Category: नेपाली कांग्रेस

  • कांग्रेसको निर्णय : विद्रोही उम्मेदवार, समर्थक र प्रस्तावक पार्टीबाट निष्कासित

    कांग्रेसको निर्णय : विद्रोही उम्मेदवार, समर्थक र प्रस्तावक पार्टीबाट निष्कासित

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बागी दिएका तथा उनीहरूका प्रस्ताव तथा समर्थकहरू पार्टीबाट स्वतः निष्कासन भएको जनाएको छ।

    बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले बागी र प्रस्तावक तथा समर्थकहरूको पार्टी सदस्यता पार्टीको विधानबमोजिम समाप्त भई स्वतः निष्कासन भएको जनाएको हो ।

    त्यस्ता विद्रोही उम्मेदवार, उनीहरूका प्रस्तावक र समर्थकहरूको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरूको अन्तिम नामावलीहरूको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपिसहित तत्काल केन्द्रमा पठाउन पनि जिल्ला कार्यसमितिहरूलाई कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन दिएको छ ।

    विद्रोही उम्मेदवारहरूले आफ्नो उम्मेदवारीप्रति पुनर्विचार गरी सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गर्न र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न यसअघि नै अनुरोध गरेको थियो । तर चितवनको भरतपुर र पोखरा लगायतका क्षेत्रका कांग्रेसका बागी उम्मेदवारहरूले पार्टीको त्यस्तो आग्रहलाई अस्वीकार गरेका थिए ।

    यस्तो छ विज्ञप्ति

  • एमाले हाम्रो दुश्मन हो, माओवादी होइन : पौडेल (भिडिओ)

    एमाले हाम्रो दुश्मन हो, माओवादी होइन : पौडेल (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेसँग कांग्रेसको प्रतिस्पर्धा भएपनि नेकपा माओवादीसँग नरहेको बताएका छन् । भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले एमालेसँग प्रतिस्पर्धा र माओवादी सहकार्य गर्नुपर्ने बताए ।

    ‘साथीहरूले बुझ्नुपर्‍यो एमाले हाम्रो प्रतिद्वन्द्वी हो, माओवादी होइन । माओवादीसँग सहकार्य गर्नु हाम्रो आवश्यकता हो । एमालेसँग हामीले नै प्रतिस्पर्धा गर्नुपर्छ’, पौडेलले भने ।

    निर्वाचनपछि गठबन्धन सरकार नै चलाउनुपर्ने बाध्यता रहेको भन्दै पौडेलले पहिले नै मिल्ने अभ्यास गर्न जरुरी रहेको बताए ।

    ‘भोलि मिलेरै सरकार बनाउनुछ भने आज मिलेरै स्थानीय सरकार किन नबनाउने ? सहकार्यको अभ्यास गर्नु नै आजको आवश्यकता हो’, पौडेलले भने ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमतको बलमा संविधान र लोकतन्त्रमाथि धावा बोलेकोले गठबन्धन निर्माण भएको पौडेलले बताए । चितवनमा स्वतन्त्र उम्मेदवारी दिने कांग्रेस नेताहरुले तर्कले भन्दा भावावेशले निर्णय गरेको पौडेलको भनाइ छ ।

    ‘मैले उहाँहरूसँग आज भेटेर अलि बसेर कुरा गरौ भने तर उहाँहरूले अलिकति धैर्य राख्न सक्नुभएन । उहाँहरू अलि चाडै जान खोज्नुभयो । उहाँहरू तर्कभन्दा भावावेश र उत्तेजनामा अगाडि बढ्नुभएको छ’, पौडेलले भने ।

  • रुकुमपश्चिममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, तरुण दलका ८ कार्यकर्ता घाइते

    रुकुमपश्चिममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, तरुण दलका ८ कार्यकर्ता घाइते

    सुर्खेत । चुनावी प्रचारको क्रममा रुकुमपश्चिममा नेपाली कांग्रेस र नेकपा माओवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा ८ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।

    जसमध्ये ६ जनाको जिल्ला अस्पताल सल्ले र दुईजनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । कृष्ण पुन, वीरबहादुर वली, दुर्गाबहादुर वली, वीरबहादुर वली, चन्द्रबहादुर खड्कालगायतको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ । २ घाइते स्थानीय मेडिकलमा उपचार गराइरहेका छन् ।

    झडपको क्रममा नुवाकोटस्थित प्रहरी चौकीमा सुरक्षा माग्दै गएका कांग्रेस कार्यकर्तालाई प्रहरी कार्यालयबाटै निकालेर कुटपिट गरिएको कांग्रेस कार्यकर्ताको आरोप छ । तर, माओवादीनिकटका युवाले भने चुडामणि शर्माको घर तोडफोड गरेको भन्दै तरुण दलका कार्यकर्तालाई लखेटेको जानकारी प्राप्त भएको प्रहरीले बताएको छ ।

    कांग्रेसनिकट नेपाल तरूण दलका कार्यकर्ता प्रहरी चौकीभित्र रहेको भन्दै वाईसीएलले चौकी समेत सामान्य तोडफोड भएको हो । त्रिवेणी वडा नम्बर ९ नुवाकोटस्थित चौकीमा कांग्रेस कार्यकर्ता छिरेपछि वाईसीएलले ढुंगामुडा गरेर तोडफोड गरेको प्रहरीले जनाएको छ ।

    माओवादी कार्यकर्ताहरूले नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको पदका उम्मदेवार रहेका अमरसिं खड्काले प्रयोग गर्दै आएको रा. १ च १२६२ नम्बरको जीपमा समेत आक्रमण गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले वाईसीएल र तरूण दलका कार्यकर्ताबीच झडप भएको बताए ।

    ‘त्यहाँ झडप भएको हो । घटनाबारेमा हामी थप अनुसन्धान गर्दैछौं’, उनले नेपाल प्रेससँग भने, ‘अहिले थप सुरक्षाकर्मी पठाइसकेका छौं । स्थिति नियन्त्रणमा छ ।’

  • गृहनगर जनकपुरमा हुने पार्टीको सभामा निधि सहभागी नहुने

    गृहनगर जनकपुरमा हुने पार्टीको सभामा निधि सहभागी नहुने

    काठमाडौं । नेपाली कांग्रेसले जनकपुर उपमहानगरपालिकामा गर्ने चुनावी सभामा पूर्व उपभापति बिमलेन्द्र निधि सहभागी नहुने भएका छन् ।

    पार्टीको निर्वाचन परिचालन समितिले बनाएको सूचीप्रति आपत्ति जनाउँदै गृहनगरमा हुने सो सभामा उनी सहभागी नहुने धनुषा कांग्रेसका उपसभापति गणेश झाले बताए । जनकपुरमा वैशाख २४ गतेका लागि सभाको मिति तोकिएको छ ।

    जसमा निर्वाचन परिचालन समितिले बनाएको सूचीमा निधिको नाम उल्लेख छैन । जसमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्रीद्वय भीष्मराज आङ्दम्बे र महेन्द्र यादवको नाममात्रै समावेश छ ।

    यही कारण निधि सो सभामा सहभागि नहुने भएको धनुषा कांग्रेसका उपसभापति झाले बताए । ‘उक्त सभामा उहाँ उपस्थिति जनाउनुहुन्न । पार्टीका उम्मेदवारलाई जिताउन आयोजना हुने अरू कार्यक्रममा भने उहाँ भइराख्नुभएकै छ,’ उनले भने । अहिले निधि मधेसकै जिल्लाहरूमा चुनावी प्रचारप्रसारमा दौडधुप गरिरहेका छन् ।

  • पाँचजना ‘बागी’ उम्मेदवारसहित समर्थक र प्रस्तावकलाई धादिङ कांग्रेसको कारबाही

    पाँचजना ‘बागी’ उम्मेदवारसहित समर्थक र प्रस्तावकलाई धादिङ कांग्रेसको कारबाही

    काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत पार्टीको आधिकारिक निर्णयविरूद्ध ‘बागी’ उठेकाहरूलाई धादिङ कांग्रेसले कारबाही गरेको छ ।

    नेपाली कांग्रेस धादिङले आज एक विज्ञप्ति सार्वजनिक गर्दै बागी उठेका पाँचजना र उनीहरूका समर्थक र प्रस्तावकलाई कारबाही गरेको जनाएको छ ।

    कारबाहीमा पर्नेहरूमा वेनीघाट रोराङ गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएका देवीप्रसाद सिलवाल, नीलकण्ठ नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी कल्पना अधिकारी, नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका टेकजंग लामा, खनियाँबास गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका फलबहादुर तामाङ र सोही गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी सरिता तामाङ छन् ।

    उनीहरूसँगै उम्मेदवारीका समर्थक र प्रस्तावकलाई समेत नेपाली कांग्रेसको विधान २०१७(संशोधनसहित) को धारा ४ उपधारा १३(ग) बमोजिम कांग्रेसको सदस्य नरहेको व्यहोरा विज्ञेप्तिमा उल्लेख छ ।

    साथै उनीहरूलाई नेपाली कांग्रेसको झण्डा, लोगो र व्यानर प्रयोग नगर्न सचेत गराइएको छ ।

    विज्ञप्तिमा जिल्ला सभापति रामनाथ अधिकारीको हस्ताक्षर छ ।

  • गृहमन्त्री खाण दाजुभाइविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी

    गृहमन्त्री खाण दाजुभाइविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी

    रुपन्देही । गृहमन्त्री बालकृष्ण खाण र तिलोत्तमा नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । उनीहरू दाजुभाइ हुन् ।

    तिलोत्तमा नगरपालिका-२ का दिपेश कंडेलले गृहमन्त्री र उम्मेदवार खाणविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार उजुरी दर्ता गराएका हुन् । गृहमन्त्री खाणले निर्वाचन आचारसंहिताविपरीत रुपन्देहीको तिलोत्तमामा विभिन्न चुनावी अभियानमा सहभागी भएको उजुरीमा उल्लेख छ ।

    गृहमन्त्रीको हैसियतमा सरकारी गाडी प्रयोग गरी खाण तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा कांग्रेसको घरदैलोमा सहभागी भएका थिए ।

    उम्मेदवार वा कुनै राजनीतिक दलको चुनाव प्रचारमा संघ वा प्रदेश सरकारका मन्त्री वा स्थानीय सरकारका जनप्रतिनिधि सहभागी हुन आचारसंहिताले रोक लगाएको छ । आचारसंहिताविपरीत गृहमन्त्री कांग्रेसको चुनावी कार्यक्रममा सहभागी भएका थिए ।

    त्यस्तै कांग्रेस उम्मेदवार खाणले निर्वाचन आचारसंहितविपरीत सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको भन्दै उजुरी परेको छ । आचारसंहिताविपरित उम्मेदवार खाणको प्रचार सामग्री योगीकुटी सडक किनारमा राखिएको थियो ।

    आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनका सन्दर्भमा पठाएको पत्रमा प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने उल्लेख छ । त्यस्तो सामग्री जुन स्थानमा राखिएको छ सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवारबाटै हटाउन आदेश दिई आदेशको बर्खिलाप गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैंयाँसम्म जरिबाना गर्ने र कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लघंन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द समेत गर्ने प्रावधान छ ।

    तिलोत्तमाका निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले गृहमन्त्री र उम्मेदवार खाणविरुद्ध उजुरी परेकाले स्पष्टीकरण सोध्ने तथा निर्वाचन आयोगलाई पनि जानकारी गराउने बताए ।

  • गठबन्धन चुनाव जित्न मात्रै होइन भनेर प्रतिज्ञा गर्नुपर्छ : गुरुङ

    गठबन्धन चुनाव जित्न मात्रै होइन भनेर प्रतिज्ञा गर्नुपर्छ : गुरुङ

    भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले स्थानीय चुनावमा मात्रै नभएर राष्ट्रिय चुनावमा पनि गठबन्धन कायम रहने प्रतिवद्धता गर्न शीर्ष नेताहरुसँग माग गरेका छन् ।

    गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोल्दै केन्द्रीय सदस्य गुरुङले चुनावको बेला गठबन्धन गर्ने तर जितेपछि भंग गर्ने काम नगर्न शीर्ष नेतासँग आग्रह गरेका हुन् ।

    ‘गठबन्धनका नेताहरुले प्रतिज्ञा गर्नुपर्यो । यो गठबन्धन निरन्तर रहन्छ भनेर । पद पाउनमात्रै गठबन्धन गरेको हो भने भोली जनताले भरोस गर्न छाड्नेछन्’, गुरुङले भने ।

    उनले गठबन्धन राष्ट्रिय राजनीतिको आवश्यकता भएकोले गठबन्धनका उम्मेदवार जिताउन कांग्रेसका सबै तहका नेता कार्यकर्ताहरु सक्रिय हुनुपर्ने बताए ।

  • रेसुङ्गा कांग्रेसले सार्वजनिक गर्‍याे सङ्कल्प पत्र, समुन्नत नगर बनाउने लक्ष्य

    रेसुङ्गा कांग्रेसले सार्वजनिक गर्‍याे सङ्कल्प पत्र, समुन्नत नगर बनाउने लक्ष्य

    गुल्मी । नेपाली कांग्रेस रेसुङ्गा नगरपालिका गुल्मीले स्थानीय तह निर्वाचनका लागि सङ्कल्प पत्र सार्वजनिक गरेको छ ।

    जिल्ला पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र केसी, लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ, जिल्ला सभापति तथा रेसुङ्गा नगरपालिका प्रमुख पदका उम्मेदवार खिलध्वज पन्थी, उपप्रमुख पदका उम्मेदवार अमृतादेवी कुँवर, प्रदेश प्रतिनिधि राजेन्द्रप्रसाद श्रेष्ठ, सङ्कल्प पत्र लेखन समितिका संयोजक दीन पन्थी लगायतले आठ पेजको सङ्कल्प पत्रको सार्वजनिक गरेका हुन् ।

    ‘सबल स्थानीय सरकार ः समुन्नत रेसुङ्गा नगर भन्ने मूख्य नारा बनाई उक्त सङ्कल्प पत्र सार्वजनिक गरिएको छ ।

    सात रङ्गहरुको संयोजनबाट सिर्जित इन्द्रेणीले प्रेम, समृद्धि, प्रेरणा, उर्जा, तत्परता, सद्भाव र समुन्नति जस्ता विषयको दिशावोध गरेझैं हामीले गर्ने सम्पूर्ण गतिविधिलाई विशेषगरी सङ्कल्प पत्रमा समाविष्ट शिक्षा तथा खेलकुद, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग वाणिज्य तथा रोजगार, शहरी विकास, खानेपानी, सरफाई तथा विपद् व्यवस्थापन, सडक, भौतिक पूर्वाधार तथा सामाजिक विकास लगायतलाई समेटेर रेसुङ्गाका सात रङ्ग भनेर उल्लेख गरेको रेसुङ्गा नगरपालिका प्रमुख पदका उम्मेदवार पन्थीले बताए । उनले सङ्कल्प पत्रमा लखिएका सबै कुराहरुलाई पुरा गरेर छाड्ने दाबी गरे ।

    घोषणापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण लगायतका कामलाई प्राथमिकतामा राखिएको छ ।

  • रोल्पामा माओवादी कार्यकर्ताको कुटपिटबाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार घाइते

    रोल्पामा माओवादी कार्यकर्ताको कुटपिटबाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार घाइते

    रुपन्देही । रोल्पाको माडी गाउँपालिका-३ तालाबाङमा माओवादी कार्यकर्ताले आक्रमण गर्दा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन् ।

    डाँगीलाई रड प्रहार गरी घाइते बनाएको कांग्रेसले जनाएको छ । उनलाई उपचारका लागि दाङ लगिएको छ । माओवादीले भने कांग्रेस कार्यकर्ताले गरेको आक्रमणको प्रतिकार गरेको बताएको छ । माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले कांग्रेसले आक्रमण गरेपछि प्रतिकार गरेको बताए ।

    बुधबार तालावाङ बजारमा आयोजित चुनावी सभा सकेर फर्कने क्रममा माओवादी कार्यकर्ताहरूले उम्मेदवार चढेको गाडी नियन्त्रणमा लिएर हमला गरेको कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले बताए ।

    ‘उम्मेदवार चढेको गाडी नै नियन्त्रणमा लिएर उहाँमाथि रड प्रहार भएको छ हामीले आक्रमण गरेको भन्ने गलत प्रचार गरिएको छ,’ उनले भने ।
    स्थानीय चुनावमा माडीमा माओवादी र एकीकृत समाजवादी तथा कांग्रेस र एमालेबीच तालमेल छ ।

    प्रहरी निरीक्षक थमन जिसीले गएराति झडप भए पनि अहिले अवस्था सामान्य रहेको बताए ।

  • गठबन्धनले भरतपुरमा गर्ने चुनावी सभामा शेखर-गगन नजाने !

    गठबन्धनले भरतपुरमा गर्ने चुनावी सभामा शेखर-गगन नजाने !

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा भरतपुरमा सत्ता गठबन्धनले आयोजना गर्ने चुनावी सभामा सहभागी नहुने भएका छन् ।

    गठबन्धनको स्थानीय चुनावी संयन्त्रले कोइराला र थापाको समेत तस्बिर राखेर प्रचार सामग्री बनाए पनि पूर्वनिर्धारित कार्यक्रमहरूमा व्यस्त रहेका कारण कोइराला र थापा भरतपुर नजाने भएका हुन् । कोइराला र थापा भरतपुर जाने निधो नभए पनि गठबन्धनको स्थानीय संयन्त्रले दुवै नेता आउने भनी प्रचार गरेको थियो ।

    कांग्रेसले निर्धारण गरेको केन्द्रीय चुनावी सभाको तालिकामा पनि भरतपुरको सभामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री डिना उपाध्याय सहभागि हुने उल्लेख छ ।

    आजै चितवन कांग्रेसका सभापति राजेश्वर खनालले कोइरालालाई फोन गरी भरतपुर आउन अनुरोध गरेका थिए । कोइरालाले पूर्वनिर्धारित कार्यक्रमहरूमै व्यस्त रहेकोले अपर्झट भरतपुर आउन असमर्थ रहेको भन्दै सभा सफलताको कामना गरेका छन् । चुनावी अभियानका लागि कोइराला विराटनगरमा रहेका छन् ।

    महामन्त्री थापा भने आफ्नै निर्वाचन क्षेत्रमा रहेको बूढानीलकण्ठ नगरपालिकाको घरदैलोमा व्यस्त छन् ।

  • जगन्नाथको टीमसँग रामचन्द्रको बैठक, ‘चुनाव प्रचारमा जानुछ’ भन्दै देउवा नभेटी निस्किए जगन्नाथ

    जगन्नाथको टीमसँग रामचन्द्रको बैठक, ‘चुनाव प्रचारमा जानुछ’ भन्दै देउवा नभेटी निस्किए जगन्नाथ

    काठमाडौं । चितवनमा आज हुने गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न भरतपुर पुगेका कांग्रेस वरिष्ठ नेता एवं गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलले भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसित भेट गरेका छन् । भरतपुरको होटल सिराँगचुलीमा वरिष्ठ नेता पौडेलले बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल, पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग भेट गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

    भेटमा वरिष्ठ नेताल पौडेलले संविधान सिध्याउने षड्यन्त्र भइरहेको र स्थानीय तहसम्मै षड्यन्त्रको डिजाइन भइरहेकोले गठबन्धनलाई सहयोग गर्न आग्रह गरेको भेटमा सहभागी एक नेताले बताए ।

    जवाफमा जगन्नाथका प्रस्तावक एवम् पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले कांग्रेस जोगाउन आफूहरूले स्वतन्त्र प्रतिस्पर्धा गरेकाले उम्मेदवारी फिर्ता नहुने अडान दोहोर्याए । भेटमा सापकोटाले पौडेललाई भने– रामचन्द्रजी तपाईंले बारम्बार फोन गर्नुभएकोले सम्मान स्वरुप भेट्न आएका हौं। गठबन्धनका विषयमा हाम्रो विमति छैन । भोलि प्रचण्डलाई सहयोग पनि गरौंला । यसपटक दोहोर्याएर रेणुलाई सहयोग गर्न भने सक्दैनौं।

    जगन्नाथले कांग्रेस बचाउने अभियानमा आफू एक्लै नरहेको र धेरैको साथ पाएकोले पछाडि फर्कने अवस्था नरहेको बताए ।

    प्रधानमन्त्री एवम् शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूले छलफल गर्ने भनिए पनि उनीहरू पौडेललाई मात्रै भेटेर फर्किएका छन् ।

  • कांग्रेस धोका खान तयार छ, तर दिँदैन : प्रधानमन्त्री देउवा

    कांग्रेस धोका खान तयार छ, तर दिँदैन : प्रधानमन्त्री देउवा

    विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनबिच चुनावी तालमेल गर्ने सहमतिलाई इमानदारीताका पालना गर्न काँग्रेस कार्यकर्तालाई आग्रह गरेका छन् ।

    नेपाली काँग्रेस मोरङले आज विराटनगरमा आयोजना गरेका चुनावी सभालाई सम्बोधन गदै पार्टी अध्यक्ष समेत रहेको देउवाले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धन भित्र कुनै पनि संशय पैदा हुने काम नगर्न कार्यकर्तालाई आग्रह गरे ।

    देउवाले भने, ‘बरु काँग्रेस धोका खान तयार छ, तर धोका दिँदैन, हाम्रो कर्तव्य पनि होइन । काँग्रेसको टाउकोमा धोकेबाज भन्ने बिल्ला नलागोस् ।’

    कांग्रेस एक्लै चुनाव लड्ने तागत नभएकाले सत्तापक्षमान रहेका दलहरूसँग स्थानीय तहको चुनावमा तालमेल गरे जान परेको उनले प्रष्टीकरण समेत दिए ।उनले पाँच दलीय गठबन्धन मार्फत चुनाव जित्ने सबै भन्दा ठुलो मौका भएकाले मौका गुमाउन नहुनेमा जोड समेत दिए ।

    स्थानीय तहलाई बढी शक्तिशाली बनाउने तर्फ केन्द्र सरकारको पनि ध्यान गएको बताउँदै उनले जनतालाई आफ्नो अधिकार आफले प्रयोग गर्न सक्ने बनाउन तर्फ सबकैको ध्यान जान जरुरी रहेको बताए ।

    ‘केन्द्र सरकार स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन उद्धत छ’ देउवाले भने, ‘दिएको अधिकारी प्रयोग गर्न सक्ने, पैसाको सही सदुपयोग गर्न सक्ने अवस्थामा जनतालाई पुर्‍याउन आवश्यक छ ।’

    आफ्नो ठाउँको विकास आफैले गर्न सक्ने बनाउन तर्फ केन्द्र सरकार पनि लागि रहेका उनले बताए ।

    देउवाले विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार नागेश कोइरालालाई प्रदेश सांसद समेतमा टिकट दिन नसकेर आफूले नागेशमाथि अन्याय गरेको बताए । तर अहिले मेयरको टिकट दिलाउने विषयसँगै नागेशमाथि त्यो आफूले गरेको अन्यायबाट पार पाएको बताए ।

  • विराटनगर पुगेर देउवाले भने- चित्त बुझे पनि नबुझे पनि गठबन्धनमै भोट दिनुहोला

    विराटनगर पुगेर देउवाले भने- चित्त बुझे पनि नबुझे पनि गठबन्धनमै भोट दिनुहोला

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको विकास र लोकतन्त्रको रक्षाका लागि स्थानीयदेखि राष्ट्रिय निर्वाचनसम्मै गठबन्धनले जित्नुपर्ने बताएका छन् ।

    मोरङको विराटनगरमा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रिय निर्वाचनसम्मै गठबन्धन अगाडि बढ्ने संकेत गरे ।

    ‘वृद्ध भत्ता ६५ वर्षमै दिने निर्णय मैले गरेको छु । असाध्य रोग लागेकालाई ५ हजार निर्वाह भत्ता पनि दिएका छौँ । विकास निर्माणको काम गर्न पनि राष्ट्रिय चुनावसम्मै गठबन्धनलाई जिताउनुस्’, देउवाले भने ।

    विराटनगर महान् नेताहरूको भूमि रहेको भन्दै आन्तरिक असन्तुष्टि बिर्सेर गठबन्धनलाई जिताउन देउवाको अनुरोध थियो । ‘चित्त बुझेपनि नबुझेपनि गठबन्धनलाई जिताउनुहोला’, देउवाले भने ।

    विराटनगर महानगरको मेयरका प्रत्याशी नागेश कोइरालालाई विगतमा अन्याय भए पनि अहिले न्याय भएको देउवाले बताए ।

    ‘पहिले पनि मेयर बनाउन सकिन । प्रदेशको एमपी दिन पनि सकिएन । त्यही भएर नागेशजी मसँग रिसाएर चुर थिए । अहिले त खुसी भए होलान् । काम गर्ने मान्छे हुन् नागेशलाई जिताउनुहोला । उपमेयरमा जसपाको छातामा पनि भोट हालेर जिताइदिनुहोला’, देउवाले भने ।

  • प्रधानमन्त्री देउवामाथि कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी, यस्तो छ कारण

    प्रधानमन्त्री देउवामाथि कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी, यस्तो छ कारण

    चितवन । निर्वाचन आचारसंहिता विपरीत प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर महानगरपालिकाको चुनावी आमसभामा सहभागी हुने र उम्मेदवारलाई दबाब दिने उद्देश्यले चितवन आइरहेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

    अधिवक्ता सुनिता अधिकारीले निर्वाचन अधिकृत समक्ष देउवामाथि कारबाहीको माग गर्दै उजुरी दिएकी हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफूले आचारसंहिता उल्लंघनको सन्दर्भमा उजुरी दिएको अधिकारीले बताइन् ।

    उनले निर्वाचन आचारसंहिताको दफा ५ ले निर्वाचनमा आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न नपाउने व्यवस्था छ ।

    सोही दफा अनुसार बिहीबार सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा प्रधानमन्त्री देउवासहित नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू सहभागी हुने कुरा राष्ट्रिय समाचार पत्रिकामा प्रकाशित भएको भन्दै उनले कार्यक्रम स्थगित गराई आचारसंहिताविपरीत कार्य भएमा सजाय समेत गरी पाउँ भनी निवेदन दिएकी हुन् ।

    उजुरीकर्ता अधिकारी नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य पनि हुन् । उनी भरतपुरकै मतदाता हुन् ।

    प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता भरतपुरमा रेनु दाहालको पक्षमा मत माग्न र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई फकाउने चितवन पुग्दै छन् । बिहीबार भरतपुरको हाकिम चोकमा सत्ता गठबन्धनको आमसभालाई पाँच दलका शीर्ष नेताले सम्बोधन गर्दै छन् ।

  • कांग्रेस बनेपछि भुवन केसी भन्छन्- कलाकारको भावना बुझ्ने पार्टीमा आएँ, पाएको जिम्मेवारी स्विकार्छु

    कांग्रेस बनेपछि भुवन केसी भन्छन्- कलाकारको भावना बुझ्ने पार्टीमा आएँ, पाएको जिम्मेवारी स्विकार्छु

    काठमाडौं । अभिनेता भुवन केसीले आजभोलि नै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्न एउटा खुट्टा उचालिसकेको चर्चा केही दिनअघिसम्म व्याप्त थियो । तर, सबैलाई चक्मा दिँदै भुवन एकाएक सत्तारुढ दल नेपाली कांग्रेसमा भित्रिएका छन् ।

    देशमा चुनावी माहौल गर्माएको बेला भुवनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाबाट बालुवाटारमै टिका लगाएर पार्टी प्रवेश गरे । राप्रपामा कुरा चल्दाचल्दै उनी कांग्रेसतिर किन लहसिए ? धेरैलाई चासो छ ।

    स्मरणीय के पनि छ भने एक महिना अगाडि मात्रै भुवन केसीलाई उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको मेयरमा उठाउने घोषणा गरेको थियो । तीन दिनपछि भुवनले सामाजिक सञ्जालमार्फत आफू मेयरमा नउठ्ने बताएका थिए । अलि धेरै पछाडि फर्किने हो भने उनी करिब १ दशक अगाडि नेकपा एमालेमा प्रवेश गरेका थिए । सो पार्टीबाट चुनावमा टिकट पाउन सिफारिस भए पनि अन्तिममा पाएनन् । त्यसपछि उनी एमालेमा खासै सक्रिय भएनन् र कलाकारितामै भुलिए ।

    अहिले फेरि किन भुवनलाई किन राजनीतिको चस्का पस्यो ? धेरैले उनी कुनै पदको बार्गेनिङ गरेर कांग्रेसमा आएको आशंका गरेका छन् । तर, भुवन भने आफू पदका लागि नभई देश सेवाको भावनाले कांग्रेसमा जोडिएको बताउँछन् । यद्यपि, पार्टीले कुनै अवसर दिए सहज रुपमा स्वीकार्ने उनको भनाइ छ ।

    नेपाली चलचित्रका सदाबहार नायकका रूपमा परिचित भुवन केसीसँग गरिएको संवाद प्रस्तुत छ :-

    तपाईँ त राप्रपातिर जाने व्यापक चर्चा थियो, एकाएक कांग्रेसतिर कसरी मोडिनुभयो ?

    हामी कलाकारहरूलाई सबै पार्टीका नेताहरूले माया गर्नुहुन्छ । यही नै हाम्रो सौभाग्य हो । कुरा त धेरै पार्टीसँग भएको हो । तर, मलाई कांग्रेस नै वेटर लाग्यो ।

    के कुराले कांग्रेस रोज्ने निर्णयमा पुग्नुभयो त ?

    नेपाली कलाक्षेत्र संसारभर चिनियोस् भन्ने लाग्छ मलाई । धेरै कलाकारहरू अहिले राजनीतिमा जोडिएका छन् । म पनि कुनै बेला कुनै दलसँग नजिक थिएँ । कलाकारहरूलाई दलहरूले खासै महत्त्व देखिएको देखिन्न । हरेक दलहरूले निर्वाचनको समयमा भिड जम्मा गर्नलाई मात्र कलाकारलाई प्रयोग गर्दै आएको तितो अनुभवबाट म पनि गुज्रिएको छु ।

    वास्तवमा भन्नु पर्दा कलाकारहरू संवेदनशील हुन्छन् । हामीले कलाकारितामा लागेर गाउँ–गाउँ बस्ती–बस्तीका विकट क्षेत्रहरूमा गएर प्रत्यक्ष दर्शक तथा जनतासँग भिजेर उहाँहरूका कुरा बुझ्ने मौका पाएका छौँ । कलाकारहरूले चाहेको र मौका मिलेको खण्डमा देशै पनि हाँक्न सक्छन् । तर, यो मौका कुनै पनि कलाकारहरूलाई दिनका लागि राजनीतिक दलहरू हिचकिचाइरहेको अवस्था छ । कलाकारहरू यसै पनि लोकप्रिय हुन्छन् र उनीहरूलाई पार्टीमा अवसर दियो भने आफूहरूलाई उछिनेर जान सक्छन् भन्ने त्रास पनि हुन सक्छ ।

    म चैँ खास गरी कलाकार भएकै नाताले नेपाली चलचित्र, गीत–सङ्गीत, नेपाली संस्कृतिका विषयमा कांग्रेसका वरिष्ठ नेताहरू र प्रधानमन्त्रीज्यू कुराकानी गरिरहेको थिएँ । यस क्रममा कलाकारिताप्रति कांग्रेस अरूभन्दा बढी पोजेटिभ लाग्यो । त्यसैले यो पार्टीमा जोडिने निधो गरेको हुँ ।

    तपाईँ कलाकारितामा यति लामो यात्रा गरेको व्यक्ति, राजनीतिमा जोडिनुपर्ने आवश्यकता किन महसुस गर्नुभयो ?

    हो, म विगत ४० वर्षदेखि अनवरत कलाकारितामा छु । रेडियो नेपालको बाल कार्यक्रमदेखि संगीत क्षेत्र हुँदै फिल्ममा आएको हुँ । बाचुन्जेल कलाकारितामा नै रहने सोच पनि छ ।

    तर, कुरा के भने देशका हरेक क्षेत्रलाई डोहोर्याउने भनेको राजनीतिले हो । कलाकारिता क्षेत्रकै हकहितका लागि पनि राजनीतिकर्मीले पहल नगरीकन सम्भव हुँदैन । हामीले दिने अन्तरवार्ताहरू जनताले मात्र नभएर नेताले पनि सुन्नुहुन्छ । तर, नेताहरूले एक कानले सुनेर अर्काले उडाउने गर्नुहुन्छ । त्यसले गर्दा नेपालको कलाकारिता उँभो लाग्न सकिरहेको छैन ।

    हामीले आफ्ना योजनाहरू साकार पार्न, समस्याहरूको समाधान गर्न आफैँ राजनीतिमा होमिनुपर्ने रहेछ । कुनै पद पाउनका लागि नभएर कलाकार र कलाकारिताको हित रक्षाका निम्ति राजनीतिमा लाग्नुको विकल्प मैले देखिनँ । कांग्रेसका नेताहरूले दिनुभएको आश्वासन र उहाँहरूप्रतिको विश्वासले गर्दा कांग्रेससँग जोडिएको हुँ ।

    कांग्रेस प्रवेश गर्नुअघि तपाईँको को–को नेताहरूसँग छलफल भएको थियो ?

    प्रधानमन्त्रीदेखि लिएर काँग्रेसका ८–१० जना नेताहरूसँग मैले छलफल गरेँ ।

    पार्टी प्रवेशका विषयमा कहिलेदेखि कांग्रेस नेताहरूसँग छलफलमा हुनुहुन्थ्यो ।

    करिब एक महिना जति मात्रै भयो होला कुराकानी हुन थालेको ।

    तपाईँ कांग्रेस प्रवेश गरेर सक्रिय राजनीति नै गर्ने विचार हो कि सामान्य पार्टीगत आबद्धता मात्रै हो ?

    पार्टी प्रवेश गरिसकेपछि सक्रिय राजनीति नै गर्नुपर्छ भन्ने छैन । तर पार्टीहरूले जोसुकै कलाकार वा आफ्नो फिल्डबाट दक्षता हासिल गरेको कोही पनि व्यक्तिले देश र जनताको सेवा गर्ने इच्छा गरेर आएको खण्डमा आवश्यक अवसर र भूमिका दिनुपर्छ । खाली आफ्नै नातागोता र वरापरीकालाई मात्रै हेरेर हुँदैन । हरेक क्षेत्रका प्रतिभा वान व्यक्तिलाई अवसर दियो भने त्यो पार्टी मात्र नभएर देश पनि उँभो लाग्न सक्छ । उचित अवसर पाएको खण्डमा उहाँहरूले देशै चलाउन पनि सक्नुहुन्छ । त्यो नभए कम्तीमा आफ्नो क्षेत्रका लागि पक्कै केही गर्नुहुन्छ । त्यसैले अवसर चैँ दिनु पर्‍यो, चाहे कांग्रेसले होस वा अरू पार्टीले ।

    भनेपछि कांग्रेसले तपाईँलाई पार्टीमा कुनै भूमिकाको अफर गर्‍यो भने नाइनास्ति गर्नुहुन्न ?

    एकदम म स्विकार्छु । तर उहाँहरूले त्यो अवसर दिन हुन्छ कि हुन्न भन्ने हो । अहिले म यही पद चाहिन्छ भनेर आएको होइन । तर उहाँहरूले कुनै भूमिका दिनुभयो भने म त्यसलाई स्विकारेर नै अब बाँकी जीवन कला– संस्कृति र नेपाली चलचित्र तथा देशको हितमा समर्पित गर्ने छु । त्यही सोचाइका साथ कांग्रेसमा आएको हुँ ।

    तपाईँले आफूलाई यस्तो भूमिका चाहिन्छ भनेर नेताहरूसँग भन्नुभएको होला नि पक्कै ?

    म कलाकार हुँ । जिन्दगीमा मैले जे पाउनु पर्ने हो त्यो पाएको छु । सबैभन्दा ठूलो कुरा त दर्शकको माया हो । त्योभन्दा ठूलो अरू आशा छैन ।

    अब म कलाकार भएका कारणले गर्दा सम्पूर्ण कला जगत, गीत–सङ्गीत तथा साहित्य क्षेत्रमा मेरो लगाव छ । मेरो प्राथमिकता पनि यसमा नै हुने भइहाल्यो । यो सँगसँगै मेरो देश र जनताप्रति पनि दायित्व निभाउनलाई व्यग्र छु । उहाँहरूले त्यस्तो भुमिका दिनुभयो भने म गर्न चाहन्छु र गर्न सक्छु पनि भन्ने हो । तर, पार्टीमा मैले कुनै माग राखेको छैन ।

    स्थानीय चुनावको त मनोनयन भइसक्यो । अब प्रदेश र संघीय संसद्को चुनाव पनि आउँदै छ । संसद्को चुनावमा पार्टीले टिकट दियो भने काठमाडौंबाट लड्न तयार हो ?

    अब त्यो त पार्टीले निर्णय गर्ने कुरा हो । उहाँहरूले के भन्नु हुन्छ त्यसमा भर पर्छ । यस विषयमा अहिले छलफल भएको छैन ।

    विगतमा तपाईँ उत्साहका साथ एमालेमा प्रवेश गर्नु भएको थियो । एमालेमा लागेर केही गर्छु भन्ने नै थियो होला, सक्रिय हुन सक्नुभएन । त्यो पार्टीसँग किन तपाईँको चाँडै नाता टुट्यो त ?

    म जे सोचेर गएको थिएँ, त्यो भएन । कलाकारिताको विषयमा पार्टीले खासै चासो दिएको देखिएन । वा मैले त्यो अनुभव गर्न सकिनँ । तर, पनि उहाँहरूप्रति मेरो केही गुनासो छैन । एमालेका नेताहरूलाई मैले आफ्नो तर्फबाट सहयोग गरेकै हो ।

    अब, नेपाली काँग्रेसले चैँ सायद कलाकारको भावना बुझ्छ होला भन्ने विश्वास छ । उहाँहरूले बुझ्ने आश्वासन पनि दिनु भएको छ ।

    कतिपयले भन्ने गर्छन् कलाकार भनेका सबैका साझा हुन् । एउटा पार्टीसँग जोडिँदा उनीहरूको घेरा साँघुरो हुन्छ । तपाईँलाई एउटा पार्टीसँग जोडिनु के–कति घाटा होला ?

    एकदमै भन्नुहुन्छ डेफिनट्ली । पहिलो नम्बरमा म नेपालको कलाकार हुँ । म आम नेपाली दाजुभाइ–दिदीबहीनीहरुको कलाकार हुँ ।

    वास्तवमा विभिन्न क्षेत्रका मान्छेहरूले आ–आफ्नै क्षेत्रमा योगदान दिएर अगाडि बढ्नुपर्ने हो । राजनीति गर्ने काम नेताहरूलाई नै छोडिदिनुपर्ने हो । तर कुरा के भने, यति बेला देशको राजनीति ठिक दिशामा चलिरहेको छैन । गलत राजनीतिका कारण देशका हरेक क्षेत्रहरू प्रभावित भइरहेका छन् । त्यसैले सबै क्षेत्रका व्यक्तिहरूले राजनीतिमा चासो र चिन्ता राख्नुपर्ने आवश्यकता छ । राजनीतिमा प्रत्यक्ष संलग्न हुनुपर्ने आवश्यकता छ ।

    त्यसको कारण के त भने राजनीतिमा लागेर झन्डावाला गाडी चढ्नलाई होइन । आफ्नो क्षेत्रको विकासका लागि हो । नत्र हामीले जतिसुकै उहाँहरूलाई अनुरोध गरे पनि, हामीसँग जतिसुकै भिजन भए पनि त्यो लागू नहुने रहेछ । सम्बन्धित ठाउँहरूमा त त्यो भिजन नै नभएका मान्छेहरू पुग्ने रहेछन् । आफ्नै मान्छेहरू मात्रै पुग्ने रहेछन् । ट्यालेन्टेड, पढेलेखेका र जिन्दगीभरि त्यो क्षेत्रमा काम गरेका मान्छेहरूलाई कुनै मौका दिइएन । त्यसैले हामी राजनीतिमा आउन बाध्य भएका हौँ । नभए राजनीति मेरो सोख हैन ।

    तपाईँको राप्रपासँग पनि कुराकानी धेरै अगाडि बढेको थियो, अन्तिममा के कुरा मिलेन ?

    कुरा नमिलेको भन्ने होइन । म एउटा कलाकार भएको नाताले सबै क्षेत्रका सबै व्यक्तिहरूलाई सम्मान गर्छु । कुरा नमिलेर होइन, मलाई अहिले आएर नेपाली कांग्रेसप्रति आस्था र विश्वास बढी जागेको छ । नेपाली कांग्रेसले नै नेपाली कला–संस्कृतिको विकास र रक्षा गर्छ भनेर म कांग्रेस भएको हुँ ।

    म भाषण मात्र दिएर अथवा हुन नसक्ने कुराहरू मात्र बोलेर राजनीति गर्न आएको होइन । केही नयाँ गर्न सक्ने भिजन र क्लियरिफिकेसन भएकाले आएको हुँ । अवसर पाएको खण्डमा म दिलबाट नै गर्छु । अहिलेसम्म कलाकारिताबाट गरेँ भने अब राजनीतिबाट पनि गर्न सक्छु भन्ने मेरो मनमा लागेको छ ।

    पार्टी रोज्दा त बिचार–सिद्धान्तको पनि कुरा आउँछ । विगतमा तपाई नेकपा एमालेसँग आबद्ध हुनुभयो, जुन एउटा कम्युनिस्ट पार्टीको रूपमा चिनिन्छ । त्यसपछि तपाई लामो समय निष्क्रिय भएर बिचमा एउटा सानो पार्टीबाट मेयरमा उठ्ने कुरा सुनियो । तर, तपाईँले नउठ्ने भन्नुभयो । त्यसपछि राप्रपासँग पनि नजिक हुन खोज्नुभयो । अहिले कांग्रेसमा आउनुभएको छ । कहिले कम्युनिस्ट पार्टी, कहिले राजावादी पार्टी, कहिले मध्यमार्गी पार्टीसँग नजिक भइरहँदा तपाईँको आफ्नो राजनीतिक विचारधारा चाहिँ के हो त ? तपाईँ गणतन्त्रवादी कि राजावादी ?

    यस विषयमा कुनै बेला बसेर लामै कुराकानी गरौँला । अहिलेको सवालमा मैले जुन पार्टी रोजेँ त्यो नै वेस्ट पार्टी हो । र मैले जे गरेँ ठिक गरेँ जस्तो लाग्छ ।

    उन्नत लोकतान्त्रिक पार्टीबाट मेयरमा उठ्ने कुरा आएको थियो नि, त्यसमा तपाईँलाई नसोधीकन उनीहरूले निर्णय गरेका हुन् कि तपाईँले पछि निर्णय बदल्नु भएको हो ?

    स्वागत नेपाल भन्ने मेरो प्यारो भाइ हुनुहुन्छ, उहाँसँग राम्रो सम्बन्ध छ । उहाँले आफ्नो पार्टीबाट भुवन दाइ तपाई उठ्दा हुन्छ भन्नुभएको पनि हो । एक चरण उहाँसँग सल्लाह भएकै पनि हो ।

    फेरि किन ब्याक हुनुभयो त ?

    अगाडी नै मैले भनेँ नि, एउटा कलाकारलाई माया त सबैले गर्नु हुन्छ, तर केमा जाने र केमा उठ्ने अथवा नउठ्ने त्यो निर्णय त मैले गरिसकेको थिइनँ । उहाँले मलाई अफर गर्नु भएकोमा म उहाँलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । मलाई अथवा एउटा कलाकारलाई सम्झनु भयो । तर, यसमा मैले निर्णय गरिसकेको थिइनँ । एक चरण छलफल मात्रै भएको थियो । मैले ठोस निर्णय चैँ कांग्रेसमा जाने भनेर गरेको हो ।

    काँग्रेसको कुन चैँ पक्षले तपाइलाई आकर्षित गर्‍यो ?

    सबै पक्ष राम्रो लागेर नै म यो पार्टीमा गएको हुँ । यो पार्टीका नीति बिचार र प्रजातान्त्रिक बिचार नै राम्रो लागेर म यसमा आएको हो ।

    तपाईँ आफैँले कांग्रेस प्रवेशका लागि पहल गर्नुभएको हो कि कांग्रेसले तपाईँलाई प्रस्ताव गरेको हो ?

    मनमा लागिराखेको थियो मलाई यो पार्टी नै ठिक हो भन्ने । अनि उहाँहरूले पनि प्रस्ताव गरेपछि मलाई एकदम सही लाग्यो ।

    सानो पार्टीमा जाँदाभन्दा शक्तिशाली पार्टीमा जाँदा नै ठूलो छहारी पाइन्छ भन्ने त सोच्नु भएको हो ?

    हामी कलाकारहरूलाई चैँ सानो–ठुलो पार्टी भन्ने हुँदैन । किनभने हामी कलाकारहरूलाई सबैले माया गर्नुहुन्छ । हामीले जिन्दगीमा कमाएको नै त्यही माया हो । एउटा कलाकार ठुलो पार्टीमा जाँदा पनि र सानो पार्टीमा जाँदा पनि अथवा स्वतन्त्र नै उठ्दाखेरि पनि दर्शकले दिने माया त्यत्तिकै हो । त्यस कारण कलाकारलाई सानो र ठुलो पार्टीले कुनै महत्त्व राख्दैन ।

    राजनीतिमा तपाईँको लक्ष्य के त त ? पछि मन्त्रीसम्म बन्ने अथवा त्योभन्दा अरू केही सोच्नु भएको छ ?

    अब राजनीतिमा लागेर यदि मैले मौका पाएको खण्डमा तनमन र बचनले कुनै पदको लालसा नराखीकन साँच्चिकै देश र जनताको लागि केही गर्ने सोच राखेको छु ।

  • भ्रातृ एवं शुभेच्छुक संस्थाका महाधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन

    भ्रातृ एवं शुभेच्छुक संस्थाका महाधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचनको आसपासमा महाधिवेशन गर्ने तयारीमा रहेका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ ।

    स्थानीय निर्वाचनका दौरान पार्टीका सबै संयन्त्र परिचालन हुनुपर्ने भन्दै भ्रातृ एवं शुभेच्छुक संस्थाको पूर्वनिर्धारित महाधिवेशन स्थगित गर्न सभापति शेरबहादुर देउवाले निर्देशन दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    कांग्रेसको यो निर्णयले शुभेच्छुक संस्थाहरु नेपाल प्रेस युनियन र डेमोक्रेटिक लयर्स एसोसिएसनको महाधिवेशन प्रभावित हुने देखिन्छ ।

  • आचारसंहिताविपरीत मत माग्दै रतुवामाईका मेयर राई

    आचारसंहिताविपरीत मत माग्दै रतुवामाईका मेयर राई

    विराटनगर । मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राई भने सरकारी स्रोतसाधन र सम्पत्तिको दुरुपयोग गरी निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारमा लागेका छन् ।

    उनले नगरपालिकाकाे स्रोतसाधन र गाडीसमेत दुरुपयोग गर्दै नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँडेका हुन् ।

    उनी यतिबेला नेपाली कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँड्नेमात्र नभई विभिन्न स्थानमा आयोजना गरिएको चुनावीसभामा भाषणसमेत गर्दै हिँडिरहेका छन् । मेयर राईले हालसम्म पदबाट राजीनामा दिएका छैनन् ।

    निर्वाचन आचारसंहिताबमोजिम बहालवाला मेयरले कुनै पनि दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न पाउँदैनन् । तर, उनले निर्वाचन आयोगलाई नै चुनौती दिँदै पदको दुरुपयोग गरिरहेको स्थानीयले बताएका छन् ।

    विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पार्टीको चुनावी प्रचारमा हिँड्नुपर्ने भएकाले नैतिकता देखाउँदै राजीनामा दिएका थिए । तर, रतुवामाईका मेयर राई भने आचारसंहिताविपरीतका गतिविधिमा सक्रिय रहेको स्थानीयको भनाइ छ । उनी २०७४ सालमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय रतुवामाईका प्रमुख निर्वाचन अधिकृत राजु अधिकारीले मेयरले कुनै पनि दल विशेषको चुनावी प्रचारमा सहभागी हुन नपाउने भएकाले त्यसो गरेको पाइएमा कारबाही हुने बताए ।

    यस्तै प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कस्यप अधिकारीले मेयर राईले आचारसंहिताविपरीतको कार्य गरेको खण्डमा कारबाहीको भागीदार बन्ने बताए ।

    आचारसंहिता उल्लंघन गरेको विषयमा मेयर राईले निजी गाडी लिएर चुनावमा हिंडेको प्रतिक्रिया दिएका छन् । आफूले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको उनको दाबी छ ।

  • २७ गतेसम्म कांग्रेसको चुनावीसभा: कहिले, कहाँ ?

    २७ गतेसम्म कांग्रेसको चुनावीसभा: कहिले, कहाँ ?

    काठमाडौं । सत्तागठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आजदेखि २७ गतेसम्म देशका विभिन्न सहरमा चुनावीसभा गर्दैछ ।

    चुनावी सभालाई कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रवक्ता प्रकाशशरण महतलगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

    कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार कहाँकहाँ हुँदैछ सभा ?

    वैशाख २२ गते– चितवनको भरतपुरमा

    वैशाख २३ गते– काठमाडौंमा

    वैशाख २४ गते– रुपन्देहीको बुटवलमा

    वैशाख २४ गते– तनहुँको दमौली र धनुषाको जनकपुरमा

    वैशाख २५ गते– कास्कीको पोखरा र दाङको तुलसीपुरमा

    वैशाख २६ गते– कैलालको धनगढीमा

    वैशाख २७ गते– डडेल्धुरामा

    चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विराटनगर जाँदैछन् ।

  • चिङगाडमा गठबन्धनबाट बाहिरियो माओवादी, कांग्रेसले धोका दिएको आरोप

    चिङगाडमा गठबन्धनबाट बाहिरियो माओवादी, कांग्रेसले धोका दिएको आरोप

    सुर्खेत । नेकपा माओवादी केन्द्र चिङ्गाड गाउँ कमिटीले नेपाली कांग्रेसले धोका दिएको गठबन्धन तोडेको छ । सचिव महेश जिसि र अध्यक्ष समरबहादुर कामीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशमा भएको सहमतिविपरीत कांग्रेस लागेको टिप्पणी गरेको छ ।

    “चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने र माओवादीको तर्फबाट विजयी भएका वडासहित ३ वटा वडा ने.क.पा. (माओवादी केन्द्र) को नेत्तृत्वमा गठबन्धन गरी निर्वाचन लड्ने अन्य ३ वटा वडा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन गरी निर्वाचन लड्ने प्रदेश स्तरमा गरिएको सहमति लाई ने.क.पा. (माओवादी केन्द्र) को तर्फबाट इमान्दारीका साथ पालना भयो । उक्त सहमति कांग्रेसको तर्फबाट गठबन्धनको मर्मविपरीत एकलौटी उल्लंघन गरिएको कुरा अवगत गराउछौं’, विज्ञप्तिमा भनिएको छ ।

    माओवादीले विज्ञप्तिमा कांग्रेसलाई मतदान नगर्न सार्वजनिक आव्हानसमेत गरेको छ ।

    यहाँ नेकपा माओवादीले उपाध्यक्ष पदमा जितबहादुर रानाको उम्मेदवारी दर्ता गरेपनि पालिकाका ६ वडामध्ये ३, ५ र ६ नम्बर वडा माओवादीले उम्मेदवारी दिने र कांग्रेसले फिर्ता लिने सहमति भएको थियो ।

     

  • षड्यन्त्र गर्नेलाई कारबाही गर्न शेखरसमक्ष सुन्दरहरैँचाका उम्मेदवारको माग

    षड्यन्त्र गर्नेलाई कारबाही गर्न शेखरसमक्ष सुन्दरहरैँचाका उम्मेदवारको माग

    विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले गरेको निर्णयलाई स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् ।

    मोरङको सुन्दरहरैँचा नगरपालिकाका उमेद्धारसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्टीभित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि निर्णय मान्नुपर्ने बताए ।

    सहभागी उम्मेदवारहरूले आफ्नो वडाका गतिविधि प्रस्तुत गरेका थिए । आफूहरूविरुद्ध कार्यकर्ताबाट षड्यन्त्र भइरहेको भन्दै त्यस्तालाई कारबाही गर्न उनीहरूले माग गरे ।

    सुन्दरहरैँचाका कतिपय वडामा कांग्रेसकै बागी उठेकालाई तीनीहरूलाई कारबाही गर्न कार्यक्रममा माग उठेको थियो । नेता कोइरालाले उम्मेदवारसहित प्रस्ताव र समर्थकलाई विधानअनुसार कारबाही गर्ने आश्वस्त पारे ।

    ‘टिकट कसले पायो के गर्‍यो छोड्नुस, यहाँ देवराजजीले पनि त मेयरमा पाउनुभएन । अब हामीले रुख चिन्हलाई विजयी गराउनतर्फ लाग्ने हो ।

  • सोलुखुम्बुमा माओवादी र कांग्रेसबीच झडप, तीनजना घाइते

    सोलुखुम्बुमा माओवादी र कांग्रेसबीच झडप, तीनजना घाइते

    काठमाडौं। सोलुखुम्बुको नेलेमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुबीच झडप भएको छ ।

    सोमबार राति थुलुङ दूधकोशी गाउँपालिका १ नेले बजारमा चुनावी प्रचारप्रसारको क्रममा दुई पक्षबीच झडप भएको हो ।

    झडपमा कांग्रेस वडा सभापति चुडाबहादुर बस्नेत, सचिव मिलन खत्री र दीपक सुनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको अस्पताललाई उदृत गर्दै जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।

    नेले क्षेत्रमा घरदैलो कार्यक्रम गरेर फर्किएका कांग्रेस र माओवादी केन्द्रका एकएक जना कार्यकर्ताबीचबाट सुरु भएकाे झगडा सामूहिक झडपमा परिणत भएको प्रहरीले जनाएकाे छ ।

  • पालिका अध्यक्षदेखि सदस्यसम्म ३५३ जना निर्विरोध: एमाले पहिलो, दोस्रोमा कांग्रेस (सूचीसहित)

    पालिका अध्यक्षदेखि सदस्यसम्म ३५३ जना निर्विरोध: एमाले पहिलो, दोस्रोमा कांग्रेस (सूचीसहित)

    काठमाडौं । गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म देशभर ३५३ जनप्रतिनिधि निर्विरोध निर्वाचित हुँदा दलगत आधारमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् ।

    निर्वाचन आयोगले दिएको विवरणअनुसार गाउँपालिका अध्यक्षमा एमालेबाट एकजना निर्विरोध हुँदा नेकपा एसका दुई जना निर्विरोध भएका छन् । यी तीनवटै गाउँपालिका अध्यक्ष डोल्पाका हुन् ।

    त्यस्तै उपाध्यक्षमा एमालेबाट दुईजना निर्विरोध निर्वाचित भएका छन् । उनीहरु डोल्पा र मनाङका हुन् । नेपाली कांग्रेसबाट एकजना र नेकपा एसबाट एकजना उपाध्यक्ष निर्विरोध भएका छन् ।

    वडाध्यक्षतर्फ एमाले र कांग्रेसका १४-१४ जना उम्मेदवार निर्विरोध हुँदा नेकपा एसका ६ जना र माओवादी केन्द्रका ३ जना उम्मेदवार निर्विरोध भएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार ६ जना निर्विरोध भएका छन् ।

    सदस्यतर्फ एमालेका २६ जना, कांग्रेसका ३१ जना, माओवादीका ५ जना, नेकपा एसका १२ जना र स्वतन्त्र १६ जना निर्वाचित भएका छन् ।

    त्यस्तै महिला सदस्यमा एमालेबाट २३ जना, कांग्रेसका १५ जना, माओवादी र नेकपा एसका ७-७ जना निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार ८ जना निर्विरोध भएका छन् ।

    दलित महिला वडा सदस्यमा एमालेका ५७ जना निर्विरोध भएका छन् । कांग्रेसका ४० र माओवादी केन्द्रका ३९ जना निर्विरोध भएका छन् ।

    त्यस्तै नेकपा एसका ६ जना, नेपाल मजदुर किसान पार्टीका २ जना, लोसपा र जसपाका १-१ जना तथा स्वतन्त्र ४ जना निर्विरोध भएका छन् ।

    एमालेका कूल १२३ जना उम्मेदवार निर्विरोध भएको आयोगले जनाएको छ । त्यस्तै कांग्रेसका १०१ जना, माओवादीका ५४ जना, नेकपा एसका ३४ जना निर्विरोध भएका छन् ।

    जसपा र लोसपाका एक-एकजना निर्विरोध हुँदा नेपाल मजदुर किसान पार्टीका २ जना जनप्रतिनिधि निर्विरोध भएका छन् । स्वतन्त्र उम्मेदवार ३४ जना निर्विरोध भएका छन् । उनीहरुलाई निर्वाचित भएको प्रमाणपत्र भने सोही पालिकाको मतगणना सकिएपछिमात्र दिइने आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

    प्रमुख दल कसका कति निर्विरोध
    नेकपा एमाले
    गाउँपालिका अध्यक्ष –१
    गाउँपालिका उपाध्यक्ष –२
    वडाध्यक्ष –१४
    खुल्ला सदस्य –२६
    महिला सदस्य –२३
    दलित महिला सदस्य –५७
    जम्मा –१२३

    नेपाली कांग्रेस
    गाउँपालिका उपाध्यक्ष –१
    वडाध्यक्ष –१४
    खुला सदस्य –३१
    महिला सदस्य –१५
    दलित महिला सदस्य –४०
    जम्मा –१०१

    नेकपा माओवादी केन्द्र
    वडाध्यक्ष –३
    खुल्ला सदस्य –५
    महिला सदस्य –७
    दलित महिला सदस्य –३९
    जम्मा –५४

    नेकपा एकीकृत समाजवादी
    गाउँपालिका अध्यक्ष –२
    गाउँपालिका उपाध्यक्ष –१
    वडाध्यक्ष –६
    खुल्ला सदस्य –१२
    महिला सदस्य –७
    दलित महिला सदस्य –६
    जम्मा – ३४

  • आचारसंहिता उल्लंघन गर्ने मन्त्रीमाथि कारबाही सुरू, कांग्रेस जिल्ला सभापतिलाई स्पष्टिकरण

    आचारसंहिता उल्लंघन गर्ने मन्त्रीमाथि कारबाही सुरू, कांग्रेस जिल्ला सभापतिलाई स्पष्टिकरण

    कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा आयोगमा उजुरी परेको छ ।

    उनी नेपाली कांग्रेस डडेल्धुराले अमरगढी नगरपालिकाका विभिन्न वडाहरूमा आयोजना गरेको चुनावी आमसभामा सहभागी भएका थिए ।

    अमरगढीमा कांग्रेसबाट नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल उम्मेदवार छन् । डडेल्धुरा प्रदेश ‘ख’ बाट प्रदेश समानुपातिक सांसद बोहरा गत महिना मन्त्री बनेका थिए ।

    निर्वाचन आचारसंहिता अवज्ञा गरेको भन्दै सर्वसाधारणले चुनावी प्रचारको तस्बिर र भिडिओसहितको प्रमाणका आधारमा मन्त्री बोहराविरुद्ध उजुरी दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराका सूचना अधिकारी पुष्पराज जोशीका अनुसार उजुरी दर्ता गरी जिल्ला सभापति भीमबहादुर साउदलाई मौखिक स्पष्टिकरण समेत सोधिएको छ ।

    ‘हामीले उजुर दर्ता गरी जिल्ला पार्टी सभापतिलाई समेत मौखिक स्पष्टिकरण सोधेका थियौँ उहाँले फेरी आचारसंहिताको उल्लंघन नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो’ सूचना अधिकारीले भने ‘फेरि यस्तो भए हामी थप कारबाही प्रक्रिया बढाउँछौँ ।’

    स्थानीय तह निर्वाचन २०७९ प्रयोजनका लागि जारी भएको आचारसंहितामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ ।

  • शंशाकलाई निर्वाचन आयोगले गरायो सचेत (भिडिओ)

    शंशाकलाई निर्वाचन आयोगले गरायो सचेत (भिडिओ)

    काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई सचेत गराएको छ । कोइरालाको अभिव्यक्तिले निर्वाचनप्रति अनास्था फैलाउन मद्दत पुगेको ठहर गर्दै आयोगले आगामी दिनमा यस्ता अभिव्यक्ति नदिन सचेत गराएको हो ।

    ‘आफू निर्वाचन लड्दा ६ करोडसम्म खर्च भएको’ अभिव्यक्ति दिएपछि कोइरालालाई आयोगले स्पष्टीकरण सोधेको थियो । कोइरालाको स्पष्टीकरणउपर निर्णय गर्दै आयोगले कोइराला र उनको पार्टी नेपाली कांग्रेसलाई सचेत गराएको हो ।

    आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आचारसहिंताप्रति सचेत गराएको छ । अधिकारीले निर्वाचन खर्चको गलत विवरण आयोगमा बुझाएका थिए ।

  • जीतपुर सिमराको उपमेयर बन्न मेघाको मेहनत, भ्रष्टाचार घटाउने सुशासन बढाउने लक्ष्य

    जीतपुर सिमराको उपमेयर बन्न मेघाको मेहनत, भ्रष्टाचार घटाउने सुशासन बढाउने लक्ष्य

    बारा । कुनै बेला विद्यार्थी हकहितका लागि नेपाल विद्यार्थी संघमा सक्रिय मेघा शाही यतिबेला बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको उपमेयर बन्ने दौडमा छिन् ।

    विद्यालयमा पढ्दै राजनीतिमा प्रवेश गरेकी मेघा नेविसंघकाे ठाकुरराम बहुमुखी क्याम्पस ईकाई अध्यक्ष हुँदै केन्द्रीय सदस्यसमेत भइसकेकी छिन् । सधैँजसो गुणस्तरीय शिक्षा र विद्यार्थी हकहितका एजेण्डा बोकेर आन्दोलनमा उत्रने मेघा अहिले जीतपुर सिमराको समृद्धि र सुशासनको एजेण्डा बोकेर चुनावी मैदानमा छिन् ।

    सत्तारुढ गठबन्धनको तर्फबाट जीतपुर सिमरामा माओवादी केन्द्रका राजन पौडेल मेयरका प्रत्याशी छन् । देशकै सबैभन्दा धेरै मतदाता रहेको उपमहानगरमा उपमेयरको दौडमा रहेकी मेघा व्यवस्थित सहरीकरण, सुशासन र नागरिक अधिकारको रक्षा नै आफ्नो मुख्य एजेण्डा रहेको बताउँछिन् । संविधानले उपमेयरलाई दिएका अधिकारहरुको प्रयोग गर्दै जीतपुर सिमराका जनताको सेवा गर्ने आफ्नो लक्ष्य रहेको मेघा बताउँछिन् ।

    ‘सबैभन्दा पहिले यहाँको भ्रष्टाचार अन्त्य गर्नुपर्नेछ । नयाँ काम सुरु गर्नुभन्दा पहिले पुराना बिग्रिएका कामहरु सुधार्नुपर्नेछ । मेरो उद्देश्य शिक्षा, स्वास्थ्य र सुशासनमा योगदान गर्नु हो’, उनी भन्छिन् ।

    जीतपुर सिमरामा सहरी संरचनाको पर्याप्त निर्माण हुन नसकेको, खुला व्यवस्थित स्थान र पार्कको अभाव रहेको तथा श्रमिकहरुका लागि स्वास्थ्य उपचारको उचित प्रबन्ध नरहेको समस्या मेघाले पहिचान गरेकी छिन् । गठबन्धनले चुनाव जितेमा श्रमिकहरुका लागि सर्वसुलभ सुविधा दिने गरी अस्पताल सञ्चालन गर्ने उनी बताउँछिन् ।

    ‘हाम्रो अधिकांश जनसंख्या श्रममा खटिने गरेको छ । श्रमिकहरुले शिक्षा र स्वास्थ्ययमा पहुँच पाएका छैनन् । हामीले संघ वा प्रदेशसँग समन्वय गरेर भए पनि श्रमिक अस्पताल सञ्चालन गर्ने सोचेका छौं’, उनी भन्छिन् ।

    उपमेयरले सही भूमिका निर्वाह गरेमा भ्रष्टाचार न्यूनीकरणमा योगदान पुग्ने मेघाको भनाइ छ । ‘विकास निर्माणलगायतका कामको अनुगमन गर्ने दायित्व उपमेयरको हो । म उपमयेर भएपछि कुनै पनि आयोजनामा भ्रष्टाचार हुन दिन्न, सही ढंगले अनुगमन गर्नेछु’, मेघाको भनाइ छ ।

    विकासका नाममा कंक्रिटको थुप्रोमात्रै बनाउन नहुने उनी बताउँछिन् । ‘हाम्रो नगरमा एउटा सानो पार्कसमेत छैन । ढलान र पिचमा मात्रै सबैको ध्यान छ । कमिसनलाई केन्द्रमा राखेर योजना बनाउने गरिएको छ । जीतपुरलाई प्राकृतिक हिसाबले स्वच्छ, हराभरा र सुन्दर बनाउने गरी विकासको खाका लागू गर्नुपर्छ’, मेघाले भनिन् ।

    कानूनको विद्यार्थी शाही आफू उपमेयरमा विजयी भएको खण्डमा न्यायिक समितिलाई उचित नेतृत्व दिने बताउँछिन् । ‘न्यायमा पहुँच विस्तार गर्नुपर्नेछ । उपमहानगर भएर पनि सामाजिक चेतना र न्यायका दृष्टिले जीतपुरवासी पछाडि छन् । नगरवासीलाई न्यायिक समितिबाट न्याय दिलाउने कुरामा मेरो जोड रहनेछ’, शाहीले नेपाल प्रेससँग भनिन् ।

    मधेसका महिलाहरुले भोग्ने गरेका समस्याहरुबाट उन्मुक्ति दिलाउन न्यायिक समितिमार्फत विशेष अभियान सञ्चालन गर्ने मेघाको योजना छ ।

    स्थानीय निर्वाचनमा पार्टीगत प्रतिस्पर्धा भए पनि चुनाव जितेको खण्डमा पार्टीको मात्रै नभएर नगरकै प्रतिनिधिका रुपमा काम गर्ने मेघाको प्रतिबद्धता छ । जीतपुर सिमरा उपमहानगरपालिकामा ७० हजार ६४ जना मतदाता रहेका छन् ।

  • मतदाताको पाउमा हजारकाे नोट राखेर भोट माग्दै मेलम्चीका कांग्रेस उम्मेदवार

    मतदाताको पाउमा हजारकाे नोट राखेर भोट माग्दै मेलम्चीका कांग्रेस उम्मेदवार

    काठमाडौं । मेलम्ची नगरपालिका– १० का वडा अध्यक्षका कांग्रेस उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजार नोट राखेर ढोग गर्दै भोट मागिरहेका छन् । चुनावी प्रचारका लागि घरदैलो गरिरहेका उनले प्रत्येक घरमा यसैगरी भोट मागिरहेका छन् ।

    उक्त तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि उनले आफ्नी फुपूलाई ढोग गरेको भन्दै सामाजिक सञ्जालमार्फत नै स्पष्टीकरण दिएका थिए । उनले पछि प्रष्टीकरण दिएको पोस्ट पनि हटाएका छन् । उनले फेसबुक वालमा लेखेका थिए– यहाँहरू सबैलाई हार्दिक नमन तथा जय नेपाल ! मेरी फुपू दिदीको हातबाट टीका लगाए पछि मैले मेरी दिदीको पाउ ढोक्दै गर्दा बिना दक्षिणा कसरी ढोग गरूँ ? आादर र सम्मान गर्नु मेरो धर्म हो। यो सकारात्मक संस्कारलाई पनि प्रंचार प्रसार गरिदिनु भएकोमा यहाँ हरू सबैलाई हार्दिक धन्यवाद ।

    उनले कसैलाई एक हजार त कसैलाई त्योभन्दा बढी रकम पाउमा राखेर ढोग्दै भोट मागिरहेको स्थानीयले बताएका छन् । यसरी पाउमा पैसा राखेर भोट मागिरहेकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

    मेलम्चीमा कांग्रेस र राप्रपाबीच चुनावी तालमेल भएको छ ।

  • राप्रपाबाट उम्मेदवारी दिने कांग्रेसका २ जना निवर्तमान वडाध्यक्षकाे सदस्यता खारेज

    राप्रपाबाट उम्मेदवारी दिने कांग्रेसका २ जना निवर्तमान वडाध्यक्षकाे सदस्यता खारेज

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध अर्को पार्टीबाट उठ्ने २ जनाको साधारण सदस्यता खारेज गरेको छ ।

    नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को दफा ३४ (१) अनुसार कारबाही गरी उनीहरुको साधारण सदस्यतासमेत खारेज गरिएको हो ।

    राप्रपाबाट वडा अध्यक्ष उम्मेदवार बनेका धरान १ का निवर्तमान वडा अध्यक्ष रोशन अधिकारी र राप्रपाबाटै वडा अध्यक्ष उम्मेदवार बनेका धरान १४ का निवर्तमान वडा अध्यक्ष कृष्ण भट्टराईलाई कारबाही गरिएकाे कांग्रेसका सुनसरी जिल्ला सचिव वीरेन्द्र साहले जानकारी दिए ।

    उनीहरुले पार्टीको आदर्श, सिद्धान्त र नीति तथा पार्टीको विधान, नियमावलीविपरीत कार्य गरेको, पार्टीको आचारसंहिता उल्लङ्घन गरेको र पार्टी उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका कारण अनुशासनको कारबाही गरिएको उनको भनाइ छ ।

  • एमालेको चुनावी प्रचार अभियानमा कांग्रेसको आक्रमण, १० कार्यकर्ता घाइते (तस्बिरहरु)

    एमालेको चुनावी प्रचार अभियानमा कांग्रेसको आक्रमण, १० कार्यकर्ता घाइते (तस्बिरहरु)

    रुपन्देही । पाल्पाको रामपुर नगरपालिका १० सिकोडाँडामा नेकपा एमालेको चुनावी प्रचार अभियान चलिरहँदा कांग्रेस कार्यकर्ता आक्रमण गरेका छन् । आक्रमणबाट चोलाकान्त कुमाल, मनोज उप्रेती , राजु श्रेष्ठ, गोविन्द श्रेष्ठ, कविता अर्याल, वैकुण्ठ खनालसहित १० जना एमाले कार्यकर्ता घाइते भएका छन् ।

    नेकपा एमालेका नगर प्रमुख उपप्रमुखसहितका उम्मेदवारले प्रचार प्रसारको क्रममा घरदैलो कार्यक्रम गर्दैगर्दा सकोडाँडामा नेपाली काङ्ग्रेस कार्यकर्ताले आक्रमण गरेको एमालेले जनाएको छ ।

    ‘बिहानैदेखि वडा नम्बर १० को विभिन्न स्थानहुँदै सिकुवाडाँडामा जम्मा भएका त्यस टोलका दाजुभाइ, दिदी बहिनीसंग परिचय एवं मत माग्ने काम गरिरहेको बेला नेपाली कांग्रेस पार्टीका चारतारे झण्डासहितका १००–१२० को समूह हतियार खुकुरी भालासमेत लिएर फिल्मी शैलीमा आक्रमण गरे’, सांसद युवराज खनाल भने ।

    कांग्रेस कार्यकर्ताले प्रचार प्रयोग भएको गाडी पनि तोडफोड गरेको एमालेका स्थानीय नेता टंंकनाथ खनालले बताए। उनले रामपुर उद्योग वाणिज्य संघका महासचिव खिमबहादुर केसी र राजु गुरुङको नेतृत्वमा आक्रमण भएको बताए ।

  • उदयपुरका बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो निष्कासन, को को परे ?

    उदयपुरका बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो निष्कासन, को को परे ?

    उदयपुर । स्थानीय तह निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध ‘बागी’ उम्मेदवारी दर्ता गराउने आधा दर्जनभन्दा बढीलाई उम्मेदवारलाई नेपाली कांग्रेस उदयपुरले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । बागीको प्रस्ताव तथा सर्मथक समेतलाई साधारण सदस्य नरहने गरी कारवाही गरेको हो ।

    पार्टीले आइतबार जारी गरेको विज्ञप्तीमा पार्टी केन्द्रीय कार्यालयबाट प्राप्त १६ वैशाखको पत्र र जिल्ला पार्टीको १४ वैशाखको विज्ञप्तीअनुसार आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिनेलाई कारबाही गरिएको उल्लेख छ ।

    कारवाहीमा पर्नेमा दुई प्रमुख र चार उपप्रमुखका प्रत्यासी छन् । ‘केन्द्रीय समितिको १६ वैशाखमा प्राप्त पत्र र जिल्ला पार्टीले गत १४ वैशाखमा जारी गरेको अनुरोध प्रेस विज्ञप्तीअनुसार आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही बनेका विभिन्न पालिकाका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्षलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

    पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी दिने नेता कार्यकर्तालाई तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा नमानेर असहयोग गरेको भन्दै नेपाली कांग्रेसको विधान २०१७ ९संशोधनसहित० को धारा ४९१३० ग बमोजिम कारवाही गरिएको जनाइएको छ ।

    पार्टी सभापति हिमाल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीअनुसार कारबाहीमा पर्नेहरू चौदण्डीगढी नगर प्रमुखका उम्मेदवार प्रशान्त राई, कटारी नगर उपप्रमुख प्रत्यासी कृष्ण थापा, ताप्ली गाउँपालिका अध्यक्ष उम्मेदवार माधव रास्कोटी तथा उपाध्यक्ष सुशीला मगर, लिमचुङबुङ गाउँ उपाध्यक्षकी प्रत्यासी रमिला राई र उदयपुरगढी उपाध्यक्ष उम्मेदवार तिलक खपाङ्गी मगर रहेका छन् ।

    गठबन्धन गरेर उम्मेदवार उठाइएका ती पालिकाहरुमा कांग्रेसका असन्तुष्ट पक्षले आफ्नै पार्टीविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।

  • आईजीपी नियुक्तिले विधिको शासनको खिल्ली उडायो : कोइराला

    आईजीपी नियुक्तिले विधिको शासनको खिल्ली उडायो : कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा वरियता र प्रक्रिया मिचिनुले विधिको शासनको खिल्ली उडाएको टिप्पणी गरेका छन् ।

    तेस्रो वरियताका एआईजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णयप्रति आपत्ति जनाउँदै कोइरालाले प्रहरी संगठनलाई फेरि विवादमा ल्याउने काम भएको उल्लेख गरेका छन् ।

    ‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ’, कोइरालाले ट्वीटमार्फत भनेका छन् ।

  • बचनमा बाँधिएका निधि, भक्तपुरमा राप्रपाको लागि भोट माग्ने

    बचनमा बाँधिएका निधि, भक्तपुरमा राप्रपाको लागि भोट माग्ने

    भक्तपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले भक्तपुर पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टीको लागि मत माग्ने भएका छन् ।

    नेता निधिले भक्तपुरको चाँगुनारायण नगरपालिका पुगेर कांग्रेस नेता तथा कार्यकर्ताहरूलाई समेत राप्रपाका उम्मेदवारलाई मत दिन आह्वान गर्ने भएका हुन् ।

    यहाँ न राप्रपा र कांग्रेसबीच चुनावी तालमेल भएको छ न त गठबन्धन । धेरैलाई लागेको होला, कहीं कांग्रेस नेताले राप्रपाको लागि भोट माग्लान् ? तर, २०७६ साल मंसिर १४ गते भएको लिखित सहमतिले निधिलाई बाँधेको हो ।

    २०७६ साल मंसिर १४ गते भक्तपुर क्षेत्र नं. १ क प्रदेशमा उपनिर्वाचन भएको थियो । २०७४ सालमा भएको प्रदेश निर्वाचनमा विजयी हरिशरण लामिछानेको मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको थियो । जुन उपनिर्वाचनको लागि मंसिर ८ गते नेपाली कांग्रेस र पशुपतिशमशेर राणा नेतृत्वको तत्कालीन राप्रपा संयुक्तबीच २ बुँदे लिखित सहमति भएको थियो । यसबीच राणाको राप्रपा संयुक्तसँग डा. प्रकाशचन्द्र नेतृत्वको राप्रपा र त्यसपछि कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पार्टी एकता भइसकेको छ । महाधिवेशनबाट राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष निर्वचित भएपछि पराजित कमल थापाले पुनः राप्रपा नेपाल व्युँताइसकेका छन् ।

    कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाको प्रत्यक्ष निर्देशनमा २०७६ साल मंसिर ८ गते तत्कालीन कांग्रेस उपसभापति विमलेन्द्र निधिको निवासमा उक्त सहमति भएको थियो । जुन सहमतिमा निधिसँगै, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले हस्ताक्षर गरेका थिए ।

    त्यस्तै राप्रपाबाट उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्यद्वय हरिबहादुर बस्नेत र दिनेश श्रेष्ठ, कार्य सम्पादन समिति सदस्य रवीन्द्रप्रताप शाह र भक्तपुर जिल्ला अध्यक्ष रामशरण लामिछानेले हस्ताक्षर गरेका थिए ।

    उनले कांग्रेसको वर्तमान नेतृत्व, स्थानीय तह निर्वाचनका कमाण्डर उपसभापति पूर्णबहादुर खड्का, सत्ता गठबन्धनको निर्वाचन अनुगमनका प्रमुख एवं कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसम्मलाई विगतको लिखित सहमति पालना गर्न आग्रह र ध्यानाकर्षण गरे । तर, कसैले त्यसको सुनुवाइ गरेनन् । नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा त नेता निधिको सम्पर्कमै आउन चाहेनन् ।

    जसले गर्दा स्थानीय तह निर्वाचनको उम्मेदवारी फिर्ता लिने दिनसम्म कांग्रेसले भक्तपुरको चाँगुनारायणमा राप्रपासँग भएको लिखित सहमति कार्यान्वयन गर्नेतर्फ कुनै चासो दिएन । भक्तपुर कांग्रेसले एकतर्फी उक्त सहमति तोडेपछि हस्ताक्षरकर्ता नेता निधिमाथि राप्रपाका नेताहरुले नैतिक प्रश्न तेर्स्याएका थिए ।

    आफ्नो प्रयास विफल भएपछि उनी भक्तपुरको चाँगुनारायणमा राप्रपाका उम्मेदवारको लागि भोट भागिदिने बचन दिन बाध्य भएका हुन् । राप्रपा भक्तपुरका जिल्ला अध्यक्ष रामशरण लामिछानेका अनुसार कांग्रेस नेता निधिले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्न आउने वचन दिइसकेका छन् ।

    ‘हामीलाई उहाँ (विमलेन्द्र निधि) ले राप्रपाको चुनावी सभालाई सम्बोधन गरेर कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई समेत राप्रपाका उम्मेदवारको पक्षमा मत दिन आह्वान गर्ने वचन दिइसक्नुभएको छ’, उनले भने, ‘हामी चुनावीसभाको तयारीमा छौं । निश्चित भएपछि उहाँलाई आमन्त्रण गर्छौं ।’

    उनका अनुसार राप्रपासँग भएको लिखित सहमति कार्यान्वयन गर्न र गराउन नेता निधिले धेरै पहल र प्रयास गरेका थिए । तर, कांग्रेस भक्तपुरका जिल्ला सभापति थापा, राप्रपाको सहयोगमा प्रदेश उपनिर्वाचनमा विजयी भइ वागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्री हुन सफल कृष्णलाल भँडेलको राजनीतिक बेइमानी र धोखाघडीले निधिको प्रयास विफल भयो ।

    उपनिर्वाचनका क्रममा उक्त सहमतिपत्र गोप्य राखियो । त्यस्तै कांग्रेस जिल्ला सभापति दुर्लभ थापाको विशेष आग्रहमा जिल्ला अधिवेशन तथा केन्द्रीय महाधिवेशनसम्म पनि उक्त सहमति सार्वजनिक गरिएन ।

    ‘जिल्ला अधिवेशन र महाधिवेशन भाँडिने डरले त्यसबेलासम्म पनि लिखित सहमति सार्वजनिक नगर्न जिल्ला सभापति थापाले विशेष आग्रह गर्नुभयो’, सहमतिपत्रमा हस्ताक्षरकर्ता राप्रपा नेता दिनेश श्रेष्ठले भने, ‘यसरी धोखा दिने थाहा भएको भए उहिल्यै सहमति सार्वजनिक गर्ने थियौं । विश्वासमा परियो अहिले धोखा खाइयो ।’

    दुई दलबीच भएको सहमतिपत्रमा २ बुँदा र बुँदा नम्बर २ भित्र थप ४ बुँदा छन् । सहमतिको पहिलो बुँदामा २०७६ साल मंसिर १४ गते हुने भक्तपुर जिल्ला क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा राप्रपाले कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई सहयोग गर्ने र भक्तपुरमा कांग्रेस र राप्रपाबीच जिल्लास्तरीय लोकतान्त्रिक गठबन्धन गठन गर्ने उल्लेख छ । उक्त गठबन्धन आगामी तीनवटै तहको निर्वाचनसम्म कायम रहने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

    त्यस्तै बुँदा नम्बर २ (क) मा स्थानीय तह निर्वाचनअन्तर्गत चाँगुनारायण नपामा राप्रपाले मेयरसहित अनुकूल ४ वटा वडामा अध्यक्षको उम्मेदवारी दिने र ती उम्मेदवारलाई कांग्रेसले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    बुँदा नं २ (ख) मा चाँगुनारायण नपाको स्थानीय निर्वाचनमा कांग्रेसले उपमेयरसहित पाँचवटा वडामा अध्यक्ष उम्मेदवारी दिने र ती उम्मेदवारहरुलाई राप्रपाले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    कांग्रेस र राप्रपाबीच पहिल्यै लिखित सहमति भएकाले यहाँ सत्ता गठबन्धनका अन्य दलले समय कांग्रेसलाई एकलौटी छाडेका थिए । जसअनुसार यहाँ सत्ता गठबन्धनबीच कुनै भागबन्डा गरिएन । तर, कांग्रेसले चाँगुनारायणमा राप्रपा देखाएर आफूहरुलाई पनि धोखा दिएको गठबन्धनका अन्य दलहरुले गुनासो गरेका छन् । यहाँ कांग्रेसले सत्ता गठबन्धनका दलहरुलाई एउटा वडा सदस्यसमेत भाग दिएन ।

    तर, राप्रपासँगको सहमति कार्यान्वयन नभएपछि वडा नं ६ नगरकोटमा पार्टीले टिकट पठाएर पनि कांग्रेसका कुनै पनि नेता कार्यकर्ताले पार्टीको तर्फबाट उम्मेदवारी दिएनन् । बरु कांग्रेसका दुई स्थानीय नेताले राप्रपाको हलो चिन्ह लिएर उम्मेदवारी दर्ता गराएका छन् । अन्य वडाकाे तुलनामा यहाँ कांग्रेस धेरै कमजाेरसमेत रहेकाे छ ।

    कांग्रेसले एकतर्फी लिखित सहमति भंग गरेपछि शनिबार राप्रपा भक्तपुरले पत्रकार सम्मेलन गरी चाँगुनारायणमा कांग्रेसविरुद्ध आफूहरुले अभियान नै सञ्चालन गर्ने जानकारी दिएको छ ।

    राप्रपा भक्तपुर अध्यक्ष लामिछानेले आफूहरुसँग गरिएको लिखित सहमति पालना नगर्ने कांग्रेसले चुनावमा दिने आश्वासनमा विश्वास नगर्न मतदाताहरुलाई आह्वान गर्ने स्पष्ट पारे । ‘केही पदमा लोभ गर्ने कांग्रेसले भोलि स्थानीय तहको अर्बौं बजेटमा र्‍याल चुहाउँदैन, भ्रष्टाचार गर्दैन भनेर विश्वास गर्न सकिन्छ ?’, नेता भने, ‘हामी जनतालाई यहीं प्रश्न गर्नेछौं र हिजो राष्ट्रघात गर्ने, अहिले राप्रपालाई धोखा दिने कांग्रेसले भोलि चाँगुवासीलाई घात गर्दैन भन्ने के ग्यारेन्टी ?’

    राप्रपाले चाँगुनारायणमा पार्टीका सहायक महामन्त्री रवीन्द्रप्रताप शाहलाई प्रमुख र केन्द्रीय सदस्य मञ्जु कार्कीलाई उपप्रमुखको उम्मेदवार बनाएको छ । त्यस्तै यहाँका नौवटै वडामा अध्यक्षसहित सबै पदमा उम्मेदवारी दिएको छ ।

    पत्रकार सम्मेलनमा प्रमुख उम्मेदवार शाहले चाँगुनारायणमा जिल्लाका नेताहरुले घात गरे पनि कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुले राप्रपालाई नै मत दिने विश्वास व्यक्त गरे ।

    ‘नेताहरु विश्वासघाती र धोखेबाज निस्के पनि कांग्रेसका स्थानीय कार्यकर्ताहरु नैतिकवान, इमानदार र असल छन् भन्ने मलाई विश्वास छ’, उनले भने, ‘त्यसैले उहाँहरुले मलाई भोट दिएर गुणको बदला गुण तिरेर विजयीसमेत बनाउनुहुन्छ भन्नेमा पूर्ण आशावादी छु ।’

    सहायक महामन्त्री शाहले भक्तपुरको चाँगुनारायणमा कांग्रेसले दिएको धोखाले राप्रपालाई घाटा हुनुभन्दा कांग्रेसले भक्तपुरसँगै देशभर घाटा व्यहोर्नुपर्ने औंल्याए ।

  • सिर्जना जिताउन प्रकाशमानको दौडधुप (तस्बिरहरू)

    सिर्जना जिताउन प्रकाशमानको दौडधुप (तस्बिरहरू)

    काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी सिर्जना सिंहले घरदैलो अभियान सुरू गरेकी छन् ।

    सिर्जनाका श्रीमान् एवं कांग्रेस नेता प्रकाशमान सिंह पनि भोट माग्न हिँडिरहेका छन् । आज बिहान महानगरको ३, ५, ७, ८, १०, ११, २९, ३० र ३१ मा घरदैलो गरेर नेता सिंह प्रचारप्रसारमा सहभागी भएका छन् ।

    काठमाडौं महानगरमा गठबन्धनले मेयरमा कांग्रेसकी सिर्जना र उपमेयरमा नेकपा एसका रामेश्वर श्रेष्ठलाई अघि सारेको छ ।

  • जनकपुरधाममा दलित महिला सदस्यमा कांग्रेसकी रिपुकुमारी निर्विरोध

    जनकपुरधाममा दलित महिला सदस्यमा कांग्रेसकी रिपुकुमारी निर्विरोध

    जनकपुरधाम । स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको दलित महिला सदस्यमा रिपुकुमारी निर्विरोध निर्वाचित भएकी छन् ।

    जनकपुरधाम वडा नम्बर ५ मा उनले नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी थिइन् । उक्त पदमा अन्य कसैले उम्मेदवारी नदिएकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

    स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम उनी निर्विरोध निर्वाचित भए पनि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।

  • बर्दिबासमा चुनावी समीकरण फेरियो, कांग्रेसका बागीले एमालेलाई फाइदा

    बर्दिबासमा चुनावी समीकरण फेरियो, कांग्रेसका बागीले एमालेलाई फाइदा

    महोत्तरी । महोत्तरीमा केही उम्मेदवारले मनोनयन फिर्ता लिएपछि चुनावी समीकरण पनि फेरिएको छ । १५ वटै पालिकामा गरी शुक्रबार ६६ जनाभन्दा बढीले उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता लिनेमा कतिपय एउटै पार्टीबाट बागी उम्मेदवार बनेका छन् भने कतिपय पार्टीकै नगरप्रमुख, उपप्रमुख छन् ।

    बर्दिबास नगरपालिकामा चुनावी समीकरण प्रभावित बनेको छ । पार्टीभित्रैबाट राम्रो जनधार भएका नेताले बागी उम्मेदवार दिएपछि सोहीअनुसार तयारी गरेका दल नयाँ रणनीतिमा जुटेका थिए ।

    नगरको मुख्य प्रतिस्पर्धी मानिएका कांग्रेस र माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेपछि यी दल समस्यामा परेका थिए । तर, माओवादी केन्द्रबाट बागी उम्मेदवार दिएका रुद्र सुस्लिङ्ग मगरले उम्मेदवारी फिर्ता लिए भने कांग्रेसबाट बागी उम्मेदवार बनेका प्रल्हाद क्षेत्रीले फिर्ता लिएनन् ।

    कांग्रेसभित्रै चिरञ्जीवी हमाल पार्टीको आधिकारिक उम्मेदवार र प्रल्हाद क्षेत्री बागी उम्मेदवार बनेपछि कांग्रेस कमजोर बनेको छ । बरु अब माओवादी र एमालेबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

    मगरले उम्मेदवार फिर्ता लिएको केही समय नबित्दै लोसपाले स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीसँग गठबन्धन गर्ने निर्णय गरेको छ । यसैका लागि लोसपाबाट नगर प्रमुखमा उम्मेदवारी दिएका चेतकुमार थापा र उपप्रमुखका लागि उम्मेदवारी दिएका रामगुनकुमारी महतोले फिर्ता गरेका छन् ।

    निर्वाचन आयोगवाट घोडा छाप पाएका क्षेत्रीले प्रचारप्रसार गर्ने र सम्भावना रहेका दलसँग गठबन्धन प्रक्रियालाई अगाडि बढाएका छन् ।

    अघिल्लो निर्वाचनमा पनि क्षेत्री नै उम्मेदवार बनेका थिए । झण्डै ११ सय मतले उनी माओवादी केन्द्रसँग पराजित बनेका थिए ।

    प्रदेशको चुनावमा पनि क्षेत्री पराजित उम्मेदवार बनेका थिए । प्रदेशमा एमालेबाट सारदादेवी थापाले जित हासिल गरेकी थिइन् ।

    जिल्लामा ७२० पदका लागि ४२ सयभन्दा बढी प्रतिस्पर्धामा छन् ।

  • ओली नेतृत्वमा भएको चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामी हो: कांग्रेस नेता पौडेल

    ओली नेतृत्वमा भएको चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामी हो: कांग्रेस नेता पौडेल

    तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि कांग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र भन्दै एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन् ।

    तनहूँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवाहरुको परिचयात्मक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र गठबन्धन्धन भएको बताए । उनले लोकतन्त्र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरुका बीचमा गठबन्धन भएको दाबि गरे ।

    उनले सत्तारुढ दलहरुका बीचमा मात्र नभएर एमालेको नेतृत्वमा पनि चुनावी गठबन्धन भएको भन्दै पौडेलले केपी ओली नेतृत्वको गठबन्धन पुरातनवादी प्रतिगामी भएको बताए । पौडेलले कांग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउदै गठबन्धन र कांग्रेसको नीति र रणनीतिका बारेमा कन्फ्युजन नहुन नेता कार्यकर्तालाई आग्रह गरे ।

    उनले भने,चुनावमा जाँदा जनतामा कन्फ्युवन हुने कुारा बोल्न हुदैन् । विकास र रजनीतिलाई लिएर जान कांग्रेस चाहान्छ । गाँउको विकास र लोकतन्त्र जोगाउछौ । लोकतन्त्र संविधान जोगाउन गठबन्धन षरेको हो । राजनीति स्यायी गरेर विकासको बाटो डोहोर्‍याउन गठबन्धन गरिएको हो ।’

    उनले कांग्रेसले विदेश पलायन हुने अवस्था रोक्नका लागि गाँउमा आम्दानी गाऊमै रोजगारीको अभियान थाल्न लागेको बताए । पौडेलले कांग्रेसले कम्युनिष्टहरुले जस्तो जनतालाई कहिल्यै नझुक्याएको बताए ।