Category: माओवादी केन्द्र

  • माओवादी बैठक- प्रचण्डको राजनीतिक प्रस्तावमा छलफल जारी

    माओवादी बैठक- प्रचण्डको राजनीतिक प्रस्तावमा छलफल जारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको दोस्रो दिनको छलफल सुरु भएको छ। आइतबारदेखि काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारको सभाहलमा बैठक अहिले जारी छ।

    दोस्रो दिनको बैठकमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल चलिरहेको छ। प्रतिवेदनमाथि बोल्ने नेताहरूलाई तीन मिनेट समय निर्धारण गरिएको छ।

    हिजोको बैठकमा प्रचण्डले राजनीतिक एवं सांगठनिक प्रतिवेदन पेश गरेका थिए। उनले पार्टीप्रति देशभर सकारात्मक वातावरण सृजना भएको दाबी गर्दै जनतातिर फर्किएर अभियान चलाउने प्रस्ताव राखेका छन्।

    प्रचण्डले कांग्रेस र एमालेसँग चुनावी गठबन्धन नगर्ने तर माधव नेपालदेखि प्रभु साहसँग एकताको प्रयास गर्ने प्रस्ताव राखेका छन्।

    यस्तै, नेताहरूको जीवनशैलीमा जनताले प्रश्न उठाएको भन्दै आगामी फागुन १ भित्र केन्द्रदेखि प्रदेश तहसम्मका सबै नेताहरूले अनिवार्य सम्पत्ति विवरण बुझाउनुपर्ने पनि प्रस्ताव प्रतिवेदनमा उल्लेख छ। बुधवारसम्म चल्ने बैठकले पार्टीको आगामी योजनाबारे निर्णय गर्नेछ।

  • माओवादी केन्द्रीय कमिटी बैठक : प्रदेश अध्यक्षले धारणा राख्ने क्रम सकियो

    माओवादी केन्द्रीय कमिटी बैठक : प्रदेश अध्यक्षले धारणा राख्ने क्रम सकियो

    काठमाडौं । आइतबारदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)को बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

    आइतबार दिउँसो १ बजेदेखि सुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक विषयमा ब्रिफिङ गरेका थिए भने त्यसपछि उनले राजनीतिक एवम सांगठनिक प्रतिवेदन पेश गरेका छन् ।

    अध्यक्ष प्रचण्डदले प्रतिवेदन पेश गरे लगत्तै सबै प्रदेश र अन्तराष्ट्रिय समितिका अध्यक्ष, इञ्चार्ज एवम प्रतिनिधिले आफ्नो धारणा राखेका छन् ।

    जसमा कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङ, मधेश प्रदेशका अध्यक्ष अनुपस्थित रहेका कारण पार्टी सचिव लिलामणी पोखरेल, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, लुम्बनी प्रदेश अध्यक्ष सुदर्शन बराल, कर्णाली प्रदेश अध्यक्ष बिमला केसी, सुदूरपश्चिम प्रदेश अध्यक्ष हरी चौधरी, विशेष प्रदेशको अध्यक्ष अनुपस्थित भएका कारण इञ्चार्ज हितमान शाक्यले धारणा र।ाखेका पार्टीका उपाध्यक्ष एवम प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    उनका अनुसार सम्पर्क समन्वय प्रदेशको तर्फबाट श्रीकृष्ण अधिकारी, सार्क प्रदेशको राजेन्द्र शर्मा, एसिया प्रवास समितिको शनीकुमार अली, पश्चिम महादेश समितिको अध्यक्ष अनुपस्थित भएका कारण इञ्चार्ज एवम पार्टी सचिव राम कार्की लगायतले धारणा राखेका छन् ।

    प्रवक्ता सापकोटाका अनुसार उनीहरुले राजनीतिक एवम सांगठनीक गतिविधि भइरहेका, पार्टी गतिशिल, चलायमान भइरहेको, पालिका सम्मेलन भइरहेका, खवरदारी सभा भइरहेका, पार्टी प्रवेशको क्रम बढेको धारणा राखेका छन् ।

    उनीहरुले धारणा राखेलगत्तै पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक एवम सांगठनिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदन पेश गर्दै उनले पार्टीप्रति देशभर सकारात्मक वातावरण सृजना भएको, जनतातिर फर्किनुपर्ने, देशव्यापी अभियान सञ्चालन गर्नुपर्ने, फागुन १ देखि हुलाकी राजमार्गलाई केन्द्रित गरेर एक महिने तराई मधेश जागरण अभियान सञ्चालन गर्ने र थप एक महिना पूर्व पश्चिम राजमार्गलाई केन्द्रित गरेर विशेष अभियान सञ्चालन गरिने उक्त अभियानमा पार्टीका सबै पदाधिकारी सहभागि हुने बताएका छन् । अध्यक्ष प्रचण्डले उपत्यका विशेष अभियान पनि सञ्चालन गर्ने र अन्य विभिन्न अभियान चलाउने पनि प्रतिवेदनमार्फत सार्वजनिक गरेका छन् ।

    उनका अनुसार विज्ञान र प्रविधि एवम नवप्रवर्तनमा जोड दिने, युवा वैज्ञानिक सम्मेलन आयोजना गर्ने, आगामी निर्वाचनमा एक्लै निर्वाचनमा सहभागि हुनेगरी तयारी गर्ने, संविधान संशोधनमा अग्रगमन र परिवर्तनको पक्षको बहसलाई अघि बढाउने, टिआरसी विधेयक पारित भए पनि सिफारिस समितिले पदाधिकारी सिफारिस गर्न नसकेकाले त्यसमा पहल गर्ने प्रतिवेदनमार्फत सार्वजनिक गरिएको छ ।

    अध्यक्ष प्रचण्डले बामपन्थी एकिकरणका लागि बैज्ञानिक समाजवाद मान्नेसँग एकताका लागि पहल गर्ने, जसमा विप्लव समूह, बहुमत समूह, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा), प्रभु साह नेतृत्वको नेपाल आम पार्टी लगायतसँग एकताका लागि पहल गर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।

    अध्यक्ष प्रचण्डको प्रतिवेदनमा महिला, दलित तथा मुस्लिमलाई विशेषाधिकार दिने विषय अन्यौलमा परिरहेको भन्दै अब महिलाको सहभागिता ५० प्रतिशतमा पुर्याउने, दलित, मुस्लिम तथा पिछडिएको वर्ग तथा समुदायको प्रतिनिधित्व बढाउन पहल गर्ने उल्लेख छ ।

    प्रतिवेदनअनुसार नेकपा (एमाले) र नेपाली काँग्रेस सहितको केपी ओली नेतृत्वको सरकार असफल भइसकेको, भूष्टाचार नियन्त्रण, सुशासन कायम गने ता राष्ट्रिय एकता सुदृढ लगायतका काममा उल्टो बाटोतिर सरकार गइरहेको निष्कर्ष निकालिएको छ ।

    माओवादीले सरकार संसदको अधिवेशन बोलाउनमा भन्दा अध्यादेशमार्फत चलाउन खोजिरहेको र राजनीतिक दल फुटाउन अग्रसर देखिएको भन्दै यो सैह्य नहुने तथा यसको विरुद्ध माओवादी खरो उत्रिने पार्टी प्रवक्ता सापकोटाको भनाइ छ । उनका अनुसार आइतबार साँझ स्थगित भएको बैठक सोमबार बिहान ११ बजेदेखि पुन सुचार हुनेछ ।

     

  • एमालेको विश्लेषण- प्रचण्डले उग्र जातिवादी, राजावादी र पपुलिस्टसँग मिलेर अराजकता मच्चाउन खोज्दैछन्

    एमालेको विश्लेषण- प्रचण्डले उग्र जातिवादी, राजावादी र पपुलिस्टसँग मिलेर अराजकता मच्चाउन खोज्दैछन्

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको देशकै ठूलो कम्युनिस्ट पार्टी नेकपा एमालेले सत्ताबाट बाहिरिएको प्रतिशोध लिन माओवादी अध्यक्ष प्रचण्ड अराजकतावादीहरूसँगको साँठगाँठमा लागेको विश्लेषण गरेको छ ।

    आइतबारबाट शुरू केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा अस्थिरता, अराजकता र प्रायोजित निराशा जगाउने खेलमा प्रचण्ड रहेको उल्लेख छ ।

    प्रतिवेदनमा भनिएको छ-

    असार ३० साँझसम्म प्रधानमन्त्रीकै कुर्सीमा रहेका र कुर्सीमा रहँदासम्म देश समृद्ध बन्दै गरेको, अर्थतन्त्र लयमा फर्किएको र निराशाको मात्रै कुरा गर्न नहुने भाषण गरिरहेका प्रचण्डले सरकारबाट हटेको दुई साता नबित्दै संसदको रोष्टमबाट नेपाल बंगलादेश जस्तै बन्ने अभिव्यक्ति दिए । यो अन्यन्त गैरजिम्मेवार, गैर कुटनीतिक र अशोभनीय टिप्पणीमात्रै थिएन, राजनीतिक अवसरवादको भद्दा नमूना पनि थियो ।

    आज माओवादी केन्द्र एक वर्ष अगाडि आफ्नै प्रदेशसभा सदस्यहरूको समेत सहभागितामा नामकरण गरिएको कोशी प्रदेशको विरुद्ध उग्र जातीयवादी समूहहरुसँग मोर्चाबन्दी गरिरहेको छ । ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्‍याउन उद्दत देखिएको छ । पूर्वराजावादीहरुसँग बाक्लै बसाउठी गरिरहेको छ । सरकारमा रहँदा आफैँले कारवाही गरेका व्यक्ति र समूहको खुल्ला समर्थनमा उत्रिएको छ ।

    प्रधानमन्त्रीको चीन भ्रमण र हिजो आफ्नै कार्यकालमा भएको सम्झौतालाई समेत विवादित बनाउन उद्यत देखिएको छ । यी घटनाक्रमहरु मओवादी केन्द्रमा गहिरिँदै गरेको वैचारिक विचलन,राजनीतिक अस्थिरता, अवसरवाद र सरकारबाट बाहिरिनु परेका पीडाका अभिव्यक्ति हुन् ।

  • माओवादी उपाध्यक्षको कुर्सीमा पूर्वउपराष्ट्रपति पुन, प्रचण्डपछिको वरीयता कायम

    माओवादी उपाध्यक्षको कुर्सीमा पूर्वउपराष्ट्रपति पुन, प्रचण्डपछिको वरीयता कायम

    काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक रुपमै पार्टी राजनीतिमा फर्किएका छन् । यसअघि स्थायी कमिटी बैठकमा पुगेका पुन आइतबारबाट शुरू भएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षका हैसियतमा प्रचण्डसँगै बसेका छन् ।

    बैठकमा मिलाइएको कुर्सी व्यवस्थापन अनुसार प्रचण्डपछिको वरीयतामा पुनलाई राखिएको छ । प्रचण्डको दायाँतिर श्रेष्ठ र बायाँतिर पुन रहनेगरी आसन व्यवस्थापन गरिएको छ । राष्ट्रपति र उपराष्ट्रपति भएका व्यक्ति सक्रिय राजनीतिमा फर्किनेमा पुन पहिलो भएका छन् ।

    नेपालमा हालसम्म रामवरण यादव र विद्यादेवी भण्डारी राष्ट्रपति र परमानन्द झा तथा नन्दबहादुर पुन उपराष्ट्रपतिबाट बिदा भएका छन् । विद्या भण्डारी पनि एमालेको राजनीतिमा फर्किने चर्चा चलिरहेका बेला माओवादीले पुनलाई पार्टीको जिम्मेवारीमा फर्काएर सहज वातावरण बनाइदिएको छ ।

  • धुम्वाराहीमा माओवादी केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

    धुम्वाराहीमा माओवादी केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठक सुरू भएको छ । धुम्वाराहीस्थित स्मार्ट दरबार बैङ्क्वेटमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

    ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गर्ने छन् ।

    बैठकमा ४०९ पूर्ण केन्द्रीय सदस्य, २०५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारीलगायत सहभागी छन् ।

    तस्बिरहरू : उमेश कार्की । 

  • केन्द्रीय कमिटीमा यथास्थितिबाट सिफ्ट गर्दै विचार अघि बढाउनेबारे छलफल हुनेछ : सापकोटा

    केन्द्रीय कमिटीमा यथास्थितिबाट सिफ्ट गर्दै विचार अघि बढाउनेबारे छलफल हुनेछ : सापकोटा

    काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठकलाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज १ बजेदेखि धुम्बाराहीमा बस्दैछ ।

    केन्द्रीय कमिटी बैठक बस्नुअघिको स्थायी कमिटी बैठकमा पार्टीमा संगठनात्मक सिद्धान्त कसरी अघि बढाउनेबारे ठोस निर्णय निकाल्नेबारे छलफल भएको प्रवक्ता अग्नि सापकोटाले बताए ।

    ‘आधारभूत रूपमा त मालेमावादी संगठनात्मक सिद्धान्तलाई नै अघि बढाउँछौं । युवाहरूलाई प्रशिक्षित गर्ने र संगठित गर्दै विज्ञान प्रविधिसँग जोडेर नयाँ सिद्धान्तको विचारको विकास गर्नुपर्छ भनेर स्थायी कमिटी सदस्यहरूले सुझाव दिनुभएको छ । परिमार्जन नयाँ राजनीतिक कार्यदिशासहित यथास्थितिबाट सिफ्ट गर्ने गरी बैठकमा छलफल हुनेछ’, सापकोटाले भने ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक उद्घाटनसँगै समसामयिक राजनीति परिवेशबारे ब्रिफिङ गर्ने, प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गर्ने, त्यसपछि अध्यक्षबाट राजनीतिक प्रतिवेदन पेस गर्ने साथै संगठनात्मक सिद्धान्तबारे छलफल हुने उनको भनाइ छ ।

  • अग्नि सापकोटाको भनाइमा जनार्दनको आपत्ति, फरक मत केन्द्रीय कमिटीमा लैजाने तयारी

    अग्नि सापकोटाको भनाइमा जनार्दनको आपत्ति, फरक मत केन्द्रीय कमिटीमा लैजाने तयारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले स्थायी कमिटीको निर्णय भनेर दिएको वक्तव्यप्रति आपत्ति जनाएका छन् ।

    शर्माले सापकोटाको नाम नलिई कतिपय सञ्चार माध्यममा स्थायी कमिटीको निर्णय भनी आएको कुरामा आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

    आजदेखि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न शनिबार बसेको स्थायी कमिटी बैठकले अहिले विवाद र फरक मतका विषय बैठकमा नलगी अभियानमा एकताबद्ध भएर तलसम्म जाने निर्णय भएको सापकोटाले बताएका थिए ।

    तर, शर्माले आइतबार सामाजिक संजालमार्फत सापकोटाको सो भनाइको खण्डन गरेका हुन् । गत स्थायी कमिटी बैठकमा कार्यविभाजन लगायत अध्यक्ष प्रचण्डको कार्यशैलीविरुद्ध लिखितरूपमा फरक मत राखेका शर्मा यसपटक पनि आफ्नो मत केन्द्रीय कमिटीमा छलफलका लागि लैजाने तयारीमा छन् ।

    तर, शनिबारको स्थायी कमिटी बैठकले फरक मत र विवादका विषयमा यसपटक छलफल नगर्ने निर्णय भएको सापकोटाले बताएका थिए । पार्टी एकताबद्ध भएर अभियानमा केन्द्रित हुनुपर्ने भएकाले अब विवादका विषय महाधिवेशनमा छलफल हुने उनको भनाइ थियो ।

    सापकोटाको भनाइको खण्डन गर्दै शर्माले भनेका छन्

    स्थायी कमिटी बैठकमा केन्द्रीय कमिटीका लागि एजेन्डा प्रस्तुत गरिएको, स्थायी कमिटी सदस्यले आफ्ना सुझाव प्रस्तुत गरेको र केन्द्रीय कमिटीमा छलफल बहसपश्चात निष्कर्षमा पुग्ने अध्यक्षले उद्घोष गर्नु भएको बाहेक कुनै निर्णय नभएकोमा, कतिपय सञ्चारमाध्यममा स्थायी कमिटीको निर्णय भनी आएकोमा मेरो ध्यानाकर्षण भएको छ ।

    शर्माले अघिल्लो बैठकमा फरक मत राखेपछि पार्टीमा विभिन्न आशंका उत्पन्न भएका थिए । अध्यक्ष प्रचण्डको सचिवालयबाटै जनार्दन शर्माले पार्टी फुटाउँदैछ भन्ने हल्ला फैलाएको आरोप उनले लगाएका थिए । प्रचण्डले पनि आफूलाई त्यस्तो सूचना आएको बताएका थिए ।

  • एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

    एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

    बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमाथि प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न करिब तीन मिनेटको समय उपलब्ध गराइने उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।

    राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका उपाध्यक्ष पाण्डेले बताए ।

    बैठकमा तीन सय ५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चारवटा केन्द्रीय आयोगका प्रमुख सहभागी हुनेछन् । दुई दिनभित्र बैठक सक्ने तयारी छ ।

    यसैबीच, स्मार्ट दरबार बैङ्क्वेटमा आज अपराह्न १ बजेदेखि बस्ने बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

    ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उहाँबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहनेछ ।

    यसअघि केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुङ्गो लगाउन आज बिहान ८ बजे उक्त पार्टीको स्थायी समितिको बैठक बस्दैछ ।संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा दुवै राजनीतिक दलको बस्न लागेको बैठकले संविधान संशोधनलगायतका एजेण्डामा ठोस धारणा तय गर्ने बताइएको छ ।

  • ओली नेतृत्वको सरकार बनेपछि सत्ता र प्रतिपक्ष दलहरुबीचको संवाद रोकियो: प्रचण्ड (भिडिओ)

    ओली नेतृत्वको सरकार बनेपछि सत्ता र प्रतिपक्ष दलहरुबीचको संवाद रोकियो: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि सत्तापक्ष र प्रतिपक्षी दलहरुबीचको संवाद रोकिएको बताएका छन् ।

    नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री हुँदा देशको समस्या समाधान गर्न राजनीतिक दलहरुबीच धेरै बैठक राखेको स्मरण गरे ।

    उनले भने, ‘अहिले प्रतिपक्षसँग संवाद हुँदैन । संवाद गर्नेभन्दा पनि अहिले भन्ने गरिएको छ, सत्तामा हुँदा एउटा कुरा प्रतिपक्षमा हुँदा अर्को कुरा । हामीले विगतदेखि नै यो कुरा देखेको हो, तर मैले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको विषयमा प्रधानमन्त्री हुँदा पनि यही कुरा भनिराखेको थिएँ । अहिले पनि तीनै नारा र मुद्दा लिएर जनताको बीचमा गएको छु ।’

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । दिउँसो २ बजे बस्ने भनिएको बैठक अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरुरुको कार्यव्यस्तताको कारणले स्थगित भएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।

    उनका अनुसार बैठक भोलि बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसँडाडामा बस्नेछ । माओवादीको केन्द्रीय कमिटीको बैठक दिउँसो १ बजे स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा हुँदैछ ।

    भोलि बिहान बस्ने बैठकले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्नेछ । प्रचण्डले स्थायी कमिटीको बैठकमा आएको सुझावलाई समेटेर भोलिको बैठकमा ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ भन्ने शीर्षकमा प्रतिवेदन पेश गर्दैछन् ।

    त्यसबाहेक बैठकले प्रचण्डको प्रतिवेदनमा पछिल्ला सामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषय समेट्ने बताइएको छ ।

  • माओवादीको बैठक आज पनि, केन्द्रीय कमिटीबाट विशेष महाधिवेशन तोक्न प्रचण्डलाई दबाब

    माओवादीको बैठक आज पनि, केन्द्रीय कमिटीबाट विशेष महाधिवेशन तोक्न प्रचण्डलाई दबाब

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बिहिबारबाट सुरु भएको बैठक आज पनि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

    आज सकिने बैठकले भोलिबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्नेछ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ।

    प्रचण्डले स्थायी कमिटीको बैठकमा आएको सुझावलाई समेटेर भोलिको बैठकमा ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ भन्ने शीर्षकमा प्रतिवेदन पेश गर्दैछन्।

    त्यसबाहेक बैठकले प्रचण्डको प्रतिवेदनमा पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषय समेटिनेछन् ।

    आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुगेको पाँच महिनापछि प्रचण्डले सिंगो केन्द्रीय कमिटीको बैठक पहिलो पटक फेस गर्दैछन् । केन्द्रीय कमिटीको बैठकअघि प्रचण्डले सबै प्रदेशस्तरीय परामर्श बैठक गरेका थिए ।

    एमाले र कांग्रेस मिलेपछि सरकारबाट बाहिरिएको परिस्थितिलाई पार्टी निर्माण गर्न अवसरको रुपमा लिने माओवादीको निष्कर्ष छ । यही केन्द्रीय कमिटीको बैठकबाट संगठन निर्माणको अभियानबारे निर्णय पनि गर्दैछ ।

    माओवादीमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व छाड्नुपर्नेदेखि प्रदेशस्तरीय परामर्श समितिको बैठकमा आएको सुझावलाई दस्तावेजमा समेट्ने तयारी गरेका छन् । शर्माको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पनि छलफलमा लैजाने प्रचण्डले आश्वासन दिएपछि पार्टीभित्र देखिएको तरंग हल भएको थियो ।

    माओवादीले यही केन्द्रीय कमिटीको बैठकबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपासँग एकता गर्ने निर्णय गर्ने तयारी पनि गरेको छ ।

    आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी, पदाधिकारीसहित अन्य कमिटी पनि विधान अनुसार सानो बनाउनुपर्नेमा नेताहरूको जोड छ ।
    यो केन्द्रीय कमिटीको बैठकमा ८२५ जना सहभागी हुँदैछन् । माओवादीमा विशेष महाधिवेशनमा गएर विधानअनुसार पदाधिकारी र केन्द्रीय कमिटीको संख्या घटाउनुपर्ने दबाब बढ्दो छ ।

    माओवादीले सरकारविरुद्ध खबरदारी सभालाई पनि निरन्तरता दिँदैछ। माओवादीका सांसद सुदन किरातीले प्रचण्ड नेतृत्वको सरकारकारले जगाएको आशामा ओली सरकारले निराशा थपेको टिप्पणी गरे।

    उनले भने, ‘मिनि जनमत संग्रह (स्थानीय तहको उपनिर्वाचन) परिणामले हाम्रो पार्टी प्रति जनताको आकार्षण बढेको कुरा स्पष्ट भएको छ। जनताको आशा र सपनालाई फुलाउनको लागि एक शक्तिशाली र अनुशासित पार्टी अनिवार्य शर्त हो।’

    उनले पार्टीमा विधीको विकास गर्न पुर्वघोषिति विषेश महधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेका छन्। प्रचण्डले गएको महाधिवेशनबाटै पार्टी रुपमान्तरणको लागि विशेष महाधिवेशनमा जाने घोषणा गरेको भएपनि अहिलेसम्म तोक्न सकेका छैनन्। विशेष महाधिवेशनबाट पार्टीलाई विधान अनुसार चलाएर नेतृत्वमा प्रत्यक्ष निर्वाचित भएर आउनुपर्ने दबाब पार्टीभित्र बढ्दो छ।

    उनले थपे, ‘प्रचण्डको आजको आवश्यकता र औचित्यलाई अझ स्थापित गर्न आगामी केन्द्रीय समितिको बैठकमा जुटौं। अनुशासित र सदाचारिता सहितको शक्तिले मात्र भ्रष्टाचारलाई पराजित गर्न सक्छ। भ्रष्टाचार हाम्रो लागि असैह्य छ।’

  • सरकारले संसद छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको मा‌ओवादीको आशंका (भिडिओ)

    सरकारले संसद छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको मा‌ओवादीको आशंका (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय संसदको अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने बताएको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले नियतबस संघीय संसदको अधिवेशन आह्वान नगरेको दाबी गरे ।

    संसदमा रहेका सबै दलसँग छलफल गरेर दबाब सिर्जना गर्ने उनले बताए । संसद छलेर सरकारले दलविभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको आशंका पनि उनले व्यक्त गरे । सापकोटाले चाँडो भन्दा चाँडो संसदको अधिवेशन आह्वान गर्न सरकारलाई आग्रह गरे ।

    बैठकमा ३० जना स्थायी कमिटी सदस्यले अध्यक्ष प्रचण्डले मौखिक रूपमा राजनीतिक प्रतिवेदनमाथि धारणा राखिसकेका छन् । उनीहरूले समसामायीक परिस्थिति, पार्टी रुपान्तरण, अहिलेको सरकारको क्रियाकलापका बारेमा, संविधान संशोधनाका बारेमा धारणा राखेको सापकोटाले बताए । समाजवादी विचारधारको विकासका लागि, सवै पालिकाहरूमा समाजवादका आधारशीला खडा गर्ने गरी तयारी गर्नुपर्नेमा नेताहरूले जोड गरेको पनि उनले बताए ।

    बैठकमा प्रचण्डले देशका सवै तहका जनतामाझ पुगेर समस्या बुझ्ने गरी विभिन्न अभियान सञ्चालन गर्ने र त्यसमा अध्यक्षसहित सवै केन्द्रीय नेतासमेत सहभागी हुने बताएका थिए ।

    पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको तयारीका लागि बोलाइएको स्थायी कमिटीको बैठक भोलि पनि बस्नेछ ।

  • भावुक छु भन्दै प्रचण्डले भने- मेरो नियत र निष्ठा सफा छ भन्ने जनताले बिस्तारै बुझ्दै छन्

    भावुक छु भन्दै प्रचण्डले भने- मेरो नियत र निष्ठा सफा छ भन्ने जनताले बिस्तारै बुझ्दै छन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पछिल्लो पछिल्लोपटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध अभियान चलाएको बताएका छन् ।

    नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गरेको कार्यक्रमलाई भ्रष्टाचारको अन्त्य गर्न एकले अर्कालाई दोषारोपण गरेर मात्रै नहुने बताए ।

    उनले भने, ‘तर जहाँ भ्रष्टाचार भएको छ । समाजले मानेको छ । सदनमा प्रश्न उठेका छन् गम्भिर ढंगले जनताले हेर्न चाहेका छन् इमान्दारितासाथ लागेको । त्यसमा मेरो साथ रहन्छ भनेको छु ।’

    उनले सरकारमा रहँदा जे बोल्दै आएको र अहिलेमा कुनै फरक नरहेको बताए ।

    उनले थपे, ‘सरकारमा हुँदा जे बोल्थेँ । अहिले सरकार बाहिर हुँदा पनि त्यही बोलेको छु । म भावुक छु भन्ने सबैले बुझिसक्नुभएको छ । मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब बिस्तारै जनताले बुझ्दै गएका छन् ।’

  • पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक, पूर्वउपराष्ट्रपति पुन पनि उपस्थित (तस्बिरहरू)

    पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक, पूर्वउपराष्ट्रपति पुन पनि उपस्थित (तस्बिरहरू)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो।

    बैठकले आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । बैठक शनिबारसम्म चल्नेछ।

    बैठकमा पार्टीको पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषयमा छलफल हुनेछ।

    आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुगेको पाँच महिनापछि प्रचण्डले सिंगो केन्द्रीय कमिटीको बैठक फेस गर्दैछन् । केन्द्रीय कमिटीको बैठकअघि प्रचण्डले सबै प्रदेशस्तरीय परामर्श बैठक गरेका थिए ।

    आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी, पदाधिकारीसहित अन्य कमिटी पनि विधान अनुसार सानो बनाउनुपर्नेमा नेताहरूको जोड छ ।

    आजको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पेरिसडाँडा पुगेका छन् ।

    यसअघि पदाधिकारी बैठकमा सहभागी हुँदै आएका पुन आज स्थायी कमिटीको बैठकमा पनि सहभागी हुँदैछन् ।

    पुनलाई उपाध्यक्ष बनाएर माओवादीमा सक्रिय गराउने प्रचण्डको तयारी छ । आइतबारबाट बस्ने केन्द्रीय कमिटीको बैठकले पुनलाई जिम्मेवारी दिने तयारी गरेको छ ।

  • शेरा दरबारको जग्गाबारे प्रचण्डलाई गृहमन्त्रीको जवाफ- सरकारलाई धन्यवाद दिन तयार भएर बसे हुन्छ (भिडिओ)

    शेरा दरबारको जग्गाबारे प्रचण्डलाई गृहमन्त्रीको जवाफ- सरकारलाई धन्यवाद दिन तयार भएर बसे हुन्छ (भिडिओ)

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले गैरकानूनी काम गर्ने कसैलाई नछाड्ने बताएका छन्। प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शेरा दरबारको जग्गाबारे प्रश्न उठेपछि गृहमन्त्रीले जवाफ दिएका हुन्।

    एमालेका सांसद वासुदेव घिमिरेले गृहमन्त्रीलाई शेरा दरबारको जग्गाबारे सोधेपछि प्रचण्डले छानबिनमा सहयोग गर्न तयार रहेको बताएका थिए।

    आफ्नो नाम मुछिएको प्रकरणमा प्रचण्डले भने, ‘राज्यको जमिन व्यक्तिको नाममा गएको छ भने कानून बमोजिम ल्याउनुपर्छ । छानबिन गर्दै जाँदा प्रचण्ड नै देखिएको छ भने पनि छानबिनको दायरामा ल्याऊँ। ललिता निवास जस्तै शेरा दरबारको जग्गा पनि कानूनविपरीत भए सरकारको नाममा फिर्ता ल्याएको छु। म यसलाई लागि सहयोग गर्छु, र धन्यवाद पनि भन्छु।’

     

    प्रचण्डपछि बोलेका गृहमन्त्रीले शेरा दरबारको जग्गाबारे अनुसन्धान भइरहेको बताए।

    उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ। कानून बमोजिम कारबाही हुन्छ। कुनै व्यक्ति र कम्पनीको नाममा गएको छ भने फिर्ता हुन्छ। समितिका सदस्य एवं आदरणीय हाम्रो नेता पुष्पकमल दाहाल प्रचण्डलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँले सरकारलाई धन्यवाद दिन तयार भएर बस्नुभएको छ। सरकारले गर्नुपर्ने काम गर्छ र धन्यवाद दिन तयार भएर बस्दा हुन्छ।’

  • माओवादी स्थायी कमिटी बैठकमा सहभागी हुन पूर्वउपराष्ट्रपति पुन पेरिसडाँडामा

    माओवादी स्थायी कमिटी बैठकमा सहभागी हुन पूर्वउपराष्ट्रपति पुन पेरिसडाँडामा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटीको बैठकमा सहभागी हुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पेरिसडाँडा पुगेका छन्। पुन पछिल्लो समय सक्रिय राजनीतिमा फर्किँदैछन्।

    यसअघि पदाधिकारी बैठकमा सहभागी हुँदै आएका पुन आज स्थायी कमिटीको बैठकमा पनि सहभागी हुँदैछन्। माओवादीको तीन दिनसम्म चल्ने स्थायी कमिटीको बैठक केहीबेरमा सुरु हुँदैछ।

    पुनलाई सक्रिय बनाएर उपाध्यक्ष बनाउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तयारी छ। आइतबारबाट बस्ने केन्द्रीय कमिटीको बैठकले पुनलाई जिम्मेवारी दिने तयारी गरेको छ।

    केन्द्रीय कमिटीको बैठकको बैठकको एजेण्डा तय स्थायी कमिटीको बैठक माओवादीले राखेको हो।

  • गगनको प्रस्ताव- भ्रष्टाचारका कुन-कुन फाइल खोल्नेबारे ओली, देउवा र प्रचण्डलाई एकै ठाउँ राखेर टुंग्याउँ (भिडिओ)

    गगनको प्रस्ताव- भ्रष्टाचारका कुन-कुन फाइल खोल्नेबारे ओली, देउवा र प्रचण्डलाई एकै ठाउँ राखेर टुंग्याउँ (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गगन थापाले भ्रष्टाचारका कुन-कुन फाइल खोल्ने भनेर तीन पूर्वप्रधानमन्त्रीको उपस्थितिमा टुंगो लगाउनुपर्ने आवश्यकता देखिएको बताएका छन् ।

    सिंहदरबारमा अहिले बसिरहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

    थापाले भने, ‘एकजना पूर्वप्रधानमन्त्री (प्रचण्ड) आजको बैठकमा आउनुभएको छ । अर्को पूर्वप्रधानमन्त्री अर्को समितिमा आइराख्नुभएको छ । अर्को एकजनालाई पनि बोलाएर यसै समितिमा छलफल गरौं । भ्रष्टाचारको कुन-कुन फाइल खोल्ने हो टुंगो लगाउँ ।’

    सबै जसो नेता कुनै न कुनै भ्रष्टाचारमा संलग्न रहेको नागरिकका भ्रम परेकाले एकीकृत रूपमा समाधान खोज्नुपर्नेमा जोड दिए । सरकारमा रहँदा मौन बस्ने र सरकारबाट बाहिरिएपछि भ्रष्टाचारको फाइल खोल्ने तयारी भएको धम्की शीर्ष नेताले दिने गरेको भन्दै छलफल शीर्ष नेतृत्व तहमै हुनुपर्ने बताए ।

    उनले थप्दै भने, ‘यदि बनाउने नै हो भने शक्तिशाली आयोग बनाऔं । सबैको सम्पत्ति छानबिन गरौं । हामी सबैको गरौं । बाहिर यो वा त्यो भ्रष्टाचारको फाइल खोल्नुपर्छ नभनौं ।’

  • शेरा दरबार जग्गाबारे प्रचण्ड- छानबिनमा सरकारलाई सहयोग गर्छु, दोषी जो भए पनि कारवाही हुनुपर्छ (भिडिओ)

    शेरा दरबार जग्गाबारे प्रचण्ड- छानबिनमा सरकारलाई सहयोग गर्छु, दोषी जो भए पनि कारवाही हुनुपर्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरा दरबारको जग्गाबारे कानूनविपरीत काम भएको भए सरकारको नाममा फिर्ता ल्याउन माग गरेका छन् ।

    प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमालेका सांसद वासुदेव घिमिरेको गृहमन्त्री रमेश लेखकलाई शेरा दरबारको जग्गाबारे सोधेका थिए ।

    सांसद घिमिरेको गृहमन्त्रीलाई प्रश्न गरे, ‘शेरा दरबारमा भएको भएको के हो ? यसबारेको अध्ययन के भएको छ ?’

    सो जग्गा प्रकरणमा प्रचण्डको पनि नाम मुछिएको छ ।

    प्रचण्डले भने, ‘शेरा दरबारको जग्गाबारे कानून विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्, म सरकारलाई धन्यवाद भन्छु । शेरा दरबारमा दोषीलाई कारवाहीको दायरामा ल्याइयोस् ।’

    उनले राज्य र सरकारको जमिन व्यक्तिको नाममा ल्याउनेलाई कानूनी कारवाही गर्नुपर्छ भनेर आफूले भन्दै आएको बताए ।

    उनले भने, ‘राज्यको जमिन व्यक्तिको नाममा गएको छ भने कानून बमोजिम ल्याउनुपर्छ । छानबिन गर्दै जाँदा प्रचण्ड नै देखिएको छ भने पनि छानबिनको दायरामा ल्याउँ । ललिता निवास जस्तै शेरा दरबारको जग्गा पनि कानूनविपरीत भए सरकारको नाममा फिर्ता ल्याएको छु । म यसलाई लागि सहयोग गर्छु, र धन्यवाद पनि भन्छु।’

  • ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा माओवादी निकट युनियनका जगतबहादुर सिंखडा चयन

    ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा माओवादी निकट युनियनका जगतबहादुर सिंखडा चयन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगतबहादुर सिंखडा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) को अध्यक्ष चयन भएका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनले सिंखडालाई एक वर्षको लागि जेटीयूसीसीको अध्यक्ष चयन गरेको हो ।

    सम्मेलनले महासचिवमा इन्द्रदेव मिश्र र महिला संयोजकमा सीता लामालाई चयन गरेको भने महिला समितिको सचिवमा सरिता घिसिङ चयन भएकी छन् ।

    जेटीयूसीसीमा हाल नेपालमा मान्यता प्राप्त १० वटा ट्रेड युनियन महासंघ आबद्ध छन् । हरेक वर्षमा हुने जेटीयूसीसीको अध्यक्षमा छुट्टाछुट्टै ट्रेड युनियन संस्थाले प्रतिनिधित्व गर्ने गरेका छन् ।

    जेटीयूसीसीका नवनिर्वाचित अध्यक्ष जगत सिंखडाले ट्रेड युनियन आन्दोलन अप्ठ्यारो अवस्थामा रहेको बेला नेतृत्व गर्नु चुनौतीपूर्ण रहे पनि सशक्त नेतृत्व प्रदान गर्ने बताएका छन् ।

    उनले भने, ‘संविधानमा श्रमिकका विषय सम्बोधन भए पनि श्रमिकको हितमा कानुन बन्न सकेका छैनन् । उल्टो हिंड्न थालेको नेपालको ट्रेड युनियन आन्दोलनलाई सुल्टो बाटोमा ल्याउने प्रयास गर्छु ।’

    सिंखडाले श्रम ऐनभित्र भएका श्रमिक विरोधी व्यवस्थालाई संशोधन गर्न पहल गर्ने र योगदानमा आधारित सामाजिक सुरक्षालाई कार्यान्वयनमा लैजान जोड दिने बताए ।

     

  • त्रिवि रेक्टर कार्यालयको ढोकामा क्रान्तिकारीसहित ५ विद्यार्थी संगठनको धर्ना

    त्रिवि रेक्टर कार्यालयको ढोकामा क्रान्तिकारीसहित ५ विद्यार्थी संगठनको धर्ना

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीसहित ५ विद्यार्थी संगठनका प्रतिनिधि त्रिभुवन विश्वविद्यालय रेक्टरको कार्यालयमा धर्नामा बसेका छन् ।

    १० बुँदे माग राख्दै क्रान्तिकारीसहित अनेरास्ववियू, अखिल (छैटौँ), अखिल (समाजवादी) र नेपाल समाजवादी विद्यार्थी युनियन संयुक्त रूपमा धर्ना बसेका हुन् ।

    विगतदेखि दलगत भागबण्डाको चपेटामा परेको विश्वविद्यालय पटक-पटक अनिर्णयको बन्दी हुँदा शैक्षिक क्षेत्रमा अराजकता मौलाउदै आएको र जसका कारण विश्वविद्यालयको नीतिगत शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘सबै कुरालाई मध्यनजर गर्दै विश्वविद्यालयमा मेरिटोक्रेसिको आधारमा नियुक्ति प्रकिया अवलम्बन गरिनु आजको आवश्यकता रहेको छ । यो प्रकियाले पूर्णता नपाउदै सरकारको हस्तक्षेप पूर्ण गतिविधि र विश्वविद्यालयका पदाधिकारी स्वयमको मेरिटोक्रेसिविरुद्धको गतिविधिले फेरि पनि दलगत भाडबण्डालाई प्रोत्साहन गरि विश्वविद्यालयलाई अराजगकता तिर धर्केलेको प्रस्ट हुन जान्छ । तसर्थ विद्यार्थी संगठन यस कार्य प्रति आपत्ति जनाउदै घोर भर्त्सना गर्दछ ।’

    उनीहरूले मेरिटोक्रेसिको आधारमा क्याम्पस/विभागीय प्रमुखहरू विनाशर्त नियुक्ति गर्नुपर्ने, डा. पुष्कर रैखोला नेतृत्वको छानबिन समितिको प्रतिवेदनले समकक्षता दिने भनी गरिएको निर्णय तत्काल कार्यान्वयन गर्नपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने माग राखेका छन् ।

    यस्तै, अध्ययन बिदा लिई विदेश गएका र स्वदेश नफर्किने प्राध्यापक र कर्मचारी एकिन विवरण सार्वजनिक गरी उक्त अवधिको सेवा, सुविधा, तलव विश्वविद्यालयलाई फिर्ता गर्नुपर्ने र सम्बन्धित व्यक्तिलाई कारवाही गर्नुपर्ने, त्रिताल आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गरी विश्वविद्यालयमा हिनामिना भएको जग्गा फिर्ता गरी संलग्न सम्बन्धित व्यक्तिहरुलाई कारवाही गर्नुपर्ने, आशिक करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई आन्तरिक प्रक्रियाबाट स्वतः स्थायी गर्ने प्रक्रिया बन्द गर्नुपर्नेजस्ता माग राखिएको छ ।

  • अखिल क्रान्तिकारीमा उमेर हद लागू गर्दा राजनीतिक वृत्तमा तरंग ल्यायो, अरु पनि दबाबमा छन् : हिमाल शर्मा

    अखिल क्रान्तिकारीमा उमेर हद लागू गर्दा राजनीतिक वृत्तमा तरंग ल्यायो, अरु पनि दबाबमा छन् : हिमाल शर्मा

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले उमेर हद संगठनभित्र कसैको जित हार नभई राजनीति वृत्तमा नयाँ मुद्दा स्थापित गराएको बताएका छन्।

    उमेर हदबारे भएको निर्वाचनमा ३२ वर्षे उमेर हदको पक्षमा बहुमत आएपछि विद्यार्थी आन्दोलनमा एउटा ऐतिहासिक परिघटना भएको बताए।

    ‘संगठनभित्र कसैको हारजित होइन, यस घटनाले हाम्रो पार्टी लगायत राजनीतिक वृत्तमा एउटा नयाँ तरंग ल्याएको छ । अन्य विद्यार्थी संगठनहरुलाई समेत दबाबमा परिरहेको छ’ उनले भनेका छन्, ‘नेविसंघमा कांग्रेस पार्टीले माथिबाट लादिएको उमेर हद यति वेला हटाउने प्रयास भइरहँदा क्रान्तिकारीको यस निर्णयपछि अफ्ठेरोमा पारेको छ ।’

    ३२ वर्ष उमेर काटेका संगठनको नेतृत्व तहमा बस्ने लिडरहरुले राष्ट्रिय सम्मेलनमा उमेर हदको एजेन्डालाई विधिवत् प्रस्तुत गरेकाले अहिले सम्भव भएको बताए।

    ‘०८१ पौष १३ गतेको निर्वाचनको गोप्य मतदानको प्रक्रियाबाट यो एजेन्डाको टुंगो लागेको छ । ३२ वर्ष पुरा हुने जो तपाई नेताहरू हुनुहुन्छ तपाईँको इच्छा विद्यार्थीको बिचबाट आफूलाई परीक्षित हुने मौका गुम्यो भन्ने कुरा मनमा पक्कै पनि छ । त्यो कुरा एक हिसाबले जायज नै छ’ शर्माले भनेका छन्, ‘तर एउटा विधि अगाडि बढिसकेकोले यसमा अल्झिनु भन्दा बरु एक कदम अगाडि बढेर यसको सम्पूर्ण ओनरसिप लिनु उपयुक्त हुन्छ ।’

    पार्टीभित्र नवीनतम बहस पैरवी गरेर नीति निर्माण तहमा युवाहरूलाई मौका दिनुपर्ने एजेन्डा स्थापित गर्न लाग्न पनि आग्रह गरेका छन्।

    उनले माघमा १२ पछि नेतृत्वमा आउनेहरूलाई नयाँ पुस्ताले वैचारिक र सांगठनिक हिसाबले विद्यार्थी आन्दोलनलाई सही बाटोमा डोर्‍याउने जिम्मेवारी आएको उल्लेख गरे।

  • उमेर हद लागूसँगै क्रान्तिकारीको नेतृत्व दाबेदारीमा को रहे, को बाहिरिए ?

    उमेर हद लागूसँगै क्रान्तिकारीको नेतृत्व दाबेदारीमा को रहे, को बाहिरिए ?

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेरहदको पक्षको जित भएपछि दाबेदारहरू स्वत: घटेका छन् ।

    संगठनका १८ जना उपाध्यक्ष र एक महासचिव सहित १९ जनामध्ये ३२ वर्षमुनि उपाध्यक्ष प्रविणा अधिकारीमात्रै बाँकी रहेकी छन् ।

    अधिकारीबाहेक यसअघि अध्यक्षका आकांक्षी देखिएका इन्द्र भुसाल, जीपी मैनाली, तुकमान महरा, मिलन एमसी, लक्ष्मीप्रसाद जोशी, नरेश रेग्मी, गजेन्द्रप्रसाद देव, राजकुमार याक्सो, मदन भुल, मदन भट्टराई, सूर्यनारायण साह, पवन कार्की, क्षितिज सापकोटा, नारायण खनाल, अम्मरराज शाही, अच्युत भट्ट, केशव रावल र महासचिव दीपेश पुन बाहिरिएका छन् ।

    यस्तै ३० जना उपमहासचिवलाई उमेर हदले छेकेको छ । बाहिरिनेमा खगेन्द्र सुवेदी, अनिल भगत, प्रभाकर गुप्ता, कृष्ण न्यौपाने, प्रदिप अर्याल, प्रसुन कार्की, बद्री चुडाल, अनुप पोखरेल, तल्सीमणी केसी, सुर्य घर्तीमगर, देवीचन्द्र उपाध्याय, राजेन्द्र बुढा, भिम भट्ट, उपेन्द्र शाही, भुषण शाही, सञ्जय काल्धन, ताजिम अन्सारी, बाबुराम नेपाली, दिपक डिसी, सञ्जिव रेग्मी, पुजन सिंह, कमल खड्का, उमेश कडेँल, प्रजिन हाङवाङ, भरत लिसानी, दिपक रोकाया, गम्भिर साउद, सुमन थुलुङ, हरि सिग्देल, नारायण बडाल र इन्द्र बिष्ट रहेका छन् ।

    अध्यक्षको दाबेदारमा ३२ वर्षमुनिका उपमहासचिव तिर्सना हमाल, योगेन्द्र बुढा, पार्वती नेगी, सुदिन पौडेल, हेमन्त किराती, उपदेश यादव, सुरजसिंह ठकुरी, राजन आले, विश्वमणि थापा र विजयप्रकाश शर्मा देखिएका छन् ।

    तिर्सना हमाल, हेमन्त किराती पार्टीका उपमहासचिव जनार्दन शर्मा गुटमा गनिन्छन् भने सुदीन पौडेल र पार्वती अर्का उपमहासचिव वर्षमान निकट गनिन्छन् । विजयप्रकाश उमेर हदको विपक्षमा खुलेरै लागेका नेता हुन् ।

    सचिवहरू रोशन थापामगर, अटल आचार्य र नवीन पोखरेल पनि अध्यक्षको दाबेदार मानिएका छन् । रोशन र नवीन शर्मा अर्थमन्त्री हुँदा सचिवालयमा कार्यरत थिए । अटल देव गुरुङनिकटका हुन् ।

    क्याम्पस इकाई कमिटिमा रहेका विष्णु ढुंगेल र विराज थापा पनि अध्यक्षको आकांक्षी देखिएका छन् । ढुंगेल नेपाल ल क्याम्पसको स्ववियू सभापति छन् । थापा पनि नेपाल ल क्याम्पस इकाइ कमिटीमा छ ।

  • शेरा दरबारको जग्गाबारे प्रचण्ड- भ्रष्टाचारीले कुरुप बनेको आफ्नो अनुहार ढाक्न झूटा प्रचार गर्दैछन्

    शेरा दरबारको जग्गाबारे प्रचण्ड- भ्रष्टाचारीले कुरुप बनेको आफ्नो अनुहार ढाक्न झूटा प्रचार गर्दैछन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरा दरबार जग्गा प्रकरणमा आफ्नो नाम जोडेकोप्रति आपत्ति जनाएका छन् ।

    झापामा आयोजित माओवादीको खबरदारीसभालाई सम्बोधन गर्दै उनले सो जग्गा प्रकरणमा आफ्नो नाम जोड्नु भनेको बेइमानीपूर्ण कुरामात्रै भएको बताए ।

    उनले भने, ‘अहिले अनौठो प्रचार भइरहेको छ । १२-१५ वर्षअघि पार्टी छाडिसकेको व्यक्तिको जग्गाको विषयलाई ल्याएर माओवादीसँग बसेको मान्छेको जग्गा रहेछ यो भनेर नुवाकोटको शेरा दरबारको कुरा ल्याइएको छ । योभन्दा लाजमर्दो र बेइमानीपूर्ण कुरा केही हुनै सक्दैन ।’

    प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानको क्रममा आफ्नै पार्टीका नेताहरु देखिए पनि छुट दिने पक्षमा आफू नरहेको र नदिएको पनि दाबी गरे ।

    उनले भने, ‘मैले सीआईबी र अनुसन्धान टोलीलाई अनुसन्धान गर्दै जाँदा प्रचण्ड नै आए पनि नछाड्नुस् भनेको थिएँ । त्यस्तो भन्ने पहिलो प्रधानमन्त्री म नै हो, तर यी भ्रष्टहरु आफ्नो भ्रष्टाचारीले कुरुप बनेको अनुहार ढाकछोप गर्न झुटा प्रचारको गर्दैछन् । म सरकारलाई चुनौती दिन्छु, शेरा दरबारको जग्गा सरकारको हो भने तुरुन्तै सरकारको नाममा ल्याउँ, मेरो पूरै साथ हुन्छ, तर झूटो प्रचार गरेर बेइमानी नगर ।’

  • झापा पुगेर ओलीलाई प्रचण्डको चेतावनी- गिरीबन्धुमा तपाईंले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्छु

    झापा पुगेर ओलीलाई प्रचण्डको चेतावनी- गिरीबन्धुमा तपाईंले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्छु

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टि-इस्टेट प्रकरणको फाइल खोलेरै छाड्ने दोहोर्‍याएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा आयोजित माओवादीको खबरदारीसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको सुई कांग्रेस र एमालेको हेडक्वार्टरतिर सोझिएपछि आफूलाई सरकारबाट हटाएको दाबी गरे ।

    उनले प्रधानमन्त्री ओलीको दिमागमा जालझेलबाहेक अरु केही नभएको आरोप लगाए ।

    प्रचण्डले भने, ‘उहाँले जालझेल नै गरिराख्नुहुन्छ, तर गिरीबन्धु टि-इस्टेटमा उहाँले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्छु । गिरीबन्धु ओम्नी, वाइड बडीको फाइल खोल्छु । मलाई अलोकतान्त्रिक शैलीमा हटाइयो । मेरो सुई गिरीबन्धुतिर जाँदै थियो । त्यहाँ जानु भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो । त्यही भएर आतंक भएको हो, तपाईंहरुले ढुक्कसँग बुझे हुन्छ । सत्य कुरा त्यही हो । यो भ्रष्टाचारीलाई जोगाउन बनेको सरकार हो । यसले जनताको पक्षमा काम गर्नै सक्दैन ।

  • जम्बो केन्द्रीय कमिटी बैठकको दस्तावेज तयारीमा जुटे प्रचण्ड, के-के समेट्लान् ?

    जम्बो केन्द्रीय कमिटी बैठकको दस्तावेज तयारीमा जुटे प्रचण्ड, के-के समेट्लान् ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने प्रतिवेदन लेखनमा जुटेका छन् । पुस २१ र २२ गते बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने दस्तावेज लेखनमा उनी केन्द्रित भएका हुन् ।

    अध्यक्ष प्रचण्ड बैठकमा पेश गर्ने प्रतिवेदन लेखनमा जुटिसकेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए । उनका अनुसार बैठकमा प्रचण्डले पार्टीको पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषय समेटिनेछन् ।

    आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुगेको पाँच महिनापछि प्रचण्डले सिंगो केन्द्रीय कमिटीको बैठक राख्न लागेका हुन् । केन्द्रीय कमिटीको बैठकअघि प्रचण्डले सबै प्रदेशस्तरीय परामर्श बैठक गरिसकेका छन् ।

    माओवादीमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व छाड्नुपर्नेदेखि प्रदेशस्तरीय परामर्श समितिको बैठकमा आएको सुझावलाई दस्तावेजमा समेट्ने तयारी गरेका छन् । शर्माको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पनि छलफलमा लैजाने प्रचण्डले आश्वासन दिएपछि पार्टीभित्र देखिएको तरंग हल भएको थियो ।

    यस्तै, माओवादीले यही केन्द्रीय कमिटीको बैठकबाट पार्टी एकताको विषयमा पनि निर्णय गर्ने तयारी गरेको छ । माओवादीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपासँग एकताको तयारी गरेको छ । यस्तै, विचार मिल्ने शक्तिहरूसँगको पनि एकता र सहकार्यको प्रयास गर्ने नीति लिएको छ ।

    यही केन्द्रीय कमिटीको बैठकले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्षमा मनोनीत गर्दै आगामी महाधिवेशनको बारेमा पनि बैठकले निर्णय गर्ने तयारी गरेको छ । आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी, पदाधिकारीसहित अन्य कमिटी पनि विधान अनुसार सानो बनाउनुपर्नेमा नेताहरूको जोड छ ।

    अहिले माओवादीको केन्द्रीय कमिटी नै जम्बो आकारको छ । आसन्न बैठकमा ८२५ जना सहभागी हुने सचिव उपाध्यायले बताए । केन्द्रीय कमिटीका संख्या ठूलो भएकाले धुम्बारहीस्थित एक पार्टी प्यालेसमा बैठक बस्न लागेको समेत बताए ।

    बैठकमा पेश हुने एजेण्डाबारे थप छलफल गर्नको लागि १८ गते स्थायी कमिटीको बैठक बस्न लागेको उनले सुनाए ।

    उनले भने, ‘केन्द्रीय कमिटीको बैठकअघि एजेण्डाबारे छलफल गर्नको लागि स्थायी कमिटी बैठक बस्दैछ । त्यो बैठकले पछिल्ला समसामयिकसहित पार्टीको आगामी यात्राबारे निर्णय गर्नको लागि प्रस्ताव लैजान्छ ।’

    लामो सत्तायात्रामा रहेको माओवादी अहिले प्रमुख प्रतिपक्षको जिम्मेवारीमा छ । ०८४ सम्म प्रमुख प्रतिपक्षको जिम्मेवारीमा बसेर पार्टीलाई ०६४ को अवस्थामा फर्काउने संकल्पसहित जनतामा जाने माओवादीको तयारी छ ।

    हालै भएको स्थानीय तहको उपनिर्वाचनबाट उत्साहित माओवादीले कांग्रेस र एमाले भ्रष्टाचारी जोगाउन मिलेको भन्दै तल्लो तहसम्म खबरदारी सभा पनि गर्दै आइरहेको छ ।

  • सच्चिएर अघि बढे आगामी चुनावमा माओवादी पहिलो पार्टी बन्छ : वर्षमान पुन

    सच्चिएर अघि बढे आगामी चुनावमा माओवादी पहिलो पार्टी बन्छ : वर्षमान पुन

    प्यूठान । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनताका मुद्दा बोकेर माओवादी सुध्रिने हो भने आगामी चुनावमा पहिलो पार्टी बन्ने बताएका छन् ।

    माओवादी केन्द्र स्वर्गद्वारी नगरपालिकाको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले माओवादीले पनि विगतमा गल्ती गरेको स्वीकार गरे । माओवादी पार्टी पनि टुटफुट र विभाजनको सिकार हुन पुगेको र सत्तामा पुग्दा जनताका कतिपय एजेण्टा छुट्न पुगेकाले माओवादीले त्यसबाट पाठ सिकेर अघि बढ्न तयार हुनुपर्ने उनले बताए ।

    आफैंलाई सुधारेर अघि बढ्न तयार भएमा आगामी २०८४ को चुनावबाट माओवादी केन्द्र पहिलो दल बन्ने सक्ने उनले दावी गरे । उपनिर्वाचनमा जनमतको हिसावले माओवादी दोस्रो र प्रमुख, उपप्रमुख विजयी भएको हिसावले पहिलो दल भएको दावी गरेका उनले आगामी चुनावमा माओवादी एक्लै लड्ने बताए । जनताले माओवादी एक्लै एजेण्डमा टेकेर उभियोस भन्ने चाहेको उनले चर्चा गरेका छन् ।

    लोकतन्त्रको विकल्प अझ परिस्कृत लोकतन्त्र हुने उल्लेख गरेका उपमहासचिव पुनले जनताले उठाएका प्रश्नहरुको जवाफ दिने र कमजोरी सच्याएर परिमार्जन गर्दै आफूलाई पुष्टि गर्नुपर्ने बताए । नयाँ भनिएका दलहरु पनि विकल्पका रुपमा आउन नसकेको टिप्पणी गर्दै नेता पुनले सिद्धान्त, विचार, संस्कृति र इतिहास नभएकाहरु नयाँ दल र वैकल्पिक शक्ति हुन नसक्ने बताए ।

    ‘माओवादीले आफूलाई पनि सच्याउनु पर्छ, जनताको विश्वास पूरा गर्नुपर्छ, जनताले विश्वास गरेका पनि छन् । माओवादीले विगतका गल्तीबाट पाठ सिक्नुपर्दछ । विगतमा संविधान र शान्ति प्रकृयाका काम गर्नका लागि कांग्रेस–एमालेसँग मिल्नुपर्ने हाम्रो बाध्यता थियो । तर अहिले उनीहरुलाई यो परिवर्तन मन परेको छैन । उनीहरु पछि फर्कन खोजेका छन् । हामी त्यो मान्न तयार नभएकै कारण अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढालिएको हो ।’

    केही विचौलियाहरुको काम गर्न छोडेर जनताको काम गर्न भनेरै सरकार छोडेको बताएका उनले कांग्रेस एमालेको स्वार्थ मिलेकाले एक ठाउँमा आएको बताए ।

    ‘जनतामा अहिले कांग्रेस–एमालेप्रति विश्वास छैन । नयाँप्रति पनि विश्वास छैन । हामीले समाजवादी गणतन्त्रमा जाने विकल्पसहित लोकतन्त्रलाई सर्भिसिङ र सुद्धिकरण गरेर जनताको बाटोमा अघि बढ्न तयार हुनुपर्छ,’ उनले भने ।

  • माओवादीका उपलब्ध पदाधिकारीलाई खुमलटार बोलाइयो

    माओवादीका उपलब्ध पदाधिकारीलाई खुमलटार बोलाइयो

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले उपलब्ध पदाधिकारी बैठक बोलाएको छ । स्थायी समिति, केन्द्रीय समिति बैठकको तयारीका लागि अनौपचारिक बैठक बोलाइएको पार्टीका कोषाध्यक्ष समेत रहेका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार बैठक दिउँसो ३ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बोलाइएको हो ।

    उपाध्यक्ष पम्फा भुसालले पदाधिकारी बैठक बोलाएको आफूलाई जानकारी भए पनि के विषयमा केन्द्रित भन्ने बारेमा थाहा पाइ नसकेको बताइन् ।

    यसअघि मंसिर २८ मा बसेको स्थायी समिति बैठकले पुस १८ देखि २० गतेसम्म स्थायी समिति र २१ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरिसकेको मुख्यसचिव ढकालले बताए ।

  • माओवादी पहिलो पार्टी बने भ्रष्टाचारीहरुलाई देशबाट लखेट्छौं, गिरीबन्धुको फाइल खोल्छौं: प्रचण्ड

    माओवादी पहिलो पार्टी बने भ्रष्टाचारीहरुलाई देशबाट लखेट्छौं, गिरीबन्धुको फाइल खोल्छौं: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी भएमात्रै देशबाट भ्रष्टाचारको अन्त्य हुने दाबी गरेका छन् ।

    कञ्चनपुरको पुनर्वासमा माओवादीले आयोजना गरेको खबरदारी तथा पार्टी एकता समायोजनसभालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारीहरुले आफू नेतत्वको सरकार ढालेको दाबी गरे ।

    उनले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु, गिरीबन्धुको फाइल खुल्नेछ । त्यसलाई लुकाउन दिइनेछैन । ओम्नीमा भएको भ्रष्टाचार छोडिनेछैन । वाइडबडीको भ्रष्टाचार छोडिनेछैन । यो सबैको निम्ति माओवादीलाई पहिलो बनाउनुपर्छ । हेर्नुहोला, अर्को पटक माओवादी बलियो भयो भने सुशासनको नयाँ युग सुरु हुनेछ । भ्रष्टाचारीलाई लखेट्ने प्रक्रिया सुरु हुनेछ । यो विश्वास तपाईंहरुलाई दिलाउँछु ।’

    प्रचण्डले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारको पक्षमा धेरै काम गरेको जिकिर गरे ।

  • अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हदबारे छिनोफानो गर्न मतदान

    अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हदबारे छिनोफानो गर्न मतदान

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा उमेर लगाउने कि नलगाउने भन्ने विषयमा देशभर मतदान सुरु भएको छ।

    अखिल क्रान्तिकारीको नेतृत्वमा ३२ वर्षे उमेर हद तोक्ने कि नतोक्ने भन्ने विषयमा निर्वाचनबाट छिनोफानो गर्न लागेको हो।

    अखिल क्रान्तिकारीको संगठनात्मक संरचना अनुसार भौगोलिक र गैर भौगोलिक ८६ वटा जिल्ला मतदान केन्द्रमा मतदान चलिरहेको छ। बिहान १० बजेबाट सुरु भएको मतदान बेलुका ४ बजेसम्म चल्नेछ।

    संगठनको इतिहासमा पहिलोपटक विधान उपर मतदान भएको नेतृ पञ्चा सिंहले बताइन्। उनले भनिन्, ‘प्रतिनिधिहरु आफ्नो विवेक प्रयोग गर्न सक्षम र योग्य भएकै कारण अखिल क्रान्तिकारीको नीति र नेतृत्वको फैसला गर्ने अधिकार छ प्राप्त गरेको हो।’

    दवाव र प्रभावमा नपरी निर्देशित जनवाद होइन उच्च जनवाद प्रयोग गरेर संगठनले प्रदान गरेको यो ऐतिहासिक अवसरको सहि सदुपयोग गर्न सम्पुर्ण प्रतिनिधिलाई आग्रह पनि गरिन्।

    उमेर हदको टुंगो लागिसकेपछि यही १७ गते नेतृत्व चयनका लागि भूगोल र गैर भूगोलगरी ९ प्रदेशस्तरमा मतदान हुनेछ।

    असोज १०/१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रुप लिएपछि स्थगित भएको थियो। अहिले नेतृत्वका लागि दीपेश पुन, मदन भुल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, जीपी मैनालीलगायतको दाबी छ।

    तर, पार्टी नेतृत्वको आकांक्षा राखेझैं ३२ वर्षे उमेर हद लागू भए अहिले नेतृत्वको दौडमा रहेका अधिकांश बाहिरिनेछन्।

  • अखिल क्रान्तिकारीमा उमेर हदबारे छिनोफानो गर्न पुस १३ मा निर्वाचन, नेतृत्व चुन्न १७ गते

    अखिल क्रान्तिकारीमा उमेर हदबारे छिनोफानो गर्न पुस १३ मा निर्वाचन, नेतृत्व चुन्न १७ गते

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

    पहिलो चरणमा ३२ वर्षे उमेर हद र दोस्रो चरणमा नेतृत्व चयनको लागि चुनाव हुनेगरी कार्यतालिका सार्वजनिक भएको हो ।

    उमेरहदका लागि पुस १३ गते र नेतृत्व चयनका लागि १७ गते निर्वाचन हुनेछ । उमेर हदबारे जिल्ला भूगोल र गैर भूगोग गरी ८६ मतदान केन्द्र रहनेछ । भने नेतृत्व चयनका लागि भूगोल र गैर भूगोलगरी ९ प्रदेशस्तरीय मतदान केन्द्र रहनेछ ।

    असोज १०–१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रुप लिएपछि स्थगित भएको थियो । तर, अब निर्वाचन प्रक्रियाबाटै छिनोफानो गर्न लागेको हो ।

    अहिले नेतृत्वका लागि दीपेश पुन, मदन भुल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, जीपी मैनालीलगायतको दाबी छ ।

    तर, पार्टी नेतृत्वको आकांक्षा राखेझैं ३२ वर्षे उमेर हद लागू भए अहिले नेतृत्वको दौडमा रहेका अधिकांश बाहिरिनेछन् ।

     

  • कार्यान्वयनमा ढिलाइ हुँदा संघीयता खारेज गर्नुपर्छ भन्नेलाई बल पुग्यो: नारायणकाजी श्रेष्ठ

    कार्यान्वयनमा ढिलाइ हुँदा संघीयता खारेज गर्नुपर्छ भन्नेलाई बल पुग्यो: नारायणकाजी श्रेष्ठ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीयता कार्यान्वयनका लागि केही बाध्यकारी निर्णय गर्न ढिलाइ भइरहेको बताएका छन् ।

    ‘संघीयता, राष्ट्रियसभा र अगामी कार्यभार’ विषयक अन्तरक्रियामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले संघीयतालाई समयअनुसार परिमार्जन र विकास गर्दै जानुपर्ने बताए ।

    उनले भने, ‘हामीले नेपालमा संघीयता आवश्यक छ भनेर संघर्ष गरेर यो संघीय व्यवस्था ल्याएका छौं । हामीले संविधानमा पनि संस्थागत गरेका छौं । संघीयताको बारेमा हिजो पनि मतभिन्नता थियो । संघीयता चाहिँदैन भन्ने पनि एउटा दृष्टिकोण थियो । आज कार्यान्वयनमा जति जटिलता देखिएको छ र जति उपलब्धि प्राप्त गर्नुपर्ने, त्यो लाभ पूरा गर्न नसकेको सन्दर्भमा अहिले संघीयता खारेज गर्नुपर्छ भन्ने दृष्टिकोणका साथ प्रस्तुत भएको छ ।’

    उनले अहिलेसम्मको कमजोरीहरुलाई आत्मसमीक्षा गर्दै कार्यान्वयनमा अगाडि बढ्नुपर्ने बताए ।

    संघीयता आवश्यक छैन भन्नेहरु संविधानमा उल्लेख भएकाले स्वीकार्न बाध्य भएको भन्नेहरु पनि अहिले नेतृत्वमा रहेको उनको भनाइ छ ।

    वरिष्ठ उपाध्यक्ष श्रेष्ठले थप भने, ‘भ्रष्टाचार तलसम्म पनि संस्थागत भएको छ । त्यो संघीयता नभएरमात्रै रोकिने कुरा होइन, तर तलसम्मको सत्तामा भ्रष्टाचार बढेको गएको कुरा सही हो, त्यसलाई चाहिँ हामीले रोक्नुपर्छ । त्यसले प्रभाव पारेको छ ।

  • सरकारलाई जनार्दनको चेतावनी- जनतामा निराशा रोक्न नसके व्यवस्था र पार्टीहरुप्रति नै खतरा आउनसक्छ (भिडिओ)

    सरकारलाई जनार्दनको चेतावनी- जनतामा निराशा रोक्न नसके व्यवस्था र पार्टीहरुप्रति नै खतरा आउनसक्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले दुई ठूला दल मिलेर बनेको सरकारले पनि जनताका आशा र अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।

    काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकार विकास र समृद्धिको बाटोमा हिँड्न नसकेको बताए।

    उनले भने, ‘अहिले दुइटा ठूला दलको सरकार छ। ठूला दुइटा दलको सरकारले जनताको आशा र अपेक्षालाई सम्बोधन गर्छ भन्ने ठानेका हामी सबैले थियौं। तर यो पाँच महिनामा आइपुग्दा सम्बोधन नगरेको भन्ने कुरा यहाँहरुबाट नै सम्प्रेषण भइरहेको छ। पक्कै पनि यो सत्य नै होला भन्ने मलाई लाग्छ। विकास र समृद्धि, सुशासनको सन्दर्भमा जुन गति लिनुपथ्र्यो। त्यो ढङ्गमा यो सरकारले काम गरिरहेको छैन भन्ने कुरा आइरहेको छ। त्यतातिर मेरो ध्यानाकार्षण भएको छ।’

    जनतामा निराशा बढ्दै जाने खतराबाट वर्तमान राजनीतिक व्यवस्था र पार्टीहरुप्रति नै गम्भीर खतरा उत्पन्न हुनसक्ने स्थिती देखिएको बताए।
    उनले थपे, ‘जनतालाई निशास बनाउने होइन। सुशासन, विकास र समृद्धिको एजेण्डाहरुमा जनतालाई आशा जगाउने दिशातिर सरकार अगाडि बढ्नुपर्छ।’

  • अखिल क्रान्तिकारीको नेतृत्व चयनको लागि दुई चरणमा निर्वाचन हुने, कहिलेबाट अघि बढ्छ प्रक्रिया ?

    अखिल क्रान्तिकारीको नेतृत्व चयनको लागि दुई चरणमा निर्वाचन हुने, कहिलेबाट अघि बढ्छ प्रक्रिया ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनको लागि दुई चरणमा निर्वाचन हुने भएको छ। पहिलो चरणमा उमेर हदबारे निर्वाचनबाट छिनोफानो भइसकेपछि मात्रै नेतृत्व चयनको लागि चुनाव गर्ने तयारी गरेको हो।

    असोज १०–१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रुप लिएपछि स्थगित भएको थियो। तर, उमेर हदबारे निर्वाचनपछि मापदण्ड टुंगिएपछि मात्रै नेतृत्व चयनको कार्यसूची अघि बढ्ने अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले बताए।

    उनले भने, ‘पहिला ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्नेमा पहिलो चरणमा निर्वाचन हुन्छ। सम्मेलन भएजस्तो अब सबैलाई काठमाडौं बोलाएर हुँदैन। उमेर हदबारेको निर्वाचनमा जिल्ला जिल्लामै हुन्छ।’

    उनले उमेर हदको ९६ मतदान केन्द्र राख्ने तयारी भइरहेको बताए। उनले थपे, ‘उमेर हदबारे टुंगो लागेपछि त्यही मोडालिटी अनुसार नेतृत्व छनोटको लागि निर्वाचन प्रक्रिया अघि बढ्छ। नेतृत्व छनोटका लागि भने प्रदेश प्रदेशमा निर्वाचन हुन्छ।’

    उनले निर्वाचन आयोगले एक दुई दिनभित्रै कार्यतालिका सार्वजनिक गर्नेगरी तयारी गरिरहेको बताए। असोज १०–१५ भएको सम्मेलन भाँडिएपछि मंसिर २३ र २४ का लागि तोकिएको थियो। तर, पार्टीले हस्तक्षेप गरेर तत्काललाई सम्मेलन स्थगित गरेर उमेर हद र प्रतिनिधिबारे पहिला टुंग्याउने निर्देशन दिएको थियो।

    अहिले नेतृत्वका लागि दीपेश पुन, मदन भुल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, जीपी मैनालीलगायतको दाबी छ। तर, पार्टी नेतृत्वको आकांक्षा राखेझैं ३२ वर्षे उमेर हद लागू भए अहिले नेतृत्वको दौडमा रहेका अधिकांश बाहिरिनेछन्।

  • प्रधानमन्त्री हुँदा राष्ट्रिय मानक बन्नेगरी काम गर्ने जमर्को गरें: प्रचण्ड

    प्रधानमन्त्री हुँदा राष्ट्रिय मानक बन्नेगरी काम गर्ने जमर्को गरें: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा राष्ट्रिय मानक बन्नेगरी काम गरेको दाबी गरेका छन् ।

    गोरखा-ताकुकोट सेवा समाज काठमाडौंको साधारणसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरोधी अभियानदेखि देशको अर्थतन्त्र लयमा फर्काउन आफू प्रधानमन्त्री हुँदा धेरै मेहनत गरेको बताए ।

    उनले भने, ‘म गोरखाबाट निर्वाचित भएर प्रधानमन्त्री भएपछि मैले केही राष्ट्रिय मानकहरु बनाउने जमर्को गरें, सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध सामाजिक न्यायको पक्षमा, गम्भीर आर्थिक संकटमा रहेको देशलाई विस्तारै लयमा फर्काउने र राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा देशको प्रतिष्ठा र हितको निम्ति वातावरण बनाउन धेरै मेहनत गरें । म प्रधानमन्त्री भएपछि गोरखावासीको अपेक्षाअनुसार काम गर्न केही कमी भएको महसुस भएकै थियो, तर मैले देशको प्रतिष्ठा बढाउने धेरै काम गरिरहेको थिएँ । अहिले मैले फेरि अवसर पाएको छु ।’

    उनले गोरखाको विकासको लागि आफूले काम गरिरहेको बताए ।

    प्रचण्डले थपे, ‘जडिबुटी प्रशोधन, रुग्ण उद्योग सञ्चालन, बुढीगण्डकी परियोजना अगाडि बढाउने, गोरखकाली रबर उद्योग सञ्चालन गर्ने सबै विषयमा म प्रधानमन्त्री हुँदा महत्वपूर्ण निर्णय गरेको छु, तर अहिलेको सरकारले त्यसलाई अगाडि बढाउनेभन्दा पनि निजीकरण गर्न खोज्दैछ ।’

  • एनपीएलको फाइनल हेर्न प्रचण्ड र गृहमन्त्री लेखक पनि पुगे कीर्तिपुर मैदान

    एनपीएलको फाइनल हेर्न प्रचण्ड र गृहमन्त्री लेखक पनि पुगे कीर्तिपुर मैदान

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हेर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पुगेका छन्।

    जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको खेल गर्नको लागि कीर्तिपूर मैदानमा प्रचण्ड पुगेका हुन्। प्रचण्डसहित गृहमन्त्री रमेश लेखक, नेता राजेन्द्र महतोलगायत नेताहरु पनि रंगशाला पुगेका छन्।

    अहिले जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जित्दै पहिला ब्याटिङ गरिरहेको छ। सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तानी आशिफ शेखले सम्हालेका छन् ।