Category: माओवादी केन्द्र

  • लुम्बिनीमा कांग्रेस-माओवादीको ‘अर्ली मुख्यमन्त्री’ रणनीति अलपत्र

    लुम्बिनीमा कांग्रेस-माओवादीको ‘अर्ली मुख्यमन्त्री’ रणनीति अलपत्र

    रुपन्देही । चैत १२ गते लुम्बिनी प्रदेश सरकारमा एमालेको नेतृत्वमा रहेका माओवादी, जसपा र जनमतका मन्त्रीहरुले राजीनामा बुझाएकै दिन कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख अमिक शेरचनलाई दावी पत्र पेश गरे ।

    कानुनका विषयमा प्रष्ट भएका प्रदेश प्रमुख शेरचन आफ्नै नेताहरुले समर्थन गरेको दावी पत्रलाई पनि अगाडि बढाउन राजी भएनन् । शेरचन माओवादीका पूर्व शीर्ष नेता हुन् ।

    सोही दिन एमाले पोलिटब्युरो सदस्य रहेका मुख्यमन्त्री लीला गिरीलाई समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखकोमा दर्ता भएपनि नयाँ सरकार गठनको दावी पत्र भने दर्ता नभएपछि अलपत्र परेको हो ।

    केन्द्रको समीकरणअनुसार प्रदेशमा सरकार परिवर्तनका लागि जोडबल चलिरहेपनि मुख्यमन्त्री गिरीलाई विश्वासको मत लिने समय नै नदिई नयाँ गठबन्धनबाट मुख्यमन्त्री बनाउने दावी भएपछि गठबन्धन दलमै आलोचना बढेको हो ।

    नयाँ गठबन्धनको मागअनुसार तत्काल सत्ता परिवर्तनको सम्भावना कम छ । प्रदेश प्रमुख निकट स्रोतकाअनुसार कानुन व्यवसायीसित परामर्श गरे पनि प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री गिरीलाई संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने अवसर दिने भएका हुन् ।

    गठबन्धनका ८ दलले ५४ जनाको हस्ताक्षरसहित बहुमतको दावी गर्दै मुख्यमन्त्रीबाट गिरीलाई हटाएर तत्काल चौधरीलाई नियुक्त गर्न माग गरेका थिए ।

    दलहरुको मागपछि प्रदेश प्रमुख शेरचनले सोमबार कानुनविदहरुसँग परामर्श गरेका थिए । परामर्शपछि संविधानको धारा १६८ को उपधारा ४ अनुसार ३० दिनभित्र विश्वासको मत लिने अवसर दिनुपर्ने निश्कर्षमा प्रदेश प्रमुख शेरचन पुगेको परामर्शमा सहभागी कानुनविद्ले बताएका छन् ।

    विश्वासको मत लिने अवसर नदिई संविधानको धारा १६८ को २ अनुसार बनेको सरकार विघटन गरी सोही धारा अनुसार मुख्यमन्त्रीको आह्वान गर्नु संविधानविपरीत हुने र प्रदेश प्रमुख दल विशेषको भएको देखिने सुझाव पनि कानुनविद्ले दिएका छन् ।

    आफू संविधानको भावना र मर्मभन्दा बाहिरबाट नचल्ने अडान राख्दै आएका प्रदेश प्रमुख शेरचनले दलहरुले ५४ जनाको हस्ताक्षरसहित बुझाएको निवेदन पनि कार्यालयमा दर्ता गरेका छैनन् ।

    स्रोतकाअनुसार सरकारको समर्थन फिर्ता लिएका दलहरुको निवेदन आइतवार नै दर्ता भएका छन् । तर, मुख्यमन्त्री नियुक्तिको निवेदन अहिलेसम्म पनि दर्ता भएको छैन ।

    मुख्यमन्त्री गिरीले संसदीय अभ्यासअनरुप अर्को महिना विश्वासको मत लिने तयारी गरिरहेका छन् ।

    अहिलेको समिकरण कायम रहे उनले विश्वासको मत पाउने सम्भावना देखिँदैन । त्यसैले आगामी बैशाख ११ गतेपछि मात्रै प्रदेशमा नयाँ सरकार गठन हुने देखिन्छ । त्यसपछि पनि प्रदेशमा ठूलो दलको हैसियतमा मुख्यमन्त्री गिरीले धारा ३ अनुसार पुनः मुख्यमन्त्री बन्न पाउने छन् यद्यपि यसको पनि एक महिनापछि पुनः विश्वासको मत लिनुपर्नेछ । त्यस कारण पनि चैत १२ गतेकै दिन मुख्यमन्त्री दावी पेश गरेको पत्र त्यो समयसम्म अलपत्र पर्ने निश्चित भएको हो ।

    त्यसो त हतारमा दावी पेश गरेका कांग्रेस–माओवादीका नेताहरु कानुन विपरीत मुख्यमन्त्री दावी गरेको भन्दै चौतर्फि आलोचना भएपछि लचक भएका छन् ।

    मुख्यमन्त्री गिरीलाई राजीनामा दिन दबाब दिने उद्देश्यले विपक्षी गठबन्धनले मात्र दावी पेश गरिएको र दावी गरेपछि भइहाल्छ भन्ने अवस्था नहुने तर्क उनीहरुको छ ।

    कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले आफूले दावी मात्रै गरेको र अधिकार प्रदेश प्रमुखलाई भएको बताए ।’

    हामीले नयाँ गठबन्धनको दावी मात्र गरेका हौं, मुख्यमन्त्रीको राजीनामाको दवावका लागि, कानुनमा के छ भनेर हेरेर निर्णय गर्ने अधिकार त प्रदेश प्रमुखलाई छँदैछ, दावी गर्नु स्वभाविक हो ।’ उनले भने ।

    माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले पनि आफूले नयाँ गठबन्धनका आधारमा दावी पेश गरेको र यसको अधिकार प्रदेश प्रमुखलाई भएको बताएका छन् ।

    ८७ सदस्यीय प्रदेश सभामा २९ सांसदसहित पहिलो दल छ । यसअघि उसलाई समर्थन गरेका ७ मध्ये ४ सांसद रहेको राप्रपाबाहेक सबै नयाँ गठबन्धनमा रहेका छन् । २७ सांसद रहेको कांग्रेस, १० सांसद रहेको माओवादी, ४ सांसद रहेको नागरिक उन्मुक्ति, ३ सांसद रहेका जसपा, जनमत र लोसपा तथा एक एक सांसद रहेका नेकपा एस,जनमोर्चा र स्वतन्त्र सांसद नयाँ गठबन्धनमा रहेका छन् ।

    अबको निकास उपधारा २ कि ३ ?

    मुख्यमन्त्रीले विश्वासको मत नपाए वा राजीनामा दिएमा संविधानको धारा १६८ का उपधारा २ को सरकार बन्छ या उपधारा ३ आकर्षित हुन्छ भन्ने बहस सिर्जना भएको छ। उक्त धाराको उपधारा २ मा प्रदेश सभामा कुनै दलले बहुमत प्राप्त गर्न नसके दुई वा दुईभन्दा बढी दलको सरकार बन्ने उल्लेख छ।

    उपधारा ३ मा उपधारा २ अनुसारको सरकारले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश सभाको ठूलो दलको नेतृत्वमा सरकार बन्ने लेखिएको छ।

    लुम्बिनी प्रदेश सभामा एमाले ठूलो दल छ। एमालेले १६८ को ३ अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन नसके पुनः आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने गरी तयारी गरेको संकेत गरेको छ। मुख्यमन्त्री लिला गिरीले विपक्षी गठबन्धनको दावी कानुन विपरीभ भएको बताउँदै आफूले कानुनी प्रकृया अनुसार अगाडि बढ्ने बताएका छन् ।

    एमाले दलका उपनेतासमेत रहेका मन्त्री चेतनारायण आचार्यले अब उपधारा ३ कै सरकार बन्नुपर्ने बताए ।

    ‘संविधानतः उपधारा २ अनुसार एकपटक सरकार बनिसकेपछि अब जाने ३ मा हो, त्यसरी जाँदा फेरि एमालेकै मुख्यमन्त्री बन्नुपर्छ,उहाँहरुले त्यसरी सरकारको दाबी गर्ने नै होइन’– आचार्यले भने ।

    तर कांग्रेस र माओवादी केन्द्रका नेताहरु भने १६८ को २ अनुसार दुई वा दुईभन्दा बढी दलको सरकार बन्ने र यसअघिको नजिर पनि त्यही रहेको बताएका छन् ।

    कांंग्रेस प्रदेश सभापति अमरसिंह पुनले यसअघि कुलप्रसाद केसी यही धारामा टेकेर मुख्यमन्त्री बनेकाले अब डिल्ली चौधरी पनि यही धाराबाट मुख्यमन्त्री बन्ने बताए ।

    माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले एमालेले अब बहुमत नभएपछि नैतिकताले छाड्नुपर्ने र धारा २ अनुसार नै सरकार बन्ने बताएका छन् ।

    धारा २ को सरकार बन्ने सम्भावना हुँदासम्म धारा ३ आकर्षित नहुने उनीहरुको तर्क छ ।

  • बालेनलाई प्रधानमन्त्रीको जवाफ- यो सरकार ५ वर्षसम्मै टिक्छ

    बालेनलाई प्रधानमन्त्रीको जवाफ- यो सरकार ५ वर्षसम्मै टिक्छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार ५ वर्ष नै टिक्ने बताएका छन् । बुधवार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई पनि काम गर्न कठिनाइ हुने गरेको कुराको जवाफ दिँदै सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरे ।

    प्रधानमन्त्री दाहालले भने, ‘कामनपा प्रमुख बालेन्द्र साहज्युले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाई ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ।’

    प्रधानमन्त्री दाहालले सरकार अब बिस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताए ।

  • प्रधानमन्त्रीले आजै एकजना मन्त्रीको नाम मागेपछि नेकपा एसको आकस्मिक बैठक बस्दै

    प्रधानमन्त्रीले आजै एकजना मन्त्रीको नाम मागेपछि नेकपा एसको आकस्मिक बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकजना मन्त्रीको नाम भने पनि आजै दिन आग्रह गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आकस्मिक बैठक बोलाएका छन् ।

    आज बिहान बालुवाटारमा गठबन्धनको बैठकपछि प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच एक्ला एक्लै छलफल भएको थियो । त्यस क्रममा नेपालले ३ मन्त्रालयमा अडान कायम राखेपछि प्रधानमन्त्रीले आज बेलुकासम्म एकजनाको भने पनि नाम दिन आग्रह गरेको स्रोतले जनाएको छ ।

    प्रधानमन्त्रीले नेकपा एसलाई ३ मन्त्री दिन सकारात्मक भए पनि सबैलाई बाँड्दा २ मन्त्रालयभन्दा माथि जान नसकिने बताएका छन् । आजै एकजना मन्त्रीको नाम दिन आग्रह गरेपछि नेकपा एसको सचिवालय बैठक बोलाइएको छ ।

    सचिवालयमा छलफल गरेर एकजनाको नाम आजै पठाइने नेकपा एसका एक नेताले बताए । स्रोतका अनुसार नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएको छ । प्रधानमन्त्रीले अर्को मन्त्रालय वन प्रस्ताव गरेपनि नेकपा एसले भने कृषि वा श्रम मन्त्रालय दाबी गरेको छ ।

    नेकपा एसबाट तीन मन्त्रालय पाउँदा डा. बेदुराम भुसाल, प्रकाश ज्वाला र भानुभक्त जोशी मन्त्री बन्ने भएका छन् ।

    आजै एकजनाको नाम दिँदा कसको पठाउने भन्नेबारे सचिवालयबाट टुंगो लगाउने भनेर नेपाल बालुवाटारबाट पार्टी कार्यालयतर्फ लागेका छन् ।

  • पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

    पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री शिवचन्द्र कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । गत निर्वाचनमा गठबन्धनबाट माओवादी उम्मेदवार बनी करिब ३ सय मत अन्तरमा जसपाका रामसहाय यादवसँग पराजित भएका कुशवाह बुधबार जनमतमा प्रवेश गरेका हुन् ।

    रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा कुशवाहलाई स्वागत गर्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले माओवादी आन्दोलनमा योगदान गरेका कुशवाहलाई बारा २ बाट उपचुनावमा उम्मेदवार बनाउने घोषणा समेत गरे ।

    रामसहाय उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा उपचुनाव हुँदैछ । उपेन्द्र यादवलाई चुनाव जिताउँने षडयन्त्र अनुरुप बारा २ मा हतार हतार उपचुनाव गराइएको भन्दै राउतले सप्तरीका जनताले अश्वीकार गरेका यादवलाई बारा २ का जनताले पनि अश्वीकार गर्ने बताए ।

  • बालुवाटार बैठक निष्कर्षविहीन, माधवलाई मनाउन वान टु वान छलफलमा प्रचण्ड

    बालुवाटार बैठक निष्कर्षविहीन, माधवलाई मनाउन वान टु वान छलफलमा प्रचण्ड

    काठमाडौं । आजै मन्त्रिमण्डल विस्तार गर्न भागबन्डा टुंग्याउने गरी छलफलमा जुटेको दश दलीय सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको छ । बेलुका ३ बजे बस्नेगरी नेताहरू बालुवाटारबाट बाहिरिएका छन् ।

    बैठकमा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत शीर्ष नेता निस्किएका हुन् ।

    अन्य दलका नेता बाहिरिएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वान टु वान वार्ता गरिरहेका छन् ।

    हिजो पनि कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३-३ मन्त्रालय पाउनैपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन बनेको थियो ।

    अध्यक्ष नेपालले ३ मन्त्रालयको अडान नछाडेपछि प्रधानमन्त्री प्रचण्डले एक्लै छलफल थालेका हुन् । नेकपा एसले संघ ३ रोजेको मन्त्रालय, एक प्रदेश सरकारको नेतृत्व र सबै प्रदेश सरकारमा आफ्नो सहभागिताको अडान राखेको छ ।

  • माधव, झलनाथसहित नेकपा एसका नेताले प्रचण्डलाई सुनाए तीन मन्त्रालयको बटमलाइन

    माधव, झलनाथसहित नेकपा एसका नेताले प्रचण्डलाई सुनाए तीन मन्त्रालयको बटमलाइन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका छन् ।

    प्रचण्डलाई भेट्न अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वाला पुगेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिने अन्तिम तयारी गरेपछि नेकपा एसका नेताहरूले प्रधानमन्त्री भेटेका हुन् । गठबन्धनमा रहेको कांग्रेसले राष्ट्रपति, माओवादी प्रधानमन्त्री र जसपाले उपराष्ट्रपति पाइसकेकाले अब आफूहरूको रोज्ने पालो भएको बताएका छन् ।

    उनीहरूले प्रचण्डसँग आफूहरूले गृहमन्त्रालयको अडान राखेको स्रोतले बतायो । उनीहरुले गृह नभए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चित्त बुझाउन तयार भएपनि तीन मन्त्रालयबाट घट्न नसक्ने स्पष्ट सन्देश दिएर फर्किएका छन् ।

    प्रचण्डले नेकपा एसको भागमा दुई मन्त्रालयमात्रै प्रस्ताव गरेका छन् । यस्तै, प्रदेशसम्म प्याकेजमै भागबन्डा हुँदा कुनै एक प्रदेश सरकारको नेतृत्व र सबै प्रदेशमा सहभागिता रहनुपर्ने प्रस्ताव संयुक्त रुपमा राखेका छन् ।

    एसले तीन मन्त्रालय लिएर पार्टी उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री पठाउने तयारी गरेको छ । प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिने आज ४ बजे गठबन्धनको बैठक बोलाएका छन् । तर, गृहमन्त्रालय माओवादी आफैले राख्ने प्रधानमन्त्रीको तयारी छ ।

  • गृह मन्त्रालयमा हानथाप, तीन दलको दाबीले बढ्यो किचलो

    गृह मन्त्रालयमा हानथाप, तीन दलको दाबीले बढ्यो किचलो

    काठमाडौं । हरेकपटक सरकार गठन वा विस्तारका क्रममा दलहरुबीच भागबण्डा हुँदा सबैभन्दा खोसाखोसमा पर्ने मन्त्रालय हो गृह । यसअघि तत्कालीन राजनीतिक परिस्थितिको लाभ उठाउँदै रवि लामिछानेले सहजै गृह उछिट्याएका थिए । तर, अहिले फेरि पुरानै प्रवृत्ति दोहोरिएको छ ।

    अदालतको फैसलाबाट सांसद पदसँगै रविले गृह मन्त्रालयको नेतृत्व पनि गुमाएका थिए । उनले आफ्नो नागरिकता पुनः प्राप्तिसँगै फेरि गृहमा फर्किन प्रयास गरे पनि सफल भएनन् ।

    प्रधानमन्त्रीले अरू कसैलाई गृहमन्त्री नियुक्त गरेका पनि छैनन् । फलतः सरकारको सबैभन्दा महत्त्वपूर्ण मन्त्रालय दुई महिनादेखि नेतृत्वविहीन छ ।

    योबीचमा सत्तारुढ गठबन्धन नै फेरियो । माओवादी र जनमत पार्टीका बाहेक सबै मन्त्रीहरू सरकारबाट बाहिरिइरहेका छन् । ती मन्त्रालयहरू पनि प्रधानमन्त्री प्रचण्डले आफैँसँग राखिरहेका छन् । सरकारले दोस्रो पटक विश्वासको मत लिएसँगै फेरि मन्त्रिपरिषदलाई पूर्णता दिन कसरत भइरहेको छ । तर, भागबण्डा मिलेको छैन ।

    गृह मन्त्रालयको विषयले मात्रै मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको होइन । तर, कुरा मिल्न नसकेको एउटा विषय यो पनि हो । प्रधानमन्त्री प्रचण्ड गृह आफ्नै पाटीसँग राख्ने योजनामा छन् । माओवादीबाट भौतिक योजना मन्त्री रहेका नारायणकाजीलाई गृहमा पठाउने उनको तयारी छ । तर, गठबन्धनभित्र कुरा मिल्न सकेको छैन ।

    गठबन्धनभित्रको एउटा घटक नेकपा एकीकृत समाजवादी पार्टीले पनि गृहमा दाबी गरेको छ । कांग्रेसले राष्ट्रपति र माओवादीले प्रधानमन्त्री पाएपछि पहिलो मन्त्रालय आफूहरूले रोज्न पाउनुपर्ने नेकपा एसको तर्क छ ।

    अर्कोतर्फ सरकारमा जान इच्छुक अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृह आफूले पाउनुपर्ने बताइरहेको छ । यसअघिकै सबै मन्त्रालयहरू फेरि फिर्ता पाए मात्र सरकारमा जाने सो पार्टीका प्रवक्ता डा। मुकुल ढकाल बताउँछन् ।

    आकारको हिसाबले नेकपा एसभन्दा रास्वपा ठूलो दल हो । त्यसैले शक्ति सन्तुलनका आधारमा निर्णय लिँदा प्रधानमन्त्रीले एसभन्दा रास्वपालाई छान्न दिनुपर्ने हुन्छ । तर, प्रधानमन्त्री रास्वपाप्रति धेरै सकारात्मक छैनन् ।

    एकीकृत समाजवादी भौतिक निर्माण मन्त्रालय लिएर सरकारमा सहभागी हुने प्रधानमन्त्रीको विश्वास छ । आफूलाई विश्वासको मत दिएका कारण रास्वपालाई पनि सरकारमा सहभागी गराउन उनी चाहन्छन् । तर, गृह भने रास्वपालाई कुनै हालतमा नदिने उनको रणनीति छ ।

    प्रधानमन्त्री निकट स्रोत भन्छन्, ‘दुवै दलले बार्गेनिङ मात्रै गरेका हुन् । गृह अब माओवादीसँगै रहन्छ ।’

    नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे भने गृह मन्त्रालयमा पार्टीको अडान रहने बताउँछन् । ‘गृह मन्त्रालय पाउनुपर्छ भन्ने हाम्रो अडान हो, प्रधानमन्त्रीलाई पनि भनिसकेका छौँ,’ उनले भने ।

    यस विषयमा प्रधानमन्त्रीबाट ठोस जवाफ नआइसकेको उनले बताए । ‘उहाँ हामीलाई गृह दिनै नसकिने भन्नेमा हुनुहुन्न, छलफल हुँदै छ,’ पाण्डेले भने ।

    सरकारमा रहेका सबै मन्त्रालयमध्ये गृहलाई सबैभन्दा आकर्षक मानिन्छ । भन्न त दलहरूले जनतालाई सुशासन दिनका लागि गृहको नेतृत्व लिन चाहेको बताउने गरेका छन्, तर खास कारण चाहिँ यो मन्त्रालयमा रहेर गर्न पाइने पावर एक्सरसाइज हो । देशको प्रहरीदेखि सबै ७७ वटै जिल्ला प्रशासन कार्यालयहरू गृह मन्त्रालयको मातहतमा रहन्छन् । प्रहरी र सीडीओका सरुवा–बढुवामा ठूलो आर्थिक चलखेलसमेत हुने गरेको छ । त्यसले यसलाई मालदार मन्त्रालय पनि मानिन्छ ।

  • गठबन्धन बैठकअघि रविले प्रचण्डलाई भेट्दै

    गठबन्धन बैठकअघि रविले प्रचण्डलाई भेट्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने भएका छन् ।

    प्रधानमन्त्रीले गठबन्धन दलहरूसँग छलफल गरी आजै सरकारलाई पूर्णता दिने तयारी गरिरहेका बेला रवि प्रधानमन्त्रीसँग भेट्न लागेका हुन् ।

    बालुवाटारमा मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका रविले आजै आफूले प्रधानमन्त्रीलाई भेट्न लागेको बताए ।

    सरकारमा इमान भएका मान्छेको आवश्यकता पर्ने उल्लेख गर्दै उनले सरकारमा सहभागिताका सवालमा कुरा गर्ने संकेत गरे ।

    आफ्नो भन्दा पीडितहरूको कुरा पहिले प्रधानमन्त्री समक्ष राख्ने बताएका रविले भने, ‘इमान भएको मान्छे सरकारमा जानुपर्छ । त्यसैले हामी जान लागेका हौँ ।’

    गृह मन्त्रालयसहित यसअघिका मन्त्रालय नपाए सरकारमा नजाने अडान लिएको रास्वपा सभापतिले प्रधानमन्त्रीसँग छलफल जारी राखेको हो ।

    आज ४ बजे गठबन्धन बैठक बस्दै छ । सहमति जुटे आजै सरकार विस्तारको तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।

  • लुम्बिनीमा आलोपालो मुख्यमन्त्रीको सहमति भएको माओवादीको दाबी, कांग्रेसद्वारा अस्वीकार

    लुम्बिनीमा आलोपालो मुख्यमन्त्रीको सहमति भएको माओवादीको दाबी, कांग्रेसद्वारा अस्वीकार

    रुपन्देही । लुम्बिनीमा नयाँ सरकार गठनको गृहकार्यमा लागेका दलहरूबीच सरकारको नेतृत्वको विषयलाई लिएर मतभेद देखिएको छ । माओवादीले आलोपालो नेतृत्व गर्ने सहमति भएको दाबी गरिरहँदा कांग्रेले भने त्यसलाई खारेज गरेको छ ।

    लीला गिरी नेतृत्वको सरकारबाट माओवादी, जनमतलगायतका विपक्षी गठबन्धनका मन्त्रीहरूले राजीनामा दिइसकेका छन् ।

    माओवादी संसदीय दलका नेता जोखबहादुर महराले नेपाली कांग्रेससँग आधाआधा समय मुख्यमन्त्री लिनेगरी सहमति भएको बताए ।

    ‘हामीले आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्नेगरी सहमति गरेका छौं, कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई पहिलो चरणमा मुख्यमन्त्री बनाउनेगरी प्रदेश प्रमुखकोमा दाबी पेश गरेका हौं । सहमति अनुसार हामीमा मन्त्रीले राजीनामा दिएर उहाँहरुलाई सरकारको नेतृत्व दिन लागेका हौं, त्यसपछि हाम्रो नेतृत्व हुनेछ ’, महराले नेपाल प्रेससँग भने ।

    तर, कांग्रेसले भने अहिले नै त्यसखालको कुनै सहमति नभएको प्रष्ट्याएको छ । कांग्रेस लुम्बिनीका अध्यक्ष अमरसिंह पुनले प्रदेशमा छुट्टै सहमति गरेर नहुने जिकिर गरे ।

    ‘केन्द्रीय समीकरणअनुसार कुन प्रदेशको नेतृत्व कसले पाउने भन्ने सहमतिअनुसार यहाँ कांग्रेसको नेतृत्वमा सरकारमा जाने सहमति भएको हो, आधा कार्यकाल सहमतिको कुरा हामीले यहाँ गरेर हुने कुरा होइन, केन्द्रले टुंगाउने विषय हो, यहाँमात्रै हुने होइन भए सबै ठाउँमा होला, अहिले कांग्रेसका डिल्ली चौधरीको नेतृत्वमा सरकारमा जाने सहमतिअनुसार दाबी पेश भएको छ’, पुनले भने ।

    माओवादीले यसअघि पुस २७ मा एमाले नेतृत्वको सरकार बन्दा पनि आधा कार्यकालको मुख्यमन्त्री पाउने सहमति भएको प्रचार गरेको थियो तर त्यो समयमा पनि एमालेले कुनै सहमति नभएको प्रष्ट पारेको थियो ।

    यसअघिको गठबन्धनमा माओवादी र कांग्रेस आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति गरेपनि माओवादीले पालना नगरेको भन्द्र कांग्रेस नेता रुष्ट बनेका थिए । तत्कालीन समयमा माओवादीका कुलप्रसाद केसी र कांग्रेसका वीरेन्द्र कनौडिया आधाआधा समय मुख्यमन्त्री बन्ने लिखित सहमति गरेपनि कुलप्रसाद केसीले पूरै समय सरकार चलाएका थिए ।

    यसअघि एमाले नेतृत्वमा रहेका ७ दलमध्ये राप्रपाबाहेकका सबै दलका ५४ सांसदले आइतबार नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षरसहितको दाबी प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका छन् ।

    यद्यपि अहिलेका मुख्यमन्त्री लीला गिरीलाई एक महिनाभित्र विश्वासको मत लिने समय र त्यसपछि ठूलो दलको हिसाबले पुनः मुख्यमन्त्री बनेर एक महिनामा विश्वासको मत लिने संवैधानिक सुविधा छ ।

  • रास्वपालाई गजुरेलको सुझाव- गृह नपाए पनि सरकारमा आउनुपर्छ

    रास्वपालाई गजुरेलको सुझाव- गृह नपाए पनि सरकारमा आउनुपर्छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने आशा व्यक्त गरेका छन् । यद्यपि, सो पार्टीले माग गरेबमोजिम गृहमन्त्रालय भने नपाउने उनको भनाइ छ ।

    सत्तारुढ गठबन्धनभित्र गृहमन्त्रालय माओवादीले र अर्थमन्त्रालय कांग्रेसले लिने समझदारी रहेको गजुरेलले उल्लेख गरे ।

    ‘गृहमन्त्रालय प्रधानमन्त्रीकै पार्टीले राख्ने पहिलेदेखिको अभ्यास हो । यसअघिको राजनीति परिस्थिति अलि भिन्न भएकाले हामीले गृह छोडेका थियौं । तर, अब माओवादीसँगै रहन्छ,’ उनले भने ।

    रास्वपाले प्रचण्ड नेतृत्वमा सहभागी हुनका लागि साबिककै मन्त्रालयहरू पाउनुपर्ने अडान लिएको छ । यसअघि रास्वपालाई उपप्रधान तथा गृहसहित, शिक्षा, स्वास्थ्य र श्रम मन्त्रालय दिइएको थियो । तर, छोटो समयमै पार्टी सरकारबाट बाहिरिएको थियो । फेरि सरकारमा फर्किनका लागि गृहसहितका चारवटै मन्त्रालय चाहिने रास्वपाको शर्त छ । तर, प्रधानमन्त्रीले रास्वपाको भागमा ३ वटा मन्त्रालय राखेका छन् । गृह माओवादीसँगै राख्ने उनको तयारी छ ।

    गजुरेलले रास्वपालाई गृहको साटो अर्को मन्त्रालय लिएर सरकारमा सहभागी हुन सुझाव दिए । यतिबेला सरकारबाट बाहिर बस्नु सो पार्टीका लागि हितकर नहुने समेत उनको दाबी छ ।

    ‘प्रधानमन्त्रीज्यू आफूलाई विश्वासको मत दिने सबै दलहरुलाई समेटेर लैजाने मनस्थितिमा हुनुहुन्छ । रास्वपा पनि आओस भन्ने हो,’ गजुरेलले थपे ।

    रास्वपा अहिलेसम्म सत्तारुढ गठबन्धनमा भने नजोडिएको उनले बताए ।

    ‘उहाँहरूले विश्वासको मत दिएको भए पनि गठबन्धनभित्र हुनुहुन्न । आफ्नै तरिकाले चलिरहनुभएको छ । गठबन्धन बैठकमा आउनुभएको छैन । उपचुनावमा पनि आफ्नै उम्मेदवारहरू उठाउने भन्नुभएको छ । अरू पार्टीभन्दा उहाँहरूको शैली फरक छ,’ गजुरेलले भने ।

    यदि आफूलाई परिवर्तनकारी शक्तिको रूपमा चिनाउन चाहने हो भने रास्वपा यही गठबन्धनसँग मिल्नुको विकल्प नहुने उनले बताए ।

    ‘परिवर्तनविरोधीसँग जोडिएर उहाँहरूको राजनीति बन्छ त ?’ गजुरेलले प्रश्न गरे ।

  • भोलि बेलुकी गठबन्धनको बैठक बसेर भागबन्डा टुंग्याउने शीर्ष नेताबीच सहमति

    भोलि बेलुकी गठबन्धनको बैठक बसेर भागबन्डा टुंग्याउने शीर्ष नेताबीच सहमति

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ ।

    मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए ।

    तीन शीर्ष नेताबीच भोलि बेलुकी ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।

    सरकारलाई पूर्णता दिन प्रधानमन्त्री प्रचण्डले गठबन्धन दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेर गठबन्धनको बैठक राखेर टुंग्याउन लागेका हुन् । प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने ११ दललाई समेटेर सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ८ र माओवादीले प्रधानमन्त्रीसहित ५ मन्त्रालय लिने लगभग सहमति भइरहेको छ । तर, नेकपा एस र जसपाले ३/३ मन्त्रालय दाबी गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले नेकपा एस र जसपालाई दुई-दुई मन्त्रालय दिन तयार छन् । तर, नेकपा एसले त्यतिमा चित्त नबुझाउने संकेत अध्यक्ष नेपालले आइतबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गरिसकेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको मुख्यमन्त्री दिने आश्वासन दिएर भएपनि नेपाललाई मनाउने प्रयास जारी राखेका छन् ।

    जसपा यसअघि सात दलीय गठबन्धनमा हुँदा पनि दुई मन्त्रालय दिएपछि असन्तुष्ट जनाउँदै सरकारमा सहभागी भएको थिएन । तर, अहिले उपराष्ट्रपति पाइसकेकाले दुई मन्त्रालयमा चित्त बुझाउने सम्भावना छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलाई पनि प्रधानमन्त्रीले एक-एक मन्त्रालयसहित सरकारमा सहभागी गराउने गृहकार्य भइरहेको छ । तर, जनमत, लोसपा र नाउपाले एक मन्त्रालयमा चित्त बुझाउन नसक्ने अडानमा छन् ।

  • भागबन्डा टुंग्याउन बालुवाटारमा प्रचण्ड र देउवाबीच वान टु वान भेट

    भागबन्डा टुंग्याउन बालुवाटारमा प्रचण्ड र देउवाबीच वान टु वान भेट

    काठमाडौं । मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल सुरू भएको छ । प्रधानमन्त्रीसँग भेट्न कांग्रेस सभापति देउवा आधा घण्टाअघि बालुवाटार गएका हुन् ।

    अहिले दुवै नेताबीच वान टु वान छलफल चलिरहेको स्रोतले बतायो । आजै मन्त्रिपरिषद विस्तारका लागि सहमति जुटाएर भोलि शपथ ग्रहण हुनसक्ने स्रोतको दाबी छ ।

  • बागमती : ६ मन्त्रालयमा कांग्रेसको दाबी, मुख्यमन्त्री जम्कट्टेललाई समस्या

    बागमती : ६ मन्त्रालयमा कांग्रेसको दाबी, मुख्यमन्त्री जम्कट्टेललाई समस्या

    हेटाैंडा। नेपाली कांग्रेसले बागमती प्रदेश सरकारमा ६ मन्त्रालय दाबी गरेको छ । नेकपा एमालेले सत्ता छाडेपछि शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको कांग्रेसले महत्त्वपूर्ण मानिएको आर्थिक मामिलासहित ६ वटा मन्त्रालयमा दाबी गरेको हो ।

    कुल ११ मन्त्रालय रहेको बागमती प्रदेश सरकारमा हाल माओवादी केन्द्र मात्रै सरकारमा छ । एमाले र राप्रपाले २ महिना सरकार छाडेपछि ७ वटा मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलले सम्हालिरहेका छन् ।

    नयाँ समीकरणमा माओवादी केन्द्रले कांग्रेस र एकीकृत समाजवादीलाई समेट्ने तयारी गरिरहेको अवस्थामा कांग्रेसले महत्त्वपूर्ण मन्त्रालय सहित ६ वटामा दाबी गरेपछि मुख्यमन्त्री जम्कट्टेललाई समस्या परेको छ ।

    बागमतीमा ३७ सिट रहेको कांग्रेस र २१ सिट रहेको माओवादी केन्द्र मिले मात्र पनि सत्ता जोगिने अवस्था छ । तर केन्द्रीय समीकरण अनुसार ७ सीट रहेको एकीकृत समाजवादीलाई पनि सत्ता गठबन्धनमा सहभागिता गराउनुपर्ने बाध्यता माओवादीलाई छ ।

    एकीकृत समाजवादीले पनि ३ मन्त्रालयको दाबी गरेपछि जम्कट्टेललाई टाउको दुखाइको विषय बनेको हो ।

    नेपाल प्रेससँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता बहादुर लामाले बागमती प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल भएको हैसियतले कम्तीमा ६ वटा मन्त्रालय हुनुपर्ने दाबी गर्नु स्वभाविक भएको बताए ।

    उनले भने ‘हामीले बागमतीको मुख्यमन्त्रीमा पनि दाबी पेश गरेका छौँ, तर कुन प्रदेशमा कसको नेतृत्वको सरकार निर्माण गर्ने भन्ने विषय प्रदेश तहको मात्र नभएको र त्यो विषय केन्द्रले टुंगो लगाउने कुरा छ । मुख्यमन्त्री पाएको अवस्थामा मन्त्रालयको संख्यामा लचक हुन सकिएला तर शालिकराम जीकै नेतृत्वमा रहने हो भने कम्तीमा ६ वटा मन्त्रालय हाम्रो बटमलाइन हो ।’

    कांग्रेसका मुख्य सचेतक कुन्दनराज काफ्ले भन्छन् ‘हामीले प्रथम दलको हैसियतमा मुख्यमन्त्रीसहित आधा दर्जन मन्त्रालय पाउनुपर्छ भनेका छौँ, त्यो वैज्ञानिक पनि छ ।’

  • प्रचण्डलाई ओलीको कटाक्ष- मति बिग्रेकालाई प्रधानमन्त्री बनाएँ, भोलिपल्टबाटै चालमाल ठीक भएन (भिडिओ)

    प्रचण्डलाई ओलीको कटाक्ष- मति बिग्रेकालाई प्रधानमन्त्री बनाएँ, भोलिपल्टबाटै चालमाल ठीक भएन (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सपार्न प्रधानमन्त्री बनाएको भएपनि सफल नभएको बताएका छन् ।

    मिसन ग्रासरुट अभियानअन्तर्गत अर्घाखाँचीमा पुगेर उनले भने, ‘अस्ति आफू पछाडि बसेर सरकार बनाउन खोजियो । मति बिग्रेकाको मति सप्रिन्छ कि भनेर मौका दिन खोजियो । तर, हामीले देख्यौं सरकार बनाइदिएको भोलिपल्टबाट मैले हेरें चालमाल ठिक छैन ।’

    उनले आफूहरुले कम्युनिष्ट पार्टीलाई दुई तिहाइको अवस्थामा पुर्याएको भएपनि जोगाउन नसकेको बताए ।

    उनले स्मरण गर्दै भने, ‘हामीलाई अहिले हटाइयो जालझेल गरेर। आवश्यकता एकतिर थियो । तर, संसदको अंकगणित गलत ढंगले प्रयोग गरेर हटाइयो । तर, हामी जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेसनबाट होइन, हामी सिंहदरबारको मुल ढोकाबाट फेरि सिंहदरबार फकिन्छौं भन्ने मैले हामीलाई हटाउने बेलाम भनिएको थिए ।’

  • विपक्षीलाई संविधानविपरीतको हतारो, विश्वासको मत लिने कि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री तोक्ने ?

    विपक्षीलाई संविधानविपरीतको हतारो, विश्वासको मत लिने कि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री तोक्ने ?

    रूपन्देही । नेपाली कांग्रेसका नेता तथा दाङको निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचित सांसद डिल्लीबहादुर चौधरीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन माग गर्दै ९ दलले प्रदेश प्रमुखलाई माग गरेका छन् ।

    मुख्यमन्त्री गिरीलाई एक महिनाभित्र पुन: विश्वासको मत लिनुपर्ने संवैधानिक सुविधा हुँदाहुँदै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न दबाबसहितको पत्र बुझाएका हुन् । संविधानको प्रावधानविपरीत हतार गरेर नयाँ सरकार बनाउन लागेको भन्दै केहीले टिप्पणीसमेत गरेका छन् ।

    आइतबार नै लुम्बिनीमा नेकपा माओवादी केन्द्रबाट र जनमतबाट मन्त्री बनेका सबै मन्त्रीहरू पदबाट राजीनामा दिएका छन् । माओबादीबाट तीन मन्त्री सहभागी थिए ।

    त्यस्तै आइतबार नै माओवादीसहित यसअघि एमालेका मुख्यमन्त्री लीला गिरीलाई समर्थन गरेका नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजबादी पार्टीले समर्थन फिर्ता लिएको बताएका छन् ।

    पुस २७ गते नेकपा एमालेका पोलिटब्युरो सदस्य रुपन्देहीका लीला गिरी माओवादीलगायत ७ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

    लुम्बिनीमा ८७ जना सांसदहरु छन् । नयाँ सरकार गठनका लागि ४४ सांसदको समर्थन जरुरी हुन्छ ।

    प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, कांग्रेसका २७ , माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४/४, जनमत पार्टी र जसपाका ३/३ , नेकपा एकीकृत समाजवादीका १ र २ स्वतन्त्र सांसद छन् ।

    लुम्बिनीमा निर्वाचित ३ स्वतन्त्र सांसदमध्ये यसअघि नै दुईजना सांसद माओवादीबाट प्रवेश गरिसकेका छन् ।

    लुम्बिनीमा एमाले र राप्रपाबाहेक अन्य सबै दल एकातर्फ लागेका छन् । डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जना सांसदको समर्थन रहेको दाबी गरिएको छ ।

  • लुम्बिनीमा माओवादी र जनमतका मन्त्रीले दिए राजीनामा

    लुम्बिनीमा माओवादी र जनमतका मन्त्रीले दिए राजीनामा

    रूपन्देही । लुम्बिनी प्रदेशमा माओवादी र जनमतका ४ मन्त्रीले राजीनामा दिएका छन् ।

    एमाले नेतृत्वको सरकारमा सहभागी उनीहरूले आइतबार राजीनामा दिएका हुन् ।

    मुख्यमन्त्री लीला गिरी रूपन्देहीमा भएकाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएको मन्त्री इन्द्रजित चौधरीले बताए । राजीनामा बुझाएसँगै उनीहरू प्रदेश प्रमुखको कार्यालयमा थप प्रकृया बुझ्न गएका छन् ।

    माओवादीबाट जाेखबहादुर महरा, इन्द्रजित चाैधरी, कृष्णा केसीले मन्त्रीबाट राजीनामा दिएका छन् । यसैगरी जनमतका मन्त्री सीके गुप्ताले पनि राजीनामा दिएका छन् ।

    कांग्रेस सांसद बसिउद्दिन खानले पहिलो अहिले सरकारमा रहेका दलका मन्त्रीले राजीनामा दिएपछि सरकार निर्माणको प्रकृया सुरू हुने बताए ।

    माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले राजीनामा दिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको बताए ।

    माओवादीको समर्थत फिर्तापछि लीला गिरी नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।

    अहिले माओवादी संसदीय दलका नेता जाेखबहादुर महरा, कांग्रेस संसदीय दलका नेता डिल्ली चाैधरी, माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालसहितका नेता प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

    शनिबार कांग्रेससहितका ८ दलले सरकार फेर्ने तयारीका साथ प्रदेश प्रमुखलाई सरकार फेरबदलका लागि हस्ताक्षर बुझाउने निर्णय गरिसकेका छन् ।

  • अखिल नेपाल ट्रेड युनियन महासंघ युवा कमिटीको अध्यक्षमा मुकुन्द पन्त

    अखिल नेपाल ट्रेड युनियन महासंघ युवा कमिटीको अध्यक्षमा मुकुन्द पन्त

    काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ युवा कमिटीको अध्यक्षमा मुकुन्द पन्त चयन भएका छन् । तेस्रो राष्ट्रिय सम्मेलनबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

    माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा उपमहासचिव जनार्दन शर्मा र ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडालगायतका नेताहरूको उपस्थितिमा भएको सम्मेलनले पन्तको नेतृत्वमा १३ जना पदाधिकारीसहित ५१ जनाको कार्यसमिति चयन गरेको हो ।

    उपाध्यक्षहरुमा सुस्मिता कट्टेल, राजु ओझा, सनत उप्रेती, नारायण कुइँकेल र सन्तोष ढकाल छन् । एकजाना महिला उपाध्यक्ष भने पछि थपिने बताइएको छ ।

    यस्तै सचिवमा अरुण पन्तसहित तीन जना र कोषाध्यक्षमा भोला थापामगर रहेका छन् ।

  • मन्त्रालय हेरफेर गर्दै माओवादी, उपप्रधान तथा गृहमन्त्री बन्दै नारायणकाजी

    मन्त्रालय हेरफेर गर्दै माओवादी, उपप्रधान तथा गृहमन्त्री बन्दै नारायणकाजी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट सरकारमा रहेका मन्त्रीको जिम्मेवारी हेरफेर हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सचिवालय स्रोतका अनुसार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री बन्न लागेका छन् ।

    तत्कालीन एमालेसहितको गठबन्धन रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारमा नजाने अडान लिएपछि माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा सरकारमा गएका थिए ।

    स्रोतका अनुसार अर्थ मन्त्रालय नेपाली कांग्रेसले लिने भएपछि गृह मन्त्रालय माओवादीले लिने सहमति भएको हो । यसैबीच भौतिक पूर्वाधार मन्त्रालयबाट बिदा हुने भएपछि उपप्रधानमन्त्री श्रेष्ठले आइतबार पत्रकार सम्मेलनसमेत आयोजना गरेका छन् ।

    यद्यपि मन्त्रालयको जिम्मेवारी लिएको करिब सय दिनमा गरिएको काम र सुरुवात भएको कामका बारेमा जानकारी दिन उपप्रधानमन्त्री श्रेष्ठले पत्रकार सम्मेलन गर्न लागेको मन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीले नेपाल प्रेससँग बताए ।

    श्रेष्ठसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा रहेका अमनलालमोदी सहरी विकास वा ऊर्जा मध्ये एक मन्त्रालयमा पठाउने प्रधानमन्त्रीको तयारी रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । तर, सरकारको प्रवक्ताको जिम्मेवारीमा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको जिम्मेवारी भने यथावत् रहने भएको छ ।

    कांग्रेसले सञ्चार मन्त्रालयमा दाबी गरिरहेको भए पनि सरकारको नेतृत्व नै माओवादी अध्यक्ष प्रचण्डले गरिरहेको अवस्थामा सरकारको प्रवक्ताको जिम्मेवारी माओवादीले नै लिनुपर्ने अडानका कारण कांग्रेस पछि हटेको छ ।

  • दुई दिन भित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ: उपप्रधानमन्त्री श्रेष्ठ (भिडिओ)

    दुई दिन भित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ: उपप्रधानमन्त्री श्रेष्ठ (भिडिओ)

    काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने दावी गरेका छन् ।

    मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री श्रेष्ठले सो दावी गरेका हुन् ।

    शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

    उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरुसँग निरन्तर संवादमा रहिरहने आश्वासन पनि दिए ।

    उनले भने,‘मुलुकको अर्थतन्त्रको अवस्था अहिले सामान्य छैन । गम्भिर नै छ । तर हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुछ । सरकारको तर्फबाट मैले तपाईहरुलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भिर छ । एक दुई भित्रै मन्त्रीपरिषद विस्तारले पूर्णता पाउँछ । त्यसपछाडि हामी यसबारेमा आवश्यक परामर्श सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिहरु पनि गरेर एउटा दिशामा प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढनेछौं । यो कुरामा सरकार गम्भिर भएको जानकारी गराउँदै र तपाईहरुसँग नियमित छलफल र अन्तरक्रियामा रहने बचन दिन्छु ।’

    कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले आम उपभोक्तालाई सस्तो र गुणस्तरीय बस्तुको उपयोग गराउने काममा तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको थियो ।

  • गण्डकीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    गण्डकीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    पोखरा । गण्डकी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका दुई जनाले राजीनामा दिएका छन् ।

    भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबारमुख्यमन्त्री खगराज अधिकारी समक्ष राजीनामा बुझाएका हुन् ।

     

  • माओवादीले भन्यो- कोशी प्रदेशको सरकार तत्काल परिवर्तन हुँदैन, मध्यावधि चुनावतर्फ जाँदैनौं (भिडिओ)

    माओवादीले भन्यो- कोशी प्रदेशको सरकार तत्काल परिवर्तन हुँदैन, मध्यावधि चुनावतर्फ जाँदैनौं (भिडिओ)

    विराटनगर । नेकपा माओवादी कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले कोशी प्रदेश सरकारमा तत्काल नया सक्ता समीकरण परिवर्तन नहुने बताएका छन् ।

    उनले अहिलेसम्म माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सोच नभएको बताए ।

    उनले केन्द्रमा जुनसुकै सत्ता समीकरण बने पनि कोशी प्रदेशमा फरक खाले अंकगणित भएकाले अहिले नै नयाँ सरकार र समीकरणका बारेमा केन्द्रले कुनै निर्देशन नदिएको बताए ।

    उनले भने सत्ता समीकरणका बारेमा केन्द्रले चासो राखे पनि यस विषयमा केन्द्रबाट कुनै दबाब आएको बताए । दलका नेता आङ्वोले सभामुखले राजीनामा दिने र मध्यावधि निर्वाचन हुने कल्पना पनि नगरिएको बताए ।

  • मुख्यमन्त्रीसहित केन्द्रमा तीन मन्त्रालय नेकपा एसको बटमलाइन, प्रचण्ड-माधव भेटमा के भयो छलफल ?

    मुख्यमन्त्रीसहित केन्द्रमा तीन मन्त्रालय नेकपा एसको बटमलाइन, प्रचण्ड-माधव भेटमा के भयो छलफल ?

    काठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनबाट सरकारमा सहभागिताको छलफल चलिरहेका बेला नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिने र प्रदेश सरकारहरूबाट एमालेलाई हटाउने बारेमा छलफल भएको हो । केन्द्र सरकारबाट एमाले बाहिरिए पनि सुदूरपश्चिमबाहेक सबैमा एमाले सत्तारुढ अवस्थामै छ ।

    नेकपा एसले संघीय सरकारमा तीन मन्त्री र प्रदेशतर्फ एक मुख्यमन्त्रीको अडान कायमै राखेको छ । स्रोतका अनुसार नेकपा एसले गृहसहित तीन मन्त्रालय माग गरेको छ ।

    केपी ओलीले राष्ट्रपति अफर गर्दा पनि छाडेको र उपराष्ट्रपतिमा पनि दाबी नगरेको भन्दै अध्यक्ष नेपालले गठबन्धनमा तीन ठूला दल कांग्रेस, माओवादी र जसपाले क्रमशः राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपति पाएकाले अब रोज्ने पालो चौथो दलको रहेको बताएका छन् ।

    गठबन्धनमा नेकपा एसलाई २ मन्त्रालय दिने तयारी भइरहेका बेला नेपालले तीनवटामा दाबी गरेका छन् । नेकपा एसले कोशी वा बागमती प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ ।

  • बागमतीका मुख्यमन्त्रीले आज पुन: विश्वासको मत लिने

    बागमतीका मुख्यमन्त्रीले आज पुन: विश्वासको मत लिने

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पुन: विश्वासको मत लिँदैछन् ।

    यसअघि बुधबार विश्वासको मतका लागि तय गरिएको बैठक कांग्रेस सांसद अनुपस्थित हुने भएपछि स्थगित गरेर आजका लागि बोलाइएको थियो । बैठक दिउँसो १ बजे बस्नेछ ।

    नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेलले केन्द्रमा गठबन्धन फेरिएसँगै दोहोर्‍याएर विश्वासको मत लिन लागेका हुन् । कांग्रेसले उनलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरे पछि आपसी सहमतिमा बुधबार आजलाई डाकिएको हो ।

  • प्रधानमन्त्रीलाई गगनको आग्रह- एक्लै बस्दा डराउनुपर्ने अवस्था आएको छ, नागरिकलाई नतर्साउनुस् (भिडिओ)

    प्रधानमन्त्रीलाई गगनको आग्रह- एक्लै बस्दा डराउनुपर्ने अवस्था आएको छ, नागरिकलाई नतर्साउनुस् (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री अहिले एक्लै बस्न सक्ने अवस्था नरहेको बताएका छन्। सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेजस्तो मानिसहरूमा निराशा आफूले अहिलेसम्म नदेखेको बताए।

    उनले भने, ‘कोही पनि यहाँ राम्रो हुन्छ भन्ने विश्वासमा छैनन्। ६० साल भन्दा स्थिति अहिले धेरै राम्रो होला। तर, तथ्य तथ्यांकले ठिक छ कि छैन भन्ने हुँदो रहेनछ। मान्छेले के अनुभूति गरिरहेको छ भन्नेले हुने रहेछ। हामी सबैलाई खराब भइरहेको लागिरहेको छ भने सम्हाले कसरी हो ? यहाँ राजनीतिक दल र सामुदायिक रेडियो एक ठाउँमा आएर एक ठाउँमा काम गर्नुपर्छ।

    उनले प्रधानमन्त्रीले अहिले आफ्नो वरिपरि भोट मात्रै हेरेर बसे पछि आफ्नो कुरा सुन्ने बाँकी कोही नरहने बताए।

    अहिले कुर्सीमा बसेको प्रधानमन्त्री डराए मात्रै जनतामा देखिएको निराशा कम गर्न सकिने उनको भनाइ छ।

    अहिले म साँच्चिकै डराएको छु। मैले प्रधानमन्त्रीलाई पटक पटक भन्ने गरेको छु। नागरिकलाई नतर्साउनुस्। तर, प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने अवस्था आएको छ। एक्लै बिहान बेलुका एक्लै बस्दा खेरी। म आग्रह गर्न चाहन्छु कम्तीमा दिनमा आधा घण्टा समय निकाल्नुस्। भेटघाट बन्द गर्नुस् र एक पटक सोच्नुस्। आफूसँग भएको एक एक सेकेन्डको कसरी प्रयोग गर्ने भनेर डराउनुस्’ उनले भने, ‘कुर्सीमा बसेको प्रधानमन्त्री यति बेला डराउनुपर्छ। प्रधानमन्त्री डरायो भने मात्रै नागरिक डरबाट मुक्त हुने अवस्था आउँछ। प्रधानमन्त्रीले बायाँ हेर्‍यो भोट दायाँ हेर्‍यो भोट मसँग त १७२ भोट छ भनेर ढुक्क भएर बस्नुभयो भने टाउको टाउकोले मञ्च भरिन्छ तर, भुईँमा सुन्ने मान्छे बाँकी नरहन सक्छ।

    उनले अहिलेजस्तो युवाहरू आत्तिएको र मानिसहरूमा निराश आफूले कहिले नदेखेको बताए।

  • प्रधानमन्त्रीको दाबी- संविधान उल्टाउने कसरत भइरहेका छन् (भिडिओ)

    प्रधानमन्त्रीको दाबी- संविधान उल्टाउने कसरत भइरहेका छन् (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको व्यवस्थालाई उल्टाउने कसरत भइरहेको दाबी गरेका छन् ।

    बुधबार राष्ट्रियसभामा दलितमाथि विभेद अन्त्यका लागि संकल्प प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

    उनले भने, ‘समाजमा सामाजिक जागरण र दलित मुक्तिको अभियान । समाजमा त्यो आन्दोलन प्रक्रिया अगाडि बढेन भने कानून विस्तारै निष्क्रिय हुँदै जाने, कानून निष्प्रभावी हुँदै जाने खतरा छ । विस्तारै ती कानून र संविधानको व्यवस्थालाई पनि उल्टाउने कसरत पनि सुरू हुनसक्छ ।’

    उनले दलित र उत्पीडितहरूका विरुद्ध फेरि एकचोटि सामन्तवादतिर फर्काउने कसरतका भएको टिप्पणी गरे ।

    ‘अहिले पनि समाजमा हामीले विभिन्न कोणबाट संविधानमा भएका सकारात्मक व्यवस्थालाई सामान्तवादमाथि विजयी हासिल गरेर नेपाली जनताले बनाएको व्यवस्थाहरूलाई उल्टाउने कसरतहरू भइरहेका छन् । यी कसरतहरू पनि कहीँ न कहीँ दलित र उत्पीडितहरूका विरुद्ध फेरि एकचोटी सामन्तवादतिर फर्काउने कसरतका रूपमा पनि छन्’, उनले भने ।

  • मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने कांग्रेसको निर्णय

    मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने कांग्रेसको निर्णय

    हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    आज काठमाडौँमा बसेको संसदीय दलको बैठकले जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो । नेपालप्रेसलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दनराज काफ्लेले जम्कट्टेल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको बताए ।

     

     

  • बागी उठेर जितेका लुम्बिनीका सांसद सुरुल माओवादीमा फर्किए

    बागी उठेर जितेका लुम्बिनीका सांसद सुरुल माओवादीमा फर्किए

    रूपन्देही । लुम्बिनी प्रदेशसभा निर्वाचनमा बागी उठेर जितेका रूकुमपूर्वका सुरूल पुन पुनः माओवादीमा फर्किएका छन् ।

    माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै आफूले माओवादी केन्द्र रोजेको जनाएका छन् । यसअघि पनि रूकुमबाट स्वतन्त्र जितेका दीपेन्द्र पुनले माओवादी रोजेका थिए । अब प्रदेशसभामा माओवादी सांसदको संख्या ११ जना पुगेको छ ।

    पुन रुकुमपूर्वको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भए । तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उनी विजयी भएका हुन् ।

  • विश्वासको मत दिने/नदिने विषयमा निर्णय गर्न बागमती कांग्रेस संसदीय दलको बैठक सुरु

    विश्वासको मत दिने/नदिने विषयमा निर्णय गर्न बागमती कांग्रेस संसदीय दलको बैठक सुरु

    हेटौँडा । बागमती प्रदेशको संसदीय दलको बैठक काठमाडाैंमा सुरु भएको छ ।

    मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने/नदिने विषयमा निर्णय गर्न काठमाडौंमा दलको बैठक सुरु भएको हो ।

    राप्रपाले सरकारको समर्थन फिर्ता गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेसँगै कांग्रेसले निर्णय गर्नको लागि दलको बैठक बोलाएको हो ।

  • संसदमा ज्ञानेन्द्र शाहीको गर्जनले माओवादीमा आक्रोश, सामाजिक सञ्जालबाट खनिँदै नेता-कार्यकर्ता

    संसदमा ज्ञानेन्द्र शाहीको गर्जनले माओवादीमा आक्रोश, सामाजिक सञ्जालबाट खनिँदै नेता-कार्यकर्ता

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा प्रवक्ता ज्ञानबहादुर शाहीले दुई दिनअघि संसदमा गरेको आक्रामक भाषणले माओवादी पङ्ति तरंगित बनेको छ । माओवादीका युवा नेता तथा कार्यकर्ताहरूले शाहीविरुद्ध सामाजिक सञ्जालमा उत्तेजित प्रतिक्रियाहरू दिइरहेका छन् ।

    सरकारले अघि सारेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संसोधन विधेयक २०७९ लाई संसदमा प्रस्तुत गर्ने प्रस्तावका विरुद्ध शाहीले विरोधको सूचना दिएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले उनलाई आफ्नो विरोधको सूचनाबारे बोल्न पाँच मिनेटको समय दिए । संसदको रोष्ट्रममा उभिएर शाहीले उक्त विधेयकको धज्जी उडाए ।

    शाहीको भनाइको सार यस्तो थियो :

    देशमा न्यायको शासन कायम गर्ने कि अराजकता र दण्डहीनता सिर्जना गर्ने भन्ने महत्वपूर्ण प्रश्न छ । (यस विधेयकका) कतिपय विषयवस्तु ठीक भए पनि यसले पीडकलाई उन्मुक्ति दिने तथा पीडितलाई मिलापत्रका बहानामा अलपत्र पार्ने बाटो लिएको छ, जुन आपत्तिजनक हो । फौजदारी अपराधमा मिलापत्र गर्न मिल्दैन भन्ने विधिशास्त्रको सिद्धान्तविपरीत यस्तो विधेयक ल्याउन पाइँदैन ।

    मानवअधिकार उल्लंघनका गम्भीर प्रकृतिका घटनामा महान्यायाधिवक्तालाई कम सजाय माग गर्न सक्ने असीमित अधिकार विधेयकमा प्रदान गरिएको छ । यो प्राकृतिक न्यायको सिद्धान्तविपरीत हो । महान्यायधिवक्ता प्रधानमन्त्रीले नियुक्ति गर्ने प्रावधान छ । अहिलेका प्रधानमन्त्रीविरुद्ध पनि सर्वोच्चमा फौजदारी कसुरको मुद्दा विचाराधीन छ । प्रधानमन्त्रीले महान्यायाधिवक्ता नियुक्त गर्ने अनि उसले कम सजायको माग गर्दै दोषीहरूलाई उन्मुक्ति दिने प्रावधानले न्याय र विधिको शासनमाथि धब्बा लाग्छ । विधेयकमा उल्लेखित प्रावधानले फौजदारी अभियोगमा मुद्दा दर्ता गर्न खोजिएका प्रधानमन्त्रीलगायतलाई उन्मुक्ति दिने चेष्टा गरेको छ । यो विधेयक फिर्ता हुनुपर्छ ।

    २०७१ साल फागुन १४ गते सर्वोच्च अदालत विद्रोही पक्षबाट अमानवीयरूपमा हत्या गरिएका शिक्षक मुक्तिनाथ अधिकारीको घटनामा सर्वोच्चले मानवअधिकारको गम्भीर उल्लंघनलाई क्षमा दिन सकिँदैन भनेर फैसला सुनाएको थियो । त्यसको अर्थ हो, फौजदारी कसुरको मुद्दामा मेलमिलाप हुँदैन । विधेयकमा राखिएको क्षमायाचनाको विषयमा सर्वोच्चको उक्त फैसलाविपरीत छ ।

    म संविधान देखाउन चाहन्छु । यो संविधानको कुन धारा, कुन उपधारामा लेखिएको छ कि फौजदारी कसुरलाई पनि मेलमिलापबाट क्षमादान गर्न सकिन्छ भनेर ? यो विधेयक संविधानको मर्मभन्दा विपरीत पनि छ ।

    हिजो स्कुल पढ्दै गरेका, पढाउँदै गरेका, खेतमा हलो जोत्दै गरेका निहत्था व्यक्तिलाई जघन्य हत्या गरियो । युद्धमा संलग्न भएको कारणले होइन, सरकार पक्षमा लागेको कारण होइन, कांग्रेस वा अन्य कुनै दलको विचार बोकेकै आधारमा नागरिकको हत्या गरिन्थ्यो । अनि यस्ता मृतकको पार्थीव शरीरमा कांग्रेस र एमालेको झण्डा ओढाइन्थ्यो र वाचा गर्दै भनिन्थ्यो कि हामी तपाईंलाई न्याय दिलाएर छोड्नेछौं । आज म कांग्रेस र एमालेका माननीयज्यूहरूलाई भन्न चाहन्छु, अब तपाईंले गरेका वाचा फुकाउने दिन आयो । मलाई आशा छ, कांग्रेसका माननीयज्यूले कार्यकर्तासँग गरेको वाचा सत्तासँग साट्ने छैनन् ।

    यसरी हत्या-हिंसा गर्दै उन्मुक्ति दिँदै जाने हो भने यस्तो अवस्था र प्रथा सिर्जना हुन्छ कि भोलि कुनै पनि व्यक्तिले सडकमा उभिएको व्यक्तिको हत्या गर्ने छ र त्यसलाई राजनीतिक रंग दिएर उन्मुक्ति पाउनेछ ।

    यति बोलेर शाही आफ्नो आसनमा फर्किए । त्यसपछि सभामुखले उनलाई आफ्नो विरोधको सूचना फिर्ता लिनका लागि समय दिए । तर, शाहीले फिर्ता लिन चाहेनन् । उनले आफ्नो विरोधमा अडिग रहँदै कुर्सीबाटै केही कुराहरू थपे ।

    विधयेकलाई उद्धृत गर्दै उनले भने, ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखेको भए पनि मानव अधिकारको गम्भीर उल्लंघनमा संलग्न व्यक्तिलाई विशेष अदालतले त्यस्तो घटना हुँदाको प्रकृति, कारण, संक्रमणकालीन न्यायसम्बन्धी सिद्धान्तलाई ध्यान दिएर कानूनबमोजिम सजाय घटाउने’ भनिएको छ । यस्ता फौजदारी घटनामा सजाय घटाउन पाइँदैन । संसारका कुनै पनि देशमा फौजदारी कसुरमा माफी हुँदैन, सजाय हुन्छ ।’

    शाहीले यस्तो भनिरहँदा माओवादीका केही संसदहरूले विरोध जनाएका थिए । केहीले टेबुल ठटाए भने केही कुर्सीबाट उठे । तर, शाहीले आफ्नो प्रस्ताव फिर्ता लिन चाहेनन् ।

    शाहीले संसदमा गरेको भाषण टिकटक र फेसबुकमा भाइरल बनिरहेको छ । धेरैले उनलाई समर्थन गरेका छन् । तर, माओवादी पंति भने शाहीविरुद्ध खनिएको छ ।

    वाईसीएलका अध्यक्ष सुवोधराज शेर्पालीले संसदमा ज्ञानेन्द्र शाहीले छनोट गरेका शब्द र अभिव्यक्तिले द्वन्द्वलाई न्यूनीकरण नभएर थप विवादास्पद बनाउने उल्लेख गरेका छन् ।

    ‘माननीयजस्तो व्यक्तिको यस्तो लज्जापूर्ण अभिव्यक्तिीको जति निन्दा गरे पनि अपुग हुन्छ । गणतन्त्रको तलब भत्ता खाएर र्‍याल चुहाउँदै आफ्नो जिम्मेवारी र हैसियतभन्दा बाहिर बोल्न तिमीलाई लाज लाग्दैन ?’ शेर्पालीको प्रश्न छ ।

    उनी थप्छन्, ‘गणतन्त्र नचाहिने, गणतन्त्रका पिता नचाहिने, तर युद्ध र आन्दोलनबाट स्थापित यही संविधानअनुसार माननीय बन्न चाहीँ कुनै अप्ठेरो नहुने ?’

    सीमा नाघेर बोले समयअनुसारको जवाफ मिल्ने चेतावनी पनि शेर्पालीले दिएका छन् ।

    यसैगरी माओवादी केन्द्रीय सदस्य तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा) ले पनि शाहीविरुद्ध आक्रोश पोखेका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘सदनमा प्रधानमन्त्रीका अघि तिमी अन्टसन्ट चिच्याइरहेका छौं नि यो तिमीले भगवान् मानेका राजाले दिएको अधिकार होइन, छातीमा गोली थापेर लडी ल्याएको अधिकार हो । जो तिमीले पनि उपभोग गरिरहेका छौं । तिम्रा राजाले त बोलेवापत गोली ठोक्थे ।

    हामीले लडी ल्याएको गणतन्त्रमा सबै निर्धक्क बोल्न पाउँछन्, राजनीतिमा प्रतिस्पर्धा गर्न पाउँछन् ! यसका लागी रत्तिभर योगदान नभएका तिमीहरूले इमान छ भने लाज मानि-मानि बोल्नुपर्छ ।

    कुन मानवाधिकारको कुरा गरेको ? नमिता, सुमिता कि वीरेन्द्रको वंशनाशको ? कि मैना सुनुवारको ? हुती छ नमिता, सुमिताको मानवाधिकारबारे बोल्ने ?

    यसर्थ प्रत्येक बिहान उठेर गणतन्त्रका लागी लड्नेहरूलाई सम्झ मनदेखि किनभने यो बोल्ने अधिकार प्राप्तीका लागी छातीमा गोली खाएका हजारौं योद्दाको सम्मान गर्दा मात्रै तिम्रा सन्तानहरूले तिमीप्रति गर्व गर्छन् ।

    राप्रपाले भने शाहीको अभिव्यक्ति पार्टीको आधिकारिक धारणा भएको बताएको छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले शाहीको अभिव्यक्तिप्रति वाईसीएल अध्यक्षले गरेको टिप्पणी उच्छृंखल, अराजनीतिक र अशोभनीय भएको प्रतिक्रिया दिएका छन् ।

    ‘प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अभिव्यक्त गर्नुभएको धारणा पार्टीको धारणा हो । राजनीतिक ढंगबाट उठाइएको राजनीतिक विषयलाई राप्रपाले अपनत्व लिन्छ र यसका विपरित हुने हर्कतहरूको प्रतिवाद गरिन्छ ।’ उनले लेखेका छन् ।

  • अयोग्य लडाकुलाई राहत अकुत रकम जम्मा पार्ने माओवादीको नियत : राप्रपा प्रवक्ता श्रेष्ठ

    अयोग्य लडाकुलाई राहत अकुत रकम जम्मा पार्ने माओवादीको नियत : राप्रपा प्रवक्ता श्रेष्ठ

    काठमाडौं । अयोग्य लडाकुलाई राहत उपलब्ध गराउने सरकारको पछिल्लो निर्णयप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ ।

    राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले राज्यकोषमा सञ्चित रकमको अभाव भइरहेको बेला गरिएको यो निर्णयले अर्थतन्त्रमा दुरगामी असर पर्ने भन्दै आलोचना गरेका छन् ।

    मन्त्रिपरिषद बैठकले यही सोमबार अयोग्य लडाकुलाई जनही २ लाख राहत दिन कार्यविधि बनाउने निर्णय गरेको थियो ।

    प्रवक्ता श्रेष्ठले लडाकुहरूलाई विगतमा गरिएको अर्बौं भत्ता दुरुपयोग र पारदर्शी नभएको भन्दै माओवादी नेतामाथि प्रश्न उठिरहेको बेला पुरानो हिसाब नदेखाई फेरि ठूलो रकम वितरणले आर्थिक अराजकताको पराकाष्ठा भएको सामाजिक सञ्जालमा लेखेका छन् ।

    अयोग्य भनिएका लडाकुको अभिलेखबारे प्रश्न उठाउँदै श्रेष्ठले लेखेका छन्, ‘प्रधानमन्त्री स्वयंले गृह र अर्थ मन्त्रालय सम्हालेको, सरकारमा एकजना बाहेक माओवादीका मात्रै मन्त्री रहेको, राप्रपाको फरक मतका बाबजुद संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा पेश गरेको सरकारले राज्यकोषमा सञ्चित रकमको डरलाग्दो ढंगबाट अभाव हुँदै गएको समयमा गरिएको यो निर्णयबाट अर्थतन्त्रमा दूरगामी असर पर्ने निश्चित छ ।’

    उनले थपे, ‘अयोग्य भनिएका लडाकु को, कहाँ र कुन अवस्थामा छन् भन्ने एकिन हुनसक्ने अवस्था छैन र यसको अभिलेख पनि छैन । यो फेरि पनि कुनै पार्टी विशेषले अकुत रकम जम्मा पार्ने र हिसाब नदेखाउने विगतको अभ्यासकै निरन्तरताको दोस्रो भाग हुनेछ ।’

  • विश्वासको मत दिने सबैलाई सरकारमा सामेल गर्न प्रधानमन्त्री लचिलो, यस्तो छ प्रस्तावित भागबन्डा

    विश्वासको मत दिने सबैलाई सरकारमा सामेल गर्न प्रधानमन्त्री लचिलो, यस्तो छ प्रस्तावित भागबन्डा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन गृहकार्य थालेका छन् । एकदुई दिनभित्रै सरकारलाई पूर्णता दिने गरी छलफल अघि बढाएका हुन् । प्रचण्डले यसअघि चैत १० गतेभित्र सरकारलाई पूर्णता दिने बताएका थिए ।

    २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री प्रचण्डले सांसदका आधारमा दशदलीय गठबन्धनमा भागबन्डा मिलाउने गरी प्रस्ताव अघि सारेका छन् । प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा समावेश गराउने गरी भागबन्डाको खाका बनाएका छन् ।

    सांसदहरुको संख्याको आधारमा भागबन्डा मिलाउँदा १० मन्त्रालय दाबी गरेको कांग्रेसलाई ८ वटा दिने प्रचण्डको प्रस्ताव छ । स्रोतका अनुसार माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ४ मन्त्रालय राख्दा यसअघि तीन मन्त्रालय नपाएको जसपा र तीन वटै मन्त्रालयको दाबी गरिरहेको नेकपा एकीकृत समाजवादीलाई दुईदुई मन्त्रालय दिएर मनाउने प्रयास भएको छ ।

    मधेस प्रदेशको मुख्यमन्त्री र उपराष्ट्रपति पाइसकेकाले अहिले जसपा दुई मन्त्रालयमै सहमत हुने सम्भावना छ । यस्तै कोशी प्रदेशको मुख्यमन्त्री दिएर नेकपा एसलाई पनि दुइटा मन्त्रालयमै मनाउने प्रयास छ ।

    तर, नेकपा एसले गठबन्धनमा हिस्सा हेरेरमात्रै सरकारमा जाने औपचारिक निर्णय गर्ने सम्मानित नेता झलनाथ खनालले बताए ।

    मंगलबार बसेको पार्टीको सचिवालय बैठकपछि उनले भने, ‘सरकारमा कसरी जाने, के उद्देश्यले जाने, के नीति कार्यक्रमले जाने, सरकारमा के कति हिस्सेदारी हुन्छ भन्ने विषयमा छलफल गरेपछि मात्रै एउटा टुंगोमा पुग्ने भन्ने छ । मन्त्रीमात्रै बन्नेभन्दा नीति कार्यक्रममा पनि प्रष्टता खोजेका छौं ।’

    यस्तै प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको खण्डमा तीन मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव छ । तर, रास्वपा अहिल्यै सरकारमा जाने कि पार्टी सभापति रवि लामिछाने बैशाख १० को उपनिर्वाचनबाट जितेर आएपछि जाने भन्ने विषयमा अनिर्णित छ ।

    रास्वपाका प्रमुख सचेतक सन्तोष परियार भने विश्वासको मत दिए पनि सरकारमा जानेबारे अहिलेसम्म छलफल नभएको बताउँछन् ।

    उनले भने, ‘हामीले हिजो विश्वासको मत दिएका हौं । आज साथीहरु पनि बाहिरबाहिरै हुनुहुन्छ । सरकारमा जाने वा नजाने भन्ने विषयमा अहिले कुनै छलफल भएको छैन ।’

    सरकारमा जाने सम्भावना कतिको छ भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘हामीले त्यसबारे छलफल गरेका छैनौं । अब पार्टी बैठक बसेपछि के निर्णय हुन्छ, त्यो अहिले थाहा हुने कुरा भएर । तर, हामीले सरकारमा जान धेरै प्राथमिकता राखेका छैनौं ।’

    रास्वपा सरकारमा नगएको अवस्थामा बाँकी तीन मन्त्रालय जसपा, नेकपा एस, कांग्रेस वा जनमतलाई बाँडिनसक्ने बुझिएको छ ।
    जनमतले एक मन्त्रालयमा आफूहरु चित्त बुझाउन नसक्ने यसअघि नै गठबन्धनमा जानकारी गराइसकेको छ । उसलाई ‘पावर शेयरिङ’को आधारमा मधेस प्रदेशको मुख्यमन्त्री दिने गरी मनाउने प्रयास भइरहेको छ ।

    यस्तै नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलाई एकएक वटा मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव छ ।

    नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले गठबन्धनमा धेरै दल भएकाले सबैलाई मिलाएर अघि बढ्ने गरी छलफल भइरहेको बताए ।

    उनले भने, ‘एकीकृत समाजवादी र जसपालाई दुई-दुई मन्त्रालय दिने कन्फर्म छ । अन्य मधेसवादी पार्टीहरुबाट एक-एक मन्त्रालय दिने मैले बुझेको छु । बाबुरामजीको पार्टीलाई एक र स्वतन्त्र एक जनालाई समेट्दा झण्डै नौ मन्त्रालय पुग्छ ।’

    कांग्रेसले ८ भन्दा धेरै मन्त्रालय पाउने सम्भावना नरहेको नेता खतिवडाले बताए । उनले भने, ‘कांग्रेसबाट प्रत्येक प्रदेशबाट १ जना र एक महिला हुने सम्भावना छ ।’

    उनले आफ्नो पार्टीबाट उपसभापति पूर्णबहादुर खड्काले सरकारमा नेतृत्व गर्ने सम्भावना रहेको बताए । ‘उहाँले मन्त्री बन्दिनँ भन्नुभएको छ । अब उपप्रधानमन्त्रीसहित भन्नुभएको हो या के हो ? उहाँलाई थाहा होला’, उनले भने, ‘तर, उहाँले इच्छा गर्नुभयो भने उहाँकै पहिलो सम्भावना देख्छु ।’

    उनले खड्काबाहेक विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइरालालगायतले पनि पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्नेसक्ने जानकारी दिए ।

    यस्तै माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल पनि मन्त्रालय भागबन्डाको विषयमा छलफल भइरहेको बताए । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका गजुरेलले केही दिनमा सरकारले पूर्णता पाउने बताए ।

    ‘प्रधानमन्त्रीले हिजो विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल सुरु भएको छ । केही दिनमै टुंगिन्छ’, उनले भने, ‘गृह वा अर्थमध्ये एउटा मन्त्रालय माओवादीले नै राख्छ ।’

    सत्ता गठबन्धनमा सामेल जनमोर्चा भने सरकारमा नजाने भएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफस्हरु सरकारमा सहभागी नहुने बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘सरकार बनाउन विश्वासको मत दिएर समर्थन गरेका हौं । तर, समर्थन गर्दैमा सरकारमा जानुपर्छ भन्ने छैन । हामी जाँदैनौं ।’

    यसअघि एमाले नेतृत्वको सात दलीय गठबन्धन हुँदा प्रधानमन्त्री प्रचण्डले गृह, अर्थ, परराष्ट्र जस्ता कुनै पनि महत्वपूर्ण मन्त्रालय आफूसँग राख्न सकेका थिएनन् ।

    रास्वपा पनि सरकारमा सहभागी भए एमाले, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदद्वय अमरेशकुमार सिंह र योगी मण्डल मात्रै सत्ता बाहिर हुनेछन् ।

  • कोशी नामकरणविरुद्ध आन्दोलनकारीद्वारा माओवादी नेता आङ्बोमाथि आक्रमण प्रयास, हत्या गर्ने धम्की (भिडिओ)

    कोशी नामकरणविरुद्ध आन्दोलनकारीद्वारा माओवादी नेता आङ्बोमाथि आक्रमण प्रयास, हत्या गर्ने धम्की (भिडिओ)

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि ताप्लेजुङमा आक्रमण प्रयास भएको छ ।

    माओवादी जिल्लास्तरीय बैठकमा सहभागी हुन गएका आङ्बोमाथि पहिचान पक्षधरले आन्दोलनकारीले फुङ्लिङ नगरपालिका तक्मेडाँडा छेउमा आक्रमणको प्रयास भएको हो ।

    पहिचान पक्षधरका कार्यकर्ताले आक्रमण गर्दा उनी चढेको गाडीमा सामान्य क्षति पुगेको छ । उनीहरूले हत्या गर्ने चेतावनी दिँदै आङ्बोमाथि आक्रमण प्रयास गरेका हुन् ।

    बाटो ढुकेर बसेका प्रदर्शनकारीले एक्कासी ढुंगा हान्दै नाराबाजी गरेको उनका स्वकीय सचिव पुजन मगरातीले बताए । प्रदेशको नाम कोशी राखिएसँगै पहिचानवादीले पछिल्लो समय आन्दोलन गरिरहेका छन् ।

    हिजोमात्र मुख्यमन्त्री हिक्मत कार्की चढेको गाडीमा ओखलढुंगामा आक्रमण प्रयास भएको थियो ।

  • दलित समुदायका छोराछोरीले बन्दुक नबोकेको भए यो उपलब्धि सम्भव थिएन : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    दलित समुदायका छोराछोरीले बन्दुक नबोकेको भए यो उपलब्धि सम्भव थिएन : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्धको क्रममा जनयुद्धमा दलित समुदायका छोराछोरी बन्दुक बोकेर नआएको भए अहिलेको उपलब्धि प्राप्त नहुने बताएका छन् ।

    मंगलबार जातीय भेदभाव उन्मूलन दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपालमा जनयुद्धको ऐतिहासिक पहल हुँदैनथ्यो । जनयुद्धमा हातमा बन्दुक लिएर दलीत समुदायका छोराछोरी अगाडि आउँदैनथे र बलिदानको कोटा चुक्ता गर्दैनथे भने आज हामी संवैधानिक र कानूनी रुपले जुन अधिकारको कुरा गर्छौँ । त्यो सम्भव थिएन ।’

    सरकारमा आफ्नो पार्टीको तर्फबाट ३३ प्रतिशत महिला, दलीत समुदायको सहभागिता गराएको समेत बताए। उनले यो आफ्नो कार्यकालमा दलीत समूदायले सधै सम्झिने निर्णय गर्ने आश्वासन समेत दिए ।

    उनले भने, ‘दलित समुदायको बृहत्तर विकास र उन्नतिका लागि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र समानताका निम्ति राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार एवं सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समानताको आधारशिला खडा गर्न सकिन्छ । यसका निम्ति कानुन निर्माण, संशोधन एवं व्यवस्थाकीय पक्षहरूमा सुधारका खेल्नुपर्ने भूमिकाका लागि नेपाल सरकार प्रतिवद्ध रहेको व्यहोरासमेत यहाँहरूमा अवगत गराउँछु ।’

    विभेद, ज्यादति र उत्पीडनमा परेको दलित समुदायको हकअधिकारका निम्ति सिंगो राज्य र यसका निकायहरू जिम्मेवारपूर्ण ढंगले प्रस्तुत हुनुपर्दछ भन्ने तथ्यमा सरकार स्पष्ट रहेको उनको भनाइ छ ।

    ‘दक्षिण एसियाको विशिष्ट समस्याको रूपमा रहेको छुवाछूत र जातीय विभेदको उत्पीडनमा दलित समुदाय शताब्दीयौंदेखि पर्दै आएको छ । यो समुदायमाथि मनुस्मृतिकालदेखि राज्य स्वयंले नै विभेदकारी नीति, नियम बनाएर सामन्तवादी संस्कृति र परम्पराको आडमा विभेद र ज्यादती गर्दैआएको ऐतिहासिक तथ्यहरूबाट स्वतः स्पष्ट छ’ उनले भने ।

  • कैलालीको घोडाघोडी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका सहकारी विजयी

    कैलालीको घोडाघोडी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका सहकारी विजयी

    कैलाली । जिल्लास्थित घोडाघोडी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अखिल (क्रान्तिकारी)का प्रेमबहादुर सहकारी निर्वाचित भएका छन् । उनले ४९८ मत ल्याएका छन् ।

    सुरुदेखि अग्रता लिएका उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार विनोद चौधरीलाई दोब्बरभन्दा बढी मतान्तरले पछि पारेका हुन् ।

    स्वतन्त्र उम्मेदवार चौधरीले २६७ मत प्राप्त गरे । त्यस्तै अनेरास्ववियुका कपिल सापकोटाले २०६, नेविसंघका बिन्द्राकुमारी जैशीले १८७ मत पाएका छन् ।

    कुल २ हजार २४७ जना मतदाता रहेकोमा १ हजार ३९६ मत खसेको थियो । सचिवमा हुकुम आचार्य ४९८ मत ल्याएर विजयी भएका छन् ।

  • विष्णु पौडेललाई देवेन्द्रको जवाफ- संसद विघटनलाई बहादुरी ठानेपछि समीकरण फेर्‍यौं (भिडिओ)

    विष्णु पौडेललाई देवेन्द्रको जवाफ- संसद विघटनलाई बहादुरी ठानेपछि समीकरण फेर्‍यौं (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनलाई बहादुरी ठानेपछि आफूहरुले राजनीतिक समीकरण फेरेको बताएका छन् ।

    एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री प्रचण्डलाई पुस १० गते भएको सहमति किन तोडेको भनेर प्रश्न गरेपछि उनले त्यसको जवाफ दिएका हुन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘नेकपा एमालेसँग मेरो एउटा अनुरोध छ । यो सदनको पहिलो पार्टी नेपाली कांग्रेस हो भन्ने कुरा तपाईंहरुले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ । दोस्रो दललाई सहमति चाहियो, पहिलो दललाई समेत सहमति गरेर अघि बढौं भन्ने कुरा गलत थियो ? इतिहासको कठघरामा उभिएर जवाफ दिन तयार छौं । सहमति देशका चुनौतीलाई समाधान गर्न खोजिन्छ । विगतको कुरालाई पुनरावृत्ति गरेर सहमति थिएन, छैन र हुँदैन ।’

    इतिहासको सम्मान गर्दै गल्ती सच्याएर अघि बढ्नुपर्ने उनले बताए । ‘दुईदुई पटक संसद विघटन गर्न पाइने कुरा संविधानको कुन धाराअनुसार गरियो ?’, उनले प्रश्न गरे ।

    सर्वोच्च अदालतबाट करेक्सन गरेको विषयलाई बहादुरी ठान्दा आफूहरुले समीकरण फेरेको उनले बताए ।