Category: माओवादी केन्द्र

  • माओवादीमा १८ वैकल्पिक केन्द्रीय सदस्य थप (सूचीसहित)

    माओवादीमा १८ वैकल्पिक केन्द्रीय सदस्य थप (सूचीसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले १८ वैकल्पिक केन्द्रीय सदस्य थप गरेको छ । रिक्त रहेको केन्द्रीय समितिको रिक्त रहेको वैकल्पिक सदस्य, सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा सदस्य मनोनयन गरिएको हो ।

    थप हुनेहरूमा लालबहादुर सुस्लिब, शंकर राई, रिपुप्रसाद राई, डम्बर सुवेदी, डा. महादेव महतो, टंक गिरी, रामसुर बुढा, पुरन के.सी, राजेन्द्रवीर राय, नारायण महर्जन, हीरानाथ खतिवडा, मनऋषि धिताल, खिलाबहादुर भण्डारी, मैनकुमार मोक्तान, चन्द्रबहादुर खड्का, विवश चिन्तन देवकोट, गंगा पोखरेल र विजय वनेम छन् ।

    यस्तै, पूर्णसिंह राजवंसी, लक्ष्मी श्रेष्ठ, विना पोखरेल र सुरेश गौतमलाई चयन गरेको छ । भने जेष्ठ कम्युनिष्ट मञ्चमा नगेन्द्र धिमाल, ईन्द्रप्रसाद रेग्मी र प्रकाश सुवेदीलाई थप गरेको छ ।

    वैकल्पिक सदस्य, सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा सदस्य थप गरेको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले पार्टी पंक्तिमा परिपत्र जारी गर्दै जानकारी गराएका छन् । सदस्य थप गर्ने स्थायी कमिटीको बैठकको निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ ।

    माओवादीको विधान अधिवेशन भोलिदेखि सुरू हुँदैछ । अहिले पार्टी कमिटी भद्दा भएको भन्दै घटाएर १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी गरेको छ ।

  • प्रचण्डले पदाधिकारीसँग छलफल गरेपछि माओवादीको बैठक सुरू, उठेका प्रश्नको जवाफ दिने

    प्रचण्डले पदाधिकारीसँग छलफल गरेपछि माओवादीको बैठक सुरू, उठेका प्रश्नको जवाफ दिने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेपछि केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ ।

    राष्ट्रिय सभागृहमा जारी बैठकमा आज नेताहरूको राखेको प्रश्नको प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले जवाफ दिएर टुंग्याउने तयारी छ।

    हिजोको बैठकमा कोशी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल र अध्यक्ष हर्कबहादुर नेम्वाङ, मधेस प्रदेशका इन्चार्ज लीलामणि पोखरेल, बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्मा र अध्यक्ष सरल सहयात्री पौडेल, गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेल र अध्यक्ष गायत्री गुरुङले पार्टीको चार महिने अभियानबारे रिपोर्टिङ गरेका थिए।

    यस्तै, कर्णाली प्रदेशका इन्चार्ज मातृकाप्रसाद यादव, उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुन, सम्पर्क समन्वय समितिका इन्चार्ज गिरिराजमणि पोखरेल प्रवास समितिका इन्चार्ज सुरेन्द्र कार्कीले अभियानको बारेमा बैठकलाई जानकारी गराए।

    रिपोर्टिङका क्रममा नेताहरूले अभियानले पार्टी र जनताबीचको सम्बन्ध विस्तार भएको, पार्टीमा पुनः जीवन प्राप्त भएको बताएका थिए। बैठकमा समसामयिक राजनीतिक विषय बाहेक पार्टीको काम र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि आज छलफल हुँदैछ। बैठकअघि प्रचण्डले विधानमा साझा समझदारी बनाउन पदाधिकारीहरूसँग छलफल गरेका थिए।

    माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ। त्यसबारे यसअघि दुई दिन स्थायी कमिटीमा छलफल गरेको थियो।

  • प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन अवस्थाबारे ताकेता सुरू

    प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन अवस्थाबारे ताकेता सुरू

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालको दोस्रो वर्षको सुरुआतमा गरेको मन्त्रालयगत समीक्षाका क्रममा मन्त्री तथा सचिवलाई दिएका निर्देशन कार्यान्वयनको अवस्थाबारे अनुगमन थालिएको छ ।

    प्रधानमन्त्री ‘प्रचण्ड’ले कार्यगत एवं नीतिगत सुधारका लागि विभिन्न मन्त्रालयलाई दिएका निर्देशन कार्यान्वयनको प्रगतिका विषयमा प्रतिवेदन माग गर्दै प्रधानमन्त्री कार्यालयले सम्बन्धित मन्त्रालयहरूलाई पत्राचार गरी त्यसको ताकेता समेत गरेको हो ।

    प्रधानमन्त्री कार्यालयले गत माघ १० मा विभिन्न मन्त्रालयलाई निर्देशन कार्यान्वयनको प्रगति विवरण उपलब्ध गराउन पत्र पठाएकोमा केही मन्त्रालयबाट हालसम्म विवरण प्राप्त नभएपछि ती मन्त्रालयलाई फोन गरेर यथाशीघ्र विवरण पठाउनका लागि ताकेता गरिएको प्रधानमन्त्री कार्यालयका सहसचिव खोमराज कोइरालाले जानकारी दिए ।

    प्रधानमन्त्रीले मन्त्रालयगत समीक्षाका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे निर्देशन दिएका थिए, खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयलाई ७/७ बुँदे निर्देशन दिएका थिए । त्यस्तै सहरी विकास मन्त्रालयलाई गरिब, असहाय तथा सीमान्तकृत समुदायका लागि ‘एक पालिका, एक नमूना एकीकृत बस्ती’ को अवधारणा लागू गर्ने ‘मोडालिटी’ र योजना पेश गर्न निर्देशन दिएका थिए । त्यसैगरी सो मन्त्रालयलाई देशका सबै सहरमा चलिरहेका परम्परागत बसपार्कलाई स्मार्ट बसपार्कमा रुपान्तरणगर्ने योजनालगायत विभिन्न आठवटा बुँदामा निर्देशन दिइएको थियो ।

    त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दुर्गम क्षेत्रका किसानले उत्पादन गरेका वस्तु तथा सेवाहरूमा लागत घटाउन र बजार पहुँज सुनिश्चित गर्न भौगोलिक विकटताले सम्भव नभएका बाहेक आधा घण्टाभित्रको दूरीमा सबै गाउँबस्तीलाई समेत सडकको पहुँच पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्दै त्यस्ता कार्यको यथार्य विवरण प्रधानमन्त्री कार्यालयमा बुझाउन भनिएको थियो । यस मन्त्रालयलाई सवारी चालक अनुमति पत्रको विशेष योजना बनाउन, आयोजना समयमै सम्पन्न नहुने र अलपत्र हुने अवस्थालाई पूर्णरूपमा अन्त्य गर्नेलगायतका विभिन्न १३ बुँदे निर्देशन प्रधानमन्त्रीले दिनुभएको थियो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई रोजगारदाता र श्रमिकको एकीकृत विवरण तयार गरी माग र आपूर्तिबीचको सन्तुलन कायम गर्ने योजना प्रस्तुत गर्न र त्यसका लागि सात सय ५३ पालिकामा नै संयन्त्र निर्माण गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका थिए । कामको सिलसिलामा विदेशमा चोटपटक वा अङ्गभङ्ग भएका तथा घाइते बिरामीको उपचार तत्काल गराउने व्यवस्था गर्नेलगायतका विभिन्न १७ बुँदामा प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको थियो ।

    जनतासँग सरकारको राख्ने विभिन्न मुद्दामा केन्द्रित भएर प्रधानमन्त्री प्रचण्डको निर्देशनअनुसार प्रधानमन्त्रीको कार्यालयले सबै मन्त्रालयलाई प्रगति विवरण पठाउन पत्राचार गरेको थियो । प्रधानमन्त्रीले आफ्नो कार्यकक्षमा बोलाएर सम्बन्धित मन्त्री एवं सचिवलाई दिएका निर्देशनको व्यहोरा तत्तत् मन्त्रालयमा पठाइएकोमा त्यसको जवाफका लागि ताकेता गरिएको सह-सचिव कोइरालाले बताए ।

    प्रधानमन्त्री कार्यालयबाट प्राप्त भएको निर्देशनअनुसार आफूहरूले सम्पूर्ण विवरण तयार पारी पठाइसकेको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।

    प्रधानमन्त्रीको निर्देशन कार्यान्वयनको अवस्थाका विषयमा हामीले निरन्तर ताकेता गरिरहेको र कतिपय मन्त्रालयबाट विवरण पनि प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्देशनबमोजिम प्राप्त विवरण सङ्कलन भइरहेका छन्, अझै केही मन्त्रालयबाट प्राप्त हुने क्रममा रहेका छन्, ती मन्त्रालयलाई निरन्तर ताकेता भइरहेको छ ।”

    निरन्तर पाक्षिकरूपमा प्रधानमन्त्रीको निर्देशनको प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वाधार विकास महाशाखामा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । सोहीअनुसार प्रधानमन्त्रीलाई नीतिगत तथा कार्यगत अवस्थाबारे जानकारी गराउने व्यवस्था गरिएको छ ।

  • माओवादी केन्द्रीय समितिमा ब्रिफिङ-२०८४ मा तेस्रोबाट पहिलो पार्टी बन्ने आधार तयार भयो

    माओवादी केन्द्रीय समितिमा ब्रिफिङ-२०८४ मा तेस्रोबाट पहिलो पार्टी बन्ने आधार तयार भयो

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकको पहिलो दिनमा सबै प्रदेशका इन्चार्ज र अध्यक्षले पार्टीको अभियानको बारेमा जानकारी गराएका छन् ।

    बैठकको पहिलो दिन प्रवाससहित सबै प्रदेश र आयोगबाट जानकारी राख्ने क्रम सकिएको हो । अब बैठक सोमबार विहान ११ बजे बस्ने गरी स्थगित भएको पार्टी प्रवक्तासमेत रहेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।

    बैठकमा पार्टीकासचिव समेत रहेका कोशी प्रदेशका इन्चार्ज चक्रपाणी खनालले अभियानले केही आशावादी बनाएको बताए । सबै नेता कार्यकर्ता सोँचेजस्तै गरी अभियानमा नखटे पनि ६० प्रतिशत नेता कार्यकर्ता अभियानले उत्साहित भएको भेटिएको जानकारी गराए ।

    प्रदेशका ११५७ वटै वडामा अभियानका संचालन गरिएको बताउँदै उनले सात जना नेता अभियानमा नखटिएको बताउँदै उनीहरुमाथि कारवाही गरिने बताए । कोशी प्रदेशकै अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) अभियान सापेक्षित रुपमा सफल भएको बताए । उनले अभियानको क्रममा २६३९ टोल, १७१३ सेल कमिटी गठन भएको बताए । उनले कामको आधारमा नेताको श्रेणी निर्धारण गरिएको पनि जानकारी गराए ।

    पार्टी सचिव नै रहेका मधेस प्रदेशका इन्चार्ज लिलामणी पोखरेलले बाराबाट स्वाभिमानको आन्दोलन सुरु भएको बताउँदै मधेस पार्टी निर्माणको आधारभूमी भएकाले त्यहीअनुसारको कार्यक्रम तय गर्नुपर्ने बताए । उनले मधेसमा संगठन निर्माण, सदस्यता नविकरण कार्य जारी रहेको जानकारी गराए ।

    पार्टीका उपमहासचिवसमेत रहेका बामगती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टीप्रतिको शहरिया मनोविज्ञान बुझ्न अभियानले सहयोग गरेको बताउँदै अब कार्यक्रम तय गर्न सजिलो हुने बताए । अभियानमा पूरै खट्ने, आधा खट्ने र जाँदै नजाने गरी तीन श्रेणीमा कार्यकर्तालाई विभाजन गरी मूल्यांकन गरिएको बताए ।

    उनले अभियानमा खट्नेलाई सम्मान र नजानेलाई कारवाही गरिने बताए । आधारभूत वर्गमा पार्टीप्रतिको आशा र भरोसा बढेको बताउँदै प्रभाकरले जनताका समस्या समाधानको लागि पार्टीले पहलकदमी लिनुपर्ने बताए ।

    बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले ११९ पालिकामध्ये ११५ मा सम्मेलन सम्पन्न भएको जानकारी गराए । अभियानको क्रममा ३५२९ टोल कमिटी, १०८४ जबस कमिटी गठन भएको बताउँदै सहयात्रीले जमेको पोखरीमा ढुंगो हानेजस्तै तल्लो कमिटीसम्म तरंग ल्याएको बताए । उनले वैचारिक, वर्गीय दृष्टिकोणभन्दा बढी व्यक्तिगत सोँच भावी भएका कारण पार्टीमा समस्या देखा परेको बताए ।

    त्यसैगरी पार्टीकै उपमहासचिव रहेका उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले नेता कार्यकर्तामा जनयुद्धकालिन केन्द्रीकृत योजना र विकेन्द्रीत परिचालनको मनोविज्ञान रहेको बताए । उनले केन्द्रबाट योजना बनाए नेता कार्यकर्ता खट्न समस्या नहुने अभियानले देखाएको बताए ।

    पार्टी विभाजनपछि कमजोर भएको पार्टी पुनः उही अवस्थामा लाग्न समय लाग्ने भन्दै पुनले एमालेलाई पुरानै अवस्थामा पुग्न दुई दशक र नेपाली काँग्रेसलाई एक दशक लागेको बताउँदै माओवादीले पनि एक दशक पूरा गरिसकेको बताउँदै अब २०६४ कै अवस्थामा फर्काउन सकिने सम्भावना देखा परेको बताए । माओवादीको क्षयीकरण सहरिय क्षेत्रमा भए पनि ग्रामिण क्षेत्रमा लोकप्रियता बढ्दो रहेको तथ्यांकले देखाएको प्रतिवेदन प्रस्तुत गरे ।

    सोही प्रदेशका अध्यक्ष जगत सिंखडाले अहिले पनि मध्यम वर्गले माओवादीलाई निरुत्साहित गरिरहेको बताए । उनले पार्टीबाट सरकारमा गएका मन्त्रीसँग दलाल र माफियाका सजिलै पहुँच पुग्ने तर नेता कार्यकर्ताको भनेको काम नहुँदा जनतामा निरासा बढेको बताए ।

    पार्टीका सचिवसमेत रहेका गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले अभियानले गुटबन्दी गर्ने प्रवृति निरास भएको इमान्दार नेता कार्यकर्ता उत्साहित भएको बताए । अभियानले जनतामा आशा र भरोसा बढेको बताए ।

    अभियानको क्रममा २९ हजार सदस्यता नविकरण भएको ६ हजार नयाँ सदस्यता वितरण भएको प्रतिवेदन प्रस्तुत गरे । प्रदेश अध्यक्ष गायत्री गुरुङले कार्यक्षेत्रमा नजाने र शक्तिकेन्द्र धाउने प्रवृतिकै कारण पार्टीमा समस्या पैदा भएको भन्दै अभियानले त्यसमा झट्का दिएको बताइन् ।

    पार्टी सचिव नै रहेका लुम्बिनी प्रदेशका इञ्चार्ज हितमान शाक्यले अभियानको क्रममा ९७ वडा कमिटी गठन भएको, पालिकास्तरमा जबसका ९२५ कमिटी निर्माण भएको बताए । अभियानको क्रममा १९१५ वटा जनपरिचालनका कार्यक्रम भएको शाक्यले प्रतिवेदन प्रस्तुत गरे ।

    उनको अभियानको क्रममा विभिन्न पार्टीबाट ५१७८ जनाले पार्टी प्रवेश गरेको बताए । सोही प्रदेशका अध्यक्ष सुदर्शन बरालले पार्टी वडामा पुगेपछि माओवादी फर्कियो भनेर जनता उत्साहित भएको बताए ।

    पार्टीका उपमहासचिवसमेत रहेका कर्णाली प्रदेशका इन्चार्ज मातृका यादवले ६२२ स्थानबाटै एकैसाथ अभियान सुरु गरिएको बताउँदै पार्टी काममा हाम फाल्ने कर्णालीको विशेषताअनुसार अधिकांश नेता कार्यकर्ता अभियानमा खटिएको प्रतिवेदन पेश गरे । प्रदेश अध्यक्ष विमला केसीले अभियानको क्रममा ५० हजार सदस्यता नविकरण गरिएको र ६२६४ नयाँ सदस्यता वितरण गरिएको बताइन् ।

    सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरीले प्रवेशमा ८० वटा अभियान टोली बनाएर खटिएको बताउँदै आवधिक समिक्षासम्म आइपुग्दा अभियान तीब्र गतिमा बढेको तर, त्यसपछि सोँचेजस्तै बन्न नसकेको बताए । प्रदेशका ८८ वटै पालिकामा कमिटी निर्माण भएको अध्यक्ष चौधरीले प्रतिवेदन प्रस्तुत गरे ।

    त्यसैगरी पार्टीसचिवसमेत रहेको प्रवास प्रदेशका इन्चार्ज राम कार्कीले रोजगारीको क्रममा विदेशिने संख्या बढ्दै गएको बताउँदै प्रवास विशेष कार्यक्रमसहित संगठित गर्नुपर्ने देखाएको बताए । प्रवासमा रोजगारी गर्ने अहिले राजनीतिप्रति चाँसो राख्ने भएकोले घरको भोटलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको बताए ।

    प्रवास प्रदेशका अध्यक्ष ओम शर्माले नेपालमा पार्टीमा इमान्दारितापूर्वक काम गर्ने नेता कार्यकर्तालाई विदेश भ्रमण गराउने बताए । उनले भूकम्प प्रभावितलाई राहतमा प्रवासले सहयोग गरेको बताए ।

    बैठकमा अनुशासन आयोगका अध्यक्ष टंक राई, लेखा आयोगका अध्यक्ष पेशल खतिवडा र निर्वाचन आयोगका अध्यक्ष कुबेर ओलीले पनि अभियानमा आयोगले गरेको कामबारे जानकारी गराएका थिए ।

    बैठकको सुरुमा उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले चार महिने अभियानको समीक्षात्मक जानकारी गराएका थिए । उनले ६८ प्रतिशत नेता कार्यकर्ता अभियानमा खटेको बताए । अभियानको क्रममा पार्टी ६ लाख मतदातासम्म पुगेको बताउँदै २०८४ मा पहिलो पार्टी बन्ने आधार तयार भएको उनले बताए ।

     

  • माओवादी केन्द्रीय समिति बैठक जारी

    माओवादी केन्द्रीय समिति बैठक जारी

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ ।

    समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरू हुन लागेको विधान अधिवेशनबारे छलफल गर्न माओवादीको केन्द्रीय कमिटीको बैठक बसेको हो ।

    दुई दिनसम्म चल्ने बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’ मा विशेष समीक्षा गर्ने कार्यसूची छ । त्यस्तै पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

    ४०९ सदस्यीय माओवादी केन्द्रीय कमिटीमा १९० वैकल्पिक केन्द्रीय सदस्य छन् । सात वटा भौगोलिक र तीन गैरभौगोलिक प्रदेश समितिका पदाधिकारी पनि बैठकमा सहभागी छन् । माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ ।

  • वाईसीएलको ‘डिजिटल वक्तृत्वकला’ मा ५१ सहभागी सर्टलिस्ट, विजेतालाई प्रधानमन्त्रीले पुरस्कृत गर्ने

    वाईसीएलको ‘डिजिटल वक्तृत्वकला’ मा ५१ सहभागी सर्टलिस्ट, विजेतालाई प्रधानमन्त्रीले पुरस्कृत गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालले २८औं ‘जनयुद्ध दिवस’ का अवसरमा गरेको ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगितामा सहभागीमध्ये ५१ जनाको भिडिओ सर्टलिस्टमा परेका छन् ।

    वाईसीएलको उपभोक्ता हकहित संरक्षण विभागले ‘जनयुद्धका उपलब्धि’ विषयमा भिडिओमार्फत वृहत् वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । यसमा सहभागीले भिडिओमा आफ्नो कुरा बोलेर पठाउन भनिएको थियो ।

    ४ मिनेटको भिडिओमा जनयुद्धका उपलब्धिबारे बोलेर केन्द्रीय कार्यालयको फेसबुक पेजमा पठाउन भनिएकोमा ५१ जना सहभागीको भिडिओ छनौट गरिएको वाईसीएलका सचिव तथा उपभोक्ता हकहित संरक्षण विभाग प्रमुख हरि ढकालले बताए ।

    डिजिटल बहसमा सहभागी हुनेले माओवादी जनयुद्धअघिको राज्यको आर्थिक, सामाजिक र राजनीतिक व्यवस्था र त्यसपछि देशले प्राप्त गरेका उपलब्धिमा केन्द्रित रहेर आफ्ना तर्क प्रस्तुत गरेका छन् । ५१ जनामध्ये उत्कृष्ट सहभागीलाई फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर पुरस्कृत गरिने ढकालले बताए । वाइसिएलका महासचिव गणेश शाहीको नेतृत्वमा टोलीले आइतवारै प्रधानमन्त्री तथा माओवादी पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर पुरस्कार वितरणको लागि निम्ता दिएको छ ।

    पार्टीको विधान अधिवेशनको समेत सोही दिन पारेर प्रचण्डको हातबाट सहभागीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने ढकालले बताए । आज माघ २८ गते आइतबार दिउँसो १२ बजेसम्म आएका लाइक, कमेन्ट, शेयर र भ्यूजको आधारमा विजेता तथा उपविजेताको टुंगो लगाइने ढकालले जानकारी दिए ।

    यद्यपि निर्णायक मण्डलले सहभागी वक्ताको विषयवस्तु उठान, बोल्ने शैली र अन्य क्षमतालाई समेत मूल्यांकन गरेर अन्तिम नम्बर दिनेछ । भिडिओको लाइक, कमेन्ट, भ्यूज र शेयरको ५० प्रतिशत मूल्यांकन हुनेछ । विषयवस्तु र कलात्मक प्रस्तुतिको ५० प्रतिशत मूल्यांकन गरिने आयोजकले जनाएको छ ।

    पुरस्कार राशी रकममध्ये ५० हजार रुपैया प्रेम,पुर्ण,प्रताप फाउण्डेशनले सहयोग गरेपछि पहिलो हुनेले ५५ हजार,दोस्रोले ३५ र तेस्रोले २० हजार पुरस्कार पाउनेछन् । प्रतिस्पर्धीहरूले पठाएको भिडिओ आयोजकको आधिकारिक पेजबाट मात्रै प्रसारण गरिएको थियो ।

  • भ्रष्टाचार अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण सहयोग हुन्छ: प्रधानमन्त्री

    भ्रष्टाचार अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण सहयोग हुन्छ: प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।

    प्रधानमन्त्री प्रचण्डले भने, “माथिल्लो तहदेखि तल्लातहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र यस्ता कार्यमा सरकारले आयोगलाई हस्तक्षेप गर्दैन ।”

    सुशासन प्रवर्द्धनमा आयोगले पुर्‍याएको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार विरुद्धको लडाइँमा आयोग थप अडिग र कटिबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

    संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले त्यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको स्पष्ट पारे ।

    भ्रष्टाचार नियन्त्रण गर्नका लागि आयोग र आयोगजस्ता भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूलाई कानुनी, प्रशासनिक र आर्थिक रूपले सबल बनाउन सरकारले आफ्ना नीति, कार्यक्रम तथा बजेटलाई केन्द्रित गरेको प्रधानमन्त्रीले जानकारी दिए ।

    सुशासनको मुख्य बाधकको रूपमा रहेको भ्रष्टाचार विरूद्धको लडाइँमा संवैधानिक आयोगले आफ्नो स्थापनाकालदेखि हालसम्म निभाउँदै आएको महत्त्वपूर्ण भूमिकाको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोगप्रति नागरिकले राखेका आशा र भरोसालाई आगामी दिनमा पनि कायम राख्नुपर्ने बताए ।

    राष्ट्रले लिएको विकास र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कानुनको शासन, मानव अधिकारको संरक्षण तथा समतामूलक र समावेशी शासनको प्रत्याभूतिका गर्नका लागि आयोगले इतिहासदेखि नै खेल्दै आएको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले आगामी दिनमा भ्रष्टाचारमुक्त समाज स्थापना गर्ने सबालमा आयोग दृढताका साथ उभिनेछ विश्वास व्यक्त गरे ।

    विश्वव्यापी रूपमा भएको प्रविधिको द्रूततर विकाससँगै भ्रष्टाचारजन्य क्रियाकलाप र प्रवृत्तिको स्वरूप, तौरतरिका, प्रवृत्ति, सघनता र आयाममा समेत व्यापक परिवर्तन आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “एकातार्फ आयोगको कार्यक्षेत्र विस्तार गर्नुपर्ने चुनौती छ भने अर्कोतर्फ आयोगको कार्य प्रणालीमा देखिएका समस्या समाधान गर्दै लैजानुपर्ने चुनौती छ ।”

    भ्रष्टाचार नियन्त्रणको महत्त्वपूर्ण भूमिका बोकेको आयोगले स्वतन्त्र, निष्पक्ष र निर्भिक तवरले भ्रष्टाचार र अनियमितताका विरूद्ध अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन नवीनतम प्रविधिको प्रयोग गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड थियो ।

  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने गरी तय गरिएको सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    प्रवक्ता सापकोटाका अनुसार बैठक आइतबार र सोमबार दुई दिनसम्म चल्नेछ । बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ ।

    समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ । माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।

    सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो ।

    बैठकमा पार्टीको समग्र अवस्थाका बारेमा पनि छलफल हुने प्रवक्ता सापकोटाले जानकारी दिए।

     

  • १३ सय प्रतिनिधिको सुझाव लिएर विधानलाई टुंग्याउने माओवादीको निर्णय (भिडिओ)

    १३ सय प्रतिनिधिको सुझाव लिएर विधानलाई टुंग्याउने माओवादीको निर्णय (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको केन्द्रीय कमिटीमा समिक्षा गर्ने भएको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आइतबारबाट सुरु हुने केन्द्रीय कमिटीमा अभियानमा बारेमा विस्तृत समिक्षा गर्ने निर्णय गरेको हो ।

    केन्द्रीय कमिटीको पहिलो दिन अभियानको समिक्षा र दोस्रो दिन विधानका बारेमा छलफल हुने प्रवक्ता अग्नि सापकोटाले बताए।
    उनले भने, बैठकमा नेतृत्व चयनका प्रक्रियाका साथै अन्य पार्टी भित्रको व्यवस्थालाई विधानमा कसरी समेट्ने भन्ने बारेमा छलफल भएको छ। जनवादको उत्तम अभ्यास भएको र सवै बिषयमा स्थायी कमिटी सदस्यहरुले खुलेर कुरा राख्नुभएको छ।

    विधान सम्मेलनमा १३ सय प्रतिनिधिहरुको कुरा सुनेर विधानलाई अन्तिम रुप दिने बताए। बैठकमा संविधान अनुसार पार्टीको विधि संरचना लगाएतलाई त्यस अनुरुप लैजादै अघि बढ्नुपर्नेमा नेताहरुले जोड दिएका थिए।

    माओवादीले केन्द्रीय कमिटी माघ २८ र २९ गते र फाल्गुन १ देखि ३ गतेसम्म विधान सम्मेलनको आयोजना गरेको छ। माओवादीको विधानमाथि छलफल भइरहेको बेलामा १५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव भएको छ। बैठकमा पार्टीमा युवा पुस्तालाई नेतृत्वमा ल्याउने बाटो ल्याउने भन्ने बिषयमा पनि बहस चलिरहेको छ।

  • स्थायी कमिटीमा प्रचण्डको ब्रिफिङ- परिस्थिति तरल, जटिल र पेचिलो बन्दै गइरहेको छ

    स्थायी कमिटीमा प्रचण्डको ब्रिफिङ- परिस्थिति तरल, जटिल र पेचिलो बन्दै गइरहेको छ

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति तरल रहेको ब्रिफिङ गरेका छन् ।

    प्रवक्ता अग्निप्रसाद सापकोटाको अनुसार पार्टीे स्थार्यी कमिटीको बैठकमा वर्तमान परिस्थितिबारे उनले भने, ‘वर्तमान परिस्थितिमा अहिले तरल भएको छ । जटिल र पेचिलो बन्दैछ । अहिले हाम्रो मुख्य कार्यभार भनेको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनुपर्छ भनेर पाटीहरुमा घनिभूत छलफल भइरहेको छ ।’

    उनले अध्यक्षले बैठकमा पार्टीको विधान, केन्द्रीय समिति र विधान सम्मेलनको व्यवस्थानको बारेमा ब्रिफिङ गरेको बताए ।

    बैठकमा नेताहरुले टीआरसी विधेयक यही अधिवेशनबाट सत्तापक्ष र प्रतिपक्ष दलसँग छलफल गरेर सहमतिमै टुंग्याउनुपर्ने सुझाव दिएको बताए । विधेयकमा सहमति जुटाउनको लागि हदैसम्म प्रयास गर्न सुझाव बैठकमा आएको उनकोे भनाइ छ ।

     

  • माओवादीले भन्यो- राष्ट्रिय सभाको अध्यक्षलाई लिएर गठबन्धन तलमाथि हुँदैन

    माओवादीले भन्यो- राष्ट्रिय सभाको अध्यक्षलाई लिएर गठबन्धन तलमाथि हुँदैन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रियसभाको अध्यक्षको विषयलाई लिएर गठबन्धन तलमाथि नहुने बताएका छन् ।

    पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका केही नेताहरुले बोलेपनि गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरे। उनले यो गठबन्धन पाँचैवर्ष जाने बताए ।

    राष्ट्रिय सभाको अध्यक्षमा माओवादीसहित कांग्रेस र नेकपा एकीकृत समाजवादीले पनि दाबी गर्दै आइरहेको छ ।

    उनले बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकता गरेर जानुपर्ने बताए ।

    उनले भने, ‘हामीले समग्र वामपन्थी एकताको लागि पहल गर्ने, समाजवादी मोर्चाले पनि त्यसको वातावरण बनाइरहेको छ । कम्युनिष्टि पार्टीको पुनर्गठनको लागि चौतर्फि पहल गर्नुपर्छ त्यो आवश्यक र सम्भव पनि छ ।’

     

     

  • माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा

    माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा

    काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक जारी छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा मस्यौदा विधान २०८० माथि छलफल भइरहेको छ ।

    आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसायिमक विषयमा ब्रिफिड गरिरहेका छन् । बैठक भोलिसम्म चल्नेछ । यो बैठकले आइतबार र सोमबार बस्ने केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्नेछ ।

    केन्द्रीय समितिको बैठकले फागुन पहिलो साता हुने पार्टीको विधान सम्मेलनको एजेन्डा तय गर्नेछ । विधान सम्मेलनले पार्टीको विधानलाई पूर्णता दिनेछ ।

  • विधान सम्मेलनअघि माओवादीले बोलायो केन्द्रीय र स्थायी कमिटीको बैठक

    विधान सम्मेलनअघि माओवादीले बोलायो केन्द्रीय र स्थायी कमिटीको बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय र स्थायी कमिटी बैठक बोलाएको छ। मस्यौदा विधान २०८० माथि छलफल गर्न बैठक बोलाएको सचिव दिनानाथ शर्माले बताए।

    उनका अनुसार शुक्रबार र शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बस्नेछ। दुई दिन स्थायी कमिटी बैठकमा छलफपछि आइतबार र सोमबार केन्द्रीय कमिटीको बैठक बस्ने उनले बताए। बैठक राष्ट्रिय सभा गृहमा बस्नेछ।

    बैठकमा तीन दिनसम्म चल्ने विधान सम्मेलनबारे छलफल हुने उनले बताए। बैठकमा पार्टीले सञ्चालन गरेको अभियानको मुल्याकंन र समीक्षा गर्ने उनको भनाइ छ।

    उनले थपे,‘केन्द्रीय समितिले स्थायी कमिटीबाट आएको सुझाव र अहिलेसम्म तल्लो तहबाट आएको सुझावलाई समेटेर विधानलाई अन्तिम रुपमा दिन्छ। केन्द्रीय कमिटीले अन्तिम रुप दिएपछि विधान सम्मेलन पारित गर्छ।’

    माओवादीमा अहिले उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि छलफल भइरहेको छ।

  • संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूको मप्रति भरोसा छ : प्रधानमन्त्री प्रचण्ड

    संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूको मप्रति भरोसा छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तनको मुख्य संवाहक हुनुका नाताले आफू संघीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आयोजित राष्ट्रिय समन्वय परिषद्को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै सङ्घीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूले आफूप्रति भरोषा राखेको बताए ।

    उनले भने, ‘संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूले मप्रति भरोसा गर्नुभएको छ, यही शक्तिका साथ सङ्घीयता कार्यान्वयनमा लाग्छु ।’

    बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, सातवटै प्रदेशका मुख्यमन्त्रीहरुलगायतको उपस्थिती थियो ।

  • हिउँदे अधिवेशनबाट बढीभन्दा बढी विधेयक पारित गर्न जोड दिइन्छ: प्रधानमन्त्री (भिडिओ)

    हिउँदे अधिवेशनबाट बढीभन्दा बढी विधेयक पारित गर्न जोड दिइन्छ: प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको हिउँदे अधिवेशनमा बढीभन्दा बढी विधेयक पारित गर्न जोड दिने बताएका छन् ।

    संसद बैठकपछि सोमबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले अहिलेको अधिवेशन विधेयक अधिवेशन भएकाले बढीभन्दा बढी विधेयक ल्याएर पारित गर्न जोड दिने बताए ।

    राम्रो बातावरणमा संसद बैठक सुरु भएकाले विधेयकहरु अघि बढ्ने उनले बताए ।

  • सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टी सांसदहरूलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

    सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टी सांसदहरूलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा उहाँले पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसद्मा दरिलोरूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

    ‘तपाईंहरू राम्रो तयारीका साथ संसद्मा प्रस्तुत हुनुहोस् । सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनुहोस्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोशिस गरिएको छ । सरकारले राम्रा काम गरेका छन् । यी विषयमा सदनमा आफ्ना विषय प्रस्तुत गर्नुहोस् ।’

    आगामी आर्थिक वर्षमा परिणाम निस्किनेगरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले तीन करोडभन्दा साना योजनाहरू केन्द्रमा नराखी तल्लो तहमा पठाइने बताए । उनले गठबन्धनको साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    सङ्घीय लोकतन्त्र आफूहरूको सक्रियतामा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो व्यवस्था हामीले ल्याएको हो । यसको रक्षा र सुदृढ गर्ने दायित्व पनि हाम्रो नै हो । त्यसैले व्यवस्था विरोधी मतका विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुनुपर्छ ।’

    नीति तथा कार्यक्रम र बजेट निर्माणमा नयाँ पहल लिइएको जानकारी दिँदै उनले सांसद र जनताले समेत बहस गर्ने र उनीहरूको कुरा पनि समावेश हुनेगरी नीति तथा कार्यक्रम र बजेट बनाउनेगरी आगाडि बढ्नुपर्ने बताए ।

    बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धि विधेयक यही अधिवेशनबाट सहमतिमा पास हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुङ्गाउँदा सबैको हितमा हुन्छ । सोही प्रक्रियामा जानुपर्छ ।’

  • माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

    माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

    काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी रहेको छ ।

    बिहान साढे ८ बजेदेखि सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ ।

    बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिने बताइएको छ ।

  • प्रधानमन्त्री र ओलीको सिंहदरबार भेटमा के भयो कुराकानी ? (भिडिओ)

    प्रधानमन्त्री र ओलीको सिंहदरबार भेटमा के भयो कुराकानी ? (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    सोमबारदेखि सुरू हुने हिउँदे अधिवेशनको संघारमा शीर्ष तहमा भेटघाट भएको हो ।

    सिंहदरबारबाट बाहिरिँदै ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।

    ओलीका अनुसार शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने, टीआरसी विधेयकलाई राम्ररी मिलाएर छिट्टै टुंग्याउनेबारे कुराकानी भएको छ ।

    सरकारले बहुमतबाट विधेयक पास गर्ने भनिरहेकोबारे पत्रकारको जिज्ञासामा ओलीले टीआरसीमा एमालेको अडान कायमै रहेको बताए । उनले भने, ‘बहुमतले किन पास गर्नुपर्‍यो राम्रो बनाएर सहमतिमा पास गरे भइगो नि !’

    केहीदिनअघि कानूनमन्त्री धनराज गुरुङले प्रक्रियाबाटै भएपनि टीआरसी विधेयक टुंग्याउने बताएका थिए ।

  • मैले गरेका साहसिक कामले ‘अब चाहिँ केही हुन्छ’ भन्ने आशा पलायो: प्रधानमन्त्री (भिडिओ)

    मैले गरेका साहसिक कामले ‘अब चाहिँ केही हुन्छ’ भन्ने आशा पलायो: प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा चुनौतीपूर्ण परिस्थितिमा गठन भएको सरकारले एक वर्ष, एक महिनाको अवधिमा धेरै साहसिक काम गरेको दाबी गरेका छन्।

    नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै सरकारको कामले जनतामा ‘अब चाहिँ केही हुन्छ’ भन्ने सकारात्मक नयाँ आशाको सञ्चार भएको बताए।

    उनले भने, ‘सरकारले इतिहासले सम्झिने गरी जनपक्षीय काम अघि बढाएको छ। नक्कली भूटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको छ।

    मिटरब्याजपीडितको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्रजस्ता कार्यले जनतामा आशा जगाएको उल्लेख गरे।

    सरकारले चालेका सुधारात्मक कदमबाट देशको अर्थतन्त्रसमेत लयमा फर्किइसकेको दाबी गरे। कोरोना र विश्वमै आएको आर्थिक मन्दीका कारण केही वर्षदेखि नेपालको विज्ञापन बजार खुम्चिएकाले नेपालका सञ्चारमाध्यमले भोग्नुपरेका समस्याबारे आफू जानकार रहेको पनि उल्लेख गरे।

  • प्रधानमन्त्रीले भने- हजारौं मिटरब्याजपीडित किसानले न्याय पाएका छन्, लाखौंले न्याय पाउँदैछन्

    प्रधानमन्त्रीले भने- हजारौं मिटरब्याजपीडित किसानले न्याय पाएका छन्, लाखौंले न्याय पाउँदैछन्

    वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजपीडित लाखौँ किसानहरूले इतिहासमा पहिलोपटक न्याय पाएको बताएका छन् । बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सरकारले कानून निर्माण गरेर मिटरब्याजलाई जघन्य अपराधका रुपमा परिभाषित गरेको स्पष्ट पारे ।

    मिटरब्याजपीडितका विषयमा सरकारले उच्चस्तरीय आयोग बनाएर काम गरिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘हजारौँ किसानले न्याय पाएका छन्, लाखौँले न्याय पाउँदैछन् । यो कुरा आम जनतालाई राम्रोसँग बुझाउनुस् ।’

    कतिपय सन्दर्भमा राजनीतिक दलका स्थानीय नेताहरू र स्थानीय जनप्रतिनिधिहरू नै मिटरब्याजको पक्षमा लागेको भन्ने जनगुनासो आइरहेको उल्लेख गर्दै उनले भने, ‘तपाईंहरूले पीडकको पक्षमा होइन, पीडितमैत्री आचरण, व्यवहार र पक्षधरताका साथ न्यायको प्रत्याभूति गराउनुस् ।’

    सरकारले लाखौं नागरिकता बिहीन नेपाली युवालाई नागरिकता दिने व्यवस्था गरेको स्मरण गरे ।

    उनले भने, ‘सबैभन्दा धेरै मधेशका युवाहरू छन् । यो निकै ठूलो काम हो । सङ्घीय सरकारले गरेको यो ऐतिहासिक काम जनतासम्म पु¥याएर राज्यप्रति नागरिकको विश्वास र सम्बन्ध अभिवृद्धि गर्नुस् ।’

    उनले संविधानमा व्यवस्था भएका अधिकारबारे आम जनसमुदायलाई बुझाउन स्थानीय तहले नागरिकको प्रत्येक घरसम्म पुग्ने गरी जागरण अभियान वा घरदैलो कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।

    संविधानले मधेसका नागरिक, महिला, दलितलगायत उत्पीडित वर्ग र समुदायको पहिचान र अधिकारको प्रबन्ध गरेको स्पष्ट पारे ।

    संविधानमा व्यवस्था भएबमोजिमका सङ्घीय कानुनहरूको निर्माणमा उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले प्रहरी समायोजन ऐन कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको बताए । माध्यमिक शिक्षा विधेयक संसद्मा छलफलको प्रक्रियामा रहेको बताउँदै उनले सङ्घीय निजामती सेवा ऐन संसद्मा प्रस्तुत गर्ने तयारीमा रहेको जानकारी दिए ।

    स्थानीय सरकार जनताको पहिलो सरकार भएको बताउँदै उनले भने, ‘तपाईंहरूले जस्तो नीति तथा कार्यक्रम बनाउनुहुन्छ, जस्तो व्यवहार गर्नुहुन्छ वा सेवाप्रवाह हुन्छ, सोहीअनुसार राज्यप्रति जनताको धारणा भन्ने हो ।’

    जनतामा प्रवाह हुने नकारात्मक भाष्यलाई चिर्न स्थानीय सरकारले मेहेनत गर्नुपर्ने बताउँदै स्थानीय सरकारको काम प्रभावकारी हुँदा आमजनताले सङ्घीय सरकारको आलोचना गर्ने र त्यसबाट सिङ्गो व्यवस्थाप्रति नै नकारात्मक सन्देश जानेतर्फ सजग गराए ।

    उनले भने, ‘जनतालाई सरल रूपमा बढीभन्दा बढी राम्रो सेवा दिने कुरालाई प्राथमिकता दिनुस् ।’

    मधेशका स्थानीय तहहरूमा भ्रष्टाचार र बेरूजु बढी भएको, उपभोक्ता समितिमा आफ्ना नातेदार र आफ्नो पार्टीका मान्छे मात्रै राख्ने गरेको सुनिएको बताउँदै उनले भने, ‘राज्यको प्रचलित नीति र कानूनअनुसार प्रक्रिया पुर्याएर योग्यलाई नदिई आफ्नालाई दिएको गुनासो आउनुभएन ।’

     

  • रुग्ण उद्योग अब निजी क्षेत्र र सेनाले सञ्चालन गर्ने, प्रधानमन्त्री भन्छन्– एक सातामै राष्ट्रले परिणाम देख्छ

    रुग्ण उद्योग अब निजी क्षेत्र र सेनाले सञ्चालन गर्ने, प्रधानमन्त्री भन्छन्– एक सातामै राष्ट्रले परिणाम देख्छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुग्ण उद्योग सञ्चालन गर्ने तयारीमा सरकार अघि बढेको बताएका छन् ।

    पर्साको वीरगञ्जमा आइतबार सुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समिति र राष्ट्रिय परिषद् बैठकको समापन समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुराना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्ने सरकारले संकल्प गरेको बताए ।

    ‘हिजोमात्रै दुई वटा नयाँ काम अघि बढाउने निर्णय गरेका छौं । विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो उद्योगलगायत रुग्ण रहेकालाई अघि बढाउने योजना छ । कतिपय निजी र सार्वजनिक सहकार्य र कतिपय नेपाली सेनालाई सञ्चालन गर्न दिने ठोस निर्णय भएको छ’, उनले भने, ‘यसको परिणाम एक साताभित्र नै राष्ट्रले देख्नेछ । यो सरकारले पुराना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्ने संकल्प गरेको छ ।’

    प्रधानमन्त्री प्रचण्डले यो पटक सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत सानोतिनो क्रान्ति ल्याउन खोजेको दाबी गरे । त्यसको सुरुवात केही दिनअघि अध्यादेश ल्याएर राष्ट्रपतिबाट अनुमोदन भइसकेको उनको भनाइ छ ।

    सबैको राय सुझाव संकलन गरेर नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न सरकार लागिपरेको बताउँदै उनले आगामी नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुने औंल्याए ।

    ‘पुराना योजना जस्ताका त्यस्तै छोडेर नयाँ योजना बाँड्ने प्रचलनलाई रोकेर पुरानालाई निरन्तरता र नयाँ योजना अपरिहार्य भएमात्रै बजेट केन्द्रित गर्ने र जनताले परिवर्तन देख्ने खालको योजना छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘सिलिङ तोक्ने विषयमा पनि सबै मन्त्रालयसँग छलफल गरेरमात्रै तोक्ने, नीति तथा कार्यक्रम र बजेट पनि सबैको सहभागितामा निर्माण गर्नेमा सरकारको ध्यान केन्द्रित छ ।’

    उनले नेपाललाई नयाँ युगतिर लिने काम अहिलेको सरकारले गरिरेको पनि दाबी गरे । तर, त्यसका विरुद्ध चौतर्फी आक्रमण भइरहेको बताए ।

    ‘प्रचण्डको नेतृत्वमा ठूला काम भए भन्न प्रतिक्रियावादीलाई गाह्रो भइरहेको छ । त्यसैले यसका विरुद्ध लागिपरेका छन् । समाजवादी र प्रगतिशील शक्ति प्रतिवाद गर्न सफल हुन नसकेको अवस्था छ । प्रतिक्रियावादीले विषवमन गरिरहेका छन्’, उनले भने ।

  • पार्टी निकट पत्रकारलाई प्रचण्डको निर्देशन- व्यवस्थाविरोधी टिप्पणीप्रति संगठित प्रतिवाद गर्नुस्

    पार्टी निकट पत्रकारलाई प्रचण्डको निर्देशन- व्यवस्थाविरोधी टिप्पणीप्रति संगठित प्रतिवाद गर्नुस्

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्षपछि आएको परिवर्तनका विरुद्ध भइरहेको टिप्पणीप्रति संगठित भएर प्रतिवाद गर्न आग्रह गरेका छन्।

    प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी षड्यन्त्र र घेराबन्दीलाई बोल्न प्रेस सेन्टरमा आबद्ध सबैले भूमिका खेल्नुपर्ने बताए।

    उनले भने- लामो संघर्षपछि आएको परिवर्तनका विरुद्ध हल्का ढंगले टिप्पणी गर्ने र बदनाम गर्ने कामको निम्ति सोसल मिडिया प्रयोग गर्ने एउटा तप्का लागिरहेको छ। त्यसको प्रतिवाद हामीले संगठित रूपले व्यापक अभियानका रूपमा गर्नु छ। हामीले गर्नैपर्छ। प्रेस सेन्टरमा आबद्ध साथीहरूले मेहनत गर्नुभएको तपाईँहरूले अझै मेहनत गरेर प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी षड्यन्त्र र घेराबन्दीलाई बोल्नको निम्ति भूमिका खेल्नुहुनेछ। मेरो तपाईंहरुप्रति भरोसा बढेको छ।

    उनले आफू नेतृत्वको सरकारको केही रेकर्ड र मानक बनेको दाबी गरे।

  • गठबन्धनका नेता रिझाउन अध्यादेशबाट ऐन संशोधन- दलका नेता र सचेतकलाई गाडीसहित थप नगद

    गठबन्धनका नेता रिझाउन अध्यादेशबाट ऐन संशोधन- दलका नेता र सचेतकलाई गाडीसहित थप नगद

    विराटनगर । कोशी सरकारले सत्तागठबन्धनका नेता रिझाउन प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सेवासम्बन्धी ऐन २०७५ संशोधन गरेको छ ।

    प्रदेशसभाका गठबन्धनका संसदीय दलका नेता र सचेतकलाई गाडीलगायतको सुविधाका लागि मुख्यमन्त्री केदार कार्कीले अध्यादेशमार्फत् उक्त ऐन संशोधन गरेका हुन् । अध्यादेशबाट ऐन संशोधन भएपछि अब एकजनामात्र सांसद रहेको जसपाकी निर्मला लिम्बूको पनि सुविधा थपिएको छ ।

    ऐन संशोधनसँगै पूर्वमुख्यमन्त्रीहरू उद्धव थापा र राजेन्द्र राईको सुविधा पनि सुरक्षित भएको छ । यस्तै सत्तारुढ दलका सचेतकहरूलाई पनि गाडी सुविधा दिइने गरी ऐन संशोधन गरिएको छ । माघ ६ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अध्यादेशमार्फत पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन संशोधन गरेका हुन् ।

    यसअघि ऐनले पदाधिकारी भन्नाले सभामुख, उपसभामुख, सत्ता पक्ष र प्रतिपक्षी दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक र संसदीय समितिका सभापतिलाई परिभाषित गरेको थियो । सोही परिभाषाअनुसारका पदाधिकारीहरूलाई मात्रै गाडी सुविधा उपलब्ध गराइँदै आएको थियो ।

    संशोधित ऐनले प्रमुख प्रतिपक्षी दलका सचेतकलाई भने सवारी सुविधा दिने व्यवस्था गरेको छैन ।

    कोशीमा अहिलेसम्म ६ जना मुख्यमन्त्री बनिसकेका छन् । प्रदेशसभाको पहिलो कार्यकालमा नेकपा एमालेका शेरधन राई, भीम आचार्य र नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री थिए ।
    दोस्रो कार्यकालको एक वर्षमै एमालेका हिक्मतकुमार कार्की, कांग्रेसका उद्धव थापा र हालका केदार कार्कीसमेत तीनजना भइसकेका छन् । पूर्वमुख्यमन्त्रीको हैसियतमा रहेका शेरधन राई र भीम आचार्यले सुविधा पाउने छैनन् ।

    अध्यादेशबाट गठबन्धन दलका थप तीनजनाले सुविधा पाउने भएका छन् । यसअघिको ऐनअनुसार सुविधा पाउनबाट वञ्चित कांग्रेस संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री उद्धव थापा र नेकपा एस संसदीय दलका नेता राजेन्द्र राईलाई सुविधाको बाटो खुलेको छ ।

    संसदीय दलको नेताको हैसियतमा उनीहरूले थप नगद, अब गाडीसँगै १२५ लिटर तेल पाउनेछन् भने एकजना सवारी चालकसमेत उपलब्ध गराइनेछ । प्रमुख सचेतक र सचेतकलाई पनि नयाँ व्यवस्थाअनुसार एकमुष्ट थप ५० हजार दिइनेछ ।

    नेताका लागि सरकारले सेवा सुविधा दिने कुरा लाजमर्दो विषय भएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले यसको विरोध गरेको छ ।

    कोशीका पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नेताका सेवा सुविधाका लागि कानून नबनाई अध्यादेशबाट ऐन संशोधन गर्नु लाजमर्दो भएको बताए ।

    ‘संसद् अन्त्य गरेर कुनै कानून नबनाई अध्यादेशबाट सेवा सुविधाका लागि ऐन संशोधन गर्नु लाजमर्दो कुरा हो । आर्थिक भार थप्ने यो निर्णय एमालेलाई स्वीकार्य हुँदैन’, कार्कीले नेपाल प्रेससँग भने ।

    पुरानो परिभाषा-

    संशोधित परिभाषा-

  • सुदूरपश्चिम माओवादीमा तरङ्ग : संसदीय दलको नेता हटाउने निर्णय सच्चाउन प्रदेश पार्टीको निर्देशन

    सुदूरपश्चिम माओवादीमा तरङ्ग : संसदीय दलको नेता हटाउने निर्णय सच्चाउन प्रदेश पार्टीको निर्देशन

    कैलाली । शुक्रवार माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलले संसदीय दलको नेता हटाएको विषयले अहिले पार्टी भित्र तरङ्ग पैदा भएको छ ।

    माओवादी प्रदेश कमिटीले तत्काल उक्त निर्णय सच्चाउन संसदीय दललाई निर्देशन दिएको छ ।

    धनगढीमा बसेको उपलब्ध पदाधिकारीको बैठकले पार्टीको विधि विपरीत र केन्द्रीय कार्यालयको निर्देशन समेत अवज्ञा गरेर दलको नेता हटाएको भन्दै तत्काल उक्त निर्णय सच्चाउन निर्देशन दिने निर्णय गरेको हो ।

    सुदूरपश्चिम प्रदेशका सबै जिल्ला संयोजक र इन्चार्जलाई पदाधिकारी बैठकले गरेको निर्णय समेत परिपत्र गरिएको छ ।

    प्रदेश अध्यक्ष र हरिराम चौधरी उत्सव र सचिव जनकबहादुर बुढाले हस्ताक्षर गरेर जारी गरिएको परिपत्रमा संसदीय दलको नेता खगराज भट्टको जानकारी विना उपनेता अक्कल बहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन गरेको र सरकार परिवर्तन गर्ने भन्ने कुरामा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

    संसदीय दलका उपनेता रावल पार्टीका प्रदेश उपाध्यक्ष पनि हुन् । उनकै अध्यक्षतामा बसेको बहुमतको बैठकले भट्टलाई दलको नेताबाट हटाएर मानबहादुर धामीलाई चयन गरेको थियो ।

    खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाउँदा ६ जना प्रदेशसभा सदस्यहरूले निर्णय गरेका छन् । ११ जना प्रदेशसभा सदस्य रहको सुदूरपश्चिममा एक जना सभामुख छन् ।

    मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट सरल, गीता देवी माल लक्ष्मी विक र शिवसिंह ओलीले धामीलाई दलको नेता बनाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

    बैठकमा खगराज भट्ट, झपट साउद, रमेश धामी र जनकी देवी कुवर भने उपस्थित भएनन् । अहिले उक्त निर्णयले माओवादी भित्र तीव्र विवाद उत्पन्न भएको छ ।

  • ठेकेदार र कर्मचारीसँग वर्षमानको आक्रोश- काम तपाईंले बिगार्ने, गाली हामीले खाने ?

    ठेकेदार र कर्मचारीसँग वर्षमानको आक्रोश- काम तपाईंले बिगार्ने, गाली हामीले खाने ?

    रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वर्षमान पुन अनन्तले निर्माणाधीन शहीद मार्गअन्तर्गत दाङको घोराहीदेखि होलेरीसम्मको सडक अनुगमन गरेका छन् ।

    पूर्वसभामुख ओनसरी घर्ती र लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुनसहित पुनले निर्माण व्यवसायीको लापरबाहीले कालोपत्रे उप्किएर खण्डहर भएको उक्त सडक आयोजनाको अनुगमन गरेका हुन् ।

    भारतीय एक्जिम बैंकको ४० करोड ऋण लगानीमा होराही उपमहानगरपालिकाको बगालेदेखि होलेरीसम्मको ३१.५ किलोमिटरमध्ये २६ किलोमिटर सडक चार वर्षअघि कालोपत्रे गरिएको थियो । तर, निर्माण कम्पनीले सडक आयोजनालाई हस्तान्तरण नगर्दै कालोपत्रे उप्किएर सडक खण्डहरमा परिणत भएपछि सो सडक भएर यात्रा गर्ने सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

    सडकखण्डका दर्जनौं स्थानमा ठूला खाल्डा छन् भने धुलोका कारण यात्रु र मानव बस्ती नै जोखिमपूर्ण अवस्थामा छ । ०७१ सालमा उक्त सडक बनाउने ठेक्का सील÷प्यासी फीक जेभी कम्पनीले पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले एक वर्षसम्म मर्मत सम्भार र त्रुटि सच्याउने काम नगरेकाले सडक जिर्ण भएको शहीद मार्ग आयोजनाका इन्जिनियर सुमन सुवेदी बताउँछन् ।

    बाँकी काम गर्न र मर्मत सम्भार तथा त्रुटि सच्याउन पटकपटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले अटेर गरेपछि २०७८ मंसिर ६ मा सडक विभागले निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने सिफारिससहित ठेक्का तोडेको थियो ।

    निर्माण व्यवसायसम्बन्धी मुद्दा हेर्ने न्यायिक निकाय नेपाल मध्यस्थता परिषद् (नेप्का) मा ठेकेदार कम्पनीले उजुरी दिएकामा नेप्काले सडक आयोजनाले निर्माण व्यवसायीलाई साढे ७ करोड क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

    सरकार निर्माण पक्षबीच सडक निर्माणको काम फेरि अघि बढाउने सहमतिविपरीत निर्माण पक्षले दाङका दुई सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ ढुवानी गर्ने कम्तिमा २ सय टिपर दैनिक सो सडकखण्ड भएर गुडेको तथा सडकको डिजाइन नै फेल भएका कारण गुणस्तरमा समस्या आएको दाबी निर्माण पक्षको छ ।

    तर, सरकारी पक्षले नै नेप्काको निर्णयमा असहमति जनाउँदै उच्च अदालत पाटनमा मुद्धा दायर गरेपछि आयोजना निर्माणको काम विगत चार वर्षयता अलपत्र छ । ईन्जिनियर सुवेदी भने आयोजनाका तर्फबाट नभई कन्सल्ट्याण्टका तर्फबाट मुद्धा दाय। गरिएको बताउँछन् ।

    ‘वैदेशिक लगानी भएको आयोजनामा अनिवार्य कन्सल्ट्याण्ट राखिएको हुन्छ । सडक विभागका तर्फबाट नभई कन्सल्ट्याण्टका तर्फबाट मुद्धा दायर भएको हो’, सुवेदीले भने’, सडक निर्माण भएको एक वर्षभित्र मर्मत सम्भार र त्रुटि सच्याउनुपर्नेमा निर्माण कम्पनीले पटकपटक ताकेता र म्याद थप गर्दा पनि त्यो काम गरेन । त्यस कारण ठेक्का तोडियो ।’

    अदालतमा विचाराधीन मुद्धाको अवस्था बुझ्न आयोजना प्रमुख नेत्रप्रसाद देवकोटा हाल काठमाण्डौं गएको र उनी फर्किएपछि नयाँ ठेक्काको प्रक्रियाले गति लिन सक्ने उनको भनाइ थियो ।

    माओवादीले सशस्त्र जनयुद्धकै बेला आफ्नो आधार इलाकामा श्रमदानबाट २०६० सालमा नुवागाउँबाट उक्त सडक निर्माणको काम थालेको हो । शान्ति प्रक्रिया हुँदै माओवादी सरकारमा सहभागी भएपछि राज्यले उक्त सडकको जिम्मा लिएको थियो ।

    उक्त सडक दक्षिणी रोल्पाको होलेरी–तिला–दारबोट–घर्तीगाउँ –दुई खोली–खरिबोट हुँदै रुकुमपुर्वको काँक्रीमा गएर मध्यपहाडी राजमार्गमा जोडिन्छ । ९ किलोमिटर मध्यपहाडी राजमार्ग पार गरेर फेरि उक्त सडक रुकुमको तकसेरा, हुमाम मौकोट हुँदै कर्णाली प्रदेशको डोल्पाबाट चीन जोड्ने रणनीतिक सडकका रुपमा विकास गर्ने योजना सरकारको छ । होलेरीदेखि काँक्रीसम्म २ सय २० किलोमिटर दूरी छ ।

    प्रतिनिधिसभा सदस्य पुनसहित रोल्पाका स्थानीय पालिका प्रमुखहरुले गत १२ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर घोराही– होलेरी सडक निर्माणका लागि बजेट व्यवस्थापन गर्न र ठेक्का प्रक्रिया अघि बढाइदिन आग्रह गरेका थिए ।

    अनुगमनपछि होलेरीमा आयोजित कार्यक्रममा पुनले नयाँ डिजाइनसहित सडक निर्माणको काम अघि बढाउन आफू प्रयासरत रहेको बताए । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृतिको चरणमा पुगेको र श्रोत सुनिश्चित गरी यसै वर्ष टेण्डर निकाल्न काठमाण्डौं फर्किएलगत्तै तालुकदार अर्थ र भौतिक पूर्वाधार मन्त्रालयसँग कुरा गर्ने उनको भनाइ थियो ।

    सडक आयोजना वा निर्माण कम्पनीको कमजोरीले काम बिग्रिने तार जनताले सास्ती पाएको भन्दै तत्काल काम अघि बढाउन आग्रह गरे । उनले सरकारी निकाय र निर्माण कम्पनीले काम बिगार्ने तर जनताले प्रश्न भने राजनीतिक दलका नेता र जनप्रतिधिमाथि गर्ने गरेको उल्लेख गरे ।

    ‘पिचको क्वालिटी किन पुगेन ? निर्माण व्यवसायीको कमजोरी भयो कि निर्माण व्यवसायीले राम्रो काम गर्दा पनि गाडीको चाप बढी भएका कारण धान्न नसकेर पिच भत्किएको हो कि ? अब दिगो हुने गरी तत्काल सडक पिच टिक्नुपर्छ’, उनले भने, ‘नेता, कर्मचारी र ठेकेदार मिलेर के–के गरे, गुणस्तरीय काम भए । अहिले तैं चुप मै चुप छन् भनिरहेका छन् । बिना कारण हामी जनप्रतिनिधिले गाली खानुपर्ने अवस्था हुनुभएन । हामीलाई गाली गराउने मात्र काम तपाईंहरुले गर्नुभएन ।’

    पुनले उक्त सडक निर्माणका लागि आफूसहित रोल्पाका जनप्रतिनिधिले प्रयास गरिरहेको र प्रधानमन्त्रीसम्म पनि डेलिगेशन गएको बताए ।

    ‘हामीले कोसिस गरिराखेका छौं । काठमाडौं आएर मेरै नेतृत्वमा प्रधानमन्त्रीलाई भेटेका थियौं । उहाँले आवश्यक निर्देशन पनि गर्नुभएको छ । होलेरी–घोराही खण्डको डिपीआर सकाउने र यही वर्ष टेण्डर गर्ने भन्ने हाम्रो योजना छ’, उनले भने, ‘अर्थ र भौतिक मन्त्रालयसँग कुरा गरेर श्रोत व्यवस्थापन गर्न सहयोग गर्छु ।’

    मिलापत्र गरेर पुरानै कम्पनीलाई मर्मत गर्न लगाउने सहमति भएकामा सरकारी पक्ष नै मुद्धामा जानु आश्चर्यको विषय भएको बताए । ‘मिलापत्र गरेर उच्च अदालतमा गएको किन हो ? यो त आफ्नो काम आफैं रोक्ने जस्तो भयो । निर्माण व्यवसाय मिलेर राज्य पक्ष उच्च अदालतमा गएको किन हो ? यो बाटो लम्ब्याएर ढिला गर्न खोजेको किन हो ?

    हामी जनप्रतिनिधिमाथि प्रश्न खडा गर्न यसो गरिएको पनि हो कि ? कसैले यसमा नियत राखेरै काम गरेको छ कि भन्ने आशंका भएको छ’, उनले भने । पुनले वैकल्पिक सडक हुँदा हुँदै सर्वसाधारणका लागि प्रयोग गर्ने बाटो खानी वा सिमेन्ट उद्योगले प्रयोग गर्न नमिल्ने उल्लेख गरे । दाङमा रहेका दुई सिमेन्ट उद्योगका लागि चुनढुंगा बोक्ने टिपर दैनिक दुई सयको हाराहारीमा सो सडकमा गुड्ने गरेका छन् । कार्यक्रममा शहीद मार्ग आयोजनाका प्रतिनिधि, रोल्पाका विभिन्न पालिकाका प्रमुख तथा निर्माण व्यवसायीका प्रतिनिधि सहभागी थिए ।

  • दलको नेता फेर्न सुदूरपश्चिमका बहुमत सांसदले त्यसै दिन प्रधानमन्त्रीलाई गरेका थिए संकेत (पत्रसहित)

    दलको नेता फेर्न सुदूरपश्चिमका बहुमत सांसदले त्यसै दिन प्रधानमन्त्रीलाई गरेका थिए संकेत (पत्रसहित)

    कैलाली । माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा आज संसदीय दलको नेता परिवर्तन गरेको छ । खगराज भट्टलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले मानबहादुर धामीलाई दलको नेता चयन गरेका हुन् ।

    धामीलाई दलको नेता बनाउने निर्णयमा हस्ताक्षर गर्नै धामीसहित अक्कल रावल, ओमविक्रम भाट सरल, गीता देवी माल लक्ष्मी विक र शिव सिंह ओलीले करिब एक महिनादेखि यो पहल गरेको खुलेको छ ।

    यस विषयमा ६ जनाले प्रधानमन्त्रीसहित माओवादी शीर्ष नेतालाई जानकारी समेत गराइसकेका थिए । पुस १९ गते काठमाडौँमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेतालाई भेटेर संसदीय दलका नेता तथा सरकारको कामबारे बहुमत प्रदेश सभा सदस्यहरूले असन्तुष्टि व्यक्त गरेका थिए ।

    पुस १९ गते सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, मानबहादुर धामी, राज्यमन्त्री गीता मालसहित सात जना प्रदेश सभा सदस्यहरूले प्रधानमन्त्रीलाई सुदूरपश्चिम सरकार हेरफेर गर्न आग्रह गरेका थिए । भण्डारी, धामी र मालसहित माओवादीका सांसद अक्कल रावल, ओम विक्रम भाट सरल,शिवसिंह ओली र लक्ष्मी विकसहितले सरकारको काम प्रभावकारी नभएको गुनासो गर्दै प्रधानमन्त्रीलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाइएको थियो ।

    उक्त ज्ञापन पत्रमा सरकारको कामले जनताको विश्वास घटिरहेको, बजेट पारित गर्दा सरकारसँग गरिएको सहमति कार्यान्वयन नगरेको जसका कारण सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्र पनि जान समस्या भएको उल्लेख गरिएको छ ।

    सरकारमा माओवादीको हैसियत अनुसार मन्त्रीहरूको वरीयता नदिएको भन्दै ज्ञापन पत्रमा संसदीय दलको नेताको कमजोरी पनि उल्लेख गरिएको थियो ।

    ‘सरकार र संसदीय दलको बीचमा समन्वय गर्ने प्रभावकारी नेतृत्व गर्ने सक्षम संसदीय दलको नेता हुनुपर्नेमा वर्तमान दलको नेताबाट उक्त भूमिका निर्वाह गर्न उदासीनता तथा अकर्मण्यता देखिएको छ’, प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘जसबाट दलभित्र नेतृत्व प्रति व्यापक असन्तुष्टि एवम् अविश्वास बढिरहेको छ ।’

    याे पनि पढ्नुस् : सुदूरपश्चिममा माओवादीका मन्त्री हेरफेर गर्न शीर्ष नेताको ‘ग्रीन सिग्नल’

    प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा समयमै प्रभावकारी कार्य गर्ने गरी मन्त्रीहरूको नयाँ सेट पठाउन पनि जोड दिइएको थियो । उक्त ज्ञापन पत्रमा नै संसदीय दलका बहुमत सदस्यहरूको भावना अनुसार अगाडि नबढेमा दलको विधान र संसदीय परम्पराअनुसार अगाडि बढ्ने भन्दै संसदीय दलको नेता परिवर्तन गर्ने सङ्केत बहुमत प्रदेश सभा सदस्यहरूले प्रधानमन्त्रीलाई दिएका थिए ।

    उक्त विज्ञप्तिमा ६ जना प्रदेश सभा सदस्यहरूले हस्ताक्षर गरेका थिए । आज दलको नेता परिवर्तन गर्दा ती ६ जनानै सहमत भए ।

    अहिले सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीको तर्फबाट २ मन्त्री र १ जना राज्यमन्त्री छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी र सामाजिक विकास मन्त्रीमा झपट साउद छन् । राज्यमन्त्रीमा गीता माल नै छिन् ।

    दुई मन्त्री दलको नेता हटाउने निर्णयमा सहभागी छैनन् भने राज्यमन्त्री दलको नेता हटाउने लबिङमा काठमाडौँ सम्म पुगेकी थिइन् ।

    बहुमत प्रदेश सभा सदस्यहरूले अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, सचिव डिलाराम आचार्यलगायतलाई भेटेर संसदीय दलका नेताबाट प्रभावकारी काम नभएको गुनासो गरेका थिए । काठमाडौँमा प्रधानमन्त्री सहितको शीर्ष नेताबाट ग्रिन सिंग्नल पाएपछि आज दलको नेता हटाइएको माओवादी नेताहरुले बताएका छन् ।

    ‘काठमाडौँबाट फर्किएपछि बैठक राख्न पटक पटक आग्रह गर्दा पनि उहाँ(खगराज भट्ट)ले बैठक नराखेपछि आज हामीले बैठक राखेर दलको नेता हेरफेर गरेका हौँ’, उपनेता अक्कल रावलले भने ।

    अब सरकारसँग पनि विकास निर्माण र सरकारको सक्रियताका विषयमा छलफल गर्ने उनले बताए । मन्त्री हेरफेर प्रमुख सचेतक नियुक्त लगायतको विषयमा अर्काे बैठकमा छलफल हुने उनको भनाइ छ ।

  • सञ्चारमन्त्री शर्माको जोड- नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको छ

    सञ्चारमन्त्री शर्माको जोड- नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको छ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको बताएकी छन् ।

    पुलचोक इन्जिनियरिङ क्याम्पसमा सुरू भएको २० औं लोकस प्राविधिक महोत्सव उद्घाटनको क्रममा उनले अब पुरानो पुस्ताले गर्न सकेन भनेर आलोचना गरेर बस्नेभन्दा पनि नयाँ पुस्ताले हामी देश बनाउँछौं भनेर संकल्प गर्ने बेला आएको बताइन् ।

    ‘अहिलेको पुस्ताले पुरानो पुस्ताको जस्तो दुःख नभोगेको पनि नेपालको इतिहास पक्कै पढेको छ । सबै जनताका छोराछोरीले पढ्न लेख्न नपाउने, शासकहरुले गर्ने जस्तोसुकै अत्याचार पनि सहेर बस्नुपर्ने, उनीहरुसँग आँखा जुधाएर प्रश्न गर्न नपाउने, महिला, दलित, जनजाति, मधेशीजस्ता उत्पीडित समुदायलाई नागरिक नै नठान्ने जुन राजनीतिक व्यवस्था थियो, हामीले लामो संघर्ष गरेर, हजारौं हजार जनताका छोराछोरीले रगत बगाएर त्यसखाले व्यवस्थाको अन्त्य गरेका छौं’, शर्माले भनिन् ‘आज हामी सबै जनता बराबर हुने संघीय लोकतान्त्रिक गणतन्त्रमा छ । पुरानो पुस्ताले लडेर यो परिवर्तन नल्याइदिएको भए आज पनि हामी पुरानै कालरात्रीमा रहने थियौं ।’

    अध्ययन अनुसन्धानका सिलसिलामा विश्वका जुनसुकै देशमा गए पनि जन्म दिने माटो र आफू हिँडेको बाटोलाई कहिल्यै नबिर्सन र प्राप्त विज्ञता देशका लागि प्रयोग गर्न उनको आग्रह छ । शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप धेरै भयो भन्ने नयाँ पुस्ताको गुनासोलाई मध्यनजर गरी इतिहासमै पहिलोपटक त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिष्पर्धाबाट नेतृत्व चयनको प्रक्रिया थालनी गरिएको शर्माको भनाइ छ ।

    उनले भनिन्, ‘सबै क्षेत्रमा सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढाएर डिजिटल नेपाल निर्माण गर्ने र त्यसमार्फत नै जनताको दैनिक जीवनलाई सहज बनाउँदै समृद्धिको बाटोमा अघि बढ्नसक्ने छौं । डिजिटल नेपाल निर्माणका लागि डिजिटल पूर्वाधार र त्यसलाई परिचालन गर्ने आवश्यक जनशक्तिको विकास गर्नु आजको हाम्रो प्राथमिकता हो ।

  • सुदूरपश्चिम माओवादी संसदीय दलको नेताबाट खगराज हटाइए, धामीलाई जिम्मेवारी

    सुदूरपश्चिम माओवादी संसदीय दलको नेताबाट खगराज हटाइए, धामीलाई जिम्मेवारी

    कैलाली । माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट खगराज भट्ट हटाइएका छन् । माओवादी बहुमत प्रदेशसभा सदस्यहरूले भट्टलाई हटाएका हुन् । नयाँ संसदीय दलको नेतामा मानबहादुर धामी चयन भएको उपनेता अक्कल रावलले नेपाल प्रेसलाई बताए ।

    धामी यसअघि प्रमुख सचेतक थिए । सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन् ।

    संसदीय दलको नेता फेरिएको सूचना प्रदेश सभा सचिवालयमा बुझाइएको पनि रावलले जानकारी दिए ।

  • कोशीमा कांग्रेससँगको सहकार्य भंग गर्ने माओवादीको चेतावनी

    कोशीमा कांग्रेससँगको सहकार्य भंग गर्ने माओवादीको चेतावनी

    विराटनगर । माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले कांग्रेसले धोका दिएको भन्दै कोशीमा कांग्रेससँगको सहकार्य भंग हुने बताएका छन् ।

    राष्ट्रियसभा निर्वाचनमा माओवादीका उमेद्वार चम्पादेवी कार्की पराजित भएपछि नेम्वांगले कोशी प्रदेशमा कांग्रेससँगको सहकार्य भंग हुने बताएका हुन् ।

    उनले कांग्रेसले गठबन्धनका नाममा माओवादीलाई पटकपटक धोका दिएको बताए । उनले गठबन्धन टिकाउने नाममा कांग्रेसकै कारण यसअघि संसदमा माओवादीले सभामुख गुमाएको बताए ।

    उनले भने, ‘अहिले पनि हाम्रा उम्मेदवार पराजित भएका छन् । पार्टी नेतृत्वले केन्द्रमा सहकार्य गरेपनि प्रदेशमा कांग्रेससँग सहकार्य भंग गर्छौँ ।’

    कार्कीलाई गर्दै एमालेकी रूक्मिणी कोइराला विजयी भएकी छन् । गठबन्धनसँग बहुमत हुँदाहुँदै कार्कीले जम्मा चार हजार ९९२ मत पाएकी छन् ।

    कोशीमा १६ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि ३ जना प्रदेश सांसद फलोर क्रस गरेर कोइरालालाई मत हालेका थिए ।

     

     

  • निर्वाचन क्षेत्रमा जीवन आचार्यको सक्रियता- १३० विपन्न परिवारलाई बाँडे कम्बल

    निर्वाचन क्षेत्रमा जीवन आचार्यको सक्रियता- १३० विपन्न परिवारलाई बाँडे कम्बल

    विराटनगर । चिसोबाट प्रभावित विराटनगर-४ का १३० परिवारलाई बुधबार न्यानो कपडा कम्बल वितरण गरिएको छ ।

    कोशी प्रदेशका पूर्वमन्त्री तथा माओवादी प्रदेशसभा सदस्य जीवन आचार्यले वडाका विपन्न एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा सीमान्तकृत विपन्न परिवारलाई चिसोबाट जोगाउन कम्बल उपलब्ध गराएका हुन् ।

    नेकपा माओवादी केन्द्र विराटनगर-४ कमिटीले व्यवस्थापन गरेको कार्यक्रममा सांसद आचार्यले विपन्न वर्गलाई आफ्नो तर्फबाट सानो सहयोग गरेको बताए ।

    आचार्यले केही दिनयता आफ्नो निर्वाचन क्षेत्रका विभिन्न वडामा पुगेर असहाय, विपन्न नागरिकहरूलाई न्यानो कपडा वितरण गर्दै आएका छन् । उनले प्रदेशसभा सांसदको रुपमा प्राप्त गरेको पारिश्रमिक रकम खर्च गरेर आवश्यक भएका व्यक्तिहरु पहिचान गरी कम्बल उपलब्ध गराएका हुन् ।

    न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै नेता आचार्यले भने, ‘यो कुनै ठूलो काम होइन तर म क्षेत्रका विभिन्न टोलहरूमा पुग्दै गर्दा जाडोले काँप्दै गरेका, घूर तापेर जाडो छल्दै गरेका महिला, बालबालिकाहरुलाई देखेर केही न केही सहयोग गर्नुपर्छ भनेर यो काम गरेको हुँ ।’

    उनले सबै व्यक्तिले सहज जीवन निर्वाह गर्न सक्नु पर्ने र सबैलाई सक्षम बनाउनका लागि आफ्नो पार्टी र सरकार क्रियाशील रहेको भए पनि समाजमा अझै धेरै व्यक्ति आर्थिक विपन्नताको सामना गरिरहेकोले सबैले आवश्यक सहयोग गर्दै जानु पर्ने उनले बताए ।

    निर्वाचन क्षेत्र अन्तरगत विभिन्न विकास निर्माणको काम गर्ने प्रयत्न आफूले गरिरहेको भन्दै नेता आचार्यले ठूला विकासको योजना ल्याउने प्रतिबद्धता पनि जनाए । पाँच वर्षभित्र विराटनगर ४ मा गर्नुपर्ने विकासका ठूला योजनाहरु ल्याउने तर्फ आफू केन्द्रित रहेको भन्दै विकासको कामका लागि सहयोग गर्न आग्रह गरे ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्र मोरङका अध्यक्ष तथा कोशी प्रदेशका पूर्व राज्यमन्त्री विजय विश्वास थारुले जनताको दुःख र पीरमर्कामा माओवादी पार्टी सदैव साथमा रहेको बताए । सांसद आचार्यले आफूले पाएको पारिश्रमिकबाट जनतालाई सहयोग गर्ने कार्यको प्रशंसा गर्दै जनताको पक्षमा निरन्तर काम गर्ने विश्वास व्यक्त गरे ।

  • ३४ वर्षदेखि माओवादीमा प्रचण्डको अविच्छिन्न प्राधिकार – प्रस्तावित विधान पनि अध्यक्षको कार्यकालबारे मौन

    ३४ वर्षदेखि माओवादीमा प्रचण्डको अविच्छिन्न प्राधिकार – प्रस्तावित विधान पनि अध्यक्षको कार्यकालबारे मौन

    काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन १ देखि ३ गते काठमाडौंमा विधान अधिवेशन गर्दैछ । पार्टीलाई व्यवस्थित बनाउनको लागि अहिले माओवादी अहिले उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको कार्यदलले बनाएको ‘मस्यौदा विधान-२०८०’ माथिको बहस चलाइरहेको छ ।

    स्थायी कमिटीको बैठकको निर्णयसँग माओवादीले प्रस्तावित मस्यौदा विधानलाई तल्लो कमिटीमा छलफलका लागि पठाएको छ । सुझाव र सल्लाहसहित माघ २४ गतेसम्म लिखितरूपमा पठाउन भनेको छ। तल्लो कमिटीबाट आएको सुझावलाई समावेश गरेर विधान अधिवेशनबाट विधानलाई पारित गर्ने माओवादीको तयारी छ ।

    प्रवक्ता तथा उपाध्यक्ष अग्निप्रसाद सापकोटाका अनुसार अहिले मस्यौदामाथि छलफल चलिरहेको छ । उनका अनुसार करिब १३ सय प्रतिनिधि सहभागी हुने अधिवेशनले विधानलाई पारित गर्नेछ ।

    सापकोटाले भने, ‘हामी अहिले छलफलमै छ । तल्लो कमिटीमा सुझावको लागि पठाएको छौं । तलबाट सुझाव आइसकेपछि पार्टीको बैठक बसेर टुंग्याउँछौं ।’

    उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा गठित कार्यदलले पार्टीलाई चुस्त बनाउन सुझाव दिएको छ । अहिले ३८५ केन्द्रीय सदस्य र १९९ वैकल्पिक केन्द्रीय सदस्य रहेको माओवादीमा बढीमा १५१ सदस्यीय बनाउन प्रस्ताव गरेको छ । केन्द्रीय समितिले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन गर्ने, केन्द्रीय समितिको बढीमा एक तिहाइ पोलिटब्युरो सदस्य हुने र त्यसमा बढीमा एक तिहाइ स्थायी समिति, पदाधिकारी रहने प्रस्ताव गरेको छ ।

    कार्यदलले पार्टीका केन्द्रीय निकायहरूमा भेटरन कम्युनिष्ट मञ्च थप्न सुझाएको छ । प्रस्तावित विधानको मस्यौदाको धारा २१ पार्टी केन्द्रीय समितिलाई वैचारिक, नीतिगत र विगतका अनुभवहरूको संस्थागत निरन्तरताका लागि आवश्यक सल्लाह, सुझाव र कतिपय वैचारिक विषयमा आवश्यक मार्ग निर्देशनका लागि केन्द्रीय समितिले भेटरन कम्युनिष्ट मञ्च गठन गरी सञ्चालन गर्ने भनेको छ ।

    भनिएको छ, मञ्चमा विगत कालमा कम्तीमा एक कार्यकाल सल्लाहकार भइ काम गरेका वा केन्द्रीय समितिमा कम्तिमा दुई कार्यकाल पूरा गरेका अनुभवी, वरिष्ठ र ७० बर्ष उमेर पूरा गरेका ज्येष्ठ सदस्यहरूलाई पार्टी केन्द्रीय समितिले चयन गर्नेछ । मञ्चको गर्दा केन्द्रीय समिति सदस्यको बढीमा ५० प्रतिशतसम्म सदस्य रहनेगरी गठन गर्न सक्नेछ ।

    मञ्चका सदस्यहरूबाट पार्टी केन्द्रीय समितिले अध्यक्ष तोक्न प्रस्ताव अघि सारेको छ ।

    केन्द्रीय पदमा २ कार्यकालमात्रै !

    ०४१ मा नेकपा (मशाल) को केन्द्रीय सदस्य बनेका प्रचण्ड ०४६ मा महामन्त्री बने । ०४८ मा प्रचण्ड एकताकेन्द्रको महामन्त्री हुँदै ०५१ सालमा तत्कालीन नेकपा-एकता केन्द्रको राष्ट्रिय सम्मेलन पछिको माओवादीको महामन्त्री बने । ०५२ देखि सुरू भएको जनयुद्धको नेतृत्व गरेका प्रचण्ड ०५७ मा अध्यक्ष बने ।

    त्यसपछि ०६९ सालमा हेटौंडामा भएको राष्ट्रिय सम्मेलन, ०७० को विराटनगरमा भएको एकताको महाधिवेशन, ०७८ पुषमा भएको माओवादी केन्द्रको महाधिवेशनबाट अहिलेसम्म निरन्तर नेतृत्वमा छन् । अहिले प्रचण्डले माओवादीको नेतृत्व गरेको ३४ बर्ष भइसक्यो । प्रचण्डले अहिलेसम्म पार्टी नेतृत्व गरिराख्दा त्यसबेलादेखि नै पदाधिकारी रहेका नेताहरू अहिलेसम्म पनि छन् ।

    नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणका लागि माओवादीमा आन्तरिक बहस भइरहेपनि प्रचण्डविरुद्ध कसैले बोलिहाल्ने अवस्था नरहेको एक पदाधिकारी बताउँछन् । सशस्त्र द्वन्द्वदेखि यहाँसम्मको राजनीति उतारचढाव प्रचण्डकै नेतृत्वमा भएकाले उपलब्धि रक्षा, संविधानको कार्यान्वयन साथै शान्ति प्रक्रिया टुंग्याउनेलगायतको अभिभारा उनीबाट मात्रै सम्भव हुने ती नेता बताउँछन् । तर, विधान सम्मेलनमा नेतृत्व हस्तान्तरणको पनि कुरा उठाउने तयारीमा केही नेता लागेका छन् ।

    प्रस्तावित विधानमा केन्द्रीय पदमा २ कार्यकाल भन्दा बस्न नपाउने भनिएको छ । तर, अध्यक्षका विषयमा विधान  मौन छ ।

    प्रस्तावित विधानको धारा ४१ मा भनिएको छ, ‘केन्द्रीय समितिको पदाधिकारी तथा सदस्यहरूका लागि दुई कार्यकाल, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूका लागि तीन कार्यकाल, जिल्ला र गाउँ नगरका पदाधिकारी र सदस्यका लागि चार कार्यकाल र वडा पदाधिकारी र सदस्यका लागि पाँच कार्यकाल ।’

    केन्द्रीय समितिको पदाधिकारी दुई कार्यकाल हुने प्रावधान अध्यक्षलाई समेत लागू हुनुपर्ने हाे । तर, याे अध्यक्षबाहेकका पदाधिकारीका लागि मात्र भएकाे भनेर अर्थ्याउन थालिएकाे छ ।

    पार्टी नेतृत्वदेखि तल्लो कमिटीसम्म नेतृत्वमा कति समय बस्ने भन्नेबारे पार्टीभित्र गम्भीर ढंगले छलफल भइरहेको सचिव गणेश शाह बताउँछन् ।

    उनी भन्छन्, ‘पदाधिकार र समितिको निर्वाचनबारे गम्भीर ढंगले कुरा पार्टीभित्र कुरा उठरहेको छ । प्रत्यक्ष गर्ने र समिति पदाधिकारी बनाउने भन्नेबारे हो। नेतृत्वको चयनको बारेमा हो ।’
    उनले पार्टी कमिटी सानो बनाउने भन्नेमा सबै एकमत रहेपनि सहज नभएको बताए ।

    उनले थपे, ‘प्रदेशको अध्यक्षहरू पनि स्वत: पोलिटब्युरो हुने भन्ने पनि प्रस्ताव छ । पदाधिकारीको नेतृत्व कति समय रहनेभन्नेबारे पनि छलफल भएको छ । अध्यक्ष प्रचण्डको विकल्प वा उत्तराधिकारीको विषयमा कुनै कुरा भएको छैन । तर, एकै व्यक्ति केन्द्रीय पदमा कति वर्षसम्म बस्ने भन्नेबारे छलफल भइरहेको छ ।’

    उनले अध्यक्षमा नभई समग्र नेतृत्वमा कति लामो समय बस्ने भन्नेबारे र सरकारमा जाँदा पनि कति पटकसम्म जाने भन्नेबारे छलफलको चरणमा रहेको सुनाए ।

    गुटबन्दी गरे कारवाही

    माओवादीमा प्रचण्डले निरन्तर नेतृत्व गरिरहेपनि गुटबन्दी बढ्दै गइरहेको छ । प्रचण्डले जनार्दन शर्मा र वर्षमान पुनबीचको शक्ति संघर्ष छल्न देव गुरुङलाई महासचिव बनाएदेखि उनीहरू सन्तुष्ट छैनन् । प्रचण्डले उनीहरूलाई रोक्न नेकपा महासचिव नेत्रविक्रम चन्दलाई भित्र्याउने गृहकार्य अघि बढाएपछि शर्मा र पुन: एकैठाउँमा देखिएका छन् । तर, अझै पूर्ण सन्तुष्ट छैनन् ।

    तर, प्रस्तावित विधानको धारा ५२ (१) मा पार्टीभित्र गुटबन्दी तथा षड्यन्त्र गरेमा कारवाही गर्ने उल्लेख गरिएको छ ।

    भनिएको छ, पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र विधानले गरेको व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरे, पार्टी निर्णय उल्लङ्घन गरेमा, पार्टीप्रतिको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरे, पार्टी समितिको गोपनीयता भङ्ग गरेमा, पार्टीद्वारा सञ्चालित आन्दोलन र अभियानको विपक्षमा रहेमा वा विरोधीसँग साँठगाँठ गरे, कुनै पनि जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनमा पार्टीको निर्णय बिपरीत उम्मेदवार बने ।’

    यस्तै, जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशन विपरीत कार्य गरे, पार्टीको उम्मेदवारविरुद्ध प्रचार गरेमा वा पार्टीको उम्मेदवारका विरुद्धमा उम्मेदवारी दिए, नैतिक पतन देखिने फौजदारी कसुर गरेमा, भ्रष्टाचार गरेमा, कोमशन लिएमा, अनैतिक आचरणगरेमा, अर्वाञ्छत तत्वसँग साँठगाँठ गरेमा र राष्ट्रको हितविपरीत काम गरेलगायतको बिषयमा कारवाही हुने उल्लेख छ ।

    तर, धारा ५२ (१) मा उल्लेखित क्रियाकलाप गरेबापत त्यसको प्रकृति र परिणाम हेरी सदस्यको हकमा सम्बन्धित समितिले आलोचना गर्ने वा चेतावनी दिने वा पदबाट घटुवा गर्नसक्ने, पदमुक्त गर्ने वा सदस्यताबाट निलम्बन वा निष्कासन गर्ने वा पार्टी सदस्यताबाट निष्कासन गर्नेसम्मको कारबाही गर्न सक्नेछ तर सम्बन्धित व्यक्तिले आफ्नो गल्तीप्रति आत्मालोचना गर्न सक्ने उल्लेख छ ।

    ३५ प्रतिशत महिला अनिवार्य, पूर्णकालीन सदस्यलाई खर्च

    प्रस्तावित विधानको मस्यौदामा सबै तहका पार्टी समितिहरू आ-आफ्ना कमिटीका अधिवेशन वा महाधिवेशनबाट गठन गरिने उल्लेख छ। विधानको धारा ५० मा भनिएको छ, सबै तहका पार्टी समितिहरूको गठन गर्दा र अधिवेशनका प्रतिनीधिहरू छनौट गर्दा मुलुकको बहुजातीय सामाजिक विशेषता अनुरूपको समानुपातिक समावेशीताको आधारमा गरिनेछ । त्यसको लागि समितिको कुल सदस्य संख्याको ४९ प्रतिशत समानुपातिक र बाँकी ५१ प्रतिशत खुला गरी प्रतिनिधित्वको व्यवस्था गरिनेछ ।

    सबै तहको पार्टी समितिमा कम्तिमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित, ४० वर्ष मुनिका युवा उमेर समूहको सहभागिताको लागि ४९ प्रतिशत समानुपातिक तर्फको सीटलाई १०० प्रतिशत मानी त्यसमध्ये २० प्रतिशत युवा सहभागिता निश्चित गर्न सबै समूहबाट कम्तीमा २०-२० प्रतिशत महिला युवा सहभागिताको व्यवस्था गरिने उल्लेख छ ।

    यस्तै, धारा ६१ पूर्णकालीन पदाधिकारी वा सवस्यहरूको निर्वाह खर्च व्यवस्था गर्ने उल्लेख छ ।

    भनिएको छ, परिभाषित जिम्मेवारीसहित पूर्ण समय पार्टी काममा लगाउने व्यक्तिलाई सम्बन्धित पार्टी समितिले निर्वाह खर्चको व्यवस्था गर्नेछ । पार्टीका कुनै विशेष काममा पार्टी नेता वा कार्यकर्तालाई खटाउँदा हुने खर्चको व्यवस्था पार्टीले गर्नेछ ।

    पार्टी समितिलाई आवश्यक पर्ने पूर्णकालीन कार्यकर्ता बाहेकका सबै पार्टी सदस्यको आत्मनिर्भर आर्थिक जीवनका लागि श्रम तथा आर्थिक उत्पादनका कार्यक्रम र योजना बनाई कार्यान्वयन गर्ने उल्लेख छ।

    जनार्दनको त्यो प्रस्ताव

    उपमहासचिव जनार्दन शर्मा विधान मस्यौदा समितिको सदस्य छन् । तर, उनले शनिबार बसेको स्थायी कमिटीको बैठकमा यो प्रस्तावसहित आफ्नो छुट्टै पूरक प्रस्ताव पेश गरे । उनको प्रस्तावले पार्टीभित्र नयाँ तरंग ल्याएको छ । उनले पार्टीको नाम फेर्नेदेखि पदाधिकारीको उमेर तोक्नुपर्ने व्यवस्था पार्टी विधानमा गर्न प्रस्ताव राखे ।

    पार्टीको प्रदेश अध्यक्ष केन्द्रीय समितिको (पोलिटब्युरो) बैठकमा उपस्थित हुन पाउने, सबै तहका पदाधिकारीहरू प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुनेपर्ने, सबै तहका पदाधिकारीको कार्यकाल र उमेर तोक्नुपर्ने, पार्टीको नाम नेकपा समाजवादी राख्नु पर्नेलगायतको प्रस्ताव शर्माको छ । उनको प्रस्तावमा पनि पार्टीभित्र बहस भइरहेको छ ।

  • आफ्नो तलब भत्ताबाट सांसद आचार्यले बाँडे निर्वाचन क्षेत्रमा कम्बल

    आफ्नो तलब भत्ताबाट सांसद आचार्यले बाँडे निर्वाचन क्षेत्रमा कम्बल

    मोरङ । कोशी प्रदेशका पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद जीवन आचार्य शितलहरबाट कठ्यांग्रिएका ५०० परिवारलाई कम्बल बाँडेका छन्।

    आफ्नो तलब भत्ताको रकमले निर्वाचन क्षेत्र मोरङ–६ (क) को ५ र बूढीगंगा–७ मा कम्बल वितरण गरिएको हो ।

    निर्वाचन क्षेत्रमा विकासका परियोजना, विद्युतीय समस्या समाधान, जनताका गुनासाको सम्बोधन गर्दै आएका छन्। कोशी प्रदेशको मन्त्री हुँदा पनि विकासका योजनालगायत जनताका गुनासालाई निरन्तर सम्बोधन गर्दै आइरहेका थिए।

  • एमाले राप्रपा बोकेर कृष्ण सिटौला हराउने चलखेलमा छ : वर्षमान पुन

    एमाले राप्रपा बोकेर कृष्ण सिटौला हराउने चलखेलमा छ : वर्षमान पुन

    विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले निरंकुश राजतन्त्रको एजेण्डा बोकेर हिँडेको राप्रपासँग साँठगाँठ नगर्न एमाले नेतृत्वलाई आग्रह गरेका छन् ।

    कोशी प्रदेशमा सत्ता गठबन्धनले खडा गरेका राष्ट्रियसभा निर्वाचनका उम्मेदवार र मतदाताबीच सोमबार विराटनगरमा आयोजित अन्तरक्रियामा परिवर्तन विरोधी शक्तिसँगको सहकार्यले एमाले नेतृत्वमाथि शंकाको वातावरण निर्माण भएको बताए । राप्रपा जनतालाई आफ्नै घरको आँगनमा समेत उभिन नदिने निरंकुशतन्त्रको प्रतिनिधि दल भएको पुनको टिप्पणी थियो ।

    ‘जनतालाई आफ्नै घर आँगनमा पनि निस्कन नदिने र लोकतन्त्र पक्षधभर शीर्ष नेतालाई थुनामा राख्ने शासक जसलाई लाखौंलाख जनता सडकमा आएर निसस्त्र सशस्त्र आन्दोलनको बलमा निकालिएको थियो’, पुनले भने, ‘त्यस्ता शासकको पक्षमा बोल्ने शक्तिलाई बाेक्नुपर्ने बाध्यता एमाले नेतृत्वलाई कसरी आइलाग्यो ?’

    उनले एमाले नेतृत्वले निरंकुशतन्त्रका हिमायतीलाई बोकेर हिँड्नु लोकतन्त्रप्रतिको उपहास भएको आरोप उनले लगाए । कोशी प्रदेशमा एमालेले राष्ट्रिय सभा निर्वाचनमा राप्रपा उम्मेदवारलाई समर्थन गर्न लागेको सूचना आफूले पाएको पुनले बताए ।

    उनले ०७४ को निर्वाचनमा माओवादी र एमालेले तालमेल गरेको समयमा समेत आफूहरुलाई थाहै नदिई एमाले अध्यक्ष केपी ओलीले झापा–४ बाट राप्रपाका राजेन्द्र लिङदेनलाई जिताएर काँग्रेस नेता कृष्णप्रसाद सिटौला हराएको स्मरण गरे ।

    संविधान निर्माण र शान्ति प्रक्रियामा खेलेको भूमिकाका लागि सिटौलालाई सर्वपक्षीय समर्थन हुनुपर्नेमा उनलाई हराउने चलखेलअन्तर्गत एमालेले राप्रपा बोकेको आरोप पुनले लगाए ।

    ‘कृष्ण सिटौला शान्ति प्रक्रिया, संविधान निर्माणका साथै नेपाली राजनीतिको एउटा कालखण्डमा निकै ठूलो योगदान गरेको नेता हुनुहुन्छ । उहाँजत्तिको नेताले उम्मेदवारी दिएपछि इतिहासमा खेलेको योगदानको सम्मान गर्दै सबैले सर्वसम्मत बनाउनुपर्ने हो, उम्मेदवार नै खडा गर्न नहुने हो’, पुनले भने, ‘प्रदेश र प्रतिनिधिसभाको मुख्य प्रतिनिधित्व गर्ने भएकाले राष्ट्रियसभामा परिपक्व र सन्तुलित नेतृत्व चाहिन्छ । सिटौलाजीलाई त सर्वसम्मत बनाउनुपर्ने हो । उहाँ कसैसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने व्यक्ति होइन ।’

    संविधानको रक्षा गर्नुपर्ने अप्ठ्यारो अवस्थामा बनेको वर्तमान गठबन्धनको निरन्तरता, संविधानको कार्यान्वयन तथा आवश्यक परिमार्जनका लागि पनि सिटौला राष्ट्रियसभामा आउनैपर्ने उनको भनाइ थियो ।

     

  • ट्रायल पास गरेका सबैलाई लाइसेन्स दिन प्रधानमन्त्रीको निर्देशन

    ट्रायल पास गरेका सबैलाई लाइसेन्स दिन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरेका सेवाग्राहीलाई तुरून्तै लाइसेन्स दिने व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

    सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

    प्रधानमन्त्रीले १४ लाख सेवाग्राहीले सवारी चालक अनुमतिपत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरिसक्दा पनि लाइसेन्स नपाउनु गम्भीर विषय भएको बताउँदै यातायात व्यवस्था विभागले ती सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन सचेत गराएका हुन् ।

    बैठकमा प्रधानमन्त्रीले भने, ‘अहिलेको युग प्रविधिको युग हो । त्यसमा पनि सूचना–प्रविधि महत्वपूर्ण छ । हामीले इन्टिग्रिटेड टेक्नोलोजीमा केन्द्रित भएर परिणाम दिनुपर्छ । त्यसका लागि राज्यका संयन्त्रबीच एकीकृत र समन्वयात्मक काम गर्नुपर्छ ।’

    प्रधानमन्त्रीले थपे, ‘सबै कार्यालयमा मैले काम गर्ने होइन, काम त तपाईहरूले गर्ने हो । मैले नीति निर्माण र योजनाको काम गर्ने हो, कर्मचारीतन्त्रलाई परेको अप्ठ्यारोमा गाँठो फुकाउने हो । नीतिगत निर्णय लिने हो । त्यसैअनुसार काम गर्नुस् ।’

    ‘१४ लाख युवाले फाराम भरेर पनि लाइसेन्स पाएका छैनन् । उनीहरूलाई लाइसेन्स दिने काम तपाईंहरूको हो । त्यसका लागि नीति र बजेटमा अभाव भए त्यसको समाधान म खोज्छु’, प्रधानमन्त्रीले भने, ‘काम तपाईहरूले नगर्ने गाली चाहिँ मैले खाने भइरहेको छ । लाइसेन्स नपाएका युवाले सरकार खत्तम देख्छन् । प्रधानमन्त्रीको आलोचना गर्छन् । तर, काम नगरेको प्रधानमन्त्रीले होइन, विभागले हो भन्ने बुझ्दैनन् । त्यो बुझ्ने कुरा पनि भएन नि । लाइसेन्स पाउने उनीहरूको अधिकार हो । यसमा लापरवाही नगर्नुस् ।’

    ‘म प्रधानमन्त्री भएलगत्तै सेवा प्रदायक कार्यालयका लामालामा लाइन हटाउने प्रतिवद्धता गरेको थिएँ’, प्रधानमन्त्रीले भने, ‘एक वर्षको अवधिमा देखिने गरी सुधार त भएको छ । तर, पूरै सुधार भएको छैन । त्यसमा गम्भीर रूपमा ध्यान दिनुस् । विभाग र सेवाप्रदायक कार्यालयहरूको कार्यक्षमता बढाउनुस् ।’

    ‘सोर्सकोड हाम्रो आफ्नै कहिलेदेखि हुन्छ, हाम्रो आफ्नै सफ्टवेयर कहिले हुन्छ ? हामी सबैले यतातर्फ गम्भीर भएर सोचौँ’, प्रधानमन्त्रीले भने, ‘स–साना प्राविधिक समस्या सुल्झाउन पनि विदेशीहरू नै बोलाउनुपर्ने स्थिति छ । रातरात सबै कुरा परिवर्तन सकिँदैन, योजनावद्ध काम गर्दा क्रमशः बदल्न सकिन्छ । इञ्जिनियरहरू आफै पढाउनुपर्छ । आफैं तालिम दिनुपर्छ । देशलाई आवश्यक पर्ने जनशक्ति योजनावद्ध तरिकाले उत्पादन गर्नुपर्छ । यसमा हामीले गम्भीर भएर सोचौँ र योजना बनाऔँ ।’

    बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवाप्रदायक कार्यालयहरूले उच्च प्रविधिको प्रयोगमार्फत शीघ्र सेवाप्रवाह गर्न प्रधानमन्त्रीको चासो र दिएको निर्देशनलाई गम्भीर रूपमा लिई कार्यसम्पादन गर्न निर्देशन दिए ।

    त्यस्तै, मुख्यसचिव डा. वैकुण्ठ अर्यालले एकीकृत डाटा प्रणालीका लागि सेवाप्रदायक परामर्शदातासँग अन्तरक्रिया आवश्यक रहेको बताउँदै विद्यमान डाटा प्रणालीलाई व्यवस्थित गरी सकेसम्म छिटो, प्रभावकारी र एकीकृत सेवा प्रवाह गर्नुपर्ने बताए । पासपोर्टका लागि जनशक्ति कम भएकाले सेवाप्रवाह प्रभावित भइरहेको बताउँदै मुख्यसचिव अर्यालले संगठन तथा व्यवस्थापन सर्भे प्रक्रिया अगाडि बढाउन विभागलाई निर्देशित गरे ।

    बैठकमा निर्देशकहरूले राष्ट्रिय परिचयपत्र, राहदानी र सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, सेवाप्रदायक कार्यालयहरूका समस्या र आगामी कार्ययोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

    बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अर्को हप्तादेखि लाइसेन्स छपाइको प्रक्रिया अगाडि बढ्ने बताउँदै नयाँ छपाइको प्रक्रियाका लागि टेन्डर प्रक्रियाको अध्ययन भइरहेको बताए । उनले विभागको कामकार्वाहीमा पारदर्शिताको विषयलाई लिएर प्रश्न उठेकोमा सिआइबी र अख्तियारको समेत प्रत्यक्ष सहभागितामा छानविन भइरहेको जानकारी दिए ।

    त्यसैगरि, राहदानी विभागका महानिर्देशक लक्ष्मण खनालले दशैंयता राहदानी विभागमा सेवाग्राहीहरूको भीड नरहेको बताउँदै रातिसम्म काम गरेर सिफ्ट प्रणालीमा द्रूत सेवामा काम भइरहेको बताए । उनले जिल्ला प्रशासन कार्यालय लगायत ९४ वटा सरकारी निकायबाट राहदानी सेवाको काम भइरहेको जानकारी दिँदै जिल्ला प्रशासन कार्यालयका राहदानी शाखालाई थप व्यवस्थित बनाउनुपर्ने बताए ।

    त्यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कटेलले राष्ट्रिय परिचयपत्र बितरणमा प्रगति भएको बताउँदै एकीकृत डाटा प्रणालीलाई व्यवस्थित गरेर लैजानुपर्ने बताए ।

     

  • पञ्चाविरुद्ध पक्राउ पुर्जी जारीपछि दीपेश पुनको ‘धम्कीपूर्ण’ स्टाटस

    पञ्चाविरुद्ध पक्राउ पुर्जी जारीपछि दीपेश पुनको ‘धम्कीपूर्ण’ स्टाटस

    काठमाडौं । अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहलाई हत्या अभियोगमा पक्राउ पुर्जी जारी भएपछि महासचिव दीपेश पुनले फेसबुकमा कडा प्रतिवाद गरेका छन् ।

    जनयुद्धमा जमिनमा गाडेर सहयोद्धाको रगतले लत्पतिएको बन्दुक बोकेर आएको स्मरण गर्दै नाफाको जिन्दगीमा कुनै डर नभएको उनको भनाइ छ ।

    उनले लेखेका छन्, ‘ए जिस्काएको ? हाम्रो सुप्रिमोलाई सर्वोच्चमा विभिन्न नाममा मुद्दा हालेर बुढाहरूलाई थकाई सकियो अब नयाँ पुस्तालाई चेक गर्न खोजेको ? अरे हामी मर्न हिडेर सँगसँगै सहयोद्वाहरूलाई हातैले जमिनमा गाडेर सहयोद्धाको रगतले लत्पतिएको बन्दुक बोकेर आएको यार । धेरै खेलेसी नथान है नाफाको जीन्दगी हो । कसैसँग मतलब छैन । आत्मघाती बम बन्न नपरोस् ।’

    १५ वर्षअगाडि कालीकोटका राजबहादुर मल्लको हत्या अभियोगमा जिल्ला अदालत सुर्खेतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।