Category: माओवादी केन्द्र

  • प्रचण्ड बुद्ध बन्नै पर्छः मन्त्री किराँती

    प्रचण्ड बुद्ध बन्नै पर्छः मन्त्री किराँती

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उ्डयनमन्त्री सुदन किराँतीले देशको अवस्थालाई हेरेर प्रधानमन्त्री प्रचण्डले बुद्वमार्गी नीति लिनुपर्ने बताएका छन् ।

    त्रिभुवन विश्वविद्यालय बुद्ध दर्शन विभागद्वारा बुधबार बिहान आयोजित कार्यक्रममा मन्त्री किराँतीले देशका जल्दोबल्दो समस्या सम्हाल्न प्रचण्डको अग्रसरताको खाँचो औंल्याएका हुन् ।

    अर्थतन्त्रमा देखिएको संकट, शान्ति प्रक्रियाको टुंगोलगायतका विषयमा प्रधानमन्त्रीको पहलकदमी आवश्यक रहेको उनको भनाई थियो ।

    किराँतीले भने, ‘देशमा देखिएका आर्थिक संकट, जनताको खबरदारी, शान्ति प्रक्रियाका तार्किक निष्कर्ष, राष्ट्रिय अन्तर्राष्ट्रिय नजर, सबैलाई हेरेर मध्यमार्गी भएर जानुको विकल्प छैन ।’

  • माधव नेपालको गुनासो- हाम्रो पार्टीलाई बाइपास गरिँदैछ, गठबन्धन धरापमा पर्नसक्छ (भिडिओ)

    माधव नेपालको गुनासो- हाम्रो पार्टीलाई बाइपास गरिँदैछ, गठबन्धन धरापमा पर्नसक्छ (भिडिओ)

    सुर्खेत । सत्तारुढ घटक नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भइरहेको गुनासो गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरूले गरेको योगदान नबिर्सिन चेतावनीसमेत दिए ।

    कर्णालीमा माओवादीको दम्भ र घमण्ड देखिएको भन्दै नेपालले भने, ‘कर्णालीमा माओवादीको दम्भ र घमन्डले हाम्रा साथीहरू दु:खी हुनुहुन्छ ‌ । सरकारमा एकलौटी गरिएको छ । गठबन्धन टिकाउने कुरा भइरहँदा हाम्रो पार्टीलाई बाइपास गर्न खोजिँदैछ, पीडा दिइएको छ । यसले धरापमा पर्नसक्छ । मैले मनको पीडा पोखेको हुँ ।’

    प्रचण्ड ओलीको शरणमा गएपनि त्यहाँ टिक्न नसकेर चुनावी गठबन्धनमै फर्किएको तर गठबन्धनको स्प्रिटअनुसार काम गर्न नसकिरहेको उनको टिप्पणी थियो ।

    देश र जनताको पक्षमा रहेर काम गरुन् भन्ने आफ्नो चाहना रहेको भन्दै उनले सीमित साधन स्रोतको अधिकतम प्रयोग गर्न सुझाए ।

    अध्यक्ष नेपालले आफू प्रधानमन्त्री हुँदा राज्यसत्ताको दुरुपयोग नगरेको जिकिरसमेत गरे ।

    ‘म नै नेतृत्वमा हुँदा गेम चेन्जर आयाेजना ल्याएको थिएँ ‌। विश्वविद्यालयहरूको सुरूवात त्यही बेलादेखि भएको हो ‌। अप्ठ्यारो बेलामा र पार्टीभित्रबाट चुनौती आउँदा पनि निकै काम गरेको हो, तर यी कुराहरूको चर्चा हुँदैन । विरोधका नाममा विरोधमात्र गरिएको छ ।’

    ७४ मा दुईतिहाइ बहुमत आउँदा पनि त्यसको कदर नभएको भन्दै उनले भने, ‘त्यसमा एउटा चरम दुरुपयोग गरेर चल्नुपर्ने पक्षमा र अर्को त्यसको विरोधमा उभिएको थियो । तर, ओलीले पचाएनन र संसद विघटन गरेर नेपालको राजनीति दुर्घटनामा गयो ।’

  • पूर्वराजाबारे प्रचण्डको टिप्पणी- जनताले फोहोरमा फ्याँकिसकेका सामन्तका छाउराहरु पूर्वबाट उठ्न खोज्दैछन् (भिडिओ)

    पूर्वराजाबारे प्रचण्डको टिप्पणी- जनताले फोहोरमा फ्याँकिसकेका सामन्तका छाउराहरु पूर्वबाट उठ्न खोज्दैछन् (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति असन्तुष्टि जनाएका छन् ।

    अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वराजा लक्षित गर्दै जनताले फोहोर फ्याँक्ने ठाउँमा फालेको व्यक्ति पूर्वबाट उठ्न खोजेको बताए ।

    उनले भने, ‘हिजो इतिहासमा कुनातिर मिल्काइएका सामन्तका छाउराहरु बाहिर आएको देख्नुभएको छ । इतिहासले, आम नेपाली जनताले, कुन कर्कटमा फोहोर फ्याँक्ने ठाउँमा फालिसकेकाहरु पनि उठेर अझै पूर्वबाट रे । मेचीबाट तपाईंहरुले हिसाब गर्नुभएकोे छ नि । मैले त्यसको जवाफ मैले फागुन १ गते जनयुद्ध दिवस बिदा दिएर दिएँ । हामीले त्यसमा गर्भ गरेर त्यस्ता प्रवृत्तिका विरुद्ध खडा हुनुपर्छ ।’

  • क्रिकेट टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने- सरकारकातर्फबाट उचित सम्मान हुनेछ

    क्रिकेट टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने- सरकारकातर्फबाट उचित सम्मान हुनेछ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

    काठमाडौंमा जारी एसीसी प्रिमियम कपको फाइनलमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री दाहालले बधाई दिएका हुन ।

    ‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई,’ प्रधानमन्त्री दाहालले ट्विट गर्दै भनेका छन्, ‘क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

    कीर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएको तथा खेल नतिजा विहीन हुन पुग्दा नेपाल समूह विजेताको रूपमा फाइनलमा पुगेको थियो ।

  • देव गुरुङको चुनावी खर्च साढे २४ लाख

    देव गुरुङको चुनावी खर्च साढे २४ लाख

    लमजुङ । मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा लमजुङका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा माओवादी केन्द्र महासचिव देवप्रसाद गुरुङले चुनावी खर्च सार्वजनिक गरेका छन् ।

    उनका प्रतिनिधि हरिजंग तामाङले  निर्वाचन कार्यालयमा बुझाएको निर्वाचन खर्च विवरण अनुसार चुनावमा २४ लाख ५२ हजार २२५ रुपैयाँ खर्च भएको छ ।

    खर्च विवरण अनुसार सवैभन्दा बढी प्रतिनिधि परिचालनमा ८ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।

    यसैगरी, मतदाना नामावली खरिदमा ३ हजार, प्रचारप्रसार सामाग्री ३ लाख ३९ हजार ३ सय ५०, गोष्ठी अन्तरक्रिया ८ स्थानमा १ लाख ५० हजार, सवारी साधन २ वटाको ३ लाख खर्च भएको छ भने ढुवानी खर्च १ लाख, कार्यालय सञ्चालन ३ लाख ३६ हजार ४ सय, इन्धन डिजेल पोट्रोल ३ लाख ३३ हजार ४ सय ७५ र प्रचारप्रसार एवं प्रतिनिधि परिचालनमा १ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

  • अखिल क्रान्तिकारीद्वारा डिजिटल सदस्यता अभियान सुरु

    अखिल क्रान्तिकारीद्वारा डिजिटल सदस्यता अभियान सुरु

    काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले अनलाइनमार्फत डिजिटल सदस्यता अभियान सुरु गरेको छ ।

    आज काठमाडौंको नयाँ बानेश्वरस्थित एक कार्यक्रममा संगठनका सम्पूर्ण गतिविधिलाई आफ्नो वेब साइट www.annisurevolutionary.com मार्फत जानकारी गराउन र उक्त वेबसाइटबाट आफ्ना सदस्यहरुलाई अनलाइन सदस्यता प्रदान गर्नका लागि डिजिटल सदस्यता वितरण अभियान २०८० सञ्चालन सुरु गरेको हो ।

    कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय संयोजक पवन कार्कीले आफ्नो सदस्यता अनलाइनमार्फत दर्ता गरी अभियानको उद्घाटन गरे । अब अखिल (क्रान्तिकारी) को सदस्य बन्न विद्यार्थीहरूले अनलाइन आवेदन गर्नु पर्नेछ । आवेदनपछि उनीहरूले डिजिटल क्युआर कोडमार्फत आफ्नो सदस्यता नं. सहितको डिजिटल कार्ड ईमेल मार्फत प्राप्त गर्नेछन् ।

    यो अभियानबाट क्रान्तिकारीले दुई लाख सदस्यता वितरण गर्ने संगठनका प्रवक्ता उपदेश यादवले दाबी गरे । वेब साइट मार्फत संगठनका सम्पूर्ण गतिविधि सार्वजनिक गरिने छ भने सम्पूर्ण तहका कमिटी हरु केन्द्रिय समिति, प्रदेश समिति, राष्ट्रिय समिति ,जिल्ला समिति, स्थानीय तहका समिति, क्याम्पस सामिति र इकाई समितिहरुको विवरण पनि प्राप्त गर्न सकिने छ ।

    जसका लागि क्रान्तिकारीको वेबसाइटमा जानुपर्ने हुन्छ ।

  • जनमतको कदर गर्दै रविलाई रोजेको मन्त्रालय दिऊँ, म त्याग गर्न तयार छु : मन्त्री किराँती (भिडिओ)

    जनमतको कदर गर्दै रविलाई रोजेको मन्त्रालय दिऊँ, म त्याग गर्न तयार छु : मन्त्री किराँती (भिडिओ)

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् ।

    शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित पौवामा आयोजित होटल शेवा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन कार्यक्रममा मन्त्री किराँतीले, ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन् । यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ । त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु ।’

    हजारौं जनताको बलिदानीबाट प्राप्त यो व्यवस्थाले अझै जरा गाड्न नसकेको उल्लेख गर्दै उनले जनताको दिनदैनिकी दयनीय बन्दै गइरहेको बताए । देशको अर्थतन्त्र जरजर अवस्थामा छ यसको सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गर्न पनि उनले आग्रह गरे ।

    ‘राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको जुन अभिमत पायो । यो जनताको आक्रोश हो । मुख्यतः जिम्मेवार ठूला दलहरुको अकर्मण्यताको पराकाष्ठ हो’, उनले भने, ‘हामी राजनीतिको नाममा धेरै विभाजित भयौँ । अब देशलाई यो संकटबाट मुक्त गर्न सबै मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गरौँ ।’

    किराँतीले गणतन्त्र नेपालमा राणकालीन कानुन बोकेर हिड्नु परेको समेत बताएका छन् । ‘एउटा व्यवसाय दर्ता गर्न ७ ओटा मन्त्रालय र २२ ओटा विभाग र सयौ टेबल पुग्नु पर्ने अवस्था छ’, किराँती भने, ‘विदेशी पर्यटकलाई नेपाल भित्र्याउन झन्झटिलो नियम कानुनछन् । पैसामा चावि लगाएर मरूभूमिमा श्रम गर्न पठाउने हाम्रो नीतिमा मै खोट छ । युवालाई खाडी पठाएर तिनले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको छ तर तिनलाई नै आज प्लेनको टिकट महँगो भएकोले सास्ती भइरहेको छ ।’

    मन्त्रालय र मन्त्रीलेले नीति बनाउँछ नेतृत्व गर्छ पर्यटन बोर्डले प्रवर्द्धन र प्रचार गर्छ ,पर्यटन विभागले संरचना बनाउँछ होटल व्यवसायीले पाहुनालाई कहिल्यै नविर्सने सेवा दिएपछि मात्रै पर्यटनको सुन्दर आधार बन्ने समेत मन्त्री किराँतीले बताएका छन् ।

     

  • अयोग्य लडाकुलाई पैसा दिने निर्णय फिर्ता नभए जस्तोसुकै कदम उठाउने एमालेको चेतावनी (भिडिओ)

    अयोग्य लडाकुलाई पैसा दिने निर्णय फिर्ता नभए जस्तोसुकै कदम उठाउने एमालेको चेतावनी (भिडिओ)

    काठमाडौं । अयोग्य लडाकुलाई सरकारले दुई/ दुई लाखको दरले दिने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ।

    प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरिले देशको अर्थतन्त्र जोखिममा भएको बेलामा सरकारले कार्यविधि बनाएर पैसा बाँड्न लागेकोप्रति आपत्ति जनाएका हुन्।

    एक अर्ब ४० करोड रुपैयाँ शान्ति प्रक्रियाको नाममा चालु आर्थिक वर्षमै छुट्टइएको उल्लेख गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगको काम थाति रहँदा सरकारलाई त्यसतर्फ चासो नभएको बताए। उनले भने, ‘देशबाट पैसा निकालेर कार्यकर्ताहरुलाई लडाकुको नाममा पैसा बाँडिन्छ।’

    गरिब मर्ने अवस्था आएको बेलामा राज्यकोषको दोहन गरेर दिनदहाडै देश लुटिएको आरोप लगाए। उनले यो निर्णय स्वीकार्य नहुने भएकाले तत्काल खारेज गर्न सरकारसँग माग गरे।

    उनले भने, ‘हाम्रो मागलाई सुन्ने काम नसुनेस नजरअन्दार गरेर सरकार अगाडि बढ्यो भने जस्तोसुकै कदम उठाउँन तयार हुन्छौं।’
    विकास निर्माण र कर्मचारीको तलबभत्ता समेत रोकिएको अवस्थामा सरकारले कार्यकर्ता पोष्न खोजेको आरोप लगाए।

  • वायुसेवा निगम खाने खुम्ले कीरा त मन्त्री नै पो रहेछ : सुदन किराँती

    वायुसेवा निगम खाने खुम्ले कीरा त मन्त्री नै पो रहेछ : सुदन किराँती

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वायुसेवा निगम खाने खुम्ले कीरा मन्त्रीहरू नै रहेको बताएका छन् । उनले नयाँ मन्त्री आएपछि निगमका कार्यकारीदेखि विभागीय प्रमुख नियुक्ति गर्दा रकम असुल्ने गरेको टिप्पणी गरे ।

    नेवानीको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री किरातीले भने, ‘म मन्त्री भएको सय दिन भयो यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो वायुसेवा निगमलाई यो अवस्थामा पुर्‍याउन मन्त्रीहरूको ठूलो हात रहेछ । यति भन्दैमा फेरि निगमको कर्मचारीहरू चै चोखो छन् भन्ने हैन । नागरिक उड्डयनको तालुकदार मन्त्रीले लाख होइन करोडमा पैसा उठाएपछि ती कर्मचारीले व्यवसायिक कार्ययोजना हैन पैसा असुल्ने नै कार्ययोजना बनाउँछन् ।’

    आफूलाई पैसा मन नपर्ने भन्दै कामसँग मात्र सरोकार राख्ने उनले बताए ।

    ‘म वर्ग र जातपात हेर्दिनँ, मेरो सम्बन्ध कामसँग हुनेछ । म व्यवहारमा नरम र नितिमा कठोर मान्छे हो । अरु मन्त्रीलाई जस्तो मलाई पैसा हैन, एउटा चक्लेट पनि चाहिँदैन । किन कि मलाई मृत्यू थाहा छ म मरेपछि जम्माजम्मी पशुपतिमा अलिकति धुवाँ बन्छु । म मरेपछि पनि सधैँ सबैले सम्झिरहने गरी अजम्बरी हुन चाहन्छु त्यसैले मसँग लोभ छैन । विगत जे भयो अब निगमलाई टुलुटुलु हेरेर बस्न सक्दिन ।’

    निगमलाई सुधार्न आफू जस्तोसुकै जोखिम मोल्न तयार रहेको भन्दै उनले आफूलाई कुनैपनि दबाब र प्रभावले फरक नपर्ने प्रष्ट्याए ।

    कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिँदै मन्त्रीले भने, ‘तपाँईलाई यो काम गर्ने अवसर हो म अब तपाँईलाई कारबाही गर्छु तपाइँले क-कसलाई कारबाही गर्ने हो गर्नुस् । यदि काम गर्न सक्नु भएन भने सल्लाह गरेर नै छाडेर जानुस तपाँइँलाई सौहार्द ढंगले नै बिदाई गर्नेछौँ । तर, आज तपाँईले जसरी मुखले प्रतिबद्धता गर्नुभयो सोही अनुसार काम गर्नुहोला । बाहिर शक्तिको ढोका न चहार्नुहोला राम्रो काममा सधैँ मेरो तपाईँप्रति सहयोग र संरक्षण रहने छ ।’

    मन्त्री किराँतीले निगमको बोर्ड सदस्यलाई समेत बाँकी राखेनन् । निगमलाई सुधार्छु भनेर राजनीतिक नियुक्ति खाने सदस्यहरू सुविधाका लागि होडबाजी गर्ने पाएको उनले बताए ।

    ‘निगमलाई सुधार्छु भनेर राजनीतिक नियुक्ति खाने अनि सुविधाको लागि मरिमेट्ने हो भने उमेर हुनेले जागिर खाँदा भयो हैन भने पैसा कमाउन व्यापार गरे हुन्छ सुविधाको लागि झगडा गर्ने बोर्ड सदस्यहरूलाई अब बाँकी राखिन्न ।’

    उनले थपे, ‘म परीक्षामा छु यो परीक्षामा पास गराउने जिम्मा तपाँईहरूको हो । अब वायुसेवा निगमलाई पुरानो अवस्थामा ल्याउनुपर्छ । घडी हेरेर प्लेन हेर्ने हैन निगमको जहाज हेरेर मानिसहरू आफ्नो घडी मिलाउन् ।’

  • ओलीको टिप्पणी- कोशीमा प्रचण्डले सस्तो राजनीति गरे, एस बुर्जुवाहरूभन्दा बढी साम्प्रदायिक पल्टियो

    ओलीको टिप्पणी- कोशीमा प्रचण्डले सस्तो राजनीति गरे, एस बुर्जुवाहरूभन्दा बढी साम्प्रदायिक पल्टियो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एस एमाले सिध्याउँछु भनेर बुर्जुवाहरूको पछिपछि हिँडेको टिप्पणी गरेका छन् ।

    इलाम जिल्ला प्रतिनिधि परिषद् प्रथम बैंठक उद्घाटन सत्रलाई सम्बोधन गर्दै कोशी नामकरणको विषयमा नेकपा एसबाहेक सबैले समर्थन गरेको बताए ।

    उनले भने, ‘त्यो पार्टी बुर्जुवाहरूको भन्दा बढी साम्प्रदायिक पल्टिएर कोशी प्रदेश हुँदैन भनेर विरोध गर्‍यो । ४ जना मान्छेले बाहेक कोशी प्रदेशको पक्षमा कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेशवादीलगायत सबैले एकतमले भोट हाले ।’

    प्रक्रियाबाट टुंगिएपछि व्यक्ति र जातविशेषको भनेर भड्काउन नमिल्ने उनको भनाई थियो । असहमति भए छलफलबाट जनतालाई मनाएर अर्को पटक चुनाव जितेर दुईतिहाइ पुर्‍याएर परिवर्तन गर्न उनले चुनौती दिए । तर, हिंसात्मक क्रियाकलाप स्वीकार्य नहुने ओलीको भनाई छ ।

    उनले भने, ‘माओवादीले प्रदेशसभामा हुन्छ भनेर पास गर्‍यो । पास गरिसकेपछि बैठक बसेर प्रचण्डहरूले कोशी प्रदेश हुनु हुँदैनथ्यो गल्ती भयो भनेर वक्तव्य दिए । प्रचण्डले गतल नीति लिएर सस्तो राजनीति गर्न खोजेको हो । हामी अवसरवादी र क्षणिक भोटको राजनीति गर्दैनौं ।’

  • ओलीको दाबी- प्रहरी र हामीमाथिको आक्रमणमा प्रचण्ड-माधवको पार्टी संलग्न देखियो (भिडिओ)

    ओलीको दाबी- प्रहरी र हामीमाथिको आक्रमणमा प्रचण्ड-माधवको पार्टी संलग्न देखियो (भिडिओ)

    इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशविरुद्ध आन्दोलनका क्रममा आफू र प्रहरी सुरक्षाकर्मीमाथिको भौतिक हमलामा प्रचण्ड-माधवका कार्यकर्ता संलग्न रहेको दाबी गरेका छन् ।

    एमाले इलाम जिल्ला अधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठक उद्घाटनका लागि इलाम जाने क्रममा पूर्वप्रधानमन्त्री ओलीलाई आन्दोलनकारीले अवरोध प्रयास गरेका थिए । त्यसक्रममा प्रहरी सुरक्षाकर्मी घाइते भएका छन् ।

    अध्यक्ष ओलीले प्रहरीलाई हड्डी भाँच्ने क्रममा पक्राउ परेकाहरूको समर्थनमा माओवादी र नेकपा एसका नेताहरू छुटाउँछौ भन्दै गएको बताए । अध्यक्ष ओलीले एमालेले सहनुको अर्थ कमजोर भएर होइन भन्दै प्रतिकार गर्नुपरेमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

    ओलीले भने, ‘हिजो ढुंगामुढा गर्ने ज्यान मार्ने उद्योग गर्नेहरू को हुन् ? प्रदेशको नाम के राख्ने कोशी राख्ने कि सगरमाथा राख्ने ? ड्यूटीमा खटिएको प्रहरी हवल्दारलाई के मतलब ? जागिर खाएर ड्यूटीमा बसेका मान्छेको टाउको फुटाउने आतंककारी हुन् । अर्को हवल्दारको हड्डी भाँचिएको छ । यो राजनीति हो ? यिनीहरूले हो कोशी प्रदेश बनाएको ? यी मान्छेहरूलाई समाउँदा प्रचण्ड र माकुनेका मान्छे कुदेर पुगेछन् छुटाउँछौ भन्दै ।’

    अध्यक्ष ओलीले कोशी प्रदेशमा भइरहेका अराजक घटनाहरुमा प्रचण्ड र माधव नेपालको पार्टीको संलग्नता देखिएको भन्दै आफूहरू सरकारको व्यवहार हेरिरहेको बताए ।

    ओलीले भने, ‘यी घटनामा प्रचण्ड र माधव नेपालको पार्टीको संलग्नता देखियो । हामी सरकारको व्यवहार हेर्छौं । हामी कसैसँग निहुंँ खोज्न जाँदैनौं, झगडा गर्न जाँदैनौं । तर, अति भयो भने जवाफी कारबाही गर्नुपर्ने हुन्छ । त्यो अलिकति महँगो पर्न सक्छ । जो प्रहरी भाइहरु घाइते भएर अस्पतालमा भर्ना भएका छन् उनीहरूमाथिको आक्रमणमा प्रचण्ड-माधवका कार्यकर्ता संलग्न छन् ।

    अध्यक्ष ओलीले आफूलाई इलाम नजान समेत धम्की आएको भन्दै हिम्मत भए सामुन्ने पर्न चेतावनी दिए । बैठकमा उपाध्यक्ष सुवास नेम्वाङलगायतका नेता सहभागी छन् ।

  • मुख्यमन्त्रीमा हानथापः कांग्रेस सांसद फर्किए, माओवादी सांसद काठमाडौं लागे

    मुख्यमन्त्रीमा हानथापः कांग्रेस सांसद फर्किए, माओवादी सांसद काठमाडौं लागे

    पोखरा । गण्डकी प्रदेशमा एमाले नेतृत्वका सरकार ढलेसँग कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे दौडिए । शनिबार सरकार ढलेसँगै आइतबार हतारमा काठमाडौं पुगे । काठमाडौं पुगेर सभापति शेरबहादुर देउवालाई भेटेपछि उनले गण्डकी प्रदेशको नेतृत्व पहिला माओवादीले पाउने सुईंको पाए ।

    सुईंको पाएसँगै कांग्रेसका सबै सांसदलाई काठमाडौं गुहारे । कांग्रेस सांसदको काठमाडौं डेलिगेसनपछि गण्डकीमा कांग्रेसले पहिला नेतृत्व गर्ने सहमति भयो । कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि प्रचण्ड गण्डकीको नेतृत्व पहिला कांग्रेसलाई दिन तयार भए । सहमतिसँगै कांग्रेस सांसदहरु मंगलबार पोखरा फर्किए ।

    उता माओवादी केन्द्रले पहिला कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति भएको सुईंको पाएसँगै तरंगित बन्यो । मंगलबार बिहानै माओवादी केन्द्र संसदीय दलको बैठक बसेर सरकारको नेतृत्व पहिला माओवादीले पाउनुपर्ने दाबीलाई निरन्तरता दिने निर्णय गरे ।

    ‘गण्डकीमा पहिला सरकारको नेतृत्व माओवादी गर्न पाउनुपर्छ भन्ने हाम्रो दाबी हो, हामीले मंगलबार बैठक बसेर दाबीलाई निरन्तरता दिने निर्णय गरेका छौं, हाम्रो दाबी नै रहन्छ,’ माओवादी केन्द्रकी प्रमुख सचेतक सुशिला सिंखडाले भनिन् ।

    प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिन उनी काठमाडौं लागेका छन् । उनी मंगलबार दिउँसो काठमाडौं लागेका हुन् । माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले भने, ‘के कति कारणले कांग्रेसलाई दिने सहमति भएको हो, प्रधानमन्त्रीसँग बुधबार बिहानका लागि समय मागेका छु, छलफलका लागि काठमाडौं जान लागेको हुँ ।’

    माओवादीसँग आलोपालो सरकार चलाउने सहमति भएको कांग्रेसका नेताले बताउँदै आएका छन् । कांग्रेस सांसदहरु ८ सीट भएको माओवादीलाई कुनैपनि हालतमा पहिला सरकारको नेतृत्व दिन नहुने बताउदैँ आएका छन् । माओवादी नेताहरु भने यसअघि पनि कांग्रेसलाई मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै अहिले आफूहरुको पालो रहेको बताउँदै आएका छन् ।

    प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय आह्वान गरेका छन् । नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि उनले आह्वान गरेका हुन् । अधिकारी सरकार पनि यही धारा अनुसार गठन भएको थियो । प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नभएको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था धारा २ ले गरेको छ ।

    ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि सरकारलाई ३१ सांसद आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् । सत्ता साझेदार कांग्रेस र माओवादी मिल्दा सरकार बन्न सक्छ । उक्त गठबन्धनलाई एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसदको पनि साथ छ ।

    गण्डकीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानमध्ये एक मुख्यमन्त्री बन्ने प्राय निश्चित छ ।

  • परिवर्तन उल्ट्याउने षड्यन्त्र असफल पार्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

    परिवर्तन उल्ट्याउने षड्यन्त्र असफल पार्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलिदानबाट प्राप्त परिवर्तन उट्याउन ठूलो षड्यन्त्र र घेराबन्दी भइरहेको बताएका छन् ।

    गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले मंगलबार गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा आयोजना गरेको भूकम्प स्मृति दिवस कार्यक्रममा उनले परिवर्तनलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान उपलब्धिको रक्षा गर्नुपर्ने बेला आएको बताएका हुन् ।

    पछिल्लो समय राजनीतिक पार्टी तथा तिनका नेतालाई बदनाम गर्ने र देशमा अराजकता उत्पन्न गरी अराजकताको जगमा देशको राष्ट्रियता कमजोर पार्ने विभिन्न षड्यन्त्र भइरहेको भन्दै उनले त्यसविरुद्ध सचेत रहन पनि सबैलाई आग्रह गरे ।

    उपप्रधानमन्त्री श्रेष्ठले कुनै भ्रममा नपरी गलत प्रवृत्तिलाई असफल पार्नुपर्नेमा जोड दिए । ‘नेपालमा राजनीतिक पार्टीले युगान्तकारी परिवर्तनका लागि संघर्ष गरेका छन् । संविधानसभाबाट संविधान बनाएर परिवर्तनको संस्थागत विकास भयो । यसलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान उपलब्धिको रक्षा गर्नु आवश्यक छ’, उनले भने ।

    उनले वर्तमान परिवर्तनलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तार गर्न भइरहेको प्रयत्नलाई समेत बदनाम गर्न खोजिएको बताए । उनले व्यवस्थामा परिवर्तन भएपछि अवस्थामा सापेक्षित परिवर्तन गर्न किन सकिएन भन्नेतर्फ दलले पनि समीक्षा गर्नुपर्ने आवश्यकतात औंल्याए ।

    उनले जनतालाई रुपान्तरणको महसुस गराएरै छाड्नेसमेत बताए । उपप्रधानमन्त्री श्रेष्ठले सरकारले भूकम्पलगायतका विपदलाई रोक्न नसके पनि विपदबाट हुने क्षतिलाई न्यूनीकरण गर्न योजना निर्माण गरिरहेको उल्लेख गरे ।

    उनले भने, ‘पहिले बारपाकले सुन्दर गाउँ, पर्यटकीय गाउँलगायतको पहिचान दिएको थियो । २०७२ वैशाख १२ को भूकम्पले थप पहिचान पनि दिएको छ ।’

  • दीपशिखाको टिप्पणी- प्रचण्ड सरकार असफल भए माओवादी सकिन्छ

    दीपशिखाको टिप्पणी- प्रचण्ड सरकार असफल भए माओवादी सकिन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार असफल भए माओवादी सकिने टिप्पणी गरेका छन् ।

    सरकारको अहिलेको कार्यसम्पादनप्रति सन्तुष्ट हुन नसकिरहेको उनको भनाई छ ।

    उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको ध्यानाकर्षण भन्दै फेसबुकमा लेखेका छन्, ‘सरकार असफल हुँदा माओवादी पनि सकिन्छ, जुन उचाइबाट सरकारको कार्यसम्पादन हुनुपर्ने हो, भइरहेको छैन ।’

    ढ्याउ गरेर डकारिरहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले सधैँ नबोक्ने उनको बुझाई छ ।

    ‘यतिबेलामात्रै सरकार सफल हुन्छ जतिबेला जनता, कार्यकर्ता र नेतालाई आफ्नो जस्तो लाग्छ । ढ्याउ गरेर डकारिरहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले सधैँ बोक्दैन है’, उनले भनेका छन् ।

    नेतृत्वप्रति आफ्नै हुन् भने बस्दा अस्तित्व नै समाप्त हुनेतिर उन्मुख भएकाले अब बोल्नुपर्ने समय आएको उल्लेख गरेका छन् ।

    ‘अब बोल्न सुरू गर्नुपर्छ । नबोल्दा र आफ्नै हुन् भनी सहँदा अस्तित्व नै समाप्त हुनेतिर उन्मुख भयो । बढी भए अर्थ न बर्थको जिम्मेवारीबाट मुक्त होइन्छ । अरू कै नै जान्छ र ?’ उनले भनेका छन् ।

  • सरकारलाई दिएको समर्थन फिर्ता लिने रवि लामिछानेको संकेत

    सरकारलाई दिएको समर्थन फिर्ता लिने रवि लामिछानेको संकेत

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन्। चितवन २ मा भारी मतान्तरले जित सुनिश्चित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारलाई दिएको समर्थनबारे पूर्नविचार गर्ने बताए।

    उनले भने, ‘अहिलेसम्म तय भइसकेको छैन। सरकारलाई दिएको समर्थनको औचित्य देखिएको छैन। अब काठमाडौं फर्किसकेपछि छलफल गर्छौँ। पछिल्लो सयम कुनै औचित्य नदेखिएकाले छलफल गर्न आवश्यक भएको छ।’

    स्थिरता नै कायम होस् भन्ने चाहेर नै सरकारलाई दिएको समर्थन कायम राखेको उल्लेख गर्दै आफूहरु नयाँ सरकार बनाउने खेलमा नलाग्ने प्रष्ट पारे।

    उनले भने, ‘समर्थनको नाममा सरकारले जे पनि गर्दा हुन्छ भन्ने छैन। हामीले नोटिसमा राखेको छौं। निर्वाचनकै बेलामा यसलाई जिताइदिन्छौं मन्त्री बनाइदिन्छौं भन्नु लोकतन्त्रको भद्दा मजाक हुन्। मैले यो सरकारका नेतृत्वबाट यस्तो अपेक्षा गरेको चिज होइन।’जनताले आफूहरुलाई जुन एजेण्डाको लागि मत दिएका छ त्यो नै सरकारको न्यूनतम साझा कार्यक्रमबाट हटाइएको उनको भनाइ छ।

    ‘हामीले भ्रष्टाचारका जुनसुकै कालखण्डको छानविन हुनुपर्छ भनेर राखेका थियौं। तर, कसका लागि हो? कसलाई बचाउन हो?’ उनले प्रश्न गर्दै भने, ‘सरकारले त्यसलाई निकालेको छ। मैले त्यसलाई चुनाव अघि नै आपत्ति जनाइसकेको थिए। अब छलफल गछौं। समर्थनको औचित्य पुष्टि हुने सकेको छैन। त्यसैले छलफल गरेर चाँडै निर्णय लिन्छौं।’

  • यस्तो छ कर्णाली सरकारको सय दिनको उपलब्धि (पूर्णपाठ)

    यस्तो छ कर्णाली सरकारको सय दिनको उपलब्धि (पूर्णपाठ)

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफू नेतृत्वको सरकारको सय दिन पूरा गरेको अवसरमा उपलब्धि सार्वजनिक गरेका छन् ।

    आइतबार मुख्यमन्त्री शर्माले प्रदेश सरकारले सम्पादन गरेका प्रमुख कार्यहरु र उपलब्धिहरु सार्वजनिक गरेको हुन् ।

    गत पुस २८ गते कर्णाली प्रदेश सरकारको तेस्रो मुख्यमन्त्री बनेका शर्माले आन्तरिक मामिला तथा योजनाको वेबसाइटमा सरकारका ५५ बुँदे उपलब्धि सार्वजनिक गरिएको छ ।

    मन्त्रिपरिषद्को ८ वटा बैठकबाट २७ वटा निर्णय भएको छ । गत वर्षको तुलनामा यो वर्षको सोही अवधिको वित्तीय तथा भौतिक प्रगतिमा बढोत्तरी भएको उल्लेख गरिएको छ । ०७९ चैत मसान्तसम्म प्रदेश सरकारको कूल विनियोजित बजेट मध्ये चालु तर्फ ९२.९६ प्रतिशत र पूँजीगत तर्फ २२.१२ प्रतिशत गरी जम्मा २६.४७ प्रतिशत प्रगति भएको जनाइएको छ ।

    आर्थिक वर्ष ०८०÷०८१ का लागि स्थानीय तहमा हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदान र सवारी साधन कर (राजस्व बाँडफाँट) को अनुमानित विवरण स्थानीय तहलाई उपलब्ध गराइएको छ ।

    प्रदेश सरकार स्थापना भए देखि आर्थिक वर्ष २०७७÷०७८ सम्मको महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण हुँदा कायम भएको बेरुजु रकम कर्णाली प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरी बेरुजु अद्यावधिक गरिएको छ ।

    साथै, आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेट तर्जुमा समिति गठन गरी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रिया अघि बढाइएको छ ।

    कर्णाली प्रदेशमा वार्षिक १० हजार रोजगारी सिर्जना गर्ने सम्बन्धमा अध्ययन गर्न आर्थिक मामिला तथा योजना सचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । यसलाई कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई निर्देशित गरिने जनाइएको छ । यस सम्बन्धमा तत्कालका लागि कर्णाली प्रदेशका बेरोजगार व्यक्तिको तथ्याङ्क सङ्कलनको कार्यका लागि सफ्टवयेर प्रणाली स्थापना गर्ने कार्य प्रारम्भ भएको छ ।

    प्रदेश अस्पतालको तला थप, जिल्ला कृषि कार्यालय रुकुम पश्चिमको भवन र अइरेनि सिचाई आयोजना जुम्ला गरी तीनवटा वहुवर्षीय आयोजना स्वीकृति गरिएको छ । मुगु र रुकुम पश्चिममा भू तथा जलाधार व्यवस्थापन कार्यालयहरुको साईट कार्यालय स्थापना गरिएको छ ।

    मुगुको रारा, रुकुमको खारा, कालिकोटको पिलि, पचालझरना र त्रिवेणी पाटनको पर्यापर्यटकिय पूर्वाधार विकासको लागि वहुवर्षीय आयोजना स्वीकृत भई कार्यान्वयन भइरहेको छ । २ वटा टुर एण्ड ट्राभल एजेन्सी, २ वटा साहसिक पर्यटन र १२ वटा गाइड प्रमाणीकरण गरिएको छ ।

    यस्तो छ सरकारको उपलब्धिको पूर्णपाठः

  • प्रचण्ड भन्छन्- नेकपातिरै फर्किनेबारे छलफल गरिरहेका छौं, केही दिनमै अपील गर्छौं (भिडिओ)

    प्रचण्ड भन्छन्- नेकपातिरै फर्किनेबारे छलफल गरिरहेका छौं, केही दिनमै अपील गर्छौं (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले आफूहरूले कम्युनिष्ट पार्टीहरूबीच एकताको पहल गरिरहेको बताए ।

    कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एसले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि चुनौती र सम्भावना’ विचार गोष्ठीमा बोल्दै उनले कम्युनिष्ट पार्टीहरूबीच ध्रुवीकरणमा जोड दिए ।

    उनले भने, ‘जो कम्युनिष्ट पार्टीको एकता वा जनवादी केन्द्रियतको सिद्धान्त, सामूहिक नेतृत्वको सिद्धान्तको विरुद्ध छन् उनीहरू एकताको पक्षमा छैनन् । तर, हामीहरू अहिले पनि एकताकै पक्षमा छौं ।’

    राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने प्रचण्डले बताए ।

    उनले थपे, ‘अहिले माधव कमरेड र हामीहरूसहित थुप्रै नेताहरूसँग जे छलफल भइरहेको छ । हामी भनिरहेका छौं नेकपातिरै फर्किनुपर्छ । कम्युनिष्ट पार्टीमा नेतृत्वलाई कि (चाबी) भन्ने गरिन्छ र हो पनि । नेतृत्वले गलत विचार अगिंकार गर्‍यो भने ठूलो क्षति हुन्छ ।’

    नेकपा गठनको औपचारिक प्रस्ताव आफूले गरेको स्मरण गर्दै अहिले पनि कम्युनिष्टहरू एक हुन जरुरी रहेको बताए ।

    उनले भने, ‘अहिले माधव कमरेड र हामीहरूसहित थुप्रै नेताहरूसँग जे छलफल भइरहेको छ । हामी भनिरहेका छौं नेकपातिरै फर्किनुपर्छ । कम्युनिष्ट पार्टीमा नेतृत्वलाई कि (चाबी) भन्ने गरिन्छ र हो पनि । नेतृत्वले गलत विचार अंगीकार गर्‍यो भने ठूलो क्षति हुन्छ ।’

    नेकपा गठनको औपचारिक प्रस्ताव आफूले गरेको स्मरण गर्दै अहिले पनि कम्युनिष्टहरू एक हुन जरुरी रहेको बताए ।

    उनले भने, ‘अहिले पनि देशभक्त कम्युनिष्टहरूलाई भन्न चाहन्छु राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका निम्ति हामी एक हुन जरुरी छ । आउनुस् बसौं सँगै विनाआग्रह र पूर्वाग्रह समीक्षा गरौं । विचारधारात्मक रूपमा समीक्षा र आत्मसमीक्षा गरौं । राष्ट्रियको हितमा एकताको नयाँ पहल गरौं । त्यसले मात्रै कम्युनिष्ट आन्दोलनमा इमान्दार हुनसक्छौं ।’

    केही दिनभित्रै समाजवादी मोर्चा घोषणा गरेर सबैलाई नेकपातिर फर्किने अपील गर्ने प्रचण्डले बताए । नेकपा एकता एकाध नेताको सन्कीका कारण दुर्घटनामा परेको भन्दै उनले आम जनताले अनुमोदन गरेकाले त्यसलाई पुनर्जीवित गर्न चाहेको बताए ।

  • प्रधानमन्त्रीको गुनासो- जनताले एजेण्डा हेरेनन्, सेन्टिमेन्ट हेर्दा समाजमा अराजकता बढ्याे (भिडिओ)

    प्रधानमन्त्रीको गुनासो- जनताले एजेण्डा हेरेनन्, सेन्टिमेन्ट हेर्दा समाजमा अराजकता बढ्याे (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनमा मात्रै नभएर देशमा राजनीतिक विचलन छाएको बताएका छन्। नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई सम्बोधन गर्दै विचलनतिर राजनीतिक जाने खतरा पैदा भएको बताए।

    उनले भने, ‘अहिले भर्खरै गएको निर्वाचनमा पनि विचार, सिद्धान्त, मुल्य, मान्यता र आर्दशलाई भन्दा मान्छे सेन्टिमेन्ट, भावना र आवेग वा अराजकतलाई प्रश्रय दिने प्रवृत्ति देखिन्छ। यस्तो बेलामा बौद्धिक जगतबाट वैचारिक बहस चलाउन जरुरी छ। कहि न कहिँ लामो संघर्षबाट आएको नेताहरुमाथि धेरै तल उत्रिएर गाली गरेको देख्ने गरिन्छ।’

    समाजिक सञ्जालले क्षणिक आवेगमा ल्याएर समाजलाई अराजकतातिर लगिरहेको बताए। उनले अहिले आफूहरुले कम्युनिष्ट पार्टीबीच मोर्चाबन्दीको प्रयास अगाडि बढिरहेको बताए। विचार मिल्नेसँग समाजवादी मोर्चा बनाएर पार्टी एकता गर्नेगरि अगाडि बढिरहेको बताए।

    उनले यो निर्वाचन प्रणालीबाटै कसैको बहुमत नआउने भएकाले गठबन्धन संस्कृतिको विकार गरेको बताए। यही गठबन्धनलाई पाँच बर्षसम्म जोगाएर अघि बढ्ने उनको भनाइ छ।

  • भारत भ्रमणको तयारीमा छौं, राष्ट्रको हितलाई व्यवस्थित रुपले राख्न नसके अफ्ठ्यारो आउनसक्छ : प्रधानमन्त्री (भिडिओ)

    भारत भ्रमणको तयारीमा छौं, राष्ट्रको हितलाई व्यवस्थित रुपले राख्न नसके अफ्ठ्यारो आउनसक्छ : प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भारत भ्रमणको तयारीम जुटेको बताएका छन्। नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई सम्बोधन गर्र्दै यस्तो बताएका हुन्।

    उनले भने, ‘मेरो छिट्टै छिमेकी देशको भ्रमण हुँदैछ। त्यसको तयारी अलि राम्ररी गरिएन भने राष्ट्रको समग्र हित, स्वार्थलाई व्यवस्थित रुपले राख्न सकिएन भने त्यसले अफ्ठ्यारो आउनसक्छ। हामी त्यसको तयारीमा छौं।’

    पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण यही अन्तिमसम्म भारतबाट हुँदैछ।

  • विप्लव नेतृत्वको नेकपा र नेकपा माओवादी समाजवादीबीच पार्टी एकता

    विप्लव नेतृत्वको नेकपा र नेकपा माओवादी समाजवादीबीच पार्टी एकता

    काठमाडौं । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता भएको छ।

    ७५ औं कम्युनिष्ट पार्टी स्थापनि दिवसको अवसरमा काठमाडौंमा खुलमञ्चमा आयोजित कार्यक्रममा पार्टी एकताको घोषणा गरेका हुन्।

    पार्टी एकता घोषणा गर्दै १४ बुँदे सहमति गरेका छन्। द्वन्द्वकालिन मुद्दा, सरकारसँग भएको तीन बुँदे सहमति, वैज्ञानिक समाजवादलगायतका बिषयलाई कार्यन्वयको लागि जोड दिने बताएका छन्।

    यस्तै, दुई पार्टीबीच केन्द्रीय समिति, पोलिटब्यूरो, स्थायी समिति, स्थानीय तहहरु साथै जवस, विभागहरुमा एकताको भाव अनुरुप कमिटी निर्माण गर्ने सहमति गरेका छन्।

  • क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकताका लागि प्रधानमन्त्रीको अपील

    क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकताका लागि प्रधानमन्त्रीको अपील

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको शुभकामना दिएका छन् ।

    उनले मुलुक विकास, समृद्धि, स्थिरता र सुशासनको अभ्यासको चरणमा प्रवेश गरेको भन्दै जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणसहित समाजवादको आधार निर्माण अभियानमा सहभागी हुन उनले अपील पनि गरेका छन् ।

    शान्ति, समृद्धि र स्थायित्वको जिम्मेवारी पूरा गर्ने दायित्व आफूहरूको काँधमा भएको भन्दै प्रधानमन्त्री प्रचण्डले वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणामस्वरूप चुनावबाट गठबन्धनको पक्षमा जनमत प्राप्त भएको जिकिर गरेका छन् ।

    ‘प्रतिगमनविरोधी वामपन्थी तथा लोकतान्त्रिक शक्तिको वर्तमान गठबन्धन प्राप्त उपलब्धिहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ’, प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्, ‘लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको यस ऐतिहासिक अवसरमा म देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन अपील गर्दछु ।’

  • गृहमन्त्री श्रेष्ठको दाबी- अर्थतन्त्र संकटमा छैन (भिडिओ)

    गृहमन्त्री श्रेष्ठको दाबी- अर्थतन्त्र संकटमा छैन (भिडिओ)

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको दाबी गरेका छन् ।

    काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधानका उपायहरु खोज्नसक्दा सुधार आउने बताए ।

    ‘अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्नेछौं’, उनले भने, ‘मुलुकको अर्थतन्त्र गम्भीर संकटमा छैन । गम्भीर संकटमा नभए पनि केही समस्याहरु देखापरेका छन् । देखापरेका समस्या सरकारले समाधान गर्न हामीले छलफल गरिरहेका छौं ।’

    सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधान गरी अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको उनले बताए । सरकारले अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गर्ने गृहमन्त्री श्रेष्ठको जिकिर थियो ।

    अर्थतन्त्रमा देखापरेका समस्या सरकारले केही निर्णय गर्नासाथ चलायमान बनाएर लैजानसक्ने उनको भनाइ छ ।

  • प्रधानमन्त्रीलाई ओलीको प्रश्न- न्यायपालिका कहिलेदेखि र कसको कारण नेतृत्वविहीन भयो ?

    प्रधानमन्त्रीलाई ओलीको प्रश्न- न्यायपालिका कहिलेदेखि र कसको कारण नेतृत्वविहीन भयो ?

    काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्दा यसअघिका प्रधानन्यायाधीश कुन मितिबाट अवकाश भएको हो र के कारण भएको भनेर संवैधानिकरूपमा खुलाइनुपर्ने अडान लिएका छन् ।

    यसअघि संवैधानिक परिषदको बैठकमा पनि विपक्षी दलका नेता ओलीले सिफारिसको निर्णय गर्दा प्रधानन्यायाधीश पद के कारणले रिक्त भएको हो भनेर खुलाउनुपर्ने संवैधानिक व्यवस्था सम्झाएका थिए ।

    शुक्रबार प्रधानमन्त्रीसँग भएको छलफलमा पनि ओलीले सोही कुरा दोहोर्‍याएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नाजवाफ भएको स्रोतले जनाएको छ । दाहालसहितको सत्ता गठबन्धनले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाएर डेढ वर्षदेखि सर्वोच्च अदालत नेतृत्वविहीन छ ।

    ओलीको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘डेढ वर्षदेखि के कारण अदालत नेतृत्वविहीन भयो ? प्रधानन्यायाधीश पद कहिलेदेखि के कारण रिक्त भयो ? तिथि मिति र कारण खुलाउनुपर्ने संवैधानिक व्यवस्था स्मरण गराउँछु । तपाईँहरूलाई चित्त नबुझेपछि भोलि फेरि अर्कोलाई पनि महाअभियोग लगाएर यसैगरी अनिर्णयको बन्दी नबनाउने के ग्यारेन्टी छ ? पहिले कारण खुलाएर निर्णय लेख्नुपर्छ ।’

    ओलीले महाअभियोग लगाएर किन ७ महिनासम्म छलफल गरिएन र प्रतिनिधिसभाको कार्यकाल सकिएपछि संसदका महासचिवले महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि पनि प्रधानन्यायाधीशलाई किन अदालत जान दिइएन भन्ने विषय समेत प्रष्ट हुनुपर्ने आशय व्यक्त गरेका छन् ।

    सत्ता गठबन्धनले महाअभियोग अर्को संसदमा पनि निरन्तर रहने भनेको स्मरण गराउँदै फेरि छलफल गराएर उक्त महाअभियोग टुंगो लगाउने हो कि स्वार्थ पूरा भएपछि त्यसै छाड्ने हो भन्ने प्रश्न गरेका छन् ।

    सत्ता गठबन्धनले २०७८ फागुन १ गते राणामाथि महाअभियोग लगाएको थियो । तर, पारित गर्ने दुई तिहाई बहुमत नभएकाले राणालाई अदालतमा फर्किनबाट रोक्ने नियतले लामो समय छलफल नगराइएको थियो । ओलीले सत्ता गठबन्धनले न्यायपालिकालाई आफ्नो निर्देशन बमोजिम चलाउँने नियत राखेको भन्दै यस्ता विषयमा जनतालाई प्रष्ट पारिनुपर्ने बताएका छन् ।

    राणा महाअभियोगपछि अदालत जान पाएनन् र मंसिर २६ गते अवकाश भइसकेका छन् ।

    ओलीले न्यायपालिकामाथिको हस्तक्षेप रोक्न आफूले उठाएको विषयको समाधान हुनुपर्ने र राणा अनिवार्य अवकाशमा गएर पद रिक्त भएको हो कि,कहिलेदेखि भएको भन्ने विषय निर्णयमा उल्लेख हुनुपर्ने बताएका छन् । शेरबहादुर देउवा र प्रचण्डले पटक-पटक प्रधान न्यायाधीशहरूमाथि महाअभियोग लगाएर न्यायपालिकामाथि हस्तक्षेप गरेको भन्दै ओलीले आफ्नो स्वार्थ नमिलेपछि अर्को प्रधानन्यायाधीशमाथि त्यस्तै हुन सक्ने भन्दै संवैधानिक परिषदको निर्णयमा प्रष्ट उल्लेख हुनुपर्ने बताएका छन् ।

  • सिंहदरबारमा प्रचण्ड-ओलीबीच साढे दुई घण्टा छलफल, प्रधानन्यायाधीश नियुक्तिबारे कुराकानी (भिडिओ)

    सिंहदरबारमा प्रचण्ड-ओलीबीच साढे दुई घण्टा छलफल, प्रधानन्यायाधीश नियुक्तिबारे कुराकानी (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा बिहान ९ बजेदेखि साढे ११ बजेसम्म छलफल भएको हो ।

    छलफलमा प्रधानन्यायाधीश नियुक्ति, संसदीय सुनुवाइ समिति गठन, संवैधानिक परिषद्सम्बन्धी कानून निर्माण, टीआरसी विधेयक लगायको बिषयमा छलफल भएको बताइएको छ ।

    बुधबार बसेको संवैधानिक परिषदको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा कुरा मिल्न सकेको थिएन । अब संवैधानिक परिषद्का सदस्य समेत रहेको राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना रुसबाट फर्केपछि बैठक बस्ने तयारी छ ।

    आजको बैठकमा प्रधानन्यायाधीशसहित संसदीय सुनुवाइ समिति गठनलगगायको विषयमा छलफल भएको बताइन्छ ।

    यसअघि ओली निवास बालकोटमा बसेको तीन दलको शीर्ष नेताहरूको बैठकमा चाँडै प्रधानन्यायाधीश नियुक्ति गर्ने सहमति भएको छ । त्यहीअनुसार अहिले दलहरू गृहकार्यमा लागिरहेका छन् ।

    त्यसो त आजै सुर्खेत पुगेका उपप्रधान तथा रक्षा/कानून मन्त्री पूर्णबहादुर खड्काले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भइरहेकाले केही दिनमै टुंग्याउने बताए ।

  • गण्डकीमा कांग्रेस र माओवादीले आलोपालो गर्ने, को पहिला ?

    गण्डकीमा कांग्रेस र माओवादीले आलोपालो गर्ने, को पहिला ?

    पोखरा । अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव राख्ने तयारी गरेका छन् । उनले शनिबार डाकिएको बैठकमा विश्वासको मत लिने विषयलाई कार्यसूचीमा समावेश गर्न भन्दै प्रदेशसभा सचिवालयमा पत्र पठाइसकेका छन् ।

    यथास्थितिमा मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा विश्वासको मत पाउने सम्भावना एकदमै कम देखिन्छ । सत्ता गठबन्धन फेरबदल भएसँगै अधिकारी सरकारले विश्वासको मत पाउने सम्भावना टरेको हो । उनले विश्वासको मत नपाए सरकार ढल्नेछ ।

    अधिकारी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । उपधारा २ मा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ ।

    अधिकारीले विश्वासमा मत लिन नसके गण्डकीमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुनेछ । उपधारा ३ मा उपधारा २ बमोजिम नियुक्त भएको मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन नसके प्रदेश प्रमुखले प्रदेश सभाको सबैभन्दा बढी सदस्यहरु भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त हुनेछन् ।

    गण्डकीमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो नेतृत्व गर्ने समझदारी भएको छ । गण्डकी प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा आलोपालो गर्ने समझदारी भएको बताए ।

    ‘गण्डकीमा कांग्रेस र माओवादीबिच आलोपालो गर्ने समझदारी भएको छ, हामीले सहमतिनै गरेका छैनौं । तर, ७ वटै प्रदेशमा आलोपालो गर्ने समझदारी भएको छ ।’

    गण्डकीमा कांग्रेस र माओवादीबीच आलोपालो गर्ने सहमति भएपनि कसले पहिला गर्ने भन्नेबारे सहमति भएको छैन । दुवै पार्टीले आफूले पहिला सरकारको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

    माओवादी केन्द्रले तनहुँ १ को उपचुनावलाई देखाएर सरकारको नेतृत्व आफूले पहिला पाउनुपर्ने दावी गरेको छ । अघिल्लो कार्यकालदेखि नै मुख्यमन्त्री ताकेको माओवादीले अहिले मुख्यमन्त्री बन्न निकै जोडबल गरिरहेको छ ।

    ‘तनहुँको चुनावमा कांग्रेसको उम्मेद्वारलाई हामीले सघाएका छौं । चुनावमा उठेर मात्रै भएन, नतिजा पनि आउनुप¥यो,’ माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले भने ।

    संविधानअनुसार धारा १६८ को उपधारा २ अनुसार बनेको सरकारले विश्वासको मत लिन नसकेमा उपधारामा ३ अनुसार सरकार बन्ने व्यवस्था छ । उपधारा ३ बमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त हुनेछन् ।

    तर, माओवादी केन्द्रका संसदीय दलका नेता चुमानले आफ्नो नेतृत्वमा गण्डकीको सरकार बन्ने दाबी गर्छन् । उनी भन्छन्, ‘उपधारा २ बमोजिम सरकार नबन्ने सम्भावना नरहे मात्र उपधारा ३ मा जाने हो, हामी उपधारा २ बमोजिम नै सरकार बनाउँछौं, हाम्रै नेतृत्वमा सरकार बन्छ ।’

    ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि सरकारलाई ३१ सांसद आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् । सत्ता साझेदार कांग्रेस र माओवादी मिल्दा सरकार बन्न सक्छ । उक्त गठबन्धनलाई एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसदको पनि साथ छ ।

  • राज्यशक्तिको दुरुपयोग गर्दै तीन पूर्वप्रधानमन्त्रीको दलबलसहित प्रचण्डको चुनावी दौडाहा

    राज्यशक्तिको दुरुपयोग गर्दै तीन पूर्वप्रधानमन्त्रीको दलबलसहित प्रचण्डको चुनावी दौडाहा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजोदेखि सबै काम छोडेर उपचुनावको दौडाहामा केन्द्रित भएका छन् । हिजो उनले तनहुँमा पुगेर कांग्रेस उम्मेवारलार्ई जिताउन अपिल गरे भने आज बारामा जसपा र चितवनमा कांग्रेसकै उम्मेदवारका लागि भोट माग्दैछन् ।

    आफ्नो दौडाहामा प्रधानमन्त्री एक्लै छैनन्, उनीसँग तीनजना पूर्वप्रधानमन्त्रीहरुसहितको दलबल छ । प्रधानमन्त्रीसँग पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई छन् । वर्तमान सत्तागठवन्धनका यी चार शीर्ष नेताहरु काठमाडौंबाट सेनाको हेलिकोप्टरमा चढेर हिजो गोर्खा गएका थिए । गोर्खाबाट हिजै तनहुँ पुगेका हुन् ।

    तनहुँको क्षेत्र नम्बर १ मा चारैजना नेताहरुले एउटै सभामा भाषण गरेका थिए । उक्त सभामा प्रधानमन्त्री प्रचण्डले कांग्रेसको चुनाव चिन्ह रुख गठवन्धनका सबैको साझा चिन्ह भएको बताए । उनले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाए आफूले मन्त्री बनाइदिने आश्वासनसमेत बाँडे ।

    ‘अहिले म प्रधानमन्त्री छु । गोविन्द्र भट्टराईलाई मन्त्री बनाउने भनेर शेरबहादुर देउवाजीले भनिसक्नुभयो । मन्त्री बनाउने मैले हो । शेरबहादुरजीले जिम्मा लिइसक्नुभयो, म उहाँसगै छु’, प्रचण्डले भने ।

    प्रचण्ड र तीन प्रधानमन्त्रीहरुको टोली आज बारा र चितवनमा संयुक्त आमसभालाई सम्बोधन गर्दैछन् । बारामा गठवन्धनको यसपटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नै उम्मेदवार छन् । प्रचण्ड तीन पूर्वप्रधानमन्त्रीहरुलाई लिएर सेनाको हेलिकोप्टरमा तनहुँबाट बारा पुगेका हुन् । बाराबाट पनि हेलिकोप्टर नै चढेर उनीहरु चितवन आएका छन् ।

    चुनावी प्रचारप्रसारमा यसरी सेनाको हेलिकोप्टर प्रयोग गर्नु राज्यस्रोतको दुरुपयोग हो । निर्वाचन आचार संहिता अनुसार पनि सरकारी खर्चमा हेलिकोप्टर चढेर चुनाव प्रचारमा हिँड्न मिल्दैन ।

    निर्वाचन आचारसंहिता २०७९ मा भनिएको छ, ‘निर्वाचन प्रचार प्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न हुँदैन ।’

    आचारसंहिता अनुसार राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने हुन्छ । आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्रै हेलिकोप्टर सेवा प्रयोग गर्न सक्छन् । प्रधानमन्त्री तथा मन्त्रीहरुले चुनावी प्रचारको लागि हेलिकप्टर प्रयोग गर्न नपाउने निर्वाचन आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले बताए ।

    उनले भने, ‘आयोगले पहिला नै चुनावी प्रचारमा हेलिकप्टरको प्रयोग नगर्न निर्देशन दिइसकेको छ । यदि त्यस्तो हो भनेर आयोगको ध्यानाकर्षण हुन्छ । बैठक बसेर केही निर्णयको लागि प्रक्रिया थाल्छौं ।’

    अनुमति नलिइ हेलिकप्टरको प्रयोग भएको केही माध्यमबाट आएपछि आयोगको ध्यानाकर्षण हुने उनले बताए । उनले अहिलेसम्म हेलिकप्टरको प्रयोगका लागि प्रधानमन्त्री कार्यालयबाट अनुमति मागेको जानकारी नभएको उल्लेख गरे ।

    अर्यालले थपे, ‘विकट स्थानमा निर्वाचनको मुख्य प्रचारकलाई मात्रै यस्ता साधनको प्रयोग गर्न दिइन्छ । अहिले उपनिर्वाचन विकट स्थानमा नभएको कारणले हामीले हेलिकप्टर लिएर हिँड्नुहुन्छ भन्ने अपेक्षा गरेका छैनौं ।’

    देशको कार्यकारीबाटै आचारसंहिताको उल्लंघन भएको कतैबाट पुष्टि भए गम्भीरतापूर्वक लिएर प्रक्रिया थाल्ने उनको भनाइ छ ।

    आजै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि निर्वाचन आचारसंहिता उल्लंघन गर्दै हेलिकप्टर चढेर बारा–२ मा आयोजित चुनावी सभामा पुगेका छन् । उनी निजी कम्पनीको हेलिकप्टर लिएर गएको स्रोतले जानकारी दिएको छ ।

    त्यसो त नेपाल सरकारका प्रधानमन्त्री वा कुनै पनि मन्त्रीले निर्वाचनको प्रचार प्रसारमा जाँदा निर्वाचन आयोगसँग अनुमति लिनुपर्ने हुन्छ । त्यस्तो अनुमति प्रधानमन्त्रीले नलिएको आयोग स्रोतले बतायो ।

    त्यसो त नेपाल सरकारका प्रधानमन्त्री वा कुनै पनि मन्त्रीले निर्वाचनको प्रचार प्रसारमा जाँदा निर्वाचन आयोगसँग अनुमति लिनुपर्ने हुन्छ । त्यस्तो अनुमति प्रधानमन्त्रीले नलिएको आयोग स्रोतले बतायो ।

    प्रधानमन्त्रीबाट आचारसंहिता उल्लंघन भयो : डा. स्वर्णिम वाग्ले

    तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले देशकै प्रधानमन्त्रीले निर्वाचन आचार संहिताको उल्लंघन गर्दै अरु ३ पूर्वप्रधानमन्त्री बोकेर हिँडेको बताएका छन् । अवैध धन छरेर सोझा जनताको भोट किन्ने व्यापक चलखेल सुरु भएको उनको गुनासो छ । उनले निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका छन् ।

    डा. वाग्लेले लेखेको स्टाटस यस्तो छः

    देशकै प्रधानमन्त्री निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै अरु ३ जना पूर्वप्रधानमन्त्री बोकेर मुख्यमंत्री र संघीय मंत्रीको पद बाँड्दै हिंड्नु भएको छ । अवैध धन छरेर सोझा जनताको भोट किन्ने व्यापक चलखेल सुरु भइसकेको छ । त्रास देखाउने, धम्की दिने क्रम बढ्दो छ । निर्वाचन आयोगले आफ्नो संवैधानिक दायित्व पुरा गरोस् । यस्तै, विकृत राजनीति विरुद्ध हाम्रो लडाईं हो । तर यसपटक तनहुँका विवेकशील जनताको सामुहिक मत सामु कसैको केही लाग्ने छैन । आमूल सुधार र परिवर्तनको घण्टी बज्छ बज्छ ।

     

  • संसदमा ‘थर्ड पोल’ खडा गर्ने तीन दलको प्रयासमा कहाँ अड्कियो हलो ?

    संसदमा ‘थर्ड पोल’ खडा गर्ने तीन दलको प्रयासमा कहाँ अड्कियो हलो ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समाजवादी मोर्चा बनाउने प्रयास अलपत्र परेको छ । गत मंसिरमा भएको निर्वाचनअघि नै नेकपा एकीकृत समाजवादी र जसपासँग कार्यगत एकता गरेर समाजवादी मोर्चा बनाउने प्रयास सुरू भएको थियो ।

    तर, चुनावपछि आफ्नै नेतृत्वको सरकार बनेपछि पनि प्रचण्डले समाजवादी केन्द्र निर्माणको प्रयास छाडेका छैनन् । प्रधानमन्त्री भइसकेपछि फागुन २७ गते पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा केही दिनमै समाजवादी मोर्चा बन्ने दाबी गरेका थिए । प्रचण्डको प्रयासमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि मिसिएको छ । तर, अहिलेसम्म कुनै ठोस सहमति तय गर्न सकेका छैनन् ।

    प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित दश दलीय गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेका प्रचण्डले मोर्चाको गृहकार्यका लागि पार्टीका दोस्रो तहका नेताहरुलाई लगाइरहेका छन् ।
    चुनावपछि सरकार गठनको बेलामा एमाले नेतृत्वमा सातदलीय गठबन्धन बनेपछि प्रचण्डको मोर्चाको प्रयास केही सेलाएको थियो । तर, अहिले चुनावअघिकै गठबन्धन ब्यूँतिएपछि मोर्चाको बनाउने प्रयास भइरहेको नेताहरू बताउँछन् ।

    मोर्चा निर्माणको विषयमा छलफल भइरहेको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा बताउँछन् ।

    उनी भन्छन्, ‘मोर्चाको बारेमा अहिले गृहकार्य भइरहेको छ । अहिलेसम्म कुनै टुंगोमा पुगेको छैन ।’

    प्रचण्डको रणनीति झैं मोर्चाको प्रयास सफल रहे ५४ सीटसहित तेस्रो शक्तिशाली मोर्चा बन्नेछ । अहिले प्रतिनिधि सभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट छ । तीन दल मिल्न सके कांग्रेस र एमालेलाई कडा टक्कर दिन सकिने उनीहरूको बुझाइ छ ।

    तीन दलबीच समाजवादी मोर्चा र पार्टी एकताको आधार तयार पार्नेबारे छलफल भइरहेको नेकपा एसका नेता मेटमणि चौधरी दाबीले गरे ।

    उनले भने, ‘निर्वाचनअघि नै बनाउने कुरा भएको थियो। गृहकार्य नटुंगेको कारणले सकिएन । अहिले गठबन्धन र सरकार गठनको कारणले रोकिएको हो । अब चाँडै घोषणा हुन्छ ।’

    उनले अब केही दिनमै मोर्चाको घोषणा हुने दाबी गरे ।

    उनले भने, ‘हाम्रो पार्टीको संयोजक बेदुराम कमरेड सरकारमा जानुभयो । अब उहाँले पार्टीको कामलाई धेरै समय दिन सक्नुहुन्न । अब अर्को व्यक्तिलाई कार्यदलको जिम्मा दिएर काम अगाडि बढ्छ । त्यसबारेमा छलफल भइरहेको छ ।’

    माओवादीबाट उपाध्यक्ष कृष्णबहादुर महरा र जसपाबाट नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा कार्यदलले काम गरिरहेको जिकिर गरे । कार्यदलमा रहेकाबाहेक माधव नेपाल, उपेन्द्र यादव, जनार्दन शर्मा, घनश्याम भुसाललगायत नेताहरू गृहकार्यमा गरिरहेका थिए ।

    अहिले उपनिर्वाचनको कारणले रोकिएको ठोस प्रगति नभएको नेताहरूको भनाई छ । चुनावअघि गृहकार्य भएपछि अहिले चुनावको कारणले अघि नबढेको जसपा नेता प्रदीप यादप बताउँछन् ।

    उनी भन्छन्, ‘मोर्चाको विषयमा पहिलादेखि नै छलफल भइरहेको हो । तर, अहिले उपनिर्वाचनको कारणले रोकिएको छ । चुनावपछि अघि बढ्छ ।’

    तर, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले मोर्चाको विषयमा पार्टीमा छलफल नभएको जिकिर गरे ।

    बिहीबार नेपाल प्रेससँगको अन्तर्वार्ताको क्रममा भनेका थिए, ‘मोर्चाको विषयमा चर्चा त भइरहन्छ । तर, कस्तो प्रक्रियाले साकार रूप लिन्छ भन्नेमा भरपर्छ । कुनै अवरोध छ भने त्यसविरुद्ध लड्न मोर्चा गठन गर्ने गरिन्छ । तर, अहिले मोर्चा केका लागि गठन गर्ने भन्नेमा हाम्रो पार्टीमा कुनै छलफल भएको छैन ।’

    छलफलपछि मात्रै खास लक्ष्य र उद्देश्यको निम्ति मोर्चा बन्नसक्ने उनले बताए। विभिन्न राजनीतिक दलका लागि पनि आवश्यकताअनुसार कार्यगत एकता हुनसक्ने उनको भनाई थियो । समाजवादी मोर्चाको विषयमा अहिले सबै फाइनल भइनसकेको माओवादीका सचिव लीलामणि पोखरेल बताउँछन् ।

    उनले भने, ‘समाजवादी मोर्चा आवश्यक छ भनेर बनााउने भन्नेमा सैद्धान्तिक सहमति पहिला नै भइसकेको हो । यो मंसिमा सम्पन्न निर्वाचनअघि पनि चर्चा चलेको हो । त्यसबेलामा पनि दुईचार पटक छलफल भएको थियो । चुनावमै मोर्चा बनाएर जाने भन्ने कुरा थियो त्यसबेलामा पनि । त्यसैले मलाई लाग्छ छिट्टै नै बन्ला ।’

    मोर्चा किन ?

    नेपालको संविधानले समाजवादको आधार निर्माण तयार गर्ने भनेकाले आवश्यक भएको नेता पोखरेल बताउँछन् । देश निर्माणका लागि समाजवादी मोर्चा बनाउन आवश्यक भएको उनको बुझाई छ ।

    उनी थप्छन्, ‘हाम्रो पार्टीको कार्यदिशा पनि वैज्ञानिक समाजवाद स्थापना गर्ने भनिसकेपछि समाजवादका कार्यक्रम भएका राजनीति दलहरुले तत्कालिन राज्यसँग, तत्कालिन मुद्वालाई सहकार्य गरेर जाने भन्ने नै मुख्य उद्देश्य हो। त्यस बिषयमा पछिल्लो पटक छलफल भइरहेको छ ।’

    तर, मोर्चा गठन तीन दलका शीर्ष नेताहरूको व्यक्तिगत स्वार्थसँग जोडिएको छ । प्रतिनिधिसभामा ३२ सीट रहेका प्रचण्डले अहिले सरकारको नेतृत्व गरिरहेका छन् । तर, कतिपयले चुनावपछि कांग्रेस र एमालेको सहकार्य हुने टिप्पणी गरिरहेका छन् । त्यस्तो परिस्थितिमा आफूलाई तेस्रो शक्तिशालीरूपमा आफूलाई स्थापित गर्न चाहन्छन् प्रचण्ड ।

    एमाले नेताहरूले आफू गठबन्धन भत्काउने खेलमा नलाग्ने दाबी गर्छन् । मोर्चा गठनको बिषयमा प्रचण्डको मात्रै नभएर नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवको पनि स्वार्थ जोडिएको छ । गठबन्धनमा प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भद्र सहमति भइसकेको छ ।

    तर, पछिल्ला दिनमा देउवासहित कांग्रेस शीर्ष नेताहरूले चाँडै सरकारको नेतृत्व गर्ने अभिव्यक्ति दिइरहेको बेलामा त्यो संशयलाई रोक्न उनी माओवादी र जसपासँग सहकार्य गर्न हतारोमा छन् । यस्तै, उपेन्द्रलाई पनि बारा २ बाट संसद हुँदै सिंहदरबार प्रवेशको हतारो देखिन्छ ।

    मधेशमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीको उदयले टकराब दिइरहेको बेलामा उनले पनि आफूलाई सेफ जोनमा राख्नका लागि मोर्चाको विकल्प नदेखेको विश्लेषकहरूको भनाई छ ।

    तर, प्रचण्डले नेकपा एस र जसपामात्रै नभएर पूर्वमाओवादी घटकहरूलाई पनि एकैठाउँमा ल्याउने प्रयास गरिरहेका छन् । द्वन्द्वकालीन मुद्दामा प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि प्रचण्डको प्रयासमा केही सहजता देखिएको छ ।

    माओवादी घटकहरू मिल्न तयार देखिएपनि विचारकै कारण एकजुट हुन सकेका छैनन् । प्रधानमन्त्री पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिष्टहरूको वृहत्तर एकताका निम्ति बहस थाल्ने बताउँदै आइरहेका छन् ।

  • रास्वपा लक्षित प्रचण्डको अभिव्यक्ति- खहरे खोला सुक्नेवाला छ, रुख हाम्रो साझा चिन्ह भइसक्यो (भिडिओ)

    रास्वपा लक्षित प्रचण्डको अभिव्यक्ति- खहरे खोला सुक्नेवाला छ, रुख हाम्रो साझा चिन्ह भइसक्यो (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै खहरे खोला सुक्ने टिप्पणी गरेका छन् ।

    तनहुँमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘कहिलेकाहीं खहरे खोला उर्लिएर आउँछ, डरलाग्दोगरी आउँछ । तर, त्यो सुक्नेवाला छ । नदी गम्भीर ढंगले महासागरतिर लम्किरहन्छ, यो कुरा नभुलौं ।’

    उनले कुनै आँधी, हुरी र बताससँग नआत्ती सतिसाल झैं खडा भएर शान्ति, संविधान र विकासको निम्ति उभिन आग्रह गरे ।

    एमालेसहित सात दलीय गठबन्धनबाट प्रधानमन्त्री हुँदा पनि आफूलाई चैन नभएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वाभाविक गठबन्धन यही भएको बताए ।

    उनले अहिले संघदेखि प्रदेशसम्म गठबन्धनकै सरकार बन्ने अवस्था बनिसकेको बताए ।

    उपचुनावमा गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाएर पठाउने आश्वाससमेत उनले दिए । रुख चिन्ह कांग्रेसको मात्रै नभएर सबैको साझा भइसकेको उनको भनाइ छ ।

  • संसद राजसंस्थाको पैरवी गर्ने थलो होइन : लेखनाथ दाहाल (भिडिओ)

    संसद राजसंस्थाको पैरवी गर्ने थलो होइन : लेखनाथ दाहाल (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका छन् ।

    बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले राजसंस्थाले २४० वर्षसम्म जनतालाई प्रताडित गरेको भन्दै त्यस्तो संस्थाको जबर्जस्ती पैरवी गर्ने थलो संसद नभएको जिकिर गरेका हुन् ।

    उनले संसदमा अमर्यादित, अशिष्ट र अराजक वहसहरू हुने गरेको भन्दै संविधानको जगमा उभिएर बहस गर्न सांसदहरूको ध्यानाकर्षण गराए ।

    दहालले भने, ‘यो सदनमा अहिलेसम्म उठान भएका विषय अमर्यादित छन्, अशिष्ट छन्, अराजक छन् । कमसेकम संविधानको जगमा उभिएर हामीले बहस संसद विज्ञापन एजेन्सी संस्था होइन, कहीँ विज्ञापन गर्न पाइदैन । कोही हराएको विज्ञापन गर्ने कुरा, कोही पछाडि फर्किएर प्रतिगामी कोणबाट २४० वर्षसम्म जनतालाई प्रताडित गर्ने संस्थाहरूको जबर्जस्ती पैरवी गर्ने थलोको रूपमा पनि संसदलाई जनताले पत्याउँदैनन् र मान्दैनन् ।’

  • देवेन्द्र पौडेलको सुझाव- बैंकमा जम्मा ५५ खर्बलाई उद्योगमा परिचालन गरौं (भिडिओ)

    देवेन्द्र पौडेलको सुझाव- बैंकमा जम्मा ५५ खर्बलाई उद्योगमा परिचालन गरौं (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेका रकमलाई उद्योगमा लगानी गरी रोजगारी सिर्जना गर्न माग गरेका छन् ।

    मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै सो रकम देशका रुग्ण उद्योगहरुमा परिचालन गर्नुपर्ने बताएका हुन् ।

    उनले अप्ठ्यारोमा परेका उद्योगहरुमा सो रकम परिचालन गरी रोजगारी सिर्जना गर्न माग गरे । त्यस्तै, उनले देशमा ४० लाख खोप प्रयोगबिहीन अवस्थामा रहेको भन्दै प्रयोगविहीन भएको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताएका हुन् ।

    भिडिओ

    ‘बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको छ । खुशीको कुरा हो । ५५ खर्ब रकम भनेको नेपाल सरकारले औसत ३ पटक प्रश्तुत गर्ने बराबरको बजेट हो । त्यो रकम बैंकमा जम्मा भएर बसेको छ’, उनले भने, ‘त्यो रकमलाई छिट्टै देशका रुग्ण भएका, अपm्ठ्यारोमा परेका उद्योगहरुलाई परिचालन गरी रोजगार सिर्जना गर्नेगरी प्रधानमन्त्रीले गरेका घोषणा अनुसार अगाडी बढाइयोस् ।’

    पौडेलले चालिस लाख खोप प्रयोग नभएको भनेर समाचार आएको र त्यो खोप प्राविधिक हिसावले नमिल्ने भएर प्रयोग नभएको हो कि, हाम्रो लापरबाहीको कारणले प्रयोग नभएको हो भन्नेबारे छानबिन हुनुपर्ने पनि माग गरेका छन् ।

    ‘अर्को राम्रो समाचार आएको छ विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरे, दुर्गम ठाउँमा किताबहरु पुगे भन्ने समाचार राम्रो हो । त्यसैगरी हस्पिटलमा इमर्जेन्सी उपचार गर्न गएको बिरामीले पनि राम्रोसँग उपचार गर्न पाएको कुरा सम्बन्धित निकायबाट अनुगमन गरेर सुरुवात गरियोस् र सुन्न पाउँ’, सांसद पौडेलले भने, ‘त्यसैगरी किसानले पनि समयमै कृषि प्रक्रिया शुरुवात गर्नुभन्दा पहिला मल प्राप्त गर्ने र राज्यको तर्फबाट यस प्रकारका अत्यावश्यक वस्तुहरुको व्यवस्थापन भएको कुरा खुशी साथ बाहिर आओस् ।’

    सांसद पौडेलले यस वर्ष विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउनु राम्रो भएको उल्लेख गर्दै यसैगरी अस्पतालहरुमा पनि बिरामीले आकस्मिक उपचार पाउनुपर्ने बताए । उनले किसानले समयमै मल पाउनुपर्ने पनि बताए ।

     

  • कर्णालीमा माओवादी र कांग्रेसबीच मिलेन भागबन्डा, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

    कर्णालीमा माओवादी र कांग्रेसबीच मिलेन भागबन्डा, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

    सुर्खेत । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भागबन्डा नटुंगिँदा कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । कुन मन्त्रालय कुन दलले लिने भन्ने सहमति नहुँदा कर्णालीको मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।

    नेकपा एमालेले नेतृत्व गरेको सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कांग्रेसले पाउने निश्चित भएको छ । तर, आर्थिक मामिला तथा योजना मन्त्रालय भने माओवादीले दाबी गरेको छ ।

    आन्तरिक मामिला तथा कानूनमन्त्री तथा सरकारका प्रवत्ता कृष्णबहादुर जीसीले तीन वटा मन्त्रालयमा कांग्रेसले नेतृत्व गर्ने भएको नेपाल प्रेसलाई जानकारी दिए । उनले भने, ‘लिखित केही पनि भएको छैन । कुन मन्त्रालय कसले लिने भन्ने टुङ्गिएको छैन । कांग्रेसले तीन जना मन्त्रीको नाम दिएपछि सरकारले पूर्णता पाउँछ ।’

    यस्तै कांग्रेस र माओवादीबीच बाँकी आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमतिमा छलफल चलिरहेको जीसीले बताए । तसर्थ हालका मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वमा सरकार बन्नेछ भने आधा कार्यकाल कांग्रेस नेतृत्वमा सरकार बन्नेछ ।

    यस्तै नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफ्नो अडान छोडेका छैनन् । आधा कार्यकाल आफूले सरकारको नेतृत्व गर्ने उनले दाबी गर्दै आएका छन् ।

    मन्त्री जीसीका अनुसार सभामुख हटाउने वा राख्ने विषयमा भने केही कुरा भएको छैन ।

  • बारसँग प्रधानमन्त्रीले गरेको कुराबारे बालकोटमा उठ्यो प्रश्न, प्रचण्डले भने- रिपोर्ट चाहिँ ठ्याक्कै गरेछन्

    बारसँग प्रधानमन्त्रीले गरेको कुराबारे बालकोटमा उठ्यो प्रश्न, प्रचण्डले भने- रिपोर्ट चाहिँ ठ्याक्कै गरेछन्

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल बारको टोलीसँग बोलेका कुराप्रति आपत्ति जनाउँदै शीर्ष बैठकमा प्रश्न उठाएका छन् ।

    ओली निवास बालकोटमा सोमबार भएको बैठकमा प्रधानमन्त्रीले बार प्रतिनिधि मण्डलसँग संसद विघटनको मुद्दामा हरिकृष्ण कार्कीले आफूहरूलाई अप्रत्यक्ष सघाएको बताएका थिए । त्यहीकारण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्न ओली बाधक बनेको संकेत उनले गरेको समाचार नेपाल प्रेसमा आएको थियो ।

    ओलीले प्रचण्डको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै प्रश्न सोधे- तपाईँले बारको डेलिगेशनलाई जे भन्नुभएको छ त्यो आपत्तिजनक छ । संवैधानिक परिषद्को बैठक बसौं भनेर मलाई कहिले भन्नुभयो ? प्रधानन्यायाधीश सिफारिसको कुरा कहिले गर्नुभयो ?

    यो पनि पढ्नुस् : हरिकृष्णलाई प्रधानन्यायाधीश बन्न नदिन ठूलै शक्ति लागेको प्रधानमन्त्रीको दाबी, संसद् विघटनको मुद्दामाथि चर्चा

    ओलीले बारसँगको प्रचण्डको भेटमा भएका आन्तरिक विषय सुनाएपछि प्रधानमन्त्रीले ‘तपाईँलाई रिपोर्ट गर्ने चाहिँ को रहेछन् ? ठ्याक्कै रिपोर्ट सुनाएछन् त्यहाँभित्रको’ भन्दै यसमा अन्यथा नलिन आग्रह गरेका थिए । उनले आफूलाई लागेको कुरा गरेको भन्दै संवैधानिक परिषद् बोलाउनेबारे ओलीसँग छलफल नभएको स्वीकार गरेका थिए ।

    दुवै नेताको सवाल जवाफपछि प्रधानमन्त्रीले परिषद् बैठक बोलाउने प्रस्ताव गरेका थिए । सभामुख देवराज घिमिरेले राष्ट्रियसभा अध्यक्ष विदेश भ्रमणमा जाने भएकाले त्यसअघि नै बैठक राख्न सुझाव दिएपछि ४८ घण्टाको सूचना दिएर सम्भवतः बुधबार बैठक राखिने स्रोतले जनाएको छ ।

    बैठकमा टीआरसी विधेयकबारे पनि छलफल भएको थियो । सो सम्बन्धमा एमाले अध्यक्ष ओलीले टीआरसीको सन्दर्भमा प्रतिपक्षको प्रतिपक्षी भूमिका नरहने भन्दै भविष्यमा विवाद नबल्झिने र पीडितले न्याय पाउनेगरी कानून पास गर्न तयार रहेको बताएको बैठकमा सहभागी एमाले नेता रमेश बडालले बताए ।

  • बालकोट वार्तामा सहमति- संवैधानिक परिषद बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने (भिडिओ)

    बालकोट वार्तामा सहमति- संवैधानिक परिषद बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने (भिडिओ)

    काठमाडौं । तीन दलका शीर्ष नेताहरूको बैठकमा संवैधानिक परिषद बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

    उनले भने, ‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश कार्यवाहक हुनुहुन्छ । लामो समयदेखि सर्वोच्चको नेतृत्वनै कार्यवाहकमा भएकाले यो स्थिति रहनुहुँदैन भन्ने कुरामा प्रधानमन्त्रीले पहल गर्नुभयो । स्थायी नियुक्तको पहल गर्नुभयो । त्यसमा प्रधानमन्त्री, कांग्रेस सभापति देउवा र ओलीजीबीच सहमति भएको छ ।’

    संवैधानिक परिषद्को बैठक राख्ने विषय सहमति भएको लेखकले जानकारी दिए । यस्तै, टिआरसी विधेयक, संसद सञ्चालन र समिति गठनको विषयमा पनि नेतृत्वबीच सहमति जुटेको उनको भनाई छ ।

    लेखकका अनुसार संवैधानिक परिषद्को बैठकको मिति प्रधानमन्त्रीले तोकेर खबर गर्ने कुरा भएको छ ।
  • एउटै गाडीमा बालकोट पुगे प्रचण्ड र देउवा

    एउटै गाडीमा बालकोट पुगे प्रचण्ड र देउवा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सभामुख देवराज घिमिरे यसअघि नै बालकोट पुगिसकेका छन् ।

    ओली निवासमा नेताहरुले संसदमा टीआरसी र संसदीय समितिमा सहमति खोज्ने गरी छलफल गर्नेछन् ।

    छलफलका लागि तीन प्रमुख दलका सचेतकहरुपनि बालकोटमा छन् ।

  • मनसुनजन्य विपत्तिको तयारीमा लाग्न सरकारलाई सांसद सापकोटाको ध्यानाकर्षण (भिडिओ)

    मनसुनजन्य विपत्तिको तयारीमा लाग्न सरकारलाई सांसद सापकोटाको ध्यानाकर्षण (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले मनुसुनजन्य विपत्तिबाट हुने क्षति न्यूनिकरणका लागि पूर्वतयारीमा लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    आइतबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्ला जोखिमयुक्त रहेको चर्चा गर्दै यसबारे समयमै निर्णय लिन आग्रह गरेका हुन् ।

    उनले भने, ‘गृह मन्त्रालयको तथ्यांक अनुसार गत साल मनसुनजन्य विपदका घट्ना बाट ११९ जनाले ज्यान गुमाउनु पर्यो भने २३०३ घरपरिवार प्रत्यक्ष प्रभावित हुन पुगे । नेपालमा मनसुन जेठको अन्तिम बाट सुरू भएर भाद्रको अन्तिममा सकिन्छ । यो चार महिनाको अवधीमा करिव ४० प्रतिशत विपदका घटना घट्ने गर्छन । हामीमा विपद पश्चात राहत र उद्धारमा जानेको लर्को लाग्छ । पूर्व तयारीमा हाम्रो पर्याप्त ध्यान पुगेको छैन ।’

    सिन्धुपाल्चोक जुन विपदको दृष्टिले उच्च जोखिमयुक्त जिल्लामा पर्दछ सो लगायत अन्य जोखिमयुक्त जिल्लाहरुमा विपद पूर्व तयारी, प्रतिकार्य, पुनर्निर्माण गर्न जिल्लामा स्रोत साधन सहितको विपद यूनिट राख्न माग गरे।

    ‘जोखिमयुक्त वस्तीहरुलाई अस्थाई रूपमा बर्षात अगाडी नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न अविलम्व कार्य अगाडी बढाई सम्भावित मानविय र भौतिक क्षति न्यूनीकरण गर्न सकिन्छ’ उनले भने, ‘विशेष गरी विपद बाट महिला, बालबालिका, अपांगता भएका र जेष्ठ नागरिक बढी प्रभावित हुने हुदा यसको संवेदनशीलतालाई गम्भीर रूपमा लिन अनुरोध गर्दछु ।’

    वर्षात अगाडी नै उच्च जोखिमयुक्त पालिकाहरुका रणनीतिक बिन्दुहरुमा खाद्य तथा गैरखाद्य सामाग्री खरीद गरी भण्डारण गर्ने व्यवस्था मिलाउन माग गरे।

    उनले भने, ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना कार्यलाई गती दिन सकेको छैन । मेरो जिल्ला सिन्धुपाल्चोक लगायत अधिकांश बाढी पहीरो प्रभावितहरु २ बर्ष बितिसक्दा पनि अस्थाई टहरामा नै बसेका छन् । त्यसैले क्षती भएको १ बर्ष भित्र आवास पुनर्निर्माण तथा पुनर्स्थापना सक्ने गरी कार्य गर्न प्राधिकरणको बिशेष ध्यान आकर्षण गर्दछु ।’