Category: माओवादी केन्द्र

  • सभामुखसँग प्रचण्ड- रास्वपासँग सहमतिको भाषा मिलाएर आजै सदन खुलाउन लाग्छु

    सभामुखसँग प्रचण्ड- रास्वपासँग सहमतिको भाषा मिलाएर आजै सदन खुलाउन लाग्छु

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सभामुख देवराज घिमिरेले सदन खुलाउने वातावरण बनाउन आग्रह गरेका छन् । संसद् अवरोध खुलाउने विषयमा सभामुखसँग भएको छलफलमा सभामुखले यस्तो आग्रह गरेका हुन् ।

    सभामुखसँगको आग्रहपछि प्रचण्डले विपक्षी दलसँग छलफल गरेर आजै निष्कर्षमा पुग्ने जवाफ दिएको सभामुख सचिवालयले जनाएको छ ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै आएको रास्वपासँग पनि छलफल गर्ने बताएका छन् ।

    रास्वपाले सहमतिको लागि सत्तापक्षसँग ५ बुँदे प्रस्ताव अघि सारेको छ । प्रचण्डले त्यही प्रस्तावको सेरोफेरोमा रहेर भाषा मिलाउन फेरि विपक्षीसँग छलफल गर्ने बताए ।

    सभामुखसँग भेट्नुअघि बसेको विपक्षी दलको बैठकले छानबिन समिति बनाउने कुरामा विपक्षी दल एक ठाउँमा रहेको निष्कर्ष निकालेको थियो ।

  • माओवादीको ‘दुई बुँदे ड्राफ्ट’ बारे रास्वपा- हामीले चित्त नबुझाएपछि ५ बुँदे प्रस्ताव बनायौँ, विपक्षी एकैठाउँ छौँ

    माओवादीको ‘दुई बुँदे ड्राफ्ट’ बारे रास्वपा- हामीले चित्त नबुझाएपछि ५ बुँदे प्रस्ताव बनायौँ, विपक्षी एकैठाउँ छौँ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाबाट आफूहरू ब्याक नहुने स्पष्ट पारेको छ ।

    सत्तारुढ दलसँग सहमतिको लागि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले दुई बुँदे ड्राफ्ट तयार पारेको चर्चाबीच रास्वपाले आफ्नो अडान दोहोर्‍याएको हो । माओवादीले यसअघि नै अख्तियारले गरेको छानबिनमा सरकारले पूर्ण सहयोग गर्ने र भिजिट भिसा अध्यागमनहरूमा देखिएको विभिन्न समस्याको सन्दर्भमा संरचनात्मक सुधारको निम्ति काम गर्ने प्रस्ताव अघि सारेको थियो ।

    जसमा सत्तापक्ष पनि तयार भइसकेको हिजो एमालेका सचिव योगेश भट्टराईले बताएका थिए । तर, रास्वपाको प्रस्तावमा छलफल नै नहुने उनको भनाइ थियो । सत्तापक्षले भने प्रश्न उठिसकेपछि गृहमन्त्रीले बोल्न पाउनुपर्ने अडान अझै कायमै राखेको छ ।

    तर, रास्वपाले गृहमन्त्रीको राजीनामा नै बटमलाइन बनाइसकेपछि कुरा मिल्न सकेको थिएन । माओवादीको दुई बुँदे ड्राफ्टमा चित्त नबुझेपछि आफूहरूले पाँच बुँदे प्रस्ताव अघि सारेको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘माओवादीको दुई बुँदे प्रस्ताव अहिलेको होइन, हामीले पाँच बुँदे प्रस्ताव गर्नुअघि कै हो। त्यसमा हामीले चित्त नबुझाएपछि हामीले नयाँ प्रस्ताव तयार पारेका हौँ। अहिले छलफल त्यसैमा केन्द्रित छ ।’

    उनले हिजो बसेको विपक्षी दलको बैठकले पाँच बुँदे प्रस्तावमा सबै दलले साथ दिइसकेको जिकिर गरे । उनले आज ३ बजे सदन बस्नुअघि थप छलफलको लागि विपक्षी दलको बैठक बस्ने पनि बताए ।

    माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड मुस्ताङबाट फर्केपछि विपक्षी दलको बैठक बस्ने तयारी छ । विपक्षीलाई मनाउन कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा निरन्तर छलफल चलिरहेको छ ।

    रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीको अडान कायमै रहेको बताएका छन् ।

    उनले फेसबुकमा पार्टीको धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘छिटो संसद् खुलोस् भन्ने चाहन्छ तर यसका लागि भिजिट भिसा काण्ड बारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने र गृहमन्त्रीले राजीनामा दिई छानबिनलाई सघाउनुपर्ने कुरामा स्पष्ट छ । पछिल्लो घटनामा भिजिट भिसामा जाने १ लाख ४० हजार युवाहरूमध्ये अधिकांशसँग रकम असुल भएको तथ्यहरू बाहिर आइरहँदा र भिजिट भिसा काण्डको भ्रष्टाचार रकम बाँडफाँटको लागि सफ्टवेयर नै बनाएर राखिएको विषय गम्भीर छ ।’

    गृहमन्त्रीले भिजिट भिसा काण्डमा अख्तियारले छानबिन सुरू गरेपश्चात् नजानिँदो हिसाबले विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई मन्त्रालय सरुवा गर्ने, भिजिट भिसा काण्ड अनुसन्धान गर्ने डिआइजीलाई अख्तियारबाट सरुवा गर्ने र दबाब बढेपछि त्यही रात फिर्ता गर्ने लगायतका कामहरू शंकास्पद भएको उनको जिकिर छ ।

    उनले थपेका छन्, ‘गृहमन्त्रीको सचिवालयसमेत संलग्न भएका लगायत यससँग सम्बन्धित अनुसन्धानमूलक समाचारहरू प्रकाशनमा आएका छन् । यति विघ्न शंकास्पद गतिविधिहरू हुँदै गर्दा गृहमन्त्रीलाई जोगाउने जुन षड्यन्त्र भइराखेको छ आम नागरिकलाई सह्य छैन । तसर्थ यस सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीको अडान कायमै छ ।’

    संसद्मा प्रतिपक्षी दलहरू समेत आफूहरूले उठाएको कुरामा समर्थन जनाइसकेको भन्दै उच्चस्तरीय छानबिन गर्ने र गृहमन्त्रीले निष्पक्ष छानबिनलाई सघाउन पदबाट राजीनामा दिने अडान यथावत् रहेको बताएका छन् ।

  • दिलभूषणको पक्राउ पुर्जी खारेज गरियोस् : नारायणकाजी

    दिलभूषणको पक्राउ पुर्जी खारेज गरियोस् : नारायणकाजी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकार दिलभूषण पाठकलाई पक्राउ पूर्जी जारी गर्नु निरङ्कुश, असहिष्णु, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताविरोधी निन्दनीय कार्य भएको बताएका छन् ।

    उनले भने, ‘यो पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गर्दछु । पत्रकार मित्र दिल भूषण पाठकले प्रसारण गर्नुभएको समाचार तथ्य सत्यमा आधारित छ कि छैन स्पष्ट हुँदै जाला । सञ्चार माध्यममा कतिपय बेला अत्यन्त निराधार,गलत र गैर जिम्मेवार समाचार पनि प्रसारण हुने गरेका छन् र त्यस्तो पत्रकारितालाई सच्याउनु जरुरी छ । त्यस्ता पत्रकारलाई जिम्मेवार बनाउनु पनि पर्छ ।’

    श्रेष्ठले सम्बन्धित समाचार गलत भने त्यसको प्रतिवाद गर्ने हो भने पनि खण्डन, अदालत वा प्रेस काउन्सिलको बाटो छाडेर पक्राउ पुर्जी जारी गर्ने बाटोलाई भने किमार्थ सही ठहर्‍याउन नसकिने भन्दै यस्ता कार्य बन्द गर्न माग गरेका छन् ।

  • रास्वपाको ५ बुँदे प्रस्तावमा माओवादीसहितका विपक्षीले थापे काँध

    रास्वपाको ५ बुँदे प्रस्तावमा माओवादीसहितका विपक्षीले थापे काँध

    काठमाडौं । विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको सुनिश्चितता नभएसम्म सदन चल्न नदिने निष्कर्ष निकालेको छ । सँगै रास्वपाले अघि सारेको ५ बुँदे प्रस्तावमा माओवादीलगायतका विपक्षी दलले साथ दिएका छन् ।

    सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन बसेको बैठकले आफ्नो माग यथावत् रहेको निष्कर्ष निकालेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

    उनले आफूहरूले छानबिन समितिको माग राखेकोबारे अहिले विभिन्न चरणमा छलफल चलिरहेको बताए ।

    बैठकमा बैठकमा माओवादीबाट उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, आम जनता पार्टीबाट प्रभु साहलगायत सहभागी थिए । राप्रपा भने बैठकमा सहभागी थिएन ।

    विपक्षी दलले आफ्नो अडान नछाडेपछि आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन । अहिले सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गरिरहेका छन् ।

  • राजनीतिक नेतृत्वले काम नगर्दा बढेको असन्तुष्टिलाई आधार मानेर निरंकुशता फर्काउन खोज्दैछन् : प्रचण्ड

    राजनीतिक नेतृत्वले काम नगर्दा बढेको असन्तुष्टिलाई आधार मानेर निरंकुशता फर्काउन खोज्दैछन् : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक नेतृत्वले जनता केन्द्रित प्रभावकारी काम गर्न नसक्दा असन्तुष्टि बढेको बताएका छन्।

    मुस्ताङ जाने क्रममा म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित भुरुङ-तातोपानी, रुप्से झरना र अन्धगल्छीको अवलोकनपछि जनप्रतिनिधि र स्थानीयसँग अन्तरक्रियामा देशका विभिन्न ठाउँमा पुग्दा जनताले सुशासन, समृद्धि र राजनीतिक स्थायित्व चाहेको बताए।

    उनले सबैको सहकार्य र समन्वयमा अहिलेको व्यवस्थालाई सुधार गरेर लैजानुपर्ने धारणा राखे।

    उनले भने, ‘राजनीतिक नेतृत्वले जनता केन्द्रित प्रभावकारी काम गर्न नसक्दा जनतामा केही हदसम्म असन्तुष्टि बढ्ने गरेको छ। जनताको असन्तुष्टिलाई आधार मानेर केही तत्त्व मुलुकलाई पुनः निरङ्कुशतातर्फ फर्काउन खोजिरहेका छन् । यसका विरुद्ध सबै गणतन्त्र पक्ष एकजुट हुनु जरुरी छ।’

    जनतामा गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र हो भन्ने चेतना जागिसकेका देश अहिलेको व्यवस्थाबाट पछाडि फर्कन सक्ने अवस्थामा नरहेको दाबी गरे।

  • सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक

    सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक

    काठमाडौं । भिजिट भिसा प्रकरणबारे थप छलफल गर्नको लागि विपक्षी दलहरू छलफलमा जुटेका छन्। प्रतिनिधि सभाको बैठक बस्नुअघि संघीय संसद् भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक जारी छ।

    बैठकमा बैठकमा माओवादीबाट उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायत सहभागी छन्।

    रास्वपाले सहमतिको लागि सत्तापक्षसँग पाँच बुँदे प्रस्ताव अघि सारेको छ। सोमबार गृहमन्त्री रमेश लेखकको राजीनामाबाट केही लचक भएर रास्वपाले प्रस्ताव अघि सारेको थियो।

    माओवादी र रास्वपासँग पछिल्लो समय कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेर निरन्तर संवादमा छन्। तर रास्वपाको यो प्रस्ताव अनुसार छानबिन समिति बनाउन सत्तापक्ष तयार नहुँदा सहमति बन्न सकेको छैन। आजको बैठकले यो पाँच बुँदे प्रस्तावबारे साझा धारणा बनाउने जनाइएको छ।

  • नेसपा सचिवालय सदस्य थापाले बाबुराम छाडेर रोजे प्रचण्ड

    नेसपा सचिवालय सदस्य थापाले बाबुराम छाडेर रोजे प्रचण्ड

    काठमाडौं । डा‍. बाबुराम भट्टराई नेतृत्वको नेसपाका केन्द्रीय सचिवालय सदस्य किरण थापाले पार्टी छाडेका छन् । उनले आज बाबुरामको साथ छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोजे ।

    माओवादी माओवादी केन्द्र पोखरा महानगर समितिको दोस्रो सम्मेलनको उद्घाटन समारोहमा नेसपाका केन्द्रीय सचिवालय सदस्य किरण थापाको नेतृत्वमा १४ जनालाई प्रचण्डले स्वागत गरे ।

    थापा बाबुरामले माओवादी छाडेर नयाँ शक्ति गठन गरेपछि उता लागेका थिए । प्रचण्डले आजै नेपाली कांग्रेस स्याङ्जा फेदिखोला गाउँपालिकाका नेता लालबहादुर अधिकारीलाई पनि पार्टीमा भित्र्याएका थिए ।

  • माधव नेपाल र विप्लवसँग पनि एकताकाे कुरा भइरहेको छ, ०८४ मा पहिलो पार्टी बनाउँछौँ : प्रचण्ड (भिडिओ)

    माधव नेपाल र विप्लवसँग पनि एकताकाे कुरा भइरहेको छ, ०८४ मा पहिलो पार्टी बनाउँछौँ : प्रचण्ड (भिडिओ)

    काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

    खुमलटारस्थित अध्यक्ष निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरे ।

    कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताए ।

    सो अभियानमा यस प्रकारको पार्टी प्रवेश र समायोजनले थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे। साथै उनले माओवादीप्रति आकर्षक बढ्दै गएको उल्लेख गर्दै पार्टीमा समायोजन हुन आउनेहरूलाई उचित जिम्मेवारी दिइने बताए ।

    उनले भने, ‘हामी सबैलाई यो पार्टीमा एकताबद्ध गराएर आउने दिनमा माओवादीलाई देशको पहिलो बनाउने बनाउने, जसरी ०६४ को निर्वाचनमा एक नम्बरको बनेको थियो, त्यो बच्न सकेन, फेरि एक नम्बरको पार्टी बनाउने, जनताले खोजेजस्तो सुशासन, समृद्धि, सामाजिक न्याय दिने र समाजवादको यात्रा तय गर्ने भनेर लागेका छौँ।’

    उनले विप्लव नेतृत्वको नेकपा, माधव नेपाल नेतृत्वको नेकपा एस र महेन्द्रराय नेतृत्वको नेसपाबीच समाजवादी मोर्चा बनेको उल्लेख गर्दै एकताबारे पनि छलफल भइरहेको बताए ।

  • अहिले देशको राजनीतिमा उतारचढाव भइरहेका छन् : प्रचण्ड (भिडिओ)

    अहिले देशको राजनीतिमा उतारचढाव भइरहेका छन् : प्रचण्ड (भिडिओ)

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले देशको राजनीतिमा उतारचढाव रहेको बताएका छन् ।

    रिटर्नी सेन्टरको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन गर्दै समाजवादको आधार तयार पार्न केन्द्रित हुनुपर्ने बताए ।

    उनले भने, ‘अहिले देशको राजनीतिमा उतारचढाव छन् तर हामी संविधानसभाबाट बनेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, समानुपातिकता र समावेशिताको संविधानमार्फत समाजवादउन्मुख हुने परिकल्पना गरेका छौँ । हामी समाजवादको आधार निर्माण गर्ने कुरामा लागिरहेका छौँ ।’

    उनले आफू नेतृत्वको सरकार भएको बेलामा नीति तथा कार्यक्रम र बजेटमा रिटर्नी सेन्टरलाई विशेष महत्त्व दिएको स्मरण गरे । उनले माओवादी नेतृत्वको सरकार ढलेपछि अहिलेको सरकारले रिटर्नीहरूका लागि छुट्टाएको बजेट पनि अन्यत्र लगिएको दाबी गरे ।

  • विपक्षीले मानेनन् कांग्रेसकाे प्रस्ताव, देउवा-प्रचण्डबीचको सहमति कार्यान्वयन हुनुपर्ने माओवादीको भनाइ

    विपक्षीले मानेनन् कांग्रेसकाे प्रस्ताव, देउवा-प्रचण्डबीचको सहमति कार्यान्वयन हुनुपर्ने माओवादीको भनाइ

    काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको मागमा विपक्षी दलले अडान यथावत् राखेका छन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विपक्षी दलको बैठकले छानबिन समिति सुनिश्चित नभएसम्म सदन खोल्न नसक्ने निष्कर्ष निकालेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अध्यक्ष प्रचण्डसँग भएको सहमतिअनुसार छानबिन समिति बनाएर आफूहरू सदन खोल्न तयार रहेको माओवादीका सांसद राजन दाहालले बताए । कांग्रेस लचक भएपनि प्रधानमन्त्री केपी ओलीको अनिच्छाको कारण सदनको गतिरोध लम्बिइरहेको उनको जिकिर छ ।

    सांसद दाहालले नेपाल प्रेससँग भने, ‘बूढानीलकण्ठमा अध्यक्षसँगको भएको भेटमा देउवाजीले अख्तियारको छानबिन छिटो टुङ्ग्याउने र यो विषयमा थप अनुसन्धानका लागि मानव बेचबिखन र सङ्गठित अपराधको विषयमा सदनबाट छानबिन समिति बनाउने कुरामा सहमति भएको थियो । तर, अहिले उहाँहरू न गृहमन्त्रीको राजीनामा दिनुहुन्छ, न त त्यो सहमति कार्यान्वयनको पक्षमा नै देखिनुहुन्छ ।’

    उनले कांग्रेसले अहिले गृहमन्त्रीमाथि छानबिन नगरी अध्यागमनमा अबका दिनमा नीतिगत सुधारको लागि छानबिन समिति वा संयन्त्र बनाउनुपर्ने मात्रैको प्रस्ताव ल्याएपछि कुरा नमिलेको बताए ।

    दाहालले थपे, ‘प्रधानमन्त्रीले सदन खोल्न चासो नदिएपछि कांग्रेसले अग्रसरता लिएको छ, अहिले रास्वपासँग पनि बेग्लै वार्तामा छ । तर, आज सहमति जुट्ने सम्भावना कम नै देखिन्छ ।’

    निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज पनि दिउँसो २ बजेको लागि बोलाइएको छ ।

  • बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको छ : वर्षमान पुन

    बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको छ : वर्षमान पुन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले तल्लो वर्गलाई छुन नसकेको बताएका छन् ।

    ‘सोमबार राजधानीमा आयोजित ‘संघीयताको दृष्टिमा आर्थिक वर्ष ०८२/०८३ को बजेट’ शीर्षक कार्यक्रममा एवं पूर्वअर्थमन्त्री समेत रहेका पुनले बजेटले तल्लो तहका जनताको भावना सम्बोधन गर्नुको साटो उपेक्षा गरेको बताएका हुन् ।

    बजेटले गरिब, मजदुर, किसान र सहकारी पीडितलाई नछोएको भन्दै उनले आपत्ति जनाए । अर्थतन्त्र चलायमान हुन नसक्नुको कारणमध्ये एक सहकारी र लघुबित्तमा देखिएको समस्याको नकारात्मक प्रभाव रहेको भए पनि अर्थमन्त्री र सरकारको ध्यान त्यसतर्फ नगएको उनको भनाइ थियो ।

    ‘अर्थतन्त्र चलायमान हुन नसक्नुको कारण लघुवित्त र सहकारीको समस्या पनि हो’, उनले भने, ‘त्यसमा अर्थमन्त्रीको ध्यान गएको देखिएन ।’

    फरक प्रसंगमा पुनले आगामी आर्थिक वर्षको बजेटमा सहरी विकास मन्त्रालयलाई मागेको भन्दा बढी रकम दिइएकामा आशंका रहेको बताए । उक्त मन्त्रालयको सिलिङ ९१ अर्ब रहेकामा २७ अर्ब बढाएर १ खर्ब १८ अर्ब बजेट दिइनुको कारण आफूहरूले खोज्ने उनले उल्लेख गरे । ‘७२ अर्बको सिलिङ भएको मन्त्रालयलाई २६ अर्ब बढी बजेट दिनुको कारण के हो ? खल्तीका योजना हालेर भ्रष्टाचार गर्न खोजिएको आशंका छ’, उनले भने ।

    राष्ट्रिय योजना आयोगले सहरी विकास मन्त्रालयलाई ९१ अर्ब रुपैयाँ बजेटको सीमा (सिलिङ) तोकिदिएको थियो । यद्यपि उक्त मन्त्रालयका लागि एक खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    चालु आर्थिक वर्षको तुलनामा यो २८ प्रतिशतले बढी हो । सरकारका २२ मध्ये अधिकांश मन्त्रालयको बजेट सीमा घटेकामा सहरीको भने अस्वाभाविक रूपमा बढाइएको छ । काँग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेका प्रकाशमान सिंह उपप्रधानसहित सहरी विकासमन्त्री छन् ।

    अर्थमन्त्री विष्णु पौडेलले तीन करोडभन्दा कम बजेट विनियोजन नभएको दाबी गरिरहेको भए पनि सांसदहरुलाई उपलब्ध गराइएको रातो किताबको डिजिटल कपीमा सहरी मन्त्रालयअन्तर्गत १ लाखदेखि ५ लाखसम्मका योजनामा रकम विनियोजन गरेको भेटिएको उनले बताए ।

    ‘सहरी विकास मन्त्रीले नै अनौपचारिक रूपमा २५ लाखसम्मका योजना रहेको स्वीकार गर्नुभएको छ । तर, रातो किताबको डिजिटल कपीमा एक लाखदेखि ५ लाखसम्मका योजना बग्रेल्ती भेटिएका छन्’, पुनले भने, ‘सरकारले भन्ने एउटा गर्ने अर्को गरेको छ ।’

    यस्तै उनले यसअघि प्रदेश र स्थानीय तहलाई दिइएको अधिकार सरकारले फेरि संघमा फिर्ता ल्याउन थालिएको बताए ।
    पुनले संघीयतासम्बन्धी संविधानको मर्मविपरीत स्वास्थ्य, शिक्षा, ऊर्जा र वन मन्त्रालयअन्तर्गत तल दिइएका अधिकार फिर्ता ल्याइएको जनाए । ‘सिद्धान्ततः हामी सबै संघीयताको पक्षमै छौं । त्यसमा सबैको प्रतिबद्धता पनि छ’, पुनले भने, ‘तर, व्यवहारमा भने तल दिइसकिएका अधिकारहरू पनि फिर्ता ल्याउने काम भएको छ ।’

    संघीयताको परिकल्पना गर्नेहरु नै कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेको भन्दै कार्यान्वयन पक्षमा देखिएको अनुदार प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए । यस्तै उनले संघले प्रदेश र स्थानीय तहलाई विश्वास नगर्ने र संघप्रति प्रदेश र स्थानीय तहले विश्वास गर्न नसक्ने अवस्था विद्यमान रहेको उल्लेख गेर । ‘संघीयताको डिजाइन हामीले नै गरेका हौं । अहिले एकअर्काप्रति अविश्वास छ’, पुनले भने, ‘संघले प्रदेश र स्थानीय तहलाई, प्रदेश र स्थानीय तहले संघलाई विश्वास नगर्ने जुन अवस्था छ, यो अन्त्य हुनुपर्छ ।’

    पुनले संघीयतापछि स्थानीय तहहरुले प्रभावकारी काम गरेको बताए । भौतिक पूर्वाधारसहित अन्य विकास आयोजनाको छनोटदेखि कार्यान्वयनसम्म स्थानीय जनताको सहभागिता रहने गरेकाले प्रभावकारी देखिएको उनको भनाइ थियो ।

  • वाईसीएलले जम्बो पदाधिकारी टीम बनाउँदा शंकर पोखरेललाई चिन्ता !

    वाईसीएलले जम्बो पदाधिकारी टीम बनाउँदा शंकर पोखरेललाई चिन्ता !

    काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल)ले ७४ जना जम्बो पदाधिकारी टीम बनायो।

    पार्टीको निर्देशन अनुसार सर्वसम्मत नेतृत्व चयन गर्न सबैलाई भाग पुर्‍याउनको लागि वाईसीएल पारित गरेका विधानको सीमा नाघेर पदाधिकारीको संख्या ठूलो बनायो। लामो रस्साकस्सीपछि पुष्प ओलीको नाममा सहमति जुटाएको थियो।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि सबैलाई मिलाएर जाँदा सोचेभन्दा पदाधिकारीको संख्या धेरै हुन गएको स्वीकारेका छन्।

    तर, वाईसीएलले पदाधिकारीको संख्या ठूलो बनाउँदा एमालेका महासचिव शंकर पोखरेलले भने चिन्ता व्यक्त गरेका छन्।

    उनले फेसबुकमा लेखेका छन्, ‘वाईसीएलले ७५ जना पदाधिकारी नै बनाएछ। सङ्गठनात्मक अराजकताले सामाजिक अराजकता फैलिएकोप्रति ध्यान दिन नसक्नु दुःखद पक्ष हो।’

  • यस्तो बन्यो वाईसीएलको ७५ जना पदाधिकारी टीम (सूचीसहित)

    यस्तो बन्यो वाईसीएलको ७५ जना पदाधिकारी टीम (सूचीसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाईसीएल)ले ७५ जना पदाधिकारी चयन गरेको छ ।

    तेस्रो राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत रुपमा पुष्प ओलीको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । संगठनको उपाध्यक्षमा २२ जना निर्वाचित भएका छन् ।

    उपाध्यक्षमा डम्बर पुलामी, ठाकुर सौराग, नवराज ऐर, सुदीप नगरकोटी, रामकुमार श्रेष्ठ, अविलास तामाङ, हरिप्रसाद ढकाल, माधव बस्नेत, मनोज बिक, प्रेम श्रेष्ठ, अरुण श्रेत्री, अर्जुनसिंह साउद, शंकर पौडेल, शैलेन्द्रकुमार शर्मा, मिमसरा बम, नविन खड्का, सन्तोष पनेरु, शोभाराम भण्डारी, अकिल शाही, मिना चैदरा र सुशिला कुँवर रहेका छन् ।

    यस्तै महासचिवमा गणेश शाही, उपमहासचिव १९ र ३१ जना सचिव चयन गरेको छ । काेषाध्यक्षमा राजिव गिरी सर्वसम्मत चयन भएका छन्र ।  सर्वसम्मत नेतृत्व चयन गर्नको लागि वाइसिएलले पदाधिकारीको संख्या बढाएको हो ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आज सिंगो टीमलाई खुमलटार बोलाएर पदाधिकारी संख्या सोचेभन्दा केही ठूलो हुन गएको बताए।

    उनले भने, ‘पदाधिकारी संख्या मिलाउँदै जाँदा केही सोचेभन्दा ठूलो हुनगयो। संगठनलाई गतिशित र चुस्त दुरुष्त बनाउन मद्दत नै गर्छ। छलफल र बहसले नयाँ रचना गर्छ।’

  • वाईसीएललाई प्रचण्डको निर्देशन- माओवादीलाई अपमानित गर्ने कोसिस हुँदैछ, खरो रूपमा प्रस्तुत हुनू

    वाईसीएललाई प्रचण्डको निर्देशन- माओवादीलाई अपमानित गर्ने कोसिस हुँदैछ, खरो रूपमा प्रस्तुत हुनू

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनकारीहरूले प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिने षड्यन्त्र गरिरहेको बताएका छन्।

    वाईसीएलको नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै नेतृत्वको आदेशमा सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो बनाएर प्रस्तुत हुन निर्देशन दिए।

    उनले भने, ‘प्रतिक्रियावादी प्रतिगमनकारीहरूले हामीले जनयुद्धबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेका छन्। कहीँ न कहीँ जनयुद्ध, माओवादी, युवा, वाईसीएल, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोसिस भइरहेका छन्।’

    उनले नवनिर्वाचित पदाधिकारीलाई वाइसीएलको जनरल स्टाफ भएको भन्दै पार्टीको आदेशमा चल्न निर्देशन दिए।

    उनले भने, ‘अब तपाईँहरूको टिम जनरल स्टाफ जस्तै हो। तपाईँहरूले पार्टी नेतृत्व र आदेशमा सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो साबित गर्नुहुनेमा म विश्वास व्यक्त गर्छु।’

  • विपक्षीले नमाने पनि आजदेखि संसद चलाउने तयारीमा सत्तापक्ष (भिडिओ)

    विपक्षीले नमाने पनि आजदेखि संसद चलाउने तयारीमा सत्तापक्ष (भिडिओ)

    काठमाडौं । भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले विरोध जनाए पनि प्रतिनिधिसभाको बैठक आजदेखि सञ्चालन गर्ने तयारीमा सत्तापक्ष पुगेका छन् ।

    सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका मुख्य सचेतकको छलफलपछि कांग्रेस प्रमुख सचेत श्याम घिमिरेले प्रतिपक्षी सहमतिमा आएपनि नआएपनि संसद चल्ने बताए ।

    प्रतिपक्षीले सहयोग गरे सहज ढंगले अघि बढ्ने तर असहयोग गरे विरोधकाबीच संसद सुचारु हुने उनले पत्रकारसँग भने ।

    ‘उहाँहरूले असहयोग गरे अलिकति अप्ठ्यारो त होला तर संसद आजदेखि चल्छ । धेरैदिन भयो यसलाई लम्ब्याएर लान सकिन्छ । कति दिन लम्ब्याउने ? आजदेखि कार्यसूचीमा संसद प्रवेश गर्छ । आम जनतामा पनि राम्रो मेसेज दिइराखेको छैन । एकदमै निहुँ खोज्ने अर्गेल्याइँ गर्ने हिसाबले अपोजिसनका कुरा आएका छन् । सधैँ यही ढंगले अनिर्णयको बन्दी भएर बसिराख्न सकिँदैन । उहाँहरूले सहयोग गरे सुचारु हुन्छ । असहयोग गरेपनि व्यवधान त आउँछ तर संसद चल्छ ।’

    त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले यसअघि सूचना टाँस गरी संसद स्थगित गर्ने काम अब नहुने प्रष्ट्याए ।

    ‘सूचना टाँस गरी बैठक स्थगित गर्ने उहाँकहरूको कुरा आजसम्म मान्दै आयौं । आज हिजोको निरन्तरता हुँदैन । हामी स्मुथ्ली आजदेखि बैठक अघि बढाउन चाहन्छौं । बजेटमाथिको छलफल आरम्भ हुन्छ, संघीय निजामती विधेयक टेबल हुन्छ । यसमा अपोजिसनले अवरोध गर्न खोज्नुहुन्न भन्ने लाग्छ । लामो समयसम्म हाउस बन्धक गर्ने पुष्टि उहाँहरूले दिइरहन सक्नुभएको छैन’, बर्तौलाले भने ।

    आज गृहमन्त्री रमेश लेखकले पनि बोल्ने उनले सुनाए ।

    सहमतिका लागि पटक-पटक संसद बैठक स्थगित गरे दलहरूले निकास नदिएको भन्दै सभामुखले प्रमुख दलका सचेतकहरूसँग असन्तुष्टि जनाएका थिए ।

    अहिले थप रणनीतिका लागि माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको बैठक राखिरहेका छन् ।

  • विवादका बिच वाईसीएलको नेतृत्व घोषणा- प्रतिनिधि असन्तुष्ट

    विवादका बिच वाईसीएलको नेतृत्व घोषणा- प्रतिनिधि असन्तुष्ट

    काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)को हालै सम्पन्न अधिवेशन गम्भीर विवादमा परेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा ‘जनवादी हस्तक्षेप’ सहित नेतृत्व चयन हुँदा आक्रोश चुलिएको हो ।

    जेठ १८ गते काठमाडौंमा भव्य समारोहसहित सुरु गरिएको अधिवेशनमा देशभरका ७७ जिल्लाबाट झन्डै १ हजार ६०० प्रतिनिधि सहभागी थिए । अधिवेशन ३ दिन (जेठ १८-२०) सम्म चल्ने भनेर तय गरिएको भए पनि पहिलो दिनमात्र औपचारिक उद्घाटन र मन्तव्य सुनाएर बाँकी दिन कुनै साङ्गठनिक प्रक्रिया अघि बढाइएन । त्यसपछि स्पष्ट कार्यसूची नहुँदा अलमलमा परेका करिब १ हजार प्रतिनिधि कार्यक्रम पूरा हुनुअघि नै घर फर्किएका थिए ।

    प्रतिनिधिहरूका अनुसार नेतृत्व चयनका लागि कुनै निर्वाचन प्रक्रिया, नाम प्रस्ताव, छलफल वा सहमति जुटाउने विधि अपनाइएको थिएन । त्यसको सट्टा अधिवेशन सुरु भएको सातौं दिन, हेडक्वाटरबाट नेतृत्व टीम एकलौटी रुपमा सार्वजनिक गरियो ।

    प्राप्त जानकारीअनुसार वाईसीएलको नयाँ अध्यक्षमा पुष्प ओली, उपाध्यक्षमा अर्जुन साउद र नवराज ऐर, शंकर सिंह पौडेल, हरि ढकाल लगायत १७ जना चयन गरिएका छन् । महासचिवमा गणेश शाही र उपमहासचिवहरूमा नरबहादुर बिष्ट, सुष्मा थापा, सुरज खाती, शिव बोगटी नियुक्त भएका छन् । सचिवमा भुवन कुँवर जिम्मेवारीमा आएका छन् ।

    नेतृत्व चयनको सम्पूर्ण प्रक्रिया पार्टी अध्यक्षको निर्देशनमा तय गरिएको हो भन्नेमा प्रतिनिधिहरू एकमत देखिन्छन् ।

    प्रतिनिधिहरूको आक्रोश

    अधिवेशनको विधिविहीनता र प्रक्रियाविहीन नेतृत्व चयनप्रति प्रतिनिधिहरू खुलेर बोल्न थालेका छन् । एक प्रतिनिधिले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा लड्ने संगठनको सदस्य हौं भनेर गर्व गर्छौं, तर हाम्रो आफ्नै संगठनभित्र लोकतन्त्रको चिहान खनिएको छ । हामीलाई बोल्न दिने मञ्च थिएन, सुन्ने कान थिएन, सुझावको कुनै मूल्य थिएन । यो अधिवेशन होइन, निर्देशनअनुसारको नाटक थियो ।’

    अर्का एक युवा प्रतिनिधिको भनाइ थियो, ‘वाईसीएल अब संगठन होइन, प्रचण्डको प्राइभेट कम्पनी भएको महसुस भयो । हामी त केवल दर्शक थियौं, दर्शक पनि नपठाइने भीड मात्र ।’

    केन्द्रीय समितिमा ३५ पदाधिकारीको घोषणा, तर…

    वाईसीएल अधिवेशनको बन्दसत्रमा ३५ सदस्यीय केन्द्रीय पदाधिकारी बनाउने विधान पारित गरिएको भनिए पनि उक्त निर्णयमा प्रतिनिधिहरूको सरोकार, राय वा प्रस्ताव पेश हुन पाएका थिएनन् । प्रक्रियाविना नै अनुमोदन भएको घोषित गरिएको छ । यसरी घोषित नेतृत्व टीमप्रति धेरै प्रतिनिधिहरूले न आफूले नाम सुनेका थिए, न त राजनीतिक हिसाबले विश्वास गरेका व्यक्तिहरू रहेको टिप्पणी गरेका छन् ।

    पार्टी नेतृत्वमा निरंकुश प्रवृत्ति हावी ?

    नेतृत्व छनोटको शैली र प्रक्रियामाथिको असन्तुष्टिले अहिले माओवादी केन्द्रभित्र गहिरो असन्तोष र अविश्वासको वातावरण सिर्जना गरेको छ । पार्टी सुप्रिमो प्रचण्डप्रति संगठनभित्रको आलोचना पछिल्लो समय बढ्दै जाँदा पनि उनले सत्ता र शक्तिको समीकरणअनुसार निर्णय गर्न खोजेको आरोप लाग्न थालेको छ ।

    एक राजनितिक विश्लेषक भन्छन्, ‘वाईसीएल जस्तो संगठनको नेतृत्व चयन प्रक्रियाले माओवादी आन्दोलनभित्रको सैद्धान्तिक विचलन र निरंकुश अभ्यासलाई झल्काउँछ । प्रचण्ड आफैंले विगतमा जुन जनवादी केन्द्रीयताको अभ्यास गर्ने कुरा गर्थे, अहिले त्यसैको उल्टो गरिरहेका छन् ।’

    प्रतिनिधिहरू अझै अधिवेशन विधिवत सम्पन्न भयो वा अधूरोमै टुंगियो भन्ने अन्योलमा छन् । बन्दसत्रको कार्यसूचीबारे प्रतिनिधिहरूलाई औपचारिक जानकारी नगरिएको, छलफल नगरी घोषणा गरिएको भन्दै अधिवेशनले संगठनभित्र विश्वास संकट सिर्जना गराएको छ ।

  • सुदन किराँतीको विश्लेषण- नेकपा फुट्नु गल्ती भयो, अब अर्को कुनै शक्ति उदाउन सक्छ

    सुदन किराँतीको विश्लेषण- नेकपा फुट्नु गल्ती भयो, अब अर्को कुनै शक्ति उदाउन सक्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले मुलुकमा राजनीतिक परिवर्तन ल्याउन एक भएर लडेका दलहरुबीच पछिल्लो समय ससाना विषयले दूरी बढाउँदै लगेको बताएका छन् ।

    रासससँगको अन्तर्वार्तामा उनले संविधान निर्माणसँगै दलहरूका बीचमा समीक्षा हुनुपर्ने भए पनि नभएको बताए ।

    उनले भनेका छन्, ‘संविधान निर्माणअघि नै हामीले त्यो ‘बटमलाइन’ बनाउनुपर्थ्यो । हामी त्यहीदेखि नै चुक्दै आयौँ ।’

    प्रतिनिधिसभा सदस्यसमेत रहेको किराँतीले नेपाली राजनीतिमा पछिल्लो १८ वर्षमा तीन वटा घुम्तीमा चुकेको उल्लेख गरेका छन् ।

    पहिलो, दलहरू मिलेरमात्रै निरङ्कुश राजतन्त्रलाई परास्त गरेका हामीले संविधान निर्माणपश्चात् गणतन्त्रलाई जवानी बनाइञ्जेलसम्मका लागि सहकार्यमै आर्थिक विकास गरौँ । आर्थिक विकासको एजेन्डा तथा शिक्षा, स्वास्थ्य, रोजगार र भ्रष्टाचार नियन्त्रणमा हाम्रो बटमलाइन यो हो भनेर १० देखि १५ वर्ष सहकार्य गर्छौं भनेर प्रतिबद्धता जनाउनुपर्थ्यो । हामी त्यतातर्फ नगएर सरकार ढाल्ने र बनाउनेतिर मात्रै गयौँ ।

    दोस्रो, शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने दुई पक्ष माओवादी र कांग्रेस थियो । अरू नमिले पनि यी दुई पार्टीले देशको आर्थिक विकासको जग १० वर्षमा बनाउने गरी वाचा गर्नुपर्नेथ्यो । त्यहाँ पनि चुकियो ।

    तेस्रो, देशका ठूला कम्युनिष्ट पार्टी माओवादी र एमाले एक भयौँ । एउटा गतिमा नपुग्दै फुट्यौँ । फुट्नु हाम्रो गल्ती भयो । यसबाट राजनीतिक अस्थिरता भयो । अस्थिरताकै कारण असन्तुष्टि बढ्दै गयो । उक्त असन्तुष्टिलाई राजावादीले पकड्न खोज्दैछन् । यतिमै राजवादीले स्थान लिनसक्ने अवस्था देखिँदैन, तर यस्तो बेलामा अर्को कुनै शक्ति उदाउन सक्छ ।

  • वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन, महासचिवमा गणेश शाही

    वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन, महासचिवमा गणेश शाही

    काठमाडौं । माओवादी केन्द्रसम्वद्ध वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन् ।

    राजधानीमा भएको तेस्रो सम्मेलनबाट ओली नेतृत्वमा सर्वसम्मत बनेका हुन् । त्यसैगरी महासचिवमा गणेश शाही चुनिएका छन् ।

     

  • अखिल क्रान्तिकारीले ग‍र्‍यो कार्यविभाजन, उपत्यका विशेष इन्चार्जमा निरोज श्रेष्ठ

    अखिल क्रान्तिकारीले ग‍र्‍यो कार्यविभाजन, उपत्यका विशेष इन्चार्जमा निरोज श्रेष्ठ

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कार्यविभाजन गरेको छ । २०८१ साल माघ २७ गते बसेको केन्द्रीय समितिको प्रथम बैठकमा गरिएको निर्णयलाई संगठनले आज सार्वजनिक गरेको हो ।

    सार्वजनिक विवरणअनुसार, उपत्यका विशेष प्रदेश समितिको इन्चार्जको जिम्मेवारी निरोज श्रेष्ठलाई दिइएको छ। श्रेष्ठलाई काठमाडौं उपत्यका भित्र विद्यार्थी संगठन विस्तार, आन्दोलन सञ्चालन तथा संगठनात्मक समन्वयको मुख्य नेतृत्व दिने निर्णय भएको छ ।

    बैठकले संगठनको आन्तरिक मजबुती, विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउने रणनीति, तथा राजनीतिक कार्यदिशालाई प्रभावकारी बनाउन कार्यविभाजन गरिएको बताइएको छ ।

    बैठकमा विभिन्न प्रदेश, विभाग र जिल्लाको इन्चार्जको जिम्मेवारीहरू पनि तोकिएको र निकट भविष्यमै संघर्षका कार्यक्रमहरू सार्वजनिक गरिने जनाइएको छ ।

    संगठनले उक्त निर्णयलाई नयाँ ऊर्जा र रणनीतिक धारको रूपमा लिएको जनाएको छ ।

     

  • माधव नेपालमाथिको मुद्दामा प्रचण्डको प्रश्न- नीतिगत निर्णयमा अख्तियारले किन मुद्दा हाल्यो ? (भिडिओ)

    माधव नेपालमाथिको मुद्दामा प्रचण्डको प्रश्न- नीतिगत निर्णयमा अख्तियारले किन मुद्दा हाल्यो ? (भिडिओ)

    काठमाडौं । विपक्षी दलको बैठकले पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिशोध राखेर भ्रष्टाचारका मुद्दा दर्ता गरेको निष्कर्ष निकालेको छ ।

    संसद भवन नयाँ बानेश्वरस्थित नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले नीतिगत निर्णयमा अख्तियारले मुद्दा लगाएपछि प्रश्नचिन्ह खडा भएको टिप्पणी गरे ।

    माधव नेपालविरूद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्रीको प्रतिशोधको गन्ध आएको दाहालको आरोप छ । उनले माधव नेपालले नै अदालतको विश्वास गर्ने भनेको पनि बताए ।

  • छानबिनको प्रतिबद्धता नआएसम्म सदन नखोल्ने विपक्षीको निष्कर्ष, लगत्तै प्रचण्ड भेट्न पुगे पूर्णबहादुर

    छानबिनको प्रतिबद्धता नआएसम्म सदन नखोल्ने विपक्षीको निष्कर्ष, लगत्तै प्रचण्ड भेट्न पुगे पूर्णबहादुर

    काठमाडौं । विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा छानबिनको लागि समिति बनाउने प्रतिबद्धता नआएसम्म सदन चल्न नदिने निष्कर्ष निकालेको छ ।

    संसद भवन नयाँ बानेश्वरस्थित नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

    उनले भने, ‘उहाँहरूले गृहमन्त्रीले बोल्न पाउनुपर्ने कुरा राखिराख्नुभएको छ । हामीले आजको बैठकमा पनि छलफल गर्यौं । छलफलमा छानबिन समितिको प्रतिबद्धता नआएसम्म सहमति नहुने निष्कर्ष निकालेको छौं ।’

    बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, आम जनता पार्टीको सहभागिता रहेको थियो ।

    विपक्षीको बैठकलगत्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्रचण्ड भेटन पुगेका छन् । अहिले उनीहरूबीच छलफल भइरहेको छ । खड्काले हिजादेखि नै सदनको अवरोध हटाउन विपक्षी दलका नेताहरूसँग भेटघाट तीव्र पारेका छन् ।

  • सदन बस्नुअघि प्रचण्डले राखे विपक्षी दलको बैठक

    सदन बस्नुअघि प्रचण्डले राखे विपक्षी दलको बैठक

    काठमाडौं । प्रतिनिधिसभाको बैठकअघि विपक्षी दलको बैठक बसेको छ । संसद भवन नयाँ बानेश्वरस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक बसेको हो।

    बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, आम जनता पार्टीको सहभागिता छ ।

    विपक्षीले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा, उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आइरहेका छन् । विपक्षी गृहमन्त्रीको राजीनामामा लचक भएर सदनमा बोल्न दिन सकारात्मक भए पनि सरकारले छानबिन समितिको प्रतिबद्धतासहित आउनुपर्ने प्रस्ताव छ, तर विपक्षीको यो प्रस्तावमा सरकार सहमत छैन ।

    विपक्षी आन्तरिक छलफलमा जुटेपछि दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन ।

  • अझै सर्वसम्मतको प्रयासमा हेडक्वार्टर, तेस्रो पटक सारियो निर्वाचन तालिका

    अझै सर्वसम्मतको प्रयासमा हेडक्वार्टर, तेस्रो पटक सारियो निर्वाचन तालिका

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट वाइसीएलको निर्वाचन कार्यतालिका फेरि संशोधन गरिएको छ। नेतृत्व चयनमा सहमति खोज्न भन्दै फेरि कार्यतालिका संशोधन गरिएको हो।

    यसअघि आज बिहान ८ बजे उम्मेदवारी दरखास्त आव्हान गरिने र सवा ८ देखि साढे ९ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यसूची थियो। संशोधन भएका कार्यतालिका अनुसार अब दिउँसो १ बजेदेखि उम्मेदवारी दर्ता सुरु गर्ने निर्वाचन समितिले जनाएको छ।

    आकांक्षी धेरै भएर सहमति जुटाउन इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, अध्यक्ष सुबोध शेर्पालीलगायतका वाईसीएलका नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर संवादमा छन्।

    हिजो बसेको पदाधिकारी बैठकले नेतृत्व चयन सर्वसम्मत गर्ने निर्णय गरेको थियो।

    अहिलेसम्म केहरसिंह कुँवर, पुष्प ओली, गणेश शाही र नवराज ऐरले अध्यक्षको आकाङ्क्षीबाट पछि हटेका छैनन्।

    सम्मेलनले अध्यक्ष १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव ७, सचिव १७ र कोषाध्यक्ष १ सहित ३५ सदस्य पदाधिकारी चयन गर्नेछ।

  • वाइसीएल नेपालको निर्वाचन कार्यतालिका हेरफेर, मनोनयन दर्ता शुक्रबार बिहान साढे ९ बजेसम्म

    वाइसीएल नेपालको निर्वाचन कार्यतालिका हेरफेर, मनोनयन दर्ता शुक्रबार बिहान साढे ९ बजेसम्म

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट वाइसीएल नेपालको निर्वाचन कार्यतालिका हेरफेर भएको छ । संशोधित कार्यातालिका अनुसार शुक्रबा बिहान ८ बजे उम्मेदवारी दरखास्त आव्हान गरिने र सवा ८ देखि साढे ९ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन समितिले जनाएको हो । यस अघिको निर्वाचन कार्यतालिका अनुसार बिहीबार मध्यान १२ बजेदेखि साढे १२ बजेसम्म मनोनयन पत्र दर्ताको समय तोकिएको थियो ।

    संशोधित कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन सूची प्रकाशन र दावी विरोधको सूचना आव्हान शुक्रबार बिहान ९ः४५ बजे तोकिएको छ भने उम्ेदवारको बिरोधमा उजुरी दर्ताको समय ९ः४५ देखि सवा १० बजेसम्म तोकिएको प्रमुख निर्वाचन अधिकृत डा.जगतकृष्ण पोखरेलले जानकारी दिए । उनका अनुसार उम्मेदवारको बिरोधमा परेको उजुरीको सूचना साढे १० बजे, उजुरीमाथी छानविन र निर्णय १०ः४५ बजे तथा उम्मेदवारको पुन नामावली प्रकाशन बिहान ११ बजे हुने कार्यतालिका छ ।

    यस्तै उम्मेदवारको नाम फिर्ता लिने समय शुक्रबार बिहान ११ बजेदेखि १२ः१० सम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउसो १२ः२० मा हुनेछ । मतदाता भने तत्कालिन कार्यतालिका अनुसार शुक्रबार हुने जनाइएको छ ।

    यसैविच मतदाताको अन्तिम नामावली पनि प्रकाशन भएको छ । प्रकाशित अन्तिम नामावली अनुसार मतदाताको संख्या १ हजार ५७५ रहेका छन् । यस अघि प्रकाशित मतदाताको प्रारम्भिक सूचीमा १ हजार ५५२ मतदाता थिए । अन्तिम नामावली प्रकाशन हुदाँ २३ मतदाता थपिएका छन् ।

  • गृहमन्त्रीलाई सदनमा बोल्न दिने माओवादीको संकेत, त्यसअघि विपक्षीसँग छलफल

    गृहमन्त्रीलाई सदनमा बोल्न दिने माओवादीको संकेत, त्यसअघि विपक्षीसँग छलफल

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी गृहमन्त्री रमेश लेखकलाई सदन बोल्न दिने संकेत देखाएको छ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीको कुरा सुन्नुपर्ने निष्कर्ष निकालेको हो।

    एक पदाधिकारीका अनुसार गृहमन्त्रीलाई बोल्न दिनको लागि सरकारले छानबिन समितिको प्रतिबद्धता जनाउनुपर्नेछ। यो प्रस्ताव सदन खोल्नको लागि सहज विकल्प हुनसक्ने माओवादीको बुझाइ छ।

    ती नेताले भने, ‘उहाँहरूले बोल्न माग गरिराख्नुभएको छ। अहिले उहाँहरूको कुरा सुनौँ, चित्तबुझ्दो नभए थप कदम चालौँ भन्ने कुरा भएको छ। तर, यो मानव तस्करीसँग जोडिएको विषय भएकाले अहिलेको गृहमन्त्रीको मात्रै होइन, विगतका पनि छानबिन गर्ने प्रतिबद्धता आउनुपर्छ भन्नेमा हाम्रो कुरा हो। सदन चलाउन सरकारले पनि यति प्रतिबद्धता त गर्न सक्नुपर्‍यो नि !’

    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ। अहिले सत्ता र प्रतिपक्ष दलका नेताहरू आन्तरिक छलफलमा केन्द्रित छन्।
    त्यसो त बैठकपछि प्रवक्ता अग्नि सापकोटाले पनि सरकार र विपक्षीसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएका थिए।

  • सदन खोल्न माओवादी लचक, खुमलटार बैठकमा के भयो ? (भिडिओ)

    सदन खोल्न माओवादी लचक, खुमलटार बैठकमा के भयो ? (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनको गतिरोध अन्त्य गर्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा छानबिनको विषयलाई प्राथमिकता राखेको प्रवक्ता अग्नि सापकोटाले बताए ।

    उनले भने, ‘हामीले व्यक्ति विशेष कुरा गरेका छैनौँ । मुख्य कुरा छानबिनको हो । सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्छ भनेर कुरा भइरहेको छ । सरकारसित र विपक्षी पार्टीहरूसँग कुराकानी गर्छौँ ।’

    सरकारले आफ्ना मागहरूलाई कसरी लिन्छ भन्ने कुरामा निर्भर हुने बताए ।

    विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिन समितिको माग राख्दै सदन अवरोध गरिरहेका छन् । पछिल्लो समय माओवादी गृहमन्त्रीको राजीनामा नआए सरकारले छानबिन समितिको प्रतिबद्धता जनाए पनि सदन खोल्न तयार देखिएको छ । जुन कुरा प्रवक्ता सापकोटाको अभिव्यक्तिले पनि पुष्टि गर्छ ।

    उनले आज गृहमन्त्रीको राजीनामाबारे भन्दा पनि छानबिन पार्टीको प्राथमिकतामा रहेको सुनाए । जिम्मेवार प्रतिपक्ष भएकाले रचनात्मक सिर्जनात्मक सहयोग गरेर जान तयार रहेको बताए । उनले विपक्षी दल र सरकारसँग वार्तापछि सदनबारे ठोस निर्णय हुने बताए ।

  • सर्वोच्चको आदेशबारे अग्नि सापकोटा- अहिले छलफल गर्नुपर्ने आवश्यकता छैन (भिडिओ)

    सर्वोच्चको आदेशबारे अग्नि सापकोटा- अहिले छलफल गर्नुपर्ने आवश्यकता छैन (भिडिओ)

    काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले आफ्नो मुद्दाबारेको सर्वोच्च अदालतको हिजोको आदेश पूर्णपाठ हेरेर मात्र टिप्पणी गर्ने बताएका छन् ।

    खुमलटारमा पदाधिकारी बैठकपछि उनले भने ‘अहिले आदेशको लिखित पनि आएको छैन । पूरै अध्ययन गर्नुपर्छ । मैले हिजोदेखि भन्दै आएको कुरा हो- अहिले छलफल गर्नुपर्ने आवश्यकता छैन ।’

    उनले यो विषयमा आ-आफ्नै ढंगले प्रचार गरिएको भन्दै ती प्रचारमा कुनै सत्यता नभएको जिकिर गरे ।

    ‘जब पूर्णपाठ आउँछ त्यो राम्रोसित अध्ययन गरेपछि राम्रोसित टिप्पणी गर्नुपर्छ । अदालती कुरामा अधुरो अपूरो टिप्पणी गर्नु हुँदैन’, सापकोटाले सञ्चारकर्मीसँग भने ।

    काभ्रेका अर्जुन लामाको अपहरण र हत्यासम्बन्धी मुद्दामा १२ वर्षपछि सर्वोच्चले बुधबार उत्प्रेषण आदेश जारी गरेसँगै सापकोटासहित पूर्वऊर्जामन्त्री एवं काभ्रे १ का माओवादी सांसद सूर्यमान दोङविरुद्ध अनुसन्धानको बाटो खुलेको छ ।

  • अग्निबारे सर्वोच्चको फैसलापछि खुमलटारमा पदाधिकारी बैठक

    अग्निबारे सर्वोच्चको फैसलापछि खुमलटारमा पदाधिकारी बैठक

    काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतले गरेको फैसलापछि अहिले नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा जारी बै७कमा सर्वोच्चको फैसला लगायत समसामयिक घटनाक्रमबारे छलफल भइरहेको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बताए ।

    बुधबार मात्रै सर्वोच्च अदालतले १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज सर्वोच्चको संवैधानिक इजलासले उत्प्रेषण आदेश जारी गरेको थियो ।

    सो आदेशपछि प्रहरीलाई काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न बाटो खुलेको छ ।

    सापकोटासहित पूर्वऊर्जामन्त्री एवं काभ्रे १ का माओवादी सांसद सूर्यमान दोङविरुद्ध अनुसन्धान हुने भएको हो ।

    माओवादी द्वन्द्वकालमा २०६२ साल वैशाख १६ गते काभ्रेको श्रीकृष्ण माविबाट अर्जुन लामालाई अपहरण गरिएको थियो । असारको दोस्रो सातातिर बुढाखानी गाविसको चारकिल्ला भन्ने स्थानमा उनको हत्या गरेर शव गाडिएको अवस्थामा फेला परेको थियो ।

    शान्ति प्रक्रिया सुरू भएपछि अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले माओवादी नेता सापकोटा, दोङलगायतविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर, प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि उनले २०६९ मंसिर ७ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिन् ।

    त्यसअघि सर्वोच्च अदालतले २०६४ सालमा जाहेरी दर्ता गर्न आदेश दिएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय, काभ्रेमा जाहेरी दर्ता भई अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरियो । तर, २०६५ साउन २६ गते तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले द्वन्द्वकालीन विषय भएकाले तामेलीमा राख्ने निर्णय गर्‍यो ।

  • सहमति नजुटेपछि वाइसीएलमा भोटिङको तयारी, साढे ३ बाट मतदान

    सहमति नजुटेपछि वाइसीएलमा भोटिङको तयारी, साढे ३ बाट मतदान

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट वाइसीएल नेपालको तेस्रो सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि अन्ततः निर्वाचन हुने भएको छ ।

    तेस्रो सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्नका लागि बुधवार साँझसम्म सहमतिका लागि पार्टीको नेतृत्व जुटे पनि सहमति जुट्न नसकेपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

    सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार बुधवार साँझ नै निर्वाचनमा सहभागी हुने मतदाताको नामावली प्रकाशन भइसकेको छ । जसमा निर्वाचनमा सहभागी हुनका लागि १ हजार ५५२ जना प्रतिनिधि रहेका छन् ।

    मतदाता नामावली सार्वजनिक गर्दै निर्वाचन समितिले नाम छुटेको, नाम र कोड नम्बर फरक परेमा समयमै सम्बन्धित प्रदेशको नेतृत्वमार्फत सच्याउन अनुरोध गरेको छ ।

    निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजे मतदाता नामावलीमाथि दाबी विरोध दर्ता, साढे १० बजेसम्म दाबी विरोधमाथि छानबिन र निर्णय र बिहान ११ बजे अन्तिम मतदाता नामावली प्रकाशन तथा उम्मेदवारी दरखास्त आव्हानको समय तोकिएको छ ।

    यस्तै आजै मध्यान्ह १२ बजेदेखि १२ः ४० सम्ममा उम्मेदवारको मनोनयन दर्ता, १२ः४५ मा उम्मेदवारको नामावली प्रकाशन तथा दाबी विरोधको सूचना आव्हानको समय तोकिएको छ ।

    यस्तै उम्मेदवारको विरोधमा उजुरी दर्ता १२ः४५ देखि दिउसो १ बजेसम्म रहेको छ भने उम्मेदवारको विरोधमा परेको उजुरी सूचना १ः२० मा र उजुरीमाथि छानबिन र निर्णय १ः२० देखि २ बजेसम्म हुने कार्यतालिका रहेको छ ।

    त्यसपछि उम्मेदवारको नामावली पुनः प्रकाशन दिउसो २ बजे, उम्मेदवारको नाम फिर्ता दिउसो २ बजेदेखि ३ः१५ सम्म तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउसो ३ः२० मा तोकिएको छ ।

    त्यसपछि दिउसो ३ः२० बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा. जगतकृष्ण पोखरेलले जानकारी दिए ।

  • गृहमन्त्रीको राजीनामाको अडानबाट पछि हटेका छैनौँ, सरकार छानबिन गर्न तयार भएन: माओवादी (भिडिओ)

    गृहमन्त्रीको राजीनामाको अडानबाट पछि हटेका छैनौँ, सरकार छानबिन गर्न तयार भएन: माओवादी (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरण पनि नक्कली भुटानी शरणार्थी जस्तै बनेर आएकाले छानबिन गर्नुपर्ने अडान आफूहरूले राखेको बताएका छन् ।

    संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो सामान्य विषय नभएकाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनलाई सघाउनुपर्ने बताए ।

    उनले भने, ‘हामीले यो कुरा निरन्तर उठाइरहेका छौँ । सभामुखले राखेको बैठकमा पनि आफूहरूले यही कुरा राखेका छौँ । हामीले गृहमन्त्रीलाई आरोप नै लगाएका छैनौँ, तर अध्यागमन गृह मन्त्रालय मातहतकै भएकाले उहाँ जिम्मेवार हुनुपर्छ भनेका हौँ ।’

     

    मुख्य सचेतक पाण्डेले गृहमन्त्रीलाई राजीनामा दिन अप्ठेरो परेको भए छानबिन समितिको प्रतिबद्धता लिएर सरकार आए सदन अगाडि बढाउन आफूहरू हिजो नै तयार भए पनि सत्तापक्षले नमानेको बताए ।

    उनले थपे, ‘उहाँहरूले गृहमन्त्रीको राजीनामाबाट पछि हट्यो भन्नुभयो । हामी पछि हटेका पनि छैनौँ, अघि बढेका पनि, उहाँले दिनुहुन्छ भनेर हामी हाम्रो कुरा सदनमै गएर राख्छौँ । हामीले सुशासन र जनतामात्रै हेरेका छौँ ।’

    सत्तापक्षले राजीनामा, छानबिन दुवै नहुने, तर सदन खोल्नुपर्ने कुरा गरेपछि सहमति नजुटेको प्रमुख सचेतक पाण्डेले बताए ।

  • दलितको मुक्ति माओवादीले मात्रै गर्न सक्ने उपाध्यक्ष भुसालको दाबी

    दलितको मुक्ति माओवादीले मात्रै गर्न सक्ने उपाध्यक्ष भुसालको दाबी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले दलितको मुक्ति माओवादीले मात्रै गर्न सक्ने बताएकी छन् । १९ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा माओवादी निकट नेपाल दलित मुक्ति मोर्चाले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

    पूर्वमन्त्री समेत रहेकी माओवादी उपाध्यक्ष भुसालले भनिन्, ‘दलितको मुक्ति माओवादीले मात्रै गर्न सक्छ, सर्वाहारा वर्गको अग्रदस्ता हुनुको नाताले सबै प्रकारका कुरीति अन्त्य गर्ने पार्टी नै माओवादी हो ।’

    पूर्वमन्त्री समेत रहेकी पार्टी उपाध्यक्ष भुसालले पछिल्ला वर्षमा निर्वाचन तथा सरकार गठनमा निरन्तर रुपमा गठबन्धनबाट भइरहेका र निर्वाचन पनि गठबन्धन गरेर नै भइरहेका कारण पार्टीको नीति अनुसार दलितको सहभागिता सुनिश्चित गर्न नसकिएको बताइन् ।

    उनले भनिन्, ‘गठबन्धनले माओवादी मात्रै कमजोर भएन, दलित समुदायसँगै सिमान्तकृत समुदायको प्रतिनिधित्व तथा सहभागितामा पनि गठबन्धनले असर गरेको छ । त्यसैले अब आफ्नै खुट्टामा उभिने पार्टी बनाउनुपर्छ । २०६४ मा जस्तै २०८४ मा माओवादीलाई पुर्याउनुपर्छ ।’

    उपाध्यक्ष भुसालले माओवादीका सबै तहका संरचनामा दलितको अनिवार्य १५ प्रतिशत सहभागिता पुर्याउनेगरी तयारी गर्न दलित मुक्ति मोर्चालाई आग्रह समेत गरकी छन् । उनले पार्टीले १५ प्रतिशत सबै तहमा प्रतिनिधित्व हुने सुनिश्चित गरिसकेको भन्दै त्यसै अनुसार पार्टी, जनवर्गीय संगठन तथा राज्यका संरचनामा पनि पुर्याउनेगरी तयारी गर्न दलित मुक्ति मोर्चालाई आग्रह गरेकी हुन् ।

    उनले भनिन्, ‘६७४३ वडामा वडा सदस्य १५ प्रतिशत पुर्याउनका लागि मोर्चाले नेतृत्व निर्माण गर्नुपर्यो । त्यसमा पनि दलित समुदायको बाहुल्यता बढी वडामा वडा अध्यक्षका लागि नेतृत्व तयार गरौ । सबै स्थानीय तहमा प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष पनि निर्वाचित गराउनका लागि आधार तयार पार्नुपर्यो । प्रदेश र संघमा पनि त्यसै गरी तयारी गरौ । अब माग्ने मात्रै होइन, आफै नेतृत्व तयारी गरेर लिनुपर्यो ।’

    दलित मुक्ति मोर्चाका इञ्चार्ज समेत रहेका माओवादीका केन्द्रीय सदस्य परशुराम रम्तेलले अहिलेको प्रधानमन्त्रीसँगै नेकपा (एमाले) र नेपाली काँग्रेस दलित विरोधी भएको बताए । उनले नीति तथा कार्यक्रममा पनि दलितलाई उपेक्षा गरिएकोमा आपत्ति जनाए ।

     

     

  • वाईसीएलमा सहमति प्रयास जारी, नभए निर्वाचन

    वाईसीएलमा सहमति प्रयास जारी, नभए निर्वाचन

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग नेपालको राष्ट्रिय सम्मेलन जारी छ। सम्मेलनको आइतबार प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए।

    सम्मेलनले हिजो राजनीतिक र साङ्गठनिक प्रतिवेदन पारित गरेपछि अहिले नेतृत्व चयनको चरणमा प्रवेश गरेको छ। नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी छ।

    आकाङ्क्षी धेरै भएकाले वाईसीएलका संयोजक शक्ति बस्नेत, इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखालगायतले सहमतिमै नेतृत्व चयन गर्ने गरी छलफल अघि बढाएका छन्।

    हिजो दीपशिखा र वाईसीएलका अध्यक्ष सुबोध शेर्पालीलगायतलाई खुमलटार बोलाएर अध्यक्ष प्रचण्डले सहमतिको प्रयास गर्न जोड दिँदै नभए मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउन भनेका थिए।

    प्रचण्डको निर्देशनअनुसार छलफल चले पनि अहिलेसम्म सहमति नेतृत्वमा सहमति जुट्न सकेको छैन। सहमति नजुटे आजै निर्वाचन प्रक्रिया अघि बढाउने तयारी छ।

    अध्यक्षमा केहरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, कर्म पुलामी, नवराज ऐरलगायत एक दर्जनभन्दा धेरै आकाङ्क्षी देखिएका छन्।

  • माओवादीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान स्थगित

    माओवादीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान स्थगित

    काठमाडौं । नेकपा माओवादीले पूर्वनिर्धारित मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान तत्काललाई स्थगित गरिएको छ । जेठ २१ देखि तय भएको अभियान स्थगित गरिएको हो ।

    पदाधिकारी बैठकले पहिलो चरणको अभियान प्रभावकारी भएको निष्कर्ष निकाल्दै जेठ २१ गते २५ गतेसम्म दोस्रो चरणको अभियान चलाउने निर्णय गरेको थियो । तर अब बर्खाको मौसम लागेकाले तत्काललाई अभियान स्थगित गरिएको केन्द्रीय कार्यालय मुख्य सचिव गणेशमान पुनले बताए। उनका अनुसार अभियानको अर्को मिति अहिले तय भएको छैन ।

    तराईं मधेश जागरण अभियानपछि हौसिएर माओवादीले दोस्रो चरणमा मध्यमहाडी लोकमार्ग केन्द्रित अभियानको थालनी गरेको थियो ।

    माओवादीले सरकारबाट बाहिरिएपछि चलाएका दुई अभियानले जनतामा पार्टीलाई जोड्न महत्त्वपूर्ण भूमिका खेलेको निष्कर्ष निकालेको छ ।

  • प्रचण्डलाई लिङदेनको चेतावनी- हिजोकै जस्तो तर्साउन सकिन्छ भन्ने नसाेचे हुन्छ (भिडिओ)

    प्रचण्डलाई लिङदेनको चेतावनी- हिजोकै जस्तो तर्साउन सकिन्छ भन्ने नसाेचे हुन्छ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भ्रमजालबाट मुक्त भएर सुध्रिन आग्रह गरेका छन् । आन्दोलनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै हिजो माओवादी युद्धकालको जस्तो समय अब नरहेको बताए ।

    हिजो राजावादी र वाईसीएलबीच भएको घम्साघम्सीबारे उनले भने, ‘वाईसीएलका भाइहरू भ्रममा हुनुहुन्छ, उहाँहरूले भन्ने गरेको जनयुद्धताकाको समय अब छैन। अब त्यो भ्रममा नरहन आग्रह गर्छु । भ्रमबाट मुक्त हुनुस् ।’

    उनले जनता सचेत भइसकेको भन्दै हिजोजस्तो दबाएर राख्न सकिन्छ भन्ने नसोच्न प्रचण्डलाई सुझाव दिए ।

    लिङदेनले भने, ‘जनयुद्धको बेलाजस्तो तपाईँको समय छैन । जनता जागरूक भइसकेका छन्, तपाईँको भ्रमजालबाट मानिसहरू मुक्त भइसकेको अवस्था छ । हिजोको जस्तै मान्छेलाई तर्साएर मुनि राख्न सकिन्छ भन्नेबाट अलग हुनुस् र सुध्रिनुस् । कुनै व्यक्तिको विरुद्ध होइन, गणतन्त्रको नाममा लुटतन्त्रको विरुद्ध लडिरहेका छौँ । त्यसमा जो अगाडि आउँछ त्यसको जनताले प्रतिवाद गर्छन् ।’

    उनले भ्रष्ट र भ्रष्टतन्त्रविरूद्ध जीवनभर लडिरहने भन्दै भ्रष्टहरूलाई खोरमा नहाली विश्राम नलिने बताए ।

  • भिजिट भिसा प्रकरणको लडाइँ निष्कर्षमा नपुर्‍याइ छाड्दैनौँ : प्रचण्ड (भिडिओ)

    भिजिट भिसा प्रकरणको लडाइँ निष्कर्षमा नपुर्‍याइ छाड्दैनौँ : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भिजिट भिसा प्रकरणको लडाइँ निष्कर्षमा नपुर्‍याइ नछाड्ने बताएका छन् ।

    काठमाडौंमा नेवाः तामाङ जागरण अभियान सुरू गर्दै उनले सरकारले आज पेलेर जान खोजेपछि आफूहरूले नदिएको बताए ।

    दाहालले भने, ‘भिजिट भिसा प्रकरणमा पनि जे देखिएको छ, हामीले प्रतिपक्षलाई समेटेर त्यसलाई परिणाममा पुर्‍याउने हाम्रो कोसिस भइरहेको छ । आज उनीहरूले जबरजस्ती गर्न खोजेका थिए । हामीले छानबिनको विषय मुख्य भएकाले सरकारको भनाइ के छ ? भनेपछि अहिले सदन स्थगित भयो । त्यहाँ पनि हाम्रो लडाइँ जारी छ ।’

    उनले राजावादीहरू जहाँ पुगेपनि आक्रामक ढङ्गले प्रस्तुत भएको बताए ।

    उनले भने, ‘हामी अहिले शान्तिपूर्ण सङ्घर्षमा छौँ । तर, राजावादीको वितण्डा जसरी देखियो त्यसको बारेमा युवा र विद्यार्थीहरूलाई भनेका छौँ । हाम्रो आन्दोलन शान्तिपूर्ण भनेका छौँ । यदि राजावादीहरू हामीमाथि प्रहार गर्छन् भने इँटको जवाफ पत्थरले दिनुस् भनेका छौँ । गाउँ-गाउँमा टोल टोलमा । उनीहरूको कुतर्कको सही जवाफ दिएर पर्दाफास गर्नुपर्छ ।’