Category: माओवादी केन्द्र

  • प्रेस सेन्टरको अध्यक्षमा आधा दर्जन पत्रकार नेताको दाबी, को बन्ला ‘एचक्यू’मा हावी ?

    प्रेस सेन्टरको अध्यक्षमा आधा दर्जन पत्रकार नेताको दाबी, को बन्ला ‘एचक्यू’मा हावी ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा आबद्ध पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा आधा दर्जनभन्दा बढी नेताले दाबी गरेका छन् ।

    चैत १६ र १७ गते काठमाडौंमा आयोजना हुने पाँचौं महाधिवेशनबाट प्रेस सेन्टरको नयाँ नेतृत्व चयन हुँदैछ । नेतृत्वका आकांक्षीहरुसँग सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचार विभाग प्रमुख अग्नि सापकोटा र सचिव गोविन्द आचार्यले सामूहिक छलफलसमेत गरेका छन् ।

    पेरिसडाँडाको छलफलमा अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष कमल गिरीसहित ७ जना नेताले दाबी पेश गरेको छलफलका एक सहभागीले बताए । त्यस्तै अध्यक्षमा सशक्त दाबी गर्नेमा उपाध्यक्ष लक्ष्मण खड्कासमेत थिए ।

    त्यस्तै उपाध्यक्ष निर्मल ज्ञवाली, महासचिव सन्तोष पौडेल, मनोज घर्तीमगरसहित दीपेन्द्र रावल, सुरेश यादवलगायतले पनि अध्यक्ष पदमा दाबी गरेका थिए ।

    सो छलफलमा हालका अध्यक्ष विष्णु सापकोटा जुगलले आफ्नो यो कार्यकाल सफल र विवादरहित भएको तथा सबै प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भएकाले केन्द्रमा पनि सहमतिका आधारमा नेतृत्व चयन गर्न उपयुक्त हुने बताए ।

    सापकोटाको आशय आफैं दोहोरिने छ । सापकोटालाई नै दोहोर्‍याएर अहिलेको पदमा यथावत रहने आशय निर्मल ज्ञवाली र सन्तोष पौडेलको पनि देखिएको सेन्टरका नेताहरूले बताए । यद्यपि सापकोटा नहुँदा अध्यक्षको दावेदारका रुपमा प्रस्तुत गरेका थिए ।

    वरिष्ठ उपाध्यक्ष कमल गिरीले आफ्नो लामो पृष्ठभूमि र पत्रकारिताको निरन्तरता सम्झाउँदै सोपानका आधारमा पनि वरिष्ठबाट अध्यक्षमा दाबी गर्नु प्राकृतिक न्यायको सिद्धान्त हुने बताएका थिए । उनले सर्वसम्मत नभए निर्वाचनमा ढ्वाङ थाप्न आफू तयार रहेको भन्दै सापकोटालाई सर्वसम्मत नछाड्ने आशय व्यक्त गरेका छन् ।

    अध्यक्षका अर्का दावेदार लक्ष्मण खड्काले आफू संगठनको ग्रासरुटदेखि उपाध्यक्ष भएको र सामुदायिक रेडियो प्रसारक संघ जस्तो बाह्य मोर्चाको नेतृत्वमा पनि सफल कार्यकाल बिताएको स्मरण गराउँदै अध्यक्षमा दाबी गरेका छन् ।

    खड्काले दोलखाको संस्थापक अध्यक्षसहित तीन पटक नेतृत्व गरेको, केन्द्रीय सदस्य र सचिव हुँदै उपाध्यक्ष बनेको आधारमा आफूमाथि न्याय हुनुपर्ने बताएका छन् । उनी मूलधारको पत्रकारितामा समेत राम्रो व्यवसायिक पत्रकारका रुपमा परिचित छन् ।

    पेरिसडाँडाको छलफलमा मनोज घर्तीमगरले नयाँ र युवालाई नेतृत्व दिनुपर्ने भन्दै अखिल क्रान्तिकारीमा नयाँ नेतृत्व आएर स्ववियुमा उत्कृष्ट प्रदर्शन गरेको उदाहरण दिएर आफूलाई अध्यक्षको दावेदारका रुपमा प्रस्तुत गरेका थिए ।

    अर्कोतर्फ दीपेन्द्र रावलले युद्धकालमा पत्रकारिता गरेको र गोलीका छर्रा बोकेर हिँडेको भन्दै भावुक मन्तव्य दिएर अध्यक्ष उम्मेदवारका रुपमा प्रस्तुत गरेका थिए । अर्का उपाध्यक्ष सुरेश यादवले पनि सो छलफलमा अध्यक्ष पदप्रति आकांक्षा देखाएका थिए ।

    पत्रकार महासंघका पूर्वमहासचिव रोशन पुरी, लेखनाथ न्यौपाने, बबिन शर्मा, कोषाध्यक्ष रामकृष्ण अधिकारी, रुवि श्रेष्ठलगायत नेतृत्वका आकांक्षीहरुको छलफललाई पार्टी नेतृत्वले भावी नेतृत्वको रुपरेखा तयार गर्न आयोजना गरेको हो ।

    माओवादीमा अहिले सबैले ‘एचक्यू’को आशीर्वाद खोज्ने प्रचलन छ । जनयुद्धकालमा माओवादी पंक्तिमा स्थापित भएका एसीएम, डीसीएम, सीसीएम, आईएनटी भने जस्तै एचक्यू पनि प्रिय शब्द हो । पार्टी हेडक्वार्टरलाई माओवादीमा एचक्यू भनिन्छ ।

    अहिले प्रचण्ड नै एचक्यू हुन् । एचक्यूको कोटामा जो पर्छ, उसैले चुनाव जित्ने नजिर अखिल क्रान्तिकारीबाट बसिसकेकाले प्रेस सेन्टरका सबै आकांक्षी एचक्यूको सिग्नल खोजिरहेका छन्, तर अहिलेसम्म कसैले एचक्यूको सिग्नल भने पाइसकेका छैनन् ।

    कमल गिरीलाई एचक्यूले बोलाएर अघि बढ्न भनिसकेको चर्चाले खैलाबैला मच्चिएको छ, तर अध्यक्ष सापकोटासहित अन्य नेताहरुले त्यो सम्भव नरहेको भन्दै नारायणकाजी श्रेष्ठ गुटका गिरीलाई एचक्यूले नबोक्ने बताउन थालेका छन् ।

    गिरी सापकोटासँगै पनि चुनाव लड्न अघि सरिसकेका छन् । उनी नेकपा मसाल, एकता केन्द्र मसाल हुँदै एकीकृत माओवादी धारमा स्थापित भएका पत्रकार हुन् । उनले आफू नारायणकाजी नभएर सिंगो हेडक्वार्टरको साझा व्यक्ति भन्ने गरेका छन् ।

    अर्कोतर्फ लक्ष्मण खड्का ग्रासरुटदेखि माथिल्लो कमिटी र मूलधारको पत्रकारितादेखि अकोराबसम्म अग्रभागमा देखिएका पत्रकार हुन् । उनी माओवादी सत्तामा हुँदा कुनै सुविधाको पद नपाएकामा पर्छन् ।

    निर्मल ज्ञवाली युद्ध पत्रकारितादेखि नै आन्दोलनमा रहेका हुन् भने सन्तोष पौडेल र मनोज घर्तीमगर दुवै मोर्चाका युवा हुन् । दावेदारमध्येबाटै अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवलगायतका पदमा व्यवस्थापन हुने सम्भावना पनि छ ।

    जुगललाई नै सर्वसम्मत दोहोर्‍याएर लैजाने पक्षका नेताहरुले आफ्नो सहज व्यवस्थापन देखिरहेका बेला कमल गिरी चुनाव लड्ने मुडमा छन् । सेन्टरको अध्यक्ष संगठनको पूर्णकालीन हुनुपर्ने विधानको व्यवस्था रहेकाले जुगल दोहोरिन उनले राष्ट्रियसभा अध्यक्षको सचिवालयबाट राजीनामा दिनुपर्ने हुन्छ ।

    अध्यक्षका दावेदारमध्ये हेडक्वार्टरले कसलाई बोक्छ, त्यसपछि असन्तुष्ट अर्कोलाई बोकेर चुनावी मैदानमा उतार्ने योजनामा जनार्दन शर्मा पक्ष रहेको चर्चा छ । अहिले हेडक्वार्टरको नजरमा पर्ने डरले कोही पनि जनार्दनको पक्षमा बोल्न वा जनार्दनलाई भेट्नसमेत डराइरहेका छन् ।

    तर दावेदारमध्ये कसलाई हेडक्वार्टरले बोक्छ, त्यसपछिको बलियो खुट्टा टेक्ने उम्मेदवारलाई बोक्ने योजनामा शर्मा पक्ष छ । संस्थापक नेताहरु महेश्वर दाहाल, ओम शर्मा, खिलबहादुर भण्डारी, मनऋषि धिताललगायतको पंक्ति अहिले प्रेस सेन्टरको संस्थापन इतरमा पारिएकाले उनीहरुले बोक्ने उम्मेदवार पनि बलियो प्रतिस्पर्धी बन्ने देखिन्छ ।

    जनार्दन पक्षबाट अहिलेसम्म दिपेन्द्र शर्माले महासचिवमा दावी गरेबाहेक अध्यक्षमा कोही उनको उम्मेदवार भनेर चिनिने आँट गरिरहेका छैनन् । हेडक्वार्टरको उम्मेदवारविरुद्ध उभिनेलाई अध्यक्ष पदमा जनार्दनबाहेक पनि प्रेस सेन्टरको संस्थापन पक्षबाट किनारा पारिएका धेरै नेता कार्यकर्ताको समर्थन हुने सम्भावना छ ।

  • संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने तीन दलबीच सहमति (भिडिओ)

    संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने तीन दलबीच सहमति (भिडिओ)

    काठमाडौं । तीन दलको शीर्ष नेताहरुको बैठकमा संक्रमणकालीन न्याय निरुपणको काम टुंग्याउने बिषयमा छलफल भएको छ ।

    सिंहदबारमा बसेको बैठकमा आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिबारे छलफल भएको एमाले स्थायी कमिटी सदस्य वरिष्ठ अधिवक्ता अग्नि खरेलले बताए ।

    उनले भने, ‘बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिको लागि सिफारिस समिति सर्च कमिटी गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरुसँग परामर्श गर्नुभयो । र परामर्श अनुसार सिफारिस समिति बढाउने प्रक्रिया अघि बढ्छ ।’

  • प्रधानमन्त्री र देउवा भेट्नुअघि प्रचण्ड शीतल निवासमा, राजाका गतिविधिबारे राष्ट्रपतिसँग छलफल

    प्रधानमन्त्री र देउवा भेट्नुअघि प्रचण्ड शीतल निवासमा, राजाका गतिविधिबारे राष्ट्रपतिसँग छलफल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतलनिवास पुगेका छन् ।

    शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । भेटमा पछिल्लो गतिविधिबारे छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ ।

    पूर्वराजाको गतिविधि बढेपछि आजै प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच पनि भेटवार्ता हुँदैछ ।

    शीर्ष नेतासँग बस्नुअघि प्रचण्डले शीतल निवास पुगेर भेटमा पछिल्लो समय पूूर्वराजा ज्ञानेन्द्र शाहकै नेतृत्वमा भइरहेका राजावादी गतिविधिहरुको बारेमा समेत समीक्षा भएको शीतल निवास स्रोतले जनाएको छ ।

    प्रचण्डले राष्टपतिसँग सरकारका कामको आलोचना गर्दै कांग्रेस नेतृत्वले एमालेसँग गरेको सत्ता सहकार्यले विगतमा गरिएको गठबन्धनमाथि धोका भएको गुनासो गरेका छन् ।

    भेटमा संक्रमणकालीन न्याय निरुपणका विषयमा समेत छलफल भएको र यसैबारेमा आजै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट हुन लागेको जानकारी प्रचण्डले राष्ट्रपतिलाई गराएका छन् ।

  • प्रतिपक्षी माओवादी र जसपा नेपालद्वारा मधेस प्रदेशसभा बैठक अवरुद्ध

    प्रतिपक्षी माओवादी र जसपा नेपालद्वारा मधेस प्रदेशसभा बैठक अवरुद्ध

    जनकपुरधाम । प्रतिपक्षी नेकपा माओवादी केन्द्र र जसपा नेपालले मधेस प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् ।

    सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै माओवादी संसदीय दलका नेता भरत प्रासद साहले बैठक चल्न नदिने बताए ।

    उनले मुख्यमन्त्री कुटनीति मर्यादा विपरित विदेश गएको, कमिशन लिएर पालिकालाई सशर्त बजेट दिने गरेको, संघका कर्मचारीसंग मोटो रकम लिएर जिम्मेवारी दिने गरेको लगायतका आरोपको विषयमा मुख्यमन्त्रीको जवाफ माग गरे ।

    उनले भने, ‘कुटनीति मर्यादाको ख्याल नगरेको विषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्छ । अन्य आरोपको सन्दर्भमा संसदीय छानविन समिति बनाउनुपर्छ । होइन् भने सदन चल्न दिदैनौं ।’

    सांसद साहले आफ्नो राखेपछि माओवादीका अन्य सांसद र जसपा नेपालका सांसदहरु उभेर संसद अवरुद्ध पारे ।

    जसपा नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले सरकारले जिल्लास्थित कार्यालयको योजनाहरु मन्त्रीको सचिवालयबाट वितरण हुने गरेकोमा आपत्ति जनाए ।

    उनले भने, ‘माननीय जीहरुले डेढ करोड र ५ करोडको योजना पाए कि पाएनन् भन्ने विषय पनि छ । यसका लागि संसदीय छानविन समिति बनाउनुपर्छ ।’

    माओवादी र जसपा नेपालका सांसदहरु संसद अवरुद्ध पारेपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

  • कांग्रेस र एमाले लक्षित प्रचण्डको टिप्पणी- सायद २०८४ मा यिनीहरूको दिन सकिन्छ (भिडिओ)

    कांग्रेस र एमाले लक्षित प्रचण्डको टिप्पणी- सायद २०८४ मा यिनीहरूको दिन सकिन्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीहरू सबै एकै ठाउँमा हुने प्रक्रिया सुरु भइसकेको बताएका छन् ।

    तराई–मधेश जागरण अभियानअन्तर्गत चितवनमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले माओवादीहरूमात्रै नभई समाजवादी मोर्चालाई पनि एउटै केन्द्र बनाउने प्रयास भइरहेको बताए ।

    प्रचण्डले भने, ‘माओवादीहरूलाई एकताबद्ध गर्न के गर्नुपर्छ, सके जति सबै गर्छु मैले, माओवादीमात्रै होइन, पर्सि समाजवादी मोर्चाको कार्यक्रम हुँदैछ । त्यसलाई पनि एउटै केन्द्रमा ल्याउने मेरो कोसिस छ ।’

     

    उनले अहिले विद्यार्थी चुनावमा कांग्रेस र एमाले निकट विद्यार्थी सङ्गठनहरू मिल्दा पनि क्रान्तिकारीले सखाप पार्न सफल भएको बताए ।

    कांग्रेस र एमाले अहिले भ्रष्टाचारीको संरक्षणमा केन्द्रित रहेको भन्दै प्रचण्डले भने, ‘२०६४ को झल्कोमात्रै होइन, २०८४ मा सायद हामी सबै एक भएर मेहनत गर्‍यौं भने यी भ्रष्टाचारी, बुर्जुवा, दलाल, बिचौलिया र भूमाफियाको दिन सकिन्छ, जनताको असली राज आउँछ ।’

  • ‘मप्रति जनताको सद्भाव बढेको छ, प्रचण्ड नै चाहिन्छ भन्न थालेका छन्’

    ‘मप्रति जनताको सद्भाव बढेको छ, प्रचण्ड नै चाहिन्छ भन्न थालेका छन्’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले अबको भरोषा माओवादी केन्द्रमात्रै हो भन्ने बुझेको बताएका छन् ।

    तराई-मधेश जागरण अभियानअन्तर्गत चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अभियानमा पार्टीप्रति ठूलो लहर देखिएको बताए ।

    प्रचण्डले भने, ‘माओवादीको यो अभियानमा अभूतपूर्व लहर देखिएपछि प्रतिक्रियावादी बुर्जुवा पार्टीहरुमा खैलाबैला मच्चिएको पनि हामीले थाहा पायौं । मधेशवादी दल भन्नेहरु पनि हावाकावा भएको देख्यौं ।’

    उनले आफूप्रति जनताको सद्भाव बढेको जिकिर गर्दै २०६४ को भन्दा धेरै उचाइमा महसुस गर्न थालेको बताए ।

    उनले भने, ‘प्रचण्डप्रति जनताको जुन स्तरको आशा, भरोषा देखेँ, त्यो साँच्चै नै असाधारण छ । जनताले २०६४ को भन्दा उचाइको महसुस गरेर प्रचण्ड नै चाहिन्छ भन्न थालेका छन् । तपाईंहरुले सुन्नुभएकै होला । त्यसले पार्टी र मप्रति ठूलो जिम्मेवारी र प्रेरणा बनेको छ ।’

    अहिलेको सरकारले भ्रष्टाचारीलाई रक्षा गर्न केन्द्रित भएकाले इतिहास भएकाहरुले टाउको उठाउन खोजेको उनले बताए ।

    उनले चैत १५ गतेसम्म पुग्दा नपुग्दै आफूहरुको प्रतिवादले प्रतिक्रियावादीहरुको प्रयास असफल हुने जिकिर गरे ।

  • राजावादी र ओलीको आलोचना गर्दै अग्निले भने- इतिहासले फेरि नेपालको जिम्मा प्रचण्डलाई दिँदैछ

    राजावादी र ओलीको आलोचना गर्दै अग्निले भने- इतिहासले फेरि नेपालको जिम्मा प्रचण्डलाई दिँदैछ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सम्पूर्ण रुपमा फेल भइरहेको दाबी गरेका छन् ।

    तराई-मधेश जागरण अभियानअन्तर्गत चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सरकार असफल भइरहेको जिकिर गरे ।

    नेता सापकोटाले भने, ‘अहिले केपी ओलीलाई ७८ जना सांसदको अहंकार छ । विचार र विवेश शून्य छ । त्यसकारण इतिहासले फेरि नेपालको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिँदैछ । इतिहासले सुम्पिएको त्यो जिम्मेवारी पूरा गर्ने संकल्प गर्नुपर्नेछ ।’

    उनले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा आफूहरु युग परिवर्तनको लागि हिँडिरहेको बताए ।

    नेता सापकोटाले भने, ‘अहिले भयानक संकट छ, तर संकटभित्र सम्भावना पनि छ । हामीले राजावादीहरुको हौवाले यी सबै कुरा गरिरहेका छैनौं । त्यसप्रति सचेत हुँदै समाजवादी क्रान्तिमा अघि बढिरहेका छौं। अहिले राजावादी र ओलीलाई चुनौती दिनेगरी बुद्धिमतापूर्ण ढंगले हाम्रो अध्यक्षले फायर खोलिसक्नु भएको छ । फायर खोल्न नपाउँदै ती प्रतिगमनकारीहरुको हावा खुस्किसकेको छ । ८६ वर्षको उमेरमा केको आन्दोलन ?’

  • जनार्दन शर्मालाई प्रश्न- आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व लिने तयारी कसरी गर्दै हुनुहुन्छ ?

    जनार्दन शर्मालाई प्रश्न- आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व लिने तयारी कसरी गर्दै हुनुहुन्छ ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले नेतृत्व लिने भन्दापनि पार्टीभित्र विधि र प्रक्रियाको कुरा उठाएको बताएका छन्।

    ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीभित्र आत्मसमीक्षा गरेर नै अहिले आफूहरू जनता केन्द्रित अभियानमा लागेको बताए।

    माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उपमहासचिव शर्माले टक्कर दिँदै आइरहेका छन्। उनले आगामी महाधिवेशनमा प्रचण्डलाई चुनौती दिने आन्तरिक गृहकार्य अघि बढाइरहेको बताइन्छ। अखिल क्रान्तिकारीको नेतृत्व छान्ने भएको निर्वाचनमा पनि शर्मा पक्षको पकड भएपछि केही हौसिएका छन्।

    अखिलको चुनावपछि हौसिएका शर्मालाई पत्रकारहरूले आगामी महाधिवेशनमा नेतृत्व लिनेगरी भइरहेको तयारी कहाँ पुगेको छ? भन्दै प्रश्न सोधे।

    त्यसको जवाफमा शर्माले दिएको जवाफ,
    असारबाट पार्टीको महाधिवेशनको प्रक्रिया सुरु गर्ने केन्द्रीय कमिटीले निर्णय गरेको छ। त्यो निर्णय अनुसार मंसिरमा हुन्छ। पार्टी सङ्गठनलाई व्यवस्थित गर्ने, जनताको मुद्दा अगाडि बढाउने, सङ्गठनलाई विधिबाट अघि बढाउने र युवा पुस्ताको आवाजलाई सुन्न सक्ने क्षमताको पार्टी विकास गर्ने कुरा गर्दा सैद्धान्तिक, नीतिगत, संरचनागत, विधिगत र प्रतिस्पर्धाको रूपमा पनि अब्बल पार्टी बनाउने कुरामै हाम्रो एजेन्डाहरू छन्।
    हामीले देशैभर र केन्द्रीय समितिमा पनि लामो छलफल गरेको छौँ। थप छलफल हामीले महाधिवेशनमा गर्नुपर्छ भनेका छौँ। हाम्रो नेतृत्व प्रणाली सामूहिक टीममा हुन्छ, त्यो महाधिवेशनले तय गर्छ। नेतृत्व छान्नको लागि पार्टी सदस्य सार्वभौम हो। उहाँहरूले गर्ने निर्णयबाट पार्टीलाई वैचारिक, नीतिगत, संरचनागत र विधिगत रूपमा अगाडि बढाउनुपर्छ भनेका छौँ। त्यसैले त्यो बेलामा व्यक्ति को को आइपुग्छ अहिले भन्ने सकिँदैन।

  • स्ववियु चुनावबाट माओवादीमा उछाल, २०८४ मा एक्लै लड्न थपिँदै बल

    स्ववियु चुनावबाट माओवादीमा उछाल, २०८४ मा एक्लै लड्न थपिँदै बल

    काठमाडौं । चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको परिणाममा पार्टी निकट अखिल क्रान्तिकारीको पक्षमा लहर देखिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेसबुक पोस्टमा लेखे- ‘कैयौं क्याम्पसमा सत्ता गठबन्धन समर्थित विद्यार्थी संगठनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ ।’

    यद्यपि त्रिविका आंगिक र सम्बन्धन प्राप्त सबै कलेजमा भएको चुनावको परिणाम अहिलेसम्म आएको छैन । केहीमा चुनाव हुनै बाँकी छ ।

    त्रिवि केन्द्रीय क्याम्पस, त्रिचन्द्र, आरआर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी, शंकरदेव, सरस्वती क्याम्पस, अमृत साइन्सलगायत ठूला २२ आंगिक क्याम्पसमा निर्वाचन नै हुन सकेको छैन ।

    चुनाव भएका क्याम्पसहरूमा माओवादी निकट अखिल क्रान्तिकारीले राम्रो प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकासहित बाहिरका ठूला क्याम्पसहरूमा पनि क्रान्तिकारी बाजी मार्न सफल भयो । स्थानीय तहको उपनिर्वाचनबाट हौसिएको माओवादी स्ववियु चुनावको परिणामले थप उत्साही बनेको छ ।

    त्रिविका ६२ आंगिक क्याम्पसमध्ये उपत्यकामा क्रान्तिकारीले जनप्रशासन बल्खु, सानोठिमी क्याम्पस भक्तपुरमा जितेको छ । यद्यपि ती दुवै क्याम्पसमा नेविसंघसँग गठबन्धन गरेर उसले सभापति जितेको हो ।

    तर उपत्यका बाहिर महेन्द्र मोरङ, विराटनगर नर्सिङ, भोजपुर बहुमुखी, स्नातकोत्तर क्याम्पस विराटनगर, त्रिभुवन बहुमुखी पाल्पा जस्ता ठूला क्याम्पसमा क्रान्तिकारीले एक्लै स्ववियु जितेको छ ।

    महेन्द्र मोरङमा जितेका रोहित यादवलाई अध्यक्ष प्रचण्डले इतिहास रचेको भन्दै फोन गरेर बधाई दिनसमेत भ्याए । किनकि यो क्याम्पस कांग्रेसको गढ मानिन्छ ।

    प्रचण्डले महेन्द्र मोरङको जितले देशभर एउटा निकै राम्रो सन्देश गएको भन्दै भोलि धेरै राम्रो गर्न सक्ने आधार बनेको बताए ।

    ४० आंगिक क्याम्पसको मत परिणाम आउँदा क्रान्तिकारीले ८ क्याम्पसमा जितेको छ । स्वतन्त्रबाट जितेका चितवनका सभापति क्रान्तिकारीमा प्रवेश गरेका छन् ।

    त्यसो त यसअघि मोरङ ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा पनि माओवादीका नमोनारायण माझीले जितेका थिए । यो जितपछि माओवादी वृत्त उत्साहित थियो ।

    अहिले माओवादीले भ्रष्टाचारको मुद्दा उठाएको छ । भ्रष्टाचारीहरूलाई कारबाही गर्न थालेपछि आफू नेतृत्वको सरकार ढालेर कांग्रेस र एमाले मिलेको भन्दै प्रचण्ड अहिले हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियानमा छन् ।

    स्ववियु निर्वाचनको परिणामपछि उत्साहित प्रचण्ड हिजो बारामा आयोजित कार्यक्रममा यस्तो सुनिए,

    स्ववियु निर्वाचन भर्खरै सम्पन्न भएको छ । केहीमा हुँदैछ । त्यो निर्वाचनमा युवा उच्च शिक्षा अध्ययन गर्नेहरूको रुझान कता जाँदैछ भन्ने संकेत दिएको छ । यो पटक साँच्चै नै केही नयाँ इतिहासको रचना भएको छ ।

    हिजो माओवादी केन्द्र अरुको बैशाखी नटेकी उठ्नै सक्दैन भन्ने भाष्य एमाले र कांग्रेसहरूले बनाएका थिए, तर गएको उपचुनावमा हामीबाट हामी कसैको बैशाखी टेकेर होइन, आफ्नै खुट्टामा उभिएर परिणामलाई आफ्नो पक्षमा पार्न सफल छौं भन्ने सावित गरेका थियौं ।

    कांग्रेस र एमाले मिलेर लड्दामात्रै होइन, चुनाव चिन्ह साटासाट गरेर एकै ठाउँमा उभिँदा पनि माओवादीले अत्यधिक मतले विजयी भएर हामीले सावित गरेका छौं । कहिले कांग्रेस, कहिले एमालेसँग मिल्दा फाइदा उनीहरूलाई भएको थियो । हामीलाई घाटा भएको प्रमाणित भयो ।

    अहिले स्ववियु निर्वाचनमा आउँदा पनि नेविसंघ र अनेरास्ववियु मिलेर लडेको क्याम्पसमा पनि एक्लै अखिल क्रान्तिकारीले विजय हासिल गरेको छ । तीसौं वर्षका इतिहास तोडिएका छन् । महेन्द्र मोरङ जस्ता क्याम्पसहरूमा विजयको झन्डा फहराएका छन् । ती सबै युवा विद्यार्थीहरू अब यथास्थितिको पक्षमा छैनन्, अग्रगमन, प्रगति र माओवादीको पक्षमा छन् भन्ने प्रमाणित भएको छ ।

    एक्लै लड भन्ने सन्देश

    अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले पनि स्ववियु निर्वाचनको परिणामले पार्टीलाई आगामी निर्वाचनमा एक्लै लड भन्ने सन्देश दिएको बताए ।

    माओवादीले अघि बढाएको सुशासन र भ्रष्टाचारविरुद्धको कदम, सामाजिक न्याय र समृद्धिको नारालाई क्रान्तिकारीमा मत जाहेर गरेर विद्यार्थीले ऐक्यबद्धता जनाएको उनको बुझाइ छ ।

    उनले भने, ‘उपविजेता भएको स्थान पनि कडा रूपमा निकटतम प्रतिद्वन्द्वी भएको छ । १० मतभन्दा कमीले हार्नुपरेका कलेजहरू पनि धेरै छन् । स्ववियुमा २८ वर्ष र संगठनमा ३२ वर्षे उमेर हद लगाउने क्रान्तिकारीलाई विद्यार्थीले यसपालि रुचाएका छन् ।’

    माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङले पनि स्ववियु निर्वाचनको परिणाम उत्साहजनक आएको बताए ।

    उनले भने, ‘यो हामीले सोचेकोभन्दा राम्रो परिणाम आएको छ । युवा विद्यार्थीहरूमा अखिल क्रान्तिकारीमा नयाँ पुस्ताको झुकाव बढेको नै देखिएको छ । संगठन नै नभएको ठाउँमा संगठन निर्माण भएको छ । भएको ठाउँमा प्रतिस्पर्धा भएको छ । प्रतिस्पर्धा हुने ठाउँमा सत्ता गठबन्धनलाई नै हराएर जितेको छ ।’

    युवा र विद्यार्थीहरूलाई राष्ट्रिय राजनीतिमा आउने वातावरण स्ववियु निर्वाचनले नै बनाउने उनले बताए । पूर्वअध्यक्ष तामाङले स्थानीय तहको उपनिर्वाचन र स्ववियु निर्वाचनको परिणामले माओवादीलाई आगामी निर्वाचनमा एक्लै लड्ने आधार दिएको दाबी गरे ।

    उनले भने, ‘सत्तासिनहरूले दुई दलीय व्यवस्थाको वकालत गर्दैगर्दा उपचुनाव, स्थानीय तहको उपनिर्वाचन हुँदै स्ववियु चुनावसम्म आइपुग्दा त्यसलाई खारेज गरेको छ । माओवादीको एजेण्डा, मुद्दा नेतृत्वको आवश्यकतालाई अझै जनताले महसुस गरेको हामीले बुझेका छौं ।’
    पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले चालेको सुशासनको एजेण्डाले पार्टीप्रति जनताको आकर्षण बढेको उनको बुझाइ छ ।

    राजनीतिक विश्लेषक हरि रोक्काले पनि पछिल्लो समय माओवादीप्रति आकर्षण बढ्दै गएको देखिएको बताए ।

    उनले भने, ‘अहिले माओवादी सरकारमा नहुँदा जनतामा केही मोह बढेको छ । दुई ठूला पार्टी सरकारमा छन्, जनताको अर्को विकल्प पनि छैन ।’

    रोक्काले स्ववियु चुनावमा अखिल क्रान्तिकारीमा देखिएको लहर २०८४ को चुनावसम्म पनि जानसक्ने विश्लेषण गरे ।

    उनले भने, ‘बाबुआमा लागेपछि न छोराछोरी त्यतै लाग्ने हुन् । अहिले युवा पुस्ताले समर्थन गरेपछि बाबुआमा पनि सँगै लाग्नसक्छन् । त्यसको प्रभाव त परिहाल्छ नि !’

    उनले कांग्रेस र एमालेले पनि एक्लै लड्छौं भनिरहेको बेलामा प्रतिपक्षमा हुँदा प्रचण्डले एक्लै लड्छौं भन्नु स्वाभाविक रहेको बताए ।

  • ०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन : प्रचण्ड

    ०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सम्म आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको प्रष्टीकरण दिएका छन्। वीरगञ्जमा सञ्चारकर्मीहरूसँग २०८४ सम्म आफू जनताकै साथमा रहने भन्दै प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताए।

    उनले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काममा केन्द्रित रहेको आरोप लगाए।

    उनले भने, ‘यो सरकार राम्रो काम गर्न बनेको होइन। उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ। राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो। त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ।ु

    उनले एमाले सांसद तथा लेखा समितिको सभापति समेत रहेका ऋषिकेश पोखरेलमाथि ठूला ठूला आरोप लागेको भए पनि चोख्याउने काम भएको दाबी गरे।

  • चितवनमा स्वतन्त्रबाट स्ववियू सभापति जितेका प्रज्ज्वल क्रान्तिकारीमा प्रवेश, प्रचण्ड-रेनुले गरे स्वागत

    चितवनमा स्वतन्त्रबाट स्ववियू सभापति जितेका प्रज्ज्वल क्रान्तिकारीमा प्रवेश, प्रचण्ड-रेनुले गरे स्वागत

    काठमाडौं । चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्रबाट निर्वाचित स्ववियु सभापति प्रज्वल अधिकारी अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड र भरतपुर महानगरकी मेयर रेनु दाहालले स्वागत गरे ।

    उनले सामाजिक सञ्जालमार्फत आफू क्रान्तिकारीमा प्रवेश गरेको बताएका छन् ।

    स्ववियू निर्वाचनमा आफूलाई अध्यक्षमा विजयी गराएकोमा सबैलाई धन्यवाद दिँदै उनले स्ववियू सभापतिका रुपमा रहेर क्याम्पसको हितका लागि अखिल क्रान्तिकारीमा समाहित भएको बताएका छन् ।

    क्रान्तिकारीमा समाहित भएपनि संयुक्त प्यानलको प्रतिवद्धता पत्र अनुसारनै काम गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

    अधिकारीले ७८ भोट ल्याएर जित्दा प्रतिद्वन्द्वी अनेरास्ववियुका विशाल पोखरेलले ५४ मत ल्याएका थिए

  • स्ववियु चुनावबारे प्रचण्ड- माओवादी सकियो भन्नेहरुलाई जवाफ, कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं (भिडिओ)

    स्ववियु चुनावबारे प्रचण्ड- माओवादी सकियो भन्नेहरुलाई जवाफ, कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र स्ववियु चुनावको परिणामले माओवादी सकियो भन्नेहरुलाई जवाफ दिएको बताएका छन्।

    तराई मधेश जागरण अभियानको क्रममा बारा आयोजित सभालाई सम्बोधन गर्दै स्ववियु चुनावको परिणामले माओवादी कसैको बैशाखी नटेकी उभिनसक्छ भन्ने सन्देश दिएको बताए।

    उनको भनाइ-
    स्ववियु निर्वाचन भर्खरै सम्पन्न भएको छ। केहीमा हुँदैछ। त्यो निर्वाचनमा युवा उच्च शिक्षा अध्ययन गर्नेहरुको रुझान कता जाँदैछ भन्ने संकेत दिइएको छ। यो पटक साँच्चै नै केही नयाँ इतिहासको रचना भएको छ।

    हिजो माओवादी केन्द्र अरुको बैशाखी नटेकी उठ्नै सक्दैन भन्ने भाष्य एमाले र कांग्रेसहरुले बनाएका थिए। तर गएको उपचुनावमा हामीबाट हामी कसैको बैशाखी टेकेर होइन। आफ्नै खुट्टामा उभिएर परिणामलाई आफ्नो पक्षमा पार्न सफल छौं भन्ने सावित गरेका थियौं।

    कांग्रेस र एमाले मिलेर लड्दा मात्रै होइन, चुनाव चिन्ह साटासाट गरेर एकैठाउँमा उभिँदा पनि माओवादीले अत्याधिक मतले विजयी भएर हामीले सावित गरेका छौं। कहिले कांग्रेस, कहिले एमालेसँग मिल्दा फाइदा उनीहरुलाई भएको थियो। हामीलाई घाटा भएको प्रमाणित भयो।

    अहिले स्ववियु निर्वाचनमा आउँदा पनि नेविसंघ र अनेरास्ववियु मिलेर लडेको क्याम्पसमा पनि एक्लै अखिल क्रान्तिकारीले विजयी हासिल गरेको छ। तीसौं बर्षका इतिहास तोडिएका छन्। महेन्द्र मोरङ जस्ता क्याम्पसहरुमा विजयीको झण्डा फहराएका छन्। ती सबै युवा विद्यार्थीहरु अब यथास्थितीको पक्षमा छैनन्, अग्रगम, प्रगति र माओवादीको पक्षमा छन् भन्ने प्रमाणित भएको छ।

  • माओवादी र एमालेको पछि लागेर हुँदैन, अब कांग्रेसले निर्णय लिनुपर्छ : शेखर कोइराला (भिडिओ)

    माओवादी र एमालेको पछि लागेर हुँदैन, अब कांग्रेसले निर्णय लिनुपर्छ : शेखर कोइराला (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको चर्को आलोचना गरेका छन् ।

    गिरिजाप्रसाद र लोकतन्त्र अन्तरक्रिया कार्यक्रममा बोल्दै अहिले सरकारले सुशासन कायम गर्न नसकेको बताए ।

    त्यसबारे उनको भनाइ:

    कांग्रेस र एमालेको सरकार छ। तर सुशासन पटक्कै छैन। यो कुरा अब हामीले भन्ने कि नभन्ने मैले त पटक पटक भनिरहेको छु हामी सत्तापक्षका मान्छे हौं ।

    तर, सरकारमा छैनौं । सरकारमा हुने मन्त्रीहरुले एमालेसँग सहकार्य गर्नुहोस् हामीलाई कुनै आपत्ति छैन । तर सत्तापक्षमा छौं तर सरकारमा नहुनेको जिम्मेवारी सरकार, कांग्रेस र एमालेलाई खबरदारी गर्ने जिम्मेवारी छ ।

    जहिलेजहिले नेपाल अफ्ठेरोमा परेको छ कांग्रेसको नेतृत्वमा घटना घटेको छ र सफल भएको छ । अहिले कांग्रेस कहिले माओवादीको पछि लागेको छ । कहिले एमालेको पक्षमा लागेको छ। अब त्यो हुँदैन ।

    अब हामी यसरी जाने भनेर निर्णय गर्नुपर्यो । त्यो निर्णयमा अरु दललाई पनि मिलाएर अगाडि लानुपर्छ। त्यो क्षमता हामीसँग छ ।

     

  • प्रचण्डसँग संवाद गर्न प्रयासरत् छु : प्रधानमन्त्री (भिडिओ)

    प्रचण्डसँग संवाद गर्न प्रयासरत् छु : प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुंग्याउन प्रमुख प्रतिपक्ष दलको नेतासँग आफू सम्पर्कको प्रयासमा रहेको उनले बताए ।

    उनले भने, ‘यसमा अहिले पनि म प्रयासरत छु । यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु तर मैले पटकपटक प्रयास गर्दा उहाँ स्वास्थ्य केही समस्या भएको सम्पर्क गर्न नसक्नुभएको जवाफ पाएको छु । उहाँसँग सम्पर्क हुनासाथ काम अगाडि बढाइनेछ ।’

    माओवादी केन्द्रका अध्यक्ष अहिले पार्टीको अभियानमा बारा छन् ।

  • भोजपुर क्याम्पसमा क्रान्तिकारीसँग सत्ता गठबन्धनको हार, अखिलको २१ वर्षे गढ भत्किनुका यी ५ फ्याक्टर

    भोजपुर क्याम्पसमा क्रान्तिकारीसँग सत्ता गठबन्धनको हार, अखिलको २१ वर्षे गढ भत्किनुका यी ५ फ्याक्टर

    भोजपुर । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्ववियू चुनावका परिणामहरू आउने क्रम जारी छ । यसैक्रममा त्रिविको आंगिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पसमा भने २० वर्षदेखि कायम नेकपा एमालेनिकट अनेरास्ववियुको विरासत भने भत्किएको छ ।

    यहाँ सत्तारुढ दल कांग्रेस र एमालेनिकटको नेविसंघ र अनेरास्ववियुको गठबन्धनलाई पराजित गर्दै माओवादीनिकटको अखिल क्रान्तिकारीका उम्मेदवार सभापतिमा विजयी भए ।

    अनेरास्ववियुसँगको गठबन्धनमा भिडेका अशोककुमार कार्कीलाई २५ भोटले हराउँदै क्रान्तिकारीका सोविन तामाङले बाजी मारेका छन् । सोविनले २५३ भोट ल्याउँदा अशोक २२८ मा रोकिए ।

    क्रान्तिकारी, जसपानिकटको समाजवादी विद्यार्थी युनियन र नेकपा एसनिकटको अनेरास्ववियूले यहाँ गठबन्धन गरेका थिए ।

    चुनावी परिणामअनुसार अनेरास्ववियुका उम्मेदवार कोषाध्यक्ष र सदस्य गरी ३, नेविसंघका सदस्य ३, क्रान्तिकारीका अध्यक्ष १ र समाजवादी विद्यार्थी युनियनले १ सचिव जित्यो । अनेरास्ववियूका कोषाध्यक्ष उठेका अभियान चाम्लिङ राई भने पराजित भए ।

    कसरी भत्कियो अनेरास्ववियुको गढ ?

    भोजपुर क्याम्पसको स्ववियुमा २०६० सालदेखि निरन्तर एमालेनिकटको अनेरास्ववियुले राज गरिरहेको थियो । सुरूमा २ कार्यकाल ध्रुवराज राई सभापति बने, त्यसपछि शारदा राउतले जितिन्, पछिल्लो समय अखिलबाटै क्रमश: प्रकाशसिंह राई र निशान राईले बाजी मारे । यसअघिको चुनावमा तत्कालीन सत्ताधारी कांग्रेस र माओवादीको गठबन्धनलाई पनि अखिलले पराजित गरेको थियो ।

    पछिल्लो समय भोजपुरमा तल्लो तहका राजनीतिक प्रतिस्पर्धा र मुद्दालाई खासगरी शेरधन राई र सुदन किरातीबीचको प्रतिष्ठाको लडाइँका रूपमा जोड्ने गरिएको छ । पत्रकार महासंघको निर्वाचनदेखि स्ववियु चुनावसम्म आउँदा पनि त्यो देखिएको जानकारहरू बताउँछन् ।

    लामो समयदेखिको विरासत नामेट पारिएको भन्दै अहिले आन्तरिक र वाह्यरूपमा विभिन्न टिप्पणी र आलोचना देखिन्छ । केहीले फेसबुकमा समेत यसलाई पोखेका छन् ।

    एमालेका युवा नेता विक्रम बुक्छाँले फेसबुकमा लेखेका छन्, ‘ बाँदर जान्ने हुनु ! धेरै दम्भ राख्नु ! अरु कोई हैन, मै हुँ भन्नुको परिणाम !! अनि अहिले नानाथरीको टिप्पणी थु थु !’

    पूर्वस्ववियू सभापति शारदा राउतले पनि चुनावको परिणामलाई लक्षित गर्दै बुधबार बिहानै फेसबुकमा लेखिन्, ‘स्वर्णिम इतिहासको विरासतलाई लत्याएर भएको आत्मसमर्पणको परिणामको समीक्षा गरी अग्रजहरूको पसिनाको महंगो मूल्य चुक्ता गर्न सक्ने क्षमताको विकास गर्नतर्फ लागौं है मित्रहरू ?’

    चुनावी परिणामका केही फ्याक्टर

    विद्यार्थी संगठनका नेता, माउ पार्टी र चुनावलाई नियालिरहेकाहरूको विश्लेषणलाई आधार मान्दा यो नतिजामा उम्मेदवार चयन, आन्तरिक गुट, सांगठानिक गतिविधिलगायतका फ्याक्टर कारक देखिएको छ ।

    एमालेमा विद्यार्थी र पार्टीका केहीले अहिलेकै सभापति निशान नै बलियो उम्मेदवार रहेकाले उनलाई नै अघि सार्नुपर्ने आवाज उठाएका थिए । तर, आफैँ जित्ने अवस्थामा गठबन्धनको नाममा नेविसंघलाई सभापति सुम्पिएको भन्दै देखिएको असन्तुष्टि चुनावमा पोखिएको छ । त्यस्तै सांगठानिक रूपमा पछिल्लो समय क्रान्तिकारीको क्रियाशीलताका कारण सोविनले जितेको माओवादीको बुझाइ छ । उनी यसअघि स्ववियूको सचिवसमेत हुन् ।

    त्यस्तै तत्कालीन एमालेनिकटका क्याम्पस प्रशासकको गतिविधि, स्ववियूसँगको तिक्तता र कांग्रेसकै गुटगत असन्तुष्टि पनि ब्यालेट बक्समा देखिएको सम्बन्धित संगठन र दलहरूको निचोड छ ।

    एमालेका जिल्ला अध्यक्ष मक्कर खड्काले गठबन्धनले चुनाव हार्नुमा केही कारण केलाए । क्याम्पसमा संगठन केही कमजोर रहेको समानुपातिक मतबाट देखिएको उनले बताए ।

    ‘हामीविरुद्ध घेराबन्दीका लागि नेविसंघ र क्रान्तिकारी लगभग मिलिसकेका थिए । उनीहरू मिलेको अवस्थामा हामीलाई अझ चुनौती थपिन्थ्यो नै । तर, आन्तरिकरूपमा संगठनविरुद्ध केही गतिविधि देखियो । यसको गम्भीर समीक्षा हुनेछ’, खड्काले भने ।

  • त्रिविका ७ आंगिकसहित ६५ क्याम्पसमा अखिल क्रान्तिकारीका सभापति निर्वाचित (सूचीसहित)

    त्रिविका ७ आंगिकसहित ६५ क्याम्पसमा अखिल क्रान्तिकारीका सभापति निर्वाचित (सूचीसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमध्ये ७ वटामा स्ववियू सभापति जितेर अघिल्लो निर्वाचनको भन्दा दोब्बर बढी नतिजा निकालेको छ ।

    २०७९ को स्ववियू निर्वाचनमा गठबन्धनबाट जम्मा ४ आंगिक क्याम्पसमा सभापति जितेको क्रान्तिकारीले मंगलवार निर्वाचन भएकामध्ये ७ वटामा सभापति जितेको हो ।

    सभापति जितेकामध्ये जनप्रशासन र सानोठिमीमा नेविसंघसँगको गठबन्धन थियो भने भोजपुरमा नेकपा एसनिकट समाजवादी लगायतसँग थियो । यसबाहेक साना र निर्विरोध भएकाहरूसहित अखिल क्रान्तिकारीले ६५ क्याम्पसमा सभापति जितेको छ ।

    स्नातकोत्तर क्याम्पस विराटनगर, त्रिभुवन बहुमुखी पाल्पा, विराटनगर नर्सिङ, जनप्रशासनलगायका क्याम्पसको जीत अखिल क्रान्तिकारीका लागि ऐतिहासिक र उपलब्धिमूलक हुन् । यो जितले माओवादीलाई आगामी चुनाव एक्लै लड्ने सन्देश दिएका इन्चार्ज हिमाल शर्माले नेपाल प्रेसलाई बताए ।

    यी हुन् अखिल क्रान्तिकारीले सभापति जितेका क्याम्पस

    १. त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा,मिलन घर्तीमगर

    २. जनप्रशासन क्याम्पस काठमाडौं,अनिकेत तिवारी

    ३. बानेश्वर क्याम्पस, काठमाडौं, भुमिराज अधिकारी

    ४. सानोठिमी क्याम्पस भक्तपुर,नरेन्द्र सिंह ठगुन्न

    ५. भोजपुर बहुमुखी क्याम्पस,सोबिन तामाङ

    ६. स्नातकोत्तर क्याम्पस मोरङ,प्रितम साह

    ७. विराटनगर नर्सिङ क्याम्पस,रोहित ताजपुरिया

    ८. गोरखा क्याम्पस गोरखा,सुलभ अम्गाई

    ९. शंकरापुर क्याम्पस , दार्चुला – जानकी टमटा

    १०. श्रिकृष्ण क्याम्पस , काभ्रे – सविन श्रेष्ठ

    ११. संजिवनी क्याम्पस, काभ्रे– दिपक रानामगर

    १२. प्रभा बहुमुखी क्याम्पस, काभ्रे– सुजन चौलागाई

    १३. आदर्श जनता क्याम्पस, सर्लाही – रेवेन्द्र दाहाल

    १४. बनगाढ क्याम्पस, सल्यान – जीवन विष्ट

    १५. भाषा क्याम्पस धनकुटा – सरोज थापा

    १६. सिद्दीपृथ्वी जनता क्याम्पस, दांग – सुदिप चौधरी

    १७. सिम्रुतु क्याम्पस त्रिवेणी, रुकुम पश्चिम – दिपेन्द्र ओली

    १८. सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – बीरभान भण्डारी

    १९. लिकु संयुक्त क्याम्पस, डोल्पा – राजेन्द्र गिरी

    २०. स्यार्र्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम – टेकराज विश्वकर्मा

    २१. तिनपाटन बहुमुखी क्याम्पस, सिन्धुली– दुर्गा बहादुर मगर

    २२. पुरन्धारा बहुमुखी क्याम्पस, हंसपुर दाङ स्ववियु अध्यक्ष – विकास मास्की मगर

    २३. अमरज्वती बहुमुखी क्याम्पस नुवाकोट शर्मिला श्रेष्ठ

    २४. सुर्य गडि सामुदायिक क्याम्पस नुवाकोट जीवन तामाङ

    २५. कुमारी नमुना क्याम्पस नुवाकोट मन्दिरा न्यौपाने

    २६. रामपुर क्याम्पस, कन्चनपुरको अध्यक्ष रबिना

    २७. जय बागेश्वरी बहुमुखी क्याम्पस मलेखु धादिङ अध्यक्ष, अनुनय सिल्वाल

    २८. गल्कोट बहुमुखी क्याम्पस बाग्लुंग प्रभात साहनी

    २९. रामपुर चितवन इन्जिनियर क्याम्पसमा प्रज्वल अधिकारी

    ३०. मेलम्ची भ्याली क्याम्पस, हेलम्बु सिन्धुपाल्चोक राजन गिरी

    ३१. रमाइलो बहुमुखी क्याम्पस, मोरङ अनिश कार्की

    ३२. श्रृंगीश्वर बहुमुखि क्याम्पस रुरुक्षेत्र गाउँ पालिका गुल्मी, विशाल थापा

    ३३. जलबिरे भ्याली क्याम्पस सिन्धुपाल्चोक असोक ढुंगाना

    ३४. जनकपुर इन्जिनियरिङ क्याम्पसमा प्रकाश पुडासैनी

    ३५. सुनकोसी क्याम्पस सिन्धुली स्ववियु अध्यक्ष कृष्ण भण्डारी

    ३६. गुराँस बहुमुखी क्याम्पस बर्दिया तिलक शर्मा

    ३७. फारुला बहुमुखी क्याम्पस दार्मा सल्यान हिमा शर्मा

    ३८. केदार सुर्य बहुमुखी क्याम्पस विपीनगर डोटी, यशोदा बोहोरा

    ३९. सिस्ने शिक्षा क्याम्पस रुकुम पुर्व अध्यक्ष अ्मर खत्री

    ४०. मरिण बहुमुखी क्याम्पस सिन्धुलि अध्यक्ष बिषेस राइ

    ४१. श्री नारद आदर्श शिक्षा क्याम्पस उदयपुर अध्यक्ष मा ज्ञान्दिल राई

    ४२. ऑबुखैरनी क्याम्पस तनहुँ– प्यानल नै बिजयी

    ४३. पॉचथर यासोक क्याम्पसमा– अध्यक्ष बिजयी

    ४४. पॉचथर रवि क्याम्पसमा– अध्यक्ष बिजयी

    ४५. मिक्लाजुंग क्याम्पस मोरंग– प्यानलै बिजयी

    ४६. सिस्ने शिक्षा क्याम्पस रकुमपुर्व, अमर खत्री

    ४७ सरस्वती क्याम्पस डाकाहा सिन्धुली बिबेक शाह

    ४८ जनचेतना क्याम्पस कालिकोट,बसराज बोहोरा

    ४९ जनकल्याण क्याम्पस सल्यान,गणेश वली

    ५० बुलबुले बहुमुखी क्याम्पस कैलाली,विवेक चौधरी

    ५१ खप्तड बहुमुखी क्याम्पस कैलाली,सागर चौधरी

    ५२ सिजा बहुमुखी क्याम्पस जुम्ला – सन्तोष आचार्य

    ५३ महाकाली क्याम्पस कन्चनपुर,दिपक चौधरी

    ५४ शान्ति केसरी क्याम्पस पर्वत,हरिप्रभा सुवेदी

    ५५ राडीज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम – सुप्रिम ओली

    ५६ गलुवा क्याम्पस, हुम्ला – रिमिलाल बुढा

    ५७ शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा बझाङ– बम धामी

    ५८ ऐरिवाती आदर्श क्याम्पस दाङ,विनोद सोनी

    ५९ लम्की बहुमुखी क्याम्पस कैलाली,तपेन्द्र प्याकुरेल

    ६० सहयोगी बहुमुखी क्याम्पस, काठमाडौ– प्रदिप श्रेष्ठ

    ६१ शितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम– प्रकाश डाङ्गी

    ६२ राष्ट्रिय कलेज सुख्खड कैलाली,सुन्दर गौतम

    ६३ काठमाडौं इन्जिनियरिङ कलेज,अपार पराजुली

    ६४ नेत्रावती बहुमुखी क्याम्पस धादिगं – अभिषेक थपलिया

    ६५ जुगल ब क्याम्पस,सिन्धुपाल्चोक – सुस्मिता श्रेष्ठ

  • पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा क्रान्तिकारीले बाजी मार्‍यो

    पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा क्रान्तिकारीले बाजी मार्‍यो

    रुपन्देही । पाल्पाको सबैभन्दा ठूलो सरकारी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले बाजी मारेको छ । नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुले आफ्नो वर्चस्व दाबी गरिरहेको यो क्याम्पसमा क्रान्तिकारीको तर्फबाट बागलुङको निसीखोला ५ का २४ वर्षीय मिलन घर्तीले आफ्नो जित दर्ता गराएर सबैलाई आश्चर्यमा पाउनीहरूलाई चुनौती थपेको हो ।

    क्याम्पसको स्ववियु निर्वाचनमा अहिलेसम्म नेविसंघ र अनेरास्ववियुले बाहेक अरूले निर्वाचन जितेका थिएनन् । त्यसो त यहाँको निर्वाचनमा क्रान्तिकारीले कसैको गठबन्धनमा पनि जितेको होइन । उल्टै उसको मुख्य प्रतिस्पर्धी रहेको नेविसंघले अखिल छैटौँको साथ लिएको थियो । एमाले निकट अनेरास्ववियु र नेकपा एस निकट अनेरास्ववियु समाजवादी एकल रूपमा उठेका थिए ।

    अध्यक्ष पदमा चार मुख्य संगठनको प्रतिस्पर्धा रहेको थियो । जसमा अखिल क्रान्तिकारीका मिलन घर्ती निकै प्रतिस्पर्धामा विजयी भएका हुन् । मिलनले ३९० मत पाउँदा उनका प्रत्याशी नेविसंघका कृष्ण अर्यालले ३४२ मत पाएका छन् भने अनेरास्ववियुका अनुजा अर्यालले २८७ मत पाएकी छन् । स्वतन्त्रबाट उठेका नेकपा एसका उमेश भण्डारीले १८५मत पाएका छन् ।

    सचिव पदमा नेविसंघका सुशील बस्याल फराकिलो मतान्तरले विजयी भएका छन् । उनले अनेरास्ववियुका दीपेश ज्ञवाली र अखिल क्रान्तिकारीका विपिन पंगेनीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । त्यसैगरी कोषाध्यक्ष पदमा नेविसंघका मिस्मा राना विजयी भएका छन् । उनले अनेरास्ववियुका इन्दु गाहा र अखिल क्रान्तिकारीका गंगादेवी बारगह्रेलाई फराकिलो मतान्तरले हराएका हुन् । सदस्यहरूमा नेविसंघ र छैटौँको गठबन्धनमा रहेका नै विजयी भएका छन् ।

    त्रिभुवन बहुमुखी क्याम्पसमा जम्मा मतदाता १८९४ रहेकोमा १२२८ मत खसेको थियो ।

    अरू सबै पदमा नेविसंघका उम्मेदवारहरु विजयी भए पनि अध्यक्ष पदमा क्रान्तिकारीका मिलन घर्तीले बाजी मार्नु संगठनसँगै उनको व्यक्तिगत प्रभावलाई पनि लिन सकिने यहाँका विद्यार्थीहरूको विश्लेषण छ ।

    एमबीएस प्रथम वर्षमा अध्ययनरत बाग्लुङ निसीखोलाका मिलन सबै विद्यार्थीमाझ लोकप्रिय छन् । कलेजमा रहेका विद्यार्थीहरूका समस्यामा जति बेला पनि साथ दिने उनको बानीले धेरै विद्यार्थीको मन जितेको र संगठनको पनि आधार रहेको त्यहाँस्थित पत्रकार कृष्ण दर्नाल बताउँछन् । मिलनले त्रिभुवन बहुमुखी क्याम्पसमा अध्ययन गर्न थालेको ४ वर्ष भयो ।

    उनी यहीँ आएपछि मात्रै राजनीतिमा जोडिएको बताउँछन् । ‘म विद्यार्थी राजनीतिमा जोडिएको ३ वर्षजति भयो, क्याम्पसमा आउने विद्यार्थीका समस्या विषयमा सबैलाई साथ दिने गरेको थिएँ, सबै विद्यार्थी साथीहरूले विवेक प्रयोग गर्नुभएको ठानेको छु’ उनले नेपाल प्रेससँग भने, ‘यो कलेजमा अहिलेसम्म क्रान्तिकारी विद्यार्थी संगठनले जितेको इतिहास थिएन, अबका विद्यार्थीहरूले विवेक प्रयोग गर्नुहुन्छ भन्ने यसको उदाहरण हो ।’

    ’पश्चिम नेपालकै पुरानो र शैक्षिक विरासत बोकेको यो क्याम्पसको गरिमा केही घटेको अवस्था छ, त्यसलाई उठाउने गरी क्याम्पस प्रशासनलाई अघि बढ्न दबाब दिने, विद्यार्थीहरूलाई रोजगारमूलक शिक्षाका लागि प्रेरणा दिने कार्यक्रम ल्याउने, नियमित अध्यापन र प्रशासनिक सहजता बनाउने मेरो मुख्य उद्देश्य रहेको छ’ उनले आफ्नो जितपछि प्रतिबद्धता जनाउँदै भने, ‘विरासत जोगाएर यहाँको सेवामा सहजता ल्याउने मुख्य जिम्मेवारीबाट विचलित हुनेछैन, चुनावमा संगठनको उम्मेदवार बने पनि सबै विद्यार्थीको सेवामा साथ दिनेछु ।’

  • राजतन्त्र नफर्किने दाबी गर्दै जनार्दनले भने- उथलपुथल छाडेर आत्मसमीक्षासहितको श्वेतपत्र जारी गरौँ (भिडिओ)

    राजतन्त्र नफर्किने दाबी गर्दै जनार्दनले भने- उथलपुथल छाडेर आत्मसमीक्षासहितको श्वेतपत्र जारी गरौँ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजतन्त्र फर्काउन कुनै हालतमा पनि नदिने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राजतन्त्र फर्किन्छ भन्ने आफूहरूले नसोचेको बताए।

    उनले भने, ‘राज्य प्रणाली, निर्वाचन प्रणाली दल र नेतामा सुधार गर्नुपर्छ, फजुल सेवा सुविधा, भ्रष्टाचार र कमिसन, भागबन्डा मिलोमतोमा रमाउनु लोकतन्त्र होइन। त्यसको अन्त्य गर्नुपर्छ। आपसमा गालीगलौज वा कुनै उथलपुथल गरेर होइन। आफैँतिर फर्केर समीक्षा गर्नुपर्छ। आज हामीले आफैँतिर फर्केर समीक्षा गर्ने गरेका छैनौँ।’

    संविधान र लोकतन्त्रका पक्षधर पार्टी र सरकारले जनतामा देखिएको विरोध र आक्रोशलाई नजरअन्दाज गर्न नहुने बताए। उनले दल र नेताहरूले आफैँतिर फर्किएर गम्भीर आत्मसमीक्षा गर्न आवश्यक रहेको औँल्याए।

    उनले थपे जनता पछि फर्किन चाहेका होइनन्, उन्नत लोकतन्त्र चाहेका हुन्। सरकार पार्टी र नेताबाट गर्नुपर्ने, प्रणालीगत सुधार, संविधानगत बनाउनुपर्ने कानुन निर्माण गर्न माग गरेका हुन्। जनताले उठाएको आवाजलाई सुन्नै पर्छ। राज्य पार्टी र नेताहरूले जनतासँग संवाद गर्नेपर्छ। आफ्नो कमीकमजोरीहरू सार्वजनिक गर्नकै लागि हामीले गरेका कमजोरीका पक्षमा श्वेतपत्र जारी गर्नुपर्छ।

  • २५ करोड बरामद प्रकरण- छानबिन गर्न विशेष समिति बनाउन माओवादीको माग, उपल्लो तहको कनेक्सनको आशंका (भिडिओ)

    २५ करोड बरामद प्रकरण- छानबिन गर्न विशेष समिति बनाउन माओवादीको माग, उपल्लो तहको कनेक्सनको आशंका (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले २५ करोड बरामद भएको घटनाको छानबिन गर्नको लागि विशेष छानबिन समिति बनाउन माग गरेको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसद माधव सापकोटाले यति ठूलो तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव नहुने भएकाले निष्पक्ष छानबिन गर्न माग गरे।

    उनले भने, ‘हामी प्रतिपक्षले यो सरकार सुशासनप्रति इमानदार छैन। यो सरकारप्रति आशंका छ भनेर चिन्ता व्यक्त गरिरहेकै थियौँ र छौँ। संगठिन अपराधको जालो कुन रूपमा संगठित भएर झांगिरहेको छ भन्ने कुराको चित्र आएको छ। यो घटनामा प्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ। यति ठूलो तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव छैन।’

    अहिलेसम्म भरिया र ड्राइभर मात्रै पक्राउ गरेर ठूलो काण्ड डिसमिस पार्ने गरिएको भन्दै राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहतमा भएकाले विशेष छानबिन समिति निर्माण गरेर जोसुकै भए पनि कारबाही गर्न माग गरे।

    हिजो २५ करोडसहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा पक्राउ परेका थिए।

  • हालसम्म अखिल क्रान्तिकारीबाट ४६ जना स्ववियू सभापति निर्वाचित (सूचीसहित)

    हालसम्म अखिल क्रान्तिकारीबाट ४६ जना स्ववियू सभापति निर्वाचित (सूचीसहित)

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचनको हालसम्मको परिणामा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ४५ सभापति जितेको छ ।

    त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन प्रक्रिया थालिएदेखि मंगलवार रातिसम्म पछिल्लो मतगणना जारी रहदा क्रान्तिकारीले निर्विरोध तथा निर्वाचन प्रक्रियाबाट ४५ क्याम्पसमा सभापति जितेको हो । त्यस्तै पुल्चोक इन्जिनियरिङ र थापाथलीमा सचिव जितेको छ ।

     

    हालसम्म निर्वाचित अध्यक्षहरुः

    १. जुगल ब क्याम्पस,सिन्धुपाल्चोक – सुस्मिता श्रेष्ठ

    २. सहयोगी बहुमुखी क्याम्पस, काठमाडौ– प्रदिप श्रेष्ठ

    ३. नेत्रावती बहुमुखी क्याम्पस धादिगं – अभिषेक थपलिया

    ४. शितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम– प्रकाश डाङ्गी

    ५. शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा बझाङ– बम धामी

    ६. सिजा बहुमुखी क्याम्पस जुम्ला – सन्तोष आचार्य

    ७. राडीज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम – सुप्रिम ओली

    ८. गलुवा क्याम्पस, हुम्ला – रिमिलाल बुढा

    ९. शंकरापुर क्याम्पस , दार्चुला – जानकी टमटा

    १०. श्रिकृष्ण क्याम्पस , काभ्रे – सविन श्रेष्ठ

    ११. संजिवनी क्याम्पस, काभ्रे– दिपक रानामगर

    १२. प्रभा बहुमुखी क्याम्पस, काभ्रे– सुजन चौलागाई

    १३. आदर्श जनता क्याम्पस, सर्लाही – रेवेन्द्र दाहाल

    १४. बनगाढ क्याम्पस, सल्यान – जीवन विष्ट

    १५. भाषा क्याम्पस धनकुटा – सरोज थापा

    १६. सिद्दीपृथ्वी जनता क्याम्पस, दांग – सुदिप चौधरी

    १७. सिम्रुतु क्याम्पस त्रिवेणी, रुकुम पश्चिम – दिपेन्द्र ओली

    १८. सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – बीरभान भण्डारी

    १९. लिकु संयुक्त क्याम्पस, डोल्पा – राजेन्द्र गिरी

    २०. स्यार्र्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम – टेकराज विश्वकर्मा

    २१. तिनपाटन बहुमुखी क्याम्पस, सिन्धुली– दुर्गा बहादुर मगर

    २२. पुरन्धारा बहुमुखी क्याम्पस, हंसपुर दाङ स्ववियु अध्यक्ष – विकास मास्की मगर।

    २३) अमरज्वती बहुमुखी क्याम्पस नुवाकोट शर्मिला श्रेष्ठ

    २४) सुर्य गडि सामुदायिक क्याम्पस नुवाकोट जीवन तामाङ

    २५) कुमारी नमुना क्याम्पस नुवाकोट मन्दिरा न्यौपाने

    २६) रामपुर क्याम्पस,कन्चनपुरको अध्यक्ष रबिना

    २७) जय बागेश्वरी बहुमुखी क्याम्पस मलेखु धादिङ अध्यक्ष, अनुनय सिल्वाल

    २८) गल्कोट बहुमुखी क्याम्पस बाग्लुंग प्रभात साहनी

    २९) रामपुर चितवन इन्जिनियर क्याम्पसमा प्रज्वल अधिकारी

    ३०) मेलम्ची भ्याली क्याम्पस, हेलम्बु सिन्धुपाल्चोक राजन गिरी

    ३१) रमाइलो बहुमुखी क्याम्पस, मोरङ अनिश कार्की

    ३२) श्रृंगीश्वर बहुमुखि क्याम्पस रुरुक्षेत्र गाउँ पालिका गुल्मी, विशाल थापा

    ३३) जलबिरे भ्याली क्याम्पस सिन्धुपाल्चोक असोक ढुंगाना

    ३४) जनकपुर इन्जिनियरिङ क्याम्पसमा प्रकाश पुडासैनी

    ३५) सुनकोसी क्याम्पस सिन्धुली स्ववियु अध्यक्ष कृष्ण भण्डारी

    ३६) गुराँस बहुमुखी क्याम्पस बर्दिया तिलक शर्मा

    ३७) फारुला बहुमुखी क्याम्पस दार्मा सल्यान हिमा शर्मा

    ३८) केदार सुर्य बहुमुखी क्याम्पस विपीनगर डोटी, यशोदा बोहोरा

    ३९) सिस्ने शिक्षा क्याम्पस रुकुम पुर्व अध्यक्ष अ्मर खत्री

    ४०) मरिण बहुमुखी क्याम्पस सिन्धुलि अध्यक्ष बिषेस राइ

    ४१) श्री नारद आदर्श शिक्षा क्याम्पस उदयपुर अध्यक्ष मा ज्ञान्दिल राई

    ४२. ऑबुखैरनी क्याम्पस तनहुँ– प्यानल नै बिजयी

    ४३. पॉचथर यासोक क्याम्पसमा– अध्यक्ष बिजयी

    ४४. पॉचथर रवि क्याम्पसमा– अध्यक्ष बिजयी

    ४५. मिक्लाजुंग क्याम्पस मोरंग– प्यानलै बिजयी

    ४६.सिस्ने शिक्षा क्याम्पस रकुमपुर्व, अमर खत्री

     

     

     

     

     

     

     

  • जलबिरे क्याम्पसमा गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारीकाे प्यानलै विजयी

    जलबिरे क्याम्पसमा गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारीकाे प्यानलै विजयी

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जलबिरे भ्याली क्याम्पसमा अनेरास्ववियु र नेविसंघ गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारीको प्यानलै विजयी भएको छ ।

    क्याम्पसको स्ववियू सभापतिमा क्रान्तिकारीका अशोक ढुंगाना निर्वाचित भएका छन् भने अन्य पदमा क्रान्तिकारीकै प्यानलै विजयी बनेको छ ।

    निर्वाचन मंगलबार सम्पन्न भएको थियो ।

  • मेलम्ची क्याम्पसमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै सभापतिमा क्रान्तिकारीका गिरी विजयी

    मेलम्ची क्याम्पसमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै सभापतिमा क्रान्तिकारीका गिरी विजयी

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची भ्याली क्याम्पसमा सत्ता गठबन्धन नेविसंघ र अनेरास्ववियुको साझा उमेदवारलाई पराजित गर्दै स्ववियू सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् ।

    क्रान्तिकारीका सभापतिका उम्मेदवार राजन गिरीले ७३ मत ल्याएर विजय भएका हुन् ।

    उनका प्रतिद्वन्दी गठबन्धन नेविसंघका रोशन गिरी ले ४० मत मात्रै ल्याएका छन् ।

     

  • गणतन्त्र स्थापनाका लागि भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि महत्वपूर्ण छ: प्रचण्ड  (भिडिओ)

    गणतन्त्र स्थापनाका लागि भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि महत्वपूर्ण छ: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले राजसंस्थालाई इतिहास बनाइसकेकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को मूर्खता नगर्न चेतावनी दिएका छन्।

    सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै जनताले उदारता देखाएर राखेको भएपनि फेरि मूर्खता गर्दा त्यसको परिणाम गम्भीर हुनसक्ने बताए। उनले नेपालमा राजसंस्था पुर्नस्थापना असम्भव रहेको दाबी गर्दै समाजवादको यात्रालाई फरक मुद्दत गर्ने विश्वास व्यक्त गरे।

    उनले भने, ‘हामीले जनयुद्ध र जनक्रान्तिमार्फत् गणतन्त्रको निम्ति आधार तयार हामीले पा¥यौँ र ज्ञानेन्द्रले आफ्नो मूर्खतामार्फत पनि हामीलाई मद्दत गरेकै भनेको थिए उनले धेरै मूर्खता नगरेको भए अझै केही वष उनले सात राजनीतिक दलमाथि पनि दमन नगरेको भए नेताहरुलाई उनैको पछि लाग्छौँ भन्दा, लात्ताले नहानेको भए अझै केही वर्ष टिक्न पनि सक्थे। त्यसकारण भिलेनको रुपमा ज्ञानेन्द्रको भुमिका पनि गणतन्त्र स्थापनामा महत्वपूर्ण छ।’

    उनले अहिले पनि फेरि राजतन्त्र पुनःस्थापनाको कलाबिहीन नाटक प्रदर्शन भइरहेको टिप्पणी गरे।

    उनले थपे, ‘नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ संकल्पको आधार तयार पारेका छन्, त्यसअर्थमा फेरि पनि ज्ञानेन्द्र शाहको भुमिका महत्वपूर्ण नै हुन्छ भनेर बुझ्नुपर्छ। कुनै कथा, साहित्य, उपन्यास हिरोले मात्रै चल्दैन, भिलेन पनि चाहिन्छ। भिलेनको रोल सक्रिय भएन भने हिरो पनि राम्रो सफल नहुन सक्छ । भिलेन अलि खतरनाक भएर आयो भने तागतका साथ काम गर्दछ।’

  • प्रचण्डको अर्को आक्षेप: राजा-महाराजा अन्तर्राष्ट्रिय वेश्यालय धाएर देशको बेइज्जत गर्थे (भिडिओ)

    प्रचण्डको अर्को आक्षेप: राजा-महाराजा अन्तर्राष्ट्रिय वेश्यालय धाएर देशको बेइज्जत गर्थे (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राजावादीहरुले गरिरहेको गतिविधि संविधानविपरीत भएको दाबी गरेका छन् ।

    राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई फेरि रैती बनाउने र अधिकार खोस्नेतर्फ केन्द्रित रहेको बताए ।

    उनले युवाहरुलाई हिजो के भएको थियो भन्ने कुरा राम्रोसँग बुझाउनुपर्ने बताए ।

    प्रचण्डले भने, ‘कोत पर्व के थियो ? भण्डारखाल ककसको झगडाले भएको हो ? त्यहाँ सयौं भारदारहरुको कत्लेआम कसरी गरिएको थियो ? नेपालको नक्सालाई संकुचित बनाउने काम दरबारिया राजाहरुले कसरी गरेका थिए ? विदेशीको चाकडी कसरी गरेका थिए ? हिजोका राजा र महाराजाहरु अन्तर्राष्ट्रिय रुपमा वेश्यालयमा गएर नेपालको बेइज्जत कत्ति धेरै गराएका थिए ? यही अस्ति भर्खरै कलकत्तामा बेइज्जत गरेर जवहारलाल नेहरुले त तिमीहरुको राजाले त बेइज्जत नै ग¥यो, छिटो फर्काउ भन्नपर्ने, त्यो स्तरको कसले गरेको थियो ? नमिता-सुमिता हत्याकाण्ड के थियो ? दरबार हत्याकाण्ड कसले कसरी गरेको हो ? यो युवाहरुलाई बुझाउर्छ ।’

    उनले मौलिक अधिकार र सामान्य प्रेस स्वतन्त्रता पनि हरण गरेर जेल, नेल र हत्या कसरी हुने गरेको थियो भन्ने कुरा युवाहरुलाई थाहा नभएकाले बुझाउनुपर्ने बताए ।

  • प्रचण्डको प्रष्टीकरण- हामी सरकारमा जाँदैनौं, कांग्रेस र एमालेसँग छलफल पनि गरेका छैनौं

    प्रचण्डको प्रष्टीकरण- हामी सरकारमा जाँदैनौं, कांग्रेस र एमालेसँग छलफल पनि गरेका छैनौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आफूहरु सरकार बनाउनतिर लाग्यो भनेर भइरहेको चर्चाको खण्डन गरेका छन् ।

    राजेन्द्र श्रेष्ठको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले आफूहरु आत्मसमीक्षासहित पार्टी निर्माणको अभियानमा रहेको बताए ।

    प्रचण्डले भने, ‘हिजोअस्तिदेखि आइरहेको छ, कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भए रे भनेर सोसल मिडियामा आइरहेको छ, तर हामीले अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौं, लिँदैनौं । देशमा संकट आयो भने कसरी समाधान गर्ने भनेर विचार त दिन्छौं, तर यही सरकारमा जाने हाम्रो कुनै नीति छैन । बाँकी प्रचार भ्रम हो ।’

    उनले सरकारमा जाने विषयमा अहिलेसम्म कसैसँग छलफल नभएको बताए ।

    आफूहरुले राम्रो काम गर्दागर्दै हटाएर भ्रष्टाचारको रक्षा गर्न बनेको सरकार भएकाले सरकारको विषयमा मिलनविन्दु नदेखेको प्रचण्डले बताए ।

  • सरकारमा जान छलफल सुरू भएको राजन दाहालको भनाइमा प्रचण्ड सचिवालयको खण्डन

    सरकारमा जान छलफल सुरू भएको राजन दाहालको भनाइमा प्रचण्ड सचिवालयको खण्डन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रहेका पार्टीका प्रमुखसहित कुनै पनि नेतासँग सरकारमा जाने विषय र अन्य कुनै विषयमा कुराकानी नभएको स्पष्ट पारेको छ ।

    अहिले सरकारमा जाने माओवादीको नीति नगरेको अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी गराएका हुन् ।

    उनका अनुसार सरकारले गरिरहेको बेथिति र गलत क्रियाकलापको बिरोध र गणतन्त्र र संविधानको कार्यान्वयनका लागि माओवादीको खबरदारी जारी रहने छ ।

    प्रमुख स्वकीय सचिव आचार्यले भने, ‘सरकारमा जाने बारे वा अन्य विषयमा सरकारमा रहेका पार्टीका प्रमुखसहित कुनै पनि नेतासंग अध्यक्ष प्रचण्डको कुराकानी नभएको व्यहोरा जाननकारी गराउँदछु । अहिले सरकारमा जाने माओवादीको नीति नरहेको पनि जानकारी गराउँछु । सरकारले गरिरहेको बेथिति र गलत क्रियाकलापको बिरोध र गणतन्त्र र संविधानको कार्यान्वयनका लागि माओवादीको खबरदारी जारी रहनेछ ।’

    आइतबारमात्र माओवादीका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको भन्दै प्रारम्भिक छलफलसमेत सुरू भएको बताएका थिए ।

    संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग उनले गणतन्त्र पक्षधरको सरकार बनाउने प्रक्रियामा एमालेभन्दा कांग्रेससँग बढी छलफल हुने बताएका थिए ।

  • जुम्लाकी माओवादी सांसदको प्रस्ताव- ज्ञानेन्द्र शाहीलाई निःशुल्क इतिहास पढाउँछु

    जुम्लाकी माओवादी सांसदको प्रस्ताव- ज्ञानेन्द्र शाहीलाई निःशुल्क इतिहास पढाउँछु

    काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई जुम्लाबाटै समानुपातिक प्रतिनिधित्व गर्ने माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामुले इतिहासको निःशुल्क ट्युसन पढाउने प्रस्ताव राखेकी छन् ।

    माओवादी सांसद छिरिङले सोमबार वक्तव्य दिँदै ज्ञानेन्द्र शाहीलाई इतिहासको राम्रो ज्ञान नभएको भन्दै नरभूपाल शाहदेखि पारस शाहसम्मको इतिहास निःशुल्क पढाइदिने बताएकी छन् ।

    जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद शाही र माओवादीकी समानुपातिक सांसद छिरिङबीच बेला बेलामा संसदभित्रै पनि आरोप प्रत्यारोप चल्ने गरेको छ । शाहीको आलोचना गर्न छिरिङ संसददेखि सामाजिक सञ्जालसम्म कतै चुक्दिनन् ।

    उनले आइतबार प्रतिनिधिसभामा एमाले सांसद रघुजी पन्तले ज्ञानेन्द्र शाहीलाई इतिहास पढाएको भन्दै शाहीले अहिले बोकेका ज्ञानेन्द्र शाह राजा बन्ने कतैबाट पनि योग्यता र रोलक्रममा नरहेको दाबी गरेकी छन् ।

    यस्तो छ माओवादी सांसदले राप्रपा सांसद शाहीलाई दिएको चुनौती

    हिजो संघीय संसदमा माननीय रघुजी पन्तले माननीय ज्ञान बहादुर शाहीलाई इतिहास पढाउनुभयो । मैले पनि माननीय ज्ञानबहादुरलाई अर्को इतिहासको पनि अवगत गराउन चाहन्छु । तत्कालीन राजा महेन्द्र शाहको जेठो छोरो रवीन्द्र शाह राजा हुनुपर्नेमा दरवारियाले रोलक्रम मिचेर जबरजस्ती वीरेन्द्र शाहलाई राजा बनाए । रवीन्द्रलाई एकजना अविवाहित महिला गीता गुरुङबाट जन्मेको पहिलो सन्तान भएकै कारण अपहेलित गरेर राजदरबार बाहिर राखिएको थियो । शाहकालीन इतिहास वर्ग र जातमा विभेद गर्ने नस्लीय चिन्तनले ग्रस्त सामन्ती सोचको जड थियो भन्ने यहाँ बाट पुष्टि हुन्छ । माननीय ज्ञानबहादुरले अहिले बोकेको अहिलेको पूर्वराजा कहीँ कतैबाट राजा होइनन् ।

    माननीय ज्ञानबहादुर शाही बतासजस्तै बनेर इतिहास नबुझी फोकटमा  व्यापारी ज्ञानेन्द्रको खुट्टा ढोगिरहेका छन् ।

    कि भन्नु परो ‘जसको सीता खाइ उसको गीता गाइ’ भनेर, होइन भने तपाईँले अन्धकारमा हुनुहुन्छ माननीय ज्ञानबहादुर ! उल्टो खोलो फर्काउन हिँडेका हाम्रा जुम्लाला माननीय ज्ञानबहादुरले सुख्खा खोलो बोक्नु कति अज्ञानी बन्नु भएको हँ ?

    तपाईँले बोक्ने नै हो भने महेन्द्रको जेठो सन्तान बोक्नुस् । नभए उनको पनि जेठो सन्तान बोक्नुस् । भरिया नै बन्ने हो भने सक्कली मालिकको बन्नुस् । रोलक्रम मिचेर राजा भएका वीरेन्द्रको परिवार मारिएलगत्तै हत्त न पत्त श्रीपेच खोसेर लगाएका ज्ञानेन्द्र त नक्कली राजा हुन् । शाह वंशको इतिहासले त्यही भन्छ । राजावादीले आफ्नै राजामाथि विभेद गर्ने । नजाने इतिहास पढ्न आउनुहोस् । म तपाईँलाई नरभूपालदेखि पारससम्मको इतिहास नि:शुल्क पढाइदिन्छु । यो तपाईँको लागि आवश्यक छ । तपाईँ मेरै जिल्लाको भाइ भएकाले यो अफर दिएको नत्र अन्य राजावादीलाई शुल्क लाग्छ ।

  • प्रचण्डले फेसबुकबाट भने- फोटो जलाउँदैमा गिरफ्तार गर्नु हुँदैन

    प्रचण्डले फेसबुकबाट भने- फोटो जलाउँदैमा गिरफ्तार गर्नु हुँदैन

    काठमाडौं । माओवादी अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नभएको बताएका छन् । तर, फेसबुकमा लेखेको यो स्टाटस उनले केही मिनेट प्राइभेट गरेर फेरि पब्लिक गरे ।

    पूर्वराजा ज्ञानेन्द्र शाहबारे आपत्तिजनक अभिव्यक्ति दिएको विरोधमा हिजो राप्रपाका युवा नेताले प्रचण्डको फोटो जलाएका थिए । यसको नेतृत्व गर्ने राप्रपाका युवा नेता निराजन बमलाई प्रहरीले भरतपुर विमानस्थलबाट पक्राउ गरी हेटौंडा ल्याइएको छ । त्यसलाई संकेत गर्दै प्रचण्डले यो स्टटास लेखेका हुन् ।

    प्रचण्डले लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’

    यो स्टाटस केहीबेरका लागि उनको टाइमलाइनबाट गायब भएको थियो । अहिले फेरि देखिएको छ ।

  • ज्ञानेन्द्र शाहीले संसदमै भने- प्रजातन्त्र नमासिने गरी राष्ट्रपतिको ठाउँमा राजा ल्याइन्छ (भिडिओ)

    ज्ञानेन्द्र शाहीले संसदमै भने- प्रजातन्त्र नमासिने गरी राष्ट्रपतिको ठाउँमा राजा ल्याइन्छ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमै राजतन्त्रको खुला वकालत गरेका छन् । नेपालमा गणतन्त्र र संघीयता पूर्णरुपमा असफल भइसकेको भन्दै उनले प्रजातन्त्र नमासिकन राष्ट्रपतिको ठाउँमा र राजा ल्याउने उद्घोष गरे ।

    आज प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले नेपालका राजतन्त्रको बदख्वाइँ गरेपछि शाहीले उठेर प्रतिवाद गर्न खोजेका थिए । तर, सभामुखले उनलाई अनुमति दिएनन् । त्यसपछि आफ्नो पालोमा शाहीले गणतन्त्रको बदख्वाइँ गरे ।

    रघुजीलाई कटाक्ष गर्दै शाहीले भने, ‘केही साथीहरू यही व्यवस्था राख्नुपर्छ भन्दै उफ्रिरहनु भएको छ । यो स्वभाविक पनि हो । यो यस्तो व्यवस्था हो, जहाँ चुनाव हारेर पनि सांसद, मन्त्री प्रधानमन्त्री हुन पाइन्छ । यो व्यवस्था आएको १६ वर्षमा १४ पटक सरकार परिवर्तन भए, १ हजार मन्त्री भए, ३ हजार सांसद भए । सबै मिलेर खान पाएपछि यही व्यवस्था उत्तम हो भन्नु स्वभाविक हो ।’

    शाहीले अहिले व्यवस्थाको पक्षमा बोल्ने अधिकांश गणतन्त्रवादी नेताका छोराछोरी युरोप अमेरिकामा रहेको बताए ।

    उनले थपे, ‘यिनीहरूका छोराछोरी युरोप-अमेरिकामा पढिरहेका छन्, गरिब-दुखीका छोराछोरी दुबई र खाडीमा बेल्चा हानिरहेका छन् । यो १६ वर्षमा १४ हजार नेपाली रातो बाकसमा फर्किए । देशको ऋण २६ खर्ब पुग्यो । कर्मचारी, नेता, सांसद, मुख्यमन्त्री, मन्त्री सबै पाल्दापाल्दै १ वर्षमा १५ खर्ब खर्च हुन्छ । यसैका लागि यो व्यवस्था जोगाउन खोजिएको हो । यो व्यवस्था जनतालाई चाहिएको होइन ।’

    ‘माननीयज्यूले हत्याराको कुरा गर्नुभयो । मदन भण्डारीको हत्या कसले गर्‍यो ? त्यही पार्टीका प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई छानबिन गर्न कसले रोकेको छ ? साथीहरूले काण्डको कुरा गर्नुहुन्छ । म काण्ड सम्झाइदिऊँ ? निर्मला पन्तको बलात्कारपछि हत्या भयो । यत्रा गृहमन्त्री भए, एक जना निर्मलाको हत्यारा पत्ता लगाउन सक्या छौँ ? बाँदरमुढे घटना याद छ ? लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्यारा यही संसदमा छन् । खुलामञ्चमा उभिएर बसेर ५ हजार मान्छे मारेको हुँ भन्ने व्यक्ति प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो यो । आज कति छ जनतामाथि कर ? तीन सय वटा कर लगाइएको छ । पैतृक सम्पत्तिमा समेत लाभकर लगाउन थालेका छन् ।’

    शाहीले राजतन्त्रमा सबै मानिसहरू अटाउने र प्रजातन्त्र नमासिने उल्लेख गरे । उनले भने, ‘प्रजातन्त्र, लोकतन्त्र केही पनि मासिँदैन । राष्ट्रपतिको ठाउँमा राजा राखिन्छ । जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाइन्छ । यसमा खुल्लमखुल्ला बहस गर्न तयार छौँ ।’

  • गणतन्त्र पक्षधरको सरकार बनाउन छलफल सुरु भएको दाहालको दाबी (भिडिओ)

    गणतन्त्र पक्षधरको सरकार बनाउन छलफल सुरु भएको दाहालको दाबी (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका छन् ।

    आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले अहिले सडक भन्दा पनि सरकारमा समस्या देखिएको भन्दै त्यसलाई निरुत्साहित गर्नका लागि गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका हुन् ।

    यसका लागि प्रारम्भिक छलफल समेत सुरु भइसकेको उनले दाबी गरे । दाहालले गणतन्त्र पक्षधरको सरकार बनाउने प्रक्रियामा एमाले भन्दा कांग्रेससंग बढी छलफल हुने जिकिर गरे । सांसद दाहालले अबको सहकार्य गणतन्त्र विरोधीसँग नहुने र गणतन्त्र पक्षधर एकठाउँमा उभिएर सहकार्य हुने धारणा राखे ।

    उनले वर्तमान सरकारका कारण निराशा पैदा भएकाले प्रतिगामीलाई फाइदा पुगेको जिकिर गरे ।

  • विद्यालय व्यवस्थापन समिति छनोट : कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै माओवादी-समाजवादी प्यानल विजयी

    विद्यालय व्यवस्थापन समिति छनोट : कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै माओवादी-समाजवादी प्यानल विजयी

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सबैभन्दा पुरानो विद्यालयमा विद्यालय व्यवस्थापन समिति छनोटमा कांग्रेस एमाले गठबन्धनलाई हराउँदै माओवादी–समाजवादी गठबन्धनको प्यानल नै विजयी भएको छ ।

    विद्यालय व्यवस्थापन समितिको नयाँ पदाधिकारी छनोटका लागि शनिवार निर्वाचन भएको थियो । प्रमुख राजनीति दलहरू गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए ।

    सत्ता गठबन्धन एमाले र काँग्रेसका उम्मेदवार निमेश श्रेष्ठको प्यानलाई हराउँदै माओवादी र समाजवादी प्यानलबाट उम्मेदवार भएका ईश्वरी प्रसाद श्रेष्ठको प्यानल विजय भएको हो ।

    कुल १३ सय ८९ मतदाता रहेकोमा ८ सय ६४ मत खसेको थियो । माओवादी–समाजवादी गठबन्धनका ईश्वरी श्रेष्ठले ३५८,उनकै प्यानलबाट राजन बुढाथोकीले ३ सय ९६, लक्ष्मी श्रेष्ठले ३ सय ८२ निर्मला श्रेष्ठले ३ सय ८२ मत प्राप्त गरेकी थिइन ।

    त्यस्तै एमाले, कांग्रेस प्यानलबाट उम्मेदवार भएका निमेश श्रेष्ठले ३ सय २२, निमा लामा २ सय ७७, बिन्दा पुरी ३ सय २४ र लजिता श्रेष्ठले ३ सय ३९ मत प्राप्त गरेकी थिइन ।

    माओवादी र समाजवादी गठबन्धनबाट निर्वाचित भएका ईश्वरी श्रेष्ठ एमाले नै हुन् । एमालेले उम्मेदवार नबनाएपछि उनी विद्रोह गरेर अर्को गठबन्धन बनाएर निर्वाचनमा भाग लिएका थिए । त्यस्तै एमाले र कांग्रेसबाट निमेश श्रेष्ठको प्यानल अघि सारिएको थियो ।

    ईश्वरी श्रेष्ठ केही वर्ष एमाले छाडेर समाजवादमा गएको केही समयपछि उनी पुन: एमाले मा नै फर्किएका थिए । उनलाई समाजवादी सहित समाजवादी एमालेको लिगेशी बाट पनि धेरै मत आएको नेताहरूको दाबी छ । एमाले केन्द्रीय सदस्य एवं पूर्वसासंद सुवास कर्माचार्य लगायतका नेताहरूको भित्री समर्थन श्रेष्ठलाई रहेको स्रोतको दाबी छ ।

    एमाले र कांग्रेसबाट उम्मेदवार भएका निमेश श्रेष्ठलाई भने एमाले नेता एवं पूर्व सासंद कृष्णराज श्रेष्ठ लगायत नेताहरूको समर्थन रहेको थियो ।

    कृष्ण रत्न गंगा माविको विव्यस छनोटमा भएको निर्वाचनमा माओवादीले समर्थन गरेका एमाले प्यानलले जितेको छ भने कांग्रेसले समर्थन गरेको एमाले उम्मेदवारहरू पराजित भएका छन् ।

    गठबन्धनलाई पराजित गरेर आफूहरूको प्यानल नै जित भएको र चौतारा क्याम्पसको स्ववियु निर्वाचनमा पनि सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी माओवादी केन्द्रीय सदस्य माधव सापकोटाको दाबी छ । स्ववियु निर्वाचनमा सिन्धुपाल्चोकमा कांग्रेस र एमाले बिच गठबन्धन रहेको छ ।

  • समाजवादी मोर्चाको निष्कर्ष- पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ

    समाजवादी मोर्चाको निष्कर्ष- पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ

    काठमाडौं । समाजवादी मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मानोमानी, देश एवम् जनताको हितविपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरुत्थानवादी तत्वहरु लागिपरेको निष्कर्ष निकालेको छ ।

    समाजवादी मोर्चामा आवद्ध चार दलले संयुक्त विज्ञप्ति निकालेर प्रतिगामी तत्वहरुविरुद्ध सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न पुगेको औंल्याएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रवैया र गतिविधिका कारण नेपाली जनताका अधिकारहरु एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य सञ्चालकको स्वेच्छाचारीका कारण देशले अप्ठेरो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ ।’

    नेपाली जनताको जनजीविका कहालीलाग्दो अवस्थामा हुँदा पनि सरकार बिचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रित रहेको विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ । अध्यादेशमार्फत सरकार चलाउने, सदनलाई छल्ने र संसदमा दर्ता भएका महत्वपूर्ण विद्येयकहरु नियन्त्रण गरी राख्नेमा उद्यत छ । सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीव्र रुपमा बढ्दै गएको छ । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखापरेको छ ।

  • दरबार हत्याकाण्डबारे प्रचण्ड- मैले जनताको आवाज बोलेको हुँ, छानबिन आयोग बनाउन जरुरी छ (भिडिओ)

    दरबार हत्याकाण्डबारे प्रचण्ड- मैले जनताको आवाज बोलेको हुँ, छानबिन आयोग बनाउन जरुरी छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानै तथ्य र प्रमाणको आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहबारे आफूले हिजो टिप्पणी गरेको बताएका छन् ।

    समाजवादी मोर्चाले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आमनेपाली जनताको मनमा भएको कुरा आफूले मुखरित गरेको बताए ।

    प्रचण्डले भने, ‘त्यो कुरा धेरै पहिलादेखि बोलिरहेको हो । दरबार हत्याकाण्डपछि हामी भूमिगत हुँदा पनि यही कुरा बोलेको थिएँ । पहिलो पटक प्रधानमन्त्री हुँदा पनि बोलेको थिएँ । मैले छानबिन आयोग बनाउन जरुरी छ भनेर त्यतिबेलै भनेको थिएँ । अहिले फेरि पुनरुत्थानको कोसिस भइरहेको बेलामा तिनै कुरालाई आवश्यक ठानेर बोलेको हुँ । मैले जनतालाई लागेको छ भन्ने भाषाले बोलेको छु ।’

    हिजो सिन्धुपाल्चोकको मेलम्ची पुगेर प्रचण्डले ज्ञानेन्द्रलाई भाइमारा, मूर्ति चोर र सुन तस्करी भएको आरोप लगाएका थिए । प्रचण्डको उक्त भनाइको राजावादी नेताहरुले चर्को विरोध गरिरहेका छन् ।

  • समाजवादी मोर्चाको आह्वान- प्रतिगमन र प्रतिक्रियावादी शक्तिहरुको षड्यन्त्रविरुद्ध चैत १५ गते काठमाडौं आउनू

    समाजवादी मोर्चाको आह्वान- प्रतिगमन र प्रतिक्रियावादी शक्तिहरुको षड्यन्त्रविरुद्ध चैत १५ गते काठमाडौं आउनू

    काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा हुने विशाल विरोध प्रदर्शन जनसभामा सहभागी हुन आह्वान गरेको छ ।

    काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतिगमत र प्रतिक्रियावादी शक्तिहरुको षड्यन्त्रविरुद्ध जनसभामा सहभागी हुन आह्वान गरेको मोर्चाका सदस्य सचिव खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।

    उनले सरकारको अलोकतान्त्रिक गतिविधिका कारणले जनताको अधिकार एकपछि अर्को कुण्ठित हुँदै गइरहेको आरोप लगाए । राज्य सञ्चालकको स्वेच्छाचारिताको कारणले देशले अप्ठेरो र संकटग्रस्त अवस्थाको सामाना गर्नुपर्ने बताए ।

    सरकार बिचौलिया र कालाबजारीको सेवामा केन्द्रित भएको पनि बताए । गणतन्त्रको रक्षाको लागि संसदभित्र र बाहिरका राजनीतिक पार्टीहरुसँग छलफल र परामर्श गर्ने उनले बताए ।

    उनले भने, ‘देशको विषम् परिस्थितिमा समाजवादी मोर्चा, नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति राष्ट्रिय स्वाधीनता र गणतन्त्रका पक्षधर संसदभित्र र बाहिर भएका राजनैतिक पार्टी, नागरिक समाज, बुद्धिजीवीलगायत नेपाली समाजका सबै पक्षसँग छलफल र परामर्श गरी प्रतिगामी र पुनरुत्थानवादी षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको छ ।

  • खुमलटार पुगेर प्रचण्डसँग शिक्षक महासंघका प्रतिनिधिको गुनासो- ‘गर या मर’को अवस्थामा छौँ

    खुमलटार पुगेर प्रचण्डसँग शिक्षक महासंघका प्रतिनिधिको गुनासो- ‘गर या मर’को अवस्थामा छौँ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शिक्षक महासंघका प्रतिनिधिले विद्यालय शिक्षा विधेयक पारित गराउन माओवादीको विशेष भूमिका खेल्न आग्रह गरेका छन् । प्रचण्ड भेट्न खुमलटार पुगेका प्रतिनिधिहरुले आफूहरु ‘गर या मर’को अवस्थामा रहेको गुनासो गरे ।

    आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरूले प्रचण्ड नेतृत्वको सरकारले नै विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएको स्मरण गराउँदै पारित गराउन पनि विशेष भूमिका खेल्न आग्रह गरे ।

    शिक्षक महासंघका प्रतिनिधिले प्रचण्डसँग गुनासो गर्दै भने, ‘गर या मर (डु अर डाई)को अवस्थामा छौँ । विगतमा पनि शिक्षकका मागमा माओवादी र प्रचण्ड उभिएको थियो । यस पटक पनि काँध थाप्न अनुरोध छ । माओवादीले संसदमा दबाबमूलक भूमिका खेलोस् ।’

    प्रतिनिधिको गुनासो सुनेपछि प्रचण्डले आन्दोलनरत शिक्षकहरूका मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताए । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न सरकारसँग प्रचण्डले माग गरे ।

    ‘अहिले जे जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन् । उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ’, उनले भने, ‘तर मुख्य कुरा इच्छाशक्तिको हो । शिक्षा र शिक्षकको विषय सरकारको प्राथमिकतामा नपर्दा यसमा ढिलाइ भएको छ ।’

    शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष प्रचण्डले देशको विकास र समृद्धिको मुख्य आधार शिक्षा नै भएको बताए ।

    प्रचण्डले थपे, ‘म सरकारमा हुँदा विद्यालय शिक्षा सुधारसम्बन्धी विज्ञको प्रतिवेदन संकलन गर्नै धेरै समय लाग्यो । पछि त्यसलाई कार्यान्वयन गर्न खोजिए पनि अहिले सरकारले अघि बढाउन खोजेको छैन । शिक्षक महासंघले उठाएका विषयमा सडक र संसद दुवै ठाउँबाट पार्टीले सशक्त भूमिका निर्वाह गर्छ ।’