Category: माओवादी केन्द्र

  • ककनीमा प्रकाशको सालिक, प्रचण्डले भने- पर्वतारोहण संघले आवश्यकता महसुस गर्‍यो (भिडिओ)

    ककनीमा प्रकाशको सालिक, प्रचण्डले भने- पर्वतारोहण संघले आवश्यकता महसुस गर्‍यो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत पुत्र प्रकाश दाहालको सालिक आवश्यकता महसुस गरेरै बनाइएको बताएका छन् ।

    सालिक अनावरणपछिको सभालाई सम्बोधन गर्दै उनले पर्वतारोहण संघले आवश्यकता महसुस गरेरै सालिक बनाएको स्पष्टीकरण दिएका हुन् ।

    ‘मैले यो ठाउँमा प्रकाश दाहालको सालिक निर्माण गर्ने सन्दर्भमा कताकता अप्ठेरोजस्तो महसुस गरेको थिएँ’, उनले भने, ‘यसको उद्देश्य कसैको परिवारलाई सम्बोधन गर्ने नभएर समग्र आरोहीहरूलाई सम्बोधन गर्ने पनि छ । र, देशको सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणमा भूमिका खेल्ने व्यक्तित्वहरूलाई जोड्ने कुरा पनि छ भनेर यहाँहरूले मलाई कन्भिन्स गर्नु भो र मैले ठीकै छ भनेको हो । कसैलाई केही भ्रम नहोस् ।’

    यो आफ्नातर्फबाट अनुरोध गरेर नभई पर्वतारोहण संघले आवश्यकता महसुस गरेर गरिएको काम रहेको अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘यो प्रकाश दाहालको मात्र सालिक अनावरण भएको मैले ठान्दिनँ । योसँगै सबै आरोहीको सम्मान गर्ने कामको सुरुवात हो ।’

    यसअघि नेपाल पर्वतारोहण संघद्वारा नुवाकोटको ककनी गाउँपालिका–६ मा रहेको ककनी अन्तर्राष्ट्रिय स्मृति पार्कमा निर्माण गरेको प्रकाशको सालिक अध्यक्ष प्रचण्डले आज अनावरण गरेका थिए ।

    ‘लुम्बिनी सगरमाथा आरोहण अभियानका नामले शान्ति र संविधानको सन्देश प्रवाह गर्न सफल आरोही’ रहेको भन्दै पर्वतारोहण संघले स्व. प्रकाशको सालिक बनाएको जनाएको छ ।

    सालिकसहित सोही क्षेत्रमा शीलालेख राखेर पनि दिवंगत प्रचण्डपुत्र प्रकाशको जीवनी लेखिएको छ । प्रचण्डपुत्र प्रकाशको २०७४ मंसिर ३ गते मृत्यु भएको थियो ।

  • राजेश हमाल बिहानै खुमलटारमा, प्रचण्डसँग भने- राजनीतिमा आउन सक्छु

    राजेश हमाल बिहानै खुमलटारमा, प्रचण्डसँग भने- राजनीतिमा आउन सक्छु

    काठमाडौं । नेपाली चलचित्र ‘महानायक’ राजेश हमालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज भेटघाट गरेका छन् । उनी बिहान साढे ८ बजे प्रचण्डलाई भेट्न एक्लै उनको निवास खुमलटार पुगेका थिए ।

    राजनीति र चलचित्रका दुई हस्तीबीच करिब आधा घन्टा सौहार्द कुराकानी भएको छ । भेटघाटको समन्वय गरेका माओवादी निकट संगीतकार चेतन सापकोटाले चलचित्र क्षेत्रदेखि राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिबारे चर्चा-परिचर्चा भएको जानकारी दिए ।

    पछिल्लो समयमा विदेशी चलचित्र, खासगरी भारतीय र दक्षिण भारतीय चलचित्रले नेपाली चलचित्र उद्योगलाई पुर्‍याइरहेको असरप्रति हमालले प्रचण्डको ध्यानाकर्षण गराएका थिए । सरकारले विदेशी विलाशिताका वस्तुहरुको आयातमा रोक लगाउने निर्णय गर्दा त्यसमा विदेशी चलचित्रलाई नसमेटेकोमा हमालले असन्तुष्टि व्यक्त गरेका थिए ।

    ‘विदेशी चलचित्रका कारण नेपाली चलचित्र उद्योग अप्ठेरो अवस्थामा पुगेकोबारे हमालले ध्यानकर्षण गराउँदा प्रचण्ड गम्भीर देखिनुभएको थियो’, सापकोटाले भने ।

    भेटवार्ताका क्रममा नेपालको राजनीतिक विषयवस्तुबारे पनि कुराकानी भयो । हमालले एमसीसीदेखि एसपीपी र बीआरआईसम्मका विषयमा आफ्नो धारणा राखेका थिए । प्रचण्डले उनको बुझाइमा आफ्नो समर्थन रहेको बताए । यस्तै श्रीलंकामा हाल उत्पन्न भएको संकटका विषयमा पनि कुराकानी भएको थियो ।

    ‘राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिका विषयमा तपाईंको ज्ञान र बुझाइबाट म प्रभावित भएँ’, प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले बताए ।

    हमालले आफू राजनीतिमा आउन सक्ने घुमाउरो संकेत गरेका थिए । यदि परिस्थितिले मागेको खण्डमा आफू राजनीतिमा आउन नहुने कुनै कारण नरहेको उनको भनाइ थियो । प्रचण्डले राजेश हमालजस्ता व्यक्तिको राजनीतिमा खाँचो रहेको बताए । यद्यपि आफ्नो पार्टी माओवादीमा आवद्ध हुन भने उनले आग्रह गरेनन् । हमालले पनि त्यस्तो चाहना व्यक्त गरेनन् ।

    सुरुवातमा संगीतकार सापकोटा र प्रचण्डपुत्री गंगा दाहाल पनि भेटवार्तामा सहभागी थिए । पछि सापकोटा र गंगा निस्केर प्रचण्ड र हमालबीच वान टु वान कुराकानी भएको थियो । वान टु वान कुराकानीका क्रममा दुवैको बडी ल्याङ्वेज सकारात्मक देखिएको सापकोटाले बताए ।

    ‘हामीले बाहिरबाट हेर्दा दुवैजनाबीच खुलस्त कुराकानी भएको थियो । दुवैले एक-अर्काप्रति समर्थन जनाउने हाउभाउ देखाइरहनुभएको थियो’, सापकोटाले भने ।

    कुनै पनि फिल्मी कलाकारलाई एक्लै यति लामो समय प्रचण्डले भेटेको पहिलोपटक भएको सापकोटाको दावी छ ।

    स्राेतका अनुसार राजेश हमालकाे भित्री चाहना कुनै देशकाे  राजदूत बन्ने छ । यसकै निम्ति प्रचण्डसँग उनले हिमचिम बढाउन खाेजेका हुन् । राजेश हमालका बुवा पनि राजदूत थिए ।

  • वागमतीका मुख्यमन्त्रीविरुद्ध कांग्रेस र माओवादीले थाले हस्ताक्षर संकलन

    वागमतीका मुख्यमन्त्रीविरुद्ध कांग्रेस र माओवादीले थाले हस्ताक्षर संकलन

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरूद्ध सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले हस्ताक्षर संकलन गरेका छन् ।

    पूर्वसहमति अनुसार पदबाट हट्न नमानेपछि उनीविरूद्ध हस्ताक्षर संकलन गर्नुपरेको कांग्रेस र माओवादी केन्द्रले जनाएका छन् ।

    प्रदेशसभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस र माओवादीका सांसदले हस्ताक्षर संकलन थालेका हुन् ।

    नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता प्रभात तामाङले आफूहरूले हस्ताक्षर अभियान सुरू गरेको बताए । मुख्यमन्त्री परिवर्तन गर्नुअघि हस्ताक्षर अभियान सुरू गर्ने प्रचलन अनुसार नेपाली कांग्रेसले हस्ताक्षर संकलन सुरु गरेको उनको भनाइ छ ।

    उनले भने ‘बजेट अधिवेशन पछि हाम्रो पार्टीको नेतृत्वको सरकार स्थापना गर्ने पूर्वसहमति अनुसार नै प्रदेश प्रमुखलाई बुझाउनको लागि हस्ताक्षर संकलन गरेका हौँ ।’

    सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दलबीच वागमती प्रदेश सरकारको नेतृत्वबारे भएको लिखित सहमति नेपाल प्रेसले केही दिनअघि सार्वजनिक गरेको थियो । उक्त लिखित सहमतिमा प्रदेशसभाका बाँकी कार्यकालमध्ये आधा अवधि पाण्डे र बाँकी आधा अवधिमा बानियाँ मुख्यमन्त्री बन्ने उल्लेख छ ।

    नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्नुअघि भएको लिखित सहमतिमा आधा अवधिपछि कांग्रेसका इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने उल्लेख छ ।

    २०७८ साल कात्तिक ११ गते नेकपा एसका पाण्डे वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६ महिनापछि कांग्रेसले नेतृत्व पाउने गरी भएको त्यो लिखत गोप्य राखिएको थियो ।

    यो पनि पढ्नुस् : बाहिरियो तीनदलीय लिखत, इन्द्र बानियाँ बन्न पाउलान् वागमतीको मुख्यमन्त्री ?

  • पदमुक्त मन्त्री विमला वलीको अर्को ट्वीस्टः मैले राजीनामा नदिई कसरी स्वीकृत भयो ?

    पदमुक्त मन्त्री विमला वलीको अर्को ट्वीस्टः मैले राजीनामा नदिई कसरी स्वीकृत भयो ?

    रुपन्देही । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीले स्वीकृत गरेको प्रदेशसभामा जानकारी गराएपनि उनी आफैले राजीनामा नदिएको बताएकी छन् ।

    जेठ ३१ गते उनका प्रेमी भनिएका दाङका एकराज बस्नेतको घरमा पुगेर बस्नेतकी श्रीमति तथा छोरीलाई कुटपिट तथा घरमा तोडफोडको आरोप लागेकी राज्यमन्त्री वलीले १२ गते राजीनामा दिएको र बुधबार स्वीकृत गरिएको मुख्यमन्त्री केसीले सदनमा जानकारी दिएका थिए ।

    तर वली आफैले राजीनामा नदिएको दावी नेपाल प्रेससँग गरेकी छन् । प्रायः पत्रकारको फोन कमै उठाउने र उठाएपनि कम बोल्ने उनले बिहीबार बिहान नेपाल प्रेसको मोबाइल सम्पर्कमा आफूले राजीनामा नदिएको बुधबार नै बताएको र आफू बैठकमा रहेकाले अन्य निर्णय केही समयपछि जानकारी दिने भन्दै फोन राखेकी थिइन् ।

    ‘उहाँले राजीनामा दिइसक्नु भएको छ, उहाँको राजीनामा मुख्यमन्त्रीले स्वीकृत गरेर सदनलाई जानकारी गराइसक्नुभयो अब उहाँले के बोल्नुहुन्छ भन्ने विषयमा हामीले जान्ने कुरा भएन– माओवादी प्रमुख सचेतक तुलाराम घर्तीले नेपाल प्रेससँग भने– कसले के भन्यो र कसको लहैलहैमा लाग्नुभयो अचम्मै छ। घर्तीको आश्चर्यले पनि वलीले उठाएको प्रसंग बाझिएको प्रष्ट हुन्छ ।

    विमलाले बुधबार नै आफूले राजीनामा नदिने र सरकार आफैँले कारवाही गरेर पदमुक्त गर्न भनेकी थिइन्। उनको राजीनामा नदिएको भनाइ र सरकारले स्वीकृत गरेको विषयले उनलाई थप विवादमा तानेको छ ।

    यसअघि पनि उनका धेरै निर्णय यसैगरी विवादमा आएका थिए । नेकपाबाट प्रदेश सांसद बनेकी उनी त्यसपछि माओवादी र एमाले रोज्ने विषयमा यसैगरी विवादित बनेकी थिइन् । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई बहुमत पुराउने सख्यामा उनको भूमिका थप विवादित बनेको थियो । गत साउन १५ गते अपहरणमा परेके भनिएकी उनी दाङस्थित घरमा भेटिएकी थिइन् ।

    त्यसलगत्तै एमाले प्रवेश गरेको विज्ञप्ती आयो भने त्यसको दुई दिनपछि आफू अपहरणमा परेर तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको निवासबाट भागेर बाहिरिएको र आफू माओवादीमै रहेको पत्रकार सम्मेलन गरेर जानकारी गराएर चर्चामा आएकी थिइन् । यद्यपि उनको त्यो अपहरण काण्डको कुनै मुद्दामामिला अगाडि बढेन ।

  • विवादित मन्त्री विमलाले दिइन् राजीनामा

    विवादित मन्त्री विमलाले दिइन् राजीनामा

    रुपन्देही । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् ।

    माओवादी केन्द्रका प्रमु सचेतक तुलाराम घर्तीले १२ गते नेै खत्रीले राजीनामा दिएको र आज मुख्यमन्त्री कुलप्रसाद केसीले सदनलाई जानकारी  दिने नेपाल प्रेसलाई बताए ।

    जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।

    पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले एमाले-माओवादी ब्युँतिएपछि वैशाख १९ मा पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।

    आज छानबिन समितिले प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको समितिका संयोजक तथा सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए । सरकारले आजै बजेट पास गर्न र प्रतिवेदनमा उनको कमजोरी भेटिएपछि राजीनामा गर्न लगाइएको स्रोतले बताएको छ ।

  • प्रचण्डको दाबी- एमालेमा बीउ रोपेका छौँ, हेर्नुहोला केही समयपछि फल्छ(भिडिओ)

    प्रचण्डको दाबी- एमालेमा बीउ रोपेका छौँ, हेर्नुहोला केही समयपछि फल्छ(भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन नेकपाको तीन वर्षमा एमालेभित्र आफूले बीउ रोपेको भन्दै चाँडै नै त्यहाँभित्र पनि माओवादी विचार फल्ने दाबी गरेका छन् ।

    बुधबार पेरिसडाँडामा विप्लव नेतृत्वको नेकपाका नेताहरूलाई माओवादीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीको नेतृत्वका कारणमात्र अहिले एमालेमा आफूले रोपेको बीउ फक्रिन नपाएको बताए ।

    प्रचण्डले भने, ‘तीन वर्षको मेरो अनुभवले भन्छ, हामीले हाम्रो बीउ रोपेर आएका छौं, हेर्नुहोला केही समयपछि फुल्छ फल्छ । एमालेभित्र पनि हजारौं क्रान्तिकारी छन्, केपी ओली नेतृत्वका कारणमात्र हो । त्यहाँ पनि नसकिएको होइन । त्यसैले माओवादीहरूमात्र मिलेर हुन्न, अन्य वामपन्थीहरू पनि मिलाउनुपर्छ ।’

    प्रचण्डले आफू भावुक र उदार स्वभावको रहेको भन्दै माओवादीमा बसेकाहरूलाई भन्दा बाहिर गएर आएकालाई बढी अवसर र जिम्मेवारी दिएको बताए । छाडेर फर्केकालाई महासचिव र गृहमन्त्री बनाउँदा अहिले कहाँ-कहाँ पुगेको भन्दै उनले बादलको आलोचना समेत गरे ।

  • जनता आजित भए, वैद्य र विप्लवहरू लाज नमानी मेरो नेतृत्वमा आउनुको विकल्प छैन : प्रचण्ड (भिडिओ)

    जनता आजित भए, वैद्य र विप्लवहरू लाज नमानी मेरो नेतृत्वमा आउनुको विकल्प छैन : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माओवादी जनयुद्धमा भाग लिएकाहरू आफ्नो नेतृत्वमा एकताबद्ध हुनुको विकल्प नरहेको भन्दै फेरि प्रचण्डकहाँ जानुपर्ने भयो भनेर लाज नमान्न आग्रह गरेका छन् ।

    विप्लव नेतृत्वको नेकपा छाडेर माओवादीमा समाहित भएका नेता कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले माओवादी धारको पुनः एकीकरण आफ्नो नेतृत्वमा मात्र सम्भव रहेको दाबी गरे । उनले साना-साना पसल थापेर लडाइँ जित्न नसकिने भन्दै जनता र कार्यकर्ताले पनि माओवादीहरूलाई प्रचण्डको नेतृत्वको एकताबद्ध हुन निर्देशित गरेको बताए ।

    प्रचण्डले भने, ‘अब जनता पनि आजित भए । अब तिमी माओवादीहरू एकै ठाउँमा बस भन्न थाले । कार्यकर्ताको भावना पनि आखिर चुनाव नै हो, प्रतिस्पर्धामै आउने हो भने प्रचण्डकै नेतृत्वमा किन नआउने भन्ने देखियो । क्रान्ति हुन्छ कि अरुबाट भन्ने भ्रम पनि तोडियो । त्यसैले विप्लवजी, वैद्यजी, हेमन्त वलीजीहरू सबैजना आउनैपर्छ । प्रचण्डकहाँ किन जाने भनेर लाज नमानौं, माओवादी आन्दोलनको एकता मेरै नेतृत्वमा मात्र सम्भव छ ।’

    अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको जनक्रान्तिमा ज्यान गुमाएकाहरूको जिम्मेवारी पनि आफूले लिने भन्दै अब माओवादी आन्दोलनको पुनः एकीकरण कसैले रोक्न नसक्ने दाबी गरे । उनले अहिले व्यक्तिहरू आइरहेको र चाँडै नै संस्थागत एकीकरण पनि अघि बढ्ने बताए ।

  • विप्लव नेकपाबाट ३ केन्द्रीय सदस्यसहित ६७ नेता माओवादी प्रवेश

    विप्लव नेकपाबाट ३ केन्द्रीय सदस्यसहित ६७ नेता माओवादी प्रवेश

    काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेका तत्कालीन पूर्व पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्।

    आज बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातको टिका लगाएर उनीहरुले पार्टी प्रवेश गरेका हुन् ।

    नेता पुनसँगै पार्टी परित्याग गरेका केन्द्रीय सदस्य शंकर खड्का, दलबहादुर धामी र रमेश परियारलगायत विप्लवको पार्टीबाट ६७ जना कार्यकर्ताले माओवादीमा प्रवेश गरेका छन् ।

    नेता पुन, केन्द्रीय सदस्य खड्का, धामी र परियारले गत बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

    विप्लव नेकपाका केन्द्रीय सदस्यसमेत रहेका पुन पूर्वपोलिट्ब्यूरो तथा सेती महाकाली ब्यूरो इन्चार्ज थिए भने पार्टीनिकट किसान र सुकुम्बासी संगठनको अध्यक्षसमेत रहेका थिए ।

    पूर्वसभासद र सेती ब्यूरो इन्चार्ज भइसकेका खड्का केन्द्रीय सदस्य थिए भन् धामी केन्द्रीय सदस्य र परियार भने दार्चुला र कञ्चनपुर जिल्ला इन्चार्ज रहेका थिए ।

    आफूले विप्लवको नेतृत्वमा क्रान्ति सम्भव नहुने देखेरै बाटो बदलेको पुनले बताए । उनले विप्लव आफू क्रान्ति गर्न पनि नसक्ने माओवादी शक्तिलाई एकीकृत र ध्रुवीकृत गर्न पहल नगरेकै कारण आफूहरूले विप्लवले नेतृत्व गरेको पार्टी परित्याग गरेको उनको भनाइ थियो ।

     

  • मन्त्री फेर्ने नेकपा एसको निर्णयमा माओवादी नेता शर्माले गरे आलोचना (भिडिओ)

    मन्त्री फेर्ने नेकपा एसको निर्णयमा माओवादी नेता शर्माले गरे आलोचना (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले मन्त्रीहरू हेरफेरप्रति आलोचना गरे । मन्त्रीहरूलाई राम्रोसँग काम गर्नको लागि समय दिनुपर्ने भन्दै छिटोछिटो हेरफेर गरेको विषयमा जनता पनि त्यति खुसी नभएको उनको भनाइ छ ।

    रिपोर्टस क्लबमा आज आयोजित एक कार्यक्रममा शर्माले आफ्नो पार्टीले तत्काल मन्त्रीहरू फिर्ता बोलाउनेबारे कुनै छलफल र सोच नबनाएको पनि प्रष्ट्याए ।

    उनले भने,‘हामीले मन्त्रीहरू फिर्ता बोलाउनेबारे सोचेका छैनौं । हामीले नयाँ टिम पठाउनेबारे छलफल नै गरेको छैन् । केन्द्रीय कमिटीको बैठक यही असार १९ गते बस्दैछ । त्यो बेला कुरा आए छुट्टै कुरा हो । तर, हाम्रो नेतृत्वले यसबारेमा सोचेको छैन ।’

    ‘एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गर्‍यो, त्यसो नगरेको नभए हुन्थ्यो । फेरबदल गर्नुलाई जनताले राम्रो मानेका छैनन् ’, उनले भने ।

    नेता शर्माले पालो पुर्‍याएर तीन/तीन महिना र छ महिना सरकारमा सहभागी हुने पद्धतिलाई प्रोत्साहन गर्न नहुने धारणा राखे । ‘३ महिना, ५ महिनामा ७ महिनामा मन्त्रीले के परिणाम दिन्छ ? एक/दुई महिना बुझ्नै लाग्छ, तीन महिना कार्ययोजना बनाउन समय लाग्छ । मन्त्रीलाई काम गर्ने अवसर पर्याप्त रूपमा दिनुपर्छ ’, उनको भनाइ थियो ।

    गठबन्धन प्रदेश र संघको निर्वाचनसम्मै जाने नेता शर्माको भनाइ छ । ‘आगामी निर्वाचनसम्म गठबन्धन तलमाथि हुँदैन । ७५३ स्थानीय तहमा त गठबन्धन गर्‍यौँ । परिणाम सन्तोषजनक आएको मूल्यांकन गरेका छौँ । कमजोरी सच्याउँछौँ । सुझबुझपूर्ण तवरले यो विषयलाई नयाँ र वैज्ञानिक ढंगले हल गरेर नै गठबन्धन अघि बढ्छ ।’

  • एमालेसँगको सहमति कार्यान्वयन गर्छौं : जम्कट्टेल

    एमालेसँगको सहमति कार्यान्वयन गर्छौं : जम्कट्टेल

    हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग भएको सहमति पूर्ण रुपमा कार्यान्वयन गर्ने बताएका छन् ।

    आज प्रदेशसभा बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री जम्कट्टेलले सरकार प्रतिपक्षीहरुसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    उनले बजेटले सबै क्षेत्र र तप्कालाई समेट्ने प्रयास गरेको उल्लेख गर्दै बजेट बनाउने क्रममा केही सीमाभित्र रहेर काम गर्दा कतिपय सन्तुलन नमिलेको हुनसक्ने स्वीकार गरे ।

    मन्त्री जम्कट्टेलले सरकारले बदनियत राखेर कसैलाई पनि कर छुट दिने निर्णय नगरेको बताए ।

    बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक दीपक निरौलाले सरकारले प्रतिपक्षीले उठाएका सबै विषय सम्बोधन गर्न नसकेको बताए । सरकारले सिमेन्ट उद्योगलाई अनावश्यक रुपमा कर छुट दिने निर्णय गरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे ।

    प्रमुख सचेतक निरौलाले बजेटलाई समावेशी र समानुपातिक बनाउन कस्तो पहल गरिने हो स्पष्ट पार्न अनुरोध गरेपछि पुनः जवाफ दिँदै मन्त्री जम्कट्टेलले बजेटलाई समावेशी र समानुपातिक बनाउन तथा प्रतिपक्षीको माग सम्वोधन गर्न सरकार प्रतिवद्ध रहेको बताएका थिए ।

    प्रतिपक्षीको माग सम्वोधन गर्ने सरकारले प्रतिबद्धता जनाएपछि अवरुद्ध संसद बैठक पुनः सुरु भएको छ ।

  • प्रधानमन्त्री बन्ने चाहना व्यक्त गर्दै प्रचण्डले भने- देशलाई नयाँ युगतिर लैजाने सपना छ (भिडिओ)

    प्रधानमन्त्री बन्ने चाहना व्यक्त गर्दै प्रचण्डले भने- देशलाई नयाँ युगतिर लैजाने सपना छ (भिडिओ)

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री बन्न चाहेको भन्दै आफूसँग अब देशलाई नयाँ युगतिर लैजाने सपना रहेको बताएका छन् ।

    नेपाल पर्वतारोहण संघको नवनिर्वाचित नेतृत्वलाई पदभार हस्तान्तरण समारोहमा प्रचण्डले विगतमा आफूले गरेका प्रयासलाई सार्थक बनाउन चाहेको बताए ।

    अध्यक्ष प्रचण्डले भने– अहिले तपाईँहरूले अबको प्रधानमन्त्री भन्नुभयो । तपाईँहरूको आशीर्वादले तेस्रो पटक देशको नेतृत्व गर्ने मौका पाएँ भने देशलाई नयाँ युगतिर लैजाने,अहिलेका तमाम विकृतिमाथि प्रहार गर्दै समृद्धिको यात्रामा लैजाने सपना मेरो मनभित्र छ ।

    आफ्नो पहिलो कार्यकाल झिलिमिलीमै बितेको र दोस्रो पटक प्रधानमन्त्री हुँदा धेरै राम्रो सुधारको प्रयास गरेको भन्दै दोस्रो कार्यकालप्रति गर्व रहेको बताए ।

    उनले देशलाई राष्ट्रिय एकतामा बाँधेर चुनावमा लैजाने दायित्व समेत आफूले निर्वाह गरेको र इतिहासमै राम्रो आर्थिक वृद्धिदर आफ्नो दोस्रो कार्यकालमा भएको दाबी समेत गरे ।

    वामपन्थी एकता गरेर देशलाई स्थिरता दिने प्रयास असफल भए पनि आफू अब प्रधानमन्त्री बनेमा मुलुकलाई समृद्ध बनाउने योजना रहेको प्रचण्डले सुनाए ।

  • प्रचण्डको दाबी- एमसीसीमा बुद्धिमत्तापूर्ण निर्णय गर्‍यौं, एसपीपी हामीले नै रोक्यौं

    प्रचण्डको दाबी- एमसीसीमा बुद्धिमत्तापूर्ण निर्णय गर्‍यौं, एसपीपी हामीले नै रोक्यौं

    काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी र एसपीपीका विषयमा आफ्नो पार्टीले निर्णायक भूमिका खेलेको दाबी गरेका छन् । १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर ठूलो दुर्घटना टारिएको उनले बताए ।

    आज ललितपुरमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी र एसपीपीमा नेकपा एमालेले राष्ट्रघात गरेको आरोप पनि लगाए ।

    उनले भने, ‘एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने प्रावधान थिएन, तर एमालेको केपी ओली नेतृत्वको सरकारले यस्तो प्रावधान थपेर राष्ट्रघाट गर्‍यौं । धन्न हामीले १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाएर ठूलो दुर्घटना टार्‍यौं ।’

    एमसीसीसँगै पारित गरिएको १२ बुँदे घोषणालाई अमेरिकाले समेत मान्यता दिइसकेको प्रचण्डको दाबी छ । यो सम्झौता नेपालको पनि कानूनको अंग बनेको उनले बताए ।

    एसपीपीका सन्दर्भमा पनि प्रचण्डले ओलीलाई आरोप लगाए । ओली प्रधानमन्त्री र रक्षामन्त्रीसमेत रहेका बेला २०१५ मा एसपीपीबारे सैद्धान्तिक सहमति भएको उनले दाबी गरे ।

    प्रचण्डले भने, ‘मैले पेरिसडाँडामा यो कुराको खुलासा गर्नासाथ केपी ओलीगुटका एकजना मान्छेले सदनमा एमालेले सम्झौता गरेको प्रमाणित गर्न चुनौति दिए । त्यसको ३-४ घण्टापछि त सम्झौताको कपी नै बाहिर आयो । अहिले त्यसबेला हामीलाई थाहै थिएन भनेर जनतालाई उल्लु बनाउन खोज्दैछन् ।’

    एसपीपीका विषयमा सबैभन्दा पहिले आफूले नै प्रधानमन्त्रीसमक्ष असन्तुष्टि जनाएको पनि प्रचण्डको अर्को दाबी थियो ।

    ‘मैले प्रधानमन्त्रीज्यू एसपीपी सैन्य सम्झौता नै हो, यो कुनै हालतमा पारित गर्नुहुन्न भनेपछि प्रधानमन्त्रीले पनि बरु मर्छु तर एसपीपी पारित गर्दिनँ भन्नुभयो, त्यसपछि म ढुक्क भएँ’ प्रचण्डले भने, ‘अनि मैले गठबन्धनको बैठक बसेर एसपीपी अस्वीकार गर्नुपर्छ र सरकारले निर्णय गर्नुपर्छ भनेपछि यो खारेज भएको हो ।’

  • बाहिरियो तीनदलीय लिखत, इन्द्र बानियाँ बन्न पाउलान् वागमतीको मुख्यमन्त्री ?

    बाहिरियो तीनदलीय लिखत, इन्द्र बानियाँ बन्न पाउलान् वागमतीको मुख्यमन्त्री ?

    हेटौंडा । सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दलबीच वागमती प्रदेश सरकारको नेतृत्वबारे भएको लिखित सहमति बाहिरिएको छ ।

    नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्नुअघि भएको लिखित सहमतिमा आधा अवधिपछि कांग्रेसका इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने उल्लेख छ ।

    २०७८ साल कात्तिक ११ गते नेकपा एसका पाण्डे वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६ महिनापछि कांग्रेसले नेतृत्व पाउने सहमति भएको चर्चा भएपनि दलहरूले लिखित सहमति गोप्य राखेका थिए । नेपाल प्रेसलाई प्राप्त लिखित सहमतिमा प्रदेशसभाका बाँकी कार्यकालमध्ये आधा अवधि पाण्डे र बाँकी आधा अवधिमा बानियाँ मुख्यमन्त्री बन्ने उल्लेख छ ।

    ‘वागमती प्रदेश सरकारको मुख्यमन्त्री नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) वागमती प्रदेश संसदीय दलका नेता, प्रदेशसभा सदस्य माननीय राजेन्द्रप्रसाद पाण्डेलाई बनाउने । उहाँ मुख्यमन्त्रीमा नियुक्त भएको मितिले प्रदेशसभाको बाँकी अवधीमध्ये आधा अवधि पहिलो चरणमा मुख्यमन्त्री रहने र दोस्रो आधा अवधि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री रहने’, कांग्रेस, नेकपा एस र नेकपा माओवादीबीच भएको त्रिपक्षीय सम्झौतामा उल्लेख छ । सम्झौतामा कांग्रेसबाट बानियाँ, नेकपा एसबाट पाण्डे र माओवादीबाट शालिकराम जम्कट्टेलले हस्ताक्षर गरेका छन् ।

    पाण्डे मुख्यमन्त्री भएको आठ महिना पुगिसकेको छ । संघीय सरकारले मंसिरमै आमनिर्वाचन गराउने तयारी थालेको छ । त्यसो हँुदा प्रदेशसभाको कार्यकाल अब ५ महिनामात्रै बाँकी छ । सरकारको नेतृत्व हस्तान्तरण गर्न कांग्रेसले गठबनधन दलहरुलाई आग्रह गर्दै आएपनि कार्यान्वयन हुन सकेको छैन ।

  • मन्त्री फेर्न माधव नेपाल सक्रिय, देउवा र प्रचण्डसँग छुट्टाछुट्टै छलफल

    मन्त्री फेर्न माधव नेपाल सक्रिय, देउवा र प्रचण्डसँग छुट्टाछुट्टै छलफल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर गराउनका लागि सक्रिय भएका छन् ।

    नेकपा एसले सरकारमा रहेका पार्टीका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन गरेको सिफारिस प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन नगरेपनि अध्यक्ष नेपालले दौडधुप बढाएका हुन् ।

    नेपालले आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । कोटेश्वरस्थित निवासमा आएका माओवादी अध्यक्ष प्रचण्डसँग अध्यक्ष नेपालले मन्त्रिपरिषद पुनर्गठन हुनुपर्ने बताएका छन् ।

    प्रचण्डसँगको भेटपछि नेपालले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरो छन् । प्रधानमन्त्रीसँगको भेटमा पनि अध्यक्षले नेपालले आफ्नो पार्टीका मन्त्रीहरु फेर्न दवाव दिएको बताइन्छ ।

    बुधबार गठबन्धनको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषय प्रवेश गरेपनि प्रधानमन्त्री देउवाले पछि छुट्टै कुरा गरौंला भनेका थिए । बजेट पारित भएपछि मन्त्रीहरु फेर्ने वचन प्रधानमन्त्री देउवाले अध्यक्ष नेपाललाई दिएका थिए । सोही वचन कार्यान्वयन गर्न अध्यक्ष नेपालले दवाव बढाएका हुन् ।

  • पञ्चा सिंहलाई हटाएर विशेष महाधिवेशन बोलाउन असन्तुष्ट पक्षको माग

    पञ्चा सिंहलाई हटाएर विशेष महाधिवेशन बोलाउन असन्तुष्ट पक्षको माग

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को असन्तुष्ट पक्षले अध्यक्ष पञ्चा सिंहलाई तत्काल पदमुक्त गर्न पार्टी नेतृत्वसमक्ष माग गरेको छ ।

    संगठनभित्रको विवादबारे रिपोर्टस क्लबमा उपाध्यक्ष पवन कार्की समूहले पत्रकार सम्मेलन गरेर विशेष राष्ट्रिय महाधिवेशनको मागसमेत गरेको छ ।

    यस विषयमा पार्टीका शीर्ष नेतालाई समे ध्यानाकर्षण गराइएको कार्कीले जानकारी दिए ।

    ‘विद्यार्थी आन्दोलनले आजसम्म सोचेको जति उपलब्धी हासिल गर्न सकेन । विद्यार्थीको हकहितको लागि काम गर्नुपर्ने अखिल (क्रान्तिकारी) आफ्नै संगठनभित्रको समस्यामा रुमलिएको छ’, कार्कीले भने ।

    जनसरोकारका मुद्दा उठाउनुपर्ने संगठन नै अराजक गतिविधिमा फसेको भन्दै उनले तत्काल अहिले भएको अवैधानिक निर्णयहरु खारेज गर्नुपर्ने माग गरे ।

    २२औं राष्ट्रिय सम्मेलनले अध्यक्षमा पञ्चा सिंहलाई मात्र जबर्जस्ती निर्वाचित गरेको उनको दाबी थियो । त्यही सम्मेलनबाट सुरू भएको विवाद तेस्रो विस्तारित बैठकसम्म आइपुग्दा छताछुल्ल भएको कार्कीले बताए ।

    उनले भने,‘त्यतिबेला जबर्जस्ती विधानविपरीत कमिटी घोषणा गरियो ।’

    केन्द्रीय सदस्य बालकुमार केसीले अध्यक्ष सिंहले ३० वर्षदेखि लागेका विद्यार्थी नेताहरुलाई संगठनका नेतृत्वमा बर्जित गरेर तानाशाही व्यवहार देखाएको आरोप लगाए ।

    पदाधिकारीहरुले राखेका जायज माग सम्बोधन नगरेर उल्टै कारबाही गरेकोमा उनको आक्रोश छ ।

  • पेट्रोलियमको भन्सार कर हटाउन माग गर्दै अनेरास्ववियू क्रान्तिकारीले भन्यो- सरकार केका लागि हो ?

    पेट्रोलियमको भन्सार कर हटाउन माग गर्दै अनेरास्ववियू क्रान्तिकारीले भन्यो- सरकार केका लागि हो ?

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट विद्यार्थीहरूको संगठन अनेरास्ववियू क्रान्तिकारीले पेट्रोलियम पदार्थमा भन्सार छुटको माग गरेको छ । अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति सार्वजनिक गर्दै पूर्ण रुपमा भन्सार कर छुट गर्दै मूल्यवृद्धि खारेजीको माग गरेकी छन् ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यवृद्धिले कीर्तिमान कायम गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘नागरिकको कष्टसाध्य जीवनप्रति पूर्णतः बेखबर रही गरिएको मूल्यवृद्धिले जनजीवनमा निकै भयावह अवस्था सृजना गरेको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘वर्तमान परिस्थितिले हामीलाई निकै गम्भीर पनि बनाएको छ ।’

    विज्ञप्तिमा आयल निगमले अन्तर्राष्ट्रिय मूल्यवृद्धिको हवाला दिएर बेलगाम रुपमा मूल्यवृद्धि गर्ने हो भने सरकार केका लागि हो ?’ भन्ने प्रश्न गरिएको छ ।

    विज्ञप्तिमा संकट अवधिभर पेट्रोलियम आयातलाई शतप्रतिशत भन्सार छुट गरेर पनि सहुलियत दरमा इन्धन उपलब्ध गराउन माग गरिएको छ । ‘आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, अनियमितता अन्त्य गर्न तथा सहुलियतदरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन अन्य वैकल्पिक उपायहरुको खोजी गर्नुपर्छ’, विज्ञप्तिमा अगाडि भनिएको छ ।

    आफूले गरेको मागलाई बेवास्ता गरिए कठोर सडक संघर्षमा उत्रने अनेरास्ववियू क्रान्तिकारीले चेतावनी पनि दिएको छ ।

  • सृष्टीको आक्रोश- प्रचण्डको परिवार भन्दैमा राजनीतिमा आउनै नपाउने ? (पूर्णपाठ)

    सृष्टीको आक्रोश- प्रचण्डको परिवार भन्दैमा राजनीतिमा आउनै नपाउने ? (पूर्णपाठ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी सृष्टि दाहाल केसीले प्रचण्डकै परिवारको सदस्य भएकाले आफूमाथि प्रश्न उठाएकोमा आपत्ति जनाएकी छन् ।

    उनी प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल केसीकी छोरी हुन् । ज्ञानुको क्यान्सरका कारण पहिल्यै निधन भइसकेको छ ।

    सृष्टिले आफू १२ वर्षदेखि पार्टीमा आवद्ध रहेको र चितवन–काठमाडौं सम्पर्क समन्वय समितिमा बसेर काम गरेको दाबी गरेकी छन् । २०६७/०७/०२ मा आफूले पार्टी सदस्यता लिएको र सदस्यता नम्बर पी–३३५३८९१२४०४ रहेको उनले उल्लेख गरेकी छन् । अहिले आफूलाई एक्कासी पद दिएको भन्दै भइरहेको टिका–टिप्पणीप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो असन्तुष्टि जनाएकी हुन् ।

    सृष्टिले झण्डै ७ सय शब्द लामो स्टाटस लेखेर फेसबुकमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी छन् । सृष्टिलाई केही दिनअघि माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय सदस्य मनोनीत गरिएको थियो । त्यसमाथि ‘प्रचण्डको परिवारवाद’ भनेर टिका–टिप्पणी भइरहेको छ ।

    सोही टिका–टिप्पणीविरुद्ध अभिव्यक्ति दिँदै सृष्टिले आफू एक्कासि पदमा नआएको दाबी गरेकी छन् । ‘मलाई एक्कासि अहिले पार्टीमा ल्याएर पद दिएको भन्ने भ्रममा नपर्नुहोस्’, उनले भनेकी छन्, ‘हरेक व्यक्तिका आ-आफ्ना रुचि हुने गर्दछन् । मलाई समाज सेवा र राजनीतिमा चासो छ । म विद्यार्थीको केन्द्रीय सदस्य बन्न असक्षम र अयोग्य उम्मेदवार हो, जस्तो मलाई लाग्दैन् ।’

    आफूमाथि प्रश्न उठेकाले जवाफ दिनु कर्तव्य रहेको भन्दै उनले यो अभिव्यक्ति सार्वजनिक गरेको जनाएकी छन् । आफ्नो नाम जोडेर पार्टी अध्यक्ष प्रचण्डलाई बीचमा नल्याउन पनि उनले आग्रह गरेकी छन् । उनले लेखेकी छन्, ‘मेरो विषयमा हाम्रो पार्टी अध्यक्षको नाम जोडेर बीचमा नल्याउनुहोस् । उहाँलाई मलाई राजनीतिमा इच्छा छ भन्ने थाहा छ । तर, त्योबाहेक उहाँले केही गर्नु भएको हैन र अध्यक्षलाई यस विषयमा केही थाहा पनि थिएन ।’

    आफ्ना बुबा सागर केसीको विषय पनि उल्लेख गर्दै सृष्टिले त्यस विषयमा पनि प्रष्ट्याउन खोजेकी छन् । सभामुख कृष्णबहादुर महराको सचिवालयमा राखिएको विषयमा प्रष्टोक्ति दिँदै सृष्टिले लेखेकी छन्, ‘त्यसमा राख्न पनि क. प्रचण्डले प्रस्ताव गर्नुभएको होइन । क. कृष्णबहादुर महरा बाबाले आफैंले ड्याडीलाई बोलाएर राख्नुभएको हो ।’

    प्रचण्डकै परिवारको सदस्य भनेर आफ्नो बुबामाथि अन्याय भइरहेको उनले दाबी गरेकी छन् । जुनियरहरू माथिमाथि पुगिसक्दा आफ्नो बुबा केन्द्रीय कमिटीमा पनि आउन नसकेको सृष्टिको गुनासो छ ।

    अन्तिममा सृष्टिले ‘प्रचण्डको परिवार हो भन्दैमा म राजनीतिमा आउनै नपाउने त हुँदैन होला नि ?’ भनेर प्रश्न गरेकी छन् । त्यसबाहेक व्यक्तिको आफ्नो इच्छा, क्षमता, योगदान र चाहना हुने उल्लेख गर्दै ‘ममाथि औंला त्यतिवेला उठाउनु होला, जब म गलत बाटोमा हिँड्छु । आफ्नो कामप्रति वफादार हुन्न’ भनेर उल्लेख गरेकी छन् ।

    पूर्णपाठ
    म भरतपुर, चितवन निवासी सृष्टि दाहाल केसी । मेरो पार्टी सदस्यता नम्बर पी– ३३५३८९१२४०४ । म २०६७/०७/०२ मा पार्टी सदस्य भएको हुँ र विगत १२ वर्षदेखि चितवन–काठमाडौं सम्पर्क समन्वय समितिमा कार्यरत थिएँ । धेरैथोरै ‘नेपोटिजम’ भन्ने सायद हरेक फिल्डमा हुन्छ जस्तो लाग्छ ।

    व्यापारीको परिवारबाट उनका सन्तान त्यही देख्दै-सुन्दै आएका हुन्छन्, त्यही फिल्डप्रति बढी चासो र इच्छा राख्दछन् । त्यस्तै डाक्टरले डाक्टर बनाउने, नायक-नायिकाले त्यही अगाडि बढाउने, अन्य कुनै पनि फिल्डकालाई त्यही लाइनमा रुचि हुने हुन्छ । यदि परिवारको कोही सफल व्यक्ति हुनुहुन्छ भने त्यसले त्यही फिल्डमा आउनेलाई सहज हुन्छ । तर, सफल र असफल केवल आफ्नो खुबी र मेहनतले मात्र बनाउँछ । यदि त्यस व्यक्तिमा आफूले राखेको इच्छा र कामप्रति लगनशीलता छैन र जबरजस्ती कुनै पदमा राखिन्छ भने त्यो व्यक्ति स्वतः असफल भई नै हाल्छ । त्यसैले म के हुन्छु ? त्यो म आफैंलाई पनि समयले देखाउला । केही साथीहरूले मेरोबारे प्रश्न उठाउनुभएको छ, उठाउन पाइन्छ । बोल्न, लेख्न पाइन्छ । माओवादी पार्टीले यत्रो युद्ध लड्नु पर्नाको एउटा प्रमुख कारण पनि यही नै थियो । र, प्रश्न उठेपछि उत्तर दिनु मेरो कर्तव्य हो ।

    मैले पार्टी सदस्य लिएको १२ वर्ष भैसकेको छ । मैले मेरो पार्टी सदस्यता नम्बर माथि उल्लेख गरिसकेको छु, ‘भेरिफाई’ गर्न सक्नुहुन्छ । मलाई एक्कासि अहिले पार्टीमा ल्याएर पद दिएको भन्ने भ्रममा नपर्नुहोस् । हरेक व्यक्तिका आ–आफ्ना रुचि हुने गर्दछन् । मलाई समाज सेवा र राजनीतिमा चासो छ । म विद्यार्थीको केन्द्रीय सदस्य बन्न असक्षम र अयोग्य उम्मेदवार हो जस्तो मलाई लाग्दैन् । किनकि मैले हामी सानै छँदादेखि हामीलाई सँगसँगै लिएर मम्मीले हरेक कार्यक्रममा लग्नुहुन्थ्यो । सानो छँदैदेखि हरेक आन्दोलनमा पुगेकै छु । अरू पार्टीबाट आएर विद्यार्थीमा आएको पनि होइन । हाम्रो समस्या के हो भने पदका लागि घुमीफिरी आउनेलाई हामी सधैं स्थान र सम्मान दिन्छौं, ठाउँ दिन्छौं । तर, पार्टीप्रति मनैदेखि माया र सम्मान हुनेलाई हामीले न साथ न त हौसला दिन्छौं ।

    ममात्र त केन्द्रीय सदस्य भएको त होइन । धेरै साथीहरू हुनुहुन्छ । तर, केही साथीहरुले मलाई मात्र देखिरहनुभएको छ । हामीभन्दा अग्रजहरूले साथ दिनुस्, हामीलाई प्रशिक्षित गर्नुस् । जनयुद्धमाथि औंला उठाउनेहरूलाई बुझाउन सक्नुप¥यो किन र केका लागि थियो भनेर ? त्यो सम्भव भनेको युवा विद्यार्थीबाट मात्र छ । आफ्नो पार्टीको अस्तित्व बचाउनतिर लाग्नुपर्छ । हामी त्यसका लागि पार्टीप्रति सदैव इमानदार रहने व्यक्तिलाई मौका दिनुस्, आलोचना गरेर आफ्नै परिवारभित्र नखेल्नुहोस् ।

    र, मेरो विषयमा हाम्रो पार्टी अध्यक्षको नाम जोडेर बीचमा नल्याउनुहोस् । उहाँलाई मलाई राजनीतिमा इच्छा छ भन्ने थाहा छ । तर, त्योबाहेक उहाँले केही गर्नु भएको हैन र अध्यक्षलाई यस विषयमा केही थाहा पनि थिएन । सायद अहिले चलिरहेको संगठनको समस्याले पनि केही साथीहरूको आक्रोश होला मप्रति । तर, पार्टी संगठन एक हुनुपर्छ भन्ने पक्षमा हो म । जसरी पनि समस्याको हल हुनुपर्छ । परिवारवादको ट्याग नदिनुस्, म फिल्डमै काम गर्न खोजेको हो । मलाई मन्त्री, राजदूत नै बनाएको जस्तो नगर्दिनुस् ।

    तपाईंहरु परिवारवादको कुरा गर्नुहुन्छ मेरै ड्याडीले यो पार्टीमा काम गर्नुभयो, सबै त्याग्नुभयो । तर, सधैं पार्टीभित्र अन्यायमा पर्नुभयो । उहाँभन्दा जुनियरहरु कहाँ पुगिसक्नुभयो । तर, उहाँलाई सधैं पछाडि पारियो । त्यस विषयमा तपाईंहरूको ध्यान कहिले पनि गएन । पार्टी अध्यक्षलाई अफ्ठ्यारो पर्ला भनेर उहाँ कहिले बोल्नुभएन । पार्टी कमिटीले जे जे गर्यो, सबै स्वीकार्नुभयो । र, आज पार्टीको कुनै पनि विभागमा समेत राखिएको छैन । आफूभन्दा धेरै जुनियर साथीहरुलाई सेन्ट्रल कमिटीमा ल्याइयो । तर, यस विषयमा कोही बोल्नुभएन, साथ दिनुभएन ।

    अझ धेरै ठाउँमा सभामुखको सचिवालय भनेर जोडेको देख्छु । त्यो पनि आफ्नै बाध्यता र समस्याले हुनुभएको हो । त्यसमा राख्न पनि क. प्रचण्डले प्रस्ताव गर्नुभएको होइन । क. कृष्णबहादुर महरा बाबाले आफैंले ड्याडीलाई बोलाएर राख्नुभएको हो । आफूभन्दा जुनियर माथि–माथि पुगेको बेला आफू पार्टीमा कुनै हैसियतमा हुनुहुन्न । तर, बाबालाई हामीले हाम्रो विषयमा तनाव दिने काम गरेका छैनौं अहिलेसम्म । त्यसैले जे भन्नु छ, हामीलाई भन्नुस् । अध्यक्षलाई बीचमा नल्याउनुहोस् । उहाँलाई केही थाहा थिएन र केही पनि गर्नुभएको पनि हैन ।

    प्रचण्डको परिवार हो भन्दैमा म राजनीतिमा आउनै नपाउने त हुँदैन होला नि ? हर व्यक्तिको आफ्नो इच्छा, क्षमता, योगदान र चाहना हुन्छ । ममाथि औंला त्यतिबेला उठाउनु होला, जब म गलत बाटोमा हिँड्छु । आफ्नो कामप्रति बफादार हुन्न । मलाई पार्टीभित्र र बाहिरबाट साथ, सहयोग र हौसला दिनुहुने धेरै साथीहरूलाई हृदयदेखि नमन साथै आलोचना गर्नुहुने साथीहरुलाई पनि धन्यवादसहित वास्तविकता बुझिदिनुहुन विनम्र अनुरोध ।

  • पूर्वमाओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको छ: प्रचण्ड (भिडिओ)

    पूर्वमाओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको छ: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्व माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको दावी गरेका छन् ।

    आइतबार काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले मुलुकको परिवर्तनलाई रक्षा गर्नका लागि सबै पूर्व माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको दावी गरेका हुन् ।

    प्रचण्डले एकताको विभाजनको श्रृखला पार गरेर अहिलेको अवस्थामा आएको भन्दै करिव करिव पूर्व माओवादी भन्नेहरु एक ठाँउमा आउने वातावरण बनेको र त्यसको असर अन्य संगठनमा पनि पर्नु स्वभाविक रहेको धारणा राखे । उनले परिवर्तन नरुचाउने तत्वहरु अहिले पनि यसलाई उल्टाउन सकिन्छकि भन्ने खेलमा लागेको बताए ।

     

  • आधिकारिक निकायबाट प्रक्रिया नपुर्‍याउनाले एसपीपी विवादास्पद बन्याे : पुन

    आधिकारिक निकायबाट प्रक्रिया नपुर्‍याउनाले एसपीपी विवादास्पद बन्याे : पुन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आधिकारिक निकायले प्रक्रिया नपुर्‍याउँदा एसपीपी विवादास्पद बनेको बताएका छन् ।

    मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ‘वर्तमान कूटनैतिक अभ्यास र यसका प्रभाव’ विषयक अन्तरसंवादमा पुनले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले एसपीपीबारे पहिला केही जानकारी नपाएकोसमेत बताए ।

    ‘एसपीपीका सन्दर्भमा मैले पनि बाहिर आइसकेपश्चात मात्र जानकारी पाएको हुँ, घटनाक्रम बुझ्दा आधिकारिक निकायबाट प्रक्रिया नपुराएकै देखिन्छ । परराष्ट्र मन्त्रालयबाट गर्नुपर्ने कामलाई जङ्गी अड्डाबाट रक्षा मन्त्रालयलाई चिठी पठाउनु, रक्षा मन्त्रालयले हाम्रो पनि एउटा प्रतिनिधि राख्नू भन्ने किसिमको जवाफले हाम्रो कमजोरीलाई देखाएको छ’, उनले भने ।

    नेता पुनले राजनैतिक संक्रमण तथा प्राकृतिक विपद्को समयको बेला पारेर एसपीपीलाई अगाडि बढाउन खोजिएको पनि आशंका व्यक्त गरे ।

  • एसपीपीबारे प्रचण्डको टिप्पणी- राष्ट्रवादको पाखण्डी प्रचार हुँदैछ (भिडिओ)

    एसपीपीबारे प्रचण्डको टिप्पणी- राष्ट्रवादको पाखण्डी प्रचार हुँदैछ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लाग्यो भनेर राष्ट्रवादको झुटो प्रचार भइरहेको बताएका छन् ।

    रितवहादुर खड्का स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अमेरिकासँग सैन्य सम्झौता हुँदैछ भन्ने प्रचार झुटो रहेको र त्यो कुनै पनि हालतमा नहुने दावी गरेका छन् ।

    प्रचण्डले भने–अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार हुँदैछ । हिजो जसले आत्मसमर्पण गरेर आज उनीहरु नै एसपीपी हुँदैछ रे भनेर भइनै सक्यो जसरी प्रचार गर्दैछन्,त्याचे बिल्कुल झुटो हो । गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भाएको छैन र हुँदैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।

    प्रचण्डले एसपीपीको कार्यन्व्यन गर्ने काम गर्ने २०१९ मा केपी ओली सरकारले गरेको आरोप समेत लगाए ।

  • पोखरेलको प्रश्न- मन्त्री नै सर्वसाधारणको घरमा गएर कुटपिट गर्दा सरकार किन मौन ?

    पोखरेलको प्रश्न- मन्त्री नै सर्वसाधारणको घरमा गएर कुटपिट गर्दा सरकार किन मौन ?

    रुपन्देही । नेकपा एमालेका महासचिव तथा लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेलले बहालवाला मन्त्री आफ्ना सुरक्षाकर्मीको साथमा सर्वसाधारण व्यक्तिको घरमा पुगेर कुटपिट, तोडफोड र अभद्र व्यवहारमा संलग्न हुँदासमेत दुई दिनसम्म सरकारको आधिकारिक धारणा नआउनु गम्भीर विषय भएको बताएका छन् ।

    आज बुटवलमा पत्रकारहरूसँगको भेटमा पोखरेलले कानुन कार्यान्वयन गर्ने निकायमा रहेको व्यक्तिका यस्ता गलत क्रियाकलापका विषयमा मौन रहनु आश्चर्यको विषय भएको बताएका हुन् ।

    ‘मौन बस्नु नै यस्ता गलत कामलाई ढाकछोप गर्ने रणनीति बनाउनका लागि हो, यो सामान्य विषय होइन, आमनागरिकले सबै बुझिसक्दा समेत सरकारले लुकाउन खोज्नु आफैंमा रहस्यमय छ’, पोखरेलले भने ।

    पोखरेलले सरकारमा संलग्न व्यक्तिहरूकै योजनामा गलत गर्ने व्यक्तिको संरक्षण गर्न खोजिएको बताए । एमाले लुम्बिनीले मंगलबार नै महिला र बालिकामाथि हातपात गर्ने स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई बर्खास्त गर्न माग गरेको थियो ।

    संसदीय दलका उपनेता बैजनाथ चौधरीले प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई नैतिकताको आधारमा मंगलबारै मितिदेखि वलीलाई बर्खास्त गर्न आग्रह गरेको हो ।

    सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराम शर्माले यो उहाँहरूको व्यक्तिगत विषय भएको प्रतिक्रिया दिएका छन् ।

  • देशमा समाजवादी क्रान्ति गर्न अझै बाँकी छ : प्रचण्ड

    देशमा समाजवादी क्रान्ति गर्न अझै बाँकी छ : प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले देखेको सपना अझै बाँकी रहेको बताएका छन् ।

    माओवादी केन्द्र बर्दिया जिल्ला समन्वय समितिद्वारा आयोजित वैचारिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रममा उनले देशमा माओवादीको एजेण्डा लागू भए पनि समाजवादी क्रान्ति गर्न अझै बाँकी रहेको बताएका हुन् । उनले अबको क्रान्ति निर्णायक हुने उद्घाेग गरे ।

    उनले स्थानीय सरकारलाई समाजवादी सत्ताको भ्रुणका रुपमा विकास गर्नुपर्ने बताउँदै स्थानीय तहहरुमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताए ।

    उनले माओवादीले जितेका स्थानीय तहहरुबाट विगतका क्रान्तिकारी सत्तालाई जीवन्त राख्दै जनवादी र लोकतान्त्रीकरण गर्नुपर्ने बताए ।

    प्रचण्डले १० वर्षे जनयुद्धको सपना लोकतान्त्रिक गणतन्त्रमात्र नभएकाले पार्टीले क्रान्तिको स्वरुपमात्रै परिवर्तन गरेकाले अबको निर्णायक क्रान्तिका लागि सबै कार्यकर्ता तयार हुनुपर्ने बताए ।

  • जिल्ला इन्चार्ज, संयोजकसहितलाई बर्खास्तीकाे माग लिएर उदयपुरका माओवादी नेता खुमलटारमा

    जिल्ला इन्चार्ज, संयोजकसहितलाई बर्खास्तीकाे माग लिएर उदयपुरका माओवादी नेता खुमलटारमा

    काठमाडौं । नेकपा माओवादी केन्द्र उदयपुरकाे विद्रोही समूहले जिल्लामा माओवादी केन्द्रका इन्चार्ज, संयोजक र सचिवलाई बर्खास्त गर्न प्रचण्डसँग माग गरेकाे छ ।

    माओवादी केन्द्रको उदयपुर नेतृत्वले पटक-पटक पार्टी विधानविपरीत काम गरेको भन्दै उक्त समूहले जिल्ला इन्चार्ज सुरेश राई, संयोजक दिवस कटुवाल र सचिव किरण राईलाई बर्खास्त गर्न पार्टी अध्यक्षसँग माग गरेकाे हाे ।

    प्रचण्ड निवास खुमलटारमा जिल्लाबाट काठमाडौंमा आएका पाँच दर्जन नेता-कार्यकताले जिल्ला इन्चार्ज, संयोजक र सचिवलाई कारबाही नगरे आफूहरुले पार्टी त्याग्ने चेतावनीसमेत दिएको उदयपुरका माओवादी संस्थापक भीम अधिकारी ‘अनिल’ले बताए ।

    जिल्लाको मुख्य नेतृत्वले सङ्गठन निर्माण र पार्टी योजनामा एकलाैटी र मनोमानी गर्ने, वरिष्ठ, इमानदर र पार्टीप्रति दृढ कार्यकर्ताहरुलाई विस्थापित गर्ने, विधानविपरीत जिल्ला समन्वय सचिव तोक्ने जस्ता निर्णयविरुद्ध विभिन्न समयमा सचेत गराउँदै निर्णय सच्याउन माग गरेकोमा हालसम्म सुनुवाइ नभएकाले उदयपुरको जिल्ला इन्चार्ज, अध्यक्ष र सचिवको बर्खास्तीको लागि आफूहरु अध्यक्षकोमा पुगेको अधिकारीले जानकारी दिए ।

    आफूहरुलाई अध्यक्ष प्रचण्डले असार १५ गतेबाट पार्टीको बैठक बस्ने भएकाले त्यसपछि प्रक्रिया अगाडि बढ्ने आश्वासन दिएको सो समूहका नेता यदु ढकालले बताए ।

    नेताहरुले अझै पनि गडबढी गर्ने सुरेश राईलाई कारबाही नगरे आफूहरु माओवादी छाड्न बाध्य हुनेतर्फ अध्यक्षलाई सचेत गराइएको उनको भनाइ छ ।

    उदयपुरमा सशस्त्र युद्धको समयमा २०५९ सालमा माओवादीसँग एकता भएको गोपाल किराँती नेतृत्वको किराँत वर्कसबाट आएका नेता र पूर्वमाओवादी नेताहरुबीच अन्तरसंघर्ष हुँदै आएको छ । यही कारण गत स्थानीय निर्वाचनमा माओवादीले उदयपुरमा क्षति व्यहोर्नु परेको माओवादी केन्द्रले जनाएको छ ।

  • निर्वाचन आयोगले भन्यो- मोहन्याल गाउँपालिका अध्यक्षले कुनै अधिकार प्रयोग गर्न पाउदैनन्

    निर्वाचन आयोगले भन्यो- मोहन्याल गाउँपालिका अध्यक्षले कुनै अधिकार प्रयोग गर्न पाउदैनन्

    कैलाली । निलम्बन मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायलाई भोलिको जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेको छ ।

    भ्रष्टाचार मुद्दा विशेष अदालतमा भएका बेला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई स्वतः निलम्बनमा परेको भन्दै कुनै पनि अधिकार प्रयोग नगर्न निर्देशन जारी गरिएको हो ।

    आजै निलम्बन अध्यक्ष उपाध्यायलाई मतदान गराउने वा नगराउने भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतले प्रमुख निर्वाचन आयुक्तलाई पत्राचार गरेका थिए ।

    २७ गते मुख्य निर्वाचन अधिकृतलाई निलम्बित गाउँपालिका अध्यक्षलाई मतदानमा सहभागी हुन नदिन माग गर्दै समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले निवेदन दिएका थिए । त्यसैको आधारमा मुख्य निर्वाचन अधिकृत जनानद पनेरुलेले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई पत्राचार गरेका हुन् ।

    निर्वाचन आयोगबाट उनलाई मुद्दा किनारा नलाग्दा सम्म अध्यक्षको कुनै पनि अधिकार प्रयोग गर्न नपाउने प्रस्ट पारेको छ ।

    नवनिर्वाचित अध्यक्ष उपाध्याय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस अघि उनलाई निलम्बन गर्न सम्बन्धित निकायलाई पत्र काटिसकेको थियो । उनको नाम मतदाताको नामावलीबाट हटाउन माथ गर्दै सर्वोच्च अदालतमा पनि रिट परेको थियो ।

    कैलालीमा भोलि जिल्ला समन्वय समितिको निर्वाचन तोकिएको । सत्ता गठबन्धनमै रहेको कांग्रेस माओवादी र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका छन् भने एमाले र नागरिक उन्मुक्ति पार्टीले तालमेल गरेका छन् ।

    सत्ता गठबन्धनको १३ र एमाले नागरिक उन्मुक्ति पार्टीको १२ मत गरेको छ । १३ मतमा निलम्बित गाउँपालिका अध्यक्ष समेत पर्छन् ।निलम्बित अध्यक्षले मतदान गर्न नपाउने भएपछि गठबन्धन र एमाले, नागरिक उन्मुक्तिको १२/१२ मत पुगेको छ ।

    धनगढीका स्वतन्त्र जितेका गोपाल हमाल निर्णायक हुने भएका छन् । उनी तटस्थ बस्ने देखिएको छ ।

    यदि त्यस्तो भएमा गोला प्रथा बाट नेतृत्व चयन हुने छ ।

  • प्रचण्ड भन्छन्- क्रान्ति अझै बाँकी छ, निर्णायक संघर्ष आवश्यक

    प्रचण्ड भन्छन्- क्रान्ति अझै बाँकी छ, निर्णायक संघर्ष आवश्यक

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्ति अझै बाँकी रहेकाले निर्णायक संघर्षको आवश्यकता रहेको बताएका छन् ।

    आइतबार सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको पूर्णबैठकमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

    उनले माओवादीले जितेका १२२ स्थानीय तहलाई विकासको मोडलको रूपमा विकास गर्नुपर्ने बताउँदै देशका नमूना बनाइने प्रतिबद्धता जनाए । उनले माओवादी सशस्त्र आन्दोलनमा शिक्षकको भूमिकाको प्रशंसासमेत गरे ।

    संघर्ष, रुपान्तरण र एकताको सो बैठकले शैक्षिक तथा पेशागत माग र मुद्दाको पक्षीकरण र सम्बद्ध नेतृत्वबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएको केन्द्रीय कोषाध्यक्ष कुलप्रसाद खतिवडाले बताए ।

    बैठकमा अखिल नेपाल शिक्षक संगठन र अन्य संगठनबाट भेरी कर्णाली ब्यूरो सदस्यसहित प्रवेश गरेको उनले जानकारी दिए ।

  • सुर्खेत जिससमा एमाले-माओवादी गठबन्धनका उम्मेदवार टुंगियो

    सुर्खेत जिससमा एमाले-माओवादी गठबन्धनका उम्मेदवार टुंगियो

    सुर्खेत । नेकपा एमाले र माओवादी केन्द्रले जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाएका छन् ।

    एमालेले प्रमुखसहित ६ तथा माओवादीले उपप्रमुखसहित तीन पदमा उम्मेदवारी दर्ता गर्न लागेका छन् । उनीहरूले मनोनयन दर्ता फाराम भरिरहेका छन् ।

    स्रोतका अनुसार एमालेले वीरेन्द्रनगर नगर कार्यपालिका सदस्य गंगाराम सुनारलाई प्रमुखमा अघि सारेको छ । त्यस्तै सचिनकुमार बडुवाललाई माओवादीले उपप्रमुख बनाउँदैछ । बडुवाल २०५४ मा भूमिगत भइ माओवादी सेनाका कमाण्डरसमेत बनेका थिए ।

    दुवै उम्मेदवारको प्रस्तावकमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल तथा समर्थकमा चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक छन् ।

    सुर्खेत जिससमा तालमेल गरेका दुई दल एमालेका ९, माओवादीका १ गरी १० मतदाता छन् । कांग्रेससँग ८ जना छन् ।

  • ओली र देउवापछि बालेन्द्रले भेटे प्रचण्ड

    ओली र देउवापछि बालेन्द्रले भेटे प्रचण्ड

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका छन् ।

    शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर मेयर शाहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन्।

    भेटमा प्रचण्डले मेयर साहले सबैलाई मिलाएर सहकार्य गरिरहेकाले पाँच वर्षको कार्यकालमा साहलाई साथ र सहयोग गर्ने आश्वासन दिएका छन् ।

    उनले बालेन्द्रको जितलाई ठूलो क्रान्ति भएको बताए।

    उनले मेयर साहसँग भने,‘तपाईँको जित बहुत ठूलो  क्रान्ति हो । पहिलेका स्वतन्त्र मेयरहरू कुनै एउटा पार्टीसँग अलाइन्स भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईले पहिलो पटक सबैलाई मिलाएर – सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सहरानिय छ त्यसैले हजुरलाई हाम्रो सधैंभरी साथ र सहयोग हुनेछ।’

    यसअघि मेयर साहले मतगणना जारी हुँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र केहीदिन अघि प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गरेका थिए ।

  • रेनु जिताउन उमेशको भूमिकाबाट प्रचण्ड प्रशन्न, विभागीय मन्त्री बनाउन लबिङ

    रेनु जिताउन उमेशको भूमिकाबाट प्रचण्ड प्रशन्न, विभागीय मन्त्री बनाउन लबिङ

    काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहाललाई चुनाव जिताउन सबै साधनस्रोत लगाएर सहयोग गरेका विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठलाई विभागसहितको मन्त्री बनाउन माओवादी अध्यक्ष प्रचण्डले चासो राखेका छन् ।

    चुनावलगत्तै खुमलटार पुगेका श्रेष्ठलाई प्रचण्डले आफू चुनावमा उनको भूमिकामा खुसी भएको भन्दै विभागीय मन्त्री बनाउन सघाउने आश्वासन दिएका थिए । श्रेष्ठ भरतपुरको मेयरमा रेनु दाहाल जिताउन शेरबहादुर देउवा र प्रचण्डको प्रतिनिधिका रुपमा चितवनमा खटिएका थिए ।

    चुनावमा रेनु जिताउन उमेश श्रेष्ठको व्यक्तिगत रुपमा पनि ठूलो खर्च भएको चर्चा चितवनका कांग्रेसहरुबीच चलेको छ । उनी आगामी संसदीय चुनावमा चितवन २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने सम्भावना छ । चितवन ३ बाट प्रचण्ड लड्ने भएकाले पनि उनलाई उमेशको सहयोग आवश्यक छ ।

    प्रचण्डको भनाइ उदृत गर्दै खुमलटार वार्ताका एक सहभागीले भने, ‘तपाईले भरतपुरमा गठबन्धन जिताउन खेलेको भूमिकाबाट म खुसी भएको छु । प्रधानमन्त्रीलाई म पनि भन्छु, तपाईं पनि लाग्नुहोला । तपाईंलाई राम्रो मन्त्रालयसहितको मन्त्री बनाउनुपर्छ ।’

    भरतपुरको चुनावमा रेनु जिताउन देउवा र प्रचण्डले उमेशलाई खटाएका थिए । दुवै नेतासँग राम्रो सम्बन्ध कायम गरेका र अर्थमन्त्री जनार्दन शर्माको व्यापारिक साझेदारसमेत रहेकाले यसपटक उमेशले विभागीय मन्त्रालय पाउने सम्भावना रहेको छ । यसअघि केही समय स्वास्थ्य राज्यमन्त्री भएका श्रेष्ठलाई मन्त्रिपरिषद् विस्तारपछि विनाविभागीय राज्यमन्त्री बनाइएको थियो ।

    उमेशले विभागीय मन्त्री पाउन मन्त्रिपरिषद् पुनर्गठन हुनुपर्छ । अहिले सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मन्त्रीहरु हरुफेर गर्न चाहेको प्रचण्डले बताएका छन् । त्यसो त प्रचण्डले माओवादीले आफ्नो हैसियतअनुसार सरकारमा मन्त्रालय नपाएको र आफ्नो भागको मन्त्रालय नेकपा एसलाई दिएको भन्दै अब सम्मानजनक सहभागिता हुनुपर्ने पनि बताइसकेका छन् ।

    अहिले प्रधानमन्त्रीले रक्षा मन्त्रालय आफैसँग राखेका छन् ।

  • वाम गठबन्धन: प्रचण्ड-माधवको बार्गेनिङ कार्ड कति शक्तिशाली ?

    वाम गठबन्धन: प्रचण्ड-माधवको बार्गेनिङ कार्ड कति शक्तिशाली ?

    कैलाली । पछिल्लो समय फेरि वाम गठबन्धनको चर्चा बढेको छ । स्थानीय तहको निर्वाचन सकिएलगत्तै वाम गठबन्धनको चर्चा सुरु भएको हो ।

    कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा होमिएका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि वर्तमान गठबन्धनप्रति असन्तुष्टि पोख्न थालेपछि संसदीय निर्वाचनमा नयाँ गठबन्धन हुने शंका गरिएको हो ।

    देशभरका २४९ जना प्रतिनिधिहरूलाई काठमाडौंमा बुधबार प्रशिक्षण दिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेकपा एमालेले जस्तै दम्भ प्रमुख सत्ताधारी नेपाली कांग्रेसले पनि देखाउन थालेको बताएका थिए ।

    ‘कांग्रेसले पनि एमालेले जस्तै दम्भ देखायो भने ठेगान लगाइदिन्छौं, अहंकार र दम्भले कसैलाई राम्रो गर्दैन भन्ने ख्याल गरे हुन्छ’, उनले भनेका थिए, ‘कांग्रेस फेरि एमाले जस्तै अहंकारी हुने हो कि भनेर देशभरबाट हामीलाई रिपोर्ट आइरहेको छ । हामी त क्रान्तिकारी हौँ, अहंकार र दम्भ आयो भने हामी कांग्रेसलाई पनि ठोक्दै जान्छौं ।’

    कांग्रेसलाई माओवादी अध्यक्ष दाहालले दिएको कडा चेतावनीले नयाँ राजनैतिक सिराको प्रारम्भका रूपमा धेरैले बुझेका छन् । यता एमालेबाटै विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले पनि स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट इमानदारिता नदेखिएको बताउँदै आइरहेको छ ।

    पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न सुर्खेत पुगेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनको भर पर्दा कम सिट जितेको बताएका थिए । उनले एक्लै चुनावमा होमिएको भए धेरै सिट जित्ने दाबीसमेत गरे ।

    एकातर्फ गठबन्धनका मुख्य घटकहरूबाटै गठबन्धनप्रति असन्तुष्टि व्यक्त हुनु र अर्कोतर्फ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर आएको भन्ने विषयले पनि नेपाली राजनीतिको कोर्स फेरिने संकेत गर्छ । तर, यी कुरामा भने त्यति धेरै आधार भेटिँदैन ।

    अहिले सम्भव छ त वाम गठबन्धन ?

    स्थानीय चुनावमा बलियो गढ मानिएको पोखरामा नै एमाले पराजित भयो । त्यसले एमाले पनि वाम गठबन्धनको पक्षमा छ कि भनेर अनुमान गर्नेहरु धेरै छन् । तर, एमाले नेतृत्व पंक्तिले त्यसलाई स्वीकारेको छैन ।

    एमाले नेताहरू कांग्रेससँग बार्गेनिङका लागि माओवादी र नेकपा एसले यस्तो अभिव्यक्ति दिइरहेको बताउँछन् । ‘एमालेले प्रचण्ड–माधवलाई प्रधानमन्त्री अफर गर्ने त परै जाओस्, सोच्न पनि सक्दैन । केपी ओलीको नेतृत्वमा सरकार बनाउने उहाँहरूको प्रस्ताव त हामीले अस्वीकार गरेका हौँ भने अहिले एमालेले उहाँहरूलाई प्रधानमन्त्री वा वाम गठबन्धनको प्रस्ताव गर्ने सम्भावना नै छैन’ एमाले उपाध्यक्ष विष्णु पौडेलले नेपाल प्रेसलाई भनेका छन्, ‘एमाले देखाएर कांग्रेससँग बार्गेनिङ गर्ने चालबाजी मात्र हो । हामी प्रचण्डलाई वा माधवलाई त्यस्तो अफर गर्ने गल्ती गर्दैनौँ ।’

    विभिन्न कार्यक्रमहरूमा गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरे पनि नेपाल र दाहाल दुवैले तत्काल नै नयाँ गठबन्धनको सम्भव नभएको बताउँदै आइरहेका छन् । ‘सत्ता गठबन्धन दलहरूबिच प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुन्छ’, माधव नेपालले सुर्खेतमा भनेका थिए , ‘चुनावी समीक्षाबाट आत्मालोचना भएकोले आगामी निर्वाचनमा पनि तालमेल हुने भएको हो ।’

    प्रचण्डको अभिव्यक्ति पनि योभन्दा फरक छैन । बुधबार जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा दाहालले संविधान र लोकतन्त्र रक्षाका लागि गठबन्धनलाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म लैजान आफू तयार रहेको बताएका थिए । अरूले जेसुकै भने पनि गठबन्धन बचाएरै दुवै तहको निर्वाचनमा जाने उनको भनाइ थियो ।

    यस्तो छ दलहरूको बटमलाइन

    बजारमा वाम गठबन्धनको चर्चा चलिरहेको भए पनि अहिले गठबन्धन गर्ने भनिएका एमाले, माओवादी र एकीकृत समाजवादीले भने त्यो विषयलाई स्वीकार गर्न सक्दैनन् । उनीहरूले वाम गठबन्धनको चर्चा चर्चामा मात्रै सीमित रहेको बताउँछन् ।

    नेकपा एकीकृत समाजवादीका सचिव समेत रहेका प्रमुख सचेतक जीवनराम श्रेष्ठले तत्काल वाम गठबन्धन सम्भव नभएको बताए । उनले एमाले नेतृत्वबाट आत्मालोचना नभएसम्म गठबन्धन सम्भव नभएको बताए ।

    ‘पहिले नेकपा एमाले ठिक ठाउँमा आउनुपर्यो, अनि नेतृत्वले आफूले गरेको गलत कामको आत्मालोचना गर्नुपर्यो । त्यसपछि बल्ल सुरुवात हुन सक्छ’ उनले भने, ‘अहिलेसम्म त्यस्तो छैन । त्यसैले वामतालमेल अहिले तत्काल सम्भव छैन ।’

    माओवादी केन्द्रका नेता देव गुरुङले पनि वाम गठबन्धनको अहिले नै सम्भव नभएको बताए । तर, राजनीतिमा असम्भव भन्ने कुरा नभएको पनि उनको विश्लेषण छ । ‘अहिले तत्काल त्यो विषयमा कुनै कुरा भएको छैन’ उनले भने ‘असम्भव भन्ने कुरा राजनीतिमा हुँदैन तर, अहिले नै सम्भव हुने सम्भावना कम छ ।’

    मुख्य एजेण्डा छोडेर समसामयिक विषयमा अहिले छलफल गर्नुको औचित्य नरहेको उनले बताए । ‘लाइनको कुरा नगरी पद र प्रतिष्ठाको कुरा मात्रै लिएर एकता वा तालमेलको कुरा गर्नु उपयुक्त होइन’ उनले भने, ‘विगतका गल्तीहरुहरुको अत्मसमीक्षा गर्न तयारी हुने कि नहुने भन्ने कुरा आउनु पर्छ । पहिले लाइन प्रस्ट भएपछि सहकार्य वा मोर्चाबोन्दीको कुरा आउँछ ।’

    एकीकृत समाजवादी र माओवादी केन्द्रको जस्तै नेकपा एमालेले पनि तत्काल वाम एकताको अवस्था देखेको छैन । पछिल्लो समय प्रधानमन्त्री र वामएकताका विषय बार्गेनिङको माध्यम रहेको एमालेको ठहर छ ।

    प्रमुख सचेतक विशाल भट्टराई भन्छन्, ‘सबै हावादारी कुरा हो । कांग्रेससँग बढीभन्दा बढी सिट लिन र कांग्रेसलाई आगामी निर्वाचनमा धम्क्याउन फालिएको कार्डमात्र हो ।’

  • कांग्रेससँगको गठबन्धनमा अध्यक्ष जितेको माओवादी कार्यपालिका चुनावमा एमालेसँग मिल्यो

    कांग्रेससँगको गठबन्धनमा अध्यक्ष जितेको माओवादी कार्यपालिका चुनावमा एमालेसँग मिल्यो

    सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको कार्यपालिका चुनावमा एमाले र माओवादी गठबन्धन विजयी भएको छ ।

    कार्यपालिकाको चुनावका लागि दुई खुल्ला सदस्य र चार निर्वाचित महिला सदस्यहरू गरी छ पदका लागि चुनाव भएको थियो ।

    सार्वजनिक परिणामअनुसार नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट खुल्ला सदस्यमा शंकर कामी (नेकपा एमाले) र नेकपा माओवादी केन्द्रबाट उजिरे ढोलीले विजयी भएका हुन ।

    यस्तै महिला सदस्यमा एमालेबाट कमला बिक तथा माओवादी केन्द्रले भने अम्बि बिक, पदमा बिक र हजुरा विष्ट विजयी भएका छन् ।

    स्थानीय तहको निर्वाचनमा भने कांग्रेस र माओवादीबीच गठबन्धन बनेको थियो ।

    चौकुने गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्रबाट खड्क बिक र उपाध्यक्ष पदमा कांग्रेसका नरबहादुर बन्तोला गठबन्धनबाट निर्वाचित भएका हुन ।

    १० वटा वडा रहेको चौकुने गाउँपालिकामा चार वडा नेकपा एमाले, चार वडा नेपाली कांग्रेस र दुई वडा नेकपा माओवादी केन्द्रले जितेको छ ।

  • कांग्रेसलाई प्रचण्डको चेतावनी- एमालेलाई जस्तै  ठेगान लगाउने दिन नआओस् (भिडिओ)

    कांग्रेसलाई प्रचण्डको चेतावनी- एमालेलाई जस्तै ठेगान लगाउने दिन नआओस् (भिडिओ)

    काठमाडौं । नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई अहंकार बढाएको खण्डमा ठेगान लगाइदिने चेतावनी दिएका छन् ।

    उनले एमालेले अहंकार बढाउँदा आफूहरुले ठेगान लगाइदिएको भन्दै कांग्रेसलाई पनि त्यसैगरी ठेगान लगाइदिने बताए ।

    आफूले गठबन्धन कायम राखेरै जान चाहेको तर कांग्रेसमा पनि एमालेमा जस्तै अहंकारको संकेत देखिएको प्रचण्डको भनाइ थियो ।

    पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हिजो एमालेसँग हामीले गठवन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेका थियौं । तर, एमालेको लिडरसिपमा अति धेरै अहंकार आयो । अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ । हामीले प्रधानन्त्री बनायौं । मिहिनेत गरेरै बनाएको हो । देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ । तर हामी चिन्तित छौं । कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन भन्ने धेरै ठाउँमा देखिएको छ । भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस् ।’

  • स्वतन्त्रले देश चलाउँछन् भन्ने भ्रममा नपरौं, माओवादीजस्ताे कुरा गरेर बालेन र हर्कले भोट ल्याए : प्रचण्ड (भिडिओ)

    स्वतन्त्रले देश चलाउँछन् भन्ने भ्रममा नपरौं, माओवादीजस्ताे कुरा गरेर बालेन र हर्कले भोट ल्याए : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्रले नै देश चलाउँछन् भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । उनले अहिले स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार दिएर जितेकाहरू अपवाद भएको बताए ।

    पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै प्रचण्डले यस्तो बताएको हुन् । उनले काठमाडौं र धरानका स्वतन्त्र अलि फरक देखिएको, उनीहरूबाहेक अरु कोहीपनि स्वतन्त्र नभएको टिप्पणी गरे । काठमाडौं र धरानका स्वतन्त्रहरूले माओवादीको जस्तै कुरा गरेकाले जनताले भोट दिएको उनले बताए ।

    ‘दुईवटा मान्छे अलि भिन्न ढंगले आए । अरु कोही स्वतन्त्र ठानेको छैन मेले । उनीहरूले चाहिँ माओवादीको जस्तो कुरा गरेका छन् । त्यसैले उनीहरूलाई जनताले मत दिएको हो,’ प्रचण्डले भने ।

    उनले अहिले जितेका स्वतन्त्रहरू पनि कुनै न कुनै रूपमा पार्टीसँग समन्वय गरेर मात्रै अगाडि बढ्न सक्ने टिप्पणी गरे ।

    ‘अब पार्टी सिस्टम कमजोर हुने र स्वतन्त्रको राज्य चल्ने होइन । यिनीहरू अपवाद हुन् । बिग्रे पनि सप्रे पनि अबका धेरै दशकसम्म पार्टीहरूले नै राज गर्नेछन्,’ उनले भने ।

  • प्रचण्डकाे चिन्ता : माओवादीलाई पहिचानको संकट पर्‍याे, पेटी बुर्जुवाभन्दा भिन्न देखिन छाड्यौं

    प्रचण्डकाे चिन्ता : माओवादीलाई पहिचानको संकट पर्‍याे, पेटी बुर्जुवाभन्दा भिन्न देखिन छाड्यौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई पहिचानको संकट उत्पन्न भएको बताएका छन् ।

    माओवादी पार्टी वास्तविकतामा क्रान्तिकारी भए पनि जनताको नजरमा खराब देखिन थालेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

    पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो चिन्ता व्यक्त गरेका हुन् । ‘माओवादी देशलाई माया गर्ने र जनताको लागि लड्ने नेता कार्यकर्ताको पार्टी भनेर चिन्थे । तर, अहिले हाम्रो छवि त्यस्तो छैन । हाम्रा पार्टीलाई पहिचानको संकट आउन थाल्यो’, प्रचण्डले भने, ‘हामी पेटी बुर्जुवाभन्दा भिन्न देखिन छाड्यौं ।’

    प्रचण्डले अरु संसदवादी पार्टी र माओवादीबीच पहिचानको अन्तर मेटिँदै गएको बताए । ‘कतिपय स्थितिमा माओवादीका प्रतिनिधि अझै खराब पो छन् कि जस्तो जनतालाई परेको छ । जबकि हामी त्यस्ता होइनौं । हामी उन्नत विचारको पक्षपोषण गर्छौं’, प्रचण्डले भने ।

    उनले थपे, ‘पहिले जनताले हामीलाई सजिलै चिन्थे । माओवादी अर्कै हो, अरु पार्टी अर्कै हुन् भन्ने थियो । तर, अहिले त्यस्तो छैन । हामी जनयुद्धमा छैनौं । हामीसँग जनमुक्ति सेना छैन, मिलिसिया पनि छैन । जनसरकार पनि छैन । अहिले तपाईंहरु हुनुहुन्छ जनप्रतिनिधि । जनताले अब हेर्दा माओवादीलाई तपाईंको अनुहारमा हेर्छ ।’

  • पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई माओवादीले हिमालय होटलमा पार्टी दिने

    पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई माओवादीले हिमालय होटलमा पार्टी दिने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट स्थानीय चुनावमा निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टी दिने भएको छ ।

    कुपण्डोलको पाँचतारे होटल हिमालयमा आज बेलुकी ७ देखि नौ बजेसम्म पार्टी आयोजना गरिएको हो ।

    माओवादीले अहिले कुमारी हलमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिरहेको छ ।

    सोही कार्यक्रममा सञ्चालकले हिमालय होटलमा पार्टी आयोजना गरिएको जानकारी गराएका थिए । अभिमुखीकरणमा देशभरका माओवादी जनप्रतिनिधिहरु उपस्थित छन् ।

    यस चुनावमा माओवादी केन्द्रले ५ हजार ४५ पद जितेर तेस्रो भएको छ । जसमा २५ मेयर, ९६ गाउँपालिका अध्यक्ष, ३३ उपमेयर, ९५ गाउँपालिका उपाध्यक्ष छन् । यस्तै १ हजार ५३ वडाध्यक्ष, ९६३ महिला सदस्य, ९७३ दलित महिला सदस्य, १ हजार ८०७ खुला सदस्य माओवादी केन्द्रले जितेको छ ।
  • माओवादी केन्द्रका जनप्रतिनिधिहरुको प्रशिक्षण भेला (तस्बिरहरु)

    माओवादी केन्द्रका जनप्रतिनिधिहरुको प्रशिक्षण भेला (तस्बिरहरु)

    काठमाडौं । कमलपोखरीस्थित कुमारी हलमा माओवादी केन्द्रले नयाँ जनप्रतिनिधिका लागि प्रशिक्षण भेला राखेको छ । बुधबार बिहानदेखि सुरु भएको प्रशिक्षणमा अहिले पार्टीका नेताहरूले प्रशिक्षण दिइरहेका छन् ।

    प्रशिक्षण भेलामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, दीनानाथ शर्मा, लीलामणि पोखरेललगायतका शीर्ष नेता उपस्थित छन् ।

    हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी भएर आएका जनप्रतिनिधिलाई माओवादीले प्रशिक्षण दिन लागेको हो । पार्टी अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठले नननिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका छन् ।

    यसपटकको निर्वाचनमा माओवादीले एक सय २१ स्थानीय तहमा प्रमुख जितेको छ ।

    तस्बिर: उमेश कार्की