Category: लोसपा नेपाल

  • गृहमन्त्रीलाई सर्वेन्द्रनाथ शुक्लाको प्रश्न: तीनकुनेलाई आन्दोलन गर्ने क्षेत्र किन तोकियो ?

    गृहमन्त्रीलाई सर्वेन्द्रनाथ शुक्लाको प्रश्न: तीनकुनेलाई आन्दोलन गर्ने क्षेत्र किन तोकियो ?

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का सांसद सर्वेन्द्रनाथ शुक्लाले गृहमन्त्री रमेश लेखकलाई तीनकुने क्षेत्रलाई किन आन्दोलन गर्न अनुमति दिइयो भन्दै प्रश्न गरेका छन् ।

    प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले चैत १५ मा तीनकुने क्षेत्रमा भएको राजावादीको आन्दोलनलाई लक्षित गर्दै यस्तो प्रश्न गरेका हुन् ।

    उनले भने, ‘गृह मन्त्री ज्यूले तीनकुने क्षेत्र एकदमै संवेदनशील छ । नजिकै एयरपोर्ट पनि छ । प्रज्वलनशील पदार्थ भएको क्षेत्र पनि हो । त्यति संवेदनशील हुँदा हुँदै पनि किन आन्दोलन क्षेत्र तोकियो र उनीहरूलाई आन्दोलन गर्नका लागि अनुमति दिइयो ? पशुपति नाथको गुठी पनि नजिकै, केहि नहुनुमा त्यसको आशीर्वादले पनि काम गर्‍यो होला ।’

  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक, भूमि अध्यादेश विपक्षमा उभिएका महन्थ ठाकुर पनि सहभागी

    बालुवाटारमा सत्ता गठबन्धनको बैठक, भूमि अध्यादेश विपक्षमा उभिएका महन्थ ठाकुर पनि सहभागी

    काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सरकारले ल्याएको अध्यादेशलगायतको विषयमा छलफल भइरहेको जनाइएको छ।

    आज सता पक्षीय दलको बैठकबाट अध्यादेशका बारेमा निष्कर्षमा पुग्ने बताइएको छ। हिजो अध्यादेशलगायत पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो।

    सरकारले ल्याएको भूमि अध्यादेशको विरोधमा सरकारमै रहेका दलहरुले नै अस्वीकार गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले आज बैठक राखेका हुन्। राष्ट्रियसभामा निर्णायक जसपा नेपाल र लोसपाले पनि अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ।

    यद्यपी, आजको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेर पार्टीबाट सरकारमा रहेका मन्त्रीलाई राजीनामा दिन तयार रहन निर्देशन दिएका लोसपा अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन्।

    बैठकमा प्रधानमन्त्री एवं एमाले का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागी छन्।

    यस्तै, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, श्रम मन्त्री शरदसिंह भण्डारी पनि सहभागी छन्।

    सरकार र संसद्का कामको प्रभावकारिता र विचाराधीन विभिन्न अध्यादेशहरुलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

  • उपेन्द्र र महन्थको निर्णयले भूमि अध्यादेश संकटमा, रणनीति बुन्दै सत्ता गठवन्धन

    उपेन्द्र र महन्थको निर्णयले भूमि अध्यादेश संकटमा, रणनीति बुन्दै सत्ता गठवन्धन

    काठमाडौं । अध्यादेशबारे उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको निर्णयले सरकारलाई धक्का लागेको छ । प्रतिनिधिसभामा दुई तिहाइ शक्ति रहेको सरकारलाई अध्यादेशमा बहुमत जुटाउन सकस पर्ने देखिन्छ ।

    सरकारले ल्याएको अध्यादेश पारित गराउन जसपा नेपाल राष्ट्रियसभामा निर्णायक छ । सरकारलाई समर्थन गरेको भए पनि उसले ६ मध्ये ५ अध्यादेशलाई मात्रै समर्थन गर्नसक्ने औपचारिक निर्णय गरेपछि सरकार समस्यामा परेकाे हाे । आलाेचकहरुले सरकारमाथि नैतिक प्रश्न समेत उठाउन थालेका छन् ।

    जसपा नेपालले मात्रै होइन सरकारमै सहभागी भएको लोसपाले पनि यथास्थितिमा भूमि अध्यादेश स्वीकार्न नसक्ने निर्णय गरेको छ । अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै यो अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने उल्लेख गरेका छन् ।

    राष्ट्रियसभामा लोसपाको एक सीट छ । लोसपाका शरतसिंह भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठबन्धन सरकारमा श्रममन्त्री छन् ।

    त्यसो त यो अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले पनि जारी गर्न रोकेका थिए, तर प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संशोधन गर्ने बचन दिएपछि मात्रै जारी गरेका थिए । यो अध्यादेश देश र जनताको हितमा नरहेको दुवै पार्टीको साझा निष्कर्ष छ ।

    प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशमा समर्थन मागेपछि उपेन्द्रले पार्टी उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा अध्यादेश अध्ययन कार्यदल नै बनाएका थिए ।

    कार्यदलको सुझावपछि मंगलबार बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश विभिन्न बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाणको सीमा तथा क्षेत्रसमेत नतोकी बिक्री वितरण गर्ने वा बाँड्न ल्याइएको निष्कर्ष निकालेको छ ।

    बैठकपछि अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो अध्यादेशप्रति हाम्रो गम्भीर असहमति र विरोध रहेको छ । उक्त अध्यादेशले मुलुकलाई नै छिन्नभिन्न पार्ने खेल हुनसक्ने सम्भावना छ । यो अध्यादेश पारित भएको खण्डमा केही भ्रष्टाचारी, कमिसनखोर, बिचौलिया दलाल, सरकार नजिक रहेका व्यक्तिहरु, भू-माफियाहरू र ठूला रियल इ-स्टेट व्यापारीहरुका साथै आवास कम्पनीहरुलाई नै अत्यधिक लाभ हुनेछ ।’

    जसपा नेपालको यो निर्णयपछि सरकारले ल्याएको भूमि अध्यादेश अलपत्र पर्ने संकेत देखिएपछि हिजो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो ।

    कांग्रेस सांसद रामहरि खतिवडाले सरकारले ल्याएको सबै अध्यादेश पारित हुने दाबी गरे ।

    उनले भने, ‘उहाँहरु (जसपा)ले भूमि अध्यादेशबाहेक अरु स्वीकार गर्ने कुरा गर्नुभएको छ । छलफल हुन्छ, ६० दिनको समय हुन्छ । सर्वोच्चमा मुद्दा पनि दर्ता भएको छ । सर्वोच्चले नगर भन्यो भने हामी स्वीकार्छौँ । अध्यादेश पास हुन्छ । छलफलको समय छ।’

    सांसद खतिवडाले समय बाँकी रहेकाले आवश्यक छलफल गरेर पारित गर्ने बताए ।

    अध्यादेशको संकटसँगै सरकार ढल्ने चर्चाबारे उनले भने, ‘कांग्रेस र एमाले मिलेर बनेको यो सरकार नै २०८४ को चुनावसम्म जान्छ । त्यस्तो कुनै समस्या छैन । अध्यादेशको समस्या समाधान हुन्छ ।’

    सांसद खतिवडाले मात्रै होइन सरकारका प्रवक्ता एवं सञ्चार सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि अध्यादेशमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको बताए ।

    उनले भने, ‘हामीले ६ वटा अध्यादेश ल्याएका छौं । अध्यादेश संसदमा टेबुल गरिसकेका छौं । यसमा राष्ट्रिय दलहरुको बीचमा पहिला सहमति हुनुपर्‍यो नि ! छलफलको क्रममा छौं । हामी राष्ट्रिय सहमतिको आधारमा पास गर्न खोज्दैछौं । त्यो भएन भने मात्रै बहुमतको आधारमा जाने हो । त्यसैले अहिले पास र फेल हुन्छ भन्ने कुरा छैन ।’

    सञ्चारमन्त्री गुरुङले सबै दलहरुसँग छलफल गर्न अहिले अगाडि नबढाएको बताए । उनले थपे, ‘संवैधानिक प्रावधानअनुसार दुवै सदनबाट पारित हुनुपर्छ । त्यसैले सबै दलहरुसँग सहमति भएपछि छलफलको लागि अगाडि बढाउँछौं । अहिले अगाडि बढेको छैन ।’

    माओवादी र नेकपा एकीकृत समाजवादीले अध्यादेशमा समर्थन नगर्ने प्रस्ट सन्देश दिइसकेका छन् । अध्यादेशबारे एमालेका महासचिव शंकर पोखरेल र माओवादीका उपमहासचिव वर्षमान पुनसँग फोनमा कुराकानी पनि भएको थियो, तर माओवादीले अध्यादेशलाई समर्थन नगर्ने प्रस्ट सन्देश दिइसकेको छ ।

    विपक्षी दलले समर्थन नगर्ने भएपछि राष्ट्रियसभामा जसपा नेपालको ३ सीट नै निर्णायक हो । त्यसबारे सरकारका प्रवक्ता गुरुङले भने, ‘उहाँहरुको निर्णय आएको छ, तर हामीसँग कुरा भएको छैन । छलफलकै क्रममा छ ।’

    त्यसो त सरकारलाई समर्थन गरे पनि सहभागी नभएको जसपा नेपालले अध्यादेशलाई सत्ताको भर्‍याङ बनाउन खोजेको चर्चा पनि छ । यद्यपि जसपा नेपालका नेताहरु आफूहरुले सत्ताको कुनै बार्गेनिङ नगरेको प्रष्टीकरण दिँदै आएका छन् ।

    तर, सरकारले अध्यादेशमा समर्थन मागेपछि उपेन्द्रले मधेशको मुख्यमन्त्री र संघीय सरकारमा आफ्नो सम्मानजनक सहभागिता खोजेको कांग्रेस र एमाले नेताहरुको निष्कर्ष छ ।

    कांग्रेसका एक नेताले भने, ‘अध्यादेशबारे उहाँको निर्णयले सरकारलाई असहज भएको पक्कै हो । उहाँले भाग खोज्नुभन्दा पनि पछिसम्मलाई हेरेर सँगै लिएर जानुपर्छ भन्नेमा शीर्ष तह देखिएको छ । थप कुराकानी भएको छैन । हेरौं अब कसरी अगाडि बढ्छ ।’

    त्यसो त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले ल्याएको अध्यादेशको गलत व्याख्या भएको दाबी गरे ।

    निजामती कर्मचारी संगठनको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘सरकारले ६ वटा अध्यादेश ल्याएर २९ वटा कानून संशोधन गरेको छ । जनताको समस्या समाधान गर्न अध्यादेश ल्याएको हो । सरकारले ढिलासुस्तीलाई अन्त्य गर्न काम गरिरहेको छ। यही मन्त्रालयअन्तगत दुइटा अध्यादेश आएको छ। अहिले त्यसलाई अपव्याख्या गरेर प्रचार भइरहेको छ।’

    एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नु भनेको भूमिहीन किसानको विरोध गर्नु भएको टिप्पणी गरे ।

    मंगलबार रौतहट पुगेर ज्ञवालीले भने, ‘सरकारले भूमिहीन किसानको समस्या समाधान गर्न अध्यादेश ल्याएको हो । यसको विरोध गर्नेले अध्यादेशको नभएर भूमिहीन किसानको विरोध गरेको हो।’

    देशमा अहिले चार लाख भूमिहीन किसान रहेको र १० लाख अव्यवस्थित बसोबास रहेकाले अध्यादेशको विरोध गर्न नहुने उनको भनाइ छ ।

    जसपा नेपालका महासचिव रामकुमार शर्माले आफूहरुले कुनै पद नहेरेको दाबी गरे। उनले भूमि अध्यादेशले देश र जनतालाई हित नगर्ने उनको दाबी छ।

    उनले भने, ‘हामी सरकारमा भएको पार्टी होइनौं, हामीलाई कुनै बाध्यता छैन । हामी गुण र दोषको आधारमा सरकारले ल्याएको अध्यादेशको समर्थन र विरोध गर्ने हो । भूमि अध्यादेश त राष्ट्रपतिले पनि रोक्नुभएको थियो, सरकारको तर्फबाट दबाब दिएपछि उहाँले जारी गर्नुभएको हो । यसबारे हामी विज्ञहरुलाई राखेर अध्ययन गरेरै पार्टीले निर्णय गरेको हो ।’

    उनले पार्टी तत्काल सरकारमा जाने कुनै सम्भावना नरहेको भन्दै आफूहरुविरुद्ध बार्गेनिङ ग¥यो भनेर कुप्रचार भएको दाबी गरे ।

    यता नेकपा एसका सम्मानित नेता झलनाथ खनालले अध्यादेश पारित हुने ग्यारेन्टी नभएकाले कांग्रेस र एमालेलाई सरकारमा बस्ने नैतिक अधिकार नभएको बताए ।

    उदयपुर पुगेका खनालले भने, ‘अहिले गठबन्धन सरकार अध्यादेशमार्फत शासन गर्न खोज्दैछ । त्यसको के जरुरत छ ? दुइटा पार्टीले एउटा विधेयक पनि ल्याउन नसक्ने के परिस्थिति बनेको छ यो देशमा ? कुन संकटको भूमरीमा छ देश ? कानूनमार्फत पनि विधेयक ल्याउन सकिन्थ्यो नि ! अब अध्यादेशहरू ल्याइएको छ । अध्यादेश संसदबाट पास हुन्छन् भन्ने कुनै पनि ग्यारेन्टी छैन । दुवै सदनमा बहुमत छैन । फेरि पनि सरकारमै दुई दल बसिरहन मिल्छ कि मिल्दैन ?’

  • सरकारमा रहेको लोसपाले पनि भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने

    सरकारमा रहेको लोसपाले पनि भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने

    काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने भएको छ ।

    अध्यक्ष ठाकुरले एक विज्ञप्ति जारी गर्दै यथास्थितिमा यो अध्यादेश स्वीकार्न नसक्ने बताएका छन् ।

    यो अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपाको निष्कर्ष छ ।

    राष्ट्रियसभामा अध्यादेश पारित गर्न निर्णायक रहेको जसपा नेपालले पनि यसअघि नै यो अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ । सरकारमै सहभागी लोसपाको राष्ट्रियसभामा एक सीट छ ।

  • मधेश केन्द्रित ८ दलको प्रष्टीकरण- यो मोर्चा सरकारविरुद्ध होइन (भिडिओ)

    मधेश केन्द्रित ८ दलको प्रष्टीकरण- यो मोर्चा सरकारविरुद्ध होइन (भिडिओ)

    काठमाडौं । मधेश केन्द्रित ८ दलको बैठकमा समान मुद्दाहरुलाई मोर्चाले संसद र सरकारसँग साझा ढंगले उठाउने विषयमा छलफल भएको छ । नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले मोर्चाको आगामी रणनीतिबारे छलफल भएको नागरिक उन्मुक्तिका संयोजक रेशम चौधरीले बताए ।

    उनले भने, ‘यो मोर्चाको विषयमा विभिन्न प्रश्न उठिरहेका छन्, यो समान मुद्दाहरुलाई एकै ठाउँबाट उठाउन बनाइएको हो । यो कसैको विरुद्धको बैठक होइन । सरकारविरुद्ध पनि होइन । हामी सरकारमै छौं । उठाउनैपर्ने भए सरकारमै उठाइहाल्छौं ।’

    नेता चौधरीले मोर्चालाई आजको बैठकमा आफ्नो पार्टीको तर्फबाट केही एजेण्डा उठाउन सुझाव दिएको बताए ।

    उनले भने, ‘हिजो टीकापुर घटनाको विषयमा बैठकमा राख्यो । अहिले पनि ५८ जनामाथि झूटा मुद्दा लगाइएको छ । ५८ जनामछि हामी २८ जना जेलमा बस्यौं, ३० जना अझै फरारको सूचीमा हुनुहुन्छ । ३०० जनाको नाम र ठेगाना मिलेन भनेर तामेलीमा छ । नाम र ठेगाना मिल्यो भने अझै जुनसुकै बेला पक्राउ गर्न सक्छन् ।’

    नेता चौधरीले थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने, सरकारले ल्याएको अध्यादेशबारे धारणा, मोर्चाको नामको विषयमा पनि छलफल भएको बताए ।

    सरकारले अघि बढाएको संविधान संशोधनको मुद्दा, थ्रेसहोल्ड, समाजिक सञ्जालसम्बन्धी अध्यादेशलगायतको विषयमा पनि छलफल भएको उनको भनाइ छ ।

    उनले केही कांग्रेस र एमालेका सांसदरुले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भनेर राखेको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

    नेता चौधरीले भने, ‘यो कुरा संसदमा बोल्नुभएको छ । लुम्बिनी प्रदेशमा पनि कुरा आएको छ, तर त्यो त्यति सहज छैन । सम्भव छैन । यो विनानिर्देशन उठाइएको छैन । यस विषयमा सचेत रहनुपर्छ ।’

  • मधेश केन्द्रित ८ दलको कार्यदलको पहिलो बैठक बस्दै

    मधेश केन्द्रित ८ दलको कार्यदलको पहिलो बैठक बस्दै

    काठमाडौं । मधेश केन्द्रित आठ दलले आगामी दिनमा सहकार्य, मोर्चालाई कसिलो बनाउन गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दैछ।

    दिउँसो ३ बजे लोसपा नेपालको संसदीय दलको कार्यालयमा बैठक बस्ने कार्यदल सदस्य केशव झाले बताए।

    हिजो गठन भएको कार्यदलमा जसपाबाट, इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनता प्रगतिशीलबाट शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह सदस्य छन्।

    कार्यदलले ८ दलबीचको सहकार्यलाई प्रभावकारी बनाउने, दस्ताबेज लेख्नेलगायतको काममा गर्ने जनाइएको छ।

  • मधेश केन्द्रित दलहरुको निष्कर्ष- संविधान संशोधन गर्दा मधेशको मुद्दालाई सशक्त रुपमा उठाउनुपर्छ (भिडिओ)

    मधेश केन्द्रित दलहरुको निष्कर्ष- संविधान संशोधन गर्दा मधेशको मुद्दालाई सशक्त रुपमा उठाउनुपर्छ (भिडिओ)

    काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूले संविधान संशोधनको बेलामा मधेशका मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने सहमति गरेका छन् । मधेश केन्द्रित दलहरुबीच गठित कार्यदलको बैठके आफूहरुको संवादलाई निरन्तरता दिनेसमेत निर्णय गरेको हो ।

    धुम्वाराहीस्थित समर्पण एकेडेमीमा बसेको बैठकले मोर्चालाई निरन्तरता दिने निर्णय भएको जनमतका प्रवक्ता शरद यादवले बताए । संविधान संशोधनलगायतमा मधेशको मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने उनले बताए ।

    बैठकले मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डा तय गरेको छ । सरकारले संविधान संशोधनको एजेन्डा अघि सारेपछि मधेश केन्द्रित दलहरू एकजुट भएर मोर्चा बनाउने प्रयासमा छन् ।

    बैठकमा जनमत, जसपा, लोसपा, राष्ट्रिय मुक्ति मोर्चा, जनप्रगतिशील, लमलोपालगायत दलका नेताहरुका साथै स्वतन्त्र सांसद अमेरशकुमार सिंह पनि सहभागी भए । बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने सहभागी भएन ।

  • संयुक्त मोर्चाको तयारीमा मधेशवादी दल- धुम्वाराहीमा कार्यदलको पहिलो बैठक

    संयुक्त मोर्चाको तयारीमा मधेशवादी दल- धुम्वाराहीमा कार्यदलको पहिलो बैठक

    काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूको मोर्चा गठन गर्ने प्रयासस्वरूप गठित कार्यदलको पहिलो बैठक जारी छ ।

    धुम्वाराहीस्थित समर्पण एकेडेमीमा बैठक चलिरहेको जनमतका प्रवक्ता शरद यादवले बताए ।

    बैठकले मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डा तय गर्नेछ । सरकारले संविधान संशोधनको एजेण्डा अघि सारेपछि मधेश केन्द्रित दलहरू एकजुट भएर मोर्चा बनाउने प्रयासमा छन् ।

    बैठकमा जसपाबाट रेणु यादव, लोसपाबाट जीतेन्द्र सोनल र सुरेन्द्र झा, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा, जनमत पार्टीबाट अब्दुल खान र शरद यादव, जनप्रगतिशील पार्टीबाट शिवजी यादव र तमलोपाबाट वृषेशचन्द लाललगायत सहभागी छन् ।

  • मधेशमा काम गर्न नदिएको सीके राउतको गुनासोमा लोसपा प्रदेश सांसद महतोको आपत्ति

    मधेशमा काम गर्न नदिएको सीके राउतको गुनासोमा लोसपा प्रदेश सांसद महतोको आपत्ति

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका सांसद उपेन्द्र महतोले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सामाजिक सञ्जालमा गरेको टीकाटिप्पणीमा आपत्ति जनाएका छन् ।

    मधेश प्रदेशसभाको चौथो अधिवेशनको मंगलबार भएको पहिलो बैठकमा सांसद महतोले सीके राउतको अभिव्यक्ति हाँस्यास्पद रहेको बताए ।

    मधेशमा जनमत पार्टीको मुख्यमन्त्री रहेको छ । सो पार्टीका अध्यक्ष राउतले सत्तारुढ कांग्रेस र एमालेले मुख्यमन्त्रीलाई काम गर्न नदिएको गुनासो सामाजिक सञ्जालमा गरेका थिए । सो विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहलाई सांसद महतोले भने, ‘तपाईं आफ्नो अध्यक्षलाई भन्नुस्, प्रदेश हामीलाई चलाउनु दिनुस् ।’

    आर्थिक वर्षको आधा समय बितिसक्दा पनि विकास निर्माण सुरु नभएको भन्दै सांसद महतोले विगतको जस्तै अवस्था रह्यो भने फेरि पनि विकास रकम थोरै खर्च हुने बताए ।

    उनले भने, ‘टेन्डर प्रक्रियामा गएमा २०-२५ प्रतिशत पनि खर्च हुँदैन । केन्द्रले भने खरिद ऐनअनुसार गर्ने, हामीले टेन्डर गर्ने ? यो ठीक हुँदैन । सबै माननीयज्यूले भनेअनुसार सरकारले गर्नुपर्छ ।’

    जनमतका अध्यक्ष राउतले चीनको युनान प्रान्तसँग भगिनी सम्बन्ध बनाएको विषय पनि सामाजिक सञ्जालमा लेखेकोमा उनले आपत्ति जनाए । उनले चीनको युनान प्रान्तसँग भगिनी सम्बन्ध बनाउन नमिल्ने र त्यो काम राउतको नभएको पनि बताए ।

  • राजनीतिक मुद्दा मिल्नेसँग एकताको पहल गर्न लोसपाले पनि बनायो ५ सदस्यीय कार्यदल

    राजनीतिक मुद्दा मिल्नेसँग एकताको पहल गर्न लोसपाले पनि बनायो ५ सदस्यीय कार्यदल

    काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि मधेशी केन्द्रित दलहरूसँग एकताको पहल गर्न ५ सदस्यीय कार्यदल बनाएको छ । वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद सोनारको नेतृत्वमा कार्यदल बनाएको हो ।

    कार्यदलमा अर्का वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिवद्वय सुरेन्द्र कुमार झा र मनिष कुमार मिश्र सदस्य रहेका छन् ।

    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप राजनीतिक अधिकार प्राप्तिको लागि संघर्षशील राजनीतिक शक्तिहरुबीच संवाद, सहकार्य, कार्यगत एकता आजको आवश्यकता भएको लोसपाको निष्कर्ष छ ।

    कार्यदलले राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेहरूसँग संवाद गर्न गर्नुका साथै पार्टी एकताको सम्भावना समेत खोजी गर्ने अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    पछिल्लो समय विभाजित मधेश केन्द्रित दलहरू मोर्चा र सहकार्यको प्रयासमा छन् । सिके राउत नेतृत्वको जनमत पार्टीले पनि विचार मिल्ने दलहरूसँग वार्ता गर्नको लागि दुई सदस्यीय कार्यदल बनाएको छ। उनका नागरिक उन्मुक्ति पार्टीसँग सहकार्यदेखि एकतासम्मको छलफल चलिरहेको छ ।

    जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले जनता समाजवादी पार्टीका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायतका दलहरूसँग सहकार्य थालनी गर्न अभियान चलाइरहेका छन्।

  • फेरि ६ जना थपेपछि लोसपाको बन्यो ३६१ सदस्यीय केन्द्रीय समिति

    फेरि ६ जना थपेपछि लोसपाको बन्यो ३६१ सदस्यीय केन्द्रीय समिति

    काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले फेरि ६ केन्द्रीय सदस्य थप गरेको छ। हिजो ८ केन्द्रीय सदस्य मनोनीत गरेका लोसपाका अध्यक्ष ठाकुरले आज फेरि ६ जनालाई मनोनीत गरेका हुन्।

    आज मनोनीत हुनेमा महोत्तरीका सेवल महरा, ललितपुरका जमुना केसी झा, काठमाडौंका गीता श्रेष्ठ, सर्लाहीका ललिन्द्रकुमार राय र रामहरि तिवारी र बाराका फिरोज रहेका छन्। योसँगै लोसपाको केन्द्रीय समिति ३६१ सदस्यीय बनेको छ।

    बुधबार सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनारलाई मनोनीत भएका थिए।

  • विपक्षी दलको बैठकमा सत्तापक्षका महन्थ र रञ्जिता : चासो दल फुटाउने अध्यादेशको

    विपक्षी दलको बैठकमा सत्तापक्षका महन्थ र रञ्जिता : चासो दल फुटाउने अध्यादेशको

    काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बोलाएको विपक्षी दलहरूको बैठकमा सत्तापक्षका दुई नेताहरू पनि उपस्थित भए । विपक्षी मोर्चाको रणनीति बनाउन बोलाइएको बैठकमा सत्तापक्षको सहभागिता आफैंमा अनौठो थियो ।

    सरकारमा समेत सहभागी रहेका दुई दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ बैठकमा पुगेका हुन् । उनीहरूको उपस्थितिलाई लिएर विभिन्न अड्कलबाजी हुन थालेका छन् ।

    लोसपाबाट केपी ओली नेतृत्वको सरकारमा शरदसिंह भण्डारी श्रममन्त्री छन् । सो पार्टीका महासचिव सुरेन्द्र झाले कम्युनिकेसन ग्यापका कारण अध्यक्ष ठाकुर विपक्षी दलको बैठकमा पुगेको बताए ।

    उनले भने, ‘प्रचण्डजीको सचिवालयले भोलि केही नेताहरूलाई भेट्ने कुरा भएको छ । सम्भव भए आउनुस् भन्नुभएको थियो । उहाँलाई विपक्षी दलको बैठक भन्ने थाहा थिएन । सूचनाको ग्याप भयो । त्यही कारणले आजको बैठकमा पुग्नुभएको हो ।’

    उनले सत्ता गठबन्धनमा कुनै असन्तुष्टि नरहेको बताए ।

    झाले थपे, ‘नेताजस्तो मान्छे बैठकमा पुगेपछि उसै हिँड्ने कुरा भएन । प्राकृतिक प्रकोपको विषयमा तपाईंहरूले उठाउनुभएको कुरामा समर्थन छ । तर, राजनीतिकरूपमा हामी अझै पीडित छौं भन्ने कुरा राखेर फर्किनुभयो । सरकारसँग कुनै असन्तुष्टिको कारणले जानुभएको होइन ।’

    नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पनि आफूलाई बोलाइएकाले गएको संक्षिप्त प्रतिक्रिया दिइन् ।

    उनले भनिन्, ‘मलाई छलफल छ, आउनुस् भन्नुभएको थियो । त्यसैले गएकी हुँ ।’

    आफू बैठक सकिने बेलामा पुगेको र छलफलका विषयवस्तु खासै थाहा नपाएको उनले दावी गरिन् ।

    तर, स्रोतका अनुसार सत्तापक्षका यी दुवै नेता दल विभाजनसम्बन्धी अध्यादेशको चासोका कारण विपक्षी मोर्चाको बैठकमा भाग लिन पुगेका हुन् । सरकारले साना दलहरूलाई विभाजन गर्न सहज तुल्याउने गरी अध्यादेशमा नयाँ व्यवस्था गर्न लागेको आशंका विपक्षी दलहरूलाई छ । यही विषयमा छलफल गर्न भनेर प्रचण्डले सत्ता पक्षका नेताहरूलाई पनि खबर गरेको बुझिएको छ ।
    यदि यस्तो अध्यादेश ल्याउन खोजिएमा संगठित प्रतिवाद गर्ने विषयमा बैठकमा छलफल भएको थियो । महन्थ र रञ्जिताले पनि यसमा समर्थन जनाएको स्रोतले दाबी गर्‍यो ।

    ‘दल विभाजनसम्बन्धी अध्यादेश आएमा मिलेर प्रतिवाद गर्ने कुरा भएको छ, सत्ता पक्षमा रहेका साना दलका नेताहरूलाई यही विषयमा छलफल गर्न बोलाइएको हो,’ स्रोतले भन्यो ।

    एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारमा सहभागी दल विपक्षी दलको बैठकमा जानुअघि सोच्नुपर्ने बताए ।

    उनले भने, ‘उहाँ के कारणले बैठकमा जानुभयो भन्ने आउला । तर, सरकारमा सहभागी दलको नेता विपक्षी दलको बैठकमा जानुअघि विचार पुर्‍याउनुपर्छ ।’

    रास्वपा संसदीय दलका उपनेता विराजभक्त महर्जन भने सत्तापक्षका नेताहरु पनि विपक्षी बैठकमा आउनु सकारात्मक भएको बताउँछन् ।

    उनले भने, ‘यो अभ्यास राम्रो हो । सत्ता पक्षले बोलाएको बैठकमा हामी जान्छौं भने हाम्रो बैठकमा उहाँहरु आउँदा अन्यथा हुँदैन ।’

  • बुबा लोसपा सांसद, छोरा जनमतबाट मुख्यमन्त्री ! सिके राउतको निर्णयले पार्टीमा असन्तुष्टि

    बुबा लोसपा सांसद, छोरा जनमतबाट मुख्यमन्त्री ! सिके राउतको निर्णयले पार्टीमा असन्तुष्टि

    जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशका मुख्यमन्त्री सांसद सतिशकुमार सिंह बनाउने निर्णय लिएका छन् । सतिश सप्तरी २(१)बाट निर्वाचित सांसद हुन् ।

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ घर भएका सतिशका बुवा शेखरकुमार सिंह राष्ट्रियसभा सदस्य छन् । तत्कालीन राजपा (अहिलेको लोसपा) बाट शेखर राष्ट्रियसभा सदस्य चुनिएका हुन् ।

    सतिश पनि तत्कालीन राजपामा लामो समय सक्रिय थिए । सोही पार्टीबाट उनी ०७४ को स्थानीय तहको चुनावमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।

    ०७९ को स्थानीय तहको चुनावमा पनि सोही पार्टीबाट पुनः गाउँपालिका अध्यक्षमा भिडेका थिए । तर पराजित व्यहोरे । त्यसपछि उनले लोसपामा भविष्य देखेनन् । र, प्रदेशसभा सदस्यमा चुनाव लड्न जनमत पार्टीमा प्रवेश गरे । जनमतको लहर देखेर चुनावी मैदानमा उत्रेका उनी निर्वाचित हुन सफल भए ।

    सतिशका परिवार पुरानो धनी भएको स्थानीय बताउँछन् । अहिले पनि गाउँमा उनको परिवारको दबदबा छ ‌। गाउँका सर्वसाधारणले उनको परिवारको सदस्यलाई ‘मालिक’ सम्बोधन गर्छन् ।

    सतिशका बुवा शेखर ०३५ सालदेखि राजनीतिमा लागेका छन् । तर ०६९ मा शरत सिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गरी राजनीतिमा सक्रिय भएका थिए । सोही पार्टीबाट उनले संसदीय क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएका थिए । जीत भने हासिल गने सकेन ।

    मधेश आन्दोलनमा सक्रिय भूमिका खेलेका शेखर मधेशवादी पार्टीहरू एकीकरण भई निर्माण भएको राष्ट्रिय जनता पार्टी (राजपा) मा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका थिए ।

    पार्टीमा असन्तुष्टि बढ्यो

    दलका नेता महेशप्रसाद यादवलाई बाइपास गरी सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय अध्यक्ष राउतले एकलौटी ढंगले गरेको एक सांसदले बताए ।

    उनले भने, ‘सत्ता गठबन्धनले जनमतलाई मुख्यमन्त्री दिने निर्णय गरेपछि पार्टीका नेता कार्यकर्ताहरू खुशी थिए । जनताले मुख्यमन्त्रीको रूपमा यादवलाई बधाई पनि दिन भ्याए । तर, आज अध्यक्षजीबाट सिंहलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न निर्देशन आयो ।’

    दलका नेता यादवलाई मुख्यमन्त्री बनाउने निर्णय नगरेको भन्दै पार्टीमा असन्तुष्टि बढेपछि सिंहलाई दलका नेता बनाउने खोजिएको छ । दलका नेता यादव र मुख्यमन्त्री सिंह बनेपछि अप्ठ्यारो पर्न सक्छ । त्यसैले यादवलाई हटाएर अध्यक्ष राउतले सिंहलाई नै दलको नेता बनाउन खोजेका छन् ।

    मधेशमा जनमतका १३ सांसद छन् । सिंहलाई दलका नेता बनाउने विषयमा छलफल चलिरहेको एक सांसदले पुष्टि गरे ।

    उनले भने, अहिले निर्णय भएको छैन । सिंहलाई दलका नेता बनाउन अध्यक्षजीले दबाब आइरहेको छ ।’

    एकलौटी ढंगले दलका नेता सिंहलाई बनाउने निर्णय गरिए पार्टीमा अझ विवाद बढ्ने उनले सुनाए ।

  • मधेशका मुख्यमन्त्रीसँग लोसपा सांसद महतोको प्रश्न- किन गुम्यो दुई अर्ब बजेट ?

    मधेशका मुख्यमन्त्रीसँग लोसपा सांसद महतोको प्रश्न- किन गुम्यो दुई अर्ब बजेट ?

    जनकपुरधाम । मधेश प्रदेश सरकारको लापरबाहीले आगामी आर्थिक वर्षका लागि २ अर्ब रुपैयाँको बजेट गुमेको भन्दै मुख्यमन्त्रीसँग लोसपाका सांसद उपेन्द्र महतोले जवाफ माग गरेका छन् ।

    प्रदेशसभा बैठकमा बोल्दै प्रतिपक्षी दल लोसपाका सांसद महतोले प्रदेश सरकारको कमजोरीले दुई अर्ब बजेट गुमेको गुनासो गरे ।

    उनले भने, ‘प्रदेश सरकारले आगामी आवका लागि विशेष र समपूरक अनुदान माग्नुपर्ने थियो, तर नमाग्दा २ अर्ब कम बजेट आएको छ । यसको जिम्मेवारी कसले लिने ? मुख्यमन्त्रीले सदनमा जवाफ दिनुपर्छ ।’

    सांसद महतोले बजेटमा केन्द्रीय सरकारले अहिले पनि विभेद गरेको भन्दै दुःख व्यक्त गरे । उनले मधेशमा २१ प्रतिशत जनसंख्या रहँदा मात्र ११ अर्ब ३५ करोड र कर्णालीमा मात्र ६ प्रतिशत जनसंख्या रहँदा १६ अर्ब विनियोजन गरेको छ ।’

  • उपेन्द्रलाई विगतको धोकाधडी सम्झाउँदै ठाकुरको जवाफ- मधेशमा तत्काल सहकार्य असम्भव

    उपेन्द्रलाई विगतको धोकाधडी सम्झाउँदै ठाकुरको जवाफ- मधेशमा तत्काल सहकार्य असम्भव

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश सरकार बचाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को सहयोग नपाउने भएका छन् ।

    मधेश सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एमाले समर्थन फिर्ता लिएपछि जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन् । सरकार जोगाइदिन सहयोग माग्दै उपेन्द्र आज बिहान लोसपा अध्यक्ष महन्थ ठाकुर निवास पुगेका भेटेका हुन् ।

    उपेन्द्रको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मलाई कमजोर पार्न खोजियो । मधेश सरकार बचाउन तपाईँको पार्टीको समर्थन चाहिएको छ ।’

    उपेन्द्रले सहयोगको याचना गरेपनि विगतको धोकाधडी सम्झिदै लोसपा अध्यज्ञ ठाकुरले सहयोग गर्न नसक्ने प्रष्ट्याएका छन् ।

    ‘हाम्रो अध्यक्षजीले मधेश प्रदेश सरकारबारे निर्णय लिने जिम्मेवारी नेता जीतेन्द्र सोनललाई दिएका छौं । उहाँसँगै छलफल गर्नु होला । निर्णय उहाँले नै गर्नुहुन्छ भनेर फर्काइदिनुभयो’, लोसपाकै एक नेताले सुनाए ।

    ती नेताले भने, ‘कैयौं पटक उपेन्द्रजीले धोका दिनुभएको उहाँले बिर्सनुभएको छैन । आफूलाई अप्ठ्यारो पर्दा खुट्टा ढोग्ने र काम फत्ते भएपछि पछाडिबाट वार गर्ने पुरानो बानी छ उहाँको । त्यसैले सहकार्य असम्भव छ ।’

  • कमजोर बनेपछि उपेन्द्र यादवले मागे महन्थ ठाकुरसँग आशीर्वाद

    कमजोर बनेपछि उपेन्द्र यादवले मागे महन्थ ठाकुरसँग आशीर्वाद

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्त ठाकुरसँग भेटेरै आशीर्वाद मागेका छन् ।

    उप-प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीबाट राजीनामा दिनुअघि यादवले भेट्नका लागि लोसपा अध्यक्ष ठाकुर निवास पुगेका थिए । सो क्रममा यादवले सहयोग माग्दै ठाकुरलाई भने, ‘मलाई कमजोर पार्ने खेल भयो । अब तपाईँको आशीर्वाद चाहिन्छ ।’

    जसपा नेपाल विभाजन भएपछि अध्यक्ष यादव लामो समयपछि लोसपा अध्यक्ष ठाकुरलाई भेट्न पुगेका थिए । उनले मधेश प्रदेश सरकार बचाइदिन समेत आग्रह गरेको बुझिएको छ ।

    लोसपा सत्ता गठबन्धनमा छैन । गठबन्धनकै नेकपा एमाले र नेकपा माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव अल्पमतमा परेका छन् ।

    यादव उप(प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री थिए । पार्टी विभाजनपछि उनलाई राजीनामा दिनुपरेको छ । सरकारबाट समर्थन फिर्ता लिने पनि तयारी गरेका छन् । यसरी संकटमा परेपछि उनले लोसपा अध्यक्ष ठाकुरको सहयोग खोजेका छन् ।

    लोसपाका महासचिव डा. सुरेन्द्र झाले नेपाल प्रेससँग भने, ‘उपेन्द्र जी हाम्रो अध्यक्ष जीको निवासमै आएर भेट्नुभएको छ । उहाँले हामीमाथि चौतर्फी प्रहार भयो । कमजोर पार्न खोजियो । अब फेरी तपाईँको आशीर्वाद चाहियो भनेर सहयोग माग्नुभयो ।’

    ‘सहयोग मागेपछि हाम्रो अध्यक्ष जीले संवाद हुनुपर्छ । हामी सहयोग गर्न तयार छौँ भन्नुभयो,’ महासचिव डा. झाले भने, ‘मधेश प्रदेशको सवालमा जीतेन्द्र सोनललाई जिम्मा दिएका छौँ । उहाँले नै निर्णय लिनुहुन्छ । उहाँसँगै छलफल गर्नुस् भनेर भन्नुभएको छ ।’

    उनले मधेश प्रदेशमा सरकार बनाउने विषयमा सबैसँग छलफल गर्न सकिने बताए । उनले भने, ‘छलफलका लागि खुल्ला छौँ । तर हाम्रो चाहना छ मधेशी दलकै योग्य तथा सक्षम व्यक्तिले नेतृत्व गर्न पाउनुपर्छ ।’

  • असईको हत्यामा दोषी ठहरिएका सांसद शर्मालाई निलम्बन नगर्न सभामुखसमक्ष लोसपाको पत्र

    असईको हत्यामा दोषी ठहरिएका सांसद शर्मालाई निलम्बन नगर्न सभामुखसमक्ष लोसपाको पत्र

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका सांसद अभिराम शर्मामाथि निलम्बनको निर्णय सच्याउन माग गर्दै पार्टीले प्रदेशसभासमक्ष पत्राचार गरेको छ । लोसपा मधेश संसदीय दलका उपनेता उपेन्द्र महतोले सांसद शर्मालाई गरिएको निलम्बनको निर्णय सच्याउन सभामुख रामचन्द्र मण्डललाई पत्र पठाएका हुन् ।

    शर्मा लोसपा मधेश संसदीय दलका नेता हुन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत महोत्तरीले उनलाई जन्मकैदको सजाय सुनाएको थियो । ०८० मंसिर २८ मा अदालतले जन्मकैदको सजाय सुनाएको करिब ५ महिनापछि २१ वैशाखमा प्रदेशसभाले उनलाई निलम्बन गरेको थियो ।

    लोससा मधेशका उपनेता महतोले भनेका छन्, ‘मधेश प्रदेशसभा सचिवालयबाट प्रकाशित मिति २०८१।०१।१८ को फैसलामा यहाँले प्रदेश सभा सदस्य अभिराम शर्मालाई मधेश प्रदेशसभा सदस्य सञ्चालन नियमावली, २०७५ को नियम २१० (४) अनुसार निलम्बन गर्नुभएको कुरा उल्लेख छ । कुनै पनि मुद्दाको अन्तिम फैसला नहुन्जेल सम्बन्धित व्यक्तिलाई निलम्बन गर्ने जस्तो कारबाही गर्न अनुमति नदिएको व्यहोरा अवगत गराउन चाहन्छौं ।’

    महोत्तरी जिल्ला अदालतले दोषी ठहर्‍याए पनि पुनरावेदनको अधिकार अहिले समाप्त नभएकाले निलम्बन गर्न नमिल्ने तर्क लोसपाको छ ।

    ‘यो फैसला अन्तिम हुनको लागि अहिले समय बाँकी नै छ, यस्तो अवस्थामा मधेश प्रदेश सभाका सदस्य अभिराम शर्मालाई अहिले नै मधेश प्रदेश सभाको सदस्यबाट निलम्बन गर्न कानूनतः मिल्दैन’, पत्रमा जिकिर गरिएको छ ।

    प्रतिनिधिसभाका सांसद टेकबहादुर गुरुङविरूको हकमा विचाराधीन रहेको अवस्थमा निलम्बन गर्न नमिल्ने भनी सर्वोच्चको २०८०।१२।१६ नजिर रहेकोले शर्माको मुद्दाको अन्तिम फैसला नहुन्जेल कुनै बन्देज लाउन नमिल्ने उक्त पत्रमा उल्लेख छ ।

  • लोसपाले छाड्यो मधेश सरकार, वनमन्त्री कुर्मीले दिए राजीनामा

    लोसपाले छाड्यो मधेश सरकार, वनमन्त्री कुर्मीले दिए राजीनामा

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश सरकार छाड्ने निर्णय गरेको छ ।

    लोसपा संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको हो । योसँगै लोसपाबाट वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।

    लोसपाले मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत पनि नदिने निर्णय गरेको एक नेताले बताए ।

    लोसपाका ९ सांसद छन् । लोसपा सरकार छाडेपनि मधेशमा सत्ता गठबन्धनको बहुमत रहेकाले मुख्यमन्त्री सुरक्षित रहने देखिएको छ ।

    मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन प्रदेशसभा बैठकमा डाँकेको थिए । तर बैठक जनमत पार्टी र नेपाली कांग्रेसले अवरुद्ध गरेका छन् ।

  • ६ महिनाभित्र विधान अधिवेशन र एक वर्षमा महाधिवेशन गर्ने लोसपाको निर्णय

    ६ महिनाभित्र विधान अधिवेशन र एक वर्षमा महाधिवेशन गर्ने लोसपाको निर्णय

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अगामी ६ महिनाभित्र विधान अधिवेशन र एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    महोत्तरीको बर्दिबासमा बसेको लोसपाको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो । निर्णय सार्वजनिक गर्न जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा लोसपा अध्यक्ष महन्त ठाकुरले जिल्लादेखि वडासम्म पार्टीको पुनर्गठन गरी सुदृढीकरण अभियान चलाउने बताए ।

    लोसपा वर्तमान सत्ता गठबन्धनमा छैन । सरकारमा रहँदा लोसपा संविधान संशोधन, नागरिकता समस्या, मधेश आन्दोलनकारीमाथि चलाइएको मुद्दाबारे मौन थियो । तर वर्तमान सरकार तथा गठबन्धनमा सहभागी नभएको लोसपा पुनः ती मुद्दाहरू उठाउने निर्णय गरेको छ ।

    अध्यक्ष ठाकुरले वर्तमान अपुरो संविधान संशोधन, आमाको नामबाट नागरिकता प्रदानसहितका नागरिकता समस्या समाधान गर्न र मधेश आन्दोलनकारीमाथि लगाएको झुटा मुद्दा फिर्ता लिनुपर्ने माग सरकारसँग गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको बताए ।

    विगतदेखि अहिलेसम्म लाभको पदमा बसेका राजनीतिकर्मी र उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्न पनि लोसपाले माग गरेको छ ।

    यस्तै कृषिको उत्थानको लागि किसानहरूलाई समयमा मल, उन्नत बीउ, विषादी र मलमा उचित अनुदान दिन लोसपाले सरकारसँग माग गरेको छ ।

    लोसपा केन्द्रीय कमिटी बैठकले भारतसँग भएको विद्युत् व्यापार सम्झौताको स्वागत गर्दै चीनसंगको बिआरआई सम्झौता नेपालको हितमा नभएको ठहर गरेको छ ।

  • लोसपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको प्रस्ताव

    लोसपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको प्रस्ताव

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

    अध्यक्ष ठाकुरले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर भेटवार्ता गरेका हुन्। भेटमा प्रधानमन्त्रीले सरकारमा आएर सहयोग गर्नको लागि आग्रह गरेका छन्।

    प्रधानमन्त्रीको प्रस्तावमा ठाकुर सकारात्मक रहेको बताउँदै पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएको बताएर फर्किएको उनी निकट एक नेताले बताए।

    लोसपा सुरुदेखि नै सत्ता गठबन्धनमा छ। तर, प्रधानमन्त्रीले गठबन्धन फेरेपछि एमाले, रास्वपा, जसपासहिको नयाँ समीकरण बनाएका छन्।

    प्रधानमन्त्रीले अब नेकपा एस, जनमत, नागरिक उन्मुक्ति र लोसपालाई पनि गठबन्धनमा भित्र्याउने प्रयास गरिरहेका छन्।

  • मन्त्रीको हैसियतमा दुबई गएका शरदसिंह भुतपूर्व बनेर फर्किँदै

    मन्त्रीको हैसियतमा दुबई गएका शरदसिंह भुतपूर्व बनेर फर्किँदै

    काठमाडौं । एक रातमा भएको राजनीतिक उथलपुथलले देशको सत्ता समीकरण बदलिएको छ । वर्तमान सरकारका अधिकांस मन्त्रीले एकसाथ जागीर गुमाउँदैछन् ।

    हिजो बिहानसम्म पनि यो उलटफेरको कुनै पूर्वसंकेत थिएन । बेलुका अनायास सुरु भएको बालुवाटार दौडले एकैसाथ थुप्रै मन्त्री भुतपूर्व बन्ने भएका छन् । त्यसमध्ये एक हुन् शरदसिंह भण्डारी ।

    श्रम तथा रोजगार मन्त्री भण्डारी अहिले यूएईमा छन् । उनी वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको रोजगारी सम्मेलनमा भाग लिन सचिव केवलबहादुर भण्डारीसहित त्यहाँ पुगेका हुन् । सचिव हिजो स्वदेश फर्किए । मन्त्री भण्डारी आज बेलुका फर्किनेछन् ।

    श्रम तथा रोजगार मन्त्रीको हैसियतमा यूएई गएका मन्त्री भुतपुर्व बनेर फर्किने निश्चित भएको छ । काठमाडौंमा ओर्लिँदा उनको मन्त्री पद गुमिसकेको हुने छ । सरकारका अन्य मन्त्रीहरुको पनि अवस्था यस्तै छ । आज पार्टीको वैठकमा सहभागी भएका कानून मन्त्री धनराज गुरुङ गाडीमा राखेको झण्डा छोपेर फर्केका थिए ।

  • सत्तारूढ दलकै सांसद महतोले मुख्यमन्त्रीसँग मागे रिपोर्ट कार्ड

    सत्तारूढ दलकै सांसद महतोले मुख्यमन्त्रीसँग मागे रिपोर्ट कार्ड

    जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उपेन्द्र महतोले रिपोर्ट कार्ड मागेका छन् ।

    प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सुरु भएको छलफलमा सांसद महतोले सरकारको कामप्रति असन्तुष्टि जनाएका हुने ।

    उनले मुख्यमन्त्रीलाई सोधे, ‘सात वर्षदेखि जसपाकै सरकार छ । तपाईं पनि सात महिनादेखि मुख्यमन्त्री हुनुहुन्छ । यो अवधिमा के गर्नुभो ?’

    सांसद माहतोले मुख्यमन्त्रीले विश्वासको मत लिने थाहा पाएपछि दुई दिनदेखि निद्रा नलागेको बताए । उनले भने, ‘सरकारलाई के आधारमा विश्वासको मत दिन्छु ? सोचेर निन्द्रा लाग्दैन । बजेटमा संघले विभेद त गर्छ नै ‌। दिएको बजेट पनि खर्च हुँदैन ।’

    सरकारले १५ प्रतिशत खर्च गरेको छ भने रिपोर्ट देखाओस् नत्र राजीनामा नै दिनुपर्ने उनले बताए । सरकार केही गर्न नसकिरहेको भए पनि संघीयता जोगाउन र कहीँ सुध्रिहाल्छ भन्ने आशमा विश्वासको मत दिने गरेको उनको भनाइ थियो ।

    सांसद महतोले अहिलेसम्म बोलेका दलका सांसदले सरकारलाई समर्थन गरेको विषयमा आशंका व्यक्त गरे । उनले भने, ‘सरकारलाई सबै साना दलले समर्थन गरेकोमा पनि चलखेल भएको लाग्छ । सरकार सबै दललाई प्रभावमा पारिहाल्छ । उनीहरुबाट पहिले बोल्न लगायो ।’

    उनले अहिलेसम्म रेडबुक पनि सञ्चालन भएन भन्दै रेडबुक कहिले सञ्चालनमा आउछ भन्ने प्रश्न गरे ।

    मुख्यमन्त्रीले मधेशलाई प्रयोगशाला बनाएको आरोप उनको थियो । ‘तपाईंहरु प्रयोगशाला बनाउँदै रहनू, मधेशका जनता मर्दै रहन्छन्’, उनले भने ‌।

  • राष्ट्रियसभामा भाग नपाएका गठबन्धनका साना दल- जनमतको आफ्नै तयारी, उन्मुक्तिलाई आश्वासन

    राष्ट्रियसभामा भाग नपाएका गठबन्धनका साना दल- जनमतको आफ्नै तयारी, उन्मुक्तिलाई आश्वासन

    काठमाडौं । राष्ट्रिय सभाको १९ सीटमा गठबन्धनका चार ठूला दलले भागबन्डा गरेपछि साना दलले असन्तुष्टि जनाएका छन् ।

    कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सीट लिएपछि गठबन्धन आबद्ध साना दल चिढिएका हुन् । तर, गठबन्धनको विकल्प खोजिहाल्ने परिस्थितिमा पनि छैनन् ।

    ठूला दलले मिलेर भाग लिएपछि गठबन्धनमा आबद्ध साना दल जनमत पार्टी, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीको हात रित्तो भएको हो ।

    गठबन्धनको निर्णयप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीले भने आफ्नै उम्मेदवार उठाउने तयारी भइरहेको अध्यक्ष सीके राउतले बताए ।

    सरकारलाई समर्थन गरे पनि कतै भाग नलिएको जनमोर्चालाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक सीट दिने गठबन्धनमा सहमति बनेको अध्यक्ष चित्रबहादुर केसीले बताए ।

    जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेलको नाममा सहमति बनेको छ। उनी गत प्रतिनिधिसभाको निर्वाचनमा प्युठानबाट पराजित भएकी थिइन् ।

    अध्यक्ष केसीले भने, ‘गठबन्धनमा मनोनीत एउटा हामीलाई दिने भन्ने सहमति भएको छ। हेरौँ अब फागुनसम्ममा के हुन्छ ।’

    तर, गठबन्धनको निर्णयप्रति असन्तुष्ट जनमतले लुम्बिनी र मधेश प्रदेशमा आफ्नो उम्मेदवार उठाउने प्रवक्ता डा. शरद यादवले बताए । उनले भने, ‘हामीले मधेश र लुम्बिनीमा आफ्नै उम्मेदवार उठाउने तयारी गरिरहेका छौँ ।’

    पार्टीबाट उम्मेदवार पनि तय गरिसकेका छौँ। गठबन्धनको निर्णयमा केही फेरबदल नभएसम्म हामीले बेलुकासम्ममा उम्मेदवारी दर्ता गराउँछौँ ।

    तर, राष्ट्रियसभामा एक सीट दाबी गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले भने गठबन्धनको निर्णयमै चित्त बुझाउने भएको छ ।

    नाउपाका संरक्षक रेशम चौधरी भन्छन्, ‘हामीले एक सीटको दाबी गरेको थियौँ । तर, पाएनौँ । अब गठबन्धनमा भएको निर्णय स्वीकारेर जान्छौँ ।’

    उनले आफ्नो पार्टीको महाधिवेशनपछि गठबन्धनका शीर्ष नेताहरूसँग बस्ने सहमति भएको बताए । उनले भने, ‘हाम्रो महाधिवेशनपछि गठबन्धनको बैठक बस्ने कुरा भएको छ । त्यहाँ हामीले उठाएको मुद्दालाई सम्बोधन गर्ने आवश्वासन पाएका छौँ ।’

    यस्तै, लोसपाले पनि गठबन्धनको निर्णय स्वीकारेर अघि बढ्ने नेता केशव झाले बताए । उनले भने, हामीले गठबन्धनमा एक सीटको दाबी गरेका थियौँ । तर, नपाएपछि अब हामी यसलाई मानेरै अगाडि बढ्छौँ । हामीले बेग्लै तयारी सोचेका छैनौँ ।

    माघ ११ गते १९ सीटको लागि हुने निर्वाचनको अहिले उम्मेदवारी दर्ता चलिरहेको छ ।

  • जयशंकरलाई भेट्न द्वारिकाज होटलमा तीन पूर्वप्रधानमन्त्रीसहित नेताहरूको लर्को

    जयशंकरलाई भेट्न द्वारिकाज होटलमा तीन पूर्वप्रधानमन्त्रीसहित नेताहरूको लर्को

    काठमाडौं । नेपालको दुई दिने भ्रमणमा आएका भारतीय विदेशमन्त्रीलाई भेट्न हिजो काठमाडौंको एक होटलमा शीर्ष नेताहरूको लर्को लाग्यो । लर्कोमा तीनजना पूर्वप्रधानमन्त्रीसमेत थिए ।

    भारतीय विदेशमन्त्री नेपाल आउनासाथ शीतलनिवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई र बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटे । दाहालसँग उनको सामूहिक साथै वान टु वान वार्तासमेत भएको थियो । सामान्यतया समकक्षी नेताहरूबीच वान टु वान वार्ताको अभ्यास भए पनि प्रधानमन्त्रीले विदेशमन्त्रीसँग वान टु वान बस्नु अस्वाभाविक मानिन्छ ।

    विदेशमन्त्री जयशंकरले अन्य दलका नेताहरूलाई भने एउटा होटलमा भेट्न बोलाए । उनी म्यारियट होटलमा बसेको भए पनि नेताहरूलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बोलाएका हुन् । यी भेटघाटका विषयमा नेपालको परराष्ट्र मन्त्रालयले कुनै जानकारी दिएको छैन । जयशंकरले आफ्नो ट्वीटरबाट भेटघाटका तस्बिरहरू सार्वजनिक गरेपछि नेताहरूको पोल खुलेको हो ।

    जयशंकरलाई भेट्न होटल पुग्नेमा पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छन् । यसैगरी, मधेसवादी नेताहरू उपेन्द्र यादव, महन्त ठाकुर र सिके राउतले सामूहिकरूपमा जयशंकरसँग भेटे । यी कुनै पनि भेटघाटका ठोस विषयवस्तु र एजेन्डा थिएनन् ।

    एमाले अध्यक्ष ओली पार्टीका विदेश विभाग प्रमुख राजन भट्टराईलाई लिएर गएका थिए । नेकपा एसका अध्यक्ष नेपालसँग पार्टीका उपाध्यक्षद्वय राजेन्द्र पाण्डे र प्रमेश हमाल तथा प्रवक्ता जगन्नाथ खतिवडा थिए ।

    सामान्यतया विदेशी अतिथिहरूसँग देशका नेताहरूको भेटघाटको चाँजोपाँजो मिलाउने जिम्मेवारी परराष्ट्र हो । तर, पूर्वप्रधानमन्त्रीहरूसहित शीर्ष नेताले भारतीय विदेश मन्त्रीलाई भेटेको विषयमा परराष्ट्र मन्त्रालयले अनभिज्ञता दर्शाएको छ ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबाहेक अरु नेताहरूसँगको भेटघाट आफूहरूको जानकारीमा नरहेको बताए ।

    ‘हामीलाई यो विषयमा कुनै पनि जानकारी आएको छैन,’ उनले भने ।

    बुझिएअनुसार भारतीय दूतावासबाट सीधै शीर्ष नेताहरूलाई फलानो ठाउँमा आउनु भनेर फोन गएको थियो । सोही आज्ञापालन गर्दै नेताहरू लाइन लागेर भेट्न पुगे । नेकपा एमालेका परराष्ट्र विभाग प्रमुख भट्टराईले नेपाल प्रेससँग प्रतिक्रिया दिँदै यो चलिआएको अभ्यासअनुसार भएको बताए ।

    भट्टराईले भने, ‘उनी बसेको म्यारियटमा हो । उनीहरूले भेटघाटका लागि द्वारिकाज होटलमा भेन्यूज तय गरे । बाहिरै सहज हुन्छ भनेर न्यूट्रल भेन्यू तयार गरेको होला । विगतमा पनि त्यसरी भेटघाट गर्ने गरिएको रहेछ । अरु पूर्वप्रधानमन्त्रीहरूले पहिले गएर भेटघाट गरिरहेको हिसाबले ‘म चैं जान्न’ भन्ने कुरा आएन । बसेकै ठाउँमा जाने चैं अभ्यास छैन । तर, अर्को ठाउँमा भेट्ने चैं अभ्यासमा छ ।’

    भट्टराईका अनुसार भेटघाटमा कुनै राजनीतिक कुराकानी भएन । उनले शिष्टाचार भेट मात्र भएको बताए ।

    नेकपा एकीकृत समाजवादीका प्रवक्ता खतिवडाले पनि सामान्य भलाकुसारी भएको बताए । पूर्वप्रधानमन्त्रीले होटलमा गएर भेट्नु प्रोटोकलविपरीत हो वा होइन भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘चलिआएको अभ्यास यस्तै छ । तर, मेरो व्यक्तिगत विचार चाहीँ यस्तो भेटघाटका लागि निश्चित प्रोटोकल बनाउनुपर्छ र परराष्ट्रले नै समन्वय गर्नुपर्छ भन्ने हो ।’

    जानकार भन्छन्- कुटनीतिक दिवालीयापन

    सन् २०२१ मा नेपालका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयुक्त आयोगको वैठकका लागि नै भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री र राष्ट्रपति भेट्न पाएका थिएनन् । तर, भारतीय विदेशमन्त्री त्यही प्रयोजनका लागि नेपाल आउँदा सिधै शीतलनिवास र बालुवाटार पुगे । समकक्षीसँग वार्ताअघि नै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न भ्याइसकेका थिए । पूर्वप्रधानमन्त्रीहरू लाइन लागेर उनलाई भेट्न गए ।

    एक पूर्वपरराष्ट्रमन्त्रीको भनाइमा यो प्रवृत्ति नेपालको कुटनीतिक दिवालीयापनको द्योतक हो ।

    उनले थपे, ‘पूर्वप्रधानमन्त्रीहरू जो देशको मर्यादाक्रममा सभामुख समान हुन्छन् उनीहरू लाइन लागेर होटलमा पुगेर भेट्नु लाजमर्दो हो ।’

    उनले होटलमा भएको भेटघाटलाई ‘दर्शन भेट’ का रूपमा परिभाषित गरे । मूलधारका नेतालाई एक्लाएक्लै तर मधेश केन्द्रित दलका नेतालाई संयुक्त भेट्नुको पनि ठूलो अर्थ भएको उनको टिप्पणी छ ।

  • लुम्बिनीलाई साँस्कृतिक राजधानी बनाउन जोड: लोसपा लुम्बिनी

    लुम्बिनीलाई साँस्कृतिक राजधानी बनाउन जोड: लोसपा लुम्बिनी

    रुपन्देही । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल(लोसपा) को भैरहवामा सम्पन्न प्रथम लुम्बिनी प्रदेश सम्मेलनले गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई देशको साँस्कृतिक राजधानी बनाउन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रुपमा सञ्चालनका लागि संघीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउने प्रस्ताव पारित गरेको छ ।

    सम्मेलनले विभिन्न राजनीतिक प्रस्ताव तथा कार्यक्रम पारित गरेको हो । लुम्बिनीको माध्यमबाट देशको आर्थिक र साँस्कृतिक विकास गर्नका लागि लोसपाले प्रदेश सरकारलाई विभिन्न सुझाव दिएको छ ।

    लोसपाले लुम्बिनीमा हरेक वर्ष साँस्कृतिक महोत्सवको आयोजना गर्ने गरी लुम्बिनीमा रहेका बौद्ध बिहारलाई सहजीकरण गर्ने, बौद्ध धर्मका अनुयायीहरुका लागि भगवान गौतमबुद्धको जन्मस्थलमा विशेष बर्थ सेन्टरको स्थापना गर्ने, आफ्नो जीवनको बृद्धकालको समय बुद्ध जन्मस्थलमा बिताउन खोज्नेहरुका लागि सशुल्क ‘वृद्ध हेरचाह केन्द्र’ को स्थापना गर्ने, बौद्ध बिहारहरुको संख्या वृद्धि गर्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्न गराउनका लागि सुझाव दिने भएको छ ।

    त्यसैगरी राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई द्रुत गतिमा सञ्चालन गर्नका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

    सरकारको उदासिनताले लुम्बिनी प्रदेशको सम्भावित पर्यटन क्षेत्र लगायत होटल व्यवसाय तथा अन्य क्षेत्रमा गरिएको लगानी प्रभावित हुन पुगेको उल्लेख गर्दै लोसपाले पटकपटक सरकारको आश्वासनका बाबजुद केही विशेष समूहबाट विमानस्थल सञ्चालनमा अघोषित बाधा सिर्जना गर्नु चिन्ताको विषय रहेको टिप्पणी गरेको छ ।

    पार्टीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल द्रुत गतिमा सञ्चालन गराउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । भिसा सेन्टरको अनिवार्य स्थापना गर्नुपर्ने, श्रम कार्यालय स्थापना गरी श्रम स्वीकृति सहज गराउनुपर्ने, आवश्यक स्वास्थ्य परीक्षण केन्द्रको स्थापना गराउनुपर्ने, आवश्यक रहेको थप हवाई रूटबारे छिमेकी मुलुकसँग कुटनीतिक पहल गर्ने, आन्तरिक हवाइ उडानलाई स्तरोन्नति गरी तुरुन्त नेपालका मुख्य शहरसँग जोड्नका लागि ध्यानाकर्षण गराउने निर्णय गरिएको लोसपा लुम्बिनी प्रदेश अध्यक्ष तथा प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बताए ।

    त्यसैगरी लुम्बिनी प्रदेशलाई समृद्धि प्रदेश बनाउनका लागि पार्टीले प्रदेश सरकार तथा संघ सरकारलाई विशेष ध्यानाकर्षण गराउने छ ।

    लोसपाले प्रदेशका जिल्लाहरुमा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरुको पहिचान गरी आवश्यक पुर्वाधारको निर्माण गरी पर्यटकहरुको पहुँच सहज बनाउने, कृषि क्षेत्रमा स्थान अनुसार बालीको पहिचान गर्न प्राविधिक सहयोग गर्ने, आवश्यक मलको व्यवस्थापन गर्न प्रदेशस्तरीय विशेष समिति बनाएर प्रदेश सरकारले आवश्यक रहेको मल सोझै खरिद गरी किसानहरुलाई वितरण गर्ने, नयाँ सोचका उद्यमशीलतालाई प्रोत्साहन गरी प्याकेजमा अनुदानको व्यवस्था गर्ने, सुस्ताएको व्यवसायलाई चलायमान गराउन स्थापित भएका उद्योगहरुलाई विगतका दिनमा बुझाएका प्रदेशमा लाग्ने करको आधारमा कम्तिमा २ आर्थिक वर्ष प्रदेशले लिने कुनै पनि सेवा शुल्क तथा करमा ५० प्रतिशत छुट प्रदान गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

    त्यसैगरी महिला उद्यमशीलतालाई प्रोत्सान गर्न महिला उद्यमीलाई प्रदेश सरकारले योग्यता अनुसार तालिम तथा ५ प्रतिशत ब्याजदरमा पाँच लाख रुपैयाँसम्म सजिलो कर्जा उपलब्ध गराउन तथा हरेक वर्ष शिक्षाको नाममा बाहिरिने अर्बौ रुपैयाँ आफ्नै देशमा लगानी गर्न प्रशस्त मात्रामा प्राविधिक कलेज तथा शिक्षण अस्पताल खोल्न प्रोत्साहन तथा सहयोग गर्ने लगायतका निणर्य गरेको लोसपा रुपन्देही अध्यक्ष रविकुमार रौनियारले जानकारी दिए ।

    उनका अनुसार विश्व बजारको पहिचान गराइ साना व्यवसायीलाई नेपालमा उत्पादित वस्तुलाई निर्यातमुखी बनाउन आवश्यक नीतिगत निर्णय गर्नुपर्ने माग छ ।

     

  • लोसपा लुम्बिनीको सम्मेलन भैरहवामा

    लोसपा लुम्बिनीको सम्मेलन भैरहवामा

    रुपन्देही । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ सहअध्यक्ष तथा रुपन्देही क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लले राज्यद्वारा लुम्बिनी निरन्तर उपेक्षामा परेको बताए । उनले साँस्कृतिक केन्द्र हुँदाहुँदै राज्यले सुरुदेखि बुद्ध जन्मस्थल लुम्बिनीमाथि विभेद गरेको बताए ।

    लोसपा नेपाल लुम्बिनी प्रदेश समितिको प्रथम प्रदेश सम्मेलनको शनिबार भैरहवामा उद्घाटन गर्दै नेता शुक्लले लुम्बिनीको गुरुयोजनाले हालसम्म पनि पूर्णता पाउन नसकेको बताए । पूर्व शिक्षामन्त्रीसमेत रहेका उनले आफ्नै देशभित्र विभेदको सिकार बनाइएका कारण लुम्बिनीमा चाहेजसरी विकास हुन नसकेको दावी गरे ।

    उनले भने, ‘विभेद अझ कायम राख्ने मानसिकता छ । विगतमा लुम्बिनीमा आएका बजेट काठमाडौंमा खर्च भयो । म केही समय संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री थिएँ ।’ लुम्बिनी साँस्कृतिक नगरपालिकामा अझै पनि वर्षातमा सडक हिलाम्य हुने गरेको उनको भनाइ छ ।

    उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा एडीबीको ठूलो योगदान रहेको बताए । उनले विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न सबै मिलेर एकीकृत योजना बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘सबैलाई समेट्दै सुपरीवेक्षण समिति बनाएर द्रुत गतिमा काम अगाडि बढाउनुपर्छ । ’

    उनले आजको समयमा यो देशमा भविष्य छैन भन्ने युवाहरुको सोच रहेको बताए । उनले नो अब्जेशन लेटर लिनेको संख्या बढ्दै गएको बताए । उनले युवामा जीवनस्तर के हुन्छ भन्ने चिन्ता रहेको उल्लेख गरे ।
    उनले भने, ‘विदेश पलायन हुने क्रम बढ्दो छ । खस्कदो अर्थतन्त्र ठूलो चिन्ताको विषय हो । रोजगारीको अवसर छैन । मुलुकमा भ्रष्टाचार बढेको छ । सबैभन्दा डरलाग्दो स्थित भ्रष्टाचार हो ।’ पूर्वमन्त्री शुक्लले भ्रष्टाचार नियन्त्रणका लागि भ्रष्टाचार गर्ने व्यक्तिलाई सामाजिक बहिष्कार गर्नुपर्नेमा जोड दिए । उनले जनताको मनमा असन्तुष्टि भएको र त्यो असन्तुष्टि हटाउनुपर्ने बताए ।

    लोसपा लुम्बिनी प्रदेश अध्यक्ष, लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले सकारात्मक सोच विश्वको सबैभन्दा ठूलो चुनौती रहेको बताए । उनले नेतृत्व गर्ने व्यक्तिहरुले सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

    लुम्बिनी प्रदेशलाई पर्यटनको प्रदेशको रुपमा विश्वमा चिनाउन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका निम्ति लागिपरेको उनको दावी थियो । पूर्व कृषिमन्त्री तथा लोसपाका वरिष्ठ उपाध्यक्ष अकबाल अहमद शाहले लोसपा सबैको अधिकार चाहने पहिचानवादी पार्टी भएको दावी गरे ।

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु पुरनप्रसाद चौधरी, दीपनारायण मिश्रा, लक्ष्मीनारायण वर्मा, सोमनाथ जनैदार, लुम्बिनी प्रदेशसभा सदस्य तथा संसदीय दलका उपनेता कन्हैया बनिया, प्रदेशसभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक हेमा बेल्बासे केसी, लोकतान्त्रिक विद्यार्थी संघ लुम्बिनी प्रदेश अध्यक्ष मोहम्मद अली लगायतले बोल्दै लोसपा संघर्षले जन्मिएको पार्टी भएको बताए ।

  • महन्थसँग बिच्किएका राजेन्द्रले लोसपामा गर्लान् त विद्रोह ?

    महन्थसँग बिच्किएका राजेन्द्रले लोसपामा गर्लान् त विद्रोह ?

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच देखिएको विवाद अझै साम्य हुने छाँट देखिएको छैन । केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति विस्तारमा अध्यक्ष ठाकुरले एकलौटी गरेको आरोप लगाउँदै नेता महतो बिच्किएका हुन् ।

    अध्यक्ष ठाकुरले सहमति कार्यान्वयन नगरेको भन्दै आइतबार बसेको केन्द्रीय समितिको बैठक महतोले बहिष्कार गरे । यसअघि बसेको कार्यकारिणी समितिको बैठकमा उनले छुटेका पुराना नेताहरु पदाधिकारी र केन्द्रीय समितिमा ल्याउनुपर्ने अडान राखेका थिए । तर, अध्यक्ष ठाकुरले अहिलेसम्म आफ्नो माग सम्बोधन नगरेको भन्दै महतो थप चिढिएका छन् ।

    उपेन्द्र यादव नेतृत्वको जसपाबाट अगल भएर लोसपा गठन गरेको दुई वर्ष बित्न नपाउँदै पूर्वकांग्रेस पक्षधरका र पूर्वसद्भावनाका नेताहरुबीच टकराव परेको हो । अध्यक्ष ठाकुर पूर्वकांग्रेस हुन् भने महतो तत्कालीन सद्भावनाका हुन् ।

    कांग्रेसबाट आएर आफूहरुलाई अध्यक्ष ठाकुरले हेप्न थालेको महतोको बुझाइ छ । अब पार्टीमा कसरी अघि बढ्ने भन्नेबारे आफू निकटका नेताहरुसँग गृहकार्य गरिरहेका छन् । पार्टी विभाजन गर्न नसक्ने अवस्था नभए महातोले नयाँ दल दर्ता गर्नेसम्मको तयारी गरिरहेको बताइन्छ ।

    तर, अब कसरी अघि बढ्ने भन्ने कुरा अध्यक्ष ठाकुरको निर्णयमा निर्भर हुने नेता महतोले बताए ।

    नयाँ दल खोल्न लागेको हो भन्ने नेपाल प्रेसको जिज्ञासामा उनी भन्छन्, ‘अहिले कुनै तयारी गरेको छैन । ठाकुरजी कसरी अगाडि बढ्नुहुन्छ, हेर्दैछु ।’

    बैठक बहिष्कार गरेपछि अहिलेसम्म अध्यक्ष ठाकुरसँग संवाद नभएको उनले बताए । यद्यपि, उनले अध्यक्ष ठाकुरले कार्यशैली नसुधारे सँगै अघि बढ्न नसक्ने बताउन थालेको उनी निकट नेताहरु बताउँछन् ।

    तर, अध्यक्ष ठाकुर निकट एक नेता महतोले अहिले नै नयाँ दल दर्ता नगर्ने दाबी गर्छन् ।

    ती नेताले भन्छन्, ‘महतोजीले आफू निकटका केही व्यक्तिहरु कमिटीमा नपरेपछि बैठक बहिष्कार गर्नुभएको हो । तर, उहाँ नयाँ पार्टी खोल्नेतिर जानुहुन्छ भन्ने लाग्दैन । अहिलेको परिस्थितिले त्यो देखाउँदैन ।’

    ती नेताले अध्यक्ष ठाकुर र महतोबीचको संवादबाट समस्या समाधान हुनसक्ने भए पनि अहिलेसम्म वार्ता नभएको स्वीकारे ।

    महतो भन्छन्, ‘अहिले पार्टी खोल्ने कुरा नगर्नुहोस् । हामी अहिले अध्यक्षज्यूको कार्यशैलीको विरोधमा उत्रिएका हौं । आवश्यकअनुसार संघर्ष गर्दै जान्छौं ।’

    अर्का नेता अनिल झाले आफूले बैठक बहिष्कार नगरेको जिकिर गर्छन् ।

    उनले भने, ‘म केही महिनादेखि निजी काममा छु । त्यसैले नगएको हो । तर, मैले बैठक नै बहिष्कार गरेको भन्ने सत्य होइन ।’

    लोसपाले असारमा ६३ पदाधिकारीसहित ३११ सदस्यीय कार्य समिति गठन गरेको थियो । केन्द्रीय समितिमा एक अध्यक्षसहित तीन वरिष्ठ नेता, एक वरिष्ठ सहअध्यक्ष, ६ वरिष्ठ उपाध्यक्ष, १५ उपाध्यक्ष, १६ महासचिव, ८ सहमहासचिव, ११ सचिव, २ कोषाध्यक्ष र प्रवक्ता तथा सहकोषाध्यक्ष एकएक जना रहेका छन् ।

    यो कमिटी विस्तारको क्रममा अध्यक्ष ठाकुरले एकलौटी गरेको भन्दै नेता महतोले असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेपछि विवाद सतहमा आएको थियो ।

  • प्रदेश सांसद अभिराम शर्मालाई जन्मकैदको फैसलापछि लोसपामा तरंग, सरकार छाड्न दबाब

    प्रदेश सांसद अभिराम शर्मालाई जन्मकैदको फैसलापछि लोसपामा तरंग, सरकार छाड्न दबाब

    काठमाडौं । जिल्ला अदालत महोत्तरीले मधेश आन्दोलनका क्रममा जलेश्वरमा मारिएका सशस्त्र प्रहरीका असई थमन विक मुद्दामा मधेश प्रदेशका सांसद अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको सजाय सुनाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा तरंग पैदा भएको छ । सांसद शर्मा लोसपा मधेश संसदीय दलका नेता पनि हुन् ।

    पार्टीबाट निर्वाचित सांसदलाई अदालतले जन्मकैदको फैसला गरेपछि अध्यक्ष महन्थ ठाकुरलाई सरकार छाड्ने दबाब बढाएका छन् । अदालतको सो फैसलाप्रति असहमति जनाउँदै अध्यक्ष ठाकुरले ध्यानाकर्षण भएको जनाएका छन् ।

    अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र न्यायालय लोकतन्त्रको आत्मा हो । न्यायालयप्रति उच्च सम्मान प्रकट गर्दै महोत्तरी जिल्ला अदालतको उक्त फैसलाप्रति हाम्रो गम्भीर असहमति रहेको छ ।’

    उनले राजनीतिक अधिकार प्राप्तिको संघर्षमा लाखौं जनता सडकमा उर्लेको सर्न्दभमा कसैको मृत्यु हुनु एउटा दुःखद घटना हो नै तर तथ्य एवं वास्तविकताभन्दा बाहिर गएर फरक ढंगले निर्दोष व्यक्तिहरुलाई राजनीतिक पूर्वाग्रहको आधारमा फसाइएको उल्लेख गरेका छन् ।

    विद्यमान कानून तथा न्यायिक प्रक्रियालाई आधार मानेर न्याय एवं इन्साफको लागि बढ्ने उनको भनाइ छ ।

    यस्तै, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पनि मधेश आन्दोलनको समयमा भएको विभिन्न घटना, दुर्घटना र सोही बहानामा पूर्वाग्रही ढंगबाट आन्दोलनका अगुवा लक्षित दायर भएको मुद्दामा आधारित रहेर महोत्तरी जिल्ला अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

    उनले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न माग गरेका छन् ।

    उनले भनेका छन्, ‘मैले हाम्रा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो नेता कार्यकर्ताविरुद्ध भैरहेको षड्यन्त्रको पर्दाफास गरी निर्भयका साथ आन्दोलनमा उत्रिन तथा खुट्टा नकमाउन र हिम्मत देखाउन आग्रह गरिसकेको छु । थरुहट र मधेशी मोर्चाका सबै नेताहरुलाई डटेर सामना गर्न पनि खपिल गर्छु ।’

    उनले अधिकार र पहिचानको लागि भएको आन्दोलनको मागलाई दबाउन राज्यद्वारा भइरहेको प्रपञ्चको खुलेर विरोध गर्न आह्वान गरेका छन् । तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थरुहटका सबै नेतालाई विभिन्न तहका सरकारहरुलाई दिएको समर्थन फिर्ता गरी एकताबद्ध र गोलबद्ध भएर प्रतिकारमा उत्रिन नेता महतोले आह्वान गरेका छन् ।

    उनले भनेका छन्, ‘नेतृत्वको आह्वानमा हुने आन्दोलनका कारण आन्दोलनकारी कार्यकर्ता नेतामाथि अन्याय, अत्याचार, पीडा हुँदा आन्दोलन आह्वानकर्ता पार्टी र नेता सत्ता स्वार्थ छोडी हिम्मतका साथ ती आन्दोलनकारी जनतालाई साथ सहयोग नदिने हो भने त्यस्ता पार्टी र नेताप्रतिको विश्वास र भरोसा निश्चित रुपमा टुट्न जानेछ र त्यस्ता नेतृत्वको पछि किन लाग्ने भने प्रश्न स्वाभाविक रुपमा उठ्नेछ ।’

    यस्तै, लोसपाका महासचिव अनिल महासेठले सबै तहका सरकारबाट समर्थन फिर्ता लिनुपर्ने बताएका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘अदालतको निर्णयपछि पार्टीले सबैभन्दा पहिला सबै तहको सरकारबाट समर्थन फिर्ता लिनुपर्छ । विगतमा पनि तत्कालीन राजपा पार्टी हुँदा रेशमलाल चौधरीको बारेमा कैलाली जिल्ला अदालतको दुर्भाग्यपूर्ण फैसलापछि तत्कालीन सरकारबाट समर्थन फिर्ता लिएको नजिर छ ।’

    लोसपाबाट अहिले प्रचण्ड नेतृत्वको सरकारमा शरदसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री छन् । यद्यपि यही प्रकरणका आरोपित एमालेका संघीय सांसद लक्ष्मी महतो कोइरीलाई भने अदालतले सफाइ दिएको छ ।

  • महन्थसँग बढ्यो राजेन्द्र महतोको दूरी, केन्द्रीय समितिको बैठक बहिष्कार

    महन्थसँग बढ्यो राजेन्द्र महतोको दूरी, केन्द्रीय समितिको बैठक बहिष्कार

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीचको सम्बन्धमा दरार आएको छ । गत असोजमा पदाधिकारीसहित समिति विस्तारपछि ठाकुर र महतोको सम्बन्ध बिग्रिएको हो ।

    केन्द्रीय समिति विस्तारपछि पहिलो पटक आज बैठक बस्दैछ । तर, आजको बैठक नेता महतोले बहिष्कार गर्ने भएका छन् ।

    लोसपाको एक नेताले नेपाल प्रेससँग भने, ‘उहाँले केन्द्रीय समिति विस्तारको समयदेखि नै असन्तुष्टि राख्दै आउनुभएको थियो । आजको बैठकमा उहाँ नआउने भन्ने सुनेका छौं ।’

    आजको बैठकमा नआएपछि महतोको कदमबारे अध्यक्ष ठाकुरले छलफल गर्ने बताए ।

    ती नेताले भने, ‘अहिलेसम्म उहाँहरुको यो समस्या समाधानमा छलफल भएको छैन। अब यो बैठकपछि अध्यक्षले् उहाँसँग करा गर्नुहोला ।’

    लोसपामा ६३ पदाधिकारीसहित ३११ सदस्यीय कार्य समिति छन् । केन्द्रीय समितिमा एकजना अध्यक्षसहित तीनजना वरिष्ठ नेता, एकजना वरिष्ठ सहअध्यक्ष, छ जना वरिष्ठ उपाध्यक्ष, १५ उपाध्यक्ष, १६ महासचिव, ८ सहमहासचिव, ११ सचिव, कोषाध्यक्ष दुई जना, प्रवक्ता एक जना र सह कोषाध्यक्ष एक जना रहेका छन् ।’

    यो कमिटी विस्तारपछि आज पहिलोपटक केन्द्रीय समितिको बैठक बस्न लागेको नेता केशव झाले बताए । अब केही समयमा अनुपम फुडल्याण्डमा बैठक सुरू हुनेछ ।

    बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रियसभाको निर्वाचन, केन्द्रीय समिति विस्तारलगायतको विषयमा छलफल हुने जनाइएको छ ।

    यस्तै, संगठन निर्माण, भ्रातृ संगठन विस्तारलगायतको विषयमा पनि छलफल हुने तय भएको छ । जसपाबाट अगल भएपछि गठन भएको लोसपाले पछिल्लो समय प्रभाव जमाउन सकेको छैन ।

  • लोसपाले बोलायो केन्द्रीय समिति बैठक

    लोसपाले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। काठमाडौंमा बस्नेगरी आगामी २४ र २५ गतेका लागि बैठक बोलाइएको हो।

    बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रिय सभाको निर्वाचन, केन्द्रीय समिति विस्तारलगायतको बिषयमा छलफल हुने जनाइएको छ।

    यस्तै, संगठन निर्माण, भातृ संगठन विस्तार लगायतको बिषयमा पनि छलफल हुने तय भएको छ। जसपाबाट अगल भएर महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन भएपनि पछिल्लो समय प्रभाव जमाउन सकेको छैन।

  • लोसपाको केन्द्रीय समिति पुनर्गठन, शीर्ष नेताका सबैखाले परिवार बने पदाधिकारी (सूचीसहित)

    लोसपाको केन्द्रीय समिति पुनर्गठन, शीर्ष नेताका सबैखाले परिवार बने पदाधिकारी (सूचीसहित)

    काठमाडौं । प्रतिनिधि सभामा ४ सीट रहेको मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीमा शीर्ष नेताहरुले पदाधिकारीमा आफ्नै परिवार र नातागोताहरुलाई भागवण्डा लगाएका छन् ।

    सोमबार पुनगर्ठित केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा अध्यक्ष महन्थ ठाकुरका सम्धि उमाकान्त झा र उपाध्यक्षमा सम्धिनी इन्द्र झा मनोनीत भएका छन् । ठाकुरले एकमात्र छोरी मिनाक्षीलाई सदस्य बनाएका छन् ।

    अध्यक्ष ठाकुरले परिवारका सबै सदस्य समेटेपछि बरिष्ठ नेता राजेन्द्र महतोले पनि ज्वाइ अनिल महासेठलाई महासचिव बनाएका छन् भने अर्का वरिष्ठ नेता सरदसिंह भण्डारीले छोरी सृष्टिलाई सचिव बनाएका छन् । भण्डारीले निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष दुवै पद दिलाएका छन् । राउत र भण्डारी सँगै बस्ने गर्छन् ।

    यस्तो छ लोसपाको पुनर्गठित ३११ सदस्यीय केन्द्रीय समिति

     

  • मधेशमा बदलिँदो राजनीतिक कोर्स- उपेन्द्रलाई सीके राउतले टक्कर दिँदा यसरी खुम्चिए महन्थ

    मधेशमा बदलिँदो राजनीतिक कोर्स- उपेन्द्रलाई सीके राउतले टक्कर दिँदा यसरी खुम्चिए महन्थ

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन भएको एक वर्ष नहुँदै सबै दलहरु मिसन २०८४ को अभियानमा जुटिरहेका छन् । पछिल्लो समय नयाँ दल र स्वतन्त्रहरुले ठूला दलहरुलाई चुनौती दिइरहेको बेला मधेश केन्द्रित दलहरु सत्तास्वार्थमा लिप्त छन् ।

    पछिल्लो परिदृश्यअनुसार जुन पार्टीको सरकार बने पनि मधेश केन्द्रित दलहरु भाग पाउन मरिहत्ते गरिरहेका हुन्छन् । जसकारण पछिल्लो समय मधेश केन्द्रित दलहरुको शक्ति ओरालो लागेको छ ।

    मधेशबाट उदाएर राष्ट्रिय राजनीतिमा शक्तिशाली देखिएका उपेन्द्र यादवलाई पछिल्लो निर्वाचनले धक्का दिएको छ । उपेन्द्रलाई मधेशको राजनीतिमा टक्कर दिन डा. सीके राउत नेतृत्वको जनमत पार्टीको उदय भएको छ । जनमत पहिलो पटकमै प्रतिनिधिसभामा ६ सीट जितेर राष्ट्रिय पार्टी बन्न सफल भयो ।

    मधेशी दलहरू आन्तरिक स्वार्थकै कारणले छिन्नभिन्न भइरहेको बेलामा मधेशमा किसानको नारा लिएर सीकेको उदय भयो । कांग्रेस-एमालेमात्रै नभएर मधेशको राजनीतिमा उपेन्द्रविरुद्ध टक्कर दिन अहिले सीके राउत कडा रूपमा प्रस्तुत भइरहेका छन् ।

    मिसन २०८४ लाई केन्द्रमा राखेर पार्टीको संगठन विस्तारमा जनमत आक्रामक हुँदा उपेन्द्र रक्षात्मक स्थितिमा देखिएका छन् । जसपाबाट फुटेर अलग बनेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि अहिले कमजोर अवस्थामा छ ।

    उपेन्द्र र सीकेको शक्तिको लडाइँमा महन्थ कमजोर देखिएका हुन् । उपेन्द्र कम्युनिष्ट पृष्ठभूमिका नेता हुन् । अहिले उपेन्द्र र सीके एउटै गठबन्धनमा भए पनि उनीहरुबीचको प्रतिपस्पर्धा कम छैन ।

    मधेशमा सीकेको उदयपछि आफूलाई रक्षात्मक स्थितिमा कायम राख्न उपेन्द्र अहिले समाजवादी मोर्चामा सामेल भएका छन् । मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा पनि सामेल छ ।

    गत निर्वाचनमा जसपाले एमालेसँग तालमेल गरेको थियो । अहिले जसपासँग १२ सीट छ । राष्ट्रिय राजनीतिमा उपेन्द्रकै चालले अहिले जसपाले उपराष्ट्रपति र मधेश प्रदेशको मुख्यमन्त्री हात पारेको छ ।

    उपेन्द्र सत्ता गठबन्धनमा हुँदाहुँदै पनि पार्टी सेभ जोनमा राख्नैपर्ने बाध्यताको कारणले समाजवादी मोर्चामा अटाएका छन् । शक्ति केन्द्रमा रमाएका कारणले उपेन्द्रको जनाधार कमजोर बन्दै गएको विश्लेषण हुन थालेको छ ।

    लोसपाको ४ सीटमात्रै छ । राष्ट्रिय दल पनि बन्न नसकेपछि लोसपा स्वतः शिथिल बन्दै गएको छ ।

    यता, मधेशमा निर्णायक शक्तिमा उदाएको जनमतले पछिल्लो समय आक्रामक रुपमा संगठन विस्तारलाई अघि बढाएको छ । जनमतका अध्यक्ष सीके अहिले पार्टीमा १४ वटा संगठन रहेको बताए ।

    मधेशमा आगामी निर्वाचनबाट पहिलो बन्ने लक्ष्यका साथ जनमतले अहिले संगठन निर्माणलाई तिव्रता दिएको उनको भनाइ छ । जनमतले अहिले मधेशमा मात्रै नभएर पहाडी र हिमाली जिल्लाहरुमा पनि संगठन विस्तारलाई अगाडि बढाएको अध्यक्ष सीकेले बताए ।

    त्यसो त जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेत पार्टी विधान अधिवेशन सकेर पार्टीलाई सांगठनिक रुपमा अगाडि लानेबारे ठोस निर्णय गर्ने तयारी भइरहेको बताए ।

    उनले भने, ‘हामी सम्भवतः एक वर्षभित्र महाधिवेशन गर्छौं । पार्टीलाई चुस्त रुपमा राष्ट्रिय राजनीतिमा कसरी अगाडि बढाउने भन्नेबारेमा लागिरहेका छौं । त्यसको सुरुवाती चरणमा छौं ।’

    बस्नेतले आफ्नो पार्टीको बेस मधेशमा भए पनि उत्पीडित समुदाय र श्रमजीवी वर्गको पार्टी बनाउने उद्देश्यका साथ अघि बढेको बताए ।

    उनले भने, ‘अब हामी क्षेत्रगत होइन । राष्ट्रिय राजनीतिमा नै अगाडि बढ्नेगरी अघि बढ्दैछौं । पहाड र हिमालमा पनि स्थापित गराउने भनेर सांगठनिक काम अगाडि बढाएका छौं ।’

    जनमतसहित नयाँ पार्टीहरु आउने कुरा स्वाभाविक भएकाले आफूहरुलाई असर नगर्ने उनको भनाइ छ ।

    नेता बस्नेतले थपे, पार्टीलाई कसरी अगाडि बढाएर जनता र देशको पक्षमा उभ्याउने भन्ने विषयमा हामी दत्तचित्त भएर लागेका छौं । हामीले कसैलाई प्रतिस्पर्धी देख्नुभन्दा पनि कसरी अगाडि बढ्ने भन्नेमा केन्द्रित छौं ।’

    त्यसो त केन्द्रीय कमिटीलाई विस्तार गरेर पार्टीको कामलाई अगाडि बढाउने तयारी गरिरहेको लोसपा नेता केवश झाले बताए ।

    उनले भने, ‘मधेशमा नयाँ पार्टीको संगठन नभएकाले उनीहरुले बनाउँदा धेरै चर्चा भएको हो । हाम्रो पार्टीको संगठन तल्लो तहसम्म छ । त्यसकारणले त्यो रुपमा हामी अगाडि बढ्न आवश्यक छैन । हामीले सबै पक्षलाई विचार गरेर काम अगाडि बढाएका छौं ।’

    तर, उनले आफूहरु बाहिर चर्चा भए जस्तो नखुम्चिएको जिकिर गरे ।

    पछिल्लो सयम मधेशमा उपेन्द्र र सीकेबीच सत्ता स्वार्थकै लडाइँ भइरहेको राजनीतिक विश्लेषक रोशन जनकपुरी बताउँछन् ।

    उनले भने, ‘मधेश आन्दोलनको रापताप अहिले छैन । हिजोको दिनमा लोसपा र उपेन्द्रबीच टकराव हुन्थ्यो । अहिले सीके राउत प्रतिस्पर्धामा देखिनुभएको छ ।’

    लोसपा अहिले आफ्नै कारणले खुम्चिँदै गएको विश्लेषण उनको छ ।

  • नागरिकता विधेयक प्रमाणीकरणपछि राष्ट्रपतिको कदमको लोसपाले गर्‍यो स्वागत

    नागरिकता विधेयक प्रमाणीकरणपछि राष्ट्रपतिको कदमको लोसपाले गर्‍यो स्वागत

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्वागत गरेको छ ।

    लामो समयदेखि होल्डमा रहेको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि लोसपा अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै उक्त कदम सकारात्मक भएको बताएका हुन् ।

    विधेयक प्रमाणीकरण भएपछि राज्यविहीनताको स्थितिमा रहेका नेपाली नागरिकहरुको पीडामा मल्हमको काम गर्ने र नागरिकतासम्बन्धी समस्याको धेरै हदसम्म समाधान गर्ने उनले बताएका छन् ।

    अघिल्लो सदनले दुई पटक पारित गरेर प्रमाणीकरणका लागि पठाए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले होल्डमा राखेकी थिइन् । तर, आज राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि कतिपयले भने संविधानविपरीत भनेका छन् ।

  • मधेस सरकारमा लोसपाका पटेलले लिए वनमन्त्रीको शपथ

    मधेस सरकारमा लोसपाका पटेलले लिए वनमन्त्रीको शपथ

    जनकपुरधाम । मधेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भएको छ ।

    लोसपाको सिफारिसमा नवनियुक्त वन तथा वातावरण मन्त्री रमेश पटेलले आज पद तथा गोपनियताको शपथ लिएका हुन् । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथग्रहण गराएका छन् ।

    पर्सा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित पटेललाई मन्त्री बनाउने निर्णय आजै लोसपा संसदीय दलको बैठकले गरेको थियो ।

    लोसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको थियो । तर, तत्काल एउटा मन्त्रालय दिने सहमतिअनुसार लोसपा सरकारमा सहभागी भएको छ ।

  • मधेस सरकारमा सहभागी हुँदै लोसपा, पटेलले आजै वन मन्त्रीको शपथ लिने

    मधेस सरकारमा सहभागी हुँदै लोसपा, पटेलले आजै वन मन्त्रीको शपथ लिने

    जनकपुरधाम । मधेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी हुने भएको छ ।

    लोसपाले सांसद रमेश पटेललाई वन तथा वातावरणमन्त्री बनाउने सहमति जुटाएको हो । पर्सा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित उनले आजै मन्त्रीको शपथ लिने बुझिएको छ ।

    लोसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको थियो । तर, तत्काल एउटा मन्त्रालय दिने सहमतिअनुसार लोसपाले पटेललाई सरकारमा पठाउने निर्णय गरेको हो ।

    मधेस भवनमा नवनियुक्त मन्त्री पटेललाई प्रदेश प्रमुख हरिशंकर मिश्रले आज बेलुका ५ बजे शपथग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।