Category: माओवादी केन्द्र

  • प्रधानमन्त्री प्रचण्डविरुद्ध अवहेलना मुद्दामा ७ वर्षपछि आज फैसला आउँदै

    प्रधानमन्त्री प्रचण्डविरुद्ध अवहेलना मुद्दामा ७ वर्षपछि आज फैसला आउँदै

    काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध अदालतको अवहेलना मुद्दाको फैसला आज सुनाउँदै छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ मा दर्ता गरेको उक्त मुद्दाको आज निसु (निर्ण सुनाउने) गरी पेसी तोकिएको छ ।

    उक्त मुद्दा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ ।

    द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर प्रचण्डले टिप्पणी गरेको जिकिरसहित त्रिपाठीले अवहेलना मुद्दा दायर गरेका थिए । यो मुद्दाको बहस सकिएर आजका लागि निसु तोकिएको हो ।

  • रावलको आरोप- कथित जनयुद्ध नेपाल कमजोर बनाउन भारतीय स्वार्थमा थियो भन्ने प्रचण्ड आफैले पुष्टि गरे

    रावलको आरोप- कथित जनयुद्ध नेपाल कमजोर बनाउन भारतीय स्वार्थमा थियो भन्ने प्रचण्ड आफैले पुष्टि गरे

    काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले भारतीय दूतावासले आफूखुसी २० करोडका योजना सञ्चालन गर्न पाउने सम्झौताको जमेरै विरोध गरेका छन् ।

    नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यले सम्झौता गरिएको भन्दै उनले सशक्त रूपमा यसको निन्दा र विरोध गर्न आग्रह गरेका छन् ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारकै बेला भएकाले कथित जनयुद्ध पनि भारतको स्वार्थमा भएको थियो भन्ने पुष्टि भएको बताए ।

    उनले भने, ‘यो सम्झौता र प्रचण्ड स्वयंले बेलाबखत गरेका र भनेका काम कुराबाट कथित जनयुद्ध नेपाललाई कमजोर बनाई भारतीय स्वार्थ अनुसार हिँड्न बाध्य पार्नु रहेछ भन्नेमा अब कुनै द्विविधा मान्नु पर्ने भएन।यो षडयन्त्र देशको स्वाधीनता र समृद्धि होला भनेर बन्दुक बोकी ज्यानको बाजि लगाउनेहरूलाई थाहै भएन !’

    यस्तो छ भीम रावलको धारणा

    विदेश भक्तिको कांग्रेसी परम्परा र भारतको स्वार्थ अनुसार काम गर्न कथित जनयुद्धको बेला भारतीय शासकहरूका सामु पुष्पकमल दाहाल प्रचण्डले गरेको कागजको गठजोडबाट नेपालमा भारतले आफूखुसी २० करोडका आयोजना सञ्चालन गर्न पाउने कुकृत्य भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको बेला गरिएको सम्झौतामा उदाङ्ग भएको छ । नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यको सबै देशभक्त नेपालीले सशक्त रूपमा निन्दा र विरोध गरौँ !

    यो सम्झौता र प्रचण्ड स्वयंले बेलाबखत गरेका र भनेका काम कुराबाट कथित जनयुद्ध नेपाललाई कमजोर बनाई भारतीय स्वार्थ अनुसार हिँड्न बाध्य पार्नु रहेछ भन्नेमा अब कुनै द्विविधा मान्नु पर्ने भएन । यो षडयन्त्र देशको स्वाधीनता र समृद्धि होला भनेर बन्दुक बोकी ज्यानको बाजि लगाउनेहरूलाई थाहै भएन !

  • प्रतिपक्षलाई अहिलेसम्म नभएको उदारता प्रदर्शन गरेकै हो तर गठबन्धनमा आँच आउँदैन : प्रधानमन्त्री प्रचण्ड

    प्रतिपक्षलाई अहिलेसम्म नभएको उदारता प्रदर्शन गरेकै हो तर गठबन्धनमा आँच आउँदैन : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रतिपक्षलाई अहिलेसम्मकै उदारता प्रदर्शन गरेको दाबी गरेका छन् । अहिले राष्ट्रियसभामा पनि एमालेलाई समेटेर जानेबारे छलफल भइरहेको बेलामा उनले यस्तो बताएका हुन् ।

    रामेछापको सुनापति गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सदन सञ्चालन र शान्ति प्रक्रियाको बाँकी काम टुग्याउन सत्तापक्ष र प्रतिपक्षबीच आफूहरुले सक्दो समझदारी गरेको बताए ।

    उनले भने, ‘हामीले सदन सञ्चालन, शान्ति प्रक्रियाको बाँकी कामलाई सहज रुपमा अगाडि बढाउन सत्तापक्ष र प्रतिपक्षबीच हुनसक्ने समझदारी होस् भन्ने कुरा सुरुदेखि नै चाहेका छौं । केही महिनाअघि संघीय संसदमा समिति गठन गर्दा प्रतिपक्षलाई अहिलेसम्म नभएको उदारता हामीले प्रदर्शन गरेकै हो । प्रतिपक्षमा भएको दललाई एउटा मात्रै समिति सभापति दिने परम्परा थियो । लेखा समिति । जो प्रतिपक्षमा हुन्छ त्यसले लेखा समिति सभापति हुन्छ ।’

    उनले यअसघि पनि सदन सुचारू गर्न र विधेयक अघि बढाउन सहज होस् भनेर यो पटक लेखासहित तीन समिति सभापति नेकपा एमालेलाई दिने समझदारी गरेर दिएको बताए ।

    उनले भने, ‘यसको अर्थ गठबन्धनमा आँच पुर्याउँने खालको होइन र हुनपनि सक्दैन। त्यसैले कहीँ कतै के होला भनेर सोच्न आवश्यक छैन। यो गठबन्धन सानो दुःख र संघर्षले बनेको गठबन्धन होइन । यो चुनावपछिको मात्रै होइन चुनावअघिदेखिकै हो । यो हिजोको कुरामा पनि संविधान रक्षाका लागि सदन र सडक सबै क्षेत्रबाट संघर्ष गर्दै हामी आएको हो । त्यसैले हामीलाई अन्तसम्म लानुछ ।’

    उनले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने कतिपयले दुस्साहस गरेपनि सम्भव नभएको बताए ।

     

  • हरिबोलको राजीनामा पत्र- सरकारबाट जनअपेक्षित काम भएनन्, टपरटुइयाँहरूले टाउको उठाउन खोज्दैछन्

    हरिबोलको राजीनामा पत्र- सरकारबाट जनअपेक्षित काम भएनन्, टपरटुइयाँहरूले टाउको उठाउन खोज्दैछन्

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको बुझाएको राजीनापत्र सार्वजनिक भएको छ । गत मंसिर २० गते गजुरेलले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकृत गरेको दिनमै बाहिरिएको हो ।

    उनले सरकारले सुरुआति दिनमा केही राम्रो कामको थालनी गरेपनि निष्कर्षमा पुर्‍याउन नसकेकोप्रति असन्तुष्टि जनाएका छन् ।

    गजुरेलले लेखेका छन्, ‘रासायनिक मलको अभावमा किसान र पाठ्यपुस्तकको अभावमा बालबालिकाले झेल्नुपरेको दुःखबाट राहत पाउनु सामान्य थिएन । यसपटक किसान र विद्यार्थीले देशमा सरकार भएको अनुभूति गर्न पाए । प्रधानमन्त्रीका विदेश भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित गर्न मात्र होइन, परिणाममुखी बनाउन सफलता हासिल गरे । साथै, प्रधानमन्त्री र मन्त्री तथा राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूको कामसँग सम्बन्धित भेटघाटलाई व्यवस्थित गराउन तयार गरिएको कार्यतालिका, सरकारको नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी बनाउन गरेका अथक प्रयास सर्वविदितै छन्‌ ।’

    सरकारको तर्फबाट प्रधानमन्त्रीले अगाडि बढाएको भ्रष्टाचारविरुद्दको सङ्घर्षलाई केन्द्रमा राखेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा वातावरण बनाउन र नेतृत्वलाई सजग गराउन गरेका प्रयासहरुले जनतामा एकदमै राम्रो छाप परेको गजुरेलको दाबी छ ।

    राजीनामा पत्रमा भनेका छन्, ‘खासगरी भ्रष्टाचारविरोधी सङ्घर्षलाई तार्किक निष्कर्षमा पुर्‍याएर जनतामा परिवर्तनकारी राजनीतिक दलहरूमाथि विश्वास पैदा गराउन आफ्नो तर्फबाट प्रधानमन्त्री र गृहमन्त्रीलाई गम्भीर र ठोस सुझाव दिएको स्मरण गराउन चाहन्छु । तर, सरकारले भ्रष्टाचारविरोधी सङ्घर्षलाई तार्किक निष्कर्षमा पुन्याउँदैन कि भन्ने जनताको आशङ्कालाई हामीले पछिल्ला दिनहरुमा मेटाउन सकेनौँ । आफ्नो सन्दर्भमा माओवादीले के गर्छ भन्ने जनताको शङ्कालाई पनि हामीले निराकरण गर्न सकेनौँ । हाम्रा यीनै कमजोरीमा टेकेर टपरटुइयाँहरुले टाउको उठाउने मौका पाएका छन्‌ । जुन अत्यन्तै दुःखद कुरा हो ।’

    उनले राजीनामा पत्रमा जनअपेक्षा पूरा गर्ने वातावरण नभएको वर्तमान अवस्थामा जिम्मेवारीमा रहिरहन उचित नहुने तर्क पेश गरेका छन् ।

     

    यस्तो छ गजुरेलको राजीनामाको पूर्णपाठ

    मिति : २०८० /०८/२०

    सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

    ­­­­सिंहदरवार, काठमाडौं ।

    विषय : राजीनामा

    विगत दश महिनादेखि प्रधानमन्त्रीको मुख्य सल्लाहकारको रुपमा कार्यरत रहँदै आएको छु । असहज वातावरणमा मलाई उक्त जिम्मेवारी प्राप्त भएको कुसको राम्रो हेक्का राखेर सरकारलाई सफल पार्न पहल र प्रयत्न गरेको विषय स्पष्ट नै छ ।

    रासायनिक मलको अभावमा किसान र पाठ्यपुस्तकको अभावमा बालबालिकाले झेल्नुपरेको दुःखबाट राहत पाउनु सामान्य थिएन । यसपटक किसान र विद्यार्थीले देशमा सरकार भएको अनुभूति गर्न पाए । प्रधानमन्त्रीका विदेश भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित गर्न मात्र होइन, परिणाममुखी बनाउन सफलता हासिल गरे । साथै, प्रधानमन्त्री र मन्त्री तथा राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरुको कामसँग सम्बन्धित भेटघाटलाई व्यवस्थित गराउन तयार गरिएको कार्यतालिका, सरकारको नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी बनाउन गरेका अथक प्रयास सर्वविदितै छन् ।

    मुख्यतः सरकारको तर्फबाट प्रधानमन्त्रीले अगाडि बढाएको भ्रष्टाचारविरुद्धको सङ्घर्षलाई केन्द्रमा राखेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा वातावरण बनाउन र नेतृत्वलाई सजग गराउन गरेका प्रयासहरुले जनतामा एकदमै राम्रो छाप परेको थियो । वास्तवमै भ्रष्टाचारविरुद्ध प्रधानमन्त्रीको सङ्घर्ष गर्व गर्न लायक थियो । यसमा आमजनताको साथ र सहयोग अभूतपूर्व रह्यो । परिवर्तनविरोध मुख बन्द भयो । खासगरी भ्रष्टाचारविरोधी सङ्घर्षलाई तार्किक निष्कर्षमा पुऱ्याएर जनतामा परिवर्तनकारी राजनीतिक दलहरुमाथि विश्वास पैदा गराउन आफ्नो तर्फबाट प्रधानमन्त्री र गृहमन्त्रीलाई गम्भीर र ठोस सुझाव दिएको स्मरण गराउन चाहन्छु ।

    तर, सरकारले भ्रष्टाचारविरोधी सङ्घर्षलाई तार्किक निष्कर्षमा पुऱ्याउँदैन कि भन्ने जनताको आशङ्कालाई हामीले पछिल्ला दिनहरुमा मेटाउन सकेनौँ । आफ्नो सन्दर्भमा माओवादीले के गर्छ भन्ने जनताको शङ्कालाई पनि हामीले निराकरण गर्न सकेनौं । हाम्रा यिनै कमजोरीमा टेकेर टपरटुइयाँहरुले टाउको उठाउने मौका पाएका छन् । जुन अत्यन्तै दुःखद कुरा हो । जनअपेक्षा पुरा गर्ने वातावरण नभएको वर्तमान अवस्थामा जिम्मेवारीमा रहिरहन उचित नहुने भएकाले आजकै मितिदेखि मुख्य सल्लाहकारको जिम्मेवारीबाट अलग रहने निर्णय लिएको छु ।

    मुख्य सल्लाहकारको जिम्मेवारी दिई राष्ट्र र जनतालाई माथिवाट बुझ्ने र सेवा गर्ने मौका दिनुभएकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्दछु ।

    हरिबोल गजुरेल

    प्रधानमन्त्रीका मुख्य सल्लाहकार

  • मन्त्री सुदन किराँतीविरुद्ध प्रहरीमा जाहेरी, ३ वर्ष कैद र जरिवानाको माग

    मन्त्री सुदन किराँतीविरुद्ध प्रहरीमा जाहेरी, ३ वर्ष कैद र जरिवानाको माग

    काठमाडौं । धार्मिक भावनामा आँच पुर्‍याएको भन्दै संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको छ ।

    काठमाडौंका ध्रुवराज लुइँटेलले किराँतीविरुद्ध हुलाकमार्फत् जाहेरी पठाएका हुन् । पुसको पहिलो साता मन्त्री किरातीले एक कार्यक्रममा क्रिश्चियन धर्मको प्रचारकजस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभाव पुर्‍याएको जाहेरीमा दाबी गरिएको छ ।

    लुइँटेलले उनलाई पक्राउ गरी मुलुक अपराध संहिताअनुसार ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना गराउनसमेत माग गरेका छन् ।

    हेर्नुस् जाहेरीको पूर्णपाठ :

  • एक महिनापछि स्वीकृत भयो हरिबोलको राजीनामा

    एक महिनापछि स्वीकृत भयो हरिबोलको राजीनामा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।

    गत मंसिर २० गते गजुरेलले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकृत गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

    उनलाई प्रधानमन्त्री प्रचण्डले ०७९ माघ ९ गते नियुक्त गरेका थिए । उनले नीतिगत विषयलाई उठाएर आफूले राजीनामा दिएको बताउँदै आएका छन् ।

    राजीनामापछि उनले नेपाल प्रेससँग भनेका थिए,  ‘मैले नीतिगत कुरालाई लिएर राजीनामा दिएको हुँ । व्यक्तिगत असन्तुष्टि र अर्को कुनै लाभ प्राप्त गर्नको लागि राजीनामा दिएको होइन । नीतिगत कुरा के हो भन्ने मैले भनेको छैन । राजीनामा पत्रमा लेखेको छु । स्वीकृत भइसकेपछि आइहाल्छ ।’

    तर, प्रचण्डसँग नेता गजुरेलको चित्त दुखाई यो पहिलो पटक भने होइन । सिन्धुली २ मा राजन दाहाललाई टिकट दिएपछि उनी सन्तुष्ट थिएनन् । त्यही बेलामा प्रचण्डले गजुरेललाई उचित व्यवस्थापन गर्ने बचन दिइएको थिए । त्यही बचन पूरा गर्न प्रचण्डले आफू प्रधानमन्त्री भएपछि मुख्य राजनीतिक सल्लाहकार नियुक्त गरेका थिए ।

    त्यसअघि तत्कालीन नेकपामा ओली प्रचण्डको टकराब परेको बेलामा गजुरेलसँग सम्बन्धमा बिग्रिएको थियो । त्यसबेला पनि गजुरेल ओलीतिर ढल्किएका थिए । तर, अन्तिम समयमा पार्टी नै अलग हुने परिस्थिति बनेपछि प्रचण्डको कित्तामा उभिएका थिए ।

  • वर्षमान पुन भन्छन्- नेकपा जोगाउन नसके पनि अझै सहकार्यको मिलनविन्दु भेट्न सकिन्छ (भिडिओ)

    वर्षमान पुन भन्छन्- नेकपा जोगाउन नसके पनि अझै सहकार्यको मिलनविन्दु भेट्न सकिन्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वामपन्थी एकताको सम्भावना अझै रहेको बताएका छन् ।

    ‘आजको वामपन्थ’बारे भएको छलफलमा उनले नेकपाको एकता जोगाउन नसकेपछि अहिले नवउदारवादीहरु देखिएको टिप्पणी गरे ।

    उनले भने, ‘हामीले नेकपा बनायौं, विकल्प दिन्छौं भन्यौं तर, दिन सकेनौं, टुटफुट भयो । अहिले विकल्प नवउदारवादी कोणबाट आइरहेको हामीले देखिरहेका छौं । अब समाजवादी विकल्पमा त्यसका नीति कार्यक्रममा बहस गरौं, वामहरुको एकता, धुवीकरण र सहकार्य गरेर जान सक्यौं भने देशको भविष्य छ । सम्भव छ, असम्भव छैन । त्यसमा नेतृत्व, संगठनको बहस होला । संयुक्त मोर्चाका रुपहरु होलान्, बहस गर्न सकिन्छ ।’

    उनले अहिलेको समस्याको हल गर्न कांग्रेससँग सहकार्य गरेर हिँड्नुपरेको बताए ।

    नेता पुनले भने, ‘हाम्रा समस्याहरु सँगै बसेर हल गरौं । अहिले कांग्रेसलाई पनि हामीले सँगै लिएर हिँडेका छौं । हामी हिजो २०६२/६३ का सहयात्री हौं त । तर, वामहरुले नेतृत्व गरेर । त्यसैले वामहरुबीच घोचपेच भन्दा पनि सहकार्यको मिलनविन्दु खोजौं । आजै गठबन्धन फेरौं, सरकार बनाऔं भन्दा पनि वैचारिक विकल्प दिनुपर्‍यो । राजनीतिक र संगठनात्मक विकल्प दिनुपर्‍यो । त्यतातिर बहस भयो भने समाजमा उत्साह आउँछ ।’

  • पूर्वतयारी गरेनौं भने ठूलो जोखिम उठाउनुपर्ने हुन सक्छ : प्रधानमन्त्री

    पूर्वतयारी गरेनौं भने ठूलो जोखिम उठाउनुपर्ने हुन सक्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्राकृतिक दृष्टिले जोखिमयुक्त मुलुक भएको भन्दै विपतको जोखिमबाट बच्न राम्रो पूर्वतयारी आवश्यक रहेको बताएका छन् ।

    बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माण सम्बन्धी वृहत अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

    प्रधानमन्त्रीले भने, ‘नेपाल भूकम्पको जोखिमका दृष्टिले उच्च जोखिममा रहेको र नेपालका पश्चिमी क्षेत्रमा ठूला भूकम्पहरू आउन सक्ने सम्भावनाबारे कतिपय विज्ञहरूले भन्दै आएका छन् । वर्ष दिनभित्रै जाजरकोट, बझाङ्ग र डोटीमा गएका भूकम्पले यसको पूर्वसंकेत गरेको छ ।’

    उनले थपे, ‘असोज १६ गतेपछि एक महिनाको अन्तरालमा बझाङ र जाजरकोट भूकम्पको लगत्तै म दुवै स्थानमा पुगेँ । त्यहाँको अवस्था देख्दा लाग्यो- मध्यम खालको भूकम्प आउँदा त यस्तो अवस्था छ भने हालैको जापानमा गएको जत्रो ७.६ म्याग्निच्युडको भूकम्प वा २०७२ सालको जत्रो भूकम्प गएको भए त्यसले सिर्जना गर्ने त्रासदी हामीले झेल्न सक्थ्यौं होला र ?’

    प्रधानमन्त्रीले विपतको पूर्वजोखिम आंकलन गरी त्यसको तयारीमा जुट्नुपर्नेमा जोड दिए । उनले भने, ‘विपद पूर्व जोखिमको आंकलन गरी सोहीअनुरूपको संरचना र तयारीका काममा उदासिनता रहने गरेको छ । त्यसैले यसपटक श्रृङ्खलाबद्ध रूपमा आएका भूकम्पहरूले हामीलाई जोखिम प्रतिरोधी संरचना र सोहीअनुरूपको निरन्तर तयारीका लागि घच्घच्याएको छ । त्यसैले पुनर्निर्माणका लागि गतिलो तयारी गर्ने, भूकम्पप्रतिरोधी डिजाइन तयार पार्ने, बलियो संरचना बनाउने तथा पर्याप्त वजेटको व्यवस्था गर्ने विषयमा मेरो जोड रहेको छ ।’

  • राष्ट्र निर्माणका लागि ठूलो मान्छे होइन असल मान्छे चाहिन्छ : प्रधानमन्त्री (भिडिओ)

    राष्ट्र निर्माणका लागि ठूलो मान्छे होइन असल मान्छे चाहिन्छ : प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र निर्माणका लागि ठूलो मान्छे नभएर असल मान्छेहरू जरुरी रहेको बताएका छन् ।

    बुधवार काठमाडौंमा आयोजित १६ औँ राष्ट्रिय इन्जिनियर सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘समाजका लागि ठूलो मान्छे होइन असल मान्छे चाहिन्छ। तपाईँहरूका सिर्जना, कला र सीपबाट बनेको पूर्वाधार संरचना मानव जीवन उपयोगी र अनुपम हुनुपर्दछ। तर, द्रूततर विकास निर्माणबाट प्राकृतिक वातावरणमा प्रतिकुल असर पनि परिरहेको छ। नेपालको पर्यावरणमा यसको प्रत्यक्ष प्रभाव देखा परिरहेको छ।’

    ठूला पूर्वाधारको अभावमा विकासको प्रतिफलबाट राज्यको हिस्सा टाढा रहेका उल्लेख गर्दै उनले अनावश्यक विवाद र झमेला हुँदा समयभित्र विकासका आयोजना पूरा हुन नसक्ने र लागत बढ्ने समस्या रहेको बताए ।

    उनले भने, ‘यसले सामान्य रूपमा गति लिन सक्यो भने कुनै पनि आयोजना तोकिएको अवधिभित्र सम्पन्न गर्न सकिन्छ, अनावश्यक विवाद र झमेलाका कारण विलम्ब भइदिँदा समय सीमाभित्र सम्पन्न हुन नसकेको विकास आयोजनाहरूमा लागत बढ्दै जाँदा राज्यलाई थप आर्थिक भार पर्न गएको विद्यमान अवस्था रहेको हामीले अनुभूति गरेका छौँ।’

  • महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन प्रधानमन्त्रीकाे निर्देशन

    महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन प्रधानमन्त्रीकाे निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचनाहरूमा परिवर्तन हुनुपर्नेमा जोड दिँदै महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।

    मंगलबार दिउँसो महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री, सचिव र अन्य कर्मचारीहरूसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

    प्रधानमन्त्रीले भने, ‘महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अत्यन्तै संवेदनशील मन्त्रालय हो । तर, हामीले यसलाई जति प्राथमिकता दिनुपर्ने हो, त्यसो गर्न सकेका छैनौं । तसर्थ, आगामी दिनमा यसलाई प्राथमिकता दिनेगरि यसको पुनर्संरचना आवश्यक छ ।’

    ‘महिलाहरूलाई आयआर्जन र आत्मनिर्भर बनाएर मात्र महिला अधिकारलाई सुदृढ गर्न सकिन्छ’, प्रधानमन्त्रीले भने, ‘त्यसका लागि महिलालाई प्राथमिकता दिने नीति र महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायलाई प्राथमिकता दिने नीति लागू गर्नुस् ।’

    बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेशराज आचार्यले पछिल्लो समयमा बाल सुधार गृहहरूमा केही समस्याहरू देखिएको र ती समस्याहरूको अन्तर्यमा कानुनी प्रबन्ध नै मुख्य रूपमा जिम्मेवार रहेको बताउँदै त्यसका निम्ति आवश्यक पहल लिनुपर्नेमा जोड दिए ।

    त्यस्तै, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले समाज कल्याण परिषदको पुनर्संरचनामा जोड दिँदै विदेशी दातृ निकायबाट प्राप्त हुने अनुदान र सहयोगलाई पारदर्शी, व्यवहारिक र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । उनले बाल मन्दिर र बाल सुधार गृह व्यवस्थित गर्न कानुनी प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।

    छलफलमा मन्त्रालयका सचिव सुमनराज अर्यालले मन्त्रालयले सामाजिक न्यायका मुद्दामा बढी ध्यान दिएको बताउँदै मन्त्रालयको सेवालाई ७५३ वटै स्थानीय तहसम्म विस्तार गर्नुपर्ने बताए । उनले मन्त्रालयले महिला आयोगसँग प्रभावकारी समन्वय गरिरहेको बताउँदै समाज कल्याण परिषद्को नियमन र परिचालन, गैरसरकारी संस्थाहरूको अनुगमन र मूल्यांकनका साथै महिला बालबालिका र जेष्ठ नागरिकका न्याय र अधिकारमा केन्द्रित भएको बताए ।

    सचिव अर्यालले लैंगिक हिंसा, बालअधिकार, जेष्ठ नागरिक प्रवर्द्धन लगायतका काम गरिएको बताउँदै बालबालिका सम्बन्धी व्यवस्थित कानुन नहुँदा बाल सुधार गृहमा विभिन्न समस्या देखिएको, दुर्व्यसनका विभिन्न समस्याहरू आइरहेकाले अध्यादेश नै ल्याएर भए पनि ऐन बनाउने कामलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

    उनले अन्तरनिकाय समन्वयको प्रभावकारिता, सामाजिक न्यायको मुद्दामा स्थानीय तहको सवलीकरण, राष्ट्रपति महिला सशक्तिकरण कार्यक्रम स्थानीय तहसम्म बिस्तार र स्थानीय तहमा बर्थिङ सेन्टर बनाउनुपर्नेमा जोड दिँदै विद्यमान ऐनहरूमा एकीकरण आवश्यक भएको बताए ।

    त्यस्तै, प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलले समाज कल्याण परिषदलाई समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिँदै विकसित परिस्थितिअनुरूप कानुनी र संरचनागत सुधार जरूरी रहेको बताए ।

    त्यस्तै, अर्थसचिव डा. कृष्णहरि पुष्करले राष्ट्रिय आवश्यकता र साधनस्रोतको व्यवस्थाबीच विरोधाभाष रहेकाले कतिपय सम्बोधन गर्नैपर्ने योजना र कार्यक्रममा समेत पर्याप्त बजेटको व्यवस्था गर्न नसकिएको बताए ।

    प्रधानमन्त्रीको बुँदागत निर्देशन (पूर्णपाठ)

    १. नेपालको राजनीतिक परिवर्तनमा नेपाली महिलाहरूले खेलेको भूमिका र योगदानको अभिलेखीकरण गरी गणतन्त्रको स्थापनासँगै महिलाहरूको राजनीतिक, आर्थिक र सामाजिक अवस्थामा देखिएको परिवर्तनको यथार्थपरक लेखाजोखा गर्न जरुरी छ। यसका लागि आवश्यक अध्ययन तथा अनुसन्धान गरी संविधानप्रदत्त राजनीतिक अधिकारलाई व्यवहारमा रूपान्तरण गर्न आवश्यक नीतिगत, संरचनागत र कार्यक्रम तहका सूची तय गरी आगामी नीति कार्यक्रम तथा बजेटमा समेट्नका लागि कार्ययोजना नै तयार गरी पेश गर्नुहोला।

    २. गरिब तथा विपन्न दलित आदिबासी जनजाति, एकल तथा अपाङ्गता भएका महिला, वादी, कमलरी, कमैया, चेपाङ्ग, मधेसी दलित लगायत सीमान्तकृत महिला तथा किशोरीहरूलाई राज्यले प्रदान गर्ने सेवा तथा अवसरमा समान रूपमा प्रतिनिधित्व सुनिश्चित गर्न आयआर्जन, क्षमता विकास तथा सशक्तिकरणका लागि आर्थिक र सामाजिक विकासको रणनीतिक कार्ययोजना तयार गर्नुहोला” प्रधानमन्त्रीले भन्नुभयो।

    ३. प्रदेश र स्थानीय तह लगायत निजी क्षेत्र र संघसंस्थासँगको समन्वयमा सबै प्रकारका लैंगिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन कार्य रोक्न समुदायमा आधारित अभियान कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। स्थानीय न्यायिक समितिहरूमा महिला कानुनी परामर्शकर्ताको प्रवन्धका साथै कार्यसम्पादन क्षमता अभिवृद्वि गर्न क्षमता विकासका कार्यक्रमसहित रणनीति तयार गर्नुहोला।

    ४. घरायसी कामलाई श्रम गणनामा समावेश गरी सम्मान गर्ने कार्यको कार्यान्वयनका लागि आवश्यक प्रवन्ध मिलाउनुहोला।

    ५. महिलाको आर्थिक एवं वित्तीय सहभागिता बृद्धि गरी आर्थिक बृद्धिलाई तीव्र र दिगो बनाउने गरी राष्ट्रिय कार्यक्रम सञ्चालन गर्न विशेष कार्ययोजना तयार गर्नुहोला। महिला उद्यमशिलता तथा महिलाहरुले सञ्चालन गर्ने उद्योगलाई संरक्षण, संवर्धन तथा प्रवर्धन गर्न आवश्यक नीतिगत तथा कानुनी क्षेत्र पहिचान गरी कार्ययोजना तयार गर्नुहोला।

    ६. दुर्गम क्षेत्र तथा गरिब घर परिवारका गर्भवती महिलाहरूले समयमै उपचार नपाई मर्नुपर्ने परिस्थितिलाई अन्त्य गर्न जरुरी छ। यसका लागि समुदायमा आधारित हेरचाह तथा परामर्श सेवा सुरु गर्नतर्फ अध्ययन गरी पेश गर्नुहोला। उपचारका लागि हेलिकोप्टरबाट उद्दार गर्ने कार्यक्रमलाई बिशेष योजनासहित थप प्रभावकारी बनाउनुहोला।

    ७. यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धी सरकारी तथा गैरसरकारी तहबाट छरिएर सञ्चालनमा आएका कार्यक्रमहरूलाई एकीकृत राष्ट्रिय कार्यक्रमको रुपमा कार्यान्वयन हुने प्रवन्ध मिलाउनुहोला।

    ८. तनहुँको ढकालटारको बाल सुधार गृह पूर्वाधार निर्माणको कार्यलाई प्राथमिकता दिनुहोला। बाल सुधार गृहको मापदण्ड बमोजिम हुनेगरी बाँकेको नौवस्ता लगायत अन्य ९ स्थानका बाल सुधार गृहलाई स्तरोन्नति तथा व्यवस्थापकीय सुधार गर्ने सम्वन्धी विशेष योजना तयार गर्नुहोला। यसका साथै बालबालिका सम्बन्धी कानुनलाई समयानुकूल संशोधन गर्ने कार्यलाई प्राथमिकता दिनुहोला।

    ९. प्रत्येक विद्यालयमा बालवालिकाको शारीरिक तथा मानसिक विकासको लागि उमेर समूह र कक्षाअनुसारको खेलकुद, मनोरञ्जन तथा अतिरिक्त क्रियाकलापहरूको बार्षिक क्यालेन्डर निर्माण गरी सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनुहोला। पछिल्लोसमय विद्युतीय माध्यमको प्रयोग गरी बालबालिकामाथि हुने शोषण तथा हिंसा बढिरहेको र बालबालिकाको आनीबानी, व्यवहार र व्यक्तित्वमा समेतमा प्रतिकूल प्रभाव परेको देखिएकाले यसको नियन्त्रणका लागि आवश्यक पहल लिनुहोला।

    १०. ज्येष्ठ नागरिकहरूका हित, हक र अधिकारको प्रवर्धन र संरक्षण गर्न नसक्दा सिर्जना हुने शारीरिक र मानसिक समस्या तथा तिनले परिवार, समाज र समग्र अर्थतन्त्रमा पार्ने प्रभावको समीक्षा गरिनुपर्छ। यसका लागि पहिलो कार्य ज्येष्ठ नागरिकहरुको राष्ट्रिय डाटावेश तयार गर्न आवश्यक छ। यस प्रकारको डाटावेश निर्माणका लागि के–कस्तो पूर्वाधार तयार गर्नुपर्ने हो, अध्ययन गरी पेश गर्नुहोला।

    ११. सत्तरी वर्षदेखि माथिको उमेर समूहका ज्येष्ठ नागरिकलाई उचित सम्मानसहित स्याहार, पालनपोषण गर्ने परिवारलाई स्थानीय तहमार्फत आदर्श परिवार घोषणा गरी सम्मान र सहुलियत प्रदान गर्ने व्यवस्थाका लागि आवश्यक कानुनी र संरचनागत पूर्वाधार तयार गर्नुहोला ।

    १२. असहाय, अति विपन्न ज्येष्ठ नागरिकलाई सार्वजनिक हेरचाह केन्द्र अर्थात जेरियाट्रिक होममा राख्ने व्यवस्थाका लागि राष्ट्रिय मापदण्ड तयार गरी पेश गर्नुहोला।

    १३. अपांगता भएका व्यक्तिहरूलाई सहजरूपमा उपयुक्त सहायक उपकरण प्रदान गर्नका लागि काठमाडौं र ७ वटै प्रदेशमा सहकार्यको ढाँचामा उत्पादन र वितरण केन्द्र सञ्चालन गर्न आवश्यक प्रवन्ध मिलाउनुहोला। सडक, भवन जस्ता सबै सार्वजनिक भौतिक पूर्वाधारहरू अनिवार्य अपांगमैत्री हुने व्यवस्था मिलाउन र अपाङ्गगता हेरचाह गृहको राष्ट्रिय मापदण्ड निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुहोला।

    १४. समाज कल्याण परिषदलाई संघीय शासन प्रणालीअनुरूप राष्ट्रिय प्राथमिकताका क्षेत्र तोकेर सो क्षेत्रमा मात्र बैदेशिक सहायता परिचालन गर्ने व्यवस्था मिलाउनुहोला। मौजुदा समाज कल्याण ऐन, २०४९ लाई खारेज गरी समयानुकूल नयाँ ऐन तर्जुमा प्रक्रिया प्रारम्भ गर्नुहोला ।

     

  • माओवादीले भन्यो- बालकुमारी घटना रहस्यमय, रुप र सारमा हेर्नुपर्छ (भिडिओ)

    माओवादीले भन्यो- बालकुमारी घटना रहस्यमय, रुप र सारमा हेर्नुपर्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले बालकुमारी घटना स्वाभाविक नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले घटना रहस्यमय जस्तो देखिएको बताए ।

    उनले भने, ‘आयोग गठन भएको छ । विस्तृत रिपोर्ट आयोगले नै बाहिर ल्याउँछ । यो धेरै गम्भीर विषय हो । राज्य व्यवस्था समितिमा पनि छलफल भएको छ । घटना घटेको क्षणदेखि नै प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहनुभएको छ । हामीलाई पनि के लाग्छ भने घटनालाई रूप र सारमा हेर्नुपर्छ । जनतामा आक्रोश हुनु स्वाभाविक हो । तर, गोली नै चल्नुपर्ने स्थिति नआउनुपर्ने लाग्छ । समग्र घटनाको कुरा गर्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्षको आशय यो घटनाको गम्भीरतापूर्वक छलफल गर्नुपर्छ । सबैले अध्ययन गर्नुपर्छ । तर, यो त्यति स्वाभाविक छैन, रहस्यमय छ ।’

    उनले उत्तेजना फैलाए जस्तो रहेको भन्दै स्वाभाविक जस्तो नदेखिएको बताए ।

    त्यसो त माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डले हिजो एक कार्यक्रममा बोल्दै घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंका व्यक्त गरेका थिए ।

    प्रधानमन्त्रीले भनेका थिए, ‘यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या भएको छ । ईपीएसमा जे जस्ता गतिविधि भएका छन् । गाडी जलाउने गतिविधि छ । यो थिङ्स आर नट ह्वाट दे सीम भनेको जस्तो छ । चिज त्यस्तो छैन, जस्तो देखिएको छ । त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु । यो कहीं लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै छैन भन्ने यो प्रमाणित होइन ।’

    शुक्रबार ईपीएस परीक्षाका विषयमा भएको प्रदर्शनमा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो ।

  • माओवादीले राष्ट्रियसभा उम्मेदवारमा घाइते, अपांगता भएका र अवसर नपाएकालाई ल्याउने

    माओवादीले राष्ट्रियसभा उम्मेदवारमा घाइते, अपांगता भएका र अवसर नपाएकालाई ल्याउने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा घाइते, अपांगता भएका, अहिलेसम्म अवसर नपाएकालाई ल्याउने भएको छ । पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रिययसभाबारे अवसर नपाउनेलाई ल्याउनुपर्छ भन्नेबारे पदाधिकारी तहमा छलफल भएको बताए ।

    उनले भने, ‘अहिलेसम्म पार्टीमा हामीले पाउने सीट गठबन्धनमा भागबन्डालगायतका नीतिगत विषयमा छलफल भएको छ । सबैतिरबाट सिफारिस आएपछि ठोस छलफल होला । पार्टीको बैठकले गठबन्धनबाटै जान्छौं भनिसकेका छौं । पार्टीमा धेरै घाइते, अपांग, अहिलेसम्म अवसर नपाएकाहरूलाई ल्याउनुपर्छ भनेर प्रारम्भिक छलफल भएको छ । त्यस विषयमा छलफल होला । अहिले चाहिँ गठबन्धनमा छलफल हुँदैछ ।’

  • रुपान्तरण अभियानबारे माओवादीको समीक्षा- जनतामा आशाको झिल्को देखियो, अब नयाँ ढंगले बढ्छौं (भिडिओ)

    रुपान्तरण अभियानबारे माओवादीको समीक्षा- जनतामा आशाको झिल्को देखियो, अब नयाँ ढंगले बढ्छौं (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले जनतासँग माओेवादी विशेष रुपान्तरण अभियान सफल भएको दाबी गरेको छ ।

    चार महिने अभियान सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको संगठन तल्लो तहबाटै चलायमान भएको बताए ।

    उनले भने, ‘जनतालाई माओवादी चुनावमा मात्रै होइन अरु बेलामा पनि आउने रहेछन् भन्ने परेको छ । आशाको झिल्को देखिएको छ, संगठन बनेका ठाउँमा सक्रिय भएका छन् नभएका ठाउँमा बनेका छन् । केही पलायन भएपछि अभियानको क्रममा उल्लेख्य संख्यामा पार्टी प्रवेश गरेका छन् ।’

    उनले अभियानको क्रममा पार्टीभित्र, जनवर्गीय संगठन, मोर्चाभित्रका अन्तरविरोधहरू सतहमा आएर समस्या समाधानको जवरजस्त आधार तय भएको बताए ।

    सापकोटाले भने, ‘हामीले विधान, नियमावलीअनुसार चल्नुपर्छ भन्ने माग छ । आन्तरिक निर्देशनअनुसार चल्नुपर्छ भन्ने कुरा उठाएका छन् । त्यसैले कहाँ कमी भयो कसले माग गर्‍यो भन्ने मूल्यांकनको आधार तयार भएका छन् । हामीलाई पनि नयाँ ढंगले जान सजिलो भएको छ ।’

    उनले पालिकास्तरबाटै अभियानको प्रतिवेदन लेख्ने काम भइरहेकाले सबैको आफूहरू बैठक राखेर समीक्षा गर्ने बताए । जनताले भ्रष्टाचारविरुद्ध सरकारले थालेको अभियानलाई अझ सशक्त रूपमा गम्भीरतासाथ अगाडि बढाउन सुझाव आएको माओवादीको भनाइ छ ।

    प्रवक्ता सापकोटाले भने, ‘अभियानको क्रममा जनताले पहिला माओवादीको स्पष्ट दृष्टिकोण थियो त्यो संस्कार र संस्कृतिप्रति अहिले उदासिन भएको हो कि भन्ने प्रश्न राख्नुभएको छ ।’

  • प्रधानमन्त्रीको चिन्ता- गलत भाष्यले रोजगारमै रहेकाहरू पनि विदेश पलायन हुन थाले

    प्रधानमन्त्रीको चिन्ता- गलत भाष्यले रोजगारमै रहेकाहरू पनि विदेश पलायन हुन थाले

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताएका छन् ।

    मंगलबार बिहान काठमाडौंमा एक शैक्षिक बहसमा बोल्दै नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रमहरू विचार मन्थनका दृष्टिले मात्र नभएर विश्वभरिका अनुभवहरूको आलोकमा आफ्नो विशिष्टता र मौलिकतासहित नीति निर्माणका निम्तिसमेत गुणात्मक योगदान दिन सक्ने बताए ।

    शिक्षालगायत राष्ट्रिय जीवनका अधिकांश क्षेत्रमा भूमण्डलीकरणको प्रभाव परिरहेको बताए ।

    उनले भने, ‘भूमण्डलीकरणको प्रत्यक्ष प्रभाव विश्वभरि परिरहेको छ, त्यसमध्ये पनि नेपालजस्ता विकासशील देशहरूमा यसको बहुआयमिक प्रभाव चुनौतीकै रूपमा विद्यमान छ । यसले साना, स्वतन्त्र र स्वाधीन देशहरूको अर्थतन्त्र, शिक्षा, मनोविज्ञान र सामाजिक संरचनामा नै काफी हदसम्म हेरफेर ल्याएको छ। यो तथ्यलाई गहिरो गरी विचार गर्ने र त्यसका आधारमा हाम्रो शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा परिवर्तन गरेर मात्र हामीले यो चुनौतीलाई छिचोल्न सक्दछौं ।’

    पछिल्लो समय नयाँ पुस्तामा देशको शिक्षा गुणस्तरीय छैन, यसले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्दैन जस्तो नकारात्मक भाष्यको विकास हुँदै गएको बताए । रोजगारीको अवसर प्राप्त गरेकाहरू नै विदेश पलायन हुनु चिन्ताको विषय भएको बताए ।

    उनले भने, ‘उत्पादकत्वमा कमी, बेरोजगारी लगायतका कारण देशभित्र भविष्य नदेख्ने बाध्यात्मक परिस्थिति एक ठाउँमा छ, तर देशभित्रै रोजगारीको अवसर प्राप्त गरेका र सामाजिक रुपमा समेत प्रतिष्ठित व्यक्तिहरूमा समेत शीघ्रातीशीघ्र सम्पत्ति आर्जनको मोह अनपेक्षित रूपमा बढ्दै गएको छ। यो चाहिँ हाम्रा निम्ति साँच्चिकै चुनौतीको विषय हो ।’

  • भीम रावलको आरोप- व्यवस्थाविरुद्धको डिजाइन भनेर प्रचण्डले बालकुमारी घटना मोड्न खोज्दैछन्

    भीम रावलको आरोप- व्यवस्थाविरुद्धको डिजाइन भनेर प्रचण्डले बालकुमारी घटना मोड्न खोज्दैछन्

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने भन्दै अन्तै मोड्न खोजेको आरोप लगाएका छन् ।

    प्रधानमन्त्रीले सोमबार मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै दुई युवा मारिएको घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंका गरेका थिए ।

    प्रधानमन्त्रीले भनेका थिए, ‘यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या भएको छ । ईपीएसमा जे जस्ता गतिविधि भएका छन् । गाडी जलाउने गतिविधि छ । यो थिङ्स आर नट ह्वाट दे सीम भनेको जस्तो छ । चिज त्यस्तो छैन जस्तो देखिएको छ । त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु । यो कहीं लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै छैन भन्ने यो प्रमाणित होइन ।’

    तर, नेता रावलले प्रचण्डले व्यवस्थामा खतराको कुरा गर्दै बालकुमारी ध्यान अन्तै खिचेर विषय लुकाउने डिजाइन रचेको हुनसक्ने बताए ।

    उनले ट्वीटरमा लेखेका छन्, ‘गिरिजा प्र. कोइरालाले ग्र्याण्ड डिजाइन भन्ने तर नखोलेर सत्ताको खेल खेलेका थिए । उनैका प्रशंसक प्रचण्डले व्यवस्थामा खतराको कुरा गर्दै बालकुमारी हत्याकाण्डमा डिजाइन भएको भनेका छन् कस्तो र कसले गरेको ? प्रधानमन्त्रीले भन्नुपर्छ । अन्यथा ध्यान अन्तै खिची यी विषय लुकाउने प्रधानमन्त्रीको डिजाइन हुनसक्छ ।’

  • राष्ट्रियसभाको सीट भागबन्डाका लागि कांग्रेस-माओवादीबीच छलफल, यस्तो छ प्रस्तावित मापदण्ड

    राष्ट्रियसभाको सीट भागबन्डाका लागि कांग्रेस-माओवादीबीच छलफल, यस्तो छ प्रस्तावित मापदण्ड

    काठमाडौं । सत्ता गठबन्धनमा राष्ट्रिय सभाको निर्वाचनमा सीट बाँडफाँटको विषयमा कांग्रेस र माओवादीबीच छलफल भएको छ।

    गठबन्धनमा सीटको भागबन्डा मिलाउन कांग्रेसका शीर्ष नेताहरू बालुवाटार पुगेर छलफल गरेका हुन्।

    बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, नेता रमेश लेखक सहभागी थिए।

    दुई दलबीचको छलफलमा यसअघिको मतभार, अहिलेको अवस्थाबारे प्रारम्भिक छलफल भएको छ। त्यही आधारमा गठबन्धनमा सीट भागबन्डाको तयारी छ स्रोतले भन्यो ।

    शीर्ष नेताबीच अब गठबन्धनका अन्य दलसँग पनि छलफल गरेर निष्कर्षमा पुर्‍याउने सहमति बनेको छ ।

    माघ ११ गते राष्ट्रियसभाको निर्वाचनमा हुँदैछ। ११ गते हुने निर्वाचनको लागि यही २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेकाले गठबन्धन घटकले भागबन्डाको छलफल थालेका हुन् ।

    गठबन्धन गरेर जान तयार रहे पनि अहिलेसम्म सीटको भागबन्डाको कुरा मिलेको छैन ।

  • घोडाघोडीमा सकियो माओवादीको तीन महिने रूपान्तरण अभियान

    घोडाघोडीमा सकियो माओवादीको तीन महिने रूपान्तरण अभियान

    कैलाली । पार्टी सुदृढीकरण तथा नयाँ ऊर्जाका लागि नेकपा माओवादी केन्द्रले थालेको ३ महिने रूपान्तरण अभियान अन्तर्गत घोडाघोडीमा सम्पन्न भएको छ ।

    नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रूपान्तरण अभियानका कैलाली इन्चार्ज टेकेन्द्र भट्टको प्रमुख आथित्यतामा भएको अभियान समापन समारोहमा विभिन्न संस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले संविधानको रक्षा तथा समृद्ध नेपालको परिकल्पना माओवादीको नेतृत्वमा मात्र सम्भव रहेको बताए । रूपान्तरण अभियानका घोडाघोडी इन्चार्ज तथा माओवादी केन्द्रकी केन्द्रीय सदस्य विमला सिंहले घोडाघोडी माओवादीको आधार भूमि र बलियो क्षेत्र रहेको जिकिर गर्दै यहाँका जनताले हरेक क्षेत्रमा माओवादीको नेतृत्वको आसा गरेको बताइन ।

    नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सवले पार्टी बलियो बनाउन रूपान्तरण अभियानले इट्टा थपेको बताए । उनले माओवादी बलियो भए समृद्धिको परिकल्पना पूरा हुने भन्दै माओवादीलाई साथ दिन जनतालाई आग्रह गरे ।

    माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य शिवराज चन्दले माओवादीको दश बर्से जनयुद्धको जगमा देशमा संसारकै राम्रो व्यवस्था गणतन्त्र स्थापना भएको भन्दै यो व्यवस्थाको रक्षा माओवादीले मात्र गर्न सक्ने बताए । शासकहरूबाट सोसित जनता माओवादीको कारण आएको परिवर्तनबाट खुसी साथ बाच्न पाएको यो अवस्थामा फेरि उहीँ पुरानो राजतन्त्र फर्काउने बेमौसमी बाजा बजाउनेहरू सकिएर जाने जिकिर गरे ।

    नेकपा माओवादी केन्द्रका घोडाघोडी नगर कमिटी अध्यक्ष खगेन्द्र हमालको अध्यक्षतामा भएको समापन समारोहको सञ्चालन माओवादी केन्द्रका घोडाघोडी नगर कमिटी लक्ष्मण न्युरेले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष विनोद विकले गरेका थिए ।

     

  • प्रधानमन्त्री प्रचण्डको आशंका- बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्छ

    प्रधानमन्त्री प्रचण्डको आशंका- बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

    मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले त्यो घटनामा बाहिर देखे जस्तो चिजभित्र नभएको बताए ।

    प्रधानमन्त्री प्रचण्डको भनाइः

    अस्तिको घटनाको कसैले पूर्वानुमान गर्नसक्ने अवस्था थिएन । म त्यो दिन पूर्वनिर्धारित कार्यक्रममा दोलखामा थिएँ । आउँदाआउँदै थाहा पाएँ । केही चिज गम्भीर लागेको छ । यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या भएको छ । ईपीएसमा जे जस्ता गतिविधि भएका छन् । गाडी जलाउने गतिविधि छ । यो थिङ्स आर नट ह्वाट दे सीम भनेको जस्तो छ । चिज त्यस्तो छैन जस्तो देखिएको छ । त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु ।

    यो कहीं लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै छैन भन्ने यो प्रमाणित होइन तर त्यसैले मैले घटनामा संलग्नलाई निलम्बन गरेर उच्चस्तरीय छानबिन गर्नुपर्छ भनेर समिति गठन गरेको छु । मृतकको परिवारलाई समेत बोलाएर गम्भीर समीक्षा गरिएको छ । गाडीभित्रै मन्त्रीलाई पनि जलाउनुपर्थ्यो छोडेछन् भन्ने भाष्य के भाष्य हो यो ?

    आज मैले एउटा न्यूज हेरेर तीन वटाको टाउको शेरबहादुरजी केपीजी र मेरो । यी टाउको काटे २०÷२० लाख दिने प्रचार भइरहेको छ । के हो भाषा हो यो ? के संस्कार हो यो ? जनतालाई निराशा बाँड्ने, अँध्यारो देखाउने, अँध्यारोबाहेक केही छैन भन्ने भाष्य स्थापित गर्नेहरू राष्ट्रवादी हुन सक्दैन । जनतालाई आशा देखाउन सक्नुपर्छ ।

  • कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरू सरकारले गरेको राम्रा कामको खुलेर स्वामित्व लिन डराइदिनुभएन

    कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरू सरकारले गरेको राम्रा कामको खुलेर स्वामित्व लिन डराइदिनुभएन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन घटकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सरकारले गरेको राम्रो कामको समर्थन गर्न आग्रह गरेका छन् । मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै सरकारले जनताको पक्षमा केही रेकर्ड बन्नेगरी काम गरेको दाबी गरे ।

    उनले भने, प्रचण्ड सानो पार्टीको नेता कताकताबाट प्रधानमन्त्री भयो भनेर कांग्रेसले सरकारले गरेको राम्रा कामको खुलेर समर्थन गर्ने स्वामित्व लिन डराइदिनुभएन । हिच्चकिचाइदिनु भएन । मेरो ठाउँबाट केही जोखिम उठाएर यो वातावरण बनेको छ । त्यसैले यसको गहिराइलाई बुझिदिन अपील गर्छु । राम्रा काम पनि भएका छन्, केही रेकर्ड बनेका छन् ।

    उनले आफू सिंहदरबार केन्द्रित भएर मन्त्री र कर्मचारीलाई निश्चित समय दिएर काम नगरे कडा कदम चाल्ने चेतावनी दिएको बताए ।

    उनले भने, ‘जनताको आशा र अपेक्षा अनुसार भएन भनेर मैले नै भनेको छु आफैंले अरुलाई भन्नुभन्दा पनि आफ्नो कार्यशैलीलाई सुधारेर सिंहदबार केन्द्रित भएर, मन्त्री र कर्मचारीलाई अझ बढी केन्द्रित गरेर उनीहरुलाई जिम्मेवारी दिएर पूरा नगरे कडा कदम चाल्ने चेतावनी समेत दिएर अगाडि बढेको छु । यसमा पनि सबैको सहयोगको अपेक्षा गरेको छु ।’

     

  • रविलाई गृहमन्त्रीको चेतावनी- एक पटकको गल्ती कानूनी रूपमा छुट पाएँ भन्दैमा सधैँ त्यस्तै हुँदैन

    रविलाई गृहमन्त्रीको चेतावनी- एक पटकको गल्ती कानूनी रूपमा छुट पाएँ भन्दैमा सधैँ त्यस्तै हुँदैन

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै आफूले गरेको गल्ती पहिले कुनै कानूनीरूपमा छुट पायो सधैँ त्यस्तो नहुने चेतावनी दिएका छन् । सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफूलाई केही गर्ला कि भन्ने लागेर पहिल्यै खुट्टा उचालेको हुनसक्ने टिप्पणी गरे ।

    उनले भने, ‘आफूले गरेको गल्ती चाहिँ पहिले कुनै कारणले कानूनीरूपमा छुट पायो भन्दैमा पछाडि त्यस्तै हुन्छ भनेर कल्पना गर्न भएन । त्यस्तो हुन्न । दोष छ भने सबैलाई कारबाही हुन्छ । तर, प्रतिशोधशून्य हुनै सक्दैन । तर, केही गर्ला कि भन्ला भनेर खुट्टा उचालेपछि भाग्न पाउँछु भन्ने हुँदैन ।’

    बैठकमा बोल्दै सभापति लामिछानेले गृहमन्त्रीले गृहमन्त्रीले प्रहरीमाथि हस्तक्षेप गरेर काम गर्न नदिएको आरोपसमेत लगाएका थिए ।

    त्यसको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भने, ‘राजनीतिक हस्तक्षेप करिब करिब, १०० प्रतिशत त कसरी भनौं सरकार भन्या गृहमन्त्रीमात्रै होइन, अहिले पूरै प्रहरी संगठनलाई आफ्नो मापदण्डअनुसार काम गर्नको लागि वातावरण बनाइएको छ । अहिलेमात्रै होइन ५० वर्षपछि पनि म दोषी देखिए जिम्मेवारी लिन तयार छु प्रोमोसन गर्दा, सरुवा गर्दा पैसाको चलखेल शून्यमा झारिएको छ ।’

    गृहमन्त्रालय र प्रहरीको कुनै अधिकारीले प्रमोसन र सरुवामा पैसा लियो भन्ने सुन्न नपाउने उनको जिकिर थियो ।

    यस्तै लामिछानेले गृहमन्त्रीले ६० किलो सुन काण्डमा आफ्नो मान्छे जोगाउन राजस्व अनुसन्धानबाट सीआईबीमा ल्याएको आरोप लगाएका थिए ।

    त्यसबारे उनको जवाफ

    ६० किलो सुन काण्डमा सीआईबीलाई छानबिन गर्न ल्याइयो त्यो किन ल्याइयो त भन्दा आफ्नो प्रहरी परिचालन गरेर आफ्नो नजिकका मान्छेलाई छुट दिन सकिन्छ र दोषीलाई उम्काउन सकिन्छ भन्ने आशय राखेर सीआईबीमा ल्याइयो भन्ने कुरा अहिले के भन्ने र ? त्यो माग गर्ने उहाँ नै हो एउटा ? यो त संगठित अपराध हो नि राजस्व अनुसन्धानमा राखेर हुन्छ ? भनेर माग गर्ने उहाँ नै हो ।

    सबै पार्टीले माग गरेपछि प्रधानमन्त्रीको लेबलमा बसेर सामूहिक निर्णय गरेर सारेका हौं । मैले प्रमाण दिएको व्यक्तिलाई उम्काइयो भन्नुभयो म चुनौती दिन्छु उहाँले दुईजना व्यक्तिको कुराकानी गर्नुभएको छ। त्यसपछि प्रहरीले प्रतिवाद दाबी गरेको छ फरार छ पुलिसले खोजिरहेको छ- जीवन चलाउने । अर्को व्यक्ति सुन काण्डमा देखिएको छैन छानबिनको दायरा अरु क्षेत्रमा गर्नुपर्ने हुनसक्छ भनेर सीआईबीले भनेको छ । कुनै कुरा कहीँ कतैबाट थप अनुसन्धान गर्नुपर्‍यो भने ठीक हुँदैन भनेर निर्देशन दिएको छु ।

  • गृहमन्त्रीको प्रतिबद्धता- बालकुमारी घटनामा जोसुकै दोषी देखिए पनि कारबाही हुन्छ (भिडिओ)

    गृहमन्त्रीको प्रतिबद्धता- बालकुमारी घटनामा जोसुकै दोषी देखिए पनि कारबाही हुन्छ (भिडिओ)

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएका जोसुकै भए पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

    सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारले उच्च स्तरीय छानबिन आयोग गठन गरेको बताए ।

    उनले भने- सरकारले छानबिन आयोग गठन गरिसकेको छ । छानबिनको दायरामा जो जो दोषी देखिन्छन् कानूनको दायरमा ल्याएर कारबाही हुन्छ । यो कुराको म दृढतापूर्वक प्रतिबद्धता गर्छु ।

    उनले मृतकको परिवारलाई १० लाख बाहेक थप आर्थिक सहयोग र परिवारको एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने बताए ।

  • गृहमन्त्रीलाई रविले भने- समुन्द्रमा हराएको टाइटानिक भेटिएला, तपाईंहरूमा नैतिकता भेटिन्नँ (भिडिओ)

    गृहमन्त्रीलाई रविले भने- समुन्द्रमा हराएको टाइटानिक भेटिएला, तपाईंहरूमा नैतिकता भेटिन्नँ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमार घटना राज्यको सिलसिलेदार अराजकता भएको टिप्पणी गरेक छन् ।

    सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले गृह प्रशासनले देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु, कमाएर परिवार पाल्छु भन्ने आशा बोकेर गएको युवाको हत्या गरेको बताए ।

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गर्दै रविले भने, ‘साढे २ हजार भिडलाई नियन्त्रण गर्ने ल्याकत नभएको होइन, तर तपाईंको नेतृत्वमा देखिएको कमीकजोरीले प्रशासनले अब तपाईंलाई गम्भिरतापूर्वक लिँदैन । तपाईंहरू अहिलेसम्म गोली कतिबेला चलेको भन्नेमा स्पष्ट हुनुहुन्न । मन्त्रीज्यू निस्केपछि गोली चलेको कि पहिला चलेको तपाईंहरूले गोलमोटल जवाफ दिनुभएको छ । नैतिकताको कुरा यहाँ नगरौं । भुसको थुप्रोमुनि हराएको सियो भेटिएला । समुन्द्रमा हराएको टाइटानीक भेटिएला । तपाईंहरूलाई नैतिकता खोज्ने दुस्साहस गर्दिनँ । त्यो भेटिँदैन । म त्यता जान चाहन्न ।’

    उनले मन्त्री ज्वालाले पनि घटना ढाटेको दाबी गरे ।

    रविको प्रश्न थियो, ‘सीडीओको आदेशविना नै गोली हानियो भन्ने कुरा आएपछि त्यसलाई निलम्बन गर्नुहुन्छ ? कि हिरासतमा राख्नुहुन्छ ? कानूनले के भन्छ ? तपाईंहरूले जहिले पनि सानो दर्जाको कर्मचारीलाई बलि चढाउने काम गर्नुभएको छ ।’

  • सांसद राईले समितिमै भने- गृहमन्त्री ज्यू अब तपाईं राजीनामा दिनुस्

    सांसद राईले समितिमै भने- गृहमन्त्री ज्यू अब तपाईं राजीनामा दिनुस्

    काठमाडाैं । नेकपा एमालेका सांसद राजेन्द्र राईले राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

    छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।

    उनले भने- घटनाको छानबिनका लागि समिति पनि बन्यो । तलका मान्छेलाई कारबाही पनि गर्‍यो । अब यसो गरौँ मन्त्री ज्यू तपाई राजीनामा दिनुस् । सबै भन्दा राम्रो कुरा तपाई राजीनामा दिनुस् । राजीनामा दिनै पर्‍यो नि ! विदेश गएर काम गरेर खान्छु भन्नेलाई ताकी ताकी गोली हाल्ने तपाईँले राजीनामा नदिए कसले दिन्छ ?

    छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।

    उनले भने- तपाईँले राजीनामा दिएपछि मात्रै छानबिन समितिले राम्रोसँग काम गर्न सक्छ । समस्या सिर्जना भएपछि सरकारले गम्भीर ढंगबाट समाधान गर्नुपर्छ कि सरकाले गोली हान्नुपर्छ ? ठाउँको ठाउँ गोली हानेर मार्न मिल्छ ? रोजगारका लागि विदेश जान पाउनुपर्छ भनेर भन्नेलाई मार्न मिल्छ ?

  • केन्द्रबाट तोकियो माओवादी प्रदेश सचिवालय, प्रचण्डको बुहारीदेखि पूर्व मुख्यमन्त्रीसम्म

    केन्द्रबाट तोकियो माओवादी प्रदेश सचिवालय, प्रचण्डको बुहारीदेखि पूर्व मुख्यमन्त्रीसम्म

    कैलाली । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सचिवालय सदस्यको जिम्मेवारी केन्द्रले नै तोकेको छ । माओवादी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले ११ जनालाई सचिवालयको जिम्मेवारी दिएका छन् ।

    सुदूरपश्चिम प्रदेशमा लामो समय देखी सचिवालय गठन हुन सकेको थिएन । प्रदेशको कार्यलाई व्यवस्थित गर्न लामो समय देखी सचिवालय गठन नभएको भन्दै अर्काे व्यवस्था नभए सम्मको लागि प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्यको सिफारिसमा प्रदेश इन्चार्जको नेतृत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले जारी गरेको पत्रका उल्लेख गरिएको छ ।

    सचिवालय सदस्यमा केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज डिलाराम आचार्य, स्थायी कमिटी सदस्य खजराज भट्ट, केन्द्रीय सदस्यहरू हरि ज्ञवाली, हेमराज भट्टराई, नेप बहादुर चौधरी, विरमान चौधरी, लक्ष्मणदत्त जोशी, बिना मगर, त्रिलोचन भट्ट, शरदसिंह भण्डारी र प्रदेश अध्यक्ष पदेन अध्यक्ष हुने व्यवस्था गरिएको छ ।

    झन्डै २ वर्ष पहिले २०७८ फागुन १७ गते प्रदेश अधिवेशन सम्पन्न भएको थियो । प्रदेश कमिटी निर्वाचन भएको २ बर्ष सम्म पनि प्रदेश सचिवालय गठन गर्न नसकेपछि केन्द्रले घोषणा गरेको हो ।

     

     

  • म अलि उदार भएँ, अस्तिको सम्बोधन अक्षरश: लागू गर्छु- प्रधानमन्त्री प्रचण्ड

    म अलि उदार भएँ, अस्तिको सम्बोधन अक्षरश: लागू गर्छु- प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत मंगलबार राष्ट्रका नाममा गरिएको सम्बोधन सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै अक्षरश: लागू गरिने प्रतिबद्धता जनाएका छन् ।

    प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा उनले अब कामका आधारमा मूल्यांकन हुने बताए ।

    प्रधानमन्त्रीले भने, ‘म अलि उदार भएँ । मन्त्रालयलाई मैले अलि उदार छोडिदिएँ र काम कम भयो कि भन्ने समीक्षामा पनि छु । पहिला तपाईँहरूले यो कुरा आत्मसात गर्नुहोला । मैले अस्ति सम्बोधनमा जे कुरा भनेको छु, त्यो राम्रोसँग हेर्नुहोला । नियमित अपडेट हुनुहोला । आज नै हामी प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्दैछौं । अरू काम पनि क्रमशः अगाडि बढ्छन् । सम्बोधन अक्षरशः पालना गरिन्छ ।’

    उनले मन्त्रालयले राम्रो काम गरेनन् भने सरकार र प्रधानमन्त्रीलाई आरोप आउने भएकाले सचेत भएर काम गर्न निर्देशन दिए ।

    उनले भने, ‘नीति कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा गुणात्मक परिवर्तन गर्दैछौं । योजना आयोग र अर्थ मन्त्रालयले पनि यो कुरा राम्रोसँग मनन गर्नुहोला । हाम्रो जिम्मेवारी राष्ट्र बनाउनु छ, जनताको आशा बचाउन पनि हामीले गम्भीररूपमा काम गर्नुपर्छ । यतातर्फ गम्भीरतापूर्वक सोच्नुहोला । हामीले काम गर्न सक्दैनौं भने ठाउँ ओगटिरहन जरूरी छैन, यसमा प्रष्ट हुनुहोला ।’

  • चुनावी वाचा सम्झँदै गोरखावासीसँग प्रधानमन्त्रीले भने- तपाईंहरूसँग गरेको प्रतिबद्धता बिर्सिएको छैन

    चुनावी वाचा सम्झँदै गोरखावासीसँग प्रधानमन्त्रीले भने- तपाईंहरूसँग गरेको प्रतिबद्धता बिर्सिएको छैन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलयविद्युत आयोजना निर्माणमा आर्थिक अभाव नहुने बताएका छन् ।

    गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकीको आर्थिक स्रोतको सुनिश्चितता गरिसकेको बताए।

    उनले भने, ‘बूढीगण्डकी आयोजना के होला, कसो होला भन्ने भइरहेको थियो । केही समयअघि मन्त्रिपरिषद्बाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बूढीगण्डकी आयोजना निर्माणका लागि छुट्याउने निर्णय गरेकाले अब आर्थिक अभाव नहुने वातावरण सिर्जना गरिएको छ ।’

    एक हजार २०० मेगावाट क्षमताको उक्त आयोजना निर्माण छिट्टै अघि बढ्ने प्रधानमन्त्री प्रचण्डले बताए । उनले निर्वाचनका बेला आफूले जनतासमक्ष गरेको प्रतिबद्धता नबिर्सिएको तर केही कारणले ढिलाइ भएको बताए ।

    प्रधानमन्त्री प्रचण्डले गोरखाको देउरालीमा बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालन गर्न छलफल अगाडि बढाइसकेको बताए।

    आँपपिपल अस्पताललाई ५० शय्याका रुपमा विकास गरे जिल्लाको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन सकिने र त्यसका लागि आधार तयार पार्न स्वास्थ्य मन्त्रालयसँग आवश्यक छलफल तथा समन्वय गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

  • ‘सरकारको कामले सामन्ती छटपटिएका छन्, चार वर्षमा अझै सफलता हासिल गर्छौं’

    ‘सरकारको कामले सामन्ती छटपटिएका छन्, चार वर्षमा अझै सफलता हासिल गर्छौं’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन थप बलियो बन्दै गइरहेको दाबी गरेका छन् ।

    गोरखाको बारपाक सुलिकोट गाउँपालिका स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन सरकारले राम्रो गरेको एकथरी तत्वहरुलाई मन नपरेको बताए ।

    उनले भने, ‘गठबन्धन अझै बलियो हुँदै गएको छ । यो पाँचै बर्ष जान्छ। भर्खर एक वर्ष भयो । एक वर्षमै हामीले यतिका काम गर्न सक्यौं अब चार वर्ष यो गठबन्धन हुँदा हाम्रो अपेक्षाहरु पूरा गर्ने दिशामा ठूलाठूला सफलता हासिल गर्न सक्छौं ।’

    उनले एक वर्षे आफ्नो कार्यकालमा धेरै रेकर्ड बनेको दाबी गरे ।

    उनले भने, ‘हिजोका सामन्तहरु सरकारले गरेको कामदेखि छटपटिएका छन्। कसरी गठबन्धनलाई बदनाम गर्ने होला ? कसरी तोड्नेहोला र यो परिवर्तनलाई उल्ट्याउने प्रयास गर्दैछन् । त्यसलाई सबै मिलेर प्रतिवाद गर्नुपर्छ ।’

     

  • परम्परागत मौलिक संस्कृतिको जगेर्ना साझा दायित्व : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    परम्परागत मौलिक संस्कृतिको जगेर्ना साझा दायित्व : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताएका छन् ।

    २० औँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव भएको बताउँदै सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी भएको बताए ।

    उनले नेपाली चाडपर्व, जात्रा र संस्कारहरूको संरक्षण र संवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताएका छन् ।

    प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

    सर्वप्रथम २० औँ राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका ज्यापु समुदाय लगायत समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। भिन्तुना।

    नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरूको साझा देश हो। भौगोलिक रूपमा सानो भएता पनि यहाँको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदाहरू र सामाजिक बनोट विश्वमै नमुना रहिआएको छ। विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव हो। यो सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु हामी सबैको साझा जिम्मेवारी हो।

    नेपालका चाडबाड, जात्रा पर्व र सांस्कृतिक सम्पदा र गतिविधिहरू नेपालका अमूल्य निधि हुन् । नेपाल जातीय, भाषिक, धार्मिक सांस्कृतिक विविधताले सम्पन्न र हरेक समुदायले संस्कृतिलाई जीवनको अभिन्न अंगको रूपमा लिइआएका छन् । यस राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट काठमाडौं उपत्यकाभित्रका र बाहिर रहेका ज्यापुहरूबीच मात्र नभई विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकहरूबिच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु ।

    सांस्कृतिक सम्पदाको धनी नेपालमा धार्मिक र सांस्कृतिक रूपमा परम्परादेखि नै विभिन्न चाडपर्व, जात्रा एवं संस्कारहरू चल्दै आएका छन्। यो नेपाली समाजको अभिन्न अङ्ग भइसकेको छ। तिनीहरूको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण गरी आफ्नो परम्परालाई जीवन्त राख्न र विकासको नयाँ अवधारणासँग अनुकूलित तुल्याउनु राष्ट्रको दायित्व हो। यसै कुरालाई मनन गरी नेपाल सरकारले भौतिक तथा अभौतिक संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न प्रतिबद्ध छ।

    काठमाडौं महानगरपालिकाभित्रका ज्यापुहरूले विभिन्न वाधा अड्चनको बाबजुद पनि परम्परागत मौलिक संस्कृतिको जगेर्ना गरी आएको प्रयासलाई नेपाल सरकारले कदर गर्दै आइरहेको छ । सरकारको सानो सहयोगबाट सुरू भएको ज्यापु संस्कृति विकास कोषले नेपाली समुदायसमेतको सहयोग र सद्भाव लिई काठमाडौं उपत्यकाभित्रका ज्यापुहरूलाई मात्र नभएर मोफसलमा बसोबास गरेका ज्यापुहरूसमेत समेटेर बिसौं राष्ट्रिय ज्यापु दिवस मनाएकोमा तपाईँहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा समेत नेपाल सरकारको तर्फबाट साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।

    तपाईँहरू सबैलाई अवगत नै छ– म पहिलो पटक प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मनाउने निर्णय गरेको थिएँ । अहिले तेस्रो कार्यकालमा नेपाल संवत्लाई सरकारी लिखतमा अनिवार्य गर्ने निर्णय गरी उक्त निर्णयको कार्यान्वयनसमेत भइरहेको छ । यसका साथै नेपाली समाजको विशेषता र सामाजिक बनोटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको पहिचान र अधिकारका निम्ति मैले लगातार संघर्ष गर्दै आइरहेको छु । आगामी दिनमा समेत मेरो र नेपाल सरकारको तर्फबाट यहाँहरूलाई साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।

    ज्यापु दिवसको अवसर पारेर तपाईँहरूले मलाई गर्नुभएको सम्मानका निम्तिसमेत आयोजक संस्था, ज्यापु समुदाय लगायत सम्पूर्ण नेपालीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै, पहिचान र अधिकार प्राप्तिको सङ्घर्षमा संविधान प्रदत्त बाटोबाट अगाडि बढ्न सबैमा आग्रह गर्दछु ।

    अन्त्यमा, राष्ट्रिय ज्यापु दिवस–२०८० ले नयाँ जोश, उमङ्ग, उत्साहसहित ज्यापु समुदायमा मात्र नभई समस्त जनसमुदायमा खुसीको सञ्चार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दै बिदा हुन्छु । धन्यवाद ।

  • सेवा र सुशासनको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    सेवा र सुशासनको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा सेवा र सुशासनको क्षेत्रमा नयाँ रेकर्डहरू बन्ने क्रम जारी रहेको बताएका छन् ।

    पार्टी कार्यालय पेरिसडाँडामा १३१औँ माओ दिवसलाई सम्बोधन गर्दै उनले बितेको १ वर्षमा पनि रेकर्ड बनेको र अबको एक वर्षमा सेवा, विकास र सुशासनका क्षेत्रमा थप नयाँ रेकर्ड बन्ने बताए ।

    उनले भने- ‘सरकारले एक वर्ष पूरा गरेको छ । योबीचमा केही न केही रेकर्डहरू त बनेकै छन् । त्यसलाई गहिरो गरी महसुस गर्नेहरूले थाहा पाउनुभएको छ । अब नयाँ वर्षमा नयाँ ढङ्गले काम गर्ने प्रण गरेको छु । म आफैँले नयाँ ढङ्गले काम थालिसकेको छु । अबको वर्ष सरकारले प्रदान गर्ने सेवाको क्षेत्रमा, विकासको क्षेत्रमा र सुशासनको क्षेत्रमा केही न केही रेकर्डहरू बनाउँछ, बनाउनै पर्छ ।’

  • चिनियाँ नेता माओ त्से तुङको जन्मजयन्ती मनाउन माओवादीको निर्देशन

    चिनियाँ नेता माओ त्से तुङको जन्मजयन्ती मनाउन माओवादीको निर्देशन

    काठमाडौं । नेकपा माओवादी केन्द्रले चिनियाँ नेता माओ त्से तुङको जन्मजयन्ती मनाउन पार्टी कमिटीहरुलाई निर्देशन दिएको छ।

    महासचिव देव गुरुङले माओको १३१ औँ जन्मजयन्ती १० पुसमा मनाउन प्रदेश र जिल्ला कमिटीलाई सर्कुलर गरेका हुन्।

    आआफ्नो सापेक्षतामा माओ दिवस कार्यक्रम आयोजना गर्नको लागि पार्टी पंक्तिलाई निर्देशन दिइएको छ। माओ त्से तुङको नेतृत्वमा चीनमा कम्युनिष्ट शासन स्थापना भएको थियो।

    मार्क्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको सिद्धान्तलाई माओवादको नामले चिनिन्छ।

  • पुस १० पछि मन्त्री फेरेर भएपनि अगाडि बढ्छु : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    पुस १० पछि मन्त्री फेरेर भएपनि अगाडि बढ्छु : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले परिणाम नआए मन्त्रीहरू फेरेर भएपनि जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने बताएका छन् ।

    मोरङको मिक्लाजुङ ५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले काम नगर्ने मन्त्रीहरुलाई फेर्ने बताएका हुन् । उनले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने बताए । उनले भने, ‘त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्छु ।’

    उनले प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भएपनि कामलाई गति दिने बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै उनले लाभाखोला वृहत खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे । यस्तै चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उनले उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

    मोरङको पथरी शनिश्चरेको सुकुमबासीको समस्या समाधानमा पहल गर्ने, किसानले बिक्री गरेको दूधको मूल्य दुग्ध विकास संस्थालाई सहुलियत ऋण उपलब्ध गराउने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।

  • हरिबोलको राजीनामा अझै बालुवाटारमा ‘होल्ड’, बैठकमा कुरा राख्न खोज्दा प्रधानमन्त्रीले रोके

    हरिबोलको राजीनामा अझै बालुवाटारमा ‘होल्ड’, बैठकमा कुरा राख्न खोज्दा प्रधानमन्त्रीले रोके

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा बालुवाटारमा ‘होल्ड’ छ । मंसिर २० गते नै प्रधानमन्त्री प्रचण्डलाई बुझाएको राजीनामा अझै स्वीकृत भएको छैन ।

    उनले प्रधानमन्त्रीसँग व्यक्तिगत असन्तुष्टि नभई नीतिगत विषयलाई उठाएर राजीनामा दिएको बताउँदै आएका छन् । तर, राजीनामा बुझाएको तीन सातासम्म ठोस कुरा खुलाएका छैनन् । गजुरेलको राजीनामाको विषयमा बिहिबार बिहान बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले नेताहरुलाई जानकारी गराएका थिए । तर, स्वीकृत गर्ने नगर्ने भन्ने विषय राखेनन् ।

    गजुरेल भन्छन्, ‘उहाँले पार्टीको बैठकमा मेरो राजीनामाबारे जानकारी गराउनुभयो । मैले पनि मेरो कुरा राख्छु भन्दा उहाँले तपाईंसँग छुट्टै छलफल गर्छु भन्नुभयो । त्यसपछि कुरा भएको छैन ।’

    उनले अहिलेसम्म राजीनामा स्वीकृत भएको बालुवाटारबाट खबर नआएको बताए । त्यसो त उनीमाथि राष्ट्रिसभामा जानको लागि राजीनामा दिएको चर्चा पनि छ । तर, त्यो कुरा ठाडै अस्वीकार गर्छन् ।

    उनले गत साता भनेका थिए, ‘मैले कुरालाई लिएर राजीनामा दिएको हुँ । व्यक्तिगत असन्तुष्टि र अर्को कुनै लाभ प्राप्त गर्नको लागि राजीनामा दिएको होइन । नीतिगत कुरा के हो भन्ने मैले भनेको छैन । राजीनामा पत्रमा लेखेको छु । स्वीकृत भइसकेपछि आइहाल्छ ।’

    यद्यपि, बालुवाटारमा सल्लाहकारको रूपमा काम गर्न सक्ने अवस्था नभएपछि उनले राजीनामा दिएको बताइन्छ । उनी प्रचण्डसँग रुष्ट बनेको पहिलो घटना होइन ।

    गत निर्वाचनमा सिन्धुली २ मा आफ्नो टिकट खोसिएर राजन दाहाललाई दिएपछि सन्तुष्ट थिएनन् । त्यही असन्तुष्टि सम्बोधन गर्नको लागि उनले राजनीतिक सल्लाहकार नियुक्त गरेका थिए । त्यसअघि तत्कालीन नेकपामा ओली प्रचण्डको टकराब परेको बेलामा गजुरेलसँग सम्बन्धमा बिग्रिएको थियो ।

  • राष्ट्रियसभा उम्मेदवारको नाम एक साताभित्र सिफारिस गर्न माओवादीको निर्देशन

    राष्ट्रियसभा उम्मेदवारको नाम एक साताभित्र सिफारिस गर्न माओवादीको निर्देशन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभाका उम्मेदवारहरूको नाम एक साताभित्र पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । हिजो बसेको पदाधिकारी बैठकपछि संस्थागतरूपमा प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम सिफारिस गर्नको लागि सर्कुलर पठाएको हो ।

    सर्कुलमा भनिएको छ, ‘राष्ट्रियसभा निर्वाचनको लागि सबै प्रदेशहरू एवं ज.व.स./मोर्चाहरूले समूह अनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीनजनासम्म प्रस्तावित उम्मेदवारको नाम एक हप्ताभित्र केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउनू ।’

    आगामी माघ ११ गते हुने निर्वाचनलाई पुस २३ गते उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगको कार्यसूची छ । माओवादीले राष्ट्रियसभामा निर्वाचनमा गठबन्धनबाट चुनाव लड्ने तयारी गरेको छ । यद्यपि, २० सीटमा हुने निर्वाचनमा अहिलेसम्म गठबन्धनमा भागबण्डा मिलिसकेको छैन ।

  • नयाँ ढंगले धक्का दिएर क्रमभंग गर्दैछु : प्रधानमन्त्री (भिडिओ)

    नयाँ ढंगले धक्का दिएर क्रमभंग गर्दैछु : प्रधानमन्त्री (भिडिओ)

    सुनसरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गठनको एक वर्ष पुगेको अवसरमा आफूले केही विषयमा क्रमभंग गर्ने बताएका छन् । सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले आफ्नो अभियानमा जनताको साथ पाउने विश्वास व्यक्त गरे ।

    उनले भने, ‘प्रधानमन्त्रीको रूपमा मेरो तेस्रो कार्यकालको एक वर्ष पूरा हुँदैछ । मैले नयाँ ढंगले केही धक्का दिएर म साँच्चै क्रमभंग गर्दैछु अर्को । त्यतिबेलामा आम जनताको साथ पाउने विश्वास छ ।’

    उनले देशमा केही छैन भन्ने जनतालाई निराश पार्ने भाष्य खडा गरिएको बताए ।

    उनले भने, ‘नेपाल अध्यारोमात्रै छ । सबैतिर उज्यालो कहीपनि छैन । नेपाल बस्न लायक देश होइन भन्ने गलत प्रचारको भाष्य बनेको छ । म ४०० केभीको सव स्टेशन उद्घाटन गरेको ऐतिहासिक दिनमा भन्न चाहन्छु यो भाष्यबाट जनतालाई निराश बनाउने र देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल गर्छु । नेपाल उज्यालो छ । धेरै सम्भावना छ । हाम्रो प्रकृति भूगोल, सम्पदा र जनशक्ति धेरै गर्न सकिन्छ यो विश्वास जनतामा जगाउनुछ हामीले एकताको बलमा नयाँ आत्मविश्वास जगाउने काम सुरू गरेको छ ।’

  • कहालिलाग्दो लोडसेडिङ अन्त्यपछि अबको डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणा गर्छौं: प्रधानमन्त्री

    कहालिलाग्दो लोडसेडिङ अन्त्यपछि अबको डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणा गर्छौं: प्रधानमन्त्री

    सुनसरी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका छन्।

    सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा उनले यसलाई सुनौलो दिनको संज्ञा दिँदै उक्त दिन छिट्टै आउने बतए।

    उनले भने, ‘सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको उर्जा क्षेत्रले फड्को मारिरहेको छ । घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरु भइरहेका छन् ।’

    प्रधानमन्त्रीले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालिलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको बताए। देशभित्र उत्पादित विद्युत् यही खपत गर्नका लागि सरकारले केही दिन अघिमात्र विद्युत् खपत बृद्धि सम्बन्धी कार्यायोजना मन्त्रिपरिषद्बाट पारित गरेको स्पष्ट पारे।

    प्रधानमन्त्रीले नदीबाट विद्युत् उत्पादन गर्ने र नेपालका सहर–सहर र गाउँगाउँमा पु–याउने मात्र नभई उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको बताए।

    उनले भने, ‘वर्षको वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् भारतर्फ निर्यात गरी १५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुनु खुसीको कुरा हो । नवीकरणीय ऊर्जाको बढोत्तरी गर्दै शून्य कार्बन उत्सर्जनको नीतिलाई व्यावहारिक रुपमा लागू गर्नसमेत सहभागी राष्ट्र तयार भएकाले जलविद्युत्को अपार सम्भावना रहेको हाम्रो देशलाई ठूलो फाइदा पुग्नेछ । यसतर्फ हामीले विशेष ध्यान दिनुपर्दछ ।’

    उनले करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने यो सबस्टेसनको उद्घाटनसँगै यस क्षेत्रको विद्युत प्रसारण र वितरणको गुणस्तर तथा विश्वसनीयता बढाउने पृष्ठभूमि तयार मात्र भएको छैन, सरकारको उज्यालो र समृद्ध नेपाल कार्यक्रम सफलताको यात्रामा नयाँ अध्याय पनि थपिएको बताए।

    उनले भने, यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल, भारत तथा बंगलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ । पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र भारतर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बनेको छ ।

    अहिले करिब ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको दाबी गरे।