Category: नेपाली कांग्रेस

  • चुनावी अभियानको रिपोर्ट हेरेर मात्रै तालमेलबारे निर्णय लिन्छौं : नेता सिंह

    चुनावी अभियानको रिपोर्ट हेरेर मात्रै तालमेलबारे निर्णय लिन्छौं : नेता सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एक महिने चुनावी अभियानको ‘रिपोर्ट कार्ड’ हेरेर मात्रै चुनावी तालमेलबारे निर्णय हुने बताएका छन् ।

    आलोकनगर कांग्रेसको बुथ समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व महामन्त्री सिंहले ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रतिवेदन आएपछि मात्रै केन्द्रीय समितिले चुनावी तालमेलबारे निर्णय लिने बताएका हुन् ।

    ‘अहिले पार्टीमा चुनावी तालमेल गर्ने, नगर्ने र स्थानीय कार्यसमितिलाई नै निर्णय गर्न दिने भनी ३ थरी विचार आएको छ । अब १ महिने अभियान कस्तो हुन्छ, केन्द्रीय प्रतिनिधिहरुले कस्तो रिपोर्ट ल्याउनुहुन्छ ? त्यसका आधारमा मात्रै पार्टीले निर्णय लिन्छ’, सिंहले भने ।

    ५ दलीय गठबन्धन कांग्रेसको चाहनाले नबनेको भन्दै नेता सिंहले राजनीतिक परिस्थितिले गठबन्धन निर्माण भएको बताए । ‘संविधान जोगाउनका लागि गठबन्धन बनेको हो । कांग्रेसले चाहेरमात्रै गठबन्धन बनेको होइन । त्यसैले गठबन्धनका दलहरुबीच कस्तो सम्बन्ध जान्छ त्यसमा धेरै भर पर्छ’, सिंहले भने ।

    उनले मुलुकलाई अप्ठ्यारो परिस्थितिबाट सधै कांग्रेसले जोगाएको भन्दै आगामि निर्वाचनमा जनताले कांग्रेसलाई बहुमत दिने पनि दावी गरे ।

  • धनुषा कांग्रेस निर्वाचन: पजियारलाई सभापति बनाउन हात जोड्दै निधी

    धनुषा कांग्रेस निर्वाचन: पजियारलाई सभापति बनाउन हात जोड्दै निधी

    जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियारलाई जिताउन नेता विमलेन्द्र निधी र प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव मतदानस्थलमै भोट माग्न व्यस्त बनेका छन् ।

    जनकपुरको तिरहुतिया गाछीमा विहान करिब १० बजेबाट मतदान सुरु भएको थियो । मतदान सुरु भएलगत्तै मतदाताहरुको भीड लाग्यो । उक्त भीडमा हात जोड्दै अगाडि निधी र पछाडि प्रदेशमन्त्री यादव देखिए । उनीहरु पजियारलाई मतदान गर्न मतदाता अगाडि हात जोड्दै अगाडी बढ्दै गरे ।

    सभापतिका उम्मेदवार पजियार क्षिरेश्वरनाथ नगरपालिकाका मेयर हुन् । क्षेत्रिय सभापति समेत रहेका उनले पहिलो चरणको मतदानमा सर्वाधिक मत ल्याएका थिए । तर ५० प्रतिशत बढी पुगेन । सोही कारण आज दोस्रो चरणको मतदान भइरहेको छ ।

    दोस्रो चरणमा पजियारसँग संस्थापन पक्षका उम्मेदवार सन्तोष यादव प्रतिस्पर्धामा उत्रेका छन् । पहिलो चरणमा सबभन्दा कम मत ल्याएर प्रतिस्पर्धाबाट बाहिरिएका दिनेश प्रसैला पजियारलाई समर्थन गरेपछि उनी जित्ने आकलन गरिएको छ ।

    निधीले सर्वाधिक मल ल्याएका कारण पजियारलाई सर्वसम्मती सभापति बनाउन संस्थापन पक्षका नेताहरुसँग आग्रह र छलफल गरेका थिए । तर संस्थापन पक्षका नेता एवं पार्टीका सहमहामन्त्री महेन्द्र यादव र नेता आनन्द ढुंगाना नमानेपछि आज दोस्रो चरणको मतदान भइरहेको छ ।

    सन्तोष यादवलाई मतदान गर्न सहमहामन्त्री यादव र नेता ढुंगाना समेत मतगणनास्थलमा मतदातालाई फकाउन व्यस्त देखिन्छन् । धनुषाको नेतृत्व चयन गर्न केन्द्रीय नेताहरुले प्रतिस्ठाको बाजी लगाएका छन् । उनीहरु आफ्ना पक्षका उम्मेदवार हारे प्रतिष्ठा डुब्ने ठान्छन् ।

    धनुषामा कांग्रेसका कुल ३ हजार ५० निर्वाचन प्रतिनिधि अर्थात् मतदाता छन् । पहिलो चरणमा २ हजार ९१२ मत खसेको थियो । दोस्रो चरणमा अझ कम मत खस्ने नेताहरु बताउँछन् ।

  • कांग्रेस सप्तरी सभापतिमा कोइराला पक्षका साह निर्वाचित

    कांग्रेस सप्तरी सभापतिमा कोइराला पक्षका साह निर्वाचित

    जनकपुरधाम । नेपाली कांग्रेस सप्तरीको सभापतिमा शेखर कोइराला समूहका रामदेव साह निर्वाचित भएका छन् ।

    साहले संस्थापन पक्षका उम्मेदवार शत्रुधनप्रसाद यादवलाई ११६ मत अन्तरले पराजित गरेका हुन् । साहले १ हजार १८६ मत ल्याउन सफल भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी यादवले १ हजार ७० मत प्राप्त गरे ।

    सप्तरीमा २ हजार ५३५ मतदाता छन् । जसमध्ये २ हजार ३४२ मत खसेको थियो ।

    जिल्ला समन्वय समितिको सभाहलमा मतगणना गरिएको छ । अन्तिम समयमा मतगनणास्थलबाट सञ्चारकर्मीलाई प्रहरीले अभद्र व्यवहार गर्दै निकालेको थियो ।

  • लुम्बिनीमा कांग्रेसको चुनावी तयारी: उम्मेदवार छनोटमा मापदण्ड तयार गर्दै

    लुम्बिनीमा कांग्रेसको चुनावी तयारी: उम्मेदवार छनोटमा मापदण्ड तयार गर्दै

    रुपन्देही । स्थानीय तहको निर्वाचन नजिकिएसँगै सत्तारुढ नेपाली कांग्रेस लुम्बिनीले आफ्नो तयारी थालेको छ । सत्ता साझेदार अन्य दलहरुले आगामी निर्वाचनसम्म सबै तहमा गठबन्धन गरेर जाने आशयका विचारहरु बाहिर ल्याइरहेका बेला लुम्बिनीमा स्थानीय तहमा गठबन्धनको अधिकार स्थानीय कमिटीलाई दिइएको छ ।

    चुनानी तयारीबारे कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिहं पुनले स्थानीय तहका उम्मेद्वार छनोट गर्दा निश्चित विधि र मापदण्ड बनाएर टिकट वितरण गरिने जानकारी दिएका छन् ।

    पार्टीले बुधबार प्रदेश कार्यसमितिको बैठक बसेर नै यस्ता निर्णय गरेको पुनले जनाएका छन् । पुनले स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्दा पार्टीमा गरेको योगदान, जनाधारको मूल्याङ्कन, कार्यक्षमता, दक्षतासहितको समावेशीतालाई प्राथमिकता, क्रियाशिलता, निरन्तरता, निष्ठा र त्यागको मूल्याङ्कन, प्रतिस्पर्धी पार्टीका उम्मेदवार समेतलाई मध्यनजर गरी उम्मेद्वारी छनोट गरिने बताएका छन् ।

    नेता पुनले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन नगरी पनि निर्वाचन लड्न सक्षम रहेको बताउँदै अन्य पार्टीहरुसँग गठबन्धन गर्ने वा नगर्ने तत् तत् तहको स्थानीय तहको आवश्यकता र परिस्थितअनुसार पार्टीको केन्द्रीय नीति, निर्देशनका आधारमा मात्रै गठबन्धन हुने सभापति सिंहले बताए ।

    साथै आवश्यकता परेको अवस्थामा सत्ता गठबन्धनभन्दा बाहिरका दलसँग पनि आवश्यकताअनुसार गठबन्धन गर्न सकिने अधिकार दिएको उनले बताए ।

    प्रदेश कमिटीको बैठकले चार वर्षे कार्ययोजना तयार गरिरहेको र चार वर्षे कार्य योजनाको ड्राफ्ट फागुन ३० गतेभित्र प्रदेश कार्यसमितिकोे कार्यालयमा प्राप्त हुने गरी जिल्ला सभापति र प्रदेश कार्यसमितीका सदस्यहरुलाई इमेल गरी पठाउन निर्देशन दिएको उनले बताए ।

    संविधान बचाउनका लागि भए पनि अहिले नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नैपर्ने आवश्यकता रहेको दाबी गर्दै पुनले नेपाली कांग्रेसले लम्बिनी प्रदेशमा बहुमत संख्यामा स्थानीय तह जित्ने बताए । सभापति पुनले स्थानीय तहको निर्वाचनको टिकट खोज्न नेताको घरमा भन्दा पनि जनताको घर–घरमा जना आग्रह गरेका छन् ।

    सभापति पुनले भने ‘टिकट खोज्न नेताको घर घरमा होइन जनताको घर घरमा जानुहोस् । पैसामा टिकट वितरण हुँदैन । जसले जनताको घरघरमा गएर स्थानीयको मन जित्छ उसैले टिकट पाउँछ ।’ स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई हार्ने छुट नभएको बताउँदै सभापति पुनले स्थानीय तहको निर्वाचन नजिते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन जित्न ग्राहो हुने बताएका छन् ।

    पार्टीले चुनावी खर्च धेरै भएकाले पनि चुनाबी खर्च कम गर्नु पर्नेमा विषयमा गम्भीर छलफल गरेको र त्यसको मापदण्ड बनाउने नेता पुनको भनाइ छ । एमसीसी जनताको हितमा भएकाले केही दलले चुनावमा जान लागि कुनै एजेण्डा नभए पनि गलत प्रचार गरेको उनको आरोप रहेको छ ।

    कोषाध्यक्षमा राना र प्रशिक्षण विभागमा श्रेष्ठ मनोनित

    नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको कोषाध्यक्षमा प्रकाश रानालाई मनोनित गरेको छ । नेपाली कांगे्रसको विधान अनुसार कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था भए बमोजित रानालाई कोषाध्यक्षमा मनोनित गरिएको सभापति पुनले बताए । राना लामो समय विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका नेता हुन् ।

    पार्टीको प्रदेश चुनावमा सभापति पुनको प्यानलमा बलियो खम्बाका रुपमा देखिएका रानालाई महत्वपूर्ण कोषाध्यक्ष पदको जिम्मेवारी दिएका छन् ।

    त्यस्तै प्रदेश उपसभापति भूवनप्रसाद श्रेष्ठलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । पार्टी विधानको नियमावली धारा ३३ को २(क) बमोजिम सभापति अमर सिंह पुनले श्रेष्ठलाई प्रशिक्षण विभागको प्रमुखमा चयन गरेका हुन् । कांग्रेसको लुम्बिनी प्रदेश कमिटीमा इतर समूहको वर्चश्व रहेको छ ।

  • धनुषा कांग्रेस सभापतिका लागि आज हुने भनिएको दोस्रो चरणको मतदान स्थगित

    धनुषा कांग्रेस सभापतिका लागि आज हुने भनिएको दोस्रो चरणको मतदान स्थगित

    जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापतिका लागि गर्न लागिएको दोस्रो चरणको मतदान स्थगित गरिएको छ । आज बिहान ८ बजेदेखि मतदानको समय तय गरिएको थियो ।

    निर्वाचन समिति सचिवालयका प्रमुख रामगुलाम कर्णले नेताहरूको सहमतिमै मतदान कार्यक्रम स्थगित भएको बताए । मतदान कार्यक्रमको नयाँ मिति र समयको टुंगो भने लागिनसकेको उनले जानकारी दिए । तर, भोलि बिहान ८ बजेदेखि गर्ने सहमतिको सम्भावना छ ।

    मतदान कार्यक्रम स्थगित भएपछि मतदाताहरू निरास बनेका छन् । दुबै पक्षले आ-आफ्ना मतदातालाई जनकपुरमै ‘होल्ड’ गरेर भोलिसम्म राख्न व्यवस्थापन खर्च बढेको छ ।

    विमलेन्द्र निधी समूहका उम्मेदवार योगेन्द्र पंजियारले आजै मतदान गर्नुपर्ने अडान लिएका थिए । तर, शेरबहादुर देउवा समूहका उम्मेदवार सन्तोष यादवले ढिलो भएको कारण देखाएर मतदान स्थगित गर्न लगाएको स्रोतले बताएको छ ।

    धनुषामा संस्थापन पक्षका उम्मेदवार यादव कमजोर बनेकाले मतदान स्थगित गर्न लगाएको आरोप निधी पक्षका नेताहरूको छ । शेखर कोइराला समूहका सभापतिका उम्मेदवार दिनेश प्रसैलाले पंजियारलाई समर्थन गरेपछि संस्थापन पक्षका उम्मेदवार यादव कमजोर बनेका हुन् ।

    पहिलो चरणको मतदानमा सबभन्दा कम मत ल्याएकाले प्रतिस्पर्धाबाट बाहिरिएका कारण दोस्रो चरणको मतदानमा प्रसैलाले पंजियारलाई समर्थन गरेका छन् । पहिलो चरणको निर्वाचनमा पंजियारले सर्वाधिक मत ल्याएका थिए ।

    अहिले पंजियारलाई जिताउन नेता निधी, मधेस प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका रामसरोज यादव र शेखर कोइराला समूहका नेताहरू सक्रिय देखिएका छन् ।

    यता, यादवलाई जिताउन पार्टीका सहमहामन्त्री महेन्द्र यादव र नेता आनन्द ढुंगाना खटेका छन् ।

  • चुनावी गठबन्धनको पक्षमा देउवा, एमालेविरुद्ध मिलेर जाँदामात्र कांग्रेस नेतृत्वमा सरकार बन्ने दाबी

    चुनावी गठबन्धनको पक्षमा देउवा, एमालेविरुद्ध मिलेर जाँदामात्र कांग्रेस नेतृत्वमा सरकार बन्ने दाबी

    काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी गठबन्धनबारे पहिलोपटक मुख खोलेका छन् । पर्सा जिल्ला अधिवेशनबाट निर्वाचित कार्य समितिलाई प्रमाणपत्र वितरण समारोहपछि बोल्दै सभापति देउवाले गठबन्धन गरेर चुनावमा जाँदामात्र सफलता प्राप्त हुने बताए ।

    देउवाले सत्ता गठबन्धनमा रहेका दलहरूबीच तालमेल गरेर जाँदामात्र स्थानीयदेखि प्रदेश र संघीय चुनावमा सहज जित हासिल हुने र आगामी सरकार पनि कांग्रेसकै नेतृत्वमा बनाउन सकिने बताए ।

    देउवाले भने, ‘यस्तो अवस्थामा कसै न कसैसँग मिल्नुपर्ने आजको आवश्यकता छ । त्यसैले गठबन्धनकै साथ र सहयोगमा प्रधानमन्त्री बनेको हुँ । कतिपय ठाउँमा आपसी समस्या पनि हुन सक्लान् । जिल्ला, गाउँ अथवा कहीँ कतै समस्या भए आपसमा बसेर कुराकानीमार्फत सुल्झाउन सकिन्छ ।’

    प्रधानमन्त्री देउवाले नेकपा एमालेजस्तो बलियो र व्यापक संगठन सञ्जाल तथा जनाधार भएको पार्टी विपक्षमा रहेकाले पनि कांग्रेसलाई गठबन्धन आवश्यक पर्ने बताए । उनले एमालेभित्रजस्तो एकता कांग्रेसभित्र नभएको असन्तुष्टि प्रकट गरे ।

    देउवाले पार्टीभित्र बलियो एकता कायम गर्दै सत्ता गठबन्धनलाई मिलाएर लैजानुपर्ने धारणा राखे । देउवाले मुलुकको संविधान र चुनाव प्रणालीका कारण कुनै एउटा दलले मात्र बहुमत ल्याउन नसक्ने भएकाले कांग्रेसले गठबन्धन गर्नुपर्ने बताए ।

    देउवाले भने, ‘एक्लै चुनाव लड्दा अघिल्लो चुनावमा के भयो ? अघिल्लो चुनावको परिणाम पनि सम्झिउँ । अहिले गठबन्धनको सरकार छ, मिलेर चुनाव लड्नुपर्छ ।’

    कांग्रेसका गठबन्धनको विपक्षमा नेताहरू बोलिरहेका बेला देउवाले पहिलोपटक आफ्नो पोजिशन प्रष्ट पारेका हुन् । नेकपा एस र माओवादी केन्द्रले देउवा गठबन्धनको पक्षमा रहेको बताइरहेका बेला उनले त्यसलाई पुष्टि गरेका हुन् ।

  • प्रधानमन्त्री देउवा वीरगञ्जमा

    प्रधानमन्त्री देउवा वीरगञ्जमा

    वीरगंज । प्रधानमन्त्री शेरबहादुर देउवा आज विभिन्न कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका छन्। केही समयअघि वीरगञ्ज पुगेका प्रधानमन्त्री देउवालाई स्थानीय पार्टी नेता कार्यकर्ता तथा विभिन्न सरकारी निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।

    नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले पार्टीको पर्सा जिल्लाका नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।

    आजै प्रधानमन्त्री देउवाले नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५ औँ राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औँ राष्ट्रिय महिला सम्मेलनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

  • नेकपा एसको बैठकमा रिपोर्टिङ- सुदूरपश्चिम सरकारमा कांग्रेसलाई सामेल नगरौं

    नेकपा एसको बैठकमा रिपोर्टिङ- सुदूरपश्चिम सरकारमा कांग्रेसलाई सामेल नगरौं

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेताहरूले नेपाली कांग्रेसलाई सुदूरपश्चिम सरकारमा समेट्न नहुने सुझाव दिएका छन् । हिजोदेखि जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा सुदूरपश्चिम क्षेत्रका नेताहरूले त्यहाँ आफ्नो पार्टीलाई स्थापित गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएका हुन् ।

    ‘सुदूरपश्चिम सरकारमा कांग्रेसलाई पनि सहभागी गराउने हो कि भन्ने कुरा उठेको छ,’ सुदूरपश्चिम प्रदेश समूहका सुझाव बैठकमा पेस गर्दै नेता शेरबहादुर कुँवरले भने, ‘त्यहाँ माओवादी र हाम्रो पूर्णबहुमत छ । कांग्रेसलाई बलियो बनाउने कि हामीलाई स्थापित गर्ने ? उसलाई अहिले पनि उच्च स्थान दिएका छौं । उसले अहिले पनि प्रदेश सरकारलाई ‘रेस्पोन्स’ गरिरहेको छैन । त्यसकारण कांग्रेसलाई बलियो बनाउने भन्दा पनि हाम्रो पार्टीलाई बलियो बनाउने गरी ध्यान जानुपर्‍यो ।’

    कुँवरले गठबन्धनको भावानाअनुसार प्रदेश र जिल्ला तहमा प्रशासनिक प्रमुखहरू सरुवा नभएको समेत गुनासो गरे।

    ‘सीडीओको सरुवा गरेका छन्, एसपी, डीएसीको सरुवा गरेका छन्,’ उनको भनाइ छ, ‘हामीले आफ्नो अनुकूलका कर्मचारी प्रदेश र पालिकामा लान सकेका छैनौं । गठबन्धन हो भने त्यही अनुसारले जानुपर्छ । सरकारमा सहभागी छौं भन्ने अनुभूति तलबाट हुनुपर्‍यो ।’

  • चुनाव जित्न कस्सियो कांग्रेस, नेकपा सरकारको भण्डाफोर गर्दै टोलसम्मै पुग्ने अभियान

    चुनाव जित्न कस्सियो कांग्रेस, नेकपा सरकारको भण्डाफोर गर्दै टोलसम्मै पुग्ने अभियान

    काठमाडौं । गत प्रतिनिधिसभा निर्वाचनपश्चात गठित ‘नेकपा नेतृत्वको सरकारको भण्डाफोर र एमसीसी अनुमोदनको बचाउ गर्ने’ मुख्य कार्यक्रमसहित नेपाली कांग्रेस चुनाव केन्द्रीत अभियानमा होमिएको छ । बैशाख ३० गते स्थानीय निर्वाचन हुन लागेको सन्दर्भमा कांग्रेसले केन्द्रदेखि टोल समितिसमेत सक्रिय हुनेगरी १ महिने अभियान घोषणा गरेको हो । फागुन २९ गतेदेखि चैत २९ गतेसम्म सञ्चालन हुने अभियानलाई ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नाम दिइएको छ ।

    कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै १ महिने अभियानबारे जानकारी गराएका छन् । प्रवक्ता महतका अनुसार विभिन्न ८ उद्देश्य राखेर १ महिने अभियान सुरु हुन लागेको हो । जसमा स्थानीय निर्वाचनमा मतदानका लागि जनतालाई आह्वान गर्ने, विगतमा पार्टीले गरेका कामको स्मरण गराउने , केपी ओली नेतृत्वको नेकपा सरकारको भण्डाफोर गर्ने, देउवा सरकारका कामको प्रचार गर्ने लगायतका उद्देश्य अभियानले राखेको छ ।
    ‘जनताको आवश्यकता, पीर मर्का, चाहना एवं आकांक्षहरुलाई पनि बुझ्ने र विपक्षीहरुले गरेका कुप्रचार तथा भ्रमहरुलाई पनि चिर्ने उद्देश्यका साथ हामीले अभियान सुरु गर्दैछौ’, कांग्रेस प्रवक्ता महतको भनाई छ ।

    यस्तो हुनेछ अभियान

    कांग्रेसले १ महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइसकेको छ । कांग्रेसले ७७ वटै जिल्लामा फागुन २९ गते दिउँसो १ बजे एकैपटक अभियानको उद्घाटन गर्नेछ । जिल्लास्तरीय उद्घाटनसभाबाट अभियान उद्घोष गरेलगत्तै कार्यक्रमहरु पालिका र वडाकेन्द्रीत गर्ने कांग्रेसको तयारी छ । उद्घाटनकै दिन कांग्रेसका स्थानीय पालिका र वडाहरुको प्रतिनिधिको नामावलीसमेत सार्वजनिक गरिनेछ । त्यस्तै अभियानका लागि कांग्रेसले प्रदेश, जिल्ला, क्षेत्र , प्रदेशसभा क्षेत्र र पालिका समितिहरुको कार्यक्षेत्र तोकेरै केन्द्रबाट सर्कुलर गरेको छ । एक महिनाभर सबै वडामा कार्यकर्ता प्रशिक्षण, प्रचार सभा, मतदाता शिक्षा कार्यक्रम लगायतका गतिविधि गर्ने कांग्रेसको भनाई छ ।

    कांग्रेसले अभियान अन्तर्गत हरेक वडाका ज्येष्ठ नागरिकरुहलाई सम्मान गर्नेछ । कर्म सम्मान कार्यक्रम अन्तर्गत स्थानीय तहमा प्रेरणादायी काम गर्नेहरुलाई पनि कांग्रेसले सम्मान गर्नेछ । पहिलोपटक मतदाता नामावलीमा समावेश भएकाहरुलाई मतदाता तालिम पनि अभियान अन्तर्गत नै दिइनेछ । त्यस्तै ‘जनतासँग विकास संवाद’ का रुपमा हरेक वडामा आवश्यक विकास निर्माणका योजनाहरुको विवरण कांग्रेसले अद्यावधिक गर्नेछ । जसलाई स्थानीय चुनावी घोषणापत्रमा कांग्रेसले समावेश गर्नेछ । यसपटक कांग्रेसले जनताका अपेक्षासमेत सोध्ने भएको छ । ‘जनता के सुनाउन चाहन्छन्, के अपेक्षा राख्दछन् ?’ भन्ने ब्यानरसहित कांग्रेसले वडा तहमा जनताको अपेक्षाहरु बुझ्न अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्ने प्रवक्ता महतले जानकारी दिए ।

    भ्रातृ संस्थाहरु बन्दै

    कांग्रेसले १ महिने अभियानमा भ्रातृ एवं शुभेच्छुक संस्थाहरुलाई बढीभन्दा बढी परिचालन गर्ने नीति लिएको छ । कांग्रेस कार्यसम्पादन समितिले म्याद सकिएका भ्रातृ संस्थाहरुको तदर्थ समिति फागुन मसान्तसम्म गठन गर्ने निर्णय गरेको थियो । सोही अनुसार भ्रातृ संस्थाहरुको तदर्थ समिति तत्काल गठन हुने कांग्रेस नेताहरुले बताएका छन् । पत्रकार सम्मेलनमा उपस्थित महामन्त्री विश्वप्रकाश शर्माले तदर्थ समिति बन्ने क्रममा रहेका भ्रातृ संस्थाहरुले चार्ड पूर्णता पाउने बताए । ‘केन्द्रीय समिति भएका भ्रातृ संस्थाहरु अभियानमा सक्रिय हुन गार्हो छैन । जुन जुन भ्रातृ संस्थाको केन्द्रीय समिति बन्न बाँकी छ त्यो चाडै बनेर अभियानमा जोडिनेछ’, प्रवक्ता शर्माले भने ।

    हरेक काँधलाई भारी , हरेक हातलाई जिम्मेवारी

    स्थानीय निर्वाचनकेन्द्रीत १ महिने अभियानमा पार्टीका सबै तहका नेता कार्यकर्तालाई जिम्मेवारी दिइने कांग्रेसले जनाएको छ । ‘पार्टीमा जिम्मेवारीको समुचित बाँडफाँट नहुँदा विगतमा भोगेका समस्याहरु यसपटक आइपर्न नदिन सबैलाई जिम्मेवारी दिने र सक्रिय राख्ने तयारी हामीले गरेका छौं’, प्रवक्ता महतको भनाई छ । ‘हरेक काँधलाई भारी , हरेक हातलाई जिम्मेवारी’ भन्ने नारा नै तोकेर कांग्रेसले सबै तहमा गठन हुनुपर्ने विभाग, समिति र भ्रातृ एवं शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिएर अभियानमा होमिने बताएको छ । अधिवेशनबाट निर्वाचित भएका वडा समितिले अभियानकै दौरान टोल समिति गठन र विधानले आवश्यक ठान्ने अन्य समितिहरु गठन गर्नेछन् । त्यस्तै निर्वाचन हुने हरेक बुथमा १ सय तरुण खटाउने प्रबन्ध पनि कांग्रेसले गरेको छ । ‘वन बुथ, हन्ड्रेड युथ’ को अवधारणा अनुसार सबै बुथमा १ सय तरुण खटाउँदा कांग्रेसका हरेक क्रियाशील सदस्यले जिम्मेवारी पाउने विश्वास कांग्रेसले व्यक्त गरेको छ ।

    एमसीसी अनुमोदनबारे जनतालाई बुझाइने

    कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीत १ महिने अभियानको महत्वपूर्ण पाटोका रुपमा एमसीसी पनि रहेको छ । संसदबाट अनुमोदन भएको एमसीसी सम्झौताबारे जनस्तरमा भएका जिज्ञासा मेटाउने र भ्रम निवारण गर्ने कांग्रेसले जनाएको छ । अभियानको घोषित कार्यक्रममै ‘एमसीसी भ्रम निवारण र वास्तविकता प्रसारणका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने’ उल्लेख छ । एमसीसीबारे बुझाउन कांग्रेसले प्रश्नोत्तरसहितको हाते पुस्तिका तथा श्रव्यदृश्य सामाग्री नै तयार पारेर प्रचार गर्ने जनाएको छ ।

    कांग्रेसको ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको पूर्णपाठ-

    १) अभियानको नाम : ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान ।

    २) अभियानको समयावधि : फागुन २९ देखि चैत २९ सम्म १ महिना ।

    ३) अभियानको उद्देश्य । एक अभियान/आठ उद्देश्य :

    • क) बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालार्इ अपील गर्दै निर्वाचनको माहौल बनाउने ।
    • ख) स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टी भित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्ने । कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन मतदातालाई अपील गर्ने ।
    • ग) `हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी´ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड, गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालन तर्फ उन्मुख गराउने ।
    • घ) नेपाली कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने ।
    • ङ) नेकपाको सरकारको गत ३ बर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्ने ।
    • च) प्रतिपक्षमा रहनु पर्ने जिम्मेवारीका वावजुद संविधान रक्षाका लागि वाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने ।
    • छ) नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७०% नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसंग अझै सतर्कताका लागि अपील गर्ने ।\
    • ज) राष्ट्रिय सहमति निर्माण गरी हालै सम्मको सबैभन्दा ठूलो सहयोग परियोजना MCC नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीको सुझवुझपूर्ण नेतृत्वमा वर्तमान सरकारले संसदबाट पारित भएको हुँदा त्यसबारे जनस्तरमा छरिएको भ्रम र दुष्प्रचारलाई वुँदागत रुपमा चिर्दै वास्तविक रुपमा राख्ने ।

    ४) अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु

    • अभियान अघि बढाउन ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिनु हुनेछ ।

    ५) प्रतिनिधिहरुको दायित्व र जिम्मेवारी

    • केन्द्रीय प्रतिनिधिहरु अभियान शुरु हुनु २ दिन अघि जिल्लामा पुग्नुहुनेछ । अभियानको शुरु हुनु अघि र शुरु भए पश्चात वडा तहको कार्यक्रमलाई प्रभावकारी बनाउन प्रेरित भूमिकाका लागि सबै स्थानीय तहमा एक पटक अनिवार्य पुग्नुहुनेछ ।

    ६) अभियानमा सात प्रदेश कार्यसमितिको भूमिका

    संघीय संरचना निर्माण पश्चातको यो प्रथम अभियान प्रभावकारी रुपले सफल बनाउन पार्टीको सात प्रदेश कार्यसमितिले आफ्नो प्रदेशमा नेतृत्वदायी महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।
    सो क्रममा…

    • क) केन्द्रबाट निर्धारित अभियानलाई सफल बनाउन आवश्यक कार्ययोजना निर्माण ।
    • ख) सम्पूर्ण कार्यक्रमको कार्यान्वयनका लागि आवश्यक जिम्मेवारी बाँडफाँड ।
    • ग) अभियानका कार्यक्रमहरु व्यवस्थित बनाउन प्रेरक भूमिका र आवश्यक समन्वय ।
    • घ) केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरि आफ्नो प्रदेश भित्र `घर-घर जाऔं, कांग्रेस जिताऔं´ अभियानमा आवश्यकता अनुसार थप कार्यक्रम तर्जुमा ।
    • ङ) आफ्नो प्रदेश भित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्ने ।

    ७) अभियानमा जिल्ला कार्यसमितिको भूमिका

    • क) अभियान शुरु हुनु भन्दा कम्तीमा २ दिन अघि जिल्ला समितिको बैठक सम्पन्न गरेर अभियानका सबै कार्यक्रम केन्द्रित कार्ययोजना तय गर्ने ।
    • ख) जिल्लाभरका सबै वडामा खटिने प्रतिनिधि या प्रतिनिधि टोली तय गर्ने ।
    • ग) अभियानको जिल्ला स्तरीय केन्द्रीकृत उद्घाटन समारोह आयोजना गर्ने ।
    • घ) अभियानलाई सफल बनाउन आफु अन्तर्गतका तह एवं भ्रातृ एवं शुभेच्छुक संस्थाहरु परिचालन गर्ने ।
    • ङ) केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरि आफ्नो जिल्ला भित्र `घरघर जाऔं, कांग्रेस जिताऔं´ अभियानमा आवश्यकता अनुसार थप कार्यक्रम तर्जुमा गर्ने ।

    ८) अभियानमा प्रतिनिधि सभा क्षेत्रीय समिति र प्रदेश सभा क्षेत्रीय समितिको भूमिका

    • क) केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक रुपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने ।
    • ख) आफ्नो समिति अन्तर्गतका पदाधिकारी र सदस्यहरुलाई सम्बन्धित वडामा अथवा आवश्यकता अनुरुप फरक-फरक वडामा परिचालन गर्ने ।

    ९) अभियानमा पालिका समितिहरुको भूमिका

    • क) केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक रुपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने ।
    • ख) `स्थानीय घोषणापत्र निर्माण समिति´ गठन गरेर अविलम्ब कार्य प्रारम्भ गर्ने । समितिमा पार्टी निकट शिक्षक, प्राध्यापक, वकिल, पत्रकार लगायतको बौद्धिक क्षेत्रको पनि सहभागिता गराउने ।
    • ग) समिति मार्फत `घोषणा पत्र निर्माण संवाद´ कार्यक्रम आयोजना गरेर स्थानीय बासिको भावना समाहित गर्ने ।
    • घ) वडा तह हुँदै टोलसम्म अभियान प्रभावकारी बनाउँदै, स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउन `हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी´ को निति अनुरुप ब्यापक कार्य विभाजन गर्ने ।
    • ङ) अभियानका हरेक गतिविधिको सामाजिक संजाल र स्थानीय संचार माध्यम मार्फत व्यापक प्रचार गर्ने । त्यसका लागि चुस्त प्रचार टिम निर्माण गर्ने ।

    १०) अभियानको उद्घाटन केन्द्रीकृत, कार्यक्रम विकेन्द्रीत

    • क) ७७ जिल्लामा एकै दिन, एकै समयमा १.०० बजे, एकसाथ, जिल्ला स्तरीय रूपमा उद्घाटन समारोह हुनेछ ।
    • ख) उद्घाटन समारोह मार्फत अभियानको उध्येश्य, समयावधि र कार्यक्रमको स्वरुप बारे जानकारी गराइनेछ ।
    • ग) उद्घाटन समारोहमा वडा तहमा खटिएका प्रतिनिधिहरुको नामावली सार्वजनिक गरिनेछ । (वडामा जिल्ला प्रतिनिधिका रूपमा पार्टीको नेतृत्वदायी तहमा रहेका साथीहरू खटिनुहुनेछ)
    • घ) स्थानीय स्थिति र आवश्यकता अनुरुपको संख्यामा प्रतिनिधि टोलि जिल्ला समितिको निर्णय अनुरुप वडामा खटिने छ ।

    ११) कार्यक्रमको निर्धारित क्षेत्र

    • जिल्ला स्तरीय उद्घाटन समारोह पश्चात सम्पूर्ण कार्यक्रम स्थानीय तह, त्यसमा पनि मूलत वडा र टोल केन्द्रित हुनेछन् ।

    १२) अभियानको एक पाटो स्थानीय समितिहरुको आन्तरिक संरचनालाई पूर्णता

    • क) सबै पालिका समितिले अभियानको समयावधिभित्र `हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी´ को निति अनुरुप (कार्यसम्पादन, विभाग लगायत परिपत्रमा उल्लेखित एवं अन्य आवश्यक) कार्य विभाजन सम्पन्न गर्नेछन् ।
    • ख) अधिवेशनबाट गठन भएको वडा समितिले अभियानको समयावधि भित्र (कार्यसम्पादन, विभाग लगायत) आफ्नो समितिको पूर्ण संरचना निर्माण गर्नेछन् ।
    • ग) गठन गर्न बाँकी टोल समिति अभियान प्रारम्भ भएको दोस्रो साताभित्र अनिवार्य गठन गरिनेछन् ।
    • घ) गठित टोल समिति अन्तर्गतको अन्य संरचना दोस्रो साताभित्रै गठन गरिनेछन् ।
    • ङ) अभियानको निर्धारित सबै कार्यक्रमका लागि वडा समितिले आफ्नो सहजता र कार्यक्रमको प्रकृति अनुरुप पालिका समितिसँग समन्वय गरेर स्थानीय मिति तय गर्नेछन् ।

    १३) अभियानको अनुगमन

    • अभियान व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गरिनेछन् र ति समितिले कार्यक्रमको कार्यान्वयन अनुगमन तथा कार्यान्वयन पस्चातको प्रभाव समेतको विश्लेषण गरेर पार्टीलाई सुझाव दिनेछन् ।

    १४) वडा र पालिका तहमा सम्पन्न हुने कार्यक्रमहरु:

    सम्बन्धित समितिले `टाइ सिट´ निर्माण गरेर फरकफरक दिनमा यी कार्य प्रभावकारी रुपले सम्पादन गर्नेछन् ।

    १४.१) स्थानीय निर्वाचन प्रचार, परिचालन र घोषणापत्र मस्यौदा लगायतका समितिहरु गठन ।

    १४.२) स्थानीय स्थिति अनुरुपको चुनावी रणनीति निर्माण ।

    १४.३) स्थानीय घोषणापत्र निर्माण गर्न नागरिक पंक्तिसँग सार्वजनिक संवाद (घोषणा पत्र मस्यौदा समिति)

    १४.४) जनतासँग `विकास संवाद´ अन्तर्गत जन अपेक्षा र आवश्यकता अनुरुपको बाटो, कल्भर्ट, कज्वे, तटबन्ध या अन्य कुनैपनि स्थानीय विकासको बिषयमा स्थलगत रूपमा संवाद ।
    १४.५) FTVT Program (First Time Voter Training Program) (पार्टी + नेविसंघ + पार्टीका शुभेच्छुक बौद्धिक संस्थाहरु)

    १४.६) `जन अपेक्षाको स्थानीय तह कस्तो ?´

    पहिलो पटकका मतदाताको दृस्ठिकोण, भावना र सुझाव संकलन ।

    १४.७) आफ्नो पालिका या वडा क्षेत्र भित्र कुनै पनि सामाजिक विसंगतिका घटना छन् भने त्यसको पहिचान गरेर त्यस विरुद्ध जनचेतना देखि खबरदारीसम्मका कार्यमा पार्टी पंक्तिलाई नियमित सकृय तुल्याउने ।
    १४.८) `ज्येष्ठ नागरिक सम्मान´ देखि `कर्म सम्मान कार्यक्रम´ सम्म ।

    समाजका पुराना अग्रज, शहीद परिवार, द्वन्दकालका घाइते, अवकास प्राप्त शिक्षक, पुराना कृषक, नयाँ कृषि उद्दमी, साहित्यकार, पूर्व राष्ट्रसेवक कर्मचारी, खेलाडी, व्यवसायी आदिको सम्मान ।

    १४.९) कांग्रेसलाई `जनता के सुनाउन चाहन्छन्, के अपेक्षा राख्दछन्´, नागरिक पंक्तिबाट सुझाव लिने ।

    १४.१०) MCC भ्रम निवारण र वास्तविकता प्रशारणका लागि प्रशिक्षणात्मक कार्यक्रम संचालन गर्ने । (पार्टी + प्राध्यापक संघ, ट्रेड युनियन, शिक्षक संघ, डिएलए, प्रेस युनियन)

    १४.११) मतदाता विश्लेषण गर्दै फरक टोलको फरक अभिलेख निर्माण गर्ने ।

    १४.१२) निर्वाचन प्रचार अभियानलाई तोकिएको आचारसंहिता बाहिर जान नदिने गरि, पार्टी पंक्ति र जनता समक्ष पनि आचारसंहिताबारे विस्तारित रुपमा सुसूचित गर्ने ।

    १४.१३) निर्वाचनमा पार्टीका उम्मेदवारहरुको प्रचार अभियान एवं मतदानका दिनको बुथ व्यवस्थापन समेत दृस्टिगत गरेर अभियानको अवधिमै चुनाव केन्द्रित `वन बुथ हन्ड्रेड युथ´ को अवधारणा बमोजिम स्वयंसेवक संरचना निर्माण गर्ने । त्यस्तो संरचना निर्माणको नेतृत्व वडा समितिले गर्नेछ भने, संरचनामा सबै टोलको अनिवार्य प्रतिनिधित्व गराउने ।

    १४.१४) मतदाता शिक्षा : मतदाताकै घर आँगनमा ।

    • (पार्टी + महिला संघ + शिक्षक संघ)
    • (पालिका र वडाका कार्यक्रम वडाको भूगोल, जनसंख्या, स्थिति र आवश्यकता अनुरुप वडा हुंदै टोल र टोल हुँदै घर-घर सम्म विस्तारित हुनेछ)

    १५) अभियानमा भ्रातृ र शुभेच्छुक संस्थाहरुको भूमिका

    • क) केन्द्रीय समिति कृयाशिल रहेका भ्रातृ र शुभेच्छुक संस्थाहरुले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँड गरेर आफ्नो देशभरको संरचना परिचालन गर्ने ।
    • ख) केहि भ्रातृ संघको नयाँ केन्द्रीय समिति गठन हुने क्रममा रहेको हुँदा, गठन हुनु पूर्व ति संघ अन्तर्गतका विभिन्न तहले स्थानीय पार्टी समितिको समन्वयमा अभियानमा परिचालित हुने ।
    • ग) भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो संगठनको प्रकृति अनुसारको संरचना, खासगरी स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिने ।

    १६) अभियानमा संघीय र प्रदेश राजधानीमा रहेका जिल्ला सम्पर्क समितिहरुको भूमिका

    • क) सम्पर्क समितिको बैठक गर्ने, समितिको संरचनालाई पूर्णता दिने, समिति अन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने ।
    • ख) समिति अन्तर्गत स्थानीय तह संरचनाको राजधानी सम्पर्क विस्तार गर्ने ।
    • ग) राजधानी आई अध्ययन, व्यवसाय आदिमा सरिक आफ्नो जिल्लाका नागरिक बीच सम्पर्कमा पुग्ने ।

    १७) अभियानमा विदेश स्थित नेपाली जनसम्पर्क समितिहरुको जिम्मेवारी

    • क) विदेश स्थित नेपाली जनसम्पर्क समितिले आफ्नो कर्म क्षेत्रमा रहेका सदस्य, समर्थक र शुभचिन्तकहरुलाई मातृभूमिमा हुन लागेको स्थानीय चुनावमा आ-आफ्नो स्थानीय तहमा विविध ढंगले सम्पर्क, सुझाव र सहयोगका लागि सकृय बनाउने ।
    • ख) सामाजिक संजाल मार्फत अभियानलाई बल पुर्‍याउने ।

    -डा. प्रकाशशरण महत
    प्रवक्ता

  • चुनावी गठबन्धनबारे कांग्रेसले भन्यो – धेरै बोल्न हुन्न, केन्द्रीय समितिले निर्णय गर्छ (भिडिओ)

    चुनावी गठबन्धनबारे कांग्रेसले भन्यो – धेरै बोल्न हुन्न, केन्द्रीय समितिले निर्णय गर्छ (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने प्रष्ट पारेको छ । गठबन्धन सरकार निर्वाचनसम्म कायम रहेपनि निर्वाचनमा कसरी जाने भन्ने विषयमा भने केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरी निर्णय भएपछि मात्रै टु‌गाे लाग्ने जनाएको छ ।

    पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले गठबन्धनका बारेमा अहिले धेरै बोल्न आवश्यक नभएको बताए ।

    अहिले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले नै गठबन्धनको चर्चा, परिचर्चा धेरै नगर्न निर्देशन दिइसकेको उल्लेख गर्दै उनले केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार अगाडि बढ्ने बताए ।

    उनले भने, ‘गठबन्धनका विषयमा धेरै बोल्न आवश्यक छैन । जुन बेला निर्वाचनमा उम्मेदवार उठाउने समयमा आउँछ हरेक पार्टीले आफ्नो स्ट्रेन्थ विकनेस प्रस्तुत गर्छन् । सोही अनुसार पार्टीको दृष्टिकोण बन्छ ।’

    सबै पार्टीहरुले आन्तरिक ढंगबाट निर्वाचनको तयारी गरिरहेको उल्लेख गर्दै उनले भने, ‘सबै पार्टीलाई सँगै जाँदा निर्वाचनमा राम्रो हुन्छ भन्ने लाग्यो भने त्यही निर्णय हुन्छ । एक्लै जानुपर्ने भन्ने भयो भने पनि सोही अनुसार पछि नै निर्णय हुन्छ ।’

    कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमिति बैठकबाट एमसीसी अनुमोदन गर्दा जस्तै एकतावद्ध र सर्वसम्मत भएर निर्वाचनमा गठबन्धन गर्ने नगर्ने बारेमा निर्णय गर्ने बताए ।

    ‘गठबन्धनमा चुनावी तालमेल गर्ने विषयमा केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय गर्छौं,’ उनले भने, ‘अहिले नै तामेल गर्ने नगर्नेभन्दा अपरिपक्व हुन्छ ।’

    २९ फागुनदेखि २९ चैतसम्म पहिलो चरणको अभियानका साथ कांग्रेस चुनावी तयारीमा होमिने उपसभापति खड्काले बताए । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तोेकिएको छ ।

  • कांग्रेसको चुनावी अभियान : सबै जिल्लामा केन्द्रीय सदस्य खटाइने (भिडिओ)

    कांग्रेसको चुनावी अभियान : सबै जिल्लामा केन्द्रीय सदस्य खटाइने (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसले एकमहिने चुनावी अभियानमा केन्द्रीय सदस्यहरूलाई प्रतिनिधि बनाएर खटाउने भएको छ ।

    कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा ‘घरघर जाउँ कांग्रेस जिताऔं’ अभियानअन्तर्गत सो पार्टीले ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्यहरूलाई प्रतिनिधिका रूपमा पठाउने जानकारी गराएको हो ।

    कांग्रेस प्रवक्ता प्रकाशशरण महतले एमसीसीका बारेमा छरिएको भ्रम निवारण गर्ने, केपी ओली नेतृत्वको सरकारले तीन वर्षमा गरेका असंवैधानिक काम र भ्रष्टाचार प्रकरणका विषयमा जानकारी गराउने बताए ।

    प्रदेश, जिल्ला र पालिकास्तरका कमिटीहरूलाई संघका कार्यक्रम प्रभावित नहुने गरी घरदैलो अभियान सञ्चालनका लागि कार्ययोजना बनाएर अगाडि बढ्न निर्देशन दिएको छ ।

    प्रवक्ता महतले सरकारले गरेका काम र पार्टीले खेलेको भूमिकाका विषयमा जनतालाई जानकारी गराउन सामाजिक सञ्जाल, स्थानीय सञ्चारमाध्यमको प्रयोग गरिने पनि बताए ।

    उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले ७० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप दिइसकेको बताए ।

    यस्तै सम्बन्धित जिल्ला र पालिकामा आवश्यक विकास निर्माणका आवश्यकताहरूलाई जनताको चाहानाअनुसार कार्ययोजना तय गरिने उनले बताए ।

    युवाहरूलाई प्रशिक्षण दिँदै मतदानका लागि अभिप्रेरित गरिने उनले बताए ।

    ‘जनता के सुनाउन चाहन्छन् के अपेक्षा राख्छन्’ भन्ने नाराका साथ अन्तरक्रिया गरिने पनि महतले जानकारी दिए ।

    कांग्रेसले एमसीसीको बारेमा स्पष्ट पार्न र भ्रम चिर्न पुस्तक नै छपाएर गाउँ पुर्‍याउँदैछ ।

  • एमसीसी आर्थिक समृद्धिका लागि कोशेढुंगा: गृहमन्त्री खाँण

    एमसीसी आर्थिक समृद्धिका लागि कोशेढुंगा: गृहमन्त्री खाँण

    रुपन्देही । कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना एमसीसीले गरिबी न्यूनीकरण र रोजगारीको अवसरहरू सृजना गर्ने भएकाले आर्थिक समृद्धिको कोशेढुंगा भएको बताएका छन् ।

    परियोजनाले सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा विकास हुने बताउँदै उनले देशको आर्थिक समृद्धिका लागि यो योजनाले ठूलो सहयोग पुराउने बताएका हुन् ।

    मंगलबार रुपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविको ६३ औं वार्षिकोत्सवमा बोल्दै नेता खाँणले एमसीसीले गरिबी न्यूनीकरण र रोजगारीको अवसरहरू सृजना गर्ने बताउँदै भने, ‘त्यही भएर कांग्रेसले अमेरिकी सहयोगलाई शुरूदेखि नै स्वागत गरेर अगाडि बढेको हो, अब हामीले सबैलाई यही विषयमा बुझाउनुपर्दछ ।’

    गृहमन्त्री खाँणले मुलुकमा खेर गइरहेको जलस्रोतलाई सही सदुपयोग गरेर त्यसबाट उत्पादन हुने विद्युतको व्यापारले समग्र आर्थिक क्षेत्र चलायमान गर्न मद्दत गर्ने उनले बताए ।

    उनले कुनै पनि बहानामा नागरिकको ज्यान जाने अवस्था नआओस् भन्ने विषयमा सरकार सचेत रहेको उल्लेख गर्दै शान्ति सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए । गृहमन्त्री खाँणले शान्ति सुरक्षामा खलल पुग्ने गरी गतिविधि सञ्चालन गर्ने कुनै पनि दल वा समूहप्रति सरकार कठोर रहने बताए ।

  • कांग्रेसको चुनावी अभियान नारामा नैनसिंह महरको फरक मत

    कांग्रेसको चुनावी अभियान नारामा नैनसिंह महरको फरक मत

    काठमाडौं । नेपाली कांग्रेसले सुरू गरेको एक महिने चुनावी अभियानमा तय गरिएको नाराप्रति एक नेताले फरक मत राखेका छन् ।

    ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नारासहितको अभियानले जनताको जनजीविका र आवाज नसमेटिएको भन्दै युवा केन्द्रीय सदस्य नैनसिंह महरले ‘निःशुल्क स्वास्थ्य र शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार र रोजगार, जनताको अधिकार र कांग्रेसको कार्यभार’ नारा प्रस्ताव गरेका छन् ।

    अभियानका लागि बोलाइएको केन्द्रीय समितिको छलफलमा केन्द्रिय सम्पादन समितिले प्रस्ताव गरेको प्रतिवेदनमाथि महरले आपत्ति जनाएका हुन् ।

    ‘केन्द्रीय समितिको बैठक नै नबोलाइ, केन्द्रीय सदस्यहरूलाई आगामी अभियान र रणनीति तय गर्न समावेश नगरी अभियानको स्वामित्व र प्रभावकारिता कसरी हुन्छ ?’, महरले प्रश्न गरेका छन् ।

    केन्द्रीय सदस्य, प्रदेश र जिल्ला अध्यक्षहरूको संयुक्त रणनीतिक बैठक बोलाइ आगामी निर्वाचनको रणनीति बनाउनुपर्नेमा उनको जोड छ ।

    ‘विधानभन्दा बाहिर गएर पदाधिकारी र सम्पादन समितिको बैठकको हवाला दियर निर्णय गर्न पाइँदैन । निर्णय निर्माण गर्ने संख्या भनेको केन्द्रीय समिति हो’ , आफ्नो धारणा राख्दै महरले भने, ‘केन्द्रीय समितीको गरिमा अधिकार र कर्तव्य र यसको ओज घटाउने काम गर्नु हुँदैन।’

    अभियानका लागि तयार पारिएको पत्रमा कांग्रेस सुनाउँदैन मात्रै सुन्छ पनि भन्ने लेख्रिएको भन्दै नेता महरले यसमा कांग्रेस रियलाइज गर्छ र कार्यान्वयन गर्छ भनेर लेखिनुपर्ने सुझाए ।

    गठबन्धन गर्दा स्थानीय स्तरको आवश्यकताअनुसार गर्न दिनुपर्ने भन्दै उनले जनतासँग जाँदा अभियानमा कांग्रेसलाई जिताउनु पर्ने आधारहरू थप व्याख्यासहित संशोधन गरेर तल पठाइनुपर्ने बताएका छन् ।

  • कांग्रेसको चुनावी अभियान : एमसीसीबारे भ्रम चिर्ने, ओली सरकारका कामको भण्डाफोर गर्ने

    कांग्रेसको चुनावी अभियान : एमसीसीबारे भ्रम चिर्ने, ओली सरकारका कामको भण्डाफोर गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले एकमहिने चुनाव लक्षित कार्यक्रम सुरु गर्ने भएको छ ।

    अमेरिकी सहायता परियोजना एमसीसी र आफ्नो नेतृत्वको सरकारले गरेका कामहरुको बारेमा जनतालाई जानकारी दिन अभियान सञ्चालन गर्न लागेको हो ।

    कांग्रेसले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सुरु गरेर एमसीसी बारेमा रहेको भ्रमहरुको निवारण गर्ने जनाएको छ ।

    अभियान फागुन २९ गतेबाट सुरु हुने भएको छ ।

    कांग्रेसले एमसीसीका बारेमा मात्रै नभएर अभियानका क्रममा तत्कालीन नेकपा नेतृत्वको सरकारको तीन वर्षीय कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण पनि उठाउने जनाएको छ ।

  • सिरहा कांग्रेस चुनाव : संस्थापनइतरको बहिष्कारबीच मतगणना सुरू

    सिरहा कांग्रेस चुनाव : संस्थापनइतरको बहिष्कारबीच मतगणना सुरू

    जनकपुरधाम । नेपाली कांग्रेस सिरहाको निर्वाचनको क्रममा भएको विवाद समाधान नगरी मतगणना सुरू गरिएको छ ।

    गोलबजारस्थित उद्योग बाणिज्य संघको हलमा सभापतिका उम्मेदवार रामचन्द्र यादव पक्षको मात्र उपस्थितिमा मतगणना थालिएको हो । निर्वाचन अधिकृत सञ्जीवकुमार लामाका अनुसार अहिले सभापति पदको गणना जारी छ । सभापतिको परिणाम सार्वजनिक भइसकेपछि पदाधिकारी र सदस्यहरूको मतगणना सुरू हुनेछ ।

    मतगणना सभापतिका अर्का उम्मेदवार रामसुन्दर चौधरी पक्ष बहिष्कार गरेका छन् । चौधरी संस्थापन इतरका सभापति उम्मेदवार छन् । उनले संस्थापन पक्षका उम्मेदवार यादवले मतदानमा धाँधली गरेको आरोप लगाउँदै बहिष्कार गरेका हुन् ।

    हिजो अबेरसम्म मतदान जारी थियो । निर्वाचन अधिकृत लामाले राति करिब साढे ९ बजे मतदान सम्पन्न भएको बताए । करिब २७ सय मतदाता रहेकोम करिब २५ सयले मतदान गरेका छन् । निर्वाचन अधिकृत लामाले खसेको मतबारे कुनै सूचना दिएका छैनन् ।

    करिब १३ सय मत खसेपछि संस्थापन पक्षका उम्मेदवार यादवले गुण्डा लगाएर धाँधली गरेको भन्दै अर्का प्रतिस्पर्धी चौधरीले आवाज उठाएका थिए । चौधरी पक्षका कार्यकर्ताको प्रदर्शनको क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो ।

    प्रहरीको कुटाइबाट लहान सभापति रासलाल रामको टाउकोमा चोट लागेको छ । लहान अस्पतालमा उनको उपचार भइरहेको छ । प्रहरीले लाठीचार्ज गरेलगत्तै मतदानस्थलमा रहेको आफ्ना पक्षका प्रतिनिधिसमेतलाई फिर्ता बोलाएर सभापतिका उम्मेदवार चौधरीले मतदान प्रक्रिया बहिष्कार गरेका थिए ।

    उनले आज विज्ञप्ति जारी गरेर गुण्डा प्रयोग गरी जबर्जस्ती लाठीचार्ज गर्न लगाएर मतदानमा धाँधली गरेको आरोप लगाए । सो मतदान बदर गरी अर्को मतदान गराउन चौधरीको माग छ ।

  • एमालेबाट निर्वाचित बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री कांग्रेस प्रवेश

    एमालेबाट निर्वाचित बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री कांग्रेस प्रवेश

    काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरेका छन् ।

    क्षेत्रीसहित एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, एमाले नेता विष्णु तिमल्सिनासहित दर्जनौं नेता कार्यकर्तालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान पार्टी कार्यालय सानेपामा पार्टी सदस्यता दिएर पार्टी प्रवेश गराएको कांग्रेस नेता प्रेमध्वज लामाले जानकारी दिए ।

    सो अवसरमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलगायत उपस्थित थिए ।

     

  • निजामती कर्मचारी युनियनको अध्यक्षमा पुन: पोखरेल

    निजामती कर्मचारी युनियनको अध्यक्षमा पुन: पोखरेल

    काठमाडौं । नेपाली कांग्रेसनिकट कर्मचारीहरूको संगठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । उनले सुरेन्द्रकुमार अधिकारी र सुशील केसीलाई पराजित गरे ।

    युनियनको आठौँ राष्ट्रिय महाधिवेशनबाट पोखरेल पुन: अध्यक्षमा निर्वाचित भएका हुन् ।

    महाधिवेशनले अध्यक्ष २९ पदाधिकारीसहित १०१ सदस्यीय कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल, खुला उपाध्यक्षमा यज्ञबहादुर ओली आएका छन् ।

    यसैगरी प्रदेशतर्फका उपाध्यक्षमा प्रदेश १ बाट मानबहादुर वन, मधेसमा राजकिशोर राउत, वागमतीमा श्रीराम लम्साल, गण्डकीमा दीपक रेग्मी, लुम्बिनीमा मदन गौतम, कर्णालीमा चन्द्रबहादुर खड्का र सुदूरपश्चिम अध्यक्षमा धर्मबहादुर देउवा निर्वाचित भएका छन् ।

    यस्तै महिला उपाध्यक्षमा निर्मला शर्मा, जनजाति उपाध्यक्षमा पुरण गुरुङ, मधेसी उपाध्यक्षमा अशोककुमार रैनियार, पिछडिएको क्षेत्र उपाध्यक्षमा कृष्णबहादुर सैजुवाल, श्रेणीविहीन उपाध्यक्षमा सोम कोइराला विजयी भए ।

    महासचिवमा जनकबहादुर रावल, उपमहासचिव इन्दु शर्मा र गणेश भण्डारी, खुला सचिवमा कुलप्रसाद भट्टराई, जगतबहादुर पाठक, प्रकाश भट्टराई, झविन्द्र पोखरेल, युवा सचिव भूपेन्द्र अधिकारी, जनजाति सचिव शान्तराज राई, मधेसी सचिव चिन्तन आचार्य र कोषाध्यक्ष प्रयास घिमिरे निर्वाचित भएका छन् ।

  • बार चुनाव : गठबन्धनतर्फ कांग्रेसका घिमिरे अध्यक्ष र माओवादीबाट अन्जिता महासचिवको उम्मेदवार

    बार चुनाव : गठबन्धनतर्फ कांग्रेसका घिमिरे अध्यक्ष र माओवादीबाट अन्जिता महासचिवको उम्मेदवार

    काठमाडौं । नेपाल बार एशोसिएशनको नेतृत्वका लागि सत्तारुढ गठबन्धनबाट गोपालकृष्ण घिमिरे उम्मेदवार बनेका छन् । उनी नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) का पूर्वअध्यक्ष पनि हुन् ।

    कांग्रेसको १४औं महाधिवेशन केन्द्रीय निर्वाचन समितिका संयोजक समेत रहेका घिमिरेलाई गठबन्धनले अध्यक्ष उठाउने भएको हो । त्यस्तै महासचिवमा अन्जिता खनाललाई अघि सारिएको छ । खनाल नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्न लागेकी हुन् ।

    यसअघि महासचिवमा दिनमणि पोखरेललाई प्रस्ताव गरिए पनि गठबन्धनप्रति असन्तुष्टि जनाउँदै पोखरेल पछि हटेका थिए ।

    वागमतीबाट उपाध्यक्षमा नेकपा एसका हर्क रावलले उम्मेदवारी दिँदैछन् ।

    अध्यक्षसहित १५ पद कांग्रेसलाई साथै उपाध्यक्ष, महासचिवसहित पद गठबन्धनका अन्य घटकलाई भागबण्डा गरिएको छ ।

    एमालेनिकटको कानून व्यवसायी पीपीएलएविरुद्ध मिलेर लड्न डीएलए नेतृत्वको गठबन्धनको प्यानल तयार पारिँदैछ ।

    पीपीएलएले भने विष्णुमणि अधिकारीको नेतृत्वमा प्यानल घोषणा गरिसकेको छ ।

  • नेकपा एस जान एमाले छाडेका बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री कांग्रेस प्रवेश गर्दै

    नेकपा एस जान एमाले छाडेका बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री कांग्रेस प्रवेश गर्दै

    सिन्धुपाल्चोक । जिल्ला अध्यक्ष हुन नपाएपछि नेकपा एमाले छाडेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । क्षेत्रीसहित उनका भाइ व्यावसायी कृष्ण क्षेत्री पनि भोलि कांग्रेस प्रवेश गर्न लागेका हुन् ।

    एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दै क्षेत्रीले केही समयअघि नेकपा एमाले छाडेको घोषणा गरेका थिए । क्षेत्री एमाले जिल्ला अध्यक्षका दाबेदार थिए । जिल्ला अध्यक्षमा यसअघिका सचिव कमल नेपाल चुनिएपछि क्षेत्रीले एमाले छाड्ने घोषणा गरेका हुन् ।

    एमाले छाडेपछि उनी नेकपा एसमा जाने चर्चा चलेको थियो ।

    स्रोतका अनुसार नेपाली कांग्रेसले केदार क्षेत्रीलाई प्रदेशसभा निर्वाचनको र भाइ कृष्ण क्षेत्रीलाई गाउँपालिकाको टिकट दिने वचन दिएको छ ।

    लामो समयदेखि एमालेका विभिन्न कमिटीमा रहेर काम गरेका क्षेत्री २०७४ सालको निर्वाचनमा बलेफी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

    सिन्धुपाल्चोकका अर्का नेता सुवास कर्माचार्य पनि एमाले केन्द्रीय सदस्य हुन नपाएपछि नेकपा एसमा लागेका छन् ।

  • एक्लै चुनाव लड्दा कांग्रेसलाई घाटा कि नाफा ?

    एक्लै चुनाव लड्दा कांग्रेसलाई घाटा कि नाफा ?

    काठमाडौं । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले सत्ता गठबन्धन चुनावसम्मै जाँदा कांग्रेसलाई घाटा हुने बताएका छन् ।

    तत्काललाई हेर्दा एक दुई सिट फाइदा पुग्नेजस्तो देखिए पनि कम्युनिष्ट दल एकजुट भए भने कांग्रेस खुम्चिन सक्ने उनको बुझाई छ । केन्द्रमा कांग्रेस चुनावमा एक्लै लड्नु राम्रो हुने उनले बताए ।

    स्थानीय तहमा आधार निर्माण गरी आवश्यकता अनुसार तालमेल गर्न मिल्ने तर केन्द्रमा कांग्रेस एक्लै चुनावमा होमिदा फाइदा हुने आचार्यले तर्क गरे । केन्द्रमा चुनावी तालमेल गर्नु भनेको संघीयता र पार्टीको खिलापमा हुनु पनि आचार्यको भनाइ छ ।

    सत्ता गठबन्धनलाई आगामी तीनै तहको चुनावसम्मै निरन्तरता दिने या चुनावमा एक्लै भिड्ने भन्नेमा नेपाली कांग्रेसभित्र भिन्न मत देखिएका छन् । पार्टीले आधिकारिक धारणा सार्वजनिक नगरे पनि पार्टी पदाधिकारीहरुले यसबारे बोलिरहेका छन् ।

    उपसभापति, महामन्त्रीलगायत पार्टीका प्रभावशाली नेताहरुले चुनावमा एक्लै भिड्नु पर्ने बताउँदै आएका छन् ।

    पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनावमा एक्लै लड्नुपर्ने बताएका छन् । यस्तै पार्टीका प्रभावशाली नेता शेखर कोइराला पनि एक्लै चुनाव लड्ने पक्षमा उभिएका छन् ।

    सत्ता गठबन्धन जोगाउन बनेको राजनीतिक संयन्त्रका संयोजक तथा कांग्रेस नेता रामचन्द्र पौडेलले भने सत्ता गठबन्धन चुनावसम्मै लम्बिने बताएका छन् ।

    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएपछि सत्ता गठबन्धनलाई बलियो भएको ठानिएको भएपनि कांग्रेस नेताहरुको फरक फरक अभिव्यक्तिले गठबन्धनको भविष्यमाथि प्रश्न उव्जिएको छ ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी आवद्ध सत्ता गठबन्धन चुनावसम्म संगै जाने वा एक्ला एक्लै चुनाव लड्ने भन्ने निर्णय भइसकेको छैन ।

    गठबन्धनले पहिला सवै दलले आ–आफ्नो पार्टीमा निर्णय गरेर मात्रै गठबन्धनमा छलफल गरेर निर्णय गर्ने तयारी गरेको छ । ईश्वरी बराल/न्युज कारखाना

  • कांग्रेस महोत्तरी सभापतिमा संस्थापन पक्षका यादव निर्वाचित

    कांग्रेस महोत्तरी सभापतिमा संस्थापन पक्षका यादव निर्वाचित

    जनकपुरधाम । नेपाली कांग्रेस महोत्तरीका सभापतिमा नागेश्वर यादव निर्वाचित भएका छन् । यादव संस्थापन पक्षका हुन् ।

    जिल्ला नेतृत्वका लागि शुक्रबार भएको निर्वाचनमा तीन उम्मेदवारमध्ये कसैले ५१ प्रतिशत मत ल्याउन सकेका थिएन ।

    निर्वाचनमा नागेश्वर यादव सर्वाधिक १ हजार ११, सुशिल यादवले ७७९ र बजरंग नेपालीले ३०६ मत ल्याएका थिए ।

    निकटम प्रतिस्पर्धी सुशील यादव पक्षले सबभन्दा बढी मत ल्याएका नागेश्वर यादवलाई समर्थन गरेपछि उनी सभापतिमा सर्वसम्मत निर्वाचित भएको बताइएको छ ।

  • देउवाका उम्मेदवारले मैदान छाडेपछि चितवन कांग्रेसको सभापतिमा शेखरनिकट खनाल विजयी

    देउवाका उम्मेदवारले मैदान छाडेपछि चितवन कांग्रेसको सभापतिमा शेखरनिकट खनाल विजयी

    काठमाडौं । नेपाली कांग्रेस चितवनको सभापतिमा डा. शेखर कोइरालानिकट राजेश्वर खनाल निर्वाचित भएका छन् ।

    पहिलो चरणमा ५ जना प्रत्याशीमध्ये पहिलो भएका खनाललाई दोस्रो चरणको निर्वाचनअघि नै प्रतिस्पर्धी मिलनबाबु श्रेष्ठले समर्थन जनाएपछि दोस्रो चरणको मतदानअघि नै खनाल विजयी भएका हुन् ।

    पहिलो चरणमा खनालले ७ सय ४६ मत ल्याउँदा श्रेष्ठले ६ सय ६२ मत ल्याएका थिए । अन्य ३ जना उम्मेदवारले पनि ४ सय मत कटाएका थिए । सभापति शेरबहादुर देउवानिकट श्रेष्ठ वागमती प्रदेश सरकारका उद्योग मन्त्रीसमेत हुन् ।

  • प्रचण्ड-माधवप्रति धनराजको व्यंग्य- चमेराहरु चुनावमा कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्दैछन् (भिडिओ)

    प्रचण्ड-माधवप्रति धनराजको व्यंग्य- चमेराहरु चुनावमा कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्दैछन् (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चुनावमा कांग्रेस एक्लै लड्ने रोडम्याप तयार रहेको भन्दै कांग्रेसरुपी हात्तीको ठूलो कान देखेर केही चमेराहरु ओत लाग्न खोजिरहेको टिप्पणी गरेका छन् ।

    नेकपा माओवादी केन्द्र र नेकपा एसले चुनावमा गठबन्धन गर्न दबाब दिइरहेकोप्रति कटाक्ष गर्दै गुरुङले कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्नेहरुबाट कांग्रेसलाई केही फाइदा नहुने गुरुङले बताए ।

    कांग्रेस निकट निजामति कर्मचारी युनियनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उपसभापति गुरुङले २०७९ साल चुनावी वर्ष रहेको र कांग्रेसरुपी हात्ती चुनावी मैदानमा लम्किन थालेपछि बानेश्वरमा केही दिन कुकुरहरु भुके पनि एमसीसी पास गरेरै छाडेको बताए ।

    सभापति तथा प्रधानमन्त्री देउवा समेत सहभागी कार्यक्रममा गुरुङले भने,’ दुईचार दिनमात्र अगाडि कांग्रेसरुपी हात्ती लम्किएर बानेश्वर पुग्दै गर्दा केही कुकरहरु भुक्ने काम पनि भए तर एमसीसी पास भयो । २०७९ साल निर्वाचन वर्ष हो । इलेक्सन इयर हो । त्यसैले कांग्रेसरुपी हात्ती अब चुनावको मैदानमा लम्किन थालेको छ । कांग्रेस चुनावको मैदानमा लम्किदै गर्दा हात्तीको ठूलो कान देखेर चमेराहरु हात्तीको कानमा ओत लाउन खोज्दैछन् । हात्तीको कानमा ओत लाग्ने चमेराको भरोसा हुँदैन । चमेराले हात्तीलाई केही सहयोग गर्दैन बरु हात्तीको कान दुर्गन्धित बनाउछन् । त्यसैले जनताबीच कांग्रेस एक्लै जान्छ आफ्नो रोडम्यापमा ।’

    गुरुङ प्रचण्ड–माधवले गरेको चुनावी गठबन्धनको विपक्षमा बोल्दै आएका नेता हुन् । गुरुङ लगत्तै बोलेका सभापति देउवाले भने यसबारेमा कुनै जवाफ दिएनन् ।

  • कम्युनिस्टप्रति गगनको कटाक्ष- एउटाले संसद विघटन गरे, अर्कोले लौन प्रभु भन्दै कांग्रेसलाई सरकार जिम्मा लाए

    कम्युनिस्टप्रति गगनको कटाक्ष- एउटाले संसद विघटन गरे, अर्कोले लौन प्रभु भन्दै कांग्रेसलाई सरकार जिम्मा लाए

    पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद अवरोध जारी रहेमा के गर्ने भन्नेबारे छलफल भइरहेको बताएका छन् । तर स्थानीय चुनाव भने वैशाख ३० मै हुने भन्दै महामन्त्री थापाले संसदको अवरोध कायमै रहे मंसिरअघि नै संसदीय चुनाव हुनसक्ने बताए ।

    कास्कीको मादी गाउँपालिका शुक्रवार आयोजित अगुवा कार्यकर्ता भेलामा महामन्त्री थापाले संसद अवरोध खुलाउन प्रधानमन्त्री शेरवहादुर देउवा र आफूहरु समेत पटक पटक एमाले अध्यक्ष केपी ओलीको निवासमा हात जोड्न पुगेको बताए ।

    थापाले भने- संसद अवरुद्ध छ, हामी संसद खुलाउन चाहान्छौं । त्यसैले हामी हात जोड्दै बालकोट पुगेका हों । हात जोड्ने पालो हाम्रो हो । हामी एमाले र केपी ओली होइनाैँ । जिम्मा पाएकाले निहुरिन पनि जान्नुपर्छ । त्यसैले हामी प्रतिपक्षी दलका नेताको ढोका ढक्ढक्याउन गएका छौं । संसद खुलाउन मद्दत चाहियो भनेर गएका हौं । यति गर्दा पनि अवरोध खुलेन भने के गर्ने रु त्यसबारे सल्लाह हुँदै गदर्छ तर स्थानीय चुनाव तलमाथि हुँदैन ।

    महामन्त्री थापाले कम्युनिस्टहरुले जनादेशको कदर गर्न नसक्दा कांग्रेसले देश चलाउने जिम्मेवारी लिनुपरेको बताए । उनले केपी ओली वा प्रचण्ड कोही पनि दोषमुक्त नरहेको भन्दै गठबन्धनमा रहेका कारण प्रचण्ड–माधवप्रति कांग्रेसको अतिरिक्त जिम्मेवारी नरहेको समेत प्रष्ट पारे ।

    थापाले भने- कांग्रेसलाई देखाइदियौं भनेर आएका कम्युनिस्टहरुले के गरे ? ५० वर्षसम्म कांग्रेस फर्केर आउँदैन भन्नेहरु अहिले कोही हामीसँगै गठबन्धनमा छन् । एउटाले संसद विघटन गरे, अर्को रोइ कराइ गर्दै लौन न प्रभु सरकार चलाइदिनुपर्यो भनेर आएपछि कांग्रेसले सम्हाल्नै पर्यो ।

    महामन्त्री थापाले अहिलेको गठबन्धन आवश्यकताले बनेको भन्दै यसको काम चुनाव गराउने रहेको बताए । तर गठबन्धनमा बस्नासाथ चुनावमा पनि मिल्नुपर्छ भन्न नमिल्ने भन्दै प्रचण्ड-माधव समूहसँग चुनावी गठबन्धनबारे अहिले कुनै निर्णय नभएको बताए ।

    थापाले भने- गठबन्धनमा बस्नासाथ चुनावमा मिल्छौं कि मिल्दैनौं अर्कै विषय हो । २०५६ मा हामीले एमालेसँग मिलेर सरकार बनायौं । चुनाव कांग्रेस र एमालेको बीचमा भयो । सँगै सरकारमा बस्यौं,कांग्रेस पहिलो, एमाले दोस्रो पार्टी भयो ।

    महामन्त्री थापाले अबको चुनावमा सबैले कम्युनिस्टहरुलाई कसले मिलायो ? कसले फुटायो भनेर प्रश्न गर्नुपर्ने बताए ।

  • कांग्रेसले नीति महाधिवेशन कहिले गर्ला ?

    कांग्रेसले नीति महाधिवेशन कहिले गर्ला ?

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित रह्यो । विधानले दिएको र संविधानले उपलब्ध गराएको भन्दा बढी अवधि पार गरेपछि वैधानिकता जोगाउने चुनौतीबीच कांग्रेस महाधिवेशन सम्पन्न भएको थियो ।

    महाधिवेशनमा पार्टीको नीतिगत समिक्षा र भावी नीति तथा कार्यक्रमबारे कुनै छलफल हुन सकेन । वैधानिकता जोगाउनकै लागि कांग्रेसले नीति महाधिवेशन ६ महिनाभित्र गर्ने गरी महाधिवेशनबाट नेतृत्वमात्रै चयन गर्ने निर्णय लिएको थियो । महाधिवेशनको ३ महिना पूरा भए पनि कांग्रेसमा नीति महाधिवेशनको चर्चा समेत भएको छैन ।

    नीति महाधिवेशनको आवश्यकता

    नेपाली कांग्रेसका पछिल्ला २ महाधिवेशन वैधानिकता जोगाउने चुनौतीबीच सम्पन्न भए । १४ औं महाधिवेशन गत मंसिर अन्तिम साता नीतिको छलफलबिनै टुंगियो । १३ औं महाधिवेशपनि संविधान लेखनको काम सकेर २०७२ फागुनमा वैधानिकता टार्ने हिसाबले गरिएको थियो । यद्यपि १३ औं महाधिवेशनको बन्दसत्रमा कांग्रेसले राजनीति प्रतिवेदन र पार्टीको कार्यदिशाबारे सामान्य छलफल गरेको थियो ।

    कांग्रेस विधानको दफा १७ को ५ बमोजिम गत महाधिवेशनलाई कांग्रेसले नेतृत्व चयनको एजेण्डामा मात्रै केन्द्रित गरेको थियो । सो दफामा ‘महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गर्न र नीति निर्माण तथा विधान पारित गर्न फरक फरक समयमा महाधिवेशन गर्न सकिने’ उल्लेख छ । कांग्रेस केन्द्रीय समितिको गत कात्तिक २८ गतेको बैठकले १४ औं महाधिवेशन नेतृत्व केन्द्रित गर्ने र त्यसको ६ महिनाभित्र नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

    ‘हामीले नेतृत्व छान्यौ तर नीतिमा छलफल गरेनौं । लोकतान्त्रिक मूल्य मान्यता हाम्रो मुख्य नीति भएपनि संविधानले प्रदत्त गरेका अधिकारहरूको कार्यान्वयन कसरी गर्ने भन्नेमा कांग्रेसले प्रष्ट नीति कार्यक्रम ल्याउनुपर्छ । त्यसका लागि नीति अधिवेशन जरुरी छ ।’ –कुन्दनराज काफ्ले, केन्द्रीय सदस्य

    कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्ले पार्टीले लिने नीतिबारे पर्याप्त छलफल र बहस जरुरी भएकोले तत्काल नीति महाधिवेशन बोलाउनुपर्ने बताउँछन् । संविधानमा उल्लेख भएका मौलिक हक कार्यान्वयनका लागि कांग्रेसले लिने नीतिबारे पर्याप्त छलफल नभएको काफ्लेको भनाइ छ ।

    ‘हामीले नेतृत्व छान्यौ तर नीतिमा छलफल गरेनौं । लोकतान्त्रिक मूल्य मान्यता हाम्रो मुख्य नीति भएपनि संविधानले प्रदत्त गरेका अधिकारहरूको कार्यान्वयन कसरी गर्ने भन्नेमा कांग्रेसले प्रष्ट नीति कार्यक्रम ल्याउनुपर्छ । त्यसका लागि नीति अधिवेशन जरुरी छ’, काफ्लेले भने ।

    संविधानले शिक्षा, स्वास्थ्य, आवासजस्ता विषयलाई मौलिक अधिकार मानेपनि त्यसको कार्यान्वयनक लागि कांग्रेसले नीति तय गर्नुपर्ने उनको भनाइ छ ।

    नीति अधिवेशन कि महासमिति बैठक ?

    कांग्रेसमा सामान्यता महाधिवेशन नभएको वर्ष महासमिति बैठक गर्ने प्रचलन रहेको छ । यद्यपि पछिल्लो समय एक कार्यकालमा एउटा मात्रै महासमिति भएको पाइन्छ । यसपटक महाधिवेशनमा राजनीतिक प्रतिवेदन, कार्यदिशा र पार्टीले लिने कार्यक्रमबारे छलफल नभएकोले नीति अधिवेशनको सट्टा महासमिति बैठक नै बस्ने सम्भावना पनि रहेको छ ।

    ‘विधानले महाधिवेशन हुने बाहेक हरेक वर्ष महासमिति बैठक बस्ने व्यवस्था गरेको छ । पार्टीको नीतिबारे निर्णय लिने थलो महासमिति पनि हो । त्यसैले २०७९ सालको सुरूमै नीति अधिवेशनको रूपमा महसमिति बैठकपनि गर्न सकिन्छ’, एक पदाधिकारीले नेपाल प्रेससँग भने । ती पदाधिकारीका अनुसार स्थानीय निर्वाचनभन्दा अगाडि पार्टीको नीति, समसामयिक परिस्थितिको विश्लेषण र नयाँ कार्यक्रम तय गर्न महासमिति बैठक गर्नु उपयुक्त हुनेछ ।

    केन्द्रीय समिति बैठक बस्दै

    कांग्रेसले फागुन २० देखि गर्ने भनेको स्थानीय निर्वाचन केन्द्रित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान चैतदेखि मात्रै सुरू गर्ने जनाएको छ । फागुन मसान्तभित्र भ्रातृ संस्थाहरूको तदर्थ समिति बनाएर निर्वाचन लक्षित कार्यक्रम गर्ने तयारी अनुसार पदाधिकारी तहमा अनौपचारिक छलफल भइरहेको छ । भ्रातृ संस्थालगायतका विषयमा निर्णय लिन यही हप्ता कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ ।

    ‘यो हप्ता केन्द्रीय समितिको बैठक बसेर भ्रातृ संस्था गठन, स्थानीय निर्वाचनको तयारी र थप अभियानबारे निर्णय लिन्छौं होला’, कांग्रेसका एक पदाधिकारी भन्छन् । सोही बैठकमा नीति महाधिवेशन वा महासमिति बैठक गर्ने भन्नेमा पनि छलफल हुनेछ ।

  • पर्सा कांग्रेस सभापतिमा संस्थापन पक्षका क्षेत्री विजयी

    पर्सा कांग्रेस सभापतिमा संस्थापन पक्षका क्षेत्री विजयी

    जनकपुरधाम । नेपाली कांग्रेस पर्साको सभापतिमा संस्थापन पक्षका जनार्दन सिंह क्षेत्री विजयी भएका छन् ।

    निर्वाचन अधिकृत नरेन्द्रबहादुर केसीका अनुसार क्षेत्री ४६५ मतान्तरले विजयी भएका हुन् । क्षेत्रीले श्यामप्रसाद पटेललाई पराजित गरेका छन् ।

    सभापतिमा विजयी क्षेत्री १ हजार ११० मत ल्याउन सफल भए भने पटेल मात्र ६४५ मत प्राप्त गरे । विजयी क्षेत्री जिल्ला समन्वय समितिका पूर्वअध्यक्ष हुन् ।

    जिल्ला उपसभापतिमा रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता, सचिवमा इम्तियाज आलम र दिनेश कुमार चौधरी विजयी भएका छन् । यस्तै सहचिवमा नविन सिंह र मदन राउत अहिर विजयी भएका छन् ।

    निर्वाचित उपसभापति, सचिव र सहसचिव संस्थापन पक्षकै हुन् । निर्वाचनमा ६७ पदका लागि १ हजार ८३० जना मतदातामध्ये १ हजार ७७९ जनाले मतदान गरेको थियो ।

  • बाह्रबिसेका वडाध्यक्षद्वारा कांग्रेस छाडेको घोषणा, एमाले प्रवेशको तयारी

    बाह्रबिसेका वडाध्यक्षद्वारा कांग्रेस छाडेको घोषणा, एमाले प्रवेशको तयारी

    सिन्धुपाल्चोक । नेपाली कांग्रेसका नेता एवम् बाह्रबिसे नगरपालिका-२ का वडाअध्यक्ष बमबहादुर तामाङले कांग्रेस छाडेका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दे उनले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका हुन् । उनीसहितका कांग्रेसका नेताहरू एमालेमा प्रवेश गर्ने समेत तयारीमा छन् ।

    २०४६ सालदेखि कांग्रेसको क्रियाशील सदस्य रहेर कांग्रेसमा आबद्ध भएका तामाङले पार्टीभित्र ‘पेलानको राजनीतिक’ सुरु भएपछि कांग्रेस छाडेको विज्ञप्तिमा भनेका छन् ।

    ‘केही वर्षदेखि नेपाली कांग्रेसमा विशेष गरी सिन्धुपाल्चोकमा व्यक्तिवादी सोच हाबी हुदै गएको छ । पार्टीले आम जनचाहाना विपरीत एमसीसी पास गर्ने,आम कार्यकर्ताहरुले भनेको कुनै पनि कुराको सुनुवाई नगर्ने, पेलेर लैजान खोज्ने,विधी विधान भन्दा व्यक्तिबादी सोच बढी हाबी हुने जस्ता गतिविधिले हामी आम कांग्रेस कार्यकर्ताहरु निराश भएका छौं’, अध्यक्ष तामाङद्वारा जारी विज्ञपतिमा भनिएको छ ।

    माओवादी द्वन्द्वकालमा आफू अविचलित रहँदा गोली हानेर घाइते बनाए पनि अहिले कांग्रेसका नेताहरूले आफूहरूलाई पेलेको उनको आरोप छ ।
    स्थानीय निर्वाचनमा विजय भएर कांग्रेसको नीति सिद्दान्त अनुसार दिनरात नभनी काम गरेपनि पार्टीका नेताहरुले कहिले पनि जस नदिने, सार्वजनिक स्थानमा समेत अपमान गर्ने क्रियाकलप निरन्तर भइरहेको तामाङले बताए ।

    ‘एउटा लोकतान्त्रिक पार्टी भित्र काम गर्दा गर्दे पनि सधै अपमानित भएर बस्न मलाई मेरो नैतिकताले दिएन,त्यसैले कांग्रेस पार्टी छाडेको छु’, उनले भनेका छन् ।

     

  • स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा अव्यवहारिक हुन्छ : कांग्रेस प्रवक्ता (भिडिओ)

    स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा अव्यवहारिक हुन्छ : कांग्रेस प्रवक्ता (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेको दलहरुको चुनावी तालमेल हुन नसक्ने बताएका छन् ।

    आउने स्थानीय तहको निर्वाचनमा कुनैपनि दलहरुबीच चुनावी तालमेल हुने अवस्था आफूले नदेखेको उनले बताए ।

    स्थानीय आवश्यक्तालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने उनको भनाई छ । तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा भने गठबन्धनमा कुनै छलफल नभएको उनको भनाई छ ।

    उनले भने, ‘स्थानीय निकायको निर्वाचन अलि ठूलो संख्यामा हुने र हाम्रो पद्धति पनि । स्थानीय तहको आफ्नै विशिष्ट परिवेश र परिस्थिति पनि छ । त्यसले गर्दा यो केन्द्रिय नेतृत्वले नै सम्पूर्ण कुरा बाँडफाँड गर्ने भन्ने त्यो अव्यवहारिक हुन्छ । र, विधानतः पनि त्यो सम्भव हुँदैन ।’

    महतले आवश्यक्ताको सिद्धान्त र आ–आफ्नै फाईदाको सिद्धान्त अनुसार स्थानीय तहको निर्वाचनमा दलहरु जुटनुपर्ने अवस्था रहेको दोहो¥याए ।

    उनले भने, ‘स्थानीय आवश्यक्ताहरुलाई ध्यानमा राखेर पनि कतिपय ठाउँमा समझदारीहरु पनि हुन सक्दछ । कतिपय ठाउँहरुमा दलहरुले आफ्नो ढंगले गर्ने अवस्था पनि छ । तर समग्रमा अहिले गठबन्धनमै जाने वा नजाने भन्ने विषयमा छलफल भईसकेको अवस्था छैन ।’

    स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार अघि बढिसकेको बताए ।

  • अब महाअभियोग स्वभाविक प्रक्रियामा जान्छ : मन्त्री बडू

    अब महाअभियोग स्वभाविक प्रक्रियामा जान्छ : मन्त्री बडू

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगलाई प्रतिनिधिसभाको आउने बैठकमा पेश गर्ने तयारी गरेको छ ।

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूकाअनुसार सभामुखले महाअभियोग सिफारिस समिति गठनका लागि प्रयास भइरहेको छ । महाअभियोग प्रस्ताव जतिसक्दो चाडो निष्कर्षमा पुगोस् भन्ने सरकारको चाहना भएको उनले बताए ।

    संसद भवनमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बडूले संसद नियमावलीकै व्यवस्था अनुसार महाअभियोग अगाडि बढ्ने बताए ।

    ‘महाअभियोगको प्रस्ताव स्वभाविक ढंगले अगाडि बढोस् भन्ने सरकारको चाहना हो । हाम्रो नियमावलीले प्रस्ताव दर्ता भइसकेपछि ७ दिनपछिको कुनै बैठकमा राख्ने व्यवस्था गरेको छ । त्यसपछि थप प्रक्रिया सुरु हुन्छ । सम्भवतः अबको प्रतिनिधिसभा बैठकमा प्रस्ताव जान्छ होला’, मन्त्री बडूले भने ।

    बडूका अनुसार महाअभियोगबारे राजनीतिक नेतृत्व तहमा छलफल भइरहेकोछ । प्रतिनिधिसभा नियमावली अनुसार महाअभियोग समिति गठन गर्ने विषयमा पनि सभामुखसँग छलफल भएको मन्त्री बडूले जानकारी दिए । ‘महाअभियोग समितिमा सबै दलको प्रतिनिधित्व होस् भन्ने ढंगले छलफल भइरहेको छ’, उनले भने ।

    नियमावलीमा महाअभियोग समिति ११ सदस्यीय हुने व्यवस्था छ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माअ‍ोवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध गत फागुन १ गते महाअभियोग दर्ता गराएका थिए ।

  • भोजपुरमा कांग्रेसका ३७ युवा एमाले प्रवेश

    भोजपुरमा कांग्रेसका ३७ युवा एमाले प्रवेश

    भोजपुर । नेपाली कांग्रेसका केही युवा नेकपा एमाले प्रवेश गरेका छन् । भोजपुर नगर क्षेत्रका सक्रिय ३७ युवाहरू आज कांग्रेस छाडेको घोषणासहित एमाले प्रवेश गरेका हुन् ।

    सदरमुकाममा नगर कमिटीको पूर्ण बैठकको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा भोजपुर नगरपालिका बोखिमका लक्ष्मण फुयाँलको नेतृत्वमा कन्चन राई, रिहाङ राई, अनिस राई, नितेस राई, लच्छु श्रेष्ठलगायतको समूह औपचारिकरूपमा प्रवेश गरेका हुन् ।

    एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज हरिबहादुर राई, भोजपुर अध्यक्ष शरणकुमार राई र प्रदेश कमिटी सदस्य भरत तामाङलगायतले उनीहरूलाई स्वागत गरे ।

    युवाहरूलाई प्रवेश गराउँदै अध्यक्ष राईले सबै उमेर र समुदायको भरोसाको पार्टी एमाले मात्र भएको दाबी गरे । उनले एमाले रोजेका सबै युवालाई जिम्मेवारी दिइने आश्वस्त पारे ।

    एमाले भोजपुरले एक महिने पार्टी निर्माण तथा संगठन शुद्धीकरण अभियानअन्तर्गत ‘जनताको घरमा एमाले’, ‘गाउँ फर्क’ र ‘पार्टी प्रवेश’ नारा लिएर गतिविधि बढाएको छ ।

  • ‘व्याख्यात्मक टिप्पणी’ ले जोगियो गठबन्धन, चुनावी तालमेलमा भने अझै संशय

    ‘व्याख्यात्मक टिप्पणी’ ले जोगियो गठबन्धन, चुनावी तालमेलमा भने अझै संशय

    काठमाडौं । एमसीसी सम्झौता अनुमोदनमा विवाद बढ्दा धर्मराएको ५ दलीय सत्ता गठबन्धन ‘व्याख्यात्मक टिप्पणी’ को तागतमा जोगिएको छ । एमसीसीकै कारण गठबन्धन टुट्नसक्ने आँकलनका बाबजुद नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचको सहकार्यले निरन्तरता पाएको छ ।

    ५ दलीय गठबन्धनका लागि सबैभन्दा चुनौती मानिएको एमसीसी अनुमोदनको सन्दर्भ सकिएपनि यसका परकम्पहरू राजनीतिकरूपमा बाँकी नै रहने देखिन्छ । किनकी आगामी निर्वाचनसम्मै तालमेलसहितको गठबन्धन चाहेका माओवादी र समाजवादीसँग चुनावी मोर्चाका लागि कांग्रेस अझै तयार भइसकेको छैन ।

    सरकारको ध्यान अब निर्वाचनतिर

    गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश नभएपनि प्रधानमन्त्री शेरबहादुर देउवाको प्राथमिकता एमसीसी संसदबाट अनुमोदन गराउनु नै थियो । देउवा नेतृत्वको नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने पक्षमा २०७६ पुसमै औपचारिक निर्णय लिइसकेको थियो । एमसीसीप्रति माओवादी र समाजवादीका नेताहरू भने सशंकित थिए । तत्कालीन नेकपामा हुँदा संसदबाट एमसीसी अनुमोदन हुन नदिने पक्षमा उभिएका अधिकांश नेताहरू माओवादी र समाजवादीमै भएकाले एमसीसी सरकारका लागि ‘फलामको च्यूरा’ बनेको थियो ।

    गत माघ १५ गते नै एमसीसी पारित गराउने सैद्धान्तिक सहमति गरेपनि माओवादी र समाजवादीको आन्तरिक झमेलाले कुनैबेला एमसीसी अनुमोदनको सम्भावना टर्नै लागेको थियो । अब भने गठबन्धनलाई एमसीसीमा अल्मलिनुपर्ने बाध्यता समाप्त भएको छ । यहीकारण गठबन्धन सरकारको ध्यान अब निर्वाचनतर्फ केन्द्रित हुने नेताहरूको भनाइ छ ।

    ५ दलीय गठबन्धनका लागि सबैभन्दा चुनौती मानिएको एमसीसी अनुमोदनको सन्दर्भ सकिएपनि यसका परकम्पहरू राजनीतिकरूपमा बाँकी नै रहने देखिन्छ । किनकी आगामी निर्वाचनसम्मै तालमेलसहितको गठबन्धन चाहेका माओवादी र समाजवादीसँग चुनावी मोर्चाका लागि कांग्रेस अझै तयार भइसकेको छैन ।

    ‘सरकारले वैशाख ३० मा स्थानीय निर्वाचन गर्ने निर्णय गरिसकेको छ । सरकार अब निर्वाचनलाई सफल पार्न केन्द्रित हुन्छ’, एक मन्त्रीले नेपाल प्रेससँग भने । ती मन्त्रीका अनुसार एमसीसी पारित भएलगत्तै सरकारको ध्यान चुनावमा केन्द्रित हुने प्रधानमन्त्री देउवाले बताइसकेका छन् ।

    चुनावी तालमेल : अझै बाँकी छ सकस

    एमसीसीको सकस सकिएपनि सत्तारुढ गठबन्धनको राजनीतिक भविष्यको सकस सकिएको छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिकरूपमै तीनै तहको निर्वाचनमा तालमेल गर्नुपर्ने बताउँदै आएका छन् ।

    चुनावी गठबन्धन नबन्दा बढी राजनीतिक क्षति व्यहोर्नुपर्ने अवस्थामा रहेका साझेदार दलहरूलाई कांग्रेसले निर्णय दिइसकेको छैन । यद्यपि चुनावी गठबन्धनबारे कांग्रेसमा २ थरी मत व्यक्त भएका छन् । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत चुनावी तालमेलबारे सकारात्मक छन् ।

    नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री डा. शशांक कोइरालालगायत भने कांग्रेस एक्लै निर्वाचन लड्नुपर्ने पक्षमा छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको अघिल्लो बैठकमा अधिकांश नेताले चुनावी तालमेल गर्न नहुने मत व्यक्त गरेका थिए । कतिपय नेताले भने सत्ता सहकार्य कायमै रहेकोले स्थानीय निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्न सकिने बताउने गरेका छन् ।
    अघिल्लो निर्वाचनदेखि यता विभाजनको मार नखेप्ने कांग्रेस एक्लो राष्ट्रिय पार्टी हो ।

    तत्कालीन नेकपादेखि, नेकपा एमाले, नेकपा माओवादी, जसपा , राप्रपा र राष्ट्रिय जनमोर्चासमेत यो अवधिमा विभाजित भएका छन् । सत्ता गठबन्धन कायम नराख्दा विगतमा झैं वामगठबन्धन बन्न सक्ने खतरा समेत टरेको छैन । यहीकारण चुनावी तालमेलबारे कांग्रेस अझै केहीसमय अनिर्णित नै हुने देखिन्छ । एमसीसी प्रकरणमा धर्मराएको ‘आन्तरिक विश्वास’ सुधार नहुँदासम्म चुनावी तालमेलको सकस कायमै रहन्छ ।

    कांग्रेस सचेत हुनुपर्छ : वरिष्ठ पत्रकार विरही

    राजनीतिक विश्लेषक एवं वरिष्ठ पत्रकार हरिहर विरही एमसीसी प्रकरणबाट कांग्रेसले पाठ सिक्नुपर्ने बताउँछन् । एमसीसीमा गठबन्धनका वाम दलहरूले दोहोरो भूमिका खेलेकोले चुनावी तालमेल कांग्रेसको सुझबुझपूर्ण निर्णयको विषय रहेको विरही बताउँछन् ।

    ‘एमसीसीमा वाम दलहरूको भूमिका सकारात्मक रहेन । कांग्रेसले गठबन्धनकै साथ लिन जुन मिहिनेत गर्नुपर्‍यो यसबाटै पाठ सिक्नुपर्छ । भविष्यमा पनि गठबन्धनका दलहरू प्रतिवद्धताप्रति जिम्मेवार नहुन सक्छन्’, विरहीको भनाइ छ ।

    चुनावी गठबन्धन नबन्दा बढी राजनीतिक क्षति व्यहोर्नुपर्ने अवस्थामा रहेका साझेदार दलहरूलाई कांग्रेसले निर्णय दिइसकेको छैन । यद्यपि चुनावी गठबन्धनबारे कांग्रेसमा २ थरी मत व्यक्त भएका छन् ।

    चुनावी तालमेल माओवादी र समाजवादीका लागि अपरिहार्य देखिएको विरहीको दाबी छ ।

    ‘धेरै राजनीतिक कारणले कांग्रेससँगको तालमेल जोगाएर लाभ लिनुपर्ने बाध्यता गठबन्धनका वाम दलहरूलाई छ । तर क्षणिक लाभका लागि निर्णय गर्दा कांग्रेस नै समस्यामा पर्नसक्छ’, उनी भन्छन् । विरहीका अनुसार चुनावमा कांग्रेसले संगठित तालमेल गर्न जरुरी छैन । ‘स्थानीय आवश्यकताले कतै भयो भने अर्कै कुरा हो नत्र सीट बाँडेर प्रतिबद्ध गठबन्धन गर्न जरुरी देख्दिन’, उनले भने ।

    एमसीसी अनुमोदनको राजनीतिक झन्झटबाट गठबन्धनमुक्त भएपनि यस दौरान खुकुलो भएको गठबन्धनको गाँठो कस्नु सत्ता साझेदार दलहरूलाई नयाँ चुनौती बनेको देखिन्छ ।

  • देउवाको हाउभाउ देखेर माधव नेपालको आशंका- केपी ओलीसँग ‘प्याक्ट’ भइसकेछन्

    देउवाको हाउभाउ देखेर माधव नेपालको आशंका- केपी ओलीसँग ‘प्याक्ट’ भइसकेछन्

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच घातक समझदारी बनिसकेको आशंका गरेका छन् । त्यसैले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्नुपर्ने बाध्यतासमेत उनले सुनाएका छन् ।

    पार्टीको स्थायी कमिटी बैठकमा बालुवाटारको दृष्य ब्रिफिङ गर्दै अध्यक्ष नेपालले आफूले संसद बैठक आज पनि स्थगित गरौं भन्दा देउवाले नमानेको जानकारी दिए । आजै आफूहरूबाट पोजेटिभ निर्णय नआए ओलीसँग सम्झौता गर्न लागेको हाउभाउ देउवाले देखाएको नेपालले बताए ।

    बैठकमा नेपालको भनाइ उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘आजसम्म हामीबाट पोजेटिभ आयो भने ठीक छ, नत्र ओलीसँग प्याक्ट गरेर जाने खालको देखियो । ओलीसँग केही अन्डरस्ट्यान्डिङ भएको होला । हामीसँग नमिले गठबन्धत तोड्ने, सभामुख हटाउने, हामीलाई (१४ सांसद) कारबाही गर्ने, महाअभियोग निष्क्रिय बनाउने, केपीलाई तलका सरकारमा सहभागी गराउने, माथि पनि केपीले भने बमोजिम गर्ने, महन्थ ठाकुरलाई लैजाने यस्तै यस्तै भएको जस्तो लाग्यो ।’

    नेकपा एसको स्थायी कमिटी बैठक बानेश्वरको एक पार्टी प्यालेसमा अहिले पनि जारी छ ।

  • कैलाली कांग्रेसको नेतृत्वका लागि मतदान हुँदै, कसले मार्ला बाजी ?

    कैलाली कांग्रेसको नेतृत्वका लागि मतदान हुँदै, कसले मार्ला बाजी ?

    कैलाली । नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन आज हुँदैछ । अहिलेका जिल्ला उपसभापति प्रकाशबहादुर बम ,पूर्वउपसभापति नारायणदत्त भट्ट र रामबहादुर कलेल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । बम र भट्ट संस्थापन पक्ष र कलेल संस्थापनइतर शेखर कोइराला पक्षका मानिन्छन् ।

    बमको प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार र थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काले उम्मेदवारी दिएका छन् ।

    भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल, रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बीसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि जिल्ला सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका नेता बडुवालले भट्टको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका हुन् । अर्का सभापतिका आकांक्षी चौधरी भने बमको प्यानलको उपसभापतिमा समेटिएका छन् ।

    शेखर कोइराला पक्षका कलेलको प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिंह र तीर्थराज जोशीले उम्मेदवारी दिएका छन् ।

    निर्वाचन समितिकाअनुसार आइतबार बिहान नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ ।

    नेपाली कांग्रेसको विधानअनुसार सभापतिमा विजयी हुने उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्नेछ । तर कैलालीमा तीनजना चुनावी मैदानमा भएकाले पहिलो चरणमै सभापतिको छिनोफानो हुने सम्भावना कम रहेको नेताहरु बताउँछन् ।

  • अन्ततः गगनकै लाइनमा गठबन्धन

    अन्ततः गगनकै लाइनमा गठबन्धन

    काठमाडौं । बहुचर्चित अमेरिकी अनुदान सहयोगसम्बन्धी सम्झौता एमसीसी अन्ततः प्रतिनिधिसभाबाट पारित हुने भएको छ ।

    लामो समयदेखिको अलमललाई चिर्दै सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूले ‘व्याख्यात्मक टिप्पणी’ सहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेका छन् । एमसीसीमा सहमति जुटेसँगै गठबन्धन भत्कने खतरा तत्कालका लागि टरेको छ ।

    गठबन्धनको समन्वय समितिका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार एमसीसी सम्झौतालाई विकास अनुदानका रुपमा स्वीकार गर्ने निर्णय भएको बताए । ‘एमसीसीबारे उठेका सवालहरू सम्बोधन गर्नेगरी व्याख्यात्मक टिप्पणीसमेत एट्याच गरेर पारित गर्ने निष्कर्षमा पुगेका छौं’, पौडेलले भनेका छन् ।

    गठबन्धनमा आवद्ध दलहरूमध्ये नेपाली कांग्रेसले प्रारम्भदेखि नै एमसीसी पारित हुनुपर्ने अडान लिएको थियो । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षमा रहँदापनि एमसीसीको पक्षमा उभिएको उदाहरण दिँदै एमसीसी पारित गर्नुपर्ने अडान राख्दै आएका छन् । एमसीसीबारे नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा विगतदेखि नै अन्तरविरोध रहँदै आएको थियो ।

    ती पार्टीका अधिकांश नेता कार्यकर्ता एमसीसीको विपक्षमा उभिदै आएका छन् । एमसीसीमा एकै ठाउँमा उभिन नसक्दा गठबन्धन टुट्ने खतरा बढेपछि माओवादी र समाजवादीले विवादका बुँदाबारे व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गर्न सहमत भएका हुन् ।

    गगनको बाटोमा गठबन्धनमा

    माओवादी र नेकपा एसले औपचारिक रुपमै एमसीसीको विपक्षमा उभिने निर्णय गरेपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘व्याख्यात्मक टिप्पणी’ सहित एमसीसी पारित गरेर जान सकिने प्रस्ताव ल्याएका थिए ।

    गत फागुन ५ गते बालुवाटारमा बसेको गठबन्धन बैठकमा कांग्रेस महामन्त्री थापाले एमसीसीबारे जनस्तरमा उठाइएका प्रश्नहरूलाई प्रष्ट पार्ने गरी एमसीसीसँगै ‘व्याख्यात्मक टिप्पणी’ गर्न सकिने प्रस्ताव गरेका थिए । सो बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘विषय त्योभन्दा अगाडि बढिसकेको’ भन्दै गगनको प्रस्तावमा असहमति जनाएका थिए ।

    यो पनि पढ्नुस् : एमसीसीसँगै संकल्प प्रस्ताव पारित गर्ने कांग्रेसको प्रस्ताव, प्रचण्डले अस्वीकार गरेपछि ओलीसँग संवाद सुरू

    त्यसयता गगनकै अग्रसरतामा कांग्रेसले एमालेसँगको छलफललाई तीव्र बनाएको थियो । प्रधानमन्त्री देउवाले पनि ‘संविधान निर्माणको बेलामा जस्तै’ सहकार्यका लागि एमालेसँग प्रस्ताव गरेका थिए । माओवादी र समाजवादीले नमानेको अवस्थामा एमालेसँग सहमति हुने वातावरण बनिसकेको थियो । यहीबीचमा महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालसँग छुट्टाछुट्टै भेट गरे ।

    अन्ततः गठबन्धन टुट्दा हुने राजनीतिक क्षति रोक्न गगनकै प्रस्तावमा सहमत हुँदै एमसीसी पारित गर्ने दिशामा प्रचण्ड-माधव आइपुगेका छन् । गगनले एमसीसी सम्झौताका कारण नेपालमाथि अमेरिकी स्वार्थ हाबी नहुने , आर्थिक सहायताका रूपमा मात्रै स्वीकार गर्ने र अमेरिकी हस्तक्षेपको गुञ्जायस रहेमा सम्झौता नै खारेज गरिनेसम्मको प्रावधानसहित ‘व्याख्यात्म टिप्पणी’ पारित गर्न सकिने बताएका थिए ।

    कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएयता राष्ट्रिय राजनीतिमा थापाको सक्रियता बढ्दो छ । एमसीसी पारित गराउने सन्दर्भमा प्रधानमन्त्री देउवालाई थापाले पर्याप्त सहयोग गरेका छन् ।

    वैकल्पिक प्रस्ताव निर्माण, दलहरूसँगको संवाद र निकासको खोजीमा थापाको सक्रियताले कांग्रेसको आन्तरिक एकतासमेत प्रस्तुत भएको छ ।

  • यी ६ जिल्लामा आज कांग्रेसको अधिवेशन

    यी ६ जिल्लामा आज कांग्रेसको अधिवेशन

    काठमाडौं । सत्तासीन नेपाली कांग्रेसले आज आइतबार ६ वटा जिल्लामा अधिवेशन गर्दैछ । सिन्धुपाल्चोक,मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

    बाँकी अन्य १० जिल्लाको अधिवेशन २० फागुनसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए ।