Category: माओवादी केन्द्र

  • इलामबाट फेरि वाम तालमेलको प्रयोग- एक्लै बलियाे एमालेलाई माओवादीको खुलस्त सहयोग

    इलामबाट फेरि वाम तालमेलको प्रयोग- एक्लै बलियाे एमालेलाई माओवादीको खुलस्त सहयोग

    विराटनगर । ‘सुदूरपूर्वबाट पुन: वाम एकताको सन्देश दिन पर्छ । यो सन्देश दिने मौका फेरि आएको छ । यो मौका वैशाख १५ को उपनिर्वाचन हो’, चुलाचुलीको अन्तिम चुनावी भाषणमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलको भाषणको अंश हो यो । उनले थपेका थिए, ‘तपाईँहरूले तलबाट सन्देश दिनुभयो भने हामी माथि अरू कुरा मिलाउँछौ ।’

    गजुरेलको भनाइ थियो, ‘हिजोका दिनमा भएका गल्ती कमजोरीको समीक्षा हामी काठमाडौंमा गर्छौं । कमजोरीहरू सच्याएर अगाडि बढ्छौं । तलबाट तपाँइहरूले एकताको सन्देश दिन जरुरी छ । यसका लागि सुहाङ नेम्वाङलाई जिताएर पठाउनु पर्छ ।’

    माओवादी कोशीका इन्चार्जसमेत रहेको गजुरेलले भने जसरी बाम एकता र विगतको एकताताका भएगरेका कमजोरीको समीक्षा गर्दै कम्युनिस्टहरू एक हुन्छन् कि हुँदैनन् त्यो त आउने दिनले नै देखाउला । तर, सुदूरपूर्वका मतदाताले भने कम्युनिस्ट एकताको सन्देश ब्यालेट पेपरमार्फत दिएका छन् ।

    चुलाचुलीको चुनावी सभामा माओवादी उपमहासचिव हरिबोल गजुरेल ।

    वैशाख १५ मा सम्पन्न उपचुनावमा एमालेका सुहाङलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाले समर्थन जनाएको थियो । आज झिसमिसे उज्यालोको परिणामसँगै सुहाङले फराकिलो मतान्तरले सिंहदरबार यात्रा तय गरिसेका छन् ।

    सुहाङ बाम एकताको चाँजोपाँजो मिलाइ हाल्न सक्ने हैसियतमा त पुगेका छैनन् तर उनको जितले कम्युनिष्ट पार्टीहरूलाई दबाब भने सृजना भएको छ ।

    ७९ को निर्वाचनमा एमालेका हाई प्रोफाइल नेता सुवासचन्द्र नेम्वाङ झिनो मतले विजयी भएका थिए । उनी जम्मा १४४ मतको अन्तरले मात्रै विजयी भए । उनका छोरा सुहाङ ५८३० बढी भोट ल्याएर विजेता बने । बुवा र छोरा दुवैका निकटतम प्रतिस्पर्धी कांग्रेसका डम्बर खड्का थिए । गत वर्ष माओवादी केन्द्र र नेकपा एस कांग्रेसँगको गठबन्धनमा थिए ।

    राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल इलाममा भएको उपचुनावले वाम एकताका लागि वातावरण बनाउन मार्ग प्रशस्त गरेको बताउँछन् ।

    ‘७९ को चुनावमा एमाले एक्लै मैदानमा थियो । एमाले एक्लै लड्दा र वामपन्थीहरूको गठबन्धन हुँदा नतिजा फरक आएको छ । यो स्पष्टरूपमा तलका कार्यकर्ता, शुभेच्छुकले दिएको एकताको सन्देश हो ।

    वैशाख १२ गते चुलाचुलीको सभामा ओलीले पनि इलामको चुनाव बाम एकताको सन्देशको रूपमा रहेको बताएका थिए । उनले नेकपा नेतृत्वको सरकारमा आफू हुँदा सुरू गरेका विकासका कामको फेहरिस्त सुनाएका थिए । ती कामहरू रोकिएको भन्दै पूर्णता दिन पनि वामपन्थीहरूको सरकार बन्नु पर्ने बताएका थिए ।

    मंगलवार इलामको बिजय सभामा उनले माओवादीलगायत दलहरुलाई धन्यवाद भन्दै आगामी निर्वाचनहरुमा पनि आवश्यकता अनुसार तालमेल गरिने भन्दै आश्वस्त तुल्याए । एमाले एक्लै गठबन्धनसँग लडेका बेला पनि जितेको स्मरण गर्दै ओलीले वाम तालमेलको लागि यसले वातावरण बनाउन सक्ने संकेत गरे ।

    २०७४ मा दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेर चुनाव लडेका थिए । सो निर्वाचनमा बाम गठबन्धनको दुईतिहाइ बहुमत आएको थियो । पछि २०७५ साल जेठ ३ गते एकता हुँदै नेपाल कम्युनिस्ट पार्टी बन्यो । नेकपा बनेको ४१ महिनापछि अदालतको आदेशले दुई पार्टीलाई अलग गर्‍यो ।

    नेकपाको ४१ महिना विवाद र आन्तरिक शक्ति संघर्षमा बित्यो । तर, माओवादी नेता गजुरेलले भनेजस्तै समीक्षा गरेर अगाडि बढ्ने सन्देश भने निर्वाचनबाट आएको राजनीतिशास्त्री पोखरेलको भनाइ छ । वाम एकताका लागि तल्लो तहका नेताहरूले अब बोल्नु पर्ने बेला आएको उनको सुझाव छ ।

    ‘अहिले नै हतारमा एकता गर्नु बुद्धिमत्ता हुँदैन । सहकार्य गर्दै वाम एकताका लागि वातावरण बनाउनुपर्छ । यो उपचुनाव वाम एकताको आधार हुन सक्छ । माथि निश्चित स्वार्थका लागि नेताहरू मिलिरहेका छैनन् । जनताको स्वार्थका लागि प्रदेशमा रहेका नेताहरूले एकताको दबाब दिन सक्नुपर्छ’, उनी भन्छन् ।

    आम मतदाता स्थिर र दिगो सरकारको पक्षमा रहेको भन्दै पोखरेलले स्थिर सरकार नभएसम्म विकासका ढोका नखुल्न बताए ।

    आरोप प्रत्यारोपको त्यो गठबन्धन

    वाम गठबन्धनबाट छुट्टिएपछि माओवादी केन्द्र नेपाली कांग्रेसको क्याम्पमा पुग्यो । सत्तासँगसँगै चुनावमा प्रचण्डले कांग्रेससँग घाँटी जोडे । विपरीत ध्रुवका यी दुई दलमा एकले अर्कालाई भोट हाल्नुपर्दा मतदाता र कार्यकर्ताको असन्तुष्टि बग्रेल्ती थियो ।

    ७९ मा स्थानीयदेखि प्रतिनिधिसभाको चुनावमा माओवादीका धेरैजसो उम्मेदवार हारे । गत माघ ११ गते राष्ट्रियसभाको निर्वाचनसम्म आइपुग्दा त माओवादीलाई कांग्रेसले दिँदै आएको धोका पुष्टि भयो ।

    माओवादी केन्द्रबाट कोशी प्रदेशबाट उम्मेदवार बनेकी चम्पादेवी कार्की पराजित भइन् । मतभार कम हुँदा हुँदै पनि एमालेकी रुक्मिणी कोइरालाले बाजी मारिन् । जबकि उही मतदाता र मतभार हुँदा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी बने ।

    इलाम पुगेका ओली सुहाङलाई अँगालो हाल्दै ।

    इलामको परिणामपछि माओवादी केन्द्रका नेता इन्द्र आङ्वोले एमाले-माओवादी समझदारी र पार्टीको निर्णय पूर्ण प्रतिवद्धताका साथ कार्यान्वयन भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इमानका साथ कार्यान्वयन गर्ने इलाम माओवादी पार्टीका सबै नेताकार्यकर्ताहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

    एमाले इलामका पूर्वअध्यक्ष तथा वैकल्पिक केन्द्रीय सदस्य राम रानाले इलाममा गठबन्धन पूर्णरूपमा कार्यान्वयनमा गएको बताए ।

    एमाले माओवादीबीच गठबन्धन हुँदा यहाँ सुहाङलाई माओवादीले भोट नहाल्ने आँकलन भइरहेको थियो । ७९ सालको निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ एमालेले २६ हजार ५६२ मत पाएको थियो । माओवादी केन्द्रको ५ हजार १५३ मत थियो ।

    माओवादीको पूरै मत एमालेलाई नआउने निश्चित नै थियो । कट्टर पहिचानवादी छबि बनाएका कार्यकर्ता र समर्थक माओवादीको मत मुढामा गएको देखिन्छ । तर जिल्लास्तरका नेताहरु भने इमानदारपूर्वक एमालेलाई मत खसाउन लागिपरेका थिए । बझाङमा जस्तै सबै दलहरु एक्ला एक्लै लडेका भए पनि इलाममा एमालेले जित्ने मत थियो । तर माओवादीको मत थपिदा मतान्तर फराकिलो बन्यो ।

    पहिचानवादीको जबरजस्त उपस्थिति

    पहिचानवादीहरूले साझा उम्मेदवारको रूपमा डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने घोषणा गरेपछि थेगिमले नेपाल प्रेससँग भनेका थिए ‘उहाँहरूले लड् भन्नु भयो लड्ने निर्णय गरेँ ।’

    सामाजिक आन्दोलनबाट पहिचानको मुद्दा बोक्न थालेका थेगिमलाई त्यही बेला चुनावै जितिहालिन्छ भन्ने लागेको थिएन ।

    ‘हामीसँग सङ्गठन छैन । ऊर्जामात्रै छ, ऊर्जामात्रैले चुनाव जित्न नसके पनि मुद्दा स्थापित गर्नका लागि भए पनि उम्मेदवार बन्नुको विकल्प रहेन’ थेगिमले भनेका थिए ।

    तर मत परिणामले आफूले उठाएको मुद्दा स्थापित गरेको उनको जिकिर छ । उनले ११ हजार ४५७ भोट ल्याएका छन् ।

    उनले भने, ‘हामीले चुनाव जितेनौं तर मुद्दालाई देशैभर स्थापित गरेका छौं ।’

    तर एमालेलाई पहिचानविरोधी करार गरेर एक वर्षदेखि थालेको पहिचानवादी आन्दोलनलाई चुनावी मैदानमा भने एमालेले नै पराजित गरेर जनताको अनुमोदन पाएको छ ।

    धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका राजनीतिक शास्त्र विभागका प्रमुख शकुल श्रेष्ठ पनि थेगिमको तर्कमा सहमत छन् । उनले पहिचान पक्षधरले निर्वाचन नजिते पनि मुद्दाले जितेको दाबी गरे । श्रेष्ठले भने, ‘पहिचानको मुद्दा जबरजस्त स्थापित भएको छ कुनै न कुनै दिन यसलाई सम्बोधन गर्नुपर्छ ।’

  • डढेलोबाट प्रभावित भएकाहरूको व्यवस्थापन गर्न सरकारलाई माओवादीको ध्यानाकर्षण

    डढेलोबाट प्रभावित भएकाहरूको व्यवस्थापन गर्न सरकारलाई माओवादीको ध्यानाकर्षण

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले विपद्जन्य अवस्थामा गर्नु पर्ने उद्धार तथा राहतका लागि पालिकाहरुलाई सहयोग गर्न, सबल बनाउन तथा आवश्यक सामग्रीहरूको व्यवस्था गर्न प्रदेश तथा संघीय सरकारका सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

    गर्मी र सुख्खापन बढेसँगै देशमा विभिन्न भागमा आगलागी एवं डढेलोका कारण जनधनको व्यापक क्षति पुगेको भन्दै आवश्यक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

    उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले एक विज्ञप्ति जारी गर्दै देशैभरि वायु प्रदूषण उच्च मात्रामा बढ्दा र तापक्रममा उच्च वृद्धिका कारण विशेषगरी तराईका जिल्लाहरूमा तातो हावाको लहर एवं लु चल्दा जीवनयापनमा भारी कठिनाइ उत्पन्न भइरहेको बताएका छन् ।

    पार्टी एवं भातृ संगठनका नेता–कार्यकर्ता एवं स्वयंसेवकहरू उद्धार तथा राहतका साथसाथै मानवीय सहायता व्यवस्थापनमा खटिन आह्वान गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘यस चुनौतीपूर्ण घडीमा पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, उपचार तथा सुरक्षा जस्ता आधारभूत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षण पनि गराउँछौँ। विपद्का घडीमा स्थानीय तह नै अग्रपंक्तिमा हुनुपर्ने भएकोले दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको अपिल गर्दछौं ।’

    विपद्का जोखिमहरु कम गर्न, घटना भइहाले शीघ्र प्रतिकार्य गर्न आफ्ना पालिकावासीलाई जनचेतनाका कार्यक्रममार्फत् घरेलु र स्थानीय उपायसहित तम्तयार राख्न पनि आह्वान गरेका छन् ।

  • नारायणी नदी तटबन्धको मेयर रेनु दाहालद्वारा अनुगमन

    नारायणी नदी तटबन्धको मेयर रेनु दाहालद्वारा अनुगमन

    चितवन । नारायणी तटबन्धनको कार्य प्रगतिबारे भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहितको टोलीले निरीक्षण गरेको छ । तटबन्धको पहिलो चरणको २० किलोमिटर मध्ये ८ किलोमिटरको काम सम्पन्न भइसकेको छ । यो कुल कामको ४० दशमलव ९९ प्रतिशत हो ।

    वर्षातको समय नजिक आएसँगै प्रमुख दाहालले तटबन्धनको निरीक्षणमा सक्रियता देखाउनु भएको हो । आयोजनाका अनुसार अहिले ५ वटा प्याकेजको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी काम तीब्र रुपमा अघि बढेको छ ।

    निरीक्षणका क्रममा प्रमुख दाहालले तटबन्धनको कार्य प्रगतिकोबारे जानकारी लिनु भएको थियो । तटबन्धनका लागि अहिले केही स्थानमा बिग बोल्डर (ठूलो चट्टान) झार्ने कार्य भइरहेको छ । यस्तै गोलाघाट क्षेत्रमा ड्याम बनाउने काम तीव्र रुपमा अघि बढेको छ ।

    निरीक्षण पश्चात संचारकर्मीसँग कुराकानी गर्दै प्रमुख दाहालले समग्रमा कामको प्रगति सन्तोषजनक रहेको बताइन् । अहिले अधिकांश विकास निर्माणको काममा ढिला सुस्ती भइरहे पनि तटबन्धनको काम सन्तोषजनक रहेको उनको भनाइ थियो ।

    पहिलो चरणमा अति जोखिम रहेको २० किमीमा तटबन्धनको काम भइरहेकाले यसपछि प्राथमिकताका आधारमा तटबन्धको काम अगाडि बढ्ने उनले जानकारी दिइन् ।

    तटीय क्षेत्रमा बसोबास गर्ने जनतालाई धेरै नै जोखिम भएकाले नारायणी नदी व्यवस्थापन आयोजनाको सहकार्यमा डिपिआर निर्माण गरेको उल्लेख गरिन् ।

    तटबन्धनको कार्यले जनताका जग्गाहरु सुरक्षित हुँदै गएको छ भने नदी उकासबाट निस्किएका जग्गालाई महानगरले संरक्षण गर्ने प्रमुख दाहालले बताइन् । तटबन्धको कार्यले निरन्ता दिँदै गएपछि भरतपुरका लागि ठुलो उपलब्धी हुने उनको भनाइ थियो ।

    नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख मनोहर साहका अनुसार चितवनतर्फ ४० दशमलव ९९ र नवलपरासी तर्फ १९ दशमलव ०३ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

    तटबन्ध निर्माणमा आवश्यक पर्ने जग्गा प्राप्तीको लागि मुआब्जाको प्रावधान नरहेको कारण निशुल्क जग्गा प्राप्तीमा बाधा हुने गरेको प्रमुख साहले बताए ।

    गुरुयोजना अनुसार बजेट विनियोजन नहुदाँ लक्ष्य समय सीमाभित्र आयोजना सम्पन्न गर्न नसकिने उल्लेख गरे । तटबन्धको रामघाटदेखि शिवघाट हुँदै काभ्रेघाटसम्म झण्डै ५ किलोमिटर १ अर्ब १५ करोडको ठेक्का सम्झौता भएको हो ।

    यसको काम ४० प्रतिशत काम पुरा भएको निर्माण कम्पनीले जनाएको छ । दोस्रो प्याकेज ५ किलोमिटरकै गाजीपुरदेखि हिरापुरसम्म ४८ करोडको ठेक्का सम्झौता भएको छ । यो काम अहिले अन्तिम चरणमा पुगेको छ ।

    सिसैदेखि बलुवासम्म झण्डै ५ किलोमिटर ३७ करोडको ठेक्का सम्झौता भएको छ । यो काम पनि ४० प्रतिशत भइसकेको छ । बलुवादेखि गोलाघाटसम्म २६ करोडमा ठेक्का सम्झौता भएको छ ।

    करिब ४ हजार हेक्टर जग्गा नारायणी नदी उकासबाट आउने छ भने करिब १ लाख जनता लाभान्वित हुनेछन् ।

  • नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’को आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए

    नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानुन परिमार्जन गरिएको जानकारी गराए ।

    उनले भने, ‘मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।’

    नेपालमा शान्ति र स्थायित्व कायम भइ आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सिर्जना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको स्पष्ट पारे ।

    ‘नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करमुक्ति, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायत धेरै प्रोत्साहन प्रदान गर्दछ’, प्रधानमन्त्री दाहालले भने, ‘नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको छ, यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।’

    उनले मित्र राष्ट्रहरूलाई द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गर्न आह्वान गरे ।

    नेपालले अवलम्बन गरेका उदार नीतिले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको विश्वास छ । उनले नेपालमा भएका दक्ष जनशक्ति र कम श्रम लागत पनि अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षण हुने बताए ।

    प्रधानमन्त्री दाहालले भने, ‘प्रत्यक्ष वैदेशिक लगानीकर्ता र राष्ट्रिय लगानीकर्तालाई कुनै पनि भेदभावपूर्ण व्यवहार नगरिने प्रावधान र विदेशी मुद्रामा नाफा फिर्ता लैजान पाउने सुनिश्चितताले नेपालमा लगानीको आकर्षण अझ बढाउँछ ।’

    नेपालको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या श्रमिक उमेर समूहभित्र पर्ने बताउँदै प्रधानमन्त्री दाहालले तीव्ररूपमा बिस्तार हुँदै गएको मध्यमवर्गीय जनसङ्ख्याले उपभोक्तामुखी अवस्थाको अपार सम्भावना देखाएको बताए । उनले विदेशी भाषा बोल्ने युवाहरूको सङ्ख्या उल्लेख्य मात्रामा रहँदा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई श्रमशक्ति खोज्न मद्दत पुग्ने उल्लेख गरे ।

    ‘नेपालले पर्यटन, कृषि, उत्पादन, सूचना प्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधारलगायत उच्च मूल्यका बाली उत्पादन जस्ता क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गरेको छ । समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले पर्यटन क्षेत्रको बलियो सम्भावनालाई संकेत गर्दछ ।’

    नेपालमा जलविद्युत् उत्पादनको प्रचूर सम्भावना भए पनि हालसम्म तीन हजार २०० मेगावाट मात्रै उत्पादन भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले करिब पाँच हजार पाँच सय ६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पिपीपी)मार्फत निर्माण वा कार्यान्वयनको चरणमा रहेको बताए ।

    प्रधानमन्त्रीले विद्युत् व्यापार सहज तुल्याउन भारतसँग भएको विद्युत् व्यापार सम्झौता, चीनसँग भएको सहकार्यका र समझदारी एवं बङ्गलादेशसँग भएको विद्युत् निर्यातको समझदारीले लगानीका लागि पर्याप्त पूर्वाधार तयार भएको बताए। उनले भने, ‘यसले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचूर अवसरहरू स्पष्ट रूपमा देखाउँछ । भारत र चीन जोड्ने निर्माणाधीन अन्तरदेशीय प्रसारण लाइनले यस क्षेत्रभित्र ऊर्जा आदानप्रदानलाई सहज बनाउँछ ।’

    प्रधानमन्त्री दाहालले तयारी पोसाक र नेपाली गलैँचा पनि विश्व बजारमा निकासी हुने र गुणस्तरका लागि प्रख्यात भएको उल्लेख गर्दै यस क्षेत्रमा पनि लगानीको प्रचूर सम्भावना रहेको बताए ।

    नेपालमा दुई विशेष आर्थिक क्षेत्र सञ्चालनमा आएका र देशका अन्य स्थानमा त्यस्ता आर्थिक क्षेत्र विकास हुने चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस्ता क्षेत्रले आर्थिक वृद्धि र औद्योगिक विकासमा बल पु¥याउने विश्वास व्यक्त गरे ।

    उनले भने, ‘नेपालमा हाल दश औद्योगिक जिल्ला छन्, थप छ वटा विकास गर्ने योजना छ, यसले लगानीका लागि आवश्यक पूर्वाधार र सेवाको पहुँच सुनिश्चित गर्दछ ।’

    उदीयमान बजार भएका भारत र चीन बीचमा रहेको नेपाल रणनीतिकरूपमा पनि लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले क्षेत्रीय सम्झौता साफ्टा÷बिम्स्टेक र स्वतन्त्र व्यापार व्यवस्थाद्वारा द्विपक्षीय र क्षेत्रीय बजारहरू सुनिश्चित भएको स्पष्ट पारे ।

    ‘अन्तर्राष्ट्रिय निजी लगानी प्रवाहलाई सहज तुल्याउन उद्योग विभागले रु छ अर्बभन्दा कमको लगानी अनुमोदन गर्दछ र लगानी बोर्ड नेपालले रु छ अर्बभन्दा बढीको लगानी वा २०० मेगावाटभन्दा बढी ऊर्जा आयोजनाहरू व्यवस्थापन गर्छ’, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यी दुवै सरकारी एजेन्सीहरू स्वदेशी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई तोकिएको समयमा सहज सेवा प्रदान गर्न प्रतिबद्ध छन् ।’

    वैदेशिक लगानीमा सञ्चालन भएका विभिन्न कम्पनीको हकमा नेपालमा लगानी नाफामुखी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘ती कम्पनीहरूको लाभांश फिर्ताको अवस्था अकर्षक छ, जसले नेपालमा लगानीको उपयुक्त वातावरण छ भन्ने देखाउँछ ।’

    सम्मेलनमा प्रस्तुत परियोजनाहरूले नेपाल र सम्भावित लगानीकर्ताहरू दुवैलाई फाइदा पुग्ने ठोस नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आगामी दशकमा दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य पूरा हुने बताए । उनले सबैको सहकार्यबाट नेपाल आर्थिक रुपान्तरण र समृद्धिको दिशामा अघि बढ्ने आशा व्यक्त गरे ।

  • नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य बनिसकेको छ : अर्थमन्त्री पुन (भिडिओ)

    नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य बनिसकेको छ : अर्थमन्त्री पुन (भिडिओ)

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको लागि आकर्षक गन्तव्य बनिसकेको बताएका छन् ।

    तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री पुनले नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए । उनले सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्न नियामक क्षेत्रमा हालै गरिएका सुधारबारे जानकारी गराउनु तथा लगानीका लागि तयार भएका परियोजनाहरू सहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको बताएका छन् ।

    पुनले भने, ‘व्यवसायिक वातावरण सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले हामीले विभिन्न नीतिगत सुधार गरेका छौँ, नीतिगत र व्यवसाय सुरू गर्दा लाग्ने प्रक्रियागत झन्झटमा सुधार, सार्वजनिक शासनमा पारदर्शीता र जवाफदेहीता सुनिश्चित गरिएको छ । आगामी दिनमा पनि यस प्रक्रियालाई निरन्तरता दिइनेछ, नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषि आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको तथ्यबाट पनि नेपाल लगानीका लागि उपयुक्त र आकर्षक गन्तव्य भएको पुष्टि हुन्छ ।’

    अर्थमन्त्री पुनले उच्च आर्थिक वृद्धिको लक्ष्य छुन आन्तरिक लगानी र बजार मात्र पर्याप्त नरहेकाले नेपालले विदेशी लगानी प्रवर्द्धनमा जोड दिएको उल्लेख गरे । सरकार निजी क्षेत्रसँग प्रत्यक्ष लगानीका साथै सार्वजनिक-निजी साझेदारीमार्फत सहकार्य गर्न प्रतिवद्ध रहेको उनको भनाइ छ ।

  • पूर्वाञ्चल विश्वविद्यालयमा ३०० शैय्याको अस्पताल र विराटनगर चक्रपथ निर्माण अघि बढाउने प्रधानमन्त्रीको घोषणा (भिडिओ)

    पूर्वाञ्चल विश्वविद्यालयमा ३०० शैय्याको अस्पताल र विराटनगर चक्रपथ निर्माण अघि बढाउने प्रधानमन्त्रीको घोषणा (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनमा ल्याइ गुणस्तरीय स्वास्थ्य सेवाका लागि सरकारले पहल गर्ने बताएका छन् ।

    विश्वविद्यालयको १२ औं दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताए । ‘यस क्षेत्रका जनताका आशा अपेक्षाबारे म राम्रै जानकार छु । मेरै पहलमा नै पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त भएको कुरा पनि म स्मरण गराउन चाहन्छु’, उनले बोल्ने क्रममा भने, ‘यस क्षेत्रको अधिक जनसंख्यालाई सर्वसुलभ र गुणस्तरीय उपलब्ध गराउन ३०० शैय्याको अस्पताल पूर्वाधार निर्माण आगामी आर्थिक वर्ष सुरु गरिने विश्वास पनि म तपाईंहरुलाई व्यक्त गर्न चाहन्छुु ।’

    उनले यस क्षेत्रका जनतालाई स्वास्थ्य र शिक्षा प्रदान गर्नेतर्फ सरकारले विशेष चासो राखिरहेको प्रचण्डले बताए । उनले आजै पनि दीक्षान्त समारोहमा आउनुअघि एमबीबीएस कक्षा सञ्चालन गर्ने दुईवटा भवनको उद्घाटन गर्ने अवसर पाएको उल्लेख गर्दै उनले तत्कालै आवश्यक स्वीकृतिसहित मेडिकल कलेजको सुरुवातका लागि पहल गरिने बताए ।

    ‘अब यहाँबाट गएपछि त्यसको निम्ति आवश्यक स्वीकृतिसहित कलेज सञ्चालनको व्यवस्था गरिने कुरा पनि जानकारी गराउन चाहन्छु’, उनले भने । त्यस्तै, उनले रणनीतिक विराटनगर चक्रपथको निर्माण कार्यलाई आगामी आर्थिक वर्षदेखि योजनावद्ध तवरले अगाडि बढाउने विश्वास पनि व्यक्त गरे ।

    यसैबीच कोशी प्रदेशका सांसद जीवन आचार्यले अस्पताल निर्माण र रिङरोडमा आफ्नो निरन्तर प्रयासले सार्थकता पाउन आँटेको भन्दै खुशी व्यक्त गरे ।

    आचार्य भन्छन, ‘मेडिकल कलेजका लागि आफ्नै ३०० शैय्याको अस्पताल अनिवार्य छ त्यसैले हामीले निरन्तर प्रधानमन्त्री ज्यूलाई भनिरहेका थियौं ।’

    संसद आचार्यको पहलमा सो क्षेत्रमा ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको अभियान नै चलेको थियो ।

     

  • कर्णाली सरकारले भोलि पूर्णता पाउने, यी हुन् मन्त्रीका सम्भावित अनुहार

    कर्णाली सरकारले भोलि पूर्णता पाउने, यी हुन् मन्त्रीका सम्भावित अनुहार

    सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालय भागबन्डामा सहमति जुटेसँगै मन्त्रिपरिषद् विस्तारको तयारी थालिएको छ । मंगलबार मन्त्रालयको भागबन्डाको टुंगो लगाएसँगै नेताहरू मन्त्री छनौटको तयारीमा जुटेका हुन् ।

    हिजो माओवादीका प्रमुख सचेतक रणसिंह परियार नियुक्त भइसकेका छन् । उनलाई मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी छ ।

    कर्णालीमा नेकपा माओवादी केन्द्रको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय परेको छ । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय एमालेको भागमा परेको छ ।

    चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका यामलाल कँडेलले १७ दिनपछि आज विश्वासको मत लिँदै छन् ।

    एमालेको मन्त्री छान्ने जिम्मेवारी कँडेललाई दिएको छ भने माओवादीले पनि दलका नेता तथा पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई दिएको छ ।

    नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईंले नयाँ मन्त्रीबारे छलफल भइरहेको बताए । माओवादीका संसदीय दलका नेता शर्माले पनि अब मन्त्रीको नाम छिट्टै टुंगिने बताए ।

    उनले भने,`शुक्रबारसम्म मन्त्री छनौट गरेर शपथ ग्रहण गर्ने गरेर छलफल भइरहेको छ । भोलि सरकारले पूर्णता पाउँछ ।`

    यी हुन् सम्भावित अनुहार

    शुक्रबार एमाले-माओवादीका गरी छ जना नयाँ मन्त्री नियुक्त हुँदैछन् । यसअघि माओवादीबाट प्रमुख सचेतक रणसिंह परियार विनाविभागीय मन्त्रीमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    एमालेमा यसअघि मन्त्री भइसकेका ३ जनालाई दोहोर्‍याउने कि नयाँ पठाउनेबारे टुंगिन बाँकी छ । कामकाजी मन्त्रालय एमालेको भागमा नपरेकाले यसपटक अधिकांश नयाँ मन्त्री बन्ने सम्भावना छ । दैलेखका विनोदकुमार शाह यसभन्दा पहिला आर्थिक मामिला तथा योजनामन्त्री भएको हिसाबले यसपटक एमालेले अर्थ मन्त्रालय नपाएको हुँदा शाहको सम्भावना कम रहेको नेताहरूले बताएका छन् ।

    एमालेबाट यसअघि मन्त्री भइसकेका टेकराज पछाईका पनि यसपटक मन्त्री बन्ने सम्भावना कम नै देखिन्छ । यसभन्दा पहिला सामाजिक विकास मन्त्रालयको जिम्मेवारी समालेका पछाईले यसपटक भने सामाजिक विकास मन्त्रालय माओवादीका भागमा परेको छ ।

    मन्त्री हटनासाथ पछाई एमालेका प्रमुख सचेतक भए । अर्को कार्यकालमा पार्टीकोबाट प्रतिनिधित्व कमजोर नहोस् भनेर पछाईलाई ब्याकअपको रूपमा राखिने सम्भावना छ ।

    नयाँ पठाउँदा प्रत्यक्ष निर्वाचित भएको र जनजाति समुदायको भएका हिसाबले डोल्पाका शेरबहादुर बुढाको सम्भावना छ । पुराना दोहोरिए मुगुका जीतबहादुर मल्लले बाजी मार्ने छन् ।

    महिलामा सिनियरका हिसाबले दक्षिणा शाही र भूगोल र दलित समुदायलाई समेट्ने हो भने गमता विक मन्त्री बन्ने सम्भावना देखिन्छ । त्यसो त हुम्लाका कलबहादुर हमाल र रूकुमकी तुल्सा मल्ल पनि प्रमुख दाबेदार छन् ।

    माओवादीमा पनि आकांक्षी बढि छन् । अघिल्लो कार्यकालमा मन्त्री भइसकेका विन्दमान विष्ट र वीरबहादुर शाही मन्त्रीलाई दोहोर्‍याउने/नदोहोर्‍याउने बारे छलफल चलिरहेपनि नयाँलाई प्राथमिकतामा राखेर मन्त्री छनोट गर्ने तयारी रहेको एक नेताले बताए ।

    माओवादीबाट कालिकोटका दुर्गा रावत, रुकुम पश्चिमका महेन्द्र के.सी. रूकुम पश्चिमकी मिलन खड्का (रोका) सम्भावित अनुहार हुन् ।

  • ओलीको नारा बोक्दै प्रचण्डले भने- हाम्रो अल्टिमेट गोल ‘सुखी नेपाली र समृद्ध नेपाल’ नै हो (भिडिओ)

    ओलीको नारा बोक्दै प्रचण्डले भने- हाम्रो अल्टिमेट गोल ‘सुखी नेपाली र समृद्ध नेपाल’ नै हो (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको आर्थिक विकास र योजनाका लागि सबै दलहरूबीचको धारणा एउटै हुनुपर्नेमा जोड दिएका छ्न् । राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै राजनीतिक दल र निजी क्षेत्रको बीचमा अझ गम्भीर छलफल गरेरमात्रै नीति कार्यक्रम र बजेटलाई अन्तिम रूप दिने कोसिस सरकारले गरिरहेको बताए ।

    आफूहरूको प्रमुख लक्ष्य सुखी नेपाली, समृद्ध नेपाल नै रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

    उनले भने, ‘लगानी सम्मेलन लक्षित गरी अस्तिको क्याविनेटबाट केही ऐन संशोधन गरिएको छ । मलाई लाग्छ त्यसले आज औपचारिक रूप लिनेछ । त्यसैले हाम्रो अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो । त्यसमा विमति हुनुपर्ने कारण छैन । त्यसमा पुग्नको लागि सुशासन र सामाजिक न्यान अनिवार्य शर्त हो ।’

    ओली २०७२ असोज २४ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए । दोस्रोपटक २०७४ साल फागुन ३ गते सत्ताको बागडोर सम्हाल्दै गर्दा उनले ‘समृद्ध नेपालः सुखी नेपाली’ को मूल नारा अघि सारेका थिए । उनले अहिले पनि त्यसैलाई जोड दिँदै आएका छन् ।

    उनले भने, ‘सदनभित्र पनि हामीले विगतमा जस्तो एकचोटी नीति कार्यक्रम प्रस्तुत गर्ने, पर्याप्त छलफल नगरी, संशोधन गर्ने नपाइने जस्तो परम्परालाई तोडेका छौं । त्यही अनुसारको कोसिस भएको हो । हामीले अध्यादेशमार्फत हिजोका ऐनका केही व्यवस्था परिर्वतन र परिमार्जन गरेर बहसलाई अर्थपूर्ण बनाउने सरकारको कोशिस गरिरहेको छ । अहिले हामी जुन परिस्थितिमा जाँदैछौं त्यसका लागि पनि ऐनहरू संशोधन गरे, जबसम्म नीति क्षेत्रहरू विश्वासमा लिन सकिँदैन, देशमा आर्थिक विकासले गति लिन सक्दैन ।

    उनले लगानी सम्मेलनलाई लक्षित गरेर सरकारले सिफारिस गरेको अध्यादेश आज राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वास व्यक्त गरे ।

  • गोरखा २ का मतदातासँग माफी माग्दै बाबुरामले भने- मेरो निस्वार्थ सहयोगमाथि प्रचण्डले कुठाराघात गरे

    गोरखा २ का मतदातासँग माफी माग्दै बाबुरामले भने- मेरो निस्वार्थ सहयोगमाथि प्रचण्डले कुठाराघात गरे

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पार्टी विभाजनपछि अहिले गृह जिल्लामा छन्।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र गोरखा २ छाडेका भट्टराईले कहिलेकाहीँ असल मनसायले गरेको कामको गलत परिणाम आउने बताए।

    प्रचण्डलाई गोरखा २ छाड्नु आफ्नो गल्ती भएको भन्दै जनसेवामा समर्पित इमानदार मान्छेले त्यसलाई स्वीकारेर सच्याउन हिचकिचाउनु नहुने तर्क गरेका छन्।

    उनले भनेका छन्, ‘मासिक जिल्ला भ्रमणको क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आम निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताउनु भएको छ। साथै समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट, अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गर्नुभएको छ।’

    देशमा ठूलो राजनीतिक क्रान्तिपछि राष्ट्रिय राजनीति पुनः सत्तादेखि सत्तासम्म र साम/दान/दण्ड/भेदको दुष्चक्रमा फस्दै गएको उनको निष्कर्ष छ।

    उनले थपेका छन्, ‘हिजोका क्रान्तिकारी नेताहरू मूल्यमान्यता र आदर्शबाट तीव्र गतिमा स्खलित हुँदै गइरहेको, ठूलो जनवलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्दै गइरहेको, जनताका सुशासन र समृद्धिका आकाङ्क्षामा गम्भीर तुषारापत भइरहेको सन्दर्भमा आफू सदन र सरकारमा नगई पार्टी र सडकका मञ्चबाट सफा र जनमुखी राजनीतिको पैरवी गर्नु र सत्तासीनहरूलाई खबरदारी गरिरहनु उपयुक्त हुने ठानेर साथीहरूलाई जानकारी गराएरै सो निर्णयमा पुगेको हुँ।’

    निर्वाचन यता मुख्यतः प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नांगो रूपमा प्रदर्शित हुँदै गइरहेको र उल्टै आफूले निस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपञ्च रचेर चरम अशोभनीय हर्कत गरेको आरोप लगाए।

    देश र जनताका आकाङ्क्षामा गम्भीर कुठाराघात गरिरहेको, जनयुद्धमा लाखौँ जनताका अतुलनीय त्याग र बलिदानलाई उनको सत्तास्वार्थसँग साटेर सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी आयोगहरूका कामलाई टुंग्याउनु सट्टा खेलबाड गरिरहेको लगायतका घटनाक्रमहरूले गोरखाली मतदाताहरूले व्यक्त गरेको असन्तुष्टि र मसँग गरेको गुनासोलाई अन्यथा भन्न सकिने अवस्था रहेन भट्टराईको भनाइ छ।

    असल मनसायले गरेको निर्णयले आम जनता र पार्टीका साथीहरूलाई पर्न गएको असुविधाप्रति माफी समेत मागेका छन्।

  • चुलाचुलीमा हरिबोलको सम्बोधन- सुहाङले चुनाव जितिसके, इलामबाट फेरि वाम एकताको सन्देश दिन्छौं

    चुलाचुलीमा हरिबोलको सम्बोधन- सुहाङले चुनाव जितिसके, इलामबाट फेरि वाम एकताको सन्देश दिन्छौं

    विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल वामपन्थीहरूको एकतालाई नयाँ शिराबाट उठाउन सुहाङ नेम्बाङलाई इलाबाट जिताउनु पर्ने बताएका छन् ।

    नेकपा एमाले इलामले आयोजना गरेको चुनावी सभामा बोल्दै गजुरेलले नयाँ शिराबाट वामपन्थीहरूको एकताका लागि इलामले सन्देश दिनु पर्ने बताए ।

    उनले २०७४ को निर्वाचनमा वामपन्थीहरू गठबन्धन भएको र पछि गठबन्धन टुटेका कारण धेरै पीडाहरू भएको बताए । ‘हामी इतिहासबाट पाठ सिकेर फेरि एक भएर आएका छौं’, उनले भने, ‘वामपन्थीको हाम्रो एकताको सन्देश दिन सुहाङ्गलाई जिताउनु पर्छ ।’

    उनले इलाम वामपन्थीहरूको किल्ला भएको दाबी गर्दै वामपन्थीहरुको किल्लाबाट एकताको सन्देश दिन आवश्यक रहेको बताए । चुनावी सभामा सुभाष नेम्बाङ्गको योगदानको चर्चा गर्दै सहाङ नेम्बाङको जीत भइसकेको बताए ।

    उनले भने, ‘अत्यधिक बहुमतले जिताएर वामपन्थीहरुको एकताको सन्देश राष्ट्रलाई दिनु पर्छ । हिजो को-को बाटा गल्ती भयो ? कमजोरीहरू के-के भए केलाउँला ? तर अहिले सबै कुरा बिर्सिएर नेपालमा मात्रै होइन विश्वभर वामपन्थी एकताको सन्देश दिनुपर्छ ।

     

  • कर्णालीमा थपिए एक मन्त्री, रणसिंह परियारले लिए शपथ

    कर्णालीमा थपिए एक मन्त्री, रणसिंह परियारले लिए शपथ

    सुर्खेत । कर्णालीमा एक मन्त्री थपिएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले गठबन्धन घटक माओवादीका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।

    माओवादी प्रदेशसभा दलका प्रमुख सचेतक रहेका रणसिंहलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराए ।

    परियार हुम्ला प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) निर्वाचित सांसद हुन् ।

    मुख्यमन्त्री कँडेलले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।

    यस प्रदेशमा माओवादीले ४ र एमालेले मुख्यमन्त्रीसहित चारवटा मन्त्रालय लिने सहमति भएको छ ।

  • कर्णालीमा माओवादीबाट परियार मन्त्रीमा सिफारिस

    कर्णालीमा माओवादीबाट परियार मन्त्रीमा सिफारिस

    सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रमुख सचेतक रणसिंह परियार मन्त्रीमा सिफारिस भएका छन् । बुधवार बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

    परियारलाई विना विभागीय मन्त्रीमा पठाउन निर्णय गरिएको सांसद कृष्णबहादुर जिसीले जानकारी दिए ।

    उनले भने, ‘हाम्रो तर्फबाट प्रमुख सचेतक परियारलाई पठाउने निर्णय भएको छ । मन्त्रालय र बाँकी मन्त्रीको टुङ्गो मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिइसकेपछि लगाउने निर्णय भएको छ ।’

    स्रोतका अनुसार एमालेबाट पनि आज एक जना मन्त्रीले शपथ लिने छन् ।

    मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री कँडेलले बुधवार सानो आकारमा मन्त्रीमण्डल गठन गर्ने र बिहीबार संसदबाट विश्वासको मत लिने छन् ।

  • हौसिएर एमालेसँग एकता गर्ने पक्षमा छैनौँ, अहिलेको सहकार्य राम्रोसँग गरौँ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    हौसिएर एमालेसँग एकता गर्ने पक्षमा छैनौँ, अहिलेको सहकार्य राम्रोसँग गरौँ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरू पहिलेजस्तो अहिले हौसिएर कम्युनिष्ट एकताको पक्षमा नरहेको बताएका छन् ।

    नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै कम्युनिष्टहरु एकताबद्ध भए देशको निर्णायक शक्ति बन्ने बताए ।

    उनले भने, ‘कम्युनिष्टहरुले जति बेला एकता र सहमतिको बाटोमा हिँडेको थियौँ देशभर उल्लास, उत्साह र उमंग उत्सवको वातावरण बनेर दुई तिहाइ नजिक पुगेका थियौँ। विभाजित भएपछिको तिता अनुभव हामीले गरिसकेका छौँ । पहिलाको जस्तो हौसिएर कम्युनिष्ट एकताको पक्षमा छैनौँ । हामीले त्यो बेलामा समय भन्दा अगाडि दौडिएछ भन्ने हेक्का राख्नुपर्छ । अहिले सहकार्य थालेका छौँ । राम्रो सहकार्य गरौँ यसबाट देश र जनतालाई राम्रो सेवा हुँदै गयो भयो राजनीतिक दलहरुबीच एकताको आधार तय हुन्छ ।’

    कम्युनिष्टहरुबीच सहकार्यबाट नै समाजवादको बाटोमा देशलाई लैजाने सम्भावना रहेको बताए ।

  • हीरक महोत्सवमा पुगेर प्रचण्डले भने- म केपीजीलाई विश्वास गर्छु (भिडिओ)

    हीरक महोत्सवमा पुगेर प्रचण्डले भने- म केपीजीलाई विश्वास गर्छु (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति विश्वास रहेको बताएका छन्।

    नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै एकता र सहमतिबाट मात्रै देशमा ठूला राजनीतिक परिवर्तन भएको बताए।

    उनले भने, ‘क्याबिनेट बैठक लम्बिएपछि म समयमा आउन पाइन, यहाँ जुन भिडियो क्लिप प्रस्तुत भयो सबै त मैले हेर्न पाइनँ । त्यो समीक्षात्मक रिपोर्ट हेरे । मलाई त्यहाँ बस्दै गर्दा कमरेड केपी ओलीले त्यस्तो नकारात्मक टिप्पणी माओवादीको बारेमा खासै गरिएको छैन भन्नुभयो म केपीजीलाई विश्वास गर्न चाहन्छु ।’

  • ७४ को वाम एकतालाई बचाउन सकेनौं, प्रयास जारी नै राख्नुपर्छ (भिडिओ)

    ७४ को वाम एकतालाई बचाउन सकेनौं, प्रयास जारी नै राख्नुपर्छ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः वाम एकता हुन सक्ने बताएका छन् ।

    सोमबार नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरूलाई एकतावद्ध गर्नु नै देशको, गणतन्त्रको, राजनीतिक संघर्षको निम्ति आवश्यकता रहेको मनन गरेर ०७४ सालमा वाम एकता गरेको स्मरण गरे । वाम एकतालाई आम जनताबाट अनुमोदन भएको भन्दै सही कामको निम्ति प्रयास जारी राख्ने प्रचण्डको भनाइ थियो ।

    राष्ट्रिय स्वाधीनता, सुदृढीकरण, लोकतन्त्रको सुदृढीकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नरहेको प्रधानमन्त्रीले बताए । राष्ट्रिय एकताको निम्ति जोखिम उठाउन, राष्ट्रिय स्वाधीनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु, कम्युनिष्ट आन्दोलनको राम्रो भविष्यको निम्ति जोखिम उठाउनु राम्रो भएको भन्दै सबैले साथ र सहयोग गर्नुपर्ने उनले बताए ।

    प्रधानमन्त्रीले भने, ‘सायद नरबहादुर कर्मचार्य जस्ता पुराना पिढीका निष्ठावान नेताकै कारण हामीले पनि कम्युनिष्टहरुलाई एकतावद्ध गर्नु नै अबको देशको, गणतन्त्रको, राजनीतिक संघर्षको निम्ति आवश्यकता छ भन्ने चेतना प्राप्त भयो । त्यही चेतनाको बलमा हामीले प्रयोग पनि गरेकै हो । ०७४ को चुनावमा जे प्रयोग हामीले गर्‍यौँ । त्यो एकताको प्रयोग थियो र त्यसलाई जनता र आम नेता, कार्यकर्ताले अनुमोदन गरेको पनि हो । विभिन्न कारणले त्यसलाई बचाउन सकेनौँ । तर, एक पटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन । हामी निरन्तर प्रयास गरी नै राख्नुपर्छ ।’

  • नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक : प्रधानमन्त्री

    नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताएका छन् ।

    ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ ले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले नेता कर्माचार्य क्रान्ति र आन्दोलनका निम्ति सकारात्मक वातावरण बनाउने राजनीतिक अभिभावक भएको बताएका हुन् ।

    उनको नाममा स्मृति प्रतिष्ठान र सम्मान र सम्झनामा ललितपुरको महालक्ष्मीस्थानमा ‘नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय’ स्थापना भएको उनले स्मरण गरे ।

    दिवङ्गत कर्माचार्यले २००५ सालदेखि प्रजातन्त्र संघमा आवद्ध भएर राणाविरोधी आन्दोलन र मजदुर आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने चारजना संस्थापकमध्ये उनी एक भएको बताए ।

    मजदुर आन्दोलनको उत्थानका निम्ति निरन्तर सक्रिय कम्युनिस्ट नेता कर्माचार्यले पार्टी र जनप्रतिनिधिको भूमिका सँगसँगै पूरा गरेको प्रचण्डले बताए । निष्कलङ्कित, विवादरहित, सादगी र मिलनसार नेता कर्माचार्य समन्वय तथा समझदारीका लागि सदा प्रयत्नशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले वामपन्थी एकता क्रान्तिको निरन्तरता र निष्ठालाई जीवन्त राख्ने उदाहरण र प्रेरणाको रूपमा लिन सकिने बताए ।

  • लुम्बिनीमा भागबन्डाको किचलो : मन्त्रालय थपेर सरकार जोगाउन काठमाडौंमा मुख्यमन्त्रीको दौडधुप

    लुम्बिनीमा भागबन्डाको किचलो : मन्त्रालय थपेर सरकार जोगाउन काठमाडौंमा मुख्यमन्त्रीको दौडधुप

    रुपन्देही । लुम्बिनी प्रदेश सरकार बनेको तीन साता नपुग्दै भागबन्डाको किचलोले स्थिरतामा आशंका बढाएको छ । माओवादी संसदीय दलका नेता जोखबहादुर महरा चैत २३ मा मुख्यमन्त्री बनेका थिए ।

    प्रदेशमा १ सांसद भएको नेकपा एस र स्वतन्त्र सांसदले मन्त्री पाएपछि ३ सांसद रहेका जसपा र ४ सांसद रहेको नाउपाले पनि बार्गेनिङ बढाएका हुन् । सहमतिअनुसार २ वटा मन्त्रालय नदिएको भन्दै जसपाका भण्डारीलाल अहिरले मन्त्रीबाट राजीनामा दिइसकेका छन् । सहमति कार्यान्वयन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको धम्की दिएको छ ।

    जसपा प्रदेश अध्यक्ष अशोक यादवले भने, ‘गठबन्धन दलबीचको सहमति कार्यान्वयन नभए समर्थन फिर्ता लिन्छौं, अहिले राजीनामा दिएर सरकारबाट बाहिर आएका हौं, उताको सहमतिअनुसार । पार्टीबाट मन्त्रीका लागि भण्डारीलाल अहिर र अम्बिका काफ्लेको नाम निर्णय गरेर सिफारिस गरेका थियौं, तर एकजनालाई मात्र मन्त्री बनाइयो, हामीलाई वाइपास गरेर जान खोजियो ।’

    वैशाख ६ गते मन्त्रिपरिषद् विस्तारको क्रममा नेकपा एसबाट भगवती अधिकारीलाई मन्त्री नबनाइएको भन्दै गठबन्धनबाट बाहिरिने धम्की दिएपछि सोही दिन १० वटाबाट थपेर मन्त्रालयको संख्या ११ पुर्‍याइयो । गठबन्धनका दललाई भाग पुर्‍याउने गरी अहिले मुख्यमन्त्रीले तयारी गरेका छन् । तर, मन्त्रालय थप गर्ने विषयमा सत्ता साझेदार नेकपा एमालेले असहमति जनाएको छ । एमालेका प्रमुख सचेतक तुलसी चौधरीले माओवादीले पहिले गरेको सहमति कार्यान्वयन गर्नुपर्ने र अहिलेको अवस्थामा मन्त्रालय थप गर्न नहुने पार्टीको धारणा रहेको बताए ।

    जसपाका मन्त्री अहिरको राजीनामापछि मुख्यमन्त्री जोखबहादुर महरा काठमाडौं पुगेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवलाई भेटेर प्रदेशको अवस्थाबारे जानकारी दिन उनी काठमाडौं पुगेका हुन् । अहिले मन्त्रालय नथप्दासम्म जसपा र नागरिक उन्मुक्तिले अड्को थापिरहने, माओवादीले पनि पूर्वसहमतिअनुसार मन्त्रालय नपाएपछि आन्तरिक किचलो बढ्ने र मन्त्रालय थप्न एमालेले नदिने भएपछि महरालाई समस्या परेको छ । जसपा अध्यक्ष यादवसँगको भेटमा निकास ननिस्के महरा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीलाई भेटेर मन्त्रालय थप गर्न मनाउने तयारी साथ काठमाडौं गएका हुन् । आइतबार महराले प्रचण्ड र एमाले महासचिव शंकर पोखरेलसँग भेटिसकेका छन् ।

    माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बराल पूर्वसहमतिअनुसार अघि बढ्न आफूहरू तयार भएपनि मन्त्रालय कम हुँदा समस्या भएको बताउँछन् ।

    ‘पहिले समझदारी भएको छ, मन्त्रालय थप्ने विषय पनि अप्ठ्यारो छ, अब गाँठो कसरी फुकाउने भनेर समस्या छ, जसपालाई २ मन्त्रालय दिनैपर्ने, नागरिक उन्मुक्तिलाई पनि मिलाउनैपर्ने बाध्यता छ, माओवादीले पनि सहमति अनुसार थप १ मन्त्रालय पाएको छैन, सम्भवत: मन्त्रालय थप्ने विषयमा एमालेसँग छलफल गरेर निर्णय लिने गरी मुख्यमन्त्री काठमाडौं जानुभएको हो, सोमबार फर्केपछि अनय विषयमा अगाडि बढ्छौं’ बरालले भने ।

    सरकारका प्रवक्ता दीपेन्द्र पुनले केही मन्त्रालय थपेर जानुपर्ने बाध्यता रहेको सुनाए । सरकार जोगाउन मुख्यमन्त्री महरा मन्त्रालय संख्या १३ वटा पुर्‍याउने प्रयासमा छन् । अहिले मुख्यमन्त्रीसहित ११ मन्त्री रहेपनि ३ जनाको मात्रै जिम्मेवारी तोकिएको छ । एमालेका चेतनारायण आचार्यले आर्थिक मामिला तथा योजना, जसपाका अहिरलाई कृषि तथा भूमि व्यवस्था र माओवादीका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारी पाएका छन् । बजेट निर्माणको काम चलिरहेको र सबै मन्त्रालयमा मन्त्री नरहेकाले समस्या परेको कर्मचारीको भनाइ छ ।

    प्रदेशमा एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र १ स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा चैत २३ मा माओवादीका महरा मुख्यमन्त्री बनेका थिए । चैत ३० मा विश्वासको मत लिएका महरालाई समर्थन गर्ने बेलामा जसपालाई दुई मन्त्रालय दिने र एकीकृत समाजवादी तथा स्वतन्त्र सांसदलाई पनि सरकारमा सहभागी गराउनेसहित ७ बुँदे लिखित सहमति भएको थियो । ८७ सदस्यीय प्रदेशसभामा राप्रपाका एक सदस्य निलम्बनमा परेपछि ८६ संख्या कायम छ ।

    २७ सदस्य रहेको कांग्रेस, ३/३ सदस्य रहेका लोसपा, जनमत, राप्रपा र एक सदस्य रहेको राष्ट्रिय जनमोर्चा प्रतिपक्षमा छन् । ३ सदस्य रहेको जसपाले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्रीको पक्षमा बहुमत कायम रहन्छ । तर ४ सांसद रहेको नाउपामा समेत यो सरकारलाई साथ दिने विषयमा विवाद छ । उसले पनि समस्या थपे सरकारलाई संकट पर्ने भएकाले मुख्यमन्त्री महराले समाधान खोज्न पहल थालेका हुन् ।

  • प्रचण्डसमक्ष माधवले भने- हामीले सहज मानेका छैनौं, धाकधम्की सहन जन्मेका होइनौं (भिडिओ)

    प्रचण्डसमक्ष माधवले भने- हामीले सहज मानेका छैनौं, धाकधम्की सहन जन्मेका होइनौं (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डकै सामुन्ने गठबन्धन फेरिरहने उनको प्रवृतिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    नेकपा स्थापना दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा नेपालले अहिलेको गठबन्धन पनि कहिलेसम्म रहने भन्ने टुंगो नभएको बताए ।

    नेपालले भने, ‘परिस्थिति जटिल छ । गठबन्धन कहिले ओल्टो कहिले पोल्टो भइरहेको छ । यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुंगो छैन । हामीले सहज मानिरहेका छैनौं । सहज अवस्था अनुभूत गरिरहेका छैनौं, हामी कसैको धाक धम्की गालीगलौज सहनका लागि जन्मेका होइनौं । दास बन्ने नियतले राजनीतिमा आएका पनि होइनौं ।’

    अध्यक्ष नेपालले आफूहरूमाथि अपमान भइरहेको समेत बताए ।

  • नेकपा स्थापना दिवसमा प्रधानमन्त्रीको अपील- वामपन्थी एकताको अभियानमा लामवद्ध हौं

    नेकपा स्थापना दिवसमा प्रधानमन्त्रीको अपील- वामपन्थी एकताको अभियानमा लामवद्ध हौं

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्दै बदलिँदो राजनीतिक समीकरणले सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र संकल्पलाई सार्थक तुल्याउने विश्वास जनाएका छन् ।

    वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा आफूहरू अग्रसर भइरहेको उनको भनाइ छ ।

    कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन तथा समाजवादको आधार निर्माणको अभियानमा सहभागी हुन प्रचण्डको अपील छ ।

    नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै उनले आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न संकल्प गर्ने दिन भएको बताएका छन् ।

    ‘वर्गसंघर्ष र अन्तरसंघर्षका अनुभव र आन्दोलनका विभिन्न आरोह अवरोहका साथ नेपालको कम्युनिस्ट आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको छ । यसले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको छ’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

    कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको साझा सङ्कल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौतीहरू सम्बोधन गर्दै आशाको रक्तसञ्चार सिर्जना गर्न सकिने प्रचण्डले बताएका छन् । यो सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पुर्‍याउनु सबैको जिम्मेवारी रहेको भन्दै सकारात्मक योगदानको अपेक्षा प्रधानमन्त्रीले गरेका छन् ।

  • नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्नै आउँछ : प्रधानमन्त्री

    नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्नै आउँछ : प्रधानमन्त्री

    कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढंगले ल्याउन लागेको बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नीति तथा कार्यक्रम र बजेट वैज्ञानिक, वस्तुपरक र जनमैत्री बनाउने काम भइरहेको जानकारी दिए ।

    पहिलो पटक नेपालमा हुन लागेको कतारका राजा अमिरको भ्रमणको तयारीमा सरकार लागिरहेको बताउँदै प्रधानमन्त्रीले यो ऐतिहासिक अवसर भएको उल्लेख गरे । साथै यही वैशाख १६ र १७ गते आयोजना हुन लागेको लगानी सम्मेलनको पनि तयारी पूरा हुने चरणमा रहेको प्रचण्डको भनाइ छ ।

    ‘लगानी सम्मेलनका विषयमा सबैतिरबाट सकारात्मक र उत्साहवद्र्धक प्रतिक्रिया आएको छ, विदेशी लगानीकर्ता र स्वदेशकै निजी क्षेत्रलाई लगानी गर्नका लागि प्रोत्साहित गर्न आवश्यक छ’, प्रधानमन्त्रीले भने, ‘लगानीमैत्री वातावरण बनाउन सरकारले मन्त्रिपरिषद् बैठकबाट केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन लागेको छ ।’

    त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरूको जलवायुपरिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपाल आफैंले आयोजना गर्न लागेको जानकारी दिए । उनी धनगढी विमानस्थल हुँदै कञ्चनपुर पुग्नु भएको छ ।

    -रासस

  • अहिलेको समीकरण पूरै अवधि जान्छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    अहिलेको समीकरण पूरै अवधि जान्छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले-माओवादीसहितको समीकरण पूरै अवधि जाने प्रष्ट पारेका छन् । धनगढी एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाहिर बजारमा यो गठबन्धन लामो समय नटिक्ने भन्दै भइरहेका चर्चा-परिचर्चालाई खारेज गरे ।

    उनले भने, ‘बाहिर बजारमा विभिन्न चर्चा परिचर्चा भएपनि त्यस्तो केही छैन । पूरै अवधि जान्छ अहिलेको समीकरण ।’

    प्रदेशमा सरकार बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रचण्डले सुनाए । अब कोशी प्रदेशमा मात्र बाँकी मुख्यमन्त्री चुन्न बाँकी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले स्थिरतातर्फ सरकार अघि बढेको बताएका छन् ।

    अहिलेको सत्ता गठबन्धनलाई वामपन्थी एकता नभई सत्ता समीकरणको रूपमा लिइएको प्रधानमन्त्रीको भनाइ छ । तर, समझदारी राम्रो बन्दै गए वाम एकताको सम्भावना उनले देखाए ।

    ‘समीकरण वामपन्थीको मात्र गरेको हैन, वाम एकता भन्नु सही पनि छैन, वाम गैरवाम सबै छन् । यसलाई सत्ता समीकरणको रूपमा लिएका छौं । राम्रो काम हुँदै गयो, छलफल हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्ने एक ठाउँमा हुने सम्भावना बढ्दै जान्छ । अहिले वामपन्थी एकता होइन, राजनीति सत्ता समीकरणको रूपमा मात्र हेरौं’, प्रधानमन्त्रीले भने ।

    प्रचण्डले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट परम्पराभन्दा भिन्न ढंगले प्रस्तुत गर्ने जिकिर गरेका छन् । वैज्ञानिक वस्तुवादी र जनमैत्री बनाउने गरी नीति कार्यक्रम करिब ड्राफ्ट भइसकेको उनले बताए ।

  • माओवादी कोशी प्रदेशका अध्यक्ष भन्छन्- सुहाङको जितले वामपन्थी एकताको बाटो खुल्छ

    माओवादी कोशी प्रदेशका अध्यक्ष भन्छन्- सुहाङको जितले वामपन्थी एकताको बाटो खुल्छ

    इलाम । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्बाङ मिक्सोले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई बचाउन इलाम २ बाट सुहाङ नेम्बाङलाई जिताएर पठाउनु पर्ने बताएका छन् ।

    इलाम क्षेत्र नम्बर २ अन्तरगत मङ्गलबारे बजारमा भएको चुनावी सभामा बोल्दै नेम्वाङले वामपन्थीहरूको एकताले मात्रै समृद्ध नेपाल सुखी नेपाली बन्ने सक्ने बताए । यो एउटा झिल्को हो यो झिल्कोलाई सबै तिर पुर्‍याउनु पर्छ ।

    उनले भने,‘ सुहाङ नेम्वाङलाई जिताउनु भनेका देशमा समृद्धिको झिल्को सबै तिर फैलनु हो ।’

    उनले कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनका लागि सुहाङलाई जिताउनु पर्ने बताए ।

    उनले भने, ‘अहिले देशमा विकास र समृद्धि चाहिएको छ । समृद्धिका लागि वामपन्थीहरूको एकता आवश्यक छ ।’

    वामपन्थीहरूको एकता विना देशमा विकास हुन नसक्ने देखिएको उनले दाबी गरे । उनले सुहाङ वामपन्थीहरूको साझा उम्मेदवार भएकाले सबैले उनलाई मत हाल्न आव्हान गरे ।

  • कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुन्छ, दोषीलाई छाड्दैनौं : प्रधानमन्त्री (भिडिओ)

    कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुन्छ, दोषीलाई छाड्दैनौं : प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारसँग जोडिएका जुनसुकै कालखण्डको भएपनि छानबिन हुने बताएका छन् । सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन कानून कार्यान्वयनको पाटोलाई ध्यान दिनुपर्ने बताए ।

    उनले भने, ‘भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी माथि कानूनी कारबाही अगाडि बढाउन सरकार प्रतिवद्ध छ । वर्तमान सरकारको प्रमुख प्राथमिकता छन्, सुशासन, सामाजिक न्याय र समृद्धि हो, त्यसमध्ये सुशासन कायम गर्ने प्रश्नलाई सबैभन्दा अग्रभाग राखेर सोहीअनुरूप कार्यान्वयनको प्रक्रिया पनि अगाडि बढिरहेकै छ ।’

    मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताए । भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाई सदाचार प्रत्याभूति गर्ने अवस्था सिर्जना गरिने उनको भनाइ छ ।

    भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने राज्यको नीतिलाई व्यवहारमा रूपान्तरण गर्न तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत् एवं आम नागरिक सबैसँग निरन्तर समन्वय, सहयोग र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।

     

  • नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुनेछ : प्रधानमन्त्री प्रचण्ड

    नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुनेछ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासमा नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुने बताएका छन् ।

    नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको भौगोलिक बनौटका आधारमा सुरूङमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए ।

    राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले प्रत्यक्ष रूपमा आयोजनाको समस्या समाधान र सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आयोजनाहरूको ‘भर्चुअल मनिटरिङ्ग’ गर्दै आएको छु ।’ उहाँले सुनकोशी मरिन डाइभर्सन सिँचाइ आयोजनाको सुरूङ छिटै ‘ब्रेक–थ्रु’ हुने उल्लेख गरे ।

    ‘निर्माणाधीन कोशी, कर्णाली करिडोरहरूले पहाडी क्षेत्रलाई तथा काठमाडौँ तराइ–मधेश फास्ट ट्रयाकले पहाड मधेशलाई सडक सञ्जालमा जोड्ने मात्र नभएर वस्तु तथा सेवाको लागत घटाउनेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यी परियोजनाहरूले नेपालको आर्थिक क्षेत्रमा गुणात्मक योगदान गर्नेछ ।’

    नेपालले पूर्वाधार विकाससँगै औद्योगिक विकासको क्षेत्रमा सँगसँगै अगाडि बढाउनुपर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले वस्तुको आपूर्ति तथा वितरणमा हुने लागत, इन्धन, समय आदिको लाग्ने खर्च घटाउँदै प्रतिस्पर्धी क्षमता बढाउनुपर्नेमा जोड दिए ।

    ‘काठमाडौँबाट नारायणगढ, भैरहवा, वीरगञ्ज, पोखरा विराटनगरलगायतका ठाउँसम्म कम समय र थोरै लागतमा ढुवानी हुनसक्ने द्रूतमार्गहरू बनाउनुपर्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘पूर्वाधार विकासमा फड्को मार्न यस्तै बृहत् र फराकिलो तथा एकीकृत सोचसहितको राष्ट्रिय पूर्वाधार गुरूयोजना निर्माणलाई प्राथमिकता दिनैपर्छ ।’ उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट निजी क्षेत्रलाई उत्साहित बनाउने र नेपालमा ठूला पूर्वाधार विकासमा लगानी आकर्षित गरिने बताए ।

    विश्वव्यापीकरणको उच्चतम लाभ लिँदै नेपालले आधुनिक पूर्वाधार विकासका लागि चाहिने आवश्यक पुँजी र प्रविधिलाई विशेष जोड दिनुपर्ने बताउँदै उनले त्यस कार्यका लागि नीतिगत सुधार र विश्व बजारसँग वित्तीय उपकरणलाई जोड्न पहल गर्नुपर्ने बताए ।

     

     

  • मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री प्रचण्डले गरे ओलीसँग छलफल

    मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री प्रचण्डले गरे ओलीसँग छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताहरूबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको प्रेसविज्ञ मनहरी तिमल्सिनाले बताए ।

    उनले भने, ‘सत्तारुढ दलका नेताहरुबीच भेटवार्ता भइरहन्छन् । आज पनि त्यही समसामयिक विषयमा छलफल भएको हो ।’

    दुई नेताहरूबीच सत्ता गठबन्धनभित्र रहेका दलहरूले उठाएको विषयदेखि आज बस्ने मन्त्रिपरिषद्को बैठकसम्म छलफल भएको बताइन्छ । दिउँसो मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रचण्डले ओलीसँग छलफल गरेका हुन् ।

    आजको क्याविनेटबाट हिउँदे अधिवेशन अन्त्यको तयारी छ ।

  • रविजीमाथि छानबिनको माग गर्नु राजनीति पूर्वाग्रह : प्रधानमन्त्री (भिडिओ)

    रविजीमाथि छानबिनको माग गर्नु राजनीति पूर्वाग्रह : प्रधानमन्त्री (भिडिओ)

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको गतिरोध चाँडै अन्त्य हुने बताएका छन् । विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै उनले गतिरोध समाधानका लागि राजनीतिक राजनीतिक तहमा संवाद थालिएको जानकारी गराए ।

    प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषयको अलग्गै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेको विषयमा अलग्गै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने उल्लेख गरेका छन् ।

    ‘अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो ‘केस’ भनेर सोधेको थिएँ । उहाँहरूले यस ‘केस’ मा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ ।’

    प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ ।’

    उनले पछिल्लो राजनीतिक समीकरण भत्काउन गरिएको प्रयास सफल नहुने जिकिर गरे ।

  • गृहमन्त्रीबारे सदनमा प्रधानमन्त्रीको जवाफ राज्य संयन्त्रले दिएको तथ्य हो : सांसद सापकोटा

    गृहमन्त्रीबारे सदनमा प्रधानमन्त्रीको जवाफ राज्य संयन्त्रले दिएको तथ्य हो : सांसद सापकोटा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयमा प्रधानमन्त्री प्रचण्डले सदनमा राज्य संयन्त्रले दिएको तथ्यका आधारमै जवाफ दिएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको जवाफलाई विपक्ष दलले चित्त नबुझाउनु स्वाभाविक भएपनि व्यक्ति केन्द्रित भएर नलाग्न आग्रह गरे ।

    उनले भने, ‘प्रधानमन्त्रीले सदनमा उठेको विषयमा जवाफ दिइसक्नुभएको छ । प्रतिपक्षले त्यो कुराको चित्त बुझेन भन्न पाइन्छ । तर, उत्तर दिन आएन भने प्रधानमन्त्री आएन भन्ने, आएर तथ्यअनुसार जवाफ दिँदा तपाईँहरूले प्रधानमन्त्रीले फैसला गर्नुभयो । प्रधानमन्त्रीले फैसला गर्नुभएको होइन । राज्यको संयन्त्रहरूले दिएको तथ्य प्रमाणका आधारमा संसदमा प्रस्तुत गर्नुभएको हो । तर, अमुक रूपमा कोही व्यक्ति विशेषलाई खुइल्याउने भन्दा पनि जिम्मेवार ढंगले अघि बढ्न आवश्यक छ ।’

    उनले १५ महिनामा ३ वटा मात्रै कानूनहरु पारित भएकाले सदनमा सबैलाई जिम्मवार ढंगले अघि बढ्न आग्रह गरे ।

  • देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय प्रणालीको स्वस्थ र सवल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेका बताए ।

    सम्पूर्ण निजी क्षेत्रका सङ्घसंस्था र प्रतिनिधिहरूलाई उच्च मनोबलका साथ अगाडि बढ्न अपील गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यहाँहरूले देखाउनुभएको चासो र मागलाई सम्बोधन गर्न सरकार र निजी क्षेत्रको बलियो एकता आवश्यक छ ।’

    लगानी र रोजगारी सिर्जना गर्न एवं उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रले अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राज्यका तिनै तहका सरकारहरूले नीति तथा योजना निर्माणमा निजी क्षेत्रसँग समन्वय गर्दै आएको बताए ।

    सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने, सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र द्रूत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ नेपाल केन्द्रित भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले निर्धारित लक्ष्य हासिल गर्नका लागि सरकार र निजी क्षेत्र दुवैबाट हुने लगानी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।

    आगामी वैशाखमा हुने लगानी सम्मेलनलाई अधिकतम प्रभावकारी र परिणाममुखी बनाउन सरकार ठोस गृहकार्य र तयारीसहित अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘देशमा लगानीको वातावरण निर्माण गरी लगानी भित्राउन हाम्रा नीति, कानुन, सोच, संरचना र कार्यशैलीमा काफी चुनौती र सीमाहरू छन् । त्यसलाई सम्बोधन गर्न सरकारले आवश्यक परे अध्यादेश नै ल्याएर भए पनि लगानी भित्राउन प्रतिकूल देखिएका ऐनहरू संशोधन गरी लगानीका लागि सरलीकृत नीति र प्रक्रियाका तयारी गरिएको छ ।’

    सरकारले गरेको तयारीबाट लगानीका नयाँ–नयाँ क्षेत्रहरूको पहिचान र छनोट एवं प्रतिबद्धताबमोजिम लगानी भित्र्याउन महत्त्वपूर्ण योगदान पुग्ने सरकारको विश्वास रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

    सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय नीति र मौद्रिक नीतिबीच तादाम्य कायम एवं निजी क्षेत्रसँग बलियो सहकार्य अर्थतन्त्रका आधारभूत सूचकाङ्कहरू सकारात्मक हुँदै जानु सुखद् कुरा भएको बताए ।

    उनले राष्ट्रिय आकाङ्क्षा र आवश्यकताअनुरूप अर्थतन्त्रले अपेक्षित प्रगति हासिल गर्न बाँकी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘अर्थतन्त्र सुधारको प्रक्रियालाई तीव्रता दिनका लागि थप दृढताका साथ अगाडि बढ्न सरकार प्रतिबद्ध छ ।’

    परम्परागत ढाँचाको नीति तथा कार्यक्रम र बजेटले देशको समृद्धि र रूपान्तरण सम्भव छैन भन्ने यथार्थ आत्मसात गरी यस वर्ष सरकारले अध्यादेश नै ल्याएर बजेटसम्बन्धी नीति, ढाँचा र कार्यतालिका परिमार्जन गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसपटक नीति तथा कार्यक्रममाथि जनप्रतिनिधिहरू, उद्योगी–व्यवसायीहरू, बुद्धिजीवीहरू र आम जनसमुदायका बीचमा गहन छलफल र अन्तरक्रिया हुने जानकारी दिए ।

    ‘सरकारले असीमित आकाङ्क्षा र सीमित साधनस्रोतका बीच पनि वैज्ञानिक नीति–कार्यक्रम र बजेट तर्जुमा गर्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यसलाई मैले आर्थिक क्षेत्रमा नयाँ क्रमभङ्गको एउटा महत्त्वपूर्ण आधारविन्दु मानेको छु ।’

    परम्परागत सोंच र कार्यक्रमबाट आम जनतामा आत्मविश्वास जगाउन र विद्यमान चुनौतीहरूलाई अवसरमा बदल्न सम्भव नभएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम र बजेटले उत्पादन र रोजगारी एवं कृषिजन्य उद्योगमा जोड लगाउनुपर्नेमा जोड दिए ।

    ‘आन्तरिक उत्पादन र रोजगारी बढ्न नसकेमा अन्य क्षेत्रका उपलब्धि दिगो रहन सक्दैन भन्ने कुरा यसअघि अन्य मुलुकको उदाहरणबाट देख्थ्यौँ, अहिले हामी आफैले भोगिरहेका छौँ । यसपटक यो समस्यालाई सम्बोधन गरिनेछ’ प्रधानमन्त्री प्रचण्डले भने ।

    खर्च हुन नसक्ने ठाउँमा थुप्रिएर रहेको आयोजना र बजेटलाई अर्थतन्त्रलाई सवलीकरण गर्ने र पूँजीगत खर्च बढाउने आयोजनातर्फ स्थानान्तरित गर्नेबारेसमेत सरकारले गृहकार्य गरिरहेको जानकारी दिए ।

     

  • कोशीमा माओवादीका ३ जना मन्त्रीले दिए राजीनामा

    कोशीमा माओवादीका ३ जना मन्त्रीले दिए राजीनामा

    विराटनगर । कोशी प्रदेश सरकारमा रहेका माओवादीका मन्त्रीहरूले राजीनामा दिएका छन् । माओवादी संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णय गरेलगत्तै खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर, पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले राजीनामा दिएका हुन् ।

    नेकपा एसले भने अहिलेसम्म मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छैन ।

    केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल भएसँगै कोशी प्रदेश सरकारमा पनि सरकार परिवर्तनको कोर्स सुरू भएको हो । नयाँ सरकार गठनका लागि मन्त्री फिर्ता भएसँगै बाटो खुल्ला भएको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

  • काेशीमा आफ्ना मन्त्री फिर्ता बाेलाउने माओवादीकाे निर्णय, आजै राजीनामा बुझाउने (भिडिओ)

    काेशीमा आफ्ना मन्त्री फिर्ता बाेलाउने माओवादीकाे निर्णय, आजै राजीनामा बुझाउने (भिडिओ)

    विराटनगर । नेकपा मओवादी संसदीय दल कोशीको बैठकले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

    बैठकपछि माओवादी संसदीय दलका नेता इन्द्र आङवोले आजै मन्त्रीहरुले राजीनामा दिने बताए । माओवादीका तर्फबाट सरकारमा ३ जना मन्त्री छन् ।

    त्यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् । कोशीका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन आजै फिर्ता लिने दुई दलको तयारी छ ।

    एमालेका प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिन हस्ताक्षर गरिसकेका छन् । माओवादी संसदीय दलको अहिले बैठक बसिरहेको छ । बैठक सम्पन्न भएसँगै हस्ताक्षर गरेर समर्थन फिर्ता गरेको जानकारी संयुक्त रुपमा संसद सचिवालयमा गराउने तयारी भएको छ ।

    नेकपा माओवादी नेता तथा कोशी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईंले दुई दलबीच सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने सहमति भएको बताए ।

    कार्की संविधानको धारा १६८ को उपधारा (५) अन्तर्गत कोशीको मुख्यमन्त्री बन्दा एमालेका ३९ प्रदेश सासंदले समर्थन गरेका थिए ।

  • लुम्बिनीको सत्तामा माओवादीको ‘कब्जा’, शक्ति सन्तुलन गुम्ने चिन्ता

    लुम्बिनीको सत्तामा माओवादीको ‘कब्जा’, शक्ति सन्तुलन गुम्ने चिन्ता

    रुपन्देही । लुम्बिनी प्रदेशमा दोस्रो पटक प्रमुख चार संवैधानिक शक्ति केन्द्रमा नेकपा माओवादी केन्द्रले ‘कब्जा’ जमाएको छ । प्रदेशका प्रमुख शक्ति केन्द्रको नेतृत्वमा एउटै पार्टीको हातमा हुँदा सन्तुलित नहुने चिन्ता विश्लेषकहरुको छ ।

    यहाँ प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव दुर्लभकुमार पुन सबै माओवादी केन्द्रका हुन् । यसअघि २०७८ सालमा पनि चारै शक्ति केन्द्रमा माओवादी थियो । त्यसबेला पनि प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्तीमगर र प्रदेशसभा सचिव दुर्लभकुमार पुन माओवादीकै थिए ।

    प्रदेशमा तेस्रो पार्टीलाई सबै शक्ति केन्द्र सुम्पिदा आलोचना बढ्ने भन्दै सन्तुलन मिलाएर जानुपर्ने सुझाव माओवादीभित्रै पनि आउन थालेको छ ।

    अहिले ८७ सदस्यीय प्रदेशसभामा २९ सांसदसहित एमाले पहिलो, २७ सांसदसहित कांग्रेस दोस्रो र ११ सांसदसहित माओवादी तेस्रो स्थानमा छ । गठबन्धनमा माओवादीले मुख्यमन्त्री लिने सहमतिसँगै यहाँ महरा मुख्यमन्त्री बनिसकेका छन् ।२०५२ फागुन १ मा यही क्षेत्रबाट आन्दोलन सुरू गरेको माओवादीले अहिले पनि आफ्नो आधार इलाका ठान्दै सत्तामा पकड राख्ने रणनीतिका साथ अघि बढेको देखिन्छ । रोल्पा, रुकुम, दाङ, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पालगायतका जिल्ला हुँदै आन्दोलनको सुरुवात गरेको माओवादीले अहिले यहाँका मुख्य शक्तिमा कब्जा जमाउँदा एमाले कांग्रेस भने निरीह बनेको भन्दै कार्यकर्ताले नै टिप्पणी गरिरहेका छन् ।

    प्रादेशिक संरचनाका तीन मुख्य शक्ति केन्द्रमै एकै पार्टीको नेतृत्व भएपछि सरकारले गति लिन नसकेको आलोचना यसअघि पनि भएको थियो । २०७८ सालमा एमाले सरकार विस्थापन गर्दै साउन २८ मा माओवादी नेतृत्वको सरकार आएपछि गठबन्धनमा रहेको मुख्य शक्ति केन्द्र तथा संघीय सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसको साथमा नेतृत्व हात पारेको थियो । शक्ति सन्तुलन नमिलेकै कारण सरकारका कामहरु प्रभावकारी नभएको तर्क गठबन्धनमै सहभागी कांग्रेस नेताहरुले गरेपनि त्यो कार्यकाल त्यसैगरी चलेको थियो । अहिले पनि पहिलो एमाले, त्यसपछि कांग्रेस र पुनः एमालेसँग गठबन्धन गरेर मुख्य शक्ति माओवादीले हात पारेको हो ।

    एमालेका प्रमुख सचेतक तुलसी चौधरीले गठबन्धनका कारण यस्तो भएको तर आलोपालोमा यसलै खासै प्रभाव नपार्ने बताउँछन् ।

    ‘अघिल्लो पटक प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख र प्रदेशसभा सचिव सबै माओवादीको भएका कारण नेतृत्वमा दम्भ पलाएको र गतिविहीन अवस्थामा प्रदेश पुगेको थियो’, विश्लेषक दीपक शर्मा भन्छन्, ‘ अघिल्लोपटक पनि एउटै पार्टीको व्यक्तिलाई यसरी शक्तिको जिम्मेवारी दिइँदा शक्ति सन्तुलन नमिल्ने धारणा राखेको भएपनि सुनुवाइ नभएको, प्रदेशका विकास खर्च, प्रदेश सरकारका काम, प्रदेशसभा, विभिन्न नियुक्ति सबैमा विवादित रहेर त्यो बेलाको नेतृत्व कमजोर भएको विषयमा अहिले ध्यान दिइनुपर्छ ।’

    माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले बाहिरी रुपमा सबै शक्ति माओवादीको नेतृत्व देखिएपनि आन्तरिक सहमतिमै काम हुने गर्छन् ।

    ‘संवैधानिक पदमा कुनै पार्टीबाट पुगेपनि उसले एकल काम गर्ने भन्ने विषय हुँदैन, कानुनी विधि मिच्न कसैलाई छुट हुँदैन, त्यही भएकाले पनि यसलाई ठूलो विषय बनाउनुपर्छ भन्ने लाग्दैन’, उनले भने ।

    अधिवक्ता पदम कार्की प्रदेशसभामा एकल बहुमत नभएको माओवादीले मनमौजी गर्न थाले रोक्न सकिने बताउँछन् ।

    उनी भन्छन्, ‘कार्यपालिका, व्यवस्थापिका, प्रदेश प्रमुख सबै एउटै पार्टीको हुँदा चेक एण्ड ब्यालेन्स नहुनसक्छ, कतिपय कानून मनमौजीरूपमा अगाडि बढ्नसक्छन् तर माओवादीले संसदबाट पारित गर्न आफैंमा बहुमत नभएकाले गठबन्धनमा रहेका दलहरू क्रियाशील हुनुपर्छ ।’

    विश्लेषक ऋषि आजाद शक्ति सन्तुलन नभएका कारण सरकार कम जवाफदेही बन्न नसकेको बताउँछन् । उनले आगामी दिनमा दलहरूले यस विषयमा ध्यान दिनुपर्ने बताए ।

    ‘शक्ति सन्तुलनका लागि संविधानले नै व्यवस्था गरेको छ, तर अहिले यहाँको राजनीति नै यस्तो भयो कि बुझ्नै नसकिने, त्यसैले तीनै शक्ति एउटै पार्टीमा रहेमा सबै चनाखो हुनुपर्दछ’ उनी भन्छन् ।

    अधिवक्ता तथा विश्लेषक युवराज कँडेलले मुख्य शक्ति एकै पार्टीमा भएपनि प्रदेश सभामा बहुमत नभएकाले त्यति धेरै प्रभाव पार्न नसक्ने बताउँछन् ।

    ‘प्रदेश सभामा माओवादीको बहुमत छैन, संवैधानिक पदमा भएपनि त्यसले खासै प्रभाव पर्दैन तर एकै पार्टीमा सबै पद हुँदा राम्रो सन्देश हुँदैन’, उनले भने । अधिवक्ता महेन्द्र पाण्डेले यसरी प्रमुख शक्ति एकै पार्टीको हुँदा गलत गर्ने मनसाय बनाएका व्यक्ति र पार्टीलाई आधार बलियो भएको बताउँछन् ।

    ‘नेपालमा राजनीतिमा गलत संस्कार बसेको छ, आफ्नो पार्टीनिकटका काम जसरी पनि गर्ने भन्ने गलत बानी बसेको छ, यस्तो अवस्थामा एकै पार्टीबाट मुख्य शक्ति दिइनु राम्रो सन्देश होइन’ पाण्डे भन्छन्, ‘प्रदेश प्रमुख, सभामुख बनेका व्यक्ति दलबाट बाहिर आएको हुनुपर्ने हो तर उनीहरूको समेत हस्ताक्षरमा सरकार बनाउने गरियो कोशी र गण्डकीमा, यस्तो भएकाले त्रास बढ्नु स्वाभाविक हो ।’

  • लुम्बिनीका मुख्यमन्त्री महराको पहिलो निर्णय- भ्रष्टाचारविरुद्ध रणनीति र कार्ययोजना बनाउन कार्यदल

    लुम्बिनीका मुख्यमन्त्री महराको पहिलो निर्णय- भ्रष्टाचारविरुद्ध रणनीति र कार्ययोजना बनाउन कार्यदल

    रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन् ।

    बुटवलस्थित प्रदेश प्रमुखस्ँग शपणग्रहणपश्चात मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा आइतबार पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना ६० दिनभित्र तयार गरी कार्यान्वयन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका हुन् ।

    मुख्यमन्त्री कार्यालयका सचिव निराजन घिमिरेको संयोजकत्वमा भ्रष्टाचार निवारण र सुशासनको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि एवम् विज्ञ सदस्य रहेको कार्यदल गठन गरिएको छ । यो कार्यदलले २ महिनाभित्र कार्ययोजनासहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्नेछ ।

    मुख्यमन्त्री महराले प्रदेशको समग्र विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

    उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा नागरिकको सहज पहुँच बढाउने जिम्मेवारी सरकारले लिने उनको भनाइ थियो ।

    उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रदेश तहबाट प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    लुम्बिनी प्रदेशको पाँचौं मुख्यमन्त्रीको रुपमा नियुक्त महरासँगै आइतबार अन्य तीन जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीको जिम्मेवारी चाँडै तोकिने र एक महिनाभित्र सरकारलाई पूर्णता दिनेगरी आफूले पहल लिएको मुख्यमन्त्री महराले बताए ।

    महरा ५ दलका ४७ र १ स्वतन्त्र गरी ४८ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

  • नवनियुक्त मुख्यमन्त्री महरा भन्छन्- धैरै दल भएकाले मन्त्रिमण्डल ठूलो हुने भयो (भिडिओ)

    नवनियुक्त मुख्यमन्त्री महरा भन्छन्- धैरै दल भएकाले मन्त्रिमण्डल ठूलो हुने भयो (भिडिओ)

    रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले सबैले चाहेजस्तो सानो आकारको मन्त्रिमण्डल बन्न नसक्ने बताएका छन् ।

    शपथग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले धेरै दल मिलेर सरकार बनेकाले सबैले खोजेजस्तो सानो मन्त्रिमण्डल बन्न नसक्ने प्रष्टीकरण दिए । बाहिर हल्ला भएजस्तो जम्बो मन्त्रीमण्डल भने नबनाइने उनको दाबी छ ।

    मेरोभन्दा पनि हाम्रो भन्ने सामूहिक विचारका साथ काम गर्ने महराले बताए ।

    ‘एकजनासँग सबै काम गर्ने आइडिया नहुनसक्छ, त्यसैले सामूहिकतामा अगाडि बढ्नेछौं, हचुवाको भरमा काम गर्दिनँ । सामूहिक योजना बनाएर काम गर्दा प्रतिफल पाउन सहज हुन्छ’, उनले भने ।

    मन्त्रिपरिषदलाई पूर्णता र विश्वासको मत भने एक महिना अगाडि नै लिने गरी प्रक्रिया अघि बढाउने उनले बताए । नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्नुपर्ने भएकाले पनि क्याविनेटलाई छिटो पूर्णता दिने उनको भनाइ छ ।

  • गण्डकीका सभामुख धिताल भन्छन्- मसँग सल्लाह भएन, सरकार गठनमा मेरो सहभागिता छैन

    गण्डकीका सभामुख धिताल भन्छन्- मसँग सल्लाह भएन, सरकार गठनमा मेरो सहभागिता छैन

    पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले सरकार गठनमा आफू सहभागी नभएको प्रतिक्रिया दिएका छन् ।

    एमाले-माओवादी गठबन्धनले सभामुखसहित बहुमत पुर्‍याएर मुख्यमन्त्री दाबी गरेको थियो ।

    तर, सभामुख धितालले सरकार गठनमा आफ्नो सहभागिता नरहेको स्पष्टीकरण दिएका छन् ।

    ‘डाटाअनुसार साथीहरूले संख्या पेस गरेका होलान् । मसँग कुनै सरसल्लाह केही पनि भएन यसबारे । म सहभागी हुने कुरा भएन नि’, उनले भने, ‘साथीहरुले छलफल गरेका पनि छैनन् । कसरी जाने भन्ने कुरा त प्रदेश प्रमुखको कुरा भयो नि !’

  • कोशीमा सरकार फेर्न गठबन्धन दलमा छलफल : राजेन्द्र राई नआएपछि बैठक स्थगित

    कोशीमा सरकार फेर्न गठबन्धन दलमा छलफल : राजेन्द्र राई नआएपछि बैठक स्थगित

    विराटनगर । कोशी प्रदेशमा सरकार फेर्ने विषयमा गठबन्धनका दलहरू छलफलमा जुटेका छन् । उक्त छलफलमा एमाले र माओवादीका नेताहरू सहभागी थिए । केन्द्रीय सत्ता गठबन्धनमा रहेको नेकपा एसका संसदीय दलका नेता राजेन्द्रकुमार राई नआएपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ ।

    एमाले र माओवादीका नेताबीच एक-दुई दिनभै मुख्यमन्त्री केदार कार्कीमाथिको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको प्रक्रिया थाल्ने सहमति भएको छलफलमा सहभागी एक नेताले बताए ।

    ती नेताले भने, ‘राजेन्द्र राईलाई पनि पर्खिम भन्ने कुरा आयो । उहाँ गृह जिल्लामा भएका कारण आजै निर्णय गरेर प्रक्रिया अगाडि बढाउन सकिएन ।’

    संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको प्रदेशसभा सदस्यको हैसियतमा प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्त केदार कार्कीलाई सांसदका रूपमा समर्थन गरेका एमालेका ३९ जना सांसदहरूले समर्थन फिर्ता लिने तयारी गरेका छन् । त्यसका लागि एमाले सांसदहरूले हस्ताक्षर गरिसकेका छन् ।

    माओवादीले सांसदहरूको हस्ताक्षर गराएर समर्थन फिर्ता लिने तयारी भएको छ । अब संयुक्त रूपमा हस्ताक्षर बुझाउने तयारी भएको बैठकमा सहभागी एक नेताले बताए ।

    शुक्रबार एमाले र माओवादी केन्द्रबीच गठबन्धनको भावनाअनुसार नै कोशी प्रदेश सरकार गठनको प्रक्रिया अघि बढाउने अनौपचारिक सहमति भइसकेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

    सांसदहरूले समर्थन फिर्ता गरेपछि कोशी प्रदेशमा वैकल्पिक सरकार बन्न सक्ने आवश्यक संख्यासहितको बहुमत हस्ताक्षर बुझाउने तयारी छ । प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशनको पनि माग गर्ने एमालेको तयारी रहेको छ ।

    एमालेका सांसदहरूले समर्थन फिर्ता लिएपछि गठबन्धन दलमध्ये नेकपा माओवादी केन्द्रका तीनजना मन्त्रीहरूसहित अन्य दलका मन्त्रीहरूले समेत मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाउने तयारी गरेका छन् । राजीनामा पत्रको मस्यौदासमेत बनिसकेको माओवादी केन्द्रका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।