Category: माओवादी केन्द्र

  • पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनीत

    पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनीत

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई पार्टीको उपाध्यक्ष बनाएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पासाङलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य मनोनीतसँगै पार्टी उपाध्यक्ष बनाएका छन्

    गत पदाधिकारी बैठकले मनोनीत गरेर त्यहीँ अनुसार सर्कुलर पठाइएको स्रोतले बतायो ।

    दुई कार्यकाल उपराष्ट्रतिको जिम्मेवारीमा रहेका पासाङ पछिल्लो पटक पार्टीका बैठकहरूमा निरन्तर सहभागी हुँदै आएका थिए ।

  • बर्दियाबाट प्रचण्डले भने- प्रतिगामीहरूले काठमाडौंमा अझै हत्या हिंसा गर्नसक्छन्, प्रतिवाद गर्न आजै जाँदैछौं

    बर्दियाबाट प्रचण्डले भने- प्रतिगामीहरूले काठमाडौंमा अझै हत्या हिंसा गर्नसक्छन्, प्रतिवाद गर्न आजै जाँदैछौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूको प्रतिवाद गर्नको लागि नेवार समुदायले काठमाडौंमा भेला गर्न लागेको बताएका छन् ।

    जागरण अभियान लिएर बर्दिया पुगेका प्रचण्डले गुलरिया नगरपालिकाद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै काठमाडौंको भेलाको तयारी गर्न आजै फर्किन लागेको बताए ।

    उनले भने, ‘आजै हामी काठमाडौं जानुपर्नेछ । काठमाडौंमा पनि हामीले लगातार प्रतिवाद गरिराख्नुपर्ने अवस्था छ। काठमाडौंमा पनि लगातार हामीले हस्तक्षेप गरिराख्नुपर्ने छ। नत्र प्रतिगामीहरूले अझै बढी आगजनी, हत्या हिंसा गर्न सक्ने भएकाले हामीले पर्सी नेवार बुद्धिजीवी र नेताहरूले भेलाद्वारा हामीले ठूलो नेवार समुदायको सम्मेलन गर्ने र हजारौँ उपस्थित गराएर खबरदारी गर्ने सोचेका छौँ। त्यसको तयारी गर्न आजै फर्किँदैछौं।’

    उनले आफू नेतृत्वको सरकार ढालेर कांग्रेस एमाले मिलेर बनेको सरकारलाई जनताले नरुचाएको पनि दाबी गरे।

    उनले भने, ‘अपारदर्शी तरिकाले सरकार ढाल्ने र अर्को गठबन्धन बनाउने काम भयो। त्यो असंवैधानिक र असंवैधानिक छ भनेर मैले भन्दै आइरहेको छु, यो जनताको भावना, आकांक्षा र आवश्यकताको पनि विपरीत छ गलत भएको छ। हामी जनताको साथ जुटाएर भ्रष्टाचारको रक्षा गर्ने, कुशासन कायम गर्ने प्रयासलाई विफल पार्ने संकल्प गरेर हामीले अभियान चलाएको छौँ।’

  • तीनकुने घटनाबारे छानबिन आयोग गठन गर्न प्रमुख प्रतिपक्षी दलको माग

    तीनकुने घटनाबारे छानबिन आयोग गठन गर्न प्रमुख प्रतिपक्षी दलको माग

    काठमाडौं । चैत १५ मा तीनकुनेमा भएको राजावादीको प्रदर्शनको घटनाबारे अनुसन्धान गर्नका लागि छानबिन आयोग नै गठन गर्नुपर्ने प्रमुख प्रतिपक्ष दलले माग गरेको छ ।

    प्रतिनिधिसभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रवारको बैठकमा नेकपा ९माओवादी केन्द्र०का प्रमुख सचेतक हितराज पाण्डे र माओवादी सांसद दुर्गा राईले यस्तो माग गरेका हुन् ।

    प्रमुख सचेतक पाण्डेले भने, बालकुमारीमा पनि यस्तै घटना भएको थियो, आयोग नै बनेको थियो, गृहमन्त्रीले यो समितिको बैठकमा बोल्दा छानबिन आयोग गठनको कुरा त उठाउनुभएन के हो ?

    सांसद दुर्गा राईले प्रहरीको अनुसन्धानबाट मात्रै सबै विषय नआउने भन्दै छानबिन आयोग नै गठन गर्न माग गरिन् । उनले भनिन्, यो १५ गतेको घटनाका लागि छानबिन आयोग बन्नुपर्छ । हाम्रो पार्टी र मेरो व्यक्तिगत माग छ । सुरक्षाकर्मीबाट आएको प्रतिवेदनले मात्रै यो विषय सम्बोधन हुन सक्दैन ।

    सांसद राईले सरकाले एकै दिन दुई वटा कार्यक्रमका लागि अनुमति दिएर लापरबाही गरेको बताइन् । उनले भनिन्, कार्यक्रम स्थल संवेदनशील ठाउँमा थियो, यसमा सरकारको लापरबाही गर्‍यो । संविधानको रक्षाका लागि समाजवादी मोर्चाको आन्दोलन थियो ।

    १४ गते निर्मल निवासमा कमाण्डर परिवर्तन गरेर फोटो सार्वजनिक गर्दा सरकार किन मौन भएर बस्यो ? सरकारको तयारी पुगेन । सशस्त्र प्रहरी बलको क्षति जवानमा भएको छ, सरकारले निर्देशन दिए अनुसार गर्ने हो । एकै दिन दुई वटा कार्यक्रमका लागि अनुमति किन दिइयो ? सदनमा प्रधानमन्त्रीको जवाफ माग्दा १५ गते किन समय दिइएन ?

    सांसद राईले सरकारले अध्यादेश पारित गर्नमा मात्रै ध्यान दिएको तर, राजावादीको प्रदर्शन र सदनमा जवाफ दिनमा ध्यान नदिएको बताइन । उनले भनिन्, सरकारको ध्यान अध्यादेशमार्फत ल्याएको विधेयक पारित गर्नमा मात्रै थियो, १८ गते ६० दिन पुग्छ भनेर सरकार आत्तिएको थियो । अबदेखि यस्ता घटनामा सरकार सचेत रहोस् ।

  • कांग्रेस, माओवादी र एसको त्यो हस्ताक्षर, जसले गर्‍यो नेपाल रेडक्रसको विश्व बदनाम

    कांग्रेस, माओवादी र एसको त्यो हस्ताक्षर, जसले गर्‍यो नेपाल रेडक्रसको विश्व बदनाम

    काठमाडौं । नेपालमा लोकतन्त्र भन्दा दलतन्त्र हाबी छ भन्ने आरोप लाग्दै आएको छ । र, त्यो आरोप पुष्टि हुने कुरा गैर दलीय संस्थाहरूमा दलीय उपस्थिति तथा हस्तक्षेप हो ।

    गत वर्ष नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एसको तीन दलीय भागबन्डामा भएको नेपाल रेडक्रसका अनुहारहरूको चलन । त्यही चयनको आधारमा बुधवार इन्टनरनेसनल फेडेरेसन अफ रेड क्रसले पाँच नेपाली रेडक्रस पदाधिकारीहरूलाई कारबाही गरेको छ ।

    टाइप १, टाइप २ र टाइप ७ का तीन खाले कसुरमा कारबाही गरिएको पत्र नेपाल रेडक्रसका अध्यक्ष तथा उपाध्यक्षलाई जेनेभामा मुख्यालय भएको रेडक्रसको कम्प्लायन्स एण्ड मेडिएसन कमिटीकि र्यापोर्टर क्रिस्टिना कुम्पुलाले पठाएकी छिन् ।

    रोचक कुरा नेपाल रेडक्रसका अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपालले आफैँलाई टाइप १, टाइप २ र टाइप ७ को कसुरमा कारबाहीमा परेको पत्र बुझ्न बाध्य भएका छन् ।

    उनलाई नेपाली कांग्रेससँग जोडेर रेडक्रसको सिद्धान्त पुरा नगरेको, दायित्व पुरा नगरेको तथा दलीय हस्तक्षेप गरेको कसुर लागेका छन् ।

    उनी बाहेक कारबाहीमा परेका नेपाली कांग्रेसको नाम जोडिएकाहरूमा विनोद कुमार बस्नेत र मनोज कुमार थापा छन् भने नेकपा (माओवादी केन्द्र) र नेकपा एसबाट क्रमशः नारायण तिम्सिना र भूपतिलाल श्रेष्ठ छन् ।

    यी कारबाहीमा परेकाहरूले २०८० मा एक सहमति पत्रमा हस्ताक्षर गरेर दलीय भागबन्डा गरेका थिए । उनीहरूले गरेको सहमति पत्रको अनुसूची १ मा दलीय भागबन्डाको देखिने उदाहरण थियो ।

    ‘निर्वाचनमा निम्न अनुसारको समूहगत प्रतिनिधित्व सुनिश्चित गर्ने’ भनेर गरेका दलीय भागबन्डाका तीन क्लस्टर बुँदा यस्ता थिए:

    – नेपाली कांग्रेसको समूहबाट अध्यक्ष, उपाध्यक्ष (खुला), उपमन्त्रीसहित जम्मा १५ जना

    – नेकपा एस समूहबाट महामन्त्री, उपकोषाध्यक्षसहित जम्मा ६ जना

    – नेकपा (माओवादी केन्द्र) बाट उपाध्यक्ष (महिला), कोषाध्यक्ष सहित जम्मा आठ जना

  • प्रचण्डको दिक्दारी- ज्ञानेन्द्र के बुद्धि भएका मान्छे होलान्, त्यस्तालाई कमाण्डर बनाउने (भिडिओ)

    प्रचण्डको दिक्दारी- ज्ञानेन्द्र के बुद्धि भएका मान्छे होलान्, त्यस्तालाई कमाण्डर बनाउने (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली बयलगाढावाला सिद्धान्तको मान्छे भएकाले गणतन्त्रको रक्षा गर्न सम्भव नभएको बताएका छन् ।

    अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी माओवादी केन्द्रकै भएकाले अभियान छाडेर काठमाडौंमा कार्यक्रम गरेको बताए ।

    उनले समाजवादी मोर्चाले चैत १५ गते करिब एक लाख जनता सडकमा उतारेपछि पुरै संसारले आश्चर्य मानेर हेरेको बताए ।

    उनले माओवादीसहित मोर्चाले एक लाख जनता सडकमा उतार्दा पनि अनुशासित र संयमित भएर भव्य कार्यक्रम गरेकोप्रति पनि धेरैले आश्चर्य मानेको बताए ।

    उनले भने, ‘त्यही दिन राजावादीहरुले पनि हाम्रो कार्यक्रमसँग जुधाएका थिए । ज्ञानेन्द्र शाहकै प्रत्यक्ष संलग्नतामा। ज्ञानेन्द्रलाई मनपर्ने मान्छे, जसलाई आन्दोलन र त्यो दिनको कमाण्डर बनाए, दुर्गा प्रसाईं एउटा हावा हो भन्ने सबैलाई थाहा छ । उसलाई त के भन्नु छ र ज्ञानेन्द्रको बुद्धि के के बुद्धि भएको मान्छे होला। त्यस्तालाई बनाउन हुन्छ कमाण्डर ? अनि जे हुनुथियो त्यही भयो। हत्या, हिंसा लुटपाट, तोडफोड जनताले पनि देखें ।’

    उनले १५ गतेको कार्यक्रमपछि दुर्गा प्रसाईं नभइ ज्ञानेन्द्र नांगेझार भएको टिप्पणी गरे। ज्ञानेन्द्रको यस्तै बुद्धि भएर दरबार हत्याकाण्ड, मुर्ति चोरीलगायतको घटना भएका तर्क गरे। उनले विदेशीले पैसा पठाइदिएको भरमा राजतन्त्र फर्काउँछु भन्दै भन्ने षड्यन्त्र सफल नहुने बताए ।

     

  • तराई-मधेश जागरण अभियानमा फेरि होमियो माओवादी

    तराई-मधेश जागरण अभियानमा फेरि होमियो माओवादी

    काठमाडौं । हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई-मधेस जागरण अभियान पुनः सुरू भएको छ ।

    सोही अभियानअन्तर्गत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेता नेपालगञ्ज पुगेका छन् । समाजवादी मोर्चाले गणतन्त्र रक्षार्थ १५ गते आयोजना गरेको सभाको तयारीका लागि माओवादीले अभियान स्थगित गरेको थियो ।

    आज प्रचण्डसहितका नेताहरू अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुनेछन् ।

    भोलि बाँके र पर्सी बर्दियामा अभियान चल्नेछ । अभियानले पार्टीसँग जनतालाई जोड्न प्रभावकारी काम गरिरहेको माओवादीको निष्कर्ष छ ।

    कोशी प्रदेशको झापाबाट सुरू भएको अभियान सुदूरपश्चिमको कञ्चनपुरमा पुगेर टुंग्याउने माओवादीको तयारी छ ।

  • मध्यपश्चिम विश्वविद्यालयमा नेविसंघको प्यानलै विजयी

    मध्यपश्चिम विश्वविद्यालयमा नेविसंघको प्यानलै विजयी

    सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विजय हासिल गरेको छ।

    विवेक खड्का नेतृत्वको प्यानलले नेकपा एमालेनिकट अखिल (अनेरास्ववियु) का उम्मेदवारहरूलाई पराजित गर्दै स्ववियुको नेतृत्व हात पारेको हो।

    चुनावमा अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा खड्काले १ हजार १८८ मत प्राप्त गर्दै अनेरास्ववियुका जगतजंग शाहीलाई पराजित गरे।

    शाहीले ९०७ मत प्राप्त गरेका थिए। अन्य प्रत्याशी प्रकाश विकले २७५ मत र मिलन बिसीले २३१ मत पाए। कुल ४ हजार ३८३ मतदातामध्ये २ हजार ८६४ जनाले मतदान गरेका थिए।

    यो परिणामले मध्यपश्चिम विश्वविद्यालयमा नेविसंघको पकड अझै बलियो रहेको देखाएको छ।

    विशेष गरी हालैका राजनीतिक घटनाक्रमका कारण विद्यार्थी राजनीतिमा असन्तुष्टि बढिरहेको बेला यो जित नेविसंघका लागि महत्त्वपूर्ण मानिएको छ।

    सचिव र कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेदवार निर्वाचित भएका छन्, जसले संगठनलाई पूर्ण बहुमतसहितको नेतृत्व प्रदान गरेको छ।

  • राजावादी आपराधिक मानसिकता भएका मान्छे हुन् भन्ने पुष्टि भयो : माओवादी अध्यक्ष प्रचण्ड

    राजावादी आपराधिक मानसिकता भएका मान्छे हुन् भन्ने पुष्टि भयो : माओवादी अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी आपराधिक मानसिकता भएका मान्छे पुष्टि भएको बताएका छन् ।नवनिर्वाचित प्रेस सेन्टर नेपालका पदाधिकारीलाई बधाई दिँदै मङ्गलवार बिहान निजी निवास खुमलटारमा उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले अभियान चलाइरहेका बेला प्रतिगमनकारीले टाउको उठाउने र वितण्डामा मच्चाउन खोजेपछि आफूहरुले गणतन्त्रको पक्षमा काठमाडौंमा विशाल जनप्रदर्शन गरेको बताए । तर, आफूहरूको जनप्रदर्शनलाई लक्षित गरेर राजवादीले जनप्रदर्शनका नाममा वितण्डा मच्चाएर आफूहरूलाई अपराधी पुष्टि गरेको बताए ।

    उनले भने, ‘हाम्रो पार्टी अभियानमा हुँदा प्रतिगमनले टाउको उठाउने र वितण्डा मच्चाउने समस्या देखियो । त्यसपछि हामीले तुरुन्तै केहि पहल कदमी नलिने हो भने दुर्घटनामा जाने अवस्था देखेपछि अभियानलाई थाती राखेर काठमाडौं केन्द्रित विशाल जनसभा काठमाडौंमा गर्‍यौ । प्रतिगामीले वितण्डा मच्चाएपछि एक जना श्रमजीवी पत्रकार र एक जना श्रमजीवी नागरिक गरेर २ जनाको हत्या गरे । यसले माओवादी केन्द्र गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिने र नेतृत्व गर्ने शक्ति भएको र राजावादी आपराधिक मानसिकतामा मान्छे हुन भन्ने पुष्टि भएको छ ।’

    अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा पहिलो पटक आफूहरूले हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान सञ्चालन गरेको र उक्त अभियानमा हजारौँ र लाखौँ नागरिकसँग भेटघाट संवाद हुनुका साथै पार्टी प्रवेशको लहर नै चलेको बताएका छन् ।

    यसैबिच नेकपा (माओवादी केन्द्र)ले काठमाडौं उपत्यकामा नेवार समुदायको विशाल प्रदर्शन गर्ने तयारी गरेको पनि अध्यक्ष प्रचण्डले जानकारी गराएका छन् । भर्खरै मात्रै माओवादीकै नेतृत्वमा समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा विशाल जनप्रदर्शन गरे लगत्तै नेवार समुदायको विशाल जनप्रदर्शन गर्ने तयारी भइरहेको भन्दै त्यसको महत्वलाई पनि राम्रोसँग सञ्चार माध्यमबाट स्थापित गर्न अनुरोध गरेका छन् ।

    उनले भने, ‘अब हामी सोच्दै छौ कि छिट्टै अर्को एउटा कार्यक्रम काडमाडौंमा यहाँका सबै आदिवासी जनजाति, मुख्य त नेवार समुदायको विशाल प्रदर्शन जरुरी छ भन्ने ठानेका छौ र त्यसको तयारी हामीले सुरु गरिसकेका छौ । तपाइहरूले त्यसको महत्वलाई पनि राम्रोसँग सञ्चारका माध्यमबाट स्थापित गर्नुपर्नेछ ।’

    अध्यक्ष प्रचण्डले आदिवासी जनजाति र सांस्कृतिक पहिचानको परम्परा बोकेको समुदाय भएकाले उक्त प्रदर्शनले दिने सन्देश एकदमै शक्तिशाली हुने अपेक्षा गरिएको बताए । उनले भने, ‘उपत्यकाका आदिवासी जनजाति र एउटा लामो सांस्कृतिक र ऐतिहासिक पहिचानको परम्परा बोकेको समुदाय सडकमा आउँदा त्यसले दिने सन्देश अर्को शक्तिशाली बन्छ भन्ने हामीले ठानेका छौ ।’

  • पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग (भिडिओ)

    पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाह कानूनभन्दा माथि नरहेकाले कारबाही गर्न सरकारसँग माग गरेको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीकी सांसद रेखा शर्माले पूर्वराजाकै उक्साहटमा १५ गतेको घटना भएको दाबी गरिन्।

    उनले भनिन्, ‘अहिले संविधान र कानूनभन्दा माथि कोही छैन। चाहे पूर्वराजा ज्ञानेन्द्र शाह हुन्, चाहे सामाजिक सञ्जालमा सक्रिय तर लुकेर बसेका दुर्गा प्रसाईं हुन्। सबैलाई कानूनी कारबाहीमा ल्याउन हाम्रो दलको तर्फबाट माग गर्छौँ।’

    उनले अहिले व्यवस्थाबारे कुनै बहस गर्ने बेला नभएको भन्दै यही व्यवस्थालाई थप सुदृढ गर्न आफूहरू प्रतिबद्ध रहेको बताइन्।

  • नेपाल प्रेसकर्मी केशव भुलसहित प्रेस सेन्टरमा १७ जना पदाधिकारी निर्विरोध (सूची)

    नेपाल प्रेसकर्मी केशव भुलसहित प्रेस सेन्टरमा १७ जना पदाधिकारी निर्विरोध (सूची)

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट पत्रकारको संगठन प्रेस सेन्टरको एक उपाध्यक्षसहित १७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार एक एक जनाको मात्र उम्मेदवारी परेका पदमा निर्विरोध भएको हो ।

    नेपाल प्रेसका वरिष्ठ संवाददाता केशव भुल प्रतिष्ठान प्रदेशतर्फबाट सचिवमा निर्विरोध भएका छन् । संगठनमा ५ जना उपाध्यक्ष निर्विरोध हुनेमा खुलामा रामसिंह ठगुन्ना लक्ष्मण खड्का र विवेक गौतम, महिलामा शान्ता अधिकारी र समावेशीमा दिपक श्रेष्ठ रहेका छन् । यस्तै उपमहासचिव महिलामा लक्ष्मी आचार्य, दलितमा हरिश बिक, मधेशीमा अनिल मिश्र, आदिवासी जनजातीमा बुद्ध लोप्चन निर्विरोध निर्वाचित भएका छन् ।

    यस्तै प्रदेशबाट निर्वाचित हुने सचिवमा प्रदेश एकबाट दिपेन्द्रकुमार राई, मधेश प्रदेशबाट सुनिता बराल, बागमती प्रदेशबाट मिनकुमार दाहाल, गण्डकी प्रदेशबाट दीपक भट्टराई, लुम्बिनी प्रदेशबाट मानसिंह बिक र सुदूरपश्चिम प्रदेशबाट राजेन्द्र अवस्थी निर्विरोध निर्वाचित भएका छन् भने भूगोल बाहेक उपत्यका प्रदेशबाट नवराज दाहाल, प्रतिष्ठान प्रदेशबाट केशव भुल र एसोसियट प्रदेशबाट नन्दलाल तिवारी निर्विरोध निर्वाचित भएका छन् ।

    यस्तै लेखा समितिको संयोजकमा अमृतराज तिवारी र सचिवमा भिम राई, अनुशासन समिति संयोजकमा गुनाराम घिमिरे र सचिवमा कृष्ण लेकाली निर्विरोध निर्वाचित भएका  छन् ।

    दोहोरो उम्मेदवारी परेको अध्यक्ष, बरिष्ठ उपाध्यक्ष एवम महासचिव सहित विभिन्न पदाधिकारीका लागि निर्वाचन हुने निर्वाचन समितिका संयोजक गोविन्द आचार्यले जानकारी दिए ।

  • सत्तापक्ष भौतिक रुपमै हमला गर्ने गरी प्रस्तुत भयो: सांसद सापकोटा (भिडिओ)

    सत्तापक्ष भौतिक रुपमै हमला गर्ने गरी प्रस्तुत भयो: सांसद सापकोटा (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्तापक्षीय सांसदहरु भौतिक रुपमै हमला गर्नेगरी सदनमा प्रस्तुत भएको आरोप लगाएका छन् ।

    आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले संसदमा विपक्षी सांसदभन्दा उग्र भएर सत्तापक्षका सांसदहरुले भौतिक रुपमै हमला गर्ने क्रियाकलाप गरेको आरोप लगाए ।

    उनले सत्तापक्ष र प्रधानमन्त्री सदनप्रति गैरजिम्मेवार देखिएको र जटिलता थपिँदै गएको बताए ।

    सांसद सापकोटाले देशमा देखिएको पछिल्लो घटनाका साथै आफूहरुले उठाएका मागमा गम्भीर भएर सदनमा जवाफ दिनुपर्नेमा प्रधानमन्त्री अल्मलिएर बसेको जिकिर गरे ।

    उनले सदनलाई जबरजस्ती पेलेरै अघि बढाउने तयारी भएको र नियोजित रुपमा प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारण रोकिएको आरोप लगाए ।

    प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म आफूहरुको विरोध कायमै रहने उनको भनाइ छ ।

  • गणतन्त्रविरुद्ध ढुंगा हान्नेसँग माओवादीले कुम जोड्यो : महेश बर्तौला (भिडि‌ओ)

    गणतन्त्रविरुद्ध ढुंगा हान्नेसँग माओवादीले कुम जोड्यो : महेश बर्तौला (भिडि‌ओ)

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लगातार सदन अवरुद्ध गर्ने कामले प्रमुख प्रतिपक्षीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको टिप्पणी गरेका छन् ।

    आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले बाहिर गणतन्त्रको पक्षमा नाराबाजी गर्ने र सदनभित्र गणतन्त्रका विरुद्ध ढुंगा हान्नेहरूसँग कुम जोडेर सदन चल्न नदिने कुराले माओवादीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताए ।

    मुलुकमा प्रकट भएका गम्भीर विषयहरूलाई सदनमा गम्भीर रूपमा छलफल गरेर पूर्वराजालाई कारवाहीको दायरामा ल्याउनका लागि साझा मत बनाउनुपर्नेमा माओवादीका कारण अवरोध सिर्जना भएको उनको जिकिर छ ।

    एउटा कर्मचारीका बारेमा प्रधानमन्त्रीको जवाफ माग गर्दा प्रधानमन्त्री तयार भएपनि सदन अवरुद्ध गरेर प्रतिस्थापन विधेयक पारित नगर्ने दाउपेचमा माओवादी रहेको तर्क बर्तौलाले गरेका छन् ।

    शुक्रबारको घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह नै भएकाले कानूनबमोजिम कारवाही गर्नुपर्ने उनले प्रष्ट्याए । पूर्वराजालाई दिएको सबै सेवा सुविधा फिर्ता गर्नुपर्ने उनले भने ।

  • प्रेस सेन्टरको अध्यक्षमा दुईजनाको उम्मेदवारी, हेडक्वार्टरको निर्देशनमा को-को भए ब्याक ?

    प्रेस सेन्टरको अध्यक्षमा दुईजनाको उम्मेदवारी, हेडक्वार्टरको निर्देशनमा को-को भए ब्याक ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको अध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ । शनिबार अध्यक्ष प्रचण्डले उद्घाटन गरेको महाधिवेशनको दोस्रो दिन निर्वाचन प्रक्रिया अघि बढेको हो ।

    निर्वाचन समितिका अनुसार मनोनयन दर्ताको समय सकिएको छ । अध्यक्ष पदमा कमल गिरी र दीपेन्द्र रावलको उम्मेदवारी परेको छ । गिरी पार्टी हेडक्वार्टरका उम्मेदवार हुन् भने रावल जनार्दन शर्मानिकटका हुन् ।

    अध्यक्षमा दाबी गरेका लक्ष्मण खड्का, निर्मल ज्ञवाली, आस्था केसीलगायत हेडक्वार्टरको निर्देशनमा पछि हटेका छन् । मिलाएर टीम बनाउने भनेकाले क-कसले कुनमा उम्मेदवारी दिने भन्ने नै गन्जागोल भएको महाधिवेशनस्थलमा रहेका नेताहरूले बताए ।

    निर्वाचन समितिका संयोजक गोविन्द आचार्यले मनोनयनको समय सकिएको र केहीको फारम आउन बाँकी रहेकाले कसको कुन पदमा उम्मेदवारी परेको भन्ने आधिकारिक विवरण आइनसकेको नेपाल प्रेसलाई बताए ।

    अध्यक्ष उम्मेदवार आस्था केसीले भने आफूलाई नेताहरूले सहमतिका लागि पछि हट्न र भविष्यमा न्याय गर्ने आश्वासन दिएकाले उम्मेदवारी नदिएको बताइन् । अहिले अध्यक्ष प्रचण्ड घेराबन्दीमा रहेकाले हेडक्वार्टरलाई सघाउनका लागि आफू ब्याक भएको उनको भनाइ छ ।

    अध्यक्षका अर्का आकांक्षी लक्ष्मण खड्काले पनि सहमतिका लागि आफूले उम्मेदवारी नदिएर ब्याक भएको बताए । कमल गिरीलाई सर्वसम्मत अध्यक्ष बनाएर आधिकारिक टीम घोषणाको प्रयास पनि जारी रहेको छ ।

    हाल बरिष्ठ उपाध्यक्ष रहेका गिरीलाई अध्यक्ष बनाएर सर्वसम्मत केन्द्रीय समिति चयन गर्ने हेडक्वार्टरको संकेतपछि अध्यक्ष प्रचण्ड र वर्षमान पुनलगायतका नेताहरुसँग निकट मानिएका दाबेदारहरु ब्याक भएका हुन् । दिपेन्द्र रावलले भने आफू जनयुद्धको घाइते भएकाले न्याय हुनुपर्ने भन्दै अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

    उनको नेतृत्वमा जनार्दन शर्मा पक्षले प्यानल बनाउने प्रयास गरेको छ ।

  • प्रधानमन्त्री र विपक्षी दलका नेता प्रचण्डबीच टेलिफोन संवाद, सरकारले बोलायो सर्वदलीय बैठक

    प्रधानमन्त्री र विपक्षी दलका नेता प्रचण्डबीच टेलिफोन संवाद, सरकारले बोलायो सर्वदलीय बैठक

    काठमाडौं । सभामुख देवराज घिमिरेले तीनकुनेमा शुक्रवार भएको घटनाबारे छलफल गर्नका लागि पनि संसद बैठक अघि बढाउन सघाउन प्रमुख दलका प्रमुख सचेतकहरूलाई आग्रह गरेका छन् ।

    संसद भवनमा भएको छलफलका क्रममा सभामुख घिमिरेले दुई दिनअघि भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका हुन् ।

    अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने सभामुखको रहेको सचिवालयले जनाएको छ ।

    बैठकमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराएका थिए । बर्तौलाले संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेता प्रचण्डबीच टेलिफोन संवाद भएको जानकारी समेत गराएका थिए ।

    प्रधानमन्त्रीले आज नै सर्वदलीय बैठक बोलाएको समेत बर्तौलाले बताए । कुलमान घिसिङ प्रकरणलाई लिएर विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् । सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ ।

    विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ ।

  • सामाजिक सञ्जालमा दुई अभियान- ‘एरेस्ट ज्ञानेन्द्र’ भर्सेस ‘एरेस्ट प्रचण्ड’

    सामाजिक सञ्जालमा दुई अभियान- ‘एरेस्ट ज्ञानेन्द्र’ भर्सेस ‘एरेस्ट प्रचण्ड’

    काठमाडौं । सामाजिक सञ्जालमा राजावादीको १५ गतेको आन्दोलनको पक्ष र विपक्षमा अभियान चलाइएको छ ।

    १५ गते भएको उग्र राजावादी आन्दोलनमा दुई जनाको ज्यान र करोडौँको भौतिक सम्पत्ति नष्ट भएकोमा गणतन्त्रवादीहरूले एरेस्ट ज्ञानेन्द्र अर्थात् ज्ञानेन्द्रलाई पक्राउ गर भनेर आन्दोलन चर्काएका छन् ।

    अर्को कित्तामा राजावादीहरूले एरेस्ट प्रचण्ड अभियान चलाएका छन्।

    उनीहरूले प्रचण्डले ‘धेरैको हत्याको जिम्मेवार लिन्छु’ भनेको उदाहरण दिएर यस्तो अभियान चलाएका हुन । यी दुवै अभियान अहिले सामाजिक सञ्जाल खास गरी एक्समा भाइरल छन्।

    एरेस्ट ज्ञानेन्द्र र एरेस्ट प्रचण्ड दुवै ह्यासट्याग प्रयोग गरेर अभियान चलाइएको छ ।

  • कांग्रेस र एमालेलाई प्रचण्डको आह्वान- आउनुस् आत्मसमीक्षासहित सच्चिने संकल्प गरौं

    कांग्रेस र एमालेलाई प्रचण्डको आह्वान- आउनुस् आत्मसमीक्षासहित सच्चिने संकल्प गरौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा भएका कांग्रेस र एमाले गणतन्त्रवादी जस्तो नभएकाले गणतन्त्रवादीहरुको एकता हुने आधार नदेखिएको बताएका छन् ।

    प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उनले गणतन्त्रवादी गणतन्त्रको विरोध जस्तो भयो भने गणतन्त्रवादीको एकता कसरी हुनसक्छ भन्दै प्रश्न गरे।

    प्रचण्डले गणतन्त्रको मूल्य र मान्यतालाई आत्मसात गरेर हिजो गरिएको कमजोरी, भ्रष्टाचारी र दलालहरुको पक्षमा उभिने, बिचौलियाको इच्छाअनुसार चल्ने काम बन्द गरे गणतन्त्रवादीहरुको एकता सम्भव हुने बताए ।

    उनले सरकारमा बसेकाहरुलाई आफ्नो व्यवहारमा समीक्षा गर्न अपिल गरेको बताए ।

    उनले भने, ‘शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ताको नाताले गणतन्त्रको हितप्रति गहिरो जिम्मेवारीबोधको साथ मैले भनेको छु, आउनुस् सबै बसेर आत्मसमीक्षा गरौं, संविधान कार्यान्वयनमा कहाँ त्रृटि भयो हेरौं र सच्चिने संकल्प गरौं । जनतातिर फर्किन तयार भए फेरि पनि सहकार्य हुनसक्छ ।’

  • हामीले झण्डै एक लाख जनता नउतारेको भए हिजो राजावादीहरुले अझै ठूलो घटना निम्त्याउँथे: प्रचण्ड

    हामीले झण्डै एक लाख जनता नउतारेको भए हिजो राजावादीहरुले अझै ठूलो घटना निम्त्याउँथे: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो समाजवादी मोर्चाले करिब एक लाख जनता गणतन्त्रको पक्षमा उतारेकै कारणले राजावादी अराजकता कम भएको बताएका छन् ।

    प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उनले राजावादीहरु हिजो ठूलो अराजकता र आपराधिक क्रियाकलाप गर्ने षड्यन्त्रको साथ आएको दाबी गरे ।

    हिजो मोर्चाको कार्यक्रम राखेकोप्रति धेरैले बधाई र धन्यवाद दिएको सुनाउँदै प्रचण्डले भने, ‘समाजवादी मोर्चाले पचासौं हजारौं जनता हिजो सडकमा नउतारेको भए, हिजो धेरै ठूल्ठूला दुर्घटना हुने खतरा थियो । त्यहाँ हिजो झन्डै एक लाख जनता नउत्रिएको भए, यतिमात्रै होइन, अझै ठूलो घटना हुन्थ्यो । हामीले हिजो कार्यक्रम राखेकै कारणले धेरै धनजनको क्षति हुनबाट बच्यो ।’

    उनले राजावादीहरुको अराजक समूहले दुई जनाको ज्यान लिनुका साथै थुप्रै घर, गाडी, पार्टी कार्यालयहरु जलाएको बताए ।

  • राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न सत्ता गठबन्धनमा तानातान चलिरहेको छ: प्रचण्ड

    राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न सत्ता गठबन्धनमा तानातान चलिरहेको छ: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न सत्ता गठबन्धनमा तानातान चलिरहेको बताएका छन् ।

    प्रेस सेन्टर नेपालको महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेको बेलामा योग्य मान्छे ल्याउनुपर्ने बेलामा गठबन्धनभित्र तानातान चलिरहेको बताए ।

    प्रचण्डले भने, ‘को मेरो मान्छे, को तेरो मान्छे, कसलाई ल्याउँदा कति फाइदा हुन्छ, राष्ट्रलाई फाइदा होइन, आफूलाई भन्ने सोचियो भने त्यसले अर्थतन्त्र सुधार गर्न सहयोग गर्दैन ।’

  • प्रेस सेन्टरलाई अग्नि सापकोटाको सुझाव- सहमतिबाट नेतृत्व चयन गर्नुस् (भिडिओ)

    प्रेस सेन्टरलाई अग्नि सापकोटाको सुझाव- सहमतिबाट नेतृत्व चयन गर्नुस् (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले प्रेस सेन्टरलाई सहमतिबाट नयाँ नेतृत्व चयन गर्न सुझाव दिएका छन् ।

    प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उनले क्षमतावान नेतृत्व चयन हुने विश्वास व्यक्त गरे ।

    नेता सापकोटाले भने, ‘लोकतन्त्रको सर्वोत्तम विधि नै सहमति हो । सहमति कायम गर्न सबैले आआफ्नो ठाउँमा भूमिका खेल्नुस् । यो अग्रगामी भूमिकामा छ । यसले राष्ट्रिय सन्देश दिन्छ भन्ने विश्वास छ ।’

    उनले हिजो राजावादीहरुको प्रदर्शनलाई ताण्डव नृत्यको संज्ञा दिए ।

    उनले भने, ‘हिजो हामीले एकातिर ताण्डव नृत्य देख्यौं । अर्कोतिर हाम्रो पार्टी सम्मिलित समाजवादी मोर्चाले समाजवादको आधार तयार गर्ने प्रस्थानविन्दूको रुपमा प्रस्तुत गरेको छ । क्रान्ति र प्रतिक्रान्तिको टकरावसँगै समाजवादी क्रान्तिको आधार तयार पार्न वस्तुगत स्थिति तयार भइसकेको छ ।

  • माओवादीको मुख्यालय पेरिसडाँडा पुगे गृहमन्त्री, अग्नि सापकोटासँग के भयो कुराकानी ?

    माओवादीको मुख्यालय पेरिसडाँडा पुगे गृहमन्त्री, अग्नि सापकोटासँग के भयो कुराकानी ?

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन्।

    हिजो राजावादीको हिंसात्मक पर्दशन गरेको काठमाडौं तिनकुने क्षेत्रको अवलोकनको क्रममा गृह सचीव र तीन सुरक्षा अङ्गका प्रमुखसहित पेरिसडाडाँ पुगेका हुन्।

    पार्टी मुख्यालयमै पुगेका गृहमन्त्रीसँग पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले भेटवार्ता गरे। व्यवस्था विरुद्धको उदण्डतामा सबै एकाकार भई प्रतिवाद गर्नुपर्ने बिषयमा छलफल भएको केन्द्रीय सदस्य रमेश मल्लले बताए।

    भेटबारे उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रभित्र आपसी प्रतिस्पर्धा हुन्छन। जनताको अभिमत अनुसार सरकार पक्ष र प्रतिपक्ष हुन्छ, यो स्वाभाविक कुरा हो तर जब व्यवस्थाविरुद्ध कसैले उदण्डता प्रर्दशन गर्दछ भने त्यसको एकाकार भई प्रतिवाद गर्नुपर्छ भन्ने कुरा भयो।’

  • तीनकुने घटनाको योजनाकार पूर्वराजा भएको माओवादीको दाबी, तत्काल कारवाही प्रक्रिया अघि बढाउन सरकारसँग माग

    तीनकुने घटनाको योजनाकार पूर्वराजा भएको माओवादीको दाबी, तत्काल कारवाही प्रक्रिया अघि बढाउन सरकारसँग माग

    काठमाडौं । नेकपा माओवादी केन्द्रले हिजो तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको योजनामा भएको आरोप लगाएको छ।

    प्रवक्ता अग्निप्रसाद सापकोटाले एक विज्ञप्ति जारी गर्दै पूर्वराजा र उनका मतियारहरूले शुक्रबार गरेको प्रदर्शन विध्वंशको पराकाष्ट भएको बताए।

    विज्ञप्तिमा भनिएको छ, ‘यस्ता हिंसात्मक एवं आपराधिक कार्य गर्न÷गराउन उक्साउने योजनाकार तथा प्रदर्शनका आयोजकलाई सम्पूर्ण घटनाप्रति जवाफदेही बनाउन र अझ गम्भीर अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछौँ। यस प्रकारका सबै आपराधिक कार्यलाई कानुनको दायरामा ल्याई विधिको शासन कायम गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरिन्छ।’

    यस्तै, हिजोको समाजवादी मोर्चाले गरेको जनसभाले बहुआयामिक सन्देश दिएको भन्दै तत्कालिक रुपमा सरकारप्रति खबरदारी र ज्ञानेन्द्र शाहको योजनाबद्ध उक्साहटमा उदण्ड जत्थालाई एकैसाथ मुखतोड जवाफ दिएको बताए।

  • यही नै समय हो ज्ञानेन्द्र शाहलाई कारबाही गर्न सरकारले कडा कदम चालाेस्: प्रचण्ड (भिडिओ)

    यही नै समय हो ज्ञानेन्द्र शाहलाई कारबाही गर्न सरकारले कडा कदम चालाेस्: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार घटना नसोचेको बताएका छन् ।

    समाजवादी मोर्चाको बैठकमा सहभागी हुनुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शुक्रबार भएको हिंसात्मक गतिविधिको पूर्वतयारी नभएको देखिएको बताएका हुन् ।

    उनले हिजोको घटना हेर्दा प्रहरी र सरकारको तयारी नभएको बताए ।

    उनले भने,‘ सरकार र प्रहरीको राम्रो तयारी देखिएन । यहाँ आक्रमण भयो भनेर जानकारी गराउँदा पनि झण्डै ४०/ ४५ मिनेटसम्म पनि पुसिल फोर्स नदेखिनु विडम्वना भन्नुपर्ने हुन्छ । हिजो हामीले यो स्तरको दुर्घटना होला भनेर सोचिएन भनेर सुरक्षा निकायले भनेकाे छ । राजधानीको मुटुमा यस्तो विवेकहिन आपाराधिक गतिविधि हुँदा प्रहरी समयमा आउन नसक्नु यसलाई गम्भीर समिक्षा सरकारले गरोस् । र आउने दिनमा पूर्ण तयारीमा लागोस् ।’

    साथै उनले ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिकता स्तरको भएको  बताउँदै सरकारले कडा कदम चाल्न आग्रह गरे ।

    उनले थपे,’ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिकता स्तरको भएको पहिला पनि देखिएकै हो । अहिले पनि देखियो । यही नै समय हो सरकारले कडा कदम चालोस् । यस्ता काण्ड गर्नेलाई कानुनी दायरमा ल्याओस् । र ज्ञानेन्द्र शाहलाई पनि छाडा हुन नदियोस् ।’

  • तीनकुनेमा देखिएको अराजकताबारे प्रचण्ड- त्यो राजावादीहरुको चरित्र हो, आतंक मच्याउन खोज्दैछन् (भिडिओ)

    तीनकुनेमा देखिएको अराजकताबारे प्रचण्ड- त्यो राजावादीहरुको चरित्र हो, आतंक मच्याउन खोज्दैछन् (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरुको तीनकुनेमा भएको प्रदर्शनलाई मन्डले अराजकताहरुको सभाको संज्ञा दिएका छन् ।

    समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै आफूहरुले राखेको सभाकै दिन प्रतिगामी राजावादीहरुले पनि सभा राखेको बताए।

    उनले भने, ‘हामीले चैत १५ गते प्रदर्शन र सभा गर्ने घोषणा गरिएको थियो। हामीले घोषणा गरेपछि राजावादीहरुले पनि आजकै दिन राखे । उत्तेजित र आतंकित पार्ने मनसाय दिएको थियो। तर, मैले आज यहाँ बोल्दैगर्दा मैले सुरक्षा निकायसँग लगातार बुझिराखेको छु । बाह्र बर्ष ढुंग्रामा हालेपनि कुकुरको पुच्छर बांगै भनेकोजस्तो त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठ भएको छ । तीनकुने अहिले मण्डले अराजकताको । त्यहाँ घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुंगा प्रहार गरेका छन्। मण्डलेहरुले। उनीहरुले केही मान्छे मरुन् देशैभरी आतंक मच्चियोस् भन्ने चाहेका छन्, त्यो राजावादीहरुको चरित्र हो ।’

    उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिक दलहरुको उदारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगर्न चेतावनी दिए । विगतमा गरेको परिणाम अहिले भोगिरहेको भन्दै अब पनि गल्ती दोहोर्याए भोग्न बाँकी केही नरहने बताए ।

  • ज्ञानेन्द्रलाई पम्फाको चेतावनी- व्यवस्था फेरिएपछि राजाहरु रेटिन्छन्, दिएको मौकालाई कमजोरी नठान्नू (भिडिओ)

    ज्ञानेन्द्रलाई पम्फाको चेतावनी- व्यवस्था फेरिएपछि राजाहरु रेटिन्छन्, दिएको मौकालाई कमजोरी नठान्नू (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले सरकारको कारणले बढेको निशारामा राजावादीहरुले मौका छोपेर फर्किने दिवासपना देखेको बताएकी छन् ।

    समाजवादी मोर्चाको विरोधसभालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओली सरकारलाई सुध्रिन चेतावनी दिइन् । उनले राजतन्त्र समाप्त भइसकेको भन्दै अब फर्किने कुनै सम्भावना नभएको बताइन् ।

    उपाध्यक्ष भुसालले भनिन्, ‘यो सरकारको कारणले नै आमजनतामा निराशा पैदा भएको छ । हिजो जनताको युद्ध र आन्दोलनबाट पराजित भएका, प्रायः यस्ता निरंकुश राजतन्त्रको अन्त्य गर्ने क्रममा तीन देशमा राजाहरु रेटिने गर्दछन्, मारिने गर्छन् । हामीले नागरिक भएर बस भनेर छाडिएको स्थितिलाई कमजोरी ठानेर हिजो निरंकुश शासनको वरिपरि बसेर खाइपाइ आएका जनतामाथि शोषण गरेका पूर्वदरबारिया र पञ्चहरुले यो निराशाको मौका छोपेर पुनःस्थापित भइन्छ कि भन्ने दिवासपना देखेका छन् ।’

    उनले सरकारले भ्रष्टाचार, दलाल र माफियाहरुको प्रतिनिधित्व गरेको भन्दै सच्याएर सुशासनको अभियान अघि बढाउन आग्रह गरिन् ।

  • समाजवादी मोर्चाको विरोधसभालाई ४ नेताले मात्रै सम्बोधन गर्ने, झलनाथ नजाने

    समाजवादी मोर्चाको विरोधसभालाई ४ नेताले मात्रै सम्बोधन गर्ने, झलनाथ नजाने

    काठमाडौं । समाजवादी मोर्चाले आज काठमाडौंमा विरोधसभा गरेको छ। मोर्चाको विरोध प्रदर्शन विभिन्न ठाउँबाट सुरु भइसकेको छ।

    र्‍याली भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुनेछ। सभालाई मोर्चामा आबद्ध चार दलका अध्यक्षहरूले मात्रै सम्बोधन गर्ने भएको छ। सरकार र राजावादीहरूलाई दबाब दिनको लागि मोर्चाले आज प्रदर्शन गरेको हो।

    आजको सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेसपाका अध्यक्ष महिन्द्रराय यादले सम्बोधन गर्नेछन्।

    यसैबीच, मोर्चामा चार पार्टीका अध्यक्षहरूले मात्रै सम्बोधन गर्ने तय भएपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनाल भने सभामा नजाने भएका छन्। खनाल यसअघिदेखि नै मोर्चाप्रति सकारात्मक सुनिँदैनन्।

  • समाजवादी मोर्चाले आज ८ स्थानबाट जुलुस निकाल्ने

    समाजवादी मोर्चाले आज ८ स्थानबाट जुलुस निकाल्ने

    काठमाडौं । राजावादीहरू सक्रिय भएपछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् ।

    जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दुई ठाउँ र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।

    जसअनुसार माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सो¥हखुट्टे जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुँदै आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुन्धाराबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछन् ।

    अपरान्ह् १२ बजेबाट सुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ। तर, सो सभालाई कस कसले सम्बोधन गर्ने भन्ने अझै सार्वजानिक गरिएको छैन।

  • समाजवादी मोर्चाको प्रदर्शन राजाविरुद्ध कि सरकारविरुद्ध ? यस्तो छ माओवादीको जवाफ

    समाजवादी मोर्चाको प्रदर्शन राजाविरुद्ध कि सरकारविरुद्ध ? यस्तो छ माओवादीको जवाफ

    काठमाडौं । समाजवादी मोचाले भोलि काठमाडौंमा जनप्रदर्शन गर्दैछ। नेकपा माओवादी केन्द्रसहित ४ दल सम्मिलित मोर्चाले विरोधसभा गर्न लागेको हो ।

    राजावादीहरुको सक्रियता बढेपछि त्यसलाई प्रतिवाद गर्न मोर्चाले प्रदर्शन राखेको छ। साथै, यही सभाबाट सरकारलाई पनि दबाब दिने मोर्चाको रणनीति छ। सभामा लगभग डेढ लाख मान्छे उपस्थित हुने अपेक्षा मोर्चाले राखेको छ। भोलि नै राजवादीहरुले पनि शक्ति प्रदर्शन गर्दैछन् ।

    सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएपछि माओवादीसहित विपक्षी दल सरकारविरुद्ध आक्रोशित छ । यो प्रदर्शनले सरकारमाथि पनि दबाब दिने मोर्चामा आबद्ध दलहरुको बुझाइ छ ।

    भोलि मोर्चाले गर्न लागेको प्रदर्शन राजवादी कि सरकारविरुद्ध ? भन्नेबारे माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटोले त्यसको जवाफ दिएका छन् ।

    उनले भोलिको मोर्चाको प्रदर्शनमा सहभागी हुने आह्वान गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कुशासनकै कारणले अहिले राजावादीहरुले टाउको उठाउन खोजेको आरोप लगाए ।

    त्यसबारे उनको भनाइ जस्ताको तस्तै

    वर्तमान सरकारले सुशासनको विपरित, भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा भ्रष्टाचारीहरुको संरक्षण गर्ने, यो सरकारको सेवा प्रवाहमा पनि पहलकदमी छैन ।

    सरकार नै संवैधानिक मर्म र भावना विपरित बनेको हुनाले सुरुका दिनदेखि नै जनताप्रतिको जवाफदेहिता प्रस्तुत गर्न सकेको छैन । सबैतिर यो सरकार असफल भइरहेको छ ।

    सरकारको कुशासन र नालायकिको कारणले अहिले अराजकता फैलाउने दुष्प्रयत्न भइरहेको छ । तर नेपाली जनता पछाडि फर्कने कल्पना पनि गर्न सक्दैनन्, इतिहासमा थन्काइसकेको त्यो राजतन्त्र फर्किने कुरा नेपाली जनताले सोच्न पनि सक्दैनन् ।

    जनता लोकतान्त्रिक मूल्य र मान्यता आदर्शमा स्पष्ट छन् र हामीले रगत बगाएर बनाएइको संविधानमा प्रष्टसँग सार्वभौम सम्पन्न नेपाली जनता, सबै अधिकारहरु नेपाली जनतामा अन्र्तनिहित छ भन्ने मान्यतामा प्रष्ट छन् ।

    तर यो सरकारले विचौलिया र दलालहरुको इसारामा देश र जनताको हित विपरित काम गरिरहेको छ। यही मौकामा पानीलाई धमिलो पारेर माछा मार्न सकिन्छ कि भनेर दुष्प्रयत्न गरेका छन् । त्यो सफल हुनेछैन ।

    त्यसैले हामीले जनतालाई राष्ट्रिय परिस्थिती र सरकारको नालायकिको बारेमा पनि, इतिहासमा थन्किसकेको प्रतिगमनकारीहरुको बारेमा पनि अब जनतालाई सूसुचित गर्ने बेला आयो, शक्तिको स्रोत भनेकै जनता हो ।

    जनताले लडेर ल्याएको यो व्यवस्था उल्ट्याउने दुष्प्रयास भइरहेको बेलामा जनतामै जानुपर्छ भनेर हामीले चैत १५ गते बृहत्त जनप्रदर्शन गर्दैर्छौँ ।

  • शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन पार्टी फुटाउन पनि तयार भएँ : प्रचण्ड

    शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन पार्टी फुटाउन पनि तयार भएँ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिआरसीमा पीडितहरूलाई सम्बोधन गर्ने कुरा उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरामा राजनीतिक नेतृत्व तहमा कहिले विवाद नभएको बताएका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित संक्रमणकालीन न्याय सम्बन्धी राष्ट्रिय सम्मेलनमा उनले सबै विवाद र विमतिको बीचमा पनि शान्ति प्रक्रिया टुङ्गाउनुपर्छ भन्ने कुरामा सैद्धान्तिक रूपमा कहिले विवाद नभएको भन्दै त्यही भएर राजनीतिक द्वन्द्व जस्तो समयमा पनि विधेयक संशोधनको कुरा टुङ्गाउन सफल भएको बताए ।

    उनले भने, ‘टिआरसीमा पीडितहरूलाई सम्बोधन गर्ने कुरा उच्च प्राथमिकतामा राख्न पर्छ भन्ने कुरामा राजनीतिक नेतृत्व तहमा कहिले पनि विवाद भएन । मानिसलाई कहिलेकाहीँ लाग्छ यस्तो होइन होला भनेर तर राजनीतिक नेतृत्वहरू मूलतः पीडितहरूलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्र शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा पनि हामी कहिले पनि अन्योलमा परेनौ । अहिले पनि राजनीतिक दलहरूको बीचमा विवादहरू छन् । प्रमुख दलहरू नै कोही सत्ता पक्षमा छौ कोही प्रतिपक्षमा छौ, विवाद चलिरहेको छ । सदनमा बहस भइरहेको छ, यी सबै विवाद र विमतिको बीचमा पनि शान्ति प्रक्रिया टुङ्गाउनुपर्छ भन्ने कुरामा सैद्धान्तिक रूपमा कहिले पनि विवादमा भएनौ । ढिला त भयो र विवादले गर्दा भएको होइन त्यो भन्न मिल्दैन ।’

    उनले शान्ति प्रक्रियालाई सफलतापूर्वक अगाडि बढाउँदा पार्टी नै विभाजन भएको उनले स्मरण गरे । शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन आफू पार्टी विभाजनका लागि समेत तयार भएको उनको भनाई छ ।

    उनले भने, ‘शान्ति प्रक्रियालाई सफलतापूर्वक अगाडि बढाउनको लागि आफ्नो पार्टी विभाजन गर्नुपर्छ भने पनि ठिक छ । तर शान्ति प्रक्रिया दुर्घटनामा नजाओस् भनेर धेरै जोखिम उठाएर हामीले सेना समायोजनसँग सम्बन्धित विषय वा संविधान निर्माण प्रक्रियासँग सम्बन्धित विषयमा राजनीतिक तहमा समझदारी गर्ने प्रयास गरिराख्यौँ ।’

    आफू शान्ति सम्झौताको हस्ताक्षरकर्ता र हिजो विद्रोहको नेतृत्व गरेको नाताले पनि शान्ति प्रक्रियाका अत्यन्तै जटिल र संवेदनशील विषयहरूलाई टुङ्गोमा पुर्‍याउन आफ्नो ठाउँबाट धेरै जोखिम उठाएको पनि उनको भनाई छ ।

  • प्रचण्डलाई ओलीको कटाक्ष- खेतमा पानी लगाउने र बाख्रो किन्ने कुरा कसरी जोडियो ? (भिडिओ)

    प्रचण्डलाई ओलीको कटाक्ष- खेतमा पानी लगाउने र बाख्रो किन्ने कुरा कसरी जोडियो ? (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया पूरा गर्ने सम्बन्धमा भएको सहमतिलाई कुलमान बर्खास्ती प्रकरणसँग जोड्न खोजेकोमा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको आलोचना गरेका छन् । आज शान्ति प्रक्रियासम्बन्धी सम्मेलनमा बोल्दै ओलीले यी दुवै फरक विषय भएको बताए ।

    ओलीले भने, ‘हिजो-अस्ति मैले सुनेँ, शान्ति प्रक्रियाका लागि छलफल गर्न भनेर बोलाए, अनि सिफारिस समिति बनाएपछि एक जना कर्मचारीले ठिक काम गरेन भनेर निकालेछन्, यस्तो धोका । कहाँबाट जोडियो खेतमा पानी लगाउने कुरा र बाख्रो किनेको कुरा ? अर्कै-अर्कै कुरा हो त शान्ति प्रक्रिया र एउटा कर्मचारीले राम्रो काम गरेन भनेर कारबाही गरेको कुरा । कहाँबाट जोडिन आयो ?’

    अर्कोतिर अहिले ननइस्यूहरुलाई इस्यू बनाउन खोजिएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाए ।

    राजावादी आन्दोलनलाई ईंगित गर्दै भने, ‘के निकालेको नन इस्यू पनि कसरी निकालेको हो । ६५ सालमा ज्ञानेन्द्र शाहजी घर जानुभो । हामी दुई–चार महिनामा घर फर्किन्छौँ । उहाँ २५० वर्षपछि फर्किनुभएछ । ठूलो कुरै भएन नि ! अहिले यति वर्षपछि कहाँबाट फेरि नन इस्यू… पोखराबाट आउनुभो रे, कहाँ दरबार लान्छु भन्या हो ।’

    यस्तो खालको कुरामा नेपाली अल्झिनु नहुने र यस्तै कुराले जनतामा असन्तुष्टि बढ्ने उनले बताए ।

  • ओली, देउवा र प्रचण्ड एकैठाउँमा

    ओली, देउवा र प्रचण्ड एकैठाउँमा

    काठमाडौं । प्रमुख ३ ठूला दलको नेतृत्व आज एउटै कार्यक्रममा उपस्थित भएका छन् ।

    नेपालको संक्रमणकालीन न्यायसम्बन्धी कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका हुन् ।

    ‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनको तीन शीर्ष नेताले संयुक्त उद्घाटन गरे । सम्मेलनमा उनीहरू तीनैजनाले सम्बोधन गरेका छन् ।

    कार्यक्रममा द्वन्द्वपीडित प्रतिनिधि, संयुक्त राष्ट्रसंघ आवासीय प्रतिनिधि हाना सिंगरलगायत सहभागी छन् ।

  • चैत १५ गतेको विरोधसभामा सहभागी हुन समाजवादी मोर्चाको आह्वान, यी स्थानबाट निकालिँदैछ जुलुस

    चैत १५ गतेको विरोधसभामा सहभागी हुन समाजवादी मोर्चाको आह्वान, यी स्थानबाट निकालिँदैछ जुलुस

    काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शनलाई व्यवस्थित बनाउनेबारे छलफल गरेको छ । नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले हजारौंको संख्यामा काठमाडौंमा प्रदर्शन गर्ने तयारी भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।

    उनले हजारौंको संख्यामा उपस्थित गराउने अनुमान गरेपछि लाख डेढ लाखसम्म हुनसक्ने विश्लेषण सुनाए । उनका अनुसार जुलुस कोटेश्वर हुँदै माइतीघर मण्डला, कुपन्डोल, कालीमाटी, नागपोखरी पुतलीसडक, केही सुन्धारा, भृकुटीमण्डपको माथिल्लो चोकमा पुगेर सभामा परिणत हुने बताए ।

    उनले भने, ‘यो भव्य विरोध प्रदर्शन हो । चारैतिरबाट जनताको उपस्थित र सहभागिता रहन्छ । जनताको धेरै ठूलो त्याग र बलिदानबाट यो व्यवस्था ल्याएको हो । त्यसैले सबैले आत्मसमीक्षा गर्दै गणतन्त्रलाई बलियो बनाउनुपर्छ भन्ने हो । फेरि देशलाई उल्टो बाटोमा फर्काउने कुरा राष्ट्रघाती हुन्छ । यो स्वीकार्य हुँदैन ।’

    उनले १५ गतेको कार्यक्रममा सहभागी हुन सबै कम्युनिष्ट, वामपन्थीहरुलाई आह्वान गरे । उनले रावावादीहरुको बढ्दो सक्रियतामा विदेशी शक्तिहरुको आशक्ति देखिएको आशंका गरे ।

  • प्रचण्डको बैठकमा रास्वपा गएपछि ओलीको प्रश्न- मान्छे मारेर थकित तत्त्वहरूको पसिना पुछ्न किन जानुपर्‍यो ?

    प्रचण्डको बैठकमा रास्वपा गएपछि ओलीको प्रश्न- मान्छे मारेर थकित तत्त्वहरूको पसिना पुछ्न किन जानुपर्‍यो ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सही बाटोमा हिँड्न सुझाव दिएका छन् ।

    राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नयाँ शक्ति भनेर हतियार उठाएर मान्छे मारेर थकित तत्त्वहरूका पसिना पुछ्न हिँडेको तर्क गरे ।

    रास्वपा आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विपक्षी दलको बैठकमा सहभागी भएको थियो । विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको विरोधमा रास्वपा पनि उत्रिएपछि ओलीले नयाँ भन्नेहरू सिक्ने क्रममै रहेको बताए ।

    उनले थपे, ‘नयाँ पार्टीहरू सिक्दैछन्, गलत नगर्न सही बाटोमा हिँड्न सुझाव छ। ती हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर अनेक मच्चाएर, उपद्रो मच्चाएर कति मान्छे मारेर, मराएर थकित तत्त्वहरूका पसिना पुछ्न किन जानुपर्‍यो ? आफूलाई नयाँ शक्ति भन्छ।’

    उनले प्रचण्डलाई लक्षित गर्दै नेकपाकालको दुई तिहाइ भएको पार्टी फुटाउने, प्रगतिशील सरकार ढाल्ने तत्त्वहरूको रूपमा चित्रण गरे ।

    प्रचण्डले कुलमानलाई हटाउने निर्णय सत्य नहोस् भन्ने लेखेको स्ट्याटसप्रति कटाक्ष गर्दै भने, ‘मैले यस्तो कुरा सुनेँ, थाहा पाएँ, यो कुरा गलत होस्, केके न थाहा पाएजस्तो, मैले सुनेको असत्य होस्। कुनै महान् ठूलो कुराजस्तो, होइन रहेछ भने नत्र, भन्दिन चाहन्छु चिसै पानीले नुहाउनुहुन्छ । हाम्राविरुद्ध मोर्चाबन्दी छ दुई तिहाइ भएको पार्टी फुटाउने, प्रगतिशील सरकार ढाल्ने, यिनै तत्त्वहरू हुन् ।’

  • प्रचण्डलाई प्रश्न- विपक्षी दलको बैठकमा राप्रपालाई किन नबोलाएको ?

    प्रचण्डलाई प्रश्न- विपक्षी दलको बैठकमा राप्रपालाई किन नबोलाएको ?

    काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलहरुको बैठक राखे ।

    बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल लगायतका नेताहरु सहभागी भए ।

    माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक बसेको बैठकमा आज सदनको पाँचौ ठूलो दल राप्रपा देखिएन । यसअघि विपक्षी दलको बैठकमा प्रचण्डले राप्रपालाई पनि मिसाउँदै आएका थिए ।

    यद्यपि, आजको बैठकलाई संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक भनियो । यही विषयमा संसद भवनबाहिर सञ्चारकर्मीहरुले विपक्षी दलको बैठकमा राप्रपालाई किन नबोलाएको ? भन्दै प्रश्न सोधे ।

    उनले भने, ‘उहाँहरुको एजेण्डा र हाम्रो एजेण्डा फरक भएकाले हो । तर, अहिले उहाँ पनि विरोधमा हुनुहुन्छ । हामी अहिले मिलेकै छौं । कुरा गरेकै छौं ।’

    कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने निर्णयको विरोधमा सदनमा राप्रपाले आजको बैठकमा नबोलाइएको भएपनि उठेर साथ दिएको थियो ।

  • प्रचण्डले भने- टीआरसी टुंग्याएलगत्तै ओलीले कुलमान हटाउने निर्णय गरेपछि फेरि मलाई स्वर्ग र नर्क सम्झायो

    प्रचण्डले भने- टीआरसी टुंग्याएलगत्तै ओलीले कुलमान हटाउने निर्णय गरेपछि फेरि मलाई स्वर्ग र नर्क सम्झायो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ नदिएसम्म बैठक चल्न नदिने बताएका छन् ।

    संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले सदनमा आएर चित्तबुझ्दो जवाफ दिएमात्रै सदन खुल्ने बताए ।

    प्रचण्डले भने, ‘हामीले प्रधानमन्त्रीले संसदको रोष्ट्रममा आएर जवाफ नदिएसम्म हाउस चल्न सक्दैन भनेका छौं । प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ । उहाँले स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्तबुझ्दो भए तुरुन्तै हाउस चल्छ । स्पष्टीकरण पनि जालझेलको भयो भने आन्दोलन अगाडि बढ्छ ।’

    उनले प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको बाँकी कामको विषयमा छलफल गर्न बोलाएको र त्यो बैठकमा कुलमानबारे कुनै चर्चा नभएको प्रस्ट पारे ।

    प्रचण्डले थपे, ‘म निस्कनेबित्तिकै मन्त्रिपरिषद्को बैठक बसेर निर्णय गरियो । मलाई फेरि एक पटक निकै ठूलो जालझेल भएको महसुस भयो । म सिंहदबारमा गएर टीआरसीबारे टुंग्याएलगत्तै कुलमानबारे निर्णय गर्नुपर्ने बाध्यता त थिएन, त्यसले फेरि मलाई स्वर्ग र नर्क सम्झायो ।’

    उनले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले टीआरसीसँग प्रचण्डले कुलमान साट्यो भनेर गरेको प्रचारको आपत्ति जनाए ।

  • ऊर्जामन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै देवेन्द्रको दाबी- नेपालमा लोडसेडिङ अन्त्य भारतले गरेको होइन (भिडिओ)

    ऊर्जामन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै देवेन्द्रको दाबी- नेपालमा लोडसेडिङ अन्त्य भारतले गरेको होइन (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल ऊर्जामन्त्री दिपक खड्काले भारतले लोडसेडिङ हटाएको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

    संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भारतले गर्दा लोडसेडिङ हटेको भन्ने कुरामा सत्यता नभएको बताए।

    उनले भने, ‘मन्त्रीले भारतले लोडसेडिङ अन्त्य गरेको हो। कुलमानले होइन भन्नु खेदजनक छ। नेपाल सरकारले १० हजार मेगावाट बिजुली भारतलाई बेच्ने भनेका छौँ। कुनै बेला नेपालमा अन्धकार हुँदा केही साटफेर गरेको सत्य हो। तर, लोडसेडिङ अन्त्य गरेको भारतले होइन। नेपालकै परियोजनाहरूको चुहावट रोकेर सफल भएको हो।’

    कुलमान घिसिङलाई हटाएपछि सरकारले जनताको पक्षमा छ कि बिचौलियाको भन्ने प्रष्ट भइसकेको बताए।