Category: माओवादी केन्द्र

  • जसले जनता र कार्यकर्ताको मन जित्छ अब माओवादीमा त्यही नेता बन्छ

    जसले जनता र कार्यकर्ताको मन जित्छ अब माओवादीमा त्यही नेता बन्छ

    संविधान सभाबाट भएको घोषणालाई पनि आत्मसाथ गरियो, तर अहिले त्यसलाई विभिन्न तर्क, वितर्क गरेर यसलाई कसरी असफल पार्न सकिन्छ। कसरी उल्ट्याउन सकिन्छ। यसमार्फत सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ ? भन्ने कसरत ठूलै छ। त्यो ठूलै छ। अहिले हामी सरकारको नेतृत्वमा छौँ, मन्त्री छौँ, प्रधानमन्त्री छौँ, त्यस कारण उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ, मैले सबै कमरेडहरूलाई बुझिने गरी भन्न चाहन्छु, यो स्थिति सहज छैन।

    हामीले बुद्धि नपुर्‍याउने, जिम्मेवारी बोध नगर्ने हो, हामीले संघर्ष नगर्ने हो भने धेरै अप्ठ्यारो स्थिति आउन सक्छ। त्यस कारण पनि पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइमा उठाउन जरुरी छ।

    सरकारलाई बढीभन्दा बढी जनमुखी बनाउने, जनताको आशा अनुसार ऐतिहासिक रूपमा सञ्चालन गर्ने पनि जिम्मेवारी हाम्रो काँधमा छ। त्यही जिम्मेवारी बोध सबैलाई होस् भनेर नै हामीले त्यसलाई योजनाबद्ध गर्ने कुरा सोचिएको हो। अहिले धेरै कुरा भनेर भन्दा पनि बिस्तारै त्यसलाई कार्यान्वयन गर्दै जानुपर्छ।

    हामीले चाहेर पनि यसलाई धेरै यान्त्रिक बनाउन सम्भव हुँदैन। सबै कुरा ठ्याक्कै योजनामा सेड्युलअनुसार गर्न सकिँदैन। किनभने सरकारका काम हुन्छन् राष्ट्रिय र अन्तर्राष्ट्रिय भ्रमण हुन्छ। यो सबैले गर्दा सबै सधैँ नहुन सक्छ। त्यसैले यसलाई यान्त्रिक ढंगले बुझ्ने गल्ती पनि गर्नुहुँदैन।

    वस्तुगत आवश्यकता अनुसार त्यसमा थपघट पनि हुनसक्छ। तर, फेरिपनि पार्टीका साथीहरूले भेट्न पाएनौँ भन्ने गुनासोलाई सम्बोधन गर्ने। जनताले पनि नेतृत्व भेट्ने भनेको भयानक र जटिल हुने कुरालाई पनि सहजीकरण गर्ने यसको मूल उद्देश्य हो त्यहाँ छ।

    प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो कामको कारणले सबै सेड्युल फलो गर्न नसकेपनि सल्लाहकार, प्रमुख सल्लाहकार र अरु साथीहरूले पनि प्रतिनिधित्व गर्न सकिन्छ। यो कुरा पनि बुझ्न सकिन्छ। कारणवस् प्रधानमन्त्री र उपप्रधानमन्त्री उपस्थित हुन नसक्ने अरूले प्रतिनिधित्व गर्ने गर्छौँ। जस्तो हामीले संसदमा पनि त्यस्तै गरिराख्या हुन्छौँ।

    हामी फेरि मेकानिकल भएर पनि हुँदैन। हामीले द्वन्द्ववादी भएरै सोच्नुपर्छ। तर, पनि नयाँ वर्षको सन्दर्भमा एउटा सुरुवात भएको छ। त्यसमा अलि बढी मलाई घच्घच्याउने काम हरिबोलजीले नै गर्नुभएको हो। म उहाँलाई धन्यवाद भन्न चाहन्छु। यसमा कार्यान्वयन गर्ने सन्दर्भमा आवश्यक कला र लचकता पुर्‍याउनुपर्ने हुन्छ। बिस्तारै गर्दै जाँदा हुन्छ भन्ने मलाई लाग्छ।

    सबैले आ–आफ्नो जिम्मेवारी बोध गरौँ। आ–आफ्नो ठाउँबाट पार्टी र सरकारलाई सफल बनाउन पुर्‍याउन सक्ने योगदान जति हुनसक्छ सबैले पुर्याऔं। त्यो भयो भने ठुलो कुरा हुन्छ।

    लेखौँ, बोलौँ। प्रतिक्रान्तिकारी, प्रतिगमनकारी गतिविधिको प्रतिवाद गरौँ हामी सबैले। हामी धेरै कम बोलिरहेका छौँ हामी। धेरै कम बोलेका छौँ। अहिले बाहिर चाहिँ माओवादीहरू धेरै बोल्दैनन् कि हो भन्ने धेरै नै छ बजारमा। यो स्थिति हुन भएन। सबैले बोल्न सकिन्छ नि। सबैले लेख्न सकिन्छ।

    दुईचार जना यसो फेसबुकमा लेखेको देखिन्छ। अरू चाहिँ कोही नबोल्ने चुपचाप बसेको जस्तो देखिन्छ। यो हुन भएन। सबै बोल्नुपर्‍यो। सबैले प्रतिवाद गर्नुपर्‍यो। हामी सबै बोल्न थाल्यौँ, सबैले आ–आफ्नो भूमिका पुरा गर्न थाल्यौँ भोलेन्टिएर्ली।

    मेरो पनि जिम्मेवारी हो गडबड हुन खोज्यो भने त्यसलाई छोडिँदैन भन्ने खालले त्यो स्पिडमा बोल्यौ भने हाम्रो तागत त ठुलो पो छ त। अहिले पनि हाम्रो आन्दोलन, पार्टीको तागत कम भएको होइन। अलिक मुर्जाएको जस्तो भएपछि बिग्रिएको हो।

    तर, त्यो विषय समग्र राजनीति, योजना, कार्यक्रमसँग पनि रिलेटेड छ। अब हामी छिट्टै पार्टीको केन्द्रीय समितिको बैठक बसेर पार्टी पुनर्निमाणको निम्ति समग्र रूपमा सम्मेलनतर्फ लैजाँदैछौँ। तलैदेखि फेरि सम्मेलन गर्ने, सम्मेलनमा विचार राजनीति र संगठनको बारे पनि नयाँ ढंगले अब चाहिँ नेताहरूबाट समर्थन लिएर नेताहरूको सहयोगले नेतृत्व प्राप्त गर्ने प्रणाली अब हामीले बदल्नै पर्ने देखेको छु मैले।

    नेतातिर फर्किने, नेतृत्वलाई प्रेसर गर्ने, त्यसपछि हामी पनि त्यस्तै भइयो हामी। अझै रोएपछि त झन् छिटो गरिदिने यसले पार्टी बनेन। पार्टी जनतातिर गएन, पार्टी कार्यकर्तातिर गएन पार्टी तल गएन, माथि फर्कियो, माथि फर्किदा पार्टी जनताबाट कट्यो, कार्यकर्ताबाट कट्यो, क्रान्तिकारी स्पिडबाट कट्यो।

    त्यस कारण यो पटक केन्द्रीय समितिको बैठकमा धेरै भन्दापनि पार्टीलाई सम्मेलनतिर लैजाने, आम रूपमा तलदेखि माथिसम्म र विशेष अधिवेशन हामीले भनेकै छौँ लैजाने। जसले कार्यकर्ता र जनताको मन जित्छ त्यही नेता हुने प्रणालीतिर जाने अब।

    अब नेताको मन जितेर नेता हुने सिस्टम बदलेर जनता र कार्यकर्ताको जसले मन जित्छ त्यही नेता बन्ने गरी पार्टीलाई लैजाने विचार छ। तपाईँहरू पनि सोच्नुहोला। त्यो गर्‍यो भने मात्रै पार्टी बन्छ नत्र अहिलेको परिस्थितिमा पार्टीलाई बनाउन धेरै गाह्रो हुन्छ। पार्टी त हामी सबै मिलेर बनाउनु नै छ। बनाउनुको विकल्प छ छैन। फेरि पार्टी बनाउने कुरा सही विचार, राजनीति, संस्कृति र स्पिडमा गयौँ भने पार्टी बन्न ढिलो पनि हुँदैन। त्यो सम्भावना भएको पार्टी पनि यही हो। त्यस कारण आज सुरुआत भएको छ। यसलाई सबैले गम्भीर रूपमा लिऔँ।

    अब सरकार जतिसुकै चुनौती भए पनि त्यसलाई सफल पारिछाड्ने सङ्कल्प हामीले लिएका छौँ। त्यसमा सबैको सहयोग र योगदान चाहियो। जोजो कमरेडहरू राजनीति नियुक्तिमा जहाँ जहाँ हुनुहुन्छ। उहाँहरूले आआफ्नो ठाउँमा राम्रो काम गरेर देखाउनुपर्‍यो। त्यहाँबाट निस्किदा जनता र त्यो संस्थाले धेरै राम्रो गर्न खोजेका थिए भन्ने मात्रै पार्न सक्यौँ भने त्यो ठुलो चिज हुन्छ। त्यसको निम्ति पनि म सबै कमरेडहरूलाई आह्वान गर्न चाहन्छु।

    हामी सरकारमा भएका नेता र मन्त्रीहरूले यो पटक राम्रो गर्नेतिरै छौँ, गर्न सकिन्छ। नयाँ वर्षको अवसरमा आजबाट पार्टीलाई फेरि नयाँ संकल्पको साथ नयाँ शिराबाट पार्टी र सरकारलाई सफल पार्ने सङ्कल्प गरौँ।

    (शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा गरेको सम्बोधनको सम्पादित अंश)

  • कार्यकर्तासँगको भेटलाई सहज बनाउन प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा

    कार्यकर्तासँगको भेटलाई सहज बनाउन प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । नेकपा (माओवादी केन्द्र) ले आजदेखि प्रधानमन्त्री, मन्त्रीलगायतसँग पार्टी केन्द्रीय कार्यालयमा नेता, कार्यकर्तालाई भेट गर्ने व्यवस्था मिलाएको छ ।

    प्रधानमन्त्री दाहालले प्रत्येक शुक्रबार पार्टी कार्यालयमा नेता कार्यकर्तासँग भेट गर्ने उनको सचिवालयले जनाएको छ । सोहीअुनसार प्रधानमन्त्री दाहाल बिहान ८ बजे नै पार्टी केन्द्रीय कार्यालय पुगिसकेका छन् ।

    कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई काममा व्यवधान नआओस् भनेर माओवादी केन्द्रले कार्यालय समय बाहिर पार्टी कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई भेटघाटको व्यवस्था मिलाएको हो ।

  • नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता : प्रधानमन्त्री दाहाल (तस्विरहरुसहित)

    नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता : प्रधानमन्त्री दाहाल (तस्विरहरुसहित)

    भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताएका छन् ।

    भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम पूरा गरेका शिक्षार्थीलाई आयुक्त पद प्रदान कवाज प्रदर्शन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    नवआयुक्तहरुलाई निर्देशन दिँदै उनले भने, ‘विद्यमान राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातारवण एवं त्यसका प्रभावका पूर्वानुमानहरु र त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको सही आङ्कलन गरी जटिल चुनौतीबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता हो ।’

    नेपाली सेनाले हासिल गरेको राष्ट्र र जनताको विश्वास कार्यसम्पादनमा स्पष्ट झल्कने गरेको उनले चर्चा गरे ।

    ‘नवआयुक्तहरुको काँधमा एक गहन राष्ट्रिय जिम्मेवारी थपिएको छ’, उनले भने, ‘यो राष्ट्रिय जिम्मेवारीलाई उत्कृष्ट ढङ्गबाट सम्पादन गर्दै नेपाली सेनाको छविलाई थप उचाइमा पुर्‍याउने जिम्मेवारी पनि थपिएको छ । संसारभरि वीर गोर्खालीको देश भन्ने पहिचान पनि नेपाली सेनाकै बहादुरी र वीरताबाट हासिल भएको हो । यस पहिचानलाई नेपाली सेनाले आधुनिक हातहतियार, प्रविधिमैत्री, तालिम, स्रोतसाधन र सम्पन्न उच्च हौसलायुक्त उत्कृष्ट सेनाका रुपमा स्थापित गरेको छ ।’

    प्रधानमन्त्री दाहालले देशभित्र मात्रै नभई देश बाहिरसमेत नेपाली शान्ति सेनाका रुपमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशहरुमा शान्तिदूतका रुपमा खटिएर विश्व शान्ति स्थापनार्थ पु¥याएको योगदानले नेपाललाई शान्ति सैनिकहरुको देशका रुपमा चिनाउन सफल भएको बताए ।

    ‘यस तालिममा मित्रराष्ट्र बङ्गलादेश, श्रीलङ्का र जाम्बियाका एक-एकजना अधिकृतसमेत सहभागी हुनुभएको र विगतमा पनि विभिन्न मित्रराष्ट्रबाट १० वर्षमा २३ जना आयुक्त भएको थाहा पाउँदा मलाई गर्वको महसुस भएको छ’, उनले भने ।

    प्रधानमन्त्री दाहालले सि.नं ६० अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने कृष्ण खड्का र सि.नं ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने खगेन्द्र कार्कीलाई खुकुरी प्रदान गरे । त्यस्तै महिलातर्फ उत्कृष्ट हुने अप्सरा बुढाथोकीलाई छडी अवार्ड प्रदान गरिएको छ ।

    सि.नं ६० अधिकृत क्याडेट तालिममा ८६ र सि.नं ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा ३५ जनाले तीनवर्षे तालिम पूरा गरी आयुक्त पद प्राप्त गरेका छन् । जाम्बियाका एकजनाले समेत अधिकृत क्याडेट तालिम पूरा गरेका छन् । कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरुलगायतको सहभागिता थियो ।

  • माओवादी केन्द्रको सचेतकमा चौधरी मनोनीत

    माओवादी केन्द्रको सचेतकमा चौधरी मनोनीत

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रूपा चौधरीलाई मनोनीत गरेको छ ।

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले चौधरीलाई सचेतक मनोनीत गरेको प्रमुख सचेतक हितराज पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए ।

    चौधरी समानुपातिक निर्वाचन प्रणालीमा कैलालीबाट निर्वाचित भएकी हुन् ।

  • माओवादीका प्रभावशाली नेता एवं मन्त्रीको विवादित टाइगर प्यालेस होटलसँग के छ कनेक्सन ?

    माओवादीका प्रभावशाली नेता एवं मन्त्रीको विवादित टाइगर प्यालेस होटलसँग के छ कनेक्सन ?

    रुपन्देही । नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका नेताहरु रुपन्देही आउँदा समान्य होटलमा बस्न रुचाउँदैनन् । आयोजकले अन्यत्र व्यवस्था गरे पनि उनीहरु यहाँ रहेको फाइभ स्टार होटल टाइगर प्यालेसमै पुग्छन् ।

    सार्वजनिक जग्गा कब्जा गरेको विषयमा अदालतले छाड्न निर्देशन दिएपछि अहिले टाइगर प्यालेस विवादमा छ । प्यालेसभित्रको क्यासिनो पनि चलेको छैन । अष्ट्रेलियन ग्रुपले सञ्चालन गरेको यो होटल नेपाली लगानीकर्ताले किन्न खोजे पनि विवादका कारण उनीहरु सफल हुन सकेका छैनन् ।

    यस्तो अवस्थामा सरकारका प्रभावशाली मन्त्रीहरु रुपन्देही आउँदा किन यसमै रात बिताउन पुग्छन् भन्ने विषयले चर्चा पाउन थालेको छ । अवैधानिक काम रोक्ने जिम्मेवारी पाएका गृहमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र सञ्चारमन्त्री रेखा शर्मा केही दिनको अन्तरमा यहाँ आउँदा यही बसेका छन् ।

    उनीहरुलाई जुन कार्यक्रममा यहाँ बोलाइएको थियो, त्यसको आयोजकले भने उनीहरुलाई अन्यत्र बसाइको व्यवस्थापन गरेको थियो । तर उनीहरुले टाइगर प्यालेस नै रोज्नुलाई स्थानीय व्यवसायीले शंकाको दृष्टिले हेरेका छन् ।

    चैत १६ गते पत्रकार महासंघले लुम्बिनीमा सञ्चार सम्मेलनको आयोजना गरेको थियो । सञ्चारमन्त्री रेखा शर्मा प्रमुख अतिथिको रुपमा आइन् । आयोजकले लुम्बिनीमै रहेको होटलमा उनलाई बसाइको व्यवस्थापन गरेको थियो । तर अन्तिम समयमा सञ्चारमन्त्री शर्मा त्यहाँ बसिनन् र टाइगर प्यालेसमा पुगिन् ।

    दुरीका हिसाबले त्यो कार्यक्रमस्थलबाट पनि टाढा थियो र टाइगर प्यालेस वरिपरि अन्य कुनै कार्यक्रम पनि थिएन । त्यो कार्यक्रमको संयोजन गरेका पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का भन्छन्, ‘हामीले सञ्चारमन्त्रीलाई लुम्बिनीकै होटलमा बस्ने गरी बुक गरेका थियौं, अन्तिम समयमा उहाँ टाइगर प्यालेज जाने कुरा भयो । यद्यपि त्यो खर्च हामीले तिर्नुपरेन । खै कसरी कहाँबाट मिलाउनुभयो थाहा भएन ।’

    सोमबार नारायणगढबाट रुपन्देही आएका उपप्रधान तथा गृहमन्त्री पनि टाइगर प्यालेसमै बस्न पुगे । उनीसँगै आएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासहित सबैलाई ड्रिमल्याण्ड होटलमा बस्ने व्यवस्था मन्त्रालयले गरेको थियो । तर, उनी आफ्नो टीम लिएर टाइगर प्यालेसमा पुगे । माओवादी रुपन्देहीका धेरै नेताहरुलाई उनी कहाँ बसेको सूचना नभए पनि नेता हकिकुल्ला खाँले श्रेष्ठ टाइगर प्यालेसमा बसेको बताए ।

    भौतिक मन्त्रालयको कार्यक्रमअनुसार नारायणगढ-बुटवल सडक खण्ड, सिद्धबाबा सुरुङमार्ग अवलोकन तथा साँझ विभिन्न क्षेत्रका आयोजनामा भएको ढिलाइका विषयमा ड्रिमल्याण्डमा अबेरसम्म कार्यक्रम भए पनि त्यो सकाएर उनी टाइगर प्यालेस पुगेका थिए ।

    माओवादी रुपन्देहीका एक नेताले भने, ‘हामीले नेताहरु सामान्य होटलमा बसून्, विवादित होटलमा नबसून् भन्ने हो । खै ! कसले कसरी पुर्‍याउँछ थाहा भएन । सर्वहाराको पार्टी भन्ने अनि साना होटलमा रात बिताउन पनि नसक्ने हुन थाले । मन्त्रीमात्र होइन, पार्टीका अन्य ठूला नेताहरु आउँदा पनि त्यतै बस्न थालेका छन् आजभोलि ।’

    विवादमा रहेको होटलमा माओवादी निकटका केही व्यवसायी मिलेर मन्त्री तथा शीर्ष नेताहरुलाई प्रभावमा पार्न खोजेको आशंका स्थानीयले गरेका छन् ।

    के हो टाइगर प्यालेसको विवाद ?

    हङकङमा मुख्यालय रहेको सिल्भर हेरिटेज ग्रुपको लगानी रहेको यो होटलले सरकारी जग्गा हड्पेको अदालतबाटै प्रमाणित भएको छ । नेपाली बैंकको करिब साढे दुई अर्ब रूपैयाँसहित ५ अर्ब लगानी रहेको यस होटलका विदेशी लगानीकर्ता सरकारी जग्गासमेत बेचेर नेपालबाट बाहिरिन खोजेको पाइएपछि विवाद बढेको हो ।

    माघ ४ मा जिल्ला अदालत रूपन्देहीले रिसोर्टले मिचेको सार्वजनिक जग्गा खाली गर्न आदेश दिए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । जिल्ला अदालत रूपन्देहीका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेकोले खाली गर्न भन्दै स्थानीयले दिएको निवेदनउपर वादी दाबी पुग्ने आदेश गरेको थियो ।

    उक्त रिसोर्टले तत्कालीन भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब २३ कठ्ठा सार्वजनिक जग्गा, राजकुलो तथा सार्वजनिक कुलो मिचेर संरचना बनाएको र त्यसलाई खाली गरी उक्त जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउन माग गर्दै स्थानीयले मुद्दा दायर गरेका थिए । लुम्बिनी नलकुप जल उपभोक्ता समितितर्फबाट समितिका अध्यक्ष थानेश्वर घिमिरेले जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेका थिए ।

    अदालतको उक्त आदेशसँगै सरकारी जग्गामा बनेका सबै संरचना भत्काउनुपर्ने हुन्छ । अदालतको आदेशसँगै रिसोर्टमा प्राइम बैंकले लगानी गरेको २ अर्ब ५० करोड संकटमा परेको छ । अदालतमा मुद्दा दायर भएकै बखत प्राइम बैंकले २ अर्ब ५० करोड रुपैयाँ रिसोर्टमा लगानी गरेपछि बैंकसमेत विवादमा आएको थियो । अदालतको आदेशसँगै बैंकले गरेको लगानी डुब्ने खतरा देखिएको छ ।

    २०७४ सालदेखि रिसोर्ट सञ्चालनमा आएको हो । १५ बिगा क्षेत्रफलमा फैलिएको रिसोर्टले सरकारी र सार्वजनिक जग्गा मिचेर विभिन्न संरचना बनाएको छ । जसमा क्यासिनो, सभाहल, स्वीमिङ पुल, रेष्टुरेण्टसमेत छन् । हेरिटेज कम्पनीसँग होटल खरिदको सबै प्रक्रिया मिलाएको भुसाल ग्रुपले अन्तिम समयमा विवाद सल्टाउन नसकेपछि रोकिएको छ ।

  • हिसिला यमीको टिप्पणी- प्रचण्ड सरकार बनाउन माहिर, नेतृत्व लिन असक्षम (भिडिओ)

    हिसिला यमीको टिप्पणी- प्रचण्ड सरकार बनाउन माहिर, नेतृत्व लिन असक्षम (भिडिओ)

    काठमाडौं । नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल सरकार मिलाउन माहिर भएपनि नेतृत्व लिन भने सक्षम हुन नसकिरहेको बताएकी छन् ।

    सोमबार काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले शान्ति सम्झौतापछि बनेका १६ सरकारमध्ये नेकपा (माओवादी केन्द्र) १२ वटा सरकारमा सहभागी बनेपनि अपेक्षाकृत रुपमा सत्ताको नेतृत्व लिनभने नसकेको बताइन् ।

    उनले शान्ति सम्झौतापछि संक्रमणकालीन न्याय टुंग्याउने विषय किन प्राथमिकतामा परेन भन्दै प्रश्नसमेत गरिन् । उनले संक्रमणकालीन न्याय सम्बन्धी विषयको टुंगो लगाउन माओवादी र प्रधानमन्त्री दाहालको किन पटकपटक ध्यान नपुगेको हो ? भन्दै प्रश्न गरिन् । उनले प्रधानमन्त्री दाहाल गणितीय वर्चश्वमा रमाएको र राज्य पुनः संरचनासँग सम्बन्धित सत्य निरुपण मेलमिलाप आयोगलाई महत्व नदिएको आरोप लगाइन् ।

    ‘प्रचण्ड जो हुनुहुन्छ, १६ सरकारमध्ये १२ वटा सरकारको नेतृत्व उहाँले गर्नुभएको छ, उहाँले आफ्नो नेतृत्वको सरकार मिलाउन त प्रचण्डै माहिर हुनुहुन्छ । तर सत्ताको नेतृत्व गर्नमा उहाँको पुगेकै छैन । नपुगेकै कारण यो जुन निवेदन आएको छ, जुन निवेदनले गर्दा आज हामी सबै एक ठाउँमा आउन पाएका छौँ । आज यो १२ वर्षको अवधिमा कयौँ माओवादी पार्टीका नेताहरु कोही मन्त्री बने, कोही संघका कोही प्रदेशका मन्त्री बने । कोही मेयर, कोही उपमेयर बने । सबै केही न केही पदमा छौँ, हजारौँ मान्छेहरु सभासद भए तर यो विषयमा किन ध्यान गएन’, उनले भनिन्, ‘कांग्रेस एमाले लगायतको त ध्यान गएन गएन तर माओवादी पार्टी प्रचण्डको ध्यान किन गएन ? किन उहाँ गणितीय वर्चश्वमा रमाउने, किन राज्य पुनः संरचनासँग सम्बन्धित जोडिएको यो आयोगलाई किन उहाँले महत्व दिएन ? मैले सुनेको छु, आयोगमा माआवादीले नै पठाएका सदस्यहरुले हामीालई उपेक्षित गरे, समय माग्दा हामीलाई समय दिएन, यही पनि अहिले जुन संशोधन विधेयक अघि बढाउनु भन्दाअघि हाम्रो सल्लाह मागेन ? उहाँहरुका यसमा पनि केही आपत्ति छन्, आफ्नै मान्छेलाई किन विश्वास गरेन ?’

    उपाध्यक्ष यमीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ९३ दिनको विपक्षी दलको नेताको सुविधा दिन सरकार तयार भएको तर सत्य निरुपण मेलमिलाप आयोगमा रहेका पुराना कर्मचारीहरुलाई निरन्तरता दिन सरकारसँग पैसा नभएको हो भन्दै प्रश्न गरिन् ।

  • महराको जिकिर- संक्रमणकालीन न्याय अदालत र न्यायाधीशले हस्तक्षेप गर्न मिल्दैन (भिडिओ)

    महराको जिकिर- संक्रमणकालीन न्याय अदालत र न्यायाधीशले हस्तक्षेप गर्न मिल्दैन (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्याय अदालत र न्यायाधीशले हस्तक्षेप गर्ने विषयवस्तु नभएको बताएका छन् ।

    सोमबार काठमाडौंमा आयोजित माओवादी घटकको संयुक्त अन्तरक्रियामा पार्टी प्रवक्तासमेत रहेका उनले सत्य निरुपण तथा मेलमिलाप आयोगद्वारा यो विषय टुंगो लाग्नुपर्ने बताए ।

    उनले भने, ‘संक्रमणकालीन न्यायको विषय सत्य निरुपण आयोगद्वारा निरुपण हुनुपर्छ भन्ने हो । यो अदालतले वा न्यायाधीशले हस्तक्षेप गर्ने विषयवस्तु होइन । वृहत विस्तृत शान्ति सम्झौताको मर्मको विषय पनि यही हो । मर्मअनुसार दिगो शान्ति कायम गर्ने र वास्तवमा राज्यको पुनः संरचनासहित शान्ति र निष्कर्षमा पुर्‍याउने हो । १० वर्ष जनयुद्ध भएको हो, कारबाही भएको हो, तर यसलाई कुनैपनि पुरानो कानून हेरेर हुँदैन । यसलाई आयोगद्वारा हल गर्नुपर्छ ।’

    युद्धकालीन केही नेता, एमालेमा रहेका पूर्वमाओवादी नेता माओवादीमा फर्किन सकारात्मक रहेको महराको भनाई थियो ।

    ‘केही साथीहरू एमालेमा हुनुहुन्छ माओवादी जनयुद्धका, उहाँहरूसँग कुरा गर्दा यस पटक आउँदैनौं तर हेर्दै जाउँ भन्नुभएको छ, उहाँहरु पनि पोजेटिभ हुनुहुन्छ । व्यवहार गर्दा सिद्धान्त विर्सिने, सिद्धान्त हेर्दा
    व्यवहार बिर्सिने कुरा कम्युनिष्ट नेताहरूमा रोग छ । त्यो मेटाउनु पर्छ ।’

    पूर्वमाओवादीहरूबीच सके पार्टी एकता र नसके कार्यगत एकता हुनुपर्नेमा जोड दिइरहेको भन्दै उनले समाजवादी मोर्चा बनाउने उद्देश्य सफल हुने जिकिर गरे ।

  • कर्णालीमा एमालेद्वारा सरकारमाथिको समर्थन फिर्ता

    कर्णालीमा एमालेद्वारा सरकारमाथिको समर्थन फिर्ता

    सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    सोमबारबाट लागू हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिइएको एमाले कर्णाली प्रदेश दलका नेता यामलाल कँडेलले बताए ।

    मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको १५ दिन पनि नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।

    आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए ।

    मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा बुझाएका थिए ।

  • माओवादी घटकले भने- जनयुद्धलाई अपराधीकरण गर्ने दिवा सपना नदेख्नू 

    माओवादी घटकले भने- जनयुद्धलाई अपराधीकरण गर्ने दिवा सपना नदेख्नू 

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले जनयुद्धलाई अपराधीकरण गर्नेहरूको मानसिकता अपराधीहरूको मात्रै भएको टिप्पणी गरेका छन्।

    माओवादी घटकका दलको संयुक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एक दिन सार्वजनिक बिदा दिँदा र राजपत्रमा उपलब्ध भएका नाम मात्रै प्रसारित गर्दा मान्छेहरूको नीद हराम भयो। सम्मान गर्ने कुरा टाढा छ। आफ्नो सर्वस्व खोसिएजस्तो गर्नु दुर्भाग्यपूर्ण छ। यस्तो मानसिकताले नेपाली समाजलाई आज नभए भोलि फेरि द्वन्द्वमा लैजान्छ।’

    गणतन्त्र ल्याउनका लागि भएका घाउलाई कोट्याएर अपराधीकरण गर्न खोजेको टिप्पणी गरे।

    उनले भने, ‘जनयुद्धलाई अपराधीकरण गर्न खोज्नु भनेको गणतन्त्र ठिक होइन भन्नु हो। देशमा माओवादीहरूलाई जेल हाल्ने दुईचार हजार बेपत्ता पार्ने, दश आठ हजारलाई जेल हाल्ने, त्यसपछि केही भाग्छन् केही आत्मसमर्पण गर्छन् र हामीले शासन गर्छौ भन्ने दिवा सपना मान्छेहरूले देखेका छन्। हामी देशका सबै माओवादीहरूको संयुक्त सभामा घोषणा गएका छौँ तिम्रो त्यो दिवा सपनालाई कुनै हालतमा पुरा गर्न सक्छौँ। त्यसमा दृढ संकल्प छौँ।’

  • घरमै आएर प्रचण्डले भेटेपछि लेखराजलाई प्रश्न- पुरानै घरमा फर्किन लाग्नुभएको हो ? (भिडिओ)

    घरमै आएर प्रचण्डले भेटेपछि लेखराजलाई प्रश्न- पुरानै घरमा फर्किन लाग्नुभएको हो ? (भिडिओ)

    कैलाली । नेकपा एमालेको सचिव लेखराज भट्टले अहिले माओवादीमै फर्किने कुनै सम्भावना नरहेको प्रष्ट पारेका छन्। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि उनले यस्तो बताएका हुन्।

    पूर्व माओवादी नेता समेत रहेका भट्टलाई प्रचण्डसँग भेटेपछि तपाईँलाई पनि पुरानै घरमा फर्काउने चर्चा पनि छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘पुरानै घरमा फर्किने फर्काउने अलग विषयवस्तु हो। त्यो विषयमा कुनै छलफल नै भएन। अहिले त्यो सम्भावना पनि छैन।’

    भेटवार्ताको क्रममा राष्ट्रिय राजनीतिको विषयमा सामान्य छलफल भएको बताए। प्रधानमन्त्री प्रचण्ड आफ्नो घरमा आउनु स्वभाविक भएको तर्क गरे।

    उनले भने, ‘उहाँ यता आउँदै हुनुहुन्छ भनेर फोन गर्नुभयो। बैनीलाई कस्तो छ। सन्चो बिसन्चो चिया खाएर जान्छु भन्नुभयो। उहाँको पनि घर हो मैले स्वागत गरेको हो।’

  • लेखराजलाई भेटेर बाहिरिँदै गर्दा प्रचण्डले भने- यो घर मेरो पनि हो, ४० वर्ष लामो सम्बन्ध छ (भिडिओ)

    लेखराजलाई भेटेर बाहिरिँदै गर्दा प्रचण्डले भने- यो घर मेरो पनि हो, ४० वर्ष लामो सम्बन्ध छ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ । आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले नेता भट्टको घरमा पुगे ।

    भट्टको घरबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो ४० बर्ष लामो सम्बन्ध रहेको बताए ।

    प्रधानमन्त्रीले भने, ‘यो घर मेरो पनि हो । यहाँ मेरो एउटा कोठा छ । सधैँ आएर बस्ने खाने, यो घरसँग मेरो ४० वर्षसँगको सम्बन्ध छ । सामान्य विषयमा कुराकानी हुने नै भयो । अरु त्यस्तो कुनै एजेण्डामा कुराकानी भएन ।’

    पूर्वमाओवादी धारका नेता भट्ट एमाले सुदूरपश्चिम इन्चार्जसमेत छन् । नेकपा विभाजनको बेलामा उनी एमालेमै बसेका थिए । भट्टले पनि प्रचण्डसँग आफ्नो पारिवारिक सम्बन्ध भएको बताए ।

  • एमाले सचिव लेखराज भट्टको धनगढीस्थित निवासमा प्रचण्ड (भिडिओ)

    एमाले सचिव लेखराज भट्टको धनगढीस्थित निवासमा प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमालेका केन्द्रीय सचिव लेखराज भट्टको घरमा पुगेका छन् ।

    आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले नेता भट्टको घरमा पुगेका छन् ।

    भट्ट एमाले सुदूरपश्चिम इन्चार्जसमेत हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले लेखराजको घरमा खाना खाएर कार्यक्रमका लागि महेन्द्रनगर जाने बुझिएको छ ।

    भट्ट पूर्वमाओवादी नेता हुन् । नेकपा विभाजनको बेलामा उनी एमालेमै बसेका थिए ।

  • संसदमा माओवादीको प्रस्ताव- शान्ति प्रक्रियालाई फास्ट ट्र्याकबाट टुंग्याऔं

    संसदमा माओवादीको प्रस्ताव- शान्ति प्रक्रियालाई फास्ट ट्र्याकबाट टुंग्याऔं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद देवेन्द्र पौडेलले संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउन एकजुट हुन आग्रह गरेका छन् ।

    शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले भने, ‘संक्रमणकालीन न्यायको विषय आज सबैभन्दा पेचिलो विषय बनेको छ । यो इतिहासको खास कालखण्डमा नेपाली जनताको आन्दोलनबाट प्राप्त भएको मूल्य मान्यताको जगमा हामी अगाडि छौं । त्यसलाई टुंग्याउनु सबैको कर्तव्य हो ।’

    उनले शान्ति प्रक्रियालाई टुंग्याउन सरकारले विधेयक अघि सारेपछि विरोध गर्नेहरुलाई लक्षित गर्दै इतिहासको सम्मान गर्न आग्रह गरे ।

    उनले भने, ‘यो प्रति केही माननीयहरुले विपत्ति प्रकट गरेको मैले सुनेँ । मेरो अनुरोध त कतै तपाईं बसेको कुर्सीमा प्रेस स्वतन्त्रताको निम्ति, मानवधिकार र लोकतान्त्रिक मूल्य र मान्यताको निम्ति र वाक स्वतन्त्रताको निम्ति लडेको योद्धाहरुको रगत त कतै खाटो बसेको छ कि सोचौं ? इतिहासको सम्मान गर्न सकिन्छौं । त्यसैले शान्ति प्रक्रियालाई फास्ट ट्र्याक टुंग्याऔं ।’

     

     

  • माओवादीका दुई घटकबीच पार्टी एकता, मोहन वैद्य र धर्मेन्द्र बाँस्तोला एकै ठाउँमा उभिए

    माओवादीका दुई घटकबीच पार्टी एकता, मोहन वैद्य र धर्मेन्द्र बाँस्तोला एकै ठाउँमा उभिए

    काठमाडौं । माओवादीका दुई घटक दलबीच एकता घोषणा भएको छ । इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज एक कार्यक्रम गरेर मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी बहुमतबीच एकता भएको हो ।

    नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपाबाट बाहिरिँदै बास्तोलाले नेकपा बहुमत खोलेका थिए । विप्लव पनि वैद्य समूहबाटै अलग भएका थिए ।

    कार्यक्रममा मोहन वैद्य, सीपी गजुरेल, धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीलगायतका नेताहरु उपस्थित थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको माओवादी घटक एक गर्ने प्रयास असफल भइरहेको बेलामा साना दुई घटक मिलेका छन् ।

  • नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको गुणात्मक विकासमा सहकार्य गरौँः प्रधानमन्त्री

    नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको गुणात्मक विकासमा सहकार्य गरौँः प्रधानमन्त्री

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले दिगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

    शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयत्नबाट सम्भव नहुने बताए।

    उनले भने, ‘निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज र विकास साझेदारहरू सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ। त्यसैले यी सबै क्षेत्रका बीचमा समन्वय, सहकार्य र साझेदारी हुनु आवश्यक छ। यसका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ भने अन्य क्षेत्रहरूले आ–आफ्नो जिम्मेवारीबोध गरी दिगो विकास अनुरूपका नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारसँग हातेमालो गर्नु जरुरी छ।’

    सरकार नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको चरणमा प्रवेश गरेको भन्दै दिगो विकास लक्ष्यसहित मुलुकको गुणात्मक विकासलाई केन्द्रमा राखेर काम गर्न पनि सरकारका सबै निकायहरूलाई निर्देशित गरे।

  • बागमती सरकार विस्तारमा सकस : भागबन्डा टुंग्याउने जिम्मा हाइकमाण्डलाई

    बागमती सरकार विस्तारमा सकस : भागबन्डा टुंग्याउने जिम्मा हाइकमाण्डलाई

    हेटौंडा । बागमती प्रदेशको सरकार विस्तारमा कार्यदलबीच सहमति नजुटेपछि टुंगो लगाउने जिम्मा गठबन्धनका शीर्ष नेतालाई दिइएको छ ।

    मन्त्रालयको भागबन्डा मिलाउन पटकपटक बैठक बसेपनि सहमति नभएकाले कांग्रेस, माओवादी र नेकपा एसका पार्टी अध्यक्षको जिम्मा लगाउने भनी निर्णय भएको कांग्रेस प्रदेशसभा संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले बताए ।

    यहाँ गठबन्धनबीच भागबन्डा मिलाउन चित्रकारको नेतृत्वमा कार्यदल बनाइएको छ ।

    नेकपा एसले ३ र र हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले १ गरी ४ वटा मन्त्रालय दाबी गरेपछि बैठकमा सहमति जुट्न नसकेको चित्रकारले बताए ।

    उनले नेपाल प्रेससँग भने ‘हामीले ६, एकीकृत समाजवादीले १ र हाम्रो नेपाली पार्टीलाई संसदीय समितिको नेतृत्व दिनेगरी कुरा गरेका थियौं, तर समाजवादीका नेताहरू ३ मन्त्रालयबाट ओर्लन चाहानुभएन । त्यहि भएर सहमतिमा सकस भयो ।’

    कांग्रेसले संसदमा हुने प्रतिनिधित्वको आधारमा मापदण्ड बनाउनुपर्ने अडान राखेको छ । नेकपा एसले सांसद संख्या नभई गठबन्धन निर्माणको औचित्यको आधारमा मन्त्रालय बाँडफाँट गर्नुपर्ने तर्कसहित दाबी गरेको छ ।

    सहमतिको लागि मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा, नेकपा एस र हाम्रो नेपाली पार्टीका प्रदेशस्तरीय नेताको बैठक भएपनि निर्णय नभएको चित्रकारले बताए ।

    बागमतीमा ११ मन्त्रालय छ । दाबी अनुसार गठबन्धनलाई भाग पुर्‍याउन मन्त्रालय टुंग्याउनुपर्ने हुन्छ । यसअघि १४ मन्त्रालय रहेको यस प्रदेशमा ३ वटा कटौती गरिसकिएको छ ।

    तर, मन्त्रालय नटुक्रयाउने अडानमा मुख्यमन्त्री र कांग्रेस छन् । हाल बागमतीमा मुख्यमन्त्रीसहित ४ मन्त्री माओवादीका छन् । बाँकी रहेको ७ मन्त्रालयमा कांग्रेसले ६, नेकपा एसले ३ र हाम्रो नेपाली पार्टीले १ वटामा दाबी गरेको छ ।

  • कर्णाली सरकारबाट एमालेलाई हटाउन जनार्दन र जीवनबीच सहमति (भिडिओ)

    कर्णाली सरकारबाट एमालेलाई हटाउन जनार्दन र जीवनबीच सहमति (भिडिओ)

    सुर्खेत । पार्टी कामले कर्णाली आएका नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीसँग मन्त्रिमण्डल पुनर्गठनबारे छलफल गरेका छन् ।

    कर्णालीमा अहिले एमाले-माओवादी गठबन्धनको सरकार छ । यहाँ आलोपालोमा सरकार चलाउने सहमतिका साथ एमालेले माओवादीका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । केही दिनअघि विश्वासको मत लिँदा पनि एमालेले शर्माको पक्षमा भोट हालेको छ ।

    सुर्खेत विमानस्थलमा पत्रकारसँग बोल्दै शर्माले छिट्टै सरकारलाई नयाँ स्वरूप दिने सहमति भएको बताएका छन् ।

    ‘संघको गठबन्धन फेरबदलसँगै कर्णालीमा नयाँ दिशा दिनुपर्ने आवश्यकता छ । जीवनबहादुर शाहीसँग पनि मिटिङ गरेँ । प्रारम्भिक छलफलमा छिट्टै नयाँ स्वरूप दिने गरी सहमति भएको छ । यो अलमल छिट्टै अन्त्य गरेर सरकारलाई अगाडि बढाउँछौं’, शर्माले भने ।

    चुनावताका प्रचण्डले मुख्यमन्त्रीका लागि कांग्रेसलाई वचन दिएको सन्दर्भमा पत्रकारको प्रश्नमा शर्माले कर्णालीमा माओवादी नेतृत्वकै सरकार हुने बताए ।

    उनले भने, ‘कर्णालीको सन्दर्भमा सरकार हाम्रै हुने हो । गठबन्धनका अन्य दलहरू सरकारमा सहभागी हुन्छन् । यहाँको निर्णयले हुँदैन । केन्द्रकै गठबन्धनको निर्णय र निर्देशन हुनुपर्ने भएकाले ढिलाई भएको हो ।’

    शर्माले संघीय सरकार गति लिने ठाउँमा पुगेकाले अबको ध्यान प्रदेशतिर हुने बताए । एमाले ठूलो दल भएको ठाउँमा सरकार फेर्न समस्या भइरहेको उनको भनाई थियो ।

    ‘मधेस, वागमती एक ढंगले अघि बढिसक्यो । नयाँ नाम राखेको विवादित प्रदेश कोशीको शक्ति सन्तुलनको अवस्था जटिल छ । यसलाई कसरी समाधान गर्ने चुनौती छँदैछ । गण्डकी, लुम्बिनीमा गठबन्धनको नयाँ स्वरूप दिनुपर्ने आवश्यकता छ । त्यहाँ एमाले नै ठूलो भएकाले समस्या छ । अन्य प्रदेशमा छलफल भइरहेको छ’, नेता शर्माले बताए ।

    केही दलले मन्त्रीको नाम नदिएकाले केन्द्र सरकारले पूर्णता नपाएको भन्दै उनले नाम आएपछि केही दिनमै पूर्ण हुने बताए ।

    पार्टी संगठनको काममा लाग्ने र मन्त्री नबन्ने चुनावताका वाचा गरेकाले आफू मन्त्री बन्ने ध्याउन्नमा नरहेको शर्माको दाबी थियो ।

  • माओवादी केन्द्र कोशी संसदीय दलका नेतालाई प्रश्न: प्रदेशसभामा पहिचानी नाम कहिले प्रस्ताव हुन्छ ?

    माओवादी केन्द्र कोशी संसदीय दलका नेतालाई प्रश्न: प्रदेशसभामा पहिचानी नाम कहिले प्रस्ताव हुन्छ ?

    काठमाडौं । नेपालको अन्तिम बेनामे प्रदेश नम्बर १ लाई कोशी नाम दिएको ३५ दिन पुग्दा नेकपा माओवादी केन्द्रले यू-टर्न लिएको छ । कोशी प्रदेशको पक्षमा मत हालेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकले बुधबार पहिचानकै पक्षमा उभिने बताएको थियो ।

    बैठकपछि बोल्दै माओवादीका प्रवक्ता कृष्णबहादुर महराले भनेका थिए, ‘कोशी प्रदेश नामकरण भएपछि अहिले आन्दोलन उठिरहेको छ । हाम्रो पार्टीप्रति के हो अडान भनेर प्रश्न उठिइरहेको छ । त्यसमा हाम्रो पार्टी पहिचानको पक्षमा छ । त्यतिबेला पनि पहिचानकै पक्षमा अडान राख्नुपर्थ्यो । कमजोरी भएको छ ।’

    माओवादी प्रवक्ता महराकै भाषामा कोशी नामकरण गर्ने क्रममा गरिएको मतदान ‘कमजोरी’ भएको छ । अब यो कमजोरी सुधार्न माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले कहिले नयाँ नाम प्रदेशसभामा प्रस्तुत गर्छ ? नेपाल प्रेसले यो प्रश्न माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्र आङ्बो मौसमलाई गरेको छ ।

    नेकपा माओवादीकै नेता बाबुराम गौतम सभामुख भएको प्रदेशसभामा माओवादीले नयाँ पहिचानको नाम प्रस्ताव कहिले गर्छ भन्ने प्रश्नमा आङ्बोले भने, ‘प्रदेशसभा नियमावलीमै प्रदेशको नयाँ नाम राख्न मिल्ने र राजधानी आवश्यकअनुसार सार्न मिल्ने प्रावधान राख्ने तयारीमा छौं ।’

    आङ्बोले थपे, ‘पास हुन्छ हुन्न अलग कुरा हो । तर, यो प्रावधानको पक्षमा हामी छौं ।’

    माओवादीकै साथमा दुईतिहाइले पास गरेको थियो कोशी

    नाम राख्न पहिलो कार्यकालमा असफल प्रदेश नै प्रदेश नम्बर १ हो । दोस्रो कार्यकालको प्रदेशसभाको बैठकले २०७९ फागुन १७ गते दुईतिहाइ बढी मतले प्रदेश १ को नाम ‘कोशी’ राख्यो । कोशी नामकरणसँगै पहिचानवादीहरु आन्दोलित छन् । किराँत लिम्बूवान आदि नामको प्रदेश हुनुपर्ने शक्तिहरु एक भएर आन्दोलनमा उभिएका छन् ।

    फागुन १७ मा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले प्रस्ताव गरेको किराँत लिम्बूवान सगरमाथा अस्वीकृत भएको थियो । दुईतिहाइभन्दा धेरै सांसदहरुले कोशीकै पक्षमा मतदान गरे । नेकपा एमाले, माओवादी केन्द्रदेखि नेपाली कांग्रेससम्म एक भएर प्रदेशको नाम कोशी राखे । ९३ सदस्यीय प्रदेशसभामा उपस्थित ८६ सांसदमध्ये प्रस्तावको पक्षमा ८२ उभिएका थिए । विपक्षमा मात्र चार जना थिए ।

    प्रदेश नामकरणमा नआएको ‘पहिचान’ प्रस्तावनामा

    अहिले कोशीको सट्टा नयाँ पहिचानको नाम राख्ने आन्दोलन भइरहेको छ । आन्दोलनमा लाजेहाङ सहिद भएका छन् । कोशी प्रदेशसभाको दुईतिहाइले पहिचानवादीले खोजेको जस्तो नाम नराखे पनि प्रस्तावनामा भने पहिचानका नामहरु अटाइएका छन् । किराँत सम्भता, लिम्बूवान संस्कृति, मिथिला सभ्यता, विराट क्षेत्रको इतिहासदेखि कोच संस्कृति र संस्कारलाई प्रदेशको नामकरणमा अटाइएको छ ।

    प्रस्तावनामा भनिएको छ, ‘प्रदेशले आफ्नो नामकरण प्रदेशसभाबाट आफैंले गर्नुपर्ने दायित्व पूरा गर्न यस प्रदेशमा विकसित हिन्दू धर्म, बौद्ध धर्मको दर्शन, किराँत सभ्यता, मिथिला सभ्यता, लिम्बूवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरुमै ऐतिहासिक, धार्मिक तथा जातजाति, भाषा, सभ्यता र संस्कृतिको विकास भएकाले यस क्षेत्रको मूल आधारको रुपमा हिमालदेखि पहाड र तराईको भूभागमा कोशी नदी प्रवाहको क्षेत्रभित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धिसमेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपयुक्त ठानिएको छ ।’

    उसो त प्रदेश नामकरणमा आएका प्रस्तावहरुलाई प्रस्तावमा राखे जस्तै प्रदेश राजधानी नामकरणको प्रक्रियामा पनि यस्तै तरिका प्रयोग गरिएको थियो । प्रदेशको राजधानी बन्न इटहरी, सुन्दरहरैंचादेखि विराटनगरसम्मलाई प्रस्तावनामा समेट्दै विराटनगरलाई राजधानी घोषणा गरिएको थियो ।

    २०७६ बैशाख २३ गते भएको प्रदेश राजधानी घोषणाको प्रस्तावना पढ्दै सभामुख प्रदीप भण्डारीले भनेका थिए, ‘कार्यपालिका, व्यवस्थापिकालगायतका अन्य संरचनाहरू बृहत विराट क्षेत्रअन्तगर्तका विराटनगर, इटहरी र सुन्दरहरैंचा क्षेत्र आसपास रहनेछ भन्ने प्रस्तावको पक्षमा प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको दुईतिहाइ बहुमत प्राप्त भएकाले नेपालको संविधानको धारा २८८ (२) र प्रदेश नम्बर १ को प्रदेशसभा नियमावली पहिलो संशोधनसहित २०७४ को नियम ५८ (क) २२ बमोजिम उक्त प्रस्ताव पारित भएको घोषणा गर्दछु ।’

  • प्रचण्डलाई एमाले सांसद पन्तको कटाक्ष- एउटासँग बिहे गरेर अर्कोसँग पोइल जानेले काम गर्न सक्दैन (भिडिओ)

    प्रचण्डलाई एमाले सांसद पन्तको कटाक्ष- एउटासँग बिहे गरेर अर्कोसँग पोइल जानेले काम गर्न सक्दैन (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसद रघु पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिन नसकेकोप्रति आलोचना गरेको छन् ।

    बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले केही काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।

    उनले भने, ‘देशमा किसानहरुको समस्याबारे चर्चा छ, मुलुकको अहिलेको गम्भिर राजनीतिक आर्थिक अवस्थाबारे न कुनै भिजन छ । अहिलेको सरकारले केही काम गरेको छैन। एउटासँग बिहे गर्यो, अर्कोसँग पोृइल गयो । अनि वरिपरि आठ नौ भाइ जम्मा गरेर टिकेको यो सरकार । सय दिन नाघिसक्दा पुरा मन्त्रिपरिषद् त बनाउन सकेको छैन । त्यस्तो सरकारले के गर्ला ?’

    उनले सरकार नीतिहिन, विचारहिन, कार्यक्रमहिन, सिद्धान्तहिन भएको बताए ।

    ‘यो सरकारको आलोचना गर्दा कोही पनि तात्तिनु पर्दैन । सय दिनसम्म सरकारलाई पूर्णता दिन नसक्नेले फुर्ति गरेर हुन्छ ?’ उनले प्रश्न गरे ।

    उनले सरकारको उपलब्धिमा यो बीचमा कति घाम लाग्यो, कति पानी पर्यो ? कति बच्चा जन्मे भन्ने चाहीँ लेख्न छुटाएको भन्दै कटाक्ष गरे ।

    उनले भने, ‘प्रधानमन्त्रीले ३७ बुँदे उपलब्धि सार्वजनिक गरेका रहेछ । त्यसमा म एउटा अर्को एउटा बुँदा थप्न सुझाव दिन्छु यो बीचमा कति बच्चा जन्मे, कति पानी पर्यो, कति घाम लाग्यो त्यो लेख्न छुटेछ । तर, सरकारको ३७ बुँदे उपलब्धि पढ्दा त्यो के पढ्या भन्ने नै बुझिँदैन ।’

     

     

  • प्रचण्ड सरकारका सय दिन : ३४ थान मन्त्री उत्पादन, १७ भए भूतपूर्व

    प्रचण्ड सरकारका सय दिन : ३४ थान मन्त्री उत्पादन, १७ भए भूतपूर्व

    काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सोमबार १०० दिने कामको फेहरिस्त सार्वजनिक गरेको छ । सय दिनमा दुई गठबन्धन बनेको प्रचण्ड सरकारले सरकारका काम सार्वजनिक गर्न कुनै औपचारिक कार्यक्रम गरेन, मिडियालाई ३७ बुँदासहितको सूची पठायो ।

    १०० दिनको अवधिमा प्रधानमन्त्रीसहित ३४ जना मन्त्री बन्दा १७ जनाले राजीनामा दिइसकेका छन् ।

    एमाले नेतृत्वको सातदलीय गठबन्धनबाट पुस ११ गते प्रधानमन्त्री बनेका प्रचण्डले सुरूमा ८ सदस्यीय मन्त्रिमण्डल बनाएकोमा माघ ३ मा एमाले, रास्वपा र राप्रपाकालाई थप्दै मन्त्रिपरिषद्लाई २३ सदस्यीय पुर्‍याएका थिए ।

    कांग्रेस नेतृत्वको गठबन्धन बनेपछि प्रचण्डले चैत १७ मा एक राज्यमन्त्रीसहित १७ सदस्यीय क्याबिनेट बनाएका छन् ।

    योबीचमा एमाले, रास्वपा, राप्रपा र जनमत गरी चार दल सरकारबाट बाहिरिए ।

    एमाले उपाध्यक्ष विष्णु पौडेल ६४ दिन उपप्रधान एवम् अर्थमन्त्री बनेका छन् । पुस ११ मा प्रधानमन्त्रीसँगै शपथ लिएका उनले फागुन १६ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्तापछि राजीनामा दिए । एमालेबाटै ज्वालाकुमारी साह ६४ दिन मन्त्री बनिन् । पुस ११ मै नियुक्त भएकी उनी २२ दिन विनाविभागीय र पछि कृषि तथा पशुपन्छी विकासमन्त्री भइन् । एमालेकै दामोदर भण्डारी, राजेन्द्रकुमार राई पनि २२ दिन विना विभागीय भएर ४२ दिन मन्त्रालयको जिम्मेवारी सम्हालेर मन्त्रीको सूचीमा नाम लेखाए ।

    एमालेकै विमला राई पौड्यालले परराष्ट्रमन्त्रीका रूपमा र भगवती चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएर ४२ दिन काम गरे ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा एक राज्यमन्त्रीसहित ४ जना सरकारमा गएका थिए । माघ ३ मा नियुक्त भएका उनीहरूले ४१ दिनपछि मागुन १४ मा राजीनामा दिए । राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, विक्रम पाण्डे शहरी विकास मन्त्री, ध्रुवबहादुर प्रधान कानून र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री बनेका थिए ।

    यता जनमत पार्टीबाट पुस ११ मा मन्त्री बनेका अब्दुल खान ले पनि नयाँ गठबन्धनको मन्त्रिपरिषद् विस्तारकै दिन चैत १७ मा राजीनामा दिए । २२ दिन विनाविभागीय मन्त्री बनेका उनले ७४ दिन खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

    एमाले नेतृत्वको गठबन्धनमा रवि लामिछानेको नेतृत्वमा सरकारमा गएको रास्वपाका ४ मन्त्री पनि यो सय दिनकै बीचमा बाहिरिए । उपप्रधानसहित तथा गृहमन्त्रालयमा गएका रवि नागरिकता विवादसम्बन्धी मुद्दामा दोषी ठहरिएसँगै सांसद र मन्त्रीबाट बाहिरिनुपर्‍यो । उनी ३२ दिनमा मन्त्रीबाट बाहिरिएका थिए । पछि सत्ता समीकरण फेरिएपछि रास्वपाका अन्य तीनजनाले राजीनामा बुझाए । सरकारमाथिको समर्थन भने रास्वपाले कायमै राखेको छ ।

    रास्वपाबाट उपसभापति डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री, डा. तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री बनेका थिए । माघ ३ गते मन्त्रीमा नियुक्त भएका उनीहरू २० दिन मन्त्री बनेर मन्त्रालयको पूर्वमन्त्रीको सूचीमा अटाएका छन् ।

    प्रचण्डले पुस ११ मा नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नियुक्त गरेका थिए । चैत १७ गते मन्त्रिपरिषद् विस्तार गर्दा श्रेष्ठलाई गृहमा सारिएको छ । अहिले माओवादीबाट शक्ति बस्नेत ऊर्जा, रेखा शर्मा सञ्चार, सुदन किराँती संस्कृतिमन्त्री पर्यटन तथा नागरिक उडड्यनमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सुशिला श्रीपाईली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका छन् ।

    १७ गतेकै मन्त्रिपरिषद् विस्तारबाट कांग्रेसका ४ जना थपिएका छन् । जसमा पुर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा. प्रकाशशरण महत अर्थ, सीता गुरुङ शहरी विकास र रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री छन् ।

    सत्तारुढ घटक नेकपा एसबाट डा. बेदुराम भुसाल र प्रकाश ज्वाला पहिलोपटक सिंहदरबार छिरेका छन् । भुसाल कृषि र ज्वाला भौतिक पूर्वाधारमन्त्री छन् ।

    जसपाबाट अशोक राई शिक्षा, लोसपाबाट शरदसिंह भण्डारी श्रम, नेपाल समाजवादी पार्टीबाट महिन्द्रराय यादव महिला, बालबालिका तथा ज्येष्ठ साथै नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री छन् ।

  • प्रतिनिधिसभा : ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति माओवादीको नियमापत्ति (भिडिओ)

    प्रतिनिधिसभा : ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति माओवादीको नियमापत्ति (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रले नियमापत्ति जनाएको छ । संसदको आकस्मिक समयमा नेता शाहीको अभिव्यक्तिप्रति माओवादीका प्रमुख सचेतक हितराज पाण्डले नियमापत्ति जनाएका हुन् ।

    शाहीले संघीयता र प्रदेश देश ठूलो भएको अवस्थामा मात्रै चाहिने बताएका थिए ।

    उनले भने, ‘आज संघीयता कार्यकर्ता भर्ती गर्ने कहीँ नअटेको व्यक्तिलाई सांसद बनाउने प्रवृत्ति बढ्यो । देश विदेशबाट ऋण ल्याएर संघीयता पाल्न सकिँदैन ।’

    उनले देशको बढ्दो ऋण र युवा पलायनको विषयमा सरकारले जवाफ दिनुपर्ने बताएका थिए । तर, शाहीको अभिव्यक्ति संसदको आकस्मिक समयसँग मेल नखाएको माओवादी सांसद पाण्डको भनाई छ ।

    संसदको आकस्मिक समयमा यसअघि बसेको प्रतिनिधिसभा बैठकपछि अहिलेसम्म भएगरेका गतिविधि राख्नको लागि आजैबाट लागू गरिएको छ ।

  • पदाधिकारी बैठकपछि माओवादीले भन्यो- सरकारले भोलि पूर्णता पाउँछ

    पदाधिकारी बैठकपछि माओवादीले भन्यो- सरकारले भोलि पूर्णता पाउँछ

    काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलिसम्ममा सरकारले पूर्णता पाउने बताएको छ ।

    पार्टी कार्यालयमा पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भोलिसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन् ।

    दल दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेको पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार मन्त्रीपरिषद् विस्तार गरेका थिए । तर, कांग्रेस र जसपाले आन्तरिक विवादको कारणले सबै मन्त्रीको नाम नदिँद सरकारले पूर्णता पाउन सकेको थिएन ।

    अहिले पार्टीबाट सरकारमा जाने चार मन्त्री छान्न कांग्रेस सभापति शेरबहादुर देउवा पनि लागिरहेका छन् । इतर समूहले ३ मन्त्रीको अडान नछाडेपछि देउवाले पार्टीबाट सबै मन्त्रीको नाम पठाउन सकेका थिएनन् ।

    त्यसो त आजै बिहानपनि प्रधानमन्त्री प्रचण्डले एकदुई दिनमै सरकारले पूर्णता पाउने बताएका थिए ।

  • सरकारबारे गगनको गुनासो- तीन महिनाजति प्रधानमन्त्री र मन्त्रीहरूको अनुहार नै देख्न नपरे हुन्थ्यो (भिडिओ)

    सरकारबारे गगनको गुनासो- तीन महिनाजति प्रधानमन्त्री र मन्त्रीहरूको अनुहार नै देख्न नपरे हुन्थ्यो (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई देशको अर्थतन्त्र विषयमा एमालेसँग पनि छलफल गर्न आग्रह गरेका छन् ।

    नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अप्ठ्यारो परेको बेलामा सबै मिलेर काम गर्नुपर्ने बताए ।

    प्रधानमन्त्रीलाई आग्रह गर्दै भने, ‘कांग्रेस, माओवादी समाजवादी गठबन्धनमा रहेका दलमात्रै होइन । यहाँ प्रमुख प्रतिपक्षी दलसँग पनि अप्ठ्यारो बेलामा यसरी जाऔं भनेर छलफल गरौं । स्थानीय सरकार त एमालेको पनि छ नि । कतिपय प्रदेशमा हामी सँगै मिलेर काम गर्नुपर्नेछ । त्यसैले प्रमुख प्रतिपक्ष दलसँग पनि बसेर छलफल गर्नुपर्छ ।’

    सरकारले सबै पार्टीसँग समन्वय गर्नुपर्ने बेलामा सरकार र राष्ट्र बैंकको सम्बन्ध पनि एकअर्काको परिपूरक हुनुपर्ने उनले बताए ।

    गगनले अहिले प्रधानमन्त्री र मन्त्रीहरूको फोटो समाचारमा आउँदा पनि नरमाइलो लाग्ने बताए । तीन महिना सरकारमा रहेकाले आर्थिक अवस्था सुधारमा गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ छ ।

    उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरूको समाचार आयो भने नराम्रो नरमाइलो लाग्छ । फुर्सद कसरी पाउनुभयो । प्रधानमन्त्री र मन्त्रीले त यो बेलामा फोटो खिच्नु पनि पर्दैन । तीन महिनाजति प्रधानमन्त्री र मन्त्रीहरूको कहीँ टेलिभिजन र अनलाइनमा अनुहारै देख्न नपाए हुन्थ्यो । त्यो भनेको नराम्रो सेन्समा होइन ।’

    उनले अब देशको पाँच वर्ष कांग्रेसको काँधमा रहेको सबैलाई एकजुट भएर गम्भीर रूपमा लाग्नुपर्ने बताए ।

    थापाले भने, ‘सबैतिर अहिले हाम्रो सरकार छ । त्यसैले दोष देखाउन मिल्दैन । अहिले हामीसँग भएको सोच र योजनालाई अगाडि बढाउन सक्नुपर्छ ।’

  • मोर्चा बनाएर सरकारको नेतृत्व गर्नु सजिलो छैन : प्रधानमन्त्री

    मोर्चा बनाएर सरकारको नेतृत्व गर्नु सजिलो छैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेपनि संविधानलाई कमजोर बनाएर उल्ट्याउने कसरत भइरहेको बताएका छन्।

    माओवादीनिकट सहकारकर्मीहरूको भेलालाई सम्बोधन गर्दै संघीयता र समानुपातिक समावेशिता मन नपराउनेहरूबाट संविधान विरोधी गतिविधि भइरहेको बताए।

    उनले भने, ‘अहिले निकै चुनौतीपूर्ण अवस्थामा नेतृत्वको अवसर प्राप्त भएको छ। सजिलो छैन। अर्थतन्त्रको कुरा सुनिराख्नुभएको छ। यसलाई पार लाउन सहज छैन। राजनीति पनि कुनै एउटा पार्टीको बहुमत छैन। मोर्चा गरेर नेतृत्व गरेका छौँ। सजिलो छैन। अप्ठ्यारो छ। तर, पनि चुनौतीपूर्ण अवस्थामा छौँ।’

    उनले सरकारले एक दुई दिनमा नै पूर्णता पाउने बताए।

    ‘सरकारले करिब-करिब पूर्णता पाएको छ। आजभोलि शतप्रतिशत नै पूर्णता पाउँछ होला। अब हाम्रो ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनेमा छ’ उनले भने।

  • आन्तरिक असहमतिले रोकिएको माओवादी घटकहरूको संयुक्त अन्तरक्रियाको मिति तय

    आन्तरिक असहमतिले रोकिएको माओवादी घटकहरूको संयुक्त अन्तरक्रियाको मिति तय

    काठमाडौं । माओवादी घटकहरूको संयुक्त अन्तरक्रिया चैत २७ गते हुने भएको छ । यसअघि फागुन ३० गते हुने भनिएपनि आन्तरिक असहमतिको कारणले रोकिएको थियो ।

    शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका विषयमा माओवादी घटकहरुको अन्तरक्रिया प्रज्ञा भवनमामा आयोजना गरिएको माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘पहिला बस्ने भनिएको विविध कारणले बस्ने सकेको थिएन । त्यसैले अहिले चैत २७ गतेको लागि कार्यक्रम तय भएको छ । त्यहाँ शान्तिप्रक्रिलाई छिटो कसरी टुंग्याउन सकिन्छ भन्ने विषयमा छलफल हुन्छ ।’

    उनले त्यहाँ माओवादी घटकका सबै दललाई बोलाइएको बताए ।

    यसअघिको कार्यक्रममा असन्तुष्ट नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमतलगायत दलहरूको उपस्थिति सम्बन्धमा उनले भने, ‘उहाँहरुले पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने विज्ञप्तिको विषयमा फरकमत राख्नुभएको हो । एजेण्डाको विषयमा एकैठाउँमा छौं । हामीले खबर गरेपछि आउनुहुन्छ या हुन्न उहाँहरूको कुरा हो ।’

    उनले अन्तरक्रिया माओवादी केन्द्रसहित विप्लव नेतृत्वको नेकपा, नेपाल समाजवादी पार्टी, वैज्ञानिक समाजवादी, माओवादी समाजवादीलगायत दल एकैठाउँमा रहेको बताए ।

    द्वद्वकालीन मुद्दाको विषयलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि माओवादी घटकहरू एकै ठाउँमा उभिएका थिए । अहिले प्रचण्डले नेतृत्वको सरकार भएकाले संक्रमणकालीन न्यायलाई चाँडो टुंग्गोमा पुर्‍याउनुपर्नेमा एकमत छन् ।

    तर, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको संयुक्त अपिलको ड्राफ्टमा प्रचण्डले संशोधन गरेपछि केही घटकहरू मोर्चाबाट बाहिरिएका छन् । उनीहरूले बाहिरै बसेर भूमिका निभाउने बताउँदै आएका छन् ।

  • उपचुनावमा माओवादीको हैसियत मतदातामात्र, कांग्रेस र जसपालाइ सघाउने

    उपचुनावमा माओवादीको हैसियत मतदातामात्र, कांग्रेस र जसपालाइ सघाउने

    काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आगामी वैशाख १० गते हुने उपनिर्वाचन तीनवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार नउठाउने भएको छ ।

    सत्ता गठबन्धनका शीर्ष नेताहरुको आइतबार बालुवाटारमा बसेको बैठकमा तनहुँ १ मा दाबी गरे पनि सत्तारुढ अर्को कांग्रेस नमानेपछि माओवादी मतदाता मात्रै बन्ने भएको छ ।

    माओवादी नेता सूर्य सुवेदीले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘तनहुँ १ मा आफूहरुले जोड दिए पनि कांग्रेस नमानेका कारण गठबन्धनको उम्मेदवारलाई सघाउने सहमति भएको छ ।’

    तनहुँ १ मा कांग्रेसका रामचन्द्र पौडेललाई निर्वाचित गर्न माओवादी केन्द्रको निर्णायक मत भएकोले त्यसको गुण कांग्रेसले तिरोस् भन्ने प्रस्ताव कांग्रेसले नमानेको सुवेदीले बताए ।

    वैशाख १० मा तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ ।

  • तनहुँ १ मा ओमकुमारीलाई गठबन्धनको उम्मेदवार बनाउने माओवादीको प्रयास, नत्र मित्रवत प्रतिस्पर्धा

    तनहुँ १ मा ओमकुमारीलाई गठबन्धनको उम्मेदवार बनाउने माओवादीको प्रयास, नत्र मित्रवत प्रतिस्पर्धा

    काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन गर्न नसकिने भन्दै आफ्नै उम्मेदवार खडा गर्न जिल्लाका नेताहरुले अध्यक्ष प्रचण्डमाथि दबाब बढाएका छन् ।

    लगातार उम्मेदवारविहीन हुँदा पार्टीका जनमत घटेको भन्दै यसपटक रामचन्द्र पौडेललाई जिताएको गुन तिर्न पनि कांग्रेसले माओवादीलाई समर्थन गर्नुपर्ने गण्डकी प्रदेशका माओवादी नेताहरुले बताएका छन् ।

    तनहुँ १ मा माओवादीबाट तीनजनाको नाम सिफारिस भएकोमा केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकालले दाबी फिर्ता गरेका छन् भने राजन लामिछानेले केन्द्रीय सदस्य ओमकुमारी पौडेललाई समर्थन गरेका छन् ।

    माओवादी आन्दोलनकी अगुवा महिला नेतृ ओमकुमारीलाई सत्तागठबन्धनको साझा उम्मेदवार बनाउन माओवादीले पहल गर्ने भएको छ । साँझसम्म गठबन्धनमा छलफल गर्ने आश्वासन बालुवाटार पुगेका नेताहरुलाई अध्यक्ष प्रचण्डले दिएका छन् ।

    प्रचण्डलाई भेटेर फर्किएकी माओवादी केन्द्रीय सदस्य पौडेलले भनिन्, ‘पार्टीबाट म उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । सकेसम्म मलाई गठबन्धनको साझा उम्मेदवार बनाउने प्रयास हुनेछ । कांग्रेसले नमानेको अवस्थामा मित्रवत र स्वस्थ प्रतिस्पर्धामा जान्छौं ।’

    तनहुँ १ मा माओवादीको १२ हजार मत रहेको पौडेलले बताइन् । त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था देखिएको र अन्य पार्टीका उम्मेदवार ती पार्टीभित्रै सर्वसम्मत नभएकाले माओवादी एक्लै प्रतिस्पर्धामा जाँदा जित्न सकिने आँकलन जिल्ला पार्टीले गरेको छ ।

    मंसिर ४ को निर्वाचनमा तनहुँ १ बाट माओवादी केन्द्रले समानुपातिकतर्फ ७ हजार ३२६ मत पाएको थियो । २०७० देखि नै पार्टीले उम्मेदवार नउठाएका कारण समानुपातिक मत घटेको भन्दै पौडेलले यसपटक उम्मेदवारी दिने बताइन् । २०७४ मा एमालेलाई र २०७९ मा कांग्रेसलाई सो क्षेत्रमा माओवादीले समर्थन गरेको थियो ।

    जिल्लाका माओवादी नेताहरूले रामचन्द्रको जितमा माओवादीको मत निर्णायक रहेको भन्दै अब कांग्रेसले माओवादीलाई समर्थन गर्नुपर्ने बताएका छन् । प्रचण्डसमक्ष पनि उनीहरूले रामचन्द्रले पाएको मत विश्लेषण गर्दै माओवादीको समर्थन नभएको भए यसपटक पनि पौडेल पराजित हुने आँकडा पेश गरेका थिए ।

    अध्यक्ष प्रचण्डले सकेसम्म गठबन्धनमा कुरा गर्ने आश्वासन दिएका छन् । माओवादीले उपचुनाव भइरहेका ३ मध्ये एउटा सीटमा दाबी गर्दा तनहुँ १ प्राथमिकतमा राखेको छ ।

  • रेनुका पुराना बागीलाई कांग्रेसको आममाफी: चितवन, बारा र तनहुँका नयाँ बागीको हकमा उपचुनाव हेर्ने

    रेनुका पुराना बागीलाई कांग्रेसको आममाफी: चितवन, बारा र तनहुँका नयाँ बागीको हकमा उपचुनाव हेर्ने

    काठमाडौं । नेपाली कांग्रेसले चितवन, बारा र तनहुँमा ७९ अघिको चुनावमा अनुशासनको कारबाहीमा परेका नेताहरूलाई आममाफी दिएको छ ।

    सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले वैशाख १० को उपचुनावलाई ध्यान दिँदै बागी, विद्रोही उठेका, प्रस्तावक, समर्थक बसेका नेताहरूको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

    ‘७९ को निर्वाचनभन्दा पहिले स्वतन्त्र उम्मेदवार भएका, पार्टीको अनुशासन उल्लंघन गरेका नेताहरूको हकमा त्यो पनि बारा, चितवन र तनहुँको हकमा पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको छ’, उनले भने, ‘७९ को निर्वाचनको बेलाको हकमा यो उपचुनावमा उहाँहरूले गर्ने कामलाई हेरेर आवश्यक निर्णय गर्ने गरी अनुशासन समितिलाई सक्रिय पार्ने निर्णय भएको छ ।’

    ७९ को चुनावमा भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालविरुद्ध जगन्नाथ पौडेल बागी उठेका थिए । गत मंसिर ४ मा प्रचण्डविरुद्ध बागी उठेका केन्द्रीय सदस्य दिनेश कोइरालालाई भने एमालेले साथ दिएको थियो । यहाँ कृष्णप्रसाद सापकोटा पनि कारबाहीमा परेका छन् ।

    त्यस्तै बारामा अरुण ज्ञवालीले बागी उठेर ८ हजारभन्दा बढी मत ल्याएका थिए ।

    कार्यसम्पादन समितिको बैठकले बारा २ मा उपेन्द्र यादवलाई गठबन्धनको साझा उम्मेदवार स्वीकार गर्ने निर्णय गरेको छ ।

    सरकारमा पठाउन बाँकी ४ जना मन्त्रीको विषयमा भने बैठकमा छलफल नभएको जानकारी दिइयो ।

    कारबाही फुकुवा हुनेमा तनहुँका गोविन्दराज जोशी, कारबाही पनि फुकुवा भएको छ ।

  • सरकारलाई पूर्णता दिँदै प्रधानमन्त्री, कुन दलबाट को को बन्दैछन् मन्त्री ?

    सरकारलाई पूर्णता दिँदै प्रधानमन्त्री, कुन दलबाट को को बन्दैछन् मन्त्री ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारलाई पूर्णता दिँदैछन् । सत्ता गठबन्धनमा सहभागी ९ दललाई समेटेर सरकरालाई पूर्णता दिन लागेका हुन् ।

    नयाँ मन्त्रीहरुको शपथ आज दिउँसो ३ बजे हुने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । उनले राष्ट्रिय कर्मचारी संगठन निजामतीको महाधिवेशनलाई सम्बोधन गर्दै ३ बजे मन्त्रीहरुको शपथ रहेको बताए ।

    कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ६, नेकपा एस २, जसपालाई २, जनमतलाई १, लोसपा १, उन्मुक्ति १, आम जनता पार्टी १ र नेसपालाई १ मन्त्रालय दिइएको छ। तर, कांग्रेसबाट आज ४ र जसपाबाट १ जनामात्रै मन्त्री हुँदैछन् । पार्टीभित्र विवाद हुँदा पार्टीले पाएको सबै मन्त्रालयमा मन्त्री पठाउन नसकिएको हो ।

    कुन दलबाट को बन्दैछन् मन्त्री ?

    नेपाली कांग्रेस

    पूर्णबहादुर खड्का – उपप्रधान तथा रक्षामन्त्री
    प्रकाशशरण महत – अर्थमन्त्री
    रमेश रिजाल – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
    सीता गुरुङ – शहरी विकास मन्त्रालय

    नेकपा माओवादी केन्द्र

    नारायणकाजी श्रेष्ठ – उपप्रधान तथा गृहमन्त्री
    शक्ति बस्नेत – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
    रेखा शर्मा – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
    सुदन किराँती – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
    अमनलाल मोदी – संघीय मामिला तथा सामान्य प्रशासन

    नेकपा एकीकृत समाजवादी

    वेदुराम भुसाल – कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
    प्रकाश ज्वाला – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

    जसपा

    अशोक राई – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

    लोसपा

    शरदसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

    नाउपा

    रञ्जिता श्रेष्ठ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

    नेसपा

    महिन्द्र राय यादव – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

    जनमत

    अब्दुल खान – खानेपानी तथा सरसफाइ मन्त्रालय

    प्रधानमन्त्रीसँगै रहेका मन्त्रालयहरु

    कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
    परराष्ट्र मन्त्रालय
    वन तथा वातावरण मन्त्रालय
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
    युवा तथा खेलकुद मन्त्रालय

  • सरकारले पूर्णता पाएसँगै नयाँ रेकर्ड बन्ने गरी काम गर्छौं : प्रधानमन्त्री प्रचण्ड

    सरकारले पूर्णता पाएसँगै नयाँ रेकर्ड बन्ने गरी काम गर्छौं : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारले पूर्णता पाउने बताएका छन् ।

    राष्ट्रिय कर्मचारी संगठन निजामतीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले ३ बजे मन्त्रीहरुको शपथ रहेको बताए ।

    उनले भने, ‘मैले तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको करिब ९७ दिन भयो । यो बीचमा भए गरेका कामहरु तपाईंहरुले नजिकबाट हेरिरहनुभएको छ। मैले अहिले त्यसको व्याख्या गर्न सम्भव छैन । सुशासन, सामाजिक न्याय, विकास निर्माण र समृद्धिको दृष्टिकोणले केही रेकर्ड बनाउने कोसिस भइरहेको छ । त्यसको फेहरिस्त यहाँ प्रस्तुत गर्न सम्भव छैन । केही नयाँ सुरुवात गरेका छौं ।’

    उनले आफ्नो तेस्रो कार्यकालमा इतिहासमा कहिल्यै नमर्ने प्रतिबद्धताका साथ योजना बनाएको बताए । ‘केही ठूला इतिहासमा कहिल्यै नमर्ने प्रतिबद्धताको साथ मैले योजना बनाउँदैछु । आज सरकारले पूर्णता पाउँदैछ । ३ बजे मन्त्रीहरुको शपथ गरिसकेपछि हाम्रो ध्यान देश निर्माणमा ऐतिहासिक रेकर्ड बनाउनुपर्ने भन्नेमा छौं’, उनले भने ।

  • कर्णालीका मुख्यमन्त्रीलाई क-कसले देलान् विश्वासको मत ?

    कर्णालीका मुख्यमन्त्रीलाई क-कसले देलान् विश्वासको मत ?

    सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक आज विश्वासको मत लिँदै छन् । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् ।

    गठबन्धन फेरिए पनि कर्णालीमा माओवादी-एमाले सत्ता सहकार्यमै छन् । यहाँ आधाआधा मुख्यमन्त्री चलाउने यी दुई दलबीचको सहमति छ । एमालेले माओवादीले गर्ने व्यवहारको आधारमा सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने बताउँदै आएको छ ।

    यस्तै, कांग्रेसको पनि विश्वासको मत दिने/नदिने निर्णय लिन कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसिरहेको छ ।

    साथै १ बजे संसदीय दलको बैठक बस्ने प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले जानकारी दिएका छन् ।

    उनले भने, `केन्द्रबाट भएको निर्देशनअनुसार पार्टीमा छलफल भइरहेको छ । अहिले नै निर्णय भने भइसकेको छैन ।’

    यता, नेकपा एमालेले पनि ११ बजेपछि बैठक बस्ने तयारी गरेको छ । तर, मुख्यमन्त्रीलाई विश्वास दिने या नदिने भन्ने विषयमा केही निर्णय भइनसकेको एमाले उपसचिव एवम् सामाजिक विकास मन्त्री टेकराज पछाईले जानकारी दिए ।

    नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदको समर्थनमा माओवादीका शर्मा मुख्यमन्त्री बनेका थिए ।

    कर्णालीमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, समाजवादी र स्वतन्त्रका एक-एक सांसद छन् । प्रदेशसभा बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

  • प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

    प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् । स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको अहिले भेटवार्ता भइरहेको छ ।

    आज केही मन्त्री थपेर क्याबिनेट विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । भागबन्डा मिलिसकेका दलसँग उनले दिउँसो १ बजेसम्म मन्त्रीको नाम मागेका छन् ।

    आजै अपरान्ह नयाँ मन्त्रीको शपथ गराउने गरी गृहकार्य भइरहेको बेला प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तार, शपथलगायतका विषयमा परामर्शका लागि राष्ट्रपति भेट्न शीतलनिवास पुगेको निकट स्रोतले बताएको बताएको छ ।

  • कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

    कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

    सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत लिँदै छन् ।

    दुई दिनअघि शर्माले विश्वासको मतका लागि व्यवस्था मिलाइदिन आग्रहसहित प्रदेशसभासमक्ष निवेदन दिएका थिए । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् ।

    उनी गत पुस २७ गते कर्णालीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शर्मालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदले समर्थन गरेका थिए ।

    यहाँ माओवादी-एमालेबीच आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति बनेको छ ।

  • ओलीको टिप्पणी- माओवादीको जनयुद्ध होइन हिंसा थियो, हामीले व्यवस्थापन गर्‍यौं (भिडिओ)

    ओलीको टिप्पणी- माओवादीको जनयुद्ध होइन हिंसा थियो, हामीले व्यवस्थापन गर्‍यौं (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले गरेको दश बर्षे आन्दोलन जनयुद्ध नभएर हिंसा भएको टिप्पणी गरेका छन् ।

    बिहीबार रिपोर्टर्स क्लब नेपालको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनयुद्धको आफू सबै विरोधमा रहेको बताए ।
    उनले भने, ‘जनयुद्धको मैले लगातार विरोध गरेको छु । माओवादीले गरेको जनयुद्ध नै होइन । त्यो एउटा सेन्टिमेन्टमा आएर नेताको के स्वार्थ थियो । कार्यकर्तालाई महान् परिवर्तन ल्याइन्छ भनेर सेन्टिेमेन्टमा लगाइएको थियो । उनीहरुको दोष छैन । तर नेताहरुले जे गरे त्यो जनयुद्ध थिएन । जनयुद्ध त्यसलाई भनिदैन त्यो एउटा हिंसा थियो । त्यस हिंसाले द्धन्द्ध जन्मायो। दुखद् परिणाममा देश पुग्यो ।’

    उनले आफ्नो पार्टी सरकारमा हुँदा हुँदै प्रचण्डले एकतर्फिरुपमा बिदा दिएर राष्ट्रिय उत्सव मनाउन खोजेपछि आफूले आलोचना गरेको बताए ।

    ‘हामीले माओवादी आन्दोलनको हामीले व्यवस्थापन गर्यौं । जनयुद्ध भएको भए सफल पार्नुपर्थ्यो । मैले उहिले पनि भन्ने गरेको थिएँ । माओवादी एउटा आन्दोलन हो। जसको समस्या गर्नुपर्छ । त्यसैले हामीले कहिलेपनि महान् जनयुद्ध भनेका छैनौं’ उनले भने ।

  • एक दुईवटा मन्त्रालय थोरै मिलाउन बाँकी छ, आजै शपथ ग्रहण गराउने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    एक दुईवटा मन्त्रालय थोरै मिलाउन बाँकी छ, आजै शपथ ग्रहण गराउने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको बताएका छन्।

    भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक दुई वटा मन्त्रालयको भागबण्डा टुंग्याउन बाँकी रहेको बताए।

    उनले भने, ‘आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ । आज सकिएन भने भोलि बिहान होला, काम त हाम्रो सकिएको छ । एक दुईटा मन्त्रालय थोरै मिलाउन बाँकी छ । बाँकी टुंगिएको छ यो पनि मलाई लाग्छ, तपाईँ हामी सबैको लागि खुसीको कुरा हो ।’

    नेपालको राजनीतिलाई स्थायित्व र नयाँ गति दिने संकल्पको साथ आफू प्रधानमन्त्री भएको बताए।