Category: माओवादी केन्द्र

  • रविको बचाउमा प्रचण्ड- हिजो प्रधानमन्त्री अफर गरेकाहरू न्यायपालिकालाई धम्क्याएर सडाइछाड्ने षड्यन्त्रमा छन् (भिडिओ)

    रविको बचाउमा प्रचण्ड- हिजो प्रधानमन्त्री अफर गरेकाहरू न्यायपालिकालाई धम्क्याएर सडाइछाड्ने षड्यन्त्रमा छन् (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले रास्वपा सभापति रवि लामिछानेलाई सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिए पनि देशको सबैभन्दा ठूलो सहकारी ठगका रूपमा देशभर दौडाइरहेको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सरकार बलियो तब देखिन्छ, जब प्रतिशोध लिनुपर्ने हुन्छ । त्यसको सबैभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनहुन्छ । सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिएका उहाँलाई आज देशको सबैभन्दा ठूलो सहकारी ठगका रूपमा देशभर दौडाइएको छ ।’

    हिजो रविलाई प्रधानमन्त्री बनाउन अफर गरेकाहरू आज न्यायपालिकालाई धम्क्याएर भए पनि सडाइ छाड्ने षड्यन्त्रमा लागिरेको दाबी गरे ।

    प्रचण्डले थपे, ‘त्यसका लागि सिंगो राज्यको दुरुपयोग भएको छ । म सम्माननीय सभामुखलाई पनि निवेदन गर्दछु, अदालतहरूले धरौटीमा छाडिसकेपछि संसदबाट रवि लामिछानेको निलम्बन कति संवैधानिक र न्यायपूर्ण छ ? राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट सम्पत्ति शुद्धीकरणको आरोप लाग्ने र त्यसबाट सांसद पद निलम्बन हुने हो भने भोलि यसको कुन तहसम्मको दुरुपयोग हुनसक्छ ?’

    सहकारी ठगीमा सरकारको मापदण्ड अन्यायपूर्ण मात्र छैन, अपराधपूर्ण भएको बताए ।

    उनले भने, ‘सत्ताका मान्छे घरमै बसेर फरार हुन पाउँछन् । अन्तिम दिन अदालतमा हाजिर हुन पाउँछन् । त्यही दिन पेशी पाउँछन्, वयान दिन पाउँछन् । सरकारी वकिलले त्यही दिन टुंग्याउँछन् अनि त्यही दिन फैसला आएर आरोपी घर जान्छ । उता रोजगारीका लागि दलाललाई पैसा बुझाउने सोझा निर्दोष जनतामाथि मुद्दा चल्छ, तर मानव तस्करीमा सिधै जोडिएको मन्त्रीलाई मुद्दा नचलाएर उन्मुक्ति दिइन्छ । एकातिर प्रतिपक्षी पार्टीका सभापतिमाथि संगठित अपराधको समेत मुद्दा किन थपिएन भनेर महान्यायाधिवक्ता कार्यालयमार्फत जिल्ला सरकारी वकिलको सरुवा अनि छानविन गरिन्छ । अर्कोतर्फ त्यहिदिन सरकारी जग्गा भ्रष्टाचारमा आरोपित सत्तारुढ सांसदमाथि मुद्दा नचलाउने निर्णय सरकारी वकिल कार्यालयले गर्छ ।’

    सत्ताको यो तहको दुरुपयोग र मत्स्यन्यायले जनतामा घृणा जन्माउँदैन ? भन्दै प्रश्न गरे। सरकार र गठबन्धनका लागि कानुनका फरकफरक मापदण्ड छन्, फरकफरक व्याख्या भइरहेको बताए ।

    उनले भने, ‘सहकारी अपचलनमा सिधै संलग्न नभए पनि कम्पनीमा सहकारीको रकम आएकै कारण अर्को एउटा पार्टीको अध्यक्ष महिनौं हिरासतमा राखिन्छ, उसलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा चलाइन्छ । यदि दोस्रो नेतालाई संगठित अपराधी मान्ने हो भने पहिलो नेता त्यो अपराधबाट कसरी जोगिन सक्छ ? कर छली र ललिता निवास प्रकरणबाट आएको पैसाले केन्द्रीय कार्यालय बनाइरहेको पार्टी संगठित अपराधको मतियार हो कि होइन ? भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक र अख्तियार ऐन संशोधनमा प्रधानमन्त्रीको ठाडो हस्तक्षेप नीतिगत भ्रष्टाचार हो कि होइन ?’

  • सामाजिक सञ्जाल विधेयकबारे प्रचण्ड- पाइलैपिच्छे जेल र जरिवानाको तरबार झुण्ड्याइएको छ (भिडिओ)

    सामाजिक सञ्जाल विधेयकबारे प्रचण्ड- पाइलैपिच्छे जेल र जरिवानाको तरबार झुण्ड्याइएको छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयक आपत्तिजनक रहेको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिवानाको तरबार झुन्डाइएको टिप्पणी गरे ।

    उनले भने, ‘अहिले त बोलेकै आधारमा नागरिकलाई हत्कडीमा जिल्ला घुमाइरहेको सरकारले पारित भएपछि के गर्ला ? गम्भिर प्रश्न खडा भएको छ ।’

    पाथीभरा केबलकार निर्माणको विषयमा सरकारले बल प्रयोग गरेको उनले आरोप लगाए । संवादबाट समस्या समाधान गर्नुको सट्टा दमन गरेको प्रचण्डको जिकिर छ ।

  • अध्यादेशबारे कांग्रेस र एमालेलाई प्रचण्डको प्रश्न- ३५ वर्ष नदेख्नेले अहिले ६ दिन विकास ढिलो हुने देख्नुभयो ? (भिडिओ)

    अध्यादेशबारे कांग्रेस र एमालेलाई प्रचण्डको प्रश्न- ३५ वर्ष नदेख्नेले अहिले ६ दिन विकास ढिलो हुने देख्नुभयो ? (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार नै संसद छलेर हिँड्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै संसद बोलाउनुभन्दा ६ दिनअघि किन ल्याइयो ? भन्दै प्रश्न गरे ।

    उनले भने, ‘पछिल्लो ३५ वर्षमा कांग्रेसले १२ पटक, एमालेले ७ पटक प्रधानमन्त्री चलाएको देखिन्छ । ३५ वर्ष शासन गरेपछि देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनुभएको हो ? ३५ वर्षसम्म त त्यो आवश्यकता देख्नुभएन । अहिले ६ दिनअघि अध्यादेश ल्याएर चमत्कार गर्न खोज्नुभएको हो ?’

    उनले सरकारले ल्याएको अध्यादेशको नियतमै सही नभएको बताए ।

  • सदनमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन

    सदनमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन

    काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गरेका छन् ।

  • ‘कुजातको संगतले प्रचण्ड बिग्रिएको’ मा संसदमा उठ्यो प्रश्न, सभामुखबाट रुलिङको माग (भिडिओ)

    ‘कुजातको संगतले प्रचण्ड बिग्रिएको’ मा संसदमा उठ्यो प्रश्न, सभामुखबाट रुलिङको माग (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रममा कुजात भन्ने शब्द प्रयोग गरेकोमा सांसद ईश्वरबहादुर रिजालले आपत्ति जनाएका छन् ।

    प्रतिनिधिसभाको विहीबारको बैठकमा शून्य समयमा बोल्दै एमाले सांसद रिजालले कुजात भनेर के भन्न खोजेको र संविधानमा कहाँ छ भनी सभामुखमार्फत प्रश्न गरेका छन् ।

    सांसद रिजालले भने, ‘झण्डै अढाइ महिनाअघि पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक मञ्चमा कुजातहरूको संगतले हामी पनि बिग्रियौं भनेर बोल्नुभयो । मैले वृहत नेपाली शब्दकोश पल्टाउँदा कुजात भन्नाले तल्लो जात र अछुत भन्ने रहेछ । संविधानमा हेर्दा कुनै पनि अनुसूचीमा कुजात भन्ने समेटिएको छै न । म सभामुखलाई रुलिङका लागि आग्रह गर्छु,विपक्षी दलको नेताले यसबारेमा प्रष्ट पार्नुहोस्, नत्र भ्रम हुने भयो ।’

    सांसद रिजाल दलित समुदायका अगुवासमेत हुन् ।

  • अछाम पुगेर बादलले भने- जनयुद्ध हिंसा नै हो, नेकपा छाडेर प्रचण्डले माओवादीको गुट बनाए (भिडिओ)

    अछाम पुगेर बादलले भने- जनयुद्ध हिंसा नै हो, नेकपा छाडेर प्रचण्डले माओवादीको गुट बनाए (भिडिओ)

    पत्रकार महासंघ अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनयुद्धलाई उक्त टिप्पणी गरेका हुन् । तत्कालीन समयमा माओवादीको तेस्रो वरीयता सम्हालेका बादल युद्धको आर्किटेक्ट मानिन्छन् । सर्वोच्च अदालतले नेकपाको दर्ता बदर गरेपछि उनी एमालेमै रहेका थिए ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धलाई हिंसाको रूपमा चित्रण गर्दा तपाईँ जनयुद्धप्रति गर्व गर्नुहुन्छ कि हुन्न ? भन्ने पत्रकारको प्रश्नमा उपाध्यक्ष बादलले भने, ‘जनयुद्ध भनेको युद्ध हो । युद्ध भनेको हिंसा हो । हिंसामा मर्ने र मार्ने हुन्छ । यो कुरालाई माओवादीले पनि मान्छ । हिंसा भनेको संघर्षको सर्वोच्च रूप हो । प्रत्येक हिंसा युद्ध होइन । युद्ध भनेको राजनैतिक आन्दोलनको उच्चतम रूप हो । ’

    तत्कालीन अवस्थामा नेकपा गठन गर्दा पनि यस विषयमा गहन छलफल भएको उपाध्यक्ष थापाको भनाइ थियो । १० वर्षको जनयुद्धले वा सशस्त्र संघर्षले नेपालको लोकतन्त्रिक क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेको एमालेको १०औँ महाधिवेशनले पनि पूर्ण रूपमा निषेध नगरेको उनले बताए ।

    माओवादीले युद्ध सुरू गर्दा एमालेको तत्कालीन समर्थन नभएको उनको भनाइ थियो । थापाले जनयुद्ध दिवस मनाउनुको पनि कुनै अर्थ नरहेको टिप्पणी गरे ।

    ‘जनयुद्ध दिवस कहीँ दुनियाँमा मनाइँदैन । माओवादीहरूको एक ढङ्गको इस्टनबाजी हो । गणतन्त्र दिवस मनाउने हो । संविधान दिवस मनाउने हो । त्यो मनाइरहेका छौं ’, उनले भने, ‘जनयुद्ध दिवस मनाउने माओवादीको गलत डिसिजन हो । ’

    अर्को प्रसङ्गमा उनले नेकपा एमाले र नेपाली कांग्रेसको समीकरण ०८४ सम्म जाने बताए ।

    ‘यसलाई भत्काउने कोसिस भइरहेको छ । यो भत्किने सम्भावना छैन ’, थापाको दाबी थियो ।

    पछिल्लो समय पार्टी छोड्ने र जोडिने सन्दर्भ जोड्दै आफू कुनै पार्टी छाडेर नआएको, नेकपाकै निरन्तरता स्वरूप एमालेमा रहेको थापाले प्रष्ट्याए ।

    ‘अर्को पार्टी छोडेर एमालेमा आएको होइन । विचारमा एकरूपमा भएको हुँदा म एमालेमा आएको हुँ । यो नयाँ एमाले हो, पुरानो एमाले होइन । माओवादी केन्द्र र नेकपा एमाले मिलेर नेकपा भएको हो । त्यो नयाँ पार्टी हो’, उनको भनाइ छ ।

    पार्टी लाइनबाट विचलित भएर केही सदस्यहरूसहित प्रचण्ड पार्टीबाट निस्किएको बादलले बताए । माधव नेपाल र वामदेव पनि अवसर नपाएर नेकपाको निरन्तरताबाट बाहिर गएको उनको आरोप थियो ।

    ‘प्रचण्ड नेकपा छाडेर माओवादी केन्द्रमा लागे र गुट बनाए । माधव कुमार नेपालजी यहाँबाट फुट्नु भयो नेकपा एस बनाउनु भयो । वामदेव फुट्नु भयो । एकता अभियान बनाउनु भयो । उहाँहरूमा विचलित हुनुभयो । म त्यस्तो होइन ’, उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री हुन पाएनन् , एकल अध्यक्ष हुन पाएनन् । माधव नेपालले प्रधानमन्त्री वा पार्टी अध्यक्ष नपाएर फुटेर गए ।’

    आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर निर्णायक राष्ट्रिय शक्ति बन्न कसैले रोक्न नसक्ने थापाको दाबी थियो ।

    ‘मिसन ०८४ मा हुने निर्वाचनमा बहुमत ल्याउनुपर्छ । एमालेले बहुमत ल्याएपछि मात्रै सुखी नेपाली संवृद्ध नेपालको परिकल्पना पुरा हुन्छ ’, उनले भने , ‘निर्णायक राष्टिय शक्ति बनाएर सरकार चलाउने लक्ष्य छ । त्यो पूरा हुन्छ । त्यसका लागि जनताको मन जित्नेगरि काम गर्न सबै नेता कार्यकर्ताहरूलाई भनेका छौँ ।’

    शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुंग्याउन सरकार लागिरहेको उनको भनाइ थियो । अछामको विकास र समृद्धिको लागि सबैभन्दा पहिलो यहि ठाउँमा जनप्रतिनिधि गम्भीर हुनुपर्ने र एमालेले केन्द्रमा त्यसको भूमिका निर्वाह गर्ने उनले बताएका थिए ।

  • प्रचण्डको प्रष्टीकरण- पार्टी एक ढिक्का छ, बाहिर चर्चा भए जस्तो केही हुनेवाला छैन (भिडिओ)

    प्रचण्डको प्रष्टीकरण- पार्टी एक ढिक्का छ, बाहिर चर्चा भए जस्तो केही हुनेवाला छैन (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै समस्या नभएको प्रष्टीकरण दिएका छन् ।

    अखिल क्रान्तिकारीको निर्वाचनमा उपमहासचिव जनार्दन शर्मा पक्ष हावी भएको तरंग माओवादी वृत्तमा चलिरहेको बेलामा म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले पार्टीको केन्द्रीय समिति एक ढिक्का रहेको बताए ।

    उनको भनाइ जस्ताको तस्तै

    हामीले पार्टी एकता कायम राख्न सकेनौं, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौं । म अन्तर्आत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने संकल्पका साथ अघि बढेका छौं । आखिर हाम्रो तागत जनताको तागत नै हो ।

    हामी हिजो जंगलमा थिएनौं, जनताको काखमा थियौं । अहिले हामी जंगलमा भयौं, काठमाडौंको जंगलमा । जाली फटाहा, पूँजीपतिहरुको बीचमा । त्यहाँ पनि मजदुर र किसान छन् । ती समुदायसँग सम्बन्ध स्थापित गर्ने र जनतातिर फर्कने कसम खाएर म देशभर हिँडिरहेको छु र अब हाम्रो सिंगो पार्टी हिँड्दैछ । तपाईंहरुले कहिलेकाहीँ पत्रिका, रेडियो, टीभीमा हेर्नुहुन्छ, सुन्नुहुन्छ होला, लौ यो पार्टीमा त के के हुन लाग्यो, त्यस्तो केही हुनेवाला छैन ।

    हाम्रो केन्द्रीय समिति एक ढिक्का छ । छिट्टै माओवादी जतिलाई एकताबद्ध गरिँदैछ । हेर्नुहोला, सबै फुटेका माओवादीलाई एकै ठाउँमा ल्याउने काम गर्दैछौंं, गर्छौं पनि । समाजवादीहरुलाई पनि एकै ठाउँमा ल्याउने काम गर्दैछौं ।

    अब हामीले तपाईंहरुको बीचमा केही त्रृटि त गरेकै हौं । तैपनि हाम्रै छोराछोरी हौं भनिदिनुपर्‍यो । तपाईंले त्यसो भनिदिनुभयो भने २०६४ होइन, २०८४ मा त्योभन्दा पनि राम्रो गर्नसक्छौं ।

  • प्रचण्डको दाबी- मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग बनाउने प्रस्ताव मेरो हो (भिडिओ)

    प्रचण्डको दाबी- मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग बनाउने प्रस्ताव मेरो हो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण प्रस्ताव गरेको बताएका छन् ।

    म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले मध्यपहाडी लोकमार्ग बनाउने प्रस्ताव आफ्नै भएको बताए ।

    प्रचण्डले भने, ‘मध्यपहाडी लोकमार्ग पूर्वदेखि पश्चिमसम्म तपाईंहरुले देख्नुभएको छ, मैले पहिलो पटक प्रधानमन्त्री हुँदा चुरेदेखि पूर्वपश्चिम मदन भण्डारी राजमार्ग बनाउने प्रस्ताव मेरो हो । मध्यपहाडी लोकमार्ग पूरा हुँदैछ । चुरेको फेदबाट अर्को लोकमार्गको प्रस्तावक, अनि उत्तरदक्षिण करिडोर बनाएर नेपाललाई एकीकृत र केन्द्रीकृत संरचनामा ल्याउने काम मैले गरेको हो । अहिले काम अगाडि बढेको छ।’

    उनले देशलाई लोडसेडिङ मुक्त बनाउन आफूले नै विद्युत प्राधिकारणमा कुलमान घिसिङलाई ल्याएर ऊर्जामन्त्रीमा जनार्दन शर्मालाई पठाएपछि सफल भएको दाबी गरे ।

  • ओलीले ढाँटछल र जालझेल गर्नुसम्म गरे, यस्ता मान्छे प्रधानमन्त्री भएर देश बन्दैन: प्रचण्ड (भिडिओ)

    ओलीले ढाँटछल र जालझेल गर्नुसम्म गरे, यस्ता मान्छे प्रधानमन्त्री भएर देश बन्दैन: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो जालीझेली र ढाँटछल अरु कसैले गर्न नसक्ने बताएका छन् ।

    म्याग्दीको बेनीमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै उनले ओली संविधानविपरीत प्रधानमन्त्री बनेको आरोप लगाए ।

    आफूले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतले कांग्रेस सभापति प्रधानमन्त्री बन्नुपर्नेमा संविधान मिचेर ओलीलाई बनाइएको प्रचण्डले दाबी गरे ।

    उनले भने, ‘यो गठबन्धन बनाउने बेलामा एमालेको नेता, जो अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँले यति धेरै ढाँटछल, जालझेल गर्नुभयो । मलाई त गर्नसम्म गर्नुभयो । तपाईंहरुले सुन्नुभएकै छ स्वर्ग र नर्कको कुरा । उहाँ हस्ताक्षर गरेर आएर गरेकै छैन भन्ने, यस्तो जालीझेली, यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ? देशको लागि यो भन्दा ठूलो दुर्भाग्य के होला ।’

    प्रचण्डले बाहिर कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि बिचौलिया र दलालहरुले बनाएको आरोप लगाए ।

    उनले भ्रष्टाचारविरुद्धको अभियान चलाएपछि कांग्रेस-एमालेका ठूला नेताहरु पर्ने देखेपछि रातारात मिलेको दाबी गरे ।

  • विधानमा भएको नीतिगत त्रुटि सच्याउन क्रान्तिकारीका ६ प्रदेश अध्यक्षको माग, कार्यक्रम वहिष्कारको चेतावनी

    विधानमा भएको नीतिगत त्रुटि सच्याउन क्रान्तिकारीका ६ प्रदेश अध्यक्षको माग, कार्यक्रम वहिष्कारको चेतावनी

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका ६ प्रदेश कमिटीले विधानमा भएको नीतिगत त्रुटि सच्याउन माग गरेका छन्। मधेश प्रदेश बाहेक सबै प्रदेश कमिटी अध्यक्षले केन्द्रीय कार्यालयलाई पत्र पठाएका हुन्।

    पत्रमा भनिएको छ, ‘अहिलेको अवस्थामा २३ औँ राष्ट्रिय सम्मेलनको नेतृत्व चयन प्रक्रिया उमेरहद लागू भए पश्चात् भएको छ । उमेरहद लागू भए पश्चात् राजनीतिक पृष्ठभूमिमा प्रदेश अध्यक्ष र पदाधिकारीहरू भन्दा जुनियर साथीहरूले केन्द्र कै पदाधिकारीमा विजय हासिल गर्नु स्वभाविक नै हो भन्ने हाम्रो बुझाई छ ।’

    उनीहरूले संगठनले प्रदेश अध्यक्षहरूलाई केन्द्रको उपाध्यक्ष सोसरह, प्रदेशको उपाध्यक्षदेखि प्रमुख सचिवसम्मलाई उपमहासचिव सोसरह र अन्य पदाधिकारीलाई सचिव सोसरह हुने व्यवस्था कायम गरी विधान सच्याउन माग गरेका छन्।

    पत्रमा भनिएको छ, ‘हामीमाथि हुन गएको अन्यायलाई छिटो भन्दा छिटो सम्बोधन गरी परिपत्र जारी गर्न अनुरोध गर्दछौँ । अन्यथा हामी प्रदेश अध्यक्षहरू कुनै पनि कार्यक्रममा सहभागी हुने छैनौँ । पदाधिकारी बैठक, शपथ ग्रहण कार्यक्रम, स्ववियु कार्यशाला गोष्ठी लगायत कुनै पनि कार्यक्रममा सहभागी हुने छैनौँ । र केन्द्रीय पदाधिकारीहरूलाई प्रदेशको कुनै पनि कार्यक्रममा सहभागी गराउने छैनौँ भन्ने कुराको जानकारी गराउँदछौं ।’

  • म्याग्दीको पूर्वाधार र पर्यटन विकासमा मेरो ध्यान गएको छ : अध्यक्ष प्रचण्ड

    म्याग्दीको पूर्वाधार र पर्यटन विकासमा मेरो ध्यान गएको छ : अध्यक्ष प्रचण्ड

    म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताएका छन् ।

    बेनी नगरपालिका–४ सिङ्गा र तातोपानीमा आज बिहान आयोजित कार्यक्रममा उनले भौतिक पूर्वाधार र पर्यटन विकासले म्याग्दीको उन्नति हुने छ भने ।

    “छ वर्षअघि पनि म यहाँको तातोपानी कुण्डमा परिवारसहित आएको थिएँ”, उनले भने, “त्यसबेला यहाँहरूले उठाउनुभएको बेनी-दरवाङ-ढोरपाटन सडक, तातोपानी कुण्डको संरक्षण, प्रवर्द्धन र नदी नियन्त्रणसम्बन्धी केही योजनामा बजेट व्यवस्थापन गरेर थालेका कामलाई निरन्तरता दिएका छौँ ।”

    पूर्वप्रधानमन्त्री दाहालले दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा बेनी-दरवाङ, बेनी-जोमसोम-कोरला, बेनी बजार संरक्षण योजना सुरु गराएको स्मरण गर्दै पछिल्लो कार्यकालमा तातोपानीको बस्ती संरक्षणका लागि विनियोजन गरेको रु दुई करोड बजेटबाट रु १० करोडको बहुवर्षीय योजना कार्यान्वयन सुरु भएकामा खुसी व्यक्त गरे ।

    उनले बेनी-दरवाङ सडकको प्रमुख समस्या बनेको फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, हरिबहादुर भण्डारी, बेनी नगरपालिका-४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान), सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले सिङ्गा र तातोपानीको विकास निर्माणलगायत विषयमा जानकारी गराएका थिए ।

    साथै अध्यक्ष दाहालले बेनी नगरपालिका–४ ठूलोखोला, सिङ्गा, बेनीमा सहिद परिवारसँग भेटघाट र साक्षात्कार गरेका छन् । सो क्रममा अध्यक्ष दाहालले सहिद परिवारको अवस्थाका बारेमा जानकारी लिनुका साथै सहिदहरूको योगदानको सधैँ उच्च मूल्याङ्कन हुने बताए ।

    सिङ्गामा स्थानीय किसानको गुनासो सुनेका थिए । किसानले कृषिलाई प्रविधियुक्त, बजारमा सहज पहुँच र उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाउन माग गरेका थिए । सो क्रममा अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा कृषि अनुदानका लागि रु सात अर्ब बजेट विनियोजन गरेको जनाउनुहुँदै त्यसको कार्यान्वयनका अवस्थाबारेमा सरकारको ध्यानाकर्षण गराउने बताए ।

  • पूर्वउपराष्ट्रपति पुनलाई माओवादी बैठकले के दियो जिम्मेवारी ?

    पूर्वउपराष्ट्रपति पुनलाई माओवादी बैठकले के दियो जिम्मेवारी ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई जिम्मेवारी दिने भएको छ । आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकलाई पुनलाई उत्पादन क्षेत्र हेर्नेगरी जिम्मेवारी दिने तयारी गरेको हो ।

    आजको बैठकमा पुनलाई उत्पादन क्षेत्र हेर्नेगरी जिम्मेवारी दिने विषयमा छलफल भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘आजको बैठकमा सामान्य छलफल भएको हो। तर, निर्णय भएको छैन ।’

    दुई कार्यकाल उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेका पुन पछिल्लो समय माओवादी बैठकमा आमन्त्रित सदस्यको रुपमा सहभागी हुँदै आएका छन् । उनलाई अध्यक्ष प्रचण्डले उपाध्यक्ष बनाउने तयारी गरेका छन् ।

    यद्यपी, यसबारे निर्णय नभएपनि उपाध्यक्षकै भूमिकामा बैठकमा सहभागी हुँदै आइरहेका छन् । पूर्वराष्ट्रपतिसँग राष्ट्रपति विद्या भण्डारी पनि एमालेको राजनीतिमा फर्किने तयारी गरिरहेकी छन् ।

     

  • जनार्दनप्रति माओवादी नेतृको कटाक्ष- मुसाले तार काटे जसरी पार्टीको मेरुदण्ड काट्न खोज्दैछन्

    जनार्दनप्रति माओवादी नेतृको कटाक्ष- मुसाले तार काटे जसरी पार्टीको मेरुदण्ड काट्न खोज्दैछन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले पकड बढाउँदै लैजाँदा ‘हेडक्वार्टर’ नजिकका नेताहरुले प्रतिवाद थालेका छन् ।

    अखिल क्रान्तिकारीको निर्वाचनमा जनार्दनको प्यानलले अध्यक्षबाहेक अन्य पदमा बहुमत जितेपछि उनीमाथि अध्यक्ष प्रचण्ड पक्षधरले पार्टी कमजोर र गुट बलियो बनाउन खोजेको आरोप लगाइरहेका छन् ।

    शर्माले आफू निटकहरुको गोप्य भेलासमेत आयोजना गरेको चर्चा चलिरहेका बेला माओवादी केन्द्रीय सदस्य ओमकुमारी पौडेलले सोमबार शर्माको नाम नलिई प्रस्ट बुझिने भाषामा नेतृत्वविरुद्ध मिडिया ट्रायल र भोजभतेर गरेको आरोप लगाएकी छन् ।

    प्रचण्ड प्रधानमन्त्री रहेका बेला प्रधानमन्त्रीको जनसम्पर्क विज्ञसमेत रहिसकेकी पौडेलले फेसबुकबाटै शर्माप्रति कटाक्ष गरेकी हुन् । उनले शर्मा अर्थमन्त्री भएका बेला बजेट बनाउने ठाउँमा बाहिरी व्यक्ति प्रवेश गरेको र सीसीटीभीको तार मुसाले काटेको सन्दर्भसमेत कोट्याउँदै पार्टीको मेरुदण्ड काट्न खोजेको आरोप लगाएकी छन् ।

    याे पनि पढ्नुस् : १- प्रचण्डको प्राधिकारमा ‘टिम जनार्दन’को धक्का, अध्यक्षमा चुनौती दिने पक्का !

    शर्माप्रति लक्षित गर्दै पौडेलले भनेकी छन्- ‘मुसाले तार काटे जसरी पार्टीको मेरुदण्ड काट्न लागिपर्नेलाई आमजनता र नेता कार्यकर्ताले राम्रोसँग चिनेका छन् कि ऊ अप्ठेरो त छँदै थियो र समस्या सधैं हो, तर समाधान चाहिँ कहिल्यै होइन । इतिहास छर्लङ्गै छ त प्रचण्ड विचार हो, आन्दोलन हो, नेतृत्व हो र समाधान पनि त हो । भोजभतेरी उनलाई कसैले बुझाइदेऊ, आन्दोलन चल्न त स्पष्ट दिशा निर्देशसहितको नेतृत्व र सुविचारित संगठन चाहिन्छ ।’

    याे पनि पढ्नुस् : ३- ‘खुमलटारबाटै जनार्दन एमाले जाँदैछ, पार्टी फुटाउँदैछ भन्ने हल्ला चलाइयो’ (पूर्णपाठ)

  • अग्नि सापकोटालाई प्रश्न- अखिलको निर्वाचन परिणामपछि पार्टीमा जनार्दनको पकड बढेको हो ? (भिडिओ)

    अग्नि सापकोटालाई प्रश्न- अखिलको निर्वाचन परिणामपछि पार्टीमा जनार्दनको पकड बढेको हो ? (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अखिल क्रान्तिकारीको निर्वाचनबाट पार्टीमा उपमहासचिव जनार्दन शर्माको जबरजस्त पकड बढेको भनेर भइरहेको चर्चामा कुनै सत्यता नभएको प्रष्ट्याएका छन् ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकपछि प्रवक्तासमेत रहेका सापकोटाले पार्टी एकताबद्ध रहेको दाबी गरे ।

    जनार्दनको पकडबारे सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा सापकोटाले भने, ‘त्यो टीकाटिप्पणी नबुझेर प्रचार गर्नुभएको होला । ती सबै अखिल क्रान्तिकारीका विद्यार्थी हुन् । सबै पार्टी संगठनमा काम गरेका विद्यार्थी नेताहरुले जितेका छन् । बाहिर टीकाटिप्पणी गरेको जस्तो होइन, पार्टी एकताबद्ध भएको छ । आज भएका सबै निर्णयहरु सर्वसम्मत भएका छन् । बाहिर भएको चर्चामा कुनै सत्यता छैन । मनोगत टीकाटिप्पणी हो । अल्प-सूचनाको आधारमा चर्चा भइरहेको छ ।’

    हालै अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न भएको निर्वाचनमा शर्मा पक्षका हेमन्त राई अध्यक्षमा छिनो मतले हारे पनि उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहित बहुमत पदमा जितेका छन् । अध्यक्षबाहेक ५ जना उपाध्यक्ष र महासचिवसहित २२ जना पदाधिकारी शर्मा निकटका विजयी भए ।

    अखिल क्रान्तिकारीको निर्वाचनपछि पार्टीमा शक्तिशाली देखिएका शर्मा आगामी महाधिवेशनबाट पार्टी नेतृत्वको तयारीमा छन् । अखिलको पदाधिकारीमा बहुमत सदस्य आफू निकट आएपछि शर्माले बेग्लै भेलासमेत राखिसकेका छन् ।

  • माओवादी नेताको कार्यविभाजन तोकियो- कुन प्रदेशमा को इन्चार्ज ? (भिडिओ)

    माओवादी नेताको कार्यविभाजन तोकियो- कुन प्रदेशमा को इन्चार्ज ? (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन तोकेको छ ।

    सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन तोकेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

    नेताहरूको कार्यविभाजन

    कोशी- हरिबोल गजुरेल

    मधेश- मातृका यादव

    बागमती- हितमान शाक्य

    गण्डकी- दिनानाथ शर्मा

    लुम्बिनी- चक्रपाणि खनाल

    कर्णाली- कालीबहादुर मल्ल

    सुदूरपश्चिम- गिरिराजमणि पोखरेल

    विशेष प्रदेश- जयपुरी घर्ती

    प्रवासमा

    सार्क समितिमा लक्ष्मण पन्त

    युरोप-अमेरिका राम कार्की

    एसिया समितिमा ओम शर्मा

  • उमेर हदले बाहिरिएका क्रान्तिकारीका पदाधिकारीलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव

    उमेर हदले बाहिरिएका क्रान्तिकारीका पदाधिकारीलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव

    काठमाडौं । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लागू भएपछि बाहिरिएकाहरुको व्यवस्थापन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा गठन भएको कार्यदलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।

    बस्नेतको नेतृत्वमा गठन कार्यदलमा अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्मा र तत्कालीन अध्यक्ष पञ्चा सिंह सदस्य छन् । आज अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको सदस्य शर्माले बताए । प्रतिवेदनमा विद्यार्थी नेताहरुको पार्टी तहमा जिम्मेवारी सिफारिस गरेको उनले बताए ।

    उमेर हदका कारण बाहिरिएका महासचिवसम्मलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन कार्यदलले प्रस्ताव गरेको छ । तीबाहेक तलकालाई पनि आवश्यकताअनुसार जिम्मेवारी दिनुपर्ने उल्लेख छ ।

    हालै बसेको केन्द्रीय कमिटीको बैठकले बाहिरिएका विद्यार्थी नेताहरुलाई उचित जिम्मेवारी दिने निर्णय गरेको थियो ।

  • खुमलटारमा माओवादी पदाधिकारी बैठक जारी

    खुमलटारमा माओवादी पदाधिकारी बैठक जारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक जारी छ ।

    बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, पार्टीले सुरू गर्ने अभियानसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको प्रचण्डको सचिवालयले जनाएको छ।

    गएको पुस तेस्रो साता बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय भएको थियो । तर, अहिलेसम्म टुंगिएको छैन ।

    माओवादीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको जिम्मेवारी पेचिलो बनेको बताइन्छ । प्रचण्डले उपाध्यक्ष बनाउने गरी पुनलाई सक्रिय राजनीतिमा फर्काएको भएपनि अहिलेसम्म जिम्मेवारीमा कुरा मिल्न नसकेको हो ।

  • प्रचण्ड भन्छन्- माओवादीमा प्रवेश गर्नेको लहर देशव्यापी चलेको छ

    प्रचण्ड भन्छन्- माओवादीमा प्रवेश गर्नेको लहर देशव्यापी चलेको छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रभु साह नेतृत्वको आम जनता पार्टीका केन्द्रीय सचिव बाबुराम कौशिकलाई पार्टीमा भित्र्याएका छन् ।

    खुमलटारमा आयोजित कार्यक्रममा कौशिकसहित विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्ने नेता कार्यकर्तालाई उनले स्वागत गरेका हुन् ।

    माओवादी प्रवेश गर्नेहरूमा आजपा स्थायी समिति सदस्य कदम रसुल, व्यापार महासंघका पूर्वकेन्द्रीय सदस्य वीरबहादुर विदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य शत्रुघन गिरी, आजपाका प्रदेश सदस्यहरू अवताव अहमद, सजिव गुप्ता, दिलिप गुप्तालगायत छन् ।

    प्रचण्डले अहिले देशव्यापीरूपमा माओवादी प्रवेशको लहर चलेको दाबी गरे ।

    उनले भने, ‘अहिले देशैभरीम माओवादी प्रवेशको लहर चलेको छ । सबैलाई एकताबद्ध र ध्रुवीकृत हुन आह्वान गर्छु । अब पार्टी प्रवेश गर्नेहरूलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउनुपर्छ ।’

    विचार मिल्नेहरूसँग एकताका लागि पनि पहल भइरहेको उनको भनाइ छ ।

  • कांग्रेस र एमालेलाई देवेन्द्र पौडेलको चुनौती- सके २०८४ को चुनावपछि पनि मिलेर देखाउनुहोला (भिडिओ)

    कांग्रेस र एमालेलाई देवेन्द्र पौडेलको चुनौती- सके २०८४ को चुनावपछि पनि मिलेर देखाउनुहोला (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले आफूहरु अहिले सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् ।

    रिपोर्टर्स क्लवको साक्षात्कार कार्यक्रममा बोल्दै उनले कांग्रेस नेताहरुसँग अनौपचारिक छलफल भएपछि सरकार ढाल्ने विषयलाई लिएर अहिलेसम्म कुनै कुराकानी नभएको बताए ।

    उनले भने, ‘हामी अहिले सरकार ढाल्ने खेलमा छैनौं । उहाँलाई शुभकामना छ, मिलेर २०८४ सम्म जानुहोला । सक्नुहुन्छ भने २०८४ को चुनावपछि पनि मिले हामीलाई कुनै आपत्ति छैन ।’

    नेता पौडेलले आफूहरुले सरकारको गतल क्रियाकलापको भण्डाफोर गर्ने बताए ।

    कांग्रेस नेताहरुसँगको भेटबारे उनले भने, ‘कहीँ विमानस्थलमा भेट भयो होला । संसदमा भेटिन्छ, चिया कफी खाइन्छ, तर अफिसियल रुपमा सरकार ढाल्ने कुनै वार्ता गरेको छैन । त्यस्तो खेलमा छँदा पनि छैनौं । सरकार आफैं ढलेछ भने हामीले त्यसबेला सोचौंला ।’

    दुई तिहाइको शक्ति भएको सरकार अध्यादेश ल्याएर ढोकाबाट नभई झ्यालबाट छिर्न खोजेको उनले आरोप लगाए । उनले सरकारले राष्ट्रियसभामा पेश गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक पनि पुनर्लेखन गर्नुपर्ने बताए ।

  • नारायणकाजीको टिप्पणी- प्रधानमन्त्रीजी मन्त्र जपे जसरी भारत भ्रमणमा जाँदैछु, जाँदैछु भन्दै हुनुहुन्छ

    नारायणकाजीको टिप्पणी- प्रधानमन्त्रीजी मन्त्र जपे जसरी भारत भ्रमणमा जाँदैछु, जाँदैछु भन्दै हुनुहुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारत भ्रमणमा जाँदैछु भनेको भनेयै गरिरहेको टिप्पणी गरेका छन् ।

    पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले अर्घाखाँची पुगेर भने, ‘अहिलेको सरकारको दुई वटामात्रै काम छ । प्रधानमन्त्रीजीले भनिदिनुभयो म भारत भ्रमणमा जाँदैछु, जाँदैछु, जाँदैछु, त्यो अहिले पनि भन्दै हुनुहन्छ । अर्को भनेको यो सरकार पूरै अवधि टिक्छ भन्ने मन्त्र जपेर यो सरकार अघि बढिरहेको छ ।’

    सरकारले भ्रष्टाचारीलाई जोगाएर निरंकुश बन्दै गइरहेको उनको भनाइ छ । उनले जनतामा देखिएको निराशा अन्त्य गर्न विपक्षी दलहरुले एकताबद्ध भएर दबाब बढाएको सुनाए ।

  • चितवनमा नेकपा एसका केन्द्रीय सदस्यसहित कांग्रेस-एमाले र रास्वपाका नेता कार्यकर्ता माओवादीमा प्रवेश

    चितवनमा नेकपा एसका केन्द्रीय सदस्यसहित कांग्रेस-एमाले र रास्वपाका नेता कार्यकर्ता माओवादीमा प्रवेश

    चितवन । चितवनमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहित कांग्रेस-एमाले र रास्वपाका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।

    उनीहरुलाई नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज माओवादी पार्टी कार्यालयमा भएको कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।

    पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई अध्यक्ष दाहालले फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।

    माओवादी प्रवेश गर्नेहरुमा नेकपा एसका केन्द्रीय सदस्य कृष्णराज न्यौपाने लब्ली, पूर्वजिल्ला अध्यक्ष अरुण पीडित भण्डारी, जिल्ला सचिवालय सदस्य सुरज तिवारी तथा पार्टी नेता एवं जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगा लामा रहेका छन् ।

    न्यौपाने र भण्डारी तत्कालीन नेकपा एमालेका पनि चितवनका प्रभावशाली नेतामा मानिन्थे ।

    नेकपा माओवादी जिल्ला अध्यक्ष रामचन्द्र न्यौपानेका अनुसार नेकपा एसका जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरुसहित ६० जना माओवादी प्रवेश गरेका छन् । उनका अनुसार माओवादी प्रवेश गर्नेहरु नेपाली कांग्रेस, नेकपा एमाले तथा राष्ट्रिय स्वतन्त्र पार्टीका समेत नेता कार्यकर्ता रहेका छन् ।

     

  • प्रचण्डको दाबी- एकीकृत समाजवादीसँग पार्टी एकताको आधार बन्दैछ

    प्रचण्डको दाबी- एकीकृत समाजवादीसँग पार्टी एकताको आधार बन्दैछ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति देशभर जनताको आकर्षण बढ्दै गएको दाबी गरेका छन्।

    चितवनमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी र माओवादी नेतृत्वप्रति जनतामा ठूलो भरोषा देखिएको बताए।

    उनले चितवनका नेकपा एकीकृत समाजवादीका नेताहरुलाई पार्टीमा भित्र्याउँदै यसले केन्द्रीय अध्यक्ष माधव नेपालसँगको सम्बन्धलाई कुनै असर नगर्ने बताए।

    उनले भने, ‘यो प्रवेशले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको सम्बन्धलाई कुनै असर पर्नेछैैन। अहिले हामीले समाजवादी मोर्चामा नयाँ ढंगले काम गर्न खोजेका छौं। उहाँहरुलाई पार्टीमा भित्र्याउँन मेरो कुनै भूमिका छैन। चितवनकै कार्यकर्ताकै भूमिकाले भएको हो। यो पार्टी प्रवेशले माओवादी र नेकपा एसबीचको पार्टी एकताको आधार बन्दैछ।’

    उनले अहिले आफूहरुले समाजवादी मोर्चामार्फत केही नयाँ गर्न खोजेको सुनाए। चितवनमा नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका पार्टी परित्याग गरि कृष्णराज लब्ली, अरूण पीडित लगायतका नेता कार्यकर्ताहरू माओवादी प्रवेश गरेका थिए।

    नवप्रवेशीहरूलाई प्रचण्डसहित भरतपुर महानगर पालिकाका मेयर रेनु दाहाल, चितवन इन्चार्ज घनश्याम दाहाल, अध्यक्ष रामचन्द्र अधिकारी लगायतका नेताहरूले खादा, माला र अविर लगाएर पार्टीमा स्वागत गरे।

  • एमालेसँग सहकार्य हुँदैन, तर सरकारले जेसुकै गरोस् भनेर चुप बस्दैनौं : नारायणकाजी श्रेष्ठ (भिडिओ)

    एमालेसँग सहकार्य हुँदैन, तर सरकारले जेसुकै गरोस् भनेर चुप बस्दैनौं : नारायणकाजी श्रेष्ठ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एमालेसँग अब कुनै सहकार्यको सम्भावना नरहेको बताएका छन्।

    अर्घाखाँची पुगेका श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमालेबाहेक वामपन्थी शक्तिहरुलाई एकजुट बनाएर जानुपर्ने पक्षमा रहेका बताए।

    उनले अहिले माओवादी एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको जिकिर गरे।

    उनले भने, ‘हामीले जनताले सचेत गराएको कुरालाई राखेका हौं। त्यसलाई लिएर माओवादीलाई सरकारमा जान हतारो रहेछ भन्न मिल्दैन नि। हामी जेसुकै गर, देश डुबे पनि डुबोस् भनेर बस्न त सक्दैनौं नि ! हामी सशक्त प्रतिवाद गर्छौँ। हामी यो सरकार ढालेर अर्को बनाउने खेलमा छैनौं।’

    उनले अब सरकारमा गएर काम गर्ने अवस्था नभएसम्म माओवादी सरकारमा नजाने दाबी गरे। उनले सरकारलाई दबाबमा राख्नको लागि विपक्षी दलहरुको मोर्चा र समाजवादी मोर्चा बनाएको उनले प्रष्ट्याए।

  • प्रेस सेन्टरको राष्ट्रिय महाधिवेशन चैत १६ र १७ गते काठमाडौंमा हुने

    प्रेस सेन्टरको राष्ट्रिय महाधिवेशन चैत १६ र १७ गते काठमाडौंमा हुने

    काठमाडौं । प्रेस सेन्टर नेपालको राष्ट्रिय महाधिवेशन आगामी चैत १६ र १७ गते काठमाडौंमा हुने भएको छ । माघ १५ मा काठमाडौंमा सम्पन्न पाँचौ पूर्ण बैठकले उक्त निर्णय गरेको सेन्टरले बैठकपछिको काठमाडौं घोषणापत्र जारी गर्दै जानकारी गराएको हो ।

    बैठकले अधिवेशन गर्न बाँकी जिल्ला तथा प्रदेश अधिवेशनलाई तत्काल सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको संगठनका महासचिव सन्तोष पौडेलले जारी गरेको घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमार्फत नै सगठनले सरकारले संसदलाई छलेर जारी गरेको अध्यादेशप्रति खेद प्रकट गरेको छ ।

    जारी घोषणापत्रमा भनिएको छ, ‘सरकारले जनताको सार्वभौम सर्वोच्च संस्था संसदलाई छलेर अध्यादेश जारी गरेकोप्रति यो बैठक खेद प्रकट गर्दछ । बैठकले संसदमा दर्ता भएका विधेयक प्रेस स्वतन्त्रतामैत्री निर्माण गर्न र संविधानले निदृष्ट गरेका हक अधिकारको संरक्षण र प्रबर्धन गर्न सरकार र संसदको ध्यानाकर्षण गराउँदै सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धी विधेयकमा नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन् हुने व्यवस्था तत्काल फिर्ता लिन माग गर्दछ । साथै, प्रेस स्वतन्त्रता, वाक तथा अभिव्यक्ति स्वतन्त्रतासहित पत्रकारको सुरक्षाको ग्यारेण्टी गर्न सरकारसँग माग गर्दछ ।’

    संगनले प्रेस काउन्सिलले सञ्चारमाध्यमलाई पूर्वाग्रही ढंगले कालोसूचीमा राख्ने, वर्गीकरणमा विभेदपूर्ण व्यवहार गर्ने गुनासो व्यापक रुआएको भन्दै यस्ता निर्णय तत्काल सच्याउन माग गर्दै सरोकारवाला निकायलाई यस विषयमा गम्भीर हुन ध्यानाकर्षण गराएको छ ।

    साथै श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक विगत ६ वर्षदेखि पुनरावलोकन नगरेकाले पत्रकारको तलब तत्काल वृद्धि गर्न संगठनले सरकारसँग माग गरेको छ ।

    श्रमजीवि पत्रकार ऐन, २०५१ को अहिले पनि अधिकांश सञ्चारगृहले पूर्ण कार्यान्वयन नगरेकोप्रति खेद प्रकट गर्दै पत्रकारको तलब नियमित उपलब्ध गराउन माग गर्दै ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई सरकारबाट उपलब्ध हुने सेवा सुविधा रोक्न माग पनि माग गरेको छ ।

    अहिले पनि तीनै तहका सरकारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुनै न कुनै बहानामा कुण्ठित गर्ने गरी कानुन बनाउने क्रम नरोकिएकोप्रति आपत्ति जनाउँदै संगठनले प्रेसमैत्री कानुन बनाउन घोषणापत्रमार्फत माग गरेको छ ।

    सञ्चारसम्बन्धी संरचना, सञ्चारमाध्यम र सञ्चार सामग्रीमा समावेशिता सम्बन्धी सिद्धान्तलाई कार्यान्वयन गर्नुका साथै महिला, दलित, जनजाती तथा सीमान्तकृत वर्गले सञ्चालन गरेका साना लगानीका मिडियालाई विशेष प्रोत्साहन गर्न तीनै तहका सरकारसमक्ष माग गरेको छ ।

  • राष्ट्रिय सभामा दर्ता सामाजिक सञ्जालसम्बन्धी विधेयकमा माओवादी केन्द्रको आपत्ति, परिमार्जन गर्नुपर्ने भनाइ

    राष्ट्रिय सभामा दर्ता सामाजिक सञ्जालसम्बन्धी विधेयकमा माओवादी केन्द्रको आपत्ति, परिमार्जन गर्नुपर्ने भनाइ

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सरकारले राष्ट्रिय सभामा दर्ता गरेको ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्वन्धी विधेयक’ प्रति आपत्ति जनाएको छ ।

    माओवादीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै उक्त विधेयक राष्ट्रिय सभामा दर्ता गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

    संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कमजोर बनाउने गरी र विधेयकमार्फत सरकार निरंकुशतातर्फ अग्रसर भएको भन्दै माओवादीले विरोध गरेको हो ।

    विधेयकमा विषयमा पर्याप्ता छलफल, राय सल्लाहपछि मात्रै निष्कर्षमा पुग्नुपर्ने माओवादीले जनाएको छ ।

    ‘सरोकारवालाहरू सँग कुनै राय, सल्लाह तथा छलफल नगरिकन स्वेच्छचारी ढंगले प्रस्तुत गरिएको विधेयकलाई संसद भित्र र बाहिर समेत व्यापक छलफल गरेर मात्र निष्कर्षमा पुग्नु आवश्यक छ । वर्तमान सरकारले आफूविरुद्धको आलोचना सहन नसकेर जुन प्रकारले नागरिकको मौलिक हकको रुपमा सुनिश्चित विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्ने मनसाय राखेको छ यसले वर्तमान सरकारको शासकीय चरित्र प्रष्ट्याएको’, विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै, विधयेकमा परिमार्जन गर्नुपर्ने पनि माओवादीले जनाएको छ ।

    ‘संसदमा पेश गरिएको ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्वन्धी विधेयक’ लाई सम्बन्धित पक्षसँगको छलफल पश्चात नेपालको संविधान अनुकुल हुने गरी परिमार्जन सहित अघि बढाउनु पर्ने कुरामा हाम्रो पार्टीको स्पष्ट दृष्टिकोण रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

  • संसदमा बोल्नबाट किन ब्याक भए प्रचण्ड ?

    संसदमा बोल्नबाट किन ब्याक भए प्रचण्ड ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने तयारीमा थिए । तर, अन्तिम समयमा रोकिए ।

    आज प्रधानमन्त्रीसहित सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ । तर, माओवादीको तर्फबाट अन्तिम समयमा हितराज पाण्डेले बोले ।

    उनले पार्टीको तर्फबाट बोल्ने आफूहरुले त्यही निर्णय गरेअनुसार आफूले बोलेको बताए । उनले नेपाल प्रेससँग भने, ‘कसले बोल्ने भन्नेबारे हामीले त्यही निर्णय गर्ने कुरा हो। त्यसैले पार्टीको तर्फबाट मैले बोलेको हुँ ।’

    अर्का सांसद राजन दाहालले पनि आज अध्यक्ष प्रचण्डले बोल्ने वातावरण नभएर नबोलेको बताए ।

    प्रचण्डले बोल्न तयारीका साथ गएको भएपनि सभामुखले २० मिनेटमा बोल्नेपर्ने भनेपछि नबोलेको बताइन्छ । पूर्वप्रधानमन्त्रीलाई बोल्न समय तोक्ने प्रचलन छैन ।

    त्यसमा सभामुखले प्रधानमन्त्रीलाई बोल्न दिएपछि विपक्षी दलको नेतालाई बोल्न दिएर देउवालाई दिए । त्यसैले प्रचण्डले नबोलेको बताइन्छ ।

    त्यसबारे सांसद दाहालले भने, ‘आज उहाँले बोल्ने वातावरण नभएर नबोल्नुभएको हो। यी कारणले होइन ।’

    सदनमा शीर्ष नेताले बोल्ने कार्यसूचीबाट प्रचण्ड ब्याक भएपछि कतिपयले संसद अधिवेशनको पहिलो दिनबाटै प्रमुख विपक्षी दलको प्रस्तुति फितलो भएको टिप्पणी समेत गरेका छन् ।

  • प्रचण्डको प्राधिकारमा ‘टिम जनार्दन’को धक्का, अध्यक्षमा चुनौती दिने पक्का !

    प्रचण्डको प्राधिकारमा ‘टिम जनार्दन’को धक्का, अध्यक्षमा चुनौती दिने पक्का !

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा उर्फ प्रभाकरले शुक्रवार संसद भवनको बाहिर पत्रकारसँग अर्थपूर्ण वाक्य प्रयोग गर्दै भनेका छन्–अखिल क्रान्तिकारीको निर्वाचनपछि माओवादी पार्टीभित्र विधिपद्धति स्थापित गर्ने र नयाँ पुस्तामा नेतृत्व ल्याउने प्रक्रिया शुरु भयो ।

    माओवादीभित्र सबै कमिटी तथा पदमा निर्वाचनको माग राखेर पार्टीमा अध्यक्ष प्रचण्डसँग फरक मत समेत दर्ज गरेका प्रभावशाली नेता जनार्दनको यहि वाक्यले धेरै कुराको संकेत गर्छ । जनार्दन विशेष महाधिवेशनको माग गर्ने नेतामा समेत पर्छन्,जसले अबको नेतृत्वमा प्रचण्डलाई चुनौति दिने लगभग निश्चित छ ।

    अखिल (क्रान्तिकारी)को नेतृत्व चयनका लागि भएको निर्वाचन उनका लागि शक्ति प्रदर्शन थियो । शर्मा पक्षका नेताहरुले क्रान्तिकारीको अध्यक्षदेखि तलैसम्म आफ्नो प्यानल घोषितरुपमै खडा गरेका थिए । झिनो मतले अध्यक्षमा हेमन्त राई हारे पनि उपाध्यक्ष,महासचिव,सचिव,कोषाध्यक्षसहित बहुमत पदमा जनार्दनको प्यानल बिजयी भएको छ ।

    अध्यक्ष बाहेक ५ जना उपाध्यक्ष र महासचिवसहित २२ जना पदाधिकारी शर्मा निकटको विजयी भए। अध्यक्षका उम्मेदवार राई भने ७२ मतान्तरले हारे। निर्वाचित भएका विजयप्रकाश सापकोटालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आन्तरिक समर्थन रहेको चर्चा छ। उनलाई शक्ति बस्नेतले प्रचण्डसम्म पुर्याएका थिए । अन्तिममा प्रचण्ड उनको पक्षमा उभिएपछि सुदिन पौडेल बोकेर हिँडेका वर्षमान पुन रिसाएका थिए ।

    त्यसो त शर्माले यसअघि नै पार्टीको बैठकमा अध्यक्ष प्रचण्डले नेतृत्व छाड्नुपर्नेसहितको प्रस्ताव दर्ता गरेका थिए। त्यसले माओवादी वृत्तमा ठूलो तरंग ल्याएको भएपनि तत्कालाई त्यो साम्य भएजस्तो देखिएको छ। किनकी गत केन्द्रीय समिति बैठकमा फरक मत ल्याउन लागेका शर्मालाई रोकियो ।

    आगामी महाधिवेशनमा प्रचण्डलाई चुनौती दिनेगरी अघि बढेको शर्माले विद्यार्थीको निर्वाचनामा शक्ति परिक्षण गरेको उनी निकट नेताहरु बताउँछन्।

    ती नेताले थपे,– ‘अहिले हेमन्त राईलाई नेतृत्वमा ल्याएर विद्यार्थी राजनीतिलाई नयाँ शिराबाट उठाउन उहाँले खोज्नुभएको थियो। योग्य मान्छे हुनुहुन्थ्यो। उहाँबाट प्रस्तुत भएको टिमले बहुमत जित्यो। उहाँलाई हराउने काम, एक भोट चाहिँ प्रचण्डको लागि भन्दै दुरुपयोग गरेर हराइयो। त्यो प्रवृत्तिले अध्यक्ष र हेडक्वाटरको नामको दुरुपयोग गयो।’

    शर्मानिकटका नेता सुदन किरातीले अध्यक्ष प्रचण्डको नाम दुरुपयोग गरेर अध्यक्षमाथि अन्याय गरिएको टिप्पणी समेत गरेका छन् ।

    शर्मा पक्षले आफू निकट उम्मेदवार राईको हारलाई प्राविधिक रुपमा मात्रै भएको विश्लेषण गरेको छ। आफू निकटको बहुमत पदाधिकारीले जितेपछि शर्माले विद्यार्थी संगठनको ३२ वर्षे उमेरहद लागू गरेर प्रत्यक्ष प्रतिस्पर्धा मार्फत नयाँ नेतृत्व निर्वाचित हुनु माओवादी आन्दोलनका लागि उज्यालो पक्ष भएको बताए।

    याे पनि पढ्नुस्:

    जनार्दनको फरक मत- प्रचण्डका भाइ र बुहारीलाई जिम्मेवारी दिएर अरुलाई पार्टीमा स्थान छैन भन्ने सन्देश दिइयो (पूर्णपाठ)

    ‘खुमलटारबाटै जनार्दन एमाले जाँदैछ, पार्टी फुटाउँदैछ भन्ने हल्ला चलाइयो’ (पूर्णपाठ)

    जनार्दनको रणनीति

    यसअघि नै बैठकमा लिखित दस्तावेज पेस गरेर प्रचण्डलाई चुनौती दिएका शर्माले आगामी महाधिवेशनबाट नेतृत्वमा प्रचण्डसँग प्रतिस्पर्धा गर्ने गृहकार्य अघि बढाएका छन्। माओवादीले ६ महिना पार्टी संगठन केन्द्रित अभियान चलाएर त्यसपछि महाधिवेशनमा केन्द्रित हुने निर्णय गरिसकेको छ।

    त्यसैले पार्टीभित्रका नेताहरुलाई विश्वासमा लिएर नेतृत्वमा प्रचण्डसँगै प्रतिस्पर्धा गर्ने रणनीतिका साथ शर्मा अघि बढेका हुन्। पदाधिकारीमा उनी एक्लै भए पनि जति तल गयो,उति नै उनले आफ्ना समर्थक नेता कार्यकर्ता तयार पार्न थालेका छन् ।

    एक प्रकारले भन्ने हो भने पिरामिट शैलीको टिम जनार्दनले खडा गर्दैछन् । विद्यार्थी संगठन,वाइसिएललगायतका जनसंगठनदेखि जिल्ला नेतृत्वमा समेत निर्वाचनबाटै आफ्ना पक्षधरलाई जिताउने प्रक्रियामा उनी अघि बढेका छन् ।

    शर्मालाई अहिले कोशी प्रदेशबाट सांसद सुदन किराती, अमनलाल मोदी, पूर्वमन्त्री शिबकुमार मण्डल, प्रदेश कमिटी अध्यक्ष हर्क नेम्बाङलगायतले साथ दिएका छन्।

    शर्माको पक्षमा मधेशमा अहिलेसम्म केन्द्रीयस्तरका नेता खुलेका छैनन्। महाधिवेशनसम्म पुग्दा तलैसम्म आफ्नो गुट फैलाउने शर्माको योजना छ। बागमतीमा प्रदेशसभा सांसद तथा केन्द्रीय सदस्य युवराज चौलागाईं, ओम शर्मा, नेताहरु दीननाथ गौतम, अनिल शर्मा, दिपक देवकोटालगायतले साथ दिएका छन्।

    गण्डकीमा गोरखाका चुडामणि खड्काले साथ दिएका छन्। खड्का पहिले प्रचण्ड सचिवालयमा काम गरेका व्यक्ति हुन्। त्यस्तै कास्कीका पूर्व सांसद दिपक कोइराला पनि जनार्दन पक्षधर हुन् । तर खड्का र कोइराला दुवैले प्रचण्डलाई हेडक्वार्टर मानेर त्यसपछिको नेतामात्र जनार्दनलाई मान्ने बताउने गरेका छन् ।

    कर्णालीमा सांसद महेन्द्र शाही, पूर्वमुख्यमन्त्री राजकुमार शर्मा, प्रदेश अध्यक्ष विमला केसी, प्रदेश सभा सदस्य भीम प्रकाश शर्मा, गोपाल शर्मालगायत अधिकांश नेता जनार्दन पक्ष मानिन्छन् । सुदुरपश्चिममा खगराज भट्टले साथ दिएका छन्।

    वाइसिएल अध्यक्ष सुवोध शेर्पाली पनि शर्माकै पक्षमा छन्। यद्यपी, यसअघि शर्माले नै अखिल क्रान्तिकारीको अध्यक्ष बनाएकी पञ्जा सिंहले भने साथ छाडेको बताइन्छन्। उनी अर्का उपमहासचिव शक्ति बस्नेतले अखिलको यही निर्वाचनबाट स्थापित गरेको गुटमा उभिएको चर्चा छ।

    आगामी निर्वाचनमा नजिते पनि प्रचण्डसँग प्रतिस्पर्धा गरेर वैकल्पिक नेतृत्वमा आफूलाई स्थापित गर्ने योजना शर्माको भए पनि उनलाई समर्थन गरेका अधिकांश नेताहरु प्रचण्डलाई नै छाता मान्छन् । प्रचण्डपछिको नेतामात्र जनार्दनलाई मान्ने खाले धेरै रहेकाले पनि उनले अबको मूभ कसरी अघि बढाउँछन् भन्ने प्रश्न पेचिलो छ ।

    जनार्दननिकट नेताले भने–, उहाँले आगामी महाधिवेशनमा नेतृत्वमा प्रतिस्पर्धा गर्नुहुन्छ। अहिले नजिते पनि प्रचण्डपछि वैकल्पिक नेतृत्वमा आफूलाई उहाँले स्थापित गराउँनुहुन्छ। उहाँले जिल्लामा आफ्नो गुट तलैसम्म लैजाने योजना बनाइराख्नुभएको छ।

    उनले आफू मात्रै होइन, उपाध्यक्ष कृष्णबहादुर महरा गुटसँग पनि संवाद अघि बढाएका छन्। सुन प्रकरणमा प्रचण्ड प्रधानमन्त्री हुँदै पक्राउ परेका महार पार्टीभित्र कमजोर बनाउँन शर्मालाई सघाउन तयार देखिन्छन्। उनीसँग रेखा शर्मा, हिमाल शर्मालगायत नेताहरु छन्।

    आगामी महाधिवेशनसम्म पुग्दा शर्माले आवश्यकता अनुसार पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग कुरा गर्ने तयारी गरेका छन्। त्यसबाहेक माओवादीमा अर्का उपमहासचिव बर्षमान पुनको पनि तल्लो तहसम्मै गुट छ। पुनले भने आफ्नो गुटलाई प्रचण्डकै परिपूरक बनाएर प्रचण्ड गुटकै नेता बन्ने रणनीति बनाएका छन् ।

    शर्मा र पुनको गुटलाई साइजमा राख्नको लागि प्रचण्डले कहिले नेकपा महासचिव विप्लव त कहिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा ल्याउँन खोजेको चर्चा पनि चल्ने गर्छ । पछिल्लोपटक शक्ति बस्नेतको गुट समेत प्रचण्डकै साधन स्रोतबाट खडा भएको माओवादी नेताहरु बताउँछन् ।

    ‘नेता प्रचण्ड नै हो, विधिको कुरा उठाएका हौं’

     

     

    यद्यपी पछिल्लो सयम शर्मासँग नजिकिएका सांसद सुदन सुदन किरातीले आफूहरुले पार्टी विधिअनुसार चलाउनुपर्छ भन्ने कुरालाई उठाएको बताए।

    जनार्दनसँगको सम्बन्धबारे उनले भने,– त्यस्तो होइन। हाम्रो प्रमुख नेता भनेको प्रचण्ड नै हो। उहाँले नै यो आन्दोलनलाई यहाँसम्म ल्याउनुभएको हो। अझै पनि उहाँकै आवश्यकता छ। विचार र संघर्ष केही छैन। पार्टीमा हामीले विधिको कुरा उठाएका हौं।

    उनले पार्टीमा भएको निर्णय कार्यान्वयन गर्ने बिषय आफूहरुले उठाएको भएपनि अरु कुनै समस्या नभएको बताए।

    जनार्दन शर्माले आगामी महाधिवेशनमा प्रचण्डसँग प्रतिस्पर्धा गर्ने तयारी गर्र्दै हुनुहुन्छ हो? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले थपे, ‘ त्यसबारे मलाई थाहा छैन। उहाँले भन्नुभएको छ, विधि स्थापना गरेर अब हाम्रो नेतृत्व उहाँ नै हो। उहाँको विरुद्ध पार्टीबाट कोही उठ्न। उठेपनि जित्दैन।’

    उनले अहिले माओवादीमा प्रचण्डको विकल्प नभएको दाबी गरे।

    किरातीले थपे, ‘अहिले अरुलाई जिताउन पनि हुँदैन। किनभने आवश्यकता प्रचण्डकै छ। त्यो कुरा होइन। धमिलो पानीमा माछा मार्ने प्रवृत्ति धेरै छ पार्टीभित्र पनि। त्यसलाई अन्त्य गर्नुपर्छ यसमा पार्टी नेतृत्वले पनि समयमै बुझ्न सक्नुपर्छ।’

    ‘पार्टीभित्रको समस्या अखिलको चुनावमा देखियो’

    केन्द्रीय सदस्य रञ्जित तामाङले विद्यार्थीको निर्वाचनमा पार्टीभित्रको समस्या जस्ताको तस्तै कपिपेस्ट भएको बताए।

    उनले भने, ‘त्यो राम्रो भएन। विद्यार्थीको आवश्यकता अनुसारको नेतृत्व तयार गर्नुपर्थ्यो। बाहिर विद्यार्थीको चुनाव तर अन्तर्यमा चाहिँ पार्टीभित्रका नेताहरुको मनोविज्ञान प्रस्फुट गर्ने आधार बनेको छ। त्यो राम्रो भएन। स्वतन्त्र र निष्पक्ष ढंगले हुने सकेन।’

    उनले अखिलको निर्वाचनमा नेतानै पिच्छे प्यानल बनेको घुमाउँरो शैलीमा स्वीकारे।

    उनले थपे, ‘सामान्यता पार्टीका मनोविज्ञानको प्रतिबिम्व भएपछि प्यानल बनिहाल्छ, बन्यो नै। त्यो बन्न हुँदैनथ्यो। अमुक नेताहरु केन्द्रित टिम आयो भन्ने कुराले नै अब स्ववियु निर्वाचनमा एकताबद्ध भएर जानुपर्ने, पार्टी पुनर्निर्माणको भूमिका निर्वाह गर्र्नुपर्नेमा चाहिँ कसरी गर्छन् भन्ने प्रश्न उठेको छ।’

    उनले अखिलले नयाँ नेतृत्व पाएपछि अध्यक्षसँग दुरि नापेर भएको प्रचारप्रति असन्तुष्टि जनाए।

    जनार्दन शर्मानिकटको बहुमत आएकोबारे तामाङले भने, ‘बाहिर देखिएको छ सतहमा, अरु पनि होलान्। अहिले विद्यार्थीको निर्वाचनपछि पार्टी हेडक्वाटर, खासमा पार्टी अध्यक्षसँग नजिक र टाढा भनेर दुरी मापन भइरहेको छ, त्यो सही होइन। अध्यक्षको नाम जोडेर जुन प्रचार भएको छ त्यो पनि राम्रो होइन। त्यसले पनि पार्टी संगठन बनाउँदैन।’

    उनले अखिल क्रान्तिकारीले पार्टीको संगठन निर्माणमा सहयोग पुर्याउँनुपर्ने भएपनि यो निर्वाचनमा देखिएको परिस्थितिले थप असहज बनेको स्वीकारे।

    उनले भने, ‘बाहिर उहाँ (प्रचण्ड)को टिम भनेर प्रचार गरियो। तर, उहाँले जो आएपनि मान्छु प्रष्ट भन्नुभएको थियो। त्यसमा केही मान्छेल अध्यक्षको नाम बेचे। यसलाई मापन गरेर प्रचण्डमाथि जनार्दन हावी भयो भन्न मिल्दैन।’

    उनले उपमहासचिव शर्मा पनि तत्काल प्रचण्डको विकल्प खोज्ने पक्षमा नरहेको उनको बुझाइ छ।

    तामाङले थपे,– ‘केन्द्रीय कमिटीको बैठकमा हामीले जनार्दन कमरेडको पनि कुरा सुनेकै हौं। त्यहाँ पनि प्रचण्डको विकल्प खोज्ने कुनै कुरा भएको छैन। तर, विद्यार्थी चुनावमा अध्यक्ष होस् वा अरुको नाममा जे कुराको चर्चा भयो त्यसले पार्टी समीकरण, र पार्टीभित्रको एउटा मजबूद नेतृत्व चयनमा असर गर्दैन।’

    पार्टीभित्र नेताहरुमा भएको विभिन्न मनेविज्ञानहरु महाधिवेशन नै यसरी बाहिर आउनु राम्रो नभएको बताए।

    ‘पार्टीभित्र अब गुटबन्दी नै नभनौं तर, विभिन्न मनेविज्ञानहरु छन्, भन्ने त पहिलैदेखि नै थियो नै। त्यसमा हामीले महाधिवेशनबाट हल गर्ने भनेका थियौं’ उनले थपे, ‘पार्टी महाधिवेशनबाट हल गर्ने भनिएको कुरा अहिले व्यक्त गर्न हुँदैनथ्यो। एकताबद्ध पार्टी बनाएर ६ महिना संगठन निर्माणमा लागेर हामी महाधिवेशनमा केन्द्रित हुनुपर्थ्यो।’

    ‘कसैले मेरो समुहबाट जितेको भन्ने हुर्मत लिनुपर्दैन’

    अखिल क्रान्तिकारीका ईन्चार्जको हिमाल शर्माले भने सम्मेलनले केहि समय लिएता पनि विद्यार्थीहरुलाई लोकतान्त्रिक अभ्यासको भरपुर सदुपयोग गर्ने मौका प्रदान गरेको दाबी गरे।

    उनले भने, ‘योग्य र क्षमतावान साथीहरु लोकप्रिय मतका साथ निर्वाचित हुनु भएको छ। कसैले मैले वा समुहले गर्दा जितेको हो भनेर हुर्मत लिनु बेकार हो। त्यसो गर्दा आफ्नो योग्यता र क्षमताले जितेकाहरुलाई अन्याय हुन्छ। सबै जना अखिल क्रान्तिकारीका नेता हुनुहुन्छ।’

    प्रतिस्प्रधामा आएकाहरु पनि अव्वल रहेको भन्दै उचित जिम्मेवारी दिने पनि बताए।

  • प्रमुख प्रतिपक्षीकाे प्रश्न- समितिमा छलफलमा रहेको विधेयकलाई अध्यादेशका रुपमा ल्याउन मिल्छ ? (भिडिओ)

    प्रमुख प्रतिपक्षीकाे प्रश्न- समितिमा छलफलमा रहेको विधेयकलाई अध्यादेशका रुपमा ल्याउन मिल्छ ? (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले संविधानमा अध्यादेश ल्याउने व्यवस्था छ भन्दैमा संसदको नियमावलीलाई उपेक्षा गर्न नमिल्ने बताएको छ ।

    शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौँ अधिवेशनलाई माओवादी संसदीय दलको तर्फबाट सम्बोधन गर्दै प्रमुख सचेतक हितराज पाण्डले यस्तो बताएका हुन् ।

    उनले सम्बोधन गर्दै भने, ‘संविधानको व्यवस्था अनुसार अध्यादेश ल्याउन पाइन्छ । तत्काल कुनै कुराको आवश्यक परेमा ल्याउन पाइन्छ । संविधानमा उल्लेख भएको छ भन्दैमा संसदको नियमावलीलाई उपेक्षा गर्न पाइदैन । संसदीय समितिमा छलफलमा रहिरहेको विधेयकलाई फिर्ता नै नलिएर, प्रक्रिया नै पुरा नगरेर छिटो काम गर्नका लागि अध्यादेश ल्याएको भन्छ मिल्छ ? बरु समितिमा छलफल गरेको भए झन छिटो विधेयक पारित हुने थियो । फिर्ता नै नलिएर अध्यादेश ल्याउनु गलत हो ।’

    प्रमुख सचेतक पाण्डेले १५ दिन अघि ल्याएको अध्यादेशले अहिलेसम्म कति काम गर्यो भन्दै प्रश्न गरे । उनले भने, ‘पुष १४ गते, २९ गते र माघ २ गते गरेर ६ वटा अध्यादेश आएका छन् । आज माघ १८ गते संसदको अधिवेशन बोलाएर बैठक चलिरहेको छ । १५ दिनमा अध्यादेश ल्याएर सरकारले कति काम गर्यो ?’

    प्रमुख सचेतक पाण्डेले संसदीय समितिका बैठक समेत सत्तारुढ दलका सांसदकै कारणले बस्न नसकिरहेका र यता सरकारले अध्यादेश ल्याएर संसदलाई नै कमजोर बनाउन खोजेको आरोप लगाए । उनले भने, ‘समितिका बैठक सत्तापक्षका सांसदको अनुपस्थितका कारणले अघि बढ्दैनन् । यता सरकारले अध्यादेश ल्याउने काम गरिरहेको छ । यसले संसदलाई नै कमजोर बनाउन खोजिएको छ ।’

  • अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीलाई प्रचण्डले खुमलटार बोलाएर भेटे

    अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीलाई प्रचण्डले खुमलटार बोलाएर भेटे

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका छन्।

    आज खुमलटार बोलाएर अध्यक्षमा विजय प्रकाश सापकोटासहितको नवनिर्वाचित पदाधिकारीलाई बधाई दिएका हुन्।

    शनिबार भएको निर्वाचनबाट अध्यक्षमा सापकोटा र महासचिवमा रोशन थापामगरसहित २४३ सदस्यीय कमिटी निर्वाचित भएको थियो।

  • माओवादी संसदीय दलको बैठक बस्दै

    माओवादी संसदीय दलको बैठक बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्दै छ ।

    सिंहदरबारस्थित संसदीय दल कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा मुख्य गरी शुक्रवारदेखि सुरू हुने संसद अधिवेशनबारे छलफल हुनेछ ।

    सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयक लगायतका विभिन्न विषयमा संसदमा प्रभावकारी उपस्थिति र प्रस्तुतिबारे आजको संसदीय दल बैठकमा छलफल हुनेछ ।

    माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसदमा जोडदार रूपमा कुरा राख्ने तयारी गरेको छ ।

  • अखिल क्रान्तिकारीमा जनार्दन शर्मा गुट बलियो

    अखिल क्रान्तिकारीमा जनार्दन शर्मा गुट बलियो

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको निर्वाचनमा पदाधिकारीमा अध्यक्ष बाहेक बहुमत पदाधिकारी उपमहासचिव जनार्दन शर्मा निकटका उम्मेदवार निर्वाचित भएका छन् ।

    अध्यक्ष बाहेक ५ जना उपाध्यक्ष र महासचिव सहित २२ जना पदाधिकारी शर्मा निकटको प्यानलका उम्मेदवार निर्वाचित भएका हुन् । यद्यपि बहुमत पदाधिकारी निर्वाचित भए पनि शर्मा निकटका अध्यक्षका उम्मेदवार हेमन्त राई भने ७२ मतान्तरले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आन्तरिक समर्थन रहेका विजयप्रकाश सापकोटासँग पराजित भएका छन् ।

    अध्यक्षमा निर्वाचित सापकोटा उमेर हद लगाउने कि नलगाउने भन्नेमा भएको निर्वाचनमा उमेर हद लगाउन नहुने पक्षमा खुलेरै लागेका थिए । त्यसैले यस अघि पञ्चा सिंह नेतृत्वका १८ जना उपाध्यक्षमध्ये अधिकांशको खुलेरै साथ समर्थन रहेको थियो भने कतिपय उपाध्यक्षले खुलेर साथ समर्थन नजनाए पनि आन्तरिक रूपमा सापकोटालाई जिताउन सघाएका थिए ।

    सापकोटा पछिल्लो समय पार्टीको गुटगत राजनीतिमा खासै सक्रिय थिएनन् । यद्यपि तत्कालीन अध्यक्ष पञ्चा सिंह भन्दा भन्दा अघि निर्वाचन प्रक्रियाबाट निर्वाचित अध्यक्ष रञ्जित तामाङ नेतृत्वको प्यानलबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । तामाङ पार्टी उपमहासचिव वर्षमान पुन निकट मानिए पनि यस पटकको निर्वाचनमा भने पुनको उम्मेदवारको रूपमा सुदिन पौडेल अध्यक्षको उम्मेदवार थिए । पौडेललाई लामो समयदेखि पुनले बोक्दै आएकाले सापकोटा पछिल्लो समय पुन नजिक गनिँदैन थिए । अध्यक्षमा निर्वाचित सापकोटा केन्द्रीय सदस्य हुनु अघि उनी अखिल (क्रान्तिकारी) पर्वतको अध्यक्ष थिए । सापकोटा पर्वतको अध्यक्ष हुँदा पौडेल म्याग्दीको अध्यक्ष थिए । यद्यपि जिल्ला अध्यक्षमा सापकोटा सिनियर अध्यक्षमा गनिन्थे भने गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा पौडेल जुनियर अध्यक्षमा मानिन्थे ।

    ९ जना उपाध्यक्षमा शर्मा निकटका ४ जना निर्वाचित

    खुला तथा समावेशी सहित उपाध्यक्षमा ९ जना निर्वाचित भएकोमा जनार्दन निकट ४ जना निर्वाचित भएका छन् । जसमा छात्रातर्फ ममता अधिकारी, आदिवासी जनजातितर्फ सन्दीप पुन, मधेशीतर्फ अभिमन्यु यादव र खस आर्यतर्फ उमेश कँडेल निर्वाचित भएका छन् । यस्तै खुलातर्फ निर्वाचित मदन ढकाल पार्टी महासचिव देव गुरुङ निकट मानिन्छन् । खुलातर्फ निर्वाचित अटल आचार्य पनि पार्टी महासचिव गुरुङ निकट नै मानिन्छन् । तर उनी सहिद परिवारका सन्तति पनि हुन् । खुलातर्फ निर्वाचित बिराज थापा भने पार्टी सचिव राम कार्की नजिक मानिन्छन् । यदि केहि समय उनी नारायणकाजी श्रेष्ठ नजिक रहेका तत्कालीन उपाध्यक्ष पवन कार्कीको टिमसँग नजिक थिए ।

    यस्तै दलिततर्फ निर्वाचित कृष्णबहादुर सुनारलाई हेडक्वार्टरको साथ रहेको थियो । उनी पार्टी अध्यक्ष प्रचण्ड पुत्री एवं भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालका नजिक मानिन्छन् । खुलातर्फ दिपा जैसी भने कुनै नेताको गुटमा नपरेर स्वतन्त्र उम्मेदवारी दिएर पनि निर्वाचित भएकी छन् । खुलातर्फ महिलाले उम्मेदवारी दिन नै आट नगर्ने गरेको अवस्थामा पनि पराजित हुने गरेकोमा जैशीले भने खुलामै उम्मेदवारी दिएर निर्वाचित भएर आफूलाई अब्बल देखाएकी छन् ।

    महासचिव र ७ जना उपमहासचिव जनार्दन निकट निर्वाचित

    संगठनमा अध्यक्षपछिको अर्को कार्यकारी पद महासचिव पनि जनार्दन निकट रोशन थापामगर सर्वाधिक मतसहित विजयी भएका छन् । यस्तै ९ जना उपमहासचिवमा २ जना बाहेक ७ जना जनार्दन निकटका उम्मेदवार निर्वाचित भएका छन् । जनार्दन निकट मानिएका मधेश प्रदेशबाट गजेन्द्र यादव, बागमती प्रदेशबाट निर्मला गौतम, गण्डकी प्रदेशबाट भगवान बास्तोला, लुम्बिनी प्रदेशबाट रेशम अधिकारी, कर्णाली प्रदेशबाट प्रकाश अधिकारी, सुदूरपश्चिम प्रदेशबाट रामचन्द्र भट्ट र विश्वविद्यालय प्रदेशबाट जटिल कार्की निर्वाचित भएका छन् । कार्की सहित परिवारका सन्तति पनि हुन् । त्यो बाहेक उपत्यका विशेष प्रदेशबाट भने निरोज श्रेष्ठ निर्वाचित भएका छन् । उनी पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट रहेको उपदेश यादव नेतृत्वको प्यानलका उम्मेदवार हुन् । कोशी प्रदेशबाट निर्वाचित विपिन पोखरेल भने हेडक्वार्टर नजिक मानिन्छन् ।

    १२ सचिवमा ९ सचिव र कोषाध्यक्ष पनि जनार्दन निकट निर्वाचित

    खुलातर्फ र विभिन्न समावेशी समूहतर्फ गरेर १२ जना सचिव निर्वाचित हुँदा जनार्दन निकट प्यानलबाट ८ जना निर्वाचित भएका छन् । जनार्दन निकट मानिएका खुलातर्फ वीरेन्द्र जिसी, प्रेम जैशी, सम्झना राई निर्वाचित भएका छन् भने छात्रातर्फ तिर्सना आलेमगर, सम्कृति पुन, मधेशीतर्फ अमर मण्डल, खस आर्यतर्फ जितेन्द्र भण्डारी र सहिद परिवारतर्फ युन्छो हाङ्ग मावो निर्वाचित भएका छन् । बाँकी ४ सचिव मध्ये निर्वाचित शिशिर बस्याल हेडक्वार्टप्रति नै बढी जिम्मेवार भएका कारण कुनै प्यानलमा गनिँदैनन् ।

    दलिततर्फ निर्वाचित आशा उपरकोटी पनि हेडक्वार्टर निकट नै मानिन्छन् । यद्यपि तत्कालीन उपाध्यक्ष पवन कार्कीले समानान्तर गतिविधि सञ्चालन गर्दा उनी कार्कीको समानान्तर टिममा रहेर काम गरेकी थिइन् । आदिवासी जनजातितर्फ निर्वाचित आर्टिष्ट मोक्तान कुनै नेता निकट गनिँदैनन् । मुस्लिमतर्फ निर्विरोध निर्वाचित मिरोज अहम्मद पनि जनार्दन निकट नै मानिन्छन् । यस्तै कोषाध्यक्षमा पनि जनार्दन निकट रहेकी फुलमाया रानामगर (खुशी) निर्वाचित भएकी छन् ।

    केन्द्रीय पदाधिकारी सरहकै हैसियत मानिने अनुशासन आयोगको अध्यक्षमा इन्दिरा पुरी र लेखा आयोगको अध्यक्षमा सुष्मा रेग्मी निर्वाचित भएका छन् । पुरी जनार्दन निकट मानिन्छन् भने रेग्मी हेडक्वार्टर निकट मान्छिन् । यद्यपि रेग्मी यस अघि भने तत्कालीन उपाध्यक्ष पवन कार्कीको समानान्तर टिमसँग थिइन् ।

    सर्वाधिक मत उपाध्यक्ष अधिकारी, उपमहासचिव पोखरेल र सचिव उपरकोटीलाई

    केन्द्रीय समितिको पदाधिकारीका लागि भएको निर्वाचनमा सर्वाधिक मत भने आयोग बाहेकका पदाधिकारीमा छात्रातर्फका उपाध्यक्ष ममता अधिकारीले प्राप्त गरेकी छन् । उनले पदाधिकारीमा सबैभन्दा बढी ८८२ मत प्राप्त गरेकी छन् । अधिकारी तत्कालीन अध्यक्ष पञ्चा सिंह अध्यक्ष हुँदा केन्द्रीय सदस्यमा छिरेकी हुन् । त्यस अघि उनी कालिकोट जिल्ला सहसचिवको जिम्मेवारीमा थिइन् । अधिकारी यस अघि सम्पन्न स्ववीयु निर्वाचनमा मध्यपश्चिम विश्वविद्यालयमा अखिल ९क्रान्तिकारी०को तर्फबाट स्ववीयु सभापतिको उम्मेदवार थिइन् । यद्यपि त्यहाँ निर्वाचन हुन सकेन ।

    यस्तै दोस्रोमा सर्वाधिक मत उपमहासचिवमा विपिन पोखरेलले ८३६ मत प्राप्त गरेका छन् भने तेस्रो सर्वाधिक मत सचिव आशा उपरकोटीले ७७६ मत प्राप्त गरेकी छन् । उनी नेपाल ल क्याम्पसको स्ववीयु सदस्य समेत रहेकी छन् । सचिव उपरकोटी यस अघिको केन्द्रीय समितिमा केन्द्रीय सदस्य थिइन् ।

  • अखिल क्रान्तिकारीका ९ उपमहासचिवमा अधिकांश जनार्दन पक्षका निर्वाचित, विपिन र निर्मलालाई सर्वाधिक मत

    अखिल क्रान्तिकारीका ९ उपमहासचिवमा अधिकांश जनार्दन पक्षका निर्वाचित, विपिन र निर्मलालाई सर्वाधिक मत

    काठमाडौं । अखिल (क्रान्तिकारी)को उपमहासचिवको निर्वाचन परिणाम सार्वजनिक भएको छ । भर्खरै सार्वजनिक मत परिणाम अनुसार भौगोलिक ७ प्रदेश र गैर भौगोलिक २ प्रदेश गरेर ९ प्रदेशबाट ९ जना उपमहासचिवमा निर्वाचित हुदाँ एक जना महिला पनि उपमहासचिवमा निर्वाचित भएका छन् ।

    ९ जनामा ८ जना पुरुष उपमहासचिवमा निर्वाचित हुदाँ बागमती प्रदेशबाट निर्मला गौतम निर्वाचित भएकी छन् । उनले उपमहासचिवमा सर्वाधिक दोस्रो मत प्राप्त गरेकी छन् । गौतम ८०३ मत ल्याएर विजयी भएकी हुन् ।

    उपमहासचिवमा कोशी प्रदेशबाट विपिन पोखरेल सर्वाधिक मत ८३१ मत, मधेश प्रदेशबाट गजेन्द्र यादव ४०७ मत, गण्डकी प्रदेशबाट भगवान बास्तोला ७६९ मत, लुम्बिनी प्रदेशबाट रेशम अधिकारी ६२८ मत, कर्णाली प्रदेशबाट प्रकाश अधिकारी ६०४ मत र सुदूपरिश्चम प्रदेशबाट रामचन्द्र भट्ट ३९९ मत सहित निर्वाचित भएका छन् ।

    गैर भौगोलिकतर्फ उपत्यका विशेष प्रदेशबाट निरोज श्रेष्ठ ४०६ मत, विश्वविद्यालय प्रदेशबाट जटिल कार्की ६४८ निर्वाचित भएका छन् ।

    उपत्यका विशेष प्रदेशबाट उपमहासचिवमा निर्वाचित श्रेष्ठ नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष नारायणीकाजी श्रेष्ठ निकट रहेको उपेदश यादव नेतृत्वको प्यानलबाट उम्मेदवार थिए ।

    भौगोलिक र गैर भौगोलिक गरेर ९ प्रदेशबाट निर्वाचित उपमहासचिवमा अधिकांश नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा नजिकका उम्मेदवार निर्वाचित भएका छन् ।

  • अखिल क्रान्तिकारीको महासचिवमा जनार्दन शर्मा पक्षका रोशन थापामगर निर्वाचित

    अखिल क्रान्तिकारीको महासचिवमा जनार्दन शर्मा पक्षका रोशन थापामगर निर्वाचित

    काठमाडौं । अखिल (क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनपछि जारी रहेको मतगणनामा महासचिवको मतगणना सकिदाँ थापामगर महासचिवमा निर्वाचित भएका हुन् ।

    महासचिवमा निर्वाचित थापामगर यस अघि संगठनको सचिवको जिम्मेवारीमा थिए । त्यस अघि उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववीयु सभापति थिए ।

    ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा पार्टी र विद्यार्थी संगठनमा विवाद चलिरहदाँ थापामगर उमेर हद लगाउनुपर्ने पक्षमा खुलेरै लागेका थिए ।

    थापामगर नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन् । उपमहासचिव शर्मा अर्थमन्त्री रहदाँ उनी सचिवालयमा बसेर काम गरेका थिए ।

    थापामगरले महासचिवका ७ जना उम्मेदवारलाई पछि पार्दै जित हासिल गरेका हुन् ।

    महासचिवमा थापामगर सँगै तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, शिब बस्नेत, श्यामबहादुर रोक्का, संजयकुमार महतो र सञ्जिव फुयाल प्रतिस्पर्धामा थिए ।

  • नेकपा एसको कार्यालयमा समाजवादी मोर्चाको बैठक

    नेकपा एसको कार्यालयमा समाजवादी मोर्चाको बैठक

    काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी छ । पछिल्लो समसामयिक राजनीतिक परिवेशका बारेमा छलफलका लागि बैठक बसेको बताइएको छ ।

    आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा जारी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरुको सहभागिता रहेको छ ।

    लामो समयदेखि निष्क्रिय रहेको मोर्चा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालको सक्रियतमा ब्यूँताइएको हो । मोर्चा ब्यूँत्याइएपछि सक्रियता बढ्न थालेको छ ।

    यद्यपि नेकपा एसकै सम्मानित नेता झलनाथ खनालले यसको औचित्य नरहेको टिप्पणी गरेका थिए ।

     

  • अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया विजयी, सचिवमा उपरकोटी र राईलाई सर्वाधिक मत

    अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया विजयी, सचिवमा उपरकोटी र राईलाई सर्वाधिक मत

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को कोषाध्यक्षमा फुलमाया रानामगर (खुशी) निर्वाचित भएकी छन् । विश्वविद्यालय र उपत्यका विशेषको बुधवार सम्पन्न मतगणनामा फुलमायाले ५९६ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको हो

    यस्तै सचिव खुलामा सम्झना राई, प्रैम जैशी (मामा), वीरेन्द्र जिसी, शिशिर बस्याल निर्वाचित भएका छन् । राईले खुलातर्फको सचिवमा सर्वाधिक मत ५४५ ल्याएकी छन् भने जैशीले ५११, जिसीले ३९२ र बस्यालले ३७२ मत प्राप्त गरेका छन् ।

    यसैगरी सचिव छात्रातर्फ तिर्सना आलेमगर ४९८ मतसहित निर्वाचित भएकी छन् भने समकृति पुन ५२९ मत ल्याएर विजयी भएकी छन् । यस्तै सचिव जनजातितर्फ अर्टिष्ट मोक्तान ४१५ मत ल्याएर विजयी भएका छन् भने सचिव दलिततर्फ आशा उपरकोटीले सर्वाधिक ७४६ मत ल्याएर विजयी भएकी छन् । समग्र सचिवमा उपरकोटी नै सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् ।

    यस्तै सचिव मधेशीमा ४६० मत प्राप्त गर्दै अमर मण्डल, सचिव खस आर्यमा ६१४ मत प्राप्त गदै जितेन्द्र भण्डारी र सचिव सहिद सन्ततितर्फ युन्छो हाङ मावो ५१० मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

    अन्य पदको मत गणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।