Category: नेपाली कांग्रेस

  • कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बस्दै, बैठकअघि नवनिर्वाचित पदाधिकारीले प्रमाणपत्र लिने

    कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बस्दै, बैठकअघि नवनिर्वाचित पदाधिकारीले प्रमाणपत्र लिने

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो केन्द्रीय समिति बैठक आज शनिबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    निर्वाचित पदाधिकारी एवं सदस्यलाई ुनिर्वाचित भएको प्रमाण पत्रु वितरण कार्यक्रम त्यसअघि बिहान ११ बजे तय भएको छ । सभापति शेरबहादुर देउवासहित १३४ जनाले प्रमाणपत्र लिने समय तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

    कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन सूचना जारी गरेको छ। कांग्रेस महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन्। विधानअनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन्।

  • कांग्रेस प्रदेश २ मा संस्थापनइतर प्यानल बढारियोः सभापतिमा कृष्ण राय यादव विजयी

    कांग्रेस प्रदेश २ मा संस्थापनइतर प्यानल बढारियोः सभापतिमा कृष्ण राय यादव विजयी

    जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ मा सभापति शेरबहादुर देउवा पक्षको प्यानलै विजयी भएको छ । सभापतिमा रौतहटका कृष्ण राय यादव विजयी भएका छन् । उनले प्रदेशकै भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका रामसरोज यादवलाई पराजित गरेका हुन् । विमलेन्द्र निधि समूहका रामसरोजले शेखर कोइराला समूहसँग सामूहिक प्यानल बनाएर उम्मेदवारी दिएका थिए ।

    शुक्रबार राति घोषणा गरिएको मतपरिणाम अनुसार निर्वाचित दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक महिला महामन्त्रीमा समेत देउवा समूहकै उम्मेदवार विजयी भएका छन् ।

    उपसभापतिमा देउवा समूहका वीरेन्द्र सिंह र चन्द्रशेखर कुमार यादव निर्वाचित भएका छन् । सिंहले १ हजार १९ र चन्द्रशेखरले ८९५ मत ल्याएका हुन् । सिंह प्रदेश २ का महिला, बालबालिका, यूवा तथा खेलकु मन्त्री पनि हुन् ।

    महामन्त्रीमा उपेन्द्रकुमार यादव र बृहस्पति कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । देउवा समूहकै उपेन्द्रले ९५९ र श्रेष्ठले ७८८ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । उपेन्द्र सिरहा नगरपालिकाका पूर्वमेयर हुन् ।

    निर्वाचन समितिले सुरुमा महामन्त्रीमा उपेन्द्र र नरेश यादव विजयी भएको घोषणा गरेको थियो । तर पछि मतपरिणाम अपडेट गर्न त्रुटि भएको भन्दै नरेशको ठाउँमा बृहस्पति निर्वाचित भएको घोषणा गरियो । जसका कारण विवाद उत्पन्न भएको थियो ।

    सुरुमा विजयी घोषणा भएका नरेश रामचन्द्र पौडेल अर्थात् शेखर कोइराला समूहका छन् । उनले धाँधली गरेर बृहस्पतिलाई निर्वाचन समितिले जिताएको आरोप लगाए । उनले विजयी घोषणा गरेअनुसार महामन्त्रीको प्रमाणपत्र माग्दै निर्वाचन समितिलाई निवेदन समेत बुझाएका थिए ।

    यस्तै सहमहामन्त्रीमा पनि देउवा समूहकै पर्शुराम चौधरी र जयनारायण यादव निर्वाचित भएका छन् । चौधरीले ८२२ र यादवले ८७९ मत ल्याएर विजयी भएका हुन् । चौधरी सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्षसमेत छन् ।

    महिला सहमहामन्त्रीमा देउवा समूहकै बिन्दु यादव निर्वाचित भएकी छन् । उनी ८८९ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

  • त्रिविको चेतावनीपूर्ण सूचनापछि सरस्वती क्याम्पसका उपप्राध्यापक गुरागाईद्वारा राजीनामा

    त्रिविको चेतावनीपूर्ण सूचनापछि सरस्वती क्याम्पसका उपप्राध्यापक गुरागाईद्वारा राजीनामा

    काठमाडौं । सरस्वती बहुमुखी क्याम्पसका उपप्राध्यापकबाट प्रमोदहरि गुरागाईले राजीनामा दिएका छन् ।

    मानवशास्त्र विभागमा कार्यरत गुरागाईले आफूले उक्त पदमा रहेर त्रिवि सेवालाई निरन्तरता दिन अनुपयुक्त मनन गरी राजीनामा पेस गरेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

    हालैमात्र त्रिभुवन विश्वविद्यालयले राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न शिक्षक तथा कर्मचारीलाई सचेत गराएको थियो ।  महाधिवेशन वा विधान अधिवेशनमा प्रतिनिधिको रूपमा भाग लिएको भनी समाचारहरू सार्वजनिक भएको भन्दै त्रिविले त्यस्ता कर्मचारी तथा शिक्षकलाई विभागीय कारबाही अघि बढाउने चेतावनीसमेत दिएको छ ।

    यो पनि पढ्नुहोस् : दलको उम्मेदवार तथा प्रतिनिधि बन्ने शिक्षक र कर्मचारीलाई कारबाही गर्ने त्रिविको चेतावनी

    गुरागाईले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । शेखर कोइराला प्यानलबाट उठेका गुरागाई महाधिवेशनमा पराजित भए ।

     

  • बजगाईले फिर्ता लिए देउवाविरुद्धको उजुरी

    बजगाईले फिर्ता लिए देउवाविरुद्धको उजुरी

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध अनुशासनको कारबाही माग गर्दै गोरखा महासमिति सदस्य राजेन्द्र बजगाईंले दिएको उजुरी साढे २ वर्षपछि फिर्ता लिएका छन् ।

    बजगाईंले चितवनमा चुनावमा माओवादीसँग गठबन्धन गरेको, तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममा समर्थन जनाएकोजस्ता विषय उठाएर देउवाले पार्टी र संसदीय व्यवस्थाकै अहित गरेकाले अनुशासन कारबाहीको मागसहित २०७५ चैत १४ मा पार्टी कार्यालयमा उजुरी दर्ता गरेका थिए ।

    पार्टी नेतृत्वमा देउवाले भारी मत प्राप्त गरिसकेको र आफ्नो निवेदनको औचित्य पनि सकिएको भन्दै बजगाईले उजुरी फिर्ता लिएका छन् ।

    बजगाईको उजुरी फिर्तासम्बन्धी निवेदन जस्ताको तस्तै:

    २०७८ पौष ९

    श्रीमान् सभापति ज्यू,
    नेपाली कांग्रेस केन्द्रीय कार्यालय

    विषय: निवेदन फिर्ता सम्बन्धमा।

    संसदीय अभ्यासको सर्वमान्य सिद्धान्त अनुरूप तात्कालीन प्रधानमन्त्री श्री केपी ओली ज्यूको सरकारको निति र कार्यक्रम माथि प्रमुख प्रतिपक्ष दल हाम्रो पार्टी प्रतिपक्षको भूमिकामा थियो भने संसदीय दलको नेतामा सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवा हुनुहुन्थ्यो। १४औं महाधिवेशन बाट पुन: पार्टी सभापतिमा विशाल पार्टी -अभिमतबाट चुनिनु भएका प्रधानमन्त्री माथि मैले नैतिक प्रश्न उठाएको थिएँ।

    मैले मिति २०७५/१२/१४ (११५ दर्ता नम्बर) मा कांग्रेस केन्द्रीय कार्यालयमा राखेको निवेदन लगतै श्रदेय सभापतिमाथि मेरो निवेदनलाई लिएर दाङ जिल्लाको पार्टी कार्यक्रममा एक प्रश्न सोधिएको थियो। प्रत्युत्तरमा उहाँबाट ‘कांग्रेस यसकारण पनि लोकतान्त्रिक पार्टी हो कि यहाँ नेताहरूको विरुद्ध पनि बोल्ने निवेदन गर्ने छुट छ’ सभापति ज्यूको त्यो संयोग अत्यन्तै शालीन थियो। मैले निवेदनमा पुनर्विचार गर्ने बिचार गरेर उहाँ पाँचौं पटक प्रधानमन्त्री नबन्दै र १४ औं अधिवेशनको संघारमा उहाँलाई निवासमै गएर भेट्दा उहाँबाट कुनै रोष वा नराम्रो प्रतिक्रिया भएन न निर्देशन वा आग्रह नै।उक्त क्षणमा पनि राखेको निवेदनमा मैले पुन: प्रतिक्रिया केहि छकि भनेर सोधें उहाँबाट म माथि दबाव हैन बरू ‘टेक ईट ईजी’ भनेर अत्यन्त भद्र उत्तर आयो। यि कारणहरूले गर्दा मैले १४ औं महाधिवेशन अगावै निवेदन फिर्ता लिंदा गलत टिप्पणी र अर्थहरू फैलिने सम्भावना देखेर त्यसो गरिन।

    बदलिंदो परिस्थितिमा हामिले विघटित संसद देखि पुनर्स्थापित संसद मात्र नभएर संवैधानिक पुनर्ब्याख्यामा परमादेशबाटै प्रधानमन्त्री पाईसक्यौं जस्ले आफ़्नो नेतृत्वमा भारी पार्टी-अभिमत प्राप्त गरिसक्नु भएको छ, यसकारण पनि मैले मेरो निवेदनको औचित्य समाप्त भएको महसूस गरें। श्रदेय सभापति तथा सम्माननीय प्रधानमन्त्रीको पुनरागमन लाई पार्टीका साथीहरूले परिपक्क नेतृत्वको अवश्यकता ठान्नु भएको भन्ने बुझ्दै उहाँहरू संग विगत २५ वर्ष राजनैतिक सहकार्य व्यतित् गरेको स्मरण गर्दै उक्त निवेदन फिर्ता लिने घोषणा गर्दछु/ जय नेपाल!

    राजेन्द्र बजगाई

    महासमिति सदस्य गोरखा

  • प्रदेश-२ कांग्रेस सभापतिमा देउवा पक्षका कृष्णा राय यादव निर्वाचित

    प्रदेश-२ कांग्रेस सभापतिमा देउवा पक्षका कृष्णा राय यादव निर्वाचित

    जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश-२ सभापतिमा कृष्णा राय यादव विजयी भएका छन् । उनले प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गरे ।

    आज विहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार शेरबहादुर देउवा समूहका कृष्णाले ९९६ मत ल्याएका हुन् । पराजित उम्मेदवा। रामसरोजले ८५५ मत पाए । उनी बिमलेन्द्र निधि र शेखर कोइराला समूहका उम्मेदवार थिए ।

    प्रदेश २ मा कुल १ हजार ९३८ मतदातामध्ये १ हजार ८८१ मत खसेको थियो । शुक्रबार विहान पोने २ बजेबाट सभापतिको मतगनणा सुरु भएको थियो ।

    अन्य पदाधिकारीको मतगणना आजदेखि सुरु हुनेछ ।

    प्रतिनिधि विवादका कारण कांग्रेसले प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशनभन्दा पछाडि सारेको थियो । मंसिर २४ देखि २६ सम्म काठमाडौंमा आयोजित महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन् ।

  • यस्तो बन्यो कांग्रेसको नयाँ केन्द्रीय समिति, देउवालाई दुई तिहाई (सूचीसहित)

    यस्तो बन्यो कांग्रेसको नयाँ केन्द्रीय समिति, देउवालाई दुई तिहाई (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया टुंगिएको छ । मंसिर २४ गते सुरु भएको महाधिवेशन अन्तर्गत गत मंसिर २७ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको थियो ।

    सभापति चयनका लागि मंसिर २८ मा भएको दोस्रो चरणको निर्वाचनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका थिए । उनीसँग प्रतिस्पर्धा गरेका डा.शेखर कोइराला निकटतम प्रतिस्पर्धीका रुपमा रहे ।

    त्यस्तै उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । महाधिवेशनबाट सहमहामन्त्रीमा क्रमश: किशोरसिंह राठौंर, फरमुल्लाह मन्सुर, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय, जीवन परियार, बद्री पाण्डे, उमाकान्त चौधरी र भीष्मराज आङदाम्बे निर्वाचित भएका छन् ।

    महाधिवेशनले पदाधिकारी बाहेक १ सय २१ जना केन्द्रीय सदस्यपनि निर्वाचनबाटै चयन गरेको छ । प्रदेश २ बाट रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भए भने अन्य पदका लागि निर्वाचन भएको थियो । निर्वाचन समितिले आज सबै पदको मतगणना सकिएको जनाएको छ ।

    मतगणनाको परिणामअनुसार केन्द्रीय समितिमा सभापति देउवा पक्षको दुई तिहाई बढी वर्चस्व कायम भएको छ । १३ जना पदाधिकारीमध्ये देउवासहित ८ जना संस्थापन पक्षका छन् । कोइराला पक्षबाट ४ जना पदाधिकारी निर्वाचित भएका छन् भने प्रकाशमान सिंह पक्षबाट १ जना पदाधिकारी निर्वाचित भएका छन् ।

    केन्द्रीय सदस्यतर्फ डा.शशाकं कोइराला, राजेन्द्रकुमार केसी (राजन) र मुक्ताकुमारी यादव एकभन्दा बढी प्यानलबाट निर्वाचित भए ।

    कोइराला सबै प्यानलमा थिए भने केसी शेखर र प्रकाशमान दुवैको प्यानलमा थिए । यादव देउवा, कोइराला र निधिको प्यानलमा थिइन् । यी तीनबाहेक १ सय २१ केन्द्रीय सदस्यमध्ये देउवा प्यानलबाट १ सय १ जना निर्वाचित भएका छन् ।

    कोइराला प्यानलबाट १७ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । कोइराला प्यानलबाट खुल्लामा ९ जनाबाहेक महिला, प्रदेश १, गण्डकी प्रदेश, दलित खुला, मधेशी खुला, जनजाति खुला, खस आर्य पुरुष र खस आर्य महिलातर्फ १–१ जना केन्द्रीय सदस्य निर्वाचित भए ।

    केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ । सभापति देउवा शनिबार नै केन्द्रीय समितिको पहिलो बैठक बोलाउने तयारीमा छन् ।

    कांग्रेस विधान अनुसार सभापतिका निकटतम प्रतिस्पर्धी रहेका डा.शेखर कोइराला स्वतः केन्द्रीय सदस्य हुनेछन् । त्यस्तै सभापति देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्नसक्ने वैधानिक व्यवस्था छ ।

    कांग्रेस केन्द्रीय समिति यस्तो बन्यो, हेर्नुस् पूर्ण सूची-

  • रामचन्द्रको वक्तव्य- राजनीतिबाट विश्राम लिएको होइन, अल्पविराम मात्रै

    रामचन्द्रको वक्तव्य- राजनीतिबाट विश्राम लिएको होइन, अल्पविराम मात्रै

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले राजनीतिबाट विश्राम लिएको नभई केही क्षणको अल्पविराम मात्रै लिएको बताएका छन् ।

    १४ औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई वधाई सन्देश जारी गर्दै नेता पौडेलले प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक मार्गको अनुशरण गर्दै आफूले पार्टीभित्र एकताको सन्देश दिने प्रयत्न गरेको बताएका हुन् ।

    महाधिवेशनमा नेतृत्व चयनको प्रक्रियाबाट अलग रहने भन्दै मतदानमा समेत सहभागि नभएका नेता पौडेलले साथीहरुले पार्टीभित्रको चुनाव नलड्न दिएको सुझाव आफूले पालना गरेको उल्लेख गरेका छन् ।

    ‘यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्पविराम मात्र हो । मेरो राजनीतिक यात्रा जारी छ र अविच्छिन्न अगाडि बढिरहने मेरो संकल्प रहिरहनेछ’, पौडेलले भनेका छन् ।

    उनले निर्वाचित नेताहरुसँग सबैलाई समेटेर अगाडि बढ्ने तथा पार्टीलाई एकतावद्ध र सुदृढ बनाउने जिम्मेवारी रहेको बतँएका छन् ।

    निर्वाचनमा पराजित भएकाहरुलाई विचलित नहुन आग्रह गर्दै पौडेलले व्यक्तित्वको पहिचान सुखमा नभई दुःख र पराजयको बेला हुने बताएका छन् ।

    यस्तो छ पौडेलको बधाई सन्देश –

     

  • कांग्रेस जनजाति महिला केन्द्रीय सदस्यमा देउवा पक्षको क्लीन स्वीप

    कांग्रेस जनजाति महिला केन्द्रीय सदस्यमा देउवा पक्षको क्लीन स्वीप

    काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति महिलातर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले क्लीन स्वीप गरेको छ ।

    ७ जना निर्वाचित हुने आदिवासी जनजाति महिलातर्फको केन्द्रीय सदस्यमा देउवा प्यानलका सबै उम्मेदवारहरु विजयी भएका हुन् । यो क्लष्टरमा निवर्तमान केन्द्रीय सदस्य सीता गुरुङले सबैभन्दा धेरै मत पाएकी छिन् ।

    त्यस्तै सरस्वती वजिमय, अञ्जनी श्रेष्ठ, गंगालक्ष्मी अवाल, माया राई , सीताकुमारी राना र सुशीला थिङ पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

    जनजाति महिलातर्फको परिणाम आएसँगै कांग्रेसको सबै पदको मतगणना सकिएको छ ।

  • कांग्रेसको केन्द्रीय सदस्य खसआर्यतर्फ कस–कसले जिते ?

    कांग्रेसको केन्द्रीय सदस्य खसआर्यतर्फ कस–कसले जिते ?

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खसआर्य खुलातर्फ सभापति शेरबहादुर देउवानिकट ६ जना विजयी भएका छन् ।

    खसआर्य केन्द्रीय सदस्यमा ७ जना विजयी हुनेमा डा.शेखर कोइरालाको प्यानलबाट एकजना मात्रै निर्वाचित भएका छन् ।

    निर्वाचित हुनेमा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, गोविन्दकुमार शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी रहेका छन् ।

    उनीहरुमध्ये आचार्यमात्रै कोइराला प्यानलका हुन् ।

  • कांग्रेसको खसआर्य महिलामा मञ्जु खाण पपुलर, अरु कसले जिते ?

    कांग्रेसको खसआर्य महिलामा मञ्जु खाण पपुलर, अरु कसले जिते ?

    काठमाडौं । नेपाली कांग्रेसको महिला खस आर्यतर्फको नतिजा आएको छ । सो क्लष्टरमा नेपाल महिला संघकी महासचिव मञ्जु खाणले सर्वाधिक मत पाएकी छिन् । पहिलो नम्बरमा रहँदै निर्वाचित मञ्जु गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती हुन् ।

    खस आर्य महिला केन्द्रीय सदस्यमा नानू बास्तोला, प्रतिमा गौतम, चम्पादेवी खड्का, कान्तिका सेजुवाल र विद्या तिमल्सिनापनि विजयी भएका छन् । यस क्लष्टरमा निर्वाचित ६ जनामध्ये प्रतिमा गौतमबाहेक सबै सभापति शेरबहादुर देउवाको प्यानलका हुन् ।

  • आदिवासी जनजाति केन्द्रीय सदस्यमा चिनकाजीको सर्वाधिक मत, अरु कसले जिते ?

    आदिवासी जनजाति केन्द्रीय सदस्यमा चिनकाजीको सर्वाधिक मत, अरु कसले जिते ?

    काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजातितर्फ खुला केन्द्रीय सदस्यमा चिनकाजी श्रेष्ठ (गोरखा)ले सर्वाधिक मत पाएका छन् । ८ जना निर्वाचित हुने सो क्लष्टरमा श्रेष्ठसहित ७ जना सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट विजयी भएका छन् ।

    यो क्लष्टरबाट राज्यमन्त्री उमेश श्रेष्ठ (चितवन), बहादुरसिंह लामा (नुवाकोट), दिलमान पाख्रिन (धादिङ), टेकबहादुर गुरुङ (मनाङ), आङगेलु शेर्पा (सोलुखुम्बु), तारामान गुरुङ .संखुवासभा) र टेकप्रसाद गुरुङ (चितवन) केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

    निर्वाचित ८ जना मध्ये टेकप्रसादमात्रै कोइराला प्यानलका हुन् ।

    आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेका चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठ भने नवौं स्थानमा रहँदै पराजित भएका छन् ।

  • कांग्रेसको कोषाध्यक्षमा विनोद चौधरीको सम्भावना, चर्चामा चित्रलेखा पनि

    कांग्रेसको कोषाध्यक्षमा विनोद चौधरीको सम्भावना, चर्चामा चित्रलेखा पनि

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोषाध्यक्षको जिम्मेवारी कसलाई देलान् ? कांग्रेस वृत्तमा अहिले चासोको विषय छ ।

    कांग्रेस विधानको दफा २१ को ४ मा ‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष’ रहने व्यवस्था छ । १३ औं महाधिवेशनमा १ सभापति, १ महामन्त्री र १ कोषाध्यक्षको निर्वाचन हुने व्यवस्था थियो ।

    यसपटक संशोधित विधानअनुसार सभापतिसहित उपसभापति, महामन्त्री र सहमहामन्त्री निर्वाचनबाटै चयन भइसकेका छन् । विधानले दिएको अधिकार प्रयोग गरेर सभापति देउवाले अब निर्वाचित केन्द्रीय सदस्यमध्ये १ जनालाई कोषाध्यक्षको जिम्मेवारी दिनुपर्नेछ ।

    कोषाध्यक्षका लागि अहिले सबैभन्दा बढी चर्चामा छन्, केन्द्रीय सदस्य विनोद चौधरी । नेपालका एकमात्रै डलर अर्बपतिसमेत रहेका चौधरीलाई यसअघि नै देउवाले कोषाध्यक्ष मनोनीत गर्ने वचन दिइसकेको बताइन्छ । अघिल्लो कार्यकालमा प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीलाई देउवाले लगानी, पूर्वाधार र रोजगारसम्बन्धी विशेष समितिको संयोजक बनाएका थिए ।

    कांग्रेस विधानले कोषाध्यक्षलाई पार्टीका निम्ति आवश्यक आर्थिक स्रोत-साधनको व्यवस्था गर्ने, त्यसको संरक्षण सम्वद्र्धन गर्ने तथा सम्पूर्ण आयव्ययको अद्यावधिक अभिलेख राख्ने लगायतका जिम्मेवारी दिएको छ । चौधरीलाई कोषाध्यक्षको जिम्मेवारी दिदा पार्टी सञ्चालन, लेखा प्रणाली व्यवस्थापन र स्रोत जुटाउनसमेत सहज हुने देउवाको बुझाइ छ । तीनवटै तहको निर्वाचन नजिकिएका कारण उद्यमी व्यवसायीसँग सहकार्य गर्नपनि चौधरीलाई जिम्मेवारी दिन उचित हुने देउवाको बुझाइ रहेको निकटस्थहरू बताउँछन् ।

    ‘अहिलेसम्मको अवस्था हेर्दा कोषाध्यक्षमा विनोदजीकै सम्भावना बढी छ । टिमभित्र अधिकांशको सहमति पनि छ’, देउवानिकट एक नेताले भने । चौधरीले मधेशी खुला तर्फबाट देउवा प्यानलको उम्मेदवार रहँदै केन्द्रीय सदस्यमा विजयी भएका हुन् । निवर्तमान महामन्त्री डा. शशांक कोइरालाको साथ समेत चौधरीलाई रहेको छ ।

    देउवा समूहमा कोषाध्यक्षमा चौधरीको विकल्पको रुपमा चित्रलेखा यादवलाई लिइएको छ । उनी सुशिल कोइराला नेतृत्वको कार्यसमितिको कोषाध्यक्ष समेत हुन् । पूर्व पदाधिकारी भएपनि यादव यसपटक प्रदेश २ तर्फको महिला केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । मधेशी महिलालाई पदाधिकारीमा अवसर दिँदा सकरात्मक सन्देश जाने भन्दै कोषाध्यक्षमा चित्रलेखाको नामसमेत चर्चामा रहेको हो ।

  • देउवाको दोस्रो इनिङ तयारी : पहिलो बैठकदेखि मनोनयनसम्म

    देउवाको दोस्रो इनिङ तयारी : पहिलो बैठकदेखि मनोनयनसम्म

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दोस्रो कार्यकाल शुक्रबारदेखि सुरू गर्दैछन् । केन्द्रीय निर्वाचन समितिले विहीबार बेलुकीसम्म मतगणना सम्पन्न गरि शुक्रबार निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ । त्यसपछि सभापति देउवा नेतृत्वको नयाँ कांग्रेस केन्द्रीय समितिले आफ्नो काम थाल्नेछ ।

    पहिलो बैठकको तयारी

    सभापति देउवाले पुस १० गते शनिबार पहिलो बैठक बोलाउने तयारी गरेका छन् । पदभार लगत्तै बोलाइने केन्द्रीय समितिको बैठकबाट महाधिवेशन सफल पार्न सहयोग पुर्‍याउनेलाई धन्यवाद ज्ञापन गरिनेछ । कांग्रेस विधानको दफा २१ को १२ हरेक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने उल्लेख छ । केन्द्रीय समितिको आकार विगतभन्दा झण्डै दोब्ब भएको छ । सभापति देउवाले तत्कालका लागि पहिलो केन्द्रीय समिति बैठकको तयारी गर्न सचिवालयलाई निर्देशन दिएका छन् ।

    ‘हामीलाई शनिबार नै बस्नेगरी बैठकको तयारी गर्न भन्नुभएको छ । निर्वाचन समितिको काम सकिनेवित्तिकै बैठक आह्वान हुन्छ’, कांग्रेस केन्द्रीय कार्यालयको भनाई छ ।

    मनोनयनमा कसलाई प्राथमिकता ?

    कांग्रेस विधानले सभापति देउवालाई बढीमा ३३ जनासम्म केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिएको छ । कांग्रेसको विगतको परम्परा हेर्दा केन्द्रीय समितिमा निर्वाचन नलडेका र पराजय व्यहोरेका केही शीर्ष नेताहरुलाई समेट्ने देउवाको तयारी छ ।

    कांग्रेस विधानको दफा २१ को उपदफा १० मा ‘कम्तीमा दश वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनु पर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी तेत्तीस जना सदस्य मनोनीत गर्ने’ उल्लेख छ ।

    महाधिवेशनको प्रतिस्पर्धा अनुसार कांग्रेस केन्द्रीय समितिमा १ पदाधिकारीसहित ४१ महिला निर्वाचित हुँदैछन् । १ सय ६८ सदस्यीय कांग्रेस केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ । त्यसका लागि सभापति देउवाले कम्तीमा १५ जना महिलालाई मनोनीत गर्नैपर्ने अवस्था छ । बाँकी १८ जना केन्द्रीय सदस्यमा पनि समावेशीतालाई ध्यान दिनुपर्ने हुन्छ ।

    सभापति देउवासामु वरिष्ठ नेता रामचन्द्र पौडेल , नेता कृष्णप्रसाद सिटौला, सभापतिमा पराजित प्रत्याशीहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ, उपसभापमिा पराजित विजयकुमार गच्छदार, महेश आचार्य र सुजाता कोइराला, डा. चन्द्र भण्डारी, महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल र प्रदीप पौडेललाई मनोनीत गर्नैपर्ने दबाब छ ।

    देउवाले निर्वाचन नलडेरै सहयोग गरेका डा. नारायण खड्का, मीन विश्वकर्मालगायतका नेताहरूलाई पनि केन्द्रीय समितिमा ल्याउनुपर्ने अवस्था छ । सभापतिका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइराला भने कांग्रेस विधानकै व्यवस्थाअनुसार स्वत: केन्द्रीय सदस्य हुनेछन् ।

    पहिलो केन्द्रीय समिति बैठकअघि देउवाले सबै नेतालाई मनोनीत गर्नसक्ने सम्भावना कम छ । यद्यपि वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्रीद्वय सिटौला र सिंहलाई पहिलो बैठकअघि नै देउवाले मनोनीत गर्नेछन् । यद्यपि पहिलो बैठकअघि नै आफ्नै टिमबाट पराजित गच्छदार, महत र पौडेललाई केन्द्रीय सदस्य मनोनीत गर्नपनि देउवालाई दबाब छ ।

    हार्नेजति सबै मनोनीत नहुने

    देउवाले अघिल्लो कार्यकालमा पदाधिकारीमा पराजित सबैलाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए । यसपटक भने सबैलाई मनोनीत गर्नसक्ने अवस्थामा देउवा छैनन् । पदाधिकारीमा पराजित नेताहरूको संख्यामात्रै डेढ दर्जन बढी रहेको छ ।

    ‘देउवालाई सभापति बनाउन निर्वाचन छाडेर सक्रिय भएका नेताहरुको संख्या नै एक दर्जन छ । निर्वाचन हारेका सबैलाई समेट्दा वचन दिएका साथीहरू छुट्नुहुन्छ’, देउवा पक्षका एक नेताले भने । ती नेताका अनुसार पार्टीभित्र प्रभाव भएका सिनियर नेताहरुलाई मात्रै मनोनीत गर्ने सम्भावना धेरै छ ।

  • कांग्रेस मतगणना अन्तिम चरणमा, अब दुई क्लष्टरको मात्रै बाँकी

    कांग्रेस मतगणना अन्तिम चरणमा, अब दुई क्लष्टरको मात्रै बाँकी

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अब २ क्लष्टरको मात्रै परिणाम आउन बाँकी छ ।

    केन्द्रीय निर्वाचन समितिका अनुसार आदिवासी जनजाति तर्फ खुला र महिला सदस्यको नतिजा आउन बाँकी छ । त्यस्तै खसआर्य तर्फपनि खुला र महिला सदस्यको नतिजा आउन बाँकी छ । दुवै क्लष्टरका चारवटै समूहको मतगणना जारी रहेको छ ।

    आदिवासी जनजाति केन्द्रीय सदस्य खुलातर्फ ८ जना निर्वाचित हुनेछन् । हालसम्म ३ हजार २ सय मत गन्दा चिनकाजी श्रेष्ठले अग्रता लिएका छन् । उनीबाहेक उमेश श्रेष्ठ, बहादुरसिंह लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, आङगेलु शेर्पा, तारामान गुरुङ र टेकप्रसाद गुरुङ शीर्ष आठभित्र समेटिएका छन् ।

    आठमध्ये ७ जना सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलका हुन् । आदिवासी जनजाति महिलातर्फ सीता गुरुङले अग्रता लिइरहेकी छिन् । आदिवासी जनजाति महिलातर्फ ७ जना निर्वाचित हुने व्यवस्था छ ।

    खस आर्य खुलातर्फ हालसम्म करिब ३ हजार ९ सय मत गणना गरिएको छ । ७ जना विजयी हुने यस क्लष्टरमा हालसम्म केशवकुमार बुढाथोकीले अग्रता लिएका छन् ।

    उनीबाहेक गोविन्दबहादुर शाह, मधु आचार्य, भीम पराजुली, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी शीर्ष ७ भित्र रहेका छन् । उनीरुमध्ये मधु आचार्य मात्रै कोइराला प्यानलका हुन् ।

    त्यस्तै खस आर्य महिलातर्फ ६ जना निर्वाचित हुनेछन् । जारी मतगणनामा अहिलेसम्म मञ्जु खाण, नानू बास्तोला, प्रतिमा गौतम, चम्पादेवी खड्का, कान्तिका सेजुवाल र विद्यादेवी तिमल्सिनाले शीर्ष ६ भित्र स्थान बनाएका छन् । ६ जनामध्ये प्रतिमा बाहेक सबै देउवा प्यानलका हुन् ।

  • माओवादीमा प्रचण्ड निर्विकल्प- स्थायी समितिका सबै नेताको बहुपदीय व्यवस्थापन

    माओवादीमा प्रचण्ड निर्विकल्प- स्थायी समितिका सबै नेताको बहुपदीय व्यवस्थापन

    काठमाडौं । अहिले दलहरूको ‘महाधिवेशन सिजन’चलेको छ । संसदका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसले महाधिवेशन सकिसकेका छन् ।

    महाधिवेशनबाट केही पुरानै दोहोरिएका छन् भने केही नयाँ अनुहार नेतृत्व (पदाधिकारी) मा आएका छन् । संसदको तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) पनि राष्ट्रिय सम्मेलन गर्दैछ ।

    पुस ११-१३ सम्म हुन लागेको सम्मेलनले नेतृत्वसमेत चयन गर्ने भनिएको छ । माओवादी नेताहरूले भने राष्ट्रिय सम्मेलन नीतिमा बढी र नेतृत्वमा कम केन्द्रित हुने बताएका छन् । तर, भित्रभित्रै माओवादी पदाधिकारीमा पर्न नेताहरूमा दौडधुप सुरू भइसकेको छ ।

    अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विकल्प छन् । माओवादीका कुनै पनि नेताहरूले प्रचण्डको विकल्प खोजेको अहिलेसम्म सुन्न पाइएको छैन् । स्थायी समिति सदस्य गिरीराजमणि पोखरेल प्रचण्ड नेताहरूको पनि नेता भएको भन्दै अहिले नै विकल्प खोजीहाल्ने स्थितिमा पार्टी नरहेको बताउँछन् ।

    ‘कमरेड प्रचण्ड नेपालको सामन्तवादविरोधी आन्दोलनलाई यो ठाउँमा ल्याउने मूल नेतृत्व हो,’ साताअघिको नेपाल प्रेससँगको अन्तर्वार्तामा पोखरेलले भनेका थिए, ‘उहाँ नेताहरूको नेता हो । नेतृत्व भनेको त्यतिकै जन्मिदैन । एउटा संघर्षको प्रक्रिया हुन्छ । अहिलै नै उहाँको विकल्प खोज्ने भन्ने कुरा छैन ।’

    अध्यक्षपछिको कार्यकारी पद महासचिव भएकाले यस पदका दाबेदार पनि धेरै छन् । कृष्णबहादुर महरा, देव गुरुङ, हरिबोल गजुरेल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मालगायत महासचिवका दाबेदार हुन् ।

    आगामी राष्ट्रिय सम्मेनलपछि पनि माओवादी अध्यक्ष प्रचण्ड नै हुन्छन् भन्ने कुरामा दुविधा रहेन । यद्यपि तीन दशकभन्दा बढी समयदेखि निरन्तर नेतृत्वमा रहेको भन्दै प्रचण्डको आलोचना गर्नेहरू पनि छन, मुख्यतः माओवादी पार्टीबाहिर ।

    माओवादीमा मुख्य चासो अध्यक्षभन्दा पनि महासचिव को होला भन्ने छ । किनभने अध्यक्षपछिको कार्यकारी पद महासचिव नै हो । र, अबको महासचिव नै प्रचण्डको उत्तराधिकारी बन्ने सम्भावना पनि रहन्छ ।

    माओवादीको अन्तरिम विधान २०७८ ले पार्टीलाई बहुपदाधिकारीमा लैजाने भनेको छ । हालको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव भनिएको छ । तर, विधानमा कुन पदाधिकारीको संख्या कति हुने भन्न उल्लेख छैन ।

    राष्ट्रिय सम्मेलनबाट हालको पदाधिकारी सम्बन्धी व्यवस्था संशोधन हुने निश्चित छ । नेताहरूको व्यवस्थापनमा सकस हुने भएकाले पनि हालको विधान परिर्वतन हुने निश्चित छ । त्यसका लागि नेता देव गुरुङको नेतृत्वमा विधान संशोधन कार्यदल समेत बनाइसकिएको छ ।

    ‘आएका सुझावहरू संकलन गर्दै लगेर राष्ट्रिय सम्मेनलनमा पेस गर्छौं,’ गुरुङले नेपाल प्रेससँग भने, ‘सम्मेलनले पदाधिकारी थप्ने भन्यो भने थप हुन्छ, नथप्ने भन्यो भने हुँदैन ।’

    २३ फागुनमा सर्वोच्चबाट पुन:स्थापित भएको माओवादी केन्द्रले नेकपाकालीन स्थायी कमिटी सदस्यहरूलाई नै निरन्तरता दिएको छ । नेकपामा स्थायी समिति सदस्य रहेका अरुले नै अहिले निरन्तरता पाएका छन् ।

    माओवादीले विधान संशोधन गरेर पदाधिकारीको संरचना एमालेको जस्तै बनाउने सम्भावना छ । जसमा वरिष्ठ उपाध्यक्ष पनि हुने छ । एमालेमा ईश्वर पोखरेललाई व्यवस्थापन गर्न वरिष्ठ उपाध्यक्ष थपिए जस्तै माओवादीमा बरियतामा प्रचण्डपछि रहेका नारायणकाजी श्रेष्ठका लागि त्यो थपिने छ ।

    एमालेमा १९ पदाधिकारी छन् । माओवादीले पनि १२ देखि १५/१६ को हाराहारीमा पदाधिकारी राख्ने देखिन्छ । यद्यपि माओवादी नेता हरिबोल गजुरेल भद्दा कमिटी र पदाधिकारी बनाउनु संगठनात्मक समस्याको समाधन नभएको बताउँछन् ।

    ‘हाम्रो सकेसम्म जोड केन्द्रीय समिति पनि सानो र पदाधिकारी पनि थोरै बनाउने हुन्छ,’ नेपाल प्रेससँग उनले भने, ‘ठूलो कमिटी निर्माण गरेर मात्रै केही हुँदैन । हामीले जनयुद्ध सुरू गर्दा ३५ जनाको मात्रै केन्द्रीय कमिटी थियो ।’

    स्थायी समितिका सबै पदाधिकारी !

    एमालेसँग एकता हुँदा माओवादीको सांगठनिक संरचना लथालिङ्ग थियो । एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीमा (नेकपा) मा माओवादीले ४० प्रतिशत हिस्सा पाएको थियो । त्यस्तै अनुसार नेताहरूको प्रतिनिधित्व विभिन्न कमिटीमा भएको थियो ।

    २३ फागुनमा सर्वोच्चबाट पुन:स्थापित भएको माओवादी केन्द्रले नेकपाकालीन स्थायी कमिटी सदस्यहरूलाई नै निरन्तरता दिएको छ । नेकपामा स्थायी समिति सदस्य रहेका अरुले नै अहिले निरन्तरता पाएका छन् ।

    रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा एमालेतिर गएपछि हाल माओवादीका १४ स्थायी समिति सदस्यमात्रै छन् ।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाल, हरिबोल गजुरेल, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, गणेश साह, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र चक्रपानी खनाल स्थायी समिति सदस्य छन् ।

    माओवादीको नयाँ पदाधिकारी टिम यीनै स्थायी समिति सदस्यबाट बन्ने सम्भावना छ । र, स्थायी समितिका सबै सदस्य पदाधिकारी पर्ने सम्भावना छ ।

    महासचिवः प्रचण्डलाई अप्ठ्यारो परे महरा

    अध्यक्षपछिको कार्यकारी पद महासचिव भएकाले यस पदका दाबेदार पनि धेरै छन् । कृष्णबहादुर महरा, देव गुरुङ, हरिबोल गजुरेल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मालगायत महासचिवका दाबेदार हुन् ।

    तर, यी मध्ये वर्षमान पुन र जर्नादन शर्मा बलिया दाबेदार हुन । प्रचण्डको आग्रहमा अन्य नेताहरू पछाडि हटेर अरु पदाधिकारीमा व्यस्थापन हुन सक्छन् । तर, पुन र शर्मा महासचिवबाट कुनै पनि हालतमा पछाडि नहट्ने मुडमा छन् । उनीहरू दुवैजनाको पार्टीभित्र केन्द्रदेखि स्थानीय तहसम्म गुट छ ।

    जिम्मेवारीका हिसाबले पनि उनीहरूले नै पार्टीभित्र धेरै भूमिका पाएका छन् । अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा माओवादीका संगठन विभाग प्रमुख हुन् । संगठन विभाग पार्टी भित्र संगठन विस्तारका लागि महत्वपूर्ण मानिन्छ ।

    अर्थमन्त्री भएका कारण स्रोतसाधन पनि भएका कारण शर्मा अहिले पार्टीको काममा देश दौडाहा गरिरहेका छन् । यी मौकामा उनले पार्टी संगठनलाई आफ्नो लयमा ढाल्ने कोसिस गरिरहेका छन् ।

    यो पनि पढ्नुहोस् : वर्षमान माओवादीको ‘डिफ्याक्टो’ महासचिव, नयाँ विधानले केन्द्रीय कार्यालयमा शक्ति केन्द्रित

    अर्कातिर पुनले पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी पाएका छन् । पछिल्लो कार्य विभाजनबाट उनी पार्टीको स्कुल विभाग ईन्चार्ज बनाइएका छन् । माओवादीको अन्तरिम विधानमा पार्टी कार्यालयमा धेरै शक्तिकेन्द्रित गरिएको छ । यस हिसाबले माओवादीभित्रै कतिपय पुनलाई ‘डिफ्याक्टो’ महासचिवसमेत मान्छन् ।

    पुन हाल चीनमा उपचाररत छन् । उनी पनि पार्टीको संगठन निर्माणका लागि पूर्वदेखि पश्चिमसम्म पुगिरहन्थे । पुनले पनि पार्टी केन्द्रदेखि स्थानीयतहसम्म गुटको निर्माण गरेका छन् ।

    यद्यपि उनी बिरामी भएको लाभ जनार्दनले लिइरहेका छन् । वाईसीएल, अखिल क्रान्तिकारीलगायतका संगठनमा शर्माले आफूनिकटलाई नेतृत्वमा ल्याएका छन् ।

    वर्षमान पुन र जर्नादन शर्मा महासचिवका बलिया दाबेदार हुन । प्रचण्डको आग्रहमा अन्य नेताहरू पछाडि हटेर अरु पदाधिकारीमा व्यस्थापन हुन सक्छन् । तर, पुन र शर्मा महासचिवबाट कुनै पनि हालतमा पछाडि नहट्ने मुडमा छन् । उनीहरू दुवैजनाको पार्टीभित्र केन्द्रदेखि स्थानीय तहसम्म गुट छ ।

    पुनको क्षमता राजनीतिक रणनीति निर्माणमा छ भने शर्माको दक्षता त्यसलाई कार्यान्वयन गर्नेमा । एमाले र माओवादी एकीकरण गरेर नेकपा बनाउनेमा शर्माको योगदान थियो भने पुन त्यो धेरै टिक्छ भन्नेमा विश्वस्त थिएनन् । आखिर भयो पनि त्यस्तै । तीन वर्षमै नेकपा भंग भयो । संसद विघटनविरुद्ध आन्दोलन र हालको गठबन्धन निर्माणमा भने पुनको योजना र योगदान रहेको मानिन्छ ।

    दुवै प्रचण्डका लागि उत्तिकै प्रिय हुन । यीमध्ये कुनै एकलाई ‘सेलेक्सन’ गर्नु प्रचण्डका लागि निकै गाह्रो पनि छ । त्यसैले यसमा ‘इलेक्सन’ हुन सक्छ । शर्मा त यसका लागि तम्तयार भएर बसेका छन् । उनले पछिल्लो समय प्रचण्डपथ ब्युँताउने कुरालाई निकै जोडतोडका साथ उठाइरहेका पनि छन् ।

    उता चीनमा रहेका पुन पनि उपचार छोट्याएर सम्मेलनअघि नै नेपाल आउने तयारीमा छन् । पुननिकट नेताहरू उनी चाँडै नेपाल आउने र महासचिवमा दावेदारी प्रस्तुत गर्ने बताउँछन् । ‘उहाँ चाँडै नेपाल आउनुहुन्छ र आफ्नो दाबेदारी पेस गर्नुहुन्छ,’ उनीनिकट एक नेता भन्छन्, ‘उहाँ महासचिवको बलियो दाबेदार हो । उहाँ कुनै पनि हालतमा पछि हट्नुहुन्न ।’

    दुवैजनाले अडान नछोडे महासचिवमा चुनाव हुने सम्भावना पनि छ । पछिल्लो समय विवाद भएका ठाउँमा माओवादीले चुनावसमेत अवलम्बन गर्न थालिसकेको छ । चुनाव भए कसले जित्छ यसै भन्न सकिने अवस्था छैन ।

    के हुन्छ भन्ने कुरा अध्यक्ष प्रचण्डमै निर्भर रहने छ । मिलाउन नसकेको अवस्थामा उनले चुनावको विकल्प खोली दिन पनि सक्छन् । चुनावले पार्टीका गुटगत विग्रह ल्याउने ठानेमा उनले महासचिवमा तेस्रो पात्रलाई पनि अघि सार्न सक्छन् ।

    यस्तोमा कृष्णबहादुर महरा महासचिव हुन सक्छन् । महरालाई अघि सार्दा उनी दुवैले मान्ने अवस्था पनि रहन्छ । र, महराले नै विप्लव, वैद्यलगायतसँग पार्टी एकीकरणका लागि वार्ताको पहलसमेत गरिरहेका छन् । उनलाई अघि सार्दा पार्टी एकीकरणमा सहज हुन्छ भन्ने ठम्याइमा प्रचण्डअघि बढ्न पनि सक्छन् । अर्थात महरा प्रचण्डको संकट मोचक पनि बन्न सक्छन् ।

    अन्य पदाधिकारीमा व्यवस्थापन

    महासचिवबाहेकका पदमा भने त्यति गाह्रो हुने देखिँदैन । हाल स्थायी समिति सदस्य रहेकाहरूलाई पदाधिकारीमा व्यवस्थापन गरिनेछ ।

    प्रचण्डपछिको वरीयतामा रहेका नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष रहने लगभग निश्चित छ । महरा महासचिव नरहे उपाध्यक्षमा निश्चितजस्तै छ । त्यसपछि पम्फा भुसाल, हरिबोल गजुरेल, देव गुरुङ र गिरीराजमणि पोखरेल लगायतका नेताहरू पनि उपाध्यक्षमा रहने सम्भावना छ ।

    उपमहासचिवमा मात्रिका यादव, देवेन्द्र पौडेल, शक्ति बस्नेत, चक्रपाणी खनाल, गणेश साहलगायतको सम्भावना छ ।

    सचिवमा लिलामणि पोखरेल, शशी श्रेष्ठ, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, हितमान शाक्य, लेखनाथ न्यौपाने, महेन्द्रबहादुर शाहीलगायतको सम्भावना छ ।

  • प्रदेश २ कांग्रेस चुनावः निधि-कोइराला प्यानल जिताउन मतदातालाई देउवाको म्यासेज !

    प्रदेश २ कांग्रेस चुनावः निधि-कोइराला प्यानल जिताउन मतदातालाई देउवाको म्यासेज !

    जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि मतदान जारी रहेका बेला सभापति शेरबहादुर देउवाको नामबाट रामसरोज यादवको प्यानल जिताउन प्रतिनिधिलाई आग्रहसहितको म्यासेज आइरहेको छ ।

    म्यासेजमा भनिएको छ, ‘जय नेपाल ! प्रदेश अधिवेशनमा सभापति राम सरोज यादव प्यानललाई आफ्नो अमूल्य मत दिइ विजयी बनाउनु हुन हार्दिक अनुरोध । -शेरबहादुर देउवा । तर रामसरोज भने विमलेन्द्र निधि– शेखर कोइराला समूहका सभापति उम्मेदवार छन् ।

    सभापति देउवाको नाममा मतदातादाई कसले म्यासेज पठाएको खुलेको छैन । मतदाताको मोबाइलमा भने एलटी–अलर्टबाट म्यासेज आएको देखिएको छ । यो म्यासेजले देउवा समूहका उम्मेदवारहरु हैरान बनेका छन् ।

    देउवाको नाममा मतदातालाई गरिएको म्यासेजलाई सभापतिका उम्मेदवार कृष्णा राय यादवले ‘भ्रम फैलाउने प्रयास’ भएको भनेका छन् । देउवा समूहका सभापतिका उम्मेदवार उनले भ्रममा नपर्न आफ्ना पक्षका मतदातालाई अपिल गरेका हुन् ।

    प्रदेश २ मा केन्द्रीय महाधिवेशन सकिएपछि मात्रै प्रदेश अधिवेशन भएको हो । यहाँ आज मतदान भइरहेको छ । यहाँ पदाधिकारी तथा सदस्यसहित ७४ पदका लागि १८० जना उम्मेदवार बनेका छन् । प्रदेशभरका १९८० प्रतिनिधिले मतदान गर्नेछन् ।

  • कांग्रेस प्रदेश-२ को नेतृत्व चयनका लागि मतदान सुरु

    कांग्रेस प्रदेश-२ को नेतृत्व चयनका लागि मतदान सुरु

    जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । विहान ८ बजेदेखि सुरु हुने भनिए पनि आवश्यक प्रक्रिया पूरा गरी १० बजेदेखि मतदान सुरु भएको हो ।

    सभापतिका उम्मेदवारद्वय कृष्णाप्रसाद यादव र रामसरोज यादवले मतदान गरेपछि अन्य प्रतिनिधिले मतदान गर्न थालेका छन् ।

    मतदानका विषयमा बुधबार देउवा र नेता विमलेन्द्र निधि पक्षबीच विवाद र झडपसमेत भएको थियो । मतदान ढिलासम्म सुरु नभएपछि तनाव भएको थियो । निधि पक्षले बुधबार मतदान गर्नु पर्ने भन्दै नाराबाजी गरेको थियो भने सभापति देउवा पक्षले त्यसको प्रतिवाद गरेको थियो । जसका कारण झडपको अवस्था बनेको हो ।

    प्रदेश दुईको सभापतिका लागि निधि पक्षबाट रामसरोज यादव र देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन् । रामसरोजलाई शेखर कोइराला पक्षले पनि साथ दिएको छ । महाधिवेशनमा निधिले देउवालाई साथ दिएका भए पनि प्रदेशमा भने निधिलाई शेखर कोइराला पक्षले साथ दिएको छ ।

  • कांग्रेस प्रदेश २ मा नयाँ नेतृत्व चयनका लागि आज मतदान

    कांग्रेस प्रदेश २ मा नयाँ नेतृत्व चयनका लागि आज मतदान

    काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि बिहीबार आज बिहान मतदान हुँदैछ । निर्वाचन समितले बुधबार निर्वाचन गर्ने तयारी गरेको भए पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर पक्षले बिहीबार बिहान मतदान गर्न माग गरेपछि मतदान बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

    मतदानका विषयमा बुधबार देउवा र नेता विमलेन्द्र निधि पक्षबीच विवाद र झडपसमेत भएको थियो । मतदान ढिलासम्म सुरु नभएपछि तनाव भएको थियो । निधि पक्षले बुधबार मतदान गर्नु पर्ने भन्दै नाराबाजी गरेको थियो भने सभापति देउवा पक्षले त्यसको प्रतिवाद गरेको थियो । जसका कारण झडपको अवस्था बनेको हो ।

    प्रदेश दुईको सभापतिका लागि निधि पक्षबाट रामसरोज यादव र  देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन् । रामसरोजलाई शेखर कोइराला पक्षले पनि साथ दिएको छ । महाधिवेशनमा निधिले देउवालाई साथ दिएका भए पनि प्रदेशमा भने निधिलाई शेखर कोइराला पक्षले साथ दिएको छ ।

  • प्रदेश २ को कांग्रेस अधिवेशनमा देउवा र कोइराला पक्षबीच झडप, प्रहरीले गर्‍यो लाठीचार्ज

    प्रदेश २ को कांग्रेस अधिवेशनमा देउवा र कोइराला पक्षबीच झडप, प्रहरीले गर्‍यो लाठीचार्ज

    काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा दुई पक्षबीच झडप भएको छ । शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र शेखर कोइराला-विमलेन्द्र निधि पक्षबीच निर्वाचनको विषयलाई लिएर झडप भएको हो ।

    प्रदेश २ मा कांग्रेसको नेतृत्व लिन संस्थापन पक्षबाट कोइराला-निधि पक्षबाट रामसरोज यादव सभापतिको उम्मेदवार छन् । देउवा पक्षबाट कृष्ण राय यादवले उम्मेदवारी दिएका छन् । कोइराला-निधि समूहले आजको मतदान स्थगित गरेर भोलि मात्र गर्ने प्रस्ताव राखेपछि देउवा समूह आक्रोशित भएको थियो ।

    विवाद बढेर दुई पक्षबीच झडपको रूप लिएपछि प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको छ । कांग्रेस चुनावका लागि अहिलेसम्म मतपत्र समेत छापिएको छैन । चुनाव कहिले हुन्छ भन्ने पनि अनिश्चित बनेको छ ।

  • कांग्रेस निर्वाचन : ९७ पदको नतिजा आउँदा देउवाका ८० प्रतिशत

    कांग्रेस निर्वाचन : ९७ पदको नतिजा आउँदा देउवाका ८० प्रतिशत

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत हालसम्म पदाधिकारीसहित ९७ जनाको परिणाम सार्वजनिक भएको छ ।

    १ सय ३४ पदका लागि भएको निर्वाचनमा ९७ जनाको परिणाम आउँदा सभापति शेरबहादुर देउवा पक्षले ८० प्रतिशत पदमा जित हासिल गरेको छ ।

    पदाधिकारीतर्फ सभापति देउवा समूहले १ उपसभापति र ६ सहमहामन्त्री जितेको छ । डा. शेखर कोइराला पक्षले उपसभापति १, महामन्त्री १ र २ सहमहामन्त्री जितेको छ । प्रकाशमान सिंह नेतृत्वको प्यानलबाट महामन्त्रीमा १ जना विजयी भएका छन् ।

    केन्द्रीय सदस्यतर्फ डा. शशांक कोइराला, राजेन्द्रकुमार केसी र मुक्ताकुमारी यादव साझा प्यानलमा परेका थिए । कोइराला सबै समूहमा, केसी प्रकाशमान र शेखरको समूहमा तथा यादव देउवा र शेखर दुवैको समूहमा परेकी थिइन् । यी तीनजनाबाहेक पनि परिणाम आएका ९७ मध्ये ७७ जना देउवा प्यानलका विजयी भएका छन् । त्यस्तै शेखर पक्षबाट उम्मेदवार बनेका १७ जना केन्द्रीय समितिको पदाधिकारी र सदस्यमा निर्वाचित भएका छन् ।

    शेखर समूहबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा, सहमहामन्त्रीमा बद्री पाण्डे र जीवन परियार पदाधिकारीमा विजयी भएका छन् । शेखर पक्षबाट खुल्ला केन्द्रीय सदस्यमा नौ जना विजयी हुँदा प्रदेश १ र गण्डकी प्रदेशबाट १-१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

    खुला महिला र मधेशी खुलातर्फ पनि शेखर पक्षका १-१ जना मात्रै निर्वाचित भएका छन् । त्यसबाहेक सबै क्लष्टरमा देउवा पक्षका उम्मेदवारहरु विजयी भएका छन् ।

  • कांग्रेस प्रदेश २ नेतृत्वका लागि मतदानको तयारी (तस्बिरहरू)

    कांग्रेस प्रदेश २ नेतृत्वका लागि मतदानको तयारी (तस्बिरहरू)

    जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत जनकपुरस्थित गोपाल धर्मशालामा मतदानको तयारी गरिएको छ ।

    मतदानका प्लाष्टिकका डब्बालाई मतपेटिका बनाइएको छ । मतदानस्थलमा सुरक्षार्थ नेपाल र सशस्त्र प्रहरी खटेका छन् । निर्वाचन समितिका अनुसार दिउँसो १ बजेबाट मतदान सुरू हुनेछ ।

    पदाधिकारीसहित ७४ सदस्यीय प्रदेश कमिटीका लागि १८० जनाले उम्मेदवारी दिएका छन् । शेरबहादुर देउवा समूहबाट कृष्णाराय यादव र विमलेन्द्र निधि- शेखर कोइराला समूहबाट रामसरोज यादवले अलग अलग प्यानल बनाएर उम्मेदवारी दिएका हुन् ।

    प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका रामसरोजलाई जिताउन विमलेन्द्र निधि र शेखर कोइराला समूहका नेताहरू सक्रिय छन् । देउवा समूहका कृष्णाको प्यानललाई जिताउन गृहमन्त्री बालकृष्ण खाण जनकपुरमा खटिरहेका छन् ।

    रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर (रौतहट), र विनोद खनाल (सर्लाही) छन् । महामन्त्रीमा नरेश यादव (सिरहा) र हरेस महतो (सर्लाही) लाई राखिएको छ । सहमहामन्त्रीमा अरविन्द अमात्य (पर्सा), विनोद यादव (महोत्तरी) र निर्मला सुवेदी (बारा) छन् ।

    यस्तै कृष्णाको प्यानलमा उपसभापतिमा वीरेन्द्र सिंह (सर्लाही) र चन्द्रशेखर यादव (बारा) लाई राखिएको छ । यस्तै महामन्त्री उपेन्द्र यादव (सिरहा) र वृहस्पतिकुमार श्रेष्ठ (पर्सा) छन् । सहमहामन्त्रीमा जयनारायण यादव (बारा), परशुराम चौधरी (सप्तरी) र रिता यादव (सप्तरी) भिडेका छन् ।

  • कांग्रेस प्रदेश–२ अधिवेशन: ७२ पदमा १८० उम्मेदवार, दिउँसो १ बजेबाट मतदान (उम्मेदवारको सूचीसहित)

    कांग्रेस प्रदेश–२ अधिवेशन: ७२ पदमा १८० उम्मेदवार, दिउँसो १ बजेबाट मतदान (उम्मेदवारको सूचीसहित)

    जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश-२ को पहिलो अधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । कांग्रेसको विधान अनुसार ८ पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ । जसका लागि १८० जनाको उम्मेदवारी परेको छ ।

    संशोधित निर्वाचन कार्यतालिका अनुसार आज बिहान ६ बजेदेखि साढे सात बजेसम्म दाबी विरोध र उम्मेदवारी फिर्ता गर्ने समय दिइएको छ । विहान ८ बजे अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ ।

    दिउँसो १ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानका लागि भित्र प्रवेश गरिसकेका प्रतिनिधि (मतदाता)ले अवेरसम्म पनि मतदान गर्न पाउने भनिएको छ ।

    प्रदेश सभापतिमा कृष्णा प्रसाद यादव र रामसरोज यादव उम्मेदवारी दिएका छन् । कृष्णालाई शेरबहादुर देउवा र रामसरोजलाई विमलेन्द्र निधि–शेखर कोइराला समूहको समर्थन छ । दुबै समूहले प्यानल बनाएर उम्मेदवारी दिएपछि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

    यस्तै दुईजना उपसभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ । देउवा समूहबाट वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव तथा निधी–कोइराला समूहबाट धनलाल ठोकर र बिनोदकुमार खनालले उपसभापतिमा भिडेका छन् । रामाधार प्रासद यादव भने स्वतन्त्र रुपमा उपसभापतिको उम्मेदवार बनेका छन् ।

    यस्तै २ महामन्त्रीका लागि पनि ५ जनाको उम्मेदवारी परेको छ । नरेश यादव र हरेश महतो निधी–कोइराला समूहबाट उम्मेदवार छन् भने बृहस्पति कृष्ण श्रेष्ठ र उपेन्द्र कुमार यादव देउवा समूहका उम्मेदवार छन् । बिनोद चौधरी स्वतन्त्र उम्मेदवार छन् ।

    यस्तै पुरुषतर्फ २ सहमहामन्त्रीमा देउवा समूहबाट जयनारायण यादव र परशुराम चौधरी उम्मेदवार छन् । महिलातर्फ १ सहमहामन्त्रीका लागि देउवा समुहबाट रीता यादवय उम्मेदवार छन् ।

    यस्तै निधी–कोइराला समूहबाट सहमहामन्त्रीमा पुरुषतर्फ अरविन्द अमात्य र विनोद यादव उम्मेदवार छन् भने महिलातर्फ निर्मला सुवेदी छिन् । स्वतन्त्रबाट भने ५ जना उम्मेदवार छन् ।

    विभिन्न क्लस्टरबाट प्रदेश सदस्यमा उम्मेदवारी दिनेहरुको सूची यस्तो छ ।

    प्रदेश सदस्य खुल्ला- १४ जना
    १. बिनय कुमार साह २. जीवनाथ चौधरी ३. समिर कुमार पोखेल ४. राम नगीना प्रसाद साहु ५. प्रकास मैनाली ६. नवल किशोर साह ७. जगदीश साह ८. उतिम प्रसाद मण्डल ९. प्रेम चन्द्र झा १०. बासु लाल महतो ११. देव नारायण महतो १२. विवेक जैसवाल १३. प्रेम शंकर सिंह १४. राजेश गिरी (राजु) १५. सुर्य बहादुर थापा १६. लक्ष्मण प्रसाद ठाकुर १७. राज कुमार सिंह १८. अमरेन्द्र सिंह १९. राम लला चौधरी २०. शिव नारायण यादव २१. गोखुल सिंह कुशवाहा २२. भोगेन्द्र मिश्र २३. मो. अख्तर अलि २४. प्रभात कुमार ललन २५. हरि नारायण साह तेली २६. सुरेश प्रसाद यादव २७. सुेरश ठाकुर हजाम २८. प्रभात राय भट्ट २९. नरेन्द्र यादव ३०. राकेश रोशन ३१. मनु अधिकारी ३२. विनोद कुमार यादव ३३. राम चन्द्र यादव ३४. सुरेन्द्र कुमार नौपाने ३५. राम बाबु साह ३६. केशव प्रसाद पोख्रेल ३७. सुरेश लाल कर्ण ३८. नुरुल नेसा ३९. रचना श्रेष्ठ माथेमा ४०. प्रेमा कुमारी झा ४१. रंजु कुमारी देवी झा ४२. हरिन्द्र प्रसाद यादव ४३. मृत्युन्जय कुमार श्रवास्तव ४४. नन्द कुमार साह ४५. राम चन्द्र मण्डल ४६. गणेश पौडेल ४७. नेपाल कार्की ४८. राज किशोर यादव ४९. लक्ष्मी नारायण यादव

    प्रदेश सदस्य महिला- ७ जना
    १. चन्डीका ढुंगाना २. मन्जुदेवी गोइत ३. विष्णु माया शर्मा ४. नेजमा खातुन ५. माहामाया देवी ६. शिवकुमारी साह ७. बिन्दा कार्की ८. पिंकी सिंह ९. रेखाकुमारी यादव १०. रञ्जुकुमारी देवी झा ११. रचना श्रेष्ठ माथेमा १२. नरुन रेजा १३. प्रेमाकुमारी झा

    प्रदेश सदस्य खुला प्रत्येक जिल्लाबाट १-१ गरी- ८ जना
    १ १. राम भरोषप्रसाद यादव २. नितेन्द्रप्रसाद साह ३. राकेशकुमार यादव ४. योगेन्द्रप्रसाद कुशवाहा ५. उपेन्द्र प्रसाद जयसवाल ६. आशाराम चौधरी ७. सञ्जयकुमार चर्तुवेदी ८. अरुणकुमार साह ९. पाण्डवकुमार मण्डल १०. सूर्यनारायण राय ११. धर्मलाल राय १२. रामकृष्ण मण्डल १३. प्रदीपकुमार यादव १४.रामदयाल यादव १५.सुनील ठाकुर

    प्रदेश सदस्य प्रत्येक जिल्लाबाट १-१ महिला- ८ जना
    १. सिता कुमारी मैनाली २. विमला देवी साह ३. रेखा यादव ४. शिला देवी मण्डल ५. पदमा कुमारी अधिकारी कोइराला ६. निर्मला देवी ७. अंजु झा ८. उषा देवकोटा ९. भावना ढुंगेल घिमिरे १०. जशोधा कुमारी ११. जिवछी कुमारी देवी

    प्रदेश सदस्य खस आर्य–- जना
    १. निरमुनी मैनाली २. प्रमेश पोखरेल ३. उमेश कुमार बस्नेत ४. गुरु प्रसाद गौतम

    प्रदेश सदस्य आदिवासी जनजाती खुला- १ जना
    १. विरेन्द्रकुमार सिंह २. कृष्णकुमार लामा ३. बालेश्वर मण्डल

    प्रदेश सदस्य आदिवासी जनजाति महिला- १ जना
    १. रत्ना लामा २. मनमाया तामाङ

    प्रदेश सदस्य मधेशी खुल्ला- ७ जना
    १. सुर्वण महतो २. जगत नारायण प्रसाद यादव ३. शितल प्रसाद मण्डल ४. बैद्यनाथ प्रसाद गुप्ता ५. महेश प्रसाद सिंह दनुवार ६. राज कुमार महतो ७. संजय कुमार चौरसिया ८. गुदर यादव ९. राज हंस साह १०. सरोज कुमार यादव ११. अच्छेलाल यादव १२. शिव कुमार सर्राफ १३. रामाकान्त प्रसाद चौरसिया १४. लोकनारायण यादव १५. भुवनेश्वर प्रसाद यादव १६. विनोद कुमार साह

    प्रदेश सदस्य मधेशी महिला- ६ जना
    १. बबिताकुमारी साह २. विनिता तिवारी ३. लक्ष्मीकुमारी महतो ४. सीताकुमारी पासवान ५. ममता महतो ६. नितु यादव ७. राजश्री यादव ८. पार्वतीदेवी माझी ९. मालती देवी चौधरी १०. अर्चना चौधरी ११. अनितादेवी श्रीवास्तव १२. निलम कर्ण

    प्रदेश सदस्य दलित खुल्ला- ३ जना
    १. कमल परियार २. भुवनेश्वर सफी ३. मदन बहादुर विक ५. राम हृदय मण्डल खत्बे ६. रविलाल पासवान ७. बुनेल राम ८. रुप नारायण साफी ९. बलराम खंग खत्बे १०.उमेश पासवान

    प्रदेश सदस्य दलित महिला- २ जना
    १. प्रमिलादेवी दास २. पवनीदेवी खंग ३. प्रमिलाकुमारी सदा ४. विन्दाकुमारी पासवान ५. संजु देवी दास तत्मा

    प्रदेश सदस्य खुल्ला थारु- १ जना
    १. रितनारायण चौधरी २. उदयनारायण चौधरी

    प्रदेश सदस्य थारु महिला- १ जना
    १. रामप्यारी चौधरी २. शान्तिकुमारी सिंह

    प्रदेश सदस्य मुस्लिम खुल्ला- २ जना
    १. मो.ताज अली अन्सारी २. शेख अमिरुल अन्सारी ३. शेष हारुन रसीद ४. मो. अतिउर रहमान ५. मो.अम्बर दर्जी ६. मजुरुल हक मियाँ

    प्रदेश सदस्य मुस्लिम महिला- १ जना
    १. शैरुन निशा कैइन २. राजदा खातुन ३. सकिना खातुन

    प्रदेश सदस्य अल्पसंख्यक अपांग- १ जना
    १. रामप्रसाद पंजियार २. उदयशंकर राउत ३. जयप्रकाश ठाकुर ४. नितेशकुमार गुप्ता

  • कांग्रेस लुम्बिनी प्रदेशतर्फको खुला केन्द्रीय सदस्यमा केसी र कँडेल विजयी

    कांग्रेस लुम्बिनी प्रदेशतर्फको खुला केन्द्रीय सदस्यमा केसी र कँडेल विजयी

    काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशतर्फको केन्द्रीय सदस्यको मत गणना सकिएको छ ।

    मंगलबार पार्टी कार्यलायमा भएको मतगणना अनुसार दुई जना निर्वाचित हुने व्यवस्था रहेको लुम्बिनीतर्फका खुलातर्फ केन्द्रीय सदस्यमा चन्द्रबहादुर केसी र देवेन्द्रराज कँडेल विजयी भएका छन् ।

    पार्टी कार्यालयमा जारी मतगणनाको मंगलबार राति आएको नतिजा अनुसार लुम्बिनीबाट एक जना महिला केन्द्रीय सदस्यका लागि शिला शर्मा खड्का विजयी भएकी हुन् । उनी कांग्रेसका पूर्व नेता खमबहादुर खड्काकी पत्नी हुन् ।

  • कास्कीमा अब कांग्रेसले जित्छ : केन्द्रीय सदस्य बराल

    कास्कीमा अब कांग्रेसले जित्छ : केन्द्रीय सदस्य बराल

    कास्की । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले आगामी निर्वाचनमा कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा कांग्रेसले जित हासिल गर्ने दावी गरेका छन् ।

    १४ औं महाधिवेशनबाट खुल्ला तर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला पुगेका बरालले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेसलाई जिताउनु नै आफ्नो लक्ष्य भएको बताए ।

    ‘कास्कीमा कांग्रेसको इतिहास पनि छ, जनमत पनि छ । विगतमा कांग्रेस पछाडि परेका कारण कास्कीपनि पछाडी परेको छ । अब कास्कीका सबै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा कांग्रेसले जित्नेगरी संगठन गर्छौ ’, बरालले भने’ ।

    १४ औं महाधिवेशनले पार्टीभित्र नयाँ उत्साह सञ्चार गराएको बताउँदै बरालले लोकतान्त्रिक प्रतिस्पर्धाका तीतामिठा क्षण बिर्सेर संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने बताए ।

    केन्द्रीय सदस्यका रुपमा पहिलो पटक पोखरा पुग्दा बराललाई विमानस्थलमा स्वागत गरिएको थियो ।

    उनले वीपी कोइराला र गणेशमान सिंहको सालिकमा माल्यार्पण गर्दै कांग्रेसलाई सशक्त बनाउन योगदान गर्ने बताए ।

  • कांग्रेस प्रदेश २ : यस्तो बन्यो देउवा र निधी–कोइराला प्यानल

    कांग्रेस प्रदेश २ : यस्तो बन्यो देउवा र निधी–कोइराला प्यानल

    जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ मा कृष्णा यादव र रामसरोज यादवले अलग—अलग प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् ।

    रामसरोज प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री हुन् । उनलाई विमलेन्द्र निधी र शेखर कोइरालाको समर्थन छ । रामचन्द्र पौडल पक्षका नेताहरु पनि उनको साथमा छन् ।

    रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर (रौतहट), र विनोद खनाल (सर्लाही) छन् । महामन्त्रीमा नरेश यादव (सिरहा) र हरेस महतो (सर्लाही)लाई राखिएको छ । सहमहामन्त्रीमा अरविन्द अमात्य (पर्सा), विनोद यादव (महोत्तरी) र निर्मला सुवेदी (बारा) छन् ।

    रौतहटका कृष्णा यादव सभापति शेरबहादुर देउवाको सहयोगमा सभापतिमा भिडेका छन् । उनलाई जिताउन देउवालाई आफ्ना विश्वासिलो नेता गृहमन्त्री बालकृष्ण खाँडलाई जनकपुरमा सक्रिय पारेका छन् ।

    यादवको प्यानलमा उपसभापतिमा बीरेन्द्र सिंह (सर्लाही) र चन्द्रशेखर यादव (बारा)लाई राखिएको छ । यस्तै महामन्त्री उपेन्द्र यादव (सिरहा) र वृहस्पतिकुमार श्रेष्ठ (पर्सा) छन् । सहमहामन्त्रीमा जयनारायण यादव (बारा), परशुराम चौधरी (सप्तरी) र रीता यादव (सप्तरी) भिडेका छन् ।

  • कर्णालीबाट तीन नेता केन्द्रीय सदस्य निर्वाचित, एक भोटले चुके पूर्वमन्त्री थानी

    कर्णालीबाट तीन नेता केन्द्रीय सदस्य निर्वाचित, एक भोटले चुके पूर्वमन्त्री थानी

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (कर्णाली प्रदेश) को मतपरिणाम सार्वजनिक भएको छ ।

    सार्वजनिक परिणाम अनुसार राजीवविक्रम शाह, कर्णबहादुर बुढा र जानकी सिंह विजयी भएका छन् । शाहले २८२० र बुढाले २२०० मत प्राप्त गरे  ।

    पूर्वमन्त्री समेत रहेका ह्दयराम थानी केन्द्रीय सदस्यमा एक मतले पराजित भएका हुन् ।

    एकमतले पराजित पूर्वमन्त्री थानीले २१९९ मत ल्याए ।

    यस्तै जानकी सिंहले २६२४ मत प्राप्त गर्दा मैना कार्कीले १९५५ मत प्राप्त गरिन् ।

  • शशांकलाई उछिन्दै मुक्ताकुमारी यादवलाई सर्वाधिक मत

    शशांकलाई उछिन्दै मुक्ताकुमारी यादवलाई सर्वाधिक मत

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको निर्वाचनमा मुक्ताकुमारी यादवले सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । उनले ३९६० मत ल्याएकी हुन् । उनी मधेशी महिला समूहतर्फबाट सदस्यमा निर्वाचित भएकी हुन् ।

    यसअघि केन्द्रीय सदस्यमा सर्वाधिक मत शशांक कोइरालाले ल्याएका थिए । तर, कोइरालाले ल्याएको ३८३६ मतभन्दा १२४ मत बढी ल्याइन् ।
    पदाधिकारीको मत परिणाम आउँदा गगनकुमार थापाले सर्वाधिक मत पाएका थिए । उनले ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका थिए ।

    तर, खुला केन्द्रीय सदस्यको परिणाम आउँदा गगनलाई उछिनेर शशांकले ३८३६ मत ल्याए । मधेशी महिला समूहको परिणाम आउँदा शशांकलाई मुक्ताकुमारीले उछिनेर सर्वाधिक मतसहित सदस्यमा निर्वाचित भएकी हुन् ।

  • कांग्रेस महाधिवेशन : निर्वाचनको अन्तिम परिणाम भोलिसम्म आइसक्ने

    कांग्रेस महाधिवेशन : निर्वाचनको अन्तिम परिणाम भोलिसम्म आइसक्ने

    काठमाडौं । नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको अन्तिम परिणाम बुधबारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको हालसम्म ६३ पदको मतपरिणाम सार्वजनिक भएको छ । जसमा १३ जना पदाधिकारीको पनि मतपरिणाम आइसकेको छ । हाल वागमती, कर्णाली, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको मतगणना भइरहेको छ । यी प्रदेशको मतगणना अन्तिम चरणमा पुगेकाले आजै बाँकी रहेको थारु, खसआर्य, मुस्लिम, जनजातिलगायत क्लस्टरको मतगणना पनि सुरु गर्न लागिएको समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए ।

    अहिले विभिन्न क्लस्टरका ७१ केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । बुधबारसम्म १३४ पदकै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको उनले बताए । विद्युतीय मतदान प्रक्रियामा पार्टीभित्र सहमति नजुटेकाले मत परिणाम सार्वजनिक गर्न एक साताभन्दा लामो समय लागेको हो ।

    रासस

  • कांग्रेस निर्वाचन : बागमती प्रदेश खुलातर्फ रञ्जित र केसी निर्वाचित

    कांग्रेस निर्वाचन : बागमती प्रदेश खुलातर्फ रञ्जित र केसी निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशतर्फ खुला केन्द्रीय सदस्यमा दुईजना निर्वाचित भएका छन् ।

    निर्वाचित हुनेहरुमा ध्यानगोविन्द रन्जित र राजन केसी रहेका छन् ।

    यस्तै, प्रदेशको महिलातर्फ उर्मिला नेपाल विजयी भएकी छन् ।

    ध्यानगोबिन्द र उर्मिला संस्थापन र राजन इतरसमूहका हुन् ।

  • कांग्रेस निर्वाचन : मधेशी महिलातर्फ चार केन्द्रीय सदस्य निर्वाचित

    कांग्रेस निर्वाचन : मधेशी महिलातर्फ चार केन्द्रीय सदस्य निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले पनि केन्द्रीय सदस्यहरुको मतगणना जारी रहेको छ । पछिल्लो परिणाम अनसार मधेशी महिलातर्फ चारजना निर्वाचित भएका छन् ।

    कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार मुक्ताकुमारी यादव तीन हजार ९६९, मिनाक्षी झा तीन हजार १२, मञ्जुकुमारी यादव दुई हजार ८८३ र नागिना यादव दुई हजार ८४६ मत ल्याएर विजयी भएका हुन् ।

    गत मंसिर २७ गते पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको ७२ जनाको मत परिणाम सार्वजनिक भएको छ ।

    समावेशीतर्फका बाँकी ६२ केन्द्रीय सदस्यको मत परिणाम पनि बुधबारसम्म सार्वजनिक गर्ने गरी मत गणना भइरहेको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

  • कांग्रेस प्रदेश २ सभापतिमा कृष्णा र रामसरोजले दिए उम्मेदवारी

    कांग्रेस प्रदेश २ सभापतिमा कृष्णा र रामसरोजले दिए उम्मेदवारी

    जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ सभापतिका लागि रामसरोज यादव र कृष्णा यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

    प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका रामसरोजले आफूलाई स्वतन्त्र उम्मेदवार भनेका छन् । तर, उनलाई विमलेन्द्र निधि र शेखर कोइराला समूहको समर्थन छ ।

    कृष्णा यादव भने सभापति शेरबहादुर देउवाको समूहबाट उम्मेदवार बनेका छन् । उनी रौतहटका हुन् । उनलाई जिताउन गृहमन्त्री बालकृष्ण खाण हिजैदेखि जनकपुरमा छन् ।

  • विश्वप्रकाशपछि गगन थापा पुगे सिटौला निवास

    विश्वप्रकाशपछि गगन थापा पुगे सिटौला निवास

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेता कृष्णप्रसाद सिटौला निवास पुगेका छन् । पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएको एक सातापछि थापा मंगलबार नेता सिटौला निवास पुगेर आशीर्वाद मागेका छन् ।

    कांग्रेसको १३औं महाधिवेशनमा थापा र सिटौला एउटै समूहमा थिए । सिटौला सभापति र थापा महामन्त्रीका उम्मेदवार थिए । दुवै पराजित भए । त्यसयता थापा सिटौला समूहबाट रामचन्द्र पौडेल समूहमा लागे ।

    १४औं महाधिवेशनमा थापा डा।शेखर कोइराला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिए । र, तीन हजारभन्दा बढी मत ल्याएर चुनाव जिते ।

    महामन्त्री थापाले आशीर्वाद मागेपछि सिटौलाले पार्टीलाई एकढिक्का बनाएर लैजान सुझाव दिएका थिए । उनले विगतका तितामिठा कुरा बिर्सेर काम गर्न सल्लाह दिएका थिए ।

    आइतबार मात्रै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा नेता सिटौला निवास पुगी आशीर्वाद मागेका थिए । सिटौलाले आशीर्वाद दिँदै यो भन्दा पनि माथि पुग्नु भनेर आशीष दिएका थिए ।

  • कांग्रेस मधेसी कोटामा ५ केन्द्रीय सदस्य निर्वाचित, विनोद चौधरी दोस्रो

    कांग्रेस मधेसी कोटामा ५ केन्द्रीय सदस्य निर्वाचित, विनोद चौधरी दोस्रो

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेसीतर्फ पाँच जना निर्वाचित भएका छन् ।

    सार्वजनिक परिणाम अनुसार अजय चौरसिया २५२२, चन्द्रमोहन यादव २१३८ र दिनेश कुमार यादव १९५९ मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।

    चन्द्रमोहन यादव पूर्व राष्ट्रपति डा. रामबरण यादवका छोरा हुन् ।

    यस्तै, महेन्द्रकुमार राय १९८४ र विनोद चौधरी २२०६ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

    निर्वाचित भएका सदस्यहरु चन्द्रमोहन बाहेक सबै सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

  • एमसीसी अघि बढाउनु सरकारको दायित्व : गृहमन्त्री खाण (भिडि‌ओ)

    एमसीसी अघि बढाउनु सरकारको दायित्व : गृहमन्त्री खाण (भिडि‌ओ)

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले एमसीसी गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना भएकाले सम्झौता अघि बढाउनु सरकारको दायित्व भएको बताएका छन् ।

    मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग उनले एमसीसी सम्झौता पूर्ववर्ति सरकारकै पालामा सुरू भएको बताए ।

    उनले भने, ‘नेपालको विकासका लागि पूर्ववर्ति सरकारहरूको पालामै एमसीसी अगाडि बढेको हो । सरकार र एमसीसी परियोजनाको बीच धेरै वर्षअघि नै सम्झौता भएको हो । त्यो सम्झौतालाई अघि बढाउनु सरकारको दायित्व हो ।’

    एमसीसी परियोजना ऋणमा नभइ निशर्त अनुदान भएको प्रष्ट्याए । मन्त्री खाणले भने, ‘एमसीसीको बारेमा केही भ्रम पनि होलान् । अमेरिकन सरकारले गरिबी निवारण र रोजगारीसँग सम्बन्धित यो परियोजना सञ्चालन गरिरहेको छ । यसै अन्तर्गत नेपाल सरकारले विद्युतीकरण र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । एमसीसीको जुन परियोजना छ, त्यो ऋणमा होइन, अनुदानमा हो ।’

  • कांग्रेस केन्द्रीय सदस्यको अपांगतातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित

    कांग्रेस केन्द्रीय सदस्यको अपांगतातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य अपांगतातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । उनले १६४० मत ल्याएका छन् ।

    उनका निकटतम प्रतिस्पर्धी बाबुकृष्ण सापकोटाले ८८७ मत प्राप्त गरे । समितिका अनुसार अपांगतातर्फ १२ उम्मेदवार प्रतिस्पर्धामा थिए । प्राप्त मतपरिणाम अरुण केसीले ३२७, उदयबहादुर लिम्बूले २३२, गोपालबहादुर देउवाले २२९, कुमार कँडेल (गजन)ले १०५, धीरेन्द्रकुमार सिंहले १९८, पुष्करकुमार खड्काले १०२, प्रकाश पन्थले २३९, माधवप्रसाद चम्लागाईँले १९८, वसन्तबहादुर भुजेलले १७१ र शिवहरि नेपाल (वैरागी)ले २९० मत प्राप्त गरे ।

    – रासस