Category: माओवादी केन्द्र

  • बालुवाटारबाट बाहिरिएपछि अहिले जनताको प्रधानमन्त्री हुन थालेको महसुस भएको छ: प्रचण्ड (भिडिओ)

    बालुवाटारबाट बाहिरिएपछि अहिले जनताको प्रधानमन्त्री हुन थालेको महसुस भएको छ: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदाभन्दा अहिले आफू धेरै सक्रिय भएको बताएका छन् ।

    पार्टीको दोलखाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बनेपछि भन्दा अहिले आफ्नो सक्रियता बढेको बताए ।

    उनले भने, ‘देश र जनताको नेतृत्व गर्नु प्रधानमन्त्री हुनुमात्रै होइन । म अहिले प्रधानमन्त्रीबाट बाहिर आउँदा धेरै उत्साहित भएको छु । जोश बढेको छ । म जनताको बीचमा फर्किन पाएको छु । बालुवाटारमा हुँदा कताकता सरकारी काम, कर्मचारीतन्त्र र अनेक नियम-कानूनले जोडिन नपाएको अहिले प्रधानमन्त्रीबाट बाहिर आउँदा म जनताको प्रधानमन्त्री हुन थालेको जस्तो महसुश हुन थालेको छ ।’

    उनले जनताको सेवामा नभई अर्को उद्देश्यले सरकार बनेको भएकाले अहिले देशमा बाढी पहिरोको विपद् हुँदा पनि आफूले अग्रसरता देखाउन परेको बताए ।

  • प्रचण्ड आज विश्वको रंगमञ्चमा असाधारण राजनीतिक ब्राण्ड बन्नुभएको छ, अब लेनिन बन्ने बाटोमा : सापकोटा (भिडिओ)

    प्रचण्ड आज विश्वको रंगमञ्चमा असाधारण राजनीतिक ब्राण्ड बन्नुभएको छ, अब लेनिन बन्ने बाटोमा : सापकोटा (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रचण्ड आज विश्वको रंगमञ्चमा असाधारण राजनीतिक ब्राण्ड बनेको बताएका छन् ।

    पार्टीको दोलखाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डको नेतृत्वमा नै समाजवादको लक्ष्यमा पुग्न सक्ने बताए ।

     

    उनले थपे, ‘प्रचण्ड आज संयुक्त राष्ट्रसंघको महासचिवदेखि विश्व रंगमञ्चमा असाधारण राजनीतिक ब्राण्ड बन्नुभएको छ, अब लेनिन बन्ने बाटोमा अघि बढ्नुभएको छ । तीन करोड जनताको साथ पायौं भने हामीलाई धर्तीको कुनै तागतले हल्लाउन सक्दैन । सारा तागत लगाएर प्रचण्डको नेतृत्वमा दृढतापूर्वक गोलबद्ध हौं ।’

    उपाध्यक्ष सापकोटाले पार्टीका नेता कार्यकर्तालाई मंसिरमा हुने उपनिर्वाचनको तयारीमा लाग्न निर्देशन पनि दिए ।

    उनले भने, ‘हामी अहिले जनतामा गइरहेका छौं । जनताले धेरै कुरा बुझेका छन् । हामी हिजो बराल्लिएकै हौं, अलमलिएकै हौं, तर अब हामी जनताको समस्यामा एकाकार हुन्छौं । हाम्रो वर्गलाई साथमा लिएर अघि बढ्यौं भने हामी सफल हुन्छौं ।’

    नेता सापकोटाले पार्टीभित्र कुनै समस्या नभएको भन्दै आफूभित्र एकताबद्ध भएर अघि बढेको बताए ।

  • माओवादीको जिकिर- ओली सरकार असफल भएको हामीले मात्रै होइन सत्तारूढ दलकै नेताहरूले भन्दैछन्

    माओवादीको जिकिर- ओली सरकार असफल भएको हामीले मात्रै होइन सत्तारूढ दलकै नेताहरूले भन्दैछन्

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार एक सय दिन पूरा नहुँदै असफल भइसकेको निष्कर्ष निकालेको छ। बाढी पहिरोले देशभर विपत्ति आउँदा सरकारको भूमिका शुन्य देखिएपछि माआवादीले सरकार असफल भएको निष्कर्ष निकालेको हो।

    माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाल प्रेससँग भने, ‘हामीले मात्रै होइन, सत्तारुढ दलका पार्टीका नेताहरुले पनि सरकार असफल भयो भन्दै आइरहेका छन्। अहिले झन् यो विपद्को बेलामा सरकारको उपस्थिती कतै पनि देखिएको छैन। विपद्को बेलामा जनस्तरबाटै पहल हुँदा पनि सरकारको पहल कदमी शुन्य बराबरको भयो। राज्य संयन्त्र कर्तव्यविमुखुजस्तो भयो।’

    मौसम विभागले पूर्वसूचना दिँदा पनि सरकारले वेवास्ता गरेकै कारणले ठूलो क्षति भएको उनको भनाइ छ।

    उनले थपे, ‘विज्ञहरुले असोज ७ गतेदेखि नै भनेका थिए तर, सरकारमा रहेकाहरुले वेवास्ता गरे। यो हदसम्मको सरकारको वेवास्ता डरलाग्दो र चिन्ताजनक छ। यदि समयमा सरकार सचेत भएको सरकारले आफ्नो सुंयन्त्र परिचालन गरेको भए क्षति न्यून गर्न सकिन्थ्यो तर, सरकारको ध्यान त्यता केन्द्रित नै भएको पाइएन।’

    सरकार र सरकारी संयन्त्रले गल्तीलाई सुधार गरेर समीक्षा गर्दै तुरुन्त खोज उद्धार, राहत र पुनर्स्थापनामा लाग्नुपर्ने बताए।

    सरकार असफल भएको निष्कर्ष निकालेको माओवादीको अबको भूमिका कस्तो हुन्छ ? भन्ने जिज्ञासामा सापकोटाले भने, ‘हामीले मात्रै होइन, सत्तारुढ पार्टीकै नेताहरुले भसनिरहेका छन् हामी विपद्को घडिमा हाम्रो सबै पार्टी पंक्तिहरु परिचालित छन्, अध्यक्ष आफैं सक्रिय भएर लाग्नुभएको छ। जनतालाई पनि आआफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरेका छौं। अब खोज, उद्धार राहत र पुनस्थापनको लागि हाम्रो तर्फबाट रचनात्मक ढंगले सरकारलाई सहयोग गर्छौँ।’

    उनले भएका वादविवादलाई छाडेर अब सत्ता र प्रतिपक्ष सबै दल मिलेर विपद्को बेलामा अघि बढ्नुपर्ने बताए।

  • यातायात क्षेत्रका समस्याबारे प्रचण्डले गरे व्यवसायीसँग छलफल

    यातायात क्षेत्रका समस्याबारे प्रचण्डले गरे व्यवसायीसँग छलफल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष लगायतका पदाधिकारी र यातायात क्षेत्र सम्बद्ध तीनवटा ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीसङ्ग संयुक्त छलफल गरेका छन् । आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले समस्याबारे जानकारी लिएका हुन् ।

    प्रचण्ड सरकारको पालामा यातायात क्षेत्रको सुधारको विस्तृत प्रतिवेदन तयार भएको तर सरकार फेरबदलले त्यसको कार्यान्वयन ढिला हुँदा आफूहरूलाई निराश बनाएको व्यवसायीले बताएका थिए ।

    केही दिन पहिलेको बाढी पहिरो र डुबानबाट सडक यातायातको क्षेत्रको अवस्था, यातायात व्यवसायी र मजदुरले व्यहोर्नु परेको जनधनको क्षतिबारे सरकारलाई ध्यानाकर्षण गराउने प्रचण्डले प्रतिवद्धता जनाए ।

    छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसी, नेपाल यातायात मजदुर सङ्घका धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका भीम ज्वाला राईलगायत सहभागी थिए ।

  • प्रचण्डको दाबी ‘म त प्रधानमन्त्रीभन्दा माथि’- शक्ति आर्जन गर्न यसरी जुटाउँदैछन् साथी

    प्रचण्डको दाबी ‘म त प्रधानमन्त्रीभन्दा माथि’- शक्ति आर्जन गर्न यसरी जुटाउँदैछन् साथी

    काठमाडौं । कांग्रेस-एमाले मिलेपछि सत्ताबाट हुत्तिएर विपक्षी कित्तामा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समय आफूलाई प्रधानमन्त्री भन्दा पनि माथिल्लो तहको व्यक्ति भइसकेको बताउन थालेका छन् । उनले अन्तर्राष्ट्रिय शक्तिले समेत आफूलाई प्रधानमन्त्रीभन्दा माथिल्लो दर्जा दिएको हालसालै सार्वजनिकरुपमै दाबी गरे ।

    त्यसो त प्रचण्ड आफूलाई शक्तिमै स्थापित गर्नको लागि विभिन्न खेलोफड्कोमा लागिरहेका छन् । पार्टी सत्ता केन्द्रित हुँदा टुटेको जनमत फर्काउनको लागि जनतामा फर्किने उद्घोष गरेका प्रचण्ड पछिल्लो समय आफूलाई शक्तिमा राखेर सरकारलाई दबाब बढाउने रणनीतिमा देखिन्छन् ।

    आफूले भ्रष्टाचारविरुद्धको अभियान छेडेपछि कांग्रेस एमाले मिलेर आफू नेतृत्वको सरकार ढालेको भन्दै जनतामा जाने प्रयारत प्रचण्ड सरकारविरुद्धको जनमतलाई आफ्नो पक्षमा तान्न खोजिरहेका छन् । पार्टीको अन्र्तविरोधलाई अन्त्य गरेर पुर्नर्निमाणको अभियानमा जाने भन्दै आएका प्रचण्डले राजावादी, हिन्दुवादीदेखि बालेनबादीसम्म सबैलाई नजिक राख्ने नीति अख्तियार गरेका छन् ।

    सत्ता गुमेपछि प्रचण्डले पहिचानवादी, राजावादीदेखि पछिल्लो समय युवामाझ लोकप्रिय काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहदेखि रवि लामिछाने नेतृत्वको रास्वपालाई पनि नचिढ्याउने ढंगले प्रस्तुत भइरहेका छन् ।

    त्यसो त काठमाडौंका मेयर बालेनसँग प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को टकराव छ । बालेनदेखि बेग्लै अभियान चलाइरहेका दुर्गा प्रसाईसम्मलाई प्रचण्डले ओलीविरुद्ध उकासेको एमालेका नेताहरुको निष्कर्ष छ ।

    केही दिनअघिको एमाले सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्ड विभिन्न असन्तुष्टिहरुलाई भड्काएर देशमा भाँडभैलो मच्चाउन अग्रसर रहेको ब्रिफिङ गरेका थिए । उनका पछिल्ला अभिव्यक्ति बंगलादेश र श्रीलंका बनाउने खालका आउनुले एमालेको आशंकामा बल पुगेको छ ।

    प्रचण्डले सत्ताबाट बाहिरिएपछि कोशीका पहिचानवादीको आन्दोलन उक्साउन उद्देश्यले प्रदेश १ को ब्यानरमा पार्टीको परामर्श समितिको बैठक राखे । त्यसो त कोशी नामांकनको बेलामा पहिले माओवादीले पनि समर्थन गरेको भएपनि आन्दोलन उग्र रुप लिएपछि ब्याक भएको थियो । प्रचण्डले पछिल्लो समय जातीय पहिचानसहितको प्रदेश नामाकरण तथा पहिचानसहितका १० प्रदेशको पक्षमा भाषण गर्न थालेका छन् ।

    माओवादी धाराको एकीकरण, नेकपा एसमा महाविपत्ति सिर्जना गरेर माधव नेपाललाई अस्तित्व जोगाउनका लागि भने पनि आफूसँग चाँडो एकताका लागि दबाब बढाउने काममा पनि प्रचण्ड सक्रिय छन् ।

    महाधिवेशनपछि नेकपा एसमा देखिएको चर्को असन्तुष्टि र एमालेको चलखेलकै कारणले प्रचण्डले हत्तारिएर एकताको प्रयास नगरेका होइनन् । तत्काल एकताका लागि नेकपा एसका अध्यक्ष माधव नेपाल सकारात्मक देखिएपनि सम्मानित नेता झलनाथ खनालसहित ठूलो पंक्ति विपक्षमा उभिएपछि अहिले एकताको प्रयास रोकिएको छ। यद्यपी, वार्ता छाडेका छैनन् ।

    प्रचण्ड अहिले समाजमा र राजनीतिमा देखिएका जति पनि पपुलिस्ट व्यक्ति र शक्तिहरु छन् उनीहरुलाई नचिढ्याउने बरु आफूप्रति नरम बनाएर ओलीविरुद्ध घेराबन्दी गर्न चाहान्छन् । त्यसक्रममा घरवाहिरका भूराजनीतिक शक्तिसँग विशेषगरी ओली नरुचाउने शक्तिहरुमार्फत देउवामाथि दबाब बढाइरहेका छन् ।

    त्यसोत त उनी प्रतिनिधि सभाको चौथो ठूलो दल रास्वपालाई पनि नचिढ्याउने पक्षमा खुलेका छन् । रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा मुछिँदा सरकार हुँदा होस् या बाहिर भएपनि उनको प्रतिरक्षामा देखिएर विपक्षी मोर्चालाई बलियो बनाउन प्रयासरत देखिन्छन् ।

    प्रधानमन्त्री भन्दा माथि पुगिसकेँ भनेका प्रचण्डले आफूलाई प्रधानमन्त्री भन्दा माथिल्लो देखाउन के के गर्दैछन् ? प्रचण्डले अघि सारेका ७ रणनीति हेरौं ।

    मैले प्रधानमन्त्रीभन्दा माथिको मान्यता पाइसकेँ

    प्रचण्डले आफू नेतृत्वको सरकार हटाउनमा आन्तरिक मात्रै नभएर बाह्य शक्तिको पनि ठूलो भूमिका रहेको बताउँदै आइरहेका छन् । उनले बंगलादेशमा शेख हसिना नेतृत्वको सरकार ढाल्ने र आफू नेतृत्वको सरकार ढाल्ने एउटै शक्ति भएकोसमेत अभिव्यक्ति दिन भ्याए ।

    पछिल्लो समय सरकारबाट बाहिरिँदा पनि विजयी मूडमा रहेको दाबी गर्दै आएका प्रचण्डले आफूलाई विश्वसमूदायले प्रधानमन्त्रीभन्दा माथि ठानेको जिकिर गरे । प्रचण्डले आफूलाई प्रधानमन्त्रीबाट हटाउँदा विश्वको ध्यान तानिएको दाबी गरेका छन् ।

    गत शनिबार पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व समुदायले आफूलाई यति चाँडै प्रधानमन्त्रीबाट हटाइन्छ भन्ने नै नठानेको जिकिर गरे ।

    उनले भने, ‘म यति छिटो प्रधानमन्त्रीबाट हटाइन्छ भन्ने विश्वले ठानेको थिएन । हुन त भन्दा बढी भनेको सुनिन्छ होला, मलाई यसरी प्रधानमन्त्रीबाट हटाउँदा विश्वको ध्यानाकर्षण भएको छ । मलाई प्रधानमन्त्रीबाट त कांग्रेस र एमालेले भ्रष्टाचारी बचाउनका लागि संख्याको बलमा हटाइसकेका थिए । तर बेलायतका प्रधानमन्त्रीलेमलाई चिठी पठाउनुभयो प्रधानमन्त्रीकै नाममा । बेलायतको राजदूतले आएर चिठी दिनुभयो । मैले भनेँ–म प्रधानमन्त्री छैन । मलाई किन चिठी दिनुप¥यो। तपाईं प्रधानमन्त्री नभए पनि प्रधानमन्त्रीभन्दा माथि हो । अन्तर्राष्ट्रिय क्षेत्रमा यो खालको मनोविज्ञान बनेकै छ ।’

    प्रचण्डले दुई छिमेकीसँगको सम्बन्ध पनि आफूले सन्तुलन मिलाएर राखेको जिकिर गर्ने गरेका छन् । तर, राजनीतिक विश्लेषक रोशनराज जनकपुरी प्रचण्डले आफूलाई आफ्नो फोकसभन्दा बाहिर राजनीति नजाओस् भन्ने उद्देश्यले यस्ता अभिव्यक्ति दिएको तर्क गर्छन् ।

    उनी भन्छन्, ‘आफूलाई चर्चामा राख्ने उद्देश्य देखिन्छ, शान्ति सम्झौतापछि एकतर्फि गिरीजा अर्को आफू रहेको भन्दै पटक पटक आफ्नो अभिभावकत्व देखाउन खोजिरहेका हुन्छन् । उहाँलाई बेलायतबाट पत्र आएको छ भन्नुभएको छ त्यो देखाएपछि मात्रै थाहा हुने कुरा हो । तर, त्यो भन्नुको अर्थ म अझै पनि प्रभावशाली छु भनेर देखाउनै खोज्नुभएको हो ।’

    म माओवादी पार्टीको अध्यक्षमा सीमित छैन

    माओवादीको राजनीतिमा साढे ३ बर्षदेखि नेतृत्वमा रहेका प्रचण्डसँग प्रतिस्पर्धा गर्न खोज्ने टिकेको इतिहास छैन । तर, पछिल्लो स्थायी कमिटीको बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित रुपमै प्रचण्डलाई नेतृत्व छाड्न माग गरे। शर्माको यो मागपछि माओवादीवृत्तमा पार्टी फुट्दैछ भन्ने ठूलो तरंग पैदा गर्यो ।

    प्रचण्ड शर्माको प्रस्तावलाई अब बस्ने केन्द्रीय कमिटी बैठकको दस्तावेजमा राख्ने आश्वासनपछि पार्टीभित्रको विवादलाई तत्काललाई टारेका छन् । पार्टीको प्रदेशस्तरीय सबै बैठकमा शर्मालाई पनि साथै लिएर हिँडे ।

    आफू नेतृत्व छाड्न तयार रहेको तर परिस्थिति तयार भइनसकेको भन्दै अब माओवादीमा अध्यक्षभन्दा प्रचण्ड ठूलो भइसकेको टिप्पणी गर्न थालेका छन् । भदौ १४ गते पार्टी अभियानका लागि सुर्खेत पुगेका प्रचण्डले देश दुनियाँमा माओवादी अध्यक्षभन्दा प्रचण्ड ठूलो भइसकेको भन्दै कुनै पनि हालतमा माओवादी नफुट्ने बताए ।

    प्रचण्डको भनाइ थियो, ‘पार्टी केन्द्रीय कमिटी बैठकको तयारीका सन्दर्भमा परामर्श छलफलका लागि हामी देश दौडाहामा लागेका छौं, अहिले नै नेतृत्व हस्तान्तरणको विषय उठेको छैन। प्रचण्डलाई अब अध्यक्ष पदको आवश्यक छैन, देश दुनियाँले मलाई क्रान्तिकारी नेताका रूपमा स्वीकार गरिसकेका छन् ।

    उनले प्रधानमन्त्री मात्र होइन म माओवादी पार्टीको अध्यक्षभन्दा माथि भइसकेँ भनेर भेला बैठकमा दोस्रो र तेस्रो तहका नेताहरुमाथि दबाब बढाएको बताइन्छ। एक अर्कालाई लडाएर, संगठनभित्रका समस्यामा थप समस्या सिर्जना गरिदिएर आफूमै सबैलाई केन्द्रित गर्ने प्रचण्डको पूरानै नीति अहिले अखिल क्रान्तिकारीमा पनि कामयाव भएको छ । माओवादीमा अहिले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव बर्षमान पुन, जनार्दन शर्मालगायत नेताहरुको आआफ्नै गुट छ ।

    त्यसो त गत महाधिवेशनमा पनि महासचिवमा पुन र शर्मालाई भिडाएर प्रचण्डले देव गुरुङलाई ल्याएका थिए । तर, अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले गुटबन्दीको कारणले सम्मेलन स्थगित नभएको दाबी गरे । उनले प्रचण्डको नेतृत्वमा माओवादी एकजुट भएर अघि बढेको जिकिर गरे ।

    बाढी पहिरोको प्रकोपपछि सर्वदलीय बैठक आह्वान

    गत शुक्रबार राती देशभर ठूला बाढी पहिरो जाँदा प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा थिए, कार्यावहाकको जिम्मेवारीमा थिए सहकारी विकास मन्त्री प्रकाशमान सिंह । ठूलो विपद् आउँदा प्रभावकारी कदम चाल्न नसकेको भन्दै अहिले चर्को आलोचना भइरहेको छ ।

    प्रधानमन्त्रीभन्दा माथि देखाउन प्रचण्डले राष्ट्रिय विपत्तिको भोलिपल्ट सर्वदलीय बैठक बोलाए । कार्यवाहक प्रधानमन्त्रीले भन्दा पहिले सर्वदलीय बैठक बोलाएर चर्चित भएपछि उनले फेरि स्थगित गरे । अहिले यो विपद्मा सरकार असफल भएको निष्कर्षसहित पार्टी पंक्तिलाई परिचालित गरिरहेका छन् ।

    विपद् व्यवस्थापनमा सरकार पूर्ण रुपमा असफल भएको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । उनले भने, ‘हामीले मात्रै होइन । सत्तापक्षकै नेताहरुले पनि सरकार असफल भएको भनिराख्नुभएको छ । यस्तो विपद्को बेलामा सरकारको भूमिका शुन्य देखिएको छ ।’

    उनले पूर्वसूचना हुँदा हुँदै पनि सरकारले बेवास्ता गरेकै कारणले ठूलो जनधनको क्षति भएको उनको आरोप छ । उनले भने, ‘विज्ञहरुले ठूलो वर्षा हुँदैछ भनेर भनिराख्नुभएको थियो । सरकारले केही हदसम्म पनि तयारी गरेको भए यत्रो ठूलो क्षति हुने थिएन ।’

    उनले सरकारले अब उद्धार, राहत र पुनस्थापनमा लाग्नुपर्नेमा जोड दिए । त्यसो त उनले सर्वदलीय बैठकमा पनि सरकारको काम प्रभावकारी नभएको भन्दै माओवादीका ृउपमहासचिव शक्ति बस्नेतले आलोचना गरेका थिए। त्यसमा विपक्षी मात्रै नभएर सत्तारुढ दल कांग्रेसका अधिकांश नेताहरु पनि सहमत छन् ।

    विपद्को बेलामा प्रचण्डले गरेको प्रयास सकारात्मक भएको राजनीतिक विश्लेषक चन्द्रकिशोरले बताए ।

    उनी भन्छन्, ‘विपद्को बेलामा देश र जनताको पक्षमा केही न केही गर्छु भनेर लाग्नुभएको छ । त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । दुई तिहाइको सरकार छ अहिले तर सरकारको कामको काम प्रभावकारी देखिएको छैन ।’

    उनले राजनीतिक खपतका लागि ठाउँ अनुसारको अभिव्यक्ति दिँदै आएको समेत बताए ।

    उनले थपे, ‘अहिले उहाँले पीडितलाई भेट्न धाइराख्नुभएको छ । उहाँले आफ्नो सक्रियता खोजिराख्नुभएको छ । तर अहिले विपक्षी दलको नेता भएपनि सरकारलाई सघाउनुपर्छ । उहाँले् आफ्नो स्पेस खोजिराख्नुभएको छ । ओलीजी पनि सरकारबाहिर भएको भए उहाँले कहिले कार्यकर्तालाई खटाउनुहुन्थ्यो कहिले आफैं पुग्नुहुुन्थ्यो। भूकम्प जाँदा एमालेका मात्रै नभए कांग्रेस नेताहरु पनि खटेका थिए । त्यसैले अहिले उहाँले विपद्मा आफ्नो राजनीतिक स्पेस बढाउँन खोज्दैहुनुहन्छ ।’

    प्रधानमन्त्रीभन्दा पहिले बाढी प्रभावित क्षेत्र भ्रमण

    देशमा राष्ट्रिय विपत्ति परेपछि प्रचण्ड प्रधानमन्त्रीभन्दा माथि देखिन बाढी पहिरो प्रभावित ललितपुर, भक्तपुर, काठमाडौं, काभ्रेलगायका ठाउँमा पुगेर स्थलगत अनुगमन गरेका छन् । प्रभावित क्षेत्रमा पुगेर राहत उद्धारका विषयमा सुरक्षा निकायका प्रमुखहरु, प्रशासन र राजनीतिक दल अनि जनप्रतिनिधिसँग छलफल गरिरहेका छन् ।

    बुधबार काभ्रेबाट फर्केपछि प्रचण्डले बाढी प्रभावित क्षेत्रमा सरकार नदेखिएको टिप्पणी गरेका छन् ।

    उनले फेशबुकमा लेखका छन्, ‘बाढी प्रभावित क्षेत्र र रोशी लगायत प्रभावित क्षेत्रको रिपोर्ट बुझ्दा स्थिति भयावह छ । अझै पनि केही नागरिक वेपत्ता हुनुहुन्छ भने केही नागरिक प्रभावित क्षेत्रमा फस्नु भएको छ। प्रभावित क्षेत्रमा खाद्यवस्तु लगायत आधारभूत मानवीय आवश्यकता परिपूर्ति हुन सकेको छैन ।’

    स्थानीय प्रशासन, सुरक्षा संयन्त्र, राजनीतिक दल र सामाजिक संघसंगठन उद्वार र राहतमा खटेका भएपनि केन्द्रको योजनाबद्ध काममा अझै पर्याप्त उपस्थिति नदेखिएको उनको भनाइ छ ।

    बेपत्ताको खोजी, पीडितलाई राहत र ढाडस, घाइतेको निशुल्क उपचार,आवासविहीनलाई आवास र पुनर्वासको व्यवस्था, सडक पूर्वाधारको पुनर्निर्माण, विद्युत आपूर्ति, सञ्चार सम्पर्कलगायतका अत्यावश्यकीय विषयमा सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

    ‘पीडामा रहेका जनतालाई साथ दिनु, उनीहरुलाई आशा र भरोसा दिनु हाम्रो कर्तव्य हो भन्ठानेर म जनताको बीचमा पुगिरहेको छु । आज पनि देशका केहि भागमा भारी बर्षाको पुर्वानुमान छ, सतर्क बनौं । म फेरि भन्छु– हामी तपाईहरुको सुखदुःखको साथी थियौ, छौं र रहनेछौ’ उनले भनाइ छ ।

    सोसल मिडियामा ओलीभन्दा लोकप्रिय बन्न प्रयास

    सामाजिक सञ्चालको बलमा काठमाडौं महानगरमा बालेनको उदय भएपछि सबैजसो राजनीतिक दलहरुले अहिले त्यसलाई प्रभावकारी सञ्चालन गर्ने प्रयास गरिरहेका छन् । सामाजिक सञ्जालमा जनमत तान्न सक्रियमध्ये पर्छन् प्रधानमन्त्री ओली ।

    तर, अहिले प्रधानमन्त्री भन्दा माथि पुगिसकेको पुष्टि गर्न प्रचण्डको सचिवालयले सामाजिक सञ्जालमा पनि निकै मेहनत गरेको छ । फेसबुक पोस्टहरु केपी ओलीकै जस्तै जनतासँग नजिकिने खालका पोष्टहरु आउँन थालेका छन् ।

    विगतमा औपचारिक शुभकामना र वक्तव्यहरुमात्र पोष्ट हुने प्रचण्डको फेसबुकमा अहिले सानातिना गतिविधि र जनचासोको विषय पनि पोष्ट गर्न थालेका छन् । फलोअर्स बढाउने अभियान संस्थागतरुपमै चलाएर ओलीको भन्दा बढी पुराइएको छ ।

    अहिले अभियानकै रुपमा चलाएपछि बालेन समर्थकले प्रधानमन्त्रीको ओलीको फलोअर्स घटाएपछि अहिले प्रचण्डले उछिनेका छन् । यो समाचार तयार पार्दासमेत ६ लाख २० हजार फलोअर्स प्रचण्डको पुगेको छ भने प्रधानमन्त्री ओलीको ६ लाख १० हजारमात्रै छ ।

    प्रचण्डको सोसल मिडिया टिम यतिसम्म एग्रेसिभ भइसकेको छ कि,हिजो असोज १६ गते बुधवार दिउँसो उनका आइटी विज्ञ प्रकाश रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुक प्रतिनिधिलाई सिंहदरवारमा बोलाएर फलोअर्स नदेखिने बनाउन निर्देशन दिएको स्टाटस समेत हाले ।

    त्यो स्टाटस यति भाइरल भयो,पछि फ्याक्ट चेक गर्दा त्यस दिन प्रचण्डमात्र नभएर विश्वभरका सबै नेता,सेलिब्रिटीलगायतको फेसबुक पेजका फलोअर्स नदेखिने भएको रहेछ । सोही रातिबाट फेरि देखिने भएको छ ।

    कांग्रेसप्रति नरम, ओलीविरुद्ध भूराजनीतिक चलखेल

    ओलीले आफूलाई धोखा दिएर कांग्रेस मिलेको भन्दै एमालेविरुद्ध पछिल्लो समय आक्रमक रुपमा प्रस्तुत हुँदै आइरहेका छन् । आगामी निर्वाचनमा एक्लै लड्नेसम्मको घोषणा गरेका प्रचण्ड अझै कांग्रेसप्रति आशावादी नै देखिएका छन् ।

    उनले अब आफूहरु पार्टी निर्माणको अभियानमा भएकाले सरकारमा जान आफूहरुलाई कुनै हतारो नभएको जिकिर गर्दै आइरहेका छन् । तर, पछिल्ला दिनमा प्रचण्डले कांग्रेस एमाले गठबन्धन टुट्ने दाबी गर्न थालेका छन् ।

    पार्टी निकटको अखिल क्रान्तिकारीको २३ औं सम्मेलन उद्घाटन गर्दै बिहिबार भने, ‘अहिले हामी सरकार बनाउने हतारोमा छैनौं। हामीलाई सरकार चाहिएको छैन । हामीलाई जनतातिर फर्काइदिएकोमा कांग्रेस एमालेलाई धन्यवाद नै भनेका छौं हामीले। हामी जनतातिर जान्छौं । तिमीहरु मिलेर बस भनेका छौं। तर, कांग्रेस एमाले मिल्दै छैनन्, मलाई लाग्छ, केही समयभित्र त्यो अपवित्र गठबन्धन कुहिएर झर्छ। त्यो बेला के गर्ने भन्नेबारे हामीले सोच्नुपर्छ ।’

    त्यसो त उनले आफू यो प्रतिनिधि सभाको कार्यकालभरी प्रधानमन्त्री समेत नबन्ने घोषणा गरेका छन् । तर, उनले यो गठबन्धन भत्काउन प्रयास छाडेका छैनन् ।

    प्रधानमन्त्री भन्दा माथि रहेको भनिएका प्रचण्डले भूराजनीतिक शक्तिहरुसँग पनि निरन्तर संवाद गरेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रयास छाडेका छैनन् । ओली नेतृत्वको सरकारलाई भारतले रुचाएको छैन। त्यसैले प्रचण्डले देउवामाथि भूराजनीतिक दबाब बढाएर भएपनि एमालेसँगको सहकार्य टुटाउने दाउमा रहेको बताइन्छ ।

    त्यसैले उनले कांग्रेसप्रति नरम र एमालेप्रति प्रहार गर्ने नीति लिएका छन् । कांग्रेसप्रति सदनदेखि सडकसम्म सकारात्मक छन् । सत्तामा नफर्किने बताएपछि भएसम्मको बल लगाएर पूरानै गठबन्धन ब्यूँताउँने प्रयास पनि गरिरहेका छन् ।

    कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे यो गठबन्धन यो कार्यकालभरी जाने दाबी गर्छन् । उनी भन्छन्, ‘उहाँले सत्ताबाट बिमुख भएको छुद्र अभिव्यक्ति दिँदै आउनुभएको छ । गठबन्धनमा कुनै समस्या छैन । यो कुनै पनि हालतमा टुट्दैन ।’

    तर, प्रचण्डको यो अभिव्यक्ति आउनुलाई कांग्रेसभित्रको असन्तुष्टिलाई पनि लिने गरिएको छ । कांग्रेसमा इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइराला सरकारले काम गर्न नसकेको भन्दै आलोचनामा उत्रिरहेका छन् । उनीमात्रै नभए महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि सरकारमाथि दबाब बढाइरहेका छन् । त्यही अन्र्तविरोध देखेर नै प्रचण्ड गठबन्धन चाँडै टुट्ने भन्दै हौसिएको बताइन्छ ।

    बालेनवादी, पहिचानवादीदेखि तेस्रो मोर्चा निर्माण

    प्रचण्ड प्रधानमन्त्री हुँदा निष्क्रिय रहेको समाजवादी मोर्चालाई सक्रिय बनाएका छन्। मोर्चामा माओवादी, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव पक्षको नेसपा सहभागी छ। मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, प्रभु साह नेतृत्वको आजपासहित माओवादी धारका पार्टीलाई गोलबद्ध गर्ने प्रयासमा छन्। फेरि प्रधानमत्री बन्ने शक्ति आर्जन गर्न समाजवादी मोर्चा, माओवादीहरुको एकता र नेकपा एससँगको एकताको रणनीतिमा छन्।

    उनले बालेनवादी, पहिचानवादीदेखि मधेशका विभिन्न क्षेत्रीय शक्तिसँग पनि सहकार्य गर्दै अर्को चुनावमा तेस्रो निर्णायक शक्ति बन्ने उनको रणनीति बुझ्न सकिन्छ। प्रचण्डको पछिल्लो गतिविधिले राजनीतिक स्पेस अझै बढाउन खोजेको देखिएको राजनीतिक विश्लेषक चन्द्रकिशोरको बुझाइ छ।

    उनले भने, जहाँसम्म मोर्चा र आभिव्यक्तिका कुरा छन् त्यो राजनीतिक स्पेसका कुरा हुन्। त्यो स्वभाविक हो।

    अर्का विश्लेषक जनकपुरी पनि संसदीय राजनीतिमा विपक्षीलाई कसरी कमजोर पारेर आफू सत्तामा पुग्ने भन्ने नीति अगाडि सार्नु स्वभाविक ठान्छन्।

    उनले भने, ‘प्रचण्डले पनि सत्ताभन्दा बाहिर हुँदा मोर्चा बनाएका छन्। त्यहाँ पनि आआफ्नो अर्तविरोधहरु छन्। विप्लव र माधव नेपालहरुको आफ्नो पार्टीगत लाइन छ। यो मोर्चा बनाउनु स्वभाविक पनि हो। अहिले विपद्को बेलामा सरकारको लाचारिन देखिएको छ। बाढी पहिरोको प्रभावितको व्यवस्थापनमा सरकार चुकेको बेलामा विपक्षीहरुलाई एकजुट पारेर कसरी आक्रमक रुपमा प्रस्तुत हुन सकिन्छ भन्ने उहाँको लाइन हो ।’

  • खुमलटार पुगेर क्रान्तिकारीका नेताले प्रचण्डसँग गरे यस्तो वाचा

    खुमलटार पुगेर क्रान्तिकारीका नेताले प्रचण्डसँग गरे यस्तो वाचा

    काठमाडौं । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सम्मेलन अनिश्चितकालका लागि स्थगित भएपछि अध्यक्ष प्रचण्डले अध्यक्ष मण्डलसँग छलफल गरेका छन्।

    आज बिहान खुमलटार बोलाएर प्रचण्डले सम्मेलनलाई सम्पन्न गराउने विषयमा छलफल गरेका हुन्।

    देशमा आएको अविरल वर्षा, बाढी, पहिरो र ठुलो जनधनको क्षतिका बीच सुरु भएको बन्दसत्र प्रतिकूल मौसम, तयारीमा देखिएको अपूर्णता र उमेर हदको गम्भीर बहस आदिको बीचबाट अरू केही दिन लम्बिने निश्चित भएको पार्टीको सल्लाह अनुसार सम्मेलन स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन्।

    उनले भनेका छन्, ‘दशैंको मुखमा सहभागी विद्यार्थी र अभिभावकको बेचैनी तथा व्यवस्थापकीय पक्षमा देखिएको जटिलता समेतलाई ध्यानमा राखी निर्वाचन आयोगको तर्फबाट अध्यक्ष मण्डललाई दिएको परामर्शलाई ध्यान दिँदै अध्यक्षमण्डलले अर्को सूचनामार्फत आव्हान गर्ने गरी तत्काललाई सम्मेलनको बन्दसत्र स्थगन गरेको छ।’

    बन्दसत्र स्थगन भनेको सम्मेलन भाँडिएको वा असफल भएको नहुने उनको तर्क छ।

    उनले थपेका छन्, ‘बरु यसलाई व्यवस्थित रूपमा सम्पन्न गर्न समय लिएको हो। हामी कोही पनि नबहकिऔँ, सम्मेलन असफल भएको दुष्प्रचार नगरौँ। बरु यसलाई कसरी व्यवस्थित रूपमा र विधिसम्मत रूपमा सम्पन्न गर्ने भन्ने बारेमा सोचौँ। आज बिहान मात्रै अध्यक्ष कमरेड प्रचण्डको अगाडि अध्यक्षमण्डलले यो सम्मेलन सफलतापूर्वक सम्पन्न गरेरै छाड्ने दृढ संकल्प व्यक्त गर्नुभएको छ। हामी सबैले अध्यक्ष मण्डललाई सहयोग गरौँ।’

  • उमेर हद विवाद मिलाउन नसकेपछि क्रान्तिकारीको बन्दसत्र स्थगित

    उमेर हद विवाद मिलाउन नसकेपछि क्रान्तिकारीको बन्दसत्र स्थगित

    काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको आज हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ । उमेर हद विवादको कारणले पक्ष विपक्षमा प्रतिनिधि तोडफोड उत्रिएपछि अध्यक्षमण्डलले बन्दसत्र स्थगित गरेको हो । आज रोकिएको बन्दसत्र भोलि १० बजेबाट सुरु हुने जनाइएको छ ।

    उमेह हदमा विवाद भएपछि प्रचण्डले आज पार्टी पदाधिकारी बैठक राखेर छलफल गरेका थिए । अब पार्टी तहबाटै निर्णय गरेर भोलिसम्म सहमतिमा बन्दसत्र अगाडि बढाउने गृहकार्य भइरहेको बताइन्छ ।

    यसअघि पदाधिकारी बैठकले उमेर हद निर्वाचन प्रक्रियाबाट टुंग्याउने र नेतृत्व चयनमा हस्तक्षेत नगर्ने निर्णय गरेको थियो ।

  • उमेर हद विवादमा अल्झियो अखिल क्रान्तिकारी, बन्दसत्र सुरू गर्न माग गर्दै प्रतिनिधिको नाराबाजी (भिडिओ)

    उमेर हद विवादमा अल्झियो अखिल क्रान्तिकारी, बन्दसत्र सुरू गर्न माग गर्दै प्रतिनिधिको नाराबाजी (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको बन्दसत्र सुरु गर्न माग गर्दै प्रतिनिधिहरुले नाराबाजी गरेका छन् ।

    उमेर हदको विषयलाई लिएर काठमाडौंको कीर्तिपुरमा जारी २३ औं राष्ट्रिय सम्मेलन अघि बढ्न नसकेपछि प्रतिनिधिहरुले विरोध जनाएका हुन् ।

     

    सम्मेलनबाट नयाँ नेतृत्व चयनको क्रममा उमेर हदको विषय उठाइएपछि विवाद भइरहेको छ । पार्टीले उमेर हदको विवाद मतदान प्रक्रियाबाट टुंग्याउन निर्देशन दिएको भए पनि अझै सुरु हुन सकेको छैन ।

    बन्दसत्र सुरु नभएपछि प्रतिनिधिहरु आक्रोशित छन् । हिजो पनि उमेर हदको विषयलाई लिएर विवाद भएपछि लफडा भएको थियो । सम्मेलनमा भाग लिन देशभरबाट आएका करिब २ हजार ३०० प्रतिनिधि चार दिनदेखि काठमाडौंमा छन् ।

  • पूर्वसूचना हुँदा पनि सरकारले कुनै तयारी नथाल्दा ठूलो क्षति भयो, अब युद्धस्तरमा काम थालोस् : प्रचण्ड (भिडिओ)

    पूर्वसूचना हुँदा पनि सरकारले कुनै तयारी नथाल्दा ठूलो क्षति भयो, अब युद्धस्तरमा काम थालोस् : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को पूर्वानुमान हुँदा समेत सरकारले कुनै तयारी नथाल्दा ठूलो क्षति भएको बताएका छन् ।

    बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा उनले सरकारलाई राहत, उद्धार र पुनस्थापनमा गम्भिर बन्न ध्यानाकर्षण गराए ।

    उनले भने, ’मौसमविद्हरुले पूर्वानुमान गरिसकेका थिए आउने दुई तीन दिन भारी वर्षा हुँदैछ भनेर। मैले पार्टी र विपक्षी दलका नेताको तर्फबाट ठूलो क्षति हुनसक्छ सबै तयारी अवस्थामा रहनुपर्यो भनेको थिए सरकारलाई तर, सरकारको कुनै तयारी देखिएन ।’

    सरकारले जे जति गल्ती गरेपनि अब एकजुट भएर पीडितको समस्या समाधान गर्नतिर लाग्नुपर्ने बताए ।

    उनले भने, ‘अब राहत, उद्धार, पुर्नस्थापना घाइतेको उपचारमा सरकार गम्भिर बनोस्, म गाली गर्ने पक्षमा छैन। सबै मिलेर पीडितको घाउतमा मल्हमपट्टी लगाउनुपर्छ। सरकारले जेजति कमीकमजोरी गर्यो गर्यो अब युद्धस्तरमा पीडितको पक्षमा काम गरोस्।’

    उनले पार्टीका सबै नेता कार्यकर्ताहरु राहत, उद्धारमा खटिसकेको समेत बताए । पार्टीका सांसद र प्रदेश सांसदहरुले १० दिनको तलब राहत कोष जम्मा गर्ने निर्णय भएको जानकारी गराउँदै स्थानीय तहकालाई पनि इच्छा अनुसार सहयोग गर्न आग्रह गरेको बताए ।

  • बझाङ माओवादीमा विवाद, समानान्तर नेतृत्व चयन

    बझाङ माओवादीमा विवाद, समानान्तर नेतृत्व चयन

    कैलाली । नेकपा माओवादी केन्द्र बझाङमा नेतृत्व चयनका विषयमा विवाद भएको छ । नेतृत्व चयन गर्दा विस्तृत छलफल र बहस नगरेको भन्दै केही प्रदेश कमिटी सदस्यहरूले अध्यक्ष र सचिव घोषणा गरेका छन् ।

    मूल नेतृत्वबाटै गैर जिम्मेवारी काम हुन थालेपछि यसको विरुद्ध समानान्तर कमिटी गठन गरिएको उनीहरुले बताएका छन् । नन्दलाल धामीको संयोजक र अम्मरराज भण्डारी सचिव रहने गरी समानान्तर कमिटी गठन गरिएको हो । प्रदेश पदाधिकारी बैठकले बझाङको संयोजकमा रतन सिंहलाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

    एक पदमा एक जनामात्र रहने पार्टी निर्णय हो तर बझाङमा यस विपरीत काम हुन थालेपछि विरोधमा उत्रिएको आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा समान्तर कमिटीका संयोजक नन्दलाल धामीले बताए । जनप्रतिनिधिलाई जनप्रतिनिधिकै रुपमा रहने दिने, उनीहरूलाई सरकारी काममै सहयोग गर्ने र पार्टीको कुनै जिम्मेवारीमा नराख्ने निर्णय थियो ।

    तर, पार्टी नेतृत्वले नीति अनुसार काम नगरेको विद्रोह गर्नु परेको समान्तर कमिटी सचिव अम्मरराज भण्डारीले बताए । एक व्यक्तिलाई एउटा मात्र जिम्मेवारी दिने अर्थात् एक पदमा एकजना मात्र रहने भन्ने जुन पार्टीको निर्णय थियो त्यस विपरीत माओवादी केन्द्र प्रदेश कार्यालयबाटै यस्तो काम हुन थालेपछि त्यसको विरुद्ध आवाज उठाउनु परेको गठित समान्तर कमिटीको दाबी छ ।

    बझाङको छबिस–पाथिभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिका, थलारा, तलकोट, मष्टा लगायत नेकपा माओवादी केन्द्र पालिका इन्चार्जहरूले पत्रकार सम्मेलन गरेर जिल्लामा नेतृत्वबाट गुटबन्दी गरेको भन्दै त्यसको विरोधमा समानान्तर अध्यक्ष र सचिव घोषणा गरिएको उनीहरुले बताएका थिए । उनीहरुले माग सम्बोधन नभए थप तल्लो तह सम्म कमिटी बिस्तार गर्ने बताएका थिए ।

     

  • क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा, प्रतिनिधिद्वारा नाराबाजी र कुर्सी फालाफाल (भिडिओ)

    क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा, प्रतिनिधिद्वारा नाराबाजी र कुर्सी फालाफाल (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ । उमेर हदको विषयलाई लिएर काठमाडौंको कीर्तिपुरमा जारी २३ औं सम्मेलनमा धकेलाधकेल भएको हो ।

    हिजो बसेको माओवादी पदाधिकारी बैठकले उमेर हदमाथि मतदान गराउने तर नेतृत्व चयनमा हस्तक्षेप नगर्ने निर्णय गरेको थियो । तर, कार्यकर्ताले आज सम्मेलनस्थलमा हुलदंगा मच्चाएका छन् । प्रहरीले सामान्य बल प्रयोग समेत गरेको छ ।

    अध्यक्षका आकांक्षी केशव रावलले पार्टी गुटहरूले विद्यार्थीमा गुटको उम्मेदवार टुङ्गो लाउन नसक्दा कीर्तिपुरमा असर देखिएको टिप्पणी गरेका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘पार्टी गुटहरूले विद्यार्थीमा गुटको उम्मेदवार टुङ्गो लाउन नसक्दा देखिएको असर हो कीर्तिपुर झुर फेरि पनि भन्छु गुटबन्दी अन्त्य गर्नुपर्छ ।’

    हिजो पनि महाधिवेशनस्थलमा सहभागी प्रतिनिधिसँग २ हजार प्रवेश शुल्क तोकेपछि बन्द सत्र हलमा आन्दोलन भएको थियो ।

    उमेर हदको विषयमा पक्ष विपक्षमा प्रतिनिधिहरूले सम्मेलनस्थलमा नाराबाजी समेत गरेका छन् ।

  • विद्यार्थी नेतालाई प्रचण्डले भने- यता लफडा नगर्नुस्,पालिका र सांसदको चुनाव लड्न आफ्नो क्षेत्र फर्किनुस्

    विद्यार्थी नेतालाई प्रचण्डले भने- यता लफडा नगर्नुस्,पालिका र सांसदको चुनाव लड्न आफ्नो क्षेत्र फर्किनुस्

    ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनाव पार्टी एक्लै लड्न लागेको भन्दै विद्यार्थी नेताहरुलाई आ आफ्नो पालिका र निर्वाचन क्षेत्रमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

    अनेरास्ववियू क्रान्तिकारीको महाधिवेशन बन्दसत्र चलिरहेका बेला इन्चार्ज हिमाल शर्मासहित कार्यालय टोली सोमवार विहान प्रचण्ड निवास खुमलटार पुगेको थियो । नेताहरुलाई प्रचण्डले विद्यार्थी संगठनको नेतृत्वको लागि लफडा गरेर बस्नुभन्दा आउने चुनावको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

    अध्यक्ष प्रचण्डले भने–आउने चुनाव पार्टी एक्लै आफ्नै शक्तिमा लड्दैछ । तपाईहरु यता होइन उता आफ्नो निर्वाचन क्षेत्र र पालिकामा खटेर लाग्नुस् । मेहनत गरेर पार्टी बनाउनुस्,तपाईहरुको जिम्मा पार्टीले लिन्छ । राजनीतिक भविष्यको चिन्ता नगर्नुस्,चुनाव लड्ने तयारी गर्नुस् पार्टीले टिकट दिन्छ ।

    अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको नेतृत्व चयनमा पार्टीले हस्तक्षेप नगर्ने र उमेर हद लगाउने वा नलगाउँने स्वतन्त्र अधिकार हललाई नै दिने निर्णय सुनाएको भेटमा सहभागी उपाध्यक्ष जिपी मैनालीले बताए । उनी अध्यक्षका प्रमुख दाबेदार हुन् ।
    अब क्रान्तिकारीमा उमेर हद लगाउने कि नलगाउँने भन्ने एउटा मतदान हुनेछ भने उमेर हद लगाउनेमा हलको बहुमत भएमा कति वर्ष लगाउँने भन्ने अर्को मतदान हुनेछ ।

    मैनालीले भने–उमेर हद लगाउने कि नलगाउँने भन्ने र कति वर्ष लगाउँने भन्ने एउटै मतपत्रमा दुईवटा अप्सन राखिन्छ । उमेर हद लगाउँने भन्ने बहुमत भएमा २८,३० र ३२ कति वर्ष राख्ने भन्ने अर्को अप्सन त्यहि मतपत्रमा हुन्छ । उमेर हद नलगाउँने भने दोस्रो अप्सनमा जानै परेन ।
    यसअघि माओवादी पदाधिकारी बैठकले पनि उमेर हदबारे हलबाटै निर्णय गर्न दिने सहमति गरिसकेको छ ।

  • अखिल क्रान्तिकारीमा उमेर हदमाथि मतदान गराउने माओवादी पदाधिकारी बैठकको निर्णय, तीन चरणको चुनाव हुने सम्भावना

    अखिल क्रान्तिकारीमा उमेर हदमाथि मतदान गराउने माओवादी पदाधिकारी बैठकको निर्णय, तीन चरणको चुनाव हुने सम्भावना

    काठमाडौं । नेकपा माओवादी केन्द्रले अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वमा उमेर हद लगाउने विषयमा मतदानबाट टुंगो लगाउन निर्देशन दिएको छ ।

    अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आइतबार बसेको पदाधिकारी बैठकले नेतृत्व चयनमा हस्तक्षेप नगर्ने तर उमेर हदबारे मतदानबाटै टुंगो लगाउन स्वयत्तता प्रदान गरेको अध्यक्षका प्रमुख दावेदार रहेका प्रवक्ता जीपी मैनालीले नेपाल प्रेसलाई बताए ।

    उनका अनुसार अब बन्द सत्रबाटै उमेर हदको टुंगो लाग्नेछ । त्यसका लागि पहिलो चरणमा उमेर हद लगाउने र नलगाउनेबीच चुनाव हुनेछ । यदि पक्षमा चुनावी परिणाम आएका २८, ३० र ३२ वर्ष कुन कायम गर्ने भन्नेमा पुनः मतदान हुनेछ । त्यसपछि मात्रै नयाँ नेतृत्वको लागि निर्वाचन हुने मैनालीले बताए ।

    उमेर हद नलगाउँदा हालका सबै उपाध्यक्ष र महासचिव गरी १८ जना अध्यक्षका दावेदार बनेका छन् । उमेर हद लाग्ने हलबाट नतिजा आएमा हालका कार्यालय सदस्य र प्राय सबै पदाधिकारीहरु नेतृत्वको दावेदारबाट बाहिरिनेछन् ।

  • माओवादीको निष्कर्ष- सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति

    माओवादीको निष्कर्ष- सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति

    काठमाडौ । नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्पडेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आइतबार साँझ बसेको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकले मौसम पूर्वानुमानअनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हुँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।

    बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टी पंक्तिलाई राहत र पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ ।

    त्यस्तै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउनेलगायतका निर्णय पनि बैठकले गरेको छ ।

  • प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित

    प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ ।

    अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आव्हान गरेका थिए ।

    सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नभएर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

    सरकारले १ बजेका लागि बैठक आह्वान गरेको छ ।

  • बाढीमा फसेकाको उद्धारमा वाइसीएलको टोली पनि खटियो (भिडिओ)

    बाढीमा फसेकाको उद्धारमा वाइसीएलको टोली पनि खटियो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ युवा संगठन योङ्ग कम्युनिस्ट लिग ९वाइसीएल०ल पनि बाढीमा फसेकाहरूको उद्धारमा जुटेको छ।

    काठमाडौं र ललितपुरमा संगठनका वरिष्ठ उपाध्यक्ष कसम गुरुङको नेतृत्वमा १५६ जनाको टिम सक्रिय रूपमा उद्धारमा लागेको हो।

    काठमाडौं र ललितपुरका विभिन्न खोला किनाराका बस्तीमा फसेकाहरूको उद्धार गरिएको वाइसीएल सचिव हरि ढकालले बताए ।

    काठमाडौंमा मात्रै नभएर देशैभरि वाइसीएलको टिम उद्धारमा जुटेको उनले बताए।

    विपद्को बेलामा एक अर्कामा सहयोग गर्न समेत आग्रह गरे।

    दुई दिनदेखि परेको भारी वर्षाले देशभर ठूलो जनधनको क्षति पुगेको छ।

    हालसम्म विपद्मा परेर देशभर ४९ जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन्।

  • क्रान्तिकारीको सम्मेलनमा समूहगत छलफल हुने

    क्रान्तिकारीको सम्मेलनमा समूहगत छलफल हुने

    काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको बन्दसत्रमा विधानमाथि छलफलको तयारी छ ।

    आज बन्दसत्रमा विधान र प्रतिवेदन पेस भएपछि समूहगत छलफल हुने र भोलि निष्कर्ष पेस गर्ने उपाध्यक्ष केशव रावलले बताए । समूहगत छलफलपछि प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरेर निर्वाचन प्रक्रिया सुरू गर्ने तयारी छ । असोज १४ गते बिहान ८ बजेदेखि मतदान गर्ने तयारी छ ।

    अध्यक्षमा पवन कार्की, नरेश रेग्मी, सूर्यनारायण साह, नारायण खनाल, गजेन्द्र देव, क्षितिज सापकोटा, मदन भट्टराई, अमरंजंश शाही, केशव रावल, जिपी मैनाली, इन्द्र भुसाल, मिलन एमसी, तुकमान महरा, लक्ष्मी जोशी, प्रविणा अधिकारी, मदन भुल र महासचिव दिपेश पुनलगायतले आकांक्षी देखिएका छन् ।

    हिजो सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सहमति नभए स्वच्छ ढंगले निर्वाचनमा गएर नेतृत्व छान्न निर्देशन दिइसकेका छन् । उनले आफूले कसैलाई समर्थन नगरेको प्रष्ट पार्दै कुनै नेताहरूले पनि गुटबन्दी गर्न नपाइने बताएका छन् ।

  • अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आजदेखि

    अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आजदेखि

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतत्त विद्यार्थी सङ्गठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैै छ ।

    क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार आजदेखि नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चारदिनसम्म सञ्चालन हुने सम्मेलनको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।

    सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी छन् ।सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ । नयाँ नेतृत्वका लागि यही असोज १३ गते मतदान हुने अध्यक्ष सिंहले जानकारी दिए ।

  • रविलाई विश्वासमा लिएर ओली सरकारविरुद्ध मोर्चा कस्ने प्रचण्डको दाउ, रास्वपा कति सकारात्मक ?

    रविलाई विश्वासमा लिएर ओली सरकारविरुद्ध मोर्चा कस्ने प्रचण्डको दाउ, रास्वपा कति सकारात्मक ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दबाबमा राख्न विपक्षी दलहरूको मोर्चाबन्दी कस्ने गृहकार्य थालेका छन् । भ्रष्टाचारको फाइल खोल्दा आफू नेतृत्वको सरकार ढालेको बताउँदै आएका दाहालले प्रतिपक्ष कित्तालाई बलियो बनाउन खोजेका हुन् ।

    प्रचण्डले आफू सत्ताबाट बाहिरिएपछि समाजवादी मोर्चालाई ब्युँताइसकेका छन् । मोर्चामा माओवादीसहित नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन् । मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, प्रभु साह नेतृत्वको आजपासहित विचार मिल्नेहरूलाई भित्र्याउने गरी छलफल चलिरहेको छ ।

    यद्यपि प्रचण्ड सरकारविरुद्धको मोर्चामा भने प्रतिनिधिसभाको चौथो शक्ति रास्वपालाई पनि ल्याउने गरी छलफलमा छन् । रास्वपाले पनि मुद्दा मिल्नेहरूसँग सहकार्य गर्न तयार रहेको बताएकाे छ ।

    सरकारबाट बाहिरिएपछि अघोषित मोर्चाबन्दीमा देखिएका माओवादी र रास्वपाले दुवैले सडक आन्दोलनसम्मका लागि पार्टी पंक्तिलाई उर्दी जारी गरेका छन् ।

    कांग्रेस-एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी थालेपछि माओवादी प्रतिरोधमा उत्रियो । अहिले सहकारीको रकम अपचलन गरेको मुद्दामा मुछिएका रास्वपा सभापति रवि लामिछानेविरुद्ध पनि माओवादी नेताहरुले चर्को विरोध जनाएका छैनन् ।

    कांग्रेस र एमाले नेताहरू लामिछानेविरुद्ध आक्रामक रूपले प्रस्तुत भइरहँदा माओवादी नेताहरु प्रायः मौन छन् । त्यसो त प्रधानमन्त्री हुँदा पनि प्रचण्डले सहकारी ठगी प्रकरणमा रविको कुनै संलग्नता नभएको दाबी गरेका थिए ।

    आफूले सरकारी सबै संयन्त्रमार्फत् बुझ्दा पनि रविको ठगीमा संलग्नता नभएको रिपोर्ट आएको उनको तर्क थियो । त्यसबेला रवि प्रचण्ड नेतृत्वको सरकारको उपप्रधान तथा गृहमन्त्री थिए । एउटै कित्तामा उभिएको बेलामा अहिलेका प्रधानमन्त्री ओलीले पनि रविलाई सहकारी प्रकरणमा सफाइ दिँदै हिँडेका थिए ।

    तर अहिले परिस्थिति फेरिए पनि रविविरुद्ध कांग्रेसले चाहे जस्तो संसदीय समितिको प्रतिवेदन आएको छैन । छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न आफू तयार रहेको रवि आफैंले बताइसकेका छन् । प्रचण्ड अहिले पनि आफूले त्यसबेलामा भने जस्तै अहिले समितिको प्रतिवेदन आएको भन्दै रविको पक्षमा सार्वजनिक रूपमा बोलिरहेका छन् ।

    प्रचण्डको यो अभिव्यक्तिले प्रष्ट हुन्छ, उनी सरकारविरुद्धको खबरदारीमा रविको साथ खोजिरहेका छन् ।

    सरकारको गलत कामको विपक्षी दलहरूले आ-आफ्नो ठाउँबाट खबरदारी गरिरहेको माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले बताइन् ।

    उनले भनिन्, ‘अहिले हामीले सरकारको गलत कामको विषयमा प्रतिवाद त गरिरहेका छौं । थप मोर्चाबन्दीको विषयमा दसैंतिहारको बीचमा हामी केन्द्रीय कमिटीको बैठक बस्दैछौं त्यहीँबाट रणनीति बनाउँछौं ।’

    उनले पनि सहकारी प्रकरणमा सरकारले पूर्वाग्रह साँध्न खोजेजस्तो देखिएको भन्दै निष्पक्ष छानबिन हुनुपर्ने बताइन् ।

    उनले थपिन्, ‘हामीले निष्पक्ष छानबिनको पक्षमा छौं । संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ भन्ने पक्षमा छौं । प्रश्न उठेका जति सबैलाई छानबिन गर्नुपर्छ । उहाँ (रवि)को विषयमा पनि तथ्य हेर्नुपर्छ, कसैलाई बचाउने र कसैलाई फसाउने कुरा स्वीकार्य हुँदैन ।’

    सरकारको गलत कामको विरुद्धमा विपक्षी मोर्चा बनाउने प्रयास हुनु स्वाभाविक भएको माओवादी सचिव लीलामणि पोखरेल बताउँछन् ।

    उनी भन्छन्, ‘यो स्वाभाविक कुरा हो । हामीले यसका लागि रास्वपासहित सबै दलसँग कुरा गर्छौं । महँगी नियन्त्रण गर्न सकेको छैन । अहिले सरकार भ्रष्टाचारीलाई बचाउन लागेको छ । अहिले बाल मन्दिर जग्गा प्रकरणमा उपप्रधान तथा शहरी विकासमन्त्रीकी दिदीलाई उन्मुक्ति दिन खोज्दैछ । सरकारले अहिले डेलिभरी दिन सकेको छैन । यो विषय उठाइरहेका छौं ।’

    उनले अहिले मोर्चा बनाएर सडक आन्दोलनमा गइहाल्ने पक्षमा भने आफूहरू नरहेको बताए ।

    के भन्छन् अरु दल ?

    नेकपा एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले पनि इस्यू मिल्ने दलहरूबीच मोर्चाबन्दी हुनसक्ने बताए ।

    उनले भने, ‘विपक्षी दलहरूलाई मोर्चाबन्दीको विषयमा पनि कुरा होलान् । अहिले सरकारले जनताविरोधी गतिविधि गरेको छ । महँगी बढाएको छ । यो नियन्त्रण गर्न सरकारले ध्यान नदिएकाले हामी आन्दोलनको तहमा जानेबारे छलफल गरिरहेका छौं ।’

    सरकारले भ्रष्टाचारका मुद्दाहरूमा पनि राजनीति गर्न खोजेको उनको भनाइ छ ।

    भट्टराईले थपे, ‘यो कानूनको राज्य हो, तर कानूनले कसैलाई पक्षपात गर्दैन । अहिले सहकारी प्रकरणमा धनराज गुरुङ, ऋषिकेश पोखरेलको श्रीमतीको पनि नाम आएको छ । त्यो नगर्ने, तर एउटा विपक्षी दलको नेतालाई समात्ने र अरुलाई छाड्ने कुरा गर्न खोज्दैछ । त्यो मिल्दैन ।’

    रास्वपाका सचेतक सन्तोष परियारले भने विपक्षी दलहरूबीच मोर्चाबन्दी बनाउनेबारे पार्टीमा छलफल नभएको बताए ।

    उनले भने, ‘विपक्षी दलहरूको मोर्चाबन्दीको विषयमा पार्टीभित्र छलफल भएको छैन । सरकारका गलत कदमका विरुद्ध प्रतिपक्षहरूले आवाज उठाइहाल्छन् ।  मुद्दा हेरेर विपक्षी दलहरूले विरोध गरिरहेका हुन्छन्, तर मोर्चा नै बनाउने भन्नेबारे छलफल भएको छैन ।’

    एमाले भन्छ- प्रचण्डको छटपटी

    नेकपा एमालेका महासचिव शंकर पोखरेल भने प्रचण्ड सत्ताबाट बाहिर आउनुपर्दाको छटपटीको कारणले राष्ट्रिय राजनीति तनावपूर्ण भएको टिप्पणी गर्छन् ।

    बुधबार धनगढी पुगेका उनले भने, ‘सरकार गठन भएको १०० दिन नपुग्दै उहाँले जुन अभिव्यक्ति दिनुभयो, त्यो पूर्णत: असंसदीय र अराजनीतिक थियो । त्यही अभिव्यक्तिका कारण संसदभित्रै गतिरोध उत्पन्न भयो । माओवादी आन्दोलनको आलोचना गर्दा हिंसा असंसदीय हो भनेर विरोध गर्नुभयो । उहाँले राष्ट्रमा आतंक नै गर्नुभएको छ ।’

    उनले माओवादीको १० वर्षे आन्दोलन हिंसामात्रै नभएर आतंक नै भएको दाबी गरे । मुलुकको लोकतन्त्रलाई स्थायित्व बनाउँदै संविधान संशोधन गर्दै अगाडि बढ्न कांग्रेससँग मिलेको बताए ।

    कांग्रेसभित्र पनि असन्तुष्टि

    त्यसो त सत्ताको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसभित्र पनि ओली सरकारविरुद्ध असन्तुष्टि बढ्दै गइरहेको छ । एमाले र माओवादी मिल्दा देशलाई स्थायित्व दिन दुई ठूला दल मिल्नुपर्ने वकालत गर्दै आएका इतर पक्षका नेता डा. शेखर कोइरालाले सरकारप्रति सार्वजनिक रुपमै असन्तुष्टि जनाइसकेका छन् ।

    कांग्रेस-एमाले गठबन्धन सात बुँदे समझदारीअनुरूप बढ्न नसकेको उनको बुझाइ छ ।

    ‘सय दिन नपुग्दै केही कुरा कमेन्ट गर्न अप्ठेरो हुँदोरहेछ, तर हुने विरुवाको चिल्लो पात जस्तो भइरहेको म देख्दिनँ । सुरूमा अर्थतन्त्र चलायमान हुन्छ भन्ने लागेको थियो मलाई, तर त्यो पनि निराशाजनक देखिराखेको छु’, उनको भनाइ छ, ‘मैले यो सोचेको थिइनँ । सुशासनको हेर्दा सचिवहरू कसरी सरुवा भइरहेका छन् ? आज एउटा, भोलि अर्को । सुशासन दिन सकिँदैन यसरी । यी कुराहरूले चिन्ता बढाएको छ हामीलाई ।’

    कोइरालाले दुई ठूला दल मिल्दा शासक निरंकुश हुनसक्ने तर्क गर्दै आएका छन् । उपसभामुखलाई हटाउन प्रधानमन्त्री ओलीले चालेको कदम बिफल हुनुमा कोइरालाको आपत्तिले पनि काम गरेको बताइन्छ ।

    त्यसो त कांग्रेसमात्रै नभई सरकारलाई समर्थन गरेका जनमत, जसपा नेपाल पनि असन्तुष्ट छन् ।

    आन्दोलनमा राप्रपा

    प्रतिनिधिसभाको पाँचौं ठूलो दल राप्रपाले सरकारविरुद्ध सडक आन्दोलनको घोषणा गरिसकेको छ । आफूले सरकारलाई बुझाएको ४० बुँदे मागलाई सम्बोधन नगरेको भन्दै राप्रपाले छठलगत्तै काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरिरहेको छ ।

    राप्रपाले मंगलबारमात्रै देशभरका पार्टी प्रतिनिधिलाई काठमाडौं बोलाएर आन्दोलनको लागि प्रशिक्षण दिइसकेको छ । महामन्त्री धवलशमशेर राणाले देशभर जनता आन्दोलनको मुडमा पुगिसकेको बताए । एक्लाएक्लै आन्दोलन गरेर सफल नहुने भन्दै विचार मिल्ने शक्तिहरूलाई एकताबद्ध भएर होमिन उनले आह्वान गरे ।

    प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘देशमा परिवर्तन चाहने, सनातन हिन्दू राज्य चाहने, संवैधानिक राजसंस्था चाहने र देशमा भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्छ । हामीले अलग्गै आन्दोलन गरेर गाह्रो हुन्छ ।’

    उनले मंसिरबाट आफूहरूले आन्दोलन सुरु गर्ने भएकाले विचार मिल्नेहरूलाई एकजुट हुन आह्वान गरे ।

    ‘यो आन्दोलन एक दिनको हुँदैन । सबै व्यवस्था गर्छौं । सातदेखि १० दिनसम्म काठमाडौं उपत्यका ठप्प बनाएर नालायक सरकारलाई घुँडा टेकाएरमात्रै विश्राम लिन्छ’, उनको भनाइ छ ।

  • संवैधानिक इजलासमा फेरि चढ्यो अग्नि सापकोटाको मुद्दा, आज निर्णय सुनुवाइ होला ?

    संवैधानिक इजलासमा फेरि चढ्यो अग्नि सापकोटाको मुद्दा, आज निर्णय सुनुवाइ होला ?

    काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण तथा हत्या सम्बन्धी मुद्दाको फैसला गर्ने पेशी आज फेरि चढेको छ ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज अग्नि सापकोटाविरुद्धको मुद्दाको निर्णय सुनुवाइको मात्र मुद्दा रहेको छ ।

    प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अध्यक्षताको इजलासमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत,सपना मल्ल,प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी छन् ।

    सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित,अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए ।

    सापकोटालाई सभामुख र मन्त्री बनाउने निर्णयविरुद्ध परेका रिटको लामो समयसम्म फैसला आएको छैन । पटक पटक पेशीमा चढे पनि यसको निर्णय सुनुवाइ भने अन्तिममा टर्ने गरेको छ ।

    माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सपकोटाविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो । अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए ।

    उक्त मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।

    संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीनवटा मुद्दा छन् । लामाकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन् ।

    त्यस्तै पत्रकार कनकमणि दीक्षितविरुद्ध पनि सापकोटाले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । उनलाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिका राजनीतिक मामिला विज्ञ सुशील प्याकुरेलले राजीनामा दिएका थिए ।

  • अखिल क्रान्तिकारीको नेतृत्वका लागि चुनाव निश्चित, अध्यक्ष बन्न १८ जना उम्मेदवार मैदानमा

    अखिल क्रान्तिकारीको नेतृत्वका लागि चुनाव निश्चित, अध्यक्ष बन्न १८ जना उम्मेदवार मैदानमा

    काठमाडौं । असोज १० गतेदेखि शुरु हुने नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनबाट संगठनको नेतृत्व लिन डेढ दर्जन विद्यार्थी नेता प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् ।

    काठमाडौंमा हुन लागेको सम्मेलनबाट अध्यक्ष बन्नका लागि १७ जना उपाध्यक्ष र एक महासचिव सहित १८ जना प्रतिस्पर्धामा छन् । संगठनका उपाध्यक्ष राजकुमार लिम्बु पारिवारिक कामले मुलुक बाहिर रहेको र कल्पना मियाँ प्रतिनिधि सभाको सांसद भइसकेकाले दुई जना भने अध्यक्षको प्रतिस्पर्धामा छैनन् ।

    संगठनका उपाध्यक्ष जिपी मैनाली, इन्द्र भुसाल, मिलन एमसी, तुकमान महरा, लक्ष्मी जोशी, प्रविणा अधिकारी, मदन भुल, पवन कार्की, नरेश रेग्मी, सूर्यनारायण साह, नारायण खनाल, गजेन्द्र देव, क्षितिज सापकोटा, मदन भट्टराई, अमरंजंश शाही, केशव रावल र महासचिव दीपेश पुन अध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।

    उपाध्यक्ष रहेका भुसाल र महासचिव पुन तत्कालीन अध्यक्ष रञ्जित तामाङ अध्यक्ष हुँदा उपाध्यक्षको जिम्मेवारीमा थिए भने उपाध्यक्ष मैनाली, एमसी, महरा र जोशी तामाङको कार्यकालमा उपमहासचिवको जिम्मेवारीमा थिए । यस्तै रावल तामाङको कार्यकालमा कोषाध्यक्षको जिम्मेवारीमा थिए भने बाँकी ११ जना तामाङको कार्यकालमा सचिवको जिम्मेवारीमा थिए ।

    अध्यक्ष पञ्चा सिंहले विद्यार्थी संगठनमा लामो समयदेखि टिके प्रणाली कायम रहेकाले त्यसलाई आफूले भत्काउन खोजेको र निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन गर्ने पक्षमा आफू रहेको नेपाल प्रेससँग बताइन् ।

    उनले भनिन्–संगठनको अध्यक्ष म मात्रै नभएर सिंगो संगठन नै अहिले निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन गर्नुपर्छ भन्ने पक्षमा रहेको छ । प्रदेश समितिको नेतृत्व पनि अधिकांश ठाउँमा निर्वाचन प्रक्रियाबाटै भएको छ । त्यसैले हामी यस पटक निर्वाचन प्रणालीबाट निर्वाचित गर्ने पक्षमा रहेका छौ ।

    यी हुन् शीर्ष वरियताका उम्मेदवार

    वरियताको हिसाबले हेर्दा संगठनका पूर्व अध्यक्ष रञ्जित तामाङ अध्यक्ष रहँदा संगठनका अध्यक्ष पञ्चा सिंहसँगै इन्द्र भुसाल उपाध्यक्ष थिए । उनले संगठनमा दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । हिमाल शर्मा अध्यक्ष चयन भएको संगठनको १८ औँ सम्मेलनबाट आफू केन्द्रीय कमिटीमा आएकाले वरिष्ठतामा आफ्नो दाबी बलियो रहेको उनको भनाइ छ ।

    अध्यक्षको उम्मेदवार बन्ने दाबी गरिरहेका भुसाल यस पटक निर्वाचन प्रक्रियामै जाने र सहमतिको सम्भावना नरहेको बताउँछन् ।

    उनले भने, ‘सम्मेलनमा २ हजार ३२३ जना प्रतिनिधि सहभागि हुनुहुन्छ । मेरो अध्यक्षमा सशक्त दाबी छ । वरियताले पनि म अहिलेको अध्यक्ष पञ्चा सिंह भन्दा दोस्रो वरियतामा हो । वरियतामा मात्रै नभएर आन्दोलनलाई सही ढंगले अघि बढाउने आट र क्षमता पनि छ । मैले पाएको जिम्मेवारी अहिलेसम्म निर्विवाद रूपमा पुरा गरेको छु ।’

    संगठनका उपाध्यक्ष जिपी मैनाली, मिलन एमसी, तुकमान महरा र लक्ष्मीप्रसाद जोशी संगठनको उपमहासचिवबाट उपाध्यक्षको जिम्मेवारी आएका हुन् । उनीहरू चारै जनाको अध्यक्षमा दाबी छ । इन्जिनियरिङ पृष्ठूसालसँगै हिमाल शर्मा नेतृत्वको १८ औँ सम्मेलनबाट केन्द्रीय सदस्य भएका थिए ।

    इन्द्र भुसाल, जिपी मैनाली, तुकमान महरा, प्रविणा अधिकारी एकैपटक र एकै दिन १८ औँ सम्मेलनमा हिमाल शर्मा नेतृत्वको केन्द्रीय समितिमा केन्द्रीय समिति सदस्यबाट प्रवेश गरेका हुन् । केन्द्रीय समितिमा प्रवेश गर्दै गर्दा भुसाल पशुपति बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति र मैनाली काठमाडौं इन्जिनियरिङ कलेजमा स्ववियु सभापति थिए । यस्तै उपाध्यक्ष तुकमान महरा जनयुद्धको लिगेसीबाट आएको कार्यकर्ता मध्येका एक योद्धा हुन् ।

    अध्यक्षमा अर्को बलियो उम्मेदवारका रूपमा महासचिव दीपेश पुनलाई हेरिएको छ । रञ्जित तामाङ संगठनको अध्यक्ष हुँदा उनी पनि उपाध्यक्षको जिम्मेवारीमाा थिए । पञ्चा सिंह अध्यक्ष चयन हुँदा उनी उपाध्यक्षबाट कार्यकारी भूमिकाको महासचिवमा झरेका थिए । अहिले महासचिवबाट फेरि अध्यक्षको बलियो दाबेदारका रूपमा प्रस्तुत भइरहेका छन् ।

    प्रविणा अधिकारी एक्लो महिला प्रतिस्पर्धी

    अध्यक्षको उम्मेदवारमा महिलाबाट एकमात्र प्रतिस्पर्धी छिन् प्रविणा अधिकारी छन् । उनी पनि हिमाल शर्मा नेतृत्वको केन्द्रीय सदस्य हुन् । यद्यपि उनी सचिवबाट सिधै उपाध्यक्ष चयन भएकी हुन् । २१ औँ सम्मेलनमा रञ्जित तामाङ नेतृत्वको केन्द्रीय समितिको निर्वाचनमा उनी उपमहासचिवको लड्ने तयारी गरेकी थिइन् । तर तत्कालीन अवस्थामा आशा तमुलाई उपहासचिवमा सघाउनका लागि प्रविणाले उपमहासचिवमा उम्मेदवारी दिइनन् ।

    उनले सचिव हुँदा अनुशासन आयोगको प्रमुख र उपाध्यक्ष भइसकेपछि छात्रा विभाग प्रमुख, गण्डकी प्रदेशको जिम्मेवारी र अहिले अधिवेशनको पूर्व सन्ध्यामा लुम्बिनी प्रदेशको जिम्मेवारी सम्हालिरहेकी छन् ।

    उपाध्यक्ष अधिकारी आफू निरन्तर अखिल (क्रान्तिकारी)को आन्दोलनमा विचलित नभएर संगठनमा लागिरहेको, व्यक्तिगत जीवनलाई समेत छायामा राखेर व्यक्तिगत रूपमा राजनीतिक तथा सांगठनिक समेत कुनै लाभ नलिएको विद्यार्थी नेता भएकाले संगठनको नेतृत्व हाँक्न तयार रहेको बताउँछिन् ।

    उनले भनिन्, ‘वरिष्ठताको आधारमा पनि म अध्यक्ष पञ्चा सिंहभन्दा पछि उपाध्यक्षमा वरिष्ठ हो । उमेरको हिसाबले पनि ३५ वर्ष मुनीको र निरन्तर अध्ययनरत विद्यार्थी दुई विषयमा स्नातकोत्तर पनि गरेको छु । त्यसैले म यो संगठन हाँक्न योग्य छु । परम्परा र कर्मकाण्डमा सिमित भएको विद्यार्थी आन्दोलनबाट माथी उठेर विद्यार्थी आन्दोलनको गौरवपुर्ण बिगतलार्इ सम्मान गर्दै विद्यार्थी आन्दोलन केवल आन्दोलनका लागि मात्रै नभएर विद्यार्थी र तिनका मुद्दा कै निम्ति हो भन्ने कुरा स्थापित गर्नका लागि अध्यक्षमा मेरो बलियो उम्मेदवारी छ ।’

    अध्यक्षका अर्का दाबेदार मदन भुल अहिलेको पदाधिकारी उपाध्यक्ष मध्ये सबैभन्दा सक्रिय भएको दाबी छ । रञ्जित तामाङ नेतृत्वको केन्द्रीय समितिमा उनी सर्वाधिक मत ल्याएर सचिव पदमा निर्वाचित भएका थिए ।

    अहिले अध्यक्ष दाबी गरिरहेका अधिकांश उपाध्यक्ष राजधानी काठमाडौं केन्द्रित विद्यार्थी राजनीति गरिरहेको भए पनि भुल भने जिल्ला स्तरबाटै विद्यार्थी राजधानी गरेर संगठनको सचिव भएपछि मात्रै संघीय राजधानी काठमाडौं छिरेका हुन् । उनले अखिल (क्रान्तिकारी) अछामको अध्यक्ष भएर पनि जिम्मेवारी सम्हालिसकेका छन् ।

    पिछडिएको क्षेत्र र उत्पीडित दलित समुदायबाट उपाध्यक्षसम्म पुगेर अध्यक्षमा दाबी गर्ने भुल पहिलो व्यक्ति हुन् । उनकै नेतृत्वमा जाजरकोट र रुकुम पश्चिममा २ सय जना स्वयंसेवक परिचालन गरेर २ हजार अस्थायी टहरा निर्माण गरिएको थियो ।

    उनले भने, ‘मैले अहिलेसम्म जिल्ला तहदेखि केन्द्रीय समितिको उपाध्यक्षसम्म आइपुग्दा सबै जिम्मेवारी सक्रिय रूपमा पुरा गरेको छु । संगठनले खटाएको हरेक अभियान तथा मोर्चामा नतिजामूलक काम गरेको छु । पिछडिएको क्षेत्र र पिछडिएको वर्ग तथा उत्पीडित समुदायको प्रतिनिधित्व पनि मैले गर्ने भएकाले मेरो अध्यक्षमा सशक्त दाबी रहन्छ ।’

    पवन कार्की बलिया उम्मेदवार

    अध्यक्षका अर्का उम्मेदवार उपाध्यक्ष पवन कार्की संगठनका अध्यक्ष पञ्चा सिंहको नेतृत्वलाई अस्विकार गरेर समानान्तर केन्द्रीय समिति चलाएर आएका नेता हुन् । बागमती प्रदेश, अझ उपत्यका र उपत्यका भित्रका क्याम्पसमा बलियो पकड भएका कार्की विद्रोही छवि बनाएका बलियो उम्मेदवार हुन् । कार्कीले सम्मेलनको उद्घाटन हुनु २ दिन अघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

    उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘मेरो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्नको हैन, उत्तरको आन्दोलन बनाउनका लागि हो । मेरो उम्मेदवारी क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई रहरलाग्दो, डरलाग्दो र भरलाग्दो बनाउनका लागि हो । मेरो उम्मेदवारी राजनीतिक एजेन्डामा रुमल्लिएको विद्यार्थी आन्दोलनलाई विद्यार्थीका मुद्दामा फर्काउन र विद्यार्थीको नेता विद्यार्थीलाई नै बनाउनका निम्ति हो । र मेरो उम्मेदवारी संगठनलाई विधि र विधानमा हिँडाउनका निम्ति हो ।’

    अरू यस्ता छन् उम्मेदवार

    उपाध्यक्ष नरेश रेग्मी र मिलन एमसी उपाध्यक्ष पम्फा भुसाल र देव गुरुङसँग एकता प्रक्रियाबाट आएका नेता हुन् । एमसी एकता प्रक्रियाबाट आउँदा संगठनको भागवण्डबाट उपाध्यक्षको जिम्मेवारीमा आए पनि पछि २१ औँ अधिवेशनमा रञ्जित तामाङ नेतृत्वको केन्द्रीय समितिमा भने उपमहासचिवमा चुनाव लडेर निर्वाचित भएका थिए ।

    लक्ष्मीप्रसाद जोशी नयाँ शक्ति पार्टीबाट देवेन्द्र पौडेल नेतृत्वको टिम पार्टी एकतामा आउँदा त्यो टिमसँगै एकता प्रक्रियामा आएका नेता हुन् । जोशी २१ औँ सम्मेलनबाट रञ्जित तामाङ नेतृत्वको केन्द्रीय समितिमा उपमहासचिवमा समायोजन भएर आएका थिए ।

    त्यसपछि उनी उपाध्यक्ष चयन भएका हुन् । यस्तै अमरजंग शाही, नारायण खनाल, क्षितिज सापकोटा, मदन भट्टराई, गजेन्द्र देव र सूर्यनारायण साह सचिवबाट सिधै उपाध्यक्ष भएका हुन् ।

    उपाध्यक्ष केशव रावलले पनि अध्यक्षमा उम्मेदवारी दिने बताइसकेका छन् । पार्टीले उम्मेदवार नबनाउँदा २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम पूर्वमा पुगेर उनले बागी तथा स्वतन्त्र उम्मेदवार दिएर पनि पराजित भएका थिए ।

    संगठनको महासचिवमा भने प्रदेशको इञ्चार्जको जिम्मेवारी पाएका सबै उपमहासचिवले दाबी गरिरहेका छन् । यति मात्रै नभएर अहिले प्रदेश अध्यक्षको जिम्मेवारी पुरा गरिसकेको सबै नेताले पनि महासचिवमा दाबी गरिरहेका छन् ।

    अखिल (क्रान्तिकारी)का २३ औँ राष्ट्रिय सम्मेलनले ३३ पदाधिकारी सहित २४३ केन्द्रीय समिति र तीन आयोगका पदाधिकारी समेत निर्वाचित गर्नेछ । यस पटकको सम्मेलनले प्रत्यक्ष निर्वाचन प्रणालीबाट पदाधिकारी तथा सदस्य निर्वाचित गर्ने तयारी रहेको छ ।

  • रवीन्द्र मिश्रले प्रचण्डको भनाइलाई आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रस्तुत गरेको सचिवालयको स्पष्टोक्ति

    रवीन्द्र मिश्रले प्रचण्डको भनाइलाई आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रस्तुत गरेको सचिवालयको स्पष्टोक्ति

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रवीन्द्र मिश्रले गरेको टिप्पणी प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।

    अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको बताएका छन् । शान्ति र संविधानको नेतृत्व गर्ने प्रचण्डको विचार भनेर आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनीतिक संस्कार नभएको पनि बताएका छन् ।

    यो पनि पढ्नुहोस्- रवीन्द्रसँग प्रचण्डले खोले मनका कुरा- राजा महेन्द्र गज्जबका भिजनरी, ज्ञानेन्द्र अलि नरम भइदिएको भए…

    ‘हिजो बिहानको खुमलटार भेटघाटमा रवीन्द्र मिश्रजीले आफ्ना विचारहरू राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ,’ मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान् बलिदानपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’

    पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र ? मल्लले प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘मिश्र सर, यति सस्तो (अ)राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !’

  • पवन कार्कीले गरे अध्यक्ष उठ्ने घोषणा- विद्यार्थी आन्दोलनलाई रहरलाग्दो, डरलाग्दो र भरलाग्दो बनाउने जिकिर

    पवन कार्कीले गरे अध्यक्ष उठ्ने घोषणा- विद्यार्थी आन्दोलनलाई रहरलाग्दो, डरलाग्दो र भरलाग्दो बनाउने जिकिर

    काठमाडौं । नेकपा माओवादीनिकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको आसन्न सम्मेलनलाई लिएर विद्यार्थी नेताहरूले उम्मेदवारी दाबी पेश गर्न थालेका छन् । यसैक्रममा पवन कार्कीले केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । कार्की हाल केन्द्रीय उपाध्यक्ष छन् ।

    क्रान्तिकारीको २३औं सम्मेलन यही असोज १०-१४ मा काठमाडौंमा तय गरिएको छ । उनले एक अपिल जारी गर्दै आफ्नो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्नहरूको नभई, उत्तरहरूको आन्दोलन बनाउन भएको बताएका छन् ।

    ‘मेरो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्नहरूको हैन, उत्तरहरूको आन्दोलन बनाउनका लागि हो । मेरो उम्मेदवारी क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई रहरलाग्दो, डरलाग्दो र भरलाग्दो बनाउनका लागि हो । मेरो उम्मेदवारी संविधानमा ग्यारेन्टी गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई कार्यान्वयन गर्दै समाजवादी शिक्षा वहाली गर्नका निम्ति हो’, उम्मेदवारीको औचित्य दिँदै कार्कीले लेखेका छन्, ‘मेरो उम्मेदवारी राजनीतिक एजेण्डामा रुमल्लिएको विद्यार्थी आन्दोलनलाई विद्यार्थीका मुद्दामा फर्काउन र विद्यार्थीको नेता विद्यार्थीलाई नै बनाउनका निम्ति हो । र, मेरो उम्मेदवारी संगठनलाई विधि र विधानमा हिडाउनका निम्ति हो ।’

    आज विद्यार्थी आन्दोलनको औचित्य समाप्त भयो भनेर स्यालहुइयाँ पिट्ने प्रवृत्तिले टाउको उठाउन खोजिरहेको कार्कीको जिकिर छ ।

  • सुदूरपश्चिमका ६ जिल्लामा माओवादीका इन्चार्ज हेरफेर- वर्षमाननिकटको वर्चश्व, अरु कसको भागमा कति ?

    सुदूरपश्चिमका ६ जिल्लामा माओवादीका इन्चार्ज हेरफेर- वर्षमाननिकटको वर्चश्व, अरु कसको भागमा कति ?

    कैलाली । सुदूरपश्चिम प्रदेशका ६ जिल्ला माओवादी केन्द्रले इन्चार्जहरू हेरफेर गरेको छ । यहाँको ९ जिल्ला कञ्चनपुर,बैतडी र बाजुरा बाहेकका अन्य ६ जिल्लामा नयाँ इन्चार्ज तोकिएको छ ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले संयुक्त रुपमा हस्ताक्षर गरेर जिल्ला इन्चार्ज तोकिएको सर्कुलर प्रदेश इन्चार्ज र अध्यक्षलाई पठाएका छन् ।

    ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज कमरेड गिरिराजमणि पोखरेलसँगको परामर्श र सुझावको आधारमा सुदूरपश्चिम प्रदेशमा रहेका पार्टी केन्द्रीय सदस्यहरूको जिम्मेवारी निम्नानुसार गरिएको यो पत्र जारी गरिएको छ सोही अनुसार गर्न गराउन हुन निर्देशन गरिन्छ’, अध्यक्ष र महासचिवले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    उक्त सर्कुलर अनुसार टेकेन्द्र भट्टले कञ्चनपुर, नेप बहादुर चौधरीले कैलाली जिल्लाको इन्चार्जको जिम्मेवारी पाएका छन् । त्यस्तै कुन्ती जोशीले डडेल्धुरा, त्रिलोचन भट्टले डोटी, नरेन्द्र कुवरले बैतडी, लक्षण दत्त जोशीले दार्चुला इन्चार्जको जिम्मेवारी पाएका छन् ।

    बझाङमा मीनबहादुर कुवर, बाजुरामा कर्ण बहादुर विश्वकर्मा र अछाममा सदरसिंह भण्डारी इन्चार्ज तोकिएको छ ।

    यस अघि कञ्चनपुरमा इन्चार्ज रहेका टेकेन्द्र भट्ट, बैतडीका नरेन्द्र कुवर र बाजुराका कर्णबहादुर विश्वकर्माले सोही जिल्लामा पुन इन्चार्जको जिम्मेवारी पाएका छन् भने अन्य ६ जिल्लाको इन्चार्ज फेरिएका छन् ।

    यस अघि कैलालीमा हरि ज्ञवाली अखण्ड,डोटीमा शिवसिंह ओली, अछाममा झपट साउद, डडेल्धुरामा जगत पार्की, बझाङमा देवराज रेग्मी र दार्चुलामा लक्ष्मी विक इन्चार्ज रहेका थिए ।

    डोटीमा अघि इन्चार्ज रहेका शिवसिंह ओली अहिले प्रदेश सभा सदस्य छन् । उनको ठाउँमा नयाँ सर्कुलरमा त्रिलोचन भट्ट तोकिएको छ । भट्ट सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री हुन् ।

    पहिलो कार्यकाल पुरै मुख्यमन्त्री भएर पाँच वर्ष चलाएका भट्टले दोस्रो पटक प्रदेश सभाको टिकट पाएका थिएनन् । उनकै प्रमुख स्वकीय सचिव रहेका ओलीले टिकट मात्रै पाएनन् जित पनि हासिल गरे । अहिले उनै ओलीको ठाउँमा भट्ट इन्चार्ज तोकिएका छन् ।

    सुदूरपश्चिम प्रदेशमा यस अघि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकटका नेताहरूको इन्चार्जमा वर्चस्व रहेको छ । अहिले नयाँ सर्कुलरमा भने उपमहासचिव वर्षमान पुन निकटका धेरैले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

    करिब ५ जिल्लामा पुन निकटका नेताहरू इन्चार्ज बन्दा २ जिल्लामा अर्का उपमहासचिव जनार्दन शर्मा निकटका नेताहरू इन्चार्जको जिम्मेवारीमा आएका छन् ।

    उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकर र महासचिव देव गुरुङका १/१ जनाले मात्रै इन्चार्जको जिम्मेवारी पाए ।

    डोटी, अछाम बाजुरा, दार्चुला र डडेल्धुरामा पुन निकटका इन्चार्ज बन्दा, कञ्चनपुर र बैतडीमा शर्मा त्यस्तै कैलालीमा गुरुङ र बझाङमा श्रेष्ठ निकटकाले इन्चार्जको जिम्मेवारी पाएका हुन् ।

  • रवीन्द्रसँग प्रचण्डले खोले मनका कुरा- राजा महेन्द्र गज्जबका भिजनरी, ज्ञानेन्द्र अलि नरम भइदिएको भए…

    रवीन्द्रसँग प्रचण्डले खोले मनका कुरा- राजा महेन्द्र गज्जबका भिजनरी, ज्ञानेन्द्र अलि नरम भइदिएको भए…

    काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।मङ्गलवार संविधान निगरानी समूहको कार्यक्रममा रोचक सवाल जवाफ गरेको भोलिपल्टै मिश्र प्रचण्ड भेट्न खुमलटार पुगेका हुन्।

    आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भएको भन्दै मिश्रले फेसबुकमा लेखेका छन्। मिश्रले प्रचण्डलाई अब देश यस्तो बिन्दुमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ’विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।

    लामो व्याख्या सहित आफ्नो कुरा राखेपछि प्रचण्डको केही टिप्पणी अर्थपूर्ण लागेको उनले बताएका छन्।

    यस्ता छन् प्रचण्डले मिश्रसँग राखेका सात कुरा:

    १. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोलि प्रशिक्षणमा यही भनिरहेको छु।

    २. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गज्जबका ‘भिजनरी’ राजा रहेछन्।

    ३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।

    ४. राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो।

    ५. देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो।

    ६. अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।

    ७. म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो।

  • सत्ताका लागि कांग्रेस-एमालेले संविधान संशोधन हतियार बनाए, परिस्थिति जटिल छ: प्रचण्ड (भिडिओ)

    सत्ताका लागि कांग्रेस-एमालेले संविधान संशोधन हतियार बनाए, परिस्थिति जटिल छ: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेले संविधान संशोधनलाई सत्ताको हतियार बनाएको बताएका छन् ।

    संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै उनले अहिले परिस्थिति निकै जटिल बन्दै गएको बताए ।

     

    प्रचण्डले भने, ‘परिस्थिति निकै जटिल छ, सहज छैन । यो संविधान शान्ति सम्झौताको अंग पनि हो । अहिले दुई ठूला पार्टी त्यसको मर्मअनुसार अघि बढ्न खोजेका छैनन् । उहाँहरुको एजेण्डा संविधान संशोधन दुईचार दिन अगाडिसम्म थिएन । यो संविधानले राजनीतिक स्थिरता भए समीक्षा गर्ने बेला भयो कहिल्यै भन्नुभएको थिएन । कसैले सुन्नुभएको छ, एमाले र कांग्रेसले संविधान संशोधनको कहिल्यै छलफल गरेका थिएनन् । उनीहरुलाई चाहिएको सरकार थियो ।’

    माओवादी केन्द्रको नेतृत्वको सरकारलाई हटाउनैपर्ने निष्कर्षमा पुगेपछि संविधान संशोधनको विषयलाई कथा बनाएको भन्दै उनले थपे, ‘यो उहाँहरुको एजेण्डा होइन, अरुको एजेण्डा हो ।’

  • रवीन्द्र मिश्रलाई प्रचण्डको जवाफ- मलाई महत्व पक्कै दिएको होइन, तपाईंले राजनीति गर्नुभयो (भिडिओ)

    रवीन्द्र मिश्रलाई प्रचण्डको जवाफ- मलाई महत्व पक्कै दिएको होइन, तपाईंले राजनीति गर्नुभयो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूलाई प्रशंसा गरेको कि आलोचना गरेको बुझ्न नसकेको बताएका छन् ।

    संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै मिश्रले देशको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको टिप्पणी गरेका थिए ।

    त्यही कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘उहाँलाई मैले यहाँ पस्दैगर्दा तपाईंले प्रशंसा गर्नुभएको कि आलोचना गर्नुभएको बुझ्नै सकिएन भनेको थिएँ । उहाँले अस्ति मैले झट्ट देखेको थिएँ, उहाँले दरवार मार्गको नाम पनि कांग्रेस-एमालेले प्रचण्ड मार्ग राखे हुन्छ भन्नुभयो । यो कांग्रेस, एमाले र प्रचण्डको बीचमा लडाइँ पार्न खोजेको हो कि मलाई त्यो महसुस भयो । त्यो विचार राख्ने मान्छेले प्रचण्डलाई महत्व पक्कै दिनुभएको होइन । उहाँले राजनीति गर्नुभएको हो । त्यो स्वतन्त्रता तपाईंलाई छ ।’

    उनले यो प्रचण्डको संविधान नभएर जनताको संविधान भएको जवाफ दिए । प्रचण्डले संविधानसभाको निर्वाचन गराउने र बनाउनेमा आफ्नो भूमिका महत्वपूर्ण रहेको बताए ।

  • मलाई हटाउँदा विश्वको ध्यान तानियो, बेलायतले प्रधानमन्त्रीभन्दा माथि भन्दै पत्र पठायो- प्रचण्ड (भिडिओ)

    मलाई हटाउँदा विश्वको ध्यान तानियो, बेलायतले प्रधानमन्त्रीभन्दा माथि भन्दै पत्र पठायो- प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीबाट हटाउँदा विश्वको ध्यान तानिएको दाबी गरेका छन् ।

    माओवादी केन्द्रको चितवन-काठमाडौं समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व समुदायले आफूलाई यति चाँडै प्रधानमन्त्रीबाट हटाइन्छ भन्ने नै नठानेको बताए ।

     

    उनले भने, ‘म यति छिटो प्रधानमन्त्रीबाट हटाइन्छ भन्ने विश्वले ठानेको थिएन । हुन त भन्दा बढी भनेको सुनिन्छ होला, मलाई यसरी प्रधानमन्त्रीबाट हटाउँदा विश्वको ध्यानाकर्षण भएको छ ।’

    प्रचण्डले आफू प्रधानमन्त्रीबाट बाहिरिएपछि बेलायतका राजदूतले प्रधानमन्त्रीलाई दिनुपर्ने पत्र आफूलाई दिएको बताए ।

    उनले प्रधानमन्त्री नभए पनि प्रधानमन्त्रीको हैसियतभन्दा माथिको मान्छे भन्दै आफूलाई पत्र दिएको सुनाए । प्रचण्डले दुई छिमेकीसँगको सम्बन्ध पनि आफूले सन्तुलन मिलाएर राखेको जिकिर गरे ।

  • प्रचण्डको विश्वास- यो गठबन्धन आफैं कुहिएर झर्दैछ, हामी फेरि नयाँ ढंगले जान्छौं

    प्रचण्डको विश्वास- यो गठबन्धन आफैं कुहिएर झर्दैछ, हामी फेरि नयाँ ढंगले जान्छौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा आधा दर्जन मन्त्री भ्रष्टाचारको आरोप लागेकाहरु रहेको बताएका छन् ।

    अखिल नेपाल ट्रेड युनियन महासंघको बृहत् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारीलाई जोगाउन कांग्रेस-एमाले मिलेको बताए ।

    उनले भने, ‘सबै प्रयासहरुमा उनीहरु असफल भएका छन्, एउटा काम पनि फत्ते गर्न सकेका छैनन् । प्रत्येकमा हामी प्रतिपक्षमा भए पनि एकपछि अर्को सफलता हासिल गर्दै गएका छौं । केही समयभित्रै यो गठबन्धन आफैं कुहिएर झर्नेछ र हामी फेरि नयाँ ढंगबाट जाने विश्वास लिएका छौं ।’

    अध्यक्ष प्रचण्डले उपसभामुखलाई हटाउन धेरै प्रपञ्च भए पनि असफल भएको दाबी गरे ।

  • एमालेलाई प्रचण्डले भने- हत्या, हिंसाबारे दिएको अभिव्यक्ति फिर्ता नभएसम्म आन्दोलन छाड्दैनौँ (भिडिओ)

    एमालेलाई प्रचण्डले भने- हत्या, हिंसाबारे दिएको अभिव्यक्ति फिर्ता नभएसम्म आन्दोलन छाड्दैनौँ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले चालेको हरेक कदम असफल भएको दाबी गरेका छन्।

     

    शहीद प्रतिष्ठानको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै आफूहरू बाहिरिए पनि जितेको महसुस गरिरहेको बताए।

    उनले जनयुद्धलाई हत्या, हिंसा भनेकोबारे एमालेका नेताहरू दिएको अभिव्यक्तिबाट पछि नहटेसम्म आन्दोलन नछाड्ने सुनाए।

    उनले भने, ‘प्रतिनिधिसभामा हामी कमजोर छौँ तर माओवादी कमजोर होइनौँ, हाम्रो विरासत छ। सबै माओवादी एकै ठाउँ आउनुको विकल्प छैन, माओवादीको मर्म र मुद्दा त साझा छ। माओवादी जतिलाई एकीकृत हुने बित्तिकै ठूलो तागत हुनेवाला छ।’

  • विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्नुपर्छ : प्रचण्ड

    विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्नुपर्छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बदलिएको राजनीतिक परिस्थिति र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका लागि शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको बताएका छन्।

    शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रचण्डले विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्नुपर्नेमा जोड दिए।

    उनले भने, ‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र विपक्षमा मत थिए। तर अहिले बदलिएको राजनीतिक परिस्थिति र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको छ। हाम्रा पनि धेरै नेता साथीहरूले यो प्रस्ताव पार्टीभित्र छलफल गरौँ भनिरहनुभएको छ, म पनि यसमा छलफल खुला गर्ने पक्षमा छु।’

    उनले यस विषयमा पार्टीबाट नै स्पष्ट दृष्टिकोण बनाएर जाने बताए। विश्व शान्तिको केन्द्र लुम्बिनीलाई प्रमुख आधार बनाएर यो क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा अघि सार्न आवश्यक हुने उनको भनाइ छ।

    यो अभियानको तर्फबाट बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै संयुक्त राष्ट्रसंघको महासभामा आवाज उठाउन समेत आग्रह गरेका थिए।

  • पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मालाई पितृशोक

    पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मालाई पितृशोक

    दाङ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माका पिता वरिष्ठ साहित्यकार गिरिराज शर्माको बुधबार ८४ वर्षको उमेरमा निधन भएको छ ।

    केही समयदेखि भैरहवामा बसोबास गर्दै आएका शर्माको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बुटवलस्थित गौतम बुद्ध मुटु अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा दिउँसो ३ः१५ बजे निधन भएको अस्पतालले जनाएको छ ।

    शर्माको पार्थिव शरीर बिहीबार साँझ दाङको घोराही- १८ मसिनास्थित निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ । उनको बिहीबार बिहान मसिना सतीघाट कटुवाखोलामा अन्त्येष्टि गरिने शर्माको परिवारले जनाएको छ ।

    नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका वरिष्ठ साहित्यकार शर्माका झन्डै एक दर्जन कृति र दर्जनौं कविता प्रकाशित छन् । निवृत्त शिक्षक शर्माका चार छोरी र एक छोरा छन् । शर्माकी श्रीमती पार्वती शर्मा पौडेलको २०७७ साल चैत ९ गते निधन भएको थियो ।

  • देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन् : प्रचण्ड

    देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन् : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति देशभर आकर्षण बढेको दाबी गरेका छन् ।

    केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठकलाई सम्बोधन गर्दै आफूहरू सातै प्रदेश पुगेर फर्केको र पछिल्लो समय मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा जाँदा पार्टीप्रति जनआकर्षण बढ्दै गएको पाएको जिकिर गरे ।

    उनले भने, ‘अरूबेला सरकार छाडेपछि कार्यकर्ता र समर्थकमा निराशाजस्ता देखिन्थ्यो तर अहिले भने सबैतिर उत्साह देखिएको छ । हामीलाई राम्रो काम गर्दागर्दै भ्रष्ट, माफिया र दलालहरूले हटाएको जनताले बुझ्दै गएका छन्, सरकारका पछिल्ला एकपछि अर्को विवादित कामले अझ बढी जनताले देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने बुझ्न थालेका छन् । यसलाई अवसरमा बदलेर अघि बढ्नुपर्छ ।’

    पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकबाट संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम बनाएर जाने बताए ।

    बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको छ ।

  • सुदूरपश्चिम माओवादीको विद्यार्थी सङ्गठनमा पनि गुटको लडाइ : फेरि वर्षमान र जनार्दन आमनेसामने

    सुदूरपश्चिम माओवादीको विद्यार्थी सङ्गठनमा पनि गुटको लडाइ : फेरि वर्षमान र जनार्दन आमनेसामने

    कैलाली । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।

    प्रदेश सम्मेलन मार्फत नयाँ नेतृत्व चयन गरिएको छ । १३ पदाधिकारीमा दुई जना सर्वसम्मत भए पनि अन्यमा भने मतदान भएको थियो । सदस्यहरू भने सबै सर्वसम्मत भए । ६५ सदस्यीय कमिटीमा ५४ सर्वसम्मत हुँदा ११ जना पदाधिकारीको लागि निर्वाचन भयो । पदाधिकारी निर्वाचनमा माओवादी भित्रै चरम गुटबन्दी देखिएको छ ।

    माओवादी दुई उपमहासचिव वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकर निकटका विद्यार्थी नेताहरू दुवै टिम बनाएर निर्वाचनमा होमिएका छन् । केन्द्रका नेता विभाजित हुँदा प्रदेश स्तरमा नेताहरू पनि दुई टिममा देखिएका छन् ।

    वीर बहादुर थापा प्यानललाई अनन्त निकटका नेता कार्यकर्ताहरूको समर्थन रहेको देखिएको छ भने वीरेन्द्रराज विष्ट प्यानलाई प्रभाकर निकट नेता कार्यकर्ताहरूको समर्थन देखिएका थियो ।

    यसअघि वर्षमानसँग देखिएका माओवादी प्रदेश अध्यक्ष हरि चौधरी उत्सवले भने प्रभाकर निकट रहेका अध्यक्ष उम्मेदवारलाई समर्थन गरेका थिए । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री रमेश धामी पनि सोही टिममा देखिए ।

    विष्टको पक्षमा स्थायी समिति सदस्य खगराज खगराज भट्ट, हरि ज्ञवाली, नरेन्द्र कुवर, जनक बुढा, दीपक साउद, अक्कल रावल, वीरमान चौधरी लगायतले समर्थन गरेका थिए । थापा प्यानलाई त्रिलोचन भट्ट, ओमविक्रम भाट सरल, मानबहादुर धामी, मानसिंह माल, झपट साउद लगायतले समर्थन गरेका थिए ।

    माओवादी उपमहासचिव समेत रहेका प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेल र सहइन्चार्ज विना मगरले खुलेरै कसैलाई समर्थन वा विरोध नगरे पनि उनीहरूको ग्रिन सिग्नल भने फरक फरक प्यानलाई रहेको थियो । पोख्रेलले प्रभाकर निकट रहेका अध्यक्षका उम्मेदवार विष्टलाई र मगरले अनन्त निकट अध्यक्षका उम्मेदवार थापालाई ग्रिन सिग्नल दिएका थिए ।

    माओवादी नेताहरू मात्रै होइन विद्यार्थी नेताहरू पनि दुई टिममा विभाजित भए । प्रदेश अध्यक्ष दीपक डिसी र महासचिव डम्बर भट्टराईले विष्टलाई, प्रदेशको इन्चार्ज भीम भट्ट र दुई उपाध्यक्षले थापालाई समर्थन गरेका थिए ।

    दुई प्यानलसहित भएको निर्वाचनमा अनन्त निकट प्यानलबाट उम्मेदवार बनेका थापा निर्वाचित भए । १३१ मत ल्याए थापा विजयी हुँदा विष्टले ११५ मत पाए ।

    उपाध्यक्षमा निर्वाचित तिलक बहादुर माल र सचिवमा निर्वाचित कमल थापा दुवै टिममा परेका थिए । मालले १८५ मत पाएका थिए भने थापाले १०५ पाए । विष्ट टिममा रहेका उपाध्यक्ष लक्ष्मी चौधरी र कोषाध्यक्ष सुन्दर गौतम निर्विरोध भएका थिए ।

    उपाध्यक्षमा थापा टिममा रहेका कैलाश चन्द्र गिरि १५७, मतसहित, जीवन बिसी १३८ मतसहित विजयी हुँदा विष्ट प्यानलका साजेन्द्र कोली १०४ मतसहित विजयी भएका थिए ।

    प्रमुख सचिवमा विष्ट प्यानलका देविजंग बहादुर सिंहले १२८ मत सहित विजयी हुँदा थापा प्यानलका प्रमुख सचिवका उम्मेदवार शिवराज सन्ञ्जालले १०५ मत पाएका थिए ।

    विष्ट प्यानलबाट सचिवका उम्मेदवार बनेका प्रकाश आचार्यले १३१ मत सहित विजयी हुँदा थापा प्यानलका मनोज पुन मगरले १२३ र रोहित जोशीले ९८ मत पाएर विजयी भएका थिए ।

    २९ गते उपमहासचिव तथा प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेलले उद्घाटन गरेको कार्यक्रममा केन्द्रीय अध्यक्ष पञ्जासिंह पनि उपस्थित थिइन् । २६३ प्रतिनिधि मध्ये २५१ मत खसेको थियो ।

  • माओवादी सांसदको दाबी- धनराज गुरुङको सहकारी ठगीमा संलग्नता देखिन्छ, डिभोर्स पनि शंकास्पद छ (भिडिओ)

    माओवादी सांसदको दाबी- धनराज गुरुङको सहकारी ठगीमा संलग्नता देखिन्छ, डिभोर्स पनि शंकास्पद छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले छानबिन समितिको प्रारम्भिक अनुसन्धनमा कांग्रेस उपसभापति धनराज गुरुङ सहकारी ठगीमा संलग्न भएको देखाएको दाबी गरेका छन् ।

     

    प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सम्बन्ध विच्छेद पनि नक्कली जस्तो देखिएको बताए ।

    उनले भने, ‘उहाँको विषयमा समितिले प्रारम्भिक अनुसन्धान गर्‍यो । थप अनुसन्धानका लागि सम्बन्धित निकायलाई सिफारिस गरेका छौं । प्रारम्भिक अनुसन्धानबाट रकम अपचलनमा उहाँको संलग्नता देखिन्छ । उहाँको सम्बन्ध विच्छेद पनि नक्कली देखिन्छ । कानूनसम्मत छ, तर नक्कली जस्तो देखिएको छ अनुसन्धानमा । २०७६ मा डिभोर्स गर्नुभएको २०७७ मा मेडमलाई साक्षी राखेर ऋण लिनुभएको छ । केही समयअघि मात्रै ७४ लाख किस्ता तिरेको देखिन्छ । उहाँको संलग्नता देखिन्छ, तर तार्किक निष्कर्षमा पुग्न अनुसन्धान प्रक्रिया बाँकी छ ।’

    सांसद दाहालले थप अनुसन्धानको लागि सरकारलाई सिफारिस गरेको बताए ।