Category: नेपाली कांग्रेस

  • मुख्यमन्त्री र १२ जिल्लाका सीडीओलाई गृहमन्त्रीको फोन

    मुख्यमन्त्री र १२ जिल्लाका सीडीओलाई गृहमन्त्रीको फोन

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी सीमा नाकाबाट भित्रने नागरिकहरूमा कोभिड–१९ संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षणलगायतबारे जानकारी लिएका छन् ।

    गृहमन्त्री खाणले आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा सीमा नाका जोडिएका र सीमासँग नजिकका जिल्लाहरू कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् ।

    उनले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई शीतलहर र त्यसबाट नागरिकलाई बचाउन गरिरहेको प्रयासबारे पनि जानकारी लिए । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले गृहमन्त्री खाणल बोर्डरमा एन्टीजेन्ट परीक्षण, स्वास्थ्य सेवा केन्द्रको अवस्था र सितलहरबाट नागरिकलाई बचाउन भइरहेको प्रयास र आगामी योजनाबारे जानकारी लिएको बताए ।

    ‘मुख्यगरी गृहमन्त्रीज्यूले सीमा नाकामा स्वास्थ्य सेवा केन्द्रले गरिरहेको काम, एन्टीजेन्ट परीक्षण, होल्डिङ सेन्टरको अवस्था र शीतलहरबाट नागरिकलाई बचाउन भइरहेका प्रयासबारे जानकारी लिनुभयो,’ प्रजिअ कटवालले भने, ‘सीमा नाकामा जाँच कडाइ गर्न, होल्डिङ सेन्टरलाई तयारी अवस्थामा राख्न तथा  शीतलहरमा नागरिकलाई बचाउन विपद्बाट आएको रकमले दाउरा र कम्बल वितरण गर्न निर्देशन दिनुभएको छ।’

    गृहमन्त्री खाणले सीमाबाट भित्रने नागरिक जसको कोभिड–१९ परीक्षण गर्दा जोजेटिभ देखिन्छ, उनीहरूलाई आइसोलेशनमा राख्न र नजिकैको जिल्लामा घर भएका स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पु¥याउने व्यवस्थाबारे पनि चासो राखेका थिए ।

    मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले परीक्षणका क्रममा पोजेटिभ देखिएकालाई स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पु¥याउन गरिएको व्यवस्थाबारे गृहमन्त्री खाणले जानकारी लिएको बताए ।

    झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले जिल्लामा कोभिड–१९ को स्थिति, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षणबारे गृहमन्त्रीले टेलिफोनमार्फत जानकारी लिएको बताए ।

  • स्थानीय तहलाई पदाधिकारीबिहीन बनाउने पक्षमा छैनौँ : प्रकाशमान सिंह

    स्थानीय तहलाई पदाधिकारीबिहीन बनाउने पक्षमा छैनौँ : प्रकाशमान सिंह

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताएका छन् ।

    नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुुपर्ने पनि स्पष्ट पारे ।

    शनिबार काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानको मर्म र भावना विपरित कुनै पनि तहको निर्वाचनमा जान नहुने बताए ।

    उनले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिना भित्र स्थानीय तहको निर्वाचन हुुनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख भएको र सोही अनुसार हुनुपर्ने दावी समेत गरे ।

    नेता सिंहले डा. मिता सिंहद्वारा लिखित पुस्तक ‘स्ट्रगल अफ गणेशमान सिंह’को विमोचन गर्दै पुस्तकमा गणेशमान सिंहले नेपालको प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानको चर्चा गरिएको बताए ।

    उनले सो पुस्तक नेपालको प्रजातान्त्रिक आन्दोलनबारे जान्न चाहने जोकोही उपयोगी हुने विश्वास समेत व्यक्त गरे ।

  • रेणु यादवलाई कांग्रेस महामन्त्रीले दिए तीन विकल्पः क्षमायाचनादेखि पदमुक्तसम्म

    रेणु यादवलाई कांग्रेस महामन्त्रीले दिए तीन विकल्पः क्षमायाचनादेखि पदमुक्तसम्म

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मन्त्री रेणु यादवले पछिल्लो समय दिएको हिंसात्मक अभिव्यक्तिमाथि टिप्पणी गर्दै तीनवटा विकल्प अघि सारेका छन् । शर्माले दिएका तीन विकल्पमा क्षमायाचनादेखि पदमुक्त गर्नुपर्नेसम्मका छन् ।

    उनले दिएको पहिलो विकल्पमा पदीय मर्यादाविपरीत अभिव्यक्ति दिने यादवले भुल सुधार र क्षमायाचना गर्नुपर्नेछ । त्यस्तै दोस्रो विकल्पमा उनले सम्बन्धित दलले पहलकदमी लिएर पदबाट राजीनामा गराउनुपर्ने छ । त्यस्तै तेस्रो विकल्पमा उनले भनेका छन्, पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त ।

    उनले राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपले बढी जिम्मेवार हुनै पर्दछ भन्दै हिंसा भड्काउने अभिव्यक्ति स्वीकार्य नहुने पनि बताएका छन् । ‘विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न’, उनले भनेका छन् ।

    मन्त्री यादवले केही दिनअघि मधेसको एक कार्यक्रममा फेरि गौर हत्याकाण्ड जस्तै अर्को घटना हुने बताएकी थिइन् । जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै उनले फेरि त्यस्तै हत्याकाण्ड हुनसक्ने चेतावनी दिएकी थिइन् । उनको उक्त अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

  • कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित

    कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित

    काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको छ ।

    केन्द्रीय निर्वाचन समितिले कोभिड १९ को कारण देखाउँदै माघ १५ गते हुने तय भएका जिल्ला अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो ।

    ‘कोभिड १९ को संक्रमणको जोखिम न्यूनिकरण तथा आम जनजीवन सामान्य बन्दै गएपछि स्थगन गरिएका उल्लेखित १६ जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन तत्काल गरिनेछ’, निर्वाचन समितिको विज्ञप्तीमा उल्लेख छ ।

    कांग्रेसमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछामको जिल्ला अधिवेशन हुन बाँकी छ।

  • स्थानीय निर्वाचन सार्नु असंवैधानिक र अलोकतान्त्रिक हुनेछ : महामन्त्री थापा

    स्थानीय निर्वाचन सार्नु असंवैधानिक र अलोकतान्त्रिक हुनेछ : महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहलाई रिक्त राखेर संसदीय निर्वाचन हुननसक्ने बताएका छन् ।

    सत्तारुढ गठबन्धनमा स्थानीय निर्वाचनभन्दा पहिले नै संसदीय निर्वाचन गर्नेबारे विषय प्रवेश भएको बेला सत्तारुढ दल कांग्रेसका महामन्त्री थापाले भने वैशाखमा स्थानीय तहको निर्वाचन नहुनु असंवैधानिक र अलोकतान्त्रिक हुने बताए ।

    नेपाल प्रेससँग कुराकानी गर्दै महामन्त्री थापाले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुने सुनिश्चितता संविधानले नै गरेको भन्दै ऐनको व्यवस्था देखाएर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुने बताए ।

    ‘प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुन्छ भनेजस्तै स्थानीय सरकारको कार्यकाल पनि ५ वर्षको हुन्छ । हाम्रो संविधानले स्थानीय सरकार रिक्त हुने परिकल्पना गरेको छैन त्यसैले स्थानीय निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्छ’, थापाले भने ।

    उनले विगतमा केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भनेर आन्दोलन गरेको बिर्सन नहुने भन्दै सत्तामा पुगेपछि संविधानविपरीत गर्ने छुट कांग्रेसलाई नभएको बताए ।

    ‘हिजो हामीले आन्दोलन गरेर संविधान जोगायौ भन्ने अनि आजै संविधानविपरीत जाने कुरा राम्रो होइन । मेरो प्रष्ट कुरा स्थानीय सरकार जनप्रतिनिधिविहीन हुनुहुँदैन भन्ने हो । बाँकी कुरा त्यसपछि छलफल गरौंला’, थापाले भने ।

    उनले वैशाखको अन्तिमसम्म स्थानीय निर्वाचन गरेपछि प्रतिनिधिसभा निर्वाचनलगायतका विषयमा प्रवेश गर्न सकिने बताए ।

    ‘स्थानीय तहलाई रिक्त राखेर स्थानीय निर्वाचन सार्ने कुरा असंवैधानिक र अलोकतान्त्रिक हुन्छ । स-साना छिद्र खोजेर आफू अनुकुल व्याख्या गरेर संविधानको मर्म बिगार्न पाइँदैन’, थापाले भने ।

    उनले संविधानअनुसार नै अगाडि बढ्नेबाहेकको विषयमा कांग्रेस सहमत नहुने स्पष्टसमेत पारे ।

  • गठबन्धन बैठक आजः रामचन्द्र र प्रचण्ड पहिले संसदीय निर्वाचनको पक्षमा

    गठबन्धन बैठक आजः रामचन्द्र र प्रचण्ड पहिले संसदीय निर्वाचनको पक्षमा

    काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । मंगलबारको बैठकमा स्थानीय तहको निर्वाचन संविधान अनुसार नै गर्ने सैद्धान्तिक सहमति भएको बताइएको थियो । आजको बैठकले निर्वाचनबारे सरकारलाई गठबन्धनको साझा धारणा दिने बताइएको छ । यद्यपि आजको बैठकमा बैशाखमा स्थानीय निर्वाचनभन्दा संसदीय निर्वाचन गर्ने एजेण्डाले प्रवेश पाउने देखिएको छ ।

    गठबन्धनको समन्वय समितिका संयोजकसमेत रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रष्ट रुपमै स्थानीय तहको निर्वाचनअघि संसदीय निर्वाचन गर्नुपर्ने पक्षमा उभिएका छन् ।

    गठबन्धनका संयोजक पौडेलले संसद निरन्तर अवरोध भइरहँदा राज्य नै असफल हुन लागेको भन्दै ५ वर्ष चल्नसक्ने संसद निर्माण गर्न पहिले प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने औंल्याएका छन् ।

    उनले देशलाई निकास दिन ताजा जनादेशमा जानपर्नेमा जोड दिएका छन् । ‘संसदीय निर्वाचन पहिले गर्नु उपयुक्त हुन्छ । गठबन्धनमा हामी छलफल गर्दैछौं । यो संसद चल्नै नदिने हो भने त चल्नसक्ने संसद पहिले बनाउनुपर्यो नि’, पौडेलले भनेका छन् ।

    त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले पनि बैशाख वा जेठमा संसदीय निर्वाचन गर्न प्रस्ताव गरेका छन् । मंगलबारकै बैठकमा प्रचण्डले स्थानीय निर्वाचन मंसिरमा गर्नेगरी संसदीय निर्वाचन पहिले गर्नुपर्ने प्रस्ताव गरेका थियो ।

    सो बैठकमा नेकपा एसका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएकोले थप निर्णय हुन सकेको थिएन । ‘पहिले संसदीय निर्वाचन गर्ने पक्षमा सबैजसो नेताहरु हुनुहुन्छ । सम्भवतः आज यसबारे अलि विस्तारित धारणा आउँछ’, गठबन्धनका एक नेताले नेपाल प्रेससँग भने ।

    मंगलबारको बैठकपछि प्रतिक्रिया दिने क्रममा गठबन्धनका नेताहरुले संविधान अनुसार नै अगाडि बढ्ने सहमति भएको बताएका थिए । संसदको निर्वाचन पहिले गरेर स्थानीय निर्वाचन पछाडि सार्ने प्रस्तावपनि संवैधानिक हुने धारणा गठबन्धनमा व्यक्त भइसकेको छ ।

    सत्तारुढ गठबन्धनमा नेकपा एस,जसपा, राष्ट्रिय जनमोर्चा लगायतका दलहरुपनि संसदीय निर्वाचन पहिले गर्नुपर्ने पक्षमा देखिएका छन् । आज ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ ।

  • वीरगञ्जमा कांग्रेस कार्यकर्ताद्वारा मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार

    वीरगञ्जमा कांग्रेस कार्यकर्ताद्वारा मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार

    जनकपुरधाम । पर्साको वीरगञ्ज महिनगरपालिका २३ स्थित प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुङ्गामुढा गरेको छ ।

    प्रदेशको राजधानी जनकपुरधाम तोकिएको विरोधमा कांग्रेस महानगर कमिटीले निकालेको मोटरसाइकल जुलुसमा सहभागी युवाले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेका हुन् । ढुङ्गा लागेर घरको सिसा फुटेको छ ।

    पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी ओमप्रकाश खनालले मोटरसाइकल जुलुसमा सहभागी कांग्रेसका एक कार्यकर्ताले मुख्यमन्त्रीको घरमा ढुङ्गा प्रहार गरेको बताए । उनले ढुङ्गा लागेर घरको सिसा फुटेको र प्रहार गर्नेको खोजी गरिरहेको बताए ।

    मोटरसाइल जुलुस निकालेका कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा बोकेका थिए । उनीहरुले मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद, वीरगञ्ज राजधानी कायम गर जस्ता नारा लगाएका छन् ।

  • विनोद चौधरीविरुद्धको उजुरी खारेज, केन्द्रीय सदस्य बन्न योग्यता पुगेको ठहर

    विनोद चौधरीविरुद्धको उजुरी खारेज, केन्द्रीय सदस्य बन्न योग्यता पुगेको ठहर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको क्रियाशील सदस्यतासम्बन्धी उजुरी खारेज भएको छ ।

    १४ औं महाधिवेशनमा खुल्ला मधेशी केन्द्रीय सदस्यतर्फ छैटौं नम्बरमा रहेर पराजित उम्मेदवार डा. सुभाषचन्द्र यादवले दोस्रो सर्वाधिक मतसहित निर्वाचित केन्द्रीय सदस्य चौधरीको उम्मेदवारी नै विधानविपरीत रहेको भन्दै कांग्रेसको निर्वाचन समितिमा उजुरी दिएका थिए ।

    कांग्रेसको केन्द्रीय निर्वाचन समितिले गत पुस ३० गते सो उजुरी उपर निर्णय गर्दै दाबी नपुग्ने ठहर गरेको हो । समितिको निर्णयमा संयोजक गोपालकृष्ण घिमिरेसहित सबै सदस्यहरुको हस्ताक्षर रहेको छ ।

    ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य मधेशी खुल्ला पाँच पदका लागि भएको निर्वाचनमा २३ जना उम्मेदवारमध्ये निर्वाचित भएका ५ जनापछि छैटौ बढी मत प्राप्त गरी निर्वाचित हुन नसकेका उम्मेदवार डा. सुभाषचन्द्र यादवको उजुरी केन्द्रीय निर्वाचन समितिले तोकेको समय सीमाभित्र पर्न नआएको र निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइ निज विनोदकुमार चौधरी निर्वाचित भएपश्चात निवेदकको उजुरी परेकोले निवेदकको उजुरी उपर कुनै निर्णय गरिरहनुपर्ने देखिएन । उजुरी खारेज हुने ठहर्छ’, निर्वाचन समितिको निर्णयमा उल्लेख छ ।

    समितिले कांग्रेस विधान र निर्वाचन निर्देशिकाअनुसार क्रियाशील सदस्यताको निरन्तरताको अवधि प्रमाणित गर्ने वैधानिक अधिकार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिवलाई रहेको र मुख्यसचिवले २०७८ मंसिर २४ मै चौधरीको सदस्यताको अवधी र योग्यता पुग्ने प्रमाणित गरेको समेत स्पष्ट पारेको छ ।

    प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरी १४ औं महाधिवेशनमा खुल्ला मधेशी केन्द्रीय सदस्यतर्फ निर्वाचित हुने ५ जनामध्ये दोस्रो सर्वाधिक मत ल्याएर विजयी भएका थिए ।

  • झण्डामात्रै हल्लाउने मन्त्रीहरु हटाउनुपर्छ : उपसभापति गुरुङ (भिडिओ)

    झण्डामात्रै हल्लाउने मन्त्रीहरु हटाउनुपर्छ : उपसभापति गुरुङ (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन सरकारमा ‘पर्फमेन्स’ दिन नसक्ने मन्त्रीहरुलाई पदमुक्त गर्नुपर्ने बताएका छन् ।

    नेपाल प्रेससँग कुराकानी गर्दै उपसभापति गुरुङले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिना पूरा गरेपनि केही मन्त्रीहरुको कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै मन्त्री हेरफेर गर्नुपर्ने बताएका हुन् ।

    ‘६ महिनाको अवधिमा सरकारले मिश्रित काम गरेको छ । कोरोना नियन्त्रणका लागि गरेको प्रयास राम्रो छ तर न्यूनतम साझा कार्यक्रम लागु हुन सकेको छैन ।

    केही मन्त्रीहरुले झण्डा हल्लाउने बाहेक काम देखाउन सकेका छैनन्’, गुरुङले भने । उनले मन्त्रीहरुले गर्ने कामबाट नै जनताले सरकारको मूल्यांकन गर्ने भन्दै ‘झण्डा मात्रै हल्लाउने’ मन्त्रीलाई कांग्रेसले फिर्ता बोलाउने बताए ।

    ‘हामी सरकारको कामबारे पार्टीमा अवश्य समिक्षा गर्छौ । गठबन्धनमा पनि यसबारे समिक्षा हुनुपर्छ ।

    कांग्रेसको भएपनि नभएपनि जनताको पक्षमा काम गर्न नसक्ने मन्त्रीलाई प्रधानमन्त्री आफैले पदमुक्त गर्नुपर्छ’, गुरुङले भने । उनले प्रधानमन्त्री देउवाले नै उचित मूल्यांकन गरेर मन्त्रिपरिषद हेरफेर गर्नु उपयुक्त हुने बताए ।

    फरक सन्दर्भमा मन्त्री गुरुङले ठूला भ्रष्टाचारका फाइल खोल्न प्रधानमन्त्रीले नै चासो दिनुपर्ने बताए ।

    ‘न्यूनतम साझा कार्यक्रममै ठूलो अनियमितताको छानबिन गर्ने लेखेको छ । प्रधानमन्त्रीले अख्तियार प्रमुखलाई ठूला भ्रष्टाचारका फाइल खोल्न आग्रह गर्न त सक्नुहुन्छ नि’, गुरुङले भने ।

  • कोरोनामुक्त भएसँगै प्रचण्ड सक्रिय – देउवासँगको भेटपछि बोलाइयो राजनीतिक संयन्त्रको बैठक

    कोरोनामुक्त भएसँगै प्रचण्ड सक्रिय – देउवासँगको भेटपछि बोलाइयो राजनीतिक संयन्त्रको बैठक

    काठमाडौं । कोरोनामुक्त भएसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक भेटघाटमा सक्रिय भएका छन् ।

    गत २४ पुसमा कोरोना संक्रमित भएका प्रचण्ड हिजो मात्रै संक्रमणमुक्त भएका थिए ।

    प्रचण्डले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

    प्रचण्डको सचिवालयका अनुसार देउवा र प्रचण्डबीचको भेटवार्तामा माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचन र आउँदो स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी थियो ।

    संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचत गर्न दुवै जना सहमत भएपनि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएर गठबन्धनदलहरुबीच छलफल गरेर निर्णय लिइने भएको छ ।

    देउवा र प्रचण्डको भेटपछि बिहान ९ बजेका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ। संयन्त्रका संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल छन् ।

  • कांग्रेसले भन्यो- लिपुलेकमा सडक निर्माण आपत्तिजनक, भारतीय सैनिक फिर्ता हुनुपर्छ

    कांग्रेसले भन्यो- लिपुलेकमा सडक निर्माण आपत्तिजनक, भारतीय सैनिक फिर्ता हुनुपर्छ

    काठमाडौं । नेपाली कांग्रेसले लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको बताएको छ । लिपुलेक प्रकरणबारे कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको बताएका हुन् ।

    विज्ञप्तिमा भनिएको छ- ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भनेर केही दिनअघि एक कार्यक्रममा व्यक्त गर्नुभएको भनाइप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमी हो।’

    यस्तै विज्ञप्तिमा कालापानीबाट भारतीय सैनिक फिर्ता गर्न पनि कांग्रेसले माग गरेको छ।

  • देउवा जिताउँदा प्रकाशमानमाथि ‘एट्याक’, क्षेत्र नम्बर १ मा कसले दियो हराउने धम्की ?

    देउवा जिताउँदा प्रकाशमानमाथि ‘एट्याक’, क्षेत्र नम्बर १ मा कसले दियो हराउने धम्की ?

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको महिनादिन बितिसकेको छ । महाधिवेशनको राजनीतिक ‘परकम्प’ भने भर्खर सुरु हुँदैछन् ।

    कांग्रेसको १३ औं महाधिवेशनपछि सबैभन्दा धेरै नेतृत्व परिवर्तनको रटान पूर्व महामन्त्री प्रकाशमान सिंहले लगाएका थिए । नेतृत्व परिवर्तनको एजेण्डा लिएर उनले सभापतिमा प्रतिस्पर्धा पनि गरे । पहिलो चरणमा तेस्रो बनेपछि दोस्रो चरणको निर्वाचनमा उनले शेरबहादुर देउवालाई सघाउने निर्णय लिए । ८२ मतले बहुमत पुर्‍याउन नसकेका देउवाका लागि ३ सय ७१ मत ल्याएका सिंहको समर्थन नै ‘सञ्जिवनी’ सावित भयो । जसले देउवा हराउन ५ वर्ष लगातार अभियान छेडे, उनकै समर्थन देउवाको जितका लागि निर्णायक रह्यो ।

    कांग्रेस महाधिवेशनको तरंग यत्तिमै सीमित छैन । सभापतिमा प्रतिस्पर्धा गरेका विमलेन्द्र निधि र कल्याण गुरुङले पनि दोस्रो चरणमा देउवालाई नै सघाएका थिए । यद्यपि देउवा जिताएको र नेतृत्वको परिवर्तनको सम्भावना सिध्याएको आरोप भने प्रकाशमानले मात्रै व्यहोरेका छन् ।

    किन लडे प्रकाशमान ?

    कांग्रेस सभापतिमा प्रकाशमानको दावी अस्वभाविक थिएन । विद्यार्थी राजनीतिदेखि पार्टीको जिल्ला सभापति, केन्द्रीय सदस्य, उपसभापति हुँदै पहिलो निर्वाचित महामन्त्री भइसक्दा सभापतिका लागि उनको ‘वायोडाटा’ कमजोर थिएन । यद्यपि संस्थापनइतर भनिने समूहबाट सिंह उम्मेदवार बन्न सकेनन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘रेस’ छाडेपछि ‘सिनियर’ भएकोले आफूलाई समर्थन मिल्ने सिंहको आँकलन थियो । तर पौडेलले रेस छाडेसँगै इतरसमूहका अधिकांश नेता सिंहसँग सम्पर्कमै रहेनन् । इतर समूहको ‘उत्तराधिकारी’ का रुपमा डा.शेखर कोइराला प्यानलसहित मैदानमा उत्रिए । सिंहले पूर्ण प्यानल त बनाएनन् तर उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माजत्तिका नेतालाई समेट्न सफल रहे ।

    १२ औं महाधिवेशनमा सुशिल कोइरालाको टिमबाट महामन्त्री बनेयता सिंहले देउवाइतर टिमकै नेताका रुपमा आफूलाई अगाडि बढाएका थिए । १३ औं महाधिवेशनमै सभापतिमा दावी गरेपनि पौडेललाई उनले छाडेका थिए । यसपटक भने कसैले सिंहलाई छाडेनन्, यहीकारण उनी मैदानमा उभिए ।

    ‘सधै गणेशमानकै परिवारले त्याग गर्नुपर्ने ? १३ औं महाधिवेशनमा म र रामचन्द्रजी लड्ने कुरा हुँदा सबैले रामचन्द्रजी सिनियर हो भने तर यसपटक शेखर कोइराला चुनाव लड्छु भन्दा प्रकाशमान सिनियर हो भनेर कसैले भनिदिएन’, सिंहको भनाई छ । देउवाविरुद्ध संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दासमेत आफूलाई असहयोग भएको सिंहको दावी छ । ‘संसदीय दलको नेतामा लड्दा देउवालाई भोट हाल्नेहरुले अहिले मलाई देउवालाई जितायो भनेका छन्’,सिंहको भनाई छ ।

    आफूलाई गणेशमानको छोरा मात्रै नभएर ग्रासरुटबाट आएको कार्यकर्ता भन्न रुचाउने प्रकाशमान १४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनको एजेण्डाका पक्षमा मत नआएको बताउँछन् । ‘नेतृत्व परिवर्तन र विधिसम्मत पार्टी सञ्चालन गर्ने २ वटा मुख्य एजेण्डा थियो । पहिलो चरणमा मेरो एजेण्डा तेस्रो भयो । नेतृत्व परिवर्तनको एजेण्डाले हारेपनि देउवाजीले विधिसम्मत पार्टी चलाउँछु भनेर प्रतिवद्धता गरेपछि समर्थन दिएको हुँ’, सिंहको भनाई छ ।

    प्रकाशमानमाथि ‘पर्सनल एट्याक’

    पार्टीको आन्तरिक निर्वाचनमा समूहहरुको निर्माण वा हेरफेर सामान्य कुरा हो । १४ औं महाधिवेशनमा कांग्रेसको ‘संस्थापन इतर’ भनिने समूह चिरा चिरा भयो । वरिष्ठ नेता पौडेल निर्वाचन प्रक्रियाबाट अलग बसे भने डा. शशाकं कोइराला ‘मौन’ रहे । सिंह र कोइरालाले निर्वाचन लड्दा पुरानो ‘इतर समूह’ तितरवितर हुनपुग्यो । यद्यपी यतिबेला प्रकाशमानले आफूमाथि ‘पर्सनल एट्याक’ भइरहेको महसुस गरेका छन् ।

    भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा सिंहले पार्टीको आन्तरिक प्रतिस्पर्धालाई लिएर आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् । ‘अहिले मेरो विरोध गराइएको छ । ममाथि पर्सनल एट्याक भइरहेको छ । पार्टीभित्रको कुरालाई लिएर काठमाडौं क्षेत्र नम्बर १ मा मविरुद्ध पार्टीकै मान्छेपनि लागेका छन्’, सिंहको भनाई छ । उनले कृष्णप्रसाद भट्टराईमाथि अन्तर्घात भएको क्षेत्रमा आफूविरुद्ध ‘अन्तर्घात’ को गम्भीर आशंका गरेका थिए ।

    सिंहनिकट एक नेता महाधिवेशनको विषयलाई लिएर संसदीय निर्वाचनमा ‘देखाइदिने’ धम्की आएको बताउँछन् । यद्यपि कसैको धम्कीले सिंहलाई रोक्न नसक्ने उनको दावी छ । ‘हिजो किसुनजीलाई अन्तर्घात गर्ने र १३ औं महाधिवेशनमै देउवालाई पार्टी बुझाउनेहरुले प्रकाशमानलाई अन्तर्घातको चेतावनी नदिए हुन्छ । प्रकाश दाईलाई हराउने ईच्छा पूरा हुँदैन’, सिंह निकट नेताको दावी छ ।

    क्षेत्र नम्बर १ मा के हुँदैछ ?

    काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमानले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल र हरिबोल भट्टराईसम्मले हार व्यहोरेको क्षेत्र नम्बर १ मा २०६४ को संविधानसभा निर्वाचन यता कांग्रेसले जित्दै आएको छ । यद्यपि अघिल्लो निर्वाचनमा सिंहको जित फराकिलो भने हुन सकेन । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र सिंहको निकटतम प्रतिस्पर्धी बनेका थिए ।

    २०७४ मंसिरमा सम्पन्न निर्वाचनमा सिंहले १० हजार ९ सय ३६ मत ल्याउँदा मिश्रले १० हजार १ सय १८ मत पाएका थिए । सो क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले ५ हजार ३ सय ३६ मत ल्याउँदा नेपाली कांग्रेस (वीपी)का हरिबोल भट्टराईले १ सय ९६ मत पाएका थिए ।

    काठमाडौंको अनामनगर, थापाथली, बानेश्वर , मध्यबानेश्वर, भीमसेनगोला र पुरानो बानेश्वर क्षेत्र नम्बर १ अन्तर्गत पर्दछन् । काठमाडौं महानगरपालिकाको १०, ११ , २९ र ३१ नम्बर वडा पर्ने यस क्षेत्रका ४ मध्ये ३ वडामा कांग्रेसले अध्यक्षसमेत जितेको छ । पछिल्ला निर्वाचनहरुको परिणाम हेर्दा कांग्रेसका लागि असहज नभएपनि सिंहलाई ‘प्रबुद्ध व्यक्तिहरुको मत’ र ‘अन्तर्घात’ भारी पर्नसक्छ ।

    ‘हिजो टोलको सामान्य कार्यक्रममा आउँदापनि देउवाले जिते कांग्रेसले हार्छ भन्ने उहाँ नै हो । आज देउवा जिताएर भोट माग्न आउँदा उहाँले बुझ्नुभएकै होलानि कांग्रेस हार्छ भन्ने ?’, क्षेत्र नम्बर १ का एक कांग्रेस समर्थकले भने । उनका अनुसार महाधिवेशन पार्टीको आन्तरिक विषय भएपनि क्षेत्र नम्बर १ मा रहेका प्रवुद्ध बुद्धिजिवीहरुको मत पाउन सिंहले चित्तबुझ्दो स्पष्टीकरण दिनुपर्छ ।

    क्षेत्र नम्बर १ मा ‘पूर्वेली मत’ निर्णायक रहेको छ । मोरङ, सुनसरी, भोजपुर लगायत जिल्लाका अधिकांश व्यक्तिहरुको स्थायी बसोबास यस क्षेत्रमा रहेको छ । तीमध्ये कतिपय कांग्रेसका कार्यकर्ता, कतिपय शुभेच्छुक त कतिपय गैर कांग्रेसी छन् । कांग्रेस महाधिवेशनको दोस्रो चरणमा डा.शेखर कोइरालालाई समर्थन नदिएका कारण ‘पूर्वेली मतदाता’ सिंहसँग आक्रोशित छ । ‘पूर्वेली मतदातामा आक्रोश बढी देखिन्छ । प्रकाशमानले शेखरलाई किन सहयोग नगरेको ? भनेर प्रश्न गरेको पाइन्छ । अब विस्तारै टोल टोलमा कार्यक्रम गरेर चित्त बुझाउनुपर्छ’, कांग्रेसको क्षेत्रीय कार्यसमितिका एक पदाधिकारीले नेपाल प्रेससँग भने । उनका अनुसार सिंहले कार्यकर्ताभन्दा ‘डेमोक्रेट’ भनिने मतदातालाई चित्त बुझाउन जरुरी छ ।

    क्षेत्र नै छाड्छन् की ?

    कांग्रेसवृत्तमा नेता सिंहले ३ पटकसम्म जितेको निर्वाचन क्षेत्र नै परिवर्तन गर्ने चर्चा पनि उत्तिकै छ । काठमाडौंको नेवार समुदाय बाहुल्य रहेका क्षेत्रमा सिंहलाई उम्मेदवार बनाउनुपर्ने कतिपयको सुझाव छ । यद्यपि सिंह आफैले भने क्षेत्र छाड्ने संकेत गरेका छैनन् । ‘राजासँग त लडेर आको मान्छे । २-४ जनाले मञ्चबाट कराउँदैमा हुँदैन, प्रकाशमानलाई जनताले चिनेका छन् । म तर्सनेवाला छैन’, सिंहले भनेका छन् ।

    काठमाडौं कांग्रेसमा भने क्षेत्र नम्बर १ मा असहजता बढेको अवस्थामा सिंहका लागि उपयुक्त हुने क्षेत्रबारे चर्चा तीव्र छ । क्षेत्र फेर्नुपर्ने अवस्थामा काठमाडौं ८ सिंहका लागि सहज देखिन्छ । विगतमा सो क्षेत्रमा कांग्रेसबाट स्व.नवीन्द्रराज जोशी उम्मेदवार बनेका थिए । १४ औं महाधिवेशनमा सिंह पत्नी सिर्जना र छोरा प्रभासमानले महाधिवेशन प्रतिनिधि जितेको क्षेत्र नम्बर ७ मा पनि उनको सम्भावना उत्तिकै छ । यद्यपि सिंहनिकट नेताहरु क्षेत्र फेर्ने कुरा हल्लामात्रै रहेको बताउँछन् ।

    ‘काठमाडौंको कुनैपनि क्षेत्रमा कसैले प्रकाशमान हराउन सक्दैन । तरपनि उहाँ क्षेत्र नम्बर १ बाटै चुनाव लड्नुहुन्छ र जित्नुहुन्छ’, सिंहनिकट एक क्षेत्रीय सभापतिले भने । संसदीय निर्वाचनका लागि अझै कम्तीमा १ वर्षको समय बाँकी छ । कांग्रेसमा अन्तर्घात पुरानो रोगका रुपमा रहेको छ । यहीकारण १४ औं महाधिवेशनको ‘तुस’ आगामि निर्वाचनमा नदेखिएला भन्न सकिदैन । यद्यपि अन्तर्घातको ‘बाछिटा’ ले सिंहलाई मात्रै होइन कांग्रेसका ‘जोकोही’ लाई रुझाउनसक्छ ।

  • कांग्रेस एकढिक्का भएर चुनावमा जानुपर्छ, अन्तरघातलाई प्रश्रय नदिउँ : वरिष्ठ नेता पौडेल

    कांग्रेस एकढिक्का भएर चुनावमा जानुपर्छ, अन्तरघातलाई प्रश्रय नदिउँ : वरिष्ठ नेता पौडेल

    दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा अन्तरघातलाई प्रश्रय दिन नहुने बताएका छन् ।

    कांग्रेस तनहुँ क्षेत्र नं १ को आज डुम्रेमा आयोजित पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आइसकेकाले अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

    ‘पार्टीको अधिवेशन सकिएको छ, हिजो जे जसरी चुनाव लडे पनि त्यो आन्तरिक चुनाव थियो, चुनावलाई लिएर अन्तरघातलाई प्रश्रय दिनुहुँदैन’, उनले भने, ‘कांग्रेस एकढिक्का भएर आगामी आम निर्वाचनमा जानुपर्छ ।’ वरिष्ठ नेता पौडेलले विगतका तीतामीठा अनुभवलाई बिर्सिएर प्रतिपक्षसँग एकजुट भएर लड्नुपर्ने विकल्प नभएको बताए ।

    वरिष्ठ नेता पौडेलले आफू कहिल्यै पनि पदका लागि आन्दोलन नगरेको उल्लेख गर्दै भने, ‘केपी ओलीविरुद्धको आन्दोलनको नेतृत्व गर्दै गर्दा मलाई प्रचण्डले राष्ट्रपति दिने भयो भनेर पनि अफवाह फैलाए, म पदका लागि आन्दोलन गर्ने मान्छे होइन ।’ वरिष्ठ नेता पौडेलले जीवन रहेसम्म जनताको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा केन्द्रीय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई लगायतले कांग्रेस एकढिक्का हुनुको विकल्प नभएको बताए ।

  • कांग्रेस सिरहा सभापतिमा यादवलाई पुन: अघि सार्ने देउवा समूहको घोषणा

    कांग्रेस सिरहा सभापतिमा यादवलाई पुन: अघि सार्ने देउवा समूहको घोषणा

    जनकपुरधाम । नेपाली कांग्रेस सिरहाको नेतृत्वका लागि शेरबहादुर देउवा समूहले पुनः रामचन्द्र यादवलाई अघि सार्ने घोषणा गरेको छ ।

    देउवा समूहबाट प्रदेश २ अध्यक्षमा निर्वाचित कृष्ण यादव, केन्द्रीय सदस्यद्वय रमेश रिजाल र दिनेश यादव आइतबार साँझ जिरोमाइलस्थित यादवको घर पुगेर यादवलाई सभापतिको उम्मेदवार घोषणा गरेका छन् । उनीहरूले आधिकारिक उम्मेदवार यादव नै रहेको भन्दै कसैको भ्रममा नपर्ने नेता कार्यकर्तालाई आग्रह गरे ।

    योग्य व्यक्तिमात्र उम्मेदवार हुने भन्दै प्रदेश सभापति यादवले केन्द्र र प्रदेशमा जस्तै सिरहामा पनि देउवाको टिमले किल्ला गाड्ने दाबी गरे ।

    संस्थापन पक्षले सभापतिका लागि उम्मेदवार घोषणा गरेका यादव वर्तमान सभापतिसाथै पूर्वसांसद पनि हुन् । अबको स्थानीय तहको निर्वाचनमा धनगढीमाई नगरपालिकाबाट मेयर चुनाव लड्ने घोषणा उनले यसअघि नै गरिसकेका छन् ।

    पटक-पटक स्थगित भएको सिरहाको अधिवेशनको नयाँ मिति माघ १५ लाई तय भएको छ ।

  • गठबन्धन गरे कांग्रेस पहिलो होइन तेस्रो हुन्छ : उपसभापति गुरुङ (भिडिओ)

    गठबन्धन गरे कांग्रेस पहिलो होइन तेस्रो हुन्छ : उपसभापति गुरुङ (भिडिओ)

    स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली कांग्रेसलाई चुनाव जित्न कसैको ‘बैशाखी’ आवश्यक नरहेको बताएका छन् ।

    स्याङ्जा कांग्रेसको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा सम्बोधन गर्दै उपसभापति गुरुङले कांग्रेसको दुवै खुट्टा दर्‍हो भएकोले बैशाखी टेक्न जरुरी नरहेको बताए । उनले कम्युनिष्टको बैशाखी टेके कांग्रेस तेस्रो हुने टिप्पणी गरे ।

    ‘कांग्रेसको आफ्नो खुट्टा दर्‍हो छ । एक्लै लडेर कांग्रेसले बहुमत ल्याउनसक्छ । यदि कम्युनिष्टसँग गठबन्धन गरेर बैशाखी टेक्ने हो भने पहिलो होइन तेस्रो हुनपनि गार्‍हो पर्छ’, गुरुङले भने । उनले गठबन्धन सरकार आन्दोलनको ‘बाइप्रडक्ट’ मात्रै रहेको भन्दै चुनावमा गठबन्धन जरुरी नरहेको बताए ।

    ‘चुनाव भनेको देउसी खेलेजस्तो होइन । केराको खम्बा चार भाई जम्मा भनेजस्तो होइन । हिजोपनि कांग्रेसले उपेन्द्र,बाबुरा,महन्थ र प्रचण्डपुत्रीहरुलाई जिताएको हो । तर, उनीहरूले खोला तरेपछि लौरो बिर्सिए । फेरि त्यो गल्ती गर्नुहुन्न’, गुरुङले भने । उनले कांग्रेसको काँध चढेर वैतरणी तर्ने सपना कसैले देख्न नहुनेमा जोड दिए ।

    कांग्रेसको विधानले रुखभन्दा अन्य चिन्हमा मत दिनेलाई ‘अन द स्पट’ कारबाही गर्ने व्यवस्था गरेको भन्दै गुरुङले रुखमा भोट नदिने छुट कांग्रेसलाई नभएको बताए ।

    गुरुङले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा ठूला भ्रष्टाचार र अनियमितताको छानबिन गर्ने उल्लेख भएको स्मरण गराउँदै भ्रष्टाचारका फाइल खोज्न सरकार डराउन नहुने बताए । उनले नेताको नाम जोडिएका सबै भ्रष्टाचार मुद्दाको निष्पक्ष छानिबन गर्ने हिम्मत देखाउन देउवालाई आग्रह गरे ।

    ‘प्रधानमन्त्रीजी ठूला भ्रष्टाचारको फाइल खोलौं । भ्रष्टाचारीलाई जेलमा हालेर चुनावमा जाने हो भने कसैको साहरा चाहिँदैन, एक्लै चुनाव जितिन्छ’, गुरुङले भने ।

  • केन्द्रीय सदस्य पोखरेलले बाँडे विपन्न परिवारलाई सोलार सेट

    केन्द्रीय सदस्य पोखरेलले बाँडे विपन्न परिवारलाई सोलार सेट

    प्यूठान । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले गृहजिल्लामा विद्युतीकरणको पहुँचमा नरहेका नागरिकलाई सोलार सेट उपलब्ध गराएका छन् ।

    प्यूठानको स्वर्गद्वारी नगरपालिकाको वडा नम्बर ७ मा विद्युतको पहुँचमा नरहेका ३ घरपरिवारलाई पोखरेलले निशुल्क सोलार सेट हस्तान्तरण गरेका हुन् ।

    सोलार सेट हस्तान्तरण गर्दै केन्द्रीय सदस्य पोखरेलले विद्युतीकरण नपुगेका स्थानमा यथाशीघ्र विद्युतका लागि पहल समेत गर्ने बताए ।

    ‘अहिलेको जामानामा पनि विद्युतको उपयोगबाट बञ्चित हुनपर्नु दुः खद विषय हो । तत्कालका लागि सोलार सेट उपलब्ध गराएका छौं । दीर्घकालीन रुपमा विद्युतीकरणका लागि कांग्रेसले पहल गर्छ’, पोखरेलले भने ।

    पोखरेल प्यूठानबाट कांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने पहिलो नेता हुन् । उनको सम्मानमा नेपाली कांग्रेस स्वर्गद्वारी नगर समितिले आयोजना गरेको कार्यक्रममा नै विपन्न परिवारलाई सोलार सेट वितरण गरिएको हो ।

    पोखरेल केन्द्रीय सदस्य निर्वाचित भएर जिल्ला पुगेसँगै सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा व्यस्त रहँदै आएका छन् ।

    विभिन्न पालिका र क्षेत्रमा आयोजित कार्यक्रममा हालै २ सय ३४ जना अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरिसकेको जिल्ला सभापति विष्णकुमार गिरीले जानकारी दिए ।

  • को बन्ला देउवाको राजनीतिक उत्तराधिकारी ?

    को बन्ला देउवाको राजनीतिक उत्तराधिकारी ?

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सकिएको महिनादिन पनि पुगेको छैन । यद्यपि कांग्रेसवृत्तमा ‘महाधिवेशन सकिएकै दिनदेखि अर्को महाधिवेशन लाग्ने’ प्रचलन छ । यहीकारण दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाको राजनीतिक उत्तराधिकारी को होला ? भन्ने चासो पनि बढेको छ ।

    १४ औं महाधिवेशनको अन्तिम चरणको निर्वाचनमा देउवाले झण्डै ६० प्रतिशत मत हासिल गरे । केन्द्रीय समितिका ८० प्रतिशतभन्दा बढी पदमा देउवा प्यानलले जित हासिल गर्‍यो । यसर्थ कांग्रेसको आन्तरिक शक्ति संरचनाभित्र देउवा सबैभन्दा बलियो देखिन्छन् । कांग्रेसमा सभापतिपछि शक्तिशाली मानिने महामन्त्रीमा भने देउवा प्यानलका उम्मेदवार विजयी हुन सकेकनन् ।

    डा.शेखर कोइराला नेतृत्वको प्यानलका गगन थापा र प्रकाशमान सिंह नेतृत्वको प्यानलका विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भए । उपसभापतिमा देउवा प्यानलबाट पूर्णबहादुर खड्का र शेखर प्यानलबाट धनराज गुरुङ निर्वाचित भएका छन् । सहमहामन्त्रीका ८ मध्ये ६ जना देउवा प्यानलका छन् । देउवा टिमका कतिपय सिनियर नेताहरु केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका थिए ।

    देउवाको राजनीतिक तागत

    कांग्रेसमा अघिल्लो कार्यकालभन्दा यसपटक देउवाको राजनीतिक तागत बढेको छ । संस्थापन इतर भनिएको समूहबाट साझा उम्मेदवार बन्न नसक्दा वरिष्ठ नेता रामचन्द्र पौडेल तटस्थ रहे । उनको तटस्थताको राजनीतिक लाभ देउवालाई मिल्यो । देउवा स्वयंले पौडेललाई सत्तारुढ गठबन्धनको संयोजक बनाएका थिए । अहिले गठबन्धन संयोजकको रुपमा पौडेलले सक्रियता बढाइरहेका छन् ।

    अर्कोतिर देउवाका प्रतिस्पर्धी मानिएका निवर्तमान महामन्त्री डा.शशांक कोइाराला १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको मात्रै उम्मेदवार बने । आफ्नै दाजु शेखरलाई जिताउन उनले कुनै औपचारिक आग्रह गरेनन् । देउवा र शेखर दुवैको प्यानलमा परेका शशांक दाई शेखरको गुटमा सक्रिय छैनन् । १५ औं महाधिवेशनमा सभापति लड्ने उद्घोष गरेका छन् र त्यसका लागि सभापति देउवालाई चिढ्याउने पक्षमा छैनन् ।

    सभापतिमै प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले दोस्रो चरणमा देउवालाई समर्थन जनाए । उनीहरु दुवै सभापति देउवासँग ‘दूरी’ बढाउने पक्षमा छैनन् । यसर्थ कांग्रेसमा देउवाको राजनीतिक तागत बढेको छ ।

    देउवाको उत्तराधिकारी को ?

    सभापति देउवाले अहिलेसम्म कसैलाई पनि उत्तराधिकारी बनाउने संकेत गरिसकेका छैनन् । यद्यपि कांग्रेस विधान अनुसार सभापतिमा देउवाको यो अन्तिम कार्यकाल हो । आफ्ना राजनीतिक सहयोगीसँगै श्रीमती आरजु राणा देउवालाई समेत स्थापित गराउनुपर्ने दायित्व देउवासामु छ । १५ औं महाधिवेशनमा देउवाको सद्भाव हासिल गर्दै सभापतिको लागि प्रतिस्पर्धा गर्न चाहनेहरु झण्डै आधा दर्जन छन् ।

    राजनीतिक रुपमा पूर्णबहादुर खड्कालाई देउवाको उत्तराधिकारीको रुपमा हेर्न सकिन्छ । सहमहामन्त्री, महामन्त्री हुँदै उपसभातिसम्मको राजनीतिक जिम्मेवारी उनले देउवाको विश्वासपात्रकै रुपमा पाएका हुन् । उपसभापति भएकाले १५ औं महाधिवेशनमा देउवाको समर्थनसहित सभापतिको प्रत्याशी बन्नु खड्काको स्वभाविक चाहना हुनेछ । देउवाको उत्तराधिकारी मानिएका विमलेन्द्र निधिले यसपटक सभापतिमा प्रतिस्पर्धा गरेपछि पूर्णलाई उत्तराधिकारी बन्न सहज भएको छ ।

    देउवाको राजनीतिक उत्तराधिकारी बन्ने रेसमा पूर्व महामन्त्री प्रकाशमान सिंह पनि छन् । देउवासँगको राजनीतिक असमझदारीलाई १४ औं महाधिवेशनमै सिंहले अन्त्य गरेका छन् । चाक्सीबारीमा देउवासँग हसिलो मुद्रामा उभिएर सिंहले दोस्रो चरणको निर्वाचनमा देउवालाई सघाउने उद्घोष गरेका थिए ।

    सिंहको समर्थन नै देउवा जितको महत्वपूर्ण कडी बनेको थियो । विगतमा देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) हाक्दा प्रकाशमान उपसभापति थिए । विगतदेखिको साथलाई १४ औं महाधिवेशनमा नवीकरण गरेसँगै सिंहलाई पनि देउवाको सम्भावित राजनीतिक उत्तराधिकारीको रुपमा हेरिएको छ ।

    निवर्तमान महामन्त्री डा. शशांक कोइराला १४ औं महाधिवेशमा कतै खुलेनन् । यद्यपि देउवा र शेखर दुवैको टिममा परेर खुला केन्द्रीय सदस्यमा सर्वाधिक मत पाए । शेखर समूहको बैठकमा अनुपस्थित भएका कारण शशांक पनि राजनीतिक रुपमा देउवासँगै जोडिएको चर्चा कांग्रेस वृत्तमा हुने गरेको छ ।

    फरक टिमबाट महामन्त्री भए पनि अघिल्लो कार्यकालमा शशांकको भूमिकाले देउवालाई फाइदा पुगेको बताइन्छ । समकालीन नेताहरु यसैपटक प्रतिस्पर्धा गरेकोले आफू १५ औं महाधिवेशनमा नेतृत्वको स्वभाविक दावेदार रहेको शशाकंले बताउने गरेका छन् । त्यसका लागि उनले देउवाको साथ खोज्नेछन् । दाजु शेखरसँग राजनीतिक सम्बन्ध सुमधुर नरहेका कारण देउवाको समर्थनसहितको सभापति बन्ने रणनीति शशांकले अख्तियार गरेका छन् ।

    देउवाको राजनीतिक उत्तराधिकारी बन्ने दौडमा उनकै पत्नी आरजु राणा देउवा पनि छिन् । यसपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित आरजुलाई स्थापित गर्नुपर्ने चुनौती देउवालाई पनि छ । कांग्रेसमा विरासतको राजनीति नौलो होइन । त्यसमा पनि देउवा टिममा आरजुलाई भावी नेतृत्वका रुपमा देख्न चाहनेहरुको कमी छैन । कतिपयले उनलाई आगामि संसदीय निर्वाचनपछि नै मुलुकको पहिलो महिला प्रधानमन्त्री बनाउनुपर्ने लबिङ थालेका छन् ।

    विगतमा गिरिजाप्रसाद कोइरालाले छोरी सुजातालाई स्थापित गराउन गरेको प्रयत्न देउवाले नजिकबाटै बुझेका छन् । देउवाको राजनीतिक यात्रा र निर्णयप्रक्रियामा आरजुको योगदान र प्रभाव दुवै रहने गरेको छ । पार्टीभित्र आफ्नो पकडमा रहेको राजनीतिक तागतलाई आरजुको राजनीतिक उन्नयनका लागि देउवाले प्रयोग नगर्लान् भन्ने अवस्था छैन ।

    १४ औं महाधिवेशनमा देउवाको प्यानलमा नअटे पनि महामन्त्री जितेका विश्वप्रकाश शर्मा देउवाको राजनीतिक उत्तराधिकारीका अर्का दावेदार हुन् । १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शर्मालाई देउवाले नै प्रवक्ताको जिम्मेवारी दिएका थिए । देउवाको टिममा नअटेपछि छोटो समय विद्रोह गरेका विश्वप्रकाशले दोस्रो चरणको निर्वाचनमा देउवाकै लागि मत मागेका थिए ।

    पुस्तान्तरणको एजेण्डाले कांग्रेसमा प्रभाव बढाएको सन्दर्भमा १५ औं महाधिवेशनमा शर्मा पनि सभापतिको दावेदार रहनेछन् । निर्वाचित २ महामन्त्रीमध्ये देउवासँग शर्माकै निकटता रहने भएकोले देउवाको विश्वास जितेर सो टिमकै उत्तराधिकारी बन्ने शर्माको प्रयत्नपनि स्वभाविक नै रहनेछ ।

    लामो समयदेखि देउवाको राजनीतिक यात्रामा महत्वपूर्ण सहयोग गर्दै आएका गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद लगायतपनि देउवाको राजनीतिक उत्तराधिकारीका दावेदार हुन् । यद्यपि यसपटक पदाधिकारीमा नअटेका कारण १५ औं महाधिवेशनमै देउवाको राजनीतिक विरासत हासिल गर्न उनीहरुलाई सहज भने हुनेछैन ।

    शेखरको चाहिँ को त ?

    सभापतिका निकटतम प्रतिस्पर्धी रहेका शेखर कोइरालाको समूहको बैठकमै उनको उत्तराधिकारीबारे चर्चा चलेको थियो । ‘एकपटक यसैपटक’ भन्ने नारा लिएका शेखरले १५ औं महाधिवेशनमा आफू सभापतिको प्रत्याशी नहुने बताएका छन् । यद्यपि त्यस्तो अडान नराख्न र मैदानमा दह्राेसँग उभिन शेखरलाई निकटस्थहरुको दवाव छ ।

    शेखर टिमबाट धनराज गुरुङ उपसभापति र गगन थापा महामन्त्रीमा निर्वाचित भएका छन् । १५ औं महाधिवेशनमा शेखर समूहको राजनीतिक विरासतको नेतृत्व गर्न यी दुवै नेता प्रयत्नशील रहनेछन् ।

  • प्रधानमन्त्री देउवा आइसोलेसनमा : एकसाता भेटघाट नगर्ने, भोलि पीसीआर परीक्षण हुँदै

    प्रधानमन्त्री देउवा आइसोलेसनमा : एकसाता भेटघाट नगर्ने, भोलि पीसीआर परीक्षण हुँदै

    काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डलाई कोरोनाभाइरस संक्रमण भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि एकसाता आइसोलेसनमा बसेका छन् ।

    प्रधानमन्त्रीको सचिवालयका उपसचिव जनकराज भट्टलाई उदृत गर्दै सरकारी मुखपत्र गोरखापत्रले देउवा आइसोलेसनमा बसेकाे जनाएकाे छ । 

    प्रधानमन्त्रीको पीसीआर परीक्षण आइतबार हुने भएको छ । दुई दिनअघि बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रचण्डसहित देउवा सहभागी थिए ।

    आइसोलेशनमा बस्नु अघि शनिबार बिहान मात्र प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग करिब एक घण्टा वार्ता गरेका थिए ।

    प्रचण्डसँग उक्त बैठकमा सहभागी सत्तारुढ दलका १० भन्दा बढी नेतालाई स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङमा राखेको छ । प्रचण्ड र नारायणकाजीसहित माओवादीका १० जनाभन्दा बढी नेता संक्रमित भएका छन् ।

  • गोरखा पुगेर गगनले भने- अबको चुनावमा रुख बाहेक अन्त भोट हाल्दैनौं

    गोरखा पुगेर गगनले भने- अबको चुनावमा रुख बाहेक अन्त भोट हाल्दैनौं

    गोरखा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने बताएका छन् ।

    शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा कांग्रेस कार्यकर्ताले अबको चुनावमा रुख चिन्हबाहेक अन्त भोट हाल्ने अवस्था नआउने प्रष्ट्याए ।

    उनले भने, ‘अघिल्लोपटक राष्ट्रिय परिस्थिति नै त्यस्तै बनेको थियो, यो पटक त्यस्तो बन्दैन । कांग्रेसका कार्यकर्ताले अबको चुनावमा रुख चिन्ह बाहेक अन्त भोट हाल्नुपर्ने अवस्था आउँदैन । म यो विश्वास दिलाउन चाहन्छु ।’

    आगामी वैशाखमा स्थानीय चुनाव हुने उनले बताए । ‘वैशाखको मसान्तसम्ममा स्थानीय चुनाव हुन्छ र अर्को वर्षको मंसिरसम्ममा आम चुनाव हुन्छ । मैले बुझेको संविधान यही हो, मैले बुझेको कानून यही हो र अदालतले संसद् पुन:स्थापना गर्दा भनेको पनि यही हो’, उनले भने ।

    थापाले पार्टीका नेता कार्यकर्तालाई विधानअनुसार गतिविधि गर्न निर्देशन दिए ।

  • विनोद चौधरीको दाबी- विधिसम्मत जितेको हुँ, निर्वाचितलाई लाञ्छित गर्नु कार्यकर्ताको अपमान हो

    विनोद चौधरीको दाबी- विधिसम्मत जितेको हुँ, निर्वाचितलाई लाञ्छित गर्नु कार्यकर्ताको अपमान हो

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू पार्टीको विधान र विधिवतरूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४औँ महाधिवेशनमा निर्वाचित भएको बताएका छन् ।

    महाधिवेशनका विधिसम्मत प्रक्रियाहरूमार्फत् नेतृत्व छनौटका लागि भएको निर्वाचनमा आफैं सहभागी हुने र निर्वाचन हारेपछि विधिसम्मत थिएन भनेर प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको उनको भनाइ छ ।

    ‘महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्ता पछि विधिवत रूपमा दाबी विरोधको समय उपलब्ध गराएको थियो । यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दाबी विरोध गरिएन ?’ केन्द्रीय सदस्य चौधरीले भने, ‘आफैं सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधिसम्मत भएन भनेर रोईलो गर्नुको कुनै अर्थ छैन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिँदैन ।’

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचनमा चौधरी केन्द्रीय सदस्य (मधेशीतर्फ) दोस्रो धेरै मत २२०६ प्राप्त गरी विजय भएका थिए । सोही पदका लागि प्रतिस्पर्धामा रहेका सिरहाका सुभाषचन्द्र यादव पराजित भएका थिए । निर्वाचनमा पराजय भएको तीन सातापछि यादवले विधानमाथि प्रश्न उठाएका छन् । यस्तो व्यवहारलाई नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरूले समेत रूचाएका छैनन् ।

    ‘यसलाई मैले मेरो राजनीतिक सक्रियताबाट आत्तिएकाहरूको मनोदशाका रूमा लिएका छुँ । मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो । यस अभियानमा नेपाली कांग्रेसको नेतृत्वलाई हदैसम्मको साथ दिन म राजनीतिमा आएको हुँ ’, चौधरीले भने, ‘म नेपाली कांग्रेसका होनहार कार्यकर्ताहरूबाट अनुमोदन भएर केन्द्रीय सदस्य पदमा निर्वाचित भएको हुँ । यसैगरी निर्वाचित हुने हक हरेक उम्मेदवारलाई थियो । तर, निर्वाचनमा पराजय भएपछि निर्वाचितहरूलाई लाञ्छित गर्नु भनेको आम कार्यकर्ताहरूको अपमान पनि हो ।’

    केन्द्रीय सदस्यमा निर्वाचित हुनुअघि चौधरी कांग्रेस महासमिति सदस्य थिए । उनी सांसद पनि हुन् ।

    राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्यातीप्राप्त उद्यमी चौधरी नवलपुर जिल्लाबाट राजनीतिमा उदाएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चुनिएपछि पार्टीभित्र उनको चर्चा चुलिएको थियो । चौधरी नेपालका एकमात्र डलर अर्बपति हुन् ।

  • कांग्रेस नेता पौडेललाई निमोनियाँ

    कांग्रेस नेता पौडेललाई निमोनियाँ

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल निमोनियाँबाट संक्रमित भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा निमोनियाँ पुष्टि भएपछि चिकित्सकको सल्लाहअनुसार उनी घरमै आराम गरिरहेका छन् ।

    पौडेलनिकट नेविसंघ नेता शुशिल भट्टका अनुसार महाधिवेशनलगत्तै पौडेलको घाँटीमा समस्या देखिएको थियो । स्वास्थ्यमा असहजता भएपछि परिक्षण गराउँदा निमोनियाँ देखिएको भट्टले जानकारी दिए ।

    पौडेल केही समयअघि कोरोनाबाट पनि संक्रमित भएका थिए । कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट पौडेल महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए ।

    महामन्त्रीमा पराजित भएका पौडेललाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरिसकेका छन् ।

  • विनोद चौधरीलाई पदमुक्त गर्न निर्वाचन आयोगमा उजुरी

    विनोद चौधरीलाई पदमुक्त गर्न निर्वाचन आयोगमा उजुरी

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेसनमा मधेसी खुलाबाट विजयी विनोद चौधरीलाई केन्द्रीय सदस्यवाट पदमुक्त गर्न डा. सुवासचन्द्र यादवले माग गरेका छन् ।

    क्रियाशील सदस्यता लिएको १० वर्ष नपुगेका व्यक्ति केन्द्रीय समितिमा जान नसक्ने विधानको प्रावधानविपरीत चौधरीलाई ‘बलमिच्चाईं गरेर’ विजयी बनाएको उनको आरोप छ । उनीसँग पराजित यादवले न्याय नपाए अदालत जाने चेतावनी दिएका छन् ।

    ‘चौधरीजीले मनोनयन दर्ता गर्ने बेलामा नै मैले उजुरी दिन खोजेको थिएँ तर मेरो उजुरी त्यो बेला लिइएन, त्यसपछि निर्वाचन समितिमा संयोजक गोपालकृष्ण घिमिरेलाई उजुरी लिन नमानेको बारेमा जानकारी गराएँ,’ यादवले भने, ‘तर, उहाँले विधानले नदिए पनि पार्टीबाट लेखाएर आउनु भएको छ भन्ने कुरा गर्नुभयो, मैले भने कसैले लेखाएर हुने भए विधान किन बनाउनु पर्‍यो ? भनेर सोध्दा उहाँले कुनै जवाफ दिनुभएन ।’

    उनका अनुसार १६ मंसिरमा दिएको उजुरी कांग्रेस केन्द्रीय कार्यालयले १ सय ३५ दर्ता नम्बरमा चार दिनपछि अर्थात २० पुसमा दर्ता गरेको छ ।
    चौधरीको उम्मेदवारीविरुद्ध अरु कसैले पनि उजुरी गरेको तर निर्वाचन समितिले सुनवाइ नगरेको जानकारीमा आएको उनले जनाएका छन् ।

    ‘उहाँको उम्मेदवारीविरुद्ध अरुले पनि उजुरी गरेका रहेछन् तर निर्वाचन समितिले कुनै सुनवाइ गरेन, त्यसबेला सुनवाइ नगरेको र विजयी भएपछि पनि सुनवाइ नगरे पछि म निर्वाचन आयोग गएको हुँ,’ यादवले भने, ‘आयोगले आन्तरिक मामिला भने पनि उजुरी भने दर्ता गरेको छ, यदी आयोगले पनि निकास दिएन भने म अदालत जानेछु ।’

    निर्वाचन आयोगले यादवको उजुरीलाई दर्ता नम्बर ११२६ मार्फत सम्बोधन गरेको छ ।

    मधेसी खुलातर्फका उम्मेदवार यादव छैठौं स्थानमा रहेर पराजित भएका थिए तर १० वर्ष क्रियाशिल सदस्यता नभएका चौधरीलाई उम्मेदवार मात्रै नभई विजयी पनि बनाएको भन्दै यादवले कांग्रेसको निर्वाचन समिति र निर्वाचन आयोग दुवैमा लिखित उजुरी हालेका हुन् ।

  • बसेरा बैठकका व्यहोरा, सघंर्षदेखि विद्रोहसम्मका नारा

    बसेरा बैठकका व्यहोरा, सघंर्षदेखि विद्रोहसम्मका नारा

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाले आफ्नो प्यानललाई अन्तिम समयमा मात्रै टुंगो लगाए ।

    संस्थापनइतर समूहको साझा उम्मेदवार बनाउने कसरत अन्तिम समयसम्म चलिरहेपछि सभापतिका उम्मेदवार कोइरालाले हतार-हतार प्यानल बनाए ।

    प्यानल बनाउने क्रममा प्रदेश २ को २ जना केन्द्रीय सदस्यमा त उम्मेदवार बनाउनै छुटे । अन्तिम समयमा टिमको टुंगो लगाएका शेखरले आफ्नै समूहका उम्मेदवारसँग पर्याप्त छलफलबिनै निर्वाचन लडे । दोस्रो चरणको निर्वाचनमा ४० प्रतिशतभन्दा बढी मत पाएका शेखर सभापतिको निकटतम प्रतिस्पर्धीमै सीमित रहे ।

    ‘एकपटक, यसैपटक’ भन्ने नारासहित निर्वाचनमा होमिएका शेखरको पराजयपछि सो समूहको भविष्यबारे अनेक आँकलन गरिए । बुधबार शेखरले आफ्नो टिमबाट उम्मेदवार बनेका सबै नेताहरूलाई बैठकमा बोलाए । महाधिवेशनमा प्रतिस्पर्धा गरेका १ सय ३२ जना, प्रदेश सभापति र प्रत्याशीसहितको बैठक हनुमानस्थानको बसेरा होटलमा बसेको थियो । बैठकको सुरूमै सम्बोधन गरेर शेखरले आफ्नो धारणा व्यक्त गरे भने झण्डै ४ घण्टा आफ्नो समूहका नेताहरूको समीक्षा र सुझाव संकलन गरे । शेखर प्यानलका उम्मेदवारहरूको परिचयसँगै बसेरा बैठक सुरू भएको थियो ।

    शेखर सम्बोधनका संकेत

    बैठकको प्रारम्भमै शेखरले सम्बोधन गरे । लिखित वक्तव्यसमेत जारी गर्दै उनले पार्टीभित्र ‘नियमसंगत खेल नभए सघंर्ष’ हुने चेतावनी दिए । नरम शब्दमा कडा भावार्थसहित उनले जारी गरेको वक्तव्यमा विधानभन्दा बाहिर गएर निर्णय गर्ने क्रम बन्द नभए पार्टीमा दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका छन् ।

    ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुनसक्छ’, उनले भनेका छन् । पार्टीको निर्णय गर्ने ठाउँमा आफ्नो समूह प्रभावकारी नभएपनि पार्टीका सबै काम न्याय,विधि, विधान, विवेक र व्यवहारसंगत हुनुपर्ने शेखरको धारणा छ ।

    गगनको सटिक समीक्षा

    सभापतिका रूपमा शेरबहादुर देउवाले दोस्रो कार्यकाल सुरू गरेको जति समय भयो, महामन्त्रीका रूपमा गगन थापाले काम थालेको पनि उत्ति नै भयो । अवधिका हिसाबले मूल्यांकनका लागि पर्याप्त समय भइनसकेपनि महामन्त्री थापाले हालसम्मको कामका आधामा सभापति देउवाबारे आफ्नो समीक्षा सुनाएका थिए ।

    ‘समयका हिसाबले होइन महत्वपूर्ण निर्णयहरू लिन उहाँले गरेको प्रयत्न र प्रक्रियाका कारण हामीले समिक्षा गर्नैपर्ने भएको छ । वागमती प्रदेशको मन्त्री छान्दा होस् वा राष्ट्रियसभाको टिकट वितरण गर्दा सभापतिजीले हामीसँग संवाद गर्न आवश्यक ठान्नुभएन । १६ जिल्लामा अधिवेशन रोकिएको खबर महामन्त्री भएरपनि मैले मिडियाबाट थाहा पाए । यस्ता कुराले सभापतिजी सही दिशामा हुनुहुन्न कि भन्ने देखिएको छ’, थापाको भनाइ थियो ।

    उनको भनाईको अर्को संकेत राष्ट्रिय राजनीतितर्फ लक्षित रह्यो । आमनिर्वाचनमा कम्युनिष्ट पार्टीहरूसँग तालमेल गर्न नहुने विषयलाई उनले एजेण्डाकै रूपमा अघि सारे । ‘कम्युनिष्टसँग मिलेर लड्ने अन्तिम चुनाव राष्ट्रियसभा हुनुपर्छ । आमचुनावसम्म गठबन्धन रहनुपर्छ तर चुनाव कांग्रेस आफ्नै बुतामा लड्नुपर्छ । सरकार बनाउँदा गठबन्धन भएपनि चुनाव लड्दा हुनुहुदैन भन्ने हाम्रो धारणा छ’, थापाले बैठकमा भनेका थिए ।

    पार्टीभित्र यस्तै अवस्था रहे कांग्रेसलाई पहिलो पार्टी बनाउने सभापति देउवाको लक्ष्यमा धक्का पुग्नसक्ने गगनको टिप्पणी छ ।

    संघर्षले नपुगे विद्रोह

    बैठकमा बोल्ने अधिकांश नेताले १४ औं महाधिवेशनमा प्राविधिक कारणले जित्न सम्भव नभएपनि राजनीतिक लडाई जारी राख्नुपर्नेमा जोड दिए ।

    राजनीतिमा ४ वर्ष छोटो समय रहेको भन्दै अधिकांश वक्ताले विधान विपरीत नभएका निर्णय कार्यान्वयनका लागि बाध्य नहुने घोषणा गर्नुपर्ने बताएका थिए । ‘हामीले विधानको कुरा गर्छौं उनीहरू बहुमतको दम्भ गर्छन् । विधानसम्मत हुँदैन भने बहुमतको निर्णयभएपनि मान्दैनौ भनेर हामीले भन्नुपर्छ’, बैठकमा सहभागीको भनाइ थियो ।

    केही नेताहले पार्टीभित्रको संघर्ष पेचिलो बन्दै जाँदा कार्यकर्ता निराश हुनसक्ने भन्दै तल्लो तहसम्मै प्रतिबद्ध कार्यकर्तालाई संगठित गर्नुपर्नेमा जोड दिए । ‘गुट गर्दैनौं, भाग लिँदैनौं भनेर मात्रै भएन । तल्लो तहसम्मका कार्यकर्तालाई हामी संरक्षण दिन सक्छौं भन्ने महसुस गराउनुपर्छ’, केन्द्रीय सदस्यका एक प्रत्याशीले भने । बैठकमा केही नेताहरूले स्थानीय तहको निर्वाचनसम्म आन्तरिक सघंर्ष गर्ने र त्यसमा पनि न्याय नभए विद्रोह गर्नुपर्ने पनि बताए ।

    ‘विधानसम्मत निर्णय पनि नहुने, यो समूहमा लागेकै कारण अवसर पनि नपाउने हो भने संघर्षले मात्रै नपुग्नसक्छ । त्यस्तो बेला विद्रोहका लागि पनि तयार हुनुपर्छ’, एक सहभागीले भने ।

    चुनाव हार्नुका कारण

    बैठकमा सभापति देउवाको कार्यशैलीमात्रै नभएर शेखर समूहको पराजयको कारणबारे पनि समीक्षा भएको थियो । नेता डा.चन्द्र भण्डारीले अन्तिम समयमा सभापतिको उम्मेदवार टुंगो लाग्नु, संस्थापनइत्तर समूहमा एकता नहुनु, प्यानल निर्माणमा कमजोरी देखिनु र दोस्रो चरणमा समर्थन जुट्न नसक्नुलाई चुनाव हार्नुका आन्तरिक कारणका रूपमा प्रस्तुत गरिएको बताए ।

    त्यसबाहेक केही सिनियर नेताको असहयोग र सत्ताको दुरूपयोग समेत हारको कारण भएको केही सहभागीले बताएका थिए । युवा नेता मनोजमणि आचार्यले त निर्वाचन समिति नै निष्पक्ष नभएको र देउवा जिताउन सक्रिय रहेको आरोप लगाए । उनले निर्वाचन समितिका पदाधिकारीलाई तत्काल बर्खास्त गर्ने माग अगाडि सार्नुपर्नेमा समेत जोड दिए ।

    बैठकमा नेता लोकेश ढकालले सभापतिको नारा नै गलत भएको टिप्पणी गरे । ‘एकपटक र यसैपटक भन्ने नारापनि प्रत्युत्पादक भयो कि ? कतिपटक भनेर जानुभन्दा विचार लिएर जानु उपयुक्त हुन्थ्यो होला’, ढकालको भनाइ थियो ।

    केन्द्रीय सदस्यकी प्रत्याशी गाेमा केसीले १५ औं महाधिवेशनको सभापतिको उम्मदेवार अहिले नै तय गर्न माग गरिन् । विगतमा रामचन्द्रको नाममा संगठन गरेको, अहिले शेखरको नाममा संगठन गर्नुपरेको र भोली कसको नाममा गर्नुपर्ने हो ? भन्दै उनले प्रश्न गरेकी थिइन् ।

    ‘अहिलेको उपसभापति, महामन्त्री र सहमहामन्त्रीले १५ औं महाधिवेशनमा शेखर कोइराला नमान्ने हो भने अहिले नै भन्नुस् । अहिले नै को लड्ने हो तोकेर जाऔं । पछि आफैं लडेर धोका दिने काम नहोस्’, केसीको भनाइ थियो ।

  • ‘वडादेखि केन्द्रसम्म कांग्रेस एक्लै लड्नुपर्छ, सभापतिले ४० प्रतिशत शक्तिलाई पाखा लाउन खोज्नुभो’

    ‘वडादेखि केन्द्रसम्म कांग्रेस एक्लै लड्नुपर्छ, सभापतिले ४० प्रतिशत शक्तिलाई पाखा लाउन खोज्नुभो’

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउने चुनावमा कांग्रेसको एक्लै बहुमत ल्याउनुपर्छ भन्ने सभापतिले पार्टीभित्रको ४० प्रतिशत शक्तिलाई उपेक्षा गरेको बताएका छन् ।

    डा. शेखर कोइराला पक्षीय नेताहरुको भेलामा महामन्त्री थापाले आउने चुनावमा कांग्रेसले वडादेखि केन्द्रसम्म एक्लै चुनाव लडेर बहुमत ल्याउनुपर्छ भन्ने आफ्नो समूहको धारणा रहेको समेत बताए ।

    उनले भने – सभापतिज्यूको इच्छा आउने चुनावमा पार्टीलाई पहिलो बनाउने होला । पार्टीभित्रको ४० प्रतिशत जनमतलाई पाखा राखेर उहाँको उद्देश्य कसरी पुरा हुन्छ ? राष्ट्रियसभाको निर्वाचनसँगै गठबन्धन बनाएर चुनाव लड्ने कामको अन्त्य हुनुपर्छ । हामी वडादेखि केन्द्रदेखि एक्लै चुनाव लड्नुपर्छ भन्ने पक्षमा छौँ । यो हाम्रो विचारसमूहको बटमलाईन हो ।

    महामन्त्री थापाले विधि र विवेकको परीक्षामा समेत सभापति शेरबहादुर देउवा कमजोर देखिएको बताएका छन् ।

    छाटो समयको अवधिका महत्वपूर्ण निर्णय हेर्दा सभापति देउवाको विधि र विवेकको परीक्षामा कमजोर उनले देखिएको बताए ।

    उनले बामगतीमा सरकार विस्तार, बाँकी रहेका १६ जिल्लाको अधिवेशन लगायतका महत्वपूर्ण निर्णयमा देउवाले विवके नपुर्‍याएको आरोप लगाए ।

    उनले भने, ‘वागमती प्रदेश सरकार विस्तारमा पनि एकपक्षीय भयो । मन्त्री कसरी छानियो ? यो विषयमा पनि पार्टीमा छलफल भएन । १६ जिल्लाको अधिवेशन सरेको कुरा मिडियाको समाचार पढेर थाहा पायौँ । महत्त्वपूर्ण निर्णयहरुमा हामीलाई इग्नोर गर्न खोजिएकाले यो समीक्षा बैठक राख्न जरुरी भयो । यहाँ सभापतिको मात्रै होइन हाम्रो पनि समीक्षा गरौँ ।’

  • संस्थापनइतर समूहले शेखरलाई भन्यो वरिष्ठ नेता

    संस्थापनइतर समूहले शेखरलाई भन्यो वरिष्ठ नेता

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलामा शेखर कोइरालाई वरिष्ठ नेताको रूपमा सम्बोधन गरिएको छ । यसअघि  वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापनइतर समूहको नेतृत्व गरेका थिए ।

    १४औं महाधिवेशनमा पराजित कोइरालालाई उद्घोषक कांग्रेसका युवा नेता डिल्लीराम सुवेदीले कोइरालालाई वरिष्ठ नेता भनी सम्बोधन गरेका छन् । यसअघि रामचन्द्र पौडेल सो समूहको नेता रहेकामा अब शेखरले औपचारिकरूपमै सो समूहको नेतृत्व गरेका छन् ।

    राजधानीको एउटा होटलमा राखिएको वैठकमा कोइराला पक्षबाट महाधिवेशनमा जितेका र हारेका नेताहरू उपस्थित भएका छन् । कोइराला पक्षबाट उपसभापतिमा विजयी धनराज गुरुङ पनि बैठकमा सहभागी भएका छन् ।

    यसैगरी पराजित उपाध्यक्ष र महामन्त्रीमा पराजित उम्मेदवारहरु डा. चन्द्र भण्डारी र डा. मिनेन्द्र रिजाल पनि बैठकमा छन् । रिजालले पार्टीमा पराजयपछि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।

  • महाधिवेशनपछि पनि कांग्रेसमा गुट बैठक, गगन-धनराजसमेत सहभागी (तस्बिरहरु)

    महाधिवेशनपछि पनि कांग्रेसमा गुट बैठक, गगन-धनराजसमेत सहभागी (तस्बिरहरु)

    काठमाडौं । नेपाली कांग्रेसमा सर्वाधिक मतका साथ महामन्त्री निर्वाचित भएका गगनकुमार थापा गुट वैठकमा सहभागी भएका छन् । आफ्नो जितपछि उनले पार्टीभित्र अब गुट नरहने र आफू सबैको साझा महामन्त्री भएको अभिव्यक्ति दिएका थिए ।

    थापाले कांग्रेस महाधिवेशनमा शेखर कोइरालाको गुटबाट चुनाव लडेका थिए । झण्डै दुईतिहाइ मताक साथ उनले महामन्त्रीमा जित हासिल गरेका हुन् । जितेलगत्तै उनले अब पार्टीमा गुट नरहने र आफ्नो समूहले भागबण्डा पनि नखोज्ने बताएका थिए ।

    तर, पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरुमा मनोनयन गरेपछि आफ्नो समूहलाई बाइपास गरिएको भन्दै कोइराला समूह असन्तुष्ट छ । यही विषयमा छलफल गर्न कोइरालाले आफ्नो गुटको वैठक डाकेका हुन् ।

    यो पनि पढ्नुहोस्ः गुटबन्दी गर्दिन भन्ने शेखरले किन बोलाए गुटको बैठक ?

    राजधानीको एउटा होटलमा राखिएको वैठकमा कोइराला पक्षबाट महाधिवेशनमा जितेका र हारेका नेताहरु उपस्थित भएका छन् । कोइराला पक्षबाट उपसभापतिमा विजयी धनराज गुरुङ पनि बैठकमा सहभागी भएका छन् ।

    यसैगरि पराजित उपाध्यक्ष र महामन्त्रीमा पराजित उम्मेदवारहरु डा. चन्द्र भण्डारी र डा. मिनेन्द्र रिजाल पनि वैठकमा छन् । रिजालले पार्टीमा पराजियपछि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।

    सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन गर्ने क्रममा शेखर कोइराला पक्षधर नेताहरुलाई स्पेस दिएका छैनन् । आफ्नो समूहबाट पदाधिकारीमा पराजित नेताहरुलाई समेट्दा उनले शेखर समूहलाई पन्छाएका हुन् ।

    कोइरालाले आजको वैठकमा सभापतिको लाइक र डिस्लाइकका आधारमा व्यक्ति छनोट गरिएमा दुर्घटना हुने चेतावनी दिएका छन् । हिजोपनि काेइराला समूहकाे गुटको बैठक बसेकाे थियाे ।

  • सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना : शेखर कोइराला (भिडिओ)

    सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना : शेखर कोइराला (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा पराजित भएका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा गरेको मनोनयनलाई लिएर असन्तुष्टि जनाएका छन् । सभापतिको व्यक्तिगत रुचिका आधारमा व्यक्तिको छनोट भएमा पार्टी दुर्घटनामा पर्ने उनको चेतावनी छ ।

    देउवाले गरेको मनोनयनका विषयमा छलफल गर्न आज आफ्नो समूहको बैठक बोलाएका कोइरालाले लिखित मन्तव्य वाचन गर्दै यस्तो चेतावनी दिएका हुन् ।

    उनले भनेका छन्, ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधानबाहिर गएर गरिने सबै कामहरू बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?’

    कोइरालाले पार्टी सभापतिले केन्द्रीय सदस्यमा नियुक्ति गरेका व्यक्तिहरू सबै सक्षम र योग्य भए पनि नियुक्तिको मापदण्डबारे प्रश्न उठाएका छन् ।

    ‘के मापदण्ड अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौं । पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नत्र कार्यकर्ता किन कांग्रेसमा बस्नने भन्ने प्रश्न उठ्न सक्छ ।’ कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन आफूहरू एकताको सन्देश बोकेर देशभर जाने कोइरालाले बताएका छन् । कुनै पनि कार्यकर्ताकोे शिर झुक्न नदिने र निराश बन्न नदिने उनको प्रतिबद्धता छ ।

    ‘कांग्रेस हुनुको गर्व अुनभूति गराउने प्रयासमा हामी लागि नै रहने छौं । तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा हामी कटिवद्ध छौं,’ उनले मन्तव्यमा भनेका छन् ।

  • बाँके कांग्रेस नेतृत्वका लागि रस्साकस्सी, संस्थापन पक्षलाई उम्मेदवार छान्न सकस

    बाँके कांग्रेस नेतृत्वका लागि रस्साकस्सी, संस्थापन पक्षलाई उम्मेदवार छान्न सकस

    रुपन्देही । नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशन पुस २७ लाई तोकिएपछि संस्थापन र इतर समूहले तयारी थालेका छन् । यद्यपि राष्ट्रियसभा निर्वाचनको कारण देखाउँदै पुन: माघ १५ लाई अधिवेशन सारिएको छ । इतर पक्षले संस्थापन पक्षले नजित्ने भएकाले लफडा गर्दै पटक-पटक निर्वाचन मिति सारेको आरोप लगाएको छ ।

    यहाँ इतर पक्षले सभापतिसहित पदाधिकारी घोषणा गरिसकेको छ । संस्थापन पक्षमा सभापतिका आकांक्षी धेरै भएपछि उम्मेदवारको तय भएको छैन ।

    नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको १४औँ महाधिवेशनका लागि अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन २७ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिएपछि यहाँको तयारी थालिएको नवनिर्वाचित केन्द्रीय सदस्य मैकुलाल वाल्मिकीले बताए ।

    बाँकेसँगै कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, कैलाली, अछाम र नवलपुरको जिल्ला अधिवेशन हुन बाँकी छ । यसअघि कांग्रेसको सातै प्रदेशको प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न भइसकेको छ । विभिन्न विवाद र अन्तिम समयमा प्रदेश निर्वाचन र केन्द्रीय महाधिवेशन नजिकिएपछि बाँकेको अधिवेशन रोकिएको थियो ।

    अधिवेशन तय भएपछि जिल्लाको नेतृत्वको रस्साकस्सी पनि सुरु भएको छ । बाँकेमा संस्थापन इतरबाट नारायणप्रसाद गौडेल एकमतले सभापति पदमा निर्वाचनका लागि टुंगो लागिसकेको छ । बाँके कांग्रेसका सभापति किरण कोइरालाले आफूहरूको सल्लाहबाट नै गौडेलको नेतृत्वमा निर्वाचनमा जाने निर्णय भएको बताइन् ।

    ‘त्यही निर्णयले म केन्द्रीय सदस्यमा उम्मेदवार बनेकी हुँ’, केन्द्रीय सदस्यमा सफल हुन नसकेपछि जिल्लामा दोहोर्‍याउने कि ? प्रश्नमा सभापति कोइरालाले भनिन्, ‘हामी पुरानै निर्णयमा अडिग छौं ।’ सभापति कोइराला झिनो मतले केन्द्रीय सदस्य पदमा पराजित भएकी थिइन् ।

    संस्थापनइतरबाट गौडेल आगामी नेतृत्वका लागि एकमतले कसरतमा लागिरहँदा संस्थापनमा पनि उम्मेदवारी घोषणाको लहरजस्तै छ । सबैभन्दा पहिले पूर्वसभासद बादशाह कुर्मीले औपचारिकरूपमै पत्रकार सम्मेलन गरी आफू सभापति उम्मेदवार रहेको घोषणा गरेका थिए । त्यसलगत्तै नेता राजकुमार बर्माले कुर्मी आफूखुसी उठेको प्रतिक्रिया दिंदै आफ्नो उम्मेदवारी रहने बताए । उनले आफू संस्थापन पक्षको आधिकारिक उम्मेदवार रहेको दाबी गर्दै घोषणाका लागि आवश्यक तयारी र साथीहरुसँग सल्लाह, परामर्श गरिरहेको बताएका थिए ।

    संस्थापन पक्षमा प्रभावशाली मानिएका लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र हमालले बाँकेको सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । पुस २७ गतेका लागि जिल्ला अधिवेशन तय भएलगत्तै प्रदेशसभा सदस्यसमेत रहेका मन्त्री हमालले आफ्नो उम्मेदवारी निश्चित रहेको र सम्भवत: संस्थापनबाट एक्लो उम्मेदवार बन्ने बताए ।

    यसैबीच, संस्थापनमा सभापतिका दाबी धेरै भएपछि एकजना उम्मेदवार बनाउन शीर्ष नेताले पहल थालेका छन् । गृहमन्त्री बालकृष्ण खाण, नवनिर्वाचित सहमहामन्त्री किशोरसिंह राठौरलगायतका नेताहरू आफ्नो पक्षबाट एकल उम्मेदार बनाउन लागेका छन् । बाँकेमा कुर्मी, बर्मा र हमालसँगै निरञ्जन सिंह सिजापति पनि संस्थापनका बलिया दाबेदार हुन् ।

    केही दिनअघि नवनिर्वाचित सहमहामन्त्री किशोरसिंह राठौरले बाँकेमा सर्वसम्मत नेतृत्वको पहल गर्ने बताएका छन् । संस्थापनका नेता उनले आफूले सकेसम्म सर्वसम्मतिको प्रयास गर्ने बताए । राठौरले हमालालाई नै अगासड सार्न खोजेकाले उनकै पल्ला भारी रहने स्थानीय नेताको आंकलन छ ।

    राठौरले १४ औं महाधिवेशनले उर्जा दिएको भन्दै पार्टी सुदृढ ढंगले अघि बढ्ने धारणा राख्दै महाधिवेशनले एकताको सन्देश दिएको दाबी गरे ।

    स्थापन पक्षले नेतृत्व टुंगाउन नसक्दै इतर पक्षले पदाधिकारी घोषणा गरेको छ । इतर पक्षबाट सभापतिमा नारायणप्रसाद गौडेल नेतृत्वमा पदाधिकारी घोषणा गरेको हो । उपसभापतिमा गोपाल अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंकप्रसाद काफ्ले ’आशीष’ तथा सहसचिवमा विश्वराज लम्साल र रेणु सिंहको नाम औपचारिक घोषणा गरिएको हो ।

    गौडेल प्यानलका प्रचार संयोजक टेकनारायण भुसालले कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य र बाँकेका सभापति किरण कोइराला सहितका नेताहरुबीच उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । जिल्ला कार्यसमिति सदस्य उम्मेदवारको नाम २५ गते चियापान कार्यक्रम गरेर सार्वजनिक गरिने जनाइएको छ ।

    बाँकेमा इतर पक्षले आफ्नो नेतृत्वलाई निरन्तरता बनाउन खोजेको छ भने संस्थापन पक्षले जसरी पनि नेतृत्व आफ्नो पक्षमा बनाउन खोजेको छ ।

  • १६ जिल्लाको कांग्रेस अधिवेशन सर्‍यो, अब माघ १५ मा हुने

    १६ जिल्लाको कांग्रेस अधिवेशन सर्‍यो, अब माघ १५ मा हुने

    काठमाडाैं । नेपाली कांग्रेसले जिल्ला कार्यसमिति निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको निर्वाचन मिति तीन साता पर सारेकाे छ ।

    कांग्रेस केन्द्री निर्वाचन समितिको आज बसेको बैठकले पुस २७ गतेका लागि निर्धारित १६ जिल्लाको अधिवेशन तथा कार्यसमिति निर्वाचन माघ १५ गते गर्ने निर्णय गरेको हो ।

    समितिका सचिव केशव रिजालद्वारा हस्ताक्षरित वक्तव्यमा माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गरी जिल्ला निर्वाचन सारिएको हो ।

    अघिल्लो महिना केन्द्रीय महाधिवेशन गरेको कांग्रेसले विवादका कारण १६ जिल्लामा नेतृत्व चयन गर्न सकेको थिए । कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको निर्वाचन गर्न बाँकी छ ।

  • जिल्ला अधिवेशन रोक्न मागसहित महोत्तरीका कांग्रेस नेता नेपालीले सुरु गरे आमरण अनसन

    जिल्ला अधिवेशन रोक्न मागसहित महोत्तरीका कांग्रेस नेता नेपालीले सुरु गरे आमरण अनसन

    जनकपुरधाम । नेपाली कांग्रेस महोत्तरीका नेता बजरंग नेपालीले जिल्ला पार्टी कार्यालय जलेश्वरमा कठ्यांग्रिँदो चिसोमा भोक हड्ताल (आमरण अनशन) सुरु गरेका छन् ।

    क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकि सुनियोजित ढंगले पुस २७ मा जिल्ला अधिवेशनको मिति निर्धारण गरेको भन्दै नेता नेपाली भोक हड्ताल सुरु गरेका हुन् ।

    जलेश्वरमा रहेको स्व. रामनारायण मिश्र र पार्टी कार्यालयमा रहेको स्व. महेश्वर प्रसाद सिंहको शालिकमा माल्यार्पण गरी उनले विहान ८ बजेबाट भोक हड्तालमा सुरु गरेका हुन् ।

    महोत्तरीका पूर्वसचिवसमेत रहेका उनले पार्टी सभापति शेरबहादुर देउवा समेतलाई क्षेत्र नम्बर ३ को अधिवेशन जिल्ला अधिवेशन अगावै गराउन ध्यानाकर्षण गराए पनि चासो नदेखाएपछि बाध्य भएर भोक हड्तालमा बसेको बताएका छन् ।

    क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिने साथीहरूलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति षडयन्त्रपूर्ण र सुनियोजित तरिकाले तोकिएको उनको आरोप छ ।

  • गुटबन्दी गर्दिन भन्ने शेखरले किन बोलाए गुटको बैठक ?

    गुटबन्दी गर्दिन भन्ने शेखरले किन बोलाए गुटको बैठक ?

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पराजित भएपछि डा. शेखर कोइरालाले आफूले गुटबन्दी पनि नगर्ने र भागबण्डा पनि नखोज्ने बताएका थिए । यद्यपि महाधिवेशन सम्पन्न भएको ३ साता नबित्दै शेखरले आफ्नो समूहको छलफल र भेला प्रारम्भ गरेका छन् ।

    मंगलबार आफ्नो समूहका सिनियर नेताहरुसँग परामर्श गरेका कोइरालाले आज समूहको विस्तारित बैठक बोलाएका छन् । बैठकमा उपस्थित हुन १४ औं महाधिवेशनमा कोइराला नेतृत्वको प्यानलबाट प्रतिस्पर्धा गरेका सबै उम्मेदवारहरुलाई बोलाइएको छ ।

    त्यस्तै प्रदेश समितिको सभापतिमा जितेका र उम्मेदवार बनेका नेताहरुलाई पनि बैठकमा बोलाइएको छ । हनुमानस्थानमा रहेको होटल बसेरमा दिउँसो २ बजे बोलाइएको बैठकलाई कोइराला समूहले समीक्षा बैठकको संज्ञा दिएको छ ।

    किन बोलाइयो बैठक ?

    गुटबन्दी नगर्ने घोषणा गरे पनि पार्टीभित्र आफ्नो समूहलाई पाखा लगाउन खोजिएको महशुस कोइरालाले गरेका छन् । मंगलबार सिनियर नेताहरुसँगको बैठकमा उनले गुटबन्दी नगर्ने र भागबण्डा नखोज्ने नीतिलाई सभापति शेरबहादुर देउवाले गलत अर्थमा बुझेको बताएका थिए ।

    ‘गुटबन्दी नगर्ने भनेको अन्याय सहने भनेको होइन । हामीलाई वेवास्ता गर्न खोजिएको छ । यसबारे समूहका साथीहरुको धारणा के छ भनेर बुझ्नका लागि आन्तरिक समीक्षा गर्नुपर्छ’, अनुपम फुडल्याण्डको बैठकमा कोइरालाले भनेका थिए ।

    केन्द्रीय समितिको वरियता, राष्ट्रियसभाको टिकट वितरण तथा केन्द्रीय सदस्यहरुको मनोनयनबाट सभापति देउवाले आफ्नो समूहलाई अस्वीकार गर्न खोजेको ठहर कोइराला पक्षको छ ।

    ‘हाम्रो सदाशयतालाई कमजोरी ठान्ने र प्रतिशोधपूर्ण व्यवहार गर्ने संकेत सभापतिले देखाउनुभएको छ । १४ औं महाधिवेशनमा हामीले समूह बनाएर प्रतिस्पर्धा गरेकै हो । सभापतिले आफ्नो गुटको मात्रै कुरा गरेपनि हामीले पनि हाम्रो समूहको साझा धारणा बनाउन जरुरी छ’, कोइराला पक्षका नेता अर्जुननरसिंह केसीले भने ।

    खुट्टा दह्रो गर्न नेतृत्वलाई दवाव

    कोइराला समूहले १४ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेकै आधारमा देशभरीका नेता कार्यकर्ताले ‘विभेद’ खेप्नुपर्ने अवस्था आउनसक्ने आँकलन गरिएको छ ।

    डा. चन्द्र भण्डारी र डा. मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्य मनोनित नगरेर सभापति देउवाले कोइरला समूहलाई मनोवैज्ञानिक रुपमै चुनौती दिन खोजेको छ । ‘कतिपय विषयहरुलाई सामान्य मान्न सकिएला तर सिनियर नेताहरुलाई ह्युमिलेट गर्ने प्रयास सभापतिले गर्नुभएको छ । यसले गर्दा समर्पण होइन संघर्ष गर्नुपर्छ भन्ने सुझाव देशैभरीबाट आइरहेको छ’, कोइराला समूहका एक नेताले भने ।

    सभापतिको निकटतम प्रतिस्पर्धी भएका कारण कोइराला तथा उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा लगायतलाई सशक्त प्रतिवादका लागि दह्रो खुट्टा बनाउन नेता कार्यकर्ताहरुले दवाव दिदैं आएका छन् ।

  • शेखर समूहको निष्कर्ष – रामचन्द्र तटस्थ रहेनन्, देउवाकै सहयोगी बने (भिडिओ)

    शेखर समूहको निष्कर्ष – रामचन्द्र तटस्थ रहेनन्, देउवाकै सहयोगी बने (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी नभएर ‘तटस्थ’ बसेको दावी गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलको भूमिकाबारे डा. शेखर कोइराला नेतृत्वको समूहमा समिक्षा भएको छ ।

    बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको शेखर सूमहका शीर्ष नेताहरुको बैठकले महाधिवेशनमा पौडेलको भूमिका तटस्थ नरहेको निष्कर्ष निकालेको छ ।

    बैठकले निर्वाचन प्रक्रियामा सहभागि नहुने उद्घोष गरेपनि पौडेलले महाधिवेशनमा शेरबहादुर देउवालाई सहयोग गरेको निष्कर्ष बैठकले निकालेको हो ।

    बैठकमा सभापतिका निकटतम प्रतिस्पर्धी कोइरालासहित कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहित नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, डा.चन्द्र भण्डारी लगायत उपस्थित थिए ।

    बैठकमा महाधिवेशन, वरियता, केन्द्रीय समिति बैठक, राष्ट्रियसभाको टिकट वितरण लगायतका विषयमा छलफल भएको थियो ।

    छलफलकै क्रममा वरिष्ठ नेता पौडेल लगायत विगतमा संस्थापनइतर समूहमा रहेका नेताहरुको भूमिकाबारे नेताहरुले धारणा राखेका थिए ।

    ‘अरु सबै नेताले शेरबहादुरलाई प्रत्यक्ष रुपमै सहयोग गरेकोले केही भन्नुपरेन । रामचन्द्रजी पनि तटस्थ रहनुभएन भन्ने धारणा साथीहरुले राख्नुभयो’, बैठकपछि अर्जुननरसिंह केसीले नेपाल प्रेससँग भने ।

    नेता पौडेलको भूमिका ‘तटस्थ नै रह्यो होला’ भन्ने आफूलाई लागेपनि अन्य नेताहरुको धारणा तदअनुरुप नरहेको केसीको भनाई छ ।

    ‘आफू उम्मेदवार नभएपछि यो टिमप्रति जिम्मेवारी बहन नगरेर तटस्थ बस्ने नाममा शेरबहादुरजीलाई नै सघाएको र अहिलेपनि सभापतिको ईच्छाअनुसार प्रयोग भएको आरोप साथीहरुले लगाउनुभयो । मलाई त उहाँ तटस्थ नै रहनुभयो कि भन्ने लागेको थियो’, केसीले भने ।

    उनले पार्टीभित्र सहअस्तित्वको खोजी भइरहेको भन्दै सभापति देउवाले सुरुआतमै एकताको सन्देश दिन नसकेको बताए ।

    ‘वरियता र राष्ट्रियसभा को टिकट वितरणका सन्दर्भमा विधि उपयुक्त भएन भन्ने बुझाई रह्यो । मनोनयनमा पनि एकपक्षलाई बाइपास गरेर जान खोजेको देखियो’, केसीले भने । उनले सहअस्तित्वको प्रस्ताव सभापतिले नमाने सघंर्षको बाटो हिड्न कुनै बाधा नपर्ने बताए ।

    बैठकमा डा. शेखरले सभापति देउवा पार्टी नभएर गुट चलाउन उद्यत देखिएको बताएका थिए ।

    ‘हामीले भागबण्डा चाहिदैन भनेका छौं । भाग नचाहिएपनि न्याय त चाहिन्छ नि । उहाँको कार्यशैलीले पार्टीभित्रको ठूल्लो हिस्सालाई अन्यायको महसुस गराउने देखेको छु । उहाँले फेरी गुट चलाउन खोज्नुभयो’, बैठकमा शेखरले भनेका थिए ।

    बैठकमा शेखर समूहका नेताहरु डा. चन्द्र भण्डारी र डा. मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्यमा मनोनित नगरेर देउवाले ‘प्रतिशोध’ साँधेको धारणा सबैजसो नेताहरुले राखेका थिए ।

    ‘५० भोट नकटाउने जुनियरलाई मनोनित गर्दा हाम्रो समूहका नेताहरुलाई छुटाएर ह्युमिलेट गर्न खोजिएको छ । यसले पार्टीभित्रको लडाई अझ पेचिलो बनाएको छ’, बैठकमा एक नेताले भने ।

    सभापति देउवाले महाधिवेशनमा ४० प्रतिशत मत ल्याएको समूहलाई ‘नजरअन्दाज’ गर्न खोजेको निष्कर्षसमेत बैठकले निकालेको छ ।

    ‘पार्टीको निर्णय प्रक्रियामा रामचन्द्र पौडेललाई देखाएर शेखर समूहलाई बेवास्ता गर्न खोजेको देखिएको छ । यसविरुद्ध राजनीतिक सघंर्ष जारी राख्ने सहमति बनेको छ’, बैठकमा सहभागि ती नेताले भने ।

    सभापतिको उम्मेदवार बन्न नपाएको झोकमा पौडेलले देउवासँग अराजनीतिक लेनदेन गरेको हुनसक्ने आशंका बैठकले गरेको पनि ती नेताले बताए ।

    यसैबीच, पार्टीभित्रको पछिल्लो परिस्थितिबारे राय लिन शेखर समूहका नेताहरुको विस्तारित बैठक बुधबार बस्दैछ । १४ औं महाधिवेशनमा शेखर नेतृत्वको प्यानलबाट प्रतिस्पर्धा गरेका सबै उम्मेदवार र प्रदेश सभापति र प्रत्याशीलाई बैठकमा बोलाइएको छ ।

    बैठकमा पार्टीभित्र आफ्नो समूहको अस्तित्व स्थापित गर्न कसरी संघर्ष गर्ने भन्नेमा छलफल हुने बताइएको छ ।

    शेखर समूहकाे बैठक बारे जानकारी गराउँदै नेता अर्जुननरसिंह केसी:-

  • राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा गठबन्धन र लोसपाको मनोनयन, एमालेको बाँकी

    राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा गठबन्धन र लोसपाको मनोनयन, एमालेको बाँकी

    जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश २ मा एमाले बाहेकका दलले मनाेनयन दर्ता गराएका छन् । अहिलेसम्म एमालेका उम्मेदवारले दर्ता गराएका छैनन् ।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी जसपा र नेकपा माओवादी केन्द्रका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

    लोसापाबाट महोत्तरीकी रुपा यादव र सप्तरीका श्याम सुन्दर सरदारले उम्मेदवारी दर्ता गराएका हुन् । सरदार प्रदेश २ दलित विकास समितिका सदस्य भएकाले उम्मेदवार बन्न नपाउने भनिएपनि उनी उम्मेदवारी दिएको बुझिएको छ ।

    यस्तै जसपाबाट सिरहाका खालिद सिद्दिकीले उम्मेदवारी दर्ता गराएका छन् । मुख्यमन्त्री लालबाबु राउतलगायतका नेताहरुले सिद्दिकीलाई लिएर उम्मेदवारी दर्ता गराउन पुगेका थिए । उनले धेरै अन्तरले जित्ने पनि बताए ।

    माओवादीबाट पर्साकी उर्मिला अर्याल उम्मेदवारी दर्ता गराएकी छन् । प्रदेश २ मा भने काँग्रेसले उम्मेदवारी दिएनन् । सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाबीच गठबन्धन बनेको छ ।

    नेकपा एमालेको विवरण आउँन बाँकी छ ।

  • विवाद नसुल्झाइ अधिवेशन गरे भोक हड्ताल गर्ने कांग्रेस महोत्तरीको चेतावनी

    विवाद नसुल्झाइ अधिवेशन गरे भोक हड्ताल गर्ने कांग्रेस महोत्तरीको चेतावनी

    महोत्तरी । नेपाली कांग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेको जिल्ला अधिवेशन अस्वीकार गरेको छ । क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढंगबाट अधिवेशन गर्न खोजिएको भन्दै जिल्ला कार्य समितिले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

    आज केन्द्रलाई पठाइएको ध्यानाकर्षणपत्रपत्रमा ‘क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिने साथीहरूलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु षडयन्त्रपूर्ण र सुनियोजित भएको’ उल्लेख छ ।

    क्षेत्र नम्बर ३ को विवाद नसुल्झाइ विधि र विधानविपरीत जिल्ला अधिवेशनको मिति निर्धारण गर्नु दु:खद् भएको भन्दै पूर्वमहासचिव बजरंग नेपालीले भोक हड्तालको चेतावनीसहित जिल्ला कार्यसमितिलाई ज्ञापनपत्र बुझाएका छन् ।

    उनीहरूको मागलाई समेत उल्लेख गर्दै कांग्रेस महोत्तरीले विवादित ठाउँहरूको समस्या नसुल्झाएसम्म जिल्ला अधिवेशन नगर्न ध्यानाकर्षण गराएको हो ।

  • राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा गठबन्धनकाे मनाेनयन दर्ता

    राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा गठबन्धनकाे मनाेनयन दर्ता

    विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा जसपाबाट हेमराज राई, नेकपा एसबाट जयन्ती राई र कांग्रेसबाट गोपाल बस्नेतले उम्मेदवारी दिएका छन् ।

    राष्ट्रियसभाका १९ जना निर्वाचित सदस्य र एक जना मनोनित सदस्यको आगामी २० फागुनबाट कार्यकाल सकिने भएकाले १२ माघमा निर्वाचन हुँदै छ ।