Category: माओवादी केन्द्र

  • माओवादीको स्थायी समिति बैठक जारी, पदाधिकारीमा सहमति जुटाउनेबारे छलफल

    माओवादीको स्थायी समिति बैठक जारी, पदाधिकारीमा सहमति जुटाउनेबारे छलफल

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक महाधिवेशन स्थल प्रज्ञा भवन कमलादीमा सुरू भएको छ । माओवादीले दिउँसो १ बजे बन्द सत्र बोलाएको छ र २ बजेबाट निर्वाचन प्रक्रिया पनि सुरू हुँदैछ ।

    त्यसअघि नै केन्द्रीय समिति सदस्यमा सहमति खोज्न माओवादीको स्थायी समिति बैठक सुरू भएको हो । माओवादीले ५० प्रतिशत खुला र ५० प्रतिशत सामानुपातिकबाट केन्द्रीय समिति निर्माण गर्ने बताएको छ। तर, तोकिएको क्लस्टर मिलाउन माओवादीलाई धौ-धौ परेको छ ।

    बैठकमा त्यो विषय र पदाधिकारीमा सहमति जुटाउने प्रयास पनि हुने बताइएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैको सहमतिमै केन्द्रीय समिति र पदाधिकारी घोषणा गर्ने बताएका छन् ।

  • माओवादीको अनुरोधमा संसद बैठक स्थगित

    माओवादीको अनुरोधमा संसद बैठक स्थगित

    काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको संसद सचिवालयका एक कमर्चारीले बताए । सचिवालयले बैठक स्थगितबारे केही बेरमा सूचना प्रकाशित गर्दैछ ।

    संसद बैठकअघि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । सभामुख सापकोटाले विहान ११स्३० बजे शंकर हलमा कार्यव्यवस्थाको बैठक बोलाएका थिए ।

    संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ ।

  • बन्दसत्र स्थगित भएसँगै माओवादीको निर्वाचन कार्यतालिकामा हेरफेर (सूचीसहित)

    बन्दसत्र स्थगित भएसँगै माओवादीको निर्वाचन कार्यतालिकामा हेरफेर (सूचीसहित)

    काठमाडौं। नेकपा (माओवादी)को जारी आठौं महाधिवेशन अन्तर्गत भोलिसम्मलाई बन्दसत्र स्थगित भएपछि त्यसै अनुसार निर्वाचन कार्यतालिकामा पनि संशोधन गरिएको छ।

    सहमतिबाटै केन्द्रीय समिति चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भन्दै भोलि दिँसो १ बजेसम्मका लागि बन्द सत्र स्थगितको भएको थियो। त्यसै अनुसार माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिकामा पनि हेरफेरि गरेको हो।

    संशोधित कार्यातालिकामा भोलि दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी दर्ताको समय दिइएको छ। त्यस्तै साँझ ६ः२५ देखि राती १०ः२५ सम्म मतदानको समय राखिएको छ। निर्वाचनको कार्यतालिका सार्वजनिक भएको भए पनि माओवादीमा केन्द्रीय सदस्यका लागि सहमति जुटाउने प्रयास भइरहेको छ।

    यस्तो छ संशोधित कार्यतालिकाः

  • माओवादी महाधिवेशन : वर्षमान पुन कसरी समेटिन्छन् ?

    माओवादी महाधिवेशन : वर्षमान पुन कसरी समेटिन्छन् ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अहिले जारी रहेको छ । शनिबारका लागि बन्दसत्रको कार्यक्रम स्थगित भएका छन् । यद्यपी आइतबार दिउँसो एकबजेबाट पुनः कार्यक्रम सुरु हुनेछन् ।

    पहिलो पटक बहुपलीय संरचनामा गएको माओवादी केन्द्रले सकेसम्म सहमतिबाट नै सबै प्रक्रिया टुंगोमा पुर्याउन प्रयास भइरहेको छ । केन्द्रीय समिति सहमतिबाट नै टुंगो लगाएर पहिलो बैठकबाट नै पदाधिकारीको पनि छिनोफानो गर्ने तयारी माओवादीको छ ।

    नेता शक्ति बस्ने आइतबार केन्द्रीय समितिको टुंगो लाग्ने र सम्भवतः आइतबार नै केन्द्रीय समितिले पदाधिकारीको टुंगो लगायने बताउँछन् ।

    बस्नेतले भनेअनुसार प्रक्रिया अगाडी बढेपनि सबैलाई कसरी समेटेर माओवादी अगाडी बढ्छ भन्ने मुख्य चासोको विषय बनेको छ ।

    अहिले माओवादीका एक नेता महासचिवको दावेदारका रुपमा हेरिएका वर्षमान पुन उपचारका लागि चीनमा रहेका छन् । पुनलाई महाधिवेशनले कसरी समेटेर अगाडी बढ्छ भन्नेतर्फ सबैको ध्यान गएको छ ।

    नेता बस्नेत पुनसँग निरन्तर संवाद भइरहेको बताउँछन् । अध्यक्ष प्रचण्डसँगपनि उनको कुरा निरन्तर भइरहेकाले सबैका भावना समेटेर पार्टी अगाडी बढ्ने उनले बताए ।

    उनले भने — वर्षमान सँग कुरा भइरहेको छ । प्रचण्डँग नियमति रुपमा सम्पर्कमा नै हुनुहुन्छ । सबै कमरेडहरुको भावना धारणाहरु सबैलाई आधार बनाएर नै अगाडी बढ्छौँ ।

  • माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका स्थगित

    माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तरगत आज बन्दसत्र स्थगित भएको छ । बन्दसत्र स्थगित भएसँगै आजका लागि तय भएकाे निर्वाचन कार्यतालिका स्थगित भएको छ ।

    भोली फेरि १ बजेबाट प्रक्रिया पुनः सुरु हुने बताइएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु भएको थियो ।

    केन्द्रीय समिति सहमतिबाट निर्माण गर्न कलस्टर अनुसार सहमतिका लागि साँझसम्मको समय दिइएको थियो । छलफल अझै जारी रहेकोले आजको प्रक्रिया स्थगित गरिएको हो ।

    प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन समेत गरिसकेको थियो । भोली दिउँसो १ बजेसम्मको समयमा सहमति जुट्न नसके निर्वाचनबाट नै समिति चयन हुनेछ ।

  • माओवादीमा दलित कलस्टरको प्रतिनिधित्व ७ प्रतिशतमा झारियो

    माओवादीमा दलित कलस्टरको प्रतिनिधित्व ७ प्रतिशतमा झारियो

    काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा दलित कलस्टरबाट ७ प्रतिशतलाई प्रतिनिधित्व गराउने भएको छ ।

    यसअघि १५ प्रतिशत दलित प्रतिनिधित्व गराउने व्यवस्थ भएपनि अहिले त्यसलाई ७ प्रतिशतमा झारेको हो ।

    अहिले माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तरगत केन्द्रीय समितिका लागि सहमति जुटाउने प्रयास भइरहेको छ ।

    सहमति नजुटेमा निर्वाचन हुनेछ ।

  • निर्वाचन प्रक्रिया सुरु, मतदाता नामावली प्रकाशन (सूचीसहित)

    निर्वाचन प्रक्रिया सुरु, मतदाता नामावली प्रकाशन (सूचीसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को ८ औं महाधिवेशन अन्तरगत निर्वाचन प्रक्रिया सुरु भएको छ ।

    सहमतिबाट नै केन्द्रीय सदस्यको टुंगो लगाउने प्रयास अनुसार प्रदेशगत छलफल जारी रहेको बेला माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले प्रक्रिया भने सुरु गरेको हो ।

    निर्वाचन समितिले १ हजार ७४२ जनाको नामावली सार्वजनिक गरेको छ ।

    सार्वजनिक नाम अनसार माओवादी महाधिवेशन आयोजक समितिमा १८५, केन्द्रीय सल्लाहकार १४८, जेष्ठ कम्युनिष्ट मञ्चबाट ११६ जना रहेका छन् ।

    यस्तै विभिन्न आयोगहरु निर्वाचनबाट २२, लेखाबाट, १४, अनुशासनबाट १६ जना रहेका छन् ।

    यसैगरी केन्द्रीय प्रतिनिधि ३७, विभागबाट ९५, प्रदेश नम्बर १ बा ११२, प्रदेश नम्बर २ बाट १३२, बागमती प्रदेशबाट १३३, गण्डकी प्रदेशबाट ७८ र कर्णाली प्रदेशबाट ९३ रहेका छन् ।

    यसैग्री लुम्बिनीबाट ११२, सुदूरपश्चिमबाट ८८, सम्पर्क समन्वयबाट ५०, उपत्यका विशेष प्रदेशबाट ४६, प्रवाशबाट ३९, पूर्व पीएलएबाट ४८, पार्टी एकताबाट आएका ३० र मनोनित १४८ जना मतदाता रहेका छन् ।

    माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ ।

    अहिले सहमति जुटाउन समूहगत छलफल जारी रहेको छ ।

  • माओवादी महाधिवेशन : कुन क्लस्टरबाट कति जना निर्वाचित हुन्छन ? सूचीसहित

    माओवादी महाधिवेशन : कुन क्लस्टरबाट कति जना निर्वाचित हुन्छन ? सूचीसहित

    काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनको प्रक्रिया जारी रहेको छ ।

    सहमतिबाट नै केन्द्रीय समिति विस्तारको तयारीमा रहेको माओवादी केन्द्रका नेताहरुले अहिले छलफलमा ब्यस्त रहेका छन् ।

    माओवादीको महाधिवेशनबाट पारित विधान अनुसार निम्नअनुसारको संख्यामा सदस्यहरु निर्वाचित हुनेछन् ।

     

  • केन्द्रीय सदस्य छान्न नेताहरु समूहगत छलफलमा

    केन्द्रीय सदस्य छान्न नेताहरु समूहगत छलफलमा

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तरगत अहिले केन्द्रीय चयनका लागि सहमतिको प्रयास भइरहेको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदन, स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पेश गरेका विधान मस्यौदा पारित भएसँगै सहमतिबाट केन्द्रीय समितिको टुङ्गो लगाउने प्रयास जारी रहेको हो ।

    पाँच बजेसम्म सहमति गर्ने प्रयास अन्तरगत अहिले प्रदेशअनुसार नेताहरु बसेर सामूहिक छलफलमा छन् ।

    क्लष्टरअनुसारको केन्द्रीय समितिको ट्ङ्गो लगाउन महाधिवेशनस्थल प्रज्ञा भवनमा स्थायी समिति बैठक बसिरहेको छ ।

     विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।

    महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ । पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछन् ।

    ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको ‘क्लस्टर’ बनाइएको छ ।

    केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

  • माओवादी केन्द्रीय सदस्यमा सहमतिको प्रयास, नमिले चुनावमा जाने प्रचण्डको भनाइ

    माओवादी केन्द्रीय सदस्यमा सहमतिको प्रयास, नमिले चुनावमा जाने प्रचण्डको भनाइ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य चयन सहमतिबाटै गरिने बताएका छन् ।

    बन्दसत्र हलमा अध्यक्ष प्रचण्डले क्लस्टर र खुल्ला सदस्यमा सहमतिबाट चयन गर्ने प्रयास भइरहेको बताएका हुन् ।

    सहमतिका लागि साँझ ५ बजेसम्मको समय दिइएको उल्लेख गर्दै प्रचण्डले सहमति नभए लोकतान्त्रिक विधिअनुसार नेतृत्व चयन हुने र जनवाद लागू गरिने बताए ।

    उनले भने – सहमतिका लागि ५ बजेसम्मको समय दिइएको छ । सहमति नभए निर्वाचन प्रक्रिया सुरु हुन्छ । हामी जरुरी पर्दा कुनैपनि लोकतान्त्रिक प्रयास गर्नेगर्दर्छौ । तर जस्तोसुकै लोकतन्त्रमा पनि सहमतिको प्रयास हुन्छ ।

    दुई घण्टामा सहमति नजुटे प्रक्रियामा जाने उनले बताए ।

    भुगोलबाट सात र एक गैरभौगोलिकबाट गरि ८ प्रदेश भित्र तोकिए कोटा अनुसार ५ बजे प्यानल पेस गरिने छ । सहमति नजुट्ने प्रदेशको हकमा निर्वाचन हुने बताइएको छ ।

    महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ । पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछन् ।

    ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको ‘क्लस्टर’ बनाइएको छ ।

    केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

  • माओवादी महाधिवेशन: पदाधिकारी संख्या केन्द्रीय समितिले तोक्ने, मनोनयन १५ प्रतिशत पुर्याउने प्रस्ताव

    माओवादी महाधिवेशन: पदाधिकारी संख्या केन्द्रीय समितिले तोक्ने, मनोनयन १५ प्रतिशत पुर्याउने प्रस्ताव

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी संख्या आवश्यकता अनुसार थप बढाउने भएको छ । त्यसको जिम्मा केन्द्रीय समितिलाई दिने गरी विधान संशोधन मस्यौदाका प्रस्तावक देव गुरुङले जारी बन्द सत्रमा प्रस्ताव गरेका छन् ।
    शनिबार आफ्नो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै गुरुङले बहुपदीय कायम राख्दै पदाधिकारी संख्या केन्द्रीय समितिले आवश्यकता अनुसार निर्धारण गर्ने प्रस्ताव गरेका हुन् ।
    त्यस्तै मनाेनित केन्द्रीय सदस्यकाे अनुपात पनि १५ प्रतिशत पुर्याउने प्रस्ताव समेत गरिएको छ। यसअघि १० प्रतिशत मनोनय गर्ने प्रस्ताव  थियो । केन्द्रीय सदस्य भने २९९ हुने छन्।
  • क्लस्टरअनुसार संख्या र विधान टुंग्याउन माओवादी स्थायी समिति कमलादीमा जारी

    क्लस्टरअनुसार संख्या र विधान टुंग्याउन माओवादी स्थायी समिति कमलादीमा जारी

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक महाधिवेशन स्थल प्रज्ञा भवन कमलादीमा जारी छ ।

    क्लस्टरअनुसारका केन्द्रीय सस्य संख्या टुंग्याउन र विधान मस्यौदामाथि आएका सुझावलाई कसरी लिने भन्नेबारे निष्कर्षमा पुग्न बैठक बसेको हो।

    आठौं महाधिवेशन अन्तर्गत आज छैटौं दिनको बन्दसत्र ११ बजेदेखि शुरु हुँदैछ। विधान पारित गरेर आजै नेतृत्व चयन गरेर महाधिवेशन सक्ने माओवादीको तयारी छ।

  • माओवादी महाधिवेशनः विधान मस्यौदाबारे आज देव गुरुङले जवाफ दिने

    माओवादी महाधिवेशनः विधान मस्यौदाबारे आज देव गुरुङले जवाफ दिने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा शनिबार नेता आफूले पेस गरेको विधान मस्यौदामाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ ्रस्थायी कमिटी सदस्य देव गुरुङले दिने भएका छन् ।

    शनिबार विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देव गुरुङले जवाफ दिने नेता कृष्णबहादुर महराले जानकारी दिए ।

    शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनलाई पारित गरेको महाधिवेशनले शनिबार गुरुङको विधान मस्यौदालाई पारित गर्नेछ ।

    दस्तावेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको, पार्टीलाई क्रान्तिकारी दिशामा लगेको र विचार विश्लेषणका लागि बहसको थालनी गरेको निष्कर्ष बताउँदै प्रचण्डले तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव महाधिवेशन समक्ष राखेका छन् ।

  • भोलि पदाधिकारीबिहिन केन्द्रीय समिति घोषणा गर्ने प्रचण्डको संकेत

    भोलि पदाधिकारीबिहिन केन्द्रीय समिति घोषणा गर्ने प्रचण्डको संकेत

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि केन्द्रीय समिति निर्वाचित हुने बताएका छन्। महाधिवेशनस्थल प्रज्ञा भवनबाट बाहिरने क्रममा शुक्रबार साँझ संवाददाताहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पारित भएको र अब भोलि केन्द्रीय समिति चयन हुने बताए।

    ‘राजनीतिक प्रतिवेदन जोडदार ढङ्गले पारित भयो,’ प्रचण्डले भने, ‘भोलि विधान पारित हुन्छ। भोलि नै केन्द्रीय समिति पनि निर्वाचित हुन्छ।’ यो महाधिवेशनबाट नेतृत्व परिवर्तन भने नहुने उनको भनाइ थियो। यसको अर्थ भोलि पदाधिकारी पनि नबन्ने हो। ‘अहिले त कहाँ नेतृत्व परिवर्तन हुन्छ र,’ प्रचण्डले भने।

    प्रचण्डले प्रस्तुत गरेको ‘२१औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदन आज सर्वसम्मतिले पारित भएको छ। त्यसमा पुरक प्रस्ताव राखेका राम कार्की र हरिबोल गजुरेलले मत समेटिएको प्रचण्डले बताए।

    त्यस्तै नेता लेखनाथ न्यौपानेले राखेको फरक मतलाई भने सम्मान गर्ने तय भएको प्रचण्डलेब बताए। यद्यपि बन्द सत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रचण्डले न्यौपानेले पार्टी प्रणालीमा नभइ बाहिर फरक मत राखेको प्रति असन्तुष्टि भने जनाएका थिए।

    ‘उहाँको विचारलाई भिन्नमतको रुपमा स्वीकार गरिन्छ र आवश्यकता परेमा छलफलमा समेत लगिनेछ, प्रचण्डले भनेका थिए, ‘भिन्नमतको सम्मान र बहसबाट मात्रै सहि विचारको विकास हुन्छ भन्नेमा माओवादीले विश्वास गर्दछ।’

    न्यौपानको शैलीप्रति प्रचण्डको असन्तुष्टि थियो, ‘त्यसरि राखिएको उक्त मत सै प्रतिनिधिमाझ छलफलका लागि जाने थियो तर वहाँले छलफलमा नल्याइकन नै सार्वजनिक गर्नु भयो।’

    अहिले वैचारिक विकासको शुरूआत भएको र चुनावपछि विशेष अधिवेशन गरेर अझ त्यसलाई विकसित गर्ने प्रचण्डले बताए। ‘सङ्गठनको रूपान्तरण र विचारलाई अझ विकसित गर्नका लागि चुनावपछि त एउटा अधिवेशन गर्नुपर्छ,’ प्रचण्डले भने, ‘वैचारिक विकासको सुरूआत भएको छ। चुनावपछि विशेष अधिवेशन गरेर अझ त्यसलाई विकसित गर्छौं।’

    माओवादीको आठौं महाधिवेशन ११ पुसमा शुरू भएको थियो। प्रचण्डको प्रवितेदनमाथिको छलफल लम्बिएपछि १७ गतेसम्मलाई महाधिवेशनको समय थप गरिएको थियो।

  • माओवादी प्रवक्ताको दाबी– सर्वसम्मत नेतृत्व चयन गर्दै भोलि महाधिवेशन सकिन्छ

    माओवादी प्रवक्ताको दाबी– सर्वसम्मत नेतृत्व चयन गर्दै भोलि महाधिवेशन सकिन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी महाधिवेशनबारे मिडिया ब्रिफिङ गर्दै प्रवक्ता कृष्णबहादुर महाराले भोलि महाधिवेशन सकिने दाबी गरेका छन् । ६ दिनदेखि जारी महाधिवेशनले भोलि नै नेतृत्व चयन गर्ने उनले बताए । भोलि नै महाधिवेशन सकिने प्रवक्ता महराको अभिव्यक्तिले नेतृत्व चयनका लागि चुनावी प्रक्रिया नहुने संकेत गरेको छ ।

    महाधिवेशनको बन्दसत्रबाट आजै अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्बसम्मत पारित गरेको छ । महराले भने– अध्यक्ष प्रचण्डको प्रतिवेदनको मूल स्पिरिट ठीक छ भन्ने आयो, सुझावलाई स्वीकार गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

    केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले राखेको फरक मतलाई फरक मतकै रुपमा राख्ने र सम्मानपूर्वक बहस गर्नेगरी प्रतिवेदन सर्बसम्मत पारित भएको महराको भनाइ थियो ।

    माओवादीको आजै स्थायी कमिटी बैठक बस्दैछ ।

  • माओवादी महाधिवेशनः प्रचण्डको प्रतिवेदन सर्वसम्मतिबाट पारित

    माओवादी महाधिवेशनः प्रचण्डको प्रतिवेदन सर्वसम्मतिबाट पारित

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी आठौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवदेदन सर्वसम्मतिले पारित भएको छ । आजको बन्दसत्र हलबाट प्रतिवेदन पारित भएको हो ।

    प्रतिवेदनमा उठेका प्रश्नहरूमाथि प्रचण्डले आज दुई घण्टा लगाएर जवाफ दिएका थिए । उनले यसमा आएका सुझावहरूलाई समेट्दै प्रतिवेदनमा व्यापक सुधार गर्ने प्रतिबद्धता जनाए ।

    राम कार्कीको पुरक प्रस्ताव र लेखनाथ न्यौपानेको फरक मतबारे भने प्रचण्डले कुनै जवाफ दिएनन् ।
    महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा छलफल गर्न माओवादीले २५ वटा समूह बनाएको थियो ।
  • चुनावपछि विशेष महाधिवेशन गर्ने प्रचण्डको घोषणा

    चुनावपछि विशेष महाधिवेशन गर्ने प्रचण्डको घोषणा

    काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचनलगत्तै विशेष महाधिवेशन गर्ने भएको छ ।

    आफ्नो प्रतिवेदनमा उठेका सवालको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ठोस विचारको विकास गर्न आगामी चुनावलगत्तै विशेष महाधिवेशन गर्ने घोषणा गरे ।

    ‘प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूका तर्फबाट उठेका जिज्ञासा तथा सुझाव तथा छुटेका पक्षहरूलाई समेटेर पूर्णता दिएर ठोस विचारको विकास गर्न महाधिवेशन आयोजना गरिनेछ’, उनले भने ।

    विचारको विकासका लागि अझै अध्ययन, अनुसन्धान र बहस आवश्यक भएको र यो महाधिवेशनको प्रतिवेदनमार्फत त्यसको सुरूआत गरेको प्रचण्डको भनाइ छ ।

    अहिलेको राजनीतिक प्रतिवेदनलाई  पूर्णदस्तावेजका रूपमा नबुझ्न उनको आग्रह थियो ।

    ‘यो प्रतिवेदन धर्मशास्त्र होइन, ग्रेट डिवेट हो । क्रान्तिकारी विचार विकास गर्ने ऐतिहासिक पहल हो । हामी जादुगर होइनौं, विज्ञानमा विश्वास गर्ने कम्युनिष्ट हौं । मार्क्सलाई भेटेर, बहस गरेर मार्क्सवाद बुझेको होइन किताव पढेर बुझेको हो’, प्रचण्डले भने, ‘वैज्ञानिकसँग छलफल गरेर हामीले विज्ञान बुझेका होइनौं, किताव पढेर र व्यवहारमा लागू गरेर बुझेका हौं, विचारको विकास गर्न अझ धेरै अध्ययन, बहस, चिन्तन, मनन र व्यवहारिक प्रयोग गर्न पुगेको छैन । अहिले हामी चुनावमा जाँदैछौं । चुनावलगत्तै विशेष महाधिवेशन गरेर विचारको विकासलाई सापेक्षित पूर्णता दिन पर्छ ।’

  • माओवादी बन्दसत्र : प्रतिवेदनमा सबैका सुझाव समेट्ने प्रचण्डको प्रतिबद्धता

    माओवादी बन्दसत्र : प्रतिवेदनमा सबैका सुझाव समेट्ने प्रचण्डको प्रतिबद्धता

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । अहिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले प्रस्तुत गरेको राजनीतिक वैचारिक दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।

    जवाफको क्रममा उनले सबैको सुझावलाई प्रतिवेदनमा समेट्ने प्रतिबद्धता जनाए ।

    ‘यहाँ टोली नेताहरूले लिखित नै राख्नुभएको छ । सबैले यो प्रतिवेदनको मुल स्प्रिट सही छ भनुभयो । तर, केही आवेगमा आएर पनि सुझाव दिएको भन्ने पनि रह्यो तर त्यो पनि सुझाव नै हो । म तपाईंहरुलाई विश्वास के दिलाउन चाहन्छु भने यो सिंगै हलको साझा प्रतिवेदन भयो । सबै सबैको सुझाव समेटेर यो प्रतिवेदन तपाईंहरुले पाउनुहुन्छ । म्यासिभ परिवर्तन गर्नुपर्ने मैले देखेको छैन ।’

    दिउँसो १ बजेबाट सुरू भएको बन्दसत्रमा निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन पारित भएपछि अध्यक्ष प्रचण्डले समूहगत छलफलबाट उठेका प्रश्नमाथि जवाफ दिन सुरु गरेका हुन् ।

    प्रचण्डको राजनीतिक प्रतिवेदनमा सामूहिक छलफलका लागि २५ वटा समूह बनाइएको थियो ।

    समूहगत छलफलबाट कम्युनिस्ट नेताको आचारण, संस्कार, जीवनशैली, वैचारिक स्पष्टतादेखि अन्तर्राष्ट्रिय विषयसम्म थुप्रै सुझाव आएका छन् । जसलाई दस्तावेजमा समेट्न माग गरिएको छ ।

  • माओवादी महाधिवेशनः प्रचण्डले जवाफ दिएपछि आजै नेतृत्व चयनको प्रक्रिया सुरु हुने

    माओवादी महाधिवेशनः प्रचण्डले जवाफ दिएपछि आजै नेतृत्व चयनको प्रक्रिया सुरु हुने

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदैछन्।

    दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।

    त्यसअघि बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत हुनेछन्। ती प्रतिवेदन पारित भएसँगै प्रचण्डले जवाफ दिनेछन्। प्रचण्डको जवाफपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।

    निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान संशोधन प्रस्ताव हलबाट अनुमोदन भएपछि संशोधित विधान अनुसार केन्द्रीय समिति चुन्न निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिए ।

    माओवादी विधानमा बन्द सत्रबाट केन्द्रीय समिति निर्वाचित हुने र केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने प्रावधान छ।

  • चीनमा उपचाररत माओवादी नेता पुनले बढाए भेटघाट

    चीनमा उपचाररत माओवादी नेता पुनले बढाए भेटघाट

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री वर्षमान पुन स्वास्थ्यमा सुधार आएसँगै भेटघाटमा व्यस्त हुन थालेका छन् ।

    सोमबार मात्रै चीनका उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका नेता पुनले बिहीबार ग्वान्झाओका महावाणिज्यदूत लगायतको टोलीसँग भेट गरेका छन् ।

    भेटमा महावाणिज्यदूत रामशरण पुडासैनीसँगै एनआरएनएका अध्यक्ष यादव अर्याललगायत सहभागि थिए ।

    भेटका क्रममा नेपाली टोलीले चीनसँगको व्यापार तथा पारवहन लगायतका क्षेत्रमा अवस्था सहज बनाउनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराईदिन माग गरेका थिए ।

    नेता पुनको स्वास्थ्य लाभको कामना गर्न सेन्जेनस्थित अस्पतालमा पुगेका उनीहरुले तातोपानी तथा केरुगं नाकाबाट आयात निर्यातको मात्रा बढाउनु पर्ने, नेपाल चीनबीचको उडान सूचारु गराउन नेपाल सरकारले पहल गर्नुपर्ने बताएका थिए ।

    नेता पुनले यस विषयमा नेपाल आएर सरकारसँग छलफल गरेर पहल गर्ने जवाफ दिएका थिए ।

    महावाणिज्यदूत पुडासैनीले चीन सरकार नेपालको कृषि, वाणिज्य तथा व्यापारलगायतका क्षेत्रमा सहयोग र ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्न समेत उत्सुक रहेकाले सोही अनुसारको वातावरण बनाउन पहल गर्नुपर्ने बताएका थिए।

    नेता पुनसँग केही दिन अघि ल्हासाका महावाणिज्यदूत नवराज ढकालले पनि भेट गरेर स्वास्थ्य लाभको कामनासहित दुई देशबीचको व्यापार र वाणिज्यको क्षेत्र फराकिलो बनाउन पहल गरिदिन माग गरेका थिए ।

    बंशाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण झण्डै ३ महिनादेखि उपचार गराईरहेका नेता पुन बैंककमा निको नभएपछि चीन गएका हुन् ।

    माओवादीको आठौं राष्ट्रिय महाधिवेशन जारी रहँदा चीनमा उपचारारत छन् । चिकित्सकको सल्लाह पछि अब छिटै नेपाल फर्कने उनले जानकारी दिएका छन् ।

    जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक तर्फ लागेका थिए ।

    उनको मंसिर १० गतेयता चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेन्सेज मा उपचार भईरहेको छ ।

  • प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि १२ बुँदे टिप्पणी

    प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि १२ बुँदे टिप्पणी

    २१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक प्रतिवेदनमा अध्यक्ष कमरेड प्रचण्डले इतिहास, वर्तमान र भविष्यलाई तुलनात्मक रूपमा अध्ययन गर्ने प्रयास गरिएको छ । समग्रमा दस्तावेज राम्रो छ ।

    १) पार्टी कतातिर जाने हो भन्ने दिशानिर्देश त गर्‍यो तर अझै ठोस कार्यक्रम समावेश छैनन् ! समाजवादको विषयमा आउनुपर्ने धेरै कुरा आउँदाआउँदै पनि कतिपय विषय छुटेका छन् । शिक्षा र स्वास्थ्यमा सर्वहारा र श्रमजीवी वर्गको पहुँचको अवस्था कस्तो छ भन्ने विषय पनि प्रस्ट रूपमा आउनुपर्छ भन्ने सुझाव दिनु पर्छ !

    २) अबको विषय युद्ध होइन, उत्पादन हो । उत्पादनमा सामूहिकता र गाऊमा सहकारीकरण कसरी गर्न सक्छौ

    नेताहरूको सम्पत्ति सार्वजनिक गरेर सामूहिकतामा लानुपर्छ । त्यसपछि त्यसलाई नमुनाको रूपमा देखाउँदै आमजनता र विश्वव्यापी रूपमा लैजानुपर्छ र युगान्तकारी परिवर्तनको लहर ल्याउन सक्नुपर्छ । १५ दिनको समयावधि महत्वपूर्ण हो कि त्यसबाट आउने उत्पादन महत्वपूर्ण हो ? यसमा पनि बहस आवश्यक छ । दस्तावेजमा धेरै विषय छुटेका छन् ।

    ३) पहिलो संविधानसभाले स्वामित्व लिएका मुद्दालाई छोडिएको जस्तो देखिन्छ । उत्पीडित जातीय पहिचानसहितको १४ प्रदेशको संघीय संरचनालाई दोस्रो संविधानसभाले स्वामित्व लिन सकेन । त्यो दुर्भाग्यपूर्ण तितो यथार्थलाई यो दस्तावेजले बिर्सिएको छ । अहिले गरिएको प्रदेशको सीमांकन र नामांकन पनि त्रुटिपूर्ण छ ।

    ४) स्वदेशकै विषयमा दस्तावेज पर्याप्त नभएको देखिन्छ । कृषि, उद्योगलगायतका विषयमा पनि दस्तावेजमा कमी भएको देखिन्छ । विदेशीसँग परनिर्भर नभई हाम्रा नेताले हिम्मत गरेर स्वदेशकै साधनस्रोतलाई उपयोग गर्नुपर्छ र युवाको विदेश पलायनलाई रोक्न सक्ने नीति ल्याउनुपर्छ ।

    ५) कार्यकर्ता व्यवस्थापनको सवाल, उत्पादनसँग नेता–कार्यकर्ता जोड्ने सवालमा हामीले सुझाव दिदै संगठनलाई जनतासँग जोड्ने र जनतालाई पार्टीसँग जोड्ने पुलको रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने कुराको विषयमा छलफल गर्नु पर्छ ! त्यसका सफलता र असफलताको समीक्षा गरेर नयाँ ढंगले अगाडि बढ्न समाजवादी क्रान्तिको नेपाली मोडेलको मूल बाटोबारे बहस चलाउनु पर्छ ! समाजवादी क्रान्ति गर्ने भनिएको छ । यो नीतिसहित आउनुपर्छ । कस्ता नीति लिएर समाजवादी क्रान्ति सम्पन्न गर्ने त्यसैले हामी वैज्ञानिक समाजवादमा जाने हो भने कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट आचरणसहितको बनाउनुपर्छ । तर लोकतन्त्रलाई आधारमा सामाजिक आर्थिक रुपान्तरण गर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने समाजवादी क्रान्ति कसरी सम्पन्न गर्न सक्छौ ?

    ६).शान्ति प्रक्रियाको बाँकी रहेको सत्य तथा मेलमिलाप, बेपत्ताको छानबिन बाँकी काम चाँडो समाधान गरौ !

    ७) हाम्रो परराष्ट्र नीति असंलग्न नीति र स्वतन्त्र नीतिको विषय पनि छुटेको छ ।

    ८) भारतको कब्जामा रहेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने कुरालाई पार्टीले मुद्दा बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिनु पर्छ ! राष्ट्रियताको विषयमा कसैसँग नझुक्ने सबै प्रतिबद्ध हुनुपर्छ, !

    ९) नेपाल भारतबीच भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धी खारेजी गरौ !

    १०) प्रवासी नेपालीको समस्या समाधान गर्न पहल –

    अ) नेपालबाट भारत तथा चीनका सीमाहरुका प्रत्येक नाकामा सिसिटिभि जडान र प्रशासनमा सुधार गरिनु पर्ने ।

    आ) विदेशमा रोजगारीका लागि गएका नेपाली चेलीहरुले व्यक्तिगत स्वतन्त्रता र मानविय हक र अधिकार शोषणका विरुद्धमा आफ्नो मुलुकमा बसी कानुनी न्याय प्राप्तिको निम्ति अदालतमा अपिल गर्ने न्यायको लागि लड्ने अधिकारको सुनिश्चितता गरिनुपर्ने ।

    इ) नेपालबाट चेलीबेटीहरुलाई भारतबाट खाडी मुलुकमा पुर्‍याई बेच्ने कार्य बढ्दो भएको हुँदा तत्काल त्यस्तो दलालको पहिचान तथा कारवाही तथा चेलीहरुलाई चेतनाको प्रचार गरिनु पर्ने ।

    ई) भारतमा अस्थायी रुपमा पेसा, व्यापार व्यावसाय अन्य संस्थामा कार्यरत नेपालीहरुको बैंक तथा फाईनान्स संस्थामा खाता खोल्ने कठिनाई हटाउने । भारतमा कार्यरत नेपालीहरुको अन्य मुलुकमा काम गर्न जाने नेपाली सरह बिमाको व्यवस्था गरिनु पर्ने । नेपाल–भारत बीचको महँगो टेलिफोन महशुल दर कम गराउनु पर्ने ।

    उ) नेपालमा व्यवस्थामा परिवर्तनसँग जनताको विकासमा समेत परिवर्तन हुनु पर्ने थियो । तर, तयो भएन । हामी मताधिकारबाट बञ्चित छौं । भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस् ,नेपालीले उपचार गर्न आउने कतिपय अस्पतालमा लगाइने अन्तर्राष्ट्रिय शुल्कको भार रहेको छ !

    सीमा नाकामा भारतीय प्रहरीद्वारा सीमानाकामा नेपाली नागरिकसँग गरिने लुटपाट, अभद्र व्यवहार तथा ज्यादतीका घटना छन !

    ऊ) प्रवासी नेता कार्यकर्तालाई राजनीतिक नेतृत्वले चुनावमा मात्रै मतदाता सम्झने अवस्थाको अन्त्य गरी अरू समयमा पनि नेपाली नागरिकको दुःख पीडामा मल्हम लगाउने अवस्थाको सिर्जना होओस् भन्ने नेपाली जनताको चाहनालाई वर्तमान नेतृत्वले विशेष ध्यान दिनुपर्छ !

    नेपालको अर्थतन्त्रमा प्रवासी नेपालीहरूले पठाएको रेमिट्यान्सले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । प्रवासी नेपालीको कमाई उत्पादनमूलक क्षेत्रमा निवेश हुनुको साटो अन्यत्र अनुत्पादक क्षेत्रमा लगानी भएको छ ।

    ए) भारतलगायत तेस्रो मुलुकमा लाखौँको संख्यामा नेपालीहरू कार्यरत छन् । तेस्रो मुलुकमा प्रवेशात्राको आवश्यकता भएको हुँदा केही तथ्यांक होला तर, भारतमा नेपालीहरूको वास्तविक संख्या के कति छ ? कुनै तथ्यांक छैन् । भारतमा रहेको नेपालीहरूको तथ्यांक तयार पार्न सरकारबाट आवश्यक पहल गरियोस् ।

    ११) महान जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने कुरा प्राथमिकतामा राख्नुपर्छ । प्रतिक्रियावादी र अवसरवादीहरुबाट पूर्वजनमुक्ति सेनालाई भड्काउने षडयन्त्र भइरहेको सन्दर्भमा उनीहरुलाई वैचारिक र सांगठनिकरुपले संरक्षण दिएर संगठित गर्ने नीति लिनुपर्छ ।

    सहिद, बेपत्ता, घाइते र अपाङ्ग परिवारको अभिलेखीकरण गरी स्थिति हेरेर उनीहरुलाई उचित सहयोग गर्ने नीति स्पष्ट हुनुपर्छ । जनयुद्धको इतिहासको संरक्षणका लागि युद्ध संग्रहालय निर्माण गर्ने पीएचडी स्टूडेंट्सले अध्ययन खोज गर्ने कुरा उल्लेख गर्नुपर्छ ।

    १२) नेपाली समाजको वर्ग विश्लेषण गर्न अनिवार्य छ । स्थानीय वर्गसंघर्षलाई आन्दोलनसँग जोड्ने कडीलाई विकास गर्नुपर्छ । साथै पार्टी कामका तत्कालीन नीति, कार्यक्रम र योजनाहरुको बारेमा दस्तावेजमा आयो । तर, सरकारसम्बन्धी विगतदेखि वर्तमानसम्मको समीक्षा र तीनै तहका सरकार सञ्चालनसम्बन्धी अवधारणा छुट्टै शीर्षक बनाएर स्पष्ट आउनुपर्‍यो ।

    (टिप्पणीकार खड्का माओवादीनिकट अखिल भारत नेपाली एकता मञ्चका उपमहासचिव हुन् । उनी माओवादीको आठौ महाधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी छन् ।)

  • माओवादीमा प्रश्न– कोही चिल्ला कारमा, कोही खाडीमा किन ?

    माओवादीमा प्रश्न– कोही चिल्ला कारमा, कोही खाडीमा किन ?

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको जारी बन्दसत्र अन्तरगत समूहगत छलफलको ‘रिर्पोटिङ’ सकिएको छ।

    आज सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारी, सल्लाहकारहरुको समूह बाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहबाट जगत सिंखडा, समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट मानबहादुर धामी, समूह २२ बागमती प्रदेशबाट इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, समूह ११ गण्डकी प्रदेशबाट देबेन्द्र पराजुलीले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए ।

    यस्तै जेष्ठ कम्युनिष्ट मञ्चको समूहबाट नन्दकुमार प्रसाई, समूह ८ लुम्बिनी प्रदेशको तर्फबाट सुदर्शन बरालमगर, केन्द्रीय विभागबाट घनश्याम रजक, समूह २५ जनवर्गीय संगठन तथा मोर्चाबाट सुरेश आलेमगर, समूह ९ लुम्बिनी प्रदेशबाट नारायण अधिकारी र प्रदेश नं. २ बाट भवानी थापाले वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि आ–आफ्नो समूहमा भएका छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए।

    समूह २२ बागमती प्रदेशबाट सँगै युद्ध लडेका कोही नेता चिल्ला कारमा हिँडेका र कोही खाडीका पुगेको भन्दै यस्तो अवस्था किन आयो भनेर प्रश्न उठेको थियो ।

    समूहमा उठेको प्रश्नबारे इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले भने– ‘सँगै युद्ध लडेका मध्य कोही चिल्ला कारमा र कोही खाडीमा जानुपर्ने अवस्था किन आयो ? शान्ति प्रक्रियामा आएपछि कार्यकर्ताहरुको व्यवस्थापन किन कमजोर भयो भन्ने प्रश्न उठेको थियो ।’

    ५० प्रतिशत निर्वाचन र ५० प्रतिशत कार्य सम्पादन मूल्यांकन अंक कायम गर्ने संगठन ढाँचा अपनाउनुपर्ने, केन्द्रीय नेताहरुको सम्पत्ति विवरण वार्षिक सार्वजनिक गर्नुपर्ने, केन्द्रीय समितिसहित सबै तहका समितिहहरुको आकार घटाइ दुई अंकको बनाउनुपर्ने लगायतका सुझावहरु आएको पनि रिर्पोटिङ भएको थियो ।

    यस्ता छन् समूहगत छलफलका सुझाव:-

    –२१ औं शताब्दीको समाजवादको स्पष्ट व्याख्या तथा समाजवादी क्रान्तिको चरणवद्ध कार्यक्रमसहित स्पष्ट कार्यदिशा तय गर्नुपर्ने

    –प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि सार्नुपर्ने

    –अहिलेसम्मलाई एक कार्यकाल मानी एक व्यक्ति प्रधानमन्त्रीमा दुई कार्यकाल, मन्त्री र सांसदमा चार कार्यकालभन्दा बढी हुन नहुने

    –पार्टी कमिटीको प्रमुख पदमा दुई कार्यकाल मात्र काम गर्नुपर्ने

    –समानुपातिक पदहरुमा एक कार्यकालमात्र पठाउनु पर्ने र अवसरहरुको वितरणमा आलोपालो प्रणाली अवलम्बन गर्नुपर्ने

    –पार्टीमा ७० वर्षीय उमेर हद तोकेर अनिवार्य अवकाशको व्यवस्था गर्नुपर्ने

    –नेतृत्व चयनमा ५० प्रतिशत निर्वाचन र ५० प्रतिशत कार्य सम्पादन मूल्यांकन अंक कायम गर्नुपर्ने

    –केन्द्रीय नेताहरुको सम्पत्ति विवरण वार्षिक सार्वजनिक गर्नुपर्ने

    –सुदृढ पार्टी निर्माणको लागि केन्द्रीय कमिटीसहित सबै तहका कमिटीहरुको आकार घटाइ दुई अंकको बनाउनुपर्ने

    –पार्टी परित्याग गरी पुनः पार्टीमा फर्किने नेता कार्यकर्ताहरुलाई एक तह घटुवा गरी संगठित गर्नुपर्ने

    –नेताहरुले आफ्नो छोराछोरीहरुलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने

    –पार्टीभित्र सबै नेता कार्यकर्ताहरुको सांस्कृतिक आचरण सम्बन्धी आचारसंहिता बनाई कडाइका साथ पालना गराउनुपर्ने

    –शहीद परिवार, घाइते–अपाङ्गता भएका योद्धाहरुको उचित व्यवस्थापन र सम्मान गरिनुपर्ने

    –सरकारमा सहभागी हुने नेताहरुको कार्यमूल्यांकन हुनुपर्ने

    –पार्टीको निर्णय अनुसार काम नगरेमा तत्काल फिर्ता बोलाउनुपर्ने

    –नेताहरुको सार्वजकि जीवनका बारेमा सार्वजनिक सुनुवाई गर्ने विधि बनाउनुपर्ने

    –राजनीतिक नियुक्ति र लाभको पदमा पठाउने सम्बन्धी मापदण्ड बनाउनुपर्ने र सम्बन्धित समितिको सिफारिसमामात्र पठाउनुपर्ने

    –एकै परिवारबाट एक जनाभन्दा बढीलाई त्यस्तो लाभको पदमा पठाउन नहुने

    –शहीद परिवार तथा घाइते वा तिनका परिवारहरुलाई रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने

    –क्रान्तिकारी कम्युनिष्टहरुको एकीकरणमा जोड दिनुपर्ने

    –आत्मनिर्भर अर्थतन्त्र निर्माणको खाका ल्याउनुपर्ने

    –हरेक प्रदेशमा एक एक वटा प्राविधिक विश्वविद्यालय खोल्ने कार्यक्रम ल्याउनुपर्ने

    –चुरे दोहन र अवैध नदी उत्खनन् रोक्ने खालको कार्यक्रम ल्याउनुपर्ने

    –नेपाली समाजको अहिलेको प्रधान अन्तरविरोध र नेपाली समाजको विशेषताको आधारमा वर्ग विश्लेषण गर्नुपर्ने

    –एमसीसी संझौता खारेज गर्नुपर्ने, विश्व कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था बारे प्रतिवेदनमा उल्लेख गरिनुपर्ने

    –देशभित्रका विभिन्न राजनीतिक शक्तिहरुको चरित्र विश्लेषण गर्नुपर्ने

    –पार्टीको जिल्ला समन्वय समिति, प्रदेश निर्वाचन क्षेत्र वा संघीय निर्वाचन क्षेत्र मध्ये एउटालाई कार्यकारी बनाउनुपर्ने

    –जातीय मामिला विभाग गठन गर्नुपर्ने

    –माओवादी संस्कार, संस्कृति कस्तो हुनुपर्छ भन्ने प्रशिक्षण हुनुपर्ने

    –सिमा अतिक्रमणबारे प्रतिवेदनमा उल्लेख हुनुपर्ने

    –पार्टीमा पूर्ण समानुपातिक पद्धति हुनुपर्ने

    – गुटबन्दी अन्त्य हुनुपर्ने

    –गणेश प्रवृत्ति र नेताहरुको घरमा पुग्नेले मात्रै अवसर पाउने संस्कृति अन्त्य हुनुपर्ने

  • प्रदेश २: सात प्रमुख र १० उपप्रमुखसहित माओवादीका एक सयभन्दा बढी जनप्रतिनिधिले रोजे एमाले

    प्रदेश २: सात प्रमुख र १० उपप्रमुखसहित माओवादीका एक सयभन्दा बढी जनप्रतिनिधिले रोजे एमाले

    रौतहट । नेकपाले दल दर्ताको मान्यता नपाएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिएसँगै प्रदेश २ का स्थानिय तहमा माओवादीबाट निर्वाचित करिब एक सय जन प्रतिनिधिले एमाले रोजेका छन् ।

    एमाले स्थायी कमिटीका सदस्य प्रभु साहका अनुसार स्थानीय तहका मेयर तथा अध्यक्ष सात जना, उपमेयर तथा उपाध्यक्ष १० जनाले एमालेमा आएका छन् ।

    ‘सात प्रमुख र १० उपप्रमुख मात्र होइन, माओवादी परित्याग गरेर एमाले आउने वडा अध्यक्षहरूको संख्या करिब ८० नाघिसकेको छ,’ साहले भने ।

    तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकवाट विजयी चार जना वडा अध्यक्ष एमालेमा प्रवेश गरेका छन् भने थप प्रवेश गर्ने तयारीमा छन् । माओवादी परित्याग गरी एमाले रोज्ने रौतहटका तीनवटा नगरपालिका छन् भने पर्साका दुई, महोत्तरीका एक जनासहित सात मेयर÷अध्यक्ष रहेका छन् ।

    रौतहटबाट मौलापुरकी मेयर रिना साह, कटहरियाका मेयर सियाराम कुश्वाह, इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता छन् भने पर्साका जगरनाथपुरका अध्यक्ष जालिम मियाँ र छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले पनि माओवादी परित्याग गरी एमाले प्रवेश गरेका छन् ।

    शम्शी गाउँपालिकाका अध्यक्ष शेख फारुकले पनि माओवादी परित्याग गरी एमाले रोजेका हुन् भने धनुषा बिदेह नगरपालिकाका मेयर बेचन दासले पनि एमाले रोजेका छन् । जगरनाथ पुरका मियाँ भने गत ८ पुसमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका ग्रहण गरी एमाले रोज्ने पछिल्लो स्थानिय तहका प्रमुख हुन् ।

    रौतहटका कटहरिया र मौलापुर नगरपालिका तथा धनुषाको बिदेह नगरपालिकामा मेयर र उपमेयरले एमाले रोजेका छन् । पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैले माओवादी परित्याग गरी एमाले रोजेका स्थायी कमिटी सदस्य साहले जानकारी दिए ।

    उनका अनुसार माओवादी परित्याग गरी एमाले रोज्ने स्थानीय तहका उपप्रमुख र अध्यक्ष अधिकांस रौतहट, पर्सा र धनुषाका रहेका छन् ।

    जसअनुसार धनुषा बिदेह नगरपालिकाकी उपमेयर निलम देवी मण्डल र सबैला नगरपालिकाकी उपमेयर निलुदेवी कापर, शहिद नगरपालिकाकी उपमेयर शिलादेवी कापरले एमाले रोजेका छन ।

    यसैगरी रौतहटको फतुवा बिजयपुर कान्तिदेवी, देवाही गोनाहीकी उपमेयर परनिया देवी, मौलापुर नगरपालिकाका उपमेयर गौरीशंकर प्रसाद साह, माधवनारायण नगरपालिकाकी उपमेयर सिमलकुमारी साह, यमुनामाई नगरपालिकाकी उपमेयर गीतादेवी साह, इशनाथ नगरपालिकाकी उपमेयर हुसने आराले पनि माओवादी परित्याग गरी एमाले रोजेका हुन् ।

    पर्साका छिपहरमाई गाउँपालिकाकी मेयरसहित उपमेयर मामोदिना खातुनले पनि माओवादी परित्याग गरी एमाले रोजेका छन् ।

    ‘रौतहटका ३६ मध्ये २८ वडा अध्यक्षले माओवादी परित्याग गरेर एमालेमा आएका छन् भन तत्कालीन फोरमका चार वडा अध्यक्ष पनि एमालेमा प्रवेश गरिसकेका छन्,’ साहले भने, ‘अहिलेसम्म प्रदेश २ बाट माओवादीसहित अन्य पार्टी परित्याग गरेर आउने वडा अध्यक्षहरूको संख्या ८० नाघेको छ, वडा सदस्यहरूको संख्या गन्न भ्याइएको छैन, यो क्रम चुनावसम्म पुग्दा अझै बढने छ ।’

    माओवादी परित्याग गर्ने जनप्रतिनिधि बढिरहेको जनाउँदै केही समय निर्वाचनको सम्मुखमा प्रदेश सांसदहरू पनि एमालेमा प्रवेश गर्ने तयारीमा रहेको एमाले नेताहरू बताउँछन् ।

  • माओवादी स्थायी समिति बैठक सकियो, प्रचण्डले पुरक प्रस्तावको समेत जवाफ दिने

    माओवादी स्थायी समिति बैठक सकियो, प्रचण्डले पुरक प्रस्तावको समेत जवाफ दिने

    काठमाठौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सकिएको छ। समूहगत छलफलको निष्कर्ष २५ वटै समूहले रिर्पोटिङ सकाएपछि लगत्तै प्रज्ञाभवनमै बैठक बसेको थियो ।

    बैठकमा समूहगत छलफलमा आएका सुझाव, पुरक प्रस्ताव र अध्क्ष पुपष्कमल दाहाल ‘प्रचण्ड’ले दिने जवाफबारे छलफल भएको स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिए । आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ प्रचण्डले भोलि दिँदै छन् । उनका प्रतिवेदनमाथि नेताहरु राम कार्की, लेखनाथ न्यौपाने लगायतले पुरक प्रस्ताव समेत पेस गरेका छन् ।

    गजुरेलले समूहगत छलफलमा उठेका प्रश्न र पुरक प्रस्तावहरुको समेत जवाफ दिने बताए । ‘अध्यक्षले पुरक प्रस्तावहरुको समेत जवाफ दिनुहुन्छ,’ गजुरेलले भने, ‘उहाँले सबैको चित्त बुझ्नेगरि जवाफ दिन्छु भन्नु भएको छ।’

    कलस्टर अनुसारको संख्या टुंग्याउने जिम्मा पाएको कार्यदलले काम नसकाएले केन्द्रीय समितिबारे भने छलफल नभएको गजुरेलले बताए । क्लस्टरअनुसार प्रतिनिधित्व हुने संख्या टुंग्याउन माओवादी केन्द्रले पाँच सदस्यीय बनाएको थियो ।

    देव गुरुङ, विष्णुपुकार श्रेष्ठ, जनार्दन शर्मा, लीलामणि पोखरेल र शक्ति बस्नेत सदस्य रहेको कार्यदललाई हिजो साँझसम्म काम सकाउने भनिएको थियो । तर, कार्यदलले आज पनि काम नसकाएको हो।

    माओवादीले केन्द्रीय समितिमा महिलाका लागि ३५, दलितका लागि १५ र मुस्लिमका लागि ५ प्रतिशत प्रतिनिधित्व गराउने व्यवस्था विधानमा गरेको छ। कार्यदलले प्रतिवेदन दिएपछि फेरि स्थायी समिति बसेर केन्द्रीय समिति घोषणाबारे निर्णय लिने छ।

  • माओवादी महाधिवेशन – समूहगत सुझावको प्रस्तुति सकियो, प्रचण्डले भोली जवाफ दिने

    माओवादी महाधिवेशन – समूहगत सुझावको प्रस्तुति सकियो, प्रचण्डले भोली जवाफ दिने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तरगत समूहगत सुझावको प्रस्तुति सकिएको छ ।

    अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमाथि २५ समूहमा भएको छलफलको प्रस्तुति सकिएको हो ।

    बिहीबारसम्म २५ समूहका नेताहरुले आफ्नो समूहबाट आएको सुझावहरु प्रस्तुत गरेका थिए ।

    भोली एकबजेबाट फेरि बन्दसत्र सुरु हुनेछ । अनुशासन, लेखा र विर्नाचन आयोगको प्रतिवेदन बन्दसत्रमा पेश भएर पारित भएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको छ ।

  • लेखनाथ न्यौपानेको फरक मत- प्रचण्डको प्रतिवेदन दक्षिणपन्थी संशोधनवादी दिशामा (पूर्णपाठ)

    लेखनाथ न्यौपानेको फरक मत- प्रचण्डको प्रतिवेदन दक्षिणपन्थी संशोधनवादी दिशामा (पूर्णपाठ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् । यसअघि नेता राम कार्कीले पुरक प्रस्ताव राखेका थिए ।

    न्यौपानेले १० बुँदाको फरक मतमा प्रचण्डको प्रतिवेदनले वाम बाटो नसमातेको टिप्पणी गरेका छन् ।

    सर्वहारा वर्गको आकार र अवस्था आदिबारे खोज, अध्ययन र निष्कर्षबिनाको प्रतिवेदनले ‘समाजवादको नेपाली बाटो’ शीर्षकलाई सही सिद्ध गर्न नसक्ने उनको भनाइ छ ।

    न्यौपानेले भनेका छन्, ‘दक्षिणपन्थी संशोधनवादी दिशामा सोझिएको प्रतिवेदन माओवादी कम्युनिष्ट पार्टीको महाधिवेशनको प्रतिवेदन कसरी हुन्छ ? पहिलो, शान्तिपूर्ण प्रतिस्पर्धाबाट आजसम्म दुनियाँमा न कतै समाजवाद आएको थियो, न आउने सम्भावना नै छ ।’

    ‘महाधिवेशनको अर्थ, मूल्य र गुरुत्व जुन हुन्छ त्यो अनुसार विषय र नीतिको कोणबाट यो प्रतिवेदन, प्रतिवेदनको समग्र तहमा संगठित छैन । विचार, दृष्टिकोण र दिशामा सातौं महाधिवेशनको प्रतिवेदन भन्दा पछाडि फर्किएको यो प्रतिवेदनले आजका भित्री र बाहिरी समस्याहरुको हल दिन सक्दैन’, न्यौपानेले भनेका छन्, ‘कि अध्यक्ष कमरेडले लेख्नुभएको हुनाले जस्तो भए पनि प्रतिवेदनकै स्तरमा आएको छ भन्नु पर्‍यो कि त सम्मेलनको तयारीको अन्तिम क्षणमा महाधिवेशन भन्ने निर्णयको परिणाम भन्नुपर्‍यो । नत्र यो प्रतिवेदनले महाधिवेशनको गरिमा र ओज बोक्दैन ।’

    नेपाली समाजको चरित्र अथवा अन्तरविरोधहरु, वर्गहरूबीचको सम्बन्ध र संघर्ष, उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे विश्लेषण नगरिएको भन्दै प्रतिवेदन माथिमाथि उडान गरेको तर जमिनमा खुट्टा नटेकेको आरोप उनको छ ।

    नेता न्यौपानेको फरक मतको पूर्णपाठ जस्ताको तस्तै :

    हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशन (११–१५ पुस २०७८) मा अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि निम्न विषयमा म लेखनाथ न्यौपाने फरक मत राख्दछु ।

    १. महाधिवेशनको अर्थ, मूल्य र गुरुत्व जुन हुन्छ त्यो अनुसार विषय र नीतिको कोणबाट यो प्रतिवेदन, प्रतिवेदनको समग्र तहमा संगठित छैन । विचार, दृष्टिकोण र दिशामा सातौं महाधिवेशनको प्रतिवेदन भन्दा पछाडि फर्किएको यो प्रतिवेदनले आजका भित्री र बाहिरी समस्याहरुको हल दिन सक्दैन । कि अध्यक्ष कमरेडले लेख्नुभएको हुनाले जस्तो भए पनि प्रतिवेदनकै स्तरमा आएको छ भन्नु पर्यो कि त सम्मेलनको तयारीको अन्तिम क्षणमा महाधिवेशन भन्ने निर्णयको परिणाम भन्नु पर्यो । नत्र यो प्रतिवेदनले महाधिवेशनको गरिमा र ओज बोक्दैन ।

    २. यो प्रतिवेदन माथिमाथि उडान गरेको तर जमीनमा खुट्टा टेकेको छैन । जमीनमा खुट्टा टेकाउनको लागि नेपाली समाजको आजको चरित्र अथवा अन्तरविरोधहरु, वर्गहरुबीचको सम्बन्ध र संघर्ष, उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे अनिवार्य विश्लेषण हुनुपर्छ । त्यसैगरी तीव्र रुपमा भइरहेको आन्तरिक बसाइसराइ र यसले उत्पादन र राजनीतिक आन्दोलनमा पारेको दोहोरो नकारात्मक प्रभाव, विश्व श्रम बजारमा जाने नेपाली जनशक्ति र यसले पैसासँगै राजनीतिक धारणा एवं मतदानमा परिरहेको प्रभाव, विदेश पढ्न जाने विद्यार्थीको बढ्दो संख्या र राम्रो जीवनको खोजीमा विश्वका विभिन्न देशमा जाने नेपाली युवाको एक मात्र लक्ष्य, देशभित्र रहेका किसान, श्रमिक, अति गरीबीको रेखामुनि (२३ प्रतिशत) र गरीबीको रेखामुनि (५६ प्रतिशत) एवं हामीले भन्ने गरेको सर्वहारा वर्गको आकार र अवस्था आदिबारे खोज, अध्ययन र निष्कर्ष विना न प्रतिवेदन जमीनमा टेकेको हुन्छ न त प्रतिवेदनको शीर्षक ‘समाजवादको नेपाली बाटो’ लाई सही सिद्ध गर्न सकिन्छ ।

    ३. यो प्रतिवेदनले वाम बाटो समातेको छैन । दक्षिणपन्थी संशोधनवादी दिशामा सोझिएको प्रतिवेदन माओवादी कम्युनिष्ट पार्टीको महाधिवेशनको प्रतिवेदन कसरी हुन्छ ? पहिलो, शान्तिपूर्ण प्रतिस्पर्धाबाट आजसम्म दुनियाँमा न कतै समाजवाद आएको थियो, न आउने सम्भावना नै छ । उहिल्यै १९५६ मा बदनाम भएको ख्रुश्चोवी लाइन अनुसार जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माण भन्ने विषय गम्भीर सैद्धान्तिक विचलन हो । तत्काल वा कार्यनीतिक रुपमा शान्तिपूर्ण प्रतिस्पर्धालाई अवलम्बन गर्ने हदसम्म ठीक मान्न सकिन्छ तर शान्तिपूर्ण प्रतिस्पर्धाबाट नै वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने धारणा दक्षिणपन्थ नै हुन आउँछ । दोस्रो, मार्क्सवादको रक्षा सिर्जनात्मक प्रयोग र थप विकास गर्ने उद्देश्यबाट चिप्लिएर प्रतिवेदनको धेरै ठाउँमा ‘प्रयोग र परिमार्जन’ भनिनु मार्क्सवाद विस्तारै छोड्दै जाने दक्षिणपन्थ हो । तेस्रो, कार्यशैली र संस्कृतिमा हामी जे भन्छौं त्यो गर्दैनौं र जे गर्छौं त्यो भन्न सक्दैनौं । यो कार्यशैली संस्कृतिमा देखिने अर्को दक्षिणपन्थ हो ।

    २०४८ मंसीरमा सम्पन्न नेकपा (एकता केन्द्र) को एकता महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनको नेपाली कम्युनिष्ट आन्दोलनका आधारभूत समस्याहरु उपशीर्षकको ४ नं. बुँदा हेर्दा प्रमाणित हुन्छ । त्यहाँ भनिएको छ ‘भनाइ र गराइमा एकरुपताको अभाव तथा सिङ्गो कम्युनिष्ट आन्दोलनकै सांस्कृतिक र नैतिक मूल्यमान्यताको नितान्त दयनीय अवस्थाको रोगका कारणले हामी ग्रसित छौं । हामीले जतिसुकै क्रान्तिकारी कुरा गरे पनि यदि त्यो हाम्रो दैनिक व्यवहार र आचरणसँग गाँसिएको छैन भने त्यो सिर्फ लफ्फाजी मात्र हुन जान्छ । नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि काम गरेर पनि नेतृत्वमा कम्युनिष्ट नैतिकता र आचरणको चिन्ताजनक हदसम्म अभाव पाइन्छ । सामान्यतः कार्यकर्ता र जनतामा नयाँ संस्कृति, नैतिक मूल्यमान्यता नेतृत्वबाट नै प्रसारित हुने कुरा हो । तर हाम्रो आन्दोलनको नेतृत्वको जीवनशैली, व्यक्तिगत आचरण र दिनचर्या सामन्ती र बुर्जुवाहरुको भन्दा खासै फरक पाइँदैन ।’

    अझ कतिपय अर्थमा त त्यो जस्तो कि भन्ने गरिन्छ ‘बुर्जुवा मानवतावादी’ को भन्दा पनि तल रहने गरेको छ । बोलीको ठेगान नहुने, निम्नस्तरको झूटो बोल्ने, आर्थिक हिनामिना गर्ने, भ्रष्ट यौन आचरण प्रदर्शन गर्ने, आफ्ना निम्ति विशेष सुविधाको माग गर्ने, संगठनमा जालझेल र षड्यन्त्र गरेर नेता बनिरहने, तानाशाही र उदारवादी बन्ने, संगठनलाई आफ्नो व्यक्तिगत पेवा वा सम्पत्ति सम्झने, बाहिर सर्वहारा आदर्शको कुरा गर्ने, भित्र लुकिछिपी जस्तोसुकै भ्रष्ट काम पनि गर्न पछि नपर्ने जस्ता नितान्त सामन्ती र बुर्जुवा नैतिकता हाम्रो आन्दोलनको नेतृत्वमा छरपस्टै देखापर्ने गरेका छन् । जबसम्म आन्दोलनको नेतृत्व यस किसिमका घातक र व्यक्तिवादी प्रवृत्तिबाट मुक्त हुँदैन, तबसम्म जनताको क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने र समाजलाई बदल्ने भन्ने कुरा ढाँट कुरा र ‘दिन काट्ने र काल पर्खने’ काम सिवाय केही हुँदैन । गत कालमा पार्टीमा अनावश्यक टुटफुट पार्ने, गुटबन्दी र षड्यन्त्र गर्ने कामको मूलमा नेतृत्वको सामन्ती र बुर्जुवा चिन्तनपद्धति र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहने गरेका छन् । पार्टीले यो प्रश्नलाई पूर्ण गम्भीरताका साथ लिएर समाधानका उपायहरुको खोजी गर्नै पर्दछ । अन्यथा ‘घुमिफिरी रुम्जाटार’ भने झैं हामी पनि संशोधनवादकै खाडलमा जाकिने कुरामा शंका रहन्न ।”

    पार्टी सानो हुँदा, सत्तामा नहुँदा एवं स्रोत र साधनमा कमजोर हुँदाका समस्या त त्यति डरलाग्दा थिए भने आज ती तीनै चिजमा डुबेको बेला समस्या हजार गुणा नकार रुपमा बढेका छन् । जिम्मा क–कसले लिने हो ?

    ४. बनिबनाउ बुर्जुवा राज्यसत्ता अन्तर्गत हामी सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने तरिका मौलिक होइन बरु मार्क्सवाद विरोधी हो । पहिलो, हाम्रै अनुभव छ कि जनयुद्धबाट आएर पहिलो चुनावमै त्यत्रो तागत सहित हाम्रै नेतृत्वमा सरकार बन्दा समेत जाबो एउटा सेनापति र पशुपतिको भट्ट फेर्न सकेनौं । दोस्रो, चुनावबाट आएको भेनेजुएलाका चावेज जो कम्युनिष्ट होइनन् वामपन्थी मात्र थिए उनले १९९८ मा निर्वाचित भएपछि पहिलो घोषणामा २२ हजार अमेरिकी सेनालाई २४ घण्टाभित्र भेनेजुएला छाड्ने आदेश दिए र अमेरिकासँगको सैन्य सम्बन्ध अन्त्यको घोषणा गरे । अल्मुनियम र तेलमा भएको वैदेशिक लगानीको अन्त्यको घोषणा गर्दैै राष्ट्रियकरण गरे र भूमिसुधार लागू गरेर जमीनदारहरुको जमीन किसानलाई वितरण गरे तर सैन्य रणनीति अन्तर्गतको एमसीसी परियोजनाप्रति हाम्रो लसपस र अस्वीकार्यको स्पष्ट धरणा नआउनु साथै माओवादी कम्युनिष्टहरुको नेतृत्वमा बनेका सरकारहरुले एक पटक पनि औपचारिक रुपमा कुख्यात सुगौली सन्धि लगायत अन्य असमान सन्धिबारे चुँसम्म नबोल्नु जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने सन्दर्भसँग बाझिन्छ । आगामी दिनमा सरकारमा गएर जनवादी क्रान्तिका बाँकी कार्यभार र समाजवादी आन्दोलनको नेतृत्व गर्ने सैद्धान्तिक र व्यावहारिक धरातल हाम्रो आजको राजनीति लाइनले सुरक्षित गर्दैन ।

    ५. २०६३ पछि हाम्रो नेतृत्वमा तीन वटा सरकार बने साथै त्यस अतिरिक्त प्राय: सबै सरकारमा हामी सहभागी छौं । एउटै पात्र पटकौं मन्त्री बनेको छ, उनीहरुको न पारदर्शिता र कार्यसम्पादन हितको मूल्याङ्कन छ, न त गणना गर्न लायक जनताले अनुभूत हुने गरी गुणात्मक कुनै काम नै भयो ? हाम्रै नेतृत्वमा प्रादेशिक सरकार छन् । तिनीहरुले अरु पार्टीले नेतृत्व गरेको सरकारभन्दा फरक के काम गरे ? स्थानीय सरकार हामीले जितेको ठाउँमा एउटा नमूना पालिका सरकार कतै छ ? यसको निर्मम समीक्षा नगरी सरकारदेखि सरकारसम्मको गोलचक्करले हामीलाई बदनाम मात्र बनाउँछ । जसरी सन् १९५९ को क्युवाली क्रान्तिभन्दा अघि सरकारमा गएका कम्युनिष्ट नेताहरुले गरेको भ्रष्टाचारले कम्युनिष्ट भन्ने शब्द नै घृणाको पर्याय बनेको थियो । त्यसकारण त्यहाँ कम्युनिष्टको नाममा क्रान्ति गरिएन । बरु क्रान्ति सम्पन्न भएपछि फिडेलहरुले आफू कम्युनिष्ट भएको सार्वजनिक गरे । हाम्रोतर्फबाट मन्त्री भएकाहरुको कुरा छाडौं, मन्त्रीका अधिकांश पिएहरुको मात्र सम्पत्ति छानबीन गर्ने हो भने बदनामीको डरलाग्दो चित्र देखापर्दछ । यसलाई पूराका पूरा सच्याइएन भने सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने कुरा काल्पनिक मात्र होइन, बदनामीको माध्यम हुनेछ ।

    ६. हाम्रो आन्दोलन ओरालो लाग्नाको र जनतासँगको सम्बन्ध कमजोर हुनाको मुख्य कारण पार्टीका नेताहरुको अपारदर्शी आर्थिक जीवन हो । हामीमाथि भ्रष्टाचार, कमिसन, घूस मार्फत अकुत सम्पत्ति थोपरेको गम्भीर आरोप छ । हाम्रो जीवनशैली र परिवार एवं नातागोताको फुर्ती हेर्दा अर्थमोह होइन भन्ने ठाउँ छैन । सम्पत्तिमाथिको निजी स्वामित्वको अन्त्य गर्दै समाजवादी र साम्यवादी समाज निर्माण गर्ने चेतना र आन्दोलन सीमित नेताहरुको वर्ग उत्थानमा गएर बदनाम हुने कुरो कसरी सहन सकिन्छ । त्यस कारण हाम्रा नेता, जनप्रतिनिधिहरु र लाभको पदमा गएका सदस्यहरुको सम्पत्ति छानबीन गर्न तत्काल पार्टीभित्र समिति बनाऔं । आन्दोलनको अख्तियारी दुरुपयोग गरेर सम्पत्ति थोपर्ने नेताहरुलाई पार्टीबाट कारबाही गर्ने आँट गरौं । अनि बल्ल समाजवादबारे छलफल गर्न सक्ने धरातल बन्छ ।

    ७. एकातिर हामीले दलाल पूँजीवाद विरुद्ध लड्ने कुरा गरेका छौं भने अर्कोतिर दलाल पूँजीवादको घोडा चडेर दौडिरहेको उदार पूँजीवादी शक्तिसँग रणनीतिक मोर्चा बनाएर अघि बढ्ने प्रगोग र घोषणामा छौं । यसलाई सैद्धान्तिक र व्यावहारिक रुपमा सच्याएनौं भने हामी पनि दलाल पूँजीवादको घोडसवार बन्नुको विकल्प छैन । शायद यही कारण प्रतिवेदनले हाम्रो समाजको वर्ग विश्लेषण गर्न चाहेन र कुन कुन राजनीतिक शक्तिले कुन वर्गको हितमा काम गरिरहेको भनेर विषय प्रवेश गर्न आवश्यक ठानेन । जुन वर्गसँग लडेर जित्नु छ, त्यही वर्गलाई मित्रशक्ति बनाउने व्यवहारले हाम्रो कार्यनीति, कार्यनीतिले रणनीतिलाई पुर्याउने योगदान र वैज्ञानिक समाजवादको आधार निर्माणको पहल अघि होइन पछाडि फर्कन्छ साथै यसले वर्ग संघर्षलाई अस्वीकार गर्दछ । जब वर्ग विश्लेषण र वर्ग संघर्षमा हामी मौन वा निष्क्रिय हुन्छौं तब पार्टीमा अन्तरसंघर्षविहीन मान्छेहरुको झुण्ड मात्र बाँकी रहन्छ । अन्तरसंघर्षविहीन पार्टी मृत पार्टी हुन्छ, जुन माओवादी हुनै सक्दैन ।

    ८. दलाल पूँजीवाद विरुद्ध लड्ने पार्टीले सबभन्दा पहिला त्यो प्रवृत्तिबाट मुक्त संगठन, नेता–कार्यकर्ता निर्माण गर्नैपर्छ । पसिना बगााएर वा उत्पादनसँग जोडिएका श्रमशील नेता–कार्यकर्ता समाजवादका खास आधार हुन् । श्रम नगर्ने वा उत्पादनसँग नजोडिएका नेता–कार्यकर्ताको सघनता जब पार्टीमा देखापर्दछ तब त्यहाँ दलाल पूँजीवादले हैकम चलाउँछ । विना पसिना, उत्पादनसँगको विना सहकार्य दैनिक लाखौं गरिने हाम्रा नेता–कार्यकताहरुको खर्चको स्रोत के हो ? हामीमाथि विरोधीले आक्रमण गर्ने हतियार यही हो । यसकारण दलाल पूँजीवादसँगको हाम्रो हितैषी सम्बन्धलाई व्यावहारिक अन्त्यको घोषणा, उद्योग/व्यापारबाट सम्पत्ति कमाएको तप्कालाई पार्टी समर्थक समूहमा झार्ने कार्यक्रम र विचौलिया धन्दाबाट सम्पत्तिवाल बनेको वर्गलाई पार्टीबाट निकाल्ने दृढताले मात्र हामी मार्क्सवादी बन्न सक्छौं । आधारभूत वर्ग धरातलमा हाम्रो आन्दोलनले खुट्टा टेक्छ । यसरी मात्र दलाल पूँजीवादका विरुद्ध लड्ने कार्यनीति कार्यान्वयन गर्ने ठाउँमा उभिने नैतिकता राख्दछौं ।

    ९. एमालेसँगको एकता सबै कोणबाट सही थियो भन्ने विषय प्रतिवेदनमा उल्लेख गर्ने कुरो समग्रतामा सही छैन । एमालेसँगको चुनावी तालमेल र कार्यगत मोर्चासम्मलाई सही मान्न सकिन्छ तर शान्तिपूर्ण संसदवादमा डुबेको, उदारवादी अर्थतन्त्रको घोडा चढ्ने र ओली जस्तो दक्षिणपन्थी विचारको नेतृत्वसँग छापामार तरिकाले गरिएको एकता सैद्धान्तिक र प्रक्रियागत हिसाबले गम्भीर गल्ती थियो । त्यस्तो पूँजीवादी पार्टीसँग एकता गरेर समाजवादको तयारी भन्ने आँट आजसम्म विना संकोच गरिरहेका छौं ? यो दक्षिणपन्थ होइन ? अदालतले दुई पार्टीलाई अलग बनाएपछि ओली त जान्थे गए तर ओलीलाई हामीले कारबाही गरेपछि बनाइएका अध्यक्ष सहितको समूह पेरिसडाँडाबाट लुरुलुरु धुम्बाराही जाने कुराले एकतालाई सही थियो भनेर पुष्टि गर्छ ? त्यसकारण त्यो गल्ती सामान्य उदारवादी कार्यशैलीमा मात्र सीमित थिएन, यसमा कमरेड प्रचण्डभित्र विकास भइरहेको व्यक्तिवादी अराजकता र संसदवादी रुझान पनि जिम्मेवार छ ।

    १०. हामी सबै मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ । तपाईंका प्राय: सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिंदैन । सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र । यसको एउटा उदाहरण तपाईंले नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको छ भने हामी भन्ने एक ठाउँमा मात्र । हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिष्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ । तपाईं आफैं सशरीर उपस्थित भएको ठाउँमा तपाईंका लस्करै तस्वीर राख्न कसले निर्देशन दिएको हो ? कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा शहीदहरुको तस्वीर राखेको भए हाम्रो संस्कृति कति सुसंगत हुन्थ्यो होला ?

    १४ पुस, २०७८

  • माओवादी महाधिवेशन : समूहगत सुझाव पेस गर्नेक्रम जारी

    माओवादी महाधिवेशन : समूहगत सुझाव पेस गर्नेक्रम जारी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत जारी बन्द सत्रमा दोस्रो दिन पनि समूहगत छलफलका निष्कर्ष पेस गर्ने क्रम जारी छ ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट प्रस्तुत ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथि मंगलबार समूहगत छलफल भएको थियो ।

    २५ समूहमध्ये हिजो ११ समूहले छलफलका निष्कर्ष पेस गरेका थिए। हिजो सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश नं. १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङले छलफलका निष्कर्ष बन्दसत्रमा प्रस्तुत गरेका थिए ।

    त्यस्तै प्रवास समन्वय समितिबाट मनऋषि धिताल, वागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गरेका थिए ।

    आज बाँकी समूहले छलफलका निष्कर्ष पेस गरेपछि अध्यक्ष प्रचण्डले जवाफ दिने छन् । त्यसपछि सुझावसमेत समेटेर प्रतिवेदन पारित हुनेछ । प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको चुनावी प्रक्रिया सुरू हुनेछ ।

  • राम कार्कीको विश्लेषण : जबजले जनताको सम्पदामाथि हमला गर्‍यो

    राम कार्कीको विश्लेषण : जबजले जनताको सम्पदामाथि हमला गर्‍यो

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको जारी बन्दसत्रअन्तर्गत आज समूहगत निष्कर्ष सुनाइदै छ । अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक र देव गुरुङले पेस गरेको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि हिजो २५ वटा समूहमा छलफल भएको थियो ।

    यी प्रतिवेदनसँगसँगै अर्को एउटा प्रतिवेदन पनि छलफलमा गयो, जुन प्रस्तुत गरेका थिए नेता राम कार्कीले । उनले ‘केही पुरक, केही नवीन धाराणा’ शीर्षकमा १२ पृष्ठ लामो प्रतिवेदन अघि सारेका छन् । यो प्रतिवेदनलाई प्रचण्डको प्रतिवेदनविरुद्ध फरक मतका रुपमा पनि अथ्र्याइयो । तर, कार्की स्वयम् भने फरक मत नभएर पुरक प्रस्ताव भन्छन् । प्रचण्डको प्रतिवेदन आउनुअघि नै आफूले यो लेखेको उनको भनाइ छ ।

    प्रचण्डको प्रस्ताव पुरै अध्ययन गरिनसकेको भन्दै उनले त्यसमाथि टिप्पणी गरेका छैनन् । अन्तर्यको हिसाबले पनि कार्कीको प्रतिवेदन प्रचण्डको प्रतिवेदनविरुद्धको फरकजस्तो छैन ।

    प्रतिवेदनमार्फत कार्कीले प्रचण्डको भन्दा केही फरक विषय उठान गरेका छन् । सबैभन्दा पहिले उनले अन्तर्राष्ट्रिय परिस्थितिको संक्षिप्त विश्लेषण गरेका छन् । नेपालका दुई छिमेकीहरु चीन र भारत अब किनाराका देशहरु नरहेको भन्दै कार्कीले एक–अर्काका शत्रु देश जस्तै बन्दै गइरहेकाले नेपालका लागि चुनौती थपिएको विश्लेषण गरेका छन् ।

    ‘उदाउँदो चीनलाई घेर्ने संयुक्त राज्य अमेरिकाको रणनीति अन्तरगत उसले भारतसँग सबै प्रकारको गठबन्धन गरिरहेको छ,’ उनको प्रतिवेदनमा भनिएको छ, ‘आफ्नो कुनै दीर्घकालीन रणनीति निर्माण गर्न असमर्थ हाम्रो नेपाल चीन र भारतबीच अवस्थित छ । शीतयुद्धको संघारमा हामीले बुद्धिमतापूर्वक देश र जनताको हित हुने तत्कालीन र दीर्घकालीन नीतिहरु अख्तियार गर्न सकेनौं भने हाम्रो भविष्य भयावह हुने निश्चित छ ।’

    पूँजीवादी विकासको उत्कर्षपछि युद्ध हुने भन्दै कार्कीले त्यो मुलतः चिनीयाँ, भारतीय, ब्राजीलियन र इण्डोनोसीयाली कामदार वर्गकै बलमा सम्पन्न हुने उल्लेख गरेका छन् । त्यसमा नेपाली उत्पीडित वर्ग पनि सामेल हुनुपर्ने उनको तर्क छ ।

    ‘पूँजीवादी विकासको चरणमा पुगेपछि युद्ध अपरिहार्य बन्न जान्छ, यसबाट बच्ने चिनियाँ प्रयास प्रशंसनीय त छ तर भविष्यले चीनलाई कुन प्रकारको रणनीति अख्तियार गर्न वाध्य पार्ला त्यो भने अनिश्चित छ,’ कार्कीको प्रतिवेदनमा भनिएको छ, ‘जे होस् कतिपय माक्र्सवादी अर्थशास्त्रीका अनुसार विश्व पुँजीवादलाई विचरण गर्न अब कुनै नयाँ भूगोल बाँकी छैन । त्यसैले त्यसको अन्त्य पनि मुख्यतः चिनीयाँ, भारतीय, ब्राजीलियन र इण्डोनोसीयाली कामदार वर्गकै बलमा सम्पन्न हुनेछ ।’

    उनले आफ्नो प्रतिवेदनमा गणतन्त्र र संघीयताबारे पनि उल्लेख गरेका छन् । नेपालको गणतन्त्र मौलिक रुपमा आएको भन्दै कार्कीले गणतन्त्रले जात व्यवस्था र पितृसत्तात्मक सोचलाई अन्त्य गर्नुपर्ने उल्लेख गरेका छन् । ‘हाम्रो गणतन्त्र जात व्यवस्था विनाश गर्ने प्रभावी हतियार बनेर विकसित हुनुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो गणतन्त्रले पितृसत्तात्मक सोचलाई क्रमशः निर्मुल गर्दै जानुपर्दछ । हाम्रो गणतन्त्रले परम्परा, स्वायत्तता आदिको मुखुण्डो लगाएर बाँचिरहन चाहने जडतालाई समाप्त गर्न सक्नुपर्दछ ।’

    उनले थपेका छन्, ‘राजनीतिक रुपमा स्थापित भएको गणतन्त्रलाई हाम्रो विद्यालयमा, कामका विभिन्न क्षेत्रहरूमा (यहाँसम्म कि घरमा) विस्तार गर्न, विकसित पार्न चुक्यौं भने हाम्रो गणतन्त्रले आफ्नो अर्थ, मूल्य र ग्राह्यता गुमाउनेछ ।’ त्यस्तै शिक्षा, कृषि, स्वास्थ्य, उद्योग नीतिहरूमा पनि गणतन्त्र टड्कारो भएर देखा पर्नुपर्ने उनको मत छ ।

    संघीयता ‘बुख्याँचा’ सावित हुने खतरा रहेको उनको टिप्पणी छ ।

    नीति निर्माणमा जनताको विशेषतः उत्पीडित हिस्साको सहभागिता सुनिश्चित नभएसम्म प्रजातन्त्रको सर्वाङ्गिण विकास हुन सक्दैन,’ उनले भनेका छन्, ‘चौरमा, चौतारामा, विद्यालय परिसरमा, गन्द्री, राडीपाखी आदिमा बसेर कुलो, कुलेसो, पुलपँधेरा, बाटोघाटो, स्वास्थ्यकेन्द्र, विद्यालय आदिबारे नीति निर्माण गर्न सकियोस् भन्ने उद्देश्यका साथ हामीले संघीयतालाई आफ्नो राजनीतिक मुद्दा बनाएका हौं ।’

    तर, त्यसमा विकृति आएको उनको तर्क छ । ‘यो निर्धन मुलुकका जनप्रतिनिधिहरू करोडौंको गाडीमा सवार भएर न्वारान, पास्नी, जन्मदिन मनाउने आतिथ्य सत्कार गरुन् भन्ने उद्देश्य हाम्रो कदापि थिएन,’ कार्कीको मत छ, ‘संघीयताले बजेटको एउटा हिस्सा स्थानीय तहमा त ल्याईदियो तर, त्यसको विचरण र अनुगमनको संयन्त्र तयार हुन सकेको छैन । अर्थात्, मजदुर–किसान जस्ता आधारभूत तहका जनताको निगरानी ती विकास निर्माण आदिमा कायम हुन नसक्दासम्म हाम्रो संघीयता जनतालाई पीडा प्रदान गर्ने ‘बुख्याँचा’ सावित हुनेछ ।’

    एमाले नेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादलाई लिएर कार्कीले आलोचनात्मक टिप्पणी गरेका छन् । जनताको सम्पदामाथि दलीय नियन्त्रण निम्त्याएको र पार्टीहरुमा उपभोक्तावादी प्रवृत्ति बढाएको विश्लेषण समेत कार्की छ ।

    ‘नेकपा एमालेको कथित जनताको बहुदलीय जनवाद भन्ने कार्यक्रम अगाडी आएसँगै वन जंगल, खानेपानी, विद्यालय, स्वास्थ्य सेवा लगायत समुदायका सबै सम्पदाहरुमाथि पार्टीको वर्चश्व कायम गर्ने अभियान चलाइयो,’ उनको प्रतिवेदनमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले सेकताप गरेको यही अभियानका कारण आज जनसमुदाय निरिह र मौन बनेका छन् । उनीहरुको जिवन्त गतिविधिलाई सामान्यतया एमालेको र छिटफट रुपमा अरु पार्टीहरुको नियन्त्रणमा बन्दी बनाईएको छ ।’

    यसकै कारण जनता आफ्नो सामान्य आवश्यकताका लागि पनि पार्टीअघि झुक्नुपर्ने स्थिति आएको उनको विश्लेषण छ ।

    ‘किसान एउटा हलोको निम्ति, मजदुर आफ्नो बालबालिका सरकारी विद्यालयमा दाखिल गर्नका निम्ति, सामान्य गृहस्थी घरमा धारा जडानका निम्ति, पार्टीका कर्ताधर्ता सामु झुक्न बाध्य छन्,’ कार्कीले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘यी सबै कारणहरुले गर्दा कम्युनिष्ट पार्टी र यसका नेताहरुमा बढ्दो उपभोक्तावाद र त्यसलाई पुरा गर्न अपनाइने राजनीतिक अवसरवाद अनियन्त्रित बनेको छ ।’

    उनले प्रतिवेदनमा केही नयाँ विषय पनि उठाएका छन् । सरकारमा पार्टी नभइ जनवर्गका स्वयंसेवी संगठनहरु पठाउनुपर्ने उनको विचार छ ।

    ‘सत्तामा पार्टी होइन जनवर्गका स्वयंसेवी संगठनहरु पठाउने विधि नै सर्वोत्तम विधि हो,’ उनको प्रतिवेदनमा भनिएको छ, ‘तर, हाललाई यो असम्भव नभएपनि अत्यन्त कठिन छ । यदि यो नीति लागू गर्न सम्भव छैन भने हामीले अर्को कारगर नीति तर्जुमा गर्नैपर्दछ जसले गर्दा पार्टी र यसका नेताहरु जनसमूहको निगरानी र नियन्त्रणमा रहुन् । यसको निम्ति पार्टी जनवर्गलाई केवल वैचारिक रुपमा नेतृत्व गर्नमा सीमित बन्नु पर्दछ ।’

    पार्टीलाई चुनाव लड्ने र सरकार बनाउनेमा सिमित पार्न नहुने उनको धारणा छ । ‘हामी हाम्रो गतिविधिलाई चुनाव लड्ने र सरकार बनाउने सीमाभित्र बन्दकी बनाउने छैनौं,’ काकीले भनेका छन्, ‘माक्र्सवादको आधारभूत सिद्धान्तमा आधारित नरहेको जनताको बहुदलीय जनवाद भन्ने फेबियनिष्ट कार्यक्रमले एमालेको पतन गराएको इतिहासबाट मनग्गे शिक्षा लिनु पर्छ ।’

    उनले तत्काल गर्नुपर्ने काम भन्दै मुलतः शिक्षा, स्वाथ्य र कृषिबारे पार्टीको कस्तो नीति रहन्छ भन्ने विषय पनि उठाएका छन् । समाजमा रहेको जात व्यवस्था, पितृसत्तात्मक सोच र विज्ञानभन्दा आस्थालाई प्राथमिकता दिने सोचलाई निषेध गर्नु आजको शिक्षाको प्रमुख आवश्यकता रहेको कार्कीको प्रतिवेदनमा उल्लेख छ।

    ‘विज्ञानमा भरोसा गर्ने, सबै मानवलाई समान ठान्ने, मानवलगायत आफ्नो ग्रहप्रति संवेदनशील नयाँ मान्छे तयार पार्नु हाम्रो शिक्षाको मूल उद्देश्य हुनेछ,’ भनिएको छ, ‘यसका निम्ति हाम्रो पार्टी पाठ्यक्रममा व्यापक परिवर्तन ल्याउन प्रतिबद्ध छ। नेपाली समाजको आवश्यकता एकातिर, शिक्षाले तयार पार्ने शिक्षित जनशक्ति अर्कोतिर रहेको विद्यमान अन्तरविरोधलाई समाधान गर्न हामी भूगोल, संस्कृति, अर्थतन्त्र आदिको आधारमा बेग्ला–बेग्लै भूगोलमा फरकफरक पाठ्यक्रम तयार पार्ने कामलाई अगाडि बढाउने छौं ।’

    पार्टीका इकाइहरूले नियमित रुपमा विद्यालयको अनुगमन गर्ने र आफ्नो पार्टी सदस्यले निर्वाचन जितेको इकाईमा अनिवार्य रुपमा कुल बजेटको दश प्रतिशत वा त्यसभन्दा माथिको रकम शिक्षामा र घटिमा दश प्रतिशत बजेट स्वास्थ्यमा छुट्याइने उनको दस्तावेजमा उल्लेख छ ।

    खेतबारीलाई कारखानामा फेर्ने सोचबाट चाँडै मुक्त हुनुपर्ने कार्कीको प्रतिवेदनमा जोड दिइएको छ ।

    ‘निर्वाहमुखी कृषिलाई औद्योगीकरण गरेर नेपाली समाजको कायापलट गर्ने नाममा खरबौं रुपैयाँ खर्च भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘परिणाम हाम्रो अगाडि छ । त्यसैले खेतबारीलाई कारखानामा फेर्ने यो पूँजीवादी भ्रमबाट जतिछिटो सचेत बन्यो, त्यति नै नेपाललाई फाइदा हुनेछ ।’

  • बन्दसत्रमा सुझाव : ‘प्रचण्ड युग’ घोषणा गर्नेदेखि भारतलाई विस्तारवादी भन्नेसम्म

    बन्दसत्रमा सुझाव : ‘प्रचण्ड युग’ घोषणा गर्नेदेखि भारतलाई विस्तारवादी भन्नेसम्म

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पुस ११ गतेदेखि राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको चौथो दिन बुधबार समूहगत छलफलका निष्कार्ष सुनाइयो ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथि हिजो समूहगत छलफल भएको थियो । २५ वटा समूहमा छलफल भएकोमा आज ११ वटा समूहले छलफलको निस्कर्ष रिर्पोटिङ गरेका छन् भने बाँकीले भोलि ११ बजेबाट पुनः राख्ने छन् ।

    सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश नं. २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश नं. १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङले छलफलका निष्कर्ष बन्दसत्रमा प्रस्तुत गरेका थिए ।

    त्यस्तै प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गरेका थिए ।

    छलफलका क्रममा प्रचण्ड युगको घोषणादेखि भारतलाई विस्तारवादी शक्ति लेख्नुपर्नेसम्मका सुझाव आए । ‘प्रचण्ड युग’ घोषणा गर्नुपर्ने सुझाव वागमती प्रदेशले दिएको हो । वागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले समूहको सुझाव पेस गरेका थिए।

    तीन दशकयता माओवादी एजेण्डाले देशको नेतृत्व गरिरहेका र त्यसको केन्द्रिकृत नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको भन्दै त्यस्तो सुझाव दिइएको सहयात्रीले बताएका छन् ।

    ‘तीन दशक यता माओवादी एजेन्डाले नै नेतृत्व गरिरहेको छ,’ नेपाल प्रेससँग कुरा गर्दै सहयात्रीले भने, ‘समाजवादको यात्रा कस्तो हुन्छ भन्ने सन्दर्भमा माओवादीले नै बहस गरिरहेको छ । त्यसकारण कम्तिमा माओवादी युगको घोषणा गर्नुपर्छ । त्यसको केन्द्रीकृत नेतृत्व प्रचण्ड हो । त्यसो हुनाले प्रचण्डको नामाकरणको रुपमा पनि यसलाई लैजानुपर्छ भन्ने भावमा समूहमा उठेको विषय वस्तुलाई मैले प्रस्तुत गरेको हुँ ।’

    छलफलका क्रममा प्रचण्डपथ ब्युँताउनुपर्ने सुझाव आएको पनि उनले बताए । ‘हामीले प्रचण्डपथ छोडेका थियौं,’ सहयात्रीले भने, ‘यो व्यक्तिको नामाकरण थिएन, विचार थियो । त्यसकारण अहिले पनि त्यसलाई प्रचण्ड विचारकै रुपमा उत्थान गर्न पनि सकिन्छ या अरु केही नामाकरण पनि गर्न सकिन्छ भन्ने पनि आएको छ।’

    प्रचण्डको प्रतिवेदनमा अमेरिकालाई साम्राज्यवादी शक्तिका रुपमा व्याख्या गरिएको भए पनि भारतबारे मौन भएको भन्दै उसलाई विस्तारवादी शक्ति लेख्नुपर्ने सुझाव आएको हो । यसअघि भारतको चर्को विरोध हुने प्रचण्डको प्रतिवेदन यसपटक भने भारतबारे मौन छ ।

    यस्ता छन् सुझावका मुख्य–मुख्य बुँदा

    –कर्णाली प्रदेशमा बालबिबाह र बहुबिबाह अन्त्यको पहल गर्नुपर्छ । पार्टी सदस्यले बालबिबाह वा बहुबिबाह गरे कडा कारबाही गर्नुपर्छ र यो अभियान वडासम्म लैजानुपर्छ ।

    –जनयुद्धकालमा लगाइएका सबै खाले मुद्दाहरू तत्काल खारेज गर्न पार्टीले पहल गर्न पर्दछ ।

    –सबैलाई सम्मानसहित प्रमाणपत्र तथा परिचय पत्र दिने व्यवस्था गर्नुपर्दछ । जनयुद्धका सहिद परिवार, बेपत्ता परिवार, घाइते तथा अपाङ्गहरूलाई रोजगारी आर्थिक सुविधा प्रमाणपत्र र परिचयपत्र उपलब्ध गराइनु पर्दछ । तिनलाई सांगठनिक जिम्मेवारीमा समेटिने व्यवस्था हुनुपर्दछ ।

    –जनमुक्ति सेनावारे शान्ति प्रक्रियाअघि र पछि स्वैच्छिक अवकास लिएका र क्यान्टोनमेन्टमा बसेका गरी पाँच कोटीमा जनमुक्ति सेनालाई राखी तिनीहरूको आवश्यक आर्थिक व्यवस्थापनसहित सांगठनिक जिम्मेवारीमा समेटिने व्यवस्था हुनुपर्दछ ।

    –धनकुटाको खोकु छिन्ताङको किसान विद्रोहको विषयमा पनि प्रतिवेदनमा उल्लेख गरियोस् ।

    –प्रतिवेदनमा एसएसबीले मारेका कञ्चनपुरका गोविन्द गौतम र तुइन काटिएर वेपत्ता जयसिंह धामीको कुरा समेट्नुपर्छ ।

    – वेपत्ता परिवारको पनि छुट्टै कलस्टर बनाउनुपर्छ ।

    –हरेक तहका कमिटीमा दुई कार्यकाल बढी बस्न नपाइने व्यवस्था गर्नुपर्छ

    –पार्टीभित्र आचरण, संस्कृति, वर्ग उठान, एनजिओको बारेमा स्पष्ट दृष्टिकोण आउनुपर्छ । प्रत्यक्ष कार्यकारी प्रमुख हुने प्रणालीको वकालत गर्नुपर्छ र सरकारमा सहभागी हुनेहरूको आचरणबारे कडा निगरानी गर्नुपर्छ ।

    –पार्टीका केन्द्रीय सदस्यका छोराछोरीलाई सामुदायिक (सरकारी) विद्यालयमा अनिवार्य पठाउने व्यवस्था गर्नुपर्छ ।

    –कालापानी, लिपुलेक, लिम्पियाधुराको नक्सा पारित गरेको स्वामित्व ओलीलाई नदिएर हामीले लिनेगरी दस्तावेजमा प्रष्ट उल्लेख गर्नुपर्छ ।

    –साम्राज्यवादी उत्पीडनको ठोस रूप के हुन स्पष्ट गरिनुपर्छ ।

    –माओदेखि प्रथम सहिद लखन चौधरी लगायत प्रतिनिधिमुलक सबै शहिदको नाम लेख्नुपर्छ ।

    –प्रतिवेदनमा माक्र्सवादको परिमार्जन होइन सिर्जनात्मक विकास भन्नुपर्‍यो ।

    –कोभिडले विश्व अर्थतन्त्रमा पारेको असर उल्लेख हुनुप¥यो ।

    –चिनियाँ कम्युनिस्ट पार्टीको नीति, अर्थतन्त्र र त्यहाँको राजनीतिबारे स्पष्ट उल्लेख हुनुपर्‍यो ।

    –प्रतिवेदनमा पार्टीको आगामी योजना र कार्यक्रम असाध्यै कमजोर आएको छ । यसको गम्भीरतापूर्वक पुर्नलेखन गर्नपर्‍यो ।

    –भारतबारे पनि प्रतिवदेननमा स्पष्टरुपमा बोल्नुपर्छ । अमेरिकालाई साम्राज्यवादी भन्दा भारतलाई विस्तारवादी भन्नुपर्छ ।

    –समानुपातिक प्रतिनिधितव जाती, क्षेत्रको आधारमा मात्रै नभएर बर्गको आधारमा पनि हुन पर्‍यो । त्यसमा मजदुर, किसान आदिलाई पनि समेट्नुपर्छ ।

    –बेरोजगारगार समस्या र युवा बिदेश पलायन रोक्ने ठोस आधारसहित दस्तावेजले बोल्नपर्‍यो ।

    –एमसीसी खारेज गर्नपर्छ भन्ने ।

    –श्रम नगर्ने असभ्य हो भन्ने संस्कृति बिकास गर्नुपर्छ ।

  • माओवादीका बाग्मती अध्यक्षले गरे ‘प्रचण्ड युग’ घोषणाको प्रस्ताव

    माओवादीका बाग्मती अध्यक्षले गरे ‘प्रचण्ड युग’ घोषणाको प्रस्ताव

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा ‘प्रचण्ड युग’ घोषणा गर्नुपर्ने माग उठेको छ ।

    माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत बुधबार समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा वागमती प्रदेशका तर्फबाट यस्तो सुझाव आएको हो ।

    वागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले समूहको सुझाव पेस गर्दै यस्तो माग गरेका थिए ।

    तीन दशकयता माओवादी एजेण्डाले देशको नेतृत्व गरिरहेका र त्यसको केन्द्रिकृत नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको भन्दै त्यसको माग गरिएको सहयात्रीले बताए।

    ‘तीन दशक यता माओवादी एजेन्डाले नै नेतृत्व गरिरहेको छ,’ नेपाल प्रेससँग कुरा गर्दै सहयात्रीले भने, ‘समाजवादको यात्रा कस्तो हुन्छ भन्ने सन्दर्भमा माओवादीले नै बहस गरिरहेको छ । त्यसकारण कम्तिमा माओवादी युगको घोषणा गर्नुपर्छ । त्यसको केन्द्रीकृत नेतृत्व प्रचण्ड हो । त्यसो हुनाले प्रचण्डको नामाकरणको रुपमा पनि यसलाई लैजानुपर्छ भन्ने भावमा समूहमा उठेको विषय वस्तुलाई मैले प्रस्तुत गरेको हुँ ।’

    छलफलका क्रममा प्रचण्डपथ ब्युँताउनुपर्ने सुझाव आएको पनि उनले बताए। ‘हामीले प्रचण्डपथ छोडेका थियौं,’ सहयात्रीले भने, ‘यो व्यक्तिको नामाकरण थिएन विचार थियो । त्यसकारण अहिले पनि त्यसलाई प्रचण्ड विचारकै रुपमा उत्थान गर्न पनि सकिन्छ या अरु केही नामाकरण पनि गर्न सकिन्छ भन्ने पनि आएको छ।’

  • प्रचण्डले भने– नेतृत्व चयन लोकतान्त्रिक तरिकाले हुन्छ

    प्रचण्डले भने– नेतृत्व चयन लोकतान्त्रिक तरिकाले हुन्छ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक तरिकाले नेतृत्व चयन हुने बताएका छन् ।

    बुधबार आठौं महाधिवेशन अन्तर्गतको बन्द सत्र कार्यक्रमबाट बाहिरिने क्रममा छोटो प्रतिक्रिया दिँदै प्रचण्डले भने – ‘राम्रोसँग, एकदम लोकतान्त्रिक तरिकाले नेतृत्व चयन हुन्छ।’

    हिजो दुई प्रतिवेदनमाथि २५ समूहमा छलफल भएको थियो । आज ११ समूहले समूहगत छलफलको निष्कर्ष सुनाएका थिए । भोलि बाँकी १४ समूहले निष्कर्ष सुनाएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने छ ।

  • माओवादी नेतृत्व चयन – बन्दसत्रबाट कि बन्द कोठाबाट ?

    माओवादी नेतृत्व चयन – बन्दसत्रबाट कि बन्द कोठाबाट ?

    काठमाडौं । केही समयअघि सम्पन्न भएको नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बन्दकोठाभित्र केन्द्रीय सदस्य र पदाधिकारीको सूची बनाएको विषय निकै विवादित बन्यो । प्रतिनिधिको प्रजातान्त्रिक अधिकारलाई कुल्चिँदै अध्यक्षले एकाधिकार जमाएको भनेर सामाजिक सञ्जालमा तीब्र आलोचना भएको थियो ।

    अहिले एमालेपछिको दोस्रो ठूलो कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रको महाधिवेशन काठमाडौंमा जारी छ । र, एमालेको दृष्टान्तबाट कुनै पाठ नसिकिकन माओवादीले पनि बन्दकोठाभित्रै नेतृत्वको सूची बनाउने भएको छ । एमालेमा जस्तै सूचीमा नपरेकाहरूलाई चुनाव लड्ने अधिकार भने सुरक्षित गरिनेछ ।

    आज समूहगत छलफलको निष्कर्ष सुनाउने काम भइरहेको छ । अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले प्रस्ताव गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न २५ समूह बनाइएको थियो । आज ११ समूहले सुझाव दिएका छन् भने बाँकी १४ समूहले भोलि प्रस्तुत गर्नेछन् । समूहगत छलफलको निष्कर्ष सुनाउने काम सकिएपछि प्राप्त सुझावलाई समेत समेटेर दुवै दस्तावेज पारित गरिनेछ । त्यसपछि महाधिवेशन नेतृत्व चयनमा प्रवेश गर्ने छ ।

    माओवादी विधानअनुसार केन्द्रीय समितिको चयन महाधिवेशन हलले गर्छ भने पदाधिकारीको चयन केन्द्रीय समितिले गर्छ । महाधिवेशनले केन्द्रीय समिति सदस्य नियुक्त गर्ने र केन्द्रीय समितिले पदाधिकारी नियुक्त गर्ने विधानको प्रावधान हो । हालै भएका प्रदेश सम्मेलनमा पनि त्यही विधि अपनाइएको थियो । प्रतिनिधिहरूले प्रदेश समिति चयन गरेका थिए भने प्रदेश समिति सदस्यहरूले प्रदेश पदाधिकारी छानेका थिए ।

    केन्द्रमा पनि त्यसै विधि अपनाइने छ । जारी महाधिवेशनमा पनि पदाधिकारीको प्रत्यक्ष चुनाव हुँदैन । प्रत्यक्ष चुनाव हुन सक्ने भनेको केन्द्रीय सदस्यहरूको हो । माओवादीका २९९ केन्द्रीय सदस्यमध्ये ९० प्रतिशत महाधिवेशनबाट चयन हुने व्यवस्था छ । बाँकी १० प्रतिशत मनोनित हुनेछन् । केन्द्रीय सदस्यमा पनि चुनाव हुने सम्भावना त्यति बलियो छैन ।

    यसरी छानिनेछन् केन्द्रीय सदस्य

    माओवादी केन्द्रीय समितिमा समावेशी क्लस्टरअनुसार प्रतिनिधित्व गराइने छ । क्लस्टरअनुसार प्रतिनिधित्व हुने संख्या टुंग्याउन माओवादी केन्द्रले पाँच सदस्यीय कार्यदल समेत बनाएको छ । हिजो बसेको स्थायी समिति बैठकले देव गुरुङ, विष्णुपुकार श्रेष्ठ, जनार्दन शर्मा, लीलामणि पोखरेल र शक्ति बस्नेत सदस्य रहेको कार्यदल बनाएको थियो ।

    कार्यदललाई आज साँझसम्म क्लस्टर अनुसारको संख्या टुंग्याएर दिन कार्यदेश छ । माओवादीले केन्द्रीय समितिमा महिलाका लागि ३५, दलितका लागि १५ र मुस्लिमका लागि ५ प्रतिशत प्रतिनिधित्व गराउने व्यवस्था विधानमा गरेको छ ।

    त्यस्तै ४० वर्ष उमेरमुनिका २० प्रतिशत युवालाई केन्द्रीय समितिमा राख्ने माओवादीले व्यवस्था गरेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलाई दुर्गम क्षेत्रको नयाँ क्लस्टर थप्ने तथा मधेसी, थारू, जनजातिलगायत अन्य क्लस्टरलाई संविधानमा भएको व्यवस्थाअनुसार संख्या निर्धारण पनि कार्यदलले नै गर्ने छ ।

    कार्यदलले प्रत्येक क्लस्टर अनुसारको नाम र संख्या टुंग्याएपछि अध्यक्ष प्रचण्डले महाधिवेशन हलमा केन्द्रीय सदस्यहरूको नामावली पेस गर्ने छन् । हलले त्यसलाई अनुमोदन गरे केन्द्रीय सदस्यका लागि चुनाव हुने छैन । नभए चुनावी प्रक्रिया शुरु हुने छ । प्रचण्डले पेस गरेको सूचीलाई कसैले चुनौती नदिने नेताहरूको विश्वास छ ।

    ‘बन्दसत्रमा पेस गर्ने कुरा औपचारिकताका लागि हो, केन्द्रीय समितिको चयन हुने भनेको बन्दकोठाभित्रै हो,’ एक नेताले भने ।

    त्यसो त माओवादीले चुनावी प्रक्रियाका लागि केन्द्रीय निर्वाचन आयोग पनि बनाएको छ । पार्टीले आग्रह गरे आफूहरू चुनाव गर्न जति बेला पनि तयार भएको आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ बताउँछन् ।

    हलबाट केन्द्रीय सदस्यको टुंगो लागेपछि पदाधिकारी चयनमा प्रवेश हुने छ । सबै पदाधिकारीमा सहमतिको प्रयास हुने बताइएको छ । सहमति नजुटे निर्वाचन प्रक्रिया सुरू हुने छ र २९९ केन्द्रीय सदस्यले पदाधिकारीका लागि मतदान गर्ने छन् ।

    माओवादी केन्द्रमा यसपाली अध्यक्षमा प्रचण्डलाई पुनः अनुमोदन गरेर अन्य पदाधिकारी खाली राख्ने सम्भावना छ । अध्यक्षमा प्रचण्ड निर्विकल्प भएकाले केन्द्रीय समितिले अध्यक्षमा उनको नाम पुनः अनुमोदन गर्नेछ । अन्य पदाधिकारीका भने धेरै अकांक्षी भएकाले प्रचण्डलाई नेताहरूको व्यवस्थापन गर्न गाह्रो छ । त्यसमा पनि महासचिवका आकांक्षी धेरै भएपछि प्रचण्डका लागि यो टाउको दुखाइको विषय पनि हो ।

    दाबेदार धेरै भए पनि महासचिवमा जनार्दन शर्मा र वर्षमान पुन मुख्य दाबेदार हुन् । उनीहरू दुवैजना प्रचण्डका प्रिय भएकाले कुनै एकलाई महासचिवमा चयन गर्न प्रचण्डलाई सकस छ । चीनमा उपचार गराइरहेका महासचिवका एकजना दाबेदार वर्षमान पुन महाधिवेशनमा आएका छैनन् । स्वास्थ्य उपचार नटुंगिएकाले उनी नआएका हुन् । आफ्ना विश्वासपात्रको अनुपस्थितिमा प्रचण्डले नेतृत्व सम्बन्धी महत्वपूर्ण निर्णय लिने सम्भावना कम छ ।

    पुननिकट स्रोतले पनि उनलाई अप्ठ्यारो पर्ने गरी कुनै राजनीतिक निर्णय नलिने भनेर प्रचण्डले आवश्स्त पारेको बताएको छ । त्यसलाई समेत बहाना बनाएर प्रचण्डले पदाधिकारी चयनको टाउको दुखाइलाई प्रचण्डले केही समय पर धकेल्ने देखिन्छ ।

  • माओवादीको महाधिवेशन दुई दिन लम्बियो

    माओवादीको महाधिवेशन दुई दिन लम्बियो

    काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन २ दिन लम्बिएको छ । समूहगत छलफलका सुझाव, नेतृत्व चयनलगायतका विभिन्न प्रक्रियाहरु बाँकी रहेकाले महाधिवेशन लम्बिने भएको हो ।

    अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको थियो । आज  ११ समूहले सुझाव पेस गरेका छन् । बाँकी १४ समूहको सुझाव भोलि प्रस्तुत गरिने र उठेका सवालमा अध्यक्ष प्रचण्डले जवाफ दिने छन् । त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया सुरू हुने बताइएको छ ।

    आजको बन्दसत्रपछि पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव पारित भएपछि नेतृत्व छनौटको प्रक्रियामा प्रवेश गर्ने बताए । ‘भोलि एक दिन बाँकी छ भ्याइँन्छ त ?’ भन्ने पत्रकारको प्रश्नमा महराले महाधिवेशन लम्बिने प्रष्ट पारे ।

    ‘भोलि भ्याइँदैनजस्तो छ महाधिवेशन लम्बिने नै भयो’, उनले भने ।

    महाधिवेशनस्थल बाट बाहिरिँदै प्रचण्डले लोकतान्त्रिक तरिकाले नेतृत्व चयन हुने बताए । उनले भने, ‘राम्रोसँग, एकदम लोकतान्त्रिक तरिकाले नेतृत्व चयन हुन्छ ।’

    माओवादीले १५ पुसमा महाधिवेशन समापन गर्ने तालिका बनाएको थियो । तर, अब महाधिवेशन १७ पुसम्म धकेलिने भएको छ ।

  • माओवादीमा छलफल- पार्टी एकता नभेटिन्जेल पिरलो, भेटेसी कुकुर-बिरालो जस्तो नहोस्

    माओवादीमा छलफल- पार्टी एकता नभेटिन्जेल पिरलो, भेटेसी कुकुर-बिरालो जस्तो नहोस्

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक दस्तावेज ‘२१ ओं शताब्दीमा समाजवादको नेपाली बाटो’ माथिको छलफल आज सकिँदैछ ।

    २५ वटा समूहमध्ये अधिकांशको छलफल सकिएको छ भने बाँकी रहेका समूहले आज सुझाव संकलन गर्दैछन् । सबै समूहका छलफलमा प्रचण्ड आफैं पनि केहीबेर उपस्थित भएका थिए ।

    समूहगत छलफलका क्रममा वागमती प्रदेशका सहभागीले प्रचण्डपथको विकसित रूप प्रचण्ड विचारका रूपमा दस्तावेजलाई संश्लेषण गर्न सुझाव दिएका छन् ।

    दस्तावेजमा अन्य राजनीतिक दललाई हेर्ने माओवादीको दृष्टिकोण नआएको तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नेपालको कम्युनिष्ट आन्दोलन र विशेषगरी माओवादीको स्थान कहाँ छ भन्ने प्रष्ट नआएको विषय समूहगत छलफलमा उठेको प्रेस सेन्टरका नेता मनोज घर्तीमगरले बताए ।

    त्यस्तै समूगत छलफलमा पार्टी एकताको विषयमा समेत प्रष्ट हुनुपर्ने भन्दै विगतको नेकपा एकताको गम्भीर समीक्षा आवश्यक रहेको विषय उठेको छ ।

    समूहगत छलफलको निष्कर्ष सुनाउँदै गण्डकीका प्रतिनिधि त्रिभुवन पौडेलले भने, ‘पार्टी एकता नभेटिन्जेल पिरलो, भेटेसी कुकुर बिरालो जस्तो नहोस् भन्ने सुझाव पनि आएको छ ।’

    समूहगत छलफलमा राम कार्कीको पूरक दस्तावेज भने समावेश भएको छैन । माओवादी केन्द्रको महाधिवेशनमा विधान र राजनीतिक दस्तावेजमाथिको छलफल सकिएपछि त्यसलाई परिमार्जनसहित पारित गरिनेछ ।

    त्यसपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने नेता देवेन्द्र पौडेलले नेपाल प्रेसलाई बताए । माओवादीको महाधिवेशन हलबाट केन्द्रीय समिति चयन हुनेछ । केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने विधानमा व्यवस्था गरिएको छ ।

  • प्रचण्डको प्रतिवेदनमा दलहरुलाई हेर्ने दृष्टिकोण नआएकोमा असन्तुष्टि, एमसीसी खारेज गर्नुपर्ने मत (भिडिओ रिपोर्ट)

    प्रचण्डको प्रतिवेदनमा दलहरुलाई हेर्ने दृष्टिकोण नआएकोमा असन्तुष्टि, एमसीसी खारेज गर्नुपर्ने मत (भिडिओ रिपोर्ट)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको जारी बन्दसत्रको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि सामूहिक छलफल भएको छ।

    प्रचण्डले पेस गरेको ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामा मंगलबार २५ वटा समूहमा छलफल भएका हुन् ।

    छलफलका क्रममा दलहरुलाई हेर्ने प्रष्ट दृष्टिकोण नआएको कुरा प्रतिनिधिहरुले राखेको उपत्यका विशेष प्रदेश समितिका सचिव सुरेन्द्र बस्नेतले बताए ।

    ‘एउटा राजनीतिक पार्टीको दस्तावेजमा मुलुकमा विभिन्न दलहरु क्रियाशिल छन्, ती पार्टीबारे अलग्गै शीर्षक राखेर पार्टीहरुलाई हेर्ने दृष्टिकोण आएन भन्ने कोणबाट सुझावहरु आएका छन्,’ बस्नेतले नेपाल प्रेससँग भने ।

    समूहगत छलफल भइरहेका विभिन्न स्थानमा पुगेर कुरागर्दा अन्य धेरै प्रतिनिधहिरुले पनि प्रतिवेदनमा त्यो विषय स्पष्ट रुपमा राखिनुपथ्र्यो भन्ने सुझाव दिएका छन् । धेरै समूहमा यहाँ उल्लेख गरिएकै सुझावहरु प्राप्त भएका छन् जुन यो भिडिओ रिपोर्टमा सुन्न सकिन्छ ।

    प्रचण्डको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचन भए पनि दलहरुलाई हेर्ने दृष्टिकोण प्रष्ट छैन् । यसअघि प्रचण्डकै प्रतिवेदनमा पनि दलहरुलाई हेर्ने दृष्टिकोण आएको हुन्थ्यो ।

    अर्को सुझाव एमसीसी खारेज गर्नुपर्छ भन्ने छ । ‘यदि साँच्चिकै राष्ट्रघाती प्रावधान सचिन्छन भने एउटा कुरा, होइन भने यथावत अवस्थामा एमसीसी कुनै हालतमा पारित गर्नुहुँदैन भन्ने छ,’ बस्नेतले भने, ‘एमसीसी खारेज गरिनुपर्छ भन्ने खालका विचार पनि त्यहाँ आए ।’

    कतिपय प्रतिनिधिले प्रचण्डपथ ल्याउनुपर्छ भन्ने खालका सुझाव पनि दिएका छन् । त्यस्तै समाजवादको प्राप्ती लागि गरिने संघर्षमा मित्र शक्ति को–को हुनसक्छन् भन्ने किटान पनि प्रष्ट रुपमा गरिनुपर्ने सुझाव आएको बस्नेतले बताए ।

    ‘समाजवाद प्राप्तीको दौरहानमा मित्र शक्ति बन्न सक्ने जति पनि शक्तिहरु पनि छन्,’ उनले भने, ‘उहाँहरुसँग एकताको नयाँ मोर्चा खोल्ने सन्दर्भमा पनि अलिकति थप स्पष्टताका साथ आउनुपर्छ भन्ने सुझाव पनि आयो ।’

    १५ वर्ष यताकै राम्रो प्रतिवेदन : पौडेल

    समूहगत छलफल भइरहेको स्थानमै भेटिएका स्थायी समिति सदस्य एवम शिक्षा मन्त्री देवेन्द्र पौडेलले भने प्रतिवेदन १५ वर्षयताकै राम्रो भएको बताए।

    ‘१५ वर्षमा माओवादीले प्रस्तुत गरेका प्रतिवदेनमध्य तुलनात्मक रुपमा छलफल, बहसका निम्ति अहिले आवश्यक भएका राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिलाई उठान गरेर नेपाली राजनीतिलाई बहसको उठानको नयाँ अध्यायका रुपमा मैले यो प्रतिवेदनलाई लिएको छु,’ पौडेलले नेपाल प्रेससँग भने ।

    यद्यपि प्रतिवेदनप्रति आफ्ना केही सुझाव पनि रहेको भन्दै उनले आफूले लिखित रुपमा दिने बताए। ‘सुझाव मैले लेखेर दिने कुरा छ, मैले लेखेर दिन्छु,’ पौडेलले भने, ‘तर, पनि सारभुत रुपमा संसारभरी नै समाजवादको संभावना छैन भनेर वैचारिक बहस चलाइराखेको बेलामा अबको नेपालमा र विश्वको ट्रेन्ड भनेको विकास, समृद्धि सहितको श्रमिक वर्गको स्वामित्व हुने प्रकृतिको समाजवाद हो र त्यो यस–यस कारणले सम्भव छ भनेको हुनाले यो प्रतिवेदनले ठिकै कुरा उठाएको मैले महसुस गरेको छु ।’

    हेर्नुहोस भिडिओ रिपोर्ट:

    भिडिओ : उमेश कार्की