Category: माओवादी केन्द्र

  • प्रचण्डले भने- मैले ज्ञानेन्द्रलाई भेटेको छैन (भिडिओ)

    प्रचण्डले भने- मैले ज्ञानेन्द्रलाई भेटेको छैन (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्यो भनेर विरोधीहरुले स्यालहुँइयाँ चलाइएको टिप्पणी गरेका छन् ।

    सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले आफूले झापा र काठमाडौंमा भेट्यो भनेर हल्ला गरेको भन्दै आपत्ति जनाए ।

     

    उनले भ्रामक प्रचारको खेद प्रकट गर्दै आफूले नभेटेको प्रष्टीकरण दिए । उनले आफू विमानस्थलमा हुँदा प्रचण्ड भएको सुनेपछि ज्ञानेन्द्र फर्किएको सुनेको बताए । उनले आफूलाई ज्ञानेन्द्र भेट्यो भनेर बद्नाम गर्न खोजिएको बताए ।

    प्रचण्डले भने, ‘जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भेटेको भन्नु सही होला ?’

  • सरकार ढाल्ने खेलमा नरहेको भन्दै प्रचण्डको प्रष्टीकरण- कांग्रेस र एमालेसँग मिलेर गल्ती गरेछौं (भिडिओ)

    सरकार ढाल्ने खेलमा नरहेको भन्दै प्रचण्डको प्रष्टीकरण- कांग्रेस र एमालेसँग मिलेर गल्ती गरेछौं (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र विचौलियालाई जोगाउन बनेको सरकार आफैं कुहिएर झर्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।

    सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले माओवादी कुनै सत्ताको खेलमा नरहेको भन्दै सरकार ढालेको दोष आफूहरुलाई नदिन आग्रह गरे ।

    प्रचण्डले भने, ‘हामीले खबरदारीसभा राख्नेबित्तिकै सत्तापक्षले सबैलाई एकै ठाउँमा ल्याएर सडकबाट सरकार परिवर्तन गर्न खोजेको, त्यसो गर्नु संविधानविरोधी हुन्छ भन्ने होहोल्ला गरे । मैले प्रतिनिधिसभामै भनेको थिएँ, तपाईंहरुको सरकार पूरै अवधि चलोस्, माओवादीले सरकार ढाल्ने खेलमा लाग्दैन भनेर । तपाईंहरु पूरै चलोस् ।’

     

    उनले सरकार ढाल्न खबरदारीसभा नगरेको प्रस्ट पारे । प्रचण्डले अहिलेको सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको पुष्टि भएको दाबी गरे ।

    माओवादीले खबरदारीसभा राखेपछि सरकार ढल्दैछ भन्ने आतंक बढेको भन्दै उनले अझै भ्रष्टाचार र बेथितितिर नजान चेतावनी दिए ।

    उनले माओवादी अहिले सत्ताको पक्षमा नरहेको प्रस्ट पार्दै अहिले कांग्रेस-एमालेसँग सहकार्य गरेर गल्ती गर्‍यौं भन्ने परेको सुनाए ।

    प्रचण्डले कांग्रेस-एमालेसँग मिलेर गल्ती गरेको निष्कर्षसहित समीक्षा गरेर जनतातर्फ फर्किएको बताए ।

  • प्रचण्डको चेतावनी- यो सभाको सन्देशलाई गम्भीरतापूर्वक नलिए भोलि जे पनि हुनसक्छ (भिडिओ)

    प्रचण्डको चेतावनी- यो सभाको सन्देशलाई गम्भीरतापूर्वक नलिए भोलि जे पनि हुनसक्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारविरुद्ध गरेको खबरदारीसभालाई गम्भीरतापूर्वक लिन चेतावनी दिएका छन् ।

    सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले आजको सभाको सन्देशलाई बुझ्न आग्रह गरे ।

    उनले भने, ‘भनिन्छ, बिहानले दिउँसोको संकेत गर्छ, यो खबरदारीसभाको सन्देशलाईलाई सरकारले गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने संकेत यही सभाले गरेको छ । यसमा गम्भीर हुन सरकारलाई चुनौती दिन्छौं ।’

    प्रचण्डले बाढीपहिरोको विपद्‍मा सरकार चुकेको भन्दै यस्तो गल्ती नदोहोर्‍याउन सरकारलाई चेतावनी दिए ।

  • सरकारलाई नारायणकाजीको चेतावनी- अब पनि नसच्चिए माओवादीले अर्को कदम चाल्छ

    सरकारलाई नारायणकाजीको चेतावनी- अब पनि नसच्चिए माओवादीले अर्को कदम चाल्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी, ठग र राज्य लुट्नेहरुले निद हराम भएपछि प्रचण्ड नेतृत्वको सरकार ढालेको दाबी गरेका छन् ।

    सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धको अभियान चलाएर सामाजिक र आर्थिक रुपमा अगाडि बढाउने प्रयास गरेको बताए ।

    उनले भने, ‘हामीले भ्रष्टाचार र ठगीविरुद्ध ठूलो अभियान सञ्चालन गर्‍यौं । राज्यलाई लुट्नेहरुविरुद्ध ठूलो अभियान सञ्चालन गर्‍यौं । हामी दाबीका साथ भन्न सक्छौं, यो देशमा राणाशासनपछि २०७७ देखि बनेको सरकारले गर्न नसकेको काम हाम्रो सरकारले गर्‍यो । भ्रष्टाचारीहरुलाई कानूनको दायरामा ल्यायौं । त्यसबेला प्रचण्ड प्रधानमन्त्री र म गृहमन्त्री हुँदा सुत्न नपाइने भयो, निद हराम भयो, गर्दियो भनेर भ्रष्टाचारी, ठग र राज्य लुट्नेहरुले भन्थे ।’

    सुशासन र भ्रष्टाचारविरुद्धको अभियान चलाउँदा देशमा नयाँ आशा र ऊर्जा भएपछि, सह्य नभएपछि सरकार ढालेको उनले जिकिर गरे ।

    उनले भने, ‘उहाँहरुले हामीलाई शिक्षा दिने, जसले गएको सरकारले ललिता निवास काण्डमा कीर्ते मुद्दामा अदालतमा छ, अख्तियारले दायर गरेको मुद्दामा कैद र जरिवानाको मुद्दा सर्वोच्च अदालतमा छ । एउटा अदालतले दोषी ठहर गरेर अर्को अहिले सर्वोच्चमा विचाराधीन मुद्दा भएको व्यक्तिलाई सफाइ दिन मिल्छ कि मिल्दैन ? यस्तो सह्य हुन सक्दैन ।’

    सरकारले भ्रष्टाचारविरोधी अभियान रोक्ने प्रयास गरिरहेको आरोप लगाउँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकार सच्चिएर नआए माओवादीले खबरदारीसभामै सीमित नभएर अर्को कदम चाल्नसक्ने चेतावनी पनि दिए ।

  • माओवादीको चेतावनी- सरकारको यो रवैया हेरेर चुप बस्न सक्दैनौं (भिडिओ)

    माओवादीको चेतावनी- सरकारको यो रवैया हेरेर चुप बस्न सक्दैनौं (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार जनताको नभएर सीमित दलाल पूँजीपति, विचौलिया वर्गको भएको आरोप लगाएका छन्।

    सरकारविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्दै यो सरकार कसैले बनाइदिएको भन्ने अध्यक्ष प्रचण्डको भनाइ पुष्टि भएको दाबी गरे। उनले यो सरकारले जनताको हितमा कुनै काम नगरेको बताए।

    उनले ओली नेतृत्वको सरकारले लोकतन्त्रको कुरा गर्नु हाँस्यापद भएको टिप्पणी गरे।

    उनले भने, ‘झम्टिझम्टि प्रतिनिधिसभालाई विघटन गर्न खोज्नेले आज पनि पार्टी फुटाउनको लागि अनेक हर्कत गरिरहेको छ। पार्टीहरुलाई कमजोर गरेर लोकतन्त्रको रक्षा हुन सक्छ। लोकतन्त्रको भावना सरकारमा बसेका भन्दा हामीले बढी बुझेका छौं।’

    उनले कम्पना नै नगरेको घटनाहरु आइरहेकाले सचेत भएर हिँड्नुपर्ने उनको भनाइ छ। उनले थपे, ‘हामीले गरेको यो खरबदारीले पुगेन भने देशव्यापी रुपमा जनपरिचालन गर्नेछौं। सरकारको रवैया हेरेर निकै सशक्त आन्दोलनको तयारीमा छौं।’

    उनले सरकारले भ्रष्टाचारी र विचौलियालाई संरक्षण गर्न लागिपरेको आरोप लगाए।

  • सरकारविरूद्ध सडकमा माओवादी, तस्बिरमा यस्तो देखियो काठमाडौंको शक्ति प्रदर्शन

    सरकारविरूद्ध सडकमा माओवादी, तस्बिरमा यस्तो देखियो काठमाडौंको शक्ति प्रदर्शन

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडकमा उत्रिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको समर्थन पाएको सरकार असफल भएको निष्कर्षसहित आज माओवादीले काठमाडौंमा जनप्रदर्शन गरेको हो।

    सरकारविरुद्धको प्रदर्शनको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन्। प्रदर्शनमा प्रचण्डसहित पार्टीका सबै पदाधिकारी सहभागी छन्।

    काठमाडौं मलबाट जुलुस निकालेर भृकुटीमण्डपमा खबरदारी सभा गर्दैछ। माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनस्र्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारलाई दबाब दिन खबरदारी सभा गरेको जनाएको छ ।
    आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खोजेको माओवादीको दाबी छ।

    ओली नेतृत्वको सरकारले सय दिन पुगेलगत्तै विपक्षी दलको तर्फबाट संयुक्त ज्ञापनपत्र बुझाएलगत्तै माओवादी आक्रामक रूपमा सडकमा उत्रिएको हो।

     

  • प्रचण्डको नेतृत्वमा सरकारविरुद्ध मा‌ओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    प्रचण्डको नेतृत्वमा सरकारविरुद्ध मा‌ओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकारविरुद्ध खबरदारी सभा गर्न लागेको हो ।

    सरकारविरुद्धको खबरदारी सभा भृकुटीमण्डपमा हुनेछ । त्यसअघि काठमाडौं मलबाट जुलुस निकालिने छ । ११ बजेपछि काठमाडौं मलबाट सुरु भएको जुलुसको नेतृत्व अध्यक्ष प्रचण्डले गर्ने जनाइएको छ ।

    माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सभा गर्न लागेको जनाएको छ ।

    यस्तै आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारी सभा गर्न लागेको जनाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पुगेलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र आक्रामक रूपमा प्रस्तुत हुन लागेको हो । विपक्षी दलको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाए लगत्तै माओवादीले सडक आन्दोलनको घोषणा गरेको थियो ।

  • बाबुरामको प्रश्न- पूर्वमाओवादी किन एकठाउँमा आउनुपर्ने, अर्को जनयुद्ध कि भोजभतेर गर्न ?

    बाबुरामको प्रश्न- पूर्वमाओवादी किन एकठाउँमा आउनुपर्ने, अर्को जनयुद्ध कि भोजभतेर गर्न ?

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्वमाओवादीहरू किन एक ठाउँमा आउनुपर्ने भन्दै प्रश्न गरेका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका केही नेताहरूले पूर्वमाओवादीहरू एक ठाउँमा आउनुपर्ने कुरा गरिरहेको भन्दै उनले अर्को जनयुद्ध गर्न कि भोजभतेर गर्न आउने भन्दै समाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् ।

    सत्ताको खेलबाट बाहिर फलिएको प्रचण्ड सुशासनको मुद्दा उठाएर आन्दोलनको धम्की दिइरहेको उल्लेख गर्दै भट्टराईले प्रचण्डलाई फेरि एक पटक संसदीय सत्तारोहण गराउन एक हुनुपर्ने हो ? भनेर पनि प्रश्न गरेका छन् ।

    भट्टराईले एक ठाउँमा आउनुको वैचारिक र राजनीतिक औचित्य र आधार पनि मागेका छन् ।

    भट्टराईको स्टाटस जस्ताको त्यस्तै

    प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर ‘पूर्व माओवादीहरू’ एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेका छन्। अनि भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले ‘सुशाशन’को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेछन्।
    यसवारे केही प्रष्ट्याउनु जरूरी भएको छ:-
    पहिलो कुरा, सबै पूर्व माओवादीहरू किन एक ठाउँमा जम्मा हुने? अर्को जनयुद्ध गर्न? या भोजभतेर गर्न? या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन? यसको वैचारिक-राजनीतिक औचित्य र आधार के हो ?
    स्मरण रहोस्, हामीले २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएदेखि नै भन्दै आएका छौं- माओवादी आन्दोलनले देशमा आफ्नो ऐतिहासिक कार्यभार केही कमीकमजोरी सहित पूरा गरिसकेको छ। विश्व एक्काइसौं शताब्दी संगसंगै चौथो औद्योगिक क्रान्तिको चरणमा पुगेको छ। सम्पूर्ण विश्व नै भूमण्डलीकृत वित्तीय पुॅजीवादको चंगुलमा परेको छ। हामी भने पहिलो औद्योगिक क्रान्तिको चरणमा छौं। अनि किनारा पुॅजीवाद (peripheral capitalism) को रूपमा असमान र परनिर्भर सम्बन्ध ( unequal and dependent relations) मा बाँधिन पुगेका छौं।
    यो स्थितिमा अब हामीले पुरानो जनयुद्धकालीन अवस्थानिम्ति उपयुक्त माओवादी विचार-राजनीति र स्टालिनवादी अति केन्द्रीकृत ढाॅचाको कम्युनिष्ट पार्टीको माध्यमबाट नयाॅ युगका कार्यभार पूरा गर्न सक्दैनौं। हामीले अगाडि बढेको राजनीतिक उपरिसंरचना र पछाडि परेको आर्थिक-सामाजिक-सांस्कृतिक आधार वीचको प्रधान अन्तरविरोधलाई छिटो हल गरेर बाॅकी विश्वसंग पदचाप मिलाउँदै अघि बढ्नुपरेको छ। त्यसनिम्ति हामीले नयाॅ युगको नयाॅ कर्यभार पूरा गर्न विचार, राजनीति, संगठन, नेतृत्व लगायत सबै क्षेत्रमा नयाॅ विकास गर्नु परेेको छ। तसर्थ हामीले समावेसी र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाॅ समाजवादको मोडेल, जसलाई हामीले समुन्नत समाजवाद ( enhanced/enriched socialism) भनेका छौं, विकास गर्नुपर्ने आवश्यकता देखेका छौं।
    हिजो जनयुद्धकालमा पनि हामीले वैचारिक-राजनीतिक कार्यदिशा ठीक हुनु वा नहुनुले नै क्रान्तिमा सबै कुराको फैसला गर्छ भन्ने गरेका हैनौं? तर अहिले समय र परिस्थिति अनुकुल नयाॅ कार्यदिशा, संगठन, नेतृत्वको क्षेत्रमा विकासवारे कुनै चर्चा नगरी खालि भावनात्मक ढंगले ‘सबै पूर्व माओवादी एक ठाउँमा आउँ ‘ भन्नुको के अर्थ रहन्छ?
    माओ मरेको पनि आधा शताब्दी बितिसकेको, विश्वमा वस्तुगत र आत्मगत रूपले अपूर्व परिवर्तन आएको, पुरानो ‘कम्युनिष्ट’ सत्ताहरू सबैतिर तासको घर झैं ढल्दै गैरहेको, भूमण्डलीकृत नव-उदारवादी पुॅजीवादले चरम असमानता, पर्यावरण विनाश, आणविक हतियारको विभीषिका, ए.आई.को अनिश्चितता सिर्जना गरेर विश्व र मानवजातिलाई त्राहीमाम् पारिरहेको अवस्थामा विचार, दर्शन, राजनीति, अर्थशाश्त्र, समाजशाश्त्र सबै क्षेत्रमा नयाँ संश्लेषण आवश्यक हुन्छ कि हुन्न? फेरि नेपालको जटील भूराजनीति, चरम जातीय/भाषिक/क्षेत्रीय विविधता, अति अविकसित/अल्पविकसित अर्थतन्त्र लगायतको परिवेशमा समग्र राजनीति, पार्टी, नेतृत्वको पुनर्संरचना गर्नुपर्छ कि पर्दैन?
    यति गम्भीर र दूरगामी महत्वको विषयमा पूर्व माओवादी मात्र हैन सबै पार्टी भित्रका अग्रगामी सोंच भएका व्यक्तिहरू, सार्वजनिक बौद्धिकहरू र विशेषत: सिर्जनशील तथा उर्जावान नयाॅ पुस्ताका युवाहरू वीच बृहद बहस चलाएर नयाॅ अग्रगामी वैकल्पिक शक्ति निर्माण गर्नु आजको आवश्यकता हैन र?
    दोश्रो कुरा, अब प्रचण्डको नेतृत्वमा ‘भ्रष्टाचारविरोधी’ ‘ सुशाशनकोनिम्ति’ आन्दोलन गर्नु भनेको नेपाली जनताको सहज बुद्धि ( common sense) को अवमूल्यन र उनीहरूमाथि ठूलो मजाक हो। हिन्दी/उर्दू उखान- ‘सौ चूहा खा के बिल्ली हज करने चली’ भने जस्तै हो! जनयुद्धकालको मध्यचरणदेखि नै वर्ग-उत्थानीकरण हुॅदै गएका प्रचण्ड र उनका आसेपासेहरूको शान्तिप्रकृया यताको तीव्र नैतिक स्खलन तथा कथनी र करणी वीचको अन्तर कसले बुझेको छैन र ? हालै प्रकाशित र विश्वचर्चित पुस्तक CUCKOOLAND: How the Rich Own the Truth पढ्ने जो कोही प्रचण्डको असली रूपबाट वेखबर रहन सक्दैन। यदि त्यो सबै ‘क्रान्तिनायक विरूद्ध साम्राज्यवादी षड्यन्त्र’ हो भने विश्व इतिहासको सबभन्दा ठूलो साम्राज्यका नायक तत्कालीन युवराज र हालका राजाका अवान्छित गतिविधिवारे पनि सो पुस्तकले किन र कसरी खोतलेको होला?ती सबै महापुरूषहरूको चरित्रहत्या सो पुस्तकका लेखकले गरेको भए अहिलेसम्म ती ख्यातिप्राप्त खोजमूलक लेखक विरूद्ध मुद्दा हालेको खबर किन नपाइएको होला?
    हो, अहिले प्रचण्ड आफ्नो पछिल्लो कार्यकालमा केही भ्रष्टाचारका फाइल अघि बढाए बापत् भित्री र बाहिरी शक्तिहरूको तारो बनेको रोइलो गर्दै हिंडिरहेछन्। तर तिनै भित्री र बाहिरी शक्तिको आडमा गत डेढ बर्षमा पटक पटक सत्ताको कुर्सी बदलेको कसरी बिर्सेका होलान्? अनि आफैले पालेका साना खसी बली चढाउनु कुन ठूलो पौरख हो र?
    अन्त्यमा, तैंले प्रचण्डलाई किन गोरखा लगेर आफ्नो नर्वाचन क्षेत्र छोडिस् त? भन्ने महानुभावहरूलाई मेरो खुलस्त भनाइ छ- म राजनीतिमा लागे पनि अन्तर्यमा ऋषिमन भएको मान्छे हुॅ। देशमा निरन्तर राजनीतिक अस्थीरता भैरहेको, गरीबी र बेरोजगारीले युवा पलायन बढिरहको र TRC लगायतका शान्तिप्रकृयाका काम पूरा नभैरहेको तत्कालीन विशिष्ठ स्थितिमा पूर्व प्रम तथा ने का सभापति शेरबहादुर देउबा र प्रचण्डलाई बालुवाटारमा संगै राखेर स्वेच्छाले आफु चुनाव नलड्ने तर वहाॅहरू दुबैलाई सरकार बाहिर रहेर ती मुद्दामा पूर्ण रुपले सघाउने वाचा गरेको हुॅ। तर चुनाव पछि प्रचण्डको चरम निजी सत्तालिप्सा पुन: बौरिइहाल्यो। पहिले एमाले- माओवादी सरकार बन्यो। त्यसपश्चात पनि कांग्रेस-एमाले-माओवादी र अन्य सहितको राष्ट्रिय सरकार बनाएर ती काम सम्पन्न गर्ने कुरा भएकै हो। तर भूराजनीतिको प्रवेश र प्रचण्ड त्यसको प्रमुख गोटी बन्ने सिलसिलापछि सबै भताभुंग ! त्यस यताको म्यूजिकल चेयर र मूलत: प्रचण्डको विविध लज्जास्पद हर्कतको दुष्परिणाम जगजाहेरै छ।
    फेरि पनि इतिहासको गति रोकिन्न। देशले अग्रगामी निकास खोज्छ खोज्छ!! हाम्रो हालैको पोखरामा सम्पन्न विधान अधिवेशन र नेसपा ( नयाॅ शक्ति) को पुनरोदय त्यही दिशाको विनम्र पाइलो हो।
  • कांग्रेस र एमालेका मान्छेलाई संरक्षण गरियो, विपक्षी नेतालाई छानीछानी जेल हालियोः माओवादी (भिडिओ)

    कांग्रेस र एमालेका मान्छेलाई संरक्षण गरियो, विपक्षी नेतालाई छानीछानी जेल हालियोः माओवादी (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारले सुशासनको मामिलामा दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको छ । माओवादी प्रवक्ता अग्नि सापकोटाले विपक्षी नेताहरुलाई छानीछानी जेल हालिएको र कांग्रेस-एमालेका मान्छेलाई जोगाइएको बताए ।

    आज पार्टीको प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले सुशासनमा क्रान्ति गरेको दाबी गरेका थिए । तर, अहिलेको सरकारले पक्षपातपूर्ण व्यवहार गरिरहेको उनको भनाइ छ ।

     

    सापकोटाले भने, ‘नेपालको इतिहासमा कानूनभन्दा माथि कोही पनि छैन भन्ने सन्देश दियो हाम्रो सरकारले दिएको थियो । कोही निर्दोष नफसुन् र कोही दोषि कोही नछुटुन् भन्ने मान्यताका साथ बिनामोलाहिजा कारवाही गरिएको थियो । अहिलेको सरकारले विपक्षी दलका नेता व्यक्तिलाई छानीछानी मुद्दा हाल्ने र जेल पठाउने काम गरिरहेको छ । म नामहरू पनि भन्न तयार छु । कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै पनि खुल्लारूपमा संरक्षण गरियो ।’

    सहकारी प्रकरणमा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई रास्वपाले काखी च्याप्न खोजेको हो ? भनेर पत्रकारले सोधेका थिए ।

    जवाफमा सापकोटाले भने, ‘यो विषय अदालति प्रक्रियामा गएको छ । उहाँहरूले नारा लगाउनुभएको छ । हामी दोहोरो मापदण्ड अपनाउनु हुँदैन भनिरहेका छौं । पक्षपात गर्नु हुँदैन भनेका छौं । हाम्रो दृष्टिकोण यही हो ।’

  • राष्ट्रपति पौडेलसँग प्रचण्डसहित विपक्षी दलका नेताहरुको भेट

    राष्ट्रपति पौडेलसँग प्रचण्डसहित विपक्षी दलका नेताहरुको भेट

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभा विपक्षी दलका नेताहरुले राष्ट्रपति निवास शीतल निवासमा भेटवार्ता गरेका छन् ।

    राष्ट्रपति पौडेलसँगको भेटमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे तथा आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी छन् ।

    भेटमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीहरूबारे राष्ट्रपतिलाई जानकारी दिन शीतलनिवासमा आएको जानकारी दिएका थिए ।

    राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रिपतका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

    उनका अनुसार विपक्षी दलका नेताहरूले संविधानको मर्मविपरीत र बहुलवादमा आधारित मर्मविपरीतका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

    जवाफमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रर्वद्धनप्रति प्रतिबद्ध रहेको बताएको प्रेस सल्लाहकार पोखरेलले बताए ।

    संविधानले आफूलाई दिएको कर्तव्य र सीमाअनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन राष्ट्रपति विपक्षी दलका नेताहरुलाई आग्रह गरेका थिए ।

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकारले १०० दिन पूरा गरेकै दिन संसदका विपक्षी दलका नेताहरुले राष्ट्रपति पाैडेल भेट्नुलाई अर्थपूर्ण मानिएकाे छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चासमेत भइरहेकाे बेला राष्ट्रपति पाैडेलसँग विपक्षी दलहरुले भेटेका हुन् ।

    विपक्षी दलहरुले मंगलबारमात्रै सरकारलाई विविध विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका थिए ।

     

  • राष्ट्रिय सभा अध्यक्ष दाहाल र राष्ट्रिय दलित आयोगका पदाधिकारीबीच छलफल

    राष्ट्रिय सभा अध्यक्ष दाहाल र राष्ट्रिय दलित आयोगका पदाधिकारीबीच छलफल

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र राष्ट्रिय दलित आयोगका पदाधिकारीबीच छलफल भएको छ । राष्ट्रिय सभा अध्यक्षको कार्यकक्ष सिंहदरबारमा अध्यक्ष अध्यक्ष दाहाल र आयोगका अध्यक्ष विश्वकर्माबीच छलफल भएको हो ।

    दुई अध्यक्षविच दलित समुदायसँग जोडिएका ऐन कानुन निर्माणका बारेमा छलफल भएको आयोगका अध्यक्ष विश्वकर्माले नेपाल प्रेसलाई जानकारी दिए । आयोगका अध्यक्ष विश्वकर्माले दलित विकास प्राधिकरण र दलितको हक संरक्षण तथा विकासका सम्बन्धमा छुट्टै ऐन बनाउनका लागि सकारात्मक सहयोगको अपेक्षा गरेको बताएका छन् ।

    त्यसै अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभामा दलित समुदायका हक अधिकारका विषयमा नियमित आवाज उठाउन आफूले सबै सदस्यलाई प्रोत्साहित गरिरहेको भन्दै दलितका सवाल दलित सांसदले मात्रै नभई अन्य समुदायका सांसदले पनि उठाउनुपर्नेमा जोड दिएको बताए ।

    राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले उपसमिति गठन गरि दलितको हक संरक्षण र दलितको विकास सम्बन्धमा विधेयकको प्रारम्भिक मस्यौदा तयार गरिसकेको र बाँकी काम पनि द्रुत गतिमा अगाडि बढाउन आफूले पहल गर्ने अध्यक्ष दाहालले प्रतिबद्धता जनाए ।

    राष्ट्रिय सभाले दलित समुदायका विभेद र उत्पीडनको अन्त्य गरी न्याय सुनिश्चित गर्नेसम्बन्धी संकल्प प्रस्ताव पारित गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसको कार्यान्वयनका लागि आफूले पनि पटक–पटक सम्बन्धित पक्षलाई सचेत बनाइरहेको बताए ।

    विगतमा राजनीतिक आन्दोलनका क्रममा जातीय विभेद, छुवाछूत लगायतका कुप्रथा विरुद्ध सम्झौताहीन सङ्घर्ष गरेको स्मरण गर्दै अध्यक्ष दाहालले कानुन निर्माणसँगै ती कानूनको प्रभावकारी कार्यान्वयनमा सबै तहका सरकार र राज्यका निकायको तदारुकता बढ्नुपर्नेमा जोड दिए ।

    अयक्ष दाहालले जोड दिदैँ भने, ‘कानून निर्माण गरेर मात्रै हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन जरुरी छ । त्यसका लागि कानुन कार्यान्वयनको जिम्मेवारीमा रहेका राज्यका निकायले गम्भीरतापूर्वक लिनुपर्दछ ।’

  • माओवादीले काठमाडौंमा सरकारविरुद्ध किन गर्दैछ प्रदर्शन ? दियो १० कारण

    माओवादीले काठमाडौंमा सरकारविरुद्ध किन गर्दैछ प्रदर्शन ? दियो १० कारण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पुगेलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र आक्रामक रूपमा प्रस्तुत हुने भएको छ। विपक्षी दलको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाए लगत्तै माओवादीको सडक आन्दोलनको घोषणा गरेको हो।

    पेरिसडाँडामा बागमती र विशेष प्रदेश समन्वय समिति तथा जन वर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।

    बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीका सबै कमिटीलाई खबरदारी सभाको तयारीमा जुट्न निर्देशन दिइसकेका छन्।

    प्रतिनिधि सभाको दुई ठूला दल मिलेपछि प्रतिपक्षीमा हुत्तिएको माओवादीले ओली सरकार असफल भएको निष्कर्षसहित खबरदारी सभा गर्न लागेको जनाएको छ।

    काडमाडौंको भृकुटीमण्डप प्रदर्शनी मार्गमा हुने जनप्रदर्शन सरकारको जनविरोधी क्रियाकलापको भण्डाफोर गर्ने माओवादीले जनाएको छ।

    किन खबरदारी सभा ?

    १. विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशील, गैरजिम्मेवारी र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, उद्धार, राहत वितरण, घाइतेहरूको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनर्निर्माण र पुनर्स्थापनाको कार्य कार्यान्वयन गराउन ।

    २. नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले सुरु गरेको सुशासन अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदबाब सृष्टि गर्न

    ३. सतहमा आएका ठूला भ्रष्टाचार काण्डका दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन

    ४. संविधान र लोकतन्त्रको रक्षा गर्न ८ मुलुकलाई दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरूलाई विभाजन गर्ने उद्देश्य सहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षडयन्त्रलाई असफल पार्न

    ५. शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाहरूप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन

    ६. नेपाल विद्युत प्राधिकरणलगायत सार्वजनिक संस्थानहरूमाथिको हस्तक्षेप तथा निजीकरणका नाममा गलत उद्देश्यले महत्त्वपूर्ण सार्वजनिक संस्थान विक्री गर्ने तयारी विरुद्ध खबरदारी गर्न, विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप अन्त्य गर्न

    ७. बढ्दो बजार भाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिन

    ८. सहकारी, मिटरव्याज र लघुवित्त पीडितहरूका समस्या समाधानका लागि आवाज बुलन्द गर्न, ठगीमा संलग्नहरूलाई बिना भेदभाव कारबाही गर्न

    ९. राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवं प्रवर्द्धन गर्न

    १०. सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिहरू विरुद्ध खबरदारी गर्न।

  • सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः प्रचण्ड

    सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ‘आफ्ना’ लाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको टिप्पणी गरेका छन् ।

    आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारवाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको उनले बताए ।

    माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो टिप्पणी गरेका हुन् ।

    बिपक्षी दलहरुको तर्फबाट बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएको बेला प्रधानमन्त्रीसँग भएको संवाद सुनाउँदै प्रचण्डले भने, ‘मैले स्पष्टसँग भनेको थिएँ, तपाइँ र हामीमा फरक के भयो भने हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौं । तर तपाइँहरुले कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङ्गै देख्दा पनि बचाउनुभएको छ र आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देख्नुभयो भने खोजीखोजी हान्नुभएको छ ।’

    सरकारले गर्नुपर्ने काम नगरेको तर गर्न नहुने काममा बढी ध्यान दिएको आरोप प्रचण्डले लगाए । सरकारको ‘हनिमुड पिरियड’ लाई ध्यान दिंदै अहिलेसम्म माओवादी सडकमा नआएको भए पनि अब सरकारको सय दिन पुगेकाले सडक प्रदर्शनका कार्यक्रम अघि सार्ने उनले जानकारी दिए ।

    भ्रष्टाचारीलाई बचाउन नयाँ समीकरण बनेको जनताले राम्ररी बुझेको उल्लेख गर्दै प्रचण्डले अब सरकारका गलत कार्यको भण्डाफोर गर्दै लैजानुपर्नेमा जोड दिए ।

    ‘उद्योगहरुबाट बक्यौता महसुल उठाउन खोज्दा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र एउटा सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्ने, बाढीपहिरोपछि उद्धार, राहत र पुनस्र्थापनामा ध्यान नदिनेदेखि जग्गादान प्रकरणसम्म आउँदा सरकारले आफैंलाई भ्रष्टाचारीको संरक्षकको रुपमा प्रस्तुत गरेको छ,’ प्रचण्डले भने ।

    अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित राजनीतिक उपलब्धिमाथि प्रहार हुन थालेकाले अब सडकबाट जनतालाई अपिल गर्न ढिलाइ गर्न नहुने ठानेर नै पार्टीले जनप्रदर्शनको कार्यक्रम तय गरेको बताए ।

    ‘सरकार गठन गर्नेबेला नै दुई दलीय व्यवस्थाको वकालत गरिएको थियो, त्यो निरंकुश सोच हो । अहिले पनि कतै न कतै गठवन्धनभित्र यस खालको सोच हटेको छैन,’ उनले भने, ‘यसलाई अघि बढाउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने षड्यन्त्र जारी नै छ, यी सबै षड्यन्त्रका विरुद्ध सशक्त खबरदारी जरुरी छ ।’

  • माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन गर्ने

    माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ ।

    पेरिसडाँडामा बागमती र विशेष प्रदेश समन्वय समिति तथा जन वर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खबरदारी सभा गर्ने निर्णय भएको बताए ।

    माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सभा गर्न लागेको माओवादीले जनाएकाे छ ।

    यस्तै आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारी सभा गर्ने लागेको जनाएको छ ।

    थप एजेन्डा तय गर्न अहिले बैठक जारी रहेको छ ।

  • प्रधानमन्त्रीलाई विपक्षी दलहरूले ज्ञापनपत्र बुझाउने समय सर्‍यो

    प्रधानमन्त्रीलाई विपक्षी दलहरूले ज्ञापनपत्र बुझाउने समय सर्‍यो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलहरूले ज्ञापनपत्र बुझाउने समय सरेको छ ।

    प्रधानमन्त्री ओलीसहित विपक्षी दलको नेताहरुको कार्यव्यस्तताको कारणले ४ बजेका लागि तय भएको ज्ञापनपत्र बुझाउने कार्यक्रम ८ बजेलाई सारिएको हो ।

    शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले डाकेको विपक्षी दलको बैठकले ज्ञापनपत्रको मस्यौदा बनाउन कार्यदल बनाएको थियो ।

    कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल रहेका छन् ।

    प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी लगायतका दलको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

    बाढीपहिरोबाट ठूलो क्षति हुँदा पनि सरकार राहत तथा उद्धारमा असफल भएको विपक्षी दलको निष्कर्ष छ । संसदको विशेष अधिवेशन बोलाउन माग गर्नेसम्मको विपक्षी दलको तयारी छ ।

    आज जुम्ला पुगेका प्रचण्डले सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको उल्लेख गर्दै अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरू गर्ने बताएका थिए।

    प्रचण्डले भनेका थिए ‘आज मात्रै हामी विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापन पत्र दिँदैछौं र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरू हुन्छन् ।’

  • मोरङको ग्रामथान अध्यक्षमा माओवादीले कांग्रेस छाडेर आएका माझीलाई उठाउने

    मोरङको ग्रामथान अध्यक्षमा माओवादीले कांग्रेस छाडेर आएका माझीलाई उठाउने

    विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । मङ्सिर १६ गते हुने उपनिर्वाचनमा मनोनारायणा माझीलाई अध्यक्षको उम्मेदवारको रूपमा अगाडि सारेको हो । सो पालिकाका अध्यक्षको मृत्यु भएपछि उपनिर्वाचन हुँदैछ ।

    ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरीया बजारमा सोमबार आयोजित कार्यक्रममा माझीलाई उम्मेदवार घोषणा गरिएको हो । माझी केही समय अगाडि नेपाली काङ्ग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

    उनी यसअघि ग्रामथान गाउँपालिकाको १ नम्बर वडाबाट ०७४ सालमा फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । यस्तै, गत २०७९ सालको निर्वाचनमा स्वतन्त्र रूपमा सोही वडाको अध्यक्षमा उम्मेदवार बनेका उनी तेस्रो बनेका थिए ।

    उक्त निर्वाचनका लागि काङ्ग्रेस, एमालेले भने उम्मेदवारबारे निर्णय गरिसकेको छैन । ०७९ सालको पालिका निर्वाचनमा काङ्ग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए । उनको हृदयाघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

    माझीको उम्मेदवारी घोषणा कार्यक्रममा माओवादी केन्द्रका नेताहरू सावित्री कुमार काफ्ले, पूर्व मन्त्री अमनलाल मोदी, विजय विश्वासलगायतको उपस्थिति थियो ।

     

  • सरकार भ्रष्टाचारीको संरक्षक भएको प्रधानमन्त्रीले नै पुष्टि गरे : प्रचण्ड (भिडिओ)

    सरकार भ्रष्टाचारीको संरक्षक भएको प्रधानमन्त्रीले नै पुष्टि गरे : प्रचण्ड (भिडिओ)

    जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने प्रधानमन्त्रीले नै पुष्टि गरेको आरोप लगाएका छन् ।

    प्रेस सेन्टर जुम्लाले आज जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा उनले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको भन्दै आएको दोहोर्‍याए ।

    ‘मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, सरकार गठनको तीन महिना पुग्दैछ, तपाइँहरूले सबै देखिरहनुभएको छ । मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबर्जस्ती व्यक्तिमा नाममा लैजाने जस्तो ठगी गरेको कारण गिरफ्तार गरेको थियो र अदालतमा मुद्दा पनि चलिहरकेो छ, तिनै व्यवसायीबाट जग्गा दान लिने जस्तो कार्य गरेर प्रधानमन्त्री आफैँले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन् ।’

    सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको उल्लेख गर्दै उनले अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरू गर्ने बताए ।

    प्रचण्डले भने, ‘सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौं । आज मात्रै हामी विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापन पत्र दिँदैछौं र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरू हुन्छन् ।’

    भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तथा अन्तर्राष्ट्रियरुपमा नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदी लिइरहेको बेला संसदका पहिलो र दोस्रो दलले अस्वाभाविक र अप्राकृतिकरूपमा आफूलाई हटाएको उनले जिकिर गरे ।

    ‘देशमा महत्वपूर्ण उपलब्धि भइरहेको बेला हामीले भ्रष्टाचारीलाई कारबाही बढाउँदै लगेको देखेपछि खासगरी नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरेपछि बुढानिलकण्ठ र बालकोटमा निकै ठूलो भूकम्प गयो र रातारात अस्वाभाविकरूपमा सरकार बनाइयो’, उनको टिप्पणी छ ।

    आफ्नो पालामा दुई छिमेकी देशको भ्रमणमा ऐतिहासिक समझदारीहरु भएको प्रचण्डले बताए ।

  • रारा पुगे प्रचण्ड, जुम्लाको सभालाई सम्बोधन गरेर फर्किने

    रारा पुगे प्रचण्ड, जुम्लाको सभालाई सम्बोधन गरेर फर्किने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुम्ला पुगेका छन् । त्यहाँ हुने पार्टीको जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

    सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

    प्रचण्डको सचिवालयले भनेको छ ‘उहाँले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।’

    त्यसअघि अध्यक्ष प्रचण्डले मुगु रारा क्षेत्रको पनि अवलोकन गरेका छन् । नेपालगञ्ज हुँदै मुगुको रारा र जुम्लाको सिंजा कनकासुन्दरी अवलोकन गरेर उनी आजै काठमाडौं फर्कने छन् ।

  • विपक्षी दलहरूले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

    विपक्षी दलहरूले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

    काठमाडौं । विपक्षी दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदैछन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा ४ बजे ज्ञापनपत्र बुझाउने तय भएको हो ।

    शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले डाकेको विपक्षी दलको बैठकले ज्ञापनपत्रको मस्यौदा बनाउन कार्यदल बनाएको थियो । कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल रहेका छन् ।

    प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी लगायतका दलको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

    बाढीपहिरोबाट ठूलो क्षति हुँदा पनि सरकार राहत तथा उद्धारमा असफल भएको विपक्षी दलको निष्कर्ष छ । संसदको विशेष अधिवेशन बोलाउन माग गर्नेसम्मको विपक्षी दलको तयारी छ ।

    सरकारलाई दबाबमा राख्नको लागि संघीय संसदका सबै प्रतिपक्ष दल एकैठाउँमा उभिएका छन् ।

  • सरकारलाई वर्षमानको प्रश्न- रवि पक्राउ पर्दा धनराज र ऋषिकेशलाई किन छुट ?

    सरकारलाई वर्षमानको प्रश्न- रवि पक्राउ पर्दा धनराज र ऋषिकेशलाई किन छुट ?

    रोल्पा । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सहकारीका बचतकर्ताको रकम ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरेका छन् ।

    पार्टी सम्बद्ध पत्रकारको संस्था प्रेस सेन्टरले गृहजिल्ला रोल्पाको लिवाङमा शनिबार गरेको पत्रकार भेटघाटमा पुनले त्यस्तै आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने, तर गुरुङ र पोखरेललाई नछुने गर्न नमिल्ने बताए ।

    उनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिए ।

    राज्यका निकायले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो ।

    ‘रवि लामिछानेलाई जस्तै आरोप कांग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ’, पुनले भने, ‘यसमा दोहोरो नहोस् । रवि लामिछानेमाथि जे गरिएको छ, धनराजलाई पनि त्यही होस् । प्रधानमन्त्रीको पार्टीका सांसद पोखरेलजीमाथि १८ करोड हिनामिना गरेको आरोप छ । उहाँहरु सत्तापक्षमा भएकाले छानबिन गर्नु नपर्ने, त्यस्तै आरोप लागेका रवि लामिछाने प्रतिपक्षी दलको सभापति भएकाले पक्राउ गरेर थुन्नुपर्छ भन्ने हो भने त्यो प्रतिशोध हुन्छ ।’

    उनले सहकारी ठगीमा मुछिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरे ।

    ‘कोही ठूलो, कोही सानो, कोही नजिक, कोही टाढा, कोही सत्ता पक्षको, कोही प्रतिपक्षको वा कोही सर्वसाधारण भएका आधारमा राज्यले फरक व्यवहार गर्न मिल्दैन’, उनले भने, ‘जतिसुकै शक्तिशाली व्यक्ति भए पनि सार्वजनिक रुपमा उठेका प्रश्नको नेताहरुले ढिलोचाँडो दिनैपर्छ ।’

    जतिसुकै बलशाली मानिस भए पनि लोकतन्त्रमा प्रश्न र कानूनभन्दा माथि कोही हुन नसक्ने उनको भनाइ थियो ।
    उनले रास्वपा सभापति लामिछनेलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरे । लामिछाने सांसद हुनुअघि पक्राउ परेर थुनिएको र दल खोलेर सांसद निर्वाचित भएपछि नागरिकता प्रकरणमा अदालतले बर्खास्त गरेको भन्दै दोस्रोपटक समेत भारी मतले विजयी भएको नबिर्सन उनले औंल्याए ।

    ‘कसैलाई आरोप लगाउँदैमा अपराधी करार गर्न पाइँदैन । उसले आफ्नो कुरा भन्न पाउँछ । अनुसन्धान र छानबिनबाट जे कुरा पुष्टि हुन्छ, त्यो स्थापित हुन्छ, त्यो समाजले मान्नुपर्छ । कुनै मान्छेमाथि अनुसन्धान गर्दैमा अपराधी भइहाल्ने, कुनै मान्छेलाई छुनै नहुने भन्ने दुवै अतिवादी सोच हुन्’, पुनले भने, रवि लामिछानेजी पहिला पनि गिरफ्तार हुनुभएको हो । त्यसपछि पार्टी खोलेर भारी मतले चुनाव जित्नुभयो । फेरि नागरिकता प्रकरणमा सांसद पद गयो । फेरि दोस्रो पटक चुनावमा जाँदा भारी मतले जित्नुभयो । जनताले उहाँलाई अनुमोदन गरेर पठाए । त्यसैले रविजीले अनुसन्धानाई सहयोग गर्नुपर्छ ।’

    ‘कांग्रेस-एमाले सम्बन्धमा दरार उत्पन्न भइसक्याे, सरकार लामो जाँदैन’

    पत्रकार भेटघाटमा उपमहासचिव पुनले प्रमुख दुई सत्ता घटक कांग्रेस र एमालेको सम्बन्धमा दरार उत्पन्न भएको बताए ।

    पुनले सार्वजनिक रुपमै कांग्रेस नेताहरुले प्रधानमन्त्री केपी ओलीको कार्यशैली र सरकारको रवैयाप्रति आलोचना गर्न थालेबाट दुई दलबीचको सम्बन्धमा खटपट उत्पन्न भएको पुष्टि हुने बताए ।

    कांग्रेस र एमाले मिलेपछि मुलुकमा राजनीतिक स्थिरता आउँछ भन्ने विचार राख्दै आएका कांग्रेसका शीर्ष नेतामध्येका डा. शेखर कोइरालाले दुई तिहाइको सरकारले काम गर्न नसकेको अभिव्यक्ति दिन थालेको पुनले बताए ।

    यस्तै कोइरालाले नै ठूला दल मिल्दा लोकतन्त्र कमजोर हुने र जनतामा निराशा चुलिए व्यवस्थामै संकट आउने हो कि भन्ने आशंका व्यक्त गरेको उनका ेभनाइ छ ।

    यस्तै कांग्रेस नेताहरुले एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले करोडौं मूल्य पर्ने १० रोपनी १४ आना जग्गा दान दिएको विषयमा सार्वजनिक रुपमै प्रश्न उठाएको पुनले बताए ।

    ‘प्रधानमन्त्रीले नैतिक रुपमा आफ्नो दलको कार्यालय बनाउन करोडौं मूल्यको जग्गा दान लिन मिल्ने कि नमिल्ने ? त्यसबारे उहाँ र एमालेले जवाफ दिनुपर्ने कि नपर्ने ?’, पुनले भने, ‘त्यसमा स्वार्थ छ कि छैन भनेर नेपाली कांग्रेसकै नेताहरुले प्रश्न उठाइरहनुभएको छ । सामान्य जनताले र प्रतिपक्षले प्रश्न उठाउनु सामान्य हो । सत्तारुढ दलभित्रैबाट प्रश्न उठाइनुले उहाँहरुबीचको सम्बन्ध सामान्य अवस्थामा छैन भन्ने देखाउँछ ।’

    पुनले प्रधानमन्त्री स्वयं र उनको दल एमालेले आफू सत्तामा बसेर अर्बका अर्ब चन्दा लिँदा लोकतन्त्रलाई सही ठाउँमा लान्छ कि लाँदैन भन्नेबारे जवाफ दिनुपर्ने औंल्याए ।

    उनले कांग्रेस र एमालेबीचको अप्राकृतिक र रहस्यमय गठबन्धन लामो समय नजाने ठोकुवा गरे ।

    वर्तमान सरकार अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन चुकेको भन्दै पुनले दक्षिण छिमेकी भारत र उत्तर छिमेकी चीनलाई सन्तुलनमा राख्न नसके नेपालमा स्थायित्व, विकास र स्वाधीनताको रक्षा हुन नसक्ने तर्क गरे ।

    ‘कांग्रेस र एमालेबीचमा समस्या आइरहेको छ । यो गठबन्धन लामो समय चल्दैन भन्ने सुन्न थालिएको छ’, पुनले भने, ‘अन्तर्राष्ट्रिय रुपमा पनि सन्तुलन गर्न सकिरहनुभएको छैन । उत्तर र दक्षिणी छिमेकीलाई सन्तुलनमा राखेर मुलुकलाई विकास र समृद्धिमा लानुपर्नेमा दुई देशसँगै नेपालको सम्बन्धमा चिसोपना आएको जस्तो देखिन्छ । हाम्रो अनुरोध के छ भने उत्तर र दक्षिण दुई छिमेकीलाई सन्तुलनमा नराखी नेपालमा विकास, स्थिरता र समृद्धि सम्भव छैन ।’

    सरकार सञ्चालनमा कुनै असहमति नहुँदानहुँदै नाटकीय रुपमा कांग्रेस-एमाले मिलेको उनले टिप्पणी गरे ।

    प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कदम उठाइरहेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित व्यक्ति पक्राउ परेपछि एकाएक गठबन्धन बदलिएको उनले स्मरण गरे ।

    निर्वाचन प्रणाली, संघीयता र समावेशीताका कारण अस्थिरता आएको र त्यसका लागि संविधान संशोधन गर्ने बहाना बनाएर संसदका दुई ठूला दल मिलेको भए पनि पछिल्लो समय कांग्रेस र एमालेका शीर्ष नेताकै मुखबाट ती विषयमा परिवर्तन हुन नसक्ने अभिव्यक्ति आउनुले संविधान संशोधन उनीहरुको एजेण्डा नभएको स्पष्ट हुने चर्चा पुनले गरे ।

    उनले दुई तिहाइको सरकारबाट अहिलेसम्म आशा जगाउने एउटैमात्र काम भएको सुन्न नपाइएको उल्लेख गरे ।

  • प्रचण्डलाई विप्लवले भने- माओवादी एकताबद्ध भए २०६४ सालको नतिजा दोहोर्‍याउन सकिन्छ

    प्रचण्डलाई विप्लवले भने- माओवादी एकताबद्ध भए २०६४ सालको नतिजा दोहोर्‍याउन सकिन्छ

    काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए २०६४ सालको जस्तै परिणाम ल्याउन सक्ने दाबी गरेका छन् ।

    चितवनमा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्ने बताए ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसामु विप्लवले क्रान्तिकारीहरुको एकता आवश्यक रहेको बताए ।

    माओवादीकी उपाध्यक्ष पम्फा भुसालले हजारौं योद्धाको बलिदानबाट प्राप्त संविधान कसैले दायाँबायाँ गर्न नपाउने बताइन् । अब माओवादी र वामपन्थी एकताबाट समाजवादी आन्दोलन अघि बढाउनुपर्ने उनको भनाइ छ ।

    माओवादीका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जनयुद्धको जगमा जनतन्त्रको एजेन्डा पूरा भएको उल्लेख गर्दै अब जनजीविकाको सवाललाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताए ।

    माओवादी आन्दोलनलाई एकताबद्व गरेर समाजवादी क्रान्तिलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

  • एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरुबीच एकता हुँदैछ: प्रचण्ड

    एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरुबीच एकता हुँदैछ: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी घटकहरुबीचको एकता चाँडै हुने दाबी गरेका छन् ।

    चितवनमा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुने बताए ।

    प्रचण्डले भने, ‘अहिले हामी सबै एकताबद्ध भएर समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको छ । शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै विन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको थियो । अहिले त्यो विन्दुमा पुगेका छौं ।’

    उनले सबैलाई एकताबद्ध गराएर समाजवादी क्रान्ति पूरा गर्ने बताए ।

    पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनेलगायतका ऐतिहासिक काम गरिएको प्रचण्डले बताए ।

  • चितवन आएर जनार्दन शर्माले प्रचण्डलाई भने- कम्युनिस्ट एकता गर्न ठूलो छाती बनाउँ

    चितवन आएर जनार्दन शर्माले प्रचण्डलाई भने- कम्युनिस्ट एकता गर्न ठूलो छाती बनाउँ

    चितवन । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले चितवन आएर प्रचण्डसँग कम्युनिस्ट आन्दोलनलाई एक बनाएर अघि बढाउन अनुरोध गरेका छन् ।

    आज चितवनमा माओवादीका बेपत्ता तत्कालीन नेता दण्डपाणी न्यौपानेको स्मृतिमा आयोजित जनसाँस्कृतिक कार्यक्रममा एउटै मञ्चमा रहेका माओवादी अध्यक्ष प्रचण्डलाई ‘ठूलो छाती’गरेर समाजवादी कम्युनिस्ट आन्दोलन एक बनाउन अनुरोध गरेका हुन् ।

    ‘वास्तविक कम्युनिस्ट आन्दोलन एकतावद्ध बनाउन नयाँ ढंगले सोचौँ, ठूलो छाती बनाएर त्याग गरौँ, उपमहासचिव शर्माले भने, ‘ बाबुराम जी, किरण, गोपाल किराँती, विश्वभक्त जी, विप्लव जी सबै माओवादी शक्ति संगठित गरौँ । समाजवादी आन्दोलन एक बनाएर अघि बढौँ ।’

    उनले नागरिकलाई अधिकार सम्पन्न बनाउन राजनीतिक परिवर्तनले संभव भएपनि जनजीविकाका सवालमा पनि आफ्नो पार्टीलाई प्रश्न गरिरहेका पनि बताए ।

  • जनार्दनलाई लिएर चितवन पुगे प्रचण्ड

    जनार्दनलाई लिएर चितवन पुगे प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन्। उपमहासचिव जनार्दन शर्मालाई लिएर चितवनमा आयोजित कार्यक्रममा सहभागी हुने गएका हुन्।

    वेपत्ता योद्धा दण्डपाणी न्यौपाने र अन्य शहीदहरुको सम्मानमा भरतपुर १३ मा आयोजित जनसांस्कृतिक कार्यक्रमलाई प्रचण्डसहित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, उपमहासचिव शर्मा लगायत नेताहरु सम्बोधन गर्ने तय भएको छ।

    पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई भरतपुर विमानस्थलमा जिल्लाका नेता, कार्यकर्ता र शुभेच्छुकहरुले स्वागत गरेका छन्।

  • सरकारलाई दबाबमा राख्न विपक्षी दल एकैठाउँमा, तीन सदस्यीय कार्यदल गठन

    सरकारलाई दबाबमा राख्न विपक्षी दल एकैठाउँमा, तीन सदस्यीय कार्यदल गठन

    काठमाडौं । विपक्षी दलहरू तीन सदस्यीय कार्यदलले संयन्त्र गठन गरेको छ।

    आज प्रमुख प्रतिपक्षी दलका अध्यक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विपक्षी दलको बैठकले तीन दल सदस्यीय कार्यदल बनाएको हो।

    कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य रहेको रास्वपा नेता विराजभक्त श्रेष्ठले बताए।

    कार्यदलले सबै प्रमुख प्रतिपक्षी दलहरूले प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिलाई ध्यानाकर्षण बुझाउनको लागि तयार गर्ने कार्यदल सदस्य खनालले बताए।

    उनले भने, ‘५ गते हामीले ध्यानाकर्षणपत्र बुझाउँछौँ पहिलो काम कार्यदलले त्यहाँबाट सुरु गर्छ। त्यसपछि प्रतिपक्षी दलहरुबीच हुने समन्वयको काम निरन्तर गरिराख्छ।’

    आफूहरूले उठाएका विषयमा सरकार गम्भीर नभए प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वानका लागि अगाडि बढ्ने बैठकमा सहमति भएको छ।

  • सुदूरपश्चिममा माओवादी नेताहरूको कार्य विभाजन : भट्टलाई प्रदेश मामिला, भाटलाई प्रचारको जिम्मा

    सुदूरपश्चिममा माओवादी नेताहरूको कार्य विभाजन : भट्टलाई प्रदेश मामिला, भाटलाई प्रचारको जिम्मा

    कैलाली । नेकपा (माओवादी) केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेशमा रहेका माओवादी नेताहरूको कार्य विभाजन गरेको छ । भूगोलमा रहेका केन्द्रीय सदस्यहरुलाई संघीय, प्रदेश तथा विभागको जिम्मा दिएको एक परिपत्र  मंगलबार  प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले जारी गरेका गरेका छन् ।
     प्रदेश कार्यदलमा प्रदेश इन्चार्ज एव केन्द्रीय सचिव गिरिराजमणि पोखरेल, सदस्य स्थायी कमिटी सदस्य एव प्रदेश सह इन्चार्ज खगराज भट्ट, केन्द्रीय सदस्य तथा प्रदेश सह इन्चार्ज बिना मगरलाई राखिएको छ। प्रदेशका १६ प्रतिनिधि सभा, ३२ प्रदेश सभा, ३२ विभाग र ३२ जनबर्गिय सङ्गठनको जिम्मा तोकिएको छ ।
    कञ्चनपुर निर्वाचन क्षेत्र १ २मा दिपा चौधरी २२मा निर्मला बडाल(जोशी), ३ २मा मान बहादुर सुनारलाई जिम्मेवारी दिइएको छ । प्रतिनिधि सभा सभातर्फ नै कैलाली  १ मा तिल बहादुर परिवार,२मा  लाल बहादुर सोडारी, ३मा कृष्ण कुमार चौधरी ४ मा   लक्ष्मीराम आचार्य र ५ मा  ओम प्रकाश पुनलाई तोकिएको छ ।
    यस्तै अछाम १मा  दीपक बहादुर साउद, २मा  राम प्रसाद तिम्सिना,डोटीमा त्रिलोचन प्रसाद भट्ट , डडेल्धुरा२मा  कुन्ती जोशी,  बैतडीमा नरेन्द्र बहादुर कुँवर,  , दार्चुलामा लक्ष्मण दत्त जोशी,  बझाङ निर्वाचनमा मीन बहादुर कुँवरले जिम्मेवारी पाएका छन् ।
    त्यस्तै विभागतर्फ स्कुल विभागको जिम्मेवारी ओमप्रकाश पुनले पाउँदा  प्रदेश संसदीय विभागको जिम्मा त्रिलोचन भट्टले पाएका छन् । सुदूरपश्चिम प्रदेश सभा सदस्य रहेका मान बहादुर धामीले अर्थ तथा योजना विभाग, रमेशसिंह धामीले वन तथा वातावरण विभाग .ओम विक्रम भाटले प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी पाएका छन् । त्यस्तै शिवसिंह ओलीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, लक्ष्मी विकले खानेपानी तथा सरसफाइ विभागको जिम्मेवारी पाएका छन् ।
    त्यस्तै जनबर्गिय गठन र मोर्चाको जिम्मेवारी पनि तोकिएको छ ।  गणेश बमको उपचारका लागि सबै केन्द्रीय सदस्य र केन्द्रीय निकायका व्यक्तिहरुलाई २ हजार रुपैयाँ सहयोग गर्न पनि उक्त परिपत्रमा निर्देशन गरिएको छ ।
  • माओवादीमा प्रचण्डले नेतृत्व छाड्नुपर्ने प्रस्ताव राखेका जनार्दन किन पुगे विप्लव निवास ?

    माओवादीमा प्रचण्डले नेतृत्व छाड्नुपर्ने प्रस्ताव राखेका जनार्दन किन पुगे विप्लव निवास ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । उपमहासचिव शर्माले महासचिव विप्लवको कपिलवस्तुस्थित निवासमै पुगेर मंगलबार भेट गरेका हुन् ।

    भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको महासचिव विप्लवले बताए । पूर्वमाओवादी घटकहरुबीचको एकता र मोर्चाबारे पनि छलफल भएको उनको भनाइ छ ।

    उनले भने, ‘उहाँसँग समसामयिक विषयमा छलफल भयो । वामपन्थी शक्तिलाई बलियो बनाएर जानुपर्छ भन्नेबारे पनि कुराकानी भएका छन् ।’

    त्यसो त विप्लवसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि निरन्तर संवादमा छन् । प्रचण्डले पछिल्लो समय पूर्वमाओवादी घटकहरुबीचको एकताको प्रयास गरिरहेका छन् । माओवादीसँग एकताको लागि विप्लव पनि तयार देखिँदै आएका छन् ।

    तर उपमहासचिव शर्मा पछिल्लो समय पार्टी नेतृत्वप्रति असन्तुष्ट सुनिँदै आएका छन् । लिखित रुपमै प्रचण्डलाई संरक्षक बनाएर नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गरेका शर्मा र विप्लवबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ, तर माओवादीमा शर्माले अघि सारेको प्रस्तावमा समीक्षा गर्न नेताहरू तयार भए पनि तत्काल प्रचण्डको विकल्पमा जान नहुने निष्कर्ष निकालेको छ ।

    पार्टीभित्र शर्मा र अर्का उपमहासचिव वर्षमान पुनले मिलेर दबाब बढाएपछि प्रचण्डले विप्लवलाई महासचिव बनाएर भित्र्याउने चर्चासमेत चलेको थियो । जसकारण विप्लवलाई माओवादीमा भित्र्याउन शर्मा र पुनले रोकेको आरोपसमेत लागेको थियो ।

  • माओवादी केन्द्रले नसम्झिएका बेपत्ता न्यौपानेलाई वडा कमिटीले सम्झियो

    माओवादी केन्द्रले नसम्झिएका बेपत्ता न्यौपानेलाई वडा कमिटीले सम्झियो

    चितवन । तत्कालीन नेकपा माओवादीका केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयको सचिव समेत रहेर राज्यबाट बेपत्ता पारिएका दण्डपाणि न्यौपानेलाई पहिलोपटक नेकपा माओवादी पार्टीले औपचारिक रुपमा सम्झिन लागेको छ ।

    माओवादी पार्टी स्थापना कालदेखि पार्टीमा लागेर जिल्ला तथा केन्द्रको सचिवालय तहको जिम्मेवारी सम्हालेका न्यौपानेलाई २०५६ जेठ ७ गते काठमाडौँमा राज्यका तर्फबाट गिरफ्तार गरिएको थियो । त्यसयता उनको अवस्था के कस्तो छ पत्ता लागेको छैन ।

    सशस्त्र द्वन्द्वको समयमा प्रचण्डको निकट मानिएका न्यौपाने अहिलेसम्म पार्टीमा क्रियाशील भएको भए पार्टी उपाध्यक्ष तहमा पुग्ने तहका थिए । उनका समकालीनहरु माओवादीको सचिवालय तहमा छन् । तर, उनलाई बेपत्ता पारिएयता पार्टीले औपचारिक रुपमा भने सम्झिएको छैन ।

    परिवारले भने चार वर्षयता जेठ ७ गते न्यौपानेको नाममा स्मृती कार्यक्रम राख्दै आएको छ । नेकपा माओवादी भरतपुर महानगर कमिटी इन्चार्जको रुपमा रहेकी न्यौपानेकी छोरी निशाका अनुसार बेपत्ता पारिएको व्यक्तिलाई सम्बोधन गर्ने औपचारिक कानूनी व्यवस्था नभएकोले पार्टीले कुन रुपमा सम्झिने भनी कानूनी व्यवस्था कुरेको हो ।

    तर, माओवादी केन्द्रीय कमिटीबाट सम्बोधन नभएपनि उनको स्थायी बासस्थान भरतपुर १३, को नेकपा माओवादी वडा कमिटीले दण्डपाणि न्यौपाने स्मृति भवन निर्माण गरेर सम्झिन लागेको छ ।

    कमिटीले वडा नम्बर १३ मा विद्यालय खोल्ने शिक्षाको पहुँचको लागि न्यौपानेको पहलमा निर्माण भएको प्राथमिक विद्यालय अहिले माध्यामिक तहमा पुगेको छ । तत्कालीन विद्यालय खोल्न पहल गर्नेमध्येका एक शेखरनाथ सुवेदी भन्छन्, — हाम्रो पार्टी सरकारमा पुगेको लामो समयसम्म पनि सम्झिन सकेनौँ, ढिलै भएपनि पार्टीले न्यौपानेलाई सम्झिएको छ ।

    कात्तिक ३ गते उनको स्मृतिमा भवन बनाउने र स्मृति फाउण्डेशन निर्माण गर्ने पनि वडा कमिटीले तयारी गरेको छ । न्यौपानेका समकालीन प्राध्यापक डाक्टर भीमराज अधिकारी ३ गते दण्डपाणि न्यौपाने फाउण्डेशनको घोषणा गर्ने बताए । उनले प्रचण्ड स्वयंले केन्द्रीय कमिटीले सम्झिनुपर्नेमा वडाले सम्झिएको भन्दै खुसी व्यक्ति गरेको बताए । उनले भने, — दण्डपाणि स्मृति प्रतिष्ठानको संरक्षक प्रचण्ड आफै बस्छु भन्नुभएको छ ।

    त्यसैगरि सोही अवसरमा बृहत साँस्कृतिक कार्यक्रम तथा जनसभाको समेत वडा कमिटीले आयोजना गरेको छ । कार्यक्रम न्यौपानेले नै स्थापना गरेको विद्यालय परिसरमा गर्ने र सो अवसरमा संकलन भएको रकमबाट दण्डपाणि स्मृति भवनको निर्माण गर्ने वडाअध्यक्ष समेत रहेका भरतपुर १३ का नेकपा माओवादी अध्यक्ष प्रकाश दवाडीले जानकारी दिए ।

  • राष्ट्रियसभा अध्यक्ष दाहालले गरे आईपीयू अध्यक्ष र महासचिवसँग शिष्टाचार भेट

    राष्ट्रियसभा अध्यक्ष दाहालले गरे आईपीयू अध्यक्ष र महासचिवसँग शिष्टाचार भेट

    जेनेभा । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा. तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

    भेटमा नेपालको संघीय संसद र अन्तर व्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदान प्रदान, लोकतन्त्रका लागि संसदीय भूमिका लगायतका विषयमा कुराकानी भएको थियो ।

    भेटमा अध्यक्ष दाहालले आईपीयूका विभिन्न सभा तथा कार्यक्रमहरूले लोकतन्त्र, मानवअधिकार, लैङ्गिक समानता, युवा सशक्तीकरण, दिगो विकास लगायतका सवालमा संवाद, सहकार्य र असल अभ्यासहरूको आदान प्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए ।

    अध्यक्ष दाहालले संसदीय अभ्यास थप परिष्कृत गर्न र लोकतान्त्रिक संस्थाहरू थप सुदृढ गर्न अन्तर व्यवस्थापिका संघसँग आफूहरूले बलियो र घनिष्ठ सहकार्य गर्न इच्छुक रहेको बताए ।

    सो अवसरमा उनले आईपीयूसँग सिधा सम्पर्कमा रहन यसको सचिवालयमा नेपालको पनि सहभागिता गराउनतर्फ सोच्न आग्रह गरे ।

    संविधानसभाबाट जारी संविधानमार्फत् नेपालले महिला, अल्पसंख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको भन्दै अध्यक्ष दाहालले संघीय संसदमा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिलाहरू जनप्रतिनिधिको रूपमा सहभागी रहेको बताए ।

    जनप्रतिनिधिमार्फत विश्वभरका मानिसले अनुभूत गरेका आवश्यकता, आकांक्षा एवम् समस्याहरू अभिव्यक्त गर्न सकिने साझा मञ्चको रूपमा अन्तर व्यवस्थापिका संघलाई आफूले बुझेको भन्दै अध्यक्ष दाहालले यसको गरिमा र महत्व विश्वमा झनै बढ्दै गइरहेको बताए ।

    सो अवसरमा अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा. तुलिया अक्सनले नेपालले विगतदेखि नै आईपीयूमा सक्रिय सहभागिता जनाएको भन्दै खुसी व्यक्त गरे ।

    नेपालको संघीय संसदमा ३३ प्रतिशत महिला सहभागी हुनु निकै प्रशंसनीय रहेको भन्दै समावेशीकरणमा नेपालले राम्रो काम गरिरहेको बताए ।

    आईपीयूको सचिवालयलाई अझैँ व्यवस्थित बनाउन लागिरहेको भन्दै अध्यक्ष तुलियाले आईपीयू सचिवालयमा नेपाली प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताए । भेटमा नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरूको पनि सहभागिता रहेको थियो ।

  • ‘पर्खिएका प्रचण्ड’ लाई सुनिसकेपछि…

    ‘पर्खिएका प्रचण्ड’ लाई सुनिसकेपछि…

    ललितपुर । दशैंको अवसर पारेर प्रमुक्षी दलका नेता, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार सम्पादकहरूलाई होटल हिमालयमा बोलाएका थिए । मूलधार मानिएका मिडियाका सम्पादक र प्रेस सेन्टरका केही पत्रकार नेताहरूसहितको अनौपचारिक जमघटमा प्रचण्ड धैर्य, जिम्मेवार र प्रतिक्षित सुनिए ।

    राजावादीदेखि प्रखर गणतन्त्रवादीसम्मका विचार बोक्ने सम्पादकहरूका आ-आफ्ना उद्देश्यमूलक प्रश्नमा तीन पटक देशको प्रधानमन्त्री भइसकेका पूर्व विद्रोही कमाण्डर प्रचण्ड विपक्षी दलको नेताभन्दा पनि आफूलाई राजनेताका रूपमा उभ्याउने प्रयास गरिरहेका थिए ।

    विपत्तिको मिलेर सामना गर्ने

    छलफलको शुरूमै आफू सरकारलाई गाली गर्ने पक्षमा नरहेको बताएर विषयवस्तुमा प्रवेश गरेका प्रचण्डले डेढ घण्टा लामो संवादलाई बिट मार्ने क्रममा आफू माओवादीको अध्यक्षभन्दा माथि पुगिसकेको बताए । यद्यपि उनले यो जमघटमा आफूलाई प्रधानमन्त्रीभन्दा माथि देखाउन खोजे पनि त्यही अभिव्यक्ति भने दोहोर्‍याएनन् ।

    पछिल्लो समय समकालीन शीर्ष नेताहरूमध्ये प्रचण्ड सार्वजनिक बहस, जनसंवाद र सम्पादकहरूसँगको नियमित भेटघाटमा पनि चुस्त बनिरहेका छन् । प्रधानमन्त्री रहेकै समयमा पनि बेलाबेला यस्ता संवाद गरिरहने प्रचण्डले सत्ता बाहिर पुगेपछि गरेको पहिलो छलफलमा नेपालको राजनीतिक संकटका केही संकेत गरे, तर विस्तृतमा प्रवेश गर्न चाहेनन् ।

    विगतमा हौसिएर वा होस्ल्याङ भएर बोल्दा आफ्ना अभिव्यक्ति विवादमा पर्ने गरेकाले पनि हो कि, प्रचण्ड सम्पादकहरूसँग तौलिएर बोलिरहेका थिए । यद्यपि उनले विश्व राजनीतिदेखि नेपालको आन्तरिक अवस्थासम्मको विश्लेषण गर्ने क्रममा ठूलै संकट नजिक आइरहेको संकेत भने गरे । साथसाथै अहिलेको सरकार समेत षड्यन्त्रबाट बनेर संकटनोन्मुख रहेको विश्लेषण सुनाए ।

    सरकारलाई अप्ठेरो पार्ने, गाली गर्ने वा सरकार ढाल्ने तीनै खेलमा आफू नरहेको उनले प्रष्ट शब्दमा बताइरहँदा यति ढुक्क देखिएका छन् कि, कुनै पनि बेला माओवादी फेरि सत्तामा पुग्ने पर्खाइमा छन् । त्यसैले बरु प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेको आलोचनामा राम्रै शब्द र समय खर्चिएका प्रचण्ड कांग्रेस र मुलतः सरकारप्रति समेत नरम नै सुनिए ।

    विपक्षी दलको नेताको भूमिकामा रहेका प्रचण्डले अप्ठ्यारो परिस्थितिमा सरकारलाई गाली गर्ने नभई सजग रूपमा सबै मिलेर सामना गर्ने नेपाली परम्परा भएको बताए ।

    उनले भने, ‘जतिबेला जनता सङ्कटमा छन् त्यतिबेला सबै सरकार प्रतिपक्ष मिडिया सबै मिलेर त्यसको सामना गर्ने परम्परा छ । अहिले पनि त्यही मनसायका साथ संकटको सामना गर्नुपर्छ । अझै पनि खोजकार्य बाँकी नै छ । खोजी, उद्धार राहतको काममा लाग्ने । पुनर्निर्माण र पुन:स्थापनाको चुनौती छ ।’

    भूराजनीतिबारे फेरिएको बोली

    सत्ताबाट हट्ने बित्तिकै आक्रोशित भएका प्रचण्ड अहिले मत्थर भइसकेका छन् । सम्पादकहरूसँगको छलफलमा उनले शुरूमै भूराजनीतिक जटिलताको व्याख्या गर्दै अहिलेको सरकार विदेशीको कारणले बनेको होइन भने । बरु विदेशीकै कारण संकटमा पर्न सक्ने संकेत उनले बुझिनेगरी नै दिए । सरकार आन्तरिक कारणले नै बनेको उनले प्रष्ट बताए ।

    प्रचण्डले आफू सरकारबाहिर पुगेपछि दिएको बंगलादेश बन्न सक्ने चेतावनी समेत सच्याएका छन् । उनले यहाँको विशिष्ट अवस्थाका कारण नेपाल बंगलादेशजस्तो बन्न नसक्ने सम्पादकहरूसँग बताए । जबकी उनले जसले बंगलादेशमा शेख हसिनालाई सत्ताच्युत गर्‍यो त्यही शक्तिले आफूलाई प्रधानमन्त्रीबाट हटाएको त्यसबेला बताएका थिए ।

    प्रचण्डका फेरिएका अभिव्यक्तिको संश्लेषण के हो भने, उनी भूराजनीतिक यथार्थ बुझिरहेका छन् । केपी शर्मा ओली प्रधानमन्त्री बनेको दक्षिणको भूराजनीतिक शक्तिलाई मन परेको छैन । बरु त्यो शक्तिमार्फत कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब दिने प्रयास भइरहेको छ । यद्यपि बूढानीलकण्ठको ढोका अहिलेसम्म खुलेको छैन ।

    अर्कोतर्फ उत्तरको शक्ति पनि चित्त दुःखाएर बसेको छ । उसले एमाले र माओवादीको सत्ता सहकार्य आगामी निर्वाचनसम्म जाओस् भनेर धेरै मेहनत गरेको थियो । एमाले-माओवादी गठबन्धन टुट्न नदिन अन्तिम क्षणसम्म गरेको प्रयास असफल भएपछि फाटेको चित्त सायद अझै पुरिएको छैन । त्यसका संकेत दुवैतिर प्रधानमन्त्रीको औपचारिक भ्रमणको चाँजोपाँजो केही सुरसार देखिन्न ।

    लोकप्रियतवादी र ओलीविरोधी रिझाउँदै

    भूराजनीतिक शक्ति सन्तुलनको विश्लेषण गरिरहेका प्रचण्डले आन्तरिक राजनीतिक सन्तुलनलाई पनि आफ्नो अनुकूल बनाउन कुनै प्रयास छ बाँकी राखेका छैनन् । सरकारको दुई तिहाई बहुमत पुग्न नदिनेदेखि सत्ता गठबन्धनकै नेपाली कांग्रेसप्रति नरम बन्ने नीति त्यसको प्रस्थानविन्दु हो । शेखर कोइरालालगायत कांग्रेस नेताहरूको पछिल्लो असन्तुष्टिले प्रचण्डलाई सन्तुष्ट बनाएको छ ।

    सरकारविरुद्धका असन्तुष्टि, आक्रोश र निराशाका सबै आवाजलाई धुन दिने रणनीतिमा प्रचण्ड देखिन्छन् । उनले सम्पादकहरूसँग पनि नयाँ र स्वतन्त्रहरूलाई लोकतन्त्रका सुन्दर फूलको संज्ञा दिँदै उनीहरूको जगेर्ना गर्ने आफ्नो नीति रहेको सुनाए । प्रधानमन्त्री ओली र एमाले पंक्तिसँग बालेनहरूको ‘साइबर वार’ प्रति लक्षित गर्दै उनले लोकतन्त्रमा सयौं फूलहरूलाई फूल्न दिनुपर्ने बताए ।

    नयाँ र स्वतन्त्रहरूमात्र होइन प्रचण्ड राजा ज्ञानेन्द्र शाहदेखि उनका समर्थक र हिन्दुवादीहरुप्रति समेत विगतमा जस्तो नकारात्मक सुनिन छाडेका छन् । सबै असन्तुष्टिहरूको संगठित आवाज बन्न खोजिरहेका प्रचण्डले पूर्वराजाको भुटान भ्रमण र उनले पाएको सम्मानलाई समेत आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति भने । उनले ज्ञानेन्द्रलाई पूर्वराजा नभनी राजा नै भने, तर राजतन्त्र भने नफर्किने बताए ।

    यी सबै अभिव्यक्तिबाट के बुझ्न सकिन्छ भने, प्रचण्ड अहिले समाजमा र राजनीतिमा देखिएका जति पनि पपुलिस्ट व्यक्ति र शक्तिहरू छन् उनीहरूलाई नचिढ्याउने बरु आफूप्रति नरम बनाएर ओलीविरुद्ध घेराबन्दी अझ कसिलो बनाउँदै लैजानेमा देखिन्छन् । त्यसैले पूर्वका पहिचानवादी, मधेशवादी, बालेनवादी, राजावादी, हिन्दूवादीहरुलाई समेत प्रचण्डले लोकतन्त्रका सयौं फूलको स्थान दिएका छन् ।

    आफू सरकार ढाल्ने वा ढलिहालोस् भन्ने पक्षमा नरहेको बताइरहँदा प्रचण्डले अन्तिममा भने-म त जनताकै बीचमा खुसी छु तर परिस्थिति अर्कै बनिरहेको छ । तपाईँहरूलाई म अरु डिटेल अहिले बताउन चाहन्नँ, तर राजनीति फेरिँदैछ । पहिलो र दोस्रो दल मिलेर सरकार बनाउनु नै संकटको कारक हो, अरु कुरामा मलाई थप बोल्न नलगाउनुस् ।

    त्यसैले होला, प्रचण्ड अहिले पर्खिएको अवस्थामा देखिएका छन् ।

    भिडिओमा हेर्नुहोस्- सम्पादकहरूसँग यसरी खुलेका थिए प्रचण्ड

  • ओलीलाई लक्षित गर्दै प्रचण्डले भने- बयलगाडाको सिद्धान्त अपनाउनेलाई गणतन्त्र मन परेको छैन (भिडिओ)

    ओलीलाई लक्षित गर्दै प्रचण्डले भने- बयलगाडाको सिद्धान्त अपनाउनेलाई गणतन्त्र मन परेको छैन (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले संविधान संशोधनको नाममा संविधान खारेज गर्ने लक्ष्यमा रहेको आरोप लगाएका छन् ।

    बुधवार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा उनले अहिले संविधान संशोधनको विषय उठाए पनि एमालेको उद्देश्य त्यस्तो नरहेको टिप्पणी गरेका हुन् ।

    उनले भने, ‘अहिले बनेको सरकारको मूल उद्देश्य संविधान संशोधन होइन । बहाना हो । किनभने अघिल्लो सरकारले भ्रष्टाचारकोविरुद्धका सुशासनको पक्षमा केही पहल गर्न थालेपछि सत्तामा नआउने भएपछि अफ्ठेरोमा परिने भयो भन्ने कारणले नै बनेको हो यो सरकार ।’

    अहिले संविधान संशोधनको बहस नागरिक समाज बुद्धिजीवीहरूले पनि उठाइरहेको उनले बताए । उनले एमाले नेतृत्वलाई यो संविधान घाँडो लाग्न थालेको जिकिर गरेका थिए ।

     

    ‘संविधान बनाउने बेलामै चाहिँदैन थियौँ भन्ने साथीहरु नै पार्टीको नेतृत्वमा पनि हुनुहुन्छ, सरकारको पनि नेतृत्वमा हुनुहुन्छ । सुरु देखिनै मन परेको छैन । उहाँहरूले यो संविधान आफ्नो भन्दा बाहिर भएको ठान्नुहुन्छ ’ उनले भने, ‘ उहाँहरूको चाहना संविधान संशोधन हो भन्ने पनि मलाई लाग्दैन । उहाँहरूको चासो संविधान खारेजी हो । उहाँहरूको चाहना संविधान खारेजी हो ।’

    एकै पटक खारेज भन्दा नमिल्ने भएर मात्रै संशोधन प्रयोग गर्न खोजिएको प्रचण्डको भनाइ थियो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक गरेको संसद् विघटनलाई पनि सदन विघटन मात्रै नभएर त्यसको मूल उद्देश्य संविधान विघटन रहेको बताए ।

    ‘उहाँहरूलाई समावेशिता त्यति मन परेको छैन । समानुपातिक त झन् मन परेको छैन । सङ्घीयता पनि मन परेको छैन ,अन्ततः गणतन्त्र पनि धेरै मन परेको छैन है । बयलगाडा सिद्धान्त त हामी सबैले सम्झेकै छौ नि त ’ प्रचण्डले भने , ‘ बयलगाडाको सिद्धान्त अपनाउने साथीहरूलाई गणतन्त्र आएको सिद्धान्त मन परेको छैन नि मनभित्र त ’

    संविधानमा माओवादीको अनुहार देख्ने गरेको उनले टिप्पणी गरेका थिए ।

    संविधान संशोधनको विषय उठाउने अधिकार माओवादी केन्द्रलाई रहेको बताए । संविधान संशोधन भन्दा संविधान कार्यान्वयन महत्त्वपूर्ण विषय रहेको उनको भनाइ थियो । उनले प्रदेशलाई दिने भनेको अधिकार अहिलेसम्म नपाएको बताए ।

    अध्यक्ष प्रचण्डले मुलुकमा अझै संकट नहटेको टिप्पणी गरे ।

    ‘पहिलो र दोस्रो पार्टीले जुन तरिकाले सरकार बनाउनु भयो संकट त्यही छ साँच्चै देश र जनताको समस्याप्रति गम्भीर र जिम्मेवार भए त लुकाउनु पर्ने ,छल्नु पर्ने ,ढाँट्नु पर्ने हुँदैन नि ’ उनले भने ‘संकट छ , संकट त्यही छ ।’

  • उपनिर्वाचनबारे माओवादीको परिपत्र- धाँधली हुनसक्छ, मत परिणाम घोषणा नहुँदासम्म पार्टीको प्रतिनिधि खटाउनू

    उपनिर्वाचनबारे माओवादीको परिपत्र- धाँधली हुनसक्छ, मत परिणाम घोषणा नहुँदासम्म पार्टीको प्रतिनिधि खटाउनू

    काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि वडा र पालिकाहरूमा चुनाव प्रचार–प्रसार समिति गठन गर्न निर्देशन दिएको छ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको परिपत्रमा पार्टी मतदाताहरूको नामावली छुट्न सक्ने भएकाले तुरुन्त पहल लिएर अभिलेखीकरण गराउने पार्टी पंक्तिलाई निर्देशन दिएका हुन्।

    परिपत्रमा भनिएको छ, ‘उप–निर्वाचन हुन गइरहेका प्रचार–प्रसारलाई व्यवस्थित गर्न जन भेटघाट, घरदैलो, पिँडिसभा, चौतारी सभा, कोणसभा र आवश्यकता अनुसार अन्य सभाहरु गर्ने । सामाजिक सञ्जाल मार्फत प्रचारप्रसारको व्यवस्था मिलाउने । सांस्कृतिक टिम निर्माण गरी प्रचार–प्रसारलाई व्यवस्थित गर्ने ।’

    पार्टीको नेतृत्वमा सबै जनवर्गीय संगठन, मोर्चाहरू तथा युवाहरूको टोली बनाएर परिचालन गर्ने, मतदानको दिन मतदातालाई शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न ध्यान दिन निर्देशन दिएका छन्।

    परिपत्रमा भनिएको छ, ‘मतदान केन्द्र, मतपेटिकाको सुरक्षा तथा निर्वाचन धाँधलीरहित बनाउन मतदान केन्द्रमा प्रतिनिधि खटाउने र मत परिणाम घोषणा नहुँदासम्म मतगणना केन्द्रमा प्रतिनिधि खटाई विशेष सतर्कता अपनाउने ।’

  • उपचुनावमा गठबन्धन गर्ने माओवादीको नीति, कांग्रेस-एमालेबाहेकका दलसँग सहकार्य पहल गर्न परिपत्र

    उपचुनावमा गठबन्धन गर्ने माओवादीको नीति, कांग्रेस-एमालेबाहेकका दलसँग सहकार्य पहल गर्न परिपत्र

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा चुनावी गठबन्धन गर्ने बाटो खुला राखेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले सोमबार स्थानीय उपनिर्वाचनबारे विशेष परिपत्र जारी गर्दै कांग्रेस एमालेबाहेक अन्य दलसँग सहकार्यको पहल गर्न पार्टी कमिटीलाई निर्देशन दिएका हुन् ।

    परिपत्रमा भनिएको छ, ‘आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि एकलरूपमा चुनाव लड्ने तयारी गर्ने, यसका साथै सत्तारुढ दलबाहेकका वाम देशभक्त दलहरूसँग सहकार्यलाई अगाडि पहल बढाउने ।’

    उपनिर्वाचनको तयारीका लागि रिक्त रहेका वडाध्यक्षको उम्मेदवार छनोट दर्ता वडा पार्टीका सदस्यहरूलाई भेला गराएर सहमतिका आधारमा उम्मेदवार छनोट गर्ने र सहमति हुन नसकेको अवस्थामा बहुमतीय प्रणालीको आधारमा उम्मेदवार छनोट गरी पालिका समितिलाई सिफारिस गर्ने र पालिकाको पार्टी सहमतिले निर्णय गर्ने, सोको जानकारी कात्तिक २५ गतेसम्म प्रदेश पार्टी कार्यालय र पार्टी केन्द्रीय कार्यालयलाई अनिवार्यरूपमा लेखी पठाउने निर्देशन दिएका छन् ।

    परिपत्रमा भनिएको छ, ‘रिक्त रहेका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष लगायत पदको उम्मेदवार छनोट गर्दा सम्बन्धित पार्टी अन्तर्गतका सबै वडाहरुका प्रतिनिधि र पालिका पार्टी समितिको संयुक्त बैठक बसी सहमतिको आधारमा उम्मेदवार छनोछ गर्ने यदि सहमति हुन नसकेमा पालिका समितिको बहुमतीय प्रणालीबाट छनौट गरी प्रदेश पार्टी सभापतिलाई सिफारिस गर्ने प्रदेश पार्टी समितिले निर्णय गर्ने सो को जानकारी कात्तिक २५ गतेसम्म पार्टीको केन्द्रीय कार्यालयलाई गराउने ।’

    जिल्ला समन्वय समिति प्रमुखका लागि पार्टी जिल्ला समन्वय समितिले सिफारिस गर्ने र प्रदेश समितिले निर्णय गर्ने परिपत्रमा उल्लेख छ । तर, पार्टी पंक्तिलाई जारी गरेको परिपत्र र अध्यक्ष प्रचण्डको अभिव्यक्तिमा भने तालमेल खाँदैन ।

    शनिबार काठमाडौं-दोलखा सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै कहिले कांग्रेस र कहिले एमालेसँग मिल्दा माओवादीको पहिचान हराउने आशंका बढेपछि आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने बताएका थिए ।

    उनले भनेका थिए, ‘प्रतिक्रियावादीहरूले सोचे अहिले माओवादीको संख्या घटेको छ, सरकारबाट पनि बाहिर गएपछि माओवादी धेरै कमजोर होला भन्ने सोचेका थिए । अहिले तिनीहरुको सात्तो गएको छ माओवादी देशैभरि जाग्न थाल्यो भनेर । यहाँ भएका सामाजिक संघसंस्थाको निर्वाचनमा कांग्रेस-एमाले मिल्दा पनि माओवादी एक्लैले हराएको छ ।’

    अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पनि एक्लै चुनाव लडेर माओवादीलाई फेरि आफ्नै पहिचानसहित स्थापित गर्ने संकल्प लिन लागेको उनको भनाइ थियो ।

    प्रचण्डले पछिल्लो समय उपनिर्वाचनमा मात्रै नभई २०८४ को निर्वाचनमा पनि माओवादीले एक्लै चुनाव लड्ने दाबी गर्दै आइरहेका छन् । तर, माओवादीले समाजवादी मोर्चामा आबद्ध घटकबीच सहकार्यको प्रयास गरिरहेको छ ।

    मोर्चामा माओवादीसहित नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन्। यसबाहेक अन्य सत्ता बाहिर रहेका दलहरुसँग पनि सहकार्य गर्ने नीति माओवादीले अख्तियार गरेको छ ।

  • मैले रविलाई क्लीन चिट दिएको छैन: प्रचण्ड (भिडिओ)

    मैले रविलाई क्लीन चिट दिएको छैन: प्रचण्ड (भिडिओ)

    चितवन । नेकपा माओवादी केन्द्र्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा रवि लामिछानेले सहकारी ठगी गरेको प्रमाण नपाएको बताएका छन् ।

    आफू प्रधानमन्त्री हुँदा रोष्टमबाट तत्कालीन गृहमन्त्री लामिछानेबारे जवाफ दिन अनुसन्धान गर्ने निकायमा केही प्रमाण छ भने दिनुस् भनेर सोध्दा तीनवटै सुरक्षा निकाय र पोखरा प्रहरीले प्रमाण नभएको बताएको भन्दै प्रचण्डले बताए ।

     

    आज चितवन आइपुगेका प्रचण्डले आफूले संसदको रोष्टमबाट लामिछानेलाई गलत ढंगले क्लीन चीट दिएको नभई प्रमाण नभएको कुरा बताएको दाबी गरे ।

    उनले पत्रकारहरुसँग भने, ‘सहकारी ठगीसम्बन्धी अध्ययन गर्न बनेको संसदीय कार्यदलले पनि लामिछानेलाई दोषी देखाएको छैन ।’

    प्रचण्डले गोरखा मिडिया नेटवर्कसम्बन्धी केही चिज छ भनिएको, यद्यपि पोखराको अदालतले समेत रविलाई समाउन दोषी नभएको भनेको आफूले सुनेको बताए ।

    रवि, बालेन, दुर्गा प्रसाईंहरुलाई प्रचण्डले चलाएको भन्ने प्रधानमन्त्री केपी ओलीले आफूलाई आरोप लगाएको भन्दै उनले उनीहरु निर्वाचित भएदेखि नै आफूले उनीहरुले चुनाव जित्दै गर्दा लोकतन्त्रका नयाँ फूलहरु हुन् संरक्षण गर्नुपर्छ भनेको र त्यो भनाइमा अहिले पनि दृढ रहेको बताए ।

  • माओवादी सकियो भन्नेहरूको अहिले सात्तो गएको छ, आगामी निर्वाचनमा एक्लै लड्छौं: प्रचण्ड (भिडिओ)

    माओवादी सकियो भन्नेहरूको अहिले सात्तो गएको छ, आगामी निर्वाचनमा एक्लै लड्छौं: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा हुने उपनिर्वाचनमा मात्रै नभई २०८४ को निर्वाचनमा पनि माओवादीले एक्लै चुनाव लड्ने बताएका छन् ।

    पार्टीको दोलखाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कहिले कांग्रेस र कहिले एमालेसँग मिल्दा माओवादीको पहिचान हराउने आशंका बढेपछि आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने बताए ।

    अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पनि एक्लै चुनाव लडेर माओवादीलाई फेरि आफ्नै पहिचानसहित स्थापित गर्ने संकल्प लिन लागेको बताए ।

    उनले भने, ‘प्रतिक्रियावादीहरुले सोचे अहिले माओवादीको संख्या घटेको छ, सरकारबाट पनि बाहिर गएपछि माओवादी धेरै कमजोर होला भन्ने सोचेका थिए । अहिले तिनीहरुको सात्तो गएको छ माओवादी देशैभरि जाग्न थाल्यो भनेर । यहाँ भएका सामाजिक संघसंस्थाको निर्वाचनमा कांग्रेस-एमाले मिल्दा पनि माओवादी एक्लैले हराएको छ ।’

    उनले नेता कार्यकर्तालाई आगामी उपनिर्वाचनलाई मेहनत गरेर देशभर सन्देश दिन आग्रह गरे ।