काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् । लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै स्वास्थ्य मन्त्रीको पदबाट राजीनामा दिएको बताए ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् । लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै स्वास्थ्य मन्त्रीको पदबाट राजीनामा दिएको बताए ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएका छन् ।
महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति निकाले पार्टी सभापति शेरबहादुर देउवादे सबै मन्त्रीलाई फिर्ता नबोलाएर अन्य प्रक्रियाबाट कदम चाल्ने चेतावनी दिएका छन् ।
उनीहरुले प्रधानमन्त्री ओलीले पनि राजीनामा गरेर नयाँ सहमति गर्नुपर्ने बताएका छन् ।
उनीहरुले जेन जी पुस्तालाई पनि जायज माग सम्बोधन गर्न जोड दिने भन्दै आन्दोलनलाई संयमित बनाउन आग्रह गरेका छन्। अहिलेको समस्या समाधान गर्नको लागि सबै राजनीतिक दलहरुसँग खुला छलफलको आह्वान पनि गरेको छन्।

काठमाडौं । जेनजीको आन्दोलनमा हिजो १९ जनाको मृत्यु भएपछि सरकार छोड्न पर्ने भनेर दबाब बढेको बेला कांग्रेसका मन्त्रीहरु बेग्लै छलफलमा जुटेका छन् । कांग्रेसबाट स्वास्थ तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले कांग्रेसका मन्त्रीहरुले सयुक्त राजीनामा दिने वा के गर्ने भन्ने विषयमा अहिले छलफल भैरहेको बताए ।
कांग्रेसबाट प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू सरकार छन् । सिंह उपप्रधान तथा सहरी विकास मन्त्री हुन् । भने, परराष्ट्र मन्त्री आरजु राणाा देउवा , खेलकुद मन्त्री तेजुलाल चौधरी, कानुन मन्त्री अजय चौरसिया, उर्जा मन्त्री दीपक खड्का, वन मन्त्री ऐनबहादुर शाही, स्वास्थ मन्त्री प्रदीप पौडेल, कृषि मन्त्री रामनाथ अधिकारी र पर्यटन मन्त्री बद्री पाण्डे सरकारमा सहभागी छन् ।
१९ जनाको मृत्यु भएपछि हिजो नै गृहमन्त्रीमा रमेश लेखक राजीनामा दिएका थिए ।
यसैबीच सरकारमा सहभागी नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला पक्षका मन्त्रीहरुलाई राजीनामाको निर्देशन दिइएको छ । सरकारबाट फिर्ता हुन सभापति देउवा नमानेपछि कोइरालाले आफूनिकट मन्त्रीहरुलाई राजीनामा गर्न भनेका हुन् ।

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। जेन जी पुस्ताको आन्दोलन उग्र भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन्।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक साँझ ५ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्नेछ।
आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेन जी पुस्ताको आन्दोलनबारे जानकारी गराएका थिए।
महामन्त्रीद्वयको दबाबपछि देउवाले प्रधानमन्त्री केपी ओलीसँग कुरा गरेर समस्याको समाधान गर्ने जवाफ दिएका थिए।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
महामन्त्रीद्वयले पार्टी सभापति देउवालाई बुढानीलकण्ठमा पुगेर भेटवार्ता गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए। भेटमा समसामयिक विषयमा केन्द्रित भएको उनले बताए।
महामन्त्रीद्वयले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेन जी पुस्ताको आन्दोलनबारे जानकारी गराएका थिए।
महामन्त्रीद्वयको दबाबपछि देउवाले प्रधानमन्त्री केपी ओलीसँग कुरा गरेर समस्याको समाधान गर्ने जवाफ दिएका थिए। सामाजिक सञ्जाल अर्को कुनै विकल्पबिना बन्द गर्दा परेको असरबारे महामन्त्रीद्वयले बताएपछि देउवाले पनि सकारात्मक जवाफ फर्काएको बताइन्छ।
अब देउवाले प्रधानमन्त्रीसहित पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूसँग पनि छलफल गर्नेछन्। सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको महामन्त्री थापाले सार्वजनिक रूपमै विरोध जनाएका थिए।
देउवाले पनि प्रधानमन्त्री दर्ता गर्ने कुरा मात्रै गरेको र बन्द गर्ने कुरा नगरेको शनिवार विराटनगर पुगेर बताएका थिए।

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले जेनजी पुस्ताले आयोजना रेको आन्दोलनप्रति आपत्ति जनाएको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले अराजक परिस्थिति उब्जिन नदिई शान्तिपूर्ण रूपमा आन्दोलन गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारले सूचीकृत गर्न आउनू भनेर जारी गरिएको सूचना अनुसार फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालहरू बन्द भए पछाडि आक्रोशित युवा पुस्ताले गर्न लागिएको जेनजी पुस्ताको भ्रष्टाचारविरोधी लगायतका विषयको नाराहरूसहितको आयोजना गरिएको आन्दोलनमा घुसपैठ हुन सक्ने आशङ्का लागेको छ ।’
भ्रष्टाचारको विषयमा कांग्रेस र नेपाल तरुण दलले सधैँभरी बुलन्द आवाज उठाउँदै आएको गुरुङको जिकिर छ ।
विज्ञप्तिमा भनिएको छ, ‘जेन जी पुस्तालाई हामी ध्यानाकर्षण गराउन चाहन्छौं आज जुन स्वतः स्फूर्तको साथ आन्दोलन गर्न पाउनुभएको छ त्यो तिनै नेताहरूको त्याग, बलिदानले ल्याएको परिवर्तनको कारणले हो तर कुनै नेताको छोरा वा छोरी भएकै कारण उसले आफ्नो व्यक्तिगत जीवन जिउँदा अनेक तवरले विरोध गर्नु कसरी न्यायसङ्गत हुन्छ । जेन जीलाई हाम्रो प्रश्न छ ?’
अहिले फेसबुक मेटा, युट्युब जस्ता सामाजिक सञ्जाल नचल्नाले गर्दा धेरै युवाहरू डिजिटलाइजेसन प्रविधिको उपयोगबाट वञ्चित भएकाले आजको आन्दोलन यही तथ्यमा आधारित रहेको तरुण दलले जनाएको छ ।


काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्कृय पार्ने निर्णयका विषयमा सरकारसँग छलफल गर्ने निर्णय गरेको छ ।
आइतबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरूले सामाजिक सञ्जाल निष्कृय पार्ने निर्णयप्रति असन्तुष्टि जनाएपछि सरकारसँग छलफल गर्ने निर्णय गरिएको सहमहामन्त्री डिना उपाध्यायले जानकारी दिइन् ।
सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने भएपनि बन्द नै गर्ने निर्णय उचित नभएको उनको भनाइ थियो । बैठकले मनाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको पनि उनले जानकारी दिइन् ।
त्यस्तै कांग्रेस नेता अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल निष्कृय बनाएपछि आमनागरिकमा असन्तुष्टि देखिएको भन्दै यसबारे सरकारसँग कुरा गरिने सञ्चाचरकर्मीलाई बताए ।
‘सरकारको गलत काममा कांग्रेसले हस्तक्षेप गर्नुपर्छ । हामी त्यही ढंगबाट कुरा उठाउँछौं’, केसीले भने ।
संवैधानिक परिषद्सम्बन्धी विधेयकका सन्दर्भमा छलफल नै नभई पारितका लागि सदनमा प्रस्तुत गर्नु उचित नभएको उनको टिप्पणी छ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीहरूले पार्टीको आदेश मान्न नमिल्ने बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारीले देशको संविधान अनुसार काम गर्नुपर्ने बताए ।
उनले भने, ‘संसद्मा सबैभन्दा ठुलो पार्टी हाम्रो छ, त्यस कारण हामीले तपाईँहरूका कुराहरू लागू गर्न सक्छौँ । हामी अरू पार्टीलाई पनि सहभागी गराउन सक्छौँ । प्रधानमन्त्री एमालेको भएपनि हामी कर्मचारीको हकहित हेरेर काम गर्न सक्छौँ । कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न पाइँदैन । देशको, राष्ट्रको, विधान र संविधान अनुसार देशको काम गर्ने हो, कुनै पार्टीको लागि काम गर्ने होइन । चुनावमा भोट दिनु आफ्नो कुरा हो त्या तर पार्टीको आदेश मान्ने होइन ।’
उनले आफ्नो पार्टीले कर्मचारीलाई पूर्ण सहयोग गरेको बताए ।

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनीले पार्टीको लुम्बिनी प्रदेश कार्यसमिति सदस्य तथा प्रदेश सभामा पार्टीका उम्मेदार विक्रम सिंह थापालाई कारबाही गरी पदमुक्त गरेको छ ।
पार्टी पद्धतिमा नरहेको र नेतृत्वलाई असहयोग गरेको भन्दै उनलाई कारबाही गरिएको कांग्रेस लुम्बिनीका एक पदाधिकारीले जनाए । पूर्व एसएसपी थापा ८ वर्षयता कांग्रेसमा सकृय राजनीति गर्दै आएका थिए ।
प्रदेश कार्यसमिति कार्यालयले उनलाई पदमुक्त गरिएको पत्र सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेस विधान २०७१ (संशोधनसहित) को परिच्छेद–७ को धारा १३ ९१० को उपधारा ९१०० बमोजिम थापालाई जिम्मेवारीबाट मुक्त गरिएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ । थापालाई साउन ११ गते नै कार्वाही गरिएपनि अहिलेसम्म यसलाई गोप्य राखिएको थियो ।
थापा कपिलवस्तुको महाराजगंज नगरपालिका–८ निवासी हुन् । पहिला शेखर समूहमा रहेको उनी अहिले देउवा समूहमा लागेका छन् । जिल्ला सभापति अब्दुल कलाम तथा प्रदेश सभापति अमरसिंह पुनसँग उनी असन्तुष्ट रहेका छन् ।
कांग्रेस नेता सुरेन्द्रराज आचार्यले थापालाई हटाइएको पुष्टि गर्दै प्रदेश सभापतिले नै मनोनित गरेको र उहाँले नै हटाएको विषय जानकारीमा आएको अन्य कारणबारे जानकारी नभएको जताए । थापाको भने फोन सम्पर्क हुन सकेन ।


काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि देशको सैन्य रणनीतिमा नेपाल सहभागी नहुने प्रष्ट पारेका छन् । वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले सीमा सुरक्षा र सीमामा हुने अपराधहरू नियन्त्रण गर्न सरकारले काम गरिरहेको बताए ।
उनले भने, ‘चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई)मा नेपाल सहभागी भएको भन्ने कुरा आएको छ। हामी कुनै पनि देशको सैन्य रणनीतिमा सामेल हुँदैनौँ यो कुरा पहिल्यै हामीले भनिसकेका छौँ। कुनै पनि देशको सैन्य रणनीतिमा नेपाल सहभागी हुँदैन। हामी सबैको मित्र छौँ, हाम्रो कसैसँग शत्रु भाव छैन। हामी सबैसँग सहयोग लिन चाहन्छौँ, गर्न पनि चाहन्छौँ। यसबारेमा प्रधानमन्त्री फर्केर आइसकेपछि पनि आफ्नो कुरा भन्नुहुनेछ ।’
उनले लिपुलेकबारे प्रधानमन्त्रीले चीनमा गरेको दाबी सही भएको भन्दै कुनै छिमेकीले चित्त दुखाउनुपर्ने कारण नभएको बताए।
उनले थपे, ‘लिपुलेक नेपाली भूमि हो। त्यो कुरा हामी प्रस्ट भन्न चाहन्छौँ। उहाँहरूको सहमतिमा हाम्रो आपत्ति छ। हामीले हाम्रो भूमिलाई आफ्नो भन्दा कुनै पनि छिमेकीले चित्त दुखाउनुपर्ने कारण छैन। सम्बन्ध बिग्रिनुपर्ने कारण पनि छैन। प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुभयो। चीनले कुनै प्रतिक्रिया नदिनु उहाँहरूको कुरा हो। तर प्रधानमन्त्रीजी बोल्नुभएको छ।’

काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समिति (संयुक्त) मा लगेको छ ।
सुनुवाइ समितिको सभापतिबाट ईश्वरी न्यौपाने राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेकी थिइन् । खतिवडालाई रिक्त सदस्य पदमा लगिएकको हो ।
आज बसेको प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानामगरले खतिवडालाई संसदीय सुनुवाइ समितिमा पठाउन गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
संघीय निजामती विधेयक अन्र्तगत कुलिङ पिरियड छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवारी ठहर्याएपछि खतिवडाले सभापतिबाट राजीनामा दिएका थिए ।

महेन्द्रनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानका माग सम्बोधन गरी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले सरोकार भएका निकायसँग छलफल गर्नुपर्ने बताएका छन् ।
आज जनकपुरधाम विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले उखुको उत्पादन बढाउने विषयमा सरकारले सरोकार भएका निकायसँग छलफल गरी आवश्यक पहल गर्नुपर्ने सुझाव दिए । सरकारले आन्दोलनमा रहेका उखु किसानका माग तत्कालै सम्बोधन गरी उहाँहरूलाई उत्पादन वृद्धिमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
कृषि मन्त्रालयले किसानलाई अनुदानबापतको ७० रुपैयाँ उपलब्ध गराउन महामन्त्री थापाले आग्रह गरे । उनले नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र कांग्रेसको सहकार्यमा बनेको वर्तमान सरकारमा केही असमानता रहे पनि सरकार परिवर्तन नहुने उल्लेख गरे ।
उखुको मूल्य तोक्न ढिलाइ गर्ने, भुक्तानीमा समस्या हुने, अनुदान नपाउनेलगायत किसानसँग जोडिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्न तत्काल छलफलका माध्यमबाट उपाय खोज्नुपर्ने उनको भनाइ छ । उखु किसानद्वारा गरिएको आन्दोलनलाई प्रधानमन्त्री र अर्थमन्त्रीले कुनै प्रतिष्ठाको विषय नबनाउने हो आजै समस्या समाधान हुने उनले धारणा राखे
“चालु आर्थिक वर्षमा अनुदानका लागि रु दुई अर्ब बजेट छुट्याइएको छ । कृषकलाई अनुदान उपलब्ध गराउन उक्त रकम छुट्याइएकाले समस्या समाधान गर्न कुनै द्विविधा छैन”, थापाले भने । उनले किसानका माग पूरा गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्न सरकारले छलफल गर्नुपर्नेमा जोड दिए ।

रुपन्देही । तीन वर्षअघि भएको निर्वाचनमा अन्तरघातको गरेकाे भन्दै नेपाली कांग्रेसले रुपन्देहीका नेताहरुलाई कारबाही थालेकाे छ । उपनिर्वाचनकाे मुखमा कारवाही गर्दा पार्टीलाई क्षति पुग्ने भन्दै स्थानीय नेताहरु चिन्तित बनेका छन् ।
गत निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराएको आराेपमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश समिति सदस्य विष्णु पोखरेललाई तीन वर्षपछि कारबाही गरिएकाे छ । उनलाई पार्टी केन्द्रकाे दवाबमा प्रदेश सदस्यकाे जिम्मेवारीबाट हटाइएकाे हाे ।
कार्तिक १७ गते रुपन्देहीमा उपनिर्वाचनको तयारी भइरहेको छ । नेविसंघ रुपन्देहीमा लामो समय काम गरेका र रुपन्देही ५ बाट यसअघि नै प्रदेश सभाको उम्मेदवार भइसकेका युवा नेता पोखरेललाई कारबाही गरिएसँगै अहिले निर्वाचनमा यसको प्रभाव पर्ने भन्दै पार्टी नेताहरुले यसको आलोचना थालेका छन् ।
त्यसो त पोखरेल आफैले यसको कुनै वैधानिकता नभएको र आफूलाई कुनै स्पष्टिकरण समेत नसोधिएको दावी गरेका छन् ।
‘रुपन्देहीमा उपनिर्वाचन आइरहेको छ, त्यो क्षेत्रमा सबै संगठन बनाउने काम गरेको छु । मलाई तीन वर्ष अघिको निराधार आरोपमा यसो गरिएको त्यो पनि सामाजिक सन्जालबाट थाहा पाएको छु । मैले सभापतिलाई के हो भनेर फोन गर्दा उठाउनुभएको छैन । म सबै कुरा प्रष्ट राख्ने मान्छे हुँ । आलोचना नपच्नेलाई मेरो भन्नु केही छैन । मैले पार्टीको नीति र सिद्धान्तभन्दा बाहिर गएर काम गरेको छैन’ उनले भने ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पोखरेललाई पार्टी केन्द्रले पदमुक्त गर्न भनेकोले जिम्मेवारीबाट मुक्त गरिएको बताए।
२०७९ सालको निर्वाचनमा शाहले २७१२० मत पाएर नेकपा एमाले उम्मेदवार वासुदेव घिमिरेसँग पराजित भएका थिए। शाहले आफूलाई हराउन पोखरेलले भूमिका खेलेको आरोप लगाउँदै आएका छन्।
२०७४ सालको निर्वाचनमा पोखरेल सोही निर्वाचन क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र क बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका थिए भने २०७९ मा सोही निर्वाचन क्षेत्रमा उम्मेदवारका आकाङ्क्षी थिए । तर तत्कालीन सत्ता गठबन्धनका बिचमा भएको सहमति अनुसार उक्त निर्वाचन क्षेत्र नेकपा माओवादी केन्द्रको पोल्टामा परेपछि पोखरेल उम्मेदवार बन्नबाट वञ्चित भएका थिए।
पदमुक्त गरिएका पोखरेलले आफूलाई अहिलेसम्म कसैले कारबाही गरेको र पदमुक्त गरेको भन्ने जानकारी नदिएको बताए।
‘मलाई पार्टी विरोधी गतिविधि गरेको वा उम्मेदवार विरुद्ध लागेको भनेर स्पष्टीकरण पनि सोधिएको छैन। यस विषयमा सभापतिसँग सोध्छु, एक साता अघि भेट भएको थियो केही बताउनुभएन’ पोखरेलले भने।
पार्टीले पोखरेललाई पठाएको पत्रमा भने पार्टीको विधान २०१७ को परिच्छेद ४ धारा १३ को उपधारा १० (झ) बमोजिम पदमुक्त गरिएको उल्लेख छ।
सभापति पुनले प्रदेश सभापतिलाई आफ्नो कमिटीका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी मुक्त गर्ने अधिकार रहेको र स्पष्टीकरण सोध्न नपर्ने बताए।
पोखरेल रुपन्देहीमा नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका युवा नेता हुन्। २०६२/०६३ को आन्दोलनमा सक्रियता पूर्वक लागेका पोखरेलले राज्यको पुनः संरचना गर्ने समयमा तत्कालीन लुम्बिनी अञ्चलका पहाडी र तराईका जिल्ला विभाजन गर्ने प्रस्तावविरुद्ध काँग्रेसको तर्फबाट अगुवाइ गरेका थिए।
पोखरेल पार्टीको इतर समूहमा रहेका छन् । यसअघि प्रदेश महामन्त्री विक्रम खनाललाई पनि सोही निर्वाचनमा आफ्नो नेताहरू विनोद चौधरीविरूद्व लागेका भन्दै कारबाही गरी हटाइएको छ । उनी पनि इतर समूहका हुन् ।

रूपन्देही । गत निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराएको आरोपमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश समिति सदस्य विष्णु पोखरेललाई तीन वर्षपछि कारबाही गरेको छ ।
उनलाई पार्टी केन्द्रको दबाबमा प्रदेश सदस्यको जिम्मेवारीबाट हटाइएको छ। पोखरेललाई साउन ११ गते नै जिम्मेवारीबाट मुक्त गरिएको भए पनि यसलाई सार्वजनिक गरिएको थिएन ।
पोखरेलविरुद्ध निर्वाचनका बेला प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भरतकुमार शाहलाई हराउन भूमिका खेलेको भन्दै पार्टी केन्द्रमा उजुरी परेको थियो।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पोखरेललाई पार्टी केन्द्रले पदमुक्त गर्न भनेकोले जिम्मेवारीबाट मुक्त गरिएको बताए।
‘उहाँविरुद्ध रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका भरतकुमार शाहले उजुरी गर्नुभएको थियो। त्यसै कारण पदमुक्त गर्न भनेको हुनुपर्छ,’ पुनले भने।
२०७९ सालको निर्वाचनमा शाहले २७१२० मत पाएर नेकपा एमाले उम्मेदवार वासुदेव घिमिरेसँग पराजित भएका थिए। शाहले आफूलाई हराउन पोखरेलले भूमिका खेलेको आरोप लगाउँदै आएका छन्।
२०७४ सालको निर्वाचनमा पोखरेल सोही निर्वाचन क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र क बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका थिए भने २०७९ मा सोही निर्वाचन क्षेत्रमा उम्मेदवारका आकाङ्क्षी थिए । तर तत्कालीन सत्ता गठबन्धनका बिचमा भएको सहमति अनुसार उक्त निर्वाचन क्षेत्र नेकपा माओवादी केन्द्रको पोल्टामा परेपछि पोखरेल उम्मेदवार बन्नबाट वञ्चित भएका थिए।
पदमुक्त गरिएका पोखरेलले आफूलाई अहिलेसम्म कसैले कारबाही गरेको र पदमुक्त गरेको भन्ने जानकारी नदिएको बताए।
‘मलाई पार्टी विरोधी गतिविधि गरेको वा उम्मेदवार विरुद्ध लागेको भनेर स्पष्टीकरण पनि सोधिएको छैन। यस विषयमा सभापतिसँग सोध्छु, एक साता अघि भेट भएको थियो केही बताउनुभएन’ पोखरेलले भने।
पार्टीले पोखरेललाई पठाएको पत्रमा भने पार्टीको विधान २०१७ को परिच्छेद ४ धारा १३ को उपधारा १० (झ) बमोजिम पदमुक्त गरिएको उल्लेख छ।
सभापति पुनले प्रदेश सभापतिलाई आफ्नो कमिटीका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी मुक्त गर्ने अधिकार रहेको र स्पष्टीकरण सोध्न नपर्ने बताए।
पोखरेल रुपन्देहीमा नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका युवा नेता हुन्। २०६२/०६३ को आन्दोलनमा सक्रियता पूर्वक लागेका पोखरेलले राज्यको पुनः संरचना गर्ने समयमा तत्कालीन लुम्बिनी अञ्चलका पहाडी र तराईका जिल्ला विभाजन गर्ने प्रस्तावविरुद्ध काँग्रेसको तर्फबाट अगुवाइ गरेका थिए।
पोखरेल पार्टीको इतर समूहमा रहेका छन् । यसअघि प्रदेश महामन्त्री विक्रम खनाललाई पनि सोही निर्वाचनमा आफ्नो नेताहरू विनोद चौधरीविरूद्व लागेका भन्दै कारबाही गरी हटाइएको छ । उनी पनि इतर समूहका हुन् ।

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपाने निर्विरोध चयन भएको घोषणा गरिएको छ । सत्ता गठबन्धनको तर्फबाट न्यौपानेको एकल उम्मेदवारी परेको थियो ।
निवर्तमान सभापति रामहरि खतिवडालगायतका समिति सदस्यले न्यौपानेलाई समिति बैठकमा खादासहित बधाई दिए । निजामती विधेयकको कुलिङ पिरियड छेडखानीमा संसदीय छानबिन समितिले नैतिक जिम्मेवार ठहराएसँगै खतिवडाले राजीनामा दिएपछि सभापति पद रिक्त थियो ।

पार्टीको निर्णय अनुसार संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिमा उम्मेदवारी दिएकी थिइन् ।
कांग्रेसको समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि सभामुखको उम्मेदवार पनि बनाएको थियो ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतंकित भएको बताएका छन्। कर्णाली प्रदेशको पूर्ण बैठकमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्रहरू भइरहेको बताए।
उनले भने, ‘गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने स्पष्ट संकल्प स्थायी समितिले गरिसकेको छ। तर, पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्र भइरहेको छ।’
पछिल्ला विभिन्न निर्वाचनहरूमा कांग्रेस एमाले मिल्दा समेत माओवादीनिकट उम्मेदवारहरूको विजयले जनविश्वास पुनः प्राप्त हुँदै गएको प्रष्ट भएको बताए।
उनले थपे, ‘स्थानीय तह, स्ववियु, पत्रकार महासंघ लगायत हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकको हो। हाम्रो पार्टी र संगठनप्रति जनताको आशा र भरोसा बढ्दो छ। कांग्रेस, एमाले एकातिर र माओवादी केन्द्र एक्लै भए पनि धेरै स्थानमा हामी विजयी भएका छौँ।’
शिक्षा विधेयक लगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश पुगेको बताए। उनले थपे, ‘कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हामीले लिएको अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्।’
प्रचण्डले वाईसीएल, विद्यार्थी संगठन लगायत जनवर्गीय संगठनहरूलाई श्रम र उत्पादनसँग जोड्न गरिएको प्रयास सफल भइरहेको दाबी गर्दै संगठन विस्तारलाई अझ तीव्र बनाउनु पर्नेमा जोड दिए।
कर्णाली प्रदेशका नेताकार्यकर्ताहरुलाई पार्टी एकता र संगठन विस्तारमा अग्रसर भई राष्ट्रिय राजनीति परिवर्तन गर्न भूमिका खेल्न आग्रह गरे।

काठमाडौं । संसदीय सुनुवाइ समितिबाट राजीनामा दिएकी ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा मनोनयन दर्ता गराएकी छन्।
पार्टीको निर्णय अनुसार न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।
उनको प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडा छन् भने समर्थक एमाले सांसद कृष्णगोपाल श्रेष्ठ छन्। खतिवडा यसअघि सभापति थिए।
समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि सभामुखको उम्मेदवार पनि बनाएको थियो।

काठमाडौं । संसदीय सुनुवाइ समितिको सभापतिबाट ईश्वरी न्यौपानेले राजीनामा दिएकी छन्।
राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा मनोनयन दर्ता गराउनका लागि न्यौपानेले सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाएकी हुन्।
कांग्रेसको आज बसेको शीर्ष नेताहरूको बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दिँदै छिन्।

काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिको उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई बनाउने भएको छ । मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले समितिका सदस्य समेत रहेका न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टी पदाधिकारी बैठकले निर्णय गरेको र आफूलाई उम्मेदवारी दिन भनिएको न्यौपानेले नेपाल प्रेससँग बताइन् ।
उनले भनिन्, ‘पार्टी पदाधिकारी बैठकले निर्णय गरेको भन्ने सुनियो । अहिले घरबाट निस्किदैँ छु, आधा घण्टापछि उम्मेदवारी दर्ता गर्छु होला ।’
समितिका सदस्य दिलेन्द्रप्रसाद बडुलाई सभापति बनाउने तयारी भए पनि अन्तिम समयमा आएर संसदीयु सुनुवाइ समितिका सभापति रहेका न्यौपानेलाई त्यहाँबाट राजीनामा दिन लगाएर राज्य व्यवस्था समितिको सभापति बनाउने पदाधिकारी बैठकले निर्णय गरेको हो ।
समिति सभापतिका लागि मंगलबार मनोनयन दर्ता र बुधबार निर्वाचनको तालिका छ । कुलिङ पिरियड छेडखानीमा संसदीय समितिले नैतिक जिम्मेवार ठहर्याएपछि तत्कालीन सभापति रामहरि खतिवडाले गत साउन २८ मा राजीनामा दिएका थिए ।
रिक्त सभापतिका लागि दिलेन्द्र बडु, सरिता प्रसाई, अम्बिका बस्नेत लगायतका सांसद आकांक्षी देखिएका थिए ।

काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बसिरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चयन गर्नेबारे छलफल हुनेछ । बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरे सहभागी छन् ।
हिजो पनि शीर्ष नेताहरूको बैठक बसेको भएपनि समितिको सभापतिमा सहमति जुट्न सकेको थिएन । समितिको सभापतिमा दिलेन्द्र बडू, हृदयराम थानी, सरिता प्रसाईँ र अम्बिका बस्नेतको नाम चर्चा छ । समितिको सभापति निर्वाचनका लागि आज १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत उखु किसानको माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन्। उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद स्थिति भएको बताएका छन्।
उनले भनेका छन्, ‘खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने, अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौँ ?’
कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ ? भन्दै प्रश्न गरे।
उनले थपेका छन्, ‘उखुको बोट सहित किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद स्थिति हो । उनीहरूको माग तुरुन्त पुरा गरौँ ।’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीले हप्तामा एकपटक प्रधानमन्त्री पद कांग्रेसलाई छाड्छु भन्नुको अर्थ नभएको बताएका छन् ।
काठमाडौंमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक संङग्रहको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पद छाड्छु भनेर प्रधानमन्त्रीले कांग्रेसलाई सम्झाइराख्नु नपर्ने बताए । अहिले दलहरु सत्ता राजनीतिमा केन्द्रित रहेकाे भन्दै नेताहरुले डर र लोभबाट मुक्त हुनुपर्ने बताए ।
उनले भने, ‘दुई वटा कुरामा बाँधियो भने पार्टीले पनि काम गर्न सक्दैन। राजनीति कार्यकर्ताले पनि सक्दैनन्। यो बेलामा कांग्रेस ०८४ मा मेरो अवस्था के होला भन्नेबाट मुक्त हुनुपर्छ । कांग्रेस आलोपालो भनेर प्रधानमन्त्रीले हप्ताको एकपटक भन्नुहुन्छ, उहाँले म छोड्छु भनेर हामीलाई सम्झाउनुहुन्छ। हामी अहिले छाड्नुहोला कि नहोला भन्ने अलमलबाट मुक्त हुनुपर्छ, कांग्रेसले आफ्नो धर्म र कर्म लोभ, डरबाट मुक्त भएर गर्नुपर्छ ।’
उनले नेता कार्यकर्तालाई पछिको धेरै चिन्ता नगरी काममा केन्द्रित हुन निर्देशन दिए । उनले अहिले पार्टीका नेता कार्यकर्ताको साथले महामन्त्री भएको भन्दै परे पछाडि सँगै चकटीमा बस्न पनि तयार रहेको बताए ।

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिमा दिलेन्द्रप्रसाद बडुलाई पठाउने नेपाली कांग्रेसले तयारी गरेको छ । यद्यपि निर्णय भने भइनसकेको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपाल प्रेससँग बताए ।
कांग्रेसका सांसद एवं समितिका एक सदस्यका अनुसार बडुलाई सभापति बनाउने गरी गृहकार्य सुरू भएको हो । बडु पूर्वमन्त्री समेत भइसकेका छन् ।
सभामुख देवराज घिमिरेले समिति सभापतिको निर्वाचनको मिति बुधबारलाई तय गरेका छ्न । नियमावलीको व्यवस्थाअनुसार सभापति रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने व्यवस्था छ । गठबन्धनको दलको सहमति अनुसार समितिको सभापति नेपाली कांग्रेसले पाउने छ ।
संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिएका थिए ।

विराटनगर । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्ष टेकेन्द्र सेन्देङ्गमाथि कुटपिट भएको छ । एमाले जिल्ला कमिटी सदस्यसमेत रहेको सेन्दाङ्माथि जिल्ला कमिटीको बैठकबाट घर फर्कने क्रममा सदरमुकाम नजिकैको तक्मेडाँडामा हातपात गरिएको हो ।
७ जना जतिको समूहको आक्रमणबाट घाइते वडाध्यक्ष सेन्दाङ्गलाई ताप्लेजुङ अस्पतालबाट रेफर गरेर थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । उनीसँगै मोटरसाइकलमा रहेका जिल्ला कमिटी सदस्य मनकुमार लिम्बू जिल्लामै उपचार गरेर घर फर्किएका छन् ।
घटनामा संलग्न आरोपमा प्रहरीले केहीलाई पक्राउ गरेपनि नाम खुलाइएको छैन । एमाले पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वोले घटनामा संलग्नहरूको किटानी उजुरी दिने तयारी भइरहेको बताए । उनले कुटपिटमा संलग्नहरुका पहिचान भइसकेकाले बताए ।
यसैबीच ताप्लेजुङका प्रतिनिधिसभा सदस्य समेत रहेका एमाले नेता योगेश भट्टराईले घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् । गृहमन्त्री रमेश लेखकलाई लिखित पत्र लेख्दै भट्टराईले सर्वसाधारणको शान्ति सुरक्षाको प्रबन्ध मिलाउन आग्रह गरेका छन् ।

नेकपा एमालेले पनि पत्रकार सम्मेलन गर्दै कुटपिटमा संलग्नलाई कारबाहीको माग राखेको छ ।
वडाध्यक्ष सेन्दाङ्गलाई कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामका समर्थकहरूले कुटपिट गरेको आरोप लागेको छ । घटनामा संलग्नहरू उनका निकट र समर्थकहरू रहेको भन्दै किटानी जाहेरीको तयारी भएको छ ।
नेकपा एमाले ताप्लेजुका एक नेताले २०७९ को संघ र प्रदेशको निर्वाचनमा भएको विवादका विषयमा कोशी प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामका समर्थकहरूले अहिले रिस फेरेको जिकिर गरे ।
सङ्घ र प्रदेश सभाको निर्वाचनका दिन आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर २ पुगेका प्रदेशका उम्मेदवार हाङ्गामको समूह र सेन्दाङ्गको समूहबीच झडप भएको थियो । झडपका क्रममा हाङ्गाम समूहका युवाहरू घाइते भएका थिए । सो विषयमा लामो समयदेखि खगेनसिंह हाङ्गाम सँग विभिन्न चरणमा वार्ता समेत भएको थियो । मन्त्री हाङ्गामले कुटेको विषय कुटाइबाटै मिलान हुने बताउँदै आएको ती नेताले बताए ।
सो घटनामा घाइते भएर पनि सो समूहले कतै उजुर बाजुर गरेको थिएन । उजुरी नपरे पनि घटनालाई वार्ताबाट मिलाउन प्रयास भएको थियो । तर, मन्त्री हाङ्गामले सहमति गरेका थिएनन् ।

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै सिंगो देश एउटा ठगी अभियुक्तको अघिपछि घुमेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस, एमाले, माओवादीमा आबद्ध भएका दर्जनौँ मान्छेहरू पनि सहकारी ठगी आरोपमा थुनामा गएको बताए।
उनले भने, ‘कांग्रेस, एमाले, माओवादीमा आबद्ध भएका दर्जनौँ मान्छेहरू कोही धरौटीमा छुटे, कोही थुनामा छन्, कोही फरार छन्। गोर्खा मिडियामा आबद्ध भएका मान्छेहरू पनि भित्र छन्। तर एउटा ठगीको अभियुक्तको वरिपरि बहस घुमेको छ। नयाँ पार्टी आयो, नयाँ पार्टीसँग अपेक्षाहरू भए। आफ्नो पार्टीका नेतालाई सरकारले पूर्वाग्रह राख्यो कि भन्ने कुरा पनि अस्वभाविक होइन।’
उनले सातवटा अदालतले छाड्न अस्वीकार गरेको अभियुक्तलाई भेट्न पूर्वप्रधानमन्त्रीहरुको दौड चलिरहेको टिप्पणी गरे।

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति आफूले पत्रिका पढेर मात्रै थाहा पाएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै पार्टीले निर्णय गरेपनि फरक मत भएपछि सरकारलाई सफल बनाउनको लागि आफूले काम गरिरहेको बताए ।
उनले भने, ‘फागुन महिनासम्म सरकार सञ्चालन गर्न बनेको संयन्त्रमा बसेर काम पनि गरेँ । सरकार बनेपछि सफल बनाउनुपर्छ भन्ने नै हो । अहिले त्यो जिम्मेवारीमा सक्रिय नरहे पनि सांसद छु, कांग्रेसको जिम्मेवार पदाधिकारी पनि छु । त्यसैले यो सरकार सफल हुनुपर्छ भन्नेमा मेरा काम र भूमिका हुनुपर्छ भन्नेमा सचेत छु ।’
उनले सरकारलाई सफल बनाउनको लागि बन्द कोठामा प्रधानमन्त्री केपी ओलीदेखि पार्टी सभापति शेरबहादुर देउवासम्मलाई निरन्तर दबाब दिइरहेको पनि बताए ।
उनले थपे, ‘मैले भनेको कुरा बन्द कोठामा भन्दा नसुनेपछि कतिपय कुरा बाहिर ल्याउन आवश्यक ठान्छु । बाहिर भनियो भने बन्द कोठामा भएको छलफललाई दबाब दिन्छ भन्ने ठान्छु । त्यसैले सरकारलाई सफल बनाउनको लागि कांग्रेस नचुकिकन लाग्छ।’

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले लिपुलेकबारे भारत र चीनबीच भएको सहमतिप्रति असहमति जनाएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका महामन्त्री गगन थापाले दुई छिमेकी देशबीच भएको यो सहमति आपत्तिजनक र अस्वीकार्य भएको बताए ।
उनले भने, ‘सरकारले यसबारे जुन कदम अघि बढाएको छ । सबैलाई समेटेर अघि बढाओस् । हामी आग्रह पनि गर्न चाहन्छौँ । हाम्रै पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले ६ बुँदे ध्यानाकर्षण गराउनुभएको छ । त्यसतर्फ सरकारको ध्यान जाओस् ।’
उनले यो विषयमा नेपालका सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए । मतभेद भुलेर सबै राजनीतिक दलहरूले एकढिक्का भएर नेपाली भूमिका अरुको आँखा पर्न दिने छैन भन्ने सन्देश दिनुपर्ने पनि थापाको भनाइ छ ।

विराटनगर । कोशीमा कांग्रेस-एमाले गठबन्धन सभामुख अम्बरबहादुर विष्टलाई हटाउने कसरतमा लागेका छन् । दुई दलीय संयन्त्रको बैठकमा भने यो विषयले प्रवेश पाएको छैन । एमाले र कांग्रेसका शीर्ष नेता सम्मिलित संयन्त्रको निर्णयका आधारमा यस्ता महत्वपूर्ण विषय टुंगिने गरेको छ ।
राजतन्त्रको वकालत गर्ने गरेको, गणतन्त्रलाई अस्वीकार गरेको लगायतका आरोपमा उनलाई हटाउन लागिएको हो । विष्टको माउ पार्टी राप्रपा हो ।
गएको जेठ १४ गते प्रदेश सरकारद्वारा आयोजित गणतन्त्रसम्बन्धी छलफल कार्यक्रममा अतिथि निम्त्याएका विष्ट उपस्थित भएका थिएनन् । कार्यक्रम चलिरहँदा उनी प्रदेशसभामै थिए । प्रदेश सरकारले गणतन्त्र दिवसका दिन आयोजना गरेको प्रभात फेरीमा पनि गयल देखिए ।
गणतन्त्र दिवसको कार्यक्रममा नआएको विषयमा आलोचना भयो । गणतन्त्र दिवस वहिष्कार गरेको टिप्पणी गरेपछि उनले मान्छेको ‘काम पर्दैन त ?’ भनेर जवाफ दिएका थिए ।
नेकपा एमालेका एक नेताले सभामुख फेर्नुपर्ने निचोडमा दुई दल पुगेको बताए । ‘छलफल भइरहेको छ । प्रक्रियामा कहिलेदेखि छिर्ने भन्ने टुंगिएको छैन’, उनले भने ।
यहाँ एमालेबाट सिर्जना दनुवार उपसभामुख छिन् । सभामुख फेर्दा कांग्रेसले मौका पाउनेछ ।
कोशीमा एमालेका उपसभामुख सहित ४१ जना र कांग्रेसका २९ जना सांसद छन् । ९३ सदस्यीय प्रदेश सभामा सभामुख फेर्न चाहिने संख्या दुई दलसँग पर्याप्त छ । विष्ट २०८० पुस २४ गते निर्विरोध निर्वाचित भएका थिए ।
तत्कालीन गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादीको सरकार गठनमा बहुमत पुर्याउन माओवादीबाट सभामुख बनेका बाबुराम गौतमले भोट हालेका थिए । अदालतले उनको हस्ताक्षरलाई मान्यता नदिएपछि राजीनामा दिन तयार भए । २०८० साउन १६ बाट ५ महिना सभामुख पद रिक्त भयो ।
पछि एमाले र राप्रपाको बहुमतबाट विष्ट सभामुख चुनिएका थिए । उनका प्रतिद्वन्द्वी कसैले खडा गरेनन् । प्रदेश सभामा राप्रपाको ६ सिट रहेको छ ।

काठमाडौं । भारतले लिपुलेकमाथि नेपालको दाबी औचित्यपूर्ण नरहेको भन्दै विज्ञप्ति जारी गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्काल सर्वदलीय बैठक बोलाउन सरकारसँग माग गरेका छन्।
नेपालले भारत र चीनबीच नेपाली भूमि लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्न भएको सहमतिप्रति आपत्ति जनाएको थियो। लगत्तै भारतले लिपुलेक पासमाथि नेपालको दाबी स्वीकार्य हुने जनायो।
त्यसबारे महामन्त्री शर्माले भनेका छन्, ‘लिपुलेक नेपालको हो भारत र चीन दुवै छिमेकीको पछिल्लो व्यवहारप्रति स्पष्ट विरोध छ। सरकार, संसद्, दलहरू र सिङ्गो नेपाल राष्ट्रियताको प्रश्नमा एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिनुपर्छ।’
उनले राष्ट्रियतामाथि प्रश्न उठेको बेलामा तत्काल ६ कदम चाल्न सुझाव दिँदै अनेकौँ फरक मतका बीच पनि सिङ्गो नेपाल एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिन जरुरी रहेको बताए।
१. सर्वदलीय/सर्वपक्षीय बैठक सरकारको आह्वानमा ।
२. बैठकमार्फत विकसित घटनाक्रममा हाम्रो ऐक्यबद्ध दृष्टि र साझा प्रतिबद्धता निर्माण ।
३. हाम्रो संसद्ले ३१ जेठ २०७७ मा संविधानको अनुसूची ३ मा सर्वसम्मत पारित गरेर स्पष्ट गरेको ‘चुच्चे नक्सा’ प्रति देशभित्र र अन्तर्राष्ट्रिय जगतमा थप स्पष्टता ।
४. भारत र चीन बिच १५ मे २०१५ मा लिपुलेकबारे भएको अघिल्लो सहमति उपर नेपालले पठाएको कूटनैतिक नोट समेत स्मरण गराउँदै पछिल्लो सहमति उपर पुन कूटनैतिक नोट ।
५. ऐतिहासिक तथ्यहरूका आधारमा हाम्रा दुवै छिमेकीलाई विश्वासमा लिन जरुरी । प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय प्रवेश ।
६. नेपाल–भारत सीमा र सम्बन्धबारे बौद्धिक सुझावका लागि दुवै देशको सहमतिमा गठित प्रबुद्ध समूह इपीजीको ७० वर्षअघि तयार प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्न र त्यसलाई आधार मानेर अन्य विषयहरू समेतको हल खोज्न नेपालका तर्फबाट प्रस्ताव ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा आइपरेको चुनौती कांग्रेसले मात्रै समाधान गर्नसक्ने दाबी गरेका छन् ।
प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय शक्ति भएपछि चुनावलाई महत्त्वपूर्ण मान्नु पनि स्वाभाविक रूपमा लिनुपर्ने बताए ।
उनले भने, ‘चुनाव जित्ने आकाङ्क्षा राख्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । तर, सबै कुरा त्यो होइन । सत्तामा पुग्ने कुरा पनि सशर्त हो निशर्त होइन। हाम्रा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ रहँदैन । कांग्रेसको आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता छ । त्यो सँग सम्झौता गरेर सत्तामा टिकिराख्ने भन्ने कुरा हुँदैन ।’
उनले लोकतन्त्रमा संख्याको आधारमा निर्णय गर्न पाइने बताए ।
उनले थपे, ‘तर मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन । संख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ । संसद्मा होस् वा पार्टीमा । पार्टीभित्र निर्णय गर्दा बहुमत छ भनेर निर्णय गरेपनि आम पार्टी पंक्तिले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा ख्याल गर्नुपर्छ । सबैले स्वीकारे मात्रै वैध हुन्छ ।’
उनले आफूहरूले गरेको निर्णय समाजले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा पनि ध्यान दिनुपर्ने बताए ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन कांग्रेस र एमालेले अघि बढाएको प्रयासप्रति आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँहरूलाई निषेध गर्न खोजेको आरोप लगाए।
उनले भने, ‘उहाँले जति सम्मान पाउनुभएको छ तपाईँहरू जति उफ्रे पनि त्यति माथि पुग्न सक्नुहुन्न। विवेकलाई बन्दी नबनाऔँ सांसद आफैँमा सार्वभौम हो। सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर राजनीतिक स्वार्थ पूर्ति गर्ने मुद्दा नबनाऔँ।’
उनले आफूहरूलाई कमजोर बनाउने खोजिए पनि निषेध गर्न कुनै हालतमा सक्ने बताए। उनले सदनमाथि बारम्बार भइरहेको आक्रमण टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिए।

काठमाडौं । सभामुख देवराज घिमिरेले राखेको कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादीले उपसभामुख इन्दिरा राना मगरको अमेरिका भ्रमणबारे प्रश्न उठाएको छ ।
बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुखको विषय चर्चामा आइरहेको भन्दै विषय उठाएपछि कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखको भ्रमणबारे प्रश्न उठाए ।
पाण्डेले बैठकमा भने, ‘उपसभामुखलाई हटाउने भन्ने विषय हिजोदेखि आइरहेको छ । यो के हो ? जानकारी होस् ।’
त्यसपछि सभामुखले व्यक्तिगत कार्यक्रममा लागि उपसभामुख अहिले अमेरिका भ्रमण गएको जानकारी गराए । सभामुखले उपसभामुखबारे जवाफ दिएपछि कांग्रेस सांसद खतिवडाले उपसभामुख कस्तो कार्यक्रममा सहभागी हुन गएको भन्दै प्रश्न उठाए ।
खतिवडाले सभामुखलाई भने, ‘उपसभामुख सांसदसँग सम्बन्धित कार्यक्रममा जानुभएको हो कि अरू कुनै एनजिओ, आइएनजीओको? सभामुखलाई जानकारी गराउनुभएको होला । रातो पासपोर्ट बोकेर उपसभामुख पटक पटक विदेश जान मिल्छ कि मिल्दैन ?’
खतिवडाले पटक-पटक संसदीय समितिमा एनजीओ आईएनजीओ कार्यक्रम रोक्न कुरा उठाउने तर आफू घुम्न जाने यसमा महासचिवले पनि कडाइ गर्नुपर्यो भन्दै सभामुखसँग सवाल जवाफ गरेका थिए ।
खतिवडाले भने, ‘संसदमा एनजीओ आइएनजीओ कार्यक्रम रोक्ने । आफू चाहिँ यस्ता कार्यक्रममा जाने, यस्ता कार्यक्रममा जान रोक्नुपर्यो । उहाँ कसको खर्चमा जानुभएको हो ?’
सभामुख घिमिरेले उपसभामुख सहभागी हुने कार्यक्रम संसदीय कार्यक्रम नभएको जानकारी दिएका थिए । सभामुखले भने, ‘एउटा कार्यक्रममा बिदा मागेर जानुभएको छ । संसद्को त होइन ।’
कांग्रेसले प्रश्न उठाएपछि उपसभामुख सहभागी भएको कार्यक्रम संसदीय नभएको र आफूलाई जाने आउने समय मात्रै बनाएको जवाफ फर्काएका थिए ।
कांग्रेस एमालेले उपसभामुख मगरको आचरणमाथि प्रश्न उठाउँदै हटाउनको लागि हस्ताक्षर सांसदहरूको हस्ताक्षर जुटाइरहेको छ । देशबाहिर हुँदा राम्रो सन्देश नजाने भन्दै फर्केपछि हटाउने प्रस्ताव अघि बढाउने तयारी छ ।
उनी भदौ १३ गते स्वदेश फर्किने कार्यक्रममा छ ।

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गर्न हस्ताक्षर चलाइरहेका सत्तारुढ दल कांग्रेस र एमालेसहित सरकारलाई समर्थन गर्ने दलहरूको बैठक बोलाइएको छ ।
कांग्रेस संसदीय दलको कार्यालयमा सत्ता गठबन्धनको बैठक बस्ने सूचनापछि आफूलाई पार्टीले खटाएर आएको सीके राउत नेतृत्वको जनमत पार्टीकी नेता अनिता देवीले बताइन् । बैठकमा कांग्रेस,एमाले,जनमत,जसपा र लोसपाका नेताहरू सहभागी हुँदैछन् ।
सत्तापक्षका सबै दलको सहमति जुटाएर प्रस्ताव दर्ताको तयारी छ । सत्तापक्षका १८४ सांसद छन् भने दुई तिहाईका लागि १८३ आवश्यक पर्छ ।

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीले सांसदहरूको हस्ताक्षर लिनुलाई सामान्य रूपमा लिनुपर्ने बताएका छन्।
एमाले र कांग्रेस दुवै पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेर सांसदहरूको हस्ताक्षर गराइरहेको बेलामा सचिव भट्टराईले यस्तो बताएका हुन्।
संसदीय दलको कार्यालय बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘यस्तो हस्ताक्षर अहिले मात्रै होइन ०८४ सालदेखि चलिआएको चलन हो। यो नेपालमा मात्रै होइन हाम्रो जस्तो संसदीय अभ्यास भएका देशहरूमा पनि चल्छ। दलले पार्टीका सांसदहरूको हस्ताक्षर लिइराखेको हुन्छ। कुनै बेला अपर्झट प्रस्तावहरू दर्ता गर्नुपर्ने हुनसक्छ। त्यसैले पूर्वतयारका लागि हस्ताक्षर लिन्छौँ।’
उनले कांग्रेस र एमालेले सल्लाह नै गरेर सांसदहरूको हस्ताक्षर नलिएको बताए। उनले थपे, ‘कांग्रेस र हामीले सल्लाह गरेर हस्ताक्षर लिएका होइन। एकै दिन परेको होला। संयोग हो। हस्ताक्षर महाअभियोग, सरकार बदल्नमा पनि प्रयोग हुन्छन्।’

काठमाडौं । सत्तारुढ दुई दल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई बर्खास्त गर्ने तयारी गरेसँगै राजनीति तरंगित बनेको छ । हिजोसम्म कुनै चर्चा नभएको विषय आज अचानक उब्जिएपछि सत्तारुढ दलकै मझौला नेताहरू पनि छक्क परेका छन् ।
उपसभामुख राना संसदको लेटरहेड दुरुपयोग गरेर अनधिकृत व्यक्तिहरूलाई अमेरिका पठाउनका लागि दूतावासमा सिफारिस गरेको विषयमा विवादमा मुछिएकी थिइन् । कांग्रेस र एमालेले यसैलाई लिएर बेलाबखत उनलाई पदबाट हटाउने कसरत गर्दै आएका छन् । यस पटकको कसरत चाहिँ अलिकति गम्भीर छ ।
हालै राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी विधेयक अनुमोदन नगरीकन फिर्ता गरिदिएपछि एमाले झस्किएको थियो । हाल संवैधानिक परिषदमा सत्तारुढ दलहरू अल्पमतमा रहेका छन् । परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता रहने संवैधानिक व्यवस्था छ ।
अहिले सत्तापक्षबाट प्रधानमन्त्री र सभामुख छन् । प्रधानमन्त्री केपी ओली र सभामुख देवराज घिमिरे एमालेका हुन् । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल माओवादीका हुन् भने उपसभामुख राना रास्वपाकी हुन् । प्रधानन्यायाधीश तटस्थ रहन्छन् ।
प्रतिपक्षी दलकै तीनजना सदस्य भएकाले संवैधानिक परिषदमा सत्तापक्ष अल्पमतमा रहेको छ । यसले गर्दा बैठक राखेर आफूहरूले चाहेबमोजिम नियुक्त गर्न सक्ने अवस्थामा प्रधानमन्त्री छैनन् । गठबन्धन सहयात्री दल कांग्रेसको परिषदमा प्रतिनिधित्व नै छैन । कांग्रेसले परिषदमा भाग खोजेको र प्रधानमन्त्रीले सत्तापक्षको बहुमत पुर्याउन चाहेको हुँदा दुवैको स्वार्थ मिलेको हो ।
यदि उपसभामुखलाई हटाउन सफल भएमा कांग्रेसबाट उपसभामुख बनाउने रणनीति छ । त्यसपछि परिषदका ३ सदस्यहरू सत्तापक्षका हुनेछन् र एमाले–कांग्रेसबीच हुने भागबण्डा अनुसार निर्णय लिन सहज हुने छ ।