Category: माओवादी केन्द्र

  • माओवादीमा मन्त्री फिर्ता बोलाउनेबारे छलफल- अर्थमन्त्री ‘सेफ जोन’ मा, ‘रेड जोन’ मा को-को ?

    माओवादीमा मन्त्री फिर्ता बोलाउनेबारे छलफल- अर्थमन्त्री ‘सेफ जोन’ मा, ‘रेड जोन’ मा को-को ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउनेबारे आन्तरिक छलफल थालेका छन् ।

    जनमत र नागरिक उन्मुक्तिलाई सरकारमा सामेल गराउन मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अघि बढाएका प्रचण्डले पार्टीका केही मन्त्रीलाई फिर्ता बोलाउन छलफल चलाएका हुन् । सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गरेर एक साताभित्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी प्रधानमन्त्री अघि बढेको बताइन्छ ।

    माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले मन्त्रीहरू हेरफेर हुनु स्वाभाविक भएको बताए ।

    ‘छलफल भएपनि अहिलेसम्म कुनै निर्णय भइसकेको छैन । मन्त्रीहरू हेरफेर हुनु त स्वाभाविक हो नि !’, उनले भने ।

    पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनेबारे छलफल चलिरहेको एक पदाधिकारीले बताए ।

    ती नेताले नेपाल प्रेससाग भने, ‘पहिला पनि दोहोरिएका मन्त्रीहरूको विषयमा पार्टीभित्र दोहोर्‍याउन जरुरी थिएन भन्ने विषयमा प्रश्न उठेको थियो । अहिले क्याविनेट पुनर्गठनको तयारी हुँदै गर्दा पुराना सबैलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्छ भन्ने कुरा आइरहेको छ ।’

    यद्यपि, यो विषयले पार्टी बैठकमा औपचारिक रूपमा प्रवेश नपाएको उनले बताए ।

    ती नेता थप्छन्, ‘पार्टीको औपचारिक बैठक राखेर यो विषयमा छलफल भएको छैन । मन्त्रिपरिषद् पुनर्गठन हुने निश्चित भएपछि पदाधिकारीको बैठक राख्नुहुन्छ होला ।’

    अहिले माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री हितबहादुर तामाङ छन् । अर्थमन्त्री पुन र पर्यटनमन्त्री तामाङबाहेक सबै पुराना हुन् ।

    पर्यटन मन्त्रालय नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दिने प्रधानमन्त्री प्रचण्डले बचन दिइसकेकाले तामाङ हटाउने सम्भावना धेरै छ । त्यसैले अहिले अर्थमन्त्रीबाहेक पार्टीबाट सरकारमा गएका सबै मन्त्रीलाई फिर्ता बोलाउनेगरी प्रचण्डले आन्तरिक तयारी गरेको निकट स्रोत बताउँछ ।

    यसअघि पनि उपप्रधानमन्त्री श्रेष्ठ र ऊर्जामन्त्री बस्नेतलाई निरन्तरता दिएको विषयलाई लिएर प्रचण्डले आन्तरिक आलोचना खेपेका थिए ।

    माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकाल मन्त्रिपरिषद् पुनर्गठन गर्ने कुरा प्रधानमन्त्रीको विशेषाधिकारको कुरा भएको बताउँछन् ।

    उनले भने, ‘यो विषय प्रधानमन्त्रीको अधिकारको कुरा हो । पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको हेरफेर गर्ने विषयमा पार्टीभित्र छलफल भएको छैन ।’

  • सहकारी पीडितले कालो झन्डा देखाएपछि प्रधानमन्त्रीले भने- उहाँहरूले ब्लन्डर गर्नुभयो

    सहकारी पीडितले कालो झन्डा देखाएपछि प्रधानमन्त्रीले भने- उहाँहरूले ब्लन्डर गर्नुभयो

    पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी बचतकर्ताले कालो झन्डा देखाएर ब्लन्डर गरेको बताएका छन् ।

    पोखरा सभागृहमा कार्यकर्ता प्रशिक्षणमा जान लाग्दा सूर्य दर्शन सहकारी बचतकर्ताले बुधवार प्रधानमन्त्री प्रचण्डलाई कालो झन्डा र ब्यानर देखाएका थिए । कालो झन्डा र ब्यानर देखाएका व्यक्तिलाई प्रहरीले लाठी चार्ज गरेको थियो ।

    प्रहरीले कालो झन्डा देखाउने ११ जनालाई नियन्त्रणमा लिएको र २ जना घाइते भएको सहकारी पीडित संघर्ष समितिले जनाएको छ ।

    त्यसपछि कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सहकारी बचतकर्ताले कालो झन्डा देखाएर ब्लन्डर गरेको बताएका हुन् ।

    ‘आज उहाँहरू (सहकारी बचतकर्ता) ले कालो झन्डा देखाएर ब्लन्डर गर्नुभयो । यो सरकार सहकारी पीडितकै पक्षको हो नि । यो सरकारले सहकारी पीडितहरूलाई पाँच लाखका दरले रकम फिर्ता दिने भएको छ,’ उनले भने

    प्रधानमन्त्री सरकार सहकारी बचतकर्ताकै पक्षमा रहेको दाबी गरे । उनले भने, ‘म उहाँहरूलाई यहीबाट सन्देश दिन चाहन्छु: हामी तपाईँहरूको पक्षमा छौँ । सरकार तपाईँहरूको पक्षमा छ ।’

  • अर्थमन्त्रीको जवाफ- बजेट पूर्वाग्रही नभएर यथार्थ धरातलमा छ (पूर्णपाठ)

    अर्थमन्त्रीको जवाफ- बजेट पूर्वाग्रही नभएर यथार्थ धरातलमा छ (पूर्णपाठ)

    काठमाडौं । अर्थन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट यथार्थ धरातलमा टेकेर आएको दाबी गरेका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका आएका विषयको जवाफ दिँदै अर्थमन्त्री पुनले कुनैपनि पूर्वाग्रहको दृष्टिकोण नराखी हेर्ने हो भने यो बजेट यथार्थ धरातलमा टेकेर आएको जिकिर गरे । उत्पादन र रोजगारीका अवसर सिर्जना गर्दै देशको अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउने उद्देश्यको कार्यदिशा स्पष्ट गरी आगामी आवलाई आर्थिक सुधारको वर्ष घोषणा गरिएको पुनको भनाइ छ ।

    अर्थतन्त्र चलायमान हुँदै गएको, निजी क्षेत्रको मनोबल बढ्दै गएकोले वित्तीय क्षेत्रबाट लगानीयोग्य पुँजी थप परिचालन हुने, भर्खरै सम्पन्न भएको लगानी सम्मेलनमा व्यक्त भएका प्रतिवद्धता बमोजिम थप वैदेशिक लगानी परिचालन हुने उनले बताए ।

    बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकमको वृद्धि तथा बाह्य क्षेत्र सुदृढ रहेको अवस्थाले सहज वातावरण सिर्जना भएको हुँदा बजेटमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अर्थमन्त्रीको विश्वास छ ।

    अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको लागि राष्ट्रिय गौरवका आयोजना, प्राथमिकता प्राप्त आयोजना तथा स्रोत सुनिश्चत गरिएका आयोजनाहरूमा स्रोतको कमी हुन नदिने प्रतिवद्धतासमेत जनाए ।

    सरकारले गर्ने लगानी, प्रत्यक्ष वैदेशिक लगानीमा हुने थप वृद्धि र निजी क्षेत्रले परिचालन गर्ने लगानीको कारण थप रोजगारीका अवसर सिर्जना भई विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारी गर्ने गरी वातावरण निर्माण हुने अपेक्षा बजेटले लिएको उनले जानकारी गराए ।

    आगामी आर्थिक वर्ष राजस्व परिचालन एवं अनुमानलाई अझ बढी यथार्थपरक बनाउने प्रयास स्वरूप राजस्व अनुमान चालू आर्थिक वर्षभन्दा न्यून गरिएको भन्दै पुनले कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिको प्रतिवेदन क्रमशः कार्यान्वयन गरिने बताए ।

    यस्तो छ बजेटलाई लिएर सांसदहरूको जिज्ञासामा अर्थमन्त्री पुनको जवाफ-

  • प्रधानमन्त्री प्रचण्डको घोषणा- गठन आदेशमार्फत एकीकृत दलित विकास प्राधिकरण स्थापना

    प्रधानमन्त्री प्रचण्डको घोषणा- गठन आदेशमार्फत एकीकृत दलित विकास प्राधिकरण स्थापना

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठन आदेशमार्फत भए पनि तत्काल एकीकृत दलित विकास प्राधिकरण स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

    जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरामा आयोजित ‘छुवाछूत मुक्त राष्ट्र« घोषणाः अवसर, कार्यान्वयन चुनौती’ विषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

    उनले भने, ‘दलित समुदायको समग्र विकासका लागि एकीकृत एउटा प्राधिकरण चाहिन्छ भनेर गरिएको घोषणा राष्ट्रिय दलित आयोगको संवैधानिक आयोग जत्तिकै दूरगामी महत्वको छ । यो प्राधिकरणलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न ऐनको व्यवस्था गर्नुपर्ने, ऐनभन्दा अगाडि गठन आदेशबाट भए पनि यसको प्रक्रिया अघि बढाउनपर्नेमा म सचेत छु ।’

    प्रधानमन्त्री प्रचण्डले युगौंदेखि भौग्दै आएको उत्पीडितको क्षतिपूर्ति नपाएसम्म दलित समुदायको मुक्ति भएको मान्न नसकिने बताए ।

    उनले संवैधानिक र कानूनी रुपमा दलित समुदायले अधिकार प्राप्त गरे पनि कार्यान्वयनमा समस्या भइरहेकाले निरन्तर त्यसका लागि लडिरहन आग्रह गरे ।

    प्रधानमन्त्री प्रचण्डले विशेषाधिकार राज्यले दिर्नैपर्ने भन्दै आफू जीवनभर उत्पीडित समुदायकै पक्षमा लडिरहने पनि प्रतिबद्धता जनाए ।

    उनले राष्ट्रिय दलित आयोगले सिफारिस गरेको थर सूचीकरणको काम अन्तिम चरणमा प्रवेश गरेको भन्दै केही दिनभित्रै मन्त्रिपरिषद्बाट निर्णय हुने बताए ।

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले दलित विकास समिति, बादी उत्थान समिति र उपेक्षित वर्ग उत्थान समिति गरेर तीन वटा समिति जीवित भए पनि बजेट उपलब्ध नगराइएको, तर आफूले त्यसका लागि निरन्तर पहल गरिरहेको बताए ।

    उनले भने, ‘तीन वटा विकास समिति जीवित नै छ । ती समितिमा पदाधिकारी पनि नियुक्त भएको छैन । समितिमा काम गर्ने कर्मचारीले चालू आर्थिक वर्षभरिको तलब पाएका छैनन् । मैले मन्त्रालयमार्फत पहल गरेर प्रक्रिया अघि बढाएको थिएँ, तर अर्थ मन्त्रालयले सहमति दिएन ।’

    मन्त्री जोशीले अधिकार सम्पन्न एकीकृत दलित विकास प्राधिकरण आफ्नो मन्त्रालयअन्तर्गत स्थापना हुने भएकाले कस्तो स्वरुपको बनाउने भन्नेबारेमा जतिसक्दो चाँडै सुझाव दिन आग्रह गरे ।

    राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले ६ वटा आयोगले नेपालको समावेशिताको अवस्था कस्तो छ भनेर अध्ययन गरेको जानकारी गराउँदै त्यसले नयाँ नेपाल निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरे ।

    प्रतिवेदन तीन वटै तहका सरकार र निकायलाई उपलब्ध गराइने उनको भनाइ छ ।

    संयुक्त राजनीतिक दलित संघर्ष समितिका संयोजक लोकबहादुर विश्वकर्माले गणतन्त्र आएपछि झन बढी छुवाछूत भइरहेको बताए ।

    उनले सरकारले एकीकृत दलित विकास प्राधिकरण बनाएरमात्रै नहुने भन्दै त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने मुख्य कुरा भएको औंल्याए ।

    आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले अहिलेको मन्त्रिपरिषद्मा दलित समुदायको सहभागिता शून्य भएकोतर्फ इंगित गर्दै अहिलेको मन्त्रिपरिषद् पनि छुवाछूत मुक्त बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे ।

    कार्यक्रममा दलित आन्दोलनका नेता कर्णाली प्रदेशका प्रमुख तिलक परियारको जीवनी पुस्तक विमोचन एवं समावेशीताको अवस्था अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

    कार्यक्रममा संविधानसभा सदस्य एवं अध्येता पर्शुराम रम्तेलले ‘छुवाछूत मुक्त राष्ट्र घोषणाः अवसर, कार्यान्वयन चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा उनले अहिले पनि जातीय विभेदका घटनाको उजुरी लिएर प्रहरीमा जाँदा दर्ता नहुने गरेको, यदि दर्ता भएर अदालतमा गए पनि पीडकलाई सफाइ दिने गरेको औंल्याएका छन् ।

    उनले दलितसम्बन्धी विशेष प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

    २०६३ जेठ २१ गते अन्तरिम व्यवस्थापिका-संसदबाट नेपाललाई जातीय विभेद उन्मूलन मुक्त भएको घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा सरकारले हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाउँदै आएको छ ।

  • लुम्बिनी सरकारले पायो पूर्णता, १२औं मन्त्रीमा थपिइन् कृष्णा

    लुम्बिनी सरकारले पायो पूर्णता, १२औं मन्त्रीमा थपिइन् कृष्णा

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा १२औं मन्त्रीका रुपमा कृष्णा केसी थपिएकी छन् । यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबन्डा मिलाउन सरकारले १२ वटा मन्त्रालय पुर्‍याएको हो ।

    मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई मन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । महराले सोमबार नेकपा माओवादीबाट बाँके निर्वाचन क्षेत्र नं १ को १ बाट निर्वाचित कृष्णा केसीलाई ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीमा नियुक्त गरेका हुन् । उनको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ ।

    महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत वैशाख १२ गते मुख्यमन्त्री महराले मन्त्रिपरिषद्को विस्तार गरे पनि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय आफैंसँग राखेका थिए ।

    नवनियुक्त मन्त्री केसीले सोमबार नै प्रदेश प्रमुखसमक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको सपथग्रहण गरेकी छन् ।

    लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्रीसहित ५, माओवादीबाट मुख्यमन्त्रीसहित ३, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्रबाट १-१ जना मन्त्री छन् । ८७ सदस्यीय प्रदेशसभामा रहेका ४८ सांसदको समर्थनमा अहिलेको सरकार बनेको छ ।

  • सिंहदरबारमा प्रचण्ड-ओलीबीच भेट

    सिंहदरबारमा प्रचण्ड-ओलीबीच भेट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । सिंहदरबारमा जारी भेट समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको बताइएको छ ।

    सदनमा आजदेखि सुरू बजेटमाथिको छलफल, मधेसमा नयाँ सरकारसँगै जनमत, लोसपालगायतका दललाई गठबन्धनमा सँगै लैजाने विषयमा पनि छलफल भएको बताइन्छ ।

  • १५ वर्षदेखि जनतामा देखिएको निराशा चिर्नेगरी बजेट आएको छ : देवेन्द्र पौडेल

    १५ वर्षदेखि जनतामा देखिएको निराशा चिर्नेगरी बजेट आएको छ : देवेन्द्र पौडेल

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेका नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका छन् ।

    सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकलाई सही दिशामा अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले त्यसका कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई परिचालन गरेर अघि बढ्न अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिए ।

    आइतबार प्रतिनिधसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सचिव पौडेलले पछिल्ला १५ वर्षयता जनतामा देखिएको निराशा चिर्ने गरी बजेट आएको दाबी गर्दै त्यसप्रति अर्थमन्त्री पुनप्रति धन्यवाद व्यक्त गरे ।

    उनले बजेट मुलुकलाई सही बाटोमा अघि बढाउने गरी आएकाले आफ्नो पार्टीले दृढतापूर्वक समर्थन गर्ने पनि बताए ।

    सचिव पौडेलले सरकारले राजस्व परिचालन र आर्थिक वृद्धिका लागि तय गरेको लक्ष्य पनि सही भएको बताए ।

  • अर्थमन्त्रीले जोखिम उठाउनु भएको छ : विष्णु पौडेल (भिडिओ)

    अर्थमन्त्रीले जोखिम उठाउनु भएको छ : विष्णु पौडेल (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत जोखिम उठाएको बताएका छन् । पुन आफैँले जोखिम उठाएको र सो जोखिम समाधान गर्न पनि तत्पर रहेको पौडेलको भनाइ थियो ।

    बजेटमाथि छलफलमा भाग लिँदै पौडेलले भने, ‘बजेट महत्वाकांक्षी होइन उच्च आकांक्षा राखेको छ । अर्थमन्त्रीले चुनौती लिनुभएको छ, समाधान पनि गर्नुहोला ।’

    मन्त्री पुनले सहज यात्रा नरोजी अप्ठ्याराहरूका बीचमा काम गर्ने अठोट लिएको पौडेलको भनाइ छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले साढे तीन घण्टाको बजेटलाई छोट्याएर २ घण्टाको बनाएकोले बजेट सन्तुलित देखिएको उनले भने ।

    उनले भने, ‘बाहिर मानिसहरूको चर्चा र आशंकाकै बीच १८ खर्ब ६० अर्बको बजेट ल्याउनुभएको छ । यसको लागि स्रोतको प्रबन्ध गर्ने अभिभारा सजिलो छैन । तर, पनि सीमा निर्धारण गरेको छ । बजेटका सबै लक्ष्यहरू उच्च छ ।’

    ‘राजस्वले चालू खर्च धान्न नसकेको र ऋण तिर्न ऋण नै लिनुपर्ने अवस्थामा उच्च आकांक्षा राखेर बजेट ल्याउनु अर्थमन्त्रीले जोखिम उठाउन खोज्नु हो’, पौडेलले भने ।

    ‘उपभोक्ता ठगिएको बेलामा उपभोक्ता अदालत गठन गर्न खोज्नु, बजेटले कृषि क्षेत्रमा लगानीको दशकको कुरा गर्नु र सुचना प्रविधिमा पनि लगानी दशकको पहिलो वर्षको रूपमा लिनु सकारात्मक हो । तथापि दुईवटैलाइ दशकको रईपमा घोषणा गर्दा कसलाई प्राथमिकता दिने भन्ने यकिन हुनुपर्छ’, पौडेलले भने ।

    पालिकास्तरको डाउनटाउन र वडास्तरको पार्क बनाउने कुरामा संघीय सरकार बोल्न नहुने उनले बताए ।

  • ओलीलाई माओवादीको जवाफ- बजेट हामीतिर ढल्किएको भए भौतिक मन्त्रालयमा दोब्बर कसरी पर्‍यो ?

    ओलीलाई माओवादीको जवाफ- बजेट हामीतिर ढल्किएको भए भौतिक मन्त्रालयमा दोब्बर कसरी पर्‍यो ?

    काठमाडौं । सत्ता समीकरणको सबैभन्दा ठूलो घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाएका छन् । पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएको टिप्पणी गरेका थिए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनले आफूहरुसँग सल्लाह नै नगरी बजेट ल्याएको उनको संकेत थियो ।

    ओलीले भनेका थिए, ‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुनसक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो बढ्ता देखिन गएको छ । रकमको बाँडफाँट पनि त्यसैगरी एकातिर ढल्किए जस्तो देखिन्छ ।’

    उनले बजेट निर्माण प्रक्रियामै गम्भीर त्रृटि रहेको उल्लेख गर्दै सकारात्मक पक्ष र कमीकमजोरी हेरेर प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए । अध्यक्ष ओलीले बजेटमा केही नीतिहरूमा उल्झनपूर्ण, केही शब्दहरू उपयुक्त नहुने र प्रयोग भएका शब्दको भावको अर्थ र महत्व बोक्न नसक्ने खालको रहेको भन्दै असन्तोष पोखेका थिए ।

    उनले बजेट जे जस्तो आएको भए पनि समर्थन गरेर पारित गरेर अघि बढ्नुपर्ने बाध्यात्मक परिस्थिति सुनाएका थिए ।

    तर, एमाले अध्यक्ष ओलीले आफूहरुसँग कुनै छलफल नै नगरी बजेट ल्याएको भन्ने कुरा स्वीकार्न तयार छैनन् माओवादीका सचिव देवेन्द्र पौडेल ।

    बजेट सल्लाहमै आएको भन्दै उनले बजेटमा क्याबिनेटमा मन्त्रालयहरुबाट आउने योजना नै आउने बताए ।

    तर, केपी ओलीले त यो माओवादीतिर मात्रै ढल्किएको छ भन्ने अभिव्यक्ति दिनुभयो नि भन्ने जिज्ञासामा उनी भन्छन्, ‘त्यो उहाँले कसरी भन्नुभयो हामीलाई जानकारी भएन । तर, सल्लाहमै आएको हो । समझदारीमा बजेट नआएको भए भौतिक मन्त्रालयमा सबैभन्दा धेरै कसरी हुन्छ । पोहोरको भन्दा दोब्बर छ ।’

    उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ छन् । एमालेका सचिवसमेत रहेका महासेठ एमालेको नेतृत्व गरेर प्रचण्ड सरकारमा छन् ।

    माओवादी नेता पौडेलले ओलीले भनेका एकदुई वटा योजना छुटेको हुनसक्ने भए पनि सल्लाह नै नभएको भन्ने कुरामा सत्यता नभएको जिकिर गरे ।

    अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सार्वजनिक गरेको बजेटमा भोलिबाट प्रतिनिधिसभामा छलफल हुँदैछ । ओलीले बजेटको आलोचना गरे पनि प्रधानमन्त्री प्रचण्डले सन्तुलित र समाजवादउन्मुख बजेट ल्याएको भन्दै अर्थमन्त्री पुनको हिजो बसेको संसदीय दलको बैठकमा प्रशंसासमेत गरेका थिए ।

  • प्रचण्डको ब्रिफिङ- माधवजी गलत मनसायले बूढानीलकण्ठ जानुभएको होइन, मलाई जानकारी थियो (भिडिओ)

    प्रचण्डको ब्रिफिङ- माधवजी गलत मनसायले बूढानीलकण्ठ जानुभएको होइन, मलाई जानकारी थियो (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरणमा कुनै समस्या नआउने बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले बाहिर चर्चा भएजस्तो समीकरणमा कुनै समस्या नभएको बताए ।

    प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘गठबन्धनमा कुनै समस्या आउँदैन । बाहिरको अनावश्यक चर्चा भइरहन्छन् । तर, सरकार आफैं ढंगले अघि बढ्छ ।’

    उनले माधव नेपाल गलत मनसायले कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा नगएको सांसदहरूलाई सुनाए ।

    ती सांसदका अनुसार बैठकमा प्रचण्डले भने, ‘माधवजी गलत मनसाय लिएर बूढानीलकण्ठ जानुभएको होइन । जानुअघि मलाई जानकारी गराउनुभएको थियो । उहाँले समीकरण छाड्नुहुन्न कुराकानी भइरहेका छन् ।’

    प्रधानमन्त्री प्रचण्डले जनतामा उत्साह जगाउने गरी बजेट आएको उल्लेख गर्दैै सदनमा बजेटको छलफलमा सक्रिय रूपमा सहभागिता जनाउन निर्देशन दिएको प्रमुख सचेतक हितराज पाण्डेले बताए । बैठकमा १२ जना सांसदहरूले बजेटका बिषयमा धारणा राखेको र अर्थमन्त्री वर्षमान पुनले बजेटका मुलभूत पक्षमा जानकारी गराएका छन् ।

  • मधेशको मुख्यमन्त्री पाए प्रचण्ड सरकारमा फर्किन्छ जनमत ?

    मधेशको मुख्यमन्त्री पाए प्रचण्ड सरकारमा फर्किन्छ जनमत ?

    काठमाडौं । तीन दलबीच भएको सहमतिअनुसार मधेश प्रदेश सरकारको नेतृत्व पाए डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जाने संकेत गरेको छ । पछिल्लो सहमतिअनुसार नेकपा एमाले र माओवादी केन्द्र मधेश प्रदेश सरकारको नेतृत्व जनमतलाई दिन तयार छन् ।

    त्यहीअनुसार अहिले मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी भइरहेको छ । यद्यपि, तीन दलमात्रै मिल्दा सरकार गठनको लागि बहुमत भने पुग्दैछ । अध्यक्ष राउतले सार्वजनिक गरेको पछिल्लो सहमति अनुसार नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीको पनि आफूहरूलाई समर्थन रहेको उल्लेख गरेका छन् ।

    यद्यपि, यी दुवै पार्टी अहिलेसम्म कुनै औपचारिक निर्णय नगरेर पर्ख र हेरको अवस्थामा छन् । मधेश सरकारमा भएपछि पछिल्लो सहमति अनुसार मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी भइरहेको जनमतका प्रवक्ता डा. शरद यादवले बताए ।

    यो पनि पढ्नुहोस् : जनमतको नेतृत्वमा मधेश सरकार गठन गर्ने तीन दलको सहमति

    उनले भने, ‘हिजो शीर्ष तहमै सहमति भएपछि प्रदेशमा साथीहरूले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो । अब नेकपा एस र लोसपाले पनि समर्थन गर्ने कुरा छ । भएसम्म आजै मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी हुँदैछ ।’

    मुख्यमन्त्रीको दाबी पेस गर्नको लागि तत्काल नेकपा एस वा लोसपाले पनि समर्थन गर्नुपर्ने हुन्छ । १०७ सदस्यीय प्रदेशसभामा एमालेको सभामुखबाहेक २४, जनमतको १३, माओवादीको ९, लोसपाको ८ (एकजना निलम्बित) र नेकपा एसको ७ सांसद छन् ।

    तर, नेकपा एस र लोसपामध्ये पर्ख र हेरको अवस्थामा अडिग रहे जनमतलाई मुख्यमन्त्री दाबी गर्न बहुमत पुग्दैन । नेकपा एस अहिले पनि सरकारमा जसपा नेपालबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादव नेतृत्वको सरकारमा सहभागी छ ।

    यो सरकार टिकाउन उपेन्द्र यादवले नेपाली कांग्रेस, नेकपा एस र लोसपाको साथ खोजेका छन् । यी चार दल एकैठाउँमा उभिए यादव नेतृत्वको सरकार टिक्नेछ भने जनमतको प्रयास विफल हुनेछ ।

    बुधबार साँझ देउवा निवास बूढानीलकण्ठमा मधेश सरकार टिकाउनेबारे छलफल भएको थियो त्यो बैठकमा नेकपा एसका अध्यक्ष माधव नेपाल पनि सहभागी थिए । त्यहाँ जसपाको १९, कांग्रेसका २२, लोसपाका ८ र नेकपा एसको ७ गरी सरकार टिकाउन पर्याप्त बहुमत छ ।

    उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर जनमतले सरकारमा जाने बाटो तय गरिसकेको छ ।

    प्रवक्ता यादव भन्छन्, ‘हाम्रो मुख्य प्राथमिकता मधेश सरकारको नेतृत्व हो । अहिले हामी त्यता केन्द्रित भएका छौं। मधेश सरकार गठनपछि संघमा प्रचण्ड नेतृत्वको सरकार जान सकिन्छ। तर, अहिलेसम्म हामीले त्योबारेमा छलफल गरेका छैनौं ।’

    ६ सांसद भएको जनमतले संघमा एउटा मन्त्रालय पाउने निश्चित छ । यसअघि नयाँ समीकरण बन्नुअघि पनि जनमतले एउटा मन्त्रालय लिएर सरकारमा गएको थियो ।

  • माओवादी संसदीय दलको बैठक जारी

    माओवादी संसदीय दलको बैठक जारी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक बसिरहेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ ।

    बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र सरकारले पेस गरेको बजेटबारे छलफल भइरहेको जनाइएको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ मा सार्वजनिक गरेको आव २०८१/८२ को बजेटमाथि आइतबारबाट छलफल हुँदैछ ।

    बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षले पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीका सांसदहरूलाई जानकारी गराउनेछन् ।

  • देशप्रतिको नकारात्मक भाष्य चिर्न जरुरी छ : प्रधानमन्त्री (भिडिओ)

    देशप्रतिको नकारात्मक भाष्य चिर्न जरुरी छ : प्रधानमन्त्री (भिडिओ)

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशप्रतिको नकारात्मक भाष्यले नेपालीहरूको देश भाव मर्दै गएको बताएका छन् ।

    विराटनगरमा श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै दाहालले देशमा सम्भावना नै सम्भावना भए पनि यहाँ केही छैन भन्ने भाष्य सृजना भएकाले यसलाई चिर्नुपर्ने बताए । यहाँ बसेर के हुन्छ ? भनेर राज्यलाई गाली गर्ने चरित्र बदल्न जरुरी भएको उनको भनाइ छ ।

    प्रधानमन्त्रीले भने, ‘केही समयदेखि देशमा यति राम्रो सम्भावना हुँदा हुँदाहुँदै पनि देशमा केही हुँदैन भनेर नकारात्मक भाष्य सृजना गरिएको छ । यो भन्दा दुर्भाग्य केही हुन सक्दैन ।’

    नेपाललाई प्रकृतिले धेरै थोक दिएको प्रधानमन्त्री दाहालले बताए ।

    उनले भने, नेपालमा सम्भावना नै सम्भावना छ । यो सम्भावनाको सन्देश देश भरी फैलाउन जरुरी छ । यहाँ पर्यटन जडीवुटी , ऊर्जा र पर्यावरण र उद्योग धन्दाको सम्भावना छ । प्रधानमन्त्री दाहालले भने,‘यति राम्रो सम्भावना भएको देश हुँदा हुँदै पनि नेपालमा केही हुन सक्दैन भन्ने भाव बनाउन खोजिएको छ यसले राम्रो सन्देश गएको छैन ।’

    देश पछाडि नै परेको भए पनि नेपाली गौरवशाली भएको बताए । उनले दृढ इच्छाशक्ति भए देशलाई विकसित देश बनाउन सक्ने दाबी गरे । विकसित देश बनाउन सरकारले लिएको लक्ष्य पूरा गर्न नकारात्मक भाष्य परिवर्तन गर्न जरुरी भएको प्रधानमन्त्रीको भनाइ छ ।

    उनले भने, ‘जनतामा आत्मविश्वास बढाउन सके सरकारले लक्ष्य पूरा गर्न सकिन्छ । सरकारी र निजी साझेदारीमा देश अगाडि बढाउन सकिन्छ । यो पटकको बजेट, नीति तथा कार्यक्रमले निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिएको छ ।’

    रोजगारीको माग र आपूर्तिलाई समायोजन गर्ने गरी सरकार अगाडि बढेको सुनाउँदै उनले विदेशबाट आएका १ लाख जनालाई रोजगारी दिने गरी सरकार लागेको र यो बजेटमै उल्लेख भएको बताए ।

    श्रम तथा रोजगारमन्त्री डोलप्रसाद अर्यालले कोशी प्रदेशबाट सुरू भएको श्रमाधान रोजगार मेला अरु सबै प्रदेशमा आयोजना गर्ने जानकारी दिए । श्रमाधान रोजगार मेलाले दिने नतिजा सरकारका लागि महत्वपूर्ण हुने भन्दै उनले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउने, विदेशबाट फर्किएका नागरिकहरुलाई स्वदेशमा सीपयुक्त बनाउने माध्यम र सुझावका लागि मेला आयोजना गरिएको बताए ।

    सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गरिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । हरेक प्रदेशमा दुई/दुई दिन हुने मेला कोशी प्रदेशको विराटनगरमा सुरू भएर जेठ ३० गते बागमतीको ललितपुरमा सकिने छ ।

  • माधव नेपाल कांग्रेससँग नजाने प्रधानमन्त्रीको दाबी (भिडिओ)

    माधव नेपाल कांग्रेससँग नजाने प्रधानमन्त्रीको दाबी (भिडिओ)

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एस कांग्रेससँगको समीकरणमा नजाने दाबी गरेका छन् ।

    विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले माधव नेपाल एमाले-माओवादीकै गठबन्धनमा रहने बताए । उनले यस विषयमा नेपालसँग आफ्नो कुरा भइरहेको सुनाए । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई असहज रूपले नलिएको प्रधानमन्त्रीको भनाइ छ ।

    प्रधानमन्त्री दाहालले भने, ‘आज बिहानमात्रै पनि मेरो उहाँसँग कुराकानी भएको थियो । कुराकानीका क्रममा नेपालले समीकरणभन्दा बाहिर नजाने भनेर स्पष्ट पार्नुभएको छ ।’

    प्रचण्डले मधेश प्रदेश सरकार पनि गठबन्धनकै बन्ने दाबी गरे ।

    उनले भने, ‘माधवजी अलि पहिलेदेखि नै उता पनि यता पनि दुवैतिर जोडिनेजस्तो देखिनुभएको थियो, तर अहिले उहाँ हामी भन्दा बाहिर जानु हुन्न ।’

  • माधव बूढानीलकण्ठ गएको भोलिपल्टै बालुवाटार पुगे झलनाथ, वाम सहकार्य सुदृढ बनाउनेबारे छलफल

    माधव बूढानीलकण्ठ गएको भोलिपल्टै बालुवाटार पुगे झलनाथ, वाम सहकार्य सुदृढ बनाउनेबारे छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड भेट्न खनाल बिहीबार बिहान बालुवाटार पुगेका हुन् ।
    प्रधानमन्त्री प्रचण्डसँगको भेटमा पछिल्ला समसायिमक राजनीतिक अवस्थाबारे छलफल भएको नेता खनालले बताए ।

    प्रधानमन्त्रीसँग नेता खनालको संघीय सरकार र प्रदेश सरकारहरूमा पनि वाम सहकार्यलाई सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको जनाइएको छ । प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिने कि विकल्प खोज्ने भन्ने विषयमा नेकपा एसमा दुई धार छ ।

    नेकपा एसका अध्यक्ष माधव नेपाल हिजो कांग्रेस सभापति शेरबहादुर देउवाले राखेको विपक्षी मोर्चाको बैठकमा सहभागी भएपछि नेता खनाल आज बालुवाटार पुगेका थिए । अध्यक्ष नेपाल एमाले नेतृत्वको सत्ता समीरणप्रति सन्तुष्ट छैनन् ।

    हिजो देउवासँग नेपाल मधेश र सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल गरेको बताइन्छ । तर, नेता खनाल पक्षधर संघदेखि प्रदेशसम्म वाम मोर्चालाई नै निरन्तरता दिनुपर्ने पक्षमा उभिएका छन् ।
    सत्ता समीकरणमा आफू सहभागी भएपनि कुनै छलफलमा आफूलाई नसमेटेको भन्दै हिजोको विपक्षी मोर्चाको बैठकमा असन्तुष्टि व्यक्त गरेका थिए ।

  • गण्डकीमा ७ सरकार फेरिँदा दोस्रोपटक सत्ताबाहिर माओवादी

    गण्डकीमा ७ सरकार फेरिँदा दोस्रोपटक सत्ताबाहिर माओवादी

    पोखरा । नेपालमा संघीयता आएपछि गण्डकी प्रदेशमा दोस्रोपटक नेकपा माओवादी केन्द्र सत्ताबाहिर भएको छ । गण्डकी प्रदेशमा सातौंपटक सरकार गठन हुँदा माओवादी दोस्रोपटक सत्ताबाहिर रहेको हो । नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीको सपथ लिँदा माओवादीसहित एमाले र राप्रपा सत्ताबाहिर छन् ।

    २०७४ मा पहिलोपटक गण्डकीमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार गठन हुँदा माओवादी नेकपाको रुपमा सरकारमा सहभागी थियो । हालका माओवादी गण्डकीका संसदीय दलका नेता हरिबहादुर चुमान तत्कालीन अवस्थामा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए ।

    २०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलगअलग बनाइदिएपछि केन्द्रमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो । तर, गण्डकीका भने मन्त्री बनेका हरिबहादुर चुमानले समर्थन फिर्ता लिन आनाकानी गरे ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मात्र उनले गण्डकीमा सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिएका थिए । २०७८ बैशाख २९ मा पृथ्वीसुब्बा गुरुङ दोस्रोपटक मुख्यमन्त्री बन्दा पहिलोपटक माओवादी सत्ता बाहिरको स्वाद चाख्यो ।

    पृथ्वीसुब्बा नेतृत्वको सरकार एक महिना नहुँदै ढलेपछि माओवादी पुनः सरकारमा आउने बाटो खुलेको थियो । जेठ २९ मा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वको सरकार बन्दा माओवादी पुनः सरकारमा गएको थियो । माओवादीका हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्री बनेका थिए ।

    २०७९ को पुस २५ गते प्रदेश सभाको दोस्रो कार्यकालमा बनेको पहिलो सरकारमा पनि माओवादी सरकारमा सहभागी भयो । तर, पुनः माओवादीले नै समर्थन फिर्ता लिएपछि साढे ३ महिनामै सरकार ढल्यो । एमालेका खगराज अधिकारी पदमुक्त भएपछि २०८० बैशाख १४ गते नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार बन्यो ।

    उक्त सरकार पनि माओवादी केन्द्र सहभागी भयो । केन्द्रमा सत्ता समिकरण फेरबदलसँगै माओवादीले पुनः सरकारलाई दिएको समर्थन फिर्ता लियो । माओवादीको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पाण्डेले राजीनामा दिए ।

    चैत २१ गते पाण्डेले राजीनामा दिएपछि चैत २५ मा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार बन्यो । उक्त सरकारमा समेत माओवादी केन्द्र सहभागी थियो । माओवादीबाट हरिबहादुर चुमान मन्त्री बनेका थिए । सर्वोच्च अदालतले गत सोमबार खगराज अधिकारीले नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री बनाउन परमादेश जारी गर्‍यो ।

    परमादेशबमोजिम बुधबार पाण्डेलाई प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । मुख्यमन्त्री पाण्डेले कांग्रेसकै विन्दुकुमार थापा र टकराज गुरुङलाई मन्त्री बनाए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राजीव गुरुङ (दीपक मनाङे) लाई समेट्न प्रयास गरेका मुख्यमन्त्री पाण्डे असफल भएसँगै पटक चरणमा कांग्रेसबाट दुईजनालाई मन्त्री बनाएका हुन् ।

    कांग्रेस नेतृत्वको सरकार बन्दा माओवादीले भने दोस्रोपटक सत्ताबाहिरको स्वाद चाखेको छ । ७ पटक सरकार फेरबदल हुँदा माओवादी दोस्रोपटक सरकारबाहिर भएको हो ।

  • सत्ता गठबन्धनमा केही समस्या छैन, पूरै अवधि टिक्छ : प्रधानमन्त्री दाहाल

    सत्ता गठबन्धनमा केही समस्या छैन, पूरै अवधि टिक्छ : प्रधानमन्त्री दाहाल

    सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धन पूरा समय नै कायम रहने दाबी गरेका छन् ।जनता समाजवादी पार्टी र समाजवादी पार्टीमा आएको नयाँ राजनीतिक घटनाक्रमसँगै अब सत्ता समीकरण पुरै समय कायम रहने बताएका हुन् ।

    सिन्धुपाल्चोक सदरमुकाम चौतारामा चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको चौतारा अस्पताल उद्घाटनमा आएका प्रधानमन्त्री दाहालले त्यस अघि माओवादी केन्द्र सिन्धुपाल्चोकले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा सत्ता समीकरणमा अब कुनै समस्या नरहेको बताएका हुन् ।

    वर्तमान सत्ता गठबन्धनमा भए पनि नेकपा एससँग यस अघि केही समस्या भए पनि अब कुनै समस्या नरहेको प्रधानमन्त्री दाहालले बताए । ‘अब समाजवादीसँग पनि कुनै समस्या छैन,गठबन्धनमा रहेको प्रमुख दल एमाले सहित सबै दलहरू यो सत्ता समीकरण पुरै समय चलाउनका लागि सकारात्मक हुनुहुन्छ ।’ प्रधानमन्त्री दाहालले भने।

    संसदमा देखिएको गतिरोध अन्त्य भएर बजेट समेत आएको बताउँदै प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा पेश भएपछि राष्ट्रपति लाई ससंदबाट धन्यवाद दिन नसक्ने हो की भन्ने आफूलाई डर लागेको र आफ्नै अग्रसरतामा संसदमा देखिएको गतिरोध अन्त्य भएको प्रधानमन्त्री दाहालले बताए ।

    ‘सदन अन्त्य गरेर अध्यादेश बाट बजेट ल्याउँछ भनेर देशी विदेशी शक्तिहरूले हल्ला गरे पनि मेरै अग्रसरतामा ससंदबाट नै बजेट ल्याउन सफल भएको छु’, प्रधानमन्त्री दाहालले भने ।

    प्रधानमन्त्री, अर्थमन्त्री र योजना आयोगका उपाध्यक्ष समेत माओवादीकै भएकाले अध्यादेश बाट बजेट ल्याउँदा माओवादी पार्टीलाई नै असर गर्ने भएकाले आफ्नो अगुवाइमा ससंदबाटै बजेट ल्याएको प्रष्ट पारे ।

    माओवादी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममा जनताको मन जित्ने भएको र नीति तथा कार्यक्रममा नै रहेर बजेट समेत ल्याएको प्रधानमन्त्री दाहालले दाबी गरे । नीति तथा कार्यक्रम र बजेट बनाउने अवधिभर आफू अर्थमन्त्रीसँग नै बसेर केही नयाँ गरौँ भनेर काम गरेको उनको भनाई थियो ।

    ‘मैले १९ देखि २० खर्ब सम्मको बजेट ल्याउन भनेको थिए तर वित्त आयोग लगायत सबैको सुझावमा १८ अर्बको मात्रै बजेट आएको छ,यो पुरै जनतामुखी बजेट छ’ प्रधानमन्त्री दाहालले भने ।

    संसदमा अहिले आफूहरू जम्मा ३२ सिट मात्रै भए पनि यो सिट ‘म्याजिक’ वाला सिट रहेको प्रधानमन्त्री दाहालले बताए । अब आउने चुनावमा ३२ बाट ६४ सिट हुने गरेर जनताको मन जित्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

  • प्रधानमन्त्रीको दाबी- बजेट कार्यान्वयनमा आएपछि आर्थिक सुधारले गति लिन्छ

    प्रधानमन्त्रीको दाबी- बजेट कार्यान्वयनमा आएपछि आर्थिक सुधारले गति लिन्छ

    सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन्।

    चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उत्पादन, उत्पादकत्व र रोजगारी प्रवर्द्धन गर्ने गरी बजेट सार्वजनिक गरिएको बताए।

    उनले भने, ‘गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ। सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।’

    नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूति हुने जिकिर गरे।

    उनले थपे, ‘प्रदेश सरकारको नीति तथा कार्यक्रमले समेत यसलाई अघि सारेको छ, त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ ।’

    देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र र समाज स्वस्थ हुनु हो भन्दै प्रधानमन्त्री प्रचण्डले स्वस्थ नागरिकबाटै समृद्धिको सपना साकार हुने विश्वास व्यक्त गरे।

    विसं २०७२ सालको महाभूकम्पले धराशायी बनाएको चौतारा अस्पतालको पुनर्निर्माण प्रक्रिया अघि बढाएको स्मरण गर्दै नयाँ भवन निर्माण भएसँगै अस्पतालको खुलाचौरमा टेन्टभित्र स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता अन्त्य भई सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे।

    व्यवस्थासँगै अवस्था परिवर्तनका लागि सिन्धुपाल्चोकको महत्त्वपूर्ण भूमिमा रहेको बताउँदै जनयुद्धको कठिन समयमा यहाँका जनताबाट माया पाएको स्मरण गरे।

    उनले थपे, ‘म थुप्रै पटक सिन्धुपाल्चोक आएको छु, जनयुद्धको कठितम् दिनहरूमा मैले यहाँका गाउँवेशी चहारेको छु, यहाँका भिर पाखाहरू छिचोलेको छु। वृद्ध आमाहरूले मायाले पकाएर दिनुभएको खोलेफाँडो खाएर क्रान्तिको मोर्चामा लामबद्ध भएको छु ।’

  • चर्चामा रहेको बजेटको ब्रिफकेस, अर्थमन्त्रीले किन तोडे परम्परा ?

    चर्चामा रहेको बजेटको ब्रिफकेस, अर्थमन्त्रीले किन तोडे परम्परा ?

    काठमाडौ । अर्थमन्त्री वर्षमान पुनले लेदरको ब्रिफकेस बोकेर संसदमा बजेट भाषण गर्ने परम्परालाई मंगलबार तोडे । बजेट पढ्नुअघि क्याविनेट छिर्दै गर्दा उनले बोकेको ब्रिफकेसले सबैको ध्यान तान्यो । कतिपयले त सामाजिक सञ्जालमै लेखे- ‘बजेट जस्तो सुकै होस् ब्रिफकेस चाहिँ राम्रो छ ।’

    आखिर वर्षौंदेखिको एकैखालको ब्रिफकेसको परम्परा किन फेरियो त भन्ने चासोलाई लिए बुधबार मन्त्रालयमा भएको अन्तरक्रियामा पत्रकारले जिज्ञासा राखे ।

    पुनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भनेर नेपालमै बनेको ब्रिफकेस लिएको बताए ।

    उनले भने, ‘स्वदेशी वस्तु प्रयोग गरौं र सुरू आफैंले काम गर्ने ठाउँबाट गरौं भनेर हो । सुरूमा त सबै स्वदेशी बनाउन महँगो पर्ला तर त्यसले उत्पादनमा प्रोत्साहन थप्छ ।’

    ब्रिफकेसको माथिल्लो भाग अल्लो र तल्लो भाग नेपाली ढाकाबाट बनेको हो । यसको मूल्य २५ सय रूपैयाँ रहेको छ । अर्थमन्त्रीका स्वकीय सचिव जीवनप्रकाश रोक्का मगरले युनिक लेदर ह्याण्डिक्राफ्ट प्रालिको ठमेल पसलबाट खरिद गरेको प्रोपाइटर नवराज अधिकारीले बताए । युनिक लेदर नेपाली उत्पादक कम्पनी हो यसको कारखाना नेपालटारमा छ ।

    मन्त्री पुनले सरकारी कार्यालयमा स्वदेशी गलैँचा प्रयोग गर्नुपर्ने विषय बजेटमा उठान गरेका छन् । विभिन्न ठाउँका उत्पादनमा आधारित रहेर आर्थिक करिडोर पनि घोषणा गरेका छन् ।

    हुन त यसअघि पनि सरकारले सार्वजनिक निकायमा स्वदेशी उत्पादनको प्रयोगमा जोड दिएको विषय बजेटमा उठान गरेको थियो । सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिका, २०७१ नै जारी गरिएपनि प्रयोगको प्रभावकारिता भने अझै हुन सकेको छैन ।

  • अर्थमन्त्री पुन भन्छन्- बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ

    अर्थमन्त्री पुन भन्छन्- बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका सन्दर्भमा अर्थ मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा पुनले नेपालको वास्तविक अवस्था विश्लेषण गरेर सुधारको बाटो समात्ने गरी बजेट आएको दाबी गरे ।

    ‘आगामी आवको बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास गरेको छ । हाम्रो भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणका लागि कोसिस गर्ने र नयाँ चरणको आर्थिक सुधारका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने नीति लिइएको छ’, अर्थमन्त्रीले भने ।

    बजेटले आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने उल्लेख गरेको छ ।

    नागरिकलाई केन्द्रमा राखेर बजेट ल्याएको भन्दै उनले निजी क्षेत्र, प्रमुख प्रतिपक्षलेसमेत आशा जगाउने बजेट आएको भनेर प्रतिक्रिया दिएको बताए ।

    ‘आम जनतामा आशा जगाउने गरी बजेट आएको छ । बजेटले उद्यमी व्यवसायी आशा जगाउने अपेक्षा गरेका छौं । देशभित्र अवसर हुँदाहुँदै पनि देश बाहिर जाने प्रवृत्ति बढेको छ । सजिलै विदेशको बाटो रोज्ने भन्दा पनि मुलुकभित्रै केही काम गर्ने गरी युवामा आशा जगाउने गरी बजेट आएको छ’, पुनले थपे ।

    करका दर परिवर्तनका गर्दा पनि आवश्यकता र औचित्यका आधारमा गरिएको अर्थमन्त्री पुनको भनाइ छ । कुनैपनि व्यक्तिगत आग्रह, पूर्वाग्रह, भावनामा बगेर काम गर्दैनौं भन्ने प्रतिबद्धताका साथ करका दरमा हेरफेर भएको उनले बताए ।

    सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत अबको १० वर्षमा ३० खर्बको निर्यात पुर्‍याउने महत्वाकांक्षी योजना अघि सारेको र स्वदेशी उद्योग तथा उत्पादनलाई संरक्षण गर्ने नीति लिएको अर्थमन्त्रीले बताएका छन् । स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले नै तयारी र कच्चा पदार्थमा दुई तहको भन्सार लगाउने नीति लिइएको साथै हरित करको नयाँ विषय आर्थिक ऐनमा राखेको पनि पुनले सुनाए ।

  • सङ्क्रमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

    सङ्क्रमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    गणतन्त्र दिवसका अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानको मर्म र भावनालाई सम्बोधन गर्ने गरी द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न भएको बताए ।

    ‘संविधानले परिलक्षित गरेबमोजिम हामीले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न गरेका छौँ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम समेत यथाशीघ्र सम्पन्न गर्न सरकार दृढ छ।’ उनले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपालले गरेको अभ्यास विश्वसामु नवीन उदाहरणका रूपमा स्थापित भएको उल्लेख गरे ।

    प्रधानमन्त्री प्रचण्डले सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपाङ्‍गता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, रोजगारी, स्वरोजगारका अवसर, आर्थिक सहायता, पुनर्स्थापना र परिपूरणको व्यवस्था मिलाइएको जानकारी दिए ।

    विश्‍वव्यापीरूपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त, मान्यता र नेपाली समाजको विशेषता अनुकूलका चरित्रसहितको ‘सङ्‍घीय लोकतान्त्रिक गणतन्त्र’ नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानबमोजिम तीनै तहमा निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न निर्वाचनले मुलुकमा सङ्‍घीय शासन प्रणालीलाई सुदृढ बनाएको स्पष्ट पारे । उनले आवधिक निर्वाचनबाट गठन भएका तीन तहका सरकारहरू नागरिकको हित र उन्‍नतिका लागि क्रियाशील रहेको बताए ।

    ‘राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप देशमा समाजवाद उन्मुख आर्थिक सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्रीले भने, ‘नेपाली जनताको सुख र समुन्नतिका लागि सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवं व्यावसायिक निराशालाई चिर्दै जनतामा आशा र भरोसा जगाउने गरी सरकारले कार्य गरिरहेको छ।’

    सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन र सेवा प्रवाहमा जनताले अनुभूति गर्न सक्ने गरी सुधारका लागि सरकार स्पष्ट मार्गचित्रका साथ अघि बढेको बताउँदै प्रधानमन्त्रीले संविधान कार्यान्वयन, सङ्‍घीयता सबलीकरण, अर्थतन्त्र सुधार र पुनरुत्थान, सुशासन प्रवर्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री शासनको स्थापना तथा भ्रष्टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकता भएको बताए ।

    ‘देशमा भएको युगान्तकारी परिवर्तनको फलस्वरूप रैती भएर युगौँदेखि हेपिएका वर्ग तथा समुदाय अहिले अधिकार र सम्मानका साथ राज्यका विभिन्न निकायमा नेतृत्व तहमा रहेका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कल्पनाभन्दा पर रहेको, आँगनमा उभिँदा समेत छोइछिटो सहनुपर्ने समुदाय अहिले देशभरिका ६ हजार ७ सय ४३ वडालगायत राज्यका विभिन्न तहका निकायमा निर्णायक भूमिकामा रहेका छन्। आधा आकाशको उपमा पाएका तर चुलो चौकोमा सीमित महिलाहरूले ७५३ स्थानीय तहका प्रमुख वा उपप्रमुखको रूपमा नेतृत्व गरिरहनुभएको छ ।’

    सार्वजनिक क्षेत्र मात्र नभई सबै राजनीतिक दल, सामाजिक सङ्‍घसंस्था लगायत हरेक तहका निकायका एक तिहाइ महिलाको सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले वञ्‍चितीकरणमा परेका वर्गको मूल प्रवाहीकरण एवं लक्षित समूहको अधिकार संरक्षणका लागि स्थापित संवैधानिक आयोगहरू क्रियाशील रहेको बताए । उनले नेपाली समाजमा व्याप्त यिनै सामाजिक, सांस्कृतिक, आर्थिकलगायतका विभेद र वञ्‍चितीकरणको अन्त्य गर्दै समृद्धिको जग बसाल्ने सफल दिनका रूपमा हामीले आजको दिनलाई स्मरण गरिरहेका छौँ भने ।

  • बजेट पढ्ने बेलासम्म कांग्रेससँग सहमति भइसक्छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    बजेट पढ्ने बेलासम्म कांग्रेससँग सहमति भइसक्छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट वक्तव्य आउनु अघि सम्ममा संसदीय छानबिन समिति बनाउन समझदारीमा पुगिने बताएका छन् ।

    आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानबिन समिति गठनको लागि सहमतिमा पुगिने बताएका हुन् ।

    उनले आफूले संसदमा भइरहेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताए । उनले टीओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गरेमा आज (आइतबार) बेलुकासम्ममा नै समझदारी हुनसक्ने बताए ।

    उनले संसदीय समिति गठनमा सहमति भइसकेको उल्लेख गर्दै टीओआरमा पनि सहमतिको नजिकै पुगेको जानकारी दिए ।

  • कृष्णसेनको स्मृति दिवसमा प्रेस सेन्टरको प्रभातफेरी

    कृष्णसेनको स्मृति दिवसमा प्रेस सेन्टरको प्रभातफेरी

    काठमाडौं । पत्रकार एवम साहित्यकार कृष्णसेन इच्छुकको २२औँ स्मृति दिवसका अवसरमा प्रभातफेरी गरिएको छ । प्रेस सेन्टर केन्द्रीय समितिको आयोजना तथा उपत्यका प्रदेश समिति, प्रतिष्ठान प्रदेश समिति र एसोसिएट प्रदेश समितिको संयुक्त समन्वयमा बबरमहलदेखि माइतीघरसम्म प्रभातफेरी गरिएको हो ।

    संगठनको कार्यालय बबरमहलमा संगठनका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ को अध्यक्षतमा कोणसभा गरियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटा, सञ्चारमन्त्री रेखा शर्मा सहभागी थिए ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवम् प्रेस सेन्टरका पूर्वअध्यक्ष गोविन्द आचार्य, प्रेस युनियनका अध्यक्ष शिव लम्साल, समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी, पत्रकार महासंघका महासचिव रोशन पुरी, पूर्वमहासचिव ओम शर्मा, प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डेलगायतको पनि कार्यक्रममा उपस्थिति थियो ।

    प्रेस सेन्टर नेपालले माघ १५ गते संगठनको स्थापना दिवसका अवसरमा वितरण गर्ने गरी पुरस्कृत व्यक्तिको नाम पनि घोषणा गरेको छ । जसमा कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार जनादेशका पुर्वसम्पादक कोमल बराललाई, शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार धर्मेन्द्र कर्णलाई, बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार मन्जीमा ढकाललाई दिने निर्णय गरिएको छनौट समितिका संयोजक युवनाथ लम्सालले बताए ।

    प्रेस सेन्टर नेपालले सातै प्रदेशमा प्रदेश समिति, ७७ वटै जिल्लामा जिल्ला समितिले प्रभातफेरीसहित विभिन्न कार्यक्रम गर्दै इच्छुककको स्मृति दिवस मनाइएको छ ।

  • प्रचण्ड–देउवा छलफलमा के भयो ? (भिडिओ)

    प्रचण्ड–देउवा छलफलमा के भयो ? (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता सकिएको छ । भेटवार्तापछि कांग्रेस सहमहामन्त्री जीवन परियारले कुरा जहाँको त्यही रहेको संकेत गरे ।

    आज एमाले, कांग्रेस र माओवादीका तीन शीर्ष नेता बालुवाटारमा बिहान ९ बजे भेट्ने तय भएको थियो । तर, स्वास्थ्यको कारण देखाएर देउवाले असमर्थता व्यक्त गरे । उनले बरु आफ्नै निवासमा भेट्न बोलाएका थिए । उनको आग्रहमा प्रचण्ड बुढानिलकण्ठ गएका हुन् । ओली भने गएनन् ।

    सुरुमा प्रचण्ड र देउवाको वान टु वान कुराकानी भएको थियो । त्यसपछि कांग्रेसका केही नेताहरु मिसिएका थिए । प्रचण्ड–देउवा भेट सहकारी छानविनको विषयमा नै केन्द्रीत भए पनि निस्कर्षमा नपुगेको परियारले जानकारी दिए ।

    भेटपछि पत्रकारसँग कुरा गर्द उनले भने, ‘प्रधानमन्त्री अत्यन्तै गम्भीर देखिनुभएको छ । भरे साँझ वा भोलिसम्ममा सहमति निकालौं भन्ने उहाँको आग्रह थियो । तर, विषयवस्तुमा कुरा मिलेको छैन ।

    सत्ता पक्षले चलाखी गरेर गृहमन्त्रीलाई उन्मुक्ति दिन खोजिरहेको परियारले आरोप लगाए ।

    उनले थपे, ‘हामीले रविको नाम नराख्दै गर्दा कस्तो प्रस्ताव आउँछ त सत्तापक्षबाट भनेर पर्खिरहेको अवस्था हो । तर उहाँहरु ठीक ठाउँमा हुनुहुन्न । छानविन गर्ने ठाउँमा नै आइपुग्नुभएको छैन । थप छलफल गरेर अगाडि बढ्ने कुरा भएको छ ।’

    परियारका अनुसार प्रधानमन्त्री प्रचण्डले गोर्खा मिडिया नेटवर्कको अध्ययन गर्ने भइसकेपछि रविको नाम नलेख्दा पनि हुँदैन भनेर देउवासँग प्रस्ताव गरेका थिए । तर, आफूहरु यसमा तयार नरहेको उनले बताए ।

    संस्थाकै नाम किटानी भइसकेपछि त्यसमार्फत व्यक्तिसम्म पुग्न सकिँदैन र रु भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘उहाँहरु यति चलाखिपूर्ण ढंगले कम्पनीले पैसा लिँदा कम्पनी मात्रै जवाफ देही हुने हो, सञ्चालक मात्रै जवाफदेही हुन्छ भन्ने कुरा गर्नुभएको छ । तर यसबाट समाधान निस्किदैन र उहाँहरु उम्किने बाटोतिर जानुभएको छ भन्ने हाम्रो भनाइ हो ।’

  • माओवादीले भन्यो- गतिरोध हटाएर सरकारले बजेट सदनमै प्रस्तुत गर्छ (भिडिओ)

    माओवादीले भन्यो- गतिरोध हटाएर सरकारले बजेट सदनमै प्रस्तुत गर्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले बजेट सदनबाटै ल्याउने दाबी गरेका छन्।

    प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले सदनको गतिरोध हटाउन निरन्तर पहल गरिरहेको बताए।

    उनले भने, ‘सहकारीको विषयमा उठेको समस्या समाधान गर्नको लागि कार्यदलले काम गरिरहेको छ। सहमति जुटाउन सरकारको तर्फबाट प्रधानमन्त्रीले प्रयत्न गरिराख्नुभएको छ। सदन चलिरहेको बेलामा बजेट अध्यादेशबाट ल्याउने कुरा हुँदैन।’

    सरकारले सदनमै नीति तथा कार्यक्रम प्रस्तुत गरेको उल्लेख गर्दै समस्या समाधान गरेर अघि बढ्ने विश्वास व्यक्त गरे।

  • सिरोहिया पक्राउबारे प्रधानमन्त्री- अदालती प्रक्रिया हो, बढ्ता हो-हल्ला गर्न जरूरी छैन (भिडिओ)

    सिरोहिया पक्राउबारे प्रधानमन्त्री- अदालती प्रक्रिया हो, बढ्ता हो-हल्ला गर्न जरूरी छैन (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा बढ्दा होहाल्ला गर्न आवश्यक नभएको टिप्पणी गरेका छन् । नागरिकता कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका सिरोहियाको मुद्दा अदालती प्रक्रियाबाट टुंग्गो लाग्ने उनले बताए ।

    उनले भने- ‘यो अदालतले प्रक्रिया अगाडि बढाउ भनेपछि अदालती प्रक्रिया मैले बुझेको छु । बढ्ता हो-होल्ला गर्नु आवश्यक छैन ।’

    सरकारले रिसिबी साँध्यो भन्ने आरोप छ नि ? भन्ने पत्रकारको जिज्ञासामा उनले यसमा कुनै सत्यता नभएको जिकिर गरे ।

    ‘त्यो गलत हो, उहाँसँग किन रिसिबी ?’, उनको भनाइ थियो ।

    गृहमन्त्री व्यक्तिगत रूपमै आउनुभयो भन्ने छ नि ? भन्ने जिज्ञासामा उनको जवाफ थियो- ‘त्यो मान्छेले भन्ने कुरा मात्रै हो । उहाँ अदालती प्रक्रियाबाट निर्दोष हुनुहुन्छ सजिलै छुट्नुहुन्छ । त्यो हल भइहाल्छ ।’

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध समाचार लेखेकै कारणले सिरोहियामाथि प्रतिशोध साँधेको आरोप लागिरहेको छ ।

  • अर्थमन्त्री पुनको सम्पत्ति : रोल्पामा जग्गा, ३३ लाख ७० हजार बैंकमा

    अर्थमन्त्री पुनको सम्पत्ति : रोल्पामा जग्गा, ३३ लाख ७० हजार बैंकमा

    काठमाडौ । अर्थमन्त्री वर्षमान पुनको एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रूपैयाँ नगद बैंकमा रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त रकमको स्रोत तलब भत्ता र भ्रमणभत्ता रहेको अर्थमन्त्री पुनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

    यस्तै रोल्पा नगरपालिका ७ मा ८२० वर्गमिटर क्षेत्रफलको जमिन भएको पनि विवरणमा उल्लेख छ । उक्त जमिन पैतृक सम्पत्ति भएको उल्लेख छ ।

  • कति छ प्रधानमन्त्री प्रचण्डको सम्पत्ति ?

    कति छ प्रधानमन्त्री प्रचण्डको सम्पत्ति ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

    उनले भ्रष्टाचार निवारण, ऐन २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) को उपदफा (१) अनुसार विवरण सार्वजनिक गरेका हुन् ।

    जसमा प्रधानमन्त्री प्रचण्डको घर चितवन भरतपुर १४ मा १४ कट्ठा पार्किङसहितको पैतृक सम्पत्ति रहेको उल्लेख छ । त्यस्तै, भरतपुर १२ मा अंशबाट प्राप्त १ कट्ठा अचल सम्पत्ति रहेको प्रधानमन्त्रीले पेश गरेको विवरणमा उल्लेख छ ।

    त्यस्तै, चल सम्पत्तिमा पाँच तोला पैतृक सुन, एभरेष्ट बैंक, सिंहदरबारमा २५ लाख नगद रहेको उल्लेख छ । जसको स्रोत प्रतिनिधिसभाको सदस्यको पारिश्रमिक रहेको विवरण छ ।

    विवरण:

     

  • नारायणकाजीको सम्पत्ति- खातामा १ लाख २२ हजार, प्रचण्डले दिएको गाडी

    नारायणकाजीको सम्पत्ति- खातामा १ लाख २२ हजार, प्रचण्डले दिएको गाडी

    काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायकाजी श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको विवरणअनुसार मन्त्री श्रेष्ठको गोरखा सिरानचोक ८ मा करिब ३८ रोपनी पैतृक सम्पत्ति रहेको छ । त्यो पनि २०५८ सालमा पार्टीमा हस्तान्तरण घोषणा गरिएको र प्रक्रियामा रहेको श्रेष्ठले उल्लेख गरेका छन् ।

    सिंहदरबारस्थित रावा बैंकको खातामा तलब सुविधाको १ लाख २२ हजार ९१८ रूपैयाँ मौज्दात छ । सवारी साधनको नाममा अध्यक्ष प्रचण्डले प्रयोगका लागि चढ्न दिएको महिन्द्रा गाडी रहेको श्रेष्ठको सम्पत्ति विवरणमा उल्लेख छ ।

  • प्रधानमन्त्री प्रचण्डले १६ महिनामै लिए चार पटक विश्वासको मत, कहिले कति ?

    प्रधानमन्त्री प्रचण्डले १६ महिनामै लिए चार पटक विश्वासको मत, कहिले कति ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजीका बीचमा पनि मर्यादापालकको सुरक्षा घेराबाट रोष्टममा पुगेर विश्वासको मतको प्रस्ताव पेश गरेका थिए ।

    त्यसपछि सभामुख देवराज घिमिरेले मत विभाजन गरे । मत विभाजनका क्रममा प्रधानमन्त्री प्रचण्डलाई एमालेसहित १५७ जनाले विश्वासको मत दिए । विपक्षमा एउटा पनि मत परेन । एक जना सांसद तटस्थ बसे । मतदानपछि सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मत बहुमतले स्वीकृत भएको घोषणा गरे ।

    विश्वासको मतको पक्षमा नेकपा एमालेका उपाध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले समर्थन जनाए । कांग्रेसबाहेकका अन्य दलले सर्मथन जनाए पनि रोष्टममा पुगेर बोलेनन् ।

    २०७९ सालमा सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको तेस्रो दलका नेता प्रचण्ड २०७९ पुस ११ गते प्रधानमन्त्री नियुक्त भएका थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

    प्रधानमन्त्री नियुक्त भएको करिब १५ दिनपछि पहिलो पटक २०७९ पुस २६ गते प्रचण्डले करिब शत प्रतिशत जस्तै विश्वासको मत पाएका थिए ।

    २७० जना सांसद उपस्थित भएको प्रतिनिधिसभाको उक्त बैठकमा २६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए । दुई जना सांसदमात्रै प्रधानमन्त्रीको विपक्षमा उभिएका थिए । एकएक जना सांसद रहेको राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विपक्षमा मत दिएका थिए । त्यसबाहेक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

    पहिलो पटक विश्वासको मत पाएको साढे दुई महिनापछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएका थिए । तत्कालीन अवस्थामा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाएपछि एमालेले समर्थन फिर्ता लिएको थियो ।

    दोस्रो पटक प्रधानमन्त्री प्रचण्डले २०७९ चैत ६ गते विश्वासको मत लिएका थिए । त्यसबेला २६२ सांसद उपस्थित रहेकोमा नेपाली कांग्रेससहित १७२ जनाले विश्वासको पक्षमा मत दिएका थिए । ८९ सांसदले विपक्षमा मत दिँदा एक जना तटस्थ बसे ।

    फेरि कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्डले दुई महिनाअघि गएको फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिएका थिए । बैठकमा सहभागी २६८ सांसदमध्ये १५७ जनाले उनको पक्षमा मतदान गरेका थिए । कांग्रेससहित ११० सांसदले विपक्षमा मतदान गरेका थिए । एक जना सांसद तटस्थ बसे ।

    प्रतिनिधिसभामा रहेको दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । त्यसै व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले सोमबार चौथो पटक विश्वासको मत लिएका हुन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

  • प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ- तपाईँलाई जंगलबाट कसले ल्यायो ? बिर्सिनुभयो  (भिडिओ)

    प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ- तपाईँलाई जंगलबाट कसले ल्यायो ? बिर्सिनुभयो (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएको छ ।

    प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने बेलामा कांग्रेसले अवरोध गरेपछि यो गतिविधि महँगो पर्ने भन्दै इतिहासमा कलंकको रुपमा स्थापित हुने चेतावनी दिएका थिए ।

    त्यसको जवाफ फर्काउँदै संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, प्रधानमन्त्रीले भोलिका दिनमा मुल्य चुकाउनुपर्ला भन्नुभयो । तपाईंहरुले हामीलाई त संसदीय राजनीतिमा आइसकेपछि सहयोग गर्नुभएको हो । हामीले पनि गरेका छौं । तपाईंलाई त जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो कि को हो ? बिर्सिनुभो।  हतियार उठाएर सत्ता परिवर्तन गर्छु भनेर हिँड्नुभएको तपाईलाई शान्तिमा कसको नेतृत्वमा आउनुभयो ? बिर्सिनुभो ।

    उनले नेपालीको राजनीतिमा तपाईं र तपाईंको पार्टीलाई शान्ति प्रक्रियामा ल्याएर राजनीतिक दलमा स्थापित गराउन कांग्रेसको भूमिका छैन ? भन्दै प्रश्न गरे।

    उनले थपे, ‘भोलि दिनमा मुल्य चुकाउनुर्छ ? के मुुल्य चुकाउनुपर्छ ? म आग्रछ गर्छु, धेरै धम्काएर तर्सिने पार्टी होइन।’

  • कांग्रेसले अब कसरी मूल्य चुकाउनुपर्छ ? प्रचण्डको जवाफ- आउने चुनावमा थाहा पाउँछ (भिडिओ)

    कांग्रेसले अब कसरी मूल्य चुकाउनुपर्छ ? प्रचण्डको जवाफ- आउने चुनावमा थाहा पाउँछ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको अहिलेको गतिविधिको मूल्य आगामी निर्वाचनमा चुकाउनुपर्ने टिप्पणी गरेका छन् ।

    प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने बेलामा कांग्रेसले अवरोध गरेपछि यो गतिविधि महँगो पर्ने भन्दै इतिहासमा कलंकको रुपमा स्थापित हुने चेतावनी दिएका थिए ।

    प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा कांग्रेसले अब कस्तो मूल्य चुकाउनुपर्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले थपे, ‘अब आउने चुनावमा थाहा पाउनेछ ।’

    उनले आफूले १७ महिनामा चौथो पटक विश्वासको मत लिएको कुरा विश्वमै रेकर्ड बसेको जिकिर गर्दै आवश्यक परे १०–१२ पटक लिनुपरे पनि तयार रहेको बताए ।

  • कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत, पक्षमा १५७ सांसद (भिडिओ)

    कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत, पक्षमा १५७ सांसद (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् ।

    मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा १५७ र विपक्षमा शून्य मत पर्‍यो । मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुखले जानकारी गराए ।

    नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ ।

    सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा सभामुखले विश्वासको मतको प्रक्रिया अगाडि बढाएका थिए ।

    विश्वासको मत लिँदा पनि कांग्रेसले अवरोध गरिरहेपछि गतिविधि महँगो पर्ने चेतावनी दिँदै इतिहासको कलंकको रूपमा स्थापित हुने प्रधानमन्त्रीले बताएका थिए ।

  • कांग्रेसलाई प्रचण्डको चेतावनी- यो गतिविधि तपाईँहरूलाई महँगो पर्नेछ, इतिहासको कलंक हुनेछ (भिडिओ)

    कांग्रेसलाई प्रचण्डको चेतावनी- यो गतिविधि तपाईँहरूलाई महँगो पर्नेछ, इतिहासको कलंक हुनेछ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दल नेपाली कांग्रेसले गलत गरेको टिप्पणी गरेका छन्।

    प्रधानमन्त्रीले विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले नाराबाजी गरेपछि यो गतिविधि कांग्रेसलाई निकै महँगो पर्ने चेतावनी दिए।

    उनले भने, ‘जुन प्रधानमन्त्रीले तपाईँहरूलाई पटक पटक साथ दियो। अहिले पनि संवाद र सहकार्यमा ल्याउन प्रयास गरिरहेको छ। त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो। त्यो प्रति दुख व्यक्त गर्छु। त्यो कांग्रेसको लागि धेरै मूल्य चर्को पर्नेछ।’

    उनले कांग्रेसको आजको गतिविधि कलंकको रूपमा स्थापित हुने बताए।

  • कांग्रेसको नाराबाजीबीच विश्वासको मत माग्न प्रधानमन्त्री रोष्ट्रममा (भिडिओ)

    कांग्रेसको नाराबाजीबीच विश्वासको मत माग्न प्रधानमन्त्री रोष्ट्रममा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीको विश्वासको मत माग्ने प्रक्रिया सुरू भएको छ ।

    कांग्रेस सांसदहरूको अवरोधबीच प्रचण्ड रोष्ट्रममा निस्किएका छन् ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा प्रधानमन्त्री मर्यादापालकको कडा सुरक्षाबीच रोष्ट्रम पुगेका थिए । प्रचण्डले अहिले विश्वासको मतसम्बन्धी प्रस्तावसँगै सम्बोधन गरिरहेका छन् ।