Category: माओवादी केन्द्र

  • पञ्चालाई २४ घण्टे स्पष्टीकरण- पोखरा विश्वविद्यालय र सीटीईभीटीमा बार्गेनिङको कुरा के हो ?

    पञ्चालाई २४ घण्टे स्पष्टीकरण- पोखरा विश्वविद्यालय र सीटीईभीटीमा बार्गेनिङको कुरा के हो ?

    काठमाडौं । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहलाई लेखा आयोग उपप्रमुख गम्भीर साउँदले स्पष्टीकरण सोधेका छन् ।

    अध्यक्ष सिंहमाथि लोको आरोपको खण्डन गर्न नसकेको भन्दै शंका गर्न मिल्ने ठाउँ भएकाले प्रष्टीकरण सोधेका हुन् ।

    अध्यक्ष सिंहमाथि संगठनका उपाध्यक्ष, कोषाध्यक्ष, केन्द्रीय सदस्यहरूले पोखरा विश्वविद्यालय र सीटीईभीटी मा आर्थिक बार्गेनिङ गरेको कुरा के हो ? संगठनका जिम्मेवार नेताहरूबाट सीटीईभीटी, पोखरा विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयमा सम्बन्धन र कार्यक्रम विस्तारलाई लिएर आन्दोलनको नाममा आर्थिक लेनदेन गर्न बार्गेनिङ गरेको बिषयले संगठनको आर्थिक पारदर्शीतामाथि गम्भीर प्रश्न उठाएको आरोप लगाउँदै आएका छन् ।

    साउँदले सिंहलाई सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईँमाथि लगाएको आरोपको विषयउपर आजको दिनसम्ममा उचित जवाफ वा खण्डन आउन नसक्नुले तपाईँमाथि शंका गर्न मिल्ने ठाउँ बनेको छ ।’

    कुनै पनि कमिटीमा छलफल नगरी शैक्षिक मुद्दाहरूको तय, मुद्दाहरु उठानको प्रक्रिया र सम्बधित निकायमा प्रारम्भिकरूपमा बुझ्दा केन्द्रको निर्देशनमा चलखेल भएकै बुझिन्छ भनेर जारी भएको पत्र/विज्ञप्ति/ध्यानाकर्षण (सार्वजनिक भएको दुई पत्र) उपर तपाईँ को धारणा के हो ? भनी पञ्चामाथि प्रश्नसमेत गरिएको छ ।

    कसमस कलेजमा अध्यक्ष सिंहकै निर्देशनमा समानान्तर गतिविधि गरेकोबारे प्रश्न उठाएइएको छ । उनले संगठनमाथि लागेको कालो घब्बाको बारेमा वास्तविक कुरा के हो भन्नेबारे २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएका छन् ।

    अध्यक्ष सिंहमाथि आरोप लाग्नुको साथै पवन कार्की समूहले देशभर समानान्तर गतिविधि गरिरहेको छ । तर, पार्टी संगठनमा विवाद छताछुल्ल भइसक्दासमेत उक्त विवाद समाधानमा माउ पार्टी नेकपा माओवादी केन्द्र मौन बसेको क्रान्तिकारी नेताले गुनासो गरिरहेका छन् ।

    एक वर्षअघि २०७८ असोज १४ गतेदेखि १८ गतेसम्म अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनबाट विवाद सुरू भएको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्षमा सिंहलाई अघि सारेपछि विवाद चुलिएको थियो ।

  • माओवादीको पार्टी कार्यालय नै भद्रगोल, नेपालको राष्ट्रिय र पार्टी झण्डा छैनन् सग्लो (तस्बिरहरु)

    माओवादीको पार्टी कार्यालय नै भद्रगोल, नेपालको राष्ट्रिय र पार्टी झण्डा छैनन् सग्लो (तस्बिरहरु)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालको अवस्था भद्रगोल देखिएको छ।

    कोटेश्वरस्थित पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यालय बाहिर टाँगिएको नेपालको राष्ट्रिय र पार्टी झण्डाहरुको अवस्था भद्रगोल देखिएको हो।

    तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको त्यही पार्टी कार्यालयमा जारी बैठकमा निरन्तर सहभागी हुँदै आइरहेका छन्। बिहिबारदेखि माओवादीको स्थायी कमिटी बैठक यही पार्टी कार्यालयमा जारी छ।

    तर, पार्टी कार्यालय आसपास टाँगिएका झण्डाहरु च्यातिएको भद्रगोल अवस्थामा भएपनि वास्ता गरेको देखिँदैन।

    तस्बिरहरु : उमेश कार्की

  • प्रचण्डको प्रतिवेदनमाथि धारणा राख्न ७ मिनेटको समय

    प्रचण्डको प्रतिवेदनमाथि धारणा राख्न ७ मिनेटको समय

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको प्रतिवेदनमाथि धारणा राख्न समय निर्धारण भएको छ ।

    अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्न ७/७ मिनेटको समय तोकिएको हो । नेताहरूलाई बोल्न समय निर्धारण भएपनि हिजोबाट सुरु बैठक लम्बिनसक्ने देखिएको छ ।

    प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले बिहीबारको बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि छलफल जारी छ ।

    प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा स्थायी कमिटी सदस्यहरूसँग राय मागेका थिए ।

  • माओवादी स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरू

    माओवादी स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरू

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरू भएको छ ।

    बिहीबारदेखि जारी बैठकमा हिजो पहिलो दिन बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समयसामयिक राजनीतिक विषयवस्तु राखेका थिए । उनले राष्ट्रपतिको निर्वाचनमा पार्टीको कदमबारे नेताहरूको राय मागेका छन् ।

    आज स्थायी कमिटी सदस्यहरूले पालैपालो सुझाव दिने प्रवक्ता कृष्णबहादुर महराले बताए । यस्तै बैठकमा जिम्मेवारी हेरफेरलगायतका विषयमा पनि छलफल हुनेछ ।

    तस्बिरहरू : उमेश कार्की ।

  • माओवादी स्थायी कमिटीको बैठक आज पनि

    माओवादी स्थायी कमिटीको बैठक आज पनि

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि जारी छ ।

    बिहीबार बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो कुरा राखेका थिए । उनले त्यहाँ राष्ट्रपतिको निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा स्थायी कमिटी सदस्यहरु राय मागेका थिए ।

    आज स्थायी कमिटी सदस्यहरुले पालैपालो जवाफ दिने प्रवक्ता कृष्णबहादुर महराले बताए । यस्तै बैठकमा पार्टी विस्तार लगायतका विषयमा पनि छलफल हुनेछ ।

  • माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ- धोखाधडीको राजनीति होइन अहिलेको सहमति जोगाएर जानुपर्छ

    माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ- धोखाधडीको राजनीति होइन अहिलेको सहमति जोगाएर जानुपर्छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वासको मत लिँदा भएको राष्ट्रिय सहमतिलाई कायम राख्नुपर्ने बताएका छन् ।

    पार्टी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री प्रचण्डले निधेषको राजनीति अन्त्य गर्नु अहिलेको आवश्यता भएको बताए ।
    प्रचण्डको भनाइलाई उदृत एक स्थायी कमिटी सदस्यले भने, ‘मैले विश्वासको मत लिने बेलामा राष्ट्रिय सहमति बन्यो । यसलाई जिम्मेवार भएर राष्ट्र निर्माणका लागि कायम गरेर जानुपर्छ ।’

    कठीन अवस्थामा बनेका राष्ट्रिय सहमतिलाई इमानदारीपूर्वक प्रस्तुत गर्ने उनको भनाइ छ ।

    ‘राजनीतिक दलहरुमा एउटाले अर्कोलाई निषेध गर्ने, परास्त गर्ने, धोकाधडी दिने संस्कार र संस्कृति भयो अहिलेसम्म त्यसले गर्दा राष्ट्रले धेरै दुःख पायो । हामी अहिलेसम्म इमानदारीपूर्वक प्रस्तुत भएका छौं’ प्रचण्डको भनाइ छ, ‘तर, कठिन अवस्थामा राष्ट्रिय सहमति कायम हुने गरेको छ । अहिले पनि हामी यसलाई कायम गरेर जान्छौं ।’

     

  • राष्ट्रपतिमा माओवादीको जोड- एमाले, कांग्रेससहितको राष्ट्रिय सहमति (भिडिओ)

    राष्ट्रपतिमा माओवादीको जोड- एमाले, कांग्रेससहितको राष्ट्रिय सहमति (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा बनाउनुपर्नेमा पार्टीको जोड रहेको बताएका छन् ।

    पार्टी स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘सबैमा सहमति जुटाएर संविधानले व्यवस्था गरेअनुरुप साझा व्यक्तित्वलाई अघि सार्न सक्यौं भने सम्भावित भोलि हुने दुर्घटना रोक्न, संविधानको रक्षा, मिश्रित बनावटको संसद त्यसलाई पाँच वर्षसम्म सकुशल लैजान राष्ट्रिय सहमतिको आधारमा अघि बढौं भन्ने हो ।’

    उनले एमाले, कांग्रेससहित सबै दलहरुबाट साझा व्यक्तिलाई अघि सार्नुपर्नेमा जोड दिए । कुनै पार्टी विशेषलाई बाइपास गरेर राष्ट्रिय सहमति नहुने उल्लेख गर्दै नेता पौडेलले एमाले र कांग्रेससँग छलफल भइरहेको बताए ।

    उनले आजको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सामान्य रिपोटिङमात्रै भएको जानकारी दिए । बैठक भोलि बिहान ११ बजे फेरि बस्ने उनले बताए ।

  • अग्नि सापकोटा पनि माओवादीको स्थायी कमिटी बैठकमा सहभागी

    अग्नि सापकोटा पनि माओवादीको स्थायी कमिटी बैठकमा सहभागी

    काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सहभागी भएका छन्। पूर्वसभामुख सापकोटा अहिले पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा सहभागी भएका हुन्।

    उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरातसँगै अगाडि बसेका छन्।

    उनलाई आजको बैठकले महराभन्दा तल्लो वरियतामा राखेर पार्टी उपाध्यक्षसहित प्रवक्ताको जिम्मेवारी दिने अध्यक्ष प्रचण्डको तयारी छ।

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

    बैठकमा सहभागी हुन अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल आइपुगेका छन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल हुने महासचिव देव गुरुङले बताए ।

    पार्टी संगठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उनले बताए । केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेण्डा छन् ।

    स्थायी कमिटीमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे पनि छलफल हुनेछ ।

    यस्तै आजको बैठकले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने तयारीसमेत गरेका छन् ।

    बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मितिसमेत तोक्नेछ ।

  • माओवादीले अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने

    माओवादीले अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने भएको छ । सापकोटालाई उपाध्यक्ष बनाउनेगरी छलफल अघि बढेको एक स्थायी कमिटी सदस्यले बताए ।

    ती नेताले भने, ‘उहाँलाई उपाध्यक्ष बनाउने विषयमा छलफल भइरहेको छ । आजको स्थायी कमिटी बैठकले निर्णय गर्नसक्छ ।’

    समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न अहिले माओवादीको स्थायी कमिटी बैठक बस्दैछ ।

    २१ पदाधिकारी रहेको माओवादीमा अहिले उपाध्यक्ष कृष्णबहादुर महरामात्रै छन् । महराको वरीयतापछि सापकोटालाई राख्ने तयारी छ ।

    माओवादीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् ।

  • प्रधानमन्त्रीको उर्दी राप्रपालाई अस्वीकार्य, महामन्त्री पाठक भन्छन्- एजेन्डा त्यागेर सरकारमा गएका होइनौं

    प्रधानमन्त्रीको उर्दी राप्रपालाई अस्वीकार्य, महामन्त्री पाठक भन्छन्- एजेन्डा त्यागेर सरकारमा गएका होइनौं

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार राष्ट्रियसभामा सम्बोधन गर्दै आफ्नो सरकारमा सहभागी कोही पनि मन्त्रीले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता परिवर्तनका एजेन्डामाथि असहमति राख्न नपाउने उर्दी जारी गरे । कसैले फरक विचार राखेको खण्डमा आफूले स्पष्टीकरण लिने उनको चेतावनी थियो ।

    प्रचण्डको सो भनाइ राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ लक्ष्यित हो भनेर बुझ्न कठिन छैन । सरकारमा सहभागीमध्ये राप्रपामात्रै यस्तो पार्टी हो, जो ‘परिवर्तनका एजेन्डा’ हरूमा फरक विचार राख्छ । राप्रपाबाट कानूनमन्त्रीका भएका ध्रुवबहादुर प्रधानले हालै एक टेलिभिजन अन्तर्वार्तामा संघीयताबारे आलोचनात्मक टिप्पणी गरेका थिए । सम्भवतः प्रधानमन्त्रीको अभिव्यक्ति त्यसैमाथि लक्ष्यित हो ।

    संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबाट राप्रपा भने रुष्ट बनेको छ । सो पार्टीका नेताहरु प्रधानमन्त्रीको आदेश आफूहरुका लागि स्वीकार्य नहुने बताउँछन् ।

    नेपाल प्रेससँग कुरा गर्दै राप्रपा महामन्त्री शरदराज पाठकले प्रधानमन्त्रीको अभिव्यक्ति संविधानसम्मत नभएको बताए । राप्रपा सरकारमा जाँदैमा आफ्ना एजेन्डा नछोड्ने उनको भनाइ छ ।

    ‘हामी आफ्ना मुलभुत एजेन्डा र आस्था नै परित्याग गरेर सरकारमा सहभागी भएका होइनौं । यो त एउटा विशिष्ट परिस्थितिमा गरिएको सहकार्य हो । खासमा यो सरकारका योजनाकारमध्ये राप्रपा पनि एक हो । हाम्रो पार्टी अध्यक्ष नै सरकारमा हुनुहुन्छ । यस्तो बेलामा आफ्ना एजेन्डाहरुमाथि नबोल्ने वा मौन बस्ने भन्ने प्रश्न नै आउँदैन ।’ उनले भने ।

    नेपालको संविधानले गणतन्त्र र संघीयताजस्ता एजेन्डाहरूलाई अपरिवर्तनीय नमानेको पनि पाठकले सम्झाए ।

    उनी भन्छन्, ‘नेपालको संविधानले सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहित सार्वभौमसत्तालाई मात्रै अपरिवर्तनीय मानेको छ । यीबाहेक अन्य कुनै पनि धाराविरुद्ध बोल्नेमात्र होइन, संसोधन वा खारेज गर्न सदनमा विधेयक नै पेस गर्न सकिन्छ ।’

    यस्तै कुरा गर्ने हो भने प्रधानमन्त्री प्रचण्डले पनि संसदीय व्यवस्थाको विषयमा फरक धारणा राख्न नपाउने पाठक बताउँछन् ।

    ‘उहाँ यही व्यवस्थामा तेस्रोपटक प्रधानमन्त्री बन्नुभएको छ । तर अहिले पनि उहाँलाई संसदीय व्यवस्थामा टिप्पणी गर्न भनियो भने यो व्यवस्थामा आफूहरुको विश्वास नरहेको बताउनुहुन्छ । संसदीय व्यवस्था उहाँको पार्टीको एजेन्डाभित्रै पर्दैन । उहाँहरुले चाहीँ यो प्रणालीमा असहमति राख्न मिल्ने, हामीले नमिल्ने भन्ने कसरी हुन सक्छ ?’

    प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर पार्टीमा औपचारिक छलफल हुने पनि पाठक बताउँछन् ।

    ‘पार्टीको वैठक बस्दा यो विषयमा स्वभाविकरूपमा छलफल हुन्छ । सम्भवत: अध्यक्षले पनि आफ्नो धारणा बाहिर ल्याउनुहोला,’ उनले भने ।

    मन्त्रीका रुपमा केही सीमाहरु हुन सक्ने भएपछि अध्यक्ष नै सरकारमा सहभागी भएको स्थितिमा पार्टीको विचार र सिद्धान्तलाई प्रवर्द्धन गर्ने कुरामा कुनै सम्झौता गर्न नसकिने पाठक बताउँछन् ।

  • अखिल क्रान्तिकारीको विवादमा माउ पार्टी माओवादी किन मौन ?

    अखिल क्रान्तिकारीको विवादमा माउ पार्टी माओवादी किन मौन ?

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विवाद छताछुल्ल भइसक्दासमेत उक्त विवाद समाधानमा माउ पार्टी नेकपा माओवादी केन्द्र मौन बसेको छ । एक वर्षअघि २०७८ असोज १४ गतेदेखि १८ गतेसम्म अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनबाट सुरू भएको विवाद अहिले सतहमा आएको हो ।

    संगठनको विवादलाई पार्टीले गम्भीर रूपमा नलिँदा उक्त विवाद झन् बढ्दै गएको स्वयं क्रान्तिकारी नेताहरूको बुझाइ छ । पञ्चा सिंह नेतृत्वको संस्थापन पक्ष र तत्कालीन संगठनका उपाध्यक्षसमेत रहेका अखिल क्रान्तिकारी समानान्तर कमिटीका संयोजक पवन कार्की नेतृत्वको समूहका बीचमा समानान्तर गतिविधिको होडबाजी चलिरहेको छ । संस्थापन पक्षले कार्कीले समानान्तर कमिटी गठन गरेको भन्दै उक्त समूहमा लागेका सबै विद्यार्थी नेतालाई कारबाही गरेको छ ।

    केहि दिनअघि बसेको क्रान्तिकारीको पदाधिकारी बैठकमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनमा असन्तुष्ट बनेकालाई सहमतिमा ल्याउनुपर्नेमा जोड दिएका थिए । पञ्चा सिंह नेतृत्वको कमिटी नै आधिकारिक र वैधानिक कमिटी भएकोमा पार्टीमा कुनै कन्फ्युजन नरहेको भन्दै संगठनका समस्या समाधान गरेर स्ववियु चुनाव केन्द्रित हुन प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए । संगठनका उपाध्यक्ष मदन भुलका अनुसार बैठकमा ४१ पदाधिकारी मध्ये ३७ जना पदाधिकारी सहभागी भएका थिए ।

    माओवादी उपमहासचिव पम्फा भुसालले क्रान्तिकारीको विवादमा पार्टीले केही निर्णय गर्ने बताइन् । ‘देखिएको समस्या र विवाद समाधानको जिम्मेवारी पार्टी सचिवसमेत रहनुभएका फ्याक्सन इन्चार्ज हितमान शाक्यलाई दिइएको छ । उहाँले सके आजको बैठकमा नभए र्को बैठकमा राख्नुहोला । त्यसपछि पार्टीले कुनै न कुनै निर्णय गर्ला नि ‘, उनले भनिन् ।

    यो पनि पढ्नुस् : अखिल क्रान्तिकारीमा लफडा, पञ्चामाथि कलेजसँग सम्बन्धनमा बार्गेनिङ गरेको आरोप

    संगठनको विवादबारे संस्थापन पक्षका उपाध्यक्ष मदन भुल पदाधिकारी चयन गर्दा कतिपय साथीहरूको व्यक्तिगत कुण्ठा, आफ्ना आसेपासे, पदाधिकारी नहुनेलाई पनि पदाधिकारी बनाउनुपर्‍यो भनेर व्यक्तिवादी माग राखेको टिप्पणी गर्छन् ।

    ‘अराजक गतिविधि गरेपछि तत्कालीन उपाध्यक्ष पवन कार्कीलगायत ८ जनालाई साधारण सदस्य नरहनेगरी कारबाही गरिएको हो । क्रान्तिकारीका नाममा अरु पसल धेरे भेटिन्छन् । त्यो पार्टीको भ्रातृ संगठन होइन । पार्टी अध्यक्ष ज्यूले पनि भन्नुभएको छ । अखिल क्रान्तिकारी भित्रको खासै समस्या होइन । कार्यालयको टीम पदाधिकारी ३९ जनामध्ये एकजना उपाध्यक्षको असन्तुष्टि हो । यो विषयमा पार्टीले चाडै साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने तयारी छ गतिविधि बन्द गर्नुभएन भने ।’

    उनले उपाध्यक्ष नारायण खनाल आत्मआलोचित भइसकेको, उपाध्यक्ष इन्द्र भुसालाई स्पष्टीकरण सोध्ने कुरा भइसकेको बताए । सीटीईभिटीको सम्वन्धनमा बार्गेनिङको सन्दर्भ अस्वीकार गर्दै उनले यदि भएको भए प्रमाण पेस गर्न चुनौती दिए । तर, पवन कार्की समूहले भने गल्ती नगरेको भए आत्मआलोचित किन भनिरहनुपर्थ्यो भनिरहेको छ ।

    संगठन स्ववियू निर्वाचनमा होमिसकेको भन्दै विद्यार्थी नेता भुलले अहिले विशेष महाधिवेशन नहुने र २ वर्षे कार्यकाल सकिएपछि महाधिवेशन नै हुने बताए ।

    ‘कतिपयका व्यक्तिगत कुण्ठालाई छोडेर आत्माआलोचित भएर आउन अनुरोध गर्दछौं । नीति विधिअनुसार आएमा मिलाएर लैजाने भन्ने छ । फेरि कुनै पदाधिकारी दिने गरी भने होइन । अब ठोस रुपमा परिपत्र जारी गर्छ । कहीँ कतै अखिल क्रान्तिकारीका नाममा कसैले गतिविधि गर्‍यो भने सह्य हुँदैन । गरेमा बहिस्कृत हुन्छन्’, उनले नेपाल प्रेससँग भने ।

    क्रान्तिकारी विद्रोही समूह (पवन कार्की) का प्रवक्ता उपदेश यादव विधानअनुसार पञ्चा नेतृत्वको कमिटी नभएकोले अवैध भएको दाबी गर्छन् । चुनावी कार्यक्रम अघि बढ्नुस भनेर अध्यक्षले भन्दाभन्दै २५ पदाधिकारी र १९९ भनेकोमा ४१ सदस्यीय पदाधिकारी र २९९ सदस्यी केन्द्रीय समिति बताएको यादवको भनाई छ ।

    ‘त्यो बनाउदैँ गर्दा पनि प्रक्रिया नपुर्याएको अवस्था छ । १९९ भित्र नरहेकालाई ५ देखि ६ जनालाई पदाधिकारी बनाउनुभयो । विधानले केन्द्रीय सदस्य हुन प्रतिनिधि हुनुपर्‍यो र पदाधिकारी हुन केन्द्रीय समितिमा पर्नुपर्‍यो । हामीसँग २१ औँ सम्मेलनमा निर्वाचन हारेका व्यक्ति पदाधिकारी भए । हामीले आन्दोलन गतिविधि हेर्‍यौं भने सुस्ताएको देखिन्छ नै’, उनले नेपाल प्रेससँग भने ।

    आर्थिक चलखेल गरेको भन्दै उपाध्यक्ष इन्द्र भुसाल अख्तियार जाने तयारीमा रहेको उनले ठोकुवा गरे । पार्टी र संठनलाई ध्यानाकर्षण गराएर पवन कार्कीको संयोजकत्वमा आयोजक समिति बनाएको यादवले बताए ।

    यो पनि पढ्नुस् : अखिल क्रान्तिकारीको विवाद देशभर फैलियो, कार्की समूहले गर्‍यो समानान्तर कमिटी विस्तार (पूर्णपाठ)

    ‘उहाँहरूसँग ४१ जना पदाधिकारी बुढा भइसके । निर्वाचन लड्ने आट गर्दैनन् । एक पद माथि गएर रिटायर्ड हुन चाहिरहेका छन् । उमेरहद लगाउने वित्तिकै सबै बाहिरिन्छन् । त्यसैले पनि पञ्चा सिंहलाई नै मान्न खोजिरहेका छन् र समर्थन गरिरहेका छन् । पञ्चा सिंहले जारी गरको सर्कुलरविरुद्ध सामाजिक सञ्जालमा लेखिरहेका छन् तर उनैलाई समर्थन पनि गरिरहेका छन् । न प्रदेश समितिको भेला त कता हो कता शपथसमेत गराउन सक्नुभएको छैन । प्रदेशलाई ३ भाग लगाएर बैठक गर्दा पनि कार्यकर्ता पुर्‍याउन सकिरहेका छैनन्’, उपदेशले भने ।

    काठमाडौंका ७ ठूला कलेजमा पञ्चाको कमिटी नै नभएको भन्दै बाँकी ७ मा दुवैको कमिटी बनेको उनको भनाइ छ । अध्यक्षले २ पटक सहमतिको नजिक पुर्‍याउँदा पनि पञ्चाले नमानेको भन्दै यादवले विद्यार्थी फ्रयाक्सन इन्चार्ज हितमान शाक्यबाट पनि पटकपटक रिपोर्ट गरिएको जानकारी दिए ।

    विवादको जड के हो ?

    अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनले अध्यक्षसहित पदाधिकारीको टुंगो लगाउन नसकेपछि अध्यक्ष चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष ल प्रचण्डलाई दियो । सम्मेलनले २५ सदस्यीय पदाधिकारी र ११९ सदस्यीय केन्द्रीय समिति गठन गर्ने प्रस्ताव पारित गर्‍यो । बन्दसत्र सुरू भएलगत्तै केही प्रतिनिधिले पञ्चा सिंहलाई अध्यक्ष नमान्ने भन्दै विवाद गरे । बन्दसत्रमा विवाद भएपछि नाराबाजी तथा तोडफोड भएपछि घोषणासभा नै अनिश्चित बन्यो ।

    त्यसको केही दिनपछि प्रचण्डले पार्टीका उपमहासचिव जनार्दन शर्मानिकट मानिएकी पञ्चा सिंहलाई अध्यक्ष चयन गरे । संगठनमा विवाद भएका कारण सम्मेलनको बन्द सत्रबाट अध्यक्षसहित पदाधिकारी चयन गर्न नसकेपछि तत्कालीन पार्टीको स्थायी समिति बैठकले तत्कालीन अखिल क्रान्तिकारीका इन्चार्ज हितमान शाक्यलाई जिम्मेवारी दियो । अघिल्लो समितिका पदाधिकारीसँग छलफल गरेर शाक्यले विवाद टुंग्याउने भनिएको थियो ।

    संगठनकी अध्यक्ष पञ्चा सिंहले २०७८ मंसिर २७ गते ३ जना केन्द्रीय सदस्यको नाम खाली राखेर १९९ सदस्यीय केन्द्रीय समिति सदस्यको नामावलीसहितको विज्ञप्ति सार्वजनिक गरिन् । यतिमात्र नभएर ३९ सदस्यीय केन्द्रीय आयोग, ५६ सदस्यीय केन्द्रीय प्रतिनिधि, विषेश प्रदेशसहित ८ वटा प्रदेश कमिटिका पदाधिकारी नामावली पनि विज्ञप्तीमार्फत नै सार्वजनिक गरिन् ।

    त्यसपछि २०७८ पुस ७ गतेका लागि अध्यक्ष सिंहले केन्द्रीय समितिको शपथ ग्रहण तथा प्रथम पूर्ण बैठक प्रज्ञा प्रतिष्ठान कमलादीमा बोलाएर शपथ गराईन । त्यसपछि संगठनको दोस्रो पूर्ण बैठक २०७९ वैशाख ३ र ४ गते बस्यो । पार्टी अध्यक्ष प्रचण्ड र विद्यार्थी इन्चार्ज हितमान शाक्य उपस्थित रहेको उक्त बैठकले महासचिव दिपेश पुनलाई चयन गर्दै १९ उपाध्यक्ष रहनेगरी ४१ सदस्यीय पदाधिकारी गठन गर्‍यो भने केन्द्रीय समिति १९९ बाट २९९ पुर्‍याउने निर्णय गर्‍यो ।

    २०७९ असार ५ गते बसेको तेस्रो विस्तारित बैठकमा नेतृत्व चयनमा असन्तुष्ट रहेको समूहले बैठक हलमा विधि विधान लागू गर भन्दै नाराबाजी गरेपछि दुई पक्षबीच कुटाकुटसम्म भयो । लगत्तै असन्तुष्ट कार्की पक्षले असोज ७ गते पत्रकार सम्मेलन गर्दै अध्यक्ष सिंहलाई तत्काल पदमुक्त गरेर विशेष महाधिवेशन गर्न पार्टी नेतृत्वसँग माग गर्‍यो ।

    कार्की पक्षले पत्रकार सम्मेलन नै गरेर अध्यलाई पदमुक्त गर्नुपर्ने र विषेश महाधिवेशन गर्न माग गरेपछि संगठनले उपाध्यक्ष पवन कार्कीसहित केन्द्रीय सदस्य वसन्ता भण्डारी, प्रवीण बस्नेत, सञ्जिव चौधरी, उपदेश यादव, बालकुमार केसी, रमेश खड्का, पदम नेपाली रविन बस्नेत, समिर बुढाथोकी गरेर १० जनालाई संगठनले अनिश्चित कालका लागि निलम्बन गर्‍यो । संगठनले तेस्रो पूर्ण बैठकबाटै विभिन्न विभाग गठन भएको विज्ञप्ति असार १३ गते जारी गर्‍यो ।

    संगठनले निलम्बन गरेको केही दिनपछि असोज १५ गते असन्तुष्ट पक्षले अध्यक्ष पञ्चा सिंहले विधानअनुसार काम नगरेकाले अवैध कमिटी खारेज गरी विशेष राष्ट्रिय महाधिवेशनमा जानुपर्ने मागसहित उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा १९९ सदस्यीय अलग्गै समानान्तर कमिटी घोषणा भयो । त्यसपछि संगठन औपचारिक रूपमा नै फुट्यो ।

    भर्खरै सम्पन्न चुनावका लागि पञ्चा नेतृत्वले क्रान्तिकारी फोर्स गठन गर्ने निर्णय गरेलगत्तै कार्की पक्षले एक दिन अगाडि २०७९ भदौ २१ गते निर्वाचन केन्द्रित रिभोल्युसनरी फोर्स घोषणा गर्‍यो । त्यसपछि २०७९ कात्तिक ६ गते कार्की पक्षले छुट्टै चुनावी मिसनका लागि १२ हजार ५०१ कमाण्डर रहेको समिति बनायो ।

    यो पनि पढ्नुस् : पवन समूहको समानान्तर गतिविधिपछि पञ्चाको यस्ताे ‘रियाक्सन’

    दुई पक्षबीच विवाद चलिरहदाँ संस्थापन पक्षकै ७ जना उपाध्यक्षले २०७९ मंसिर २८ गते पार्टी अध्यक्ष प्रचण्डसँग विशेष राष्ट्रिय सम्मेलनको मागसमेत गरे । उपाध्यक्ष इन्द्र भुसाल, नारायण खनाल, मिलन एमसी, लक्ष्मी जोशी, राजकुमार याक्सो, डा.अच्युत भट्ट र गजेन्द्र देवलगायत ७ जना उपाध्यक्षले संगठनका अध्यक्ष पञ्चा सिंहमाथि कजेलको सम्बन्धनमा बार्गेनिङ गरेको आरोप लागेपछि विशेष राष्ट्रिय सम्मेलनको माग गरेका थिए । समानान्तर कमिटीको नेतृत्व गर्दै आएका संयोजक कार्कीले एक विज्ञप्ति नै जारी गर्दै संगठनकै पदाधिकारीमार्फ बार्गेनिङ गरेको छानबिन गरी तथ्य बाहिर आउनुपर्ने र संलग्नलाई कारबाही माग गरे ।

    संगठनका समानान्तर गतिविधिलगायत सबै समस्याको समाधान खोज्ने सर्वोच्च निकाय राष्ट्रिय सम्मेलन भएकाले संगठनलाई विशेष राष्ट्रिय सम्मेलनतर्फ दिशानिर्देश गर्न माग गरिएकोमा पार्टी अध्यक्ष प्रचण्ड र सिंगो पार्टीले कुनै सुनुवाइ गरेनन् ।

    त्यसपछि मंसिर २९ गते अखिल क्रान्तिकारीका कोषाध्यक्ष भूषण शाही र लेखा आयोग प्रमुख विश्वमणी थापाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै संगठनका जिम्मेवार नेताबाट सीटीईभीटी, पोखरा विश्वविद्यालय लगायत अन्य विश्व विश्वविद्यालयमा सम्बन्धन र कार्यक्रम बिस्तारलाई लिएर आन्दोलनका नाममा केन्द्रको निर्देशनमा आर्थिक चलखेल गर्न बार्गेनिङ गरेको देखिएको भन्दै कारबाहीको माग गरे । तर, यो यत्तिकै सेलायो ।

    पछिल्लो समय कलेजदेखि, प्रदेश तथा विभिन्न विभागमा पवन कार्की समूहले समानान्तर कमिटीलाई तीब्र पारेको छ । स्ववियू निर्वाचन परिचालन समिति निर्माण गरी तयारीमा लाग्नसमेत निर्देशन दिएको छ । त्यसको रियाक्सन स्वरूप पञ्चाले ३ जना सचिव मनोनीत गर्नुका साथै विभाग गठन र प्रदेश इन्चार्ज तोकेकी छन् ।

    माघ ८ गतेमात्र पञ्चा सिंह नेतृत्वको टिमले खुला सत्र चलाएको पोखरा विश्वविद्यालय अन्तर्गतको कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी मूल इकाई कमिटीको सम्मेलनको पदाधिकारी चयनमा विवाद भएपछि पवन कार्की समूहले बन्द सत्रबाट कमिटी बनायो ।भोलिपल्ट त्यहाँ अरु दुईवटा समिति बनाइएको छ ।

  • माओवादी स्थायी कमिटीको बैठक बस्दै

    माओवादी स्थायी कमिटीको बैठक बस्दै

    काठमाडौं । आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।

    समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न ठक बोलाइएको महासचिव देव गुरुङले बताएका छन् ।

    पार्टी संगठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उनले बताए । केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेण्डा छन् ।

    डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताबारे माओवादीसँग सहमति भइसकेको छ । यस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको चर्चा छ ।

    स्थायी कमिटीमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे पनि छलफल हुने एक नेताले बताए ।

    आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ ।

  • त्रिविको परीक्षा तालिका सच्याउन क्रान्तिकारी विद्रोही समूहको माग

    त्रिविको परीक्षा तालिका सच्याउन क्रान्तिकारी विद्रोही समूहको माग

    काठमाडौं । अखिल क्रान्तिकारीको विद्रोही समूह (पवन कार्की) ले परीक्षा तालिका सच्याउन त्रिवि परीक्षा नियन्त्रण कार्यालयको ध्यानाकर्षण गराएको छ ।

    पवन कार्कीको नेतृत्वमा गएको क्रान्तिकारीका विद्यार्थी नेताले डेपुटी कन्ट्रोलर घनश्याम ठाकुरसमक्ष ६ बुँदे मागसमेत प्रस्तुत गरेका छन् ।

    समयमा परीक्षा नहुने, प्रश्नपत्र आउट हुने, दोहोरिने, वर्षौंसम्म रिजल्ट कुर्नुपर्ने, प्रमाणपत्र समयमा नपाइनेजस्ता समस्या समाधान नगर्नुमा क्रान्तिकारीले विश्वविद्यालयका जिम्मेवार पदाधिकारीहरूको असक्षमता भनेको छ ।

    विश्वविद्यालयलाई राजनीतिक भागबन्डाबाट टाढा राख्न पनि सो संगठनको सुझाव छ ।

    हालै सार्वजनिक स्नातक प्रथम वर्षको परीक्षा अन्तिम तयारीमा सार्नु, रजिस्ट्रेसन नम्बर समयमै दिन नसक्नु, स्नातक तह चौथो वर्षको पढाई कोर्षको पूरा अवधि पनि नभई परीक्षा फाराम खुलेकै समय परीक्षा तालिका प्रकाशित गरी विद्यार्थीहरूको मनोबल गिराइएको पनि ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

    यस्तो छ क्रान्तिकारीले पेस गरेको माग

    १. स्नातक तह चौथो वर्षको परीक्षा तालिका स्ववियु निर्वाचन र विद्यार्थी लाई परीक्षा तयारीको समय दिएर पुनरावलोकन गर्नुपर्ने ।

    २. सबै तहका परीक्षा कार्यतालिका शैक्षिक क्यालेण्डर बनाएर सार्वजनिक गर्नुपर्ने ।

    ३. परीक्षा सकिएको ३ महिना पुरा भैसकेका सबै तहको रिजल्ट १५ दिन भित्र सार्वजनिक गर्नु पर्ने ।

    ४. परीक्षामा सामेल भएका धेरै विद्यार्थीहरू परीक्षा केन्द्र वा पनीकाको लापरवाहीले बिना कारण एक्सफेल देखाएको हुँदा यसलाई पुनरावलोकन गर्नुपर्ने ।

    ५. परीक्षा नियन्त्रण कार्यालयका सेवा सुविधा लाई छिटो छरितो बनाउन अनलाइन सिस्टम लागू गर्नु पर्ने ।

    ६. यस अगाडि अखिल क्रान्तिकारीले बुझाएका मागहरू तत्काल पूरा गर्नुपर्ने ।

     

  • वागमतीमा माओवादीले पनि टुंग्यायो नयाँ तीन मन्त्री

    वागमतीमा माओवादीले पनि टुंग्यायो नयाँ तीन मन्त्री

    हेटौंडा । नेकपा माओवादी केन्द्रले पनि वागमती प्रदेशमा आफ्नो तर्फबाट पाउने थप तीनजना मन्त्रीको नामावली फाइनल गरेको छ ।

    माओवादीले मकवानपुरकी कुमारी मोक्तान, सिन्धुपाल्चोकका युवराज दुलाल तथा सिन्धुलीका गंगानारायण श्रेष्ठलाई मन्त्री बनाउने भएको हो ।

    श्रेष्ठले आन्तरिक मामिला मन्त्रालय, दुलालले भौतिक योजना तथा मोक्तानले सामजिक विकास मन्त्रालय पाउने भएका छन् ।

    गठबन्धनमा माओवादीलाई थप ४, एमालेलाई ४ र राप्रपालाई थप १ मन्त्री पाउने गरी निर्णय भएको थियो ।

    मुख्यमन्त्री शालिकराम जम्कटेलसहित गत पुस २६ गते एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धव थापाले यसअघि मन्त्रीको कार्यभार सम्हालिसकेका छन् ।

  • पवन समूहको समानान्तर गतिविधिपछि पञ्चाको यस्ताे ‘रियाक्सन’

    पवन समूहको समानान्तर गतिविधिपछि पञ्चाको यस्ताे ‘रियाक्सन’

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को आन्तरिक विवाद झन् छताछुल्ल भएको छ ।

    विधि र सिद्धान्त मिचेर पञ्चा सिंहले एकलौटी संगठन चलाएको भन्दै पवन कार्की समूहले देशव्यापी रूपमा समानान्तर कमिटी बनाएपछि विवादले उग्र रुप लिएको हो ।

    कार्की नेतृत्वमा देशव्यापी समानान्तर कमिटी विस्तार गरेपछि पञ्चाले पनि सचिव, विभाग र प्रदेश इन्चार्ज तोकेर एक परिपत्र पठाएकी छन् ।

    परिपत्र अनुसार प्रदेश १ को इन्चार्जमा खगेन्द्र सुवेदी, सहइन्चार्जमा ताजिम अन्सारी, मधेश प्रदेशमा अनिल भगत, वागमती प्रदेशमा इन्चार्जमा कृष्ण न्यौपाने, विशेष प्रदेश इन्चार्जमा प्रसुिन कार्की, सह इन्चार्जमा बाबुराम नेपाली, गण्डकी प्रदेशमा नारायण बडाल, लुम्बिनीमा सूर्य घर्ती, सहइन्चार्जमा तुल्सीमणी केसी, कर्णाली प्रदेश इन्चार्जमा तिर्शना हमाल र सुदुरपश्चिममा भिम भट्ट रहेका छन् ।

    यस्तै, उनले परिपत्रमार्फत् स्ववियु निर्वाचन अगाडि पनि कुनै पनि तहको सम्मेलन नगर्न समेत निर्देशन दिएकी छन् ।

    यसअघि कार्की समूहले केन्द्रीय आयोग प्रमुखहरू, प्रवक्ता/विभागीय प्रमुखहरू, प्रदेश समिति र विश्वविद्यालय राष्ट्रिय समितिका इन्चार्ज र संयोजकसहितको कार्यालय टिम र विभागीय सचिवहरूको जिम्मेवारी तोकेको थियो ।

    विज्ञप्ति:

  • सरकारमा बसेर संघीयताविरुद्ध बोल्ने छुट कसैलाई छैन, प्रदेशमा मन्त्रालय घटाउँछौं: प्रधानमन्त्री प्रचण्ड

    सरकारमा बसेर संघीयताविरुद्ध बोल्ने छुट कसैलाई छैन, प्रदेशमा मन्त्रालय घटाउँछौं: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारको कारणले संघीयताविरोधीहरुलाई आवाज उठाउने ठाउँ भएको बताएका छन् ।

    राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रदेशमा मन्त्रीहरु बढाउँदै लैजानाले संघीयताप्रति असन्तुष्टि बढेको बताए ।

    उनले भने, ‘प्रदेशमा मन्त्री र खर्च बढाउँदै लैजाने जस्तो क्रियाकलाप विगतमा देखियो । त्यसले प्रदेशको कारणले खर्चमात्रै बढ्यो भन्नेहरुलाई मलजल गरेको छ ।’

    उनले आफू नेतृत्वको सरकार आएपछि १० प्रतिशतभन्दा बढी मन्त्री नबनाउने प्रतिबद्धताका साथ मन्त्रालय घटाउन लागेको बताए ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘एउटा मन्त्री घटाउँदा करोडौं बचत हुन्छ । यो सरकारका साझेदारहरुमा सर्वसम्मत बनाएर नै मन्त्रालय घटाएर प्रदेशको खर्च घटाउने र विकासका काम र ऐनलाई अगाडि बढाएर जनताले देख्ने र बुझ्नेगरी गति दिन लागेका छौं।’

    उनले मन्त्रिपरिषदमा बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई नभएकोसमेत बताए । जनताको आन्दोलनको बलमा उठेका विषयलाई संविधानमा संस्थागत गरिएकोसमेत उनको भनाइ छ ।

  • बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

    बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बीच भेटवार्ता भएको छ ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

    राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव, गठबन्धनकाे अन्य पार्टीलाई सरकारमा  ल्याउने  लगायतका विषयमा छलफल भएकाे बालुवाटार स्रोतले जनाएको छ ।   साथ

     

  • एमालेको भागमा परेको राष्ट्रपतिमा कांग्रेसको आँखा : प्रधानमन्त्री प्रचण्डको परीक्षा

    एमालेको भागमा परेको राष्ट्रपतिमा कांग्रेसको आँखा : प्रधानमन्त्री प्रचण्डको परीक्षा

    काठमाडौं । प्रतिनिधिसभाले सभामुख र उपसभामुख पाइसकेपछि सबै दलहरूको ध्यान राष्ट्रपतिको निर्वाचनतर्फ केन्द्रित भएको छ । राष्ट्रपतिको निर्वाचनबारे संविधान र निर्वाचन कानून बाझिएकाले कहिले हुन्छ ? भन्ने अझै सरकार टुंग्याउन सकेको छैन ।

    प्रतिनिधिसभामा विश्वासको मत लिँदा ‘अस्वाभाविक’ समर्थन पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिरहेका छन् । जुन प्रचण्डको लागि सहज छैन ।

    ‘राष्ट्रपतिको कुरालाई अझै समय बाँकी छ । सत्ता साझेदार दलहरू र मैले पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्नेतिर कोसिस छ । हामी त्यो कोसिस जारी राख्छौं’, प्रधानमन्त्रीले भनेका छन् ।

    सत्ता साझेदार दलहरूबीचको भागबण्डा मिलाउँदा राष्ट्रपति एमालेको भागमा परेको छ । प्रचण्डले भनेझैं सबै दलहरूबीच सहमति हुन एमालेले प्रस्ताव गरेको व्यक्ति हुनुपर्ने कतिपयले टिप्पणी गर्ने गरेका छन् । जुन कुरा राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको कांग्रेसले स्वीकार्ने पक्षमा छैन ।

    बुधबार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भनेका थिए, ‘राष्ट्रपति नेपाली कांग्रेसले प्रस्ताव गरे बमोजिमको व्यक्ति बन्नुहुनेछ ।’

    तर, प्रधानमन्त्रीले राष्ट्रपतिमा समझदारीको प्रयास गरेपछि सभामुख र उपसभामुखमा आफ्नै पार्टीको तर्फबाट हुने एमाले नेताहरूको बुझाइ छ ।

    यता, प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षमा बस्ने निर्णय गरेको कांग्रेसले पनि राष्ट्रपतिमा आफ्नो पार्टीबाट उम्मेदवारी दिने निर्णय गरिसकेको छ ।

    निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने र त्यसमा कांग्रेसले पनि उम्मेदवारी दिने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए ।

    उनले भने, ‘कुनै कारणबाट राष्ट्रपतिको निर्वाचन सार्ने काम हुनुहुँदैन । ऐनमा समस्या छन् भने समाप्त पारेर निर्वाचन प्रक्रिया अगाडि बढाउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।’

    उनले माघ २९ पछि राष्ट्रपतिको निर्वाचनमा यताउति गर्ने सरकारको प्रयास कुनै हालतमा स्वीकार नहुने जिकिर गरेका छन् । कांग्रेसको तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दर्ता गरेर एमाले, माओवादीसहित सबै दलहरूलाई समर्थन माग्ने उनले बताए।

    प्रचण्डको परीक्षा !

    एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई विश्वासको मत दिएर ओली–प्रचण्डको सम्बन्धमा कांग्रेसले आशंकाको बिजारोपण गरेको छ । सबै दलहरूबीच समझदारीको प्रयास गरेका प्रधानमन्त्रीको राष्ट्रपति निर्वाचनमा परीक्षा हुने प्रवक्ता महत पनि बताउँछन् ।

    ‘अब प्रधानमन्त्री पनि कहाँ उभिने ? संविधान रक्षाको पक्षमा उभिने कि नउभिने ? संविधानको रक्षा नगर्नेलाई राष्ट्रपति दिँदा परिणाम के होला ? यो सबभन्दा परीक्षणको घडी छ’ महत बताउँछन् ।

    कांग्रेसका कतिपय नेताहरूले सार्वजनिक रूपमै राष्ट्रपतिको निर्वाचनसम्म सत्ता गठबन्धन भत्काउने मिसन बनाएको स्वीकारिसकेका छन् । तर, माओवादी केन्द्रका महासचिव देव गुरुङ यही गठबन्धन कायम रहने दाबी गर्छन् ।

    उनी भन्छन्, ‘कांग्रेस नेताहरूको कुरा उहाँहरूले नै जान्नुहोला । तर, हामी राजनीतिक स्थायित्वको पक्षमा छौं । त्यसैले हामी अहिले अस्थिरताको खेलमा लाग्दैनौं । यहाँ गठबन्धनको पक्षमा छौं ।’

    प्रधानमन्त्रीले विश्वासको मत दिने सबै दलहरूलाई मिलाएर लान खोजेको उनी सुनाउँछन् ।

    प्रचण्डसँगको संवादमा कांग्रेस

    सत्ता साझेदार दलमा एमालेको भागमा परेको राष्ट्रपति कांग्रेसले जसरी पनि लिने रणनीति अघि सारेको छ । राष्ट्रपतिको निर्वाचनलाई नै लक्षित गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस अहिले पनि निरन्तर संवादमै छन् ।

    प्रचण्डलाई प्रधानमन्त्री नदिनु गम्भीर गल्ती भएको महसुस गरिसकेको कांग्रेसका नेताहरू अहिले बारम्बार बालुवाटार पुगिरहेका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्कालगायतका नेता प्रचण्डसँग निरन्तर संवादमा छन् ।

    कांग्रेसका मात्रै नभएर माओवादी उपमहासचिव जनार्दन शर्मा पनि देउवासँग संवादमै छन् । उनी एमालेसँगभन्दा कांग्रेससँगको सहकार्य कम्फर्टेबल चाहन्छन् ।

    कांग्रेसले प्रधानमन्त्री नदिएपछि प्रचण्डलाई बालकोटसम्म पुर्‍याउन मुख्य भूमिका खेल्ने अर्का उपमहासचिव वर्षमान पुन हुन् । उनीसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ पनि सक्रिय भएका थिए । तर, अहिले पनि उनीहरू यही गठबन्धनलाई जोगाउने पक्षमा छन् ।

    कांग्रेसका कतिपय नेताहरूले राष्ट्रपतिको निर्वाचनसम्मा सत्ता गठबन्धन भत्काउने मिसन लिएको बताउँदै आएपछि सांसद अर्जुननसिंह केसी आफूहरू अस्थिरताको कारक नबन्ने बताउँछन् ।

    उनले आइतबार नेपाल प्रेससँगको अन्तर्वार्ताको क्रममा भनेका थिए, ‘गठबन्धन फुटाउने र टुटाउने हामी लाग्दैनौं । हामी अहिले अस्थिरताको पक्षमा छैनौं । अस्थिरताको कारक तत्व कांग्रेस बन्नु पनि हुँदैन । र, बन्दैन पनि ।’

    उनले सत्तागठबन्धनकै कारणले अस्थिरता आएमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएकाले आफ्नो जिम्मेवारी बहन गर्ने उनको भनाइ छ ।

    ‘राष्ट्रपतिमा स्वाभाविकरूपमा शक्ति नियन्त्रण, सन्तुलन र अहिलेको जस्तो राष्ट्रिय चुनौतीको सामना गर्न कांग्रेसको उम्मेदवारी दाबी स्वाभाविक हो’ उनको भनाइ छ।

    एमाले विश्वस्त

    सभामुख र उपसभामुखको निर्वाचनमा सफल भएपछि एमालेले राष्ट्रपतिको निर्वाचनमा पनि सत्ता गठबन्धनको सहमति अनुसार हुनेमा विश्वस्त देखिएको छ।

    प्रधानमन्त्री र कांग्रेसका केही नेताहरूको अभिव्यक्तिले आशंकित रहेपनि एमाले नेताहरू राष्ट्रपति आफ्नो पार्टीले सिफारिस गरेको व्यक्तिनै हुनेमा ढुक्क छन् ।

    एमालेबाट राष्ट्रपतिको चर्चामा रहेका उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिमा दलहरूले सक्षम व्यक्ति पठाउनुपर्ने तर्क राख्छन्।

    उनी भन्छन्, ‘कांग्रेसले पनि इच्छा प्रकट गर्नु स्वाभाविक हो । तर, राष्ट्रपतिको उम्मेदवार चयन गर्दा सबै दलहरूले सक्षम व्यक्ति नै पठाउनुपर्छ । त्यसका लागि पार्टीले निर्णय गर्ला ।’

    आफू स्वाभाविक दाबेदार भएपनि पार्टीको निर्णयअनुसार अघि बढ्ने उनको भनाइ छ । सभामुख र उपससभामुखको निर्वाचनबाटै नतिजा देखिसकेको भएकाले यही गठबन्धनबाट सहमति अनुसार राष्ट्रपतिको चयन हुने उनको दाबी छ ।

    एमालेबाट नेम्वाङसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेललगायतका नेताहरूको नाम चर्चामा छ।

    एमालेबाट राष्ट्रपतिपछि माओवादीले उपराष्ट्रपति पाउने भएकाले प्रचण्डले गठबन्धनमा भएको सहमति नतोड्नेमा एमाले नेता आश्वस्त देखिन्छन् । प्रचण्डलाई पनि एमालेसँगको सहमतिलाई लामो समयसम्मै राख्न पार्टीभित्रैबाट तीब्र दबाब छ ।

    तर, सहमतिअनुसार एमालेको भागमा राष्ट्रपति परेको भएकाले अध्यक्ष केपी शर्मा ओलीले चाहेको व्यक्ति नै राष्ट्रपति बन्ने निश्चित छ। त्यस विषयमा ओलीले प्रधानमन्त्री प्रचण्डसँग पनि बारबार छलफल गरिरहेका छन् ।

  • प्रचण्ड र ओलीलाई भेटेपछि रेशम चाँडै छुट्ने नागरिक उन्मुक्तिकाे आशा, ३ महिनाको ‘डेट लाइन’मा विश्वासको मत दिने सम्भावना

    प्रचण्ड र ओलीलाई भेटेपछि रेशम चाँडै छुट्ने नागरिक उन्मुक्तिकाे आशा, ३ महिनाको ‘डेट लाइन’मा विश्वासको मत दिने सम्भावना

    कैलाली । सुदूरपश्चिम प्रदेशका नागरिक उन्मुक्ति पार्टीका सांसद तथा नेताहरूले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि रेशम चौधरी रिहा हुनेमा केही आशा पलाएको बताएका छन् ।

    सुदूरपश्चिम प्रदेशमा निर्णायक शक्तिका रुपमा रहेको नागरिक उन्मुक्तिले आफ्नो पार्टीका संरक्षक रेशम चौधरी रिहा नहुँदासम्म विश्वासको मत नदिने अडान लिएको थियो ।

    यसैबीच एमाले-माओवादीसहितका सांसद र नेताहरूसँग बालकोट हुँदै बालुवाटार पुगेका नागरिक उन्मुक्तिका नेताहरूले सरकार आफ्ना मुद्दामा गम्भीर रहेकाले सरकारप्रति विश्वास बढेको बताएका छन् ।

    ‘हामी एमाले अध्यक्ष र प्रधानमन्त्रीलाई भेटेपछि केही उत्साहित छौं’, नागरिक उन्मुक्तिका एक नेताले भने, ‘उहाँ (रेशम) रिहा हुनुहुन्छ भन्नेमा हामीलाई विश्वास बढेको छ ।’

    टोलीले शनिबार साँझ बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई र सोमबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेको थियो । एमाले अध्यक्ष ओलीले नागरिक उन्मुक्तिका सांसद तथा नेताहरूलाई १५ दिनदेखि ३ महिनासम्ममा रेशम रिहा हुनेमा आश्वस्त रहन आग्रह गरेका थिए ।

    ‘उहाँ (ओली)ले तपाईंहरू ढुक्क भएर जानुहोस् । रेशम १५ दिनदेखि ३ महिनासम्ममा रिहा हुनुहुन्छ भन्नुभएको छ’, ती नेताले भने, ‘एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीबाट यस्ता कुरा सुन्दा हामी निकै खुशी छौं ।’

    सोमबारको भेटमा पनि प्रचण्डले उनीहरूलाई सरकार रेशम रिहा गराउने विषयमा प्रतिबद्ध रहेको बताएका थिए । सर्वोच्च अदालतलाई सरकारले हस्तक्षेप गर्न नमिल्ने हुँदा केही समय लाग्न सक्ने प्रचण्डको आशय थियो ।

    ‘रेसमलाई रिहा गर्ने विषयमा सबै दलहरू एक ठाउँमा छौं’, प्रचण्डको भनाइ उद्धृत गर्दै उन्मुक्तिका एक नेताले भने, ‘मैले पनि कारागारमा उहाँसँग धेरै कुरा गरेको छु । उहाँ चाँडै रिहा हुनुहुन्छ ।’

    नागरिक उन्मुक्तिका नेताहरूले रेशमका विषयमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको धारणा एउटै भएको बताए । सरकारको आधिकारिक धारणापछि रेशम चाँडै रिहा हुनेमा आफूहरु विश्वस्त रहेको उनीहरु बताउँछन् ।

    सरकार रेशम रिहा गर्न गम्भीर भएको सन्देश नागरिक उन्मुक्तिका नेताहरूले डिल्लीबजारस्थित कारागारमा रहेका रेशम चौधरीलाई पनि सुनाइसकेका छन् । तर, सुदूरपश्चिममा विश्वासको मत दिने विषयमा भने अझै रेशमले आफ्ना सांसदहरूलाई निर्देशन दिएका छैनन् ।

    सरकारको तर्फबाट रेशम चौधरीसँग आधिकारिक धारणा राखेपछि मात्रै सुदूरपश्चिम प्रदेशमा गठबन्धनलाई विश्वासको मत दिने रेशमको योजना रहेको छ ।

    सुदूरपश्चिममा पुस २७ गते एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री नियुक्त भएका थिए । माघ २७ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । यहाँका मुख्यमन्त्री रावललगायत मन्त्री खगराज भट्ट र एमाले अछामका इन्चार्ज तथा पूर्वप्रदेशमन्त्री झपट बोहरा पनि बालकोट र बालुवाटार बैठकमा सहभागी भएका थिए ।

    नागरिक उन्मुक्ति पार्टीका मागमा विषयमा सरकार गम्भीर रहेको भन्दै केही समयभित्रै सरकारले पूर्णता पाउने अछाम इन्चार्ज बोहराले बताए ।

    ‘सम्माननीय प्रधानमन्त्रीज्यूले नागरिक उन्मुक्तिको माग सम्बोधन गर्ने आधार दिइसक्नुभएको छ । एमालेका श्रदेय अध्यक्षज्यूले पनि त्यही बोल्नुभएको छ । उहाँहरू (नागरिक उन्मुक्ति) पनि यस विषयमा विश्वस्त हुनुहुन्छ’, बोहराले भने, ‘अब चाँडै मुख्यमन्त्रीले विश्वासको मत पाउनुहुन्छ र सरकार अघि बढ्छ ।’

    ५३ जना सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका रावलले एमालेसहित माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए । यहाँ माओवादीका ११ (सभामुख सहित), एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । बहुमतका लागि २७ सांसद आवश्यक पर्नेमा २९ सांसदको समर्थनमा रावल मुख्यमन्त्री भएका हुन् ।

    नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सरकार अल्पमतमा पर्ने हुँदा अहिले एमाले र माओवादीका सांसद तथा नेताहरू नागरिक उन्मुक्तिको माग सम्बोधन गरेर उनीहरूलाई सँगै हिँडाउन प्रयासरत छन् ।

  • मन्त्रीको चेम्बरमै ‘दानपेटिका’ : फूल र खादा अस्वीकार गर्दा ६ दिनमा तीन लाख जम्मा

    मन्त्रीको चेम्बरमै ‘दानपेटिका’ : फूल र खादा अस्वीकार गर्दा ६ दिनमा तीन लाख जम्मा

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएलगत्तै सुदन किरातीले आह्वान गरे- मलाई भेट्न आउँदा फुल र खादा नल्याउनू । र, तुरुन्तै उनले आफ्नो कार्यकक्षमै एउटा दानपेटिका राख्न लगाएर भने- ‘फूल र खादामा गर्ने खर्च यहाँ सहयोग गर्नुस् ।’

    अहिले पनि मन्त्री किराँतीको चेम्बरमा पुग्दा उनी बस्ने टेबलअगाडि एउटा सिसाको बाकस देखिन्छ । त्यहाँभित्र ५ रूपैयाँदेखि एक हजारसम्मका नोटहरू छन् । भेट्न आउनेहरूले स्वैच्छिकरूपमा यस बाकसभित्र नगद खसाल्छन् ।

    माघ ३ गते मन्त्रीको शपथ खाएलगत्तै मन्त्री किरातीले आफ्नो टेबलअगाडि उक्त बाकस राख्न सचिवलाई निर्देशन दिएका थिए । उनले बधाई दिन आउनेबाट खादा, माला र बुकेको प्रयोग नगर्ने भन्दै त्यसको बदला सहयोग रकम संकलन गर्ने रणनीति लिएका हुन् । संकलित रकम दुर्गम क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने उनको तयारी छ ।

    मन्त्रालयमा राखिएको सहयोग पेटिकामा ६ दिनमा ३ लाख रूपैयाँ संकलन भइसकेको छ । मन्त्रालयमा बधाईका लागि पुगेका शुभेच्छुक, नेता-कार्यकर्ता, संघसंगठनका प्रतिनिधिसँग उनी ‘नमस्ते’ मात्र थाप्छन्, हात मिलाउँछन् । कसैले अञ्जानमा फूल दिन र खादा लगाउन खोज्दा त्यो बाकसतर्फ देखाउँछन् । बाकसमा लेखिएको छ- ‘खादा, माला, फूलको सट्टामा दुर्गम क्षेत्रमा शिक्षा विकासको लागि सहयोग गरिदिन हुन अनुरोध छ ।’

    त्यसैमाथि राखिएको रजिष्टरमा नाम र रकम लेखेर पैसा बाकसमा खसालिन्छ । र, बजारबाट किनेर लगेको पुष्पगुच्छा र खादा भने कोहीले त्यत्तिकै फर्काउँछन् त कसैले एउटा कुनामा थुपारेर त्यही सहयोग पेटिकामा रकम हालेर फिर्छन् ।

    आफू खादा र मालाको विरोधी नभएको भन्दै उनले माघ १ गते विमान दुर्घटनामा ७२ जनाले ज्यान गुमाएकाले तालुकदार मन्त्रालयको नेतृत्व गरेको हैसियतले शोकको बेला आफूले खादामालाले बधाई नथापेको मन्त्री किरातीले बताए ।

    ‘धेरै महानुभावहरूले खादाको पैसा त्यहाँ लगाउनुहुन्छ । ३ लाख पुगिसकेको छ । यो हेर्दा त एकजना मन्त्रीले खादा माला नलगाउँदा मात्रै यसरी रकम संकलन हुन्छ भने २५ जना मन्त्री तथा देशभरका हजारौं जनप्रतिनिधिहरूले कति अर्बको खादा माला लगाइँदोरहेछ त ?’, उनले भने ।

    मन्त्री किरातीले मन्त्रालय आम नागरिकको रहेको बताउँदै देशको सापेक्षतामा मन्त्रालय सञ्चालन गर्न सुझावसमेत मागिरहेका छन् । उनले सुझाव र जनगुनासो संकलनका लागि ‘ई-हुलाक सेवा’ नामक फेसबुक पेज सञ्चालनमा ल्याएका छन् । त्यहाँ आएका सुझाव र गुनासोलाई उनले जवाफ फर्काउँदै आएका छन् ।

    किरातीले मन्त्रालय आउनेलाई आफूले नीतिमा केही गर्नपर्ने भएमात्र बुझिने भाषामा भन्न आग्रह गर्दै आएका छन् । नत्र, कर्मचारी संयन्त्रबाटै सिष्टमअनुसार काम हुने कसैलाई भनसुन गरिरहननपर्ने उनको भनाइ छ ।

    नागरिक उड्डयन प्राधिकरण (क्यान), त्रिभुवन विमानस्थल र आज नेपाल वायुसेवा निगमको अनुगमनमा गएका उनले निर्देशनको क्रममा नतिजामुखी काममा जोड दिए । आफू काम गरेर देखाउन आएको र दाग लागेर नफर्किने भन्दै मन्त्री किरातीले त्यसमा साथ दिन मातहतका अधिकारीलाई भन्दै आएका छन् ।

    नेवानीमा सोमबार बिहान पुगेका उनले निर्देशन दिँदै भने, ‘जहाज अब उप्रान्त समयमै उड्नु पर्छ । हिजो के भयो त्यो म हेर्दिनँ, जहाज स्टार्ट भइसक्यो अब रोकिनु हुँदैन । नकारात्मक काम गर्दिनँ, सकारात्मक काममा सधैँ साथ दिन्छु । मलाई दैनिक रिपोर्ट चाहिन्छ ।’

    केहीले मन्त्री किरातीले ‘स्टन्ट’ गरिरहेको भनेर टिप्पणी गरिरहेका छन् भने पहिले सांसद हुँदादेखि नै फरक ढंगले काम गर्ने उनको शैली रहेको र नयाँ जोश र जाँगरसहित अहिलेको सिंहदरबार इन्ट्रीले आशा पलाएको गृहजिल्ला भोजपुरका नागरिक समाजका अगुवा परशुराम तिवारी बताउँछन् ।

    यद्यपि, उनले थालेका केही कदमले सकारात्मक तरंग देखिएपनि अहिले नै मूल्यांकन गर्न हतारो हुन्छ ।

  • योजना आयोगको नेतृत्वमा प्रचण्डका विश्वासपात्र : को हुन् मीनबहादुर श्रेष्ठ ?

    योजना आयोगको नेतृत्वमा प्रचण्डका विश्वासपात्र : को हुन् मीनबहादुर श्रेष्ठ ?

    काठमाडौ । नयाँ सरकार गठन भएसँगै रिक्त रहेको राष्ट्रिय योगजना आयोगमा उपाध्यक्षमा फेरि डा. मीन बहादुर श्रेष्ठ दोहोरिएका छन् । यस अघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै बेला २०७३ मा श्रेष्ठलाई नै उपाध्यक्षको नियुक्ति दिइएको थियो । प्रचण्ड तीन पटक प्रधानमन्त्री बन्दा श्रेष्ठले दुईपटक योजना आयोगको उपाध्यक्षमा नियुक्ति पाए ।

    यसअघि दाहाल २०६५ र २०७३ मा प्रधानमन्त्री बनेका थिए । देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकायको रुपमा रहेको आयोगमा सरकार बदलिएसँगै पदाधिकारीहरु बदलिन्छन् । सत्ता साझेदार दलको आधारमा सामान्यतया प्रधानमन्त्री जुन दलको छ त्यही दल निकटलाई आयोगमा ल्याउने चलन छ ।

    यसअघि पनि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आफू निकटका डा. विश्व पौडेललाई आयोगको उपाध्यक्ष बनाएका थिए भने सत्ता साझेदार माओवादीका जनार्दन शर्मालाई अर्थमन्त्रीको जिम्मेवारी दिएका थिए । आयोग र अर्थ मन्त्रालयमा एकै दलका प्रतिनीधि भए एउटै स्पिरिटमा काम गर्न सहज हुने पुर्व उपाध्यक्षहरु बताउँछन् । यस पटक अर्थमन्त्रालय एमालेले पाएको छ । आयोगको उपाध्यक्ष भने प्रचण्ड आफैंले राख्ने बताउँदै आएका एमालेका एक नेताले बताए ।

    कतिपय अवस्थामा फरक पार्टी भएमा काम गराइको तालमेलसमेत मिल्न नसक्ने विज्ञहरु बताउँछन् । यद्यपी सत्ता साझेदार भएपछि विश्वासमा रहेर काम गर्नुपर्ने हुन्छ ।

    म्याग्दीको बेनी वडा नं. ४ का स्थायी घर भएका श्रेष्ठले अघिल्लो वाम गठबन्धनको सरकारमा आर्थिक नीतिका विषयमा पनि प्रचण्ड निकट रहेर सहयोग गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा गर्भनरको चर्चामा पनि उनको नाम जोडिएको थियो तर पछि नेकपा एमालेबाट महाप्रसाद अधिकारीले बाजी मारे ।

    डा. श्रेष्ठले साढे ४ वर्ष राष्ट्र बैंकको अनुसन्धान विभागमा कार्यकारी निर्देशक र प्रवक्ताको जिम्मेवारीसमेत सम्हालेको अनुभव छ । राष्ट्र ऋण व्यवस्थापन विभागमा कार्यकारी निर्देशकको जिम्मेवारी पनि सम्हालेका थिए । नेपालबाट एमपीए, बेलायतबाट एमबीए र अष्ट्रेलियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका श्रेष्ठको परिकल्पनामा हरियाली मोडलको कृषि फार्म बेनीमा सञ्चालित छ । बेनी नगरपालिका-४ सिंगामा सञ्चालनमा आएको यो अवधारणको ‘हरियाली कृषि फार्म’ अहिले यस क्षेत्रकै नमुना बनेको छ ।

    नेकपा माओवादी केन्द्रमा समानुपातिकको सुचिबाट भएपनि डा. श्रेष्ठ सांसद बन्ने चर्चा थियो । तर उनलाई प्रचण्डले सांसद नबनाइ अर्को महत्वपूर्ण भूमिका (आयोगको उपाध्यक्ष) मा पुर्याए । गत मंसिरमा भएको प्रतिनिधिसभाको चुनावमा माओवादीका तर्फबाट श्रेष्ठ निकै खटेको उनका जिल्लावासी गोविन्द बानियाले सामाजिक सञ्जालमा लेखेका छन् ।

    आयोगले आर्थिक विकासको लागि स्रोत साधनको व्यवस्था तथा विनियोजन गर्ने, विकास नीति तथा कार्यक्रमहरू कार्यान्वयनको लागि सहजीकरण गर्ने र अनुगमन/मूल्याङ्कनको लागि केन्द्रीय निकायको रुपमा रहेर काम गर्छ । आयोलाई अब आगामी वर्षको बजेटको लागि तीव्रताका साथ काम गर्नुपर्ने चुनौती छ । माघ १५ भित्र आगामी बजेटको सिलिङ पूर्वानुमान गर्नुपर्ने कानुनी प्रावधान छ । माघ मसान्तभित्र मन्त्रालयलाई बजेटको सिलिङ पठाइसक्नुपर्छ ।

     

  • प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

    प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल नियुक्त गरेका छन्।

    सोमबार आफूलाई राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको नेता गजुरेलले नेपाल प्रेसलाई बताए। नेता गजुरेल सिन्धुली २ बाट प्रतिनिधि सभामा टिकट नपाएर असन्तुष्ट थिए।

    यसअघि प्रधानमन्त्री प्रचण्डले सचिवालयमा ७ जना कर्मचारी नियुक्त गरिसकेका छन्।

    अब प्रधानमन्त्रीको कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत क्षेत्रमा नियुक्त गर्न बाँकी छ।

  • माओवादी स्थायी कमिटी बैठक बस्दै, राजनीतिक कोर्स परिवर्तनदेखि पार्टी एकीकरणसम्मका एजेण्डा

    माओवादी स्थायी कमिटी बैठक बस्दै, राजनीतिक कोर्स परिवर्तनदेखि पार्टी एकीकरणसम्मका एजेण्डा

    काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न माघ १२ गते बस्नेगरी स्थायी कमिटीको बैठक बोलाइएकोे महासचिव देव गुरुङले बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘बैठकमा अहिलेको परिस्थितीबारे रिपोटिङ हुन्छन्। अहिले जुन राजनीतिक परिवर्तन भइरहेका छन् ।’

    पार्टी संगठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उनले बताए । पार्टी एकीकरणको बिषयमा जोडिएका विषयमा पनि छलफल हुने उनको भनाइ छ ।

    उनले भने, ‘केही दलहरुसँग एकीकरणको चर्चा भइरहेको छ । त्यसबारे छलफल गर्न र सम्भव÷असम्भव पनि स्थायी कमिटीमा निर्णय हुन्छ ।’

    माओवादीले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्ने सहमति भइसकेको छ । यस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको चर्चा छ ।

    त्यस्तै, कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग प्रचण्ड प्रधानमन्त्री बनेपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

    स्थायी कमिटीको बैठकले पार्टी केन्द्रीय समितीको बैठकको मिति तोक्ने उनले बताए ।

  • प्रधानमन्त्रीले भने- सामन्ती एकात्मकताको हस्तक्षेपविरुद्धको लडाइँ अझै जारी छ

    प्रधानमन्त्रीले भने- सामन्ती एकात्मकताको हस्तक्षेपविरुद्धको लडाइँ अझै जारी छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समानुपातिक र समावेशीसहितको नयाँ संविधानअनुसार अघि बढेको बताएका छन् ।

    राष्ट्रिय सोनाम ल्होछार समारोहको अवसरमा काठमाडौं टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ संविधानअनुसार नयाँ राष्ट्रिय एकताको प्रक्रियामा रहेको बताए ।

    उनले भने, ‘नयाँ राष्ट्रिय संस्कृतिलाई प्रवद्धन गर्ने हामी सबैले जमर्को गरेका छौं। यो राष्ट्रिय संस्कृतिमाथि विभिन्न ढंगले विगतमा समान्ति एकात्मक, अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति भाषा संस्कृतिमाथि दमन गर्ने प्रक्रिया चल्यो भने अहिले आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप र प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जर्गेना हुुन नदिने चेष्टा भइराखेको छ ।’

    उनले सामन्ती एकात्मक र उसको हस्तक्षेपविरुद्धको लडाईं अझै भएको बताए। वैदेशिक सांस्कृतिक हस्तक्षेपका कारणले पनि नयाँ परिस्थितीमा रहेको उल्लेख गरे ।

  • ललितपुर बारमा माओवादीनिकट कानून व्यवसायीकाे प्यानलै विजयी

    ललितपुर बारमा माओवादीनिकट कानून व्यवसायीकाे प्यानलै विजयी

    काठमाडौं । ललितपुर बार एशोसिएशनको अध्यक्षमा गणतान्त्रिक, प्रगतिशील, पेशागत कानून समूहबाट उम्मेदवार राम श्रेष्ठ विजयी भएका छन् ।

    विजयी श्रेष्ठले चार सय १९ मत प्राप्त गरे भने प्रतिस्पर्धी बृहत् प्रगतिशील, पेशागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट अध्यक्षका उम्मेदवार शशीकुमार कार्कीले एक सय ७० मत प्राप्त गरेको निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनले जानकारी दिए।

    उपाध्यक्षमा गणतान्त्रिक समूहबाटै बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रिता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जन विजयी भए ।

    महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की खुल्ला निर्वाचित भए भने सदस्यमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, विपना योगी विजयी भएका छन् ।

    कूल ८१२ मतदाता रहेकोमा ६ सय मत खसेको थियो । १५ सदस्यीय कार्यसमितिकोे अवधि दुई वर्षको हुनेछ ।

  • वर्षमान बिरामी हुँदा प्रचण्डलाई कांग्रेससँग नजिक्याउन चलखेल, देव गुरुङ भन्छन्- दायाँबायाँ गर्दैनौं

    वर्षमान बिरामी हुँदा प्रचण्डलाई कांग्रेससँग नजिक्याउन चलखेल, देव गुरुङ भन्छन्- दायाँबायाँ गर्दैनौं

    काठमाडौं । प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस अहिले संघदेखि प्रदेशसम्म सरकार बाहिर छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षमा बसेको कांग्रेसले सत्ता गठबन्धन टुटाउने रणनीति अख्तियार गरिरहेको छ ।

    एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई पुरानै गठबन्धनमा फर्काउन कांग्रेसका केही नेता अझै सक्रिय छन् । त्यही रणनीतिलाई अख्तियार गर्दै कांग्रेसले आफू नेतृत्वको गठबन्धन भत्काएर हिँडेका प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

    प्रचण्डलाई आफूहरुले विश्वासको मत दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दबाबमा राख्न सकिने कांग्रेसको बुझाइ छ । प्रतिनिधिसभाको लगभग सबै सांसदको विश्वासको मत पाएका प्रचण्ड राष्ट्रिय सहमतिको प्रयासमा छन् । तर, प्रचण्डको प्रयास कस्तो भन्ने खुलेको छ ।

    सभामुखको निर्वाचनपछि प्रचण्डले भनेका थिए, ‘राष्ट्रपतिको कुरालाई अझै समय बाँकी छ । सत्ता साझेदार दलहरु र मैले पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्नेतिर कोसिस छ । हामी त्यो कोसिस जारी राख्छौं ।’

    तर, ओलीले एमालेको राष्ट्रपतिको उम्मेदवार राष्ट्रिय सहमति हुनुपर्ने तर्क राखे । प्रचण्डलाई आफ्नो कित्तामा ल्याएर संघदेखि प्रदेशसम्म पार्टीलाई सरकारमा फर्काएका ओली साढे दुई वर्षपछि राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म आफैं हावी हुने रणनीतिमा छन् ।

    तर, यही गठबन्धन कायमै रहे आफूहरुलाई अफ्ठ्यारो पर्ने बुझाइका साथ कांग्रेस गठबन्धन टुटाउने खेलमा निरन्तर लागिरहेको छ । गठबन्धन टुटाउन राष्ट्रपति चयनमा पनि प्रयास गर्ने कांग्रेस नेता चन्द्र भण्डारीले बताएका छन् ।

    सभामुखको निर्वाचनमा गठबन्धन टुटाउन गरिएको प्रयास सफल नभएको भन्दै उनले अब राष्ट्रपतिलाई मिसन बनाएर अघि बढ्ने भनाइ राखे ।

    उनले बिहीबारको संसद बैठकपछि भनेका थिए, ‘हामी चुनावमा गठबन्धनमा थियौं । त्यो गठबन्धन टुट्यो भने अब यो गठबन्धन पनि कसरी टुट्छ भनेर सोच्छ नि ! त्यसकारण मिसन सभामुख थियो । त्यो भएन । अब मिसन राष्ट्रपति पनि हुन्छ । मिसन गठबन्धन टुटाउने हुन्छ । यसमा कुनै शंका नै भएन नि !’

    नेता भण्डारीले दाबी गरे झैं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्कालगायत नेताहरु अझै माओवादीकै संवादमा छन् । कांग्रेस नेतृत्वको गठबन्धन टुटाएर एमालेसँग सत्ता सहकार्यमा पु¥याउने सूत्रधार वर्षमान पुन बिरामी भएर अस्पताल भर्ना भएपछि कांग्रेस नेताहरु थप सक्रिय छन् ।

    पार्टीमा हावी हुने जनार्दनको प्रयत्न

    प्रचण्डलाई कांग्रेस नेतृत्वको गठबन्धनबाट टुटाएर बालकोट पुर्‍याउन पुनसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङले पनि भूमिका खेलेका थिए ।

    तर, अहिले आफूहरु देशको स्थायित्वका लागि यही गठबन्धनलाई नै अगाडि लानुपर्ने पक्षमा रहेको महासचिव गुरुङ बताउँछन् । उनी भन्छन्, ‘प्रधानमन्त्रीजीले राष्ट्रिय सहमतिको प्रयास गर्नुभएको हो । उहाँले विश्वासको मत लिँदा देखियो । तर, सभामुखमा बन्न सकेन । तर, हामी अहिले यही गठबन्धनलाई अगाडि लाने पक्षमा छौं ।’

    कांग्रेस नेताहरुले त सत्ता गठबन्धन फुटाउन निरन्तर प्रयास गर्छाैं भनिरहेका छन् । त्यस विषयमा तपाईंहरुसँग केही कुरा भएकोे होला नि भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘कांग्रेसको कुरा कांग्रेसले गर्ला । तर, हामी अहिलेको अवस्थाभन्दा दायाँबायाँ हुने गरी बढेका छैनौं ।’

    वर्षमानले प्रचण्डलाई एमाले कित्तामा उभ्याए पनि कांग्रेस सक्रिय भएपछि अर्का उपमहासचिव जनार्दन शर्मा पार्टीमा हावी हुन खोजिरहेका छन् ।

    उनी एमालेसँगको सहकार्यभन्दा कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा थिए । देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका शर्मा देउवाको मात्रै नभएर उनकी पत्नी आरजु राणा देउवाको पनि विश्वासिलो व्यक्तिमा परेका थिए ।

    अहिले सरकारबाट बाहिरिएपछि शर्माले पार्टी संगठन निर्माणमा लाग्ने भन्दै विभिन्न छलफल गरिरहेका छन् । पार्टी अध्यक्ष र वरिष्ठ उपाध्यक्ष दुवै सरकारमा भएको मौकामा उनले पार्टीमा हावी हुने रणनीति बनाइरहेका छन् । यसअघि देखि नै शर्मा र पुनबीच पार्टीमा आन्तरिक टकराव छ ।

    माओवादीमा अहिले संगठन विभाग गठन भएको छैन । तर, शर्माले आफूलाई संगठन विभाग प्रमुखको रुपमा प्रस्तुत गरिरहेका छन् । यसबीचमा शर्माले देउवासँग पनि छलफल गरेका छन् ।

    उनले केपी ओलीसँगको गठबन्धनबाट धोका हुने भन्दै राष्ट्रपतिसमेत एमालेलाई दिँदा पहिलेकै अवस्था आउनसक्ने भन्दै दबाब सिर्जना गरिरहेका छन् ।

    वर्षमान बिरामी हुँदा चलखेल

    वर्षमान अचानक अस्वस्थ भएर अस्पताल भर्ना भएपछि एमालेका प्रभावशाली नेताहरुले पालैपालो भेटेर स्वास्थ्यलाभको कामनामात्र गरेका छैनन्, प्रचण्डमाथि बाह्य शक्ति र पार्टीभित्रकै अहिलेको गठबन्धनविरोधी नेताहरु हाबी हुनसक्ने आशंकासमेत जनाएका छन् ।

    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरुले पुनलाई अस्पतालमा गएर भेटेका थिए भने अध्यक्ष ओलीले पनि पुनको स्वास्थ्यबारे चासो राखे । पुनले प्रचण्डलाई कन्भिन्स गर्ने भएकाले पनि उनको सक्रियता आवश्यक देखिएको एमाले नेताहरु बताउँछन् ।

    वर्षमान पुन प्रचण्डलाई कांग्रेससँगको सहकार्यबाट बाहिर ल्याउन सक्रिय नेता हुन् । उनीसँग चिनियाँ संस्थापन पक्षले समेत संवाद गरेको छ ।

    ‘कांग्रेसको प्रयास सफल हुँदैन’

    गठबन्धन भत्काउन कांग्रेस सक्रिय भएको बारेमा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल कांग्रेसले सत्ता समीकरणमा पसेर देशलाई अस्थिर बनाउन खोजेको बताउँछन् ।

    उनी भन्छन्, ‘राष्ट्रिय सहमति गाँजरको बाँसुरी होइन । मन लाग्दा बजाउने, मन लाग्दा खाने । निर्वाचनपछि राष्ट्रिय सहमति त के, कांग्रेसले सहयात्री दललाई पनि नदिएर राष्ट्रपति र प्रधानमन्त्री दुबै आफैं राख्न खोज्दा गठबन्धन टुटेको होइन र ?’

    कांग्रेसले राष्ट्रपतिमा राष्ट्रिय सहमति भन्नुको कुनै तुक नभएको उनको भनाइ छ । ‘अनि यसअघि २०७४ मा विद्या भण्डारी दुईतिहाइ मतसहित पुनः निर्वाचित हुने शतप्रतिशत सुनिश्चित हुँदा पनि कांग्रेसले खोचे थापेर उम्मेदवार उठाएको होइन र ?’ उनको भनाइ छ, ‘समीकरणमा सूँढ घुसाएर देशलाई अस्थिर बनाउने खेलमा कांग्रेस नलाग्दा राम्रो हुन्थ्यो । कांग्रेसले उम्मेदवारी दिएन भने राष्ट्रपति निर्विरोध निर्वाचित हुन्छ, मतदान नै हुँदैन ।’

    यस्तै, एमाले सचिव योगेश भट्टराई पनि कांग्रेसको गठबन्धन भत्काउने प्रयास सफल नहुने बताउँछन् ।

    बिहीबार प्रतिनिधिसभाको बैठकपछि बोल्दै उनले भनेका थिए, ‘पुस १० गतेबाट बनेको नयाँ राजनीतिक कोर्स पाँच वर्षसम्म जान्छ । कांग्रेसले आफ्नो कोर्स पूरा गर्न नसकेपछि नयाँ कोर्स निर्माण भएको हो ।’

    कांग्रेसको प्रायश्चित,जनार्दनको सक्रियता

    कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री नदिनू गम्भीर गल्ति भएको महशुस गरिसकेको छ । यो कुरा कांग्रेसका नेताहरुले प्रचण्डलाई बारम्बार भेटेर भनिरहेका छन् । देउवासँगको डिनर बैठकपछि प्रचण्डलाई रामचन्द्र पौडेल,कृष्णप्रसाद सिटौला,पूर्णवहादुर खड्कालगायतका नेताले बारम्बार भेटेर पहिलेकै गठबन्धनमा फर्किन आग्रह गरिरहेका छन् ।

    राष्ट्रपति चुनावबाट पहिलेकै कोर्षमा फर्किन उपयुक्त वातावरण बन्ने भन्दै नेताहरु संवादमा छन् । प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री मान्न कांग्रेस तयार रहेको सन्देश बारम्बार दिइएको छ । यसमा बाबुराम भट्टराई,माधव नेपाल र जनार्दन शर्मा सक्रिय छन् । जनार्दनले त राष्ट्रपति चुनावमा आफूनिकट प्रदेश र संघीय सांसदहरुको क्रस भोट गराइदिनेसम्मको चेतावनी दिइरहेको चर्चा छ ।

    माओवादी वृत्तमा पनि एमालेलाई मुख्य संवैधानिक पदहरु दिएपछि प्रचण्डसँग भोलि कुनै कार्ड बाँकी नरहने भन्दै झस्काइरहेका छन् । वर्षमान पुनलगायत केही नेताहरुमात्र जे सहमति हो त्यहि अनुसार नहुँदा माओवादी पार्टीको विश्वसनीयता सकिने र आउने चुनावसम्म यता न उताको भइने भन्दै प्रचण्डलाई नबहकिन भनिरहेका छन् ।

     

  • नेपालमा कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक छ: प्रधानमन्त्री

    नेपालमा कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक छ: प्रधानमन्त्री

    काठमाडौं । मन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् ।
    शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

    प्रधानमन्त्रीले भने, ‘‘संविधानमा समाजवादोन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन। नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस छलफल चलिरहेको छ। नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीहरूबीच अहिले यसवपषयमा छलफल सुरू भएको छ। तपाईहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ।’

    भेटमा नेकपा (बहुमत) का नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेका थिए ।
    ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको बताए ।

    प्रधानमन्त्रीले भने, ‘‘राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ। अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु।’

    ‘जनयुद्ध, थारु, मधेस लगायत विभिन्न आन्दोलन र संघर्षका क्रममा जेलमा रहेका बन्दीहरू रिहाइका विषयमा सरकार गम्भीर छ। यसअघि नै अध्यादेशमार्फत विधेयक ल्याउने भनिएकोमा संसद सञ्चालन भएकोले यो विषयमा अब संसदबाट नै विधेयक गरेर अघि बढ्छौँ’ प्रधानमन्त्रीले भने।

  • सभामुख चुनावपछि प्रधानमन्त्रीले भने- राष्ट्रपतिबारे समझदारीको कोसिस जारी राख्छौं (भिडिओ)

    सभामुख चुनावपछि प्रधानमन्त्रीले भने- राष्ट्रपतिबारे समझदारीको कोसिस जारी राख्छौं (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समझदारीमा राष्ट्रपति चयनको कोसिस गर्ने बताएका छन् । आज सभामुख निर्वाचनपछि सञ्चारकर्मीसित संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले सभामुखको निर्वाचनमा सत्ता साझेदार दलहरु एकै ठाउँ उभिएको बताए । पर्सि उपसभामुखको चुनाव पनि यही प्रक्रियाबाट हुने उनले जानकारी दिए ।

    राष्ट्रपतिको विषयमा चाहीँ के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘राष्ट्रपतिको कुरालाई अझै समय बाँकी छ । सत्ता साझेदार दलहरु र मैले पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्नेतिर कोशिष छ । हामी त्यो कोशिष जारी राख्छौं ।’

     

     

  • कर्णालीका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदै

    कर्णालीका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदै

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने बारेको प्रस्ताव पत्र दर्ता गरेका छन् ।

    मुख्यमन्त्री शर्माले शुक्रबार (भोलि) दिउँसो एक बजे बस्ने बैठकबाट विश्वासको मतका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव जिवराज बुढाथोकी जानकारी दिए ।

    उनले कर्णाली प्रदेश सभा सचिवालयमा बुधबार साँझ पाँच बजे विश्वासको मत लिने बारेको पत्र दर्ता गराएका थिए । शर्माको विश्वासको मतको विषयमा भोलिको सर्वदलिय बैठकमा छलफल निर्णय गर्ने बुढाथोकीले बताए ।

    साथै, मुख्यमन्त्रीले राजकुमार शर्माले पनि भोलि नै विश्वासको मत लिने बताएका छन् ।

  • सभामुखको निर्वाचनअघि रामचन्द्र पौडेल पुगे प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार

    सभामुखको निर्वाचनअघि रामचन्द्र पौडेल पुगे प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड भेट्न नेता पौडेल बालुवाटार पुगेका थिए।

    आज प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ। सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसकी ईश्वरी न्यौपानेबीच प्रतिस्पर्धा हुँदैछ।

    सभामुखको निर्वाचनअघि नेता पौडेलले प्रधानमन्त्रीलाई भेट्नु अर्थपूर्ण रूपमा लिइएको छ।

  • २०५८ सालमा सेनाले मर्‍यो भनी छाडेकी यशाेदा बनिन् कर्णालीकी उपसभामुख

    २०५८ सालमा सेनाले मर्‍यो भनी छाडेकी यशाेदा बनिन् कर्णालीकी उपसभामुख

    सुर्खेत । कर्णाली प्रदेशसभाको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छन् । बुधबार प्रदेशसभामा भएको निर्वाचनमा २५ मत ल्याएर न्यौपाने उपसभामुखमा निर्वाचित भएकी हुन् । उनलाई नेकपा एमालेका १०, माओवादी केन्द्रका १३ र राप्रपा तथा एकीकृत समाजवादीको एक-एक मत पाएकी हुन् ।

    न्यौपाने समानुपातिक सांसद हुन् । कर्णाली प्रदेशसभामा ४० सदस्य छन् । जसमध्ये ३८ जनाको उपस्थिति रहेको थियो ।

    को हुन् उपसभामुख न्यौपाने ?

    न्यौपाने २०४० साल असोज ३ गते जुम्ला तातापानी गाउँपालिका- ४ हाँकुमा जन्मेकी हुन् । उनका बुवा धनञ्जय र आमा धनरुपमा न्यौपानेहुन् । दुई दाजुपछि जन्मेकी न्यौपानेका एक भाइ छन् ।

    उनले २०५३ सालबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् । २०५३ देखि २०५६ सालसम्म नेकपा एमालेमा संगठित न्यौपाने २०५७ साल बैशाख ३ गतेदेखि नेकपा माओवादीमा आवद्ध भएकी थिइन् । उनी सुरुमा माओवादी समर्थित अखिल क्रान्तिकारीमा आवद्ध भएकी थिइन् ।

    माओवादी विद्यार्थी संगठनमै लाग्दा २०५७ साल असोजमा उनको विवाह भयो । कालिकोटको खाडाचक्र नगरपालिका- ८ का लक्ष्मीप्रसाद चौलागाईंसँग उनको विवाह भएको थियो । चौलागाईं नेकपा माओवादी कालिकोटका जिल्ला संयोजक हुन् । उनकी एउटी छोरी छन् ।

    २०५८ सालमा उनी माओवादी समर्थित महिला संघकी जिल्ला सचिव र पार्टीको एरिया सेक्रेटरी थिइन् । त्यस्तै किसान संगठनको व्युरो सदस्य रहेको न्यौपानेले बताइन् । २०५९ सालमा भूमिगत भएपछि कालिकोट, जुम्ला, कास्की, म्यादी, तनहुँ र गोर्खामा रहँदा जनमुक्ति सेनाको कमाण्डरको भूमिका निभाएको उनी बताउँछिन् ।

    एमालेमा छँदा कलाकारको भूमिका निभाएको बताउने उनी मरे मृत्यु, बाँचे मुक्ति भनेर माओवादीको राजनीतिमा लागेको बताउँछिन् । महिलाहरुमाथि हुने हिंसाको विरोध, राम्रो महिला शिक्षा र स्वास्थ्यको लागि आफू राजनीतिमा सक्रिय बनेको न्यौपाने बताउँछिन् ।
    आफू सानोमा सबैसँग मिलनसार व्यवहार गर्ने, समाज सेवा गर्नुपर्छ भन्ने भावना रहेको र महिलाले केही गरेर देखाउनुपर्छ भन्ने सोच रहेको उनको भनाइ छ ।

    एमालेभन्दा माओवादी क्रान्तिकारी स्पष्ट विचारधारा र सिद्धान्त भएको पार्टी भएको जिकिर गर्दै उनले माओवादी आन्दोलनमा लागेपछि आफूसँगै जनताका इच्छा-आंकाक्षा पूरा गर्न सकिन्छ भनेर अठोट लिएको बताइन् ।

    माओवादी जनयुद्धमा लाग्दा धेरै सशस्त्र लडाइँमा सहभागी भएको उनले सुनाइन् । जसमध्ये अछाम सदरमुकाम मंगलसेन आक्रमणमा आफूलाई नेपाली सेनाले मर्‍यो भनी छाडेर गएको स्मरण गरिन् । त्यसवेला नेपाली सेनाले छाडेर नगएको भए आज यो अवस्थासम्म आइनपुग्ने न्यौपानेको भनाइ छ ।

    ‘मंगलसेन हानिसकेपछि २०५८ सालमा नेपाल आर्मीले २५ राउण्ड गोली हानेपछि मर्‍यो भनेर छोडेको थियो’, न्यौपानेले थपे, ‘तर, म भाग्यबस बाँचेको थिएँ । यस्ता घटना त कति छन् कति । तर, सबैभन्दा भुल्न नसक्ने क्षण यसैलाई लिन्छु । त्यसवेला मैले पुनर्जन्म पाएको थिएँ ।’

  • रेखा शर्माको दोस्रो सिंहदरबार यात्रा, हातमा प्रभावशाली मन्त्रालयको बागडोर

    रेखा शर्माको दोस्रो सिंहदरबार यात्रा, हातमा प्रभावशाली मन्त्रालयको बागडोर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेकी छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनी मन्त्रीमध्ये पहिलो वरियतामा छिन् ।

    मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै उनी निर्वाचित भएकी हुन् । निर्वाचित भएदेखि नै उनी मन्त्री बन्ने निश्चित भएको समाचार आइरहेका थिए । नभन्दै प्रचण्डले उनलाई सञ्चार तथा सूचना प्रविधि जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    रेखा अहिलेसम्मकै दोस्रो महिला सञ्चारमन्त्री हुन् । सम्भवतः उनले सरकारको प्रवक्ताको जिम्मेवारीसमेत पाउनेछिन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेको व्यक्ति सरकारको प्रवक्ता हुने भएकाले उनले प्रवक्ताको जिम्मेवारी पाउनेछिन् ।

    यसअघि केपी ओलीको पालामा नैनकला थापालाई सञ्चारमन्त्री बनाइएको थियो । तर, सर्वोच्चको आदेशपछि उनको कार्यकाल १३ दिनमै समाप्त भयो । नैनकलालाई सरकारको प्रवक्ता तोकिएको भए पनि उनले खासै काम गर्न पाइनन् ।

    शर्माले पार्टीको केन्द्रीय सदस्य हुँदै स्थायी समिति सदस्य र एकपटक सामान्य प्रशासनमन्त्री बनेर आफ्नो क्षमतालाई प्रमाणित गरिसकेकी छन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकबाट सभासद बनेकी रेखा २०७४ सालमा पुनः समानुपातिकबाटै प्रतिनिधिसभा सदस्य भएकी थिइन् ।

    यसपालिको निर्वाचनमा उनले निकै कडा प्रतिस्पर्धाका बीच एमाले महासचिव पोख्रेललाई १९७ मतान्तरले पराजित गरिन् ।

    रेखाको राजनीतिक रेखा

    २०२६ साल असोज ९ गते दाङ जिल्लाको घोराहीस्थित रझेनामा जन्मिएकी रेखाले २०४३ सालदेखि अखिल क्रान्तिकारीबाट राजनीति शुरु गरेकी हुन् । महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातक तह उत्तीर्ण गरेकी रेखा २०५१ सालमा अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष भएकी थिइन् ।

    २०४८ सालमा अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्ष बनेकी उनी २०५० सालमा अनेमसंघ क्रान्तिकारीको केन्द्रीय सदस्य र २०५३ देखि २०५८ सालसम्म अनेमसंघ क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भइन् । २०५७ सालमा भएको माओवादीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य बनेकी उनले काठमाडौं उपत्यका उप-व्युरोको प्रमुखसमेत भएर काम गरिन् ।

    २०७० सालमा समानुपातिकबाट संविधानसभा सदस्य बनेकी रेखाले त्यसैवेला डा.बाबुराम भट्टराईको नेतृत्वमा शीर्ष नेता सम्मिलित राजनीतिक संवाद तथा सहमति समितिको सदस्य भएर काम गरेकी थिइन् ।

    त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले उनलाई माओवादी संसदीय दलको प्रमुख सचेतकसमेत बनाए । संविधान निर्माणको क्रममा स्थानीय तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको शर्माको दाबी छ । दोस्रो संविधानसभा सदस्य रहँदा नै उनी २०७२ सालमा पहिलो पटक सामान्य प्रशासनमन्त्री बनेर सिंहदरबार प्रवेश गरिन् ।

    २०७४ सालमा प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित भइसकेपछि उनले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य भएर प्रभावकारी भूमिका निर्वाह गरिन् । समितिमा रहँदा कानून निर्माणको क्रममा नियमित संसदीय समितिमा जाने र सक्रिय भूमिका निर्वाह गर्ने माओवादीका थोरै सांसदमध्ये उनी पर्छिन् ।

    २०५८ सालमा श्रीमानसँगै प्रहरी हिरासतमा

    काठमाडौं उपत्यकामा माओवादीको विशेष क्षेत्रीय व्युरो मातहत रहेका दुईवटा उपव्युरोमध्ये केन्द्रीय राजनीतिक परिचालन उपव्युरोका इन्चार्ज रेखाका श्रीमान कृष्णध्वज खड्का थिए । संगठन तथा संघर्ष उपव्युरोकी इञ्चार्ज रेखा रहँदा काठमाडौंमा पक्राउ परिन् । १० वर्षे जनयुद्ध उत्कर्षमा पुगिरहेका वेला २०५८ साल चैतमा उनी श्रीमान कृष्णध्वजसँगै काठमाडौंको चाबहिलबाट पक्राउ परेकी थिइन् । जतिवेला उनीहरु दुबै जना अहिले नेकपा एमाले प्रवेश गरेका तत्कालीन माओवादी नेता रामबहादुर थापा बादलको निर्देशनमा काम गर्थे ।

    उनीहरु दुबै जनालाई पार्टीको योजना बनाइरहेको वेला नेपाली सेनाको टोलीले पक्राउ गरेको थियो । सेनाले पक्राउ गरेर दुबै जनालाई ललितपुरको राजदल गणमा राख्यो । रेखा र कृष्णध्वजले त्यहाँ चरम यातना खेप्नुपर्‍यो । शरीरका विभिन्न भागमा चक्कुले चिर्नेदेखि विभिन्न यातना खेप्नुपरेको उनको भनाइ छ ।

    नाक बन्द गरेर मुखमा पानीको फोहोरा हाल्दा अत्यधिक पीडाले बेहोस भएको घटना उनको स्मृतिमा अहिले पनि आइरहन्छ । श्रीमान र श्रीमती दुबै जनाले एक वर्षसम्म नर्कतुल्य हिरासत जीवन भोगेका थिए । त्यतिवेला दिइएका यातनाका दाग शरीरमा अहिले पनि रहेको रेखाको भनाइ छ ।

    २०५९ साल चैत ३१ गते सरकार र माओवादीबीच वार्ता शुरु भएपछि रेखा र कृष्णध्वज सँगै रिहा भएका थिए । त्यसपछि पार्टीको नियमित काममा उनीहरु जोडिए । जेलबाट छुटेपछि उनीहरु दुबै जनाको राजनीतिक यात्रा त्यति सहज भएन । माओवादीले आत्मसमर्पण गरेर जेलबाट छुटेको आशंका गर्दै उनीहरुलाई पार्टीबाट निस्काशनसमेत गर्‍यो । तर, छानबिनपछि उनीहरुले सफाइ पाए ।

    नारायणकाजी श्रेष्ठ नेतृत्वको तत्कालीन एकता केन्द्र माओवादीमा मिसिएका वेला उनीहरु दुवै पार्टीको केन्द्रीय समितिमा तानिए । एमाओवादी विभाजित भएर २०६९ सालमा मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी गठन भएपछि उनीहरु केही समय त्यतैतिर लागे । पछि फेरि माओवादीमै फर्किए ।

  • माओवादीबाट तीन मन्त्रीको नाम टुंगियो

    माओवादीबाट तीन मन्त्रीको नाम टुंगियो

    काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन जना मन्त्रीको नाम र मन्त्रालय टुंगो लगाएको छ ।

    माओवादीले रेखा शर्मालाई रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराँतीलाई संस्कृति पर्यटन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने भएको छ ।

    एक राज्यमन्त्री टुंग्याउन बाँकी रहेको छ ।

  • गठबन्धनको बैठक बालुवाटारमा, मन्त्रालय बाँडफाँट टुंग्याउने तयारी

    गठबन्धनको बैठक बालुवाटारमा, मन्त्रालय बाँडफाँट टुंग्याउने तयारी

    काठमाडौं । मन्त्रालयहरुको भागवण्डा टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक आफ्नो निवासमा बोलाएका हुन् ।

    आज प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रालयको भागबण्डाबारे बालकोटमा निर्णायक छलफल भएको थियो ।

    छलफलमा भएको समझदारीलाई सत्तारुढ दलहरुको वैठकबाट निर्णय गराउने प्रधानमन्त्रीको तयारी छ । अहिले बैठकमा अन्य दलका नेताहरु आइसकेको र एमाले अध्यक्ष ओलीको प्रतिक्षा भइरहेको एक नेताले जानकारी दिए ।