Category: माओवादी केन्द्र

  • वागमतीमा एमाले-माओवादी र राप्रपाको सरकार बनाउने कसरत, यस्तो छ हिसाब

    वागमतीमा एमाले-माओवादी र राप्रपाको सरकार बनाउने कसरत, यस्तो छ हिसाब

    हेटौँडा । आइतबार केन्द्रीय सत्ता समीकरणमा आएको फेरबदलले वागमती प्रदेशमा अब तीन दलको सरकार निर्माण हुने पक्कापक्की भएको छ । सरकारको लागि आवश्यक ५६ सिट तीन दलको पुग्ने भएपछि सरकार निर्माणको लागि वागमतीमा सहज अवस्थाको निर्माण भएको छ ।

    वागमती प्रदेशसभाको कुल १ सय १० सिट छ । सरकार बनाउन ५६ सिट भए पुग्छ । नयाँ आइतबार निर्माण भएको गठबन्धनमा एमाले, माओवादी केन्द्र र राप्रपा गरी ६१ सिट रहेको छ । प्रदेशसभामा एमालेसँग २७ सिट, माओवादी केन्द्रसँग २१ र राप्रपासँग १३ सिट छ

    वागमतीमा यसअघि नेपाली कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी भएको थियो । कांग्रेसभित्र दलको नेता छान्न सहमति नजुटेपछि पुस १३ गते दलको नेता छान्ने निर्वाचन हुँदै थियो तर एकाएक आइतबार नेपाली राजनीतिमा ‘सरप्राईज डिसिजन’ भएपछि अब माओवादी र एमालेबिच मुख्यमन्त्रीको लडाई देखिने भएको हो ।

    वागमती प्रदेशमा सरकारमा सहभागी हुने नहुनेबारे राप्रपाले हालसम्म निर्णय गरेको छैन । तर समर्थन भने नयाँ गठबन्धनलाई दिने निधो भैसकेको राप्रपा वागमती प्रदेशले जनाएको छ ।

    यी हुन मुख्यमन्त्रीका दाबेदार

    वागमती प्रदेशको मुख्यमन्त्रीको लागि अब नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच रस्साकस्सी हुने देखिएको छ । यो पटक एमालेलाई माओवादीलाई भन्दा सहज अवस्था देखिएको छ ।

    एमालेबाट केन्द्रीय सदस्य जगन्नाथ (जेएन) थपलिया मुख्यमन्त्रीका एक मात्र उम्मेदवार हुन् । एमालेले थपलियालाई नै दलको नेता चुन्ने जनाइएको छ । तर माओवादी केन्द्रमा भने दलको नेता बन्ने विषय पेचिलो बनेको छ ।

    सरकाको नेतृत्व गर्न दलको नेता चयन हुनुपर्ने अवस्थाबिच माओवादीबाट पोलिटब्युरो सदस्य शालिकराम जमकट्टेल, युवराज दुलाल तथा वागमती प्रदेश अध्यक्ष सरल सहयात्रीबिच त्रिपक्षीय भिडन्त हुने भएको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै सहयात्रीले यो पटक पार्टीले आफूलाई जिम्मा दिने विश्वास व्यक्त गरे । तर जम्कट्टेल र दुलाल पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल निकटका नेता भएको कारण तिन मध्य कसलाई छान्ने भन्ने विषय अब प्रचण्डको निर्णयमा भर पर्ने माओवादी श्रोतको दाबी छ ।

  • वागमती : माओवादीमा संसदीय दलको नेता को ? ५ दिनमा सहमति नभए चुनाव

    वागमती : माओवादीमा संसदीय दलको नेता को ? ५ दिनमा सहमति नभए चुनाव

    हेटौँडा । नेकपा माओवादी केन्द्रले पुस १६ गतेभित्र प्रदेश संसदीय दलको नेताको टुंगो लगाउने भएको छ ।

    दलको नेताको लागि पोलिटब्युरो सदस्य शालिकराम जम्कट्टेल, युवराज दुलाल तथा प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलबीच सहमतिको प्रयास जारी रहेको छ । हालसम्म सहमति जुटिनसकेको भन्दै प्रदेश अध्यक्ष पौडेलले पुस १५ या १६ गतेलाई दलको बैठक बोलाउने तयारी भएको र त्यो समयसम्म सहमति नजुटे विधि र प्रक्रियाबाट दलको नेता छनोट हुने बताए ।

    ‘अहिलेसम्म त सहमतिमा जाउँ भन्ने छ, हुँदै भएन भने चुनाव नै गरेर भएपनि १६ गतेभित्र दलको नेता छनोट हुन्छ’ उनले भने ।

    दलको नेता छान्ने विषयमा हाइकमाण्डको हस्तक्षप होला नि ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने ‘वागमती प्रदेशमा चर्चामा रहेका नेताहरू हाइकमाण्ड निकटकै नेताहरू हुन्, हामीमध्ये एकजनालाई बोकेर हाइकमाण्ड विवादमा आउँदैन जस्तो लाग्छ, हामीलाई तलै मिलेर या प्रक्रियामा गएर आएको निर्णय सुनाउनु भन्ने सुझाव छ, सोहीअनुसार गर्ने तयारी गरेका छौं ।’

    पौडेलले सहमतिको लागि प्रयासहरू जारी रहेको भन्दै माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरूसँग नियमित छलफल तथा सुझाव संकलन जारी रहेको बताए ।

    ‘सभासदज्यूहरू पनि सकेसम्म सहमतिमा अघि बढ्नुपर्छ भन्नेमा हुनुहुन्छ, तर सहमति नजुटेको सन्र्दभमा निर्वाचनमा गएर पनि १६ गतेभित्र दलको नेता चयन गर्ने तयारीमा हामी लागिसकेका छौँ ।’

    वागमती प्रद्रेशमा माओवादी केन्द्रको २१ सिट रहेको छ । अधिकांश सभासदहरू पार्टी अध्यक्ष प्रचण्ड लाइनमा रहेको कारण पनि तीनैजना प्रचण्ड निकटका नेतालाई सहमतिमा ल्याउन समस्या देखिएको हो ।

  • साढे ५ वर्षपछि प्रधानमन्त्रीको रुपमा सिंहदरबारमा प्रचण्डको पुनरागमन (तस्बिरहरु)

    साढे ५ वर्षपछि प्रधानमन्त्रीको रुपमा सिंहदरबारमा प्रचण्डको पुनरागमन (तस्बिरहरु)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको ४४ औं प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका छन् । सोमबार साँझ साढे ७ बजे दाहाल साढे ५ वर्षपछि प्रधानमन्त्रीको कुर्सीमा फर्किएका हुन् ।

    २०७४ जेठ अन्तिम साता आफ्नो दोस्रो प्रधानमन्त्री कार्याकालको ९ महिना पूरा गरी शेरवहादुर देउवालाई हस्तान्तरण गरेपछि सत्ताको नेतृत्वबाहिर रहेका प्रचण्ड,देउवालाई नै हटाएर एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा तेस्रोपटक प्रधानमन्त्री बनेका हुन् ।

    राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहणपछि शहीदस्मारक पुगेका दाहाल त्यसपछि प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेका थिए । करीव २ घण्टासम्म कर्मचारी र स्वागतार्थ बसेकाहरुलाई कुराएका थिए ।

    २०६५ साल वैशाखमा पहिलोपटक प्रधानमन्त्री बनेका प्रचण्ड ९ महिनामै प्रधानसेनापति प्रकरणमा राजीनामा दिएर सत्ताबाट बाहिरिएका थिए । त्यसपछि २०७३ सालमा उनी दोस्रोपटक प्रधानमन्त्री बने ।

    दुवैपटक टाइसुटमा सपथ लिएका प्रचण्डले तेस्रोपटक प्रधानमन्त्री बन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा दौरासुरुवाल लगाएर सपथ लिएका थिए । उनी पहिलोपटक दौरासुरुवाल लगाएर सिंहदरवार प्रवेश गरे ।

    तस्बिरहरु:

     

  • शपथलगत्तै प्रधानमन्त्री प्रचण्डले गरे सहिद स्मारकमा श्रद्धान्जली अर्पण

    शपथलगत्तै प्रधानमन्त्री प्रचण्डले गरे सहिद स्मारकमा श्रद्धान्जली अर्पण

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लैनचौरस्थित सहिद स्मृति स्मारकमा श्रद्दान्जली अर्पण गरेका छन् ।

    शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले सहिद स्मृती स्मारकमा गरेको श्रद्धान्जली अर्पण हुन् । स्मारकमा श्रद्धान्त्रजली अर्पणपछि प्रचण्डले पदभार ग्रहण गरेका छन् ।

  • तेस्रो इनिङ्समा प्रचण्डको दौरा सुरुवाल पोज, पहिलोपटक राष्ट्रिय पोशाकमा सपथग्रहण

    तेस्रो इनिङ्समा प्रचण्डको दौरा सुरुवाल पोज, पहिलोपटक राष्ट्रिय पोशाकमा सपथग्रहण

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको ४४ औं प्रधानमन्त्रीको सपथ ग्रहण गरेका छन् । तेस्रो कार्याकालका लागि प्रधानमन्त्री बनेका प्रचण्डले यसपटक नेपाली पोशाक दौरा सुरुवालमा सपथ लिए ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा एक विशेष समारोहमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।

    यसअघि २०६५ तथा २०७३ मा दुईपटक प्रधानमन्त्रीको सपथ लिँदा प्रचण्डले कोट पाइन्ट लगाएका थिए । यसपटक भने नेपाली पोशाक सजिएका हुन् । आइतबार नाटकीय ढंगले राजनीतिमा नयाँ समीकरण बनेसँगै नेकपा एमालेलगायत सात दलका १७० जना सांसदहरुको समर्थनमा प्रचण्डले आफ्नो तेस्रो इनिङको प्रारम्भ गरेका हुन् ।

  • प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै भारतीय राजदूत श्रीवास्त दिल्लीतर्फ उडे

    प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै भारतीय राजदूत श्रीवास्त दिल्लीतर्फ उडे

    काठमाडौं । नेपालमा अकस्मात् कम्युनिस्टहरूको गठबन्धन सरकार बनेपछि काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तव दिल्लीतर्फ लागेका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्ति भए लगत्तै आइतबारै राजदूत दिल्ली गएका हुन् ।

    प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिइसकेका छन् । श्रीवास्तवको दिल्ली फर्किने कार्यक्रम भने नेपालको विकसित राजनीतिक घटनाक्रमभन्दा पहिले नै तय भइसकेको दूतावास निकट स्रोतले जनाएको छ । यद्यपि उनले प्रचण्डको शपथग्रहण छल्न र पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न दिल्ली गएको चर्चा पनि छ ।

    यसअघि सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री भए लगत्तै शपथग्रहण छलेर तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्रा पनि दिल्ली गएका थिए ।

  • प्रचण्डलाई फोन गरेर देउवाले दिए प्रधानमन्त्री बनेकोमा बधाई

    प्रचण्डलाई फोन गरेर देउवाले दिए प्रधानमन्त्री बनेकोमा बधाई

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनेकोमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्।

    सोमबार बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला देउवाले प्रचण्डलाई फोन गरेर बधाई दिएका हुन्।

    माओवादी पदाधिकारी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने, ‘भर्खर शेरबहादुर देउवाले पनि बधाई अध्यक्षज्यूलाई प्रधानमन्त्री बनेकोमा बधाइ दिनुभयो। कांग्रेसका नेताहरूले फोन गरे हाम्रो प्रधानमन्त्री तपाईं नै हो भन्नुभयो।’

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल खुलेर देउवाको हठले गठबन्धन टुटेको बताइसकेको प्रवक्ता महराले बताए। कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने अडान कसेपछि प्रचण्ड एमाले नेतृत्वको गठबन्धनमा गएर प्रधानमन्त्री बनेका थिए।

  • कांग्रेसका केही नेताहरूले फोन गरेर प्रचण्डलाई हाम्रो पनि प्रधानमन्त्री तपाईँ नै हो भन्नुभयो : महरा (भिडिओ)

    कांग्रेसका केही नेताहरूले फोन गरेर प्रचण्डलाई हाम्रो पनि प्रधानमन्त्री तपाईँ नै हो भन्नुभयो : महरा (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेसका नेताहरूले फोन गरेर बधाई दिएका छन् ।

    गठबन्धन तोडेर एमाले लगायतका पार्टीहरूसँगको समीकरणमा प्रधानमन्त्री भएका प्रचण्डलाई फोन गर्दै कांग्रेस नेताहरूले ‘हाम्रो प्रधानमन्त्री तपाई नै हो’ भन्दै बधाई दिएको माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

    माओवादी पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महराले कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरूले फोन गरेको बताए ।

    उनले भने, ‘म नेताहरूको नाम लिन्न । कांग्रेसका केही नेताहरूले फोन गरेर दाहाललाई बधाई दिनुभयो । र हाम्रो प्रधानमन्त्री तपाई नै हो भन्नुभयो ।’

    महराले कांग्रेसको हठका कारण गठबन्धन टुटेको बताए ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत देउवाका कारण गठबन्धन टुटेको भन्दै असन्तुष्टि जनाइरहेको उनले बताए ।

    यो पनि पढ्नुहोस्- उपप्रधानमन्त्रीका लागि माओवादीबाट नारायणकाजीको नाम सिफारिस

     

  • नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय

    नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।

    पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गठबन्धन बैठकमा लैजाने निर्णय गरेकाे हाे ।

    सत्ता गठबन्धनको बैठक अहिले केही बेरपछि बस्दै छ ।

    श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने विषयकाे टुंगाे गठबन्धन बैठकपछि हुने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

    बैठकमा नयाँ मन्त्रिमण्डल गठन लगायतका विषयमा छलफल हुनेछ ।

     

  • पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक : नयाँ मन्त्रीबारे पनि प्रारम्भिक छलफल हुने

    पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक : नयाँ मन्त्रीबारे पनि प्रारम्भिक छलफल हुने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ ।

    पेरिसडाँडास्थित पार्टी मुख्यालयमा जारी बैठकमा नयाँ सत्ता समीकरणसँगै विकसित राजनीतिक घटनाक्रम, आगामी सरकारमा पार्टीको भूमिका लगायतको विषयमा छलफल हुने माओवादीका एक नेताले बताए ।

    त्यस्तै पार्टीबाट नयाँ क्याबिनेटमा सहभागी हुने सम्भावित मन्त्रीबारे पनि बैठकमा प्रारम्भिक छलफल गरिने बताइएको छ ।

    एमाले नेतृत्वको नयाँ बनेको गठबन्धनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

    उनलाई एमाले, माओवादी, राप्रपा, रास्वपा, जसपा, नागरिक उन्मुक्ति र जनमतसमेत ७ दल र स्वतन्त्र गरी १७० सांसदको समर्थन छ । प्रचण्डले आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन् ।

    (तस्बिरहरू : उमेश कार्की)

  • प्रचण्डले भाेलि ४ बजे प्रधानमन्त्रीको सपथ लिने

    प्रचण्डले भाेलि ४ बजे प्रधानमन्त्रीको सपथ लिने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् । सोमबार दिउँसो ४ बजे प्रचण्डले प्रधानमन्त्रीको रुपमा सपथ लिने भएका हुन् ।

    शपथ सोमबार दिउँसो राष्ट्रपति कार्यालयका निवास शितल निवासमा हुने प्रचण्डका सचिवालयले नेपाल प्रेसलाई जानकारी दिएको छ । प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका हुन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । उनलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ ।

    माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीले समर्थन गरेका छन् ।

     

  • १७० जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त

    १७० जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरुको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए ।

    उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीले समर्थन गरेका हुन् ।

  • प्रचण्डलाई प्रधानमन्त्री बनाउन तीन स्वतन्त्रसहित १६९ सांसदको समर्थन

    प्रचण्डलाई प्रधानमन्त्री बनाउन तीन स्वतन्त्रसहित १६९ सांसदको समर्थन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ७ दलको समर्थन र तीन स्वतन्त्र सांसदसहित सहित प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।

    राष्ट्रपतिसमक्ष १६९ सांसदको समर्थन लिएर प्रचण्डले प्रधानमन्त्रीको दाबी गरेका हुन् ।

    सरकार बनाउन बहुमतका लागि १३८ सीट आवश्यक पर्छ । एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको ४ रहेको छ । स्वतन्त्र चारमध्ये ३ सांसदले समर्थन गरेका हुन् ।

    स्वतन्त्र जितेका प्रभु शाह, अमरेशकुमार सिंह र किरण शाहले पनि एमाले नेतृत्वको गठबन्धनलाई समर्थन गरेका छन् । उनीहरू पनि शीतल निवास पुगेका छन् ।

    प्रधानमन्त्रीमा प्रचण्डको नाम लिएर प्रचण्डसँगै, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जसपा अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर रहेको छ ।

  • १६६ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा प्रचण्डको दाबी पेस

    १६६ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा प्रचण्डको दाबी पेस

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ७ दलको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा ७ दलका १६६ सांसदसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रचण्ड शीतल निवास पुगेका हुन् ।

    सरकार बनाउन बहुमतका लागि १३८ सीट आवश्यक पर्छ । एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको ४ रहेको छ ।

    ओली र प्रचण्डसँगै एमाले, माओवादी, जसपासहितका शीर्ष नेताहरू गएका छन् ।

    सात दलको १६६ सांसदको सुविधाजनक बहुमतसहित संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीको दाबी गर्नेछन् ।

  • राष्ट्रपतिले दिएको समय सीमा समाप्त- प्रधानमन्त्रीमा प्रचण्डको नाम लिएर ओली-प्रचण्ड शीतल निवासमा

    राष्ट्रपतिले दिएको समय सीमा समाप्त- प्रधानमन्त्रीमा प्रचण्डको नाम लिएर ओली-प्रचण्ड शीतल निवासमा

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास शीतल निवास पुगेका छन् ।

    राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीको नाम लिएर आउन दिएको समय सीमा सकिन लाग्दा ७ दलको १६६ सांसदको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन बहुमत सांसदसहित दाबी पेश गर्न शीतल निवास पुगेका हुन् ।

    सरकार बनाउन बहुमतका लागि १३८ सीट आवश्यक पर्छ । एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको ४ रहेको छ ।

    ओली र प्रचण्डसँगै एमाले, माओवादी, जसपासहितका शीर्ष नेताहरू गएका छन् ।

    सात दलको १६६ सांसदको सुविधाजनक बहुमतसहित संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीको दाबी गर्नेछन् ।

  • अन्ततः बालकोटको बार्दलीमा प्रचण्ड पनि, ओलीसँगै उभिएर गरे अभिवादन

    अन्ततः बालकोटको बार्दलीमा प्रचण्ड पनि, ओलीसँगै उभिएर गरे अभिवादन

    काठमाडौं । प्रधानमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासको बार्दलीबाट गरेको वहुचर्चित दृष्यमा अन्ततः प्रचण्ड पनि डेढ वर्षपछि मिसिएका छन् ।

    सोमबार प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट वार्ताको सहमतिपछि शीतल निवास जानुअघि ओली र प्रचण्डले सोही बार्दलीबाट सामूहिक अभिवादन गरे । बैठकस्थलबाट बाहिरिएका दुवै नेता बार्दलीमा पुगेर समर्थकहरुलाई अभिवादन गरेका थिए ।

    तल रहेका कार्यकर्ता र समर्थकले पार्टी फेरि एक होस् भन्ने माग गरेका थिए ।

  • बालकोट बैठकको निष्कर्ष: प्रधानमन्त्री आलोपालो, राष्ट्रपति र सभामुख एमालेलाई

    बालकोट बैठकको निष्कर्ष: प्रधानमन्त्री आलोपालो, राष्ट्रपति र सभामुख एमालेलाई

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट आगामी सत्ता साझेदारीबारे ठोस सहमति जुटेको छ । नयाँ सरकारको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डले गर्नेछन् भने राष्ट्रपति एमालेले पाउने भएको छ ।

    स्रोतका अनुसार प्रचण्डले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । आलोपालोको सिद्धान्तअनुसार त्यसपछिको आधा समय एमालेले सरकारको नेतृत्व लिनेछ ।

    प्रधानमन्त्रीपछिको मुख्य दुई पद राष्ट्रपति र सभामुख भने एमालेले पाउने गरी सहमति जुटेको एक नेताले बताए ।

    एमाले र एमाओवादीसहित कम्तीमा ५ वटा दलहरु आगामी सरकारमा सहभागी हुने भएका छन् ।

    संसदको चौथो ठूलो दलका रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान सकारात्मक छ । यसैगरी जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी पनि इच्छुक छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सरकारमा जाने वा नजाने भनेर ठोस निर्णय लिएको छैन । यद्यपि, बहुमत पुर्‍याउन सहयोग गर्ने पार्टीको निर्णय छ ।

  • बालकोट जानुअघि प्रचण्डलाई देउवाको फोन- आउनुस् यार म मिलाउँछु, प्रचण्डले भने- अब ढिला भयो

    बालकोट जानुअघि प्रचण्डलाई देउवाको फोन- आउनुस् यार म मिलाउँछु, प्रचण्डले भने- अब ढिला भयो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बालुवाटारबाट अन्तिम छलफलका लागि गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह अश्वीकार गरेका छन् । उनले अब ढिला भइसकेको भन्दै गठबन्धन भंग भएको घोषणा गरेका हुन् ।

    बिहानको बालुवाटार वार्तामा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएपछि प्रचण्ड बालकोट जाने भन्दै बाहिरिएका थिए । बालकोट जान भनेर हिँडेका प्रचण्ड खुमलटारस्थित निवासमा पुगे ।

    उनले त्यहाँ नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गुरुङसँग छलफल गर्दै गठबन्धन टुंगिएको र अब एमालेसँग मिल्ने जानकारी दिए । तीनैजना नेता एमालेसँग मिल्ने पक्षमा रहेकाले उनीहरुले प्रचण्डलाई ठिक गर्नुभयो भने ।

    प्रचण्डले अब बालकोट जानुपर्छ भनेर तीनैजना नेतालाई लिएर हिड्न लाग्दा बालुवाटारबाट देउवाले प्रचण्डलाई फोन गरेका थिए ।

    एक नेताका अनुसार ‘बर्बाद हुन्छ यार, आउनुस् आउनुस्, मिल्नुपर्छ, म मिलाउँछु’ भने । तर, प्रचण्ड अब ढिला भइसकेको भने आफू नआउने जानकारी गराएर बालकोटतिर लागेका थिए ।

    अब प्रचण्ड बालुवाटार फर्किने सम्भावना छ त ? माओवादीका ती नेताले भने, अब सम्भव छैन । यति गर्दा पनि प्रचण्ड बालुवाटार फर्किए भने हामी चाहिँ अर्को बाटो लाग्छौं । प्रचण्डसँग पार्टी हुँदैन ।’

  • ओली-प्रचण्डको सम्भावित गठबन्धनमा सहभागी हुनेबारे छलफल गर्न राप्रपाको आकस्मिक बैठक

    ओली-प्रचण्डको सम्भावित गठबन्धनमा सहभागी हुनेबारे छलफल गर्न राप्रपाको आकस्मिक बैठक

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी सरकार गठनका विषयमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ । एमाले र माओवादीसहितको नयाँ गठवन्धनको ढोका खुलेसँगै त्यसमा सहभागी हुनेबारे छलफल गर्न राप्रपाले बैठक डाकेको हो ।

    राप्रपा महामन्त्री भुवन पाठकले अध्यक्ष राजेन्द्र लिङदेनले ३ बजे आकस्मिक बैठक बोलाएको जानकारी दिए । विषय प्रष्ट नभए पनि आगामी सरकारकै विषयमा छलफल गर्न सक्ने उनको भनाइ छ ।

    राप्रपा अध्यक्ष लिङदेनले आजै बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए । त्यसपछि बसेको संयुक्त बैठकमा भने राप्रपा सहभागी छैन । ओली निवासमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच वैठक बसेको छ । यदि राप्रपा सरकारमा आएको खण्डमा ओली-प्रचण्डलाई बहुमत पुर्‍याउन सहज हुनेछ ।

    राप्रपाले यसअघि सरकारमा नजाने अडान लिँदै आएको थियो । तर, ओलीले प्रस्ताव गरेपछि लिङदेनले आकिस्मक बैठक डाकेका हुन् । भर्खरै भएको चुनावमा एमाले र राप्रपाबीच केही स्थानमा तालमेल भएका थियो ।

  • माधव नेपालको ब्रिफिङ- सल्लाह नगरी प्रचण्ड बालकोट गए, एमालेसँग यथास्थितिमा कुनै साझेदारी हुन्न

    माधव नेपालको ब्रिफिङ- सल्लाह नगरी प्रचण्ड बालकोट गए, एमालेसँग यथास्थितिमा कुनै साझेदारी हुन्न

    काठमाडौं । सत्ता गठबन्धन टुटेपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको बैठक जारी छ। पार्टी कार्यालय आलोकनगरमा जारी बैठकमा अध्यक्ष नेपालले गठबन्धनको बैठकबारे बिफ्रिङ गरिरहेका छन् ।

    उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूसँग कुनै छलफल नगरी बालकोट भएको बताएका छन् ।

    अध्यक्ष नेपालको भनाइ उदृत गर्दै एक नेताले भने, ‘प्रचण्डले कुनै सल्लाह नगरी गए त्यसैले हामीले अब प्रतिपक्षमा बस्नु उपयुक्त हुन्छ ।’

    बैठकमा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, विजय पौडेल र कृष्णबहादुर श्रेष्ठ (किसान)लगायतका नेताहरू छन् ।

    उनीहरुले एमालेसँग यथास्थितिमा कुनै हालतमा मिलेर जान नसक्ने निष्कर्ष निकालेका छन् ।

  • बालकोट बन्यो सत्ता राजनीतिको केन्द्र- लिङदेन र लामिछानेपछि अशोक राई वेटिङमा

    बालकोट बन्यो सत्ता राजनीतिको केन्द्र- लिङदेन र लामिछानेपछि अशोक राई वेटिङमा

    काठमाडौं । एकाएक सत्ता राजनीतिको केन्द्र बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न शीर्ष नेताहरूको ओहोरदोहोर बाक्लिएको छ । सत्ता गठबन्धन विघटनको नजिक पुगेका बेला ओलीलाई भेट्न गठबन्धनबाहिरका दलका नेताहरू बालकोट पुगेका हुन् ।

    बालकोट जान हिडेका प्रचण्ड खुमलटार मोडिए पनि उनी खाना खाएर ओलीलाई भेट्न बालकोट पुगेका छन् । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ओलीसँग भेटेर बाहिरिएका थिए ।

    लिङदेनलगत्तै रास्वपाका अध्यक्ष रवि लामिछानेले ओलीलाई भेटेका छन् । लामिछाने ओलीसँग वार्तामा रहदा जसपा नेता अशोक राई बालकोट पुगेर ओलीलाई भेट्ने प्रतीक्षारत रहेका छन् ।

    सत्ता गठबन्धनबाट प्रचण्डले प्रधानमन्त्री नपाउने भएपछि उनी बालुवाटारबाट बाहिरिएका थिए । अब गठबन्धन टुटेको जानकारी उनले गराएका छन् । ओलीले सबैसँग छलफलपछि यदि प्रचण्ड पुनः बालुवाटार नफर्किए सत्ता गठबन्धन इतरको बहुमत पुर्‍याएर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री दाबी गर्ने सम्भावना रहेको बताएको छ ।

  • नेकपा विभाजनपछि पहिलो पटक प्रचण्ड बालकोटमा

    नेकपा विभाजनपछि पहिलो पटक प्रचण्ड बालकोटमा

    काठमाडौं । नेकपा विभाजनपछि पहिलो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्।

    सत्ता गठबन्धनमा कुरा नमिलेपछि बालुवाटार बाहिरिएका प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् ।

    कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान कसेपछि प्रचण्ड ओली भेट्न पुगेका हुन् । ओलीले ०७७ पुस ४ गते संसद् विघटन गरेपछि ओली र प्रचण्डबीच सम्बन्धमा दरार आएको थियो।

    तर, अहिले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने भएपछि प्रचण्डले गठबन्धन तोडेर एमालेसँग पुनः सहकार्यको हात बढाएका हुन्।

    ०७४ सालको निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लडेपछि दुई तिहाइ नजिकको बहुमत प्राप्त गरेका थिए। तर, ओली र प्रचण्डको झगडाले टिक्न सकेन।

    दुई नेताबीच सम्बन्ध बिग्रिएपछि पहिलो पटक औपचारिक रूपमा दुई नेताबीच भेटवार्ता भएको हो । कांग्रेसले अन्तिम समयसम्म अडान नछाडेपछि ओलीसँग मिलाउनका लागि माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले भूमिका खेलेको हुन् ।

    बालकाेटमा माओवादीका देव गुरुङलगायत छन् भने एमालेका विष्णु पौडेल, सुवास नेम्बाङ छलफलमा जुटेका छन् ।

    त्यसो त यसअघि अमेरिकी सहयोग परियोजना एमसीसी विवादपछि संसद् भवनमै ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो। देउवाले एमसीसी पास गर्ने अडान कसेपछि ओलीलाई गठबन्धन तोडेर प्रधानमन्त्री बनाएर एमसीसी रोक्न प्रस्ताव गरेका थिए। तर, ओलीले अस्वीकार गरे।

    ओली प्रधानमन्त्री हुँदा पनि बालुवाटारबाटै संवाद चलाउने भएकाले प्रचण्ड कमै बालकोट पुगेका थिए। ओली प्रधानमन्त्री हुँदा बालुवाटारमै संवाद हुन्थ्यो।

    ०७७ पुस ४ गते ओली खुमलटार संसद् विघटन हुनुअघि गएका थिए। चुनावपछि शीतल निवास र संसद् भवनमा भएको सार्वजनिक भेटकै क्रममा प्रचण्डलाई सहकार्यको प्रस्ताव गरेका थिए।

  • बालुवाटरबाट बाहिरनुअघि प्रचण्डले भने- अब गठबन्धन टुट्यो, म बालकोट लागेँ

    बालुवाटरबाट बाहिरनुअघि प्रचण्डले भने- अब गठबन्धन टुट्यो, म बालकोट लागेँ

    माओवादी नेताहरूसँग ब्रिफिङ- कांग्रेसले भयंकर धोका दियो, माधव नेपाल कृतघ्न पात्र रहेछन्

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तागठबन्धन टुटेको घोषणा गरेर बालुवाटारबाट बाहिरिएको खुलेको छ । बालुवाटार वार्तामा सहभागी एक नेताका अनुसार कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाडेपछि प्रचण्डले गठबन्धन टुटेको घोषणा गरेका हुन् ।

    बैठकमा सहभागी ती नेताले भने, ‘प्रधानमन्त्रीको अडानबाट प्रचण्ड पछि हटेनन् । कांग्रेस कार्य समिति बैठकको निर्णय भन्दै नेताहरूले राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने बताए । प्रचण्डजीले अब गठबन्धन टुट्यो भनेर बालकोट जान्छु भन्दै हिड्नुभयो । अब फर्किने सम्भावना निकै कम छ ।’

    कांग्रेसले आफ्नो अपमान गरेको भन्दै प्रचण्डले चित्त दुखाएको नेताहरूले बताएका छन् । उनले माधव नेपालको भूमिकाप्रति पनि असन्तुष्टि जनाउँदै कृतघ्न पात्र रहेछन् भन्दै माओवादी नेताहरूसँग ब्रिफिङ गरेका छन् ।

  • बालुवाटारमा कुरा नमिलेपछि प्रचण्ड बालकोट प्रस्थान

    बालुवाटारमा कुरा नमिलेपछि प्रचण्ड बालकोट प्रस्थान

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पावर शेयरिङमा कुरा नमिलेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोटतर्फ लागेका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जानकारी दिएर प्रचण्ड बालकोटतर्फ हिँडेका हुन् । केहीबेरमा दुईनेताबीच भेटघाट हुने तय भएको छ ।

    माओवादीले आलोपालोपालोमा पहिलो चरणको प्रधानमन्त्री दाबी गर्दै आएको थियो । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसकिने बताएपछि सत्तागठबन्धन भत्किने दिशामा अघि बढेको छ ।

    हिजोमात्र ओलीले प्रचण्ड प्रधानमन्त्री बन्न ढिलाई गरेको बताएका थिए ।

  • माओवादीको बटमलाइन- प्रधानमन्त्री पाए सत्ता, नपाए गठबन्धन छाडेर प्रतिपक्ष

    माओवादीको बटमलाइन- प्रधानमन्त्री पाए सत्ता, नपाए गठबन्धन छाडेर प्रतिपक्ष

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने निष्कर्ष निकालेको छ। आइतबार बिहान खुमलटारमा बसेको बैठकले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नदिए गठबन्धन छाड्ने निष्कर्ष निकालेको हो।

    माओवादीका एक पदाधिकारीले भने, ‘हामी छलफल गर्दै छौँ। राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले राख्ने भएपछि हामी गठबन्धनमा बस्नुको अर्थ हुँदैन। गठबन्धन छाडेर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ।’

    यद्यपि, अहिले बालुवाटारमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीच निर्णायक छलफल चलिरहेको छ।

    प्रधानमन्त्रीमा प्रचण्डले दाबी नछाडेपछि बिहान देउवाको सन्देश लिएर खुमलटार पुगेका कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने बताएका थिए ।

    निधिको सन्देशपछि प्रचण्ड निर्णायक वार्ताका लागि बालुवाटार पुगेका हुन् । निधिले शनिवार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किएका थिए ।

    तर, माओवादीका युवा नेता रामप्रसाद सापकोटाले राष्ट्रपति र प्रधानमन्त्री दुवै नपाए प्रतिपक्ष बस्ने बताएका छन्।

    उनले फेसबुकमा लेखेका छन्, ‘विषयलाई सहज बनाऔँ। पूर्वसहमतिअनुसार गठबन्धनले सरकारको नेतृत्व दिन्छ गरौँ । नत्र राष्ट्रपति ले दिएको समय सीमा कटे संविधानतः देउवा प्रम हुन्छन् । उनले चाहेको पनि यही हो । देउवाले गठबन्धन छोडेको हुन्छ ।’

    राष्ट्रपतिले दिएको समय सीमा कटे संविधानतः देउवा प्रधानमन्त्री हुने भएकाले कांग्रेसले त्यही चाहेको उनको भनाइ छ।

    ‘गठबन्धनको दोस्रो ठुलो दल माओवादीले रास्ट्रपती र प्रममध्य एक त अधिकार हो । दुवै नमाने हामी प्रतिपक्ष हुन्छौ’ उनले भनेका छन्, ‘यति भएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रदेश सरकारमा हाम्रो विकल्प खुल्ला हुन्छ । अब बल्ल अरू राजनीतिक दल हाम्रो दैलोमा आउनुपर्छ ।’

    ठुलो दलको हैसियतले देउवा प्रधानमन्त्री भए राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रदेश सरकारमा विकल्प खुल्ला हुने भएकाले अरू राजनीतिक दल माओवादीको दैलोमा आउने उनको भनाइ छ।

  • माओवादी सुदूरपश्चिममा दलको नेता भट्ट कि भाट ? को चाहन्छ ‘हेडक्वाटर’ ?

    माओवादी सुदूरपश्चिममा दलको नेता भट्ट कि भाट ? को चाहन्छ ‘हेडक्वाटर’ ?

    कैलाली । मंसिर ४ गतेको निर्वाचनका लागि प्रचार प्रसारमा डडेल्धुरा पुगेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटै मञ्चबाट उभिएर सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रूपमा खगराज भट्टलाई चित्रण गरे ।

    प्रधानमन्त्री देउवासँग लगातार तेस्रो पटक पराजित भएका भट्ट यस पटक देउवाकै सुझावमा प्रदेशमा लड्न तयार भएका थिए ।

    देउवा सत्ता गठबन्धनमा सकारात्मक भए आफू निर्वाचित हुने मात्र होइन सुदूरपश्चिम प्रदेश माओवादीको भागमा पर्ने र सरकारको नेतृत्व आफूले गर्नेमा भट्ट विश्वस्त थिए ।

    प्रधानमन्त्री प्रतिनिधिसभातर्फ निर्वाचित हुँदै गर्दा भट्ट प्रदेश सभामा निर्वाचित भए । अहिले केन्द्रमा कस्तो राजनैतिक समीकरण बन्ने र प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने अन्यौलता भइरहेका बेला यस अघि शीर्ष नेताले दिएको आश्वासन पुरा हुने कि नहुने भन्ने पनि अन्यौलता थपिएको छ ।

    सुदूरपश्चिममा भट्ट माओवादीका सबै भन्दा सिनियर नेता हुन् । प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य भट्ट निर्विकल्प रूपमा दलको नेता बन्ने चर्चा चलिरहेका बेला यहाँ अन्य केही नेताहरूले पनि दलको नेतामा दाबी गरेका छन् ।

    अहिले भट्टसँगै कञ्चनपुर क्षेत्र नम्बर २ को प्रदेशसभा (१) बाट विजयी भएका ओमविक्रम भाट (सरल) ले पनि संसदीय दलको नेतामा दाबी गरेका छन् । आफ्नो दाबी सशक्त रहेको बताउने भाट सके सर्वसम्मत नभए निर्वाचन मार्फत भए पनि दलको नेता बन्नेमा विश्वस्त छन् ।

    भाटले अहिले सबैलाई भेटेर वा टेलिफोन सम्पर्क मार्फत दलको नेता बनाउन आग्रह गरिरहेका छन् । अन्य प्रदेश सभा सदस्यहरू पनि युवालाई दलको नेता बनाउँदा ठिकै हुने बताउँदै आइरहेका छन् । तर, प्रदेश इन्चार्ज नै दलको नेतामा दाबी गर्दा यहाँका अन्य प्रदेश सभा सदस्यहरूलाई निकै सकस परेको छ ।

    दलको नेताको लागि अहिले भट्ट र भाट बिच मुख्य प्रतिस्पर्धा देखिए पनि पार्टीमा ती बाहेकका केही अन्य नेताहरूले पनि इच्छा व्यक्त गरेका छन् । यसरी चाहाना व्यक्त गर्नेमा अछामबाट प्रदेश सभामा निर्वाचित अक्कल रावल, दार्चुलाबाट निर्वाचित मानबहादुर धामी र कैलालीबाट निर्वाचित रमेश धामी रहेका छन् ।

    अछामबाट निर्वाचित रावल र दार्चुलाबाट निर्वाचित धामीको यो दोस्रो कार्यकाल हो । रावल यस अघि माओवादी केन्द्रको प्रमुख सचेतक रहेका थिए भने धामी हालमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पनि हुन् । उनी माओवादीको प्रदेश अध्यक्षमा हरि चौधरी उत्सवसँग पराजित भएका थिए ।

    सुदूरपश्चिममा खगराज भट्ट पनि यी दुई नेता पनि सिनियर मानिन्छन् । तर, यी दुई नेताले अहिले सम्म बाहिर चर्चा गरेका छैनन् । पार्टी भित्र भने दाबी गरेको प्रदेशका एक नेताले बताए ।

    को चाहन्छ हेडक्वाटर ?

    अहिले सम्म सशक्त दाबी गरिरहेका खगराज भट्ट जनार्दन शर्मा र ओम विक्रम भाट वर्षमान पुन निकट नेता हुन् । यी दुवै नेताको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राम्रै सम्बन्ध छ ।

    माओवादीमा सधैँ लेखराज भट्टको ओझेलमा परेका खगराज भट्ट लेखराज भट्ट एमाले रोज्दा माओवादीको इन्चार्ज भएका हुन् । यता ओम विक्रम भाट पनि कुनै समय लेखराज भट्टसँगै रहेका थिए ।

    प्रदेश इन्चार्ज तथा एक मात्र स्थायी कमिटी सदस्य भएको हुँदा माओवादी हेडक्वाटर खगराज भट्टलाई नै दलको नेता बनाउन चाहन्छ । तर, केही युवा सांसदहरूले यस पटक युवालाई अवसर दिनु पर्ने भन्दै माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई दबाब दिइरहेका छन् ।

    सुदूरपश्चिम प्रदेशमा प्रदेश अध्यक्ष हरि चौधरी उत्सव, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालकी बुहारी विना मगरको पनि आफ्नै गुट रहेको छ । यस अघि मान बहादुर धामीलाई मन्त्री र मान बहादुर सुनारलाई राज्य मन्त्री बनाउँदा खगराज भट्टले खुलेरै विरोध गरेका थिए । भट्ट त्यो बेला सह इन्चार्ज थिए । उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सुदूरपश्चिम प्रदेशको पार्टी नेतृत्वलाई जोकर फाल्तु बनाएर यहाँको पार्टी र संसदीय दलको चाहाना र भावनालाई लत्त्याउँदै केन्द्रले लादेर गर्न लागेको प्रदेश मन्त्रीपरिषद् पुनर्गठन प्रक्रिया प्रति खेद व्यक्त गरौँ ।’

    त्यस यता विना मगर र खगराज भट्टको सम्बन्ध चिसिएको थियो ।

    स्थानीय तहको निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको मेयरमा लोकबहादुर ऐरलाई टिकट दिनु पर्नेमा भट्टले नवराज ऐरलाई उम्मेदवार बनाउन चलखेल गरेको आरोप लागेको थियो । नवराज जनार्दन शर्माको सचिवालयमा र सभामुख अग्नि सापकोटाको सचिवालयमा समेत थिए । त्यसपछि निर्वाचन प्रयोजनमा भट्टको हस्ताक्षर नचल्ने र हरिराम चौधरीको हस्ताक्षर आधिकारिक हुने माओवादीले निर्णय गरेको थियो ।

    अहिले सुदूरपश्चिममा हरिराम चौधरी प्रचण्ड निकट मानिन्छन् । विना मगर र हरिराम चौधरी दुबैसँग असमझदारी भएका कारण माओवादी संसदीय दलमा भट्टलाई सहज नभएको विश्लेषण गरिन्छ । यता दुवै नेतासँग भाटले भने सन्तुलन बनाइरहेका छन् ।

    यति हुँदा पनि प्रदेश इन्चार्ज भएका हुँदा भट्टलाई नै दलको नेता बनाउन विना मगर र हरि चौधरीलाई पनि दबाब छ । उनीहरू दुवै जना सके सम्म सर्वसम्मत नभए निर्वाचन प्रणाली मार्फत भए पनि दलको नेता छनोट गर्ने तर, आफूहरूले हस्तक्षेप नगर्ने बताउँछन् ।

    ‘१५ गते शपथ ग्रहण छ त्यसपछि दलको नेता चयन हुन्छ’ प्रदेश अध्यक्ष चौधरीले भने ‘हामी सर्वसम्मत नेता बनाउनेमा लागिरहेका छौँ । नभए लोकतान्त्रिक प्रणालीबाट भए पनि छनोट हुन्छ ।’

    काठमाडौँमा विना मगर र हरि चौधरीलाई मनाएर आफू सर्वसम्मत दलको नेता बन्ने खगराज भट्टको रणनीति रहेको छ भने प्रदेशमा सबै सांसदसँग संवादमा रहेका ओम विक्रम भाट निर्वाचन गरेरै भए पनि आफू दलको नेता बन्नेमा लागिरहेका छन् ।

  • देउवालाई वर्षमानले भने- सहयात्रा यहीँ टुंगियो, देउवाको जवाफ- म मिलाउँछु यार

    देउवालाई वर्षमानले भने- सहयात्रा यहीँ टुंगियो, देउवाको जवाफ- म मिलाउँछु यार

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नदिए गठबन्धनको सहयात्रा त्यही बिन्दुबाट टुंगिने प्रष्ट जानकारी गराएका छन् ।

    अध्यक्ष प्रचण्ड र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको भेटपछि देउवालाई भेटेका उपमहासचिव पुनले देउवा डेढ वर्ष प्रधानमन्त्री भइसकेकाले अब प्रचण्डलाई सहयोग गर्न भनेका छन् ।

    पुनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो- हिजो एउटा परिस्थितिमा २३ सीटको कांग्रेसलाई हामीले सरकारको नेतृत्व दियौँ । अब त्यही बाध्यता छैन । प्रचण्डलाई प्रधानमन्त्री नमान्ने हो भने हाम्रो सहयात्रा यहीँ टुंगियो । फेरि कांग्रेसलाई नेता मानेर हिँड्नुपर्ने बाध्यता हाम्रो छैन ।

    पुनले प्रष्ट धारणा बताइसकेपछि देउवाले अझै केही नबिग्रिएको भन्दै गठबन्धन र दलमा आफूले कुरा मिलाउने जवाफ दिएका छन् ।

    देउवाको भनाइ थियो- होइन म मिलाउँछु यार । दलमा पनि सल्लाह गर्नुपर्छ । गठबन्धनमा पनि सल्लाह गर्छु । राष्ट्रपतिले यो टाइम दिने कुरा नै मिलेन क्या । म समय थप्न लाउँछु,कुरा मिल्छ ।

    पुन लगायतका नेता प्रचण्डलाई गठबन्धनबाट बाहिर निकाल्न चाहन्छन् । उनीहरू प्रचण्ड इण्डो अमेरिकन एम्बुसमा परेको निष्कर्षमा छन् ।

  • देउवा र प्रचण्डबीचकाे साढे दुई घण्टा छलफल निष्कर्षविहीन, दुवैले छाेडेनन् प्रधानमन्त्रीकाे अडान

    देउवा र प्रचण्डबीचकाे साढे दुई घण्टा छलफल निष्कर्षविहीन, दुवैले छाेडेनन् प्रधानमन्त्रीकाे अडान

    काठमाडौं । आगामी सरकार गठनलगायत विषयमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल निष्कर्षविहीन बनेको छ ।

    दुवैले पहिलो चरणमा प्रधानमन्त्रीको दाबीबाट पछि नहटेपछि सहमति जुट्न नसकेको हो ।

    माओवादी अध्यक्ष दाहालले पहिलो चरणमा आफू प्रधानमन्त्री बन्नु पर्ने अडान राखेका थिए । यता कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा कांग्रेसले सरकार नेतृत्व गर्न पार्टीभित्र चर्को दबाब आइरहेको सुनाएका थिए । उनीहरुबीच प्रधानमन्त्रीकै विषयमा सहमति जुट्न नसकेको हो ।

    दुई नेताबीच करिब साढे दुई घण्टा छलफलमा ठोस समझदारी नबनेपछि शनिबार पुनः छलफल गर्ने गरी बैठक टुङ्गिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

    उनका अनुसार भोलि ३ बजे बस्ने गरी आजको बैठक सकिएको हो । दाहाल पहिलो चरणमा गठबन्धनबाटै प्रधानमन्त्री बन्न खोजिरहेका छन् । गठबन्धनमा सहमति नभए एमालेसँग पनि माओवादीको सहकार्यको ढोका खुल्ला राख्न नेताहरू लागिपरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले यस अघि नै गठबन्धन तोडेर आए प्रचण्डलाई प्रधानमन्त्री दिन सकिने आशय व्यक्त गरिसकेका छन् ।

    नयाँ सरकारका लागि राष्ट्रपतिले दिएको सात दिन आइतबार सकिँदै छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न पुस १० गते अपराह्न ५ बजेसम्मको समय दलहरूसँग छ । यही समयभित्र दलहरूले बहुमत जुटाएर पेश गर्नुपर्नेछ । राष्ट्रपतिले दिएको समय सीमा सकिन २ दिन मा बाँकी रहँदा पनि दलहरूबीच अझै ठोस सहमति भएको छैन ।

     

  • प्रधानमन्त्रीको कुर्सी नजिक प्रचण्ड- गठबन्धनबाटै बन्ने पहिलो प्राथमिकता

    प्रधानमन्त्रीको कुर्सी नजिक प्रचण्ड- गठबन्धनबाटै बन्ने पहिलो प्राथमिकता

    काठमाडौं । ठूलै भूराजनीतिक आँधी चलेन भने तेस्रोपटक मुलुकको प्रधानमन्त्री बन्ने प्रचण्डको एकमात्र सपना गठबन्धनबाटै पूरा हुनेछ । प्रचण्डलाई गलाउने, थकाउने, फकाउने र धम्क्याउने सबै प्रयासहरु असफल भएपछि कांग्रेस शीर्ष नेतृत्व उनलाई पहिलो चरणको प्रधानमन्त्री दिएर भने पनि राष्ट्रपति, सभामुखसहितका शक्ति हत्याउन अनौपचारिक रुपमा तयार भएको छ ।

    जति प्रयास गर्दा पनि नमानेपछि र एमालेसँग समानान्तर वार्तामा रहेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री छाड्ने नेपाली कांग्रेस सकारात्मक देखिएको हो । प्रधानमन्त्री नपाए प्रचण्डले सरकार गठनको लागि प्रयोग गर्ने ‘ट्याक टु’ले आफूहरु संघदेखि प्रदेशसम्म सरकार बाहिर हुने देखिएपछि कांग्रेस हच्किएको छ ।

    कांग्रेसले नदिए प्रचण्डलाई एमालेले प्रधानमन्त्री बनाउन ‘ग्रीन सिग्नल’ दिइसकेको छ । यद्यपि यसबारेमा कुनै पक्षले पनि आधिकारिक रुपमा बोलेको छैन । एमाले नेताहरुले प्रधानमन्त्री बन्ने हो भने प्रचण्डले सबैभन्दा पहिले गठबन्धन तोडिएको घोषणा गर्नुपर्ने बताएका छन् । नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेपछि दलहरु छलफलमा छन् ।

    नयाँ सरकारका लागि राष्ट्रपतिले दिएको सात दिन आइतबार सकिँदैछ । संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न पुस १० गते अपरान्ह ५ बजेसम्मको समय दलहरूसँग छ । यही समयभित्र दलहरुले बहुमत जुटाएर पेश गर्नुपर्नेछ ।

    तर, गठबन्धनबाट सरकार बनाउने सहमति भए पनि नेतृत्वको विषयमा टुंगिन सकेको छैन । गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच प्रधानमन्त्रीका लागि रस्साकस्सी चलिरहेको छ । तर, चुनावी सरकारको नेतृत्व देउवाले गरेकाले अब बन्ने सरकारको नेतृत्व आफूले पाउनुपर्ने प्रचण्डको अडान छ ।

    सरकार गठनका लागि प्रचण्डले बिहीबार माधव नेपाललाई साथ लिएर गएर देउवासामु आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए । तर, देउवाले स्पष्ट जवाफ नदिएपछि प्रचण्डले विकल्पबारे पनि छलफल गरिरहेका छन् ।

    बिहीबार आफूलाई प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने धम्की दिएर फर्किएका प्रचण्डलाई मनाउन देउवाले नेता प्रकाशमान सिंहलाई खुमलटार पठाएका थिए । नेता सिंहले प्रचण्डलाई पहिलो कार्यकाल देउवालाई प्रधानमन्त्री बन्न सहयोग गरे दोस्रो कार्यकाल प्रधानमन्त्री छाड्ने बताएका थिए ।

    तर, प्रचण्ड २०७४ सालमा झैं (वाम गठबन्धन) आलोपालो तोडिनसक्ने भएकाले पहिलो कार्यकाल प्रधानमन्त्री नछाड्ने अडानमा छन् । प्रचण्डले पनि बालुुवाटारमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई संवादमा लगाइरहेका छन ्। प्रचण्डलाई फकाउन कांग्रेसका अरु नेता पनि सक्रिय छन् ।

    स्रोत भन्छ, ‘आज (शुक्रवार अपरान्ह)को मितिसम्म कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री छाड्दैन । प्रधानमन्त्री नपाएका प्रचण्डले गठबन्धन छाडेर हिँडे भने उनी बालकोट पुग्नुभन्दा पहिले नै कांग्रेस पुग्छ । एमाले र कांग्रेस मिल्छन्, नेपाल इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे)को सदस्य बन्छ र प्रचण्डले संक्रमणकालीन न्याय निरुपण नटुंगिएको कुरा बुझ्नुपर्छ । यो कुरा हामीले विभिन्न च्यानलबाट भनेका छौं ।’

    शुक्रबार बिहान सांसदहरुसँग भएको अनौपचारिक छलफलमा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सरकारको नेतृत्व आफूलाई छाड्न लचिलो भएको बिफ्रिङ गरेका थिए ।

    प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘सरकार गठनको विषयमा गठबन्धनमा छलफल सकारात्मक रूपमा अगाडि बढेको छ । आज बेलुकासम्म निर्णायक सहमति हुनसक्छ । राष्ट्रपतिले दिएको समयभित्र गठबन्धनको सरकार बन्छ ।’

    प्रचण्डले एमालेबाट पनि प्रधानमन्त्रीको अफर आए पनि आफूले त्यतातर्फ नसोचेको बताएका थिए ।

    ‘हामीले अहिले गठबन्धनबाटै सरकार बनाउनेबारे छलफल अघि बढाएका छौं । एमालेबाट प्रस्ताव आए पनि हामीले सोचेका छैनौं’, प्रचण्डको भनाइ छ ।

    माओवादी सांसद तथा पोलिटव्युरो सदस्य माधव सापकोटा सुवोधले पनि प्रचण्ड गठबन्धनबाटै पहिलो चरणको प्रधानमन्त्री बन्ने दाबी गरे ।उनले भने, ‘गठबन्धनमा छलफल भइरहेको छ । अध्यक्ष कमरेड गठबन्धनबाटै प्रधानमन्त्री बन्नुहुन्छ ।’

    त्यसो त अर्थमन्त्रीसमेत रहेका शर्माले पनि बिहीबार प्रचण्ड प्रधानमन्त्री बन्ने दाबी गरेका थिए ।

    उनले भनेका थिए, ‘गठबन्धनकै सरकार बन्छ । मैले भन्दा पहिलो पटक अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ । तर, निर्णय भएको छैन ।’

    प्रधानमन्त्री छाड्न कांग्रेस बाध्य

    कांग्रेसभित्र ‘पावर शेयरिङ’मा सबै सहमत भए पनि पहिलो कार्यकाल प्रधानमन्त्री र राष्ट्रपति दुवै छाड्न नहुने भन्दै केही नेताहरुले देउवालाई दबाब दिइरहेका छन् ।

    तर, प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, मुख्यमन्त्रीलगायका पदमा प्याकेजमै सहमति जुटाउने प्रयास भइरहेकाले एक छाड्नुपर्ने हुन्छ । राष्ट्रियसभा अध्यक्ष भने तत्काल रिक्त हुने अवस्था छैन ।

    गठबन्धनबाट प्रधानमन्त्री नपाए माओवादीले अर्को विकल्पबारे गहिरो अध्ययन गरिरहेको छ । तेस्रो र लगभग निर्णायक शक्ति भएकाले कांग्रेस वा एमाले दुवैसँग मिल्दा प्रचण्डले प्रधानमन्त्री पाउनुपर्ने माओवादीको अडान छ । माओवादी नेता वर्षमान पुन कांग्रेसले प्रधानमन्त्री नदिए एमालेको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने कसरतमा लागेका छन् ।

    माओवादीविनाको सरकार बनाउने कांग्रेसको प्रयास असफल भएपछि प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न बाध्य हुने परिस्थिति बन्दै गएको कतिपयको टिप्पणी छ । सरकार माओवादीबाहेकको बन्ने अवस्था बने पनि राष्ट्रपति, उपराष्ट्रपति र प्रदेश सरकार गठन सम्भव छैन ।

    प्रचण्डलाई प्रधानमन्त्री नस्वीकार्दा राष्ट्रपति, प्रदेश सरकारसहित महत्वपूर्ण संवैधानिक पद गुमाउने भएकाले कांग्रेस बाध्य भएको बुझिएको छ । तर पनि अझै प्रचण्डलाई दोसो चरणमा प्रधानमन्त्री बन्न मनाउने देउवाको प्रयास पनि रोकिएको छैन ।

    तर, प्रचण्ड स्वीकार्ने पक्षमा छैनन् । प्रचण्डले प्रधानमन्त्री नपाएर गठबन्धन छाडे १२ घण्टाभित्र एमालेसँग मिल्ने कतिपय नेताहरुले प्रचण्डलाई चेतावनी दिएका छन् । तर, प्रचण्डलाई देखाएको ‘थ्रेट’बाट पनि पछि नहट्ने मनस्थितिमा छन् ।

    बालुवाटार निकट स्रोतले यदि प्रचण्डले प्रधानमन्त्री नपाएको झोकमा गठबन्धन छाडेर एमालेतिर लागेमा उनी बालकोट पुग्नुभन्दा अगाडि नै कांग्रेसले एमालेसँग सहमति गर्ने धम्कीपूर्ण सन्देश पठाइरहेको छ ।

    स्रोत भन्छ, ‘आज (शुक्रबार अपरान्ह)को मितिसम्म कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री छाड्दैन । प्रधानमन्त्री नपाएका प्रचण्डले गठबन्धन छाडेर हिँडे भने उनी बालकोट पुग्नुभन्दा पहिले नै कांग्रेस पुग्छ । एमाले र कांग्रेस मिल्छन्, नेपाल इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे)को सदस्य बन्छ र प्रचण्डले संक्रमणकालीन न्याय निरुपण नटुंगिएको कुरा बुझ्नुपर्छ । यो कुरा हामीले विभिन्न च्यानलबाट भनेका छौं ।’

    एमाले पनि प्रचण्डलाई प्रधानमन्त्री दिन राजी

    गठबन्धन छाडेर आए प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न एमाले पनि तयार देखिएको छ । केन्द्रदेखि प्रदेशसम्म सबै सरकार गुम्ने देखिएपछि एमालेले प्रचण्डलाई प्रधानमन्त्री छाडेर राष्ट्रपति र सभामुख लिन तयार रहेको स्रोतको दाबी छ । तर, नेताहरुले यस विषयमा खुलेर बोलेका छैनन् ।

    त्यसको संकेत एमाले महासचिव शंकर पोखरेलले शुक्रबार सुर्खेत पुगेर गरेका छन् । सरकार गठनबारे दलहरुबीच रस्साकस्सी चलिरहेको वेलामा उनले वामपन्थीहरु एकै ठाउँमा उभिनुपर्ने वेला आएको बताए । तर, त्यसका लागि प्रचण्ड-माधवले विभीषणको भूमिका छाड्नुपर्ने उनको सर्त छ ।

    उनले भने, ‘गठबन्धनको कुनै उद्देश्य छैन । अहिले राजनीतिक अस्थिरता र अराजकता बढ्दै गएको छ । मुलुकलाई बलियो राष्ट्रिय शक्ति आवश्यक परेको छ । गठबन्धनको कुनै लक्ष्य छैन । त्यसैले वामपन्थीहरु एक ठाउँमा उभिनुपर्छ ।’

    एमालेसँग मिल्ने पक्षमा लबिङ गरिरहेका एक माओवादी नेताले नेपाल प्रेससँग भने, ‘हामी भूराजनीतिक भूमरीमा फसिसक्यौं । जानीनजानी आज प्रचण्ड इण्डो अमेरिकन एम्बुसमा परिसकेका छन् । अब कसरी सुरक्षित निकाल्ने भन्ने प्रयास हो । कांग्रेसले पहिलो चरणको प्रधानमन्त्री दिए पनि २ वर्षलाई हो, त्यसपछि के गर्ने ? माओवादी पार्टी जोगिँदैन ।’

    एमाले उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङदेखि पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराईसम्मका नेताहरुले माओवादीलाई गठबन्धनबाट बाहिर आएर सहकार्य गराउन पहल गरिरहेका छन् ।

    प्रचण्डले गठबन्धनबाटै प्रधानमन्त्री बन्न प्राथमिकता राखे पनि माओवादीका दोस्रो तहका नेताहरु देव गुरुङ, वर्षमान पुनलगायत ‘इन्डो अमेरिकन एम्मुस’बाट सुरक्षित बाहिर निकाल्न चाहन्छन् ।

    उनीहरु कांग्रेसले प्रधानमन्त्री दिए पनि वाम सरकार बनाउन चाहन्छन् । गठबन्धनबाट चीनसँगको सम्बन्ध बिग्रिएकाले कांग्रेसले प्रधानमन्त्री दिए पनि एमालेसँग मिलेर जानुपर्ने उनीहरुको मत छ ।

    एमालेसँग मिल्ने पक्षमा लबिङ गरिरहेका एक माओवादी नेताले नेपाल प्रेससँग भने, ‘हामी भूराजनीतिक भूमरीमा फसिसक्यौं । जानीनजानी आज प्रचण्ड इण्डो अमेरिकन एम्बुसमा परिसकेका छन् । अब कसरी सुरक्षित निकाल्ने भन्ने प्रयास हो । कांग्रेसले पहिलो चरणको प्रधानमन्त्री दिए पनि २ वर्षलाई हो, त्यसपछि के गर्ने ? माओवादी पार्टी जोगिँदैन ।’

    अब आउने चुनाव र त्यसपछिको समेत पार्टीको भविष्य हेरेर भए पनि एमालेसँग मिल्नुपर्ने ती नेताको धारणा छ । ‘बाँकी रहेका माओवादीहरुको राजनीति जोगाउने प्रयास पनि हो वाम सरकारको बहस’, उनले भने ।

    गठबन्धन सरकार दक्षिणपन्थी भएको आरोप लाग्दै आइरहेको छ । अहिलेको गठबन्धन इण्डो अमेरिकन लबीमा रहेकाले माओवादीलाई त्यसबाट निकाल्न भूराजनीतिक शक्तिहरु लागेका छन् । तर, प्रचण्डले गठबन्धन छाड्न अझै मानेका छैनन् । यद्यपि उनी जता लागे पनि प्रधानमन्त्रीको कुर्सी नजिक भने पुगेका छन् ।

    अहिलेमात्रै नभएर चीनले नेपालमा एमाले र माओवादी मिलाउन निरन्तर प्रयास गर्दै आएको छ । अहिले पनि हालैमात्र चीन गएर आएका वर्षमान पुनले एमालेसँग मिलाउने प्रयास गरिरहेका छन् । यसै साता चिनियाँहरुको एउटा टोली काठमाडौंमा आएर राजनीतिक भेटवार्तासमेत गरेको थियो ।

  • सरकार गठनको रस्साकस्सी : देउवा भेट्न प्रचण्ड पुगे बालुवाटार

    सरकार गठनको रस्साकस्सी : देउवा भेट्न प्रचण्ड पुगे बालुवाटार

    काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

    सरकार गठनको विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् । बिहीबार भएको भेटवार्तामा प्रचण्डले माधव नेपालको साथमा आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव राखेका थिए ।

    आज बिहान पनि गठबन्धन दलका नेताहरुबीच सरकार गठनको विषयमा विभिन्न माध्यमबाट छलफल भएको थियो ।

    गठबन्धनको सरकार बनाएर पावर शेयरिङमा शीर्ष नेताहरु सहमत भए पनि पहिलो कार्यकाल कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति बन्न सकेको छैन ।

  • माओवादी प्रदेश १ संसदीय दलको नेतामा दुर्गाको दाबी, मौसमलाई राजेन्द्रको पनि चुनौती

    माओवादी प्रदेश १ संसदीय दलको नेतामा दुर्गाको दाबी, मौसमलाई राजेन्द्रको पनि चुनौती

    विराटनगर । माओवादी केन्द्रले ११ पुसमा प्रदेश १ संसदीय दलको नेता चयन गर्ने भएको छ । दल नेतामा ३ जना प्रदेश सांसदले दाबी गरेका छन् ।

    माओवाली केन्द्र प्रदेश १ को संसदीय दलको नेता हुन दुई पोलिटव्युरो सदस्य दुर्गाप्रसाद चापागाईं र इन्द्रबहादुर आङ्बो तथा केन्द्रीय सदस्य राजेन्द्र कार्कीले दाबी गरेका हुन् ।

    चापागाईं तेह्रथुमको प्रदेशसभा (२) र आङ्बो पाँचथर प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् । राजेन्द्र कार्की नवीन भने संखुवासभा १ (१) बाट निर्वाचिन भएका हुन् ।

    प्रदेश १ मा माओवादीका १३ सदस्य छन् । तीमध्ये ९ प्रत्यक्ष र ४ जना समानुपातिकतर्फबाट निर्वाचित भएका हुन् ।

    माओवादी पोलिटव्युरो सदस्य एवं प्रदेश १ का पूर्वइन्चार्ज हिमाल राई (सुरेश)ले दलको नेतामा चापागाईं, आङ्बो र कार्कीको दाबी रहेको बताए । आङ्बो हाल प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री छन् । एमालेसँगको एकताअघि र नेकपा विभाजनपछि पनि आङ्बो माओवादीको दलका नेता थिए ।

    राईले भने, ‘तीन जना साथीहरुको दाबी रहेको छ । हामी अहिले तल्लो तहबाटै मिलाएर जाने सहमतिको कुरा गरिरहेका छौं ।’

    सत्ता गठबन्धनमा रहेका दलहरुमा प्रदेश १ को मुख्यमन्त्री माओवादीको भागमा परे आङ्बो नै मुख्यमन्त्री बन्नेमा तीन जना नेताहरुमा सहमति भएको तर दलको नेतामा भने तीन जनाको दाबी रहेको राईले बताए । उनले आलोपालो नेतृत्व गर्नुपर्छ भन्ने तर्कसहित चापागाईंले दलको नेतामा दाबी गरेका छन् ।

    ‘कार्कीले भने यस पटक म पनि दलको नेता हुन पाउनु पर्छ भन्दैछन् । सबै नेताहरु समकालीन छन् । युवा नेता योग्य र पार्टीको समान जिम्मेवारीमा छन्’, राईले थपे, ‘प्रदेशसभा सदस्यहरुले विवेकपूर्ण निर्णय लिने विश्वास लिएका छौं ।’

    प्रदेशसभा र सरकारमा प्रभावकारी भूमिका निर्वाह गर्न आफूले नेतृत्वमा दाबी गरेको चापागाईंले बताए । आङ्बोलाई बिहीबार काठमाडौंमा भेटेर आफूले यसपटक दल नेताका लागि सघाउन आग्रह गरेको र सकारात्मक जवाफ पाएको चापागाईंले बताए ।

    उनले सर्वसम्मतमै दलको नेता छानिने जानकारी दिए । संघीय संसदमा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत भएकाले प्रदेशमा पनि सर्वसम्मत नेता चयन हुने उनको भनाइ छ ।

  • प्रधानमन्त्री नछाड्ने मुडमा प्रचण्ड, सांसदहरूसँग भने : कांग्रेस लचिलो हुँदै गएको छ

    प्रधानमन्त्री नछाड्ने मुडमा प्रचण्ड, सांसदहरूसँग भने : कांग्रेस लचिलो हुँदै गएको छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा सरकार गठनसम्बन्धी छलफल सकारात्मकरूपमा अघि बढेको बताएका छन् ।

    शुक्रबार बिहान खुमलटार पुगेका पार्टी सांसदहरूलाई बिहीबारको छलफलबारे जानकारी गराउँदै वार्ता सकारात्मकरूपमा अगाडि बढेको जानकारी गराएका हुन् ।

    प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘सरकार गठनको विषयमा गठबन्धनमा छलफल सकारात्मकरूपमा अगाडि बढेको छ । आज बेलुकासम्म निर्णायक सहमति हुनसक्छ । राष्ट्रपतिले दिएको समयभित्र गठबन्धनको सरकार बन्छ ।’

    प्रचण्डले बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेको थिए । प्रचण्डको प्रस्तावमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि सहमति जनाएका थिए ।

    तर, देउवाले पार्टीभित्र छलफल गर्ने भन्दै ठोस जवाफ दिएका थिएनन् ।

    गठबन्धनको सरकार बनाउन शीर्ष तहमा सहमति बनेपनि आलोपालोको आधारमा पहिला को प्रधानमन्त्री बन्ने भन्ने टुंगिन सकेको छैन । देउवा र प्रचण्डले आआफ्नो अडान नछाड्दा गठबन्धनभित्र तरङ्ग पैदा भएको छ ।

    देउवाले प्रचण्डलाई मनाउन आजै बिहान नेता प्रकाशमान सिंहलाई खुमलटार पठाएका थिए । उनले देउवालाई पहिलो कार्यकाल छाडेर दोस्रो कार्यकता प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए। तर, नेता सिंहको प्रस्ताव प्रचण्डले अस्वीकार गरेका थिए ।

    प्रचण्डलाई कांग्रेसले प्रधानमन्त्री नदिए एमालेसँग मिलेर सरकार बनाउन माओवादी नेता वर्षमान पुन सक्रिय भएका छन् । तर, प्रचण्डले सांसदहरूलाई गठबन्धनकै नेतृत्वको सरकार बन्नेमा विश्वस्त पारेका छन् ।

    ती सांसदले भने, ‘हामीले अहिले गठबन्धनबाटै सरकार बनाउनेबारे छलफल अघि बढाएका छौँ । एमालेबाट प्रस्ताव आएपनि हामीले सोचका छैनौँ ।’

  • प्रचण्ड भेट्न बिहानै खुमलटार पुगे प्रकाशमान, भने- पहिलो कार्यकाल देउवालाई छाड्नुस्, दोस्रोमा तपाईं

    प्रचण्ड भेट्न बिहानै खुमलटार पुगे प्रकाशमान, भने- पहिलो कार्यकाल देउवालाई छाड्नुस्, दोस्रोमा तपाईं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भेटेका छन् ।

    शुक्रबार बिहान दाहाल निवास खुमलटार पुगेका सिंहले प्रचण्डसँग सरकार गठनको विषयमा छलफल गरेका छन् ।

    गठबन्धन दलबीच सरकार बनाउने सहमति भएपनि नेतृत्वको विषयमा सहमति बन्न सकेको छैन । चुनावी सरकारको नेतृत्व देउवाले गरेको हुनाले प्रचण्डले अब बन्ने सरकारको नेतृत्वमा दाबी गरेका छन् ।

    प्रचण्डलाई मनाउन नेता सिंहले ‘पावर शेयरिङ’ का आधारमा दोस्रो कार्यकाल प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको नेता सिंहका प्रेस संयोजक युपी लामिछानेले बताए ।

    ‘गठबन्धनको सरकार बनाउने भएपछि पहिलो कार्यकाल देउवालाई प्रधानमन्त्री छाड्नुहोस् । दोस्रो कार्यकतालमा तपाई प्रधानमन्त्री बन्नुस्’ सिंहको भनाइ थियो ।

    तर, सिंहको प्रस्ताव प्रचण्डले अस्वीकार गरेको स्रोतले बतायो । प्रचण्डले पहिलो कार्यकाल प्रधानमन्त्री नपाए विकल्प खोज्ने संकेत दिएको बताइएको छ । कांग्रेसले प्रधानमन्त्री नदिए प्रचण्डले एमालेसँगको संवादलाई अगाडि बढाउने तयारी गरेका छन् ।

    बिहीबार पनि सरकार गठनको विषयमा माधव नेपाललाई साथ लिएर प्रचण्डले देउवासमक्ष आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेका थिए ।

    गठबन्धनमा प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, मुख्यमन्त्रीलगायका पद प्याकेजमै सहमति प्रयास जुटाउने गृहकार्य भइरहेको छ ।

  • प्रचण्डलाई गठबन्धनबाट निकाल्न वर्षमान सक्रिय, एमालेको समर्थनमा प्रधानमन्त्री बनाउने प्रयास

    प्रचण्डलाई गठबन्धनबाट निकाल्न वर्षमान सक्रिय, एमालेको समर्थनमा प्रधानमन्त्री बनाउने प्रयास

    काठमाडौं । गठबन्धनको दोस्रो ठूलो घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको प्रधानमन्त्री नपाए कांग्रेससँगको यात्रा अहिलेलाई टुंगिने संकेत शेरबहादुर देउवाले बुझ्नेगरी दिएका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वुधबार शीतल निवास र बिहीबार संसद भवनमा देखिएको हार्दिक र बडी ल्याङ्ग्वेजको पछाडि केही नेताको लबिङले काम गरिरहेको उच्च स्रोतले जनाएको छ ।

    चीनबाट फर्किएलगत्तै माओवादी केन्द्रका उपमहासचिव तथा पार्टीभित्र निर्णायक हैसियत राख्ने नेता वर्षमान पुनले एमालेसँग मिलेर सरकार गठन गर्ने र प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रयास थालेका छन् ।

    एमालेका नेताहरुसँग पुनले यसअघि नै कम्युनिष्टहरु फेरि मिल्नुको विकल्प नरहेको भन्दै आएका थिए । पुन चीनबाट फर्किएलगत्तै एमाले र माओवादीसहितको सरकार बन्न सक्ने सम्भावनाले एकाएक राजनीतिमा चर्चा पाएको छ ।

    चीनले नेपालमा एमाले र माओवादी मिलेर सरकार बनाऊन् भन्ने चाहना राख्नु नयाँ होइन । यसपटक वर्षमान पुनले चिनियाँ उच्च अधिकारीहरुसँग भेटेको आधिकारिक जानकारी दुवैतिरबाट सार्वजनिक गरिएको पनि छैन । तर, यसै साता चिनियाँहरुको एउटा टोली काठमाडौंसमेत आएको थियो ।

    नेपाल अहिले भूराजनीतिक रुपले संवेदनशील ठाउँमा छ । ‘इण्डो अमेरिकन’ लबी यही गठबन्धनको सरकार कायम राख्न सक्रिय भइरहेका वेला प्रचण्डलाई कांग्रेससँगको सहकार्यबाट बाहिर निकाल्न माओवादी केन्द्रकै प्रभावशाली नेताहरु लागिपरेका छन् ।

    कांग्रेसले पहिलो चरणको प्रधानमन्त्री माओवादीलाई दिन चाहेको छैन र राष्ट्रपति पनि दिन मानिरहेको छैन । प्रचण्डले पहिलो चरणमै प्रधानमन्त्री पाएर सम्मानजनक शक्ति बाँडफाँट नभए गठबन्धनको यात्रा यही टुंगिने प्रस्ट सन्देश देउवालाई दिएको निकट नेताहरुले बताएका छन् ।

    वर्षमानसँगै छलफलमा रहेका अर्का एक नेताले भने, ‘हामी भूराजनीतिक संकटमा फस्दैछौं र माओवादी ठूलो संकटमा छ । अब कोर्स करेक्सन गर्नुपर्छ र एमालेसँग मिलेर प्रचण्ड प्रधानमन्त्री बन्ने अनि एमालेले राष्ट्रपति तथा सभामुख लिएर जानुपर्छ भन्ने कुरा भएको छ । प्रचण्ड एकप्रकारले कन्भिन्स हुनुहुन्छ ।’

    कांग्रेसको चुनावी गठबन्धनबाट माओवादीले फाइदा लिन नसकेको र माओवादीको भोटले कांग्रेसले धेरै ठाउँ जितेको निष्कर्ष नेताहरुको छ । वर्षमानसहित माओवादीका केही प्रभावशाली नेतालाई निर्णायक पहल गरेर प्रचण्डलाई बाहिर निकाल्न जिम्मा दिइएको एक स्थायी कमिटी सदस्यले बताए ।

    ‘हाम्रो भोटले उनीहरु जितेर पहिलो पार्टी भए । तर, हामीलाई खासै फाइदा भएन । यो यात्रा जारी राख्दा माओवादी पार्टी अर्को चुनावसम्म निर्णायक हैसियतमा रहँदैन’, उनले भने ।

    पुनले औपचारिक रुपमा अहिलेसम्म सत्ता समीकरणबारे कुनै प्रतिक्रिया दिएका छैनन् । तर, कांग्रेससँगको सहकार्यबाट माओवादी निरन्तर ओरालोमात्र लाग्ने उनले निकटस्थहरुलाई बताएका छन् ।

    प्रचण्डलाई एमालेको समर्थनमा पहिलो चरणको प्रधानमन्त्री बनाउँदा उनको चाहना पूरा हुने र विस्तारै एमालेसँग पुनः पार्टी मिलाएर कोर्स करेक्सन गर्न सकिने अधिकांश माओवादी नेताहरूकाे विश्वास छ । प्रचण्डको व्यवस्थापन हुनासाथ पार्टी मिल्न गाह्रो नहुने नेताहरुको बुझाइ छ ।

    बिहीबार साँझ माधव नेपालसहित बालुवाटारमा देउवा र प्रचण्डको छलफल भएको छ । यसमा के के कुरा भए भन्ने आइसकेको छैन । तर, वर्षमाननिकट स्रोतले भने प्रचण्डले आफ्नो बटमलाइन देउवालाई सुनाएका छन् । देउवा प्रचण्डको बटमलाइनबाट अप्ठेरोमा परेका छन् ।

    माओवादीको जिल्ला तहदेखिकै पंक्ति कांग्रेससँगको चुनावी गठबन्धनबाट सन्तुष्ट हुन सकेको छैन । त्यो दबाब वर्षमानसहितका नेताहरूमार्फत प्रचण्डमा परेको बताइन्छ । यसको नतिजा राष्ट्रपतिले दिएको समयसीमा पुस १० भित्र देखिने नेताहरु बताउँछन् ।

    एमाले र माओवादी मिल्नासाथ राप्रपा तथा जसपासहित लगभग बहुमत पुग्छ । नेकपा एस कांग्रेससँगै रहे पनि अन्य साना दल र स्वतन्त्र मिलाएर सुविधाजनक बहुमतको सरकार बनाउने अवस्था रहेको र राष्ट्रिय स्वतन्त्र पार्टीसमेत सकारात्मक रहेको नेताहरुले बताएका छन् ।

    एमाले अध्यक्ष केपी ओलीले प्रचण्डलाई सामान्य संकेत गरिसकेका छन् । उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङदेखि पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराईसम्मका नेताहरुले माओवादीलाई गठबन्धनबाट बाहिर आएर सहकार्य थाल्न गरेको आग्रहबारे पनि ओली जानकार छन् ।

    तर, प्रचण्डले पहिले गठबन्धन छाडेको घोषणा गरेपछिमात्र अरु कुरा हुने एमाले नेताहरु बताउँछन् । एमालेको बिहीबार बसेको सचिवालय बैठकले विशेष निर्णय गर्ने एकल अधिकार पनि अध्यक्ष तथा संसदीय दलको नेता ओलीलाई दिएको छ ।

  • संसदीय दलको नेता भएलगत्तै बालुवाटार पुगे प्रचण्ड

    संसदीय दलको नेता भएलगत्तै बालुवाटार पुगे प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।

    संसदीय दलको नेता चयन भएलगत्तै सरकार गठनको बिषयमा छलफल गर्न बालुवाटार पुगेका हुन् ।

    गठबन्धनको दलबीच सरकार बनाउने सहमति बनेपनि नेतृत्व कसले गर्ने भन्ने टुंगिन सकेको छैन । देउवाले आफैं नेतृत्वमा सरकार गठन गर्ने पक्षमा उभिएपनि प्रचण्डले आलोपालो सहमतिको अनुसार अडान नछाड्ने पक्षमा छन् ।

    सरकार गठनका लागि दलहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय अब ३ दिन मात्र बाँकी छ ।

    गठबन्धनमा प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्रीसहित मुख्य संवैधानिक पदमा प्याकेजमा भागवण्डा मिलाउने प्रयास भइरहेको छ ।