Category: माओवादी केन्द्र

  • पूर्वराजाप्रति प्रचण्डको आक्रोश- भाइमारा र मूर्ति चोरले धेरै चुरीफुरी गर्दैछन् (भिडिओ)

    पूर्वराजाप्रति प्रचण्डको आक्रोश- भाइमारा र मूर्ति चोरले धेरै चुरीफुरी गर्दैछन् (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका छन्। सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्वराजालाई फेरि राजा बन्ने दिवा सपना नदेख्न आग्रह गरे।

    त्यसबारे उनको भनाइ जस्ताको तस्तै:

    हिजो इतिहासमा हजारौँ जनताको छोराछोरीहरूको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र १० १५ हजार मान्छे उर्फिँदैमा उल्ट्याउन सम्भव छैन। तर त्यो दुष्साहस भइरहेको छ । त्यसलाई हामीले भनेका छौँ, इँटको जवाफ पत्थरले दिन माओवादी तयार छ। समाजवादी र गणतन्त्रवादीहरू तयार छन्। हामीले १५ गते केन्द्रीकृत कार्यक्रम गर्दैर्छौँ।

    यो नौटकीहरु देखाइँदैछ, राजामहाराजाहरुको बारेमा। २५० वर्षसम्म यो देशलाई कहाँ पुर्याए। नेपाली जनताले बिर्सेको छरु मुर्तिचोर को हुन् रु नेपालका ठूला मूर्ति चोरहरू अहिले राजा। भाइमारा को हो रु आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छरु सुन तस्कर को हो रु नेपाली जनताले बिर्सियो भन्ठानेकोरु मैले पहिलो पटक प्रधानमन्त्री हुँदा फेरि एकचोटी दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको थिएँ। मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए फेरि छानबिन गरेर भाइमारा र राजद्रोहीलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो। अहिले यिनीहरूले चुरीफुरी गरिरहेका छन्, धेरै नगरे हुन्छ।

    धेरै मूर्खता पहिले पनि भइसकेको छ, अर्को मूर्खता गरे भने नेपाली जनता उदार हुँदैनन् अब रु नेपालका राजनीतिक दल पनि उदार हुँदैनन्। त्यसैले हामी सबैले आवाज उठाउनुपर्‍यो। त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरू त उनीहरूको परिवारभित्रै थिए नि। सबैले बुझेका छन् को हो मुख्य योजनाकार भन्ने त। त्यो जनतालाई थाहा छ। तीनका आसेपासेले त फेरि लुट्न पाइन्छ कि भनेर तीनलाई बोक्नसक्छन् तिमी पनि धेरै उचालियौँ भने वा विदेशीको फोटो टाँसेर उनको भरमा आउँछु कि भन्ने सपना देखेको भए त्यो दिवा सपना हुनेछ। त्यो भ्रममा नरहन आग्रह गर्छु।

  • व्यवस्थाविरोधी शक्तिहरू सुनियोजित र व्यवस्थित रूपमा अघि बढेको देखिन्छ : नारायणकाजी श्रेष्ठ (भिडिओ)

    व्यवस्थाविरोधी शक्तिहरू सुनियोजित र व्यवस्थित रूपमा अघि बढेको देखिन्छ : नारायणकाजी श्रेष्ठ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले व्यवस्थाविरोधी शक्तिहरूले सुनियोजित र व्यवस्थित ढंगले अघि बढेको पार्टीले निष्कर्ष निकालेको बताएका छन् ।

    प्रेस सेन्टर नेपाल दोलखा जिल्ला समितिद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै व्यवस्थाविरोधी शक्तिहरूका विरुद्ध प्रस्तुत हुनेबारे गणतन्त्रवादी दलहरूसँग छलफल गरिरहेको बताए ।

    उनले भने, ‘प्रतिगामी शक्तिहरूको विरुद्ध हामीले छलफल त गरिरहेकै छौँ । अहिले लोकतान्त्रिक उपलब्धिहरूलाई खोस्ने वा अपहरण गर्ने प्रवृत्ति निर्णायक बिन्दुमा पुगिसक्यो भन्ने मूल्यांकन गरेर अभियान स्थगित गरेर आएका होइनौँ । तर, त्यो प्रयत्न पहिले भन्दा सुनियोजित र व्यवस्थित रूपमा बढिरहेको छ भन्ने हाम्रो निष्कर्ष हो । त्यसैले हामीले सांसदभित्रको भूमिकालाई पनि प्रभावकारी बनाउनुपर्‍यो, र राष्ट्रिय राजनीतिको हस्तक्षेपलाई पनि हामीले केन्द्र भागबाट अगाडि बढाउनुपर्छ भनेर केही दिनको कार्यक्रममा फेरेको हो । हामी तुरुन्तै अभियानलाई निरन्तरता दिन्छौँ ।’

    उनले अहिलेको सरकारले अलोकप्रिय काम गरेकै कारणले राजावादीहरूले सक्रियता बढाउने मौका मिलेको दाबी गरे । उनले अहिलेको सरकारले भ्रष्टाचारमा केन्द्रित रहेको भन्दै लोकतन्त्र, देश र जनताको हितमा काम नगर्ने दाबी गरे ।

    उनले अग्रगमनको संविधान संशोधन गर्न तयार रहेको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थामा जानुपर्ने बताए ।

    उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ । निर्वाचनमा देखिएको भ्रष्टाचार रोक्नको लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ, मन्त्रिपरिषद् संसद् बाहिरबाट बनायौँ भने धेरै कुरा सकारात्मक रूपमा अघि बढ्छ भन्ने हो ।’

  • अग्नि सापकोटाविरुद्धको अपहरण तथा ज्यान मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हेर्दाहेर्दैमा

    अग्नि सापकोटाविरुद्धको अपहरण तथा ज्यान मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हेर्दाहेर्दैमा

    काठमाडौं । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटामाथिको अपहरण तथा ज्यान मार्ने मुद्दाको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा रहेको छ ।

    बुधबार संवैधानिक इजलासमा भएको बहसपछि सो मुद्दा हेर्दाहेर्दैमा रहेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासमा भएको सुनुवाइपछि हेर्दाहेर्दैमा राखिएको छ ।

    यसअघि माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख सापकोटाविरुद्ध परेको ज्यान मुद्दाको जाहेरीमा हालसम्म भएको अनुसन्धानको विवरण झिकाउन सर्वोच्च अदालतले आदेश गरेको थियो ।
    सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए ।

    सापकोटालाई सभामुख र मन्त्री बनाउने निर्णयविरुद्ध परेका रिटको लामो समयसम्म फैसला आएको छैन । पटकपटक पेशीमा चढे पनि यसको निर्णय सुनुवाइ भने अन्तिममा टर्ने गरेको छ ।
    माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सापकोटाविरुद्ध २०६८ सालमा पहिलो पटक मुद्दा परेको थियो । अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए ।

    उक्त मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।
    संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीन वटा मुद्दा छन् । लामाकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन् ।

    त्यस्तै पत्रकार कनकमणि दीक्षितविरुद्ध पनि सापकोटाले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । उनलाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिका राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेलले राजीनामा दिएका थिए ।

  • गठबन्धन गर्दा एमाले-कांग्रेसको रोग सर्‍यो, त्यही भएर माफी माग्न आएका छौं: प्रचण्ड

    गठबन्धन गर्दा एमाले-कांग्रेसको रोग सर्‍यो, त्यही भएर माफी माग्न आएका छौं: प्रचण्ड

    रूपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिले एमाले र कांग्रेससँगै गठबन्धन गर्दा उनीहरूको रोग सरेकोले अब त्यो गल्ती जनतासँग माफी मागेर मैदानमा आएको बताएका छन् ।

    आज बुटवलमा मगर मुक्तिमोर्चाको छैटाैं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अब त्यो गल्ती नदोहोराउने र विगतमा मजदुर किसानसँग केही सम्बन्ध कमजोर भएकोले अब त्यसलाई सुधारेर जाने तर हिंसात्मक होइन शान्तिपूर्ण अभियान चलाउने जनाए ।

    ‘सदन र सडकबाट भण्डाफोर अभियानमा छौं, तर रौतहटमा आउँदा सरकारको गलत कृयाकलापले इतिहासबाट परास्त समूहले चुनौती दिएकाले काठमाडौं गएर विरोध गरेका छौं’ उनले भने,’अहिलेको सबै अधिकारको जननी माओवादी हो, त्यसका रक्षा गर्ने जिम्मेवारी पनि हो, धमिलो पानीमा माछा मार्ने चलखेल सफल हुँदैन, दलालको इशारामा सरकारले जनतालाई सताउन दिँदैनौ ।’ उनले सरकारविरूद्ध कडा आलोचना गरे ।

    ‘हामीले नेतृत्व गरेको सरकारले भ्रष्टाचारको फाइल खोलिरहेको थियो, देशव्यापी सकारात्मक काम भएको थियो, भारत, चीन युरोपसँग कुटनैतिक मर्यादा बनाएको थियो, सबैलाई सम्झना होला,’उनले भने,’अन्तर्राष्ट्रिय मन्चमा हामी अब्बल थियौ, हाम्रो धारणाले प्रशंसा पाएको थियो तर त्यो आन्दोलनको धेरैलाई मन परेको थिएन, संविधान मिचेर षड्यन्त्रमूलक तरिकाले सरकारबाट बाहिर फालिएको हो, मैले अन्तिमपटक सदनमा पनि भनेको थिएँ त्यो व्यवहारविरूद्ध झापड दिने बताएको थिएँ अहिले तराईमा त्यो अभियान चलाएका छौं ।

    उनले सरकारका गलत कामको खबरदारी गरिरहने बताए ।

    ‘कुलमान मैले नियुक्ति गरेको हो,उनकै कारणले देश उज्यालो भएको हो। परिवर्तन उल्टाउने र गलत गर्ने कसैलाई छुट दिँदैनौ ।’

    उनले उत्पीडित समुदायको मोर्चाबाटै पार्टीले गरेको जनयुद्ध सफल भएको बताएका छन् ।

    उनले यो समुदायको उच्च सम्मान भएको बताए ।

    ‘सबै जात र क्षेत्रमा मोर्चा बनेका थिए । सबै वर्ग,जाति समुदायको बलिदानबाट अहिलेका अधिकार आएका हुन्, प्रतिक्रियावादीको जतिसुकै अत्याचारविरूद्व गोलबन्द एकता जातीय मोर्चाले गरेको हो’उनले भने,’उत्पीडित जातिका मोर्चाले नै दुस्मनका सबै योजना असफल भएको हो’

    उनले अहिलेका अधिकारविरूद्व जुनसुकै बेला सडकमा आउन तयारीमा रहन अनुरोध गरे ।

  • रुपन्देहीमा प्रचण्डलाई ७१ किलोको मालाले स्वागत

    रुपन्देहीमा प्रचण्डलाई ७१ किलोको मालाले स्वागत

    रुपन्देही । रुपन्देहीको ओमसतियामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ७१ केजीको माला लगाएर स्वागत गरिएको छ ।

    ओमसतिया ६ जमुहानी पोखरा ताल व्यवस्थापन समितिले प्रचण्डलाई उनको उमेर बराबरको केजीको फूलको माला लगाइदिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा ओम सतिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष शिवकुमार धवलले जानकारी दिए ।

    प्रचण्ड आज विभिन्न कार्यक्रममा सहभागी हुन रुपन्देही आएका छन् । ७१ किलोको मालाले सम्मान गरिएको माओवादी नेता देवेन्द्र पाण्डेले जानकारी दिए ।

  • ओमसतियामा पार्क शिलान्यास गर्दै प्रचण्ड, किन भइरहेछ आलोचना ?

    ओमसतियामा पार्क शिलान्यास गर्दै प्रचण्ड, किन भइरहेछ आलोचना ?

    रुपन्देही । ओमसतिया गाउँपालिका-६ स्थित रामजानकी जमुहानी पोखरा तालको पार्क आज माओवादी अध्यक्ष प्रचण्डबाट शिलान्यास गर्ने तय भएको छ । तर,पालिकाका तत्कालीन अध्यक्षसहितले ०७६ सालमै शिलान्यास भइसकेकाे भन्दै  विरोध जनाएका छन् ।

    तत्कालीन गाउँपालिका अध्यक्ष हीरा केवट राहुलले ०७५/७६ मा १८ लाख विनियोजित गरी आफूले शिलान्यास गरेर निर्माण गरिएको संरचनालाई आज पुनः शिलान्यास गराएर राजनीतिकरण गर्न खोजिएको आरोप लगाए । उनले माओवादीबाटै चुनाव जितेका थिए ।

    ‘अहिले बजेट थपिएको सत्य हो तर यसको शिलान्यास मेरै पालाका भएको थियो, १८ लाखको संरचना निर्माण भइसकेको छ, त्यहाँ गएर हेर्न पनि सक्नुहुन्छ, कि काम सकेर उद्घाटन नै गराएको भए हुने थियो’, उनले भने,‘यसको अहिलेका जनप्रतिनिधि सबैको विरोध छ । माओवादीले एकल कार्यक्रम बनायो ।’

    उपाध्यक्ष सुनिता चौधरीले अघिल्लो कार्यकालमा शिलान्यास भएको विषयमा आफूलाई जानकारी नभएको बताइन् । यहाँ अहिले संघीय तथा पालिकाको बजेटबाट नयाँ ढंगले काम भइरहेको उनको भनाइ छ ।

    ‘खै थाहा भएन, हाम्रो पालामा होइन, मैले पनि सुनेको थिएँ पहिले शिलान्यास भएको भनेर । तर वडाअध्यक्षले नै भएको छैन भन्नुभो । यस्ता सानो विषयमा विवाद नगरेको भए राम्रो हुने थियो’, उनले भनिन् ।

    ओमसतियाका अध्यक्ष मन्जितकुमार यादवले पहिले थोरै काम भएको तर अहिले बजेट थपेर डीपीआर गरेर शिलान्यास गर्न खोजिएको बताए ।

    ‘पहिले सामान्य शिलान्यास भएको हो, मन्दिर पनि बनेको छ तर अहिले डिटेल डीपीआर बनाएर शिलान्यास गर्न लागिएको हो’, उनले भने,‘संघको ९० लाख र पालिकाको ४० लाख बजेट अहिले यसमा राखिएको छ, यसको वडाध्यक्ष शिवकुमार धवलले नै नेतृत्व गर्नुभएको छ, आजको कार्यक्रम पनि उहाँकै हो, पालिकाको होइन ।’

    वडाध्यक्ष धवल माओवादीबाट निर्वाचित हुन् । पूर्वअध्यक्ष राहुल अहिले एमालेमा लागेका छन् । त्यही कारण प्रतिशोधको राजनीति गरिएको एमाले नेताहरूको आरोप छ । यो विषयमा एमाले केन्द्रीय सचिव तथा सो क्षेत्रबाट संघीय सांसद रहेका छविलाल विश्वकर्माले पनि असहमति जनाएका छन् । उनले सामाजिक सञ्जालमा सूचना लेखेर यसमा सहभागी नहुने जानकारी दिएका छन् ।

    तर, वडाध्यक्ष धवलले पहिलेको शिलान्यास र आजको शिलान्यास हुने आयोजना नै फरक भएको दाबी गरे ।

    ‘म पहिले पनि वडाध्यक्ष थिएँ अहिले पनि छु । पहिले सामान्य बजेट परेको थियो, त्यतिबेला मन्दिरको शिलन्यास भएको हो । अहिले बजेट थपेर पार्क र ताल सबै बनाउनका लागि शिलान्यास गर्न लागिएको हो’, उनले भने ।

  • माओवादी अध्यक्ष प्रचण्ड आज दिनभर रुपन्देहीमा : यस्ता छन् कार्यक्रम

    माओवादी अध्यक्ष प्रचण्ड आज दिनभर रुपन्देहीमा : यस्ता छन् कार्यक्रम

    रुपन्देही । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिनभर रुपन्देहीका विभिन्न कार्यक्रममा रहने भएका छन् ।

    प्रचण्डले ऐतिहासिक तथा धार्मिक स्थलको शिलान्यासदेखि खेलकुद प्रतियोगिता समापनसम्मका कार्यक्रमहरूमा भाग हुनेछन् भने दिउसो मगर मुक्ति मोर्चाको सभामा सम्बोधन गर्नेछन् ।

    अध्यक्ष प्रचण्डको कार्यतालिका अनुसार फागुन २८ गते बिहान ११ बजे रुपन्देही जिल्लाको ओमसतिया–६ मा अवस्थित रामजानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

    त्यसपछि बुटवल उपमहानगरपालिकाको समन्वयमा ज्योतिनगर पहिरो क्षेत्रको निरीक्षण गर्नेछन्। पछिल्लो समय बुटवलका पहिरोग्रस्त स्थानमा ज्योतिनगर पहिरोका कारण स्थानीयवासी समस्यामा परेका छन् ।

    दिउँसो बुटवल ट्राफिकचोकमा आयोजना हुने मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नेछन्। मगर समुदायको हक, अधिकार र पहिचानबारे माओवादी आन्दोलनको महत्त्वपूर्ण भूमिका रहेको भन्दै अध्यक्ष प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    रुपन्देहीका कार्यक्रमको अन्तिम कार्यक्रमअन्तर्गत अध्यक्ष प्रचण्डले सैनामैनामा चलिरहेको सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित रहनेछन्। माओवादी केन्द्रका रुपन्देही जिल्ला संयोजक निर्मल जीसीका अनुसार अध्यक्ष प्रचण्डको २८ गते दिनभर व्यस्त कार्यतालिका रहेको छ।

    अध्यक्ष प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू पनि आउने भएका छन् । केही नेताहरू मङ्गलवार नै आइसकेका छन् भने केही आज आउने कार्यक्रम रहेको छ ।

  • यी हुन् अखिल क्रान्तिकारीले स्ववियु सभापति निर्विरोध जितेका २१ क्याम्पस (सूची)

    यी हुन् अखिल क्रान्तिकारीले स्ववियु सभापति निर्विरोध जितेका २१ क्याम्पस (सूची)

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले अहिलेसम्म २१ वटा क्याम्पसमा निर्विरोध सभापति जित हासिल गरेको छ ।

    संगठनका अध्यक्ष विजयप्रकाश सापकोटाका अनुसार देशभरका विभिन्न क्याम्पसमा उम्मेदवारी दर्ता भएकोमा २१ वटा क्याम्पसमा सभापति उम्मेदवार निर्विरोध जित हासिल गरेको हो ।

    जसमा अखिल (क्रान्तिकारी)ले सबैभन्दा बढी रुकुम पश्चिमका ५ वटा क्याम्पसमा स्ववियु सभापति निविरोध जित हासिल गरेको छ भने दोस्रोमा काभ्रेपलाञ्चोकका ३ वटा क्याम्पसमा निर्विरोध स्ववियु सभापति चयन भएका छन् ।

    यस्तै काठमाडौंको सहयोगी बहुमुखी क्याम्पसमा पनि अखिल (क्रान्तिकारी)ले स्ववियु सभापति निर्विरोध जित हासिल गरेको छ ।

    अहिलेसम्म अखिल (क्रान्तिकारी)का निर्विरोध सभापति

    १.सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम–बीरभान भण्डारी
    २.सिम्रुतु क्याम्पस त्रिवेणी, रुकुम पश्चिम–दिपेन्द्र ओली
    ३.शितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम–प्रकाश डाङ्गी
    ४.राडीज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम–सुप्रिम ओली
    ५.स्यार्र्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम–टेकराज विश्वकर्मा
    ६.श्रीकृष्ण क्याम्पस, काभ्रेपलाञ्चोक–सविन श्रेष्ठ
    ७.संजिवनी क्याम्पस, काभ्रेपलाञ्चोक–दिपक रानामगर
    ८.प्रभा बहुमुखी क्याम्पस, काभ्रेपलाञ्चोक–सुजन चौलागाई
    ९.सहयोगी बहुमुखी क्याम्पस, काठमाडौ–प्रदिप श्रेष्ठ
    १०.जुगल बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक–सुस्मिता श्रेष्ठ
    ११.शंकरापुर क्याम्पस, दार्चुला–जानकी टमटा
    १२.नेत्रावती बहुमुखी क्याम्पस, धादिङ–अभिषेक थपलिया
    १३.आदर्श जनता क्याम्पस, सर्लाही–रेवेन्द्र दाहाल
    १४.बनगाढ क्याम्पस, सल्यान–जिवन विष्ट
    १५.भाषा क्याम्पस, धनकुटा–सरोज थापा
    १६.सिद्दीपृथ्वी जनता क्याम्पस, दांङ–सुदिप चौधरी
    १७.गलुवा क्याम्पस, हुम्ला–रिमिलाल बुढा
    १८.सिजा बहुमुखी क्याम्पस, जुम्ला–सन्तोष आचार्य
    १९.लिकु संयुक्त क्याम्पस, डोल्पा–राजेन्द्र गिरी
    २०.शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा, बझाङ– बम धामी
    २१.तिनपाटन बहुमुखी क्याम्पस, सिन्धुली–दुर्गा बहादुर मगर

  • प्रचण्डको दाबी- सरकारको विश्वसनीयता सकिएकाले पूरातनवादी शक्तिहरु हौसिए (भिडिओ)

    प्रचण्डको दाबी- सरकारको विश्वसनीयता सकिएकाले पूरातनवादी शक्तिहरु हौसिए (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको विश्वसनीयता सकिएका कारण पूरातनवादी शक्तिहरु हौसिएको बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारको बेथिति र असफलताले व्यवस्थाप्रति मोहभंग भएको र त्यसका कारण देखिएको असन्तुष्टिका कारण पूरातनवादी शक्तिहरु हौसिएको बताएका हुन् ।

    प्रचण्डले सरकार असफल भइरहेको र पूरातनवादीले समेत प्रतिगमन र प्रतिक्रान्तिको तरवार चलाउने सपना देखिरहेकाले सरकारका गलत क्रियाकलाप र प्रतिगामी चलखेलविरुद्ध जुध्नु पर्ने विशिष्ट अवस्था सृजना भएको जिकिर गरे ।

    राजावादीको चहलपहलको पछाडी देशभित्र र बाहिरका संगठीत चलखेल देखिएको उनले बताए । संसारका विभिन्न देशहरुमा तानाशाही राजाहरुको अन्त्य कसरी भएको छ भन्ने बिर्सिएर नेपालको शान्ति प्रक्रिया र गणतन्त्रको मौलिकतालाई कम नआँक्न उनले चेतावनी समेत दिए ।

    उनले लोकतन्त्रभित्र आफ्नो ठाँउ खोज्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिए । आफु ८ महिना अघिसम्म सरकारका रहदा नदेखिएको असन्तुष्टि अहिलेको सरकार बनेपछि जनतामा असन्तुष्टि र आक्रोश बढ्दै गएको उनले बताए । प्रचण्डले दुई तिहाइको घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीले चलाएको आफूले नदेखेको भन्दै सरकारलाई विचौलियाले चलाइरहेको आरोप समेत लगाए ।

    प्रचण्डले सरकारले संसद् सञ्चालनमा प्रतिपक्षलाई कति स्पेश दिइएको छ भन्दै प्रश्न गरे । प्रमुख प्रतिपक्षी दलको नेता रोस्टममा उभिँदा निरन्तर अनुपस्थित रहनु कुण्ठा हो कि घमण्ठ हो भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरे ।

    प्रचण्डले प्रतिपक्षी दलका नेता रवि लामिछानेलाई अनुचित ढंगले निलम्बन गरिएको तर्क गरे । आफ्नो कार्यकालमा महत्वपूर्ण विधेयक ल्याएपनि अहिले सरकारकै कारण अघि बढ्न नसकेको उनले बताए ।

  • प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप

    प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप

    कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक प्रतिपक्षी दलको विरोधलगत्तै स्थगित भएको छ । पाँचौं अधिवेशनको १९ औं बैठक सुरु भएलगत्तै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदहरुले उठेर विरोध जनाए ।

    सभामुख भीम भण्डारीले पटकपटक बस्न आग्रह गर्दा पनि प्रतिपक्ष दलका सांसदहरु बसेनन् । सभामुख भण्डारीले नेकपा एसका नरेश शाहीलाई विषयवस्तु राख्न भनेपछि उनले सरकारको कार्यशैलीबारे टिप्पणी गरे ।

    प्रदेश गरिबीको चपेटामा हुँदा सरकारले खर्च कम गर्नुभन्दा बढाउन लागेको शाहीले आरोप लगाए ।

    ‘हामी गरिबीको चपेटामा छौं । विभिन्न समस्याले च्यापिएका छौं । हामी ३४ प्रतिशत गरिबीमा छौं । २४ दिनसम्म राजस्व उठाउन सकेनौं । हामीले गरेको कमजोरीले व्यवसायी मारमा परे’, शाहीले भने ।

    उनले आम्दानी बढाउनुपर्ने र खर्च कम गर्नुपर्ने अवस्थामा सरकारले नियुक्ति र नीति आयोगमा खर्च बढाउने गरी अगाडि बढेको आरोप लगाए ।

    ‘हाम्रो आम्दानी वृद्धि गर्नु छ । अनावश्यक खर्च कटौती गर्नुछ । अनावश्यक खर्च कटौती गर्नुको सट्टा सरकारबाट खर्च बढिरहेको छ’, उनले भने, ‘केही सल्लाहकारको पद सृजना गरेर नीति तथा प्रदेश योजना आयोगमा ३ जनाको ठाउँमा पाँच बनाइयो । त्यसमा हाम्रो असहमति छ । प्रदेश स।कारको तर्फबाट अविलम्ब सच्याइनुपर्छ भन्ने हामी माग गर्दछौं ।’

    सभामुखमार्फत सरकारलाई रुलिङ गर्न पनि उनले माग गरे ।

    आफ्नो धारणा राखेपछि पनि प्रतिपक्ष दलका सांसदहरु नबसेपछि सभामुखले अर्को सूचना जारी नहुँदासम्मको लागि बैठक स्थगित गरेका छन् ।

  • आफूले सम्बोधन गर्दा प्रधानमन्त्री सदनमा अनुपस्थित रहेकोप्रति प्रचण्डको असन्तुष्टि (भिडिओ)

    आफूले सम्बोधन गर्दा प्रधानमन्त्री सदनमा अनुपस्थित रहेकोप्रति प्रचण्डको असन्तुष्टि (भिडिओ)

    काठमाडौं । माओवादी अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफूले सदनमा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली लगातार अनुपस्थित बनेको भन्दै असन्तुष्टि पोखेका छन् । रास्वपा सभापति रवि लामिछानेलाई संसदमा उपस्थित हुन नदिइएकोमा पनि उनले आक्रोश व्यक्त गरे ।

    संसद बैठकमा आज विशेष समय लिएर बोल्दै प्रचण्डले भने, ‘प्रमुख प्रतिपक्ष दलका नेताले सदनमा बोल्दा प्रधानमन्त्रीको निरन्तर अनुपस्थिति घमण्ड हो कि, संस्कारहीनता हो कि कुण्ठा ? त्यसको जवाफ आफैं खोज्नुहोला ।’

    प्रधानमन्त्री केपी शर्मा ओली भने अहिले काठमाडौंमा छैनन् । उनी कोशी प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा त्यता पुगेकाले संसदमा अनुपस्थित भएका हुन् । अघिल्लोपटक प्रचण्डले सम्बोधन गर्दा प्रधानमन्त्री अस्वस्थ रहेको बताइएको थियो ।

    प्रचण्डले आफ्नो सम्बोधनमा फेरि एक पटक रवि लामिछानेको उनले खुलेर बचाउ गरे । संसदमा उनलाई प्रवेश दिनुपर्ने पैरवीसमेत गरे ।

    प्रचण्डले भने, ‘अर्को प्रतिपक्षी दलको नेतालाई निलम्बन गरिएको छ । हिरासतमा नरहेको नेतालाई सदनमा आउन दिने प्रचलन हामीले पहिले स्थापित गरिसकेका छौं । सदनभित्रै बहस गराउँदा मात्रै लोकतन्त्र बलियो हुने हो । ठाउँ-ठाउँ घुमाएर हुर्मत लिँदा लोकतन्त्रलाई मद्दत गर्दैन ।’

  • प्रचण्डले भनेः सरकारको अविवेकले व्यवस्थाप्रति जनताको मोहभंग भयो, ८ महिनाअघि यस्तो असन्तोष थिएन (भिडिओ)

    प्रचण्डले भनेः सरकारको अविवेकले व्यवस्थाप्रति जनताको मोहभंग भयो, ८ महिनाअघि यस्तो असन्तोष थिएन (भिडिओ)

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको अविवेक र अर्कर्मन्यताका कारण जनतामा व्यवस्थाप्रति नै मोहभंग हुन थालेको बताएका छन् ।

    संसद बैठकमा आज सम्बाेधन गर्दै उनले लामो संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रतिगमन र प्रतिक्रान्तिको तरवार चलाउने सपना देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

    प्रचण्डले भने, ‘सारा उपलब्धीलाई उल्टाउने कोशिष हुँदैछ । अब हामीले एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्कातिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट अवस्था सिर्जना भएको छ । सरकारको अविवेक र खराब क्रियाकलापले व्यवस्थाप्रति नै मोहभंग भइरहेको छ । ८ महिना अघिसम्म यस्तो ठूलो असन्तोष थिएन । माइतीघर मण्डला पनि लगभग खाली हुँदै थियो । अहिले सबैतिर आन्दोलन छ ।’

  • संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड

    संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरिरहेको छन् ।

    प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले सम्बोधन गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन् । प्रधानमन्त्री ओली कोशी प्रदेशसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    यसअघि माघ २४ गते पनि प्रचण्डले सम्बोधन गरेका थिए । त्यो बैठकमा पनि ओली उपस्थित थिएनन् । त्यसबेला ओली बालुवाटारमै थिए ।

  • संसदमा विपक्षी दलका नेताको सम्बोधन, प्रदेशसभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगरमा

    संसदमा विपक्षी दलका नेताको सम्बोधन, प्रदेशसभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगरमा

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।

    सोमबारको कार्य व्यवस्था परामर्श समितिको बैठकमा प्रचण्डले सम्बोधन गर्ने विषयमा छलफल भएको थियो ।

    प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्ने तय भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित हुने भएका छन् । आज प्रधानमन्त्री ओली कोशी प्रदेशसभा बैठकमा सम्बोधन गर्न जाने भएका हुन् । कोशी प्रदेशसभामा प्रधानमन्त्रीले दिउँसाे साढे २ बजे सम्बोधन गर्ने कार्यसूची छ ।

    यसअघि माघ २४ गते पनि प्रचण्डले सम्बोधन गरेका थिए । त्यो बैठकमा पनि ओली उपस्थित भएका थिएनन् । प्रचण्डको सम्बोधनका समयमा ओली बालुवाटारमै थिए ।

  • भोलिको संसद बैठकमा प्रचण्डले सम्बोधन गर्ने

    भोलिको संसद बैठकमा प्रचण्डले सम्बोधन गर्ने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलिको संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।

    सभामुख देवराज घिमिरेले राखेको प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेका मुख्य सचेतक महेश बर्तौँलाले भोलिको बैठकमा प्रचण्डले बोल्नेगरी कार्यसूची तय भएको बताए ।

    उनले भने, ‘पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय माग्नुभएको छ । भोलिको संसदमा बोल्नका लागि संसदसँग समय माग्नुभएको छ । उहाँले बोल्ने गरी समय निर्धारण भएको छ ।’

    सरकारको पछिल्लो गतिविधिप्रति प्रमुख प्रतिपक्षी दल माओवादी सन्तुष्ट छैन । सरकारकै कारणले व्यवस्थाविरोधी राजावादी शक्तिहरू सक्रिय भएको आज बसेको माओवादी पदाधिकारी बैठकले निष्कर्ष निकालेको थियो ।

    यस्तै, २८ गते बस्ने बैठकमा स्वीकृत अध्यादेश बमोजिमका प्रतिस्थापन विधेयकहरूको प्रक्रिया अघि बढाइने बर्तौँलाले बताए ।

  • सानोठिमी क्याम्पस स्ववियू चुनावमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धन

    सानोठिमी क्याम्पस स्ववियू चुनावमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धन

    काठमाडौं । सानोठिमी क्याम्पसको स्ववियू चुनावमा नेविसंघ र अखिल क्रान्तिकारीले चुनावी गठबन्धन गर्ने सहमति गरेका छन् । आगामी चैत ५ गते हुने चुनावका लागि दुई संगठनबीच चुनावी गठबन्धन गर्न चार बुँदे सहमति भएको हो ।

    प्रत्यक्षतर्फ अध्यक्ष र कोषाध्यक्षसहित ४ सदस्य क्रान्तिकारीले लिने र सचिवसहित तीन सदस्यमा नेविसंघले उम्मेदवारी दिने सहमति भएको छ । समानुपातिकतर्फ सहसचिव क्रान्तिकारी र उपसभापति नेविसंघले लिने दुई संगठनबीच सहमति भएको छ ।

  • एक वर्षपछि माओवादी संसदीय दलको छलफल: नेता फेर्नुअघि ‘इन्चार्ज’ परिवर्तनको शर्त

    एक वर्षपछि माओवादी संसदीय दलको छलफल: नेता फेर्नुअघि ‘इन्चार्ज’ परिवर्तनको शर्त

    कैलाली । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पटक-पटक दिएको लिखित तथा मौखिक निर्देशन कार्यान्वयन गर्न पहिलो पटक सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलमा छलफल भएको छ । अघिल्लो वर्ष माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि माओवादीमा विवाद सुरू भएको थियो । त्यसपछि माओवादी संसदीय दलको बैठक एउटा पक्षले सबै वहिष्कार गरिरह्यो ।

    भट्टलाई हटाएर धामीलाई जिम्मेवारी दिँदा सभामुख बाहेकका १० सांसदमध्ये भट्टको पक्षमा ४ जना र धामीको पक्षमा ६ सांसद उभिएका थिए ।

    धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५\५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद, रमेश धामी, जानकी पौडेल कुँवर छन् । भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् । दुवै पक्षमा बराबरी भएपछि हेडक्वार्टरको निर्देशन पनि कार्यान्वयन हुन सकेको थिएन ।

    यसैबीच आइतबार यो विषय समाधान गर्ने भन्दै माओवादीका सबै सांसद एक ठाउँमा बसे । रमेश धामी बैठकमा आएनन् । अरु सबै सांसदहरू अध्यक्ष प्रचण्डले दिएको निर्देशन कार्यान्वयन गर्ने पक्षमा उभिए । प्रचण्डले भट्टलाई दलको नेता बनाउन लिखित तथा मौखिक निर्देशन दिएका थिए । आइतबार अनौपचारिक छलफलमा आफूहरू अध्यक्षको निर्देशन कार्यान्वयन गर्ने पक्षमा रहेको तर, केही असहमतिका विषयहरू रहेको भन्दै धामीले विषय उठान गरेका थिए ।

    ‘दलको विषयमा टुङ्गो लगाउनु पर्छ । पहिलो पटक यसरी सबै सबेर सामूहिक छलफल भयो । राम्रो कुरा हो ’ धामीले भने, ‘केन्द्रको सर्कुलर कार्यान्वयन हुनुपर्छ तर, मेरा पनि केही विषयहरू छन् जुन सम्बोधन हुनुपर्छ ।’

    धामीले केन्द्रमा पनि जिम्मेवारी भट्टलाई दिँदा आफूले पाउने जिम्मेवारीबारे प्रष्ट हुनुपर्ने भन्दै आइरहेका छन् । आफू संसदीय व्यवस्थाअनुसार चुनिएको दलको नेता भएको भन्दै पहिले आफ्नो व्यवस्थापन भएपछि मात्रै दलको नेता फेरिने अडानमा उनी छन् । आइतबार पनि उनले त्यही संकेत गरेका थिए ।

    झपट साउँदले धामीका केही कुराहरूलाई सम्बोधन गर्दै अहिले ५ \५ जना सांसद लिएर कहिँ पुग्न नसकिने बताएका थिए ।

    ‘केन्द्रको सर्कुलर लागू गरौँ यसरी ५ \५ जना सांसद बोकेर हामी कहीँ पुग्दैनौँ’, उनले भनेका थिए ।

    साउँदले अध्यक्ष प्रचण्डसँग यसअघि नै धामीले सिफारिस गरेका व्यक्तिहरू मन्त्री कायम हुने तर, भट्टलाई दलको नेता बनाउने गरी दिएको निर्देशन आफूहरूले मानेपनि धामी समूहले उल्लंघन गरेको बताएका थिए ।

    ‘त्यो बेला मन्त्री यथावत् राख्ने र दलको नेता फेर्ने सहमति भएको थियो त्यो पनि पूरा भएन’, उनले भने ।

    जानकी पौडेल कुवरले साउँदकै कुरालाई समर्थन गरिन् । अक्कल रावलले विधिको कुरा प्रधान हुने टिप्पणी गरे । गीता मालले छलफल र संवादबाट विवाद टुङ्गो लगाउनु पर्नेमा जोड दिइन् ।

    माओवादी सांसद ओमविक्रम भाट ‘सरल’ ले संसदीय दलको नेता फेरिने अवस्थामा सुदूरपश्चिम प्रदेशको इन्चार्ज पनि स्थानीयलाई नै दिनुपर्ने बताए ।

    अहिले प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल छन् । धामी पक्षले भने इन्चार्ज पोखरेलबाट विभेदपूर्ण व्यवहार भइरहेको भन्दै इन्चार्ज फेर्नुपर्ने बताउँदै आइरहेको छ ।

    भाटले इन्चार्ज फेर्ने विषय आफूले उठान गरे पनि यो धामी पक्षका पाँच सांसदहरूको साझा माग रहेको बताएका थिए । भाटले यसअघि १४ फागुनमा खुमल्टारमा पनि सुदूरपश्चिम प्रदेशको इन्चार्ज विना मगरलाई बनाउनु पर्ने प्रस्ताव अगाडि सारेका थिए ।

    विनालाई इन्चार्ज बनाउँदा परिवारवादको आरोप लाग्ने अवस्थामा उनले लक्ष्मण जोशी, त्रिलोचन भट्ट वा जगत पार्कीमध्येबाट पनि इन्चार्ज बनाउन सकिने बताएका थिए ।

    आइतबारको छलफलमा पनि सरलले सोही प्रस्ताव सारे । स्थानीय इन्चार्ज बनाउनुपर्ने उनको प्रस्तावमा केही सांसदले समर्थन गरेका थिए भने केहीले मौन समर्थन जनाएका थिए । केही सांसदले भने स्थानीय इन्चार्ज बनाउँदा पार्टी र संगठन बलियो हुने तर्क गर्दै संसदीय दलले भने नाम किटान गर्न नहुने बताएका थिए ।

    सांसद लक्ष्मी विकले संसदीय दलको विवाद मिलाउन विगतका तिक्ततालाई अगाडि ल्याउन नहुने बताएकी थिइन् ।

    ‘सबैलाई सहज हुनेगरी मिल्नु पर्छ । दीर्घकालीन सहज हुनेगरी विवाद टुङ्गो लगाउनु पर्छ’, उनले भनिन्, ‘पहिलेका कुरा ल्याएर फेरि विवाद गर्नुहुँदैन । ’

    खगराज भट्टले केन्द्रको निर्देशन कार्यान्वयन हुनुपर्ने भन्दै आफूले आगामी दिनमा सबैलाई समेटेर लैजाने प्रतिबद्धता गरेका थिए । प्रदेशसभाको एक वर्ष भट्ट नै दलको नेता थिए । पहिलो पटक सरकारमा जाँदा आफै गएको, सबै सांसदहरूसँग छलफल नगरेको, प्रतिपक्ष हुँदा पनि कमजोर भएको लगायतका आरोप उनीमाथि लाग्दै आइरहेको थियो । आइतबार विगतका आफ्नो केही कमजोरी स्वीकार गर्दै आगामी दिनमा पार्टी र संसद् दुवैलाई बलियो बनाउने गरी अगाडि बढ्ने बताए ।

    करिब एक वर्षपछि एकताको सन्देश दिनेगरी भएको अनौपचारिक छलफलमा माओवादीभित्रको विवाद मिलाउने, संसद्मा प्रमुख प्रतिपक्षको भूमिका बलियो बनाउने र केन्द्रको सर्कुलर कार्यान्वयन गर्ने विषयमा करिब सहमति जुटेको छ । तर, धामी पक्षले आफ्नो बटमलाइन बनाएको इन्चार्ज फेर्ने विषयले भने दलको नेता फेर्ने विषय पनि पेचिलो नै बनेको छ ।

  • राजावादीलाई ‘काउन्टर’ दिएर मात्र माओवादी अभियानमा फर्किने

    राजावादीलाई ‘काउन्टर’ दिएर मात्र माओवादी अभियानमा फर्किने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले गणतन्त्र र संविधान रक्षाका लागि काठमाडौंमा प्रदर्शन गरेरमात्रै अभियानमा फर्किने निर्णय गरेको छ ।

    पार्टी तराईं मधेश जागरण अभियानमा केन्द्रित हुँदा काठमाडौंका सडक खाली भएकाले राजावादीहरूले मौका पाएको निष्कर्ष निकालेको सचिव डोरप्रसाद उपाध्यायले बताए ।

    उनले भने, ‘अहिले हामी समीक्षामा छौं । यो प्रदर्शनबारे सरकारको राय पनि बुझ्छौं । सबै गणतन्त्रवादी शक्तिहरूलाई एकजुट बनाएर काठमाडौंको सडक र सदनलाई पनि प्रभावकारीरूपमा प्रस्तुत भएरमात्रै अभियानमा फर्किन्छ ।’

    उनले अहिलेसम्म अभियानले नयाँ जागरण पैदा गरेको भन्दै काठमाडौं केन्द्रित कार्यक्रम गरेपछि मात्रै नयाँ कार्यतालिका सार्वजनिक गर्ने बताए ।

    आन्दोलनबारे छलफल गर्नको लागि आज समाजवादी मोर्चाको बैठक अपरान्ह ४ बजे प्रचण्डले सिंहदरबारमा डाकेका छन् । भोलि बस्ने पदाधिकारी बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ ।

    प्रचण्डले आज खुमलटारमा परिस्थिति गणतन्त्रवादीको हातभन्दा बाहिर जाने स्थिति बन्न खोजिरहेको ब्रिफिङ गरेको सचिव उपाध्यायको भनाइ छ । व्यवस्थाविरुद्ध राजतन्त्रवादीहरूको प्रयासको कारणबारे अध्ययन गरिने उनले बताएका थिए ।

    प्रचण्डले यही विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि संवाद गर्ने तयारीमा आफू रहेको बताएका छन् ।

  • हिन्दू राज्य फर्काउन बाह्य शक्ति लागेको माओवादीको आशंका

    हिन्दू राज्य फर्काउन बाह्य शक्ति लागेको माओवादीको आशंका

    काठमाडौं । नेकपा माओवादी केन्द्रले संविधान संशोधनको बहस चलिरहेको बेला बाह्य शक्तिले हिन्दू राज्यको अवधारणासहित नेपालमा आन्दोलन चर्काउन खोजेको आशंका गरेको छ ।

    आज प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोग भएको विषयमा पनि छलफल भएको छ ।

    बैठकपछि सचिव डोरप्रसाद उपाध्यायले भने, ‘बाह्य शक्तिहरुले हिन्दू राज्यको अवधारणसहित अगाडि आउनुपर्छ भनेर संविधान संशोधन लगायतका विषयहरूमा जोड पुगोस् भनेर सडक तताएको हुनसक्छ भन्ने आशंकासहित छलफल चलिरहेको छ । त्यसमा अहिलेको सरकारको नेतृत्वको मौनता रहस्यमय छ ।’

    यस्तै आन्दोलन चलिरहे माओवादीले ल्याएको व्यवस्था कमजोर पार्न सकिन्छ भन्ने सरकारमा हुनेहरूले सोचेको हुनसक्ने आशंका व्यक्त गरे । उनले अब सडक र सदनको मोर्चालाई बलियो बनाउनुपर्ने निष्कर्ष निकालेको सुनाए ।

    उपाध्यायका अनुसार अध्यक्ष प्रचण्डले परिस्थिति गणतन्त्रवादीको हातभन्दा बाहिर जाने स्थिति बन्न खोजिरहेको ब्रिफिङ गरेको बताए । व्यवस्थाविरुद्ध राजतन्त्रवादीहरूको प्रयासको कारणबारे अध्ययन गरेर थप छलफलको लागि भोलि फेरि बैठक बस्ने भएको छ ।

    उनले अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि संवाद गर्ने तयारी रहेको बताए ।

  • माओवादीको निचोड- कांग्रेस र एमालेको कुशासनका कारण प्रतिगामी सक्रिय भयो

    माओवादीको निचोड- कांग्रेस र एमालेको कुशासनका कारण प्रतिगामी सक्रिय भयो

    काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले दुईदलीय सरकारको कुशासनका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको हो ।

    प्रतिगामीहरू सक्रिय भएपनि नेपाली जनतालाई भने धेरै प्रभाव नपरेको बैठकको निष्कर्ष रहेको प्रवक्ता अग्नि सापकोटाले बताए । अहिले पनि नेपाल जनता लोकतन्त्रको पक्षमा रहेकाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुन सक्छ भन्ने पार्टीको निष्कर्ष रहेको सापकोटाले सुनाए । उनले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नगरेको जिकिर गरे ।

    संविधान जारी गरेको र मुलुकको संघीयतासहितको परिवर्तन मन नपराउनेहरूले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको उनको जिकिर छ ।

    अहिलेको संविधान र व्यवस्थाप्रति केहि प्रश्न उठेपनि त्यसको समाधानसमेत रहेको प्रवक्ता सापकोटाले बताए । बैठकले संघीय संसदका साथै सातै प्रदेशका संसदहरूमा माओवादीले सशक्त भूमिका निर्वाह गर्ने र जनताका समस्यालाई उजागर गर्ने निर्णय गरेको छ । .

    त्यस्तै पार्टीले वृहत् जनपरिचालन गर्ने निर्णय गर्दै त्यसको मिति भए अर्को बैठकले तय गर्ने सापकोटाले जानकारी दिए । बैठकमा जनतासँग माओवादी अभियानको प्रारम्भिक समिक्षा भएको र झापादेखि रौटहटसम्म आइपुग्दा जनतामा नयाँ जागरण पैदा भएको ठहर गरेको छ । हाललाई स्थगित गरिएको अभियान अर्को महिना पुन: सुरु गर्ने माओवादीले जनाएको छ ।

  • राजावादीको सक्रियता बढेपछि माओवादीको तराई-मधेश जागरण अभियान स्थगित

    राजावादीको सक्रियता बढेपछि माओवादीको तराई-मधेश जागरण अभियान स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान’ स्थगित भएको छ । राष्ट्रिय राजनीतिलाई मध्यनजर गरेर अभियान स्थगित भएको महासचिव देव गुरुङले जानकारी दिए ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोली अहिले रौतहटमा छ । अभियान स्थगित गरेर प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू काठमाडौं फर्किँदैछन् ।

    अभियान र पछिल्ला विकसित घटनाक्रमबारे छलफल गर्न भोलि पदाधिकारी बैठक बस्ने उनले बताए । पछिल्लो समयमा राजावादी शक्तिहरूको सक्रियतापछि माओवादीले अभियान स्थगित गरेको बताइन्छ ।

    माओवादीले फागुन १२ गते झापाबाट एक महिने अभियान सुरु गरेको थियो ।

  • जसपाका पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

    जसपाका पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

    काठमाडाैं। जसपाका नेपालका पूर्व सांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    जनतासँग माओवाद, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका हुन् ।

    साह २०७४ को आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने २०७८ देखि प्रमुख सचेतको भूमिका निर्वाह गरेका थिए ।

    पार्टी प्रवेशपछि नेता साहले २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रमुख दल माओवादी केन्द्र भएकाले आफूले यही दल रोजेको बताए। तमाम उत्पीडित समुदायलाई मुक्ति दिने माओवादी र यसको कुशल नेतृत्व प्रचण्डले नै अब मधेस आन्दोलनका बाँकी कार्यभार पूरा गर्नसक्ने ठहर गरी आफू माओवादीको हिस्सेदार बन्न पुगेको उनले स्पष्ट पारे।

    अहिले काङ्ग्रेस र एमाले पहिचान बिरोधी दलको रुपमा देखिएको तथा मधेसी दल अवसरवादमा लिप्त भएकाले अब माओवादीलाई विश्वास गरेर मात्रै मधेसी जनताको मुक्ति सम्भव हुने बताए। अब आफू माओवादी आन्दोलनमा रहेर पहिचान, अधिकार र सुशासनको पक्षमा अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

    सो क्रमा पूर्व प्रदेश सभा सदस्य निराकुमारी साहसहित ठूलो संख्यामा जसपा नेपालसहित विभिन्न दलका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

  • ओलीलाई प्रचण्डले भने- तपाईँ आफैँ फेल भइसक्नुभयो, शिक्षकहरूलाई अपमानित गर्ने अधिकार छैन

    ओलीलाई प्रचण्डले भने- तपाईँ आफैँ फेल भइसक्नुभयो, शिक्षकहरूलाई अपमानित गर्ने अधिकार छैन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिक्षकहरूलाई अपमान गर्ने अधिकार नभएको बताएका छन् ।

    सर्लाहीको ब्रहम्पुरीमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै उनले कार्यसम्पादन मूल्याङ्कनमा फेल भएका प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार नभएको बताए ।

    उनको भनाइ जस्ताको तस्तै

    देशको प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिले गैरजिम्मेवार तरिकाले शिक्षकहरूलाई होच्याउने र अपमानित गर्ने अभिव्यक्ति दिएपछि त्यस्तो नेतृत्वबाट शिक्षा विधेयक सजिलै संशोधन भएर पारित होला भन्ने विश्वास गर्ने आधार नभएपछि मैले नै शिक्षा विधेयक सदनमा दर्ता गर्न नेतृत्व गरेको थिएँ ।

    मैले बोलेकै हो, शिक्षकहरूले एसईईमा ४८ प्रतिशतमात्रै पास गरेको हुनाले शिक्षकहरूलाई अपमानित हुने गरी बोल्ने प्रधानमन्त्री आफैँ कार्यसम्पादन मूल्याङ्कनमा २८ प्रतिशत, २१ प्रतिशत, ७ प्रतिशत भएकोलाई के भन्ने ? सबैभन्दा ठूलो फेल त राज्यको नेतृत्व गर्ने प्रधानमन्त्री नै भएको होइन, त्यसको नैतिक जिम्मेवारी लिनुपर्दैन भनेर बोलेकै हो । त्यो साँचो कुरा पनि हो ।

    बजेटको उचित व्यवस्था नगर्ने, अरू तलब सुविधा र सम्मान गर्नुपर्नेथ्यो त्यो नगर्ने, अनि उल्टो शिक्षकहरूलाई नै अपमानित गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन । त्यस्तो प्रधानमन्त्रीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार छैन । त्यसको तरङ्ग तपाईँहरूले देखिराख्नुभएको छ ।

  • बालेनको घरमा माओवादीको जागरणसभा, प्रचण्डले भने-  हामी मिलेर देश बनाउनुपर्छ (भिडिओ)

    बालेनको घरमा माओवादीको जागरणसभा, प्रचण्डले भने- हामी मिलेर देश बनाउनुपर्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुर्ख्यौली घरमा पुगेका छन् । एकडारा गाउँपालिका-२ मा रहेको बालेनको पुर्ख्यौली घरमा माओवादीले कार्यक्रम आयोजना गरेको थियो ।

    माओवादीको जागरण कार्यक्रममा बोल्दै उनले बालेको घरमा पुग्दा रमाइलो महशुस भएको बताएका छन्।

    जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत आज महोत्तरी पुगेका प्रचण्डले सबै मिलेर देश बनाउनुपर्ने बताए।

    उनले भने, ‘बालेन साहको पुर्ख्यौली, उहाँको बालगायत काकाहरुको घरमा हामी आइपुगेका छौं। यो पनि एउटा रमाइलो महसुस भाछ बालेनजीले पनि सुनिरहनु भएको होला। तपाईंहरुले यो परिचय पनि दिनुभयो। त्यसैले हामी सबै मिलेर यो देश बनाउनुछ।’

    उनले जनताको बलिदानबाट आएको पहिचान र अधिकारको मुद्दालाई, समावेशी र समानुपातिकलाई उट्याउने प्रयास भइरहेको बताए।

  • बालेनको पुर्ख्यौली घरमा पुगे प्रचण्ड 

    बालेनको पुर्ख्यौली घरमा पुगे प्रचण्ड 

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ।

    कार्यक्रम भएको स्थल काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र साहको पुर्ख्यौली घर हो, जो हाल गाउँपालिकाले भाडामा प्रयोग गरिरहेको छ।

    जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आज प्रचण्ड बालेनको पुर्ख्यौली घरमा पुगेको उनको सचिवालयले जनाएको छ ।

  • भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

    भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

    महोत्तरी । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    भारतीय सिमानामा रहेको सुख्खा बन्दरगाह निर्माणस्थलको अवलोकनपछि जलेश्वर उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलमा उनले सो प्रतिबद्धता जनाएका हुन् ।

    आफू प्रधानमन्त्री भएको बेला यो बन्दरगाह निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको र केही काम सुरु पनि भएको उल्लेख गर्दै उनले बाँकी प्रक्रियाका लागि सहयोग गर्ने बताए ।

    आफ्नो पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको एउटा उद्देश्य सीमा क्षेत्रका जनताको अवस्था बुझ्ने र सम्भावित विकास निर्माणका काम अघि बढाउन पहल गर्ने भएकाले यो सवाल पनि अभियानकै एजेन्डा बन्ने अध्यक्ष प्रचण्डले स्पष्ट गरे ।

    सो क्रममा जलेश्वर उद्योग वाणिज्य संघले ज्ञापनपत्र पनि बुझाएको थियो। कलकत्ता बन्दरगाहबाट तेस्रो मुलुकको सामान आयात निर्यात गर्न जलेश्वर भन्सारबाट एकतर्फी २२५ किलोमिटर मात्रै रहेको जानकारी गराउँदै सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले यो बन्दरगाह मधेसका सबै जिल्लाको पायक स्थानमा पर्ने जानकारी गराए । साथै उनले मणिपाल कलेजका लागि ३५ बिघा जग्गा स्थानीयबाट सस्तोमा लिएर अलपत्र छाडेकाले तत्काल काम सुरु आवश्यक निर्देशन दिन पनि अध्यक्ष प्रचण्डसँग आग्रह गरे ।

  • कुलमानको बचाउमा विपक्षी दलहरू उभिए एकठाउँ, सभामुखले गरे रुलिङ

    कुलमानको बचाउमा विपक्षी दलहरू उभिए एकठाउँ, सभामुखले गरे रुलिङ

    काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई हटाउन खोजेको भन्दै प्रतिपक्षी दलहरूले आपत्ति जनाएका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रवक्ता मनिष झा र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बोल्दै कुलमानलाई हटाएर सदन र सदन चर्काउने चेतावनी दिए।

    विपक्षी दलहरूको आवाज उठाएपछि सभामुख देवराज घिमिरेले कुलमानबारे सदनलाई जानकारी गराउन रुलिङ गरे।

    उनले भने, ‘आजको बैठकमा सबै प्रतिपक्षीले राखेको विषय अन्य माननीयहरूले शून्य विशेष समय र आकस्मिक समयमा राख्नु भएको विषयमा ‍२०७९ नियम १५ उपनियम २ बमोजिम सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु। साथै सभालाई जानकारी गराउन निर्देश गराउँछु।’

  • कुलमानलाई स्पष्टीकरण सोधेर कार्यसम्पादनमा शून्य अंक दिएकोप्रति माओवादीको आपत्ति (भिडिओ)

    कुलमानलाई स्पष्टीकरण सोधेर कार्यसम्पादनमा शून्य अंक दिएकोप्रति माओवादीको आपत्ति (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पटक पटक स्पष्टीकरण सोधेकोप्रति आपत्ति जनाएको छ ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक हितराज पाण्डेले विद्युत् प्राधिकरणलाई राम्रो काम गर्नेलाई कार्यसम्पादन शून्य अंक दिएकोप्रति असन्तुष्टि जनाए ।

    उनले भने, ‘सार्वजनिक संस्थाहरू घाटामा गइरहेको बेलामा लोडसेडिङको अन्त्यदेखि अहिलेसम्म निरन्तर उचाइमा लगिरहेको बेलामा निरन्तर स्पष्टीकरण सोधेर सरकारले के सोचेको हो ? त्यो विषयवस्तुको बारेमा ध्यानाकर्षण गराउँछु ।’

    उनले कुलमानबारे के भएको हो सदनलाई जानकारी गराउन माग गरे ।

  • प्रचण्ड भन्छन्- सत्तामा जाँदा कांग्रेस र एमालेको रोग सर्‍यो, उपचार गर्न तपाईंहरूसमक्ष आएका छौं

    प्रचण्ड भन्छन्- सत्तामा जाँदा कांग्रेस र एमालेको रोग सर्‍यो, उपचार गर्न तपाईंहरूसमक्ष आएका छौं

    कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई जोखिम उठाएर रिहा गरेको बताएका छन् ।

    टीकापुर घटनामा मुख्य दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका चौधरीलाई पटकपटक कारागारमा भेटेर मन्त्रिपरिषद्‌बाट निर्णय गराएर राष्ट्रपतिलाई भनेर छुटाएको उनको भनाइ थियो ।

    कैलालीको टीकापुरमा माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले जोखिम उठाएर रिहा गराएका रेशमबारे आफू अहिले अनविज्ञ रहेको बताए ।

    उनले रेशमको नेतृत्वबाट धेरै नहुने भन्दै रेशमसहितका सबैलाई माओवादीमा आउँदा उपयुक्त हुने सुझाव दिए ।

    ‘मैले जोखिम उठाएर छुटाएको हो रेशम चौधरीलाई । जोखिम उठाएर मैले प्रधानमन्त्रीको हैसियतले क्याबिनेटबाट निर्णय गरेर खोरमा उनलाई पटकपटक भेटेर राष्ट्रपतिलाई भनेर छुटाएको हो । अहिले रेशम कता छन् मलाई आजभोलि त थाहा छैन’, उनले भने, ‘रेशमबाट धेरै हुन्छ भनेर सोच्नुभएको साथीहरूलाई रेशमलाई पनि लिएर माओवादीमा आउनुभयो भने भलो हुन्छ ।’

    अध्यक्ष प्रचण्डले टीकापुर घटनालाई थारु पहिचानका लागि भएको आन्दोलनको संज्ञा दिए ।

    ‘टीकापुर थारु विद्रोह र थारुहरूको पहिचान र अग्राधिकारको लागि भएको आन्दोलन हो, त्यसको सम्मान गर्छु’, उनले भने ।

    थारु समुदायले जनयुद्धमा गरेको त्याग, बलिदानको पनि प्रचण्डले स्मरण गरेका थिए । शान्ति प्रक्रियामा आएपछि माओवादीका केही मुद्दा र एजेन्डाहरू कमजोर भएको भन्दै उनले अब जनताको अभियानमार्फत माओवादी फेरि पुरानै अवस्थामा फर्किने विश्वास व्यक्त गरे ।

    उनले सुशासनको जग बसाउने प्रयास गरेकै कारण सरकारबाट बाहिरिनुपरेको समेत टिप्पणी गरे ।

    ‘हामीले एजेन्डा जसरी स्थापना गर्‍यौं, शान्ति प्रक्रियामा आएपछि कमजोर हुँदै गयो । मैले सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको नयाँ अभियान सुरु गरेको थिएँ । त्यसले जनतामा आशा जगाउँदै गइरहेको थियो’, प्रचण्डले भने, ‘भ्रष्टाचारी र दलालहरू मिलेर यो पटक सरकारबाट बाहिर जानु परेको हो । हामी बाहिर आएपछि जनताको बीचमा तिनै मुद्दासहित अहिले अभियानमा छौं ।’

    उनले कांग्रेस र एमालेसँग सहकार्य गर्दा माओवादीमा पनि कांग्रेस र एमालेको रोग सरेको भन्दै अब विगतको जस्तो नहुने बताए ।

    प्रचण्डले आगामी निर्वाचनभन्दा पहिले सत्तामा नजाने प्रतिबद्धता पनि सुनाए ।

    ‘कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दा कहिले एमाले कहिले कांग्रेसको रोग सर्‍यो । हामीलाई लागेको रोगको उपचारको लागि तपाईंहरूसमक्ष आएका छौं’, उनले भने , ‘अब विगतमा जस्तो कांग्रेसलाई वा एमालेलाई फकाएर सरकारमा जाने पक्षमा छैनौं । २०८४ सम्म यो सरकार चाहिएन । जनताको विश्वास जितेर देशको एक नम्बर पार्टी भएर सुशासनको पक्षमा जानेछौं ।’

    कांग्रेस र एमालेले संविधान उल्टाउन खोजेको आरोप लगाउँदै प्रचण्डले भने, ‘उत्पीडित वर्गको थप अधिकारको लागि माओवादी आन्दोलनमा एकाकार हुन आवश्यक ।’

    प्रचण्डले उद्घाटन गरेको थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनमा कञ्चनपुरदेखि झापासम्मका तराईका २४ जिल्लाबाट करिब साढे ७०० जना प्रतिनिधि सहभागी छन् ।

  • देशको नेतृत्व थारु, मधेसीको छोराछोरीले गर्न पाउनुपर्छ: जनार्दन शर्मा

    देशको नेतृत्व थारु, मधेसीको छोराछोरीले गर्न पाउनुपर्छ: जनार्दन शर्मा

    कैलाली । नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले मुलुकको नेतृत्व गर्ने अवसर थारु र मधेसी नागरिकले पाउनुपर्ने बताएका छन् ।

    कैलालीको टिकापुरमा माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा उनले थारु समुदायको जनयुद्ध र नेतृत्व निर्माणमा ठुलो योगदानको रहेको भन्दै देशको नेतृत्व गर्न पाउनु पर्ने बताएका थिए ।उनले कार्यकारी स्थानमा यो समुदायलाई पुराउन आवश्यक रहेको टिप्पणी गरेका थिए ।

    उपमहासचिव शर्माले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री थारु समुदायबाट बनाउन नसकेको भन्दै आत्मालोचना गरेका थिए ।

    ‘हामीले यो प्रदेशमा थारु मुख्यमन्त्री बनाउन सकेनौँ । हामी आत्मालोचना गर्न चाहन्छौँ , आगामी दिनमा यो सुदूरपश्चिम प्रदेशमा थारु नेताले मुख्यमन्त्री भएर यहाँको शासन सत्ता चलाउने र पहिचानसहितको सङ्घीयता लागू गर्ने अवस्था हुनेतर्फ राष्ट्रिय मुक्ति मोर्चाले ध्यान दिनु पर्छ ’ उनले भने ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा संविधान जारी भएको दाबी गर्दै उनले अझै पहिचानसहितको संविधान निर्माण गर्न सङ्घर्ष गर्न बाकी रहेको बताएका थिए । ‘संविधानलाई समाप्त गर्ने खोल हुँदै छ त्यसका विरुद्ध फेरी सङ्घर्ष गर्नु पर्ने हुनसक्छ । त्यो सङ्घर्ष शान्तिपूर्ण हुने छ’ उनले भनेका थिए ।

  • माओवादीको निष्कर्ष- अध्यादेश पारित भए शासकले संसद छल्ने परम्परा बस्छ, सदनलाई कमजोर बनाउँछ

    माओवादीको निष्कर्ष- अध्यादेश पारित भए शासकले संसद छल्ने परम्परा बस्छ, सदनलाई कमजोर बनाउँछ

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिपछि व्यवस्थाविरोध शक्तिहरु उत्साहित भएको निष्कर्ष निकालेको छ । यद्यपि, राजावादीहरुको सक्रियता लामो समयसम्म नटिक्ने माओवादीको बुझाइ छ ।

    खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकमा देशको पछिल्ला समसायिमक राजनीतिक घटनाक्रम, अन्तराष्ट्रिय जगत, दलहरुबीच भएका संवाद, पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति, अन्तर्राष्ट्रिय जगतमा अमेरिकाको भूमिकालगायतको बिषयमा छलफल भएको सचिव लीलामणि पोखरेलले बताए ।

    उनले भने, ‘पूर्वराजाको अभिव्यक्तिले केही प्रतिगामी शक्तिहरु अलिक उत्साहित बन्न खोजेको जस्तो देखिन्छ । उनीहरुले त्यहीअनुसार प्रदर्शन गर्न थालेका छन् । केही हौसिएका पनि देखिन्छन् । तर त्यो लामो समयसम्म रहनसक्ने स्थिति रहन्न ।’

    उनले दल विभाजन सम्बन्धी विधेयक र अध्यादेशको विषयमा पनि छलफल भएको बताए ।

    उनले भने, ‘अध्यादेश अहिलेसम्म कार्यसूचीमा आएका छैनन्। अध्यादेश खारेज गर्नुपर्छ। अध्यादेश अघि बढाउँदा जनप्रतिनिधिमूलक संस्थालाई कमजोर बनाउन, शासकहरुको स्वेच्छाचारी बन्ने प्रवृत्ति हामी हुन्छ, र गलत कुरालाई निहित उद्देश्य पूरा गर्नैको लागि संसदीय प्रक्रियालाई छल्ने परम्परा बन्छ ।’

    उनले अध्यादेशका केही कन्टेनहरु आपत्तिजनक रहेको भन्दै खारेज गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको सुनाए ।

     

     

  • सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छ: प्रचण्ड (भिडिओ)

    सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छ: प्रचण्ड (भिडिओ)

    नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने बताएका छन् ।

    कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज विहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको स्पष्ट पारे ।

    उनले भने,‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौं । सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को गरी बुझ्दै गएका छन्, त्यसैले यो सरकार जटि टिक्छ, माओवादी केन्द्रलाई फाइदा हुन्छ । हामी जनताको बीचमा गइसकेका छौं, हामीलाई जनतातिरै ठिक छ ।’

    उनले तथाकथित दुई तिहाईको राग अलाप्ने सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै अध्यादेश पास हुने अवस्था नरहेको बताए ।

    ‘केही अध्यादेश त पास नहुने दिशातिर गइ नै सके, बाँकी पनि पास हुन्छन् जस्तो लाग्दैन, भए पनि यसबाट जनतालाई केही फाइदा हुँदैन’उनले। भने ।

    पार्टीलाई समाजका सबै वर्ग समुदायसँग जोड्ने, जनताले भोगिरहेका समस्याको पहिचान गर्ने, स्थानीय कला संस्कृतिमार्फत सम्बन्धित समुदायको पहिचानलाई थप सुदृढ गर्दै राष्ट्रिय एकताको नयाँ आधार तय गर्ने काम अभियानले गर्ने उनले स्पष्ट गरे ।

    अध्यक्ष प्रचण्डले अभियानका क्रममा आउने जनताका गुनासा, अपेक्षा र आवश्यकतालाई केन्द्रित गरेर पार्टीले पहल लिनसक्ने ठाउँमा कार्यक्रम बनाएर अघि बढाउने, सरकारले गर्नुपर्ने कामका लागि ध्यानार्षण गराउने र राष्ट्रियस्तरमै सम्बोधन गर्नुपर्ने विषयमा संसदमा आवाज उठाउने बताए ।

  • अध्यादेश पारित गराउन सरकारले करोडौँको चलखेल गरिरहेको सुनिन आएको छ : प्रचण्ड

    अध्यादेश पारित गराउन सरकारले करोडौँको चलखेल गरिरहेको सुनिन आएको छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तथाकथित दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गरेका छन् ।

    नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई तिहाइको अहंकार गर्ने सरकारले सदन खुल्नुअघि नै अध्यादेश ल्याउनु गलत भएको बताए ।

    उनले भने, ‘अध्यादेश त पास हुने स्थिति मैले देखेको छैन। राष्ट्रियसभामा जसरी गएको छ त्यो हेर्दा पास हुने स्थिति छैन । अनेक हत्कण्डा अपनाएर पास गरेको भन्ने सुनिन्छ । करोडौँको चलखेल हुन थालेको छ भन्ने कुरा पनि आएको छ । तर जे जे भए पनि अध्यादेश पास हुने स्थिति छैन। केही अध्यादेश त पास हुँदैनन् नै ।’

  • माओवादीले बोलायो पदाधिकारी बैठक

    माओवादीले बोलायो पदाधिकारी बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बस्नेगरी बैठक बोलाइएको सचिव गणेश साहले बताए ।

    बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमदेखि पार्टीको जारी तराईं मधेश अभियानको समीक्षा हुने उनले बताए ।

    माओवादीले गत सोमबारदेखि ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’को सुरु गरेको थियो । झापाको केचनाकबलबाट शुरू अभियान कञ्चनपुर पुगेर टुंग्याउने माओवादीको तयारी छ ।

    अभियानमा अध्यक्ष प्रचण्डसहित पार्टीका उपमहासचिव तहसम्मका नेता सहभागी छन् । माओवादीले अभियानमा जनताको कुरा सुन्ने र सरकारविरुद्ध खबरदारी गर्दै आइरहेको छ ।

  • विद्यालयमा माओवादीको आमसभा- विद्यार्थी घर धपाइए

    विद्यालयमा माओवादीको आमसभा- विद्यार्थी घर धपाइए

    जनकपुरधाम । तराई-मधेस जागरण अभियान नेकपा माओवादी केन्द्रले धनुषाको हंसपुर नगरपालिकामा विद्यालय बन्द गराएर सभा गरेको छ ।

    हंसपुर नगरपालिका-६ सोनगमास्थित राष्ट्रिय प्रावि विद्यालयमा माओवादीले कार्यक्रम राखेको थियो । अध्यक्ष ‘प्रचण्ड’ सहितका नेताले सम्बोधन गरेका छन् ।

    माओवादीका स्थानीय नेताको दबाबले विद्यालय बन्द गरिएको एक शिक्षकले बताए ।

    ‘अचानक विद्यालय बन्द गर्नुपर्‍यो । पढ्न आएकालाई घर फर्काउनु पर्‍यो’, ती शिक्षकले बताए ।

    पठनपाठन नै बन्द गर्ने गरी दलहरूले कार्यक्रम गर्ने गरेको भन्दै अभिभावकले गुनासो गरेका छन् ।