Category: माओवादी केन्द्र

  • नेपालको विकासमा भारत सदैव भरपर्दो साझेदारः भारतीय विदेशमन्त्री जयशंकर

    नेपालको विकासमा भारत सदैव भरपर्दो साझेदारः भारतीय विदेशमन्त्री जयशंकर

    काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् ।
    भारत भ्रमणमा रहेका प्रचण्डसँग सनिवार आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको डा जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

    उनले भनेका छन्, ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’ प्रचण्ड भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा अहिले भारत भ्रमणमा छन् ।

     

  • नेपाल-भारत सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ छ: प्रचण्ड

    नेपाल-भारत सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ छ: प्रचण्ड

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल-भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ रहेको बताएका छन् ।

    भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणामा भारत भ्रमणमा रहेका उनले आज आयोजित एक समारोहमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    ‘नेपाल-भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ छ’, उनले भने, ‘यो सम्बन्ध सामाजिक, सांस्कृतिक, परम्परागत र जनता-जनताबीच जोडिएको छ ।’

    सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले दुई देशबीचको सीमापार सम्बन्ध निकै महत्वपूर्ण रहेको पनि बताए । जसलाई संस्कृति, सभ्यता र जनता-जनताबीचमा मात्र नभई द्विपक्षीय व्यापार र अर्थतन्त्रले पनि जोडिएको बताए ।

    यस्तै भूकम्प, कोभिड १९ महामारीमा भारत सरकार र त्यहाँका जनताले नेपाललाई गरेको सहयोग पनि उनले सम्झिए । ‘भूकम्पपछि उद्धार र पुनर्निर्माणमा भारत सरकार र भारतीय जनताले गरेको सहयोगका लागि विशेष धन्यवाद छ’, उनले भने, ‘यस्तै कोभिड १९ मा अत्यावश्यक रहेको खोप भारत सरकारले तत्कालै उपलब्ध गराएकोमा पनि धन्यवाद दिन चाहन्छु ।’

    यस्तै भारत सरकारले नेपालको विकासमा लामो समयदेखि गरेको सहयोग पनि महत्वपूर्ण रहेको अध्यक्ष प्रचण्डले बताए ।

    आगामी दिनमा अर्थतन्त्र र व्यापार बढाउन नेपालले दुई देश जोड्ने पूर्वाधार जसमा सडक, रेलमार्ग, जलमार्ग र विद्युत प्रशारणलाइनलाई प्राथमिकतामा राखेको बताए ।

    कृषिले सहकार्यका लागि ठूलो सम्भावना बोकेको पनि उनले बताए । यी क्षेत्रमा दुई देशबीचमा सहकार्यका लागि थप प्रयास हुनुपर्नेमा उनले जोड दिए ।

  • दिल्लीमा प्रचण्ड र आरजु देउवाबीच भेटघाट

    दिल्लीमा प्रचण्ड र आरजु देउवाबीच भेटघाट

    काठमाडौं । शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटघाट भएको छ ।

    ‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिबार बिहान पुनः भेटघाट भएको हो ।

    सो क्रममा भारतका लागि नेपाली राजदुत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थिति रहेको थियो । शुक्रबार साँझ दुतावासमा आयोजना भएको रात्री भोजमा पनि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो ।

    प्रचण्डले आजै भारतीय बिदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन ।

     

  • गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई वाईसीएलकाे ज्ञापनपत्र

    गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई वाईसीएलकाे ज्ञापनपत्र

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

    शनिबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै वाईसीएलले राजनैतिक दलको सदस्यता, जिम्मेवारीमा रहि साथै शैक्षिक योग्यता समेत नपुगेका राष्ट्र बैंकका गभर्नरअधिकारीलाई तुरुन्त बर्खास्त गरी छानबीन गर्न माग गरेको हो ।

    वाईसीएलले ज्ञापनपत्र बुझाउँदै आर्थिक संकट र विदेशी मुद्रा संचिति घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोकिन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

    साथै वाईसीएलले संवैधानिक परिषद सम्बन्धि विधेयक तुरुन्त फिर्ता लिन,सरकारले विपद व्यवस्थापन तथा आकस्मिक उद्धार साथै युवाहरुको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्न समेत माग गरेको छ ।

    किसानलाई समयमै मल बिउको उपलब्ध गरान, विद्यार्थीलाई पाठ्य सामग्रीको व्यवस्था गर्नर सामाजिक विकृति विसंगती तथा हिंसाको विरुद्ध प्रभावकारी कदम चाल्न ऐन कानुनको समयानुकुल परिमार्जन गरि तुरुन्त नियन्त्रण गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

    यसअघि वाईसीएलले शैक्षिक योग्यता ढाँटेको भन्दै गर्भनर अधिकारी विरुद्ध अख्तियारमा उजुरी दर्ता गरेका थियो ।

  • भारत पुगे प्रचण्ड

    भारत पुगे प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतकाे नयाँ दिल्ली पुगेका छन् ।

    अध्यक्ष प्रचण्ड भारतको इन्दिरा गान्धी विमानस्थलमा सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरे । उनकाे स्वागतमा भारतस्थित नेपाली दुतावासका राजदुत डा. शंकर शर्मा लगायतको उपस्थिति रहेको थियो ।

    भारतमा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भारतीय दूतावास स्रोतले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटको चाँजोपाँजो मिलाउने बताइए पनि त्यो निश्चित भइसकेको छैन ।

    भारतीय सत्तारुढ दल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत पुगेको सचिवालयले जनाएको छ ।

    तीन दिनसम्म भारतमा रहँदा प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतका विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि भेटवार्ता हुने तालिका रहेको छ । ३ दिनको भ्रमण सकेर दाहाल आइतबार स्वदेश फर्किने छन् ।

  • उपसभामुखमा पुष्पा भुसाललाई प्रस्ताव गर्दै देव गुरुङले भने: सदनलाई सफल तुल्याउन उहाँलाई जिताऔं

    उपसभामुखमा पुष्पा भुसाललाई प्रस्ताव गर्दै देव गुरुङले भने: सदनलाई सफल तुल्याउन उहाँलाई जिताऔं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङले उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाललाई निर्वाचित गर्न प्रस्ताव गरेका छन् । उनले संसद बैठकमा बोल्दै भुसाल उपसभामुख चलाउन सक्षम व्यक्ति भएको बताए ।

    गुरुङले संसदलाई सफल तुल्याउन भुसालको अत्यन्त महत्वपूर्ण भूमिका रहने दाबी गरे । उनले भने, ‘उहाँले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुहुन्छ । अहिलेको परिस्थितिमा सबै हिसाबले उहाँ प्रतिपक्षकी उम्मेदवार विद्या भट्टराईभन्दा ठीक हुनुहुन्छ । उहाँलाई जिताउन आग्रह गर्दछु ।’

    गुरुङले भुसालसँग कानूनको उच्च शिक्षा र एक दशक प्राध्यापनको अनुभवसमेत भएको जानकारी गराएका थिए ।

  • भारत भ्रमणबारे प्रचण्डले भने- चिनियाँ नेताको भ्रमणसँग संयोग मात्र (भिडिओ)

    भारत भ्रमणबारे प्रचण्डले भने- चिनियाँ नेताको भ्रमणसँग संयोग मात्र (भिडिओ)

    काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमण आकस्मिक नभएको प्रष्टीकरण दिएका छन् ।

    दिल्ली उड्नुअघि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले हेर्दा आकस्मिक जस्तो देखिएपनि २ महिनाअघि नै भ्रमणको कुरा चलेको दाबी गरे ।

    चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउको नेपालभ्रमणलगत्तै भारत जानुका पछाडि पत्रकारको प्रश्नमा उनले भने, ‘यो संयोगजस्तो मात्र हो । चिनियाँ कम्युनिष्ट पार्टी विभागका प्रमुख आउने-जाने कुरामा कुनै सरोकार छैन । प्रष्ट पार्न चाहन्छु ।’

    ‘हेर्दा आकस्मिकजस्तो देखियो । २ महिनाअघिबाट नै यसको कुरा चलेको थियो । विनय क्वात्राकै पालामा उहाँले उपयुक्त समयमा भारत भ्रमण आवश्यक छ त्यो वातावरण मिलाउँदैछु भन्नुभएको थियो’, प्रचण्डले प्रष्ट्याए, ‘विदेश सचिव भएर गएपछि मलाई उपयुक्त समय कुन हुनसक्छ ? भनेर सोध्नुभयो । पार्टीको केन्द्रीय समिति बैठकलगायतका समय हेरेर जुलाईको दोस्रो या तेस्रो साता हुनसक्छ भनेको थिए । त्यसकारण यो आकस्मिक होइन ।’

    भारत भ्रमण सद्भाव भ्रमण मात्र भएको बताउँदै दाहालले भने, ‘नेपालसँगको सम्बन्धलाई अझ मजबुत कसरी बनाउने भन्नेबारे । यो सद्भाव भ्रमण मात्र हो । नेपाल र भारत दुवैको हितलाई केन्द्रमा राखेर छलफल हुनेछ । भारतसँगका सिमाना, व्यापारलगायतका विषयमा कूटनीतिक वातावरण बनाएर टुंग्याउने विषयमा छलफल हुनेछ ।’

  • दिल्ली उड्नुअघि प्रचण्डको प्रष्टोक्ति- मेरो र आरजु देउवाको भारत भ्रमणको मक्सद एउटै होइन

    दिल्ली उड्नुअघि प्रचण्डको प्रष्टोक्ति- मेरो र आरजु देउवाको भारत भ्रमणको मक्सद एउटै होइन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण राजनीतिक र सद्भावना भ्रमण रहेको भन्दै भारतसँगको सम्बन्ध सुधारमा सहयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

    दिल्ली उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू चीन र भारतलगायत सबै देशसँग राम्रो सम्बन्धको पक्षमा रहेको बताए ।

    प्रधानमन्त्री पत्नी आरजु देउवाको समेत भारत भ्रमण चलिरहेका बेला गठबन्धनकै अर्का नेता प्रचण्डको भ्रमण आकस्मिक रुपमा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएका बेला प्रचण्डले भने यसलाई संयोग बताए ।

    उनले भने, ‘उहाँको भ्रमणको उद्देश्य र मेरो भ्रमणको उद्देश्य फरक छ । मक्सद फरक–फरक हो । आजैमात्र प्रधानमन्त्रीसँग मैले सोधेको थिएँ । दिल्लीमा उहाँसँग (आरजु) भेट हुनसक्छ । तर, हाम्रो भ्रमणको मक्सद फरक–फरक छ । सायद उहाँ स्वास्थ्य उपचारलाई जानुभएको होला ।’

    याे पनि पढ्नुहाेस् :

    बेइजिङलाई दिल्लीको काउन्टर- गठबन्धनको निरन्तरता मुख्य सरोकार !

     

  • प्रचण्ड आज भारत जाँदै

    प्रचण्ड आज भारत जाँदै

    काठमाडौं । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् । दाहाल दिउँसो १ बजे नयाँदिल्लीतर्फ उड्ने बताइएको छ ।  उनको यो भ्रमण आकस्मिक हो ।

    भारतमा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भारतीय दूतावास स्रोतले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटको चाँजोपाँजो मिलाउने बताइए पनि त्यो निश्चित भइसकेको छैन ।

    भारतीय सत्तारुढ दल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा उनी नयाँदिल्ली जान लागेको सचिवालयले जनाएको छ । तीन दिनसम्म भारतमा रहँदा प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतका विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि भेटवार्ता हुने तालिका रहेको छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीका नेताको नेपाल भ्रमणलगत्तै प्रचण्ड भारत जानुलाई नेपाली राजनीतिमा संशयपूर्ण हिसाबले हेरिएको छ ।

    यद्यपि करिब डेढ महिना पहिले तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणको निम्तो दिएको र अध्यक्ष प्रचण्डले जुलाईको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए अनुसार नै भ्रमण हुन लागेको सचिवालयले प्रष्टीकरण दिएको छ ।

    ३ दिनको भ्रमण सकेर दाहाल आइतबार स्वदेश फर्किने छन् ।

  • शैक्षिक योग्यता ढाँटेको भन्दै गर्भनर अधिकारी विरुद्ध अख्तियारमा उजुरी दर्ता (उजूरीसहित)

    शैक्षिक योग्यता ढाँटेको भन्दै गर्भनर अधिकारी विरुद्ध अख्तियारमा उजुरी दर्ता (उजूरीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ । आफ्नो शैक्षिक योग्यता ढाँटेर राष्ट्रसेवक भई भष्ट्राचारजन्य कसुर गरेको भन्दै नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले बिहीबार आयोगमा उजुरी दर्ता गरेको हो ।

    कुनै पनि विषयमा कम्तिमा स्नातकोत्तर प्राप्त गरेको व्यक्ति गर्भनर हुनुपर्ने भए पनि अधिकारी अहिलेसम्म कुनै पनि विषयमा र कुनै पनि विश्वविद्यालयबाट स्नातकोतर तह उर्तिण नगरेको भन्दै वाईसीएका संयोजक सुमन देवकोटाले आयोगमा दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ ।

    गर्भनर अधिकारीले राष्ट्र बैंकमा पेश गरेको विवरण अनुसार सन् १९८९ मा नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उर्तिण गरेको र भारतबाट सन् १९९३ मा ‘सीए’ पढाईलाई आधारमाथी नियुक्ति लिएको देखिन्छ । तर, त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका अनुसार सीए अध्ययनलाई अहिलेसम्म कुनै पनि रुपमा स्नातकोत्तर सरह हुने भनि कहिँकतै व्यवस्था गरेको वा निर्णय नगरिएको उजुरीमा उल्लेख छ ।

  • बेइजिङलाई दिल्लीको काउन्टर- गठबन्धनको निरन्तरता मुख्य सरोकार !

    बेइजिङलाई दिल्लीको काउन्टर- गठबन्धनको निरन्तरता मुख्य सरोकार !

    काठमाडौं । चीनियाँ नेताहरूसँग भेटेलगत्तै अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जाँदैछन् भन्नेबारे शीर्षस्थ तहकै कतिपय माओवादी नेताहरू समेत जानकार थिएनन् । एक-दुईजना स्थायी कमिटी सदस्यले चिनियाँ स्रोतबाट यो कुरा जानकारी पाएपछि बुधबार रातिदेखि नै यसबारे जान्न खोजे ।

    बिहीबार बिहानै प्रचण्डको शुक्रबारबाट हुने भारत भ्रमणबारे समाचार आए । प्रचण्डको आकस्मिक दिल्ली भ्रमणको समाचार बाहिरिएपछि उनको सचिवालयले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निम्तोमा भारत भ्रमण हुन लागेको जानकारी दियो । जबकी यसबारे पार्टीका सीमित नेतामात्र जानकार थिए ।

    चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डल फर्किएलगत्तै अध्यक्ष प्रचण्डको भारत भ्रमणप्रति नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायका नेताहरूले असहज महसुस गरेका छन् । भ्रमणभन्दा पनि समय मिलेन कि भन्ने आशय ती नेताहरूको रहेको निकट स्रोतले जनाएको छ ।

    प्रधानमन्त्रीपत्नी आरजु देउवा छोरा जयवीरसहित भारतमै रहेका बेला अध्यक्ष प्रचण्डको राजनीतिक भ्रमण हुन लागेपछि सत्ता गठबन्धनमा पनि स्वाभाविक चासो बढेको छ । आगामी चुनावपछि प्रचण्ड र आरजुलाई आधा-आधा कार्यकाल प्रधानमन्त्री बनाउँने गरी गठबन्धन कसिलो गर्न लागिएको चर्चा कांग्रेस वृत्तमै भइरहेका बेला यो भ्रमणले थप संशय पैदा गरेको छ ।

    संयोग नै मान्नुपर्छ दिल्लीको सद्भाव अनुसार चल्ने राजनीतिक शक्ति लोसपाले बिहीबार अन्तिम समयमा उपसभामुखमा उम्मेदवारी नदिई सत्ता गठबन्धनलाई समर्थन जनायो । जबकी यसअघि चन्दा चौधरीलाई लोसपाले उठाउने र एमालेले समर्थन गर्ने तयारी थियो ।

    कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘केही दिनअघि शेखर कोइरालालगायतका नेताहरूले चुनावपछि भाउजुलाई प्रधानमन्त्री बनाउन सभापतिज्यूले गठबन्धनमा प्रचण्डसामु हदै लचिलो बन्ने सम्भावना सुनाएका थिए । यस्तो बेला प्रचण्डको भारत भ्रमणलाई आकस्मिक मान्ने कि गोप्य राखिएको मान्ने ? अनौपचारिक रूपमा यी कुराहरू त भइरहेका छन् ।’

    कांग्रेस नेता गुरुराज घिमिरेले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासँगको अन्तर्वार्तामा चुनावपछि आरजुलाई प्रधानमन्त्री बनाउने गरी अहिलेको गठबन्धन गर्न लागिएको ब्रिफिङ नेताहरूले आफूहरूसँग गरेको बताएका थिए । देउवा प्रधामन्त्री भएपछि आरजुले दुईपटक भारत भ्रमण गरिसकेकी छन् । देउवाको भ्रमणको चाँजोपाँजो समेत उनले मिलाएकी थिइन् ।

    कतै प्रचण्डको भ्रमण पनि आरजुले नै मिलाएको त होइन ? कांग्रेस र माओवादीका नेताहरूबीच यो प्रश्न पनि उठेको छ । संविधान जारी गर्नुअघि पनि भारतले देउवा र प्रचण्डलाई पालैपालो दिल्ली बोलाएको थियो । यसपटकको प्रचण्डको भ्रमणलाई सामान्य भ्रमणमात्र मान्न नसकिने नेताहरू बताउँछन् ।

    चीनले नेपालका वामपन्थीहरू विशेषगरी एमाले र माओवादी सहकार्य गरुन् भन्ने चाहेको छ । दुई वर्षअघि नेकपा विभाजन हुन नदिन खुलेरै आएको चीन यसपटक भने त्यसरी प्रकट भएको छैन । तर, चिनियाँ नेता फर्केलगत्तै प्रचण्डलाई दिल्ली बोलाएर भारतीय संस्थापन पक्षले वामपन्थी मिल्न नदिन खोजेको सन्देश जाने माओवादीकै नेताहरू बताउँछन् ।

    दिल्लीले स्वाभाविक रूपमा प्रचण्डलाई बोलाएर बेइजिङले के भन्यो भन्ने बुझ्न पनि खोजेको सहज अनुमान लगाउन सकिन्छ । तर, अहिले भारत भ्रमण गर्ने उपयुक्त समय यहीकारण नभएको माओवादी नेताहरू बताउँछन् । यसले गर्दा माओवादी नेतृत्वप्रति बेइजिङको संशय रहने उनीहरूको डर छ ।

    दिल्लीले प्रचण्डबाट बेइजिङबारे बुझ्न खोजेको छ । उच्चस्तरीय राजनीतिक भेटवार्तामा पछिल्लो चिनिया उच्चस्तरीय टोलीको भ्रमणबारे जिज्ञासा आउने कुरा स्वाभाविक छ । र, अर्को कुरा- चीनले एमाले र माओवादी मिलाउन खोजेको आशंका दिल्लीलाई पहिलेदेखि नै छ ।

    माओवादीमा नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुनलगायतका नेताहरू कांग्रेससँगको गठबन्धनबारे सोच्नुपर्ने पक्षमा छन् । उनीहरू चीनको सुझावप्रति लचक छन् । तर, प्रचण्ड स्वयं भने देउवासँग कम्तीमा पाँच वर्षको सत्ता साझेदारीको पक्षमा छन् ।

    देउवा आफ्नै सभापतित्वकालमा आरजुलाई पार्टीमा स्थापित गर्न चाहन्छन् । प्रचण्डलाई पनि यही आउने संसदको कार्यकालमा प्रधामन्त्री बन्नुपर्ने बाध्यता छ । दुवै नेताको बाध्यता बुझेको दिल्लीले आरजु र प्रचण्डलाई पालैपालो आतिथ्य प्रदान गर्न लागेको त होइन ?

    कांग्रेस नेता गुरुराज घिमिरेले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासँगको अन्तर्वार्तामा चुनावपछि आरजुलाई प्रधानमन्त्री बनाउने गरी अहिलेको गठबन्धन गर्न लागिएको ब्रिफिङ नेताहरूले आफूहरूसँग गरेको बताएका थिए । देउवा प्रधामन्त्री भएपछि आरजुले दुईपटक भारत भ्रमण गरिसकेकी छन् । देउवाको भ्रमणको चाँजोपाँजो समेत उनले मिलाएकी थिइन् । कतै प्रचण्डको भ्रमण पनि आरजुले नै मिलाएको त होइन ?

    विगतमा नेपालका सामान्य राजनीतिक मामिलामा चासो राख्ने गरेकाले यो प्रश्न स्वाभाविक रूपमा उठेको छ । प्रचण्डले पनि कांग्रेसको गठबन्धनमा भरपर्दो मध्यस्थकर्ता वा ग्यारेन्टी खोजिरहेका छन् । कांग्रेसले माओवादीको सहयोगमा धेरै सिट जितेर भोलि मधेसवादी दलसँग मात्र मिलेर सरकार बनाउने गणित संसदमा भयो भने के गर्ने ? आशंका यो पनि छ ।

    संयोग नै मान्नुपर्छ दिल्लीको सद्भाव अनुसार चल्ने राजनीतिक शक्ति लोसपाले बिहीबार अन्तिम समयमा उपसभामुखमा उम्मेदवारी नदिई सत्ता गठबन्धनलाई समर्थन जनायो । जबकी यसअघि चन्दा चौधरीलाई लोसपाले उठाउने र एमालेले समर्थन गर्ने तयारी थियो ।

    जसपा लगभग तीन समूहमा विभाजन भएको र उपेन्द्रप्रति दिल्ली अत्यन्तै नकारात्मक रहेकाले पनि प्रधानमन्त्री देउवाले लोसपालाई नजिक राख्न खोजेका छन् । लोसपा आफ्नो चाहनाले भन्दा पनि बाध्यताले सत्ता गठबन्धनको समर्थनमा पुगेको बुझ्नलाई यस्ता केही घटनाक्रमहरू काफी छन् ।

  • गभर्नर अधिकारीको विषयमा एमालेले विश्वसनीय ढंगले खण्डन गरेनः नारायणकाजी श्रेष्ठ (भिडिओ)

    गभर्नर अधिकारीको विषयमा एमालेले विश्वसनीय ढंगले खण्डन गरेनः नारायणकाजी श्रेष्ठ (भिडिओ)

    काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

    राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले) को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उहाँको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गरे ।

    २०७३ सालमा उक्त विभागमा महाप्रसाद अधिकारीको नाम रहेको र अहिले एम अधिकारीको नाममा रुपान्तरित भएर अर्थ तथा योजनाविद् भनेर राखिएको उनको दाबी छ ।

    उनले यस विषयमा एमालेले विश्वसनीय ढङ्गले खण्डन नगरेको भन्दै गर्न सक्ने स्थिति पनि होला कि नहोला भन्ने प्रश्न गम्भीर रहेको बताए ।

    नेता श्रेष्ठले अघिल्लो सरकारले विरोध गरेको संवैधानिक परिषदसम्बन्धी विधेयक अघि बढाउन नहुने जिकिर पनि गरे ।

  • प्रचण्डलाई गोकुल बाँस्कोटाको जवाफ- संघीयता अप्राकृतिक गर्भाधानको ठिम्मन !

    प्रचण्डलाई गोकुल बाँस्कोटाको जवाफ- संघीयता अप्राकृतिक गर्भाधानको ठिम्मन !

    काठमाडौं । नेपालमा संघीयतालाई निरन्तरता दिनु नहुने वकालत गर्दै आएका एमाले नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ फर्काएका छन् । आज एक कार्यक्रममा प्रचण्डले एकथरि नेताहरूले संघीयता खारेजीको आवाज उठाइरहेको भन्दै यसले राजतन्त्र फर्काउने तर्क गरेका थिए ।

    प्रचण्डको भाषणलगत्तै बास्कोटाले सामाजिक सञ्जालबाट जवाफ दिएका हुन् । उनले संघीयताको माग जनताले कहिल्यै नगरेको र यो अप्राकृतिक गर्भाधानको ‘ठीम्मन’ भएको बताएका छन् ।

    बास्कोटाको ट्वीट यस्तो छ-

    सुप्रिमोले भनेछन् संघीयता ठीक छैन भन्नु राजतन्त्र फर्काउने कुरा हो । २०६२/६३ मा दुई बन्दुके मिलेर सत्ता बाँड्ने तारतम्य मिलाउने काम भैरहेको बेलामा सडकमा आमजनताले गणतन्त्रको नारा घन्काउदै थिए, संघीयताको थिएन । यो अप्राकृतिक गर्भाधानको ठिम्मन हो ।

    बास्कोटाले दुई दिन अघि मात्रै संघीयता आवश्यक नरहेको भन्दै ट्वीट गरेका थिए । उनले जिल्ला समन्वय समिति पनि भंग गर्नुपर्ने मत राखेका छन् ।

  • प्रचण्डको टिप्पणी- एकथरी नेता संघीयता खारेज गरौं भन्दैछन्, त्यसले लाने निरंकुशतामा हो (भिडिओ)

    प्रचण्डको टिप्पणी- एकथरी नेता संघीयता खारेज गरौं भन्दैछन्, त्यसले लाने निरंकुशतामा हो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘एकथरी शक्ति’ देशलाई अझै निरंकुश राजतन्त्रतर्फ लैजान खोजिरहेको बताएका छन् ।

    अल्टरनेटिभ फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा सूचना-प्रविधि सम्बन्धी नीति सम्वाद’ कार्यक्रममा बोल्दै उनले भने, ‘तपाईँहरूले सुन्नुभएको होला आजभोलि केही नेताहरू त खुलेआम संघीयता खारेज गर्नुपर्छ अब भन्ने कुरा बोलेका छन् । त्यो जाने भनेको निरंकुश राजतन्त्रकै ठाउँमा हो । त्यल्ले लाने उही ठाउँमा हो ।’

    केही दिनअघि एमाले अध्यक्ष ओलीले सम्पादकसँगको अन्तरक्रियामा संविधान बनाउँदा जति विचार गर्नुपर्थ्यो गर्न नसकिएको भन्दै संघीयता सफल भएन भने परिवर्तनका लागि सबै तयार हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।

    प्रचण्डले पुरानो सोचमा हुर्किएका पात्र र पार्टीलाई हिँडिराखेको, जानिराखेको बाटो हिँड्न मान्छेलाई सजिलो हुने र वैज्ञानिक हुन धेरै गाह्रो हुने बताए ।

    ‘संविधान बनाउँदा भएका छलफल म सम्झिरहन्छु । एकथरी साथीहरू जो हिजो नेपालमा गणतन्त्र सम्भव छैन छिट्टै या संविधानसभा सम्भव छैन भन्ने ठान्थे,’ उनले भने,‘उनीहरूले भनेको शब्द म सम्झिन्छु के भाउतु ल्याइदिए, गाविस ठिकै थिए नि वडाहरू ठिकै थिए नि । एकात्मक व्यवस्था ठिकै थियो, राजतन्त्र ठिकै थियो भन्ने उहाँहरूलाई लागिराख्यो ।’

    त्यो शक्तिको अहिले पनि संघर्ष चलिराखेको अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘संविधानले माग गरेअनुसारका नयाँ ऐन ल्याउँदा एकथरी पार्टी र नेतालाई फलामको च्युरा भएको छ ।’

  • नेपालका प्रत्येक क्रान्ति कम्प्रमाइजमा टुंगिएका छन्ः प्रचण्ड (भिडिओ)

    नेपालका प्रत्येक क्रान्ति कम्प्रमाइजमा टुंगिएका छन्ः प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबैजसो क्रान्ति कम्प्रमाइजमा टुंगिएको बताएका छन् । अल्टरनेटिभ फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा सूचना-प्रविधि सम्बन्धी नीति सम्वाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

    ‘नेपालमा ठुल्ठूला परिवर्तनका निम्ति जनस्तरबाट आन्दोलन भए, क्रान्ति भए । ती विज्ञानमा आधारित भएकै कारण केही सफलता पाएका हुन्,’ उनले भने, ‘तर, सम्पूर्णरूपमा क्रान्ति सापेक्षिक रूपमा हुनसकेका छैनन् । प्रत्येक क्रान्ति कम्प्रमाइजमा टुंगिएका छन् ।’

    क्रान्ति र परिवर्तनहरू सम्पन्न गर्दा धनीले नभई गरिब वर्गले गरेको अध्यक्ष प्रचण्डले बताए ।

    उनले भने, ‘क्रान्ति र परिवर्तन सम्पन्न गर्दा धनी र सम्पत्तिशालीले गरेका छैनन् । धेरै सम्पत्ति भएका करोडपति-अरबपतिहरूले त क्रान्ति गरेका छैनन् । ती श्रमजिवी, मध्यम वर्ग या सम्पत्तिहीनको विद्रोहबाट भएका छन् ।’

    तर, यस्ता विद्रोह धेरै कारणले कम्प्रमाइजमा टुंगिनुपर्ने स्थिति बनेको उनले बताए ।

    ‘कम्प्रमाइज गर्दा सम्पत्तीशाली वर्ग जसको अनुभव, जसको पुँजीको तागत, जसको सत्ताको ताकत र त्यसलाई सञ्चालन गर्ने अनुभवसँग कम्प्रमाइज गरेर आएको शक्तिको वा विज्ञानलाई प्रयोग गर्ने शक्तिको संघर्ष हुने र उनै हाबी हुने देखियो,’ उनले भने ।

  • माओवादी अध्यक्ष प्रचण्ड दिल्ली जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

    माओवादी अध्यक्ष प्रचण्ड दिल्ली जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आकस्मिक रुपमा भारत भ्रमणमा जाने भएका छन् ।

    माओवादीका एक शीर्ष नेताका अनुसार अध्यक्ष प्रचण्ड सम्भवत शुक्रबार नै दिल्ली जाँदैछन् ।

    भारतमा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने काठमाडौंस्थित भारतीय दुतावास स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रचण्डको भेटवार्ताको चाजोपाँजो मिलाइँदैछ । यस भ्रमण बारे दुवै पक्षले औपचारिक जानकारी गराएका छैनन् ।

    प्रचण्डको भारत भ्रमण अगाडि नै प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा पनि दिल्लीमा नै छन् । उनका छोरा जयविर देउवा पनि दिल्ली भ्रमणमा छन् ।

  • माओवादीकै सांसदले भने- बिचौलियाको प्रभावमा बजेट तयार गरियो

    माओवादीकै सांसदले भने- बिचौलियाको प्रभावमा बजेट तयार गरियो

    कैलाली । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका सांसदले नै बजेटमाथि आक्रोश व्यक्त गरेका छन् । सुदूरपश्चिम सरकारले ल्याएको बजेटमाथि धारणा राख्ने क्रममा माओवादी केन्द्रका प्रदेशसभा सदस्य महेशदत्त जोशीले सरकारले व्यापारी र बिचौलियाको प्रभावमा बजेट ल्याएको बताएका हुन् ।

    ‘दलालका योजना छिरेको जस्तो भएको छ । कुनै निर्वाचन क्षेत्रमा ३ अर्ब छ, कुनैमा डेढ दुई करोड पनि छैन । जहाँ आवश्यकता छैन, त्यहाँ पनि बजेट छ । त्यहाँ बिचौलियालाई चाहिएको हो ? बिचौलियाको पोल्टामा नजाने गरी बजेट कार्यान्वयन गर्नुपर्छ’, उनले भने ।

    सवारीमा छुट दिने कुरामा सरकारको नियतमा प्रश्न उठेको सांसद जोशीले बताए । ‘बिचौलियाको सल्लाहमा छुट दिइएको छ । किसानमारा निर्णय दलाल र व्यापारीलाई पोस्ने निर्णय गरेको छ’, जोशीले भने, ‘त्रुटिहरू संशोधन गर्नुपर्छ । पेवा सम्पत्ति बाँडेको जस्तो बाँड्न हुँदैन । बजेटको सन्तुलन मापदण्ड केही पनि पूरा भएको छैन ।’

    उनले बजेटमा रहेको त्रुटिका विषयमा सरकारले छानबिन समिति गठन गर्नुपर्ने बताए । ‘सरकारले यसमा छानबिन समिति गठन गरोस्’, उनले भने, ‘आर्थिक मामिलामन्त्रीको घरको वा अन्य एक–दुई जना मन्त्रीको घरको बजेट होइन । सरकार गम्भीर बन्नुपर्छ ।’

  • गभर्नर अधिकारीलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

    गभर्नर अधिकारीलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थीहरूको संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गरेको छ ।

    अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले आज एक विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रहितलाई तिलाञ्जली दिएर ‘अमुक दल’को कार्यकर्ता भएको भन्दै गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गरेकी हुन् ।

    विज्ञप्तिमा सरकारको मौद्रिक नीति निर्माणको नेतृत्व गर्नुपर्ने राष्ट्र बैंकको गभर्नर अधिकारी विगतदेखि नै विभिन्न शेयर कारोबारमा अवैध संलग्नता, क्रिप्टोकरेन्सीलगायत प्रकरणमा विवादास्पद बनेको उल्लेख छ ।

    ‘हालैमात्र प्रमुख प्रतिपक्ष दलको अर्थ तथा योजना विभागको सदस्यको रुपमा जिम्मेवारी प्राप्त गरेको कुराले हामीलाई गम्भीर बनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमन ढालेर बनेको वर्तमान सरकारलाई असहयोग गरेको भन्दै केही समयअघि उनलाई नेपाल सरकारले पदमुक्त गरे पनि अदालतले पुनर्बहाली गरेको थियो । सरकारको उक्त कदम सही थियो भन्ने कुरा अहिले प्रमाणित भएको छ ।’

    विज्ञप्तिमा राष्ट्र बैंक सञ्चालनको निम्ति बनेको ऐनमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त व्यक्ति ‘राजनैतिक दलको सदस्य वा पदाधिकारी’ भएमा नियुक्त हुन अयोग्य हुने व्यवस्था रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले ऐन-कानुनको धज्जी उडाएकाले उनलाई तुरुन्त बर्खास्त गर्न माग गरिएको छ ।

    ‘राष्ट्रहितलाई तिलान्जली दिएर अमुक दलको कार्यकर्ता अवैध गभर्नरलाई तत्काल बर्खास्त नगरिए आन्दोलनको आँधीबेहरी सृष्टि गर्ने चेतावनी दिन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

  • सुदूरपश्चिम सरकार र प्रतिपक्षको वार्ता निष्कर्षविहीन, १४ बुँदे सुझावमा पुन: छलफल हुने

    सुदूरपश्चिम सरकार र प्रतिपक्षको वार्ता निष्कर्षविहीन, १४ बुँदे सुझावमा पुन: छलफल हुने

    कैलाली । बजेट पारित गर्ने विषयमा सरकार र प्रतिपक्षबीच भएको वार्ता निष्कर्षविहीन भएको छ । करिब ३ घण्टाको वार्ता सकारात्मक रहेपनि कुनै सहमतिमा नपुगेको नेताहरूले बताएका छन् ।

    प्रतिपक्षी दलले सरकारलाई १४ बुँदे सुझाव पत्र बुझाएको छ । त्यसमा सहमति भए आजै संसद् सुरु हुन सक्ने बताइएको छ । १४ बुँदे सहमतिका बिषयमा केही बेरपछि पुन: बस्ने गरी बैठक सम्पन्न भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

    सरकार मागको विषयमा केही सकारात्मक देखिएको भन्दै माग सम्बोधन भए संसदलाई अनिर्णयको बन्दी बनाउन आफूहरूले नचाहेको ती नेताले बताए ।

    असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमाथि सदनमा अहिलेसम्म छलफल भएको छैन । प्रतिपक्षीमा रहेका एमाले, जसपा र लोसपा बजेट संशोधन नहुँदासम्म छलफल नहुने अडानमा छन् । आज ८ बजे मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिपक्षी दललाई संवादका लागि बोलाएका थिए ।

    वार्तामा सरकारको तर्फबाट मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मनाबहादुर धामी थिए । प्रतिपक्षी दलको तर्फबाट एमाले दलका नेता प्रकाश शाह, प्रमुख सचेतक लीलाधर भट्ट र कार्य व्यवस्था परामर्श समितिका सदस्य बलदेव , लोसपाका कृष्ण चौधरी थिए ।

  • गभर्नर अधिकारीमाथि कारबाही गर्न माओवादी सांसदहरूको माग

    गभर्नर अधिकारीमाथि कारबाही गर्न माओवादी सांसदहरूको माग

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदहरूले राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको विभागीय सदस्य भएको भन्दै उनीमाथि कारबाही हुनुपर्ने माग गरेका छन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्ने क्रममा माओवादी सांसदहरू रेखा शर्मा, अमृता थापा, अन्जना विशंखेलगायतले गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको आरोप लगाएका हुन् ।

    एमालेको अन्तरपार्टी निर्देशनमा एम अधिकारी, खोटाङ भनेर आएको नाम महाप्रसाद अधिकारी नै रहेको उनीहरूको दाबी छ । राष्ट्रबैंक ऐन बमोजिम कुनै पनि राजनीतिक दलको सदस्य रहेको व्यक्ति गभर्नर हुन नपाउने शर्माले बताइन् ।

  • नागरिकता विधेयकको सहमतिका लागि गृहमन्त्रीको दौडधुप, आज प्रचण्ड भेटे

    नागरिकता विधेयकको सहमतिका लागि गृहमन्त्रीको दौडधुप, आज प्रचण्ड भेटे

    काठमाडौं । नेपाल सरकारले संघीय संसदमा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन् ।

    सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भेट भएको हो । छलफल सकारात्मक भएको खाणले जानकारी दिए । सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार नौ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो ।

    सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद सचिवालयमा पेस गरेको छ । पेस भएको विधेयकमा सहमति जुटाउनका लागि गृहमन्त्री खाणले सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गरिरहेका छन् ।

    हिजो साँझ मात्रै गृहमन्त्री खाणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटेका थिए ।

  • ढिलो चाँडो नेपाल पनि श्रीलंकाको अवस्थामा पुग्छ : नारायणकाजी श्रेष्ठ

    ढिलो चाँडो नेपाल पनि श्रीलंकाको अवस्थामा पुग्छ : नारायणकाजी श्रेष्ठ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले ढिलो वा चाँडो नेपाल पनि श्रीलंकाको अवस्थामा पुग्ने दाबी गरेका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्ना धारणा प्रस्तुत गर्दै यस्तो बताएका हुन् । नेपाल अहिले श्रीलंकाको अवस्थामा पुगी नसकेको भए पनि निष्ठा, विचार र स्वार्थी राजनीतिको बाटोले ढिलो चाँडो श्रीलंकाको अवस्थामा पुर्‍याउने उनले ट्विट गर्दै दाबी गरेका हुन् ।

    यसबाट सबैले सचेत हुनुपर्ने र समयमा सबैले सामूहिक एव संगठित पहल गर्नुपर्ने उनको भनाई छ ।

    उनले लेखेका छन्, ‘हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौँ । यो सही नै हो । तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, बिचार (सिद्धान्त एवं मूल्यविहीन भ्रष्ट) स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थ वादले ढिलो वा चाँडो,एउटा वा अर्को रूपमा पुर्‍याउने त्यतै हो । सचेत होऔँ र समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामूहिक एवं संगठित प्रयत्न गरौँ ।’

  • स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्न माओवादी केन्द्रले गठन गर्‍यो तीन सदस्यीय समिति

    स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्न माओवादी केन्द्रले गठन गर्‍यो तीन सदस्यीय समिति

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिनदेखि अखिल (क्रान्तिकारी)मा देखिएको समस्या समाधानसम्मका निर्णयहरू भएको पार्टीका नेता कृष्णबहादुर महराले जानकारी दिए ।

    ‘पहिलो निर्णय स्थानीय निर्वाचनमा घातअन्तर्घात भयो पार्टीभित्रबाटै, जसमा केन्द्रीय सदस्यसम्मका नाम आएकाले त्यसका लागि छानबिन समिति बनेको छ’, उनले भने ।

    जसमा अनुशासन विभागका संयोजक टंक राई संयोजक रहने गरी केन्द्रीय सदस्यहरू मुक्ति प्रधान र खिमलाल देवकोटा सम्मिलित रहेको नेता महराले जानकारी दिए ।

    यस्तै अखिल क्रान्तिकारीमा देखिएको समस्या समाधानका लागि पूर्वविद्यार्थी नेताहरू सम्मिलित तीन सदस्यीय सुझाव समिति गठन भएको उनले जानकारी दिए । जसमा रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल सदस्य छन् । ‘उहाँहरूले समाधानको उपाय लिएर सुझाव दिनुहुन्छ, स्थायी कमिटीले निर्णय गर्छ’, नेता महराले भने ।

    यस्तै प्रदेश कमिटी र केन्द्रीय कमिटीबीच आगामी निर्वाचनका लागि समन्वय गर्न प्रदेश इन्चार्जहरूको नेतृत्वमा प्रदेश समन्वय समिति बनाइएको छ । जसमा सो प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य र सबै प्रदेश कमिटीका पदाधिकारी रहने निर्णय भएको नेता महराले जानकारी दिए ।

    आगामी साउन १८ देखि भदौ ३ गतेसम्म सबै प्रदेशमा प्रशिक्षण तथा बैठक कार्यक्रम गर्ने पनि स्थायी समितिले निर्णय गरेको छ ।
    जसमा साउन १८ गते गण्डकीमा, २० गते १ नम्बर प्रदेशमा, २४ गते लुम्बिनीमा, २९ गते कर्णालीमा, २८ गते सुदूरपश्चिममा, ३० गते विशेष प्रदेशमा भदौ १ गते सम्पर्क समन्वय र ३ गते प्रवास विशेष प्रदेशमा प्रशिक्षण तथा बैठक हुने नेता महराले बताए ।

  • माओवादी बैठक- नारायणकाजी र महरा दुवै उपाध्यक्ष

    माओवादी बैठक- नारायणकाजी र महरा दुवै उपाध्यक्ष

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनमा सर्वाधिकार प्राप्त अध्यक्ष प्रचण्डले युवा नेतामा तीब्र प्रतिस्पर्धा देखिएपछि पुरानै नेताबाट काम चलाउने संकेत गरेका छन् ।

    विशेषगरी महासचिवमा वर्षमान पुन र जनार्दन शर्मामध्ये एउटा रोज्दा अर्को रिसाउने भय प्रचण्डमा छ । चुनाव गर्ने पक्षमा उनी छैनन् । चुनाव हुँदा देवेन्द्र पौडेल, शक्ति बस्नेतलगायतका नेताहरुले पनि महासचिवमा उम्मेदवारी दिने बताएका छन् ।

    प्रचण्डले गत बिहीबारको बैठकमा आफूसँग पदाधिकारीको नाम रहेको भन्दै पढ्न बाध्य नपार्न आग्रह गरेका थिए । पदाधिकारीमा प्रस्तावित कतिपय नेतामाथि नै स्थानीय चुनावमा अन्तर्घातको आरोप लागेकाले छानबिन पर्खिन उनले गरेको आग्रह टार्ने मेलोमात्र भएको नेताहरुको बुझाइ छ ।

    प्रचण्डले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्प नरहेको बैठकमै बताएका थिए । श्रेष्ठको मात्रिका यादवले विरोध गर्ने पनि उनैले स्वीकार गरेका थिए । वरिष्ठ उपाध्यक्षमा महरा र मात्रिका यादवको पनि दाबी थियो ।

    माओवादी अध्यक्ष प्रचण्डले आफूपछिको बरियतामा रहनेगरी उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णवहादुर महरालाई अघि सारेका छन् । शनिवारको स्थायी कमिटी बैठकमा अध्यक्षसँग दुई नेतामात्र बसेका छन् ।
    महराले आफू र नारायणकाजी श्रेष्ठ दुई उपाध्यक्ष बनेको भन्दै स्थायी कमिटीले यसलाई टुंगो लगाउँने बताइएका छन् ।

    यदि पदाधिकारी चयनमा समस्या भएमा उनले विशेष महाधिवेशनसम्म आफू एकल पदाधिकारी भएर जाने विकल्पसमेत तयार पारेका छन् । प्रचण्डले चाँडै समाजवादी क्रान्तिको आधार तय गर्न विशेष महाधिवेशन हुने बताइसकेका छन् ।

  • माओवादीको अपूर्ण स्थायी कमिटी बैठक जारी, को-को छन् सहभागी ?

    माओवादीको अपूर्ण स्थायी कमिटी बैठक जारी, को-को छन् सहभागी ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकमा केन्द्रीय कमिटी बैठकले गरेका निर्णयलाई अन्तिम रुप दिएर पोलिटव्युरो र स्थायी कमिटी सदस्यहरुको सूची तयार पार्ने बताइएको छ ।

    त्यस्तै पदाधिकारी छनोटका सन्दर्भमा पनि छलफल हुने बैठकले मुख्यतः अन्तर्घातको आरोपका सन्दर्भमा अनुशासन आयोगलाई छानबिनको लागि १५ दिनको समय दिने भएको छ ।

    माओवादीको स्थायी कमिटी ४१ सदस्यीय हुने भनेर केन्द्रीय कमिटीले निर्णय गरे पनि सबै सदस्य टुंगिएका छैनन् । बैठकमा तत्कालीन नेकपाका १५ जना र प्रदेश इन्चार्जहरु सहभागी छन् ।

    थप सदस्य चयनको जिम्मा प्रचण्डलाई नै दिइएको छ । साथै स्थायी कमिटी सदस्यका रुपमा केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकाल पनि सहभागी छन् ।

    नेकपाकालीन स्थायी कमिटीका १५ जना निम्न छन्ः
    १) पुष्पकमल दाहाल प्रचण्ड
    २) नारायणकाजी श्रेष्ठ
    ३) कृष्णबहादुर महरा
    ४) गणेश शाह
    ५) गिरिराजमणि पोखरेल
    ६) चक्रपाणी खनाल
    ७) जनार्दन शर्मा
    ८) देव गुरुङ
    ९) देवेन्द्र पौडेल
    १०) पम्फा भुसाल
    ११) वर्षमान पुन
    १२) मात्रिका यादव
    १३) लीलामणि पोखरेल
    १४) शक्तिबहादुर बस्नेत
    १५) हरिबोल गजुरेल

    माओवादीका प्रदेश इन्चार्जहरु यसप्रकार छन्ः
    प्रदेश १ – राम कार्की
    मधेस प्रदेश – गणेश शाह
    बागमती प्रदेश – हितमान शाक्य
    गण्डकी प्रदेश – हितराज पण्डे
    लुम्बिनी प्रदेश – चक्रपाणी खनाल
    कर्णाली प्रदेश – कालीबहादुर मल्ल
    सुदूरपश्चिम प्रदेश – खगराज भट्ट

  • प्रधानमन्त्री पुत्रको कम्पनी पोस्न सेनेटरी प्याडमा भन्सार माफ

    प्रधानमन्त्री पुत्रको कम्पनी पोस्न सेनेटरी प्याडमा भन्सार माफ

    काठमाडौं । अनाधिकृत व्यक्तिको घुसपैठ गराएर बजेटमा चलखेल गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले हिजो राजीनामा दिए । तर, यो प्रकरणभित्र लुकेका धेरै रहस्य बाहिर आउन बाँकी नै छन् ।

    बजेट भाषणको अघिल्लो रात पूर्वनासु र एक भारतीय नागरिकलाई अर्थमन्त्रालयमै घुसाएर करका दर हेरफेर गराइएको समाचार सार्वजनिक भएको थियो । यसरी बजेट चलाउँदा निश्चित व्यापारिक घरानालाई फाइदा पुर्याउने उद्देश्य लिएको आरोप अर्थमन्त्रीमाथि लागेको छ ।

    बजेटले फाइदा पुर्याएको आयातित वस्तुमध्ये एक हो  सेनेटरी प्याड । विदेशबाट आयातित सेनेटरी प्याडमा अर्थमन्त्रीले भन्सार ९० प्रतिशत मिनाहा गरिदिएका छन् । यसले नेपाली बजारमा विदेशी प्याड सस्तो भएर स्वदेशी उद्योग धराशयी पार्ने निश्चित छ ।

    स्वदेशी उत्पादनलाई बढावा दिएर व्यापार घाटा कम गर्ने गफ दिइरहेका अर्थमन्त्रीले यस्तो उल्टो नीति कि लिए त ? भन्न त उनले माइतीघरमा महिला छाति पिटेर रोएको देख्न नसकेर आफूले प्याडको भन्सार मिनाहा गरेको तर्क गरिरहेका छन् । तर, यथार्थ भने फरक छ ।

    यो निर्णयमा बालुवाटारको स्वार्थ जोडिएको पाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका एक्ला छोरा जयवीरसिंह देउवा सेनेटरी प्याडको व्यापारमा संलग्न छन् । उनको कम्पनी लाभान्वित हुने गरी आयातित प्याडको भन्सारमा कर छुट दिइएको उच्च स्रोतले बतायो ।

    सेनेटरी प्याडको व्यापार गर्दै आएको ब्लु प्रिन्ट ट्रेडिङ प्रालीको अध्यक्ष हुन् जयवीरसिंह । यो कम्पनीमा भरतपुर चितवनका हेमन्त बजगाईंसँग उनको पार्टनरसीप छ ।

    २०७७ साल पुस १२ गते जयविरले यस कम्पनीको सानो हिस्सा सेयर बजगाईंलाई बेचेको दर्ता किताबको लगतबाट देखिन्छ । कम्पनीको ७० हजार कित्ता सेयर जयवीरको नाममा र बाँकी ३० हजार कित्ता सयेर हेमन्तको नाममा छ ।

    आरजु र छोरा जयवीरकै सल्लाह मुताबिक अर्थमन्त्रीले सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिने घोषणा गरिदिएकाे स्राेत बताउँछ । विदेशबाट ‘बहुराष्ट्रिय कम्पनी’ले उत्पादन गरेका सेनेटरी प्याडहरु नेपालमा आयात हुन्छन् । हाल यस्ता प्याड आयात गर्ने मुख्य एजेण्ट नै प्रधानमन्त्रीका छोरा जयवीर हुन् । उनैले प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ र अर्थमन्त्री जनार्दन शर्मालाई प्रयोग गरेर बजेट भाषणबाटै प्याड आयातमा भन्सार सहुलियत दिलाएकाे स्राेतकाे दाबी छ ।

    यो नेपालको कुल वार्षिक मागको ४० प्रतिशत हो । नेपालमा वर्षेनी ३० करोड थान प्याड खपत हुन्छ भने ९० करोड थान नेपालमै उत्पादन हुन्छ । तर, आयातित प्याड सस्तो भएपछि नेपाली उद्योगमा गरिएको करिब ६ अर्बका लगानी संकटमा परेको छ ।

    हिमालयन टेलिभिजनले यस कम्पनीको विषयमा हिजो एक विशेष रिपोर्ट प्रकाशित गरेको थियो । जसमा सेनेटरी प्याडको भन्सार घट्ने निश्चित भएसँगै जयवीरको कम्पनीले ४० कन्टेनर अर्थात ८ करोड थान प्याड चीनबाट अर्डर गरिसकेको उल्लेख गरिएकाे छ ।

    हेर्नुस हिमालयन टिभीको समाचार

    सेनेटरी प्याडमा प्रधानमन्त्रीकै छोरालाई फाइदा पुर्याउन करको दर परिमार्जन गरेको खुलासा (भिडियो रिपोर्टसहित)

     

  • को हुन् माओवादी स्थायी कमिटीमा स्वतः परेका नेकपाकालीन १५ जना ? (सूची)

    को हुन् माओवादी स्थायी कमिटीमा स्वतः परेका नेकपाकालीन १५ जना ? (सूची)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने निर्णय केन्द्रीय समितिले गरेको छ । तर, अध्यक्ष प्रचण्डले तत्कालीन नेकपाकालीन स्थायी कमिटीमा रहेका १५ जनाबाहेक अरुको नाम भने बैठकमा प्रस्तुत गरेनन् ।

    अध्यक्ष प्रचण्डले सबै पक्ष समेटेर चाँडै ४१ जनाको नाम सार्वजनिक गर्ने बताए ।

    नेकपाकालीन स्थायी कमिटीका १५ जना निम्न छन्:
    १) पुष्पकमल दाहाल प्रचण्ड
    २) नारायणणकाजी श्रेष्ठ
    ३) कृष्णबहादुर महरा
    ४) गणेश शाह
    ५) गिरिराजमणि पोखरेल
    ६) चक्रपाणी खनाल
    ७) जनार्दन शर्मा
    ८) देव गुरुङ
    ९) देवेन्द्र पौडेल
    १०) पम्फा भुसाल
    ११) वर्षमान पुन
    १२) मात्रिका यादव
    १३) लीलामणि पोखरेल
    १४) शक्तिबहादुर बस्नेत
    १५) हरिबोल गजुरेल

  • नारायणकाजी माओवादीका वरिष्ठ उपाध्यक्ष !

    नारायणकाजी माओवादीका वरिष्ठ उपाध्यक्ष !

    काठमाडौं । नेकपा माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन हुने लगभग पक्का देखिएको छ । आज जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले यस्तो संकेत गरेका हुन् ।

    आजको बैठकमा पोलिटब्युरो र स्थायी कमिटीको घोषणा गरेपश्चात प्रचण्डले पदाधिकारीबारे बोलेका थिए । उनले गृहकार्य नपुगेको भन्दै पदाधिकारी टिमको घोषणा गर्न केही दिन समय मागे । तर वरिष्ठ उपाध्यक्षणमा नारायणकाजीको नाम लिए ।

    प्रचण्डले भने, ‘वरिष्ठ उपाध्यक्षमा त नारायणकाजीको विकल्प को छ र ? खगराजजीले पढ्नुहुन्छ, मात्रिकाजीले विरोध गरिहाल्नुहुन्छ ।’

    उनले सबैको अनुहार उज्यालो हुने गरी आफूले पदाधिकारी टिम घोषणा गर्ने उल्लेख गरे ।

  • पदाधिकारी चयनबाट उम्किँदै प्रचण्डले भने- प्लिज मलाई दुईचार दिन दिनुस्

    पदाधिकारी चयनबाट उम्किँदै प्रचण्डले भने- प्लिज मलाई दुईचार दिन दिनुस्

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन गर्ने बहुप्रतिक्षित बैठक विनानिर्णय टुंगिएको छ ।

    अध्यक्ष प्रचण्डले आफूसँग पदाधिकारीको नाम भए पनि कतिपय अन्तर्घातको आरोपमा मुछिएकाहरुसमेत रहेकाले केही दिनको समय मागेका हुन् ।

    उनले वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठ निर्विकल्प रहेको बताए ।

    पार्टीका उच्च नेताहरु नै अन्तर्घातमा मुछिएकाले यसको छानबिन नहुञ्जेल पदाधिकारीको टुंगो नलगाउने प्रचण्डले प्रस्ताव गरेका हुन् । माओवादीले अन्तर्घात छानबिनका लागि अनुशासन समितिलाई १५ दिन समय दिएको छ ।

    साथै यसलाई आफ्नो गृहकार्य नपुगेको भनेर बुझ्न सकिने पनि उनले उल्लेख गरे ।

    प्रचण्डले भने, ‘हामीले पोलिटब्यूरो, स्थायी कमिटी त टुंगो लगाइसक्यौं । जाबो पदाधिकारी के हो र ?’

    प्रचण्डले आफूसित पदाधिकारीको लिस्ट गोजीमै भएको पनि दावी गरेका थिए । तर, अहिले नपढ्ने उनले बताए ।

    आजको बैठकले पोलिटब्युरो र स्थायी कमिटी टुंगो लगाएपछि प्रचण्डले पदाधिकारीको पनि घोषणा गर्ने अनुमान थियो । तर, प्रचण्डले पदाधिकारीको लगभग टुंगो आफूले लगाइसकेको भए पनि अलिकति समय दिन आग्रह गरेका हुन् ।

  • माओवादी स्थायी कमिटी- नेकपाकालीन स्वतः, अरु मिलाएर गर्ने

    माओवादी स्थायी कमिटी- नेकपाकालीन स्वतः, अरु मिलाएर गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले स्थायी कमिटी गठनको घोषणा गर्दै तत्कालीन नेकपामा रहेका १५ जना स्वतः सदस्य बनेको बताए ।

    थप २६ जना सदस्य स्थायी कमिटीमा सातवटा प्रदेशका इन्चार्ज र कार्यालयका मुख्य सचिव रहने प्रचण्डले प्रस्ताव गरेका छन् । त्यसो गर्दा २३ जना पुग्ने र बाँकी १८ मध्ये यसअघि सचिवालयमा रहेकाहरुसमेत समेट्न आफूलाई समय चाहिने प्रचण्डले बताए ।

    अध्यक्ष प्रचण्डले विभिन्न क्षेत्र र एकता प्रक्रियाको समेत मिलाएर केही दिनभित्र स्थायी कमिटीको आधिकारिक नाम सार्वजनिक हुने बताए ।

  • माओवादीको पोलिटब्युरोमा ३१ वैकल्पिक सदस्य थपिने

    माओवादीको पोलिटब्युरोमा ३१ वैकल्पिक सदस्य थपिने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको १२५ सदस्यिय पोलिटब्युरोमा ३१ जना बैकल्पिक सदस्य पनि थप हुने भएका छन् । अहिले जारी केन्द्रीय समिति बैठकमा प्रचण्डले पोलिटब्युरोमा कुल १५६ सदस्य पुर्‍याउने प्रस्ताव गरे ।

    प्रचण्डले १२५ सदस्यिय पोलिटब्युरो गठन गरिएको भन्दै तीन वटा लिस्ट पढेर सुनाइसकेका छन् । तर, पछिल्लो लिस्टमा पनि धेरै नामहरु छुटेको भन्दै हल्ला भएपछि प्रचण्डले ३१ बैकल्पिक सदस्य थप्ने बताएका हुन् ।

    ‘केन्द्रीय कमिटीमा बैकल्पिक हुन्छ भने पोलिटब्युरोमा पनि नहुने भन्ने हुँदैन,’ प्रचण्डले भने, ‘थप्नुपर्नेमध्ये सिनियरलाई फुल र अरुलाई बैकल्पिकमा समेट्छु ।’
    पार्टी विभाजनको अवस्थामा भोट हाल्ने बाहेक वैकल्पिकलाई पनि सबै अधिकार हुने प्रचण्डले बताए ।

  • प्रचण्डले सुनाए पोलिटव्युरोको दोस्रो सूची, सिनियरबाहेक को–को परे ?

    प्रचण्डले सुनाए पोलिटव्युरोको दोस्रो सूची, सिनियरबाहेक को–को परे ?

    काठमाडौं । विवादका कारण यसअघि पारित नभएको १२५ सदस्यीय पोलिटव्युृरो सदस्यको लिस्टमा सामान्य संशोधन गरेर माओवादी बैठकमा पेश भएको छ ।

    अध्यक्ष प्रचण्डले यसअघि स्थायी कमिटीमा रहेकाबाहेकका नेताहरुको नाम पेश गर्दा पनि विवाद भएको छ ।

    नयाँ पोलिटव्युरो सदस्यको नाम यसप्रकार छ:
    शशि श्रेष्ठ
    पूर्णाकुमारी सुवेदी
    जयपुरी घर्ती
    रेखा शर्मा
    ओनसरी घर्ती
    अन्जना बिसंखे
    यशोदा सुवेदी
    अमृता थापा
    झक्कु सुवेदी
    कमला रोक्का
    नारायण दाहाल
    प्रल्हाद बुढाथोकी
    हितबहादुर तामाङ
    महेश्वर गहतराज
    रामेश्वर राय
    उर्मिला अर्याल
    सत्या पहाडी
    गणेशमान पुन
    साबित्री काफ्ले
    सुर्य सुवेदी
    सुनिल मानन्धर
    विश्वनाथ साह
    सन्तकुमार चौधरी
    नेपबहादुर चौधरी
    पर्शुराम तामाङ
    पर्शुराम रम्तेल
    दलजीत श्रीपाइली
    कुलप्रसाद केसी
    जोगखबहादुर महरा
    हरि अधिकारी
    जगप्रसाद शर्मा
    मायाप्रसाद शर्मा
    कालीबहादुर मल्ल
    सीता पोखरेल
    रामकुमार शर्मा
    नारायणी शर्मा
    हकिकुल्ला खाँ
    महेन्द पासवान
    महेन्द्र शाही
    नरेश भण्डारी
    सुरेश आले
    टेकबहादुर बस्नेत
    डोरप्रसाद उपााध्याय
    भरत साह
    श्रवण यादव
    बलावती शर्मा
    गंगा कार्की

    राजु खड्का
    कृष्णध्वज खड्का
    पुष्पविक्रम मल्ल
    भरत साह
    शिव मण्डल
    रामकुमार यादव
    गोपाल शर्मा
    मुक्ति प्रधान
    महेश्वर दाहाल
    दिलीप प्रजापति
    इन्द्र आङबो
    लक्ष्मण पन्त
    माधव सापकोटा
    हरि चुमान
    लेखनाथ न्यौपाने
    गोपाल ठाकुर
    जगत यादव
    अजम्बर काङमाङ
    रामहरि कार्की
    युवराज दुलाल
    दीपेन्द्र पुन
    टेकबहादुर ओली
    कृष्णप्रसाद सापकोटा
    युवराज चौलागाईं
    केशव नेपाल
    ईश्वरी भट्टराई
    प्रकाश पोखरल
    दुर्गाजयन्ती राई
    धनश्याम दाहाल
    दीपबहादुर योन्जन
    बोधकुमारी यादव
    रेणु चन्द
    देवी खड्का
    विमला सुवेदी
    समिता कार्की
    अमर तमु
    रुपा चौधरी
    सूर्यमान दोङ
    सुदन किराती
    रामकुमार शर्मा
    बिन्दमान विष्ट
    सुकबहादुर रोका
    छत्रबहादुर श्रेष्ठ
    तारामान स्वार
    शरदसिंह भण्डारी
    तिलकराम शर्मा
    कृष्ण धिताल
    शालिकराम जमरकट्टेल
    त्रिलोचन भट्ट
    कुमार पौडेल
    चित्रबहादुर श्रेष्ठ
    देवराज रेग्मी
    गजेन्द्र महत
    बसन्त घर्ती
    हेमराज भण्डारी
    चुडामणि खड्का
    अशोक मण्डल
    उमेश यादव
    हरिनायराण चौधरी
    वीरमान चौधरी
    अजयशंकर नायक
    कपिल लामा
    तपेश्वर चौधरी
    धर्मशीला चापगाई
    अतहर हुसेन
    इन्द्रजीत थारु
    राजकाजी गुरुङ
    बामदेव क्षेत्री
    नरेन्द्र कुँवर
    वीना मगर
    युवराज भट्टराई
    निर्मल आचार्य
    हेमराज र्शा
    गोपाल शर्मा
    महेन्द्र केसी
    देवेन्द्र पराजुली
    रेनु दाहाल
    कालीबहादुर मल्ल
    कृष्ण केसी
    हिमाल शर्मा
    रमेश मल्ल
    तारा घर्ती
    राजन दाहाल
    लोकेन्द्र लम्साल
    पदम राई
    दामा शर्मा
    बलावती शर्मा
    कल्पना धमला
    महेन्द्र पासवान
    लक्ष्मण जोशी
    कुमारी मोक्तान
    गोपी अछामी
    धनबहादुर मास्की
    ज्ञानु बस्नेत
    अमर तमु
    गगन खड्का
    हरि ज्ञवाली
    टेकेन्द्र भट्ट
    कुमार पौडेल
    दिलीप साह
    रामदीप आचार्य
    श्याम श्रेष्ठ
    युवराज दुलाल
    बालकृष्ण गैरे
    निर्मल बराल
    शिवराम यादव

  • माओवादी पोलिटव्युरो गठन प्रक्रियामा विरोध, प्रचण्ड परिवारबाटै चारजना

    माओवादी पोलिटव्युरो गठन प्रक्रियामा विरोध, प्रचण्ड परिवारबाटै चारजना

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पोलिटव्युरो सदस्यमा प्रस्तावित नामहरुमा केन्द्रीय सदस्यले आपत्ति जनाएका छन् । अध्यक्ष प्रचण्डले पेश गरेको नाम मापदण्डविना आएको भन्दै हलबाट विरोध भएको हो ।

    विरोधका कारण केहीबेर बैठक अवरुद्ध भयो । प्रस्तावित नामप्रति नेतृत्व नै अलमलमा परेका बेला हलबाट मापदण्डमाथि प्रश्न उठाइएपछि पारित हुन सकेको छैन । प्रस्तावित नाम र विनामापदण्ड बनेको कमिटीबाट निराशा फैलिएको बैठकका सहभागीले गुनासो गरेका छन् ।

    मधेस प्रदेशबाट सबैभन्दा बढी विरोध भएको छ । शिवकुमार यादवलगायतले एमालेबाट २०५८ मै विद्रोह गरेकालाई अहिलेसम्म विभेद गरिएकै कारण आज एमाले बलियो बनेको र माओवादी कमजोर बनेको बताए ।

    सदस्यहरुले मापदण्ड के हो भनेर प्रश्न गरेका छन् । यसैबीच पोलिटव्युरोमा अध्यक्ष प्रचण्डको परिवारबाट चार सदस्य परेका छन् ।

    प्रचण्डसहित छोरी रेनु दाहाल, बुहारी वीना मगर र भाइ नारायण दाहाल पोलिटव्युरो सदस्य बनेका छन् । अर्की छोरी गंगा दाहाल र ज्वाइँ जीवन भने केन्द्रीय सदस्य पहिलोपटक बनेका छन् ।

    बैठकमा विवाद बढेपछि अध्यक्ष प्रचण्डले अन्तिम नामावली तय गर्न एक घण्टालाई बैठक स्थगित गरेका छन् ।

  • माओवादीको १२५ सदस्यीय पोलिटव्युरो गठन, नाममा प्रचण्ड नै अलमल (सूचीसहित)

    माओवादीको १२५ सदस्यीय पोलिटव्युरो गठन, नाममा प्रचण्ड नै अलमल (सूचीसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिटव्युरो गठन गरेको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पोलिटव्युरो सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् ।

    प्रस्तावित नाम कतिपय दोहोरिएको र फेरिएकाले अन्तिम नामावली पछि आउने उनले बताए ।

    पोलिटव्युरो सदस्यहरु यसप्रकार छन्ः
    १) पुष्पकमल दाहाल प्रचण्ड
    २) नारायणणकाजी श्रेष्ठ
    ३) कृष्णबहादुर महरा
    ४) गणेश शाह
    ५) गिरिराजमणि पोखरेल
    ६) चक्रपाणी शर्मा
    ७) जनार्दन शर्मा
    ८) देव गुरुङ
    ९) देवेन्द्र पौडेल
    १०) पम्फा भुसाल
    ११) वर्षमान पुन
    १२) मात्रिका यादव
    १३) लीलामणि पोखरेल
    १४) शक्तिबहादुर बस्नेत
    १५) हरिबोल गजुरेल
    १६) हितमान शाक्य
    १७) उर्मिला अर्याल
    १८) अजम्बर राई
    १९) युवराज दुलाल
    २०) युवराज चौलागाईं
    २१) माधव सापकोटा
    २२) कृष्णप्रसाद सापकोटा
    २३) ईश्वरी भट्टराई
    २४) प्रकाशहरि पोखरेल
    २५) ओनसरी घर्ती
    २६) अमृता थापा
    २७) शिव मण्डल
    २९) जयपुरी घर्ती
    ३०) राम कार्की
    ३१) इन्द्र आङ्बो
    ३२) श्याम श्रेष्ठ
    ३३) गंगा कार्की
    ३४) रेखा शर्मा
    ३५) कृष्णध्वज खड्का
    ३६) राजु खड्का
    ३७) अन्जना विशंखे
    ३७) हरिराज अधिकारी
    ३८) महेन्द्र शाही
    ३९) दामा शर्मा
    ४०) जगप्रसाद शर्मा
    ४१) दिलीप प्रजापति

    ४२) दीनानाथ शर्मा
    ४३) हितराज पाण्डे
    ४४) नारायण दाहाल
    ४५) सन्तु दराई
    ४६) गणेशमान पुन
    ४७) हितबहादुर तामाङ
    ४८) कालीबहादुर मल्ल
    ४९) कमला रोका
    ५०) सुरेश राई
    ५१) शशि श्रेष्ठ
    ५२) प्रह्लाद बुढाथोकी
    ५३) जोखबहादुर महरा
    ५४) खगराज भट्ट
    ५५) टेकबहादुर बस्नेत
    ५६) महेश्वर गहतराज
    ५७) रामकुमार यादव
    ५८) मायाप्रसाद शर्मा
    ५९) सुरेश आले
    ६०) सूर्य सुवेदी
    ६१) महेश्वर दाहाल
    ६२) लक्ष्मण पन्त
    ६३) लेखनाथ न्यौपाने
    ६४) जगत यादव
    ६५) रामेश्वर राय
    ६६) परशुराम तामाङ
    ६७) सुनिल मानन्धर
    ६८) देवेन्द्र पराजुली
    ६९) कल्पना धमला
    ७०) सीता पोखरेल
    ७१) पदम राई
    ७२) बलावती शर्मा
    ७३) दीपेन्द्र पुन
    ७४) सत्य पहाडी
    ७५) अच्युतम काफ्ले
    ७६) सन्तकुमार चौधरी
    ७७) नेपबहादुर चौधरी
    ७८) रेणु दाहाल
    ७९) देवराज रेग्मी
    ८०) वीना मगर
    ८१) रमेश मल्ल
    ८२) हेमराज पोखरेल
    ८३) निर्मल आचरार्य
    ८४) रामप्रसाद सापकोटा
    ८५) अजयशंकर नायक
    ८६) अमर तमु
    ८७) सुशीला सिम्खडा
    ८८) किसन शर्मा
    ८९) बालकृष्ण गैरै
    ९०) कुमारी मोक्तान
    ९१) रुपा चौधरी
    ९२) रामकुमार शर्मा
    ९३) धर्मशीला चापागाइँ
    ९४) ओम शर्मा
    ९५) रामदीप आचार्य
    ९६) वसन्त घर्ती
    ९७) राजन दाहाल
    ९८) टीका बुढाथोकी
    ९९) शालिकराम जमकट्टेल
    १००) विमला सुवेदी
    १०१) गोपाल शर्मा
    १०२) रेणु चन्द
    १०३) खिमलाल देवकोटा
    १०४) हकिकुल्ला खाँ
    १०५) पूर्णा सुवेदी
    १०६) कमला रोका
    १०७) यशोदा सुवेदी
    १०८) सावित्री काफ्ले
    १०९) विश्वनाथ साह
    ११०) परशुराम रम्तेल
    १११) दलजीत श्रीपाइली
    ११२) महेन्द्र पासवान
    ११३) भरत साह
    ११४) रामकुमार यादव
    ११५) मुक्ति प्रधान
    ११६) बोधमाया यादव
    ११७) घनश्याम यादव

    पोलिटव्युरोमा प्रस्तावित नाममा केन्द्रीय सदस्यहरुले फ्लोरबाट आपत्ति जनाएका छन् । मापदण्डविना पोलिटव्युरो सदस्य तोकिएको भन्दै हलबाट विरोध भएको छ ।

  • माओवादीको निर्वाचन आयोग प्रमुखमा कुवेर ओली मनोनीत

    माओवादीको निर्वाचन आयोग प्रमुखमा कुवेर ओली मनोनीत

    काठमाडौं । नेकपा माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुखमा कुवेर ओली मनोनयन भएका छन् । केन्द्रीय कमिटी बैठकमा प्रचण्डले सो निर्णय सुनाएका हुन् ।

    यसअघिका निर्वाचन विभाग प्रमुख विष्णुपुकार श्रेष्ठ चीनको लागि राजदूतमा नियुक्त भएकाले रिक्त ठाउँमा दाङका पुराना नेता ओलीलाई सो जिम्मेवारी दिइएको हो ।