Category: माओवादी केन्द्र

  • माओवादी महाधिवेशन : ओलीबाहेकका सबै शीर्ष नेता आउने

    माओवादी महाधिवेशन : ओलीबाहेकका सबै शीर्ष नेता आउने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताहरू आउने भएका छन् ।

    माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले ११ दललाई निमन्त्रण पठाइएको र प्रायः सबै आउने भएका छन् । समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली भने नआउने भएका छन् ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टेलिफोन गरेर ओलीलाई आउन आग्रह गरेका थिए । पार्टीका विभिन्न कार्यक्रमको सिलसिलामा हिजो नै गृहजिल्ला झापा पुगेका ओलीले कार्यवस्थताले आफू आउन नसक्ने जवाफ दिएका थिए। उनले सकभर आफू आउने र आउन नभ्याए महासचिवलाई पठाउने जानकारी दिएको ढकालले जानकारी दिए।

    उनका अनुसार महाविधेशनमा शुभकामना दिन देउवाका अलवा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, माले महासविच सिपी मैनालीलगायत आउने छन् ।

    महाधिवशेनमा नेकपामा महासचिव नेत्रविक्रम चन्दलाई पनि निमन्त्रणा दिइएको तरर आउने/नआउने निश्चित नभएको ढकालले बताए ।

    माओवादीको ८ औं महाधिवेशनको उद्घाटन दिउँसो तीन बजे प्रज्ञा भवनमा हुँदैछ ।

  • माओवादी पनि एमालेकै बहुपदीय मोडलमा, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवसहित १५ पदाधिकारी

    माओवादी पनि एमालेकै बहुपदीय मोडलमा, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवसहित १५ पदाधिकारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेकै मोडलमा बहुपदीय संरचनाको अभ्यास गर्ने भएको छ । आठौं राष्ट्रिय महाधिवेशनकै दिन बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्षसहित १५ जना पदाधिकारी निर्वाचित गर्ने निर्णय गरेको हो ।

    अब माओवादीमा एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहने व्यवस्था विधानमा गरिएको छ ।

    वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको व्यवस्था यसअघि माओवादीमा थिएन । एमालेले गरेको अभ्यास माओवादीले पनि थाल्न लागेको हो । कोषाध्यक्ष भने एमालेमा अभ्यास छैन ।

  • केन्द्रीय समितिमा पेस भएको प्रचण्डको राजनीतिक दस्तावेजको छलफल महाधिवेशनमै

    केन्द्रीय समितिमा पेस भएको प्रचण्डको राजनीतिक दस्तावेजको छलफल महाधिवेशनमै

    काठमाडौं । महाधिवेशनको सम्मुखमा बसेको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दस्तावेज पेस गरेका छन् । बैठकबारे जानकारी दिँदै प्रवक्ता कृष्णबहादुर महराले बैठकमा पेसमात्रै भएको र छलफल भने महाधिवेशनमै हुने बताए ।

    त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने स्थायी समितिको प्रस्तावलाई अनुमोदन गरेको छ । बैठकले पार्टीको अन्तरिम विधान संशोधन गर्दै १५ जना पदाधिकारी रहने प्रस्तावसमेत महाधिवेशनमा लैजाने निर्णय गरेको छ।

    महराका अनुसार केन्द्रीय समितिको अकार २९९ मा केही प्लस हुने बताए । महाधिवेशनले केन्द्रीय समितिको निर्वाचन गर्ने र समितिले अध्यक्षसहितका पदाधिकारी निर्वाचन गर्ने बताए । सहमति नभएको अवस्थामा निर्वाचनमा जाने महराले बताए ।

    केन्द्रीय सदस्य युवराज दुलालका अनुसार प्रचण्डले सम्मेलनलाई महाविधेशनमा रुपमान्तरण गर्नुका कारण बैठकमा राखेका थिए ।

    प्रचण्डले वडादेखि प्रदेशसम्म अधिवेशनकै सबै प्रक्रिया पुरा गरेर आएको र केन्द्रमा पनि त्यस्तै हुने भएकाले महाधिवेशन भन्नु उपयुक्त हुने बताएका थिए । ‘हामी नयाँ केन्द्रीय समितिको निर्वाचन पनि गर्ने भएपछि यो सबै हामीले गरेको प्रक्रिया हेर्दा नाम राष्ट्रिय सम्मेलन दिए पनि महाधिवेशनकै निम्ति गर्‍यौ,’  प्रचण्डको भनाइ थियो ।

    प्रचण्डले आफ्ना कुरा राखेपछि हलले उनको प्रस्तावलाई अनुमोदन गरेको दुलालले बताए । उनका अनुसार केन्द्रीय समिति बैठक स्थगनमात्रै भएको र आवश्यक निर्णय लिन जतिबेला पनि बैठक बस्न नसक्ने बताए ।

  • माओवादी महाधिवेशन : संघीय मन्त्री र स्थायी समिति सदस्यका गाडीलाई मात्रै प्रवेश

    माओवादी महाधिवेशन : संघीय मन्त्री र स्थायी समिति सदस्यका गाडीलाई मात्रै प्रवेश

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाविशेनस्थलमा प्रज्ञा भवनमा संघीय मन्त्री र स्थायी समिति सदस्यका गाडीले मात्रै प्रवेश पाउने भएका छन् । त्यसका लागि छुट्टै पासको व्यवस्था गरिएको छ ।

    महाधिवेशन व्यवस्थापन समितिका सदस्य एवम् वाईसीएल संयोजक सुमन देवकोटाले ट्राफिक व्यवस्थावपनका लागि सवारी पास भएकालाई मात्रै प्रवेश दिने बताए । अन्य प्रतिनिधिका सवारी भने अन्यत्रै पार्किङ गरिने छ ।

  • सम्मेलनलाई महाधिवेशन बनाइएपछि ब्यानर फेर्न भ्याइ-नभ्याइ, प्रज्ञामा यस्तो छ तयारी (तस्बिरहरु)

    सम्मेलनलाई महाधिवेशन बनाइएपछि ब्यानर फेर्न भ्याइ-नभ्याइ, प्रज्ञामा यस्तो छ तयारी (तस्बिरहरु)

    काठमाडौं । प्रथम राष्ट्रिय सम्मेलनको तयारी गरी अन्तिम समयमा आठौं राष्ट्रिय महाधिवेशनमा रुपन्तरण गरिएपछि माओवादी केन्द्रलाई आजको कार्यक्रम व्यवस्थापन गर्न भ्याइ-नभ्याइ भएको छ ।

    हिजो साँझ बसेको स्थायी समिति बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरे पनि माओवादीले लामो समयदेखि राष्ट्रिय सम्मेलनको प्रचार गरिरहेको थियो । सम्मेलन आयोजनास्थल प्रज्ञा भवन परिसरदेखि काठमाडौंका विभिन्न ठाउँमा सोही व्यहोराको ब्यानरसहित प्रचार गरिएको थियो ।

    अन्तिम समयमा कार्यक्रमको नाम नै परिवर्तन भएपछि सबैतिरको प्रचार सच्याउन माओवादी कार्यकर्तालाई भ्याइ नभ्याइ देखिएको छ ।

    महाधिवेशनस्थल प्रज्ञा भवनमा मुख्य प्रवेशद्वारदेखि भित्र कार्यक्रम स्थलमा पनि महाधिवेशनको ब्यानर लगाइएको छ ।

  • आठौं राष्ट्रिय महाधिवेशनमा ११ दललाई माओवादीको निम्तो

    आठौं राष्ट्रिय महाधिवेशनमा ११ दललाई माओवादीको निम्तो

    काठमाडौं । राष्ट्रिय सम्मेलनको तयारी गरेर अन्तिममा महाधिवेशनमा रुपान्तरण गरेको नेकपा (माओवादी केन्द्र)ले उद्घाटन समारोहमा ११ वटा राजनीतिक दललाई निम्तो पठाएको छ।

    महाधिवेशन नभइ राष्ट्रिय सम्मेलन गर्न लागेकाले यसअघि माओवादीले कुनै पनि देशी, विदेशी पाहुनालाई नबोलाउने बताएको थियो। कार्यालय सचिव श्रीराम ढकालले उद्घाटन समारोहमा सबै दललाई निम्तो पठाएको बताए।

    महाधिवेशनमा उपस्थितिका लागि माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई टेलिफोन गरेरै निमन्त्रणा दिएका थिए । गृहजिल्ला झापाको कार्यक्रममा व्यस्त रहेका ओलीले आफू आउन नभ्याउने जवाफ दिएका थिए ।

    आज अपराह्न ३ बजे उद्घाटन हुने महाधिवेशनमा माओवादीले एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा (माले), राप्रपासहित ११ दललाई निम्तो पठाएको हो।

  • झापामा रहेका ओलीलाई प्रचण्डले गरे टेलिफोनबाटै निम्ता

    झापामा रहेका ओलीलाई प्रचण्डले गरे टेलिफोनबाटै निम्ता

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर पार्टीको आठौं महाधिवेशन उद्घाटन समारोहमा आएर शुभकामना दिन आग्रह गरेका छन् ।

    तर पार्टीका विभिन्न कार्यक्रमको सिलसिलामा गृहजिल्ला झापा पुगेका ओलीले आफू आउन नसक्ने जवाफ प्रचण्डलाई दिएका छन् ।

    माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गर्दा ओली झापा पुगिसकेका थिए ।

    ओलीले प्रचण्डलाई महाधिवेशनको शुभकामना दिँदै आफू आउन नसक्ने बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।

    नेकपा विभाजनपछि दुई पटक केपी ओलीले टेलिफोन गरे पनि प्रचण्डले ओलीलाई सम्पर्क गरेको यो पहिलो पटक हो । एमालेको तर्फबाट महासचिव शंकर पोखरेलले माओवादी महाधिवेशनलाई शुभकामना दिने बताइएको छ ।

  • स्थान अभावले भुइँमै बसेर माओवादी केन्द्रीय समितिको अन्तिम बैठक (तस्बिरहरु)

    स्थान अभावले भुइँमै बसेर माओवादी केन्द्रीय समितिको अन्तिम बैठक (तस्बिरहरु)

    काठमाडौं । राष्ट्रिय महाधिवेशनअघि नेकपा (माओवादी केन्द्र)को अन्तिम बैठक अहिले केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।

    केन्द्रीय कार्यालयको सभाहलमा स्थान अभाव भएपछि केन्द्रीय सदस्यहरुलाई भुइँमै म्याट विछ्याएर बस्ने व्यवस्था मिलाइएको छ ।

    आज दिउँसो ३ बजे प्रज्ञा भवनमा माओवादीको राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

    महाधिवेशनको तयारीमा केन्द्रित रहेर आज अन्तिम बैठक बोलाइएको छ । बैठकमा अध्यक्ष प्रचन्डसहित शीर्ष नेताहरु कुर्सीमा बसेका छन् भने अन्य केन्द्रीय सदस्यहरु भुइ्ँमा छन् ।

    माओवादीले राष्ट्रिय सम्मेलनको रुपमा प्रचार गरे पनि हिजोको स्थायी समिति बैठकले महाधिवेशनको नाम दिने निर्णय गरेको थियो । त्यसलाई आज केन्द्रीय समितिले अनुमोदन गर्ने कार्यतालिका छ ।

  • माओलाई सम्झँदै नयाँ कार्यदिशा र विकासको बहसमा केन्द्रित हुन प्रचण्डको अपील

    माओलाई सम्झँदै नयाँ कार्यदिशा र विकासको बहसमा केन्द्रित हुन प्रचण्डको अपील

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्षले १२९ औं जन्मजयन्तीको अवसरमा चिनियाँ नेता माओत्सेतुङप्रति श्रद्धासुमन अर्पण गरेका छन्। माओकै जन्मजयन्तीको अवसर पारेर माओवादीले आजदेखि आठौं राष्ट्रिय महाविधेशन समेत गर्न गइरहेको छ।

    प्रचण्डले विज्ञप्ति जारी गर्दै ‘महाधिवेशन प्रतिनिधि, पार्टी नेता-कार्यकर्ता र जनसमुदायमा आजको विश्वका विकसित चुनौती र सम्भावनाको आलोकमा रहेर नयाँ कार्यदिशा विकासको बहसमा सम्पूर्ण रूपले केन्द्रित हुन विशेष अपील’ समेत गरेका छन्।

    ‘मालेमावादी विश्वदृष्टिकोणको आलोकमा हाम्रो पार्टीद्वारा सञ्चालित महान् जनयुद्ध एवं जनयुद्धको जगमा स्थापित ऐतिहासिक जनआन्दोलनहरूको बलमा नेपालको पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशिष्टता र मौलिकतासहित मूलभूत रूपमा पूरा भएको छ,’ प्रचण्डले भनेका छन्, ‘जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्न हाम्रो गौरवशाली पार्टीले माओजयन्तीकै अवसर पारेर नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन गर्दैछ ।’

  • माओवादी महाधिवेशन- ‘विराटनगर मोडल’ निम्तिने खतरा

    माओवादी महाधिवेशन- ‘विराटनगर मोडल’ निम्तिने खतरा

    काठमाडौं । आफ्नो अस्तव्यस्थ सांगठानिक अवस्थामाझ नेपा (माओवादी केन्द्र)ले आजदेखि राष्ट्रिय महाविधेशन गर्दैै छ । चार महिनाअघिदेखि राष्ट्रिय सम्मेलन भनिएकोमा ठीक अघिल्लो दिन त्यसलाई महाधिवेशनमा रुपान्तरण गरिएकोछ। यसलाई आठौं महाधिवेशन भन्ने प्रस्ताव गरिएको छ।

    २०६९ माघमा हेटौंडामा भएको सातौं महाधिवेशन भएकाले यसलाई आठौं महाधिवेशन भनिएको छ। ‘नेकपा’कालीन समयलाई ‘शून्य समय’ मानिएको छ ।

    अहिले माओवादीको सांगठनिक विवेचना गर्नुअघि हेटौंडामै पुग्नुपर्ने हुन्छ, माओवादीमा ‘सांगठनिक अराजकता’को शुरुवात भएको थियो । हेटौंडा महाधिवेशनले माओवादी नेतृत्व छान्न सकेको थिएन । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन उपाध्यक्ष बाबुराम भट्टराई पक्षबीच विवाद भएको थियो ।

    उनीहरुबीच सहमति नजुटेपछि अध्यक्षमा प्रचण्डलाई पुनर्निर्वाचित गरिएको थियो जसमा भट्टराई सहभागी थिएनन् । बाबुरामलाई उपाध्यक्षमा निर्वाचित गरिएको थियो । तर, यी कुनै पनि प्रक्रिया भट्टराईले स्वीकार नगरेपछि माओवादी विवाद निरुपण हुन सकेको थिएन।

    जारी विवादलाई टुंग्याउने प्रयास स्वरुप एक वर्षपछि विराटनगरमा प्रथम राष्ट्रिय सम्मेलन अयोजना गरेको थियो। विराटनगर सम्मेलनले एमाओवादीको अध्यक्षमा प्रचण्डलाई पुनः चयन गर्‍यो तर अन्य कुनै पदाधिकारी चयन गर्न सकेन। प्रचण्डले सम्मेलनमा ९९ सदस्यीय केन्द्रीय समिति घोषणा गरे । सम्मेलनले त्यसलाई अनुमोदन त गर्‍यो तर यहाँ पनि बाबुराम समूहलाई समेटन् असफल रह्यो ।

    माओवादी विराटनगर सम्मेलनबाट पदाधिकारी विना काठमाडौं फर्किएको थियो । माओवादीमा अहिले पनि ठ्याक्कै त्यही अवस्था छ । समिति घोषणा गर्ने, धेरै प्रगति भएको अवस्थामा अध्यक्ष तोक्ने तर पदाधिकारी अनिश्चित हुने। माओवादीका हरेक संगठनमा अहिले यही ‘विराटनगर मोडल’ कार्यान्वयन भइरहेको छ। यस्तो अराजकता चिर्न माओवादी नेतृत्व असक्षम छ ।

    हालै भएका दुई भातृ संगठनमा त्यस्तै अवस्था देखियो । वाईसीएलमा पदाधिकारी छान्न सकस भएपछि संयोजक र सहसंयोजक मात्रै बनाइएको छ। अर्को भातृ संगठन अनेरास्ववियूबाट त समितिसमेत घोषणा हुन सकेको थिएन । अध्यक्षमा पञ्चा सिंहलाई घोषणा गर्दै सम्मेलन सकिएको थियो। त्यसको करिव तीन महिनापछि केन्द्रीय समिति घोषणा गरियो, तर अझै पदाधिकारी छान्न सकिएको छैन।

    पछिल्लो समय भएका प्रदेश सम्मेलनहरुमा पनि त्यस्तै अवस्था देखिएको थियो । गण्डकी, कर्णाली र लुम्बिनीमा अध्यक्ष र समिति मात्रै घोषणा गरिएको छ। वागमती र प्रदेश १ मा सम्मेलन सकिएको करिब एक सातापछि समितिबाट पदाधिकारी निर्वाचित गरिएको छ। सुदूरपश्चिम र प्रदेश २ मा समिति मात्रै घोषणा गरिएको छ।

    अर्थात, ‘विराटनगर मोडल’ माओवादीको संस्कार जस्तै बनिसकेको छ । यही मोडल माओवादीको केन्द्रीय महाधिवेशनमा पनि निम्तिने खतरा छ । पाँच दिनसम्म चल्ने महाधिवेशन विचार केन्द्रित हुने भनिएको छ । तर, त्यसले नेतृत्व पनि टुंग्याउनुपर्ने छ।

    अध्यक्षमा प्रचण्ड निर्विकल्प जस्तै छन्। उनलाई चुनौती दिने कोही देखिने सम्भावना छैन । तर, बहुपदीय व्यवस्थामा जाने भनिएकाले अन्य पदाधिकारी पनि माओवादीले चयन गर्नुपर्ने छ । पदाधिकारीमा दावेदार धेरै छन्। महासविचमा त खुलेरै दावी गर्नेहरु निस्किएका छन्।

    उर्जा मन्त्रीसमेत रहेकी पम्फा भुसाल र शिक्षा मन्त्री दवेन्द्र पौडेलले औपचारिक रुपमै आफूहरुलाई महासचिवको दावेदारका रुपमा प्रस्तुत गरिसकेका छन् । मुख नखोले पनि अर्थमन्त्री जनार्दन शर्मा र नेता वर्षमान पुन महासचिवका बलिया दावेदार हुन । यसका अलवा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, देव गुरुङ लगायतको महासविचमा दावेदारी छ।

    प्रचण्डले अन्य पदाधिकारीमा सम्झाइ बुझाई व्यवस्थापन गर्न सक्ने भए पनि महासचिवमा शर्मा र पुनले दावेदारी छाड्ने अवस्था देखिँदैन । दुवै नेता प्रचण्डका प्रिय भएकाले कुनै एकलाई छान्न सक्ने अवस्था पनि देखिँदैन। र, चुनावमा गएर पार्टी भित्र थप ध्रुवीकरण गराउन पनि प्रचण्डले चाहेका छैनन्।

    यस्तोमा यो महााधिवेशन पनि अध्यक्षमा प्रचण्डलाई पुनः अनुमोदन गर्ने र केन्द्रीय समिति घोषणा गर्नेमै सीमित हुनेछ । प्रचण्डले त्यसको संकेत गरिसकेका छन्। माओवादीका एक स्थायी समिति सदस्य पनि पदाधिकारी चयन हुने सम्भावना देख्दैनन्। उनी भन्छन्, ‘अध्यक्षले केन्द्रीय समिति चुन्ने र त्यसैले अध्यक्ष मात्र चुन्न सक्ने संकेत देखाउनुभएको छ । विचार निर्माणमा भन्दा नेतृत्वमा धेरैको ध्यान गएकाले त्यसलाई रोक्न प्रचण्डले त्यस्तो कदम चाल्न सक्नुहुन्छ।’

    उसो त महासचिवका दावेदार मध्यका एक पुन महाधिवेशनमा आउन नसक्ने भएकाले पनि प्रचण्डले धेरै निर्णय लिने छैनन्। थाइल्याण्डमा उपचार सम्भव नभएपछि एयर एम्बुलेन्सबाट चीन पु¥याइएका पुन पूर्ण स्वस्थ भइसकेका छैनन् । निकट स्रोतका अनुसार पुन जसरी पनि सम्मेलनमा आउन चाहन्थे । तर उनको जण्डिसको मात्रा कायमै रहेको र शक्रुबारमात्रै चिकित्सकले थप उपचार थालेकाले नेपाल यात्रा रोकिएको हो ।

    पुनले अध्यक्ष प्रचण्डसँग पनि टेलिफोन सम्पर्क गरेका थिए । प्रचण्डले उपचार सकेर आउनू भन्दै पुनको अनुपस्थितिमा उनको राजनीतिमा असर पर्ने कुनै निर्णय नहुने आश्वासन दिएको स्रोतले जनाएको छ ।

    पुनको कारणले पनि प्रचण्डलाई आफ्नो अप्ठ्यारो केही समय पछि धकेल्न सजिलो बहाना मिल्ने देखिन्छ । तर प्रश्न उठ्छ–लथालिङ्ग संठन बोकेर माओवादीले सामुन्नेका स्थानीय र आम चुनावको सामना गर्न सक्ला ?

    अन्य दलले महाधिवेशनबाट नेतृत्व टुंग्याउँदै चुनाव केन्द्रित हुन लागेका बेला संगठनको भ्रदगोल अवस्था थाती राखेरै माओवादी कसरी बलियो शक्तिका रुपमा उदाउन सक्ला ?

  • माओवादी महाधिवेशन उद्घाटन समारोहमा सबै राजनीतिक दलका नेतृत्वलाई निमन्त्रणा गरिने

    माओवादी महाधिवेशन उद्घाटन समारोहमा सबै राजनीतिक दलका नेतृत्वलाई निमन्त्रणा गरिने

    काठमाडौं । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रले उद्घाटन समारोहमा सबै राजनीतिक पार्टीका नेतृत्वलाई निमन्त्रणा गर्ने भएको छ ।

    प्रथम राष्ट्रिय सम्मेलनको अन्तिम तयारी भइरहँदा हिजो साँझ बसेको माओवादी स्थायी समिति बैठकले महाधिवेशन भन्ने निर्णय गरेको थियो । तर महाधिवेशन भन्ने नभन्नेबारे आज केहिबेरमा सुरु हुने केन्द्रीय कमिटी बैठकले अनुमाेदन गर्नुपर्नेछ ।

    माओवादीको महाधिवेशनकाे उद्घाटनसत्र आज अपराह्न ३ बजेबाट कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुनेछ ।

    राष्ट्रिय सम्मेलन भएको अवस्थामा माओवादीले अन्य राजनीतिक दलका नेतृत्वलाई आमन्त्रण गर्ने निर्णय गरेको थियो । ‘महाधिवेशन भनिसकेपछि उद्घाटन समारोहमा सबै राजनीतिक नेतृत्वलाई निमन्त्रणा गरिनेछ,’ माओवादी नेता मात्रिका यादवले नेपाल प्रेससँग भनेका छन्, ‘थप निर्णय अहिले बस्ने केन्द्रीय कमिटी बैठकले गर्नेछ ।’

  • माओवादी महाधिवेशन आजदेखि, त्यसअघि केन्द्रीय कमिटी बैठक बस्दै

    माओवादी महाधिवेशन आजदेखि, त्यसअघि केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडाैं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । यसअघि राष्ट्रिय सम्मेलन भनेको माअ‍ोवादीले हिजोको स्थायी समितिको बैठकबाट निर्णय गरी महाधिवेशनमा परिणत गरेको थियो ।

    तर, यसलाई कुन महाधिवेशन भन्ने भनेर निर्णय भएको छैन । माओवादीले २०६९ सालमा हेटौंडामा सातौं महाधिवेशन गरेको थियो ।

    दिउँसो १ बजपछि प्रज्ञा भवनमा महाधिवेशन सुरु हुनेछ । माओवादीले आफ्नो महाधिवेशनमा अन्य पार्टीका नेतृत्वलाई आमन्त्रण नगर्ने निर्णय यसअघि नै गरेको थियो ।

    महाधिवेशनका लागि देशभरबाट छानिएका १६ सयभन्दा बढी केन्द्रीय प्रतिनिधि काठमाडौं आइसकेका छन् ।

    महाधिवेशनले अध्यक्षमा प्रचण्डको नेतृत्व नवीकरण गर्नेदेखि पदाधिकारी चयन गर्नेछ ।

    महाधिवेशन सुरु हुनुअघि आज विहान माओवादीको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक ८ बजेदेखि सुरु हुने भनिएको छ ।

  • माओवादीको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय (भिडिओ)

    माओवादीको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आइतवारबाट शुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने भएको छ ।

    पार्टी स्थायी कमिटी बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै प्रवक्ता कृष्णवहादुर महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको बताए ।

    शनिवार साँझ बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशन भन्ने र सोही अनुसार अघि बढ्ने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेपाल प्रेसलाई बताए ।

    ऐतिहासिक महाधिवेशन नामाकरण गरिए पनि यसलाई कुन महाधिवेशन भन्ने टुंगो लागेको छैन । माओवादीको केन्द्रीय कमिटी बैठक आइतवार विहान ८ बजे बस्दैछ ।

  • राष्ट्रिय सम्मेलनमा वर्षमान आउन नसक्ने, हलबाटै महासचिव घोषित गर्न प्रचण्डमाथि दबाब

    राष्ट्रिय सम्मेलनमा वर्षमान आउन नसक्ने, हलबाटै महासचिव घोषित गर्न प्रचण्डमाथि दबाब

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतवार शुरु हुने वहुचर्चित राष्ट्रिय सम्मेलनमा महासचिवका प्रबल दाबेदार वर्षमान पुन सहभागी हुन नसक्ने भएका छन् ।

    थाइल्याण्डमा उपचार सम्भव नभएपछि एयर एम्बुलेन्सबाट चीन गएका पुनको उपचार अझै जारी रहेका कारण राष्ट्रिय सम्मेलनमा आउन नसक्ने भएका हुन् ।

    निकट स्रोतका अनुसार पुन जसरी पनि सम्मेलनमा आउन चाहान्थे । तर उनको कलेजोमा जण्डिसको मात्रा कायमै रहेको र शक्रुवारमात्रै चिकित्सकले थप उपचार थालेकाले नेपाल यात्रा रोकिएको हो ।

    पुनले अध्यक्ष प्रचण्डसँग पनि टेलिफोन सम्पर्क गरेका थिए । प्रचण्डले उपचार सकेर आउनू भन्दै पुनको अनुपस्थितिमा उनको राजनीतिमा असर पर्ने कुनै निर्णय नहुने आश्वासन दिएको स्रोतले जनाएको छ ।

    यता वर्षमान पुन निकट नेता कार्यकर्ताले उपचारका क्रममा रहेका पुनलाई राष्ट्रिय सम्मेलनको हलबाटै महासचिव घोषित गर्न समेत अध्यक्ष प्रचण्डलाई दबाब दिएका छन् ।

    स्रोतका अनुसार कर्णाली प्रदेशका मन्त्री समेत रहेका विन्दमान विष्ट समेत केही नेताले प्रचण्डलाई भेटेरै उपचारका क्रममा रहे पनि वर्षमानको भूमिका र संगठनमा सिनियरिटी हेरेर महासचिव घोषणा गर्न सुझाव दिएका छन् ।

    वर्षमान नआउने भएपछि माओवादी राष्ट्रिय सम्मेलनबाट महासचिव लगायत पदाधिकारी चयन हुने सम्भावना तत्काललाई टरेको नेताहरुले बताएका छन् । प्रचण्डले वर्षमानको अनुपस्थितिमा नेतृत्वको चुनाव गराउन नचाहने उनीहरुको भनाइ छ ।

  • आइतबार माओवादीको केन्द्रीय समिति बैठक बस्ने

    आइतबार माओवादीको केन्द्रीय समिति बैठक बस्ने

    काठटमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ ।

    आइतबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    आइतबारदेखि माओवादीको प्रथम राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

    प्रवक्ता महराले आइतबार अपराह्न १ बजे सम्मेलन सुरु हुने जानकारी दिए ।

    सम्मेलनको तयारीस्वरुप आज अपराह्न बसेको स्थायी समिति बैठकमा सहभागी हुने प्रतिनिधिका सम्बन्धमा छलफल भएको उनले बताए ।

  • प्रचण्डले भने – बाबुरामले एमसीसीको जिम्मा लिएको देख्दा हामी हेरेको हेर्यै भयौँ

    प्रचण्डले भने – बाबुरामले एमसीसीको जिम्मा लिएको देख्दा हामी हेरेको हेर्यै भयौँ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लिएको अडानले आफूहरु आश्चर्यचकित भएको बताएका छन् ।

    सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपर्ने सन्भर्दमा डा. भट्टराईले लिएको अडानले आफूहरु आश्चर्यचकित भएको बताएका हुन् ।

    सर्वदलीय बैठकमा समेत भट्टराईले एमसीसी आफ्नै पालामा अघि बढेको र पास गर्नुपर्छ भनेर अडान लिएको बताए । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले एमसीसी पास गर्नैपर्ने जिम्मेवारी लिएको देख्दा आफूहरु हेरेकै हेरै भएको टिप्प्णी पनि गरे ।

    उनले भने – उहाँ (बाबुराम भट्टराई) ले सर्वदलीय बैठकमा एमसीसी मेरै पालामा अघि बढेको हो र पास गर्नेपर्छ भनेर जिम्मेवारी लिएको देख्दा हामी त हेरेको हेरै भयौँ । बाबुराम जीले किन एमसीसीको स्वामित्व लिन खोज्नुभएको बुझ्न सकिएको छैन् ।

    भट्टराईले सर्वदलीय बैठकमा संसदको बहुमतले पारित गर्नुपर्ने अडान लिएको पनि उनले बताए । प्रतिपक्षीले संसद घेराउ गरिरहेका बेला कसको बहुमतबाट पारित गरौँ भन्नुभएको हो त्यो त्यो बुझ्न सकिएको छैन, प्रचण्डले भने ।

    अन्तरक्रियामा उनले भने – संसदको बहुमतले पारित गर्नुपर्छ भनेर बाबुरामले भनेको संगतिपूर्ण छैन् । प्रतिपक्षीले घेराउ गरिरहेको छ । कसको बहुमत भनेको हो ? यस्तो राष्ट्रियतासँग गाँसिएको संवेदनशील विषय हुलमुलमा पास गरेर हुन्न ।

    माओवादी केन्द्र एमसीसीको विरोधि नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताले नै बहस चालेको हुनाले संशोधन नगरी पास गर्न नहुने पक्षमा रहेको बताए ।

    उनले भने – माओवादी एमसीसीको विरोधी होइन तर जनताले नै बहस चाहेको हुनाले संशोधन गर्नुपर्ने विषय संशोधन गरेर अगाडी बढ्नुपर्छ । तीन सदस्यीय टोलीले अहिले अध्ययन गरिरहेको छ । आएको सुझाव अनुसार नै अगाडी बढ्छ ।

    एमसीसी सम्झाैताका बारेमा नेपालका राजनीतिक दलहरु विभाजित रहेका छन् ।

  • प्रचण्डपथ हतारमा छाडियो तर अब त्यसैमा फर्किदैनौँ : प्रचण्ड

    प्रचण्डपथ हतारमा छाडियो तर अब त्यसैमा फर्किदैनौँ : प्रचण्ड

     काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब प्रचण्डपथमा फर्किने अवस्था नभएको बताएका छन् ।

    विगतमा कम्युनिष्ट पार्टीहरुसँगको एकता प्रक्रियाका क्रममा प्रचण्डपथ हतारमा स्थगित गरिएको भएपनि अब त्यसैमा फर्किने अवस्था नभएको प्रचण्डको भनाई छ ।

    सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले युद्धकालिन अवस्थामा प्रचण्डपथ पारित गरिएको उल्लेख गर्दै शान्ति प्रक्रियामा आइसकेपछि देशअनुसार पार्टीलाई ढाल्ने र वृहत्तर कम्युनिष्ट एकताका लागि स्थगन गरिएको बताए ।

    कुनै छलफल र समिक्ष नै नगरि प्रचण्डपथ स्थगन हुनु गलत भएको अहिले महसुस भएपनि अब त्यसैमा फर्किन सकिने अवस्था भने नभएको उनको भनाई छ ।

    उनले भने – फेरि प्रचण्डपथमा नै फर्किने हुँदैन् । तर पार्टीलाई नयाँ ढंगले वैचारिक राजनीतिक मार्गदर्शनमा लैजान विचार बहस गरिरहेको छौँ ।

    अहिले जारी स्थायी कमिटी बैठकमा यो विषयमा गम्भीर ढंगबाट छलफल भइरहेको उल्लेख गर्दै प्रचण्ड भने – प्रचण्डपथ हामीले युद्धकालिन अवस्थामा पारित गरेका थियौँ । शान्ति प्रक्रियामा आएपछि देशअनुसार पार्टीलाई ढाल्ने र वृहत्तर कम्युनिष्ट एकताका लागि प्रचण्डपथ स्थगन गरियो । तर हतारमा छलफल र समिक्षा नगरी स्थगन भयो भन्ने बारेमा अहिले पनि पार्टीमा कुराहरु उठिरहेका छन् । कहिँ न कहिँ हामीले प्रचण्डपथ छाड्नुमा गल्ति थियो भन्ने भइरहेको छ ।

  • महाधिवेशनको पूर्वसन्ध्यामा के भन्छन् माओवादी प्रतिनिधि ? (भिडिओ)

    महाधिवेशनको पूर्वसन्ध्यामा के भन्छन् माओवादी प्रतिनिधि ? (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन भोलिबाट सुरु हुँदैछ । सम्मेलनमा सहभागि हुने अधिकांश प्रतिनिधि काठमाडौं आइसकेका छन् ।

    माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भेटिएका केही प्रतिनिधिले माओवादी अब व्यवस्थित भएर जाने आशा गरेका छन् ।

    डोटीबाट आएका एक प्रतिनिधिले पार्टीमा प्रचण्डको विकल्प नभएको बताए । ‘प्रचण्ड कुशल नेतृत्व हुनुहुन्छ,’ उनले भने, ‘यो देशको नेतृत्व पनि प्रचण्ड नै हो । अरु पार्टीबाट देशको नेतृत्व गर्ने कोही पनि देखेको छैन् ।’

    कैलालीबाट आएका प्रेम विसीले भने प्रचण्डको विकल्प पार्टीमा नभएको बताए । ‘प्रचण्डको विकल्प अहिले छैन,’ उनले भने, ‘उहाँकै नेतृत्वमा अगाडि बढाउने भन्ने भएकाले नेतृत्वमा होडबाजी छैन् ।’

    उनले थपे, ‘अध्यक्षले सबैको क्षमता बुझेको हुँदा सबै शीष नेतालाई जिम्मेवारी दिएर लैजानुहुन्छ ।’

    काठमाडौंबाट आएका अर्जुन थापाले पाटीै अब व्यवस्थित भएर प्रचण्डकै नेतृत्वमा अघि बढ्ने बताए । ‘पहिले भन्दा पार्टी व्यवस्थित हुन्छ कि भन्ने आसा छ,’ उनले भने, ‘केही गर्‍यो भने यही पार्टीले गर्छ । प्रचण्डको टिमले गर्ने हो।राम्रो टिम छ। अब व्यवस्थित हुन्छ कि भन्ने आसा छ ।’

    ‘स्कुलिङ नगरेकाले कार्यकर्ताहरु छिन्नभिन्नभएका हुन् ।अब पार्टी व्यवस्थित हुन्छ,’ उनले थपे ।

     

  • एमालेले तेस्रो पटकपनि संसद विघटन गर्न खोजिरहेको छ : प्रचण्ड

    एमालेले तेस्रो पटकपनि संसद विघटन गर्न खोजिरहेको छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले तेस्रो पटक संसद विघटनको प्रयास गरिरहेको आरोप लगाएका छन् ।

    राजधानीमा सम्पादकहरुसँगको अन्तरक्रियाका क्रममा अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

    अहिले संसदको प्रमुख प्रतिपक्षी दल एमालेले तेस्रो पटक संसद विघटन गर्न खोजिरहेको उल्लेख गर्दै प्रचण्डले कुनै पनि हालतमा विघटन हुन नदिने बताए ।

    उनले भने- एमाले अध्यक्ष ओलीले तेस्रो पटक संसद विघटन गर्न खोजिरहेका छन् । पहिलो पटकको विघटन सडकबाट बदर गर्‍यौँ । दोस्रो पटकको विघटन अदालतबाट बदर गर्‍यौँ । तेस्रो पटक पनि प्रयास भइरहेको छ । हामी हुन दिन्नौँ ।

    उनले एमाले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकमा नआएपनि उनलाइ भनाउन बालकाेट नै जान आफूले देउवालाई भनेकाे बताए । ले

    उनले भने – ओली सर्वदलीय बैठकमा आउँदैनन् । बरु प्रधानमन्त्रीलाई तपाई र म बालकोट जाम भनेर मैले प्रधानमन्त्रीलाई भनेकाे छु । मैले एमसीसीका बारेमा सबै पार्टीसँग छलफलल हुनुपर्छ भनेर बैठक गर्दा पनि ओली आउँदैनन् । उनी तेस्रो पटक संसद विघटन गराउन चाहान्छन् ।

  • हामी पदका लागि मारामार गर्दैनौँ : मातृका यादव

    हामी पदका लागि मारामार गर्दैनौँ : मातृका यादव

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले राष्ट्रिय सम्मेलनबाट नेताहरुको व्यवस्थापनमा कुनै समस्या नहुने बताएका छन् ।

    स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता यादवले बहुपदमा जाने निर्णयसँगै नेताहरुको व्यवस्थापनमा कुनै समस्या नहुने बताएका हुन् ।

    पुँजिवादीहरुको जस्तो पद ओगट्नका लागि मारामार गर्ने अवस्था माओवादीमा नरहेको उल्लेख गर्दै उनले भने – बहुपदमा जान्छाैँ कुनै समस्या आउँदैन् । त्यो जिम्मेवारी हो । पुँजिवादीहरु जस्तो पद ओगट्न मारामार गर्ने होइन । केन्द्रीय समितिमा छलफल भएर अगाडी बढ्छौँ ।

    उनले सम्मेलनबाट राष्ट्रिय अन्तर्राष्टिय अवस्थाको मूल्यांकन र छलफल गरेर सोही अनुसार नीति र नेतृत्व छनोट हुने बताए ।

  • पेरिसडाँडामा राष्ट्रिय सम्मेलनको चटारो (तस्बिरहरु)

    पेरिसडाँडामा राष्ट्रिय सम्मेलनको चटारो (तस्बिरहरु)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पुस ११–१३ मा प्रथम राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलन सम्मुखमै आइपुग्दा माओवादीले त्यसको तयारी समेत तीव्र पारेको छ ।

    सम्मलेलनका लागि वडादेखि प्रदेशसम्म सम्मेलन गरेको माओवादीले प्रतिनिधि समेत चयन गरिसकेको छ ।

    सम्मेलन प्रज्ञा प्रतिष्ठानमा हुने छ । तर, त्यसको तयारी भने पार्टी कार्यायलय पेरिसडाँडामा भइरहेको छ।

    पार्टीले अन्य राजनीतिक, वैचारिक विषयमा तयारी गरिरहेका बेला युवा संगठन वाईसीएललले भने व्यवस्थापकीय तयारी गरिरहेको छ ।

    तस्बिरमा हेरौंं वाईसीएलको तयारीः

  • राष्ट्रिय सम्मेलन मेला जस्तो हुने छैन्, विचार निर्माणमा केन्द्रित हुन्छ : प्रचण्ड (भिडिओ)

    राष्ट्रिय सम्मेलन मेला जस्तो हुने छैन्, विचार निर्माणमा केन्द्रित हुन्छ : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सम्मेलन विचार केन्द्रित हुने बताएका छन् ।

    सम्मेलनको पूर्वसन्ध्यामा शुक्रबार भिडिओ अपील सार्वजनिक गर्दै प्रचण्डले सम्मेलन मेला जस्तो नहुने बताएका छन् ।

    ‘यो राष्ट्रिय सम्मेलन विचारको विकास गर्ने, राजनीतिक मुद्दाहरुलाई परिमार्जित गर्ने, संगठनलाई बलियो बनाउने र राष्ट्र तथा जनताको हितमा सही योजना बनाउने यो ऐतिहासिक सम्मेलन हुने छ,’ उनको भनाइ छ ।

    उनले अगाडि भनेका छन् – सम्मेल एउटा मेला जस्तो हुने छैन । यो नेपाल राष्ट्र र जनताको हितमा सही विचार विकास गर्ने, सही निष्ठावान पार्टी बनाउने अभियान हुनेछ ।

    हेर्नुहोस् भिडिओ

  • सम्मेलनका लागि १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा प्रचण्डलाई

    सम्मेलनका लागि १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा प्रचण्डलाई

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

    शुक्रबार बसेको स्थायी समितिको बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यसअघि माओवादीले ५ प्रतिशत मनोनयन गर्ने भनेकोमा त्यसलाई बढाएर १० प्रतिशतमा पुर्‍याएको हो ।

    १० प्रतिशत मनोनय गर्दा १ सय ४८ जना प्रतिनिध छानिने छन् । माओवादीले यसअघि सम्मेलनमा १५ सय ३३ प्रतिनिधि हुने भनेको भए पनि अब त्यो संख्या १६ सय ८ हुने छ।

    बिहान शुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेका थिए । दिउँसो तीन बजे पुनः बैठक बसेर त्यसमा छलफल भएको थियो । महराले भोलि पनि पुनः बैठक बस्ने जानकारी दिए।

    माओवादीले आगामी पुस ११–१३ मा राष्ट्रिय सम्मेलन गर्न गइरहेको छ ।

  • माओवादी महासचिवको आकांक्षीमा थपिए पौडेल

    माओवादी महासचिवको आकांक्षीमा थपिए पौडेल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को रााष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा आकांक्षी पनि बढ्दै गएका छन् । अध्यक्षबाहेकका पदमा आउन प्रभावशाली नेताहरूको सक्रियता बढेको छ ।

    अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प नभएको बताइरहेका उनीहरूमध्ये धेरैको नजर त्यसपछिको शक्तिशाली पद महासचिवमा देखिन्छ ।

    यस्तैमा पर्छन् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य देवेन्द्र पौडेल ।

    पौडेलनिकट स्रोतकाअनुसार महासचिवका दाबी रहेको र त्यसबाट पछि हट्न परे उपाध्यक्षमा रहनेछ । ‘उहाँको पहिलो दाबी महासचिवमा रहन्छ,’ उनीनिकट स्रोतले भन्यो, ‘महासचिव त्याग्नुपरेमा उपाध्यक्षको स्वतः हकदार हौं ।’

    पौडेल पञ्चायतकालमा तीन वर्ष र माओवादी जनयुद्धका क्रममा १० वर्ष भूमिगत भएका थिए । अखिल (क्रान्तिकारी) बाट विद्यार्थी राजनीति सुरू गरेका उनी संगठनको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षसम्म बनिसकेका छन् ।

  • मसालको विद्रोही समूह माओवादी केन्द्रमा समाहित

    मसालको विद्रोही समूह माओवादी केन्द्रमा समाहित

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल) बाट विद्रोह गरेर बनेको सम्पर्क केन्द्रबीच एकता भएको छ। शुक्रबार त्रिपुरेश्वरमा आयोजित एक समारोहबीच दुबै पार्टीबीच एकताको घोषणा गरिएको हो ।

    एकता सम्झौतामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विद्रोही समूह नेकपा मसाल (सम्पर्क केन्द्र)का संयोजक लोकेन्द्र लम्सालले हस्ताक्षर गरेका हुन् ।

    नेपालको राजनीतिक परिर्वतमा प्रचण्ड नेतृत्वको माओवादीको भएको स्वीकार गर्दै मसालको विद्रोही समूह समाहित भएको हो । सम्झौतमा चाँडै तल्लोतहसम्म एकीकरणका काम टुंग्याउने बताइएको छ ।

    मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे विवाद भएपछि मसालमा विद्रोह भएर नेकपा मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो।

    मसालका महामन्त्री सिंहले पार्टीबाट विद्रोह गरेर जानेहरुलाई ‘पुरोहितका गाईहरू’को संज्ञा दिँदै बिहीबार पार्टीमा फर्कन आग्रह गरेका थिए।

    विद्रोही समूहले ३९ जिल्लामा नेकपा मसाल सम्पर्क केन्द्रको स्थापना गरेको बताइएको छ।

  • ओलीलाई प्रचण्डको चेतावनी- धाक धम्की दिँदै हिँड्नेको हैसियत आउने चुनावमा देखिन्छ (भिडिओ)

    ओलीलाई प्रचण्डको चेतावनी- धाक धम्की दिँदै हिँड्नेको हैसियत आउने चुनावमा देखिन्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको हालत आउने चुनावले देखाउँने भन्दै अहिले धाक धम्की दिएर नहिँड्न केपी ओलीलाई चेतावनी दिएका छन् ।

    नेकपा (मसाल) बाट विद्रोह गरेको समूहसँग एकीकरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी आगो हो र आगोसँग खेल्दा ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याइएको बताए । उनले ६ वटै प्रदेशबाट मुख्यमन्त्री चैट बनाइएको दाबी गरे ।

    प्रचण्डले भने, ‘अहिले धाक धम्की दिएर हिँडेका छन् । त्यो धाक धम्कीको अर्थ छैन । आउने निर्वाचनमा तिनीहरुको हैसियत देखिन्छ । कसको हालत के हुन्छ भन्ने कुरा देखिनेछ र देखिइसकेको छ ।’

    अध्यक्ष प्रचण्डले विभिन्न जिल्लामा गएर ओलीले माओवादी र मधेशवादी दलका नेताहरूलाई एमाले प्रवेश गराइरहेकोप्रति पनि कटाक्ष गरे ।

    उनले भने, ‘अवसरवादीहरू गाउँ-गाउँमा सिला खोज्दै हिडेका छन्, पार्टी प्रवेशका नाममा । तर, सुनारको सय चोट लोहारको एकै चोट । आज हामीले एकीकरण प्रक्रियाबाट कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएका छौं ।’

  • प्रचण्डको राजनीतिक दस्तावेज स्थायी समितिमा पेस, बैठक ३ बजे पुन: बस्ने (भिडिओ)

    प्रचण्डको राजनीतिक दस्तावेज स्थायी समितिमा पेस, बैठक ३ बजे पुन: बस्ने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय सम्मेलनबारे छलफल गर्न बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

    शुक्रबार बिहान बसेको बैठकमा प्रचण्डले संक्षिप्तरूपमा प्रतिवेदन वाचन गरेर पेस गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    उनका अनुसार प्रतिवेदनमाथि दिउँसो तीन बजे बसेर पुनः छलफल हुनेछ ।

    नेकपा मसालबाट विद्रोह गरेको समूह र नेकपा (माओवादी) बाट विद्रोह गरेको प्रभात चलाउनेको समूह माओवादी केन्द्रमा समाहित हुने कार्यक्रम रहेकोले केहीबेर बैठक स्थगित गरिएको छ ।

  • पदाधिकारीमा लुम्बिनीबाटै दर्जन बढी आकांक्षी

    पदाधिकारीमा लुम्बिनीबाटै दर्जन बढी आकांक्षी

    काठमाडौं । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नजिकिएसँगै नेतृत्वका विषयमा चासो बढ्न थालेको छ । माओवादीले विशेष आधार इलाका मानेको लुम्बिनीबाट महासचिवसहित पदाधिकारीमा एक दर्जनभन्दा बढीले आकांक्षा व्यक्त गरेका छन् ।

    माओवादीमा अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा लुम्बिनी प्रदेशका कृष्णबहादुर महरा र वर्षमान पुन आपसमा लड्दा नेता जनार्दन शर्मालाई फाइदा पुग्ने सम्भावना बढेको यहाँका माओवादी नेताहरुले बताएका छन् ।

    महरा र पुन एकबेलाका गुरु–चेला भएपनि अहिले माओवादीको महासचिवमा दुवैको सशक्त दाबी छ । पुन माओवादी अध्यक्ष प्रचण्डका खास निकट मानिन्छन् । यसैले प्रचण्डले उनैलाई च्याप्नसक्ने धेरेको अनुमान छ ।

    संसदीय अभ्यासमा धेरै अनुभव भएका नेता महरालाई अगाडि बढाउनुपर्ने अन्य नेताहरुको दबाब थेग्न पनि प्रचण्डलाई मुस्किल हुने कतिपयको आँकलन छ । महरा पक्षले ओनसरी घर्तीलाई पदाधिकारीमा समेटेर वर्षमानलाई महासचिव नदिने गरी नेताहरुसँग लबिङ पनि थालेका छन् ।

    केही समयदेखि उनी बिरामी परेकाले र महासचिव धेरै सकृय हुनपर्ने पद भएकाले पनि उनले थेग्न नसक्ने दाबी महरानिकट नेताहरु बताउँदै आएका छन् ।

    लुम्बिनीबाट वर्षमान पुन, कृष्णबहादुर महरा, ओनसरी घर्ती, जयपूरी घर्ती, चक्रपाणि खनाल बलदेव, डिलाराम आचार्य, महेश्वर गहतराज, हकिकुल्लाह खाँ पदाधिकारीका दाबेदार हुन् ।

    लुम्बिनीबाट केन्द्रीय कमिटीमा दामा शर्मा, आइपी खरेल, रामलौटन तिवारी, घनश्याम यादव, बामदेव क्षेत्री, विनोद पहाडी, मब्सुद अली, सीता पौडेल, नारायण अधिकारीलगायत अग्रमोर्चामा छन् ।

    लुम्बिनीबाट माओवादी जनयुद्धमा लामो समय विशेष जिम्मेवारी सम्हालेका नेता टोपबहादुर रायमाझी, मणि थापा, दधिराम न्यौपाने एमएस, चन्द्रबहादुर खड्का, गिरीधारीलाल न्यौपाने, नबिन थापामगर, अनुप बराल, दिनेश पन्थी, पूजा कार्कीलगायतका पुराना नेताहरु एमालेमा लागेकाले पनि माओवादीलाई आफ्नो पुरानो साख जोगाउन चुनौती थपिएको छ । यसका साथै माओवादीबाट अलग भएका विप्लव र वैद्यको मुख्य क्षेत्र तथा गृहजिल्ला पनि यही प्रदेशमा भएकाले माओवादीको संगठन कमजोर बनेको हो ।

    लुम्बिनी प्रदेशबाट माओवादी सम्मेलनका लागि १ सय ५ जना प्रतिनिधि छानिएको र उनीहरु आफ्नो आफ्नो तरिकाले सम्मेलनमा सहभागी हुने माओवादी लुम्बिनीका नेता सुदर्शन बरालले जानकारी दिए । ‘राष्ट्रिय सम्मेलन भएकाले प्रतिनिधिबाहेक अरु सहभागी हुने कुरा भएन, प्रतिनिधि कमरेडहरु आफ्नो खर्चमा जानुहुन्छ, दुई हजार दस्तुर दिनुहुन्छ अनि आकांक्षी भए अगाडि बढ्नुहुन्छ नभए केन्द्रीय समिति चुनेर फर्किनुहुन्छ’, नेता बरालले भने ।

    यसबाहेक आयोजकको तर्फबाट ५० जना लुम्बिनीबाट छन् ।

    माओवादी नेता जगप्रसाद शर्मा अपारका अनुसार राष्ट्रिय सम्मेलनले केन्द्रीय समिति मात्र छान्ने र त्यो समितिले अध्यक्ष तथा पदाधिकारी छान्ने छ ।

    अहिले माओवादीको पदाधिकारी छान्दा जनमोर्चाबाट असन्तुष्ट भएकाहरु र विप्लवसँग रहेकाहरुलाई विशेष ध्यान दिने भएकाले पदाधिकारी छान्न ढिलो हुनसक्ने नेताहरुको अनुमान छ ।

    सकेसम्म विप्लवको सबै टिमलाई नै ल्याउने नभए, त्यो टिममा असन्तुष्ट रहेका, जनमोर्चाबाट छुट्टिएकालाई पनि समेटेर टिम बन्ने भएकाले सुरुमा अध्यक्षबाहेक अरु पदाधिकारी नटुंगिने संभावना बढी भएको माओवादी नेताहरुको आंकलन छ ।

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ । शुक्रबा बिहान पार्टी कार्यालय पेरिसडाँडामा बैठक विहान ८ बजेका लागि बोलाइएको छ ।

    पुस ११ गतेबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुने जनाइएको छ ।

    प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ ।

    माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।

  • माओवादी केन्द्र र मसालको विद्रोही समूहबीच भोलि एकता

    माओवादी केन्द्र र मसालको विद्रोही समूहबीच भोलि एकता

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको सम्पर्क केन्द्रबीच एकता हुने भएको छ। भोलि एक समारोहबीच दुबै पार्टीबीच एकता हुने भएको हो जसका लागि १२ बजे त्रिपुरेश्वरमा पार्टी एकता घोषणा सभा समेत आयोजना गरिएको छ।

    मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे विवाद भएपछि मसालमा विद्रोह गरेर नेकपा मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो।

    यसैबीच मसालका महामन्त्री सिंहले पार्टीबाट विद्रोह गरेर जानेहरुलाई ‘पुरोहितका गाईहरू’को संज्ञा दिँदै पार्टीमा फर्कन आग्रह गरेका छन् । बिहीबार विज्ञप्ति निकालेर उनले यस्तो आग्रह गरेका हुन।

    विद्रोही समूहले ३९ जिल्लामा नेकपा मसाल सम्पर्क केन्द्रको स्थापना गरेको बताइएको छ। त्यस्तै सुदूरपश्चिम, कर्णाली, वागमती, लुम्बिनी, लगायतका प्रदेशका जिल्लामा पनि संगठन विस्तार गरेको बताइएको छ।

  • प्रचण्डको राजनीतिक दस्तावेजमाथि छलफल गर्न माओवादीले बोलायो स्थायी समिति बैठक

    प्रचण्डको राजनीतिक दस्तावेजमाथि छलफल गर्न माओवादीले बोलायो स्थायी समिति बैठक

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेजमाथि छलफल गर्न स्थायी समिति बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको हो ।

    पुस ११–१३ मा हुने राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक दस्तावेज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेखिरहेका छन् । उनले लेखन करिब–करिब टुंग्याएपछि बैठक बोलाइएको हो ।

    दस्तावेजमाथि स्थायी समिति बैठकमा छलफल भएपछि प्राप्त सुझावहरुलाई समेत समेटेर अन्तिम रुप दिइने स्थायी समिति सदस्य गणेस साहले जानकारी दिए।

    प्रचण्डले आफ्नो दस्तावेज वैज्ञानिक समाजवादको रणनीतिलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा बढी जोड दिएको बताएका छन् ।

    ‘मैले अहिले दस्तावेज लेख्ने बेलामा पनि विश्वको स्थिति के छ भन्ने कुरामा एउटा, विज्ञान प्रविधिको विकासले अर्थतन्त्रमा कस्तो प्रभाव पारेको छ ? उत्पादन सम्बन्धमा के कस्तो असर पारेको छ ? नेपालकै समग्र ऐतिहासिक विकासको सन्दर्भमा कहाँ आइपुगेका छौँ र आजको विन्दु के हो ? भन्ने कुराको खोजी गर्नुपर्नेछ। संविधानले समाजवादउन्मुख राज्य भनेर दिशा निर्देश त एउटा गर्‍यो, तर हामी फेरि वैज्ञानिक समाजवादका पक्षधर हुनुको नाताले समाजवादको रणनीतिलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा मेरो अलि बढी जोड छ,’ न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा प्रचण्डले भनेका छन् ।

    माओवादीले यसपालीको राष्ट्रिय सम्मेलन विचारमा केन्द्रित हुने बताएको छ।

  • पूँजीबजारबारे ठूलो सैद्धान्तिक बहस गर्न खोजेको थिएँ, मान्छेले बुझेनन्ः प्रचण्ड (भिडिओ)

    पूँजीबजारबारे ठूलो सैद्धान्तिक बहस गर्न खोजेको थिएँ, मान्छेले बुझेनन्ः प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सेयर बजारको विषयमा आफूले दिएको अभिव्यक्तिको बचाऊ गरेका छन् । आफूले पूँजीबजार सिध्याउन चाहेको नभइ यसबारे ठूलो सैद्धान्तिक बहस सुरू गर्न खोजेको उनको भनाइ छ ।

    न्यूज एजेन्सी नेपाल (नान) सँगको अन्तरवार्तामा प्रचण्डले यस्तो प्रष्टीकरण दिएका हुन् । उनले आफू लगानीकर्ताको पक्षमै भएको बताए ।
    प्रचण्डले भने, ‘पूँजीको लगानी उत्पादनमूलक कार्यमा भन्दा छिटो पैसा आउने काममा भइरहेको छ । मुद्राबाट मुद्रा कमाउने काम भइरहेको छ । यसबारे मैले ठुलो सैद्धान्तिक बहस गर्न खोजेको हो । नेपालले रणनीतिकरूपमा कुन बाटो लिनु पर्ला भनेर हो । कसैलाई अहिल्यै घाटा पार्न खोजेको छु र ?’

    यो पनि पढ्नुहोस् : पूँजी बजारबारे प्रचण्डको टिप्पणी : संसारकै धन एकठ्ठा गर्ने योजना छ, माओवादीले लड्नुपर्छ (भिडिओ)

    मानिसहरूले नबुझेर आफ्नो अभिव्यक्तिको गलत व्याख्या गरेको प्रचण्डले बताए ।

    उनले थपे, ‘मैले अन्तर्राष्ट्रिय स्तरका प्रवृत्तिहरू भनेको हो । अन्तर्राष्ट्रिय आर्थिक प्रवृत्तिहरू के छ, पूँजीवादले कस्तो प्रवृत्ति बढाइरहेको छ ? हामी समाजवादीले अब कस्तो प्रवृत्तितिर कस्तो योजनातिर सोच्नुपर्छ भनेर गरेको व्याख्यालाई मानौँ नेपालको अहिले भर्खरकै संरचनामाथि हमला गरेको हो भनेको जस्तो गरी बुझियो । प्रचार गरियो । जानिबुझी कतिपयले त्यसलाई तोडमोड गरे । मेरो त्यो (आशय) होइन ।’

    ‘म त अहिले पनि भन्छु, पूँजीवाद अहिले वित्तिय पूँजीवादको रूपमा देखिएको छ । नाफा कमाउनु तिनीहरूको मुल ध्येय छ । पूँजीको लगानी उत्पादनमूलक कार्यमा भन्दा छिटो पैसा आउने घरजग्गा किनबेचका जस्ता काममा लागेको छ । छिटो पैसा त्यहाँबाट आउँछ । वा अरु त्यस्ता मुद्राबाट मुद्रा कमाउने । पैसाको लगानी पैसाको लागि गर्ने, उत्पादनको लागि नगर्ने, प्रवृत्ति हावी छ भन्न खोजेको हो मैले । मैले नेपालको शेयरबजार सिद्धिनुपर्‍यो भन्न खोजेकै होइन ।’

  • एमसीसीको कारणले गठबन्धन टुट्दैन : माओवादी अध्यक्ष दाहाल (भिडिओ)

    एमसीसीको कारणले गठबन्धन टुट्दैन : माओवादी अध्यक्ष दाहाल (भिडिओ)

    काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहायता परियोजना एमसीसीका कारण पाँच दलीय गठबन्धनमा विभाजन नआउने विश्वास व्यक्त गरेका छन् । संसोधनबिना एमसीसी जस्ताको तस्तै पारित नहुने अडान उनले दोहोर्‍याए ।

    न्यूज एजेन्सी नेपाल (नान) लाई दिएको अन्तरवार्तामा प्रचण्डले एमसीसीका विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिए ।

    उनले भने, ‘एमसीसीको कारणले गठबन्धन टुट्दैन । टुट्न पनि दिइँदैन । प्रधानमन्त्रीले पनि यो विषयलाई बुझ्नु भएको छ । अनावश्यक रूपले प्रेसर आउँछन् भन्ने मलाई लाग्दैन ।’

    उनले मुलुकमा विदेशी सहायता वा अनुदानलाई अस्वीकार गर्ने अवस्था नरहेको स्पष्ट पारे ।

    यो पनि पढ्नुहोस् : राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग विशेष वार्ता

    ‘आजकै देशको परिस्थितिमा विदेशी सहायता वा अनुदानलाई अस्वीकार गर्ने ठाउँमा हामी छैनौ,’ उनले भने ‘हामी स्वीकार गर्दै आइरहेका छौँ । लिँदै आइरहेका छौँ ।’

    प्रचण्डले थपे, ‘जहाँ त्रुटी भएका छन्, जुन-जुन प्रावधानले हामीलाई अफ्ठेरो पर्ने जस्तो छ, त्यो सच्चाउनु पर्‍यो । आवश्यक पर्दा संशोधन गर्नुपर्‍यो । राष्ट्रिय रूपमा समझदारी गरेर यसलाई अगाडी बढाउन सकिन्छ ।’

    एमसीसीमा केही विषय गम्भीररूपमा उठेको भन्दै दाहालले पहिलो सम्झौतामा सांसदबाट पारित नगर्ने सर्त रहेकोमा अहिले संसदमा लैजानु पर्ने विषयले शंका उब्जाएको बताए ।

    ‘चुनवाङ बैठकमा मेरो प्रस्ताव पारित नभएको भए तीन महिने युद्धविराम हुने थिएन,’ उनले भने, ‘एकलौटी गरेको छु मैले युद्धविराम । त्यो युद्धविराम नभएको भए १२ बुँदे समझदारी हुने थिएन । त्यो १२ बुँदे समझदारी नभएको भए जनआन्दोलन हुने थिएन ।’

    ‘पहिलो यो सांसदबाट पारित गराउने पर्ने सम्झौता भएको थिएन, कहाँ ल्याइयो त्यो कुरा त्यहीँबाट विवाद सुरु भयो’ उनले भने, ‘त्यसपछि अमेरिकाको विश्वव्यापी रणनीतिको अङ्ग हो भन्ने कुरा पनि आयो ।’

    फरक प्रसंगमा दाहालले एमाले-माओवादी एकताको विषयमा आफूले सही निर्णय गरेको बताए ।

    ‘पार्टी एकता गर्ने प्रस्ताव मैले नै गरेको हो । मलाई त्यसमा कुनै पश्चाताप छैन । मैले गरेको सही नै भन्ने मलाई लाग्छ’ उनले भने, ‘देशमा राजनैतिक स्थायित्व हुन्छ । कम्युनिष्ट आन्दोलन पनि पूरा हुन्छ जनताको आर्थिक विकासको सपना पनि पूरा हुने उद्देश्यले पार्टी एकता गर्दा के गलत भयो र ?’

    अहिले पनि आफू कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा र राजनैतिक स्थायित्वमा पक्षमा रहेको बताए । सरकार चलाउने बेलामा दुई अध्यक्षले पालोपालो प्रधानमन्त्री रहने भनी सहमति भएकोमा अर्का अध्यक्ष केपी ओलीबाटै धोका भएको उनको आरोप थियो ।
    पहिलोपटक ओलीलाई समर्थन गर्दा पनि आफूले धोका पाएको दाहालले सम्झिए ।

    उनले पहिलोपटक प्रधानमन्त्री हुँदा बजेट प्रस्तुत भएपछि आफूलाई जिम्मा दिने सहमति कार्यान्वयन नगरेको आरोप लगाए ।

    ‘पहिले नै थाहा थियो धोका दिने मान्छे रहेछन् भने । तर यसपटक लिखित थियो’ उनले भने, ‘सबै च्यातच्युत गरेर पार्टी भित्रको बहसलाई देखेर ओलीले संसद् भंग गर्न पुगे ।’

    आफूले लडाइँ जितेको दाबी गर्दै उनले भने, ‘म लडेको मात्र होइन, जितेको पनि हुँ । तर हराए । मलाई अदृश्य शक्तिले हराए ।’
    दाहालले आफूले एकलौटी रूपमा युद्धविराम गरेकोसमेत दाबी गरेका थिए ।

    ‘चुनवाङ बैठकमा मेरो प्रस्ताव पारित नभएको भए तीन महिने युद्धविराम हुने थिएन,’ उनले भने, ‘एकलौटी गरेको छु मैले युद्धविराम । त्यो युद्धविराम नभएको भए १२ बुँदे समझदारी हुने थिएन । त्यो १२ बुँदे समझदारी नभएको भए जनआन्दोलन हुने थिएन ।’

  • माओवादी केन्द्रको प्रदेश-१ अध्यक्षमा हर्क नेम्वाङ विजयी

    माओवादी केन्द्रको प्रदेश-१ अध्यक्षमा हर्क नेम्वाङ विजयी

    काठमाडाैं । नेकपा माओवादी केन्द्रको प्रदेश-१ अध्यक्षमा अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । नेतृत्व तथा पदाधिकारीका लागि हिजो भएको निर्वाचन प्रक्रियाबाट उनी लोकप्रिय मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।

    माओवादीले प्रदेश सम्मेलन मंसिर २५ र २६ गते नै गरेको भए पनि नेतृत्वका आकांक्षी धेरै हुँदा पदाधिकारी चयन गर्न सकेको थिएन । त्यतिबेला छानिएका २ सय ४० प्रदेश सदस्यहरुबीच मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको हो ।

    अन्तिम मतपरिणामअनुसार हर्कले १ सय ६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्सामहाङ म्याङवोले ६४ मतमात्र ल्याए । अन्तिम समयसम्म अध्यक्षका लागि प्रयास गरिरहेका शिवकुमार डाँगीले अन्तिममा उपाध्यक्षमा सहमत भएका थिए । उनी ११३ मतसहित विजयी भए ।

    नवनिर्वाचित अध्यक्ष हर्कबहादुर नेम्वाङ अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हुन् ।

    उपाध्यक्षमा १२० मतसहित विजयी भएका देवान चाम्लिङले पनि अध्यक्षमा दावी गरेका थिए । ३ उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको थियो । मणि कुमार राईले १११ मत ल्याएर उपाध्यक्षमा जित हासिल गरे । अध्यक्षमा दावी गरेका मोहन खत्री भने उपाध्यक्षमा पराजित भए । उपाध्यक्षमा दुई महिला पनि प्रतिस्पर्धामा थिए । तर उनीहरु पराजित रहे ।

    सचिवमा गणेश उप्रेती १४८ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी सीपी कडरियाले ८३ मतमात्र ल्याए । सहसचिवमा ऋषिराम ढुंगाना (९५), कुमारी राई (११४) र सागर किराँती (७३) विजयी भए । खतीन सहसचिवका लागि १४ जनाको उम्मेदवारी परेको थियो ।

    कोषाध्यक्षमा रेवत राज पुरीले जित हाल पारे । उनले ९३ मत ल्याए । कोषाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको थियो ।