Category: माओवादी केन्द्र

  • पेरिसडाँडामा जनवादी बिहे गरेर टेरेस रिसोर्टमा शानदार पार्टी, जहाँ लडे प्रचण्ड

    पेरिसडाँडामा जनवादी बिहे गरेर टेरेस रिसोर्टमा शानदार पार्टी, जहाँ लडे प्रचण्ड

    काठमाडौं । गत शुक्रबार माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाकुरीभञ्ज्याङस्थित टेरेस रिसोर्टको शौचालयमा लडेर घाइते भएपछि उनको सचिवालयलाई सूचना लुकाउन सास्ती भयो । तर, जति प्रयास गर्दा पनि वास्तविकता बाहिर आइहाल्यो ।

    प्रचण्डकी छोरी गंगा दाहालले बिहान सवा आठ बजे फेसबुकमा अधुरो सूचना लेख्दै भनेकी थिइन्, ‘गएराती बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु।’

    यो स्टाटसमा उनले कहाँको शौचालय भनेर जानाजान खुलाएकी थिइनन् । तर, सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदा सचिवालयका अन्य व्यक्तिहरूले घरमै लडेको दाबी गरिरहेका थिए । जुन अन्तमा झूटो ठहरियो । प्रचण्ड त्यस रात लाकुरी भञ्ज्याङको बहुतै विलासी टेरेस रिसोर्टमा बास बसेका रहेछन् ।

    यो प्रकरणमा अर्को एउटा रोचक तथ्य पनि फेला परेको छ । प्रचण्ड उक्त होटलमा आफ्ना एक निकटस्थको विवाह पार्टीमा परिवारसहित सामेल भएका थिए । विवाहको रिसेप्सनमा सामेल हुनु आफैँमा अनौठो भएन । तर, जुन जोडीले काठमाडौंकै महँगो रिसोर्टमा शानदार रिसेप्सन पार्टी दिए, उनीहरूले विवाह चाहिँ ‘जनवादी’ गरेका रहेछन् । त्यो पनि प्रचण्डकै उपस्थितिमा ।

    प्रचण्ड प्रधानमन्त्री हुँदा उनको आईटी विज्ञका रूपमा काम गरेका प्रकाश रायमाझीले गत २३ वैशाखमा कृति कार्कीसँग एकदमै सादगी तवरबाट विवाह गरेका थिए ।

    माओवादीको मुख्यालय पेरिस डाँडामा मामुली वैवाहिक कार्यक्रम आयोजना गरिएको थियो, जहाँ प्रचण्ड प्रमुख अतिथि थिए भने अन्य सिनियर नेताहरूको पनि उपस्थिति थियो ।

    जनवादी विवाह गरेपछि फेसबुकमा रायमाझीलाई थुप्रैले बधाई दिएका थिए । लाखौँ-करोडौँ खर्च गरेर भड्किलो विवाह गर्ने प्रवृत्तिबीच यो जोडीले एउटा उदाहरण कायम गरेको भन्दै उनीहरूको प्रशंसा भयो । तर, त्यही जोडीले राति टेरेस होटलमा दिएको विवाह पार्टी भने कम्ता जोसिलो थिएन ।

    प्रचण्डका घरबेटीदेखि छोरी ज्वाइँसम्म पार्टीमा सामेल भए । स्रोतका अनुसार लेट नाइटसम्म चलेको पार्टीमा मद्यपानको यथेष्ट व्यवस्था थियो । प्रचण्डले पनि चुस्की लिँदै रमाइलो गरेका थिए ।

    तर, बिहान हुन लाग्दा भने उनलाई नरमाइलो भयो । ट्वाइलेटमा लडेपछि रातिको ह्याङ नउत्रिँदै उनलाई बिहान ४ बजे अस्पतालतिर कुदाउनु पर्‍यो । सचिवालयलाई सूचना लुकाउन दु:ख भयो ।

    प्रकाश रायमाझीले अहिलेसम्म पनि आफ्नो रिसेप्सन पार्टीको तस्बिर/भिडिओ सामाजिक सञ्जालमा हाल्न सकेका छैनन् । उनको टाइमलाइनमा जनवादी विवाहको सादगी तस्बिरहरूमात्रै छन् ।

    स्मरण रहोस् टेरेस रिसोर्ट काठमाडौंकै महँगोमध्येको रिसोर्ट हो, जहाँ एउटा कोठा एक २४ घण्टाका लागि बुक गर्न ३० हजारभन्दा बढी तिर्नुपर्छ ।

  • खुमलटार पुगेर भाजपा नेता कोश्यारीले भेटे प्रचण्डलाई

    खुमलटार पुगेर भाजपा नेता कोश्यारीले भेटे प्रचण्डलाई

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएका छन्। भाजपा नेता कोश्यारीले प्रचण्डलाई खुमलटार पुगेर भेटेका हुन्।

    दुई नेताबीचको आज भेटवार्ता भएको प्रचण्ड सचिवालयले जनाएको छ। गत साता भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएर प्रचण्डसहित प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगातत अधिकांश राजनीतिक दलका नेताहरुलाई बेग्लाबेग्लै भेटेका थिए।

    चौथाइवालेको भेटलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कालबाजी भइरहेको छ।

  • पाकिस्तानविरूद्ध भारतकाे ‘अप्रेशन सिन्दूर’- माओवादी महासचिव गुरुङ र उपमहासचिव शर्माबीच राय बाझियाे

    पाकिस्तानविरूद्ध भारतकाे ‘अप्रेशन सिन्दूर’- माओवादी महासचिव गुरुङ र उपमहासचिव शर्माबीच राय बाझियाे

    काठमाडौं । भारतले पाकिस्तानविरुद्ध सुरू गरेको ‘अप्रेशन सिन्दूर’ को विषयलाई लिएर नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्माको कुरा बाझिएको छ । उपमहासचिव शर्माले भारतले सुरू गरेको ‘अप्रेशन सिन्दूर’ को पक्षमा मुख खोलेका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘भारतले आतंकवाद विरुद्ध अपरेसन सिन्दूर सञ्चालन गरेको छ । आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो । आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो । शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ ।’

    तर, महासचिव गुरुङले भने पहलगामको आक्रमण कसले गरेको निश्चित नभई पाकिस्तानमाथि आक्रमण गर्नु न्यायोचित नहुने अभिव्यक्ति सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका छन् । यद्यपि, आतंककारी गतिविधिको भने विरोध गर्नुपर्ने उनको भनाइ छ ।

    ‘हिजो भारतले पाकिस्तानको विभिन्न क्षेत्रमा हवाईमार्फत क्षेप्यास्त्र आक्रमण गरेको छ । यो अत्यन्तै दु:खद विषय हो । भारतले आक्रमणको कारण केही दिनअगाडि काश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणको बदला बताइएको छ’ महासचिव गुरुङले फेसबुकमा लेखका छन्, ‘निश्चय पनि जनसंहारकारी आतंककारी गतिविधि को विरोध गर्नैपर्छ । तर, उक्त पहलगामको आक्रमण कसले गरेको हो भन्नेबारे स्वतन्त्र रूपमा पुष्टि भएको देखिँदैन । यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरी आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिँदैन ।’

    उनले सैन्य कारबाही बन्द गरी दुवै मुलुकबीचमा संवाद गरिनुपर्ने उल्लेख गरेका छन् ।

    ‘पहलगाम हत्या काण्डबारे स्वतन्त्र प्रकारको अन्तर्राष्ट्रिय कमिसन गठन गरी छानबिन गरिनु पर्छ’ उनले भनेका छन्, ‘भारत र पाकिस्तान दुवै नेपालको छिमेकी मित्रराष्ट्र हो । दुवै मुलुकसँग नेपालको दौत्य सम्बन्ध छ । छिमेकीहरू बीचको द्वन्दबाट नेपाल प्रभावित हुन्छ। यस्तो स्थितिमा नेपालले संयुक्त राष्ट्रसंघको वडापत्र र पञ्चशिलको सिद्धान्तको आधारमा नेपाल मौन बस्न मिल्दैन ।’

    नेपालले युद्ध नभए शान्तिको पक्ष लिनुपर्ने बताए । यो विषयमा महासचिव र उपमहासचिवबीच मतभेद देखिँदा पार्टीले भने औपचारिक धारणा सार्वजनिक गरेको छैन । हिजो उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीभित्र छलफल गरेर व्यवस्थित ढंगले धारणा सार्वजनिक गर्ने नेपाल प्रेसलाई बताएका थिए ।

  • भारतको ‘अप्रेशन सिन्दूर’ लाई जनार्दनको समर्थन, आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य

    भारतको ‘अप्रेशन सिन्दूर’ लाई जनार्दनको समर्थन, आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा भारत र पाकिस्तान युद्धबारे मुख खोलेका छन् ।

    दुई देशको युद्धबारे सरकारसहित कुनै पार्टीले औपचारिकरूपमा धारणा सार्वजनिक नगरिरहेको परिस्थितिमा शर्माले आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको बताए ।

    उनले फेसबुकमा लेखेका छन्, ‘भारतले आतंकवाद विरुद्ध अपरेसन सिन्दूर सञ्चालन गरेको छ । आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो । आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो ।’

    उनले शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक रहेको बताए ।

  • भारत-पाकिस्तान युद्धबारे माओवादी सांसदले मागे सरकारको धारणा

    भारत-पाकिस्तान युद्धबारे माओवादी सांसदले मागे सरकारको धारणा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले भारत-पाकिस्तान युद्धमा सरकारको धारणा माग गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक नगरेकोप्रति असन्तुष्टि जनाए।

    उनले भने, ‘भारत र पाकिस्तानबीच उत्पन्न विवादको बारेमा नेपाल सरकारको आधिकारिक धारणा माग गर्दछु।’

    भारतको आक्रमणपछि त्यसको कडा जवाफ दिने पाकिस्तानको चेतावनीबीच पनि सार्क अध्यक्ष रहेको नेपालले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

  • ‘प्रचण्ड घाइते भएपछि’ सुदुरपश्चिमका माओवादी सांसदहरुसँगको बैठक स्थगित

    ‘प्रचण्ड घाइते भएपछि’ सुदुरपश्चिमका माओवादी सांसदहरुसँगको बैठक स्थगित

    कैलाली। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिम प्रदेशका माओवादी सांसदबीच आज हुने भनिएको छलफल स्थगित भएको छ ।

    संसदीय दलको विवादका विषयमा छलफल गर्न र समस्या हल गर्न प्रचण्डले आज माओवादीका सबै सांसदहरूलाई खुमलटार बोलाएका थिए ।तर, अचानक अन्तिम समयमा छलफल स्थगित गरिएको प्रचण्डका सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

    ‘बिहान इन्चार्जसहित बसेर छलफल गरेर फेरी संसदीय दलको विषयमा छलफल गर्ने कुरा भएको थियो तर, अहिलेलाई त्यो संवाद स्थगित भएको छ ’ उनले भने, ‘अर्को बैठकको समय तोकिएको छैन ।’

    आज बिहान ९ बजे प्रचण्डले सबै सांसदहरूलाई छलफलको लागि बोलाएका थिए । फेरि दिउसो १ बजे बस्ने तयारी गरिएको थियो । आज दुवै छलफल स्थगित भएको हो ।

    माओवादी अध्यक्षसँगको छलफल स्थगित भएपछि सुदूरपश्चिम प्रदेश संसदीय दलको विवाद अझै निरूपण नहुने भएको छ ।

    ‘हामीलाई सुरुमा ९ बजे आउन भन्ने खबर आएको थियो पछि एक १ बजेको खबर आयो, अहिले तत्काल नबस्नेगरि स्थगित गरिएको छ ’ उनले भने, ‘अर्को बैठकको सूचना आएको छैन। ’

    २०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि माओवादीमा विवाद सुरु भएको थियो । १६ महिनादेखि संसदीय दलको विवाद कायम छ । प्रचण्डले प्रदेश संसदीय दलको नेता परिवर्तन गर्न दुई पटकसम्म लिखित पत्र पठाउँदा पनि निर्देशन कार्यान्वयन नभएपछि अहिले आफैले त्यसविषयमा चासो राखेका छन् ।

    अघिल्लो १४ फागुनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सबै सांसदलाई बोलाएर आफू कैलाली पुग्नभन्दा पहिल्यै संसदीय दलको विवाद टुङ्गो लगाउन निर्देशन दिएका थिए ।

    आफूले पटक पटक लिखित तथा मौखिक निर्देशन दिँदा पनि उक्त निर्णय नफेरिएपछि सबैलाई खुमलटार बोलाएर कैलाली पुग्नुभन्दा पहिल्यै विवाद मिलाउन भनेका थिए । प्रचण्डले आफू कैलाली पुग्नुभन्दा पहिल्यै विवाद मिलाउन भनेपछि पनि दुई पटकसम्म उनी कैलाली पुगिसकेका छन् । तर, विवाद भने मिलेको छैन ।

    माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न कैलाली पुगेका प्रचण्ड विवाद नमिल्दै काठमाडौँ फर्किएका थिए । हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान समापनभन्दा भन्दा अघिल्लो दिन कैलाली पुग्दा पनि विवाद मिलेन ।

    संसदीय दलका नेताबाट भट्टलाई हटाइए धामीलाई जिम्मेवारी दिँदा सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।

    धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५/५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओलीसहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् ।

    संसदीय दलका भट्टले बहुमत देखाउन सकेका छैनन् भने धामीले पनि थप सांसदलाई आफ्नो पक्षमा पार्न सकेका छैनन् । केन्द्रबाट दलको नेता परिवर्तनको पत्र आउँदा पनि सांसदहरूले चासो नदिएपछि अहिले प्रचण्ड आफैले सबै सांसदलाई काठमाडौं बोलाएका हुन् ।

  • आगामी बजेटको बारेमा अर्थमन्त्रीले लिए विपक्षी दलका नेताको राय सुझाव

    आगामी बजेटको बारेमा अर्थमन्त्रीले लिए विपक्षी दलका नेताको राय सुझाव

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर आगामी बजेटबारे छलफल गरेका छन् ।

    सदनमा नीति तथा कार्यक्रममाथि सोमवार छलफलमा भाग लिएका विपक्षी दलका नेतालाई भेटेर अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटका बारेमा परामर्श गरेका हुन् ।

    भेटबारे नेपाल प्रेससँग कुरा गर्दै अर्थमन्त्री पौडेलले विपक्षी दलका नेताको पनि राय सुझाव लिने क्रममा बजेटको सीमा तथा प्राथमिकताबारे नीति तथा कार्यक्रम केन्द्रित रहेर सामान्य कुराकानी भएको बताए ।

    यसअघि अर्थमन्त्री पौडेलले सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि सोमवार छलफल गरेका थिए । सो अवसरमा विपक्षी दलका नेता तथा माओवादी अध्यक्ष प्रचण्डले बजेटको बारेमा अर्थमन्त्रीलाई सुझाव दिँदै जनमुखी र देशले धान्न सक्ने कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।

  • प्रचण्ड भन्छन्- ३२ सीटको जादु चलाउन चाहे चल्छ

    प्रचण्ड भन्छन्- ३२ सीटको जादु चलाउन चाहे चल्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको ध्यान सरकारतिर नभएको बताएका छन् । संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूहरुले चाहे ३२ सीटको जादु चल्ने दाबी गरे ।

    नयाँ सरकार कहिले बन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन । हाम्रो ध्यान जनतामै जाने छ। मध्यपहाडि लोकमार्ग केन्द्रित अभियानमा जाँदैछौं ।’

    उनले ३२ सीटको जादू चलाउन चाहे चल्ने भन्दै अहिले चलाउने पक्षमा नरहेको बताए । उनले अहिले आफूहरु देउवालाई फकाउने पक्षमा पनि नरहेको भन्दै आफ्नै बोझले सरकार ढल्ने दोहोर्याए ।

    उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम झारा टार्ने खालको मात्रै भएको टिप्पणी गरे ।

  • दुई तिहाइको बेलुन फुटिसक्यो : प्रचण्ड (भिडिओ)

    दुई तिहाइको बेलुन फुटिसक्यो : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको दुई तिहाइको बेलुन फुटिसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सच्चिने छाँट नदेखाएको बताए ।

    अहिलेसम्म राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न नसकेको भन्दै आलोचना गरे । हरेक नियुक्तिमा बिचौलिया समूह हावी भएको प्रचण्डको जिकिर छ ।

    उनले भने, ‘जे भनेर सात बुँदे सहमति गर्नुभएको थियो । त्योतर्फ कसैको ध्यान गएको देखिँदैन । संविधान संशोधनको कुरा त धेरै परको कुरा । मैले सरकार आफ्नै बोझले ढल्छ भनेको थिएँ त्यतिबेलै । प्राविधिकरूपले सरकार ढलेको छैन । तर, जनताको मनमा सरकार छैन, ढलिसकेको छ । मेरो चिन्ता हिजो पनि थियो, आज पनि छ । तपाईंहरूको कार्यशैलीले लोकतन्त्रमाथि प्रहार भइरहेको छ ।’

    लोकतन्त्रमाथि खतरा बाहिरबाट भन्दा पनि सरकारमा रहेकाहरूबाटै भएको प्रचण्डको आरोप छ ।

  • कुलमानलाई हटाएर लोकलाई नै लज्जित पारेको प्रचण्डको टिप्पणी, समर्थनमा कान्छारामले उठाए हात (भिडिओ)

    कुलमानलाई हटाएर लोकलाई नै लज्जित पारेको प्रचण्डको टिप्पणी, समर्थनमा कान्छारामले उठाए हात (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले लोकलाई नै लज्जित पार्नेगरी विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको टिप्पणी गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै कुलमानलाई समर्थन गरेको झोंकमा आफ्नै मन्त्रीलाई पनि निष्कासित गरेको बताए । प्रचण्डले यसो भन्दै गर्दा राज्यमन्त्रीबाट बर्खास्तीमा परेका कांग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले हात उठाए ।

    दाहालले भने, ‘बिजुलीको अर्बौँ नतिर्नेहरूलाई खुसी पार्नुभयो । तर, त्यहीँनेर अघिल्लो सरकारले भूमिहीन सुकुमबासीहरूलाई जग्गाको स्वामित्व दिने चिन्ता तपाईंहरूलाई पलाएन । अहिले पनि निकै कञ्जुस्याइँ गरेर नीति कार्यक्रममा गरिनेछ भनेर राख्नुभयो ।’

    उनले सरकारले माफियाहरूको पक्षमा कानून बनाएर भूमिसम्बन्धी समस्या समाधान नहुने जिकिर गरे ।

  • ०४७ पछि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न प्रचण्डको प्रस्ताव (भिडिओ)

    ०४७ पछि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न प्रचण्डको प्रस्ताव (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ ०४७ पछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग निर्माण गर्ने कुरा नीति तथा कार्यक्रममा समेट्न सरकारलाई सुझाव दिएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै अहिलेसम्म चर्चामा रहेका सबै काण्डहरूको न्यायिक छानबिन गर्ने विषय पनि समेट्न उनले माग गरे । भ्रष्टाचार र कुशासनको पोखरीमा नुहाएर सुशासनको कुरा गर्नुको अर्थ नभएको दाहालको टिप्पणी छ ।

    उनले यो सरकार गठन भएपछि भ्रष्टाचारीहरूलाई जोगाउन सत्ताको दोहन गरेको आरोप लगाए ।

    प्रचण्डले भने, ‘जनतामा चरम निराशा छाउनुको एउटा प्रमुख कारण यही बन्यो । सरकार गठनसँगै एकपछि अर्को फाइलहरू बन्द गरियो । त्रिविको जग्गा प्रकरणको फाइल त गायव नै भएको सुनिएको छ ।’

    उनले सरकारलाई सुशासनको पक्षमा रहेको प्रमाणित गर्न चुनौती दिए ।

  • नीति तथा कार्यक्रममा प्रचण्डको टिप्पणी- सत्ताधारीले नै टेबल नबजाउने कस्तो खालको हो ? (भिडिओ)

    नीति तथा कार्यक्रममा प्रचण्डको टिप्पणी- सत्ताधारीले नै टेबल नबजाउने कस्तो खालको हो ? (भिडिओ)

    काठमाडौं । प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम परम्परागतभन्दा माथि उठ्न नसकेको टिप्पणी गरेका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रतिनिधिसभामा छलफलमा सहभागी हुँदै उनले सत्ताधारी सांसदहरूमै नीति तथा कार्यक्रमको आशा र उत्साह नदेखिएको जिकिर गरे ।

    प्रचण्डले भने, ‘नीति तथा कार्यक्रम वाचन गरिरहँदा सत्तारुढ सांसदको बेन्चमा छाएको मौनताले धेरै कुरा प्रतिविम्बित गरेको छ । किन त्यो स्तरको मौनता छायो ? प्रस्तुति र प्रशंसामा टेबल नबजाएको भन्दै प्रधानमन्त्रीको दु:खेसो पनि सुनियो । सत्तासीन सांसदमा नीति तथा कार्यक्रम आशा उत्साह देखिँदैन भने किन र कसका लागि ल्याइएको हो ?’

    नीति कार्यक्रममा राष्ट्रिय महत्वका पक्षलाई बिर्सिएको, अर्थतन्त्रको मेरुदण्डका जलस्रोत वन, सामाजिक न्याय नपरेको उनको भनाइ छ ।

    ‘देशलाई कहाँ लैजान खोजिरहेको छ, विगत वर्तमानको सामान्य समीक्षा नगरी छलफल नगरी अमूर्त अव्यवहारिक र औपचारिकतामात्र ल्याइयो’, दाहालले भने ।

    प्रचण्डले दुईतिहाइको अहंकार बोकेर सरकार कुशासनको घोडामा कुदिरहेको आरोप लगाए । सरकार स्वार्थ समूहबाट मात्र चलेको भन्दै उनले आलोचना गर्नेको मुख थुन्ने, प्रतिशोध साँध्नेमात्र देखिएको दोहोर्‍याए ।

  • तराई-मधेश अभियानबारे माओवादीको ब्रिफिङ : एक करोड जनतासँग प्रत्यक्ष भेट्यौं

    तराई-मधेश अभियानबारे माओवादीको ब्रिफिङ : एक करोड जनतासँग प्रत्यक्ष भेट्यौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रले तराई-मधेश जागरण अभियानको क्रममा करिब एक करोड जनतासँग भेटेको दाबी गरेको छ।

    तराई-मधेश जागरण अभियानले पार्टीप्रति जनताको आकर्षण बढेको निष्कर्षसहित मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने निर्णयमा पार्टी पुगेको उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले बताए ।

    जनतासँग माओवादी तराई मधेश जागरण अभियानमा करिब एक करोड जनतासँगको भेटघाट, अन्तरक्रिया र छलफल जस्ता कार्यक्रमले आमजनता र पार्टीपङ्तिमा पारेको प्रभावका विषयमा पार्टीले समीक्षा गरिरहेको सुनाए ।

    उनले अभियान सोचेभन्दा बढी उपलब्धिमूलक रहेको दाबी गरे ।

    उनले भने, ‘अभियानले सबैलाई सकारात्मक चुनौती खडा गरेको छ । राष्ट्रिय एकता सुदृढ गरेको छ भने नेपाली समाजको सामाजिक-आर्थिक लगायतका पक्षको व्यवस्थित रूपमा अध्ययन अन्वेषण गर्नको लागि बलियो आधार तयार भएको छ । नयाँ संस्कार संस्कृति र सभ्यताको प्रादुभाव भएको छ । नेपाली समाजवादको मार्गचित्र देखा परेको छ ।’

    अभियान आफैँभित्र रूपान्तरणको शक्तिशाली भाव पैदा भएको भन्दै समाजवादी विचारधाराको प्रस्थान बिन्दु बनेको जिकिर गरे।

    ‘नेता र कार्यकर्तामा स्वस्थ राजनीतिक प्रतिस्पर्धाको चेतना पैदा हुँदै गएको छ । माओवादी पार्टी र नेतृत्वप्रति सकारात्मक राग जरैसम्म पैदा भएको छ ।

    अभियानका क्रममा शहीद बेपत्ता योद्धाका परिवार घाइते तथा उनका परिवारसँग घनिभूत रूपमा भेटघाट र छलफल भयो । जसले पीडित परिवार तथा नेता कार्यकर्तामा उत्साह र ऊर्जा पैदा गरेको छ’ सापकोटाले भने।

    अभियानले हुलाकी मार्गको सुरुवात विकास र महत्त्वबारे सबैको गम्भीर ध्यानाकर्षण भएको र पार्टीलाई विचारमा मात्र होइन वास्तविक अर्थमा जनतामा स्थापित गरेको सुनाए।

    ‘सक्रियता र गतिशीलता राजनीतिक नेता कार्यकर्ताको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने कुरा सबैलाई बोध भएको छ । कमरेडली भावना पुनर्जागृत हुने लक्षण देखिँदै गएको छ’ उनले भने, ‘जनता नै शक्तिका स्रोत र संवाहक हुन् भन्ने कुरालाई यो अभियानले प्रमाणित गरेको छ भने पर्यटन प्रवर्धनमा योगदान गरेको छ ।’

    अभियानको क्रममा हजारौँ हजारले पार्टी प्रवेश गरेका छन् । आमजनता तथा नेता कार्यकर्ताको यो आकर्षण र ऊर्जालाई संगठनमा रूपान्तरण गर्ने सङ्कल्प गर्नु मुख्य कुरा हो भन्ने पार्टीको निष्कर्ष रहेको उल्लेख गरे।

    पार्टीप्रतिको जनताको उक्त राजनीतिक प्रभाव र आकर्षणलाई ढिलो नगरिकन संगठित गर्ने कुरामा पार्टीको केन्द्रीय कार्यालयको तर्फबाट दृढताका साथ संकल्प गरिएको बताए।

    माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान गत वर्षको १२ फागुनमा झापाको कचनकवलबाट सुरु भएर वैशाख १७ गते कञ्चनपुर पुगेर सकिएको थियो।

    यो अभियानमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पार्टीका उपमहासचिव तहसम्मका सबै नेताहरू सक्रिय भएर खटेका थिए। यो अभियानप्रति पार्टीमा सकारात्मक भाव पैदा भएको निष्कर्षसहित हिजो बसेको पदाधिकारी बैठकले जेठ २ गतेबाट मध्य पहाडी लोक मार्ग केन्द्रित जनतासँग माओवादी जागरण अभियान चलाउने निर्णय गरेको छ।

  • खुमलटारमा बैठक सकिनासाथ सिंहदरबार पुगे प्रचण्ड

    खुमलटारमा बैठक सकिनासाथ सिंहदरबार पुगे प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ । खुमलटारमा पार्टी पदाधिकारी बैठक सकेर प्रचण्ड सिंहदरबार पुगेका हुन् ।

    प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटमा प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल र उपमहासचिव वर्षमान पुन पनि सहभागी छन् ।

  • माओवादीले जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सुरु गर्ने

    माओवादीले जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सुरु गर्ने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी जेठ २ गतेदेखि मध्य पहाडी लोकमार्ग अभियान सुरु गर्ने निर्णय गरेको छ । शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

    बैठकले ‘‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’’’को समीक्षा गर्दै उक्त अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्र कै अभियान बन्न पुगेको निष्कर्ष निकालेको छ । साथै पदाधिकारी बैठकले अभियानमा सहभागिता जनाएका जनसमुदायप्रति धन्यवाद ज्ञापन गर्दै प्रस्ताव पारित गरेको छ ।

    बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल भएको जनाइएको छ ।

  • प्रचण्डको आह्वान- विभाजनबाट कसैलाई फाइदा भएको छैन, एकताको यात्रामा अघि बढौँ

    प्रचण्डको आह्वान- विभाजनबाट कसैलाई फाइदा भएको छैन, एकताको यात्रामा अघि बढौँ

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सम्पन्न माओवादी पुनर्मिलन कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः माओवादी केन्द्रमा फर्किएका नेताहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

    काठमाडौंको दक्षिण पश्चिम क्षेत्र (कीर्तिपुर–थानकोट) आसपास सक्रिय विभिन्न माओवादी पृष्ठभूमिका नेताहरू पुनः माओवादी केन्द्रमा ध्रुवीकृत भएका हुन् ।

    अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै यो पुनर्मिलनलाई माओवादी आन्दोलनको एकताको दिशामा महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे ।

    उनले भने, ‘ध्रुवीकरणमा आउनुभएका मोतीरत्न अमात्यलगायत विभिन्न पार्टीबाट पुनर्मिलनमा आउनुभएका सबैलाई म हार्दिक बधाई दिन चाहन्छु । यो सुरुवात हो ।’

    पुनर्मिलनमा सहभागी भएकाहरूको परिचयले यो प्रक्रिया केवल व्यक्तिगत निर्णय नभई आन्दोलनको समग्र एकताको संकेत भएको उल्लेख गरे ।

    उनले थपे, ‘तपाईंहरूको यो निर्णयले माओवादी आन्दोलनबाट विभाजित धाराहरूबीच नयाँ वातावरण सिर्जना गर्नेछ । आगामी दिनमा माओवादी शक्तिहरूको ध्रुवीकरण ज्यामितीय रूपमा अगाडि बढ्नेछ ।’

    माओवादी घटकहरू, विशेषतः समाजवादी मोर्चामा रहेका दलहरूसँग छलफल भइरहेको जानकारी दिँदै प्रचण्ड अहिलेको पुनर्मिलन प्रयास बहुआयामिक रहेको र यसले माओवादी एकतामा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे ।

    विगतमा पार्टी विभाजनका कारण आन्दोलन कमजोर भएको बताउँदै उनले भने, ‘पार्टी विभाजन भएर कसैलाई फाइदा भएको छैन । अब हामी सबैले अनुभवबाट सिकेर क्रान्तिकारी कम्युनिस्टहरू एक हुनैपर्छ ।’

    प्रचण्डले नेकपा मसालको महासचिवको हैसियतमा आफूले विगतमा खेलेको एकता प्रयासलाई स्मरण गर्दै अहिले पनि माओवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउन निरन्तर प्रयास गरिरहेको बताए ।

  • सामाजिक सञ्जालमा एक नम्बरतिर उकालो लाग्दैछौँ, २०८४ को चुनावमा पनि हुन्छौं: प्रचण्ड

    सामाजिक सञ्जालमा एक नम्बरतिर उकालो लाग्दैछौँ, २०८४ को चुनावमा पनि हुन्छौं: प्रचण्ड

    काठमाडौंं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले केही समयभित्र देशको राजनीतिक रंगमञ्चलाई फेरि माओवादीमय बनाउन सकिने बताएका छन् ।

    पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा बागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले कांग्रेस र एमाले मिलेर आफूहरुलाई जनतामा जाने वातावरण बनाइदिएको बताए ।

    प्रचण्डले भने, ‘म अहिले खुसी छु, अहिले देशैभरि सक्रियता बढेको छ । सोसल मिडियामा हाम्रो हालत दुई चार महिनासम्म करिब करिब गएगुज्रेको थियो । अहिले हेर्दाहेर्दै साथीहरुले के के गर्नुभएको छ, मलाई सबै टेक्निकल त थाहा छैन, तर हामी एक नम्बरतिर उकालो लाग्दैछौँ । त्यसले जनमतलाई आकर्षित गर्दै पनि छ ।’

    उनले पार्टीप्रति आकर्षण बढेको पछिल्लो सबै परिस्थितिलाई हेरेर २०८४ मा एक नम्बरको पार्टी भएरै छाड्ने दाबी गरे ।

    प्रचण्डले थपे, ‘समाजवादी क्रान्तिको आधार तयार पारेरै छाड्ने हो । त्यसकै निम्ति म चाहिँ रातदिन यो पटक जसरी पनि अगाडि जाने भनेर हिँडेको छु । मलाई आशा र विश्वास छ । अहिले पनि बिहानदेखि रातिसम्म लागेको छु ।’

  • ७० वर्ष कटें, समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट जाने संकल्प गरेको छु: प्रचण्ड (भिडिओ)

    ७० वर्ष कटें, समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट जाने संकल्प गरेको छु: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको विरुद्ध नयाँ आन्दोलन आवश्यक भएको बताएका छन्।

    दक्षिणकाली नगर सम्मेलनलाई सम्बोधन गर्दै भ्रष्टाचार र सामाजिक विभेदको विरुद्ध, सामाजिक न्यायको पक्षमा माओवादीले नयाँ क्रान्ति गर्न सक्ने बताए।

    उनले भने, ‘अहिले हामी फेरि हाम्रो वर्ग र मुद्दासँग जोडिएका छौँ। हाम्रो नेतृत्वको सिङ्गो टिम नै खटेका छौँ। हाम्रो अभियानले जनतामा नयाँ विश्वास पैदा गरेको छ। त्यसैले सबैले राष्ट्रको निम्ति एकचोटी सबैले संकल्पको साथ लाग्नुपर्नेछ। संगठन निर्माण र जनतालाई बुझाउन आवश्यक छ।’

    उनले आफू ७० वर्ष कटे पनि नयाँ आर्थिक र सामाजिक क्रान्तिको नेतृत्व गरेर समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट जाने संकल्प गरेको बताए। उनले सबैले आँट गरे एक वर्षभित्र देशको राजनीतिक रङ्गमञ्च बदलिनसक्ने जिकिर गरे।

  • नीति तथा कार्यक्रममा माओवादीको प्रतिक्रिया- सरकार गन्तव्यहीन देखियो (भिडिओ)

    नीति तथा कार्यक्रममा माओवादीको प्रतिक्रिया- सरकार गन्तव्यहीन देखियो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नीति तथा कार्यक्रम हेर्दा सरकार गन्तव्यविहीन जस्तो लागेको बताएका छन् ।

    पूर्वअर्थमन्त्री समेत रहेका पुनले संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै परम्परागतबाट माथि उठ्न नसकेको बताए ।

    उनले भने, ‘विगतमा नीति स्पष्ट गरिन्थ्यो । मूल कार्यक्रमहरू सरकारले संसदमा नै प्रस्तुत गर्ने र त्यो कार्यक्रममा बजेट राख्ने र त्यसमा स्रोत जुटाउने काम हुन्थ्यो । यसपटक त्यस्तो छैन । त्यसैले सरकार गन्तव्यहीन चलिरहेको छ । त्यस्तो ल्याएको देखिन्छ ।’

    उनले सरकारले अहिले कार्यक्रम नराखेर संसदलाई छेलेर आफू अनूकुलको योजना राख्न खोजेको आशंका गरे ।

  • माओवादी महासचिव भन्छन्- हामीले १ लाख जनता उतारेपछि राजावादीको आन्दोलन ओझेल पर्‍यो (भिडिओ)

    माओवादी महासचिव भन्छन्- हामीले १ लाख जनता उतारेपछि राजावादीको आन्दोलन ओझेल पर्‍यो (भिडिओ)

    पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादीको सभाले राजावादीको आन्दोलन ओझेलमा परेको दाबी गरेका छन् ।

    पोखरामा शुक्रबार प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव गुरुङले गत चैत १५ गते माओवादीले गणतन्त्रको पक्षमा एक लाख उतारेपछि राजावादीको आन्दोलन ओझेलमा परेको बताएका हुन् ।

    ‘हामी प्रतिपक्षमा भएता पनि केही न केही खबरदारी गर्नुपर्छ भनेर प्रतिगमन, यथास्थितिको विरुद्धमा चैत १५ गते वृहत रूपमा सभा गर्‍यौ,’ उनले भने, ‘झण्डै लाखको वरिपरि अत्यन्तै शानदार, भव्य सभा गरेपछि दरवारियाहरूले जुनरूपमा राजतन्त्रको पक्षमा, संविधानको विपक्षीमा क्याम्पेन चलाइराखेका थिए । त्यसलाई ओझेलमा पार्न सफल भयो ।’

    महासचिव गुरुङले तत्कालको अवस्थामा राजावादीले अगाडि बढ्न सक्ने अवस्था नरहेको दाबी गरे । तर, सरकारको गतिविधिका कारण भविष्यमा गणतन्त्रको विरोधमा आवाज नउठ्ला भन्न नसकिने उनको भनाइ छ ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा न्यायिक छानबिन आवश्यक रहेको महासचिव गुरुङले बताए ।

    ‘नीतिगत छानबिनले केही न केही संकेत गरेको छ । न्यायिक छानविनको माग गरेको देखिन्छ । न्यायिक प्रकारको छानबिन गरेर कति भ्रष्टाचारी भएका छन् । उनीहरु कारबाहीको दायरामा हुनुपर्छ,’ उनले भने ।

    महासचिव गुरुङले अहिलेको सरकार असफल भइसकेको कारण राजीनामा दिनुको विकल्प नरहेको उल्लेख गरे । माओवादीले प्रतिपक्षको रूपमा रचनात्मक सुझाव दिइरहेको उनको दाबी छ ।

  • प्रचण्डको गुनासो- माओवादीलाई अरूकाे खुट्टामा नटेकी उभिन नसक्ने भयो भनेर अपमानित गरियो

    प्रचण्डको गुनासो- माओवादीलाई अरूकाे खुट्टामा नटेकी उभिन नसक्ने भयो भनेर अपमानित गरियो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई अरू कसैको खुट्टामा नटेकी उभिनै नसक्ने भयो भनेर अपमानित गरिएको गुनासो गरेका छन्।

    अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी सकियो भन्नेहरूलाई स्थानीय तहको उपनिर्वाचन र स्ववियु निर्वाचनले जवाफ दिइसकेको दाबी गरे।

    उनले भने, ‘हामीलाई अरू कसैको खुट्टामा नटेकी उभिन नसक्ने भयो भनेर आरोपित र अपमानित गर्न खोजियो। तर तपाईँ हामीले देख्यौँ जब अरू कसैसँग नमिल्ने आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने एक्लै अगाडि बढ्ने भन्यौँ। स्थानीय तहको उपनिर्वाचनमा बनिसक्यौँ हामी। स्ववियु निर्वाचनमा पनि कांग्रेस एमाले मिल्दा पनि हामीले धेरै ठाउँमा जितेका छौँ। ऐतिहासिक रेकर्ड बनेका छन्। अब हामीले यो आत्मविश्वासको साथ काम गर्‍यौँ भने छिट्टै अहिले देखिएका सबै समस्याहरू समाधान गर्न सकिन्छ।’

    उनले अब नयाँ क्रान्तिको नेतृत्व गर्न पार्टी तयार रहेको बताए।

  • हामी छिट्टै ठूलो आन्दोलनमा जाँदैछौं : प्रचण्ड (भिडिओ)

    हामी छिट्टै ठूलो आन्दोलनमा जाँदैछौं : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिटै ठूलो आन्दोलनमा जाने बताएका छन् ।

    अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी घटकहरुलाई एकै ठाँउमा ल्याएर छिटै ठूलो आन्दोलनमा जाने बताएका हुन् ।

    प्रचण्डले आन्दोलन र क्रान्तिबाट मुलुकमा देखिएका समस्याहरुको समाधान गर्न तर्फ अग्रसर रहेको उल्लेख गरे । आफुहरुको आन्दोलन र क्रान्ति शान्तिपूर्ण हुने उल्लेख गर्दै प्रचण्डले राज्यले बल प्रयोग गरेर दमन गर्न खोजे जनताको विद्रोहको अधिकारलाई कसैले रोक्न नसक्ने चेतावनी दिए ।

    सरकारले सुशासनबिरुद्ध र भ्रष्टाचारका पक्षमा गरेका कामलाई माओवादीले खवरदारी गरिरहेको उहाले बताउनुभयो । प्रचण्डले अहिलेको व्यवस्थालाई नै उल्टाउने प्रयास भएको भन्दै त्यस्ता प्रयासलाई प्ररास्त गरेरै छाड्ने धारणा राखे । उनले यथास्थीतिवादी पार्टीहरुसंग मिलेर सरकारमा जाने कुनै रुची माओवादीलाई नरहेको भन्दै आफुहरु जनतासंगै ठीक रहेको स्पष्ट पारे ।

    प्रचण्डले भ्रष्टाचारका प्रमुख कारक शासकीय स्वरुप र निर्वाचन प्रणाली रहेकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै हुनुपर्ने बताए ।

    उनले जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका हक अधिकार संविधानमा सुनिश्चित गरिएको भए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन नसकेको हुँदा संविधानमै समिक्षा आवश्यक रहेको धारणा राखे ।

     

  • माओवादी प्रचार विभाग सचिवमा थापा, एकताबाट आएका ५ जना प्रेस सेन्टरकाे केन्द्रीय सदस्य मनोनीत

    माओवादी प्रचार विभाग सचिवमा थापा, एकताबाट आएका ५ जना प्रेस सेन्टरकाे केन्द्रीय सदस्य मनोनीत

    काठमाडौं । प्रेस सेन्टर नेपालका पूर्वउपाध्यक्ष बलराम थापालाई माओवादी केन्द्रको प्रचार विभाग सचिवको जिम्मेवारी दिइएको छ । केही दिनअघि प्रचार विभागका प्रमुख एवं पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले उनलाई प्रचार विभागको सचिवको जिम्मेवारी दिएको हो ।

    वैशाख १३ मा काठमाडौंमा सम्पन्न सेन्टरको पहिलो केन्द्रीय समिति बैठकले संगठनको विधान बमोजिम केन्द्रीय समितिमा मनोनित गर्नुपर्ने बाँकी सदस्य आगामी केन्द्रीय समितिको बैठकबाट मनोनीत गर्नेगरी एकता प्रक्रियाबाट आएका ५ जनालाई केन्द्रीय सदस्य मनोनीत समेत गरेको छ । जसमा उज्ज्वल पौडेल, रमेश पोखरेल, विक्रम श्रेष्ठ, अच्युत पौडेल र मनराज कठायत छन् ।

    संस्थापक अध्यक्ष महेश्वर दाहाल, पूर्वसंयोजक गोविन्द आचार्य, निवर्तमान अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, अध्यक्षका प्रत्यासी दीपेन्द्र रावललाई सल्लाहकार मनोनीत गरिएको छ ।

    केन्द्रीय पदाधिकारी तथा सदस्यको कार्यविभाजन आउँदो बैठकबाट गर्ने तयारी छ ।

    विधानको प्रावधानअनुसार पदाधिकारी, प्रदेश अध्यक्ष रहेको सचिवालय गठन गर्ने, सचिवालयमा बाह्य मोर्चाका केन्द्रीय समितिका पदाधिकारी पदेन सदस्य रहने, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष तथा बाह्य मोर्चाका प्रमुख पदमा रहेका पदाधिकारी पदेन सदस्य रहनेगरी कार्यालय पनि गठन गरिएको छ ।

  • सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

    सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

    कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका अध्यक्ष दाहालले आज सहिद परिवार सम्मान कार्यक्रममा ‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताए ।

    अध्यक्ष दाहालले सहिद, बेपत्ता योद्धा परिवारप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताए । सहिदले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्दै उनले सहिद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको बताए ।

    जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको चर्चा गर्नुहुँदै अध्यक्ष दाहालले गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन सक्दैन भने ।

    त्यस अवसरमा उनले सहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

    यसैबीच, बेलौरी नगरपालिकाको रामपुरस्थित खानेपानी आयोजाको अध्यक्ष दाहालले उद्घाटन गरेका छन् । सोही नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालको पनि उनले अवलोकन गरे ।

    आजै अध्यक्ष दाहालले पुनर्वास नगरपालिका–५ शोभाताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारका सदस्यहरूसँग भेट गरे । भेटमा उनले सहिदहरूको बलिदानलाई खेर जान नदिने र न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता दोहोर्याए ।

  • कैलालीको थारु बस्तीमा प्रचण्डको भोजन : मुसा, गँगटाको चटनीदेखि घोँघीसम्म

    कैलालीको थारु बस्तीमा प्रचण्डको भोजन : मुसा, गँगटाको चटनीदेखि घोँघीसम्म

    कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीका नेता कार्यकर्ताले परम्परागत तथा मौलिक परिकारबाट स्वागत गरे ।

    मधेश हुलाकी मार्ग जागरण अभियानको अन्तर्गत कैलाली पुगेका माओवादी अध्यक्षसहितका पदाधिकारीहरूलाई स्थानीयले आफ्नै घरमा पाकेको थारु पहिचानसँग जोडिएका परिकार खुवाएका थिए ।

    कैलारी गाउँपालिका ५ बैजपुरमा माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूको लागि चामलको कनिकाबाट बनाइने खुडिक कपुवा खुवाइयो । मुसा, गँगटा र बयरको चटनी लोकल कुखुराको मासु, घोँघी, खरियालगायत परिकार स्वाद मानिमानी खाए ।

    स्थानीयहरू कार्यक्रम हुनु एक दिन अगाडिदेखि नै मुसाको खोजीमा खेत खन्न लागेका थिए । घोंघी, गँगटा र माछा मार्न कटैनी र मोहना नदीदेखि तालतलैया गएका थिए ।

    जागरण टोलीमा आउनेलाई स्थानीयले सालको टपरी र दुनामा खुवाएका थिए । सोही अनुसार प्रचण्डलगायत नेताहरूलाई टपरी भात पस्के । दुनामा तरकारी ।

    ‘हामीले हाम्रो पहिचान झल्किने खाना उहाँहरूलाई खुवाएका हौँ’ कैलाली गाउँपालिका अध्यक्ष बतासु चौधरीले भने, ‘हामी जसरी खान्छौँ उहाँहरूले पनि त्यसैगर खानु भयो ।’ परम्परागत परिकार खाएका प्रचण्डसहितका नेताहरूले परिकारबारे पनि जानकारी लिएका थिए ।

    खाना मात्रै होइन, स्थानीयले पाहुनालाई खाना खुवाउँदा होस् या कार्यक्रममा बसाउन कुर्सीको गरेनन् । बस्न खटियाको प्रयोग गरे । गर्मी छल्न विद्युतीय पङ्खा होइन, बेना (हाते पङ्खा) प्रयोग गराए । घरको भित्र खुवाएनन् बरण्डामै बसाए ।

  • प्रचण्डको प्रतिबद्धता- द्वन्द्वकालीन मुद्दा समाधान गर्दा पीडितहरूलाई न्याय सुनिश्चितता गर्छु

    प्रचण्डको प्रतिबद्धता- द्वन्द्वकालीन मुद्दा समाधान गर्दा पीडितहरूलाई न्याय सुनिश्चितता गर्छु

    कैलाली । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको अभियान टोलीले कैलारी गाउँपालिका-५, बैजपुरमा भजनी नगरपालिका र कैलारी गाउँपालिकाका द्वन्द्वपीडित तथा सहिद-बेपत्ता परिवारसँग छलफल गरेको छ ।

    कार्यक्रममा सहभागी पीडित परिवारहरूले आफूहरूको पीडा, अवस्था र अपेक्षाबारे अध्यक्ष प्रचण्डसामु खुलस्त राखेका थिए ।

    अध्यक्ष प्रचण्डले द्वन्द्वकालीन मुद्दा समाधान, पीडितहरूको न्याय सुनिश्चितता र जीवनस्तर सुधार गर्न पार्टीको तर्फबाट निरन्तर पहल जारी रहने प्रतिबद्धता व्यक्त गरे ।

    छलफलमा स्थानीय नेताहरू, पीडित परिवारका सदस्यहरू तथा माओवादी केन्द्रका विभिन्न तहका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

  • शिक्षकहरूको माग पूरा गर्न नसक्ने खालको छैन : प्रचण्ड (भिडिओ)

    शिक्षकहरूको माग पूरा गर्न नसक्ने खालको छैन : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षकहरूको माग पूरा गर्नै नसक्ने खालको नभएको दाबी गरेका छन् । बर्दियाको राजापुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै शिक्षकहरूले हिजो भएको सहमति अनुसारको ऐन मागेको बताए ।

    उनले भने, ‘शिक्षकहरूको माग सम्बोधन गर्ने नसक्ने खालको छैन । उहाँहरूले हिजो भएको सहमति अनुसारकै ऐन माग्नुभएको हो । त्यो भन्दा अरू कुनै ठूलो माग छैन । हिजो सरकारले गरेको सहमति, म प्रधानमन्त्री भएको बेलामा शिक्षकहरू आन्दोलित भएको बेलामा मैले शिक्षकहरूको जायज माग सम्बोधन गर्नुपर्छ भनेर सम्झौता गरेको थिएँ । त्यही सम्झौताअनुसार अहिले शिक्षकहरूले आफ्नो माग राखेर आन्दोलन गरिरहेका छन् ।’

    उनले आफू प्रधानमन्त्री भएकै बेलामा सदनमा विद्यालय शिक्षा विधेयक दर्ता गराएको बताए । उपसमितिमा भएको विधेयक छोटो बाटोमा टुङ्ग्याएर शिक्षकहरूलाई सजिलै विद्यालय फर्काउन सकिने बताए ।

    उनले थपे, ‘तर यो सरकार शिक्षकहरूको जायज माग र हिजो भएको सहमति कार्यान्वयन गर्नुको सट्टा शिक्षकहरूलाई अपमानित र गाली हिजो, विगतमा पनि उत्तेजित पार्ने काम त गरेकै थियो। हिजो त शिक्षकहरूमाथि निकै ठूलो दमन गराइयो । प्रहरीलाई शिक्षकहरूमाथि आक्रमण गर्न लगाइयो ।’

  • शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्‍यो : माओवादी (भिडिओ)

    शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्‍यो : माओवादी (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको आरोप लगाएको छ ।

    प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव जनार्दन शर्माले सरकारले शिक्षकहरूमाथि अश्रुग्यास, पानीको फोहरा, लाठी प्रहार हानेको टिप्पणी गरे ।

    उनले सरकारले शिक्षकहरूको माग पूरा गर्नुको सट्टा दमन गरेको भन्दै भर्त्सना गरे । संविधान निर्माणसँगै नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्ने भए पनि अहिलेसम्म नबनेकोमा असन्तुष्टि जनाए ।

    उनले विगतमा सरकारहरूले शिक्षकसँग गरेको सम्झौता कार्यान्वयन नगरेर धोखा दिएको बताए ।

  • प्रधानमन्त्री ओलीको प्रश्न- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरूले प्रमाणित गर्न सक्छन् ?

    प्रधानमन्त्री ओलीको प्रश्न- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरूले प्रमाणित गर्न सक्छन् ?

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिएका छन् ।

    मदन भण्डारी फाउन्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरुले लाजशरम पचाएर यस्ता आरोपहरु लगाउने गरेको बताए ।

    प्रधानमन्त्री ओलीले भने,-एकथरी धतंगाएर बोल्छन् प्रधानमन्त्रीको बेडरुमसम्मै विचौलियाको पहुँच छ भनेर । दया लाग्छ कुरा सुनेर,के बोेलेको त्यो । प्रमाणित गर्न सक्छन् । त्यसलाई हतियार बनाएर,उद्दरण गरेर अर्काथरी प्रतिगामी उफ्रिएका छन् । उही बिष्णु वहादुर मानन्धरहरुको समूहले केशरजंग समूहलाई नावाकाद भन्थ्यो । नामका वामपन्थी,कामका दक्षिणपन्थी भनेर छोटरीमा नावाकाद भन्थे । नावाकाद अहिले पनि छन् ।

    देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झूटा आरोप लगाउन थालिएको बताए ।

    ‘झूटा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौँ, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौँ, हामीले कुनै अपराध गरिरहेका छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘आजकल नीलो रंगका स्यालहरु निकै हाउभाउ गरिरहेका छन् । तिनीहरुको वास्तविक रुप लामो समय टिक्नेछैन । एमालेले आफूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा छौँ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौँ ।’

    कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको उनले टिप्पणी गरे ।

    पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिन नपर्ने उल्लेख गर्दै उनले विश्लेषणत्मक चेत राख्न सुझाव दिए ।

    ‘पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही होइन’, उनले भने ।

  • माओवादीकाे विराटनगर महानगर कमिटीमा जनार्दन शर्मा निकट प्यानलै विजयी

    माओवादीकाे विराटनगर महानगर कमिटीमा जनार्दन शर्मा निकट प्यानलै विजयी

    विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा दिनेशकुमार राजवंशी (देव)को प्यानल निर्वाचित भएको छ । जनार्दन शर्मा समूहबाट राजवंशी नेतृत्वको प्यानल नै विजयी भएको हो ।

    राजवंशीले ४६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नमिता न्यौपानेले ३५ मत पाइन् । न्यौपानेलाई पार्टी अध्यक्ष प्रचण्डको साथ रहेको बताइएको छ ।

    राजवंशीको समूहबाट उपाध्यक्षहरूमा चन्द्रबहादुर वन (३६ मत), धर्मलाल माझी (३६ मत) र सनोजकुमार यादव (४४ मत) निर्वाचित भए । यसैगरी सचिवमा सोनु मेवट (४२ मत) र सहसचिवमा दिनेशकुमार कामत (३९ मत) निर्वाचित भए ।

    न्यौपाने समूहबाट उपाध्यक्षका उम्मेदवारहरू केमुना ओडारी (शारदा), चन्द्रबहादुर वन र शिवराम थन्दारले क्रमशः ३३, ३६ र ३३ मत पाए । सचिव उम्मेदवार मोहमद अजामले ३६ र सहसचिव भरत गिरी (गोसाइ)ले ३२ मत पाए । सहसचिवकै अर्का उम्मेदवार चम्पा खत्रीले भने जम्मा ७ मत पाइन् ।

    कोषाध्यक्षमा भने मनिष सोनी निर्विरोध निर्वाचित भएका थिए । माओवादी केन्द्रको विधानमा कार्यसमिति सदस्यहरूले मतदानमार्फत पदाधिकारी चयन गर्ने प्रावधान छ ।

  • नारायणकाजीको आरोप- कांग्रेस र एमालेले देश अहिले संकटमा धकेले, जनतामाथि घात गर्दैछन्

    नारायणकाजीको आरोप- कांग्रेस र एमालेले देश अहिले संकटमा धकेले, जनतामाथि घात गर्दैछन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दुई ठूला दल कांग्रेस र एमाले मिल्नुको मुख्य कारण भ्रष्टाचारीलाई जोगाउनु हो भन्ने तथ्य पुष्टि भइसकेको दाबी गरेका छन् ।

    वाईसीएल नुवाकोटको सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएपछि आफू पनि पर्ने देखेपछि आत्तिएर दुई पार्टी मिलेको जिकिर गरे ।

    उनले भने, ‘यो सरकार अहिले भ्रष्ट निरंकुश र षड्यन्त्रमूलक ढंगले सञ्चालन भइरहेको छ । कुलमानलाई हटाउने, त्रिविको भीसी र शिक्षामन्त्रीलाई राजीनामा गर्नुपर्ने बाध्यतामा पुर्‍याउने कुरादेखि सबै कुरा दलाल र आफ्ना एसम्यानलाई प्रोत्साहित गर्नेबाहेक केही काम गरेको छैन ।’

    कांग्रेस र एमालेले यथास्थितिवादी प्रवृत्ति देखाएकै कारणले देश अहिले संकटमा रहेको नेता श्रेष्ठले बताए ।

    उनले ओली सरकारले जनविरोधी काम गरेकै कारणले प्रतिगमनको खतरा बढेको जिकिर गरे ।

    नेता श्रेष्ठले कांग्रेस र एमाले संविधान संशोधनको एजेण्डामा मिलेका होइनन् भन्ने पुष्टि भइरहेको पनि सुनाए । प्रधानमन्त्री ओलीले २०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्नु जनतामाथिको घात भएको बताए ।

  • प्रचण्डले भने- माओवादी घटकका दुई पार्टीसँग एकताको वार्ता आजै हुँदैछ (भिडिओ)

    प्रचण्डले भने- माओवादी घटकका दुई पार्टीसँग एकताको वार्ता आजै हुँदैछ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई-मधेश जागरण अभियानपछि सिंगो मधेश माओवादी र प्रचण्डमय भएको दाबी गरेका छन् ।

    माओवादी सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र पनि एकताको नयाँ आधार बन्दै गइरहेको बताए ।

    प्रचण्डले आजै माओवादी घटकको दुई पार्टीबीच एकताबारे वार्ता हुन लागेको बताए ।

    उनले भने, ‘म आज अलि हतारमा छु, दुई माओवादी घटकसँग एकताको विषयमा कुरा गर्न अहिले नै जाँदैछु । वार्ताको नेतृत्व मैले नै गर्दैछु, फेरि हामी एकताको नयाँ प्रक्रियातिर जाँदैछौं ।‚

    प्रचण्डले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा गरेका कामले पार्टीप्रति आकर्षण बढेको सुनाए ।

  • प्रधानमन्त्री ओलीमाथि प्रचण्डको आरोप- लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्दैछन् (भिडिओ)

    प्रधानमन्त्री ओलीमाथि प्रचण्डको आरोप- लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्दैछन् (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले आन्दोलनरत शिक्षकहरूलाई अपमानित गरेको आरोप लगाएका छन् ।

    प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो ओली विपक्षमा हुँदा शिक्षकहरूलाई आन्दोलन गर्न उक्साएको स्मरण गरे ।

    उनले भने, हिजो प्रतिपक्षमा हुँदा शिक्षकहरूलाई आन्दोलन किन नगरेको भन्दै उक्साउने मान्छे अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ । अहिले शिक्षकहरू आन्दोलनमा छन्, शिक्षकहरूलाई अपमानित गर्ने काम तिनै प्रधानमन्त्रीबाट भइरहेको छ ।’

    प्रचण्डले आफू प्रधानमन्त्री हुँदा शिक्षकहरूको माग सम्बोधन गर्न सहमति गरेको स्मरण गरे ।

    उनले शिक्षक, सहकारी र लघुवित्त पीडितहरूको जायज माग सम्बोधन गर्ने पहल गरेको बताए । प्रचण्डले ओली सरकार लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नतिर लागेको आरोप लगाए ।

    उनले छोटो बाटोबाट शिक्षकहरूसँग विगतमा भएका सहमतिअनुसार ऐन दिएर कक्षाकोठामा फर्काउनुपर्ने बताए ।

  • प्रेस सेन्टरलाई ‘प्रचार सेनाको जर्नेल’को रुपमा व्याख्या गर्दै प्रचण्डले भने- राजावादीको रणनीति असफल भयो (भिडिओ)

    प्रेस सेन्टरलाई ‘प्रचार सेनाको जर्नेल’को रुपमा व्याख्या गर्दै प्रचण्डले भने- राजावादीको रणनीति असफल भयो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरुको रणनीति असफल भइसकेको दाबी गरेका छन् ।

    प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजावादीहरुको सक्रियता बढेपछि आफूहरुले शान्तिपूर्वक प्रतिवाद गरेको बताए ।

    प्रचण्डले भने, ‘राजावादीहरुको करिब करिब उनीहरुले भन्ने गरेको र गर्ने गरेको होहल्ला र रणनीति पूर्णतः असफल भइसकेको छ। अहिले हामीले भन्नुपरेको छैन, अरुअरुले पनि भन्न थालेका छन्, असफल भयो । त्यो भनेको जनता सफल भए, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरको हैसियतले हामी सफल भयौं ।’

    उनले आउने दिनमा पनि राजावादी भनाउँदाहरुले बितण्डा मच्चाउनसक्ने भएकाले जनतालाई सचेत बनाउनुपर्ने बताए ।

    प्रचण्डले भने, ‘प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरुलाई खबरदारी गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । तपाईं प्रचार सेनाको जर्नेल हुनुको नाताले अझै बढी संवेदनशील र गम्भीर हुनुपर्छ ।’

  • एक साताको सहमति प्रयास असफल–विराटनगर माओवादी नेतृत्वमा प्रचण्ड र जनार्दन प्यानलको चुनाव

    एक साताको सहमति प्रयास असफल–विराटनगर माओवादी नेतृत्वमा प्रचण्ड र जनार्दन प्यानलको चुनाव

    विराटनगर । एक सातासम्म पनि सर्वसम्मत नेतृत्वको प्रयास असफल भएपछि नेकपा माओवादी केन्द्र विराटनगर महानगरमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

    सर्वसम्मत नेतृत्व चयनका लागि शनिवारसम्म अधिवेशन सारे पनि सर्वसम्मत नेतृत्व चयन नभएपछि आज निर्वाचन गर्ने तयारी भएको छ । निर्वाचनमा दुई वटा समूहले मनोनयन दर्ता गराएका छन् ।

    गत आइतबार भएको माओवादीको नगर सम्मेलनबाट ८१ सदस्यीय कार्यसमिति छनौट भएको थियो । सो नगर समितिले पदाधिकारी चयन गर्ने छन् । पदाधिकारीमा सहमति हुन नसकेपछि आज २ बजेबाट निर्वाचन गर्ने तयारी छ । माओवादीको विधानमा छानिएका कार्यसमिति सदस्यहरूले पदाधिकारी छान्ने व्यवस्था छ ।

    निर्वाचनमा जनार्दन समूहले दिनेश राजवंशीको नेतृत्वमा पदाधिकारीको प्यानल बनाएका हुन् । सो समूहको उपाध्यक्षमा सनोजकुमार यादव, धर्मलाल माझी, चन्द्रबहादुर वन सचिवमा सोनु केवट, सहसचिव दिनेशकुमार यादव रहेका छन् । सो समूहलाई जनार्दन समूहको समर्थन रहेको छ ।

    यसै गरी नमिता न्यौपानेको नेतृत्वमा अर्को समूह बनेको छ । सो समूहको उपाध्यक्षमा शिवराम थन्दार, शारदा मैनाली, सरस्वती ओझा, सचिवमा मो। आजम परवेज र सहसचिवमा भरत गिरी रहेका छन् ।

    सो सुमहको नेतृत्व भने माओवादी केन्द्र मोरङ इन्चार्ज समेत रहेका कुलप्रसाद साम्बाले गरेको छ । कोषाध्यक्षमा भने यसअघि नै मनिष सोनी निर्विरोध निर्वाचित भएका छन् । जनार्दन समूहको नेतृत्व माओवादी केन्द्रका न नेता शिवकुमार मण्डलले गरेका छन् ।

    उनी पछिल्लो समय माओवादी उपमहासचिव जनार्दन शर्मानिकट भएका छन् । नमिता न्यौपानेको समूहलाई भने पाटी अध्यक्ष प्रचण्डले लाइन दिएको सो समूहको दाबी छ ।