Category: नेपाली कांग्रेस

  • काठमाडौंका कांग्रेस नेताहरूको जोड- काठमाडौंमा एक्लै लड्नुपर्छ

    काठमाडौंका कांग्रेस नेताहरूको जोड- काठमाडौंमा एक्लै लड्नुपर्छ

    काठमाडौं । काठमाडौं महानगरपालिकामा एक्लै निर्वाचन जित्ने अवस्था रहेको भन्दै नेपाली कांग्रेसको महानगर समितिका नेताहरूले चुनावी तालमेल गर्न नहुनेमा जोड दिएका छन् ।

    कांग्रेसको काठमाडौं महानगर समितिको आज बसेको बैठकमा ३२ वटै वडाबाट प्रतिनिधित्व गर्ने सदस्यहरूले चुनावी तालमेल गर्न जरुरी नरहेको बताएका हुन् । पार्टीले नै स्थानीय आवश्यकता अनुसार गर्न भनेको उल्लेख गर्दै सबैजसो नेताहरूले काठमाडौंमा कांग्रेस एक्लै लड्नुपर्ने बताएका हुने । उनीहरूले कुनैपनि वडामा अध्यक्ष छाड्नसक्ने अवस्था नरहेको भन्दै तालमेलका कारण पार्टी संगठनमा समस्या पैदा हुने बताए ।

    महानगर समितिको बैठकमा सभापति नीलकाजी शाक्यले केन्द्रबाट चुनावी तालमेल गर्ने निर्णय भइसकेको भन्दै कसरी अगाडि बढ्ने ? भनी सुझाव मागेका थिए ।

    शाक्यको भनाइमा असन्तुष्टि जनाउँदै महानगरका बहुमत सदस्य एवं पदाधिकारीहरुले केन्द्रले भन्दैमा काठमाडौं महानगर तालमेल गर्न नहुने बताए । अधिकांशको मत तालमेलको विपक्षमा आएपछि पदाधिकारीलाई थप निर्णय गर्ने जिम्मा दिँदै बैठक सकिएको छ ।

    महानगर समितिका सचिव सुसन वैद्यका अनुसार स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल आवश्यक नरहेकोबारे केन्द्रलाई सुझाव दिनुपर्ने बताए ।

    ‘बैठकमा व्यक्त विचार हेर्दा काठमाडौंमा तालमेल आवश्यक देखिएन । महानगर समितिले यही व्यहोरा केन्द्रलाई पठाउनुपर्छ । म स्वयं पनि कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भन्नेमा छु’, वैद्यले नेपाल प्रेससँग भने ।

    बैठकमा सभापति शाक्यले आफू काठमाडौं महानगरको प्रमुखका लागि दाबेदार रहेको बताएका थिए । उनी हाल वडा नम्बर २० को अध्यक्षसमेत छन् । त्यस्तै महानगर उपसभापति सुशिला ढकालले आफू उपमेयरको दाबेदार रहेको बैठकमा अवगत गराएकी छिन् ।

  • ललितपुर महानगरसहित तीन वटामा सहमति, भागबण्डा मिल्न बाँकीको जिम्मा प्रदेशलाई

    ललितपुर महानगरसहित तीन वटामा सहमति, भागबण्डा मिल्न बाँकीको जिम्मा प्रदेशलाई

    ललितपुर । ललितपुर महानगरपालिकासहित ललितपुरको गोदावरी नगरपालिका र वागमती गाउँपालिकाको प्रमुखको उम्मेदवारी नेपाली कांग्रेसलाई दिने पाँच दलीय गठबन्धनमा सहमति जुटेको छ ।

    कांग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठका अनुसार महालक्ष्मी र माहाँकालको प्रमुखमा कांग्रेस, माओवादी र समाजवादी तीन वटाकै दाबी छ ।

    उनले भने, ‘ललितपुर महानगर, गोदावरी नगर र वागमती गाउँपालिकामा भने नेपाली कांग्रेसलाई नै दिने सहमति बनेको छ ।’

    निरन्तरको बैठकपछि ललितपुरको ५ दलीय गठबन्धनमा अन्य ठाउँको उम्मेदवारीमा सहमति नजुटेपछि निर्णय गर्न प्रदेशलाई जिम्मा लगाइएको छ ।

    नेकपा एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाका अनुसार शनिबार साँझको बैठकले सहमतिको जिम्मा प्रदेशलाई लगाउने निर्णय गरेको छ ।

    ‘हामी आन्तरिक तयारी गरिरहेका छौं । परिआए एक्लाएक्लै लड्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।

    उनका अनुसार महालक्ष्मी र माहाँकाल गाँउपालिकामा एकीकृत समाजवादीले दाबी गरे पनि सहमति भएको छैन ।

  • चुनावी तालमेलबाट कांग्रेसलाई घाटा हुँदैन : प्रवक्ता महत

    चुनावी तालमेलबाट कांग्रेसलाई घाटा हुँदैन : प्रवक्ता महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं निर्वाचन प्रचार समितिका संयोजक डा. प्रकाशशरण महतले चुनावी तालमेलबाट सबैलाई फाइदा हुने बताएका छन् ।

    प्रचार समितिले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै प्रवक्ता महतले राष्ट्रिय आवश्यकताकै आधारमा सत्तारुढ दलहरुबीच चुनावी तालमेल हुन लागेको भन्दै तालमेल गर्दा लेनदेन हुनु स्वभाविक भएको बताए ।

    ‘सबै ठाउँमा हामीले पाउनेगरी त गठबन्धन हुँदैन नि । गठबन्धन भनेकै लेनदेन हो । कतै हामीले नेतृत्व लिनुपर्छ, कतै छाड्नुपर्छ’, महतले भने । उनले गठबन्धनका कारण कांग्रेसलाई घाटा नहुनेपनि दाबी गरे ।

    ‘गठबन्धनले कसैलाई घाटा हुँदैन । गठबन्धन गर्ने दुवै पक्षलाई फाइदा हुन्छ । कांग्रेसले पनि अघिल्लो निर्वाचनभन्दा शक्ति बढाउने अवसर पाउँछ’,महतले भने ।

    उनले कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको प्रचार आवश्यक भएको बताए ।

    ‘कांग्रेस एमालेजस्तो गफ मात्रै गर्ने पार्टी होइन, काम गर्ने पार्टी हो । हामीले गरेका काम जनताले थाहा पाउने गर्न निर्वाचन प्रचार अगाडि बढाउनुपर्छ’, महतको भनाइ थियो ।

  • पोखरामा मेयरका आकांक्षीसँग २५ हजार शुल्क लिँदै कांग्रेस

    पोखरामा मेयरका आकांक्षीसँग २५ हजार शुल्क लिँदै कांग्रेस

    पोखरा । नेपाली कांग्रेसले केही दिनअघि आकांक्षीसँग शुल्क नलिइ नाम सिफारिस गर्न सर्कुलर पठायो । यसअघि पार्टीको चुनावमा मनपरी शुल्क असुलेपछि विवादमा परेको कांग्रेसले अहिले बेलैमा सचेत भएर आकांक्षीको नाम विना शुल्क सिफारिस गर्न निर्देशन दिएको हो ।

    तर, पोखरा महानगर कमिटीले भने पार्टीको केन्द्रीय सर्कुलरविपरीत शुल्क उठाएको छ । मेयरलाई २५ हजार र उपमेयरलाई २० हजार दर्ता शुल्क तोकिएको छ । सचिव गणेशबहादुर थापाले यो शुल्क नभइ पार्टीलाई सहयोगका रूपमा लिएको बताए ।

    ‘यो शुल्क होइन । फर्मको शुल्क जम्मा पाँच सय रूपैयाँ तोकेका छौं । त्यसबाहेक उम्मेद्वारले पार्टीलाई सहयोग गरोस् भनेर लिएका हौं,’ उनले भने, ‘तिर्नैपर्छ भन्ने छैन । फार्म शुल्कबाहेक अरु नदिए पनि केही रोकतोक छैन ।’

    उनले पार्टी सन्चालनका लागि कोष नभएकोले आन्तरिक स्रोत खोजी गरेको बताए । मेयरका लागि १० जनाभन्दा बढी आकांक्षी छन् भने उपमेयरमा झन् धेरैको चर्चा छ । कांग्रेसले पोखराको मेयर र उपमेयरका लागि आइतबार अपरान्ह ४ बजेसम्म नाम टिपाउन भनेको छ । अहिले मनोनयन दर्ता धमाधम भइरहेको छ ।

  • भरतपुरमा महामन्त्री शर्माको तेस्रो विकल्प- गठबन्धन वा मित्रवत् प्रतिस्पर्धा जे भए पनि मेयर कांग्रेसको (भिडिओ)

    भरतपुरमा महामन्त्री शर्माको तेस्रो विकल्प- गठबन्धन वा मित्रवत् प्रतिस्पर्धा जे भए पनि मेयर कांग्रेसको (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरपालिकाको मेयरमा नयाँ प्रस्ताव अघि सारेका छन् ।

    केन्द्रीय कार्य सम्पादन समितिको शनिवारको बैठकमा उनले गठबन्धन हुँदा कांग्रेसले नै लिने र नभए मित्रवत् प्रतिस्पर्धा गरेर जित्ने प्रस्ताव राखेका हुन् ।

    भरतपुरमा नयाँ र तेस्रो विकल्पमा जाऔँ भन्दै शर्माले त्यो भनेको दुवैले नछाड्ने र मित्रवत् प्रतिस्पर्धा गर्ने रहेको बताए ।

    शर्माको भनाइ थियो– ०७४ मा कांग्रेसले मेयरमा माओवादीलाई छोडेको थियो । माओवादी चाहन्छ यो पटक पनि कांग्रेसले सघाउनु पर्छ । हामी चाहन्छौँ यो पटक माओवादीले कांग्रेसलाई छोड्नु पर्छ । त्यही स्थानीय स्थिति, स्थानीय भावना र स्थानीय आवश्यकताले भन्छ भरतपुरको मेयर कांग्रेसको बन्नुपर्छ, तालमेल भए तालमेलबाट नभए मित्रवत् प्रतिस्पर्धा जिन्दाबाद ।

    शर्माले आफू व्यक्तिगत रूपमा कांग्रेस एक्लै चुनाव लड्नुपर्ने पक्षमा रहेको समेत बताएका थिए ।

    उनको भनाइ थियो– नितान्त व्यक्तिगत रूपमा भन्नुपर्दा मेरो दृष्टिकोण देशभर एक्लै लड्नुपर्छ भन्ने हो तिर निजात्मक बुझाई, भावनात्मक आवेग र धरातलीय यथार्थ बीच जो फरक हुन्छ, त्यही गाम्भिर्यताले तालमेलको तर्कमा म सुरुमै सहमत भएको हुँ । हाम्रो निर्णय गठबन्धन होइन,तालमेल मात्र हो, त्यो पनि स्थानीय स्थिति र आवश्यकता अनुरूप मात्र ।

  • सिन्धुमा सत्ता गठबन्धनलाई तालमेलको सकस, मोहन बस्नेत भन्छन्- कम्युनिस्टको भर हुन्न

    सिन्धुमा सत्ता गठबन्धनलाई तालमेलको सकस, मोहन बस्नेत भन्छन्- कम्युनिस्टको भर हुन्न

    चौतारा । सत्तारुढ पाँच दलबीच स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने केन्द्रमा सहमति भए पनि सिन्धुपाल्चोकमा भने गठबन्धन दलहरुबीच सहमतिको ‘मोडालिटी’ अझै तयार हुन सकेको छैन ।

    केन्द्रमा पाँच दल भने पनि सिन्धुपाल्चोकमा भने सत्तारुढ तीन दलबीच मात्रै चुनाव केन्द्रित बैठकहरू बसेका छन् । नेपाली कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादीका जिल्ला स्तरीय नेताहरू बीच चुनावी गठबन्धनलाई कसिलो बनाएर लैजाने विषयमा बैठक बसे पनि तिनै दलका शीर्ष तहका नेताहरुबीच भने बैठक बस्न सकेको छैन ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र माओवादी केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ सहितका नेताहरू औपचारिक रूपमा एक पटक मात्रै बैठकमा बसेका छन् ।

    शुक्रवार तीनै पार्टीका जिल्ला अध्यक्षसहित बैठक बसेर गठबन्धन गरेर स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा निर्णय त भएको छ तर शीर्ष नेताहरुबीच सहमति नहुँदासम्म जिल्ला तहका नेताहरूले गरेको निर्णय कार्यान्वयन हुनमा समस्या हुने कांग्रेसका एक नेताले जानकारी दिए ।

    तीन दलको बैठक हुँदै गर्दा चौतारामा नै आयोजित कांग्रेसको एक कार्यक्रममा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कम्युनिष्टहरुको भर नहुने भन्दै गठबन्धन नहुने र कांग्रेस एक्लै चुनावी मैदानमा जाने भएकाले तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।

    ‘अहिले स्थानीय तहमा गठबन्धन गर्‍यो,भोलि संघ र प्रदेशमा एमालेसँग मिल्न सक्छन् ’बस्नेतले भने चितवनमा पनि पहिला हामीसँग गठबन्धन भयो पछि कम्युनिस्टहरू मिले’ ।

    संघ र प्रदेशको चुनावमा माओवादीले कांग्रेसलाई धोका दिएर २३ सिटमा झारेको बताउँदै बस्नेतले कम्युनिस्टको भर नभएकाले आफू गठबन्धनको पक्षमा नरहेको बताए ।

    कांग्रेस र माओवादीको आफ्नै दाउ

    कांग्रेस र माओवादीका शीर्ष नेताहरूको बैठकमा स्थानीय तह भागबण्डा गरेर जाने तर कसरी भन्ने सवालमा भने दुवै दलका नेताहरूले आफ्ना अडान प्रस्टसँग राखेका छन् । माओवादीले जिल्ला समन्वय समिति सहित ७ स्थानीय तह कम्युनिष्टहरुले पाउनु पर्ने अडान राखेको छ ।

    सात मध्ये एउटा एकीकृत समाजवादीको भागमा परेको छ । माओवादी चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी, जुगल, भोटेकोसी र लिसंखु पाखर गाउँपालिका आफूले पाउनु पर्ने अडानमा छ ।

    त्यसै गरी समाजवादीलाई मेलम्ची नगरपालिका दिनुपर्ने प्रस्ताव माओवादीले काँग्रेससँगको बैठकमा राखेको छ । तर कांग्रेस यी सबै स्थानीय तह दिन चाहँदैन । झन् समाजवादीको त जिल्लाभर मतदाता नै कम भएकोले कांग्रेस उदार हुन सकेको छैन ।

    कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई भने गठबन्धन नहुँदा आफ्नै नगरपालिकामा समस्या हुने हो कि भन्ने भय छ ।

    ‘जसरी माओवादी चौतारा साँगाचोकगढी नगरपालिका एक्लै भए पनि जित्नेमा विश्वस्त छ,मोहनजी त्यसरी बाह्रबिसे जित्नेमा विश्वस्त छैनन् त्यही भएर मोहनजीलाई पनि समस्या छ’ माओवादीका एक नेताले भने । कांग्रेस केन्द्रीय सदस्य बस्नेतलाई अर्को पनि समस्या देखिएको छ आउने प्रदेश र सङ्घको निर्वाचनमा गठबन्धन भएन भने अहिले माओवादीले मागेका सबै स्थानीय तह उनकै क्षेत्रमा रहेको छ त्यसले गर्दा पनि बस्नेत समस्यामा देखिएका छन् । क्षेत्र नम्बर १ को बलेफी, जुगल, लिसंखुपाखर र भोटेकोसी माओवादीलाई दिँदा कांग्रेसको भागमा बाह्रबिसे, सुनकोसी र त्रिपुरा सुन्दरी मात्रै पर्छ ।

    दुवै दलका कार्यकर्ता गठबन्धन गर्न नहुने अडानमा

    केन्द्रले कसिलो गठबन्धन बनाउने भनेर जति कडा उर्दी जारी गरे पनि सिन्धुपाल्चोकमा भने माओवादी र कांग्रेसका स्थानीय स्तरका नेताहरू भने गठबन्धन नगरी एक्लै चुनावमा जानु पर्ने अडानमा छन् । शुक्रवार चौतारामा भएको कांग्रेसको कार्यक्रममा समेत धेरै स्थानीय नेताहरूले गठबन्धन नगरी एक्लै निर्वाचनमा जानु पर्ने चर्को धारणा राखेका थिए ।

    हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले त सामाजिक सञ्जालमा हेलम्बुमा कांग्रेस एक्लै काफी भएको र कोहीसँग गठबन्धन गर्नु पर्ने आवश्यकता नै नरहेको भन्दै गठबन्धन गर्न नहुनेमा जोड दिएका छन् । काँग्रेसका धेरै वडाका सभापतिहरू समेत गठबन्धन नगरी एक्लै मैदानमा जानु पर्ने पक्षमा देखिएका छन् । माओवादीका स्थानीय नेताहरू पनि गठबन्धन गर्न नहुनेमा विभाजित देखिएका छन् ।

    अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसबाट माओवादी केन्द्रमा प्रवेश गरेर बाह्रबिसे नगरपालिकामा माओवादीको तर्फबाट मेयरमा प्रत्याशी भएका बुद्धराज बस्नेतले पनि गठबन्धन मन मिल्नेसँग मात्रै हुने बताएका छन् ।

    ‘हामी लामो समयदेखि काँग्रेस भित्र मोहन बस्नेतको ज्यादती सहन नसकेर कम्युनिस्टमा आएका छौ,फेरी मोहन बस्नेतलाई नै बोक्नु पर्ने हो भने कम्युनिस्ट हुनुको के अर्थ भयो र? बुद्धराज बस्नेतले भन्ने गरेका छन् ।

    सबैको आफ्नै दाउ

    तीन दलबीच गठबन्धन गर्ने विषयमा बैठक र छलफल चलिरहे पनि गठबन्धन भित्रका प्रमुख कांग्रेस र माओवादीले गठबन्धनबाहिरका अन्य दलहरूसँग पनि भित्री रूपमा तालमेलका लागि बैठकहरू गरिरहेका छन् ।

    कांग्रेस उच्च स्रोतका अनुसार अन्य स्थानीय तहमा एमाले र कांग्रेस बीच तीव्र प्रतिस्पर्धा भए पनि चौतारा साँगाचोकगढी नगरपालिकामा एमाले र काँग्रेस मिलेर जानु पर्नेमा कांग्रेसका नेताहरूले ‘लबिङ’ सुरु गरेका छन् । ‘चौतारा साँगाचोकगढीमा माओवादीले धेरै स्याङ स्याङ गर्‍यो, उनीहरूको स्याङ स्याङ तोड्न भए पनि यहाँ एमालेसँग तालमेल गर्नुपर्छ जस्तो हामीलाई लागेको छ’,कांग्रेसका एक नेताले भने ।

    तर एमालेका नेताहरूले भने यस विषयमा कुनै जवाफ दिएका छैनन् । एमाले र काँग्रेसका स्थानीय नेताहरू पनि चौतारामा कांग्रेस र एमाले मिलेर जानुपर्नेमा सकारात्मक देखिएका छन् ।

    माओवादी र राप्रपाबिचमा पनि चुनावी सहकार्यको विषयमा छलफल भइरहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकामा समाजवादीको भन्दा राप्रपाको मत बढी रहेकाले राप्रपालाई उपप्रमुख दिएर भए पनि निर्वाचनमा तालमेल गरेर जान सक्ने गरेर छलफल भइरहेको स्रोतको दाबी छ ।

    त्यस्तै सुनकोसी गाउँपालिकामा पनि कांग्रेसविरुद्ध एमाले र माओवादी गठबन्धन गरेर जानका लागि अधिकांश माओवादीका स्थानीय नेताहरूले दबाब दिएका छन् ।

    निरीह समाजवादी

    एमालेबाट चोइटिएर गएको समाजवादी भने सिन्धुपाल्चोकमा निरीह देखिएको छ । माओवादीले बोके पनि कांग्रेसले खासै भ्यालु दिएको छैन समाजवादीलाई । केन्द्रको गठबन्धनको निर्णय अनुसार एमालेले प्रमुख जितेर समाजवादीमा गएका स्थानीय तहको प्रमुख समाजवादीलाई पाउने सहमति भए पनि सिन्धुपाल्चोकमा त्यो अवस्था छैन ।

    समाजवादीले मेलम्ची नगरपालिकालाई त्यसको आधार मानेको छ । समाजवादीका जिल्ला अध्यक्ष नवराज पौडेल केन्द्रको नीति अनुसार मेलम्चीमा आफूहरूको प्रमुखमा दाबी रहेको बताउँछन् । एमालेबाट उपप्रमुखमा विजयी भएकी भगवती नेपाल समाजवादीमा छिन् ।

    ‘अहिले माओवादीको ‘फेर’ समातेर हिँडेको छ,हामीले पनि खासै ‘भ्यालु’ दिएका छैनौ’ कांग्रेसका एक नेताले भने ‘माओवादीले समाजवादीलाई बोकेर हिँड्छ भने उसैको भाग देओस्, हामी दिँदैनौ’ ती नेताले भने ।

    समाजवादीका नेताहरूले भने आफूहरूले जित्ने भन्दा पनि एमालेका उमेदवारहरुलाई हराउन आफूहरूसँग पर्याप्त मत रहेको बैठकमा जिकिर गर्ने गरेको ती नेताले बताए ।

  • कैलालीमा गठबन्धन मिलाउन कांग्रेसलाई सकस, भोलि निर्णायक बैठक

    कैलालीमा गठबन्धन मिलाउन कांग्रेसलाई सकस, भोलि निर्णायक बैठक

    कैलाली । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलालीमा तालमेल गर्ने सकस भइरहेको छ ।

    सत्ता गठबन्धनका दलहरू बिच भागबन्डामा कुरा नमिले पछि समस्या सृजना भइरहेको हो । यस विषयमा कांग्रेसले भोलि आन्तरिक छलफलका लागि बैठक बोलाएको छ ।

    ‘अहिले सम्म गठबन्धनका दलहरू बिच पटक पटक छलफल गर्दा पनि कुरा मिलेन । उहाँहरू धेरै भाग चाहियो भन्नुहुन्छ’कांग्रेसका एक नेताले भने ‘हाम्रा नेता कार्यकर्ता माओवादी र कांग्रेसलाई त्यति धेरै दिन सकिन्न भन्नुहुन्छ । यस विषयमा अब भोलि बृहत् छलफल हुन्छ ।

    उनले कैलालीमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा भोलि छलफल हुने बताए ।

    ‘भोलि १२ बजे पार्टी कार्यालयमा बैठक बोलाइएको छ’ उनले भने ‘कैलालीमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा भोलि नै निर्णय पनि हुन सक्छ ।’

    केन्द्रमा पाँच दलीय गठबन्धन भए पनि कैलालीमा मूलतः तीन दलीय गठबन्धन हुने देखिएको छ । तर, उनीहरू बिच पनि भागबन्डामा कुरा मिलेको छैन ।

    नेपाली कांग्रेस र माओवादी केन्द्रसँग एकीकृत समाजवादी दलले समान हैसियतका आधारमा भागबन्डा हुनुपर्ने बताएको छ । नेपाली कांग्रेसले कैलालीका १३ स्थानीय तह मध्ये १० स्थानीय तहमा दाबी गरेको छ ।

    अहिले नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका, कैलारी गाउँपालिका,चुरे गाउँपालिका, लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा दाबी गरेको छ ।

    अहिले कांग्रेसले दाबी गरेको मध्ये कैलारी गाउँपालिका र भजनी नगरपालिका अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो ।

    अहिले उक्त क्षेत्रमा नेपाली कांग्रेसको नगर कमिटीले गठबन्धन गर्न नहुने भन्दै निर्णय नै गरिसकेका छन् ।

    घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, कैलाली गाउँपालिका, लम्की चुहा नगरपालिका र मोहन्याल गाउँपालिकाले आफ्नो स्थानीय तहमा पाँच दलीय गठबन्धन नगर्ने भन्दै निर्णय गरेका हुन् ।

    १३ वटा स्थानीय तह रहेको कैलालीमा अहिले एकीकृत समाजवादी र माओवादी केन्द्रले करिब आधा दर्जन बढी स्थानीय तहमा दाबी गरिरहेका छन् । स्थानीय तहमा धेरै दाबी गरेपछि गठबन्धनमा कुरा मिलाउन सकस भइरहेको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा १३ स्थानीय तह मध्ये एमालेले सात, नेपाली कांग्रेसले तीन, माओवादी केन्द्रले दुई स्थानीय तहमा विजयी भएको थियो । एक तहको प्रमुखमा विजयी भएका तत्कालीन मधेसी जनअधिकार फोरमा लोकतान्त्रिक कांग्रेसमा समाहित भइसकेको छ ।

    एमाले विभाजन भइसकेपछि अहिले १३ स्थानीय तह मध्ये कैलालीको घोडाघोडी र गोदावरीका उपप्रमुखले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

    दुई स्थानीय तहका उपप्रमुख मात्रै रहेको एकीकृत समाजवादीले अहिले छ वटा स्थानीय तहमा दाबी गरेको छ । अन्तिममा चार स्थानीय तहको प्रमुख सम्ममा सहमति गर्न सकिने एकीकृत समाजवादीका नेताहरू बताउँछन् ।

    ‘यी क्षेत्रमा साङ्गठनिक रूपमा हाम्रो उपस्थिति राम्रो छ । अर्को कुरा ती क्षेत्रमा पहिले एमालेले जितेको हो ।’ एकीकृत समाजवादी कैलालीका सचिव खडक रावतले भने, हामी एमालेबाट विद्रोह गरेको आएको हुँदा पनि हामीले ती क्षेत्र पाउनु पर्छ भन्ने मान्यता राखेका छौँ ।’

    एकीकृत समाजवादीकै हैसियतमा माओवादीले स्थानीय तह माग गरेको बताइएको छ । गठबन्धनको बैठक भन्दा बाहिर जे भने पनि बैठकमा धनगढी उपमहानगरपालिका कांग्रेसलाई दिएर अन्य १२ स्थानीय तहले तीन भाग माग गरेको कांग्रेस स्रोतले बताए ।

    गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा भोलि ठोस निर्णय हुन सक्ने कांग्रेस जिल्ला सचिव सुनारले जानकारी दिए ।

  • कांग्रेसले भन्यो- तालमेल सम्भव नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा, तर एमालेसँग मिल्न पाइँदैन (भिडिओ)

    कांग्रेसले भन्यो- तालमेल सम्भव नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा, तर एमालेसँग मिल्न पाइँदैन (भिडिओ)

    काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले महानगर र उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहमा तालमेल गर्नैपर्ने निर्देशन केन्द्रबाट नदिने प्रस्ट पारेको छ ।

    केन्द्रीय कार्य सम्पादन समिति बैठक चलिरहेका बेला पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले जहाँ तालमेल हुन सक्दैन ती ठाउँको रिपोर्ट केन्द्रमा दिनुपर्ने बताए । महतले तालमेल सम्भव नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने तर एमालेसँग भने गठबन्धन गर्न नपाइने बताए ।

    महतले भने–कदाचित तालमेल सम्भव भएन भने रिपोर्ट गर्नुहोला भनेका छौँ । महानगरपालिका र उपमहानगरबाहेक अरू नगरपालिका र गाउँपालिकामा त्यही तहबाट तालमेल हुन्छ । यहाँबाट कुनै निर्देशन जाँदैन । उहाँहरूले नै वस्तुस्थिति र आवश्यकता अनुसार तालमेल गर्ने भन्ने निर्णय हो । हामीले बाध्य पार्दैनौँ, मित्रवत् प्रतिस्पर्धा गर्छौँ भनेर जिल्लाका साथीले भन्नुभयो भने त्यही हुन्छ तर एमालेसँग हुँदैन ।

    कांग्रेसले शीर्ष बैठकको मापदण्डका अनुसार तालमेल सम्भव भएका ठाउँमा तालमेल गर्ने र नभएको अवस्थामा तलकै कमिटीहरूले एक्ला एक्लै लड्ने निर्णय गरेमा स्वतन्त्र रहेको जनाएको छ । तर एमालेसँग भने मिल्न नपाइने भनेको छ ।

    कार्य सम्पादन समिति बैठकमा महानगर र उपमहानगरपालिकाको हकमा कसरी भागबन्डा गर्ने भन्नेबारेमा छलफल भएको महतले बताए ।

  • भरतपुरमा कांग्रेस कार्यकर्ताको सामूहिक राजीनामा, स्वतन्त्र अभियान घोषणा (सूचीसहित)

    भरतपुरमा कांग्रेस कार्यकर्ताको सामूहिक राजीनामा, स्वतन्त्र अभियान घोषणा (सूचीसहित)

    चितवन । भरतपुर महानगरपालिका फेरि पनि माओवादीलाई जिम्मा लगाउन लागेको विरोधमा वडा नम्बर १७ का ५० जना कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गरेका छन् ।

    बेलुवा टोलमा शनिवार भेला गरेर पूर्व वडाध्यक्ष देवनारायण महतो, पूर्व वडा सभापति प्रकाश कँडेलसहित ५० जना क्रियाशील कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् ।

    प्रकाश कँडेलको संयोजकत्वमा भएको भेलाले कांग्रेसबाट राजीनामा दिए पनि देश र जनहितको कामका लागि सधैँ उपस्थित रहने निर्णय गरेको छ । राजीनामा दिएका सबैले हस्ताक्षर समेत गरेका छन् ।

    राजीनामा दिएकाहरूले कांग्रेस नेतृत्वमाथि विभिन्न आरोपहरू समेत लगाएका छन् । केही दिनअघि मात्र भरतपुरका सबै वडा सभापतिहरूको भेलाले महानगरका नेतृत्व माओवादीलाई दिइए मान्य नहुने निर्णय गरेका थिए ।

    भरतपुरको मेयर रेणु दाहाललाई छाडिए कांग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिने तयारी समेत भइरहेका बेला वडाबाट थालिएको सामूहिक राजीनामालाई अर्थपूर्ण रूपमा लिइएको छ ।

  • स्थानीय तह निर्वाचन : प्रदेश १ मा जोखिममा सत्ता गठबन्धन

    स्थानीय तह निर्वाचन : प्रदेश १ मा जोखिममा सत्ता गठबन्धन

    काठमाडौं । प्रदेश १ मा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई चुनावी गठबन्धन जोगाउन मुस्किल हुने सम्भावना बढेको छ ।

    यसको सुरुवात संखुवासभाबाट भएको छ । यहाँ नेपाली कांग्रेसले एकतर्फी रुपमा गठबन्धन टुटेको सार्वजनिक घोषणा गरेको छ । यसको असर प्रदेश १ का अन्य धेरै ठाउँमा पर्ने कांग्रेस नेताहरु बताउँछन् । स्थानीय तह चुनावमा तालमेल गर्ने सत्तारुढ दलहरुको सहमति तल्लो तहसम्म कार्यान्वयन गर्न समस्या भइरहेको छ । गठबन्धनका दलहरुबीच धेरै जिल्लामा सहमति जुट्न सकेको छैन । पछिल्लो समय धेरै ठाउँमा गठबन्धनमा दरार आएका खबरहरु सार्वजनिक भएका छन् ।

    संखुवासभामा लगातार पाँच दिनसम्म चलेको सत्तारुढ गठबन्धनको बैठकले तालमेलको सहमति जुटाउन सकेन । उल्टै कांग्रेसले तालमेल नगर्ने र एक्लै चुनाव लड्ने घोषणा गर्‍यो । कांग्रेसको घोषणाप्रति माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

    अघिल्लो स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा आफ्नो स्वायत्तताको आन्दोलन गरेर एक मत पनि नखसाल्दा जनप्रतिनिधिविहीन सोलुखुम्बुको चर्चित स्थान तिङलामा समेत कांग्रेसले चुनावी गठबन्धन नगर्ने संकेत दिएको छ ।

    पहिले कांग्रेसको गढका रुपमा रहेको हुँदा तिङलामा आफूहरू एक्लैले चुनाव जित्ने कांग्रेस तिङलाका सभापति बालकुमार कार्कीले नेपाल प्रेससँग बताए । उनले भने, ‘हामी एक्लै चुनावी प्रतिस्पर्धामा जान सक्षम छौं । तिङलामा चुनावी गठबन्धन हुँदैन ।’

    माओवादीले आफ्नो हठ नछाडेकाले तिङ्लामा कांग्रेस एक्लै चुनाव लड्ने तयारीमा रहेको कार्की बताउँछन् ।

    ओखलढुंगामा पनि सत्ता गठबन्धनको बैठक निरन्तर बसिरहेको छ । तर निष्कर्ष निस्किएको छैन । जसले गठबन्धन तोडिने सम्भावना बढेको छ । ८ स्थानीय तह रहेको ओखलढुंगामा कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका ४ गाउँपालिकासहित ६ वटा स्थानीय तहमा आफूले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ । जिल्लामा ६ वटा स्थानीय तहमा कांग्रेस, एउटामा माओवादी केन्द्र र बाँकी एउटामा सबैलाई मिलाएर जान सकिने कांग्रेसका एक नेता बताउँछन् । कांग्रेसको बढी भाग पाउनुपर्ने दाबीका कारण गठबन्धन हुन नसक्ने अवस्था आएको बताइएको छ ।

    यता उदयपुरमा माओवादी र कांग्रेसको अडानले चुनावी तालमेल हुने सम्भावना क्षीण बनेको माओवादी केन्द्रको जिल्ला सचिवालयका एक नेताले बताए । कांग्रेसभित्र देखिएको चरम अन्तरकलह, गठबन्धन दलहरुबीच पालिकाहरुमा तालमेल गर्ने विषयमा भएको सकस, कांग्रेसबाट माओवादीलाई अति उपेक्षा, अवमूल्यन भइरहेको अवस्थामा जिल्लामा गठबन्धन नहुने उनले बताए ।

    ‘कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका सबै स्थान र त्यसमाथि पनि थपेर स्थानीय तहको नेतृत्व सुम्पिनुपर्ने भए गठबन्धनको के औचित्य भयो ?’, उनले प्रश्न गरे ।

    आफ्नो दलभित्र उत्पन्न समस्याको व्यवस्थापन गर्नुको सट्टा कांग्रेसले पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णय, भावना र मर्मविपरीत एकपक्षीय रुपमा गठबन्धन टुटाउने कसरत गरिरहेका कारण संखुवासभामा गठबन्धन नहुने संकेत देखिएको र आफ्नो जिल्लामा पनि यो अवस्था नआउला भन्न सकिने अवस्था नरहेको नेकपा माओवादी केन्द्र ओखलढुंगाका अध्यक्ष निशान्त शर्माले बताए ।

    काग्रेसको अडानकै कारण प्रदेश १ मा गठबन्धन जोखिममा पर्दै गएको माओवादी केन्द्रको प्रदेश कार्यालय सचिव मुक्ति बराल बताउँछन् । उनले भने, ‘माओवादी केन्द्र आफ्नो राजनीतिक अस्तित्व कायम राख्दै जनताको नेतृत्व गर्न आगामी स्थानीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न पनि तयार र सक्षम छ ।’

    पाँचदलीय गठबन्धनको मर्म, भावना र निर्णयलाई उल्लंघन गरेर कांग्रेस एकलौटी अगाडि बढेमा माओवादी सबै स्थानीय तहमा आवश्यक निर्णय लिन स्वतन्त्र रहेको उनले जिकिर गरे ।

    नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापा भने जिल्लाको निर्णय मान्य नहुने र सबैतिर गठबन्धन हुने बताउँछन् । उनले भने, ‘संखुवासभामा जिल्ला कार्यसमितिले निर्णय गरेको भए पनि स्थानीय तहमा छलफल जारी रहेकोले चुनावमा गठबन्धन हुन्छ ।’

    संखुवासभाको कारण प्रदेश १ मा गठबन्धन हुने सम्भावना कम भएको अन्य दलको भनाइ छ नि भन्ने नेपाल प्रेसको प्रश्नमा उनले थपे, ‘हरेक स्थानीय तहमा अनुकूलता हेरेर चुनावी गठबन्धन हुन्छ । संखुवासभाले गरेको निर्णयले केही असर पर्दैन ।’

    जितेका स्थानभन्दा केही बढी स्थानमा कांग्रेसले मात्रै होइन सबैले दावी गर्नु नौलो नभएको भन्दै थापाले त्यस विषयमा छलफल गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘कांग्रेसले अघिल्लो निर्वाचनमा जीत हासिल गरेका स्थानीय तहसहित अनुकूल हेरेर गठबन्धनमा आफ्नो माग राखिरहेको छ । तर यति हुँदैमा गठबन्धन तोडिने सम्भावना भइहाल्दैन ।’

    १३७ स्थानीय तह रहेको प्रदेश १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले ५१, नेकपा एमालेले ६९, माओवादी केन्द्रले ९, मधेसी जनअधिकर फोरमले ३, राप्रपाले ३, संघीय समाजवादी फोरमले २ स्थानमा परिणाम आफ्नो पक्षमा पारेका थिए ।

  • सिन्धुलीको सुनकोसीमा कांग्रेसले गठबन्धन नगर्ने

    सिन्धुलीको सुनकोसीमा कांग्रेसले गठबन्धन नगर्ने

    सिन्धुली । सिन्धुलीस्थित सुनकोसी गाउँपालिकामा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने निर्णयसहित नेपाली कांग्रेसले जिल्ला र प्रदेशस्तरीय गठबन्धन संयन्त्रलाई औपचारिक पत्र पठाएको छ ।

    सुनकोसी गाउँपालिकाका सात जना वडा सभापतिको संयुक्त बैठकले केन्द्रको निर्णयअनुसार गठबन्धन गर्न आवश्यक नभएको र एक्लै चुनावी मैदानमा भाग लिने भन्दै राजनीतिक संयन्त्रलाई पत्र पठाएका हुन् ।

    सुनकोसी–५ का वडा अध्यक्ष अर्जुनविक्रम थापाको सभापतित्वमा बसेको वडा सभापतिहरूको भेलाले सो निर्णय गरेका हो । नेपाली कांग्रेस र अन्य राजनीतिक दलबिच गठबन्धनका साथै चुनावी अभियानमा जाने कुरा संघ, जिल्ला प्रदेशमा गाउँपालिकामा गठबन्धनसबन्धी छलफल भइरहेको भए पनि सुनकोसीले गठबन्धन नगर्ने निष्कर्ष निकालेको निर्णयमा उल्लेख छ ।

    ‘यस गाउँपालिका अन्तर्गतका वडा तथा गाउँपालिका गठबन्धनको पक्षमा नरहेको’ उल्लेख गर्दै वडा सभापतिहरूको निर्णयमा भनिएको छ, ‘हाम्रो गाउँपालिका तथा वडामा कुनै पनि पार्टीसँग गठबन्धन नगरी वडा तथा गाउँपालिकामा एकल उम्मेदवार हुने छन् ।’ सो निर्णयसँगै गाउँपालिका समिति, क्षेत्रीय समिति, जिल्ला समिति र प्रदेश स्तरीय संयन्त्रलाई औपचारिक रूपमा पत्र पठाएको हो ।

    निर्णयमा क्रमशः १ देखि ७ सम्मका वडा सभापतिहरू रामकुमार श्रेष्ठ, विजय मोक्तान, बिशु सूर्यवंशी, हरिकुमार योञ्जन, अर्जुनविक्रम थापा, होमप्रसाद तिमिल्सना, उत्तम कुमार लामाले हस्ताक्षर गरेका छन् ।

  • माओवादी संखुवासभाको आरोप – कांग्रेसभित्रको चरम अन्तरकलहले चुनावी तालमेलमा सकस

    माओवादी संखुवासभाको आरोप – कांग्रेसभित्रको चरम अन्तरकलहले चुनावी तालमेलमा सकस

    संखुवासभा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र संखुवासभाले नेपाली कांग्रेसभित्र देखिएको चरम अन्तरकलहले जिल्लाका १० स्थानीय तहमा चुनावी तालमेलको सहमति गर्न सकस भइरहेको आरोप लगाएको छ ।

    माओवादी संखुवासभाका अध्यक्ष टेकमान राई उदयले शनिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले एकतर्फी रुपमा आफूहरुसँग गठबन्धन टुटेको सार्वजनिक घोषणा गरेको स्पष्टीकरण दिएका हुन् ।

    कांग्रेसले आफूहरुलाई अति उपेक्षा र अवमूल्यन गरेको आरोपसमेत अध्यक्ष राईले लगाएका छन् । जसले गर्दा जिल्लामा सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सम्बन्धमा सहमति गर्न नसकिएको उनले उल्लेख गरेका छन् ।

    ‘आफ्नो दलभित्र उत्पन्न समस्याको व्यवस्थापन गर्न र अन्य सहयात्री दलहरुको अस्तित्व स्वीकार्दै आवश्यक लचकता अपनाउनुको सट्टा नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णय, भावना र मर्मविपरीत एकपक्षीय रुपमा गठबन्धन टुटेको घोषणा गर्नु गैरजिम्मेवार निर्णय हो’, प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेुले एकलौटी रुपमा गठबन्धन तोडेको विषयले उत्पन्न परिस्थितिबाट कोही पनि तरंगित र भ्रमित नहुन हाम्रो पार्टी सबैसँग अनुरोध गर्दछ ।’

    अध्यक्ष राईले माओवादी आफ्नो राजनीतिक अस्तित्व कायम गर्दै जनताको नेतृत्व गर्न आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न पनि तयार र सक्षम रहेको जिकिर गरेका छन् । ‘हाम्रो पार्टी पाँच दलीय गठबन्धनको मर्म, भावना र निर्णयमा दृढ र प्रतिबद्धसमेत छ’, उनले भनेका छन् ।

    माओवादी जिल्ला संयोजक राईले कांग्रेस पाँचदलीय गठबन्धनको मर्म, भावना र निर्णय उल्लंघन गरेर एकलौटी अगाडि बढे आफ्नो पार्टी स्थानीय तहमा आवश्यक निर्णय लिन स्वतन्त्र रहेको जनाएका छन् ।

  • प्यूठानको नौबहिनीमा जनमोर्चाविरुद्ध कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन

    प्यूठानको नौबहिनीमा जनमोर्चाविरुद्ध कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन

    रूपन्देही । प्यूठानको नौबहिनी गाउँपालिकामा पाँचदलीय सत्ता गठवन्धन भत्किएको छ। यहाँ राष्ट्रिय जनमोर्चाविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी गठबन्धन गरेका छन् ।

    सत्ता गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेपछि जनमोर्चा एक्लिएको हो ।

    सत्तारुढ तीन ठूला दलले आफूहरुलाई चुनावी गठबन्धनमा सहभागी नगराएको जनमोर्चा प्यूठानका सल्लाहकार एवं नौबहिनी गाउँपालिका इन्चार्ज राम पहाडीले बताए ।

    ‘बैठकमा बोलाएर कांग्रेस र माओवादीले छुट्टै बैठक बस्छौं भनेपछि नोट अफ डिसेन्ट लेखेर हामी बाहिरियौं’, पहाडीले भने, ‘पुरानै अनुहार दोहोरिने गरी भागबन्डा गरेको खबर छ । हामीलाई पुनः बैठकमा बोलाएनन् ।’

    नौबहिनी गाउँपालिकामा यसअघिको स्थानीय तह निर्वाचनमा पनि जनमोर्चाविरुद्ध कांग्रेस र माओवादी मिलेर लडेका थिए । वडा नम्बर १ स्याउलीवाङ समाजवादीलाई र तीन–तीन वटा वडा कांग्रेस र माओवादीलाई भागबन्डा गरिएको बताइएको छ । फोप्लीको वडामा विवाद रहँदा सहमति भएको छैन ।

    गाउँपालिका अध्यक्षमा बहालवाला अध्यक्ष शिव रिजाल र उपाध्यक्षमा घनबहादुर बुढालाई दोहोर्‍याउने सहमति भएको छ । अध्यक्ष रिजाल कांग्रेस र उपाध्यक्ष बुढा माओवादी केन्द्रका हुन् ।

    २०७४ सालको स्थानीय निर्वाचनमा नौबहिनीमा कांग्रेस र माओवादीविरुद्ध जनमोर्चा र एमालेले पनि तालमेल गरेका थिए । जनमोर्चाका पहाडी यसअघि एमालेसँगको तालमेलमा गाउँपालिका उपाध्यक्ष उठेका थिए ।

    जनमोर्चाले वडा नम्बर ४ र ६ को अध्यक्ष माग गरेपछि सहमति हुन नसकेको कांग्रेसका जिल्ला सदस्य एवं नौबहिनी गाउँपालिका अध्यक्ष
    शिव रिजालले जानकारी दिए ।

  • कांग्रेसकाे प्रचार समितिमा परे माओवादीका मेयर दावेदार (सूचीसहित)

    कांग्रेसकाे प्रचार समितिमा परे माओवादीका मेयर दावेदार (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन प्रचार प्रसार समिति अन्तरगत प्रदेश समन्वय तथा प्रचार प्रसार उपसमिति गठन गरेको छ ।

    उपसमिति अन्तरगत वरिष्ठ पत्रकार विष्णु निष्ठुरी, किरण पोखरेल, अनिता बिन्दु र गोपाल झाको संयोजकत्वमा गठित उपसमितिहरु गरिएको हो ।

    उनीहरुलाई क्रमशः अनलाईन मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमिति, छापा माध्यम समन्वय तथा प्रचार–प्रसार उपसमिति, टेलिभिजन समन्वय तथा प्रचार–प्रसार उपसमिति र रेडियो एफएम समन्वय तथा प्रचार–प्रसार उपसमिति संयोजकको जिम्मेवारी दिइएको छ ।

    यस्तै टेलिभिजन समन्वय तथा प्रचार प्रसार उपसमिति अन्तरगत प्रदेश २ को समिति सदस्यमा माओवादीमा प्रवेश गरेका कमलेश मण्डल पनि रहेका छन् । उनी पत्रकार महासंघ महोत्तरीका अध्यक्ष हुन् । उनलाई केही दिनअघि मात्रै प्रचण्डले माओवादीमा स्वागत गरेका थिए ।

    मण्डल महोत्तरीको मटिहानी नगरपालिकामा माओवादीबाट मेयरको उम्मेदवार बन्दैछन् । उनी एभिन्युज टेलिभिजनमा कार्यरत रही आएका थिए ।

    उपसमितिमा निम्नअनुसार सदस्य रहेका छन् ।

    क) अनलाईन मिडिया समन्वय तथा प्रचार–प्रसार समिति अन्तरगत :
    प्रदेश १
    १ कुमार लुइँटेल –संयोजक
    २ आत्माराम राजवंशी–उपसंयोजक
    मधेश प्रदेश
    १ गुरु गौतम–संयोजक
    २ श्रमन देव–उपसंयोजक
    बागमती प्रदेश
    १ पद्म राज जोशी–संयोजक
    २ कुमार राउत–उपसंयोजक
    गण्डकी प्रदेश
    १ टंक अधिकारी–संयोजक
    २ सोनी शर्मा–उपसंयोजक
    लुम्बिनी प्रदेश
    १ रेखा भुसाल –संयोजक
    २ नारायण खड्का–उपसंयोजक
    कर्णाली प्रदेश
    १ सुशील शर्मा– संयोजक
    २ राजन राउत– उपसंयोजक
    सुदूरपश्चिम प्रदेश
    १. दीर्घराज उपाध्याय–संयोजक
    २. बरुण पनेरु–उपसंयोजक
    ख) संयोजक किरण पोखरेल र सदस्य सचिव दामोदरप्रसाद दवाडीसहितको २१ सदस्यीय
    छापा माध्यम समन्वय तथा प्रचार–प्रसार उपसमिति अन्तरगत
    प्रदेश नं. १
    क्र सं नामथर पद÷जिल्ला
    १ गोविन्द चन्द्र छेत्री संयोजक,झापा
    २ रेजिना रोदन (गौतम) सदस्य, झापा
    ३ विजयशेखर भट्टराइ ईलाम
    ४ भीम बाँस्कोटा पाँचथर
    ५ धर्म पोखरेल ताप्लेजुङ्ग
    ६ हरिबहादुर रम्जेल, धनकुटा
    ७ दिपेन्द्र पराजुली, सोलुखुम्बु
    ८ जीवन शर्मा, ओखलढुङ्गा
    ९ उत्तम चापागाईं, खोटाङ
    १० अर्जुन बस्नेत भोजपुर
    ११ कृष्णराज शाक्य संखुवासभा
    १२ कुमार लुईटेल, मोरङ्ग
    १३ पर्शुराम थापा उदयपुर
    १४ धनबहादुर पुरी, सुनसरी
    १५ टी.आर. लिम्बु, तेह्रथुम
    मधेश प्रदेश
    क्रसं नामथर पद÷ जिल्ला
    १ दीपेन्द्र चौहान संयोजक
    २ क्रान्ति साह पर्सा
    ३ श्यामप्रसाद यादव बारा
    ४ प्रभात झा रौतहत
    ५ टंक क्षेत्री सर्लाही
    ६ रवीन्द्र उप्रेती महोत्तरी
    ७ राहुल सिंह धनुषा
    ८ शम्भु यादव सिरहा
    ९ ललितब साह सप्तरी
    बागमती प्रदेश
    क्र.सं नामथर पद÷जिल्ला
    १ परशु घिमिरे प्रदेश संयोजक
    २ खगेन्द्र भण्डारी काठमाडौं
    ३ कौशल कुमार भट्टराई काठमाडौं
    ४ केदारप्रसाद बास्कोटा
    ५ रोशन शिल्पाकार
    ६ माधवप्रसाद घिमिरे ललितपुर
    ७ मधुसुधन तिमिल्सिना काभ्रेपलाञ्चोक
    ८ नवराज शिवाकोटी दोलखा
    ९ टीका भट्ट रामेछाप
    १० गणेश अधिकारी मकवानपुर
    ११ लेखराम सापकोटा चितवन
    १२ ध्रुव दंगाल सिन्धुपाल्चोक
    १३ अनु आचार्य रसुवा
    १४ मनिष दुवाडी धादिङ्
    १५ सुकदेव दाहाल नुवाकोट
    १६ राधा खनाल काठमाडौं
    १७ भुवन शर्मा काठमाडौं
    गण्डकी प्रदेश
    क्र.सं नामथर पदाधिकार÷जिल्ला
    १ गंगाधर पराजुली संयोजक÷कास्की
    २ बासु मिश्र कास्की
    ३ सन्तोष पोखरेल कास्की
    ४ राधाकृष्ण डुम्रे स्याङ्जा
    ५ नरेश ढकाल गोरखा
    ६ मिला दरै तनहुँ
    ७ संगम घर्ती मगर बाग्लुङ्
    ८ राकेश शर्मा म्याग्दी
    ९ साजन परियार पर्वत
    १० साधना स्याङ्जा
    ११ शान्ता कमली लमजुङ्
    १२ नवीन लामिछाने मनाङ्
    लुम्बिनी प्रदेश
    क्र. सं नामथर पद÷जिल्ला
    १ हेमन्त कर्माचार्य संयोजक÷बाँके
    २ यादव आचार्य बर्दिया
    ३ कमल खत्री बाँके
    ४ लिलाधर ओली दाड.
    ५ कविता उपाध्यय रोल्पा
    ६ चेतकुमारी बिसी रुकुमपूर्व
    ७ सम्शेर जीसी प्यूठान
    ८ नारद कोहार कपिलवस्तु
    ९ तेजेन्द्र के.सी. रुपन्देही
    १० रमेश विश्वकर्मा गुल्मी
    ११ हरि शर्मा परासी
    १२ प्रेमनारायण आचार्य अर्घाखाँची
    १३ मुक्तिप्रसाद न्यौपाने पाल्पा
    सुदूरपश्चिम प्रदेश
    क्र.सं नामथर पद ÷जिल्ला
    १ मनमोहन स्वार
    संयोजक÷कैलाली
    २ भोजराज जोशी दार्चुला
    ३ डि.बी. बिष्ट, बझाङ
    ४ जनक ऐडी डडेल्धुरा
    ५ प्रेम रौले, बाजुरा
    ६ सुशील भण्डारी अछाम
    ७ प्रेम चौधरी कैलाली
    ८ मनोज भट्ट
    कञ्चनपुर
    ९ पवन महरा डोटी
    १० विरा गडाल बैतडी
    कर्णाली प्रदेश
    क्र सं नामथर पद÷जिल्ला
    १ ललित बसेल संयोजक÷ संयोजक
    २ नवीन शर्मा दैलेख
    ३ पुष्पराज भट्टराई कालिकोट
    ४ लीला पौडेल जाजरकोट
    ५ एलपी देवकोटा जुम्ला
    ६ राजु लामिछाने रुकुम पश्चिम
    ७ राजबहादुर शाही मुगु
    ८ राजन रावत हुम्ला
    ग) टेलिभिजन समन्वय तथा प्रचार–प्रसार उपसमिति अन्तरगत
    प्रदेश १
    संयोजक ः मिनकुमार नवोदित
    क्रस नाम जिल्ला
    १ कुमार खड्का झापा
    २ सुरेन्द्र भण्डारि झापा
    ३ यज्ञ अधिकारी मोरङ
    ४ बिरेन्द्र शाह मोरङ
    ५ निरज कोईराला भोजपुर
    ६ विदुर खवास धनकुटा
    ७ टिका खतिवडा ईलाम
    ८ दिनराज कार्की खोटाङ
    ९ पदम सरदार मोरङग
    १० नवराज कार्की ओखलढुंगा
    ११ जितेन्द्र भण्डारी पाचथर
    १२ दिपेन्द्र शाक्य संखुवासभा
    १३ सन्तोष राउत सोलुखुम्बु
    १४ विनोद आचार्य सुनसरी
    १५ माला पालुङवा ताप्लेजुङ
    १६ प्रकाश लिम्बु तेह्थुम
    १७ विश्वराज तामाङ उदयपुर
    १८ सुरेन्द्र भण्डारी झापा
    मधेश प्रदेश
    संयोजक ः बसन्त खतिवडा
    क्र स नाम जिल्ला
    १ ईमरान खान पर्सा
    २ बसन्त खतिवडा वारा
    ३ घनश्याम मिश्र धनुषा
    ४ कमलेश मण्डल महोतरी
    ५ ललिता साह सप्तरी
    ६ सागर हुमागाई रौतहट
    ७ रोशन न्युपाने सर्लाही
    ७ ओमप्रकाश ठाकुर सर्लाही
    ८ दिलिप सहनी सिराहा
    वाग्मती प्रदेश
    संयोजक ः हिमाल ढुंगेल
    क्रस नाम जिल्ला
    १ सन्तोष ढुंगेल रामेछाप
    २ हिमाल ढुंगेल रामेछाप
    ३ दीपशंकर चौलागाई दोलखा
    ४ धनु भुषाल नवलपरासी
    ५ कल्पना कुँवर नवलपरासी
    ६ अनिल ढकाल चितवन
    ९ शुशिल कोईराला रसुवा
    १० दिपक भट्ट रामेछाप
    ११ टिकाजंग थापा सिन्धुली
    १२ गोमा थापा धादिङ
    १३ कमला तामाङ सिन्धुपाल्चोक
    १४ सुजन काफ्ले दोलखा
    १५ नमराज सुवेदी नुवाकोट
    १६ ईश्वर जोशी चितवन
    १७ युवराज श्रेष्ठ रामेछाप
    गण्डकी प्रदेश
    संयोजक ः प्रदीप पौडेल
    क्रस नाम जिल्ला
    १ राधाकृष्ण पौडेल कास्की
    २ अनिशा श्रेष्ठ कास्की
    ३ प्रकाश ढकाल कास्की
    ४ प्रदीप पौडेल कास्की
    ५ विमला भण्डारी कास्की
    ६ परमेश्वर अधिकारी लम्जुङ
    ७ प्रदिप पन्त बाग्लुङ
    ८ मोहसिन अलिमिया गोरखा
    ९ प्रताप राना तनहुँ,
    १० भवानी अधिकारी स्याङजा
    ११ राकेश शर्मा म्याग्दी
    १२ निरज अधिकारी लम्जुङ
    १३ रामकृष्ण लामिछाने पर्वत
    १४ साजन परियार पर्वत
    १५ पवन पौडेल तनहु
    १६ श्रीकृष्ण सिग्देल
    १७ नवीन लामिछाने मनाङ,
    लुम्बिनी प्रदेश
    संयोजक ः विष्णु भुषाल
    क्रस नाम जिल्ला
    १ प्रेम नारायण आचार्य अर्घाखाची
    २ गौरव गिरि बाके
    ३ दुर्गा आचार्य वर्दिया
    ४ शिवराज खनाल दाङ लमही
    ५ सन्तोष महतारा गुल्मि
    ६ खग प्रसाद चापागाई कपिलवस्तु
    ७ अहमद हुसेन राज्य टिभि
    ८ भरत शर्मा पाल्पा
    ९ शमशेर बहादुर जिसि प्युठान
    १० सन्तोष शर्मा रोल्पा
    ११ हरिश ढकाल रुपन्देही
    १२ विष्णु भूषाल रुपन्देही
    १३ विक्रम खड्का रुपन्देही
    १४ भुवन जिसि रुपन्देही
    १५ जनार्दन घिमिरे गुल्मी
    कर्णाली
    संयोजक ः रमेश कुमार पाण्डे
    क्रस नाम जिल्ला
    १ भक्त शाही दैलेख
    २ रतन भण्डारी हुम्ला
    ३ मोहन विक्रम शाही जुम्ला
    ४ बद्रि पन्त जाजरकोट
    ६ पुस्प भटराई कालिकोट
    ७ आशिस केसी सल्यान
    ८ सुदीप पुरी सुर्खेत
    ९ वुद्धिसिंह ठकुरी सुर्खेत
    १० वसन्त भण्डारी सुर्खेत
    ११ मान वहादुर वली सुर्खेत
    १२ कमल पन्त सुर्खेत
    सुदुरपश्चिम प्रदेश
    संयोजक ः श्रवण देउवा
    क्रस नाम जिल्ला
    १ श्रवण देउवा कैलाली
    २ शंकर बोहरा कैलाली
    ३ महादेव अबस्थी कञ्चनपुर
    ४ धनबहादुर भण्डारी डडेल्धुरा
    ५ केशब चन्द्र भण्डारी डोटी
    ६ खम्म खत्री अछाम
    ७ ईश्वर बोहार बैतडी
    ८ रुपक खड्का बझाङ
    ९ बासुदेब बडु दार्चुला
    १० राजेन्द्रबहादुर रोकाय बाजुरा
    घ) रेडियो एफ एम समन्वय तथा प्रचार–प्रसार उपसमिति
    क्र.सं. नामथर पद जिल्ला
    १ गोपाल कुमार झा संयोजक महोत्तरी
    २ रमेश जोशी सहसंयोजक डँडेल्धुरा
    ३ दीर्घराज उपाध्याय सदस्य धनगढी
    ४ अर्जुन अधिकारी सदस्य चितवन
    ५ सोम सुशेली सदस्य इलाम
    ६ साजिर मन्सूर सदस्य बारा
    ७ ओमकार आचार्य सदस्य तनहुँ
    ८ नवीन गिरी सदस्य बाँके
    ९ जनक शाही सदस्य हुम्ला
    १० अमृत अधिकारी सदस्य काठमाडौं
    ११ कल्पना तिवारी सदस्य रुपन्देही
    १२ प्रकाश मैनाली सदस्य सर्लाही
    १३ कमल पौडेल सदस्य कास्की
    १४ के.पी.घिमिरे सदस्य दाङ्
    १५ पुरुषोत्तम बस्नेत सदस्य नुवाकोट
    १६ गिरिराज भट्टराई सदस्य झापा
    १७ चेतन धमला सदस्य सुनसरी
    १८ सरोज शर्मा सदस्य पाँचथर
    १९ चिरञ्जीवी अर्याल सदस्य सुर्खेत
    २० कर्ण कुँवर सदस्य बर्दिया
    २१ जगदीश भट्टराई सदस्य पाल्पा
    २२ रोशन तिवारी सदस्य पर्वत
    २३ रीता भट्टराई सदस्य चितवन
    २४ केशव कोइराला सदस्य सुर्खेत
    २५ रमेश वस्ताकोटी सदस्य चितवन
    २६ जगत खड्का सदस्य बझाङ
    २७ पदम सुवेदी सदस्य प्यूठान
    २८ शरद् रेग्मी सदस्य दाङ
    २९ युवराज न्यौपाने सदस्य कैलाली
    ३० के.पी.घिमिरे सदस्य दाङ
    ३१ चैतन्य सापकोटा सदस्य मोरङ
    ३२ अरविन्द मेहता सदस्य मोरङ
    ३३ गंगा दाहाल सदस्य काठमाडौं
    ३४ नवराज खनाल सदस्य कैलाली
    ३५ सन्तोष शर्मा सदस्य रोल्पा
    ३६ पुष्प भट्टराई सदस्य कालिकोट
  • देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक, महानगर र उपमहानगरका उम्मेदवार टुंग्याइने

    देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक, महानगर र उपमहानगरका उम्मेदवार टुंग्याइने

    काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउन बैठक बोलाएको छ ।

    गठबन्धनमा भएको सहमति अनुसार महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक आह्वान गरेका हुन् ।

    बैठक शनिबार पार्टी कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    स्थानीय तह निर्वाचनको मिति नजिक आउँदै गर्दा प्रतिपक्षी दल नेकपा एमालेले विभिन्न पालिकामा उम्मेदवार टुंगो लगाएको छ ।

    कांग्रेस समेत गठबन्धनमा रहेका दलहरु अहिले पनि आन्तरिक छलफलमा जुटिरहेका छन् ।

  • बेनीको मेयरमा कांग्रेसबाट शर्मा सर्वसम्मत उम्मेदवार

    बेनीको मेयरमा कांग्रेसबाट शर्मा सर्वसम्मत उम्मेदवार

    बेनी । नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको मेयर पदमा चिरञ्जीवी शर्मालाई उम्मेदवार बनाउने भएको छ । शुक्रबार जिल्ला कार्यसमितिको पदाधिकारी बैठकले शर्मालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

    बिहिबार नेपाली कांग्रेस बेनी नगरसमितिको बैठकले मेयरको आकांक्षी १० जनाको नाम सिफारिस गरेकोमा जिल्ला कार्यसमितिको पदाधिकारी बैठकले बाँकी ९ जनाकै समर्थनमा शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस म्याग्दीका सचिब भरतबहादुर रकालले जानकारी दिए ।

    नगरसमितिले मेयरमा १० जना र उपमेयरमा ३ जना आकांक्षीहरुको नाम जिल्ला कार्य समितिमा सिफारिस गरेको थियो । कांग्रेसबाट मेयरको उम्मेदवार बन्न लागेका बेनी नगरपालिका-१० पात्लेखेत निवासी शर्मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र अधिबक्ता समेत हुन् ।

    शर्मालाई कांग्रेस भित्र वैचारिक नेतृत्वका रुपमा लिने गरिन्छ । कांग्रेसे उपमेयर भने टुंगो लगाएको छैन । गठबन्धनलाई मध्यनजर गरेर कांग्रेसले उपमेयरको पद टुंगो नलगाएको जनाइएको छ ।

  • कांग्रेसको चुनावी सभा २ घण्टाभन्दा बढी नहुने, गठबन्धनका नेतालाई आसनग्रहण गराउनुपर्ने

    कांग्रेसको चुनावी सभा २ घण्टाभन्दा बढी नहुने, गठबन्धनका नेतालाई आसनग्रहण गराउनुपर्ने

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारका लागि २ घण्टाभन्दा लामो चुनावी सभा नगर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबारको बैठकले निर्वाचनको प्रचारका लागि आयोजना गरिने सभाहरू सञ्चालन गर्न मापदण्ड तय गरेको हो ।

    समितिले बनाएको मापदण्डअनुसार पालिकास्तरका चुनावी सभा बढीमा २ घण्टाभित्र सकिनुपर्नेछ । वडा र टोलस्तरका सभा भने १ घण्टाभित्रै सम्पन्न गर्नुपर्ने मापदण्डमा उल्लेख छ । बैठकले सभामा आसन ग्रहण र वक्ताको संख्याबारे पनि मापदण्ड निर्धारण गरेको छ ।

    गठबन्धन भएको स्थानमा गठबन्धनमा रहेका दलको तर्फबाट १-१ जना, सम्बन्धित सभाको सभापति र प्रमुख अतिथि वा प्रमुख वक्तालाई मात्रै आसन ग्रहण गराइनेछ । अन्य जिम्मेवारीमा रहने नेताहरुलाई सामूहिक आसन ग्रहण गराउनुपर्ने मापदण्डमा उल्लेख छ । बैठकले चुनावी सभाका र प्रचारका लागि समय व्यवस्थित गर्न मापदण्ड बनाएको हो ।

    त्यस्तै बैठकले प्रदेश र जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने, पालिकासम्मको प्रतिनिधि प्रदेश समितिले पठाउने र भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले आ-आफ्नै परिचालन समिति बनाउने निर्णयसमेत गरेको छ ।

  • ललितपुरको मेयरका लागि कांग्रेसबाट सातजना सिफारिस

    ललितपुरको मेयरका लागि कांग्रेसबाट सातजना सिफारिस

    ललितपुर । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि सातजनाको नाम सिफारिस गरेको छ।

    कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो । कांग्रेस ललितपुर महानगर कार्यसमितिले नाम सिफारिस गरेको हो ।

    महानगरमा मेयरको उम्मेदवारको टुंगो कांग्रेस केन्द्रीय कार्यसमितिले लगाउनेछ । कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिसकेको छ ।

  • पोखरा महानगर: महागठबन्धनमाथि एमाले हाबी, मेयरमा कांग्रेस र नेकपा एसको तथ्यांकसहित यस्तो दाबी

    पोखरा महानगर: महागठबन्धनमाथि एमाले हाबी, मेयरमा कांग्रेस र नेकपा एसको तथ्यांकसहित यस्तो दाबी

    काठमाडौं । भागबण्डाका क्रममा पोखरा महानगरपालिकाको नेतृत्व नछाड्न आग्रह गर्दै बुधबार कास्की कांग्रेसका नेताहरूको टोलीले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालगायत केन्द्रीय पदाधिकारीहरूलाई भेट्यो । कास्की सभापति किशोरदत्त बरालको नेतृत्व गएको टोलीले ठूलै मेहनतपछि सभापति देउवालाई भेट्न पाएको थियो ।

    भेटमा प्रधानमन्त्री देउवाले उल्टै कास्की कांग्रेसको टोलीको ‘झाँको’ लिए । टोलीले पोखरा महानगरको नेतृत्व एकीकृत समाजवादीलाई दिन लागेको र त्यसो हुँदा एमालेलाई जित्न पनि नसकिने र कांग्रेसलाई नै क्षति हुने बताएको थियो ।

    त्यत्ति सुन्दा नै प्रधानमन्त्री देउवाले महानगर भागबण्डाबारे कुरै नचलेको भन्दै रिस निकाले । उनले झोक्किँदै जवाफमा भने, ‘कुरै चल्या छैन । कसरी दिने भन्ने ? त्यसै कुरा लिएर आउने ?’

    त्यसपछि पोखराको अंकगणितका विषयमा टोलीले जानकारी गराउने प्रयास गरेको थियो । त्यसमा पनि प्रधानमन्त्री देउवाले ‘सब थाहा छ, सब थाहा छ’ भनेर कुरै सुन्न चाहेनन् । अन्तिममा टोलीले कांग्रेस एक्लै पनि चुनाव जित्न सक्ने अवस्थामा रहेको बताएको थियो ।

    त्यसपछि प्रधानमन्त्री देउवाले कांग्रेसबाट साझा उम्मेदवार बनाएर ल्याउन चुनौती दिए । ‘साझा उम्मेदवार बनाएर ल्याउन सक्छौं ?’ भनेर चुनौतीपूर्ण प्रश्न तेस्र्याएपछि टोली नाजवाफ भयो । जिल्ला सभापतिले ‘सक्छौं’ भन्ने जवाफ दिन सकेनन् ।

    प्रधानमन्त्री देउवा झोक्किएजस्तै पोखराको अवस्था पनि उस्तै देखिन्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा पोखरामा नेकपा माओवादी केन्द्रले मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई समर्थन गरेको थियो । माओवादी केन्द्रको समर्थन पाउँदा पनि कांग्रेस उम्मेदवार कुँवर नेकपा एमालेका उम्मेदवार मानबहादुर जीसीसँग झण्डै १४ हजारको मतान्तरले पराजित हुनपुगे ।

    त्यतिबेला एमालेबाट उम्मेदवार जीसीले ६० हजार एकसय १८ मत पाउँदा कांग्रेसका कुँवरले ४६ हजार ४ सय १६ मत प्राप्त गरेका थिए । तेस्रो भएका संघीय समाजवादी फोरमका उम्मेदवार हुमबहादुर गुरुङले ३ हजार एक सय ७० मत ल्याउँदा राप्रपाका उम्मेदवार गिता गुरुङले २ हजार २ सय ७२ मत ल्याएकी थिइन् । अहिले हुमबहादुरसहित जसपाको सिंगो टिम नै एमालेमा प्रवेश गरिसकेको छ ।

    विगतको यो नतिजा हेर्दा त्यहाँ एमाले एक्लै निकै बलियो छ । त्यहीँ कारण सत्तारूढ गठबन्धनका दलहरू एक्ला–एक्लै लड्दा अवस्था सुरक्षित छैनन् । प्रधानमन्त्री देउवाले पनि सोही गणितको आँकलन गरेर नै पोखरामा गठबन्धनको विकल्प देखेका छैनन् ।

    यद्यपि सत्तारूढ दलहरूबीचको भागबण्डामा महानगरको नेतृत्व कहाँ कसले लिने ? भन्ने विषयमा रस्साकस्सी चलिरहेको छ । सोही रस्साकस्सीको उदाहरण हो– कास्की कांग्रेसको हिजोको डेलिगेसन ।

    चुनावी गणितमा एमाले हाबी, दोस्रोमा कांग्रेस

    सत्तारूढ दलहरूले प्रक्षेपण गरेको तथ्यांकअनुसार नै पोखरामा एक्ला–एक्लै तुलना गर्दा एमाले हावी देखिन्छ । निर्वाचन आयोगका अनुसार यसपटक महानगरमा २ लाख ७ हजार ७ सय १२ जना मतदाता छन् । कास्की कांग्रेसले गरेको प्रक्षेपणअनुसार यसमा झण्डै २५ देखि ३० प्रतिशत मत नखस्ने मतदाताको छ । जुन नेपालका पछिल्ला निर्वाचनहरूको औसत दर हो ।

    बाँकी मतमा ७० देखि ७२ हजार मतदाता एमालेले होल्ड गर्नसक्ने रिपोर्ट कांग्रेसको छ, जुन देउवालाई सुनाउन ल्याइएको थियो । कांग्रेससँग ६० हजारको हाराहारीमा मत छ भने ८ हजार माओवादी केन्द्र र ५ हजार नेकपा एससँग रहेको कांग्रेसको दाबी छ ।

    अघिल्लो निर्वाचनमा तीनहजार बढी मत पाएको संघीय समाजवादी फोरम (हालको जसपा) का मेयरका उम्मेदवार गुरुङ नै एमाले प्रवेश गरेपछि सो मत उतै गएको कांग्रेसको दाबी छ ।

    हुमबहादुरमात्र होइनन्, कास्कीका प्रभावशाली नेता तथा प्रदेश अध्यक्ष गणेशमान गुरुङसहित यहाँको ३ हजार मत होल्ड गर्ने समूहलाई केपी ओलीले एमालेमा स्वागत गरिसके । नेकपा एसले एमालेबाट काट्ने मत एमालेले जसपाबाट कभर गर्ने दाबी छ ।

    यता नेकपा एसले भने झण्डै १८ हजार मत नेकपा एमालेको तान्ने प्रक्षेपण गरेको छ । त्यसका लागि सो पार्टीले ८३ पेजको प्रतिवेदन नै तयार पारेको स्रोतले बतायो । तर कास्की कांग्रेसले भने नेकपा एसको त्यो अनुमान आधारहीन रहेको दाबी गरिरहेको छ ।

    कांग्रेसका मेयर दाबेदार बाबुराम आचार्य तीनपटक गन्दा पनि नेकपा एसको मत १८ हजार नपुग्ने दाबी गर्छन् । नेकपा एसका मेयरका दाबेदार धनराज आचार्यकै वडामा सो पार्टीले २ सय मत कटाउने अवस्था नरहेको र अन्य वडामा त्यति मत पनि नरहेको कांग्रेस र माओवादी दुवै पक्षको आँकलन छ ।

    गठबन्धनभित्र मेयरमा तीनै दलको दाबी

    सत्तारूढ पाँच दलबीचमा स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णयपछि अहिले सिट भागबण्डाको बहस चलिरहेको छ । देशभरका ६ महानगरमध्ये कांग्रेसबाहेकका दलहरूले ३–३ को अवधारण अघि सारेका छन् । जसमा ३ महानगर कांग्रेस र ३ आफूहरूले पाउनुपर्ने उनीहरूको दाबी छ ।

    कांग्रेसले पाउने तीन महानगरमा पहिल्यै जितेको ललितपुर र विराटनगरका साथै देशको राजधानी काठमाडौंको चर्चा भइरहेको छ ।

    भरतपुरमा माओवादी केन्द्रबाट फेरि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री रेणु दाहाललाई नै लडाउने लगभग तय भइसकेको स्रोत बताउँछ । वीरगञ्जमा जसपाले दाबी गरिरहेको छ भने नेकपा एसले बाँकी रहेको पोखरा त हरहालतमा लिइछाड्ने अड्डी कसेको छ ।

    केहीदिनअघि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले कम्तिमा एक महानगर र एक उपहानगर आफूहरुले पाउनुपर्ने बताएका थिए ।

    त्यसैअनुसार उसले पोखरा रोजेको चाल पाएपछि कास्की कांग्रेसका नेताले सक्रियता बढाएका छन् । एमालेपछि दोस्रो शक्तिशाली दल कांग्रेस नै भएकाले एमाले हराउन कांग्रेसबाहेक अन्य दलले नसक्ने उनीहरूको तर्क छ ।

    ‘गठबन्धन बनाएर चुनावमा जानेमा दुईमत छैन । तर, समाजवादीलाई अगाडि बढाएर चुनाव चाहिँ जितिँदैन । मुस्किलले पाँच हजार मत हो– समाजवादीको,’ हिजो प्रधामन्त्रीलगायत कांग्रेसका शीर्ष पदाधिकारीहरूसँगको भेटमा कास्की कांग्रेसका सभापति बरालले भनेका थिए, ‘पोखराको नेतृत्व चाहिँ कांग्रेसले पाउनेगरी गठबन्धनबाट चुनावमा जानुपर्यो ।’

    पोखरामा पाँच दलीय गठबन्धनभन्दा एमाले एक्लै बलियो देखिन्छ । पछिल्लो समय जसपाको समेत मत थपिएको अवस्थामा गठबन्धनबाट कांग्रेस उम्मेदवार बन्दा जुन तहको प्रतिस्पर्धा हुन्छ, नेकपा एस वा माओवादीबाट मेयर उम्मेदवार बन्दा एमालेको जित अझ सहज हुने ठम्याइ छ । त्यसैले कांग्रेस पोखरा छाड्न चाहँदैन तर केन्द्रबाट नेकपा एसलाई दिनैपर्ने अवस्थामा पोखराबाहेक अरु महानगर छैन ।

  • उम्मेदवारबारे छलफल गर्न कांग्रेस निर्वाचन परिचालन कमिटीको बैठक बस्दै

    उम्मेदवारबारे छलफल गर्न कांग्रेस निर्वाचन परिचालन कमिटीको बैठक बस्दै

    काठमाडौं । सत्तागठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।

    बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

    कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुंगो लगाउने जिम्मा सहमहामन्त्रीहरुलाई दिएको छ । उनीहरुलाई प्रदेश छुट्याएको जिम्मेवारी बाँडिएको छ ।

  • आठबीसमा कांग्रेसबाट मेयरका लागि आठजना सिफारिस, गठबन्धनको बैठकै बस्न सकेन

    आठबीसमा कांग्रेसबाट मेयरका लागि आठजना सिफारिस, गठबन्धनको बैठकै बस्न सकेन

    सुर्खेत । नेपाली कांग्रेसले दैलेखको आठबीच नगरपालिकाको मेयरका लागि आठजनाको नाम सिफारिस गरेको छ । कांग्रेस नगर समितिले अहिलेकी उपप्रमुख दीपा बोहोरा, नगर कार्यसमिति सभापति अर्जुनबहादुर शाही, २०७४ सालमा मेयरमा पराजित नेता प्रेमप्रकाश शाही, करुणाखर खनाल, विनोद खनाल, चन्द्रबहादुर शाही, खगेन्द्र शाही र पृथ्वीबहादुर शाहीको नाम प्रदेश कार्यसमितिमा सिफारिस भएको हो ।

    त्यस्तै, उपप्रमुखमा निशा थापा, पूर्णप्रसाद खनाल, मुनाकुमारी शाही, सीताकुमारी उपाध्याय र लिला गिरीकाे नाम सिफारिस भएकाे छ ।

    ‘अहिलेसम्म आठबीस नगरमा गठबन्धन दलको बैठकसमेत बसेको छैन’, सभापति अजुर्नबहादुर शाही भन्छन्, ‘वडास्तरमा पनि उम्मेदवार तय गर्ने कार्य जारी छ ।’

    २०७४ सालको चुनावमा एमालेले यो पालिकामा ४७ मतले प्रमुख जितेको थियो भने कांग्रेसले उपप्रमुख जितेको थियो । नो वडा रहेको आठबीसमा कांग्रेस एक्लैले चार वडामा जितेको थियो ।

    गठबन्धन हुँदा यहाँ नेकपा एसले वडा नम्बर १ र ६ मागेको छ भने २, ७ र ८ वडा माागेको छ । तर कांग्रेसले ७, ८ र ९ नम्बर वडालाई आफ्नो मानेको छ ।

  • तिलोत्तमाका सबै वडाध्यक्षमा कांग्रेसका उम्मेदवार सार्वजनिक

    तिलोत्तमाका सबै वडाध्यक्षमा कांग्रेसका उम्मेदवार सार्वजनिक

    रुपन्देही । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसले एकल रुपमा वडाअध्यक्षको उम्मेदवार सार्वजनिक गरेपछि सत्तागठन्धनमा रहेको दलहरुबीच आशंका थपिएको छ ।

    १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा १७ वटै वडा समितिले सर्वसम्मत निर्णय गरी उम्मेदवारको नाम नगर समितिमा सिफारिस गरिसकेका छन् । वडाअध्यक्षको नाम सिफारिस गरेपनि वडा सदस्यहरुको भने उम्मेदवार टुङ्गिएको छैन । गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रसँग अन्तिम चरणमा गठबन्धन भत्केको थियो । कांग्रेसले पेलेर लैजाने गरेको भन्दै जिल्लाका अन्य पालिमा गठबन्धन भएपनि तिलोत्तमामा भत्किएको थियो ।

    आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दलहरु माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा समेतको चुनावी तालमेल भएकाले वडा सदस्यको उम्मेदवारपछि टुङ्ग्याउने गरी वडा अध्यक्षको उम्मेदवार मात्रै नगर समितिमा सिफारिस गरिएको हो ।

    जसअनुसार तिलोत्तमा नगरपालिका वडा नं. १ मा जवानसिंह ठकुरी, २ मा दिलबहादुर भट्टराई, ३ मा कल्याण पौडेल, ४ मा गोविन्द भुसाल र वडा नं. ५ मा रमेश डुम्रेलाई वडा अध्यक्षमा सिफारिस गरिएको छ । त्यस्तैगरी वडा नं. ६ मा गणेश पाठक, वडा नं. ७ मा दिनमणी पंगेनी, ८ मा केशव अर्याल, वडा नं. ९ मा ध्रुव न्यौपाने, १० मा मानबहादुर गुरुङ र वडा नं. ११ मा तेजबहादुर कुवँरलाई सिफारिस गरिएको छ ।

    त्यस्तै वडा अध्यक्षको लागि वडा नं. १२ मा छविलाल खरेल, वडा नं. १३ मा नारायण ढकाल, १४ मा अस्विन पौडेल, १५ मा शेरबहादुर थापा, १६ मा झवी भुसाल र वडा नं. १७ मा दानबहादुर चौधरीको नाम सिफारिस गरिएको हो ।

    नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्माले पार्टीको अस्तित्व स्वीकार नगरी गठबन्धनमा नजाने बताएका छन् । उनले एकातिर गठबन्धनमा सहमति गर्ने भनेर भन्ने एकातिर सबै वडाध्यक्ष सार्वजनिक गरेर के गर्न खोजिएको हो प्रष्ट नभएको बताए ।

  • तल कुरा मिले तालमेल हुन्छ, नमिले हुँदैन : महामन्त्री थापा (भिडिओ)

    तल कुरा मिले तालमेल हुन्छ, नमिले हुँदैन : महामन्त्री थापा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमति जुट्न नसकेका स्थानीय तहमा केन्द्रबाट तालमेलको निर्णय लाद्न नसकिने बताएका छन् ।

    काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले स्थानीय निर्वाचनको मर्म भनेकै स्थानीयको निर्णय लागू गर्ने पद्दति रहेको स्मरण गारउँदै स्थानीय तहमा कुरा मिले तालमेल हुने र नमिले तालमेल नहुने स्पष्ट पारे ।

    नेपाली राजनीतिमा फरक विचार राख्ने दलबीच चुनावका लागि तालमेल हुने विषय हितकर नहुने आफ्नो धारणा यथावत रहेको थापाले बताए । यद्यपि पार्टीले गरेको निर्णय आफ्ना लागि सदैव मान्य हुने थापाले प्रष्ट्याए ।

    ‘चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर छैन भन्ने मेरो मत हो । मेरो मत मैले पार्टीमा राखे तर पार्टीका बहुमत साथीहरुले गठबन्धन जरुरी छ भनेपछि पार्टीको निर्णय मैले मानेको छु । मान्नुपनि पर्छ’, थापाले भने ।

    कुन स्थानीय तहमा कसरी तालमेल गर्ने वा नगर्ने भन्ने विषय पार्टीको सम्बन्धित तहको क्षेत्राधिकार हुने भन्दै थापाले सहमति भएजति ठाउँमा तालमेल हुने र सहमति नभएका ठाउँमा आ–आफ्ना उम्मेदवार उठाउनुपर्ने बताए ।

    गठबन्धनको संयन्त्रमा देशभैरी अहिले छलफल चलिरहेको छ । छलफल चल्छ, कुराकानी मिल्यो तालमेल हुन्छ । कुराकानी मिलेन तालमेल हुँदैन । कुराकानी मिलेन भने आफू–आफू लड्न मिल्छ, लड्न पाउनुपर्छ । तल कुरा नमिलेपनि केन्द्रबाट निर्णय थोपर्नु हुँदैन’ थापाले भने ।

  • उम्मेदवार टुंगो लगाउन कांग्रेसले सात प्रदेशमा सात सह-महामन्त्री खटाउने

    उम्मेदवार टुंगो लगाउन कांग्रेसले सात प्रदेशमा सात सह-महामन्त्री खटाउने

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सात जना सह-महामन्त्रीलाई उम्मेदवारको टुंगो लगाउन सात प्रदेशमा पठाउने निर्णय गरेको छ ।

    आज बसेको बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेदवारको टुंगो लगाउन वैशाख ३ गते सह महामन्त्रीलाई सात प्रदेशमा पठाउने निर्णय गरेको हो ।

    उनीहरूलाई प्रदेशमा उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिइएको छ ।

    प्रदेशमा उम्मेदवारको टुंगो लगाउन नसके वैशाख ९ गते साँझसम्म केन्द्रमा नामावली पठाउने र केन्द्रले वैशाख १० गते बिहानसम्म टुंगो लगाउने निर्णय गरेको छ ।

    वैशाख २ गते केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ ।

  • पोखराका कांग्रेस नेतालाई हप्काउँदै देउवाले सोधे- जित्ने आधार छैन, पहिले के हालत भो ?

    पोखराका कांग्रेस नेतालाई हप्काउँदै देउवाले सोधे- जित्ने आधार छैन, पहिले के हालत भो ?

    पोखरा । नेपाली कांग्रेस कास्कीका प्रतिनिधि टोलीले सभापति शेरबहादुर देउवासँग भेटेका छन् । पोखरा महानगरको मेयर पद छोड्न नहुने मागसहित उनीहरूले देउवाको ध्यानाकर्षण गराएका हुन् ।

    भेटमा कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफूहरू पोखरामा एक्लै बलियो रहेको भन्दै चुनावी तालमेल गरे मेयर पद कांग्रेसले पाउनुपर्ने बताए । सहमहामन्त्री जीवन परियारले पोखरा अहिले कांग्रेसको अनुकूलमा रहेको रिपोर्टिङ गरेका छन् ।

    तर, अर्काथरिले भने मेयर समाजवादीलाई दिन सकिने रिपोर्टिङ पनि गरेको श्रोतले बतायो । विशेषगरी व्यापारिक घरानाले यस्तो छलफल गरेका हुन् ।

    भेटमा सभापति देउवाले महानगरको गठबन्धनबारे छलफल नै अघि नबढेको प्रतिक्रिया दिएका थिए । ‘कुरा नै भएको छैन । छलफल भएकै छैन । बाहिरको कुरामा विश्वास नगर्नुस्,’ देउवालाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘तपाईंहरू अरुको कुरा सुनेर धारणा बनाउनुहुन्छ । समाचारमा सत्यता छैन ।’

    उनले पोखरामा एक्लै चुनाव जित्ने आधार खोजेका थिए । ‘गठबन्धन नगर्ने भन्नुहुन्छ । एक्लै चुनाव जित्ने आधार के छ ? पहिले एक्लै चुनाव लडेको होइन ? के हालत भयो ?,’ देउवाले भने, ‘गठबन्धन गर्नुपर्छ । हामीले मेयर पाउँदा को हो उम्मेद्‌वार ? सहमतिबाट टुंग्याउन सक्नुहुन्छ ?’

    देउवा भेट्न गएका टोलीमध्ये अधिकांशले आफैँले टिकट पाउनुपर्ने आन्तरिक लबिङसमेत गरेका छन् । बाहिर भने एकीकृत समाजवालीले मेयरको टिकट पाउने चर्चा चलेको छ । त्यसमा कुनै सत्यता नरहेको देउवाले बताएका थिए ।

  • माओवादी गढ रोल्पामा कांग्रेसले माग्यो ५ पालिका प्रमुख र ३६ वडाध्यक्ष, नत्र गठबन्धन नगर्ने

    माओवादी गढ रोल्पामा कांग्रेसले माग्यो ५ पालिका प्रमुख र ३६ वडाध्यक्ष, नत्र गठबन्धन नगर्ने

    काठमाडौं । नेपाली कांग्रेसले रोल्पामा पाँच स्थानीय तहका प्रमुख र पाँच उपप्रमुखसहित ३६ वडाध्यक्ष नपाए गठबन्धन नगर्ने प्रष्ट पारेको छ ।

    जिल्ला सभापति किशोर कुमार आचार्यले विज्ञप्ती जारी गरी गठबन्धनको भावना अनुसार सिट बाँडफाँट नभए एक्लै चुनाव लड्ने बताएका छन्र ।

    रोल्पामा १० पालिका र ७२ वडामध्ये कांग्रेसले आधा दाबी गरेको हो ।

  • मागे जति सिट नपाए रोल्पामा कांग्रेस एक्लै चुनाव लड्ने

    मागे जति सिट नपाए रोल्पामा कांग्रेस एक्लै चुनाव लड्ने

    काठमाडौं । नेपाली कांग्रेस रोल्पाले आफूले मागेको जति सिट नपाए एक्लै चुनाव लड्ने भएको छ ।

    एक महिने ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानका क्रममा प्राप्त सुझाव र उक्त सुझावमाथि भएको छलफलले आफूले मागे जति सिट नपाए एक्लै चुनाव लड्ने निर्णयमा पुगेको कांग्रेस रोल्पा सभापति किशोरकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका दलहरूबीच तालमेल गर्ने भनिएका बेला कांग्रेस रोल्पाले तालमेलका लागि सर्त अघि सारेको हो ।

    कांग्रेस रोल्पाले १० वटा पालिकाहरुमध्ये ५ वटा पालिकामा प्रमुख, ५ वटा पालिकामा उपप्रमुख, ३६ वटा वडाहरूमा अध्यक्षसहित १ जना सदस्य र ३६ वटा वडाहरूमा ३ जना सदस्यको उमेदवारी हुने गरी गठबन्धनमार्फत निर्वाचनमा भाग लिने गरी सर्त अघि सारेको छ ।

    यदि उक्त सर्त मान्य नहुने हो भने एकल ढंगले मित्रवत रुपमा सौहार्दतापूर्वक निर्वाचनको प्रतिस्पर्धामा भाग लिन तयारी गर्न पार्टी पंक्तिलाई निर्देशन दिइएको छ ।

  • झापामा मतभारको हिसाब, कांग्रेसअघि माओवादीको हैसियत ३५ प्रतिशत

    झापामा मतभारको हिसाब, कांग्रेसअघि माओवादीको हैसियत ३५ प्रतिशत

    विर्तामोड । स्थानीय तहको निर्वाचनमा देशभर सत्तारुढ पाँच दल मिलेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध चुनावको तयारी गरिरहेका छन् । तर भागबण्डाको विषय अझै मिलिसकेको छ । केन्द्रबाट भागबण्डाको मापदण्ड तय भए पनि स्थानीय स्तरमा दलका नेताबीच कुरा मिलेको छैन । र अहिले २०७४ सालमा आएको मतको आधारमा जोडघटाउ गर्दै उम्मेदवार टुंगो लगाउने प्रयास भइरहेको छ । यस्तै हिसाब भइरहेको छ, झापामा पनि ।

    अघिल्लो स्थानीय चुनावमा झापामा नेपाली कांग्रेसले प्रमुख पदमा कुल एक लाख १४ हजार ८ सय १ मत प्राप्त गरेको थियो । त्यतिबेला नेकपा एमालेभन्दा कांग्रेसले १५ हजार ७ सय ३९ मत कम पाएको थियो भने निकै कममात्रै मत पाएको थियो ।

    एमालेले जिल्लाभर प्रमुख र अध्यक्ष पदमा १ लाख ३० हजार ५ सय ४० मत प्राप्त गरेको थियो भने माओवादीले ४० हजार ६२९ मत पाएको थियो । राप्रपाले जिल्लाभर ३५ हजार २०२ मत प्राप्त गरेको थियो ।

    झापामा एमालेले ७ वटा पालिकामा प्रमुख पद जितेको थियो । यस्तै, नेपाली कांग्रेसले ५ पालिका र राप्रपाले ३ वटा पालिका प्रमुख जितेको थियो । सो निर्वाचनमा माओवादीले कुनै पनि पालिकामा प्रमुख पद जितेन ।

    गएको निर्वाचनलाई आधार मान्ने हो भने नेपाली कांग्रेसको मतभार अनुसार माओवादीले ३५.२२ प्रतिशत र राप्रपाले ३०.६६ मत प्राप्त गरेको देखिन्छ । एमालेको मतभारअनुसार झापामा कांग्रेसले ८७.९४, माओवादीले ३१.१२ र राप्रपाले २६.६९ प्रतिशत मत पाएको छ ।

    सो निर्वाचनमा माओवादीले मेचीनगर नगरपालिका, राप्रपाले झापा गाउँपालिका र बुद्धशान्तिमा उम्मेदवार उठाएका थिएनन् । सो आधारमा गठबन्धनभित्र माओवादीले ५ पालिका प्रमुख र ४६ वटा वडाध्यक्षमा दाबी गर्न सक्छ ।

    अर्जुनधारामा एमालेका हरि रानाले १३८७९ मत प्राप्त गरेका थिए । कांग्रेसका हेमराज खरेलले ४६४१, माओवादीका भुपेन्द्र न्यौपानेले २५०६ र राप्रपाका छविलाल ढकालले ७५४ मत प्राप्त गरेका थिए । कचनकवलमा राप्रपाका अन्जार आलमले ५८१६ मत प्राप्त गर्दै विजयी भएका थिए । त्यहाँ एमालेका शेर बहादुर खत्रीले ३९७२, कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशीले ५३५३ र माओवादीका उम्मेद्वार हंशनारायण राजवंशीले १२५० मत ल्याएका थिए ।

    कनकाईमा एमालेका राजेन्द्र पोखरेलले ८४१६, कांग्रेसका एकराज उप्रेतीले १६९७, माओवादीका गोपाल प्रसाद चुडालले ६३६ र राप्रपाका उम्मेदवार केदार गिरीले ३०७ मत प्राप्त गरेका थिए । कमलमा एमालेबाट मेनका काफ्ले र कांग्रेसबाट हुकुमसिंह राईले बराबरी मत ८२५७ मत प्राप्त गरेका थिए । त्यस्तै माओवादीका विमल संग्रौलाले १९०९ र राप्रपाका विष्णु प्रसाद पौडेलले ३९६ मत प्राप्त गरेका थिए ।

    गौरादहमा एमालेका मदन अधिकारीले ९८५४, कांग्रेसका रोहित कुमार शाहले १०३०८, माओवादीका पुष्पलाल ढकालले ३४२८, र राप्रपाका खेमराज तिम्सिनाले ६१४ मत प्राप्त गरेको तथ्याङकमा छ । यस्तै, गौरीगञ्जमा एमालेका श्याम ढकालले २७५७, कांग्रेसकी फुलवती राजवंशीले ३४५३, माओवादीका विधानन्द सिंह राजवंशीले ३३५३ र राप्रपाका बाबुराजा श्रेष्ठले ३७४० मत प्राप्त गरेका थिए ।

    झापा गाउँपालिकामा एमालेका गजेन्द्र ताम्लीले ३७८९, कांग्रेसका जयनारायण शाहले ४३९३ र माओवादीका रुद्र बजगाईले ३४९९ मत प्राप्त गरेका थिए । दमकमा एमालेका रोमनाथ ओलीले १०८०६, कांग्रेसका ढुण्डीराज भण्डारीले ५५३९, माओवादीका रेवतराज पुरीले ६८९८ र राप्रपाका राम कुमार थापाले ७६५५ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङकमा छ ।

    बाह्रदशीमा एमालेका लक्ष्मण पाठकले ५१११, कांग्रेसका खड्ग प्रसाद राजवंशीले ५५३९, माओवादीका १७९५ र राप्रपाका भिम राईले १४१४ मत प्राप्त गरेको देखिन्छ । यस्तै, बुद्धशान्तिमा एमालेका तिलचन भण्डारीले ७३५३, कांग्रेसका रमेश कुमार भुजेलले ७९९६, माओवादीका खड्ग बहादुर तिम्सिनाले २०६६ मत पाएका थिए । भद्रपुरमा एमालेका जीवन श्रेष्ठले ११०४२, कांग्रेसका गणेश पोखरेलले ७२१५, माओवादीका शिव कुमार राजभण्डारीले ४१३४ र राप्रपाका नवराज पनेरुले २८२२ मत ल्याएका थिए ।

    मेचीनगरमा एमालेका विष्णु प्रसाईले १९१९२, कांग्रेसका विमल आचार्यले २०७७६ र राप्रपाका रमेश दाहालले ८०६ मत ल्याएको देखिन्छ । बिर्तामोडमा एमालेका धु्रवकुमार शिवाकोटीले ९११२, कांग्रेसका जलकुमार गुरुङले ८२१७, माओवादीका सीपी कडरियाले ३७९७ र राप्रपाका भक्ति सिटौलाले ६१७० मत प्राप्त गरेका थिए ।

    यस्तै, शिवसताक्षीमा एमालेका चन्द्रकुमार शेर्माले १३४३९, कांग्रेसका पर्शुराम ढुङ्गानाले ८९८४ , माओवादीका महेन्द्र भट्टराईले ३२४१ र राप्रपाका उमानाथ दाहालले ७६५ मत पाएका थिए । हल्दिवारीमा एमालेकी मञ्जु सिटौलाले ३५४३, कांग्रेसका दिलिप कुमार लिम्बुले २९१५, माओवादीका तुलसी प्रसाद ओलीले २११७ र राप्रपाका रविन्द्र लिङ्देनले ३९४३ मत प्राप्त गरेका थिए ।

    जिल्लाको मत परिणाम अनुसार कांग्रेस–माओवादी गौरीगञ्जमा हाराहारी शक्ति भएको र दमकमा कांग्रेसभन्दा अघि रहेको तथ्याङ्कले देखाएको छ । माओवादीका नेताहरुले पाँच वर्षमा माओवादीको पार्टीगत संरचनामा धेरै नै सुधार आइसकेकोले विगतको परिणाम मात्रै भागबण्डाको मापदण्ड हुन नसक्ने बताइरहेका छन् । माओवादीका विर्तामोड इञ्चार्ज युवराज दाहालले गठबन्धनमा माओवादीले सम्मानजनक स्थान पाउनुपर्ने धारणा राख्दै आएका छन् ।

    यता, नेपाली कांग्रेसले विगतको मतभारलाई नै मापदण्ड बनाइने बताउँदै आएको छ । झापा कांग्रेसका सभापति देउमान थेवेले ०७४ मा जितेका पालिकामा कांग्रेसले नछोड्ने बताइरहेका छन् । जिल्लामा समाजवादी पहिलो पटक निर्वाचन लड्ने तयारी गरिरहेकोले यसको मतभार विश्लेषण गरिएको छैन ।

     

  • निर्वाचन आयोगप्रति प्रधानमन्त्रीपत्नी आरजुको आपत्ति, एक पदमा मात्रै महिलालाई सीमित गर्न नहुने तर्क

    निर्वाचन आयोगप्रति प्रधानमन्त्रीपत्नी आरजुको आपत्ति, एक पदमा मात्रै महिलालाई सीमित गर्न नहुने तर्क

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले निर्वाचन आयोगको पछिल्लो निर्णयमा आपत्ति जनाएकी छन् ।

    निर्वाचन आयोगले ‘राजनीतिक दलहरूले कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई अनिवार्य गर्नुपर्ने’ प्रावधान कायम गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले आपत्ति जनाएकी हुन् ।

    उनले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई नेपालको संविधानको धारा ३८ (४) पनि स्मरण गराएकी छन् । धारा ३८ (४) मा ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ’ उल्लेख छ ।

    स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७ (४)मा राजनीतिक दलहरुले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिँदा पचास प्रतिशत स्थानमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्था छ ।

    देउवाले भनेकी छन्, ‘नेपालको संविधानको धारा ३८ (४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरुलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।’

  • चुनावी घोषणापत्रबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

    चुनावी घोषणापत्रबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा चुनावी घोषणापत्रबारे छलफल हुनेछ ।

    नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गर्ने जिम्मा महामन्त्री गगन थापा नेतृत्व समितिलाई दिएको छ ।

    स्थानीय चुनाव नजिकिएसँगै दलहरु चुनावी घोषणापत्र तयार गर्न जुटेका छन् ।

  • भरतपुरको मेयर नपाउने चर्चाले चितवनका कांग्रेसीमा निराशा, एमाले उम्मेदवारलाई दिन थाले बधाई

    भरतपुरको मेयर नपाउने चर्चाले चितवनका कांग्रेसीमा निराशा, एमाले उम्मेदवारलाई दिन थाले बधाई

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिको मेयर पुनः नेकपा माओवादी केन्द्रकै भागमा पर्ने सम्भावना बढेसँगै सत्तारुढ गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।

    मुख्यतः चितवनका कांग्रेस नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत चर्को असन्तुष्टि जनाएका छन् । चितवनको भरतपुर महानगरपालिकाबाट मात्रै कांग्रेस केन्द्रीय समितिमा ६ जनाको प्रतिनिधित्व रहेको छ ।

    गठबन्धनभित्र भरतपुर महानगरपालिकामा पुनः माओवादीले नै नेतृत्व पाउने सम्भावना बढेको सार्वजनिक भएसँगै कांग्रेस कार्यकर्ताहरूले गठबन्धनको विरुद्धमा कडा अभिव्यक्ति दिन थालेका छन् ।

    यसअघि पनि चितवन कांग्रेसका नेताहरूले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेरै भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने माग राखेका थिए । यद्यपि प्रधानमन्त्री एवं सभापति देउवाले गठबन्धन जोगाउने सर्तमा भरतपुरको मेयर पुनः माओवादीलाई नै दिन लचिलो देखिएका छन् ।

    भरतपुरको मेयर कांग्रेसको भागमा नपर्ने चर्चासँगै पूर्व महाधिवेशन प्रतिनिधि एवं चितवन कांग्रेसका नेता सुबोध प्रधानले सार्वजनिक रूपमै एमाले उम्मेदवारलाई बधाई दिएका छन् । ‘मेयरको टिकट पाउनुहुने एमाले दाजुभाइलाई अग्रिम शुभकामना तथा बधाई’, प्रधानले फेसबुकमा लेखेका छन् । भरतपुरमा कांग्रेसले मेयर नपाउने अवस्थामा एमाले उम्मेदवारले जित्ने सम्भावना रहेकोतर्फ उनको स्टाटस लक्षित छ ।

    चितवन कांग्रेसको क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि रामकुमार श्रेष्ठले पनि आफू कांग्रेसको कार्यकर्ता भए पनि कसैको दास नभएको बताएका छन् । ‘म कांग्रेसको कार्यकर्ता हुँ, दास कदापि होइन । कसैको छोरी खुसी पार्न हाम्रो घर जलाउन कदापि दिने छैनौ’, श्रेष्ठले लेखेका छन् ।

    कांग्रेस कार्यकर्ता रामचन्द्र पौडेलले पनि फेसबुक मार्फत विद्रोहको चेतावनी दिएका छन् । ‘चितवन कांग्रेसको भावनालाई नजरअन्दाज गरी महानगरको मेयर माओवादीलाई दिइयो भने चुनाव हार्ने त निश्चित नै छ त्यसले चितवन कांग्रेसमा विद्रोह ल्याउने र त्यसको असर देशभर पर्नेछ र त्यो कांग्रेसको लागि दुर्भाग्यपूर्ण हुनेछ’, पौडेलले लेखेका छन् ।

    चितवनका धेरैजसो कांग्रेस कार्यकर्ताहरूले सामाजिक सञ्जालबाट भरतपुर महानगरमा कांग्रेसबाहेकको नेतृत्व नस्विकार्ने चेतावनी दिइरहेका छन् । केही समयअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘चितवनका कांग्रेस नेताले भन्दैमा केही फरक नपर्ने, निर्णय केन्द्रबाट हुने’ अभिव्यक्ति दिएका थिए ।

    गठबन्धनको शीर्ष बैठकमा भरतपुरसहित देशका प्रमुख महानगर र उपमहानगरबारे केन्द्रबाटै निर्णय लिने सहमति बनिसकेको छ ।

    यस्तो अवस्थामा चितवनका कांग्रेसजनले जति नै विद्रोहको चेतावनी दिए पनि गठबन्धनबाट भरतपुरको मेयरमा प्रचण्ड पुत्री रेणुकै सम्भावना बढी देखिन्छ ।

  • भागबण्डाबारे कांग्रेसको प्रष्टोक्ति- विधानबमोजिम नै तालमेल हुन्छ (भिडिओ)

    भागबण्डाबारे कांग्रेसको प्रष्टोक्ति- विधानबमोजिम नै तालमेल हुन्छ (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसले विधानले गरेको व्यवस्था अनुसारको अधिकार प्रयोग गरेर नै निर्वाचनमा तालमेल गर्ने जनाएको छ । पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले आज पत्रकार सम्मेलन गर्दै यस्तो बताएका छन् ।

    ‘कहाँ आवश्यक छ ? के आवश्यक छ ? त्यसको निर्णय विभिन्न तहहरूको संरचनालाई जुन हाम्रो विधानले दिएको अधिकार दिएको छ,’ उनले भने,‘त्यो अनुसार नै सम्पन्न हुन्छ ।’

    स्थानीय तह निर्वाचनमा तालमेलका कुरा राष्ट्रिय निर्वाचनजस्तो सहज नभएको पनि उनले बताए ।

    उनले भने, ‘टुंगो लाउन जटिल नै छ । किनभने तल्लो तहको राष्ट्रिय निर्वाचनजस्तो सहज केन्द्रीय नेताहरू बसेर सीमित संख्याको संसद् संख्या बाँडफाँट गरेजस्तो होइन ।’

    यद्यपि तालमेलको कुरा पार्टीको निर्णय अनुसार नै टुंगोमा पुग्ने प्रवक्ता महतले बताए ।

    ‘यसमा केन्द्रीय समितिले निर्णय गरेको छ । जसमा चाहिँ हामीले केन्द्रीय समितिले स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहेका दलहरूसँग हामीले तालमेल गर्ने भन्ने कुरा नै हो,’ उनले भने ।

    कांग्रेसको विधानले महानगरपालिकाको टिकट केन्द्रीय समिति, उपमहानगरपालिका र नगरपालिकाको टिक प्रदेश समिति, गाउँपालिकाको टिकट जिल्ला समिति र वडाको टिकट प्रतिनिधिसभा निर्वाचन क्षेत्र समितिले वितरण गर्ने अधिकार दिएको छ ।

    गठबन्धनभित्र रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले सिटको बाँडफाँट केन्द्रबाटै हुनुपर्ने अडान लिइरहेका छन् ।

  • शेखरले भने- केन्द्रबाट भागबण्डा गरेर गठबन्धन लाद्न खोजे कांग्रेसलाई नै अप्ठ्यारो पर्छ

    शेखरले भने- केन्द्रबाट भागबण्डा गरेर गठबन्धन लाद्न खोजे कांग्रेसलाई नै अप्ठ्यारो पर्छ

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तल्ला तहको अधिकार मिचेर माथिबाटै गठबन्धन लाद्न नहुने बताएका छन् ।

    कांग्रेसले आवश्यकता र औचित्यका आधारमा स्थानीय स्तरमै चुनावी तालमेल गर्ने विषयमा निर्णय गरेको बताउँदै त्यसलाई बेवास्ता गर्न नहुने उनले बताए ।

    केन्द्रबाटै भागबन्डा गरेर गठबन्धन लाद्न खोजे त्यसले सबैलाई अप्ठेरो पार्ने उनले बताए ।

    उनले भने, ‘त्यसले कांग्रेसलाई त अप्ठेरो पार्छ, पार्छ, सत्ता गठबन्धनका अन्य दललाई पनि अफ्ठ्यारो पार्छ ।’

    यद्यपि आफू गठबन्धन दलहरूबिचमा तालमेलकै पक्षमा रहेको बताए ।

    ‘तालमेल पनि हुन्छ । तर जिल्लामै, स्थानीय तहमै, क्षेत्रमै । स्थानीय आवश्यकता र औचित्यताका आधारमा,’ उनले भने । त्यसरी गर्दा मात्रै तालमेलले मूर्त रूप लिन सक्ने उनले बताए ।

    निर्वाचनका विषयमा आशंका उठिरहेको भए पनि त्यसमा पनि शङ्का नगर्न पनि उनले आग्रह गरे ।

    ‘गठबन्धनका शीर्ष नेताहरूले नै बोल्दिएका कुराले तपाईँहरूलाई लागेको हुनसक्छ,’ उनले भने, ‘तर निर्वाचन हुन्छ, हुन्छ, हुन्छ ।

    उनले सरकार सञ्चालनका लागि गठबन्धन हुनु र निर्वाचन भिन्न प्रयोजन रहेको पनि बताए । कांग्रेस विगतदेखि नै एक्लै निर्वाचन लडिरहेको पनि उनले स्मरण गरे ।

    २०४६ को जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा त्यति बेला एमाले पनि सरकारमा रहेको स्मरण गर्दै उनले चुनाव भने एक्लै एक्लै लडेको बताए ।

    दोस्रो जनआन्दोलन २०६२÷०६३ मा गिरिजाप्रसाद कोइरालाले एमाले, माओवादीसहितका दललाई साथमा लिएर संघर्ष गरेको र पछि सरकार चलाउँदा गरिएको निर्वाचन पनि एक्लै एक्लै लडेको उनले स्मरण गराए ।

    ‘गिरिजाबाबुले त्यति बेला चुनाव गर्दा कांग्रेस हार्छ तर देश र लोकतन्त्रले जित्छ भन्दै चुनाव गराउनुभएको थियो,’ उनले भने ।

    कांग्रेसको विधानअनुसार पनि महानगरबाहेकको टिकट बाँड्ने अधिकार केन्द्रलाई नभएको बताउँदै उनले तल्ला तहका अधिकारहरू प्रयोग गर्न पनि तल्लै तहमा छलफल हुनुपर्ने बताए ।

  • तालमेलको निर्णयले कांग्रेसमा गोलमाल, कोही पार्टी छाड्दै कतै बागी विद्रोहीको तयारी

    तालमेलको निर्णयले कांग्रेसमा गोलमाल, कोही पार्टी छाड्दै कतै बागी विद्रोहीको तयारी

    काठमाडौं । आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरूसँग चुनावी तालमेल गर्ने तयारीमा रहेको नेपाली कांग्रेसभित्र ‘परालको आगो’ दन्किरहेको छ ।

    केन्द्रीय समितिको बैठकले ‘स्थानीय अवस्था र आवश्यकताअनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्नसक्ने’ निर्णय गरेको भएपनि सबैजसो स्थानीय तहमा केन्द्रको निर्णय ‘लाद्ने’ प्रयास सुरू भएको छ । कांग्रेसको आन्तरिक संरचनाभन्दा ५ दलीय गठबन्धनको संयन्त्रले गर्ने निर्णय हाबी हुने देखिएपछि कांग्रेसमा असन्तुष्टि चुलिदो छ ।

    सत्तारुढ गठबन्धनमा चुनावी तालमेलको मापदण्ड बनिसकेको छैन । यद्यपि शीर्ष तहको छलफलमा केही महानगरको भागबण्डा टुंगिसकेको बताइन्छ । सर्वाधिक चासोका हेरिएको चितवनको भरतपुर महानगरपालिकाको नेतृत्व फेरि पनि माओवादीले नै पाउने देखिन्छ ।

    कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेताहरू ‘प्रधानमन्त्रीभन्दा मेयर ठूलो नहुने’ भन्दै गठबन्धनको पक्षमा दृढ देखिएका छन् । सभापति देउवा चुनाव अघि र पछिसम्म गठबन्धन जोगाएर सरकारको नेतृत्व सुरक्षित गर्न चाहन्छन् । त्यसका लागि स्थानीय निर्वाचनमा गठबन्धनका साझेदारहरूलाई आधा हिस्सा छोड्ने तयारी देउवाले गरेका छन् ।

    ६ वटा महानगरमध्ये कांग्रेसले ३ र बाँकी दलहरूले ३ मा नेतृत्व पाउने सम्भावना बढेको छ । गठबन्धनका कारण कांग्रेसले नेतृत्व नपाउने निश्चित देखिएका स्थानीय तहहरूमा असन्तुष्टीसँगै विद्रोहको क्रम पनि सुरू भएको छ ।

    हालै नुवाकोट कांग्रेसका पूर्वउपसभापति यामबहादुर थापा र नेता भगवान पौडेल एमालेमा प्रवेश गरे । पूर्वगाविस अध्यक्षसमेत रहेका थापासहितका नेताहरूले चुनावी तालमेलकै विषयमा असन्तुष्ट रहेर विद्रोह गरेका हुन् । महोत्तरीमा प्रेस युनियन र पत्रकार महासंघको नेतृत्व गरिसकेका पत्रकार कमलेश मण्डल माओवादीमा प्रवेश गरेका छन् । गठबन्धन हुँदा माओवादीको भागमा पर्ने देखिएको मठिहानी नगरपालिकाको मेयरमा मण्डललाई उम्मेदवार बनाउने सहमति भएको छ ।

    माओवादीसँगको तालमेलबाट असन्तुष्ट चितवनको माडी नगरपालिकामा कांग्रेसबाट निर्वाचित एकमात्रै वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले पनि पार्टी त्यागेको घोषणा गरेका छन् । रौतहटको राजपुर नगरपालिकामा निर्वाचित मेयर मोहम्मद साकिल अख्तर नै कांग्रेस त्यागेर एमालेमा प्रवेश गरे । अन्य जिल्लाहरूमा पनि कांग्रेसका असन्तुष्ट नेताहरू पार्टीबाट बाहिरिने क्रम बढेको छ ।

    कांग्रेसवृत्तमा पार्टीभित्रको आन्तरिक उतारचढावलाई सामान्य मानिए पनि पार्टी नै छाड्ने विषयलाई गम्भीर रूपमा लिने गरिन्छ । स्थानीय निर्वाचन नजिकिदै जाँदा कतिपयले माओवादीसँगको गठबन्धनलाई कारण बनाएर त कतिपयले आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्न कांग्रेस छाडेका छन् । यो क्रम बढ्ने हो भने गठबन्धन गर्दापनि कांग्रेसको शक्ति बढोत्तरी हुन समस्या पर्ने देखिन्छ ।

    ‘जति नै असन्तुष्ट भएपनि अपमान सहेपनि पार्टी छाडिहाल्ने कल्चर कांग्रेसको थिएन । तर हिजोआज यो वा त्यो बाहनामा सम्भावना बोकेका नेताहरूले पनि विद्रोह गर्ने क्रम देखिन्छ । यसप्रति पार्टीले गम्भीर समिक्षा गर्नुपर्छ’, कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन् ।

    संस्थापनइतर समूहका ती केन्द्रीय सदस्यका अनुसार स्थानीय आवश्यकता नभइ केन्द्रबाट तालमेल लादेको अवस्थामा कांग्रेसमा विद्रोहको लहर अझ बढ्नेछ ।

    भरतपुरमा संगठित विद्रोहको तयारी

    नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरका लागि २५ जनाले आकांक्षा देखाएका छन् । चितवन कांग्रेसका सबैजसो नेताहरूले यसपटक भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने बताउँदै आएका छन् । अघिल्लो स्थानीय निर्वाचनमा पनि हसियाँ हथौडामा भोट हालेका भरतपुर महानगरका कांग्रेसीहरू यसपटक रुखबाहेक अन्यत्र भोट नहाल्ने बताउन थालेका छन् । सामाजिक सञ्जालमार्फत अधिकांश कांग्रेस कार्यकर्ताहरूले भरतपुरको मेयरमा कांग्रेसले उम्मेदवारी नदिए विद्रोह गर्ने चेतावनी दिएका छन् ।

    चितवन कांग्रेसका पुराना नेता, पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटाले त भरतपुरको मेयर माओवादीले पाए आफू स्वतन्त्र उम्मेदवार बन्न घोषणा गरेका छन् । अर्कोतिर भरतपुरको मेयरमा कांग्रेसले उम्मेदवारी नदिए पूर्वजिल्लासभापति विकास कोइराला स्वतन्त्र उम्मेदवार बन्ने सम्भावना पनि छ ।

    विगतमा टिकट खोसिएकै कारण सुशिल कोइरालाविरुद्ध दोस्रो संविधानसभामा बागी बनेका विकासमाथिको कारबाही अझै फुकुवा भएको छैन । यस्तो अवस्थामा कोइराला स्वतन्त्र उम्मेदवार बने असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताको मत तान्नसक्ने देखिन्छ । चितवन कांग्रेसका जिम्मेवार नेताहरूले नै भरतपुरमा माओवादीले मेयर पाए जिताउन गार्हो पर्ने बताउँदै आएका छन् ।

    ‘भरतपुरमा रुखमा भोट दिन नपाउने हो भने हसिँया हथौडामा पनि दिइँदैन । जसले विद्रोह गर्छ उसैलाई मत दिन्छौं’, भरतपुरका एक कांग्रेस कार्यकर्ताले भने ।

    पार्टीको जिम्मेवार पदमा रहेकाहरूले संगठित विद्रोह गर्न सम्भव नभएपनि आम कार्यकर्ताबीच विद्रोहको मनोविज्ञान बढेको तथ्य भने कांग्रेस नेताहरूले अनौपचारिक संवादका दौरान स्वीकार्ने गरेका छन् ।

  • दैलेख चामुण्डा विन्द्रासैनीको मेयरमा कांग्रेसबाट आठ उम्मेदवार

    दैलेख चामुण्डा विन्द्रासैनीको मेयरमा कांग्रेसबाट आठ उम्मेदवार

    सुर्खेत । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसबाट आठ जनाको दावेदारी परेको छ । यस्तै उपप्रमुखमा तीन जनाको दाबी परेको कांग्रेसले जनाएको छ ।

    मेयरका लागि वासुदेव शर्मा, इश्वर कुमार विष्ट, गणेशबहादुर शाही, गणेश कुमार शाही, महेन्द्र शाही, सर्पराज शाही, इन्द्रा कुमारी शाही र राजेश कुमार शाहीको दाबी परेको छ ।

    उपमेयका लागि ललिता कुमारी थापा शाही, विमला सिंजाली र रेखा शाहीको दाबी परेको हो ।

    यी सबै उम्मेदवारको नामावली जिल्ला कार्यसमिति हुँदै प्रदेश समितिमा पुगेको छ ।