Category: माओवादी केन्द्र

  • प्रचण्डले बोलाए पदाधिकारी बैठक, राजीनामा दिने कि विश्वासको मतको सामना गर्ने ?

    प्रचण्डले बोलाए पदाधिकारी बैठक, राजीनामा दिने कि विश्वासको मतको सामना गर्ने ?

    काठमाडौं । कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएका छन् ।

    नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न विहान ९ बजे बालुवाटारमा पदाधिकारी बैठक बोलाइएको हो । कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भइसकेको अवस्थामा राजीनामा दिने कि विश्वासको मत लिने भन्नेबारेमा नै छलफल हुने बताइएको छ ।

    दुई ठूला दल मिलेपछि वैकल्पिक सरकार गठनको सम्भावना नरहेकाले राजीनामा दिएर राजनीतिक कदम चाल्न उपयुक्त हुने सुझाव केही नेताले दिएका छन् ।

    विकसित राजनीतिको बारेमा बैठकमा छलफलपछि प्रधानमन्त्रीले उपयुक्त कदम चाल्ने माओवादी केन्द्रका सचिव गणेश साहले बताए । राजीनामा दिएमा नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

    नत्र एमालेका मन्त्रीहरुले राजीनामा दिएर सरकारमाथिको समर्थन फिर्ता लिनुपर्नेछ । त्यसो गर्दा प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिन पाउने सुविधा संविधानले दिएको छ ।

    तर कांग्रेस र एमाले मिलेको अवस्थामा विश्वासको मत लिने प्रक्रियामा जानु राजनीतिक रुपमा सत्तालिप्सामात्र देखिने भएकाले प्रचण्डले त्यो बाटो नलिने अनुमान नेताहरुको छ ।

  • प्रचण्डको ब्रिफिङ- गठबन्धन जोगाउन हाम्रै समर्थनमा प्रधानमन्त्री बन्नुस् भन्दा ओलीजीले मान्नुभएन

    प्रचण्डको ब्रिफिङ- गठबन्धन जोगाउन हाम्रै समर्थनमा प्रधानमन्त्री बन्नुस् भन्दा ओलीजीले मान्नुभएन

    काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच मिलेर सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री प्रचण्ड पार्टीका नेताहरुसँग आन्तरिक छलफल जुटेका छन्।

    हिजोको भेटमा ओलीलाई आफूले प्रधानमन्त्री बन्ने भए यही गठबन्धनबाट बन्नुस् भन्दा नमानेको पार्टीका नेताहरुसँग ब्रिफिङ गरेका हुन्।

    प्रचण्डको भनाइ उदृत गर्दै सचिव दिनानाथ शर्माले भने, ‘ओलीजीलाई यही गठबन्धनबाट अध्यक्षले प्रधानमन्त्री आफैं हुनुस् भन्नुभएको थियो। हाम्रै समर्थनमा बन्नुस् भन्दा म कांग्रेससँग मिलेर जान्छु भन्नुभयो।’

    हिजो बेलुकासम्म ओलीले प्रधानमन्त्रीलाई गठबन्धन टुट्दैन भन्नेमा विश्वास दिलाएर फर्केको उनले सुनाए।

    ‘ओलीलाई प्रधानमन्त्री दिएर भएपनि जोेगाउनुपर्छ भन्नमा हुनुहुन्थ्यो। ओलीजीले राति १२ बजे सहमति गर्नुभयो। यो राजनीतिक अस्थिरता बढाउने खेल हो’ सचिव शर्माले भने।

  • लगानी सम्मेलनले नेपालमा विदेशी लगानीको उपयुक्त आधार रहेको सन्देश प्रवाह गरेको छ : अर्थमन्त्री पुन

    लगानी सम्मेलनले नेपालमा विदेशी लगानीको उपयुक्त आधार रहेको सन्देश प्रवाह गरेको छ : अर्थमन्त्री पुन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनले विदेशी लगानीको लागि उपयुक्त आधार रहेको सन्देश प्रवाह गरेको बताएका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकको प्रश्नोत्तरमा अर्थमन्त्री पुनले लगानी सम्मेलनका कारण निजी क्षेत्रको मनोबल बृद्धि भएको र सम्भावित विदेशी लगानीकर्ताहरूसँग प्रत्यक्ष भेटघाट भएको भन्दै यसले लगानीको लागि उपयुक्त आधार रहेको सन्देश गएको बताएका हुन् ।

    लगानी सम्मेलनको सन्दर्भमा लगानी सहजीकरणका लागि कानून संशोधन भएको, इनभेष्टमेन्ट गाइड तथा सेक्टोरल प्रोफाइलहरु तयार भएको उनले बताए । उनले संविधानमा भएका व्यवस्था अनुसार नै संसदको सुझावलाइ समेटेर बजेट तयार गरिएको जानकारी दिए ।

    मन्त्रालयगत बजेट बिनियोजनको आधार पनि प्रचलित व्यवस्था र मापदण्डलाई टेकेर नै निर्धारण गरिएको उनले बताए ।

     

  • प्रचण्ड-ओली भेटपछि प्रधानमन्त्रीको सचिवालयले भन्यो-  कांग्रेस र एमाले मिल्ने बजार हल्लामात्रै

    प्रचण्ड-ओली भेटपछि प्रधानमन्त्रीको सचिवालयले भन्यो- कांग्रेस र एमाले मिल्ने बजार हल्लामात्रै

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग मिलेर सरकार बनाउने भन्दै बाहिर चलेको हल्लामा कुनै सत्यता नभएको बताएका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई नेताहरुबीचको भेटमा ओलीले अहिले समीकरणमा कुनै समस्या नआउने भन्दै प्रचण्डलाई आवश्वस्त रहने आग्रह गरेका हुन् ।

    भेटमा दुई शीर्ष नेताहरुले नयाँ गठबन्धनका बारेमा कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको प्रधानमन्त्रीका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

    छलफलपछि प्रचण्ड-ओलीको भेटको निष्कर्ष सुनाउँदै मल्लले नेपाल प्रेससँग भने, ‘हामीहरुबीच केही कन्फ्युजन छैन । कांग्रेस-एमाले मिलेर सरकार बनाउने भन्ने विषय बजार हल्लामात्रै हुन् । हामी सरकारको काम र साझेदार दलहरुबीचको सम्बन्ध सुदृढ बनाउनेबारे छलफल गरिरहेका छौं । बाहिर अर्को हल्ला छ ।’

    उनले सरकार राम्रो ढंगले अगाडि बढेको र यसकै निरन्तरताको पक्षमा रहेको बताए ।

    शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर तीन घण्टा छलफल गरेपछि माओवादी सशंकित छ । सो भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेका थिए ।

    कांग्रेसको प्रस्तावमा ओली सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बनेको छ । कांग्रेसको यो प्रस्तावपछि आइतबारमात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए ।

    ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ । कांग्रेस सभापति देउवाले आजै पार्टीको पदाधिकारी बैठक राखेका छन् । ओली र देउवाको भेटपछि कांग्रेस र एमाले मिलेर सरकार बनाउनेबारे गृहकार्य अघि बढेको आँकलन छ । त्यसो त प्रचण्ड पनि कांग्रेससँग निरन्तर संवादमा रहेको बताइन्छ ।

  • बालुवाटारबाट बाहिरिए ओली, प्रचण्डसँग ‘वान टु वान’ वार्तामा के भयो कुराकानी ?

    बालुवाटारबाट बाहिरिए ओली, प्रचण्डसँग ‘वान टु वान’ वार्तामा के भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ । करिब चार घण्टा लामो वान टु वानपछि ओली केहीबेरअघि बालुवाटारबाट बाहिरिएका हुन्।

    दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीकी स्वकीय गंगा दाहालले जनाएकी छन् ।

    शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर तीन घण्टा छलफल गरेपछि माओवादी सशंकित छ । सो भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेका छन् ।

    यो पनि पढ्नुहोस् – ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव, नयाँ समीकरणका लागि गृहकार्य तीव्र 

    कांग्रेसको प्रस्तावमा ओली सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बनेको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्वीकार्न तयार देखिएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच तीनपटकसम्म भएको बैठक निष्कर्षउन्मुख रहेको स्रोतले दाबी गर्‍यो ।

    कांग्रेसको यो प्रस्तावपछि आइतबारमात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए । ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ ।

    कांग्रेस सभापति देउवाले आजै पार्टीको पदाधिकारी बैठक राखेका छन् । ओली र देउवाको भेटपछि कांग्रेस र एमाले मिलेर सरकार बनाउनेबारे गृहकार्य अघि बढेको आँकलन छ ।

  • सदनमा माओवादीको जिकिर- देउवा र ओली भेट्दैमा समीकरणमा उलटफेर हुँदैन (भिडिओ)

    सदनमा माओवादीको जिकिर- देउवा र ओली भेट्दैमा समीकरणमा उलटफेर हुँदैन (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरुबीच भेट हुँदैमा सत्ता गठबन्धनमा उलटफेर नआउने बताएका छन् ।

    प्रतिनिधिसभा बैठकमा माओवादीका तर्फबाट विशेष समयमा बोल्दै शीर्ष नेताहरुबीच भेट हुनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

    उनले भने, ‘दुई दिनको राजनीतिक घटनाक्रमलाई हामीले नजिकबाट नियाल्यौं भने अहिले सिंगो राजनीति तरंगित भएको छ । अनौपचारिक संवाद हुँदा, समाचारहरू अध्ययन गर्दा सिंगो राजनीति तरंगित हुनेजस्तो । सत्तापक्ष र प्रतिपक्ष दलका नेताका बीचमा संवाद हुनेबित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर चर्चा भएको छ । तर, दुई जना नेता बस्दैमा पूरै सत्ता गठबन्धन उलटफेर हुने नयाँ परिस्थिती हुने भन्दै चाँडै निष्कर्ष पुग्ने परिपाटीले स्थिरताको मानसिकता दिँदैन। यसबारे घटनाक्रम हेर्दा पनि सत्यता भएजस्तो लाग्दैन ।’

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटले नेपालको राजनीति तरंगित भएको छ । ओलीले देउवासँग भेटेपछि सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रमा ठूलो आशंका पैदा गरेको छ। अहिले पनि प्रचण्ड र ओलीबीच छलफल जारी छ ।

    तर, सांसद सापकोटाले जुनसुकै दलका शीर्ष तहको बैठकमा देशको राष्ट्रिय मुद्दाले प्राथमिकता पाउनुपर्ने बताए ।

  • बालुवाटारमा ३ घण्टादेखि प्रचण्ड-ओली छलफलमा

    बालुवाटारमा ३ घण्टादेखि प्रचण्ड-ओली छलफलमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तीन घण्टा लामो समयदेखि छलफल जारी छ । दुई नेता वान टु वान छलफलमा बसेका छन् ।

    ओलीसँगको भेटको बीचमा प्रधानमन्त्री बालुवाटारमै आयोजित एक कार्यक्रममा सहभागी भएर फेरि ओलीसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सचिवालयले दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल भएको जनाएको छ ।

    शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि अहिले शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ ।

    आइतबारमात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए । ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ ।

    कांग्रेस सभापति देउवाले आजै पार्टीको पदाधिकारी बैठक राखेका छन् । ओली र देउवाको भेटपछि कांग्रेस र एमाले मिलेर सरकार बनाउनेबारे गृहकार्य अघि बढेको आँकलन छ । त्यसो त प्रधानमन्त्री प्रचण्ड पनि कांग्रेससँग निरन्तर संवादमा रहेको बताइन्छ ।

  • संक्रमणकालीन न्याय निरूपणका असहमति टुंग्याउन तीन दलको सहजीकरण कार्यदल गठन

    संक्रमणकालीन न्याय निरूपणका असहमति टुंग्याउन तीन दलको सहजीकरण कार्यदल गठन

    काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा नमिलेका विषयलाई टुंगो लगाउन प्रमुख तीन दलका शीर्ष नेताको बैठकले सहजीकरण कार्यदल गठन गरेको छ ।

    गत शुक्रवार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलपछि सो सहमति भएको थियो ।

    आइतबार बेलुका तीनै दलले सहजीकरणका लागि एक एक जनाको नाम दिएपछि अब यसले छलफल थाल्ने भएको छ । सहजीकरण कार्यदलमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य छन् ।

    कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका बुँदामा छलफल गरी साझा धारणा बनाउन कार्यदलका सदस्य एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

  • दस्तावेजमा प्रचण्ड अस्थिर भन्नुभएको छ, हामी एउटै पार्टी बनाउने प्रयासमा छौं : प्रचण्ड

    दस्तावेजमा प्रचण्ड अस्थिर भन्नुभएको छ, हामी एउटै पार्टी बनाउने प्रयासमा छौं : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र माओवादी सुरुआतदेखि नै एउटै मोर्चामा बसेर एउटै पार्टी बनाउने प्रयास गरिरहेको बताएका छन् ।

    नेकपा एसका महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै यो महाधिवेशनले एकताको दिशामा ठोस निर्णय गर्ने अपेक्षा गरे ।

    उनले भने, ‘तपाईंहरुको दस्तावेजमा प्रचण्ड अस्थिर भन्नुभएको छ । तपाईंलाई त्यो भन्ने अधिकारमा प्रश्न उठाउँदिनँ । शान्ति प्रक्रियापछि समृद्धिको नयाँ अभियान प्रचण्ड अस्थिर नभएको भए अहिले हामी यहाँ आइपुग्दैन थियौं ।’

    उनले सबै कम्युनिष्टहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

  • संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल हुनै छोड्यो : पूर्वसभामुख सापकोटा (भिडिओ)

    संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल हुनै छोड्यो : पूर्वसभामुख सापकोटा (भिडिओ)

    काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल केन्द्रित नभइ प्रतिक्रियामा उत्रिएको बताएका छन् ।

    आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले संसदमा भएका प्रतिक्रियात्मक टिप्पणीकै कारण अराजकताका समस्याहरु देखा परिरहेको बताए । उनले नेपालमा वैचारिक रिक्तता देखा परेको बताए । उनले विश्वभर नै बिरोधाभाष र अराजकता मौलाइरहेको बताए । उनले सांसदहरुले समाजवादी बाटोमा अघि बढ्नुपर्ने पनि बताए ।

    पूर्वसभामुख सापकोटाले संसदमाको गरिमा बढाउन सबै सांसदहरुले जिम्मेवारी वहन गर्नुपर्ने बताए ।

     

     

  • प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबार पुगे ओली

    प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबार पुगे ओली

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न सिंहदरबार पुगेका छन् ।

    शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको वार्ताले माओवादी पंक्ति तरंगित छ । प्रधानमन्त्रीले माओवादी नेताहरूसँग समेत ओली र देउवाबीचको छलफलबारे विश्लेषण गरेका थिए । आज बिहान प्रचण्डले ओलीलाई टेलिफोन गरेर हिजोको बालकोट भेटबारेसमेत चासो राखेको बताइएको छ ।

    ओलीसँग टेलिफोन वार्तामा तय भएअनुसार दुई नेताबीच भेटघाट भएको हो ।

  • सर्वोच्चको आदेशले फर्किएका फणीन्द्रले लिए मन्त्रीको शपथ

    सर्वोच्चको आदेशले फर्किएका फणीन्द्रले लिए मन्त्रीको शपथ

    पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा पद तथा गोपनीयताको शपथ लिएका छन् । दोस्रोपटक मन्त्री बनेका देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् । उनले पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    यसअघि बिहीबार नै मन्त्री नियुक्त गर्ने तयारी थियो । तर, सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाएसँगै रोकिएको थियो ।

    गत जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका फणीन्द्र भोलिपल्टै मन्त्री बनेका थिए । तर, पार्टीको ह्वीप नमानेको भन्दै जेठ ३२ मा माओवादीले फणीन्द्रलाई कारबाही गरेको थियो । कारबाहीपछि फणीन्द्र सर्वोच्च अदालत पुगेका थिए ।

    सर्वोच्चले सोमबार कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै उनलाई प्रदेशसभा प्रवेश गर्ने बाटो खुलेको थियो ।

  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच टेलिफोन संवाद, दुई नेता भेट्दै

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच टेलिफोन संवाद, दुई नेता भेट्दै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोनमा संवाद भएको छ ।

    विहान प्रधानमन्त्रीले अध्यक्ष ओलीसँग टेलिफोनमा कुराकानी गरेपछि दुई नेताबीच भेट तय भएको छ । केहीबेरमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    शनिवार कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको वार्ताले माओवादी पंक्ति तरंगित भएको छ । प्रधानमन्त्रीले माओवादी नेताहरुसँग समेत ओली र देउवाबीचको छलफलबारे बिश्लेषण गरेका छन् ।

  • दोष अर्काको थाप्लोमा हालेर आफूलाई दूधले नुहाएको देखाउने प्रवृत्तिले कम्युनिष्ट एकता हुँदैन: प्रचण्ड (भिडिओ)

    दोष अर्काको थाप्लोमा हालेर आफूलाई दूधले नुहाएको देखाउने प्रवृत्तिले कम्युनिष्ट एकता हुँदैन: प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुष्पलालमा केन्द्रित भएर कम्युनिष्ट एकता गर्नसके दिगो हुने बताएका छन् । पुष्पलाल जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले २०७४ सालमा एमालेसँग एकता गरेर कम्युनिष्टहरुलाई एकजुट बनाउने प्रयास गरे पनि सफल नभएको बताए ।

    उनले भने, ‘अहिले पछिल्लो चोटी माओवादी आन्दोलनमा विभाजन भयो । किनकि सबैभन्दा बढी अगाडि बढेको आन्दोलन थियो । जसरी पुष्पलाल अगाडि बढेर पार्टी बनाउनुभयो, तर घेराबन्दी त्यही सुरु भयो । सबैभन्दा पहिला त्यस्तो हुनु स्वाभाविक हो ।’

    प्रधानमन्त्री प्रचण्डले अहिले राष्ट्र र जनताको पक्षमा राम्रो नियतका साथ समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

    दोष जति सबै अर्काको थाप्लोमा हाल्दिने, तर आफू चाहिँ दूधले नुहाएको जस्तो प्रवृत्ति देखाउनाले कम्युनिष्टहरु एकताबद्ध हुन नसकेको उनको तर्क थियो । उनले कम्युनिष्टहरुको पक्षमा दुई तिहाइ जनमत बनाउन नेतृत्व गर्नेभित्रमा आफू रहेको बताए ।

  • दुई बलिया छिमेकी देश प्रतिस्पर्धा गर्छन्, हामी बीचमा पस्न हुँदैन : ओली (भिडिओ)

    दुई बलिया छिमेकी देश प्रतिस्पर्धा गर्छन्, हामी बीचमा पस्न हुँदैन : ओली (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने खोज्ने एमालेलाई ध्वस्त बनाउने प्रयास भइरहेको बताएका छन्।

    मदन भण्डारी फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय र गैर राष्ट्रिय शक्तिबीच प्रतिस्पर्धाको राजनीति चलिरहेको बताए।

    उनले भने, ‘अहिले हामी राष्ट्रिय शक्तिलाई निर्णायक ठाउँमा पुर्‍याउने अवस्थामा पुगेका छौँ। हामी शक्ति सन्तुलनको स्थिति सधैँ यस्तै रहन सक्दैन। जबजले दक्षिणपन्थी शक्तिहरूलाई अगाडि जाने भन्दा राष्ट्रिय शक्तिलाई अगाडि बढाउने कुरामा सहज बनाउँछ। त्यसैले हामीले जबज भनेका हौं।’

    उनले हाम्रो दुईतिर भिन्न-भिन्न राजनीतिक, आर्थिक सामाजिक सांस्कृतिक फरक प्रणालीका बलिया देश रहेको उल्लेख गरे।

    उनले भने, ‘ठूला र बलिया देशका प्रतिस्पर्धाका बीचमा हामी पस्नै हुँदैन। अरूको प्रतिस्पर्धाको बीचमा। बलियाले प्रतिस्पर्धा गर्छन्। ग्लोबल कम्पिटिसनको म्याराथनमा हामी छैनौँ। हामी इकोनोमिक डेभलप्मेन्टको म्याराथनमा पनि छैनौँ। तर हामीलाई निर्विवाद शान्ति चाहिन्छ। कसैको प्रतिस्पर्धाले हामीलाई घच्चपच्च हुनुभएन। अरूको टकराबको झिल्काले हाम्रो घर डढ्नुभएन नि। हाम्रो छानामा ती झिल्का आउनुभएन। यहाँनेर हामी भूराजनीतिलाई हेर्छौँ। भूराजनीति हाम्रो देशको राष्ट्रिय स्वार्थ कमजोर बनाउन होइन, आन्तरिक रूपमा हामी बेतुकको बहसमा अल्झिन चाहँदैनौँ।’

  • बाबुरामले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र, बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठनको माग (भिडिओ)

    बाबुरामले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र, बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठनको माग (भिडिओ)

    काठमाडौं । नेपाल समाजवादी पार्टीले बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

    शुक्रवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका हुन् ।

    ज्ञापन पत्रमा बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचना खारेज गर्न माग गरिएको छ ।

    अधिकार र साधन स्रोत सम्पन्न बुढीगण्डकी करिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न माग गरिएको पूर्वप्रधानमन्त्री डा. भट्टराईले जानकारी दिए। त्यस्तै प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका कामहरु तिब्रताका साथ अगाडि बढाउन माग गरिएको छ । आयोजना प्रभावित नागरिकहरुका जायज मागहरुलाई पनि यथाशिघ्र सम्बोधन गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

    सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. भट्टराईले भने ‘अहिलेजस्तो विद्युत प्राधिकरण अन्तर्गत एउटा सहायक कम्पनीबाट यो बन्न सक्दैन । त्यो भनेको नबनाउने कुरा हो । आलटाल गर्दै गएर यो अब बन्न सकेन भनेर जुन चलखेलका आशंका हिजोदेखि भएका थिए, त्यसलाई बल पुर्‍याउनेगरी यसलाई तुहाउने अथवा बनाइहालियो भनेपनि सानो जलविद्युत आयोजनाको रुपमा बनाउने । त्यतातिर जाँदैछ भन्ने हामीलाई लाग्छ, त्यसो भएको हुनाले गम्भीरतापूर्वक यो विषय उठाएका छौँ । उहाँहरुले चाहेमा संसदमार्फत बुढीगण्डकी विकास प्राधिकरण ऐन ल्याएर यसलाई अगाडी बढाउन सक्नुहुनछ । हामीले भदौ मसान्तसम्मको समय दिएका छौँ । माग पुरा गर्नु भएन भने सरोकारवाला त्यहाँका जनतासँग मिलेर हामी आन्दोलनमा जान्छौँ ।’

    पूर्वप्रधानमन्त्री भट्टराईले आफूहरुको माग भाद्र महिनाभित्र पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिए ।

  • निर्मल पूर्जालाई कारबाही नगर्न माओवादी सांसदको माग, पूर्वाग्रह राखेको आरोप (भिडिओ)

    निर्मल पूर्जालाई कारबाही नगर्न माओवादी सांसदको माग, पूर्वाग्रह राखेको आरोप (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले यौन दुर्व्यवहारको आरोप लागेका आरोही निर्मल पुर्जालाई कारबाही नगर्न सरकारसँग आग्रह गरेका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै पुर्जामाथि आग्रह, पूर्वाग्रह राखेर कारबाही प्रक्रिया अघि बढाउन खोजेको दाबी गरे ।

    उनले भने, ‘थुप्रै रेकर्ड कायम गरेका व्यक्तिलाई पनि अहिले कारबाही गर्न लागिएको छ । निर्मल पुर्जामगर त्यसलाई कारबाही गर्न लागिएको छ । यस कार्यको म निन्दा र भर्त्सना गर्न चाहन्छु । उनीमाथि गरिने कारबाही तुरुन्त बन्द गरियोस् । भनेर म सम्माननीय अध्यक्षमार्फत सरकारसँग माग गर्न चाहन्छु । निश्चित रुपमा उसले कुनै नियम कानुनको उल्लङ्घन गरेको होला, त्यसको लागि सामान्य कारबाही गर्नुपर्ने हुन्छ । उसलाई ब्याण्ड गर्ने होइन ।’

    निर्माल पुर्जा मगरलाई पर्वतारोहण गर्नबाट बन्देज लगाइयोस् भन्ने उठेको आवाजप्रति आपत्ति जनाए ।

    उनले थपे, ’सामान्य कारबाही गरेर छोडिनुपर्ने हुन्छ । काँक्रो चोरलाई सामान्य दुई चार थप्पड लगाउने हो, शूलीमा चढाउने होइन । यो सरकारलाई म निर्मल पुर्जामाथि घोर कारबाही नगरियोस् भन्ने माग गर्दछु ।’

    आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू ७ महिनामा आरोहण गरेर विश्व रेकर्ड कायम गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज भएको व्यक्तिमाथि कारवाही गर्न नहुने उनको भनाइ छ ।

    उनले अगाडि भने, ‘दोस्रो हिमाल जुन केटु पाकिस्तानमा अवस्थित छ, त्यो उनी एउटा समूहमा चढेका थिए । त्यो समूह चढ्दा एक्लै उनी जानसक्थे । तर उनले सबै साथीहरूलाई पर्खिए । नेपालीहरू आरोही थिए । सबैलाई पर्खिएर सँगै केटु हिमाल आरोहण गरे । यस्तो कसैले गरेको थिएन । लगायतका थुप्रै रेकर्ड कायम छन् ।’

     

  • गण्डकीका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठक प्रवेशमा रोक

    गण्डकीका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठक प्रवेशमा रोक

    पोखरा । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाइएको छ ।

    पार्टीको ह्वीप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै फणीन्द्रमाथि जेठ ३२ गते माओवादी केन्द्रले कारबाही गरेको थियो ।

    तर, सर्वोच्च अदालतले कारबाही तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएसँगै फणीन्द्रको पद जोगिएको थियो ।

    सर्वोच्चको आदेशपछि बिहीबार बस्ने प्रदेश सभा बैठकमा प्रवेश गर्न लागेका फणीन्द्रले मर्यादा पालकले रोक लगाएका हुन् ।

    ‘प्रदेशसभा प्रवेश गर्ने बेला मर्यादापालकले एकछिन भनेर रोक्नुभयो । मैले केही भन्ने कुरा पनि रहेन । अहिले बाहिर बसिराखेको छु,’ फणीन्द्रले नेपाल प्रेससंग भने ।

    अहिले गण्डकी प्रदेशसभा बैठक चलिरहेको छ ।

  • प्रधानमन्त्रीलाई जादु गर्दै उफ्रिन छाड्दिउँ, हामी कम्तीमा सय सीट ल्याउने गरी लागौं : गगन (भिडिओ)

    प्रधानमन्त्रीलाई जादु गर्दै उफ्रिन छाड्दिउँ, हामी कम्तीमा सय सीट ल्याउने गरी लागौं : गगन (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

    मंगलबार काठमाडौंमा पार्टीनिकट आदिवासी जनजाति महासंघको महाधिवेशनमा उनले सरकार अहिले चलाइरहेका दलहरूलाई नै चलाउन छोडिदिएर कांग्रेसले आगामी निर्वाचनमा कम्तीमा सय सीट ल्याउने गरी लाग्न नेता/कार्यकर्तालाई आग्रह गरे ।

    प्रधानमन्त्रीको ‘जादुवाला सांसद’ को अभिव्यक्तिप्रति उनको टिप्पणी छ, ‘म जादुगर हो भनेको जस्तो गरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऔँ । यो उहाँहरूकै जिम्मा हो । यो बीचमा पार्टी निर्माण गर्ने काममा लागौँ ।’

    महामन्त्री थापाले भने, ‘यो सरकार माओवादी, घण्टी, बण्टी, जो-जोले चलाएका छन्, चलाउन दिउँ । चलाउन् । सरकारतिर हामी हेर्दै नहेरौँ । र यत्ति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि, पार्टीलाई स्वच्छ पनि पारौँ, बलियो पनि बनाऔँ । तलैबाट पार्टीको एकता पनि गरौँ । हार्दिकता पनि बनाऔँ । धेरै पनि भन्दिनँ म, २०८४ सालमा कम्तीमा पनि सय सीट जित्ने गरीकन र ४० प्रतिशत मत ल्याउन सक्ने गरीकन गयौँ भने यही मिश्रित प्रणालीमा एकल सरकार चलाउने तागतमात्रै होइन, संविधानमा लेखिएका यी कुराहरुलाई सकारात्मक ढंगले कार्यान्वयन गर्नसक्ने त्यो तागत पनि नेपाली कांग्रेसले राख्छ ।’

    यता मिल्ने, उता मिल्ने, ऊसँग मिल्ने कुरा अब कांग्रेसले छाड्नुपर्ने उनको भनाइ छ ।

  • सदनमा प्रधानमन्त्रीको जवाफ- राजदूतको नियुक्ति प्रक्रियालाई सच्याएर व्यवस्थित बनाइन्छ (पूर्णपाठ)

    सदनमा प्रधानमन्त्रीको जवाफ- राजदूतको नियुक्ति प्रक्रियालाई सच्याएर व्यवस्थित बनाइन्छ (पूर्णपाठ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले राजदूत सिफारिस गर्ने प्रक्रिया सच्याउन सकिने बताएका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै मुलुकको सर्वोपरि हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा परराष्ट्र मन्त्रालय प्रतिबद्ध रहेको बताए।

    उनले भने, ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ को दफा ८(ग) बमोजिम नेपाल सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पुरा हुनु अगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान छ। राजदूतहरूको नियुक्तिमा राजनीति र व्यावसायिकताको सन्तुलनका लागि कम्तीमा पनि ५० प्रतिशत राजदूतहरू परराष्ट्र सेवाबाटै नियुक्त गर्ने नीतिलाई निरन्तरता दिइएको छ।’

    मुलुकको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्याङ्कन गरी सोही अनुरूप व्यवस्थापन गर्ने नीति अवलम्बन गरिएको बताए।

    उनले थपे, ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाई राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्यसम्पादनमा आधारित बनाइने विश्वास व्यक्त गर्दछु।’

  • प्रधानमन्त्रीको प्रष्टीकरण- मलाई मन्त्रीहरूले टेरेनन् भन्ने अहिलेसम्म परेको छैन

    प्रधानमन्त्रीको प्रष्टीकरण- मलाई मन्त्रीहरूले टेरेनन् भन्ने अहिलेसम्म परेको छैन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरूले आफूलाई नटेरेको भन्ने अहिलेसम्म नपरेको जवाफ दिएका छन्।

    प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रधानमन्त्रीलाई मन्त्रीहरूले नटेरेको भन्ने प्रश्न उठेपछि प्रधानमन्त्रीले जवाफ दिएका हुन्।

    उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीको सम्बन्ध माननीय सदस्यहरूले भन्नुभएको जस्तो असमझदारीले भएको होइन। हाम्रो काम गर्ने परम्परा र शैली विधि विधानलाई बदल्न नसकेको हो। प्रधानमन्त्रीको रूपमा मैले भनेको मन्त्रीले टेरेनन् भन्ने परेको छैन। मन्त्रीको आफ्नो बाध्यता पनि मैले हेरेको छु।’

  • प्रधानमन्त्रीलाई सदनमा प्रश्न- तपाईँलाई नटेर्ने मन्त्री बर्खास्त हुन्छन् कि हुँदैनन् ? (भिडिओ)

    प्रधानमन्त्रीलाई सदनमा प्रश्न- तपाईँलाई नटेर्ने मन्त्री बर्खास्त हुन्छन् कि हुँदैनन् ? (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अनमलाल मोदीले प्रधानमन्त्रीलाई नटेर्ने मन्त्रीलाई कारबाही हुन्छ कि हुँदैन ? भनेर प्रश्न गरेका छन्।

    प्रतिनिधि सभाको बैठक प्रधानमन्त्रीलाई प्रश्न गर्दै अहिलेको संविधानले मन्त्रीहरू प्रधानमन्त्रीप्रति उत्तरदायी हुनुपर्ने बताए।

    उनले भने, ‘अहिले मन्त्रीहरू उत्तरदायी हुन छाडे भन्ने बाहिर आइरहेको छ। ती मन्त्रीहरूलाई अनुशासनसँग सम्बन्धित बर्खास्त हुन्छ कि हुँदैन ? प्रश्न उठेकाहरूलाई कारबाही हुन्छ कि हुँदैन ?’

  • प्रधानमन्त्रीको जवाफ- मैले अर्थ र भौतिकमन्त्रीसँग कुरा गरेको छु, मिलेसम्म बजेट करेक्सन हुन्छ

    प्रधानमन्त्रीको जवाफ- मैले अर्थ र भौतिकमन्त्रीसँग कुरा गरेको छु, मिलेसम्म बजेट करेक्सन हुन्छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेटमा उठेका विषयहरूलाई पनि समेटेर बजेटलाई अन्तिम रूप दिने प्रयास जारी रहने बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अहिले पनि आएको विषयलाई करेक्सन गर्नुपर्ने पक्षमा आफू रहेको बताए।

    उनले भने, ‘सम्भव हुनेसम्म सच्याउन मिल्ने ठाउँसम्म सच्याएर जानुपर्छ। यहाँ उठेका विषयलाई मैले गम्भीर रूपमा हेरेको छु सम्भव हुने ठाउँसम्म सन्तुलित बनाउने कोसिस हुन्छ। मैले अर्थमन्त्रीलाई पनि भनेको छु, भौतिक मन्त्रालयको विषयमा कुरा उठेको छ। उहाँसँग पनि हुनसक्ने र सम्भव हुनेसम्म करेक्सन गरौँ भनेको छु। उहाँले पनि सकारात्मक रूपमा लिनुभएको छ।’

  • सदनमा प्रधानमन्त्रीको जवाफ- अहिले देशको प्रधानमन्त्री प्रचण्ड भन्ने मान्छे छ (भिडिओ)

    सदनमा प्रधानमन्त्रीको जवाफ- अहिले देशको प्रधानमन्त्री प्रचण्ड भन्ने मान्छे छ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा सहभागी भएका नागरिकलाई फिर्ता ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले नेपालमा प्रधामन्त्री छ कि छैन ? भनेर प्रश्न गरेका थिए ।

    त्यसको जवाफ दिँदै उनले भने, ‘नेपालमा प्रधानमन्त्री छ । त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ । सरकारले पठाएर नेपाली रुसी सेनामा गएका त होइनन् । जे भएपनि नेपाली नागरिक रुसी सेनामा जानु र त्यहाँ युद्धमा मारिनु दु:खद् कुरा हो । सरकारले जिम्मेवारी पूर्वक, अझ प्रचण्ड भएको हुनाले भन्छु ।’

    उनले रुसी सेनामा सहभागी भएर युद्ध लडिरहेकाहरूसँग राति १२ बजे फोनमा पनि फिर्ता ल्याउनेबारे कुरा गरेको बताए ।

  • संसदबाट सांसद सापकोटा दिए सिन्धुपाल्चोक भ्रमणको निम्तो (भिडिओ)

    संसदबाट सांसद सापकोटा दिए सिन्धुपाल्चोक भ्रमणको निम्तो (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभाका सांसद माधव सापकोटा‘सुवोध’ले गृहजिल्ला सिन्धुपाल्चोक भ्रमणका लागि संसदबाट सबैलाई निमन्त्रणा गरेका छन् ।

    मंगलबार संसदको शून्य समयमा धारणा राख्दै जुगल हिमालदेखि मुडेको आलुसम्मको चर्चा गरेकाले सिन्धुपाल्चोक भ्रमणको निम्तो दिएका हुन्।

    उनले भने, ‘प्राय मैले गृह जिल्लाका विपत्ति, पीडा र अप्ठेराबारे बोलेको छु, सिन्धुपाल्चोक त्यती मात्रै होइन, काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमाल यहिँ छ । यसैको काखमा चर्ने चौंरीका छुर्पी र जुगलको निगुरो, मुडेको स्वादिलो आलुबारे सबैलाई जानकारी नै छ ।’

    लाखौं पर्यटकले मन पराएको सुकुटे क्षेत्र, र्याफ्टिङ, लाष्ट रिसोर्ट र बन्जी, पाँचपोखरी, भैरवकुण्ड, हेलम्बुजस्ता पर्यटकीय गन्तव्यहरुबारे जानकारी गराएका उनले दुध उत्पादनमा चर्चित बिन्जेल, कुभिण्डे र भोटेचौरबारे पनि बताए।

    जुगल हिमालको काखमा रहेको नेपेमासाल, चर्चित मन्दिर गौरती, नेपाल तिब्बत युद्धताका तयार दुगुनागढी, लिस्ती, त्रिपुरासुन्दरी, पाल्चोक, तातोपानी धाराको चर्चा गर्दै उनले जिल्ला भ्रमणका लागि आव्हान गरेका हुन् ।

    सापकोटाले थपे ‘कुभिण्डे, पिस्कर र भोटेनाम्लाङजस्ता राजनीतिक पहिचान बोकेका गाउँहरु छन् । मेलम्चीले काठमाडौंलाई पानी पिलाएको छ । डेढदर्जन जलविद्युत आयोजनाहरु छन् । मितेरी पुलसहित चीनको उत्तरी व्यापारिक तातोपानी नाका छ ।
    सांसद सापकोटाले सिन्धुपाल्चोक समस्याहरुसँज जुध्दै विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउँदै गृहजिल्लामा निमन्त्रणा गरेका हुन् ।

  • भारत र चीनसँग देखिएको सीमा समस्या समाधान गर्ने सहमति भएको छ: प्रधानमन्त्री (भिडिओ)

    भारत र चीनसँग देखिएको सीमा समस्या समाधान गर्ने सहमति भएको छ: प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत र चीनसँगको सीमा समस्या समाधान गर्ने प्रक्रिया सरकारले थालेको बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले यो कुरा राखेको बताए।

    उनले भने, ‘सीमाको नक्सा संशोधनपछि नेपाल भारत सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली नदीपूर्वको भूभाग नेपालका हो भन्ने कुरामा स्पष्ट छौं। भारत भ्रमणको क्रममा १९५० को सन्धि, शान्ति तथा मन्त्री सन्धि गायत दुईपक्षीय सन्धिहरुलाई परिमार्जन र अध्यावधिक गर्न र सीमासम्बन्धी विषयलाई स्थापित कुटनीतिकहरुमार्फत् समाधान गर्ने समझदारी भइरहेको छ।’

    नेपालको अन्तराष्ट्रिय सीमाबारे सदन, सदस्य, सरकारसहित सबै स्पष्ट र दृढ रहेको उल्लेख गर्दै अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको स्मरण गरे।

    उनले चीनसँगको कहिलेकाहिँ सीमाको विषयमा कुरा उठ्ने गरेकाले त्यस विषयमा पनि अध्ययन गरेर समस्या समाधान गर्नको दुईपक्षीय छलफल भएको बताए।

  • तत्काललाई जोगियो फणीन्द्रको पद, कारबाही नगर्न सर्वोच्चको आदेश

    तत्काललाई जोगियो फणीन्द्रको पद, कारबाही नगर्न सर्वोच्चको आदेश

    काठमाडौं । गण्डकीका सांसद फणीन्द्र देवकोटालाई पदमुक्त नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

    नेकपा माओवादीले गरेको कारबाहीविरुद्ध फणीन्द्र अदालत गएका थिए ।

    देवकोटाले पार्टी त्याग नगरेको र उनको पार्टी नेपाल समाजवादीले समेत कारबाही गरी निष्कासन नगरेको पाइएको भन्दै अन्तिम टुंगो नलाग्दासम्म निर्णय कार्यान्वयन नगर्न भनिएको छ ।

    प्रकाशमान सिंह राउतको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि गण्डकी प्रदेशसभाका सभामुखको जेठ ३२ को निर्णय र सूचना कार्यान्वयन नगर्न र देवकोटालाई गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न दिनू भन्ने आदेश गरेका छन् ।

    मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पद जोगाउन पार्टी ह्वीपविपरीत विश्वासको मत दिएको भन्दै देवकोटालाई माओवादीले कारबाही गरेको थियो । नेसपाका देवकोटाले माओवादीको चुनाव चिन्हबाट चुनाव जितेका हुन् ।

     

  • माओवादीनिकट बुद्धिजीवी संगठनमा नयाँ नेतृत्व, कृष्णराज बने अध्यक्ष

    माओवादीनिकट बुद्धिजीवी संगठनमा नयाँ नेतृत्व, कृष्णराज बने अध्यक्ष

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट नेपाल वुद्धिजीवी संगठनको राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको छ ।

    प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेको उक्त राष्ट्रिय सम्मेलनबाट कृष्णराज केसीको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति निर्विरोध चयन गरेको हो । उक्त संगठनको वरिष्ठ उपाध्यक्षमा नीलकण्ठ तिवारी चयन भएका छन् । उपाध्यक्षहरूमा प्राडा. शिवकुमार राई, रामकुमार यादव, कल्पना शर्मा, कौशिल्या ओझा, जीतबहादुर राना, दुर्गादत्त शर्मा, रमेश गुरागाईँ, कृष्ण कोपीला रहेका छन् ।

    महासचिवमा लक्ष्मीप्रसाद पण्डित चयन भएका छन् । सचिवहरूमा जंगराज गिरी, दुर्गादत्त भण्डारी, एकनारायण काफ्ले, हरिहर न्यौपाने, कुलशेखर शर्मा, राधिका ओझा र भरत गौतम चयन भए । कोषाध्यक्षमा भीमा ढुंगाना, निर्वाचन आयोगमा उपेन्द्र पौडेल, अनुशासन आयोगमा गुणराज गौतम र लेखापरीक्षण आयोगमा धनलाल महर्जन रहेका छन् ।

  • २३ वर्ष पुरानो मुद्दा ब्युँतिएपछि सिन्धुली माओवादीमा खैलाबैला, हरिबोलसहित को-को छन् प्रतिवादी ?

    २३ वर्ष पुरानो मुद्दा ब्युँतिएपछि सिन्धुली माओवादीमा खैलाबैला, हरिबोलसहित को-को छन् प्रतिवादी ?

    काठमाडौं । सिन्धुली जिल्ला अदालतले २३ वर्षअघिको मुद्दा ब्युँताउन आदेश दिएपछि माओवादी पङ्क्तिमा खैलाबैला मच्चिएको छ ।

    जिल्लाका सांसद राजन दाहालबाहेक अधिकांश जनयुद्धकालीन माओवादी नेताहरूलाई प्रतिवादी बनाइएको मुद्दा ब्युँतिएपछि पार्टीभित्रको विवादसँग समेत जोडेर अड्कल काट्न थालिएको छ ।

    माओवादी उपमहासचिव हरिबोल गजुरेल, राष्ट्रियसभामा माओवादीका सचेतक गोपी अछामी, जिल्ला इन्चार्ज बुद्धिमान माझी, मोहन वैद्य नेतृत्वको माओवादीका नेता सीपी गजुरेल, हाल एमाले केन्द्रीय सदस्य रहेकी निरु दर्लामीसहित २८ जना तत्कालीन माओवादीका नेताविरुद्धको मुद्दा मुल्तबीबाट जगाइएको हो ।

    जिल्ला अदालत सिन्धुलीका न्यायाधीश रमेश शर्मा पौडेलको इजलासले गत जेठ २३ गते २०५७ सालमा मुल्तबीमा राखिएको मुद्दालाई फौजदारी कार्यविधि संहिता बमोजिम जगाएर दर्ता गर्न आदेश दिएको थियो ।

    सिन्धुली मरिनका गोरे श्रेष्ठको ज्यान मार्ने उद्योगमा तत्कालीन माओवादी विद्रोहीका सिन्धुली जिल्लाका अधिकांश नेताहरूलाई विपक्षी बनाएर २०५७ मा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

    २०५४ सालमा उनको अपहरण गरेर खुट्टा काटिएको थियो । २०५८ साल मंसिर १८ मा प्रतिवादीहरुविरुद्ध म्याद जारी भए पनि भूमिगत माओवादीका नेताहरू हाजिर नभई फरार रहेकाले मुल्तबीमा राखिएको मुद्दा अहिले ब्युँतिएको हो ।

    कर्मचारीको प्रतिवेदनका आधारमा ब्युँतिएको मुद्दाका प्रतिवादीहरूमध्ये शेरमान कुँवर,मोहनचन्द्र गौतम,कमल प्रसाद देवकोटालगायतको युद्ध कालमै मृत्यु भइसकेको छ ।

    मुद्दामा प्रतिवादी बनाइएकामध्ये हरिबोल गजुरेल माओवादी केन्द्रका उपमहासचिव छन् भने वसन्त माझी जिल्ला इन्चार्ज छन् । अछामी राष्ट्रिय सभा सदस्य छन् । निरु दर्लामी नेकपा विभाजनपछि एमाले रोजेर हाल एमाले केन्द्रीय सदस्य छिन् ।

    सीपी गजुरेल क्रान्तिकारी माओवादीका दोस्रो तहका नेता हुन् भने बलराम तिमल्सिना विप्लव नेतृत्वको नेकपामा छन् । त्यस्तै चित्रनारायण श्रेष्ठ बेपत्ता भएकामा अहिलेसम्म भेटिएका छैनन् । सोनाम सिंह स्यांतान माओवादीबाट बाबुरामको पार्टीमा लागेर हाल बागमती प्रदेश मन्त्री गंगा श्रेष्ठका सहयोगी छन् ।

    यता सिन्धुलीका अधिवक्ता लोकहरीआचार्यले भने माओवादी नेताहरूको पुरानो मुद्दा ब्युँतिनुमा अदालती प्रक्रिया मात्र रहेको र यो अर्को पेशीपछि फेरि मुल्तबीमै जाने सम्भावना रहेको बताएका छन् ।

    उच्च अदालतले हरेक वर्ष जिल्ला अदालतको अनुगमनका क्रममा मुल्तबीमा रहेका मुद्दा फर्छ्यौट गर्न भने अनुसार जिल्ला अदालतका कर्मचारीले प्रतिवेदन बनाएर इजलासमा पेश गरेपछि सो मुद्दा ब्युँतिएको उनले बताए ।

    सर्वोच्च अदालतले समेत २ वर्ष पुराना मुद्दाहरू फर्छ्यौट गरिसक्ने भनेकाले पुराना र मुल्तबीमा रहेका मुद्दाको फाइल खोज्ने क्रममा युद्धकालीन सो मुद्दा ब्युँतिए पनि संक्रमणकालीन न्याय निरूपणसँग जोडिएकाले यो अघि नबढ्ने उनको भनाइ छ ।

  • आगामी केन्द्रीय कमिटी बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति तोक्ने माओवादीको तयारी (भिडिओ)

    आगामी केन्द्रीय कमिटी बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति तोक्ने माओवादीको तयारी (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको चाँडै राष्ट्रिय महाधिवेश तोक्ने बताएका छन् ।

    तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले अब बस्ने केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तोक्ने बताए ।

    उनले भने, ‘हामी फेरि समाजवादी क्रान्तिको निम्ति अब महाधिवेशनतिर जान्छौ‌ । अबको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्छ ।’

    प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक दिन छानेर महाधिवेशनको मिति तोकेर नयाँ विचार संश्लेषण र अभियानसहित पार्टी अगाडि बढ्ने बताए ।

  • धेरै समय छ जस्तो लागेको छैन, नेता कार्यकर्तालाई अब फुर्सद दिन्नँ: प्रचण्ड (भिडिओ)

    धेरै समय छ जस्तो लागेको छैन, नेता कार्यकर्तालाई अब फुर्सद दिन्नँ: प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब पार्टीका नेता कार्यकर्ता कसैलाई पनि फुर्सद नदिने योजनाका साथ पार्टीले अभियान ल्याउनले बताएका छन् ।

    तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले चार महिने अभियानले अलिअलि झल्को दिए पनि पार्टीको गतिविधि फेरि सेलाएको बताए ।

    उनले भने, ‘अस्तिको अभियानपछि जनयुद्धको जस्तो माओवादी फेरि जीवित भएर आउन लाग्यो क्यारे, जनताले पनि माओवादी नेता काठमाडौं र शहरमा मात्रै होइन गाउँमा पनि आउन थाले भन्ने सन्देश चाहिँ दिएको थियो । तर, अहिले त्यो रोकिएको छ । प्रदेशले गर्ने भन्दा धमिलिएको छ । अब हामी छिट्टै केन्द्रीय समितिको बैठक बसेर पार्टीबाट पनि अभियानात्मक रुपले लैजाने । अब फुर्सद कसैलाई पनि नदिने विचार छ है मेरो ! मलाई अब धेरै समय छ जस्तो पनि लाग्दैन ।’

    काठमाडौंमा आयोजित तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको ७औँ राष्ट्रिय महाधिवेशनको समुद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत । तस्बिर : प्रदीपराज वन्त/रासस

    अध्यक्ष प्रचण्डले नेता कार्यकर्ताहरू कसैलाई पनि फुर्सद नदिने आत्मनिर्भर अर्थतन्त्रका निम्ति, उत्पादनको निम्ति, रोजगारीको निम्ति, जातीय मुक्तिको निम्ति यी सबै विषयका विभिन्न कहिले सांस्कृतिक अभियान, कहिले उत्पादनको अभियान, कहिले प्रचारको अभियान आदि इत्यादि गर्दै अभियानात्मक रुपमा जाने सोचेको बताए ।

    उनले भने, ‘अहिलेको नयाँ परिस्थितिमा हुन त आजभोलि यो सोसल मिडियाको जमाना छ । आईटीको जमाना त छँदैछ । त्यसले मानिसको दिमागभित्र विभिन्न खालको विचारहरू हुल्दिने गरेको छ । राम्राभन्दा नराम्रा, सकारात्मकभन्दा नकारात्मक कुराहरू हाल्दिने गरेको छ । त्यसले प्रभाव पार्ने गरेको छ ।

  • हाम्रो जादुवाला नम्बर छ, तरिका मिले पूरै अवधि प्रधानमन्त्री भइन्छ: प्रचण्ड (भिडिओ)

    हाम्रो जादुवाला नम्बर छ, तरिका मिले पूरै अवधि प्रधानमन्त्री भइन्छ: प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार ढल्दैछ भनेर चलाएको हल्लामा कुनै सत्यता नभएको जिकिर गरेका छन् ।

    माओवादी केन्द्र निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको थोरै सीट भए पनि जादुवाला भएकाले कसैले हटाउन नसक्ने बताए ।

    उनले भने, ‘बाहिर भनिराखे जस्तो सरकार कति दिन होला, चल्छ कि चल्दैन भन्ने विभिन्न कुरा आउँछन् । केही दिनपछि सरकार जाँदैछ रे भनेर पूरै कन्फ्युजन बनाउने कोसिस भएको छ । यो भन्न थालेको प्रधानमन्त्री भएको बेलादेखि नै हो । मैले पनि जति दिन बसिन्छ, भ्रष्टाचारविरुद्धका गतिविधि गरेर, सामाजिक न्याय र जनताको सेवा गरेर डेढ वर्ष भयो बसेकै छु । मैले जे देखेको छु, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । ढुक्कसँग काम गरे हुन्छ । सजिलो छैन हामीलाई हटाउन, इतिहास, मुद्दा र हाम्रो जादुवाला नम्बर छ । थोरै छ भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । जादुले अनेक गरेर मिलाइहाल्छ ।’

    उनले राजनीतिक दलसँग गरेको सहमति इमानदारीपूर्वक नै कार्यान्वयन गरेर अगाडि बढ्ने बताए ।

  • गृहमन्त्रीलक्षित नारायणकाजीको टिप्पणी- अरू बेलामा ठूला कुरा गर्नेहरू आफ्नो पालो आएपछि के गर्दैछन्

    गृहमन्त्रीलक्षित नारायणकाजीको टिप्पणी- अरू बेलामा ठूला कुरा गर्नेहरू आफ्नो पालो आएपछि के गर्दैछन्

    काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफू गृहमन्त्री हुँदा पञ्चायतकालदेखिकै अनियमितता भएको फाइल खोलेको दाबी गरेका छन्।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचार, अनियमिता नगर्ने, गर्नेलाई नछोड्ने मन्त्रीहरुको तलबले त चिया खुवाउन पनि नपुग्ने बताए।

    उनले भने, ‘अहिले देशमा सुशासनको आवश्यकता छ। म गृहमन्त्रालयमा हुँदा पञ्चायतकालदेखिको सबैलाई निकालेर कहाँ कहाँ गडबडी भएको छ। पैसा र राज्य आफूसँग छ वा पैसाको बलमा राज्यसँग पहुँच छ भने जे गरेपनि हुन्छ भन्ने मान्यतालाई भत्काउन खरबौँको जग्गा सरकारको बनाइयो। संलग्नलाई जेल हालियो। भुटानी शरणर्थी प्रकरणमा संलग्नलाई जेल हालियो। तर, त्यसप्रकारको काम नगरिकन विकास अगाडि बढ्न सक्दैन।’

    आफ्ना मान्छे आउने देखियो भने त्यो फाइल खोल्ने कि नखोल्ने भनेर देश विकास नहुने बताए।

    ‘यो केस उठाउँ कि नउठाउ मेरो मान्छे पनि पर्ला जस्तो छ। त्यो चाहिँ नगरौं भन्न थाल्यो भने देश बन्छ? कोही न कोही त तयार हुनुपर्यो नि? उनले गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै भने,‘अरू बेलामा ठूल्ठुला कुरा गर्नेरु आफ्नो पालो आएपछि चाहिँ भयो गरौं कि नगरौं भन्ने अनि कसरी हुन्छ। त्यसमा पनि ध्यान जानुपर्छ।’

  • बजेटका कारण सत्ता साझेदार दलबीच समस्या हुँदैन: सञ्चारमन्त्री शर्मा

    बजेटका कारण सत्ता साझेदार दलबीच समस्या हुँदैन: सञ्चारमन्त्री शर्मा

    धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्तासाझेदार दलबीच समस्या नहुने बताएकी छन् ।

    प्रेस सेन्टरले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटप्रति व्यक्त गुनासा एवं त्यसमा भएका त्रुटिलाई सम्भव भएसम्म सुधार गरेर जाने प्रयत्न भइरहेको बताइन्। बजेट सन्तुलित रहेको चर्चा गर्दै उनले भनिन्, “जनतातिर फर्केको, समाजवादोन्मुख र उत्पादनलाई ध्यान दिएको बजेट छ ।”

    बजेटमा कतिपय कुरा सच्च्याएर जान सकिने भए पनि सुधार गरेर लैजान पाइँदैन भन्ने परम्परागत संसदीय व्यवस्थाको अभ्यासलाई मानेर जानुपर्छ भन्ने कुरा बेठिक रहेको बताइन् ।

    उनले अहिलेको गठबन्धन सरकारको विकल्पबारे नसोचिएको स्पष्ट गर्नुभयो । विभिन्न दलले गठबन्धन गरेर सरकार चलाइरहेकाले एउटै पार्टीले सरकार चलाएजस्तो नहुने बताउँदै उनले सत्तापक्षीय दलबीच लामो समयसम्म सहकार्य गरेर जाने नेकपा माओवादी सोच रहेको बताइन् ।

    “सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गृहमन्त्रालयलगायतको समन्वय बैठकबाट रेडियो नेपाल, निजी सामुदायिक रेडियो, नेपाल टेलिकमबाट एसएमएसका माध्यमबाट बाढी, पहिरो, डुबानजस्ता विपद्का बारेमा पूर्वसूचना दिने भनेर एक सम्झौता गरिएको छ, सरकार विपद् व्यवस्थापनका निम्ति तम्तयार छ एवं संवेदनशील छ,” मनसुन प्रारम्भ भएसँगै दैवी विपत्तिको जोखिम बढ्ने सन्दर्भमा विपद् व्यवस्थापनमा सरकारको तयारीबारेको जिज्ञासामा उनले भनिन् ।

    सूचना प्रविधि दशक मनाउने सरकारको योजनाले निजी क्षेत्र उत्साहित बनेको उल्लेख गर्दैै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकास गरी व्यवस्थित गर्न सकिएमा देशमा अर्बौं भित्र्याउन सकिने बताइन् ।

    उनले भनिन् “१६औँ योजना र आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट वक्तव्यमा पनि सूचना प्रविधिको विषय समेटिएको छ, यसको विकास गरी नेपाललाई ‘आइटी हब’ मा रुपान्तरण गर्नेगरी काम गरिरहेका छौँ ।” मन्त्री शर्माले आमसञ्चारसम्बन्धी पुराना नियमलाई समयानुकूल बनाइने बताइन् ।

  • माओवादीको विशेष महाधिवेशन अनिश्चित, कसरी हुँदैछ नयाँ विधान कार्यान्वयन ?

    माओवादीको विशेष महाधिवेशन अनिश्चित, कसरी हुँदैछ नयाँ विधान कार्यान्वयन ?

    काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको विशेष महाधिवेशन अनिश्चित बनेको छ। ०७८ पुसमा भएको आठौँ महाधिवेशनको ६ महिनाभित्र गर्ने भनिएको विशेष महाधिवेशन अझै अनिश्चित बनेको हो।

    महाधिवेशने भएको दुई बर्ष कटिसक्दा समेत माओवादीभित्र बिशेष महाधिवेशनको चर्चा छैन। महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैंले पार्टीको विशेष महाधिवेशन गर्ने घोषणा गरेका थिए।

    महाधिवेशनबाट मात्रै होइन, गत फागुनमा भएको विधान अधिवेशनमा पनि नेताहरुले विधान चाँडै विशेष महाधिवेशन गर्नुपर्ने दबाब दिएको थियो।  तर, अहिलेसम्म कुनै प्रक्रिया अघि बढ्न सकेको छैन।

    माओवादीका महासचिव देव गुरुङ गत महाधिवेशनमा समय सयममा विशेष महाधिवेशन पनि गरिराख्नुपर्छ भनेर सैद्धान्तिक र नीतिगत रुपले चर्चा भएको बताउँछन्।

    उनी भन्छन्, ‘पाँच/पाँच वर्षभित्र महाधिवेशन गर्दा बीचमा आवश्यकअनुसार गर्ने भनिएको हो, मिति तय भएको थिएन। सैद्धान्तिक रुपले उठेको कुरा हो। मिति तय गर्ने अधिकार केन्द्रीय समितिलाई छ। केन्द्रीय समितिको बैठकबाट अहिलेसम्म यसबारे निर्णय गरेको छैन।’
    उनले अहिले यो विषय पार्टीभित्र ठोस छलफलमा नभएकाले तत्काल हुने सम्भावना नरहेको बताए।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अहिले सरकारमा छन्। पार्टीका टप लिडर सत्ता केन्द्रित हुँदा अहिले पार्टीका गतिविधि खासै अगाडि बढ्न सकेको छैन। प्रचण्डले कार्यव्यस्ता देखाउँदै पार्टीको बैठक समेत राखेका छैनन्।

    गत महाधिवेशनमा नेताहरुले नेतृत्वमा प्रचण्डको विकल्प खोज्नुपर्ने बताएका थिए। तर, प्रचण्ड तत्कालै पार्टीको नेतृत्व छाड्ने मूडमा छैनन्। त्यसैले पनि आफैंले घोषणा गरिएको विशेष महाधिवेशन अनिश्चित बनेको नेताहरु स्वीकार्छन्। विषेश महाधिवेशन नहुँदा गत फागुनमा पार्टीले तय गरेको नयाँ विधान कार्यान्वयनमा समेत अन्योल देखिएको छ।

    प्रचण्डले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, नेपसाका महेन्द्रराय यादवलगायत माओवादी घटकहरुसँगको एकतापछि मात्रै विशेष महाधिवेशन गर्ने प्रयास गरेपनि अहिले त्यो प्रक्रिया अघि बढेको छैन। महासचिव गुरुङ माओवादी घटक मात्रै नभइ समाजवादी मोर्चामा आबद्ध भएका सबै दलहरुसँग एकताको बिषयमा छलफल भइरहेको बताउँछन्।

    त्यसो त अहिले प्रचण्डले एमालेसँग सहकार्य थालिसकेपछि पार्टी नयाँ कोर्समा जानसक्ने भएकाले अहिले नै बिशेष महाधिवेशन गर्न हतारो नगरेको उनी निकट नेताहरु बताउँछन्।

    याे पनि

    माओवादीमा मिसन ८४ बहस- गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गर्न दबाब

    तर, माओवादी सचिव दिनानाथ शर्मा विशेष महाधिवेशनको तयारी भइरहेको दाबी गर्छन्।

    उनले भने, यो वर्षभित्र गर्नेगरी तयारी भइरहेको छ। तलबाट सदस्यता नविकरण गर्नेको काम भइरहेका छन्। वडा सम्मेलन करिब देशभरी नै भइसकेका छन्। वडापछि पालिका सम्मेलन हुन्छन्। सहमति हुने ठाउँमा सहमतिबाटै नभए लोकतान्त्रिक विधिबाट प्रतिनिधि छनोट भएका छन्। पालिकापछि प्रदेश सम्मेलन हुन्छ। त्यसले राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट गर्छ, त्यो प्रक्रियामा जाँदा समय लाग्छ नै।

    नयाँ विधानअनुसार वडा, पालिका, जिल्ला, प्रदेश समिति बन्ने भएकाले अहिलेजस्तो भद्दा नहुने बताए।

    उनले थपे, ‘संगठन अहिले संक्रमणकालमा छन्। तल जति सम्मेलन हुन्छन् त्यो नयाँ विधानअनुसार नै हुन्छन्। अहिले नयाँ विधान लागू गर्ने भनेर माथिदेखि संगठन भत्काउँदा त केही रहँदैन। तलबाट विधान अनुसार लागू भइसकेको छ। विधान अनुुसार नै वडा, पालिका, जिल्ला, प्रदेश समिति बन्छन्। अहिलेको ठूला र भद्दा हुँदैनन्। अब जे कामकारवाही हुन्छ यही विधानको परिधिभित्र रहेर हुन्छ।’
    अहिलेको केन्द्रीय समिति नै आयोजक समिति बनेर तल सम्मेलनहरु गराउनुपर्ने, प्रतिनिधि छनोट गराउँदै महाधिवेशनमा पुगेपछि मात्रै पुर्णता पाउने बताए।

    उनले पार्टीमा अहिले प्रचण्डको विकल्पकोबारेमा कुनै छलफल नभएको बताए।

    सचिव शर्माले भने, ‘नेतृत्वबारे अहिले कुनै छलफल भएको छैन। पार्टी त्यहाँसम्म पुगेको छैन। कसैले चाहेर मात्रै हुँदैन। नेतृत्व फेर्छु भन्नेहरुले तयार भएर पनि आउनुपर्यो। देशलाई नेतृत्व दिनसक्नुपर्छ। सबै राजनीतिक दललाई समायोजन गरेर जानसक्नुपर्छ। अब महाधिवेशनसम्म पुग्दा नेतृत्व फेर्ने रहने त्यसैले निर्धारण गर्छ। तलबाट नै विधान लागू हुँदैछ।’