Category: नेपाली कांग्रेस

  • पदाधिकारीमा देउवालाई कम्फरर्टेबल बहुमत, सभापतिदेखि सहमहामन्त्रीसम्म नेविसंघको विरासत (सूचीसहित)

    पदाधिकारीमा देउवालाई कम्फरर्टेबल बहुमत, सभापतिदेखि सहमहामन्त्रीसम्म नेविसंघको विरासत (सूचीसहित)

    काठमाडौं । पहिलोपटक समावेशी बहुपदीय प्रणालीमा गएको नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमा १३ सदस्यीय पार्टी हाँक्ने टिम निर्वाचनमार्फत प्राप्त गरेको छ ।

    सभापति पदमा फराकिलो मतान्तरमा निर्वाचित भएका देउवाले पदाधिकारीमा भने आफू सोचेजस्तो टिम जिताउन सकेनन् । १३ सदस्यीय पदाधिकारीमा आरक्षण कोटाबाट धेरैजसो देउवा निकटले जितेकाले सभापतिको वहुमत भने आएको छ ।

    उपसभापति पूर्णवहादुर खड्कासहित सहमहामन्त्रीहरु भिष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर र महेन्द यादव देउवा पक्षबाट निर्वाचित भएका छन् ।

    त्यस्तै डा. शेखर पक्षबाट उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री गगनकुमार थापासहित सहमहामन्त्रीहरु बद्री पाण्डे, जीवन परियार पदाधिकारीमा निर्वाचित भएका छन् ।

    महामन्त्री निर्वाचित भएका विश्वप्रकाश शर्मा देउवा समूहबाट टिकट नपाएपछि प्रकाशमान समूहबाट लडेका थिए ।

    प्रकाशमानले दोस्रो चरणमा देउवालाई समर्थन गरेपछि उनले पनि देउवाको समर्थनमा मत मागेका कारण संस्थापन पक्षले आफ्नो दावी गरेको छ । शर्माको अबको भूमिका भने प्रष्ट छैन । कांग्रेस पदाधिकारीमा देउवाको कम्फरटेबल बहुमत भने आएको छ ।

    संयोग नै मान्नुपर्छ कांग्रेस सभापतिदेखि सहमहामन्त्रीसम्म नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरुले उल्लेख्य रुपमा जितेका छन् । सभापति देउवा नेविसंघका दोस्रो सभापति हुन् । त्यस्तै उपसभापति जितेका धनराज गुरुङप पनि नेविसंघका पूर्वं सभापति हुन् ।

    महामन्त्री विश्वप्रकाश शर्मा नेविसंघका पूर्व अध्यक्ष हुने भने अर्का महामन्त्री गगन थापा पूर्व महामन्त्री हन् । सहमहामन्त्रीमध्ये किशोर सिंह राठौर नेविसंघका पूर्व सभापति र बद्री पाण्डे पूर्व महामन्त्री हुन् ।

    अर्का सहमहामन्त्री महेन्द्र यादव तरुण दलका पूर्व अध्यक्ष हुन् । महालक्ष्मी उपाध्याय डिना पनि पद्मकन्या क्याम्पसको स्ववियु सभापति थिइन् । देउवाको टिममा नेविसंघ पृष्ठभूमिका नेताहरुको बाहुल्य देखिएको छ ।

    बुढो पार्टी भनेर चिनिने नेपाली कांग्रेसमा यसपटक १३ जना पदाधिकारीमध्ये ७० कटेका सभापति देउवामात्र छन् भने महामन्त्री गगन थापासहित केही पदाधिकारी ५० वर्षमुनिका छन् ।

    कांग्रेस पदाधिकारीमा महिलाको प्रतिनिधित्व भने महिला क्लस्टरबाटमात्र बनेको छ । नेकपा १९ पदाधिकारीमा दुई महिला समेट्दा कांग्रेसले १३ पदाधिकारीमा एकजनामात्र समेट्न सकेको छ ।

    दलितमा पनि कांग्रेस र एमालेले पदाधिकारीमा एकएक जना समेटेका छन् पहिलोपटक । देउवाको टिममा पूर्णवहादुर खड्काबाहेक अरु सबै पदाधिकारी नयाँ हुन् ।

    विश्वप्रकाश शर्मा प्रवक्ताको हैसियतमा यसअघि पदाधिकारी मानिए पनि निर्वाचनबाट उनी पहिलोपटक पदाधिकारीमा आएका हुन् ।

    कांग्रेसका दिग्गज र सिनियर नेता पदाधिकारी सेटभन्दा बाहिर रहदा नयाँ युवासँग देउवाले काम गर्नुपर्ने भएको छ ।

  • थारु क्लस्टरतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

    थारु क्लस्टरतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत थारु क्लस्टरतर्फको सहमहामन्त्री पदमा उमाकान्त चौधरी निर्वाचित भएका छन् ।

    चौधरीले २७५६ मत प्राप्त गरे । यस्तै तेजुलाल चौधरीले १८७७ मत पाएका छन् ।

    कृष्ण सिटौला निकट चौधरी शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार थिए ।

  • कर्णालीका मुख्यमन्त्री शाही पराजित, सहमहामन्त्रीमा शेखर पक्षका बद्री पाण्डे विजयी

    कर्णालीका मुख्यमन्त्री शाही पराजित, सहमहामन्त्रीमा शेखर पक्षका बद्री पाण्डे विजयी

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सह-महामन्त्रीको पिछडिएको क्षेत्रमा बद्री पाण्डे विजयी भएका छन् ।

    शेखर काेइराला पक्षका पाण्डेले २४११ मत प्राप्त गरे ।

    यस्तै देउवा पक्षका जीवनबहादुर शाहीले २१३३ मत प्राप्त गरे । पराजित शाही कर्णाली प्रदेशका बहालवाला मुख्यमन्त्री हुन् ।

  • सहमहामन्त्री खसआर्यतर्फ देउवा समूहका राठौर विजयी

    सहमहामन्त्री खसआर्यतर्फ देउवा समूहका राठौर विजयी

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सहमहामन्त्रीको खसआर्य तर्फको नतिजा सार्वजनिक भएको छ ।

    सार्वजनिक परिणाम अनुसार सहमहामन्त्री खसआर्य कलष्टरतर्फ देउवा पक्षका किशोरसिंह राठौर निर्वाचित भएका छन् ।

    उनले शेखर पक्षका देवराज चालिसेलाई पराजित गरेका हुन् ।

    राठौरले २५७६ मत प्राप्त गर्दा चालिसेले २०५९ मत ल्याए ।

  • कांग्रेस निर्वाचन : मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी

    कांग्रेस निर्वाचन : मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सहमहामन्त्रीको मतगणना जारी रहेको छ ।

    अहिलेसम्म चार कलस्टरको नतिजा सार्वजनिक भएको छ । पछिल्लो नतिजा अनुसार मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी भएका छन् ।

    देउवा प्यानलबाट निर्वाचन लडेका उनी २७७६ मतका साथ विजयी भएका हुन् । शेखर प्यानलका शेख वकीलले १८७१ मत पाए ।

    यसअघि महिला, दलित र आदिवासी तर्फको महामन्त्रीको पनि टुंगो लागिसकेको छ ।

  • जीवन परियारः ११ वर्ष केन्द्रीय सदस्यपछि कांग्रेसको सहमहामन्त्री

    जीवन परियारः ११ वर्ष केन्द्रीय सदस्यपछि कांग्रेसको सहमहामन्त्री

    काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट समावेशीअन्र्तगत दलिततर्फको महामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट समावेशीअन्र्तगत दलिततर्फका उम्मेदवार मानबहादुर विश्वकर्मालाई मात्र ३७ मतले पछि पार्दै शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका परियार सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

    जम्मा खसेको ४ हजार ६ सय ९४ मतमा ७५ मत बदर भएकोमा बाँकी खसेका मतमध्ये सहमहामन्त्रीमा निर्वाचित परियारले २ हजार दुइ सय १२ मत प्राप्त गरेका हुन भने उनका प्रतिस्पर्धी विश्वकर्माले २ हजार एक सय ७५ मत प्राप्त गरेका हुन् । यस्तै दलितर्फ नै सहमहामन्त्रीमा उम्मेदवारी दिएकी गंगा सुनारले भने दुई सय ३२ मत प्राप्त गरेकी छन् ।

    सुरुमा देउवा प्यानलबाट.दलिततर्फको सहमहामन्त्रीमा तत्कालीन पार्टी केन्द्रीय सदस्य मीन विश्वकर्माले उम्मेदवारी दिने घोषणा गरेपछि देउवा प्यानलका विश्वकर्माले सहमहामन्त्रीको बाजी मार्नसक्ने आँकलन गरिएको थियो । तर, अन्तिम समयमा आएर देउवाले सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई उठाउने निर्णय गरेका थिए ।

    यसप्रति असन्तुष्टि जनाउँदै मीन विश्वकर्माले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी नदिने निर्णय गरे । तर, मनोनयन दर्ता गराउने क्रममा मीन विश्वकर्माका सुभ चिन्तकले दलिततर्फको खुला केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका थिए । उक्त मनोनयन भने मीन विश्वकर्माले फिर्ता लिएका थिए ।

    को हुन जीवन परियार ?

    कास्कीमा जन्मीएका जीवन परियार यसअघि नै दुई कार्यकाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य भइसकेका थिए । उनले पार्टीको केन्द्रीय सदस्यमा नै ११ बिताइसकेका छन् । उनी कांग्रेसनिकट दलित संघको महासचिव समेत भइसकेका छन् ।

    नेपाल विद्यार्थी संघहुँदै अहिलेसम्म पार्टीका सबै भूमिका रामचन्द्र पौडेल पक्षबाटै निर्बाह गरेको र पहिले पार्टी विभाजन हुँदासमेत रामचन्द्र पौडेल पक्षबाटै अघि बढेकाले पौडेल पक्षको उम्मेदवार हुने उनले घोषणा गरेका थिए । तर, अन्तिम समयमा आएर पौडेलपक्षबाट शेखर कोइरालाले समापतिमा उम्मेदवारी दिने घोषणा गरेपछि उनी पनि उक्त प्यानलबाटै उम्मेदवारी दिन पुगेका थिए । उनले गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाहुँदै रामचन्द्र पौडेलसम्म आइपुग्दा एउटै लाइन समातिरहेका छन् ।

    परियार २०६७ सालमा काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । केन्द्रीय सदस्य भएलगत्तै दोस्रो संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीबाट सदस्य भइसकेका छन् । संविधानसभामा दलित समुदायको हक अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएका छन् । संविधानको मौलिक हकमा लेख्नुपर्ने विषयदेखि शिक्षा, स्वास्थ्य, रोजगारीमा सहुलियतलगायतका विषयमा पनि आफ्नो योगदान महत्वपूर्ण रहेको उनको दाबी छ ।

    प्रत्येक वडामा दुई महिला वडा सदस्य हुने व्यवस्था भएको ठाउँमा आफैं सक्रिय भएर दुईमध्ये एक दलित महिला हुनुपर्छ भनेर संशोधन प्रस्ताव पनि सहमहामन्त्री परियारले हालेका थिए । र त्यो सफल पनि भयो ।

    लोकतान्त्रिक समाजवादको विचारलाई तल्लो तहसम्म पुर्याउन, लोकतान्त्रिक समाजवादकै आधारमा संविधानको जगेर्ना गर्न र कुरीति एवं कुसंस्कार अहिले पनि विद्यमान रहेकाले त्यसलाई अन्त्य गर्ने जिम्मेवारी अब आफ्नो काधमा आएको निर्वाचित भइसकेपछि नेपाल प्रेससँग बताए ।

    सहमहामन्त्री पदमा बसेर दलित समुदायका साथै पार्टी हितमा काम गर्ने तीव्र इच्छा भएकाले उम्मेदवारी दिएको र विजयी भइसकेपछि अब त्यो एजेण्डा पुरा गर्ने विजयी घोषणा भइसकेको पछि उनले प्रतिवद्धता जनाए ।

    उनले भने, ‘समावेशीतर्फ दलितबाटै दुईपटक केन्द्रीय सदस्य निर्वाचित भइसककाले पनि दलित समुदायका समस्याबारे मलाई धेरै जानकारी छ । अहिले पनि नेपाली समाजमा जातीय विभेद र छुवाछुतको समस्या कायमै रहेकाले राज्यको १३ प्रतिशत हिस्सा ओगट्ने दलित समुदाय सबै दृष्टिकोणबाट पछाडि परिरहेको छ । यस समुदायका लागि राजनीतिक तहबाट लड्नुपर्ने जिम्मेवारी मेरो काँधमा आएको छ ।

    लोकतान्त्रिक समाजवादको विचारलाई तल्लो तहसम्म पुर्याउन, लोकतान्त्रिक समाजवादकै आधारमा संविधानको जगेर्ना गर्न र कुरीति एवं कुसंस्कार अहिले पनि विद्यमान रहेकाले त्यसलाई राजनीतिक तहबाट अन्त्य गर्न लागि पर्ने उनले बताए ।