काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको जारी बन्दसत्रको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि सामूहिक छलफल भएको छ।
प्रचण्डले पेस गरेको ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामा मंगलबार २५ वटा समूहमा छलफल भएका हुन् ।
माओवादीको महाधिवेशन प्रचार प्रसार उपसमितिका अनुसार अधिकांश समूहले राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन् र बाँकी समूहले भोलि १२ बजेभित्र छलफल सक्नेछन् । समितिले समूहगत छलफलका लागि भोलि अपरान्ह १२ बजेसम्मको समय थप गरिएको बताएको छ ।
समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिहरुले प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समर्थन जनाउँदै विभिन्न सुझावहरु राखेको बताइएको छ ।
भोलि १ बजेबाट महाधिवेशन स्थल प्रज्ञा भवन, कमलादीमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने छन् । प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको समितिले बताएको छ ।
प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने छ ।
काठमाडौं । राष्ट्रिय सम्मेलनमा आउन लाग्दा थप उपचार गर्नुपर्ने भएपछि चीनमै बस्न बाध्य माओवादी केन्द्रका नेता वर्षमान पुन नेपाल आउन नसक्ने आधिकारिक जानकारी आएकै दिन सम्मेलनको साटो माओवादीले आठौं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
त्यो निर्णय संयोगमात्र थियो होला तर कर्णालीका मन्त्री विन्दमान विष्टसहित केही नेताले प्रचण्डलाई भेटेर पुन नेपाल आउन नसके पनि उनलाई हलबाटै महासचिव घोषणा गर्न दबाब दिनु चाहिँ सांकेतिक कुरा थियो ।
महाधिवेशनका बन्दसत्रमा अध्यक्ष प्रचण्डको दस्तावेजमाथि छलफ शुरु भएकै दिन पुन र चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री चेन झाओबीच मंगलबार भेटवार्ता हुनु अझ रोचक घटनाक्रम हो ।
भेटमा पूर्वसभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती पनि सहभागी थिइन् । पार्टी अध्यक्ष प्रचण्डको परामर्शमा नेता पुन र झाओबीच भेटवार्ता भएको पुनको सचिवालयले जनाउनुले कतिपय नेताहरुलाई झस्काइदिएको छ ।
काठमाडौंमा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन चलिरहँदा सेनजेनमा पुन र झाओबीच भएको उक्त भेटवार्तालाई अर्थपूर्णरुपमा लिइएको छ । वंशाणुगत तथा विरलै देखिने जन्डिस रोगको उपचारका लागि पुन तीन महिनादेखि बैंकक हुँदै चीनमा छन् ।
मंसिर १० गतेदेखि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटलमा पुनको उपचार भैरहेको छ । जसको कारण उनी मंसिर ११ गतेदेखि सुरु भएको पार्टीको राष्ट्रिय महाधिवेशनमा पनि सहभागी हुन सकेनन् । यद्यपी, उनले महासचिव पदका लागि लबिङ गरिरहेका छन् ।
सोही पदका लागि अर्थमन्त्री समेत रहेका जनार्दन शर्माले पनि दावी पेश गरेका छन् । काठमाडौंमा पार्टीको महाधिवेशन चलिरहेको बेला महासचिवका दाबेदार समेत रहेका पुनलाई भेटेर चीनले पुनप्रति सहानुभूति देखाएको अर्थमा पनि विश्लेषण हुँदैछ ।
नेता पुन र सीपीसी नेता झाओबीचको भेटघाटलाई माओवादीको आन्तरिक राजनीतिमा अर्थपूर्णरुपमा लिइएको छ । नेपाली वामपन्थी दलबीच एकता हुनुपर्ने भन्दै पटक–पटक मिल्नका लागि दवाव दिइरहेको चीनले पछिल्लो समय पनि एमाले र माओवादी मिल्नुपर्ने सुझाव दिँदै आएको छ । नेपाली कम्युनिष्ट नेताहरुको भर्चुअल संवादमा चिनियाँ नेताहरुले दुई ठूला वामपन्थी दलहरु मिल्नुपर्ने बेइजिङको सन्देश दिँदै आएका छन् ।
पछिल्लो समय अमेरिकी अनुदान सम्झौता (एमसीसी) कार्यान्वयन गर्नुपर्ने तालुकदार निकाय अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका नेता जनार्दन शर्मा महासचिवको दाबेदार बनिरहँदा सोही पदमा लबिङ गरिरहेका अर्का नेता पुनलाई भेटेर चीनले आत्मीयता प्रदर्शन गर्नुले महाधिवेशनको महाधिवेशन हललाई तरंगित बनाएकै हुनुपर्छ ।
पुन र सीपीसी नेता झाओबीच नेपालमा एमसीसीलाई लिएर विकसित परिस्थितीबारे पनि छलफल भएको र नेता पुनले अध्ययनका लागि गठित कार्यदलको प्रतिवेदन आएपछि अघि बढ्ने जवाफ दिएको जनाइएको छ । उनै झाओ हुन् जसले यसै महिनाको सुरुआतमा एमाले महासचिव शंकर पोखरेलसँग पनि भर्चुअल संवाद गरेका थिए ।
माओवादी शान्ति प्रक्रियामा आएदेखि चीनले त्यस पार्टी विभाजन रोक्न प्रयास गरेकै हो । माओवादीभित्र विगत लामो समयदेखि कृष्णवहादुर महरा चीनको विश्वासपात्र रहदै आएका छन् । तर पछिल्लो पटक वर्षमान पुनप्रति चीनले सद्भाव देखाएको छ ।
उनको उपचारमा समेत चीन सरकारले सहयोग गरेको छ । माओवादीको राजनीतिमा चीनको सद्भावको पनि ठूलो अर्थ रहन्छ । उसैपनि वर्षमान नेकपा माओवादी केन्द्रमा डिफ्याक्टो महासचिवको जिम्मेवारीमा थिए । तर विरामी भएर विदेश उपचारमा गएपछि जनार्दनले यसबीचमा प्रभाव बढाएका छन् ।
यद्यपी माओवादीको तलैसम्मका संगठनमा वर्षमानको होल्ड रहेकाले उनको अनुपस्थितिमा प्रचण्डले पदाधिकारी चयन जस्ता महत्वपूर्ण निर्णय नगर्न सक्छन् । चीनिया नेतासँगको भेटबाट प्रचण्डमाथि वर्षमानको दबाबमात्र बढेको छैन,चीनले रुचाएकै व्यक्ति माओवादीमा प्रचण्डको उत्तराधिकारी बन्छन् भन्ने सन्देश स्थापित गरेको छ ।
काठमाडौं । नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड एउटा गाउँमा ट्याक्टरको स्टेरिङ घुमाउँदै छन् । कम्युनिष्ट नेताहरुको श्रमजीवी वर्गको प्रतिनिधिपात्र सरह देखिन्छ यो सिर्जना । त्यसैले स्वयं नेता प्रचण्डले पनि नकार्न सकेनन्, सिर्जनालाई राम्रो भने र एकैछिन भावुक बन्दै हेरे ।
पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनस्थल प्रज्ञा भवनको एउटा कुनामा क्यान्भासमा सजिएको उक्त सिर्जनाले उनलाई मात्र होइन, त्यहाँ उपस्थित सबै कम्युनिष्ट नेतालाई एकपटक टक्क अढ्यायो । उनीहरुले पनि यो झलक हेरे र भने– क्रान्ति उद्योग तथा कृषिबाटै थाल्ने हो, त्यसैले यो कृतिले कम्युनिष्ट चरित्रको मुखाकृति भरिदिएको छ । यो सिर्जना मात्र नभएर सत्य हो, हामी नेपालीको वास्तविक धरातल यही हो ।
कलाकार केशवराज खनालले प्रचण्डलाई ड्राइभर बनाएर औद्योगिक क्रान्तिको विम्बात्मक कला सिर्जना गरेका छन् । त्यही भवनमा हिजोदेखि समाजवादी क्रान्तिको बहस चलिरहेको छ, अनि यता कलाकार खनालले त्यस बहसका केन्द्रबिन्दु प्रचण्डका हातमा स्टेरिङ थमाइदिएका छन् । त्यो पनि ट्याक्टरको ।
चालक प्रचण्डको सिर्जना मात्रै होइन समाजवादी दृष्टिकोणका सिर्जनाले यहाँको हल भरिएको छ । भित्र समाजवादी क्रान्तिको विचार मन्थन भइरहेको सन्दर्भ पारेर त्यसकै एउटा कुनामा क्रान्तिकारी कलाकारले समाजवादी क्रान्तिको सन्देश छरेका छन् । चित्र हेरेर उपस्थित नेता तथा कार्यकर्तालाई एकपटक झस्काइदिएका छन् कलाकारले । चित्रले सबैलाई एकपटक वर्गीय धरातलतर्फ फर्काइदिएको छ ।
आज चित्र प्रदर्शनीको अवलोकन गर्न पुगेकाअध्यक्ष प्रचण्ड पनि त्यो देखेर दङ्ग परे । आफैँ ट्याक्टर ड्राइभर बनेको सिर्जनामा टक्क अडिएर अध्यक्ष प्रचण्डले भने, ‘राम्रो छ, राम्रो गर्नु भएछ, लक्ष्य समात्ने कलाकृति आएको छ ।’
उनीसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रवक्ता कृष्णबहादुर महरा, नेतृ पम्फा भुसाललगायत नेता कार्यकर्ताले सिर्जना अवलोकन गरे । कलाकारले कुनै राजनीतिक पार्टीको महाधिवेशनमा चित्र सिर्जनामार्फत नौलो अभ्यासको थालनी गरी नेतालाई घच्घच्याउने प्रयासको सहभागीले सराहना गरेका छन् ।
प्रचण्डलाई चालक बनाइदिने चित्रकार खनाल भन्छन्, ‘मुलुकमा समाजवादी क्रान्ति आवश्यक छ, क्रान्ति त्यतिकै सफल हुँदैन त्यसको आधार भनेको औद्योगिक क्रान्ति हो भनेर समाजवादी दृष्टिकोण पस्किएको हुँ ।’
खनालले कृषि क्रान्ति र औद्योगिक क्रान्तिको विषय आफूले चित्रमार्फत उठाएको जानकारी दिए। हिमाल, पहाड, तराईमा क्रान्ति आवश्यक छ, विगतमा जनयुद्धको नेतृत्व गर्नुभएका अध्यक्ष दाहालले अब कृषि क्रान्तिको नेतृत्व पनि लिनुपर्छ भनेर चित्र सिर्जना गरेको खनालको भनाइ छ ।
अर्का ८० वर्षीय अग्रज कलाकार जुलुमलाल चित्रकारले मुलुकको गरिबीको गम्भीर समस्या रङको माध्यमबाट देखाएका छन् ।
सुत्केरी उतार्न समस्या छ, धान राख्ने घ्याम्पो खाली छ, बच्चाहरु भोकै छन्, मानिस मागेर गुजारा चलाउन विवस छन् । यस्तैयस्तै विषय जोडिएका चित्र चसक्क पार्ने खालको छ ।
‘यसले हेर्ने वित्तिकै थाहा हुन्छ, मुलुकमा गम्भीर सामाजिक समस्या छ’, उनले भने, ‘कलामार्फत हामीले नेपाली समाजको रुपान्तरणको विषय उठान गर्न खोजेका छौँ ।’
सिर्जनामार्फत चित्रकारले मुलुकमा आमूल परिवर्तनको खाँचो औँल्याइदिएका छन् । ‘व्यवस्था परिवर्तन त भयो तर अवस्था उस्तै छ’, कलाकारका सिर्जनाले त्यही बोलिरहेको छ ।
कलाकार खेम विकेले कम्युनिष्टहरुले मुठ्ठी बाटेर गरिने लाल सलामको अर्थ प्रष्ट्याउने जमर्को गरेका छ । उनको चित्रमा मुठ्ठीको औचित्य के, भनेर कम्युनिष्ट जमघट भएको प्रज्ञा भवनमा गम्भीर प्रश्न छाडेका छन्।
‘त्यो मुठ्ठीले सामान्तवादको जिव्रो समाउन सकोस् भन्ने सन्देश हो’, उनले चित्रको उद्देश्यबारे भने । चित्रकला प्रदर्शनीमा समाजवादको यात्रालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । वित्तीय पुँजीवाद, औद्योगिक क्रान्ति, समानता र समृद्धिका चित्र प्रस्तुत गरिएको छ । थाङ्का शैलीबाट जनवादी कलालाई कलाकार कमानसिंह लामाले चित्रमार्फ अभिव्यक्त गरे ।
कलाकार तथा कला समीक्षक देवेन्द्र थुम्केलीको सिर्जनामा हिजोको दैनिक जीवन कसरी चलिरहेको छ भनी आरन चलाउने मजदुरको कथा उनिएको छ । थुम्केलीले वित्तीय पुँजीवादको विषयलाई सिर्जनामार्फत दृष्टिकाेण प्रस्तुत गरेको बताए । पुँजीपतिको हातमा स्रोत र साधन पुगेको कुरा चित्रमा देखाइएको छ । चीलले साना चरा खाए जस्तो गरेर बहुराष्ट्रिय कम्पनीको हातमा उत्पादन गएको कुरालाई जोड दिन खोजिएको बताउने थुम्केलीका यहाँ समाजवादी यात्राका ६ वटा चित्र प्रदर्शनीमा छ ।
यही ११ गतेबाट सुरु प्रदर्शनीमा आन्दोलन, गणतन्त्र, जनजीविका, श्रम, मजदुर, वित्तीय पुँजीवाद र त्यसको असर, कृषि तथा औद्योगिक क्रान्ति, सामाजिक न्याय र विभेदरहित समाजको परिकल्पना गरिएका कलाकृति छन् । कलाकारले देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिले नेपालको सार्वभौमसत्तामाथि लगाएको गिद्धेदृष्टिलाई कलात्मक रुपमा उधिनेका छन् ।
प्रदर्शनीमा अग्रज कलाकार लालमान लामा, एससी सुमन, देवेन्द्र थुम्केली, केशवराज खनाल, पाल्साङ्मो लामा, कमानसिंह लामा, प्रदीप अधिकारी, रविन्द्र श्रेष्ठ, राजकुमार रानामगर, राजकुमार खड्का, लिलाधर केसी, अमर परियार, अमिर शाक्य, खेम विके, झिग्मे लामा, शिव शेर्पाली, निरीमाया लामा, रञ्जु पुलामी मगर, पूर्णिमा पौडेललगायतका कलाकारका तीन दर्जन बढी कलाकृति समावेश छन् ।
अखिल नेपाल ललितकला सङ्घको संयोजनमा भएको प्रदर्शनीमा समाजवादोन्मुख नेपाली समाजको परिकल्पना गरिएको चित्रहरु समावेश छ । सङ्घका केन्द्रीय अध्यक्ष पाल्साङ्मो लामाले पार्टीको महाधिवेशनको सन्दर्भमा गरिएको कला प्रदर्शनीले नेपाली समाजको बहुआयामिकतालाई कलात्मक रुपमा उतारेको बताए ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो राजनीतिक प्रतिवेदन पेस गरे । प्रचण्डले धेरै दिन लगाएर निकै मिहिनेतसाथ लेखेको प्रतिवेदनले राजनीतिक वृत्तमा पर्याप्त ध्यानाकर्षण गरेको छ ।
४५ पेज लामो प्रतिवेदनको अन्तरवस्तु परम्परागत कम्युनिष्ट जार्गनहरूले भरिभराउ छ । प्रचण्डले देशका समसामयिक विषयवस्तुभन्दा पनि सैद्धान्तिक बहस छेड्ने प्रयास गरेका छन् । निर्मम आत्मसमीक्षासहित आफ्ना कमजोरीहरू आफैंले पहिल्याउने प्रयास गर्नु प्रतिवेदनको सकारात्मक पाटो मानिएको छ । यस आलेखमा चाहीँ प्रचण्डले प्रतिवेदनमा सबैभन्दा बढी महत्व दिएको ‘समाजवाद’ सम्वन्धी दृष्टिकोणबारे चर्चा गरिएको छ ।
नेपालको संविधानले समेत समाजवादलाई आत्मसात गरेकाले प्रायः सबै दलले अबको रणनीति र कार्यनीतिका रूपमा समाजवादलाई अंगालेका छन् । प्रचण्ड भने आफ्नो प्रतिवेदनमा समाजवादमा अरुभन्दा बढी नै घोत्लिएको देखिन्छ । आफ्नो प्रतिवेदनको शीर्षक नै उनले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ राखेका छन् । राजनीतिक दलले पेस गरेका प्रतिवेदनहरुमध्ये समाजवादबारे धेरै व्याख्या र चर्चा गरिएको प्रतिवेदन प्रचण्डकै हो भन्दा फरक नपर्ला ।
प्रचण्डले देखेको र चाहेको समाजवाद
प्रचण्डले आफ्नो प्रतिवेदनको सुरूआतमा विज्ञान प्रविधिबारे चर्चा गर्दै समाजवादको आवश्यकता औंल्याएका छन् । त्यस क्रममा उनले संसारका १० ‘धनकुबेर’ हरूको सूची प्रस्तुत गर्दै ८५ प्रतिशत सम्पत्ति उनीहरूको कब्जामा रहेको र सैन्य लगानीमा पनि होडबाजी चलेको दाबी गरेका छन् । हालको विश्वव्यापी पूँजीवादी अर्थतन्त्रको चरित्रको व्याख्या गदै प्रचण्डले समाजवादको औचित्यको पुष्ट्याइँ गर्न खोजेका छन् ।
नेपाली पूँजीवादी क्रान्ति मौलिक ढंगले भएको भन्दै प्रचण्डले नेपाली समाजवादी क्रान्तिको रणनीति पनि मौलिक हुनुपर्ने उल्लेख गरेका छन् । माओवादी सशस्त्र विद्रोह, दोस्रो जनआन्दोलन र त्यसपछि भएको संविधान निर्माणलाई उनले त्यसरूपमा व्याख्या गर्न खोजेका हुन् । हुन त, प्रचण्डले नेपालको शान्ति प्रक्रियालाई पनि मौलिक भन्ने गरेका छन् ।
‘यो क्रान्ति पूँजीपति वर्गले सामन्तवादका विरुद्ध औद्योगिक पूँजीवादको विकासका लागि गरेको पुरानो प्रकारको पुँजीवादी-जनवादी क्रान्ति होइन,’ दस्तावेजमा प्रचण्डको मूल्यांकन छ, ‘साथै, यो क्रान्ति कम्युनिष्ट पार्टीको एकल नेतृत्वमा सबै खाले सामन्तवाद र साम्राज्यवाद विरोधी शक्तिहरूको मोर्चा बनाइ सम्पन्न गरिएको नयाँ जनवादी क्रान्ति पनि होइन । अपितु, यो क्रान्ति कम्युनिष्ट पार्टीको मुख्य पहल र नेतृत्वमा पूँजीपति वर्गलाई समेत नेतृत्वको हिस्सा दिएर र उसँग आवश्यक सहकार्य गरेर सामन्तवादको विरुद्ध सम्पन्न गरिएको क्रान्ति हो ।’
जनआन्दोलनमा कांग्रेसलगायतका ७ राजनीतिक दलसँग गरेको सहकार्यलाई प्रचण्डले पूँजीपति वर्गलाई समेत नेतृत्वको हिस्सा दिएको रूपमा अर्थ्याएका छन् । यद्यपि यसका केही अपूर्णता पनि रहेको प्रचण्डको विश्लेषण छ । अबको समाजवादतर्फको प्रस्थानका बेला ती बाँकी काम पूरा गर्नुपर्ने उनले बताएका छन् ।
तस्बिर : रासस ।
‘पहिलो कुरा यो क्रान्तिले सामन्तवादलाई समूल नष्ट गर्न सकेको छैन, दोस्रो यो क्रान्तिले दलाल-नोकरशाही पुँजीवाद र वैदेशिक हस्तक्षेपलाई रोक्न सकेको छैन,’ प्रचण्डको विश्लेषण छ, ‘त्यसकारण हाम्रा अगाडि समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत समाजवाद उन्मुख स्वतन्त्र एवं राष्ट्रिय अर्थतन्त्रको नीति सहित राष्ट्रिय पूँजी र समृद्धिको विकास गर्ने मूल कार्यनीतिसँग सामन्तवादका अवशेषको अन्त्य र दलाल नोकरशाही पूँजीवाद र वैदेशिक हस्तक्षेपका विरुद्धको संघर्षलाई जोड्न आवश्यक हुन गएको छ । यसलाई हामीले अर्को भाषामा समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने नीतिका रूपमा पनि बुझ्न सकिन्छ ।’
संविधानलाई तुलनात्मकरूपमा प्रगतिशील भनेका प्रचण्डले त्यसमा रहेका कमिकमजोरी पनि औंल्याएका छन् । त्यसमा सुधारका लागि सडक, सदन र सरकारका सबै मोर्चा एकसाथ प्रयोगमा जोड दिएका छन् । संविधानका कमी-कमजोरी औंल्याउँदै प्रचण्डले भनेका छन्, ‘यसले निर्वाचन प्रणाली, शासकीय स्वरूप, उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको पहिचान र अधिकार सहित संघीयतालाई जन-अपेक्षा र इतिहासको आवश्यकता अनुसार संस्थागत गर्न भने सकेको छैन । त्यसकारण हाम्रो पार्टीले यी मूलभूत विषयमा संविधान संशोधनको आवश्यकता देखाउँदै संविधान सभामा आफ्नो भिन्न मत दर्ता गरेको छ । समाजवादउन्मुख मूल कार्यनीतिको अंगका रूपमा अब हामीले ती मुद्धा पुरा गर्न सडक, सदन र सरकारका सबै मोर्चाबाट जोड लगाउनु पर्दछ ।’
यी काम पूरा गरेपछि समाजवादी क्रान्तिको नेपाली बाटो तय हुने बताएका प्रचण्डले माओवादीको अबको मूल कार्यनीति ‘समाजवाद उन्मुख समृद्धि’ तय गरेका छन् । तत्काल समाजवादमा जान तथा समाजवादी कार्यक्रम लागू गर्न सम्भव नदेखेका प्रचण्डले पार्टीको ध्यान शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटो बाटै समाजवादको आधार तयार पार्ने कुरामा केन्द्रित हुने उल्लेख गरेका छन् ।
‘नेपाली जनताको विकासको आजको विशिष्ट पूँजीवादी चरणमा पार्टीको रणनीतिले वैज्ञानिक समाजवादको स्थापना गर्नु हो,’ प्रचण्डको प्रतिवेदनमा भनिएको छ, ‘तर राष्ट्रिय पूँजीको विकासको कमजोर स्थिति, अर्थतन्त्रमा दलाल नोकरशाही पूँजीवादको बलियो पकड तथा सामन्ती अवशेष र वैदेशिक हस्तक्षेपका विरुद्ध संघर्षको आवश्यकताका कारण तत्काल समाजवादमा जान तथा समाजवादी कार्यक्रम लागू गर्न सम्भव छैन ।’
नेपालको संविधानले समेत समाजवादलाई आत्मसात गरेकाले प्रायः सबै दलले अबको रणनीति र कार्यनीतिका रूपमा समाजवादलाई अंगालेका छन् । प्रचण्ड भने आफ्नो प्रतिवेदनमा समाजवादमा अरुभन्दा बढी नै घोत्लिएको देखिन्छ । आफ्नो प्रतिवेदनको शीर्षक नै उनले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ राखेका छन् ।
उनले थपेका छन्, ‘तात्कालीन दृष्टिले पार्टीको ध्यान शान्तिपूर्ण प्रतिश्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार तयार पार्ने कुरामा केन्द्रित हुनेछ । त्यसकारण आज पार्टीको मूल कार्यनीति ‘समाजवाद उन्मुख समृद्धि’ भनिएको हो । ‘समाजवादउन्मुख समृद्धि’ भन्नाले स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको नीति, सामाजिक न्यायसहित राष्ट्रिय पूँजीको विकास प्रक्रियालाई बुझ्नु पर्दछ ।’
‘समाजवाद उन्मुख सामाजिक न्याय सहितको समृद्धि हासिल गर्ने’ गर्ने तत्कालका कार्यक्रम के कस्ता हुन्छन् भन्ने व्याख्या पनि प्रचण्डले आफ्नो प्रतिवेदनमा गरेका छन् ।
प्रचण्डले समाजवादमा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा कस्तो हुन्छ भन्ने पनि प्रष्ट पारेका छन् ।
‘सभ्य र समृद्ध समाज निर्माणको मूल आधार शिक्षा हो,’ उनले भनेका छन्, ‘शिक्षामा सुधारका निमित्त सबैभन्दा पहिलो करा वैज्ञानिक राष्ट्रिय शिक्षा नीतिको विकास गर्नु हो । शिक्षामा भइरहेको निजीकरण र व्यापारीकरणको प्रक्रियालाई नियमन गर्दै र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने र प्रोत्साहित गर्ने नीति लिँदै अन्ततः शिक्षालाई सम्पूर्णरुपले राज्यको दायित्व भित्र पुयाउनु पर्दछ । तत्काल पुरानो पाठ्यक्रमको स्थानमा संविधानले निर्देशित गरे अनुसार समाजवाद उन्मुख वैज्ञानिक पाठ्यक्रम विकासमा जोड गर्नु पर्दछ ।’
त्यसैगरि पर्यावरण विनाश, पृथ्वीको तापक्रममा वृद्धि जलवायु र परिवर्तनले स्वास्थ्य तथा सामाजिक सुरक्षामा पारेका असरबारे पनि प्रचण्डले आफ्नो प्रतिवेदनमा व्याख्या गरेका छन् ।
‘पुँजीवादी उत्पादन प्रणालीले सृजना गरेको खानपिन र आहारविहारको संस्कृति समेतले मानिसहरुको स्वास्थ्यमा घातक असर परिरहेको छ,’ प्रचण्डको दृष्टिकोण छ, ‘जसको परिणाम आज नयाँ-नयाँ रोगको विकास भइरहेको छ । उच्च रक्तचाप, डायबिटिज, क्यान्सर, मुटुरोग, किड्नी फेल हुने जस्ता रोगहरु गुणात्मक र भयावह रुपले विकास भइरहेका छन् । नयाँ नयाँ रुपमा भाइरस आक्रमण हुने प्रक्रिया र अहिलेको कोरोना महामारीसम्म हेर्दासम्म मानव जाति माथि नै हमला भइरहेको देखिन्छ । स्वास्थ्य क्षेत्रमा देखा परिरहेका समस्याहरुको सामना गर्न वस्तुवादी राष्ट्रिय स्वास्थ्य नीतिको विकास गर्नु पर्दछ ।’
सांस्कृतिक रूपान्तरण र कार्यकर्तालाई उत्पादनमा जोड्ने
प्रचण्डले समाजवादमा जान पहिले माओवादी त्यही संस्कृति अनुसारको हुनुपर्नेमा जोड दिएका छन् । अहिले पार्टीमा कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आसक्ति बढ्दो रहेको उनको स्वीकारोक्ति छ ।
‘सामाजिक, आर्थिक तथा सांस्कृतिक चरित्रमा माओवादी र अन्य पार्टीहरूमा खासै भिन्नता देखिन छाडेको पनि दाहालले दस्ताबेजमा लेखेका छन् ।
प्रतिवेदनमा भनिएको छ, ‘जनताले आज हाम्रो पार्टी र अन्य पार्टीहरूमा खासै भिन्नता देखिरहेका छैनन् । कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति बढ्दो छ । यो स्थितिलाई बदल्न नसक्ने हो भने क्रान्तिकारी पार्टी र उन्नत संस्कृतिसहित समाजवादको यात्रामा अगाडि बढ्न सम्भव छैन । अतः सांस्कृतिक रूपान्तरणलाई गम्भीरतासहित साझा निष्कर्ष बनाएर व्यवहारमा उतार्न योजनाबद्ध पहल गर्नुपर्दछ ।’
त्यस्तै समाजवाद प्राप्त गर्न उनले कार्यकर्तालाई उत्पादनमा जोड्ने प्रस्ताव पनि गरेका छन् ।
‘समुदायको विकास निर्माणको आवश्यकता र उत्पादन वृद्धिका कामलाई विशेष ध्यान दिने हो,’ उनको प्रस्ताव छ, ‘यो प्रक्रियालाई पार्टी र जनसमुदायको सांस्कृतिक रूपान्तरण एवं चेतना अभिवृद्धिका कार्यक्रमहरूसँग जोडेर लैजानुपर्छ।’
प्रचण्डले संसारका १० ‘धनकुबेर’ हरूको सूची प्रस्तुत गर्दै ८५ प्रतिशत सम्पत्ति उनीहरूको कब्जामा रहेको र सैन्य लगानीमा पनि होडबाजी चलेको दाबी गरेका छन् । हालको विश्वव्यापी पूँजीवादी अर्थतन्त्रको चरित्रको व्याख्या गदै प्रचण्डले समाजवादको औचित्यको पुष्ट्याइँ गर्न खोजेका छन् ।
प्रचण्डले हरेक पालिकामा कम्तीमा ५० जना सहभागी गराइ अनिवार्य एक कृषि, उद्यम/उद्योग ६ महिनाभित्र स्थापना गर्ने प्रस्ताव गरेका छन् । यस्तो उद्यम स्थानीय स्रोत, बजार, प्रविधि, दक्ष जनशक्तिलाई ख्याल गरेर स्थानीय तहमा नै तय गर्ने, खाद्यान्न, पशुपालन, फलफूल, तरकारी नगदे बाली, घरेलु तथा साना उद्योग वा अन्य सिर्जनात्मक काम हुन सक्ने, जमिन चक्लाबन्दी गरी किसानको स्वामित्व कायम रहने र उनीहरूसमेत सेयरधनी हुने गरी कम्पनी वा सहकारी वा साझेदारीमा त्यस्ता व्यवसाय सञ्चालन हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
उनले प्रदेशले जिल्लास्तरबाट अनुरोध भएका क्षेत्रमा प्राविधिक सहयोग अन्तरजिल्ला समन्वय र बजारीकरणको काम गर्ने, प्रदेशले कम्तीमा १०० जनालाई प्रत्यक्ष रोजगारी दिने गरी एक कृषि प्रशोधन तथा बजार केन्द्र चिस्यान केन्द्रसम्बन्धी उद्योग स्थापना गर्ने, केन्द्रमा केन्द्रीयस्तरको प्रशोधन चिस्यान केन्द्र व्यवस्था गर्ने, त्यसका लागि शक्तिशाली उद्यम/व्यवसाय परिचालन विभाग अध्यक्षको मातहत राख्ने र हरेक पार्टी कार्यकर्ताले वर्षमा १५ दिन ती स्थापित कृषि उद्यममा श्रम गर्नुपर्ने प्रस्ताव पनि गरेका छन् ।
यद्यपि यो प्रचण्डको नयाँ कुरा भने होइन । हेटौंडामा भएको ७ औं महाविधेशनमा पनि प्रचण्डले यस्तै प्रस्ताव ल्याएका थिए । पोखरा लगायतका ठाउँबाट यस्तो अभ्यास गर्न खोजिएको थियो र त्यो बीचमै अलपत्र परेको थियो ।
प्रचण्डको आफैँसँग प्रश्नोत्तर
प्रचण्डले समाजवाद प्राप्तिसँग सम्बन्धित केही सैद्दान्तिक प्रश्न उठाउँदै जवाफ दिने प्रयत्न पनि गरेका छन् । उनको पहिलो प्रश्न ‘शान्तिपूर्ण प्रतिष्पर्धाको चुनावी बाटोबाट समाजवादको आधार निर्माण सम्भव छ ?’ भन्ने छ । यसको जवाफमा प्रचण्डले त्यो सम्भव छ भनेका छन् ।
नेपाली पुँजीवादी जनवादी क्रान्ति नेपाली मौलिकतामा भएको हिसाबले पनि त्यो सम्भव हुन्छ भन्ने उनको तर्क छ ।
‘कम्युनिष्ट आन्दोलनको २० औं शताब्दीमा स्थापित मान्यता अनुसार यो सम्भव छैन,’ आफ्नो प्रतिवेदनमा उनले भनेका छन्, ‘तर हामीले विगतका प्रतिक्रान्तिका अनुभव, २१ औं शताब्दीका विशेषता र मुख्यतः नेपालको पँजीवादी जनवादी क्रान्तिमा कम्युनिष्ट पार्टीको नेतृत्वमा जनताले खेलेको भूमिका समेतलाई विचार गरेर त्यो सम्भव छ भनेका छौं ।’
उनले थपेका छन्, ‘नेपालमा आएको परिवर्तनको मौलिक विशेषताका कारण समावेशी समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्र कुनै परम्परागत संसदीय प्रणाली होइन अपितु कम्युनिष्ट पार्टीको मुख्य नेतृत्वमा स्थापित भएको समाजवाद उन्मख राजनैतिक प्रणाली हो । यहि मूल विशेषताका कारण आजको नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार निर्माण सम्भव छ भनिएको हो ।’ यद्यपि माओवादीकै केही नेताले संसदीय बाटो अपनाएर समाजवाद नआउने तर्क पनि गर्छन् ।
तस्बिर : रासस ।
प्रचण्डको अर्को प्रश्न छ- के खुल्ला शान्तिपूर्ण र प्रतिष्पर्धाको राजनैतिक प्रक्रियाबाट निजी सम्पत्ति उन्मुलन गर्ने तथा सामूहिक जीवन पद्दति अँगाल्ने दिशातिर अग्रसर हुने उच्च सांस्कृतिक आचरण सहितका नेता, कार्यकर्ताहरुको कम्युनिष्ट पार्टी विकास गर्न सम्भव छ ? यसको जवाफमा प्रचण्डले भनेका छन्, ‘यो निकै गम्भीर पश्न हो । आज पार्टीमा व्यक्तिगत पद, प्रतिष्ठा, लाभ र स्वार्थका निमित्त जस्तोसुकै अचित कार्य गर्न पछि नपर्ने प्रवृत्ति हावी हुँदै गएको छ । यो स्थितिमा पार्टीको क्रान्तिकारी रुपान्तरणको प्रश्न सर्वाधिक महत्वको जटील प्रश्न हो । यसको सही जवाफ र रुपान्तरणको ठोस योजना र कार्यक्रम बिना अगाडि जान सम्भव छैन ।’
अनि उनले आफैँलाई सोधेको तेस्रो प्रश्न चाहिँ ‘विज्ञान प्रविधिमा भएको विकासको ज्ञान र प्रयोग बिना समाजवादको आधार निर्माण सम्भव छ ?’ भन्ने हो । यसको जवाफमा प्रचण्डले प्रविधिका प्रयोग विना समाजवादमा पुग्न असम्भव भएको उल्लेख गरेका छन् ।
‘सम्भव छैन,’ उनको तर्क छ, ‘विज्ञान-प्रविधिमा भएको विकासलाई आत्मसात गरेर नै सामाजिक क्रान्तिको विज्ञानका रुपमा माक्र्सवाद अगाडि आएको हो उत्पादक शक्तिको विकास र त्यो प्रक्रियामा मानिसहरुका बीचको आपसी सम्बन्धको विकासमा विज्ञान प्रविधिको असाधारण योगदान रहँदै आएको छ । आजका माक्र्सवादीहरुले सूचना प्रविधिमा कान्तिदेखि डिजिटल युगको प्रारम्भसम्म विज्ञानका विभिन्न क्षेत्रमा भएका आविष्कारहरुलाई आत्मसात नगरिकन २१ औं शताब्दीमा समाजवाद निर्माणको कल्पना पनि गर्न सकिदैन । तर, यहाँ कुन कुरामा स्पष्ट हुन जरुरी छ भने विज्ञान-प्रविधि होइन मानव र श्रम नै प्रमुख उत्पादक शक्ति हो ।’
आधुनिक रोबोटहरूले मान्छेलाई विस्थापित गर्छन् कि भन्ने चिन्तामा प्रचण्डको जवाफ छ- ‘आधुनिक रोबोटहरूले गर्न थालेको भौतिक र मानसिक काम समेतलाई देखाएर अब मानिसको भूमिका विस्थापित हुने चर्चा पनि गर्न थालिएको छ । यो सत्य होइन ।’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ राष्ट्रिय अधिवेशनमा पेस गरेको प्रतिवेदनमाथि नेता राम कार्कीले पूरक प्रस्ताव पेस गरेका छन् ।
कार्कीले संसद अवसरवाद कोर्ने मुहान रहेको भन्दै पुरक प्रस्तावमा पार्टी निर्वाचन लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बन्न नहुने सुझाव दिएका छन् ।
उनले पार्टीलाई अवसरवादबाट बचाउन चुनाव लड्ने र सरकार बनाउने सीमाभित्र किन बन्धक बनाउने भनेर प्रश्न गरेका छन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ । ८औं महाधिवेशन जारी रहँदा महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमा स्थायी बैठक सुरू भएको हो ।
बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र अन्य नेताहरूले पेस गर्ने भनेको सहायक प्रस्तावलाई कसरी लैजाने भन्नेबारे छलफल हुने एक नेताले बताए । त्यस्तै विधान संशोधन प्रस्तावमाथि छलफल पनि बैठकको एजेण्डा छ ।
प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा छलफल गर्न २५ वटा समूह बनाइएको छ । छुट्टाछुट्टै स्थानमा भइरहेको छलफल आज दिनभर चल्नेछ ।
समूहगत छलफलबाट सुझाव आएसँगै भोलिबाट महाधिवेशनको अन्य प्रक्रिया अघि बढाइने कार्ययोजना छ ।
रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायतका गृहजिल्ला रूपन्देही जिल्ला पार्टी नेतृत्वका लागि नेताहरूको दौडधुप सुरू भएको छ ।
अध्यक्षका लागि आधा दर्जनभन्दा धेरै आकांक्षी आआफ्नो दावीसहित माथिल्लो तहका नेताहरू तथा समकक्षीसमक्ष पुग्न थालेका छन्। जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा अध्यक्षका आकांक्षीहरुको दौडधुप र सक्रियता बढ्दै गएको हो।
उनीहरु कोही नेताको घरमा भेटघाटमा ब्यस्त छन् भने केही जिल्ला अधिवेशनका लागि छनोट हुने प्रतिनिधिहरु आफ्नो पक्षका बढाउने अभियानमा लागिरहेका छन्।
केन्द्रीय सदस्य निर्वाचित भएका हुनाले अहिलेका अध्यक्ष शिवराज सुवेदीले बिदा लिने निश्चित भइसकेकाले अरूलाई बाटो खुलेको हो ।
अध्यक्ष सुवेदीले बिदा लिने भएपछि उनकै कमिटीका उपाध्यक्ष पुरुषोत्तम घिमिरे आफूलाई स्वभाविक रुपमा अध्यक्षको दावेदार मान्दै आएका छन्। यसअघि घिमिरेले अध्यक्षमा दावी गरेर नेतृत्वले सहमतिका लागि दवाव दिएपछि उपाध्यक्ष पदमा समेटिएका थिए। उनी त्यो बेला माधव नेपाल समूहमा थिए ।
तर करीव २ बर्षदेखिको पार्टी विवादमा मौनजस्तै बसेका उनी पार्टीबाट माधव नेपाल समूह अलग भए पनि एमालेमै रहेका छन्। घिमिरेलाई अध्यक्ष बनाउन एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले लविङ गरिरहेका छन् ।
त्यसैगरी जिल्ला कार्यालय सदस्य तेजेन्द्र केसी नेकपा एमाले रुपन्देहीको अध्यक्ष पदका दावेदार हुन् । एमाले र माओवादी एकीकरण भएपछि सहसंयोजकको भूमिका पाएका केसी आफूलाई स्वभाविक रुपमा अध्यक्षको दावेदार भन्दै आएका छन्।
पार्टी संकटमा पर्दा मैले सहसंयोजकको जिम्मेवारी पाएको थिएँ अब स्वभाविक रुपमा अध्यक्षको दावेदार म नै हो, केसीले भने।
त्यसैगरी एमाले रुपन्देहीका उपसचिव गोपाल रानाले समेत अध्यक्षमा दावी गरेका छन्। रानाले अब पार्टी युवा पुस्तामा हस्तान्तरण हुनुपर्ने बताउँदै आएका छन्।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले अध्यक्षमा आकांक्षा व्यक्त गरेका छन्। दशौं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यमा आकांक्षा देखाएर प्रचार गरेका उनी सहमतिका लागि पछाडि हटेको बताउँदै आएका छन्।
त्यसैगरी सुकुम्वासी आयोग रुपन्देहीका अध्यक्ष भइसकेको बलबहादुर आचार्य सहमति हुन सके अध्यक्ष हुने आशामा छन् । ‘म निर्वाचन गरेर अध्यक्ष हुने पक्षमा छैन सर्वसम्मत हुन्छ भने म अध्यक्षको दावेदार हो,’ उनले भने।
त्यसैगरी सिद्धार्थनगरमा पार्टीको काम गर्दै आएका हितराज पन्थी र अखिल नेपाल किसान महासंघको जिम्मेवारीमा रहेका यज्ञ गैरेसमेत अध्यक्षका हुन् ।
पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि एमाले रुपन्देहीले पुस १७ गते सबै पालिकामा एकैदिन प्रतिनिधि छनौट हुने मिति तय गरेको छ।
केन्द्रीय नेताहरू उपाध्यक्ष पौडेल, सचिव विश्वकर्मा, नेता भुसाल, नेताहरू खिमलाल भट्टराई, राधा ज्ञवाली, लिला गिरीलगायतका नेताहरूको गृहजिल्ला भएकाले पनि यहाँको जिल्ला नेतृत्वमा उनीहरूको प्रभाव बढी रहने गरेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान खारेज गराउने षड्यन्त्र भइरहेको बताएका छन् ।
काठमाडौंमा जारी पार्टीको आठाैं महाधिवेशनमा प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा प्रचण्डले ‘क्रान्तिमा पराजित सामन्ती तत्व दलाल नोकरशाही पुँजीपति र तिनको पक्षपोषण एवं प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू संविधान खारेज गराउने षड्यन्त्रमा लागि रहेका छन्’ उल्लेख गरेका छन् ।
तर, कम्युनिस्ट क्रान्तिकारीदेखि राष्ट्रिय स्वाधीनताका पक्षधर देशभक्त र लोकतान्त्रिक शक्ति भने संविधानको रक्षा र परिमार्जनको पक्षमा अगाडि बढिरहेको उनको दाबी छ । ‘यही वर्गीय राजनीतिक अन्तर्विरोधको बीचबाट आजको नेपाली समाज अगाडि बढिरहेको छ,’ प्रचण्डले भनेका छन् ।
उनले प्रतिनिधिसभा विघटन लगायतका घटनाबारे पनि उल्लेख गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको घटनालाई प्रचण्डले भनेका छन्, ‘असंवैधानिक र निरंकुुश तवरबाट पटकपटक प्रतिनिधिसभाको विघटन गर्ने संविधान र ऐनको व्यवस्थाविपरीत राजनीतिक दलहरूलाई विभाजन गर्नेदेखि संवैधानिक र अन्य महत्वपूर्ण नियुक्ति गरेर अस्थिरता र अराजकतालाई मलजल गर्ने, संघीयताको मर्म र भावनाविपरीतका क्रियाकलाप गर्ने, संविधान, ऐन र अदालतको निर्णयलाई चुनौती दिँदै अनाहकमा प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने, संविधानद्वारा स्थापित लोकतान्त्रिक प्रणालीका विरुद्ध निरंकुश राजतन्त्रको पुनर्स्थापनाको हल्ला गर्ने आदिजस्ता काम नै प्रतिगामी तत्वले चलाइरहेका गतिविधि हुन् ।’
प्रचण्डले कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनका शक्तिले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने उल्लेख गरेका प्रचण्डले साम्राज्यवादी उत्पादनप्रणालीविरुद्ध समुदाय र राष्ट्रियताको हितमा प्रकृति र पर्यावरणको संरक्षण गर्ने मुद्दालाई विश्वव्यापी अभियानको नेतृत्व लिन जोड गर्नुपर्ने धारणा राखेका छन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल हुँदैछ । हिजो अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ ।
प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडादेखि एनवान पार्टी प्यालेससम्ममा समूहगत छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
समूहका संयोजक र ठाउँहरू
समूह १. ज्येष्ठ क्युनिस्ट मञ्च– एमके प्रसाईं (संयोजक), ठाउँ मञ्च अगाडि ।
समूह २ र ३. सल्लाहकार परिषद– नन्दकुमार थापा (संयोजक), मञ्चको दायाँबायाँ, १३९ को आधा आधा विभाजन गरेर दुईवटा ।
समूह ४ र ५. प्रदेश १ का प्रतिनिधि– हर्क नेम्वाङ (संयोजक), ठाउँ भानुभक्त हल ।
समूह ६ र ७. प्रदेश २ का प्रतिनिधि– गणेश साह (संयोजक), पारिजात हल, यो पनि दुई भागमा
समूह ८ र ९. लुम्बिनी प्रदेशका प्रतिनिधि– चक्रपाणि खनाल (संयोजक), सिद्विचरण हल, पुस्तकालयनेर
समूह १० र ११. गण्डकी प्रदेशका प्रतिनिधि– गायत्री गुरूङ (संयोजक), पेरिसडाँडाको माथिल्लो हल
समूह १२. प्रवास समितिका प्रतिनिधि– लक्ष्मण पन्त (संयोजक), पेरिसडाँडा मजदुर हल
समूह १३ र १४. कर्णाली प्रदेशका प्रतिनिधि– विमला केसी (संयोजक), एनवान पार्टी प्यालेस, बानेश्वर, दुइवटा हलमा ।
समूह १५ र १६. सुदूरपश्चिम प्रदेशका प्रतिनिधि– खगराज भट्ट (संयोजक), एवान पार्टी प्यालेस, अर्को हल
समूह १७ र १८. केन्द्रीय विभागका प्रतिनिधि– मायाप्रसाद शर्मा (संयोजक), क्वालिटी ब्यांकेट, बुद्धनगर,
समूह १९. विशेष प्रदेशका प्रतिनिधि– जगत सिंखडा (संयोजक), क्वालिटी ब्यांकेट, बुद्धनगर
समूह २० र २१. सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि– श्रीकृष्ण अधिकारी (संयोजक), क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार
समूह २२ र २३. बागमती प्रदेशका प्रतिनिधि– सरल सहयात्री (संयोजक), काठमाडौं ब्याकेट
समूह २४. सम्पूर्ण आयोगका प्रतिनिधि– विष्णुविकास श्रेष्ठ (संयोजक), काठमाडौ व्यांकेटम
समूह २५. जबस, मोर्चाका इन्चार्जहरू, एकता प्रक्रियामा आएकाहरू– अमृता थापा (संयोजक), काठमाडौं ब्याकेटम
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । र, उनले पेस गरेको प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ वटा समूह बनाइएको छ ।
ती समूहमा छलफल पछिको निष्कर्षलाई समावेश गर्दै प्रतिवेदनले अन्तिम रुप पाउने छ ।
सोमबार साढे २ घण्टा भन्दा धेरै बेर लगाएर प्रचण्डले स्थायी समितिबाट पास भएको प्रतिवेदन बन्दसत्रमा वाचन गरेका थिए ।
‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा प्रस्तुत गरिएको प्रतिवेदनमा प्रचण्डले शान्ति सम्झौता गरिएपछि आफू र पार्टीबाट भएको गल्तीलाई पनि उल्लेख गरेका छन् ।
पार्टी एकता, अदालतको फैसला, एकता भंग हुनाको कारण, प्रचण्डपथ, पार्टी कमजोर हुनाको कारण सहित विश्वपरिस्थिति, जलवायु परिवर्तन र आगामी कार्यदिशा लगायतका विषयमा राजनीतिक प्रतिवेदनमा व्याख्या गरिएको छ ।
महाधिवेशनलाई विचारको महाधिवेशन बनाउने दाबी गरेको माओवादीले प्रचण्डको प्रतिवेदनमा गम्भीर छलफल गर्छ कि समूहगत छलफल ुकर्मकाण्डीु मात्र हुन्छ भन्ने हेर्न बाँकी नै छ ।
के छ प्रचण्डको प्रतिवेदनमा ?
प्रचण्डले प्रतिवेदनमा विभिन्न नाम र रुपका दक्षिणपन्थी शक्तिहरूका बीचमा मोर्चाबन्दी बढ्दो क्रममा रहेको उल्लेख गरेका छन् । उनले देशको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थी मोर्चाबन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरूले मलजल गर्दै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेप बढाएर लगेको उल्लेख गरेका छन् ।
राजनीतिक शक्तिहरूका बीचमा नयाँ प्रकारको ध्रुवीकरण र मोर्चाबन्दी सुरु भएको भएको भन्दै प्रचण्डले नेपाली जनमत आज पनि लोकतान्त्रिक संविधान, राष्ट्रिय स्वाधिनताका पक्षमा स्पष्ट रहेको तथ्य प्रतिगमन विरोधी आन्दोलनमा व्यापक जनसहभागिताले प्रष्ट गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।
प्रचण्डले पार्टी कमजोर हुनाको कारणबारे प्रतिवेदनमा उल्लेख गरेका छन् ।
केही वर्षदेखि आफूहरुको पार्टीमा देखा परेका वैचारिक र राजनीतिक अस्पष्टता, विभाजन, गुटबन्दी अराजकताका साथै शान्ति सम्झौतापछिका कतिपय राजनीतिक र संगठनात्मक कमजोरीसमेतका कारण परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न नसकेको बताउँदै उनले यसको परिणामस्वरुप दक्षिणपन्थी, प्रतिक्रियावादीशक्तिहरूले टाउको उठाउने मौका पाइरहेका छन् ।
यो विषयमा हाम्रो पार्टीले गम्भीरताका साथ समीक्षा गर्ने र तद्नुसार संगठन र कार्यशैलीको विकास गर्नुपर्ने आवश्यकता रहेको उनले जनाएका छन् ।
त्यसका लागि विचारको स्पष्टता आवश्यक रहेको उनको भनाइ छ । भुमण्डलीकृत साम्राज्यवादका विशेषताहरू, सूचना प्रविधिमा भएको क्रान्तिको समग्र प्रभावका साथै आजको उत्पादन शक्ति र उत्पापदन सम्बन्धबारे आंकलन गरेर तथा हाम्रो आफ्नै आर्थिक, सामाजिक तथा राजनीतिक विकासको अवस्थालाई ठोस रुपमा विश्लेषण र संश्लेषण गरेर मात्रै हामीले पार्टीको राजनीतिक विचारमा स्पष्टता हासिल गर्न सकिने प्रचण्डले उल्लेख गरेका छन् ।
प्रतिवेदनमा उनले ‘प्रचण्डपथ’ स्थगन गर्नु गलत भएको बताएका छन् । जीवन-मृत्युको त्यो भिषण प्रक्रियामा पास भएको प्रचण्डपथ प्रचण्डको व्यक्तिगत सम्पत्ति जसरी स्थगन गर्नु सरासर गलत थियो, उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
प्रचण्डले शान्ति प्रक्रियामा आएपछि पार्टीमा देखिएको विद्रोह कि संविधान निर्णाण भन्ने अन्योलले क्षति पुगेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले आठौं महाधिवेशनका लागि पेस गरेको राजनीतिक प्रतिवेदनमा नेकपामा तत्कालीन अध्यक्ष केपी शर्मा ओलीमािथ लगाएको आरोप पत्र समेत समावेश गरेका छन् ।
प्रतिवेदनको परिशिष्टमा प्रचण्डले नेकपाको तत्कालीन सचिवालय बैठकमा पेस गरेको १९ पृष्ठ लामो आरोप पत्र समेत समावेश गरेका हुन् ।
त्यसका अलवा ५ सचिवालय सदस्यले ओलीलाई लेखेको चिठी, त्यसको जवाफमा ओलीले लेखेको चिठी र ओलीलाई दल तथा संसदीय दलबाट कारवाही गरिएको पत्र समेत प्रतिवेदनमा समावेश गरिएको छ।
ओलीमाथि प्रचण्डले गम्भीर आरोपसहितको १९ पृष्ठ आरोपत्र सार्वजनिक गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो ।
‘ओली प्रवृत्तिविरुद्ध संघर्षको शुरुवात कसरी भयो र त्यो कसरी निकर्षमा पुग्यो भन्नेबारे तथ्य विरणहरु यसै प्रतिवेदनमा परिशिष्टमा क्रमवद्ध रुपले राखिएको छ,’ प्रचण्डको प्रतिवेदनमा भनिएको छ, ‘ऐतिहासिक रुपले तीनको प्रत्येक पार्टी दस्यले गहन अध्यन गरि जनसमुदयालाई स्पष्ट पार्न आवश्यक छ ।’
प्रचण्डले ओली प्रवृत्ति भन्दै त्यसविरुद्ध संघर्ष जारी राखेर वृहत वाम एकता आवश्यक रहेको समेत प्रतिवेदनमा उल्लेख गरेका छन् ।
‘ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्दै आज पनि वृहत वाम एकता आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो पार्टी एकतका पक्षमा रहिरहने छ । विभिन्न माओवादी समूह, माधव कुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीसँग सहकार्य बढाउँदै जाने हाम्रो नीति स्पष्ट नै छ ।’
काठमाडौं । नेकपा माओवादी केन्द्रको सोमवारबाट शुरु भएको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्तावेज ‘एक्काइसौं शताव्दीमा समाजवादको नेपाली बाटो’ मा फरक मत राख्ने भएका छन् ।
माओवादीमा बौद्धिक नेताको छबी बनाएका कार्कीले आफ्नो फरक मतलाई महाधिवेशन प्रतिनिधिसम्म लैजान अनुमति समेत मागेका छन् । कार्कीले स्थायी कमिटी बैठकमै यसको संकेत गरेका थिए ।
अध्यक्ष प्रचण्डको राजनीतिक दस्तावेजले माओवादी आन्दोलनलाई अघि बढाउने सन्दर्भमा समग्रतामा नेतृत्व दिन नसक्ने भन्दै कार्कीले आफ्नो लिखित फरक दस्तावेज प्रचण्डलाई बुझाएका छन् ।
अध्यक्ष प्रचण्डले कार्कीको फरक मत अध्ययनपछि पार्टीले छलफलमा लैजाने वा नलैजाने भन्ने निर्णय गर्ने जवाफ दिएको कार्की निकट स्रोतले जनाएको छ ।
कार्कीले आफ्नो फरक मत नभएर पूरक दस्तावेज भएको कतिपय महाधिवेशन प्रतिनिधिहरुलाई बताएका छन् । कार्कीले विशेषगरि विगतलाई हेर्ने दृष्टिकोण,अन्तर्राष्ट्रि परिस्थिति लगायत वैचारिक सैद्धान्तिक विषयमा फरक मत राखेका छन् ।
अध्यक्ष प्रचण्डले आफ्नो दस्तावेजले माओवादी पार्टीलाई समग्रतामा नयाँ ढंगले रुपान्तरण गर्ने बताइरहेका छन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेशमा नै युवाहरूलाई रोजगारीको वातावरण बनाउन सरकारी नीति नै बाधक भएको बताएका छन् ।
देशमा उत्पादन र विकास निर्माणको प्रचुर सम्भावना भए पनि राज्यको गलत नीतिका कारण अहिले लाखौं युवा विदेश जान बाध्य भएको उनको भनाइ छ ।
पार्टीको ८ औं महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले देशमा नै युवाहरूलाई रोजगारी सिर्जना गराउन र उनीहरूलाई राष्ट्रिय महाअधियानमा जोड्नुपर्नेमा जोड दिए ।
जसका लागि पालिका, जिल्ला, प्रदेश र केन्द्रीय सरकारले आफ्नो नीतिमा परिमार्जन गर्दै समन्वयात्मक भूमिका खेल्नुपर्ने बताएका छन् ।
स्वदेशमा युवाहरुलाई रोजगारी सिर्जना गर्नका लागि प्रचण्डले अघि सारेका योजना :
-हरेक पालिकामा कम्तीमा ५० जना व्यक्ति संलग्न गरी अनिवार्य एक कृषि उद्योग ६ महिनाभित्र स्थापना गर्ने ।
-स्थानीय बजारलाई ध्यानमा राख्दै खाद्यान्न, तरकारी, नगदेवाली लागतयका बजार सुहाउने उत्पादनमा जोड दिने ।
-ठूलो परिणाममा काम गर्न दुई वा दुई भन्दा बढी पालिकाले त्यस्ता उद्योग व्यवस्थाय सञ्चालन गर्ने ।
-जिल्ला तहमा पालिकास्तरका उद्यमीबीच समुन्वय गराउने र बजार व्यवस्थामा सहयोग गर्ने ।
-जिल्ला स्तरबाट प्राविधिक सहयोगको व्यवस्था गर्ने ।
-पूर्वाधार निर्माणमा पालिका, जिल्ला र प्रदेशहरूको समन्वय गर्ने ।
-प्रदेशले जिल्लाबाट अनुरोध भएका क्षेत्रमा प्राविधिक सहयोग गर्ने अन्तर जिल्ला समन्वय गर्ने गराउने ।
-प्रदेशले प्रदेश कम्तीमा १०० जनालाई रोजगारी दिन गरी उद्योग स्थापना गर्ने
-केन्द्रमा केन्द्रीयस्तरको प्रशिक्षण केन्द्र बजार व्यवस्था र उद्योग व्यवसाय पहिचान गर्ने
-पार्टीका हरेक कार्यकर्ताले वर्षमा कम्तीमा एक पटक स्थानीय जनसमुदायसँग बसेर श्रम गर्ने ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको समूहगत छलफलको प्रक्रिया सुरू भएको छ ।
प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ । विभिन्न नेताहरूले संयोजन गर्ने गरी प्रदेशगत, जनवर्गीय संगठन र विभागहरू सम्मिलित समूह बनाएर छलफलका लागि स्थानहरू तोकिएको छ ।
प्रतिवेदनमाथि भोलि दिनभर छलफल हुने र बुधबार समूहको निष्कर्ष सुनाउने कार्यतालिका छ ।
समूह, संयोजन गर्ने नेता र स्थानको सूची यसप्रकार छ :
१, ज्येष्ठ क्युनिस्ट मञ्च, एमके प्रसाईं संयाेजक, ठाउँ मञ्च अगाडि ।
२/३ सल्लाहकार कमिटी, संयाेजन नन्दकुमार थापा, मञ्चकाे दायाबाया, १३९ काे आधा आधा विभाजन गरेर दुइटा ।
४/५ : प्रदेश १ दुई भागमा बाँडेर हर्क नेम्वाङ संयाेजन, ठाउँ भानुभक्त हल ।
६/७: प्रदेश २ पारिजात हल, गणेश साह, याे पनि दुई भागमा
८/९ : लुम्बिनी प्रदेश, चक्रपाणी खनाल, सिद्विचरण हल, पुस्तकालय ।
१०/११ : गण्डकी प्रदेश, गायत्री गुरूङ, पेरिसडाँडाकाे माथिल्लो हल ।
१२ : प्रवास समिति लक्ष्मण पन्त, पेरिसडाँडा मजदुर हल
१३/१४ : कर्णाली प्रदेश, विमला केसी एनवान पार्टी प्यालेस, बानेश्वर, दुईवटा हल ।
१७/१८ : केन्द्रीय विभागहरू, माया प्रसाद शर्मा, क्वालिटी व्यांक्वेट, बुद्वनगर, दुइवटा समूह बनाएर ।
१९ : विशेष प्रदेश, जगत सिंखडा, साेही क्वालिटि व्यांक्वेटमा नै हुने ।
२०/२१ : सम्पर्क समन्वय प्रदेश, श्रीकृष्ण अधिकारी, क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार, दुइटा समूह
२२/२३ : बागमती प्रदेश, काठमाडाैं व्यांक्वेट, सरल सहयात्री
२४: सम्पुर्ण आयाेगहरू, काठमाडौ व्यांक्वेट केटमै, संयाेजक विष्णु विकास श्रेष्ठ ।
२५: जबस, माेर्चाका इन्चार्जहरू, केन्द्रीय कार्यालयमा रहेकाे, एकता प्रक्रियामा आएकाहरू याे समुहमा रहने । याे पनि काठमाडौं व्यांक्वेटमै, अमृता थापा संयाेजन।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले महाधिवेशनमा २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षको दस्तावेज पेश गरेका छन् ।
८ औं महाधिवेशन अन्तरगत सोमबारबाट सुरु भएको बन्दसत्रको पहिलो चरणमा अध्यक्ष प्रचण्डले २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको दस्तावेद पेश गरेका हुन् ।
२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको दस्तावेज दुई घण्टा १५ मिनेट समय लगाएर अध्यक्ष प्रचण्डले बन्द सत्रमा प्रस्तुत् गरेका हुन् ।
अहिले नेता देव गुरुङले विधान संशोधन सम्बन्धि प्रस्ताव प्रस्तुत गरिरहेका छन् ।
बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहेको सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।
बैठकले नेता महरालाई अध्यक्ष मण्डलको अध्यक्षमा चुनेको हो । वैचारिक राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न आजै समूह विभाजन गरी छलफल सुरु गरिने कार्यक्रम छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले करिब दुई घण्टा लगाएर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । आठौं महाधिवेशनको बन्दसत्र प्रज्ञा भवनमा जारी रहेको छ ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन करिब २ घण्टा लगाएर वाचन गरेका हुन् ।
उनले वैचारिक तथा राजनीतिक दस्तावेजको चार भाग प्रस्तुत गरिरहेका छन् ।
आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ । सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीति प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका हुन् ।
जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ । आइतबारबाट सुरू भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ ।
नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रुपा श्रेष्ठ महर्जनलाई अध्यक्षमण्डलमा राखिएको छ ।
नेता नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका नामलाई हलले अनुमोदन गरेको छ ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा बन्दसत्र सुरू भएको हो ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ । माओवादीका अनुसार बन्दसत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।
महाधिवेशनले १५ पदाधिकारीसहित माओवादीको २९९ सदस्यीय केन्द्रीय नेतृत्व चयन गर्नेछ ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत केहीबेरमा बन्दसत्र सुरू हुँदैछ । माओवादीको महाधिवेशन आइतबारदेखि जारी छ ।
बिहान ११ बजेदेखि तय गरिएको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ । प्रतिनिधिहरू हलमा जम्मा हुन थालिसकेका छन् ।
स्वयंसेवकहरूले प्रतिनिधि कार्डको आधारमा प्रवेश अनुमति दिइरहेका छन् । देशभरबाट छानिएर आएका १६ सय बढी महाधिवेशन प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।
महाधिवेशनले १५ पदाधिकारीसहित माओवादीको २९९ सदस्यीय केन्द्रीय नेतृत्व चयन गर्नेछ ।
काठमाडौं। नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन बन्दसत्र आजदेखि सुरु हुँदैछ।
बिहान ११ बजेखि बन्दसत्र सुरु हुनुअघि प्रतिनिधिहरुको स्वास्थ्य जाँचसमेत गरिएको छ। बन्दसत्रको पहिलो दिन कर्णाली र सुदूरपश्चिमका प्रतिनिधिको जाँच भइरहेको छ।
बिहान ७ बजे देखि सुरु भएको स्वस्थ जाँचमा प्रतिनिधिहरुको रगत, रक्तचाप, चिनीरोग र दन्त परीक्षण भइरहेको छ।
नेपाल स्वास्थ्य अभियान युनेस्को समाजले निशुल्क गर्ने स्वास्थ्य परीक्षण महाविधेशन अवधिभर चलिरहने छ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहानबाट सुरु हुँदैछ । आइतबार काठमाडौंमा उद्घाटन भएको महाधिवेशन बिहान ११ बजेका लागि तय भएको छ ।
अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ।
देशभरबाट छानिएर आएका १६ सय बढी महाधिवेशन प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटन सत्र सकिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीस्थित प्रज्ञा भवनमा महाधिवेशनको उद्घाटन गरेका थिए ।
उद्घाटन शत्रमा प्रधानन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरु सहभागी थिए।
यसैबीच महाधिवेशनको बन्दशत्र भने भोलि बिहान ११ बजेदेखि प्रज्ञा भवनमै शुरु हुने भएको छ । पाँच दिनसम्म चल्ने महाधिवेशनमा शान्ति प्रक्रियायताको माओवादीबारे आत्मसमीक्षा हुने नेताहरुले बताएका छन्।
माओवादीले महाधिवेशनबाट क्रान्तिकारी नयाँ विचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने दावी गरेको छ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो महाविधेशनमा शुभकामना दिन आएका प्रधानमन्त्री एवं कांग्रेससभापति शेरबहादुर देउवाको तारिफ गरेका छन् ।
‘देउवाजी बडो सुन्दर बोल्नुभयो,’ आइतबार माओवादी केन्द्रको महाधिवेशनमा सम्बाधेन गर्दै प्रचण्डले भने, ‘उहाँ बडो सोझो पनि देखिनुहुन्छ । तर, उहाँले इतिहासमा खास–खास ‘स्टेटमेन्ट’ दिनु भएको छ । प्रधानमन्त्री हुँदा विद्रोही नेतालाई बडो बहादुर भनिदिनुभयो । यो सामान्य खालको कुरा होइन ।’
संविधान निर्माणमा प्रचण्डको भूमिकाबारे देउवाले राखेको भनाइको पनि उलने प्रशंसा गरे। प्रचण्डले भने, ‘बडो इमान्दारिकता पूर्व माओवादीको भूमिकाबारे जे भन्नुभयो, साँच्चै राम्रो ढंगले भन्नुभयो ।’
उनले थपे, ‘मलाई त अलि अलि डर लागेको छ, कतै आज कांग्रेसका उहाँको आलोचना हुन्छ कि ।’
गठबन्धन निरन्तर जानेबारे देउवाले बोलेको कुराको पनि प्रचण्डले तारिफ गरे। उनले भने, ‘उहाँले गठबन्धन परसम्म जान्छ भन्नुभयो । हामीलाई चाहिएको त्यही हो ।’
एमसीसीबारे देउवाले राखेको भनाइ भने व्यक्तिगत भएको प्रचण्डको भनाइ छ । ‘एमसीसीबारे उहाँले आफ्नो विचार भन्न्नुभयो,’ उनले भने, ‘हामी छलफल गर्र्दैं छौं, छलफल गरेर तय गर्र्छौं भन्नुभयो । यो बडो ठूलो कुरा हो ।’
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा बहसको शुरुवात भइसकेको बताएका छन् ।
आइतबार पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले महाविधेशनको ठूलो अंश यसबाट सफल भइसकेको समेत बताए ।
‘महाधिवशेनका ठूलो भाग भइसक्यो । ‘ग्रेट डिबेट’को शुरुवात भइसक्यो,’ प्रचण्डले भने, ‘भोलिदेखि हामी कसरी प्रस्तुत हुने भन्ने कुराको दिशा निर्देश भइसक्यो । यो महाधिवेशनलाई सबैले चासोपूर्वक हेरेका छन् ।’
शान्ति प्रक्रियायता कहाँ–कहाँ चुक भयो त्यसको गम्भीर आत्मसमीक्षा महाधिवेशनमा हुने प्रचण्डले बताए। उलने भने, ‘यो महाधिवेशनबाट गर्न खोजेको कुरा आत्मसीक्षा नै हो । हामी शान्ति प्रक्रियामा आएदेखि कहाँ–कहाँ चुक्यौं समीक्षा गर्छौं ।’
प्रचण्डले राजनीतिक प्रतिवेदनमा सबैभन्दा धेरै समीक्षा आफ्नैबारे गरेको बताए। ‘प्रतिवेदनमा सबैभन्दा आत्मसीक्षा मैले मेरै गरेको छु,’ उनले भने, ‘मैले आफैंलाई चिरफार गरेको छु ।’
प्रचण्डले नेकपा एकता गलत नभएको भन्दै कहाँ कमजोरी भयो भनेर समीक्षा गर्न समेत एमालेलाई आग्रह गरे । उनले भने, ‘फेरि एकचोटी आत्म समीक्षा गरौं कहाँ कमजोरी भयो रु हामीले गल्ती गरेका थिएनौं ।’
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता राष्ट्रघाती नभएकोले पारित गर्नुको विकल्प नरहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसको सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसीसीमा आफूले राष्ट्रघात नदेखेको बताए ।
‘यहाँ सबैले एमसीसी राष्ट्रघाती भनेको सुने । राष्ट्रघाती भन्नेले एमसीसी पढेकै छैनजस्तो लाग्यो । मैले पढ्दा त कतै राष्ट्रघात देखिनँ त’, देउवाले भने ।
उनले आफू राष्ट्रिय र प्रजातन्त्रका लागि संघर्ष गरेर आएको प्रधानमन्त्री भएकोले राष्ट्रघाती सम्झौता हनु नदिनेमा सचेत रहेको समेत उल्लेख गरे ।
‘राष्ट्रियता र प्रजातन्त्रका लागि लडेर आएको मान्छे मै हुँ । मै प्रधानमन्त्री भएको बेला राष्ट्रघाती सम्झौता गरौला त रु एमसीसी राष्ट्रघाती छदै छैन । सित्तैमा आको पैसा पनि लिन्न भन्ने हो त ?’, उनले भने ।
देउवाले विश्व बैंक र एडिबीजस्ता निकायले ऋण लिँदासमेत अन्तर्राष्ट्रिय कानून आकर्षित हुने गरेको स्मरण गराउँदै एमसीसीले अनुदानमा रकम दिने र नेपालकै कानून लागु हुने बताए । उनले दलहरुबीच एमसीसीबारे छलफल भइरहेको भन्दै सहमतिमै एमसीसी पारित गर्ने बताए ।
देउवाले नेपालमा संविधानसभाको एजेण्डा ब्यूताउँन र संविधान बनाउना माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।
फरक सन्दर्भमा देउवाले पाँच दलको गठबन्धन कसैका विरुद्ध नभएको बताए । उनले गठबन्धन पूरा समय टिक्ने र आवश्यक परे अझै अगाडिसम्म जाने बताए ।
‘गठबन्धन कसैको विरुद्ध होइन । हामी मिल्न त पाइन्छ नि । गठबन्धन पुरै समय टिक्छ । अझ म त चाहन्छु अझ अगाडिसम्मै मिलेर जानुपर्छ’, देउवाले भने ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले सांगठनिक कर्मकाण्ड पुरा गर्न मात्रै महाधिवेशन नगरेको बताएका छन् ।
‘हाम्रो पार्टीले राजनीतिक दलसम्बन्धी ऐनको धारा पुरा गर्न र सांगठनिक कर्मकाण्ड पुरा गर्न यो महाधिवेशन गर्न गइरहेका छैनौं,’ श्रेष्ठले महाधिवेशनको कार्यक्रममा सम्बोधन गर्दै भने ।
श्रेष्ठले रुपान्तरित र क्रान्तिकारी पार्टी निर्माणका लागि महाविधेशन भएको समेत बताए। उनले भने, ‘रुपान्तरित क्रान्तिकारी पार्टी, पर्नुगठित पार्टी निर्माणको प्ररारम्भ गर्न महाधिवेशन गर्न गइरहेका छौं ।’
महाधिवेशनबाट २१ औं शताब्दीको समाजवाद कस्तो हुन्छ भनेर व्याख्या समेत गर्ने श्रेष्ठले बताए ।
‘हामीले समाजवाद उन्मुख भने प्रष्ट पार्नु छ,’ उलने भने, ‘२१ औं शताब्दीको नेपाली समाजवाद कस्तो हुन्छ भनेर हामी महाधिवेशनमा छलफल गर्न गइरहेका छौं ।’
श्रेष्ठले चुनावसम्म वामलोकतान्त्रिक गठबन्धन कायम रहने बताए ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता मात्रिका यादवले नेतृत्वको पुस्तान्तरण भन्ने कुरा पुँजीवादीहरुको भएको बताएका छन् ।
आइतबार माओवादी केन्द्रको महाधिवेशनलाई सम्बोधन गर्दै यावदले प्रचण्डपथ छाडेर गलत भएको समेत बताए ।
‘अहिले चलेको छ, पुस्तान्तरणको,’ यादवले भने, ‘यो पुँजवादीहरुको कुरा हो । बुढाले छोड्नुपर्यो, नयाँलाई दिनुपर्यो । स्थापित नेतालाई पाखा लगाइदिने, अनी केही नजान्नेलाई नेता बनाइदिने ।’
यादवले ‘फेस’ र ‘एज’ले नेतृत्व नुहने बताए। ‘प्रचण्डपथ विकास गर्नुको साटो हामीले त्यसलाई छोडिदियौं,’ उनले भने, ‘क्रान्ति रनभुल्लमा प¥यो । आम मान्छेमा प्रश्न उठ्न थाल्यो । ममा पनि त्यस्तो प्रश्न उठ्यो । गर्दा–गर्दा मोहन वैद्य हिँडे, अरु धेरे हिँडे । हाम्रो अविगत के भयो ?’
‘सबैभन्दा पहिले मैले छाडे र सबैभन्दा पहिले मै आएर अध्यक्षलाई भने अब यसरी हुँदैन भनेर भने,’ यादवले थपे, ‘अध्यक्षले यसको निर्मम समिक्षा गर्छु भन्नु भएको छ।’
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीबीच एकताका लागि तीनवटा शर्त अघि सारेका छन् । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै गजुरेलले जनयुद्धपूर्वको केन्द्रीय समितिले गरेका प्रतिबद्धता स्मरण गर्न आग्रह गरे ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुराना माओवादी एकताको प्रसंग निकाल्ने गरेको स्मरण गराउँदै गजुरेलले माओवादी एकताका लागि आधार तयार पार्न माओवादी केन्द्रलाई सुझाव दिएका हुन् ।
‘पुराना माओवादी एकजुट हुनुपर्छ, एकताबद्ध हुनुपर्छ भनेर प्रचण्डले भन्दै आउँनुभएको छ । हामीले यसलाई सकरात्मक रूपमा बुझ्दै आएका छौं । हामी चाहन्छौं नेपालका सबै कम्युनिष्ट क्रान्तिकारीहरू एक हुनुपर्छ । त्यसका लागि यो महाधिवेशनले आधार तयार पारोस्’, गजुरेलले भने ।
उनले जनयुद्धपूर्वको माओवादी केन्द्रीय कमिटीको बैठकको प्रतिबद्धता पालना गर्नुपर्ने , जनयुद्धको लक्ष्यअनुसार जनगणतन्त्र स्थापनाका लागि तयार हुनुपर्ने, एमसीसीलगायतका सम्झौता खारेजी र नेपाली भूमि फिर्ताको पक्षमा निर्णय गर्नुपर्ने प्रस्ताव गरे ।
‘जनगणतन्त्र स्थापनाको लक्ष्य पूरा गर्ने र राष्ट्रिय स्वाधीनताका पक्षमा उभिने निर्णय यो महाधिवेशनबाट गर्नुहोस् । तबमात्रै माओवादी एकताका लागि छलफल गर्ने ढोका खुल्छ’, उनले भने ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशन अहिले प्रज्ञा भवनमा सुरु भएको छ ।
राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेर अन्तिम समयमा महाधिवेशन गर्ने निर्णय गरेको माओवादी सम्मेलन सुरु भएको हो ।
प्रज्ञा भवनमा अहिले माओवादी कार्यकर्ताको बाक्लो सहभागिता रहेको छ । हलभित्र प्रवेश नपाएका कार्यकर्ताहरु बदाम खँँदै प्रज्ञा भवन परिसरबाट भाषण सुनिरहेका छन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सुरू भएको छ । महाधिवेशनमा शुभकामना दिन विभिन्न दलका नेताहरु प्रज्ञा भवन पुगेका छन् ।
पूर्वनिर्धारित राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको माओवादी केन्द्रले उद्घाटन समारोहमा ११ दललाई निम्तो दिएको थियो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइपुगेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राप्रपा महामन्त्री कुन्ती शाहीलगायत उपस्थित छन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रममा सहभागी छैनन् । पार्टी कामले झापा पुगेका ओलीलाई आज बिहान प्रचण्डले टेलिफोनमार्फत महाधिवेशनको निम्तो दिएका थिए ।
एमाले महासचिव शंकर पोखरेल पार्टीबाट प्रतिनिधित्व गर्दै उद्घाटन समारोहमा पुगेका छन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं राष्ट्रिय महाधिवेशन सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा महाधिवेशनको उद्घाटन समारोह जारी छ ।
५ दिनसम्म चल्ने महाधिवेशनका लागि देशभरबाट करिब १६०० प्रतिनिधि सहभागी छन् । यो महाधिवेशनले माओवादीको नयाँ नेतृत्व चयन गर्नेछ ।
उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेता उपस्थित छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने झापामा रहेका कारण उनी सहभागी छैनन् । माओवादी अध्यक्ष प्रचण्डले बिहान ओलीलाई टेलिफोन गरी महाधिवेशनको निम्तो दिएका थिए ।
राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको माओवादी हिजो साँझ कार्यक्रमलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशन केहीबेरबाट सुरू हुँदैछ । कमलादीस्थित महाधिवेशनस्थल प्रज्ञाभवनमा चहलपहल बाक्लिएको छ ।
जिल्लाजिल्लाका प्रतिनिधि आइसकेका छन् । महाधिवेशनमा करिब १६०० प्रतिनिधि सहभागी छन् । औपचारिक कार्यक्रम सुरू हुनुअघि कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिइरहेका छन् ।
उद्घाटन समारोह दिउँसो ३ बजेबाट तय गरिएको छ । उद्घाटन समारोह थाल्नुअघि प्रज्ञा भवनको प्रागंणमा बाजागाजासहितको कलाकार टोलीको रमझम देखिएको छ ।
काठमाडौं । तपाईं पत्याउनु हुन्छ ? नेकपा माओवादी केन्द्रको पक्षमा निर्वाचन आयोगमा पुगेर नेकपा एमालेका नेताहरुले वकालत गर्लान् ? एक वर्षअघि एकले अर्काको अस्तित्व सिध्याउन त्यही निर्वाचन आयोगको ढोकामा पुगेका दुई पक्षबीच यो कसरी सम्भव हुन्छ ?
तर, निर्वाचन आयोगको एउटा पत्रका कारण यो सम्भव भएको छ । नेकपा एमालेका उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमालसहितका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेर माओवादी अध्यक्ष प्रचण्डलाई आयोगले लेखेको पत्रमाथि आपत्तिमात्र जनाएनन्, माओवादीको पक्षमा उभिएर बहस नै गरे ।
रिमालसहित पूर्वमहान्यायाधिवक्तासमेत रहेका एमालेका केन्द्रीय सदस्य रमेश बडाल, निरज आचार्य र केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारी आयोगमा एमालेको पछिल्लो अभिलेख दर्ता गराउन गएका थिए । त्यसक्रममा आयोगका प्रमुख आयुक्त दिनेश थपलियासँग एमाले नेताहरुले ‘कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउने बाटोमा जान लागेको हो ?’ भन्ने प्रश्न गरे ।
यता एमाले नेताहरूले आयोगको आपत्तिजनक पत्रप्रति माओवादीले रहस्यमय मौनता साँधेको टिप्पणी गरेका छन् । महाधिवेशनबाट माओवादीले साम्यवाद छाड्न लागेको हो ? भन्ने प्रश्न समेत एमाले नेताहरूको छ ।
आयोगले माओवादी केन्द्रको विधान र दस्तावेजमा उल्लेखित साम्यवाद र वर्गसंघर्ष जस्ता शब्द संविधान तथा कानूनबमोजिम नभएको भन्दै ती हटाएर दल दर्ता गर्न पत्र लेखेको थियो । माओवादीले यसबारेमा मौनता साँधेका बेला एमालेले आयोगको सो निर्णयप्रति आपत्ति जनाएको बडालले बताए ।
बडालले नेपाल प्रेससँग भने, ‘आयोगको त्यो पत्र हेरेपछि हामीले असंवैधानिक र आपत्तिजनक छ भन्यौं । माओवादीलाई के पत्र लेख्यो भन्नेसँग हामीलाई आपत्ति होइन तर निर्वाचन आयोग साम्यवादी विचारधारा निषेध गर्ने र पूँजीवादको पक्षमा वकालत गर्ने दललाई मात्र मान्यता दिने दिशामा गएको त होइन ? यही प्रश्न हामीले गरेका हौं ।
एमाले नेताहरूले सन् १९५० को दशकतिर अमेरिकामा कम्युनिष्ट पार्टीमाथि गरिएको प्रतिबन्धात्मक दमनकै बाटोमा निर्वाचन आयोग जान लागेको आशंका समेत व्यक्त गरेर थपलियाको ध्यानाकर्षण गराएका छन् । थपलियाले भने संविधानसँग बाझिने भएकाले ती शब्द हटाइएको बताएका थिए ।
तर, एमाले नेताहरुले भने साम्यवादलाई नेपालको संविधानले निषेध नगरेको र कम्युनिस्ट पार्टी भन्नु नै साम्यवादी संगठन भएकाले विरोधाभाषमा नफस्न आयोगलाई सुझाव दिएका छन् । एमालेको विधानको प्रस्तावना र दस्तावेजमा पनि साम्यवादतर्फको लक्ष्य राखिएको छ ।
एमाले नेताहरूले आयोगसँग भने, कम्युनिष्ट पार्टी नाम नै साम्यवादी कुरा हो । क्रमशः कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने एंगलबाट भइरहेको छैन ? नत्र भने शान्तिपूर्णरूपमा साम्यवादको लक्ष्य किटान गर्न पाइन्छ । यसमा आयोगको नियत ठीक देखिएन ।
माओवादीको रहस्य मौनता
यता एमाले नेताहरूले आयोगको आपत्तिजनक पत्रप्रति माओवादीले रहस्यमय मौनता साँधेको टिप्पणी गरेका छन् । महाधिवेशनबाट माओवादीले साम्यवाद छाड्न लागेको हो ? भन्ने प्रश्न समेत एमाले नेताहरूको छ ।
बडालले भने, ‘अहिले मुलुक दुई ध्रुवमा ध्रुवीकरण भएको छ । एकातिर कम्युनिष्ट ध्रुवको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्नुभएको छ । अर्को ध्रुवको नेतृत्व शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले गरेको छ । उहाँहरू देउवा नेतृत्वमा रहेको हुनाले बोल्न नसक्नु भएको हो कि ? माओवादीको रहस्यमय मौनताको अर्थ त्यही हुनसक्छ ।’