Category: माओवादी केन्द्र

  • मन्त्री किराँतीको जवाफ- माओवादीकै केन्द्रीय सदस्य भएकाले ल्हारक्याल लामालाई नियुक्ति गर्न सहज भयो (भिडिओ)

    मन्त्री किराँतीको जवाफ- माओवादीकै केन्द्रीय सदस्य भएकाले ल्हारक्याल लामालाई नियुक्ति गर्न सहज भयो (भिडिओ)

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति गर्न आफ्नो पार्टीको केन्द्रिय सदस्य भएकाले सहज भएको बताएका छन् ।

    बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदले सोधका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले लामा नेकपा (माओवादी केन्द्र) का सदस्य भएको र गुम्बा विकास समितिको अध्यक्ष भइसक्नुका साथै एमाले र माओवादी पार्टीबाट पनि पटक पटक मन्त्री र सांसद भइसकेकाले पनि योग्य व्यक्ति भएको बताए । उनले २०४२ को दफा ८ को ख बमोजिम नियुक्ति गरेको बताए ।

    ‘लुम्बिनी विकास कोषको उपाध्यक्षको नियुक्तिको सन्दर्भमा उहाँलाई २०४२ को दफा ८ को ख बमोजिम नियुक्ति गरेका छौँ । उहाँ कसको प्रभावले भन्दा पनि बिना कसैको प्रभाव दबाब बिना खुशीले नियुक्ति गरेको हुँ’, उनले भने, ‘गिरिजाबाबुको पालामा उहाँ गुम्बा विकास समितिको अध्यक्ष भइसकेको मान्छे, एमालेको पालामा आएर संविधान सभाको सदस्य, पूर्वअर्थराज्यमन्त्री भइसकेको, माओवादीतिर आइसकेपछि पनि पटकपटक सांसद, भइसकेको मान्छे उहाँलाई लागेको आरोप राज्यका सबै अंगले प्रमाणित नगरेको र लागेको आरोप पुष्टि नभइसकेपछि मान्छे अभियुक्त हुँदैन । अभियुक्त नभएकाले नेपालको कानून बमोजिम नियुक्त गरेको हो । हाम्रो पार्टीको केन्द्रीय सदस्य भएकाले पनि नियुक्तिका लागि सजिलो भयो ।’

    मन्त्री किराँतीले नेपाल वायुसेवा निगम ४८ अर्ब ऋणमा रहेपनि आफू मन्त्री बनेर आइसकेपछि ४ अर्ब ऋण तिरिसकेको बताए । उनले अहिले निगमसँग १ अर्ब ६५ करोड रकम रहेको र त्यसले साना जहाज खरिद प्रक्रियामा लागेको बताए । उनले इतिहासदेखि अहिलेसम्मको ऋण मुक्त हुनेगरी निगम नाफामा नभएपनि आफू आइसकेपछि सञ्चालन कस्टमा नाफा भएको दाबी गरे ।

    ‘वायुसेवा निगमको इतिहास लामो छ । हामीसँग धमिजा, लाउडादेखि लिएर ठूला ठूला काण्डहरु व्यहोर्दै आएको यो आफैँमा ४८ अर्ब ऋण छ । कोभिड कालमा पनि विभिन्न ठाउँबाट रेस्क्यु गर्दा जहाज नै अघि सरेको थियो । हामी मन्त्रालयमा आइसकेपछि ४ अर्ब ऋण तिरेका छौँ । पहिलो पटक २ अर्ब ९४ करोड र पछिल्लो समय १ अर्ब र अहिले पनि हामीसँग १ अर्ब ६५ करोड पैसा छ’, उनले भने, ‘साना जहाज खरिद प्रक्रियामा हामी अघि बढेका छौँ । इतिहासदेखि अहिलेसम्मको ऋण मुक्त हुनेगरी नाफा हुने कुरा भएन हामीसँग ६ वटा मात्रै जहाज छ, हामी आइसकेपछि सञ्चालन कस्टमा नाफा भएको छ ।’

    उनले चिनियाँ जहाँज अहिले पनि घाटामा रहेको बताए । उनले चिनियाँ जहाजमा पार्टपूर्जाको समस्या र पार्टपूर्जा लिन पनि वर्षौं लाग्ने गरेको भन्दै चिनियाँ जहाँज घाटामा रहेको बताए । उनले रेष्टुरेण्ट र हवाई चलाउने ऐन नेपालमा एउटै रहेको भन्दै असन्तुष्टि जनाए ।

    ‘चिनियाँ जहाजको सन्दर्भम यो हामी आएर बन्द गरेको होइन । अघिल्लो सरकारले नै तलदेखि पारित गर्दै लगेर अर्थ मन्त्रालय हुँदै नेपाल सरकारले नै नउडाउने भनेर बन्द गरेको हो । चिनियाँ जहाज नेपालमा ल्याइयो, त्यसपछि यसको पाइलट, प्रशिक्षक पाइलट नभएको, पार्टपूर्जा नभएको, बिग्रिँदा पार्टपूर्जा पाउन वर्षौं लाग्ने, त्यसै पनि हवाई क्षेत्रमा संकट नै छ । रेष्टुरेण्ट र हवाई चलाउने ऐन नेपालमा एउटै छ’, उनले भने, ‘सम्पूर्ण चिज नपाउने र धेरै नै घाटा लाग्ने भएकाले इन्स्योरेन्स पनि महंगो, अहिले राख्दा पनि इन्स्योरेन्स तिर्नु परिरहेको छ । पार्किङ चार्ज तिर्नु परिरहेको छ, घाटामै छ । लिजमा राख्दा पनि कोही आएन । भालुका कन्पट जस्तो भएको छ। युरोपमा नेपालको कालोसूचि हट्नेकुरा सेती नदीको खोचमा यति एयरलाइन्सको दुर्घटना भएकाले रोकिएको थियो । हालै ११ देखि १५ सेप्टेम्बरमा युरोपियन युनियनको अडिट कमिटीले अडिट गरेको छ, चाँडै सकारात्मक नतिजा आउँछ ।’

    मन्त्री किराँतीले युरोपियन युनियनको कालोसूचिबाट नेपाल चाँड नै हट्नेमा आशावादी रहेको बताए ।

  • संविधानसभा सदस्य शान्ति हरिजनसहित कपिलवस्तुका एमाले कार्यकर्ता माओवादीमा प्रवेश

    संविधानसभा सदस्य शान्ति हरिजनसहित कपिलवस्तुका एमाले कार्यकर्ता माओवादीमा प्रवेश

    काठमाडौं । संविधान सभा सदस्य तथा एमाले नेतृ शान्तिदेवी हरिजनसहित कपिलवस्तुका एमालेका कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । हरिजनलाई प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।

    उनी २०७० को संविधानसभामा एमालेबाट समानुपातिक सभासद् थिइन् ।

    हरिजनसँगै एमाले लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दीप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई प्रचण्डले पार्टीमा स्वागत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    उनीहरुलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित समुदाय एक हुनुपर्ने बताए ।

    पार्टीमा प्रवेश गर्नेलाई उचित जिम्मेवारी र भूमिका दिइने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

  • भरतपुरमा रेनु दाहालकाे सहभागितामा माओवादी निकट विश्वासी र पास्टरको भेला, प्रगतिशील ईसाई मञ्च गठन

    भरतपुरमा रेनु दाहालकाे सहभागितामा माओवादी निकट विश्वासी र पास्टरको भेला, प्रगतिशील ईसाई मञ्च गठन

    चितवन । सत्तारुढ दल नेकपा माओवादीमा रहेका ईसाई धर्मावलम्बीहरुले भरतपुर महानगरपालिकामा भ्रातृ संगठन निर्माण गरेका छन् । भरतपुर महानगरकी मेयर रेनु दाहाललाई प्रमुख अतिथि बनाएर गरिएको सम्मेलनबाट माओवादी निकट ‘प्रगतिशील ईसाई मञ्च’ गठन गरिएको हो ।

    गत साता भरतपुरको अतिथि पार्टी प्यालेसमा सम्मेलन आयोजना गरिएको थियो । १५० जना क्रिश्चियन धर्मावलम्बीहरु सहभागी रहेको सम्मेलनले शिवु क्षेत्री अध्यक्ष रहेको प्रगतिशील ईसाई मञ्चको घोषणा गरेको छ । नयाँ निर्वाचित अध्यक्ष क्षेत्रीले फेसबुकमा गत बिहीबार भरतपुर महानगरका मेयर रेनु दाहाल सहभागी भएको तस्वीरसहित मञ्च गठनको जानकारी गराएका छन् ।

    क्षेत्रीका अनुसार उक्त सम्मेलन ईसाई पहल समिति चितवनका संयोजक सुमन लुगेंलीको अध्यक्षतामा भएको थियो । सम्मेलनमा प्रतिनिधिसभाका पूर्वसांसद तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ, बागमती प्रदेश सांसद तथा माओवादी केन्द्र भरतपुरका अध्यक्ष ईश्वर सापकोटालगायत उपस्थित थिए ।

  • जनयुद्ध दिवसबारे ओलीको अडान- अर्को क्याबिनेटबाट बिदा फिर्ता नलिए हामी कदम चाल्छौं (भिडिओ)

    जनयुद्ध दिवसबारे ओलीको अडान- अर्को क्याबिनेटबाट बिदा फिर्ता नलिए हामी कदम चाल्छौं (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई अर्को क्याबिनेटबाट जनयुद्ध दिवसको बिदा फिर्ता लिन आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै हिंसा थालेको दिन दिवस हुन नसक्ने भन्दै अर्को क्याबिनेटबाट फिर्ता नलिए आफूहरुले कदम चाल्ने चेतावनी दिए ।

    उनले भने, ‘प्रधानमन्त्रीले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवसको रुपमा घोषणा गर्नुभयो । भोज खाउ, नाचगान गर त्यसको लागि छुट्टि भनेर बिदा घोषणा गर्नुभयो । एक वर्ष मात्रै होइन सधैंका लागि । यो बिदा घोषणा मान्य छैन ।’

    उनले कांग्रेसले आफ्नो नेता कार्यकर्ता मारिएको भएपनि सरकारमा जान सबै छाडेको टिप्पणी गरे ।

    उनले आफू प्रधानमन्त्री हुँदा शान्ति प्रक्रिया टुंग्याउन पहल गर्दा प्रचण्डबाट साथ नपाएको बताए । अहिले पनि प्रचण्ड र देउवाले सहमति जुटाएर आए आफू तयार रहेको बताए ।

     

  • नेता कार्यकर्तालाई माओवादीको निर्देशन – चाडपर्वमा जो जहाँ पुग्छौं त्यही पार्टीको अभियानमा लाग्नू

    नेता कार्यकर्तालाई माओवादीको निर्देशन – चाडपर्वमा जो जहाँ पुग्छौं त्यही पार्टीको अभियानमा लाग्नू

    काठमाडौं । नेकपा माओवादी केन्द्रले चाडपर्वको बेलामा पनि ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’ लाई नरोक्ने निर्णय गरेको छ।

    आज बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले चाडपर्वको बेलामा पनि अभियान नरोक्न सर्कुलर पठाउँने निर्णय गरेको सचिव दिनानाथ शर्माले बताए।

    उनले भने, ‘बैठकमा तीन महिने अभियानको बारेमा सामान्य कुरा उठ्यो। अब चाडपर्वको बेलामा सबै काठमाडौंमै बस्दैनन्। बाहिर जान्छन्। जोजो जहाँ जान्छन् त्यही नै अभियानमा समावेश हुने भनेर एउटा सर्कुलर हुन्छ।’

    अभियानलाई थप प्रभावकारी बनाउनको लागि अब चाँडै बसेर समिक्षा गर्ने गर्ने कुरा भएको पनि बताए। माओवादीले जनताको घरघरमा गएर सुझाव र गुनासो सुन्नको लागि तीन महिने अभियान चलाइरहेका छ। अभियानका क्रममा २५ लाख मतदातासँग भेटेर ८ लाख पार्टी सदस्यता संख्या पुर्याउँने लक्ष्य लिएको छ।

  • पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ- चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक

    पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ- चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिका र चीन भ्रमणबारे ब्रिफिङ गरेका छन् ।

    बालुवाटारमा बसेको बैठकमा विदेश भ्रमणबारे पार्टीका नेताहरूलाई जानकारी गराएको सचिव दिनानाथ शर्माले बताए ।

    प्रचण्डको भनाई उदृत गर्दै सचिव शर्माले भने, ‘चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक र सफल भएको छ । त्यहाँ हामीले नेपाललाई केन्द्रमा राखेर महत्वपूर्ण सहमति र सम्झौता गरेका छौं । त्यसलाई कार्यान्वयन गराउनतिर अब हामी लाग्नुपर्छ ।’

    प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड शनिबार चीन भ्रमणबाट नेपाल फर्किएपछि आज पार्टीका नेताहरूसँग छलफल गरेको पार्टी मुख्य सचिव श्रीराम ढकालले बताए । उनले पदाधिकारी बैठकमा पछिल्ला समसायिमक राजनीतिक घटनाक्रमबारे पनि सामान्य छलफल भएको बताए ।

  • चीन भ्रमणबाट फर्केपछि प्रचण्डले बोलाए पदाधिकारी बैठक, यस्ता छन् छलफलका एजेण्डा

    चीन भ्रमणबाट फर्केपछि प्रचण्डले बोलाए पदाधिकारी बैठक, यस्ता छन् छलफलका एजेण्डा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन्।

    भोलि बिहान ८ बजे बालुवाटारमा बस्नेगरी प्रधानमन्त्री समेत रहेका प्रचण्डले पार्टी पदाधिकारी बैठक बोलाएको मुख्य सचिव श्रीराम ढकालले बताए।बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणबारे ब्रिफिङ गराउने बताए।

    उनले भने, ‘उहाँ अमेरिका र चीन भ्रमणबाट फर्किनुभएको छ। भ्रमणबारे ब्रिफिङ, पार्टीको तीन महिने अभियानको समिक्षा लगायत समसामियक बिषयमा छलफल हुन्छ।’

    प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीन भ्रमणपछि दुई सातापछि शनिबार फर्किएका हुन्। बैठकमा योबीचमा भएका गएगरेको गतिविधिबारे पनि समिक्षा हुने जनाइएको छ।

    यस्तै, बैठकमा डा। बाबुराम भट्टराई नेतृत्वको नेसपासँगको पार्टी एकताको बिषयमा पनि छलफल हुने बताइएको छ। यसअघि माओवादीले बाबुरामलाई बाइपास गरेर अर्का अध्यक्ष महिन्द्रराय यादवलाई एकताको प्रस्तावको पत्र पठाएको थियो। माओवादीको त्यो प्रस्तावले नेसपाभित्र तरङ्ग पैदा भइरहेको छ।

  • सामाजिक सञ्जाल प्रविधिको उपहार हो, निन्दा र भर्त्र्सना पोख्ने प्लेटफर्म बनाइयो : वर्षमान पुन

    सामाजिक सञ्जाल प्रविधिको उपहार हो, निन्दा र भर्त्र्सना पोख्ने प्लेटफर्म बनाइयो : वर्षमान पुन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सामाजिक सञ्जाल प्रविधिको सुन्दर उपहार भए पनि त्यसको चरम दुरुपयोगले समाजलाई गाँजेको बताएका छन् ।

    उनले सामाजिक सञ्जालको सही र रचनात्मक प्रयोग गर्न सकिए मुलुक, समाज र मानिसको जीवनमै परिवर्तन ल्याउन सकिने उल्लेख गरे । लोकतन्त्रमा आलोचना, विरोध र खबरदारी सबै ग्राह्य भए पनि सामाजिक सञ्जाल निन्दा र भर्त्र्सना पोख्ने प्लेटफर्ममा विकास हुँदै गएकामा पुनले चिन्ता जनाए ।

    उनले कतिपय अवस्थामा मुलधारका सञ्चार माध्यमभन्दा सामाजिक सञ्जाल शक्तिशाली देखिने गरेको भन्दै फिल्टर नगरिएका मिथ्या र सूचनाका कारण व्यक्ति, राज्य र समूहहरुप्रति भ्रम पैदा हुने गरेको बताए । आफूले बुझेको, आफूले सुनेको र आफ्ना आँखाले देखेको मात्र अन्तिम सत्य ठान्ने र अरुका कुरा नसुन्ने प्रवृत्तिले समाजमा बिग्रह ल्याउन सक्ने उनको चिन्ता थियो ।

    ‘कतिपय अवस्थामा मुलधारका सञ्चार माध्यमभन्दा सामाजिक सञ्जाल शक्तिशालीजस्तो हुने गरेको छ । व्यक्तिव्यक्तिका हातमा स्मार्ट फोन र सामाजिक सञ्जालका प्लेटफर्महरु छन्’, काठमाण्डौंको वनस्थलीमा आइतबार हाम्रो एकता खेलकुद क्लबद्वारा आयोजित खुल्ला फुटसल प्रतियोगिताको उदघाटन गर्दै पुनले भने, ‘प्रविधिले समाजलाई पत्रिका, रेडियो, टेलिभिजन, बैंकिङ कारोबार सबैका लागि एउटा स्मार्ट मोबाइल भए पुग्ने अवस्थामा ल्याएको छ ।

    तर, प्रविधिको सही र रचनात्मक प्रयोग गर्नसक्ने समाज हाम्रो बनेको छैन । त्यसअनुसार सामाजिक चेतनाको विकास भएको छैन । आफ्नो धारणा नै सबैको धारणाजस्तो, आफूले बुझेको नै अन्तिम सत्यजस्तो, आफ्नो आँखाले देखेको कुरा नै सबै संसार हो भन्नेजस्तो भएका भएको छ ।’ समाज अन्तरक्रियात्मकबाट क्रमशः साँघुरो व्यक्तिवादी प्रवृत्तितिर जान थालेको उनको ठम्याई छ ।

    सामाजिक सञ्जालमा भेटिएका सबै सूचना सत्य ठान्ने प्रवृत्तिले समाजलाई असहिष्णुतातिर धकेलेको तथा व्यक्ति, समाज र राज्यका बारेमा एकांगी धारणाको विकास हुने अवस्था सुजना हुन थालेको निस्कर्ष उनले सुनाए । तर, आलोचना गरेकै कारण नागरिकहरुलाई प्रविधिको उपयोगबाट रोक्ने नभई राजनीतिक दल र सरकारले एकाङ्गी बन्नबाट जोगाउन सक्नुपर्ने उनको भनाइ थियो ।

    फरक प्रसंगमा उनले निकै ठूलो राजनीतिक संघर्षको बलमा प्राप्त गणतन्त्र र संघीयता संस्थागत गर्दै युवाहरुलाई देशभित्रै भविष्य देखाउन परिवर्तन संस्थागत गर्ने प्रयासमा आफ्नो दल र आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार केन्द्रित रहेको पुनले बताए । जो कोही मुछिाने अवस्था आए पनि सुशासनका लागि थालेको भ्रष्टाचार र तस्करीविरुद्धको अभियान नरोकिने पुनले स्पष्ट गरे ।

    ‘माओवादी केन्द्रको मुख्य एजेण्डालाई कारणले सबै राजनीतिक दलले स्वीकार गेर आराजको परिवर्तन सम्भव भयो । यसलाई परिमार्जन, सुढुढ र संस्थागत गर्ने जिम्मा पनि माओवादी केन्द्रकै रहेको छ । हाम्रा अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वको सरकारले सुशासन, समृद्धि र साथै सामाजिक न्यायको कामलाइ अगाडि बढाएको छ । सरकारले भ्रष्टाचार र तस्करीविरुद्ध चलाएको अभियान जो कोहीतिर सुई सोझिए पनि रोकिदैन’, उनले भने ।

    तर, आफ्नो दलसँग असहमत दल, व्यवसायी वा सामूहप्रति पूर्वग्राहपूर्ण व्यवहार गर्न नहुनेमा पार्टी र सरकार स्पष्ट रहेको पुनले जनाए । सीमित गल्ती गर्नेहरुका कारण गल्ती नै नगर्ने मानिसहरुमा असुरक्षाको भावना जागृत हुन नहुनेले उनले बताए । ‘हामी मानिसको स्वतन्त्रतापूर्वक हिंड्न पाउने, व्यक्तिगत सम्पत्तिको सुरक्षा गर्न र व्यवसाय गर्न पाउने वातावरणसहितको शान्तिपूर्ण समाज निर्माणको पक्षमा छौं’, पुनले भने, ‘सदभावनापूर्ण समाज बनोस् अपराध गर्नेहरु राज्यसँग त्रसित होउन् तर गल्ती नगर्नेहरु डराउने वातावरण नबनोस् र यो धारणा हाम्रो पार्टी र सरकारको पनि हो ।’ उनले राजनीतिक दलहरुले जनतासँग अन्तरक्रिया गर्ने र आफ्ना कुरा भन्ने आँट गर्नुपर्नेमा उनले जोड दिए ।

    त्यसैका लागि आफूहरु जनतासँग माओवादी तीन महिने अभियान लिएर गाउँगाउँ गएको पुनले उल्लेख गरे । उनले जनताबाट आफ्ना कमजोरी पत्ता लगाउने र विगतका कमजोरी सच्याएर पार्टीलाई नयाँ बनाउने अभियानमा आफूहरु रहेको बताए ।

    0

  • माओवादीको दाबी- देश हाम्रै एजेण्डा वरिपरि घुमिरहेको छ, २०८४ मा एक्लै लडेर पहिलो पार्टी बन्छौं

    माओवादीको दाबी- देश हाम्रै एजेण्डा वरिपरि घुमिरहेको छ, २०८४ मा एक्लै लडेर पहिलो पार्टी बन्छौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा माओवादीले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने दाबी गरेका छन् ।

    पेरिसडाँडामा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले त्यहीअनुसार अहिले तीन महिने अभियान चलाइरहेको बताए ।

    तीन महिने अभियानलगत्तै आफूहरु विधान सम्मेलन हुँदै विशेष महाधिवेशनमा जाने उनकाे भनाइ छ ।

    प्रवक्ता सापकोटाले भने, ‘अहिले हाम्रो एजेण्डामा देश घुमिरहेको छ । तर, त्यो संगठनमा अभिव्यक्त भएको छैन । त्यो संगठनमा अभिव्यक्त हुने र पहिलो पार्टी हुने संकल्पका साथ अगाडि बढेरहेका छौं ।’

  • माओवादीको दाबी- प्रधानमन्त्रीको भ्रमणले चीनसँग सहकार्यको नयाँ ढोका खोल्यो

    माओवादीको दाबी- प्रधानमन्त्रीको भ्रमणले चीनसँग सहकार्यको नयाँ ढोका खोल्यो

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण सफल भएको दाबी गरेको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको चीन भ्रमणबाट नेपाल-चीन सम्बन्धमा नयाँ आयाम थपिएको बताए ।

    उनले भने, ‘अहिले १२ बुँदे संयुक्त वक्तव्य, समझदारी र सम्झौतालाई गम्भीरताका साथ हामीले हेर्दा अहिलेको भ्रमण आर्थिक विकास, दुई देशका विकासका सम्बन्धमा आधार तयार भएका छन् ।’

    भ्रमणले नेपाल-चीन सम्बन्धमा विश्वासको वातावरण बनेर सहकार्यको नयाँ ढोका खोलेको उनले दाबी गरे ।

    प्रवक्ता सापकोटाले भ्रमणको क्रममा दुई देशबीच उठेका प्रश्नको निवारण भएको बताए ।

  • सदनमा प्रधानमन्त्री प्रचण्ड- दुवै भ्रमण सफल भएको मैले ठानेको छु (पूर्णपाठ)

    सदनमा प्रधानमन्त्री प्रचण्ड- दुवै भ्रमण सफल भएको मैले ठानेको छु (पूर्णपाठ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघ र चीनको भ्रमण सफल भएको दाबी गरेका छन् । भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले समग्रमा दुवै भ्रमण सफल भएको बताए ।

    उनले भने, ‘चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ । उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको छ, राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ ।’

    प्रधानमन्त्री प्रचण्डले भ्रमणमा पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने मार्गप्रशस्त भएको बताए ।

    उनले नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरूको सद्भाव अभिवृद्धि भएको समेत उल्लेख गरे ।

  • प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्ने

    प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्ने

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्दैछन् ।

    प्रधानमन्त्रीले भर्खरै सकिएको अमेरिका र चीन भ्रमणबारे सदनलाई जानकारी गराउने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

    उनले भने, ‘दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमण र समसायिक विषयमा आफ्ना कुरा राख्नुहुन्छ ।’

  • प्रधानमन्त्री प्रचण्डको आठ दिने चीन भ्रमणको मैजारो : के लेखे चिनियाँ मिडियाले ?

    प्रधानमन्त्री प्रचण्डको आठ दिने चीन भ्रमणको मैजारो : के लेखे चिनियाँ मिडियाले ?

    बेइजिङ । आज आठ दिने चीन भ्रमणको मौजारो गरेर स्वद‍ेश फर्किएका छन्, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । आठ दिन अगाडि न्यूयोर्कबाट उडेर हङकङ हुँदै हाङ्चौँ आएका प्रधानमन्त्री एसियाली खेलकुदको औपचारिक उद्घाटनमा सहभागी विदेशी सरकार प्रमुखहरूमा एक थिए । त्यो अगाडि उनले राष्ट्रपति सीसँग साइडलाइन वार्ता गरेका थिए ।

    चचिआङ प्रान्तमा सी भेटेका प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २५ मा गार्ड अफ अनर पाएर चिनियाँ समकक्षी लिछिआङसँगको बेइजिङमा भेट गरे । सेप्टेम्बर २५ मे १२ सम्झौता र एक ‘लेटर अफ एक्सचेन्ज’ गरेर प्रचण्डको औपचारिक भ्रमणको मुख्य काम सकिएको थियो । उनको कैलाश पर्वतदेखि सिचुआन अनि आसापासको भ्रमणको खबर चीनका मुलधारका मिडियामा आएनन् । चीनमा आगमन, सीसँगको भेटदेखि चीनसँग भएका सम्झौताका समाचार भने भित्री पेजहरूमा समाचारका खुराक बने ।

    प्रधानमन्त्री प्रचण्ड हाङ्चौँपुगेको खबर सिसिटिभीले प्रशारण गरेको थियो । ५६ सेकेन्डको भिडियो बनाएको थियो सिसिटिभी भिडियो न्यूज एजेन्सीले प्रशारण गरेको थियो । यस्तै पिलुल्स डेली, चाइना डेली, सिन्हुआदेखि सिजिटिएनले पनि उक्त समाचार प्रकाशन गरेका थिए ।

    एसियाली खेलकुदको उद्घाटनका दिन इस्ट टिमोरका प्रधानमन्त्रीदेखि सिरियाका राष्ट्रपति हुँदै कुवेतका राजकुमार तथाकम्बोडियाका राजालगायतका अनुहारहरुको उपस्थिति थियो । त्यो अगाडि भएको साइडलाइन भेटमा सिले सबैसँग भेट गरेका थिए । त्यसमा एक प्रचण्ड थिए ।

    सी र प्रचण्डको भेटको समाचार चिनियाँ मिडियाले कभर गरेका थिए । ग्लोबल टाइम्सले सिले नेपालको बिआरआईमा आएको साथमा तारिफ गरेकोदेखि चिनियाँ सहयोगमा पोखरा विमानस्थल बनेको भन्दै भारतले जस्तो चीनले नेपालाई दबाब र हस्तक्षेप नगर्ने उल्लेख गरेको थियो । यस्तै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि ग्लोबल टाइम्सले अमेरिकाको सहयोग नेपालको हितमा नभएर चीनलाई घेर्न भएको लेखेको छ ।

    ग्लोबल टाइम्सले सेप्टेम्बर २६ मा पेज ८ र ९ मा प्रचण्डको अन्तर्वाता प्रकाशन गरेको थियो । अन्तर्वातामा प्रधानमन्त्रीले नेपालले बिआरआई लगायतका पुराना सम्झौताको कार्यान्वयन देखी नेपाल चीन रेलको बारेमा बोलेका थिए । उनले आफू समाजवादी भएको भन्दै माओवाद अझै सान्दर्भिक भएको बताएका थिए ।

    सोही दिन चाइना डेलीको पेज तीनमा प्रचण्ड र चिनियाँ समकक्षीको भेटदेखि भएका कृषि, पर्यटनदेखि व्यापारका सम्झौता आदिका बारेमा उल्लेख गरेको थियो । नेपाल बिआरआईमा जोडिएको र नेपालको भूपरिवेष्टित देशलाई भू जडित बनाउन चीनले सहयोग गर्ने कुरा समाचार थिए ।

    सेप्टेम्बर २७ मा ग्लोबल टाइम्सले नेपाल र चीनको कृषि क्षेत्रको साझेदारी बारेमा समाचार बनाएको थियो । नेपालले वार्षिक तीन करोड अमेरिकी डलरको पशु आहार ‘हाइलेज’चीन लान सक्ने भन्दै त्यसले नेपालको निर्यात दोब्बर हुने बताइएको छ ।

    ग्लोबल टाइम्सको यो समाचार सँगै चीनकामुलधारका मिडियामा आएको कभरेज अन्त्य भएको थियो । चीनका अरू प्रान्तको भ्रमण पुग्दा त्यहाँका स्थानीय तथा प्रान्तीय मिडियाहरूले भने प्रधानमन्त्रीको समाचार बनाएका थिए ।

     

  • धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको माओवादीको निष्कर्ष

    धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको माओवादीको निष्कर्ष

    काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ ।

    बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले देशका विभिन्न भागमा देखा परेको धार्मिक तथा साम्प्रदायिकता खल्बलिने गतिविधिको सम्बन्धमा बैठकमा छलफल भएको बताए ।

    देशमा अराजकताको संकेत देखापरेको भन्दै त्यसलाई गम्भिरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको उनको भनाइ थियो । सामाजिक सद्भाव कायम गर्न सबैले गम्भिरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको सापकोटाको भनाइ थियो ।

    ‘देशका विभिन्न भागमा देखापरेको छ, धार्मिक सद्भाव खल्बलिने कुरा, साम्प्रदायिक सद्भाव खल्बलिने कुरा । त्यसमा सद्भाव कायम गर्नुपर्छ । नेपालीहरुमा सामाजिक सद्भावको स्थिति पहिलेदेखि धेरै राम्रो छ । सामाजिक सद्भावलाई कायम गरिराख्नु पर्छ । अराजकताका संकेत देखापरेका छन् । त्यसलाई हामीले बेलैमा गम्भट्ठरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ । बेलैमा हरेक कुरालाई सम्बोधन गरियो भने समाधान भएर जान्छ, समयमै समाधान गर्ने पहलकदमी लिइएन भने विकराल रुप लिनसक्छ ।’

    आन्दोलनरत राहत शिक्षकसँग सम्वाद गरी समस्याको समाधान गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको पनि उनले जानकारी दिए । प्रवक्ता सापकोटाले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षहरुसँग छलफल गरेर निष्कर्षमा पुर्‍याउनुपर्ने बैठकको निष्कर्ष सुनाए ।

    सापकोटाले सरकारले सुशासनको क्षेत्रमा र भ्रष्टाचार नियन्त्रणमा पहलकदमी लिइरहेको भन्दै सरकारलाई साथ दिन सबैमा अपील गरे ।

  • नेतृत्वको बेवास्ताले उपचार नपाएरै बिते माओवादी नेता बडुवाल, ९ वर्षअघि दुर्घटनामा पत्नी र छोरा गुमाएका थिए

    नेतृत्वको बेवास्ताले उपचार नपाएरै बिते माओवादी नेता बडुवाल, ९ वर्षअघि दुर्घटनामा पत्नी र छोरा गुमाएका थिए

    काठमाडौं । राजनीतिमा लागेका,नेता भनिएका सबैको जीवन वैभवशाली हुन्न र कतिपय नेताले उपचार नपाएर मर्नुपर्छ ।

    केही नेताका कारण राजनीतिकर्मीप्रति गलत धारणा बनेका बेला सत्तारुढ नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवालले उपचार नपाएर ज्यान गुमाएका छन् ।

    जनयुद्धको बेला महेश उपनामले चिनिने उनी सुर्खेत जेल ब्रेक गरेर बाहिरिएका थिए । पछिल्लो समय बडुवाल निमोनियाबाट पीडित थिए ।

    जनतासँग माओवादी अभियानका क्रममा डोटीमा खटिएका बडुवालको स्वास्थ्यमा समस्या बढेपछि कैलालीमा सामान्य उपचारका क्रममा थिए । निकै सारो भएपछि लखनउ लैजाने क्रममा बाटोमै निधन भएको छ ।

    निमोनियाले गलाउँदै लगेपछि बडुवाललाई काठमाडौंमा उपचार गर्न ल्याउने प्रयास पनि असफल भएको थियो । बिरामीलाई जहाजबाट ल्याउन कर्मचारीले खतरा देखाएपछि उनलाई स्थल मार्गबाट लखनउ लैजाने क्रममा निधन भएको बताइएको छ ।

    स्वास्थ्य अवस्था निकै नाजुक भएपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउन खोजिए पनि सम्भव नभएपछि लखनउतर्फ लगिएको थियो ।

    माओवादीका धेरै केन्द्रीय नेता र मन्त्रीहरूलाई भन्दा पनि हेलिकोप्टरको व्यवस्था हुन नसकेका कारण एकजना नेताको उपचार नपाएर निधन भएको स्थानीय माओवादी कार्यकर्ताहरूको गुनासो छ ।

    हेलिकोप्टरका लागि गृह मन्त्रालयदेखि माओवादीका पहुँचवाला नेतालाई भन्दा पनि बेवास्ता गरेको आरोप छ ।

    दुःखद संयोग मान्नुपर्छ ठिक ९ वर्षअघि असोज महिनामै डोटीको कटकटेमा भएको बस दुर्घटनामा बडुवालले पत्नी र एक छोरा गुमाएका थिए ।

  • प्रधानमन्त्री प्रचण्ड मानसरोवर जाँदै

    प्रधानमन्त्री प्रचण्ड मानसरोवर जाँदै

    ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदैछन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका उनी बुधवार तिब्बतको ल्हासा आएका थिए ।

    प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनको साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि छन् ।

    बुधवार ल्हासा आइपुगेका प्रधानमन्त्री दाहाल यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए । प्रधानमन्त्री दाहाल गत शनिवारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।

  • चिकित्सक कुटपिटप्रति असन्तुष्टी जनाउँदै माओवादीका स्वास्थ्य विभाग सदस्यले दिए राजीनामा

    चिकित्सक कुटपिटप्रति असन्तुष्टी जनाउँदै माओवादीका स्वास्थ्य विभाग सदस्यले दिए राजीनामा

    काठमाडौं । चिकित्सक कुटपिटको विषयमा असन्तुष्टि जनाउँदै नेकपा (माओवादी केन्द्र)का स्वास्थ्य विभाग सदस्य रहेका डा.दीपक कोइरालाले राजीनामा दिएका छन् । उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।

    मंगलबार उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै एक विज्ञप्तिमार्फत चिकित्सकमाथि कुटपिट गर्नेलाई कडा कारबाही गर्ने कानून नबनेसम्मका लागि पार्टीको काममा नफर्किने भन्दै राजीनामाको घोषणा गरेका हुन् ।

    डा. कोइरालाले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदासमेत चिकित्सकले पिटाइ खानुपरेको, प्रहरी प्रशासनले उल्टै गुण्डागर्दीमा उत्रिएकालाई जोगाउन खोजेको आरोप लगाएका छन् ।

    सोमबार बिना आरोप नेपाल प्रगतिशील चिकित्सक संघ गण्डकी प्रदेशका अध्यक्षलाई एक दिन हिरासतमा राख्नु लज्जास्पद भएको उनको भनाइ छ । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत बिरामीको मृत्यु भएपछि चिकित्सकमाथी कुटपिट हुदाँ देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

  • टोपबहादुरले माओवादी छाडेकाले प्रतिशोध लिइयो, सुन तस्करी गर्ने माओवादीहरूलाई उन्मुक्ति छ : ओली

    टोपबहादुरले माओवादी छाडेकाले प्रतिशोध लिइयो, सुन तस्करी गर्ने माओवादीहरूलाई उन्मुक्ति छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले टोपबहादुर रायमाझीलाई प्रतिशोध साँधेको भन्दै अदालतको फैसला आओस् भनेर आफूले केही नबोलेको प्रतिक्रिया दिएका छन् ।

    प्राइम टाइम टेलिभिजनमा ऋषि धमलालाई दिएको अन्तर्वार्तामा अध्यक्ष ओलीले माओवादी पार्टी छाडेर एमालेमा लागेको प्रतिशोध रायमाझीमाथि प्रचण्ड र नारायणकाजी श्रेष्ठले लिएको बताए ।

    ओलीले अदालतमा मुद्दा दर्ता भएकाले पार्टीले सचिवबाट निलम्बन गरेर सफाइको लागि मौका दिएको भन्दै सरकार आफ्ना मान्छेलाई जतिसुकै अपराध र तस्करी गरे पनि जोगाउने र सरकारको विरोध गर्नेलाई फसाउने काममा खुलेआम लागेको बताए ।

    ओलीले भने– टोपबहादुर रायमाझीको दोष के हो ? हेलिकोप्टरमा फोटो खिच्दैमा दोषी हुन्छ ? त्यसो हो भने त मसँग दिनमा एक सयदेखि दुई सय जनाले फोटो खिच्छन् । कार्यक्रममा फोटो खिच्छन् । फोटो खिच्ने मान्छेले गोदान गर्‍यो भने त्यसको पुण्य मैले पाउने हो ? उसले बदमासी गरे म दोषी हुन्छु ? यो त टोपबहादुर रायमाझीले हिजो पार्टी छाडेकाले प्रतिशोध लिन गरिएको हो । नत्र साढे ९ किलो सुन प्रकरणमा २५४ पटक फोन गर्नेलाई बयान समेत नलिने सरकारले फोटो खिचेको आधारमा थुन्ने ? सरकारको आलोचना गरेका कारण कांग्रेसको सांसद सुनिल शर्मालाई थुन्ने सरकारले क्वीन्टल सुन बोक्ने माओवादी नेताहरूलाई बयानसमेत लिएन ।

    ओलीले अदालतमा गइसकेको विषय भएकाले मात्र रायमाझीको बारेमा आफूले मौनता साँधेको बताए ।

    हेर्नुस् ऋषि धमलासँग केपी ओलीको अन्तर्वार्ता

  • शिक्षकका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ : वर्षमान पुन

    शिक्षकका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ : वर्षमान पुन

    काठमाडौं । सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका उपमासचिव वर्षमान पुन अनन्तले प्रस्तावित विद्यालय शिक्षा ऐनका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् ।

    मंगलबार सामाजिक सञ्जालमार्फत पुनले शिक्षकहरुका असन्तुष्टि र जायज मागलाई सरकार र राजनीतिक दलहरुले सकारात्मक रुपमा लिएर सम्बोधन गर्नुपर्ने बताएका हुन् । लोकतन्त्रमा राज्यले सबैको आवाज सुन्नुपर्ने उनको भनाइ छ ।

    ‘हामी उन्नत लोकतान्त्रिक व्यवस्थामा छौं । लोकतन्त्रमा सबैका आवाजले ठाउँ पाउनुपर्छ’, पुनले लेखेका छन्, ‘शिक्षकजस्तो समाजको बौद्धिक जगतले उठाएका मागलाई राज्यले बेवास्ता गर्न मिल्दैन र हुँदैन पनि ।’

    उनले संसद् कानून बनाउने जिम्मेवारी पाएका जननिर्वाचित प्रतिनिधिहरुको सार्वभौम थलो भएको उल्लेख गर्दै संघीयता कार्यान्वयनका लागि शिक्षासहित कतिपय ऐन बनाइनु अपरिहार्य रहेको बताए ।

    पुनले संशोधन प्रस्तावमार्फत शिक्षकहरुले माग सम्बोधन गर्न सकिने विकल्प प्रस्तुत गर्दै भविष्यका कर्णाधार विद्यार्थीहरुको नियमित पठनपाठन नरोक्न पनि शिक्षकहरुलाई आग्रह गरे । उनले पठनपाठन अवरुद्ध नहुने गरी नैतिक दबाबमुलक रचनात्मक आन्दोलनको स्वरुपको खोजी गर्न शिक्षकहरुलाई सुझाव दिए ।

    ‘विधेयकका कतिपय प्रावधाहरु संशोधनको माध्यमबाट परिवर्तन गर्ने ठाउँ छ । त्यसैले शिक्षकहरुले संयमता नगुमाई धैयर्ता गर्नुपर्छ । सरकारका तर्फबाट शिक्षकका जायज माग सम्बोधन गर्न प्रयास गरियोस्’, पुनले भनेका छन् ।

    शिक्षक, अभिभावक, विद्यार्थी र जनप्रतिनिधि सबैलाई संयम र धैर्यता राख्न र विवेक नगुमाउन पुनले अपिल गरे ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय संसद सचिवालयमा दर्ता गराएको विद्यालय शिक्षा विधेयक-२०८० का कतिपय प्रावधान शिक्षकविरोधी रहेको भन्दै शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकले राजधानी केन्द्रित आन्दोलन थालेका छन् ।

    उनीहरुले माग सम्बोधन नभएसम्म विद्यालयको पठनपाठन ठप्प पार्ने चेतावनी दिएका छन् । महासंघको नेतृत्वमा हजारौं शिक्षकले मंगलबार माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

     

  • अनुसन्धानको क्रममा कोरियामा रोकिए दीपशिखा, भन्छन्- चाँडै नेपाल फर्किनेमा विश्वस्त छु

    अनुसन्धानको क्रममा कोरियामा रोकिए दीपशिखा, भन्छन्- चाँडै नेपाल फर्किनेमा विश्वस्त छु

    काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाईसीएल इन्चार्ज रामप्रसाद सापकोट ‘दीपशिखा’ दक्षिण कोरियामा अनुसन्धानमा परेका छन् ।

    अगस्ट दोस्रो साता दक्षिण कोरिया पुगेका उनको साथबाट चिकित्सकको प्रेस्किप्सनविनाको औषधि भेटिएपछि भन्सार अधिकारीले अनुसन्धान थालेको बताइएको छ । दीपशिखाले लगेको औषधि कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएको एन्जाइटीको भएको बताइएको छ ।

    यसैबीच दक्षिण कोरियास्थित नेपाली दूतावासले प्रेस नोट जारी गर्दै भन्सार अधिकारीले प्रेसकिप्सनविनाको औषधि भेटेकाले केही कागजात माग गरेका कारण सापकोटा कोरियामा रोकिएको जनाएको छ ।

    ‘भन्सार अधिकारीहरूले मागबमोजिमका कागजातहरू दूतावासले सम्बन्धित अधिकारीहरूलाई बुझाइसकेका कारण सो समस्या समाधान हुने अन्तिम क्रममा रहेको व्यहोरा जानकारी गराइन्छ’, दूतावासले भनेको छ ।

    यसैबीच दीपशिखाले नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा भाग लिन आउने क्रममा राजदूत प्याकुरेलको औषधिको प्रेसकिप्सन नभएकाले कोरियामा रोकिएको बताएका छन् ।

    फेसबुकमा उनले लेखेका छन्, ‘अन्जानबस डाक्टरको प्रिस्किप्सन मसॅग नभएकोले कोरियन सरकारको भन्सारले प्रिस्किप्सनसहित अन्य आवश्यक डकुमेन्ट मागेकोले राजदूतावासले मागेका डकुमेन्टहरू बुझाइसकेको छ । भन्सारको भेरिफिकेशन नसकिएसम्म मलाई कोरियाबाट नेपाल फर्कन नदिएको सत्य हो । नजरबन्द, गिरफ्तारी केही पनि होइन । नियतबस कुनै कमजोरी नगरेको कारण चॅाडै नेपाल फर्कनेमा विश्वस्त छु ।’

  • एकताको लागि आगामी महाधिवेशनबाट पार्टीको नाम फेर्न माओवादी केन्द्र तयार

    एकताको लागि आगामी महाधिवेशनबाट पार्टीको नाम फेर्न माओवादी केन्द्र तयार

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) पार्टीको नाम फेर्न तयार भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पार्टी कमिटीमा आन्तरिक सर्कुलर जारी गर्दै अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताको विषयमा गर्नको लागि पार्टीको नाम परिवर्तन गर्न तयार भएको बताएका छन् ।

    भदौं २५ गते पेरिसडाँडामा बसेको पदाधिकारी बैठकको निर्णय पार्टी कमिटीमा पठाइएको सर्कुलरमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताको विषयमा गम्भिर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।’

    संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का सांसदहरुलाई संसदको बैठक र विषयगत समितिका बैठकहरु प्रभावित नहुने गरी तीन महिने अभियानमा उपत्यकामा जिम्मेवारी दिन समेत माओवादीले निर्णय गरेको छ ।

    माओवादीले नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित विचार मिल्ने दलहरुसँग एकताको प्रयास गरिरहेको छ । एकता प्रक्रियामा जान अन्य दलले नामलाई लिएर विमती जनाएपछि फेर्नेगरी अघि बढ्न लागेको हो ।

     

  • सीआईबीको अनुसन्धानपछि उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढिसक्यो: प्रधानमन्त्री प्रचण्ड

    सीआईबीको अनुसन्धानपछि उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढिसक्यो: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अघि बढिसकेको बताएका छन् ।

    प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘सुन प्रकरणमा सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अगाडि बढेको छ ।’

    यस्तै कांग्रेस नेता महेन्द्र यादवमाथि भएको आक्रमणलाई गम्भीर रुपमा लिएर आक्रमणकारीलाई कारबाही प्रक्रिया अघि बढेको प्रधानमन्त्री प्रचण्डले बताए ।

    यस्ता घटना दोहोरिन नदिन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

  • रेनु दाहालले ६ महिनासम्म दिन नसकेको खुशीको खबर, क्रिकेट रंगशालाबारे अहिले के भन्छिन् ? (भिडिओ)

    रेनु दाहालले ६ महिनासम्म दिन नसकेको खुशीको खबर, क्रिकेट रंगशालाबारे अहिले के भन्छिन् ? (भिडिओ)

    काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर दाहालले ‘ढुक्क हुनुस् रंगशाला बन्छ,’ भनेर ६ महिना अगाडि फेसबुकमा स्टाटस लेखेकी थिइन् ।

    त्यसको केही दिनपछि अर्को स्टाटसमा उनले लेखेकी थिइन्, ‘अथक प्रयासपछि हामी सबैको सपना गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने कार्य पुरा हुँदै । बधाई छ, चितवनबासीलगायत सम्पूर्ण खेलाडीहरूमा । साथै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू एवं नेपाल सरकारलाई हार्दिक धन्यवाद ।’

    मन्त्रिपरिषदले रंगशालाको स्वामित्व लिएर निर्माण कार्य अघि बढाउने निर्णय गरेपश्चात दाहालको यो उत्साही स्टाटस आएको थियो । उनका यी दुवै स्टाटस अहिले सामाजिक सञ्जालमा भाइरल छन् । धेरैले उनलाई ट्याग गरेर प्रश्न गरिरहेका छन्, ‘खुशीको खबर खोई ?’

    अत्यधिक प्रश्न उठेपछि मेयर दाहालले आज एक सार्वजनिक कार्यक्रममा आफ्नो प्रष्टीकरण दिएकी छन् । उनले रंगशाला बन्नेमा ढुक्क हुन फेरि एकपटक आग्रह गरिन् ।

    धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरको सहकार्यमा निर्माण थालिएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला आर्थिक अभावका कारण अलपत्र परिरहेको छ । फाउन्डेसनबाट रंगशालाको स्वामित्व लिए पनि महानगरले निर्माण सुचारु गर्न सकेको छैन । महागनरले रंगशाला निर्माणका क्रममा लागेको ऋण फरफारक गर्न नसक्दा थप काम अगाडि बढाउन नसकेको हो ।

    संघीय सरकारले उधारो फरकफारकका लागि १२ करोड रूपैयाँ महानगरलाई निकासा पनि गरेको थियो । मन्त्रिपरिषदको निर्णयपश्चात अर्थ मन्त्रालयले निकासा गरेको रकम महानगरले अर्थमै फिर्ता पठाइदियो । मेयर दाहालले ऋण तिर्नका लागि समय कम भएकाले सरकारबाट आएको १२ करोड फिर्ता गरिएको बताइन् । अब फेरि मन्त्रिपरिषदले निर्णय गरेर पैसा पठाउने उनको दाबी छ ।

    ठूलो लागतको परियोजना भएकाले एकैपटक बजेट छुट्याएर रंगशाला निर्माणलाई पूर्णता दिन नसकिने दाहालले बताइन् । बागमती प्रदेश सरकार र महानगरको सहकार्यमा चरणबद्धरुपले रंगशालाको काम अघि बढाइने उनको भनाइ थियो ।

    ‘ढुक्क हुनुस्, भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ । केही दिनमा खुशीको खबर सुन्न पाउनुहुनेछ,’ उनले फेसबुकमा लेखेकी थिइन् । तर, अहिलेसम्म त्यस्तो ‘खुशीको खबर’ केही आएको छैन ।

    यस्तो छ महानगर प्रमुख दाहालको भाषणः

    ‘गौतमबुद्ध क्रिकेट रंगशाला के हुन्छ ? मेयरले केही महिना अगाडि ढुक्क हुनुस् बन्छ भन्नुभएको थियो । त्यसको स्क्रिनसट गरेर मलाई ट्याग गरेर धेरैले खबरदारी गर्नुभएको छ । म आज यही कार्यक्रममको सन्दर्भमा महानगरपालिको तर्फबाट भन्न चाहन्छु कि गौतमबुद्ध क्रिकेट रंगशाला बन्छ हाम्रै पालामा । हामी बनाउछौं । यो कुरा फेरि म सम्पूर्ण जनसमूदायलाई ढुक्क हुन अनुरोध गर्छु ।

    हामीलाई चुनौती भनेको ठूलो आकारको ऋण हो । नेपाल सरकारले ऋण तिर्ने भनेर पहिले सम्झौता नभएको कारणले हामीलाई अलिकति मुस्किल त्यहाँनेर भएको थियो । तर, पनि नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गरेर हामीलाई बजेट पनि पठाएको हो । गत आर्थिक वर्षको अन्त्यमा १२ करोड रूपैयाँ ऋण तिर्न भनेर आएको थियो । तर, हामीलाई समय कम भयो । ऋण एकिन गर्नुपर्ने, ऋण तिर्नुपर्ने मान्छेलाई आह्वान गर्नुपर्ने, भर्पाइ गर्नुपर्ने, भुक्तानी गर्नुपर्ने कामहरू थिए । तर, समय एक हप्ता पनि नहुँदा हामीले भ्याएनौं र आएको पैसा फिर्ता पठाइदियौं ।

    सायद भोलि क्याबिनेटबाट निर्णय भएर ऋण तिर्न फेरि बजेट आउँछ । सरकारी प्रक्रिया पूरा गरेर ऋण तिर्ने व्यवस्था गर्नेछौं । निर्माणको कुरा के हुन्छ भन्ने पनि खबरदारी छ । अहिलेको आर्थिक मन्दी, विश्वव्यापी आर्थिक संकटको अवजस्थामा एउटै परियोजनाका लागि ३ अर्ब ४ अर्ब बजेट एकैपटक कठिन भएकाले चरणवद्ध रुपमा अघि बढाउने हो । अहिले भएको संरचना संरक्षण गर्ने, प्याराफिटहरु बनाउने र खेल्नलायक मैदान बनाउनका लागि महानगरले प्राविधिकसहितको टोली लागत स्टमेट गर्न फिल्डमा खटाइसकेको छ । जतिसक्दो छिटो स्टमेट गरेर हामी बागमती प्रदेश सरकार र महानगरको साझेदारीमा यही आर्थिक वर्षमा सुरुवात गर्ने जानकारी गराउन चाहन्छु ।

    हामी जे बोल्छौं त्यो गर्छौं, जे गछौं त्यो भन्छौं । यो हिजोदेखि आजसम्म प्रमाणित भएको छ । रंगशालाको कुरा पनि प्रमाणित हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।

  • ‘माओवादीलाई श्रमिकले खबरदारी गरेमात्र रुपान्तरण सम्भव छ’

    ‘माओवादीलाई श्रमिकले खबरदारी गरेमात्र रुपान्तरण सम्भव छ’

    काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा कार्यरत श्रमिकहरुले माओवादीलाई निरन्तर खबरदारी गर्नुपर्ने स्वयं माओवादी नेताहरुले नै बताएका छन् ।

    जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत कामनपा वडा नं. १६ मा पर्ने बालाजु औद्योगिक क्षेत्रभित्रको अभियानमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जन्मदेव जैसीले भने, ‘हामी बिग्रिएकै हौं, तपाईंहरुको निरन्तर खबरदारीबिना रुपान्तरण सम्भव छैन ।’

    अखिल नेपाल औद्योगिक मजदुर संघ कामना १६ बालाजु एरिया कमिटीको आयोजनामा भएको सोमबारको अभियान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जैसीले श्रमिकको साथ र खबरदारीबिना आजको युग नेतृत्व गर्ने पार्टी निर्माण सम्भव नहुने सुझाए । सञ्चार क्षेत्रका श्रमिकहरुका लागि निरन्तर लड्दै आएका जैसीले भने सबै क्षेत्रका श्रमिकहरु एकीकृत हुँदै दलाल पूँजीवादी कानून र सत्ताका विरुद्ध विद्रोह गर्न अपिल गरे ।

    कार्यक्रममा पार्टी प्रदेश समिति सदस्य रुपेश सिलवालले पार्टीमा मजदुर नरहने हो भने त्यो सामन्तको पार्टी ठहरिने भएकाले मजदुरहरु संगठित रुपमा निरन्तर लागिरहन आग्रह गरे । ‘खबरदारी पनि गर्नुस्, माओवादीमा संगठित हुनुस् अधिकारका लागि पनि जुट्नुस्, अनिमात्र श्रमिक वर्गको भविष्य छ’, उनले भने ।

    काठमाडौं जिल्ला ७ नं. निर्वाचन क्षेत्रको प्रदेश ख का अध्यक्ष सुजन लामाले माओवादी तलबाट नभई माथिबाट बिग्रिएकाले रुपान्तरण पनि माथिबाट हुनुपर्ने भन्दै आफूहरु पनि रुपान्तरणको भट्टीमा छिरिसकेको बताए । ‘श्रमिक जनता ईमानदार छन्, हामी सच्चिनुपर्छ, फेरि जनताले विगतकै स्तरमा साथ दिनेमा हामी विश्वस्त छौं’, सुजनले भने ।

    नेपाल औद्योगिक व्यवसायिक महासंघका वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठले मजदुर र राष्ट्रवादी व्यवसायी मिलेर मात्र वर्गीय दूरीलाई घटाउँदै आर्थिक रुपमा मुलुकलाई समृद्धितिर लैजान बल पु्ग्ने बताए ।

    अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय उपाध्यक्ष रामजी मण्डलको सञ्चालन र खड्गबहादुर लामाको अध्यक्षतामा भएको कार्य्रक्रममासम्पर्क समन्वय प्रदेश सदस्य सम्राट, मजदुरबाटै सम्मानित पुर्व श्रमिक तथा १६ वडाका अग्रज दिलिपराज वन्त, वडाका पार्टी अध्यक्ष सुदन थापालगायतले रुपान्तरण अभियानमा पार्टीको भूमिका र जनतासँगको सम्बन्धलाई नयाँ स्तरमा गर्नुपर्ने सुधारका विषयमा धारणा राखेका थिए ।

    सयौं श्रमिकहरु उपस्थित कार्यक्रममा माओवादी निकट पर्यटन व्यवसायिक संगठनका पुराना स्थापित नेता नवराज दाहाल, वडा सचिव सुजता थापा मगर, महानगर सदस्य कविता बस्नेत श्रेष्ठलगायत विभिन्न जनवर्गीय संगठनका स्थानीय नेताहरुको सहभागिता थियो ।

  • सरकार कतिञ्जेल टिक्छ मतलब छैन : प्रधानमन्त्री

    सरकार कतिञ्जेल टिक्छ मतलब छैन : प्रधानमन्त्री

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दहालले आफुलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको बताए ।

    विराटनगरमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको सन्देश सभामा बोल्दै उनले भुटानी शरणार्थी, ललिता निवास काण्ड र सुन प्रकरणमा सरकार भ्रस्टाचारको विरुद्धमा लागेको बताए । उनले सरकार भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्वमा लागे पनि केही तत्व सरकारको विरुद्ध लागेकाले सरकार कतिञ्जेल टिक्छ भनेर प्रश्न उब्जिएको बताए ।

    उनले भने, ‘सरकार कतिञ्जेल टिक्छ भन्ने मतलब छैन भ्रष्टाचारको विरुद्व अन्तिम समय सम्म लड्ने छु ।’ उनले आफुले गरेको एक्सनबाट केही नयाँ कुरा गर्न खोजेको बताए । उनले सामाजिक न्ययको लाीग देश बाहिर रहेका युवाहरुका लागि सामाजिक सुरक्षा कोषमा आवद्व हुने निर्णय गरेको बताए ।

    उनले भने, ‘अहिले ३ लाख विदेशमा रहेका युवाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । अब ३ वर्षमा २५ लाख विदेशमा रहेका युवाहरु कोषमा आवद्व हुने छन् यो समाजवादको भ्रुण रोपिएको हो ।’

    मिटर ब्याजको समस्या समाधान गर्न आफुले मिटरब्याजी सम्बन्धी कानून ल्याएको बताउँदै उनले आफुले नै लामो समयदेखि रहेकोब नागरिकताको समस्या समाधानको प्रयास गरेको बताए । उनले सरकार विगतको जस्तो निरन्तर मात्रै नभएको बताए । उनले विगतको सरकारले भन्दा विलकुलै फरक र नयाँ काम गरेको बताए ।

    ‘प्रदेशमा देखिएको नामको विवाद कन्फ्रन्टेनशबाट नभई संवादबाट समाधान हुन्छ’

    त्यस्तै, प्रधानमन्त्री प्रचण्डले प्रदेशको नामको विषयमा उत्पन्न विवादको संवादबाट समाधान खोज्नु पर्ने बताए । कोशी प्रदेश सभाबाट दुई तिहाइ भन्दा बढी मतबाट कोशी नाम राखिएको विषयमा कोशी प्रदेशको नामबारे असन्तुष्टि फैलिएकाले संवादबाटै समाधान खोज्नुपर्ने बताए । विराटनगरमा भएको समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले कन्फ्रन्टेसनबाट होइन वार्ताबाट समाधान निकाल्नु पर्ने बताए ।

    उनले भने, ‘लाखौँ जनता प्रदेशको नाम कोशी राखेपछि असन्तुष्ट भएका छन् । उनीहरूको माग कन्प्रन्टेशनबाट होइन संवाद र वार्ताबाट पुरा गर्नु पर्छ । प्रचण्डले नामकरणलाई लिएर असन्तुष्टि सुरु भए लगत्तै आफूले असन्तुष्ट पक्षलाई बालुवाटार बोलाएर संवाद गरेको बताए । उनले भने, ‘कन्फ्रन्टेसन होइन, वार्ता र संवादबाट जनताको भावनाको कदर हुने गरी समाधान खोजिनुपर्छ ।’

    उनले संवाद नगरी कन्फ्रन्टेसनमा जाने हो भने परिवर्तन उल्ट्याउन चाहनेहरूले फाइदा उठाउन सक्ने बताए । अहिले परिवर्तन उल्टाउन चाहानेहरु एक भएर लागेको र परिवर्तनकारीहरूलाई आक्रमण गरिरहेको बताए । परिवर्तनकारीहरू छाती खोलेर हिँड्न डराउनु पर्ने अनि परिवर्तन विरोधीहरू खुल्लम खुल्ला हिँड्नु परेको प्रधानमन्त्रीले बताए । उनले प्रश्न गरे, ‘जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरू रक्षात्मक भएर अलिकति डराए जस्तो देखिनु पर्ने ?’

    उनले परिवर्तन विरोधीहरुको मनोबल कस्तो उच्च भएको भन्दै अव समाजवादी मोर्चाले सहेर नबस्ने बताए । उनले भने जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । उनले परिवर्तन विरोधीका विरुद्ध मोर्चाले लाखौँ जनता सडकमा उतार्ने समेत चेतावनी दिए ।

     

     

     

  • प्रधानमन्त्रीलाई उपेन्द्रको सुझाव- खुद्राखुद्री काममा नअल्झिनुस्

    प्रधानमन्त्रीलाई उपेन्द्रको सुझाव- खुद्राखुद्री काममा नअल्झिनुस्

    विराटनगर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले खुद्राखुद्री काममा अल्झिरहेको बताएका छन् । समाजवादी मोर्चाको कोशी प्रदेशस्तरीय सन्देश सभामा उनले प्रचण्डभन्दा महान क्रान्तिकारी को खोज्ने ? भन्दै क्रान्तिकारी नेताले खुद्राखुद्री कुरामा नअल्झी आर्थिक राजनैतिक र सामाजिक न्याय दिलाउनेगरी काम गर्नुपर्ने बताए ।

    यादवले भने, ‘सशस्त्र आन्दोलन गरेर आएको मान्छेको नेतृत्वको सरकारले काम नगरे कसले गर्ने ? यो भन्दा क्रान्तिकारी को हुने ? यही सरकारले काम गर्नुपर्छ ।’ यो सरकारले काम नगरे प्रतिगमन शक्तिहरूले टाउको उठाउने उनको जिकिर छ ।

    उनले राजनैतिक हिसाबले देशमा महत्वपूर्ण अधिकारहरू प्राप्त गरेको भएपनि व्यवहारमा नदेखिएो बताए ।

    ‘१६ वर्षमा १३ पटक सरकार बदलियो तर राजनैतिक आर्थिक-सामजिक विभेद कायमै छ । सशस्त्र आन्दोलन, मधेश विद्रोहबाट प्राप्त उपलब्धि संस्थागत हुन सकेको छैन । प्रदेशहरूले दिएको अधिकार लिन कानून समेत बनाउन सकेका छैनन् ।’

    राजनितिक अस्थिरता सरकार बनाउने र टिकाउनमा सबै शक्ति लगाएका कारण संघियतालाई संस्थागत गर्न नसकेको यादवको भनाइ छ । उनले स्थानीय तहमा विकृति बढ्दै गएको बताएका छन् ।

    उनले कोशीको नामकरणबाट निम्तिएको समस्या पनि समाधान हुनुपर्नेमा जोड दिएका छन् ।

  • भ्रष्टाचारविरोधी अभियान रोक्न फेरि तैँ चुप मै चुपको नयाँ तिकडम भइरहेका छन् : गृहमन्त्री श्रेष्ठ

    भ्रष्टाचारविरोधी अभियान रोक्न फेरि तैँ चुप मै चुपको नयाँ तिकडम भइरहेका छन् : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पहिलो शर्त सुशासन भएको बताएका छन् ।

    ज्यापू समाज यलको ३० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारलाई प्रभावकारी ढंगबाट अन्त्य नगरी सुशासन सम्भव नभएको बताए ।

    उनले भने, ‘भ्रष्टाचार, तस्करी, कमिसनखोर, कानूनको उल्लंघन गर्नेहरूलाई दण्डित गरेर नेपालमा शान्ति सुरक्षाको व्यवस्था नगरेसम्म विकास र समृद्धिले फड्को मार्ने सम्भावना भएन। अहिलेको सरकारले समृद्धिको अभियानको लागि भ्रष्टाचारविरोधी अभियान अगाडि बढाएको छ।’

    सुशासन विरोधी अभियानलाई जनताका समर्थन गरेको समेत बताए।

    उनले भने, ‘सुशासनको अभियान अगाडि नबढोस्, फेरि तैँ चुप मैचुप होस्, जस्तो पहिला थियो अहिले त्यस्तै यथास्थिति कायम होस्। पद मात्रै खाएर बसिराखोस् नयाँ प्रकारका षड्यन्त्र र तिकडमहरू भइरहेका छन्। म कबुल गर्न चाहन्छु। हामी विश्राम लिनेछैनौँ। सुशासनको अभियानलाई जारी राख्नेछौँ।’

  • प्रचण्डको रोहबरमा यसरी मिल्यो अखिल क्रान्तिकारीको विवाद, पवन समूह पनि आयोजक कमिटीमा

    प्रचण्डको रोहबरमा यसरी मिल्यो अखिल क्रान्तिकारीको विवाद, पवन समूह पनि आयोजक कमिटीमा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको करिब दुई वर्षदेखिको विवाद समाधान भएको छ ।

    अध्यक्ष प्रचण्डसहितको उपस्थितिमा भएको छलफलपछि विवाद समाधान भएको विद्यार्थी इन्चार्ज हिमाल शर्माले बताए । यो सहमतिसँगै पवन कार्की नेतृत्वको समानान्तर समिति पनि महाधिवेशन आयोजक कमिटीमा रूपान्तरित भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारको छलफलमा सहभागी भएका नेताका अनुसार रञ्जित तामाङ नेतृत्वको आयोजक कमिटीका सदस्यहरू सबै पदाधिकारी बन्ने र अहिलेका पदाधिकारी कायमै रहने गरी महाधिवेशन आयोजक कमिटी गठन हुने भएको छ ।

    पन्चा सिंहकै नेतृत्वको आयोजक कमिटीमा करिब २ सय पदाधिकारी र त्यसको तेब्बर अर्थात् ६ सय सदस्यभन्दा बढी रहेको आयोजक कमिटी बन्ने भएको छ । हाल ४१ पदाधिकारी रहेकोमा रञ्जित तामाङ नेतृत्वको आयोजक कमिटीका सदस्य पदाधिकारी बन्दा यो संख्या ठूलो हुनेछ ।

    महाधिवेशनमा नेतृत्वले जबर्जस्त पदाधिकारी चयन गरेको भन्दै पवन कार्की नेतृत्वमा अखिल क्रान्तिकारीको समानान्तर केन्द्रीय कमिटी क्रियाशील थियो ।

    पार्टीभित्रकै नेताहरूको समेत पवन कार्कीलाई समेत समर्थन रहेकाले नेतृत्वले उनीहरूमाथि कारबाही समेत गर्न सकेको थिएन । अब आयोजक कमिटीमा सबैलाई समेटेर महाधिवेशनमा जाने सहमति भएको हो ।

    प्रधानमन्त्रीको रोहबरमा भएको सहमतिको बेला जनवर्गीय संगठन इन्चार्ज पम्फा भुसाल,उपमहासचिव वर्षमान पुन,विद्यार्थी इन्चार्ज हिमाल शर्मालगायतका नेताहरूको समेत उपस्थित थिए ।

  • रुपान्तरण अभियान लिएर जनताकाे घरघरमा पुग्दै माओवादी, नेताहरू भन्छन्- परीक्षा दिँदैछाैं

    रुपान्तरण अभियान लिएर जनताकाे घरघरमा पुग्दै माओवादी, नेताहरू भन्छन्- परीक्षा दिँदैछाैं

    काठमाडौं । कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट्ने लक्ष्यसहित माओवादी यतिखेर तीन महिने ‘जनतासँग माओवादी बिशेष अभियान’ मा छ । गत साता प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभियनको उद्घाटन गरे । अभियानअन्तर्गत माओवादी नेता कार्यकर्ता पार्टी सदस्यता संख्या ८ लाख पुर्‍याउने लक्ष्यका साथ गाउँगाउँ खटिएका छन् ।

    शान्तिप्रक्रियामा आइसकेपछि जनतासँग बढेको दूरी मेट्नको लागि जनताको गुनासो जनताकै ठाउँमा गएर सुन्न भन्दै माओवादी नेता घरघर धाइरहेका छन् । १० वर्षे सशस्त्र संघर्षपछि शान्ति प्रक्रियामा आएको माओवादीले ६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत सीट जितेर संसदीय राजनीतिमा उदाएको थियो ।

    २०६४ सालदेखि ०७९ सम्म आइपुग्दा यो पार्टी एक्लै चुनाव लड्न नसक्ने अवस्थामा पुगेको छ । ०७४ सालको निर्वाचनमा एमालेसँगको गठबन्धनबाट प्रत्यक्षमै ३६ सीट जितेको माओवादी अहिले समानुपातिकसमेत गरी ३२ सीटमा खुम्चियो ।

    पार्टी निरन्तर खुम्चिएपछि माओवादीले सत्ता छाड्न सकेको छैन । संसदीय राजनीतिमा तेस्रो तर निर्णायक शक्ति बनेर अहिले पनि कहिले एमाले त कहिले कांग्रेससँग मिलेर भएपनि प्रचण्डले सरकारको नेतृत्व गरिरहेका छन् । प्रचण्ड नेतृत्वको सरकारले सुशासनको पक्षमा काम थालेर केही सकारात्मक सन्देश दिएको निचोडसहित मौका छोपेर माओवादीले रुपान्तरण अभियान गरेको हो ।

    युद्ध छाडेर शान्ति प्रक्रियामा आएपछि सत्ताबाहिर नबसेको माओवादीभित्र अभियान चलाइए पनि नेताहरूको कार्यशैली परिर्वतन नगरेसम्म पार्टी रुपान्तरण हुन नसक्ने स्वयं नेता कार्यकर्ता स्वीकार्छन् । माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले पार्टीमा भ्रष्टीकरण बढेको बताएका छन् ।

    शुक्रबार ललितपुरमा पार्टीका भेलालाई सम्बोधन गर्दै भनेका थिए, ‘अहिले पार्टीमा भ्रष्टीकरण बढेर गएको छ । काम गरेको कुनै उद्योग, व्यवसाय गरेको पनि देखिँदैन । तर, पनि आलिसान भवनमा कसरी बसिरहेका छन् भन्ने प्रश्न उठेको छ । यो सत्य हो, लुकाएर हुँदैन । यसलाई सच्याउनुपर्छ ।’

    उनले जनतासँग पार्टीको सम्बन्ध कमजोर हुदै गएको बताए ।

    ‘पहिला पार्टीमा आदर्श, विचार, सिद्धान्त, रणनीति र कार्यनीतिको कुरा हुन्थ्यो । त्यसको आधारमा हामी अघि बढ्थ्यौं । अहिले सतही कुरा हुन्छ । पार्टी संगठनलाई विधि र पद्धतिमा चलाउनुपर्‍यो । विधान अनुकूल सामूहिक चलाउनुपर्‍यो’, उनको भनाइ थियो, ‘विधिसम्मत ढंगले सामूहिक र संस्थागत ढंगले पार्टी चलाउनुपर्‍ यो। कार्यकर्ताको न्यायोचित मूल्यांकन गर्नसके मात्रै पार्टी रुपान्तरण हुन्छ ।’

    जुन कुरा पार्टी अध्यक्ष प्रचण्डले पनि पार्टीका नेताहरू पद र पैसाका लागि जे पनि गर्न तयार भए हुन थालेको आरोप लगाएका थिए ।

    साउनको दोस्रो साता बसेको केन्द्रीय समितिको बैठकमा पारित प्रतिवेदनमा भनिएको थियो, ‘आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्ति, गुटबन्दी गर्ने, समितिको बैठक बसी सामूहिक योजना बनाउन नचाहने, कार्य क्षेत्र र जनतामाझ नजाने, सिंहदरबार, बालुवाटार र प्रदेश राजधानीलगायतका शक्ति केन्द्रमा धाउन रमाउने समस्या छ ।’

    अहिले पनि माओवादी नेताहरूमाथि आर्थिक जीवनशैलीप्रति आमरूपमा प्रश्न उठेको सचिव राम कार्की बताउँछन् ।

    उनी भन्छन्, ‘हाम्रो पार्टी ओरालो यात्रामा छ । नेतृत्व तहबाटै हामी हाम्रो वर्गबाट कटेका आम स्वीकारोक्ति देखिन्छ । तर, कुनै पनि कमजोरीको महशुस शब्दमा गरेर हुँदैन व्यवहारमा गर्नुपर्छ । त्यो व्यवहारमा देखाउन सक्ला न सक्ला अहिले भन्न सकिँदैन ।’

    माओवादी ओरालो यात्रा लाग्नुमा नेतृत्वबाटै कमजोरी भएको उनको भनाइ छ ।

    ‘अहिले नेताहरूमाथि मजदूर किसानको घरमा नजानू, व्यापारी, ठेकेदारको पछि लागेर हिँड्ने, दलालहरूसँग अंकमाल गर्नु गरेको अहिले जनताले प्रत्यक्ष देखेका छन् । त्यही कमेन्ट गरिरहेका छन्’ उनले भने, ‘तर, त्यो रोग कहाँबाट आयो त ? विश्वभरीकै सर्वहाराका लागि रगत बगाउँछु जीवन दिन्छु भनेर हिँड्ने मान्छे आज सुन र पैसाको पछि किन लाग्यो भन्ने कारण पत्ता लगाउनुपर्छ ।’

    तीन महिने अभियानलाई व्यवहारमा परिवर्तनमा ल्याउनको सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

    त्यसो त अहिले पार्टीले चलाएको अभियानले जनता, नेता, कार्यकर्तामा उत्साह पैदा भएको कर्णाली प्रदेश इन्चार्ज मातृका यादव बताउँछन् ।

    उनले भने, ‘हामीले चलाइरहेको अहिलेको अभियानले जनतामा नयाँ उत्साह छाएको छ । पार्टी पहिलेकै अवस्थामा हामीले फर्काउन सक्छौं । त्यहीअनुसार हामी अभियानका खटिएका छौं ।’

    उनले जनतामा अझैपनि माओवादीप्रति आशा नहटेको दाबी गरे । अभियानको क्रममा सहिद परिवार, घाइते, अपाङ्ग, बेपत्ता परिवारलगायतमा घरघरमा पुगेर कुरा सुनिरहेको बताए । माओवादी केही बिग्रिन थालेपनि गाउँ फर्किएपछि अब जनताको पार्टी बन्ने उनको विश्वास छ ।

    अभियानको सुरूआतसँगै जनतामा पार्टीप्रति सकारात्मक सन्देश आउन थालिसकेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल दाबी गर्छन् ।

    गण्डकी प्रदेशको जिम्मेवारी सम्हालेको पौडेलले भने, ‘हामी जनताको घरघरमा जान थालेपछि केही न केही सुधारको संकेत हामीले पाउन थालिसकेका छौं । यहाँ हामीले सबै पालिकाको बैठक राखेर अहिले अभियान लिएर अघि बढिसकेका छौं ।’

    सरकारले गरेको राम्रा कामले पार्टीमा उत्साह बढेको जिकिर गर्दै पार्टी आन्तरिक सुधारको सुरूआत भइसकेको सुनाए । पालिकामा केन्द्रित भएर संगठन विस्तार गर्ने सदस्यता नवीकरण गर्ने, जनताका घरघरमा जाने र पार्टीलाई पुनर्गठन गर्ने अभियानमा आफूहरू कन्द्रित रहेको उनको भनाइ छ ।

    अभियानलाई परीक्षाको रूपमा आफूहरूले लिइएको उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा बताउँछन् ।

    उनले भने, ‘यो अभियानलाई हामी सबैका लागि परीक्षा हो । यो सफल बनाउने अभियानमा लागिरहेका छौं । अन्तिम परीक्षाको रूपमा लिएर जनताको घरघरमा खटिएका छौं ।’

    उनले अभियानको क्रममा जनताको गुनासो सुन्नेदेखि पार्टीलाई जनता र उत्पादनसँग जोड्ने विषयमा केन्द्रित भइरहेको सुनाए ।

  • निरंकुश राजतन्त्रका दलालहरूले खुलेआम खुकुरी हान्न थाले, लाखौं जनता सडकमा उतार्छौँ : प्रचण्ड

    निरंकुश राजतन्त्रका दलालहरूले खुलेआम खुकुरी हान्न थाले, लाखौं जनता सडकमा उतार्छौँ : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र व्यथितिकाविरुद्ध सरकाले चलाएको अभियान लामो समयदेखि परिर्वतनका लागि जनताले गरेको त्याग र बलिदानीको निरन्तरता भएको बताएका छन्।

    आइतबार मकवानपुरको हेटौँडामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि ‘निरंकुश राजनीतिक दलालले खुकुरी हानेको’ घटनाबाट सबै सचेत हुनुपर्ने बताए।

    त्यसबारे उनको भनाइ जस्ताको तस्तै:

    कम्युनिष्टहरुको काँधमा इतिहासको अनुभवबाट शिक्षा लिएर प्रतिक्रातिकारीहरुलाई फेरि नयाँ शिराबाट आन्दोलित भएर फेरि परास्त गर्ने, हामीलाई अपमानित गर्ने खोज्ने, हामीलाई घेरा हाल्नखोज्ने, जनताले त्यत्रो त्याग र बलिदानबाट ल्याएको परिर्वतनलाई होच्याउन खोज्ने, त्यो त्याग र बलिदानलाई हत्या हिंसा भनेर अपमानित गर्नखोज्ने प्रवृत्ति, जनयुद्ध र जनआन्दोलको मिलनबाट बनेको जनक्रान्तिलाई अपमानित गर्न खोज्ने प्रवृत्तिलाई परास्त गर्नुपर्छ। हामी केही समय सुस्ताएजस्तो भयौं।

    अलिकति निदाएजस्तो पनि भयौं। हामी एकअर्काप्रति सशंकित पनि भयौं। हामी विभाजित भयौं। त्यही मौकाको फाइदा उठाएर, अहिले सोसल मिडिया हेर्यौं भने सुन्नै, हेर्नै नसिकने लाजैमर्दो त्यस्तो हेर्न परिराख्याछ। किनकि हामी कमजोर देखिएपछि कसरी प्रतिक्रान्तिकारीहरुको टाउँको उठ्दोरहेछ। अस्तिपनि होहल्ला गरेर काठमाडौंमा देख्नुभयो। निरंकुश राजतन्त्रका दलालहरू, भ्रष्ट गुण्डाहरुले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी हानेको घटना सामान्य होइन। यसबाट तपाईं हामी सचेत हुनैपर्छ।

    तर, अहिले यो मोर्चा सँगै अहिले हलभित्र नेता कार्यकर्ता जम्मा भएर कार्यक्रम गरिरहेका छौं। केही समयपछि राष्ट्रियता, गणतन्त्र र जनजीविकालाई लिएर हामीले लाखौं जनतालाई सडकमा ल्याउनुर्छ। प्रतिक्रान्तिकारी, दक्षिणपन्थी, निरंकुशतावादी, सामन्तवादी दलालहरुको सात्तो जानेगरी जनताको तागत प्रदर्शन गर्नुपर्नेछ। तपाईंहरुले बुझ्नुभएकै होला हिजो संसद् विघटन गर्ने संविधान च्यात्ने प्रयास भयो। हामीले जनतालाई सडकमा ल्याएर त्यो परास्त गरेका थियौं।

  • ओलीको टिप्पणी- कांग्रेससँग सहकारीको नीति छैन, माओवादी क्विन्टल छाडेर खुद्रामा अल्झिने जात होइन (भिडिओ)

    ओलीको टिप्पणी- कांग्रेससँग सहकारीको नीति छैन, माओवादी क्विन्टल छाडेर खुद्रामा अल्झिने जात होइन (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहकारीको पक्षमा नरहेको आरोप लगाएका छन् । एमालेनिकट सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सैद्धान्तिक र नीतिगत हिसाबले सहकारीको पक्षमा नरहेको दाबी गरे ।

    उनले भने, ‘माओवादीलाई नीतिको अर्थ छैन । माओवादी भन्ने पाटीलाई नीतिसँग कुनै सरोकार छैन । उसले फाइदामात्रै जान्दछ । यो सहकारीको बाटो हिँडेर दिनमा क्विन्टल क्विन्टल सुन ल्याएजस्तो फाइदा सहकारीतिर लागेर, गाउँका मान्छेलाई सानातिनामा जोडेर के फाइदा छ ? उसलाई त ठ्याकठ्याक फाइदा चाहियो । यसो हेर्दा टिलिक्क टल्किने खालको फाइदा चाहियो ? मोटो रकममा फाइदा चाहियो । खुद्रामा अल्झिने जातै होइन ।’

  • ‘पटकपटक फुट्दा कति समस्या हुन्छ बुझिसक्यौं, कम्युनिष्टबीच एकता गर्नुपर्छ’

    ‘पटकपटक फुट्दा कति समस्या हुन्छ बुझिसक्यौं, कम्युनिष्टबीच एकता गर्नुपर्छ’

    हेटौंडा । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा अब सबै कम्युनिष्ट शक्ति एक हुनुपर्ने बताएका छन् ।

    आइतबार हेटौंडामा समाजवादी मोर्चाले गरेको प्रदेशस्तरीय सन्देश सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सबै कम्युनिष्ट एक भएर समाजवाद निर्माण गर्नुपर्ने बताएका हुन् ।

    गणतन्त्रलाई जनताको गणतन्त्र बनाउन सबै कम्युनिष्ट बीचको एकतामा उनले जोड दिए ।

    ‘हामी सबै कम्युनिष्टले पटकपटक फुट्दा कति समस्या हुन्छ भन्ने बुझिसक्यौं । अब एक-अर्कालाई तिरस्कार, वहिष्कार नभई सत्कार गरेर कम्युनिष्ट एकता गर्नुपर्छ’, प्रचण्डको भनाइ थियो ।

    फुट्दा र जुट्दाको दुवै अनुभवलाई लिएर अब नयाँ क्रान्ति सुरू गर्नुपर्ने उनले बताए । सरकारले अहिले सुशासनको लागि भ्रष्टाचार, अनियमितताको अन्त्य गर्ने अभियान सुरू गरेको बताउँदै उनले आफ्नो अभियानबाट केही प्रतिगामी तर्सिएको जिकिर गरे ।

    ‘प्रधानमन्त्रीले राम्रो काम गर्न खोज्दा अदालतमा मुद्दा हाल्ने काम भयो । यस्ता खाले समस्या समाधान गर्न सरकार डटेर लाग्छ’, प्रधानमन्त्रीले भने ।

    आफ्नो चीन र अमेरिकाको भ्रमणको तयारी उत्साहजनक भएको भन्दै उनले अब देश समाजवाद दिशामा अघि बढेको दाबी गरे ।

  • सर्वदलीय बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ- भ्रमणलाई सफल बनाउन सबै राजनीतिक दल सहमत

    सर्वदलीय बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ- भ्रमणलाई सफल बनाउन सबै राजनीतिक दल सहमत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न अमेरिका र चीन भ्रमणलाई सफल बनाउनेबारे सबै राजनीतिक दलहरू सहमत भएको सन्देश दिने गरी आफूले काम गर्ने बताएका छन् ।

    भ्रमणको पूर्व सन्ध्यामा एजेन्डाबारे छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा उठेका एजेन्डालाई सरकारले गम्भीर रूपमा लिएको बताए ।

    प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै परराष्ट्रमन्त्री एनपी साउदले भने, ‘बैठकमा आएको सल्लाह र सुझावलाई सरकारले महत्त्वपूर्ण रूपमा लिएको छु । आसन्न भ्रमणलाई सफल बनाउनेबारे सबै राजनीतिक तह तप्कामा सहमत भएको सन्देश सबैमा दिन चाहन्छु ।’

    बैठकमा पूर्व प्रधानमन्त्रीहरुसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरु लगायत सहभागी थिए ।

    यस्तै, बैठकमा रास्वपाको तर्फबाट लिखित रूपमा ७ वटा लिखित सुझाव दिएको उपसभापति डिपी अर्यालले बताए ।

    उनले भने, ‘नक्साको विषयमा पनि हामीले चासोका साथ जानकारी गराएका छौँ। जनताले थाहा पाउने गरी आफ्नो देशको धारणा राख्न भनेका छौँ। नाका खुलाउनेबारे पनि ध्यानाकर्षण गराएका छौँ ।’

  • सांसद सापकोटाले ढाकामा आयोजित ‘रिजनल क्लाइमेट समिट’मा गरे सम्बोधन

    सांसद सापकोटाले ढाकामा आयोजित ‘रिजनल क्लाइमेट समिट’मा गरे सम्बोधन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बंगलादेशको राजधानी ढाकामा जारी ‘रिजनल क्लाइमेट समिट’ लाई सम्बोधन गरेका छन् ।

    त्यस क्रममा सापकोटाले विकासोन्मुख मुलुक हुनुको नेताले नेपालले भर्खरै ठूला पूर्वाधारको विकासमा हात हालेको र त्यसका नकारात्मक असर पनि जलवायु परिवर्तनमा देखिन थालेको बताए । पछिल्लो समय नेपालमा बाढी, पहिरोको जोखिम बढ्नुमा सोही कारण प्रमुख रहेको उनको भनाइ थियो ।

    यद्यपी कमभन्दा कम वातावरणीय क्षतिमा विकास निर्माण र पूर्वाधारका काम अघि बढाउन सरकार र सम्बद्ध निकाय सचेत रहेको उनको भनाइ थियो । सापकोटाले दक्षिण एसिया क्षेत्रका खास गरी तीव्र विकासमा अघि बढेका भारत र बंगलादेशको अनुभव नेपालका लागि काम लाग्ने बताए ।

    सापकोटाले नेपालले पूर्वाधार विकास र पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाएको जानकारी सम्मेलनलाई गराए । नेपाल जलवायु परिवर्तनको उच्च जोखिम क्षेत्रमा रहेकाले त्यसबाट जोगिँदै अघि बढ्न छिमेकी र विश्व समुदायको दरिलो साथ चाहिएको उल्लेख गरे ।

    सापकोटाले जलवायु परिवर्तनले निम्त्याएका असरहरुबाट प्रभावित दक्षिण एसियाली मुलुकहरुले त्यसका साझा दुस्प्रभाव न्यूनीकरणका लागि हातेमालो गर्नुपर्नेमा जोड दिए । स्वच्छ खानेपानी र फोहोर व्यवस्थापन नेपालका प्रमुख चुनौती रहेको उनको भनाइ थियो । सापकोटाले दिगो विकास लक्ष्य हासिल गर्न विकासका पूर्वाधारको निर्माण गर्नुपर्ने र पर्यावरणीय सन्तुलन पनि कायम राख्नुपर्ने विरोधाभासपूर्ण चुनौतीको सामना गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औंल्याए ।

    उनले नेपालको धनकुटा र स्याङ्जामा स्थानीय तहहरुले मौलिक रुपमा एकीकृत फोहोर व्यवस्थापन प्रणाली अपनाइहरेको भन्दै त्यो नेपाल स्वयं र अरु मुलुकहरुका लागि पनि नमुनायोग्य हुन सक्ने बताए । जैविक र अजैविक फोहोर छुट्याएर पुनः प्रयोगमा ल्याउन सकिने फोहोरलाई प्रयोग गर्ने र रोजगारी श्रृजनासँगै आर्थिक विकासमा समेत उक्त प्रयोग फलदायी देखिएको चर्चा उनले गरे ।

    सापकोटाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न, दिगो पानी व्यवस्थापन र फोहोर व्यवस्थापनमा दक्षिण एसियाली मुलुकहरुबीच साझा प्रयास, अभुभवहरुको आदानप्रदान र सहकार्य जरुरी रहेको औंल्याए ।

    तीन दिनसम्म चल्ने सो कार्यक्रममा नेपाल, भारत, बंगलादेश र भुटानका गरी ४० सांसद सहभागी छन् । नेपालबाट सापकोटासहित काँग्रेसका प्रदीप पौडेल, एमालेका ठाकुर गैह्रे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोभिता गौतम र संसदको पूर्वधार विकास मितिका सचिव उदय भण्डारी सहभागी छन् ।

    बंगलादेशले वातावरण परिवर्तनका असरबाट जोगिने उपायको खोजीका लागि संसदभित्र छुट्टै ‘कलाइमेट पार्लियामेन्ट’ नामको संरचना निर्माण गरेको छ । दक्षिण एसियाका अन्य मुलुकले पनि आफूले जस्तै क्लाइमेट मार्लियामेन्ट निर्माण गरुन भन्ने उद्देश्यले बंगलादेशले उक्त कार्यक्रम आयोजना गरेको सापकोटाले बताए ।

    ‘यहाँ मन्त्री सरहका एक सांसदको नेतृत्वमा क्लाइमेट पार्लियामेन्ट’ गठन गरिएको रहेछ’, ढाकाबाट सापकोटाले भने, ‘दक्षिण एसियाली मुलुकहरुमा वातावरण प्रदूषण रोक्न, जलवायु परिवर्तनको असर न्यूीकरण गर्न र चुनौतीको सामूहिक रुपमा फेस गर्न सबै सदस्य राष्ट्रले ‘क्लाइमेट पार्लियामेन्ट’ बनाउनुपर्छ भन्ने लबिङमा उहाँहरु हुनुहुँदोरहेछ ।’

    बंगलादेशका सभामुख डा. शिरिन शार्मिन चौधरीले उदघाटन गरेको सम्मेलनमा विश्व बैंक, एसियाली विकास बैंक, जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि तथा विभिन्न देशका राजदूत सहभागी छन् ।

     

  • नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बनाउँछौं: प्रधानमन्त्री

    नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बनाउँछौं: प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाधार आयोजनाहरूमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न सरकारले प्रयास गरिरहेको बताएका छन् ।

    लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूला पूर्वाधार आयोजनाहरूलाई सहजीकरण र परिचालन गर्ने सन्दर्भमा सङ्कलन गरेको अनुभवका आधारमा सरकार अघि बढेको बताए ।

    उनले भने, ‘नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको छ । तर, कोभिड महामारी, विश्वव्यापी द्वन्द्व र जलवायु परिवर्तनका कारणले तोकिएको समय सीमाभित्र हाम्रा आकांक्षाहरू साकार पार्नु प्रमुख चुनौतीको रूपमा रहनेछ ।’

    हालको १५औं पञ्चवर्षीय योजनामा कुल लगानीको आधाभन्दा बढी निजी क्षेत्रबाट आउने परिकल्पना गरिएको उनले बताए ।

    उनले भने, ‘हामी कार्यान्वयनको अन्तिम वर्षमा छौं । हामीले १६औं आवधिक योजनाको मस्यौदा तयार गर्दा, नेपाल सरकार राष्ट्रिय विकासका लागि निजी क्षेत्र, देशी र विदेशी स्रोत परिचालन महत्त्वपूर्ण छ भन्ने कुरामा दृढ विश्वास गर्छ । व्यवसाय र लगानीको वातावरण सुदृढ गर्न नीतिगत, कानूनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्न सरकार प्रतिबद्ध छ ।’

    संविधानको मर्मअनुसार लगानीमैत्री वातावरण बनाउन सबै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य भएको उनको भनाइ छ ।

    प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार एफडीआईको सन्दर्भमा नीति सुधार गर्न र विशेष गरी पीपीपी मोडलमा विकासका विभिन्न चरणमा रहेका आयोजनाहरूको प्रभावकारी ह्यान्डहोल्डिङका लागि प्रतिबद्ध रहेको उल्लेख गरे।