Category: माओवादी केन्द्र

  • माओवादीले दुई महिने अभियान चलाउने

    माओवादीले दुई महिने अभियान चलाउने

    काठमाडौं । नेकपा माअ‍ोवादी केन्द्रले पार्टी संगठन सुदृढिकरणका लागि अभियान थाल्ने भएको छ ।

    नेता देवेन्द्र पौडेलले दुई महिने अभियान सञ्चालन गरी संगठन सुढृढिकरणको अभियानमा पार्टीपंक्ति लाग्ने निर्णय शनिबारकाे बैठकले गरेकाे  बताए ।

    उनले भने, ‘आजको बैठकमा पार्टी संगनठबारे छलफल भयो । २ महिनामा अभियानमा जाने निर्णय भएको छ । पार्टीका नेता कार्यकर्ता मात्रै होइन सबैलाई भेट्ने अभियान चलाउने । त्यसको रिपोर्ट केन्द्री समितिमा पेश गरेर नयाँ योजना बनाउने तयारी छ ।’

    राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन लगत्तै केन्द्रीय कमिटी बैठक बाेलाएर थप कार्ययोजना बनाइने उनले बताए ।

    अभियान अन्तरगत चुनाव समीक्षासँगै चुनावमा भएका घात अन्तरघातका बारेमा सबै तहमा छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले बताए ।

    सबै तहका कमिटीहरु अभियानमा परिचालन हुने उनले जानकारी दिए ।

  • नारायणकाजी श्रेष्ठ नेकपा एसको कार्यालयमा, माधव नेपालसँग छलफल

    नारायणकाजी श्रेष्ठ नेकपा एसको कार्यालयमा, माधव नेपालसँग छलफल

    काठमाडौं । उपप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पुगेका छन् । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गर्न श्रेष्ठ आलोकनगरस्थित पार्टी कार्यालयमा पुगेका हुन् ।

    सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रधानमन्त्री प्रचण्डलाई जानकारी दिएरै श्रेष्ठ माधव नेपाललाई भेट्न गएको स्रोतको दाबी छ । दुई नेताबीचको छलफलमा नेकपा एसका उपमहासचिव डा.गंगालाल तुलाधर पनि सहभागी छन् । यसअघि नेकपा एसका उपमहासचिव डा.विजय पौडेल विहीवार माओवादी बैठक चलिरहेका बेला पेरिसडाँडा पुगेका थिए ।

    दुई पार्टीबीच एकताका लागि दस्तावेज आदान प्रदान भइरहे पनि श्रेष्ठ सो जिम्मेवारीमा छैनन् । नेकपा एसलाई पनि सरकारमा ल्याउन प्रधानमन्त्रीले चाहेका छन् । तर नेकपा एमालेले नचाहेसम्म एसलाई भित्र्याउन नसकिने माओवादी नेताहरु बताउँछन् ।

    नेकपा एसका अध्यक्ष नेपाल माओवादीलाई एमालेसँगको गठबन्धनबाट पूरानै गठबन्धनमा फर्काउन प्रयासरत छन् ।

     

  • फेरि सर्‍याे माओवादीको स्थायी कमिटी बैठक

    फेरि सर्‍याे माओवादीको स्थायी कमिटी बैठक

    काठमाडौं । नेकपा माओवादीको स्थायी कमिटी बैठक फेरि सरेको छ। आज ३ बजे बस्ने भनिएको बैठक शनिबार दिउँसो १ बजे बस्नेगरी बैठक सारिएको सविच डिलाराम आचार्यले बताए।

    यसअघि पनि प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तता देखाउँदै बुधबार र बिहीबार बिहान गरी चारपटक बैठक सारिएको थियो ।

    समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजन बैठकका मुख्य एजेण्डा छन् ।

  • माओवादी स्थायी कमिटीको बैठक ३ बजे

    माओवादी स्थायी कमिटीको बैठक ३ बजे

    काठमाडौं । नेकपा माओवादीको स्थायी कमिटी बैठक आज ३ बजे बोलाइएको छ ।

    प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तता देखाउदै बुधबार र बिहीबार बिहान गरी तीनपटक बैठक सारिएको थियो ।

    समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजन बैठकका मुख्य एजेण्डा छन् ।

  • प्रचण्डको विश्वास- मैले बुझेसम्म रास्वपा सरकारबाट बाहिरिँदैन (भिडिओ)

    प्रचण्डको विश्वास- मैले बुझेसम्म रास्वपा सरकारबाट बाहिरिँदैन (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने बताएका छन् ।

    पेरिसडाँडामा स्थायी कमिटी बैठकका लागि पुगेका प्रचण्डले आन्तरिक छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘केही हुँदैन फिर्ता लिनुहुन्न मैले बुझेसम्म ।’

    माओवादी स्थायी कमिटी बैठक भने भोलिलाई सारिएको छ ।

    तर, प्रधानमन्त्रीले गृहमन्त्रालय नदिने संकेत गरेपछि रास्वपाको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक अहिले जारी छ । रास्वपाको यो बैठकले सरकारमा बस्ने या बाहिरिने निर्णायक छलफल गर्ने बताइएको छ ।

    रविले आज पनि बालुवाटार पुगेर प्रचण्डलाई भेटेका थिए । हिजो गृहमन्त्री बनाउने झिनो आश्वासन पाएर आशावादी बनेका लामिछाने आजको भेटपछि भने निराश बनेका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो मौनता आजको दिनसम्ममात्र भएको पनि लेखेका छन् ।

  • रविको अडानमा माओवादीको प्रतिक्रिया- मुद्दाका विषय छन्, धैर्यता राख्नुपर्छ (भिडिओ)

    रविको अडानमा माओवादीको प्रतिक्रिया- मुद्दाका विषय छन्, धैर्यता राख्नुपर्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता राख्नुपर्ने बताएको छ । स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी गराउँने क्रममा प्रवक्ता कृष्णबहादुर महराले मुद्दाको विषय बाँकी भएकाले धैर्यता राख्नुपर्ने बताए ।

    गृहमन्त्रालय नपाए रास्वपाले सरकार छाड्नेसम्मको चर्चा छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘हाम्रो धारणा हिजो नै भनिसके रास्वपाले अझै धैर्यता राख्नुपर्छ । उसको मुद्दाकोको पूर्णपाठ आएको छैन । मुद्दा सिद्धिएको पनि छैन । मन्त्रीमण्डलमा के गर्ने भन्ने निर्णय गर्न बाँकी नै छ । त्यसकारण त्यो बिषय हाम्रोलाई चर्चाको होइन ।

    एमाले अध्यक्ष ओलीले रास्वपाले गृहमन्त्रालय पाउनुपर्छ भन्नुभएका छ भन्ने प्रश्नमा उनले भने, ‘त्यो उहाँको भनाइ हो । तर, त्यो भनाइले सत्ता गठबन्धनमा कुनै समस्या पैदा भएको छैन ।’

    माओवादीले यसअघि नै रवि लामिछानेको मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नभएसम्म गृहमन्त्रालयबारे कुनै निर्णय नगर्ने बताइसकेको छ । तर, गृहमन्त्रालय प्रधानमन्त्रीले आफूहरुलाई नदिने संकेत पाएपछि अहिले रास्वपाको बैठक जारी छ ।

     

  • तेस्रोपटक सारियो माओवादी स्थायी कमिटीको बैठक

    तेस्रोपटक सारियो माओवादी स्थायी कमिटीको बैठक

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पुन: सारिएको छ । योसहित तेस्रोपटक बैठक सारिएको हो ।

    अहिले ४ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्ताको कारणले शुक्रबार ३ बजे गरी सरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

    यसअघि बुधबारका लागि बोलाइएको बैठक पनि प्रचण्डको कार्यव्यस्तता देखाउँदै स्थगित गरिएको थियो । पछिल्लो समय रिक्त गृहमन्त्रालयमा रवि लामिछानेको पुनर्नियुक्तिको मागलाई लिएर राजनीतिक माहौल तातेको छ । प्रचण्ड रविलाई गृहमा फर्काउन सकारात्मक छैनन । यसले गठबन्धनमा समेत तिक्तताको लक्षण देखिएको छ ।

    राष्ट्रपतिको निर्वाचन, रिक्त गृहमन्त्रालयको पूर्ति, स्थायी कमिटीका सदस्यहरूको कार्यविभाजनलगायको विषयमा छलफल गर्ने बैठकको एजेण्डा छ । विभिन्न विभागहरूलाई पूर्णता दिने पनि माओवादी तयारी छ ।

    प्रचण्डले हिजो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङसँग पनि छलफल गरेका थिए ।

  • प्रधानमन्त्रीसँग आज पनि रविको भेट

    प्रधानमन्त्रीसँग आज पनि रविको भेट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज पनि भेटवार्ता भएको छ ।

    बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार बिहान प्रचण्ड र लामिछानेबीच भेट भएको हो ।

    नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद र मन्त्री गुमाएका रवि फेरि गृहमै फर्किन खोजिरहेका छन् । गठबन्धन घटक दलमा एमाले अध्यक्ष ओली रविलाई गृहमा ल्याउन सकारात्मक छन् । प्रचण्डले भने रुचि देखाइरहेका छैनन् ।

  • फेरि सर्‍यो माओवादी बैठक

    फेरि सर्‍यो माओवादी बैठक

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि सरेको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेको लागि सारिएको हो ।

    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताको कारण बैठक सारिएको सचिव लीलामणि पोखरेलले बताए ।

    यसअघि बुधबारका लागि बोलाइएको बैठक पनि प्रचण्डको कार्यव्यस्तता देखाउँदै स्थगित गरिएको थियो ।

    राष्ट्रपतिको निर्वाचन, रिक्त गृहमन्त्रालयको पूर्ति, स्थायी कमिटीका सदस्यहरूको कार्यविभाजनलगायको विषयमा छलफल गर्ने बैठकको एजेण्डा छ । विभिन्न विभागहरूलाई पूर्णता दिने पनि माओवादी तयारी छ

    प्रचण्डले हिजो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङसँग पनि छलफल गरेका थिए ।

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

    स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरूलाई केन्द्रीय विभागमा जिम्मेवारी बाँडफाँट गर्ने बैठकको एजेण्डा रहेको नेताहरूले बताएका छन् ।

    यसअघि हिजोका लागि तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

    बैठकबाट केन्द्रीय विभागहरूको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने नेताहरूले बताएका छन् ।

    यसअघि मङ्गलवारको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष र उपाध्यक्षलाई दिएको थियो ।

  • प्रधानमन्त्री प्रचण्डले भने- सूचनाको हकले मुलुकमा सुशासन कायम हुन्छ

    प्रधानमन्त्री प्रचण्डले भने- सूचनाको हकले मुलुकमा सुशासन कायम हुन्छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जति धेरै जनतामा सूचनाको हकको प्रत्याभूत गराइन्छ उति नै मुलुकमा सुशासन कायम हुने बताएका छन् ।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार दिउँसो राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन स्वीकार गर्दै उनले आफू दोस्रो पटक प्रधानमन्त्री भएपछि सूचनाका हकबारे केही महत्वपूर्ण योगदान गरेको स्मरण पनि गरे ।

    उनले भने, ‘शासन प्रणालीमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप बढाउने कुरा सूचनाको हकसँग प्रत्यक्ष रुपले जोडिएको छ । जति धेरै जनता सुसूचित हुन्छन् र पारदर्शिता अपनाइन्छ त्यति नै विकृति र विसंगतिलाई रोकथाम गर्न सकिन्छ ।’

    उनले जनताको सूचनाको हक स्थापित र प्रवर्द्धन गरेर नै समाजमा अव्यवस्था, अराजकता र अनुशासनहीनता हटाउन सकिने उल्लेख गर्दै त्यसतर्फ गम्भीर र जिम्मेवार हुनैपर्ने बताए ।

    ‘जति धेरै सूचना सम्प्रेषण गर्ने र सूचनाको हक जनतालाई दिलाउन सक्यो, त्यति धेरै सुशासन कायम हुन्छ र त्यसले देश विकासको वातावरण बन्छ’, उनको भनाइ छ ।

  • जनयुद्धमा ज्यान गुमाउनेलाई शहीद घोषणाको निर्णय कार्यान्वयन गर्न सांसद माझीको माग

    जनयुद्धमा ज्यान गुमाउनेलाई शहीद घोषणाको निर्णय कार्यान्वयन गर्न सांसद माझीको माग

    काठमाडौं । प्रतिनिधिसभा सदस्य उर्मिला माझीले १० वर्षे जनयुद्धका क्रममा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेकी छन् । नेकपा (माओवादी केन्द्र)की नेतासमेत रहेकी उनले बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा लोकतान्त्रिक गणतन्त्र स्थापनामा हजारौं नेपालीको रगत बगेको बताउदैँ उनीहरुलाई शहीद घोषणा गरिनुपर्नेमा जोड दिइन् ।

    गणतन्त्र उनीहरुकै रगतको उपज भएकाले उनीहरुलाई राज्यले बिर्सन नहुने उनको भनाई थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक प्रधानमन्त्री हुँदा जनयुद्धमा जीवन गुमाउनेलाई शहीद घोषणाको निर्णय गरेको भन्दै उनले त्यो निर्णय हालसम्म कार्यान्वयन नभएकोले कार्यान्वयनतर्फ सरकारको संसदमार्फत ध्यानाकर्षण गराएकी हुन् ।

    त्यसैगरी, उनले अल्पसंख्यक र सिमान्तकृत समुदायको लागि छुट्टै संवैधानिक आयोग बनाउन पनि माग गरेकी छिन् । उनले भनिन्, ‘नेपालमा राज्यबाट निरन्तर उत्पिडनमा पारिएका माझी, चेपाङ, दराई, कुमाल, धिमाल लगायत अल्पसंख्यक सिमान्तकृत समुदायलाई समेट्ने गरि छुट्टै अधिकार सम्पन्न संवैधानिक आयोग बनाउनु अपरिहार्य भएको छ ।

  • शक्ति बस्नेतको दाबी- राष्ट्रिय सहमति अहिलेको आवश्यकता हो, सम्भव पनि छ (भिडिओ)

    शक्ति बस्नेतको दाबी- राष्ट्रिय सहमति अहिलेको आवश्यकता हो, सम्भव पनि छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद शक्ति बस्नेतले राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएको बताएका छन् ।

    ‘हामीसँग उन्नत राजनीतिक व्यवस्था र पछाडि परेको आर्थिक सामाजिक अवस्थाबीचको अन्र्तविरोध आजको यथार्थ हो । यो परिस्थितीमा बिग्रदो आर्थिक अवस्थालाई लयमा फर्काउनुछ’, प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘राजीनिक स्थिरता, सुशासन कायम र भूराजनीतिक दबाबको बीचमा हामीलाई अगाडि बढाउन नयाँ सोचको आवश्यकता पर्छ ।’

    अहिलेको चुनौतिको सामना गर्नका लागि राष्ट्रिय सहमति अहिको आवश्यकता बनेको बताए । उनले राष्ट्रिय सहमति सम्भावना रहेको जिकिर गरे । प्रधानमन्त्रीलाई पाएको विश्वासको मत नै बलियो आधार भएको जिकिर गरे ।

    उनले भने, ‘अहिले यसलाई हाइज्याक भएको गठबन्धनलाई फिर्ता गर्नुको रुपमा बुझ्नु हुँदैन । सहमति र सहकार्यलाई शंका नगरी राष्ट्रिय आवश्यकताको रुपमा बुझ्नुपर्छ ।’

     

  • ओली-लिङदेनसँगको भेटलगत्तै नारायणकाजी र देव गुरुङसँग छलफलमा प्रचण्ड

    ओली-लिङदेनसँगको भेटलगत्तै नारायणकाजी र देव गुरुङसँग छलफलमा प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङसँग छलफल गरेका छन् ।

    सत्तागठबन्धनमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा ऊर्जामन्त्री राजेन्द्र लिङदेनसँग भेटपछि प्रधानमन्त्री प्रचण्डले पार्टीका नेताहरूसँग छलफल गरेका हुन् ।

    राष्ट्रपति निर्वाचन र गृहमन्त्रीको विषयमा सत्तागठबन्धनमा खटपट भइरहेको छ । पुस १० को सहमतिअनुसार एमालेको भागमा परेको राष्ट्रपतिमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको प्रसंग झिकेपछि एमाले शशंकित छ ।

    भने, रवि लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृहमन्त्रालयमा कसलाई जिम्मेवारी दिने भन्नेबारे गठबन्धनमा मतऐक्यता छैन । लामिछानले आफूहरूलाई पुरानै सहमतिअनुसारको गृह मन्त्रालय पाउनुपर्ने अडानमा छन् । लामिछानेलाई पुरानै जिम्मेवारीमा फर्काउन एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि प्रचण्डलाई दबाब दिइसकेका छन् ।

    तर, लामिछानेले गृह नपाए सरकार छाड्ने चेतावनी दिएपछि प्रचण्डले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म कुर्ने बताइसकेका छन् ।

    गठबन्धनमा विवाद बढ्दै गएपछि प्रचण्डले आज बोलाइएको स्थायी कमिटीको बैठकसमेत स्थगित गरेर छलफलमा जुटेका हुन् । आजको बैठकले पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने तयारी थियो ।

    प्रचण्डले अहिलेको भेटमा पार्टीका नेताहरुसँग राष्ट्रपति निर्वाचन, गृहमन्त्री र विभागहरूको बारेमा पनि छलफल गर्ने बुझिएको छ ।

  • बालुवाटारमा ओली र लिङ्देनसँग प्रचण्डको भेटवार्ता

    बालुवाटारमा ओली र लिङ्देनसँग प्रचण्डको भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटघाट गरेका छन् ।

    प्रधानमन्त्रीको निवास बालुवाटारमा ओली र लिङ्देनलाई प्रचण्डले पालैपालो भेटेका हुन् ।

    स्रोतका अनुसार लिङ्देनले भेटेर निस्केपछि ओली बालुवाटार पुगेका थिए ।

    गृहमन्त्री कसलाई बनाउने भन्नेमा तीव्र विवाद भइरहेका बेला गठवन्धनका तीन प्रमुख नेताबीच भेट भएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो ओलीलाई भेटेर आफूलाई गृहमा फर्काउन सहयोग मागेका थिए भने ओलीले पनि सकारात्मक जवाफ दिएका थिए ।

    प्रधानमन्त्री प्रचण्ड भने गृह आफ्नै पार्टीसँग राख्न चाहिरहेका छन् ।

  • माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

    माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ ।

    प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको नेताहरूले बताएका छन् ।

    आजको बैठकले पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने तयारी थियो ।

    आज बैठकको तयारी नपुगेकाले स्थगित भएको माओवादीका महासचिव देव गुरुङले बताए । उनले आज नै प्रतिनिधिसभा बैठक भएकाले भोलि बस्ने स्थगित भएको बताए ।

  • राष्ट्रपतिबारे माओवादीको लाइन- एमालेसहितको राष्ट्रिय सहमति

    राष्ट्रपतिबारे माओवादीको लाइन- एमालेसहितको राष्ट्रिय सहमति

    काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा आफूहरूले एमालेसहितको राष्ट्रिय सहमतिको पक्षमा भएको दोहोर्‍याएको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले एमालेसहितको राष्ट्रिय सहमति भनेकाले गठबन्धनमा कुनै समस्या नआउने जिकिर गरे ।

    पुस १० को सहमतिअनुसार एमालेलाई राष्ट्रपति नदिने भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘को हुन्छ भन्ने बाँकी छ । २५ गते आउन अझै एक महिना बाँकी छ । को हुन्छ भन्ने अहिल्यै भन्न सकिँदैन ।’

    उनले सकेसम्म राष्ट्रिय सहमति बनाउने प्रयासमा जारी राख्ने बताए । सहमतिअनुसार एमालेको भागमा परेको राष्ट्रपतिमा माओवादीले राष्ट्रिय सहमतिको कुरा अगाडि ल्याएपछि एमाले शशंकित छ ।

  • रास्वपाको चेतावनीबारे प्रधानमन्त्रीले भने- सकेसम्म नटुटोस् भन्ने मेरो प्रयास छ (भिडिओ)

    रास्वपाको चेतावनीबारे प्रधानमन्त्रीले भने- सकेसम्म नटुटोस् भन्ने मेरो प्रयास छ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन जोगाउने पक्षमा आफू रहेको बताएका छन् ।

    पार्टी पदाधिकारी बैठकपछि बाहिरिने क्रममा रास्वपाले गृहमन्त्री नपाए सरकार छाड्ने चेतावनी दिएको छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफूहरू सल्लाहमै भएको बताए ।

    उनले भने, ‘हाम्रो कोसिस भइरहेको छ । सकेसम्म नटुटोस् भन्ने मेरो प्रयास छ । अदालतको पूर्णपाठ नआएसम्म आफैंलाई राख्न सुझाव छ । हामी सल्लाहमै छौं ।’

    आज बिहानमात्र रविले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका थिए । प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय लिँदा स्वार्थ बाझिने र बाहिर जवाफ दिन पनि अप्ठेरो हुने भन्दै लामिछानेलाई अर्को मन्त्रालय लिन आग्रह गरेका छन् ।

    लामिछानेले साँझसम्म यसअघि सरकार बनाउने बेला भएको समझदारीअनुसार गृहमन्त्रालय रास्वपालाई दिन र शपथग्रहण गराउन भनेपछि प्रधानमन्त्रीले त्यसमा आनाकानी गरेका थिए ।

    प्रधानमन्त्रीनिकट स्रोतका अनुसार रविलाई गृह मन्त्रालय नदिन माओवादीभित्र दबाब छ । सरकारको नेतृत्व गरिरहेको पार्टीले महत्त्वपूर्ण मन्त्रालय नलिएको भन्दै प्रचण्डमाथि माओवादीभित्रबाटै गृह नछाड्न दबाब बढेको छ ।

    एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले पनि नागरिकताको पुनः प्राप्ति प्रक्रिया पूरा गरेपछि उनलाई गृहमन्त्री बनाउन आग्रह गरिसकेका छन् । ६ महिनाभित्र उपचुनावबाट रवि पुनः सांसद हुने तयारीमा छन् । उनलाई एमालेले सघाउने संकेत दिइसकेको छ ।

  • रविको फैसलाको पूर्णपाठ आएपछि मात्र माओवादीले गृहमन्त्रीबारे निर्णय गर्ने

    रविको फैसलाको पूर्णपाठ आएपछि मात्र माओवादीले गृहमन्त्रीबारे निर्णय गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म निर्णय नगर्ने भएको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

    उनले भने, ‘अदालतबाट पूर्णपाठ आउन बाँकी छ । त्यसको फैसला नआएसम्म निर्णय हुँदैन । अहिले प्रधानमन्त्रीजी आफैंले राख्नुभएको छ । कसलाई बनाउने भन्ने त्यहीबेला थाहा हुन्छ ।’

    रास्वपाले गृहमन्त्रालय आफ्नै भागमा हुनुपर्ने माग राख्दै आएको छ । तर, प्रचण्ड यो मन्त्रालय आफैँसँग राख्ने मनस्थितिमा छन् ।

     

  • राष्ट्रपति र गृहमन्त्रीबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा

    राष्ट्रपति र गृहमन्त्रीबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो।

    बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा जारी छ।

    बैठक सोमबारबाट सुरु भएको थियो ।

    रवि लामिछाने नागरिकता प्रकरणमा दोषी देखिएसँगै सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट बाहिरिएका थिए ।

    उनी बाहिरिएपछि माओवादीले गृह मन्त्रालय आफैँसँग राख्ने मनस्थिति बनाएको छ । यता एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलेको सहमति अनुसार अगाडि बढ्नुपर्ने अडान राख्दै आएका छन् ।

    यस्तै, राष्ट्रपतिको उम्मेदवारका विषयमा पनि माओवादीले गठबन्धनमा भएको सहमति भन्दा फरक मत राख्दै आएको छ । बैठकमा राष्ट्रपति र गृहमन्त्रीका साथै भोलि बस्ने स्थायी कमिटी बैठकको एजेण्डाबारे पनि छलफल हुने जनाइएको छ।

  • स्वार्थ बाझिने भन्दै गृह मन्त्रालयको अडान छाड्न रविलाई प्रधानमन्त्रीको आग्रह

    स्वार्थ बाझिने भन्दै गृह मन्त्रालयको अडान छाड्न रविलाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्रालय लिँदा स्वार्थ बाझिने र बाहिर जवाफ दिन पनि अप्ठेरो हुने भन्दै अर्को मन्त्रालय लिन आग्रह गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा लामिछानेले साँझसम्म यसअघि सरकार बनाउने बेला भएको समझदारी अनुसार गृह मन्त्रालय रास्वपालाई दिन र शपथग्रहण गराउन भनेपछि प्रधानमन्त्रीले त्यसमा आनाकानी गरेका हुन् ।

    प्रधानमन्त्रीनिकट स्रोतका अनुसार रविलाई गृह मन्त्रालय नदिन माओवादीभित्र दबाब छ । सरकारको नेतृत्व गरिरहेको पार्टीले महत्त्वपूर्ण मन्त्रालय नलिएको भन्दै प्रचण्डमाथि माओवादीभित्रबाटै गृह नछाड्न दबाब बढेको छ ।

    रविको राहदानी सम्बन्धी विवाद कायम रहेको र गृह मन्त्रालय लिँदा स्वार्थ बाझिने तर्क प्रधानमन्त्रीबाट आएको छ । रविले भने गृह नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको बताइन्छ । यद्यपि यसबारे पुष्टि गर्न खोज्दा उनी सम्पर्कमा आएका छैनन् ।

    एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले पनि नागरिकताको पुनः प्राप्ति प्रक्रिया पूरा गरेपछि उनलाई गृहमन्त्री बनाउन आग्रह गरिसकेका छन् । ६ महिनाभित्र उपचुनावबाट रवि पुनः सांसद हुने तयारीमा छन् । उनलाई एमालेले सघाउने संकेत दिइसकेको छ ।

    प्रचण्डको रिजर्भ फोर्सका रूपमा कांग्रेसले सत्ता साझेदारीका लागि पर्खेर बसिरहेका कारण प्रधानमन्त्रीले सकेसम्म गृह मन्त्रालय रविलाई नदिने प्रयासमा छन् ।

  • प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे रवि

    प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे रवि

    काठमडौं । रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएर पार्टी सभापतिमा पुनः चयन भएपछि उनी प्रचण्डलाई भेट्न पुगेका हुन् ।

    सर्वोच्च अदालतले नागरिकता प्रकरणमा दोषी देखाएपछि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गएको थियो । साथै उनको सांसद पद र पार्टी सभापति पदपनि गएको थियो ।

    गृहमन्त्रीबाट रवि हटेपछि प्रचण्डले आफैं सो मन्त्रालय सम्हालिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भागमा परेको मन्त्रालय आफूले नै पाउनुपर्ने माग गर्दै आएको छ ।

  • यस्ता छन् अर्थतन्त्र सुधारका लागि नेकपा एसले सरकारलाई दिएका २० सुझाव (भिडिओ)

    यस्ता छन् अर्थतन्त्र सुधारका लागि नेकपा एसले सरकारलाई दिएका २० सुझाव (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई अर्थतन्त्र सुधारका लागि सुझावसहित ज्ञापन पत्र बुझाएको छ ।

    जर्जर बनेको देशको अर्थतन्त्र सुधार युवा र बौद्धिक जनशक्ति रोक्न प्रभावकारी कदम चाल्नुपर्ने नेकपा एसले बताएको छ ।

    यस्तै, विद्यालय तहमा एक सीपमूलक विषय अनिवार्य गर्नुपर्ने र कृषि उत्पादन वृद्धिमा जोड बिक्रीको प्रबन्ध गर्नुपर्ने सुझाव पनि दिएको छ ।

    त्यसैगरी बहुवर्षिय योजनाका नाममा बजेटमा छुट्याउने र काम नहुने समस्या अन्त्य गर्नुपर्ने, सरकारी लगानीमा निर्माण गर्ने जलविद्युत निर्माणको काम तत्काल अगाडि बढाउनुपर्ने र नीति क्षेत्र तथा सहकारीलाई पनि आकर्षित गर्नुपर्ने सुझाव दिइएको छ ।

    यस्ता छन् सुझाव

  • माओवादी पदाधिकारी बैठक आजपनि बस्ने राष्ट्रपति र गृहमन्त्रीबारे छलफल

    माओवादी पदाधिकारी बैठक आजपनि बस्ने राष्ट्रपति र गृहमन्त्रीबारे छलफल

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आजपनि बस्ने भएको छ ।

    पार्टी कार्यालयमा दिउँसो १२ बजे बस्ने बैठकमा राष्ट्रपति र गृहमन्त्रीका विषयमा छलफल हुने छ ।

    बैठक सोमबारबाट सुरु भएको थियो ।

    रवि लामिछाने नागरिकता प्रकरणमा दोषी देखिएसँगै सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट बाहिरिएका थिए ।

    उनी बाहिरिएपछि माओवादीले गृह मन्त्रालय आफैँसँग राख्ने मनस्थिति बनाएको छ । यता एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलेको सहमति अनुसार अगाडि बढ्नुपर्ने अडान राख्दै आएका छन् ।

    यस्तै राष्ट्रपतिको उम्मेदवारका विषयमा पनि माओवादीले गठबन्धनमा भएको सहमति भन्दा फरक मत राख्दै आएको छ ।

  • नेकपा एसले प्रधानमन्त्रीलाई आर्थिक संकटबारे ज्ञापन पत्र बुझाउने

    नेकपा एसले प्रधानमन्त्रीलाई आर्थिक संकटबारे ज्ञापन पत्र बुझाउने

    काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

    आज बिहान ९ बजे एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागेको हो ।

    चरम आर्थिक संकट परेको, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै नेकपा एसले ज्ञापन पत्र बुझाउन लागेको हो ।

  • गिरिजाप्रसादलाई सम्झँदै प्रचण्डले भने- राजनीतिक परिवर्तन गर्न शान्ति सम्झौतामा हस्ताक्षर गरेका थियौं (भिडिओ)

    गिरिजाप्रसादलाई सम्झँदै प्रचण्डले भने- राजनीतिक परिवर्तन गर्न शान्ति सम्झौतामा हस्ताक्षर गरेका थियौं (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दश वर्ष जनयुद्धपछि आफूले गरेको विस्तृत शान्ति सम्झौतालाई स्मरण गरेका छन् ।

    राष्ट्रिय सहिद तथा बेपत्ता स्मारकको उद्घाटन गर्दै उनले सत्ता पक्षबाट सात राजतीनिक दलको नेतृत्व गरेर शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाप्रति पनि आभार व्यक्त गरे ।

    उनले भने, ‘मैले आज विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको दिनलाई स्मरण गरेको छु । त्यही सम्झौताको आधारमा नै अहिले नेपालको राजनीतिक प्रणाली अघि बढ्न सम्भव भएको हो । यतिवेला मैले सात राजनीतिक दलको तर्फबाट हस्ताक्षर गर्ने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सम्झिन चाहन्छु । उहाँको टावरिङ पर्सनालिटी र सात राजनीतिक दलको नेतृत्व गर्ने उहाँमा दृढ इच्छाशक्ति थियो ।’

    देशलाई शान्ति र राजनीतिक परिवर्तनको आवश्यक देखेर नै शान्ति सम्झौतामा हस्ताक्षर गरेको बताए ।

    ‘यतिवेला नै संघीय लोकतान्त्रिक गणतन्त्रमा जान सम्भव छ भनेर मैले नेतृत्व गरेको तत्कालीन माओवादी र जनयुद्धलाई विस्तृत शान्ति सम्झौतातर्फ लैजान अठोट गरेको दिन थियो त्यो’, उनले भने ।

    उनले आफू संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्न सफल भएको पनि बताए । आफूले त्यस वेलामा सहिदहरुप्रति गरेको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै प्रचण्डले अहिले तेस्रो पटक प्रधानमन्त्री हुँदा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।

    आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सहिदहरुको बारेमा गरेको निर्णयको फाइल खोजेर हेरेकोसमेत उनले बताए ।

  • गृहमन्त्रीबारे कृष्णबहादुर महरा भन्छन्- सरकारको कुरा प्रधानमन्त्रीले गर्नुहुन्छ (भिडिओ)

    गृहमन्त्रीबारे कृष्णबहादुर महरा भन्छन्- सरकारको कुरा प्रधानमन्त्रीले गर्नुहुन्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ ।

    पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने, ‘आज पदाधिकारी बैठक बस्ने र महासचिवको नेतृत्वमा जिम्मा पाएको होमवर्क टीमको कुरालाई टुंगो लगाएर भोलि स्थायी कमिटीको बैठक बस्ने कुरा भएको थियो । छलफल भए पनि होमवर्क अझै टुंगिएन । त्यसैले आज र भोलि होमवर्क गरेर पर्सि स्थायी कमिटीको बैठक बस्छ ।’

    आजको बैठक संगठनको विषयमा केन्द्रित रहेको उनको भनाइ छ ।

    गृहमन्त्रीको कुरा सरकारको भएकाले प्रधानमन्त्रीले नै गर्ने उनले बताए । प्रवक्ता महराले स्थायी कमिटीको बैठकमा गृहमन्त्रीको बारेमा छलफल हुने सुनाए ।

  • गृह मन्त्रालय रास्वपाबाट खोस्ने प्रचण्डको दाउ, के गर्छन् रवि ?

    गृह मन्त्रालय रास्वपाबाट खोस्ने प्रचण्डको दाउ, के गर्छन् रवि ?

    काठमाडौं । रवि लामिछाने पदमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुदार देखिएका छन् । पावर सेयरिङका क्रममा रास्वपाले पाएको गृह अब आफैँले राख्ने प्रधानमन्त्रीको मनस्थितिले गठबन्धनभित्र द्वन्द्व चर्किने संकेत देखिएको छ ।

    नेकपा एमाले भागबन्डाअनुसार गृह रास्वपालाई नै दिनुपर्ने र त्यसमा पनि लामिछानेलाई नै पुनः नियुक्त गर्नुपर्ने पक्षमा छन् । लामिछानेले हिजै आफ्नो नेपाली नागरिकता पुनः कायम गरिसकेपछि उनलाई गैर संसदका रूपमा मन्त्री नियुक्त गर्न कानूनी अड्चन नरहेको एमाले बुझाइ छ । तर, प्रधानमन्त्री प्रचण्ड भने यही मौकामा गृह आफ्नै पार्टीको पोल्टामा पार्ने दाउमा छन् ।

    लामिछाने हिजो पार्टी सभापतिमा पुनर्स्थापित भएसँगै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । स्रोतका अनुसार उक्त भेटघाट गृह मन्त्रालयकै नेतृत्वका विषयमा केन्द्रित थियो । लामिछानेले आफू फेरि गृहमन्त्री बन्ने आकांक्षा प्रस्तुत गरेको तर प्रचण्डले सकारात्मक जवाफ नदिएको स्रोतले बतायो ।

    प्रचण्डले लामिछानेको राहदानी सम्बन्धी विवादको निरूपण नभएसम्म उनलाई सरकारमा ल्याउन नसक्ने संकेत गरेका थिए । रास्वपा स्रोतले भने यो प्रचण्डको बहानावाजी मात्र भएको बतायो ।

    ‘राहदानीको विषय प्रहरी अनुसन्धानमा छ भन्नु केवल बहानावाजी हो । यही कारणले गृहमन्त्री बनाउन नमिल्ने भए हिजो कसरी बनाउनु भयो ?’ रास्वपाका एक केन्द्रीय सदस्यले भने ।

    प्रचण्ड यतिबेला सत्ता सहयात्री दल एमालेको सुझाव पनि मान्ने मुडमा छैनन् । गृह आफैँसँग राख्ने वा माओवादीबाट कसैलाई जिम्मा दिने उनको तयारी रहेको बुझिएको छ ।

    रास्वपाका प्रमुख सचेतक सन्तोष परियार भने गृह मन्त्रालय आफूहरूले नछाड्ने बताउँछन् । उनले भने, ‘यो हाम्रो भागमा परेको मन्त्रालय हो । यसमा प्रधानमन्त्रीज्यूबाट कुनै तलमाथि हुन्छ जस्तो लाग्दैन ।’

    खाली भएको गृहमा कसलाई पठाउने भन्ने रास्वपाकै चासोको कुरा भएको उनको भनाइ छ । गैरसांसदका रूपमा सभापति लामिछानेलाई नै गृहमा पठाउने भनेर टुंगो नलागिसकेको पनि परियारले बताए । ‘उहाँलाई नै पठाउने भनेर पार्टीले निर्णय गरिसकेको अवस्था छैन । सम्भवतः आज यसको निर्णय हुन्छ,’ उनले भने ।

    हिजो बसेको केन्द्रीय समितिको बैठकमा भने लामिछानेले आफू नै गृहमा फर्किने संकेत गरेका थिए । उनको चाहना बुझिसकेपछि अरू कसैको नाममा पार्टीभित्र छलफल नै भएन । यदि गृह नपाएको खण्डमा के गर्ने भन्ने पनि पार्टीमा छलफल नभएको परियार बताउँछन् ।

    ‘गृह नपाए के गर्ने भन्ने काल्पनिक प्रश्न हो । त्यतातिर हामीले सोचेका नै छैनौँ र त्यो परिस्थिति आउँछ जस्तो पनि लाग्दैन,’ उनले भने । गृहको साटो अर्को मन्त्रालय अफर गरिएमा रास्वपाले के गर्छ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘त्यस्तो सम्भव नै छैन ।’

    पार्टीका केही नेता भने प्रचण्डबाट धोकाधडी भएमा सरकारबाटै बाहिरिएर समर्थन फिर्ता लिनुपर्ने पक्षमा छन् ।

  • बालुवाटारमा प्रचण्ड-ओलीबीच छलफल

    बालुवाटारमा प्रचण्ड-ओलीबीच छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच अहिले छलफल जारी छ ।

    रवि लामिछाने पदमुक्त भएसँगै रिक्त गृहमन्त्रालय र नयाँ मन्त्रीको खोजी, राष्ट्रपति-उपराष्ट्रपति चुनावलगायत समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित भएको बालुवाटार स्रोतले जनाएको छ ।

    रास्वपाले गृहमन्त्रालयको दाबी आफूले नछाड्ने बताइरहेको छ भने । गृह रास्वपालाई दिन गठबन्धनमा सहमति भने भइसकेको छैन । गठबन्धनको प्रमुख घटक माओवादी गृह रास्वपालाई दिन नहुने पक्षमा उभिएको छ ।

  • गृह मन्त्रालयबारे गठबन्धनमा छलफल जारी, रास्वपालाई दिन माओवादीको आनाकानी

    गृह मन्त्रालयबारे गठबन्धनमा छलफल जारी, रास्वपालाई दिन माओवादीको आनाकानी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएसँगै खाली बनेको गृह मन्त्रालयको नेतृत्वबारे सत्ता गठबन्धनमा छलफल सुरु भएको छ । रास्वपालाई नै फेरि सो मन्त्रालय दिन सरकारको नेतृत्वकर्ता दल माओवादी सकारात्मक देखिएको छैन ।

    सत्तारुढ दलहरुमा भागबन्डा हुँदा रास्वपाले गृहसहित ३ मन्त्रालय पाएको थियो । पार्टीका सभापति लामिछाने आफैं उपप्रधान तथा गृहमन्त्री बनेका थिए । उनी पदमुक्त भएपछि रास्वपाले गृह अरुलाई नछाड्ने बताउँदै अर्को व्यक्ति पठाउने तयारी गरेको छ । तर, सत्तारुढ दलबीच सहमति जुटिसकेको छैन ।

    लामिछाने पदमुक्त भएपछि गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल जारी रहेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडलले बताए ।

    उनले भने, ‘सत्ता गठबन्धन दलका शीर्ष नेताहरु बसेर गृह मन्त्रालयको बारेमा निर्णय हुन्छ । अहिले विभिन्न कोणबाट छलफल भइरहेको छ । कुनै ठोस निर्णय भएको छैन ।’

    स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रास्वपालाई गृह मन्त्रालय छाड्न सकारात्मक छैनन् ।

    माओवादीका एक पदाधिकारीले नेपाल प्रेससँग भने, ‘रास्वपाले दाबी गरेझैं अब फेरि उसैले पाउँछ भन्ने छैन । सरकारको नेतृत्व भएको दलले नै गृह मन्त्रालय राख्ने विगतको प्रचलन पनि हो ।’

    पार्टी सभापति लामिछाने नै पदमुक्त भएपछि गृह मन्त्रालय दिनैपर्छ भन्ने बाध्यता नभएको नेताहरुको बुझाइ छ । त्यसमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहमत भएको दाबी गरिएको छ ।

    रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालले भने पार्टीको भागमा परेको मन्त्रालयमा अर्को व्यक्तिलाई पठाइने बताए ।

    उनले भने, ‘हाम्रो पार्टीले पाएको मन्त्रालयमा हामी नै जान्छौं । आफ्नो भागमा परेको मन्त्रालय अरुलाई छाड्ने कुरा हुँदैन ।’

    निवर्तमान सभापति रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय गएर नयाँ नागरिकता लिइसकेका छन् । उनले नागरिकता लिएपछि फेरि गृहमन्त्री नियुक्त हुनसक्ने बाटो पनि छ । नेपालको संविधानअनुसार गैरसांसद नागरिक ६ महिनाका लागि मन्त्री नियुक्त हुनसक्छन् ।

    तर, बाहिर विवाद हुनसक्ने भएकाले यो विकल्प रोजिने सम्भावना न्यून छ ।

  • प्रधानमन्त्री प्रचण्डले भने- चुनौतीपूर्ण अवस्थामा छु, मैले देशलाई नयाँ उत्साह दिनैपर्छ (भिडिओ)

    प्रधानमन्त्री प्रचण्डले भने- चुनौतीपूर्ण अवस्थामा छु, मैले देशलाई नयाँ उत्साह दिनैपर्छ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू चुनौतीपूर्ण परिस्थितिमा प्रधानमन्त्री बनेको बताएका छन् । आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै आफूले देशलाई नयाँ उत्साह दिनुपर्ने बताए ।

    उनले भने, ‘अर्थतन्त्रको स्थिति तपाईंहरूलाई थाहा नै छ । समाज निराशातिर जाने हो कि भन्नेखालका आशंका छन् । यस्तो परिस्थितिमा मैले सरकारको नेतृत्व गरेको छु । तसर्थ, हामीले देशलाई नयाँ उत्साह दिनुपर्नेछ । शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक रोजगारी, विकास र समृद्धिका क्षेत्रमा केही नयाँ गर्नुछ । यसका लागि तपाईंहरूको पनि सहयोग रहने मेरो विश्वास छ ।’

    उनले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरिने बताए । गंगालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    उनले भने, ‘यो केन्द्र केवल स्वास्थ्य केन्द्रमात्रै होइन, यसको नामले नै केन्द्रको औचित्य प्रमाणित गर्दछ । तानाशाहीविरोधी, निरंकुशताविरोधी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने व्यक्तित्वको नाममा स्थापित हुनुको नाताले यस केन्द्रको भूमिका मुटुरोगका साथै लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायसँग पनि जोडिएको छ ।’

    प्रधानमन्त्री प्रचण्डले निकै मेहनत गरेर नयाँ संविधान जारी गरेको उल्लेख गर्दै संविधानमा सामाजिक न्याय र समानतालाई उच्च महत्व दिइएको बताए ।

    ‘संविधानमा नै स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा लिपिबद्ध गरिएको छ । तर, ती मौलिक हक कार्यान्वयन गर्ने प्रयोजनका लागि कानूनहरू बनाउन बाँकी नै छ । नेपाल सरकार संविधानले परिकल्पना गरेअनुसारका नयाँ ऐनहरू यथाशीघ्र संसदमा पेश गर्ने प्रक्रियामा छ । तपाईंहरूसामु म यो विश्वास दिलाउन चाहन्छु’, उनको भनाइ छ ।

    आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वास्थ्य क्षेत्रको विकासका निम्ति महत्वपूर्ण काम गरेको बताए ।

    उनले भने, ‘उक्त कार्यकालमा स्वास्थ्य बीमा लागू गरियो । विभिन्न प्राणघातक रोगको उपचारमा जनतालाई राज्यले सहयोग गर्ने प्रबन्ध गरियो । प्रत्येक स्थानीय तहमा आधुनिक अस्पताल निर्माणको निर्णय लिइयो । स्वास्थ्य सेवालाई देशैभरि विस्तार गरियो । मेरो तेस्रो कार्यकालमा सातै प्रदेशमा विशेष स्वास्थ्य क्षेत्रसहित प्रदेश अस्पतालहरू निर्माण गरिनेछ । त्यसमा मुटुरोगको युनिट पनि राखिनेछ ।’

  • राष्ट्रपतिमा ‘पोजिशन’ बदल्दै माओवादी- कांग्रेसलाई ‘रिजर्भ फोर्स’ राखेर पाँचैवर्ष प्रधानमन्त्री बन्लान् प्रचण्ड ?

    राष्ट्रपतिमा ‘पोजिशन’ बदल्दै माओवादी- कांग्रेसलाई ‘रिजर्भ फोर्स’ राखेर पाँचैवर्ष प्रधानमन्त्री बन्लान् प्रचण्ड ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पुस १० गते भएको सहमति तोड्ने संकेत देखिएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री नदिएपछि प्रचण्ड बालुवाटारबाट बालकोट पुगेका थिए । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डसहित सत्ता गठबन्धनबीच माओवादीलाई प्रधानमन्त्री, एमालेलाई राष्ट्रपति र सभामुख दिने सहमति भएको थियो ।

    एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा कांग्रेसले पनि पक्षमा मत दिएपछि परिस्थिति फेरिएको बुझाइ छ ।

    प्रचण्डले प्रधानमन्त्रीमा आफूले विश्वासको मत पाउँदा जस्तै सभामुखको निर्वाचनमा पनि सबै दलहरुबीच सहमतिको प्रयास गरेका थिए । तर, त्यो प्रयास सफल भएन ।

    सभामुखको निर्वाचनछि बाहिरिने क्रममा प्रचण्डले भनेका थिए, ‘राष्ट्रपतिको कुरालाई अझै समय बाँकी छ । सत्ता साझेदार दलहरु र मैले पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्नेतिर कोसिस छ । हामी त्यो कोसिस जारी राख्छौं ।’

    तर, प्रचण्डको त्यो भनाइप्रति एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक छैनन् । प्रचण्डको भनाइप्रति आशंकित रहेका ओली निरन्तर प्रचण्डसँग भेट्न बालुवाटार धाइरहेका छन् । तर, प्रचण्डको राष्ट्रिय सहमतिको अडान फेरिएको छैन ।

    प्रचण्डको अडानलाई कांग्रेसको निर्णयले साथ दिएको छ । प्रचण्डलाई प्रधानमन्त्री नबनाउनु ठूलो गल्ती हो भन्ने महसुस गरिसकेको कांग्रेसले अहिले राष्ट्रपतिको निर्वाचनसम्म पनि यो गठबन्धन भत्काउने रणनीति अख्तियार गरिरहेको छ ।

    कांग्रेस र एमालेको टकराबको बीचमा फाइदा लिन माहिर प्रचण्ड अहिले देउवा र ओलीका साझा र स्वीकार्य व्यक्ति प्रमाणित भइसकेका छन् । त्यही मौकामा अहिले प्रचण्डले आफू पाँचै वर्ष प्रधानमन्त्री बन्ने बाटो खोजिरहेका छन् ।

    प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएर ढोक्सा थापेको कि प्रचण्डले ‘रिजर्भ फोर्स’ राखेको भन्ने विषयमा राजनीतिक वृत्तमा चर्चा चल्यो । तर, ओलीले कांग्रेसले थापेको ढोक्सामा केही नपर्ने बताइसके । तैपनि कांग्रेसका नेताहरु खुलेयाम नै आफूहरुले प्रस्ताव गरेको व्यक्ति नै शीतलनिवासमा पुग्ने बताउन थालिसकेका छन् ।

    राष्ट्रपति निर्वाचनको मिति नतोकिँदै तरङ्गित राजनीतिमा माओवादीले आज औपचारिक रुपमा नै राष्ट्रिय सहमति खोज्ने निर्णय गरेपछि थप बल पुगेको छ ।

    बिहीबारदेखि पेरिस डाँडामा जारी स्थायी समिति बैठकपछि पार्टी प्रवक्ता एवम् उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘राष्ट्रिय सहमति हुन्छ कि हुँदैन त्यो अहिले भन्न सकिँदैन । तर, त्यो भनेको एमालेसहितको राष्ट्रिय सहमति हो । हामीले राष्ट्रिय सहमति खोजेर एमालेलाई धोका दिएको होइन ।’

    महराले मात्रै नभएर अर्का स्थायी कमिटी सदस्य नारायण दाहाल पनि राष्ट्रपतिमा संघीयता, गणतन्त्र, धर्म निरपेक्षताका एजेण्डा, शान्ति सम्झौतका बाँकी कामलाई अगाडि बढाउने विषयमा पोजेटिभ हुने दललाई नै समर्थन गर्न बताउँछन् ।

    उनले प्रचण्ड नेतृत्वको सरकार राष्ट्रिय सहमतिको भएको जिकिर गर्दै राष्ट्रपतिमा पनि त्यही सहमति लागू गराउनुपर्ने बताए ।

    प्रधानमन्त्री प्रचण्डले अहिले पनि भन्नुहुन्छ हिजो गिरिजाबाबुलाई राष्ट्रपति नबनाएर गल्ती गरियो भनेर पछि त्यस्तै परिस्थिति बन्ने त होइन नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अहिले हामी त्यस्तो गल्ती गर्दैनौं । सोचविचार गरेर अघि बढ्छौं । मैले भनेको छु एउटा सापेक्षित स्थिरता पैदा गर्ने खालको नेतृत्व चाहियो । अर्को हाम्रो एजेण्डालाई निःसर्त अगाडि बढाउने व्यक्ति चाहियो । जसले यो देशलाई हाँक्न सक्छ। हामी कांग्रेस-एमाले भन्दैनौं ।’

    प्रचण्ड एमालेसँग कुरा गर्न बालकोट जाँदा कसैले पनि राष्ट्रिय सहमति हुन्छ भनेर नसोचेको उनको भनाइ छ ।

    ‘देशको आवश्यकता महसुस गर्न राष्ट्रपतिमा पनि सहमति बन्छ । नभए देश विघटनतिर जान्छ । देशमा अस्थिरता पैदा हुन्छ’, उनले भने ।

    तर, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल एमालेबाटै राष्ट्रपति बन्ने दाबी गर्छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘एमालेको राष्ट्रपति भए प्रचण्डलाई अप्ठेरो पर्छ भनेर तर्साइरहेका/तर्सिरहेकाहरुले २०६६ वैशाख २० गतेलाई सम्झे पुग्छ। कांग्रेसका रामवरण यादव राष्ट्रपति भएको वेला प्रधानसेनापति हटाउन नसक्दा प्रचण्डले ‘नागरिक सर्वोच्चता’ भन्दै राजीनामा दिएर हिँड्न परेको तथ्य सुरक्षित छ ।’

    उनले दिनुपर्ने ठाउँमा नदिने र लिनुपर्ने ठाउँबाट जसरी पनि लिने कांग्रेसलाई माओवादीले चिनेको छैन होला र भन्दै प्रश्न गरेका छन् । गठबन्धन भत्काउन गरिएको योजना र प्रचारबाजी यसपटक पनि परास्त हुने उल्लेख गर्दै सभामुख-उपसभामुख निर्वाचनमा जस्तै राष्ट्रपतिको निर्वाचनमा हुने उनको भनाइ छ ।

    तर, माओवादी स्थायी कमिटी सदस्य दाहालको भनाइलाई आधार मान्ने हो भने माओवादीले एमालेसँगको सहमति तोडेको प्रस्ट हुन्छ । कांग्रेसले विश्वासको मत दिएपछि प्रचण्डले रिजर्भ फोर्स राखेको भए प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री बन्ने आधार देखेका छन् । अहिले ओलीसँगको सत्ता सहकार्यलाई प्रचण्डले कम्फर्टेबल मानेका छैनन् ।

    अहिले राष्ट्रिय सहमतिको नाममा प्रचण्डले कांग्रेस फेवरको राष्ट्रपतिलाई सहयोग गरेमा कांग्रेसले नै प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्ने सम्भावनालाई नकार्न सकिन्न । ओलीले पनि संघदेखि प्रदेशसम्मको सत्ताबाट बाहिर हुनुभन्दा प्रचण्डलाई नै स्वीकारेर अगाडि जाने सम्भावना पनि उत्तिकै छ ।

    कांग्रेसले पनि ओलीसँग भन्दा प्रचण्डसँगको सहकार्य सहज ठान्छ । ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि आगो ओकलेका प्रचण्ड ओलीसँग मिल्नुको कारण प्रधानमन्त्रीबाहेक अरु थिएन ।

    अहिले प्रचण्डलाई सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको कारणले कम्फर्टेबल सरकार बनाउन सकेका छैनन् । सरकारमा रहेर पनि राप्रपा नेताहरुले संघीयताको विरुद्ध बोलिरहेका छन् ।

    तर, प्रचण्डले सरकारमा रहेर संघीयताविरुद्ध बोल्ने छुट कसैलाई नभएको भन्दै चेतावनी दिइसकेका छन् । जुन कुरामा पार्टी स्थायी कमिटीको बैठकमा पनि नेताहरुले प्रचण्डमाथि दबाब बढाइरहेका छन् ।

    नेपालमा सरकार बनाउन र गिराउन भूराजनीतिक चलखेल पनि तीव्र छ । अकस्मात प्रचण्ड नेतृत्वको सरकार बनेपछि भारत, चीन, अमेरिकाका अधिकारीहरु सक्रिय भएर लागिरहेका छन् । अहिलेको सरकारको आर्किटेक्ट ओली भए पनि त्यसमा प्राविधिक सहयोग चीनको रहेको बुझाइ अर्को पक्षको छ ।

    कांग्रेसबाट प्रचण्डलाई बालकोट पुर्‍याउन भूमिका खेलेका माओवादी उपमहासचिव वर्षमान पुन चीनबाट फर्केपछि नयाँ कोर्स निर्माणमा लागेका थिए । उनलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङले साथ दिएका थिए ।

    अघिल्लो गठबन्धन भत्किएर प्रचण्ड बालकोटको बार्दलीमा पुगेकोमा सबैभन्दा धेरै चोट देउवा र दक्षिणलाई भन्दा पनि माधव नेपाल र बाबुराम भट्टराईलाई परेको छ । उनीहरू कुनै पनि हालतमा प्रचण्डले कोर्स करेक्सन गरुन् भन्ने पक्षमा छन् ।

    कांग्रेसलाई विश्वासको मत दिने ठाउँमा ल्याउन उनीहरूसहित माओवादी केन्द्रका जनार्दन शर्माको पनि महत्वपूर्ण भूमिका छ । उनी एमालेसँगको सहकार्यभन्दा कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा थिए ।

    देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका शर्मा देउवाको मात्रै नभएर उनकी पत्नी आरजु राणा देउवाको पनि विश्वासिलो व्यक्तिमा परेका थिए ।

    यता, प्रचण्डलाई आफ्नो कित्तामा ल्याएर संघदेखि प्रदेशसम्म पार्टीलाई सरकारमा फर्काएका ओलीको साढे दुई वर्षपछि राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म आफैं हावी हुने रणनीतिमा कांग्रेसको ढोक्सा बाधक बन्नसक्ने आँकलन गर्न थालिएको छ ।

    यही गठबन्धन कायमै रहे आफूहरुलाई अप्ठ्यारो पर्ने बुझाइका साथ कांग्रेस गठबन्धन टुटाउने खेलमा निरन्तर लागिरहेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्कालगायत नेताहरु अझै माओवादीकै संवादमा छन् ।

  • प्रचण्डले कांग्रेसलाई वचन दिनुभएको छैन, राष्ट्रपति एमालेबाटै हुन्छ : एमाले उपमहासचिव ज्ञवाली (भिडिओ)

    प्रचण्डले कांग्रेसलाई वचन दिनुभएको छैन, राष्ट्रपति एमालेबाटै हुन्छ : एमाले उपमहासचिव ज्ञवाली (भिडिओ)

    रुपन्देही । नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले एमालेका उम्मेदवार नै राष्ट्रपति बन्ने बताएका छन् ।

    सत्तारुढ माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको भोलिपल्टै एमालेका प्रभावशाली नेता मानिने ज्ञवालीले यस्तो बताएका छन् ।

    ‘प्रचण्डले भनेको राष्ट्रिय सहमतिको राष्ट्रपतिको उम्मेदवार एमालेकै हो, यसमा कोही दुबिधा हुनुपर्दैन’ प्रेस चौतारी नेपाल, पाल्पाले शनिवार आयोजनमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने ‘राष्ट्रपति एमालेले नै पाउने हो, सत्ता गठबन्धन दलबीच भएको सहमति अनुसार नै राष्ट्रपति एमालेले पाउने विषयमा कोही अन्योल हुनुपर्ने छैन ।’

    बाहिर चर्चामा आएजस्तो आफूहरू सशंकित नरहेको उनले बताए। ‘केही दलले छिर्के दाउ हानेर वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयास गरिरहेका छन्। त्यो सफल हुने छैन। सत्तागठबन्धका दलप्रति एमाले सशंकित छैन। राजनीति विश्वासले चल्ने हो। एक माघले जाडो जाने विषय पनि होइन। यो कसैलाई छिर्के हानेर दाउपेचमा राखेर राजनीति गर्ने विषय पनि होइन। इमानदारिता र निष्ठा राजनीतिका आधार हुन् यी टुटे भने केही बाँकी रहँदैनन्। विश्वास घात कसैबाट हुने छैन’, उनले भने।

    अहिलेको सत्ता गठबन्धनबीच भएको सहमति र सम्झौता कार्यान्वयनमा सबै दल इमानदार रहेको उनले बताए ।आफूसँग भएको सत्तालाई सही रूपमा व्यवस्थापन गर्न नसक्दा काँग्रेसले सबै गुमाएको तर अझै पनि धमिलो पानीमा माछा मर्छ कि भनेर राष्ट्रपतिको दाउ ताकेको ज्ञवालीले बताए ।

    नेता ज्ञवालीले कांग्रेसले कुनै हालतमा राष्ट्रपति नपाउने जिकिर गर्दै भने– ‘धमिलो खोलामा माछा मार्न खोजेजस्तै कांग्रेसले राष्ट्रपति लिने दाउमा छ, कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुको अर्थ राष्ट्रपति पाउने आशा हो, गठबन्धनमा खेल्न यस्तो गरिएको सबैले बुझेका छन्, प्रधानमन्त्रीज्यूले कांग्रेसलाई कुनै वचन दिएर मत माग्नु भएको छैन। पूर्व सहमतिअनुसार नै एमालेका उम्मेदवार राष्ट्रपति बन्छन्।’

    जसरी पनि सत्ता पुग्नका लागि मरिहत्ते गर्ने र राज्यको दोहन गर्नेबाहेक मुलुक बनाउने भिजन कांग्रेसमा नभएको ज्ञवालीले बताए।

    मुलुकमा विकास, सेवा प्रभावकारी बनाउन, सुशासन कायम गर्न र राष्ट्रिय शक्तिलाई बलियो बनाउन राजनीतिक स्थिरता आवश्यक रहेको उनको भनाइ थियो ।

  • माओवादी स्थायी कमिटी : पार्टीमा उठेका विषयमा ठोस प्रस्ताव बनाउन महासचिव र उपमहासचिवको टीमलाई जिम्मा

    माओवादी स्थायी कमिटी : पार्टीमा उठेका विषयमा ठोस प्रस्ताव बनाउन महासचिव र उपमहासचिवको टीमलाई जिम्मा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटीको बैठकमा उठेको विषयमा होमवर्क गर्न महासचिव र उपमहासचिवको टीमलाई जिम्मा दिइएको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले महासचिव देव गुरुङसहित उपमहासचिवहरुलाई अध्ययन गर्न जिम्मेवारी दिएको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी एकतासम्बन्धी प्रतिवेदन, जनार्दन शर्माले संगठनसम्बन्धी प्रतिवेदन र गिरिराजमणि पोखरेलले स्कुलिङसम्बन्धी प्रतिवेदन गरेका थिए ।

    बैठकमा पेश भएका प्रतिवेदनमाथि २७ जनाले आआफ्नो धारणा राखेको प्रवक्ता महराले बताए । उनले पार्टी एकताका लागि डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग छलफल भइरहेकोसमेत बताए । वार्ता सकारात्मक भइरहेको उनको भनाइ छ।

    महासचिव र उपमहासचिवहरुले तयार पारेको ठोस प्रस्ताव लिन माघ १६ गते पुनः बैठक बस्ने महराले जानकारी दिए ।

  • माओवादी बैठकमा कृष्णबहादुर महराले गरे पार्टी एकताबारे ब्रिफिङ

    माओवादी बैठकमा कृष्णबहादुर महराले गरे पार्टी एकताबारे ब्रिफिङ

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपाध्यक्ष तथा पार्टी एकताका लागि गठन कार्यदलका संयोजक कृष्णबहादुर महराले पछिल्लो प्रगतिबारे जानकारी गराएका छन् ।

    पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा संयोजक महराले पार्टी एकताका लागि दलहरुसँग भएका पछिल्ला प्रयासहरुबारे बिफिङ गरेका हुन् ।

    माओवादीले एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायत कम्युनिष्ट पार्टीहरुसँग एकताको प्रयास गरिरहेको छ । बाबुराम भट्टराई नेतृत्वको नेसपासँग पार्टी एकता गर्ने सहमति भइसकेको छ । नेकपा एस, विप्लवलगायतका दलहरुसँग पनि संवाद जारी राखेको छ ।

    पार्टी एकताको लागि यसअघि नै महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेतको पाँच सदस्यीय कार्यदल बनाएको थियो ।

    बैठकमा पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने, संगठन सुदृढीकरण र विस्तारलगायतको विषयमा छलफल जारी छ ।