Category: माओवादी केन्द्र

  • माओवादीमा मिसन ८४ बहस- गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गर्न दबाब

    माओवादीमा मिसन ८४ बहस- गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गर्न दबाब

    काठमाडौं । नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू सत्ता केन्द्रित हुँदा युवा नेताहरूले आगामी निर्वाचनमा एक्लै लड्ने योजनाका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सत्ता केन्द्रित हुँदा युवा नेताहरूले पार्टीलाई एक्लै चुनाव लड्नेगरी तयार गर्नुपर्ने दबाब बढाएका हुन् ।

    कहिले कांग्रेस त कहिले एमालेको काँध चढेर सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रको शक्ति निरन्तर ओरालो यात्रामा छ । प्रतिनिधिसभामा अहिले माओवादीका ३२ जनामात्रै सांसद छन् । ०६४ सालको निर्वाचनमा एक्लै लडेर माओवादीले ६०१ मध्ये २२९ सीट जितेर पहिलो दल बनेको थियो । त्यसयता माओवादीको निरन्तर ओरालो यात्रा छ । ०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा माओवादी पहिलोबाट तेस्रोमा हुत्तिएर ८० सीटमा रोकियो । त्यसपछि माओवादी एक्लै चुनाव लडेको छैन ।

    जनमत ओरालो लागेपछि प्रचण्डले आगामी निर्वाचनमा पनि एक्लै चुनावमा नजाने संकेत देखाइरहेको बेला आन्तरिकरूपमा एक्लै चुनाव लड्ने घोषणा गरेर जानुपर्ने दबाब बढ्न थालेको छ ।

    ०७४ सालमा एमालेसँग चुनावी तालमेल हुँदै पार्टी एकतासम्म पुगेको माओवादी ०७९ को निर्वाचनमा आइपुग्दा कांग्रेससँग मिल्न पुगेको थियो । तर, माओवादीले कांग्रेससँगको चुनावी गठबन्धन कम्फर्टेबल नभएको निष्कर्ष निकालेको छ । नेकपाको अभ्यास विफल भएपछि एमालेसँग पुन: सत्ता सहकार्य भएपनि यो लामो टिक्नेमा आशंका बढ्दो छ ।

    पार्टी सरकारमा भए पनि जनमत खुम्चदै गएको र एक्लै चुनाव लड्न नसक्ने अवस्थमा पुगिसकेको नेताहरू नै स्वीकार्छन् । कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन नगर्ने महासमिति बैठकबाट पारित गरेपछि माओवादीले एमालेसँग सहकार्य थालेको थियो ।

    चुनाव आउन अझै तीन वर्ष बाँकी भएपनि शक्ति परीक्षण गर्न भए पनि एक्लै चुनावमा जानुपर्ने मत अहिलेदेखि माओवादीमा धेरै छ । प्रचण्ड र नारायणकाजी सत्तामै लुटपुदिँदा एमाले, रवि लामिछाने नेतृत्वको रास्वपासहित अधिकांश दलहरू मिसन ०८४ को अभियानमा होमिएका छन् । तर, माओवादीलाई मिसन ०८४ को अभियानले छोएको छैन ।

    माओवादी चुनाव केन्द्रित मात्रै काम गर्ने पार्टी नभएकाले कुनै अभियान नथालेको केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद युवराज चौलागाईं बताउँछन् ।

    उनले भने, ‘चुनावबाहेक वैचारिक, राजनीतिक र समाज सेवाका कामहरू नियमित रुपमा हुने गरेका छन्। चुनाव नियमित प्रक्रिया भएकाले अरुले जस्तो मिसन ०८४ भनेर छुट्टै कार्यक्रम बनाएका छैनौं। बनाउँदैनौं पनि। हामी काम गरेर जनताको मन जित्ने हो ।’

    माओवादी आफ्नै खुट्टामा उभिएर यहाँसम्म आएको जिकिर गर्दै एक्लै चुनाव लड्नुपर्नेमा उनले जोड दिए ।

    नेता चौलागाईंले थपे, ‘परिस्थितिले कहिलेकाहीँ गठबन्धन बन्ने परिस्थिति पनि बन्यो । कुनै पनि दलहरूले गठबन्धन गर्दा एउटा दलले मात्रै निर्णय गर्ने होइन । यसअघिको गठबन्धन चुनावीमात्रै थिएन, आन्दोलनको मोर्चाबाट बनेको भएकाले चुनावपछि पनि केही समय रह्यो । गठबन्धनको मात्रै भरोसामा छैन । आफ्नै खुट्टामा टेकेर जानुपर्छ भन्नेमा छौं । तर, त्यतिबेलाको परिस्थितीले के माग गर्छ ? त्यही अनुसार पार्टी अगाडि बढ्छ ।’

    यो पनि पढ्नुहोस् : चुनावी गठबन्धन रणनीतिक हुन्छन्, अहिल्यै कसैसँग मिल्ने नमिल्ने माओवादीले घोषणा गर्दैन : देव गुरुङ

    केन्द्रदेखि सबै प्रदेशको सरकारमा माओवादी भएकाले जनसरोकारका काम गरेर निर्वाचनको आधार तयार पार्ने उनको भनाई छ ।

    उनले थपे, ‘सरकारमा बसेर काम गरेपछि जनताले स्वत हामीलाई अगाडि बढाउँछन् भन्ने हाम्रो विश्वास हो । निर्वाचन केन्द्रित गतिविधि गर्नु भनेको चाहिँ राजनीतिक फण्डामात्रै हो । पार्टीहरूले आफूले भनेको कामहरू इमान्दारीपूर्वक गर्‍यो भने निर्वाचन कुनैपनि बेला हुनसक्छ । कुनै पनि बेला पार्टीले उत्कृष्ट साविक गर्नेगरी तयार हुनुपर्छ ।’

    उनले आगामी निर्वाचनअघि माओवादी र एमाले बीच पार्टी एकता पनि हुनसक्ने औंल्याए ।

    नेता चौलागाईँले भने, ‘चुनावअघि पार्टी एकता हुनसक्छ । नभए हामी एक्लाएक्लै लड्छौं । तर, चुनावी गठबन्धन मात्रै हुने सम्भावना छैन । त्यसैले के हुन्छ अहिले भन्न सकिँदैन । एकता नभए एक्लै लड्नुपर्छ चुनाव जित्न सकिएन भने फेरि धुलो टकटक्याएर उठेर आउनुपर्छ ।’

    अर्का केन्द्रीय सदस्य रञ्जित तामाङले पनि विधान अधिवेशनपछि सबै आधारभूत कमिटीहरूको बैठक भेला र सम्मेलनको काम भइरहेको बताए ।

    उनले भने, ‘वडा र पालिका सम्मेलन गरिरहेका छौं । अहिले आ-आफ्नो क्षेत्रमा खटिएका छौं । संगठन सुदृढीकरण अभियान भनेर चलाइरहेका छौं । पार्टी पुनर्गठनको काम चलिरहेको छ ।’

    माओवादी कहिले एउटा चुनावमा एउटासँग अर्कोमा अर्कोसँग सहकार्य गर्दा आम जनता र कार्यकर्तामा पनि राम्रो छाप नभएको उनको बुझाइ छ ।

    नेता तामाङले थपे, ‘लोकतन्त्रमा पनि सुन्दर अभ्यास हुन सकेको छैन । माओवादी आफ्नै शक्तिमा उभिनुपर्छ भनेर लागेको छौं। त्यसको लागि विचार, एजेण्डा र मुद्दा मिल्नेहरूसँग सहकार्यको वातावरण बनानुपर्छ भनेर लागेका छौं ।’

    समाजवादी मोर्चालाई चुनावसम्म लगेर त्रिपक्षी प्रतिस्पर्धा हुनसक्ने उनको विश्लेषण छ ।

    तामाङ भन्छन्, ‘केही कार्यकर्ताले वाम गठबन्धन बनाएर पुरानै नेकपा ब्यूँताउनुपर्छ भनिराख्नुभएको छ । तर, धेरैले चाहिँ आफ्नै तयारी गर्नुपर्छ भनिराख्नुभएको छ । त्यो तयारी गर्नको लागि पार्टी जसरी लागेको छ त्यो पर्याप्त छैन भन्ने गुनासो आएको छ । दुई ठूला कम्युनिष्ट पार्टी मिलाउने ट्रायल असफल भयो । एजेण्डा र मुद्दा, नेतृत्वको कार्यशैली नमिल्दा, त्यसैले समाजवाद नै भन्नेहरूको सहकार्य कामकाजी हुन्छ कि भन्ने छ ।’

    नेकपा व्यूँतिने सम्भावना नरहेको भन्दै उनले भने, ‘दुवै नेतृत्वले समीक्षा गरेर चुनावी तालमेल हुनसक्छ । वाम गठबन्धन भएर भने समाजवादी मोर्चाको एउटा, प्रतिनिधिसभाको पहिलो र दोस्रो गरेर त्रिपक्षीय प्रतिस्पर्धा हुनसक्छ ।’

    युवाहरूले चुनावमा एक्लै जाने निर्णय गरेर जानुपर्ने पार्टी नेतृत्वमा दबाब बढाएपछि महासचिव देव गुरुङ त्यो घोषणा गर्न अहिले हतारो हुने बताउँछन् ।

    उनी भन्छन्, ‘चुनाव हुने भनेको २०८४ सालमा हो । अहिले बल्ल २०८१ त भएको छ । चुनाव त कार्यनीतिक विषय हो, २४ घण्टाभित्र उल्टापाल्टी जे पनि हुनसक्ने विषय हो । त्यसैले चुनावको बारेमा रणनीतिक ढंगले निर्णय हुन्छन् । सिद्धान्त, उद्देश्यसहित मेजर विषयमा चाहिँ दीर्घकालीन ढंगले कुराकानी हुन्छन् । त्यहीअनुसार पार्टीले कार्यदिशा तयार गरेर अगाडि बढ्छ ।’

    चुनाव, सरकार र सदनलगायतको विषयमा त २४ घण्टाभित्रै निर्णय फेरिनसक्ने उनको भनाइ छ ।

    गुरुङ थप्छन्, ‘चुनाव कार्यनीतिक विषय हुने भएकाले यस्ता विषयमा रणनीतिक ढंगले अहिले योसँग गठबन्धन गर्ने, योसँग नगर्ने भन्ने हुँदैन । त्यो त के हुन्छ, त्यही बेलामा नै निर्णय गर्ने हो नि ! कुनै उद्देश्य नहुनेहरूले मिसन ०८४ भनेका हुन्। कम्युनिष्ट पार्टीमा त्यस्तो हुँदैन ।’

    चुनाव कार्यनीतिक विषय भएकाले कहिले एक्लै कहिले संयुक्त लड्नुपर्ने परिस्थिति आउने उनको भनाइ छ ।

  • कांग्रेस र एमालेभित्रको विवाद पनि मैले नै समाधान गरिदिने गरी काम गरेको छु: प्रचण्ड (भिडिओ)

    कांग्रेस र एमालेभित्रको विवाद पनि मैले नै समाधान गरिदिने गरी काम गरेको छु: प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको आवश्यकताअनुसार सबै राजनीतिक प्रमुख दललाई आफूले संयोजन गरिराखेको बताएका छन् ।

    नेपाल बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेभित्रको समस्या पनि आफैंले समाधान गरिदिने गरी काम गरिरहेको बताए ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘मान्छेहरूले हेर्दा मलाई कहिले यता कहिले उता पनि भन्छन्, तर मैले पार्टी आन्दोलन र देशको आवश्यकताअनुसार सबै राजनीतिक प्रमुख दलहरूसँग सदनभित्र र बाहिर भएकाहरूलाई पनि संयोजन गरिराखेको छु । कहिलेकाहीँ मलाई लाग्छ, नेपाली कांग्रेस र एमालेलाई पनि संयोजन गर्ने, उहाँहरूभित्रको समस्या पनि मैले नै समाधान गरिदिनुपर्‍यो जस्तो गरी काम गर्नु परिराखेको छ । मैले गरिराखेको पनि छु ।’

    पार्टी विभाजनहरूको अप्ठेरा परिस्थितिहरू झेलेर फेरि पार्टी एकताको नयाँ प्रक्रिया हुँदै अझ एउटा बृहत एकतातिर गएको उनले बताए ।

    उनले भने, ‘शान्ति सम्झौताको हस्ताक्षरकर्ताको बीचमा अन्तिम टुंगो लगाउने कुराकानी भइरहेको छ । अहिले पनि देशमा समाजवादसहित सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा सुरू गर्न सकिने दृढताका साथ हिँडेको छु ।’

    प्रचण्डले पार्टीका नेता कार्यकर्ताहरूलाई गुटभन्दा पनि पार्टी निर्माणमा लाग्न आग्रह गरे ।

    उनले भने, ‘पार्टीमा कुनै खालको गुट बनाउने होइन, गुटले मान्छेलाई तलतल झार्छ, मान्छेको हैसियत आत्मसम्मान घट्दै जान्छ । पार्टी बनाउनतिर लाग्दा मान्छेको सम्मान बढ्छ । त्यसैले त्यतातिर केन्द्रित हुनुपर्छ ।’

  • नयाँ दलले पुरानालाई सम्मान गरेनन् : प्रधानमन्त्री (भिडिओ)

    नयाँ दलले पुरानालाई सम्मान गरेनन् : प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ राजनीतिक दलहरूले पुरानालाई सम्मान गर्न नसकेको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा नेपाल बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनमा उनले राजनीतिक दल र पार्टीहरु दशकौंको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरूले पुराना दललाई अपमान गरिरहेको आरोप लगाए ।

    पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलले राख्न जरुरी रहेको भन्दै नयाँ दलहरूले बोल्दा हेक्का राखेर बोल्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

    दाहालले भने, ‘नेपालमा केही पनि छैन, नेपालमा केही पनि हुँदैन, नेपालका पार्टी नेताहरू कोही पनि ठीक छैनन् । त्यसकारण नेपालमा बस्नु भन्दा बाहिर नै जानु ठीक छ भन्ने मनोविज्ञान वा मनोभावना वा त्यसलाई उत्प्रेरित गर्ने कोसिस भइरहेको छ । सच्चाइ त्यसको ठीक उल्टो छ । अहिले केही नयाँ नयाँ मानिसहरू हामी नयाँ, हामीले गर्छौं भन्ने ठाउँ दिएको पनि तीनै ठूला पार्टीहरुको त्याग, तपस्या र बलिदान हो । नयाँ आउनेलाई मैले आलोचना गर्न खोजेको होइन, पुराना पार्टीहरूले लामो संघर्ष, जेलनेल, यातना, भूमिगत यो सबै गरेर नलडेको भए लाकतान्त्रिक गणतन्त्र र ती नयाँ मान्छेहरु आउने वातावरण बन्न सम्भव थियो त ? बिल्कुल थिएन । उनीहरूले त पुरानाहरुलाई सम्मान गर्नुपर्ने, तपाईंहरुको त्याग र बलिदानको परिणाम हामी जस्ताले पनि अहिले अवसर पायौं भनेर प्रशंसा गर्नुपर्ने ठाउँमा आफूलाई जन्म दिने बाउआमालाई गाली गरेको जस्तै लाजमर्दो लाग्छ नि ! आमा बाउलाई, बुढाबुढीलाई त सम्मान पो गर्नुपर्छ । तीनलाई अपमान गर्ने प्रवृत्ति देखापर्न खोजेको छ, यो प्रतिकात्मक रूपमा मैले भनेको हुँ ।’

    प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्नेगरी काम गरिरहेको जिकिर गरे । जीवनको उत्तरार्द्धतिर पनि आफू जनयुद्धकालको भन्दा बढी खटेर काम गरिरहेको भन्दै उनले अहिलेको भन्दा जनयुद्धमा आफ्नो जीवन सरल रहेको बताए ।

  • प्रचण्ड, ओली र रवि लामिछानेबीच राजदूतमा भागबन्डा मिलेपछि आजै नियुक्तिको तयारी

    प्रचण्ड, ओली र रवि लामिछानेबीच राजदूतमा भागबन्डा मिलेपछि आजै नियुक्तिको तयारी

    काठमाडौं । सत्तारूढ तीन शीर्ष दलबीच रिक्त ११ देशको राजदूतमा भागबन्डा मिलेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच हिजो बसेको बैठकले राजदूतमा भागबण्डा मिलाएको हो।

    तीन दलका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार एमालेलाई ८, रास्वपालाई २ र माओवादीले १ देशको राजदूत पाउने सहमति बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    हिजो सहमति भएपछि आज बस्ने मन्त्रिपरिषद्को बैठकले आज राजदूत नियुक्ति गर्ने तयारी गरेको छ। त्यसका लागि ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ।

    सत्ता समीकरण फेरिएपछि कांग्रेस र जसपाको कोटाबाट नियुक्त भएका ११ देशका राजदूतलाई सरकारले जेठ २४ गते फिर्ता बोलाउने निर्णय गरेको थियो।

  • योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो: प्रधानमन्त्री (भिडिओ)

    योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो: प्रधानमन्त्री (भिडिओ)

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् ।

    विश्व योग दिवस २०२४ को अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे ।

    योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्‍याने बताए ।

    “शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो,” प्रधानमन्त्री प्रचण्डले भने “नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भइ कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्त हुनेजस्ता गुणको विकास हुन्छ ।”

    तनावमुक्त शान्त मन र रोगमुक्त स्वस्थ शरीर विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने बताउँदै प्रधानमन्त्रीले योग र ध्यानका अभ्यासहरूबाट व्यक्तिमा नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनःस्थापनाका लागि महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

    “नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावनायुक्त देश हो,” प्रधानमन्त्री प्रचण्डले भने, “तसर्थ, हामीले योगको विश्वव्यापीकरणमा जोड दिनुपर्दछ । यस दिशामा योजनाबद्ध पहल लिन योगका अभियन्ताहरू र योग गुरूहरूमा म हार्दिक अपील गर्दछु ।”

    योग नेपालको आम जीवनपद्धति एवं अमूल्य निधि भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपालले परिकल्पना गरेको योगमाया आयुर्वेद विश्वविद्यालयले भविष्यमा विश्वस्तरीय विश्वविद्यालयको रूपमा स्थापति हुने विश्वास व्यक्त गरे ।

  • प्रधानमन्त्रीलाई जीवन परियारको प्रश्न- जातीय छुवाछूत दलितको मात्रै समस्या हो ?

    प्रधानमन्त्रीलाई जीवन परियारको प्रश्न- जातीय छुवाछूत दलितको मात्रै समस्या हो ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सांसदले जातीय छुवाछूत र भेदभाव हटाउने योजना के छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा भाग लिदैँ नेपाली काँग्रेसका सहमहामन्त्री एवम् सांसद जीवन परियारले यो मुलुकबाट जातीय छुवाछूत र भेदभाव जस्तो कुप्रथा, कुसंस्कार र कुरीति हटाउने तपाइको योजना के छ भन्दै प्रश्न गरेका हुन् ।

    सदियौँदेखि जात व्यवस्थाका कारण मानिस–मानिसविच कलंकका रुपमा रहेको जातीय भेदभाव र छुवाछ्रूत आजको २१ औँ शाताब्दिसम्म पनि विद्यमान रहेको भन्दै सांसद परियारले प्रश्न गर्दै भने, ‘प्रधानमन्त्री ज्यू, यो देशका लाखौ दलित समुदायले अपमान, अपहेलना, तिरस्कार र मानव मर्यादाबाट कहिलेसम्म विमुख हुनुपर्ने हो ? के यही हो मानव अधिकार ? विश्वसामु हामिले कहिलेसम्म सिर निहुर्याउनुपर्ने हो ? के पटक–पटक राज्य सञ्चालनको चालक सिटमा बस्ने तपाइले माफी माग्नु पर्दैन ? के यि लाखौ अपमानित जनताको पीडाप्रति समवेदना पैदा हुदैँन ?’

    कांग्रेस सांसद परियारले नेपालबाट १०४ वर्षे राणा शासनको अन्त्य भएको ७४ वर्ष पुगेको, ३० वर्षे पञ्चायती व्यवस्था अन्त्य भएको ३५ वर्ष पुगेको, २४० वर्षे राजतन्त्र अन्त्य भएको १६ वर्ष पुगेको पनि स्मरण गराए ।

    यति मात्रै नभएर पुर्नस्थापित प्रतिनिधि सभा अर्थात जनताको सार्वभौम संसदबाट २०६३ जेठ २१ गते जातीय छुवाछू मुक्त राष्ट्र घोषणा भएको १८ वर्ष बितिसकेको एवम संविधान सभाबाट संविधान जारी भएको ९ वर्ष भएको पनि प्रधानमन्त्रीलाई स्मरण गराए । तर, संविधानको मौलिक हकको धारा २४ मा जातीय भेदभाव विरुद्दको हक र धारा ४० मा दलितको हकको व्यवस्था कार्यान्वयन किन नभएको भन्दै प्रश्न गरे ।

    परियारले प्रश्न गर्दै भने, ‘प्रधानमन्त्री ज्यू, संविधानको धारा २४ र धारा ४० को हक आजसम्म किन कार्यान्वयन हुन सकेन ? धारा ४० मा भएको व्यवस्था सम्बन्धी ऐन कहिलेसम्म बन्छ ? साथै यो देशबाट जातीय छुवाछूत र भेदभाव जस्तो कुप्रथा, कुसंस्कार र कुरीति हटाउन तपाइको योजना के छ ? अब यो समस्या हटाउन कस्तो रणनीति तय गर्नुहुन्छ ? कार्यक्रम के–के ल्याउने तयारी गर्नुभएको छ ? के यो समस्या दलित समुदायको मात्रै समस्या हो वा यो देशको समस्या हो ? अर्थात आम नेपालीको समस्या हो ? सम्माननीय प्रधानमन्त्री ज्यूको स्पष्ट जवाफ चाहान्छु ।’

    जवाफ दिदैँ प्रधानमन्त्री प्रचण्डले सांसद परियारले गम्भिर विषय उठान गरेको भन्दै नेपाली समाजमा सदियौदेखि जातीय विभेद भोग्दै आएका दलित समुदायको संविधान प्रद्धत अधिकार प्राप्ति सुनिश्चितताको विषय निकै गम्भिर रहेको बताए । उनले यस विषयमा संसद, सरकार, राजनीतिक दल, नागरिक समाज सबै नै सम्वेदनशिल हुन जरुरी रहेकोमा जोड दिए ।

    प्रधानमन्त्री प्रचण्डले दलित समुदायमाथी हुदैँ आएको उत्पीडतको क्षेतिपूर्तिको माग एकदमै जायज भएको भन्दै आर्थिक शसक्तिकरण मार्फत दलित समुदायको सम्मानपूर्ण जीवनयापन सुनिश्चित गर्न नसकिए मुलुकले लिएको सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य वा राष्ट्रिय आकाक्षा ‘सुखि नेपाली समृद्ध नेपाल’ पुरा हुन नसक्ने बताए । त्यसैले जातीय विभेदको समुल अन्त्य गर्न संविधानको धारा ४० को मौलिक हक कार्यान्वयनका लागि सरकार गम्भिर र सम्वेदनशिल रहेको उनले जानकारी गराए ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारको तर्फबाट जातीय विभेद तथा अन्य छुवाछ्रत र भेदभाव (कसूर र सजाय) २०६८ लाई समयानुकूल परिमार्जनका लागि तयारी भइरहेको छ । दलित समुदायको संविधान प्रद्धत अधिकारको प्रत्याभूति गर्न दलितको सशक्तिकरण कार्य गर्ने संरचनालाई एकिकृत गरी दलित उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरणको संस्थागत विकास गर्ने प्रक्रिया छिट्टै सुरु गरिदैँछ ।

    सरकारले दलित समुदायका उल्लेखित अधिकार प्राप्तिका लागि रैथाने परम्परागत सीप, ज्ञान तथा पेशाको आधूनिकिकरण गरी रोजगारी सृजना र जिविकोपार्जन कार्यक्रम सञ्चालन गर्न सिल्पी उद्यमशिलता कार्यक्रम, प्राविधिक धारतर्फको उच्च शिक्षामा दलित समुदायको पहुँचका लागि छात्रवृतिको व्यवस्था समेत बजेटमार्फत सुनिश्चित गरेको जानकारी गराउँदछु ।’

    जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले जेठ १० गतेदेखि जेठ २१ गतेसम्म ११ दिने जातीय छुवाछूत विरुद्ध राष्ट्रिय अभिया सञ्चालन गर्ने विषयमा छलफल भइरहेको पनि जानकारी गराए । उनले भने, ‘जातीय विभेद तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन व्यवस्थापिका संसदबाट पारित भएको दिन जेठ १० गतेदेखि छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ गतेसम्म ११ दिने जातीय छुवाछूत विरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जानकारी गराउँदछु ।’

  • ३ करोडभन्दा साना आयोजनामा बजेट विनियोजन भएको छैन, प्रदेश र स्थानीय तहले नै हेर्छ : प्रधानमन्त्री (भिडिओ)

    ३ करोडभन्दा साना आयोजनामा बजेट विनियोजन भएको छैन, प्रदेश र स्थानीय तहले नै हेर्छ : प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन करोड भन्दा साना आयोजना प्रदेश र स्थानीय सरकारबाटै कार्यान्वयन गर्ने बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा एमाले सांसद ठाकुर गैह्रेले आफ्नो भनाइको विपरीत गएर तीन करोडभन्दा साना रकमको आयोजना किन मन्त्रालयले छुट्याए भन्ने प्रश्नमा उनले भने साना आयोजना संघीय सरकारले नहेर्ने बताए।

    उनले भने, ‘सरकारले वार्षिक बजेट ल्याउँदा व्यवहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहमा दोहोरोपन हुन नदिने, ठूला आयोजना संघबाट कार्यान्वयन गर्ने। मझौला प्रदेशबाट साना स्थानीय तहबाट कार्यान्वयन गर्ने विषयमा सरकार स्पष्ट र दृढ छ।’

    वित्तीय हस्तान्तरण अन्तर्गत सर्शत अनुदान तर्फका कतिपय आयोजना सम्पन्न गर्ने कार्यका लागि केही कार्यक्रममा रकम कम देखिए पनि तीन करोडभन्दा कम रकम विनियोजन भएका आयोजनाहरूलाई प्रदेश तथा स्थानीय तहबाटै कार्यान्वयन गर्ने गरी अगाडि बढाइने बताए।

  • कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ- सदनमा आउन डरायो भनेको सुन्दा नमिठो लाग्यो (भिडिओ)

    कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ- सदनमा आउन डरायो भनेको सुन्दा नमिठो लाग्यो (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आफू सदनबाट नभागेको जवाफ दिएका छन्।

    केही दिनअघि प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणबारे सदनलाई जानकारी नगराएको भन्दै कांग्रेसले प्रधानमन्त्री सदनबाट भागेको आरोप लगाएको थियो।

    आज प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणको बारेमा सदनले बुझ्न खोज्नुलाई आफूले स्वभाविक नै ठानेको बताए।

    उनले भने, तर, ‘मलाई एक दुईवटा शब्दले भने छोएको थियो। केही माननीयहरूले किन डराएको प्रधानमन्त्री सदन आउन भन्या जस्तो शब्द पनि प्रयोग गरेको मैले सुनेँ। कतिपयले यसलाई अन्य रूपमा व्याख्या गरेको सुन्दा नमिठो त लाग्यो तर पनि सदनमा जानकारी लिन खोजी गर्नु स्वभाविक नै ठान्छु। एक छिन अघि त जुन माननीय सदस्यहरूले प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी राख्न खोज्नुभएको थियो अहिले जवाफ दिन उपस्थित हुँदा उहाँहरू नै हुनुहुन्न भन्ने लागेको थियो। अहिले आउनुभएछ।’

    कांग्रेसले मात्रै नभएर सत्ता समीकरणको सबैभन्दा ठूलो घटक नेकपा एमालेका सांसदहरूले पनि प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा सदनमा जवाफ माग गरेका थिए।

  • सुदूरपश्चिम माओवादीमा दलको नेता फेर्न फेरि गृहकार्य, बालुवाटार पुगेका ११ सांसदलाई प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’

    सुदूरपश्चिम माओवादीमा दलको नेता फेर्न फेरि गृहकार्य, बालुवाटार पुगेका ११ सांसदलाई प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’

    कैलाली । सुदूरपश्चिम प्रदेशमा फेरि माओवादी संसदीय दलको नेता फेरिने भएको छ । आज माओवादीका ११ सांसदहरूलाई प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल दलको नेता परिवर्तन गर्न निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब तीन घण्टा यस विषयमा छलफल भएको छ । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री पठाउने बेला संसदीय दलको नेता मानबहादुर धामीले एकलौटी गरेको भन्दै पाँच सांसदले मुख्यमन्त्री दीर्घ सोडारीलाई मन्त्री नियुक्तिमा निवेदन नै हालेर विरोध जनाएका थिए ।

    तर, ओमविक्रम भाट सरल, अक्कल रावल र लक्ष्मी विक नियुक्त भए । आज पनि ती विषयमा छलफल भएको एक सांसदले बताए । उनकाअनुसार प्रधानमन्त्रीले आफूले मन्त्री पठाउने विषयमा निर्देशन नदिएको बताएका थिए ।

    ‘सरकारमा सहभागी हुँदा प्रधानमन्त्रीबाट नाम आएको भन्दै हिँड्नुभएको थियो तर, अहिले त्यो कुरा पनि प्रस्ट भयो’, बैठकमा सहभागी एक सांसदले भने, ‘पार्टी अध्यक्षको निर्देशनविना सरकारमा सहभागी गराइएको आज प्रस्ट भयो ।’

    बिहान ९ः३० देखि १२ः३० बजेसम्म भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले तत्काल दलको बैठक राखेर संसदीय दलको नेता परिवर्तन गर्न निर्देशन दिएको स्रोतले बतायो ।

    अहिलेका संसदीय दलका नेता मानबहादुर धामीले आफूसँग बहुमत रहेको र बहुमतको आधारमा विधिअनुसार संसदीय दलको नेता भएको बताएका थिए । जवाफमा प्रचण्डले खगराज भट्टको पक्षमा पनि पाँच सांसद रहेको, सभामुखलाई निष्पक्ष हुँदा दुबै पक्षमा बराबर रहेको र तत्काल भट्टलाई नै दलको नेता बनाउनुपर्ने बताएका थिए ।

    तीन घण्टासम्म भएको छलफलमा सभामुखसहित सुदूरपश्चिम प्रदेशका सबै माओवादी सांसद, पार्टी इन्चार्ज गिरीराजमणि पोखरेल, सह इन्चार्ज विना मगर र पार्टी प्रदेश अध्यक्ष हरिराम चौधरी ‘उत्सव’ सहभागी थिए । उनीहरूकै अगाडि प्रचण्डले दलको नेता परिवर्तन गर्नुपर्ने बताए ।

    मन्त्रीहरू भर्खरै सरकारमा सहभागी भएको हुँदा अहिले मन्त्रीलाई फिर्ता नबोलाउने तर, दलको नेता परिवर्तन गर्ने निर्देशन दिएको बैठकमा सहभागी अर्का सांसदले नेपाल प्रेसलाई बताए ।

    संसदीय दलका नेता खगराज भट्टलाई माघ २२ गते बहुमतको आधारमा संसदीय दलको नेताबाट हटाइए मानबहादुर धामीलाई जिम्मेवारी दिइएको थियो । त्यो बेला सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।

    धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५-५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् ।

    धामी पक्षमा एक सांसदले पनि प्रधानमन्त्रीसँग छलफल भएको तर, तत्काल संसदीय दलको नेता परिवर्तनको सम्भावना नरहेको बताउँछन् ।

    ‘छलफल भएको हो । मानबहादुर धामीलाई कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको हो । दलको बैठक राख्ने कुरा भएको छ । उक्त बैठकमा धामीकै बहुमत भए दलको नेता परिवर्तन हुँदैन’, धामी पक्षमा सांसदले भने ।

  • विप्लव भन्छन्- प्रचण्डलाई ५ वर्ष ढुक्कसँग सरकार चलाउन दिनुपर्छ (भिडिओ)

    विप्लव भन्छन्- प्रचण्डलाई ५ वर्ष ढुक्कसँग सरकार चलाउन दिनुपर्छ (भिडिओ)

    काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री प्रचण्डलाई पाँच वर्ष ढुक्कसँग सरकार चलाउन दिनुपर्ने बताएका छन् । बेपत्ता योद्धा परिवार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै अहिले प्रचण्डलाई सरकार आजै जान्छ भोलि जान्छ भन्ने चिन्ताले काम गर्न नसकेको बताए ।

    उनले भने, ‘हिंसा र युद्धको स्रोत भनेको पूँजीवादी सत्ता हो । हाम्रो टाउकोमा जवरजस्त थोपरिन खोजिँदैछ । हामी ०८४ को चुनावमा जान्छौं भन्दा पनि हल्ला छ । अब हामी युद्ध चाहँदैनौं । तर, आजको बेपत्ता र सहिद परिवारको स्थिति हेर्दा सबै कुरा बन्दूकको बलमा अशक्तलाई लादेको छ । आजको सत्तामा जनताको स्वीकार्यता छैन । कसैको पनि समर्थन छैन । यो सत्ता चल्छ भन्नेमा मान्छेलाई विश्वास छैन । यसले नेपाली जनताको स्वाधीनतालाई बोक्न सक्छ भन्ने विश्वास छैन । तर, बोल्न दिइँदैन त्यो जनमतलाई स्वीकारिँदैन । नभए जनमत संग्रह गरौं ।’

    उनले आफूले पाँच वर्ष सत्ता माओवादीलाई चलाउन दिनुपर्ने सुरूदेखि नै भन्दै आएको बताए ।

    उनले थपे, ‘मैले प्रचण्ड कमरेडलाई सुझाव दिएको थिएँ कि ५ वर्ष कांग्रेसले चलाओस् । कि त हामीलाई देओस् । अहिले पनि प्रचण्डजीलाई ५ वर्ष स्टेटेजी बनाएर चलाउनुस् भनेर दियो भने सायद राम्रो चल्छ । उहाँलाई त अहिले कुर्सी बचाउनमै ठिक्क छ । आजै जान्छ भोलि जान्छ भन्न थालिसके । बजेट अनन्तजीले ल्याउनुभयो सबै कुरा पर्याप्त हुँदैन तर आफ्नै पार्टी पनि ठीक छैन भनेको छ अर्कोले पनि त्यही भनेको छ । मन्त्रीले पनि होइन भनेको छ यो बजेट कसको त त्यसो भए ?’

  • तेस्रो कार्यकालमा सुशासन, सामाजिक न्याय र समृद्धिको नेतृत्व गरिरहेको छु : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    तेस्रो कार्यकालमा सुशासन, सामाजिक न्याय र समृद्धिको नेतृत्व गरिरहेको छु : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको तेश्रो कार्यकालमा आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको नेतृत्व गरिरहेको बताएका छन् ।

    सोमबार चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दोश्रो कार्यकालमा संविधान कार्यान्वयनको मौका पाएको भन्दै तेश्रो कार्यकालमा आफुले सुशासन, सामाजिक न्याय र समृद्धिको नेतृत्व गरिरहेको बताएका हुन् ।

    उनले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै कर्ममा समर्पित हुन आग्रह समेत गरे । उत्पादन, उत्पादकत्व वृद्धि र देशभित्रै रोजगारीका नयाँ–नयाँ अवसरहरूको सिर्जना गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि र सूचना–प्रविधिको क्षेत्रलाई सर्वाधिक महत्व दिएको स्पष्ट पारे ।

    उनले यस वर्ष उत्पादकत्व वृद्धि र रोजगार प्रवर्द्धन गर्ने कार्यक्रम र सूचना–प्रविधिमा स्टार्टअप कार्यक्रमका निम्ति पर्याप्त बजेटको बिनियोजन गरिएको जानकारी दिए ।

    सूचना प्रविधिको युग हुनुका कारण विश्वका अवसर र चुनौतीबारे जान्ने, बुझ्ने र सोहीअनुरूप आफ्नो भविष्यको योजना निर्माण हुनु स्वाभाविक भएको बताउँदै उनले राष्ट्रियता, देशभक्तिपूर्ण भावना, भावी पुस्ताको भविष्य र मातृभूमिको हितबारे सोच्नैपर्ने धारणा राखे ।

    प्रधानमन्त्री प्रचण्डले विकसित देशका उदाहरण र अनुभवहरूबाट सिकेर देशको विकास र समृद्धिलाई नयाँ उचाइमा पु¥याउन सकिने विश्वास व्यक्त गरे ।

     

  • आफ्नो पहिचानको निम्ति रास्वपाका मन्त्रीहरूले राजीनामा पत्र गोजीमा छ भन्नुभएको होला : प्रधानमन्त्री

    आफ्नो पहिचानको निम्ति रास्वपाका मन्त्रीहरूले राजीनामा पत्र गोजीमा छ भन्नुभएको होला : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोजीमा राजीनामा पत्र बोकेर हिँड्नु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिचान भएको टिप्पणी गरेका छन्।

    भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजीनामाको विषय आफ्नो पहिचानको लागि उठाएको हुनसक्ने बताए।

    उनले भने, ‘यो त रविजीले सुरुमै भन्नुहुन्थ्यो नि ! हामी त्यस्ता हौं भनेर। त्यो चाहिँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला। तर मैले बुझेकोमा त्यस्तो केही छैन।’

    शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आफूहरूले खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताउँदै सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्नुपर्ने ठाउँमा पुगेको बताएका थिए।

  • बजेटमा ओलीको असन्तुष्टिबारे प्रचण्ड- विरोधजस्तो मात्रै गर्नुभएको हो

    बजेटमा ओलीको असन्तुष्टिबारे प्रचण्ड- विरोधजस्तो मात्रै गर्नुभएको हो

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बजेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधजस्तो मात्रै गरेको तर्क गरेका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नीति तथा कार्यक्रम र बजेट राष्ट्र र जनताको पक्षमा आएको बताए ।

    प्रचण्डले भने, ‘नीति कार्यक्रम र बजेट जनता र राष्ट्रको पक्षमा आएको छ । यो प्रतिनिधिसभाबाट पारित पनि हुन्छ । सुशासन, सामाजिक न्याय र समृद्धिको क्षेत्रमा पनि सकारात्मक पहलहरू अगाडि आएका छन् । यो सन्तोषजनक छ ।’

    उनले आफूले विगतमा भनेजस्तो राष्ट्र र जनताको अपेक्षाअनुसार नभएको उल्लेख गर्दै अझै गति दिन आवश्यक रहेको बताए ।

    उनले ओलीको बजेटमाथिको असन्तुष्टिबारे उनले भने, ‘विरोधजस्तो मात्रै गर्नुभएको छ । साँच्चै गर्नुभएको छैन । उथलपुथल गर्ने बेला भएको छैन । यो जान्छ । राम्रैसँग जान्छ । बाहिर कतिपय सन्दर्भमा आउने हल्लाहरूमा सत्यता छैन । यो समीकरण राम्रै जान्छ ।’

    उनले नयाँ समीकरण बनेपछिको सय दिन समग्रमा सन्तोषजनक भएको जिकिर गरे ।

  • सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री

    सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहँदै आएको बताएका छन् ।

    इस्लाम धर्मालम्बीको ठूलो पर्व बकर इद (उल–अजहा) को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर इदलगायत पर्व कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएका बताए ।

    प्रधानमन्त्री दाहालले हरेक चाडपर्वको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने उल्लेख गर्दै मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएका बताए ।

    उनले आपसी सद्भावको चाडको रूपमा मनाइने यस पर्वले सबै नेपालीबीच सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

    प्रधानमन्त्री दाहालले यसपर्वले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने आशा गरेका छन् ।

    उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे ।

  • बागमतीमा माओवादी नै सरकारको निर्णयविरूद्व उत्रियो, बजेट भाषण सारियो

    बागमतीमा माओवादी नै सरकारको निर्णयविरूद्व उत्रियो, बजेट भाषण सारियो

    हेटौंडा । बागमती प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण सुरु हुन लाग्दा प्रदेशसभा अगाडि प्रदर्शन भएको छ । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ विज्ञन प्रतिष्ठानमा गाभ्ने प्रदेश सरकारको निर्णयविरुद्ध मकवानपुरका ११ वटा राजनीतिक दलले प्रदर्शन गरेका हुन् ।

    सरकारको निर्णयविरुद्ध सत्तारुढ माओवादी केन्द्रसहित एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस , राप्रपा, राप्रपा नेपाल, नेकपा, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीेले विरोध गरेका हुन् ।

    सरकारले हिजो शुक्रबार अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णय गरेको थियो । प्रदर्शनपछि आज ४ बजेको लागि तय भएको बजेट भाषण साँझ ६ बजेको लागि सरेको छ ।

  • पार्टीभित्र मनोनयन प्रणाली अन्त्य गर्छौं : प्रधानमन्त्री प्रचण्ड

    पार्टीभित्र मनोनयन प्रणाली अन्त्य गर्छौं : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(माओवादी केन्द्र) को विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने बताएका छन् ।

    अनेरास्ववियू (क्रान्तिकारी)को चौथो पूर्ण बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागू गरिने बताए ।

    ‘विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ ।’ उनले नेपालका कम्युनिस्टहरू एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै उहाँले एकीकृत पार्टीको नेतृत्व आफू नेतृत्वको पार्टीले गर्न सक्नुपर्ने बताए ।

    ‘हामी कमजोर छैनौँ, पार्टीको जनमत बढ्दैछ । पार्टी क्रमशः बलियो हुँदै गएको छ’, अध्यक्ष प्रचण्डले भने, ‘हामी एकताबद्ध हुँदा धेरै कुरा जित्न सकिन्छ, त्यसैले उच्च मनोबलका साथ जनतासँग एकाकार भएर काम गर्नु हाम्रो जिम्मेवारी हो ।’

    पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रस्तुति निकै शक्तिशाली भएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय मञ्चहरूबाट नेपालले विश्वलाई शक्तिशाली सन्देश दिएको बताए ।

    माओवादी निर्णायक शक्ति भएर अगाडि बढिरहेको उल्लेख गर्दै उनले भने, ‘कतिलाई लाग्छ– माओवादीले आफ्नो स्वतन्त्र अस्तित्व गुमाउँछ कि ! तर यथार्थ त्यस्तो हुँदैन, हेर्दै जानुहोला– माओवादी नै निर्णायक हुन्छ । हामी नै राजनीतिको केन्द्रमा रहन्छौँ ।’

    आज पनि विचार र राजनीतिमा माओवादी श्रेष्ठ रहेको बताउँदै माओवादी अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वप्रति जनताको भरोसा छ भने । उनले थप भने, ‘माओवादीलाई अपदस्त गर्न सकिन्छ, घेरा हाल्न सकिन्छ भन्ने लागेको होला, त्यो सम्भव छैन । अहिले पनि नेतृत्व हाम्रो नै छ ।’

    सामाजिक सञ्जालमा धेरैखालका सामग्री आउने र त्यसमध्ये कतिपय भ्रामक हुने गरेको उल्लेख गर्दै तथ्यमा आधारित भएर उच्च मनोवलका साथ काम गर्न निर्देशन दिए । उनले भने, ‘तथ्यगत रूपमा हामी नै देशको नेतृत्वमा छौँ ।’

    उनले उच्च मनोवलका साथ एकताबद्ध भएर अगाडि बढेमा आगामी निर्वाचनमा अखिल (क्रान्तिकारी) पहिलो हुने विश्वास व्यक्त गरे ।

  • सांसदबाट हटाउने माओवादीको निर्णयविरुद्ध फणीन्द्र अदालत जाने (भिडिओ)

    सांसदबाट हटाउने माओवादीको निर्णयविरुद्ध फणीन्द्र अदालत जाने (भिडिओ)

    पोखरा । नेकपा माओवादी केन्द्रले गरेको कारबाहीविरुद्धविरुद्ध फणीन्द्र देवकोटा अदालत जाने भएका छन् । माओवादीको कारबाहीपछि देवकोटाले पत्रकार सम्मेलन गर्दै कारबाहीविरुद्ध अदालत जाने बताएका हुन् । माओवादीको कारबाही असंवैधानिक र गैरकानुनी भएको भन्दै कानुनी लडाइँ लड्ने उनको भनाइ छ ।

    गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका फणीन्द्र देवकोटा नेकपा माओवादी केन्द्रले गरेको कारबाहीको पत्र प्रदेशसभालाई पठाएको थियो । कारबाही गरेको पत्र सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभाबाट पढेर सुनाएसँगै देवकोटा पदमुक्त भएका छन् ।

    मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बनेका छन् । उनले जेठ २८ मा माओवादीको ह्वीपविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । त्यसपछि माओवादीले उनलाई स्पष्टीकरण सोधेको थियो ।

  • फ्लोर क्रस गर्ने देवकोटालाई माओवादीले गर्‍यो कारबाही, सभामुखले पढेर सुनाएसँगै भए पदमुक्त (भिडिओ)

    फ्लोर क्रस गर्ने देवकोटालाई माओवादीले गर्‍यो कारबाही, सभामुखले पढेर सुनाएसँगै भए पदमुक्त (भिडिओ)

    पोखरा । गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका फणीन्द्र देवकोटा नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ ।

    माओवादी संसदीय दलको ह्वीपविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटालाई माओवादीले कारबाही गरेको हो ।

    कारबाही गरेको पत्र सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभाबाट पढेर सुनाएसँगै देवकोटा पदमुक्त भएका हुन् ।

    मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् ।

    उनले जेठ २८ मा माओवादीको ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । त्यसपछि माओवादीले उनलाई स्पष्टीकरण सोधेको थियो ।

  • सीमा समस्या समाधान गर्न मोदीसँग गम्भीर रूपले कुरा गरेको छु : प्रधानमन्त्री प्रचण्ड

    सीमा समस्या समाधान गर्न मोदीसँग गम्भीर रूपले कुरा गरेको छु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको सीमा विवादको समस्या समाधान गर्नको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले छलफल गरेको बताएका छन् । हेटौंडा सवस्टेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वार्ता र संवादमार्फत् सीमाको समस्या समाधान गर्ने उनले सुनाए ।

    दाहालले भने, ‘भारतका प्रधानमन्त्रीसँग पञ्चेश्वरलगायत अन्य जलविद्युत आयोजनासँग सम्बन्धित कयौं महत्वपूर्ण छलफल गरेको छु । मैले सीमाको समस्या समाधान गर्न, व्यापारको विषयमा दुई पक्षकै मेकानिजमलाई सक्रिय बनाएर वार्ता र संवादमार्फत् समस्या समाधान गर्न गम्भीर रूपले राखेको छ ।’

    प्रधानमन्त्रीले भारतको बाटो भएर बंगलादेशमा विद्युत निर्यातको प्रक्रिया समेत अघि बढिसकेको बताए ।

  • प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- सदनबाट डराएर भाग्न खोज्नुभएको हो ? (भिडिओ)

    प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- सदनबाट डराएर भाग्न खोज्नुभएको हो ? (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी नगराएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले सदनलाई बिर्सेको भन्दै प्रधानमन्त्रीको आलोचना गरे ।

    उनले भने, ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको पनि एक साता भइसकेको छ । प्रतिपक्ष दल धैर्यतापूर्वक कुरेर बसेका थियौं भारतको भ्रमणबारे सदनमा आएर जानकारी गराउनुहोला भने र। पाँच दिनसम्म यहाँ आउन सक्नुभएन ।’

    उनले प्रधानमन्त्री देश बाहिर गएको कुरा अखबारबाट थाहा पाउनुपर्ने दुर्भाग्य भएको बताए । प्रधानमन्त्रीले सदनको न्यूनतम गरिमा नराखेको उनले सदनदेखि डराएर भाग्न खोजेको आरोप लगाए ।

  • माओवादी केन्द्रीय पदाधिकारी बैठक चलिरहेको बेला पेरिसडाँडामा विद्यार्थी नेता कार्यकर्ताको खबरदारी

    माओवादी केन्द्रीय पदाधिकारी बैठक चलिरहेको बेला पेरिसडाँडामा विद्यार्थी नेता कार्यकर्ताको खबरदारी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को पदाधिकारी बैठक माओवादी पार्टीको मुख्यालय पेरिसडाडामा सुरु भइरहँदा बाहिर भने विद्यार्थीले प्रर्दशन गरेका छन् ।

    लामो समयदेखि संगठनको सम्मेलन हुन नसकेको भन्दै सम्मेलनको सुनिश्चिता गर्न र विद्यार्थी संगठनमा ३२ वर्षे उमेरहद कायम गर्न भन्दै संगठनको पदाधिकारी बैठक चलिरहँदा बाहिर सोहि संगठनका विद्यार्थीले प्रर्दशन गरेका हुन् ।

    लामो समयदेखि नियमित आवधिक सम्मेलन नभइरहेको अवस्थामा अहिले पनि विभिन्न बहानामा सम्मेलन टार्न खोजिएको र २३ औँ राष्ट्रिय सम्मेलनको सुनिश्चित हुनुपर्ने मागसहित आफुहरुले प्रदर्शन गरेको नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले नेपाल प्रेससँग बताए ।

    उनका अनुसार आफूहरुका मुख्यगरी चार वटा माग रहेको र त्यसमा पनि असोज अघि नै विद्यार्थी संगठनको २३ औँ राष्ट्रिय सम्मेलनको मिति शुक्रबार बस्ने केन्द्रीय समितिले तय गर्नुपर्ने र सम्मेलनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयन गर्नुपर्ने रहेको छ ।

    साथै लामो समयदेखि गैर विद्यार्थीले विद्यार्थी संगठनको नेतृत्व गरिरहेकाले ३२ वर्षे उमेर हदबन्दी लगाएर विद्यार्थी संगठनको नेतृत्व विद्यार्थीले नै गर्नुपर्ने सुनिश्चिता गर्नका लागि शुक्रबारको बैठकमा एजेण्डा हुनुपर्ने सभापति ढुंगेलले बताए ।

    प्रदर्शनका क्रममा ढुंगेलले भने, ‘यो विद्यार्थीको संगठन हो । विद्यार्थीलाई बुझाउने हो र विद्यार्थीलाई काम गर्न दिने हो । विद्यार्थीको संगठनमा गैर विद्यार्थीको कुरा सुनेर धारण बनाउने हैन । फेरि पनि भन्दै छौं, अखिल (क्रान्तिकारी) कसैको राजनीतिक सेटलमेन्टको थलो हैन । कसैले मैले यति गरे उति गरे मेरो भाग खै भन्ने हो भने पार्टी तिर लड्न जानुस् । वाईसीएलको जस्तो संरचनाको परिकल्पना विद्यार्थी संगठनमा गरेर हुँदैन । प्रष्ट कुरा दायाँ बायाँ छैन ३२ वर्षे उमेर हदसहित प्रत्यक्ष चुनावको विधिद्वारा असोजसम्म राष्ट्रिय सम्मेलन गरौ र संगठनलाई निकास दिउँ । केन्द्रीय पदाधिकारीलाई अन्तिम अपील, तपाईहरुले यो संगठनमा फेरि यो त्यो बहानामा महिनौ सम्मेलन लम्ब्याउने र संगठनको गतिरोध अन्त्य नगर्ने हो भने तपाई पनि यो गल्तीको जिम्मेवारी लिन तयार हुनुहोला । भोलिका दिन वास्तविक विद्यार्थीले यो कुराको हिसाबकिताब राख्ने छन् ।’

    संगठनको पदाधिकारी बैठक बसिरहेको पार्टी कार्यालय अगाडि प्ले कार्डसहित विद्यार्थीले प्रदर्शन गरेपछि पार्टीको तर्फबाट जनवर्गीय संगठन हेर्ने जिम्मेवारी पाएका पार्टीका उपाध्यक्ष पम्फा भुसाल र फ्याक्सन इन्चार्ज हिमाल शर्माले उनीहरुका माग अनुसारका एजेण्डा शुक्रबारबारको बैठकमा पेश गर्ने प्रतिवद्धता जनाएपछि प्रदर्शन रोकेर विद्यार्थी फर्किएका थिए ।

    प्रर्दशनमा नेपाल ल क्याम्पसका स्ववियू सभापति ढुंगेल, अस्कल क्याम्पसका स्ववियू सभापति प्रेम जैशी र सानोठिमी क्याम्पसका स्ववियू सभापति रेशमलाल श्रेष्ठसँगै ति क्याम्पसका स्ववियु पदाधिकारी तथा सदस्य र काठमाडौं उपत्यकाका सबै क्याम्पसमा संगठनको नेतृत्व गरिरहेका अध्यक्ष, पदाधिकारी एवम सदस्य सहभागि भएका थिए ।

     

  • कानूनअनुसार समाजलाई मान्य हुनेगरी आए टिकटक लगायत कुनैपनि सञ्जालसँग आपत्ति छैन : मन्त्री शर्मा (भिडिओ)

    कानूनअनुसार समाजलाई मान्य हुनेगरी आए टिकटक लगायत कुनैपनि सञ्जालसँग आपत्ति छैन : मन्त्री शर्मा (भिडिओ)

    काठमडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानूनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरु नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छन् ।

    बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामग्रीहरु उत्पादन र प्रशारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताउँदै कानूनी रुपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको बताइन् ।

    नले सरकारले नेपाल टेलिकम लगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको बताइन् । उनले नियम कानूनको पालना गर्नेहरुले टिकट चलाउन नहुने बताइन् । उनले सामाजिक सञ्जाल समाजअनुकुल हुनेगरी प्रयोग गर्न आवश्यक रहेको बताइन् ।

    सामाजिक सञ्जाल सम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रीपरिषद्मा पेश गरिएको जानकारी दिँदै अब संसदीय समितिमा गइ व्यापक छलफल हुने विश्वास व्यक्त गरिन् । उनले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी भएको र अहिले सामाजिक सञ्जाल विधेयक संसदमँ दर्ता गर्ने प्रक्रियामा रहेको बताइन् ।

    मन्त्री शर्माले नेपालका कानूनहरु, नेपालको समाजको महत्व आफ्नै भएकाले सबैलाई मान्य हुनेगरी कुनैपनि सामाजिक सञ्जालहरु आउँछन् भने आपत्ति नरहेको बताउइन् । टिकटक नाममा समस्या नभइ कन्टेनमै समस्या रहेको भन्दै नेपालको नियम कानून र सोसल भ्याल्युलाई मानेर आउँदा र नेपालमा दर्ता भइ स्वनियमन कायम गरे सबै सामाजिक सञ्जाल चलाउन सकिने बतइन् ।

    मन्त्री शर्माले राजनीतिक रुपमा प्राप्त उपलब्धि र सामाजिक चेतनाको बीचमा अन्तरबिरोध भएको बताइन् । उनले राजनीतिक व्यवस्थाअनुरुपको सामाजिक चेतना कसरी निर्माण गर्ने ? भन्ने विषयमा राज्यको नेतृत्वदायी भुमिका हुन जरुरी रहेको बताइन् ।

    यस्तो छ मन्त्री शर्माको भनाइः

    टिकटकको विषय पनि उठाउनुभएको छ । यो विषय के हो भने हामीले टिकटक, क्याबिनटेबाट नै निर्णय गरेर हामीले बन्द गरेका हौँ । अहिले यो कानूनी रुपमा भन्ने हो भने बन्दकै अवस्थामा छ । हामीले बन्द त्यो बेलामा सामाजिक मूल्य मान्यता भन्दा धेरै बढी भएको थियो । त्यसकारण त्यसलाई बन्द गरेर गएका हौँ । अहिले पनि हाम्रो एनटिसी लगायतका ठूला सेवा प्रदायकबाट यो खुलिरहेको छैन ।

    तर पनि कसैले भिपिएन र साना इन्टरनेट सेवा प्रदायकबाट पनि भइरहेको छ । हामीले नियम कानून पालना गर्ने र गराउने ठाउँमा छौँ, हामीले प्रयोग गर्नु हुँदैन । कुनै आग्रह, पूर्वाग्रह भएर भन्दा पनि त्यसलाई पूर्वीय दर्शनमा अडिएको हाम्रो परिवार र समाज हो । त्यस कारणले हाम्रो समाजअनुकुल हुनेगरी प्रयोग गर्नुपर्छ । सामाजिक सञ्जाल सम्बन्धी हामी विधेयक क्याबिनेटमा गएको छ ।

    आउने मन्त्रीपरिषद्को बैठकमा सामाजिक सञ्जाल सम्बन्धी विधेयक छलफल हुन्छ । त्यो विधेयक समितिमा जान्छ र सम्भवतः संसदको समितिमा आइपुग्दासम्म हामी व्यापक छलफल हुनेछ । नेपाल सरकारको यि विषयमा कुनै कानून थिएन । हामीले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी ग¥यौँ । अहिले सामाजिक सञ्जाल विधेयक हामीले संसदमा दर्ता गर्ने प्रक्रियामा छौँ ।

    यो गर्दै गर्दा सबै विषयमा हामीले छलफल गर्नुपर्छ । नेपालका कानूनहरु, नेपालको समाजको महत्व आफ्नै छ । यो सबैलाई मान्य हुनेगरी कुनैपनि सामाजिक सञ्जालहरु आउँछन् भने टिकटक लगायत कसैसँग पनि आपत्ति छैन । टिकटक नाममा हाम्रो कुनै समस्या होइन । टिकटकले जुन कन्टेनहरु दिन्थ्यो, त्यो स्वनियमनको व्यवस्था थिएन, सबैले स्वनियमनको व्यवस्था गर्नुपर्छ भनेर सोचेका हौँ ।

    हामीले फेसबुक सञ्चालकहरुसँग भेटेका छौँ । उहाँहरुसँग हामीले उहाँहरुलाई नेपालको नियम कानून र सोसल भ्याल्युलाई सबैले मान्नुपर्छ भनेका छौँ । यहाँ दर्ता भएको हुनुपर्छ । अहिलेसम्म कुनैपनि सामाजिक सञ्जाल दर्ता भएको थिएन । दर्ता भएर राम्रोसँग चलाउनु पर्छ । हामीले कानूनी दायरामा ल्याउने प्रयत्न गरेका हौँ ।

  • प्रचण्ड-ओलीबीच सिंहदरबारमा भेटवार्ता

    प्रचण्ड-ओलीबीच सिंहदरबारमा भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । उनीहरुबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

    उनीहरुबीच करिब डेढ घण्टादेखि पछिल्लो घटना एवम् गण्डकीको फ्लोर क्रसलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

     

     

     

  • उच्च शिक्षा ऐन छिटो ल्याउन सांसद पौडेलको माग

    उच्च शिक्षा ऐन छिटो ल्याउन सांसद पौडेलको माग

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद एर्व पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन माग गरेका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताए ।

    उच्च शिक्षालाई विशिष्टिकृत गर्ने र अप्ठ्यारामा परेका सामुदायिक क्याम्पसहरूलाई मर्ज गरेर अगाडि बढाइयो भने उच्च शिक्षालाई सुधार्न सकिने सांसद पौडेलको भनाइ थियो । प्राविधिक शिक्षालाई श्रम र उत्पादनसँग जोडेर अघि बढाउने काममा ढिलाई नगर्न उनले ध्यानाकर्षण गराए । सांसद पौडेलले श्रम र सीपविनाको शिक्षाबाट देशले प्रगति गर्न नसक्ने उल्लेख गर्दै यस कुरामा ध्यान दिएर शैक्षिक क्षेत्रको विकासमा लाग्न पनि सरकारलाई सचेत गराए ।

    सांसद पौडेलले भने, ‘उच्च शिक्षा ऐन छिटो ल्याउन अनुरोध गर्दै उच्च शिक्षालाई विशिष्टिकृत गर्ने र अप्ठयारामा परेका सामुदायिक क्याम्पसहरूलाई मर्ज गरेर हुन्छ कि वा के गरेर हुन्छ ? सम्बन्धित विश्वविद्यालयमा गाभ्ने र एउटा सिष्टममा लैजाने कुरामा अगाडि बढाइयो भने उच्च शिक्षालाई सुधार्न सकिन्छ । अलिकति त्यतातिर ध्यान दिन म अनुरोध गर्न चाहन्छु । शिक्षालाई सीपसँग जोड्ने, सीपलाई श्रम र उत्पादनसँग जोडने काम गर्नु पर्छ । त्यसो नगर्ने हो भने खाली पढाइको आधारमा मात्रै शिक्षालाई अघि बढाइयो भने देशले प्रगति गर्न सक्दैन ।’

  • प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी गराउन एमाले सांसदले मागे रुलिङ (भिडिओ)

    प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी गराउन एमाले सांसदले मागे रुलिङ (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा सदनलाई जानकारी गराउन सभामुखको रुलिङ माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले आजै सदनलाई भ्रमणको बारेमा जानकारी गराउन माग गरे ।

    उनले भने, ‘भातरसँग सीमाको समस्या त्यतिकै छ, ईपीजीको प्रतिवेदन त्यतिकै छ, भारतसँग थाती रहेका समस्याहरू जस्ताको तस्तै छ । त्यसैबारे प्रधानमन्त्रीको भ्रमणको बिषयमा के कुराकानी भए सदनलाई जानकारी गराउन सभामुखबाट रुलिङ होस् ।’

    उनले बाहिर मिडियामा बोलेपछि प्रधानमन्त्रीले पहिलो बोल्ने ठाउँ सदन भएको बताए ।

  • प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

    प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट स्वदेश फिर्ता भएका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका थिए । नरेन्द्र मोदीको निमन्त्रणा मान्न भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फिर्ता भएका हुन् ।

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यबाहक प्रधानमन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलगायत मन्त्री, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायतले स्वागत गरेका छन् ।

    शपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

    दुई सरकार प्रमुखबीच भएकाे भेटमा नेपाल-भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।

    प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी भारत भ्रमणमा गएका थिए ।
  • ‘फ्लोर क्रस’ गर्नेमाथि आजैबाट कारबाही थाल्छौं : माओवादी

    ‘फ्लोर क्रस’ गर्नेमाथि आजैबाट कारबाही थाल्छौं : माओवादी

    पोखरा । नेकपा माओवादी केन्द्रले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका नेपाल समाजवादीका सांसद फणीन्द्र देवकोटामाथि कारबाही अगाडि बढाउने भएको छ । माओवादी गण्डकीका संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटामाथि कारबाहीको प्रक्रिया आजैदेखि सुरू हुने बताएका बताए ।

    माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेको देवकोटा माओवादी संसदीय दलमा रहेको र माओवादीको ह्वीप नमानेको भन्दै उनीमाथि पार्टीले कारबाही गर्ने नेता चुमानले प्रष्ट्याए । माओवादीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको थियो । तर, देवकोटाले ह्वीपविपरीत मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए ।

  • प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

    प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

    काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

    आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

    भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।

    प्रधानमन्त्री दाहाल आइतबार साँझ प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । उनी आइतबार नै भारतको नयाँदिल्ली प्रस्थान गरेका थिए ।

    प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

  • नयाँ दिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    नयाँ दिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    काठमाडौं । समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत गएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको प्रतिनिधिमण्डल नयाँ दिल्ली पुगेको छ ।

     

    प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका अधिकारीले स्वागत गरे ।

    प्रधानमन्त्री दाहालका साथमा स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन् ।

    प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।

    भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ ।

  • सांसद माधव सापकोटा भन्छन्- धेरै संघर्षबीच यहाँसम्म आइपुगेको हुँ

    सांसद माधव सापकोटा भन्छन्- धेरै संघर्षबीच यहाँसम्म आइपुगेको हुँ

    काठमाडौं । यो मेरो पहिलो संसदीय अनुभव हो । बाहिरबाट हेर्दा संसद्भित्र जे देखिन्छ संसदीय अभ्यासभित्र आउँदा हरेक विषयमा बाहिर देखेजस्तो नहुँदो रहेछ । बाहिरबाट हेर्दा सदनभित्र एक अर्कासँग झगडा गरेजस्तो देखिए पनि दल र सांसदबीच हार्दिकता र सौहार्दपूर्ण सम्बन्ध हुने रहेछ ।

    मेरो अनुभवमा संसद्मा समय र विषयको व्यवस्थापनमा निकै मेहनत गर्नुपर्दछ । थोरै समयमा धेरै कुरा प्रभावकारी र सशक्त ढङ्गले राख्नुपर्ने हुन्छ । अनुसन्धान तथा तथ्याङ्कको आधारमा संसद्भित्र बोल्दा आफ्नो समय बचाउन सकिन्छ । आफूले राखेको विषयवस्तुमा आकर्षण र रुचिकर पनि हुनुपर्छ । कहीँ न कहीँ एउटा विचारसँग हामी बाँधिएका छौँ । त्यो विचार–दर्शनमा रहेर आफ्ना तर्कहरू प्रस्तुत गर्नुपर्ने सांसदलाई बाध्यता हुन्छ ।

    मनमा लागेका कतिपय कुराहरू निर्धक्कसँग भन्न केही बन्धनहरू पनि हुन्छन् । सुरुका चरणहरूमा प्रतिनिधिसभाको बैठकभित्र छिरेपछि मलाई आफ्नो प्रस्तुति नै प्रभावकारी होला कि नहोला भनेर दबाब हुन्थ्यो । पछि बिस्तारै अभ्यस्त हुँदै गएपछि सहज अनुभव हुँदै गएको छ ।

    संसद्मा भूमिका निर्वाह गर्ने क्रममा केही चुनौती पनि सामना गर्नुपर्ने हुन्छ । म उमेरको हिसाबले युवा पनि भएँ । अनि उपस्थितिको हिसाबले पनि यो मेरो संसद्मा पहिलो पटकको अनुभूति हो । संसदीय अभ्यासभित्र पञ्चायतकालदेखि सांसद हुनुभएका पनि त्यहीँभित्र हुनुहुन्छ । सुरुका चरणमा नयाँ सांसदलाई गरिने सम्पर्क, सम्बन्ध र व्यवहारमा फरक हुने रहेछ ।

    अहिले संसद्मा आफ्नो प्रस्तुति प्रभावकारी रूपमा राख्न थालेपछि सम्पर्क, सम्बन्ध र व्यवहारमा फरक पाएँ । संसद्मा सक्रिय र प्रभावकारी रूपमा उपस्थिति हुँदा मात्रै समग्र सम्बन्धहरूको विस्तार हुँदै जाने रहेछ । सांसदको भूमिका प्रभावकारी हुन सकेन भने हामी आफैँ गुमनाम हुने रहेछौँ । तसर्थ संसदीय अभ्यासमा छिर्दा अवसर र चुनौती दुवै छन् ।

    मैले यो ठाउँसम्म आइपुग्दा राजनीतिमा धेरै सङ्घर्ष गर्नुपर्‍यो । बाल्यकालदेखि म राजनीतिमा होमिएँ । २०५० साल तिरको कुरा हो । मलाई त्यस बेला नेपाल कम्युनिष्ट पार्टी (माओवादी) निकट अखिल क्रान्तिकारीको विद्यार्थी सङ्गठनमा बसेर काम गर्न मन भयो । सङ्गठनमा बस्न खोज्दा अहिले नै उमेर पुगेको छैन भनेर विद्यार्थी सङ्गठनमा बस्न दिइएको थिएन । त्यसपछि म आफैँले आफ्नो उमेर समूह मिल्नेसँग बाल समूह बनाएको थिएँ । त्यसको एक वर्षपछि बाल सङ्गठनको व्यवस्था गर्ने भनेर निर्णय भयो । पछि मलाई उमेर पुगेपछि विद्यार्थी सङ्गठनमा लिइयो ।

    माओवादीको सशस्त्र युद्ध सुरु हुनुअघि म पढ्ने विद्यालयमा झडप भएर एक जना प्रहरीको मृत्यु भएको थियो । त्यसपछि त्यहाँ प्रहरी प्रशासनबाट ठूलो दमन भयो । त्यति बेला मलाई नेपाल प्रहरीले गिरफ्तार पनि गरेको थियो । सात दिनसम्म उँधो मुन्टो लगाएर बेस्सरी यातना दिइयो । प्रहरी देखेपछि यसै गरी पिट्छ भनेर डर लाग्थ्यो । मलाई प्रहरीले यातना दिन्छ कि भन्ने मात्रै त्रास हुन्थ्यो । २०५५ सालमा फेरि मलाई पक्राउ गर्न आएपछि म भागेको थिएँ । यसपछि स्वतः पार्टीमा भूमिगत भएर सक्रियरुपमा लागेको थिए । सिद्धान्त बुझेरभन्दा पनि मेरो परिवार पनि राजनीतिक पृष्ठभूमिको भएर राजनीतिमा लागेको थिएँ । त्यस बेला हाम्रो गाउँमा माहोल नै त्यस्तै थियो ।

    युद्धमा लाग्दा म दुई पटक गम्भीर प्रकृतिको घाइते नै भएको थिएँ । देब्रे कोखा र दाहिने खुट्टामा गोली लागेको थियो । झन्डै १० ठाउँमा लागेका गोलीका छर्राहरू अहिले पनि छन् । सानै उमेरमा भूमिगत आन्दोलनमा लागियो । पछि बिस्तारै विचार र राजनीति बुझ्दै गइयो । मैले एसएलसीसम्म पनि पढेको थिइन । शान्ति प्रक्रियामा आएपछि मैले आफ्नो औपचारिक अध्ययनलाई जोड दिएँ । त्यसपछि मात्रै एसएलसी दिएको हुँ ।

    संसदीय अभ्यासमा छिरेपछि मात्रै मैले स्नातकोत्तर तहको अध्ययन पूरा गरेँ । सँगसँगै अनुसन्धानको क्षेत्रलाई पनि अगाडि बढाएँ । अहिले पनि मलाई विभिन्न विषयमा लेखिएका पुस्तकहरू पढ्न मन पर्छ । आजको दिनसम्म पूर्णकालीन राजनीतिबाट विश्राम लिएको छैन ।

    कतिपय युवाले संसदीय अभ्यासमा छिर्नका लागि धेरै मिहेनत गर्नुपर्थ्यो । तर मेरो क्षेत्रमा भने माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, जो नाताले मेरो काका पनि हुनुहुन्छ, उहाँले नै नयाँ पुस्तालाई अगाडि ल्याउनुपर्छ भनेर टिकट हस्तान्तरण गर्नुभएको हो । म आफैँ सङ्घर्ष गरेर राजनीतिक कार्यकर्ताको रूपमा विकसित भएकै थिएँ । उहाँको पारिवारिक सदस्य भएकै कारण सांसदको टिकट पाएको भने होइन । राजनीतिमा मेरो पनि योगदान छ । तर उहाँको व्यक्तित्वले मलाई सहज गरायो ।

    संसदीय अभ्यासमा सुशासनका कुरा पनि छलफलका विषय बन्ने गरेको छ । सुशासन भन्ने बित्तिकै आर्थिक पारदर्शिताका कुराहरू स्वतः उठ्छन् । हामी जिम्मेवार हुने, व्यवस्था बदलेसँगै हामीले आफ्नो संस्कार बदल्ने, हाम्रा कार्यशैली बदल्ने कुराहरू संसदीय अभ्यासभित्र अपुग छन् भन्ने मलाई लाग्छ । मानिसको आदत भनेको त मानिसको आफ्नो निजी सत्ता हो । निजी सत्ता हत्तपत्त बदल्न गाह्रो हुन्छ । यसले एक हिसाबले पुस्तान्तरणको माग गर्दछ । त्यसैले हामीकहाँ सुसंस्कृत हुने, सुशासनलाई जोड दिने, समानतामुलक हुने, संस्कारयुक्त हुनेजस्ता कुराहरू समकालीन राजनीति र संसदीय अभ्यासभित्र कमै देखिन्छ । पछिल्लो चरणमा संसद्मा विधायिकीको काम भन्दा पनि राजनीति बढी हाबी भयो भन्ने मलाई लाग्छ । यो पक्षमा संसद्मा अझै घनीभूत बहस पैरवी गर्नुपर्ने खाँचो छ । यस्तो छलफल र संवाद कसैको छविमाथि हमलाका लागि र हिलो छ्याप्ने गरी प्रयोग गर्नुभन्दा राम्रो संस्कार स्थापनामा केन्द्रित हुनुपर्दछ ।

    सांसद माधव सापकोटाको परिचय

    माधव सापकोटा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का युवा नेता हुन। उनी २०७९ सालमा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । निर्वाचनमा उनले ३० हजार चार सय आठ मत प्राप्त गरी विजयी बनेका थिए । उनी २०५६ सालमा माओवादी केन्द्रको जिल्ला उपाध्यक्ष र २०५६ सालमा जिल्ला समिति अध्यक्ष तथा २०५७ साल पूर्वी पहाड क्षेत्रीय समन्वय समितिका संयोजक थिए ।

    प्रतिनिधिसभा सदस्य माधव सापकोटासँग राससका उप–समाचारदाता प्रगति ढकालले गरेको कुराकानीको सम्पादित अंश

  • प्रधानमन्त्री दाहाल भन्छन्- म पनि सहकारी पीडित हुँ (भिडिओ)

    प्रधानमन्त्री दाहाल भन्छन्- म पनि सहकारी पीडित हुँ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी प्राधिकरण स्थापना गर्ने घोषणा गरेका छन् ।

    सहकारी केन्द्र नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले विद्यमान संरचनाभित्रबाट सहकारीमा देखिएका समस्या समाधान गर्न नसकिने निष्कर्ष सुनाउँदै प्राधिकरण बनाएर अघि बढ्ने बताए । प्राधिकरण गठन प्रक्रिया केही समयभित्रै सुरू हुने उनको भनाइ छ । प्रधानमन्त्रीले आफू पनि सहकारी पीडित भएको बताए ।

    सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेर सहकारी समस्या समाधानका लागि विद्यमान संरचनाबाट सम्भव नहुने निष्कर्षमा पुगेपछि त्यससम्बन्धी बोर्ड, विभाग सबैलाई केन्द्रिकृत र एकीकृत गरेर प्राधिकरण बनाउने तयारी गरिएको प्रधानमन्त्रीले सुनाए । सहकारीलाई त्यसको मुलभूत सिद्धान्त, मूल्य, मान्यताभन्दा बाहिर गएर पूँजीवादी बैंकजस्तो बनाएर नाफा कमाउने र जनतालाई कुनै न कुनै तरिकाले भ्रमित गरेर शोषण गर्ने माध्यमजस्तो बनाईसकेपछि विकृति देखिएको उनको तर्क छ ।

    प्रधानमन्त्रीले भने, ‘सम्बन्धित मन्त्रालय, मन्त्री, मन्त्रालयका सचिवसमेतलाई राखेर अब यसलाई प्राधिकरण बनाएर सशक्त रूपले लैजानुको विकल्प छैन भन्ने ठाउँसम्म ल्याइपुर्‍याइएको छ । बोर्ड, विभाग सबैलाई केन्द्रिकृत र एकीकृत गरेर एउटा शक्तिशाली प्राधिकरण बनायो भने सहकारी आन्दोलनलाई रिभाईभ गर्न सकिन्छ । हाम्रै पार्टीसँग सम्बन्धित साथीहरू पनि जसले सहकारी खोलेर काम गर्न भनेर सुरू गरे । म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ मलाई । किनभने ती सहकारी खोल्ने साथीहरूले जस्तो मलाई अरुले सताएका छैनन् ।’

    प्रधानमन्त्री दाहालले पुँजीवादी विकृतिले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा अघि बढ्न नदिएको जिकिर पनि गरे ।

  • एमालेको सूचना प्रविधि र कार्यालय व्यवस्थापन अध्ययन गर्न माओवादी उपाध्यक्ष सापकोटा च्यासलमा

    एमालेको सूचना प्रविधि र कार्यालय व्यवस्थापन अध्ययन गर्न माओवादी उपाध्यक्ष सापकोटा च्यासलमा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं अग्नी सापकोटा च्यासलस्थित एमाले मुख्यालय पुगेका छन् ।

    एमालेको सूचना प्रविधि व्यवस्थापन तथा कार्यालय व्यवस्थापनबारेमा अध्ययन गर्न सापकोटा केही नेता लिएर च्यासल पुगेका हुन् । सापकोटालाई उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालय र आन्तरिक व्यवस्थापनको अनुभव सुनाएका थिए ।

    राजनीतिक दलहरूमा एमालेको कार्यालय, साथै सूचना प्रविधि व्यवस्थापन अब्बल र उदाहरणीय मानिन्छ ।

    राजनीतिक दलको आन्तरिक प्रशासन एवं व्यवस्थापनका बारेमा अध्ययनका लागि यसअघि रास्वपा पदाधिकारी तथा कर्मचारी पनि च्यासल पुगेका थिए ।

  • माओवादीविरूद्धका गतिविधिलाई रचनात्मक ढंगले कमजोर पार्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    माओवादीविरूद्धका गतिविधिलाई रचनात्मक ढंगले कमजोर पार्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादको आधार तयार पार्नको लागि माओवादीले सबै क्षेत्रबाट संघर्ष गर्ने नीति अख्तियार गरेको बताएका छन् । माओवादीनिकटको समाज कल्याण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीविरुद्धको गतिविधिहरूलाई रचनात्मक ढंगले कमजोर पार्ने गतिविधिमा लाग्न निर्देशन दिए ।

    उनले भने, ‘समाजवादको आधार तयार पार्नको लागि पार्टीले शान्तिपूर्ण प्रतिस्पर्धाबाट सरकार, सदन र सडकका सबै क्षेत्रबाट संघर्ष गर्ने नीति अख्तियार गर्दै आइरहेको छ । अतिवादी प्रवृत्तिबाट बच्दै सामाजिक क्षेत्रलाई राजनीतिक र समाजिक रुपान्तरण र समाजवादको लक्ष्यसँग जोड्ने प्रवृत्ति नै सही प्रवृत्ति हो ।’

    सरकारी संस्थाहरूलाई राज्यको प्राथमिकताको आधारमा नियमन निर्देशन र परिचालन गर्ने नीति लिनुपर्ने उनको भनाइ छ ।

    प्रचण्डले भने, ‘हाम्रो पार्टीले सबै कमिटीमा गैरसरकारी तथा सामाजिक संघ संस्थाहरूको विभाग गठन गर्नुपर्छ । यसले पार्टीको पुनर्गठन र रुपान्तरणको प्रक्रियामा समेत योगदान गर्छ । पार्टीविरुद्धको गतिविधिहरूलाई रचनात्मक ढंगले कमजोर पार्ने, पार्टीको पक्षमा जनमत निर्माण गर्ने र निर्मित जनमतलाई पार्टीमा संगठित गर्नुतिर लाग्नुपर्छ ।’

  • प्रदेश आवश्यक छैन भनेर जनताका कन्फ्युजन क्रिएट गर्ने काम भइरहेको छ : प्रधानमन्त्री (भिडिओ)

    प्रदेश आवश्यक छैन भनेर जनताका कन्फ्युजन क्रिएट गर्ने काम भइरहेको छ : प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरिरहेको बताएको बताएका छन्।

    बालुवाटारमा अन्तर प्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले संविधानलाई कमजोर पार्न चाहने प्रवृत्तिहरू प्रदेशलाई तारो बनाइरहेको टिप्पणी गरे।

    उनले भने, ‘यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र पछाडितिर लैजाने, इतिहासलाई, राजनीतिक घटनाक्रमलाई पछाडितिर धकेल्ने अर्को ट्रेन छ। यो संघीय लोकतान्त्रिक गणतन्त्र वा संविधान सभाबाट निर्मित संविधानलाई कमजोर पार्न चाहन्छ, उनीहरूको आक्रमणको तारो प्रदेश भएको छ।’

    प्रदेशको आवश्यकता छैन, बेकार खर्च मात्रै भन्ने खालको जनताका कन्फ्युजन क्रिएट गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको उनको भनाइ छ।

    उनले थपे, ‘हाम्रो कोशिस सकेसम्म प्रदेशलाई बलियो बनाएर स्थानीय तहलाई बलियो बनाएर र यो सिस्टम, यो कन्स्ट्रिच्युसन र यो सबै प्रक्रिया ठिक छ भनेर पुष्टि गर्ने हाम्रो जोड छ। यी दुई धारमा पेचिलो नै संघर्ष चलिरहेको छ।’

  • समाजवादी मोर्चालाई पार्टी एकतामा रुपान्तरण गर्ने गृहकार्य भइरहेको देव गुरुङको दावी

    समाजवादी मोर्चालाई पार्टी एकतामा रुपान्तरण गर्ने गृहकार्य भइरहेको देव गुरुङको दावी

    सुर्खेत । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले समाजवादी मोर्चामा आबद्ध दलहरुबीच पार्टी एकता संयोजन समिति गठनतर्फ गृहकार्य भइरहेको बताएका छन् ।

    शुक्रवार सुर्खेतमा पत्रकारसँग कुरा गर्दै महासचिव गुरुङले जसपा विभाजन भए पनि मोर्चामा फरक नपर्ने बताए ।

    गुरुङले भने–ढिलोचाँडो समाजावादी मोर्चाबाट पार्टी एकताको दिशामा हामी अघि बढ्छौं । पार्टी एकता संयोजन समिति बनाउनेतर्फ गृहकार्य भइरहेको छ । समाजवमादी मोर्चामा भएका घटकमात्र होइन बाबुराम भट्टराईजीको पार्टी विभाजित भएको छ । महेन्द्र राय यादवजीलगायत साथीहरु पार्टी एकताकै लागि तयार हुनुहुनछ । त्यसैले हामी समाजवादी मोर्चाबाट पार्टी उकताको दिशातर्फ एक स्टेप अघि बढ्ने सम्भावना छ ।

    समाजवादी मोर्चामा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जसपा र विप्लव नेतृत्वको नेकपा एस आबद्ध छन् ।