Category: नेपाली कांग्रेस

  • बुटवलमा कांग्रेसले छान्यो वडाध्यसहित सदस्यका उम्मेदवार, पहिलाकालाई नै प्राथमिकता

    बुटवलमा कांग्रेसले छान्यो वडाध्यसहित सदस्यका उम्मेदवार, पहिलाकालाई नै प्राथमिकता

    रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ मा वडाध्यक्षका लागि नेपाली कांग्रेसले सर्वसम्मत उम्मेदवार चयन गरेको छ । आज बिहान वडा भेलाले भेलाले वडासभापति प्रदीपकुमार श्रेष्ठलाई अघि सार्ने निर्णय गरेको हो ।

    कांग्रेसले वडा सदस्यहरूमा खुल्लाबाट सूर्यबहादुर कार्की र विवस पुरी भरत तथा महिलाबाट इन्दिरा ज्ञवाली र दलित महिलाबाट माया परियारलाई उठाउने निर्णय गरेको छ । उम्मेदवारको नाम टुंग्याएसँगै आफूहरू चुनावी अभियानमा होमिएको श्रेष्ठले नेपाल प्रेसलाई बताए ।

    ‘वडा भेलाबाट सर्वसम्मत नाम फाइनल भयो, यही विवरण क्षेत्र र नगरमा पठाउने हो, साथीहरुले नेतृत्वका लागि जिम्मेवादी दिनुभयो अब म मैदानमा लागेँ’, श्रेष्ठले भने ।

    २०७४ को स्थानीय निर्वाचनमा श्रेष्ठ एमालेका उम्मेदवार विष्णु थापासँग पराजित भएका थिए । थापाले १२८१ मत ल्याउँदा श्रेष्ठले ९६९ मत प्राप्त गरेका थिए ।

    पार्टी आन्तरिक नमिलेकै कारण अघिल्लो निर्वाचनमा कांग्रेसले पराजय भोगेको भन्दै अहिले जसरी पनि जित्ने संकल्पका साथ सर्वसम्मतरूपमा उम्मेदवार तय गरिएको नेताहरूले बताएको छ ।

    श्रेष्ठले पनि पार्टीमा अहिले कुनै प्रकारको मनमुटाव नरहेको र सबैले एकमतका साथ सर्वसम्मत उम्मेदवार चयन भएकाले जित्ने विश्वास बढेको बताए ।

  • देउवाले बनाउन सकेनन् कांग्रेसका भ्रातृ संस्था, अध्यक्ष मात्रै तोक्न पनि धौ धौ

    देउवाले बनाउन सकेनन् कांग्रेसका भ्रातृ संस्था, अध्यक्ष मात्रै तोक्न पनि धौ धौ

    काठमाडौं । नेपाली कांग्रेसको गत फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवालाई केही महत्त्वपूर्ण जिम्मेवारीहरू दियो । कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई भ्रातृ संस्थाको रिक्त पद र स्वतः विघटन भएका भ्रातृ संस्थाको केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार प्रत्यायोजन गरेको थियो ।

    बैठकले मिति नै तोकेर फागुन मसान्तसम्म ती जिम्मेवारी पूरा गर्न भने पनि देउवाले चैतको पहिलो हप्ता बितिसक्दासम्म रिक्त पदमा मनोनयन र भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्न सकेका छैनन् ।

    ‘पार्टीको विभिन्न तहको विभिन्न पदहरूमा निर्वाचित या मनोनीत भ्रातृ या शुभेच्छुक संस्थाका सभापति, पदाधिकारी या सदस्यहरूको पद नेपाली कांग्रेसको विधानको धारा ४२ (१) (ङ) अनुसार स्वतः रिक्त भएको हुँदा ती पदहरूमा पद पूर्ति गर्ने निर्णय यो बैठक गर्दछ ।

    केन्द्रको हकमा केन्द्रीय सभापतिले आवश्यक परामर्श गरी यथाशीघ्र पदपूर्ति गर्ने निर्णय गरिएको छ’, फागुन ३ गतेको कार्यसम्पादन समिति बैठकको माइन्यूटमा उल्लेख छ ।

    सोही बैठकको तेस्रो निर्णयमा ‘अवधि समाप्त भइसकेका भ्रातृ संघका केन्द्रीय समितिहरू नेपाली कांग्रेसको विधानको धारा ४२ (१) च अनुरूप स्वतः विघटन भएको हुँदा पार्टी केन्द्रीय सभापतिले आवश्यक परामर्श गरेर फागुन मसान्तभित्र निम्न भ्रातृ संघको केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरिएको’, उल्लेख छ ।

    त्यस दिनको बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल किसान संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ र नेपाल भूतपूर्व सैनिक संघको केन्द्रीय समिति विघटन गरेर तदर्थ समिति बनाउने जिम्मा देउवालाई दिएको थियो । प्रधानमन्त्री समेत रहेका देउवाले भने निर्णय कार्यान्वयनका लागि अहिलेसम्म तदारुकता देखाएका छैनन् । यही कारण निर्वाचन केन्द्रित अभियानमा होमिए पनि कांग्रेसका भ्रातृ संस्थाहरूको सक्रियता देखिएको छैन ।

    ‘केन्द्रीय कार्यसम्पादन समितिले भ्रातृ संस्थाको तदर्थ समिति बनाउने जिम्मा सभापतिलाई दिएको हो । त्यसबारे उहाँले के कति काम गर्नुभयो थाहा भएन । केन्द्रीय समितिको बैठकमा जानकारी दिनुहोला’, कांग्रेसका एक पदाधिकारीले नेपाल प्रेससँग भने । ती पदाधिकारीका अनुसार केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन नगर्नु सभापतिको कमजोरी हो । ‘उहाँले जिम्मा लिन्छु भनेकैले कार्यसम्पादनले जिम्मेवारी दिएको हो । भ्रातृ संस्था निष्क्रिय हुनुमा उहाँ नै मुख्य जिम्मेवार हुनुहुन्छ’, ती पदाधिकारीले भने ।

    आकांक्षी मिलाउन सकस

    सभापति देउवाले समयमै भ्रातृ संस्थाबारे निर्णय गर्न नसक्नुको मुख्य कारण आकाङ्क्षीहरूको व्यवस्थापन नै हो । नेविसंघमा उमेर हद लगाउने वा नलगाउनेबारे देउवानिकट नेताहरूमै विभाजन रहेको छ । केही नेताहरू ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा छन् भने केही नेताहरू उमेर हद्दको विरुद्धमा छन् । त्यसबाहेक सबैजसो नेताहरूको खल्तीमा फरक–फरक व्यक्तिको नाम भएकोले पनि तदर्थ समिति बन्न ढिलाइ भएको हो ।

    ‘सभापतिले आफैले चाहँदा जसलाई पनि तोकेर भ्रातृ संस्थाको नेतृत्व दिन सक्नुहुन्छ । छलफल गर्न खोज्दा ढिलो भएको होला’, देउवानिकट एक केन्द्रीय सदस्यले भने ।

    भ्रातृ संस्थाहरूको तदर्थ समिति गठनमा सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पनि साथ लिन खोजेका थिए । यद्यपि देउवा समूहकै केही नेताहरूले अतिरिक्त चासो देखाएपछि केही दिनयता त्यसबारे पार्टीभित्र संवाद पनि हुनसकेको छैन । ‘एक चरण छलफल भएको हो । सभापतिले फागुनभित्रै ल्याउने भन्नुभएको थियो । पछि उहाँले अरू कसैको कुरा सुन्नुभएको की, अहिले भ्रातृ संस्थाबारे छलफल हुन छाडेको छ’, कांग्रेस पदाधिकारीको भनाई छ । भ्रातृ संस्थामध्ये नेविसंघमा तत्काल तदर्थ समिति गठन गर्न माग गर्दै दिनहुँ जसो सानेपामा प्रदर्शन हुन थालेको छ ।

    अध्यक्ष मात्रै भए पनि तोक्ने तयारी

    विघटित भ्रातृ संस्थाको पूर्ण तदर्थ समिति ल्याउन नसकेपछि सभापति देउवा तत्कालका लागि केन्द्रीय अध्यक्ष मात्रै तोक्ने निष्कर्षमा पुगेछन् ।

    पूर्ण समिति ल्याउँदा पदाधिकारीमा भागबण्डा गर्नुपर्ने भएपछि तदर्थ समितिमा अध्यक्षबाहेक सबै सदस्य राख्ने पनि देउवाको तयारी छ ।

    ‘अब पूर्ण समिति आउँदैन । भ्रातृ संस्थामा तत्कालका लागि संयोजक वा अध्यक्ष तोक्छौँ । आवश्यकता अनुसार सदस्यहरू थप्दै गर्ने हो । १० वटै भ्रातृ संस्थाको सिङ्गो समिति एकै पटक ल्याउन सम्भव छैन’, देउवा निकट एक पदाधिकारीले भने ।

    चैत ११ गतेको बैठक वा त्यसअघि नै केही भ्रातृ संस्थाको अध्यक्ष मनोनीत गर्न देउवाले निकटस्थहरूसँग छलफल गरेका छन् । संस्थापन इतर पक्षका नेताहरूले भने अध्यक्ष मात्रै नतोकी पूर्ण तदर्थ समिति ल्याउनुपर्ने बताउँदै आएका छन् । केन्द्रीय समितिको आगामी बैठकमा यो एजेन्डा लैजाने उनीहरूको तयारी छ ।

  • गिरिजाबाबुको योगदान युगौंसम्म स्मरणीय छ : कोइराला

    गिरिजाबाबुको योगदान युगौंसम्म स्मरणीय छ : कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलन र शान्तिप्रक्रियामा स्व. गिरिजाप्रसाद कोइरालाले निर्वाह गरेको भूमिका अतुलनीय रहेको बताएका छन् ।

    स्वतन्त्र विद्यार्थी युनियन, जनप्रशासन क्याम्पसले गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा शान्तिवाटिकामा आयोजना गरेको दीप प्रज्ज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले नेपाली कांग्रेसको संगठन, नेपाली कांग्रेसको सफलता र लोकतन्त्रको प्रवर्द्धनमा गिरिजाबाबुको मेहेनत परेको बताएका हुन् ।

    ‘उहाँले सबैभन्दा पहिले नेपाली कांग्रेसको संगठक भएर काम गर्नुभयो । कांग्रेसलाई सफल बनाएपछि मुलुकलाई नेतृत्व दिनुभयो । माओवादी युद्ध रोक्न शान्तिप्रक्रिया सुरू गर्नुभयो । संविधानसभाबाट संविधान बनाउने यात्राको थालनी गर्नुभयो । उहाँको योगदान युगौंसम्म स्मरणीय छ’, कोइरालाले भने ।

    सो अवसरमा कांग्रेस नेता दीपक गिरी, संखुवासभा कांग्रेसका सभापति दीपक खड्का, नेविसंघ निवर्तमान महामन्त्री उर्मिला थपलियालगायतले गिरिजाप्रसादको व्यक्तित्वको चर्चा गरेका थिए ।

  • द्वन्द्वकालीन योद्धाका विषयमा प्रधानमन्त्रीसमक्ष प्रचण्डको पाँच बुँदे ध्यानाकर्षण

    द्वन्द्वकालीन योद्धाका विषयमा प्रधानमन्त्रीसमक्ष प्रचण्डको पाँच बुँदे ध्यानाकर्षण

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्धलगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई मासिक जीवन निर्बाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई यथाशीघ्र कार्यन्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा माओवादी युद्धका घाइते तथा अपांग योद्दाहरुको सन्दर्भमा बुँदागत रुपमा ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव समेत रहेका माओवादी नेता रमेश मल्लले जानकारी दिएका छन् ।

    उनका अनुसार प्रचण्डले देउवासमक्ष विभिन्न पाँच बुँदामा ध्यानाकर्षण गराएका छन् । जसमा सशस्त्र द्वन्द्वमा घाइते भइ अपांगता भएका व्यक्तिको अपांगता प्रतिशत निर्धारण कार्यविधि संशोधन हुनुपर्ने, छुटेका घाइते तथा अपांगता भएका व्यक्तिहरुलाई सूचीकृत गर्ने, उनीरुलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र वितरण गर्ने लगायतका विषय छन् ।

  • सन्तुलित कुटनीति नै नेपालको हितमा छ : सुजाता कोइराला

    सन्तुलित कुटनीति नै नेपालको हितमा छ : सुजाता कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेतृ एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सन्तुलित परराष्ट्र नीति नै नेपालको हितमा हुने बताएकी छन् ।

    स्व. गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयमा आयोजित विचार गोष्ठीमा पूर्व परराष्ट्र मन्त्रीसमेत रहेकी कोइरालाले सन्तुलित कूटनीतिले नेपालको विकासमा टेवा पुग्ने बताइन् ।

    ‘गिरिजाबाबु बारम्बार सरकारको नेतृत्वमा रहनुभयो र सन्तुलित परराष्ट्र नीतिमा जोड दिनुभयो । हामी सन्तुलित भयौ भने सबै छिमेकी र मित्र राष्ट्रहरूको साथ पाउनसक्छौं । नेपालको विकासका लागि सन्तुलित कूटनीतिले नै फाइदा गर्छ’, कोइरालाले भने ।

    गोष्ठीमा परराष्ट्रविद् डा.दिनेश भट्टराई र डा. राम थपलियाले परराष्ट्र सम्बन्धमा स्व।गिरिजाप्रसाद कोइरालाले पुर्‍याएको योगदानबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

    यसैबिच, जीपी कोइराला फाउन्डेसनले स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई नेपालको परराष्ट्र नीति, लोकतन्त्र, शान्ति र आर्थिक विकासको क्षेत्रमा अनुसन्धान गर्ने विद्यार्थीलाई वृत्ति प्रदान गर्ने भएको छ ।

    फाउन्डेसनका तर्फबाट अनुसन्धान निर्देशक डा. ताराप्रसाद बञ्जाडे र त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रमुख प्रेम खनालले त्यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    फाउन्डेसनले विभागमा अध्ययनरत विद्यार्थीलाई ८० हजार रुपैयाँ बराबरको जीपी कोइराला रिसर्च फेलोसिप प्रदान गर्ने जनाएको छ ।

  • चुनावको बेला पार्टीका झगडा जनतामा लैजानु हुँदैन : नेता पौडेल

    चुनावको बेला पार्टीका झगडा जनतामा लैजानु हुँदैन : नेता पौडेल

    तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल स्थानीय निर्वाचनको बेला पार्टीका झगडा सार्वजनिक मञ्चमा व्यक्त गर्न नहुने बताएका छन् ।

    तनहुँको भिमादमा आयोजित पार्टीको क्षेत्रीय सम्मेलनमा बोल्दै पौडेलले आफूलाई चित्त नबुझेका विषय पार्टीभित्र राखे पनि सार्वजनिक मञ्च र सामाजिक सञ्जालमा राख्न नहुने बताएका हुन् ।

    ‘चुनावको बेला हाम्रो आन्तरिक मतभेदलाई छताछुल्ल पार्नुहुँदैन । सार्वजनिक मञ्चमा पार्टीको नकारात्मक प्रचार नगरौं । केही चित्त नबुझेका कुरा भए चुनावसम्म धैर्य गरौं । अहिले जनतामा पार्टीको इमेज नबिगारौं’, पौडेलले भने ।

    उनले चुनाव जित्न पार्टीभित्र सबैको भूमिका हुने भन्दै सुदृढ आन्तरिक एकता प्रस्तुत गर्नुपर्ने बताए ।

    आफू सधैँ गलत प्रवृत्तिविरुद्ध बोल्दै आएको भन्दै नेता पौडेलले प्रश्न गर्नेबेला प्रश्न र उत्तर दिनुपर्ने बेला उत्तर दिनसक्नुपर्ने बताए ।

    ‘सधैँ प्रश्न गर्ने भन्ने हुँदैन । अहिले कांग्रेसले उत्तर दिनुपर्छ । कम्युनिष्टहरूको भ्रम चिरेर जनतामा बलियोसँग स्थापित हुनुपर्छ’, उनले भने ।

  • माधवलाई प्रचण्डको प्रस्ताव- कांग्रेसलाई नकुरौं, तालमेलको तयारी गरौं

    माधवलाई प्रचण्डको प्रस्ताव- कांग्रेसलाई नकुरौं, तालमेलको तयारी गरौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावी तालमेलका विषयमा कांग्रेसलाई नपर्खी अगाडि बढ्न नेकपा एकीकृत समाजवादीसँग प्रस्ताव गरेका छन् ।

    प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई टेलिफोन सम्पर्क गरी कांग्रेसको निर्णय नकुर्न र चुनावी तालमेलको तयारी थाल्न प्रस्ताव गरेका हुन् ।

    प्रचण्डले कांग्रेसभित्र चुनावी तालमेलबारे विवाद रहेको अवस्थामा आफ्नो तर्फको तयारी रोक्न नहुने बताएका हुन् । प्रचण्डले गरेको प्रस्तावबारे नेकपा एसका अध्यक्ष नेपालले आफूनिकट नेता कार्यकर्ताहरूसँग परामर्श गरेका छन् ।

    आजमात्रै साँखुमा आयोजित पार्टीको एक कार्यक्रममा अध्यक्ष नेपालले कांग्रेसले निर्णय नलिए पनि आपसमा मिलेर चुनावी तालमेलबारे तयारी गर्न प्रस्ताव गरेको खुलाएका हुन् ।

    ‘प्रचण्डजीले टेलिफोन गरेर कांग्रेसले निर्णय लिन ढिलो गर्‍यो हामी छलफल गरौं भन्नुभएको छ । कांग्रेस नआएपनि चुनावी तालमेलको खाका बनाउन प्रचण्डीले भन्नुभएको छ’, कार्यकर्तासँग नेपालले भनेका छन् । उनले कांग्रेसभित्र पनि चुनावी तालमेलकै पक्षधर बलियो रहेको बताए ।

    ‘शेरबहादुरजी रामचन्द्रजीहरू चुनावी तालमेलको पक्षमा हुनुहुन्छ । आजैपनि प्रधानमन्त्रीसँग तालमेलबारे कुराकानी हुनसक्छ’, नेपालले भने । उनले प्रधानमन्त्री पूर्वबाट फर्कनासाथ स्थानीय निर्वाचनमा तालमेल गर्नेबारे बैठक बस्नसक्ने बताए ।

    कांग्रेसले चुनावी तालमेलबारे छलफल गर्न चैत ११ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

  • कांग्रेसमै एकता कायम गरौं, कम्युनिष्टसँग तालमेल नगरौं : नेता कोइराला

    कांग्रेसमै एकता कायम गरौं, कम्युनिष्टसँग तालमेल नगरौं : नेता कोइराला

    मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेर चुनाव लड्नुभन्दा कांग्रेसभित्रै बलियो एकता गरेर जाँदा फाइदा हुने बताएका छन् ।

    मोरङको सुन्दर हरैचामा आयोजित कार्यक्रममा नेता कोइरालाले विचार नमिल्ने कम्युनिष्टसँग मिल्नुभन्दा पार्टीभित्रका गुट उपगुट अन्त्य गर्नेतिर सोच्नुपर्ने बताए ।

    ‘कांग्रेस र कम्युनिष्टमा धेरै फरक छ । गठबन्धन गरेपनि कम्युनिष्टले कांगे्रेसलाई भोट दिँदैनन् । कम्युनिष्टसँग मिलेर चुनाव लड्नुभन्दा कांग्रेस-कांग्रेस मिलेर चुनाव लड्यो भने बरु जितिन्छ । पार्टीभित्र न्याय, समानता र एकताको भावना भयो भने चुनाव जित्न गठबन्धन गर्नै पर्दैन’, कोइरालाले भने ।

    उनले पार्टीभित्र गुट उपगुट अन्त्य गर्न सभापतिले सही भूमिका निर्वाह गर्नुपर्ने औल्याएँ । ‘पार्टीमा सबैको सम्मान भयो र कार्यकर्ताले न्याय पाए भने गुट उपगुट हुँदैन । तर सभापतिजीले त्यसको प्रत्याभूति गराउन सक्नुपर्छ । कसैमाथि विभेद भयो भने समस्या त पर्छ नि’, कोइरालाले भने ।

    उनले गठबन्धनबारे पार्टीभित्र दुवैखाले मत रहेको बताए । स्थानीय तहको निर्वाचनमा केन्द्रबाट निर्णय गर्नुभन्दा पार्टीको स्थानीय समितिले नै आवश्यकता अनुसार निर्णय गर्न पाउनुपर्ने कोइरालाको भनाइ थियो ।

    ‘केन्द्रले निर्णय गरेर लाद्नुभन्दा कहाँ गठबन्धन आवश्यक छ, कहाँ छैन भन्ने कुरा पार्टीको स्थानीय साथीहरूकै जिम्मामा छाडिदिनुपर्छ’, उनले भने ।

  • कांग्रेसको वागमती प्रदेश सदस्यमा १६ जना मनोनीत (सूचीसहित)

    कांग्रेसको वागमती प्रदेश सदस्यमा १६ जना मनोनीत (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको वागमती प्रदेश समिति सदस्यमा १६ जना मनोनीत भएका छन् ।

    कांग्रेसको वागमती प्रदेशका सभापति ईन्द्र बानियाँले विधानको दफा १३ को ६ बमोजिम १६ जनालाई प्रदेश कार्यसमिति सदस्यमा मनोनीत गरेको प्रदेश समितिका मुख्यसचिव राजु नेपालले विज्ञप्तीमार्फत जनाएका छन् ।

    वागमती प्रदेश सदस्यमा मनोनीत हुनेहरु:-

    १. निमा लामा – सिन्धुपाल्चोक

    २. कृष्णलाल भँडेल – भक्तपुर

    ३. सन्तबहादुर प्रजा – मकवानपुर

    ४. प्रभात तामाङ – रसुवा

    ५. कल्पना नेपाली – नुवाकोट

    ६. तिलकप्रसाद रुवाली – धादिङ

    ७. छिरिङ दोर्जे लामा – काठमाडौं

    ८. अर्जुन न्यौपाने – नुवाकोट

    ९. कैलाश कोइराला – चितवन

    १०. राजु खरेल – काठमाडौं

    ११. गौरी दवाडी – काठमाडौं

    १२. रमेश कुमार वखती – ललितपुर

    १३. हरिहर अधिकारी – काठमाडौं

    १४. राजेश महर्जन – ललितपुर

    १५. प्रभुराम श्रेष्ठ – दोलखा

    १६. भगवती कुमारी खड्का – काठमाडौं

  • उमेर हदविरुद्ध सानेपामा प्रदर्शन- नेविसंघमा ३२ भए कांग्रेसमा ६० वर्ष कायम गर (तस्बिर/भिडिओ)

    उमेर हदविरुद्ध सानेपामा प्रदर्शन- नेविसंघमा ३२ भए कांग्रेसमा ६० वर्ष कायम गर (तस्बिर/भिडिओ)

    काठमाडौं । भ्रातृ संस्थामा उमेर हदको सिण्डिकेट लगाउन खाजेको भन्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।

    लामो समयदेखि महाधिवेशन नभएकोले विधानअनुसार महाधिवेशन गर्नुपर्ने पनि विद्यार्थी नेताहरूको माग छ । उनीहरूले उमेर हद नै लगाउने भए कांग्रेस विधानमा ६० वर्ष, तरुण दलमा ४० र नेविसंघमा २८ वर्ष लागू गर्न चुनौती दिएका छन् ।

    विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने, सबै उमेर समूहका विद्यार्थीको प्रतिनिधित्व हुने गरी तदर्थ समिति बनाउनुपर्ने, आउँदा निर्वाचनमा युवा, युवा, विद्यार्थी परिचालका लागि वातावरण बनाउनुपर्ने, स्ववियू निर्वाचनको ग्यारेन्टी गर्न पनि आन्दोलनकारीको माग छ ।

    आफूहरूका माग पूरा नभए आमरण अनशनसम्म बस्ने चेतावनी नेविसंघ संघर्ष समितिले दिएको छ ।

     

    तस्बिरहरू : उमेश कार्की । 

  • पार्टीलाई फाइदा हुने हकमा मात्र चुनावी गठबन्धनले प्राथमिकता पाउँछ : कांग्रेस प्रवक्ता

    पार्टीलाई फाइदा हुने हकमा मात्र चुनावी गठबन्धनले प्राथमिकता पाउँछ : कांग्रेस प्रवक्ता

    रुपन्देही । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीलाई फाइदा हुने हकमा मात्र चुनावी गठबन्धनले प्राथमिकता पाउने बताएका छन् ।

    चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा भन्दा पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउने भन्ने विषयलाई केन्द्रमा राखेको नेता महतको भनाइ थियो ।

    ‘कांग्रेसले सबैभन्दा बढी सिट कसरी हासिल गर्छ त्यही सोचेर अगाडि बढ्ने नीति अख्तियार गर्नेछ, म यही सन्देश सबैलाई पुराउन आग्रह गर्दछु’, नेपाल प्रेस युनियन बाँके शाखाले शनिवार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता डा. महतले भने ।

    उनले भने, ‘हामीलाई गठबन्धन गर्दा फाइदा हुन्छ कि नगर्दा त्यो विश्लेषण गर्छौँ, भावनामा बगेर मात्र भएन, पार्टीलाई फाइदा हुने गरी निर्णय लिन्छौँ ।’ उनले आगामी केन्द्रीय कमिटीको बैठकले यसबारे निर्णय लिने पनि स्पष्ट पारे ।

    उनले निर्वाचन केन्द्रित ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आह्वान पनि गरे ।

    उनले भने, ‘तपाईँहरू घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियान बोकेर जनताको घरदैलोमा जानुहोस्, अहिले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा भन्दा पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउन सकिन्छ भनेर लाग्नुस्, विपक्षी दलको दुष्प्रचार र गल्तीहरूको बारेमा बोल्नुस्, एमसीसीका बारेमा फैलाइएको भ्रम चिर्नुस् ।’

    उनले उनले जित्ने गरी उम्मेदवार बनाउने कुरामा जोड दिँदै भने ‘यस पटक जित्ने मान्छेलाई मात्र उम्मेदवार बनाइने छ । मेरो–तेरो या यो गुट–त्यो गुट भन्ने हुँदैन, जसले जित्ने देखिन्छ, उसैलाई पार्टीले उम्मेदवार बनाउँछ ।’

    प्रवक्ता डा. महतले एमसीसीका बारेमा सत्ता साझेदार वा विपक्षीले खडा गरेको भ्रमको पर्दा खुलेको र कांग्रेस सधैँ सत्यका पक्षमा उभिने पार्टी भएको बताए । एमसीसी नेपालको हितमा भएकाले कांग्रेसले सत्तामा रहँदा वा प्रतिपक्षमा रहँदा पनि सधैँ एउटै बोली बोलेको उनको तर्क थियो ।

    कांग्रेसले चैतभित्रै उम्मेदवारको टुङ्गो लगाउने दाबी गर्दै उनले भने, ‘हामी यस पटक समयमै उम्मेदवारहरूको टुङ्गो लगाएर निर्वाचनमा होमिन्छौँ, अघिल्ला निर्वाचन जस्तो अन्तिम समयमा आएर निर्णय लिने काम यो पटक हुँदैन, चैतभित्रै उम्मेदवार टुङ्ग्याउँछौँ ।’

  • गण्डकी कांग्रेस चुनाव केन्द्रित हुँदै, प्रदेशले खटायो निर्वाचन प्रतिनिधि

    गण्डकी कांग्रेस चुनाव केन्द्रित हुँदै, प्रदेशले खटायो निर्वाचन प्रतिनिधि

    पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेस स्थानीय निर्वाचन केन्द्रित हुँदै ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत निर्वाचन क्षेत्र स्तरमा प्रतिनिधि खटाएको छ । गण्डकीका ११ वटै जिल्लाका ३६ निर्वाचन क्षेत्रमा कांग्रेसले प्रतिनिधि खटाएको हो ।

    भुगोलमा जाने प्रतिनिधिलाई प्रशिक्षण र सामग्रीसमेत दिएर पठाईएको गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बताए । प्रत्येक निर्वाचन क्षेत्रमा २ जनाका दरले प्रतिनिधि पठाएको उनको भनाइ छ । प्रतिनिधिले चैत ५ देखि १५ सम्म आफ्नो क्षेत्रमा पुगेर निर्वाचन केन्द्रित प्रतिवेदन बुझाउनु पर्ने छ । प्रदेश समितिका सदस्यहरुलाई जिम्मेवारी दिएर पठाईएको हो ।

    शर्माले पार्टीको सिद्धान्त, नीति र विचारलाई पार्टीको तल्लो तहसम्म पुर्‍याउन प्रतिनिधि खटाईएको बताए । ‘जनस्तरमा परिवर्तित कांग्रेसलाई पुर्‍याउनु छ । प्रतिनिधिहरुले नागरिकलाई प्रत्यक्ष भेटेर कांग्रेसका बारेमा भन्नुहुन्छ,’ उनले भने, ‘त्यसपछि तयार भएको प्रतिवेदनका आधारमा कांग्रेसले अगाडीको रणनीति तयार गर्छौं ।’

    प्रतिनिधिहरुले एमसीसीबारे भ्रम चिर्ने महामन्त्री विष्णुप्रसाद लामिछानेले बताए । ‘एमसीसी नेकपा एमालेका पालामा दर्ता भएको हो । कांग्रेस सत्तामा हुँदा वा नहुँदा जनतामाझ एउटै कुरा गर्छ । कम्युनिष्टका जस्तो रंग फेर्दैन,’ उनले भने, ‘राष्ट्रहितका पक्षमा भएकाले विरोधमा उत्रेकालाई पनि साथ लिएर पास गरेको हो । संसदमा छिराएपछि त्यहीँबाट टुंगो लगाउनुपर्थ्यो । अन्तत लगायो ।’ जनमानसमा परेको भ्रमबारे प्रतिनिधिले स्पष्ट पार्ने उनको भनाई छ ।

  • कानूनमन्त्री बडूबाटै कानूनको उलंघन, प्रशासकीय अधिकृतलाई हाजिर भएको ७ घण्टामै गरियो सरुवा

    कानूनमन्त्री बडूबाटै कानूनको उलंघन, प्रशासकीय अधिकृतलाई हाजिर भएको ७ घण्टामै गरियो सरुवा

    दार्चुला । संघीय सरकारका कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले कानूनविपरित पालिकाका प्रशासकीय अधिृकतको सरुवा गरेका छन् ।

    दार्चुलाको लेकम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर ठगुन्नाको कार्यालयमा हाजिर भएको सात घण्टामा नै सरुवा गरिएको हो ।

    पदस्थापन भएको तीन दिन र कार्यालयमा हाजिर भएको सात घण्टामै कानूनमन्त्री बडूको दबावमा अधिकृत ठगुन्नाको जिल्ला समन्वय समिति दार्चुलामा सरुवा गरिएको हो ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को (४) बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा दरबन्दी कायम राख्दै शाखा अधिकृत ठगुन्नालाई कामकाजका लागि चैत १ गते लेकम गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा पठाइएको थियो । सो पदस्थापन पत्रमा पत्रमा शाखा अधिकृत विवेक बिडारीको हस्ताक्षर रहेको छ ।

    अधिकृत ठगुन्नालाई यहि चैत १ गते मन्त्रायलले दार्चुलाको लेकम गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सहित नियुक्ती प्रदान गरेको छ ।

    मन्त्रालयबाट पदस्थापन हुँदा पठाइएकाे पत्र

    पदस्थापन भएको तीन दिनपश्चात चैत ४ गते बिहान १० बजे अधिकृत ठगुन्ना लेकम गाउँपालिकामा हाजिर भइ सोको जानकारी दिउँसो नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाइएको छ ।

    तर दार्चुला स्थायी घर नेपाली कांग्रेस केन्द्री सदस्य एवं नेपाल सरकारका कानूनमन्त्री बडूको सक्रियतामा हाजिर भएकै दिन अधिकृत ठगुन्नाको सरुवा गरिएको हो ।

    मन्त्रालयको चलानी नम्बर ९९७ मिति २०७८ साल चैत ४ गतेको पत्रबाट अधिकृत ठगुन्नाको सरुवा संशोधनगरि जिल्ला समन्वय समिति दार्चुलामा कायम गरिएको छ ।

    उक्त सरुवा पत्र शुक्रबार बेलुकी कार्यालय समय सकिएपपछि ४ बजेर ३२ मिनेटको समयमा कानूनमन्त्री दिलेन्द्र बडूको सचिवालयबाट लेकम गाउँपालिका कार्यालयको इमेलमा आएको छ ।

    कानूनमन्त्री बडूकाे सचिवालयबाट लेकम पालिकाकाे इमेलमा पठाएकाे पत्र

    संघीय मामिलाले गर्ने सरुवा कार्यको पत्र मन्त्री बडूको सचिवालयबाट लेकम गाउँपालिकामा आएपछि मन्त्री बडूको सक्रियता र दबावमा अधिकृत ठगुन्नाको सरुवा बुझिन्छ ।

    निजामती सेवा ऐन को दफा १८ को ३ मा कर्मचारीको चाहाना विपरीत कम्तिमा डेढ बर्षसम्म सरुवा गर्न नपाउने व्यवस्थाको स्वयम कानून मन्त्रीबाटै उल्लंघन भएको भन्दै चर्को आलोचना भइरहेको छ ।

    कानून मन्त्रीको सचिवालयबाट प्रमुख प्रशासकिय अधिकृतको सरुवापत्र बाँडिएको विषय सामान्य नभएको र यसले मन्त्रीहरुनै भ्रष्टाचार र अस्थिरतालाई प्रशय दिने काममा हात घसेर लागेको स्पष्ट हुने अधिवक्ता किरन केशीले बताए ।

    लेकम गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुँदा विगत केही महिना यता अधिकृत छैटौँ नारायणदत्त भटट्लाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिइएको थियो ।

    पालिकामा हाजिर भएकाे पत्र

    प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा आउनुभएका ठगुन्नाले शुक्रबार कार्यालयमा पुगेर हाजिर लगाएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुदा प्रशासनिक र आर्थिक कामकाज प्रभावित हुँदै आएको छ । अहिले पनि ठगुन्नाको ठाउँमा प्रमुख प्रशासकिय अधिकृत नपठाइकनै मन्त्री बडूको सक्रियतामा लेकमबाट अधिकृत सरुवा गर्ने काम भएको जानकारहरुले बताएका छन् ।

  • धनुषा कांग्रेस सभापतिमा पराजित यादवको चेतावनी- बाहुबली ठान्नेलाई चुनावमा देखाउँछु

    धनुषा कांग्रेस सभापतिमा पराजित यादवको चेतावनी- बाहुबली ठान्नेलाई चुनावमा देखाउँछु

    जनकपुरधाम । नेपाली कांग्रेस धनुषा सभापतिमा पराजित संस्थापन पक्षका नेता सन्तोष यादवले स्थानीय तहको चुनावमा समन्वय र सहकार्य गरेर अगाडि नबढ्नेको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

    जनकपुरस्थित कांग्रेसको प्रदेश कार्यालयमा होलीको अवसरमा शुभकामना साटासाट गर्न भेला भएका नेता कार्यर्तालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले भने, ‘आन्तरिक प्रतिस्पर्धामा निश्चितरूपमा पराजय भएको छु । तर, कसैले दबंग र बाहुबली ठानेर पार्टीको विधि विधानविपरीत काम गरेमा प्रतिकार गर्छु ।’

    पार्टीको धनुषा सभापतिमा विमलेन्द्र निधी समूहका योगेन्द्र पंजियार निर्वाचित भएका छन् । उनको समूहलाई लक्षित गर्दै नेता यादवले भने, ‘स्थानीय तहको निर्वाचनमा वडामा असहयोग गरे आफूहरू पालिकामा असहयोग गर्छु । पालिकामा असहयोग गरे जिल्लामा गर्छु । जिल्लामा असहयोग गरे प्रदेश र केन्द्रमा गर्छु ।’

    स्थानीय निर्वाचनमा आफ्ना पक्षका नेताहरूलाई बाइपास गरे असहयोग गर्ने उनले स्पष्ट पारे । पार्टीका १ हजार ४६ कार्यकर्ताको भोट आफूले पाएकाले त्यसको संरक्षण गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको उनको भनाइ थियो ।

    नेता यादवले उच्च मनोबलका साथ होली मनाउन आफ्ना पक्षधर नेता कार्यकर्तालाई आग्रह समेत गरे । वैशाख ३० मा स्थानीय निर्वाचन हुने भएपनि प्रक्रिया वैशाख १ बाटै सुरु हुने भएकाले निर्वाचनको तयारीमा लाग्न उनले सुझाए ।

    पार्टी कार्यालयमा संस्थापन पक्षका नेताहरू आसपमा होलीको शुभकामना साटासाट गरेका छन् । उक्त कार्यक्रममा शेखर कोइराला र विमलेन्द्र निधी पक्षका नेता कार्यकर्ता भने सहभागी थिएनन् ।

  • प्रचण्डको शंका चिर्दै प्रधानमन्त्रीले भने- हल्लाको पछाडि नलाग्नुस्

    प्रचण्डको शंका चिर्दै प्रधानमन्त्रीले भने- हल्लाको पछाडि नलाग्नुस्

    काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन हुँदैन भन्ने हल्लाका पछाडि नलाग्न सत्तारुढ गठबन्धनका नेताहरूलाई आग्रह गरेका छन् ।

    आज बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले निर्वाचन नहुने कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।

    बालुवाटारमा भएको छलफलका दौरान माओवादी अध्यक्ष प्रचण्डले नै निर्वाचन नहुने हल्ला चलेको सन्दर्भ झिकेका थिए । ‘चुनाव हुँदैन भन्ने चर्चा चलिरहेको छ । किन हो प्रधानमन्त्रीज्यू’ ? प्रचण्डको प्रश्न थियो ।

    जवाफमा प्रधानमन्त्री देउवाले चुनावको अघिल्लो दिनसम्म हल्ला चलिरहने बताए । ‘यस्तै हो चुनावको अघिल्लो दिनसम्म चुनाव हुदैन भन्ने हल्ला चलिरहन्छ’, देउवाको जवाफ थियो ।

    सो क्रममा स्थानीय निर्वाचनमा तालमेलबारे कुराकानी भएको बताइन्छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीभित्र गठनबन्धन विरुद्धमा आवाज उठेपनि आफू सकारात्मक रहेको बताएका थिए । उनले आगामि साता पार्टीको बैठक बोलाएर चुनावी तालमेलबारे ठोस निष्कर्ष दिने जनाएका छन् ।

    ‘प्रधानमन्त्रीले पार्टीभित्र छलफल गरेर चुनावी तालमेलबारे छिट्टै निधो दिन्छु भन्नुभएको छ’, बालुवाटार स्रोतले नेपाल प्रेससँग भन्यो ।

    आजको बैठकमा निर्वाचन आचारसंहिता लागु हुनुपुर्व नै राजदूत र अन्य नियुक्तिहरु गर्ने विषयमा पनि छलफल भएको बताइन्छ ।

    ‘राजदूत नियुक्ति र निर्वाचन आचारसंहिताले प्रभावित हुनसक्ने अन्य कामहरु जतिसक्दो चाँडो गर्नेबारे शीर्ष तहमा छलफल भएको हो’, प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ ।

  • नेपाल दलित संघको महाधिवेशन फेरि स्थगित

    नेपाल दलित संघको महाधिवेशन फेरि स्थगित

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको महाधिवेशन पुनः स्थगित भएको छ । २०७३ सालमै हुनुपर्ने महाधिवेशन चैतको ७ देखि ९ गतेसम्म बुटवलमा हुने तय भएको थियो ।

    कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले नै संघको महाधिवेशन मिति तोकिदिएको थियो । स्थानीय निर्वाचन लक्षित १ महिने अभियानको कारण देखाउँदै महाधिवेशन स्थगित गरिएको थियो ।

    कांग्रेसले दलित संघको महाधिवेशन गराउन गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाणलाई प्रतिनिधि तोकेको थियो । निर्वाचन अभियानमा नेताहरु व्यस्त रहेका कारण संघको महाधिवेशन प्रभावित हुने भन्दै खाणको निर्देशनमा संघको महाधिवेशन स्थगित गरिएको हो ।

    कांग्रेस केन्द्रीय सदस्य एवं दलित संघको महाधिवेशन आयोजक समितिका संयोजक मीन विश्वकर्माले स्थानीय निर्वाचन लगत्तै महाधिवेशन गरिने बताए ।

    ‘अहिले पार्टीको निर्वाचन अभियानका कारण नेताहरु पनि व्यस्त हुनुभयो र तयारीसमेत प्रभावित भयो । त्यसैले स्थानीय निर्वाचन लगत्तै गर्नेगरी केन्द्रीय प्रतिनिधिसँगको परामर्शमा महाधिवेशन स्थगित गरेका छौं’, विश्वकर्माले नेपाल प्रेससँग भने ।

  • एमसीसीलाई चुनावी एजेण्डा बनाउँदै कांग्रेस, लाखौं पुस्तिका छापेर घरघर पठाउँदै (पुस्तकसहित)

    एमसीसीलाई चुनावी एजेण्डा बनाउँदै कांग्रेस, लाखौं पुस्तिका छापेर घरघर पठाउँदै (पुस्तकसहित)

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले संसदबाट एमसीसी अनुमोदन भएको सन्दर्भलाई स्थानीय निर्वाचनको एजेण्डा बनाएको छ ।

    एमसीसीबारे जनस्तरबाट प्राप्त प्रतिक्रियाले जनमतमा प्रभाव पार्नसक्ने आँकलन गर्दै कांग्रेसले विपक्षीभन्दा पहिले नै एमसीसीको एजेण्डालाई देशैभरी पर्याएको हो ।

    अहिले जारी कांग्रेसको १ महिने अभियानका दौरान एमसीसीबारे पुस्तिका नै बाँडेर कांग्रेसले एमसीसीबारे आफ्नो धारणा जनतामा पुर्याएको हो । कांग्रेसले अहिले देशैभरी ‘एमसीसी अनुदान सहायता सम्झातौ : भ्रम र यथार्थ’ नामक पुस्तिका पार्टी संयन्त्रमार्फत वितरण गरिरहेको छ । जसमा एमसीसी एक अनुदान सहायता मात्रै भएको र नेपालका कम्युनिष्ट पार्टीहरुले राजनीतिकरण गरेको आरोप लगाइएको छ ।

    कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी एमसीसीबारे जनतामा गलत प्रचार भइसकेका कारण विपक्षी दलले एजेण्डा नबनाएपनि कांग्रेसले यथार्थ विवरण बोकेर जनतामा जाने निर्णय गरेको बताउँछन् ।

    ‘जनस्तरमा एमसीसीबारे उठेको प्रश्नको उत्तर दिनु कांग्रेसको दायित्व हो । एमसीसी अनुमोदनका लागि निर्णायक अग्रसरता लिएको पार्टी भएकाले हामीले नै जनतालाई बुझाउनुपर्छ भन्ने निष्कर्षका साथ पुस्तिका प्रकाशित गरेका हौं’, शिवाकोटीले नेपाल प्रेससँग भने । उनका अनुसार पुस्तिकाले एमसीसीबारे फैलाइएको अफवाह चिर्नुको साथै कम्युनिष्ट पार्टीहरुको दोहोरो चरित्रको पनि भण्डाफोर गर्नेछ ।

    कांग्रेसले एमसीसीको सुरुआतदेखि संसदीय अनुमोदनसम्म राष्ट्रिय दल र नेताहरले गरेको भूमिकालाई पुस्तकमा लिपिवद्ध गर्दै एमसीसीको विरोध जनतामा भ्रम फैलाउने उद्देश्यले भएको दावीसमेत गरेको छ । कांग्रेसले भ्रमका रुपमा ३० वटा विषय समेटेर प्रत्येकमा स्पष्टीकरण दिएको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयका अनुसार १ लाखभन्दा बढी प्रति पुस्तिका छापेर जिल्ला–जिल्लामा पठाइएको छ । आवश्यकता र जिल्लाबाट हुने मागका आधारमा थप पुस्तिका छापेर वितरण गर्ने कांग्रेसको तयारी छ । चुनावसम्म हरेक घरमा एमसीसीबारे पुस्तिका पुर्‍याउनुपर्ने कांग्रेस नेताहरुको भनाई छ ।

    यस्तो छ एमसीसीबारे कांग्रेसको पुस्तिका–

  • सुदूरपश्चिम सत्तामा भाग खोज्दै कांग्रेस, नत्र चुनावमा गठवन्धन नगर्ने !

    सुदूरपश्चिम सत्तामा भाग खोज्दै कांग्रेस, नत्र चुनावमा गठवन्धन नगर्ने !

    कैलाली । असोज २३ गते प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल, प्रमुख सचेतक गोविन्द बोहरा र कांग्रेस सांसद भरत खड्का बालुवाटार पुगे । करिब ३० मिनेटसम्म तीन जनाले प्रदेशमा गठवन्धनको आभास नभएको भन्दै प्रधानमन्त्रीलाई मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरे ।

    तीनैजनाको गुनासो सुनेपछि प्रधानमन्त्री देउवाले गठवन्धनको वैठक राखेर आवश्यक निर्णय लिने बताएका थिए । ‘यो सबैको साझा कुरा हो । यसमा सबै मिलेर अघि बढ्नु पर्छ,’ प्रधानमन्त्रीले भनेका थिए, ‘सम्बन्धित पार्टीका नेताहरूले पनि बुझ्नु पर्छ । म प्रस्ताव राख्छु ।’

    प्रधानमन्त्री तथा पार्टी सभापतिलाई लविङ गरेको करिव ६ महिनासम्म पनि सुदूरपश्चिममा सरकार परिवर्तन हुन सकेको छैन । मुख्यमन्त्री दावी गरेको प्रदेशमा कांग्रेसले मन्त्रीसम्म पाएको छैन । सुदूरपश्चिममा सबैभन्दा ठुलो दल नेकपा एकीकृत समाजवादी रहेको छ । तत्काल सरकार परिवर्तनको अवस्था नभएको सो पार्टीका नेताहरू बताउँछन् ।

    ‘अहिले सरकार फेरिने वा मन्त्रीपरिषद् हेरफेरको कुरा आएको छैन’ नेकपा एसका नेतृ तथा प्रदेश सरकारका प्रवक्ता पूर्णा जोशीले भनिन्, ‘यस विषयमा कुनै पनि छलफल भएको छैन ।’

    अहिले माओवादी नेतृत्वको सरकारमा कांग्रेसलाई सहभागी नगराउने रणनीति एकीकृत समाजवादीले लिएको छ । फागुन २५ गते केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा नेताहरूले आफ्नो पार्टीलाई स्थापित गर्न सुदूरपश्चिम सरकारमा कांग्रेसलाई समेट्न नहुने सुझाव दिएका थिए ।

    ‘सुदूरपश्चिम सरकारमा कांग्रेसलाई पनि सहभागी गराउने हो कि भन्ने कुरा उठेको छ,’ सुदूरपश्चिम प्रदेश समूहका सुझाव बैठकमा पेस गर्दै नेता शेरबहादुर कुँवरले भनेका थिए, ‘त्यहाँ माओवादी र हाम्रो पूर्ण बहुमत छ । काँग्रेसलाई बलियो बनाउने कि हामी आफैंलाई स्थापित गर्ने ? उसलाई अहिले पनि उच्च स्थान दिएका छौँ । कांग्रेसले अहिले पनि प्रदेश सरकारलाई ‘रेस्पोन्स’ गरिरहेको छैन । त्यस कारण काँग्रेसलाई बलियो बनाउने भन्दा पनि हाम्रो पार्टीलाई बलियो बनाउन् ध्यान जानु¥यो ।’

    माओवादी नेतृत्वको सुदूरपश्चिम प्रदेशमा अहिले नेकपा एस र माओवादी मात्रै सरकारमा छन् । केन्द्रमा कांग्रेस र राजपासहितको गठवन्धन हुँदा प्रदेशमा ती दुवै दललाई वेवास्ता गरिएको नेपाली कांग्रेसको गुनासो छ ।

    यसरी पेलियो कांग्रेस

    जेठ २५ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै थिए । एमाले विभाजन हुनुभन्दा अघि नै तत्कालीन माधव नेपाल पक्षले संसदीय दलको बैठकबाट मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको थियो ।

    एमाले केन्द्रीय नेतृत्वले भने विपक्षमा मतदान गर्ने ह्विप जारी गर्यो । जसपाले पनि निर्णय नै गरेर विपक्षमा मतदान गर्‍यो । तर, नेपाली कांग्रेस भने अलमलमा थियो । उ सरकार जोगाउन चाहन्थ्यो, तर आफूले विश्वासको मत दिन चाहन्थेन ।

    विश्वास प्रस्तावको मतदानमा सरकारको पक्षमा ३० र विपक्षमा ९ भोट मात्रै पर्‍यो । एमालेको ओली पक्षका ७ जना र तत्कालीन जनता समाजवादी पार्टीका दुई जनाले सरकारको विपक्षमा भोट हालेका थिए । कांग्रेसले अन्तमा मतदानमै भाग लिएन ।

    ‘विश्वासको मत नपुगे हामी दिन्छौँ, नत्र हामी पक्ष र विपक्ष दुवैमा मत दिँदैनौँ,’ कांग्रेस नेताहरूले त्यो बेला भनेका थिए ।

    मुख्यमन्त्रीको पक्ष र विपक्ष दुवैमा मत नदिएको कांग्रेस त्यसपछिको १० महिनामा सुदूरपश्चिममा निकै कमजोर अवस्थामा पुगेको छ । अहिले न केन्द्रीय गठबन्धन अनुसार कांग्रेस सरकारमा छ, न त बलियो प्रतिपक्षको भूमिकामा ।

    कांग्रेस अहिलेसम्म सुदूरपश्चिमको तेस्रो ठूलो दल र प्रमुख प्रतिपक्ष हो । तर, त्यो अनुसारको भूमिका पार्टीले निर्वाह गर्न नसकेको स्वयं कांग्र्रेसकै सांसदहरू बताउँछन् । पहिलो स्थानमा रहेको नेकपा एकीकृत समाजवादीका १४ सांसद छन् ।

    यस्तै, दोस्रोमा माओवादी केन्द्रका १३ सांसद र कांग्रेसका १२ सांसद छन् । सरकार सञ्चालन गर्न माओवादी र नेकपा एसकै सांसद पर्याप्त भएपछि अहिले कांग्रेसले खासै भाउ पाएको छैन । त्यसैले कांग्रेसभित्रै विरोध सुरु हुन थालेको छ ।

    देउवाको प्राथमिकतामा पनि सुदूरपश्चिमभन्दा पहिले कर्णाली परेपछि यहाँ कांग्रेस थप कमजोर भएको बताइन्छ । विगतमा सरकारका काम कारबाहीको खरो विरोध गर्ने कांग्रेस अहिले मौन रहँदा पनि उनीहरूको भूमिकामाथि प्रश्न उठेको छ ।

    सुदूरपश्चिम प्रदेश सरकारले २०७६/०७७ का लागि ल्याएको बजेट अपारदर्शी र भ्रष्टाचार बढाउने भएको भन्दै प्रदेशसभा भवनको गेटमा कांग्रेसले रातो किताब जलाएको थियो । कांग्रेसले पत्रकार सम्मेलन नै गरेर बजेट उपलब्ध गराउनुपर्ने प्रदेशस्थित गौरवका आयोजनाहरू सार्वजनिकसमेत गरेको थियो । त्यो बेलासम्म कांग्रेस प्रदेशमा दह्रो प्रतिपक्षको रूपमा स्थापित भएको थियो । विगतमा बजेटकै विषयमा विरोध गर्दै झण्डै एक महिना संसद् सुचारु हुन नदिएको कांग्रेस यस वर्ष भने बजेट पारित गर्दा मौन बस्यो ।

    केन्द्रीय नेतृत्व र गठवन्धनकै कारण सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस कमजोर भएको संसदीय दलका नेता डा. रणबहादुर रावल बताउँछन् । उनले अहिले सरकारबाट कांग्रेस पेलिएको भन्दै यहाँ गठबन्धन नरहेको समेत उल्लेख गरे । सरकारले गरेको कामबाट जनता उत्साहित हुन नसकेको समेत उनको गुनासो छ ।

    ‘सुदूरपश्चिममा गठबन्धन नै छैन । यहाँ दुई दलको मात्रै सरकारको हो,’ उनले भने, ‘जनता खुसी छैनन्, यस्तो सरकारमा सामेल भएर हामी पनि यसको भागिदारी बन्न चाहन्नौँ ।’

    सरकारको नेतृत्व पाए मात्रै गठवन्धमा सहभागी हुने रणनीति रहेको उनले बताए ।

    कांग्रेस आउने प्रचण्डको विश्वास

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

    सोमबार कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भाग मागेपछि कांग्रेसलाई पनि सरकारमा सहभागी गराउन लागिएको बताएका थिए । कांग्रेसलाई सरकारमा सहभागी गराउने कुरा टुंगिसकेको र कसलाई कति मन्त्री दिने भन्ने टुंगिन बाँकी रहेको उनको दावी थियो ।

    प्रचण्डले भनेका थिए, ‘सुदूरपश्चिम प्रदेशमा मन्त्री हेरफेरको तयारी भइरहेको छ । नेपाली कांग्रेसले निर्वाचन नजिक आउँदै गर्दा सुदूरपश्चिममा आफ्नो प्रतिनिधित्व नरहेको भनेर कुरा उठाइरहेको थियो ।’

    मन्त्रीको संख्या बढाउने ठाउँ नभएकाले नेकपा एसका अध्यक्ष माधव नेपाललाई त्याग गर्न आग्रह गरेको उनले बताए ।

    प्रचण्डले भने, ‘अस्ति प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बिचको भएको छलफलमा नेपाली कांग्रेसलाई सहभागी गराउने कुरा उठ्यो । कांग्रेस सरकारमा सहभागी हुन्छु भनेको कुरालाई हामीले राम्रै मान्छौँ । तर त्यसो गर्नका लागि हामीले यहाँ संख्या बढाउने ठाउँ नै छैन । भएकै संख्यामा कसै न कसैले त्याग गर्नुपर्ने हुन्छ । अहिले समाजवादीको मन्त्रीहरू धेरै हुनुहुन्छ । माधव नेपालजीले नै पार्टीभित्र छलफल गरेर कति सकिन्छ, अलिकति त्याग गर्ने पालो तपाईँको आयो भन्ने कुरा पनि चर्चा भयो ।’

    यता नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले सुदूरपश्चिममा गठबन्धनबाट कांग्रेसमाथि छलछाम भएको आरोप लगाए । आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग चुनावी गठबन्धन नहुने उनले बताएएका छन् ।

    डोटीको जोरायलमा सोमवार आयोजित ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको सुरुआत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवानिकट प्रभावशाली नेता बलायरले सुदूरपश्चिममा अहिले पनि प्रचण्ड–माधव समूहसँग गठबन्धन नभएकाले चुनावमा पनि नहुने बताए ।

  • सिन्धु कांग्रेसमा मोहन बस्नेतको बर्चश्व, क्लिन स्वीप हुनबाट जोगियो शेखर कोइराला पक्ष

    सिन्धु कांग्रेसमा मोहन बस्नेतको बर्चश्व, क्लिन स्वीप हुनबाट जोगियो शेखर कोइराला पक्ष

    सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको १४ औं जिल्ला अधिवेशनमा पदाधिकारी सहित कार्यसमितिमा संस्थापन पक्षको एकल वर्चस्व देखिएको छ ।

    १३ औं जिल्ला अधिवेशनमा संस्थापन इतर समूहले सभापति सहित अधिकांश सदस्यमा जित हाँसिल गरेको भएपनि १४ औं अधिवेशनमा भने संस्थापन इतर समूह क्लीन स्वीप हुनबाट मात्रै जोगिएको छ ।

    पदाधिकारी सहित ५५ सदस्यीय जिल्ला समितिमा संस्थापन पक्ष (देउवा समूह) का अधिकांशले जित हाँसिल गरेका छन् । सिन्धुपाल्चोकमा संस्थापन पक्षको नेतृत्व केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले गरिरहेका छन् भने कोइराला समूहको नेतृत्व निर्वच्नमान जिल्ला सभापति विकास लामा, नेता भुपेन्द्रबहादुर थापा लगायतले गरेका छन् ।

    ५५ सदस्य मध्ये कोइराला समूहले दुई पदाधिकारी र एक जिल्ला सदस्य मात्रै पाएको छ । सो समूहबाट एक उपभापति र एक कोषाध्यक्ष विजयी भएका छन् । देउवा पक्षले सात पदाधिकारीमध्ये सभापतिसहित पाँच पदमा जित हासिँल गरेको छ ।

    ४८ सदस्यमध्ये ४७ जना संस्थापन पक्षबाट निर्वाचित भएको नेपाली कांग्रेस वागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठले जानकारी दिए ।

    दोस्रो चरणको मतदानबाट संस्थापन पक्षका जंगबहादुर तामाङ सभापतिमा निर्वाचित भए । उनले संस्थापनइतरका उम्मेदवार बंशलाल तामाङलाई ६४ मतान्तरले पराजित गरेका थिए । सभापतिमा निर्वाचित जंगबहादुरले ९ सय १२ मत ल्याउँदा प्रत्यासी बंशलालले ८ सय ४८ भोट मात्र ल्याए । दुई उपसभापतिमा संस्थापन र इतर समूहले एक÷एक जितेका छन् । संस्थापनबाट टंक कार्की उपसभापतिमा निर्वाचित भएका छन्, भने कोराला समूहबाट दोर्जे लामाले जितेका छन् ।

    दुई सचिवमा संस्थापन पक्षकै भक्तध्वज बोहरा र रमेशराज भण्डारी सचिवमा निर्वाचित भएका छन् । दुई सहसचिवमा संस्थापनबाट कृष्णभक्त नेपाल र इतर समूहका नरेश कार्की विजयी भए । कार्यसमितिका ४८ सदस्यमध्ये ३३ जना मतदान प्रक्रियाबाट निर्वाचित भएका हुन् । १५ सदस्य निर्विरोध निर्वाचित भएका थिए ।

    महासमिति सदस्य भने संस्थापन र इतरसमूहले बराबर जितेका छन् । २२ सदस्यीय महासमिति सदस्यमा दुबै समूहका ११/११ जना निर्वाचित भएका छन् ।

    गुटउपगुट छिन्नभिन्न

    नेपाली कांग्रेसको १४ औ महाधिवेशन सुरु हुँदै गर्दा सिन्धुपाल्चोकमा गुट परिवर्तन गाउँ स्तरबाट नै सुरु भइसकेको थियो । केन्द्रमा कृष्ण सिटौला र जिल्लामा संस्थापन इतर का रुपमा चिनिएका कांग्रेस नेता सुर्दशन आचार्य गाउँ अधिवेशन सुरू हुँदै गर्दा देउवा समूहमा गए ।

    लामो समय देखि सिन्धुपाल्चोकमा कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत निकट रहेका र १३ औँ जिल्ला अधिवेशनमा सभापतिका बलियो दाबेदारका रुपमा हेरिएका डाक्टर प्रेमध्वज लामालाई अन्तिम समयमा आएर ‘बस्नेत समूहले’ धोका दिएपछि उनी इतर पक्षका उमेवदारलाई सहयोग गर्न पुगे ।

    जिल्ला सभापतिमा उमेदवार हुनका लागि त्रिभुवन विश्वविद्यालयको प्राध्यपाक पदबाट राजीनाम दिएका लामालाई अन्तिम समयमा आएर सभापतिको आधिकारीक उम्मेदवार नबनाएपछि उनी ‘बागी’ उमेद्वार भएर सभापतिमा तेस्रो मत ल्याएका थिए ।

    जिल्लामा बस्नेत निकट रहेका सुनकोशी गाउँपालिका–७ का नरेश कार्की इतर पक्षबाट निर्वाचनमा सहभागी भएर सह–सचिवमा जित हाँसिल गरेका छन् । अघिल्लो अधिवेशनमा बस्नेत पक्षबाट जिल्ला सचिवमा निर्वाचीत भएका झलक नेपाल १४ औं अधिवेशनमा बंशलाल तामाङ को पक्षमा खुलेर लागे ।

    त्यस्तै प्रदेश सभा निर्वाचनमा उमेदवार भएका विष्णु खत्री पनि बंशलाल तामाङकै पक्षमा उभिएका थिए । सुनकोशी गाउँपालिकाका इकाइ सभापति रुपकाजी लामा पनि बंशलाल तामाङको पक्षमा नै उभिए ।

  • महरको आरोप- कम्बल ओढेर घ्यू खाने कम्युनिस्टबाहेक जनताले एमसीसीबारे बुझिसके

    महरको आरोप- कम्बल ओढेर घ्यू खाने कम्युनिस्टबाहेक जनताले एमसीसीबारे बुझिसके

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कम्युनिस्टहरुका कारण एमसीसीबारे जनतामा भ्रम फैलिएको भएपनि कांग्रेसले त्यसलाई चिर्न सफ भएको दावी गरेका छन् ।

    नेता महरले कम्युनिस्टहरूले एमसीसीबारे भ्रम छर्न खोजेको भए पनि जनताले बुझिसकेको बताए । उनले भने, ‘कम्मल ओडेर घ्यू खाने बामपन्थी प्रवृतिका व्यक्ति बाहेक आम जनताले एमसीसीका बारेमा बुझिसकेका छन् । हिजो विरोध गर्ने बामपन्थीहरू आज एमसीसीबारे जस लिने होडमा छन् ।’

    नेपाल दलित संघ वागमती प्रदेशको उद्घाटन समारोहमा बोल्दै नेता महरले नेपालका कम्युनिस्टहरूले कुनै पनि मुद्दाको उठान गर्ने र त्यसको बैठान गर्न नसक्ने आरोप बताए ।

    महरले भने– कम्युनिस्टहरूले कुनै पनि कुराको कार्यान्वयन गर्दैनन् । कांग्रेसले कार्यान्वयन गर्छ । विपी कोईरालाले पहिलो पटक समावेशी अवधारण ल्याउनुभयो, शेरबहादुर देउवाले वैधानिक रुप दिनुभयो । कम्युनिस्टहरू काम नगरेर जस लिने होडमा लाग्छन् । कांग्रेस काम गर्छ, जस दिने नदिने जनताले हो ।

    उनले १३ प्रतिशत दलित र समग्र समावेशीतालाई कांग्रेसले सधैं अंगिकार गर्दै आएको बताए । १३ प्रतिशत दलित तोकिए पनि योभन्दा बढी दलित राज्यको मूल प्रवाहमा आउनुपर्ने महरको धारणा छ ।

  • कांग्रेस महामन्त्री थापाले अर्थतन्त्रबारे निजी क्षेत्रसँग छलफल गर्दै

    कांग्रेस महामन्त्री थापाले अर्थतन्त्रबारे निजी क्षेत्रसँग छलफल गर्दै

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्रको पछिल्लो अवस्थारे निजी क्षेत्रसँग छलफल गर्ने भएका छन् ।

    महामन्त्री थापाले आज उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्शलगायत संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूसँग अर्थतन्त्रबारे छलफल गर्न लागेका हुन् ।

    ‘अर्थतन्त्रमा देखिएका समस्याबारे महामन्त्रीले छलफल गर्न लाग्नुभएको हो । यो नियमित छलफल हो । महामन्त्री भइसकेपछि उहाँले सबै क्षेत्रसँग संवदलाई निरन्तरता दिनुभएकै छ’, महामन्त्री थापानिकट एक नेताले बताए ।

    आजको छलफलमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, परिसंघका अध्यक्ष विष्णु अग्रवाल र चेम्बर अध्यक्ष राजेन्द्र मल्ललगायतलाई बोलाएको छ ।

  • फागुन मसान्तभित्र भ्रातृ संस्थालाई पूर्णता दिन कांग्रेस असफल

    फागुन मसान्तभित्र भ्रातृ संस्थालाई पूर्णता दिन कांग्रेस असफल

    काठमाडौं । स्थानीय निर्वाचन केन्द्रीत १ महिने अभियान सुरु गरेपनि रिक्त रहेका भ्रातृ संस्थाहरुलाई पूर्णता दिन नेपाली कांग्रेस असमर्थ भएको छ ।

    कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी फागुन मसान्तसम्म भ्रातृ संस्थाहरुको तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।

    फागुन ३ गते सम्पन्न कांग्रेस कार्यसम्पादन समिकिो बैठकले सभापति देउवालाई नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ लगायत १० भ्रातृ संस्थालाई फागुन मसान्तभित्र पूर्णता दिने जिम्मेवारी सुम्पिएको थियो । यद्यपि तयारी पूरा नभएका कारण फागुनभित्र भ्रातृ संस्थाहरु गठन हुन नसकेका हुन् ।

    कांग्रेसका एक पदाधिकारीका अनुसार नेविसंघका सन्दर्भमा उमेर हद लगाउने वा नलगाउने भन्ने विषयमै शीर्ष तहमा कुरा मिलेको छैन । एमसीसी अनुमोदन र १ महिने अभियानको तयारीमा व्यस्त भएकाले पनि भ्रातृ संस्थाबारे निर्णयमा ढिलाई भएको ती पदाधिकारीले बताए ।

    ‘नेविसंघमा उमेरको कुरा पनि आएको छ । अर्कोतिर एमसीसी अनुमोदनमा प्रधानमन्त्री एवं सभापति व्यस्त हुँदा भ्रातृ संस्थाबारे गहन छलफल हुनपनि सकेको छैन’, उनको भनाई छ ।

    सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भ्रातृसंस्थाको तदर्थ समिति गठनबारे तयारी गर्न जिम्मेवारी दिएका छन् । ती नेताहरुपनि व्यस्त भएकाले अझै केही समय लम्बिने देखिएको हो । ‘भ्रातृ संस्था बनाउनेबारे छलफल हुनै बाँकी छ । अब छिट्टै काम थाल्दापनि हप्ता दसदिन त लागिहाल्छ’, एक कांग्रेस नेताले भने ।

    कांग्रेसका १० भ्रातृसंस्थामा सिंगो तदर्थ समिति नयाँ ल्याउनुपर्नेछ भने केही भ्रातृ संस्थाहरुमा रिक्त पदमा मनोनयन गर्न बाँकी छ ।

  • देउवालाई भीम रावलको जवाफ- प्रधानमन्त्रीकै दिमाग खुस्केर होस हराएको हुनुपर्छ

    देउवालाई भीम रावलको जवाफ- प्रधानमन्त्रीकै दिमाग खुस्केर होस हराएको हुनुपर्छ

    काठमाडौं । नेकपा एमालेका नता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले झूठो बोलेको टिप्पणी गरेका छन् ।

    नुवाकोटमा आयोजित एक कार्यक्रममा देउवाले ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको एमसीसी अनुमोदन गर्दा अहिले त्यतिबेलाका रक्षामन्त्री रावलले विरोध गरेकोमा दिमाग फुस्किएको आरोप लगाएपछि रावलले जवाफ फर्काएका हुन् ।

    जवाफमा रावलले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफू उपप्रधान र रक्षामन्त्री रहेको स्मरण गर्दै सो समयमा सम्झौता सदनमा नल्याइएको बताएका छन् । सार्वजनिक तथ्यको जानकारी समेत नराखी झूठा बोल्ने प्रधानमन्त्रीको आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ भन्दै टिप्पणी रेका हुन् ।

    उनले ट्वीटरमा भनेका छन्, ‘सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झूठा बोल्ने प्रमको या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ ।’

    प्रधानमन्त्री देउवाले एमसीसीको विषयमा ‘किन रावललाई मात्र टाउको दुख्छ भन्ने प्रश्नको जवाफमा भनेका छन्, ‘नेपालको संविधान, देश र जनता सामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने सपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहित स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर वाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर टाउको दुखेको हो ।’

    रावलले प्रधानमन्त्री देउवालाई थप बहस गर्ने इच्छा भए बहस गर्न चुनौती पनि दिएका छन् ।

  • कांग्रेस जिल्ला सभापतिमा देउवा पक्षकाे बहुमत, अरुकाे तागत कति ? (सूचीसहित)

    कांग्रेस जिल्ला सभापतिमा देउवा पक्षकाे बहुमत, अरुकाे तागत कति ? (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सबै तहको अधिवेशन पूरा भएको छ । गत पुस अन्तिम साता कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा सम्पन्न भएको थियो । त्यतिबेला स्थगित गरिएका १६ जिल्लाको अधिवेशन आइतबार राति सम्पन्न भएका छन् ।

    ७७ वटै जिल्लाको परिणाम सार्वजनिक हुँदा सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले बहुमत जिल्लामा नेतृत्व हासिल गरेको छ । गत महाधिवेशनमा देउवाको प्रस्तावक बनेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पहिलो चरणमा सभापतिमै प्रतिस्पर्धा गरेर दोस्रो चरणमा देउवालाई सघाएका प्रकाशमान सिंह र विमलेन्द्र निधिनिकट नेताहरू पनि केही जिल्लाको नेतृत्वमा आएका छन् ।

    सभापति देउवानिकट ४१ जना जिल्ला सभापति बनेका छन् । संस्थापनकै उपगुटका रूपमा रहेको सिटौला समूहका २ जना जिल्ला सभापति निर्वाचित भएका छन् । संस्थापनमै समेटिएका सिंहनिकट २ र निधिनिकट १ जना जिल्ला सभापति निर्वाचित भएका छन् ।

    महाधिवेशनमा निकटतम प्रतिस्पर्धी रहेका नेता डा. शेखर कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री डा. शशांक कोइरालानिकट ३१ जना जिल्ला सभापतिमा निर्वाचित भएका छन् । वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कोइराला महाधिवेशनमा तटस्थ बसेपनि अधिकांश जिल्लामा मिलेरै प्रतिस्पर्धा गरेका थिए ।

    कांग्रेसको महाधिवेशनका दौरान नेताहरूको गुट अदलबदल तीव्र भएका कारण जिल्ला सभापतिहरूको स्थायी गुट पहिचानमा नेताहरूमै अलमल देखिन्छ ।

    ‘अब अहिले जसले जसलाई पनि मिलाइरहेको हुन्छ । तीनै तहको निर्वाचनको टिकट बाँडेर संसदीय दलहरू बनेपछि मात्रै को कताको भन्ने छुट्टिन्छ । त्यतिबेलासम्म जो जता लाग्न पनि सक्छन्’, एक केन्द्रीय सदस्यले नेपाल प्रेससँग भने ।

    संस्थापन (देउवा) पक्षका जिल्ला सभापतिहरू :-

    १. सिन्धुपाल्चोक- जंगबहादुर तामाङ

    २. मकवानपुर- बुद्ध लामा

    ३. पर्सा- जनार्दनसिंह क्षेत्री

    ४. सर्लाही- सुरेन्द्रप्रसाद सिंह

    ५. बारा- राजेशराय यादव

    ६.. अछाम- पुष्पबहादुर शाह

    ७. रौतहट- सुनिलकुमार यादव

    ८. सिरहा- रामचन्द्र यादव

    ९. धनुषा- योगेन्द्र पजियार

    १०. कैलाली- नारायणदत्त भट्ट

    ११. पाँचथर- रूपनारायण जवेगु

    १२. ताप्लेजुङ- गजेन्द्रप्रसाद तुम्याहाङ

    १३. ओखलढुंगा- तेजेन्द्र खनाल

    १४. भक्तपुर- दुर्लभ थापा

    १५. सल्यान- केशवबहादुर विष्ट

    १६. डोल्पा- दीपेन्द्रबहादुर शाही

    १७. डडेल्धुरा- भीमबहादुर साउद

    १८. म्याग्दी- खमबहादुर गर्बुजा

    १९. मुगु- ऐनबहादुर शाही

    २०. मनाङ- शंकर गुरूङ

    २१. हुम्ला- मोहनविक्रम सिंह

    २२. बझाङ- खड्क बोहरा

    २३. रामेछाप- पूर्णबहादुर (कान्छाराम) तामाङ

    २४. जुम्ला- कर्णबहादुर शाही

    २५. जाजरकोट- बेदराज सिंह

    २६. डोटी- नरेन्द्रबहादुर सिंह

    २७. रूकुम- प्रेमप्रकाश वली

    २८. पर्वत- युवराज जोशी

    २९. इलाम- डम्बरबहादुर खड्का

    ३०. सुर्खेत- खड्ग पोखरेल

    ३१. रूपन्देही- रामकृष्ण खाण

    ३२. कास्की- किशोरदत्त बराल

    ३३. काभ्रे- तीर्थ लामा

    ३४. धनकुटा- दिनेश राई

    ३५. रसुवा- पेम्वाछिरिङ तामाङ

    ३६. उदयपुर- हिमाल कार्की

    ३७. लमजुङ- टकराज गुरूङ

    ३८. बर्दिया- अरूणप्रकाश सिंह राठौर

    ३९. सोलुखुम्बु- नाम्गेलजाङ्बु शेर्पा

    ४०. कञ्चनपुर- पदम बोगटी

    ४१. महोत्तरी- नागेश्वर यादव

    संस्थापनइतर (कोइराला-पौडेल) निकट :

    १. चितवन- राजेश्वर खनाल

    २. सप्तरी- रामदेव साह

    ३. मोरङ- डिगबहादुर लिम्बू

    ४. बाँके – नारायण गौडेल

    ५. नवलपुर- महेन्द्रध्वज जिसी

    ६. तेह्रथुम-अर्जुन तुम्बाहाम्फे

    ७. भोजपुर- विनोद वान्तवा

    ८. खोटाङ- विष्णुकुमार राई

    ९. संखुवासभा- दीपक खड्का

    १०. सुनसरी- केदार भण्डारी

    ११. प्युठान- विष्णुकुमार गिरी

    १२. अर्घाखाँची- केशव श्रेष्ठ

    १३. बैतडी- चतुरबहादुर चन्द

    १४. दोलखा- बर्मा लामा

    १५. गोरखा- नन्दप्रसाद न्यौपाने

    १६. नुवाकोट- रमेश महत

    १७. धादिङ – रामनाथ अधिकारी

    १८. कालिकोट- अम्बबहादुर शाही

    १९. रूकुमपूर्व- केशरमान रोका

    २०. मुस्ताङ- रोमीगौचन थकाली

    २१. बाजुरा- रामसिंह रावल

    २२. पाल्पा- हिमालदत्त श्रेष्ठ

    २३. स्याङ्जा- राजु थापा

    २४. नवलपरासी पश्चिम- अर्जुनकुमार पोखरेल

    २०. दार्चुला- ललितसिंह बोहरा

    २५. दाङ- शंकरप्रसाद डाँगी

    २६. गुल्मी- खिलध्वज पन्थी

    २७. रोल्पा- किशोर आचार्य

    २८. दैलेख- मणिराम रेग्मी

    २९. कपिलवस्तु- अब्दुल कलाम खाँ

    ३०. तनहुँ – जितप्रकाश आले

    ३१. सिन्धुली- उपेन्द्र पोखरेल

    प्रकाशमान सिंहनिकट :-

    १. काठमाडौं – सबुजकृष्ण बानियाँ

    २. ललितपुर – जितेन्द्रकुमार श्रेष्ठ

    कृष्णप्रसाद सिटौलानिकट

    १. बागलुङ- जित शेरचन

    २. झापा – देउमान थेवे

    विमलेन्द्र निधिनिकट :-

    १. धनुषा- योगेन्द्र पजियार

  • प्रधानमन्त्रीले भने- रक्षामन्त्री हुँदा भीम रावलको दिमाग फुस्किएको थियो र ? (भिडिओ)

    प्रधानमन्त्रीले भने- रक्षामन्त्री हुँदा भीम रावलको दिमाग फुस्किएको थियो र ? (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेले संसदमा दर्ता गरेको प्रस्ताव अनुमोदन गर्दा एमालेकै नेताहरूले टाउको दुखाउन जरुरी नभएको बताएका छन् ।

    नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसदमा पेस भएको प्रस्ताव नै अहिले पारित भएको बताए । एमाले सांसद भीम रावलप्रति असन्तुष्टि पोख्दै प्रधानमन्त्री देउवाले सत्तामा हुँदा एमसीसी अघि बढाउनेहरूले अहिले विरोध गर्नुको अर्थ नरहेको बताए ।

    ‘केपी ओलीले पेस गरेको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो ? रक्षामन्त्री भएर सरकारमा बस्दा एमसीसीबारे थाहा थियो कि थिएन ? एमसीसी खराब थियो भने त्यतिबेला मन्त्रीबाट राजीनामा किन नदिएको ? कि दिमाग फुस्किएको थियो ?’, प्रधानमन्त्री देउवाले भने ।

    रावल रक्षामन्त्री छँदा मन्त्रिपरिषद्ले एमसीसीबारे महत्वपूर्ण निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले झूठो कुरा नगर्न रावललाई चेतावनी दिए । ‘हिजो सरकारमा बसेर मन्त्री भएर एमसीसी ल्याउने । अहिले आएर एमसीसीको खिलाफमा बोल्न लाज छैन ?’, देउवाले भने ।

  • बलायरको घोषणा- सुदूरपश्चिममा गठबन्धन छैन र हुँदैन, कांग्रेसका हातले रुखबाहेक अन्त भोट हाल्दैनन्

    बलायरको घोषणा- सुदूरपश्चिममा गठबन्धन छैन र हुँदैन, कांग्रेसका हातले रुखबाहेक अन्त भोट हाल्दैनन्

    डोटी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशमा कम्युनिष्टहरुसँग चुनावी गठबन्धन नहुने प्रष्ट पारेका छन् ।

    डोटीको जोरायलमा सोमवार आयोजित ‘घर घर जाऔं,कांग्रेस जिताऔं’ अभियानको सुरूआत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवानिकट प्रभावशाली नेता बलायरले सुदूरपश्चिममा अहिले पनि प्रचण्ड-माधव समूहसँग गठबन्धन नभएकाले चुनावमा पनि नहुने बताए ।

    बलायरले भने, ‘माओवादी र एकीकृत समाजवादीले एकातर्फ चुनावमा गठबन्धन गर्नुपर्छ भन्छन् अर्कोतिर कांग्रेसलाई पेल्न छाड्दैनन् । एकातिर गठबन्धन भन्ने, अर्कोतिर हामीलाई पेल्ने ? यो कस्तो गठबन्धन हो ? त्यसैले यहाँ गठबन्धन छैन र हुँदैन । कांग्रेसका हातले रुख चिन्हबाहेक अन्त भोट हाल्दैनन् ।’

    सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई सहभागी गराइएको छैन । शीर्ष तहमा छलफल भएपनि नेकपा एसले कांग्रेसबिना सरकार चलाउन बहुमत रहेको भनिरहेको छ । प्रचण्डले भने नेकपा एसलाई त्याग गर्न भनेको बताएका छन् ।

    कार्यक्रममा सभापति बलायरले सुदूरपश्चिम प्रदेशमा कांग्रेस एक्लै वहुमत ल्याउने दाबी गर्दै अघिल्लो निर्वाचनमा धेरै मत बदर भएकाले कांग्रेस कतिपय ठाउँमा हारेको बताए ।

  • सर्लाही कांग्रेस सभापतिमा सुरेन्द्र सिंह निर्वाचित

    सर्लाही कांग्रेस सभापतिमा सुरेन्द्र सिंह निर्वाचित

    सर्लाही । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्लाको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन् ।

    निकटतम प्रतिस्पर्धी लक्ष्मण रायलाई ३ सय ८० मतको अन्तरले पराजित गर्दै संस्थापन पक्षका सिंह सभापतिमा निर्वाचित भएका हुन् । सिंहले १ हजार ७ सय ५८ मत ल्याउँदा रायले १ हजार ३ सय ७८ मत ल्याएका छन् ।

    सभापतिमा निर्वाचित सिंहलाई संस्थापन पक्षका नेताहरुको समर्थन थियो भने रायलाई अमरेश सिंहको समर्थन थियो । कार्यसमितितर्फ उपसभापति १ जना बाहेक अन्य पदमा सिंह प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् ।

  • सिन्धुपाल्चोक कांग्रेसको सभापतिमा संस्थापन पक्षका जंगबहादुर निर्वाचित

    सिन्धुपाल्चोक कांग्रेसको सभापतिमा संस्थापन पक्षका जंगबहादुर निर्वाचित

    सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा संस्थापन पक्षका जंगबहादुर लामा विजयी भएका छन् ।

    दोस्रो चरणको निर्वाचनमा संस्थापन इतर पक्षका वंशलाल तामाङलाई पराजित गर्दै लामा सभापतिमा निर्वाचित भएका हुन् । पहिलो चरणमा तेस्रो भएका उम्मेदवार प्रेमध्वज लामाको समर्थन पाएपनि वंशलालको जितका लागि पर्याप्त हुन सकेन ।

    अन्तिम परिणाममा लामाले ९ सय १२ मत ल्याए भने तामाङले ८ सय ४८ मत ल्याए । सभापतिमा निर्वाचित लामा केन्द्रीय सदस्य मोहन बस्नेतनिकट हुन् ।

  • निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएको छैन : गगन थापा

    निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएको छैन : गगन थापा

    सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन् । कुडा कर्णाली उत्सवका लागि सुर्खेत आएका महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय का‌ंग्रेसले नगरेको बताएका हुन् ।

    अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै थापाले यही गठबन्धन सरकारले तिनै तहको निर्वाचन बनाउने सन्दर्भमा कुनै अलमल नरहेको बताए । ‘तर, यो गठबन्धन निर्वाचनमा तालमेल गर्ने विषयसँग सम्बन्धित् छ,’ उनले भने, ‘यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्लाएक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरु भएको छ ।’

    पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुईवटा मत रहेको भन्दै महामन्त्री थापाले चैत दोस्रो साताभित्र निर्णय हुने बताए । ‘अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको छ । तल्लो तहको समिति र नेताहरूको रायका आधारमा पार्टीको केन्द्रीय समितिले निर्णय गर्छ,’ उनले भने, ‘नेपाली कांग्रेस आगामी दिनमा यसको निर्णय लिन्छ ।’

  • कांग्रेसको १ महिने चुनावी अभियान आजबाट, ७७ वटै जिल्लामा एकैसाथ उद्घाटन सभा हुँदै

    कांग्रेसको १ महिने चुनावी अभियान आजबाट, ७७ वटै जिल्लामा एकैसाथ उद्घाटन सभा हुँदै

    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आजदेखि १ महिने चुनावी अभियान सुरु गर्दैछ । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नाम दिइएको १ महिने अभियानको आज १ बजे ७७ वटै जिल्लामा एकैसाथ उद्घाटन हुनेछ ।

    जिल्लामा जिल्लास्तरीय उद्घाटनसभामार्फत उद्घाटन हुने १ महिने अभियानलाई केन्द्रमा सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्नेछन् ।
    कांग्रेस प्रवक्ता डा।प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु पुगिसकेका छन् ।

    आज अभियानको उद्घाटन भएलगत्तै पालिका र वडाकेन्द्रीत कार्यक्रमरुले तीव्रता पाउनेछन् । ‘यो मुख्यतः जनताको घरघरमा पुग्ने अभियान हो । त्यसैले बढीभन्दा बढी कार्यक्रम वडा र टोलमा केन्द्रीत गरेका छौं । जनताका कुरा सुन्छौं, हाम्रा कुरा भन्छौं । कांग्रेसको अपरिहार्यताबारे जनतालाई बुझाउँछौं’, प्रवक्ता महतको भनाई छ ।

    अभियानका दौरान कांग्रेसले टोल समितिहरु गठनलाई तीव्रता दिनेछ भने आफ्नो नेतृत्वमा भएका कामहरुको प्रचार गर्नेछ । कांग्रेसप्रति जनताको अपेक्षा बुझ्न टोल—टोलमा अन्तरक्रिया कार्यक्रमहरु हुने बताइएको छ । त्यस्तै कांग्रेसले बैशाख ३० गते हुने स्थानीय निर्वाचन लक्षित गरेर पहिलो पटक मतदाता बनेकाहरुलाई प्रशिक्षणसमेत दिनेछ ।

    अभियान अन्तर्गत खटिएका केन्द्रीय प्रतिनिहरु सम्बन्धित जिल्लाको सबै पालिकामा पुगेर कार्यक्रम सञ्चालन र अनुगमन गर्नेछन् । १ महिने अभियानपश्चात केन्द्रीय प्रतिनिधिहरुले केन्द्रमा प्रतिवेदन समेत बुझाउनुपर्नेछ । कांग्रेसले आगामि स्थानीय तहको निर्वाचनमा हरेक बुथमा सय युवा खटाउने घोषणा गरेको छ ।

    ‘वान बुथ हन्ड्रेड युथको अवधारणा सफल बनाउन अभियान अन्तर्गत नै काम हुनेछ । यो अभियानले कांग्रेसबारे जनतामा रहेका भ्रमको निवारण र सत्यको उजागर गर्नेछ’, महतले भने ।

    कांग्रेसले १ महिने अभियानका ८ घोषित उद्देश्यहरु तय गरेको छ । जसअन्तर्गत स्थानीय निर्वाचनका लागि माहोल बनाउने, कांग्रेस जिताउन अपील गर्ने, कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्ने र नेकपा नेतृत्वको अघिल्लो सरकारका गलत कामको भण्डाफोर गर्ने लगायतका उद्देश्य रहेका छन् ।

    गत पुसको अन्तिम साता १४ औं महाधिवेशन गरेयता कांग्रेसले संगठनविस्तार र चुनाव केन्द्रीत कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ ।

     

  • सिन्धुपाल्चोक कांग्रेसको सभापतिका लागि जंगबहादुर र वंशलाल दोस्रो चरणमा भिड्ने 

    सिन्धुपाल्चोक कांग्रेसको सभापतिका लागि जंगबहादुर र वंशलाल दोस्रो चरणमा भिड्ने 

    काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ ।

    पहिलो चरणमा प्रतिस्पर्धामा रहेका ३ जना सभापतिका उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत नकटाएपछि पहिलो र दोस्रो हुनेबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो ।

    पहिलो चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार जंगबहादुर तामाङले ७ सय ५ मत ल्याएका छन् भने दोस्रो भएका संस्थापनइतर पक्षका वंशलाल तामाङले ६ सय २९ मत ल्याएका छन् ।

    त्यस्तै संस्थापन पक्षका असन्तुष्ट उम्मेदवार प्रेमध्वज लामाले ४ सय ९३ मत ल्याएका छन् । पहिलो चरणको निर्वाचनमा १ हजार ८ सय ६७ मत खसेको थियो । अब दोस्रो चरणमा जंगबहादुर र वंशलालबीच प्रतिस्पर्धा हुनेछ ।

    जंगबहादुरलाई केन्द्रीय सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य मोहन बस्नेत लगायतको समर्थन रहेको छ । त्यस्तै वंशलाललाई नेता डा.शेखर कोइराला र पूर्व जिल्ला सभापति विकास लामा लगायतको समर्थन रहेको छ । दोस्रो चरणको निर्वाचन आजै गर्ने तयारी भइरहेको छ ।

  • कांग्रेस सिन्धुपाल्चोकमा नेतृत्व चयनका लागि मतदान जारी

    कांग्रेस सिन्धुपाल्चोकमा नेतृत्व चयनका लागि मतदान जारी

    सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोकको १४ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनको लागि मतदान जारी छ।

    जिल्ला सभापतिको लागि तीनजनाबीच तिव्र प्रतिस्पर्धा रहेको छ। सस्थापन पक्षबाट जगलाला तामाङ र डाक्टर प्रेमध्वज लामा प्रतिस्पर्धामा छन्।

    त्यस्तै शेखर कोइराला समूहबाट बशलाल तामाङ प्रतिस्पर्धामा छन् । सस्थापन पक्षबाट जगलाल तामाङलाई आधिकारिक उमेदवार बनाएको छ भने प्रेमध्वज तामाङ सस्थापन पक्षबाट बागी उमेदवार भएका छन् ।

    नेपाली काँग्रेस को विधान अनुसार पहिलो चरणको निर्वाचन मा ५१ प्रतिशत मत ल्याउनु पर्ने व्यवस्था छ। ५१ प्रतिशत मत कुनै पनि उमेदवारले ल्याउन नसके दोस्रो चरणको निर्वाचनमा जानुपर्ने हुन्छ।

    दोस्रो चरणमा पहिलो चरणमा प्रथम र दोस्रो हुने बीच पुन मतदान भएर नेतृत्वको फाइनल हुने छ।

    निर्वाचनको माहौल हेर्दा पहिलो चरणबाटै नेतृत्व छनोट हुने सम्भावना न्युन रहेको काँग्रेस नेता कार्यकर्ताहरुले जानकारी दिएका छन् । कांग्रेस स्रोतका अनुसार दोस्रो चरणमा जानुपर्ने अवस्था आयो र प्रेमध्वज अथवा बशलाल तामाङ जो भए पनि एकले अर्कालाई सहमति गरेर जाने सहमति भएको छ।

  • कांग्रेस जनताको मन जितेर मत जित्न चाहान्छ: नेता महर

    कांग्रेस जनताको मन जितेर मत जित्न चाहान्छ: नेता महर

    कञ्चपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस जनताको मन जितेर मत जित्ने अभियानमा लागेको बताएका छन्। नेपाली कांग्रेसले स्थानीय निर्वाचन लक्षित एक महिने अभियानको अघिल्लो दिन कंचपुरको महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन्।

    ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानका लागि कञ्चनपुर पुगेका नेता महरले जनताको मन जित्न सके मत आफै प्राप्त हुने दाबी गरेका छन्। ‘कांग्रेस देशको जिम्मेवार पार्टी हो। कम्युनिस्टले दुई तिहाइको सरकार बनाएर पनि केही गर्न सकेनन्। देश अप्ठ्यारो अवस्थामा पुग्दा कांग्रेसले नै सत्ता सम्हाल्नुपर्‍यो,’उनले भने।

    ‘निशुल्क स्वास्थ्य , शिक्षा संगै सर्वशुलभ यातायात, संन्चार र उद्यमशिलता ( रोजगार , जनताको अधिकार , कांग्रेसको सरकारको आफ्नो एजेण्डा पार्टीमा प्रवेश गरेकोले यसको कार्यान्वयन तर्फ लाग्नु आजको प्रमुख आवश्कता रहेको बताउदै उनले कांग्रेसलाई जन-जनको मन(मनको पार्टी बनाउनुपर्ने धारणा राखेका छन्।

    एमालेले गफतन्त्रको बाटो अंगालेर लोकतन्त्रको बाटो भुलेको महरको आरोप छ। त्यस्तै अन्य राजनीतिक दलहरूको अस्थिरतालाई पनि जनताले देखेकाले कांग्रेस नै विश्वासिलो पार्टी भएको उनले दाबी गरे।

    हामी प्रत्येक वडामा पुगेर जनतालाई कांग्रेसले गरेका सकरात्मक कर्मका बारेमा जानकारी गराउने छौं। हामी धेरै बोल्दैनौं। भ्रमको खेति पनि गर्दै नौं। कांग्रेस देशको जिम्मेवार पार्टी हो। त्यसैले जिम्मेवारी पूर्ण ढंगले अगाडि बढ्नुपर्छ। हाम्रा काम, कर्म र अभिव्यक्ति पनि जिम्मेवार हुनुपर्छ,’ उनले भने। महरले जनताको मन जित्न सके मात्रै नेपालमा लोकतन्त्र सुरक्षित हुने बताएका छन्।

    केही कारणवस चाहे अनुरुप काम गर्न नसके पनि कांग्रेसले आफ्नो अभिभारा नभुलेको उनले बताए। जनताले दुई तिहाइका साथ विजयी गराए कांग्रेसलाई आफ्नो अभिभारा पुरा गर्न सहज हुने महरको भनाइ छ।

    ‘हामी मजुदुरको घरमा पुग्ने छौं। बुद्धिजिवीका बिचार सुन्ने छौं। जनताका अपेक्षा सुन्ने छौं। कांग्रेसका योजना सुनाउने छौं। अब हामी जनतासँग हुने छौं,’ उनले भने। राजनीति जनताका लागि गरिने भएकाले कांग्रेस जनताको घरदैलोमा पुग्न चाहेको महरको भनाइ छ।

    घरघर जाऔं, कांग्रेस जिताऔं अभियान अन्तर्गत केन्द्रीय नेताहरू ७७ वटै जिल्ला, ७ सय ५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वटै वडामा पुग्ने भएका छन्।

  • धनुषा कांग्रेसकाे सभापतिमा पजियार निर्वाचित, काेइराला-निधि मिल्दा संस्थापन पराजित

    धनुषा कांग्रेसकाे सभापतिमा पजियार निर्वाचित, काेइराला-निधि मिल्दा संस्थापन पराजित

    काठमाडौं । नेपाली कांग्रेस धनुषाको सभापतिमा याेगेन्द्र पजियार निर्वाचित भएका छन् ।

    दाेस्राे चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार सन्ताेष यादवलाई फराकिलो अन्तरले पराजित गर्दै पजियार सभापतिमा निर्वाचित भएका हुन् ।

    उनी नेता विमलेन्द्र निधिका निकट हुन् । यादवलाई भने सभापति शेरबहादुर देउवा, सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना लगायतको समर्थन थियाे ।

    पहिलो चरणमा तेस्रो भएका डा.शेखर काेइराला पक्षका नेता दिनेश पर्सैलाले दाेस्राे चरणको मतदानमा पजियारलाई समर्थन गरेका थिए ।

    सभापतिमा निर्वाचित पजियारले १ हजार ७ सय ३५ मत ल्याउँदा यादवले १ हजार ४६ मत ल्याए ।

    दाेस्राे चरणको निर्वाचनमा पजियारलाई केन्द्रीय नेताहरु रामकृष्ण यादव, डा.चन्द्रमाेहन यादव लगायतको समर्थन थियोे ।

    सभापतिमा निर्वाचित    पजियार  धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाकाे मेयरसमेत हुन् ।

  • ७७ वटै जिल्ला पुगे कांग्रेसका केन्द्रीय नेता, चुनावी अभियान हाँक्न को कहाँ ? (सूचीसहित)

    ७७ वटै जिल्ला पुगे कांग्रेसका केन्द्रीय नेता, चुनावी अभियान हाँक्न को कहाँ ? (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचन लक्षित एक महिने अभियान आइतबारदेखि सुरु गर्दैछ ।

    ७७ वटै जिल्ला, ७ सय ५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वटै वडामा हुने ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानका लागि कांग्रेसका केन्द्रीय नेताहरु धमाधम जिल्ला पुगेका छन् ।

    कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई अभियानको प्रतिनिधिका रुपमा खटाएको छ । केन्द्रीय प्रतिनिधिहरुलाई अभियानको उद्घाटनभन्दा २ दिनअघि नै सम्बन्धित जिल्लामा पुग्न कांग्रेसले निर्देशन दिएको थियो । सोही अनुसार प्रतिनिधिहरु खटाइएको जिल्लामा पुगेका छन् ।

    अधिकांश जिल्लामा केन्द्रीय प्रतिनिधिहरुले जिल्ला कार्यसमितिको बैठकमा सहभागिता समेत जनाइसकेका छन् ।

    कांग्रेसको १ महिने अभियान अन्तर्गत मुख्यतः वडा र टोल केन्द्रीत कार्यक्रमहरु हुँदैछन् । जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरु सम्बन्धित जिल्लामा रहेका सबै पालिकामा पुग्नैपर्ने सर्कुलर कांग्रेसले जारी गरेको छ ।

    अभियान अन्तर्गत टोल समितिहरुको गठन, प्रशिक्षण, नयाँ मतदातालाई तालिम, पार्टीको नेतृत्वमा भएका कामहरुको प्रचार तथा नेकपा नेतृत्वको अघिल्लो सरकारका कामहरुको भण्डाफोर गरिने कांग्रेसले जनाएको छ ।

    अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा पर्वत पुगेकी कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले अभियान घोषणा लगत्तै कांग्रेसको तल्लो तहसम्म उत्साहको सञ्चार भएको बताइन् । ‘पर्वत आइपुग्दा यहाँका साथीहरु निकै उत्साहित पाएको छु । पार्टीले दिएको जिम्मेवारी अनुसार सबै कार्यक्रमहरु गर्छौ । १ महिने अभियानले कांग्रेसलाई नयाँ ऊर्जा दिने संकेत पाइसकेको छु’, गौतमले नेपाल प्रेससँग भने ।

    अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केन्द्रीय प्रतिनिधिका रुपमा मुस्ताङ पुगेका छन् । अभियानले हिमाली जिल्लाहरुमा कांग्रेसको पुरानो साख फर्काउन मद्दत गर्ने शिवाकोटीको भनाई छ ।

    अभियानका लागि सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा केन्द्रीय सदस्य मधु आचार्य, उपसभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा केन्द्रीय सदस्य मानबहादुर नेपाली, उपसभापति धनराज गुरुङको गृहजिल्ला स्याङ्जामा केन्द्रीय सदस्य प्रदीप पौडेल, महामन्त्री विश्वप्रकाश शर्माको गृहजिल्ला झापामा केन्द्रीय सदस्य उमेशजंग रायामाझी खटिएका छन् ।

    काठमाडौंमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, भक्तपुरमा केन्द्रीय सदस्य जितजंग बस्नेत र ललितपुरमा केन्द्रीय सदस्य अम्बिका बस्नेत प्रतिनिधिका रुपमा खटाइएका छन् । ७७ वटै जिल्लामा खटाइएका कांग्रेस नेताहरुको सूची–