Category: नेपाली कांग्रेस

  • निधि फेरि देउवाबाट अलग्गिए, यादवलाई जिताउन गृहमन्त्री जनकपुरमा

    निधि फेरि देउवाबाट अलग्गिए, यादवलाई जिताउन गृहमन्त्री जनकपुरमा

    जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नवनिर्वाचित सभापति शेरबहादुर देउवाको साथ छाडेका छन् । उनी प्रदेश २ अध्यक्षमा आफूनिकट रामसरोज यादवलाई जिताउन संस्थापनइतरसँग छलफलमा छन् ।

    रामसरोज यादव प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री पनि हुन् । उनी पनि देउवा निकट नै थिए । तर निधिले देउवासँग विद्रोह गरेर राष्ट्रिय महाधिवेशनको पहिलो चरणमा सभापतिको उम्मेदवार बनेका थिए । दोस्रो चरणको चुनावमा उनले देउवालाई नै सघाए ।

    तर देउवाले रामसरोजलाई नपत्याएपछि निधीले पुनः सम्बन्ध तोड्ने भएका छन् । स्रोतका अनुसार निधिले शेखर कोइराला र रामचन्द्र पौडेल समूहको सहयोगमा रामसरोजलाई प्रदेश सभापति बनाउन हिजोदेखि नै सक्रिय छन् । आज बन्दसत्र सुरु हुने भएकाले शेखर कोइराला समूहका रामकृष्ण यादवसहितका नेतासँगको छलफलमा निधि व्यस्त छन् ।

    कोइराला समूहले उपसभापति १, महामन्त्री १ र सहमहामन्त्री २ लिएर सहमती गर्न तयार छ । तर निधिले महामन्त्री १ र सहमहामन्त्री १ मात्र दिने अडान लिएपछि सहमति जुट्न सकेको छैन । रामचन्द्र पौडेल समूहका एक नेता भन्छन्, ‘अहिले पद बाँडफाड भएको छैन । छलफल जारी छ । कुरा मिल्ने सम्भावना बलियो छ ।’

    देउवा समूहका प्रदेश सभापतिका उम्मेदवार कृष्ण यादवलाई जिताउन गृहमन्त्री बालकृष्ण खाँड जनकपुर आएका छन् । सोमवार साँझ जनकपुर आइपुगेका गृहमन्त्री खाँड विभिन्न नेताहरुसँग छलफल गरिरहेको बुझिएको छ ।

    प्रदेश निर्वाचन समितिले जनकपुरको गोपाल धर्मशालामा दिउँसो २ बजे मनोनयन पत्र दर्ताका लागि समय निर्धारण गरेको छ । अहिले जिल्लाका प्रतिनिधिहरुले नाम दर्ता गराइरहेका छन् । नाम दर्ता गराउन प्रतिनिधिले २ हजार नगद तिर्नुपर्छ ।

    प्रदेश अधिवेशनका १ हजार ९२० प्रतिनिधि चयन भएका छन् । प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट २५ जना प्रतिनिधि चयन भएका हुन् । प्रदेश २ को ८ जिल्लामा ६४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ । सबै प्रक्रिया पुरा गरी भोलि विहानदेखि मतदान सुरु गर्ने तयारी निर्वाचन समितिको छ ।

  • प्रदेश १ बाट अर्याल र कोइराला केन्द्रीय सदस्यमा निर्वाचित

    प्रदेश १ बाट अर्याल र कोइराला केन्द्रीय सदस्यमा निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको प्रदेश १ तर्फको खुला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला निर्वाचित भएका छन् ।

    अमृत दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् भने कोइराला प्रदेश १ को कांग्रेस प्रदेशसभा दलका नेता हुन् ।

    अर्याल सभापति शेरबहादुर देउवा निकट हुने भने कोइराला डा।शेखर कोइरालानिकट हुन् ।

  • कांग्रेसका ९ खुल्ला महिला सदस्यमा देउवा पक्षका ८ जना विजयी, कसको कति मत ? (सूचीसहित)

    कांग्रेसका ९ खुल्ला महिला सदस्यमा देउवा पक्षका ८ जना विजयी, कसको कति मत ? (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यतर्फ ९ मध्ये ८ जना सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट विजयी भएका छन् ।  डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट एक जना मात्रै खुला महिलातर्फ केन्द्रीय सदस्य विजयी भएका छन् ।

    अन्तिम मतपरिणामअनुसार प्रतिनिधिसभा सदस्यसमेत रहेकी डा. डिला संग्रौला पन्तले सर्वाधिक मत ल्याएकी छन् । उनले २ हजार ८ सय ८५ मत ल्याइन् ।

    दोस्रो स्थानमा रहेकी कांग्रेस सचेतक पुष्पा भुसालले २ हजा ७ सय १८ मत पाइन् । तेस्रो स्थानमा सभापति देउवाकी पत्नी डा. आरजु राणा परिन् । उनले २ हजार ५ सय ३६ मत ल्याइन् ।

    चौथो स्थानमा अम्बिका बस्नेत , पाँचौ स्थानमा ईश्वरी न्यौपाने, छैटौ स्थानमा सरिता प्रसाइँ, सातौ स्थानमा रमा कोइराला पौडेल, आठौं स्थानमा सुशीला ढकाल आचार्य र नवौं स्थानमा रंगमती शाही निर्वाचित भइन् ।

    निर्वाचित नौ जनामध्ये सरिता प्रसाईँ शेखर पक्षकी हुन् भने अरु सबै देउवा पक्षका हुन् । ९ जना निर्वाचित हुने खुला महिला केन्द्रीय सदस्यतर्फ ३० जना उम्मेदवार रहेका थिए ।

  • कांग्रेसको अल्पसंख्यक कोटामा दोब्बर बढी मतान्तरमा सुनुवार विजयी

    कांग्रेसको अल्पसंख्यक कोटामा दोब्बर बढी मतान्तरमा सुनुवार विजयी

    काठमाडौं । नेपाली कांग्रेसको अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार विजयी भएका छन् ।

    आज सकिएको मतगणनामा उनले प्रतिद्वन्दी टिकाराम लेप्चालाई दोब्बर बढी मतान्तरले पराजित गरेका हुन् ।

    सुनुवारले २१७१ मत प्राप्त गर्दा लेप्चाले ९८९ मत पाए ।

    दुई कार्यकाल ओखलढुंगा कांग्रेसको जिल्ला सभापति भएका सुनुवार २०७४ सालको प्रदेशसभा निर्वाचनमा उम्मेदवार थिए ।

    उनी साबिक खिजीफलाँटे गाविसको अध्यक्ष समेत भएका थिए ।

    सुनुवार समुदायको उल्लेख्य बसोबास रहेको ओखलढुंगामा एमालेबाट यज्ञराज सुनुवार जिल्ला अध्यक्ष, सांसद हुँदै केन्द्रीय सदस्य बनेका छन् ।

    कांग्रेसमा भने सुनुवार समुदायबाट केन्द्रीय समितिमा पुग्ने प्रदीप सुनुवार पहिलो हुन् ।

  • एमसीसीबारे तोडिएला गगन थापाको मौनव्रत ?

    एमसीसीबारे तोडिएला गगन थापाको मौनव्रत ?

    काठमाडौं । नेपाली कांग्रेसका चर्चित युवा नेता तथा नवनिर्वाचित महामन्त्री गगनकुमार थापा हिजो शीर्ष नेताहरूसहितको सर्वदलीय वैठकमा सहभागी भए । उक्त वैठकको मुख्य एजेन्डा थियो, एमसीसी अर्थात् मिलिनियम च्यालेन्ज कर्पोरेशन ।

    पार्टीको महामन्त्रीका रूपमा सहभागी भएको पहिलो महत्वपूर्ण बैठक नै गगनका लागि पेचिलो पर्‍यो । एमसीसी वर्षौंदेखि गिजोलिएर अति विवादित बनेको मुद्दा हो, जसलाई लिएर देशमा तीब्र ध्रुवीकरण छ । राजनीतिक वृत्त दुई कित्तामा बाँडिदा जनताको ठूलो हिस्सा एमसीसीको विरोधमा छन् । एमसीसीका पक्षमा रहेका नेताहरू पनि आलोचनाको डरले सार्वजनिकरूपमा बोल्न डराउँछन् । गगन थापाको दु:ख पनि यही हो ।

    एमसीसीमा केन्द्रित हिजोको बैठकमा गगनले के बोले भन्ने चासो धेरैलाई हुन सक्छ । उनी नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा बैठकमा सहभागी भएका हुन् । कांग्रेस एमसीसी पारित गर्ने पक्षमा स्पष्ट छ । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्न हतारिएका छन् । यसकै लागि उनले वैठक राखेका थिए । सरकारले बोलाएको चालु अधिवेशनको मुख्य टास्क पनि एमसीसी नै हो ।

    बुझिएअनुसार वैठकमा गगनले आफ्नो पार्टीको नीतिविपरित कुनै फरक राय राखेनन् । उनी खासै बोलेनन् पनि । देउवा स्वयम् वैठकमा सहभागी रहेकाले गगनले बोल्नैपर्ने बाध्यता पनि थिएन । तर, आगामी निमा गगनलाई नबोली उम्किने सुविधा सधैँ नमिल्न सक्छ, किनकी उनी अब कांग्रेसको उच्च पदमा छन् । आफ्नो पार्टीका सभापति तथा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न अन्तिम बल लगाइरहँदा उनी तटस्थ बसिरहन मिल्दैन ।

    देशका हरेक जल्दाबल्दा विषयमा तत्काल प्रतिक्रिया दिइहाल्ने नेता हु्न् गगन । सार्वजनिक सरोकारका मुद्दामा व्यक्तिगत धारणा राख्नुअघि पहिले संसदमा आवस भनेर पर्खि बस्दैनन् उनी । कहिलेकाहीँ महत्वहीन खुद्रा विषयमा पनि फेसबुक टिप्पणी गर्न भ्याइरहेका हुन्छन् । तर, एमसीसीजस्तो जनस्तरमै व्यापक बहस भइरहेको र अनेकन भ्रमहरू फैलाइएको मुद्दामा उनले निराशाजनरूपमा मौनव्रत धारण गरिरहेका छन् । संसदमा गएपछि मात्रै बोल्छु भन्नु उनको ‘काइते’ प्रतिक्रिया हो ।

    त्यसो त गगन स्वयम् एमसीसीका पक्षधर हुन् । उनी सुरूदेखि नै एमसीसी पारित हुनुपर्नेमा स्पष्ट रहेको निकटस्थहरू बताउने गर्छन् । तर, सार्वजनिकरूपमा अहिलेसम्म उनले कतै पनि एमसीसीको वकालत गरेको सुनिएको छैन । न त आलोचना नै गरेका छन् । एमसीसीको विषयलाई सकेसम्म पन्छाउने, त्यो सम्भव नभए अमूर्त जवाफ दिएर फुत्किने चेष्टा उनले गर्दै आएका छन् ।

    करिब दुई वर्षअघि एक कार्यक्रममा एमसीसीबारेको प्रश्नले गगन अप्ठेरोमा परेका थिए । कान्तिपुर दैनिकले आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’ मा सहभागी गगनलाई प्रश्नकर्ताले एमसीसीको विषयमा धारणा मागेका थिए ।

    गगनले जवाफ दिए, ‘यो विषयमा बोल्न समय चाहिन्छ, म संसदमा नै आफ्ना धारणा राख्छु ।’

    यसरी प्रश्नबाट फुत्किएका गगनले संसदमा एमसीसीबारे बोल्ने दिन भने कहिल्यै आएन । त्यसपछि उनले पूरै मौनता साँधे । गत वर्ष एसीसीको विवाद उत्कर्षमा पुग्दा सामाजिक सञ्जालमा गगनको खोजी तीब्र भएको थियो । ‘गगन हराएको सूचना’ ह्यासट्याग नै चल्यो । त्यसपछि गगनले एउटा विज्ञप्ति निकालेर आफूमाथि उब्जेका प्रश्नहरूलाई थामथुम पार्ने प्रयास गरे । यद्यपि, त्यस विज्ञप्तिमा पनि उनको धारणा उल्लेख थिएन ।

    एमसीसीबारे टिप्पणी गर्नै नचाहने गगनको दुई महिनाअघि पत्रकार ऋषि धमलाले मुख खुलाएका थिए । प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा गगनले आफ्नो स्वभावविपरीत एकदमै घिसिपिटी जवाफ दिएका छन् । उनी न पक्षमा खुलेका छन् न विपक्षमा ।

    अन्तर्वार्तामा ऋषिले गगनलाई सिधा सोधेका थिए- एमसीसी पारित गर्ने देउवाको अडान छ, तपार्इं पक्षमा कि विपक्षमा, जनतालाई बताउनुस ।

    गगनको जवाफ यस्तो थियो-

    म यो देशको सांसद हुँ । यो विषय पहिले नेपाल सरकारले संसदभित्र ल्यावस् । त्यसपछि संसदको विषय बन्छ । अनि बल्ल मेरो पनि विषय हुन्छ । नेपालको हितमा हुन्छ भन्ने लागेमा छाती ठोकेर पास गर्छौं । होइन, यसमा समस्या छ भन्ने लाग्यो भने रोक्छौं । त्यसैले तपाईंले यो प्रश्नको उत्तर कहाँ मात्रै पाउनुहुन्छ भने जुन दिन यो विषय संसदमा आउँछ । नआउँदासम्म मेरो टाउको दुखाइ होइन ।

    धमला प्रतिप्रश्न गर्छन्-

    तर, जनमत त एमसीसीको पक्षमा छैन नि गगन थापाजी ?

    गगनले अलि ठोस जवाफ दिँदै भन्छन्- एमसीसीको बहस अलि बरालिएको छ । जनमत निर्माण गर्ने काम पनि हामी नेताहरूकै हो । जनताले आफूले चुनेर पठाएको सांसदलाई विश्वास गर्नुपर्छ ।

    धमलाको सोधाइ- त्यसको मतलव तपाईं एमसीसी पास गर्ने पक्षमा हुनुहुन्छ ?

    गगन फेरि पनि खुल्दैनन्

    म सांसद हो । एमसीसी यदि राष्ट्रघाती हो, जनविरोधी हो भने फेल हुन्छ । राष्ट्रको पक्षमा छ भने संसदबाट पास हुन्छ । म भएको संसदले देशको अहित हुने कुरा पास गर्दैन । हित हुने कुरा छ भने कसले डाँडामा उक्लेर के भन्यो भन्नेले अर्थ राख्दैन । पहिले संसदमा आवस् । हामी पढ्छौं । सांगोपांगो हेर्छौं । दूई–चार महिना लगाउँला । शब्द–शब्दमा बहस गरौंला । टेबुलमा ल्याउँला । अनि निर्णय गरौंला ।

    देशका हरेक जल्दाबल्दा विषयमा तत्काल प्रतिक्रिया दिइहाल्ने नेता हु्न् गगन । सार्वजनिक सरोकारका मुद्दामा व्यक्तिगत धारणा राख्नुअघि पहिले संसदमा आवस भनेर पर्खि बस्दैनन् उनी । कहिलेकाहीँ महत्वहीन खुद्रा विषयमा पनि फेसबुक टिप्पणी गर्न भ्याइरहेका हुन्छन् । तर, एमसीसीजस्तो जनस्तरमै व्यापक बहस भइरहेको र अनेकन भ्रमहरू फैलाइएको मुद्दामा उनले निराशाजनरूपमा मौनव्रत धारण गरिरहेका छन् । संसदमा गएपछि मात्रै बोल्छु भन्नु उनको ‘काइते’ प्रतिक्रिया हो ।

    एमसीसी सम्झौताको अध्ययन गरेर बोल्ने गगनको भनाइ पनि हास्यास्पद छ । एमसीसी सम्झौता सार्वजनिक भएको उहिल्यै हो । वेवसाइटमै यो उपलब्ध छ । उनीजत्तिको अध्ययनशील नेताले अहिलेसम्म पढ्नै नपाएर प्रतिक्रिया नजनाएको भनेर कसैले पत्याउँदैन ।

    एमसीसीबारे गगनले सार्वजनिकरूपमा नबोल्नुको एउटा मात्रै कारण छ, विवादमा पर्ने डर । उनी एमसीसीको विरोधमा छैनन् । तर, खुल्ला समर्थन गर्दा आजका दिनसम्म गरिरहेको लोकरिझ्याईंको राजनीतिमा धक्का पुग्ने बुझाइ उनको छ । एमसीसीबारे सामाजिक सञ्जालको प्रवृत्ति उनलाई राम्ररी थाहा छ । एमसीसीको पक्षधरता लिनेहरूले खेप्नुपरेका निन्दा र भर्त्सनालाई उनले नियालेका छन् ।

    गगनमाथि आलोचकहरूको आरोप छ, उनी जता हावा बग्छ, त्यतै कुद्छन् । भीड जता छ, त्यहीँ घुसेर चर्को भाषण गर्छन् । ‘एन्टीकरेन्ट’ अभिव्यक्ति दिन उनको हिम्मत पुग्दैन । एमसीसीबारे गगनको तटस्थताले यस्तै आरोपलाई बल पुर्‍याइरहेको छ । उनले सही भनेका हुन्, नेताले जनमतका आधारमा आफूलाई हिँडाउने मात्र होइन, जनमत निर्माण गर्ने वा बदल्ने पनि क्षमता देखाउनुपर्छ । आफ्नो यो सिद्धान्तलाई व्यवहारमा अपनाउन भने आफैं चुकिरहेका छन् ।

    एमसीसीबारे गगनले सार्वजनिकरूपमा नबोल्नुको एउटा मात्रै कारण छ, विवादमा पर्ने डर । उनी एमसीसीको विरोधमा छैनन् । तर, खुल्ला समर्थन गर्दा आजका दिनसम्म गरिरहेको लोकरिझ्याईंको राजनीतिमा धक्का पुग्ने बुझाइ उनको छ । एमसीसीबारे सामाजिक सञ्जालको प्रवृत्ति उनलाई राम्ररी थाहा छ । एमसीसीको पक्षधरता लिनेहरूले खेप्नुपरेका निन्दा र भर्त्सनालाई उनले नियालेका छन् ।

    हिजोका दिनसम्म गगन पार्टीको केन्द्रीय सदस्यको हैसियतमा मात्र थिए । तर, अब उनी कांग्रेसका महामन्त्री हुन् । सरकारको नेतृत्व गरिरहेको पार्टीको शक्तिशाली ओहदामा पुगेका उनले कुनै पनि मुद्दामा आफूलाई निरपेक्ष राखिरहन सक्दैनन् । एमसीसीबारे उनको अभिव्यक्तिले यसअर्थमा महत्व राख्छ कि गगनलाई पछ्याउनेहरूको जमात देशमा ठूलो छ । त्यो कांग्रेसभित्र मात्र नभएर बाहिर पनि छ ।

    एमसीसीको बारेमा जेजस्ता भ्रमहरू फैलाइएका छन्, तिनीहरूलाई चिर्दै वास्तविकता जनतासमक्ष ल्याउने हिम्मत गरे भने तत्कालका लागि उनका लागि फाइदाजनक नदेखिन सक्छ, तर कालान्तरमा गगनले आफूलाई साँचो अर्थमा ‘नेता’ प्रमाणित गर्न सक्नेछन् ।

  • कांग्रेस महिला केन्द्रीय सदस्यतर्फ टप ५ मा लम्किँदै गरेका यी नेता (मतसहित)

    कांग्रेस महिला केन्द्रीय सदस्यतर्फ टप ५ मा लम्किँदै गरेका यी नेता (मतसहित)

    काठमाडौं । नेपाली कांग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना भइरहेको छ । हालसम्म २०६५ मतगणना गरिएको छ ।

    अहिलेसम्मको परिणाममा १२६८ मतका साथ डा. डिला संग्रौलाले अग्रता कायमै राखेकी छन् । ११९६ मतका साथ पुष्पा भुसाल दोस्रो स्थानमा छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा १११६ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।

    त्यस्तै अम्बिका बस्नेत ९९८ मतसहित चौथो स्थानमा रहँदा ईश्वरी न्यौपाने ९८५ मतसहित पाँचौ स्थानमा रहेकी छिन् ।

    खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना विजयी हुनेछन् ।

    २०६५ मत गणना हुँदा हेर्नुस् कसको कति

    डिला १२६८
    पुष्पा ११९६
    आरजु १११६
    अम्बिका ९९८
    ईश्वरी ९८५
    सरिता ९४९
    रमा ८१३
    शुशिला ७९४
    रङंमती ७८०
    अनिता ७७४

  • कांग्रेस महाधिवेशनः लुम्बिनीका वेटिङ मुख्यमन्त्री पार्टीभित्रै पराजित*

    कांग्रेस महाधिवेशनः लुम्बिनीका वेटिङ मुख्यमन्त्री पार्टीभित्रै पराजित*

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा लुम्बिनी प्रदेशका वेटिङ मुख्यमन्त्री वीरेन्द्रप्रसाद कनौडिया केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

    लुम्बिनी प्रदेशसभा सदस्य समेत रहेका कनौडिया कांग्रेसको खुला केन्द्रीय सदस्यमा पराजित भएका हुन् । उनले १५१९ मत प्राप्त गरे ।

    साउन अन्तिममा लुम्बिनी प्रदेशमा एमालेविरुद्धको गठबन्धन दलको भागवण्डामा ८ महिनापछि मुख्यमन्त्री बन्ने सहमतिमा परेका कनौडिया पनि देउवा समूहबाट उम्मेदवार थिए ।

    संस्थापन समूहका धेरै नेताहरु निर्वाचित हुँदा पनि कनौडिया पराजित भएका हुन् । लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा संस्थापन समूहभन्दा इतर समूहका धेरै जना निर्वाचित भएका छन् ।

    लामो समय गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव रहेका रूपन्देहीका गोकर्ण पौडेल पनि केन्द्रीय सदस्यमा हारेका छन् ।

    पाल्पाका हरि नेपाल पनि कांग्रेसको केन्द्रीय सदस्य पदमा दोहोरिन सकेनन् । गुल्मीका पूर्वसांसद त्रैलोक्यप्रताप सेनले १३ औं र १४ दुवै महाधिवेशनमा निर्वाचन जित्न सकेनन् ।

    २०५६ सालयता निरन्तर केन्द्रीय सदस्य रहेका रूपन्देही गृहजिल्ला भएका गृहमन्त्री बालकृष्ण खाँण भने खुला केन्द्रीय सदस्यतर्फ तेस्रो बढी मतसहित विजयी भए ।

    त्यस्तै सहमहामन्त्रीमा पहिले नै उम्मेदारी घोषणा गरेका संस्थापनइतर समूहका दाङका दीपक गिरी आफ्नो प्यानलबाट पदाधिकारीमा नपरेपछि कांग्रेसको केन्द्रीय सदस्यमा दोहोरिएका छन् ।

    बर्दियामा वामदेव गौतमलाई हराएर चर्चामा आएका सञ्जयकुमार गौतम, योजना आयोगका पूर्वउपाध्यक्ष प्युठानका डा. गोविन्दराज पोखरेल पहिलोपटक केन्द्रीय सदस्य बनेका छन् । उनीहरु दुवै इतर समूहका हुन् ।

    लुम्बिनी प्रदेशअन्तर्गतकै दाङ जिल्लाका कृष्णकिशोर घिमिरे पनि १७०७ मतका साथ ३५औं नम्बरमा रहेर कांग्रेस केन्द्रीय सदस्य बन्न सफल भएका छन् । उनी देउवाको प्यानलमा थिए ।

    कांग्रेस पदाधिकारीमा संस्थापन समूहबाट बर्दियाका किशोरसिंह राठौर सहमहामन्त्रीमा विजयी भएका छन् । पदाधिकारीमा लुम्बिनीबाट जाने उनी मात्रै परेका छन् ।

    उपसभापतिमा इतर समूहबाट गुल्मीका चन्द्र भण्डारी तथा सहमहामन्त्रीमा संस्थापन समूहबाट अर्घाखाँचीका मानबहादुर विक उम्मेदार भए पनि विजयी हुन सकेनन् ।

    * यसअघि पूर्वमन्त्री सुरेन्द्र हमालको नाम र तस्बिर हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.

  • सभापतिको दौड छाडेका शशांक, ८१ प्रतिशत मतसहित ‘म्यान अफ दी इलेक्सन’

    सभापतिको दौड छाडेका शशांक, ८१ प्रतिशत मतसहित ‘म्यान अफ दी इलेक्सन’

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदको प्रबल दावेदार रहेरपनि त्याग गरेका डा.शशांक कोइरालाले केन्द्रीय सदस्यमा लोकप्रिय मत पाएका छन् । उनले सबैभन्दा धेरै ३ हजार ८ सय ३६ मत ल्याए । जुन कुल खसेको मतको ८१ प्रतिशतभन्दा बढी हो ।

    दोस्रो स्थानमा रहेका एनपी साउदसँग उनको मतान्तर ८ सय ९९ को रहेको छ । यसअघि नै घोषित परिणाममध्ये महामन्त्रीमा गगन थापाबाहेक कसैले पनि ३ हजार मत कटाउन सकेका छैनन् । गगनले ३ हजार २३ मत ल्याए । यो हिसाबले शशांक १४ औं महाधिवेशनको ‘म्यान अफ दी इलेक्सन’ बनेका छन् ।

    १३ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित कोइरालाले ‘सभापतिमा शेरबहादुर देउवालाई आफूले मात्रै हराउनसक्ने’ दावी गर्दै आएका थिए । संस्थापन इतर समूहबाट सभापतिको आकांक्षी रहे पनि सहमतिका लागि भन्दै उनले रेस छाडेको घोषणा गर्नुपरेको थियो ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलको आग्रह र दाजु डा.शेखर कोइरालाको अनुरोधका बीच शशांकले सभापतिको उम्मेदवार नबन्ने निर्णय लिएका थिए । साझा उम्मेदवार तय गर्न चाक्सीबारीमा बसेको बैठकमा शशांकले वरिष्ठ नेता पौडेलको आग्रहअनुसार आफूले सहमतिका लागि त्याग गरेको बताएका थिए ।

    ‘रामचन्द्र दाईले एकपटक मलाई सहयोग गर भन्नुभएको छ । त्यसैले मैले सहमतिका लागि त्याग गरेको छु’, उनले भनेका थिए । यद्यपि उनको त्यागका वावजुद संस्थापनइतर समूह एकजुट हुनसकेन ।

    पूर्व महामन्त्री प्रकाशमान सिंह र शेखर कोइराला दुवै सभापतिको उम्मेदवार भएपछि शशांक तटस्थ रहेका थिए । साझा उम्मेदवार तय नभएपछि रामचन्द्र—शशांक दुवैले कुनैपनि उम्मेदवारको पक्षमा आफूलाई खुलाएनन् ।

    सभापतिको रेस छाडेर खुला तर्फको केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका शशांकलाई सभापतिका सबै प्रत्याशीले आफ्नो प्यानलमा राखेका थिए । मतदानका लागि राष्ट्रियसभा गृह पुगेका शशांकले आफू कसैका पक्षमा नभएर पार्टी एकताका पक्षमा उभिएको बताएका थिए ।

  • मनोजमणि आचार्य : ३६ औं नम्बरमा रोकिएका ‘रोल्पाली कांग्रेस’

    मनोजमणि आचार्य : ३६ औं नम्बरमा रोकिएका ‘रोल्पाली कांग्रेस’

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मनोजमणि आचार्यका लागि १४ औं महाधिवेशन बिर्सन लायक रह्यो । नेपाल विद्यार्थी संघको राजनीतिमा ख्याति कमाएका आचार्य खुल्ला तर्फको केन्द्रीय सदस्यमा निर्वाचित हुन सकेनन् ।

    निर्वाचनमा हारजित सामान्य विषय हो तर उनका लागि यो परिणाम अलिक दुःखद हुनेछ । किनकी ३५ जना निर्वाचित हुने खुल्ला केन्द्रीय सदस्यमा उनी ३६ औं नम्बरमा परेका छन् । १ हजार ६ सय ५४ मत पाएका आचार्यभन्दा अघि कृष्णकिशोर घिमिरे रहे ।

    ३५ औं नम्बरका घिमिरेले १ हजार ७ सय ७ मत ल्याएका छन् । जुन मनोजमणिको भन्दा ५३ मतले बढी हो । नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महरसँग पराजित भएपछि मनोजमणिले देखाएको व्यवहारले उनलाई शालीन र उच्च संस्कार भएका युवा नेताको रुपमा परिचित गराएको थियो ।

    कांग्रेस केन्द्रीय समितिमा व्यापारी, निर्माण व्यवासायीदेखि ‘डन’ सम्मले अवसर पाउँदा रोल्पाको विकट गाउँबाट नेविसंघको राजनीतिमार्फत उदाएका मनोजमणि नअट्नुले धेरै कांग्रेसजनलाई निराश बनाएको प्रतिक्रिया सामाजिक सञ्जालमा भेटिन्छ ।

  • यी हुन् कांग्रेसका ‘टप टेन फिगर’ (सूचीसहित)

    यी हुन् कांग्रेसका ‘टप टेन फिगर’ (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको ३५ खुला केन्द्रीय सदस्यतर्फको मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

    ३५ जना केन्द्रीय सदस्यमध्ये शशांक कोइरालाले सर्वाधिक मत ल्याएका छन् । दोस्रोमा एनपी साउँद रहेका छन् । यसैगरी तेस्रोमा गृहमन्त्री समेत रहेका बालकृष्ण खाड रहेका छन् ।

    चौथोमा उदयशमशेर राणा र पाँचौ नम्बरमा रामहरी खतिवडा रहेका छन् ।

  • शीरमा शशांक, पुछारमा कृष्णकिशोर : कांग्रेसका ३५ केन्द्रीय सदस्यले कति मत ल्याए ?

    शीरमा शशांक, पुछारमा कृष्णकिशोर : कांग्रेसका ३५ केन्द्रीय सदस्यले कति मत ल्याए ?

    काठमाडौं । नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित सदस्यहरुले प्राप्त गरेको मत परिणाम सार्वजनिक भएको छ ।

    अन्तिम परिणाम अनुसार डा. शशांक कोइराला सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले ३८३६ मत प्राप्त गरेका छन् ।

    त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा रहदै निर्वाचित भएका छन् ।

    ३५ औं स्थानमा कृष्णकिशोर घिमिरे निर्वाचित भएका छन् ।

    यस्तो छ सदस्यहरुको मत परिणाम

  • यी हुन् कांग्रेस केन्द्रीय समितिमा पहिलोपटक पुगेका १६ नयाँ अनुहार

    यी हुन् कांग्रेस केन्द्रीय समितिमा पहिलोपटक पुगेका १६ नयाँ अनुहार

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट अधिकांश नयाँ अनुहारले केन्द्रीय समितिमा अवसर पाएका छन् ।

    खुल्लातर्फको ३५ जना केन्द्रीय सदस्यमध्ये १६ जना पहिलो पटक केन्द्रीय समितिमा पुगेका छन् । अन्य क्लष्टरबाट पनि पहिलोपटक केन्द्रीय सदस्य बन्नेहरुको संख्या उल्लेख्य रहेको छ ।

    कांग्रेसको विधान अनुसार खुल्लातर्फ ३५ जना निर्वाचित हुने प्रावधान छ । ३५ जनाका लागि ९९ जना प्रतिस्पर्धामा थिए । जसमध्ये १६ जनाले पहिलोपटक कांग्रेस केन्द्रीय समितिमा प्रवेश पाएका छन् । कांग्रेस केन्द्रीय समितिमा पहिलोपटक प्रवेश पाएका नेताहरु यसप्रकार छन्-

    उदयशमशेर राणा- नेपाल तरुण दलको पूर्व अध्यक्षसमेत रहेका उदयशमशेर राणा खुल्ला तर्फ चौथौ सर्वाधिक मत ल्याउँदै पहिलो पटक केन्द्रीय समितिमा प्रवेश गरे । दोस्रो संविधानसभा सदस्य रहेका राणा पूर्व अर्थ राज्यमन्त्रीसमेत हुन् ।

    १३ औं महाधिवेशमा २५ जना निर्वाचित हुनेमा २७ औं नम्बरमा रहेर पराजित भएका राणा यसपटक भने लोकप्रिय मत हासिल गर्न सफल भएका हुन् । उनी चौथो स्थानमा रहेर विजयी भए ।

    रामहरी खतिवडा- युवा नेता रामहरी खतिवडा यसपटक ‘टप टेन’ मा रहँदै खुल्लातर्फको कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

    अघिल्लो महाधिवेशनमा खुल्लातर्फबाट केन्द्रीय सदस्य बन्न असफल भएका खतिवडा यसपटक भने पाँचौ स्थानमा रहन सफल भए ।

    ओखलढुंगाबाट २०७० को संविधानसभामा निर्वाचित भएका खतिवडा संसदभित्र प्रभावकारी भूमिका निर्वाह गर्ने कांग्रेस सांसदभित्र पर्छन् । उनी पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

    जितजंग बस्नेत- नेपाल तरुण दलको अध्यक्ष रहेका जितजंग बस्नेत पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित बस्नेत नेपाल विद्यार्थी संघको पूर्व महामन्त्रीसमेत हुन् । उनी खुलातर्फ ११ औं स्थानमा रहे ।

    नैनसिंह महर- नेपाल विद्यार्थी संघको पूर्व अध्यक्ष नैनसिंह महरपनि पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । डडेल्धुराका महर खुल्लातर्फबाट १५ औं नम्बरमा रहन सफल भए । महरले १४ औं महाधिवेशनका १४ एजेण्डा सार्वजनिक गर्दै उम्मेदवारी प्रस्तुत गरेका थिए ।

    कुन्दनराज काफ्ले- विद्यार्थी राजनीतिबाट चर्चा कमाएका कुन्दनराज काफ्ले नेपाल विद्यार्थी संघको पूर्व महामन्त्री हुन् । काफ्ले १३ औं महाधिवेशनमा दोलखा कांग्रेसको सभापति बन्न असफल भएका थिए । यसपटक खुल्ला तर्फको केन्द्रीय सदस्यमा २० औं स्थानमा रहँदै पहिलो पटक केन्द्रीय समितिमा पुग्न काफ्ले सफल भएका छन् ।

    गुरु बराल- नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष गुरु बराल पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले खुलातर्फ २५ औं स्थान सुरक्षित गरे । २०७४ सालको प्रदेशसभा निर्वाचनमा कास्कीमा कांग्रेस तर्फबाट बराल प्रत्यक्ष उम्मेदवार रहेका थिए ।

    सञ्जयकुमार गौतम- नेपाली कांग्रेस बर्दियाको पूर्व सभापति समेत रहेका सञ्जयकुमार गौतम पूर्व सिचाइँमन्त्री हुन् । उनी पहिलोपटक कांग्रेस केन्द्रीय समितिमा प्रवेश गरेका छन् । २०७४ सालको आम निर्वाचनमा बर्दियाबाट वामगठबन्धनका उम्मेदवार वामदेव गौतमलाई पराजित गरेपछि गौतम चर्चामा आएका थिए ।

    डा.गोविन्दराज पोखरेल- योजना आयोगको पूर्व उपाध्यक्ष तथा पुनर्निर्माण प्राधिकरणको पूर्व प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलपनि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

    १३ औं महाधिवेशनमा शीर्ष २५ मा पर्न असफल पोखरेल यसपटक २७ औं स्थानमा रहँदै पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

    राजीव ढुंगाना- नेपाल विद्यार्थी संघको अध्यक्ष समेत रहेका ढुंगाना पहिलो पटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । विगतका महाधिवेशनहरुमा बहालवाला नेविसंघ अध्यक्ष केन्द्रीय सदस्यमा पराजित हुने परम्परापनि ढुंगानाले तोड्न सफल भएका छन् ।

    दिनेश कोइराला- गत स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरको टिकट पाएर पनि खोसिएपछि दिनेश कोइराला चर्चामा आएका थिए । उनको टिकट खोसेर कांग्रेसले माओवादी उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको थियो ।

    खुल्ला तर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका कोइरालाले केन्द्रीय समितिमा चितवनको रिक्तता पूर्ति गरेका छन् । हालसम्म चितवबाट केन्द्रीय समितिमा कसैको प्रतिनिधित्व हुन सकेको थिएन ।

    मदनबहादुर अमात्य- लामो समय ललितपुर कांग्रेसको जिल्ला सभापति रहेका मदनबहादुर अमात्यपनि पहिलोपटक कांग्रेस केन्द्रीय समितिमा प्रवेश गरेका छन् । २०७० मा संविधानसभा सदस्य रहेका अमात्य खुल्ला केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।

    अजयबाबु शिवाकोटी- सक्रिय पत्रकारिता छोडेको केही समयमै अजयबाबु शिवाकोटी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नेपाल प्रेस युनियनको महासचिवसमेत रहेका शिवाकोटी हाम्राकुरा डटकमको पूर्व प्रधानसम्पादक हुन् ।

    उनले कृष्णबहादुर महरा र गोकुल बाँस्कोटा प्रकरणमा गरेको रिपोर्टिङका कारण चर्चा पाएका थिए । खुल्लातर्फको जितसँगै उनी पहिलो पटक कांग्रेस केन्द्रीय समितिमा प्रवेश गरेका छ्न ।

    उमेशजंग रायामाझी- नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका उमेशजंग रायामाझी गत संसदीय निर्वाचनमा भोजपुरबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका थिए ।

    नेविसंघको पूर्व महामन्त्रीसमेत रहेका रायामाझी खुल्लातर्फबाट केन्द्रीय सदस्यमा विजयी हुँदै पहिलोपटक कांग्रेस केन्द्रीयसमितिमा प्रवेश गर्न सफल भएका हुन् ।

    गणेश लामा- विवादित पृष्ठभूमीका गणेश लामा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम हुँदै कांग्रेसमा स्थापित भएका हुन् ।

    काभ्रेबाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका लामालाई गच्छदारले समायोजनका क्रममा केन्द्रीय सदस्य बनाएका थिएनन् । यसपटक खुल्लातर्फ निर्वाचित हुँदै लामाले कांग्रेस केन्द्रीय सदस्यमा पहिलोपटक प्रवेश पाएका छन् ।

    मोहन आचार्य- रसुवाबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित मोहन आचार्य पेशाले इञ्जिनियर तथा निर्माण व्यवसायी हुन् । सक्रिय राजनीतिमा आएको छोटो समयमै उनी कांग्रेस केन्द्रीय सदस्य बन्न सफल भएका छन् ।

    खुल्लातर्फको केन्द्रीय सदस्यमा निर्वाचित आचार्य पहिलो पटक केन्द्रीय समितिमा प्रवेश गरेका हुन् ।

    कृष्णकिशोर घिमिरे- दाङको राजनीतिमा महत्वपूर्ण भूमिका भएका कृष्णकिशोर घिमिरेलाई सभापति शेरबहादुर देउवाले आमन्त्रित केन्द्रीय सदस्य बनाएका थिए ।

    खुल्ला तर्फ निर्वाचन जितेपछि भने पूर्व सांसद घिमिरे पहिलो पटक निर्वाचित केन्द्रीय सदस्यका रुपमा कांग्रेस केन्द्रीय समितिमा प्रवेश गरेका छन् । उनी दाङका पुराना नेता हुन् । उनी ३५ औं नम्बरमा रहे ।

  • नेविसंघ र तरुण दलका अध्यक्ष स्वतः पदमुक्त

    नेविसंघ र तरुण दलका अध्यक्ष स्वतः पदमुक्त

    काठमाडौं । नेपाली कांग्रेसको मुख्य भ्रातृसंस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल नेतृत्वविहीन भएका छन् ।

    दुवै संस्थाका केन्द्रीय अध्यक्ष नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै कांग्रेस विधानको व्यवस्था अनुसार पद रिक्त भएको हो ।

    कांग्रेस विधानको दफा ४२ को उपदफा १ को घ मा भ्रातृ संघको पदाधिकारी वा सदस्य पार्टीको कुनैपनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भएमा भ्रातृ संघको पद रिक्त हुने व्यवस्था छ ।

    ‘पार्टीको कुनैपनि तहको पदाधिकारी वा सदस्य भ्रातृ संघको पदाधिकारी वा सदस्य हुनेछैन । भ्रातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनैपनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भएमा निजको भ्रातृ संघको पद स्वतः रिक्त हुनेछ’, कांग्रेस विधानमा उल्लेख छ ।

    यो व्यवस्था अनुसार नेविसंघ अध्यक्ष राजीव ढुंगाना र तरुण दलका अध्यक्ष जितजंग बस्नेत स्वतः अध्यक्षबाट पदमुक्त भएका छन् । उनीहरु दुवै खुल्ला तर्फबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका कारण पद रिक्त हुने निश्चित भएको हो ।

  • खुला केन्द्रीय सदस्यमा देउवाको वर्चश्व, कोइराला पक्षका ९ जनाले जिते

    खुला केन्द्रीय सदस्यमा देउवाको वर्चश्व, कोइराला पक्षका ९ जनाले जिते

    काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ ।

    ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।

    शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए ।

    शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो ।

  • कांग्रेस निर्वाचन : खुला केन्द्रीय सदस्यको मतगणना सकियो, शशांकलाई लोकप्रिय मत

    कांग्रेस निर्वाचन : खुला केन्द्रीय सदस्यको मतगणना सकियो, शशांकलाई लोकप्रिय मत

    काठमाडौं ।  नेपाली कांग्रेसको खुला तर्फको केन्द्रीय सदस्यहरुको मतगणना सकिएको छ ।

    केन्द्रीय कार्यालय सानेपामा केही बेरअघि गणना सकिएको हो । परिणाम केहीबेरमा सार्वजनिक गर्ने तयारी छ ।

    १४ औं महाधिवेशनबाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । ३५ सदस्यका लागि ९९ जना उम्मेदवारी परेको थियो ।

    खुला केन्द्रीय सदस्यमा शशांक कोइरालाले सबैभन्दा लोकप्रिय मत पाएका छन् ।

    यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पाएका छन् ।

  • कांग्रेसका ‘टप टेन फिगर’ – रामहरीले रमेश लेखकलाई टप्दा कसको स्थान कहाँ ?

    कांग्रेसका ‘टप टेन फिगर’ – रामहरीले रमेश लेखकलाई टप्दा कसको स्थान कहाँ ?

    काठमाडौं । नेपाली कांग्रेसको ३५ खुला केन्द्रीय सदस्यतर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा जिततर्फ अग्रसर केन्द्रीय सदस्यहरुको मोटामोटी आँकलन हुन थालेको छ ।

    सुरुदेखिनै ‘टप टेन’ सूचीमा रहेका नेताहरु लगभग यथावत रहे पनि उनीहरुबीच तलमाथि भने जारी छ । यसअघि ३ हजार मत गन्दा पाँचौ नम्बरमा रहेका रमेश लेखकलाई ३५ सय गनिसक्दा रामहरी खतिवडाले टपेका छन् ।

    खतिवडा टप फाइभमा परेसँगै अरु नेताको पनि मत तलमाथि भएको छ । यसअघि नवौं नम्बरमा रहेका अर्जुन नरसिंह केसी दशौंमा झरेका छन् भने शंकर भण्डारीको पनि मत घटेको छ ।

    संस्थापन इतर समूहबाट अर्जुन नरसिंह केसीमात्र टप टेनमा परेका छन् । शशांक कोइराला शेरबहादुर देउवाको प्यानलमा पनि थिए ।

  • सर्वदलीय शीर्ष बैठकमा पहिलोपटक गगन थापा

    सर्वदलीय शीर्ष बैठकमा पहिलोपटक गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापा पहिलोपटक सर्वदलीय शीर्ष बैठकमा सहभागी भएका छन् ।

    यसअघिका शीर्ष बैठकमा नेपाली कांग्रेसबाट अन्य नेता सहभागी हुने गरेकोमा यसपटक थापा पनि उपस्थित भएका हुन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापालाई बैठकमा सहभागी गराएका हुन् ।

    सत्तारुढ गठबन्धनको समन्वय समितिका संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल पनि बैठकमा छन् ।

    कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि पदाधिकारी हैसियतमा थापाले सर्वदलीय बैठकमा प्रतिनिधित्व गरेका हुन् ।

  • यी हुन् कांग्रेसका ‘टप टेन फिगर’, ३५ भित्र को-को परे ? (सूचीसहित)

    यी हुन् कांग्रेसका ‘टप टेन फिगर’, ३५ भित्र को-को परे ? (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको ३५ केन्द्रीय सदस्यको मतगणना जारी छ । अहिलेसम्मको परिणाम अनुसार टप टेनभित्र दुईजनाबाहेक पुराना अनुहार देखिएका छन् ।

    २९९३ मतगणना हुँदामा डा. शशांक कोइरालाले सर्वाधिक मत ल्याएका छन् । कोइरालाले २ हजार ४ सय ४२ मत ल्याउँदा एनपी साउद दोस्रो स्थानमा रहेका छन् । साउदले १ हजार ८ सय ९६ मत पाएका छन् ।

    तेस्रो स्थानमा रहेका गृहमन्त्री बालकृष्ण खाँणकोे १ हजार ८ सय ९६ मत ल्याएका छन् । चौथो स्थानमा युवा नेता उदयशमशेर राणा रहेका छन् । उनले १ हजार ८ सय ८ मत ल्याएका छन् ।

    पाँचौ स्थानमा रहेका रमेश लेखकले १ हजार ७ सय ८२ मत ल्याउँदा छैटौ स्थानमा रहेका शंकर भण्डारीले १ हजार ७ सय ७१ मत ल्याएका छन् । सातौ स्थानका रामहरी खतिवडाले १ हजार ७ सय ७० मत पाएका छन् ।

    सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १ हजार ७ सय ६४ मतसहित आठौ स्थानमा छन् । त्यस्तै नवौं स्थानमा रहेका अर्जुननरसिंह केसीले १ हजार ७ सय १० मत ल्याएका छन् । त्यस्तै १ हजार ६ सय ७४ मतसहित जिपछिरिङ लामाले टपटेनमा स्थानमा बनाएका छन् ।

    डा. शशांक कोइराला २४४२

    एनपी साउद १८९६

    बालकृष्ण खाण १८५१

    उदय शमशेर राणा १८०८

    रमेश लेखक १७८२

    शंकर भण्डारी १७७१

    रामहरी खतिवडा १७७०

    ज्ञानेन्द्रबहादुर कार्की १७६४

    अर्जनुनरसिंह केसी १७१०

    जिपछिरिङ लामा १६७४

    यस्ताे छ अन्य सदस्यहरुकाे मत परिणाम

  • खुल्ला केन्द्रीय सदस्यमा शशांकलाई ८१ प्रतिशत मत, को-को छन् जितउन्मुख ? (मतसहित)

    खुल्ला केन्द्रीय सदस्यमा शशांकलाई ८१ प्रतिशत मत, को-को छन् जितउन्मुख ? (मतसहित)

    काठमाडौं । नेपाली कांग्रेसको खुला ३५ जना केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । हालसम्म २ हजार ९ सय ९३ मत गनिएको छ ।

    हालसम्मको परिणाममा २ हजार ४ सय ४२ मत ल्याएर निवर्तमान महामन्त्री डा. शशांक कोइराला पहिलो नम्बरमा रहेका छन् । हालसम्म प्राप्त मतगणनाको नतिजा यस्तो छ-

  • सिटौलाको घर पुगेर विश्वप्रकाशले लिए आशीर्वाद

    सिटौलाको घर पुगेर विश्वप्रकाशले लिए आशीर्वाद

    काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग भेटेर आशीर्वाद लिएका छन् ।

    लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहेको भनिएका सिटौलालाई भेट्न शर्मा निवासमै पुगेका थिए । चण्डोलस्थित सिटौला निवासको आँगनमा सिटौलाले शर्मालाई खादा र अबिर लगाइदिएर शुभकामना दिए । सो क्रममा सिटौलाले सफल कार्यकालको शुभकामना दिए ।

    कांग्रेसको आन्तरिक राजनीतिमा सिटौला-शर्मा सम्बन्ध सुमधुर छैन । सिटौलाकै कारण शर्माले सुशिल कोइराला नेतृत्वको टिम छाड्न बाध्य भएको बताइन्छ । १४ औं महाधिवेशनमा शर्मालाई रोक्नकै लागि सिटौलाले शेरबहादुर देउवासँग सहमति गरेपछि शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।

    महामन्त्रीमा निर्वाचित भएपछि शर्माले सिनियर नेताहरुलाई भेटेर आशीर्वाद लिइरहेका छन् ।

  • कांग्रेस केन्द्रीय सदस्यमा २३९३ मत गन्दा शीर्ष ३५ भित्र को-को परे ? बाँकी गणना आज

    कांग्रेस केन्द्रीय सदस्यमा २३९३ मत गन्दा शीर्ष ३५ भित्र को-को परे ? बाँकी गणना आज

    काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म ५१ प्रतिशत मतगणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् ।

    खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका ९९ उम्मेदवारमध्ये २३९३ अर्थात ५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ नेता कोटाभित्र परेका हुन् ।

    ३५ को कोटाभित्र १९७१ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने केदार कार्की ८१९ मतसहित ३५औं स्थानमा छन् । ८०७ मत ल्याएका यज्ञबहादुर थापा ३६औं स्थानमा पर्दै कोटाभित्र परेनन् । यद्यपि यो अन्तिम परिणाम भने होइन ।

    ५१ प्रतिशत मत गन्दा शीर्ष ३५ भित्र परेका उम्मेदवारहरु

    १. डा‍ शशांक कोइराला- १९७१

    २. एनपी साउद- १५३८

    ३. बालकृष्ण खाँण- १५०७

    ४. रमेश लेखक- १४५१

    ५. ज्ञानेन्द्र बहादुर कार्की- १४२३

    ६. उदय सम्शेर राणा- १४४५

    ७. रामहरी खतिवडा- १३९५

    ८. अर्जुननरसिंह केसी- १३८३

    ९. गोपाल मान श्रेष्ठ- १३२३

    १०. जिप छिरिङ लामा- १३१२

    ११. जितजंग बस्नेत- १२८३

    १२. नैन सिंह महर- १२८२

    १३. डा रामशरण महत- १२८१

    १४. सुनिल बहादुर थापा- १२४६

    १५. बल बहादुर केसी- १२३३

    १६. दिलेन्द्र प्रसाद बडु- १२३१

    १७. मोहन बहादुर बस्नेत- १२०२

    १८. दिपक गिरि- ११७४

    १९. सुरेन्द्र राज पाण्डे- ११५१

    २०. कुन्दन राज काफ्ले- ११४३

    २१. सन्जय कुमार गौतम- १००१

    २२. प्राडा गोविन्दराज पोखरेल- ९६२

    २३. राजीव ढुंगाना- ९३५

    २४. डा। गोपाल दहित- ९३१

    २५. कृष्णकिशोर घिमिरे- ९२९

    २६. दिनेश कोइराला- ९२५

    २७. बिरेन्द्र कुमार कनौडिया- ९१९

    २८. इ मोहन आचार्य- ९१३

    २९. अजयबाबु सिवाकोटी- ९०९

    ३०. मदन बहादुर अमात्य- ९०८

    ३१. उमेश जंग रायमाझी- ८९१

    ३२. गणेश लामा- ८८८

    ३३. मंगल प्रसाद थारु- ८७१

    ३४. मनोज मणि अचार्य-८५४

    ३५. केदार कार्की- ८१९

    शनिबार रातभर लाग्ने भएपछि उम्मेदवारकै सहमतिमा मतगणना आज हुने गरी स्थगित गरिएको हो । अब २२८९ मत गन्न बाँकी छ । आइतबार आउने अन्तिम मतपरिणाममा यो नतिजा फेरिन सक्छ ।

  • कांग्रेस निर्वाचन : १५८९ मत गणना हुँदा शशांक पहिलो, अजयबाबु ३५ औं नम्बरमा (सूचीसहित)

    कांग्रेस निर्वाचन : १५८९ मत गणना हुँदा शशांक पहिलो, अजयबाबु ३५ औं नम्बरमा (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्य तर्फको मतगणना जारी रहेको छ ।

    १५८९ मतगणना हुँदा डा. शशांक कोइराला १३१३ मतसहित पहिलो स्थानमा छन् । यस्तै एनपी साउँद १०२२ मतसहित दोस्रोमा रहेका छन् ।

    बालकृष्ण खाँडले ९७५, रमेश लेखकले ९६९ र ज्ञानेन्द्रबहादुर कार्कीले ९५५ मत प्राप्त गरेका छन् ।

    यस्तो छ अन्य सदस्यहरुको विवरण

  • कांग्रेस महाधिवेशन – ९८८ मत गन्दा ८१४ मतसहित शशांक पहिलो, कसले कति पाए ? (सूचीसहित)

    कांग्रेस महाधिवेशन – ९८८ मत गन्दा ८१४ मतसहित शशांक पहिलो, कसले कति पाए ? (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फका ३५ सदस्यको लागि भएको मतगणना ९८८ सय सकिँदा शशांक कोइराला ८१४ मतसहित शीर्षस्थानमा छन् ।

    दोस्रो स्थानमा ६३१ मतसहित एनपी साउँद छन् ।

    बालकृष्ण खाँण, ज्ञानेन्द्रवहादुर कार्की, शंकर भण्डारी, रामहरी खतिवडा, अर्जुन नरसिंह केसी, उदय शमसेर जबरा लगायतका नेता शीर्ष १० स्थानमा रहेका छन् ।

  • कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने

    कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने

    जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अगामी पुस ६ र ७ गते हुने भएको छ ।

    महाविधेशनअघि नै प्रदेश अधिवेशनको उद्घटान भए पनि सर्लाहीसहितका जिल्लामा विवाद समाधान नहुँदा कांग्रेसको प्रदेश २ को अधिवेशन अझै हुन सकेको छैन ।

    विवाद हुँदा पार्टी केन्द्रीय महाधिवेशनमा असर नपरोस भनेर स्थगित गरिएको प्रदेश अधिवेशन अब यही पुस ६ र ७ गते हुने भएको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते गर्ने निर्णय गरेको छ ।

    निर्वाचन समिति सदस्य अरुणकुमार यादवका अनुसार महाधिवेशन सम्पन्न पश्चात पुस ६ र ७ गते प्रदेश अधिवेशन हुने निर्णय भएको हो ।

    यता, प्रदेश अधिवेशनको मिति पुनः तोकिएपछि प्रदेशमा कांग्रेस नेताहरूको चहलपहल बढेको छ ।

    प्रदेश सभापतिका लागि देउवा समूहबाट रौतहटका जिल्ला सभापति कृष्ण यादव, विमलेन्द्र निधी समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, स्वतन्त्र उम्मेदवारको रूपमा रञ्जित कर्णले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका थिए ।

    पार्टीको महाधिवेशनअघि प्रदेशमा कृष्णा यादव र रामसरोज यादव बलियो उम्मेदवारको रूपमा देखिए पनि महाधिवेशन पश्चात समिकरण फेरिएको शेखर कोइराला समूहले पनि उम्मेदवारी दिन सक्ने कांग्रेसका नेताहरूको भनाई छ ।

  • प्रचण्डले गठबन्धन बैठक मागेका थिए, तर देउवाले बोलाए एमसीसी शीर्षकमा सर्वदलीय बैठक

    प्रचण्डले गठबन्धन बैठक मागेका थिए, तर देउवाले बोलाए एमसीसी शीर्षकमा सर्वदलीय बैठक

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौतालाई संसदमा पेश गर्नेबारेमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने भएका छन् ।

    देउवाले त्यसका लागि आइतवार अपरान्ह सर्वदलीय बैठक बोलाएका छन् ।

    संसदमा एमालेको अवरोध र एमसीसी पेश गर्ने सन्दर्भमा सहमति जुटाउन सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।

    सत्ता गठबन्धनका एक नेता माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनको बैठक बोलाउन देउवालाई आग्रह गरेका थिए । तर देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

    यसअघि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको एमाले आइतवार जान्छ कि जाँदैन ? यसबारे अहिलेसम्म छलफल नभएको एमाले नेताहरुले बताएका छन् ।

    एमसीसी टेबल गर्न सरकारमाथि दबाब छ । तर सत्ता गठबन्धनका नेकपा माअ‍ोवादी केन्द्र र नेकपा एस जस्ताको तस्तै एमसीसी पारित गर्न नहुने पक्षमा छन् ।

    देउवा भने एमसीसी अहिलेकै अवस्थामा पारित गर्न चाहान्छन् ।

    विपक्षी एमालेले एमसीसी पहिले सरकारले संसदमा पेश गरोस् भन्नेमा छ । सरकारले ल्याउने प्रस्ताव वा विधेयक पारित गर्नु सत्तारुढ दलहरुको काम भएकाले यसमा एमाले अनावश्यक रुपमा प्रोभोक नहुने प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

  • कांग्रेस केन्द्रीय सदस्यको मतगणना रातिसम्म सक्ने तयारी, ८ सय मत गन्दा यी हुन् टप टेनभित्र पर्ने नेता

    कांग्रेस केन्द्रीय सदस्यको मतगणना रातिसम्म सक्ने तयारी, ८ सय मत गन्दा यी हुन् टप टेनभित्र पर्ने नेता

    काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ ३५ केन्द्रीय सदस्यको लागि भएको मतगणनाको विवरण बाहिर नल्याई निर्वाचन समितिले सकेसम्म राति अबेरसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

    ३५ केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार छन् । खुलातर्फ कांग्रेसका प्रभावशाली र बरिष्ठ नेताहरुबीच प्रतिस्पर्धा छ । निवर्तमान महामन्त्री डा.शशांक कोइराला दुवैतर्फको प्यानलमा परेकाले पहिलो नम्बरमा छन् ।

    १२ ठाउँमा भइरहेको गणनाको पछिल्लो मत संख्या सार्वजनिक गरिएको छैन । मतगणनास्थलमा रहेका एक कांग्रेस नेताका अनुसार ८ सय मत गन्दा पहिलो नम्बरमा शशांक छन् भने दोस्रो नम्बरमा बालकृष्ण खाँण छन् ।

    तेस्रो स्थानमा ज्ञानेन्द्रवहादुर कार्की रहँदा चौथोमा रामहरी खतिवडा र पाँचौ स्थानमा अर्जुन नरसिंह केसी छन् । त्यस्तै छैटौंमा रमेश लेखक, सातौंमा एनपी साउद, आठौंमा रामशरण महत र नवौंमा दिलेन्द्र बडू छन् भने बलवहादुर केसी दशौं नम्बरमा छन् ।

    तर विभिन्न बुथमा गनेको मत तलमाथि भइरहेको छ । शुरुमा एक सय मत गन्दा दोस्रो नम्बरमा रहेका उदय शमसेर जबरा पछिल्लो चरणमा टप टेनभन्दा बाहिर परेका छन् ।

    मतगणना आधा नाघेपछिमात्र ३५ जनामा को को पर्छन् भन्ने आँकलन गर्न सकिने निर्वाचन समितिका एक सदस्यले बताए । गणना भइरहँदा केन्द्रीय सदस्यका उम्मेदवारमध्ये कतिपय आफैं गणनास्थलमा छन् भने केहीले प्रतिनिधि पठाएका छन् ।

  • विपक्षीले पत्याएका मुख्यमन्त्री शाही पार्टीबाटै अस्वीकृत हुनुका चार कारण

    विपक्षीले पत्याएका मुख्यमन्त्री शाही पार्टीबाटै अस्वीकृत हुनुका चार कारण

    ‘राठको बैरी राठै, काठकौ बैरी काठै अर्थात् फलामलाई फलामले नै काट्छ, काठलाई काठले नै !’ कर्णाली क्षेत्रको रैथाने यो उखान पछिल्लो समय नेपाली राजनीतिमा निकै मेल खान थालेको छ ।

    व्यक्तित्व र समाजमा उसले गरेको कामका कारण नागरिकसँगै अन्य राजनीतिक दलले विश्वास गरे पनि पार्टी भित्रकै गुटले लत्याइएपछि ठूलै नेताको पनि केही लाग्दो रहेनछ । जसको ज्वलन्त उदारहण हुन्, कांग्रेस सहमहामन्त्रीमा पराजित कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही ।

    मुख्यमन्त्री शाही कर्णाली प्रदेशसभामा भएका २४ वटा निर्वाचन क्षेत्रमध्ये हुम्ला ‘ख’ बाट निर्वाचित हुन् । यहाँ कांग्रेसबाट प्रत्यक्ष चुनाव जित्ने एकमात्र सांसद हुन् । उनले कर्णाली प्रदेशसभामा नेकपा एमालेबाहेकका सबै राजनीतिक दलको समर्थनमा प्रदेशको मुख्यमन्त्री हात पारे ।

    तर पार्टीको १४ औं महाधिवेशनमा पार्टीभित्रका १३ पदाधिकारीमा उनी परेनन् । पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको उम्मेदवार भएका शाहीलाई कांग्रेस कार्यकर्ताले पत्याएनन् । कार्यकर्ताले बाजुराका पूर्व राष्ट्रियसभा सदस्य बद्री पाण्डेसँग पत्याए ।

    प्रधानमन्त्री तथा पार्टीका नवनिर्वाचित सभापति शेरबहादुर देउवाको किचन क्याबिनेटकै रुपमा चिनिने कर्णालीका मुख्यमन्त्री शाही कसरी पराजित भए ? निकै चर्चाको विषय बनेको छ ।

    पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धनसँगै कर्णाली प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीको सट्टामा कांग्रेस प्रदेश दलका नेता शाही कात्तिक दोस्रो साता मुख्यमन्त्री बनेका थिए ।

    यसअघि संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री बनिसकेका शाही कर्णाली सत्ताको बागडोर सम्हाल्न पुगे पनि आखिर आप्mनै पार्टीको जिम्मेवारीका लागि देशभरका प्रतिनिधिले अयोग्य ठहर्याए ।

    कर्णालीका समकालीन राजनीतिक पात्रमध्येका एक चतुर खेलाडीका रुपमा चिनिने मुख्यमन्त्री शाही आप्mनै पार्टीभित्र पराजय हुनुका थुप्रै कारण छन्, तीमध्ये खास चार कारण यस्तो छ–

    १. राजनीतिमा युवा हस्तक्षेप

    कर्णाली प्रदेशका मुख्यमन्त्री शाही आफूलाई युवा नेता भन्न रुचाउँछन् र उनलाई चिन्नेले पनि युवा नेता नै भन्छन् । तर उनका प्रतिस्प्रर्धी बद्री पाण्डे भन्दा उनी केही वर्ष जेठा हुन् ।

    पचासको दशकपछि सिधै कांग्रेसको पार्टी राजनीतिमा जोडिएका शाही कर्णालीमा चिनिएका नेता हुन् । तर देशभरका कांग्रेसजनमा बद्री पाण्डेको तुलनामा उनी कमजोर छन् । यो पनि उनको हारको एउटा कारण हो ।

    यसका अलावा कांग्रेस भित्र जुनसुकै नेताको नाममा जस्तोसुकै गुट–उपगुट भएपनि नेपाल विद्यार्थी संघको केन्द्रीय राजनीतिमा संलग्न युवा नेताहरुको हस्तक्ष्प कांग्रेसको १४ औं महाधिवेशनमा बढ्नु र सोहीअनुरुप पदाधिकारीमा नेताहरु विजयी हुनुले पनि शाहीको सह–महामन्त्री यात्रामा ठेस लागेको बुझ्न सकिन्छ ।

    उनका प्रतिस्प्रर्धी पाण्डे नेविसंघकै पूर्वनेता हुन् । देशभरका युवालाई नेतृत्वमा ल्याउनु पर्छ भन्ने कांग्रेस प्रतिनिधिहरुको सन्टिमेन्टले पनि शाहीलाई पार्टीको जिम्मेवारीका उपयुक्त देखेन ।

    २. क्षेत्रीय सेन्टिमेन्ट

    ‘आफ्नो देशको काग पनि प्यारो हुन्छ’ भन्ने पौराणिक उखान नेपालको राजनीति वृतमा मेल खान्छ । राजनीतिक व्यवस्था र प्रणाली फेरिएर त्यसको कार्यान्वयन क्रमशः संस्थागत हुँदै गएको छ । पार्टीको नेतृत्वबाटै कुनै अवसर वा जिम्मेवारी दिने सवालमा पहिलो आफन्त (नजिक र विश्वाशिलो पात्र) खोज्ने नेपालको राजनीतिक प्रवृत्ति छ । जसकारण पार्टीका कार्यकर्ताले पनि नेता छान्दा नजिकको र आफन्त छान्ने व्यवहारको मारमा कर्णालीका मुख्यमन्त्री शाही परेका छन् ।

    उनको निर्वाचन जित्ने सबैभन्दा ठूलो आधार संस्थापन पक्षको नेतृत्व अर्थात् सभापति शेरबहादुर देउवा नै थिए । तर सभापति देउवा र शाहीका प्रतिस्पर्धी पाण्डे एकै प्रदेशबाट प्रतिनिधित्व गर्ने भएका कारण पनि केही मतमा उनलाई सिण्डिकेट लागेको देखिन्छ ।

    सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नौ जिल्लाका संस्थापन पक्ष र संस्थापनइतरका कांग्रेस प्रतिनिधिमा भेगीय सेन्टिमेन्टले धेरै काम गरेको छ । कांग्रेस सुदूरपश्चिममा भविष्यका नेताका रुपमा पाण्डेलाई अथ्र्याएर अघि बढाउँदा राम्रो हुन्छ भन्ने आन्तरिक सर्कुलरका कारण पनि शाहीले अपेक्षाकृत मत प्राप्त गर्न सकेनन् ।

    सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने संस्थापन पक्षकै एक कांग्रेस नेताका अनुसार पार्टी भित्र जुनसुकै गुट भएपनि बद्री पाण्डे अघि बढाउँदा देउवापछिको नेता प्रदेशले पाउने आश थियो । जसकारण सुदूरपश्चिमको धेरै मत बद्री पाण्डेतिर गयो । परिणामतः शाही हारे ।

    ३. सत्ताप्रतिको असन्तुष्टि

    राजनीतिक तर्क र मासलाई आकर्षण गर्ने क्षमता भएका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सांस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए । पार्टी भित्रका धेरै आकांक्षीलाई पछार्दै शाही संघीय मन्त्री बन्न सफल पनि भए । तर उनी सरकारमा हुँदा धेरै नेता कार्यकता चिडिए ।

    समकक्षी नेताहरुले त्यसको रिस फेर्ने अवसरका रुपमा महाधिवेशनलाई लिए । मुख्यमन्त्री भएपछि पनि खासै काम गर्न नसकेका शाहीलाई कर्णालीकै प्रतिनिधिले पनि पत्याएनन् ।

    सत्तासँग सिमित साधन हुने र कार्यकर्ताका असीमित आकांक्षा हुने भएकाले सत्ताप्रति आमनागरिकसागै पार्टीका नेता तथा कार्यकर्ताले असन्तुष्टि व्यक्त गरिरहेकै हुन्छन् । शाहीलाई यो कुराले पनि पराजय व्यहोर्न बाध्य पारेको हुनसक्छ ।

    ४. राजनीतिमा हेड काउण्टको महत्व

    नेपालको संविधानले लामो समयको एकात्मक राज्य व्यवस्थालाई परिवर्तन गरेर संघात्मक व्यवस्थामा गएसँगै राज्यको मूलप्रवाहमा समाहित नभएका वर्ग, क्षेत्र, जातजाति, लिंगको सहभागिता सुनिश्चित गरेको भनिन्छ । तर व्यवहार अझै हेडकाउन्टकै हुने गरेको छ ।

    सुदूरपश्चिमभन्दा कर्णाली स्वभाविकरुपमा कांग्रेसको कमजोर प्रदेश हो । कांग्रेसको केन्द्रीय नीति निर्माण तहमा कर्णालीको पहुँच छैन । त्यस्ता क्षेत्रलाई समावेश गर्न कांग्रेसले विधानमै सह–महामन्त्रीको पदलाई पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यवस्था त गर्यो तर परिणाम दुई कार्यकाल पार्टीको नेतृत्व र धेरैपटक देशको नेतृत्व गरेको प्रदेशबाटै उक्त क्षेत्रको प्रतिनिधित्व गर्ने अवस्था आयो ।

    यसको एउटै कारण हो, नेपालको ‘राजनीतिमा हेडकाउन्ट’को बढ्दो प्रभाव । सुदूरपश्चिम प्रदेशमा भन्दा कर्णालीमा एक जिल्ला बढी छ । तर जनसंख्या र कांग्रसको क्रियाशील सदस्यको संख्याका आधारमा सुदूरपश्चिम कर्णाली भन्दा निकै माथि छ । जहाँको संख्या बढी हुन्छ, त्यतैकाले प्रतिनिधित्व गर्ने व्यवस्था लोकतन्त्रको मेरुदण्ड हो ।

    तर नेपालको समावेशी शासन व्यवस्थाले अंगीकार गरेको भावना र मर्मअनुसार व्यवहारमा कार्यान्वयन गर्न त्यहीं हेडकाउन्टले काम गरेको छ । जसकारण प्रतिस्पर्धामा शाही पछाडि परे ।

    नेपाली राजनीतिमा पछिल्लो समय देखिएका आन्तरिक गुट–उपगुटहरु कसरी झाँंगिदै छन् ? यस्ता गुटहरु अन्य पार्टीभन्दा थप किन खतरनाक हुँदैछन् भन्ने प्रतिकात्मक रुपमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको पराजयलाई लिन सकिन्छ ।

  • कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा शशांकको अग्रता, उदय शमशेर दोस्रो

    कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा शशांकको अग्रता, उदय शमशेर दोस्रो

    काठमाडौं । नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणनामा नेता शशांक कोइरालाले अग्रता लिएका छन् । एक सय मतगणनामा कोइरालाले ६५ मत ल्याएका छन् । त्यस्तै दोस्रोमा उदश शमशेर राणा र तेस्रोमा रामहरी खतिवडाले मत ल्याएका छन् ।

    खुल्ला केन्द्रीय सदस्यको १५ स्थानमा मतगणना भइरहेको छ । मतगणना केहीबेर अघि सुरु भएको हो ।

    खुल्ला सदस्यतर्फको मतगणना भोलि बिहानसम्म सकिने अनुमान गरिएको छ । कांग्रेसमा सभापतिसहित १३ पदाधिकारीको मतमणना सकिइसकेको छ । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगाण्ना सकिएको हो ।

    त्यस्तै, पिछडिएको क्षेत्र र मधेसी महिलातर्फको केन्द्रीय सदस्यको नतिजा आइसकेको छ । जसअन्तर्गत अर्जुनबहादुर सिंह र चित्रलेखा यादव विजयी भइसकेका छन् ।

  • कांग्रेस चुनावः ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु, भोलि बिहानसम्म नतिजा आउने

    कांग्रेस चुनावः ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु, भोलि बिहानसम्म नतिजा आउने

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदानको ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ । कांग्रेस पार्टी कार्यालयमा मतगणना सुरु भएको हो ।

    निर्वाचन समितिले खुला केन्द्रीय सदस्यका उम्मेदवारलाई आफैं वा आधिकारिक प्रतिनिधि एकजना मतगणनास्थलमा पठाउन भनेको छ ।

    खुल्ला सदस्यतर्फको मतगणना भोलि बिहानसम्म सकिने अनुमान गरिएको छ । कांग्रेसमा सभापतिसहित १३ पदाधिकारीको मतमणना सकिइसकेको छ । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगाण्ना सकिएको हो ।

    त्यस्तै, पिछडिएको क्षेत्र र मधेसी महिलातर्फको केन्द्रीय सदस्यको नतिजा आइसकेको छ । जसअन्तर्गत अर्जुनबहादुर सिंह र चित्रलेखा यादव विजयी भइसकेका छन् ।

  • पिछडिएको क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्यमा देउवा प्यानलका सिंह विजयी

    पिछडिएको क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्यमा देउवा प्यानलका सिंह विजयी

    काठमाडौं । नेपाली कांग्रेसको पिछडिएको क्षेत्रतर्फबाट केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा प्यानलका अर्जुनबहादुर सिंह विजयी भएका छन् । सिंहले दुई हजार ६७७ मत ल्याए भने उनका प्रतिस्पर्धी दीपकजङ्ग शाहीले दुई हजार ५६ मत मात्रै प्राप्त गरेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

    विजयी सिंह पूर्वपरराष्ट्र राज्यमन्त्री तथा कोरियाका लागि पूर्वराजदूत हुन् ।

    त्यस्तै नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा शेरबहादुर देउवा समूहकी चित्रलेखा यादव सिन निर्वाचित भएकी छन् । उनले शेखर कोइराला समूहकी गिता चौधरीलाई पराजित गरेकी हुन् । चित्रलेखाले २७३१ मत प्राप्त गर्दा चौधरीले १८८५ मत प्राप्त गरिन् ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । पदाधिकारीको मतगणना सकिएपछि आज १० बजेदेखि ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ ।

    कांग्रेसको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले एक सूचना जारी गर्दै मतगणनाका लागि उम्मेदवार वा एकजना प्रतिनिधि मगतणनास्थल सानेपामा पठाइदिन पनि आग्रह गरेका छन् ।

    कांग्रेसमा सभापतिसहित १३ पदाधिकारीको मतमणना सकिइसकेको छ । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगाण्ना सकिएको छ ।

  • कांग्रेस चुनावः ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना १० बजेदेखि

    कांग्रेस चुनावः ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना १० बजेदेखि

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । पदाधिकारीको मतगणना सकिएपछि आज १० बजेदेखि ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ ।

    कांग्रेसको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले एक सूचना जारी गर्दै मतगणनाका लागि उम्मेदवार वा एकजना प्रतिनिधि मगतणनास्थल सानेपामा पठाइदिन पनि आग्रह गरेका छन् ।

    कांग्रेसमा सभापतिसहित १३ पदाधिकारीको मतमणना सकिइसकेको छ । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगाण्ना सकिएको छ ।

  • कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी

    कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा शेरबहादुर देउवा समूहकी चित्रलेखा यादव निर्वाचित भएकी छन् ।

    उनले शेखर कोइराला समूहकी गिता चौधरीलाई पराजित गरेकी हुन् ।

    चित्रलेखाले २७३१ मत प्राप्त गर्दा चौधरीले १८८५ मत प्राप्त गरिन् ।

    यादव ८४६ मतान्तर्ले विजयी भएकी हुन् ।

  • कांग्रेस निर्वाचन : पिछडिएको क्षेत्रअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना आज

    कांग्रेस निर्वाचन : पिछडिएको क्षेत्रअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना आज

    काठमाडौं । नेपाली कांग्रेसमा आजबाट केन्द्रीय सदस्यको मतगणना थालिने भएको छ ।

    शुक्रबार पदाधिकारीमध्ये सहमहामन्त्रीको मतगणना सकिएसँगै केन्द्रीय सदस्यको गणना थाल्न लागिएको हो ।

    आज केन्द्रीय सदस्यमा पिछडिएको क्षेत्र (खुला) एक सिटको मतगणना हुने भएको छ ।

    उक्त पदमा सभापित शेरबहादुर देउवा पक्षका अर्जुनजंङ्गबहादुर सिंह र शेखर कोइराला पक्षका दीपकजङ्ग शाह उम्मेदवार छन् ।

    महाधिवेशन अन्तर्गत गत सोमबार भएको निर्वाचनमा कूल ४६८६ मत खसेको थियो ।

  • मधेसी महिला केन्द्रीय सदस्यको मतगणना भोलिलाई सर्‍यो

    मधेसी महिला केन्द्रीय सदस्यको मतगणना भोलिलाई सर्‍यो

    काठमाडौं । आजबाट सुरु हुने भनिएको कांग्रेस १४औं महाधिवेशनअन्तर्गत मधेसी महिला केन्द्रीय सदस्यको मतगणना नहुने भएको छ ।

    ४ पदका लागि पाँच जना उम्मेदवार रहेको मधेसी महिला केन्द्रीय सदस्यको मतगणनमा आज नहुने भएको हो ।

    उक्त मतगणना शनिबार गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ । मतगणना बिहान ९ बजेबाट सुरु हुने समितिले जनाएको छ ।

    सोमबार सम्पन्न निर्वाचनमा किरण यादव, मञ्जु कुमारी यादव, नागिना यादव, मीनाक्षी झा र मुक्ता कुमारी यादव उम्मेदवार रहेका छन् । निर्वाचनमा कूल ४६८६ मत खसेको थियो ।

  • कांग्रेस चुनावको साइड इफेक्ट : रक्षामन्त्रीले राजीनामा दिए, मुख्यमन्त्रीले के गर्छन् ?

    कांग्रेस चुनावको साइड इफेक्ट : रक्षामन्त्रीले राजीनामा दिए, मुख्यमन्त्रीले के गर्छन् ?

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कांग्रेसको सहमहामन्त्री पदमा पराजय चाखेका छन् । उनले सभापति देउवाको शक्तिशाली प्यानलबाट उम्मेदवारी दिएका थिए ।

    सरकारी उच्च ओहोदामा रहेर कांग्रेसको चुनाव हार्ने उनी दोस्रो नेता हुन् । रक्षामन्त्री मिनेन्द्र रिजालले महामन्त्रीमा पराजित भएपछि पदबाट राजीनामा दिएका थिए । कतिपयलाई कौतुहल छ, के शाहीले पनि रिजालको पदचिन्ह पछ्याउलान् ? त्यस्तो सम्भावना न्यून देखिएको छ ।

    त्यसो त संसदीय चुनावमा जनताको भोट पाएर निर्वाचत भएकाहरु पार्टीको चुनाव हार्दैमा नैतिक दवाव पर्दन भन्ने एकथरि मत छ । अर्कोथरिले चाहिँ आफ्नै पार्टी पंतिले नपत्याएकाहरुसँग देशको जिम्मेवारी सम्हाल्ने नैतिक बल नहुने तर्क गर्छन् ।

    तर्क–वितर्क जे भए पनि कर्णालीका मुख्यमन्त्री शाही लामो प्रतिक्षापछि आर्जित मुख्यमन्त्री पदलाई सहजै त्याग्ने पक्षमा छैनन् । सिद्धान्तभन्दा सत्तालाई प्राथमिकतामा राख्ने उनको पृष्ठभूमिले पनि त्यस्तो आशा राखन सकिन्न ।

    यीनै शाही हुन्, जसले राजा ज्ञानेन्द्रको २०६१ को माघ १९ कदमलाई समर्थन गर्दै तत्कालीन जिल्ला विकास समिति हुम्लाको सभापति पड्काएका थिए । राजालाई समर्थन गरेका व्यक्तिलाई अहिले मुख्यमन्त्री बनाइएको भन्दै असन्तुष्टिका स्वर नसुनिएका होइनन् । शाहीले प्रदेश लोकसेवा आयोगमा आफ्नै श्रीमतीलाई सदस्य बनाएका छन् ।

    मुख्यमन्त्री भएको डेढ महिनासम्म पनि मुख्यमन्त्री शाहीले मन्त्रीपरिषदलाई पुर्णता दिन सकेका छैनन् । यसबाट उनको कार्यक्षमतामा समेत प्रश्न उठ्ने गरेको छ ।

    उनी प्रमुख प्रतिपक्षी दलको नेता हुँदा संसदमा कर्णालीका जनता र यस क्षेत्रको सवालमा विभिन्न मुद्दा उठाउने तर तत्कालीन सरकारसंग साँठगाँठ गर्ने गरेको आरोप समेत लाग्ने गरेको थियो ।