Category: माओवादी केन्द्र

  • प्रदेश १ नामाकरण : एमाले र माओवादी एउटै कित्तामा ! नेकपा एसले फरक प्रस्ताव पेश गर्ने

    प्रदेश १ नामाकरण : एमाले र माओवादी एउटै कित्तामा ! नेकपा एसले फरक प्रस्ताव पेश गर्ने

    विराटनगर । प्रदेश नम्बर १ को नामाकरणका सवालमा नेकपा माओवादी केन्द्र सरकारले ल्याएको नामका पक्षमा मत हाल्न तयार भएको छ ।

    सरकारले जुनसुकै नाम प्रस्ताव गरेपनि पक्षमा मत हाल्ने निर्णय भएको माओवादीका प्रदेशसभा सदस्य गणेश उप्रेतीले बताए ।

    उनले नाम राख्ने विषयमा माओवादी वाधक नबन्ने बताए । उनले, ‘भने हामी प्रदेशको नामकरणका विषयमा बाधक बन्दैनौ, सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्छौ ।’

    यता, एकीकृत समाजवादीले भने फरक नाम प्रस्ताव गर्ने तयारी गरेको छ ।

    नेकपा एस संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेश १ को नाम ‘किराँत–कोसी वा किराँत–सगरमाथा’ मध्ये एक पेश गर्ने तयारी भएको बताए ।

    उनले प्रदेश १ को नाम बहु पहिचानको आधारमा हुनुपर्ने बताए ।

    राजेन्द्र राई मुख्यमन्त्री हुँदा प्रदेशको नाम किराँत राख्नु पर्ने भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएका थिए ।

  • गठबन्धनमा ‘पावर शेयरिङ’- प्रचण्डपछि माधव नेपाललाई प्रधानमन्त्री बन्न संविधानले दिन्छ त ?

    गठबन्धनमा ‘पावर शेयरिङ’- प्रचण्डपछि माधव नेपाललाई प्रधानमन्त्री बन्न संविधानले दिन्छ त ?

    काठमाडौं । आठ दलीय गठबन्धनमा ‘पावर शेयरिङ’का आधारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नेतृत्व गर्ने भद्र सहमति बनेको छ ।

    चुनावअघिको गठबन्धन ब्युँतिएपछि माओवादी, कांग्रेस र नेकपा एसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका हुन् । अहिले सरकारको नेतृत्वमा प्रचण्ड छन् । कांग्रेसले राष्ट्रपति पाएपछि आलोपालोको आधारमा प्रचण्डपछि माधव नेपालले एक वर्ष सरकारको नेतृत्व गर्नेछन् ।

    तर, कांग्रेस प्रवक्ता प्रकाशशरण महत गठबन्धनमा पावर शेयरिङको विषयमा कुनै सम्झौता नभएको दाबी गर्छन् । कांग्रेसले अहिले राष्ट्रपतिको निर्वाचनमा केन्द्रित भएकाले आठ दलको सहमतिअनुसार अघि बढ्ने उनको भनाइ छ ।

    प्रचण्डपछि माधव नेपाल हुँदै अन्तिम कार्यकालमा देउवा प्रधानमन्त्री बन्ने सहमति भएको चर्चा छ नि भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘अहिलेसम्म त्यस्तो कुनै सहमति भएको छैन । आवश्यक भए अब विस्तारै छलफल होला । अहिलेसम्म पावर शेयरिङको विषयमा कुनै सम्झौता भएको छैन ।’

    प्रवक्ता महतले कुनै सहमति नभएको दाबी गरे पनि नेकपा एसका अध्यक्ष माधव नेपालले सम्झौताको संकेत गरेका छन् ।

    सोमबार नेपाल प्रेससँगको अन्तर्वार्तामा उनले भनेका थिए, ‘हाम्रो पार्टीको अस्तित्व र हैसियत छ भन्ने कुरालाई कुनै व्यक्तित्व र भूमिका छ भन्ने कुरालाई यदि कसैले सम्झना गरेको छ र सम्मान गर्न खोज्छ भने त्यसलाई हामीले राम्रै ठान्नुपर्छ ।’

    त्यसो त पुरानो गठबन्धन ब्युँतिनुअघि ओलीले नेपाललाई राष्ट्रपतिको अफर गरेर बार्गेनिङ पावर बढाएका छन् । उनले अहिले प्रचण्ड प्रधानमन्त्री रहे पनि चुनौतीपूर्ण अवस्थामा रहेको बताए ।

    प्रचण्ड नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

    प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेसहित ७ दलले समर्थन गरेको थियो । नेपालको संविधानको धारा ७६ उपधारा २ बजोजिम बनेका प्रधानमन्त्रीले राजीनामा दिएपछि कतिपयले माधव नेपाल प्रधानमन्त्री बन्न नसक्ने तर्क गरिहेका छन् ।

    संविधानको धारा ७६ (३) मा भनिएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।’

    धारा ३ मा जानासाथ प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियले देउवा स्वतः प्रधानमन्त्री बन्नेछन् । कांग्रेसको प्रतिनिधिसभामा ८९ सीट भए पनि अहिले सरकारको नेतृत्व गरेको माओवादीको ३२ र त्यसपछि नेतृत्व गर्ने भनिएको नेकपा एसको १० सीटमात्रै छ ।

    तर, संविधानविद् वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई सरकार गठनका सम्बन्धमा विभिन्न अभ्यास हुने बताउँछन् ।
    उनी भन्छन्, ‘तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद विघटन बदर गर्ने क्रममा २०५२ भदौ १२ को फैसलाले सरकार गठनका लागि केही बोलेको छ । जुन धाराबाट सरकार गठन हुन सम्भव भएसम्म त्यसैमा जाने भन्ने । अहिले पनि यदि प्रधानमन्त्री पुष्पकमल दाहालपछि माधव नेपाल बन्ने हो भने धारा ७६ (२) बमोजिम नै सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिले सक्छन् ।’

    उनले ७६ (२) को प्रधानमन्त्रीले राजीनामा दिएलगत्तै ७६ (३) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुनुपर्ने बाध्यता नभएको जिकिर गर्दै पुनः पहिलेकै प्रक्रिया सुरु हुनसक्ने औंल्याए ।

    अधिवक्ता भट्टराईका अनुसार नेकपा एसका अध्यक्ष नेपालको प्रधानमन्त्री बन्ने बाटो खुला छ । आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अगाडि सारेको छ । गठबन्धनको अंकगणितअनुसार राष्ट्रपतिमा पौडेलको जीत निश्चितप्राय छ ।

    कांग्रेसको फेबरको राष्ट्रपति हुँदा पौडेलले कुन धाराअनुसार अघि बढाउँछन् भन्नेमा निर्भर हुनसक्छ । धारा २ अनुसार प्रधानमन्त्री बनेका प्रचण्डले राजीनामा दिएपछि सहमति कार्यान्वयनका लागि पौडेलले त्यही धाराअनुसार सरकार गठनका लागि आह्वान गर्न सक्छन् ।

    तर, सहमति कार्यान्वयनमा कांग्रेस उदासीन भए देउवालाई प्रधानमन्त्री बनाउन पौडेलले धारा ३ अनुसारको गोटी चाल्नसक्ने कतिपयले टिप्पणी गरिरहेका छन् ।

    अर्का संविधानविद् विपीन अधिकारी पनि प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री बन्नसक्ने दाबी गर्छन् ।

    उनी भन्छन्, ‘संसदमा बहुमत पुर्‍याउन सक्ने जोसुकै प्रधानमन्त्री हुनसक्दछ । अहिलेको परिस्थितिमा प्रधानमन्त्रीले विश्वासको मत लिन अघि सर्नुपर्छ । उहाँलाई समर्थन दिएका दुई घटक अलग भइसके । संविधानको व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्छ ।’

    ७६ (२) अनुसारको सरकार ढलेपछि ३ मा जाँदा त ठूलो दलको नेता प्रधानमन्त्री बन्ने बाटो देखियो नि भन्ने प्रश्नमा उनले भने, ‘राष्ट्रपतिले सरकार निर्माणको प्रक्रिया सुरु गर्ने हो । विश्वासको मत लिन सक्नुभएन भने त्यो प्रक्रियामा अहिले चुनाव भएको पहिलो वर्ष हो । त्यसैले बहुमत पुर्‍याउन सक्ने जोसुकैले संयुक्त सरकार बनाउनसक्छ ।’

    राष्ट्रपतिको हातमा पनि अधिकार हुने भएकाले दिगो सरकार बनाउन सक्ने जसलाई पनि दिनसक्ने उनको बुझाइ छ ।

  • कांग्रेसका हेभिवेट सबै नेता मन्त्रीको दौडमा- पूर्णबहादुरलाई रोजेको, शशांकलाई खोजेको मन्त्रालय !

    कांग्रेसका हेभिवेट सबै नेता मन्त्रीको दौडमा- पूर्णबहादुरलाई रोजेको, शशांकलाई खोजेको मन्त्रालय !

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुनावअघिकै गठबन्धनमा फर्काउन सफल भएपछि नेपाली कांग्रेसले सरकारमा जाने गृहकार्य अघि बढाएको छ । एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनअघि नै सरकार पुनर्गठनको तयारी गरेका छन् ।

    कांग्रेसमा पनि सरकारमा जाने छलफल भएपछि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबाहेक अधिकांश हेभिवेट नेताहरु नै सरकारमा जान आतुर देखिएका छन् ।

    आठ दलीय गठबन्धनमा कांग्रेसले बढीमा ९ मन्त्रालय पाउने देखिएको छ । पार्टीभित्रका अधिकांश शीर्ष नेताहरु नै सरकारमा जान हतारिएपछि पार्टी सभापति शेरबहादुर देउवालाई मिलाउन हम्मेहम्मे परेको छ ।

    तर, कांग्रेस प्रवक्ता प्रकाशशरण महत अहिलेसम्म सरकारमा सहभागी हुनेबारे छलफल नभएको दाबी गर्छन् ।

    उनले नेपाल प्रेससँग भने, ‘हामी अहिले राष्ट्रिपतिको निर्वाचनमा केन्द्रित छौं । एमाले सरकारबाट बाहिरिएपछि परिस्थिति फरक बनेको छ । त्यसका लागि प्रधानमन्त्रीले पहल गर्नुहोला । अब सत्ता समीकरणको विषयमा गठबन्धन दलहरु बसेर छलफल हुन्छ ।’

    उनले प्रधानमन्त्रीलाई विश्वासको मत चाहिएको बेलामा अब कांग्रेसले साथ दिने बताए ।

    एमाले बाहिरिएपछि अब कांग्रेसलाई सरकारमा जाने ढोका खुल्यो होला नि ? भन्ने नेपाल प्रेसको प्रश्नमा प्रवक्ता महतले भने, ‘सरकारमा जाने ढोकाबारे अब छलफलपछि मात्रै थाहा हुन्छ । प्रधानमन्त्रीले त्यस विषयमा सल्लाह सुझाव लिनुहोला । राष्ट्रपतिलाई समर्थन पाएपछि प्रधानमन्त्रीलाई सहयोग गर्न तयार छौं ।’

    चुनावअघिको गठबन्धन ब्युँताएको जस लिने होडमा रहेका उपसभापति पूर्णबहादुर खड्का पनि सरकारमा जान तयार छन् । उनी प्रचण्डलाई नै प्रधानमन्त्री दिएर भए पनि पुरानो गठबन्धन जोगाउने पक्षमा थिए । तर, पार्टीभित्र देउवा निकट नेताहरुबीच कुरा मिल्न नसक्दा उनको त्यतिबेलाको प्रयास सफल हुन सकेन ।

    पुस २६ गते प्रधानमन्त्रीलाई रणनीतिक रुपमा विश्वासको मत दिएर ढोक्सा थापेपछि पनि उपसभापति खड्का निरन्तर प्रचण्डसँग संवादमै थिए । प्रचण्डलाई कांग्रेसकै कित्तामा ल्याउन निर्णायक भूमिका खेलेका खड्का प्रचण्डका पनि रुचिका पात्र भएकाले कांग्रेसबाट रोजेको मन्त्रालय पाउनुपर्ने पक्षमा छन् ।

    खड्का महत्वपूर्ण मन्त्रालय लिएर कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेर जाने पक्षमा छन् । यद्यपि उनको मन्त्रालय कुन हुने भन्ने टुंगो छैन । तर, अहिले प्रचण्डलाई एमालेबाट फर्काएर पुरानै गठबन्धनमा ल्याउन रामचन्द्र पौडेलकै जति भूमिका खड्काको छ ।

    माओवादी केन्द्रले गृह मन्त्रालय राखेमा कांग्रेसले अर्थ पाउँदा उनको सम्भावना छ । तर, उनले त्यसबाहेक अन्यमा जान चाहे पनि देउवा दिन तयार छन् । खड्काबाहेक देउवा निकटका प्रकाशशरण महत र ज्ञानेन्द्र कार्की,उदय शमशेर जबरा पनि अर्थमन्त्रीका दाबेदार छन् ।

    यसपटक शशांक कोइराला पनि मन्त्रीको लबिङमा छन् । २०६४ सालदेखि निरन्तर जितेका उनी यसअघि मन्त्री हुन चाहेका थिएनन् । अहिले प्रधानमन्त्री हुने लक्ष्यका साथ चुनाव लडे पनि अन्तिम समयमा आएर मन्त्रीमै भए पनि चित्त बुझाउने पक्षमा छन् कोइराला ।

    पार्टीको १४औं महाधिवेशनबाटै देउवालाई साथ दिएकाले कोइरालाले खोजेकै मन्त्रालय दिन देउवा राजी रहेको उनी निकट नेताहरु बताउँछन् । कोइरालाले आफू मन्त्री बन्न इच्छुक रहेको सार्वजनिक रुपमै बताइसकेका छन् ।

    पार्टी सरकारमा जाँदा शेखर-गगन समूहले ४० प्रतिशत दाबी गर्नेछ । त्यस्तो अवस्थामा अहिले महत्वपूर्ण मन्त्रालय पाए इतर समूहको नेतृत्व गरेका नेता डा. शेखर कोइराला आफैं सरकारमा जाने दौडमा छन् ।

    प्रदेश १ बाट शेखरबाहेक देउवा निकट रहेकी सांसद सीता गुरुङको पनि बलियो सम्भावना छ । उनी कांग्रेसबाट प्रत्यक्ष चुनाव जित्ने एकमात्र महिला हुन् । प्रदेश १ बाटै मन्त्रीका सम्भावित पात्र महामन्त्री विश्वप्रकाश शर्मा हुन् । तर, उनले सरकारमा जान रुचि देखाएका छैनन् ।

    मधेसबाट देउवाको कोटामा रमेश रिजाल मन्त्री बन्नसक्छन् । तर, गठबन्धन ब्युँताउन पछिल्लो समय दौडधूपमा लागेका समानुपातिक सांसद विमलेन्द्र निधि पनि मन्त्रीका आकांक्षी छन् ।

    बागमती प्रदेशमा सरकारमा जाने आकांक्षा राख्नेको लर्को नै छ । महाधिवेशनबाट देउवा निकट रहेका कृष्णप्रसाद सिटौला समूहका प्रमुख दाबेदारका रुपमा रहेका प्रदीप पौडेलको भूमिका अहिले प्रस्ट छैन । संसदीय दलको चुनावमा गगन थापालाई साथ दिएका पौडेल अहिले कुन गुटका हुन् भन्ने नखुलेको नेताहरु बताउँछन् ।

    त्यसैले अहिले सिटौलाले पौडेललाई सिफारिस नगर्न सक्छन् । अहिले सिटौलाको कोटाबाट मन्त्री बन्न कतिपय सांसदले लबिङ गर्न थालिसकेका छन् ।

    यस्तै देउवालाई पछिल्लो समय साथ दिँदै आएका प्रकाशमान सिंह, उदयशमशेर राणा पनि मन्त्रीका आकांक्षी छन् । राणा अर्थमन्त्रीका बलियो दाबेदार हुन् । बागमती प्रदेशबाट सिन्धुपाल्चोकका मोहन बस्नेत पनि मन्त्रीको दौडमा छन् । उनी देउवा निकटका हुन् ।

    गण्डकीबाट उपसभापति धनराज गुरुङ आफैं सरकारमा जान तयार छन् । उनीबाहेक देउवा निकट शंकर भण्डारी र राजेन्द्र बजगाईंको पनि चर्को दाबी छ ।

    लुम्बिनीबाट शेखर-गगन समूहका सञ्जय गौतम, शशांक निकटका दीपक गिरी, देउवा निकटका सहमहामन्त्री किशोरसिंह राठोर मन्त्रीका आकांक्षी छन् । देउवाले चन्द्र भण्डारीलाई मन्त्री बनाउन चाहे पनि अहिले स्वास्थ्य अवस्थाको कारणले सम्भव छैन ।

    कर्णालीबाट उपसभापति खड्का र सुदूरपश्चिमबाट वीरबहादुर बलायर, सहमहामन्त्री बद्री पाण्डे र एनपी साउद मन्त्री बन्ने सम्भावना छ । त्यसो त प्रचण्ड नेतृत्वकाे सरकारमा देउवा पत्नी आरजु राणा देउवा नै सहभागी हुने सम्भावना पनि रहेको नेताहरु बताउँछन् ।

  • एमालेका मन्त्रीहरुसँग प्रचण्डले भने- तपाईंहरुसँग काम गर्न अप्ठ्यारो थिएन, नेतृत्वसँग कुरा मिलेन

    एमालेका मन्त्रीहरुसँग प्रचण्डले भने- तपाईंहरुसँग काम गर्न अप्ठ्यारो थिएन, नेतृत्वसँग कुरा मिलेन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक घटनाक्रमका कारण शीर्ष तहमा समझदारी बन्न नसक्दा एमालेसँगको सत्ता सहकार्य टुंगिएको बताएका छन् ।

    सरकारबाट फिर्ता भएको निर्णयसहित राजीनामा बुझाउन गएका एमालेका मन्त्रीहरुसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले एमालेका मन्त्रीहरुसँग काम गर्न कुनै समस्या नरहेको बताएका हुन् ।

    प्रचण्डले भने- पछिल्लो समयको राजनीतिक घटनाक्रममा नेताहरुको बीचमा समझदारी बन्न सकेन,यो स्थिति सिर्जना भयो । तपाईहरुसँग काम गर्न अप्ठ्यारो होइन, नेतृत्वसँग समझदारी बन्न सकेन ।

    सरकारलाई दिएको समर्थनसमेत फिर्ता भएको जानकारी गराउँदै सो अवसरमा उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले पुस १० गतेको समझदारी कायम नहुँदा आफूहरु सरकारबाट बाहिरिएको बताए ।

    भेटमा औपचारिक कुराकानीबाहेक पछिल्लो राजनीतिक घटनाक्रमहरुको बारेमा केही कुरा नभएको स्वास्थ्यमन्त्री पदम गिरीले बताए । रक्षामन्त्री हरि उप्रेती भने विरामी भएका कारण बालुवाटारमा उपस्थित थिएनन् ।

    सो भेटमा प्रधानमन्त्रीले परराष्ट्रमन्त्री डा.विमला राई पौडेलतर्फ हेर्दैै, ‘तपाईलाई अपमान गर्न खोजेको होइन’ भन्दै प्रष्टिकरण दिएका थिए । उनले आफूलाई पनि विगतमा त्यस्तो भएको भन्दै मन्त्री जेनेभा गएका बेला यता सरकार छाड्ने मन्त्रीबाट हट्ने परिस्थिति सिर्जना होला भनेर आफूले रोकेको बताएका थिए ।

    एमाले केन्द्रीय सचिवालयको बैठकले सरकारबाट हट्ने निर्णय गरेपछि मन्त्रीहरु पार्टी निर्णयसहित राजीनामा बोकेर बालुवाटार पुगेका थिए । सरकारमा एमालेबाट उपप्रधानमन्त्री पौडेलसहित ८ मन्त्री थिए ।

    जसमा पदम गिरी, दामोदर भण्डारी, विमला राई पौडेल, ज्वाला कुमारी साह, भगवति चौधरी, राजेन्द्र राई र हरि उप्रेती छन् ।

     

  • सरकारको मुख्य प्राथमिकता सुशासन र विकास हो : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    सरकारको मुख्य प्राथमिकता सुशासन र विकास हो : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताएका छन्।बालुटारमा आज विकास हाइड्रोको विद्युतिय माध्यमबाट उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

    उनले भने ‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौं ।’

    उनले गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको शुरुवात भएको उल्लेख गर्दै स्थानीयलाई रोजगारको प्रत्याभूत गएको बताए।

    प्रधानमन्त्रीले विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतिपूर्ण हुने गरेको बताउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताए।

    उनले अगाडि भने, ‘यो वर्ष चुनावी वर्षका रुपमा बित्यो । वैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिएको हुन्छ । यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ ।’

    हाइड्रो निर्माणमा सम्लग्न स्वदेशी र गैरआवासीय नेपाली संघमा रहेका नेपालीहरुको योगदानका लागि विशेष धन्यवाद पनि दिए।

    उनले थपे ‘मैले गोरखाको जनप्रतिनिधिको हैसियतले तपाईंहरुलाई विशेष धन्यवाद दिन्छु । गोरखाबाटै विकासका लागि यस हाइड्रोको उद्घाटन गर्ने अवसर जुटाइदिनुभयो । यसको सफलता र आगामी दिनमा कम्पनीले अन्य आयोजनाहरु पनि अगाडि बढाउने बिश्वास दिलाउन चाहन्छु ।’

  • राप्रपाका ४ मन्त्रीको राजीनामा स्वीकृत, प्रधानमन्त्रीले नै राखे तीनवटै मन्त्रालय

    राप्रपाका ४ मन्त्रीको राजीनामा स्वीकृत, प्रधानमन्त्रीले नै राखे तीनवटै मन्त्रालय

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार मन्त्रीको राजीनामा स्वीकृत भएको छ । उनीहरूले सम्हालेको मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले राखेका छन् ।

    प्रधानमन्त्रीको सिफारिसमा चार मन्त्रीको राजीनामा स्वीकृत गरी रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेकी हुन् ।

    शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले शनिबार राजीनामा दिएका थिए ।
    यसअघि सातदलीय गठबन्धनमा बनेको राप्रपाले आठदलीय नयाँ गठबन्धन बनेसँगै समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय लिएको थियो ।
  • आलोपालो प्रधानमन्त्रीको समझदारीमा अहिल्यै असमझदारी, माओवादी र कांग्रेसले स्वामित्व लिएनन्

    आलोपालो प्रधानमन्त्रीको समझदारीमा अहिल्यै असमझदारी, माओवादी र कांग्रेसले स्वामित्व लिएनन्

    काठमाडौं । नयाँ आठदलीय गठबन्धनले गत शुक्रबार राष्ट्रपति कांग्रेसलाई दिने सहमति गर्दैगर्दा तीन दलका प्रमुख नेताहरु आलोपालो प्रधानमन्त्री बन्ने ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ भएको खबर बाहिरिएको थियो । तर, उक्त अपुष्ट समझदारीको भविष्यलाई लिएर अहिल्यै आशंका उब्जिन थालेको छ ।

    बालुवाटारमा शुक्रबार साँझ बसेको आठ दलको बैठकले राष्ट्रपति कांग्रेसलाई दिने सर्वसम्मत निर्णय गरेको थियो । त्यसबाहेक अर्को औपचारिक निर्णय केही भएको छैन । तर, आठ दलको बैठकपछि तीन दल (कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी) को शीर्ष नेतृत्वबीच अनौपचारिक छलफल भयो । सोही छलफलमा प्रचण्डपछि माधव नेपाल र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने भद्र समझदारी भएको स्रोतको दाबी छ ।

    नेकपा एस निकट स्रोतले भन्यो, ‘प्रचण्डपछि प्रधानमन्त्री बन्ने ग्यारेन्टी भएपछि नै नेपाल राष्ट्रपतिको दावेदारीबाट पछि हट्नुभएको हो ।’

    स्रोतका अनुसार प्रचण्ड अढाई वर्ष, माधव नेपाल १ वर्ष जति र देउवा डेढ वर्ष प्रधानमन्त्री बन्ने समझदारी भएको छ । तर, अहिले कांग्रेस र माओवादीले भने त्यस्तो सहमतिप्रति अनभिज्ञता प्रकट गर्न थालेका छन् । नेकपा एसका अध्यक्ष माधव नेपालले भद्र सहमतिबारे पार्टीमा जानकारी गराए पनि अन्य दुई नेताले भने केही सीमित नेतालाई मात्रै बताएको बुझिएको छ ।

    माओवादी वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आलोपालो प्रधानमन्त्रीको सहमतिबारे पार्टीलाई थाहा नभएको बताए ।
    ‘तीन नेताहरुबीच त्यस्तो कुराकानी भएको भए बेग्लै कुरा । तर, पार्टीगत तवरमा राष्ट्रपतिभन्दा बाहेक अर्को समझदारी भएको छैन’, उनले भने, ‘अध्यक्षज्यूले पनि त्यस्तो ब्रिफिङ गर्नुभएको छैन ।’

    माओवादीका महासचिव देव गुरुङले पनि आलोपालो प्रधानमन्त्रीको सहमतिबारे थाहा नभएको बताए । उनले भने, ‘जसले सहमति भएको हो भनिरहेका छन् उसैलाई सोध्नुहोला । मलाई जानकारी भएन ।’

    त्यसो भए प्रचण्ड नै पाँच वर्ष प्रधानमन्त्री रहने माओवादीको बुझाइ हो ? भन्ने प्रश्न गर्दा उनले फोन काटिदिए ।

    यता नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि राष्ट्रपतिको विषयमा मात्रै सहमति भएको बताए । ‘प्रधानमन्त्रीबारे सहमति भएको होइन’, उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने ।

    तर, नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे भने शुक्रबार राति आलोपालो प्रधानमन्त्रीबारे भद्र सहमति भएको बताउँछन् । ‘ढुक्क हुनुस्, शीर्ष नेतृत्व तहमा सहमति भएको हो र समय आएपछि त्यसको कार्यान्वयन हुन्छ भन्नेमा हामी विश्वस्त छौं’, उनले भने ।

    त्यस दिन बसेको आठ दलको बैठकमा पाण्डे पनि सहभागी थिए । उक्त बैठकमा पनि आलोपालो प्रधानमन्त्रीबारे छलफल भएको उनले उल्लेख गरे ।

    ‘आठै दल सहभागी भएको बैठकमा छलफल भएपछि सबैले तीन शीर्ष नेतालाई यो विषय टुंग्याउने जिम्मा दिइएको थियो । उहाँहरुले प्रचण्डपछि नेपाल र देउवा पालैपालो प्रधानमन्त्री बन्ने भद्र समझदारी गर्नुभएको मेरो जानकारीमा छ’, पाण्डेले भने ।

    नेकपा एसकै कतिपय नेता-कार्यकर्ता भने एमालेसँग २ महिनाअघि गरेको सहमति नमान्ने प्रचण्डले अढाई वर्षपछि माधव नेपाललाई प्रधानमन्त्री बनाउलान् भनेर विश्वास गर्न नसकिने बताउँछन् ।

  • राप्रपाको समर्थन फिर्तापछि सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने, प्रधानमन्त्री कानूनी परामर्शमा

    राप्रपाको समर्थन फिर्तापछि सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने, प्रधानमन्त्री कानूनी परामर्शमा

    कैलाली । सातदलीय गठबन्धनको समर्थनमा पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले उछिट्टिएर आठदलीय गठबन्धनमा पुगेका छन् । उनलाई प्रधानमन्त्री नियुक्त गर्दा समर्थन गरेको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नयाँ गठबन्धनमा समावेश छैनन् ।

    कांग्रेससहितको गठबन्धन बन्दा एमाले, राप्रपा र रास्वपा बाहिर परेका हुन् । यीमध्ये रास्वपाले सरकारबाट मन्त्री फिर्ता बोलाएको छ भने राप्रपाले सरकारबाट हट्नुका साथै प्रधानमन्त्रीलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । एमालेले भने कुनै निर्णय गरेको छैन ।

    समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था रहेको छ । यद्यपि, संविधानको धारा १०० लाई कानूनविद्हरूले फरक–फरक व्याख्या गरिरहेका छन् ।

    संविधानविद् डा. भीमार्जुन आचार्य राप्रपाले समर्थन फिर्ता लिएपछि प्रचण्ड सरकारले विश्वासको मत लिनुपर्ने बताउँछन् । संविधानमा यस्तो अवस्थामा विश्वासको मत लिनुपर्ने स्पष्ट उल्लेख भएको उनको भनाइ छ ।

    ‘संविधानको धारा १०० को उपधारा २ मा प्रधानमन्त्रीको दल विभाजन हुँदा वा सरकार गठन गर्दा सहभागी भएको दलले समर्थन फिर्ता लिँदा विश्वासको मत लिनु पर्ने व्यवस्था छ’, उनले नेपाल प्रेससँग भने ‘यो सरकार सात दलले समर्थन गरेर बनेको हो । यी सात दलमध्ये जुनले पनि समर्थन फिर्ता लिए विश्वासको मत लिनु पर्छ ।’

    संविधानमा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिँदा विश्वासको मत लिनुपर्ने व्यवस्था भएपनि यसअघि पनि यो प्रावधानको उल्लंघन भएको उनको भनाइ छ । उनले बहुमत नगुमेको अवस्थामा विश्वासको मत दिनु नपर्ने चर्चा आइरहे पनि त्यो छुट संविधानले नदिएको बताए ।

    ‘अघिल्लो पटक ओलीले पनि यो उल्लंघन गरे । त्यही नजिर मानेर अहिले पनि गएको अवस्थामा कानून नमान्ने कुरा भयो, नत्र त लिनु पर्छ’ उनले भने, ‘बहुमत हुँदा लिन हुँदैन भन्छन्, त्यो कुरा संविधानमा लेखेको छैन ।’

    कानून व्यवसायी पदमबहादुर कार्की पनि संविधानअनुसार सरकारले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने बताउँछन् ।

    राष्ट्रियसभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारी भने अहिलेको अवस्थामा प्रचण्डले विश्वासको मत लिनु नपर्ने तर्क गर्छन् । प्रधानमन्त्रीले विश्वासको मत लिन आवश्यक ठानेमा वा सरकारसँग बहुमत नरहेको ठानेमा मात्र विश्वासको मत लिन सक्ने उनको भनाइ छ ।

    ‘राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैमा प्रचण्ड सरकार ढल्दैन । संसद्मा बहुमत गुमाएको अवस्थामा मात्र प्रधानमन्त्रीले विश्वासको मत लिने हो’, उनले भने, ‘प्रधानमन्त्रीसँग आवश्यक बहुमत कायमै रहेकाले फेरि विश्वासको मत लिनु पर्दैन ।’

    त्यसो त राप्रपाले मात्र होइन, अहिले गठबन्धनभन्दा बाहिर रहेका एमाले र स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदा पनि वर्तमान सरकार ढल्ने अवस्था छैन ।

    १० पुसमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुँदा एमाले, माओवादीसहित १६९ सांसदको समर्थन रहेको थियो । २६ पुसमा प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले सत्ता गठबन्धनबाहेक विपक्षी कांग्रेस, एकीकृत समाजवादी र लोसपासमेत गरी २६८ सांसदको समर्थन पाएका थिए ।

    संविधानमा के छ ?

    नेपालको संविधानको धारा १०० मा ‘विश्वासको मत र अविश्वासको प्रस्ताव’ सम्बन्धी प्रावधान उल्लेख छ । संविधानको धारा १०० को उपधारा (२) लाई हेर्ने हो भने प्रचण्डले विश्वासको मतका लागि ३० दिनभित्र प्रतिनिधिसभामा प्रस्ताव पेस गर्नुपर्ने हुन्छ ।

    संविधानको धारा १०० (२) मा स्पष्टसँग भनिएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ ।’

    त्यसबाहेक धारा १०० को उपधारा १ मा भनिएको छ, ‘प्रधानमन्त्रीले कुनै पनि बखत आफूलाई प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट पार्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्छन् ।’

    माओवादीका वरिष्ठ उपाध्यक्ष तथा सरकारका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अहिले प्रधानमन्त्री कानूनी परामर्शमा रहेको बताउँछन् ।

    उनले भने, ‘बहुमत भइरहेको अवस्थामा विश्वासको मत लिनुपर्दैन होला भन्ने पनि छ , अर्को एउटाले छोडे पनि लिनुपर्छ भन्ने पनि छ । सायद लिनेतिरै जानुहुन्छ होला जस्तो लाग्छ मलाई । तर, उहाँ आफ्नो कानूनी परामर्शमा हुनुहुन्छ ।’

  • जनयुद्धमा मारिएका माओवादीलाई राष्ट्रिय सहिद घोषणा गर्छौँ : प्रचण्ड

    जनयुद्धमा मारिएका माओवादीलाई राष्ट्रिय सहिद घोषणा गर्छौँ : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तर्क्रियामा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गरेकाे भन्दै उनीहरुलाई  उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उनले जनकारी दिए ।

    प्रधानमन्त्री दाहालले भने, ‘आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । विसं २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा छ ।’

    सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताए । उनले भने, ‘सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्य निरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ । यो छिट्टै टुङ्गोमा पुग्छ । जनयुद्धका सहिदको सम्मान, उनीहरूको परिवारको परिपूरण, सन्ततिको शिक्षादीक्षाको काम कानुन बनाएर नै गरिन्छ । त्यसका लागि विधेयक महत्त्वपूर्ण छ ।’

    अन्तर्क्रियामा सहिद तथा बेपत्ता परिवारका तर्फबाट अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरका सहिद र बेपत्ता परिवारलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे । सरकारले यही फागुन १ गते जनयुद्धको स्मरणमा सार्वजनिक बिदा दिएको थियो । नेकपा (माओवादी केन्द्र)ले आजदेखि फागुन २१ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी सहिद सप्ताह मनाउने तयारी गरेको छ ।

    कार्यक्रममा प्रधानमन्त्री दाहालका प्रमुख सल्लाहकार हरिबोल गजुरेल, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, नेता हितराज पाण्डेलगायतको सहभागिता थियो । जनयुद्धका सहिद परिवारले राज्यको तर्फबाट आफूहरूलाई उचित सम्मान दिनु जरुरी रहेको भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।

  • आठै दललाई सरकारमा आउन प्रचण्डको प्रस्ताव, एमालेले छोड्न लागेको संकेत

    आठै दललाई सरकारमा आउन प्रचण्डको प्रस्ताव, एमालेले छोड्न लागेको संकेत

    काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज बालुवाटर बैठकमा सहभागी आठ दललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । उनले सत्ता सहयात्री दल नेकपा एमालेले सरकार छोड्न लागेको संकेत गरे ।

    बैठकमा सहभागी लोसपाका नेता राजेन्द्र महतोका अनुसार प्रचण्डले बैठकमा ओलीसँग आज भएको लामो भेटवार्ताको व्रिफिङ गरेका थिए । उक्त भेटवार्तामा ओलीले पुस १० को सहमति अनुसार राष्ट्रपति एमालेकै हुनुपर्ने अडान लिएको प्रचण्डले बताए ।

    ‘एमालेलाई राष्ट्रपति नदिए पुस १० को सहमति भंग हुन्छ, हामी आफ्नो ढंगले अघि बढ्नेछौं,’ ओलीको भनाइ उधृत गर्दै प्रचण्डले वैठकमा भनेका थिए ।

    महतोले सञ्चारकमीृसँग भने, ‘प्रचण्डको व्रिफिङ सुन्दा एमाले सरकारबाट बाहिरिने छाँटकाँट देखियो ।’

    प्रचण्डले नयाँ राजनीतिक यात्रा सुरु भएको आठ दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । सरकारमा आउन प्रचण्डले प्रस्ताव राखेपछि आठ दल खुशी भएका छन् ।

     

  • आठदल बैठकमा प्रचण्डले भने- नयाँ राजनीतिक यात्रा सुरु भयो, सत्तासमीकरणमा पनि एकतावद्ध भएर जाउँ (भिडिओ)

    आठदल बैठकमा प्रचण्डले भने- नयाँ राजनीतिक यात्रा सुरु भयो, सत्तासमीकरणमा पनि एकतावद्ध भएर जाउँ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धन भत्किएको संकेत गरेका छन् । आज बालुवाटारमा बसेको आठ दलको बैठकमा उनले नयाँ राजनीतिक यात्रा सुरु भएको बताए ।

    बैठकपछि बोल्दै नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले प्रधानमन्त्रीकै प्रस्तावमा राष्ट्रपति कांग्रेसलाई दिने निर्णय भएको बताए ।

    प्रधानमन्त्री प्रचण्डको भनाइ उद्वृत गर्दै उनले भने, ‘नयाँ राजनीतिक यात्रा सुरु भएको छ, यसलाई अगाडि बढाऔं । राष्ट्रिय स्वाधिनता तथा जनतालाई सेवा-सुविधा दिने कुरामा एकतावद्ध भएर जाउँ । सत्ता समिकरणमा पनि एकतावद्ध भएर जाउँ ।’

     

  • प्रचण्डसँग साढे २ घण्टा छलफल गरेर निस्किए ओली

    प्रचण्डसँग साढे २ घण्टा छलफल गरेर निस्किए ओली

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको वान टु वान बैठक सकिएको छ । करिब साढे २ घन्टा छलफलपश्चात ओली बालुवाटारबाट बाहिरिएका छन् ।

    राष्ट्रपतिको विषयलाई लिएर पुरानो गठबन्धन ब्यूँताउने तयारी भइरहेको बेला सत्ता गठबन्धनका प्रमुख घटक एमाले-माओवादीका दुई शीर्ष नेता ‘निर्णायक’ छलफलमा बसेका थिए ।

    तर, वान टु वान भेटमा के कुराकानी भयो खुलेको छैन ।
    यसअघि बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित ४ दलको बैठकले चुनावअघिको गठबन्धन ब्यूँताउने सहमति गरेको थियो । तर, एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा पुस १० गते गरेको सहमति कार्यान्वयन हुनुपर्ने बताउँदै आइरहेको छ ।
    प्रचण्ड कांग्रेस नेतृत्वको पुरानै गठबन्धनको पक्षमा उभिएपछि ओली निर्णायक छलफलका लागि बालुवाटार गएका थिए ।
  • अबको राष्ट्रपति रामचन्द्र पौडेल हो ? जनार्दन शर्मा भन्छन्- पक्कै पनि त्यही (भिडिओ)

    अबको राष्ट्रपति रामचन्द्र पौडेल हो ? जनार्दन शर्मा भन्छन्- पक्कै पनि त्यही (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले चार दलबाट राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति बन्न सक्ने संकेत गरेका छन् ।

    प्रतिनिधि सभाको बैठकपछि बाहिरने क्रममा राष्ट्रपतिमा कांग्रेसका नेता रामचन्द्र पौडेलेको नाममा सहमति बन्न लागेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘पक्कै पनि त्यही हो ।’

    उनले राष्ट्रपतिको विषयमा ठोस निर्णय पाँच बजे बस्ने बैठकले गर्ने बताए ।

    उनले भने, ‘हामीले एजेण्डासहित राष्ट्रिय सहमति भनेर प्रस्ताव पार्टीबाट अघि सारेका छौं । एमालेसहित सबै दलहरुसँग छलफल हुन्छ। तानातानको अवस्था होइन । सहकार्यको अवस्था छ । राष्ट्रिय सहमति गर्नुपर्छ । राजनीतिक खिचातानी छाडेर सबै पार्टीहरु जिम्मेवार भएर लाग्नुपर्छ ।’

     

  • बालुवाटार बैठकः नेपाललाई राष्ट्रपति बनाउन प्रचण्डको प्रस्ताव, कांग्रेस मानेन

    बालुवाटार बैठकः नेपाललाई राष्ट्रपति बनाउन प्रचण्डको प्रस्ताव, कांग्रेस मानेन

    काठमाडौं । चुनावअघिको पुरानो गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् ।

    माओवादी, नेकपा एस र जसपाको बिहीबार साँझ भएको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितको बैठकमा अध्यक्ष नेपालको नाम अघि सारेका हुन् ।

    बैठकमा सहभागी नेकपा एसका नेता प्रकाश ज्वालाले भने, ‘प्रचण्डजीले माधवजीलाई राष्ट्रपतिमा प्रस्ताव गर्नुभयो । तर, कांग्रेसले पनि अडान छाडेको छैन । त्यही भएर आन्तरिक छलफल गरेपछि फेरि बस्नेगरी उठेका हौं ।’

    तर, कांग्रेसले पाँच वर्षभित्र माधव नेपाललाई पनि एकवर्ष प्रधानमन्त्री बनाएर राष्ट्रपति आफैंले राख्ने प्रस्ताव अघि सारेको छ ।

  • तीन दलको बैठकपछि प्रचण्डले भने- केही टुंगो भएको छैन, भोलि ओलीजीसँग बस्छु (भिडिओ)

    तीन दलको बैठकपछि प्रचण्डले भने- केही टुंगो भएको छैन, भोलि ओलीजीसँग बस्छु (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनका सम्बन्धमा कुनै निष्कर्षमा नपुगेको बताएका छन् । आज नेकपा एस र जसपासँगको बैठकपछि उनले सबैको सबैसँग छलफल भइरहेको संक्षिप्त प्रतिक्रिया दिए ।

    पत्रकारले राष्ट्रपति कसले पाउने भयो ? भनी सोधेको प्रश्नमा प्रचण्डले भने, ‘छलफल चलिराख्या छ, फाइनल भइसक्या छैन । भोलि एमाले अध्यक्षसँग पनि भेट्छु ।’

    नेकपा ब्युँताउने हो कि पुरानो गठबन्धन भन्ने प्रश्नमा प्रचण्डले भने, ‘त्यस्तो केही टुंगो भएको छैन । सबैको सबैसँग छलफल भइराख्या छ ।’

  • राष्ट्रपतिबारे ठोस सहमति बनाउन तीन दलका शीर्ष नेताहरुबीचको बैठक सिंहदरबारमा

    राष्ट्रपतिबारे ठोस सहमति बनाउन तीन दलका शीर्ष नेताहरुबीचको बैठक सिंहदरबारमा

    काठमाडौं । राष्ट्रपतिको निर्वाचनको विषयमा तीन दलबीच छलफल सुरु भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुबीच छलफल सुरु भएको हो ।

    बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत र जनार्दन शर्मा सहभागी छन् ।

    नेकपा एसबाट अध्यक्ष माधव नेपाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाल, प्रकाश ज्वाला र जसपाबाट उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

    अहिलेसम्म भएका छलफल सकारात्मक भएकाले ठोस सहमतिमा पुग्नका लागि बैठक बस्नेको जसपा अध्यक्ष यादवले बताए । तीन दलबीच एउटा सहमतिमा पुगेपछि मात्रै कांग्रेससहित चार दलको बैठक बस्ने उनको भनाइ छ ।

    वुधबार कांग्रेस शीर्ष नेताहरुको बैठकपछि चुनावअघिको पाँच दलीय गठबन्धन ब्यूँताउनेगरी छलफल अघि बढेको छ ।

     

  • माओवादी र जसपा शीर्ष नेताहरुबीच सिंहदबारमा छलफल

    माओवादी र जसपा शीर्ष नेताहरुबीच सिंहदबारमा छलफल

    काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । चुनावअघिको पाँच दलीय गठबन्धन ब्यूँताउने गृहकार्य भइरहेको बेलामा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको हो ।

    छलफलमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए भने जसपाका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

    दुई दलका शीर्ष नेताहरुबीच राष्ट्रपति निर्वाचन र आगामी कदमको बिषयमा छलफल भएको बुझिएको छ । यसअघि प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेको थिए । जसपाले पाँच दलीय गठबन्धन ब्यूँताउन र राष्ट्रपति निर्वाचनमा सहयोग गर्न उपराष्ट्रपति दिनुपर्ने अडान लिएको छ ।

  • प्रचण्डसँगको भेटपछि माधव नेपालले भने- विभिन्न विकल्पमा छलफल जारी छ (भिडिओ)

    प्रचण्डसँगको भेटपछि माधव नेपालले भने- विभिन्न विकल्पमा छलफल जारी छ (भिडिओ)

    काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका विषयमा दलहरूसँग छलफल जारी रहेको बताएका छन् ।

    सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनले पुरानो गठबन्धन बिउँताउने तयारीबारे पत्रकारको जिज्ञासामा विभिन्न विकल्पमाथि छलफल भइरहेको बताए ।

    ‘विभिन्न विकल्पमाथि छलफल जारी छ । विभिन्न विकल्पमध्ये मुलुकको राजनीति र संविधानलाई जोगाउनका लागि भूमिका खेल्ने विकल्पमा टुंगो लाग्छ’, नेपालले भने ।

    राष्ट्रपति निर्वाचनलाई लिएर पुरानो पाँचदलीय गठबन्धन बिउँताउने विषयमा नेताहरूको भेटघाट बाक्लिएको छ ।

  • पुरानो गठबन्धन बिउँताउनेबारे प्रचण्डले भने- अहिले फाइनल भएको छैन (भिडिओ)

    पुरानो गठबन्धन बिउँताउनेबारे प्रचण्डले भने- अहिले फाइनल भएको छैन (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचदलीय गठबन्धन बिउँताउनेबारे छलफल भइरहेको बताएका छन् ।

    सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटपछि उनले पत्रकारलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।

    पाँचदलीय गठबन्धन बिउँताउन लागेको हो भन्ने प्रश्नमा उनले भने, ‘छलफल भइरहेको छ । फाइनल भइसकेको छैन ।’

    यस्तै, नेकपा एसका अध्यक्ष नेपालले पनि आफूहरूले अनेकौं विकल्पमा छलफल गरिरहेको भएकाले देशको हितलाई हेरेर निर्णय गर्ने बताए ।

  • ओली भन्छन्- प्रचण्डजीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नुहुन्न, गर्नै मिल्दैन (भिडिओ)

    ओली भन्छन्- प्रचण्डजीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नुहुन्न, गर्नै मिल्दैन (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सहमति कार्यान्वयन हुने दाबी गरेका छन् ।

    कांग्रेसको सक्रियतामा पाँचदलीय गठबन्धन बिउँताउन गृहकार्य सुरू भएको चर्चाका बीच जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आयोजित कार्यक्रमपछि नेपाल प्रेससँग उनले सत्ता गठबन्धन नटुट्ने दाबी गरे ।

    प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई समर्थन गर्नुभयो भने गठबन्धन के हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘उहाँले त्यस्तो गर्दै गर्नुहुन्न । गर्न मिल्दैन । उहाँले हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नुभएको छ ।’

  • प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा छलफल

    प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटवार्ता जारी छ ।

    दुई नेताहरूबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ । राष्ट्रपतिमा नेकपा एमालेले अध्यक्ष नेपालको नाम अघि सारेको चर्चासँगै राजनीति गर्माएको छ ।

    यता, बुधबार साँझ बालुवाटारमा भएको कांग्रेसका शीर्ष नेताहरूसहितको बैठकले पाँचदलीय गठबन्धन ब्युताउनेबारे गृहकार्यस्वरूप छलफल थालिएको थियो ।

  • नेकपा एसका नेतासँग छलफललगत्तै देउवा पुगे बालुवाटार

    नेकपा एसका नेतासँग छलफललगत्तै देउवा पुगे बालुवाटार

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरुसँगको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिबारे छलफल गर्न देउवा बालुवाटार पुगेका हुन् ।

    यसअघि नै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगिसकेका छन् ।

    सचिवालय बैठकलगत्तै नेकपा एसका अध्यक्ष माधव नेपालसहित महासचिव वेदुराम भुसाल, घनश्याम भुसाल र प्रवेश हमाल देउवा निवास पुगेका थिए ।

    बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी थिए ।

    प्रधानमन्त्री प्रचण्डसँग बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि छलफल गरेको थिए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको अडान नछाडेपछि सत्ता गठबन्धन भत्किने सम्भावना बढेको छ ।

  • बालुवाटारमा प्रचण्ड र ओलीबीच छलफल

    बालुवाटारमा प्रचण्ड र ओलीबीच छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । दुई नेताबीच बालुवाटारमा छलफल भइरहेको हो ।

    छलफल राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेको बताइएको छ । राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनका लागि चुनावी कार्यतालिका सार्वजनिक भइसकेको छ । तर, सत्तागठबन्धनमा राष्ट्रपतिको उम्मेदवारबारे खासगरी माओवादी र एमालेबीच सहमति हुन सकेको छैन ।

    पुस १० मा एमालेलाई राष्ट्रपति दिने सहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर, प्रचण्डले अहिले राष्ट्रपतिमा १२ बुँदे पक्षधर एकठाउँमा उभिनुपर्ने भन्दै राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । यसमा एमाले सशंकित छ ।

    नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा समर्थन गर्न प्रचण्डसँग सघन छलफल गरिरहेको छ ।

  • अग्नि सापकोटाका छोरा रुपक प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त

    अग्नि सापकोटाका छोरा रुपक प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन् । प्रधानमन्त्रीले नियुक्ति दिएसँग सापकोटाले औपचारिक रुपमा काम थालिसकेका छन् ।

    सापकोटा पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्नि सापकोटाका छोरा हुन् । उनी अन्तराष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाको जानकारका रूपमा परिचित छन् । त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापनसमेत गराउँदै आएका छन् ।

    साथै, टीयूको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषय समिति सदस्यका रूपमा पनि जिम्मेवारीमा रहेका सापकोटा अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलामा उनीसँग गहिरो ज्ञान रहेको छ ।

    सन् २०१९, नोभेम्बर देखि सन् २०२१ अक्टोबरसम्म नेपाल सरकारको महत्वपूर्ण थिंकटयांक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप-कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

    उनका भूराजनीतिक, वैदेशिक तथा सामारिक मामिलामा थुप्रै लेख रचना प्रकाशित छन् । उनले थुप्रै पुस्तक सहलेखन र सम्पादन पनि गरेका छन् । साथै, उनका थुप्रै प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरुमा अनुसन्धनात्मक लेखहरू पनि प्रकाशित भएका छन् ।

    डा. सापकोटाले सन् २०१८मा चीनको बेइजिङस्थित प्रसिद्ध विश्वविद्यालय, रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधि हासिल गरेका थिए ।

    डा. सापकोटामा विश्वका विभिन्न विश्वविद्यालयमा सिनियर स्कलर तथा रिर्सच फेलोका रूपमा पनि काम गरेको अनुभव रहेको छ । भने चिनियाँ भाषामा राम्रो दख्खल राख्दछन् ।

    प्रधानमन्त्रीले यसअघि प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल, मुख्य स्वकीय सचिवमा सन्तकुमार दरै, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल, प्रेस विज्ञमा मनहरि तिमल्सिना, प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त गरिसकेका छन्।

    यस्तै, स्वकीय सहसचिवमा गोकर्ण प्रकाश भट्ट र आइटी विज्ञमा प्रकाश रायमाझी, प्रशासन जनसम्पर्क विज्ञमा नेता रामदीप आचार्य, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली, बुद्धि जिसी नियुक्त भइसकेका छन् ।

  • गठबन्धन टुटाए माओवादी कहिल्यै ठूलो पार्टी बन्दैन : योगेश भट्टराई

    गठबन्धन टुटाए माओवादी कहिल्यै ठूलो पार्टी बन्दैन : योगेश भट्टराई

    सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी अब ठूलो पार्टी बन्न नसक्ने जिकिर गरेका छन् । प्रचण्डले गठबन्धन टुटाए भने चरम अवसरवादी हुने बताएका छन् ।

    मंगलबार प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले सत्ता गठबन्धन टुटाउन एमाले अघि नबढ्ने धारणा राखेका छन् ।

    ‘एमालेका कारणले गठबन्धन टुट्दैन, यस्ता हर्कत एमालेले गर्न सक्दैन’, उनले भने, ‘अस्थिर राजनीतिले हामी कसैलाई फाइदा हुन् सक्दैन । तर, नेकपा माओवादी केन्द्रमा अस्थिरता रहेको देखिएको छ ।’

    उनले राष्ट्रपतिका लागि स्थायित्व हुन् जरुरी रहेको बताए । भट्टराईले सत्ता गठबन्धनका उम्मेदवारबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने र कांग्रेसले समर्थन कुरा नैतिक रूपमा पनि नमिल्ने धारणा व्यक्त गरेका छन् ।

  • राष्ट्रपति-उपराष्ट्रपति चुनावमा १२ बुँदे पक्षधर एक ठाउँमा उभिनुपर्छ : प्रचण्ड

    राष्ट्रपति-उपराष्ट्रपति चुनावमा १२ बुँदे पक्षधर एक ठाउँमा उभिनुपर्छ : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन् ।

    सोमबार दिउँसो पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

    उनले भने, ‘मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ । राजनीतिमा दुषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ। १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए । फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ । राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो ।’

    ‘राष्ट्रिय सहमतिका लागि विभिन्न बिकल्प छन्, ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन’, उनले भने, ‘राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ। हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ। तर, ठूला दलहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ ।’

    उनले २ महिना जनतामा गएर उनीहरूका रिपोर्ट ल्याउन नेताहरूलाई निर्देशित गरे । अध्यक्ष प्रचण्डले भने, ‘दुई महिनाभित्र हामी केन्द्रीय समितिको पूर्ण बैठक बस्छौं । त्यतिञ्जेल जनता र कार्यकर्तामा गएर उनीहरूका कुरा सुनौं, उनीहरूका सुझाव लिउँ । सहिद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्ग साथीहरू भेटौं । उनीहरूको सुझावका आधारमा पार्टी पुनर्निर्माण र रूपान्तर गरौं ।’

    ‘समाजवादी मोर्चा निर्माणका लागि छलफल भइरहेको छ, आगामी केन्द्रीय समितिको बैठकसम्म हामी एउटा निष्कर्षमा पुग्छौं’, उनले भने, ‘देशमा विद्यमान समस्यालाई अवसरमा बदल्न मोर्चाको महत्वपूर्ण कार्यभार रहन्छ। केही पार्टीहरूसँग एकताको निम्तिसमेत गृहकार्य भइरहेको छ। छिट्टै एउटा निष्कर्षमा पुग्छौँ ।’

    ‘वर्तमान सरकार जनताको अवस्था बदल्ने कुरालाई केन्द्रमा राखेर काम गरिरहेको छ’, प्रचण्डले भने, ‘नयाँ सरकारले जनताको पक्षमा महत्त्वपूर्ण कामहरू गरेको छ। अर्थतन्त्रमा सुधार ल्याउन गम्भीर पहल गरेको छ, सुधार पनि आएको छ । सरकारी सेवाप्रवाह चुस्त बनाउने कार्ययोजना बनाइएको छ। हाम्रो प्रयासको नतिजा छिट्टै देखिनेछ ।’

  • पार्टीको विवाद कारण देखाउँदै लुम्बिनीकी माओवादी मन्त्रीले अझै सम्हालिनन् जिम्मेवारी

    पार्टीको विवाद कारण देखाउँदै लुम्बिनीकी माओवादी मन्त्रीले अझै सम्हालिनन् जिम्मेवारी

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा मन्त्री सिफारिसका विषयमा सत्तारुढ माओवादी भित्र चुलिएको विवाद साम्य भएको छैन । पुस २८ मा मन्त्री नियुक्त भएकी कृष्णा केसीले माघ २८ मा आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाएपनि अहिलेसम्म पदभार ग्रहण गरेकी छैनन् ।

    मुख्यमन्त्री लीला गिरीसँगै नियुक्ती बाँकेकी केसीले पार्टीको संसदीय दलबाट निर्णय नभई जिम्मेवारी विभाजन भएको भन्दै पदभार अस्वीकार गर्दै आएकी छन् । मन्त्री बनेको एक महिनापछि आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मा पाएकी उनले काम गर्न मानेकी छैनन् ।

    मन्त्री भएको डेढ महिना पुग्न लाग्दासमेत पदवहाली गरेकी छैनन् । उनीसँगै जिम्मेवारी तोकिएका सबै मन्त्रीले पदवहाली गरे पनि उनले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै पदवहाली अस्वीकार गर्दै आएकी छन् ।

    सत्ता गठबन्धनमा भएको भागवण्डाअनुसार माओवादीलाई परेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा उनको दाबी थियो । तर, पार्टीले उनलाई आन्तरिक मामिला मन्त्रालयलको जिम्मेवारी दिएपछि उनले अस्वीकार गर्दै मन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनको राजीनामा स्वीकृत पनि भएको छैन् । मन्त्री केसीले जिम्मेवारी बाँडफाँडमा पार्टीभित्र व्यक्तिको एकल निर्णय भएको भन्दै पार्टीमा छलफल गरेर मात्र पदवहाली गर्ने–नगर्ने निर्णय लिने बताएकी थिइन् ।

    उनकै मागअनुसार फागुन ४ गते पार्टीको प्रदेश कमिटीको बैठक बसेको थियो । बैठकको बहुमतले मन्त्री केसीलाई जिम्मेवारी लिन निर्देशन दिए पनि उनले त्यो अस्वीकार गरेर संसदीय दलको बैठक माग गरेकी छन् । उनकै मागअनुसार सोमबार संसदीय दलको बैठक बस्ने तयारी छ ।

    माओवादी स्रोतकाअनुसार उनले संसदीय दलको बैठकपछि पनि जिम्मेवारी स्वीकार नगरे कारबाही गर्नुपर्ने माग पार्टीभित्रै जोडदारले उठिरहेको छ । मन्त्री केसी माओवादीमा जर्नादन शर्मा निकट मानिन्छिन् ।

    पार्टीभित्रको विवाद बढ्दै गएपछि संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री जोखबहादुर महरा काठमाडौं लागेका छन् । मन्त्री कृष्णा केसीले महराकै निर्णय मान्न अस्वीकार गरेपछि नेतृत्वलाई विवाद मिलाउन आग्रह गर्न उनी काठमाडौं लागेको माओवादी नेताहरुको भनाइ छ ।

    माओवादीभित्रै अहिले मन्त्री बनेका नेताहरुको नाममा विवाद बढ्दै गएपछि अहिले सरकारमा गएका तीनै जनालाई फिर्ता बोलाएर नयाँ अनुहारलाई पठाउनुपर्ने दबाब आएको छ । तर भरखर मात्रै सरकारमा सहभागी भएकाले त्यो संभावना भने कम रहेको छ ।

    लुम्बिनीमा माओवादी नेता वर्षमान पुन र नेता जनार्दन शर्माको समूहबीच नेतृत्वमा कसलाई पठाउने भन्ने टकरावका कारण विवाद बढेको हो ।

  • राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउने प्रचण्डको ‘लाइन’मा एसडी मुनिको समर्थन, सुझाए चार नाम

    राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउने प्रचण्डको ‘लाइन’मा एसडी मुनिको समर्थन, सुझाए चार नाम

    काठमाडौं । नेपालका आन्तरिक मामलाहरुमा टिप्पणी गरिराख्ने भारतीय चिन्तक एसडी मुनीले आगामी राष्ट्रपति चयनका विषयमा पनि आफ्नो राय प्रस्तुत गरेका छन् ।

    राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्नुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको लाइनमा उनले समर्थन जनाएका छन् ।

    आज एउटा ट्वीट गर्दै मुनिले रानेपालमा राष्ट्रिय सहमतिको राष्ट्रपतिको ‘माग’ जायज भएको बताएका हुन् । साथै उनले उच्च प्रतिष्ठा र राजनीतिक सुझबुझ भएका तर कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेका व्यक्तिलाई राष्ट्रपति बनाउन सुझावसमेत दिएका छन् ।

    उनले चार जनाको नामसमेत प्रस्तावित गरेका छन् । मुनिले प्रस्ताव गरेका नाम हुन्- डा. देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, भुतपूर्व सभामुख दमननाथ ढुंगाना र पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला । यी नामहरुमा राजनीतिक वृत्तले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

  • माओवादी पदाधिकारी बैठक आज : राष्ट्रपतिमा कसलाई सघाउनेबारे छलफल गर्ने

    माओवादी पदाधिकारी बैठक आज : राष्ट्रपतिमा कसलाई सघाउनेबारे छलफल गर्ने

    काठमाडौं । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । अपरान्ह ४ बजे पार्टी मुख्यालयमा पदाधिकारी बैठक बस्न लागेको माओवादी स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले जानकारी दिए ।

    आजको बैठक राष्ट्रपति निर्वाचनमा केन्द्रित हुने बताइएको छ । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाएको छ । सरकार गठनताका भने गठबन्धनमा एमालेलाई राष्ट्रपति दिने सहमतिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका थिए । राष्ट्रपतिबारे प्रचण्डले भाका फेर्न थालेपछि एमाले सशंकित छ । यही विषयलाई लिएर गठबन्धनको भविष्यसमेत संकटमा परेको छ ।

    प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ‘दाउ’ थापेको कांग्रेसले पनि राष्ट्रिय सहमतिमा जोड दिँदै राष्ट्रपतिमा तीब्र चासो देखाइरहेको छ । कांग्रेस नेतृत्वमा चुनावी गठबन्धन बनेकाले त्यही गठबन्धनको बलमा माओवादीले राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई समर्थन गर्ने कांग्रेस नेताहरूले बताउँदै आएका छन् ।

    हिजोमात्र राष्ट्रपतिमा सहयोग माग्दै सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौलालगायतका कांग्रेसका शीर्ष नेता बालुवाटार पुगेका थिए ।

    कांग्रेस नेताहरूको आग्रहमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएको स्रोतले बतायो । प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएका छन् । फागुन २५ मा हुने राष्ट्रपति चुनावका लागि यही १३ गते मनोनयन दर्ता हुँदैछ ।

    यही मेसोमा बोलाइएको माओवादी पदाधिकारी बैठकलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

  • राष्ट्रपतिमा सहयाेग माग्दै देउवासहित कांग्रेस नेताहरूकाे दलबल बालुवाटारमा

    राष्ट्रपतिमा सहयाेग माग्दै देउवासहित कांग्रेस नेताहरूकाे दलबल बालुवाटारमा

    काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। राष्ट्रपतिकाे निर्वाचनमा आफूलाई सघाउन आग्रह गर्दै नेताहरू प्रधानमन्त्रीसँग भेटेका हुन्।

    प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए।

    कांग्रेस नेताहरूकाे आग्रहमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएकाे स्राेतले बतायाे। प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय दिने बताएका छन्। माओवादीले राष्ट्रपतिबारे छलफल गर्न भाेलि पदाधिकारी बैठक बाेलाएकाे छ।

    पुस १० गते प्रचण्ड नेतृत्वको सरकार गठनपूर्व सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति बनेको थियो । त्यसअनुसार एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउने र उसलाई माओवादीले समर्थन गर्नुपर्ने अडान राख्दै छ । तर, कांग्रेसले सरकारलाई विश्वासको मत दिएसँगै प्रचण्डको भाका फेरिरहेका छन् ।

    एमालेलाई राष्ट्रपति दिने पूर्वसहमतिबाट पछि हट्दै उनले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताइरहेका छन् । उनको भनाइको भित्री अभिष्ट चाहिँ एमालेलाई नदिने भन्ने नै हो । कांग्रेस आफ्ना उम्मेदवारलाई माओवादीले सघाउनेमा ढुक्क भएर बसेको छ ।

    फागुन २५ गते हुने निर्वाचनका लागि १३ गते मनोनयन हुँदैछ । प्रधानमन्त्री प्रचण्डले र एमाले अध्यक्ष ओली निरन्तर संवादमा छन् । तर, प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको छलफल सकारात्मक बन्न नसक्दा गठबन्धनमा धाँजा फाटेको छ । प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग समानान्तर संवादमा छन् । एमालेले साथ छाडे पाँचै वर्ष प्रधानमन्त्री दिने आश्वासनसहित कांग्रेसले प्रचण्डलाई पुरानै गठबन्धनमा फर्काउने प्रयास गरिरहेको छ ।

  • बालकोटबाट निस्किँदै प्रचण्डले भने- गठबन्धन छुट्ने/भत्कने कुरै छैन, राष्ट्रपतिबारे १-२ दिनमा टुंगो लाग्छ

    बालकोटबाट निस्किँदै प्रचण्डले भने- गठबन्धन छुट्ने/भत्कने कुरै छैन, राष्ट्रपतिबारे १-२ दिनमा टुंगो लाग्छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन नभत्किने बताएका छन् ।

    उनले आज गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि बालकोटबाट निस्कने क्रममा अहिलेको गठबन्धन नभत्किने र केही दिनमै राष्ट्रपतिबारे सहमति हुने बताए ।

    गठबन्धन अब के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रधामन्त्री प्रचण्डले भने, ‘गठबन्धन अहिले नि कायम नै छ, मिलेर नै अघि बढ्ने छौं, गठबन्धन छुट्ने/भत्कने कुरै छैन । राष्ट्रपतिको पनि १-२ दिनमा सहमति मै टुंगो लाग्छ ।’

    प्रचण्ड र ओलीबीच बिहीबार पनि भेटवार्ता भएको थियो । माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताइरहँदा एमालेले भने पुस १० गतेकै सम्झौताअनुसार अघि बढ्नुपर्ने अडान राख्दै आएको छ ।

    उता नेपाली कांग्रेसका नेताहरुले भने विद्यमान रहेको गठबन्धन जसरी पनि तोड्नुपर्छ भनेर खुलेआम लागिरहेका छन् । महामन्त्री गगन थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउँछौं भनेर सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।

  • ओलीमाथि आफैंले लगाएको अधिनायकवादको आरोप पालैपालो खण्डन गर्दै देउवा र प्रचण्ड

    ओलीमाथि आफैंले लगाएको अधिनायकवादको आरोप पालैपालो खण्डन गर्दै देउवा र प्रचण्ड

    काठमाडौं । २०७२ सालमा नेपालको संविधान जारी भयो । संविधान जारी भएको २ वर्षपछि २०७४ सालमा पहिलो पटक स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा हुँदै राष्ट्रियसभाको समेत निर्वाचन भयो ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको तत्कालीन वाम गठबन्धनले प्रतिनिधिसभामा बहुमत ल्यायो । त्यसपछि २०७४ फागुन ३ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भए । वाम गठबन्धनको सरकारले तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलगायतका दलको समेत समर्थन पायो । जसअनुसार संसदमा दुईतिहाइभन्दा बढी सांसदको समर्थनबाट ओली प्रधानमन्त्री बन्न सफल भए ।

    यति धेरै अनुकूलताका बाबजुत पनि प्रधानमन्त्री ओलीले सरकारको कार्यविभाजन नियमावली दुई पटक संशोधन गरे । उनले नियमावलीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै मन्त्रालयबाट हुने कामकाज हेरफेर गरे । मुख्यगरी राज्यका स्वतन्त्र र बलिया निकायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याए ।

    सरकारको कार्यविभाजन नियमावली २०७२ अनुसार सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धानका कार्य अर्थ मन्त्रालयले हेर्दै आएको थियो । नियमावलीअनुसार महान्यायाधिवक्ताको कार्यालय कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहत थियो ।

    २०७४ साल चैत १ गते तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नेपाल सरकार (कार्यविभाजन) नियमावली २०७४ पहिलोपटक संशोधन गरेको थियो । नियमावली संशोधन गर्दै अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभाग तथा गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइयो । त्यसको एक महिना नपुग्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय मातहत रहेको महान्यायाधिवक्ताको कार्यालय पनि प्रधानमन्त्री कार्यालय मातहत ल्याइयो ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि महान्यायाधिवक्ताको कार्यालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग तथा गृह मन्त्रालय मातहतको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत ल्याएर निरंकुश बन्न खोजेको आरोप लागेको थियो । सडकदेखि सदनसम्म पनि यसको घोर विरोध भएको थियो ।

    कुनै अदालत वा न्यायिक निकाय वा अधिकारीसमक्ष सरकारका तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्ता र मातहतका कार्यालयलाई हुन्छ । संविधानको धारा १५८ मा महान्यायाधिक्ताको काम, कर्तव्य र अधिकारको व्यवस्था छ  । त्यसमा उल्लेख छ, ‘महान्यायाधिवक्ता सरकारको मुख्य कानूनी सल्लाहकार हुन्छ । संवैधानिक एवं कानूनी विषयमा सरकार र तोकिएका अन्य अधिकारीलाई रायसल्लाह दिनु महान्यायाधिवक्ताको कर्तव्य हो ।

    सरकारको हक, हित वा सरोकार निहित रहेको मुद्दामा महान्यायाधिवक्ता वा निजको मातहतका सरकारी वकिलबाट सरकारको प्रतिनिधित्व हुन्छ । यस संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै अदालत वा न्यायिक निकाय वा अधिकारीसमक्ष सरकारका तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्ता र मातहतका कार्यालयलाई हुन्छ  । सरकारका तर्फबाट दायर भएको मुद्दा फिर्ता लिँदा महान्यायाधिवक्ताको राय लिनुपर्छ ।

    महान्यायाधिवक्ताको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ  । महान्यायाधिवक्ताले हरेक वर्ष आफ्नो र मातहतका कार्यालयले गरेका कामको प्रतिवेदन राष्ट्रपतिलाई दिने र प्रधानमन्त्रीमार्फत संसदमा पेस गर्ने भएकाले यो अख्तियार र लोकसेवा आयोग जस्तै संवैधानिक निकाय भएको कतिपयको तर्क छ । यद्यपि राज्यका १३ वटा निकायलाई मात्रै अहिले संवैधानिक निकायका रुपमा परिभाषित गरिएको छ ।

    महान्यायाधिवक्ताको कार्यालय र मातहतका जिल्ला न्यायाधिवक्ताको कार्यालय निष्पक्ष रूपमा काम गर्ने संवैधानिक निकाय भएकाले प्रधानमन्त्री कार्यालय मातहत ल्याउनु दुःखद भएको प्रशासनविद् एवं पूर्वसचिव शारदाप्रसाद त्रिताल बताउँछन् । विनाअध्ययन यसलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको उनले नेपाल प्रेससँग बताए ।

    ‘महान्यायाधिवक्ताको कार्यालय र मातहतका जिल्ला न्यायाधिवक्ताका कार्यालय छुट्टै संवैधानिक निकाय हुन्  । ती निकाय प्रधानमन्त्री कार्यालयसित सरोकार राख्ने निकाय होइनन्  । तिनलाई स्वतन्त्र र निष्पक्ष रूपमा रहन र काम गर्न दिनुपर्थ्यो । यस्ता गम्भीर निर्णय बृहत् अध्ययन गरेरमात्र गर्नुपर्थ्यो’, उनले भने ।

    ओलीको विरोध गर्ने देउवाले डेढ वर्षसम्म यो विषय उठाएन

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि प्रधानमन्त्री कार्यालयबाट ती निकायलाई फिर्ता गराउने कुनै पहल गरेन । सर्वोच्च अदालतले परमादेशमार्फत देउवालाई जेठ २९ गते साँझ ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गरिसक्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आदेश दिएपछि उनी नियुक्त भएका थिए ।

    डेढ वर्षभन्दा बढी समय माओवादीसहितको गठबन्धन नेतृत्व सरकारका प्रधानमन्त्री भए पनि देउवाले तत्कालीन प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालय मातहत ल्याएका विभागलाई पुरानै निकायमा फर्काउने पहल गरेनन् । तर, ओलीले प्रधानमन्त्री कार्यालय मातहत लिँदा भने कांग्रेसले संसददेखि सडकसम्म विरोध गरेको थियो ।

    देउवाको सचिवालयका अनुसार त्यतिवेला गठबन्धन नेतृत्वको सरकार भएकाले गठबन्धन दलसँगको छलफलविना यो निर्णय हुन नसक्ने भएकाले कुनै काम अघि बढेन ।

    ठीक नियतले प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थिएन : अर्थविद्

    कतिपयले राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमा रहनु ठीक भए पनि त्यतिवेला ओलीको नियत ठीक नभएको बताए । यदि राजनीतिक स्वार्थ नहुने हो भने यी दुई निकाय प्रधानमन्त्री कार्यालय मातहत रहनु ठीक भएको पूर्व अर्थसचिव रामेश्वर खनालको तर्क छ । खनालले संस्थाले प्रभावकारी काम गर्‍यो भने कहाँ रहन्छ भन्ने महत्वपूर्ण नभएको नेपाल प्रेससँग बताए ।

    उनी भन्छन, ‘हुनुपर्ने प्रधानमन्त्री कार्यालय मातहत नै हो । तर, यहाँ नियत खराब देखिएकाले यसको आलोचना भयो । त्यतिवेला केपी ओलीले आफूलाई मन नपरेको व्यक्तिलाई कारबाही गर्न र मन परेकोलाई बचाउन ल्याएको जस्तो देखियो । त्यतिवेला त्यसको प्रमाण पनि फेला परेको थियो ।’

    ‘राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहत रहँदा राजस्व चुहावट गर्ने र अनुसन्धान गर्ने दुइटै मन्त्रालयकै निकाय हुँदा त्यहाँ स्वार्थ बाझिएको थियो । प्रधानमन्त्री कार्यालय मातहत गएपछि मातहतका कर्मचारी पनि तानिने सम्भावना अधिक भयो’, खनालले भने ।

    उनी भन्छन्, ‘अर्कोतर्फ सम्पत्ति शुद्धीकरण विभागकै कुरा गर्दा अर्थ मन्त्रालयको आफ्नै नेपाल राष्ट्र बैंक मातहतको वित्तीय अनुसन्धान इकाइ छ । यस्तै राजस्व विभागले पनि हेरिरहेको हुन्छ । यसकारण सम्पत्ति शुद्धीकरण विभागको पनि नियमन गर्ने छुट्टै निकाय हुनुपर्छ ।’

    राजनीतिक प्रतिशोधलाई कारण नबनाइएमा सैद्धान्तिक हिसाबले यी दुई निकायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत लैजानु ठीक भएको खनालको तर्क छ ।

    अर्का पूर्वअर्थ सचिव कृष्णहरि बास्कोटा यी दुई विभाग जहाँ रहे पनि उद्देश्यअनुसार काम गर्नुपर्ने बताउँछन् । ‘प्रधानमन्त्रीको एकल चासोले प्रधानमन्त्री कार्यालयमा ल्याइयो । तर, कार्यान्वयन गर्ने कर्मचारीले चासो देखाएनन्’, उनले भने, ‘अर्थ मन्त्रालयमा राख्दा स्वार्थ बाझिन सक्छ भन्ने हो । राजनीतिक निर्णयलाई कर्मचारीतन्त्रले अपनत्व लिन सकेको देखिएन ।’

    अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै प्रभावकारी छ : पूर्वअनुसन्धान अधिकृत

    राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख गणेश अधिकारी प्रधानमन्त्री कार्यालय मातहत हुँदा नै राष्ट्रिय अनुसन्धान विभाग प्रभावकारी भएको तर्क गर्छन् । अन्तर्राष्ट्रिय अभ्यास पनि यस्तै भएकाले अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्नु उपयुक्त भएको उनले नेपाल प्रेससँग बताए ।

    ‘गृह मन्त्रालयलाई अन्तर्राष्ट्रिय विषयप्रति खासै चासो हुँदैन । भइहाले पनि परराष्ट्र मन्त्रालयमार्फत जाने भएकाले महत्वपूर्ण कुरामा प्रधानमन्त्रीसम्म पुग्न ढिलो हुन्छ । प्रधानमन्त्री कार्यालय मातहत हुँदा सीधै कार्यकारीसँग जोडिएको छ । कतिपय सूचना तत्काल दिनुपर्ने भएकाले त्यो सीधै कार्यकारी प्रमुख मातहत बस्दा राम्रो हुन्छ’, अधिकारीले भने ।

    तत्कालीन राज्य व्यवस्था तथा सुशासन समितिमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई राष्ट्रिय अनुसन्धान विभागलाई गृह मातहत ल्याउन सुझाव दिइएको थियो । सांसद गगन थापाले पनि अनुसन्धान विभाग सञ्चालन गर्न सक्ने क्षमता गृहसँग मात्रै रहेको तर्क गरेका थिए ।

    प्रधानमन्त्री प्रचण्डको सचिवालय भन्छ- यो विषयमा अहिले ध्यान गएको छैन

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको २ महिना पुग्न लागेको छ । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ४ वटा निकायलाई प्रधानमन्त्री कार्यालय मातहत लिँदा विरोध गरेका प्रचण्ड अहिले प्रधानमन्त्री छन् । तर, उनले यसबारेमा न केही बोलेका छन् न त पहल नै गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतका अनुसार यसमा अहिले छलफल भएको छैन । सचिवालय स्रोत भन्छ, ‘२ महिना नै पुगेको छैन सरकार गठन भएको । यो विषयभन्दा पनि अहिले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीमा सरकार जुटेको छ । यतिमात्र नभएर विभिन्न रिक्त रहेका नियुक्तिमा सरकार लागिरहेको छ । यो विषयमा छलफल र बहस हुने वेला भइसकेको छैन । बिस्तारै हुन्छ नि !’

    प्रधानमन्त्री मातहत रहेका शक्तिशाली कार्यालय

    • महान्यायाधिवक्ताको कार्यालय
    • राष्ट्रिय अनुसन्धान विभाग
    • सम्पत्ति शुद्धीकरण विभाग
    • राजस्व अनुसन्धान विभाग
    • राष्ट्रिय योजना आयोग
    • राष्ट्रिय विकास परिषद्
    • राष्ट्रिय तथ्यांक कार्यालय
    • लगानी बोर्ड
    • राष्ट्रिय सतर्कता केन्द्र
    • संवैधानिक परिषद् सचिवालय
    • सार्वजनिक खरिद अनुगमन कार्यालय
    • नेपाल ट्रष्टको कार्यालय
  • जनार्दनलगायतलाई मा‌ओवादी नेता-कार्यकर्ताकाे प्रश्न : हामीले कहिलेदेखि आफ्नै चिन्हमा भाेट हाल्न पाउने ?

    जनार्दनलगायतलाई मा‌ओवादी नेता-कार्यकर्ताकाे प्रश्न : हामीले कहिलेदेखि आफ्नै चिन्हमा भाेट हाल्न पाउने ?

    विराटनगर । माओवादी प्रदेश १ कमिटीको पूर्ण बैठकमा सहभागी प्रदेश सदस्यहरुले पार्टी आफ्नो नीति र सिद्धान्तमा नहिँडेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    बिहीबारबाट विराटनगरमा शुरु भएको प्रदेश कमिटीको बैठकमा बोल्ने अधिकांश प्रदेश सदस्यहरुले पार्टीले आफ्नो सिद्धान्त र नीति छाड्दै हिँडेको र अब कहाँ पुग्ने भन्ने बाटोबाट समेत विमूख भएको बताए ।

    बिहीबार प्रदेश कमिटीका ३५ जना सदस्यहरुले बोल्दै पार्टीका अबको गन्तव्य कहाँ हो ? भन्दै नेताहरु समक्ष प्रश्न गरे । बैठकमा सहभागी हुन माओवादीका उप महासचिव तथा स्थायी कमिटी सदस्य जर्नादन शर्मा र स्थायी कमिटी सदस्य राम कार्की समेत आएका छन् ।

    कार्की माओवादी प्रदेश कमिटीका इन्चार्ज समेत हुन् । बैठकमा सहभागी एक नेताका अनुसार जर्नादन शर्मालाई हामी कुन पार्टीका नेता तथा कार्यकर्ता हौं भन्दै प्रदेश कमिटी सदस्यहरुले प्रश्न गरेका थिए । ‘कहिले कांग्रेसलाई भोट हाल्न लाउनु हुन्छ कहिले एमालेलाई ? हामीले हाम्रो चुनाव चिन्हमा भोट हाल्न पाएनौं ।’ एक प्रदेश कमिटी सदस्यले भने ।

    बैठकमा सहभागी प्रदेश कमिटि सदस्यहरुले पार्टी कहिले कांग्रेससँग मिल्न लाएको त कहिले एमालेसँग पार्टी मिलेको भन्दै वैठकमा सहभागी प्रदेश कमिटी सदस्यहरुले पार्टीको आलोचना गरेका छन् । बैठकमा सहभागीहरुले संगठनले गरेका काम भन्दा पनि पार्टीको आलोचना गर्न समय खर्चिएका छन् ।

    बैठकमा रिपोटिङ गर्ने प्रदेश कमिटी सदस्यलाई उदृत गर्दै प्रदेश उपाध्यक्ष शिव डाँगीले बैठकमा सहभागी प्रदेश कमिटी सदस्यहरुले पार्टीको कार्यशैली प्रति आलोचना गरेको बताए । उनले पार्टीको पहिचानका बिषयमा बैठकमा सहभागीहरु गम्भिर भएको बताए ।

    बैठकमा सहभागी उप महासचिव जनार्दन शर्माले भने बिहीबार दिनभरि सहभागीहरुले राखेको जिज्ञासा टिपोट गरिरहेका थिए । बैठकमा बोल्नका लागि ६१ जनाले नाम टिपाएका छन् । बैठक आज दिनभरि पनि चाल्ने छ । बैठकमा १ नम्बर प्रदेशमा रहेका केन्द्रीय सदस्यहरुको समेत सहभागिता रहेको छ ।

  • गठबन्धन कसैले चाहेर पनि भत्किँदैन: नारायणकाजी श्रेष्ठ (भिडिओ)

    गठबन्धन कसैले चाहेर पनि भत्किँदैन: नारायणकाजी श्रेष्ठ (भिडिओ)

    सुर्खेत । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यो गठबन्धन नभत्किने प्रष्ट पारेका छन् । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका श्रेष्ठले बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारमाझ अहिलेको समीकरणलाई बदल्नु माओवादीको प्राथमिकता नभएको उल्लेख गरे ।

    श्रेष्ठले प्रतिगमनलाई कुनैपनि हालतमा अगाडि बढ्न नदिने, राष्ट्रियताको रक्षा, समृद्धिको लक्ष्य र शान्ति प्रक्रियाको बाँकी कामसहित चारवटा विषय प्रष्ट रहेको बताएका छन् ।

    मन्त्री श्रेष्ठले भने, ‘यो पुरा गर्नेगरि विश्वासको वातावरण बन्यो भने बाहिरबाट कसैले चाहेर पनि गठबन्धन भत्किँदैन । यदि त्यस्तो खालको परिस्थिति नबनेको खण्डमा माओवादीले चाहँदै वा नचाहँदैमा केही पनि गर्न सकिन्न ।’

    सबै दलहरूलाई समेट्ने गरी पार्टी अघि बढ्न चाहेको भएपनि गठबन्धन बदल्ने कुरा नरहेको श्रेष्ठको भनाइ थियो ।

    उनले भने, ‘वर्तमान समीकरणलाई बदल्ने प्राथमिकता हाम्रो छैन । सबै दलहरूलाई समेट्ने गरी अघि बढ्न चाहेका छौं । तर, समीकरण बदल्ने कुरा छैन । राष्ट्रपतिको चुनावको विषयमा हाम्रो एउटै भनाई छ, त्यो भनेको प्रधानमन्त्री प्रचण्डलाई सबै पार्टीहरूबाट समर्थन प्राप्त भयो, त्यसका लागि हाम्रा एतिहासिक परिघटना हो । अहिलेको मुलुकाको आवश्यकता राष्ट्रिय सहमतिको स्थितिको सृजना भएको छ । राष्ट्रपति चयन गर्दा त्यो परिस्थितिलाई सम्बोधन गर्न उपयुक्त हुन्छ ।’

    श्रेष्ठले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति आवश्यकतामा आफूहरूले जोड दिएको बताए ।

    माओवादी नेतृत्वमा हुँदा अहिलेका राजनीतिक उपलब्धिलाई साधन बनाएर सामाजिक, आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने आगामी कार्यभार रहेको उनले बताए ।

  • बालुवाटारमा प्रचण्ड-ओलीबीच दुई घण्टा के भयो कुराकानी ?

    बालुवाटारमा प्रचण्ड-ओलीबीच दुई घण्टा के भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दुई घण्टा वार्ता भएको छ।

    राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा अविश्वासको बढ्दै गइरहेको बेलामा प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटार पुगेका थिए।
    भेटवार्ता पछिल्लो समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्यकिरण शर्माले बताए।

    राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा दुई नेताले भेटघाट बाक्लो बनाएका छन्। राष्ट्रपति निर्वाचन र सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले बतायो।

    ‘रास्वपाले सरकार छाडेपछि गृहसहित महत्त्वपूर्ण मन्त्रालय रिक्त छ। त्यसैले सरकारलाई चाडै पूर्णता दिनुपर्छ भन्ने विषयमा उहाँहरू एकमत हुनुहुन्छ। तर, रास्वपालाई पनि सरकारमै फिर्ता ल्याउने विषयमा पनि छलफल भइरहेको छ’ स्रोतले भन्यो।

    माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको व्यक्ति ल्याउनुपर्ने बताउँदै आएको छ। एमाले भने पूर्व सहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्ने अडानमा छ।

    माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सघाउने गाइँगुइँ चलिरहेका बेला ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। यसअघि प्रचण्ड ओली निवास बालकोट पुगेरै भेटघाट गरेका थिए।