Category: जसपा नेपाल

  • जसपा नेपालले भन्यो- अध्यक्ष यादवलाई राजनीतिक प्रतिशोधको निशाना बनाउने दुष्प्रयास हुँदैछ

    जसपा नेपालले भन्यो- अध्यक्ष यादवलाई राजनीतिक प्रतिशोधको निशाना बनाउने दुष्प्रयास हुँदैछ

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालले गौर हत्याकाण्डबारे सर्वोच्च अदालतबाट आदेशको पूर्णपाठ वा संक्षिप्त आदेश नै नआउँदै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जोडेर प्रचार गरेकोप्रति आपत्ति जनाएको छ।

    प्रवक्ता मनिष सुमनले विज्ञप्ति जारी गर्दै अदालतबाट जारी भएको आदेशसँगको मुद्दामा पक्ष वा विपक्षको रूपमा रहँदै नरहेको विषयमा अध्यक्षलाई पूर्णरुपमा पूर्वाग्रही ढङ्गले नियतवश जोडेको भन्दै असन्तुष्टि जनाए।

    विज्ञप्तिमा भनिएको छ, ‘२०६३ सालको त्यो दुखद घटनाको सम्बन्धमा तत्कालीन सरकारले नै उच्च स्तरीय न्यायिक जाँचबुझ समिति गठन गरी सत्य तथ्य अभिलेखीकरण गरी सकेको, संवैधानिक निकायको रूपमा रहेको राष्ट्रिय मानव अधिकार आयोगका साथै नेपाल स्थित संयुक्त राष्ट्रसंघीय समेतले तत्कालकै अवस्थामा घटना वारदातको सम्बन्धमा आ-आफ्नो तर्फबाट स्वतन्त्र अनुसन्धान गरी सत्य तथ्य सहितको प्रतिवेदन समेत सार्वजनिक गरी सकेको, यो राजनीतिक विषयमा राजनीतिक शक्तिहरूबाट नै समाधानको बाटो खोजिनु पर्ने हुन्छ।’

    सर्वोच्च अदालतबाट जारी भएको परमादेशको आदेश अनुसार पुनः निष्पक्ष, विश्वसनीय एवं वस्तुपरक रूपमा अनुसन्धान हुने भएमा पनि आत्तिइहाल्नु पर्ने अवस्था नरहेको उल्लेख छ।

    विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतबाट जारी भएको आदेशको पूर्णपाठ वा संक्षिप्त आदेश नै नआउँदै विभिन्न सञ्चार माध्यमबाट अपुष्ट रूपमा सम्प्रेषण गरिएको भ्रामक समाचारमा विश्वास गरी सम्मानित सर्वोच्च अदालतबाट जारी भएको आदेशको विरुद्धमा वा सम्मानित अदालतलाई लक्षित गरी कुनै प्रकारको क्रियाकलाप वा गतिविधि नगर्न, नगराउन तथा त्यस्तो कार्यमा सरिक समेत नहुन हार्दिक अपिल समेत गर्न चाहन्छौँ ।’

    सर्वोच्च अदालतको आदेशप्रति पूर्ण सहयोग गर्न अध्यक्ष यादव तथा पार्टी सधैँ तयार रहेको बताएका छन्।

    ‘मधेश आन्दोलनलाई कमजोर पार्ने र अध्यक्षलाई राजनीतिक प्रतिशोधको निशाना बनाउने दुष्प्रयास स्वरूप आम सञ्चार माध्यमबाट अतिरञ्जित पूर्ण रूपमा समाचार सम्प्रेषण गर्दै जनमानसमा भ्रम मार्फत द्वन्द्व सृजना गर्ने कार्य नगर्न आम सञ्चारमाध्यमहरूलाई समेत हार्दिक अपिल गर्न चाहन्छौँ’ विज्ञप्तिमा भनिएको छ।

  • माइतीघर प्रदर्शन : जसपा नेपालका डेढ दर्जना नेता पक्राउ, आधा दर्जनभन्दा बढी घाइते

    माइतीघर प्रदर्शन : जसपा नेपालका डेढ दर्जना नेता पक्राउ, आधा दर्जनभन्दा बढी घाइते

    काठमाडाैं । माइतीघरमा प्रदर्शन गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशका सहित करिब २० जना भन्दादबढी कार्यकर्ता पक्राउ परेका छन् ।

    गौर नरसंहार सम्बन्धमा अनुसन्धान अघि बढाउने सर्वोच्चको परमादेशविरुद्ध असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा जसपा नेपालका प्रवक्ता एवम् मधेश प्रदेश सदस्य र जसपा नेपालका कार्यकारिणी समिति सदस्य मनिष कुमार सुमन, किरण साह र लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अम्बिका काफ्ले पक्राउ परेका छन् ।

    त्यस्तै, बबी सिंह, रेणुराज सिंह, केन्द्रीय सदस्य शशिकपुर मियाँ, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मनिष यादव, समाजवादी युवाका महासचिव दिलिप पटेल, युवा नेता मनिष यादव ओम, दिनेश यादव(सप्तरी), समाजवादी विधार्थी युनियन नेपालका महासचिव बलराम कापरी, कार्यालय सचिव मुकेश यादव, हंसा साह(सुनसरी), पुर्व प्रदेश सभा सदस्य बिन्देश्वर यादव(विक्की), स्मिता यादव, विधार्थी युनियनको उपाध्यक्ष ललन यादव(रौतहट), भोगेन्द्र यादव(मोरंग) प्रहरी वृत सिंहदरबार पक्राऊ गरेको छ।

    त्यस्तै, प्रहरीसँगको झडपमा मनिष कुमार सुमन, दिनेश यादव, बिन्देश्वार यादव(बिक्की), ललन यादव र अध्यक्ष मनिष यादव लगायत घाइते भएका छन् ।

    उनीहरु काठमाडौंको माइतीघर र बबरमहलमा मसाल जुलुस प्रदर्शन गर्दा पक्राउ परेका हुन् ।

  • सरकारले समावेशी लोकतान्त्रिक व्यवस्थाको मुल उपलब्धिलाई नै धरापमा पार्न खोज्दैछ : जसपा नेपाल

    सरकारले समावेशी लोकतान्त्रिक व्यवस्थाको मुल उपलब्धिलाई नै धरापमा पार्न खोज्दैछ : जसपा नेपाल

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले समावेशी लोकतान्त्रिक व्यवस्थाको मुल उपलब्धिलाई नै धरापमा पार्ने गरी राज्यले गर्ने असमावेशी नियुक्तिप्रति आपत्ति जनाएको छ।

    साउन २२ गते न्याय परिषद्ले गरेको उच्च अदालतका न्यायाधीशहरुको नियुक्ति सम्बन्धी असमावेशीपूर्ण निर्णय गरेको भन्दै असन्तुष्टि जनाएको हो। जसपा नेपालका प्रवक्ता मनिष सुमनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राज्यले गर्ने प्रायः सबै संवैधानिक नियुक्तिहरु असमावेशी हुने गरेका छन्।

    प्राज्ञहरुको नियुक्ति, संबैधानिक निकाय र आयोग, राजदूत वा विश्वविद्यालयको नियुक्तिहरु समावेशी हुन सकेनन् । यस्ता नियुक्तिहरुमा मधेशी, आदिवासी जनजाती, थारु, महिला, मुस्लिम, अल्पसंख्यक समुदाय र पिछडावर्ग आदि समुदायलाई उपेक्षा गरिएको छ ।’ सरकारको यो कार्यले राज्यको एकल जातीय चिन्तन र नश्लवादी सोच स्पष्ट रुपले देखिएको बताएका छन्।

    विज्ञप्तिमा भनिएको छ, ‘समावेशी लोकतान्त्रिक व्यवस्थाको मुल उपलब्धिलाई नै धरापमा पार्ने गरी राज्यले गर्ने असमावेशी नियुक्तिप्रति हाम्रो सदैव विरोध रहन्छ । विधानको भावना र समावेशीताको सिद्धान्तको मर्म र भावना विपरित भएका निर्णयप्रति खेद प्रकट गर्दै जसपा नेपाल यस्ता विभेदपूर्ण र असमावेशीपूर्ण निर्णय मान्न बाध्य नहुने जानकारी समेत गराउन चाहन्छ।’

  • नारायणकाजी र उपेन्द्रबीच भेटवार्ता

    नारायणकाजी र उपेन्द्रबीच भेटवार्ता

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव बीच भेटवार्ता भएको छ । श्रेष्ठ निवास हात्तीवनमा दुई नेताबीच भेटघाट भएको हो ।

    पूर्वउपप्रधानमन्त्रीद्वयको भेटमा वर्तमान राजनीतिक परिस्थिति, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रका निम्ति गर्नुपर्ने कामबारे कुराकानी भएको श्रेष्ठको सचिवालयले जनाएको छ । लोकतान्त्रिक उपलब्धिको रक्षा गर्ने र समृद्ध नेपालमार्फत् समाजवादको दिशामा अघि बढ्नुपर्ने विषयमा पनि विचार विमर्श भएको बताइएको छ ।

    माओवादी नेता श्रेष्ठले केही दिनयता राजनीतिक भेटघाट बढाइरहेका छन् ।

  • संघीय लोकतान्त्रिक मोर्चा- उपेन्द्रको पार्टी कार्यालयमा बस्ने बैठकमा सीके नजाने

    संघीय लोकतान्त्रिक मोर्चा- उपेन्द्रको पार्टी कार्यालयमा बस्ने बैठकमा सीके नजाने

    काठमाडौं । मधेश केन्द्रित सात दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चा गठन भएको चार महिना पूरा नहुँदै विवादमा फसेको छ। मधेशका मुद्दालाई प्रभावकारी ढंगले उठाउन उद्देश्यले एकजुट भएका मधेशकेन्द्रित दल आफू अनुकूल स्वार्थमा केन्द्रित हुँदा विवादमा परेको हो।

    जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा सहभागी मोर्चा चैत २१ गते घोषणा भएको थियो।

    तर, मोर्चामा सहभागी भएको सिके राउत नेतृत्वको जनमत पार्टीले औचित्यमाथि नै प्रश्न उठाएको छ। उद्देश्यभन्दा बाहिर गएर रुपन्देही ३ को उपनिर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेपछि मोर्चाभित्र विवाद उत्पन्न भएको हो।

    कात्तिकमा हुने उपनिर्वाचनमा रुपन्देही ३ मा नाउपाको उम्मेदवारलाई सघाउन मोर्चाले निर्णय गरेपछि जनमत बिच्किएको हो। यो निर्णयमा जनमतबाहेक अन्य ६ दल सहमति छन्। मोर्चामा सुरुआतदेखि नै जनमतले आफ्नो दाबी कायम राखेको थियो।

    तर, अन्य दल नाउपालाई समर्थन गर्ने पक्षमा उभिएपछि जनमतले औचित्यभन्दा बाहिर गएको भन्दै असन्तुष्टि जनाएर बैठकमा पनि जान छाडेको छ।

    मोर्चामा बस्ने कि नबस्ने भन्नेबारे पनि आफूहरूले पुनर्विचार गर्ने जनमतका प्रवक्ता डा. शरद यादवले बताए। मोर्चाको बैठक आज उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको कार्यालय बालकुमारीमा बस्दै छ।

    तर, आफूहरू यो बैठकमा नजाने उनले बताए। मोर्चाको बैठक आबद्ध दलको पार्टी कार्यालयमा आलोपालो बस्दै आएको छ।

    मोर्चाप्रति जनमतको असन्तुष्टि कहाँ ? प्रवक्ता यादवको भनाइ जस्ताको तस्तै:

    दुई ठुला दल मिलेर सरकार बनाएपछि उहाँहरूले संविधान संशोधनको कुरा उठाउनुभएको थियो। संविधान संशोधनको कुरा उठेपछि मधेशी, आदिवासी जनजाति, सीमान्तकृत जनताको पक्षमा धेरै कुरा संशोधन आवश्यक छ।

    त्यसका लागि हामी सबै एक ठाउँमा आउनुपर्‍यो, सांसददेखि सडकसम्म हामीले दबाब सिर्जना गर्नुपर्‍यो भनेर मोर्चा गठन गरिएको हो। संविधान संशोधनका लागि दबाब सिर्जना गरेर हाम्रो बाँकी अधिकारलाई संरक्षण र सुरक्षित गर संविधानभित्र भन्ने हाम्रो उद्देश्य हो।

    तर त्यसलाई छाडेर कसलाई सांसद बनाउने, कसलाई मन्त्री बनाउने, कसलाई उम्मेदवार बनाउने भन्नेमा केन्द्रित हुन थाल्यो। त्यो हाम्रो उद्देश्य होइन। त्यसमा हाम्रो असहमति छ। मोर्चाको औचित्यअनुसार काम भइरहेको छैन।

    अर्को कुरा मोर्चामै भएका दलहरू जनमत सरकारबाट बाहिरिए हामी जान पाउँथ्यौँ भनेर दिनरात खटिरहेका छन्। त्यो सबैले बुझेकै कुरा हो। त्यसैले मोर्चाको उद्देश्यप्रति केन्द्रित नभएर एकले अर्कालाई सिद्ध्याउनतिर लागिरहेका छन्।

    रुपन्देही ३ को उपनिर्वाचनको विषयमा पनि हामीले हाम्रो पार्टी त्यहाँ सशक्त छ भनेका छौँ। विगतको चुनावमा हाम्रो पार्टीले राम्रो मत ल्याएको छ, जनमतको राम्रो पकड पनि छ। मोर्चाको निर्णय भनेर भएकोमा पनि हाम्रो असहमति छ। त्यसबारे ६ दल एकातिर जनमत बेग्लै छ। त्यसैले त्यहाँ हाम्रो उम्मेदवार हुन्छ।

    अर्को कुरा अशोक राईको पार्टीमा ७ सांसद छन्। मधेश केन्द्रित दलमा सबैभन्दा ठुलो सांसदको हिसाबले त्यही पार्टी हो। तर, उहाँहरूलाई मोर्चामा ल्याइएको छैन। यो पनि हाम्रो प्रश्न हो।

    एउटा उद्देश्यका लागि गठन भएको मोर्चालाई अर्को उद्देश्यमा प्रयोग गर्ने, सरकार गिराउने, कसलाई मन्त्री र सांसद बनाउने भन्ने विषयमा केन्द्रित भएकाले हामीले अब रहने वा नरहने भन्नेबारेमा पुनर्विचार गर्दैछौं।

    मोर्चाको उद्देश्यमा हिँड्यो भने हामी सँगै हुन्छौँ। मुख्य त संविधान संशोधनको कुरा हो हामीले उठाएको, यो चुनावी मोर्चा होइन।

  • नाउपा विपक्षी बेन्चमा, जसपा नेपाल अझै सत्तापक्षमै

    नाउपा विपक्षी बेन्चमा, जसपा नेपाल अझै सत्तापक्षमै

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी आजबाट प्रतिपक्षी लहरमा बसेको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नाउपाका सांसदहरू आजबाट विपक्षी रोमा बसेका हुन् ।

    सरकारलाई दिएको समर्थन फिर्ता लिने दुई साताअघि नै निर्णय गरेको जसपा नेपाल भने अझै सत्तापक्षमा छ । जसपा नेपालका प्रवक्ता मनिष सुमनले संसदीय दलको बैठकले औपचारिकता दिएपछि विपक्षमा बस्ने बताए ।

    उनले भने, ‘निर्णय त भइसकेको छ, चाँडै दलले औपचारिकता दिएपछि विपक्षमा बस्छ ।’

  • जसपा नेपालको संसदीय दलको बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

    जसपा नेपालको संसदीय दलको बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री केपी ओली नेतृत्वको नेतृत्वको सरकारबारे निर्णय लिनको लागि दलको बैठक बोलाएका हुन्।

    जसपा राष्ट्रियसभा सदस्य मृगेन्द्रसिंह यादवका अनुसार आजको बैठकले सरकारलाई दिएको समर्थनबारे निर्णय लिने बताए।
    उनले भने, ‘आज अध्यक्षले दलको बैठक डाक्नुभएको छ, आजको बैठकले सरकारबारे निर्णय लिन्छ। कार्यकारिणी समितिको बैठकले फिर्ता लिन यसअघि नै निर्देशन दिइसकेको छ, आजको बैठकले निर्णय गर्छ।’

    उनले दलको बैठकले निर्णय गरेपछि आफूहरू सदनमा विपक्षीमा बस्ने पनि बताए। जसपा सांसद प्रकाश अधिकारीले पनि बैठक दिउँसो १ बजे बस्न लागेको बताए।

    उनका अनुसार बैठक पार्टी कार्यालयमा बस्नेछ। जसपा नेपालले ओली सरकार सरकार पूर्णतः असफल रहेको निष्कर्ष निकाल्दै सरकारलाई दिएको समर्थन बारे पुनः विचार गर्न संसदीय दललाई दुई साताअघि नै निर्देशन दिएको थियो।

  • जसपा नेपालमा ५ जना केन्द्रीय सदस्य मनोनीत

    जसपा नेपालमा ५ जना केन्द्रीय सदस्य मनोनीत

    काठमाडौं । जसपा नेपालले ५ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । हालै बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विभिन्न पार्टी परित्याग गरेर जसपा नेपाल रोजेकाहरूलाई केन्द्रीय समितिमा मनोनीत गरेको प्रवक्ता मनिष सुमनले बताए ।

    उनका अनुसार शशिकपुर मियाँ, करिमा बेगम, सुधीर नाथ पाण्डे, कैलाश गुरुङ र निलम यादवलाई केन्द्रीय समितिमा मनोनयन गरिएको हो ।

    बैठकले भदौ २५ देखि २७ सम्म आयोजित पार्टी अधिवेशनका लागि प्रदेश निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको पनि उनले बताए ।

  • सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको संकेत

    सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको संकेत

    काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ ।

    जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको संघीय संसदीय दललाई सरकारबारेको निर्णय पुनर्विचार गर्न निर्देशन दिएको प्रवक्ता मनिष सुमनले बताए ।

    ओली सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न, संविधान संशोधन गर्न पूर्णतः असफल भएको बैठकले निष्कर्ष लिकालेको उनले बताए ।

    उनले भने, ‘सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न पार्टीको संघीय संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको छ । हामीले निर्देशन दिएका छौं । थप निर्णय अब संसदीय दलको बैठकले गर्छ ।’

  • अध्यादेशपछि भूमि विधेयकको पनि विपक्षमा जसपा नेपाल, कार्यकारिणी समिति बैठकमा छलफल गर्ने

    अध्यादेशपछि भूमि विधेयकको पनि विपक्षमा जसपा नेपाल, कार्यकारिणी समिति बैठकमा छलफल गर्ने

    काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि विधेयकबारे पार्टीमा छलफल गर्ने भएको छ।

    सरकारले ल्याएको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पार्टी बैठकमा छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

    यसअघि सरकारले भूमि अध्यादेश ल्याएको थियो। तर राष्ट्रिय सभामा पारित गर्नको लागि निर्णायक रहेको जसपा नेपाल विपक्षमा उभिएपछि अध्यादेश निष्क्रिय बनाएर सरकारले विधेयक अघि सारेको थियो।

    तर, विधेयकको पनि जसपा नेपालले चर्को विरोध गरेको छ। विधेयकबारे पार्टीको तर्फबाट संशोधन प्रस्ताव समेत हालिसकेको छ। उनले भने, ‘पहिला अध्यादेश पनि हामीले विरोध जनाएपछि फिर्ता भएको थियो। अहिले सरकारले विधेयक पेस गरेको छ। यसबारे पार्टीको आगामी कार्यकारिणी समिति बैठकको एजेन्डा बनाएरै छलफल गर्छौँ।’

    सरकारले अध्यादेश ल्याएकै बखत आफूहरूले देश र जनताको हितमा नभएको प्रस्ट भनिसकेको स्मरण गरे । उनले भने, ‘रियल स्टेट र भू-माफिया तथा दलालहरूलाई पक्षपोषण हुने गरी अध्यादेशलाई विधेयकको रूपमा ल्याइएपछि पार्टी यस विषयमा गम्भीर भएको छ ।’

    तराई/मधेशको वनजङ्गल तथा सार्वजनिक जग्गा आफ्ना पार्टी कार्यकर्तालाई वितरण गर्ने मनसायले विधेयक ल्याइएको जसपा नेपालको बुझाइ छ।

    यसले वास्तविक भूमिहीन तथा सुकुम्वासीहरूले जग्गा प्राप्त गर्न गर्न नसक्ने उनले बताए। यो अध्यादेशको यसअघि जसपा नेपाल मात्रै होइन, लोसपासहित मधेस केन्द्रित सबै दलहरूले विरोध जनाएका थिए।

  • मेयरले गेटबाटै छिर्न नदिएपछि उपमेयरले गुहारिन् जनता (भिडिओ)

    मेयरले गेटबाटै छिर्न नदिएपछि उपमेयरले गुहारिन् जनता (भिडिओ)

    जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणुकुमारी महतोलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ । मेयर दिपेन्द्र महतोले गुण्डागर्दी शैलीमा गेटबाटै‌ छिर्न नदिएको भन्दै भिडिओमार्फत् असन्तुष्टि पोखेकी छन् ।

    मेयर महतो र प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीको मिलेमतोमा दर्ता चलानीको कोलम खाली राखेर अनियमितता गरिरहेको आरोपसहित हिजो उनले रजिष्टर नियन्त्रणमा लिएकी थिइन् । मेयर-उपमेयर दुवै जसपाबाट निर्वाचित हुन् ।

    कार्यालयमा उनलाई छिर्न नदिन नगर प्रहरी तैनाथ गरिएको भिडिओमा देखिन्छ । आज बिहानदेखि कार्यपालिका बैठक बसिरहेको भन्दै उनले नगरबासीसँग सहयोग मागेकी छन् ।

    उनले भनिन्, ‘दर्ता चलानी धेरै ठाउँमा खाली राखिएको छ । किन खाली राखेको हो ? यो विषयमा छानबिन हुनुपर्छ ।’

    ‘आज बिहान ८ बजे कार्यपालिकाको बैठक राखिएको थियो । म करिब साढे ८ बजे पुगे । तर, भित्र प्रवेश गर्नै दिएनन् । वातावरण ठिक थिएन । म फर्केँ । त्यसपछि कार्यालय समयमा पुग्दा पनि भित्र प्रवेश गर्न दिएको छैन’, उपमेयर महतोले बताइन् ।

    मेयरको निर्देशनमा कर्मचारीले भित्र प्रवेश गर्न नदिएको भन्दै अधिकारका लागि लडिरहने उनको उद्घोष छ ।

    उपमेयरलाई गेटबाट छिर्न नदिएको विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा मेयर र प्रमुख प्रशासकीय अधिकृतको फोन उठेन ।

  • उपेन्द्र यादवको प्रस्ताव- सरकार टिकाउन सांसद खरिदबिक्री गरिन्छ, मन्त्री बनाउनै छाडौँ (भिडिओ)

    उपेन्द्र यादवको प्रस्ताव- सरकार टिकाउन सांसद खरिदबिक्री गरिन्छ, मन्त्री बनाउनै छाडौँ (भिडिओ)

    काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् । नेपालमा निर्वाचन प्रणाली तुलनात्मक अध्ययन सार्वजनिक कार्यक्रममा बोल्दै अहिलेको निर्वाचन प्रणालीकै कारणले विकृति र भ्रष्टाचार बढेको उनको बुझाइ छ ।

    उनले पार्टी र उम्मेदवार दुवैले खर्च गर्न नपर्ने समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताए ।

    अध्यक्ष यादवले भने, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पूर्ण समावेशी हुने गरी जानुपर्छ । त्यसो हुँदा खर्च न उम्मेदवारको हुन्छ न त पार्टीको नै ।’

    उनले प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित भएको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने बताए । सांसदलाई मन्त्री बनाउन छाड्ने हो भने ठूलो समस्या हल हुने उनको भनाइ छ ।

    नेता यादवले भने, ‘राजनीतिक अस्थिरता सरकार बनाउन नै भएको छ, मैले त भोगेको हो । एउटा पार्टीले सबैलाई मन्त्री बनाउन सक्दैन, प्रधानमन्त्रीको पार्टीले आइज मन्त्री बनाइदिन्छु भनेर पार्टी फुटाउँछन् । राति पार्टी फुटाउँछ, बिहानै मन्त्रीको शपथ लिन्छ । प्रधानमन्त्रीले गौरवसाथ भाषण गर्छन्, मैले सरकार टिकाउन फलानो पार्टी फुटाएँ भनेर । यो सुहाउने कुरा हो ?’

    उनले सांसदहरूलाई मन्त्री नबनाए पार्टी फुटाउन खरिदबिक्री नै नहुने बताए । संविधानसभामा खसीबोका किने जस्तो गरेर सांसदहरुलाई रिसोर्टमा लगेर राखेको आफैँले देखेको उनले स्मरण गरे ।

  • संघीय लोकतान्त्रिक मोर्चाको बैठक- जनमतको कार्यालयमा पुगे उपेन्द्र पनि

    संघीय लोकतान्त्रिक मोर्चाको बैठक- जनमतको कार्यालयमा पुगे उपेन्द्र पनि

    काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको बैठक अहिले जारी छ। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको अध्यक्षतामा बैठक बसिरहेको प्रवक्ता डा. शरद यादवले बताए।

    उनका अनुसार बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, मोर्चाका आगामी कार्यक्रमलगायतको विषयमा छलफल चलिरहेको छ।

    बैठकमा जनमतका अध्यक्ष राउतसहित जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत सहभागी छन्।

    उपेन्द्र र सिके राउतबीच पार्टी बाराबारको स्थिती थियो। तर, मधेशकेन्द्रित दलहरुबीच मोर्चा बनाउँदैगर्दा उनीहरुबीच केही सम्बन्धमा सुधार आएको बताइन्छ। आज बैठकमा सहभागी हुने उपेन्द्र जनमतकै कार्यालयमा पुगेका छन्।

  • अभियानले पार्टीमा उत्साह थपेको जसपा नेपालको निष्कर्ष

    अभियानले पार्टीमा उत्साह थपेको जसपा नेपालको निष्कर्ष

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको सङ्गठन निर्माण अभियान जारी रहने भएको छ । पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले वैशाख मसान्तसम्म सञ्चालन गर्ने भनी तय गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ ले निरन्तरता पाउने बताएका हुन् ।

    उनले भने, ‘अभियानले पार्टीमा नयाँ ऊर्जा र उत्साह थपेको छ । वैशाख मसान्तसम्म स्थानीय तहअन्तर्गत अधिकांश वडा समिति, पालिका समिति, जिल्ला समिति र भ्रातृसङ्गठनहरुको अधिवेशन सम्पन्न भएका छन् । कतिपय स्थानीय तह तथा पहिचानमा आधारित राष्ट्रिय समिति र प्रदेश समितिको अधिवेशन सम्पन्न गर्ने कार्य बाँकी रहेकोले अभियानले निरन्तरता पाउनेछ ।’

    अभियानको यस अवधिमा विभिन्न तहका पार्टी समितिको अधिवेशन, पार्टी प्रवेश, अन्तरक्रिया, प्रशिक्षण, भेला, पार्टी सदस्यता नवीकरण तथा वितरणका कार्यहरु गरिएको उनले बताए ।

    जसपा नेपालले गत भदौ महिनादेखि पार्टीका सम्पूर्ण केन्द्रीय समिति सदस्यहरुलाई पालिका (नगरपालिका र गाउँपालिका) समितिको जिम्मेवारीमा खटाइ सङ्गठन विस्तार अभियान चलाएको थियो ।

    पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई अनुगमनको जिम्मेवारी दिई सञ्चालन गरिएको अभियानबारे थप निर्णय पार्टीको बैठकले गर्ने बताइएको छ ।

  • लुम्बिनीकी गीता : बेलायतबाट फर्केर समानुपातिक सांसद, श्रीमान् जसपा नेपालमा गएपछि राजीनामा

    लुम्बिनीकी गीता : बेलायतबाट फर्केर समानुपातिक सांसद, श्रीमान् जसपा नेपालमा गएपछि राजीनामा

    रुपन्देही । लुम्बिनीमा सत्ता साझेदार जनमत पार्टीका तर्फबाट प्रदेशसभा सदस्य गीता गुरुङको राजीनामा अहिले चर्चामा छ । सामाजिक सन्जालमा उनका श्रीमान कैलाश गुरुङले सार्वजनिक गरेको राजीनामा कतै दर्ता भएको छैन । गीता अहिले कहाँ छन् भन्ने पनि कसैलाई थाहा छैन ।

    उनका छिमेकीका अनुसार उनी केही साताअघि नै बेलायत गइसकेकी छन् । राजनीतिमा आउनुअघि छोराछोरीसहित बेलायत बस्दै आएकी गीता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ८ की स्थायीबासी हुन् ।

    जनमत पार्टीको केन्द्रीय सदस्य रहेका उनका श्रीमान कैलाश गुरुङ गत चैत ९ गते उपेन्द्र यादव नेतृत्वको जसपामा प्रवेश गरेसँगै गीताको पार्टीसँग दूरी बढेको नेताहरुको भनाइ छ । जनमतका नेताहरु गीता र कैलाशले पटक-पटक मन्त्री बनाउन दबाब दिएको बताउँछन् ।

    तर, पार्टीले सरकारलाई सहयोग गरेको भएपनि एउटा पनि मन्त्री नपाएकाले सम्भव नभएको नेताहरुले बताउँदै आएका थिए । कैलाश आफैंले मन्त्री पाउँदा पनि जनमतमा बस्ने वातावरण नभएकाले राजीनामा दिनुपरेको पत्रकारलाई बताएका छन् ।

    मंगलबार बिहान गीता गुरुङको राजीनामा आफूलाई उनैका श्रीमान कैलाशले म्यासेनजरमा पठाएको उनका छिमेकीसमेत रहेका भैरहवाका पत्रकार शंकर पाण्डेले बताए ।

    ‘राजीनामा पठाएपछि उहाँले आफै फोन गर्नुभयो’, पाण्डेले कैलाशको भनाइ उद्घृत गर्दै भने, ‘बस्ने वातावरण भएन, अब मन्त्री नै दिएपनि नबस्ने भनेर राजीनामा दिइएको छ ।’

    उनले पाण्डेलाई सो समाचार बनाइदिन अनुरोध पनि गरे । ‘दिउँसो सभामुखलाई बुझाउन जाने बताउनुभएको थियो, गीता त अहिले बेलायत नै गइसकेको सुनिएको छ’, उनले भने । ‘कैलाशले प्रदेशसभामा राजीनामा दर्ता गराउन हिँडेको बताउनुभएको हो, तर अहिले मोबाइल अफ रहेको छ, बिहान मेरो कुरा भएको हो’, उनले भने ।

    जनमतका लुम्बिनी प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताले कैलाशले श्रीमतीलाई मन्त्री बनाउन पटक पटक कुरा राखेको तर तीन सांसद रहेको पार्टीबाट कोही पनि मन्त्री नरहेकाले र अहिले ढुक्क भन्न नसकिने बताएपछि उनीहरु असन्तुष्ट भएको बताए ।

    ‘सिके गुप्ता, सुमन रायमाझी र गीता गुरुङ तीन जना सांसद हुनुहुन्छ, बेलायतमा बस्ने मान्छे क्लष्टर मिलाउँदा आएको केही समयमै सांसद हुनुभयो, उहाँले पार्टीमा काम गरेर पाएको पनि होइन, त्यस्तै भाग्य पर्यो निर्वाचनको कानूनले, यहाँ कति लामो समय पार्टीमा काम गरेकाहरुले केही पाएका छैनन्’, उनले भने, ‘त्यसपछि खाली मन्त्री बनाउनपर्यो भन्नुभयो, गीताले केही नभनेपनि कैलाशले पटक–पटक भन्नुभयो, दलको बैठकमा पनि पठाउनुभएन, कहिलेकाहीँ सदनमा सँगै लगेर जाने र हाजिर गराएर ल्याउन गर्नुभयो, यही मुख्य समस्या भयो ।’

    नेपाल प्रेसको सम्पर्कमा आएका कैलासले धेरै कुरा गरेनन् । राजीनामाको विषय के हो ? भनेर प्रश्न गर्दा बनिबनाऊ जवाफ दिए, ‘सबै विषय पत्रमै छ नि, अहिले म सानो कार्यक्रममा छु, पछि कलब्याक गर्छु है, राजनीतिमा उतारचढाब भइरहन्छ ।’

    कलब्याक गर्छु भनेर फोन राखेका कैलाशको त्यसयता मोबाइल अफ छ । उनले प्रदेश सभामा फोन गरेर राजीनामा बुझाउनु आउने बताएको त्यहाँका कर्मचारीले जनाएका छन् ।

    त्यसो त गुरुङले सार्वजनिक गरेको पत्रमा पार्टीलाई कतै आरोप लगाइएको छैन । गीता–कैलाशका छोरा र छोरी बेलायतमै बस्छन् भने उनीहरु पनि जाने आउने गरेका छन् । यहाँ सांसद हुनुअवावै गीताले बेलायतमै करिब ३ लाख मासिक तलब लिने काममा जोडिएकी थिइन् ।

    सो पार्टीका प्रदेश अध्यक्ष राजेन्द्र गुप्ता भन्छन्, ‘बेलायमा सबै व्यवस्थापन भएको मान्छेलाई यहाँको सांसदको तलबले केही चलेनहोला, तर यहाँ उहाँले भाग्यले नै त्यो पद पाउनुभएको हो, हाम्रो निर्वाचन प्रणाली नै यस्तै बनाइएको छ, उहाँलाई त्यहाँ पठाउँदा नै ठूलो गल्ती भयो भन्ने पार्टीर्लाइ लागेको छ, पार्टीमा काम गरेको मानछे पठाएको भए यति हलुका बन्नुपर्दैनथ्यो जस्तो लागेको छ ।’

    गीताको नाममा सार्वजनिक राजीनामा पत्रमा देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेको भावनात्मक शब्दहरु उल्लेख छन् ।

    ‘मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभाश भइरहेको छ’, उनले लेखेकी छन् ।

    जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै उनले आजकै मितिबाट लागू हुने गरी राजीनामा पेश गरेकी हुन् ।

    जनमत संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरुङलाई पहिलेबाट नै पार्टीले राजीनामा गर्न भनेको बताएका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले आफूले सभामुखलाई गुरुङको राजीनामा स्वीकृत गर्न भनेको तर त्यसको औपचारिक पत्र आफूसँग नआएको सुनाए ।

    ‘गुरूङ पार्टीक‍ो सम्पर्कमा नरहेको र दलको बैठकमा बोलाउँदा नआएको सत्य हो, सदनमा पनि अधिकांश दिन उपस्थित हुनुहुन्न । राजीनामा आए स्वीकृत गर्ने हो, विधिमा बस्नुपर्छ, उहाँलाई छनौट गर्दा नै गलत गरियो भन्ने लागेको छ’, उनले भने ।

    प्रदेशसभा सचिव दुर्लभकुमार पुन र सभामुख तुलाराम घर्तीले राजीनामा मिडियाबाट सुनेको देखेको तर कार्यालय आइनसकेको बताएका छन् । औपचारिक केही आएको छैन, दलका नेता सिके गुप्ताले आउँदैछ भन्नुभएको छ तर आएको छैन, आएपछि अध्ययन गरेर अघि बढ्नेछौं’, उनीहरुको भनाइ छ ।

    सांसद गीताका श्रीमान कैलाश चैत ९ गते जनमत पार्टीमा प्रवेश गरेका थिए । कैलाशलाई उपेन्द्र यादव आफैले जनता समाजवादी पार्टी नेपाल (जसपा, नेपाल) मा प्रवेश गराएका थिए ।

  • उपेन्द्र नेतृत्वको जसपा नेपाल पनि भारतको ‘अप्रेशन सिन्दूर’को पक्षमा

    उपेन्द्र नेतृत्वको जसपा नेपाल पनि भारतको ‘अप्रेशन सिन्दूर’को पक्षमा

    काठमाडौं । भारतले पाकिस्तानमाथि सुरु गरेको ‘अप्रेशन सिन्दूर’लाई उपेन्द्र यादव नेतृत्वको जसपा नेतृत्वले समर्थन जनाएको छ।

    जसपाका प्रवक्ता मनिष सुमनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आतङ्कवादीहरूले २२ अप्रिल, २०२५ का दिन भारतको जम्मु कश्मिर स्थित पहलगाममा नेपाली नागरिक सुदिप न्यौपानेसहित २८ जना पर्यटकको जघन्यत्तापूर्वक हत्या गरे । जनता समाजवादी पार्टी, नेपाल उक्त हिंसात्मक, आतङ्कवादी र मानवता विरोधी घटनाको घोर निन्दा र भत्र्सना गर्दछ ।’

    उनले यस्ता कुर र बर्बर आतवाद विरूद्वको लडाईमा जनता समाजवादी पार्टी, नेपाल समर्थन र ऐक्यबध्दता व्यक्त गर्ने बताए।

    विज्ञप्तिमा भनिएको छ, ‘आतङ्कवादको कुनै जात, धर्म वा राष्ट्रियता हुँदैन। जसपा नेपाल आतङ्कवादको कुनै पनि रूप कदापी स्वीकार गर्न सक्दैन। विकसित घटनाक्रमले हाल दक्षिण एशियाली क्षेत्रमा चुलिंदै गएको द्वन्द्वात्मक अवस्था, आपसी अविश्वास र राजनीतिक अस्थिरताले सम्पूर्ण क्षेत्रीय शान्ति, स्थायित्व र विकासमा नकारात्मक असर पार्ने खतरा देखिएकोले यसप्रति पनि पार्टी गम्भीर चिन्ता व्यक्त गर्दछ ।’

    जसपा नेपाल समस्त दक्षिण एशियाली मुलुकहरूलाई आपसी संवाद, कूटनीतिक पहल र सहकार्यबाट समाधान खोज्न आग्रह गरे।

    ‘हाम्रो पार्टी सधैं शान्तिपूर्ण सहअस्तित्व, लोकतान्त्रिक मूल्य र मानव अधिकारको पक्षमा प्रतिबद्ध रहँदै आएको छ र आगामी दिनहरूमा पनि यस्तै मान्यताकासाथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ।

  • जसपा नेपालकी नेतृ बबीसँग प्रहरीले बयान लियो, डान्स गर्दा पड्काएको ‘पेस्तोल’ बरामद

    जसपा नेपालकी नेतृ बबीसँग प्रहरीले बयान लियो, डान्स गर्दा पड्काएको ‘पेस्तोल’ बरामद

    जनकपुरधाम । जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोल सर्लाहीको मलंगवामा बरामद भएको छ । मलंगवा नगरपालिका-२का अन्जनी कुमारको घरबाट पेस्तोल बरामद गरिएको हो ।

    सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले बरामद भएको पेस्तोल नक्कलीजस्तै देखिएको बताए ।

    उनले भने, ‘त्यो पेस्तोल बरामद गरेर ल्याएका छौं । खेलौनाजस्तै देखिएको छ । अनुसन्धान भइरहेको छ ।’

    पेस्तोल भेटिएको घरका घरधनी अन्जनीलाई जिल्ला प्रहरी कार्यालयमा सोधपुछ भइरहेको राईले बताए । उनका अनुसार अन्जनीले वसन्त कुमारको छोरी कोमल सुप्रियाको हल्दी रेशममा बबीले त्यो पेस्तोल बोकेर डान्स गरेको बयान दिएका छन् ।

    यता नेतृ डा. बबीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बोलाएर अनुसन्धान थालिएको छ । सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले नेतृ बबीसँग बयान लिएको र अहिले कागज गराउन लागेको बताए ।

    उनले कागज गरेर तत्कालका लागि नेतृ बबीलाई छाड्ने जानकारी दिए ।

    एसपी खतिवडाले भने, ‘पेस्तोल नक्कली हो कि सक्कली भन्ने कुरा परीक्षण नगरी भन्न सकिँदैन । हामी टेक्निकल मान्छे त होइन । सर्लाहीमा बरामद पेस्तोल परीक्षणका लागि विधि विज्ञान काठमाडौं पठाइन्छ । त्यसको रिपोर्ट आएपछि बाँकी कुरा हुन्छ ।’

  • सप्तरीमा जसपा नेपालकी नेतृले रंगदारी गीतमा नाच्दै यसरी गरिन् पेस्तोलबाट फायरिङ

    सप्तरीमा जसपा नेपालकी नेतृले रंगदारी गीतमा नाच्दै यसरी गरिन् पेस्तोलबाट फायरिङ

    काठमाडौं । जसपा नेपालकी नेतृले रंगदारी गीतमा नाच्दै फायरिङ गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    पूर्वमन्त्री मृगेन्द्र सिंहकी छोरी समेत रहेकी जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवलेको भिडिओ भाइरल भएको हो ।

    उनी मेयर आतिश सिंहकी बहिनी, प्रदेशसभा सदस्य अनिरुद्ध सिंहकी भतिजी समेत हुन् ।

    यादवले नाचगानमा पेस्तोलबाट फायरिङ गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

  • श्रीलंका र बंगलादेशको उदाहरण दिँदै उपेन्द्रको चेतावनी- दुई तिहाइको दम्भ नदेखाउनू (भिडिओ)

    श्रीलंका र बंगलादेशको उदाहरण दिँदै उपेन्द्रको चेतावनी- दुई तिहाइको दम्भ नदेखाउनू (भिडिओ)

    काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई श्रीलंका र बंगलादेशकाे उदाहरण दिँदै दुई तिहाइ शक्तिको दम्भ नदेखाउन चेतावनी दिएका छन्।

    मधेश केन्द्रित ७ दलीय संघीय लोकतान्त्रिक मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै जनता लागेपछि दुई तिहाइ सरकारको केही नलाग्ने बताए।

    उनले भने, ‘प्रतिनिधि सभामा दुई तिहाइको सङ्ख्याले बलियो सरकार छ। तर सङ्ख्याले बलियो हुँदो रहेनछ। बङ्गलादेशमा दुई तिहाइको सरकार कता गयो गयो ? जनताहरू उठेपछि, त्यसै गरी श्रीलंकामा बहुमतको सरकारले भाग्दा कट्टु सम्हाल्न समेत पाएन। सरकार त्यो बलियो हो जसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन र रक्षा गर्नसक्छ।’

    उनले यो सरकार बनेपछि भ्रष्टाचार नियन्त्रण हुन नसकेकोदेखि देशको आर्थिक सुधार आउन नसकेको बताए।

    उनले थपे, ‘संविधान संशोधन गर्छु भनेर आएको प्रधानमन्त्रीले २०८७ मा गर्छु भन्ने, जबकि यो सरकार ०८४ सम्म मात्रै चल्छ। त्यसैले यो सरकार अहिले कमजोर छ। भ्रष्टाचार बढिरहेको छ। लुटतन्त्र र विचौलियातन्त्रले जनतामा आक्रोश छ। यही मौकामा प्रतिगमनकारीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सिद्ध्याउन खोज्दैछन्।’

  • मधेस केन्द्रित सात दलले भोलि संयुक्त मोर्चा घोषणा गर्ने

    मधेस केन्द्रित सात दलले भोलि संयुक्त मोर्चा घोषणा गर्ने

    काठमाडौं । मधेस केन्द्रित दलहरुले भोलि संयुक्त मोर्चा घोषणा गर्ने भएका छन् । भोलि थापागाउँस्थित काठमाडौं ब्यांक्वेटबाट मोर्चा घोषणा गर्न लागिएको हो ।

    मोर्चामा सात दल सहभागी हुने राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए ।

    मोर्चामा जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति, जनता प्रगतिशील र तमलोपा रहनेछन् ।

    मोर्चाको नाम मोर्चाको नाम संघीय लोकतान्त्रिक मधेसी मोर्चा राख्ने तयारी छ । मधेशी दलहरुले यसअघि नै मोर्चा घोषणा गर्नको लागि कार्यदल बनाएर दस्तावेज तयारीमा जुटेका थिए ।

  • तीनकुने घटना: उच्चस्तरीय न्यायिक छानबिन तथा जाँचबुझ आयोग गठन गर्न जसपा नेपालको माग

    तीनकुने घटना: उच्चस्तरीय न्यायिक छानबिन तथा जाँचबुझ आयोग गठन गर्न जसपा नेपालको माग

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले तीनकुने घटनाको सत्यतथ्य छानबिन गर्न अधिकार सम्पन्न उच्चस्तरीय न्यायिक छानबिन तथा जाँचबुझ आयोग गठन गर्न माग गरेको छ।

    पार्टीका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै काठमाडौंको कोटेश्वर, जडिबुटी र तीनकुनेलगायतका स्थानहरूमा भएको लुटपाट, तोडफोड, आगजनी, हिंसा र हत्याका सम्बन्धमा छानबिन आयोग गठन गर्न माग गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘आमजनतामा उत्पन्न भएको निराशा र आक्रोशको अवस्थालाई उपयोग गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई नै समाप्त पारी मुलुकमा एकात्मक शासन प्रणाली, राजतन्त्रात्मक शासन व्यवस्था र हिन्दू राज्यको नाममा प्रतिगामी तथा प्रतिक्रान्तिकारी उद्देश्यका लागि २०८१ साल चैत १५ गतेका दिन गरिएको कार्यक्रम अनियन्त्रित, अराजक तथा हिंसक भई लुटपाट, तोडफोड र आगजनीमा परिणत हुनुका साथै निर्दोष व्यक्तिहरूको निर्ममतापूर्वक हत्यासमेत गरिएका छन् ।’

  • प्रतिपक्षी माओवादी र जसपा नेपालद्वारा मधेस प्रदेशसभा बैठक अवरुद्ध

    प्रतिपक्षी माओवादी र जसपा नेपालद्वारा मधेस प्रदेशसभा बैठक अवरुद्ध

    जनकपुरधाम । प्रतिपक्षी नेकपा माओवादी केन्द्र र जसपा नेपालले मधेस प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् ।

    सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै माओवादी संसदीय दलका नेता भरत प्रासद साहले बैठक चल्न नदिने बताए ।

    उनले मुख्यमन्त्री कुटनीति मर्यादा विपरित विदेश गएको, कमिशन लिएर पालिकालाई सशर्त बजेट दिने गरेको, संघका कर्मचारीसंग मोटो रकम लिएर जिम्मेवारी दिने गरेको लगायतका आरोपको विषयमा मुख्यमन्त्रीको जवाफ माग गरे ।

    उनले भने, ‘कुटनीति मर्यादाको ख्याल नगरेको विषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्छ । अन्य आरोपको सन्दर्भमा संसदीय छानविन समिति बनाउनुपर्छ । होइन् भने सदन चल्न दिदैनौं ।’

    सांसद साहले आफ्नो राखेपछि माओवादीका अन्य सांसद र जसपा नेपालका सांसदहरु उभेर संसद अवरुद्ध पारे ।

    जसपा नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले सरकारले जिल्लास्थित कार्यालयको योजनाहरु मन्त्रीको सचिवालयबाट वितरण हुने गरेकोमा आपत्ति जनाए ।

    उनले भने, ‘माननीय जीहरुले डेढ करोड र ५ करोडको योजना पाए कि पाएनन् भन्ने विषय पनि छ । यसका लागि संसदीय छानविन समिति बनाउनुपर्छ ।’

    माओवादी र जसपा नेपालका सांसदहरु संसद अवरुद्ध पारेपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

  • कांग्रेस-कम्युनिष्टको हातमा शासन रहेसम्म देशको विकास हुँदैन : उपेन्द्र यादव

    कांग्रेस-कम्युनिष्टको हातमा शासन रहेसम्म देशको विकास हुँदैन : उपेन्द्र यादव

    रूपन्देही । जनता समाजवादी पार्टी, (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–कम्युनिष्टको हातमा शासन र शक्ति रहेसम्म यो देशको विकास हुन नसक्ने दाबी गरेका छन् । उनले नेपालमा धेरै सम्भावना र संसारकै विकसित देश बन्ने आधार हुँदाहुँदै पनि कांग्रेस–कम्युनिष्टकै कारण देशको अवस्था यस्तो भएको बताए ।

    जसपा नेपाल जिल्ला कार्यसमिति रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले विगत ३५ वर्षदेखि यो मुलुकको शासन गरेका कांग्रेस–कम्युनिष्टले देशको अर्थतन्त्र धरासायी बनाएको तथा कृषि, उद्योगको विकास र शिक्षा तथा स्वास्थ्यमा सुधार गर्न नसकेको आरोप लगाए ।

    ‘३५ वर्ष कम समय होइन । तर, गरीबी तथा रोजगारीको समस्या समाधान हुन सकेन । कुनै पनि क्षेत्रमा देशको विकास हुन सकेन, यो देशको शासन कसले गर्यो ? उही नै जिम्मेवार हो, ’उनले भने ।
    पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले कांग्रेस–कम्युनिष्टको शासनमा भ्रष्टाचार र कमिशनतन्त्र बढेको समेत आरोप लगाए । जनता शिक्षित र स्वस्थ भए मुलुक विकसित हुने उनको भनाइ छ ।
    नेपालको अर्थतन्त्र मजबुत बनाउन कृषिको विकास आवश्यक छ, किसानको जीवनस्तर नउठाएसम्म गरीबीको अन्त्य हुँदैन । उद्योग, कलकारखानाले रोजगारी दिन्छ । तर त्यो पनि बन्द छ, शिक्षा र स्वास्थ्यमा व्यापार भइरहेको छ । काँग्रेस–कम्युनिष्टको गलत नीतिकै कारण यस्तो अवस्था आएको हो ’उनले भने ।

    अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, पर्यटन र जलस्रोतको विकास गरी देशबाट गरीबी हटाउन सकिने जसपा नेपालको धारणा रहेको बताए । उनले विगतमा भएका आन्दोलनहरुले स्वतन्त्रता र अधिकार दिए पनि समानता भने हुन नसकेको बताए । लोकतन्त्र भनेको नागरिक स्वतन्त्रता मात्र होइन समानता पनि हो, उनले भने । समानताका लागि सबैलाई बराबर अधिकार र भेदभाव हटाउनुपर्ने उनले बताए ।

    त्यस्तै पार्टीका महासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्माले वर्तमान सरकार सम्पूर्ण मोर्चामा असफल हुँदै गएको दावी गरे । उनले सरकार गठन अघि गरिएको प्रतिवद्धताबाट प्रधानमन्त्री केपी शर्मा ओली पछाडि हटेको बताए ।

    लुम्बिनी प्रदेश सभा सदस्य तथा जसपा नेपालकी नेतृ अम्बिका काफ्लेले संविधानमा भएका अधिकार पूर्ण रुपमा अझै पनि कार्यान्वयन हुन नसकेको बताइन् । कार्यक्रममा पार्टीका केन्द्रीय सावित्रा वि.क., लुम्बिनी प्रदेश कार्यबाहक अध्यक्ष रामअवतार यादव, प्रदेश कोषाध्यक्ष तथा रोहिणी गाउँपालिका, रुपन्देहीका अध्यक्ष विद्या प्रसाद यादव, जसपा नेपाल पश्चिम नवलपरासीका अध्यक्ष धरेन्द्र यादव, समाजवादी विद्यार्थी युनियन नेपालका सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादव लगायतले बोलेका थिए ।

    जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवको अध्यक्षता, जिल्ला उपाध्यक्ष कलामुद्दीन खाँको स्वागत तथा सचिव विष्णु प्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य कैलाश गुरुङ, निलम यादवसहित विभिन्न पार्टी परित्याग गरी २ सय जना बढी जसपा नेपालमा प्रवेश गर्नुभएको पार्टीको रुपन्देही अध्यक्ष सियाराम यादवले बताए ।

  • महेन्द्र विन्देश्वरी राजविराज क्याम्पसको सभापतिमा जसपाका विद्यार्थी नेता यादव विजयी

    महेन्द्र विन्देश्वरी राजविराज क्याम्पसको सभापतिमा जसपाका विद्यार्थी नेता यादव विजयी

    जनकपुरधाम । सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा पुन: रंजित यादव बाजी मारेका छन् ।

    समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट यादव दोस्रो पटक सभापतिमा उम्मेदवारी दिएका थिए । उनले ३९३ मत ल्याएर विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार विनय यादवले ३३२ मत ल्याए । अनेरास्ववियुकी मनिषा कुमारी साहले ३३१ मत पाइन् ।

    सचिवमा मुकेश कुमार साह र कोषाध्यक्षमा कञ्चन कुमारी ठाकुर निर्वाचित भएकी छन् । उनी दुबै जना समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीको संयुक्त प्यानलकै छन् ।

  • जसपाले ‘बाधा अड्काउ फुकाउ’ बाट पदाधिकारी र कार्यकारिणी सदस्य थप्ने

    जसपाले ‘बाधा अड्काउ फुकाउ’ बाट पदाधिकारी र कार्यकारिणी सदस्य थप्ने

    काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ ।

    पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधान २०८० को ‘धारा १३९ बाधा अड्काउ फुकाउ’ प्रयोग गरी पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न विधानको धारा २९ को उपधारा ३ संशोधन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    उनका अनुसार जातीय, सामुदायिक तथा लैङ्गिक समावेशीतालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको र संशोधित विधानअनुसार जसपा नेपालले थप दुईजना उपाध्यक्ष र एक महासचिव तथा ११ जना केन्द्रीय कार्यकारिणी सदस्य थप गर्नेछ ।

    संशोधित धारा २९ को उपधारा ३ अनुसार सङ्घीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित २१ जना सदस्य रहनेगरी केन्द्रीय कार्यकारिणी समिति गठन हुने भएको बस्नेतले बताए ।

    -रासस

  • पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल

    पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ ।

    पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधान २०८० को ‘धारा १३९ बाधा अड्काउ फुकाऊ’ प्रयोग गरी पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न विधानको धारा २९ को उपधारा ३ संशोधन गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    जातीय, सामुदायिक तथा लैङ्गिक समावेशितालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको छ ।

    संशोधित विधानअनुसार जसपा नेपालले थप २ जना उपाध्यक्ष र १ महासचिव तथा ११ जना केन्द्रीय कार्यकारिणी सदस्य थप गर्ने बस्नेतले बताए ।

    संशोधित धारा २९ को उपधारा ३ अनुसार संघीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित २१ जना सदस्य रहने गरी केन्द्रीय कार्यकारिणी समिति गठन हुने भएको छ ।

  • जसपा नेपालको परिपत्र- ०८२ वैशाख २५ भित्र सबै प्रदेशको अधिवेशन गरिसक्नू

    जसपा नेपालको परिपत्र- ०८२ वैशाख २५ भित्र सबै प्रदेशको अधिवेशन गरिसक्नू

    काठमाडौं । जनता समाजवादी पार्टी  (जसपा) नेपालले स्थानीय र प्रदेश तहलाई अधिवेशन गर्न परिपत्र जारी गरेको छ ।

    पार्टीको केन्द्रीय समितिको बैठकले लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार पार्टी सङ्गठन निर्माण तथा सञ्चालन गर्न र आन्तरिक लोकतान्त्रिक अभ्यास गर्न विभिन्न तहगत समितिको अधिवेशन गर्ने निर्णय गरी अधिवेशनको कार्यतालिकासमेत निर्धारण गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

    जसअनुसार २०८१ चैत्र मसान्तसम्म सबै स्थानीय तह वडा, पालिका र जिल्ला समितिहरूको अधिवेशन गरिसक्नुपर्ने छ ।

    त्यसै गरी २०८२ वैशाख २५ गते भित्र सबै प्रदेश समिति र पहिचानमा आधारित राष्ट्रिय समितिहरूको अधिवेशन गर्नुपर्ने भनिएको बताइएको छ । पार्टीसम्बद्ध भ्रातृसङ्गठनहरुको अधिवेशन आगामी वैशाख मसान्तसम्म गरिसक्नुपर्ने छ ।

    त्यसै गरी यही फागुन मसान्तभित्र पार्टी विधानअनुसार थप भएका सङ्गठित पार्टी सदस्यहरूको अभिलेख तयार गरी पार्टी केन्द्रीय कार्यालयमा बुझाउन पार्टीले निर्देश गरेको प्रमुख बस्नेतको भनाइ छ ।

  • उपेन्द्रको निचोड- ओली सरकार साना दललाई कमजोर पारेर आयु लम्ब्याउने जालझेल गर्दैछ

    उपेन्द्रको निचोड- ओली सरकार साना दललाई कमजोर पारेर आयु लम्ब्याउने जालझेल गर्दैछ

    काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले अरु दललाई कमजोर बनाउने नीति लिएको आरोप लगाउनुभएको छ ।

    आइतबारबाट ललितपुरमा सुरू पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन पेश गर्दै अध्यक्ष यादवले केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल गर्ने, साना दललाई कमजोर बनाउने नीति लिएको आरोप लगाए । सरकारले दुई दलीय व्यवस्था कायम गर्न ल्याउने भनिएको थ्रेसहोल्ड बढाउनेसम्बन्धी विधेयक त्यसैको एउटा ज्वलन्त उदाहरण भएको उनको प्रतिवेदनमा उल्लेख छ ।

    यादवले प्रतिवेदनमा सत्तामा टिकिरहने गतिविधिले उत्पन्न भएका अविश्वासका कारण प्रचण्ड नेतृत्वको सरकार पतन भएको जिकिर गरे । त्यसपछि ठूला दल मिलेर बनेको सरकार गठनपश्चात मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सीमित रहेको देखिएको उनले बताए छ ।

    सरकारप्रति जनतामा नैराश्यता बढ्दै गएको भन्दै अध्यक्ष यादवले सुशासन कायम गर्न र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्नका लागि ठोस नीति कार्यक्रम तथा योजना नदेखिएको टिप्पणी गरेका छन् । राष्ट्रिय हितको रक्षा, राष्ट्रियहीत अनुकूल परराष्ट्र नीति कायम गर्न नसकेको कारणले वर्तमान सरकार असफल र असक्षम सावित भइसकेको यादवको निचोड छ ।

    यादवले संसदमा प्रस्तुत गरिएको ६ वटा विधयेकमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश देश जनताको हितमा नरहेकाले भूमि अध्यादेशको विरुद्धमा दृढताका साथ उभिएको बताए ।

    तीन दिनसम्म चल्ने बैठकमा वर्तमान राजनीतिक परिस्थितिका साथै गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभिायानको समीक्षा हुने जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

    बैठकमा अभियानमा परिचालित नेताहरूले कार्यप्रगति विवरण प्रस्तुत गर्ने र त्यसपछि आगामी कार्यक्रम तय गरिने जसपा नेपालले जनाइएको छ । त्यस्तै जसपा नेपालका भातृ संस्था लगाएत बिभिन्न कमिटीको अधिवेशनका समेत बैठकमा छलफल हुने प्रवक्ता सुमनले बताए ।

  • उपेन्द्र यादवको चेतावनी- सांसद खरिदबिक्री गरेर अध्यादेश पारित गरे जनआन्दोलन गर्छौं (भिडिओ)

    उपेन्द्र यादवको चेतावनी- सांसद खरिदबिक्री गरेर अध्यादेश पारित गरे जनआन्दोलन गर्छौं (भिडिओ)

    काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

    भूमि अध्यादेशबारे छलफल गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खरिदबिक्री गरेर अध्यादेश पारित गर्नतिर नलाग्न चेतावनी दिए ।

    उनले भने, ‘हामीले सरकारलाई स्पष्ट भनेका छौं यो अध्यादेश दाउपेज, जालझेल, सांसद खरिद बिक्रि गरेर अहिले माफियाहरुले भन्छन् रे कति करोड अर्ब चाहिन्छ सांसद किन्नुस् र पास गर्नुस् भनेको सुन्दैछु । त्यो धन्दामा लाग्नुजस्तो देशघाती काम कहिल्यै हुँदैन । सरकारले फिर्ता लिए हुन्छ विगतमा पनि धेरै अध्यादेश फिर्ता लिएको इतिहास छ ।’

    उनले सरकारले जालझेल गरेर अध्यादेश पारित गर्न खोजेको जनआन्दोलनको बाटो पक्रिने चेतावनी दिए ।

     

  • भूमि अध्यादेश अस्वीकार गरेका उपेन्द्र यादवलाई बालुवाटार बैठकबाट फोन (भिडिओ)

    भूमि अध्यादेश अस्वीकार गरेका उपेन्द्र यादवलाई बालुवाटार बैठकबाट फोन (भिडिओ)

    काठमाडौं । भूमि अध्यादेशमा निर्णायक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवलाई बालुवाटारबाट फोन गएको छ।

    अध्यादेशमा सहमति जुटाउनको लागि बसेको सत्तारुढ दलको शीर्ष नेताहरुको बैठकबाट जसपा नेपालका नेताहरुसँग फोनमा कुराकानी भएको गृहमन्त्री रमेश लेखकले बताए।

    उनले भने, ‘उपेन्द्रजी र राजकिशोरजी काठमाडौं बाहिर भएकाले उपस्थित हुन पाउनुभएन। उहाँहरुसँग फोनमा वार्ता भएको छ। कुरा भइसकेको छ। त्यो बाहेक सरकारमा सहभागी सबै दलहरु सहभागी हुनुहुन्थ्यो। उहाँहरुसँग पनि सहमति भइसकेकाले अब अघि बढ्छ।’

    जसपा नेपालले मात्रै नभइ सरकारमै भएको लोसपाले पनि सरकारले ल्याएको ५ अध्यादेशमा समर्थन गरेपनि भूमि अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका थिए। तर, आजको बैठकबाट सहमति जुटेको गृहमन्त्री लेखकको दाबी छ।

    बैठकमा प्रधानमन्त्री एवं एमाले का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोपपा अध्यक्ष महन्थ ठाकुर नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, श्रम मन्त्री शरदसिंह भण्डारी पनि सहभागी थिए।

  • उपेन्द्र र महन्थको निर्णयले भूमि अध्यादेश संकटमा, रणनीति बुन्दै सत्ता गठवन्धन

    उपेन्द्र र महन्थको निर्णयले भूमि अध्यादेश संकटमा, रणनीति बुन्दै सत्ता गठवन्धन

    काठमाडौं । अध्यादेशबारे उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको निर्णयले सरकारलाई धक्का लागेको छ । प्रतिनिधिसभामा दुई तिहाइ शक्ति रहेको सरकारलाई अध्यादेशमा बहुमत जुटाउन सकस पर्ने देखिन्छ ।

    सरकारले ल्याएको अध्यादेश पारित गराउन जसपा नेपाल राष्ट्रियसभामा निर्णायक छ । सरकारलाई समर्थन गरेको भए पनि उसले ६ मध्ये ५ अध्यादेशलाई मात्रै समर्थन गर्नसक्ने औपचारिक निर्णय गरेपछि सरकार समस्यामा परेकाे हाे । आलाेचकहरुले सरकारमाथि नैतिक प्रश्न समेत उठाउन थालेका छन् ।

    जसपा नेपालले मात्रै होइन सरकारमै सहभागी भएको लोसपाले पनि यथास्थितिमा भूमि अध्यादेश स्वीकार्न नसक्ने निर्णय गरेको छ । अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै यो अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने उल्लेख गरेका छन् ।

    राष्ट्रियसभामा लोसपाको एक सीट छ । लोसपाका शरतसिंह भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठबन्धन सरकारमा श्रममन्त्री छन् ।

    त्यसो त यो अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले पनि जारी गर्न रोकेका थिए, तर प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संशोधन गर्ने बचन दिएपछि मात्रै जारी गरेका थिए । यो अध्यादेश देश र जनताको हितमा नरहेको दुवै पार्टीको साझा निष्कर्ष छ ।

    प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशमा समर्थन मागेपछि उपेन्द्रले पार्टी उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा अध्यादेश अध्ययन कार्यदल नै बनाएका थिए ।

    कार्यदलको सुझावपछि मंगलबार बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश विभिन्न बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाणको सीमा तथा क्षेत्रसमेत नतोकी बिक्री वितरण गर्ने वा बाँड्न ल्याइएको निष्कर्ष निकालेको छ ।

    बैठकपछि अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो अध्यादेशप्रति हाम्रो गम्भीर असहमति र विरोध रहेको छ । उक्त अध्यादेशले मुलुकलाई नै छिन्नभिन्न पार्ने खेल हुनसक्ने सम्भावना छ । यो अध्यादेश पारित भएको खण्डमा केही भ्रष्टाचारी, कमिसनखोर, बिचौलिया दलाल, सरकार नजिक रहेका व्यक्तिहरु, भू-माफियाहरू र ठूला रियल इ-स्टेट व्यापारीहरुका साथै आवास कम्पनीहरुलाई नै अत्यधिक लाभ हुनेछ ।’

    जसपा नेपालको यो निर्णयपछि सरकारले ल्याएको भूमि अध्यादेश अलपत्र पर्ने संकेत देखिएपछि हिजो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो ।

    कांग्रेस सांसद रामहरि खतिवडाले सरकारले ल्याएको सबै अध्यादेश पारित हुने दाबी गरे ।

    उनले भने, ‘उहाँहरु (जसपा)ले भूमि अध्यादेशबाहेक अरु स्वीकार गर्ने कुरा गर्नुभएको छ । छलफल हुन्छ, ६० दिनको समय हुन्छ । सर्वोच्चमा मुद्दा पनि दर्ता भएको छ । सर्वोच्चले नगर भन्यो भने हामी स्वीकार्छौँ । अध्यादेश पास हुन्छ । छलफलको समय छ।’

    सांसद खतिवडाले समय बाँकी रहेकाले आवश्यक छलफल गरेर पारित गर्ने बताए ।

    अध्यादेशको संकटसँगै सरकार ढल्ने चर्चाबारे उनले भने, ‘कांग्रेस र एमाले मिलेर बनेको यो सरकार नै २०८४ को चुनावसम्म जान्छ । त्यस्तो कुनै समस्या छैन । अध्यादेशको समस्या समाधान हुन्छ ।’

    सांसद खतिवडाले मात्रै होइन सरकारका प्रवक्ता एवं सञ्चार सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि अध्यादेशमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको बताए ।

    उनले भने, ‘हामीले ६ वटा अध्यादेश ल्याएका छौं । अध्यादेश संसदमा टेबुल गरिसकेका छौं । यसमा राष्ट्रिय दलहरुको बीचमा पहिला सहमति हुनुपर्‍यो नि ! छलफलको क्रममा छौं । हामी राष्ट्रिय सहमतिको आधारमा पास गर्न खोज्दैछौं । त्यो भएन भने मात्रै बहुमतको आधारमा जाने हो । त्यसैले अहिले पास र फेल हुन्छ भन्ने कुरा छैन ।’

    सञ्चारमन्त्री गुरुङले सबै दलहरुसँग छलफल गर्न अहिले अगाडि नबढाएको बताए । उनले थपे, ‘संवैधानिक प्रावधानअनुसार दुवै सदनबाट पारित हुनुपर्छ । त्यसैले सबै दलहरुसँग सहमति भएपछि छलफलको लागि अगाडि बढाउँछौं । अहिले अगाडि बढेको छैन ।’

    माओवादी र नेकपा एकीकृत समाजवादीले अध्यादेशमा समर्थन नगर्ने प्रस्ट सन्देश दिइसकेका छन् । अध्यादेशबारे एमालेका महासचिव शंकर पोखरेल र माओवादीका उपमहासचिव वर्षमान पुनसँग फोनमा कुराकानी पनि भएको थियो, तर माओवादीले अध्यादेशलाई समर्थन नगर्ने प्रस्ट सन्देश दिइसकेको छ ।

    विपक्षी दलले समर्थन नगर्ने भएपछि राष्ट्रियसभामा जसपा नेपालको ३ सीट नै निर्णायक हो । त्यसबारे सरकारका प्रवक्ता गुरुङले भने, ‘उहाँहरुको निर्णय आएको छ, तर हामीसँग कुरा भएको छैन । छलफलकै क्रममा छ ।’

    त्यसो त सरकारलाई समर्थन गरे पनि सहभागी नभएको जसपा नेपालले अध्यादेशलाई सत्ताको भर्‍याङ बनाउन खोजेको चर्चा पनि छ । यद्यपि जसपा नेपालका नेताहरु आफूहरुले सत्ताको कुनै बार्गेनिङ नगरेको प्रष्टीकरण दिँदै आएका छन् ।

    तर, सरकारले अध्यादेशमा समर्थन मागेपछि उपेन्द्रले मधेशको मुख्यमन्त्री र संघीय सरकारमा आफ्नो सम्मानजनक सहभागिता खोजेको कांग्रेस र एमाले नेताहरुको निष्कर्ष छ ।

    कांग्रेसका एक नेताले भने, ‘अध्यादेशबारे उहाँको निर्णयले सरकारलाई असहज भएको पक्कै हो । उहाँले भाग खोज्नुभन्दा पनि पछिसम्मलाई हेरेर सँगै लिएर जानुपर्छ भन्नेमा शीर्ष तह देखिएको छ । थप कुराकानी भएको छैन । हेरौं अब कसरी अगाडि बढ्छ ।’

    त्यसो त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले ल्याएको अध्यादेशको गलत व्याख्या भएको दाबी गरे ।

    निजामती कर्मचारी संगठनको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘सरकारले ६ वटा अध्यादेश ल्याएर २९ वटा कानून संशोधन गरेको छ । जनताको समस्या समाधान गर्न अध्यादेश ल्याएको हो । सरकारले ढिलासुस्तीलाई अन्त्य गर्न काम गरिरहेको छ। यही मन्त्रालयअन्तगत दुइटा अध्यादेश आएको छ। अहिले त्यसलाई अपव्याख्या गरेर प्रचार भइरहेको छ।’

    एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नु भनेको भूमिहीन किसानको विरोध गर्नु भएको टिप्पणी गरे ।

    मंगलबार रौतहट पुगेर ज्ञवालीले भने, ‘सरकारले भूमिहीन किसानको समस्या समाधान गर्न अध्यादेश ल्याएको हो । यसको विरोध गर्नेले अध्यादेशको नभएर भूमिहीन किसानको विरोध गरेको हो।’

    देशमा अहिले चार लाख भूमिहीन किसान रहेको र १० लाख अव्यवस्थित बसोबास रहेकाले अध्यादेशको विरोध गर्न नहुने उनको भनाइ छ ।

    जसपा नेपालका महासचिव रामकुमार शर्माले आफूहरुले कुनै पद नहेरेको दाबी गरे। उनले भूमि अध्यादेशले देश र जनतालाई हित नगर्ने उनको दाबी छ।

    उनले भने, ‘हामी सरकारमा भएको पार्टी होइनौं, हामीलाई कुनै बाध्यता छैन । हामी गुण र दोषको आधारमा सरकारले ल्याएको अध्यादेशको समर्थन र विरोध गर्ने हो । भूमि अध्यादेश त राष्ट्रपतिले पनि रोक्नुभएको थियो, सरकारको तर्फबाट दबाब दिएपछि उहाँले जारी गर्नुभएको हो । यसबारे हामी विज्ञहरुलाई राखेर अध्ययन गरेरै पार्टीले निर्णय गरेको हो ।’

    उनले पार्टी तत्काल सरकारमा जाने कुनै सम्भावना नरहेको भन्दै आफूहरुविरुद्ध बार्गेनिङ ग¥यो भनेर कुप्रचार भएको दाबी गरे ।

    यता नेकपा एसका सम्मानित नेता झलनाथ खनालले अध्यादेश पारित हुने ग्यारेन्टी नभएकाले कांग्रेस र एमालेलाई सरकारमा बस्ने नैतिक अधिकार नभएको बताए ।

    उदयपुर पुगेका खनालले भने, ‘अहिले गठबन्धन सरकार अध्यादेशमार्फत शासन गर्न खोज्दैछ । त्यसको के जरुरत छ ? दुइटा पार्टीले एउटा विधेयक पनि ल्याउन नसक्ने के परिस्थिति बनेको छ यो देशमा ? कुन संकटको भूमरीमा छ देश ? कानूनमार्फत पनि विधेयक ल्याउन सकिन्थ्यो नि ! अब अध्यादेशहरू ल्याइएको छ । अध्यादेश संसदबाट पास हुन्छन् भन्ने कुनै पनि ग्यारेन्टी छैन । दुवै सदनमा बहुमत छैन । फेरि पनि सरकारमै दुई दल बसिरहन मिल्छ कि मिल्दैन ?’

  • जसपा नेपालको निर्णय- भूमि सम्बन्धीबाहेक अन्य ५ अध्यादेशको पक्षमा मतदान गर्न सकिन्छ

    जसपा नेपालको निर्णय- भूमि सम्बन्धीबाहेक अन्य ५ अध्यादेशको पक्षमा मतदान गर्न सकिन्छ

    काठमाडौं । जसपा नेपालले सरकारले संसदमा पेश गरेका ६ वटा अध्यादेशमध्ये पाँच वटाको पक्षमा मतदान गर्न सकिने जनाएको छ ।

    मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले भूमि सम्बन्धीबाहेकका पाँच अध्यादेशको पक्षमा मतदान गर्न सकिनेबारे छलफल भएको जनाएको हो ।

     

  • अध्यादेशमा निर्णायक उपेन्द्र यादवबारे प्रचण्ड- सत्ताको लागि मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन (भिडिओ)

    अध्यादेशमा निर्णायक उपेन्द्र यादवबारे प्रचण्ड- सत्ताको लागि मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभाबाट पारित सहजै हुने अवस्था नरहेको बताएका छन् ।
    जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यादेशमा निर्णायक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ताको लागि आफ्नो सिद्धान्त छाडेर छानेजस्तो नलागेको बताए ।

    उनले भने, ‘विधि र प्रक्रियासँग सम्बन्धित बिषयमा उहाँहरू अहिलेसम्म उडिनुभएको छ । उहाँहरू आफ्नो मुद्दा छाडेर खाली सत्ताको लागि जानुहुन्छ जस्तो लाग्दैन । उहाँहरूले निर्णय गर्न बाँकी छ । केन्द्रीय समिति बैठक बोलाउनुभएको थियो । रोकिएको छ । उहाँहरूले आफ्नो अडान छाड्नुभएन भने राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ ।’

    उनले सरकारले गलत नियतले अध्यादेश ल्याएकाले राष्ट्रियसभामा रोकिएको दाबी गरे ।

  • अध्यादेशबारे उपेन्द्र यादवः हाम्रो सोच सकारात्मक छ, सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्छौं

    अध्यादेशबारे उपेन्द्र यादवः हाम्रो सोच सकारात्मक छ, सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्छौं

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएको अध्यादेश संसदको कार्यसूचीमा राखेपछि मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने भएको छ ।

    शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष उपेन्द्र यादवले आफूहरूको कारणले अध्यादेश नअड्किएको भन्दै संसदको कार्यसूचीमा राखेपछि मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका हुन् ।

    उनले भने,‘हामीले अध्यादेश अड्काएको होइनौं । सरकारले आफैँ कार्यसूचीबाट हटाएको छ । हामी धारणा बनाउँदैंछौं, हाम्रो सोच सकारात्मक छ । अब सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्नेछौं ।’

    त्यस्तै उनले अध्यादेशमा सघाएमार्फत आफूहरूले पदको बार्गेनिङ चलिरहेको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताए । आफूहरू अहिले सरकारमा जाने कुनै अवस्थामा नरहेको भन्दै देश र जनताको हितमा काम मात्र चाहिएको यादवको भनाइ थियो ।

    उनले भने,‘यस्तो फोहोरी र फटाहा कुरा कहाँबाट आयो ? हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं, मन्त्रालय मागेका छैनौं । देश र जनताको हितमा काम चाहिएको हो ।’

  • जसपा नेपालले तय गर्‍यो केन्द्रीय समितिको बैठकका एजेण्डा

    जसपा नेपालले तय गर्‍यो केन्द्रीय समितिको बैठकका एजेण्डा

    काठमाडाैं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेको छ ।

    आगामी फागुन १९, २० र २१ गते काठमाण्डौमा बस्ने गरी आह्वान गरिएको पार्टीको बैठकका एजेण्डा तय गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

    त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित हुने भएको छ ।