Category: माओवादी केन्द्र

  • माओवादीले सबै १७ सय महाधिवेशन प्रतिनिधिको कोरोनाभाइरस परीक्षण गर्ने

    माओवादीले सबै १७ सय महाधिवेशन प्रतिनिधिको कोरोनाभाइरस परीक्षण गर्ने

    काठमाडौं । अध्यक्ष प्रचण्डसहित आधादर्जन नेतालाई कोरोनाभाइरस संक्रमण भएपछि नेकपा माओवादी केन्द्रले हालै सम्पन्न पार्टी महाधिवेशनका १७ सय सहभागी सबैलाई भाइरस परीक्षण गर्ने भएको छ । पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार सबै प्रतिनिधिलाई पीसीआर परीक्षण गराउन र स्वास्थ्य मापदण्ड अपनाउन कडाइपूर्वक निर्देशन दिएको बताए ।

    प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसहित आधा दर्जन नेता र पार्टी कार्यालयका कर्मचारीसहित एक दर्जनलाई कोभिड पुष्टि भइसकेको ढकालले जानकारी दिए। कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कोटेश्वरको पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा बिहीवारदेखि नै अतिआवश्यक बाहेकका काम बन्द गरिएको छ।

    प्रचण्डका स्वकीय सचिव रमेश मल्ललाई पनि सङ्क्रमण पुष्टि भएको छ।

    पुस ११ गतेदेखि १८ सम्म काठमाण्डूमा चलेको माओवादीको आठौँ महाधिवेशनमा १,७०० बढी प्रतिनिधि सहभागी थिए। महाधिवेशनपछि एकसाथ धेरैजनालाई सङ्क्रमण देखिएपछि सबै प्रदेश समितिमार्फत तर्कता अपनाउन र परीक्षण गर्न भनिएको ढकालले बताए ।

    माओवादी महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख दलका शीर्ष नेताहरूसमेत सहभागी भएका थिए।

  • सहमतिमै जिल्ला नेतृतव चयन गर्न ओलीको आग्रह (भिडिओ)

    सहमतिमै जिल्ला नेतृतव चयन गर्न ओलीको आग्रह (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै जिल्ला नेतृत्व चयन गर्न आग्रह गरेका छन् । शुक्रबार देशव्यापी रूपमा भइरहका जिल्ला अधिवेशनको केन्द्रीय कार्यालयबाट उद्घाटन गर्दै ओलीले सहमतिमै जोड दिएका हुन् ।

    ‘हामीले सहमतिमै जोड दिएका छौं,’ ओलीले भने, ‘हाम्रा अगाडिका चुनौतीको सामना गर्न र अवसरलाई साकार पार्न हामीले सहमतिमै जोड दिएका छौं ।’

    सहमति निर्माणका लागि मन नखुम्च्याइ लाग्न पनि ओलीले आग्रह गरे । ‘सकेसम्म मन नखुम्च्याइ सहमतिमा पुग्न, सहमतिका साथ नेतृत्व चयन गर्न आग्रह गर्न चाहान्छु,’ उनले भने, ‘सहमति नभएको खण्डमा चुनावमा जान आग्रह जान चाहन्छु ।’

    एमालेको ६१ जिल्लामा अधिवेशन सुरू भएको छ । बाँकी रहेका १६ जिल्लामा अनुकूल समयमा गरिनेछ ।

     

  • कोरोनाका कारण माओवादी केन्द्रीय समिति बैठक सर्‍यो, पदाधिकारी चयन प्रक्रिया लम्बियो

    कोरोनाका कारण माओवादी केन्द्रीय समिति बैठक सर्‍यो, पदाधिकारी चयन प्रक्रिया लम्बियो

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको २५ गतेको बैठक स्थगित भएको छ । कोरोनाका कारण बैठक माघ ८ गतेसम्मलाई सारेको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

    २५ गतेको बैठकमा पदाधिकारी चयन गर्ने बताइएको थियो । बैठक सरेसँगै अब पदाधिकारी चयन प्रक्रिया पनि ढिला हुने भएको छ ।

    केन्द्रीय कार्यालयका धेरै कर्मचारीालई कोरोना संक्रमण भएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो निवासमा हुने प्रत्यक्ष भेटघाट बन्द गरेका छन् ।

    माओवादी केन्द्रीय कार्यालयका कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहित ६ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि माओवादी केन्द्रीय कार्यालयसमेत बन्द गरिएको छ ।

  • अधिकांश कर्मचारीलाई कोरोना संक्रमण भएपछि माओवादी केन्द्रीय कार्यालय बन्द

    अधिकांश कर्मचारीलाई कोरोना संक्रमण भएपछि माओवादी केन्द्रीय कार्यालय बन्द

    काठमाडौं । कार्यालयमा कार्यरत अधिकांशलाई कोरोना संक्रमण भएपछि नेकपा (मा‌ओवादी केन्द्र) को केन्द्रीय कार्यालय बन्द गरिएको छ ।

    लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्याय, क्यान्टिन सञ्चालक सञ्जीव थापा, अंशु पुडासैनी, विनोद थापा लगायतलाई कोरोना संक्रण भएको बताइको छ ।

    अर्का कार्यालय सचिव श्रीराम ढकाल र आइटी प्रमुख शिव खकुरेललाई मात्रै संक्रमण नभएको बताइएको छ ।

    केन्द्रीय कार्यालयमा कार्यरत धेरैलाई कोरोना भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफ्नो निवासमा हुने भौतिक भेटघाटलाई आजदेखि बन्द गरेका छन् ।

  • कोरोनाको जोखिमका कारण प्रचण्डले आजबाट प्रत्यक्ष बधाई ग्रहण नगर्ने

    कोरोनाको जोखिमका कारण प्रचण्डले आजबाट प्रत्यक्ष बधाई ग्रहण नगर्ने

    काठमाडौं । नेकपा माओवादीका अध्यक्षमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डले कोरोनाका कारण भौतिकरूपमा बधाई तथा शु्भकामना ग्रहण गर्ने काम रोकेका छन् ।

    प्रचण्डको स्वकीय सचिवालयका अनुसार काठमाडौंका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीको सुझावलाई समेत ध्यानमा राखेर यो निर्णय लिइएको हो ।

    सचिवालयका तर्फबाट जारी गरिएको वक्तव्यमा पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गरिनेछ । कतिपय संवाद भेटघाट बैठक र छलफललाई प्रविधिको प्रयोगबाट सहजीकरण गरिने विज्ञप्तिमा उल्लेख छ ।

    केन्द्रीय कार्यालयका कतिपय जिम्मवार व्यक्तिलाई समेत कोभिड संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।

    ‘कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

  • माओवादी हराउन कांग्रेस बनेका पार्कीलाई बम्पर : राष्ट्रियसभा र माओवादी केन्द्रीय सदस्य एकैपटक

    माओवादी हराउन कांग्रेस बनेका पार्कीलाई बम्पर : राष्ट्रियसभा र माओवादी केन्द्रीय सदस्य एकैपटक

    काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) ले आफ्नो भागमा परेका उम्मेदवारहरू मंगलबार टुंग्यायो ।

    गठबन्धन मिलेर चुनाव लड्न लागेकाले माओवादीले ५ सीट पायो जसमा उम्मेदवार टुंग्याउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाएका थिए।

    प्रचण्डले छानेका पाँचजनामा डडेलधुराका जगत पार्की पनि छन् । हालैको माओवादीको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत चयन भएका पार्की दलित कोटामा सिफारिस भएका हुन् ।

    पार्की नेपाली कांग्रेसबाट माओवादीमा कहिले फर्किए भन्ने धेरैजसोलाई जानकारी नै थिएन । तर, एकाएक केन्द्रीय सदस्यमात्र होइन राष्ट्रियसभाको निश्चित जित्ने सीटमा उम्मेदवार समेत बनेपछि माओवादी नेताहरू नै चकित भएका छन् ।

    पार्कीको छवि भने विवादास्पद छ । पार्कीमाथि काठ तस्करीमा संलग्न भएको आरोप छ । उनलाई २०७१ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सालका ६२ थान गोलियासहित पक्राउ गरेको थियो ।

    अख्तियारको सुदूरपश्चिम क्षेत्रीय सम्पर्क कार्यालय महेन्द्रनगरबाट गएको टोलीले पार्कीको गाउँ आलीताल इलाका वन कार्यालयमा काठ तस्करी गरेको आरोपमा पक्राउ गरेको थियो ।

    पार्कीको छवि विग्रेको यही मामिलमा मात्रै होइन् । उनीमाथि बहुविवाह गरेको आरोप पनि छ । विवाहित पत्नी रहेकै बेला उनले डान्स बारमा जाँदा जाँदै बार गर्ललाई दोस्रो श्रीमती बनाएका थिए ।

    सांस्कृतिक विचलनमा लाग्नेहरूमाथि माओवादीमा कारबाही हुने गरेको भए पनि उनी भने पुरस्कृत भएका छन् ।

    पार्टीमा योगदान गरेका अन्य नेता हुँदाहुँदै पनि विवादास्पद पार्कीलाई राष्ट्रियसभाको उम्मेदवार बनाएको प्रति माओवादी सुदूरपश्चिममा पनि असन्तुष्टि प्रकट भएको छ ।

    डडेलधुरामा आफ्नै नेता हराउन लागेको समेत उनीमाथि आरोप छ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उठेका माओवादी नेता खगराज भट्टले २०७४ को चुनाव जित्ने अवस्था भएकोमा पार्की अन्तिम समयमा कांग्रेस प्रवेश गरेर हराउन भूमिका खेलेको माओवादीकै नेताहरू बताउँछन् ।

    माओवादीको सुदूरपश्चिम इन्चार्जसमेत रहेका भट्ट देउवासँग निरन्तर तीनवटा चुनाव लडिसकेका छन् र तीनवटैमा हार व्यहोरेका छन् । २०७४ मा एमाले र माओवादीको गठबन्धन बनेकाले उनले जित्ने सम्भावना भए पनि पार्कीले अन्तिम समयमा कांग्रेस प्रवेश गरेर खेल खेलेको आरोप उनीमाथि छ ।

    २०६४ मा भट्ट देउवासँग जम्मा १३ सय मतले पराजित भएका थिए । त्यस्तै ०७० मा साढे ८ हजार मतले हारेका थिए । २०७४ मा भने ६ हजार ९ सय ४८ मतले भट्ट पराजित भए । देउवाले २८ हजार ४ सय ४६ ल्याउँदा भट्टले २१ हजार ४ सय ९८ मत पाएका थिए । पार्की कांग्रेसमा नगइ सहयोग गरेका भए भट्टले चुनाव जित्ने माओवादी नेताहरू बताउँछन् ।

    उनले देउवाबाट पैसा लिएर कांग्रेसमा लागेको अरोप समेत सुदूरपश्चिमका नेताहरू बताउँछन् । ‘माओवादी पैसाका कारण विग्रिएको अरोप लगाएका उनी उल्टै पैसामा विकेर कांग्रेस गएका थिए,’ माओवादीका एक नेताले भने, ‘त्यस्ता मान्छेलाई पार्टीले फेरि अगाडि बढाउनु दु:खद हो ।’

    गठबन्धनको तर्फबाट २०७४ को निर्वाचनमा समानुपातिक सूचीमा समेत परेका पार्की चुनावको मुखैमा कांग्रेसमा प्रवेश गरेका थिए ।

    उनको गृहनगर अलितालमा आयोजित कांग्रेसको चुनावी सभामा पार्कीसहित माओवादी केन्द्र, डडेल्धुराका पूर्व इन्जार्च एवं केन्द्रीय सदस्यहरू जनक कलौनी, लक्ष्मी उप्रेती लगायत माओवादी कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए।

    उनीहरूलाई कांग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर कांग्रेसमा स्वागत गरेका थिए । उनले माओवादी छोड्नुको कारण चाहिँ एमालेसँग एकीकरणलाई निहुँ बनाएका थिए ।

    पार्की २०७४ को स्थानीय तहको निर्वाचनमा आलिताल गाउँपालिका अध्यक्षमा कांग्रेसकै बलबहादुर गुरुङसँग पराजित भएका थिए ।

    सर्वोच्चको गत फागुन २३ को फैसलापछि एमाले र माओवादी छुट्टिएपछि उनी पुनः माओवादीमै फर्किएका हुन् ।

    (तस्बिर क्याप्सन : २०७४ को चुनावको मुखमा कांग्रेस रोजेका पार्कीलाई स्वागत गर्दै शेरबहादुर देउवा)

  • मेयर रेनु दाहालले ५३ बुँदामा पेस गरिन् ४ वर्षमा गरेका काम (पूर्णपाठ)

    मेयर रेनु दाहालले ५३ बुँदामा पेस गरिन् ४ वर्षमा गरेका काम (पूर्णपाठ)

    चितवन । रेनु दाहालले भरतपुर महानगर सम्हालेको चार वर्ष पूरा भएको छ ।

    स्थानीय तहको चुनाव नजिकिँदै गर्दा मेयर दाहालले अहिलेसम्म गरेको कामको प्रगति विवरण सुनाइन् ।

    पत्रकार सम्मेलन गर्दै उनले चार वर्षका कामको ५३ सूची पेस गरिन् ।

    ‘मध्य नेपालको सुन्दर सहर समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ नारासहित दाहालले आफ्नो कार्यकालको सुरुआत गरेकी थिइन् ।

    यस्तो छ दाहालले सार्वजनिक गरेको कार्यप्रगति :

  • वर्षमान र जनार्दनबीच कुरा नमिले प्रचण्डले महासचिवमा तेस्रो व्यक्ति रोज्नुहुन्छ : देव गुरुङ (भिडिओ)

    वर्षमान र जनार्दनबीच कुरा नमिले प्रचण्डले महासचिवमा तेस्रो व्यक्ति रोज्नुहुन्छ : देव गुरुङ (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पार्टी र देशकै अभिभावक भएकाले उहाँलाई पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताएका छन् ।

    न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै गुरुङले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताए । पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरूको बारेमा टुंगो लगाउने र त्यो सबैको राय, परामर्श, सुझावका आधारमा हुने उनको भनाइ छ ।

    नेता गुरुङले भने, ‘सडकदेखि सरकारसम्मका सबै प्रक्रियाबाट जानुपर्ने अवस्थामा सायद एकल पदभन्दा पनि बहुपद नै उपयुक्त हुन्छ कि भन्ने कुरा उठेर विधानमा बहुपदको व्यवस्था गरिएको हो । र लिडरशीपको सन्दर्भमा अहिलेसम्मको आन्दोलनको प्रक्रियाबाट हेर्दा जनयुद्धभन्दा पूर्वदेखि जनयुद्धको १० वर्ष शान्ति प्रक्रिया, सबै प्रक्रियामा नेतृत्व गर्दै आइरहेको एउटा पुरानो निरन्तरताको लिडरशीप मुलुककै निम्ति एउटा अभिभावकजस्तो, संरक्षकजस्तो नेतृत्व रहेको हुनाले लिडरशीपको सन्दर्भमा उहाँकै नेतृत्व भएको कुरा स्वभाविक कुरा हो ।’

    नेता गुरुङले महासचिवका लागि वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर) बीच सहमति नभए तेस्रो व्यक्तिलाई अघि सारेर सहमतिमा ल्याउन प्रचण्डको प्रयास रहने बताए ।

    ‘उहाँहरूको दाबेदारी रहेको स्थितिमा अध्यक्ष कम्रेडले सहमतिमा लैजान पाए हुन्थ्यो भनेर सहमति जुटाउने अधिकतम प्रयास त गरिरहनु भएको छ । उहाँहरू दुईजना बीचमा सहमति हुन नसकिरहेको अवस्थामा तेस्रो सहमतिको उम्मेदवार खोज्नुपर्ने र सहमतिको लागि सिनियर कम्रेडहरु नै खोज्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ’, गुरुङले भने’, ‘अध्यक्षले चाहेको अवस्थामा निर्वाचन नगराइकन सहमतिमै जानुपर्छ भनिरहेको अवस्थामा लिडरशीपले सेटिङ गरेअनुसारको जिम्मेवारी नाईनास्ती गर्ने भन्ने कुरो भएन, अस्वीकार गर्ने भन्ने कुरा हुँदैन ।’

  • माओवादी महाधिवेशनको सन्देश– प्रचण्डको विकल्प पुष्पकमल

    माओवादी महाधिवेशनको सन्देश– प्रचण्डको विकल्प पुष्पकमल

    पछिल्लो समय देशका चार ठूला पार्टीको राष्ट्रिय महाधिवेशन भयो । एमाले, कांग्रेस र राप्रपाको महाधिवेशनको सन्दर्भ अलि पुरानियो । तर, माओवादी महाधिवेशनको सन्दर्भ आलै छ ।

    कुनै पनि राजनीतिक दल वा संघसंस्थाको अधिवेशनले दुई कुरा छिनोफानो गर्छ– नीति र नेतृत्व । नेपालका राजनीतिक दलमा नीतिमाथि गहिरो छलफल नहुने परम्परा नै स्थापित भइसकेको छ । बढीमा पद थप्नु वा घटाउनुलाई नै नीति निर्माण गरेको भन्छान्, राजनीतिक दल । अनि त्यसैमा मख्ख पर्छन्, कार्यकर्ता पंक्ति ।

    नेतालाई मात्रै होइन, कार्यकर्तालाई पनि नीतिको खासै मतलब हुँदैन । आफूनिकटका नेता नेतृत्वमा पुगे आफूले टेको पाउने आशमा आमकार्यकर्ता पंक्ति गुलाम बनिदिन्छन् । यो सबै दलको रोग हो ।

    तुलनात्मक रुपमा माओवादीले महाधिवेशनमा नीतिमाथि ‘गम्भीर छलफल’ भएको बताइरहेको छ । अध्यक्ष प्रचण्डले मानव समाजको उत्पतिदेखि हालसम्मका ऐतिहासिक विकासक्रमसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    समूह बनाएर छलफल भयो र माओवादी पंक्तिले यसलाई प्रचण्ड विचार वा प्रचण्ड युग घोषणा गर्नुपर्ने सुझाव पनि दियो । समूहका नेताले प्रतिवेदनमाथि बोले । राम कार्की र लेखनाथ न्यौपानेले फरक मत राखे । अन्तिममा फरक मतलाई फरक मतकै रुपमा राख्ने भन्दै प्रचण्डको प्रतिवेदन ताली बजाएर पारित गरियो ।

    नेतालाई मात्रै होइन, कार्यकर्तालाई पनि नीतिको खासै मतलब हुँदैन । आफूनिकटका नेता नेतृत्वमा पुगे आफूले टेको पाउने आशमा आमकार्यकर्ता पंक्ति गुलाम बनिदिन्छन् । यो सबै दलको रोग हो ।

    चारपाँच दिन लम्ब्याएर नीतिमाथि गम्भीर छलफल गरेको भन्दै भद्दा राजनीतिक प्रहसन गर्नुभन्दा प्रचण्डले प्रतिवेदन पेश गर्नेबित्तिकै पास भएको घोषणा गरेको भए हुने रहेछ । किनकि, न त्योबीचमा आएका कुनै सुझावलाई समेटियो, न फरक मतको सम्मान नै भयो ।

    बरु माओवादी वाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्रीले त देशमा ‘प्रचण्ड युग’ घोषणा गर्न माग गर्दै प्रचण्डको देवत्वकरण गरे । अरु धेरैले पनि सहयात्रीकै मार्ग पच्छ्याए । किनकि, माओवादी कार्यकर्तालाई प्रचण्डको देवत्वकरण नगरे कतिबेला पाखा परिने हो भन्ने मात्रै चिन्ता छ ।

    ‘माओवादी भनेकै प्रचण्ड, प्रचण्ड भनेकै माओवादी’ जस्तो भएको अहिले होइन । नेकपा एकता अघि तत्कालीन एमाले र माओवादीको कार्यदलमा छलफल हुँदा एकपटक सुरेन्द्र पाण्डेले माओवादीतर्फका कार्यदल सदस्यलाई तपाईंहरुको सदस्य संख्या कति हो, कमिटी प्रणाली के हो ? भन्दै डिजिटल कपी मागेछन् ।

    जवाफमा महराले भनेछन्– यस्ता कुरा गर्नुहुन्छ भने यो पार्टी एकता हुँदैन । हाम्रोमा सदस्यता, कमिटी भन्ने कुरा त्यस्तै हो, प्रचण्डले यो पार्टी छ भनेका दिनसम्म रहन्छ । विघटन भयो भनेका दिन आफैं विघटन हुन्छ ।

    नभन्दै नेकपा एकताको करीव ३ वर्षमा कुनै सांगठानिक काम भएन र तदर्थवादमै चलेको पार्टी अन्ततः पुनः एमाले र माओवादीमै विभाजित भएको छ । माओवादीको एउटा पंक्ति फुटेर एमालेमा बस्यो, एमालेको एउटा पंक्ति फुटेर अलग पार्टी बन्यो । नेकपा एकताको साइड इफेक्ट त्यति नै हो ।

    प्रचण्डविनाको माओवादी पार्टीको परिकल्पना सम्भवतः कसैले गरेका छैनन् र त्यो सम्भव छैन । प्रचण्डले २०५२ सालमा सशस्त्र द्वन्द्व सुरु गरेदेखि नै आफ्नो देवत्वकरण थालेका हुन् । त्यतिबेला माओवादी कार्यकर्तालाई सबैभन्दा बढी प्रचण्डको स्तुतिगान गाउन लगाइयो ।

    ‘बलिदान क्रान्तिको उर्जा हो’ भनेर तत्कालीन पूर्वी कमाण्ड इन्चार्ज आलोकले पोस्टरमा आफ्नो उक्ति राख्न लगाएपछि उनी कारबाहीमा परे र अन्ततः माओवादी छापामारकै कब्जामा रहेका बेला गाम भिडन्तमा मारिए भनिन्छ ।

    प्रचण्डले प्रायः आफ्नो स्तुतिगान आफैंले होइन, नेता कार्यकर्ताबाटै गराएका हुन्छन् । २०५७ सालको राष्ट्रिय सम्मेलनबाट प्रचण्डपथ उनको प्रस्तावमा होइन, मोहन वैद्यको प्रस्तावमा पारित भएको थियो ।

    जनयुद्ध सुरु भएपछि मिडियामा बाबुरामको मात्रै फोटो आउन थालेपछि प्रचण्डको फोटो सार्वजनिक गरिएको थियो । त्यसपछि नै माओवादीमा प्रचण्डबाहेक अरुको अस्तित्व स्वीकार गरिएन । चुनौती दिने आलोक मारिए, बाबुराममाथि कारबाही भयो र झण्डै मारिएको कुरा हिसिला यमीले पुस्तकमा लेखेकी छन् ।

    प्रचण्डविनाको माओवादी पार्टीको परिकल्पना सम्भवतः कसैले गरेका छैनन् र त्यो सम्भव छैन । प्रचण्डले २०५२ सालमा सशस्त्र द्वन्द्व सुरु गरेदेखि नै आफ्नो देवत्वकरण थालेका हुन् । त्यतिबेला माओवादी कार्यकर्तालाई सबैभन्दा बढी प्रचण्डको स्तुतिगान गाउन लगाइयो ।

    देवेन्द्र पौडेल, हिसिला यमी, दिनानाथ शर्मादेखि देवेन्द्र पराजुली र कल्पना धमलासम्मका नेताहरु कारबाहीमा परे । प्रचण्डले राता आँखे जनवादको प्रयोग युद्धकालदेखि गरेकै हुन् तर उनलाई ठेगान लगाउन सक्ने केपी ओली मात्र देखिए । नेकपा कालमा उल्टै केपी ओलीले उनलाई साइजमा राख्न खोजेपछि पार्टी नै फुट्यो ।

    कुनै पनि आन्दोलन वा क्रान्ति देवत्वकरणका विरुद्ध हुन्छ । विश्वमा जति आन्दोलन, क्रान्ति भए– समानता, स्वतन्त्रता र पहिचानका लागि भएका छन् । तर आफूलाई माओवादीका नेता कार्यकर्ताले समानता, स्वतन्त्रता र पहिचानको पर्याय प्रचण्डलाई मान्छन् । स्कूल नै त्यस्तो भयो ।
    प्रचण्डले सुरुदेखि नै माओवादीलाई आफ्नो प्राइभेट कम्पनी जस्तै बनाए । भन्न त प्रचण्डका कार्यकर्ताहरु अहिले एमालेलाई ओलीको प्रालि भन्छन् तर एमालेमा ओलीले चाहेको जस्तो मात्र हुँदैन । माओवादीमा चाहिँ प्रचण्डले चाहेजस्तो मात्र हुन्छ ।

    त्यसैले माओवादीको भर्खरै सम्पन्न महाधिवेशन पनि कुनै निजी वा पब्लिक कम्पनीको साधारणसभाभन्दा फरक भएन भनेर टिप्पणी गर्नेहरु छन् । हुन त प्रचण्डले मिडियाले अपमान गरेको भनेका छन् । तर महाधिवेशनका नाममा प्रचण्डको तजबिजबाहेक अरु के भयो ?

    राष्ट्रिय सम्मेलन भनेर प्रतिनिधि छानिए । तर प्रचण्डले ‘लौ अब महाधिवेशन’ भन्दिए । त्यसपछि राष्ट्रिय सम्मेलनका लागि आएका प्रतिनिधि प्रचण्डको एउटा बोलीबाट रातारात महाधिवेशन प्रतिनिधि भए ।

    कुनै पनि निजी वा पब्लिक कम्पनीमा कोही लगानीकर्ता वा सिइओ यतिधेरै हाबी हुँदैन होला, तर माओवादीमा प्रचण्ड यस्तो शक्ति हुन्– उनको बोली नै अन्तिम सत्य हो ।

    हुँदाहुँदा माओवादीलाई यसरी प्रचण्डको कम्पनी जस्तो बनाइयो कि, पार्टीको लोगोमा समेत प्रचण्डको फोटो राखियो । एमालेका महाधिवेशनमा केपी ओलीको फोटोको कटआउट राख्दा माओवादी पंक्तिले गरेका टिप्पणीले आफैंलाई गिज्याउने गरी होडिङ बोर्ड र महाधिवेशनस्थलमा प्रचण्डका प्रतिमा टाँगिए ।

    हुन त व्यक्तिपूजाको संस्कृति भित्र्याएको नेपालमा माओवादीले नै हो । प्रचण्डलाई पहिलो संविधानसभा निर्वाचनमा राष्ट्रपतिका रुपमा भित्ताभरी टाँगियो । पछि उनलाई भित्ते राष्ट्रपति भनियो ।

    प्रचण्ड परिवारबाट यसपटक चारजना मात्र केन्द्रीय सदस्य भए । प्रचण्डलाई बलियो साथ दिएका जनार्दन शर्माको परिवारबाट आधा दर्जनजतिले केन्द्रीय समितिमा अवसर पाए । अलि आलोचनात्मक चेत राख्ने युवाहरु केन्द्रीय समितिमै परेनन् ।

    जनार्दनले यसपटक सुरुदेखि नै प्रचण्डपथ छाडेका कारण माओवादी कमजोर भएको विषय उठाएर प्रचण्डलाई प्रशन्न बनाएका थिए । प्रचण्ड जोसँग प्रशन्न हुनुभयो, उनीहरुको नाम प्रचण्डको फाइलमा चढ्यो । उम्मेदवारी मनोनयनको प्रक्रिया समेत नभइ केन्द्रीय सदस्य निर्वाचित भए ।

    राष्ट्रिय सम्मेलन भनेर प्रतिनिधि छानिए । तर प्रचण्डले ‘लौ अब महाधिवेशन’ भन्दिए । त्यसपछि राष्ट्रिय सम्मेलनका लागि आएका प्रतिनिधि प्रचण्डको एउटा बोलीबाट रातारात महाधिवेशन प्रतिनिधि भए ।

    सामान्यतः निर्विरोध हुँदा पनि उम्मेदवारले मनोनयन फारम भर्छन् । तर प्रचण्डले वाचन गरेका नाम नै शिलालेख भए । ४० औं वर्षका लागि प्रचण्ड अध्यक्ष भइसकेका छन् । पदाधिकारीमा प्रचण्डले विगतकै जस्तो अन्तरविरोधमा खेल्न खोजेकाले वर्षमान पुन आउन्जेल रोकिएको छ ।

    विगतमा कहिले मोहन वैद्य र बाबुराम, कहिले बाबुराम र बादलबीच अन्तरविरोध कहिले बाबुराम र नारायणकाजीबीच खेलेर मज्जा लिने गरेका प्रचण्डमाथि पछिल्लोपटक जनार्दन र वर्षमान भिडाएर आफू दुवैको नेता बन्न खोजेको आरोप छ । यसपटक महासचिव चयनमा त्यो देखिनेछ ।

    भन्न त प्रचण्डले आफू छाड्न चाहेको तर उत्तराधिकारी कोही निस्कन नसकेको भन्छन् । करिब ३५ वर्षसम्म एकछत्र नेतृत्व गरेको व्यक्तिले आफ्नो उत्तराधिकारी हुने व्यक्ति चिन्न वा छान्न नसकेको हो वा बाचुन्जेल यसै भनेर नेतृत्वमा रहन चाहेको हो ? प्रश्न माओवादीभित्रै उठ्नुपर्ने हो ।

    माओवादीमा सायद कोही पूर्वअध्यक्ष नभइ यसको विघटन हुने हो कि ? किनकि प्रचण्डबिनाको पार्टी त्यसपछिका नेताहरुले पनि सोचेका छैनन् । उनले अझै १० वर्ष आफूले आराम नगर्ने र अवकाश नलिने भनिसकेकाले अझै एउटा महाधिवेशनमा उनको विकल्प खोजिने छैन ।

  • ‘जोडी नै मृत्युको मुखमा पुगेको देख्नेले पनि परिवारवादको आरोप लगाए’

    ‘जोडी नै मृत्युको मुखमा पुगेको देख्नेले पनि परिवारवादको आरोप लगाए’

    काठमाडौं । पूर्व मन्त्री एवम नेकपा (माओवादी केन्द्र)की नेता रेखा शर्माले आफूहरुको विगतको योगदान थाहा पाएकाहरुले नै जोडी पार्टीमा पुगेको कुरा उठाउँदा दुःख लागेको बताएकी छन्।

    हालै सकिएको माओवादी केन्द्रमा महाधिवेशनबाट दर्जनौं दम्पती जोडी केन्द्रीय सदस्य भएपछि कतिपयले यसलाई परिवारवादको संज्ञा दिएका छन् । यसबारे समाजिक संजाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै शर्माले विगतको स्मरण समेत गरेकी छन्।

    सांसद समेत रहेकी शर्मा र उनका पति कृष्णध्वज खड्का केन्द्रीय समितिमा परेका छन् । उनीहरु दुवै जना २०५७ देखि नै केन्द्रीय समिति सदस्य थिए ।

    ‘महान जनयुद्धको प्रक्रिया सुरु भयो,’ शर्माले लेखेकी छिन्, ‘ज्यानको बाजी लगाएर मैदानमा उत्रियो । सानो बच्चालाई मातृत्व विहिन बनाएर एकजना विद्यार्थी संगठनको अध्यक्ष र अर्को महिला संगठनको अध्यक्ष भएर राम्रै भूमिका निर्वाह पनि गरियो । परिणाम स्वरूप पार्टीको २०५७ साल मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा दुवैजना एकै पटक केन्द्रीय सदस्य निर्वाचित भयौं ।’

    भावुकता प्रकट गर्दैै उनले थपेकी छिन्, ‘जनयुद्धको आधीबेहरीसँग सामना गर्दै अगाडि बढ्दै जाँदा दुवै जना एकै पटक दुस्मनको कब्जामा पर्‍यौं । एक वर्षसम्मको निरन्तर यातनामा हात, खुट्टा र करङ भाँचिए, मृत्युको मुखैमा पुगेर संयोगले बाँचेर आइयो । कहिल्यै दुई जना एउटै परिवार भन्ने कुरा उठेन बरु सबैले गर्व गर्ने नै परिस्थिति बन्यो ।’

    शर्माले आन्दोलनबाट बनेका जोडीहरुले बदलिएको परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे समीक्षा गर्न जरुरी भएको बताएकी छन् । ‘बदलिएको परिवेशमा के गर्ने आन्दोलनबाट बनेका जोडीहरुले अब आगामी दिन हरुमा कसरी अगाडि बढ्ने गम्भीर समीक्षा गर्न जरुरी छ,’ उनको भनाइ छ, ‘यो विषय सम्बन्धित व्यक्तिहरूको मात्रै निजी विषय पक्कै होइन बरु समग्र राजनीतिक आन्दोलन र महिला आन्दोलनको विषय बनाएर समीक्षा गरौं। गर्नु पर्ने के हुन्छ ? के गर्दा आन्दोलनको हित हुन्छ छलफल सकारात्मक ढंगबाट गरौं ।’

    ‘माओवादी पार्टीमा जोडी केन्द्रीय सदस्याहरुको चर्चा र अनुभूति’ शीर्षकमा यस्तो लेखेकी छिन् शर्मालेः

    निरंकुश पञ्चायती व्यवस्थामा स्कूल पढ्दा पढ्दै अखिलमा संगठित भएर जानी नजानी जीवनमा राजनीतिको सुरुवात भयो । सक्रिय हुँदै जाने क्रममा परिवारका सदस्यको इच्छा विपरीत पार्टीको आवश्यकता अनुरुप सक्दैन की भन्दा भन्दै पनि विभिन्न जिम्मेवारीमा रहेर काम गर्ने परिस्थिति बन्यो ।

    शर्मा दम्पती

    विवाह गर्ने उमेर भयो अन्य क्षेत्र को व्यक्ति सँग विवाह गर्दा यसरी विकास गरेको महिला कार्यकर्ताको संरक्षण र निरन्तरता हुन सक्दैन भनी पार्टीकै प्रस्तावमा पार्टी आन्दोलनमा सक्रिय र जिम्मेवार कमरेड सँग विवाह भयो । पार्टीले भने पुग्ने तत्कालीन परिवेशमा जात भु्गोल कुनै कुराको परवाह गरिएन ।

    महान जनयुद्धको प्रक्रिया सुरु भयो । ज्यानको बाजी लगाएर मैदानमा उत्रियो । सानो बच्चालाई मातृत्व विहिन बनाएर एकजना विद्यार्थी संगठनको अध्यक्ष र अर्को महिला संगठनको अध्यक्ष भएर राम्रै भूमिका निर्वाह पनि गरियो । परिणाम स्वरूप पार्टीको २०५७ साल मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा दुवैजना एकै पटक केन्द्रीय सदस्य निर्वाचित भयौं ।

    जनयुद्धको आधीबेहरीसँग सामना गर्दै अगाडि बढ्दै जाँदा दुवै जना एकै पटक दुस्मनको कब्जामा पर्‍यौं । एक वर्षसम्मको निरन्तर यातनामा हात, खुट्टा र करङ भाँचिए, मृत्युको मुखैमा पुगेर संयोगले बाँचेर आइयो । कहिल्यै दुई जना एउटै परिवार भन्ने कुरा उठेन बरु सबैले गर्व गर्ने नै परिस्थिति बन्यो ।

    अधिकांश साथी हरुको जीवन कथा फरक होला तर परिवेश यस्तै यस्तै हो। तर आज परिस्थिति बदलिएको छ योगदान भूमिका सबै थाहा हुनेहरुबाट पनि जोडी केन्द्रीय सदस्यको विरोध भाई रहेको छ ।

    बदलिएको परिवेशमा के गर्ने आन्दोलनबाट बनेका जोडीहरुले अब आगामी दिन हरुमा कसरी अगाडि बढ्ने गम्भीर समीक्षा गर्न जरुरी छ । यो विषय सम्बन्धित व्यक्तिहरूको मात्रै निजी विषय पक्कै होइन बरु समग्र राजनीतिक आन्दोलन र महिला आन्दोलनको विषय बनाएर समीक्षा गरौं । गर्नु पर्ने के हुन्छ ? के गर्दा आन्दोलनको हित हुन्छ छलफल सकारात्मक ढंगबाट गरौं ।

    जिम्मेवारीबाट हट्दा यदि राम्रो हुन्छ भने बिना हिचकिचाहट त्यो पनि सोचौं तर अनावश्यक व्यक्तिगत विषय नबनाऔं, जसले गर्दा आउने पुस्तालाई पनि कसरी अगाडि बढ्ने भनेर मार्ग निर्देशन गर्न सकौं ।

  • राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा गठबन्धन र लोसपाको मनोनयन, एमालेको बाँकी

    राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा गठबन्धन र लोसपाको मनोनयन, एमालेको बाँकी

    जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश २ मा एमाले बाहेकका दलले मनाेनयन दर्ता गराएका छन् । अहिलेसम्म एमालेका उम्मेदवारले दर्ता गराएका छैनन् ।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी जसपा र नेकपा माओवादी केन्द्रका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

    लोसापाबाट महोत्तरीकी रुपा यादव र सप्तरीका श्याम सुन्दर सरदारले उम्मेदवारी दर्ता गराएका हुन् । सरदार प्रदेश २ दलित विकास समितिका सदस्य भएकाले उम्मेदवार बन्न नपाउने भनिएपनि उनी उम्मेदवारी दिएको बुझिएको छ ।

    यस्तै जसपाबाट सिरहाका खालिद सिद्दिकीले उम्मेदवारी दर्ता गराएका छन् । मुख्यमन्त्री लालबाबु राउतलगायतका नेताहरुले सिद्दिकीलाई लिएर उम्मेदवारी दर्ता गराउन पुगेका थिए । उनले धेरै अन्तरले जित्ने पनि बताए ।

    माओवादीबाट पर्साकी उर्मिला अर्याल उम्मेदवारी दर्ता गराएकी छन् । प्रदेश २ मा भने काँग्रेसले उम्मेदवारी दिएनन् । सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाबीच गठबन्धन बनेको छ ।

    नेकपा एमालेको विवरण आउँन बाँकी छ ।

  • विधानबाट साम्यवाद र वर्गसंघर्ष हटाउन निर्वाचन आयोगको निर्देशनप्रति माओवादीको आपत्ति

    विधानबाट साम्यवाद र वर्गसंघर्ष हटाउन निर्वाचन आयोगको निर्देशनप्रति माओवादीको आपत्ति

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टी विधानमा अनधिकृत हस्तक्षेप गरेको भन्दै निर्वाचन आयोगको निर्देशनप्रति आपत्ति जनाएको छ । आयोगले माओवादी विधानमा साम्यवाद र वर्ग संघर्ष राखिनु संविधानविपरीत भएको भन्दै त्यसलाई सच्याउन निर्देशन दिएको थियो ।

    ‘निर्वाचन आयोगले विचारको आधारमा पार्टी गठन गर्ने संविधानको भावनाविपरीत पार्टीको विधानमा केही उल्लेखित विचारमाथि अनधिकृत हस्तक्षेप गरी अनुचित निर्देशन गरेकोमा त्यसप्रति यो महाधिवेशन कडा असहमति र आपति प्रकट गर्दै त्यसबारे आवश्यक कदम चाल्न पार्टी केन्द्रीय समितिलाई निर्देशन दिन्छ,’ महाधिवेशनबाट पारित ४५ बुँदे समसामयिक प्रस्तावमा भनिएको छ ।

    माओवादीले आयोगविरुद्ध कानूनी लडाइँ लड्ने बताएको छ ।

    यो पनि पढ्नुहोस् : माओवादीलाई आयोगले दपेट्दा एमालेको आपत्ति, कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउन खोजिएको हो ?

  • महाधिवेशनबाट माओवादीको आग्रह- यथास्थितिमा एमसीसी पारित नगरियोस् (प्रस्तावसहित)

    महाधिवेशनबाट माओवादीको आग्रह- यथास्थितिमा एमसीसी पारित नगरियोस् (प्रस्तावसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले यथास्थितिमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित नगर्न आग्रह गरेको छ । आठौं महाधिवेशनबाट प्रस्ताव पारित गर्दै माओवादीले सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हितप्रतिकूल रहेको ठहरसमेत गरेको छ।

    ‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसी बिच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस,’ प्रस्तावमा भनिएको छ, ‘यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसद सहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन माग गर्दछ ।’

    त्यस्तै माओवादीले नेपालको सीमा रक्षार्थ शहीद भएका कंचनपुरका गोविन्द गौतम र भारतीय पक्षले तुइन काटेपछि वेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी घटनामा संलग्नलाई कायर्वाही र क्षतिपूर्तिका लागि कुटनीतिक पहल गर्न समेत माग गरेको छ।

    नेपाल-भारत सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको ज्यादती भइरहेको भन्दै सुस्ता, महेशपुरलगायतका सबै अतिक्रमित भूमि फिर्ता लिन र नेपाल र भारतबीचको सीमाको वैज्ञानिक व्यवस्थापनका लागि सरकारसँग मागसमेत गरेको छ ।

    यस्तो छ माओवादीको ४५ बुँदे समसामयिक प्रस्तावः

     

  • माओवादी अध्यक्षमा पुनःनिर्वाचित प्रचण्डलाई अमेरिकाको बधाइ

    माओवादी अध्यक्षमा पुनःनिर्वाचित प्रचण्डलाई अमेरिकाको बधाइ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुनः निर्वाचित पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकाले बधाइ तथा शुभकामना दिएको छ ।

    प्रचण्ड अध्यक्षमा निर्वाचित भएको एकदिनपछि काठमाडौंस्थित अमेरिकी दूतावासले बधाइ दिएको हो । काठमाडौंमा सम्पन्न सत्तारुढ दलको सोमबार सम्पन्न महाधिवेशनबाट प्रचण्ड निर्विरोध अध्यक्षमा चुनिएका हुन् ।

    ट्वीटमार्फत अमेरिकाले दिएको बधाइमा नेपालसहित विश्वको लोकतन्त्र र लोकतान्त्रिक प्रक्रियामा अमेरिका प्रतिबद्ध रहेको जनाइएको छ ।

  • माओवादी नेता पुन ९८ दिनपछि डिस्चार्ज, महासचिव बन्न नेपाल आउँदै

    माओवादी नेता पुन ९८ दिनपछि डिस्चार्ज, महासचिव बन्न नेपाल आउँदै

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन तीन महिना भन्दा लामो अवधि स्वास्थ्य उपचारपछि आज डिस्चार्ज भएका छन् ।

    ९८ दिनपछि पुन आज चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएको अनेरास्ववियू क्रान्तिकारीका नेता दिपेश पुनले बताएका छन् ।

    जण्डिस संक्रमणका कारण पुन थाइल्याण्डमा उपचारका लागि गएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई एयर एम्बुलेन्सबाट चीन लगिएको थियो ।

    उनी तीन दिनपछि नेपाल आउने बताइएको छ । पुनकै आग्रहमा नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन प्रक्रिया रोकिएको छ । पुन पार्टी महासचिवको प्रमुख दाबेदार हुन् ।

    पार्टीभित्र देशब्यापी पकड भएका नेता पुन विरामी परेर विदेशमा उपचार गराइरहेका बेला उनी निकट कार्यकर्ताहरुमाथि अन्याय भएको भन्दै गुनासो बढिरहेका बेला माओवादी पदाधिकारी छान्ने बैठक उनकै आग्रहमा तीन दिन रोकिएको छ ।

    जनसंगठनका अध्यक्षदेखि केन्द्रीय समितिमा समेत पुन निकट प्रभावशाली युवाहरु पाखा पारिएका छन् । यो विषयलाई प्रचण्ड समक्ष गम्भीर रुपमा उठाइने निकट नेताहरुले बताएका छन् ।

    हालै केन्द्रीय समितिमा जनार्दन शर्माका भाइ अनिल शर्मा लगायत पर्दा शर्मालाई अखिल क्रान्तिकारीको अध्यक्षमा पराजित गर्ने रन्जित तामाङ र उनीभन्दा अघिका अध्यक्ष रमेश मल्ल लगायत नपरेकोमा अशन्तुष्टी छ ।

  • राष्ट्रियसभा निर्वाचनमा यी हुन् माओवादीका ५ उम्मेदवार

    राष्ट्रियसभा निर्वाचनमा यी हुन् माओवादीका ५ उम्मेदवार

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ५ उम्मेदवार टुंग्याएको छ। १२ माघमा हुने चुनावका लागि सत्तारुढ गठबन्धनले १९ सिटमा भागबन्डा गरेको थियो । जस अनुसार माओवादीले ५ सीट पाएको हो ।

    आफूले पाएको सिटमा माओवादीले उम्मेदवार टुंग्याएको हो । माओवादीका सम्बन्धित प्रदेश समितिले उम्मेदवार टुंग्याएका हुन्।

    माओवादीले प्रदेश २ बाट उर्मिला अर्याललाई महिला कोटातर्फ उम्मेदवार बनाएको छ। त्यस्तै गण्डकीबाट दलित कोटामा भगत सुनार र अन्यबाट सुरेश आलेमगरलाई उम्मेदवार बनाएको छ।

    सुदूरपश्चिमबाट माओवादीले जगत पार्कीलाई उम्मेदावर बनाएका हुन्। उनी दलिततर्फबाट उम्मेदवार बनेका हुन्।

    त्यस्तै कर्णालीबाट माओवादीले नरबहादुर विष्टलाई उम्मेदवार बनाएको हो। उनी अल्पसंखयक समूहबाट उम्मेदवार बनेका हुन्।

    गठबन्धनका कारण यी सबै उम्मेदवार विजयी हुने निश्चित जस्तै छ।

  • पदाधिकारी चयन नगरी माओवादी बैठक स्थगित

    पदाधिकारी चयन नगरी माओवादी बैठक स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

    ८ औं महाधिवेशनबाट निर्वाचित समितिको पहिलो बैठक पदाधिकारी चयन नगरी स्थगित भएको हो ।

    अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्दै स्थगित भएको बैठक २५ गते पुनः बस्नेछ ।

  • अध्यक्ष चुनिएपछि प्रचण्डले भने- हामीले क्रमभंग गर्यौं, मिडियाले अपमानित गरे (भिडिओ)

    अध्यक्ष चुनिएपछि प्रचण्डले भने- हामीले क्रमभंग गर्यौं, मिडियाले अपमानित गरे (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नयाँ नेतृत्व चयन प्रजातान्त्रिक र जनवादी विधिबाट भएको दावी गरेका छन् । मिडियामा प्रकाशित विभिन्न टिकाटिप्पणीले महाधिवेशनको अपमान गरेको उनको गुनासो छ ।

    केन्द्रीय समिति बैठकले अध्यक्षमा निर्वाचित गरेपछि सम्वोधन गर्दै प्रचण्डले नेतृत्व चयनका विषयमा भइरहेको आलोचनाको बचाउ गरेका हुन् ।

    उनले भने, ‘हामीले अपनाएको शैली र विधि पुरै जनवादी र लोकतान्त्रिक छ । हामी बेर्जुवा अराजकतातर्फ जाने खतरा पनि थियो, त्यो हुन दिएनौं । एक व्यक्तिको निरंकशता हावी हुन दिएनौं ।’

    प्रचण्डले प्रदेशहरुमा अन्तरक्रिया गएर त्यहाँबाट दिएको नामहरुलाई नै आयोजक समितिले महाधिवेशनमा पेश गरेको बताए ।

     

    प्रचण्ण्डले थपे, ‘मैले कतिपय मिडियामा झल्याकझलुक पनि देखेँ, प्रचण्डले ताली बजाउन भन्यो, प्रतिनिधिले बजाए र महाधिवेशन सकियो भन्ने खालका । यसले हाम्रो अपमान गर्न खोजिएको छ । महाधिवेशनमा आएका १८ सय प्रतिनिधिको अपमान भएको छ । सबैभन्दा बढी देश र जनताको हक अधिकारको बारेमा बहस भएको महाधिवेशन कसैको आदेशमा चलेको भनेर प्रचार गर्नुभन्दा ठूलो बिडम्बना के हुन सक्छ ?’

    प्रचण्डले पार्टीको महाधिवेशनले क्रमभंग गरेको दावी पनि गरे ।

  • ४० औं वर्षका लागि निर्विकल्प प्रचण्ड- माओवादी अध्यक्षमा सर्वसम्मत चयन (तस्बिरहरु)

    ४० औं वर्षका लागि निर्विकल्प प्रचण्ड- माओवादी अध्यक्षमा सर्वसम्मत चयन (तस्बिरहरु)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड पुनः निर्वाचित भएका छन् । नव निर्वाचित केन्द्रीय समितिबाट प्रचण्ड आगामी ५ वर्षको लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

    केन्द्रीय समिति हलमा प्रचण्डको नाम नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने कृष्णवहादुर महराले समर्थन जनाएका थिए । प्रचण्डको विपक्षमा एकजना पनि सदस्य उभिएनन् ।

    २०४४ सालको चर्चित सेक्टर काण्डमा मोहन वैद्यलाई राजिनामा गराएर पार्टी महासचिव भएदेखि प्रचण्डले नेतृत्व छाड्नु परेको छैन । विगत करीव ३५ वर्षदेखि निरन्तर पार्टी प्रमुख रहदै आएका प्रचण्ड अब ४० औं वर्षको लागि नेतृत्वमा चुनिएका हुन् ।


    तस्बिरहरु : उमेश कार्की

  • माओवादी अध्यक्षमा प्रचण्डको नाम प्रस्ताव

    माओवादी अध्यक्षमा प्रचण्डको नाम प्रस्ताव

    काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षका लागि पुष्पकमल दाहाल प्रचण्डको नाम  प्रस्ताव गरिएको छ ।

    माओवादी केन्द्रको ८ औं महाधिवेशनबाट निर्वँचित केन्द्रीय समिति बैठकमा अध्यक्षका लागि प्रचण्डको नाम प्रस्ताव भएको हो ।

    नेता नारायणकाजी श्रेष्ठले उनको नाम प्रस्ताव गरेकोमा कृष्ण बहादुर महरा समर्थक रहेका छन् ।

  • पदाधिकारी छान्न माओवादी केन्द्रीय समिति बैठक सुरु

    पदाधिकारी छान्न माओवादी केन्द्रीय समिति बैठक सुरु

    काठमाडौं । पार्टी पदाधिकारी छान्नका लागि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बसिरहेको छ ।

    अहिले केहीबेरअघि सुरु भएको बैठकले पार्टीका अध्यक्षसहित १५ जना पदाधिकारी चयन गर्नेछ ।

    जेष्ठ सदस्य दिनानाथ शर्माको अध्यक्षतामा माओवाद केन्द्रको पहिलो केन्द्रीय समितिको बैठक बसेको हो ।

  • माओवादी केन्द्रीय सदस्यहरुले लिए सपथ (तस्बिरहरु)

    माओवादी केन्द्रीय सदस्यहरुले लिए सपथ (तस्बिरहरु)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

    प्रचण्डले प्रस्ताव गरेका नामहरु माओवादीको बन्दसत्रबाट अनुमोदन भएका थिए । आज केन्द्रीय समिति सदस्यहरुलाई माओवादी केन्द्रीय निर्वाचा आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

    सपथ लगत्तै माअ‍ोवादीको केन्द्रीय समिति बैठक बस्दैछ । बैठकले पदाधिकारी चयन गर्ने सम्भावना रहेको छ । बैठक जेष्ठ केन्द्रीय सदस्यको अध्यक्षतामा बस्नेछ ।

  • माओवादी महाधिवेशनको मैझारो : नीतिमा गम्भीर बहस, नेतृत्व चयनमा मनोमानी

    माओवादी महाधिवेशनको मैझारो : नीतिमा गम्भीर बहस, नेतृत्व चयनमा मनोमानी

    काठमाडौं । चार महिनादेखि तीन दिने राष्ट्रिय सम्मेलनका लागि तयारी गरेको माओवादीले रातारात यसलाई महाधिवेशनमा बदल्यो । आठ दिनसम्म चलेको महाधिवेशन हिजो सकिएसँगै विभिन्न कोणबाट समीक्षा भइरहेका छन् ।

    पछिल्लो समय राजनीतिक पार्टीहरूमा महाधिवेशनको लहर चलिरहँदा सबैभन्दा लम्बेतान बनेको माओवादी केन्द्रकै हो । नेतृत्वको किचलो र चुनावी प्रक्रियाका कारण अरु पार्टीको महाधिवेशन जति रोचक र तनावपूर्ण भयो, माओवादीको त्यस्तो भएन । माओवादीले वैचारिक मन्थनमा नै ५ दिन खर्च गर्‍यो । एकदिन उद्घाटन समारोह र दुई दिन नेतृत्व चयनको गृहकार्यमा लाग्यो ।

    राष्ट्रिय सम्मेलनका लागि भनेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै मिहिनेतसाथ लेखेको प्रतिवेदनले राजनीतिक वृत्तमा पर्याप्त ध्यानाकर्षण गरेको थियो । अन्य दलहरूको महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रीय भएको र वैचारिक शून्यता छाएको समयमा माओवादीले विचारको बहसलाई यथेष्ट स्पेस दिएको हो ।

    प्रचण्डले पेस गरेको ४५ पेज लामो प्रतिवेदनमाथि करिब डेढ दिन समूहगत छलफल भएको थियोउ । १ हजार ७ सय ४२ प्रतिनिधिले २५ समूहमा बाँडिएर छलफल गरे । प्रतिनिधिहरूले समूहगत छलफलमा दिएका सुझावलाई दुई दिन लगाएर पेस गरियो ।

    तस्बिर : रासस ।

    आत्मसमीक्षासहित आफ्ना कमजोरीहरू आफैंले पहिल्याउने प्रयास गर्नु प्रतिवेदनको सकारात्मक पाटो मानिएको छ । प्रतिवेदन मुलरूपमा भने समाजवादमा केन्द्रित छ । आफ्नो प्रतिवेदनको शीर्षक नै प्रचण्डले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ राखेका छन् ।

    अरु राजनीतिक दलहरूमा पेस हुने प्रतिवेदन बढी समसामयिक राजनीतिमा केन्द्रित र अन्य दल तथा शक्तिहरूमाथि कटु टिप्पणीले भरिएका हुने गर्थे । त्यो भन्दा फरक प्रचण्डको प्रतिवेदनमा भने सैद्धान्तिक व्याख्यानको प्रचुरता थियो । उनले ‘समाजवाद’ को व्याख्यामा धेरै शब्द खर्चिएका छन् । प्रतिवेदन कति पूर्ण र वस्तुपरक छ भन्ने चाहिँ अर्को पाटो हो ।

    प्रचण्डको प्रतिवेदनमाथि पार्टी भित्र मात्रै होइन, बाहिर पनि व्यापक टिकाटिप्पणी भए । कतिले आलोचना गरे, कतिले सुझाव पनि दिए ।

    समूहगत छलफलमा आएका सुझावलाई प्रचण्डले एक-एक गरी आफ्नो डायरीमा टिपोट गरे । दुई घण्टाको समय लिएर जवाफ दिए । उनले आफ्नो प्रतिवेदन ‘धर्मशास्त्र नभइ ग्रेट डिवेट’ भएको बताए । तीन तहका चुनावलगत्तै विशेष महाधिवेशन गरेर विचारको विकासलाई सापेक्षित पूर्णता दिने वचन प्रचण्डले दिएपछि हलले सुझावसहित उनको प्रतिवेदन पारित भयो ।

    प्रचण्डले आएका सुझावलाई सकेसम्म प्रतिवेदनमा समेट्ने बताए । पुरक प्रस्ताव र सुझाव पत्रहरू प्रतिवेदनकै अंग हुने र फरक मतलाई फरक मतका रुपमा सम्मान गर्ने उनको भनाइ थियो । कमसेकम त्यहाँ कसैको विचार निषेध प्रचण्डले गरेनन् ।

    चुनावलगत्तै विशेष महाधिवेशन गर्ने उद्घोष गरेर प्रचण्डले बहसको ढोका खोलिदिएका छन् । माओवादीभित्र बैचारिक मन्थनको ‘फ्लोर ओपन’ भएको छ ।

    प्रचण्डपथ चाहिन्छ भन्नेहरूले पनि यो एक वर्षमा बहसको मौका पाएका छन् । समाजवादको कार्यदिशा स्पष्ट भएन भन्नेहरूका लागि पनि बहसको मौका मिलेको छ ।

    सारमा भन्दा माओवादी विचारमा निकै घोत्लिएको छ । अपुरै भए पनि सही ‘समाजवादउन्मुख समृद्धि’ लाई मुल कार्यनीति बनाएको छ । समाजवादको दिशातिर माओवादी सोझिएको छ ।

    तर, महाधिवेनशनको अर्को पाटो हो, नेतृत्वको नवनिर्माण । यतापट्टि भने पार्टी चुकेको छ । संगठनको सवालमा माओवादीले सकरात्मक सन्देश प्रवाह गर्न सकेन । पार्टीमा हावी रहेको ‘तदर्थवाद’ यसपटक पनि चिर्न सकेन ।

    महाधिवेशनको अन्तिम दिन हिजो प्रचण्डले स्थायी समितिबाट तयार पारिएको केन्द्रीय दस्यहरूको सूची पढे । हललाई अनुमोदन गर्न आह्वान गरे । प्रतिनिधिहरूले ताली बजाए अनि अनुमोदन भएको घोषणा गरियो ।

    २९९ सदस्यीय केन्द्रीय समिति बनाउने व्यवस्था गरेको माओवादीले २३६ जनाको मात्रै घोषणा गरेको छ । पूर्णसमानुपातिकतर्फ १२५ र खुलातर्फ १११ जनाको नाम घोषणा गरेर महाधिवेशन सकियो । यी नामहरू पारित गर्दा प्रतिनिधिहरुले उत्साहपूर्वक ताली बजाइरहेका थिएनन् । कारण, उनीहरूको प्रजातान्त्रिक अधिकार कुण्ठित गरिएको थियो ।

    केन्द्रीय समितिका बाँकी ६३ जनाको चयन कहिले र कसरी हुन्छ भन्ने कुराको टुंगो छैन । प्रचण्डले केही प्रदेश र केही ‘कलस्टर’बाट नाम नआएकाले अहिले नटुंगिएको बताएका थिए ।

    ‘टीके प्रथा’ चलाएको भन्दै धेरैले यसको व्यापक आलोचना गरेका छन् । बाहिर लोकतन्त्रको कुरा गर्ने माओवादी आन्तरिक लोकतन्त्रमा कमजोर देखिएको टिप्पणीसमेत भएका छन् ।

    यद्यपि माओवादी नेताहरू भने अध्यक्षको खल्तीबाट नभइ समूहगत छलफल भएर सिफारिस भएका नाम प्रचण्डले पढेको र जनवादी केन्द्रीयता अपनाएको भनेर बचाऊ गरिरहेका छन् ।

    जे होस्, माओवादी सांगठनिक सावलमा धेरै गन्जागोलमा फसेको देखियो । महाधिवेशनमा अन्य पार्टीले अपनाएको जस्तो चुनावी शैलीलाई पुँजीवादी शैली भन्ने माओवादीले न अरुको शैली पछ्याउन सक्यो, न आफ्नै शैली विकास गर्न ।

    केन्द्रीय समितिलाई इन्द्रेणीजस्तो समावेशी गराउने उद्घोष गरेको माओवादीले विभिन्न कलस्टर निर्धारण गर्‍यो । महिलाका लागि ३५ प्रतिशत, युवालाई २० प्रतिशत, दलितलाई १५ प्रतिशत सहभागी गराउने व्यवस्था अन्तरिम विधानमा गरियो । तर, त्यसअनुसार कार्यान्वयन गर्न भने माओवादीलाई हम्मे-हम्मे पर्‍यो ।

    विधानको व्यवस्थालाई अचानक बदलेर ७ प्रतिशतमा झारेको भन्दै दलित समुदाय विरोधमा उत्रियो । प्रचण्डलाई ज्ञापन पत्र नै बुझाइयो । त्यसको सम्बोधन भए, नभएको प्रष्ट हुन सकेको छैन । अपुरो केन्द्रीय समिति र पदाधिकारीविहीन समितिका कारण कार्यकर्ताहरु महाधिवेशनको हलबाट उत्साह बोकेर निस्कन पाएनन् ।

    सारमा भन्दा माओवादी विचारमा निकै घोत्लिएको छ । अपुरै भए पनि सही ‘समाजवादउन्मुख समृद्धि’ लाई मुल कार्यनीति बनाएको छ । समाजवादको दिशातिर माओवादी सोझिएको छ । तर, महाधिवेनशनको अर्को पाटो हो, नेतृत्वको नवनिर्माण । यतापट्टि भने पार्टी चुकेको छ । संगठनको सवालमा माओवादीले सकरात्मक सन्देश प्रवाह गर्न सकेन । पार्टीमा हावी रहेको ‘तदर्थवाद’ यसपटक पनि चिर्न सकेन ।

    विधानको व्यवस्थाअनुसारै आज केन्द्रीय समितिको प्रथम बैठक बसेर पदाधिकारी पनि चयन गर्ने प्रचण्डले हिजो बन्द सत्रमै बताएका थिए । धेरै आकांक्षी पदाधिकारीमा भएकाले अवस्थामा प्रचण्डले त्यसलाई कसरी व्यवस्थापन गर्छन् भन्ने प्रश्न छ । कुनै विधिमा टेक्छन् या यसमा पनि मनोमानी नै गर्छन् भन्ने कुराको कुनै टुंगो छैन ।

    विधानमा रहेको पदाधिकारीको संख्यालाई घटाएर केन्द्रीय समितिलाई संख्या तोक्ने अधिकार दिइएको छ । यसबाट माओवादीमा सांगठनिक अस्थिरताको अवस्था देखिन्छ ।

    हलले केन्द्रीय समिति र केन्द्रीय समितिले नेतृत्व छान्ने कुरामै धेरै प्रतिनिधिको असन्तुष्टि देखिन्थ्यो । आफूलाई भूमिकाविहीन बनाएकोमा प्रतिनिधि खुसी थिएनन् । महाधिवेशनबाट यसमा कुनै सुधार गरिएन । प्रतिनिधिको मतबाट छानिएर आएको नेतृत्वमा जुन गौरव हुन्छ, त्यो माओवादीमा नेताहरुले महसुस गर्न पाएनन् ।

    समूहगत छलफलका क्रममा संगठनमा ५० प्रतिशत मूल्यांकन र ५० प्रतिशत निर्वाचनमा पाएको अंकबाट विजेता घोषणा गर्ने मोडलमा जानुपर्ने सुझाव आएको थियो । त्यस्तै उमेरको हदबन्दी तोक्नुपर्ने, कार्यकारी नेतृत्वमा दुई पटकभन्दा बढी बस्न नहुने, पूर्णसमानुपातिकतर्फ वर्गलाई पनि आरक्षण दिनुपर्नेजस्ता महत्वपूर्ण सुझाव समूहगत छलफलका क्रममा आए पनि नेतृत्व त्यसलाई समेट्न तयार देखिएन ।

    महाधिवेशनको हलबाट ऊर्जा दिएर कार्यकर्तालाई पठाउन नसकेको माओवादीले न त्यस्तो कुनै अभियान नै घोषणा गर्‍यो जसबाट नेता, कार्यकर्ता उत्साहित बनुन् ।

    सामुन्नेमा तीन तहका निर्वाचन आइरहेका बेला ‘भाइब्रेन्ट संगठन’नबनाउनु स्वयं माओवादीका लागि समेत अहितकारी हुन सक्छ ।

  • माओवादीमा अधुरो केन्द्रीय समितिबाट पदाधिकारी चयन गर्न खोजिएको भन्दै असन्तुष्टि

    माओवादीमा अधुरो केन्द्रीय समितिबाट पदाधिकारी चयन गर्न खोजिएको भन्दै असन्तुष्टि

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ ।

    ललितपुरमा आज बस्ने बैठकबाटै पदाधिकारी चयन गर्ने घोषणा हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्द सत्रमा घोषणा गरेका थिए। तर, माओवादीको केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन । हिजो बन्दसत्रबाट प्रचण्डले २३६ जनाको मात्रै नाम घोषणा गरेका थिए ।

    माओवादीले विधानमा केन्द्रीय समिति २९९ जनाको हुने व्यवस्था गरेको छ । विधानअनुसार अझै पनि ६३ जनाको पद रिक्त छ । समितिलाई पूर्णता नदिइ गरिने पदाधिकारीको चयन कति कानूनसम्मत हुन्छ भन्ने प्रश्न उठ्न थालेको छ ।

    माओवादी विधानमा केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने उल्लेख गर्दा पूर्णकेन्द्रीय समितिकै परिकल्पना गरेको बताइन्छ । त्यसो हुँदा पूर्ण भइनसकेको समितिले पदाधिकारी चयन गर्दा प्रश्न उठ्न सक्ने भन्दै पार्टीकै कतिपय नेताहरूले आपत्ति जनाएका छन् ।

    हरेक केन्द्रीय सदस्यलाई पदाधिकारी बन्ने हक भएकाले समितिलाई पूर्णता नदिइ पदाधिकारी नियुक्त गरिँदा उनीहरूको हक कुण्ठित हुने पनि कतिपयको भनाइ छ ।

  • माओवादी नेतृत्वमा प्रचण्डभन्दा जनार्दन परिवारको वर्चस्व !

    माओवादी नेतृत्वमा प्रचण्डभन्दा जनार्दन परिवारको वर्चस्व !

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डको परिवारका चार सदस्य समेटिँदा अर्थमन्त्री जनार्दन शर्माले पार्टीको पकडमा प्रचण्ड परिवारलाई उछिनेका छन् ।

    महाधिवेशनअघि माओवादीको संगठन विभाग प्रमुख रहेका महासचिवका सशक्त दाबेदार शर्माको परिवारका चार सदस्य केन्द्रीय सदस्य चयन हुँदा कर्णाली प्रदेश अध्यक्ष पनि शर्मा परिवारले नै पाएको छ ।

    अर्थमन्त्री शर्मासहित सहोदर भाइ अनिल शर्मा र बहिनी नारायणी शर्मा केन्द्रीय सदस्य चयन भएका छन् । त्यस्तै बहिनीज्वाइँ ओमनाथ ढुंगाना (ओम शर्मा) विगतदेखि नै केन्द्रीय सदस्य थिए ।

    भाइबुहारी विमला केसी कर्णाली प्रदेश कमिटीको अध्यक्ष छिन् । शर्माका नजिकका नातेदार (भाइ) रुकुमपश्चिमका जिसस प्रमुख राजकुमार शर्मा र नजिक नाताका जगप्रसाद शर्मा पनि केन्द्रीय सदस्यमा चयन भएका छन् ।

    जनार्दन परिवारबाटै ठूलोबुबाका छोरा वसन्त शर्मा र माइलो बुबाकी छोरी लुम्बिनी गौतम पनि केन्द्रीय समितिमा समेटिएका छन् ।

    शर्माका अर्का भाइ ओपेन्द्र शर्मा पनि राजनीतिमा क्रियाशील युवा हुन् । तर, उनी राससको महाप्रबन्धक भएकाले पार्टीको महाधिवेशन प्रतिनिधिमात्र भए ।

    कान्छा भाइ अनिल शर्माले भने माओवादी पंतिमा छलाङ मारेका छन् । उनीभन्दा सिनियर अनेरास्ववियू क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल र उनलाई अध्यक्षमा पराजित गरेका रन्जित तामाङ केन्द्रीय समितिमा छुट्दा शर्मा भने केन्द्रीय सदस्य बन्न सफल भए ।

    प्रचण्डको स्वकीय सचिवसमेत रहेका सिनियर नेता मल्ल र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रन्जित तामाङलाई छुटाएर शर्मालाई केन्द्रीय सदस्य बनाइएपछि माओवादी युवा पंति भने असन्तुष्ट बनेको छ ।

    पार्टी राजनीतिमा वर्षमान पुननिकट मानिएका युवाहरूलाई छुटाइएको भन्दै विरोध भएको हो । पुन उपचारका क्रममा चीनमा छन् । यसबीचमा जनसंगठनहरूको महाधिवेशनबाट निर्वाचित मुख्य नेतृत्वमा पनि शर्मानिकटले बाजी मार्न सफल भएका छन् ।

  • लुम्बिनीका ४० जना माओवादी नेतृत्वमा, पदाधिकारीको दाबेदारमा को-को छन् ?

    लुम्बिनीका ४० जना माओवादी नेतृत्वमा, पदाधिकारीको दाबेदारमा को-को छन् ?

    रुपन्देही । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीमा लुम्बिनी प्रदेशबाट ४० जना नेता परेका छन् ।

    १२ जिल्ला रहेको यस प्रदेशबाट रुकुम, रोल्पा, दाङबाट धेरै समेटिएका छन् । सबै जिल्लाबाट नेतृत्वमा नसमेटिएको भन्दै केही नेताहरूले नेतृत्वको आलोचनासमेत गरेका छन् ।

    नयाँ केन्द्रीय समितिमा इन्द्रजित थारु दाङ, जीवन गौतम रुकुम, तेजबहादुर ओली पूर्वीरुकुम, हेमराज शर्मा पोखरेल दाङ, गणेशमान पुन पूर्वीरुकुम, जगप्रसाद शर्मा रोल्पा, वर्षमान पुन रोल्पा, महेश्वरजंग गहतराज बाँके, ओनसरी घर्ती, रोल्पा, कुलप्रसाद केसी रोल्पा, दामा शर्मा दाङ, डोरप्रसाद उपाध्याय, कपिलवस्तु, सुवबहादुर रोका रुकुम, चक्रपाणि खनाल कपिलबस्तु, कृष्णध्वज खड्का प्युठान, कृष्णबहादुर महरा दाङ, वामदेव क्षेत्री रुपन्देही, हकिउल्लाह खाँ रुपन्देही, वसन्त घर्ती रोल्पा रहेका छन् ।

    यसैगरी सुशिला श्रीपाली अर्घाखाँची, डिलाराम आचार्य अर्घाखाँची, पम्फा भुसाल अर्घाखाँची, झक्कु सुवेदी रोल्पा, जयपुरी घर्ती रोल्पा, रेखा शर्मा दाङ, पूर्णाकुमारी सुवेदी बांके, घनश्याम यादव नवलपरासी, सिता बौडेल नवलपरासी, दलजित श्रीपाली पूर्वीरुकुम, सुवोध श्रीपाली दाङ, कमला रोका पूर्वीरुकुम, दीपेन्द्र पुन रोल्पा, कृष्णा चौधरी, तिलकराम शर्मा बर्दिया छन् ।

    पदाधिकारीमा कृष्णबहादुर महरा, वर्षमान पुन, जयपुरी घर्ती, ओनसरी घर्ती, पम्फा भुसाल, महेश्वर गहतराज, डिलाराम आचार्य, बलदेव शर्मा, हकिउल्लाह खाँलगायतका नेताको दाबी छ ।

  • माओवादी केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै, अध्यक्षसहितका पदाधिकारी चयन हुने

    माओवादी केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै, अध्यक्षसहितका पदाधिकारी चयन हुने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ।

    बैठकले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जनाइएको छ ।

    आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो ।

    त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो । सोही कमिटीले आज पदाधिकारी चयन गर्नेछ ।

  • अध्यक्ष नछानि सकियो माओवादीको महाधिवेशन, नेतृत्व चयनमा प्रतिनिधि भूमिकाहीन

    अध्यक्ष नछानि सकियो माओवादीको महाधिवेशन, नेतृत्व चयनमा प्रतिनिधि भूमिकाहीन

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आठौं दिनमा आज समापन भयो । तर, महाधिवेशनको एउटा मुख्य पाटो नेतृत्व चयनको विषय भने अधुरो नै छ ।

    पार्टी हाँक्ने कमाण्डर अर्थात अध्यक्ष तथा पदाधिकारीको चयनबिना नै माओवादी महाधिवेशन सकिएको हो । देशभरबाट आएका प्रतिनिधले अध्यक्ष चुन्न पाएनन् । अध्यक्ष मात्र होइन, पार्टीको समग्र नेतृत्व चयन प्रक्रियामा नै उनीहरु भूमिकाविहिन बनेका छन् ।
    यसअघि नेकपा एमालेको महाधिवेशन गर्दा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधको अधिकार कुल्चिँदै नाम लिस्ट पढेको भनेर तिव्र विवाद भएको थियो । त्यसबाट पाठ नसकि माओवादी पनि केन्द्रीय सदस्य चयनमा ठ्याक्कै त्यही शैली अनुशरण गरेको छ । ओलीकै शैलीलाई पछ्याउँदै प्रचण्डले बन्दकोठामा लिस्ट बनाएर बन्दसत्रमा सुनाए ।

    एमालेमा ओलीले पढेको लिस्टलाई चुनौति दिँदै केही नेताले उम्मेदवारी दिएपछि चुनाव भएको थियो । तर, माओवादीमा त्यो पनि भएन । प्रचण्डले सुनाएको सुचीलाई बन्दसत्रले सर्वसम्मतिले पारित गरेपछि चुनावको लेठो माओवादीले लिनु परेन । यसले एकातर्फ पार्टीमा प्रचण्डको एकमना प्रभूत्व त दर्शाएको छ नै, अर्कोतर्फ प्रजातान्त्रिक प्रणालीबाट नेतृत्व चयन नगरेको आरोप माओवादीले खेपिरहनुपर्ने भएको छ ।

    आफूसहित परिवारका तीन सदस्यलाई प्रचण्डले केन्द्रीय सदस्यको सूचीमा राखेका छन् । यदि उनीहरु प्रतिनिधिको भोटले केन्द्रीय सदस्य बनेको भए त्यसमा कसैले प्रश्न उठाउन सक्थेन । तर, प्रचण्डले टिका लगाएको शैलीमा परिवारका सदस्यहरुलाई केन्द्रय सदस्य तोक्दा त्यो उनीहरुकै निम्ति बेस्वादिलो बनेको छ ।

    अध्यक्ष र पदाधिकारीको छनोट महाधिवेशनमा हुने-नहुनेबारे अन्योल थियो । त्यसो त माओवादीले राष्ट्रिय सम्मेलन गर्ने भनेकोमा अघिल्लो दिन आएर मात्रै यसलाई महाधिवेशनमा रुपान्तरण गरेको हो । महाविधेशनमा कम्तिमा अध्यक्षको चयनमा आफूहरुले गर्न पाउने विश्वास प्रतिनिधिले राखेका थिए । अन्तिम दिन आज बन्दसत्रमा प्रतिनिधिहरुले हलबाटै छनोट गर्नुपर्ने माग पनि गरेका थिए ।

    यदि प्रतिनिधिहरुलाई त्यो अधिकार दिइएको भए पनि प्रचण्ड नै अध्यक्ष बन्ने निश्चित नै थियो । तर, पार्टीको विधानलाई देखाउँदै प्रचण्डले अध्यक्षसहितका सबै पदाधिकारी भोली केन्द्रीय समितिले चयन गर्ने बताए । माओवादी विधानमा पदाधिकारीहरुको चयन पार्टीको केन्द्रीय समितिले गर्ने भनिएको छ । अध्यक्ष पनि एकजना पदाधिकारी नै भएकाले केन्द्रीय समितिले नै छान्न विधानअनुकुल हुने प्रचण्डको भनाइ थियो ।

    माओवादी केन्द्रीय सदस्यको सूची प्रचण्ड आफैंले बनाएकाले केन्द्रीय समितिमा उनको एकछत्र दवदवा रहने निश्चित नै छ । यसर्थ पदाधिकारी पनि उनले चाहेकै व्यक्ति चयन हुनेमा कुनै शंका छैन । पदाधिकारीमा सबैभन्दा पेचिलो प्रतिस्पर्धा महाचिवमा थियो । महासचिवका प्रमुख दुई आकांक्षी वर्षामान पुन र जनार्दन शर्मा दुवै अध्यक्ष प्रचण्डका विश्वासपात्र हुन् । उनीहरुमध्ये प्रचण्डले कसलाई रोज्ने हुन् त्यो भोलि नै थाहा हुने छ ।

  • प्रचण्डले आफैंलाई गरे केन्द्रीय सदस्य घोषणा, भाइ र छोरी–बुहारी समेटिँदा ज्वाई अटाएनन्

    प्रचण्डले आफैंलाई गरे केन्द्रीय सदस्य घोषणा, भाइ र छोरी–बुहारी समेटिँदा ज्वाई अटाएनन्

    काठमाडौं ।माओवादी अध्यक्ष प्रचण्डले आफूलाई पार्टीको केन्द्रीय सदस्यमा स्वघोषणा गरेका छन् । साथै उनले आफ्नो परिवारका थप तीन सदस्यलाई पार्टीको केन्द्रीय समितिमा राखेका छन् ।

    पार्टी महाधिवेशनको अन्तिम दिन आज प्रचण्डले बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यहरुको नामावली प्रस्तुत गरेका थिए । त्यसमा उनले खुल्लातर्फ आफ्नो नाम २३ औं नम्बरमा राखेका छन् ।

    ३५ वर्षदेखि पार्टीको प्रमुख रहेका प्रचण्ड अर्को कम्तिमा ५ वर्षका लागि सोमवार अध्यक्ष चयन हुने निश्चित छ । कम्युनिस्ट पार्टीको इतिहासमा निरन्तर ४० वर्ष नेतृत्व गर्ने अवसर प्रचण्डले पाएका छन् । उनी २०४४ सालमा मोहन वैद्यलाई सेक्टर काण्डपछि महासचिवबाट हटाएदेखि निरन्तर पार्टीको प्रमुख नेता छन् । एमालेसँग एकीकरण गरेर बनेको नेकपामा उनी केपी ओलीपछिको बरियताका अध्यक्ष थिए ।

    माओवादी केन्द्रीय समितिमा प्रचण्डका दाइ (काकाकाे छोरा,धेरैले भाइ भन्छन्) नारायण दाहाल, छोरी रेनु दाहाल र बुहारी विना मगर (दाहाल) समेत चयन भएका छन् । नारायण दाहाल खस आर्यतर्फ एक नम्बरमा परेका छन् ।

    त्यस्तै रेनु खसआर्य महिला कोटाबाट केन्द्रीय सदस्य चयन भएकी छन् भने कान्छी बुहारी बिना आदिवासी जनजाति महिलाबाट केन्द्रीय समितिमा समेटिएकी छन् । कान्छा ज्वाइ जीवन आचार्य पनि केन्द्रीय सदस्यका दाबेदार थिए । तर उनको भने नाम अध्यक्ष प्रचण्डले पढेको सूचीमा छैन ।

  • खुलातर्फ माओवादी केन्द्रीय समितिमा को-को परे ? (सूचीसहित)

    खुलातर्फ माओवादी केन्द्रीय समितिमा को-को परे ? (सूचीसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिन आइतबार १ सय ११ जना खुलातर्फबाट केन्द्रीय सदस्य चयन भएका छन् ।

    कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी महाधिवेशनमा १ सय ११ जना खुलातर्फबाट केन्द्रीय सदस्य चयन भएका हुन् ।

    यस्तो छ सूची

    १. नेपबहादुर थारु चौधरी
    २. लक्ष्मणदत्त जोशी
    ३. शरदसिंह भण्डारी
    ४. खगराज भट्ट
    ५. नरेन्द्रबहादुर कुँवर
    ६. त्रिलोचन भट्ट
    ७. माधव सापकोटा
    ८. युवराज चौलागाईं
    ९. लेखनाथ दाहाल
    १०. शालिकराज जमकट्टेल
    ११. श्यामकुमार श्रेष्ठ
    १२. हरि दाहाल
    १३. महेश्वर दाहाल
    १४. हेमलाल शर्मा
    १५. सन्तकुमार दराई
    १६. हितमान शाक्य
    १७. कृष्णप्रसाद सापकोटा
    १८. धर्मदत्त देवकोटा
    १९. मुक्ति प्रधान
    २०. ईश्वरीप्रसाद भण्डारी
    २१. सुनील मानन्धर
    २२. हरिबोल गजुरेल
    २३. पुष्पकमल दाहाल प्रचण्ड
    २४. दिलिप महर्जन
    २५. सुदन किँराती
    २६. किरणकुमार राई
    २७. सुरेश राई
    २८. हेमराज भण्डारी
    २९. राजेन्द्र कार्की
    ३०. एकचन्द्र बराल
    ३१. पदमबहादुर राई
    ३२. साबित्रीकुमार काफले
    ३३. सुरेन्द्रकुमार कार्की
    ३४. युवराज भट्टराई
    ३५. अजयशंकर नायक
    ३६. अशोक मण्डल
    ३७. भरतप्रसाद शाह
    ३८. प्रकाशहरि पोखरेल
    ३९. राजु खड्का
    ४०. योगकुमार यादव
    ४१. गोपाल ठाकुर
    ४२. रामकुमार शर्मा
    ४३. रामेश्वर राय यादव
    ४४. मातृका यादव
    ४५. प्रल्लाह कुमार बुढाथोकी
    ४६. गिरिराजमणि पोखरेल
    ४७. विश्वनाथ साह
    ४८. गणश साह
    ४९. इन्द्रजित थारु
    ५०. जीवन गौतम
    ५१. तेजबहादुर ओली
    ५२. हेमराज शर्मा पोखरेल
    ५३. गणेशमान पुन
    ५४. जगप्रसाद शर्मा
    ५५. वर्षमान पुन
    ५६. महेश्वरजंग गहतराज
    ५७. कुलप्रसाद केसी
    ५८. डोरप्रसाद उपाध्याय
    ५९. सुबबहादुर रोका
    ६०. तिलकराम शर्मा
    ६१. चक्रपाणि खनाल
    ६२. कृष्णध्वज खड्का
    ६३. कृष्णबहादुर महरा
    ६४. बामदेव क्षेत्री
    ६५. झकबहादुर मल्ल
    ६६. विन्दमान विष्ट
    ६७. रामदीप आचार्य
    ६८. महेन्द्रबहादुर शाही
    ६९. राजकुमार शर्मा
    ७०. शक्ति बस्नेत
    ७१. गजेन्द्र महत
    ७२. टेकबहादुर बस्नेत
    ७३. जनादर्न शर्मा
    ७४. मायाप्रसाद शर्मा
    ७५. कालीबहादुर मल्ल
    ७६. युवराज दुलाल
    ७७. रामप्रसाद सापकोटा
    ७८. ओमनाथ ढुंगाना
    ७९. गंगा कार्की
    ८०. पुष्पविक्रम मल्ल
    ८१. लीलामणि पोखरेल
    ८२. लक्ष्मण पन्त
    ८३. लेखनाथ न्यौपाने
    ८४. डिलाराम आचार्य
    ८५. झक्कु सुवेदी
    ८६. सीपबहादुर बस्नेत
    ८७. कृष्ण केसी
    ८८. अमरबहादुर गुरुङ तमु
    ८९. गुप्तबहादुर ठकुरी
    ९०. खिमलाल देवकोटा
    ९१. देवेन्द्र पौडेल
    ९२. हरिबहादुर चुमान
    ९३. बालकृष्ण गैरे
    ९४. नारायणकाजी श्रेष्ठ
    ९५. कृष्णप्रसाद धिताल
    ९६. देवप्रसाद गुरुङ
    ९७. श्रीराम ढकाल
    ९८. सुरेश आलेमगर
    ९९. हितराज पाण्डे
    १००. दिनानाथ शर्मा
    १०१. पम्फा भुसाल
    १०२. उर्मिला अर्याल
    १०३. जयपुरी घर्ती
    १०४. रेखा शर्मा
    १०५. पूर्णाकुमारी सुवेदी
    १०६. यशोदा सुवेदी गुरुङ
    १०७. परशुराम रम्तेल
    १०८. महेन्द्र पासवान
    १०९. गोपी सार्की अछामी
    ११०. दलजित श्रीपाइली
    १११. दिलमान चौधरी

  • प्रचण्डको सूची पारित, माओवादीले बनायो २३६ सदस्यीय केन्द्रीय समिति (सूची)

    प्रचण्डको सूची पारित, माओवादीले बनायो २३६ सदस्यीय केन्द्रीय समिति (सूची)

    काठमाडौं । नेकपा माओवादीले ८ औं महाधिवेशन अन्तरगत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको केन्द्रीय सदस्यहरुको सूची पारित भएको छ ।

    अध्यक्ष प्रचण्डले समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ जनाको नाम पेश गरेका थिए । प्रचण्डले जम्मा २३६ जना केन्द्रीय सदस्यको घोषणा गरेपछि बन्दसत्र हललले अनुमोदन गरेको हो ।

    माओवादी केन्द्रमा जम्मा २९९ केन्द्रीय सदस्य हुने व्यवस्था रहेको छ ।

    यस्ताे छ सूची

    खस आर्य पुरुषतर्फ (समानुपातिक)

    १) नारायणप्रसाद दाहाल २) सुर्यप्रकाश सुवेदी ३) धिरेन्द्र शर्मा ४) नर बहादुर विस्ट ५) बसन्त शर्मा ६) केशब नेपाल ७) निर्मल आचार्य ८) जोग बहादुर महरा ९) तारानाम सुविर १०) देवराज रेग्मी ११) हरिराज अधिकारी १२) देवेन्द्र पराजुली १३) अच्युतम काफ्ले

    खस आर्यातर्फ युवा पुरुष
    १) विजय भण्डारी हुम्ला, २) दुर्गा प्रसाद चापागाईं तेह्रथुम, ३) अनिल शर्मा बागमती, ४) लालबहादुर सोडारी सुदूरपश्चिम

    खस आर्य महिलातर्फ

    १) आशा कोइाराला २) सिता पोखरेल ३) कल्पना धमला ४) गगा कुमारी बेलबासे ५) दामा कुमारी शर्मा ६) देवी खड्का ७) धर्मशिला चापागाईं ८) नारायणी शर्मा ९) बलावती शर्मा १०) बिमला सुवेदी ११) रेनु चन्द १२) रेनु दाहाल १३) सत्य पहाडी १४) संगिता कार्की १५) सुशिला सिम्खडा १६) ज्ञानु बस्नेत सुवेदी १७) लक्ष्मी देवी न्यौपाने १८) मन्जु बम १९) कुन्ति जोशी २०) टिका बुढाथोकी २१) गोमा कुवँर २२) कालि चलाउने २३) लुम्बिनी गौतम २४) हरिमाया शर्मा २५) रुक चौलागाईं

    खुला

    १) नीपबहादुर थारु चौधरी

    २) लक्ष्मणदत्त जोशी

    ३) शरदसिंह भण्डारी

    ४) खगराज भट्ट

    ५) नरेन्द्र बहादुर कुँवर

    ६) त्रिलोचन भट्ट

    ७) माधव सापकोटा

    ८) युवराज चौलागाईं

    ९) लेखनाथ दाहाल

    १०) शालिकराम जमरकट्टेल

    ११) श्यामकुमार श्रेष्ठ १

    २) हरि दाहाल

    १३) महेश्वर दाहाल

    १४) हेमलाल शर्मा

    १५) सन्त कुमार दरै

    १६) हितमान शाक्य

    १७) कृष्ण प्रसाद सापकोटा

    १८) धर्मनन्द देवकोटा

    १९) मुक्तिनारायण प्रधान

    २०) ईश्वरी प्रसाद भट्टराइ

    २१) सुनिलकुमार मानन्धर २

    २) हरिबोल गजुरेल

    २३) पुष्पकमल दाहाल प्रचण्ड

    २४) दिलिप महर्जन

    २५) सुनद किराती

    २६) किरन कुमार राई

    २७) सुरेश कुमार राई

    २८) हेमराज भण्डारी

    २९) राजेन्द्र कार्की

    ३०) एकचन्द बराल

    ३१) पदम बहादुर राई

    ३२) साबित्रि कुमार काफ्ले

    ३३) सुरेन्द्र कुमार कार्की

    ३४) युवराज भट्टराई

    ३५) अजयशंकर नायक

    ३६) अशोक कुमार मण्डल

    ३७) भरत प्रसाद साह

    ३८) प्रकाशहरी पोखरेल

    ३९) राजु खड्का

    ४०) जोग कुमार बर्बरिया यादव

    ४१) गोपाल ठाकुर

    ४२) रामकुमार शर्मा

    ४३) रामेश्वर राय यादव

    ४४) मात्रिका प्रसाद यादव

    ४५) प्रल्हाद कुमार बेढाथोकी

    ४६) गिरिराजमणी पोखरले

    ४७) विश्वनाथ साह

    ४८) गणेश साह

    ४९) इन्द्रविर थारु

    ५०)जीवन गौतम

    ५१) तेजबहादुर ओली

    ५२)हेमराज शर्मा पोखरेल

    ५३) गणेशमान पुन

    ५४) जद प्रसाद शर्मा

    ५५) वर्षमान पुन

    ५६) महेवर गहतराज ५

    ७) कुल प्रसाद केसी

    ५८)डोर प्रसादउपाध्याय

    ५९)सुक बहादुर रोका

    ६०)तिलकराम शर्मा

    ६१)चक्रपाणी खनाल

    ६२)कृष्णधोज खड्का

    ६३)कृष्णबहादुर महरा

    ६४)बामदेव क्षेत्री

    ६५)झक बहादुर मल्ल

    ६६)बिन्दमान श्रेष्ठ

    ६७)रामदीप आचार्य

    ६८) महेन्द्र बहादुर शाही

    ६९)राजकुमार शर्मा

    ७०)शक्ति बस्नेत

    ७१)गजेन्द्रबहादुर महत

    ७२) तेज बहादुर बस्नेत

    ७३)जनार्दन शर्मा

    ७४)मायाप्रसाद शर्मा

    ७५)कालि बहादुर मल्ल

    ७६)युवराज दुलाल

    ७७)राम प्रसाद सापकोटा

    ७८)ओमनाथ ढुंगान

    ७९)गंगा कार्की

    ८०) पुर्षेविक्रम मल्ल

    ८१) लिलामणी पोखरेल

    ८२) लक्ष्मण पन्त

    ८३) लेखनाथ न्यौपाने

    ८४) डिलाराम आचार्य

    ८५) झक्कु सुवेदी

    ८६) सित बहादुर बस्नेत

    ८७) कृष्णबहादुर केसी

    ८८) अमरबहादुर गुरुङ

    ८९) गुप्त बहादुर ठकुरी

    ९०) खिमलाल देवकोटा

    ९१) देवेन्द्र पौडेल

    ९२) हरि बहादुर चुमाङ

    ९३) रामकृष्ण गैरे

    ९४) नारायणकाजी श्रेष्ठ

    ९५) कृष्णप्रसाद धिताल

    ९६) देव गुरुङ

    ९७) श्रीराम ढकाल

    ९८) सुरेश आले मगर

    ९९) धितराज पाण्डे

    १००) दिनानाथ शर्मा

    १०१) पम्फा भुसाल

    १०२) उर्मिला अर्याल

    १०३) जयपुरी घर्ती

    १०४) रेखा शर्मा

    १०५) पूर्ण कुमारी सुवेदी

    १०६) यशोदा गुरुङ सुवेदी

    १०७) पशुराम रम्तेल

    १०८) महेन्द्र पासवान

    १०९) गोपी बहादुर कार्की आक्षामी

    ११०) दलजीत विके सिरपाइली

    १११) वीरमान चौधरी

  • यी हुन् खस-आर्यतर्फ माओवादीका २५ महिला केन्द्रीय सदस्य (सूचीसहित)

    यी हुन् खस-आर्यतर्फ माओवादीका २५ महिला केन्द्रीय सदस्य (सूचीसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरिरहेका छन् ।

    राजधानीमा जारी ८ औं महाधिवेशन अन्तरगत बन्दसत्रहलमा प्रचण्डले खस-आर्यतर्फ महिला सदस्यहरुको नाम घोषणा गरेका छन् ।

    सूची

    आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गा बेल्बासे, देवि खड्का, धर्मशिला चापागाईं, दामा शर्मा, रेणु चन्द, रेनु दाहाल, सत्या पहाडी, लक्ष्मी न्यौपाने, कुन्ती जोशी, समिता कार्की, टीका बुढाथोकी, गोमा कुँवर कालिका चलाउने, मुक्तिनी गौतम, हरिमाया शर्मा, मुक्ति चौलागाईं

    अरु अपडेट हुँदै..

  • माओवादीको तीन आयोगका अध्यक्ष र सदस्यहरू सर्वसम्मत चयन

    माओवादीको तीन आयोगका अध्यक्ष र सदस्यहरू सर्वसम्मत चयन

    काठमाडौं । नेकपा माओवादी केन्द्रको तीन आयोगका अध्यक्षसहित सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।

    सर्वसम्मत हुनेमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठ तथा सदस्यहरू, केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्ष पेशल खतिवडासहितका सदस्यहरू र केन्द्रीय अनुशासन आयोगमा अध्यक्ष टंक राईसहितका सदस्यहरू छन् ।

    ८औं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा प्रस्ताव गरिएका उनीहरूको नाम प्रतिनिधिले सर्वसम्मत पास गरेका हुन् ।

  • माओवादी केन्द्रीय सदस्यको नामावली तयार, सूची लिएर हलमा छिरे प्रचण्ड

    माओवादी केन्द्रीय सदस्यको नामावली तयार, सूची लिएर हलमा छिरे प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्वका लागि केन्द्रीय सदस्यको नामावली तयार पारिएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नामको सूची बोकेर भर्खरै बन्दसत्र हलमा प्रवेश गरेका छन् । अध्यक्षमण्डलले तयार पारेको नामहरू लिएर प्रचण्ड हलमा छिरेका हुन् ।

    माओवादीले केन्द्रीय सदस्यहरू चयनपछि त्यही भित्रबाट पदाधिकारी छनोट गर्नेछ । नेतृत्वको सूचीउपर कसैलाई चित्त नबुझे चुनाव लड्ने अधिकार सुरक्षित गरिएको माओवादीले जनाएको छ ।

    यो पनि पढ्नुहोस् : माओवादीको निर्वाचन कार्यक्रम पुनः संशोधन, मतदान भोलि बिहान ८ बजेबाट

  • कोटा घटाएको भन्दै माओवादीका दलित प्रतिनिधिको विरोध

    कोटा घटाएको भन्दै माओवादीका दलित प्रतिनिधिको विरोध

    काठमाडौं । केन्द्रीय कमिटीमा आरक्षण सिट घटाएको भन्दै माओवादीका दलित प्रतिनिधिले विरोध जनाएका छन् ।

    ८औं महाधिवेशनको निर्वाचन प्रक्रिया सुरू हुन लाग्दा आफूहरूको आरक्षित प्रतिशत बढाउन उनीहरूले माग गरेका हुन् । पहिले विधानमा १५ प्रतिशत प्रतिनिधित्व हुने भनिए पनि त्यसलाई ७ प्रतिशतमा झारिएको भन्दै दलित प्रतिनिधिहरूले सामूहिक हस्ताक्षर संकलन गरिरहेका छन् ।

    १५ प्रतिशत नै कायम हुनुपर्ने मागसहित अध्यक्ष प्रचण्ड र अध्यक्ष मण्डललाई ग्यापन पत्र बुझाउने तयारी भइरहेको एक नेताले बताए ।