Category: माओवादी केन्द्र

  • माओवादीले उपनेता र सचेतक तत्काल चयन नगर्ने

    माओवादीले उपनेता र सचेतक तत्काल चयन नगर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको उपनेता र सचेतक तत्काल चयन नगर्ने भएको छ। पार्टी पदाधिकारी बैठकपछि बसेको संसदीय दलको बैठकले दलको नेता र प्रमुख सचेतक चयन गरेको हो।

    दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सचेतकमा हितराज पाण्डेलाई सर्वसम्मत चयन गरेको छ। तर, उपनेता र सचेतक पछि चयन गर्ने पदाधिकारी बैठकमा सहमति जुटेको उपमहासचिव गिरिराजमणि पोखरेलले बताए।

    उपनेतामा वर्षमान पुन र जनार्दन शर्माको दाबी परेकाले छान्न नसकेको हो? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले कसैको दाबी नपरेको बताए। उनले भने, ‘बाहिर उहाँहरूको दाबी परेपछि नछानेको भन्ने चर्चा चलेपनि त्यसमा सत्यता छैन।’

  • माओवादी संसदीय दलको नेतामा प्रचण्ड, राष्ट्रियसभामा नारायणकाजी (भिडिओ)

    माओवादी संसदीय दलको नेतामा प्रचण्ड, राष्ट्रियसभामा नारायणकाजी (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सर्वसम्मत चयन गरेको छ ।

    आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    त्यस्तै प्रमुख सचेतक हितराज पाण्डे निर्विरोध चयन गरिएको छ ।

    राष्ट्रियसभातर्फ दलको नेता नारायणकाजी श्रेष्ठ चयन गरिएको छ । प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे पहिलेदेखि नै कायम छिन् ।

  • माओवादी संसदीय दलको बैठक जारी, प्रचण्डको नाम अनुमोदन हुने

    माओवादी संसदीय दलको बैठक जारी, प्रचण्डको नाम अनुमोदन हुने

    काठमाडौं । संसदीय दलको नेता चयन गर्न नेकपा माओवादी केन्द्रको बैठक सुरू भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ । संसदीय दलको बैठकअघि पदाधिकारी बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिव हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरिसकेको छ ।

    पदाधिकारीको उक्त निर्णय अनुमोदनका लागि संसदीय दलको बैठकमा पेश गरिएको छ ।

    प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा माओवादीका ३२ सांसद छन् ।

    तस्बिरहरू : उमेश कार्की । 

  • माओवादी संसदीय दलको नेतामा प्रचण्ड, हितराज पाण्डे प्रमुख सचेतक

    माओवादी संसदीय दलको नेतामा प्रचण्ड, हितराज पाण्डे प्रमुख सचेतक

    काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा भर्खरै बसेको पदाधिकारी बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत निर्णय गरेको हो ।

    त्यस्तै सचिव हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरिएको नेता मातृका यादवले नेपाल प्रेसलाई जानकारी दिए । संसदीय दलको उपनेता र अन्य जिम्मेवारीबारे पछि निर्णय गर्ने उनले बताए ।

    पदाधिकारीको बैठकको निर्णय केहीबेरमा बस्ने संसदीय दलको बैठकमा पेस गर्ने बताइएको छ ।

     

  • प्रचण्डले भने- गठबन्धनको सरकार बन्छ, नेतृत्वबारे छलफल गर्दैछौँ (भिडिओ)

    प्रचण्डले भने- गठबन्धनको सरकार बन्छ, नेतृत्वबारे छलफल गर्दैछौँ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी सरकार गठबन्धनकै बन्ने दाबी गरेका छन्।

    प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण कार्यक्रमपछि संसद् भवन परिसरमा बोल्दै उनले भने, ‘सबै प्रक्रिया सहज ढंगले अघि बढेको छ। तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको छ। अब सरकार पनि त्यहीअनुसार बढेर काम गर्छ। गठबन्धनकै सरकार बन्छ। तर, नेतृत्वबारे छलफल गर्दै छौँ।’

    गठबन्धनको सरकार बन्ने भएपनि नेतृत्वको विषयमा आफूहरू छलफलमा रहेको बताए।

    गठबन्धनबाट शेरबहादुर देउवा र प्रचण्डले प्रधानमन्त्रीको दाबी गरेका छन्। चुनावी सरकारको नेतृत्व देउवाले गरेको भएकाले आलोपालो सहमति अनुसार आफूले प्रधानमन्त्री पाउनुपर्ने प्रचण्डको अडान छ।

  • जनार्दन शर्मा भन्छन्- प्रचण्ड प्रधानमन्त्री, रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक राष्ट्रपति

    जनार्दन शर्मा भन्छन्- प्रचण्ड प्रधानमन्त्री, रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक राष्ट्रपति

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने दाबी गरेका छन्।

    शपथ ग्रहणका संघीय संसद् भवन पुगेका अर्थमन्त्री शर्माले गठबन्धनले तोकेकै समयमा सरकार बनाउने बताए।

    उनले भने, ‘गठबन्धनमा छलफल भइरहेको छ। माधव कमरेड बिरामी भएर हस्पिटलमा हुनुहुन्छ। उहाँ डिस्चार्ज भएपछि गठबन्धनको बैठक बसेर निर्धारण हुन्छ। मैले मैले भन्दा पहिलो पटक अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ। तर, निर्णय भएको छैन।’

    प्रचण्ड प्रधानमन्त्री बन्नुपर्छ भनेर आफूहरूले दाबी नगरेको उल्लेख गर्दै गठबन्धन दलमा सल्लाह भएको तर्क गरे। उनले राष्ट्रपति राजनीतिक व्यक्ति हुने उल्लेख गर्दै बाहिर आएको चर्चाले अर्थ नराख्ने बताए।

    उनले आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने बताए।

  • माओवादीले संसदीय दलको नेता छान्ने, प्रचण्ड निर्विकल्प

    माओवादीले संसदीय दलको नेता छान्ने, प्रचण्ड निर्विकल्प

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रत्यक्ष र समानुपातिक गरी ३२ सांसद रहेको माओवादीले दलको नेता छान्न लागेको हो ।

    दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत हुने सांसद रेखा शर्माले बताइन् । सांसदहरूको शपथग्रहणपछि दिउँसो ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकले दलको नेता चयन गर्ने शर्माले जानकारी दिइन् ।

    अहिलेसम्म प्रचण्डबाहेक कसैले दलको नेतामा दाबी गरेका छैनन् । दलको नेता नै पार्टी नेतृत्वको सरकार बन्दा प्रधानमन्त्री हुने व्यवस्था छ । सत्तागठबन्धनबाट सरकार बनाउने गृहकार्य भइसकेको बेलामा प्रचण्डले प्रधानमन्त्रीको दाबी गर्दै आइरहेका छन् ।

    गठबन्धनबाट देउवा र प्रचण्डले प्रधानमन्त्रीको दाबी गरेका छन् । दुई नेताबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भए पनि दुवै नेताले पहिलो कार्यकाल दाबी गरेपछि कुरा मिल्न सकेको छैन ।

    चुनावी सरकारको नेतृत्व देउवाले गरेको भएकाले अब बन्ने सरकारको नेतृत्व आफूले पाउनुपर्ने प्रचण्डको अडान छ ।

    यसअघि नै कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, एकीकृत समाजवादीबाट माधव नेपाल, राप्रपाबाट राजेन्द्र लिङदेन दलको नेता चयन भइसकेका छन्।

    कांग्रेसमा मात्रै दल नेता चयन गर्नका लागि निर्वाचनमा भएको थियो । देउवासँग महामन्त्री गगन थापाले प्रतिस्पर्धा गरेका थिए ।

  • माधव नेपाललाई भेट्न अस्पताल पुगे देउवा र प्रचण्ड

    माधव नेपाललाई भेट्न अस्पताल पुगे देउवा र प्रचण्ड

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक सँगसँगै अस्पताल पुगेका छन् ।

    त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई भेट्न बुधबार दुवै जना एकसाथ अस्पताल पुगेका छन् । दुवैजनाले अध्यक्ष नेपालको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

    सरकार गठनको प्रक्रिया सुरु भइसक्दा माधव नेपाल बिरामी परेपछि गठबन्धनका बैठकसमेत प्रभावित हुने देखिएको छ ।

  • शीतल निवासमा ओली, दाहाल र खनाल सँगै

    शीतल निवासमा ओली, दाहाल र खनाल सँगै

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच संवादको तस्बिर सार्वजनिक भएको छ ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सांसद पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्री सँगै बसेका थिए । तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा कार्यक्रममा सहभागी भएका थिए । सँगै तीनवटा कुर्सीमा बसेका ओली, दाहाल र खनालबीच कुराकानी भएको हो ।

    ओलीको निजी सचिवालयले सार्वजनिक गरेको तस्बिरमा तीनैजना कुराकानी गरिरहेको देखिन्छ । लामो समयपछि यी तीन नेताबीच छलफल भएको हो ।

  • ‘मैले जित्ने कसैले अनुमानसमेत गरेका थिएनन्, प्रतिस्पर्धीहरुको जमानत जफत भयो’

    ‘मैले जित्ने कसैले अनुमानसमेत गरेका थिएनन्, प्रतिस्पर्धीहरुको जमानत जफत भयो’

    काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभाको १६५ क्षेत्रमा भएको निर्वाचनमा प्रत्यक्षतर्फ नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा एक जनामात्रै दलित समुदायबाट निर्वाचित भए । नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका २ जना निर्वाचित हुन सकेनन् । नेपाली कांग्रेसले दलित समुदायबाट प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार नै बनाएन ।

    प्रदेशसभातर्फ २०७४ सालको निर्वाचनमा राजनीतिक दलबाट ४ जना दलित समुदायका उम्मेदवार प्रत्यक्ष तर्फ निर्वाचित भएका थिए । यस वर्ष ३ जनामात्रै प्रत्यक्षतर्फ निर्वाचित हुनसके । जसमा कर्णाली प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट रनसिंह परियार, गण्डकी र मधेसमा एमालेबाट क्रमशः सीताकुमारी सुन्दास र लखनदास तत्मा निर्वाचित भएका छन् ।

    यी ३ जनामध्ये हुम्ला प्रदेशसभा क्षेत्र नम्बर १ बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद रनसिंह परियार काठमाडौं आएका वेला नेपाल प्रेसकर्मी केशव भुलले कुराकानी गरेका छन् । निर्वाचनको समीक्षासँगै प्रदेशसभामा पुगेर गर्ने कामलगायतका विषयमा उनै प्रदेश सांसद रनसिंह परियारसँग गरिएको कुराकानीको सम्पादित अंशः

    – सात वटा प्रदेशसभामा ३ जनामात्रै दलित समुदायबाट निर्वाचित हुँदा तपाईं पनि पर्नुभयो, कस्तो महसुस भइरहेको छ ?

    अब समावेशी नीति र सिद्धान्तअनुसार सबैभन्दा पछाडि परिएको वर्ग र समुदाय नै दलित हो । समावेशी सिद्धान्तअनुसार भन्ने हो भने मुलुकभरमा करिब १४ प्रतिशत जनसंख्या रहेको दलित समुदायबाट राजनीतिक दलले १४ प्रतिशत नै उम्मेदवार बनाउनुपर्ने हो । तर, त्याे हुन नसके पनि थोरै संख्यामा हाम्रो पार्टी नेकपा माओवादी केन्द्रले उठायो । जसमा हुम्ला प्रदेशसभा क्षेत्र नम्बर १ मा मलाई प्रत्यक्ष निर्वाचन प्रणालीका लागि टिकट दियो । त्यसको अनुभूति र कथा धेरै लामो छ ।

    – पार्टीबाट टिकट पाउन तपाईंले कत्तिको सकस भोग्नुपर्‍यो ?

    पक्कै पनि सकस त हुने नै भयो । टिकट पाउँदा म निर्वाचित क्षेत्रमा प्रत्यासी धेरै हुनुहुन्थ्यो । धेरै साथीहरुको बीचमा एकापसमा टिकट प्राप्त गर्न संघर्ष भयो नै । यो संघर्षले पार्टीको जिल्ला कार्यालय, प्रदेश कार्यालयमा छलफल गर्दा पनि टुंगो लाग्न नसकेपछि ३ जना प्रत्यासीको नाम केन्द्रीय कार्यालयसम्म पुग्यो । केन्द्रीय कार्यालयले जसरी मलाई टिकट प्रदान गर्‍यो, त्यो मेरा लागि र समग्र मेरो समुदायका लागि पहिलो खुड्किलो र विजय थियो । त्यसपछि मैदानमा जाँदा त सकस हुने नै भयो ।

    मलाई दलित समुदायको एक कमजोर पात्रका रुपमा मात्र हेर्नुभयो । तर, उहाँहरुले मसँग सिंगो पार्टी छ भन्ने बिर्सिनुभयो । अर्कोतिर गठबन्धनका अधिकांश मत गए पनि कतिपय गठबन्धन दलका इमानदार नेता-कार्यकर्ताले मलाई नै मत दिनुभयो र म निर्वाचित हुन सफल भएँ ।

    – के तपाईंले प्रत्यक्ष निर्वाचन पहिलोपटक लडेको हो ?

    हो, म २०६४ सालको संविधानसभाको समानुपातिकको बन्दसूचीमा परेको थिएँ । तर, छनोट प्रक्रियामा पर्न सकेन । प्रत्यक्षतर्फ अहिले पहिलो पटक नै मैले निर्वाचन लडेको हो । २०६४ सालको निर्वाचन र अहिलेको अनुभूतिबीच आकाश-पातलको फरक हुने नै भयो । त्यो वेला हामी जनयुद्धबाट भर्खर जनताको बीचमा आएका थियौं । अहिले हामी जनताकै बीचमा हुँदा पनि विभिन्न प्रकारको राजनीतिक सकसपूर्ण लडाइँ लडिरहेका छौं । अहिलेको निर्वाचन धेरै फरक ढंगबाट अघि बढेको छ ।

    – गठबन्धन भए पनि तपाईंको क्षेत्रमा नेपाली कांग्रेसबाट बागी र नेकपा एसबाट आधिकारिक उम्मेदवार उठ्दा जित्छु भन्ने कत्तिको विश्वास थियो ?

    अब देशैभर गठबन्धनको आधारमा पार्टीले जीत हासिल गर्नेगरी अघि बढिरहेको अवस्थामा हुम्ला प्रदेशसभा क्षेत्र नम्बर १ मा हामीले सोचेजस्तो र हाम्रो गठबन्धन सफल हुन सकेन । देशभरमा ५ दलसँग गठबन्धन भए पनि हाम्रो जिल्ला र निर्वाचन क्षेत्रमा गठबन्धनभित्रका ३ दलमात्रै थिए । गठबन्धनबाट मैले टिकट पाउनेबित्तिकै कांग्रेस र एसले पाउने कुरै भएन । तर, कांग्रेसबाट पार्टीका एकदमै पुरानो नेता, जो ३० देखि ४० वर्ष कांग्रेसको राजनीति गरेको व्यक्ति गठबन्धनको विरुद्ध उम्मेदवार बन्नुभयो । कांग्रेसको धेरै मत उहाँले काट्नुभयो नै । अर्को गठबन्धन दल नेकपा एसले त आफ्नो केन्द्रीय सदस्यलाई नै पार्टीबाट आधिकारिक उम्मेदवार बनायो ।

    त्यहाँ निर्वाचनको प्रचारप्रसारमा जाँदा यतिसम्म हल्ला फिजाइयो कि, एक जना कमजोर दलित समुदायको व्यक्तिले कसरी निर्वाचन जित्न सक्छ ? मेरो राजनीति र कामको मूल्यांकन ती हल्ला फिजाउनेले गर्न सक्नुभएन । मलाई दलित समुदायको एक कमजोर पात्रका रुपमा मात्र हेर्नुभयो । तर, उहाँहरुले मसँग सिंगो पार्टी छ भन्ने बिर्सिनुभयो । अर्कोतिर गठबन्धनका अधिकांश मत गए पनि कतिपय गठबन्धन दलका इमानदार नेता-कार्यकर्ताले मलाई नै मत दिनुभयो र म निर्वाचित हुन सफल भएँ ।

    त्यसैले मैले धेरै खालको सकस व्यहोर्नुपर्‍यो । जुन भ्रम फैलाइएको थियो, हुम्ला प्रदेशसभा क्षेत्र नम्बर १ का जनताले त्यसको ठीक उल्टो नतिजा देखाइदिनुभयो । यसले जनता नै सबैभन्दा माथि छन् भन्ने पुष्टि गरेको छ । ती गलत भ्रम फैलाउनेका अगाडि एक जना दलित समुदायको उम्मेदवारलाई निर्वाचित गराएर यो ठाउँमा पुर्‍याएर मलाई जनताको सेवा गर्ने ठूलो अवसर दिनुभएको छ । यसमा म आभारी छु ।

    – पार्टीको मतले मात्रै विजयी हुनुभयो कि गठबन्धनको पनि निर्णायक मत हो ?

    शत प्रतिशत हाम्रो पार्टीकै मत हो । मैले विश्वास गर्ने भनेको आफ्नो पार्टीकै मतलाई हो । कांग्रेसका केही मत हुम्ला प्रदेशसभा २ का उम्मेदवारको कारणले पनि आए । उहाँले गठबन्धनलाई सहयोग गर्नुपर्छ भनेर जुन नेतृत्व गर्नुभयो, उहाँलाई मान्ने नेपाली कांग्रेसका नेता कार्यकर्ताले मलाई मत दिनुभयो ।

    साथै केही मेरो व्यक्तिगत सदासयताका मत पनि आयो । अर्को, कैयौं समुदायगत मत पनि मलाई आयो । सबै सिमान्तकृत समुदायले मलाई मत दिनुभयो । हुम्ला जस्तो एकदमै दुर्गम ठाउँमा जसरी पार्टीले टिकट दिएर उदाहरण देखाइदियो, त्यो नौलो उदाहरणमा यहाँका नागरिकले मत दिएर अत्यधिक मतले जिताउनुभयो ।

    म दलित समुदायमा जन्मिएर आर्थिक हिसाबले कमजोर त थिएँ होला । तर, राजनीतिक, वैचारिक नीति र सैद्धान्तिक हिसाबले कमजोर पक्कै थिएन । यदि म कमजोर भएको भए त पार्टीले नै टिकट दिने पनि थिएन र अहिले निर्वाचित पनि हुँदैन थिएँ ।

    – निर्वाचन प्रचारप्रसारका क्रममा गैरदलित र दलित समुदायका उम्मेदवारमा के के फरक पाउनुभयो ?

    जनतासमक्ष जाँदा मैले त्यस्तो केही फरक भेटाउन सकिनँ । अत्यधिक मात्रामा जनताको माया र साथ पाएँ । जुन निर्वाचन प्रचारप्रसारका क्रममा जनताको माया र साथ पाएँ, त्यति वेला नै मैले निर्वाचन जित्छु भन्ने लागिसकेको थियो । तर, समाजमा बुद्धिजीवी भनिएका र मेरो प्रतिस्पर्धी उम्मेदवारले भने अनेक भ्रम फैलाए । भन्न सक्ने जति भन्न भ्याए पनि । एक जना दलित समुदायको पराजित हुने कमजोर उम्मेदवारलाई मत दिएर के गर्नुहुन्छ ? भोलि उसलाई कसरी नमस्कार गर्नुहुन्छसम्म पनि भन्न भ्याए । म दलित समुदायमा जन्मिएर आर्थिक हिसाबले कमजोर त थिएँ होला । तर, राजनीतिक, वैचारिक नीति र सैद्धान्तिक हिसाबले कमजोर पक्कै थिएन । यदि म कमजोर भएको भए त पार्टीले नै टिकट दिने पनि थिएन र अहिले निर्वाचित पनि हुँदैन थिएँ ।

    – सिमान्तृकत समुदायबाट उम्मेदवार उठ्न निर्वाचन खर्च व्यहोर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठ्छ । कति भयो निर्वाचनमा खर्च ?

    अहिलेको निर्वाचन खर्चिलो छ । यस हिसाबले हेर्ने हो भने जति पनि हुन्छ । जति गर्दा पनि पुग्दैन । मेरो हकमा कार्यकर्ता परिचालनमा मात्रै खर्च भएको हो । तर, म धेरै खर्च गरेर निर्वाचित भएको होइन र खर्च नै गरेर हुन जरुरी पनि थिएन । खर्च एकिन भन्न सकिने कुरा त भएन ।

    तर, आधारभूत खर्च भयो नै । कार्यकर्ता परिचालनबाहेक अरु खासै खर्च भएन । सीमा नाघेर खर्च गरिएन । तोकिएको सीमा नाघ्ने त कुरै भएन । त्यही सालाखाला १५ देखि १६ लाख जति खर्च भयो । अहिलेको निर्वाचन प्रणालीमा यस खर्चलाई अधिकतम खर्चका रुपमा लिएको छैन र लिन पनि सकिँदैन ।

    – १५ देखि १६ लाख खर्च कहाँबाट जुटाउनुभयो ?

     

    सबैभन्दा बढी खर्च त पार्टीले गरेको हो । त्योबाहेक सबै मेरा भाइहरुले गरे । म त टिकट लिएर गएकोमात्रै हो । म एउटा व्यक्तिमात्र निर्वाचन लडेको हो । मसँग त पार्टी, पार्टीको विचार, सिद्धान्त, नीति र योजना थियो । त्यही बोकेर निर्वाचन लडेको हो ।

    – निर्वाचन जितेपछिका दिन कसरी बितिरहेका छन् ?

    जितपछि शुभकामना आदानप्रदान र भेटघाटमै दिन बितिरहेको छ । सबैले पराजित हुन्छ भनेको उम्मेदवारले यति धेरै मत ल्याएर जितेपछि सबैजना अचम्मित नै हुनुभएको छ । एक जना दलित समुदायको व्यक्तिका विरुद्ध ४-४ जना उम्मेदवार भिड्नुभएको थियो । तर, मसँग भिड्ने अधिकांशको धरौटीसमेत जफत भयो ।

    जितेपछि अर्कै लोकमा पुग्ने पनि होइन, पराजित हुँदा पनि कहीं हराउने होइन । जितेपछि पनि जनताको बीचमै रहने हो र पराजित भए पनि जनताको बीचमा नै रहन्थे ।

    – अरुले निर्वाचन जित्नुहुन्न भनिरहेका वेला साँच्चिकै जितिँदैन कि क्या हो भन्ने लाग्यो कि लागेन ?

    मैले पराजित हुने त अपेक्षसमेत गरेको थिएन । किनभने मेरो साथमा सिंगो पार्टी थियो । म प्रचारप्रसारमा जाँदा जनताको माया देखेर निर्वाचन जित्छु नै भन्ने लागिसकेको थियो । निर्वाचन सकिएपछि मैले भने पनि अधिकांशलाई- तपाईंहरुले जिते पनि मैले हारे पनि केही छैन । निर्वाचन भव्य र सभ्य रुपमा सफल भयो यही नै हो जीत भनेको । जितेपछि अर्कै लोकमा पुग्ने पनि होइन, पराजित हुँदा पनि कहीं हराउने होइन । जितेपछि पनि जनताको बीचमै रहने हो र पराजित भए पनि जनताको बीचमा नै रहन्थे ।

    – कर्णाली प्रदेशसभामा तपाईंमात्रै दलित समुदायबाट निर्वाचित हुनुभयो । के जिम्मेवारीको अपेक्षा गर्नुभएको छ ?

    हामीले जनताको सेवकका रुपमा काम गर्ने हो । भलै जनताले अपेक्षा गरेको जति त गर्न नसकिएला । तर, जनताका आधारभूत समस्याको सूची तयार गरेर विकास निर्माणदेखि नीतिगत तहमा काम गरिनेछ । यहाँलाई थाहा नै होला, मुलुकभरका ७७ जिल्लामध्ये अहिलेसम्म सदरमुकामसम्म पनि गाडी नपुगेको जिल्ला हुम्ला हो । मेरो पहिलो प्राथमिकता हुम्लामा सडक पुर्‍याउनु हो । अर्को कुरा पर्यटनका हिसाबले हुम्ला सबभन्दा धेरै सम्भावना बोकेको जिल्ला हो । कैलाश मानसरोवरलाई व्यवस्थित गर्ने हो भने यसबाट यहाँका जनतालाई त फाइदा हुन्छ नै । त्योभन्दा बढी राज्यलाई पनि फाइदा पुग्छ । यसले जनताको आर्थिक अवस्थामा सुधार गर्छ ।

    हुम्ला विषादीमुक्त जिल्ला पनि हो । त्यहाँ अर्गानिक खेती हुन्छ । त्यसलाई आधुनिक कृषि प्रणालीबाट विकास गरेर जाने हो भने त्यहाँको अर्गानिक उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्‍याउन सकिन्छ । पशुपालनको क्षेत्रमा भन्ने हो भने एकदमै चरन क्षेत्र भएको ठाउँ पनि हो । हिमाली क्षेत्रलाई व्यवस्थित गने हो भने धेरै फाइदा लिन सकिन्छ । त्यहाँको वेंशीतिर बाख्रापालनका लागि चरन क्षेत्र एकदमै छ । त्यहाँ बाख्रापालन गरियो भने काठमाडौंसम्म मासु पुर्‍याउन सकिन्छ ।

    – तपाईंले राजनीतिक जिम्मेवारी के पाउनुहुन्छ नि ?

    जनताका यी कुरा उठाउने हो । पद र जिम्मेवारीको विषयमा त सबैजना स्पष्ट हुनुहुन्छ नि ! नेपालमा गणतन्त्र स्थापना भएदेखि समावेशीका जुन आधार तय भए, त्यो आधार तय गर्ने विचार कसको हो यो गहन ढंगले बुझ्नुपर्छ । यदि माओवादी पार्टीले यो विचार ल्याउँदैन थियो भने हामी वडा सदस्य नपाउने बाबुका छोराछोरी, अर्काको घरमा हलिया बसेर जीवन जिउने बाबुका छोराछोरी, कुकुरभन्दा तलको जीवन जिउने बाबुका छोराछोरीले यो अवस्थामा आउन पाउने थिएनौं । यो समावेशी व्यवस्थाले आज म माननीय बन्ने अवस्थामा आइपुगेको छु । त्यसैले अब बन्ने संघीय तथा प्रादेशिक सरकारमा पार्टीले पक्कै पनि समावेशिताको सिद्धान्त र नीतिअनुसार काम गर्नेछ । सबै सिमान्तकृत समुदायलाई सम्बोधन गर्नेछ । यदि त्यो ठाउँमा पुगियो भने जनताको जनजीविकाको पक्षमा काम गर्नेछु ।

    – कर्णाली प्रदेशका दलित तथा सिमान्तकृत समुदायले तपाईंबाट के अपेक्षा गर्ने ?

    कर्णाली प्रदेशमा दलित समुदायको जनसंख्या २६ प्रतिशतभन्दा बढी छ । यहाँको दलित समुदायको वास्तविक अवस्था भनेको परम्परागत ढंगबाट नै जीवन बितिरहेको छ । यसलाई कसरी नवीकरण गरेर अघि बढ्ने र अहिलेको गणतन्त्रको अधिकार दिलाउने भन्ने हो । एकजना सांसदले बोलेरमात्रै त हुँदैन । तर, अहिलेसम्म बनेको नीति कार्यान्वयन गर्न मैले मेरो शक्तिले भ्याएसम्म सदनमा आवाज उठाउनेछु । जुन पीडाका साथ म आएको छु त्यसैअनुसार म सिमान्तकृत समुदायका मुद्दा उठाउनेछु । एक जनाले सदनमा उठाएरमात्र त केही हुँदैन ।

    अझै पनि सिमान्तकृत समुदाय आफूमाथि भइरहेको थिचोमिचो सहेर बसिरहेका छन् । उनीहरु आफूमाथि भइरहेको दमन बाहिर ल्याउँदा उल्टै आफैंमाथि केहि हुन्छ कि भन्ने त्रासमा बाँचिरहेका छन् । तर, जसरी संविधान र कानूनमा दलितलाई अधिकार दिएको छ, त्यो जानकारी नै नपाएर आफ्नो पीडा बाहिर ल्याउन नसकेकाहरुलाई पीडा बाहिर ल्याउन बल पुर्‍याउनेछु । प्रत्यक्ष रुपमा अनुभूति गराउने कुरा र नयाँ व्यवस्थाले ल्याएको व्यवस्थालाई कार्यान्वयनमा जोड दिनेछु ।

    मैले जनताको काम गर्ने भनेर र केही आशा देखाएर जनताको मत लिएर आइसकेपछि, निर्वाचित भइसकेपछि मैले जनताको आवाजलाई उठाउन सकेन भने म माननीय बनेको कुनै अर्थ हुनेछैन ।

    – निर्वाचनअघि आश्वासन बाँडेर काम नगरेका थुप्रै उदाहरण छन् । तपाईंलाई काम गर्नुहुन्छ भनेर कसरी विश्वास गर्ने ?

    त्यस्तो लाग्नु स्वाभाविक पनि हो । जुन कुरामा पनि परम्परागत रुपमा पहिलेकाले के गरे भन्ने जोडिन्छ र आउँछ नै । त्यही प्रकारको चेतना भएका व्यक्ति सबै हुन्छन् भन्ने पनि होइन । तर, जुन बिर्सिने गलत प्रवृत्ति छ, त्यसैलाई मात्र हेर्ने हो भने पनि फरक देखिने कुरा भएन । म पनि उस्तै हुनसक्ने भए । तर, त्यस्तो पक्कै पनि हुँदैन । मैले जनताको काम गर्ने भनेर र केही आशा देखाएर जनताको मत लिएर आइसकेपछि, निर्वाचित भइसकेपछि मैले जनताको आवाजलाई उठाउन सकेन भने म माननीय बनेको कुनै अर्थ हुनेछैन ।

    – निर्वाचित भएपछि काठमाडौं आउनुको रहस्य के हो ?

    यसको रहस्य केही पनि छैन । टिकट लिन पनि काठमाडौं नै आइयो । अहिले जितिसकेपछि पनि आउनुपर्‍यो नै । यहाँ नेतृत्व तहलाई धन्यवाद पनि दिनैपर्‍यो र बधाई पनि खानैपर्‍यो । धेरैजसो उच्च तहको नेतृत्व राजधानी काठमाडौंमा बस्ने भएकाले आउन त परिहाल्यो नै । आज तपाईंसँग भेट भयो भोलि अर्कोसँग होला । हुम्लाका समस्या के छन् ? त्यहाँको अहिले अवस्था कस्तो छ ? त्यस क्षेत्रका जनताले के सोचिरहेका छन् ? त्यहाँका जनता कसरी अघि बढिरहेका छन् भन्ने कुरा जानकारी गराउन पनि त काठमाडौं आउनै पर्‍यो र सुनाउनैपर्‍यो । यतिमात्र नभएर निर्वाचनको भोगाइ, चुनौती, खुशी साट्न पनि आउनैपर्‍यो । त्यस्तो कुनै विशेष रहस्य बोकेर आइएको होइन ।

    – तपाईंको राजनीतिक इतिहासबारे केही बताइदिनुहुन्छ कि ?

    पक्कै पनि । म सुरुमा ७ कक्षा पढ्ने वेलादेखि नै मार्क्सवाद अध्ययन गरेको व्यक्ति हो । दलितले पढ्नुहुँदैन भन्ने वेला ‘मेरो दिमागले दलितले किन पढ्नु हुँदैन’ भनेर मनैदेखि संघर्ष गर्नुपर्छ भन्ने मानसिकताबाट अघि बढेको व्यक्ति हो । मैले विद्यार्थी कालदेखि नै राजनीति सुरु गरें । घरको आर्थिक अवस्था एकदमै कमजोर भएकाले पुर्ख्यौली पेशा गरेर मेरा बाबुआमाले मलाई उच्च शिक्षा पढाउन सक्ने कुरा भएन । आर्थिक अवस्था राम्रो भएको भए पक्कै पनि म मेरा समकक्षी साथीभाइसँगै काठमाडौंलगायत अन्य शहरमा आएर पढ्न सक्ने थिएँ । तर, उच्च शिक्षालाई बाहिर गएर अघि बढाउन नसक्ने भएपछि एसएलसी सक्नेबित्तिकै २०५२ सालमा प्राथमिक तहको शिक्षकको अस्थायी जागिर खाएँ । १० वर्ष मैले शिक्षण पेशा पनि गरें । पछि पढाउँदै प्लस टु पास गरें ।

    सुरुमा विद्यार्थी राजनीति नेकपा एमालेबाट गरेको थिएँ । त्यतिवेला हुम्लामा जनयुद्धको रापताप अघि बढेको थिएन । २०५७ सालमा जनयुद्धको रापताप हुम्लामा पनि गयो र माओवादीको जातीय छुवाछूत गर्नेमाथि, महिला हिंसा गर्नेमाथि, शोषण दमन गर्नेमाथि ठाउँको ठाउँ कारबाही गर्ने नीति देखेपछि म माओवादीतिर आर्कषित भएँ । माओवादीले निरन्तर जनजीविकाको पक्षमा काम गरेको देखेपछि यो पार्टीभन्दा अरु कुनै पनि पार्टीले परिवर्तन गर्न सक्दैन भन्ने लाग्यो ।

    मैले पनि सोचें, सारा जनता शोषण दमनमा छन्, सिमान्तकृत समुदाय पीडामा बाँचिरहेको छ, म एक्लैले मात्र जागिर खाएर के हुन्छ ? म भन्दा तलका जनताको पक्षमा नबोल्ने हो भने म पढेको कुनै अर्थ छैन भन्ने लाग्यो । त्यसपछि म २०५९ सालमा जागिर छोडेर भूमिगत भएँ ।

    तर, एकातिर सरकारी जागिर खाने, अर्कोतिर माओवादीमा आवद्ध हुने कुरा मिलेन । शिक्षकको तलब खान जिल्ला सदरमुकाम जानुपर्ने तर, माओवादीलाई समर्थन गरेपछि त्यो सहज भएन । माओवादी पार्टीको नेतृत्व तहले पनि एउटा सिमान्तकृत समुदायको व्यक्ति विचारमा पनि परिपक्व छ, शिक्षित छ भनेपछि म आवश्यक छ भन्ने पनि ठान्यो । त्यसपछि मैले पनि सोचें, सारा जनता शोषण दमनमा छन्, सिमान्तकृत समुदाय पीडामा बाँचिरहेको छ, म एक्लैले मात्र जागिर खाएर के हुन्छ ? म भन्दा तलका जनताको पक्षमा नबोल्ने हो भने म पढेको कुनै अर्थ छैन भन्ने लाग्यो । त्यसपछि म २०५९ सालमा जागिर छोडेर भूमिगत भएँ ।

    त्यतिवेला अस्थायी भए पनि सरकारी जागिर त्यो पनि एक दलित समुदायको व्यक्तिले छोडेर भूमिगत भएपछि सबै अचम्मित पनि भए । यो मान्छे पागल भयो, यसका नहुने दिन आए भनेर पनि भने । विभिन्न उखान टुक्का पनि बनाए । भूमिगत भएको ३ महिनामा दलित मुक्ति मोर्चाको जिल्ला सदस्य भएँ । २०६५ मा दलित मुक्ति मोर्चाको केन्द्रीय सदस्य र पार्टीको जिल्ला कमिटी सदस्य भएँ । २०६६ मा पार्टीको भेरी कर्णाली व्युरो सदस्य भएँ । त्यसपछि दलित मुक्ति मोर्चाको सचिवालय सदस्य भएँ ।

    २०७८ सम्म कर्णाली प्रदेशको मुक्ति मोर्चाको सह-संयोजक भएर काम गरें । त्यसपछि विभिन्न टुक्रिएका माओवादीसँग एकता भएपछि पार्टीले आयोजक कमिटी बनाउँदा सदस्य भएँ । एमालेसँगको एकतापछि पार्टीको कर्णाली प्रदेश सदस्य र दलित मुक्ति मोर्चाको सचिवालय सदस्य भएको थिए । पार्टी फुट्यो । अहिले म दलित मुक्ति मोर्चाको कर्णाली प्रदेश सह-इन्चार्जको जिम्मेवारीमा छु । पार्टीको बैकल्पिक केन्द्रीय सदस्य छु । यसैमा टेकेर अहिले प्रदेशसभा सदस्य निर्वाचित पनि भएँ ।

    – प्रदेशसभा सदस्य निर्वाचित हुन २० वर्ष कुर्नुपर्‍यो है ?

    कैयौं वर्ष कुर्नुपर्छ । कतिपले पालो नै पाउनुभएको छैन । कसैले चाँडै पालो पाए, मैले अहिले पाए कोहीले पछि पाउँछन् । राजनीति भनेको यस्तै हो । २०६४ मा समानुपातिक प्रणालीबाट निर्वाचित भएको भए एक कार्यकाल संविधानसभा सदस्य भइसक्थे । नभएपछि बदलिँदो परिस्थितिअनुसार कहींकतै थकाइ नमारेर अघि बढें । जनताको निम्ति लागियो । पार्टी नीति र विचारलाई बोकेर हिँडियो र आज यो प्रतिफल प्राप्त गरिएको छ ।

    – अन्तमा के भन्न चाहनुहुन्छ ?

    हाम्रो विचार सम्प्रेषण गर्ने मौका दिनुभएकोमा तपाईंलाई विशेषगरी धन्यवाद । जे जतिले यहाँबाट मेरो विचार हेर्नुभयो र पढ्नुभयो उहाँहरुलाई पनि धन्यवाद । यतिमात्र नभएर मलाई हुम्ला प्रदेशसभा क्षेत्र नम्बर १ बाट अत्यधिक मत दिएर निर्वाचित गराउने हुम्लावासी जनतालाई पनि यहीबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

  • याैन दुर्व्यवहारकाे आराेप लागेका माओवादीका केन्द्रीय सदस्य बजगाइँ निलम्बित

    याैन दुर्व्यवहारकाे आराेप लागेका माओवादीका केन्द्रीय सदस्य बजगाइँ निलम्बित

    काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाइँलाई पार्टीले निलम्बन गरेको छ ।

    पार्टीको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)मा कार्यरत महिला कार्यकताले दिएको उजुरी र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएको अश्लिल म्यसेजहरूको प्रतिलिपीसहित बागमती प्रदेश कार्यालयको सिफारिसको आधारमा उनलाई निलम्बन गरिएको हो ।

    गत ३ पुसमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले उनलाई निलम्बन गरेको हो ।

    बजागाइँविरुद्ध आफ्नै कार्यकर्तालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । उनी ४ मंसिरमा सम्पन्न प्रतिनिधसभा निर्वाचनमा माओवादीबाट काठमाडौं-३ का उम्मेदवार समेत बनेका थिए । पछि कांग्रेसका उम्मेदवारलाई पार्टी समर्थन गरेपछि उम्मेदवारी फिर्ता भएको थियो ।

  • स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्किए वर्षमान पुन (भिडिओ)

    स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्किए वर्षमान पुन (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि पुन तीन सातापछि नेपाल फर्किएका हुन् ।

    उनी चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । उनलाई माओवादी नेताहरु शालिकराम जमकट्टेल, विमला सुवेदी, युवराज दुलाल, सरल सहयात्री पौडेल, डिपी ढकाल, दुर्गा चापागाईं, अमनलाल मोदी, रन्जित तामाङ र सरल भाटलगायत विमानस्थल पुगेका थिए ।

    वंशाणुगत जण्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए । उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको थियो ।

    नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुची तथा तारन्तार बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए । उपचारपछि भने ती समस्या हटेको छ । उपचारमा जानुअघि पुनको शरीरमा जण्डिस (बिलरुबिन) को मात्रा २७ बिन्दु थियो ।

    हाल बिलरुबिनको मात्रा घटेर १८ मा आएको छ । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ । यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो ।

    पुनको उपचारमा डा। चेन नेतृत्वको विशेषज्ञ टोली सहभागी थियो । चिकित्सकले बिलरुबिन नियन्त्रित अवस्थामा राख्न पर्याप्त आरामको जरुरत रहेको बताएका छन् । स्वस्थ मानिसमा बिलरुबिनको मात्रा १।५ देखि ८ बिन्दुसम्म ठीक मानिन्छ । उक्त मात्रा त्यसभन्दा माथि हुँदा मानिसमा जण्डिश रोग लाग्ने गर्छ । पुनमा भने बिलरुबिनको मात्रा कम्तिमा १० देखि १२ सम्म हुने गरेको छ ।

  • माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खानले दिए राजीनामा

    माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खानले दिए राजीनामा

    रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य, रुपन्देही इन्चार्ज तथा मुस्लिम मुक्ति मोर्चा केन्द्रीय समितिका इन्चार्ज हकिउल्लाह खान मुसलमानले राजीनामा दिएका छन् ।

    खानले विज्ञप्ति जारी गरी निर्वाचनमा पार्टीको पराजयको जिम्मेवारी लिँदै पार्टीको जिल्ला इन्चार्ज र मोर्चाको केन्द्रीय इन्चार्जबाट राजीनामा दिएको जनाएका छन् ।

    हालै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही जिल्लाबाट पार्टीका कुनै पनि उम्मेदवारलाई विजयी बनाउन नसकेको र समानुपातिकतर्फ पनि विगतको निर्वाचनमा भन्दा कम मत आएको भन्दै उनले राजीनामा दिएको जनाएका छन् ।

    प्रतिनिधिसभामा मुस्लिम कलस्टर समेत कोल्याप्स भएको उनको गुनासो छ ।

    यसअघि माओवादी लुम्बिनी अध्यक्ष सुदर्शन बरालले पराजयको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए ।

  • आलोपालोको समझदारी कायमै छ, प्रधानमन्त्री सहमतिबाटै टुंग्याउँछौं : प्रचण्ड

    आलोपालोको समझदारी कायमै छ, प्रधानमन्त्री सहमतिबाटै टुंग्याउँछौं : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तागठबन्धनमा सहमति र समझदारीबाटै प्रधानमन्त्री टुंगिने बताएका छन् । बाहिर आएजस्तो आफ्नो दाबी नभएको प्रष्टीकरण दिँदै उनले अवसर आए जिम्मेवारी लिने बताए ।

    प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले चुनावअघि कांग्रेसँग आलोपालो सहमति भने भएको बताए ।

    ‘प्रधानमन्त्री माओवादीको बटमलाइन भन्ने छैन । सहमति र समझदारीबाटै टुंग्याउने हो । सहमतिमै जिम्मेवारी आयो भने लिने हुन्छ । चुनावअघि आलोपालो गर्ने सहमति भएको हो अहिले पनि छ त्यो समझदारी ‘, उनले भने ।

    कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपनि त्यो गठबन्धनमा समझदारीकै आधारमा हुने प्रचण्डले बताए ।

    एमालेसँगको तालमेलको सम्भावनालाई उनले नकारेनन् । कांग्रेसले प्रधानमन्त्री नदिए एमालेसँग मिलेर सरकार चलाउने दाउसम्बन्धी पत्रकारको प्रश्नमा उनले भने, ‘स्वभावैले निर्वाचनपछि सबै राजनीतिक दलसँग छलफल चलेको छ । नयाँ आएका पार्टीसँग पनि कुरा चलिरहेको छ ।’

    आफूले अहिलेसम्म प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै नगरेको प्रचण्डको जिकिर छ ।

    ‘गठबन्धन, संविधान, निर्वाचनको निम्ति धेरै नेताहरूलाई प्रधानमन्त्री प्रस्ताव गरेको छु । आफैँ हुनुपर्छ भनेको छैन ‘, प्रचण्डको भनाइ थियो ।

    माओवादीमात्र नभए गठबन्धनका सबै दलहरूको एमालेसँग संवाद भइरहेको भन्दै उनले कांग्रेस र एमालेकै पनि भइरहेको बताए ।

    प्रचण्डले थपे, ‘कुरा हुने कुरैले टुंगोमा पुग्यो भन्ने सोच्न हुँदैन । तर, अहिले गठबन्धनमा छौं गठबन्धन नै कायम रहन्छ ।’

    राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रधानमन्त्री प्याकेजमै टुंग्याउने भन्दै उनले राष्ट्रपतिबाट आव्हान भएको ७ दिनकै समयसीमामा टुंगिने बताए ।

  • पेरिसडाँडामा माओवादी सांसदलाई बधाई (तस्बिरहरू)

    पेरिसडाँडामा माओवादी सांसदलाई बधाई (तस्बिरहरू)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदहरूलाई बधाई दिएको छ । पेरिसडाँडामा आयोजित पदाधिकारी बैठकपछि एक कार्यक्रमबीच प्रतिनिधिसभामा निर्वाचित सांसदहरूलाई खादा र अबीर लगाइयो ।

    प्रतिनिधिसभामा माओवादीबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरी कुल ३२ सांसद छन् ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङल, पम्फा भुसाललगायतका पदाधिकारी उपस्थिति थिए । नेतृत्वले सांसदहरूलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएको छ ।

  • पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक सुरू

    पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक सुरू

    काठमाडौं । सत्तागठबन्धन घटक नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरू भएको छ । नयाँ सरकार गठनका दलहरूबीच आन्तरिक गृहकार्य जारी रहेको बेला माओवादीले पदाधिकारी बैठक डाकेको हो ।

    माओवादी महासचिव देव गुरुङका अनुसार सरकार गठन, संसदीय दलका नेता चयनलगायतका विषय बैठकका मुख्य एजेण्डा छन् ।

    माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ । माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । माओवादीले आलोपालो प्रणालीमा सुरूमा प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्ने गठबन्धनमा दाबी गरिरहेको छ ।

  • वामपन्थी नेतृत्वको सरकार गठनका लागि शीर्ष नेता भेटेर महेश बस्नेतले गरे आग्रह

    वामपन्थी नेतृत्वको सरकार गठनका लागि शीर्ष नेता भेटेर महेश बस्नेतले गरे आग्रह

    काठमाडौं । गठबन्धनको सरकारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पहिलो चरणको प्रधानमन्त्री स्वीकार गर्न कांग्रेसभित्र समस्या देखिएपछि वाम सरकारको पहल सुरू भएको छ । कांग्रेसले राष्ट्रपति पनि कम्युनिष्टलाई दिन अनिच्छा देखाइरहेका बेला एमाले र माओवादीलाई फेरि मिलाउन दोस्रो तहका नेताहरू सक्रिय भएका छन् ।

    यसैक्रममा एमाले पोलिटब्युरो सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई समेत भेटेर कोर्स करेक्सन गर्न आग्रह गरेका छन् । एमाले केन्द्रीय सदस्य सञ्जीवकुमार झासहित शीर्ष नेताहरूलाई भेटेका बस्नेतले वाम सरकार गठनको पहल गर्न सुझाव दिएका हुन् ।

    बस्नेत प्रतिनिधिसभामा झिनो मतले पराजित भएका थिए । अध्यक्ष केपी शर्मा ओलीनिकट नेता बस्नेतले प्रचण्ड र माधव नेपाललाई भेट गरेका कारण नेतृत्वको अनुमति लिएरै छलफल भएको स्रोतको दाबी छ ।

    २०६४ सालपछि पहिलोपटक संसदमा वामपन्थीले बहुमत गुमाएका छन् । देशलाई अस्थिरता र विदेशी चलखेलबाट जोगाउन वाम नेतृत्वको सरकार गठन होस् भनेर आफूले आफ्नो ठाउँबाट सामान्य पहल गरेको बस्नेतले बताएका छन् ।

    प्रचण्ड र माधव नेपालले वाम नेतृत्वको सरकार गठनबारे सकारात्मक प्रतिक्रिया दिएका छन् ।

    ‘०६४ पछि पहिलो पटक वामहरू बहुमतबाट तल झरेको र सबै शक्ति बाम आन्दोलन कमजोर पार्न लागेको देखेर सके बाम एकता नसके बाम गठबन्धन को पक्षमा पहल गरिएको हो’, बस्नेतले आफू निकटहरूलाई ब्रिफिङ गरेका छन् ।

    बस्नेतले शीर्ष नेताहरूलाई भेटेपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले अध्यक्ष ओलीलाई भेट गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाइदिएर भने पनि वाम नेतृत्वको सरकार गठन गर्ने राष्ट्रपति, सभामुखजस्ता मुख्य पदहरू एमालेले लिएर राज्यसत्तामा विदेशी चलखे रोक्न दुवै पार्टीभित्र पहल भइरहेको नेताहरूको दाबी छ ।

    एमालेले अहिलेसम्म सरकार गठनको पहल गरेको छैन । प्रचण्डले गठबन्धन छाडेर आएमात्र प्रधानमन्त्री दिनेबारे छलफल गर्न सकिने नेताहरूले बताइरहेका छन् । अनौपचारिक रूपमा भने माधव नेपालसँग समेत संवादमा एमालेका नेताहरू जुटेका छन् । केही दिनअघि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि भेट गरेका थिए ।

  • देउवालाई प्रचण्डको प्रस्ताव- मलाई प्रधानमन्त्री बन्न सहयोग गर्नुस्

    देउवालाई प्रचण्डको प्रस्ताव- मलाई प्रधानमन्त्री बन्न सहयोग गर्नुस्

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए ।

    भेटमा प्रचण्डले गठबन्धनबाट पहिलो चरणमा प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको स्रोतले बतायो । प्रचण्डको प्रस्तावमा देउवाले गठबन्धन छलफल गरेर अघि बढ्ने जवाफ दिएका छन् ।

    गठबन्धनबाट सरकार बन्दा कांग्रेस भित्रबाट देउवालाई नेतृत्व नछाड्न दबाब बढाइरहेका छन् । तर, प्रचण्डले आफूसँग ६० सांसदका कमान्ड रहेको दाबी गर्दै आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने बताउँदै आएका छन् ।

    बालुवाटार जानुअघि प्रचण्डले पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए ।

  • माओवादीको ‘बटमलाइन’- शान्ति सम्झौताको हस्ताक्षरकर्ताका भूमिकाले प्रचण्ड प्रधानमन्त्री

    माओवादीको ‘बटमलाइन’- शान्ति सम्झौताको हस्ताक्षरकर्ताका भूमिकाले प्रचण्ड प्रधानमन्त्री

    काठमाडौं । सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको दाबी गरेको छ । सरकार गठनको विषयमा गठबन्धन दलमा जोडघटाउ चलिरहेको बेलामा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन खोजेको हो ।

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव देव गुरुङले अब वृहत शान्ति सम्झौताको हस्ताक्षरकर्ताको भूमिकाले पनि प्रचण्ड प्रधानमन्त्री हुनुपर्ने मत राखे ।

    उनले भने, ‘नर्मल अवस्थामा सरकारको जसले नेतृत्व गरेपनि हुन्छ । संकट पैदा भइसकेको बेलामा अहिलेको परिवर्तनका संवाहक भनेको दशवर्षे जनयुद्ध हुँदै वृहत शान्ति सम्झौता भएपनि नै परिवर्तनको प्रक्रिया सुरु भएको छ । यसको जग नै वृहत शान्ति सम्झौता हो । त्यसैले देशलाई संकट परेको बेलामा बचाउने भनेका नै शान्ति सम्झौताका हस्तारक्षकर्ता नै हुन् ।’

    उनले देशको अभिभावक र संरक्षकर्ता नै प्रचण्ड भएको बताए ।

    ‘यो परिवर्तनको संवाहक र मुलुकको अभिभावक पनि उहाँहरु हो । यतिबेला गिरिजाप्रसाद कोइराला हुनुहुन्न । एउटा सिंगो प्रचण्डमात्रै बाँकी हुनुहुन्छ । संकटपर्दाको अवस्थामा स्टेटमेन्टसिप लिएका पात्रहरु अघि बढ्ने कि नबढ्ने भन्ने प्रश्न छ’ उनले भने ।

    अहिले मुलुकको संकटमा परेको बेलामा अभिभावकको रुपमा प्रचण्डले व्यवस्थाको प्रस्तावक, मुलुकको व्यवस्थाको संरक्षकको रुपमा अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

    ‘अहिलेको जस्तो संकट रोक्न माओवादी, चिन्तन, दृष्टिकोणबाट अघि बढ्नुपर्छ भन्ने मान्यता हो। संसदमा त्रिशंकुको अवस्था छ । त्यसले सम्झौता, सहमतिको बाटो नगइ सहमति हुँदैन । सहमति र सम्झौताको बाटो खोज्न माओवादी तयार छ’ उनले भने ।

    माओवादीको विकल्प खोज्दा अहिलेको व्यवस्था बचाउन को तयार हुन्छ? भनेर प्रश्न गरेका छन् ।

  • देव गुरुङ भन्छन्- एकले अर्कालाई निषेधको राजनीति गरे हामी समाप्त हुन्छौँ (भिडिओ)

    देव गुरुङ भन्छन्- एकले अर्कालाई निषेधको राजनीति गरे हामी समाप्त हुन्छौँ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ निर्वाचनको परिणामले अहिलेको व्यवस्थामाथि नै प्रश्न उठाएको बताएका छन् ।

    शुक्रबार सरकार गठन तथा समसामयिक राजनीति विषयमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै अहिलेको उपलब्धि रक्षा गर्न आवश्यक भएको बताए ।

    उनले भने, ‘यो निर्वाचनले केही नयाँ दलको पनि उदय भएको छ । ती दलको एजेण्डाबारे बोलेका छैनन् । तर, पुराना दलहरुको केही सीट घटेको छ । नयाँले दल जन्मनुको पछाडि राजनीतिमा केही संकेत देखिएको छ ।’

    यो व्यवस्था जोगाउन नसके मुलुकमा अस्थिरता र अराजकता बढ्ने बताए । मुलुक संकटमा पुगेको बेलामा दलहरुबीच संवाद र सहकार्य गरेर जानुपर्ने बताए ।

    उनले भने, ‘अहिले दलहरुबीच सहमति र समझदारीको खाँचो छ । यस्तो अवस्थामा एकले अर्कालाई निषेधको बाटोमा जानु हुँदैन । यो पनि एउटा परिक्षणको रुपमा रहेको छ । एकले अर्कालाई समाप्त पार्ने दिशातर्फ जान थाल्यो भने मुलुक गम्भिर समस्यामा पर्नसक्छ ।’

    उनले कम्युनिष्ट आन्दोलन सोझो ढंगले अगाडि नबढेकोप्रति चिन्ता व्यक्त गरे ।

  • वर्षमान पुनको स्वास्थ्यमा सुधार, एक साताभित्र नेपाल फर्किने

    वर्षमान पुनको स्वास्थ्यमा सुधार, एक साताभित्र नेपाल फर्किने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ को स्वास्थ्यमा सुधार आएको छ । चीनमा उपचाररत पुनको स्वास्थ्य सुधार आएसँगै उनी एक साताभित्र नेपाल फर्किने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ ।

    सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा मंसिर २२ बाट नेता पुन उपचाररत छन् । चौथौ लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउनले गर्दा क्वारेन्टिनमा उनको उपचार थालिएको थियो ।

    पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् ।

    चुनावी धेपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरूको परामर्शमा मंसिर तेस्रो साता दुबई, ग्वान्झाओ हॅुदै सेन्जेन प्रस्थान गरेका थिए । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।

    पुनसँगै पत्नी पूर्वसभामुख ओनसरी घर्ती पनि चीन गएकी छन् ।

  • ६० सांसदको कमाण्ड आफूसँग रहेको भन्दै गठबन्धनमा प्रचण्डको बार्गेनिङ, एमालेसँग पनि संवादमा

    ६० सांसदको कमाण्ड आफूसँग रहेको भन्दै गठबन्धनमा प्रचण्डको बार्गेनिङ, एमालेसँग पनि संवादमा

    काठमाडौं । नयाँ संसद्को समीकरण पूर्ण भएसँगै सत्ता राजनीतिको लिगलिगे दौड सुरु भएको छ । भावी सरकारको नेतृत्व कसले गर्ने भन्ने अहम् प्रश्न चाहिँ सुल्झिसकेको छैन ।

    प्रधानमन्त्री बन्ने दौडमा कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै अगाडि छन् । तर प्रमुख सत्ता साझेदार दल नेकपा माओवादीले उनलाई ग्रीन सिग्नल दिएको छैन । बरु माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँ प्रधानमन्त्री बन्ने दाउमा छन् । चुनावी सरकारको नेतृत्व देउवाले गरेकाले अब आफूले पालो पाउनुपर्ने उनको दाबी छ ।

    चुनावअघिको आलोपालो सहमति अनुसार देउवा आगामी सरकारको नेतृत्व प्रचण्डलाई दिन लचक पनि छन् । तर, संस्थापन इतर पक्ष प्रचण्डलाई नेतृत्व छाड्न राजी देखिएको छैन । पार्टीभित्र महामन्त्री गगन थापा संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा छन् । अहिले महामन्त्री थापालाई देउवाले पनि कम आँकेका छैनन् । अंकगणितमा देउवा हाबी हुने भए पनि युवा नेताहरूमा गगनले नयाँ ह्वीम ल्याइदिन सक्ने चिन्ता उनलाई छ ।

    पार्टीभित्र दबाबमा परेका देउवालाई गठबन्धनमा सामेल दोस्रो ठुलो दल माओवादीका अध्यक्ष प्रचण्डले समेत तनाव दिँदै छन् । प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, जसपा, सिके राउत नेतृत्वको जनमत पार्टीसहित स्वतन्त्र उम्मेदवार प्रभु शाह र किरण साहसमेत आफूसँग रहेको देखाएर दबाब बढाइरहेको स्रोत बताउँछ ।

    रणनीतिक मूभ चालेका प्रचण्डले राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको दाबी गर्दै आइरहेका छन् । प्रचण्डले आफू छिट्टै देशको प्रधानमन्त्री बन्ने सम्भावना रहेकोसमेत सार्वजनिक रूपमै बताउँदै आइरहेका छन् ।

    बुधवार आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भनेका थिए, ‘तपाईँको आशीर्वाद र शुभकामना लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु । यो मेरो तेस्रो कार्यकाल हुने अठोट गरेको छु ।’

    यो पनि पढ्नुहोस्: गठबन्धनभित्रै सामूहिक सौदाबाजीको लागि ‘प्रचण्ड मोर्चा’, प्रधानमन्त्री नपाए प्रतिपक्षमा बस्ने घुर्की

    कांग्रेसबाट नेतृत्व लिनका लागि आफूसँग ६० सांसदको बल रहेको उनको भनाइ छ ।

    आइतबार प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै भनेका थिए, ‘मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग छ । माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो, जसलाई हिसाबकिताब नगरी अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन ।’

    उनले गठबन्धनमा सरकारको नेतृत्वको विषयमा आलोपालो हुने प्रष्ट पारे ।

    ‘सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ । ६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिन्छौँ, सरकार त्यहीँ बन्छ,’ प्रचण्डको भनाइ थियो ।

    ६० सांसदको पाउलान् साथ ?

    चुनावअघि नै प्रचण्डले समाजवादी केन्द्र गठन गरेर गठबन्धनबाट आधा सीट दाबी गर्ने रणनीति बनाएका थिए । नेकपा एस, जसपा, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई समेटेर प्रचण्डले आफूलाई निर्णायक शक्तिमा राख्न खोजेका थिए । तर, त्यो प्रयास चुनावअघि सम्भव हुन सकेन ।

    तर, चुनावबाट अपेक्षाअनुसारको सीट नपाएपछि प्रचण्डले फेरि आफूलाई शक्तिमा कायमै राख्ने प्रयास गरिरहेका छन् । पहिलाको झैँ माओवादी तेस्रो शक्ति कायमै रहे पनि सरकार गठनको लागि एक मात्रै शक्तिको रूपमा स्थापित भइराख्न सकेन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाले पनि उल्लेख्य सीट ल्याएपछि माओवादीलाई केही हदसम्म धक्का लागेको छ । तर, प्रचण्डले आफ्नो निर्णायक शक्ति स्थापित गरिराख्न सीट बाँडफाँटमा असन्तुष्टि जनाएर गठबन्धनबाट बाहिरिएको जसपालाई पनि आफूसँग नजिक बनाएका छन् ।

    जसपाले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेको भए पनि जसपा अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै एमालेसँगको सहकार्य टुंगिसकेको बताएका छन् । उपेन्द्र पनि प्रचण्ड मोर्चामा सहभागी हुन सकारात्मक छन् ।

    प्रचण्डले आफ्नो ३२, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६ सीटसहित केही स्वतन्त्र सांसदको पनि साथ पाउने विश्वास राखेका छन् । करिब ६० सीटसहित आफूलाई निर्णायक शक्तिको रूपमा स्थापित गरेर प्रचण्डले ८९ सीट जितेको कांग्रेसमाथि नेतृत्वको दाबी गर्ने तयारी गरेका हुन् । प्रचण्डले कांग्रेसबाट प्रधानमन्त्री नपाए एमालेसँग सहकार्य हुनसक्ने राजनीतिक वृत्तमा चर्चा छ । एमालेले ७८, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राप्रपा १४, लोसपाले ४, नागरिक उन्मुक्ति ३, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १÷१ सीट जिते भने ५ स्वतन्त्र सांसद बनेका छन् ।

    आलोपालो हुँदा अहिले प्रचण्डले प्रधानमन्त्रीको दाबी गर्नु स्वभाविक भएको नेता मातृका यादव बताउँछन् ।

    उनले भने, ‘उहाँले गठबन्धनको निर्माण गरेर संविधान र लोकतन्त्रको रक्षा गर्नुभएको छ । अब उहाँ (प्रचण्ड)ले प्रधानमन्त्रीकोे दाबी गर्नु स्वभाविक हो । त्यो सम्भावना पनि छ ।’

    माओवादीका अर्का नेताले अब बन्ने गठबन्धन सरकारको नेतृत्व प्रचण्डले नै गर्ने दाबी गरे ।

    ती नेताले भने, ‘हामीले २३ सीटको कांग्रेसलाई अहिले सरकारमा लगेर पहिलो पार्टी बनाएका छौँ । हाम्रो सोचेजस्तो परिणाम नआए पनि प्रचण्ड कमरेड नै प्रधानमन्त्री बन्नुहुन्छ ।’

    प्रचण्डलाई नेकपा एस, जसपा, जनमतसहित स्वतन्त्र जितेका केही सांसदलाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्न सहयोग गर्ने ती नेताले दाबी गरे ।

    तर, कांग्रेस प्रवक्ता प्रकाशशरण महत भने गठबन्धनमा नेतृत्वको विषयमा छलफल नै नभएको बताउँछन् ।

    ‘गठबन्धन सरकार बन्ने भए पनि टुंगिएको छैन । अब संसदीय दलको नेता चयनपछि नेतृत्वको बारेमा छलफल होला,’ उनले भने ।

    गठबन्धनबाट चुनावमा गएपछि राजनीतिक रूपमा प्रचण्डले प्रधानमन्त्री दाबी गर्नु स्वभाविक भएको माओवादी नेता राजेन्द्र बस्नेत बताउँछन् ।

    उनी भन्छन्, ‘कांग्रेस पहिलो पार्टी भएपछि उसले नेतृत्वको दाबी गर्नु स्वभाविक हो । तर, राजनीतिक रूपमा अहिले प्रचण्ड प्रधानमन्त्री हुनुपर्छ भन्ने हाम्रो दाबी हो ।’

    उनले एमालेसँग मिलेर सरकार गठन गर्ने भन्ने कुरामा अनौपचारिक छलफल भएको चर्चा भए पनि त्यसले मूर्तरूप नपाएको बताए ।

    गठबन्धनको सरकार बन्ने भएपनि नेतृत्वको विषयमा अहिलेसम्म औपचारिक रूपमा छलफल नभएको नेकपा एसका नेता प्रकाश ज्वाला बताउँछन् ।

    उनी भन्छन्, ‘गठबन्धनमा रहेका दलका नेताहरूले विभिन्न माध्यमबाट प्रधानमन्त्रीको दाबी गरिराख्नुभएको छ । गठबन्धनको सरकार बनेपछि पावर सेयरिङको विषय उठ्नु स्वभाविक हो । तर, अहिलेसम्म औपचारिक रूपमा नेतृत्वको विषयमा प्रवेश भएजस्तो मलाई लाग्दैन ।’

    एमालेसँग पनि संवाद

    माओवादीले गठबन्धनकै सरकार गठन गर्ने बताउँदै आइरहे पनि एमालेसँग पनि छलफल गरिरहेको छ । एमाले र माओवादीका नेताहरूबिच विभिन्न कोणबाट सरकार गठनको बारेमा छलफल भइरहेको छ ।

    एमालेले माओवादीलाई गठबन्धन बाहिर ल्याएर आफूसँग सत्ता सहकार्य गराउन खोजेको छ । तर, ०७४ मा ओलीले आलोपालो सहमतिमा इमान्दारिता नदेखाएपछि माओवादी त्यसबारे सचेत छ । एमालेले माओवादीलाई गठबन्धनबाट बाहिर ल्याउनका लागि पहिलो कार्यकाल प्रधानमन्त्री दिने आश्वासन पठाएको स्रोतको दाबी छ ।

    दोस्रो तहका नेताहरूबिच संवाद भइरहेको बेलामा मङ्गलवार साँझ ओलीलाई भेट्न माओवादीका महासचिव देव गुरुङ बालकोट पुगे । तर, उनी ओलीसँग सरकार गठनको विषयमा छलफल नभएको बताउँछन् ।

    गुरुङ भन्छन्, ‘उहाँ विजयी हुनुभएको छ । उहाँलाई बधाई दिन मात्रै गएको हुँ । सरकार गठनको विषयमा छलफल भएको छैन । बाहिर हल्ला धेरै हुन्छ ।’

    प्रचण्डले एमालेलाई देखाएर कांग्रेससँग आधा कार्यकाल प्रधानमन्त्री लिन खोजेको कतिपयको बुझाइ छ । गठबन्धन छाडेर आए माओवादीसँग पुनः सहकार्य गर्न एमाले हौसिएको छ । तर प्रचण्ड भने गठबन्धनबाटै पहिलो कार्यकाल सरकारको नेतृत्व पाउनेमा विश्वस्त छन् । कांग्रेसभित्र प्रधानमन्त्रीको विषयमा हानथाप भइरहेको बेलामा देउवाले पहिलो कार्यकाल आफूलाई दिने प्रचण्डको विश्वास छ । तर, त्यो सहज छैन ।

  • ‘प्रचण्ड र देउवाको सल्लाहअनुसार प्रदेशमा निर्वाचन लडेको हो’

    ‘प्रचण्ड र देउवाको सल्लाहअनुसार प्रदेशमा निर्वाचन लडेको हो’

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक मत परिणामअनुसार प्रतिनिधिसभामा सबैभन्दा बलियो नेपाली कांग्रेस देखिएको छ । अघिल्लोपटक ठूलो दल बनेको नेकपा एमाले अहिले दोस्रो भएको छ । एमाले प्रदेशसभातर्फ प्रदेश १ बाहेक सबैमा कमजोर देखिएको छ ।

    सत्ता गठबन्धनको समीकरण हेर्दा यस पटक सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने सम्भवना बढी छ । २०६४ सालको निर्वाचनदेखि निरन्तर ३ वटा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग हारेका माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट यसपटक भने डडेल्धुरा प्रदेशसभा १ बाट निर्वाचित भए । ४८ वर्षीय भट्ट पहिलोपटक संसद प्रवेश गर्दैछन् ।

    निरन्तर प्रतिनिधिसभा निर्वाचन लड्दै आएका भट्टलाई यस पटक प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले मुख्यमन्त्री बनाउने उद्देश्यले आन्तरिक सहमति गरेर प्रदेशसभा निर्वाचनमा भिडाएको बताइन्छ । सुदूरपश्चिममा सीटका हिसाबले दोस्रो रहेको माओवादीले के मुख्यमन्त्रीमै दाबी गरेको हो त ? यी विविध विषयमा केन्द्रित रहेर नेपाल प्रेसकर्मी केशव भुलले नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम इन्चार्ज खगराज भट्टसँग गरेको कुराकानीको सम्पादित अंशः

    – प्रधानमन्त्री शेरबहादुर देउवासँग लगातार ३ पटक पराजित भएपछि चौथो पटक प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनबाट निर्वाचित हुनुभएको छ । कस्तो महसुस भइरहेको छ ?

    पहिलो कुरा त राजनीतिक जीवन भनेको असाधारण हो । राजनीतिक जीवनले विभिन्न आरोहअवरोहका बीचबाट गुज्रिनुपर्छ । राजनीतिक यात्रा त्यति सहज हुँदैन । यसमा विजयका स्वाद र पराजयका पीडा व्यहोनुपर्ने सबै राजनीतिक नेतृत्व र शक्तिको जीवनमा आउँछ । हिजो मलाई मेरो पार्टीले प्रतिस्पर्धीका लागि उभ्यायो । बहुसंख्यकको मन जित्न सकिएन र पराजित भइयो । त्यो स्वाभाविक नै हो । अहिले गठबन्धनको साझा उम्मेदवारका रुपमा उभिएर निर्वाचित भए ।

    यो पनि मेरा लागि एउटा स्वाभाविक प्रक्रिया हो । हारमा पीडा र जीतमा अलिकति उत्साह हुने कुरा त मानवीय प्रणालीमा हुने नै भयो र ममा पनि हुन्छ नै । तर, हारमा एकदमै निराश नै भइहाल्ने र विजयमा उन्मादको हाँसो देखाइहाल्ने यो मेरो पहिचान होइन । यसलाई मैले सहज रुपमा लिएको छु । यो जनताले गरेको विश्वास पनि हो । जनताले थपेको जिम्मेवारी पनि हो । अब त म जीतसँगै झन ठूला चुनौतीसँग लड्न लडाइँमा पठाइएको सिपाही पनि हो ।

    जहाँसम्म मुख्यमन्त्रीको कुरा छ । त्यो त गठबन्धन दलबीच हुने सहमतिले प्राप्त गर्ने कुरा हो । यो प्राविधिक विषय पनि हो । मेरो हकमा भन्नुपर्दा मभन्दा धेरै कनिष्ठ व्यक्तिले धेरै पटक अवसर लिइसक्नुभएको छ । म त्यस्तो व्यक्ति हो, जसले अहिलेसम्म कुनै पनि निर्वाचन जितेको थिएन र कुनै पनि अवसर लिएको थिएन ।

    – एक्लाएक्लै र एमाले गठबन्धनसँग निर्वाचन लड्दा जित्नुभएन । अहिले कांग्रेससँगको गठबन्धनमा मात्रै जित्न सफल हुनुभयो है ?

    हो । २०६४ र २०७० सालको पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा पार्टीबाट एकल उम्मेदवारका रुपमा निर्वाचन लडें । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग गठबन्धन गरेर साझा उम्मेदवारका रुपमा निर्वाचन लडें । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्राविधकि कारणले पराजित हुन पुगें । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा हाम्रो पार्टी टुक्रा–टुक्रा भएको अवस्थामा निर्वाचन लडे र पराजित हुन पुगें । २०७४ सालमा निर्वाचनमा एमालेसँगको तालमेलगरेर प्रतिस्पर्धा गर्दा पनि पराजित भएँ ।

    – निरन्तर पराजित हुँदा पनि तपाईं निर्वाचनमा होमिरहनुभयो । पराजित हुन नै किन निर्वाचन लड्नु भन्ने लागेन ?

    परिणामको पूर्वानुमान त मसँग थिएन । जनमत हेर्दा, जनताको उल्लास, हौसला देख्दा जितिन्छ कि भन्ने पनि लाग्ने रहेछ । जो निरन्तर निर्वाचन जितेर सबैभन्दा धेरै पटक प्रधानमन्त्री भइसकेको एउटा असाधारण व्यक्तिसँग साँच्चै जितिएला त भन्ने पनि लाग्ने रहेछ । यो दोहोरो अवस्थामा पनि निर्वाचन लडियो । म निरन्तर पराजित भए पनि पूर्ण रुपमा पराजित भएको भने होइन ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई भन्दा मलाई २०औं हजारले मत दिनुभएको छ । एउटा असाधारण व्यक्तिलाई मत नदिएर २०औं हजारले मलाई मत दिनुभएको छ भने मैले पनि त २०औं हजारको मन जितेको रहेछु नि ! त्यो मत भनेको स्वाभाविक रुपमा एउटा उत्साह, आशा र अभिलाषाको रुपमा आइपुगेको हो ।

    अर्कोतिर पराजय त पराजय नै हुन्छ गोलाप्रथाबाट भए पनि । म कानूनी र प्राविधिक रुपमा त पराजित हुँदै आए । तर, जसले मलाई प्रधानमन्त्री देउवाभन्दा बढी विश्वास गरेर मत दिनुभयो, उहाँहरुको भरोसालाई लत्याएर अर्को निर्वाचन क्षेत्रमा जानु हुँदैन भनेर अर्को निर्वाचन क्षेत्र नरोजेको हो ।

    – तीन पटक प्रतिनिधिसभा निर्वाचन लडेको व्यक्ति यस पटक प्रदेशसभा सदस्यमा लड्नुभयो । मुख्यमन्त्री बन्न प्रदेशमा झर्नुभएको हो ?

    निर्वाचन क्षेत्र सार्दै लैजानु राम्रो होइन । एउटा उम्मेदवारले स्थिर निर्वाचन क्षेत्र बनाउनुपर्छ । राष्ट्रिय राजनीति गर्ने व्यक्तिका लागि देशभरको कुनै पनि निर्वाचन क्षेत्र बिरानो त होइन । तर, एउटा उम्मेदवारले एउटा निर्वाचन क्षेत्रमा मात्रै मतदान गर्न पाउने भएकाले त्यो क्षेत्र नै उसका लागि उपयुक्त हो । मैले मेरो जन्मदेखि प्रतिस्पर्धात्मक अवस्थामा आइपुग्दा जुन क्षेत्रले मलाई यहाँ पुर्‍याएको छ, त्यो क्षेत्र छाड्नु उपयुक्त ठानिनँ ।

    जहाँसम्म मुख्यमन्त्रीको कुरा छ । त्यो त गठबन्धन दलबीच हुने सहमतिले प्राप्त गर्ने कुरा हो । यो प्राविधिक विषय पनि हो । मेरो हकमा भन्नुपर्दा मभन्दा धेरै कनिष्ठ व्यक्तिले धेरै पटक अवसर लिइसक्नुभएको छ । म त्यस्तो व्यक्ति हो, जसले अहिलेसम्म कुनै पनि निर्वाचन जितेको थिएन र कुनै पनि अवसर लिएको थिएन । त्यसैले मेरो हैसियतअनुसार र हाम्रो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाबीचको सल्लाहअनुसार म प्रदेशसभामा निर्वाचन लडेको हो ।

    – यसको मतलब तपाईं पहिले नै मुख्यमन्त्री बन्ने सहमतिसहित निर्वाचन लड्नुभएको हो ?

    यसमा के हो भने जुनसुकै दलबीच गठबन्धन भइसकेपछि वा एकल रुपमा निर्वाचन लडे पनि हरेक नेता तथा कार्यकर्ताको व्यवस्थापन गर्नु गठबन्धनका सबै नेताको साझा दायित्व हो । गठबन्धमा भइसकेपछि माओवादीभित्रको संवेदनशीलता कांग्रेसले र कांग्रेसभित्रको संवेदनशीलता माओवादीले बुझ्नुपर्छ । एकरुपताको समझदारी बन्ने पनि त्यसरी नै हो । मैले आशा गरेको कुरा र उहाँहरुले विश्वास दिलाएको कुरामा तादात्म्यता मिल्यो र जनताले पनि त्यसै विश्वासका आधारमा मलाई निर्वाचित गराएको हो ।

    गठबन्धन भनेपछि कुन दलले कति सीट प्राप्त गर्‍यो भन्ने कुराले कुनै अर्थ र महत्व राख्दैन । हामीले गठबन्धन बनाएकै दिन कुन दल कत्रो हुन्छ भनेर आँकलन गरिसकेका थियौं । नेकपा माओवादी केन्द्रले १२ सीट पाएर निर्वाचन लड्यो । नेपाली कांग्रेस १८ सीटमा निर्वाचन लड्यो । त्यति वेला नै कांग्रेस सबैभन्दा ठूलो पार्टी भइसकेको थियो ।

    – सुदूरपश्चिम प्रदेशसभाको गणित हेर्दा नेपाली कांग्रेसले मुख्यमन्त्री दाबी गर्ने होला नि ?

    गठबन्धन भनेपछि कुन दलले कति सीट प्राप्त गर्‍यो भन्ने कुराले कुनै अर्थ र महत्व राख्दैन । हामीले गठबन्धन बनाएकै दिन कुन दल कत्रो हुन्छ भनेर आँकलन गरिसकेका थियौं । नेकपा माओवादी केन्द्रले १२ सीट पाएर निर्वाचन लड्यो । नेपाली कांग्रेस १८ सीटमा निर्वाचन लड्यो । त्यति वेला नै कांग्रेस सबैभन्दा ठूलो पार्टी भइसकेको थियो । प्रत्यक्षतर्फको नजिता हेर्दा कांग्रेसले १२ सीट जितेको छ । माओवादीले ८ जित्यो । कांग्रेसले १८ निर्वाचन क्षेत्रमा लडेर १२ सीट प्राप्त गर्नु र माओवादीले १२ सीट लडेर ८ सीट प्राप्त गर्नु भनेको उस्ताउस्तै हो । समानुपातिकतर्फ हामीले केही कम सीट प्राप्त गर्‍यौं भने कांग्रेसले बढी सीट प्राप्त गर्‍यो ।

    त्यसैले समग्रमा हामी केही संख्यामा कम देखिएका हौं । ठूलो दल हुनेबित्तिकै नेतृत्व र सबै ठूलो जिम्मेवारी ठूलै दलले लिने हो भने त साना दलको भागमा केही पर्दैन । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री कांग्रेसले नै लिने हो भने अरु गठबन्धन दलले के लिने ? तर, ठूलो दल भएपछि अरुभन्दा केही बढी हिस्सा कांग्रेसले प्राप्त गर्छ नै । ७ वटा प्रदेशमध्ये एक-दुईबाहेक अधिकांशमा कांग्रेस नै बलियो भएकाले सबै प्रदेशमा उसैले नेतृत्व गर्ने भन्ने त हुँदैन नि !

    – सुदूरपश्चिम प्रदेशको हकमा प्रतिनिधिसभामा माओवादीको संख्या शून्य भयो । प्रदेशसभामा केही चित्त बुझाउने ठाउँ छ । यहाँ यसरी कमजोर भयो माओवादी ?

    माओवादी पार्टी आफ्नो एकता र अखण्डताबाट लोकप्रियता र विश्वसनियताबाट कमजोर हुँदै जाँदा हामी हाम्रो औचित्य र उपादेयतालाई पुष्टि गर्ने कठघरामा छौं । माओवादीले १० वर्षे जनयुद्ध गरेर देशलाई एउटा उचाइमा पुर्‍याउन खोजेकै हो । पहिलो पटक निर्वाचनमा सहभागी भएपछि २०६४ सालमा जनताले विश्वास गरेर सबैभन्दा ठूलो दल बनाएकै हुन् । हामीले जनतामा आफ्नो एजेण्डा प्रमाणित गर्न सकेनौं । राजनीतिक पार्टीको जीवनलाई अगाडि बढाउने कुरामा हामी कहीकतै चुक्यौं । हामीलाई जुन शक्तिका रुपमा जनताले देख्न चाहेका थिए, त्यो हुन सकेन ।

    सुदूरपश्चिमा जसरी नराम्रो आयो देशभरिमा पनि त राम्रो आएन नि ! कांग्रेस-एमालेका पनि ठूला गढ भनिएका क्षेत्र पनि भत्काएर भर्खरै जन्मिएका दलले जीत हासिल गरे नि ! कैलालीमा नै नेकपा एमाले शून्य अवस्थामा पुग्यो । उपेन्द्र यादव जस्ता मधेसका होनहार नेता पराजित हुन पुग्नुभयो । लेखराज भट्ट, गौरीशंकर चौधरीलगायतका नेता यताउता जानुले पनि केही असर नपर्ने भन्ने भएन । सबै हिसाबले नयाँ कार्ययोजनासहित जान सकियो भने माओवादीको जीवन र भविष्य राम्रो छ । फेरि पनि अहिलेकै गतिमा जाने हो भने डरलाग्दो अवस्थामा पक्कै पुग्नेछ । हामीले यो ५ वर्षमा पार्टी पुनर्निर्माण र सुदृढीकरणका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

    – अबको ५ वर्षपछि माओवादीलाई खोज्नुपर्ने अवस्था आउने पो देखियो त ?

    यसमा कुरा के छ भने २०७४ को स्थानीय तह निर्वाचनमा हामीले सुदूरपश्चिम प्रदेशमा १० वटामात्रै स्थानीय तह जितेको हो । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा १४ स्थानीय तह जितेका छौं ।

    ठूलो दल हुनेबित्तिकै नेतृत्व र सबै ठूलो जिम्मेवारी ठूलै दलले लिने हो भने त साना दलको भागमा केही पर्दैन । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री कांग्रेसले नै लिने हो भने अरु गठबन्धन दलले के लिने ?

    – त्यो कांग्रेस, एकीकृत समाजवादीसँगको गठबन्धनले बढाएको होला नि ?

    गठबन्धन त २०७४ सालको निर्वाचनमा पनि गरिएकै हो नि ! तर, गठबन्धनमात्रैले नहुने रहेछ । केही त आफ्नो पनि चाहिने रहेछ । गठबन्धनले केही आधार त तयार गर्छ तर, गठबन्धन नै जीतका लागि पूर्ण आधार भने होइन । हरेक गठबन्धनमा बलियो जनमत हुन जरुरी छ ।

    – त्यसो भए लेखराज भट्ट लगायतका उच्च तहका नेता एमाले प्रवेश गर्नुले पनि सुदूरपश्चिममा माओवादीको पराजयको यो अवस्था आएको हो ?

    त्यस्तो आंशिक प्रभाव थिएन भन्ने त होइन । उहाँ आफैं पनि त पराजित हुनुभएको छ । खासमा भन्ने हो भने सुदूरपश्चिम प्रदेशको विशेषगरी कैलालीको कुरा गर्ने हो भने त्यहाँको थारु समुदायको जनमत मूलधारका दलबाट विकेन्द्रित भए । माओवादी, कांग्रेस तथा एमालेप्रति प्रतिबद्ध नभएर भर्खरै खुलेका दलमा जनमत गइसकेको कुरा स्थानीय तहको निर्वाचनको परिणामले नै देखाइसकेको थियो ।

    त्यतिवेला नै मूलधारका दलले सोच्नुपर्ने र यसमा अध्ययन गरेर विश्लेषण गर्नुपर्ने थियो, त्यो हुन सकेन । मूलधारका दलले कैलालीमात्र नभएर बर्दिया हँुदै मधेसका कतिपय जिल्लामा नागरिक उन्मुक्ति पार्टी केही न केही हो भनेर बुझेको भए र त्यसैअनुसार अघि बढ्न नसकेका कारण पनि यस्तो पराजय भोग्नुपरेको हो । ती साना र भर्खरै जन्मिएका दललाई कमजोर बनाउन नसक्नु र आफू बलियो हुन नसक्नु नै मुख्य कमजोरी हो ।

    माओवादीले त कैलालीका प्रतिनिधिसभाका २ वटा निर्वाचन क्षेत्रमा मात्रै पराजय भोगेको हो । क्षेत्र नम्बर १ मा त नेपाली कांग्रेसले पनि पराजय भोग्नुपर्‍यो । कैलालीलाई बुझ्ने कुरा र थारु समुदायको मनोविज्ञान बुझ्ने कुरामा हामीबाट कमजोरी भयो, जसको कारण यस्तो नजिता आउन पुग्यो ।

    – सुदूरपश्चिम प्रदेशमा अब कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच मात्रै सत्ता समीकरण हुन्छ कि नागरिक उन्मुक्तिलगायतका दलसँग पनि सत्ता समीकरण बन्छ ?

    अब प्रदेशले संविधानको मर्मअनुसार स्वायत्त अधिकार कति प्राप्त गर्छ त्यसमा निर्भर हुन्छ । अर्को कुरा भनेको राजनीतिक दलका बीचमा साझा समझदारी कसरी हुन्छ, त्यसमा पनि निर्भर हुन्छ । हामीले खबरदारी र जिम्मेवारीको थलोका रुपमा रहेको संसदलाई कसरी विश्वसनीय बनाउन सक्छौं र नयाँ उचाइमा कसरी पुर्‍याउन सक्छौं । प्रतिपक्षमा रहेका दल र सत्ता गठबन्धनमा रहेका दलबीच पनि कसरी मैत्रीपूर्ण सम्बन्ध बनाएर जान सक्छौं भन्ने हो । यस्तो भयो भने सत्ता पक्ष र प्रतिपक्षबीच विभेद कम हुँदै जान्छ । हामी त्यहि बाटोमा जाओस् भन्ने चाहन्छौं ।

    सबै हिसाबले नयाँ कार्ययोजनासहित जान सकियो भने माओवादीको जीवन र भविष्य राम्रो छ । फेरि पनि अहिलेकै गतिमा जाने हो भने डरलाग्दो अवस्थामा पक्कै पुग्नेछ । हामीले यो ५ वर्षमा पार्टी पुनर्निर्माण र सुदृढीकरणका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

    – तपाईं मुख्यमन्त्री हुनुभयो भने अबको ५ वर्षमा सुदूरपश्चिम प्रदेश कुन अवस्थामा पुग्छ ?

    अब यो सत्तामा के हुन्छ भन्ने कुरा नटुंगिएर बोल्दा कति सान्दर्भिक हुन्छ भन्ने पनि होला । तर, हामीले प्रदेश सरकारको नेतृत्व ग¥यौं भने मुख्यगरी ३ देखि ४ वटा काम गर्छौं । पहिलो, हामी सुशासनको पक्षमा एकदमै बदनाम भएका छौं । निर्वाचन प्रणाली एकदमै खर्चिलो र भ्रष्ट भएको छ । विस्तारै धनीमानीमात्रै राज्यको मूल प्रवाहमा पुग्छन् कि भन्ने अवस्थामा पुगिसकेको छ । यसलाई कसरी सुधार गर्ने भन्नेमा हाम्रो ध्यान जानेछ ।

    अर्को, प्रदेशमा राजस्व कसरी वृद्धि गर्ने र त्यसका लागि आवश्यक पर्ने संघीय ऐन-नियम र जनशक्तिको व्यवस्थापन संघीय सरकारबाट चाहिएला । विकासका हिसाबले पर्यटन, जलस्रोत र कृषिलाई विशेष जोड दिनुपर्छ । शिक्षा र स्वास्थ्यलाई पनि सुधार गर्नैपर्छ । हामीले आम युवा पंक्तिलाई भरोसा दिलाउनुपर्नेछ । युवामा देखिएको आक्रोश अहिलेको निर्वाचन परिणामले पनि देखाइसकेको छ ।

    १८ देखि ३० वर्षका उम्मेदवारले नयाँ दल, सेलिब्रेटी र हावाहुरीलाई मत दिएका छन् । उनीहरुलाई कसरी सही दिशामा ल्याउन सकिन्छ भन्नेतिर हाम्रो ध्यान जानेछ । सुदूरपश्चिम चीन र भारसँगको सिमाना जोडिएको प्रदेश पनि हो । दुई देशबीचसँग पारस्परिक सम्बन्ध बनाएर कसरी लाभ लिन सकिन्छ भन्नेतिर पनि सोच्नुपर्नेछ ।

    यसअघि हाम्रै नेतृत्वको सरकारले गरेका कामको समीक्षा त पछि नै गरौंला । एउटा राजनीतिक परिपक्वताका निम्तिमात्र आधार बनाउने हो । हामीले त राइजिङ सुदूरपश्चिम बनाउन कसरी लाग्ने भन्नेतिर बढी जोड दिनेछौं । यहाँका विज्ञ, करदाता, पत्रकार, काम गर्ने विशिष्ट नागरिक सबैको विचारलाई केन्द्रित गरेर प्रदेशको भविष्य निर्माण गर्नुपर्छ ।

    – निर्वाचन जितेलगत्तै काठमाडौं आइपुग्नुभएको छ । किन हतार-हतार गरेर आइपुग्नुभयो ?

    एक त म पार्टीको स्थायी समिति सदस्य र प्रदेश इन्चार्ज भएकाले पनि पदाधिकारी बैठकमा बस्दै आएको छु । त्यसका लागि पनि म तत्काल काठमाडौं आउनुपरेको हो । दोस्रो आफ्नो स्वास्थ्य अलि ठीक नभएकाले पनि चेकजाँचका लागि तत्काल आउनुपरेको हो । आइसकेपछि राष्ट्रिय राजनीति, प्रदेश सरकार गठन तथा आफ्नोबारेमा पनि छलफल त हुने नै भयो । जे राम्रो छलफल भएको छ । जे होस्, शीर्ष नेतृत्वले हामीलाई आश्वस्त र विश्वस्त बनाएर पठाउने प्रयास गर्नुभएको छ ।

  • क्रान्तिकारीको लेखा आयोग र कोषाध्यक्षले भने- आर्थिक चलखेल भएकै बुझिन्छ, कारबाही होस्

    क्रान्तिकारीको लेखा आयोग र कोषाध्यक्षले भने- आर्थिक चलखेल भएकै बुझिन्छ, कारबाही होस्

    काठमाडौं । सीटीईभीटी र पोखरा विश्वविद्यालयको सम्बन्धन वितरणमा पैसाको ‘बार्गेनिङ’ भएको विषयमा सत्यतथ्य छानबिन गरी कारबाही गर्न अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष र लेखा आयोग प्रमुखले माग गरेका छन् ।

    माओवादी केन्द्रनिकटको उक्त विद्यार्थी संगठनमा अध्यक्ष पञ्चा सिंहले कलेज सम्बन्धनमा रकम ‘बार्गेनिङ’ गरेको आरोप लागेपछि संगठनभित्रको विवाद अहिले छताछुल्ल छ । केन्द्रीय लेखा आयोग प्रमुख विश्वमणि थापा र कोषाध्यक्ष भूषण शाहीले संयुक्त विज्ञप्ति निकाल्दै पछिल्लो समय संगठनभित्र उठेको आर्थिक सवालमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

    यो पनि पढ्नुस् : अखिल क्रान्तिकारीमा लफडा, पञ्चामाथि कलेजसँग सम्बन्धनमा बार्गेनिङ गरेको आरोप

    ‘संगठनका जिम्मेवार नेताहरूबाट सीटीईभीटी, पोखरा विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयमा सम्बन्धन र कार्यक्रम विस्तारलाई लिएर आन्दोलनको नाममा आर्थिक लेनदेन गर्न बार्गेनिङ गरेको विषयले संगठनको आर्थिक पारदर्शिता गम्भीर प्रश्न चिह्न खडा भएको छ’, विज्ञप्तिमा भनिएको छ । कुनैपनि कमिटीमा छलफल नगरी शैक्षिक मुद्दाहरुको तय, मुद्दाहरु उठानको प्रक्रिया र सम्बन्धित निकायमा प्रारम्भिक रूपमा बुझ्दा केन्द्रको निर्देशनमा चलखेल भएकै बुझिन्छ । हामी कुनै पनि विश्वविद्यालय, कलेज र अन्य निकायबाट संस्थागत रुपमा आर्थिक गतिविधि नगर्ने निर्णय गरेको जानकारी गराउँदछौँ ।’

    यसअघि बुधबार सातजना केन्द्रीय उपाध्यक्षले मातृ पार्टी माओवादी अध्यक्ष प्रचण्डसँग विशेष राष्ट्रिय सम्मेलनको माग गरिसकेका छन् ।

    पवन कार्की नेतृत्वको संगठनले पनि विज्ञप्ति निकालेर पञ्चा सिंहले नेतृत्व गरेको अवैध संगठनले अखिल क्रान्तिकारीका नाममा संगठनलाई अस्तव्यस्त बनाएर शैक्षिक माफियासँग मिलेमतो गरी विश्वविद्यालयका पदाधिकारीहरुसँग नयाँ कार्यक्रमहरुको सम्बन्धन र कार्यक्रम विस्तारका नाममा आर्थिक भागबन्डा गरेको दाबी गरेको थियो ।

     

     

  • अखिल क्रान्तिकारीमा लफडा, पञ्चामाथि कलेजसँग सम्बन्धनमा बार्गेनिङ गरेको आरोप

    अखिल क्रान्तिकारीमा लफडा, पञ्चामाथि कलेजसँग सम्बन्धनमा बार्गेनिङ गरेको आरोप

    काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा विवाद बढेको छ । क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले कलेज सम्बन्धनमा ‘बार्गेनिङ’ गरेको आरोप लागेपछि संगठनभित्रको विवाद छताछुल्ल भएको हो ।

    यसअघि संगठनको २२औं महाधिवेशनमा पनि नेतृत्व चयनको विषयमा रडाको मच्चिएको थियो । महाधिवेशनबाट नेतृत्व चयन गर्न नसकेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनको नेतृत्व सिंहलाई जिम्मा दिएका थिए ।

    अखिल क्रान्तिकारीका उपाध्यक्षहरु इन्द्र भुसाल र नारायण खनालले संगठनको नामबाट सीटीईभीटी र पोखरा विश्वविद्यालयको सम्बन्धन वितरणमा पैसाको ‘बार्गेनिङ’ भएको खुलासा गरेका छन् ।

    उपाध्यक्ष भुसालले फेसबुकमा लेखेका छन्, ‘सीटीईभीटी र पोखरा विश्वविद्यालयलगायत ठाउँमा हाम्रो संगठनको नाममा आधिकारिक रुपमा आर्थिक बार्गेनिङ गरिरहेको जानकारी प्राप्त भएको थियो । आर्थिक चलखेलमार्फत् गर्न खोजेको सम्बद्धताको सन्दर्भमा हामी र हाम्रो संगठन चुप लागेर नबस्ने कुरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छु । साथै यस्ता किसिमका आर्थिक गतिविधिबाट सचेत रहन आग्रह गर्दछु ।’

    त्यस्तै अर्का उपाध्यक्ष खनालले पनि संगठनलाई बदनाम नगर्न पटक-पटक ध्यानाकर्षण गर्दासमेत अटेर गरेपछि बाहिर ल्याउन बाध्य भएको उल्लेख गरेका छन् । खनाल अध्यक्ष सिंहको प्यानलबाटै उपाध्यक्ष बनेका हुन् ।

    सीटीईभीटीले कोर्सहरु थप्ने र पोखरा विश्वविद्यालयले विभिन्न कलेजहरुलाई सम्बन्धन दिने विषयमा अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले विभिन्न बहानामा मोटो रकम बार्गेनिङ गरेको आरोप लगाइएको हो ।

    पञ्चा सिंहले नेतृत्व गरेको संगठन अवैध !

    महाधिवेशनमा सहमति नभएपछि प्रचण्डको निर्णयप्रति असन्तुष्टि जनाउँदै पवन कार्कीको नेतृत्वले अखिल क्रान्तिकारीको समानान्तर केन्द्रीय कमिटी चलाउँदै आइरहेको छ ।

    समानान्तर कमिटीको नेतृत्व गर्दै आइरहेका संयोजक कार्कीले एक विज्ञप्ति जारी गर्दै अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनयताको विवाद समयमै समाधान हुन नसक्दा आफैंमा गन्जागोलभित्र रुमलिएको उल्लेख गरेका छन् ।

    उनले विज्ञप्तिमा भनेका छन्, ‘हामीले वास्तविक विद्यार्थीहरुको अखिल क्रान्तिकारी निर्माण गर्ने संकल्पसहित पञ्चा सिंह नेतृत्वको केन्द्रीय समितिलाई अवैध घोषणा गरी गत असार १८ गते क्रान्तिकारी संगठनको पुनर्गठन गरेर अगाडि बढेको यहाँहरु सबैलाई अवगत नै छ ।’

    विद्यार्थी आन्दोलनलाई समग्र शैक्षिक क्षेत्रको रुपान्तरणका लागि केन्द्रित गरी निष्कर्षविहीन सम्झौताबाट मुक्त गर्ने अठोटका साथ अगाडि बढेको कार्कीले बताएका छन् ।

    पञ्चा सिंहले नेतृत्व गरेको अवैध संगठनले अखिल क्रान्तिकारीका नाममा संगठनलाई अस्तव्यस्त बनाएर शैक्षिक माफियासँग मिलेमतो गरी विश्वविद्यालयका पदाधिकारीहरुसँग नयाँ कार्यक्रमहरुको सम्बन्धन र कार्यक्रम विस्तारका नाममा आर्थिक भागबन्डा गरेको उनले आरोप लगाएका छन् ।

    ‘संगठनको नाममा बार्गेनिङ स्वीकार्य छैन’

    संगठनकै पदाधिकारीहरुमार्फत बार्गेनिङ गरेको सत्यतथ्य खबर सार्वजनिक भइसकेपछि संलग्नलाई कारबाही गर्नुपर्ने संयोजक कार्कीले माग गरेका छन् ।

    ‘समग्र शैक्षिक क्षेत्रको भविष्य धराशायी बनाउने कार्यमा संलग्न जो कोही संगठनका नेता वा विश्वविद्यालयका पदाधिकारीहरु शैक्षिक माफियाहरुका दलाल हुन्,’ संयोजक कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यमा संग्लनहरुलाई तत्काल छानबिन गरी कारबाही गर्न सम्बन्धित सबै सरोकारवाला निकायसँग र कमरेड पञ्चा सिंह नेतृत्वको अवैधानिक कमिटी खारेज गर्न मातृ पार्टी नेकपा माओवादी केन्द्रसँग माग गर्दछौं ।’

    शैक्षिक माफियाहरुको आर्थिक चलखेलमा परी समग्र विद्यार्थी र शैक्षिक क्षेत्रको भविष्य धराशायी बनाउने गरी बाँड्न खोजिएको पोखरा विश्वविद्यालय र सीटीईभीटीका कार्यक्रमहरुको सम्बन्धन बाँड्ने कार्य तत्काल रोक्नसमेत माग गरिएको छ ।

    प्रचण्डसामु मागे विशेष राष्ट्रिय सम्मेलन

    संगठनकी अध्यक्ष पञ्चामाथि कलेजसँग सम्बन्धनमा बार्गेनिङ गरेको आरोप लागेपछि सात उपाध्यक्षले पार्टी अध्यक्ष प्रचण्डसँग विशेष राष्ट्रिय सम्मेलनको माग गरेका छन् ।

    उपाध्यक्षहरु इन्द्र भुसाल, मिलन एमसी, लक्ष्मी जोशी, राजकुमार याक्सो, नारायण खनाल, डा अच्युत भट्ट र गजेन्द्र देवले विशेष राष्ट्रिय सम्मेलनको माग गरेका हुन् ।

    उनीहरुले प्रचण्ड र फ्याक्सन इन्चार्ज हितमान शाक्यलाई बोधार्थ गरेर बैठकको माग गरेका हुन् ।

    सात उपाध्यक्षले संयुक्त रुपमा बैठक माग गर्दै भनेका छन्, ‘नेपाल आमाका सर्वोत्तम छोराछोरीहरुको रगतको भव्य आलोकमा निर्मित हाम्रो गौरवशाली संगठन अनेरास्ववियू क्रान्तिकारी यतिवेला संकटपूर्ण अवस्थामा छ । यतिवेला संगठनभित्र नेतृत्वमै राजनीतिक स्पष्टता, संगठनात्मक कुशलता, आर्थिक पारदर्शितालगायतका विषयमा गम्भीर समस्याहरु देखापरेका छन् ।’

    मूल नेतृत्वले समस्याहरूको कमिटी प्रणालीमा छलफल र समाधानको आवश्यक पहलकदमी नगरेर संगठनलाई कोमामा पुर्‍याएको महसुस सिंगो संगठनले गरेको उल्लेख गरेका छन् ।

    संगठनका समानान्तर गतिविधिलगायत सबै समस्याहरुको समाधान खोज्ने सर्वोच्च निकाय राष्ट्रिय सम्मेलन भएकाले संगठनलाई विशेष राष्ट्रिय सम्मेलनतर्फ दिशानिर्देश गर्न माग गरेका छन् ।

    विविध समस्याहरुको समाधान गर्न संगठनको केन्द्रीय समितिको बैठकको तयारीको निम्ति पदाधिकारी र केन्द्रीय कार्यलयको बैठक तत्काल राख्नसमेत सात उपाध्यक्षले माग गरेका छन् ।

  • उपराष्ट्रपति पुन- माओवादीले राष्ट्रपति पाए दाबी गर्ने, अन्यथा पाँच वर्ष राजनीति नगर्ने

    उपराष्ट्रपति पुन- माओवादीले राष्ट्रपति पाए दाबी गर्ने, अन्यथा पाँच वर्ष राजनीति नगर्ने

    काठमाडौं । निर्वाचन सकिएर नयाँ सरकार गठनको होमवर्क भइरहँदा देशका प्रमुख दुई सम्मानित पदहरू पनि रिक्त हुँदै छन् । आगामी दुई महिनाभित्र देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाउने छ ।

    नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुनेछ । उक्त धाराको उपधारा ३ मा निर्वाचन मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुने उल्लेख छ । यदि कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुन्छ । त्यसमा कुल मतको ५० प्रतिशत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुने व्यवस्था छ ।

    दोस्रो पटकको मतदानबाट समेत कुनै उम्मेदवारले कुल मतको ५० प्रतिशतभन्दा बढी प्राप्त गर्न नसकेमा पुन मतदान हुनेछ । त्यस्तो मतदानमा खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुने धारा ६२ को उपधारा ५ मा उल्लेख छ ।

    यही कानूनी व्यवस्था अनुसार पाँच वर्षअघि राष्ट्रपतिमा विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्द किशोर पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । यस पटक भने उनीहरू दुवैले पदबाट अवकाश पाउँदै छन् । अवकाशपछि उनीहरू सक्रिय राजनीतिमा फर्किन्छन् वा फर्किँदैनन् भन्ने चासो छ ।

    अघिल्ला राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा दुवै जना अहिले सक्रिय राजनीतिमा छैनन् । यादव बेलाबखत मिडियामा झुल्किन्छन्, तर झा भने पुरै ओझेलमा छन् । उपराष्ट्रपति बन्दा विवादित भएका उनी अहिले के गर्दै छन् भन्ने पनि खोजीनिती कसैले गरेको छैन ।

    तर, अहिलेका राष्ट्रपति र उपराष्ट्रपति दुवैसँग उमेरका हिसाबले राजनीति गर्ने समय छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि आफ्नो पुरानो पार्टी एमालेमा फर्किएर सक्रिय हुने आँकलनहरु भइरहेका छन् । कतिले उनलाई केपी ओलीको उत्तराधिकारीका रूपमा एमालेको नेतृत्व गर्न सक्ने चर्चा पनि गरेका छन् । यद्यपि, उनले आफ्नो मनसाय स्पष्ट पारिसकेकी छैनन् ।

    यता, उपराष्ट्रपति पुनको भने अलि फरक रणनीति छ । सत्ताको प्याकेज भागबन्डा हुँदा यदि माओवादीको भागमा राष्ट्रपति पर्‍यो भने उनले त्यसमा दाबी गर्ने भएका छन् ।

    उपराष्ट्रपति निकट स्रोतले नेपाल प्रेससँग भन्यो, ‘उपराष्ट्रपतिका रूपमा सफलतापूर्वक निर्विवाद ढंगले दुई कार्यकाल बिताउनुभएकाले भावी राष्ट्रपतिको स्वाभाविक दाबेदार उहाँ हुनुहुन्छ । यदि माओवादीले राष्ट्रपति पायो भने उहाँबाहेक अर्को जायज विकल्प पनि छैन ।’

    तर, अहिले माओवादीले प्रधानमन्त्रीमा नै दाबी गरिरहेकाले उपराष्ट्रपति पुनःले खुलेर आफ्नो आकांक्षा प्रकट गर्न पाएका छैनन् । माओवादी अध्यक्ष प्रचण्ड सत्ता गठबन्धनको नेतृत्व गर्दै आफैँ प्रधानमन्त्री बन्न चाहन्छन् । त्यसैले उपराष्ट्रपति पुनको पनि पहिलो प्रयास प्रचण्डलाई प्रधानमन्त्री बनाउनमा नै केन्द्रित हुने स्रोतको भनाइ छ ।

    चुनावपछि प्रचण्ड र डा. बाबुराम भट्टराईले उपराष्ट्रपति पुनलाई उनकै निवासमा पुगेर भेटेका थिए । उक्त भेटमा पुनले प्रचण्डलाई प्रधानमन्त्री बन्नका निम्ति आफ्नो नैतिक समर्थन रहने बताए । यदि माओवादीले प्रधानमन्त्री नपाउने स्थितिमा राष्ट्रपतिमा आफ्नो दाबी रहने संकेत पुनले गरेका थिए ।

    तर, यदि राष्ट्रपति माओवादीले पाएन वा पाए पनि पुनलाई दिइएन भने उनी सक्रिय राजनीतिबाट केही समय विश्राम लिने मनस्थितिमा छन् ।

    स्रोतले भन्यो, ‘यदि राष्ट्रपति बन्नुभएन भने कम्तीमा पाँच वर्ष उहाँले सक्रिय राजनीति गर्नुहुन्न । यो अवधिमा उनले शान्ति प्रक्रियाका बाँकी कामहरूमा उहाँले चासो दिनुहुने छ ।’

    उपराष्ट्रपति पुन अहिले माओवादी आन्दोलनबारे पुस्तक लेख्दै छन् । त्यसलाई अवकाशपछि त्यसलाई चाँडै सिध्याएर सार्वजनिक गर्ने उनको योजना छ ।

    माओवादी जनसेनाका कमाण्डर नन्द किशोर पुन २०७२ साल कात्तिक १४ गते उपराष्ट्रपति निर्वाचित भएका हुन् । २०७४ सालमा उनी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भए । उपराष्ट्रपतिका रूपमा उनको दुई कार्यकाल लगभग विवादरहित गुज्रिएको छ ।

    पुन दोस्रो संविधानसभा चुनावमा काठमाडौं–४ बाट गगन थापासँग पराजित भएका थिए । उनी राष्ट्रवादी नेताको रूपमा चिनिन्छन् ।

  • प्रदेश १ को मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको दाबी

    प्रदेश १ को मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको दाबी

    विराटनगर । प्रदेश १ मा सत्ता गठबन्धन भित्र रहेका दल नेपाली कांग्रेस र माओवादीले मुख्यमन्त्रीको दाबी गरेका छन् ।

    प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर नेपाली कांग्रेसले २७ सिट र माओवादीले १३ सीट पाएको छ ।
    ठूलो दल भएका कारण नेपाली कांग्रेसले प्रदेश १ को मुख्यमन्त्री पाउनु पर्ने नेपाली कांग्रेस प्रदेश सभापति उद्धव थापाले बताए ।

    उनले आफूहरु ठूलो दल भएका कारण मुख्यमन्त्री छाड्न नहुने भन्दै केन्द्रसँग लविंङ भइरहेको बताए । उनले भने, ‘हामी मुख्यमन्त्री छाड्न नहुने भन्नेमा छौ तर गठबन्धन भएका कारण केन्द्रको जे निर्णय आँउछ मान्न तयार छौ ।’

    उनले गठबन्धन नटुट्ने भन्दै केन्द्रले कुन कुन प्रदेशमा कुन दलले नेतृत्व गर्ने भन्ने सहमति गर्ने बताए ।

    ठूलो दल भएका कारण प्रदेश १ को नेतृत्व कांग्रेसले पाउनुपर्ने भन्दै थापाले भने, ‘हामी नेताहरुलाई प्रदेश १ छाड्नु हुँदैन भनिरहेका छौं ।’

    गठबन्धन भएका कारण सबैको जित हुन आवश्यक छ । माओवादी केन्द्र प्रदेश १ कास इन्चार्ज इन्चार्ज साबित्री कुमार काफ्लेले भने हामीले यस पटक प्रदेश १ को मुख्यमन्त्री पाउनु पर्छ भन्ने हो ।

    उनले माओवादी प्रदेश १ को मुख्यमन्त्री नछाडौं भन्ने पक्षमा रहेको तर केन्द्रको नेतृत्व निर्णय मानेर जानुको विकल्प नभएको बताए ।

    केन्द्रमा नेताहरुका बिचमा कस्तो खाले सहमति बन्छ त्यही आधारमा प्रदेशको नेतृत्व बन्ने हो काफ्लेले भने हामी केन्द्रको कुरा क्रस गरेर जाने अवस्थामा छैनौ । अहिले बल्ल सामानुपातिकको लिष्टमा टुंगो लागेको र अब संसदीय दलको नेता छानेपछि मुख्यमन्त्री को बन्ने भन्ने कुरा अगाडि बढ्ने बताए । अहिलेको निर्वाचनले गठबन्धनलाई मिलेर सरकार चलाउनु भन्ने आदेश छ, त्यही आदेश अनुसार हामी मिलेर सरकार चलाउँछौ ।

    प्रदेश १ मा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका बीचमा गठबन्धन सरकार छ । गठबन्धनमा रहेको जसपा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमालेसँग तालमेल गरेकाले जसपा सत्ता गठबन्धनमा रहने नरहने टुंगो लागेको छैन ।

    एकीकृत समाजवादीका नेता तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफू नैतिकताको आधारमा मुख्यमन्त्री नबन्ने बताएका छन् । उनको दलले प्रदेश १ मा प्रत्यक्ष तर्फ तीन सीट र समानुपातिक तर्फ १ सीट पाएको छ ।

    जसपालाई फकाउँदै गठबन्धन

    सत्ता गठबन्धनको सरकार बन्ने नबन्ने भन्ने विषयको टुंगो भने जनता समाजवादी पार्टीले गर्ने छ । समानुपातिक तर्फबाट एक सीट पाएको जसपाले गठबन्धनलाई सर्मथन नगरे गठबन्धनको सरकार बन्दैन । एकीकृत समाजवादी, माओवादी र नेपाली कांग्रेसको ४६ सिट मात्रै हुँदा जसपा निर्णायक बन्ने छ ।

    जसपालाई फकाउन अहिले सबै दलहरु लागेका छन् । प्रदेश १ का प्रदेश सभापति थापाले जसपासँग कुरा भइरहेको बताएका छन् । उनले केन्द्र र प्रदेश दुवै तहमा जसपासँग सरकार बनाउने विषयमा कुरा भइरहेको बताए ।

    उनले भने, ‘गठबन्धनसँग सरकार बनाउने विषयमा जसपा पोजेटिभ छ । केन्द्रको निर्णय पर्खिएर जसपा बसेको छ ।’ माओवादीका सह इन्चार्ज सावित्रा काफ्लेले जसपासँग सरकार बनाउने विषयमा कुरा भइरहेको बताए ।

  • प्रचण्ड भेट्न खुमलटार पुगे अग्नि सापकोटा

    प्रचण्ड भेट्न खुमलटार पुगे अग्नि सापकोटा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

    अध्यक्ष प्रचण्डलाई भेट्न सापकोटा आइतबार बिहानै खुमलटार पुगेका थिए । प्रचण्ड र सापकोटाबीच करिब एक घण्टा वार्ता भएको उनीनिकट स्रोतले बतायो ।

    सापकोटा ०७४ सालमा सिन्धुपाल्चोक १ बाट निर्वाचित भएका थिए । युवालाई छाड्ने भन्दै यो पटक सापकोटा चुनाव लडेनन् ।

    सिन्धुपाल्चोक १ बाट सापकोटाकै भतिज माधव सापकोटा ‘सुवोध’ निर्वाचित भइसकेका छन् । सत्ता गठबन्धनमा राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र राष्ट्रियसभा उपाध्यक्षजस्ता पदहरू प्याकेजमै भागबण्डा मिलाउन प्रयास भइरहेको छ।

    त्यही बेलामा सापकोटा खुमलटार पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

  • समानुपातिकमा छुटाइएका अजम्बरलाई प्रचण्डको ढाडस- सानो मन नगर्नु होला

    समानुपातिकमा छुटाइएका अजम्बरलाई प्रचण्डको ढाडस- सानो मन नगर्नु होला

    काठमाडौं । नेतृत्वमा सहमति नजुट्दा समानुपातिक सांसद बन्न नपाएका अजम्बर राई काङमाङले आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

    समानुपातिकमा पाएको १४ सीटमध्ये माओवादीले पुरूषतर्फ दुईजना पठाउनुपर्ने थियो । त्यसमा खस आर्यबाट हितराज पाण्डेको नाममा सहमति जुटे पनि दोस्रो पुरुष सांसदबारे पदाधिकारीबीच सहमति नहुँदा प्रचण्डलाई जिम्मा दिइएको थियो । पछि दलितबाट रणेन्द्र बराइलीलाई चयन गरिएको छ । भोजपुरका अजम्बर आदिवासी जनजाति क्लस्टरको एक नम्बरमा थिए ।

    प्रचण्डलाई भेटेपछि उनले लेखेका छन्, ‘प्रतिनिधिसभा समानुपातिकको सदस्यको उम्मेदवारमा आदिवासी जनजाति क्लस्टरको एक नम्बरमा म अजम्बर राई काङमाङ पनि अटाएकै थिएँ । हिजो आयोगमा बुझाइएको पत्रमा मेरो नाम चाहिँ अटाएनछ ।’

    सूचीबारे छलफल भइरहँदा अध्यक्षलाई भेट्दा सांसद बनाइमाग्न आएको भान र दबाब पर्ला भनेर यसअघि भेट्न नआएको अजम्बरले प्रष्ट्याएका छन् । प्रदेश १ का सहइन्चार्ज सावित्री काफ्ले ‘समर’ लाई लिएर खुमलटार पुगेका काङमाङले अध्यक्षले थोरै बल गरिदिएको भए आफू पर्ने बताएको उल्लेख गरेका छन् ।

    अध्यक्षले, ‘अनेकौं प्रयत्नका बाबजुद तपाईंलाई यसपटक सांसद बनाउन सकिएन । सानो मन नगर्नु होला ।’ भन्नुभयो । नाङ्गो पाइतालाले आगोको कोइला कुल्चदै हिँड्न अभ्यस्त मैले भनेँ, ‘म पनि बन्छु भन्नेमा विश्वस्तै थिएँ, तपाईंले एक प्रतिशत मात्रै मेरो पक्षपोषण गरिदिनुभएको भए एकाउन्न प्रतिशत हुनेमा म परिहाल्थ्येँ ।’ उहाँले सविस्तार गणित र प्रतिशतका सरल हिसाब सुनाउनु भयो । मनमनै उहाँलाई हान्न भनेर नाङ्गो हत्केलामा मुठ्याएर लगेको झर्राउदो आगोको कोइला तत्कालै भुइँमा खसालिदिएँ’, उनले फेसबुकमा लेखेका छन् ।

  • गठबन्धनले लुम्बिनीमा एमाले र माओवादीलाई घाटा, कांग्रेसलाई १० प्लस

    गठबन्धनले लुम्बिनीमा एमाले र माओवादीलाई घाटा, कांग्रेसलाई १० प्लस

    रुपन्देही । लुम्बिनी प्रदेश सभामा प्रत्यक्षबाट दोहोरिएर आउने सांसदको संख्या १८ पुगेको छ जसमध्ये सबैभन्दा धेरै दोहोरिनेमा नेकपा एमालेबाट परेका छन् । ८७ सदस्यीय प्रदेश सभामा ५२ जना प्रत्यक्षबाट र ३५ जना समानुपातिकबाट निर्वाचित हुन्छन् । एमालेबाट नौ जना दोहोरिँदा कांग्रेसबाट पाँच, माओवादीबाट तीन र लोसपाबाट एक जना माननीय दोहोरिएर निर्वाचित भएका हुन् ।

    को को दोहोरिए एमालेबाट ?

    एमालेबाट धेरै जना दोहोरिने रुपन्देहीबाट परेका छन् । यसअघि मन्त्री बनेका रुपन्देहीका लिला गिरी, भोजप्रसाद श्रेष्ठसहित भूमिश्वर ढकाल, तुलसीप्रसाद चौधरी पुनः निर्वाचित भएका हुन् ।

    रुपन्देही २(१)बाट लिला गिरीले सत्ता गठबन्धनबाट उम्मेदवार कांग्रेसका दीर्घबहादुर केसीलाई पराजित गरेका हुन् । गिरीले १७ हजार ६३७ मत प्राप्त गरी विजयी हुँदा केसीले १४ हजार ९१० मत पाएका थिए । रुपन्देही २(२) मा भोजप्रसाद श्रेष्ठले सत्ता गठबन्धनबाट उम्मेदवार माओवादीका बामदेव क्षेत्रीलाई पराजित गरेका हुन् ।

    श्रेष्ठले १६ हजार ३५१ मत ल्याउँदा माओवादीका क्षेत्रीले नौ हजार ४३१ मत प्राप्त गरेका छन् । रुपन्देही ५ (१) बाट भूमिश्वर ढकाल दोहोरिएका छन् । पहिलो कार्यकालमा एमालेबाट प्रमुख सचेतक बनेका ढकालले सत्ता गठबन्धनका तर्फबाट माओवादीका विनोद पहाडीलाई पराजित गरेका हुन् ।

    ढकालले १९ हजार ७८ मत प्राप्त गरी विजयी हुँदा माओवादीका पहाडीले ११ हजार ३६८ मत ल्याए । रुपन्देही ३ (२) बाट तुलसीप्रसाद चौधरी दोहोरिएका छन् । चौधरीले १६ हजार ३९४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र ढकालले १६ हजार १९३ मत ल्याएका थिए । रुपन्देहीबाट दोहोरिएर उम्मेदार बनेका दधिराम न्यौपाने भने पराजित भएका छन् । उनी यसअघि माओवादीबाट निर्वाचित भएपनि नेकपापछि एमालेमा रहेकाले सांसद पद गुमाएका थिए ।

    कपिलवस्तु १ (१) बाट विष्णु पन्थी दोस्रो कार्यकालका लागि दोहोरिए । उनले नेपाली कांग्रेसका डोलकराम घिमिरेलाई पराजित गरे । पन्थीले २० हजार २४७ मत प्राप्त गर्दा घिमिरेले १५ हजार ७९७ मत प्राप्त गरे ।

    कपिलवस्तु ३ (१) बाट अर्जुनकुमार केसी दोहोरिए । उनले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रविदत्त मिश्रालाई ६ मतले पराजित गरे । केसीले ११ हजार ७४३ मत प्राप्त गर्दा मिश्राले ११ हजार ७३७ मत प्राप्त गरेका थिए ।

    अर्घाखाँची १ (१)बाट चेतनारायण आचार्य र अर्घाखाँची १ (२) बाट रामजीप्रसाद घिमिरे दोस्रो कार्यकालका लागि प्रदेश सभामा आएका छन् । आचार्यले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका सागर केसीलाई पराजित गरेका हुन् । आचार्यले २० हजार ५२५ मत प्राप्त गर्दा क्षेत्रीले १९ हजार ७९० मत प्राप्त गरेका छन् ।

    घिमिरेले नेपाली कांग्रेसका कमलप्रसाद भुसाललाई पराजित गरे । घिमिरेले २२ हजार ७८९ मत प्राप्त गर्दा भुसालले २१ हजार ९८३ मत प्राप्त गरे । गुल्मी २(२) बाट दिनेश पन्थी दोहोरिएका छन् । ०७४ सालको निर्वाचनसम्म माओवादीमा रहेका उनी नेकपा विभाजनपछि एमाले रोजेका कारण सांसद पद गुमाएका थिए ।

    पन्थीले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका बुद्धिबहादुर घर्तीलाई पराजित गरे । पन्थीले १३ हजार ९२९ मत प्राप्त गरी विजयी हुँदा घर्तीले १३ हजार ८१९ मत ल्याए ।

    कांग्रेसबाट ५ जना दोहोरिए

    कांग्रेसबाट २०७४ सालमा प्रत्यक्ष र समानुपातिकबाट प्रदेश सभा सदस्य भएकामध्ये नौ जना यसपटक चुनावी मैदानमा गएकामा ५ जना निर्वाचित भएका छन् ।

    रुपन्देही ४ (२) बाट वसिउद्दिन खाँ दोहोरिएका छन् । शिक्षा तथा खेलकुदमन्त्री रहेका खाँले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मोहनलाल यादवलाई पराजित गरेका हुन् । खाँ ले ११ हजार ३०५ मत प्राप्त गर्दा यादवले आठ हजार २६५ मत प्राप्त गरेका छन् ।

    दाङ ३ (१) बाट डिल्लीबहादुर चौधरी दोहोरिएका छन् । पर्यटन, ग्रामिण तथा शहरी विकासमन्त्री रहेका चौधरीले एमालेका घनश्याम पाण्डेलाई पराजित गरेका हुन् । चौधरीले १९ हजार ८६७ मत प्राप्त गर्दा एमालेका पाण्डेले १४ हजार ४६९ मत प्राप्त गरेका छन् ।

    पाल्पा २ (१) बाट वीरबहादुर राना दोस्रो कार्यकालका लागि दोहोरिएका छन् । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी समालेका रानाले एमालेका परशुराम भट्टराईलाई पराजित गरेका हुन् । रानाले १६ हजार ३९ मत प्राप्त गर्दा भट्टराईले १३ हजार ९६४ मत प्राप्त गरेका छन् ।
    नवलपरासी २ (२) बाट बैजनाथ कलवार जैसवाल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले ११ हजार ७८२ मत प्राप्त गर्दा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नगेन्द्र अग्रहरीले नौ हजार ८५२ मत प्राप्त गरेका छन् । बर्दिया १ (१) बाट भुवनेश्वर चौधरी दोस्रो कार्यकालका आएका छन् ।

    उनले एमालेका शालिकराम अधिकारीलाई पराजित गरेका हुन् । चौधरीले १७ हजार २६ मत प्राप्त गर्दा एमालेका अधिकारीले १६ हजार ९०७ मत प्राप्त गरेका छन् ।

    माओवादीबाट को को आए दोस्रोपटक ?

    माओवादीबाट तीन जना मात्रै यो पटक दोहोरिएका छन् । दाङ १ (१) बाट इन्द्रजित थारु दोहोरिएका छन् । उनले एमालेका गंगाराम भट्टराईलाई पराजित गरे । स्वास्थ्य मन्त्री रहेका थारुले १३ हजार ५०७ मत प्राप्त गर्दा एमालेका भट्टराईले ११ हजार ७२८ मत प्राप्त गरे ।
    पाल्पा २ (२) बाट तुलाराम घर्ती दोस्रो पटक निर्वाचित भएका छन् ।

    यसअघिको माओवादीका प्रमुख सचेतक भएका घर्तीले एमालेका ओमबहादुर घर्ती मगरलाई पराजित गरेका हुन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका घर्तीले १३ हजार ९१२ मत प्राप्त गर्दा एमालेका ओमबहादुर घर्ती मगरले १३ हजार ५१ मत प्राप्त गरे ।

    बाँके १ (१) बाट कृष्णा केसी दोस्रो पटक निर्वाचित भएकी छन् । उनी लुम्बिनी प्रदेश सभामा प्रत्यक्ष चुनाव जित्ने एक्ली महिला सांसद हुन् । उनले नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि दोहोरिएकी हुन् । केसीले नौ हजार १०३ मत प्राप्त गर्दा चौधरीले सात हजार ९६६ मत प्राप्त गरे ।

    लोसपाका पाण्डेय आए दोस्रो कार्यकालका लागि

    रुपन्देही ३ (१) मा लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डेय पनि प्रदेश सभामा दोहोरिएका छन् । यसअघि जसपाबाट निर्वाचित भएका उनी पार्टी निर्णय विपरीत एमाले नेतृत्वको सरकारमा गएकाले सांसद पद गुमाएका थिए ।

    पाण्डेयले जनता समाजवादी पार्टी नेपालका महेन्द्र यादवलाई पराजित गरेका हुन् । पाण्डेयले १४ हजार ९२८ मत प्राप्त गर्दा यादवले १० हजार ७९८ मत प्राप्त गरे ।

    गठबन्धनले एमाले र माओवादीलाई घाटा, कांग्रेसलाई १० प्लस

    २०७४ को निर्वाचनमा २७ सीट जितेको एमालेले यसपटक प्रदेश सभामा नौ सीट गुमाएको छ भने माओवादीले यसअघि १४ सीट जितेकोमा अहिले ५ सीटमा खुम्चेको छ । ०७४ मा सात सीट मात्रै जितेको कांग्रेसले सत्ता गठबन्धनको बलमा १७ सीट जितेको छ ।

    प्रदेश सभामा प्रत्यक्षतर्फ १८ सीट जितेर एमाले पहिलो दल बनेको हो । कांग्रेसले १७, माओवादी केन्द्रले ५, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले २/२ सिट, जनमत पार्टीले एक सीट जितेका छन् ।

    माओवादीका बागी (स्वतन्त्र) उम्मेदवारले तीन सीट जितेका छन् । प्रत्यक्षमा एकीकृत समाजवादी र जनमोर्चा लुम्बिनी प्रदेशमा शून्य भएपनि समानुपातिकमा १/१ सीट ल्याएका छन् । समानुपातिकको ३५ सीटमा एमालेले ११, कांग्रेसले १०, माओवादीले ४, राप्रपाले २, नागरिक उन्मुक्ति २, जनमत २, जसपा र लोसपा १/१, तथा जनमोर्चा र नेकपा एसले १/१ सीट सुरक्षित गरेका छन् ।

    ३२ दल सहभागी भएकोमा प्रत्यक्षमा ८ र समानुपातिकमा थप २ गरी १० दलले लुम्बिनी प्रदेशसभामा सहभागिता जनाउने भएका छन् ।

  • यी हुन् माओवादीका १४ समानुपातिक सांसद (सूचीसहित)

    यी हुन् माओवादीका १४ समानुपातिक सांसद (सूचीसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ। महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर सांसदको नाम बुझाएका हुन्।

    १४ मध्ये १२ महिला र २ पुरुषको नाम बुझाएको छ। माओवादीले प्रत्यक्षमा १८ सीट जितेको छ।

    सूची

    आदिवासी महिला

    दुर्गा राई

    मिना तामाङ

    उर्मिला माझी पौडेल

    छिरिङ ल्यामु लामा तामाङ

    खस आर्य

    हितराज पाण्डे (पुरुष)

    महिला

    ज्ञानु बस्नेत सुवेदी

    विमला सुवेदी

    नारायणी शर्मा

    रुपासोसी चौधरी (थारु)

    दलित

    रणेन्द्र बराली

    सुशीला श्रीपाली ठकुरी

    मधेशी

    मिना यादव

    उमरावती देवी यादव

    पिछडिएको क्षेत्र

    कल्पना मियाँ

  • राष्ट्रिय राजनीतिमा भएको हाम्रो केन्द्रीय भूमिका कसैले खोस्न सक्दैन : प्रचण्ड (भिडिओ)

    राष्ट्रिय राजनीतिमा भएको हाम्रो केन्द्रीय भूमिका कसैले खोस्न सक्दैन : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय राजनीतिमा माओवादी नै अझै निर्णायक शक्ति भएको दाबी गरेका छन्।

    नेपाल राष्ट्रिय कर्मचारी महासंघको १५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै ०६४ को निर्वाचनपछि माओवादी एउटा तागतको रूपमा फैलिएको दाबी गरे।

    उनले भने, ‘अहिलेको निर्वाचनपछि पनि १२२ पालिका माओवादीको कन्ट्रोलमा हुने कुरा भनेको सानो कुरा होइन। प्रदेशमा हामी ७४ को हाराहारीमै छौँ। खुम्चिएको छैनौँ। तर संघमा हामीले सोचेजस्तो, अपेक्षा गरेजस्तो भएन। त्यसको कारणको खोजी र समीक्षा पनि गर्दै छौँ।’

    माओवादी खुम्चिनुको अर्थ राष्ट्रिय राजनीतिमा कमजोर हुनु नभएको बताए।

    उनले दाबी गर्दै भने, ‘राष्ट्रिय राजनीतिमा हाम्रो भूमिका अहिले पनि केन्द्रीय नै छ, त्यसलाई कसैले खोस्ने स्थिति देखिएको छैन।’

    अहिले निराशा र चिन्तित नभई आफूलाई गम्भीर भएर रूपान्तरण गर्न आवश्यक भएको बताए। आफूहरूले ०६४ मा ल्याएको नतिजा पचाउन नसकेकै कारणले अहिलेको अवस्थामा पुगेको उनको भनाइ छ।

    राष्ट्रिय राजनीतिमा आफूहरू निराश हुनुपर्ने कुनै कारण नभएको बताए। माओवादीले ल्याएको व्यवस्था नै अहिले भएकाले आफूहरू फेरि गुम्न खोजेको शक्तिमा फर्किन सक्ने विश्वास व्यक्त गरे।

  • प्रचण्डले भने- म पनि युवाकालको खेलाडी हुँ (भिडिओ)

    प्रचण्डले भने- म पनि युवाकालको खेलाडी हुँ (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू युवा कालमा खेलाडी भएको बताएका छन्।

    काठमाडौंको दशरथ रंगशालामा आजबाट सुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै खेलप्रति आफ्नो रुचि भएको बताए।

    उनले भने, ‘म आफैँ पनि आफ्नो युवाकालको एउटा खेलाडी थिएँ। त्यसैले मलाई खेलप्रति मेरो विशेष अभिरुचि रहेको छ। अहिले मैले मेरो जीवनमा पहिलो पटक रग्बी खेललाई प्रत्यक्ष हेर्दै छु।’

    खेलले आजको दुनियाँमा विभिन्न देशका जनताको सम्बन्ध, युवाहरूको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम बनेको समेत बताए।

  • राजधानीका विषयमा अनावश्यक राजनीति नगर्न लुम्बिनीका मुख्यमन्त्रीको आग्रह

    राजधानीका विषयमा अनावश्यक राजनीति नगर्न लुम्बिनीका मुख्यमन्त्रीको आग्रह

    रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीको विषयलाई लिएर अनावश्य किचलो नगर्न लागि विभिन्न दलका नेताहरुलाई अनुरोध गर्दै प्रदेश सभाले गरेको निर्णय कार्यन्वयनका लागि सहयोग गर्नका लागि अपील गरेका छन् ।

    बुटवल मुकामबाट अस्थायी संरचनामै रातारात मुख्यमन्त्री कार्यालय सारेको भन्दै एमाले तथा सत्तारुढ नेपाली कांग्रेसका नेताकार्यकर्ताले उनको कार्यशैलीको विरोध गरिरहेका बेला केसीले यस्तो जवाफ दिएका हुन् ।

    देउखुरीमा आयोजित सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री केसीले २०७७ साल असोज २० गतेको प्रदेश सभाको निर्णयलाई कार्यान्वयन गरेको विषयलाई विषयान्तर नगर्न उनको आग्रह छ ।

    राजधानीको सुरक्षाका लागि सम्पूर्ण व्यवस्था मिलाउन सुरक्षा निकायलाई ध्यान दिन मुख्यमन्त्री केसीले निर्देशन दिँदै देउखुरीमा राजधानी निर्माण कार्यान्वयनकोे झण्डा उत्तोलन कार्यक्रम गरी औपचारिक रुपमा कार्य सञ्चालन गर्ने बताए । मुख्यमन्त्री कुलप्रसाद केसीले स्थायी मुकाम सुरक्षाका लागि सम्पूर्ण तयारी गर्नका लागि सबै सुरक्षा निकायले योजना बनाउन उनले आग्रह गरे ।

    उनले लुम्बिनी प्रदेशको राजधानीको लागि सुरक्षाको दृष्टिले निकै संंवेदनदनशील विषय भएको बताउँदै सिसीसीटिभी क्यामरा जडान, ट्राफिक कार्यालयको व्यवस्था, मन्त्रालयको सुरक्षा लगायत र मुख्यमन्त्री एवं मन्त्रीहरुको सुरक्षा लगायतको विषयमा व्यवस्था मिलाउनको लागि निर्देशन दिए । मुख्यमन्त्री केसीले यो राजधानी कार्यन्वयको लागि सबै सुरक्षा निकायले आफ्नो आफ्नो टिमबाट अगाडि बढाउनुपर्ने बताए । उनले सुरक्षा निकाय सरकारको कामलाई अझ सहजीकरण गरी अगाडि बढाउनको लागि नै निर्देशन दिए ।

    आन्तरिक मामिला, कानून एवं सञ्चार मन्त्री तिलकराम शर्माले सुरक्षा निकायको समन्वय गरी अगाडि बढाउनको लागि नै मन्त्रालयले तयारी गरेको बताए । सुरक्षा समितिको बैठकले तत्कालको लागि सवारीसाधनको गति व्यवस्थापन, झण्डा उत्तोलनका लागि सुरक्षा तथा कार्यक्रमको व्यवस्थानको बारेमा तयारीका विषयमा योजना बनाएको छ ।

    बैठकमा नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरी वलका विन्धवासी मुख्यालयको शप्रवउ बल नेपाल, राजसिंह दल गण दाङका गणपति रविन्द्र महर्जन, आन्तरिक मामिला तथा कानून सञ्चार मन्त्रालयका उपसचिव यमबहादुर कुँवर, तुलसी पौडेललगायतको सहभागिता थियो ।

  • सन्तोषजनक नतिजा नआएपछि माओवादीका युवा नेताहरु छलफलमा

    सन्तोषजनक नतिजा नआएपछि माओवादीका युवा नेताहरु छलफलमा

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले सन्तोषजनक नतिजा ल्याउन नसकेपछि नेकपा माओवादी केन्द्रका युवा नेताहरुले छलफल थालेका छन् ।

    पार्टी निरन्तर ओरालो यात्रामा लागेपछि माओवादीका युवा नेताहरुले पार्टीको आगामी यात्राबारे छलफल थालेका हुन् ।

    आरआर क्याम्पसमा भएको नेताहरुको छलफलमा पार्टीको संगठन निर्माणको विषयमा छलफल भएको नेता रामप्रसाद सापकोटा दीपशिखाले बताए । उनले कुनै कमिटी र गुटगत नभई पार्टी र नेतृत्वलाई सुझाव संकलन गरेको बताए ।

    छलफलमा नेता सापकोटासहित युवा नेताहरु लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामदीप आचार्यलगायत सहभागी थिए । गठबन्धनबाट ६४ सीटमा उम्मेदवारी दिएको माओवादीले १८ सीटमात्रै जितेको छ ।

    निर्वाचनमा कमजोर नतिजा ल्याए पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै सरकारको दाबी गरिरहेका छन् ।

    तर, युवा नेताहरुले पार्टी नेतृत्वलाई सरकारमा नगई पाँच वर्ष सरकार बाहिर बसेर संगठन निर्माणमा लाग्न दबाब दिइरहेका छन् । सके आफ्नै नेतृत्वको सरकार गठन गर्ने नसके सत्ता बाहिर बस्नुपर्ने उनीहरुको सुझाव छ ।