न पाइरहेका छौं ।’

    स्थानीय तह भनेको राजनीति गर्ने थलो नभएको अनुभव उनले सुनाइन् । आफ्नो कार्यकालमा कुनै राजनीतिक पूर्वाग्रह नराखिकन जनतालाई प्रत्यक्ष सेवा दिन तल्लिन रहेको उनको भनाइ छ ।

    ‘स्थानीय तह भनेको राजनीति गर्ने, झैझगडा गर्ने थलो होइन । राजनीति गर्ने अरु ठाउँ छन् । स्थानीय तहले जनतालाई प्रत्यक्ष सेवा दिने हो । विकासका काम गर्ने हो । त्यो हामीले गर्‍यौं,’ उनले भनिन् ।

    आफ्नो कार्यकालमा कुनै पनि वडा अध्यक्षले मेयरबाट भेदभाव भएको महसुस नगरेको पनि दाहालले बताइन् ।

    ‘मेयरले आफ्नो पार्टीले जितेका वडामा मात्रै बजेट दिएर आफूलाई भेदभाव गरेको गुनासो कुनै वडाध्यक्षले गर्नुपरेको छैन,’ उनले भनिन्, ‘हामीले सबै वडाहरुमा समानरुपमा विकासका कामहरु अगाडि बढाएका छौं ।’

    दाहालले देशमा केपी ओलीको ज्यादती बढेकाले गठबन्धन बनाउनु परेको बताइन् ।

    उनले भनिन्, ‘केपी ओलीका प्रतिगमनकारी कदमका विरुद्ध मुलुकको आवश्यकताअनुसार शान्ति र संविधान रक्षाका लागि पाँच दलीय गठवन्धन बनेको छ । ७४ सालको चुनावमा पनि कांग्रेस र हामी सँगै थियौं, अहिले पनि सँगै छौं ।’

  • सिरहामा माओवादीका बागी उम्मेदवार महतोसहित छ नेता कारबाहीमा

    सिरहामा माओवादीका बागी उम्मेदवार महतोसहित छ नेता कारबाहीमा

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रले सिरहामा बागी उम्मेदवार बनेका रामचन्द्र महतो ‘कोइरी’सहित छ नेतालाई कारबाही गरेको छ ।

    गोलबजार नगरपालिकामा माओवादीका बागी मेयर उम्मेदवार महतो, उपमेयर उम्मेदवार वास्ना मोक्तान, नेताहरू प्रवेश लामा, मनोज सिंह, कमल स्याइवो र पुजन सिंह कारबाहीमा परेका हुन् । माओवादी मधेस प्रदेशका इन्चार्ज गणेश शाहले विज्ञप्ति जारी गरेर उनीहरुलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको जनाएका छन् ।

    गोलबजार नगर समिति, सिराहाबाट कारबाहीको लागि सिफारिस भइ आएको र उनीहरुलाई पार्टी अनुशासन पालना नगरेको देखिएकोले पार्टी विधानको धारा ११ को दफा १ (ग) अनुसार पार्टी केन्द्रको निर्देशन बमोजिम कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    गोलबजार नगरपालिकामा माओवादीले निवर्तमान मेयर देवनाथ साहलाई नै पुनः उम्मेदवार बनाएको छ । उनी माओवादी स्थायी कमिटी सदस्य विश्वनाथ साहका भाइ हुन् । उनलाई पहुँचक आधारमा पुनः टिकट दिएको भन्दै महतोले प्यानल बनाएर बागी उम्मेदवारी दिएका हुन् ।

  • धनुषा पुगेर प्रचण्डले भने- संविधान अझै अपूर्ण छ, केपी ओलीका कारण पूर्ण हुन सकेन

    धनुषा पुगेर प्रचण्डले भने- संविधान अझै अपूर्ण छ, केपी ओलीका कारण पूर्ण हुन सकेन

    धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधान अझै पूर्ण नभएको बताएका छन् ।

    नेकपा माओवादी केन्द्रले आज धनुषाको मिथिला नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान पूर्ण गर्न नदिन नेकपा एमाले र केपी शर्मा ओलीले भूमिका खेलेको आरोप लगाए ।

    ‘यो संविधान अझै परिमार्जन गर्न जरुरी छ, यो पूर्ण भएको छैन यस्लाई संशोधन गर्न जरुरी छ अझै विकसित गर्न जरुरी छ,’ उनले भने,‘तर यो संविधानमा भएका सकारात्मक कुराहरूलार्य उल्ट्याउन खोज्ने प्रतिगमनमा विरूद्ध लड्न पनि जरुरी छ ।’

    आफू प्रधानमन्त्री हुँदा दुई पटक संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको उनले बताए । उनले भने, ‘मैले दोस्रो चोटी प्रधानमन्त्रीको भूमिका निर्वाह गर्दैगर्दा दुईपटक संविधान संशोधन र परिमार्जनको प्रस्ताव संशोधन हुन सकेन् । तपाईहरूलाई थाहा छ ।’

    केपी ओली गुटकै कारण र एमालेकै कारण संविधान संशोधन हुन नसकेको उनले बताए । ‘त्यसकारण जनताको हक र अधिकारका निम्ति विकास र समृद्धिका लागि यो गठबन्धन गरेका छौं,’ उनले भने ।

     

  • सुर्खेतमा एमाले र माओवादीले प्रचारमा प्रयोग गरेको दुई वटा गाडीमा अज्ञात समूहद्वारा आगजनी

    सुर्खेतमा एमाले र माओवादीले प्रचारमा प्रयोग गरेको दुई वटा गाडीमा अज्ञात समूहद्वारा आगजनी

    सुर्खेत । सुर्खेतमा  राेकिराखेकाे दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको छ। वीरेन्द्रनगर–६ मंगलगढीमा रोकी राखेकाे दुई वटा गाडीमा अज्ञात समूहले गएराती आगजनी गरेको हो।

    नेकपा माओवादी केन्द्रको चुनावी प्रयोजनामा प्रयोग भइरहेको एक स्कार्पियो गाडीसहित दुईवटा गाडी जलाइएको छ ।

    होटल सत्कार अगाडि पार्किङ गरेर राखिएको नेकपा माओवादी केन्द्रको प्रचारमा रहेको बा १४ च ६८३१ नम्बरको स्कर्पियो गाडीमा राति १२ः ३० वजे र सेन्चुरी बैंकको शाखा नजिक पार्किङ गरेर राखिएको नेकपा एमालेको प्रचारमा रहेको कर्णाली प्रदेश ०२– ००१ ख ००६१ नंवरको एसएमएल मिनीबसमा राति २ बजेतिर आगो लगाइएको हो ।

    आगलागीबाट स्कार्पियो र मिनीबसमा क्षति पुगेको छ । पेट्रोल छर्केर आगजनी गरिएको स्थानीयहरुको भनाइ छ । प्रहरी र स्थानीयहरुले गाडीमा लागेको आगो निभाएका थिए ।

    आगलागी गर्नेको खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी पदमवहादुर विष्टले शंकास्पद ५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । घटनास्थल वरपरका सिसी क्यामेराहरुको पनि अध्ययन भइरहेको उनले बताए ।।

  • वाचन शिरोमणि नारायण पोखरेल हत्याका १७ वर्ष- कार्यकर्ताबाट मारिए, नेताले जिम्मा लिएनन्

    वाचन शिरोमणि नारायण पोखरेल हत्याका १७ वर्ष- कार्यकर्ताबाट मारिए, नेताले जिम्मा लिएनन्

    रुपन्देही । आध्यात्मिक चेनताबाट समाज सुधार गर्ने अभियान चलाएका पण्डित नारायणप्रसाद पोखरेलको १७ वर्षअघि अर्थात् २०६२ साल वैशाख २३ गते रुपन्देहीमा हत्या भएको थियो । कथाप्रवचनको माध्यमबाट हरेक व्यक्तिलाई प्रभावित बनाएर आर्थिक स्रोत जुटाउने अभियान चलाएका पोखरेलको रहस्यमयी तरिकाले हत्या भएको थियो । तर अझैसम्म कसले किन उनको हत्या गर्यो भन्ने खुलेको छैन ।

    घटना भएको केही समयपछि माओवादीका कार्यकर्ताले पत्रकारलाई टेलिफोन गरेर सफाया गरेको खबर गर्वका साथ टिपाएका थिए । तर पछि आलोचना बढ्दै गयो र पार्टीले आधिकारिक जिम्मेवारी लिएन ।

    २०६२ साल वैैशाख २३ गते बिहानै सैनामैनाको साविक दुधराक्ष कलौनीमा सन्नाटा छाएको थियो । हाल सैनामैना कलौनीमा अवस्थित रामापुर क्याम्पसको भौतिक निर्माणका निमित्त आर्थिक संकलन गर्न भन्दै धनधान्यान्चल महायज्ञ आयोजना गरिएको सोही ठाउँमा कथावाचनमा आएका पण्डित नारायण पोख्रेलको हत्या भएको खबरले सैनामैनावासीलाई अहिले पनि स्तब्ध बनाउँछ ।

    स्थानीय शोभाखर पुरी उक्त घटनाले सैनामैनाबासीलाई सधैंका लागि रुवाएको बताउँछन् । ‘त्यस्ता व्यक्तिको हत्या जसले गरेपनि कहिल्यै न्याय हुनेछैन, समाजका लागि काम गर्ने पण्डितको हत्याले कसले के पायो थाहा छैन तर अहिलेसम्म हत्याराको खोजबिन नहुनु झन् बढी दुःखलाग्दो हो’, उनले भने ।

    सैनामैनाबासीले पण्डित पोखरेलको हत्यालाई जति नै प्रयास गरेपनि भुल्न नसकेको स्थानीय पत्रकार दीपक न्यौपाने बताउँछन् ।

    हत्याको समयमा उनी जुन क्याम्पसका लागि आर्थिक स्रोत व्यवस्थापनका लागि आएका थिए, त्यो क्याम्पसको नाम पोखरेलको सम्झनामा राखिएको छ– सहिद नारायण पोखरेल क्याम्पस ।

    सो क्याम्पसका प्रमुख यदुलाल पन्थ समाजमा अनुकरणीय व्यक्तिको हत्या भएको यति लामो समयसम्म हत्यारा पत्ता नलाग्नु रहस्यमय भएको बताउँछन् । ‘धर्मलाई सामाजिक काममा जोडेर अनुकरणीय काम गर्नुभएका पोखे्रललाई जसले हत्या गर्यो, आज उनीहरुलाइ ठूलो पश्चाताप भइरहेको हुनुपर्छ’, उनी भन्छन्, ‘त्यो घटनाको जति नै निन्दा गरेपनि कम नै हुन्छ ।’

    हालैमात्र सोही महायज्ञबाट संकलित रकमले व्यवस्थित रुपमा संचालनमा ल्याइएको सहिद नारायण पोख्रेल रामापुर क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भएका बालकृष्ण गैरे पुरानो घाउ कोट्याउदै भन्छन्– आज पनि त्यो कहालीलाग्दो घटनाले मन पोलिरहन्छ । तीनजना मोटरसाइकलमा आएर हत्या गरेर फरार भए ।

    धार्मिक प्रवचनबाट समाजसेवामा अतुलनीय योगदान दिइरहेका पण्डित पोख्रेलको कसले किन हत्या गर्यो अहिलेसम्म पत्ता लागेको छैन । आम मानिसलाई नचाएर, हँसाएर, प्रभावित पारेर क्याम्पस, स्कुल,मन्दिर र अन्य सामाजिक भवन बनाउन दिनरात खट्ने मान्छेको हत्या देख्दा र सम्झँदा स्थानीयको अहिले पनि आङ जिरिङ्ग हुन्छ ।

    ‘म त्यतिखेर कक्षा ९ मा पढ्थें’, हाल स्वर्गीय पण्डित पोख्रेलकै नाममा संचालनमा आएको क्याम्पसको प्रशासकीय अधिकृत भएका मदन थापाले भने, ‘हामी पनि निकै ध्यानपूर्वक उहाँका कथाहरु सुन्थ्यौं । उहाँले समाजका विकृति, विसंगति र जातीय भेदभाब हट्नुपर्छ भन्ने आशयका कथाको शैलीले मलाई पनि निकै प्रभावित पारेको थियो । मलाई यस्तो लाग्थ्यो कि यज्ञले यस क्षेत्रमै पहिलोपटक आपसी सद्भाव, भाइचारा, ऐक्यबद्धता तथा निस्वार्थ भावना बोकेर आइरहेको छ । तर अफसोच उहाँको दुःखद हत्याले हाम्रो घरमा एकहप्तासम्म चुल्हो नै बलेन ।’

    महायज्ञबाट तत्कालीन समयमा हालको सैनामैनाका विभिन्न संघसंस्था, क्लबहरु, आमा समूह, शैक्षिक, बौद्धिक ब्यक्तित्वहरु, व्यवसायीदेखि कृषकहरुको समेत उत्साहजनक सहभागिताले ४२ लाख रुपैयाँ संकलन भएको थियो ।

    माओवादीका तत्कालीन कार्यकर्ताले पण्डितलाई सफाय गरेको फोन गरेको भनेर तत्काल पत्रकारलाई फोन गरेर जानकारी दिएका थिए । बीबीसी बुटवल संवाददाता माधव नेपाल त्यो घटना स्मरण गर्दै भन्छन्– माओवादीका कार्यकर्ताले पण्डित नारायण पोखरेलको सफाया गरेको फोनमा जानकारी दिएर समाचार लेखेका हौं, बीबीसीमा पनि त्यो बेला मेरो समाचार आएको हो, त्यो समयमा कसैले खण्डन गरेन, अहिलेको जस्तो रेकर्ड राख्ने प्रविधि थिएन, पछि उनका छोरा आएर त्यो फोन गर्ने मान्छेको नाम र पार्टीको जिम्मेवारी खोजे पनि पत्ता लाउन सकिएन ।

  • प्रचण्डले भने– जय नेपाल र लालसलामबीच सहकार्य जरुरी छ (भिडिओ)

    प्रचण्डले भने– जय नेपाल र लालसलामबीच सहकार्य जरुरी छ (भिडिओ)

    भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाल सलाम र जय नेपालको सहकार्य जरुरी रहेको बताएका छन् ।

    भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले हँसिया हथौडा र चार तारे झण्डा एकै ठाउँमा उभिएपछि नेपालमा प्रजातन्त्र पुनः स्थापना भएको स्मरण गरेका हुन् ।

    ‘लाल सलाम र जय नेपालको सम्बन्धको सुरुआत २०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट सुरु भएको हो । त्यसभन्दा अगाडि वामपन्थी र प्रजातन्त्रवादीबीच सहकार्य हुने विषय अलि नकारात्मक मानिन्थ्यो । २०४६ सालको जनआन्दोलनको सन्दर्भमा हँसिया हथौडा र चार तारे झण्डा एकसाथ भएपछि मात्रै प्रजातन्त्र पुनः स्थापना भयो’, उनले भने ।

    नेपालमा अझै पनि वाम–लोकतान्त्रिक एकता र सहकार्य जरुरी रहेकोमा दाहालले जोड दिए ।

    गठबन्धनको विरुद्धमा उभिएका केही नेताहरूले सैद्धान्तिक प्रश्न उठाएको भन्दै प्रचण्डले आफूले सैद्धान्तिक नै जवाफ दिए ।

    ‘रुख र हँसिया हथौडा चिन्हको बारेमा कुरा गर्नुभएको छ । के ४६ सालको जनआन्दोलन, ६२र६३ को जनआन्दोलनको बलमा विस्तृत शान्ति सम्झौता हुनु हँसिया हथौडा र रुखको सहकार्य थिएन ? के त्यो गलत हो भन्न सक्नुहुन्छ ?’, प्रचण्डले प्रश्न गरे ।