Category: माओवादी केन्द्र

  • हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी उम्मेदवार तिमिल्सीना विजयी

    हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी उम्मेदवार तिमिल्सीना विजयी

    काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका पनि नेकपा (माओवादी केन्द्र)ले नै जितेको छ । निर्वाचन आयोगका अनुसार गाउँपालिकाको अध्यक्षमा माओवादीका उम्मेदवार देवकी तिमल्सीनाले नेपाली काँग्रेसका उम्मेदवार सविता बुढालाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

    माओवादीका उम्मेदवार तिमल्सीनाले काँग्रेसका उम्मेदवार बुढालाई ४३ मतान्तरले मात्रै पछि पार्दै जित हासिल गरेकी हुन् । जसमा तिमल्सीनाले १ हजार ६३७, बुढाले १ हजार ५९४, नेकपा (एमाले)का उम्मेदवार जाना शाहीले ४७१ मत प्राप्त गरेकी छन् ।

    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार संगिता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले ९ मत मात्रै प्राप्त गरेका छन् । जम्मा ४ हजार ५२६ मत खसेकोमा ७८ मत भने बदर भएका छन् ।

    सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा यस अघि २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रकै उम्मेदवार निर्वाचित भएका थिए । यस पटक सम्पन्न उपनिर्वाचन मध्ये कर्णाली प्रदेशमा वडा बाहेक २ पालिका उपाध्यक्षको निर्वाचनमा दुबै पालिकामा माओवादी केन्द्रकै उपाध्यक्ष निर्वाचित भएका छन् ।

    जाजरकोटको नलगाढ नगरपालिकाको उपाध्यक्षमा माओवादीका देवका लामिछाने यस अघि नै निर्वाचित भइसकेकी छन् । यद्यपी दैलेखको महाबु गाउँपालिका अध्यक्षमा भने एमालेको उम्मेदवार निर्वाचित भएको छ ।

  • कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै पुथा उत्तरगंगा उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी

    कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै पुथा उत्तरगंगा उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी

    काठमाडौं ।  रुकुम पुर्व पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादीको नरपुरा बुढा विजयी भएकी छन् ।

    कांग्रेस एमाले गठबन्धनलाई १ हजार ४९९ मतान्तरले पराजित गर्दै बुढाले जित निकालेकी हुन् ।

  • पुथा उत्तरगंगामा कांग्रेस-एमाले गठबन्धनभन्दा माओवादी उम्मेदवार दोब्बर मतले अगाडि

    पुथा उत्तरगंगामा कांग्रेस-एमाले गठबन्धनभन्दा माओवादी उम्मेदवार दोब्बर मतले अगाडि

    काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनभन्दा माओवादी केन्द्रले दोब्बर मतले अग्रता लिएको छ ।

    निर्वाचन आयोगको तथ्यांकअनुसार पुथा उत्तरगंगामा माओवादी केन्द्रकी नरपुरा बुढाले ३ हजार १६१ मत ल्याउँदा कांग्रेस–एमाले गठबन्धनकी केशकुमारी तुलाचनले १ हजार ५५४ मतमात्रै ल्याएकी छन् ।

    माओवादीकी बुढा कांग्रेस-एमाले गठबन्धनकी तुलाचनभन्दा १ हजार ६०० मतले अगाडि छिन् ।

  • उपचुनावको नतिजाले माओवादी उत्साहित- कांग्रेस र एमालेको कति अपेक्षित ?

    उपचुनावको नतिजाले माओवादी उत्साहित- कांग्रेस र एमालेको कति अपेक्षित ?

    काठमाडौं । स्थानीय तहमा रिक्त ४२ पदका लागि भएको उपनिर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन भएको ४१ मध्ये अहिलेसम्म ३७ पदको परिणाम आइसकेको छ ।

    अब कीर्तिपुर नगरपालिकाको मेयर, गौरीशंकर गाउँपालिका उपाध्यक्ष, पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष र बेलका नगरपालिका वडाध्यक्षको मतपरिणाम आउन बाँकी छ । पछिल्लो नतिजाअनुसार कीर्तिपुरको मेयरमा कांग्रेसले अग्रता लिइरहेको छ भने पुथा उत्तरगंगामा माओवादी अगाडि छ ।

    कांग्रेसले सबैभन्दा बढी १६ वटा वडाध्यक्ष जितेर अग्रता बनाएको छ । कांग्रेसले जितेका १९ वडाध्यक्ष रिक्त भएका थियो। यो निर्वाचनबाट कांग्रेसले यसअघि जितेको २ गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र एक उपमेयर भने गुमाएको छ ।

    कांग्रेसका केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल उपनिर्वाचनको नतिजाबाट पूर्ण सन्तुष्ट नभएको बताए ।

    उनले भने, ‘४४ मध्ये २१/२२ क्षेत्रमा जित्ने स्थिति थियो, कतिपय हामीले जितेका ठाउँमा हारेका छौं, कतिपय हारेका ठाउँमा जितेका छौं । पहिला गठबन्धन पनि थियो, अहिले कांग्रेस एक्लै लड्दा पनि करिब ६० प्रतिशत हाम्रो पक्षमा जित आएको छ । यो निर्वाचनको नतिजाले चुनाव भएको ५० प्रतिशत कांग्रेसले जित्ने संकेत देखिएको छ । यसलाई सकारात्मक रुपमा लिएका छौं । हामीले ७० प्रतिशत जित आफ्नो पक्षमा पर्छौँ भन्ने थियो । हामी पूर्णरूपमा सन्तुष्ट छैन ।’

    उनले एक्लाएक्लै लड्दा ०८४ को निर्वाचनमा कांग्रेसले एकल बहुमत ल्याउनसक्ने आधार देखिएको दाबी गरे ।

    उनले थपे, ‘हामीले संगठनमा ध्यान दिनुपर्ने पनि देखिएको छ । तर, एक्लै प्रतिस्पर्धा गर्दा ०८४ को निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ भन्ने लक्ष्य देखिएको छ । काठमाडौं महानगरपालिका १६ हामीले जितेको ठाउँम हारेका छौं । काठमाडौंको नतिजाले हामी सुध्रिनुपर्छ भन्ने देखाएको पनि छ । आम नागरिकमा ठूला पार्टीहरूबारे पार्न खोजिएको नकारात्मक भाष्य चिर्नुपर्ने देखिएको छ ।’

    उनले अब कांग्रेस आफ्नो संगठनलाई अझै चुस्त पारेर युवाहरूलाई पार्टीप्रति आकर्षण गराउने योजनाका साथ अघि बढ्नुपर्ने बताए ।

    सत्तारुढ अर्को दल नेकपा एमालेले दाबी गरेअनुसार यो उपनिर्वाचनबाट अपेक्षित मत निकाल्न सकेन । एमालेले उपनिर्वाचन हुने ४४ क्षेत्रमध्ये कीर्तिपुर मेयर, काठमाडौं १६ देखि बहुमत क्षेत्रमा जित्ने दाबी गरेको थियो ।

    एमालेले एउटा गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष बोनस जित निकाल्दा केही वडा गुमाएको छ । अध्यक्ष र उपाध्यक्ष एक एक पद थप्दा वडातर्फ भने एमालेले अपेक्षित नतिजा निकाल्न सकेको छैन ।

    एमालेका सचिव गोकर्ण विष्टले सीट संख्याको आधारमा उपनिर्वाचनको नतिजाबारे विश्लेषण गर्न नहुने तर्क गर्छन् ।

    उनी भन्छन्, ‘अहिलेसम्म निर्वाचनमा परिणाम आएको क्षेत्रको सीट संख्या हेरेरमात्रै हुँदैन । खसेको मतको कति पार्टीलाई कति प्राप्त भएको छ भन्ने अध्ययन गरेर मात्रै पार्टीले विश्लेषण गर्छ ।’

    दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि विपक्षी कित्तामा पुगेको माओवादी केन्द्र भने यो निर्वाचनको नतिजाले हौसिएको छ ।

    आधार इलाका मानिने रोल्पा, रुकुम र जाजरकोटका केही वडा गुमाएको माओवादीले कांग्रेसको गढ मानिने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेको छ ।

    त्यस्तै जाजरकोटको नलगाढ नगरपालिका उपमेयर पनि जितेको छ । माओवादीले यसअघि कांग्रेस र एमालेले जितेका केही वडामा जित निकालेर ६ वडाध्यक्ष सहित अहिलेसम्मको परिणाममा एमालेभन्दा एक वडा बढी जितेको छ ।

    माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले यो निर्वाचनलाई समग्रमा हेर्दा माओवादीको उकालो यात्रा सुरू भएको देखाएको बताए ।

    उनले भने, ‘यो निर्वाचनले राम्रो संकेत देखिएको समग्रमा हेर्दा, हाम्रो विस्तारै उकालो यात्रा सुरू भएको यो परिणामले देखिएको छ। हामी ४४ क्षेत्रमा उपनिर्वाचनको अन्तिम नतिजा आउँदासम्म दोस्रो हुने त सुनिश्चित भइसक्यो ।’

    एक्लै लड्दाखेरी माओवादीले धेरै जित्नसक्ने देखिएको सुनाए ।

    उनले भने, ‘एक्लै लड्दा आफ्नो विचार नीति, सिद्धान्त, कार्यक्रम लैजानपाउँछौं। त्यसले जनताप्रति माओवादीप्रति आकर्षण बढेको देखिएको छ ।’

    प्रतिनिधिसभाको चौथो ठूला दल रास्वपाले काठमाडौं महानरपालिका-१६ को वडाध्यक्ष जितेर स्थानीय तहमा आफ्नो पहिलो उपस्थिती देखाएको छ । त्यहाँ रास्वपाकी रोजिना श्रेष्ठले विजयी भइन् । काठमाडौंमा बाहेक रास्वपाले उम्मेदवारी दिएको अन्य क्षेत्रको उपस्थिति भने कमजोर छ ।

    यस्तै, उपनिर्वाचन भएको अधिकांश क्षेत्रमा उम्मेदवारी दिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि अपेक्षित मत ल्याउन सकेन । राप्रपाले जित्न नसके पनि सम्मानजक मत ल्याउने दाबी गर्दै आएको थियो ।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जनताले फेरि पनि असफल दलहरूलाई छनौट गरेको भन्दै निर्वाचन नजितेपनि राजनीति नहारेको बताए ।

    उनले भनेका छन्, ‘स्थानीय तहको अघिल्लो निर्वाचनमा अहिले उपनिर्वाचन भएको अधिकांश स्थानमा राप्रपाका उमेदवार समेत थिएनन्, यसपटक सबै ठाउँमा उमेदवार खडा गर्नु, अनेकौं प्रतिकूलताका बाबजुद विगतमा उमेदवारी भएको अधिकांश ठाउँमा यसपटक मत बढाउनु सकारात्मक छ । अहिले प्राप्त परिणाम आलोचक र ईर्ष्यालुलाई त आलोचनाको विषय बन्नसक्छ तर परिणाम अपेक्षित नभए पनि लगभग हाम्रो सर्वेक्षण र अनुमानको वरिपरि नै छ ।’

    निर्वाचनको परिणामले निराश र विचलित नभई राप्रपाको गुणात्मक रुपान्तरण र आगामी निर्वाचनको तयारीमा लाग्ने बताए । राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्र बाहेक अर्को बाटोबाट देशको भविष्य सुरक्षित नभएको जिकिर गरे ।

    यस्तै, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि रौतहटको गढीमाई नरपालिका रौतहटमा एउटा वडाध्यक्ष जितेर बिउ जोगाएको छ । जसपा नेपालले सप्तरीको डाक्नेश्वरी १ र ४ को गरी दुई वडाध्यक्ष जितेको छ ।

    नेमकिपाले कालिकोटको तिलागुफा ४ मा एउटा वडाध्यक्ष जित्न सफल हुँदा झापा कन्काई ६ स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले जिते । यो उपनिर्वाचनमा २६ पद कांग्रेस, एमाले र माओवादी ८/८, जसपा नेपाल र स्वतन्त्र उम्मेदवारले जितेको एक-एक सीटमा दलहरूको शक्ति परीक्षण भएको थियो ।

  • दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादीको अग्रता, पछ्याउँदै एमाले

    दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादीको अग्रता, पछ्याउँदै एमाले

    दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रले अग्रता लिएको छ ।

    वडा नम्बर १ र २ जुँगुको मत गणना सकिँदा माओवादीकी निमलेकी शेर्पाले ८०९ मत ल्याएर अगाडि छन् ।

    उनलाई एमालेकी उमा शेर्पाले ४४७ ल्याएर पछ्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले २४० मत ल्याएको छ ।

    यहाँ रास्वपाकी गोमा श्रेष्ठले १८ मत ल्याउँदा नेकपा एसकी रविना खड्काले १४ मत ल्याएकी छन् ।

  • उपनिर्वाचनले माओवादीलाई फाइदा, पालिका अध्यक्ष र उपमेयरसहित ६ वडाध्यक्ष विजयी

    उपनिर्वाचनले माओवादीलाई फाइदा, पालिका अध्यक्ष र उपमेयरसहित ६ वडाध्यक्ष विजयी

    काठमाडौं । संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रलाई उपनिर्वाचनले समग्रमा उत्साहित बनाएको छ । आधार इलाका मानिने रोल्पा, रुकुम र जाजरकोटका केही वडा गुमाएको माओवादीले कांग्रेसको गढ मानिने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेको छ ।

    त्यस्तै जाजरकोटको नलगाढ नगरपालिका उपमेयर पनि जितेको छ । माओवादीले यसअघि कांग्रेस र एमालेले जितेका केही वडामा जित निकालेर ६ वडाध्यक्ष सहित अहिलेसम्मको परिणाममा एमालेभन्दा एक वडा बढी जितेको छ ।

    यसअघि माओवादीले जितेका ६ वडामा उपनिर्वाचन भएको थियो । माओवादीले यसपटक आफूले जितेका ४ वडा गुमाउँदा कांग्रेस र एमालेले जितेका ५ वडा खोस्न सफल भएको छ । यस हिसाबले माओवादीलाई उपनिर्वाचनले घाटाभन्दा फाइदा नै देखिएको छ ।

    माओवादी केन्द्रले जितेका स्थान

    अध्यक्ष १

    ग्रामथान मोरङ, नमोनारायण माझी (यसअघि कांग्रेस जितेको)

    उपमेयर १

    नलगाढ जजारकोट, देवका लामिछाने (यसअघि कांग्रेस जितेको)

    वडाध्यक्ष ६

    त्रियुगा १२ उदयपुर, नविन राई (यसअघि कांग्रेस जितेको)

    धनुषाधाम १,धनुष सुनिल कुमार केवट (यसअघि कांग्रेस जितेको)

    ककनी २ नुवाकोट, कृष्ण घिमिरे (यसअघि कांग्रेस जितेको)

    गोरखा ५ गोरखा बिष्णुवहादुर मगर (यसअघि एमाले जितेको)

    त्रिपुरासुन्दरी ५ डोल्पा नरबहादुर झाँक्री (यसअघि एमाले जितेको)

    पुथा उत्तरगंगा २ रुकुमपूर्व जगत घर्ती

  • डोल्पाको त्रिपुरासुन्दरी-५ को वडाध्यक्षमा माओवादीका झाँक्री विजयी

    डोल्पाको त्रिपुरासुन्दरी-५ को वडाध्यक्षमा माओवादीका झाँक्री विजयी

    सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ मा वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाँक्री विजयी भएका छन् ।

    झाँक्रीले १६१ मत प्राप्त गर्दै वडाध्यक्ष पद हत्याएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का नरबहादुर रोकाले ११६ मत र नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत ल्याए ।

    यो वडा २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) को पकडमा थियो । तर, यसपटक माओवादीले जित निकाल्दै आफ्नो उपस्थिति बलियो बनाएको छ ।

  • कांग्रेसको विरासतमा माओवादीको इन्ट्री

    कांग्रेसको विरासतमा माओवादीको इन्ट्री

    विराटनगर । नेपाली कांग्रेसको विरासतको रूपमा परिचय बनाएको ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रले जित निकालेको छ ।

    प्रतिनिधिसभा निर्वाचनमा लगातार सो क्षेत्रबाट माओवादीका अमनलाल मोदीले जित निकाल्दै आएको भए पनि पालिकामा भने माओवादीले आज सम्म जित्न सकेको थिएन । यस पटक भने कांग्रेसका बलराम सरदारलाई भारी मतले पछि पार्दै माओवादीका उम्मेदवार नमोनारायण माझी विजयी  भएका हुन् ।

    निर्वाचनको मुखमा काङ्ग्रेसबाट असन्तुष्ट हुँदै माओवादीमा प्रवेश गरेका माझीले ६९७९ मत ल्याएका छन् । काँग्रेसका बलराम सरदारले ५३३३ पाएका छन् ।

    २०७४ को निर्वाचनमा पालिका अध्यक्ष जितेको एमाले भने तेस्रो स्थानमा खुम्चिएको छ । एमालेबाट उम्मेदवार बनेका तुलसीराम विश्वासले ४१५९ मत पाए ।

    मोरङको ग्रामथान गाउँपालिका तत्कालीन बनिगाँमा, मोतीपुर, लखन्तरी, झोराहाट, तेरीयता गाविस मिलेर बनको हो । मोरङको क्षेत्र नम्बर ४ मा पर्ने सो पालिका समेत रहेको छ । यहाँबाट लगातार अमनाल मोदी विजयी हुँदै आएका छन् । त्यो भन्दा पहिला भने काँग्रेस नेता महेश आचार्यले निर्वाचन जित्दै आएका थिए ।

    ७९ को निर्वचनमा एमालेको ६ हजार ७६३ मत ल्याएको छ । उपाध्यक्षसमेत एमालेले जितेको ग्रामथानमा वडामा आएको मत हेर्दा काँग्रेसले दोस्रो मत पाएको छ । काँग्रेसको ५ हजार ५३७, माओवादी केन्द्रको २ हजार ६६५ मत आएको थियो ।

    ०७४ मा पालिका अध्यक्ष एमालेले जितेको थियो । ०७४ मा एमालेका शिवनारायण माझी थारुले चार हजार ७२०, मधेसी जनअधिकार फोरम, नेपाल ९लोकतान्त्रिक० का जयप्रकाश गच्छदार थारुले चार हजार ६६१ र काँग्रेसका कृष्णकुमार सरदार थारुले तीन हजार १४३ मत प्राप्त गरेका थिए ।

  • लुम्बिनी उपनिर्वाचन : आधार इलाकामै कमजोर भयो माअ‍ोवादी, कांग्रेस एमालेमा किचलो

    लुम्बिनी उपनिर्वाचन : आधार इलाकामै कमजोर भयो माअ‍ोवादी, कांग्रेस एमालेमा किचलो

    रुपन्देही । स्थानीय तहको उपनिर्वाचनमा लुम्बिनीमा नेकपा एमालेले यसअघि गुमाएको एक वडाध्यक्ष पदमा जित निकालेको छ भने अन्य स्थानमा मत बढाए पनि बर्दियामा मत घटाएको छ ।

    कांग्रेसले यसअघि जितेको एक वडाध्यक्ष गुमाउँदा माओवादीको अघोषित सहयोग पाउँदा रोल्पा–गुल्मी र बर्दियामा कांग्रेसले आफ्नो विरासत कायम राखेको छ । रुकुमपूर्वको वडामा माओवादी केन्द्रले आफ्नो विरासत सुरक्षित बनाउँदा अन्य स्थानमा निकै तल खस्केको छ ।

    कपिलवस्तुमा कांग्रेसको एक सीट एमालेले खोस्दा चर्चामा रहेको रास्वपाको कतै प्रभावशाली मत आएको छैन भने नेकपा एसले कुनै स्थानमा जमानत पनि जोगाउन सकेन ।

    एक पालिका उपाध्यक्ष र ५ वडाध्यक्षसहित ६ पदमा भएको निर्वाचनमा वडाअध्यक्षको मत परिणाम सार्वजनिक भइसकेको छ भने रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षको मतगणना आज बिहान मात्रै सुरु गरिने छ । यहाँ भने माओवादीविरुद्ध कांग्रेसको चुनाव चिन्हमा एमालेका उम्मेदवार रहेका छन् । यो माओवादीको बलियो क्षेत्र मानिएको स्थान हो ।

    कहाँ को विजयी र कस्तो आयो मत परिणाम ?

    गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ मा नेपाली कांग्रेस विजयी भएको छ । यहाँ यसअघि नेपाली कांग्रेसले माओवादी केन्द्रसहितको गठबन्धनको साथ पाएर विजयी भएको थियो । तर अहिले माओवादीको अघोषित साथ पाएर अघिल्लो निर्वाचनभन्दा बढी मतान्तरले जितेको हो । काङ्ग्रेसबाट उम्मेदवार बनेका आनन्द श्रेष्ठले ११८४ मत ल्याएर विजयी भएका हुन् ।

    एमालेका दलबहादुर थापाले ९३० मत ल्याएका थिए । माओवादी केन्द्रका दुर्गाबहादुर विकले १४३ मत ल्याएका छन् । गत निर्वाचनमा ३९ मतले मात्रै हारेको एमालेलाई हराउन माओवादीले कांग्रेस उम्मेदवारलाई साथ दिएको आरोप लागेको छ ।

    माओवादी केन्द्रका नेताहरूले यहाँ कांग्रेस, एमाले र आफ्नो त्रिपक्षीय प्रतिस्पर्धा रहेको बताएका थिए । नेकपा एस, विप्लव नेतृत्वको माओवादीसमेतको साझा उम्मेदवार बनेका माओवादी केन्द्रका दुर्गाबहादुर विकको अपेक्षित मत पाउन सकेनन् ।

    आइतबार भएको निर्वाचनमा २ हजार ३ सय ३४ मत खसेको थियो । मुसिकोट नपा १ मा ४ हजार ९१ मतदाता थिए । २०७९ मा काङ्ग्रेसबाट विजयी उम्मेदवार मोहन घिमिरेको मृत्यु भएपछि उपनिर्वाचन भएको थियो ।

    रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ को वडाअध्यक्ष कांग्रेसका उम्मेदवार भूपमणि पुनमगर निर्वाचित भएका छन् । उनले ६४३ मत पाएका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बेगम पुनले ५३५ मत पाएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेस र एमाले उम्मेदवारबीच ८ मतको अन्तर थियो । सबै १९०० मतदाता रहेकोमा १२९७ मत खसेको थियो । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवारले ७० मत पाएका थिए । यसअघिको निर्वाचनमा माओवादीले पाएको मतभन्दा ६५ प्रतिशत कम मत पाएको छ । माओवादीले आधार इलाका मानेको यो जिल्लामा यो मत परिणामले कांग्रेसलाई जिताउन अघोषित सहयोग गरेको प्रष्ट देखिन्छ ।

    २०७९ मा भएको स्थानीय तहको निर्वाचनबाट कांग्रेसका तर्फबाट निर्वाचित वडाअध्यक्ष टंकबहादुर पुनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।
    कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका–१ को वडाध्यक्ष पदको उपनिर्वाचनमा एमालेका मोहम्मद ताहिर मुसलमान विजयी भएका छन् ।

    उनले १ हजार १ सय ५० मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेश कुमार यादवले १ हजार ७६ मत पाएको मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीले बताए । त्यसै गरी जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४ सय २३ र जसपा नेपालका रामबहादुर कुर्मी चौधरीले ३ सय ४१ मत प्राप्त गरेका छन् ।

    ४ हजार ८ सय ६८ मतदाता रहेको वडाको निर्वाचनमा ३ हजार ३ सय ७९ जनाले मतदान गरेका थिए । वडाध्यक्षका लागि दलका १० जना र स्वतन्त्र ४ जना गरी १४ जना उम्मेदवार थिए । कांग्रेसबाट विजयी वडाध्यक्ष तिलकराम यादवको निधन भए पछि उपनिर्वाचन भएको हो । त्यस्तै, जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४ सय २३ मत प्राप्त गरेका छन् भने जसपा नेपालका रामबहादुर कुर्मी चौधरीले ३ सय ४१ मत प्राप्त गरेका छन् ।

    निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रका उम्मेदवार रफि मोहम्मद मुसलमानले १ सय ३८ मत ल्याउँदा रास्वपाका अशोककुमार चौधरीले ९२ मत ल्याएका थिए भने राप्रपा उम्मेदवार इनताज अहमद धोवीले ६६ र नागरिक उन्मुक्तिका उम्मेदवार सूर्यकुमार चौधरी थारुले ३३ मत प्राप्त गरेका छन् । यहाँ पनि माओवादीको मत घटेको छ । एमाले केन्द्रीय सदस्य गिरिधारीलाल न्यौपानेले कपिलवस्तुका सबै स्थानमा एमाले बलियो बन्दै गएको बताए ।

    बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ मा नेपाली काँग्रेसका अमिन थारू विजयी भएका छन् । थारूले एक हजार ४३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शेरबहादुर थारूले छ सय ७८ मत ल्याएका छन् ।

    त्यसैगरी नेकपा एमालेका विष्णुप्रसाद देवकोटाले तिन सय ३७ मत ल्याएर तेस्रो स्थानमा पुगेका हुन् । नागरिक उन्मुक्ति पार्टीका प्रितिलाल थारूले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नबहादुर शाहीले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका बासुदेव शर्माले १७ मत मात्रै ल्याएका छन् ।

    निर्वाचनमा ४० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल मतदाता संख्या तिन हजार पाँच सय १० मध्ये दुई हजार दुई सय ३९ मत खसेको थियो ।

    यसअघिको स्थानीय तहको निर्वाचनमा पनि नेपाली काँग्रेसका सूर्य बहादुर विष्ट विजयी भएका थिए । उनी जिल्ला समन्वय समितिको प्रमुख भएपछि वडा सदस्य अमिन थारुले कार्यवाहक वडाध्यक्ष जिम्मेवारी सम्हालेका थिए । कार्यवाहक वडाध्यक्ष अमिन थारुले राजीनामा दिएर चुनाव लडेका थिए । एमालेले गत निर्वाचनमा एमालेको भन्दा करिब २ सय मत कम ल्याएको छ ।

    रुकुमपूर्वको पुथा उत्तर गंगा २ मा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध भएका थिए ।

  • माओवादीले खाता खोल्यो, गोरखा ५ मा मगर निर्वाचित

    माओवादीले खाता खोल्यो, गोरखा ५ मा मगर निर्वाचित

    काठमाडौँ । गोरखा नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर मगर निर्वाचित भएका छन् ।

    उनी ४८६ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन् । मगरले नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार भाईकाजी आलेलाई ८४ मतान्तरले पछि मात्रै विजय हासिल गरेका हुन् । काँग्रेस उम्मेदवार आलेले ४०३ मत प्राप्त गरेका छन् ।

    यस्तै तेस्रोमा नेकपा (एमाले)का उम्मेदवार दुर्गामाया थापाले ३४५ मत प्राप्त गरेकी छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मग्लबहादुर थापाले ८२ मत मात्रै प्राप्त गरेका छन् ।

    देशभरका ४१ स्थानमा उपनिर्वाचन भएकोमा गण्डकी प्रदेशमा भने एउटा वडामा मात्रै उपनिर्वाचन भएको हो । जहाँ माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनले गोरखाबाट खाता खोलेको हो । २०७९ सालको उपनिर्वाचनमा नेकपा (एमाले)ले वडा अध्यक्ष जितेको थियो ।

  • गगनकाे दावीबारे वर्षमान- एमालेसँग ‘बार्गेनिङ पावर’ बढाउन प्रचण्डले प्रधानमन्त्री अफर गरे भन्दैछन्

    गगनकाे दावीबारे वर्षमान- एमालेसँग ‘बार्गेनिङ पावर’ बढाउन प्रचण्डले प्रधानमन्त्री अफर गरे भन्दैछन्

    रोल्पा । नेकपा माओवादीका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री अफर गरेको भन्ने काँग्रेस महामन्त्री गगन थापाको भनाइप्रति आपत्ति जनाएका छन् ।

    गृहजिल्ला रोल्पामा शुक्रबार आयोजित शहीद प्रतिष्ठानको प्रथम साधारणसभालाई सम्बोधन गर्दै पुनले भ्रमपूर्ण प्रचार नगर्न थापालाई चेतावनी दिए । उनले आफूहरुको प्राथमिकता सरकार नभएको भन्दै मुलुक र जनताको हितमा राम्रो काम गरेर देखाउन काँग्रेस–एमाले गठबन्धनलाई आग्रह गरे ।

    काँग्रेस र एमाले दुवै दलका नेताले एकअर्कासँग धेरै दिन सहकार्य गर्न सकिन्छ भन्ने विश्वास नभएपछि आफ्नो दललाई देखाएर ‘बार्गेनिङ पावर’ बढाउन खोजेको उनको भनाइ थियो ।

    ‘हाम्रो अध्यक्ष प्रचण्डले कहिले र कोमार्फत देउवाजीलाई प्रधानमन्त्री अफर गर्नुभयो त्यसको पुष्टि गर्न गगन थापाजीलाई मेरो चुनौती छ’, पुनले भने, ‘आफूहरुको गठबन्धन लामो समय नजाने देखेपछि काँग्रेस–एमाले दुवैले हामीलाई देखाएर बार्गेनिङ पावर बढाउन खोजिरहेका छन् । गगनजीले केपी ओलीसँग बार्गिनिङ पावर बढाउन हुँदै नभएको हास्यास्पद दाबी गर्नुभएको छ ।’

    आफूहरु कम्तिमा प्रतिनिधिसभाको यो कार्यकालभरि प्रतिपक्षमा बसेर काँग्रेस–एमाले सरकारको बेथिति, भ्रष्टाचार र कूशासनविरुद्ध जनतालाई सचेत र जागरुक बनाउने काममा लाग्ने उनको भनाइ थियो ।

    ‘हामीलाई अहिले सरकारतिर हेर्नुछैन । भ्रष्टाचार र विकृतिको गजमा उभिएको यो सरकारलाई जनताले नै उखालेर फाल्ने दिन आउँछ’, पुनले भने, ‘सुशासनको अभियानविरुद्ध भ्रष्टहरु जोगाउने स्वार्थले बनेको सरकार आफैं कुहिएर झर्छ ।’

    उनले आफूहरु प्रतिपक्षमा बसेर सकरारका खराब कामप्रति औंला उठाउने र सुशासन, संविधान, संघीयता, समावेशीता, राष्ट्रियताको पक्षमा र कुशासन र भ्रष्टाचारका विरुद्धमा जनतालाई संगठित, जागरुक र आन्दोलित बनाउने बताए ।

    कीर्तिपुरमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्र्दै काँग्रेस महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्डले हप्तामा एकपटक आफ्ना सभापति देउवालाई प्रधानमन्त्री बनिदिन खबर पठाउने गरेको अभिव्यक्ति दिएका थिए ।

  • के कांग्रेसलाई ‘ढोक्सा’ थाप्दैछन् प्रचण्ड ?

    के कांग्रेसलाई ‘ढोक्सा’ थाप्दैछन् प्रचण्ड ?

    काठमाडौं । प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस र एमाले मिलेपछि विपक्षी कित्तामा हुत्तिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा फेरि सत्तामा फर्किने हुटहुटी बढ्दो छ । उनले फेरि ‘म्याजिक नम्बर’ को कुरा गर्न थालेका छन् ।

    मंसिर १ गते काभ्रे–काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई ‘वेटिङ प्राइम मिनिस्टर’ रुपमा पेश गरे ।

    प्रचण्डको भनाइ थियो, ‘मैले ३२ को संख्यालाई जादुको संख्या भनेको थिएँ । मेरो यो भनाइले उनीहरू (कांग्रेस र एमाले) उद्वेलित र तरंगित पनि भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला । तर, म के भन्छु भने अहिले हाम्रो संख्या फेरि पनि म्याजिक नै छ । किनभने हामी ३२ भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी । विपक्षी दललाई ‘गभर्मेन्ट इन वेटिङ’ भन्छ जुन पर्खिरहेको सरकार हो ।’

    उनले अहिले कांग्रेसको समर्थनमा बनेको ओली सरकार उल्टाएर आफ्नै नेतृत्वको सरकार बनाउन सक्ने जिकिरसमेत गरे । यद्यपि माओवादीलाई सरकारमा जाने कुनै हतारो नभएको प्रचण्डको भनाइ छ ।

    त्यसो त प्रचण्ड यतिबेला ओलीप्रति गरम भएपनि कांग्रेसप्रति नरम नै देखिन्छन् । एमालेसँग कांग्रेसको सहकार्यलाई दक्षिणी छिमेकीले नरुचाएको यथार्थ पनि उनलाई राम्रोसँग थाहा छ । तथापि, प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अहिलेसम्म कुनै पनि विषयमा गम्भीर अन्तरविरोध देखा परिसकेको छैन ।

    कांग्रेसमा इतर समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइरालासहित इतर पक्षका नेताहरुले सरकारको आलोचना गर्दै आइरहेका छन् । तर, सभापति देउवासहित संस्थापन पक्षका नेताहरु र महामन्त्री थापा पनि एमालेसँगको सम्झौता तोड्नुहुँदैन भन्ने लाइनमै छन् । इतर पक्षका नेताहरुको जोडबलले मात्रै गठबन्धनमा कुनै समस्या पर्ने देखिँदैन । कांग्रेसमा देउवाले नचाहेसम्म गठबन्धन दायाँबायाँ हुने सम्भावना छैन ।

    प्रचण्ड देउवा फकाउँदैछन् ?

    कांग्रेस महामन्त्री गगन थापाको हिजोको एउटा भाषणले राजनीतिक वृत्तमा भाइव्रेसन ल्याइदिएको छ । थापाले बिहिबार कीर्तिपूरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै ‘प्रचण्डले प्रधानमन्त्री बनिदिनुपर्यो भनेर कांग्रेसलाई हप्ताको एक पटक खबर पठाउने गरेको’ दाबी गरेका थिए ।

    उनको भनाइ थियो, ‘हामीले माओवादी र एमालेसँग पालैपालो सत्ता चलाइसकेका छौँ । अब यही सरकारलाई तीन वर्ष इमानदारीसाथ लिएर जान चाहन्छौँ । हामी सरकार तलमाथि गर्न चाहन्नौँ । हामी परिणाम दिन चाहन्छौँ । अहिले प्रचण्डले हप्तामा एकपटक खबर पठाइरहेका छन्, लौन प्रधानमन्त्री बनिदिनुप¥यो भनेर । यो खबर पठाउने काम पहिला अर्कैले गथ्र्योे ।’

    यस विषयमा टिप्पणी गर्दै कांग्रेस सांसद रामहरि खतिवडा प्रचण्ड एमालेबाट धोखा पाएको भन्दै कांग्रेसप्रति नरम नै देखिएको बताउँछन् ।

    उनी भन्छन्, ‘अहिलेसम्म कांग्रेस माओवादीको विरुद्धमा उग्ररुपमा प्रस्तुत भएको छैन । माओवादी पनि कांग्रेसप्रति नरम नै देखिएको छ । हिजो हामी सँगै गठबन्धन गरेर गएकै हौं । हामी एकअर्कालाई गाली गरेर जाने पक्षमा छैनौं । त्यो समस्याको समाधान पनि होइन । अहिले एमालेबाट धोका पाएँ भनेर कांग्रेसप्रति लचकता अपनाउन खोज्दै हुनुहुन्छ । हामीले त्यसलाई महसुश गरेका छौं ।’

    एमालेसँगको सहमतिमा कांग्रेस इमान्दार रहेको भन्दै तत्कालै आफ्नो नेतृत्वमा सरकार बनाउनेगरी अर्को समीकरणको पक्षमा नरहेको उनले सुनाए ।

    कुनै एक दलको बहुमत नभएको अवस्थामा प्रचण्डबाट पूरानै गठबन्धन ब्यूँताउने प्रस्ताव आउनु स्वभाविक भएको कांग्रेसका एक नेता बताउँछन् ।

    ती नेताले भने, ‘अहिले कुनै एउटा दलको बहुमत छैन । गठबन्धन तोडेर हुन्छ भने प्रतिपक्षमा हुँदा जुनसुकै दलले पनि प्रयास गर्छन् । फेरि पुरानै गठबन्धन ब्यूँझाउन सकिन्छ कि भन्ने चाहानास्वरुप उहाँ अघि बढ्न खोज्नुभएको छ । तर, कांग्रेसले हिजो प्रचण्डलाई जस्तो प्रतिबद्ध बचन आज एमालेलाई दिएको छ । त्यसैले धोखा दिन पक्षमा छैनौं ।’

    प्रचण्डबाट पटक पटक धोखा पाइसकेकाले सभापति देउवाले तत्कालै विश्वास नगर्ने ती नेताको भनाइ छ ।

    ‘प्रचण्डले विपक्षी दलहरुको मोर्चाको नेतृत्व पनि गरिराख्नुभएको छ । प्रचण्डलाई मात्रै होइन, रविलाई पनि यो गठबन्धन तोड्न पाए हुन्थ्यो भन्ने परेको होला । अहिले हिरासतमा हुनुहुन्छ, तर उहाँहरुले प्रस्ताव गरेअनुसार अहिले सभापति तयार हुनुहुन्न,’ ती नेताले सुनाए ।

    प्रमाण देखाउन माओवादीको चुनौती

    गगनको दाबीलगत्तै प्रचण्ड सचिवालयले खण्डन गर्यो । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भन्दै नहिँड्ने जवाफ दिए ।

    उनले फेसबुकमा लेखेका छन्, ‘महामन्त्री जी ! कीर्तिपुरको निर्वाचनमा नेकाको ओरालो बाटो तपाईंको मनोदशाबाट राम्रैसँग छचल्किएछ । यति कुरा हेक्का राख्नुस, माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैन, माओवादी नयाँ जनादेशसहित आफैं प्रधानमन्त्री बन्ने हैसियत बनाउँछ ।’

    माओवादीका सचिव देवेन्द्र पौडेलले अहिले आफूहरु सरकार ढाल्ने कुनै खेलमा नरहेको दाबी गरे ।

    उनले महामन्त्री थापालाई चुनौती दिँदै भने, ‘यो सबै राजनीतिक स्टण्ट हो । प्रचण्डले कहिले, कुन मितिमा, कसलाई प्रस्ताव गर्नुभयो ? प्रमाण दिन सक्नुहुन्छ ? माओवादीले कसैलाई प्रधानमन्त्री बनिदिनुपर्यो भनेर हिँड्दैन । यो कुरामा कुनै सत्यता छैन ।’

    कांग्रेस नेताहरुले प्रचण्डले प्रधानमन्त्रीको प्रस्ताव गर्यो भनेर ओली र एमालेलाई दबाब राख्ने रणनीति अबलम्बन गरेको उनको बुझाइ छ ।

    माओवादी बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पनि महामन्त्री थापालाई भ्रष्टाचारीलाई जोगाउने गठबन्धन माओवादीले अब नस्वीकार्ने बताए ।

    उनले गगनलाई चुनौती दिँदै भने, ‘तपाईंको हिम्मत भए देशमा स्थायी राजनीतिक व्यवस्थामा लैजानका लागि आफ्नो पार्टीमा बहस गर्नुस । मक्किसकेको संसदीय व्यवस्थाको एक हिमायतिका रुपमा सरकार बनाउन र गिराउन तपाईंहरुले देशभित्र र बाहिर कति सय पटक म्याराथुन गरिसक्नुभयो यसको हेक्का नराख्दा मुलुकले दु:ख पाएको छ ।’

    संविधान निर्माणपछिको करिब १० बर्षमा माओवादीले राम्रो अध्ययन गरेपछि कार्यकारी राष्ट्रपति प्रणालीका लागि जनतालाई एकीकृत गर्ने पक्षमा उभिएको उनले बताए ।

    ‘प्रचण्डले चाहँदैमा सरकार ढल्दैन’

    एमाले उपमहासचिव प्रदीप ज्ञवाली नेपालमा राजनीतिक अस्थितरता रोग फैलिएकाले नै कांग्रेस र एमाले मिलेको बताउँछन् ।

    उनी भन्छन्, ‘हिजो बीपी कोइरालादेखि अहिले केपी ओलीसम्म आइपुग्दा दुइतिहाइ भएको सरकारलाई पनि टिक्न नदिने, निरन्तर राजनीतिक अस्थिरता सिर्जना गरिराख्ने र त्यो अस्थिरताभित्र अनुचित लाभ लिने प्रवृत्ति व्याप्त छ । त्यही प्रवृत्तिको कारणले अहिले यो सरकार बन्दा कतिपय साना दलहरुको बार्गेनिङ गर्ने बाटो पनि टुटेको छ । त्यसैले यो कांग्रेस र एमालेबीचको सहकार्य लामो समय टिक्दैन भन्ने भ्रम फैलाउन प्रयास हुँदैछ ।’

    उनले अब माओवादी र प्रचण्डले चाहेर पनि सरकार परिवर्तनको कुनै सम्भावना नरहेको जिकिर गरे ।

    ज्ञवालीले थपे, ‘सरकारबाट बाहिरिएपछि उहाँमा एकखालको बेचैनी छ । उहाँ कहिले बंगलादेश, कहिले श्रीलंका बनाउने कुरा गर्नुहुन्छ । कोशी प्रदेशमा आफ्नै सांसदहरुको सहभागितामा प्रदेशको नामकरण गरेकोविरुद्ध अहिले जातीय संगठनहरुसँग हातेमालो गर्न थाल्नुभएको छ । प्रधानमन्त्रीको चीन भ्रमणलाई विवादित बनाउन खोज्नुभएको छ । यो सबै विचलनको अभिव्यक्ति हो । उहाँको जादूको संख्याले अब काम गर्दैन ।’

    ज्ञवालीको भनाइमा महासचिव शंकर पोखरेल पनि सहमत छन् । देशलाई राजनीतिक स्थायित्व दिनको लागि दुईदलीय व्यवस्थाको वकालत गर्ने पोखरेलले बिहीबार कीर्तिपुरबाट भने, ‘देश विकास गर्न बलियो राजनीतिक दलको आवश्यक छ । ३२ सीटेले म्याजिक नम्बर भन्दै जनताले अस्वीकार गरेकाहरुले शासन चलाउने युगको अन्त्य गर्नुपर्छ ।’

    एमाले नेताहरुजस्तै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत पनि प्रचण्डले हैरान पारेपछि एमालेसँग मिल्न बाध्य भएको बताउँछन् । उनले अहिलेको समीकरण २०८४ सम्म जाने दाबी गरे ।

    महतले भने, ‘दुवै ठूला पार्टी सरकारमा बस्नु प्राकृतिक र स्वभाविक देखिएन भन्छन् । तर दुइटै पार्टी हैरान भए । उहाँको ३२ सीट छ । हामीले प्रधानमन्त्री पनि उहाँलाई नै मान्दिनुपर्ने । कहिले यता गर्ने, कहिले उता गर्ने, कति बोल्नु ! उहाँलाई म त जसरी पनि प्रधानमन्त्री हुने हो, कांग्रेस र एमाले मिल्दैनन् भन्ने गलत सन्देश गएपछि हामी मिलेका हौं ।’

     

  • सरकारले विश्वविद्यालयमा हस्तक्षेप बढायो, सुशासनका प्रयासमाथि हमला गर्दैछ: प्रचण्ड (भिडिओ)

    सरकारले विश्वविद्यालयमा हस्तक्षेप बढायो, सुशासनका प्रयासमाथि हमला गर्दैछ: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानले परिकल्पना गरेको समाजवादउन्मुख आर्थिक सामाजिक व्यवस्थाको जग बसाल्न नयाँ पुस्तामा देशप्रति माया गर्ने, श्रमप्रति सम्मान गर्ने र नवप्रवर्तनमा आधारित उत्पादनमा केन्द्रित हुने सोचको विकास विद्यालय तहदेखि नै गराउन आवश्यक रहेको बताएका छन् ।

    निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रको सुधारका लागि आफू प्रधानमन्त्री भएको बेलामा धेरै प्रयत्न गरेको बताए ।

    उनले भने, ‘यहाँहरूलाई स्मरण नै छ, म जतिबेला प्रधानमन्त्री थिएँ, मेरो नेतृत्वको सरकारले सङ्घीय शिक्षा ऐन ल्याउन निकै ठूलो मेहनत गरेको थियो । मेरै नेतृत्वको सरकारको पालामा शिक्षा ऐन पारित हुन नसके पनि विधेयकको मस्यौदा अगाडि बढेको छ । उक्त मस्यौदामा संविधानको व्यवस्थालाई मध्यनजर गर्दै सबैका भावना समेट्ने प्रयास गरिएको छ ।’

    प्रचण्डले शिक्षा ऐनको मस्यौदा संसदमा पेश भएर शिक्षा, स्वास्थ्य तथा सञ्चार समितिमा छलफलको क्रममा रहेको जानकारी गराए ।

    उनले संसदको आगामी अधिवेशनबाट यसलाई पारित गर्ने वातावरणका निम्ति आफूले सहजीकरण गर्ने बताए ।

    प्रचण्डले थपे, ‘यो ऐनले निजी विद्यालयहरूको सञ्चालन, शुल्क निर्धारण र व्यवस्थापनमा स्पष्ट र कानूनी दिशानिर्देश गर्नेछ । ऐनमा सम्बोधन हुन नसकेका प्राविधिक सवालहरू नियमावली र निर्देशिकाहरूमार्फत सम्बोधन हुने नै छन् ।’

    देश सङ्घीय शासन व्यवस्थामा प्रवेश गरेसँगै शिक्षामा समता, समावेशिता र सामाजिक न्यायको सुनिश्चितता गर्ने प्रयास गरिएको उनको भनाइ थियो । संविधानले शिक्षालाई आधारभूत मानव अधिकारको रूपमा सुनिश्चित गरेको भन्दै आधारभूत शिक्षा निःशुल्क तथा माध्यमिक शिक्षालाई अनिवार्य र निःशुल्क व्यवस्थासहित आर्थिक रूपमा विपन्न नागरिकले उच्च शिक्षामा पहुँच प्राप्त गर्न विशेष सुविधा पाउने व्यवस्था गरिएको बताए।

    उनले आफू नेतृत्वको सरकारले १७ वर्षपछि पहिलो पटक देशका सबै सामुदायिक विद्यालयमा शैक्षिकसत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक पुर्‍याएको स्मरण गरे ।

     

    उनले भने, ‘मेरो नेतृत्वको सरकारले विश्वविद्यालयलगायतका शैक्षिक संस्थामा मेरिटोक्रेसी लागू गर्ने घोषणामात्र गरेन, लागू गरेरै देखायो । त्रिभुवन विश्वविद्यालयलगायत देशका शैक्षिक प्रतिष्ठानमा प्रतिस्पर्धाका आधारमा पदाधिकारीहरू नियुक्त भए, तर विडम्बना, अप्राकृतिक र अस्वाभाविक रूपमा नयाँ गठबन्धन बनेपश्चात् ती प्रयासहरूमाथि आक्रमण थालिएको छ । सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप बढाएको छ ।’

    मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने, शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने, सुशासनका प्रयासहरूमाथि हमला गर्नेलगायतका अवाञ्छित क्रियाकलाप भइरहेको उनले आरोप लगाए ।

    प्रचण्डले देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने यो गतिविधि सचेत नेपालीहरूका निम्ति सह्य नहुने भन्दै सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा हाम्रो लडाइँ जारी रहेको बताए । भ्रष्टाचार र बेथितिविरूद्ध नयाँ शिराबाट संघर्षको झन्डा उठाउने उनले सुनाए ।

  • स्वामिकार्तिकमा माओवादीको विद्रोह- नेकपा एसलाई सघाउन केन्द्रको सर्कुलर, एमालेलाई भोट हाल्ने गाउँ कमिटीको निर्णय

    स्वामिकार्तिकमा माओवादीको विद्रोह- नेकपा एसलाई सघाउन केन्द्रको सर्कुलर, एमालेलाई भोट हाल्ने गाउँ कमिटीको निर्णय

    कैलाली । आगामी मंसिर १६ गते बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षको उपनिर्वाचनको क्रममा माओवादी केन्द्रभित्र चरम विवाद देखिएको छ ।

    मङ्सिर २ गते माओवादी केन्द्रबाट उम्मेदवार बनेकी राजुकुमारी विकले उम्मेदवारी फिर्ता लिँदै एमालेलाई साथ दिने भनेपछि माओवादीभित्रै तरङ्ग पैदा भएको हो । विपक्षी घटकमा रहेका बेला सत्ता गठबन्धनलाई साथ दिने माओवादी केन्द्र गाउँ कमिटीको निर्णयपछि माओवादी उम्मेदवार ब्याक भइन् र एमालेलाई जिताउने गरी प्रचारप्रसारमा जुटिन् ।

    माओवादीले उम्मेदवारी फिर्ता लिएर एमालेलाई साथ दिने भन्दै प्रचार प्रसारमा जुटेको करिब एक सातापछि प्रदेश इन्चार्जले माओवादीको समर्थन नेकपा एसलाई समर्थन गर्न निर्देशन दिएका छ्न् ।

    माओवादी केन्द्र सुदूरपश्चिमका इन्चार्ज गिरिराजमणि पोखरेलले लिखित रूपमा नेकपा एसको तर्फबाट उपाध्यक्षकी उम्मेदवार जवा शाहीलाई समर्थन गर्न निर्देशनसँगै माओवादीभित्रको विवाद थप छरपस्ट भएको छ ।

    ‘उपनिर्वाचनमा माओवादी केन्द्रको गाउँपालिका समितिले एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्दै भोट हाल्न निर्देशन गरेको र माओवादी केन्द्रबाट उम्मेदवारी फिर्ता लिएर राजुकुमारी विक एमालेको चुनाव प्रचारमा सहभागी भएको सम्बन्धमा यो पार्टीको केन्द्रीय नीति र निर्देशन विपरीत क्रियाकलाप रहेको छ,’ पोखरेलले भनेका छन्, ‘केन्द्रमा समाजवादी मोर्चालाई बलियो बनाउने तथा माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा गठबन्धन गरेर जाने भन्ने सहमति भएको छ । त्यसैले एकीकृत समाजवादीकी उम्मेदवार जवा शाहीलाई मतदान गर्न निर्देशन गरिन्छ ।’

    यहाँ नेपाली कांग्रेसले पुतलीसरा शाही, नेकपा एमालेले सुलोचना कुमारी भण्डारी बुढा, माओवादी केन्द्रले राजुकुमारी विक र नेकपा एसले जवा शाहीलाई उम्मेदवार थिए । माओवादीले उम्मेदवारले गाउँ कमिटीको निर्णय अनुसार आफूले उम्मेदवारी फिर्ता दिएको बताइन् ।

    ‘गाउँ कमिटीले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको हो त्यही अनुसार मैले उम्मेदवारी फिर्ता लिए ’ उनले भनिन्, ‘तल्लो तहका सबै नेता कार्यकर्ताको सुझाव र निर्णयपछि म एमाले जिताउने अभियानमा लागेको हुँ ।’

    माओवादी जिल्ला सचिव रमेश विकलेले गाउँ कमिटीको आधिकारीका निर्णयपछि आफूहरूले एमालेलाई समर्थन गरेको बताए । उनले उम्मेदवारी फिर्ता लगत्तै आउनु पर्ने निर्देशन निकै ढिलो आएको बताए ।

    ‘गाउँ कमिटीले गरेको निर्णय अनुसार हामी अगाडि बढेका हौँ ।त्यो पनि एक हप्ता भन्दा बढि भइसक्यो निर्देशन चाँडै आउनु पर्ने फेरी गाउँ कमिटीको बैठकबाट केही नयाँ निर्णय गर्न सकिन्थ्यो तर, आज रातिबाट मौन अवधि सुरु हुँदै छ भेला, छलफल गर्न पाइँदैन ’, उनले भने, ‘गाउँ कमिटीले गरेको निर्णय अनुसार नै हामी अगाडि बढ्छौँ । ’

    सबैको जित्ने दाबी

    माओवादीले उम्मेदवारी फिर्ता लिएपछि अहिले कांग्रेस एमाले र नेकपा एस भिड्ने भएका छन् । कांग्रेस र एमालेको मुख्य प्रतिस्पर्धा हो । यस्तो अवस्थामा नेकपा एकीकृत समाजवादीले आफूले सम्मानजनक मत पाउने कि एमाले वा कांग्रेस मध्ये एकलाई अघोषित रुपमा साथ दिने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ ।

    नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष पुर रावतले भने माओवादीको आधिकारिक समर्थन आफूहरूलाई रहेको भन्दै जित सुनिश्चित भएको बताएका छन् ।‘माओवादीका उम्मेदवारसहितका कोही नेताहरू मात्रै त्यता लाग्नु भएको हो अरू सबै समाजवादी मोर्चा अन्तर्गत हामीसँगै हुनुहुन्छ ’, उनले भने, ‘अहिले पनि माओवादी, हामी र विप्लव समूहबिच छलफल भइरहेको छ हामी एक भएर जान्छौँ । ’

    एमाले जिल्ला अध्यक्ष लाल बहादुर ओलीले भने मतदाता रहेको क्षेत्रका माओवादीले एमालेलाई लिखित समर्थन गरिसकेको र केही बाहिरका माओवादीले मात्रै विरोध जनाएको बताए । ‘स्वामिकार्तिक खापर गाउँपालिका कमिटीको निर्णय अनुसार हामीले सहकार्य गरेका हौँ । त्यहाँ नेकपा एमालेको उम्मेदवारलाई मतदान गर्न उहाँहरू तयार हुनुभएको छ । बाहिरका केही नेताहरूको रुचि फरक हो ’ उनले भने, ‘मतदानस्थल क्षेत्रका माओवादी साथीहरूले प्रस्ट भनिसक्नु भएको छ । एमाले बलियो रहेको क्षेत्रमा माओवादीको पनि साथ पाउँदा हाम्रो जित सुनिश्चित छ । ’

    एमाले, माओवादी र नेकपा एकीकृत साजवादीबिचको विवाद तिक्तता र गुटबन्दीको फाइदा उठाउँदै यस पटक पनि बाजी मार्ने दाउनमा नेपाली कांग्रेस छ ।
    ‘माओवादी र नेकपा एकीकृत समाजवादीको मत पनि हामीलाई आउँछ । एमालेका नेता कार्यकर्ता पनि कांग्रेसमा आइरहनु भएको छ । अहिले पनि हाम्रो सम्भावना राम्रो छ । हामी जित्छौँ’ कांग्रेस जिल्ला सभापति रामसिंह रावले भने, ‘अघिल्लो पटक जितेको क्षेत्रमा हामी फेरि जित्छौँ । ’

    माओवादीले एमालेलाई समर्थन गर्दा र नेकपा एकीकृत समाजवादीले आफ्नो आफैसँग सुरक्षित राख्दा कांग्रेसको जित सहज भने छैन । एमालेको आफ्नो मतमा माओवादीको पनि मत मिल्दा एमाले पनि जित्ने भन्दै दाबी गरिरहेको छ । नेकपा एकीकृत समाजवादीले पनि आफ्नो जित भन्दै प्रचार गरिरहेको छ ।

    २०७९ को निर्वाचनमा एमाले काङ्ग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार विजयी भएका थिए । उपाध्यक्षमा कांग्रेस मैना जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी नेकपा (एमाले)की सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याएकी थिइन् ।

    त्यस्तै माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिंह विकले ४१ मत ल्याएका थिए ।यहाँ माओवादीले अध्यक्षमा नेकपा एकीकृत समाजवादीलाई र उपाध्यक्षमा नेकपा एकीकृत साजवादीले माओवादीलाई साथ दिएको थियो ।

    ७ हजार ४ सय ६० मतदाताले मतदानमा भाग लिन पाउने छन् । ती मध्ये सबैभन्दा बढी २ हजार १० मत ३ नम्बर वडा जुकोटमा छन् ।

    मैनादेवी जैसीको निधन पछि मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको हो । उनी कांग्रेसबाट निर्वाचित हुन् ।

  • सरकारविरुद्ध नयाँ आन्दोलनतिर जानुपर्ने हुनसक्छ, उस्तै परे विशेष अधिवेशन पनि माग्छौं: प्रचण्ड (भिडिओ)

    सरकारविरुद्ध नयाँ आन्दोलनतिर जानुपर्ने हुनसक्छ, उस्तै परे विशेष अधिवेशन पनि माग्छौं: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असंवैधानिक ढंगले बनेको दोहोर्याएका छन्।

    कीर्तिपूरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अनुसन्धानको सुई अहिले अहिले सरकार सञ्चालन गर्नेहरुतिर फर्किएपछि आफू नेतृत्वको सरकार ढालिएको बताए।

    उनले भने, अहिलेको सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्न खोज्दैछ। त्यसको फैसला जनताले सुनाउनेछ। जरुरी पर्यो भने हामी नयाँ आन्दोलनतिर पनि जानेछौं। हामीले प्रतिपक्ष दलको नेताको तर्फबाट होस् वा विपक्षी दलको तर्फबाट वक्तव्य दिइरहेका छौं। हाम्रो मागको सरकारले सुनुवाई गरेन भने हामी प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौं। त्यहाँबाट पनि लडाइँ छेडिनेछ। त्यहाँबाट पनि देशव्यापी अभियान चलाउनुपर्ने बाध्यता हुनसक्छ।

    उनले अहिले हुन लागेको उपनिर्वाचन भ्रष्टाचारको पक्षमा कि विपक्षमा भन्ने जनमतसंग्रह भएको बताए।

    अहिले ४४ स्थानमा हुने लागेको उपनिर्वाचनले ८४ को सन्देश दिने बताए। उनले बेचन झा र प्रतिक थापा पक्राउ परेपछि कांग्रेस-एमाले मिलेर सरकार बनाएको दाबी गरे।

  • शिवशरण महर्जन साझा उम्मेदवार भइसक्नुभयो, कीर्तिपुरले यसपटक इतिहास रच्छ: प्रचण्ड

    शिवशरण महर्जन साझा उम्मेदवार भइसक्नुभयो, कीर्तिपुरले यसपटक इतिहास रच्छ: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुरमा पार्टीले अघि सारेको उम्मेदवार डा. शिवशरण महर्जन सबैको साझा भइसकेको दाबी गरेका छन्।

    कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कीर्तिपुरले यसपटक इतिहास रच्ने बताए।

    उनले भने, ‘उहाँलाई एकीकृत समाजवादी, जसपा, विप्लवजीको, मोहन वैद्यसहित पार्टीको समर्थन प्राप्त भइसकेको छ। राजनीतिक रुपमा पनि साझा उम्मेदवार बन्नुभएको छ। कीर्तिपूरवासीले पनि कीर्तिपूरलाई बद्ल्ने अठोट गरेको उम्मेृदवार पाएको छ।’

    उनले कीर्तिपुरलाई बदलेर भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धतामा पार्टीले कुनै हस्तक्षेप नगर्ने बताए। निर्वाचित भएपछि आफूले पाउने सेवा सुविधा पनि नगरकै विकासमा खर्च गर्ने घोषणा गर्ने पहिलो उम्मेदवार भएको जिकिर गरे।

  • अन्तत: कीर्तिपुरमा नेकपा एसका मेयर उम्मेदवार पछि हटे, माओवादीलाई समर्थन

    अन्तत: कीर्तिपुरमा नेकपा एसका मेयर उम्मेदवार पछि हटे, माओवादीलाई समर्थन

    काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरका माओवादी उम्मेदवारलाई समर्थन गर्दै एकीकृत समाजवादीका उम्मेदवार पछाडि हटेका छन् ।

    यसअघि पार्टी अध्यक्ष माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई समर्थन गर्दै आफ्ना उम्मेदवार भानु रिजालको उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका थिए, तर रिजालसहित पार्टी पंक्तिले अध्यक्षको निर्देशन मानेन, घरदैलो कार्यक्रम जारी राखेको थियो ।

    मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितको वार्तापछि एसका उम्मेदवार रिजालले माओवादी उम्मेदवार महर्जनको पक्षमा विज्ञप्ति जारी गरेका हुन् । एसका स्थानीय नेताले मेयरको उम्मेदवारी निष्क्रिय गर्दा वडा नम्बर ४ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायण विष्ट पनि निष्क्रिय हुनुपर्ने माग गर्दै पार्टी अध्यक्षको घोषणा स्वीकार गरेको थिएन । त्यहाँ एसले रीता खड्कालाई वडाध्यक्ष उम्मेदवार बनाएको छ ।

    मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई पार्टीका नेताबीच छलफल हुँदा प्रचण्डले आफूले निर्देशन दिँदा पनि वडाध्यक्षको उम्मेदवार विष्टले निष्क्रिय हुन नचाहेको बताए ।

    ‘पहिला वडाध्यक्ष छोड्ने नै कुरा थियो, पछि कम्युनिकेशन ग्याप भएर कमजोरी भयो’, वार्तामा प्रचण्डले भनेको कुरा उद्धृत गर्दै एकीकृत समाजवादी काठमाडौंका अध्यक्ष एलबी श्रेष्ठले बताए ।

    ‘दुई पार्टीको शीर्ष तहबाट निर्देशन भएपछि हामी त्यसलाई पालना गर्छौं’, श्रेष्ठले भने, ‘वडाध्यक्ष निष्क्रिय नपारेर माओवादीका साथीहरूले राम्रो गर्नुभएन ।’

    मंगलबारको वार्तामा माओवादीका तर्फबाट प्रचण्डसहित अग्नि सापकोटा, नारायणकाजी श्रेष्ठ, हितमान शाक्य सहभागी थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रदेशसभा सदस्य रमा आले, जिल्ला अध्यक्ष श्रेष्ठ र युवा नेता नितेश पौडेल थिए ।

  • प्रकाश भुजेलको गाडीको ठक्करबाट ज्यान गुमाएका नगरकोटी दम्पतीका २ छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा

    प्रकाश भुजेलको गाडीको ठक्करबाट ज्यान गुमाएका नगरकोटी दम्पतीका २ छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश भुजेलले चलाएको गाडीले ठक्करबाट मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीसँग भेट गरेका छन्।

    प्रचण्डले सोमबार बेलुका कागेश्वरी मनोहरा नगरपालिका २ आलापोट पुगेर प्रचण्डले दुई बालिकासहित नगरकोटीको परिवारसँग भेट गरेका हुन्।

    कात्तिक २८ गते झाँक्री प्रकाश भुजेलले चलाएको गाडिको ठक्करबाट ३८ वर्षीय नारायण नगरकोटी र उनकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटीको मृत्युु भएको थियो।

    भेटमा प्रचण्डले नगरकोटी दम्पत्तीको मृत्यु भएपछि दुई छोरी गरिमा र अनु नगकोटीको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफूसँगै रहने प्रतिबद्धता जनाएको प्रचण्डको स्वकिय रमेश मल्लले बताए।

    निधन भएका नगरकोटी माओवादीका नेता समेत थिए।

  • पदमको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा (भिडिओ)

    पदमको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा (भिडिओ)

    काठमाडौं । पूर्वराज्यमन्त्री एवं मा‌ओवादी नेता पदम राई (विकास) को पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय पेरिसडाँडामा राखिएको छ ।

    लामो समयदेखि पार्किन्सनबाट थलिएका माओवादी केन्द्रका केन्द्रीय राईको शनिबार उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो ।

    उनको श्रद्धाञ्जलीका लागि माओवादीका शीर्ष नेता, शुभेच्छुक र आफन्त पेरिसडाँडा पुगेका छन् । अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर पदमप्रति सम्मान व्यक्त गरे ।

     

    २०६४ सालको संविधानसभा चुनावमा भोजपुर १ बाट निर्वाचित उनी पूर्वअन्तरिम व्यवस्थापिकाका विधायक तथा भौतिक योजना राज्यमन्त्री हुन् । १२ बजेपछि पशुपतिमा उनको अन्तिम संस्कार गर्ने तयारी छ ।

  • माइतीघर मण्डलामा इजरायलविरुद्ध प्रदर्शन (तस्वीरहरु)

    माइतीघर मण्डलामा इजरायलविरुद्ध प्रदर्शन (तस्वीरहरु)

    काठमाडौं । प्यालिस्टिनीमाथि इजरायली आक्रमणको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन सुरु भएको छ ।

    नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनमोर्चा, जसपा नेपाल, नेकपासहितका दलद्वारा गठित ‘प्यालिस्टिनीमाथि इजरायली जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल’ ले उक्त प्रदर्शनको आयोजना गरेको हो ।

    प्रदर्शनकारीहरु विभिन्न नारा अङ्कित प्लेकार्डसहित सहभागी भएका छन् । उनीहरुले गाजामा भइरहेकाे  युद्ध राेक्न समेत आग्रह गरेका छन् ।

  • सबै माओवादी एकताको प्रक्रियामा छन्: प्रचण्ड

    सबै माओवादी एकताको प्रक्रियामा छन्: प्रचण्ड

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताएका छन् ।

    चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज पार्टी कार्यर्ताहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष दाहालले विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताए ।

    अध्यक्ष दाहालले भने, “अब मिल्नुको विकल्प छैन, विभाजनको  शृङ्खला रोकिएको छ, सबै माओवादी एकताको प्रक्रियामा छन ।” देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको उनको भनाइ थियो ।

    अध्यक्ष दाहालले भने, “हामीले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली भनिरहेका छौँ, अहिले विस्तारै सबै पार्टीका बुद्धिजीवी पनि यो कुरा ठिकै हो भन्न थालेका छन् ।” अहिलेको  निर्वाचन प्रणालीले  राजनीतिक भ्रष्टाचार बढाउने उनको भनाइ थियो ।

    कार्यकर्तालाई पार्टीले गरेका सम्पूर्ण राम्रा कामबारे जनतासामु प्रष्ट पार्न अध्यक्ष दाहालले निर्देशन दिए ।

  • कीर्तिपुरमा माओवादीले सार्वजनिक गर्‍यो चुनावी प्रतिबद्धता (पूर्णपाठ)

    कीर्तिपुरमा माओवादीले सार्वजनिक गर्‍यो चुनावी प्रतिबद्धता (पूर्णपाठ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रबाट कीर्तिपुर नगरपालिकाका मेयर र वडाध्यक्षका उम्मेदवारले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाको उपस्थितिमा माओवादीले प्रतिबद्धता सार्वजनिक गरेको हो ।

    कीर्तिपुर मेयरमा माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ । महर्जनलाई नेकपा एकीकृत समाजवादीको पनि समर्थन छ ।

    कीर्तिपुर १ को वडाध्यक्षमा सरल गोपाल महर्जन र ४ मा नारायण विष्ट उम्मेदवार छन् ।

    माओवादीका उम्मेदवाहरूले सामाजिक सुरक्षा, युवा तथा खेलकुद र रोजगारीको व्यवस्था, आर्थिक विकास, शुद्ध खानेपानीको व्यवस्था, शिक्षामा सुधारलगायतको योजना अघि सारेका छन् ।

       

     

  • उम्मेदवारी फिर्ता लिएकी माओवादी नेतृ एमालेको प्रचारमा

    उम्मेदवारी फिर्ता लिएकी माओवादी नेतृ एमालेको प्रचारमा

    बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा माओवादीको उम्मेदवार बनेकी राजु कुमारी विक एमाले प्रचार प्रसारमा जुटेकी छन् ।

    मंसिर २ गते माओवादी केन्द्रबाट उनले उम्मेदवारी दर्ता गरेकी थिइन् । ५ गते एमालेलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएको भोली पल्टैबाट उनी एमाले प्रचार प्रसारमा लागेकी हुन् ।

    ‘एमालेलाई सघाउने गरी उहाँले उम्मेदवारी फिर्ता लिनु भएको हो’, माओवादी प्रदेश सचिव सुरेश विकले भने, ‘एमालेलाई सघाउने निर्णयनै गरिसकेका छौं ।’

    माओवादी पार्टीबाट उम्मेदवार भएकी राजु विक स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोटको एमाले चुनावी सभामा पनि देखिएकी थिइन् । उनले एमाले जिताउन पनि आह्वान गरिन् । आज माओवादी उम्मेदवारले प्रचार गरेको वडाबाटै कांग्रेस र नेकपा एसको उम्मेदवार चुनावी मैदानमा छन् ।

    यहाँ नेपाली काँग्रेसले पुलतीसरा शाही, नेकपा एमालेले सुलोचना कुमारी भण्डारी बुढा, माओवादी केन्द्रले राजु कुमारी विक र नेकपा एसले जवा शाहीलाई उम्मेदवार बनाएको थियो ।

    माओवादीले उम्मेदवारी फिर्ता लिएपछि अहिले कांग्रेस एमाले र नेकपा एस भिड्ने भएका छन् । कांग्रेस र एमाले नाई मुख्य प्रतिस्प्रधा हो ।

    पटक पटकको वार्ता र संवाद पनि उनले उम्मेदवारी फिर्ता लिएको र एमाले जिताउने अभियानमा लागेको एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले बताए ।

    ‘पटक पटक संवाद र छलफल भयो थियो । त्यो सफल भएको छ । अहिले एमाले जिताउने अभियानसहित उहाँहरु सबै लागि सक्नु भएको छ’, उनले भने ।

    एमाले जिताउने सहमति सहित फिर्ता गरिएको उम्मेदवारीका विषयमा पनि नगर कमिटीले स्वागत गर्दै सहमति कार्यान्वन गर्ने निर्णय गरेको छ ।

    २०७९ को निर्वाचनमा एमाले काङ्ग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार विजयी भएका थिए । अहिले माओवादीले पनि समर्थन गर्दा एमालेको जीत सुनिश्चित भएको एमाले प्रदेश सचिव रणबहादुर चन्दले बताए ।

    ‘हामी पहिले बाटै यहाँ बलियो हौं। यहाँका मतदाताहरुले एमालेलाई निकै रुचाउनु भएको छ । माओवादीले पनि साथ दिएपछि जीत सुनिश्चित भएको छ’ प्रदेश सचिव चन्दले भने ।

    २०७९ मा उपाध्यक्षमा कांग्रेस मैना जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी नेकपा (एमाले)की सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याएकी थिइन् ।

    त्यस्तै माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिंह विकले ४१ मत ल्याएका थिए ।यहाँ माओवादीले अध्यक्षमा नेकपा एकीकृत समाजवादीलाई र उपाध्यक्षमा नेकपा एकीकृत साजवादीले माओवादीलाई साथ दिएको थियो ।

    ७ हजार ४ सय ६० मतदाताले मतदानमा भाग लिन पाउने छन् । ती मध्ये सबैभन्दा बढी २ हजार १० मत ३ नम्बर वडा जुकोटमा छन् ।

    नेकपा एसका गाउँ कमिटी अध्यक्षसहितका नेता एमाले प्रवेश

    नेकपा एकिकृत समाजवादी पार्टी स्वामीकार्तिक खापर गाउँ कमिटी अध्यक्ष पशुपति रोकायासहितका नेता कार्यकर्ता नेकपा एमलेमा प्रवेश गरेका छन् ।

    वडा नम्वर ३ मा जुकोटमा पुगेको एमाले नेताहरुसँग स्वामिकार्तिक गाउँ कमिटीका अध्यक्ष रोकाया एमालेमा प्रवेश गरेको नेकपा एमाले बाजुरा सचिव कासी विकले जानकारी दिए ।

    नेकपा एकिकृत समाजवादी पार्टीबाट एमालेमा प्रवेश भएका रोकायालाई एमालेका नेताहरुले पार्टीमा स्वागत गरेका थिए । एमालेमा रहेका रोकाया पार्टी विभाजनपछि नेकपा एकिकृत समाजवादी पार्टीमा समाहित भएका थिए ।

    वडा नम्वर ३ मा आयोजना गरिएको जनता भेटघाट कार्यक्रममा पार्टीका केन्दिय सदस्य बाजुरा इन्चार्ज लाल बहादुर थापासहितका नेताहरुले स्वागत गरेका थिए ।

    मैनादेवी जैसीको निधन पछि मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको हो । उनी कांग्रेसबाट निर्वाचित हुन् ।

  • पुथाउत्तरगङ्गा-२ मा माओवादीका उम्मेदवार घर्ती निर्विरोध भएको औपचारिक घोषणा

    पुथाउत्तरगङ्गा-२ मा माओवादीका उम्मेदवार घर्ती निर्विरोध भएको औपचारिक घोषणा

    काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा रुकुम पूर्व पुथाउत्तरगङ्गा गाउँपालिका २ को वडाध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भएको छ ।

    कांग्रेस–एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले घर्तीलाई निर्वाचित घोषणा गरेको हो ।

    मुख्य निर्वाचन अधिकृतले जारी गरेको सूचनामा भनिएको छ, ‘रुकुम (पूर्वी भाग) जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयन पत्र दाखिला भएका माओवादी केन्द्रका जगत घर्तीमात्र उम्मेदवार कायम भएकाले स्थानीय निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु ।’

  • उपचुनावमा माओवादीले खाता खोल्यो, पुथाउत्तरगंगा-२ वडाध्यक्षमा जगत घर्ती निर्विरोध

    उपचुनावमा माओवादीले खाता खोल्यो, पुथाउत्तरगंगा-२ वडाध्यक्षमा जगत घर्ती निर्विरोध

    काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा रुकुम पूर्वबाट माओवादी केन्द्रले खाता खोलेको छ ।

    कांग्रेस-एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि पुथाउत्तरगङ्गा गाउँपालिका-२ को वडाध्यक्षमा जगत घर्ती निर्विरोध भएका हुन् ।

    वडाको विकास, समृद्धि र सामाजिक रुपान्तरणको काम सबै मिलेरमात्र सम्भव रहेको भन्दै जीवनले जगत पुरानो तथा सबैका अभिभावक भएको भन्दै राजीखुसीबाट समर्थन फिर्ता लिएको विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।

    वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका घर्तीलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाई दिएका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका वडा नं. २ को उप निर्वाचनमा वडा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हाम्रो पार्टीका उम्मेदवार क. जगत घर्ती (काजु)लाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’

    निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी रहेको छ ।

  • गिरिजाप्रसादलाई सम्झिँदै प्रचण्डको अपिल- नेपाललाई शान्तिको नयाँ मोडेलको रुपमा प्रस्तुत गर्न जुटौं (भिडिओ)

    गिरिजाप्रसादलाई सम्झिँदै प्रचण्डको अपिल- नेपाललाई शान्तिको नयाँ मोडेलको रुपमा प्रस्तुत गर्न जुटौं (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा नयाँ संकल्पको साथ संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने आवश्यकता रहेको बताएका छन्।

    विस्तृत शान्ति सम्झौता भएको दिनको स्मरणमा भिडिओ सन्देश जारी गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताकासाथ अघि बढ्नुपर्ने बताएका छन्।

    उनले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिनको अवसरमा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालालाई सम्झिँदै भनेका छन्, ‘शान्ति प्रक्रियाका बाकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताका साथ अघि बढ्न पनि सबैमा हार्दिक अपील गर्दछु।’

    नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनलगायत सबै न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

    उनले भनेका छन्, ‘हामी अहिले शान्ति सम्झौताको मूल स्पीरिटअनुसार शान्ति प्रक्रियाका बाँकी काम पनि टुंग्याउने प्रक्रियामा छौँ। मलाई खुसी छ। मैले नेतृत्व गरेको सरकारकै समयमा सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठनको लागि आवश्यक विधेयकलाई अन्तिम रुप दिइएको थियो। आज यो प्रक्रिया निष्कर्षतिर जाँदैछ। हामी सबै यसमा खुसी छौँ। हाम्रो प्रतिवद्धता के छ भने, हामी शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर नेपाललाई शान्तिको एउटा नयाँ मोडेलको रुपमा प्रस्तुत गर्न सकिन्छ।’

  • जनार्दनले भने- त्यो बेलामा कृष्ण सिटौलासँग भेट भएको भए म कांग्रेस नै हुन्थेँ कि ! (भिडिओ)

    जनार्दनले भने- त्यो बेलामा कृष्ण सिटौलासँग भेट भएको भए म कांग्रेस नै हुन्थेँ कि ! (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राज्यपक्षबाट दमन भएपछि माओवादीले युद्ध लड्नपर्ने परिस्थिति बनेको बताएका छन् ।

    शान्ति प्रक्रियाबारे अन्तरक्रियामा कार्यक्रममा बोल्दै उनले माओवादीले जनमुक्ति सेना बनाएर जनयुद्धको घोषणा नगरेको बताए ।

    राजतन्त्रको विरुद्ध लडाइँ केन्द्रित भएको स्मरण गर्दै उनले भने, ‘संयोगले भनौं, मेरो भेट कृष्ण सिटौलासँग भएको भए म कांग्रेस नै हुन्थे कि थाहा छैन । मेरो बुबा, एकजना कम्युनिष्ट शिक्षकसँग सहकार्य भएपछि उहाँ नै कम्युनिष्ट भएर पार्टी स्थापना गर्नुभएको रहेछ, म कम्युनिष्ट पार्टीमा लागेँ, त्यो बेलामा संर्घषको अवस्था थियो ।’

    उनले आफूले गरेको संघर्षले गर्दा सामन्तवादलाई अन्त्य गराउन सफल भएको जिकिर गरे ।

  • पेरिसडाँडामा अखिल क्रान्तिकारीका ३ नेता आमरण अनसनमा, नेतृत्व चयनमा निर्वाचन सुनिश्चित गर्न माग

    पेरिसडाँडामा अखिल क्रान्तिकारीका ३ नेता आमरण अनसनमा, नेतृत्व चयनमा निर्वाचन सुनिश्चित गर्न माग

    काठमाडौं । नेकपा माओवादीका केन्द्रीय कार्यालय पेरिसडाँडामा तीन विद्यार्थी नेता आमरण अनसन बसेका छन्। स्थगित भएको बन्दसत्र मंसिर २३ गतेदेखि नै सुरु हुने सुनिश्चितताको माग गर्दै विद्यार्थी नेताहरू अनसन बसेका हुन्।

    अनसन बस्नेमा अखिल क्रान्तिकारीको निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कार्यालय प्रमुख केशव रावल, निवर्तमान केन्द्रीय सदस्य खकेन्द्र रावल र निवर्तमान केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला उपाध्यक्ष जनक ढुंगानाले आमरण अनसन सुरु गरेका हुन्।

    उनीहरुले बन्दसत्र सुरु गर्नुको मागसहित नेतृत्व चयनका लागि निर्वाचन सुनिश्चित गर्न पनि माग गरेका छन्।

    असोज १० गतेदेखि काठमाडौंमा सुरु राष्ट्रिय सम्मेलन उमेर हद विवादको कारणले नेतृत्व चयन नगरी स्थगित गरिएको थियो।

  • पूर्वउपराष्ट्रपति पुनलाई फेरि माओवादीमा सेटल गर्ने तयारी, जिम्मेवारीबारे ‘होमवर्क’ जारी

    पूर्वउपराष्ट्रपति पुनलाई फेरि माओवादीमा सेटल गर्ने तयारी, जिम्मेवारीबारे ‘होमवर्क’ जारी

    काठमाडौं । नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई कार्यकाल उपराष्ट्रपति भएका नन्दबहादुर पुन ‘पासाङ’ उपाध्यक्षको जिम्मेवारी दिएर सक्रिय राजनीतिमा फर्काउने तयारी थालेका छन् ।

    गत साता अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा सहभागी भइसकेका पुनलाई प्रचण्डले उपाध्यक्ष बनाउने बनाउन लागेको स्रोतको भनाइ छ ।

    जनयुद्धकालदेखि नै प्रचण्डनिकट रहेका पुन अहिले प्रचण्डको जोडबलमै सक्रिय राजतीतिमा फर्किन तयारी भएको बताइन्छ । उपराष्ट्रपतिबाट बिदा भएपछि राज्यबाट कुनै सेवा सुविधा नलिएको भएकाले प्रचण्डले पुनलाई सक्रिय राजनीतिमा आउन सुझाएका हुन् ।

    गत साता खुमलटारमा बसेको बैठकमा पुनको विषयमा छलफल भएपनि जिम्मेवारीबारे कुनै निर्णय नभएको सचिव दिनानाथ शर्माले बताएका थिए ।

    उनले भनेका थिए, ‘उहाँले पार्टीको जिम्मेवार मान्छे हुनुहुन्थ्यो, पार्टीले पठाएर गएको हो, राज्यको तर्फबाट कुनै सेवा सुविधा नलिएको भए पछि राजनीतिमा फर्किन चाहनुहुन्छ भने त्यही अनुसार पार्टीको पुस २ गते बस्ने केन्द्रीय कमिटीको आवश्यक निर्णय लिन्छ ।’

    माओवादीका सचिव गणेश साहले पनि पुन सक्रिय राजनीतिमा आउनेबारे छलफल भएपछि पद र जिम्मेवारीको विषयमा कुनै निर्णय नभएको बताए ।

    उनले भने, ‘उहाँ सक्रिय राजनीतिमा आउने विषयमा छलफल भएको हो । तर, उहाँको जिम्मेवारीको विषयमा कुनै निर्णय भएको छैन ।’

    तर, अर्का एक पदाधिकारीले अध्यक्ष प्रचण्डले पुनलाई उपाध्यक्ष बनाउने तयारी गरिरहेको दाबी गरे ।’

    उनले भने, ‘आज बैठक बस्ने तयारी थियो । बस्न सकेन, बसेको यो विषयमा उठ्थ्यो होला । अब भोलि बस्ने भनिएको छ । अहिलेसम्म पार्टीमा त छलफल भएको छैन । अब अध्यक्षले उपाध्यक्ष बनाएर कुनै प्रदेशको जिम्मेवारी दिने तयारी गरेको बुझेका छौं ।

    ती नेताका अनुसार अहिले छलफल भएपनि निर्णय केन्द्रीय समितिको बैठकबाट मात्रै हुनसक्ने सुनाए ।

    ती नेताले थपे, ‘हाम्रो पार्टीमा पद छ, तर जिम्मेवारी छैन । अहिले भएका उपाध्यक्षहरू पनि व्यवस्थापनको लागि मात्रै भएको जस्तो देखिएको छ । कुनै जिम्मेवारी तोकेको छैन । अब केन्द्रीय कमिटी बैठकबाट पार्टीलाई अध्यक्षले नयाँ ढंगले अघि बढाउने भन्नुभएको छ, हेरौं ।’

    यसअघि माओवादीले सभामुख भएर कार्यकाल सकिएर सक्रिय राजनीतिमा आएका अग्निप्रसाद सापकोटालाई पनि उपाध्यक्ष बनाएको थियो । उनलाई अहिले प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

    अहिले माओवादीमा वरिष्ठसहित ४ उपाध्यक्ष छन् । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरा, अग्नि सापकोटा र पम्फा भुसाल । जसमध्ये महरा पछिल्लो समय सक्रिय राजनीतिमा छैनन् ।

    पार्टी अध्यक्ष नेतृत्वको सरकार भएको बेलामा सुन तस्करी प्रकरणमा पक्राउ परेर हाजिर जमानीमा छुटेपछि सक्रिय छैनन् । पछिल्लो सयम अस्वस्थ रहेका महरा पार्टीको बैठकमा पनि आउन छाडेका छन् ।

    त्यसो त माओवादीमा पछिल्लो समय विधानले व्यवस्था गरेको भन्दै धेरै पदाधिकारी बनाएको भन्दै उपमहासचिव जनार्दश शर्मा, हरिबोल गजुरेललगायतका नेताहरूले असन्तुष्टि जनाएका थिए ।

  • माओवादीको पदाधिकारी बैठक स्थगित

    माओवादीको पदाधिकारी बैठक स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ। आज बस्ने ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न तय भएको बैठक स्थगित भएको हो।

    पूर्वसभामुख दमननाथ ढुङ्गाना निधन, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तता लगायतको कारणले बैठक स्थगित भएको सचिव दीनानाथ शर्माले बताए। आज स्थगित भएको बैठक भोलि बस्ने उनले बताए।

    बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, स्थानीय तहको उपनिर्वाचन, पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकलगायतको विषयमा छलफल हुने बताइएको छ।

    सत्ताबाट बाहिरिएपछिको माओवादीले पुस २ गते बस्ने केन्द्रीय कमिटीको बैठकबाट नयाँ योजनासाथ जनताको बीचमा जाने तयारी गरेको छ। पार्टीको पछिल्लो अवस्थाबारे प्रचण्डसहित शीर्ष नेताहरूले सबै प्रदेशमा परामर्श समितिको बैठक समेत गरेका थिए।

  • रुकुमपूर्वमा माओवादीविरुद्ध एमाले-कांग्रेसको मोर्चाबन्दी, एमाले उम्मेदवार रुख चिन्हमा लड्ने

    रुकुमपूर्वमा माओवादीविरुद्ध एमाले-कांग्रेसको मोर्चाबन्दी, एमाले उम्मेदवार रुख चिन्हमा लड्ने

    रुपन्देही । नेकपा माओवादीले आफ्नो बलियो आधार क्षेत्र मानेको लुम्बिनी प्रदेशका हिमाली जिल्ला रुकुम पूर्वमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले मोर्चाबन्दी गरेका छन् ।

    यसअघि ०७९ को निर्वाचनमा पनि केही स्थानमा सहकार्य गरेर माओवादीले यसअघि जितेका केही ठाउँमा सफलता पाएपछि अहिले दुवै दलले मोर्चाबन्दी गरेर अगाडि जाने सहमति गरेका हुन् ।

    पहिलो चरणमा उनीहरुले मंसिर १६ गते हुन लागेको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडा अध्यक्षमा सहमतिमा साझा उम्मेदवार बनाएर उम्मेदारी दर्ता गरेका छन् ।

    नेकपा एमालेका जिल्ला अध्यक्ष लिलामणि गौतमले दुई दलको सहमतिअनुसार अगाडि जाने सम्झौतामा हस्ताक्षर गरेर सोही अनुसार अघि बढिएको बताए । नेपाली कांग्रेस रुकुम पूर्वका उपसभापति भीमबहादुर खड्काले एमाले उम्मेदवार केशकुमारी तुलाचनले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखबाट उम्मेदवारी दिने सहमति गरेको बताए । तुलाचन एमाले जिल्ला कमिटीको उपसचिव तथा अनेमसंघको केन्द्रीय सदस्य हुन् ।

    यस्तै २ नं वडामा पनि कांग्रेस र एमालेबीचको सहमतिमा सूर्य चुनाव चिन्हमा एमाले जिल्ला कमिटी सदस्य जीवन रोकालाई साझा उम्मेदार बनाउने सहमति दुई दलबीच भएको छ ।

    सहमति पत्रमा कांग्रेस जिल्ला सभापति केशरमान रोका र एमाले जिल्ला अध्यक्ष लिलामणि गौतमले हस्ताक्षर गरेका छन् ।

    समझदारीमा दुवै दलले साझा घोषणा पत्र बनाउने, जिल्लाका अन्य कार्यक्रममा समेत साझा संयन्त्र बनाउने र आलोपालो नेतृत्व गर्ने प्रस्ताव उल्लेख गरिएको छ ।

    गत निर्वाचनमा यो गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्रा बुढा ४ हजार ५९ मत पाएर निर्वाचित भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कमला कुमारी मल्लले २ हजार १० मत र एमालेका धर्म घर्ती बुढाले १ हजार ८१२ मत पाएका थिए । यो पालिकामा जम्मा ११ हजार १ सय ८० मतदाता रहेका छन् । भूगोलमा धेरै ठूलो रहेको पालिकामा १४ वटा वडा रहेका छन् ।

    नेपाली कांग्रेसले रिचा सुनारलाई उम्मेदवार बनाउने निर्णय गरेपनि समझदारीमा छाडेको छ भने माओवादीले नरपुरा बुढालाई उम्मेदवार बनाएको छ ।

    उक्त गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्षको मृत्युपछि उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा माओवादी केन्द्रका जसबहादुर श्रीपाली २३४ मत पाएर वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए ।

  • कीर्तिपुरमा माओवादी-एसको गठबन्धनमा मिसियो जसपा

    कीर्तिपुरमा माओवादी-एसको गठबन्धनमा मिसियो जसपा

    काठमाडौं । विपक्षी गठबन्धनका नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा नेपाल)बीच कीर्तिपुर नगरपालिकामा तालमेलको सहमति भएको छ ।

    कीर्तिपुरको मेयरमा माओवादी केन्द्रलाई जसपाले सघाउने सहमति भएको हो ।

    सहमतिअनुसार मेयरमा र वडा नं. ४ का अध्यक्षमा माओवादीका उम्मेदवारलाई जसपाले सघाउने तथा वडा नं. १ का अध्यक्षमा जसपाका उम्मेदवारलाई माओवादीले सघाउने छ ।

    मेयरमा माओवादीका प्रा. डा. शिव शरण महर्जन तथा वडा नं. ४ अध्यक्षमा ई. नारायण विष्ट उम्मेदवार छन् भने वडा नं. १ मा जसपाका सरल गोपाल महर्जन रहेका छन् ।

    सबै उम्मेदवारहरुले नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्हलाई साझा चुनाव चिन्हका रुपमा लिएर अगाडि बढ्ने उनीहरुबीच सहमति भएको हो ।

  • खादा माला लगाएर उम्मेदवारी दर्ता गर्न हिँडेका माओवादी उम्मेदवार बाटोमै हिस्स

    खादा माला लगाएर उम्मेदवारी दर्ता गर्न हिँडेका माओवादी उम्मेदवार बाटोमै हिस्स

    काठमाडौं । कीर्तिपुरको वडा नम्बर १ मा उम्मेदवारी दिन तामझामसहित निस्किएका अष्टमान महर्जन बीच बाटोबाटै फर्किनु परेको छ । उनले माओवादीबाट उम्मेदवारी दिने तयारी गरेका थिए ।

    टिका, खादा र माला लगाएर माओवादीका ३ उम्मेदवारहरुसहितको र्‍याली निर्वाचन आयोगतर्फ जाँदै थियो । बाटोमा नै १ नम्बर वडामा माओवादीले जसपालाई सघाउन लागेको खबर आयो । त्यसपछि महर्जन हिस्स परेका थिए । यद्यपि, उनले कुनै पनि दुःखमनाउ गरेनन् ।

    माओवादीले जसपाका सरल महर्जनलाई सघाउने भएको छ । माओवादीको र्‍यालीमा सरल पनि मिसिएका थिए । अष्टमानले सरललाई शुभकामना दिए र सँगै फोटो पनि खिचाए । उनले पत्रकारसँग कुरा गर्दै आफू पार्टीको निर्णय मान्ने बताए ।

    ‘पार्टीले जसपासँग गठवन्धन गर्ने निर्णय गरेको छ । म बागी उम्मेदवारी दिन्नँ । सरल महर्जनलाई मेरो समर्थन छ’, उनले भने ।

     

  • नेकपा एससँग तालमेल गरेको माओवादीले कीर्तिपुरको मेयरमा दियो उम्मेदवारी

    नेकपा एससँग तालमेल गरेको माओवादीले कीर्तिपुरको मेयरमा दियो उम्मेदवारी

    काठमाडौं । मंसिर १६ को स्थानीय तह उपचुनावका लागि कीर्तिपुरको मेयरमा नेकपा माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनले मनोनयन दर्ता गरेका छन् । यहाँ एकीकृत समाजवादी र माओवादीबीच चुनावी तालमेलको सहमति भएको छ ।

    हिजो माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुरको मेयर र काठमाडौं महानगरपालिका- १६ को अध्यक्षमा तालमेल गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

    सहमतिअनुसार कीर्तिपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार प्रा. डा. शिवशरण महर्जनलाई नेकपा एसले सघाउनेछ । काठमाडौं महानगरको १६ नम्बर वडाध्यक्षमा नेकपा एसका मीनबहादुर मानन्धरलाई माओवादीले सघाउनेछ ।

    वडा नम्बर ४ को अध्यक्षमा माओवादीबाट नारायण विष्ट उठेका छन् । त्यस्तै १ मा जसपाबाट सरलगोपाल महर्जन अघि सरेका छन् ।

  • अहिले पनि भन्छु, हामीसँग ३२ सीटको म्याजिक संख्या छ, यो सरकार उल्ट्याएर बन्ने हाम्रै हो: प्रचण्ड (भिडिओ)

    अहिले पनि भन्छु, हामीसँग ३२ सीटको म्याजिक संख्या छ, यो सरकार उल्ट्याएर बन्ने हाम्रै हो: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीसँग ३२ सीटको अझै म्याजिक नम्बर नै रहेको दाबी गरेका छन् ।

    माओवादी काभ्रे काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै उनले म्याजिक सीटकै कारणले अहिले नै चिन्तित हुनुपर्ने कारण नरहेको बताए ।

    उनले भने, ‘हामीले भ्रष्टाचारविरुद्धको अभियान भनेर सुरु गर्‍यौं, हामीसँग संख्या थिएन । यही हलमा हो, तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन थियो । मैले ३२ को हाम्रो संख्यालाई जादूको संख्या भनेको थिएँ, मेरो यही भनाइले उनीहरु अझै बढी उद्वेलित र तरंगित पनि भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला, तर पनि अहिले पनि हाम्रो संख्या म्याजिक नै छ भन्छु । किनभने ३२ भएकाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी, विपक्षी दल भनेको गभमेन्ट इन वेटिङ भन्छ पर्खिरहेको सरकार, यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो फेरि, त्यसकारण हामी चिन्तित हुनुपर्ने कारण छैन ।’

    प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठक बसेर नयाँ कार्यक्रमसहित जनतामा जाने तयारी गरिरहेको र त्यहीअनुसार लाग्न नेता कार्यकर्तालाई निर्देशन पनि दिए ।