Category: माओवादी केन्द्र

  • माओवादीले बनायो नारायणकाजीको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा टिम (सूचीसहित/भिडिओ)

    माओवादीले बनायो नारायणकाजीको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा टिम (सूचीसहित/भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्न १७ सदस्यीय कार्यदल गठन गरेको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको हो ।

    कार्यदलमा राखिएका सदस्यहरु यस प्रकार छन् ।

    संयोजक नारायणकाजी श्रेष्ठ
    सदस्यहरु
    देव गुरुङ
    वर्षमान पुन
    जनार्दन शर्मा
    गिरिराजमणी पोखरेल
    लिलामणी पोखरेल
    शक्ति बस्नेत
    गणेश साह
    पर्शुराम रम्तेल
    अमृता थापा
    हरि रोक्का
    जाकिर हुसेन
    कृष्ण चौधरी
    पर्शुराम तामाङ
    भीमा ढुंगाना
    जगत सिम्खडा

  • प्रचण्डसँग ‘लभ एण्ड हेट’ को सम्बन्धले कान्छाबहादुरलाई जुरेको महासचिव पद

    प्रचण्डसँग ‘लभ एण्ड हेट’ को सम्बन्धले कान्छाबहादुरलाई जुरेको महासचिव पद

    काठमाडौं । पदाधिकारी चयनको निकै रस्साकस्सीपछि अन्ततः देव गुरुङ नेकपा माओवादी केन्द्रको महासचिव बनेका छन् ।

    राष्ट्रिय महाधिवेशन सकिएको ८ महिनासम्म माओवादीले पदाधिकारी टुंगो लगाउन सकेको थिएन । वर्षमान पुन र जनार्दन शर्माको सशक्त दाबेदारीका कारण महासचिव चयनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सकस परिरहेको थियो । त्यही भएर शर्मा र पुन दुवैलाई उपमहासचिवमा राखेर प्रचण्डले तेस्रो विकल्पको रूपमा गुरुङलाई अघि सारेका छन् ।

    गुरुङको जन्म मनाङ नासोङ गाउँपालिका ४ मा भएको हो । २०३८ सालमा नेकपा मसालको केन्द्रीय सदस्य हुँदै उनी २०४० मा अखिल आठौंको केन्द्रीय अध्यक्ष बनेका थिए ।

    २०४७ सालको पार्टी एकतापछि गुरुङ नेकपा एकता केन्द्रको केन्द्रीय सदस्य बने त्यसपछि २०४८ मा उनी ‘एक वाम एक ठाम’ को नारा लिएर लमजुङ १ मा संयुक्त जनमोर्चाबाट चुनाव लडेका थिए ।

    गुरुङले २०५३ देखि ४ वर्ष जेलजीवन बिताए । भूमिगत कालमा उनी २०६१ सालमा स्थायी समिति सदस्य, २०६२ मा नेकपा माओवादीको तर्फबाट सरकारसँग दोस्रो वार्ताटोलीको सदस्यको जिम्मेवारीमा रहे । जनयुद्धकालमा उनको नाम कान्छाबहादुर थियो । उनी पहिलो वार्ताकालमा माओवादीबाट वार्ता टोली सदस्य पनि थिए ।

    माओवादी शान्ति प्रक्रियामा आएसँगै २०६४ मा उनी अन्तरिम संसदको सदस्य तथा संसदीय दलको उपनेता बने भने २०६४ मै स्थानीय विकास मन्त्री भएर एक वर्ष काम गरे । पहिलो संविधानसभा चुनावमा गुरुङ कास्की १ बाट निर्वाचित भए । उनी २०६५ मा कानुन तथा न्यायमन्त्री भएका थिए ।

    २०६६ देखि दुई वर्ष संसदीय दल प्रमुख सचेतक रहेका गुरुङ पार्टी विभाजनमा मोहन वैद्यलाई साथ दिएर हिँडे ।

    वैद्य नेतृत्वको माओवादीमा रहँदा उनीहरूले २०७० को संविधानसभा निर्वाचन बहिष्कार गरे । पछि पुनः एकीकृत माओवादीमा फर्किएर २०७४ को संसदीय चुनावमा वामगठबन्धनबाट उम्मेदवार बनेका गुरुङ नेपाली कांग्रेसका नेता दीलबहादुर घर्तीलाई हराउँदै लमजुङबाट विजयी बने ।

    एमाले-माओवादी एकतापश्चात नेकपाकालमा उनी संसदीय दलको प्रमुख सचेतक बने । हाल माओवादीबाट गुरुङ प्रमुख सचेतक छन् ।

    माओवादीभित्र वैचारिक नेताकारुपमा लिइने गुरुङले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । माओवादीभित्रको अन्तरसंघर्षमा भने देव गुरुङ अधिकांश बेला प्रचण्डको विपक्षमा उभिए । उनले मोहन वैद्य किरणलाई साथ दिने गरेका थिए ।

    कृष्णबहादुर महरा र देव गुरुङ दुवैजना वैद्यका भरोसायोग्य पात्र थिए । तर २०६९ मा पार्टी विभाजन हुँदा महराले वैद्यलाई साथ दिएनन् । माओवादीमा फर्किएपछि पनि बादल समूहका रुपमा देव गुरुङहरु थिए । तर, पछिल्लो नेकपाकालमा भने उनी प्रचण्डको पक्षमा दह्रिलोसाथ उभिए ।

    संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई प्रमुख सचेतक समेत बनाउन मानेका थिएनन् । तर, प्रचण्डको कोटाबाट परेका थिए । यसपटक पनि प्रचण्डले पार्टीभित्र सन्तुलन मिलाउन अनपेक्षित रुपमा उनको नाम महासचिवमा प्रस्ताव गरे ।

  • माओवादी बैठक-महासचिवमा देव गुरुङ प्रस्ताव, अरु पदाधिकारी को-को ? (सूचीसहित)

    माओवादी बैठक-महासचिवमा देव गुरुङ प्रस्ताव, अरु पदाधिकारी को-को ? (सूचीसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका छन् । एक नेताका अनुसार महासचिवमा देव गुरुङको नाम प्रस्ताव भएको छ ।

    वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर प्रस्ताव भएका छन् । त्यस्तै, उपमहासचिवमा गिरीराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत प्रस्ताव भएका छन् ।

    त्यस्तै, सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम

    आचार्य र राम कार्की छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल प्रस्ताव भएका छन् ।

    यस्तो बन्यो माओवादी केन्द्रको पदाधिकारी टिम

    अध्यक्ष

    पुष्पकमल दाहाल ‘प्रचण्ड’

    वरिष्ठ उपाध्यक्ष

    नारायणकाजी श्रेष्ठ

    उपाध्यक्ष

    कृष्णबहादुर महरा

    महासचिव

    देव गुरुङ

    उपमहासचिव

    हरिबोल गजुरेल

    वर्षमान पुन

    पम्फा भुसाल

    जनार्दन शर्मा

    गिरिराजमणि पोखरेल

    शक्ति बस्नेत

    मात्रिका यादव

    सचिव

    दिनानाथ शर्मा

    चक्रपाणी खनाल,

    देवेन्द्र पौडेल

    लिलामणि पोखरेल

    गणेश शाह

    हितमान शाक्य

    हितराज पाण्डे

    डिलाराम आचार्य

    राम कार्की

    कोषाध्यक्ष

    श्रीराम ढकाल प्रशान्त

  • युएनका आवासीय प्रतिनिधिको कामना- ‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’

    युएनका आवासीय प्रतिनिधिको कामना- ‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’

    काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै सुभेच्छा प्रकट गरेको छ ।

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज उनकै निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेको हो ।

    नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय प्रतिनिधि रिचर्ड होवर्ड, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), अस्ट्रेलिया, जर्मनी, स्वीजरल्याण्ड तथा युरोपेली युनियनका राजदूतको संयुक्त प्रतिनिधिमण्डलले अध्यक्ष दाहाललाई भेटी नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुग्दै गरेकामा आफूहरुको सकारात्मक सहयोग र सद्भाव रहने बताएका हुन् ।

    नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको पनि उनीहरुले बताएको अध्यक्ष दाहालको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ । सो अवसरमा उनीहरुले गम्भीर मानव अधिकार उल्लङ्घनका घटना र पीडितको पुनरावेदनको अधिकारकाबारे चासो राखेको थिए ।

    अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्ति प्रक्रिया टुङ्गोमा पुग्दै गर्दा उनहरुले देखाएको सामुहिक सुभेच्छा र चासोका लागि धन्यवाद व्यक्त गरेका थिए । विस्तृत शान्ति सम्झौता र सङ्क्रमणकालीन न्यायको संवेदनशिलताप्रति राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुङ्गोमा पु¥याउन सफल हुने उनले विश्वास व्यक्त गरे ।

    ‘वर्तमान गठबन्धन सरकार शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पु¥याउन लागिपरेको छ”। प्रेस नोटमा उल्लेख छ ।

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शुरु भएको छ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसोको १ बजे भनिएको बैठक केहीढिला गरी शुरु भएको हो ।

    बैठकमा पदाधिकारी टुंगो लगाउने, चुनावी कार्यक्रम बनाउने र नेताहरुको कार्य बिभाजनको बारेमा छलफल शुरु भएको प्रवक्ता कृष्णबहादुर महराले बताए । हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ सदस्य पदाधिकारी प्रस्ताव गरेका थिए ।

    आजको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको पदाधिकारी चयन गर्नेछन् । हिजो बसेको बैठकले ‘पदाधिकारीको विषयमा छलफल भएपनि पदाधिकारीको विषय अहिलेसम्म मूर्तरूपले टुंगिएको थिएन ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताले हिजो टुंग्याउन नसकिएको प्रवक्ता कृष्णबहादुर महरा भनाइ थियो । यसअघि बुधबार बसेको पार्टी बैठकले पदाधिकारीबाहेकका सबै समिति टुङ्गो लगाइसकेको छ । खासगरी महासचिवको विषयले कारण माओवादीमा पदाधिकारी चयन पेचिलो बनेको छ ।

  • प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड मेडिसिटीमा

    प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड मेडिसिटीमा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् ।

    अध्यक्ष प्रचण्डले आज बिहान ललितपुर स्थित मेडिसिटी अस्पताल पुगेर लामो समयदेखि उपचार गराईरहेका गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

    उनले गिरीको स्वास्थ्य लाभको कामना गरेको प्रचण्डको निजी सचिव गंगा दाहालले जानकारी दिइन् ।

    गिरिको मेडिसिटी अस्पतालमा चलिरहेको छ । उनलाई निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको थियो । गतवर्ष उनलाई घाँटीमा क्यान्सर भएपछि भारतको मुम्बईमा उपचार गरिएको थियो ।

    नेता गिरीको स्वास्थ्य अवस्था गम्भीर भएपछि शुक्रबार  कांग्रेस नेताहरु उनलाई भेट्न अस्पताल पुगेका थिए ।

  • पदाधिकारी टुंग्याउन माओवादी स्थायी कमिटी बैठक बस्दै

    पदाधिकारी टुंग्याउन माओवादी स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ ।

    बैठक पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसोको १ बजे बस्नेछ । आज बस्ने बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी चयन गर्ने भएका छन् ।

    हिजो बसेको बैठकले ‘पदाधिकारीको विषयमा छलफल भएपनि पदाधिकारीको विषय अहिलेसम्म मूर्तरूपले टुंगिएको थिएन ।
    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताले हिजो टुंग्याउन नसकिएको प्रवक्ता कृष्णबहादुर महरा भनाइ थियो ।

    पटकपटक पदाधिकारी टुंग्याउने भनिएपनि अहिलेसम्मका बैठकले ठोस निर्णय गर्न सकेको छैन । यसअघि बुधबार बसेको पार्टी बैठकले पदाधिकारीबाहेकका सबै समिति टुङ्गो लगाइसकेको छ । खासगरी महासचिवको विषयले कारण माओवादीमा पदाधिकारी चयन पेचिलो बनेको छ ।

  • ९ तस्बिरमा हेर्नुस् वाईसीएलको राष्ट्रिय भेला

    ९ तस्बिरमा हेर्नुस् वाईसीएलको राष्ट्रिय भेला

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला सुरू भएको छ । काठमाडौंको राष्ट्रियसभागृहमा सुरू दुई दिने भेलाको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरे ।

    भेलामा भूगोल तथा गैरभूगोल जिल्ला, प्रदेशबाट गरेर ६०० प्रतिनिधि सहभागी रहेको संयोजक सुमन देवकोटाले जानकारी दिए । उनका अनुसार भेलामा केन्द्रीय समितिबाट १९६ जना, प्रत्येक जिल्लाबाट ३/३ जना गरी २५२ जना, प्रदेश कमिटीबाट ३५ जना, तीन वटा आयोगबाट ५२ जना, केन्द्रीय प्रतिनिधि १६ जना, ५ प्रतिशत केन्द्रीय कार्यालयबाट मनोनित गर्ने र विभिन्न एकता प्रक्रियाबाट २१ जना प्रतिनिधि सहभागी रहनेछन् ।

    गत भदौ १२ र १३ गते भएको पहिलो राष्ट्रिय भेलाबाट सर्वसम्मत रूपमा पदाधिकारी चयन हुन नसकेकाले भेलाले वाईसीएलको नयाँ नेतृत्व छनोट गर्नेछ ।

    भदौको भेलाले छिट्टै अर्को भेला गर्ने गरी सुमन देवकोटा संयोजक र सुवोद सिर्पाइली सहसंयोजक भएको राष्ट्रिय भेला आयोजक समिति बनाएको थियो ।

  • वाईसीएललाई प्रचण्डको निर्देशन- फौजको रूपमा प्रस्तुत हुनुस्

    वाईसीएललाई प्रचण्डको निर्देशन- फौजको रूपमा प्रस्तुत हुनुस्

    काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

    काठमाडौंमा शुक्रवार योङ कम्युनिष्ट लीग (वाईसीएल) को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्ति पूर्ण आन्दोलनमा फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

    देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए ।

    क्रान्ति नदोहोरिन भएकाले परिमार्जित र विकसित रूपमा संघर्ष गर्नुपर्ने भन्दै उनले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।

  • माओवादीमा २१ पदाधिकारी प्रस्ताव, महासचिवमा आधा दर्जन नेताको दाबी

    माओवादीमा २१ पदाधिकारी प्रस्ताव, महासचिवमा आधा दर्जन नेताको दाबी

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन पेचिलो बन्दै गएका वेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ पद प्रस्ताव गरेका छन् । अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव स्थायी कमिटी बैठकमा पेस भएको हो ।

    शुक्रबारको बैठकले पदाधिकारी चयन गर्ने भने पनि महासचिवमै सात नेताले दाबी गरेका कारण टुंगो नलागेको बताइएको छ । माओवादीको विधानमा पदाधिकारीको संख्या प्रस्ट नभएकाले अध्यक्ष प्रचण्डले आफ्नो तजबिजमा नेता व्यवस्थापन गर्न २१ सदस्यीय प्रस्ताव गरेका हुन् ।

    एक स्थायी कमिटी सदस्यका अनुसार अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष एकएक जना हुनेछन् । उपमहासचिव ७ र सचिव ९ जना रहने प्रस्ताव आएको ती नेताले बताए ।

    अहिलेसम्म माओवादीमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा चयन भइसकेका छन् ।
    अब बाँकी नेताहरुको व्यवस्थापन महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा हुनेछ ।

    कतिपय नेताले उपमहासचिवको संख्या घटाएर उपाध्यक्षको संख्या थप्न सुझावसमेत दिएका छन् । सिनियर नेताहरुको व्यवस्थापन गर्न उपाध्यक्ष पदको संख्या बढाउन सुझाव आएको एक स्थायी कमिटी सदस्यले बताए ।

    माओवादीको महासचिवमा देव गुरुङको सम्भावना बढेको छ । यद्यपि हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र शक्ति बस्नेतले पनि महासचिवमा दाबी गरेका छन् ।

  • कार्यदललाई नेविसंघ निवर्तमान महामन्त्रीको ध्यानाकर्षण- सिन्धु १ माओवादीलाई नछाडियोस्

    कार्यदललाई नेविसंघ निवर्तमान महामन्त्रीको ध्यानाकर्षण- सिन्धु १ माओवादीलाई नछाडियोस्

    चौतारा । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री तथा नेपाली कांग्रेसका महासमिति सदस्य बलदेव तिमल्सिनाले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादीले गठबन्धनको आडमा भाग लिन खोजेको भन्दै जित्ने माओवादीलाई सो क्षेत्र नदिन नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

    तिमल्सिनाले शुक्रबार विज्ञप्तिमार्फत क्षेत्रका ५४ वडामध्ये कांग्रेसले ३२ वटा वडा जित्दा जम्मा ४ वडाध्यक्ष जितेको माओवादीले सो क्षेत्र दाबी गर्नु न्यायोचित नहुने भन्दै कांग्रेस एक्लै जित्ने क्षेत्र छाड्न नसकिने प्रष्ट पारेका छन् ।

    तिमल्सिनाले भनेका छन्, ‘यो क्षेत्रमा नेपाली कांग्रेसले छोड्नुपर्ने र माओवादी केन्द्रले पाउनुपर्ने भन्ने आधार कसैगरी पनि न्यायोचित देखिँदैन । मतको तथ्यांक, पार्टीको सांगठनिक अवस्था, स्थानीय तहमा पार्टीको उपस्थिति र जनभावनाले पनि नेपाली कांग्रेसले नै उम्मेदवारी दिनुपर्ने र निर्र्वाचित हुने पुष्टि भइसकेको छ ।’

    गठबन्धनको सीट बाँडफाँट कार्यदलका संयोजक कृष्ण सिटौलानिकट मानिने युवा नेता तिमल्सिनाले शीर्ष नेतृत्व तथा कार्यदलको ध्यानाकर्षण गराउँदै २०७४ मा जितेको भन्ने तर्कमा कुनै तुक नरहेको र एमालेको बलबाट जितेको बताएका छन् ।

    सोही जिल्लाका नेता कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले यसअघि पार्टी बैठकमै सिन्धुपाल्चोक १ माओवादीलाई छाडिए विद्रोह गर्ने बताइसकेका छन् । सो क्षेत्रबाट सभामुख अग्नि सापकोटा निर्वाचित भएकाले माओवादीले सोही क्षेत्रमा दाबी गरेको छ ।

    तिमल्सिनाको वक्तव्य जस्ताको तस्तै :

    आसन्न निर्वाचनमा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं.१ को सम्बन्धमा ध्यानाकर्षण:

    सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं.१ मा स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणाम अनुसार वडाध्यक्षले पाएको मतमा नेपाली कांग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ मत छ । त्यस्तै राप्रपाको २ हजार र नेकपा एसको १६५० मत छ।
    स्थानीय तहको निर्वाचनमा ७ ओटा पालिका मध्ये कांग्रेसले बाह्रबिसे नगरपालिका तथा भोटेकोशि र त्रिपुरासुन्दरी गाउँपालिकामा प्रमुख/ उपप्रमुख सहित बहुमत,जुगल,बलेफी र सुनकोसी ३ वटा गाउँ पालिकामा उपाध्यक्ष सहित बहुमत र लिसंखुपाखर गाउँ पालिकामा ६ मध्य ३ वटा वडा जितेर केहि मतले मात्र पछाडी परेको हो । क्षेत्र भित्रको ५४ वडा मध्य ३२ वडा कांग्रेसले जित्दा माओवादले ५ वटा वडा मात्र जितेको छ ।

    माओवादी केन्द्रले क्षेत्रको ४ वटा पालिकामा एउटा वडा सदस्य समेत जितेको छैन। काँग्रेससँगको गठबन्धनबाट प्रमुख जितेको जुगल गाउँपालिकामा प्रमुख बाहेक १ सदस्य पनि जित्न नसकेको र लिसंखुपाखर गाउँपालिकामा प्रमुख,एउटा वडाअध्यक्ष र २ सदस्य मात्र जितेको छ भने जिल्ला समन्वय समितिम एमाले संग तालमेल गर्दा समेत एउटा सदस्य समेत निर्वाचित हुन सकेन ।

    यसर्थ यो क्षेत्रमा नेपाली काङ्ग्रेसले छोड्नुपर्ने र माओवादी केन्द्रले पाउनुपर्ने भन्ने आधार कसैगरी पनि न्यायोचित देखिदैन ।मतको तथ्यांक,पार्टीको सांगठनिक अबस्था,स्थानीय तहमा पार्टीको उपस्थिति र जनभावनाले पनि नेपाली काङ्ग्रेसले नै उम्मेदवारी दिनुपर्ने र निर्बाचित हुने पुष्टि भैसकेको छ । २०७४ को आमनिर्वाचनमा जितेको भन्ने तर्क दावी गर्नुको कुनै तुक देखिँदैन किनकि त्यो निर्वाचनमा प्राप्त मत माओवादी केन्द्रको मात्र होइन,त्यसबेला उसले नेकपा एमाले संग गठवन्धन गरेको थियो ।

    यो बिषयमा नेपाली कांग्रेसका सभापति तथा शिर्ष नेतृत्व,केन्द्रीय समिति र कार्यदलको समयमै गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

    जय नेपाल !!!
    बलदेव तिमल्सिना (सिन्धुपाल्चोक-१ )
    निबर्तमान महामन्त्री
    ने.बि.संघ केन्द्रीय समिति
    तथा महासमिति सदस्य,नेपाली काङ्ग्रेस
    मिति:२०७९/०५/३

  • माओवादी बैठक निर्वाचनमा केन्द्रित, टुंगिएन पदाधिकारी

    माओवादी बैठक निर्वाचनमा केन्द्रित, टुंगिएन पदाधिकारी

    काठमाडौं । आज पदाधिकारी टुंग्याउने भनिएको  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विना निष्कर्ष सकिएको छ । आजको बैठक आसन्न प्रदेश र केन्द्रीय कमिटी बैठकमा केन्द्रित भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    ‘पदाधिकारीको विषय, कार्यक्रमको विषयमा विस्तृत र गम्भीर छलफल भयो । तर, पदाधिकारीको विषय अहिलेसम्म मूर्तरूपले टुंगिएन,’ महराले भने, ‘भोलि १ बजे फेरि बस्ने गरी आज टुंगिएको छ । छलफल लगभग टुंगिएको छ । खाली अन्तिम निष्कर्ष मात्रै बाँकी हो ।’

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताले आज टुंग्याउन नसकिएको उनको भनाइ थियो ।

    पटकपटक पदाधिकारी टुंग्याउने भनिएपनि अहिलेसम्मका बैठकले ठाेस निर्णय गर्न सकेकाे छैन । बुधबार नै प्रवक्ता कृष्णबहादुर महराले धेरै नाम फाइनल भइसकेकाे भन्दै बिहीबार नै सकिने बताए थिएका । तर, हिजाेकाे बैठक विभिन्न कारण देखाएर पटकपटक सारियाे ।

    खासगरी महासचिवकाे विषयले माओवादीमा पदाधिकारी चयन पेचिलाे बनेकाे छ । महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको दाबी छ । दुईजनामध्ये कसलाई रोज्ने भन्ने सकसमा परेका प्रचण्डले बुधबारको बैठकमा विकल्पको रूपमा देव गुरुङको प्रसंग निकालेका थिए ।

  • वाईसीएलको राष्ट्रिय भेला आजदेखि, नयाँ नेतृत्व चयन हुँदै

    वाईसीएलको राष्ट्रिय भेला आजदेखि, नयाँ नेतृत्व चयन हुँदै

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को दुई दिने राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ । काठमाडौंको राष्ट्रियसभागृहमा आज बिहान ११ बजे माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेलाको उद्घाटन गर्नेछन् ।

    गत भदौ १२ र १३ गते भएको पहिलो राष्ट्रिय भेलाबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन हुन नसकेकाले भेलाले वाईसीएलको नयाँ नेतृत्व छनोट गर्नेछ । भेलाबाट पदाधिकारी र नयाँ केन्द्रीय समिति चयन हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

    भेलामा भुगोल तथा गैरभुगोल जिल्ला, प्रदेशबाट गरेर ६ सय जना प्रतिनिधि सहभागी हुने वाइसीएलका संयोजक सुमन देवकोटाले जानकारी दिए ।

    उनका अनुसार भेलामा केन्द्रीय समितिबाट एक सय ९६ जना, प्रत्येक जिल्लाबाट ३÷३ जना गरी २ सय ५२ जना, प्रदेश कमिटीबाट ३५ जना, तीन वटा आयोगबाट ५२ जना, केन्द्रीय प्रतिनिधि १६ जना, ५ प्रतिशत केन्द्रीय कार्यालयबाट मनोनित गर्ने र विभिन्न एकता प्रक्रियाबाट २१ जना प्रतिनिधि सहभागी रहनेछन् ।

    यसअघि सम्पन्न भेलाले छिटै अर्को भेला गर्ने गरि सुमन देवकोटा संयोजक र सुवोद सिर्पाइली सहसंयोजक भएको राष्ट्रिय भेला आयोजक समिति बनाइएको थियो ।

    उम्मेर हदका कारण संयोजक देवकोटाले वाईसीएलबाट बिदा लिनुपर्ने भएकाले अध्यक्षमा यसअघिका सहसंयोजक सुवोध शेपाईली हुने निश्चित जस्तै छ । वाईसीएलमा ४० वर्षे उमेर हदको व्यवस्था गरिएको छ ।

    देवकोटालाई संयोजक बनाउँदा पनि उनलाई पछि अध्यक्ष बनाइने आश्वासन दिएकाले सिर्पाइली अध्यक्षमा निश्चित जस्तै भएका हुन । उनी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका छन् ।

    अध्यक्षमा सिर्पाइली पक्का जस्तै हुँदा महासचिवमा अकाक्षी भने धेरै जना देखिएका छन् । महासचिवमा गणेश शाही, ज्ञानबहादुर गुरुङ र मिङ्माडन्डु शेर्पाको बढी आकाक्षी देखिएका छन् । गुरुङ र शाही पार्टीका बैकिल्प केन्द्रीयसदस्य समेत रहेका छन् ।

    वाईसीएलमा अध्यक्ष, नौ उपाध्यक्ष, महासचिव, २३ सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । विधान संशोधन गरेर उपमहासचिव थप्नुपर्ने आवाज उठिरहेकाले सचिवको संख्या केही घट्न अनुमान गरिएको छ ।

  • माओवादी स्थायी कमिटी बैठक बस्दै, टुंगिएला त पदाधिकारी ?

    माओवादी स्थायी कमिटी बैठक बस्दै, टुंगिएला त पदाधिकारी ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा साढे ८ बजे बस्नेछ । आज बस्ने बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी चयन गर्ने भएका छन् ।

    पटकपटक पदाधिकारी टुंग्याउने भनिएपनि अहिलेसम्मका बैठकले ठाेस निर्णय गर्न सकेकाे छैन । बुधबार नै प्रवक्ता कृष्णबहादुर महराले धेरै नाम फाइनल भइसकेकाे भन्दै बिहीबार नै सकिने बताएका थिए । तर, हिजाेकाे बैठक विभिन्न कारण देखाएर पटकपटक सारियाे ।

    यसअघि बुधबार बसेको पार्टी बैठकले पदाधिकारीबाहेकका सबै समिति टुङ्गो लगाइसकेको छ । खासगरी महासचिवकाे विषयले कारण माओवादीमा पदाधिकारी चयन पेचिलाे बनेकाे छ ।

    प्रचण्डले हिजोको बैठकमा देव गुरुङलाई महासचिव बनाउने संकेत दिएका थिए । उनले दीनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष, वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेललाई उपमहासचिव बनाउने चर्चा छ । प्रचण्डले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने यसअघि नै नेता नारायणकाजी श्रेष्ठलाई दिइसकेका छन् ।

  • वाईसीएलको राष्ट्रिय भेला शुक्रबारदेखि, नयाँ नेतृत्व चयन हुँदै

    वाईसीएलको राष्ट्रिय भेला शुक्रबारदेखि, नयाँ नेतृत्व चयन हुँदै

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को दुई दिने राष्ट्रिय भेला शुक्रबारदेखि सुरु हुने भएको छ । काठमाडौंको राष्ट्रियसभागृहमा शुक्रबार बिहान ११ बजे माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेलाको उद्घाटन गर्नेछन् ।

    गत भदौ १२ र १३ गते भएको पहिलो राष्ट्रिय भेलाबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन हुन नसकेकाले भेलाले वाईसीएलको नयाँ नेतृत्व छनोट गर्नेछ । भेलाबाट पदाधिकारी र नयाँ केन्द्रीय समिति चयन हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

    भेलामा भुगोल तथा गैरभुगोल जिल्ला, प्रदेशबाट गरेर ६ सय जना प्रतिनिधि सहभागी हुने वाइसीएलका संयोजक सुमन देवकोटाले जानकारी दिए ।

    उनका अनुसार भेलामा केन्द्रीय समितिबाट एक सय ९६ जना, प्रत्येक जिल्लाबाट ३÷३ जना गरी २ सय ५२ जना, प्रदेश कमिटीबाट ३५ जना, तीन वटा आयोगबाट ५२ जना, केन्द्रीय प्रतिनिधि १६ जना, ५ प्रतिशत केन्द्रीय कार्यालयबाट मनोनित गर्ने र विभिन्न एकता प्रक्रियाबाट २१ जना प्रतिनिधि सहभागी रहनेछन् ।

    यसअघि सम्पन्न भेलाले छिटै अर्को भेला गर्ने गरि सुमन देवकोटा संयोजक र सुवोद सिर्पाइली सहसंयोजक भएको राष्ट्रिय भेला आयोजक समिति बनाइएको थियो ।

    उम्मेर हदका कारण संयोजक देवकोटाले वाईसीएलबाट बिदा लिनुपर्ने भएकाले अध्यक्षमा यसअघिका सहसंयोजक सुवोध शेपाईली हुने निश्चित जस्तै छ । वाईसीएलमा ४० वर्षे उमेर हदको व्यवस्था गरिएको छ ।

    देवकोटालाई संयोजक बनाउँदा पनि उनलाई पछि अध्यक्ष बनाइने आश्वासन दिएकाले सिर्पाइली अध्यक्षमा निश्चित जस्तै भएका हुन । उनी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका छन् ।

    अध्यक्षमा सिर्पाइली पक्का जस्तै हुँदा महासचिवमा अकाक्षी भने धेरै जना देखिएका छन् । महासचिवमा गणेश शाही, ज्ञानबहादुर गुरुङ र मिङ्माडन्डु शेर्पाको बढी आकाक्षी देखिएका छन् । गुरुङ र शाही पार्टीका बैकिल्प केन्द्रीयसदस्य समेत रहेका छन् ।

    वाईसीएलमा अध्यक्ष, नौ उपाध्यक्ष, महासचिव, २३ सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । विधान संशोधन गरेर उपमहासचिव थप्नुपर्ने आवाज उठिरहेकाले सचिवको संख्या केही घट्न अनुमान गरिएको छ ।

  • माओवादी बैठक फेरि स्थगित: भोलि प्रचण्डले नाम पढ्ने, अरुले ताली बजाउने

    माओवादी बैठक फेरि स्थगित: भोलि प्रचण्डले नाम पढ्ने, अरुले ताली बजाउने

    कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी आफू अनुकूल चयन गर्ने भएका छन् । हिजो बसेको पार्टी बैठकले पदाधिकारीबाहेकका सबै समिति टुङ्गो लगाइसकेको छ ।

    पदाधिकारीको लागि आज बिहान ९ बजे बैठक बस्ने भनिएको थियो । तर, रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्ड जाने भएपछि ९ बजेको बैठक ४ बजेसम्मका लागि स्थगित गरिएको थियो । साँझ ४ बजे हुँदै ६ बजे बस्ने भनिएको बैठक भाेलि बिहान ८:३० बजेमात्रै बस्ने भएकाे छ ।

    महाधिवेशन सम्पन्न भएको ८ महिनासम्म पदाधिकारी टुङ्गो लगाउन नसकेको भन्दै पार्टीभित्र र बाहिर प्रचण्डको आलोचना भइरहेको छ । तीब्र दबाबका बीच हिजो पदाधिकारीबाहेकका सबै समिति टुङ्गो लगाइएको थियाे ।

    माओवादीका एक स्थायी कमिटी सदस्यले भने, ‘पदाधिकारी को को बन्दैछन् भन्ने कुरा नाम प्रस्ताव नआउँदासम्म भन्न सकिँदैन । अहिले आइरहेका कुराहरू अनुमानमात्रै हुन् ।’ बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम वाचन गर्ने र स्थायी कमिटी सदस्यहरूले त्यसलाई ताली बजाएर अनुमोदन गर्ने सम्भावना रहेको उनले बताए ।

    प्रचण्डले हिजोको बैठकमा देव गुरुङलाई महासचिव बनाउने संकेत दिएका थिए । उनले दीनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष, वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेललाई उपमहासचिव बनाउने चर्चा छ । प्रचण्डले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने यसअघि नै नेता नारायणकाजी श्रेष्ठलाई दिइसकेका छन् ।

    तर, प्रचण्डले नाम वाचन नगर्दासम्म पदाधिकारीका विषयमा अनुमान लगाउने कामबाहेक केही नहुने उनको भनाइ छ ।

    माओवादी केन्द्रले गत वर्ष पुस ११ देखि २५ गतेसम्म आठौं राष्ट्रिय महाधिवेशनको आयोजना गरेको थियो ।

  • माओवादी स्थायी कमिटीमा लुम्बिनीको वर्चश्व, पदाधिकारीमा यी ७ जनाको सम्भावना

    माओवादी स्थायी कमिटीमा लुम्बिनीको वर्चश्व, पदाधिकारीमा यी ७ जनाको सम्भावना

    रुपन्देही । नेकपा माओवादी केन्द्रले आधार इलाका मानेको लुम्बिनी प्रदेशबाट ४३ सदस्यीय स्थायी कमिटीमा १४ जना परेका छन् । बुधबार सार्वजनिक भएको स्थायी कमिटी सदस्यको नामावली पार्टीले आधिकारिक रूपमा घोषणा भने आज गर्ने भएको छ ।

    लुम्बिनीबाट स्थायी कमिटीमा कृष्णबहादुर महरा दाङ, वर्षमान पुन रोल्पा, पम्फा भुसाल अर्घाखाँची, जयपुरी घर्ती रोल्पा, ओनसरी घर्ती रोल्पा, बलदेव खनाल कपिलवस्तु, डिलाराम आचार्य अर्घाखाँची, पूर्णाकुमारी सुवेदी बाँके, रेखा शर्मा दाङ, गणेशमान पुन पूर्वीरुकुम, जोखबहादुर महरा रोल्पा, कुलप्रसाद केसी रोल्पा, महेश्वर गहतराज बाँके, हकिकुल्लाह खाँ रुपन्देही प्रस्तावित छन् ।

    उनीहरूमध्येबाट पार्टी पदाधिकारीमा कृष्णबहादुर महरा वरिष्ठ उपाध्यक्ष, वर्षमान पुन महासचिव, पम्फा भुसाल उपमहासचिव, र जयपुरी घर्ती, ओनसरी घर्ती, बलदेव खनाल, डिलाराम आचार्य, प्रदेश उपाध्यक्ष वा सचिवमा पर्ने गरी छलफल चलेको एक नेताले जानकारी दिए । त्यसैगरी हकिकुल्लाह खाँ मधेसी कोटा तथा महेश्वर गहतराजले दलित कोटाबाट विशेष जिम्मेवारी पाउने सम्भावना छ ।

    यसअघि महाधिवेशनबाट यो प्रदेशबाट ४० जना केन्द्रीय कमिटीमा परेका थिए । १२ जिल्ला रहेको प्रदेशबाट धेरै केन्द्रीय कमिटीमा पर्नेहरु रुकुम, रोल्पा, दाङबाट धेरै समेटिएका छन् । नयाँ केन्द्रीय समितिमा इन्द्रजित थारु दाङ, जीवन गौतम रुकुम, तेजबहादुर ओली पूर्वी रुकुम, हेमराज शर्मा पोखरेल दाङ, गणेशमान पुन पूर्व रुकुम, जगप्रसाद शर्मा रोल्पा, वर्षमान पुन रोल्पा, महेश्वरजंग गहतराज बाँके, ओनसरी घर्ती, रोल्पा, कुलप्रसाद केसी रोल्पा, दामा शर्मा दाङ, डोरप्रसाद उपाध्याय, कपिलवस्तु, सुबबहादुर रोका रुकुम, चक्रपाणि खनाल कपिलवस्तु, कृष्णध्वज खड्का प्युठान, कृष्णबहादुर महरा दाङ, बामदेव क्षेत्री गुल्मी, हकिकुल्लाह खाँ रुपन्देही, वसन्त घर्ती पाल्पा छन् ।

    यसैगरी सुशिला श्रीपाली अर्घाखाँची, डिलाराम आचार्य अर्घाखाँची, पम्फा भुसाल अर्घाखाँची, झक्कु सुवेदी रोल्पा, जयपुरी घर्ती रोल्पा, रेखा शर्मा दाङ, पूर्णाकुमारी सुवेदी बांके, घनश्याम यादव नवलपरासी, सिता बौडेल नवलपरासी, दलजित श्रीपाली पुर्वी रुकुम, सुवोध श्रीपाली दाङ, कमला रोका पुर्वी रुकुम, दीपेन्द्र पुन रोल्पा, कृष्णा चौधरी, तिलकराम शर्मा बर्दिया रहेका छन् । उनीहरूमध्येबाट नै स्थायी कमिटीमा १४ जना परेका हुन् ।

  • नेकपा एसको निर्णयलाई स्वागत गर्दै प्रचण्डले भने- क्रान्ति पूरा गर्न वाम एकता आवश्यक (भिडिओ)

    नेकपा एसको निर्णयलाई स्वागत गर्दै प्रचण्डले भने- क्रान्ति पूरा गर्न वाम एकता आवश्यक (भिडिओ)

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आवको आवश्यकता वामपन्थी दलहरूको एकता रहेको बताएका छन् । रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले एकीकृत गर्न वामपन्थीको बिचमा एकता आवश्यकता रहेको बताएका हुन् ।

    ‘पुरानो ढंगले अगाडी बढेर अबको आवश्यकता वा क्रान्ति पुरा हुन सक्दैन ’ उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले एकीकृत गर्ने सच्चा वामपन्थीको बिचमा एकता होस् भन्ने हाम्रो प्रयास छ ।’

    पछिल्लो समय केही सकारात्मक पहलहरू भएको समेत उनले बताए । ‘केही समाचार सकारात्मक भएको तपाइ हामीले पनि महसुस गरेका छौँ । चाहे हँसिया हतौडा चुनाव लड्ने साथीहरूको स्थिति होस् चाहे पार्टी एकता संयोजन समिति बनाएर भएपनि कम्युनिस्ट आन्दोलनलाई एक बनाउने कुरा होस्’ उनले भने।

    नेकपा एकीकृत समाजवादीले पनि यस बिषयमा छलफल सुरु गरेको बताउँदै प्रचण्डले यो सकारात्मक रहेको टिप्पणी गरेका हुन् ।उनले भने, ‘हामीले पहिले बाट प्रयास गरिरहेका छौँ । हिजो मात्रै पनि समाजवादी पार्टीले पनि त्यो निर्णय गरेको कुरा आइरहेको छ। यतिले मात्र पुग्दैन । अझै धेरै मेहनत गर्नु छ । हाम्रो पार्टीको ध्यान त्यसैमा छ ।’

    उनले नयाँ वातावरण बनाएर समाजवादीको संघर्ष विकसित गर्न सकिने र त्यसले मात्र वर्ग सङ्घर्षको नयाँ आधार तयार गर्न गर्न सक्ने दाबी गरे ।

     

  • माओवादी स्थायी कमिटी बैठक सर्‍यो, आजै ४ बजे बस्ने

    माओवादी स्थायी कमिटी बैठक सर्‍यो, आजै ४ बजे बस्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसोको लागि सरेको छ ।

    विहान ९ बजेकाे निर्धारित बैठक अपरान्ह ४ बजेका लागि सरेको हो । नेताहरु आन्तरिक छलफलमा संलग्न रहेकाले बैठक सरेको  नेता शक्ति बस्नेतले बताए ।

    उनले भने,’रामवृक्ष यादवको स्मृतिको कार्यक्रम सकेर स्थायी समितिको बैठक बसेर गठबन्धनको बैठकमा जाँदा समयको प्रेसर हुने भएकाले र पदाधिकारी टुंग्याउने विषयमा आन्तरिक तयारी पनि गर्नुपर्ने भएकाले बैठक सारिएको हो ।’

    आजको बैठकले पदाधिकारीको नाम टुंगो लगाउनेछ ।

    आज १० बजे गठबन्धन बैठक बस्दैछ ।

     

     

  • प्रचण्डले भने- हाम्रो पार्टी धेरै बिग्रेको छ (भिडिओ)

    प्रचण्डले भने- हाम्रो पार्टी धेरै बिग्रेको छ (भिडिओ)

    काठमाडाैं  । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले माओवादी केन्द्र पछिल्लो खराब हुँदै गएको टिप्पणी गरेका छन् । रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले आफ्नो पार्टीमा व्यक्ति बादी चरित्र हाबी हुन थालेको बताएका हुन् ।

    ‘त्यो बेला सानो थियो, निष्ठावान् थियो । तर, अहिले हाम्रो पार्टी धेरै बिग्रेको छ । हामी क्रान्तिकारी छैनौँ । हामी व्यक्ति बादी भएका छौँ आत्मकेन्द्रीत भएका छौँ’ उनले भने, ‘हामी स्वार्थ समूह बनाउने तिर लागेका छौँ । यसले पार्टीको चरित्रमा नराम्रोसँग स्कलन आएको छ ।’ उनले पार्टीको दस्ताबेजमा क्रान्तिकारी उल्लेख गरे पनि त्यो व्यवहारमा आउन नसकेको बताएका छन् ।

    ‘क्रान्तिकारी पार्टी बनाउने भन्ने कुरा बिचारमा, किताबमा दस्ताबेजमा छ । हाम्रो दैनिकी क्रान्तिकारी छैन । हाम्रो भनाइ र गराइमा फरक भइरहेको छ’, उनले भने ।

    उनले यो विषयलाई हल नगरे क्रान्तिकारी को औचित्य सकिने बताए । यति हुँदा पनि अन्य पार्टी भन्दा माओवादी नै उपयुक्त रहेको दाबी गरे ।
    ‘देशमा भएका अन्य पार्टी मध्ये माओवादी मात्रै सही बाटोमा छ’ उनले भने, ‘यो पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना छ ।’

    उनले अर्को महाधिवेशन छिटौँ गरेर नयाँ क्रान्तिकारी बनाउन आवश्यक रहेको टिप्पणी गरे ।

    निर्वाचनको तयारीको सन्दर्भमा वामपन्थीको बिचमा एकताको प्रयास भइरहेको समेत उनले बताए । पार्टी एकता संयोजन समिति बनाएर भएपनि वामपन्थी एकताको प्रयास भइरहेको उनको भनाइ थियो ।

  • ८ महिना पछि माओवादीले पदाधिकारी पाउँदै, महासचिवमा गुरुङको सम्भावना

    ८ महिना पछि माओवादीले पदाधिकारी पाउँदै, महासचिवमा गुरुङको सम्भावना

    कैलाली । माओवादी केन्द्रले गत वर्ष पुस ११ देखी २५ सम्म आठौँ राष्ट्रिय महाधिवेशनको आयोजना गर्‍यो । राष्ट्रिय सम्मेलनको तयारी गरेको माओवादी केन्द्रले अन्तिममा राष्ट्रिय महाधिवेशनकाको नाम दिएको थियो ।

    माओवादी केन्द्रले २०६९ पछि महाधिवेशन गरेको थिएन । एक दशक पछि भएको महाधिवेशनले पनि पुष्पकमल दाहाल प्रचण्डलाई दोहोराउने बाहेकको अन्य पदाधिकारीको विषय टुङ्गाउन सकेन । महाधिवेशन सकिएको करिब ८ महिना पछि माओवादीले पदाधिकारी पाउने भएको छ ।

    आज बस्ने स्थायी कमिटीको बैठकले पदाधिकारी टुङ्गो लगाउने प्रवक्ता कृष्ण बहादुर महराले जनाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई सबै भन्दा बढी सकस महासचिव चयन गर्न रहेको बताइएको छ ।

    अहिले सम्म महासचिवमा, देव गुरुङ,जनार्दन शर्मा, वर्षमान पुन पम्फा भुसाल लगायतले आकांक्षा व्यक्त गरेका छन् । उनीहरु मध्ये शर्मा र पुनको बढी चर्चा भइरहेको छ । तर, माओवादी स्रोतका अनुसार शर्मा र पुनलाई उछिन्दै गुरुङ महासचिव बन्ने सम्भावना बढि देखिएको छ ।

    तर, जनार्दन र वर्षमानमाथि दबाब सिर्जना गर्न प्रचण्डले गुरूङकाे कार्ड फालेकाे प्रचण्डनिकट एक नेताले नेपाल प्रेसलाई बताए । हिजोको बैठकमा प्रचण्डको अभिव्यक्तिले धेरैले गुरुङलाई प्रचण्डले महासचिव बनाउन खोजेको बुझेका छन् ।

    ‘हिजाको बैठकमा पार्टी अध्यक्षले सिनियर नेताहरूबाट महासचिव बनाउने आशय व्यक्त गर्नु भएको थियो’ बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले भने, ‘नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा पछिको सिनियर नेता देव गुरुङ हुनुहुन्छ । सायद उहाँ नै महासचिव बन्नुहुन्छ होला ।’ श्रेष्ठ र महराले जिम्मेवारी पाइसकेको हुँदा अब गुरुङ जिम्मेवारी पाउन सक्ने ती नेताले बताए ।

    हिजो बसेको बैठकले पदाधिकारी बाहेकका सबै समिति टुङ्गो लगाइसकेको छ ।

     

  • पदाधिकारी टुंग्याउन माओवादी स्थायी कमिटी बैठक बस्दै

    पदाधिकारी टुंग्याउन माओवादी स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा ९ बजे बस्नेछ ।
    आजको बैठकले पदाधिकारीको नाम टुंगो लगाउने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    उनले भने, ‘केन्द्रीय समिति, पोलिटब्यूरो र पदाधिकारीको छलफल हिजोको स्थायी समिति बैठकमा लगभग सकिएको छ । आजसम्म सबै सकिन्छ ।’ त्यसको गृहकार्यको जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको महराले बताए ।

    माओवादीमा खासगरी महासचिवको विषयले पदाधिकारी चयन पेचिलो बनेको छ । वर्षमान पुन र जनार्दन शर्मा आकांक्षी रहेकाले कसलाई छान्ने विषयमा प्रचण्ड सकसमा छन् । हिजो बसेको बैठकले पदाधिकारीबाहेक सबै समिति टुंगो लगाएको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ४१ सदस्यीय स्थायी समिति गठन गर्ने, १२५ सदस्यीय पोलिटब्यूरो समिति गठन गर्ने, २६ जना वैकल्पिक पोलिटब्यूरो बनाउने र ३४१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको थियो ।

     

     

     

  • माओवादी केन्द्रले टुंग्यायो पदाधिकारीबाहेक सबै समिति

    माओवादी केन्द्रले टुंग्यायो पदाधिकारीबाहेक सबै समिति

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीबाहेक सबै समिति टुंगो लगाएको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ४३ सदस्यीय स्थायी समिति गठन गर्ने, १२५ सदस्यीय पोलिटब्यूरो समिति गठन गर्ने, २६ जना वैकल्पिक पोलिटब्यूरो बनाउने र ३४१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको हो ।

    बैठकले ६ जना रिक्त रहेको केन्द्रीय सदस्यको पनि पदपूर्ति गरेको स्थायी समिति सदस्य गिरीराजमणी पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार भोलि बिहान ८ बजे फेरी बैठक बस्ने गरी आजको बैठक स्थगित भएको र भोलि नै पदाधिकारी टुग्याउने तयारी छ ।

  • माओवादीले भोलिसम्म पदाधिकारी टुंग्याउने

    माओवादीले भोलिसम्म पदाधिकारी टुंग्याउने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलिसम्ममा पदाधिकारीको नाम टुंग्याउने भएको छ ।

    आज बसेको स्थायी कमिटी बैठकले भोलिसम्म पदाधिकारी टुंगो लगाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले भने, ‘केन्द्रीय समिति, पोलिटब्यूरो र पदाधिकारीको छलफल आज लगभग सकिएको छ । भोलिसम्ममा सबै सकिन्छ ।’

    त्यसको गृहकार्यको जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको महराले बताए ।

    माओवादीमा खासगरी महासचिवको विषयले पदाधिकारी चयन पेचिलो बनेको छ । वर्षमान पुन र जनार्दन शर्मा आकांक्षी रहेकाले कसलाई छान्ने विषयमा प्रचण्ड सकसमा छन् ।

  • माओवादी नेता दुलालको वामदेव लक्षित टिप्पणी- जेबाट उठेपनि मतदाताले अनुमोदन गर्दैनन्

    माओवादी नेता दुलालको वामदेव लक्षित टिप्पणी- जेबाट उठेपनि मतदाताले अनुमोदन गर्दैनन्

    हेटौंडा । वागमती प्रदेशका पूर्वसामजिक विकास मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलालले हँसिया हथौडाबाट चुनाव लड्ने वामदेव गौतमको निर्णयप्रति कटाक्ष गरेका छन् ।

    फेसबुकमा स्टाटस लेख्दै नेता दुलालले कोही राजनीतिकर्मी लाजहराम भयौं भन्दैमा राजनीति लाजहराम नहुने बताएका छ्न् ।

    ‘…. भन्दा देख्नेलाई लाज ! हामी कोही राजनीतिककर्मी लाजहराम भयौं भन्दैमा राजनीतिनै लाजहराम त हुँदैन नी ! राष्ट्रियसभा सदस्य राजीनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता होइन’, उनले लेखेका छन्, ‘गोलाकारभित्रको हँसिया हथौडा चिन्हमा उठे पनि हुँदैन, अरु कुनैमा उठे पनि मतदाताले अनुमोदन गर्दैनन् । चेतना भया !’

  • माओवादी स्थायी कमिटी बैठक सर्‍याे, आजै दिउँसो बस्ने

    माओवादी स्थायी कमिटी बैठक सर्‍याे, आजै दिउँसो बस्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसोको लागि सरेको छ ।

    विहान ८ बजे निर्धारित बैठक अपरान्ह १ बजेका लागि सरेको हो ।नेताहरु आन्तरिक छलफलमा संलग्न रहेकाले बैठक सरेको बताइएको छ ।

    आजै गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दैछ । सो बैठकमा पार्टीको तर्फबाट गरिने सिटको दावीका बारेमा पनि स्थायी कमिटीमा छलफल हुँदैछ ।

  • माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै

    माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा ८ बजे बस्नेछ ।

    आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारीबारे छलफल, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल गर्न बैठक बोलाइएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।

    हिजो बसेको बैठकले बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी र बामदेव गौतमलाई माओवादीबाट चुनाव लड्न दिने निर्णय गरेकाे थियो ।

  • मेरो सीट माओवादी कोटा वा गठबन्धन कताबाट लिने हो, जिम्मा प्रचण्डको- वामदेव (भिडिओ)

    मेरो सीट माओवादी कोटा वा गठबन्धन कताबाट लिने हो, जिम्मा प्रचण्डको- वामदेव (भिडिओ)

    काठमाडौं । नेकपा एकता अभियान सन्चालन गरिरहेका नेता वामदेव गौतमले आफूलाई गठबन्धनबाट सीट दिलाउने कि माओवादीको कोटाबाट दिने भन्ने जिम्मा प्रचण्डलाई रहेको बताएका छन् ।

    माओवादीकै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने गरी निर्वाचन आयोगमा संयुक्त दल दर्ता गर्न पुगेका गौतमले गठबन्धनमा सामेल भएको सुनिश्चित भएकाले आफूले माओवादीको चुनाव चिन्ह लिएको बताए ।

    गौतमले भने, ‘माओवादीकै कोटाबाट मलाई सीट दिने हो कि गठबन्धनमा कुरा गरेर अलग्गै सीट दिलाउने भन्ने जिम्मा प्रचण्डलाई दिएको छु । उहाँले जसरी हुन्छ मलाई दिने हो । मैले माओवादीको चुनाव चिन्ह प्रयोग गरेको हुँ र माओवादीको गठबन्धनमा गएको हुँ ।’

    गौतमले आफूले प्रतिनिधिसभातर्फ एक सीट र प्रदेशसभामा २ सीट कम्तिमा नेकपा एकता अभियानलाई दिनुपर्ने प्रस्ताव राखेको बताए ।

  • बाबुराम र वामदेव माओवादीबाट चुनाव लड्ने, पेरिसडाँडाबाट स्वीकृति

    बाबुराम र वामदेव माओवादीबाट चुनाव लड्ने, पेरिसडाँडाबाट स्वीकृति

    काठमाडौं । नेकपा माओवादी केन्द्रले डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ ।

    माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव नेतृत्वको नेकपा एकता अभियानलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको हो ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले वामदेव र बाबुरामका कतिपय सर्तहरू रहेको र त्यसबारेमा गठबन्धनमा पनि छलफल हुने जानकारी दिए । माओवादी स्थायी कमिटी बैठक बुधवार फेरि बस्ने महराले बताए ।

  • पेरिसडाँडाको ‘सीट एरेन्जमेन्ट’ मा परिवर्तन, शीर्ष पंक्तिमा राखिए वर्षमान

    पेरिसडाँडाको ‘सीट एरेन्जमेन्ट’ मा परिवर्तन, शीर्ष पंक्तिमा राखिए वर्षमान

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेताहरुको ‘सीट एरेन्जमेन्ट’मा सामान्य हेरफेर भएको छ । मंगलबारको बैठकबाट वर्षमान पुनलाई शीर्ष नेताको लहरमा राखिएको छ ।

    यसअघिका बैठकमा अध्यक्ष प्रचण्डसँगैको लहरमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र बयोवृद्ध नेता नन्दकुमार प्रसाईंमात्र मञ्चमा बस्ने गरेका थिए । मंगलबारको बैठकमा भने वर्षमान पुन पनि शीर्ष लहरमा बसेका थिए ।

    माओवादी पार्टीमा महासचिवलगायतका पदाधिकारी चयन पेचिलो बनिरहेका बेला प्रभावशाली नेता पुनलाई शीर्ष लहरमा राखिनुलाई अर्थपूर्ण मानिएको छ । यद्यपि माओवादीका एक नेताले भने वर्षमान केन्द्रीय कार्यालयको इन्चार्जको जिम्मेवारीमा रहेकाले कार्यालय भूमिकाका कारण अग्रपंक्तिको लहरमा रहेको हुनसक्ने बताए ।

    केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीको बैठक बसिरहेको छ । तर, पुन भने केहीबेर बैठकमा बसेर बाहिरिएका थिए ।

    तस्बिरहरू : उमेश कार्की । 

  • एउटै चुनाव चिन्हबाट लड्ने जानकारी गराउन माओवादी र नेसपा आयोग जाँदै

    एउटै चुनाव चिन्हबाट लड्ने जानकारी गराउन माओवादी र नेसपा आयोग जाँदै

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै चिह्नबाट चुनाव लड्ने जानकारी दिन नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा निर्वाचन आयोगमा जाँदैछन् ।

    दिउँसो १ बजे दुवै दलका प्रतिनिधि निर्वाचन आयोगमा पुगेर एउटै चिन्ह्रबाट चुनाव लड्ने जानकारी गराउने कार्यक्रम रहेको पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव रमेश मल्लले बताए ।  उनले भने,  ‘दुई पार्टी एक चुनाव चिन्हको मान्यताबाट अघि बढिने र निर्वाचन आयोगमा पनि सोही बमोजिम जानकारी गराउने हाे ।  अध्यक्षज्यू जानुहुँदैन  ।पार्टीका अरु नेता  जानुहुन्छ हाेला ।’

    माओवादी पार्टीबाट बाहिरिएको ७ वर्षपछि अन्ततः डा. बाबुराम भट्टराई माओवादीकै चुनाव चिन्हबाट आउने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग लिने निश्चित भएको छ ।

    माओवादी अध्यक्ष प्रचण्डसँगको चरणबद्ध वार्तापछि एउटै चुनाव चिन्ह र घोषणापत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने सहमति भएको थियो ।

    बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीले आँखा चिन्ह होल्ड गर्दै माओवादीकै गोलाकारभित्रको हसिया हथौडाबाट चुनाव लड्ने सहमति भएको छ । दुवै पार्टीको घोषणापत्र पनि एउटै हुनेछ ।

    योबाहेक सीट बाँडफाँटका बारेमा भने छलफल हुन बाँकी छ । नेसपा दल अलग्गै रहे पनि चुनाव चिन्ह भने माओवादीको कायम हुनेछ ।

    यो सहमतिसँगै अब नेसपा सत्ता गठबन्धनको छैटौं घटक हुने निश्चित भएको छ ।

  • माओवादी स्थायी कमिटी बैठक बस्दै

    माओवादी स्थायी कमिटी बैठक बस्दै

    काठमाडाैं ।  नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान ८ बजे बैठक बस्न लागेको हो ।सोमबार स्थायी कमिटी बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको थियो ।

    बैठकमाआसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारीबारे छलफल, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुनेछ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक थप छलफलका लागि संघीय संसदमा फिर्ता पठाएको सन्दर्भमा उक्त बैठकमा स्वाभाविक रूपमा छलफल हुने नेता हरिबोल गजुरेलले जानकारी दिए ।

  • समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिवद्ध हुने बेला आयो : प्रचण्ड (भिडिओ)

    समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिवद्ध हुने बेला आयो : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक परितर्वनसँगै समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिवद्ध हुने बेला आएको बताएका छन् ।

    आज काठमाडौंमा आयोजित एनइए अवार्ड २०७९ वितरण कार्यक्रममा प्रचण्डले युग सुहाउँदो नेपालको आफ्नै मोडलमा मुलुकलाई विकासको बाटो तर्फ अघि बढाउनुपर्ने र यसका लागि सवै प्रतिवद्ध हुनुपर्ने बताएका हुन् ।

    प्रचण्डले देशमा नयाँ राजनीतिक वातावरण अघि बढेको र यो सवैको निम्ती चासो र चिन्ताको विषय भएको जिकिर गरे । अहिले राजनीतिक स्थायीत्व, राष्ट्रिय एकताका साथ मुलुक समृद्धको बाटोमा अघि बढोस भन्ने सवैको चाहना रहेको उनको भनाई छ ।

    प्रचण्डले वर्तमानमा प्रकृति र इतिहासका गौरवहरुलाई सदुपयोग गरेर २१ औं शताब्दीमा एकतासाथ साथ बिकासको गति लिन सक्नुपर्ने उल्लेख गरे । उनले अब एकपटक देशको आर्थिक समृद्धि र जनताले चाहेको जस्तो विकास गर्न आफू समर्पित हुने प्रतिवद्धता व्यक्त गरे ।

    कार्यक्रममा कला क्षेत्रमा समर्पित विभिन्न व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

  • माओवादी स्थायी कमिटी बैठक बस्दै

    माओवादी स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बोलाइएको छ ।

    आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारीबारे छलफल, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल गर्न बैठक बोलाइएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा १ बजे बस्नेछ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक थप छलफलका लागि संघीय संसदमा फिर्ता पठाएको सन्दर्भमा उक्त बैठकमा स्वाभाविक रूपमा छलफल हुने एक नेताले बताए ।

  • पूर्वराज्यमन्त्री यादवसहित माओवादीका ३५ कार्यकर्ता एमालेमा प्रवेश

    पूर्वराज्यमन्त्री यादवसहित माओवादीका ३५ कार्यकर्ता एमालेमा प्रवेश

    काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री रामसिंह यादवसहित विभिन्न कमिटीका ३५ जना अगुवा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

    ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा आइतबार एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले उनीहरूलाई स्वागत गरे ।

    माओवादी नेता यादवले नेपालका कम्युनिष्टहरूलाई एकताबद्ध गरेर देश समृद्ध बनाउन एमालेले मात्र सक्छ भन्ने निष्कर्षमा आफू पुगेको बताए ।

    एमाले प्रवेश गरेका माओवादी केन्द्रका कार्यकर्ताहरूमा शिवकुमार कापर (मधेश प्रदेश कमिटी सदस्य), सकलदेव रजक ( मधेश प्रदेश कमिटी सदस्य), धनुषा जिल्ला कमिटी सदस्यहरू फुलसिंह यादव, भोला यादव, रामबाबु राय, सोनफी साह, श्रीनारायण कुँवर, रामभिखारी राय छन् ।

    त्यसैगरी, माओवादी केन्द्र धनुषाका नगर कमिटीका सदस्यहरू भरत यादव, राजिवकुमार राय, रोशन मुख्या, जगदीश मुख्या, रामकुमार यादव, देवनारायण पासवान, सरयुग यादव, जनक अधिकारी, रामएकवाल कुँवर, धनपैत साह, त्यस्तै, वाईसीएल र स्थानीय तहका कार्यकर्ताहरू जनार्दनप्रसाद उपाध्याय, अजय यादव, सनिसा थापा, नितेश मिश्र, कोमद कापर, रामअधार ठाकुर, रानेशकुमार भगत, माधव न्यौपाने, भरतकुमार भण्डल, धर्म सुनार, लक्षमन राई, श्याम राय, प्रितम ठाकुर, मदन ठाकुर, रामदेव राई र जयराम ठाकुर पनि प्रवेश गरेको एमालेले जनाएको छ ।

    त्यस्तै समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिलकुमार घिमिरे, विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य गोपाल भण्डारी र सोही पार्टीका टङ्कप्रसाद काफ्ले र मञ्जु भण्डारीले पनि एमाले रोजेका छन् ।