Category: माओवादी केन्द्र

  • ओलीलाई प्रचण्डको जवाफ- संसद् विघटन गर्नु कुनै गर्वको विषय होइन (भिडिओ)

    ओलीलाई प्रचण्डको जवाफ- संसद् विघटन गर्नु कुनै गर्वको विषय होइन (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटन गर्नु कुनै गर्वको विषय नभएको बताएका छन्।

    एमाले अध्यक्ष ओलीले संसद्को पहिलो बैठकमै संसद् विघटन गर्न पाउने अभिव्यक्तिको जवाफ दिँदै प्रचण्डले यस्तो जवाफ दिएका हुन्।

    सोमबार संसदमा विश्वासको मत माग्दै उनले भने, ‘गठबन्धनका घटकबीच केही राजनीतिक र वैचारिक मतभेद थिए। तर, हामीले न्यूनतम साझा कार्यक्रम बनाएर सहमतिको आधार तयार गरेका थियौँ। विगतको मतभेदलाई नउठाउने समझदारी गरेका थियौँ। म त्यो प्रतिबद्धतामा कायम रहे तर केही पक्षबाट त्यसको पालना भएन। संसदमा पहिलो दिन नै संसद् विघटनको अत्यन्त संवेदनशील विषयले प्रवेश पायो र त्यसले सिंगो देश तरङ्गीत पनि बन्यो। त्यो विषयको उठाउन सान्दर्भिक थिएन। देशमा ठुलो संवैधानिक र राजनीतिक संकट त्यो कदम कुनै गर्वको विषय थिएन।’

    संसद् विघटनलाई सर्वोच्च अदालतले पनि दुई पटक असंवैधानिक भनिसकेको उल्लेख गर्दै संवैधानिक निरूपण भइसकेको अप्रिय विषयको प्रवेशले गठबन्धनमा अविश्वास मात्रै बढाएको उनको भनाइ छ।

    एमाले नेतृत्वको गठबन्धनबाट संविधान, लोकतन्त्रको निरन्तरता र संसद्को स्थायित्व गर्ने प्रश्नमा प्रश्न चिह्न खडा गरेपछि आफूहरूले अलग बाटो राजेको बताए।

  • प्रचण्डले भने- एमाले र राप्रपा अस्थिरताको कारक बनेकाले राष्ट्रिय सहमतिको प्रयास असफल भयो (भिडिओ)

    प्रचण्डले भने- एमाले र राप्रपा अस्थिरताको कारक बनेकाले राष्ट्रिय सहमतिको प्रयास असफल भयो (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले यति छिट्टै संसदमा विश्वासको मत माग्नुपर्ने अवस्था आउला भनेर नसोचेको बताएका छन्।

    प्रधानमन्त्री भएको तीन महिनामै दोस्रो संसद्लाई विश्वासको मत माग्दै यस्तो बताएका हुन्।

    उनले भने, ‘फेरि विश्वासको मतको लागि यति छिट्टै संसद्सँग अनुरोध गर्नुपर्ने अवस्था आउँला भन्ने मैले सोचेकै थिइन। राजनीतिक स्थिरताको प्रतिबद्धतासहित सरकार गठन गरेका थियौँ। मैले मात्रै नभएर सहयात्री सबै दलहरूले पनि संसदमा स्थायित्वको बाचा गर्नुभएको थियो।’

    उनले क्याबिनेटमा पनि प्रधानमन्त्री र मन्त्रीहरुबीच कुनै मतभेद नभएको बताए। ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनको मेरो प्रस्तावपछि राप्रपा र एमालेका मन्त्रीहरूले राजीनामा दिनुभयो र सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि यहाँ आइपुगेका हौँ’ उनले भने।

    सरकारबाट बाहिरिने मन्त्री र पार्टीहरूले नै त्यसको जवाफ दिनुपर्ने बताए। उनले एमाले र राप्रपा नै अस्थिरताको कारक भएको आरोप लगाए।

  • मोहन्याल क्याम्पसमा अखिल क्रान्तिकारीका अर्जुनले १ भोटले मारे बाजी

    मोहन्याल क्याम्पसमा अखिल क्रान्तिकारीका अर्जुनले १ भोटले मारे बाजी

    कैलाली । कैलालीको मोहन्याल बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा माओवादीनिकट अखिल क्रान्तिकारीका अर्जुन खत्री १ भोटले विजयी भएका छन् ।

    उनले २५ मत पाए । प्रतिद्वन्द्वी नेविसंघका वीरेन्द्र भण्डारीले २४ मत पाए । एमालेनिकट अनेरास्ववियुका सुनिलकुमार चौधरीले १४ मत ल्याए ।

    सचिवमा नेविसंघका ज्ञानबहादुर खातीले २४ मत पाएर विजयी हुँदा कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी कुमारी चौधरी २८ मतका साथ विजयी भएका छन् ।

  • जुरे पहिरो पीडितको नाममा उठेको रकम वितरण गर्न माग

    जुरे पहिरो पीडितको नाममा उठेको रकम वितरण गर्न माग

    काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं १ का सांसद माधव सापकोटाले जुरे पहिरो पीडितको नाममा जनस्तरबाट उठेको रकम फुकुवा गरी वितरणको प्रबन्ध मिलाउन सरकारसँग माग गरेका छन् ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद सापकोटाले २०७१ साउन १७ गते जुरेमा गएको भीषण पहिरो पीडितको नाममा जनस्तरबाट उठेको २ करोड ४४ लाख ६४ हजार ६५७ रुपैयाँ फुकुवा गरी नगद नै वितरणको प्रबन्ध गर्न माग गरेका हुन् ।

    पीडितहरुको नाममा उठेको रकम हालसम्म पनि वितरण नहुनु विडम्बना भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

  • कञ्चनपुरबाट अखिल क्रान्तिकारीले खाता खोल्यो, रामपुर क्याम्पसमा प्यानल नै विजयी

    कञ्चनपुरबाट अखिल क्रान्तिकारीले खाता खोल्यो, रामपुर क्याम्पसमा प्यानल नै विजयी

    कैलाली । कञ्चनपुरको बेलौरी स्थित रामपुर बहुमुखी क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानल विजय भएको छ ।

    आइतबार सम्पन्न स्ववियु चुनावको मतदानमा १५ मतसहित अखिल क्रान्तिकारीकी सरस्वती तिरुवा सभापतिमा विजय भएकी हुन ।

    उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघका उम्मेदवार धानिराम चौधरीले ५ र नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुकी विमला रेग्मीले ४ मत पाइन् ।

    उक्त क्याम्पसमा ३१ जना विद्यार्थी मतदाता थिए । चुनावमा २५ मत खसेकोमा एक मत बदर भएको छ ।

  • टीआरसी विधेयकबारे प्रतिनिधिसभामा गरमागरम, सांसदहरू आरोप-प्रत्यारोपमा (भिडिओ)

    टीआरसी विधेयकबारे प्रतिनिधिसभामा गरमागरम, सांसदहरू आरोप-प्रत्यारोपमा (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे चर्चाचर्की परेको छ ।

    विधेयकको विपक्षमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विरोधको सूचना पेश गरे । तर, त्यो बहुमतले अस्वीकृत गर्‍यो । उनले फौजदारीसम्बन्धी अपराधको सजाय घटाउन नपाउने भन्दै आपत्ति जनाए ।

    विधेयकबारे उनले भने, ‘संक्रमणकालीन न्यायको विषयलाई ध्यान दिई कानूनबमोजिम सजाय घटाउने भनिएको छ । यस्ता फौजदारी कसुरको घटनामा सजाय घटाउन पाइँदैन । यो प्राकृत्तिक न्यायको सिद्धान्तको विरुद्धमा छु । यसरी अपराध गर्न पाइँदैन ।’

    उनले विधेयकको विरोध गरेपछि माओवादीका सांसद माधव सापकोटा ‘सुवोध’ लगायतले आपत्ति जनाए । सांसद सापकोटा शाहीको अभिव्यक्तिको जवाफ दिन बोल्न खोजेपछि सभामुख देवराज घिमिरेले छलफल पछि गर्न पाइन्छ भनेर रोकेका छन् । तर, शाहि रोकिँदैन । उनलाई सभामुख घिमिरेले पनि छलफलपछि हुन्छ भन्दै रोक्न खोज्दै अटेर गर्छन् ।

    उनी भन्छन्, ‘संसदको कुनै देशमा छैन फौजदारी कसुरमा माफी हुँदैन । सजाय हुन्छ ।’ शाहीको अभिव्यक्तिप्रति माओवादीको केही सांदहरूले आपत्ति जनाएर उठेपछि सभामुखले बस्न आग्रह गर्छन् ।

  • नेकपा एसको निर्णय- प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने (भिडिओ‌)

    नेकपा एसको निर्णय- प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने (भिडिओ‌)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले सरकारमा जाने निर्णय गरेको प्रवक्ता प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको बताए । खतिवडाले कति मन्त्रालय लिएर को-को जाने भन्ने विषयमा पछि निर्णय गर्ने बताए ।

    उनले अबको प्रतिनिधिसभा बैठकपछि पनि सत्तापक्षमा बस्ने बताए ।

  • प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय, सरकारमा जान लचक

    प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय, सरकारमा जान लचक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने निर्णय गरेको छ ।

    आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सो निर्णय लिएको हो ।

    पार्टी सरकारमा सहभागी हुने विषयमा पनि लचक देखिएको छ ।

    पार्टीका एक नेताले अहिलेको परिस्थितिलाई विश्लेषण गर्दै सरकारलाई समर्थन जारी राख्ने निर्णय बैठकले लिएको जानकारी दिए ।

    पार्टीले उठाउँदै आएका मुद्दाहरूलाई प्राथमिकतामा राख्ने शर्तमा सरकारमा जान सक्ने कुरा भएको उनको भनाइ छ । यस विषयमा ठोस निर्णय भने लिइएको छैन ।

    रास्वपामा सरकारमा अहिले जानु नहुने मत पनि छ ।

    केही नेताहरूले सरकारमा आउने र जाने गरिरहँदा पार्टी अस्थिर देखिने बताउँदै आएका छन् ।

  • प्रचण्डलाई विश्वासको मत दिन सांसदहरूलाई कांग्रेसको ह्वीप (भिडिओ)

    प्रचण्डलाई विश्वासको मत दिन सांसदहरूलाई कांग्रेसको ह्वीप (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन पार्टी सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

    कांग्रेस संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

    उनले भने, ‘भोलि प्रतिनिधिसभामा प्रधानमन्त्रीज्यूले विश्वासको मतको लागि प्रस्ताव गर्ने कार्यक्रम छ । कांग्रेस प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मतदान गर्छ । त्यहीअनुसार कांग्रेस संसदीय दलले ह्वीप जारी गर्छ ।’

    यस्तै, बैठकले राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव र विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टीमलाई बधाई दिएको उनको भनाई छ ।

  • चैत १० सम्म सरकार विस्तार हुन्छ: प्रधानमन्त्री (भिडिओ)

    चैत १० सम्म सरकार विस्तार हुन्छ: प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १० गते सरकारले पूर्णता पाउने बताएका छन् ।

    शुक्रबार लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको चार दिनभित्र सरकारले पूर्णता पाउने बताएका हुन् ।

    प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सरकार विस्तारको बारेमा छलफल गर्ने पनि बताए ।

    ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको चार दिनभित्रमा सरकारलाई पूर्णता दिन्छु’, उनले भने ।

    प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार गर्न कुनै पनि अप्ठ्यारो नरहेको दाबी गरे ।

  • सकसमा प्रचण्ड- मन्त्रालयको भागबन्डा मिलाउनै मुस्किल, छैन विश्वासको बलियो आधार

    सकसमा प्रचण्ड- मन्त्रालयको भागबन्डा मिलाउनै मुस्किल, छैन विश्वासको बलियो आधार

    काठमाडौं । चुनावअघिको गठबन्धन ब्युँतिए पनि सबै दललाई मिलाएर लान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हम्मेहम्मे पर्ने देखिएको छ । चुनावअघिको पाँच दलीय गठबन्धन अहिले अरु पनि थपिएर १० दलीय बनेको छ ।

    अझै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि थपिन सक्ने संकेत देखिएको छ । जसले गर्दा प्रधानमन्त्री प्रचण्डलाई धेरै दललाई मिलाएर लान समस्या पर्ने देखिएको हो ।

    करिब दुई महिनामै एमाले नेतृत्वको गठबन्धन छाडेर पुरानै गठबन्धनमा फर्किएका प्रचण्डले दोस्रो पटक विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री बनेको करिब ३ महिनाको अन्तरमै दोस्रो पटक चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।

    एमाले र राप्रपा सरकारबाट बाहिरिएसँगै समर्थन फिर्ता लिएपछि संवैधानिक रुपमा चैत १२ गतेभित्र विश्वासको मत लिनुपर्ने बाध्यता प्रचण्डलाई छ । त्यसैले चैत ६ गते विश्वासको मत लिने गरी गृहकार्य थालेका छन् ।

    अहिले प्रचण्डलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी, आम जनता पार्टीको साथ छ । तर, प्रचण्ड अझै विश्वस्त हुन नसके पनि यही गठबन्धन नै पाँच वर्षसम्म जाने दाबी गर्दै आइरहेका छन् ।

    गठबन्धन दलको अविश्वासकै कारणले विश्वासको मत लिएपछि मात्रै प्रचण्डले सरकारलाई पूर्णता दिने तयारी थालेका छन् । अहिले माओवादी र जनमत पार्टीमात्रै सरकारमा छ । प्रचण्डले मात्रै अहिले १६ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । माओवादीबाट एक उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री छन् । जनमतबाट एकजना मन्त्री छन् ।

    विश्वासको मत लिनुअघि नै मन्त्रिपरिषद् विस्तारमा लागे अप्ठ्यारोमा पर्नसक्ने प्रचण्डको बुझाइ छ । जुन कुरा कांग्रेस नेता डा. शेखर कोइराला पनि स्वीकार गर्छन् ।

    बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकपछि उनले भनेका थिए, ‘विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउँछ । पहिला सरकार विस्तारमा लाग्दा सबैलाई चित्त बुझाउन सकिँदैन । त्यो स्वाभाविक कुरा हो ।’

    दश दलीय गठबन्धनभित्र भागबन्डा मिलाउन त गाह्रो होला नि भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘त्यो कला हो । हाम्रो सभापतिजीमा पनि त्यो कला छ । त्यही भएर अहिलेसम्म टिकिराख्नुभएको छ । प्रधानमन्त्रीजीमा पनि त्यो कला छ । कलाले गर्दा नै हुने न हो । सबै दलहरूमा गिभ एण्ड टेक हुन्छ ।’

    भागबन्डा मिलाउनै हम्मेहम्मे

    गठबन्धन दलहरुबीच यसअघि एमालेले पाएको ८ मन्त्रालय कांग्रेसलाई दिने गरी छलफल अघि बढेको छ । नेकपा एसले आफैंले रोजेको ४ मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।

    यस्तै जसपालाई तीन, नागरिक उन्मुक्ति र लोसपालाई एक/एक मन्त्रालयमा सहमति जुटाउने प्रयास भइरहेको छ । जसपा यसअघि दुई मन्त्रालय दिएपछि असन्तुष्टि जनाउँदै बाहिर बसेको थियो । तर, अहिले उपराष्ट्रपति पाइसकेपछि गठबन्धन दलको सहमतिअनुसार जान तयार छ ।

    गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा सरकारमा जाने पक्षमा छैन । पछि थपिएका नेसपा र आम जनता पार्टी पनि सरकारमा जान सकारात्मक छन् ।

    तर, नेकपा एसका एक नेताले आफूहरुले चारवटा मन्त्रालय पाउनुपर्ने दाबी गरे । ती नेताले नेपाल प्रेससँग भने, ‘पहिला छलफलमा हामीलाई चार मन्त्रालयको कुरा भएको थियो । अहिले पनि त्यही अडानमै छौं । तर, अब गठबन्धनमा रहेका कति पार्टीहरु सरकारमा जान्छन् । त्यसमा पछि भर पर्छ ।’

    गृह, अर्थ, भौतिक, परराष्ट्र जस्ता महत्वपूर्ण मन्त्रालयमा नेकपा एसको दाबी रहेको छ । तर, माओवादीले गृह मन्त्रालय अरुलाई नदिने रणनीति अख्तियार गरिसकेको छ ।

    यस्तै कांग्रेस सांसद रमेश रिजालले आफूहरुले गठबन्धनमा १० वटा मन्त्रालय पाउने सहमति भएको दाबी गरे । उनले सोमबार वीरगञ्ज पुगेर भनेका थिए, ‘कुन कुन मन्त्रालय लिने र ककसलाई मन्त्री बनाउने विषयमा पार्टीभित्र र सरकारमा सहभागी दलहरुसँग छलफल भइरहेको छ । कांग्रेसले नौ वा १० मन्त्रालय लिएर सरकारमा जाने करिब करिब सहमति भएको छ।’

    तर, उनले दाबी गरे पनि त्यो सम्भावना छैन ।

    यस्तै मन्त्रालय बाँडफाँटको विषयमा छलफल भइरहेको माओवादीका उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल बताउँछन् । उनी भन्छन्, ‘शीर्ष तहमा गृहकार्य भइरहेको छ । अब प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सबै कुरा टुंगो लाग्छ ।’

    सरकारमा सहभागी हुँदा अब गठबन्धनमा दाबी गर्ने पहिलो पालो आफूहरुकै भएको नेकपा एसका नेता प्रकाश ज्वाला बताउँछन् ।

    उनले नेपाल प्रेससँग भने, ‘हामीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख सबै छाडिसक्यौं । हामीले कडै दाबी गर्छौं । अब कति मन्त्रालय दाबी गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल गरेर निर्णय लिन्छौं ।’

    यस्तै गठबन्धनमा उपप्रधानमन्त्रीको विषयमा पनि उस्तै हानथाप छ । यसअघिको एमाले-माओवादी गठबन्धनको सरकार बन्दा ४ जना उपप्रधानमन्त्री बनेका थिए । जसमध्ये माओवादीबाट उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ छन् ।

    उनलाई उपप्रधानसहित गृहमा सार्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । अहिले कांग्रेस, नेकपा एस, जसपादेखि जनमतसम्मले उपप्रधानमन्त्रीको दाबी गरेका छन् ।

    उपराष्ट्रपतिमै लफडा !

    राष्ट्रपतिमा गठबन्धनको साझा उम्मेदवार बनेर रामचन्द्र पौडेल जित्न सफल भए पनि उपराष्ट्रपतिमा सहमति बन्न सकेको छैन । गठबन्धनको साझा उम्मेदवारको रुपमा जसपाका रामसहाय यादवलाई उम्मेदवार बनाउने प्रयास भए पनि जनमत पार्टीले ममता झालाई पनि उम्मेदवार बनाएको छ । झालाई लोसपा र नागरिक उन्मुक्तिको समर्थन छ ।

    तर, झाको उम्मेदवारी निष्क्रिय बनाउन प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु लागिरहेका छन् । तर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सहमति नभए मित्रवत प्रतिस्पर्धा गर्ने बताइरहेका छन् ।

    यही विषयमा बुधबार साँझ पनि बालुवाटारमा बैठक बसेको थियो । तर, सहमति बन्न सकेन । हिजोको बैठक सकारात्मक भएकाले निर्वाचनअघिसम्म सहमतिको प्रयास गरिने माओवादी नेता शक्ति बस्नेत बताउँछन् ।

    गठबन्धनबाट दुई जना उम्मेदवार हुँदा एमालेले अष्टलक्ष्मी शाक्यलाई अघि सारेको छ ।

  • बाँदर नियन्त्रण गर्न स्थानीय सरकार असफल, माओवादीले गुहार्‍यो केन्द्र सरकार

    बाँदर नियन्त्रण गर्न स्थानीय सरकार असफल, माओवादीले गुहार्‍यो केन्द्र सरकार

    काठमाडौं । बाँदर आतंक रोक्न माओवादीले केन्द्र सरकार गुहारेको छ । माओवादी केन्द्र भोजपुरले ८१ वडाअध्यक्ष, ९ स्थानीय तह प्रमुख र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई दबाबस्वरूप बाँदर आतङ्क नियन्त्रणका लागि ज्ञापनपत्र बुझाएको हो ।

    बाँदरको उपद्रोका कारण पौवादुङ्मा गाउँपालिकाको बास्तिम र रामप्रसादराई गाउँपालिकाको दलगाउँलगायतका जिल्लाका केही टोल नै बसाइँ हिँड्नुपरेको छ । केही स्थानीय तहले बाँदर नियन्त्रणका लागि बजेट नै छुट्याउँदै आएका छन् । तर, बाँदरबाट क्षति उस्तै छ ।

    बाली खानेमात्र नभई बाँदरले घरमासमेत आएर पाकेको भातको भाँडो बोक्ने, थाङ्ग्रा र बुइँगलमा थन्क्याइएको अन्नपात र सामानमा पनि क्षति पुगेपछि सरकार गुहारिएको माओवादी भोजपुरका नेता राजेश खतिवडाले बताए ।

    जिल्ला समन्वय समितिका सचिव बलभद्र राईसहित प्रशासन पुगेका माओवादीका जिल्ला नेताले सरकारी तवरबाट बाँदर नियन्त्रण नगरिए स्थानीय किसानहरू बाँदर नियन्त्रण गर्न जस्तो सुकै कठोर कदम चाल्नसमेत बाध्य हुने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने भन्दै ध्यानाकर्षण गराइएको छ ।

    ‘आम कृषकले दुःख र मेहनत गरी लगाएको / फलाएको बाली विभिन्न वन्यजन्तुको नोक्सानी र क्षतिबाट लामो समयदेखि मुख्यगरी ग्रामीण भेगका भोजपुरे किसानहरूले हैरानी खेप्दै आउनु परेको यथार्थ कहिबाट छिपेको छैन । जुनसुकै बाली उठाउन, घरमा थन्क्याउन त परको कुरा बढ्न, फल्न र पाक्न समेत नपाउँदै मुख्यगरी बाँदरले नष्ट गरिदिने, खाइदिने यतिमात्र नभई घर दलानमा लगाएको मकैको थाक्राबाट झिकेर खाइदिने, घरभित्र पकाएर राखिएको भातको भाडा बोकेर लगिदिने, घरपालुवा चौपायामाथि करणी गर्ने, वृद्ध अशक्त एवम् बालबालिकालाई भौतिक आक्रमण समेत गर्ने जस्ता घटनाले सम्पूर्ण किसानहरू आतंकित बन्नु परेको छ’, बाँदरले दिएको दु:ख विज्ञप्तिमा उल्लेख छ ।

    माओवादीले ज्ञापनपत्रमार्फत प्रधानमन्त्री, गृहमन्त्री र कृषिमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

    यसअघि गत माघ १८ गते किसानले बाँदरका कारण पाएको दु:खबारे सदनमा पनि कुरा उठेको थियो । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै एमाले सांसद ईश्वरी रिजाल र कांग्रेस सांसद चन्द्र भण्डारीले सरकारको ध्यानाकर्षण गराएका थिए ।

    सांसद रिजालले दोलखामा बाँदरको प्रकोपका कारण मानिसहरू खेती छाडेर बसाइँ सर्नुपरेको बताए । रिजालले भने ‘हामी कृषिमा आत्मनिर्भर हुने कुरा गर्छौं तर बाँदरले उठीबास लाएको छ, ने अब एउटा अध्ययन टोली बनाइयोस् र संविधानको भाग ३ को ३६ खाद्य अधिकारको सुरक्षाको निम्ति बाली बीमाको सुनिश्चितता गरियोस् ।’

    अर्का सांसद कांग्रेसका चन्द्र भण्डारीले ऋण, सिँचाइ, मलबीउको अभावबाट पिल्सिएका किसान बनेका बाँदरको कारण अप्ठेरोमा परेको बताएका थिए ।

    ‘ग्रामीण भेगमा एउटी बूढीआमा कसौँडीमा भात पकाउँछिन् त्यो पनि बाँदरले लुटेर लगिदिन्छ । यो अवस्था छ ग्रामीण किसानको ’, उनले भने, ‘त्यतिमात्र होइन यो बाँदर प्रवृत्ति राज्यका चारै अङ्गतिर फैलिएको छ । यसलाई सजकतापूर्वक कसरी रोकथाम गर्ने हो सरकारको ध्यान आकर्षण होस् ।

  • गठबन्धनमा भागबण्डाबारे शेखर कोइराला भन्छन्- देउवा र प्रचण्डजीमा सबैलाई मिलाउने कला छ

    गठबन्धनमा भागबण्डाबारे शेखर कोइराला भन्छन्- देउवा र प्रचण्डजीमा सबैलाई मिलाउने कला छ

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रचण्ड नेतृत्वको सरकार ढालेर कांग्रेस बीचैमा आफ्नो नेतृत्वको सरकार बनाउने खेलमा नलाग्ने बताएका छन्।

    पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकपछि एमाले नेताहरूले भन्ने कुराको पछि लाग्न नहुने बताए।

    दश दलीय गठबन्धनमा सरकारमा भागबण्डा मिलाउन त गाह्रो होला कसरी मिलाउनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘त्यो कला हो हाम्रो सभापतिजीमा पनि त्यो कला छ। त्यही भएर अहिलेसम्म टिकिराख्नुभएको छ। र प्रधानमन्त्रीजीमा पनि त्यो कला छ। कलाले गर्दा नै हुने न हो। सबै दलहरूमा गिभ एण्ड टेक हुन्छ।’

    उनले विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने बताए। उनले भने, ‘मान्छेलाई अलिकति चित्त नबुझ्ने त भइहाल्छ त्यो स्वभाविक कुरा हो।’

    तपाईँको नेतृत्वमा सरकारमा जाने भन्ने चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘तपाईँले सुन्नुभएको रहेछ धन्यवाद।’

    उपराष्ट्रपतिमा भएको दुई वटा उम्मेदवारबारे प्रधानमन्त्री प्रचण्ड, पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत शीर्ष नेताहरू बसेर टुंग्याउने उनले बताए।

  • प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिने

    प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिने भएका छन् ।

    प्रधानमन्त्रीले पार्टीका सांसद र मन्त्रीलाई त्यस दिन कतै कार्यक्रम नपार्नसमेत निर्देशन दिइसकेको निकट स्रोतले नेपाल प्रेसलाई बतायो ।

    कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् । एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले कायमै राखेको छ ।

    विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गरिने बताइएको छ ।

  • विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी

    विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी अघि बढाएका छन्।

    नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

    प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए।

    पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि उनले भने, ‘विश्वासको मत लिइसकेपछि सरकारमा जानेबारे छलफल अघि बढ्छ। चैत ६/७ गतेतिर विश्वासको मत लिने कुरा छ। त्यस विषयमा प्रधानमन्त्रीज्यूले नै निर्णय गर्नुहोला।’

    उनले आफ्नो पार्टीबाट कसको नेतृत्वमा कति मन्त्रालय लिएर सरकारमा सहभागी हुने भन्ने विषय अहिले नटुङ्गिएको बताए।

    उनले भने, ‘सरकारमा जाने विषयमा हामीले प्रवेश गरेका छैनौँ। त्योभन्दा अगाडि नेतृत्वकोबीचमा आवश्यक गृहकार्य गर्ने कुरा भइरहन्छ।’

  • समीकरण फेरिए पनि सरकारको नेतृत्व फेरिँदैन : प्रधानमन्त्री प्रचण्ड

    समीकरण फेरिए पनि सरकारको नेतृत्व फेरिँदैन : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने बताएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक समीकरणमा फेरबदल आए पनि सरकारको नीतिमा परिवर्तन नभएको बताए ।

    ‘यस बीचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ । तर, सरकारको नेतृत्व र नीति फेरिँदैन । हिजो हामीले जुन प्राथमिकता निर्धारण गरेका छौं, सामाजिक न्याय, सुशासन र समृद्धि । त्यसमा हामी दृढ भएर अगाडि जान्छौं’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मन्त्रीहरू फेरिनुहुन्छ । तर, सरकारको नीतिगत प्राथमिकता फेरिँदैन । त्यसैले आफ्नो काममा दत्तचित्त भएर लाग्नुस्, परिणाम दिनुस् ।’

    सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम नफेरिने उल्लेख गर्दै उनले कर्मचारी प्रशासनले पनि ती विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

    ‘प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग बन्छ’

    प्रधानमन्त्री प्रचण्डले प्रशासनिक क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिनेसमेत बताए ।

    ‘प्रशासनिक क्षेत्रमा विद्यमान समस्या समाधान गर्न सरकारले गम्भीर पहल गर्ने तयारी गरिरहेको छ । यसको समाधानमा हामीले विलम्ब गर्नुहुँदैन । कर्मचारी प्रशासन र जनअपेक्षाबीच ठूलो खाडल छ’, उनले भने, ‘बदलिँदो परिस्थिति, लोकतान्त्रिक प्रणाली र जनअपेक्षा सम्बोधन गर्ने गरी आयोग गठनको तयारी गरिएको छ । केही समयभित्रै आयोग बन्छ । त्यसको नेतृत्व प्रधानमन्त्रीले नै गर्नेगरी व्यवस्था गर्न खोजिएको छ । आयोगमा विज्ञहरु रहने व्यवस्था गरिनेछ ।’

    उनले कर्मचारी प्रशासनमा ओभरस्टाफिङ कटौती गरिने बताए । ‘ओभरस्टाफिङको समस्या छ । डुल्बिलेकशनको समस्या छ । अनावश्यक संरचनाहरू छन् । तिनीहरू कटौती गरेर प्रशासनयन्त्र चुस्त बनाउनुपर्छ । त्यसका लागि आयोग गठन आवश्यक छ’। प्रधानमन्त्री प्रचण्डले भने ।

    आयोगको अन्तिम प्रतिवेदन कुरेर कार्यान्वयनमा जान समय नभएको उल्लेख गर्दै आयोगले काम गर्दै जाने उनले बताए ।

    दोस्रो चौमासिक समीक्षामा के छ ?

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव महादेव पन्थले प्रस्तुत गरेको वार्षिक चौमासिक समीक्षामा प्रधानमन्त्री कार्यालय मातहतका निकायहरूको वार्षिक बजेट र दोस्रो चौमासिकसम्मको खर्च प्रगति, वार्षिक कार्यक्रम र माइलस्टोनको प्रगति, कार्यालयबाट सम्पादित कामहरू र मुख्य प्रगति विवरण, अघिल्लो बैठकका निर्णय र त्यसको कार्यान्वयनको अवस्था, समस्या तथा चुनौतीहरू, सुधारका लागि गर्नुपर्ने कामहरू लगायतका विषयहरू उल्लेख छन् ।

    समीक्षामा बेरूजु फर्छ्योटमा विगतभन्दा राम्रो प्रगति भएको, जीआईएस नक्शांकन अनलाइन प्रकाशनको काम गरिएको, प्रधानमन्त्रीले नेपाल सरकारका सचिवहरूलाई दिएको निर्देशन, प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन र नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सम्बोधन गर्ने गरी एकीकृत कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याइएको, राष्ट्रिय स्वास्थ्य संकट व्यवस्थापन समन्वय केन्द्र स्थापनाका लागि निर्देशिका मस्यौदालगायतका विषय समेटिएको छ ।

    त्यसैगरी विद्यालयस्तरीय शैक्षिक सुशासनको अवस्थाको अनुगमन, राष्ट्रिय नीति अनुसन्धान प्रतिष्ठानको काममा प्राथमिकता र गुणात्मक प्रगति, राजस्व संकलन र अनुसन्धानका क्षेत्रमा विगतभन्दा ५२ प्रतिशतले प्रगति भएको समीक्षामा उल्लेख छ ।

    राष्ट्रिय गौरवका आयोजना र ठूला राजमार्गहरूको निर्माण कार्यमा तीव्रताका लागि नियमित अनुगमन गरिएको, खर्च कटौतीको मापदण्ड तयार र कार्यान्वयनको प्रक्रियामा लगिएको, राष्ट्रिय तथा आन्तरिक सुरक्षा र राष्ट्रिय हितसम्बन्धि सूचना संकलन, विश्लेषण र नियन्त्रणसम्बन्धि नीति मापदण्ड र योजनासम्बन्धि प्रतिवेदन तयार पारिएको, राहदानी विभाग, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र कार्यालय लगायतका सरकारी सेवाप्रदायक कार्यालयमा हुने ढिलासुस्ती र कठिनाइको नियमित अनुगमन गरी समस्या समाधानको पहल गरिएको, भ्रष्टाचारविरूद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयन सम्बन्धि राष्ट्रिय रणनीति तथा कार्ययोजनाको मस्यौदा तयार पारिएको लगायतका महत्वपूर्ण विषयहरू रहेका छन् ।

  • माओवादीलक्षित ओलीको टिप्पणी- अझै बन्दुकमा खिया लागेको छैन भन्दै धम्क्याइरहेका छन् (भिडिओ)

    माओवादीलक्षित ओलीको टिप्पणी- अझै बन्दुकमा खिया लागेको छैन भन्दै धम्क्याइरहेका छन् (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाएका छन् । ओलीको उक्त आरोप सत्तारुढ दल माओवादी केन्द्रलक्षित थियो ।

    कुनै दलको नाम नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको टिप्पणी गरे ।

    ओलीले भने, ‘मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन् । तर्साउँछन्, धम्क्याउँछन् । हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन् । हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन् । हाम्रो बन्दुकको कार्तोस अझै पनि ओसिएको छैन भन्छन् । हाम्रा पाखुरा लाठी चलाउन नसक्ने भएका छैनन् भन्न सक्छन् । खुट्टा याद राख्नुस् भन्न सक्छन् । यो हुँदैन भन्न सकिदैन । त्यसकारण हाम्रो एलाईन्स आफैंमा मानवअधिकारप्रति समर्पित, इमान्दार हुनु पर्दछ । मानव अधिकारप्रति उभिन सक्ने, बोल्न सक्ने, त्यसका रक्षाका निम्ति लड्न सक्ने त्यो हुनुपर्दछ । एक्लै भयो भने फाँसी दिन सक्छन् ।’

    मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले मानव अधिकारको रक्षाका लागि लड्न पार्टीनिकट मानव अधिकार एलाईन्सलाई निर्देशनसमेत दिए । अध्यक्ष ओलीले मानव अधिकारको पक्षमा उभिन सक्ने र रक्षा गर्न सक्ने काममा इमान्दार र समर्पित भएर लाग्न पनि सो एलाईन्सलाई सचेत गराएका छन् ।

    अध्यक्ष ओलीले नेपालमा मानव अधिकार उलंघनकर्ताहरूले नै धेरै मानव अधिकारको कुरा गर्ने गरेको भन्दै त्यसबाट सचेत रहनुपर्नेमा जोड दिए ।

  • मानव अधिकार रक्षकमाझ ओली : भने- बुद्धको देशका नेपाली कहिल्यै मृत्युदण्डको पक्षमा उभिन हुन्न (भिडिओ)

    मानव अधिकार रक्षकमाझ ओली : भने- बुद्धको देशका नेपाली कहिल्यै मृत्युदण्डको पक्षमा उभिन हुन्न (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताएका छन् ।

    मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकोले आफू मृत्यदण्डको पक्षमा नरहेको उनको तर्क छ ।

    मंगलबारबाट काठमाडौंमा सुरू भएको मानव अधिकार एलाइन्सको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले बुद्ध जन्मेका देशका वासिन्दाहरु कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्यदण्डको पक्षमा जान नहुने बताए ।

    ओलीले भने, ‘मृत्यदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । त्यसकारण हामी स्थायी रूपमा, हामी नेपालीहरू, बुद्ध जन्मेका देशका वासिन्दाहरू कहिल्यै पनि मृत्यदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो । तर, कतिवटा देशहरुले त मृत्युदण्ड दिएको दिए नै छ । संयुक्त राष्ट्र संघको मानव अधिकार डिक्लेरेशनले कुनै प्रकारको विभेद हुँदैन भन्छ । सबै प्रकारका असमानता स्वीकार गर्दैन ।’

    अध्यक्ष ओलीले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीति भइरहेको भन्दै असन्तुष्टि समेत जनाए ।

  • माओवादी घटकका पार्टीको अन्तरक्रिया स्थगित

    माओवादी घटकका पार्टीको अन्तरक्रिया स्थगित

    काठमाडौं । माओवादी घटकका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तरक्रिया स्थगित भएको छ ।

    छलफल कार्यक्रमस्थल व्यवस्थापन हुन नसक्दा स्थगित गर्नु परेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।

    सर्वोच्च अदालतले युद्धकालीन मुद्दालाई नियमित प्रक्रियावाट हेरेपछि माओवादी घटकले आपत्ति जनाउँदै आएका छन् ।

    सोही बारेमा यसअघि गत २६ गते बसेको संयुक्त बैठकले पत्रकार सम्मेलन र अन्तरक्रिया गर्ने घोषणा गरेका थिए ।

    माओवादी धारका पार्टीहरूले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् ।

  • भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन शीर्ष नेताहरूको सुझाव, शीतल निवासमा पुटिनदेखि राजापाक्षेको चर्चा

    भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन शीर्ष नेताहरूको सुझाव, शीतल निवासमा पुटिनदेखि राजापाक्षेको चर्चा

    काठमाडौं । आफ्नो कार्यकालको अन्तिम दिन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख नेताहरूलाई शीतल निवास डाकेर चियापनसहितको सामूहिक भेटवार्ता गरेकी थिइन् । करिब दुई घण्टा चलेको उक्त भेटवार्तामा नेताहरू खुलस्त र अनौपचारिक तवरबाट पेश भएका थिए ।

    राष्ट्रपति भण्डारीको कार्यकाल र आगामी राष्ट्रपतिको कार्यभारका विषयमा कुराकानी केन्द्रित थियो । साथै, भण्डारीको अबको राजनीतिक यात्राबारे पनि नेताहरूले आ-आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।

    बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भण्डारीलाई राष्ट्रपतिबाट अवकाशपछि सक्रिय राजनीतिमा फर्किन निकै जोड दिए । उमेरका हिसाबले पनि भण्डारीसँग प्रशस्त समय रहेकाले कुनै हालतमा सक्रिय राजनीति गर्नुपर्ने उनको सुझाव थियो ।

    प्रचण्डले भने, ‘यहाँले प्रथम महिला राष्ट्रपतिको रूपमा एउटा मुलुकको गौरव राख्नुभयो । आफ्नो लागि पनि इतिहास निर्माण गर्नुभयो । अब कार्यकारी अधिकारको अभ्यास गर्ने बाटोमा जाँदा राम्रो होला जस्तो लाग्छ । भोलि पहिलो महिला प्रधानमन्त्री बन्ने सौभाग्य पनि यहाँले प्राप्त गर्न सक्नुहुन्छ नि ।’

    प्रचण्डले राष्ट्रपतिको कार्यकालको पनि प्रशंसा गरेका थिए ।

    ‘निश्चितरूपमा केही विषयहरूमा हाम्रा असन्तुष्टि थिए होलान् । तर, समग्रतामा उहाँको कार्यकाल सफल र उपलब्धीपूर्ण नै भयो भन्ने लाग्छ,’ उनले भने ।

    एमालेलाई भने भण्डारीको प्रतीक्षा छ । पार्टी अध्यक्षका रूपमा ओलीको यो अन्तिम कार्यकाल हो । उनीपछिको उत्तराधिकारीका रूपमा कसैले पनि आफूलाई उभ्याउन सकिरहेको छैन ।

    यतिमात्र होइन, प्रचण्डले भण्डारीलाई आफूहरूले फेरि पाँच वर्ष राष्ट्रपतिमा निरन्तरता दिन प्रस्ताव गरेको पनि दाबी गरे ।

    ‘संविधानमा दुईपटक मात्रै राष्ट्रपति बन्न पाउने व्यवस्था छ । तर, उहाँ पहिलो कार्यकालमा अन्तरिम तवरबाट राष्ट्रपति हुनुभएकाले त्यसको गणना हुँदैन । त्यसबेला राष्ट्रिय सभा, प्रदेशसभा बनेकै थिएनन् । त्यसैले अब फेरि पाँच खानुस्, हामी मिलाउँला, सबै कुरा गरौंला भनेको हो । तर, निवर्तमान राष्ट्रपतिले मान्नुभएन । म अर्को टर्म खान्न भन्नुभयो,’ प्रचण्डले खुलाए ।

    बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले थोरै तर सटिक बोलेका थिए । उनले सक्रिय राजनीतिमा आउने/नआउने विषयमा निर्णय भण्डारी आफैंले लिनुपर्ने बताए ।

    फाइल तस्बिर ।

    देउवाले भने, ‘साथीहरूले भन्देखुनलाई आ-आफ्नो धारणा राख्नुभएको छ । उहाँहरूले दिएको सुझाव आफ्नो ठाउँमा ठीक छ । म चाहीँ (सक्रिय राजनीतिमा) आउनुस् पनि भन्दिनँ, नआउनुस् पनि भन्दिनँ । उहाँलाई संविधानले छेकेको छैन । मलाई सिनियर भनिहाल्नुभयो । उमेरको हिसाबले मभन्दा २० वर्ष नै कम हुनुहुन्छ होला । तर, जेसुकै भए पनि निर्णय उहाँ आफैंले लिने हो । त्यसो हुँदाखेरि उहाँले राजनीतिमा आउने निर्णय गर्नुभयो भने सबैभन्दा ठूलो सहयोग मेरो हुन्छ ।’

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि राष्ट्रपति भण्डारी सक्रिय राजनीतमा आउँदा नै उचित हुने सुझाव दिए ।

    ‘मेरो त मदन भण्डारीजीसँग पनि निकटता थियो,’ यादवले थपे, ‘तपाईंहरू काठमाडौं आइसकेपछि तपाईंहरू बसेको विराटनगरको कोठामा म बसेको हुँ । मदन भण्डारी भन्नेवित्तिकै मनैदेखि सम्मानको भावना जागृत हुन्छ । उहाँको धर्मपत्नी भएको हिसाबले पनि राजनीतिमा आउँदा हाम्रो सहयोग नरहने कुरै छैन ’, यादवले भने ।

    अन्त्यमा सबैलाई पञ्चलाइन चाहीँ एमाले अध्यक्ष केपी शर्मा ओलीले दिए ।

    उनले भने, ‘राष्ट्रपतिज्यू राजनीतिमा फर्किनुभयो भने तपाईंहरू चाहीँ के गर्नुहुन्छ ?’

    ओलीको यस्तो प्रश्नले हाँसो गुञ्जेको थियो । त्यसो त ओलीले पनि भण्डारी राजनीतिमा सक्रिय हुनुपर्ने नै भाव प्रकट गरे ।

    प्रचण्डले राष्ट्रपतिको कार्यकालको पनि प्रशंसा गरेका थिए ।

    बैठकमा नेताहरूले अन्य देशहरूको दृष्टान्त पनि सुनाएका थिए । रुसमा भ्लादमिर पुटिन र श्रीलंकाका महिन्दा राजापाक्ष राष्ट्रपति र प्रधानमन्त्री दुवै बनेको भन्दै भण्डारीसँग पनि त्यो अवसर रहेको उनीहरूले बताए । एकजनाले त मात्रिकाप्रसाद कोइरालाको समेत उदाहरण दिएका थिए ।

    ‘मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भइसकेको मान्छे अमेरिकाको राजदूत बन्न तयार हुनुभयो । राष्ट्रपति बनेको मान्छे प्रधानमन्त्री बन्दा कुनै अपमानजनक हुँदैन,’ ती नेताले भने ।

    नेताहरूका कुरा सुनेर राष्ट्रपति भण्डारी मुसुमुसु हाँसेकी थिइन् । उनले सक्रिय राजनीतिमा फर्किनेबारे स्पष्ट केही बताइनन् । यद्यपि, राष्ट्रपतिबाट हटेपछि पनि देश र समाजका लागि निरन्तर योगदान दिने चाहना रहेको उनको भनाइ थियो । सबै नेताहरूको सुझावहरूलाई सकारात्मकरूपमा लिएको र केही समय सोचेर निर्णय लिने भण्डारीले बताइन् ।

    एमालेमा फर्केलिन् ?

    दुईपटक गरी सात वर्ष शीतल निवासमा बिताएकी भण्डारी हिजोबाट फुर्सदिलो भएकी छन् । उनले आफ्नो बाँकी जीवनका लागि कुन बाटो रोज्लिन् भन्ने जिज्ञासा छ ।

    भण्डारीअघिका प्रथम राष्ट्रपति डा. रामवरण यादव शीतलनिवासबाट निस्किएपछि निष्क्रिय बने । उनी न पार्टी राजनीतिमा फर्किए न आफ्नो चिकित्सकीय पेशामा । आक्कलझुक्कल मिडियामा अन्तरवार्ता दिने र एकाध कार्यक्रममा उपस्थिति जनाउनेबाहेक उनी सार्वजनिक जीवनमा देखिँदैनन् । अघिल्ला उपराष्ट्रपति परमानन्द झा त झन् गुमनाम नै छन् ।

    अन्य देशहरूमा हेर्ने हो भने सर्वोच्च पदबाट अवकाशपछि राजनीतिमा सक्रिय भएको, आफ्नो पुरानो पेशामा फर्केको वा समाजसेवामा लागेका दृष्टान्तहरू भेटिन्छन् । राष्ट्रपति भण्डारी आफ्नो पुरानो पार्टी एमालेमा नै फर्किएर सक्रिय राजनीति गर्न सक्ने अनुमान धेरैको छ । तर, शीतल निवास स्रोत भने यस विषयमा भण्डारीले कुनै निर्णय लिइनसकेको बताउँछ । देशकै अभिभावक भइसकेको व्यक्ति फेरि एउटा दलको नेताको भूमिकामा खुम्चिनु कति गरिमापूर्ण होला भन्ने कोणबाट पनि राष्ट्रपतिले विचार गरिरहेको स्रोतको भनाई छ ।

    अन्त्यमा सबैलाई पञ्चलाइन चाहीँ एमाले अध्यक्ष केपी शर्मा ओलीले दिए ।

    तर, एमालेलाई भने भण्डारीको प्रतीक्षा छ । पार्टी अध्यक्षका रूपमा ओलीको यो अन्तिम कार्यकाल हो । उनीपछिको उत्तराधिकारीका रूपमा कसैले पनि आफूलाई उभ्याउन सकिरहेको छैन । ईश्वर पोखरेललगायतका केही सिनियर नेताहरू उमेरहदका कारणको अर्को महाधिवेशनबाट रिटायर्ड हुनेछन् । त्यसपछि नेतृत्वको प्रतिस्पर्धामा विष्णु पौडेल र शंकर पोखरेल अगाडि छन् ।

    राजनीतिक उचाइ र अनुभवका आधारमा ओलीको तुलनामा पौडेल-पोखरेल धेरै पछाडि छन् । त्यसैले यो रिक्तता पूर्ति गर्दै एमालेमा ओलीपछिको सर्वस्वीकार्य नेतृत्वका रूपमा स्थापित हुनसक्ने अवसर भण्डारीसँग देखिन्छ । उनलाई एमालेमा स्वागत गर्न ओली पनि सकारात्मक रहेको बताइन्छ भने यदि उनले पार्टीमा कार्यकारी भूमिका चाहिन् भने कसैले पनि अवरोध गर्ने सम्भावना छैन ।

    कतिपयले भण्डारी चितवनमा हुने उपनिर्वाचनमा लड्नसक्ने चर्चा चलाए पनि त्यो सम्भावना नरहेको पार्टी स्रोतको भनाई छ ।

    ‘उहाँ केही समय मौन नै बस्नु हुन्छ, उपनिर्वाचन लड्ने कुरा हावादारी हो,’ स्रोतले भन्यो ।

  • प्रचण्डले भने- अदालतको फैसला शान्ति सम्झौताभन्दा बाहिर गएन, माओवादीको भँगालोलाई एकजुट बनायो (भिडिओ)

    प्रचण्डले भने- अदालतको फैसला शान्ति सम्झौताभन्दा बाहिर गएन, माओवादीको भँगालोलाई एकजुट बनायो (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसला पनि शान्ति सम्झौता भन्दा बाहिर नगएको प्रतिक्रिया दिएका छन्।

    माओवादीनिकट शिक्षक संगठनको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अब छिट्टै माओवादी घटकहरु एकै ठाउँमा आउने दाबी गरे।

    उनले भने, ‘विस्तत शान्ति सम्झौता भन्दा बाहिर अध्यक्ष तथा प्रधानमन्त्रीमाथि नै केही होला कि भन्ने तरङ्ग र चिन्ता पैदा भयो। तर, म बिल्कुल चिन्तित थिइन्। मलाई यो हामीलाई सहयोग गर्ने कुरा नै भइरहेको छ भन्ने लागेको थियो। हामी विभाजित माओवादीहरुलाई एकै ठाउँमा आउँ भन्ने आदेश हो जस्तो बुझे मैले। हामीलाई एकैठाउँमा ल्याउँन मद्दत नै गर्यो। छिटो भन्दा छिटो ऐन अगाडि बढाउ भन्ने आदेश बुझे मैले।’

    माओवादीहरु पनि केही समय विभिन्न भँगालोमा विभाजित भएपनि अब एकीकृत गर्ने समय आएको बताए। उनले भने, ‘हामी माओवादी नेतृत्वहरुले गम्भिर भएर बुझ्न जरुरी छ। त्यसैले अब छिट्टै ठुलो एकता हुन्छ भन्ने मलाई विश्वास छ।’

  • माओवादी घटकको संयुक्त अपिल- राज्यको पुनर्संरचना गर्ने संकल्पमा एकताबद्ध छौं

    माओवादी घटकको संयुक्त अपिल- राज्यको पुनर्संरचना गर्ने संकल्पमा एकताबद्ध छौं

    काठमाडौं । नेकपा माओवादी घटकका नौ दलले संक्रमणकालीन न्यायका सम्बन्धमा चलिरहेका चर्चाहरूप्रति आपत्ति जनाएका छन् ।

    प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा अघि बढेपछि माओवादी धारका पार्टीहरुको संयुक्त पत्रकार सम्मेलन गरेर संयुक्त अपिल जारी गरेका छन् ।

    नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा क्रान्तिकारी-माओवादीका स्थायी कमिटी सीपी गजुरेल, नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमी, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी, नेकपा नेपालका महासचिव रामनारयण पालले संयुक्त हस्ताक्षर गरेका छन् ।

    उनीहरुले अविलम्ब आवश्यक कानून बनाइ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग विशेष अपील गरेका छन् ।

    संयुक्त अपिलमा भनिएको छ, ‘विस्तृत शान्ति सम्झौता र त्यसलाई आफ्नो अभिन्न अंग मानेको नेपालको संविधानले द्वन्द्वकालीन घटनाहरूको निरुपण गर्ने जिम्मेवारी सत्य निरुपण तथा मेलमिलाप आयोगलाई दिएको छ । यो ऐतिहासिक सन्दर्भ र संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताका विरूद्ध हुने तथ्य पनि स्पष्ट छ ।’

    संक्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्वकालका सबै मुद्दाहरू सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारभित्र पर्ने कुरा पनि प्रस्ट पारेका छन् । गत साल विभिन्न राजनीतिक दलसँग गरिएका सहमति कार्यान्वयन गर्न पनि सरकारसँग माग गरिएको छ ।

  • विप्लवको चेतावनी- माओवादी भर्भराउँदै उठ्यो भने सबै षड्यन्त्र खरानी हुन्छ (भिडिओ)

    विप्लवको चेतावनी- माओवादी भर्भराउँदै उठ्यो भने सबै षड्यन्त्र खरानी हुन्छ (भिडिओ)

    काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिलेको व्यवस्था उल्टाएर नेपाललाई ०४७ सालमा फर्काउन खोजेको भन्दै आफूहरू मौन नरहने चेतावनी दिएका छन् ।

    माओवादी धारका पार्टीहरूको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले कुनै पार्टीको मात्रै नभएर आज सिंगै नेपाली जनताको अधिकार संरक्षण गर्नुपर्ने बताए ।

    विप्लवले भने, ‘हामी सडकमा सुन्छौं यो परिवर्तनलाई पनि फर्काएर ०४७ सालमा लान खोजिँदैछ । त्यो कदापि स्वीकार हुन सक्दैन । त्यो समाधान पनि होइन । यो समाधान भनेको संसदीय व्यवस्था, दलाल व्यवस्था पूँजीवादी व्यवस्थाले पनि थेग्न नसकेको नेपाली जनताको अपेक्षा चाहनालाई थेग्न नसकेको परिस्थिति हो । यसलाई अग्रमागामी परिवर्तन गरेर वैज्ञानिक समाजवादतिर लानुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ ।’

    उनले थपे, ‘हामी एकताबद्ध भएर जानुपर्छ । नेपाललाई अझै रुपान्तरण गरेर पुर्नसंरचनातर्फ लैजाने सोच्नुपर्छ । त्यो भएमात्रै हामी सफल हुनसक्छौं । हामी निराश हुनुपर्ने जरुरी छैन । आगोको भुँग्रोमा अहिले दलालहरूले मट्टीतेल छर्किएको जस्तो छ । माओवादी भर्भराउँदै उठ्यो भने यो देशमा कम्युनिष्ट क्रान्तिकारीहरू एकताबद्ध भएर भर्भराउँदै उठ्यौँ भने त्यो आगोको ज्वालामा सबै षड्यन्त्र खरानी हुन्छ ।’

  • स्थायी शान्तिका लागि माओवादीहरू एकताबद्ध हुन्छौं : कर्णजीत बुढाथोकी

    स्थायी शान्तिका लागि माओवादीहरू एकताबद्ध हुन्छौं : कर्णजीत बुढाथोकी

    काठमाडौं । नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले माओवादीमाथिको हमला भनेको आम नेपालीमाथिको हमला भएको दाबी गरेका छन् । माओवादी धारका पार्टीहरूको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालीमाथि भएको हमलाको प्रतिवाद गर्न आफूहरू तयार रहेको बताए ।

    उनले भने, ‘कांग्रेस र एमालेहरूले माओवादीहरू नमिलुन् भन्ने चाहेका छन् । विदेशीहरूले पनि माओवादी मिलेको हेर्न चाहेका छैनन् । तर, हामी माओवादीहरू मिल्न खोजिरहेका छौं । यो देशको राजनीतिक निकास हामीले दिनुपर्छ । यो देशको स्थायी शान्तिको लागि एकताबद्ध हुन खोजिरहेका छौं ।’

  • देव गुरुङको आरोप- एमालेकै कारण शान्ति सम्झौता भंग हुने चिन्ता बढ्यो (भिडिओ)

    देव गुरुङको आरोप- एमालेकै कारण शान्ति सम्झौता भंग हुने चिन्ता बढ्यो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले शान्ति प्रक्रियालाई संवैधानिक अंग बनाइसकेपछि सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंग्याउनुपर्ने बताएका छन् ।

    माओवादी धारका पार्टीहरुको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै रेगुलर कोर्टमा मुद्दा पुगेपछि बृहत शान्ति सम्झौता भंग हुने चिन्ता बढेको बताए ।

    उनले भने, ‘संक्रमणकालीन न्यायसँग जोडिएका मुद्दाहरुको बारेमा जसरी छलफल चलिरहेको छ । शान्ति प्रक्रियाभन्दा फरक ढंगले संवैधानिक मान्यताभन्दा फरक ढंगले जान खोजिएको छ । अहिले क्षेत्राधिकारभन्दा फरक ढंगले जान खोजिएकाले कतै शान्ति प्रक्रिया उल्टिने त होइन भन्ने चित्ता प्रकट भएको छ । यो विषयमा हाम्रो ध्यानाकर्षण गराउन माओवादी घटक एक ठाउँमा भएका छौं । शान्ति प्रक्रियामा भएको सम्झौताअनुसार नै समस्याको समाधान हुनुपर्छ ।’

    संसदमा विधेयक पुगे पनि एमालेको नेतृत्वले शान्ति प्रक्रिया टुंग्याउन नचाहेको महासचिव गुरुङले आरोप लगाए ।

  • आज माओवादी घटकले संयुक्त पत्रकार सम्मेलन गर्दै

    आज माओवादी घटकले संयुक्त पत्रकार सम्मेलन गर्दै

    काठमाडौँ । माओवादी घटकले आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । सशस्त्र युद्धकालीन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट सम्बोधन गर्न थालेकोमा आपत्ति जनाएको माओवादी घटकले आज अपराह्न २ बजे पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो ।

    माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी घटक दलका सबै शीर्ष नेताहरू सो पत्रकार सम्मेलनमा उपस्थित रहनेछन् । पत्रकार सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

    सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट मुद्दा सम्बोधन गर्न थाले पछि सो पहलकदमी विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत भएको भन्दै प्रतिवाद गर्ने यसअघि नै धारणा सार्वजनिक गरिसकेको छ । माओवादी केन्द्र र माओवादी घटक दलहरूले अलग अलग वक्तव्यमार्फत पनि सर्वोच्चको पछिल्लो निर्णय प्रति असहमति जाहेर गरेका छन् ।

    माओवादीले सो असहमति जाहेर गरे पनि शुक्रवार सर्वोच्च अदालतले भने माओवादी अध्यक्ष प्रचण्डलाई पक्राउ गरी पाउँ भन्दै परेको रिटलाई अग्राधिकार दिई १५ दिनभित्र अदालतमा उपस्थित हुन वा वारेसमार्फत जवाफ दिन कारण देखाऊ आदेश दिइसकेको छ ।

    यसअघि सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले कात्तिक २५ गते सिधै सर्वोच्चको इजलासमा निवेदन दिएपछि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले सर्वोच्च अदालत प्रशासनलाई  प्रचण्डको अभिव्यक्तिविरुद्ध पेस भएको रिट दर्ता गर्न आदेश दिएपछि माओवादी वृत्त तरङ्गित छाएको हो ।

    माओवादी अध्यक्ष प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित एक कार्यक्रममा भनेका थिए- ‘म तथ्यांकमात्रै सच्याउन चाहन्छु, मलाई १७ हजार मान्छे मारेर आएको भन्ने गरिएको छ, यो सत्य होइन। सत्य के हो, मलाई भन्न दिनुस्। हिजोका सामन्ती राजा र शासकहरूले १२ हजार मान्छे मारेका हुन्।  मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने लिन्छु।’

    तीन वर्ष अघिको सो अभिव्यक्तिलाई लिएर माओवादी पीडितसमेत रहेका अधिवक्ता आनन्द आरणलगायतले सर्वोच्चमा मुद्दा दायर गरेका हुन । जुन मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिइसकेको छ ।

  • सर्वोच्चद्वारा प्रचण्डको नाममा कारण देखाउ आदेश, अन्तरिम आदेश भएन

    सर्वोच्चद्वारा प्रचण्डको नाममा कारण देखाउ आदेश, अन्तरिम आदेश भएन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कुनै पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ ।

    न्यायाधीस ईश्वर खतिवडाको एकल इजलासले सो आदेश दिएको हो । संक्रमणकालीन न्याय प्रक्रिया लामो समयसम्म टुंगो नलागेको विषयमा प्रस्तुत रिट निवेदनबारे के कसो भएको हो, निवेदकको माग बमोजिम आदेश किन जारी गर्नु नपर्ने हो भन्ने लिखित जवाफ माग गरिएको छ ।

    माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र प्रधानमन्त्री स्वयम्ले वा कानून बमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रतिवादीहरुले महान्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ ।
    सर्वोच्चले आन्तरिम आदेश जारी गर्नुपर्ने आवश्यकता नदेखिएको जनाएको छ ।

    ‘यस प्रकारका कानुनी प्रश्नहरुको निरुपण पूर्ण सुनुवाइको अवस्थामा नै गर्नु मनासिब देखिन्छ । अहिले माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न परेन,’ आदेशमा भनिएको छ ।

    इजलासले रिट निवेदनमा उठाइएको विषयको महत्व, गम्भीरता र संवेदनशीलताका कारण यसलाई छिटो छरितोरुपमा निरुपण गर्नुपर्ने भन्दै अग्राधिकार दिएको छ ।

    प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा भएको हिंसाका घटनामध्ये ५ हजार व्यक्तिको हत्याको जिम्मेवारी आफूले लिने सार्वजनिकरुपमा नै बताएकाले उनलाई तत्काल पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग गर्दै रिट निवेदन दर्ता गरिएको थियो ।

  • आयोगको वक्तव्य संविधान र कानूनअनुसार नै छ, प्रतिकूल व्याख्या गर्न कसैले सक्दैन : शक्ति बस्नेत

    आयोगको वक्तव्य संविधान र कानूनअनुसार नै छ, प्रतिकूल व्याख्या गर्न कसैले सक्दैन : शक्ति बस्नेत

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले उपराष्ट्रपतिमा संविधान र कानून प्रतिकूल कसैले व्याख्या गर्न नसक्ने टिप्पणी गरेका छन् ।

    नौ दलीय गठबन्धनको कार्यदलको सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उपराष्ट्रपतिमा संविधानले लिंग वा समुदाय फरक हुनुपर्छ भनेको प्रष्ट पारे ।

    निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भनेको छ त्यसलाई गठबन्धनले कसरी लिएको छ भन्ने प्रश्नमा उनले भने, ‘अहिले जारी भएको वक्तव्य संविधान र कानूनअनुसार नै भएको देखिन्छ । त्यहाँ महिला वा अन्य समुदायको भनिएको छ । अहिले निर्वाचित हुनुभएको राष्ट्रपति खस आर्यको तर्फबाट र लिंगको हिसाबमा पुरुष हुनुहुन्छ । त्यो बाहेक महिला वा फरक समुदायको भनिएको छ । वक्तव्यमा हेर्दा मैले समस्या देख्दिनँ । तपाईंहरुले भन्नुभएको कुरा हो भने त्यो संविधान र उसको भावना विपरीतको हुन्छ । मैले त्यो सुन्नमा आएको छैन। त्यो संविधानको खिलापमा हुन्छ ।’

  • प्रचन्डविरुद्धको मुद्दाको सुनुवाइ सकियो, केहीबेरमा आदेश आउने

    प्रचन्डविरुद्धको मुद्दाको सुनुवाइ सकियो, केहीबेरमा आदेश आउने

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटको सुनुवाइ सकिएको छ ।

    न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट सुनुवाइ सकिएपनि आदेश आउन बाँकी छ । आदेश आजै आउने बताइएको छ ।

    ३ वर्षअघि माघीका दिन काठमाडौंको टुँडिखेलमा जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएकाले फौजदारी अभियोगमा कारबाही गरिनुपर्ने मागसहित द्वन्द्वमा मारिएकाका आफन्तले उनीविरुद्ध दुईवटा रिट दर्ता गराएका थिए ।

    प्रचण्डविरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरीलगायत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरणसहित १४ जनाले मुद्दा दायर गरेका थिए ।

  • माओवादीको चाहना- जसपाले उपराष्ट्रपति उम्मेदवार फरक समुदायको र महिला बनाइदिए हुन्थ्यो (भिडिओ)

    माओवादीको चाहना- जसपाले उपराष्ट्रपति उम्मेदवार फरक समुदायको र महिला बनाइदिए हुन्थ्यो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले उपराष्ट्रपति फर समुदायको महिला हुनुपर्ने बताएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बालुवाटारमा बसेको माओवादी घटकका ८ दलको संयुक्त बैठकपछि माओवादी महासचिव देव गुरुङले उपराष्ट्रपतिमा लैंगिक रूपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।

    गुरुङले नेपालको अहिलेको अवस्था स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुने बताए । आफ्नो पार्टीले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन गठबन्धनका घटकहरूले पहल गर्नुपर्नेमा उनले जोड दिए ।

    महासचिव गुरुङले भने, ‘उपराष्ट्रपतिमा जसले सिफारिस गरेको भएपनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रूपले फरक र सामुदायिक फरक भन्ने छ । अभ्यास हामीले के बसाल्ने प्रक्रियाको सुरू गरियो भने एउटा पुरुष भए अर्को महिला हुनुपर्छ भन्ने मान्यता बसिसकेको छ । नेपालको अहिलेको अवस्था स्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए बेस हुन्थ्यो । हामीले परामर्श दिनुपर्दा लैंगिकरूपले फरक हुनुपर्छ । महिला दिँदा राम्रो हुन्छ ।’

    ९ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाको भागमा परिसकेको छ । सोही बाँडफाँटअनुसार बिहीबार जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । यादवलाई उपराष्ट्रपतिमा पठाएर अध्यक्ष उपेन्द्र यादव उपचुनावबाट संसद भवन प्रवेश गर्ने दाउमा छन् ।

    उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहिता पनि हट्ने भएकाले चैत ५ गतेपछि मात्रै सरकार विस्तार हुने गुरुङले बताए ।

  • प्रधानमन्त्रीको अध्यक्षतामा माओवादी घटकको बैठक : सामूहिक दबाबका कार्यक्रम घोषणा (भिडिओ)

    प्रधानमन्त्रीको अध्यक्षतामा माओवादी घटकको बैठक : सामूहिक दबाबका कार्यक्रम घोषणा (भिडिओ)

    काठमाडौं । माओवादी घटकका पार्टीहरूले फागुन २८ गते (आइतबार) संयुक्त पत्रकार सम्मेलन गरी पछिल्ला घटनाक्रमको सामूहिकरूपमा खण्डन गर्ने भएको छ ।

    शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले सो निर्णय गरेको हो । बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रिया अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

    पछिल्लो समय शान्ति प्रक्रियाको उल्लंघन गर्ने प्रवृत्ति देखिएको भन्दै गुरुङले आपत्ति जनाए ।

    उनले भने, ‘आज बिहान पूर्वमाओवादी घटकहरु आठ दलको बैठक बस्यो । शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका जुन प्रवृत्तिहरू देखिएका छन्, त्यो मान्यतालाई खण्डित गर्दै, शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरु अघि बढाउने, शान्ति प्रक्रियाका कामहरू छिटो सक्न संयुक्त अपिल प्रकाशन गर्ने, प्रेस मिट गर्ने २८ गते दिउँसो सबै नेताहरू मिलेर भन्ने कुरा भएको छ । ३० गते नागरिक समाज, बुद्धिजीविसँग शान्तिप्रक्रियाका बारेमा अन्तरक्रिया गर्ने कार्यक्रम गर्ने निर्णय भएको छ ।’

    शान्ति प्रक्रिया उल्लंघन गर्ने, उल्ट्याउने खालका प्रवृत्ति देखिएको भन्दै शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा नै निरन्तर अभियान जारी राख्ने निर्णय भएको पनि गुरुङले जानकारी दिए ।

    ‘अदालतको कुरा कानूनी प्रक्रियाअनुसार नै अघि जान्छ । शान्ति प्रक्रिया उल्लंघन गर्ने, उल्ट्याउने, खालका जुन प्रवृत्तिहरु देखिएका छन्, त्यो प्रवृत्तिका बारेमा सजग र सतर्क सबै भएका छन् । शान्ति प्रक्रियालाई उल्ट्याउन खोजेको नै हो भने शान्ति प्रक्रिया समाप्त भयो भन्न खोजेको हो भने अर्कै कुरा हुन्छ । शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा नै निरन्तर अभियान जारी राख्नुपर्छ भन्ने कुरा भएको छ ।’

  • बालुवाटारमा फेरि जुटे माओवादी घटकका नेता

    बालुवाटारमा फेरि जुटे माओवादी घटकका नेता

    काठमाडौं । माओवादी धारका नेताहरू आज फेरि बालुवाटारमा जुटेका छन् । यसअघि मंगलबार पनि नेताहरू बैठक बसेका थिए ।

    जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सीपी गजुरेल, नेत्रविक्रम चन् ‘विप्लव’, कृष्णबहादुर महरा, जनार्दन शर्मा, हिसिला यमी, खड्गबहादुर विक ‘प्रकाण्ड’, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश वलीलगायत उपस्थित छन् ।

    प्रचण्डविरुद्धको मुद्दाले सशंकित बनेका माओवादी घटकका नेताले संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

    मंगलबार उनीहरूले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरूको प्रतिवाद गर्ने बताएका थिए ।

    सरकारले हिजैमात्र टीआरी संशोधित विधेयक संसदमा दर्ता गराएको छ ।

  • प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ हुने

    प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ हुने

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ आज हुँदैछ ।

    बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा उक्त रिटको पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेकाले आज सुनुवाइ हुने भएको हो ।

    ३ वर्षअघि माघीका दिन काठमाडौंको टुँडिखेलमा जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएकाले फौजदारी अभियोगमा कारबाही गरिनुपर्ने मागसहित द्वन्द्वमा मारिएकाका आफन्तले उनीविरुद्ध दुईवटा रिट दर्ता गराएका छन् ।

    प्रचण्डविरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरीलगायत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरणसहित १४ जनाले रिट दायर गरेका छन् ।

  • राष्ट्रपति निर्वाचित भएपछि बालुवाटार पुगे रामचन्द्र

    राष्ट्रपति निर्वाचित भएपछि बालुवाटार पुगे रामचन्द्र

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा स्वागत गरेका छन् ।

    बिहीबार साँझ प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई आफ्नो निवासमा स्वागत गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    पौडेलले आज भएको निर्वाचनमा राष्ट्रपति चुनिएका थिए । उनले एमालेका सुवास नेम्वाङलाई पराजित गरेका हुन् ।

  • गोकुलको चेतावनी- टीआरसी विधेयक हुलमुलमा पारित गरिए जटिल अवस्था आउँछ (भिडिओ)

    गोकुलको चेतावनी- टीआरसी विधेयक हुलमुलमा पारित गरिए जटिल अवस्था आउँछ (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले संक्रमणकालिन न्यायको विषय मानवअधिकारसँग जोडिएको भन्दै सत्ता र शक्तिको लेखाजोखा र स्वार्थका लागि काम हुनु नहुने बताएका छन् । सरकारले विधेयक ल्याएपनि समितिमा छलफल नगरी हुलमुलमा पारित गरेमा जटिल अवस्था आउने उनको चेतावनी छ ।

    भिडिओ

    मानव अधिकारका अन्तर्राष्ट्रिय मापनका आधारमा र नागरिकले पाउने, निहत्था मान्छेहरूले, निर्दोष पाउने न्याय मर्न नसक्ने बाँस्कोटाको भनाई छ ।

    उनले भने, ‘एकदम प्रष्ट छ यसमा । सत्ताको, शक्तिको वा द्वन्द्वरत पक्षहरूको व्यक्तिगत खुशीयालीमा, नाफा वा घाटामा लाखौँ मान्छेहरूको मानवअधिकारसँग जोडिएको प्रश्न व्यक्तिगत लेखाजोखा र स्वार्थको विषय होइन । यो हाम्रो नेपालले पक्ष राष्ट्र भएर अन्तर्राष्ट्रिय रुपमा गरेको मानव अधिकारका सन्धि, अभिसन्धि, महासन्धि, नेपालको संविधान र शान्ति सम्झौताले पनि निरुपण गरेका कुराहरू यसमा पर्छन् । छ महिनामा सिध्याउने भनेको कुरा १६ वर्षसम्म नसिध्याएपछि अनि मुद्दा धाउँदा धाउँदै परलोक हुने त मान्छेहरूले । ऐन ल्याएर समितिमा छलफल नगर्ने हुलमुलमा पास गरेर त बडा जटिल अवस्थाको
    सिर्जना हुनसक्छ ।’

    नेता बाँस्कोटाले माओवादी आन्दोलन कुनै क्रान्ति नभएर संगठित हिंसा र आतंक भएको टिप्पणी गरे । ‘जनयुद्ध’ राजनीतिक खोलभित्र देखिएको सामाजिक फाँसीवाद भएको उनको आरोप छ ।