Category: माओवादी केन्द्र

  • मन्त्री सुदन किरातीलाई भीम रावलको प्रश्न- किरातहरूले मुन्धुम मान्नु देशद्रोह हो ?

    मन्त्री सुदन किरातीलाई भीम रावलको प्रश्न- किरातहरूले मुन्धुम मान्नु देशद्रोह हो ?

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री भीम रावलले संस्कृतिमन्त्री सुदन किरातीको क्रिश्चियन नमान्नेलाई देशद्रोहको मुद्दा लगाउने धम्कीप्रति आपत्ति जनाएका छन् ।

    रावलले सामाजिक सञ्जालबाट आफ्नो वक्तव्य जारी गर्दै किरातहरूले मुन्धुम मान्नु देशद्रोह हो ? भन्ने प्रश्न समेत गरेका छन् । किरातीले बुधबार एक कार्यक्रममा क्रिश्चियन नमान्नेलाई देशद्रोहको मुद्दामा पाता कसेर जेल हाल्ने चेतावनी दिएका थिए ।

    रावलले किरातीलाई प्रश्न गर्दै सोधेका छन्, ‘मन्त्री सुदन राई किरातीलाई नेपाली जनताले सोध्नै पर्ने प्रश्न : के मन्त्री सुदनका पूर्खा क्रिश्चियन थिए ? थिएनन् भने के ती देशद्रोही थिए ? किरातहरूले मुन्धुमु मान्नु के देशद्रोह हो ? यस्ता प्रश्नको जवाफ चाहियो ।’

    किरातीले संविधानविपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई बर्खास्त गर्न दबाब परे पनि प्रधानमन्त्री र सत्ता गठबन्धनले मौनता साँधेको छ ।

  • प्रधानमन्त्रीकाे आग्रह- कोशी प्रदेशको विवाद संवादबाटै समाधान खोजौं

    प्रधानमन्त्रीकाे आग्रह- कोशी प्रदेशको विवाद संवादबाटै समाधान खोजौं

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्ने जनाएका छन् । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै उनले यो विषयमा बढ्दै गएको विवाद बिस्तारै कम हुँदै गएको बताए ।

    ‘नामको विषयमा आन्दोलनमा जाने साथीहरुलाई पनि भेटेर कुराकानी गरेको छु । यसलाई एक्स्ट्रिममा जान दिनुहुँदैन भन्ने छ । यो विषय सबै मिलेर छलफल गरेर संवादकै तरिकाले शान्तिपूर्ण ढंगले यसको समाधान गर्नुपर्छ । अतिवाद तिर जान दिनुहुँदैन,यसमा सबै गम्भीर हुनुपर्छ’ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले भने ।

    आफ्नो पार्टीको नामबाट कम्युनिष्ट हटाउन लागेको भन्ने चर्चा गलत भएको बताउँदै उनले आफूले कहिल्यै त्यसो नभनेको जनाएका छन् । उनले नामका विषयमा छलफल भएको तर कम्युनिष्ट पार्टीको नाम हटाउने चर्चा अनावश्यक भएको बताए ।

    उनले भने, ‘मैले कहिल्यै त्यसो भनेको छैन, पहिले पनि माओवादी मात्रै थियो, पछि केन्द्र थपियो, खाली माओवादी केन्द्रको ठाउँमा समाजवादी केन्द्र वा यस्तै केही हुनसक्छ । भेला, सम्मेलन, अधिवेशनबाट नेपाल कम्युनिस्ट पार्टी समाजवादी भन्ने पनि हुनसक्छ । हामी छलफलमा छौं, कम्युनिस्ट पार्टीको नाम कहिल्यै पनि परिवर्तन हुँदैन ।’

    प्रधानमन्त्री प्रचण्डले आफूले सोचे अनुसार रिजल्ट दिन नसकेपनि असफल भने नभएको दावी गरे ।

    ‘मैले जति सोचेको हो, त्यसरी भयो भन्ने मेरो दाबी छैन । गठबन्धनको सरकार हो । धेरै सीमा अप्ठ्यारो हुन्छन् । सबैलाई मिलाएर लाने जिम्मेवारीको कुरा हो । तर, जे जति सुशासन, सामाजिक न्याय, विकास निर्माणको कुरा छ मेरो दाबी के हो भने सफल भएको छु भन्ने लागेको छ’, उनले भने–‘सरकारले सामाजिक न्याय, मिटरब्याज पीडित, नागरिकता समस्या हल भयो । भ्रष्टाचार र सुशासनको पक्षमा यो लेबलको कहिल्यै छलफल भएको थियो ? भू–माफियाविरुद्ध कदम चालिएको छ । अन्तर्राष्ट्रिय रुपमा पनि ऐतिहासिक रुपमा सफल छ । यो विषय सबैले मनन गर्नसक्नुपर्यो ।’

    आफूले पुस लागेदेखि सामूहिक रुपले मन्त्रालयको ब्रिफिङ लिइरहेको बताउँदै प्रचण्डले ६ वटा मन्त्रालयको सकिएको बताए । ‘सबै मन्त्रालयको ब्रिफिङ लिएर समीक्षा गरिरहेको छु । अब नयाँ ढंगले जाने, विकास निर्माण र जनताको सेवा अगाडि बढाउने योजना बनाउने हो । अब टार्गेट दिइन्छ । त्यो अनुसार भएन भने सोच्नुपर्छ,अरु बाहिर कांग्रेसले यसो गर्यो उसो गर्यो भन्ने हल्ला मात्र हुन्’ उनले भने ।

  • राप्रपा नेपालले गर्‍यो मन्त्री किराँतीको पुत्ला दहन

    राप्रपा नेपालले गर्‍यो मन्त्री किराँतीको पुत्ला दहन

    काठमाडौं । राप्रपा नेपाल आवद्ध जनवर्गीय संगठनहरुले आज साँझ काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीको पुत्ला दहन गरेका छन् ।

    ९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वासमाथि मन्त्री किराँतीले प्रहार र अपमान गरेको भन्दै उनीहरुले पुत्ला दहन गरेका हुन् ।

    मन्त्री किराँतीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूणर् अभिव्यक्ति दिएको भन्दै उनिहरुले मन्त्री किराँतीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।

    राजीनामा नदिएमा प्रधानमन्त्रीले तुरुन्तै बर्खास्त गर्नु पर्ने उनीहरुको भनाई छ । संस्कृति मन्त्री किराँतीले क्रिश्चियन धर्म नमान्नेहरु देशद्रोही र संविधान विरोधी भएको त्यस्तालाई जेलमा कोच्नु पर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

    ‘पार्टीका जनवर्गिय संगठनहरुले आज साँकेतिक रुपमा विरोध प्रदर्शन गरेका छन् । मन्त्री किरातीले तत्काल राजिनामा नदिए यो विषय डरलाग्दो र विकराल हुनसक्ने चेतावनी दिँदै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राजिनामा नदिए आन्दोलनले चर्को रुप लिने बताए । काठमाडौंको चावहिलमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले मन्त्री किरातीको विरोधमा चर्का नारावाजि गरेका थिए ।

  • वर्षमानको नेतृत्वमा शहीद मार्ग निर्माणको काम छिटो सक्न रोल्पाका जनप्रतिनिधिद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

    वर्षमानको नेतृत्वमा शहीद मार्ग निर्माणको काम छिटो सक्न रोल्पाका जनप्रतिनिधिद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

    काठमाडौं । रोल्पाबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले बजेट अभावका कारण निर्माणाधीन शहीद मार्ग निर्माणमा काममा ढिलाई भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

    प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाका संघीय सांसद् एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तको नेतृत्वको प्रतिनिधि मण्डलले बिहीबार बिहान सरकारी निवास बालुवाटारमा भेटेर रकम सुनिश्चितताका लागि आग्रह गरेको हो ।

    आर्थिक वर्ष ०६४्०६५ देखि सुरु दाङको घोराहीदेखि रोल्पाको होलेरी-घर्तीगाउँ हुँदै पूर्वी रुकुमको हुकाम–मैकोटसम्मको शहीद मार्ग निर्माणको कामले अझै पूर्णता नपाएकामा प्रचण्डको गम्भीर ध्यानाकर्षण गराएको नेता पुनले जानकारी दिए ।

    उक्त सडकखण्डअन्तर्गत हाल होलेरी-दारबोट कालोपत्रेको कारणमा रहेको, दारबोट–घर्तीगाउँ–दुई खोली–खरिबोट खण्डमा कालोपत्रेका लागि ठेक्का भई काम सुरु भए पनि पर्याप्त बजेट अभावमा आयोजनाले अपेक्षित गति लिन नसकेकोबारे प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।

    यस्तै हुकाम–मैकोट खण्डमा ट्र्याक खोल्ने काम नै बाँकी रहेकाले त्यसको पनि प्रबन्ध मिलाइदिन ज्ञापनपत्रमा माग गरिएको छ । विगतमा घोराही– होलेरी सडकखण्डको ३१.५ किलोमिटर सडक कालोपत्रे भएकामा निर्माण व्यवसायीको लापरवाहीले तोकिएको समयसम्म उचित मर्मत सम्भार नगरेका कारण पिच भत्किएर सो ठेक्का रद्ध गरी नयाँ प्रक्रियाका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृतिको चरणमा रहेको भन्दै उनीहरुले बजेटको न्यूनताका कारण ठेक्का प्रक्रियामा ढिलाई भएकाले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन्न प्रधानमन्त्रीसँग माग गरे ।

    जवाफमा प्रधानमन्त्रीले मुलुकको राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमितामा राखेको बताए ।

    उनले आजै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित मन्त्रालयको टिमले आफूसँग विकास निर्माणका काममा भएका प्रगति समीक्षाका लागि समय लिएकाले सोही बैठकमा शहीद मार्ग निर्माण तथा कालोपत्रेका लागि तत्काल काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएको पुनले जानकारी दिए ।

    प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउन सांसद पुनसहित लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र पुन, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ती, माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्ती, त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठा, रुण्टनीगढी गाउँपालिका अध्यक्ष जनक पुन र परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा बालुवाटार पुगका थिए ।

     

  • भौगोलिक बनावटअनुसार व्यवस्थित शहरको विकास गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    भौगोलिक बनावटअनुसार व्यवस्थित शहरको विकास गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको भौगोलिक वनावटअनुसार योजनाबद्धरुपमा व्यवस्थित शहर बसाल्नुपर्ने अपरिहार्यता औँल्याएका छन् ।

    सिंहदरबारमा आज भएको शहरी विकास र वन तथा वातावरण मन्त्रालयको संयुक्त वार्षिक समीक्षा बैठकमा उनले पूर्वपश्चिम र उत्तरदक्षिणलाई एकापसमा जोड्ने विकासको रणनीति हुनुपर्ने बताए ।

    प्रधानमन्त्री दाहालले काठमाडौँ उपत्यकाभित्र व्यवस्थित नमूना सहर निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै आफ्नो दोस्रो कार्यकालमा ‘स्मार्टसिटी’को अवधारणा अघि सारेको जानकारी दिए । ‘अब योजनाबद्ध सहरको विकास गर्नुपर्छ, त्यसलाई स्मार्टसिटीको नाम दिएका छौँ, यो दीर्घकालीन रणनीतिलाई गम्भीरपूर्वक सोचेर कार्यान्वयनमा जानुपर्छ’, उनले भने ।

    प्रशासनिक भवन निर्माण सम्पन्न नहुँदा केही स्थानीय सरकारले सेवा प्रवाहमा समस्या झेल्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चाँडै जनताको नजिकको सरकारका रुपमा रहेका स्थानीय तहका प्रशासनिक भवन निर्माण गर्नुपर्ने बताए । उनले व्यवस्थित सहरीकरण र सहरी सौन्दर्यलाई सँगसँगै लैजानुपर्नेमा जोड दिए ।

    प्रधानमन्त्री दाहालले भने, ‘म पहिलोपटक प्रधानमन्त्री हुँदा नै मध्यपहाडी लोकमार्ग सुरू गरिएको थियो । हुलाकी राजमार्ग पनि हामीले नै अगाडि बढाएका थियौँ । उत्तर–दक्षिण करिडोर पनि विकासको हाम्रो दृष्टिकोण हो । देशको अवस्था जस्तो छ, भौगोलिक बनोट जस्तो छ, आर्थिक चरित्र जसरी विकसित भइरहेको छ, विकासको ढाँचा पनि त्यस्तै बनाउनुपर्छ ।’

    प्रधानमन्त्री दाहालले वन र वातावरणका क्षेत्रमा धेरै नीतिगत र कानूनी सुधार जरूरी रहेको औँल्याए । २०२९ को ऐनले अहिलेको स्थिति सम्बोधन नगर्ने जनाउँदै उनले हिजो ऐन बनाउँदा मानवबस्ती नभएका ठाउँ अहिले सहरीकरण भइसकेका हुँदा वन र विकास एकअर्काका विरोधी हुन् भन्ने भाष्य बदल्नुपर्ने बताए ।

    वनजङ्गलका क्षेत्रमा नेपाल धनी भए पनि बर्सेनि अर्बौंको काठ आयात गर्नु परिरहेको यथार्थ प्रस्तुत गर्दै प्रधानमन्त्रीले जङ्गलमा ढलेका रूखसमेत सजिलैसँग उपयोग गर्न नसकिने परिस्थितिको अन्त्य गरिनुपर्ने बताए ।

    बैठकमा शहरी विकासमन्त्री सीता गुरूङले आयोजनाको सङ्ख्या र बजेटको सीमितताका बीच काम गर्नुपर्ने अवस्था रहेको जानकारी दिँदै व्यवस्थित सहर बनाउने परियोजनालाई पनि राष्ट्रिय गौरवका आयोजनामा समावेश गरेर जानुपर्ने बताइन् । एक वर्षको अवधिमा निजी आवास निर्माणतर्फ मन्त्रालयले केही प्रगति गरेको तथ्य पेस गर्दै उनले अब भूकम्पबाट भत्किएका निजी घर निर्माणमा केन्द्रित हुने बताइन् ।

    वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोले रूख कटानको कानुनी प्रक्रिया लामो हुँदा विकास आयोजनाको काम प्रभावित भएको तथा काठ निर्यातको भन्सार नीति वैज्ञानिक नभएको जनाउँदै मन्त्रालय त्यसको समाधानमा केन्द्रित भएको बताए ।

    मुख्यसचिव वैकुण्ठ अर्यालले वनले प्रकृति संरक्षणमा मात्र जोड दिने र विकासे मन्त्रालयले विकासको मात्र कुरा गर्दा विकास नीति असन्तुलित हुने बताए । उनले वन र विकासलाई एकअर्काका सहयोगी अङ्गका रूपमा अगाडि बढाउनुपर्ने आवश्कयता औँल्याए ।

    शहरी विकास मन्त्रालयका सचिव सरजु वैद्यले विदेशी सहायताको बजेटको प्रभावकारी कार्यान्वयनका लागि पहल गरिएको, आयोजनाको स्तर र बजेटको प्रबन्धबीच उचित तालमेल आवश्यक देखिएको र कार्यचापका दृष्टिले जनशक्ति वृद्धि गर्नुपर्नेमा जोड दिए । उनले जाजरकोट र रूकुम पश्चिममा भूकम्पले क्षति पुर्याएका घरको पुनर्निर्माण प्रभावकारी बनाउन मन्त्रालयले तयारी गरिसकेको बताए ।

    वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खरालले वन क्षेत्रको उपयोग र जङ्गल कटानीमा अत्यधिक समय र जनशक्ति खर्चिनुपरेको, वातावरणीय प्रभाव मूल्याङ्कनको समय बढी लागेकाले यी समस्या समाधान गर्न मन्त्रालय क्रियाशील रहेको बताए ।

    सचिव खरालले कोप-२८ मा नेपालको नेतृत्वदायी भूमिका रहेको स्मरण गर्दै नेपालले प्राप्त गर्ने जलवायु वित्तमा पहल लिने योजना बनाइएको र अन्तर्राष्ट्रिय पर्वतीय शिखर सम्मेलनको आयोजनाको तयारी गरिएको जानकारी दिए ।

    प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्यालले एकातर्फ नेपालको काठ कुहिएर जाने र अर्कोतर्फ विदेशबाट ठूलोमात्रामा काठ आयात भएको जनाउँदै त्यसको सम्बोधन जरुरी रहेको बताए । साथै फोहर व्यवस्थापनको दीर्घकालीन रणनीति र योजनाका साथ काम गर्नुपर्नेमा उनले जोड दिए ।

    प्रधानमन्त्री कार्यालयका अर्का सचिव गणेश पाण्डले नेपालको काठ देशभित्रै उपयोगका निम्ति लचिलो नीति अपनाउनुपर्ने तथा वातावरणीय प्रभाव मूल्याङ्कनको काम छिटो र प्रभावकारी हुनुपर्ने बताए । -रासस

     

  • सर्वत्र आलोचना भएपछि मन्त्री किरातीको प्रष्टीकरण- बहसका लागि धन्यवाद !

    सर्वत्र आलोचना भएपछि मन्त्री किरातीको प्रष्टीकरण- बहसका लागि धन्यवाद !

    काठमाडौं । आफ्नो अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि पर्यटनमन्त्री सुदन किरातीले प्रष्टीकरण दिएका छन् । बहसका लागि सबैलाई धन्यवाद भन्दै उनले संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्‍णुता कायम गर्न र अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने आफ्नो जोड रहेको जिकिर गरेका छन् ।

    सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘भन्‍नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दू भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने, फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौं । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।’

    हिजो काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका किरातीले क्रिश्चियन नमान्नेहरूलाई संविधानविरोधी र देशद्रोहीको संज्ञा दिएका थिए ।

    ‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिनँ भन्नेहरू संविधानविरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ उनले उत्तेजित बन्दै भनेका थिए ।

  • रूपान्तरण अभियानले पार्टीलाई जनतातर्फ फर्काएको माओवादीको निष्कर्ष

    रूपान्तरण अभियानले पार्टीलाई जनतातर्फ फर्काएको माओवादीको निष्कर्ष

    काठमाडौं । नेकपा माओवादी केन्द्रले भदौ १६ गतेदेखि थालेको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सफल भएको निष्कर्ष निकालेको छ ।

    प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले यो अभियानले पार्टीलाई जनतातर्फ फर्काएको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

    उनले भने, ‘यो अभियानले पार्टीलाई गतिशील, जीवन्त र चलायमान बनाएको छ । माओवादीलाई फेरि जनतासँग जोडेको छ । त्यसैले यो अभियान सफल भएको निष्कर्षसहित आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने भन्नेछ ।

    उनले अभियानको आगामी १६ गते वृहत्त जनपरिचालनसहित पालिकास्तरमा समापन गर्ने निर्णय भएको बताए ।

    सापकोटाले भने, ‘अभियान समापन भएपछि केन्द्रीय समितिको बैठक बस्छ । त्यसले पार्टीको थप योजना तयार पार्छ ।’

  • मन्त्रिपरिषद् पुनर्गठनबारे प्रचण्डको ब्रिफिङ- एक्सनमा नगए ‘बोल्ड स्टेप’ चाल्छु भनिसकेको छु

    मन्त्रिपरिषद् पुनर्गठनबारे प्रचण्डको ब्रिफिङ- एक्सनमा नगए ‘बोल्ड स्टेप’ चाल्छु भनिसकेको छु

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरूलाई ठोस कार्ययोजनासहित अघि बढ्न निर्देशन दिएको बताएका छन् । सरकार गठनको एक वर्षपछि मन्त्रीहरूको कार्यसम्पादनमा असन्तुष्ट प्रधानमन्त्रीले ठोस योजनासहित अघि नबढे ‘बोल्ड स्टेप’ गर्ने बताएको पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका हुन् ।

    प्रधानमन्त्रीको भनाई उदृत गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘सबैलाई मैले ठोस कार्ययोजनासहित एक्सनमा जानु भनेको छु । भएन भने बोल्ड स्टेप चाल्छु भनेको छु ।’

    यद्यपि, मन्त्रिपरिषद् पुनर्गठनको विषयमा ठोस रूपमा छलफल नभएको उनले बताए ।

    सापकोटाले भने, ‘पुस १० गते एक वर्ष पुग्दैछ । ११ गते प्रगति र आगामी योजना प्रधानमन्त्रीले ल्याउनुहुन्छ । सरकारको समीक्षा विभिन्न ढंगबाट भइरहेको छ ।’

    प्रधानमन्त्रीले बैठकमा सरकारलाई प्रभावकारी बनाउन अबको नीति तथा कार्यक्रम र बजेटमा पनि आमूल परिवर्तन गर्नुपर्ने सोचेको ब्रिफिङ गरेका छन् ।

    आफूले थालेको भ्रष्टाचारविरोधी अभियानलाई गति दिएर नयाँ फाइल खोल्ने योजना प्रधानमन्त्रीले सुनाएको उनको भनाइ छ ।

  • शहीद मार्ग छिटो बनाउन वर्षमानको नेतृत्वमा रोल्पाका जनप्रतिनिधिको डेलिगेशन

    शहीद मार्ग छिटो बनाउन वर्षमानको नेतृत्वमा रोल्पाका जनप्रतिनिधिको डेलिगेशन

    काठमाडौं । बजेट अभावका कारण निर्माणाधीन शहीद मार्ग निर्माणको काम ढिलो भएको भन्दै रोल्पाबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएका छन् ।

    रोल्पाका संघीय सांसद् एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नेतृत्वको प्रतिनिधि मण्डलले बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसमक्ष रकम सुनिश्चितताका लागि आग्रह गरेको छ । आर्थिक वर्ष ०६४\०६५ देखि सुरू दाङको घोराहीदेखि रोल्पाको होलेरी-घर्तीगाउँ हुँदै पूर्वी रुकुमको हुकाम-मैकोटसम्मको शहीद मार्ग निर्माणको कामले अझै पूर्णता नपाएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेता पुनले जानकारी दिए ।

    उक्त सडकखण्डअन्तर्गत हाल होलेरी-दारबोट कालोपत्रेको कारणमा रहेको, दारबोट-घर्तीगाउँ-दुई खोली-खरिबोट खण्डमा कालोपत्रेका लागि ठेक्का भई काम सुरु भए पनि पर्याप्त बजेट अभावमा आयोजनाले अपेक्षित गति लिन नसकेको प्रधानमन्त्रीलाई जानकारी गराइएको छ । यस्तै हुकाम-मैकोट खण्डमा ट्रयाक खोल्नेबारे पनि ज्ञापनपत्रमा माग गरिएको छ ।

    विगतमा घोराही- होलेरी सडकखण्डको ३१.५ किलोमिटर सडक कालोपत्रे भएकामा निर्माण व्यवसायीको लापरबाहीले तोकिएको समयसम्म उचित मर्मत सम्भार नगरेका कारण पिच भत्किएर सो ठेक्का रद्द गरी नयाँ प्रक्रियाका लागि डीपीआर स्वीकृतिको चरणमा छ ।

    प्रतिनिधि टोलीलाई प्रधानमन्त्रीले मुलुकको राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमितामा राखेको बताए । उनले आजै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित मन्त्रालयको टीमले आफूसँग विकास निर्माणका काममा भएका प्रगति समीक्षाका लागि समय लिएकाले सोही बैठकमा शहीद मार्ग निर्माण तथा कालोपत्रेका लागि तत्काल काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएको पुनले जानकारी दिए ।

    सांसद पुनसहित लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुन, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ती, माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्ती, त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठा, रुण्टनीगढी गाउँपालिका अध्यक्ष जनक पुन र परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढालगायतको टोली बालुवाटार पुगेको थियो ।

  • माओवादीको विधान सम्मेलन फागुनमा, ७ सदस्यीय मस्यौदा समिति गठन

    माओवादीको विधान सम्मेलन फागुनमा, ७ सदस्यीय मस्यौदा समिति गठन

    काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।

    बालुवाटारमा बसेको पदाधिकारी बैठकले विधान सम्मेलन गर्नको लागि विधान मस्यौदा समिति गठन गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

    समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरीराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा साथै सचिवद्वय गणेश शाह र हितमान शाक्य छन् ।

    सापकोटाका अनुसार सम्मेलनअघि पार्टीको केन्द्रीय समिति बस्ने निर्णय भएको छ ।

  • रवि लामिछानेको प्रश्न- साम्प्रदायिक विद्वेष फैलाउने संस्कृति मन्त्री कसरी पदमा बस्न मिल्छ ?

    रवि लामिछानेको प्रश्न- साम्प्रदायिक विद्वेष फैलाउने संस्कृति मन्त्री कसरी पदमा बस्न मिल्छ ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अभिव्यक्तिप्रति खेद प्रकट गरेका छन् ।

    मन्त्री किराँतीको ‘क्रिश्चियनलाई नमान्नेहरू देशद्रोही हुन’ भन्ने मन्त्री किराँतीको अभिव्यक्तिले सामाजिक सद्भाव खलबलाउने लामिछानेको भनाई छ ।

    आफ्नो पदीय गरिमा विपरीत, उत्तेजक र गैर जिम्मेवार अभिव्यक्ति दिनु खेदजनक भएको उनले बताए ।

    साम्प्रदायिक विद्वेष फैलाउने संस्कृति मन्त्री जस्तो व्यक्ति पदमा कसरी बस्न मिल्छ ? भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

  • मन्त्री किराँतीको प्रलाप : क्रिश्चियन मान्दिनँ भन्नेहरू देशद्रोही हुन् (भिडिओ)

    मन्त्री किराँतीको प्रलाप : क्रिश्चियन मान्दिनँ भन्नेहरू देशद्रोही हुन् (भिडिओ)

    काठमाडौं । क्रिश्चियन धर्मको प्रचारमा गरेको एउटा उग्र भाषणले पर्यटनमन्त्री सुदन किराँती विवादमा मुछिएका छन् । उनले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएका थिए ।

    हिजो काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा किराँती प्रमुख अतिथि बनेर पुगेका थिए । आफू राज्यको जिम्मेवार पदमा रहेको बिर्सेर उनी क्रिश्चियन धर्म प्रचारकका रूपमा प्रस्तुत भए । किराँतीले यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि मुछ्न पुगे ।

    ‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ किराँतीले उत्तेजित बन्दै भने।

    मन्त्री किराँतीले संसारमा सबैभन्दा बढी क्रिस्चियन धर्म मान्नेहरू नै रहेको बताउँदै नेपालमा चाहिँ उनीहरूलाई थिचोमिचो गरिएको दाबी गरे ।

    उनले भने, ‘संसारमा ३० प्रतिशत मान्छेले क्रिश्चियन धर्म मान्छन् । संसारले मानेको धर्म हामीले नमान्ने ?’

    किराँतीले प्रधानमन्त्री प्रचण्डले समेत जिसस क्राइस्टलाई मान्ने दाबी गरे । यति मात्र होइन प्रचण्डलाई नै जिसससँग तुलना गर्न भ्याए ।

    उनले भने, ‘अहिलेको प्रधानमन्त्री प्रचण्ड ज्यू जिससजस्तै विद्रोही नेता हो । उहाँको सबै कुरा जिसससित मिल्छ । जिसस अहिले जन्मेको भए ठ्याक्कै प्रचण्डजस्तै हुनुहुन्थ्यो । मलाई मात्र होइन, प्रधानमन्त्रीलाई पनि जिसस एकदमै मन पर्छ रे ।’

  • सुदन किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग

    सुदन किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती बर्खास्त गर्न माग गरेका छन् ।

    क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन भन्ने अभिव्यक्ति मन्त्री किराँतीले दिएपछि थापाले बर्खास्तीको माग गरेका हुन् ।

    उनले सामाजिक सञ्जालमा भनेका छन्- ‘क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्दछ। प्रम पुष्पकमल दाहाल प्रचण्डको ध्यान जाओस्।

    थापाले पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने मन्त्री किराँतीलाई कानून अनुसार कारबाही गर्न पनि माग गरेका छन् ।

    बुधवार राजधानीमा आयोजना भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले भनेका थिए- राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौँ क्रिस्चियनहरु भइसकेका छन् । क्रिस्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हालिदिने हो ।

    उनले विश्वमा धार्मिक जनसङ्ख्या ८५ प्रतिशत रहेको ३० प्रतिशत क्रिश्चियन रहेको उल्लेख गर्दै संसार मान्ने अनि हामीले नमान्ने भनेका थिए ।

    मन्त्री किराँतीको यो अभिव्यक्ति अहिले निकै विवादित बनिरहेको छ । सामाजिक सञ्जालमार्फत उनको राजीनामाको माग चर्को बढेको छ ।

  • प्रचण्डको कार्यव्यस्तताले माओवादी पदाधिकारी बैठक स्थगित

    प्रचण्डको कार्यव्यस्तताले माओवादी पदाधिकारी बैठक स्थगित

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको कार्यालय मुख्यसचिव श्रीराम ढकालले बताए ।

    प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारणले बैठक सारिएको उनले बताए । उनका अनुसार बैठक भोलि बस्नेछ ।

    हिजो बसेको बैठकमा केन्द्रीय कमिटीको बैठक र विधान सम्मेलनको मिति गर्नेबारे छलफल भएको थियो । बैठकमा पार्टीले सञ्चालन गरेको रुपान्तरण अभियान र सरकारको समीक्षालगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

    बैठकमा सातै प्रदेशका इन्चार्जले अभियानको समीक्षात्मक रिपोर्टिङ गरेका थिए ।

  • केन्द्रीय कमिटीको बैठक र विधान सम्मेलन गर्ने माओवादीको तयारी

    केन्द्रीय कमिटीको बैठक र विधान सम्मेलन गर्ने माओवादीको तयारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकले केन्द्रीय समिति र विधान सम्मेलनको मिति तय गर्ने सचिव गणेश साहले बताए।

    बैठकको समिति आन बस्ने पदाधिकारी बैठकले तय गर्नेछ। आज पनि ३ बजेलाई बैठक बोलाइएको छ।

    हिजोको बैठकमा सरकारको समिक्षा, राष्ट्रिय सभा निर्वाचन, पार्टीले सञ्चालन गरेको रुपमान्तरण अभियान, आगामी केन्द्रीय कमिटी बैठक र विधान अधिवेशनलगायतको बिषयमा छलफल भएको जनाइएको छ।

    माओवादीको रुपमान्तरण अभियान पुस १६ गते सकिँदैछ। यो अभियानको समिक्षा गरेर माघभित्र विधान सम्बोधन गर्ने आन्तरिक तयारी गरेको छ। हिजोको बैठकमा प्रदेश इन्चार्जहरूले अभियानको रिपोर्टिङ गरेका थिए।

  • माओवादी नेता भट्टको दाबी- प्रचण्ड सरकारको एक वर्ष सफल भएको छ

    माओवादी नेता भट्टको दाबी- प्रचण्ड सरकारको एक वर्ष सफल भएको छ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य खगराज भट्टले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारको एक वर्ष सफल भएको दाबी गरेका छन् ।

    मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा उनले भट्टले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पछिल्ला सरकारभन्दा सुशासन र भ्रष्टाचारमा सफल भएको दाबी गरे ।

    भट्टले भने, ‘नेपाल श्रीलंकाको बाटोतिर भन्ने हल्लाबीच हाम्रो पार्टीको नेतृत्वमा सरकार बनेको थियो । राजनीतिक र कुटनीतिक सन्तुलन मिलाएर सुशासन र भ्रष्टाचार अभियान संचालन गरेर सरकारले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।’ आर्थिक सूचक सुधारतिर अगाडि बढेको भन्दै उनले निरासाबाट आशाका किरण देखा परेको उनले बताए ।

    सरकार दिर्घकालिन आर्थिक समृद्धिको लागि अगाडि बढेको बताउँदै नेता भट्टले भने, ‘सरकार सामाजिक न्यायका हिसाबले पनि सफल भएको छ । निरंकुशकालिन मिटरब्याजीबाट नागरिक मुक्त भएका छन्, अर्ब पीडितले फिर्ता पाएका छन् । सरकारले विगतको तुलनाभन्दा महंगी नियन्त्रणमा गर्न पनि सरकारले पहल लिएको छ । विगतदेखि रोकिएको उखु किसानको बाँकी भुक्तानी भएको छ ।’

    सरकारले इजरायल हमासको आक्रमणमा परी ज्यान गुमाउनेको शव स्वदेश ल्याउनेदेखि बेपत्ता विपिन जोशीको रिहाईको लागि प्रधानमन्त्रीकै तहबाट पहल भइरहेको बताए । त्यसैगरी सरकारले भूकम्प पीडितको उद्दार, राहत र पुनर्निर्माणमा समयमै पहल लिएर जनतालाई सरकार भएको अनुभूत गराएको दाबी गरे । अब नयाँ बर्षमा नयाँ गतिका साथ अघि बढ्ने नेता भट्टको भनाई छ । सरकारको अर्को बर्ष विकास र समृद्धको लागि क्रमभंगको बर्ष हुने समेत दाबी गरे ।

    पार्टीका सुदूरपश्चिम प्रदेशका प्रदेशसभा दलका नेता समेत रहेका भट्टले पार्टीको जारी अभियान अन्तिम चरणमा पुगेको बताए । उनले यसको समिक्षा गर्न बाँकी रहे पनि अभियानले पार्टी, कार्यकर्ता र जनतालाई जोडेको दाबी गरे ।

    संचारकर्मीको प्रश्नको जवाफमा नेता भट्टले एनसेल प्रकणको गहिराईसम्म पुगेर छानविन गर्न सरकार समिति गठन गरिसकेको बताउँदै त्यसमा दोषी उम्किन नपाउनेसमेत बताए । उनले भने, ‘प्रधानमन्त्री दुबईमा भएको बेला यो काण्ड बाहिर आएको हो ।

    स्वदेश फिर्ता भएलगत्तै उहाँले छानविन गर्न निर्देशन दिँदै समिति गठन भएको छ । यसमा दोषी जो भए पनि कारवाहीको दायरामा आउँछन् । प्रधानमन्त्री प्रचण्डको परिवारसँग जोडिएर गरेको प्रचारबाजी झुट रहेको दाबी गर्दै उनले त्यसमा सत्यता नभएका र सरकारका राम्रो कामको ढाकछोप गर्न कूप्रचार गरिएको बताए ।

     

  • विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुनुहुँदैन भन्नेहरू नै दाउपेचका निम्ति दौडिन्छन् : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुनुहुँदैन भन्नेहरू नै दाउपेचका निम्ति दौडिन्छन् : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राज्ञिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको भूमिका पनि प्राज्ञिक स्तरकै हुनुपर्ने बताएका छन् । सोमबार दिउँसो त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा अतुलनीय योगदान पुर्याएको बताए ।

    उनले भने, ‘भूमण्डलीकृत विश्वको दवाव एकातर्फ छ, जुन तत्कालका निम्ति हाम्रो काबुबाहिर पनि देखिन्छ। तर, विश्वबजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ ? विगतमा विश्वविद्यालयहरूले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो ? विश्वविद्यालयहरूमा क्रियाशील प्राज्ञहरूको भूमिका किन गुरूत्वपूर्ण हुन सकिरहेको छैन ? विश्वविद्यालयहरूमा शैक्षिक क्यालेण्डर लागू हुन नसक्नु, बेलाबेला पठनपाठनमा गत्यावरोध आइरहनुमा को दोषी छ ? एकातर्फ हामी विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुनुहुँदैन, विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकायहरू हुनुपर्दछ भनिरहेका छौँ, अर्कोतर्फ हामी आफै राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौँ ।’

    त्रिभुवन विश्वविद्यालयले केही वर्षयता गरेका प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका प्रयास महत्त्वपूर्ण रहेको बताए ।

    उनेल भने, ‘यद्यपि आंशिक सुधारका प्रयासले भूमण्डलीकृत विश्व र प्रतिस्पर्धाका चुनौतीहरू सम्बोधन गर्न सकिँदैन, त्यसका निम्ति गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरूरी छ । यस अवसरमा मुलुकको राजनीतिक र प्रशासनिक नेतृत्व सम्हाल्ने अधिकांश व्यक्तिहरू त्रिभुवन विश्वविद्यालयकै उत्पादन भएको स्मरण गराउँदै आगामी दिनमा समेत उक्त बिरासत कायम राख्दै थप सफलताका निम्ति क्रियाशील हुन निर्देशित पनि गर्दछु ।’

    विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समतामूलक र सबै वर्ग, समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ हुनुपर्ने बताए । उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकुल सुधार गर्दै लैजानुपर्ने बताए । सङ्ख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा आजको अनिवार्य आवश्यकता भएको उल्लेख गर्दै विश्वविद्यालयले यस यथार्थलाई केन्द्रमा राखेर काम गर्ने विश्वास व्यक्त गरे ।

  • नेपालमा बसेर काम छैन भन्दै गर्न खोज्नेलाई गाली गरेर विदेश जाने फेसन बन्दैछ : प्रचण्ड (भिडिओ)

    नेपालमा बसेर काम छैन भन्दै गर्न खोज्नेलाई गाली गरेर विदेश जाने फेसन बन्दैछ : प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले कार्यकाल सम्हालेको एक वर्षपछि राष्ट्र र जनताको निम्ति नयाँ योजना बनाएको बताएका छन् ।

    ललितपुर महानगरको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले नयाँ ढंगले काम गर्ने सोचिरहेको बताए ।

    प्रचण्डले भने, ‘मैले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्दैछ । एकवर्षपछि मैले नयाँ ढंगले काम गर्ने सोच्दैछु राष्ट्र र जनताको निम्ति । मैले गरेको सकारात्मक प्रयासलाई साथ नपाएको पीडा मैले महसुस गरेको छु ।’

    सडकमा अहिले संविधान, गणतन्त्र र संघीयताविरुद्ध गालीगलौज गर्नेहरूको भाषा प्रयोग गरेर देशलाई अँध्यारोतिर फर्काउने षड्यन्त्र भइरहेको उनको दाबी छ । अहिले संविधान र गणतन्त्रलाई निस्तेज पार्न चलखेल भइरहेको पनि प्रधानमन्त्रीले बताए ।

    अहिले नेपाली युवा तथा शिक्षित समुदाय विदेश जाने कुरा चिन्ताको विषय भएको भन्दै प्रचण्डले भने, ‘यो विकास र रोजगार नभएर मात्रै बाहिरिएको भन्ने कुरामा आशिंक सत्यता छ । हामीले रोजगारी सिर्जना जति गर्नुपर्ने थियो त्यो । विकास निर्माण पनि जति गर्नुपर्नेथ्यो सकेनौं । तर, यही कारणले मात्रै विदेश गएका भन्ने कुरामा पूरै सत्य छैन ।’

    उनले घरकै खाना खाएर ७० हजार कमाउने शिक्षक करोडसम्म खर्च गएर विदेश गएको देखेपछि आफू अचम्भित भएको बताए ।

    प्रधानमन्त्रीले भने, ‘पढेलेखेका मान्छेहरू विदेश जाने नेपालमा यति धेरै उर्बर जमिन छ । कहिले न कहिँ हामीभित्र देशभक्तिको भावना मर्दै गयो । यो सरकारलाई गाली गरेर भएको हो त यो ? आजभोलि नेपाल डुब्यो नेपालमा बसेर केही काम छैन भन्ने नेपालमा बस्नेहरूलाई गाली गर्ने फेसन बनेको छ ।’

    उनले जागिर र सुविधा दिएर पनि देशमा नबस्ने फेशन रोक्नुपर्नेमा उनको जोड छ ।

  • बालेनप्रति प्रचण्डकाे गुनासाे- बाेलेर जवाफ नसुनी हिँड्नेसँग मलाई इरिटेसन हुन्छ (भिडिओ)

    बालेनप्रति प्रचण्डकाे गुनासाे- बाेलेर जवाफ नसुनी हिँड्नेसँग मलाई इरिटेसन हुन्छ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको जवाफ फर्काएका छन् ।

    ललितपुर महानगरको स्थापना दिवसमा मेयर शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए ।

    प्रधानमन्त्रीले भने, ‘बालेन्द्रजी गइहाल्नुभयो पहिला बोलेर हिँडिहाल्नेसँग पनि मलाई अलि इरिटेसन हुन्छ । आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न चाहिँ नबस्ने, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’

    प्रचण्डले थपे, ‘म उहाँलाई भन्न चाहन्छु चाहे त्यो बागमतीमा बसेकाको हस्तक्षेपको कुरालाई होस्, या तीनकुनेको कुरालाई होस् । चाहे उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा कतिपटक सिंहदबारमा बैठक भयो । अहिलेको प्रधानमन्त्री जस्तो सकारात्मक र रचनात्मक ढंगले समन्वय गरेको अर्को कसैले देख्नुभएको छ ?’

    काठमाडौंको मेयर भएकाले उपत्यकाका ललितपुर र भक्तपुरसँग समन्वय गर्ने जिम्मेवारी बढी बालेनकै भएको उनको भनाइ छ ।

  • माओवादी कमब्याकको चरणमा छ : उपमहासचिव पुन

    माओवादी कमब्याकको चरणमा छ : उपमहासचिव पुन

    हेटौँडा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र अहिले कमब्याकको चरणमा रहेकाे बताएका छन् ।

    विभिन्न समयमा भएकाे टुटफूटबाट पार्टी जति झर्नुपर्ने थियो झरिसक्याे भन्दै उनले अब कमब्याकाे चरणामा रहेकाे बताए ।

    प्रेस सेन्टर नेपाल मकवानपुरले हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले २०६४ सालमा संविधान बनाउन नसकेर संसद् विगठन गर्नु नै पार्टी ओरालो लाग्नुको प्रमुख कारण भएको बताए ।

    त्यसयता माओवादीमा आएको टुटफुट पनि ठूलो समस्या भएको भन्दै पुनले अब माओवादी कम ब्याकको चरणमा रहेको बताए । उनले भने ‘हामीले संविधान बनाउन सकेनौँ, सेट ब्याक भो, त्यसपछि टुटफुट भो , एक पटक झरेपछि कम ब्याक गर्न समय लाग्छ, तर हामी उठ्छौं । माओवादी झर्नु जति झरिसक्यो।’

    एमाले पनि २०५१ मा फुटेपछि पहिलो पार्टी बन्न १९ वर्ष लागेको बताउँदै पुनले माओवादी पनि त्यही लाइनमा रहेको बताए ।

    माओवादी नेतृत्वमा रहेको सरकारको काम कामकारबाही सन्तोषजनक नआएको रिपोर्ट कार्डहरू बाहिर आएको सन्दर्भमा उनले अब सरकारले स्पिड लिने विश्वास व्यक्त गरे ।

    पहिलो चौमासिकमा सरकारको काम सुस्त देखिनु स्वभाविक रहेको बताउँदै आगामी चौमासिकमा सरकारको स्पिड बढ्ने उनको भनाइ थियो ।

    सरकारले सुशासनको सन्दर्भमा गरेको राम्रो कामलाई असफल बनाउन घेराबन्दी भइरहेको भन्दै उनले राम्रो कामलाई सबै दलले सहयोग गर्नुपर्ने संस्कारको विकाश जरुरी रहेको बताए ।

    सरकारले सोचेजस्तो खर्च गर्न नसकेको कुरा सही रहेको बताउँदै पुनले खर्च गर्ने प्रणालीको पुनर्निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे ।

    देश आर्थिक मन्दीमा गएको, श्रीलंका भएको भन्ने हल्ला गलत रहेको उनको भनाइ रहेको छ ।

  • सञ्चार मन्त्री शर्मा भन्छिन्- आवश्यकअनुसार मन्त्रीहरू फेरिन सक्छन्, तर अहिले छलफल भएको छैन

    सञ्चार मन्त्री शर्मा भन्छिन्- आवश्यकअनुसार मन्त्रीहरू फेरिन सक्छन्, तर अहिले छलफल भएको छैन

    काठमाडौं । सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले अहिले मन्त्रिपरिषद् हेरफेरबारे कुनै छलफल नभएको प्रस्ट पारेकी छन् ।

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले आवश्यकताअनुसार मन्त्रीहरु फेरिन सक्ने बताइन् ।

    उनले भनिन्, ‘मन्त्रीहरुको जिम्मेवारी हेरफेरको कुरा छ, यो विषयमा कुनै छलफल भएको छैन । आवश्यकताअनुसार परिवर्तन हुन सक्दैन भन्न त सकिँदैन । तर, अहिलेको सन्दर्भमा त्यस्तो छलफल भएको छैन । यो विषयमा मन्त्रीहरुले छलफल गर्ने कुरा छैन । गठबन्धन र दलहरुमा पनि यसबारे छलफल भएको छैन ।’

    उनले मन्त्रिपरिषद्को सेट नै परिवर्तन गर्ने सरकारको तयारी भएको चर्चामा सत्यता नभएको बताइन् ।

  • एनसेलको खरिदबिक्रीबारे छानविन समिति बनाउँदै प्रचण्डले अर्बौँ खायो भन्दैछन् : प्रधानमन्त्री (भिडिओ)

    एनसेलको खरिदबिक्रीबारे छानविन समिति बनाउँदै प्रचण्डले अर्बौँ खायो भन्दैछन् : प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल खरिदबिक्री नेपालको कर प्रणाली, विधि विधानभन्दा बाहिर देखिएकाले छानविन थालेको बताएका छन्।

    महोत्तरीस्थित जनता मावि गौरीडाँडाको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै आफूले गठबन्धन र क्याबिनेटबाट निर्णय गरेर छानविन समिति बनाएको बताए।

    उनले भने, म कोप सम्मेलनमा जाँदा नेपालीको रक्षाको पक्षमा न्याय माग्दै थिएँ। यता नेपालमा एनसेल खरिदबिक्री हुन थालेको रहेछ। दुवईमै अनलाइनबाट थाहा पाएँ। आउनेबित्तिकै यो जे खेल भएको छ यो नेपालको कर प्रणाली भन्दा बाहिर छ। नेपालको विधि विधानभन्दा बाहिर छ यसको छानविन र अध्ययन गर्न निर्देशन दिँदै थिए। तर, एकथरी मान्छेहरु मेरो नेतृत्वको सरकारले अहिले विश्वव्यापीरुपमा देशभरी पनि सामाजिक न्याय, सुशासनको पक्षमा थालेको काम र अर्थतन्त्र सुधारको लाथि थालेका कामहरुबाट आतंकित भएर मलाई एनसेलमा प्रचण्डले अर्बौँ भ्रष्टाचार गर्यो भन्ने प्रचार भएको देखेँ। मैले गठबन्धन र क्याबिनेटको बैठकबाट एनसेलका सन्दर्भमा भएका समग्र गतिविधिलाई छानविनको लागि समिति बनाएपछि तीन फटाहा जसले सरकारले राम्रो काम गरेकोमा जनतालाई भ्रम दिने् षड्यन्त्र गरेको थिएँ। तिनिहरुको मुखमा बुझो लागेको छ।’

    उनले सरकारले सुरु गरेको राम्रो काममा सहयोग गर्न आह्वान गरे। उनले आफूले भूमि र वनसम्बन्धि समस्या समाधानको पहल थालेको बताए।
    उनले नेपालको कुटनीतिक लेबल धेरै माथि उठेको देखेर केही प्रतिक्रियावादी सामन्त दलाल आत्तिएको टिप्पणी गरे।

  • माओवादीले बोलायो पदाधिकारी बैठक

    माओवादीले बोलायो पदाधिकारी बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पुस ३ गते बिहान ८ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको कोषाध्यक्ष तथा कार्यालय मुख्यसचिव श्रीराम ढकालले बताए ।

    उनले बैठकमा सरकारको समिक्षा, पार्टी रुपान्तरण अभियानको अहिलेसम्मको प्रगति, राष्ट्रियसभा निर्वाचनलगायतको विषयमा छलफल हुने उनले बताए ।

    उनले भने, ‘हामीले पार्टीको यो अभियानको समीक्षा गरेपछि विधान सम्मेलन गर्दैछौं । त्यसबारे पनि यो बैठकमा छलफल हुन्छ।’

    त्यसो त डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्नको लागि एकता संयोजन समिति गठनबारे पनि छलफल हुने जनाइएको छ । माओवादीले भदौ १६ देखि थालेको रूपान्तरण अभियान पनि पुस १६ गते सकिँदैछ।

    यता, प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका उपमहासचिव हरिबोल गजुरेलले यही बैठकमा आफ्नो कुरा राख्ने तयारी गरेका छन् ।

    उनले प्रधानमन्त्रीलाई मंसिर २० गते नै राजीनामा बुझाएका थिए । तर, उनले आफूले नीतिगत विषय उठाउँदै राजीनामा दिएको बताएपछि अहिलेसम्म ठोस कारण खुलाएका छैनन् ।

     

  • हरिबोल भन्छन्- मैले उठाएको नीतिगत कुरालाई ओझेलमा पार्न राष्ट्रियसभाको चर्चा गर्दैछन्

    हरिबोल भन्छन्- मैले उठाएको नीतिगत कुरालाई ओझेलमा पार्न राष्ट्रियसभाको चर्चा गर्दैछन्

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएको एक साता बितिसक्यो । उनले प्रधानमन्त्रीलाई मंसिर २० गते नै राजीनामा बुझाएका थिए ।

    तर, अहिलेसम्म उनको राजीनामा स्वीकृत भएको खबर बालुवाटारबाट आएको छैन । राजीनामा स्वीकृतको प्रतीक्षामा रहेका गजुरेलले राजीनामा दिनुको ठोस कारण अहिलेसम्म खुलाएका छैनन् । माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका नेता गजुरेलल भन्छन्, ‘अब पुस ३ गतेलाई पदाधिकारी बैठक राखेको छ । मैले मेरो राजीनामाबारे कुरा त्यहीँ भन्छु । अहिलेसम्म राजीनामा स्वीकृत भएको खबर बालुवाटारबाट आएको छैन ।’

    उनले प्रधानमन्त्रीसँगको असन्तुष्टिको कारणले राजीनामा नदिएको प्रष्ट पारे ।

    गजुरेलले भने, ‘मैले नीतिगत कुरालाई लिएर राजीनामा दिएको हुँ । व्यक्तिगत असन्तुष्टि र अर्को कुनै लाभ प्राप्त गर्नको लागि राजीनामा दिएको होइन । नीतिगत कुरा के हो भन्ने मैले भनेको छैन । राजीनामा पत्रमा लेखेको छु । स्वीकृत भइसकेपछि आइहाल्छ ।’

    उनले सरकारले पहिला राम्रो काम गरेपनि पछिल्ला गतिविधिप्रति असन्तुष्ट भएको संकेत गरेको बताइएको छ ।

    सचिवालयमा काम गर्ने वातावरण नभएपछि राजीनामा दिएको चर्चा छ नी ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनी भन्छन्, ‘त्यस्तो होइन । काम गर्ने वातावरण थियो । अहिलेसम्म पनि गरेकै हो ।’

    गजुरेलले सचिवालयबाट राजीनामा दिएर राष्ट्रियसभामा जान खोजेको माओवादी वृद्धमा चर्चा छ । त्यसबारे उनी भन्छन्, ‘मैले उठाएको नीतिगत विषयलाई विषयान्तर गर्न खोजेको हो । मैले उठाएको विषयलाई राष्ट्रियसभाको चर्चा गरेर ओझेल पार्न खोज्दैछन् ।’

    उनले पार्टीभित्रै एकथरी मान्छेहरूले आफूले उठाएको विषय ओझेलमा परोस् भन्ने चाहेको टिप्पणी गरे ।’

    नेता गजुरेलले थपे, ‘यो पनि अरुजस्तो लोभी हो स्वार्थको लागि हिँडेको हो भन्ने पार्न खोज्दैछन् । राष्ट्रियसभामा जानेबारे केही कुरा भएको छैन अहिलेसम्म ।’

    राजीनामापछि प्रधानमन्त्रीसँग आफ्नो कुराकानी नभएको उनको भनाइ छ । उनलाई प्रधानमन्त्रीले माघ ९ गते राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए । तर, प्रचण्डसँग नेता गजुरेलको चित्त दुखाई यो पहिलो पटक भने होइन ।

    सिन्धुली २ मा राजन दाहाललाई टिकट दिएपछि उनी सन्तुष्ट थिएनन् । त्यही बेलामा प्रचण्डले गजुरेललाई उचित व्यवस्थापन गर्ने बचन दिइएको थिए । त्यही बचन पूरा गर्न प्रचण्डले आफू प्रधानमन्त्री भएपछि मुख्य राजनीतिक सल्लाहकार नियुक्त गरेका थिए ।

    त्यसअघि तत्कालीन नेकपामा ओली प्रचण्डको टकराब परेको बेलामा गजुरेलसँग सम्बन्धमा बिग्रिएको थियो । त्यसबेला पनि गजुरेल ओलीतिर ढल्किएका थिए । तर, अन्तिम समयमा पार्टी नै अलग हुने परिस्थिति बनेपछि प्रचण्डको कित्तामा उभिएका थिए ।

  • हवाई सुरक्षा व्यवस्थित बनाएर कालोसूचीबाट हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री

    हवाई सुरक्षा व्यवस्थित बनाएर कालोसूचीबाट हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित बनाएर युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् ।

    बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

    प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्रीले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत कालोसूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताए ।

    उनले भने, ‘मैले युरोपेली युनियनका प्रतिनिधिहरूसँग पनि यस विषयमा कुराकानी गरेको छु। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूसँग पनि पटक पटक छलफल गरेको छु। हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको छविमाथि प्रश्न उठ्न सक्छ। त्यसैले म गम्भीर छु।

    यो पटक हवाई सुरक्षामा केही सुधार भएकाले कालोसूचीबाट हट्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे ।

    उनले भने, ‘हाम्रो सुधार पर्याप्त भएन। थप सुधारका निम्ति काम गर्नुपर्ने परिस्थिति देखिएको छ। तपाईँहरूले दिएका सुझाव महत्त्वपूर्ण छन्। नियामक निकायहरूसँग थप छलफल गरेर परिणाममुखी नतिजाको प्रयास हुनेछ।’

    रास्पाका कार्यवाहक सभापति अर्यालको नेतृत्वको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङमा प्राधिकरणको निर्णय, ईयूको ‘सेफ्टी लिस्ट’ र नेपालको कमजोरी तथा निगमको नयाँ विमान खरिदका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मार्फत सरकारको ध्यानाकर्षण गराएको प्रतिनिधि सभा सदस्यसमेत रहेकी रास्वाका केन्द्रीय सदस्य निशा डाँगीले नेपाल प्रेसलाई जानकारी दिईन । उनका अनुसार तीन वटै विषयको संवेदनशीलता बुझेर सकारात्मक पहलकदमीसहित तत्काल आवश्यक निर्णय लिन र आवश्यक निर्देशन दिन रास्वपाले आग्रह गरेको छ ।

    ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवम पार्टीका केन्द्रीय सदस्य सोविता गौतम, असिम साह, गणेश पराजुली, शिशिर खनाल, विनिता कठायत, लक्ष्मी तिवारी लगायतको सहभागिता रहेको थियो ।

  • रूसी सेनामा भर्ती भएका नेपालीलाई सकुशल फर्काउने प्रयास गर्छाैं: प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    रूसी सेनामा भर्ती भएका नेपालीलाई सकुशल फर्काउने प्रयास गर्छाैं: प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अहिले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माण भएकाले नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेको बताएका छन्।

    काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अहिले पनि रुसी सेनामा दुई सयभन्दा धेरै नेपालीहरु भर्ना भएको विषय चिन्ताजनक भएको बताए।

    उनले भने, अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ । नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन् ।

    उनले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर रहेको उल्लेख गर्दै तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिने उनको भनाइ छ।

    उच्च शिक्षाको सुधार र अन्तर्राष्ट्रियकरणको सवाललाई सरकारले गम्भीरतापूर्वक लिएको बताए। नीतिगत र व्यावहारिक सुधारका कुरालाई राष्ट्रिय शिक्षा नीतिमा समायोजन गर्ने हरसम्भव प्रयास रहेको बताए।

    उनले भने, काठमाडौं विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको स्थापना गरेर प्रविधिलाई वैज्ञानिक अनुसन्धान तथा मानव जीवनको उत्थानका लागि प्रयोग गर्न गरिरहेको प्रयत्न एकदमै सराहनीय छ । यसबाट आर्टिफिसियल इन्टेलिजेन्सदेखि जलवायु परिवर्तन रोकथामका उपायहरू, नेपालको कृषि सुधारका लागि आवश्यक ज्ञान, दिगो विकासका नयाँ आयाम आदिका लागि बाटो खुलेको छ ।

    काठमाडौं विश्वविद्यालयले चलाइरहेका बहुविधागत कार्यक्रमहरूले अबको विश्वविद्यालय शिक्षा कस्तो हुनुपर्छ भन्ने उल्लेखनीय उदाहरण पेस गरेको बताए।

    उनले भने, नेपालको मौलिक ज्ञान, प्रविधि र सीपलाई विश्व परिवेश र ज्ञानको बजारसँग जोडेर नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरण गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउने जुन दूरदृष्टि छ, त्यो सराहनीय एवम् आवश्यक छ । काठमाडौं विश्वविद्यालयले जसरी आफ्नै तवरले त्यस प्रक्रियाको नेतृत्व लिइरहेको छ, त्यसमा सहयोग गर्न सरकार सदैव तत्पर छ ।

  • सम्राट अशोकसँग तुलना गर्दै प्रचण्डले भने- शान्ति सन्देश विश्वव्यापी बनाउने अभियानमा हाम्रो लय मिलेको छ

    सम्राट अशोकसँग तुलना गर्दै प्रचण्डले भने- शान्ति सन्देश विश्वव्यापी बनाउने अभियानमा हाम्रो लय मिलेको छ

    रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धको शान्ति अभियानलाई विश्वभर फैलाउन काम गरेका सम्राट अशोकले जस्तै आफूले पनि अहिले त्यही अभियान थालेको बताएका छन् ।

    गौतम बुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीस्थित रामग्राम स्तुपमा शान्ति दीप प्रज्ज्वलन तथा गुरुयोजना सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई सम्राट अशोकसँग तुलनासमेत गरे ।

    उनले भने, ‘मैले यो विषयभन्दा आलोचना गर्ने त हुन्छन् नै, लोकतन्त्रमा त्यो छुट छ । तर, हिजो युद्ध लडेका सम्राट अशोक लुम्बिनी आएर जसरी बुद्धको शान्ति अभियानलाई विश्वभर फैलाउन र यहाँको विकास गर्न प्रतिबद्ध भएर लागे, अहिले मैले त्यसैगरी काम गरेको छु, हिजो युद्ध लडेर, युद्धको नेतृत्व गरेको कमाण्डर शान्ति कायम गराउँदै लुम्बिनी क्षेत्रको विकासका लागि विश्वभर अभियान चाल्दै संयुक्त राष्ट्रसंघका दुई महासचिवलाई लुम्बिनीमा ल्याउनसकें ।’

    शान्तिको सन्देश विश्वव्यापी बनाउने अभियानमा आफ्नो अशोक सम्राटसँग लय मिलेको उनको दाबी छ ।‘कामको प्रकृति मिलेको छ, युद्धको कमाण्डर सम्राट जसरी बुद्धस्थलमा आएर संसारभर शान्ति कायम गर्न तत्परता देखाएर सफल भए, त्यसैगरी विश्व तहमा मेरो त्यो अभियान जारी छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘म पनि त्यसैगरी सफल हुनेछु, संयुक्त राष्ट्रसंघमा शान्तिको निम्ति खेलेको भूमिका अशोक सम्राटको जस्तै हो । त्यति धेरै लडाइँबाट आएका सम्राट जसरी शान्तिको अभियानमा लागे म त युद्ध छाडेर शान्ति अभियानमा लागिसकेको मान्छे हुँ, मलाई धेरै सजिलो छ । सबैको साथले सफल हुनेछु । एकजुट भएर ऐतिहासिक स्थललाई विकास गर्न जुटौं । यहीबाट समृद्धि खोजौं ।’

    उनले धार्मिक पर्यटनको विस्तारबाट नै रामग्राम र समग्र लुम्बिनी क्षेत्रको विकास गर्न सकिने बताए ।

    ‘पर्यटनसँग सम्बन्धित परियोजना अगाडि सारिएको छ, ग्रेटर लुम्बिनी परियोजनाको अध्यक्ष हुँदा पनि बृहत लुम्बिनी परियोजना बनाउँदा रामग्रामलाई समेटिएको थियो’, उनले भने, ‘तत्कालीन महासचिव बानकि मुनले पनि यसलाई साथ दिनुभएको हो । हालै पनि महासचिव एन्टिनियो गुटेरेसलाई सहभागी बनाउन सकिएको छ । नेपालको शान्तिको कामना र जलवायु परिवर्तनका विषयमा विश्वको ध्यान खिच्न सकिएको छ ।’

    प्रधानमन्त्री प्रचण्डले बृहत लुम्बिनी विश्वसामु नयाँ योजना आएको र बुद्धको एकमात्र अस्तुधातु रहेको मानिएको रामग्राम क्षेत्रको विकासबाट धार्मिक पर्यटनको विकास गर्न सकिने बताए ।

    उनले बुद्ध धर्मका गुरुहरुको साथमा रामग्राम स्तुप अगाडि उभिएर शान्तिको कामना गर्न पाउनु निकै महत्वपूर्ण र विश्वमा बलियो सन्देश जाने बताए ।

    प्रधानमन्त्री दाहालले अहिले विश्वमा शान्तिको अझै धेरै खाँचो भएको र मानव जाति रहेसम्म बुद्ध दर्शनको महत्व रहिरहने भएकाले आजको अवस्थामा अझै महत्व बढेको बताए ।

    रामग्रामको विकासको निम्ति सबैको हातेमालो जरुरी भएको बताउँदै उनले त्यसको समन्वय गर्न लुम्बिनी विकास कोषलाई आग्रह गरे ।

    कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती तथा राज्यमन्त्री सुशीला श्रीपाइली, विभिन्न देशका राजदूत, योगाचार्य आचार्य बालकृष्ण, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, बुद्ध धार्मिक गुरुहरुले रामग्राम क्षेत्रको विकासका लागि आफ्ना धारणाहरु राखेका थिए ।

    रामग्राम नगरपालिकाका मेयर धनपत यादवले दीप प्रज्ज्वलन र स्तुप क्षेत्रको पुनःस्थापना, संरक्षण तथा विकासका लागि दूरदर्शी परियोजनाको शुभारम्भले यो क्षेत्रको मुहार फेरिने बताए ।

    लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र द प्रोमिस ल्यान्ड नामक संस्थासँगको सहकार्यमा यो कार्यक्रम अगाडि बढेको हो । रामग्राम नगरपालिकाले यो कार्यक्रमलाई मध्यनजर गर्दै आज सार्वजनिक बिदा दिएको छ ।

  • प्रचण्डको सत्तास्वार्थ गाँसिएको समाजवादी मोर्चा ६ महिनामै किन भयो ‘निष्क्रिय’ ?

    प्रचण्डको सत्तास्वार्थ गाँसिएको समाजवादी मोर्चा ६ महिनामै किन भयो ‘निष्क्रिय’ ?

    काठमाडौं । सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अहिले पनि सहज संसदीय अंकगणित छैन । ‘कुर्सी जोगाउन’ प्रधानमन्त्री प्रचण्डले जुनसुकै बेलामा जस्तोसुकै कदम चाल्न सक्ने अनुमान गरिन्छ ।

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले भन्ने गर्छन्, ‘यो गठबन्धनको छेस्का अड्याएको सरकार हो, यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ । आफैँ ढल्छ ।’

    त्यही चुनौतीपूर्ण संसदीय अंकगणितलाई ख्याल गरेरै प्रचण्डले असार ४ गते समाजवादी मोर्चाको घोषणा गरे । मोर्चामा गठबन्धनमा आबद्ध माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जसपासहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा छन् । नेकपा संसदबाहिरको दल हो ।

    पार्टी एकताको उद्देश्यसहित मोर्चा बनेको हो । तर, एकता सम्भव नभएकाले आगामी निर्वाचनलाई केन्द्रमा राखेर नै प्रचण्डले यो कदम चालेका हुन् । त्यसमा अहिले राष्ट्रिय दल बन्न नसकेको नेकपा एस र मधेशबाट पहाड उक्लिँदै गरेको जसपाको साथ रहने नै भयो ।

    ३२ सीट हुँदा सरकारको नेतृत्वमा पुगेका प्रचण्ड अहिले ५४ सीटको कमाण्डर बनेका छन् । यसलाई सरकारको निरन्तरता मात्रै होइन, गठबन्धनको नेतृत्व गरिरहेको सबैभन्दा ठूलो दल कांग्रेसलाई पनि दबाबमा राख्ने अस्त्रको रूपमा हेरिएको छ । यो मोर्चामा आबद्ध दलबाहेक कांग्रेस र एमाले मिलेको अवस्थाभन्दा बाहिर गएर सरकार बन्न सक्दैन ।

    मोर्चामा आबद्ध चार दलकोबीच चार–चार महिनामा नेतृत्व फेरिने सहमति बनेको छ । सोहीअनुसार प्रचण्डले सरकारको नेतृत्व गरिरहेकाले पहिलो चरणमा जिम्मेवारी माधव नेपालले सम्हालिरहेका छन् ।

    मोर्चा घोषणा भएपछि सातवटै प्रदेशमा सन्देश सभा गर्‍यो । प्रदेशदेखि स्थानीय तहसम्म संरचना विस्तार गर्ने निर्णय पनि गरेको थियो । तर, एक चरणको प्रदेशस्तरीय सन्देश सभा गरेपछि मोर्चा निष्क्रिय छ ।

    मोर्चा घोषणापछि बीचमा चाडपर्व परेकाले गतिविधि बढ्न नसकेको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल दाबी गर्छन् ।

    उनी भन्छन्, ‘बीचमा चाडपर्व परेपछि मोर्चाको गतिविधि बढ्न सकेन । त्यसपछि जाजरकोट भूकम्पको केन्द्रित हुनुपर्ने भएकाले कार्यक्रम अगाडि नबढेको हो । अब चाँडै बैठक बसेर नयाँ कार्यक्रम बनाएर अघि बढ्छ ।’

    पछिल्लो समय प्रधानमन्त्रीको कार्य व्यस्तताको कारणले पनि मोर्चालाई गति दिन नसकेको उनी स्वीर्काछन् ।

    चार-चार महिनामा मोर्चाको नेतृत्व परिवर्तन गर्ने भनिएको थियो । तर, अहिले ६ महिना बितिसक्दा पनि त्यसबारे छलफलका लागि बैठकसमेत बस्न सकेको छैन ।

    तर, नेकपा एसका सचिव जीवनराम श्रेष्ठ मोर्चाले आफ्नो गतिविधि अगाडि बढाइरहेको जिकिर गर्छन् ।

    उनले भने, ‘बाहिर चर्चा भएजस्तो मोर्चा निष्क्रिय भएको छैन । हामीले एकसरो प्रदेशस्तरीय सबै ठाउँमा सक्यौँ । जिल्ला तहमा पनि कमिटी बनेका छन् । चाँडै म्याग्दीमा सभा गर्दैछौं ।’

    आबद्ध सबै दलको आ–आफ्नो काम पनि हुने भएकाले दिनहुँ मोर्चाको बैठक नबस्ने श्रेष्ठको भनाइ छ ।

    सचिव श्रेष्ठले भने, ‘पार्टीहरूका आफ्नै कार्यक्रम र गतिविधि हुन्छन् । मोर्चाले चाहिँ इस्युहरुमा मात्रै काम गर्ने हो । त्यसैले सक्रिय नभएजस्तो देखिएको हुनसक्छ । तर, हामीले तल्लो तहसम्मै विस्तारसँग काम गरिरहेका छौँ ।’
    उनले अधिकांश जिल्लाहरूमा मोर्चाको कमिटी गठन भएको दाबी गरे।

    नेकपा एसका नेता श्रेष्ठको भनाइमा जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेत सहमत छैनन् । बस्नेत मोर्चा निष्क्रिय बनेको स्वीर्काछन् ।

    उनी भन्छन्, ‘हामीले जुन उद्देश्य र जोशका साथ मोर्चा बनाएको थियौँ, अहिले त्यो निष्क्रिय भएको छ । संयोजक माधव नेपालले नै यसलाई सक्रिय बनाउन आवश्यक नदेख्नुभएको हुनसक्छ ।’

    नेकपाका नेता अनिल शर्मा विरही पनि मोर्चाले उद्देश्य अनुसार काम गर्न नसकेको बताउँछन् ।

    उनी भन्छन्, ‘समाजवादी मोर्चाको जुन तदारुकता र आवश्यकता थियो त्यो अनुसार काम नभइरहेको हामीले पनि महशुस गरेका छौँ ।’

    शीर्ष नेताहरूको इच्छाशक्तिकै कारणले मोर्चा अगाडि बढ्न नसकेको उनको बुझाइ छ ।

    शर्मा थप्छन्, ‘हामीले सोचेअनुसार अगाडि बढ्न नसकेको सत्य हो । तर, अरूलाई दोषारोपण गरेर मात्रै हुँदैन । यसमा आबद्ध सबै दलहरू जिम्मेवार बन्नुपर्छ ।’

    मोर्चाको गतिविधि शून्य भइरहेको बेलामा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आइतबार नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरे । उनले भेटको क्रममा मोर्चाको आगामी कार्यक्रमबारे छलफल गरेको बताएका छन् ।

    तर, विप्लव र आफूविरुद्ध पक्राउ पूर्जी जारी भएकाले त्यस विषयको निकासको लागि उनले शीर्ष नेताहरूसँग भेटवार्ता गरेका हुन् । पक्राउ पूर्जी जारी भएपछि उनी शनिवार प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पनि पुगेका थिए ।

  • आज प्रधानमन्त्री प्रचण्ड नवलपरासी पश्चिम आउँदै

    आज प्रधानमन्त्री प्रचण्ड नवलपरासी पश्चिम आउँदै

    रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज पश्चिम नवलपरासीको रामग्राम आउने भएका छन् ।

    रामग्रामको पुरातात्त्विक र संरक्षण हुन नसकेको गुनासो आइरहेको बेला मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा यहाँ विशेष कार्यक्रम हुन गइरहेको हो ।

    कार्यक्रम बिहान ९ बजे शुरु हुनेछ । मध्यान्ह १२ बजेर १२ मिनेटमा विश्व शान्तिको कामना गर्दै विशेष शान्ति दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको प्रोमिस ल्यान्डका अध्यक्ष नितेश अधिकारीले बताए ।

    प्रधानमन्त्री प्रचण्डसहित संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिति रहने छ ।

    रामग्राम नगरपालिकाले यस कार्यक्रमलाई मध्यनजर गर्दे नगरभित्र २६ गते मङ्गलवार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

    एक सूचना जारी गर्दे नगरपालिकाले उक्त दिन सबै वडा कार्यालय, नगरपालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था बन्द रहने जनाएको छ ।

    रामग्राम स्तूप गौतमबुद्धको अस्तु राखिएको आठ भागमध्येको एक ठाउँ हो ।

    युनेस्को विश्व सम्पदा सूचीको सम्भावित सूचीमा रहेको रामग्राम स्तूपको पुरातात्त्विक अन्वेषण र यसको विकास गर्नका लागि सरकारले गुरुयोजना बनाएर विकास गर्ने बताइरहेको छ ।

    सोमबार साँझ बुद्धको अस्तु धातु रहेको नवलपरासी पश्चिमस्थित रामग्राम स्तूपमा विश्व शान्तिको कामना गर्दै एक हजार ११२ शान्ति दीप क्यान्डिल र ७ हजार दीप प्रज्वलन गरिएको थियो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले शान्ति दीप क्यान्डिल र दीप प्रज्वलनको उद्घाटन गरेका थिए ।

    लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजना रामग्राम स्तूप क्षेत्रको पुनः स्थापना, संरक्षण र विकासका लागि दूरदर्शी परियोजनाको शुभारम्भको अघिल्लो दिन रामग्राम शान्ति दीप र दीप प्रज्वलन गरी उज्यालो बनाइएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले बुद्धको एक मात्र अस्तु धातु रहेको रामग्रामको विकास गर्ने र रामग्रामलाई धार्मिक सांस्कृतिक थलो बनाउने बताए ।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा (खेन्पो छिमे)ले रामग्रामलाई लुम्बिनीकै जस्तै गरी विकास गर्ने गरी कोषले काम गर्ने बताए ।

    उनले विश्वका बौद्ध धर्माम्बलम्बीहरुलाई लुम्बिनीसँगै रामग्राममा ल्याउने गरी आफूहरूले काम गर्न खोजेको बताए । उनले अहिले रामग्रामको गुरुयोजना बनाएर पुरातात्त्विक स्थलहरूको संरक्षण र वरपर विहार लगायत पूर्वाधार विकास गर्ने बताए ।

    रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले रामग्रामको विकासका लागि स्थानीय सरकारले धेरैपटक ध्यानाकर्षण गराएको बताउँदै अहिलेको कार्यक्रमले रामग्राम स्तूपको महत्त्व विश्वमाझ पुर्‍याउने बताए ।

    उक्त अवसरमा भिक्षु कोन्डन्य, भिक्षु डेनियलले धर्मदेशना दिँदै रामग्राम बुद्धको अस्तु धातु रहेको पवित्र स्थल रहेकाले यसको महत्त्व विश्वभर फैलाउन आवश्यक रहेको बताए ।

  • शान्ति प्रक्रिया टुंग्याउन लाग्दा सरकारमाथि एकपछि अर्को प्रहार भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    शान्ति प्रक्रिया टुंग्याउन लाग्दा सरकारमाथि एकपछि अर्को प्रहार भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलेका भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार एनसेलमा गर्‍यो भनेर आफूविरुद्ध दुष्प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।

    सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले दुबईबाट फर्किंदै गर्दा आफूले ठूलो षड्यन्त्रको नमूना पाएको बताए । प्रचण्डले राष्ट्रको, जनताको, संविधान र लोकतन्त्रको हितमा आफू अघि बढिरहेको जिकिरसमेत गरेका छन् । उनले दुष्प्रचार गर्नेहरुलाई सोही स्तरबाट प्रतिवाद गर्न पनि पार्टीनिकट पत्रकारलाई आग्रह गरेका छन् ।

    उनले भने, ‘अर्बौं अर्बको पहिला पहिला भएका भ्रष्टाचारका काण्ड भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार प्रचण्डले गरेको छ, एनसेलमा भनेर प्रचार भयो । म दुबईबाट फर्किंदै गर्दा मैले दुष्प्रचारको, षड्यन्त्रको र घटिया प्रचारको नमूनाको रूपमा त्यसलाई लिएँ । मैले बाहिर केही प्रतिवाद गरिनँ । मैले राष्ट्रको हितमा, जनताको हीतमा हाम्रो संविधान र हाम्रो लोकतन्त्रको हितमा जे गर्नुपर्छ, दृढताको साथ अघि बढेँ । तपाईं कल्पना गर्नुस्, यति तलबाट मान्छेहरुले सोच्ने, भन्ने र खुला प्रचार गर्नसक्छन् भने तपाईं हामी जो सत्यको पक्षमा, न्याय, जनताको पक्षमा, राष्ट्रको पक्षमा लेख्ने बोल्ने भनेकाले त्यसको प्रतिवाद त्यही उचाईबाट, त्यही निचबाट होइन । यस्ता झुटो प्रचारहरू, यस्ता अरु पनि थुप्रै, प्रचार भएका छन्, तिनको प्रतिवाद गर्नुपर्छ र जनतालाई सही सूचना दिनुपर्छ ।’

    प्रधानमन्त्री दाहालले शहीद, बेपत्ता योद्धाका परिवारलगायत पीडितहरुलाई आइतबार बालुवाटारमा भेट्दा एकथरीलाई पचाउन कठिन भइरहेको उनको भनाइ थियो । सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको पनि प्रधानमन्त्रीको दाबी छ ।

    उनले थपे, ‘मैले हिजो युद्धका क्रममा शहीद भएका परिवारहरु, बेपत्ता भएका योद्धाका परिवारहरु सबैखाले पीडितलाई बालुवाटारमा बोलाएर प्रत्यक्ष संवाद भयो । तर, एकथरीलाई यो पचिरहेको छैन । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने लाग्यो यो सरकारले भनेर सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको छ । राम्रा काम दबाइदिने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादीहरु, अवसरवादीको काम हो । हाम्रो काम सच्चाई अघि ल्याउने हो ।’

    प्रधानमन्त्री दाहालले राम्रा काम दबाइदिने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादीहरु सलबलाएको उनले दाबी गरे ।

  • ५ दिनपछि डिस्चार्ज भए उपप्रधानमन्त्री श्रेष्ठ

    ५ दिनपछि डिस्चार्ज भए उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज भएका छन् । मुटुमा पुन: समस्या देखिएपछि उनी मंसिर १९ गते रति बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए ।

    मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरीपछि स्वास्थ्यमा सुधार भएसँगै आइतबार उनी डिस्चार्ज भएको गृहमन्त्रालयले जनाएको छ ।

    उपप्रधान एवम गृहमन्त्री श्रेष्ठको उपचारमा डा.अरुण मास्केसहितको चिकित्सक टोली, नर्स, सहीद गंगलाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक लगायत अस्पताल परिवारप्रति मन्त्रालयले आभार व्यक्त गरेको छ ।

    अस्पतालमा पुगेर मन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत शुभेच्छुक सबैमा धन्यवाद व्यक्त गरिएको छ ।

  • प्रधानमन्त्रीको आश्वासन- सर्वोच्चको आदेश र अन्तर्राष्ट्रिय मापदण्डबमोजिम संक्रमणकालीन न्याय चाँडै टुंग्याउँछौं (भिडिओ)

    प्रधानमन्त्रीको आश्वासन- सर्वोच्चको आदेश र अन्तर्राष्ट्रिय मापदण्डबमोजिम संक्रमणकालीन न्याय चाँडै टुंग्याउँछौं (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानका ३१ वटा मौलिक हकबमोजिम कानून बनाई मानव अधिकारको प्रत्याभुति दिलाउन र नेपालले अनुमोदन गरेका मानव अधिकारसम्बन्धी ४१ वटा अन्तर्राष्ट्रिय सन्धि, महासन्धि, प्रतिवद्धता पूरा गर्न सरकार सक्रिय रहेको बताएका छन् ।

    ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरू नेपाल सरकारले कार्यान्वयनमा प्राथमिकता दिएको तथा कार्यान्वयन गर्न प्रतिवद्ध रहेको प्रष्टाए ।

    उनले भने संक्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन ढिलो भइसकेको छ, विद्यमान कानूनमा सर्वोच्च अदालतको आदेश राष्ट्रिय मानव अधिकार आयोगको सुझाव तथा सिफारिस र अन्तर्राष्ट्रिय मापदण्डबमोजिम परिमार्जन गरी न्यायको अनुभूति हुने गरी सो कार्यलाई निष्कर्षमा पुर्‍याइने छ ।

    आयोगबाट क्षतिपूर्तिका लागि गरिएको सिफारिस कार्यान्वयन गर्न आगामी वर्षदेखि छुट्टै बजेटको व्यवस्था गरिनेछ । आरोपित व्यक्तिलाई विभागीय कारबाही गरिएको जानकारी समय समयमा नेपाल सरकारले आयोगलाई प्रेषित गरिरहेको छ । आगामी दिनमा यसलाई थप चुस्त र प्रभावकारी तुल्याइनेछ ।

    राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई अविच्छिन्न राख्न, सरकार सदैव प्रतिवद्ध रहेको बताए ।

    सरकार आयोगको भवन निर्माण कार्य, संघीय कानूनबमोजिम संघीय संरचना, श्रोत, साधन र अन्य सुधारको निम्ति आवश्यक पर्ने बजेट विनियोजन गर्दै आएको सुनाए ।

    उनले भने, ‘संघीय संरचनाअनुरुप आयोगको कर्मचारी सेवा, शर्त सुविधालाई समावेश गरी राष्ट्रिय मानव अधिकार आयोग ऐन बनाई जारी गर्न सरकारले सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । ऐन तर्जुमाको विषय प्राथमिकतामा राखी आगामी संसदको अधिवेशनमा विद्येयक पेश गरिनेछ । साथै आयोगलाई आवश्यक पर्ने सहयोगका लागि सरकार सधै प्रतिवद्ध छ ।’

  • मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ: प्रधानमन्त्री दाहाल

    मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ: प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको बताएका छन् ।

    ७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज शुभकामना दिँदै उनले जातीय, क्षेत्रीय, लैङ्गिक तथा परम्परागत विभेद्का कारणलाई सम्बोधन गर्न संविधानमा मौलिक हकको व्यवस्था भए बमोजिम कानुन बनाइ मानवअधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयत्नशील रहेको बताए ।

    प्रधानमन्त्री दाहालले प्रत्येक व्यक्तिको जीवन, मर्यादा, समानता, स्वतन्त्रताका साथै मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन गरी मानवअधिकार संस्कृतिको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए।

    सरकारले नेपाल पक्ष भएका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको दायित्व पूरा गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले केही बडापत्रमा आधारित र सन्धिजनित समितिमा पेस हुन बाँकी आवधिक प्रतिवेदन साथै विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदन समयमा नै पेस हुनेमा सरकार दृढ रहेको बताए ।

    प्रधानमन्त्री दाहालले मानवअधिकार संरक्षणका लागि अहोरात्र खटिने सरकारी तथा गैरसरकारी संयन्त्र, मानवअधिकारको खबरदारी गर्ने मानवअधिकार रक्षक, नागरिक समाज, पत्रकार, कूटनीतिक नियोगलगायत सबैमा शुभकामना व्यक्त गरे ।

    संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९४८ को डिसेम्बर १० अर्थात् आजकै दिन मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनलाई विश्व समुदायले मानव अधिकारको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउँदै आइएको छ ।

  • सुन्दर सुदूरपश्चिमको सपनाबाट देशका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्छन् : प्रधानमन्त्री

    सुन्दर सुदूरपश्चिमको सपनाबाट देशका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्छन् : प्रधानमन्त्री

    धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन्दर सुदूरपश्चिमको सपनाबाट नेपालका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्ने बताएका छन् ।

    सुदूरपश्चिम महोत्सवको आज धनगढीमा उद्घाटन गर्दै उनले भने, ‘हामीले खोजेको समृद्ध संघीय समाजवाद्मदी नेपालको निर्माणमा समेत यसले निर्णायक भूमिका खेल्ने मैले विश्वास व्यक्त गर्न चाहन्छु । यसका लागि यहाँहरुको एकताबद्ध र योजनाबद्ध प्रयास आवश्यक छ ।’

    उनले आगामी दिनमा सुदूरपश्चिम प्रदेश सरकारले लगानी र विकास सम्मेलनको आयोजना गर्न बताउनुहुँदै उक्त सम्मेलनमा सुदूरपश्चिम क्षेत्रमा विकास तथा आर्थिक समृद्धिका सबै क्षेत्रको वास्तविक चित्रण गर्दै व्यवस्थित र लागतसहितको कार्ययोजना तयार गर्न आव्हान पनि गरे ।

    प्रधानमन्त्रीले भने, ‘सोही बमोजिम लगानीका क्षेत्रहरु निर्धारण गर्ने, लगानीको वातावरणका लागि आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था गर्ने काममा यहाँहरु सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु । संघ सरकारबाट आवश्यक पर्ने सबै सहयोगका लागि मेरो प्रतिबद्धता रहनेछ ।’

    उनले अहिले आफ्नै मौलिक विशिष्टतामा शासन प्रणाली रहेको उल्लेख गर्दै यसमा आफूहरु सफल भएको बताए । उनले भने, ‘हिजोका दिनमा केन्द्रीय सरकारसँग पूर्णरुपमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । स्थानीय तहहरु अधिकारसम्पन्न बनेका छन् । त्यसअर्थमा पनि लोकतान्त्रिक गणतन्त्र र त्यसको संघीय स्वरुपको सबैभन्दा बढी महत्व सुदूरपश्चिम र यहाँका जनताले अनुभूति गरेको हुनुपर्छ ।’

    हिजो राजा महाराजाहरुको जमानामा, सामन्ती राजतन्त्रको समयमा केही थान सीमित जमिनदारहरुको मात्रै काठमाडौंसँग पहुँच हुने अवस्थाको अन्त्य भएर अहिले जनताका छोराछोरी प्रदेश र विभिन्न स्थानीय तहको नेतृत्व गर्न सक्षम बनेका उनको धारणा थियो ।

    प्रधानमन्त्रीको मन्तव्यको यस्ता छन् केही बुँदाहरुः

    सुदूरपश्चिमको भूगोल र यहाँका जनतासँग, यहाँको विकास प्रक्रियासँग मेरो बेग्लै प्रकृतिको सम्बन्ध रही आएको छ । मेरो समग्र राजनीतिक जीवन अन्याय र विभेदविरुद्ध सक्रिय रहँदै आयो ।

    सबै जाति, वर्ग, क्षेत्र, भूगोल र समुदायको अधिकार प्राप्ती भएमात्रै साँचो अर्थमा राष्ट्रियताको विकास हुन्छ भन्ने मान्यता अनुरुप ऐतिहासिकरुपमा केन्द्रीकृत राज्य प्रणालीबाट सुदूरपश्चिम प्रदेशले भोग्नुपरेको भौगौलिक, सामाजिक र सांस्कृतिक विभेदविरुद्ध हिजो संघर्षका क्रममा, शान्ति प्रक्रिया र संविधान जारी भएपछि पार्टी र सरकारको नेतृत्वमा रहँदा मैले विशेष भूमिका खेल्दै आएको छु ।

    अहिले तेश्रोपटक प्रधानमन्त्री हुँदा सबैभन्दा धेरै भ्रमण र सरकारका तर्फबाट समेत निर्णायक प्रकृतिका कामहरु सुदूरपश्चिमका लागि नै गरिएका छन् । यसको गाम्भीर्यतालाई यहाँहरुले बुझ्नुहुनेछ भन्ने मेरो अपेक्षा छ ।

    प्रधानमन्त्री भएलगत्तै सुदूरपश्चिमबाटै विकास आयोजनाहरुको अनुगमन तथा निरिक्षण गर्ने घोषण गरे अनुसार मैले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको कार्यदेखि खप्तड क्षेत्रलाई सांस्कृतिक तथा प्राकृतिक पर्यटनको केन्द्र बनाउने घोषणासहित त्यहाँ भ्रमण गरेको विदितै छ ।

    आज यस क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यो सुदूरपश्चिम महोत्सवमा समेत कतिपय महत्वपूर्ण कामहरु छोडेर म यहाँ उपस्थित भएको छु ।

    यहाँहरु विदितै हुनुहुन्छ, विभेद र असमानताको अन्त्य, बिभिन्न जाति, वर्ग, क्षेत्र तथा समुदायको मुक्ति र अधिकारका लागि लामो लडाईपछि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भएको हो, यसमा सुदूरपश्चिमका जनताको त्याग र बलिदान स्मरणीय छ ।

    यही त्याग र बलिदानका कारण कुनै बेला केन्द्रीय राज्यसत्तासँग पूर्णरुपमा परनिर्भर रहेको सुदूरपश्चिमले आफ्नै सरकार निर्माण गर्ने परिस्थिति सिर्जना भएको छ भने विकासका अनगिन्ती सम्भावनाका ढोका खुलेका छन् । यहाँका जनताले आफ्नै प्रकृतिको मौलिक विकासको मोडेल पहिचान गर्ने अवसर प्राप्त गरेका छन् ।

    सुदूरपश्चिमका जनताले आफ्नो अधिकार प्राप्ती र यस क्षेत्रको विकासका लागि मैले निरन्तर पहलकदमी लिँदै आएको विदितै छ । मेरो पहिलो र दोश्रो कार्यकालमा सुदूरपश्चिमलाई सुन्दरपश्चिम बनाउन, यहाँ रहेका प्राकृतिक सम्पदा, सांस्कृतिक विरासत, विकासका सम्भावनाहरुलाई पहिल्याउँदै यस क्षेत्रको समग्र विकासका लागि निर्णायक र रणनीतिक महत्वका काम अघि बढाएको म पुनः स्मरण गराउन चाहन्छु ।

    सुदूरपश्चिम विकास आयोगको गठनदेखि सुदूरपश्चिम विश्वविद्यालयको स्थापना, सुदूरपश्चिम क्षेत्रमा रोजगारी र विकासका लागि उत्तर दक्षिण कनेक्टिभिटी जोडने महाकाली करिडोर, उत्तरतर्फ उरै भञ्ज्यांगदेखि दक्षिणतर्फ भारतको सीमाना जोडने सडक, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र तथा वेदकोट नगरपालिकाको छेलामा औद्यौगिक क्षेत्र स्थापनाको घोषणा, महाकाली नदीमा मोटरेबल पुल, महाकाली सिँचाई आयोजनाको तेश्रो चरणको कामको शुरुवात मेरो यसअघिका कार्यकालका केही रणनीतिक महत्वका कामहरु रहेका थिए ।

    एउटा संयोग नै भनौं, पहिलो र दोश्रो कार्यकालमा शुरु भएका यी कामहरुलाई पूर्णता दिने संयोग पनि मेरै तेश्रो कार्यकालमा भएको छ ।

    गेटामा मेडिकल कलेजका लागि २०६६ सालमा पहिलोपटक बजेट विनियोजन गरिएको र बीचमा विवादित भइ रोकिएको काम म दोश्रोपटक प्रधानमन्त्री हुँदा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेपछि शुरु भएको थियो ।

    सो अनुरुपका संरचना निर्माण करिब सम्पन्न हुने अवस्थामा छन् । अहिले मेरो तेश्रो कार्यकालमा गेटामा मेडिकल कलेज मात्र होइन, शिक्षण अस्पतालसहितको स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भएको छ ।

    शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नेपालको पहिलो हेल्थ साइन्स युनिभर्सिटी बन्ने र त्यो यही सुपमा बन्ने सौभाग्य प्राप्त भएको छ । विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल, अनुसन्धान केन्द्र, स्कूल अफ हेल्थ साइन्सेज, विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल र अन्य अस्पताल छन् ।

    विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल, अनुसन्धान केन्द्र, स्कूल अफ हेल्थ साइन्सेज, विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल र अन्य अस्पताललाई समेत शिक्षण अस्पतालको रुपमा विकास गर्ने प्रावधानसहितको विधेयक व्यवस्थापिका संसदमा प्रवेश गरेको छ ।

    छिट्टै हामी विश्वविद्यालयको विधेयक पारित गरेर कक्षा र अस्पताल सञ्चालन गर्न सक्ने अवस्थामा हुनेछौं । यो विश्वविद्यालय स्थापना भएसँगै एकातिर प्राज्ञिकरुपमा विश्वमैं प्रतिष्पर्धा गर्ने किसिमले स्वास्थ्य बिज्ञान अध्ययनको हब सुदूरपश्चिम बन्ने छ भने अर्कोतर्फ विश्वविद्यालयभित्रै ६ सय बेडको अस्पताल र वरिपरिका अन्य सामुदायिक अस्पतालहरु पनि शिक्षण अस्पतालको रुपमा स्तरोन्नती हुनेछन् ।

    मेरो तेश्रो कार्यकालमा भएको भारत भ्रमणका क्रममा समेत सुदूरपश्चिमलाई विशेष प्राथमिकता दिएर कतिपय आयोजनाहरु अघि बढेका छन् । भारतसँग प्रवासनका लागि ऐतिहासिक महत्व बोकेको बैतडीको झुलाघाट र सांस्कृतिक महत्व बोकेको डडेल्धुराको पर्शुराममा महाकाली नदीमा मोटरेबल पुल बनाउने सम्झौता अनुरुप भारतीय पक्षबाट काम अघि बढेको छ ।

    नेपाल र सुदूरपश्चिमकै विकासमा निर्णायक भूमिका खेल्ने सुक्खा बन्दरगाह निर्माणका लागि कञ्चनपुरको दोधारा चाँदनीमा शुरु भएको बन्दरगाहको डिपिआरको काम करिब करिब सम्पन्न भएको छ । वर्षौदेखि रोकिएको पञ्चेश्वर जलविद्युत परियोजनाको डिपिआर निर्माणको कामले गति लिएको छ ।

    यसैगरी यस क्षेत्रमा नेपालकै पहिलो इन्स्टिच्यूट टेक्नोलोजी निर्माणको प्रक्रिया अघि बढेको छ । फाप्लामा क्रिकेट मैदान बनाउने कुरा सरकारले नीति तथा कार्यक्रममा नै उल्लेख गर्दै त्यसको काम अघि बढेको छ ।

    गौरी फण्टा नाकाको स्तरोन्नती, खप्तड रामारोशन पर्यटन क्षेत्र विकास, बन पैदाबारजन्य उद्योग स्थापना गर्ने, अतरियामा जडिबुटी प्रशोधन केन्द्र स्थापना जस्ता काम पनि मैले अघि बढाएको थिएँ । यी कामहरु समेत अहिलेको कार्यकालमा पुरा गरिनेछन् ।

    चमेलिया, पश्चिम सेती लगायतका कतिपय जलविद्युत आयोजनाका लागि समेत मेरो पालामा निर्णायक कामहरु अघि बढेको यहाँलाई सर्वविदितै छ । यी विकास परियोजनाहरुलाई तीब्ररुपमा सम्पन्न गर्न सरकारका तर्फबाट मेरो पूर्ण प्रयास रहनेछ । यो कार्यकालमा उरै भज्यांग र टिंकर जोडने सडक खण्ड निर्माणलाई विशेष प्राथमिकताका साथ अघि बढाइने विश्वास व्यक्त गर्दछु ।

    यसैगरी सुदूरपश्चिम र कर्णालीको समग्र विकासमा ऐतिहासिक महत्व राख्ने १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत परियोजना बनाउने घोषणा भएको छ । खप्तड क्षेत्रलाई सांस्कृतिक र पर्यावरणीय पर्यटनको केन्द्र निर्माणका लागि सरकारले पहल गरेको छ ।

    प्रादेशिक बजेट विनियोजन गर्दा सुदूरपश्चिमलाई न्याय दिने काम भएको छ । हिजो बन्द समाजको रुपमा चित्रित हुने सुदूरपश्चिम अहिले राष्टिय आयामका सबै क्षेत्रमा आफ्नो विशिष्ट उपस्थिति जनाउन सफल बनेको छ । सरकारका तर्फबाट यस क्षेत्रको कृषि, वन, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा अझै सहयोग गर्न तत्पर छ ।

    सुन्दर सुदूरपश्चिमको सपना यहाँहरुको मात्रै होइन, यसबाट नेपालका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्ने र हामीले खोजेको समृद्ध संघीय समाजवाद्मदी नेपालको निर्माणमा समेत यसले निर्णायक भूमिका खेल्ने मैले विश्वास व्यक्त गर्न चाहन्छु । यसका लागि यहाँहरुको एकताबद्ध र योजनाबद्ध प्रयास आवश्यक छ । केही समयपछि सुदूरपश्चिम प्रदेश सरकारले लगानी र विकास सम्मेलनको आयोजना गर्न गइरहेको छ ।

    उक्त सम्मेलनमा सुदूरपश्चिम क्षेत्रमा विकास तथा आर्थिक समृद्धिका सबै क्षेत्रको वास्तविक चित्रण गर्दै व्यवस्थित र लागतसहितको कार्ययोजना यहाँहरुले तयार गर्नु हुनेछ र सोही बमोजिम लगानीका क्षेत्रहरु निर्धारण गर्ने, लगानीको वातावरणका लागि आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था गर्ने काममा यहाँहरु सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु । संघ सरकारबाट आवश्यक पर्ने सबै सहयोगका लागि मेरो प्रतिबद्धता रहनेछ ।

    मैले शुरुमा नै भनेँ, हामी अहिले आफ्नै मौलिक विशिष्टतामा शासन गर्न सफल बनेका छौं । हिजोका दिनमा केन्द्रीय सरकारसँग पूर्णरुपमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । स्थानीय तहहरु अधिकारसम्पन्न बनेका छन् । त्यसअर्थमा पनि लोकतान्त्रिक गणतन्त्र र त्यसको संघीय स्वरुपको सबैभन्दा बढी महत्व सुदूरपश्चिम र यहाँका जनताले अनुभूति गरेको हुनुपर्छ ।

    हिजो राजा महाराजाहरुको जमानामा, सामन्ती राजतन्त्रको समयमा केही थान सीमित जमिन्दारहरुको मात्रै काठमाडौंसँग पहुँच हुने अवस्थाको अन्त्य भएर अहिले जनताका छोराछोरी प्रदेश र बिभिन्न स्थानीय तहको नेतृत्व गर्न सक्ष मबनेका छन् ।

    संघीय सरकारको बजेट हेर्ने हो भने तुलनात्मक रुपमा सुदूरपश्चिम प्रदेशले न्याय पाएको छ । माथि भनेजस्तो विकासका ठूलाठूला परियोजना अघि बढेका छन् । शैक्षिक, लैंगिक, स्वास्थ्य लगायतका सामाजिक, आर्थिक सूचकांकहरुमा गुणात्मक परिवर्तन भएको छ ।

     

     

  • बिपिनका बुवालाई प्रधानमन्त्रीले भने- छोराको रिहाको लागि पहल गरिरहेका छौँ

    बिपिनका बुवालाई प्रधानमन्त्रीले भने- छोराको रिहाको लागि पहल गरिरहेका छौँ

    कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायल युद्धमा बेपत्ता भएका बिपिन जोशीको रिहाइको लागी सरकारले पहल गरिरहेको बताएका छन् ।

    धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डलाई बिपिनका बुवा महानन्द जोशी बिमान स्थलमा भेटेका थिए । त्यस क्रममा महानन्द जोशीले छोराको रिहाईको लागि पहल गर्न प्रधानमन्त्रीलाई अपिल गरेका थिए ।

    ‘हामी पहल गरिरहेका छौँ । केही सकारात्मक उपलब्धि हुन सक्छ ।’ प्रधानमन्त्रीले बिपिनका बुवालाई भने ।

    भदौ २६ गते सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका जोशी अहिले सम्पर्कविहीन छन् ।

    असोज २० मा प्यालेस्टाइनी विद्रोही हमास समूहको आक्रमणमा जोशीसँगै रहेका १० नेपालीको मृत्यु भयो । त्यही दिन बेपत्ता भएका जोशी अहिलेसम्म पनि सम्पर्कमा छैनन् ।