Category: नेपाली कांग्रेस

  • शशांक कोइरालालाई पत्र पठाउँदै निर्वाचन आयोगले भन्यो- सात भित्र जवाफ दिनू

    शशांक कोइरालालाई पत्र पठाउँदै निर्वाचन आयोगले भन्यो- सात भित्र जवाफ दिनू

    काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा‍ शशांक कोइरालालाई एक साता भित्र जवाफ पठाउन पत्राचार गरेको छ ।

    कोइरालाले विभिन्न सञ्चारमाध्यममार्फत २०७४ सालको निर्वाचनमा ६ करोड रुपैयाँ आफूले खर्च गरेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले कोइरालासँग जवाफ मागेको हो ।

    आयोगले भनेको छ, ‘त्यस विषयमा के कसो भएको हो ? सात दिन भित्र आयोगमा जवाफ पठाउन ध्यानाकर्षण गराइएको छ ।’

    आयोगकाअनुसार २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा नवलपरासी बर्दघाट सुस्ता पूर्वको निर्वाचन क्षेत्र नम्बर एकबाट निर्वाचित उम्मेदवार कोइरालाले आयोगसमक्ष २१ लाख ७५ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेको पाइएको छ ।

    आयोगका अनुसार आयोगले २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने प्रावधान रहेको पनि स्मरण गराएको छ ।

  • घोडाघोडी नगरपालिकामा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

    घोडाघोडी नगरपालिकामा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा नेपाली काँग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको पार्टीको नगर कमिटीको पूर्ण बैठकले स्थानीय निर्वाचनमा घोडाघोडीमा गठबन्धन नगर्ने निर्णय गरेको हो ।

    कांग्रेस एक्लै बलियो भएकोले चुनावी गठबन्धन नगर्ने निर्णय भएको पाटीले जानकारी दिएको छ ।

    महाधिवेशन प्रतिनिधि, प्रदेश, जिल्ला सदस्यहरू, १२ का सभापति र नगर भरीका क्रियाशील सदस्यहरूसँग बृहत् छलफल गर्दा उनीहरू सबैको राय गठबन्धनको विपक्षमा देखिएको भन्दै गठबन्धन नगर्ने निर्णय गरेको नगर सभापति बम बहादुर सिंहले जानकारी दिए ।

    आउँदै गरेको आसन्न निर्वाचनमा गठबन्धन गरेर पदीय भागबन्डा गर्दा सिङ्गो नेपाली कांग्रेसमा प्रतिकुल असर पर्ने उनले बताए । घोडाघोडीमा कांग्रेस आफैमा बलियो भएको र एक्लै चुनाव जित्न सकिने उनले बताए ।

    घोडाघोडी नगर समितिले उक्त निर्णयलाई केन्द्रीय कार्यालय सानेपा, जिल्ला कार्यालय धनगढी, क्षेत्रीय कार्यालय र प्रदेशसभा क्षेत्र नम्बर ३ (ख) कार्यालय घोडाघोडीलाई पठाइएको पनि उनले बताए ।

  • भरतपुरको मेयरमा कांग्रेसका २५ जना दाबेदार, मन्त्रीदेखि केन्द्रीय सदस्यसम्मले दिए निवेदन

    भरतपुरको मेयरमा कांग्रेसका २५ जना दाबेदार, मन्त्रीदेखि केन्द्रीय सदस्यसम्मले दिए निवेदन

    भरतपुर । चितवनको भरतपुर महानगर पालिकाको मेयर बन्न नेपाली कांग्रेसबाट २५ जना आकांक्षी देखिएका छन् ।

    कांग्रेसको भरतपुर महानगर समितिले हिजो र आज २ दिन महानगरको प्रमुख र उपप्रमुखमा उम्मेदवार बन्न चाहनेहरूलाई निवेदन दिन आह्वान गरेको थियो । जसअन्तर्गत आइतबार १३ र सोमबार १२ गरी २५ जनाले मेयरमा औपचारिक दाबी गरेका छन् ।

    मेयर दाबी गर्नेमा कांग्रेस केन्द्रीय सदस्यदेखि बागमती प्रदेशका मन्त्रीसमेत रहेका छन् । भरतपुरको मेयर बन्न कांग्रेस केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ र दिनेश कोइरालाले आकांक्षा राखेका छन् ।

    बागमती प्रदेशका उद्योग मन्त्री मिलनबाबु श्रेष्ठले पनि भरतपुरको मेयरका लागि पार्टीभित्र निवेदन हालेका छन् । सभापति शेरबहादुर देउवानिकट श्रेष्ठ १४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए ।

    भरतपुर महानगरको मेयर बन्न कांग्रेसभित्र निवेदन दिनेमा निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्व सांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, महानगर पूर्व सभापति भरत अधिकारी, पूर्व जिल्ला कोषाध्यक्ष शंकर कँडेल, वर्तमान उपमेयर पार्वती शाह ठकुरी लगायत छन् ।

    त्यस्तै नीलकण्ठ रिजाल, रामप्रसाद अधिकारी, तारानाथ पौडेल, विजय शर्मा भुसाल, दिर्घमान श्रेष्ठ, गौरीकुमारी श्रेष्ठ, मिनाकुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, प्रकाश अधिकारी, डा. केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, डा. सूर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दुवाडीले पनि मेयरको उम्मेदवार बन्न दाबी प्रस्तुत रहेका छन् ।

    कांग्रेसको भरतपुर महानगरका प्रवक्ता ईश्वर प्रभाकर श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय समिति र जिल्ला समितिको परिपत्र अनुसार संकलन गरिएको निवेदनकै आधारमा उम्मेदवार चयनका लागि सिफारिस गरिनेछ । चितवन कांग्रेसले मेयरको प्रत्याशी छनोटका लागि आन्तरिक प्रक्रिया अगाडि बढाए पनि चुनावी तालमेलका क्रममा भरतपुरको मेयर कसको भागमा पर्ने टुङ्गो लागिसकेको छैन ।

    नेकपा माओवादी केन्द्रले भरतपुरको मेयरमा दाबी गर्दै आएको छ । चितवनका कांग्रेस नेताहरूले भने भरतपुरको मेयर छाडेर चुनावी तालमेल सफल नहुने बताउँदै आएका छन् ।

    भरतपुर महानगरको उपमेयरतर्फ भने चितवन कांग्रेसबाट २४ जना दाबेदार देखिएका छन् । महानगर समितिमा उपमेयर पदका लागि टंकनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, पूर्ण बहादुर गुरुङ, राजिब न्यौपाने, वीरेन्द्र के सी, भूपतिदास सापकोटा, केदारनाथ बराल र रवि भद्र शर्मा खनालको दाबी छ ।

    यस्तै निर्मलराज पौडेल, सुरवीर पोख्रेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्य नाथ अधिकारी, गीता गुरुङ, बिनु रायमाझी पौडेल , विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र विदुर केसी दाबी पेस गरेका छन् ।

    नेपाली काङ्ग्रेसको केन्द्रीय निर्देशन र चितवन जिल्लाको परिपत्र अनुसार भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उपप्रमुख पदको लागि मनोनयन दर्ता गरिएको हो ।

    सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दै छ ।

  • देउवाले बोलाए कार्यसम्पादनको बैठक, घोषणापत्र टुंगो लगाउने

    देउवाले बोलाए कार्यसम्पादनको बैठक, घोषणापत्र टुंगो लगाउने

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत ३० गते बुधबार बस्ने भएको छ ।

    सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचनको घोषणापत्र लगायतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

    बुधबार दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीति र विविध विषयमा पनि छलफल हुने बताइएको छ ।

  • कांग्रेस नेता कोइरालासँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    कांग्रेस नेता कोइरालासँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्च विवरणबारे स्पष्टीकरण दिन नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ ।

    नवलपरासी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कोइरालाले आयोगमा २१ लाख ७५ हजार खर्च भएको विवरण बुझाए पनि सार्वजनिक कार्यक्रममा चुनावमा ६ करोड खर्च गरेको अभिव्यक्ति दिएको भन्दै आयोगले ७ दिनभित्र स्पष्ट पार्न निर्देशन दिएको हो ।

    कोइरालाले हालै नेविसंघको एक कार्यक्रममा निर्वाचन खर्च महँगो हुँदै गएको र आफूले अघिल्लो निर्वाचनमा ६ करोड खर्च गर्नुपरेको बताएका थिए ।

  • विराटनगरको मेयरमा हाई प्रोफाइलको आकर्षण, कांग्रेसका दुई केन्द्रीय सदस्य नै मैदानमा

    विराटनगरको मेयरमा हाई प्रोफाइलको आकर्षण, कांग्रेसका दुई केन्द्रीय सदस्य नै मैदानमा

    विराटनगर । आसन्न स्थानीय तहको चुनावमा विराटनगर महानगरपालिकाको मेयरमा हाई प्रोफाइलका नेताहरुको आर्कषण बढेको छ । यहाँ नेपाली कांग्रेसबाट मेयरको उम्मेदवारीका लागि केन्द्रीय सदस्यद्वय डिला संगौला र अमृत अर्यालले समेत दाबेदारी प्रस्तुत गरेका छन् ।

    वैैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले जिम्मेवारी दिएको खण्डमा आफूहरु मेयर पदका लागि लड्न तयार रहेको उनीहरुले बताएका छन् । उनीहरु दुवैजना कांग्रेसको संस्थापन पक्षका हुन् । र उनीहरु प्रतिनिधिसभा सदस्यसमेत हुन् ।

    संगौलाले भनिन्, ‘मलाई पार्टीले मेयर पदको लागि अनुमोदन गर्छ भने म त्यो जिम्मेवारी लिन तयार छु ।’ विराटनगरको मेयर भएर विकासको स्वरुप फेर्न काममा आफू लाग्ने संगौलाले बताइन् ।

    अर्को केन्द्रीय सदस्य अर्यालले पनि आफूलाई पार्टीले मेयरको टिकट दिएको खण्डमा चुनाव लड्न तयार रहेको बताए । ‘पार्टीले दिएको जिम्मेवारी बहन गर्न म तयार छु’, अर्यालले भने ।

    त्यस्तै संस्थापन पक्षकै बहालबाला मेयर भीम पराजुली पनि मेयर पदको आकांक्षी रहेका छन् । यसबाहेक डा शेखर कोइराला पक्षबाट मोरङ उपसभापति नागेश कोइराला, उपप्रमुख इन्दिरा कार्कीलगायतका नेताहरू दाबेदार छन् ।

    विराटनगर महानगरमा एक्लै चुनावमा जाने निर्णय गरेको नेपाली कांग्रेस नगर समितिले महानगरको प्रमुख तथा उपप्रमुखको नाम सिफारिसका लागि आज बैठक बस्ने तयारी भइरहेको नगर सचिव तेजेन्द्र भट्टराईले जानकारी दिए ।

    २०७४ सालको निर्वाचनमा विराटनगरमा काँग्रेसले १९ नम्बर वडासहित ८ वटा वडा जितेको छ भने संघीय समाजवादी फोरमले ६, एमालेले ३, माओवादीले १ र स्वतन्त्र उम्मेदवार १ जनाले निर्वाचन जितेका थिए । अघिल्लोपटक कांग्रेस र राप्रपा एक्लै चुनावमा होमिएका थिए भने एमाले र फोरम लोकतान्त्रिक तथा माओवादी र संघीय समाजवादीबीच गठबन्धन बनेको थियो ।

    त्यसबेला कांग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी बने ।

    एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा होमिएका एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका थिए । यस्तै माओवादी र संघीय समाजवादीको तर्फबाट संयुक्त उम्मेदवार बनेका उमेशकुमार यादवले १४ हजार ९ सय ५८, राप्रपाका प्रहलादप्रसाद साहले ५ हजार ५ सय २४ मत पाएका थिए ।अन्य उम्मेदवारको जम्मा मत ३ सय ६४ रहेको छ ।

    कांग्रेसले केन्द्रको सहमति तोड्न खोजेको माओवादीको आरोप

    आउँदो स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने केन्द्रको निर्णयलाई प्रदेशमा कार्यान्वयन गर्न आनाकानी गरेको रिपोर्ट नेकपा माओवादी केन्द्र प्रदेश कमिटिले केन्द्रमा पठाएको छ ।

    माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेतीका अनुसार गठबन्धन गर्नेबारे छलफल तथा बैठकमा कांग्रेस उदासिन भएजस्तो देखिएको सुझाव केन्द्रलाई पठाइएको हो ।
    पार्टीले स्थानीय तहको अवस्था तथा गठबन्धनको अवस्थाबारेमा ठोस सुझाव पेश गर्न आग्रह गरेअनुसार सुझाव पेश गरिएको उप्रेतीले जानकारी दिए ।
    अध्यक्ष प्रचण्डलाई सम्बोधन गरेर पठाइएको पत्रमा केन्द्रको सर्कुलर अनुसार ५ वटा कमाण्ड बनाएर चुनाव परिचालन अभियान प्रदेशभरी संचालन गरिएको पनि उल्लेख छ ।
    नेपाली कांग्रेस विराटनगर महानगर समितिले आगामी स्थानीय चुनावमा विराटनगरमा कुनै पनि गठबन्धन आवश्यक नरहेको भन्दै एक्लै चुनावमा जाने निर्णय यसअघि नै गरिसकेको छ ।

  • दैलेखको नारायण मेयर-उपमेयरका लागि कांग्रेस एक्लैले तयार पार्‍यो सूची

    दैलेखको नारायण मेयर-उपमेयरका लागि कांग्रेस एक्लैले तयार पार्‍यो सूची

    सुर्खेत । नेपाली काँग्रेसले दैलेखको पुरानो नगरपालिका नारायण नगरपालिकामा मेयरमा १४ र उपमेयरमा २ जनाको सूची तयार पारेको छ ।

    नगर कार्यसमितिको आइतबार बसेको बैठकले दाबेदारहरूको नामावली तयार पारेको हो । कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले कर्णालीका सत्तारुढ दलहरूबीच सहमति भइनसकेको बताए पनि यस नगरपालिकामा कांग्रेसले आकांक्षी उम्मेदवार सिफारिस गरेको हो ।

    नारायण नगरपालिकामा मेयरका लागि मनोजकुमार थापा, टेकबहादुर कटुवाल, यामबहादुर मल्ल, गणेशकुमार श्रेष्ठ, प्रकाश न्यौपाने, रेशम विक, भुपेन्द्र शाही, खेमराज केसी, गणेशप्रसाद उपाध्याय, पूर्णबहादुर मल्ल, वासना थापा, कृष्णबहादुर थापा, बखतबहादुर कटुवाल र निर्मलाकुमारी खड्काले दाबी गरेका छन् ।

    उपमेयरका लागि नानपा-६ की मोहनमाया प्याकुरेल र वडा नम्बर २ की प्रभा सिजापतिले दाबी गरेकी छन् ।

    तर, केही दिनअघि कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले चार दलबीच तालमेल गर्ने भनेर हस्ताक्षर गरे पनि कांग्रेस दैलेखमा गठबन्धनको सन्दर्भमा नेता-कार्यकर्ता दुई धारमा देखिएका छन् ।

    अन्य पालिकामा पनि यसरी नै उम्मेदवार तयार पार्ने तयारी भइरहेको दैलेख कांग्रस स्रोतले बताएको छ ।

  • जुम्ला कांग्रेसमा रडाको, सभापतिले निरंकुश शैलीमा तालमेलको निर्णय गरेको आरोप

    जुम्ला कांग्रेसमा रडाको, सभापतिले निरंकुश शैलीमा तालमेलको निर्णय गरेको आरोप

    सुर्खेत । नेपाली कांग्रेस जुम्लाका सभापति कर्णबहादुर शाहीले चैत २२ र २३ गते बसेको जिल्ला कार्यसमितिको वैठकको मर्म र भावनाविपरीत चुनावी तालमेल गर्ने निर्णय गरेको भन्दै नेता कार्यकर्ता आक्रोशित भएका छन् ।

    उपसभापति कार्मा बुढा, दीपक शाही, सचिव लक्ष्मण शाही, अर्जुनसिंह कठायत गोल्डेन, सहसचिव नन्दप्रसाद चौलागाई, धनेन्द्र बोहरा, क्षेत्रीय सभापतिहरू लछिमन बोहरा र कालीबहादुर बुढाले विज्ञप्ति निकाल्दै कांग्रेस एक्लै चुनावमा लड्ने कार्यकर्ताले गरेको निर्णयविपरीत सभापति शाहीले मनमौजी गरेको आरोप लगाइएको छ ।

    केन्द्रीय समितिले आवश्यकता र औचित्यको आधारमा गठबन्धनमा रहेका दलहरूसँग गठबन्धन गर्न सकिने भनेकोमा जुम्लाका ६० वडा सभापति, ८ पालिका सभापति, २ क्षेत्रीय सभापति साथै कार्यसमितिका सात ७ जना पदाधिकारीसहित ७७ जनाको रायसुझाव अनुसार चैत २२ र २३ मा जिल्ला कार्य समितिको पूर्णबैठकले गठबन्धन नगर्ने भनी सर्वसम्मत निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘उक्त निर्णयको मर्म र भावनाविपरीत सभापती कर्णबहादुर शाहीले पार्टीभित्र आन्तरिक छलफल नगरी एकल रूपमा गठबन्धन दलहरू सँग बैठक बसी जुम्ला जिल्लामा गठबन्धन गर्ने भनी गरिएको निर्णयप्रति हाम्रो गम्भीर आपत्ति र असहमति छ’, चुनावी तालमेलप्रति असन्तुष्ट कांग्रेसी नेताहरूको विज्ञप्तिमा भनिएको छ ।

    सभापति शाहीले निरंकुश शैलीमा सहमति गरेको भन्दै विज्ञप्तिका भर्त्सना गरिएको छ ।

    विज्ञप्तिमा लेखिएकव छ, ‘जुम्ला जिल्लामा नेपाली काग्रेस आउने स्थानीय तहको निर्वाचनमा एक्ला एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने कुराको सहर्ष जानकारी गराउँदछौं ।’

  • इटहरीमा गठवन्धनबाट नेकपा एसले मेयरको टिकट पाउने चर्चाले कांग्रेस तरङ्गित

    इटहरीमा गठवन्धनबाट नेकपा एसले मेयरको टिकट पाउने चर्चाले कांग्रेस तरङ्गित

    इटहरी । गत बुधवार इटहरी कांग्रेस सचिव विक्रम घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गरे । उनले लेखे, ‘पिपुल टेस्टेड नभै मेरो जनमत यत्ति छ भन्नु हास्यास्पद मात्रै हो ।’

    अलिकति घुमाउरो भाषामा भनिएको यो पोस्टलाई इटहरीमा नेपाली कांग्रेसले मेयरको टिकट नपाएर नेकपा एसले पाउने गाँइगुइँमा आएको असन्तुष्टि हो ।

    घिमिरेले इटहरीमा नेकपा एसले मेयर टिकट पाउने गाँइगुइँ आएपछि घिमिरे जस्तै धेरै इटहरी कांग्रेसका नेता कार्यकर्ताहरू तरङ्गित भएका छन् ।

    गत चैत २३ गते सुनसरीमा पाँच दलको जिल्ला बैठक बसेर गठबन्धन गर्ने कुरा सार्वजनिक भएपछि सुनसरी क्षेत्र नम्बर २ (१) का सभापतिका प्रत्याशी धनबहादुर पुरीले आफ्नो आपत्ति सार्वजनिक रूपमै व्यक्त गरेका छन् ।

    इटहरीको मेयर गठबन्धनका अन्य साना दललाई दिन नहुने भन्दै पुरीले शुक्रवार लेखेका थिए, ‘गठबन्धनको नाममा इटहरीको मेयर कुनै दललाई दिए भने हामी चुप लागेर बस्दैनौँ । २०७४ का इटहरीको मतको आधारमा माओवादीलाई उपमेयर र नेकपा एसलाई एउटा वडाध्यक्षसम्म दिनु ठिक हो बाँकी प्रमुख पदमा दाबी गर्न इटहरीमा माओवादी र नेकपा एसको हैसियत अहिले पुग्दैन ।’

    माधव नेपालको पटक पटकको इटहरी आगमन, इटहरीमा भएका नेकपा एसका तारनतारका प्रदेश स्तरीय कार्यक्रम र नेकपा एसमा इटहरीका हेभिवेट पूर्व एमाले नेता भएकोले इटहरीको मेयर नेकपा एसको भागमा पर्ने हल्ला भूसतहमा चलेको छ ।

    खास गरी राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव भइसकेका नेकपा एसका केन्द्रीय नेता केशव कुमार विष्टले मेयरको टिकट पाउने चर्चा भएपछि इटहरी कांग्रेसमा तरङ्ग आएको हो ।

    कतिपय नेकपा एसका नेताहरू भने अन्तिम समयमा मेयरमा एमालेबाट टिकट नपाएमा द्वारिकलाल चौधरी टिकट पाएमा एसको मेयर उम्मेदवार हुने सम्भावना रहेको बताउँछन् ।

    इटहरी एमालेबाट मेयरका सम्भावित नाम रेवती रमण भण्डारी, याम सुब्बा र लक्ष्मी गौतम हुन् । २१ सय प्रतिनिधि भएको नेकपा एमालेको सुनसरी जिल्ला अध्यक्षमा ८० मत मात्रै ल्याएपछि चौधरीले लोकप्रियतामा प्रश्न उठाउँदै उनको टिकटको सम्भावना एमालेबाट नभएको चर्चा चलेको छ ।

    तर नेकपा एसले टिकट दिने पक्का भएमा उनी एमाले परित्याग गर्न तयार रहेको बुझिएको एक नेताले बताए ।

    कांग्रेसका एक नेता भन्छन्— इटहरीमा माधव नेपालको पार्टीले भागवण्डामा मेयरको टिकट लान सक्ने चर्चा मैले पनि सुनेको छु । तर, त्यसो भयो भने इटहरी कांग्रेसमा व्यापक असन्तुष्टि हुनेछ ।

    गत स्थानीय चुनावमा इटहरी कांग्रेसले सभापति हेमकर्ण पौडेललाई मेयरको टिकट नदिएपछि सडकमा आन्दोलन नै भएको प्रसङ्ग सुनाउँदै भने, ‘आफ्नै पार्टीको लोकप्रिय नेताले टिकट नपाउँदा आन्दोलन गर्ने इटहरी कांग्रेसका नेता कार्यकर्ता पङ्क्तिले नयाँ र धेरै सानो पार्टीको नेतालाई मेयर स्वीकार गर्न सक्दैनन् ।’

    २०७४ असार १४ गतेको स्थानीय तहको चुनावमा इटहरीका २० वडामा १२ वडामा अध्यक्ष नेपाली कांग्रेससले जितेको थियो भने मेयरमा २७०५ मतले हारेको थियो ।

    पछिल्लो चुनावमा एमालेका द्वारिकलाल चौधरीले २२६८९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रोहित प्रसाईँले १९९८५ मत ल्याएका थिए । तेस्रो मत ल्याएका थिए राप्रपाका मेयर उम्मेदवार रोहित कुमार कार्की थिए । ३७१५ मत ल्याएका कार्की एमाले प्रवेश गरेका छन् ।

    नेकपा माओवादीको जनमत चौथौँ भएको पछिल्लो स्थानीय चुनावमा माओवादीकी मेयर उम्मेदवार हरिमाया जिमीको मत ३३६४ आएको थियो ।

  • काठमाडौं महानगरको मेयरमा गठबन्धनबाट सिर्जना सिंह ‘क्लोज टु कन्फर्म’

    काठमाडौं महानगरको मेयरमा गठबन्धनबाट सिर्जना सिंह ‘क्लोज टु कन्फर्म’

    काठमाडौं । नेपाली कांग्रेसकी महासमिति सदस्य सिर्जना सिंहले गत चैत २ गते सामाजिक सञ्जालमार्फत ‘काठमाडौंको मुहार बदल्न अब महिला मेयर बनाउनुपर्ने’ धारणा सार्वजनिक गरिन् ।

    काठमाडौं महानगरमा बाँकी रहेका सुधारका काम गर्न र व्यवस्थित सहर बनाउन ‘महिला मेयर हेरौ’ भन्ने सिर्जनाको प्रस्ताव सामान्य चर्चाका लागि मात्रै थिएन । सिर्जनाको धारणाप्रति प्रतिक्रिया दिने अधिकांशले ‘आफैं अगाडि बढ्न’ सुझाव दिएका थिए ।

    कुनैबेला विद्यार्थी राजनीतिमा सक्रिय रहेकी सिर्जना वैवाहिक जीवनमा प्रवेश गरेसँगै सक्रिय राजनीतिको अग्रभागमा देखा परिनन् । लौहपुरुष गणेशमान सिंहको परिवारमा बुहारीका रूपमा भित्रिएपश्चात सिर्जनाले ससुरा गणेशमान, सासु मंगलादेवी र श्रीमान् प्रकाशमानको सक्रिय राजनीतिमा महत्वपूर्ण सारथीको भूमिका निर्वाह गरिन् ।

    कुनैबेला शंकरदेव क्याम्पसको स्ववियु कोषाध्यक्षमा वर्तमान ऊर्जामन्त्री पम्फा भुसाललाई पराजित गरेकी सिर्जना गोरखामा बहुदल प्रचार महिला समितिको संयोजक नै रहेकी थिइन् । नेविसंघको सक्रिय राजनीतिको पृष्ठभूमि भएकी सिर्जना अब पार्टीको सक्रिय राजनीतिमा पाइला चाल्दैछिन् ।

    विद्यार्थी राजनीतिदेखि नै आफूले देखाएको सक्रियता र योगदानका आधारमा सिर्जनाले पहिचान खोजेकी छिन् । ‘म सिंह परिवारको बुहारी त हुँ तर राजनीतिमा त म पहिलेदेखिनै सक्रिय हुँ । कसैको बुहारी वा श्रीमती भएका कारण होइन राजनीतिमा मेरै योगदानका कारण स्थापित हुन चाहन्छु’, निकटस्थहरूसँग सिर्जनाले भन्ने गरेकी छिन् ।

    काठमाडौं क्षेत्र नम्बर ७ बाट १४ औं महाधिवेशनमा निर्विरोध महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी सिर्जनाको नजर अब काठमाडौं महानगरपालिकाको मेयरतर्फ छ । काठमाडौंमा सिंह परिवारको राजनीतिक शक्ति बुझेकाहरू ‘चाहेकै भए सिर्जना मेयर हुने’ ठोकुवा गर्छिन् । सामाजिक सञ्जालमा सिर्जनाको गतिविधि र अभिव्यक्ति हेर्दा महानगरको मेयर हाँक्न उनले कम्मर कसेको तथ्य स्वतः पुष्टि हुन्छ ।

    गत चैत २२ गते नेपाल महिला संघ काठमाडौं जिल्ला समितिको बैठकले सिर्जना सिंहलाई काठमाडौंको मेयर बनाउनुपर्ने सर्वसम्मत निर्णय गरिसकेको छ । महिला संघकी जिल्ला अध्यक्ष विष्णुदेवी पुडासैनी महानगरको नेतृत्व लिन महिलाहरू सक्षम रहेको र सिर्जना सिंह त्यसका लागि उपयुक्त पात्र भएको दाबी गर्छिन् ।

    ‘हामी राजनीतिक नेतृत्वमा महिलाहरू स्थापित हुनुपर्छ भन्ने अभियानमै छौं । काठमाडौंजस्तो देशकै सबैभन्दा ठूलो महानगरमा महिलालाई नेतृत्व दिँदा कांग्रेसका लागि पनि राम्रो हुन्छ । त्यसैले हामीले सिर्जना सिंहलाई मेयरको उम्मेदवार बनाउन पार्टी नेतृत्वसँग माग गरेका हौं’, पुडासैनीले नेपाल प्रेससँग भनिन् ।

    महिला संघको जिल्ला समितिले सिर्जनालाई भेटेरै काठमाडौंको मेयरको उम्मेदवार बन्न आग्रह गरिसकेका छन् । उनीहरूसँगको भेटमा सिर्जनाले आफू नेविसंघ र महिला संघको राजनीतिक पृष्ठभूमिबाट आएको भएपनि महानगरकै मेयर लड्नेबारे सोचिनसकेको बताएकी थिइन् । यद्यपि ट्वीटरमा आफूलाई मेयर लड्न आग्रह गरिएको बारेको समाचार सेयर गर्दै सिर्जनाले उपयुक्त परिस्थिति बने अगाडि बढ्ने संकेत गरिसकेकी छिन् ।

    सिर्जनाको उम्मेदवारी ‘क्लोज टु कन्फर्म’

    नेपाली कांग्रेसले आसन्न स्थानीय निर्वाचनमा गठबन्धनमा रहेका दलहरूबीच तालमेल गर्ने निर्णय गरिसकेको छ । तालमेलको निर्णयपछि भरतपुर महानगरपालिका जति चर्चामा छ काठमाडौं महानगर त्यत्ति चर्चामा छैन । यद्यपि अघिल्लो निर्वाचनको शक्तिका आधारमा काठमाडौंको मेयरमा कांग्रेसको दाबी सशक्त देखिन्छ ।

    नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठको नाम पनि काठमाडौंको मेयरका लागि चर्चामा छ तर शीर्ष तहमा काठमाडौं कांग्रेसले नै राख्ने लगभग ‘सहमति’ भइसकेको छ । कांग्रेसको भागमा काठमाडौंको मेयर पर्नासाथ पूर्वमहामन्त्री प्रकाशमान सिंहको चासो बढ्ने देखिन्छ ।

    १४ औं महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको निर्वाचनअघि सिंहले शेरबहादुर देउवालाई समर्थन दिएका थिए । सिंहकै साथमा सभापतिमा दोहोरिएका देउवा काठमाडौंका हकमा प्रकाशमानको ‘इच्छाविपरीत’ जाने अवस्थामा छैनन् । यहीकारण उनले काठमाडौंबारे छलफल गर्न जाने आफ्नै गुटका नेताहरूलाई पनि ‘प्रकाशमानले भनेअनुसार हुन्छ’ भन्ने जवाफ दिने गरेका छन् ।

    १४ औं महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको निर्वाचनअघि सिंहले शेरबहादुर देउवालाई समर्थन दिएका थिए । सिंहकै साथमा सभापतिमा दोहोरिएका देउवा काठमाडौंका हकमा प्रकाशमानको ‘इच्छाविपरीत’ जाने अवस्थामा छैनन् ।

    केहीदिन अघि विभिन्न दलसम्बद्ध महिला नेतृहरूले प्रधानमन्त्री देउवासँग भेटेका थिए । आसन्न निर्वाचनमा गठबन्धनबाट बढीभन्दा बढी महिलालाई उम्मेदवार बनाउने माग गर्दै बालुवाटार पुगेका महिला नेतृसमक्ष देउवाले सूचना चुहाए । उनले काठमाडौंमा ‘सिर्जनालाई दिनुपर्ने’ बताएका थिए । ‘काठमाडौंमा सिर्जना छ’, देउवाले प्रष्ट भनेका थिए ।

    कांग्रेस सभापति देउवा नै कन्भिन्स भइसकेका कारण काठमाडौंको मेयरमा गठबन्धनबाट सिर्जना नै उम्मेदवार बन्ने पक्कापक्कीजस्तै भइसकेको कांग्रेस नेताहरू बताउँछन् ।

    ‘काठमाडौंको ग्राउण्डमा प्रकाशमान दाइले भनेअनुसार नै हुन्छ । सिर्जना भाउजुलाई मेयरको उम्मेदवार बनाउ सभापतिसहित धेरै नेता तयार हुनुहुन्छ’, देउवानिकट एक नेताले भने ।

    गणेशमानकी बुहारी, प्रकाशमानकी श्रीमती, खोज्दैछिन् व्यक्तिगत पहिचान

    नेपालको लोकतान्त्रिक आन्दोलनमा सिंह परिवारको योगदान चानचुने छैन । नेपाली कांग्रेसका संस्थापक नेता गणेशमानको चाक्सीबारीस्थित निवासकै आँगनबाट २०४६ सालको जनआन्दोलन घोषणा गरिएको थियो । चाक्सीबारीमा बुहारीका रूपमा भित्रिएपछि सिंह परिवारको पहिचान मिल्नु स्वभाविक नै हो । तर, त्यतिले मात्रै सिर्जनाको राजनीतिक योगदानलाई समेट्दैन ।

    विद्यार्थी राजनीतिदेखि नै आफूले देखाएको सक्रियता र योगदानका आधारमा सिर्जनाले पहिचान खोजेकी छिन् । ‘म सिंह परिवारको बुहारी त हुँ तर राजनीतिमा त म पहिलेदेखिनै सक्रिय हुँ । कसैको बुहारी वा श्रीमती भएका कारण होइन राजनीतिमा मेरै योगदानका कारण स्थापित हुन चाहन्छु’, निकटस्थहरूसँग सिर्जनाले भन्ने गरेकी छिन् ।

    सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय देखिने सिर्जनालाई धेरै शुभचिन्तकहरूले आफ्नै बुतामा अगाडि आउन सुझाव पनि दिने गरेका छन् । कांग्रेसको काठमाडौं महानगरका सचिव सुसन वैद्यले ‘मंगलादेवी र सिर्जनालाई नेता पत्नी मात्रै सम्झनु राजनीतिक महिला हिंसा भएको’ ट्वीटरमै लेखेका छन् । ट्वीटरमै अप्रिल केसीले सिर्जनालाई मेन्सन गर्दै लेखेका छन्- राजनीतिक योगदान नै नभएको होइन, उहाँ हामी सबैको अभिभावक हो ।

    यस्तो छ अंकगणित

    अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौ महानगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसले जितेका थिए । मेयरमा एमालेमा विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याउँदा कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका थिए ।

    मेयरमा राप्रपाले एमालेलाई र उपमेयरमा एमालेले राप्रपालाई सघाएका थिए । उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९ सय ५२ मत ल्याएर विजयी हुँदा राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत ल्याएका थिए । माओवादी उम्मेदवार सर्वोत्तम डंगोलले मेयरमा ७ हजार ९ सय ६ मत ल्याएका थिए ।

    अबको निर्वाचनमा चुनावी तालमेल हुँदा कांग्रेस, माओवादी र एमालेबाट विभाजित समाजवादीको मतले जित निश्चित हुने कांग्रेसको बुझाई छ । यद्यपि केही स्वतन्त्र उम्मेदवारहरूले कसको कति मत काट्छन् भन्ने विषयले पनि परिणाममा फेरबदल हुनसक्छ । किनकी अघिल्लो चुनावमा रन्जु दर्शना र किशोर थापाले ४२ हजार मत ल्याएका थिए ।

  • तालमेल नटुंगिदै भरतपुरको मेयरमा कांग्रेसको दरखास्त खुल्यो, पहिलो दिनमै १३ जनाको दाबेदारी

    तालमेल नटुंगिदै भरतपुरको मेयरमा कांग्रेसको दरखास्त खुल्यो, पहिलो दिनमै १३ जनाको दाबेदारी

    भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदको उम्मेदवार बन्न नेपाली कांग्रेसबाट १ दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् ।

    सत्तारुढ गठबन्धनभित्र भरतपुर महानगरपालिकाको नेतृत्व कसले लिने भन्ने टुंगो नलागेपनि कांग्रेसले प्रत्याशीहरूको ‘रोष्टर’ तयार गर्न इच्छुक उम्मेदवारहरूको निवेदन संकलन गरेको हो ।

    नेपाली कांग्रेस भरतपुर महानगर समितिले आज र भोलि २ दिनसम्म महानगरको प्रमुख र उपप्रमुखमा उम्मेदवार बन्न इच्छुक नेताहरूलाई निवेदन दिन समय दिएको छ । आज दिनभरमा प्रमुख र उपप्रमुखतर्फ १३-१३ जनाले निवदेन बुझाएका छन् ।

    भरतपुरको मेयरका लागि भरत अधिकारी, शंकरप्रसाद कडेंल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी, दीर्घमान श्रेष्ठ, निलकण्ठ शर्मा रिजाल र गौरीकुमारी श्रेष्ठ रहेका छन् ।

    उपमेयरका लागि तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, टंकनाथ पौडेल, पूर्णबहादुर गुरुङ र राजीव न्यौपानेले निवेदन दिएका छन् ।

    चितवन कांग्रेसले स्थानीय तहका उम्मेदवार सिफारिसका लागि सहज होस् भन्ने उद्देश्यका साथ दाबेदारहरूसँग निवेदन मागेको हो । चितवनमा कांग्रेसले मेयर पाउने निश्चित भइसकेको छैन ।

  • पछिल्लो चुनावमा मैले ६ करोड खर्च गरेँ : शशांक (भिडिओ)

    पछिल्लो चुनावमा मैले ६ करोड खर्च गरेँ : शशांक (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले निर्वाचन निकै महँगो हुँदै गएको बताएका छन् । जसका कारण पछिल्लो निर्वाचनमा आफ्नो ६ करोड खर्च गरेको उनले बताए ।

    उनले भने- मैले मेरो क्षेत्रबाट नवलपरासी गैँडाकोटबाट तीनचोटी जितेँ । पहिलो चुनावमा मेरो खर्च ८० हजार रुपैयाँ थियो । दोस्रो चुनावमा ३ करोड र लास्ट चुनाउमा ६ करोड ! ल भन्नुस् त तपाईँहरू कोही चुनाउ लड्न चाहनुहुन्छ ।

    उनले सो क्षेत्रमा अरू कसैले निर्वाचन लड्न चाहेमा आफूले छाड्न तयार रहेको पनि बताए ।

    कोइरालाले भने- म छोड्न तयार छु । तपाईँहरूले त्यहाँ कम्तीमा ६/७ करोड खर्च गर्नुपर्छ ।

    चुनावमा खर्च झन् घट्नुपर्ने मान्यता आफू राख्ने उनले बताए । मान्छे चिन्दै गए चुनाव झन् खर्चिलो हुने गरेको उनले अनुभव सुनाए ।

  • शशांकसँग देउवाले भने- माओवादीहरु एमाले प्रवेश गरिसक्या छन्, कांग्रेसले सम्बन्ध गाँसेन भने बाँकी पनि जान्छन् (भिडिओ)

    शशांकसँग देउवाले भने- माओवादीहरु एमाले प्रवेश गरिसक्या छन्, कांग्रेसले सम्बन्ध गाँसेन भने बाँकी पनि जान्छन् (भिडिओ)

    काठमाडौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेस भरसक एक्लै लड्नुपर्ने बताएका छन् ।

    कांग्रेसनिकट नेविसंघ ईलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    कोइरालाले भने- म त कांग्रेस एक्लै चुनावमा जानुपर्छ भन्ने पक्षमा छु । तर मैले हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाजीलाई भन्दाखेरि उहाँले यौटा राम्रो प्रश्न उठाउनुभयो । उहाँले माओवादी जसको भविष्य नै छैन । धेरै माओवादीका साथीहरू अहिले एमालेमा प्रवेश गरिसक्या छन् । जुन बचेका साथीहरू उनीहरूको अस्तित्व नै नभएपछि उनीहरू कहीँ न कहीँ त सम्बन्ध गाँस्नै पर्छ भन्नुभयो ।

    कांग्रेसले सम्बन्ध गाँसेन भने उनीहरूपनि एमालेकहाँ जान सक्ने खतरा रहेको उनले बताए । त्यही कारण फेरी कांग्रेसलाई खतरा हुनसक्ने जोखिम रहेको बताउँदै उनले भने,‘एमाले र माओवादी मिले भने पूर्व चुनाउमा नतिजा हाम्रो २३ सिटमा मात्र झर्‍याथ्यौँ । त्यस्तै होला‘की भन्ने उहाँको (देउवा) चिन्ता थ्यो । जुन स्वाभाविक चिन्ता म पनि स्विकार्छु ।’

    तैपनि आफू एक्लै चुनाव लड्नपर्छ भन्ने पक्षमै रहेको उनले बताए । ‘म भरसक हामी नमिलेर एक्लै लड्नुपर्छ । नेपाली कांग्रेसले आफ्नो शक्ति बुझ्नुपर्‍यो,’ उनले भने ।

  • कांग्रेसले एक्लै लड्ने भनेपछि मोरङमा सत्ता गठबन्धन भाँडियो, तीन दलको बेग्लै बैठक

    कांग्रेसले एक्लै लड्ने भनेपछि मोरङमा सत्ता गठबन्धन भाँडियो, तीन दलको बेग्लै बैठक

    विराटनगर । केन्द्रमा सत्ता गठबन्धनले चुनावी तालमेलको पक्षमा अपिल जारी गर्ने निर्णय भएका बेला मोरङमा भने गठबन्धन भाडिँने तहमा पुगेको छ । नेपाली कांग्रेसले कतिपय स्थानीय तहमा एक्लै लड्ने बताएपछि चुनाबी तालमेल गरेर जाने केन्द्रको निर्णय धरापमा परेको हो ।

    कांग्रेसले बिराटनगर महानगरपालिकासहित सुनबर्षी गाउँपालिकामा एक्लै चुनावमा जाने निर्णय गरिसकेको छ । कांग्रेसले एमालेले जितेका स्थानीय तह पथरी शनिश्चरे, बेलबारी नगरसहित कानेपोखरी गाउँपालिका, ग्रामथान र मिक्लाजुङ गाउँपालिकामा मात्र गठबन्ध दलसंग चुनाबी तालमेल गर्ने प्रस्ताव अघि सारेको छ।

    २०७४ सालको स्थानीय तहको चुनावमा कांग्रेसले बिराटनगर महानगरसहित उर्लाबारी, रतुवामाई, लेटाङ, सुनवर्षी, सुन्दरहरैंचा नगरपालिकासहित कटहरी, केराबारी, धनपालथान गाउँपालिका जितेको थियो। बुढीगंगा गाउँपालिकामा विजय गच्छदार नेतृत्वमा रहेको तत्कालीन फोरम लोकतान्त्रिकले जितेको थियो।

    गच्छदारको दल कांग्रेसमा समाहित भएपछि अहिले मोरङमा १० स्थानीय तह कांग्रेसको नेतृत्वमा छन् ।

    कांग्रेसले बिराटनगरमहानगरपालिका र सुनबर्षी नगरपालिकामा चुनाव एक्लै लड्ने निर्णय गरेपनि अरु जितेको स्थानीय तहमा भने के गर्ने बिषयमा निर्णयमा भने पुगिसकेको छैन् ।

    नेपाली कांग्रेसका जिल्ला सभापति डिकबहादुर लिम्बुले बिराटनगरसहित केही स्थानीय तहमा चुनावी तालमेल आवश्यक नरेकाले कांग्रेस एक्लै चुनावमा जाने कुरा निर्णय भएको भएपनि अन्य स्थानीय तहको हकमा के गर्ने भनेर जिल्ला समितिको बैठक बसिरहेको बताए ।

    उनले केन्द्रमा पनि आवश्यकताको आधारमा गठबन्धन भित्रका दलबीच तालमेल गर्ने भनिएकाले बैठकले आवश्यकताको आधारमा निर्णय लिने बताए ।

    कांग्रेसबाहेकको गठबन्धनको तयारी

    कांग्रेसले बिराटनगरसहितका केही स्थानीय तहमा एक्लै चुनाव लड्ने निर्णय गरेपछि गठबन्धनभित्रका अन्य सहयात्री दलले कांग्रेसले नमाने बाँकी गठबन्धन दलको चुनावी तालमेलका लागि छलफल शुरु गरेका छन् । यसबारे बिराटनगरको स्टनस्टार होटलमा तीन दलले औपचारिक छलफल नै सुरु गरेका हुन् ।

    नेकपा माओवादी केन्द्र, जनता समाजबादी पार्टी र एकीकृत समाजबादी पार्टीले छुट्टै छलफल सुरु गरेका छन् ।

    माओवादी केन्द्र प्रदेश एकका सचिव गणेश उप्रेतीले केन्द्रको सहमति विपरित स्थानीयस्तरमा कांग्रेसले दम्भ देखाउदै एक्लै चुनावमा जाने निर्णय गरेकाले आगामी चुनावमा अन्य तीन दल तालमेल गरेर चुनावमा जाने बिकल्पका रुपमा छलफल अघि बढेको बताए ।

    सचिव उप्रेतीले शुक्रबार विराटनगरमा तीनवटै पार्टीका प्रदेशस्तरीय नेताको उपस्थितिमा छलफल भएको बताए । तर, अहिले नै निर्णयमा भने पुगी नसकेको उनको भनाई छ ।

    छलफलमा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मी, नेकपा माओवादी केन्द्रका संघीय सांसद शिवकुमार मण्डल र जसपाका केन्द्रीय नेता तथा प्रदेश स्वास्थ्य मन्त्री जयराम यादव तथा ती दलका जिल्ला अध्यक्षहरु सहभागी थिए ।

    स्थानीय तह मध्ये ९ मा काग्रेसको नेतृत्व

    २०७४ सालको स्थानीय चुनावमा मोरङका कुल १७ मध्ये ९ स्थानीय तहमा कांग्रेस विजयी बनेको थियो । बुढीगंगामा विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरम विजयी भएको थियो । पार्टी कांग्रेसमा मिलेपछि त्योसहित १० तहमा कांग्रेस वहुमतमा छ ।

    मोरङमा एक महानगर ८ नगरपालिका र ८ गाउँपालिका गरी १७ स्थानीय तह छन् । विराटनगर महानगरपालिका, नगरपालिकातर्फ रतुवामाई, लेटाङ, सुनवर्षी, उर्लाबारी र सुन्दरहरैंचामा कांग्रेसले जितेको थियो । यसैगरी गाउँपालिकातर्फ कटहरी, केराबारी र धनपालथानमा विजयी भएको थियो ।

    बुढीगंगा गाउँपालिकामा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक विजयी बनेको थियो । अहिले त्यो पार्टी कांग्रेसमा मिलिसकेको छ ।

    एमालेले बेलबारी र पथरीशनिश्चरे नगरपालिका, मिक्लाजुङ, ग्रामथान र कानेपोखरी गाउँपालिकामा जितेको थियो ।

    रंगेली नगरपालिकामा माओवादी केन्द्र विजयी बनेको थियो । रंगेलीका मेयर हालै एमालेमा प्रवेश गरेका छन् । जहदामा भने उपेन्द्र यादवको जसपा विजयी भएको थियो ।

  • चुनावी घोषणापत्रका लागि कांग्रेसले टोल फ्रीमार्फत जनताको सुझाव लिने

    चुनावी घोषणापत्रका लागि कांग्रेसले टोल फ्रीमार्फत जनताको सुझाव लिने

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचनका लागि पार्टीले बनाउनुपर्ने घोषणापत्रमा समेट्नुपर्ने विषयमा टोल फ्री नम्बरबाट सुझाव लिने भएको छ । महामन्त्री गगन थापा संयोजकत्वको घोषणापत्र तयारी समितिको बैठकले पार्टीको घोषणापत्रमा जनताका सुझाव र अपेक्षा समेट्न टोल फ्री नम्बर र सामाजिक सञ्जालबाट सुझाव लिने निर्णय गरेको हो ।

    कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार स्थानयि निर्वाचनको सन्दर्भमा कांग्रेसको केन्द्रीय घोषणा पत्र लोकतन्त्र दिवसको अवसर पारेर आगामि बैशाख ११ गते सार्वजनिक गरिनेछ । घोषणापत्र निर्माणका क्रममा अघिल्लो निर्वाचनको घोषणापत्र अनुसार काम भए नभएको विषयमा आन्तरिक समिक्षा समेत गरिने केन्द्रीय सदस्य शिवाकोटीले बताए ।

    कांग्रेसले देशभरका स्थानीय तहको स्थानीय आवश्यकता अनुसार स्थानीयस्तरमा प्रतिवद्धता समेत जारी गर्नेछ । ‘केन्द्रीयस्तरमा कांग्रेसले घोषणापत्र बनाउनेछ भने हरेक स्थानीय तहमा स्थानीय प्रतिवद्धतापत्र सार्वजनिक हुनेछ’, केन्द्रीय सदस्य शिवाकोटीले भने । घोषणा पत्र निर्माणका क्रममा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, उद्यम लगायतका क्षेत्रका सरोकारवाला एवं विज्ञसँग पर्याप्त छलफल गरेर राय लिने निर्णयसमेत घोषणा पत्र तयारी समितिले गरेको छ ।

  • गुन तिर्दै गठबन्धन, फेरि गैरसांसदलाई मन्त्री

    गुन तिर्दै गठबन्धन, फेरि गैरसांसदलाई मन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः गैरसांसदलाई मन्त्रीको जिम्मेवारी दिएका छन् ।

    संविधानको धारा ७६ को ५ बमोजिम देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा गठबन्धनका तर्फबाट बहस गरेका गैरसांसद कानून व्यवसायीलाई देउवाले कानून मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

    प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७८ को उपधारा १ बमोजिम गोविन्द बन्दीका रूपमा परिचित गोविन्दप्रसाद शर्मा कोइरालालाई कानून, न्याय, तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेकी छिन् । बन्दी संवैधानिक र संक्रमणकालीन न्यायको क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

    नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल निकट मानिने बन्दीलाई ‘गठबन्धनको न्यायिक लडाइँमा सघाएवापत’ पुरस्कृत गरिएको हो । अघिल्लोपटक नै मन्त्रिपरिषद्को विस्तार हुँदा बन्दी कानून मन्त्री बन्ने चर्चा थियो ।

    गैरसांसद भएकाले संविधानतः ६ महिनाभित्र बन्दी संघीय संसदको सदस्य भइसक्नुपर्नेछ । बन्दीलाई मन्त्रिपरिषदले मनोनीत गर्नेतर्फ रिक्त रहेको ‘राष्ट्रियसभा सदस्य’ मा मनोनीत गर्ने सम्भावना पनि रहेको बताइन्छ । राष्ट्रियसभामा मनोनीत नभए बन्दी ६ महिनाका लागि कानूनमन्त्री रहनेछन् ।

    बन्दी माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेका साढुभाइ हुन् । यस हिसाबले बन्दी पारिवारिकरूपमा नेपालसँग जोडिन्छन् भने विगतमा माओवादीलाई द्वन्द्व मुद्दामा अप्ठेरो पारेका बन्दी अहिले भने प्रचण्डसँग पनि निकट सम्बन्धमा छन् ।

    बन्दी नेकपा एसको गठनलगत्तै बनेको केन्द्रीय कमिटी सदस्य समेत थिए तर पछि उनको नाम हटाइएको थियो । पछिल्लोपटक शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गर्ने बेला बन्दीले महत्वपूर्ण भूमिका खेलेको भन्दै गठबन्धनका सबै शीर्ष नेता उनीप्रति सकारात्मक छन् ।

    यसअघि प्रधानमन्त्री देउवाले गैरसांसद गजेन्द्र हमाललाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका थिए । तीव्र विवादपछि हमालले २ दिनमै राजीनामा दिनुपरेको थियो । कानून मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका दिलेन्द्रप्रसाद बडूको कार्यविभाजन हेरफेर गरी उद्योग तथा वाणिज्य मन्त्रालयको जिम्मा दिइएको छ ।

  • कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक : चुनावी एजेण्डाबारे छलफल

    कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक : चुनावी एजेण्डाबारे छलफल

    काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

    आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले महामन्त्री गगन थापाको नेतृत्वमा घोषणापत्र समिति गठन गरेको थियो । जसमा आरजु देउवासहितका युवा नेता तथा सामाजिक अभियन्तासमेत सहभागी छन् ।

    आजको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले अघि सानुपर्ने नारा, विकासका एजेण्डालगायतका बारेमा मोटामोटी खाका तय गर्ने समितिका एक सदस्यले जानकारी दिए ।

    समिति गठन भएपछि पहिलोपल्ट बैठक बसेको हो ।

  • गोविन्द बन्दी कानूनमन्त्री बन्दै, बडूलाई उद्योगमा सारिने

    गोविन्द बन्दी कानूनमन्त्री बन्दै, बडूलाई उद्योगमा सारिने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षामन्त्रालय आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । देउवाले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गर्ने भएका छन् ।

    संक्रमणकालीन न्यायका ज्ञाताका रुपमा चिनिएका बन्दी गैरसांसद हुन् । नेकपा एकीकृत समाजवादीनिकट बन्दीले देउवा नेतृत्वमा सरकार गठनका लागि गठबन्धनको न्यायिक लडाइँमा साथ दिएका थिए ।

    बन्दीलाई कानून मन्त्रालयको जिम्मा दिनुपर्ने भएपछि कानून मन्त्रालयको नेतृत्व गरिरहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री देउवाको तयारी छ ।

    नवनियुक्त मन्त्री बन्दीको सपथका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयलाई जानकारी गराइसेको छ ।

  • चितवन कांग्रेसका नेताहरूको डेलिगेसन काठमाडौंमा, भरतपुरको मेयर तालमेलको बटमलाइन

    चितवन कांग्रेसका नेताहरूको डेलिगेसन काठमाडौंमा, भरतपुरको मेयर तालमेलको बटमलाइन

    काठमाडौं । नेपाली कांग्रेस चितवनका नेताहरूले भरतपुर महानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेगरी मात्रै चुनावी तालमेलको निर्णय लिन सत्ता गठबन्धनको ध्यानाकर्षण गराएका छन् ।

    चितवनबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइराला, जिल्ला सभापति राजेश्व खनाल, निर्वतमान सभापति जितनारायण श्रेष्ठ र नेता जगन्नाथ पौडेलको टोलीले गठबन्धनको निर्वाचन तयारी एवं अनुगमन समितिका संयोजक रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले छाड्न नसक्ने स्पष्ट पारेका हुन् ।

    भेटमा चितवनका नेताहरूले विगतमा माओवादीलाई मेयर दिएकोले यसपटक कांग्रेसले पाउनुपर्ने अन्यथा पार्टी संगठन ध्वस्त हुने चेतावनी दिएका छन् । जवाफमा कांग्रेस वरिष्ठ नेतासमेत रहेका गठबन्धन संयोजक पौडेलले मागबारे गठबन्धनमा छलफल हुने बताए ।

    ‘तपाईंहरूको चासो मैले बुझेको छु । गठबन्धनमा यसबारे छलफल हुन्छ नै । सभापति र अरु नेताहरूलाई पनि भन्नुहोला’, पौडेलको भनाइ थियो ।

    चितवन कांग्रेसका सभापति राजेश्वर खनालले गठबन्धन र पार्टीको निर्णय स्वीकार गरेपनि भरतपुरको मेयर छाड्ने अवस्था नरहेको बताए ।

    ‘गठबन्धन र चुनावी तालमेलको निर्णय हामी स्वीकार्छौं तर भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्छ भन्ने हाम्रो बटमलाइन हो’, खनालले नेपाल प्रेससँग भने ।

    चितवनका नेताहरूको टोलीले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस महामन्त्री गगन थापा समेतलाई भेटेर आफ्नो बटमलाइन राख्ने जनाएका छन् ।

  • कांग्रेसले भन्यो: घोडाघोडीमा गठबन्धन हुँदैन, भए मेयर छाड्दैनौं

    कांग्रेसले भन्यो: घोडाघोडीमा गठबन्धन हुँदैन, भए मेयर छाड्दैनौं

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने भएको छ । आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घोडाघोडी कांग्रेसले बरु गठबन्धन नगर्ने तर मेयर नछाड्ने निष्कर्ष निकालेको हो ।

    २२ गते कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा पनि वडामा खटिएका प्रतिनिधिहरुले गठबन्धन गर्न नहुने बताएका थिए । वडामा खटिएका जिल्ला समिति सदस्य अमर खत्रीले बैठकमा घोडाघोडीमा गठबन्धन गर्न नहुने सुझाव दिएका थिए । ‘हामी घोडाघोडीमा अहिले एक्लै बलियो छौं । त्यहाँ गठबन्धन गर्न आवश्यक छैन’ उनले बैठकमा भनेका थिए ।

    खत्री अहिले पनि घोडाघोडीमा गठबन्धन गर्न नहुने बताउँदै आइरहेका छन् । ‘हामी गठबन्धनको पक्षमा छैनौं’ उनले नेपाल प्रेसलाई भने ‘घोडाघोडीमा गठबन्धन गर्न हुँदैन ।’

    आफूहरूको व्यक्तिगत धारणा भन्दा पनि पार्टीको निर्देशन महत्त्वपूर्ण हुने भन्दै केन्द्रले गठबन्धनको निर्णय गरेपछि आफूहरुले त्यो मान्न तयार हुने उनको भनाइ छ । यदि गठबन्धन हुने अवस्था आए प्रमुख र अधिकांश वडाहरूमा अध्यक्षको दाबी रहने उनले बताए ।

    ‘हामीलाई घोडाघोडीमा प्रमुख चाहिन्छ’ उनले भने ‘गठबन्धन भए प्रमुख र अधिकांश वडाध्यक्षमा हामी दाबी राख्छौँ ।’

    जिल्ला समिति सदस्य खत्री मात्रै होइन, घोडाघोडीका नगर उपसभापति तिलक भट्टराई पनि अहिलेको अवस्थामा गठबन्धन गर्न नहुने बताउँछन् । ‘गठबन्धन गरेर सरकार चलाउने कुरा हुन्छ ।तर, गठबन्धन गरेर निर्वाचनमा जाने कुरा उपयुक्त होइन ’उनले भने, घोडाघोडीमा गठबन्धन उपयुक्त होइन । यदि भए हामीलाई प्रमुख चाहिन्छ ।’

    नगर सभापति वमबहादुर सिंहले पनि घोडाघोडी नगरपालिकामा गठबन्धन भए प्रमुखमा आफ्नो पार्टीको दाबी गर्ने बताए ।

    अहिले कैलालीमा गठबन्धन गर्ने पक्षमा गठबन्धनमा रहेका उच्च तहका नेताहरू छन् । कांग्रेसमा भने अहिले गठबन्धन गर्ने वा नगर्ने भन्नेमा जिल्लामा अन्यौलता छ । तर, जिल्ला समितिले भने केन्द्रले गठबन्धन गर्ने निर्णय गरेको हुँदा गठबन्धन हुने दाबी गरेको छ ।

    बुधबार तालमेलका विषयमा समेत छलफल भएको थियो । तर, त्यसले मूर्तरूप लिन पाएन ।

  • कांग्रेसको युवा प्रचार नेटवर्क उपसमितिले पायो पूर्णता (सूचीसहित)

    कांग्रेसको युवा प्रचार नेटवर्क उपसमितिले पायो पूर्णता (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति अन्तरगतको युवा प्रचार नेटवर्क उपसमितिले पूर्णता पाएको छ ।

    समितिका संयोजक डा. प्रकाशशरण महतले- पार्टीका केन्द्रीय सदस्य श्री गोविन्द भट्टराईको संयोजकत्वमा गठन भएको ‘नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति’ सदस्यहरु मनोनयन गरेका हुन् ।

    यस्तो छ सूची

    पुष्प कुमार शाही सदस्य डोटी

    बिकाश के.सी. सदस्य सुनसरी

    संजय यादव सदस्य सिराहा

    रामप्रसाद अधिकारी सदस्य चितवन

    पवन यादब सदस्य दाङ

    निलकण्ठ रिजाल सदस्य चितवन

    कृष्ण कुमारी बस्नेत सदस्य काठमाडौँ

    मुक्ति पोडेल सदस्य रुपन्देही

    तुलसा पन्त सदस्य झापा

    सरोज कुमार थापा सदस्य काठमाडौँ

    उर्मिला थपलिया सदस्य धादिङ

    मनोज बैद्य सदस्य काठमाडौँ

    बलदेव तिमिल्सेना सदस्य सिन्धुपाल्चोक

    कमला न्यौपाने सदस्य स्याङ्जा

    प्रेम राज जोशी सदस्य कैलाली

    प्रकाश घिमिरे सदस्य कपिलबस्तु

    साधना घिमिरे सदस्य सुर्खेत

    ललिता सुनार सदस्य अर्घाखाँची

    बिष्णु राज कार्की सदस्य भक्तपुर

    गोकर्ण चन्द सदस्य दार्चुला

    लोकेन्द्र रोकाया सदस्य बझाङ

    सन्तोष चौधरी सदस्य सिरहा

    सुवास यादब सदस्य सिरहा

    शंकर पौडेल सदस्य तनहुँ

    दिपक सोनी सदस्य दैलेख

    नारायण चौधरी सदस्य बर्दिया

    बिष्णु जोशी सदस्य दार्चुला

    शिब बोहरा सदस्य बाजुरा

    जनक भट्ट सदस्य बैतडी

    शम्भु जोशी सदस्य दार्चुला

    सन्तोष पाण्डे सदस्य दोलखा

    गणेश सापकोटा सदस्य नवलपुर

    बिमल चन्द्र बिष्ट सदस्य ललितपुर

    गोबिन्द लामिछाने सदस्य कास्की

    प्रकास महर्जन सदस्य काठमाडौं

    उत्तम मिश्र सदस्य तनहुँ

    कृष्ण कट्टेल सदस्य सोलुखुम्बु

    तिल बहादुर अधिकारि सदस्य बाग्लुंग

    केशरजंग शाही सदस्य मुगु

    रबि थापा सदस्य काठमाडौँ

    भरत भट्ट सदस्य धादिङ

    भगवान अधिकारी सदस्य काभ्रे

    सकुन्तला त्रिपाठी सदस्य रामेछाप

    अनिल खनाल सदस्य काठमाडौं

    निर्मल पोडेल सदस्य चितवन

    भिम कुमार गौतम सदस्य ओखलढुङ्गा

    सन्जिब न्यौपाने सदस्य सिन्धुली

    सुमन पाण्डे सदस्य काभ्रे

    लिखितेन्द्र श्रेष्ठ सदस्य काठमाडौं

    डम्बर जोशी सदस्य डडेल्धुरा

    जयन्द्र बहादुर स्वार सदस्य अछाम

    अशोक चौधरी सदस्य सप्तरी

    खड्ग सुब्बा सदस्य झापा

    रुपा पोख्रेल सदस्य काठमाडौँ

    रघु कार्की सदस्य सर्लाही

    पुजा उपाध्याय सदस्य कैलाली

    कुल राज खनाल सदस्य दाङ

    भोला नेपाल सदस्य काभ्रे

    प्रकाश थापा सदस्य कंचनपुर

    कैलाश चन्द सदस्य कंचनपुर

    मदन भण्डारी सदस्य गुल्मी

    सुधिर पटेल सदस्य पर्सा

    टंक पाण्डे सदस्य रुपन्देही

    लेखनाथ भट्टराई सदस्य रुपन्देही

    सुबाश कठायत सदस्य डोल्पा

    सृजना भट्ट सदस्य गोरखा

    शंकर घिमिरे सदस्य लमजुङ

    पुनम लामा सदस्य काठमाडौँ

    चन्द्र सुन्दर खेवाङ सदस्य पाचथर

    आशिस कार्की सदस्य मोरंग

    प्रेम शाही सदस्य दैलेख

    पुनम भट्ट सदस्य कास्की

    मनिष जंग थापा सदस्य काठमाडौँ

    पदम भट्टराई सदस्य गुल्मी

    एलिजा ढकाल सदस्य तनहु

    मेघा शाही सदस्य बारा

    चन्द्र बिक सदस्य कैलाली

    नवराज त्रिपाठी सदस्य बारा

    राजेश केसी सदस्य रुकुम

    मेलि शाह सदस्य डोल्पा

    तारक केसी सदस्य रुकुम

    रवी राणा सदस्य भक्तपुर

    रोजन राई सदस्य खोटाङ

    हरिश भण्डारी सदस्य दाङ

    कृष्ण प्रसाद जैसी सदस्य दैलेख

    बिनय राम भट्ट सदस्य चितवन

    डम्बर सुनार सदस्य अछाम

    सुभाष भण्डारी सदस्य मोरङ

    ईश्वर मल्ल सदस्य बझाङ

    नारायण गिरी सदस्य झापा

    भिम थापा सदस्य मोरंग

    प्रवेश चौधरी सदस्य धनुषा

    दिपक लामा सदस्य नुवाकोट

    रबिसुदन थापा सदस्य धादिङ

    राकेश श्रेष्ठ सदस्य सिन्धुपाल्चोक

    बखत शाही सदस्य हुम्ला

    विश्वमित्र रिजाल सदस्य सर्लाही

    हुकुम बुढा सदस्य रोल्पा

    कृष्ण रायमाझी सदस्य सर्लाही

    परमेश्वर खनाल सदस्य चितवन

    यज्ञ महरा सदस्य बाके

    गीता फुयाँल सदस्य उदयपुर

    जनक खत्री सदस्य भक्तपुर

    घनश्याम थापा सदस्य जुम्ला

    डिल्ली हमाल सदस्य जुम्ला

    बलराम पुडासैनी सदस्य काठमाडौँ

    लोकेश शाही सदस्य दैलेख

    निरोज भण्डारी सदस्य सिन्धुपाल्चोक

    मिलन सुबेदि सदस्य पर्वत

    एकेन्द्र महत सदस्य म्याग्दी

    विश्वराज पौडेल सदस्य कास्की

    राजन भण्डारी सदस्य परासी

    केशब बश्याल सदस्य पाल्पा

    उपेन्द्र मिश्र सदस्य नुवाकोट

    सुरोत लामा सदस्य काभ्रे

    तुलसी आचार्य सदस्य पाचथर

    घनानन्द यादब सदस्य सप्तरी

    ओम बहादुर बस्नेत सदस्य मकवानपुर

    मित्रनिधि तिवारी सदस्य चितवन

    हरिशरण खतिवडा सदस्य नुवाकोट

    लच्छु रिजाल सदस्य नवलपुर

    सतिस श्रेष्ठ सदस्य सिन्धुपाल्चोक

    विजय कुँवर सदस्य सिन्धुली

    हिमाल अधिकारी सदस्य चितवन

    बम बहादुर श्रेष्ठ सदस्य सिन्धुपाल्चोक

    दया सुबेदी सदस्य पर्वत

    रामकृष्ण लामिछाने सदस्य गोरखा

    विश्व भट्ट सदस्य गोरखा

    दिपक दवाडी सदस्य चितवन

    सुदर्शन पौडेल सदस्य रसुवा

    रोशन ठाकुर सदस्य महोत्तरी

    अनुराग शाह सदस्य रुकुम

    दिपेश थापा सदस्य काठमाडौं

    कपिल केसी सदस्य बैतडी

    राम सुन्दास सदस्य दोलखा

    विष्णु श्रेष्ठ सदस्य रामेछाप

    राकेश पाण्डे सदस्य कपिलवस्तु

    राकेश पाण्डे सदस्य बारा
    मोहन जोशी सदस्य ब्र्दिया

    लक्ष्मण शाही सदस्य कैलाली

    तपेन्द्र भुषाल सदस्य कैलाली

    सूर्य ढकाल सदस्य चितवन

    अजय रावल सदस्य रुपन्देही

    दीपेन्द्र भट्ट सदस्य डँडेल्धुरा

    जगत ऐर सदस्य डँडेल्धुरा

    राजकुमार डाँगी सदस्य दाङ

    ई.अनिल बस्नेत सदस्य दाङ

    निरज तमाङ सदस्य रामेछाप

    गीता शर्मा सदस्य दाङ

    सेतेमान तामाङ सदस्य धदिङ

    प्रदीप शाह सदस्य धनुषा

    राजकुमार भट्ट सदस्य नुवाकोट

    मोहन पाण्डे सदस्य महोत्तरी

    विष्णु कार्की सदस्य इलाम

    नेत्र देवकोटा सदस्य कालिकोट

    लक्ष्मण शाही सदस्य जुम्ला

    भावना शाही सदस्य कालिकोट

    चक्र महता सदस्य कञ्चनपुर

    तिलक पुन सदस्य रोल्पा

    अर्पणा खड्का सदस्य सिन्धुली

    सरस्वती भट्ट सदस्य काठमाडौं

    तारामान रावल सदस्य कैलाली

    कृष्ण उपाध्याय सदस्य कैलाली

    डा. अबुल हुसेन अन्सारी सदस्य सुनसरी

    ताबिल अन्सारी सदस्य सुनसरी

    अम्बिका जोशी सदस्य दार्चुला

    चन्द्र रोक्का सदस्य स्याङ्जा

    विकेश लामा सदस्य काभ्रे

    दिल लामा सदस्य काभ्रे

    सुशील तिमल्सिना सदस्य तनहुँ

    तेज खड्का सदस्य कैलाली

    घनश्याम पौडेल (श्याम) सदस्य चितवन

    तिलक राम पौडेल सदस्य कास्की

    ओमजङ्ग रावल सदस्य अछाम

    सनत घिमिरे सदस्य दाङ

    आशाकुमारी यादव सदस्य महोत्तरी

    हेमन्त गुरुङ सदस्य तेह्रथुम

    रञ्जन चौलागाईँ सदस्य काठमाडौं

    तेजकला उप्रेती ९पूजा० सदस्य गोरखा

    गोपाल चौलागाई सदस्य सिन्धुपाल्चोक

    धर्मदेव फुलारा सदस्य डोटी

    कमला हमाल सदस्य बाँके

    लब मल्ल सदस्य बाँके

    गोविन्द खड्का सदस्य डोटी

    ईश्वर खाती सदस्य डोटी

    कुवेर खड्का सदस्य डोटी

    राजेन्द्र खड्का सदस्य डोटी

    उदय घिमिरे सदस्य पाल्पा

    सजित राई सदस्य संखुवासभा

    राजन चापागाईं सदस्य बाग्लुङ

    अमिक घर्ती सदस्य बाग्लुङ

    अनुज चापागाईँ सदस्य संखुवासभा

    घनश्याम पौडेल सदस्य अर्घाखाँची

    दीपक न्यौपाने सदस्य स्याङ्जा

    अनुप सुनुवार सदस्य ओखलढुङ्गा

    मदन घिमिरे सदस्य लमजुङ

  • नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमितिमा सदस्यहरु मनोनीत (सूची)

    नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमितिमा सदस्यहरु मनोनीत (सूची)

    काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिले ‘नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमिति’मा सदस्यहरु मनोनयन गरेको छ ।

    चैत २२ गतेको बैठकको निर्णय अनुसार, समितिका संयोजक डा. प्रकाशशरण महतले पाँचथरका डी.बी. गुरुङ (दुतबहादुर गुरुङ) को संयोजकत्वमा गठन भएको ‘नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमिति’ निम्न सदस्यहरु मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

    नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमिति

    डा. बलदेव अधिकारी (गाउँले) सदस्य धादिङ

    वसन्त सापकोटा सदस्य कास्की

    शक्ति श्रेष्ठ सदस्य ओखलढुङ्गा

    नारायण रिजाल सदस्य काठमाडौं

    विमलराज क्षेत्री सदस्य पर्वत

    उदिराम खड्का सदस्य रोल्पा

    लोचना लावती सदस्य झापा

    देशु सुहाङ सदस्य पाँचथर

    बलबहादुर परियार सदस्य ओखलढुङ्गा

    टीका पुन सदस्य सुर्खेत

    तृप्ती खड्का गुरुङ सदस्य सुर्खेत

    राधिका हमाल सदस्य रोल्पा

    सरिता लामिछाने सदस्य काठमाडौं

    अमृता लुङगेली सदस्य काभ्रे

    सुषमा कार्की सदस्य मोरङ

    कुमार के.सी. सदस्य पर्वत

    अर्जुन अधिकारी सदस्य नुवाकोट

    धु्रवराज अधिकारी सदस्य नुवाकोट

    देवीप्रसाद काफ्ले सदस्य पाँचथर

    सुरत रावत सदस्य कैलाली

    रविना देउवा सदस्य डोटी

    रोशन कर्माचार्य सदस्य ईलाम

    शोभा क्षेत्री सदस्य सिन्धुपाल्चोक

    सविता रेग्मी सदस्य झापा

    अनिता पोखरेल सदस्य सुनसरी

    चिरञ्जीवी बस्नेत सदस्य सुनसरी

    सृजना तामाङ सदस्य भोजपुर

    कमल खड्का सदस्य भोजपुर

    एजुमान राई सदस्य खोटाङ

    अनिता राई सदस्य खोटाङ

    भूपेन्द सिटौला (निरोज) सदस्य झापा

    लिलाधर भट्टराई (लिगेश) सदस्य प्युठान

    कविता गेलाल सदस्य सुनसरी

    दिनेश पाख्रिन सदस्य सर्लाही

    प्रदेशी शाह सदस्य पर्सा

    शेखर लामा सदस्य दोलखा

    स्मृति शाही सदस्य सुर्खेत

    कस्तुप पन्त सदस्य पर्वत

    गणेश सुवेदी सदस्य रोल्पा

    विनोद कोजु सदस्य भक्तपुर

    राम हाडा सदस्य भक्तपुर

    महेशप्रकाश हाडा सदस्य भक्तपुर

    सुनिल थापा सदस्य धादिङ

    निश्कल राई सदस्य इलाम

    कृष्ण रेउले सदस्य सल्यान

    मोहन परियार सदस्य ओखलढुङ्गा

    रञ्जु गुरुङ सदस्य इलाम

    रामजी खाँण सदस्य स्याङ्जा

    केशव चौलागाईं सदस्य दोलखा

    लोकराज अधिकारी सदस्य रुपन्देही

    दिव्यराज सुवेदी सदस्य काठमाडौं

    नरेश जोगी चौधरी सदस्य दाङ

    रमेश कोइराला सदस्य नवलपरासी

    सुवास के.सी. सदस्य प्युठान

    हिक्मत शाही सदस्य बैतडी

    नन्दु राई सदस्य धनकुटा

    श्याम खड्की सदस्य इलाम

    गोविन्द बुढा मगर सदस्य प्युठान

    सन्ध्या सानु सदस्य रामेछाप

    तेन्जिङ तामाङ सदस्य रसुवा

    भावना लुइँटेल सदस्य झापा

    अमृत भारती सदस्य सिन्धुपाल्चोक

    तपेन्द्र विश्वकर्मा सदस्य बाजुरा

    अर्जुन थापा सदस्य सिन्धुपाल्चोक

    राजेश श्रेष्ठ सदस्य भोजपुर

    नरेश मेयोङ्वा सदस्य पाँचथर

    शर्मिला गुरुङ सदस्य स्याङ्जा

    राजु गुरुङ सदस्य स्याङ्जा

    नविन खड्का सदस्य मोरङ

    बाबुराम भट्टराई सदस्य सोलुखुम्बु

  • देउवाले नै कांग्रेसलाई भोट माग्न नपाउने आचारसंहितामा उपसभापति खड्काले किन गरे हस्ताक्षर ?

    देउवाले नै कांग्रेसलाई भोट माग्न नपाउने आचारसंहितामा उपसभापति खड्काले किन गरे हस्ताक्षर ?

    काठमाडौं । हिजो निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटै दललाई आचारसंहितामा प्रतिबद्धता जनाउन बोलाएको थियो ।

    जसमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिबद्धतामा हस्ताक्षर गरेर आउँदा प्रमुख प्रतिपक्षी दल एमाले भने हस्ताक्षर नै नगरी फर्कियो । बैठकमा होहल्ला र तनाव उत्पन्न भएको भन्दै नेकपा एमालेका प्रतिनिधिहरू आचारसंहितामा हस्ताक्षर नगरी बाहिरिएका थिए ।

    खड्काको त्यो हस्ताक्षरपछि कांग्रेसले आचारसंहिताको पूर्णकार्यान्वयन गर्छौं भनेर सहमति जनाएको मानिनेछ । जुन आचारसहिंताले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई नै कांग्रेसका पक्षमा भोट माग्न रोक लगाउनेछ ।

    आयोगले स्थानीय तह निर्वाचनको प्रयोजनका लागि जारी गरेको ‘निर्वाचन आचारसंहिता २०७८’ मा भएको व्यवस्थाले प्रधानमन्त्री देउवा लगायत, संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरू, स्थानीय कार्यपालिका र त्यसका प्रतिनिधिहरूलाई नै निर्वाचन प्रचार-प्रसारमा रोक लगाउँछ ।

    आचारसंहिताको दफा ५ मा ‘नेपाल सरकार, प्रदेश सरकार, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीहरूले पालना गर्नुपर्ने’ व्यवस्थाको उपदफा ‘क’ मा ‘कुनै राजनीतिक दल वा दलका उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने’ भनेर व्यवस्था गरिएको छ । यसैमा ‘तर निर्वाचनमा आफै उम्मेदवार भएका त्यस्ता मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचार-प्रसार गर्न यस खण्डले बाधा पुर्‍याएको मानिने छैन’ भनेर उल्लेखित छ ।

    यो व्यवस्थाको आशयले आफू उम्मेदवार भएको खण्डमा आफ्नै निर्वाचन क्षेत्रमा बाहेक अन्य अवस्थामा नेपाल सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिकाका पदाधिकारीहरूलाई आफ्ना दल र दलका उम्मेदवारहरूको प्रचारप्रसारमा रोक लगाउँछ ।

    यस्तोमा उपसभापति खड्काले यो आचारसंहिता कार्यान्वयनमा हस्ताक्षर गरिसकेपछि अब प्रधानमन्त्री देउवासहित कांग्रेसबाट सरकारमा सहभागि मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरू र स्थानीय कार्यपालिकाका पदाधिकारीहरूलाई निर्वाचनमा कांग्रेस र कांग्रेसका उम्मेदवारका पक्षमा प्रचार गर्न रोक लगाउने छ ।

    स्थानीय तहमा देउवा र मन्त्रीहरू आफै उम्मेदवार बन्न जाने छैनन् । यस्तोमा उनीहरूको प्रचारप्रसारमा सहभागिताबिनै यो पटक निर्वाचन हुने छ ।

    निर्वाचन आयोगले दलकै नेताहरूलाई नै प्रचारप्रसारमा रोक लगाउने किसिमको यस्तो विवादित आचारसंहिता बनाएको भन्दै कांग्रेसमा पनि आन्तरिकरूपमा आलोचना भइरहेको छ ।

  • कैलाली कांग्रेस: सिङ्गल चुनाव भिड्न नेतृत्वलाई कार्यकर्ताको दबाब, अधिकांश नेता गठबन्धनको विपक्षमा

    कैलाली कांग्रेस: सिङ्गल चुनाव भिड्न नेतृत्वलाई कार्यकर्ताको दबाब, अधिकांश नेता गठबन्धनको विपक्षमा

    कैलाली । कैलालीमा स्थानीय तहको निर्वाचनका कांग्रेस एक्लै उभिन जिल्ला नेतृत्वलाई कार्यकर्ताहरुले दबाब दिएका छन् । मंगलबार सम्पन्न जिल्ला समितिको बैठकमा अधिकांश नेता कार्यकर्ताहरुले चुनावमा गठबन्धन गरेर जान नहुने सुझाव दिएका हुन् ।

    कैलाली कांग्रेसले गत १३ गतेदेखि २० गतेसम्म घरदैलो अभियानअन्तर्गत खटाएका प्रतिनिधिहरूले वडामा छलफल गरी मंगलबार पार्टीलाई प्रतिवेदन बुझाएका थिए । कांग्रेसले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूसँग लिखित तथा मौखिक सुझाव मागेको थियो । यस क्रममा सुझाव राख्ने अधिकांशले गठबन्धन काँग्रेसको हितमा नरहेको बताएका थिए ।

    मंगलबार ८३ जनाले आफ्नो सुझाव दिएका थिए । उनीहरूमध्ये अधिकांशले स्थानीय पालिकाका नेता कार्यकर्ताहरू पनि गठबन्धनको पक्षमा नरहेको बताएका थिए ।

    महाधिवेशन प्रतिनिधि बलबहादुर विष्टले गठबन्धन भन्दा पनि आफ्नो आन्तरिक गठबन्धन मिलाउन आवश्यक रहेको बताएका थिए । ‘गठबन्धन गरेर निर्वाचनमा जाँदा दूरगामी प्रभाव पर्छ’ उनले भनेका थिए, ‘हामीले एक्लै जित्छौं । गठबन्धन नगरौं ।’

    किसान संघ कैलालीका अध्यक्ष टीकादत्त जेशीले पनि एक्लै जित्न सकिने अवस्थामा गठबन्धन नगर्न सुझाव दिएका थिए । घोडाघोडी नगरपालिकामा खटिएका प्रतिनिधि अमर खत्रीले पनि गठबन्धन अहिलेको अवस्थामा उपयुक्त नरहने बताएका थिए ।

    अधिकांशले गठबन्धन नगर्न सुझाव दिए पनि जिल्ला कार्यसमितिले भने कैलालीमा गठबन्धन हुने जनाएको छ ।

    ‘अधिकांश प्रतिनिधिहरुले गठबन्धन गर्न नहुने सुझाव दिनु भएको थियो । तर, केन्द्रले गठबन्धनको नीति लिएको छ, त्यसैले कैलालीमा गठबन्धन हुन्छ ।’ कांग्रेस कैलालीका सचिव नृप सुनारले भने , ‘हामी गठबन्धनको मोडल तयार गर्नेछौं। ’

    मंगलबारको बैठकले जिल्लाका पदाधिकारीहरू रहने गरी जिल्ला कार्यसम्पादन समिति समेत तयार गरेको छ । अनुशासन समिति बनाउने जिम्मा जिल्ला सभापति नारायणदत्त भट्टलाई दिएको छ । कांग्रेसले निर्वाचन परिचालन समिति समेत बनाउने भएको छ । वडासम्मको पदाधिकारीलाई सदस्य राख्ने गरी समिति बनाउने निर्णय भएको सचिव सुनारले जनाकारी दिए । कैलालीमा कांग्रेसका वडासम्म १३३२ जना पदाधिकारी छन् ।

    संसदीय समिति अर्थात् टिकट दिने समितिसमेत बताएको उनले बताए । उक्त समितिमा जिल्ला सभापति संयोजक जिल्लाका सबै पदाधिकारी सदस्य छन् । सदस्यमा प्रकाश बम र योगेन्द्र विष्ट थपिएका छन् ।

    यसैबीचआज पाँच दलीय गठबन्धनका घटकहरूबीच चुनावी तालमेलबारे छलफल गर्न बैठक बोलाइएको छ । उक्त बैठकमा पनि तालमेलको मोडालिटिबारे छलफल हुने बताइएको छ ।

  • कांग्रेसको विधानविपरीत तरुण दलको परिपत्र

    कांग्रेसको विधानविपरीत तरुण दलको परिपत्र

    काठमाडौं । नेपाली कांग्रेसको विधानविपरीत नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले परिपत्र जारी गरेका छन् ।

    नेपाली कांग्रेसको विधानले भ्रातृ तथा शुभेच्छुक संस्थाको कार्यसमितिमा रहेको व्यक्ति पार्टीको विभिन्न तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भएमा उसको भ्रातृ वा शुभेच्छुक संस्थाको पद स्वतः रिक्त हुने व्यवस्था गरेको छ ।

    तरुण दलका अध्यक्ष गुरुङले भने विधानविपरीत पदमुक्त भइसकेका तरुण दलका तल्लो तहसम्मका पदाधिकारी र सदस्यहरुलाई दोहोरो जिम्मेवारीमै रहेर काम गर्न परिपत्र गरेका हुन् । तरुण दल कांग्रेससम्वद्ध युवाहरुको भ्रातृ संस्था हो । हाल तरुण दलमा अध्यक्ष गुरुङबाहेक पदाधिकारी र सदस्यहरुको मनोनयन भएको छैन ।

    ‘पार्टीको १४ औं महाधिवेशनको सन्दर्भमा त्यस जिल्लाको पार्टीको विभिन्न जिम्मेवारीमा निर्वाचित भएतापनि नेपाल तरुण दल केन्द्रीय समितिको अर्को निर्णय नभएसम्मका लागि दलको जिल्ला अध्यक्षलगायत विभिन्न जिम्मेवारीमा रहेका सम्पूर्ण तरुण साथीहरूलाई आ-आफ्नो जिम्मेवारीमा यथावत रही कार्य गर्न/गराउन यो परिपत्र यो परिपत्रमार्फत निर्देशन गरिन्छ’, गुरुङले जिल्ला कार्यसमितिको नामा जारी गरेको परिपत्रमा उल्लेख छ । कांग्रेस विधानको दफा ४२ को १ को ङ मा ‘पार्टीको कुनैपनि तहको पदाधिकारी वा सदस्य भ्रातृ संघको पदाधिकारी वा सदस्य हुने छैन’ भनी प्रष्ट उल्लेख छ ।

    कांग्रेसको केन्द्रीय समिति यसअघि नै विधानको व्यवस्था लागू गर्ने निर्णय गरिसकेको छ ।

  • गठबन्धनको ‘साइड इफेक्ट’- तत्काल उम्मेदवार टुंगो नलाउन कांग्रेसको सर्कुलर

    गठबन्धनको ‘साइड इफेक्ट’- तत्काल उम्मेदवार टुंगो नलाउन कांग्रेसको सर्कुलर

    कैलाली । आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंग्याउने काम तत्काललाई रोक्न नेपाली कांग्रेसले जिल्ला समितिहरूलाई निर्देशन दिएको छ । सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएसँगै कांग्रेसले तत्काललाई उम्मेदवार सिफारिस होल्ड गराएको हो ।

    ‘कांग्रेसको विधानअनुसार जुन जुन तहले टिकटको सिफारिस गर्ने हो । त्यो त्यो तहले कांग्रेसले दिएको समय सीमा भित्र टुंगो लगाउने भनिएको छ’ नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले नेपाल प्रेसलाई भने, ‘जुन तहले टिकटको निर्णय गर्ने हो त्यो तहलाई केही दिनलाई होल्ड गर्न भनिएको हो । ’

    केन्द्रबाट अर्को निर्णय नआउँदासम्म टिकट दिने काम होल्ड गर्न भनिएको हो उनले जानकारी दिए ।

    ‘अरू प्रक्रिया सबै अगाडि बढाउने भनिएको छ । त्यही टिकटको टुंगो लगाउने काम मात्रै होल्ड गर्न भनिएको हो’ उनले भने ‘अर्को सूचना नआउँदासम्म रोक्न भनिएको हो ।’

    यसअघि उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति मातहतलाई परिपत्र गरेर उम्मेदवार टुंग्याउने समयावधि तोकेको थियो ।

    जसअनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुंग्याएर नामावली बुझाउन निर्देशन दिइएको थियो ।

    यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुङ्गो लगाएर नामावली पठाउन भनिएको थियो ।

    पाँच दलीय गठबन्धनको तालमेल गर्न आवश्यक पर्ने भएको हुँदा यस्तो सर्कुलर गरिएको पौडेलले बताए ।

  • निर्वाचन आचारसंहितामा कसैको असहमति छैनः उपसभापति खड्का

    निर्वाचन आचारसंहितामा कसैको असहमति छैनः उपसभापति खड्का

    काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा कसैको असहमति नरहेको बताएका छन् ।

    निर्वाचन आयोगले आज गरेको आचारसंहितामाथि दलहरूको प्रतिबद्धता लिने कार्यक्रममा विवाद देखिएपनि अन्तमा सबै दल सहमत भएको उनले बताए ।

    ‘केही समस्या देखिएको थियो । पछि आयुक्तज्यूहरूले प्रष्ट्याएपछि कुरा क्लियर भएर सबै दलहरूले प्रतिवद्धतामा क्रमश: दस्तखत गरिराख्नुभएको छ । मैले कांग्रेसका तर्फबाट गरे,’ कार्यक्रमपछि बाहिरिएर पत्रकारसँग प्रतिक्रिया दिँदै उनले भने,‘हामीले निर्वाचन आयोगले सधैँ जारी गर्ने आचारसंहिता अक्षरसः पालना गर्छौं ।’

    आयोगले आयोजना गरेको आजको कार्यक्रम परम्परागत निरन्तरता मात्र भएकाले कसैले पनि शंका गर्न नहुने उनले बताए ।

  • चितवनका गठबन्धन दलबीच तालमेल गर्ने निर्णय, कांग्रेसको नेतृत्वमा सबै पालिकामा संयन्त्र

    चितवनका गठबन्धन दलबीच तालमेल गर्ने निर्णय, कांग्रेसको नेतृत्वमा सबै पालिकामा संयन्त्र

    काठमाडौं । चितवनको सत्ता गठबन्धन संयन्त्रले जिल्लाका ७ वटै स्थानीय तह र जिल्ला समितिमा समेत चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ । चितवन माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला हो ।

    यहाँको भरतपुर महानगरपालिकामा आफ्नो दाबी गर्दै प्रचण्डले छोरी रेणु दाहाललाई पुन: मेयरमा उठाउन केन्द्रबाटै तालमेलको तयारी गरिरहेका छन् ।

    आसन्न स्थानीय चुनावलाई लक्षित गर्दै बसेको बैठकले ४ बुँदे निर्णय गरेको छ ।

    निर्णयअनुसार जिल्लाका सबै पालिकामा गठबन्धनका दलहरूबीच चुनावी तालमेलका लागि नेपाली कांग्रेसको सम्बन्धित पालिका सभापतिको नेतृत्वमा संयन्त्र बनाउने निर्णय गरेको छ ।

    त्यस्तै गठबन्धनमा सहभागी दलहरूबीच गठबन्धनको मर्म र भावना अनुरुप एक-आपसमा सम्मान र हार्दिकताको
    विकास गर्ने र सबै दलको वस्तुस्थितिको प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १/१ जना प्रतिनिधि रहने गरी कार्यदल बनाइएको छ ।

    चितवनको गठबन्धन संयन्त्रमा कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल, माओवादीका संयोजक रामचन्द्र अधिकारी, नेकपा एसका इन्चार्ज कृष्णप्रसाद खनाल, जसपाका प्रेम भुजेल र राजमोका अध्यक्ष डम्बर पुरी छन् ।

  • कांग्रेस मकवानपुर कोषाध्यक्षमा गौतम मनोनित

    कांग्रेस मकवानपुर कोषाध्यक्षमा गौतम मनोनित

    हेटौंडा । नेपाली कांग्रेस मकवानपुर कोषाध्यक्षमा होमनाथ गौतम मनोनित भएका छन् । कांग्रेस मकवानपुरको बैठकले गौतमलाई जिल्ला षाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।

    महाधिवेशन प्रतिनिधिमा पराजित गौतम जिल्ला सदस्यमा विजयी भएका थिए ।

    बैठकले कार्यसम्पादन समिति, संसदीय बोर्ड र दुईवटा विभाग गठन गरेको छ । बैठकले युवातथा खेलकुद र संगठन विभाग गठन गरेको हो । युवा तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारी अर्जुन तिवारी र संगठन विभागको जिम्मेवारी शैलेन्द्रराज बानियाँलाई दिइएको छ ।

    कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह लक्षित छलफल गरेको छ । सत्तारुढ दलको यसअघिको बैठकले जिल्लाको १० वटै पालिका र १०२ वटै वडामा गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ । यसअघि बसेको बैठकले १० जनालाई जिल्ला सदस्य मनोनित गरेपछि कांग्रेस मकवानपुरमा विवाद भएको थियो ।

  • कांग्रेस कपिलवस्तु नगरपालिकाले पनि कुनै दलसँग गठबन्धन नगर्ने

    कांग्रेस कपिलवस्तु नगरपालिकाले पनि कुनै दलसँग गठबन्धन नगर्ने

    रूपन्देही । सरकारमा सहभागी दलहरू स्थानीय तहको निर्वाचनका लागि गठबन्धनको तयारी गरिरहेका बेला नेपाली कांग्रेस कपिलवस्तु नगरपालिकाले गठबन्धन नगर्ने निर्णय गरेको छ । नगर कार्य समितिको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै दलसंग गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको हो ।

    अन्य दलसंग गठबन्धन र तालमेलका विषयमा कांग्रेस कपिलवस्तको तौलिहवास्थित पार्टी कार्यालयमा सम्पन्न बैठकमा नगर कार्य समिति र १२ वटै वडामा वडा समिति अध्यक्षले गठबन्धन गर्न नहुने अडान राखेपछि यस्तो निर्णय भएको हो ।

    नगर कार्य समिति र वडा समितका अध्यक्षसहितको बैठकले अन्य दलहरुसंग गठबन्धन नगरी कांग्रेस एक्लै चुनावमा जानु पर्ने राय आएको नगर अध्यक्ष खुर्सेद अहमद खाँले बताए । मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यसहित कुनै पनि पदमा अन्य दलसंग गठबन्धन नगरी एक्लै चुनाव लड्ने र आफ्नो आधिकारिक उम्मेदवारलाई जिताउने निर्णय भएको उनले बताए ।

    उनले ईमान्दारीसंग एकबद्ध भइ कांग्रेस लागेमा यसपटक पनि कांग्रेस विजयी हुने बताए । सरकारमा सहभागी सबै दलले जिल्लाका सबै तहमा गठबन्धन गर्नका लागि संयन्त्र बनाए पनि सदरमुकाममा रहेको यो पालिकामा कांग्रेसको यो निर्णयले संयन्त्रको औचित्यमाथि प्रश्न उठेको जसपाका एक नेताले बताए ।

  • सुनिल थापाको टिप्पणी : हाम्रा चेलिबेटीहरु सांसदबाट असुरक्षित छन् (भिडिओ)

    सुनिल थापाको टिप्पणी : हाम्रा चेलिबेटीहरु सांसदबाट असुरक्षित छन् (भिडिओ)

    धनकुटा । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनीलबहादुर थापाले चेलिबेटीहरु सेनाभन्दा सांसदबाट असुरक्षित रहेको टिप्पणी गरेका छन् । सांसदसँग चेलिबेटीहरुले होसियार रहनुपर्ने उनले सुझाव दिए ।

    धनकुटाको छथर जोरपाटी गाउँपालिकामा आइतबार भएको कार्यक्रलाइ सम्बोधन गर्दै थापाले हालै एक एमाले सांसद बलात्कारको आरोपमा पक्राउ परेको प्रसंग कोट्याएका थिए ।

    उनले भने, ‘यदि हाम्रा चेलिबेटीमाथि कसैले शंका गर्नुपर्छ भने त्यो हाम्रै सांसहरुबाट गर्नु पर्छ । सूदुरपश्चिममा एउटा एमाले सांसद हालसालै बलत्कार गरेको आरोपमा पक्राउ पर्नुभएको छ । यहीँ धनकुटामा पनि यस्ता उदाहरणहरु छन्, तर लुकाएर राखिएका छन् ।’

    उनले थपे, ‘सेनाहरु आएर हाम्रा चेलिबेटीहरुमाथि कुनै पनि हातपात हुँदैन । बरु यहीँकै सांसदहरुबाट हामी होसियार हुनुपर्छ ।’

    कार्यक्रममा बोल्दै थापाले जिल्लाका सबै सांसदले काठमाडौं, विराटनगर, धरान र इटहरीमा घर बनाएको उल्लेख गरे । यस्तो गर्न रोक्नुपर्ने उनले बताए । यसपालि एमालेलाई यस ठाउँबाट हटाउन नसकेको खण्डमा अझै १५/२० वर्ष पछाडि धकेलिनुपर्ने उनको आँकलन थियो ।

    यस्तै, धनकुटामा शनिबार भएको एक आमसभालाई संबोधन गर्दै थापाले भने, ‘एमालेलाई चुनावमा जिताएर पठाए धनकुटालाई प्रदेश १ को राजधानी बनाउँछौं भने, तर मलाई अहिले अपसोच लागेको छ, एमाले अहिले कुन दुलोमा लुकेर बसेका छन् ।’

    धनकुटाको छिन्ताङ घटनालाई अतिरञ्जित गरी सहिद परिवारलाई ३० वर्षदेखि एमालेले बन्धक बनाएको उनले आरोप लगाए ।
    थापाले सांसदहरुलाइ प्रश्न गर्दै भने, ‘म सोध्न चाहन्छु माननियज्यूहरुलाई । उहाँहरुले वर्षको सात करोड रुपैँया विकासको कार्यक्रमको लागि पाउनुहुन्छ । आजसम्म ३५ करोड रुपैयाँ यो ठाउँबाट लिइसक्नु भएको छ । त्यो पैसाले के-के कार्यक्रम दिनुभयो धनकुटाका जनतालाई ? के-के विकास गर्नु भयो ?’

    उनले धनकुटाका सातवटा पालिकामा ४०/५० करोड भ्रष्टाचार भएको दावी गरे ।

    कोभिडको महामारीमा सूर्यबहादुर थापा ट्रष्टबाट हेलिकोप्टरमा स्वास्थ्य सामाग्री लिएर धनकुटा आउँदा सांसदले हेलिकोप्टर आउन नदिएको उनले गुनासो गरे ।

    ‘हेलिकोप्टर रोकियो, मलाई आउन दिएनन् र उनीहरुले सुनिल हिरो हुन्छ भने । मलाई हिरो हुनु छैन । धनकुटाका जनताप्रति मेरो खबरदारी छ तर मेरो ज्यान जोखिम छ । लाज लाग्न पर्ने यिनीहरुलाई । हामीले लुटेरा सांसद पठाएछौं ।’

    थापाले गृहमन्त्री बालकृष्ण खाँडलाई भने, ‘हाम्रो यहाँका सांसद हुनुहुन्छ, नयाँ भवन देखियो कि उद्घाटन गरिहाल्नु हुन्छ । त्यो घर हो कि, अफिस हो कि, के हो त्यो ? कृपया गृहमन्त्रीज्यू, अधिराज्यभरि नयाँ भवन भयो कि उहाँलाइ सुचना दिनुस् ताकि उहाँले उद्घाटन गरेर आउनु हुन्छ ।’

  • देउवाको गृहजिल्लाका गठबन्धन दलबीच एमालेविरुद्ध तालमेल गर्ने निर्णय

    देउवाको गृहजिल्लाका गठबन्धन दलबीच एमालेविरुद्ध तालमेल गर्ने निर्णय

    डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सत्तारूढ दलहरूले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् ।

    आज बसेको बैठकले केन्द्रको निर्णयलाई स्वागत गरेका छन् ।

    कांग्रेस जिल्ला उपसभापति दिल्लीराज जोशीको नेतृत्वमा बसेको बैठकमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्लास्तरका नेताहरू सहभागी थिए ।

    बैठकले निरन्तर छलफल जारी राख्ने निर्णय पनि गरेको कांग्रेस डडेलधुराका सचिव हेमराज चटौतले बताए । उनले भने, ‘निर्वाचनसम्म गठबन्धनलाई प्रभाव पार्ने खालका कुनै पनि विचार अभिव्यक्तिसमेत कसैले अभिव्यक्त नगर्ने निर्णय पनि भएको छ ।’

    नेकपा एसका नेता डा. तारा जोशीले केन्द्रमा भएको निर्णयको मर्मअनुसार जिल्लामा छलफल भएको बताए । छलफलमा निर्वाचनमा जिल्लास्तरमा तालमेल गर्ने र सोही अनुसार भद्र सहमति गरेर अगाडि बढ्ने निर्णय भएको उनले जानकारी दिए ।

    कांग्रेस सभापति देउवाको गृहजिल्लामा कांग्रेसभित्र आन्तरिक विवाद पनि कायम छ ।

    सोही विवादलाई ध्यान राखेर गठबन्धनमार्फत आफ्नो साख बचाउने कांग्रेसको दाउ देखिन्छ भने, कांग्रेससँग तालमेल गरेर आफूलाई स्थापित गर्न माओवादी केन्द्र र नेकपा एसले रणनीति बनाएका छन् ।

  • कांग्रेसको प्रचार समितिमा ६७ सदस्य मनोनित (सूचीसहित)

    कांग्रेसको प्रचार समितिमा ६७ सदस्य मनोनित (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा ६७ सदस्य थपिएका छन् । प्रवक्ता प्रकाशरण महत संयोजक रहेको उक्त समितिमा सदस्य मनोनयन गरिएको हो ।

    कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार ९चैत १५ मा० सम्पन्न बैठकको निर्णय अनुसार ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा ६७ सदस्य थपिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल बताए ।

    यी हुन् थपिएका सदस्यहरू :
    १. सदस्य — केन्द्रीय सदस्य जीपछिरिङ लामा
    २. सदस्य — केन्द्रीय सदस्य दीपक गिरी
    ३. सदस्य — केन्द्रीय सदस्य अजयकुमार चौरसिया
    ४. सदस्य — केन्द्रीय सदस्य अम्बिका बस्नेत
    ५. सदस्य — केन्द्रीय सदस्य पुष्पा भुसाल
    ६. सदस्य — केन्द्रीय सदस्य गोविन्द भट्टराई
    ७. सदस्य — केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल
    ८. सदस्य — केन्द्रीय सदस्य रमेश लेखक
    ९. सदस्य — केन्द्रीय सदस्य सरिता प्रसाई
    १०. सदस्य — केन्द्रीय सदस्य बहादुरसिंह (लामा) तामाङ
    ११. सदस्य — केन्द्रीय सदस्य अमृत अर्याल
    १२. सदस्य — केन्द्रीय सदस्य रामजनम चौधरी
    १३. सदस्य — केन्द्रीय सदस्य डा. गोपाल दहित
    १४. सदस्य — केन्द्रीय सदस्य रमा कोइराला (पौडेल)
    १५. सदस्य — केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे
    १६. सदस्य — केन्द्रीय सदस्य ध्रुब वाग्ले
    १७. सदस्य — केन्द्रीय सदस्य दिनेशकुमार यादव
    १८. सदस्य — केन्द्रीय सदस्य टेकबहादुर गुरुङ
    १९. सदस्य — केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवार
    २०. सदस्य — केन्द्रीय सदस्य चन्द्रबहादुर के.सी.
    २१. सदस्य — केन्द्रीय सदस्य मानबहादुर नेपाली
    २२. सदस्य — केन्द्रीय सदस्य अब्दुल सत्तार
    २३. सदस्य — केन्द्रीय सदस्य राजीव ढुंगाना
    २४. सदस्य — केन्द्रीय सदस्य गोविन्दबहादुर शाह
    २५. सदस्य — केन्द्रीय सदस्य राजेन्द्रकुमार के.सी.
    २६. सदस्य — केन्द्रीय सदस्य उमेश श्रेष्ठ
    २७. सदस्य — केन्द्रीय सदस्य राजीवबिक्रम शाह
    २८. सदस्य — केन्द्रीय सदस्य विनोदकुमार चौधरी
    २९. सदस्य — केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव
    ३०. सदस्य — केन्द्रीय सदस्य मैकुलाल वाल्मिकी
    ३१. सदस्य — केन्द्रीय सदस्य चम्पादेवी खड्का
    ३२. सदस्य — केन्द्रीय सदस्य प्रकाश रसाईली स्नेही
    ३३. सदस्य — केन्द्रीय सदस्य ई. मोहन आचार्य
    ३४. सदस्य — केन्द्रीय सदस्य जावेदा खातुन जागा
    ३५. सदस्य — केन्द्रीय सदस्य नागिना यादव
    ३६. सदस्य — केन्द्रीय सदस्य अजयवावु शिवाकोटी
    ३७. सदस्य — केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ
    ३८. सदस्य — केन्द्रीय सदस्य गंगालक्ष्मी अवाल
    ३९. सदस्य — केन्द्रीय सदस्य दिनेश कोइराला
    ४०. सदस्य — केन्द्रीय सदस्य उर्मिला नेपाल के.सी.
    ४१. सदस्य — केन्द्रीय सदस्य सुशीला थिङ
    ४२. सदस्य — केन्द्रीय सदस्य सुशीला ढकाल (आचार्य)
    ४३. सदस्य — केन्द्रीय सदस्य गणेश लामा
    ४४. सदस्य — केन्द्रीय सदस्य रुपा वि.क.
    ४५. सदस्य — केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सीना
    ४६. सदस्य — केन्द्रीय सदस्य शान्ति परिवार वि.क.
    ४७. पदेन सदस्य — नेपाल तरुण दल अध्यक्ष विद्धान गुरुङ
    ४८. पदेन सदस्य — नेविसंघ अध्यक्ष दुजाङ शेर्पा
    ४९. पदेन सदस्य — शम्भु हजारा पासवान (नेपाल दलित संघ)
    ५०. पदन सदस्य — नेपाल मुस्लिम संघ कार्यवाहक अध्यक्ष
    ५१. पदेन सदस्य — नेपाल राष्ट्रिय मगर संघ अध्यक्ष ओम थापा मगर
    ५२. पदेन सदस्य — नेपाल ट्रेड युनियन कांग्रेस अध्यक्ष पुष्कर आचार्य
    ५३. पदेन सदस्य — नेपाल शिक्षक संघ अध्यक्ष राजेन्द्रराज पौडेल
    ५४. पदेन सदस्य — नेपाल निजामती कर्मचारी युनियन
    ५५. पदेन सदस्य — नेपाल सांस्कृतिक संघ अध्यक्ष तीर्थ थापा
    ५६. पदेन सदस्य — नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन अध्यक्ष नरेन्द्रप्रसाद ढकाल
    ५७. पदेन सदस्य — प्रशासन, व्यवस्थापन र विकास केन्द्र अध्यक्ष डिल्लीप्रसाद शिवाकोटी
    ५८. पदेन सदस्य — नेपाल लोकतान्त्रिक शेर्पा संघ अध्यक्ष लाक्पा शेर्पा
    ५९. पदेन सदस्य — प्रजातन्त्रवादी प्राध्यापक संघ जगत तिमिल्सीना
    ६०. पदेन सदस्य — नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन अध्यक्ष योगेन्द्रबहादुर अधिकारी
    ६१. पदेन सदस्य — सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल अध्यक्ष उमेशप्रसाद थानी
    ६२. पदेन सदस्य — प्रजातन्त्रवादी चिकित्सक संघ अध्यक्ष डा. अनिलबिक्रम कार्की
    ६३. पदेन सदस्य — नेपाल प्रेस युनियन अध्यक्ष बद्री सिग्देल
    ६४. पदेन सदस्य — प्रजातान्त्रिक वन प्राविधिक संघ—नेपाल अध्यक्ष दामोदर शर्मा
    ६५. पदेन सदस्य — नेपाल कुमाल संघ अध्यक्ष भीमसेनबहादुर कुमाल
    ६६. पदेन सदस्य — लोकतान्त्रिक नेवाः खल अध्यक्ष नेमसिंह नकर्मी
    ६७. पदेन सदस्य — डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन—नेपाल अध्यक्ष कौशलकुमार पौडेल

  • कांग्रेस कार्यवाहक सभापतिमा खड्का

    कांग्रेस कार्यवाहक सभापतिमा खड्का

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ ।

    कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणको क्रममा आज त्यसतर्फ प्रस्थान गरेकाले पार्टीको विधानबमोजिम खड्कालाई कार्यवाहक तोकिएको हो ।

    पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम देउवाले आफू स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई कार्यवाहक सभापति तोकेको कांग्रेसले विज्ञप्ति निकालेर जनाएको छ ।

  • कांग्रेस रुपन्देहीको कोषाध्यक्षमा अर्याल र उपाध्यक्षमा घिमिरे मनोनित

    कांग्रेस रुपन्देहीको कोषाध्यक्षमा अर्याल र उपाध्यक्षमा घिमिरे मनोनित

    रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीको कोषाध्यक्षमा कार्यसमिति सदस्य हरिप्रसाद अर्याल मनोनित भएका छन् ।

    कांग्रेस रुपन्देहीको बिहीबार बसेको कार्यसमिति बैठकले अर्याललाई कोषाध्यक्ष पदमा मनोनित गर्ने निर्णय गरेको हो ।

    त्यस्तैगरी स्थानीय तह निर्वाचन प्रचारप्रसारमा उपसभापति थानेश्वर घिमिरेलाई संयोजकको जिम्मेवारी दिइएको छ । त्यस्तै सचिव हरि काफ्लेलाई अनुशासन समिति जिम्मेवारी दिइएको छ भने अर्का सचिव परमानन्द भट्टराईलाई घोषणापत्र लेखन समितिमा संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

    बैठकले जिल्ला सदस्यहरुलाई जिल्लाका १६ स्थानीय तहका १५५ वटै वडामा ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानको लागि प्रतिनिधि खटाउने निर्णय गरिएको सचिव हरि काफ्लेले जानकारी दिए ।